Monday, April 17, 2017

बिम्ब नेपाली साप्ताहिक, २०७४ साल बैशाख ५ गते मंगलकार

नयाँ बर्ष २०७४ सालकाे हार्दिक मंगलमय शुभकामना छ । सं.


नेपालको संविधानमा अपाङ्गता भएकाहरुको लागि भएका व्यवस्थाहरुको कार्यान्वयन गरौं ।       
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

सार्वजनिक हुने न्यायालयको परमादेश

पबित्र बिवाद् : कम्पनी देखि सर्वोच्चसम्म


नीजि वा सार्वजनिक हुने भन्ने बिषयमा लामो समयदेखि बिवाद्मा रहेको डोटीको पुरानो संस्थागत बिद्यालय पबित्र आवाशीय माध्यामिक बिद्यालय अन्ततः सार्वजनिक हुने भएको छ । आईतबार सर्वोच्च आदलतले उक्त बिद्यालय सार्वजनिक हुने ठहर गरेको हो । 
बिद्यालय सार्वजनिक गुठी हुनु पर्ने माग राख्दै २०६७ साल असोज ७ गते साबिक दिपायल सिलगढी नगरपालिका–२ निवासी नरेशमान श्रेष्ठले तत्कालीन बिद्यालय व्यवस्थापन समिति अध्यक्ष बिपिन भट्ट, जिल्ला शिक्षा कार्यालय डोटी, तत्कालीन जिल्ला शिक्षा अधिकारी लोकमणी जोशी, जिल्ला प्रशासन कार्यालय डोटी बिद्यालयका तत्कालीन प्रिन्सिपल शिबराज भट्ट र व्यवस्थापन समितिका तत्कालीन सदस्य दुर्गाप्रसाद फुलारालाई बिपक्षी बनाई दायर गरेको रिटमाथी सुनुवाई गर्दै प्रधानन्यायाधिश सुशीला कार्की सहितको संयुक्त ईजलासले उक्त बिद्यालय सार्वजनिक गुठी हुने ठहर गरेको छ । 
न्यायालयको यो फैसलासंगै पबित्र बिद्यालय सार्वजनिक गुठीवाट सञ्चालन हुने भएको छ । २०४० सालमा रतन थापाले पूर्ब प्राथमिक बिद्यालयको रुपमा स्थापना गरेको उक्त बिद्यालयलाई शिक्षा ऐन, २०२८ को सातौं संसोधनले संस्थागत बिद्यालयहरु–लाई कम्पनी वा गुठीमा दर्ता गर्नु पर्ने व्यवस्था गरेपछि बिद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष रामचन्द्र भट्टले उक्त बिद्यालयलाई गणेश ईश्वरी एजुकेसन प्रालि नाम दिएर कम्पनी रजिस्टारको कार्यालयमा नीजि कम्पनीमा दर्ता गरएपछि स्थानीयबासी र व्यवस्थापन पक्षबिच बिवाद चर्केको थियो । नेपाल सरकार, भारत सरकार, बिभिन्न संघसंस्थाहरुले समेत लगानी रहेको भन्दै स्थानीयबासीहरुले उक्त बिद्यालय सार्वजनिक गुठीमा दर्ता दर्ता गर्नु पर्ने माग राखेका थिए । 
बिवादकै बिच २०६६ साल मंसिर १७ गते अभिभावकहरुको भेलाले स्थानीय मुकुन्द रानालाई अध्यक्ष चयन गरेको थियो । तर, तत्कालीन अध्यक्ष बिपिन भट्टले बुवा रामचन्द्र भट्टको एकलौटी लगानी भएको भन्दै आफुनै अध्यक्ष हुनु पर्ने दावी गरेपछि जिल्ला शिक्षा कार्यालय डोटीले बिपिनलाईनै पुनः अध्यक्ष बनाएको पत्र पठाएको थियो । जिल्ला शिक्षा कार्यालयको उक्त निर्णयपछि सोही बर्ष चैत्र २४ गते दिपायल सिलगढी नगरपालिका–१ निवासी सिताराम जोशीले परमादेश मिश्रित निषेधाज्ञाको रिट तत्कालीन पुनरावेदन अदालत दिपालयमा दायर गरेका थिए । अदालतले २०६७ साल चैत्र १६ गते गरेको ठहर अनुसार उक्त बिषयमा शिक्षा बिभागका महानिर्देशकलाई पनि बिपक्षी बनाउनु पर्नेमा नबनाएको भन्दै रिट खारेज गरेको थियो ।  
जिल्ला शिक्षा कार्यालय डोटीले अभिभावकहरुको भेलालाई उल्टाउदै चेत्र ६ गते दिसिनपा–५ पुन्ना निवासी बिपिन भट्टलाई अध्यक्ष वनाएको भन्दै स्थानीयवासीहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गरेका थिए तर उक्त उजुरीमाथी पनि कुनै सुनुवाई भएन । तत्कालीन जिल्ला शिक्षा अधिकारी लोकमणी जोशीले बिद्यालय कम्पनी रजिष्टारको कार्यालयमा कम्पनी ऐन अन्त–रगत पबित्र एजुकेशन प्रालिको रुपमा दर्ता भई उक्त बिद्यालयका लगानीकर्ता बिपिन भट्टलाई नै भएको देखिएकोले शिक्षा ऐन अनुसार अध्यक्षमा भट्टलाई नियुक्त गरेको वताएका बताएका थिए । शिक्षा ऐन अनुसार नीजि बिद्यालयको अध्यक्षमा शेयरधनीहरुमध्यवाटै हुने व्यवस्था भएकोले अभिभावकहरुले गरेको निर्णयको अर्थ नरहने जिशिअ जोशीको तर्क थियो ।
सुदूरपश्चिमै शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको यस बिद्यालयले २०४३ साल माघ ७ गते कक्षा १ सञ्चालनको अनुमति पाएको थियो । स्थापना कालमा दार्जिलिङ्ग घर भएका रतन थापाले बिद्यालयको स्थापना गरेका र पछि दिपायल सिलगढी नगरपालिका-५ का रामचन्द्र भट्ट र भारत कलकत्ताका नागरिक रबिन्द्रनाथ वैनर्जीले बिद्यालयको संरक्षण गर्दै आएको उक्त बिद्यालयले २०४४ सालमा कक्षा २ देखि ८ सम्म र २०४७ सालमा कक्षा ९ र १० सञ्चालन गर्ने अनुमति पाएको थियो । पछि २०५२÷०५३ मा उच्च माध्यामिक शिक्षा परिषद्वाट अनुमति लिई कक्षा १२ सम्मको पढाई हाल सञ्चालन भईरहेको छ । 
कम्पनी रजिष्टारको कार्यालयमा नीजि बिद्यालयको रुपमा दर्ता भई स्थानीयस्तरमा बिवाद उत्पन्न भएदेखिनै बिम्ब साप्ताहिकले नियमित रुपमा समाचार प्रकाशन गर्दै आएको थियो । बिवाद बिधिबत् रुपमा अदालत पुगेपछि बिम्बले यस बिषयमा समाचार सम्प्रेषण गर्न रोक लगाएको थियो । 

सम्पादकीय 

चुनाव किन हुन्न सरकार ?

सोमवार, एकाबिहानै बिभिन्न सञ्चारमाध्यमवाट एउटा समाचार संप्रेषण भयो । बहालवाला गृहमन्त्री जो आफै देश र नागरिकको सुरक्षाको जिम्मा लिएर जनताकै तिरेको करवाट सयर गरिरहेका छन, उनले मध्यरातमा शान्ति सुरक्षा फितलो भएका कारण चुनाव हुन नसक्ने भनेर आफ्नो ट्वीटर खातामा ट्वीट गरेछन् । स्वभाबिक रुपमा देशको गृहमन्त्रीले शान्ति सुरक्षा फितलो छ भनेपछि जनताले बिश्वास गर्नु पर्ने वाध्यतानै हुन्छ । 
चुनाव आउन जम्माजम्मी २७ दिनमात्रै बाँकी रहँदा गृहमन्त्री ज्यूले किन यस्तो भाषा बोले ? यो बिषयमा सरकारले जनतालाई स्पष्ट पार्नु जरुरी छ । के चुनाव नहुनेनै हो र सरकार ? यदि चुनाव नहुनेनै हो भने प्रष्ट घोषणा आवस् सरकारको । यो यो कारणले गर्दा चुनाव हुन्न भन्ने सन्देश आएपछि चुनावकै लागि घरिएका ‘टुरिष्ट’ राजनीतिज्ञहरु फेरी आफ्नो बाटो लाग्लान् । जनताले पनि दिनहुँ जसो नेताहरुको भाषण सुन्न पर्ने बाध्यता कम होला । 
टिकट पाउनका लागि निकृष्ठ शैलीमा उत्रिएकाहरु पनि केही दिन शान्त भएर बस्लान् । चुनावकै कारण दाजु–भाईबीच बढ्दै गएको तिक्तता पनि कम होला । त्यसैले सरकार चुनाव नहुने हो भने प्रष्ट कारण सहति छिटो भनिदेउ जनतालाई । जनता किसानीमा व्यस्त हुनेछन् । हुन त कार्तिकमा लाएको बाली चैतमा भित्राउने बेलामा असिनाले पिट्दा समेत सरकारले ‘चु’ सम्म गरिदिएन तर पनि फेरी कार्तिकको असिनाका लागि भएपनि किसानले कुटो, कोदालो र हलो चलाउनै पर्नेछ सरकार । किन चुनावको नाममा गरिखानेहरुलाई अल्मलाईरहेको ? 
यदि चुनाव तोकिएकै दिन हुने निश्चित हो र सरकारले गराउन चाहेको हो भने मध्यरातमा चुनाव हुन्न भन्ने सरकारका मन्त्रीलाई किन कारवाही नगरेको सरकार ? किन उनी त्यस्तो बोले ? देशनै मस्त निन्द्रामा सुतेको समयमा एकाएक शान्ति सुरक्षा फितलो भएको कसरी अनुभुति भयो सरकार तिम्रा मन्त्री महोदयलाई ? यो सामान्य बिषय होईन सरकार, यो बिषयमा छानबिन हुनु जरुरी छ यदि सरकार भन्नेले साँच्चै चुनाव गराउन चाहेको हो भने । 
गृहमन्त्रीले नै शान्ति सुरक्षाको अवस्था राम्रो छैन भन्नु भनेको सरकारले मतदाताको सुरक्षा गर्न सक्दैन भन्नु हो । यदि यस्तो हो भने मतदाता किन मतदान गर्न जान्छ त ? कसैलाई नेता बनाउन र फेरी अर्को भ्रष्टाचारी थप्नका लागि जनताले आफ्नो ज्यान जोखिममा राख्नु पर्ने कुनै कारण छैन सरकार । त्यसैपनि जनताले नेताहरुबाट आश्वासन बाहेक केही पाएका छैनन्, दुःख बाहेक अरु केही पाएका छैनन् सरकार । 
हुन त सरकार अरु पनि छन चुनाव सार्नु पर्छ भनेर मरिहत्य गर्नेहरु । आफ्नो पक्षमा परिणाम आउँदैन भनेर वहाना वनाएर हुन वा साँच्चै देशप्रति चिन्ता भएर हुन सरकारपक्षीयहरुनै चुनाव सार्नु पर्ने कुरामा बढी लागेका छन । त्यो एउटा पाटो भयो तर गृहमन्त्रीनै चुनाव हुन सक्दैन भन्ने अभिव्यक्ति दिन्छन् त्यो शान्ति सुरक्षाका कारणले भने यसलाई सर्वसाधारणले के बुझ्ने सरकार ? सञ्चार–कर्मीहरुका लागि, सरकारी कर्मचारीहरुका लागि, सामाजिक कार्यकर्ताहरुका लागि आचार संहिता लाग्ने तर तिम्रा मन्त्रीहरुका लागि आचार संहिता नलाग्ने कुरा कत्तिको जायज हो सरकार ? तिम्रो कानुन अरुका लागि मात्रै लागु हुने हो र ? 
त्यसैले सरकार, कि त छिटो चुनाव सरेको वा स्थगित भएको वा रद्द भएको घोषणा गर, होईन भने मध्यरातमा जनताको मनमा चिन्ता पर्ने गरि तिम्रा मन्त्रीले बोलेको कुराका बिरुद्ध अभिव्यक्ति देउ सरकार । त्यस्ता मन्त्रीहरुलाई आफ्नो मन्त्रीमण्डलबाट वाहिर निकाल सरकार । शान्ति सुरक्षा कायम गर्न सक्ने, सुरक्षा निकायहरुलाई सही ढंगले परिचालन गर्न सक्ने, सक्षम व्यक्तिलाई गृह मन्त्रालयको  जिम्मेवारी देउ सरकार । अन्यथा सरकारकै मनसाय चुनाव गर्ने छैन भन्न सञ्चारकर्मीहरु हिच्किचाउनु पर्ने कुनै कारण हुँदैन ।  

थप समाचार 

नगरपालिकाले नयाँ दमकल ल्याउने



भूमिराज जोशी÷सिलगढी
बैशाख ४
गत चैत्र २० गते डोटीको व्यस्त बजार दिपायल पिपल्लामा आगलागी भयो । टेङ्करवाट ड्रममा पेट्रोल खन्याउँदा एक्कासी आगलागी हुँदा टेङ्कर, पेट्रोल पम्प, पाँच मोटरसाईकल र तीन पसल जलेर नष्ट भए । आगो नियन्त्रण लिनका लागि क्षेत्रीय प्रहरी कार्यालयको पानी बोक्ने टेङ्करको प्रयोग गर्नु प¥यो, कारण दिपायल सिलगढी नगरपालिकासंग बारुणनियन्त्रण (दमकल) को व्यवस्था थिएन । 
डडेल्धुरा अमरगढी नगर–पालिकाको दमकल आएपछि आगो नियन्त्रणमा लिन सहज   भयो । 
उक्त घटना भएको चार दिन बित्न नपाउँदै चैत्र २४ गते जिल्ला सदरमुकामस्थित रिमझिम होटलमा पनि आगलागी भयो । हलमा राखिएका लुगाहरुबाट सल्केको आगो प्रहरी र स्थानीयहरुले नियन्त्रणमा लिए । नगरपालिकाको गेटसंगै जोडिएको उक्त होटेलमा लागेको आगो नियन्त्रमा लिनका लागि पनि दमकल थिएन । दमकल नभएको भन्दै नगरपालिकाको तिब्र आलोचना समेत भयो । 
नगरपालिकामा रहेको दमकल बिगत एक बर्षदेखि बिग्रेको छ । करीब २० बर्ष अगाडि स्थानीय बिकास मन्त्रालयले प्रदान गरेको दमकल नवन्ने गरि बिग्रिएको नगरपालिकाका कर्मचारीहरु बताउँछन । दमकल नबन्ने भएपछि नयाँ दमकल ल्याउने योजनामा नगरपालिका रहेको     छ । 
ल्याएको दुई तीन बर्षसम्म राम्रै काम गरेको दमकल पछि पटक पटक बिग्रदै आयो । ‘धेरै पटक मर्मत ग¥यौंं’ नगर–पालिकाका कार्यकारी अधिकृत तुलसीप्रसाद आचार्य भन्छन्  ‘तर यो पटक भने नबन्ने गरि बिग्रेको छ ।’ 
कार्यकारी अधिकृत आचार्यले बिम्ब नेपाली साप्ताहिकसंग कुरा गर्दै भने ‘दमकल मेसिनरी चिज भएको पटक पटक बिग्रदै आएको थियो । यो दमकल अरु भन्दा फरक पनि छ । यो चाइनिज कम्पनीको हो । यसका पार्टपुर्जाहरु यता पाइदैन । सबै बाहिरबाट ल्याउनु पर्छ ।’  
‘अब यो दमकल लिलाममा दिने तयारीमा छौं’ आचार्यले भने ‘कार्यालयले दमकलको लागि अर्थ मन्त्रालयमा पहल गरिसकेको छ ।’ गत चैत ८ गते टेण्डरको लागि सूचना पनि आब्ह्वान गरिसकेको बताउँदै उनले अबका केही महिनामा नयाँ दमकल आउने बताए । 
बिग्रेको एक बर्षसम्म पनि कुनै पहल किन नगरेको भन्ने प्रश्नमा उनले भने ‘हामीले पहल त यो दमकल नबन्ने भयो भन्ने थाह हुने बित्तिकै सुुरु गरेका हौं तर ढिलाई भयो ।’ अर्थ मन्त्रालयमा दमकलको लागि बजेट निकाशा गर्नै तीन चार महिना लागेको उनी बताउँछन । ‘अव टेण्डर आब्हान सम्बन्धि सूचना गरिसकेका छौं’ आचार्यले भने ‘यसमा पनि एक डेढ महिना लागि हाल्छ त्यसैले ढिलाई भएको हो ।’

चैत्रमा मात्रै सेतीले ६ को ज्यान लियो


गत चैत्र २९ गते नुहाउने क्रममा सेती नदीमा दुई युवक बेपत्ता भए । महोत्तरी जिल्ला साबिकको बर्दिबास नगरपालिका बस्ने १९ वर्षीय बिशाल श्रेष्ठ र काभ्रे गौरी बिसौनीका कृष्णप्रसाद दङ्गाल नदीमा नुहाउने क्रममा   बगे । 
घटनापछि स्थानीय–बासीहरु, नेपाल प्रहरी र नेपाली सेता खोजी कार्यमा जुटे । दुई युवामध्ये दङ्गालको शव चैत्र ३१ गते दिपायल पुल नजिकै     भेटियो । अर्का युवा श्रेष्ठको शव आईतबार केआई सिंह गाउँपालिका अन्तरगतको नारी दाङ भन्ने ठाउँमा भेटियो । दङ्गाल र श्रेष्ठ सेती प्राबिधिक शिक्षालयमा भवन मर्मतको काम गर्नका लागि आएका थिए । 
दङ्गाल र श्रेष्ठ जस्तै गएको चैत्र महिनामा मात्रै सेती नदीमा ६ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार चार जना पहिचान खुलेका र दुई जना पहिचान नखुलेका व्यक्तिहरुको ज्यान गएको छ ।  
प्रहरीका अनुसार करीब ४०÷४५ बर्षीय अपरिचित पुरुष ब्यक्ति फेला परेको गत चैत्र १ गते जिल्ला प्रहरी कार्यालय डोटीको अभिलेखमा छ । उनको परिचय खुन्न सकेन । 
यस्तै चैत्र १५ गते कैलाली जिल्ला   अत्तरिया नगरपालिका—१३ बस्ने १९ बर्षीय निराजन  बोहरा सेती नदीमा बगी २० गते फेला परेका थिए । दिदिको घरमा भेटघाट गर्न आएका उनी नदीमा नुहाउने क्रममा बगेका  हुन । यस्तै जिल्ला शाहाजपुर बिजयनगला भारत घर भई जेली प्रालिका जेसिबी चालक २४ बर्षका बिनोद कुमार गत चैत १६ गते सेती नदीमा नुहाउने क्रममा बगेका हुन । 
यस्तै चैत्र २४ गते      परिचय नखुलेका एक व्यक्तिको शव फेला परेका छन । 
नदीमा बगेर एक महिनामै ६ जनाको ज्यान  गएको सम्भवत् यो पहिलो घटना हो । त्यसो त बर्षेनी सेती नदीमा बगेर ज्यान गुमाउने गर्छन् । लामो समयदेखि चर्चामा रहेको पश्चिम सेती जलबिद्युत परियोजना निर्माण हुने भनिएको सेती नदीले बर्षेनी उर्बरा जमिन कटान गर्दै आएको छ । उत्पादनमुलक कामका लागि भने नदीको पानी प्रयोग हुन सकेको छैन । 

‘गाउँमा पानी दिनेलाई चुनाबमा भोट दिन्छौं’


‘सधै पानीको नै समस्या । पानी पाएपनि लामो जंगलको बाटो हिडेर कुवाँमा फोहोर जमेको पानी खानुपर्ने बाध्यता छ, नेताहरु आउँछन समस्या डायरीमा टिप्छन तर, चुनाब जितेपछि फर्केर हेर्दैनन् ।’ 
के आइ सिं गाउँपालिका–२ (साबिकको तिखात्तर–५) जारिमभाडीका स्थानीय धने लुहारले बिम्बसंग दुखेसो पोखे । लुहारले भने ‘हामी त अनपढ गाउँका सोझा मान्छे । हामीलाई केही थाहा हुदैन । चुनाबको बेला सबै पार्टीका नेताहरु आउँछन । हाम्रा बिबिध समस्याहरुलाई  डायरीमा टिपोट गर्छन । दोश्रोपटक भने फर्केरै हेर्दैनन् ।’ 
पानी ल्याउन जानुपर्छ टाढा । करिब डेढ घण्टा समय लाग्छ, जारिम भाडीका ४० बर्षीय स्थानीय लाल तिरुवाले भने, ‘चुनाबको बेला हामी छौं भन्ने नेताहरु हाम्रा लागि जिउदा मरेका थाहा छैन । हामी सबै आशा मात्र बोक्छौं, त्यो आशा मै सिमित हुन्छ ।’
जारिमभाडीका दलित समुदायका घरबाट करिब डेढ घण्टा समय लाग्ने जंगलमा सानो पानीको कुवा छ । त्यो कुवा नजिकै पल्लो गाउँ लोलीका स्थानीयहरुले पानीको ट्याङ्की बनाएका छन । ट्याङ्कीबाट नै पानीको पाइप जोडेर पानी लिएका छन । पाइप जोडेको ठाउँमा अलिकति पानी चुहिन्छ । त्यो चुहिएको पानी नै जम्मा गरी सानो कुवाँ बनाएका छन जारिम भाडीका बासीहरुले । 
पानी सानो कचौराले निकालेर भाँडाहरु भर्नुपर्छ, नत्र पानी धमिलो हुन्छ, स्थानीय २२ बर्षिया रम्भा कामीले भनिन्, ‘हामीले पानीको सधै यसरी नै गुजारा गर्नु पर्छ । कहिलेकाँही त आकाशको पानीले नै काम दिन्छ । बिम्बसंग आफ्नो खेतबारी देखाउदै उनले भनिन्, ‘हाम्रा नेताले भने अनुसारको काम गर्ने भए हामीलाई कहिल्यै भोकमरी हुने थिएन । अहिले हाम्रो एक भोटले नेताहरुले राज गरिरहेका छन । सधैं आएर आश्वासन मात्र दिन्छन । कुवाँमा पानी ल्याउन जान्छौं सधैं काकाकुल मच्चिन्छ । खेतबारीमा पानीको अभाबले बिउ पनि नआउने भैसक्यो ।’
रेडियो सुन्छौं उनले भनिन्, ‘नेताहरुले यो ग¥यो, त्यो ग¥यो’ भन्छ, तर हाम्रो गाउँमा भने ‘न कुनै संघ संस्थाले गरेको छ, नत कुनै सरकारी निकाय वा नेताहरुले नै ।’
यो पीडा जारिमभाडीका बासीहरुको मात्र होइन, सेती नदीकै किनारमा बस्ने साबिकको तिखात्तर ९ तल्कोटका स्थानीयबासीको पनि उस्तै छ । करिब डेढ दुई सय परिवार छन तल्कोटमा तल्लो-मल्लो गाउँ गरी । बढी मर्का छ मल्लो तल्कोटका बासीहरुलाई । नजिकै छ सेती नदी । करिब २÷३ सय मिटर टाढा । तर पानीको भने हाहाँकार । बर्षायाममा भने जताततै पानी पाइन्छ । हिउँदेयाममा भने, गाउँभरीकै एउटा मात्र धारा छ । त्यो धारामा करिब तीनचार घण्टा लाइनमा बस्नुपर्छ ।
स्थानीय ४० बर्षीया चन्द्रादेबी माझीले भनिन् ‘म बिहान चार बजेदेखि लाइनमा बसेकी हुँ । बल्ल सबा सात बजेतिर २० लिटरको गेलिन भर्न पाए । पानी मसिनो आउँछ । मान्छे रातभर पनि पानी भर्छन खानेपानीका लागि ।’ नदीको पानी फोहोर हुन्छ । बोक्न पनि उकालो पर्ने हुनाले प्रायः सफा पानी भनेर यो धारामै लाइनमा           बस्छौं ।’माझीले भनिन्, ‘गाइगोरुलाई त नदीमा पानी खुवाउन लग्छौं । हामीलाई त त्यो फोहोर पानीले सञ्चो हुँदैन । हामी तल्लो तल्कोटबासीलाई त नदी नजिक हुनाले अलि सजिलो भएको छ तर मल्लो गाउँको लागि त धेरै समस्या छ । नदी टाढा पर्छ । उता पानी छैन बडो समस्या छ उहाँहरुलाई त ।’
नेताहरु आउँछन । स्थानीय गोरे माझीले भने, ‘नजिकैको सेती नदीको पानी अब मेसिन ल्याएर घरघरमा पु¥याउँछौं, ढुक्क हुनुस । तपाँईहरुका खेतहरुमा पनि पानीको कमी हुने छैन ।’ यस्ता यस्तै सपनाहरु बाँडे, भोट लिए । तर फर्किएर हाम्रा समस्याहरु सम्बोधन गर्न कोही नेता कार्यकर्ता आएनन् ।’
यो टन्टलापुर घाममा हामीले घण्डौं– सम्म पानीको लाइनमा बस्नुपर्छ, चर्पीमा, पशुहरुलाई तथा बारीमा काम लगाउनुपर्छ तर, जिम्मेवारी निकायलाई भने कुनै मतलब नै नभएको गोरे माझीले बताए ।
पञ्चायतकालदेखि नै नेताहरु गाउँमा पस्न थालेका हुन । कुन गाउँमा बिकास भयो, कुन गाउँमा बिकास भएन । त्यो कुरा गाउँमा जाने बित्तिकै छर्लङ्ग हुन्छ । यतिसम्मकी चिया पकायो भने पाकेको चियापत्ती खानेको लडाँई हुन्छ घरपरिवारमा । चिया भन्दा पनि पाकेको चियापत्तीको माया हुन्छ उनीहरुलाई । पाकेको चियापत्ती खायो भने रोग लाग्दैन (निरोगी) बन्छन भन्ने बिश्वास छ उनीहरुलाई । यतिसम्म पनि चेतना फैलिएको छैन ।
गाउँगाउँमा जाँदा प्रायः सबैका गुनासाहरु एउटै हुन्छन । चुनाबका बेला नेताहरु भोट माग्न आउँछन, एक गाउँमा जान्छन, छि छि यो गाउँमा त चर्पी पनि छैन । चर्पीको समस्या डायरीमा टिप्छन, अनी भन्छन हामीलाई भोट दिनुस हामी तपाईलाई चर्पीको ब्यवस्था गरिदिन्छौं । त्यस्तै अर्को गाउँमा जान्छन पानीको समस्या देख्छन, त्यो पनि डायरीमा टिप्छन । भोट माग्छन । अर्को गाउँमा पनि त्यस्तै गरेर डायरी पनि भर्छन । यसरी चुनाब जितेर काठ्माण्डौं जान्छन अनि उतै डायरी हराउँछ, उतै नेताहरु हराउँछन । 
यसरी बर्षेनी नेताहरुले ढाँटेर, छलकपट गरेर कति, कहिलेसम्म चुनाब जित्ने, लड्ने ? सोझा साझा जनतालाई खेलौना बनाएर कहिलेसम्म चर्चामा पुग्छन । त्यसैले भनेको हुनुपर्छ यसपाली त पानी दिनेलाई भोट दिन्छौं । पहिले गाउँमा पानीका धारा बनाएर पानी ल्याउनुस त्यसपछि मात्र भोट दिन्छौं । यो नेताहरुले बुझ्नु जरुरी छ ।

छोटकरी समाचार 

एक सय ५५ केन्द्र रहने

बैशाख ३१ गते हुने स्थानीय निर्वाचनका लागि डोटी जिल्लामा एक सय ५५ मतदान केन्द्र रहने भएका छन । 
जिल्ला निर्वाचन कार्यालय, डोटीले दिएको जानकारी अनुसार जिल्लाका एक सय १५ मतदान स्थलमा एक सय ५५ केन्द्र रहने छन । २०७० सालको संबिधानसभाको निर्वाचनमा एक जिल्लामा एक सय ६ मतदान स्थल र एक सय ५३ मतदान केन्द्र रहेकामा यस पटक दुई केन्द्र र ९ स्थल बढेका निर्वाचन कार्यालयका सूचना अधिकारी दलवहादुर मलासीले जानकारी दिए ।

गजल बाचन कार्यक्रम सम्पन्न

डोटी गजल मञ्चको आयोजनामा सोमवार खुला गजल बाचन तथा नयाँ बर्ष २०७४ सालको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । 
मञ्चका अध्यक्ष केशवचन्द्र महरा ‘पवन’ ले दिएको जानका–री अनुसार डोटीको दिपायलमा रहेको होटल रिभरसाईडमा आयोजित उक्त कार्यक्रममा करीव २० जना गजलकारहरुले आफ्नो प्रस्तुति राखेका थिए । सवैलाई पायक पर्ने ठाउँमा गजल सुन्न र सुनाउनका लागि उक्त कार्यक्रम आयोजना गरिएको अध्यक्ष महराले जानकारी  दिए ।
कार्यक्रमका प्रमुख अतिथि गजलकार लक्ष्मीदत्त भट्टले सुदूरपश्चिममा गजल बिधाको बिकास गर्नका लागि सबै साहित्यकारहरुले पहल गर्नु पर्ने वताए ।

खेल समाचार 

रुपन्देही ६ विकेटले पराजित


धनगढी प्रिमियर लिग (डीपीएल) मा प्लेअफमा पुगेको रुपन्देही च्यालेन्जर्स धनगढी टिम चौराहासँग ६ विकेटले   पराजित भएको छ ।
सोमबार भएको खेलमा टस जितेर ब्याटिङ गरेको रुपन्देहीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९१ रन जोडेको थियो । ९२ रनको लक्ष्य पाएको धनगढी टिमले मात्र ११ ओभर खेल्दा ४ विकेट गुमाएर लक्ष्य पार गर्यो । धनगढी टिम ५४ बल बाँकी छँदै लक्ष्य पार गर्न सफल भएको हो ।
धनगढी टिमका पारस खड्काले ४२ रन जोडे भने अमर रौतेला र राजु रिजालले १३, १३ रनको योगदान गरे । पृथु बास्कोटाले अविजित १५ रन जोडे भने अनिल मण्डलले ८ तथा अरिफ शेख ४ रनमा अविजित रहे । यसअघि ब्याटिङ गरेको रुपन्देहीका केसी प्रकाशले अविजित ४९ रनको योगदान गरे भने अन्तिम थापले ११ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
धनगढीका ललित राजबंशीले ४ विकेट लिएका थिए भने सुसन भारी र सौरभ खनालले एक, एक विकेट लिए ।

चलचित्र÷मनोरञ्जन 

गायिका र अभिनेत्री राप्रपाबाट चुनाब लड्दै



गायिका कोमल वली र अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट चुनाब लड्ने भएकी छिन । 
अभिनेत्री थापा काठमाडौं महानग–रपालिकाको उपमेयरमा र वली तुल्सीपुर नगरपालिकाको मेयरमा सिफारिस गरेको  राप्रपाका सहायक प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
स्थानीय तहको निर्वाचनका लागि राप्रपाले जिल्ला कार्य समितिबाट आएका सिफारिशका आधारमा उम्मेदवार   चयन गरिएको छ । केन्द्रीय कार्यालयबाट भने पारित हुन बाँकी रहेको उनले बताए । श्रेष्ठले भने ‘राप्रपामा आवद्ध कलाकारहरु मध्ये अभिनेत्री रेखा थापा र गायिका कोमल वलीलाई उम्मेद्वारको रुपमा पठाउने तयारी छ ।’
कांग्रेस–एमालेबाट पनि कलाकार उम्मेदवार बन्दै
नेपाली कांग्रेस तथा एमालेले पनि स्थानीय तहको निर्वाचनमा आफ्ना पार्टीसंग आबद्ध कलाकारहरुलाई उम्मेदवार बनाउने चर्चा चलिरहेको छ ।
कांग्रेसको तर्फबाट संगीतकार दीपक जंगम धुलिखेलको वडा अध्यक्षमा उठ्ने तयारीमा छन् । उनीबाहेक निर्माता चिरञ्जीवी बस्नेत ईनरुवाबाट वडा अध्यक्षमा उठ्न दौडमा छन् । नेपाल चलचित्र संघका मधुसुधन प्रधान काठमाडौं वडा नम्बर २१ को वडा अध्यक्षमा  सिफारिशमा परेका छन् ।
नेकपा एमाले तर्फबाट पनि कलाकार उम्मेदवार बन्ने दौडमा छन् । ब्रिजकिशोर सहनी, नीरगगन सिंह, वीरबहादुर बुढाथोकी र भुवन रिजाल लगायत कलाकारहरुले स्थानीय निकार्य निर्वाचनको मेयर, उपमेयर, वडा अध्यक्ष लगायत पदको लागि उम्मेद्वारी दिने चर्चा छ । ‘स्थानीय निकायको निर्वाचनमा उम्मेद्वारी पाएका र सिफारिसमा परेका कलाकारहरुको अन्तिम नामावली केही दिनभित्र टुंगो लाग्दैछ,’ नेपाल कम्युनिष्ट पार्टीको सांस्कृतिक संघका खगेन्द्र राईले बताए ।
‘नेपाली कांग्रेसमा आवद्ध केही कलाकारहरु स्थानीय तह निर्वाचनमा उठ्ने तयारीमा छन् । केही दिनभित्र पाटीको तर्फबाट उम्मेद्वारी पाउने टुंगो लाग्नेछ,’नेपाली कांगेस सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापाले जानकारी दिए ।

बालिका स्वीन बनिन् बालिका


मिसेस क्विन नेपाल–२०१७ को उपाधि काठमाडौंकी फेशन डिजाइनर बालिका अधिकारीले प्राप्त गरेकी छिन् ।
इभेन्ट बेटर ग्यालेक्सीले नयाँ वर्षको अवसर पारी राजधानीमा आयोजना गरेको कार्यक्रममा सो प्रतियोगिता अधिकारीले उपाधि सहित हिरोको स्कुटर उपहार प्राप्त गरेकी छिन । साथै उनलाई बेटर ग्यालेक्सीको ब्रान्ड एम्बेस्डर पनि घोषित गरिएको छ ।
विवाहिता नारीको व्यक्तित्व विकास र प्रतिभा प्रस्तुतिका लागि आयोजना गरिएको प्रतियोगितामा स्यान्डी भण्डारी फस्ट रनरअप भएकी थिइन । यस्तै, सेकेन्ड रनरअपको उपाधि निकिता पाण्डेले प्राप्त गरेकी थिइन । प्रतियोगिताको कोरियोग्राफी पूर्व मिस नेपाल उषा खड्गीले गरेकी थिइन् ।
प्रतिस्पर्धामा मिस ट्यालेन्टको उपाधि बबिता मानन्धरले जितिन् यस्तै । बेस्ट पर्सनालिटीको उपाधि स्यान्डी भण्डारीे र मस्ट ब्युटिफुलको उपाधि करुणा श्रेष्ठले हासिल गरेकी थिइन ।

लेख 

न्यायालयको परमादेश र अबको पबित्र बिद्यालय  


रामहरी ओझा 
३३ बर्ष लामो ईतिहास बोकेको सुदूरपश्चिमकै एक प्रकारको छबी बनाएको र शिक्षा बिभागबाट समेत पुरस्कृत भईसकेको डोटीको संस्थागत बिद्यालय पबित्र आवाशीय माबिको जीवनमा एक नयाँ मोड आएको छ । लामो समय देखि स्वामित्व बिवादका कारण अन्यौलतामा रहेको बिद्यालय आईतवारको सम्मानित सर्वोच्च अदालतको परमादेशबाट सार्वजनिक हुने भएको छ । २०६७ साल असोज ७ स्थानीय नरेशमान श्रेष्ठले दायर गरेकाे रिटमाथी सुनुवाई गर्दै न्यायालयले बिद्यालयमा कुनै व्यक्ति बिशेषको लगानी नभएको ठहर गर्दै सार्वजनिक हुने भएको छ । न्यायालयको परमादेशको पक्ष र बिपक्षमा अभिव्यक्तिहरु आउन थालेका छन । त्यो स्वभाबिकै प्रक्रिया पनि हो, शत प्रतिशत सहमत हुने वा बिमति राख्नेहरु भएको भए बिवादनै हुने थिएन । तर, अव न्यायालयको आदेशलाई स्वीकार गर्नुको बिकल्प छैन । यद्यपी अहिले पनि न्यायालयको पूर्ण ईजलासमा पुनर्बिचार गरी पाउँ भनी बिपक्षले याचना गर्ने बाटो छ, तर त्यो बाटोमा जाँदा पनि उपलव्धी हात लाग्दैन । किनकी थुप्रै आधार र प्रमाणहरुले बिद्यालय सार्वजनिकै हो भन्ने हिजो पनि देखाउँदै थियो र आज पनि देखाउँदैछ । 
जे होस्, न्यायालयले ढिलै भएपनि न्यायिक निर्णय गरेको छ । त्यो निर्णयको स्वागत गर्नु पर्छ । तर, अवको बाटो त्यति सहज भने छैन । यस बिषयमा पनि ध्यान दिनु जरुरी छ । रिट निवेदक वा बिपक्षी जो भएपनि यदि भावना पबित्र छ भने पक्कै पनि पबित्र बिद्यालय शिक्षाको क्षेत्रमा साँच्चिकै पबित्र संस्था हुनेछ । होईन, ‘हिडन ईन्टरेष्ट’ अरु केही हो भने फेरी पनि पबित्रको भबिश्य अन्यौल हुन सक्छ । पबित्रको ईतिहास र वर्तमानलाई तुलना गर्ने हो भने अवको बाटोमा चुनौतीहरु धेरै छन । ति चुनौतीहरुको सामना गर्ने हो भने सम्भावनाका पाटाहरु पनि धेरै छन । 
के हो पबित्र स्कुल ः–
एक जना स्थानीय वुद्धिजीवीले भने अनुसार यो बिद्यालयको २०४० सालमा पूर्व प्राथमिक बिद्यालयको रुपमा आप्mनै स्रोतवाट सञ्चालन हुने गरी स्थापना भएको थियो । दार्जिलिङ मुल घर भई काठमाण्डौंमा वसोवास गर्दै आएका रतन थापा नाम गरेका व्यक्ति यो बिद्यालयका संस्थापक हुन रे । उनले संस्थापक प्रिन्सिपल भनेर लेख्ने गर्दथे । डडेल्धुराका एक जना वृजलाल भन्ने शिक्षोप्रेमीले स्थानीय समुदायलाई बिद्यालय सञ्चालनमा सहयोग गर्नका लागि आग्रह गरेपछि आफुहरुले आफ्ना छोराछोरीहरु त्यस बिद्यालयमा पठाउन थालेको उहिलेको कुरा सम्झदै ति स्थानीय बुद्धिजिवीले जानकारी दिए । यो बिषयमा अन्य पाका स्थानीयहरुको पनि मतभिन्नता देखिदैन । यसबाट यो बिद्यालयका संस्थापक रतन थापालाई नै हुने भन्ने देखाउँछ । त्यतिमात्र होईन माध्यामिक तहको पढाई सञ्चालनका लागि क्षेत्रीय शिक्षा निर्देशनालयले दिएको अनुमति पत्रमा समेत रतन थापालाई संस्थापक प्रिन्सिपल वनाएकोले थालाई संस्थापक मान्नु पर्ने थप आधार छ । २०४३ सालमा कक्षा १ सञ्चालनको अनुमति पाएको यस बिद्यालयले २०४४ सालमा कक्षा २ देखि ८ सम्म र २०४७ सालमा कक्षा ९ र १० सञ्चालन गर्ने अनुमति पाएको थियो । पछि २०५२÷०५३ मा उच्च माध्यामिक शिक्षा परिषद्वाट अनुमति लिई कक्षा १२ सम्मको पढाई हाल सञ्चालन भईरहेको छ ।  
लगानी कस्को छ त ? 
लगानी दुई प्रकारले हिसावकिताव गर्न सकिने बिषय हो । एउटा आर्थिक लगानी जसको मुल्य महत्वपूर्ण मानिन्छ र अर्को श्रम लगानी जसलाई बिभिन्न तरिकाले व्याख्या गर्न सकिन्छ । बिद्यालयको आर्थिक लगानी हेर्ने हो भने स्थापना कालमा प्रहरीको भवनमा सञ्चालन भएको बिद्यालय पछि साबिकको दिपायल सिलगढी नगरपालिका–२ मा रहेको मर्माल सिंहहरुको घरमा सञ्चालन भएको पाईन्छ जो हालसम्म पनि बिद्यालयले प्रयोग गरिरहेको छ । २०४८ सालमा बिद्यालयले आप्mनै कमाईवाट आर्जन गरेको जग्गामा हाल १८ कोठे भवन वनेको छ । उक्त भवन निर्माणका क्रममा कुनै व्यक्तिको व्यक्तिगत लगानी देखिदैन । बिद्यालयको आप्mनै आम्दानी, दिपायलमा वस्ने मनोहर श्रेष्ठका छोरालाई तत्कालीन समयमा सडक निर्माणको ठेक्का लिएको कोरियन कम्पनीको गाडीले ठक्कर दिई मृत्यु भएपछि क्षेतिपूर्ति वाफत दिएको चार लाख पचास हजार रुपयाँ र अन्य सरसापटवाट उक्त भवन वनेको पाईन्छ । माध्यामिक शिक्षा बिकास ईकाईले २०५८ सालमा ७० लाख रुपयाँमा पाँच कोठे भवन सहित बिज्ञान प्रयोगशाला निर्माण गरिदिएको छ । भारतीय राजदुतावासले २०५९ सालमा वा १ क ४२९९ नम्वरको रातो प्लेट भएको वस उपलव्ध गराएको थियो । तर, पछि उक्त बस भारतीय दुताबासले बिद्यालयलाई नभई आफुलाई दिएको भन्दै तत्कालीन प्रिन्सिपल भारतीय नागरिक आर एन बेनर्जीले जवरजस्ती लगेर गए । ना २ ख ६४२ नम्वरको सार्वजनिक भाडाको अर्को वस ओमनी प्रालि बिरगञ्जवाट बिद्यालयले आप्mनै स्रोतमा किस्तावन्दीमा खरिद गरेको पाईन्छ । संरक्षण अभावका कारण उक्त बस बिद्यालय प्राङ्गणमै सडिरहेको छ । 
यसरी हेर्दा आर्थिक रुपमा यो बिद्यालयमा कुनै व्यक्तिले आफ्नाे व्यक्तिगत लगानी लगाएको छैन । व्यक्तिगत लगानीको कुरा गर्ने हो भने मनोहर श्रेष्ठले आफ्नाे छोराको दुर्घटनामा मृत्यु भएपछि क्षेतिपूर्ति वाफत पाएको रकम बिद्यालयलाई दिएका छन, त्यसलाई मान्न सकिन्छ । 
आर्थिक लगानीको कुरासंगै श्रम लगानीको कुरा आउँछ । बिद्यालयको हरेक पक्षमा लामो सयमदेखि दिपायल सिलगढी नगरपालिका–५ निवासी रामचन्द्र भट्ट र भारतीय नागरिक रबिन्द्रनाथ वेनर्जीले गरेको श्रम लगानीको अवमुल्ययन गर्न सक्ने अवस्था देखिदैन । संस्थालाई प्रशासनिक रुपमा, शैक्षिक रुपमा र आर्थिक रुपमा यो अवस्थामा पु¥याउनका लागि यि दुई जना महत्वपूर्ण व्यक्ति हुन । उनीहरु सम्मानयोग्य पनि हुन तर संस्थाहरु सार्वजनिक हितका लागि हुन्छन र सार्वजनिक लगानीका संस्थाहरुलाई सर्वाजनिक रुपमै अगाडी वढाउनु पर्ने हुन्छ । त्यसकारण लामो समयसम्म मैले व्यवस्थापन गरेको हो भन्ने ढंगले कसैले पनि स्वामित्वमाथी आप्mनो व्यक्तिगत दावी राख्नु पक्कै पनि राम्रो होईन । यो पंक्तिकारको बुझाईमा उनीहरु दुई जना सम्मानका दावेदार पक्कै हुन तर सम्पत्तिका दावेदार होईनन् । 
बिवाद उत्पन्न हुनुको रोचक किस्सा 
कुनै व्यक्ति बिशेषलाई तितो लागे यो पंक्तिकार क्षेमाप्रार्थी छ तर सत्य कुरा अलि तितो पनि हुन्छ । अहिले जसरी, जो, जहाँ सार्वजनिक सम्पत्तिको संरक्षणको कुरा गर्दैछन उनीहरु स्वयं पनि कुनै दिन साझा कम्पन्नी बनाउने र बिद्यालयको करोडौंको सम्पत्तिम हिस्सेदार हुने दौडमा थिए । भागवण्डाको बिषयमा बिवाद सुरु भयो, जुन बिवाद ‘गिलास पाट्नरहरु’ का बिचमा मिल्न सकेन । त्यसपछि एकले अर्कोलाई सिद्ध्याउने अभियान सुरु भयो । अभिभावकहरुका बिचमा, जिल्ला शिक्षा कार्यालयमा, जिल्ला प्रशासन कार्यालयमा र न्यायालयसम्म पुग्ने कार्य भयो । यति हुँदा हुँदै पनि कुरा के हो भने यो सार्वजनिक सम्पत्ति  थियो र छ भन्ने प्रमाणित भएको छ । यसका लागि योगदान दिनेहरु सबै धन्यवादका पात्र हुन ।   
अवको बाटो
बिद्यालयले आफ्नै खालको शैक्षिक ईतिहास बनाएको छ, भौतिक पूर्वाधारको तत्कालका लागि कमी छैन, बिद्यालयको आफ्नै पहिचान छ । त्यसकारण बिद्यालय सञ्चालनमा कुनै समस्या छैन । समस्या छ त केवल व्यवस्थापनको । व्यवस्थापकीय जिम्मेवारीमा रहने व्यक्तिहरुले यदि ईमानदार र जिम्मेवारी भईदिने हो भने, सामाजिक स्वयंसेवी भावनाबाट काम गरिदिने हो भने यो बिद्यालयलाई आम जनताको बिद्यालयका रुपमा बिकास गर्न सकिन्छ जहाँ गिट्टी कुट्ने मजदुरको छोरोले पनि टाई सुट लगाएर अध्ययन गर्न सकोस् । त्यसका लागि हामीले अलि खुकुलो छाती बनाउनु जरुरी छ । तत्कालका लागिः  
१. करीव २५ वर्षसम्म रामचन्द्र भट्टले यो बिद्यालयलाई नेतृत्व गरे । उनी सामाजिक भावनाका भएका व्यक्ति  थिए । उनी अव यो दुनियाँमा छैनन् । यो बिद्यालयलाई यो स्थानमा पु¥याउनका लागि उनको योगदान कदरयोग्य छ । त्यसैले बिद्यालयले उनलाई सम्मान गर्नु पर्छ । यसको साथसाथै बर्तमान अध्यक्षलाई पनि उचित स्थापन दिएर संगसंगै लैजाने बातावरण बनाउनु पर्छ । 
२. अव तत्काल अभिभावकहरुको भेला बोलाईनु पर्छ । त्यो भेलाबाट नयाँ नेतृत्वको अर्थात सञ्चालक समिति सिफारिस गरिनु पर्छ । यसका लागि २०६६ साल मंसिर १७ गतेको निर्णयलाई पनि ध्यान दिनु जरुरी छ । त्यतिबेला बनेको सञ्चालक समितिलाई जिल्ला शिक्षा कार्यालयले नमान्दा बिवाद न्यायालयसम्म पुगेको थियो । त्यो समिति वा सामाजिक भावना भएका र क्षमतावान व्यक्तिहरुलाई सञ्चालकको जिम्मेवारी दिईने गरि भेलाले निर्णय गर्नु पर्छ । 
३. त्यतिबेलै बिद्यालयको बिधान बनाउने भनेर एक समिति पनि बनेको थियो । त्यो समितिले केही गृहकार्य गरेको छ कि छैन त्यस बिषयमा पनि खोजी हुनु जरुरी छ । तत्काल सार्वजनिक गुठी अन्तरगत रहने गरि संस्थाको बिधान बनाईनु पर्छ र दर्ता प्रक्रियामा अगाडि बढ्नु पर्छ । 
. बिद्यालयको बर्तमान शैक्षिक गुणस्तरको तत्काल अध्ययन गरिनु पर्छ । बिद्यालयमा कार्यरत शिक्षकहरुको क्षमता र कार्यदक्षता परीक्षण गरिनु पर्छ । यसो गर्दा मेरो मान्छे वा तेरो मान्छे भन्ने भावनाबाट मुक्त हुनु पर्छ । बर्तमान सन्दर्भमा बिद्यालयलाई आवश्यक पर्ने योग्यता र क्षमता नभएको जनशक्तिलाई स–सम्मान बिदा गर्ने हिम्मत सञ्चालक समितिले राख्नु पर्छ र त्यसमा स्थानीयबासीहरुले साथ दिनु पर्छ । त्यसपछि शिक्षक सेवा आयोगको मापदण्डका आधारमा मात्रै शिक्षकहरु र लोकसेवा आयोगको मापदण्डका आधारमा मात्रै अन्य प्रशासनिक कर्मचारीहरु भर्ना गरिनु पर्छ । शिक्षक–कर्मचारीहरुको स्थायीत्वको ग्यारेण्टी गर्न सक्नु पर्छ । ‘मेरो मान्छेले जागिर पायो भने सवै राम्रो, नत्र सवै गलत’ भन्ने मानसिकता त्याग्न सक्नु पर्छ । 
५. अवको युग प्राबिधिक युग हो, बैज्ञानिक युग हो । अव ‘कपुरी क’ पढाएर मात्रै हुँदैन । एकातिर नयाँ संरचना अनुसार गाउँ गाउँमा सदरमुकाम बनेका छन, जिल्ला सदरमुकामको बस्ती पातलिने सम्भावना छ, अर्कोतिर प्रतिस्पर्धामा अन्य थुप्रै शिक्षण संस्थाहरु रहेका छन । त्यसकारण अव  साधारण शिक्षाले पुग्दैन । प्राबिधिक शिक्षाको सुरुवात गर्नु पर्छ । प्राबिधिक शिक्षा सुरु भयो भने त्यसले जिल्ला सदरमुकामको चहपहललाई पनि बरकरार राख्न सक्छ र संस्थाको आफ्नो भबिश्य पनि सुनिश्चित हुन सक्छ । त्यसका लागि तत्कालैदेखि     बातावरण बनाउनु पर्छ । सार्वजनिक गुठीमा जाँदा लगानीको त्यति धेरै समस्या हुँदैन । दातृ निकायहरुसंग आग्रह गर्न सकिन्छ, स्थानीयहरुका लागि शेयर खुल्ला गर्न सकिन्छ । त्यसैले त्यतातिर ध्यान दिनु   जरुरी छ । 
६. लामो समयदेखि बिद्यालयलाई भौतिक सहयोग गर्दै आउनु भएका मर्माल सिंहहरुसंग समन्य गरि उक्त भौतिक सम्पत्ति बिद्यालयकै नाममा गरिदिन आग्रह गर्नु पर्छ र उक्त स्थानमा नयाँ भवनहरु निर्माण गर्नु पर्छ । 
७. मुख्य बिषय नेतृत्वलाई आफ्नो तरिकाले काम गर्न दिनु पर्छ । कसैको व्यक्तिगत ईच्छा पुरा भएन भन्दैमा सडकमा गएर नेतृत्वलाई गाली गर्ने, हटाउनु पर्छ भनेर बिवाद सृजना गर्ने काम गर्ने हो भने त्यसले कुनै अर्थ राख्दैन । 
यि र यस्ता थुप्रै बिषयहरु छन यो बिद्यालयलाई नयाँ शैलीबाट अगाडि बढाउनका लागि । त्यसैले यो बिषयमा बेलैमा बिचार पु¥याउनु जरुरी छ ।

मोफसल पत्रकारिता 

जनहितका लागि कुशल पत्रकारिता गर्नुपर्छ

कृष्ण सिग्देल (सम्बाददाता) 
राजधानी दैनिक, सिमरा, बारा

तपार्इंको पुरा परिचय पाउँ न ? 
— कृृष्ण सिग्देल, हाल बसोबास जितपुर सिमरा उपमहानगरपालिका—३ सिमरा बारा, राजधानी दैनिकका लागी सम्बाददाताका रुपमा बाराबाट लेख्ने गर्छु, सिमरामा रहेको जिल्लाको पहिलो सामुदायिक रेडियो, रेडियो सिमरा ९१.२ मा समाचार शाखामा काम गर्छु । अन्य समय अध्यापनरत छु । स्थायी घर कोल्हबी नगरपालिका—८ नयाँबस्ती हो ।
तपाईले किन पत्रकारिता पेशा रोज्नु भयो ?
— मैले पत्रकारितालाई पेशाका रुपमा हेरेकै छैन । म खासगरी पेट पाल्नका लागी शिक्षण गर्छु । बि.सं. २०६२ सालदेखि निम्न माध्यामिक र माध्यामिक तह हुँदै हाल उच्च माध्यामिक तहमा शिक्षा संकाय र समाजशास्त्र बिषय अध्यापनरत छु । यद्यपी पत्रकारितालाई पनि मैले उच्च महत्वमा हेर्ने गरेको छु । समाजमा असरल्ल छरिएका समस्यै समस्याका चाङहरुलाई आम सञ्चारले सम्बन्धित तहमा पु¥याई निकासको बाटो खोज्ने यो एउटा सामाजिक अभियान्ताकै भुमिकामा मैले पत्रकारितालाई लिएको छु । यस कारण पनि यो क्षेत्रमा प्रवेश गर्ने रहर लाग्यो भन्ने लाग्छ ।
कति समय भयो यस पेशामा लागेको ?
— धेरै त भएको छैन, पर्साको बिरगन्जमा रहेको ईन्द्रेणी एफएमबाट २०६३ सालदेखि रेडियो पत्रकारिता यात्रा सुरु गरेँ । १० बर्ष बित्न लाग्यो । 
कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ? 
— सामाजिक क्षेत्रमा कलम बढी दौडिन्छ । त्यसो त अरु बिषयमा पनि लेखिन्छ नै, तर कतिपय समाचारहरु अर्थसंग जोडिएका हुनाले अर्थ समाचारका रुपमा परिणत हुने गर्दो रहेछ । 
पत्रकारितामा त धेरै समस्याहरु छन भन्छन नि, कस्ता खालका समस्याहरु पाउनु भयो ? 
— समस्या भएका होइनन् बनाइएका हुन् । पत्रकार आचारसंहिता र संचार कानुनमा टेकेर पत्रकारिता गर्ने हो भने उच्च सम्मानको पेसा हो । तर पत्रकारहरुकै कारण समाजमा गलत आखाले हेर्ने जमातको संख्या झन् झन् बढ्दो छ । पत्रकारिताको शैक्षिक मापदण्ड र समाजिक मापदण्ड नहुँदा समस्या भएको भन्छु म त, अनि बढ्दो समाजको अराजक सामाजिक गतिबिधि र मौलाउदो भ्रष्टचारका कारण पत्रकारलाई सत्य र तथ्य तथ्यांक सार्वजनिक गर्न आर्थिक प्रलोभनमा पारिन्छ । धम्की दिईन्छ , सिफारिस गरिन्छ । अन्ततः तथ्यांक तुहिन्छ । र भोलीबाट उही भ्रष्टको हनुमान बन्न बाध्य बनाइन्छ । अनि आजकाल पत्रकार र प्रहरीको हबिगत उस्तै छ । 
मोफसलमा काम गर्ने पत्रकारहरुका त यो भन्दा पनि बढी समस्याहरु छन भन्ने गरिन्छ नि !
— होइन, समस्या सबैमा उत्तिकै छन् । उपत्यकाका संचारकर्मीसंग पनि समस्या नभएका होइनन् । फरक के हो भने, मोफसलका पत्रकारहरु स्वतन्त्रतामा असुरक्षित चैँ पक्कै  छन् । आजको मितिसम्म पनि स्थानीय पत्रिका र एफएम स्टेशनहरुमा काम गर्नै पत्रकारहरुले मासिक ५ हजारमा काम गरिरहेको बाध्यता छ । अर्को कुरा कुनै काममा सफल नभैसकेपछि पत्रकारितामा लाग्नेहरुको हुलले गर्दा पनि यस्ता समस्या अझै बढेको जस्तो मलाई लाग्छ । 
बारा जिल्लामा पत्रकारिताको बिकास कत्तिको भएको छ ? 
— बाराको पत्रकारिताको कुरा गर्नु पर्दा अन्य जिल्लाको तुलनामा यहाँ पत्रकारहरुको संख्यामा अधिक छ । बिकासलाई हेर्ने हो भने अन्य जिल्लाहरुको तुलनामा बारा फरक छैन । बिशेषगरी पछिल्लो समय महासंघको अधिवेशनले पत्रकारितालाई अझ फोहोरी बनाइदिएको छ । मैले फोहोरी यस अर्थमा भने फोहोरी संगठनलाई भनिन्, पत्रकारका आँखा फोहोरी भए । पत्रकारहरुको संख्या बद्धको बिकास बाहेक अन्यमा बिकास भएको जस्तो मलाई लाग्दैन । 
मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ? 
— केही गर्नुपर्दैन, देशको प्रचलित ऐन, कानुन र पत्रकार आचारसंहिता भित्र रहे नरहेको पत्रकारहरुलाई नियमन गरि उचित पुरस्कार र सजायको ब्यवस्था गर्ने हो भने । पत्रकारिताका आधा समस्याहरु समाधान भएर जान्छन् । बाँकी श्रमजीवी पत्रकारहरुको हकमा सरकारले यो बिकृति न्युनीकरण गर्न सामान्य १९ हजार ५ सय ज्यालाको ब्यवस्थाको कानुनलाई कार्यान्वयन गर्नै पर्छ । यद्यपी पत्रकारिता पेसामा लाग्न सामान्यतः कुनै पनि संकायमा न्युनतम्  स्नातक तह उत्तीर्ण हुनुपर्ने ब्यवस्था गर्ने हो भने आमसंचारमा सुधार आउन सक्ला कि जस्तो लाग्छ । 
मोफसलमा काम गर्ने पत्रकारहरुका समस्या समाधानका लागि नेपाल पत्रकार महासंघले कत्तिको भुमिका खेलेको पाउनु भएको छ ?
— भुमिका अहिले राम्रै मान्नुपर्छ । महासंघ बाराले पछिल्लो समय बिभिन्न कार्यक्रमहरुको आयोजना गरी पत्रकारहरुलाई ब्यक्तित्व बिकासमा रामै्र टेवा पुगेको छ । बारामा पत्रकारहरु बिरामी पर्दा समेत रकम ब्यवस्था गर्ने गरिएको छ । केही समय अघिदेखि हालका महासंघ अध्यक्ष कमल कुमार उपाध्यायले पत्रकारहरुलाई पेन्सनको समेत ब्यवस्था गरेका छन् । उमेरले ५० बर्ष नाघेका पत्रकारहरुका लागी मासिक पेन्सनको ब्यवस्था यो एउटा नयाँ आयाम हो । त्यसैगरी बारामा बिमाको समेत ब्यवस्था गरिएको छ । 
सञ्चारकर्मीहरुका बैचारिक संगठनहरुले मोफसल पत्रकारका समस्या समाधानका लागि कस्तो भुमिका खेलेको पाउनुहुन्छ ?
— यो बिषयमा धेरै कुराहरु छन् । तर अहिले महासंघको चुनाव नभईसकेको अवस्थामा मौन बसौँ जस्तो लाग्यो । 
तपाइको विचारमा पत्रकारिता के हो ?
— पत्रकारिता एउटा समाजशास्त्रको प्रारुप हो । म आफु समाजशास्त्रको प्राध्यापक भएको नाताले पनि मैले पत्रकारितालाई समाजशास्त्रको सम्बन्धसंग हेरेको छु । समाजमा रहेका समाधानमुलक समस्याहरुको खोजी गरि सम्बन्धित निकाय समक्ष समस्या र समाधारको हुलिया प्रस्तुत गर्नु पत्रकारिता हो । 
कति कमाउनु भयो त पत्रकारिता पेशावाट ? 
— मैले कमाउनु भन्दा पनि गुमाएको चैँ छु । कमाउनका लागी यस पेसामा आउने होइन भन्ने कुरा घाम र जुन जत्तिकै सफा छ । जे होस यस पेसामा लागेर आत्मसन्तुष्टी हुने हो भने गुजारा गर्न चैँ सकिन्छ होला तर मैले त्यो अभ्यास समेत गरेको छैन । 
नेपालको पत्रकारिता क्षेत्र दिनप्रतिदिन बद्नामित हुँदै गएको छ, पाठक वर्गले समाचारको बिश्वासनीयताप्रति प्रश्न उठाउन थालेका छन, सञ्चारकर्मीहरु पनि गैर कानुनी क्रियाकलापमा संलग्न भएका छन भन्ने आरोप पनि लाग्न थालेको छ, तपाईलाई के लाग्छ र तपाँईको क्षेत्रतिर कस्तो छ ?
— आरोप बिल्कुल सत्य छ । बाराको पनि हवितग उस्तै हो । १५ बर्ष अघि धौ धौले प्रवेशिका उत्तीर्ण गरी अहिले पैसा कमाउने लालच र जागिर नपाएको बाध्यतामा पत्रिका दर्ता गर्नु वा स्थानीय रेडियोमा काम गर्नु उस्तै उस्तै हो । अनि सत्य तथ्य समाचार  कसरी आशा गर्ने । यहाँ त रेडियो वा पत्रपत्रिकाहरु पार्टीका बकपत्र समेत छन् ।
तपाई त लाग्नु भा छैनन् होला नि यस्ता कुरामा ! 
— मलाई पत्रकारिताबाटै छाट टार्न नपर्ने भएकाले पनि हुन सक्छ, कमाउने आँखाले    हेरेकै छैन यस पेसालाई । पैसै कमाउनु छ भने त खाडी मुलुक गए भैगो नि, हैन र ?
यसमा सुधारका लागि के गर्नु पर्छ जस्तो लाग्छ ? 
— राज्यको नीति मै सुधार ल्याउनु पर्छ । पत्रकारलाई राज्यको हेर्ने दृष्टि नै हेय छ । त्यसैले पनि समस्या झन थपिदै छ । 
मोफसल पत्रकारिता क्षेत्रमा सुधारका लागि तपाई नेपाल सरकारलाई के सुझाव दिन चाहानुहुन्छ ? 
— पहिले त हामीँ आफैमा सुधार ल्याउन आवस्यक छ । हामी आफै कमजोर मनस्थिती राखेर पेसामा लागीरहेका छौँ । सरकारले हामीलाई के दिन्छ भन्ने सोचेर यो पेसामा लाग्न हुन्न भन्ने हो । जहाँसम्म सुझावको कुरा छ, कम्तिमा पनि पत्रकारलाई सुरक्षाको प्रत्याभुती र न्युनत्तम आम्दानीको सरकारले ब्यवस्था गर्न सके काफी छ । समय र बिचारका लागि धन्यबाद । 
— म बारामा बसेर पत्रकारिता गरिरहेको एक सामान्य ब्यक्तिलाई डोटी जिल्लाबाट सम्झिनु भयो । मैले पनि तपाईको यो लोकप्रिय र स्थापित पत्रिका मार्फत आफ्नो बिचार राख्ने अवसर पाएँ । तपाईलाई पनि धन्यबाद ।

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

बिश्वमै बढी 
१.विश्वको सबैभन्दा बढि जुट उत्पादन गर्ने देश कुन हो ? — बङ्गलादेश
२.विश्वमा सबैभन्दा बढी आत्म हत्या गर्ने देश कुन हो ? — भारत
३.विश्वको सबैभन्दा बढि आलु उत्पादन गर्ने देश कुन हो ? — जर्मनी
४.अर्थात शुन्यको आविष्कार गर्ने देश कुन हो ? — भारत
५.संसारको सबैभन्दा फोहोरो नोट कुन देशको छ ? — ताइवान
६.विश्वमा सबैभन्दा बढि बाल मजदुर भएको देश कुन हो ? — भारत
७.बच्चा जन्मिने बित्तिकै एक वर्षको मान्ने देश कुन हो ? — जापान
८.विश्वमा सबैभन्दा बढि चिया उत्पादन गर्ने देश कुन हो ? — भारत
९.विश्वमा सबैभन्दा बढि कफि उत्पादन गर्ने देश कुन हो ? — ब्राजिल
१०.विश्वको सबैभन्दा धेरै रेमिटेन्स भित्राउने देश कुन हो ? — भारत संकलक ः दिनेश बाला
११ सबैभन्दा बढि धान खेती गर्ने देश कुन हो ? — चीन
१२.विश्वमा सबैभन्दा बढि साइकल प्रयोग गर्ने देश कुन हो ? — चीन
१३.विश्वको सबैभन्दा बढि चाँदी उत्पादन गर्ने देश कुन हो ? — मेक्सिको
१४.विश्वको सबैभन्दा धेरै बाघ भएको देश कुन हो ? — भारत
१५.सबैभन्दा बढि अफिम उत्पादन गर्ने देश कुन हो ? — अप्mगानिस्थान
१६.सबैभन्दा बढि मतदाता भएको देश कुन हो ? — भारत
१७.ब्यङ्ग्य चित्र अर्थात काटुनको सुरुवाद गर्ने देश कुन हो ? — नेदरल्याण्ड
१८.सबैभन्दा बढि घरपालुवा जनावर भएको देश कुन हो ? — भारत
१९.पत्रिकामा सम्पादकीय लेख्ने चलनको सुरुवाद कहाँबाट भएको हो ? — फ्रान्स
२०.विश्वको सबैभन्दा बढि हुलाक भएको देश कुन हो ? — भारत

केही प्रख्यात व्यक्ति र व्यक्तित्व
१. सुकरात
जन्म ः इ.पु.४७०, ग्रीसको एथेन्समा
मृत्यु ः इ.पु.३९९
सुकरातको श्रीमति ः जान्थिपी
प्रसिद्ध शिष्य ः प्लेटो र जेनोफोन
सुकरातलाइ खुवाइएको बिस ः हेमलक
२. अरस्तु
जन्म ः इपु.३८४
मृत्यु ः इपु.,३२२
प्रसिद्ध ग्रन्थ ःThe politics  मा “राज्य र संबिधान“ बारे लेखिएको छ
अरस्तु प्लेटो का शिष्य थिए
अरस्तुलाइ जिबित ज्ञानकोश (-living encyclopedia) को रुपमा लिइन्छ
३. कौटिल्य
जन्म ः भारतको तक्षशिला 
बास्तबिक नाम ः विस्णु गुप्त
अर्को नाम ः चाणक्य
पाश्चात्य राजनितिक जगतका कौटिल्य ः मिकियाबेली
४. माहात्मा गान्धी
जन्म ः १८६९ अक्टोबर २
मृत्यु ः १९४८ जनबरी ३०
चर्खा आन्दोलनको शुरुआत ः सन् १९२०
माहत्मा गान्धीको हत्या गर्ने ः नाथुराम गोड्से
-living encyclopedia नामक कृतिका लेखक ः माहात्मा गान्धी
५. गौतम बुद्घ
जन्म ः इपु. ५६३, वैशाख शुक्ल पुर्णिमा
बुद्धले ज्ञान प्राप्त गरेको ठाउँ ः भारतको गया
ज्ञान प्राप्त गरेपछि गयालाइ बोधगया भनियो
ज्ञान प्राप्त गरेपछि पहिलो उपदेश दिएको ठाउँ ः सारनाथ
बुद्धले घर छोड्दा उनको उमेर ः २९ वर्ष 
एसिया का तारा ः गौतम बुद्ध
पञ्चशिल भित्र पर्ने ः सत्य, अहिंसा, अस्तेय, परस्त्री गमन र मध्य निशेध 
गौतम बुद्धको मृत्यु ः इपु. ४४३, बैशाख शुक्ल पुर्णिमा

साहित्य÷सृजना 

बिकास 

विकास आउँदैन, बाजा बजाएर,
नत आउँछ यो, हावामा सपना सजाएर,
केवल, दशनंग्रा खियाएर,
दुरदृष्टिले चियाएर !!

विकास आउँदैन, धम्कीध्वाँस देखाएर,
नत आउँछ यो, हात लप्काइ बोलाएर,
केवल, पसिनाका धारा बगाएर,
अदम्य साहस देखाएर !!

विकास आउँदैन, देवदेवी भाकेर,
नत आउँछ यो, कहिल्यै अरुसंग मागेर,
केवल, कोटियौं जन, एकसाथ जागेर,
काँधमाकाँध हातमाहात राखेर !!

विकास आउँदैन, देखासिखी गरेर,
नत आँउछ यो, योजना कागजमा कोरेर,
केवल, आफ्नो अपरिहार्यता समेटेर,
अर्थ, स्रोत चुहिने प्वाल टालेर !!

विकास आउँदैन, भाषणमा लटपटिएर,
नत आउँछ यो, सयौं इच्छाहरु समेटिएर,
केवल, एकदुइलाई प्राथमिकता दिएर,
अनगिन्ती चाहना विर्सिएर !!

पहाडमुनीबाट रेलमोटर, एकसाथ धेर,
ओहरदोहर आलीकाप्वालवाट, मुसा झैं गरेर,
विकासको स्वरुप, अनुपम यो हेर,
असंभवलाई संभव तुल्याएर !!
जीवनराम बुढाथोकी 
खलङ्गा–९, सल्यान

मुक्तक

भेट्न आउन सक्दिन बन्द भएर ।
देश भित्र आन्तरीक द्वन्द भएर  ।।
अति हुँदा गजलमा लेख्छु भनेको ।
त्यही लेख्न गाह्रो भयो छन्द भएर ।।
मेरो प्राण भन्छौ अनी हाँस्न मन लाग्छ ।
निकै सोझो बन्छौ अनी हाँस्न मन लाग्छ ।।
घरकीको आँखा छली अन्तै माया लगाई ।
भेट्ने दिन गन्छौ अनी हाँस्न मन लाग्छ ।।
सपनीमा देखे भेट्न हतास लाग्या छ ।
मन भित्र मायाको नै बतास लाग्या छ ।।
रुदै टाढा हुदै बस्ने कस्तो बिवशता ।
त्यो छातिमा निदाउन अत्यास लाग्या छ ।।
प्यासी थियौ प्यास मेटाउन जानु गल्ति थियो ।
त्यो मुटुमा नाम लेखाउन जानु गल्ति थियो ।।
मुर्ख तिमी छदै थियौ महामुर्ख बन्दै म नि ।
दुख्यो भन्दा मन सेकाउन जानु गल्ति थियो ।।
शान्ति अधिकारी 
नेपालगञ्ज

No comments:

Post a Comment