नयाँ बर्ष २०७४ सालकाे हार्दिक मंगलमय शुभकामना
कमसल तथा उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पर्ने बस्तुको उत्पादन, बिक्री बितरण नगरौं र नगराऔं । उपभोक्तालाई भुक्याउने गरी बस्तुको नक्कल गर्ने निम्नस्तरको बस्तु वा सेवालाई उच्चस्रतको भनी ढाट्ने वा झुक्याउने, भुट्टा वा भ्रमात्मक प्रचार प्रसार गर्ने कार्य नगरौं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग
मुख्य समाचार
प्रदेश नं. ७ मा १४ तेश्रो लिङ्गी मतदाता
जम्मा १३ लाख मतदाता, सबैभन्दा बढी कैलालीमा, कम बाजुरामा
बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रदेश नं. ७ मा १४ तेश्रो लिङ्गी सहित १३ लाख, तीन हजार, सात सय १४ मतदाता रहका छन ।
निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाताको संख्या अनुसार ६ लाख ६९ हजार तीन सय २१ महिला, ६ लाख ३४ हजार तीन सय ७९ पुरुष र १४ तेश्रो लिङ्गी मतदाताहरु रहेका छन । एक उपमहानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिका गरि ८८ स्थानीय तह रहेका यस क्षेत्रका नौ जिल्लाहरुमध्ये सवैभन्दा बढी मतदाता कैलाली जिल्लामा रहेका छन । यस जिल्लामा एक लाख ९७ हजार आठ सय ८७ पुरुष, दुई लाख पाँच हजार तीन सय ८६ महिला र सात तेश्रो लिङ्गी गरि चार लाख तीन हजार दुई सय ८० मतदाता रहेका छन । कैलालीमा एक उपमहानगर–पालिका, ६ नगरपालिका र ६ गाउँपालिका रहेका छन ।
यस्तै सबैभन्दा कम मतदाता बाजुरामा रहेका छन । यस जिल्लामा पुरुष ३२ हजार पाँच सय २१, महिला ३२ हजार चार सय २७ र तेश्रो लिङ्गी गरि ६४ हजार नौ सय ५० रहेका छन । जिल्लामा चार नगरपालिका र पाँच गाउँपालिका रहेका छन ।
अछाममा पुरुष ६० हजार चार सय ४१, महिला ६७ हजार दुई सय ९९ र तेश्रो लिङ्गी दुई गरि एक लाख २७ हजार सात सय ४२ रहेका छन । यस जिल्लामा चार नगरपालिका र ६ गाउँपालिका छन ।
प्रदेश नं. ७ को राजनधानी हुने प्रवल सम्भावना रहेको डोटीमा ४६ हजार ९८ पुरुष र ५४ हजार सात सय ८९ महिला गरि एक लाख आठ सय ८७ मतदाता छन । यस जिल्लमा दुई नगर–पालिका र सात गाउँपालिका रहेका छन ।
यस्तै बझाङ्गमा ४७ हजार आठ सय ८८ पुरुष, ४९ हजार सात सय २१ महिला र एक तेश्रो लिङ्गी गरि ९७ हजार ६ सय १० मतदाता रहेका छन । यस जिल्लामा प्रदेश नं. ७ को सवैभन्दा सानो ‘काँडा गाउँपालिका’ सहित १० गाउँपालिका र दुई नगरपालिका रहेका छन ।
दुई गाउँपालिका र सात नगरपालिका रहेको कञ्चनपुर जिल्लामा एक लाख १५ हजार चार सय २२ पुरष, एक लाख २० हजार तीन सय १२ र तेश्रो लिङ्गी ए गरि दुई लाख ३५ हजार सात सय ३५ मतदाता रहेका छन । डडेल्धुरामा ३७ हजार दुई सय ५४ पुरष र ३८ हजार पाँच सय २६ गरि ७५ हजार सात सय ८० मतदाता रहेका छन । यस जिल्लामा दुई नगरपालिका र पाँच गाउँपालिका रहेका छन । ६ गाउँपालिका र दुई नगरपालिका रहेको बैतडी जिल्लामा ६० हजार दुई सय २७ पुरुष, ६४ हजार पाँच सय ९६ महिला र एक तेश्रो लिङ्गी गरि एक लाख २४ हजार आठ सय २४ मतदाता रहेका छन । यस्तै दार्चुलामा ३६ हजार ६ सय ४१ पुरुष र ३६ हजार दुई सय ६५ महिला गरि ७२ हजार नौ सय ६ मतदाता रहेका छन । जिल्लामा दुई नगरपालिका र सात गाउँपालिका रहेका छन ।
देशभरीमा तेश्रो लिङ्गी मतदाताको संख्या एक सय ४३ रहेको छ ।
सम्पादकीय
शान्तिपूर्ण होस् निर्वाचन
२०७३ साल हामीहरु माझबाट बिदा हुन अब दुई दिन मात्रै बाँकी छ । यो बर्षमा राजनीतिक, सामाजिक, आर्थिक रुपमा निकै तिता–मिठा अनुभवहरु भोग्नु प¥यो नेपाली जनताले । धेरै अपेक्षा, धेरै आशाहरु धेरै सम्भावनाहरु देखिए यो बर्षमा । राजनीतिक उथलपुथल पनि धेरै भए । अन्ततः बर्षको अन्तिमतिर आएर स्थानीय निकायको निर्वाचन समेत घोषणा भएको छ । यस बर्ष घोषणा भएको निर्वाचन नयाँ बर्षको पहिलो महिनाको अन्तिम दिन हुन गईरहेको छ । यो निर्वाचन सभ्य, शान्तिपूर्ण र प्राजातान्त्रिक मुल्य मान्यताबाट होस् भन्ने शुभकामना छ ।
२० बर्षसम्म नेपाली जनताले आफ्ना नजिकका प्रतिनिधिहरु चुन्न पाएन । १५ बर्षसम्म स्थानीय निकायहरु जनप्रतिनिधिबिहिन अवस्थामा रहे । अहिले स्थानीय निकायको पुनर्संरचना भएको छ । बिगतको भन्दा जिम्मेवारीका साथ स्थानीय निकायले संबैधानिक मान्यता पाएका छन । यस अवस्थामा हुन लागेको स्थानीय तहको निर्वाचनले सक्षम, योग्य र सृजनशील प्रतिनिधि चयन गरोस् । ‘हाम्रो पार्टी होईन, राम्रो व्यक्ति’ चयन गरोस् भन्ने कामना छ । मतदाताहरुले निर्भयका साथ मतदान गर्ने बातावरण तयार गर्न स्थानीय प्रशासन सफल होस्, कुनै कसैको करकाप र धम्की वा प्रलोभनमा मतदाताहरु नपरुन भन्ने अपील छ । स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुनु संबिधानको सफल कार्यान्वयन पनि हो । त्यसैले निर्वाचन सम्पन्न गर्नका लागि सवै तह, वर्ग र क्षेत्रले आ–आफ्नो ठाउँबाट प्रयास गर्नु जरुरी छ । निर्वाचन हुन्न कि भन्ने आशंकालाई चिर्न सरकार तत्पर हुनु पर्छ ।
नयाँ बर्ष २०७४ सालको सम्पूर्ण पाठक वर्ग, बिज्ञापनदाता, लेखक, रचनाकार र आम नेपाली जनतामा हार्दिक मंगलमय शुभकामना छ ।
थप समाचार
निर्माण व्यवसायी भन्छन् ः हामी अपहेलित छौं
“हामी ठेकेदार होईनौं, हामी निर्माण व्यवसायी हौं तर हामीलाई सवैले हेपेर ठेकेदार भन्छन् । यो हामीप्रतिको अपहेलना हो । सरकारी निकायहरुले हामीलाई अपहेलित गर्नका लागि यो शब्दको प्रयोग गर्ने गर्छन् अनि जानी नजानी अरुले पनि यही शव्द प्रयोग गर्छन् । तपाई पत्रकारहरु पनि समाचारमा ठेकेदारनै लेख्नु हुन्छ । तपाईहरुले त हेला गरिदिनु भएन ।’
निर्माण व्यवसायी संघ डोटीका कार्यवहाक अध्यक्ष रमेश खडायते सञ्चारकर्मीहरुसंग दुखेसो पोखे । सरकारले गत फागुन २६ गते गरेको सार्वजनिक खरीद नियमावली, २०६४ को संसोधनको बिरोध गर्दै संघले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले निर्माण व्यवसायीहरुप्रति सरकारले जहिले पनि अन्याय गरेको आरोप लगाए । ‘ठेक्का सम्झौता अनुसार हामीले सवै काम गरेका हुन्छौं’ खडायत भन्छन् ‘तरपनि सरकारले एक करोडसम्मको काम उपभोक्ता समितिलाई दिने गरि नियमावलीमा संसोधन गरेर हामी माथी थप अन्याय गरेको छ ।’
उपभोक्ता समितिले गरेको काम र निर्माण व्यवसायीहरुले गरेको कामको तुलना गर्नु पर्ने बताउँदै संघका महासचिव देभेन्द्र खड्का भन्छन् ‘हामीले निर्माण गरेपछि एक बर्षसम्मको ग्यारेण्टी हुन्छ तर उपभोक्ता समितिले निर्माण गरेको योजनाको कुनै ग्यारेण्टीनै हुँदैन ।’ उनले भने ‘राजनीतिक दलका नेताहरुले आफ्ना कार्यकर्ता पाल्नका लागि मात्रै उपभोक्ता समिति बनाएका हुन ।’ उपभोक्ता समितिमा व्यापक आर्थिक अनियमितता हुने गरेको वताउँदै खड्काले उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्ष मोटाउने काम मात्रै हुने गरेको वताए ।
घुस सरकारी कर्मचारीले खाने तर आरोप निर्माण व्यवसायीलाई लाग्ने गरेको वताउँछन अर्का निर्माण व्यवसायी घनश्याप पाठक । ‘सम्झौता रकमको दुई प्रतिशत, बिल उठेको रकमको १० प्रतिशत र प्राबिधिकलाई दुई प्रतिशत त बैधानिक जस्तै भईसकेको छ’ पाठक भन्छन् ‘यो कुरा प्रमुख जिल्ला अधिकारीलाई समेत थाह हुन्छ तर “ठेकेदार बेईमान” भनेर प्रचार गरिन्छ ।’ घुस दिएपछि गुणस्तरीय काम हुने अनि घुस नदिए कामै नभएको भन्ने निर्माण व्यवसायी नभएर प्राबिधिक भएको पाठकको भनाई छ । ‘निर्माणका काममा उपभोक्त समितिले प्रयोग गरेको सामानको गुणस्तर कसले हेर्छ ?’ पाठक भन्छन् ‘निर्माण व्यवसायीले प्रयोग गरेको समानको मात्रै गुणस्तर हेर्ने गरिन्छ ।’
बिस्कुट र चाउचाउको लोभमा बिहे
११ बर्षकै उमेरमा बिहे गरेकी २२ बर्षीया रम्भाका चार सन्तान
भूमिराज जोशी÷तिखात्तर
चैत्र २८
‘मेरो फुपाज्यू नाता पर्ने एक जनाले बिस्कुट र चाउचाउ दिन्छु हिडँ साली मेरो घर जाउँ भन्नुभयो, म पनि चाउचाउ र बिस्कुट पाएपछि खुशी भएर उहाँसंगै आएँ । त्यो बेलासम्म बिहे गर्ने कुरा थाहै थिएन । कसरी मेरो बिहे भयो भन्ने कुरा मलाई जानकारी छैन ।’
चार सन्तानकी आमा २२ बर्षीया रम्भा कामी ११ वर्ष पहिलेको घटना सम्झन खोज्छिन् । के आई सिं गाउँपालिका–२ जारिमभाडी (साबिकको तिखात्तर गाबिस–५) कि रम्भालाई बिहे भनेको के हो भन्ने कुरा समेत थाह नभएको बेला ११ बर्षको उमेरमा बिहे भयो । उनी १४ बर्ष नपुग्दै आमा बनिसकेकि थिईन । स्वास्थ्यका दृष्टिले रम्भाको भरखर बिहे हुने उमेर भएको छ तर उनी चार सन्तान की आमा भईसकेकि छिन् ।
बोगटान गाउपालिका (साबिकको सिमचौर गाबिस–६) झ्याम्तोलामा जन्मिएकी रम्भाको ११ बर्षकै उमेरमा बिहे गर्ने रहर भने होईन । ‘बुवाले अर्को बिबाह गरेपछि घरमा बिचल्ली भयो’ उनी सम्झिछिन् ‘घरमा पाँच भाइ बहिनी थियौं, सबै भन्दा जेठी म नै हुँ । स्थानीय बिद्यालयमा कक्षा २ मा पढ्दै थिएँ । कलम कापी किन्ने पैसा समेत जुटाउन धौ धौ भएपछि पढाई पनि छोडिदिएँ ।’
‘बिद्यालय छोडेर घरायसी काम गर्न लागेका बेला एक दिन घरमा फुपा ज्यु नाता पर्ने सहित दुईजना आउनु भयो’ उनी भन्छिन् ‘घरमा के कुरा भएथ्यो मलाई थाहा भएन । भोलीपल्ट मलाई एक्लै बोलाएर चाउचाउ र बिष्कुट दिने बहानामा यतै ल्याएर आउनु भयो ।’ लगातार तीन बर्षसम्म म माईतीघर पनि नगई यतै बसें । ‘आफु सानै थिएँ, एक्लै कसरी जानु ?’ उनी भन्छिन् ‘घरकाले कुनै वास्ता गरिदिएनन् ।’ बिहे गरेको तीन बर्षपछि जेठा छोरी सहित पहिलो पटक माईतीघर गएको उनी सम्झिन्छिन् ।
रम्भाका श्रीमान् गोमनधोज कामी अहिले ३२ बर्षका भए । ‘पहिले पहिले भारत गएर पैसा कमाउथे, आज भोली घरमै बसेर काम गरिरहेका छन’ रम्भा भन्छिन् ‘उहाँ पनि लेखपढ गर्नु भएको छैन, मजदुरी गरेरै गुजारा गर्नु हुन्छ ।’
बिहे गरेको तीन बर्षमा जन्मिएकी जेठी छोरी सर्मिला ९ बर्षकी भइन् । ‘उ यतैको बिद्यालयमा कक्षा–२ मा पढ्छे’ रम्भाले भनिन् ‘माइलो छोरा दुर्गाराम ५ बर्षको भयो ।’ तीन बर्षीया निर्मला र डेढ बर्षकी डम्मरा गरि रम्भाका तीन छोरी र एक छोरा छन् । ‘सर्मिला घर छ्याप्नका लागि माटो ल्याउन गएकी छे’ तीन छोराछोरीलाई आफुसंगै देखाउदै रम्भाले भनिन् ‘तीन यिनै हुन ।’
आफ्नो गाउँघरतिर प्राय यस्तै हुने गरेको रम्भाको भनाई छ । बढी जसो भागेर, लोभमा परेर र अरुको लहलहैमा लागेर कलिलै उमेरमा बिहे गर्ने गरेको उनको भनाई छ । ‘त्यति बेला बिहे के हो भन्ने कुरा पनि थाह भएको हुँदैन’ उनले भनिन् ‘मेरो उमेरका करिब करिब सबै दिदी बहिनी–हरुले तीन÷चार छोराछोरी छन ।’
आफै बालबिवाहमा परेकी रम्भालाई बालबिबाह के हो भन्ने बारेमा जानकारी छैन, न त उनको टोलमा कसैले बालबिवाहको बारेमा चर्चा गरेका छन । रम्भाले भनिन ‘कोही पनि आएका छैनन् मलाई र मेरो टोलमा बस्नेहरुलाई बालबिबाह रोक्नु भनेर जानकारी दिन ।’ बिम्ब साप्ताहिकसंग कुरा गर्दै उनले प्रश्न गरिन् ‘यस बारेमा जानकारी दिने कोही छैनन् सर ?’
बालबिवाहबाट भोग्नु परेको पिडा सम्झदै रम्भा भन्छिन् ‘बालबिवाहबाट पर्ने असरका बारेमा कसैले बताई दिए म अरुलाई पनि सम्झाउने थिएँ ।’
जिल्ला बाल कल्याण समिति लगायत डोटी जिल्लामा थुप्रै संघसंस्थाहरुले काम गर्दै आएका भएपनि बालबिवाह अझै रोकिएको छैन । रम्भा एक प्रतिनिधि पात्र मात्रै हुन । यस्ता थुप्रै घटनाहरु छन् ।
चैत्र २८
‘मेरो फुपाज्यू नाता पर्ने एक जनाले बिस्कुट र चाउचाउ दिन्छु हिडँ साली मेरो घर जाउँ भन्नुभयो, म पनि चाउचाउ र बिस्कुट पाएपछि खुशी भएर उहाँसंगै आएँ । त्यो बेलासम्म बिहे गर्ने कुरा थाहै थिएन । कसरी मेरो बिहे भयो भन्ने कुरा मलाई जानकारी छैन ।’
चार सन्तानकी आमा २२ बर्षीया रम्भा कामी ११ वर्ष पहिलेको घटना सम्झन खोज्छिन् । के आई सिं गाउँपालिका–२ जारिमभाडी (साबिकको तिखात्तर गाबिस–५) कि रम्भालाई बिहे भनेको के हो भन्ने कुरा समेत थाह नभएको बेला ११ बर्षको उमेरमा बिहे भयो । उनी १४ बर्ष नपुग्दै आमा बनिसकेकि थिईन । स्वास्थ्यका दृष्टिले रम्भाको भरखर बिहे हुने उमेर भएको छ तर उनी चार सन्तान की आमा भईसकेकि छिन् ।
बोगटान गाउपालिका (साबिकको सिमचौर गाबिस–६) झ्याम्तोलामा जन्मिएकी रम्भाको ११ बर्षकै उमेरमा बिहे गर्ने रहर भने होईन । ‘बुवाले अर्को बिबाह गरेपछि घरमा बिचल्ली भयो’ उनी सम्झिछिन् ‘घरमा पाँच भाइ बहिनी थियौं, सबै भन्दा जेठी म नै हुँ । स्थानीय बिद्यालयमा कक्षा २ मा पढ्दै थिएँ । कलम कापी किन्ने पैसा समेत जुटाउन धौ धौ भएपछि पढाई पनि छोडिदिएँ ।’
‘बिद्यालय छोडेर घरायसी काम गर्न लागेका बेला एक दिन घरमा फुपा ज्यु नाता पर्ने सहित दुईजना आउनु भयो’ उनी भन्छिन् ‘घरमा के कुरा भएथ्यो मलाई थाहा भएन । भोलीपल्ट मलाई एक्लै बोलाएर चाउचाउ र बिष्कुट दिने बहानामा यतै ल्याएर आउनु भयो ।’ लगातार तीन बर्षसम्म म माईतीघर पनि नगई यतै बसें । ‘आफु सानै थिएँ, एक्लै कसरी जानु ?’ उनी भन्छिन् ‘घरकाले कुनै वास्ता गरिदिएनन् ।’ बिहे गरेको तीन बर्षपछि जेठा छोरी सहित पहिलो पटक माईतीघर गएको उनी सम्झिन्छिन् ।
रम्भाका श्रीमान् गोमनधोज कामी अहिले ३२ बर्षका भए । ‘पहिले पहिले भारत गएर पैसा कमाउथे, आज भोली घरमै बसेर काम गरिरहेका छन’ रम्भा भन्छिन् ‘उहाँ पनि लेखपढ गर्नु भएको छैन, मजदुरी गरेरै गुजारा गर्नु हुन्छ ।’
बिहे गरेको तीन बर्षमा जन्मिएकी जेठी छोरी सर्मिला ९ बर्षकी भइन् । ‘उ यतैको बिद्यालयमा कक्षा–२ मा पढ्छे’ रम्भाले भनिन् ‘माइलो छोरा दुर्गाराम ५ बर्षको भयो ।’ तीन बर्षीया निर्मला र डेढ बर्षकी डम्मरा गरि रम्भाका तीन छोरी र एक छोरा छन् । ‘सर्मिला घर छ्याप्नका लागि माटो ल्याउन गएकी छे’ तीन छोराछोरीलाई आफुसंगै देखाउदै रम्भाले भनिन् ‘तीन यिनै हुन ।’
आफ्नो गाउँघरतिर प्राय यस्तै हुने गरेको रम्भाको भनाई छ । बढी जसो भागेर, लोभमा परेर र अरुको लहलहैमा लागेर कलिलै उमेरमा बिहे गर्ने गरेको उनको भनाई छ । ‘त्यति बेला बिहे के हो भन्ने कुरा पनि थाह भएको हुँदैन’ उनले भनिन् ‘मेरो उमेरका करिब करिब सबै दिदी बहिनी–हरुले तीन÷चार छोराछोरी छन ।’
आफै बालबिवाहमा परेकी रम्भालाई बालबिबाह के हो भन्ने बारेमा जानकारी छैन, न त उनको टोलमा कसैले बालबिवाहको बारेमा चर्चा गरेका छन । रम्भाले भनिन ‘कोही पनि आएका छैनन् मलाई र मेरो टोलमा बस्नेहरुलाई बालबिबाह रोक्नु भनेर जानकारी दिन ।’ बिम्ब साप्ताहिकसंग कुरा गर्दै उनले प्रश्न गरिन् ‘यस बारेमा जानकारी दिने कोही छैनन् सर ?’
बालबिवाहबाट भोग्नु परेको पिडा सम्झदै रम्भा भन्छिन् ‘बालबिवाहबाट पर्ने असरका बारेमा कसैले बताई दिए म अरुलाई पनि सम्झाउने थिएँ ।’
जिल्ला बाल कल्याण समिति लगायत डोटी जिल्लामा थुप्रै संघसंस्थाहरुले काम गर्दै आएका भएपनि बालबिवाह अझै रोकिएको छैन । रम्भा एक प्रतिनिधि पात्र मात्रै हुन । यस्ता थुप्रै घटनाहरु छन् ।
छाेटकरी समाचार
परिचयात्मक कार्यक्रम सम्पन्न
तेश्रो लिङ्गीहरुका लागि काम गर्दै आएको निल हिरा समाज नामक गैरसरकारी संस्थाले डोटी जिल्लामा पनि परियोजना सञ्चालन गरेको छ ।
राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रको साझेदारीमा जिल्लाका साबिकका तीन गाउँ बिकास समिति र दिपायल सिलगढी नगरपालिकामा तेश्रो लिङ्गीहरुको क्षेत्रमा परियोजना सञ्चालन गर्न लागिएको संस्थाका कार्यक्रम संयोजक निरङ्ग चौधरीले जानकारी दिए ।
चौधरीमा अनुसार जिल्लामा १२ जना स्वयंसेवकहरु र नौ जना कर्मचारीहरु गरि २१ जनाको टोली कार्यरत छ ।
लेख
सबै नयाँ भयो रे, उम्मेद्वारी चाँही पुरानै ?
श्रबण खनाल
फेरि देशमा निर्वाचनको लहर सुरु भएको छ । यो त सुरुवात मात्रै हो रे, फुच्चे हो रे । अबको १० महिनाभित्र मझौलो अनि भयानक ठूलो पनि आउँछ रे । बुझ्ने भाषामा भन्दा स्थानीय, प्रदेश र संसद्को ?? निर्वाचन अरे । मेरो टोलमा, मेरो गाउँमा अनि मेरो देशमा बुझ्ने मान्छेहरु थोरै छन् । त्यसैले थोरै बुझ्ने धेरै मान्छेहरुकै भाषा प्रयोग गरौं । फुच्चे चुनाव भनिएपनि चहल पहल ठूलाबडाकै देख्दा फेरि दोधारमा परियो ।
आजभन्दा २० बर्ष अघि देखिएका अनुहारहरु अनि वीचमा कहिल्यै नदेखिएका अनुहारहरु फेरि बाक्लिन थालेका छन् हाम्रा गाउँमा । हुन त यी अनुहारहरु गाँउतिर पटक्कै नदेखिएका भने हैनन् । बेलाबेलामा शहरतिर उडेको धूलोले निस्सासिएर स्वच्छ हावा खान चिल्ला गाडीमा शीशा बन्द गरेर हाम्रोतिर धूलो उडाउँदै आउँथे । कहिले भाकल पूरा गर्न बोको लिएर मन्दिरतिर धाउँथे । अनि आफ्ना शहर र विदेशतिर रहेका सन्तानलाई नि हाम्रो गाउँ देखाउन ल्याउँथे ।
यो भन्दा अगाडि भोट हालुन्जेल यिनका सन्तान र मेरा सन्तान त्यही गाउँको सरकारी स्कूलमा थिए । सँगै मिल घट्ट गर्थे । अहिले मेरा सन्तान अरबतिर ऊँट चराउँछन्, दूध दही नटुटाउनू है भनेर पोहोर आउँदा भैंसी किन्देका छन् । तिनका सन्तान युरोप अमेरिका बस्छन् अस्ति आउँदा आइफोन ल्याएका थिए । पसलमा गफ दिँदै थिए, बुढेसकालमा यतै आउने रे ।
उतिखेर सँगै मिल घट्ट गर्दा यो गाउँको मुहार फेर्छु भन्थे, यो स्कूल फेर्छु भन्थे । अहिले त्यो सरकारी स्कूल जीर्ण भइसक्यो । तर, यिनले खोलेका बोर्डिङ स्कूल गगनचुम्बी हुँदै गाका छन् ।
ए साँच्ची ! दुई वर्षअघि पनि आएका थिए, भूकम्प गएपछि अलिअलि चामलका बोरा, चाउचाउका प्याकेट लिएर। हाम्रा भग्नावशेष देखेर एकछिन आँसु पनि झारेका थिए । जलाउँदै गरेका लाससँगै फोटो पनि खिचेका थिए । पछि नातिले देखाँउदैथ्यो, फेसबुकमा हालेका रै’ छन् । आँसु झार्दै भनेका थिए म सबको घर बनाइदिन्छु, मनमा खुशी फर्काइदिन्छु । तर, दुई वर्ष बित्यो, उनी अनि उनका आफन्तका घर आधुनिक पाराले उठिसके, मेरो टहरा जहाँको त्यहीँ छ ।
अहिले सुन्दैछु, त्यही भूकम्पको पैसाले सबैभन्दा महँगो करोडको गाडी किन्या छन् रे । त्यही गाडी लिएर हाम्रा गाउँमा पुनर्निर्माणको अवलोकन गर्न आउँदै छन् रे । गाउँकाले माला उनिसके । अबीर किनिसके । म पनि बस्तुभाउ सकेर, घरधन्दा सकेर जानु छ र सुन्नु छ यो पालि के भन्छन् !
यसपालि चुनावमा नि उनै उठ्दैछन् रे । उनैले भनेकालाई उठाँउदै छन् रे । अब त पहिलाको जस्तो हैन रे, पहिला व्यवस्था अर्कै थ्यो रे, अब अर्कै आइसक्यो रे । थोरै बुझ्ने भएर होला, मेरो मनमा उब्जिएको प्रश्न–सबै अर्कै भए ती अबीर लाउने चाहिँ किन उही ?
पञ्चायतमा ०४३ सालतिर जसलाई भोट हालेको, बहुदलमा नि तिनलाई नै हालेको, अनि अहिले नि तिनलाई नै किन हाल्नुपर्ने ? यो भन्दा २० वर्षअघि जसले अबीर लायो, फेरि उसैले लाउनुपर्ने ? अनि परारतिर व्यवस्था फेर्न भनेर ढुङ्गा हान्न, मर्न जान त हाम्रै सन्तान विद्यालयबाट, गोठालाबाट लगेका थियौ, जतिखेर तिम्रा सन्तान शहरतिर, विदेशतिर मस्तीमा थिए । फेरि तिमीहरुको मनले खाएपछि त हाम्ले भोट नदिएपनि हामीमाथि शासन गर्न मिल्ने रेछ नि त !
पहिला मान्छेले भोट नदिएकाहरु पनि मन्त्री, प्रधानमन्त्री सांसद बनाएछौ नि त । त्यसो भए हाम्रो भोट चाहिँ किन चाहियो त ? मैँले तिम्रो प्रगतिप्रति रिस गरेको छैन । तिम्रो सम्पत्तिमाथि आँखा लगाएको पनि हैन । तिमी व्यापारी भएको भए कुनै गुनासो थिएन । किनकि व्यापारीको धर्म नै थोरैमा किनेर धेरैमा बेच्नु हो । नाफा गर्नु हो । तर, तिमी त हाम्रा दुःख–कष्ट देखेर यसलाई परिवर्तन गर्नुपर्छ भनेर हाम्रा मेलापात, गोठालामा सुनाउँथ्यौ । अनि हामी पछि लाग्यौं । भोट दियौं, जितायौं । तिम्ले–हाम्ले पढेको सरकारी स्कूल जस्ताको तस्तै छ । तर, त्यही विद्यालय छेउमा आफ्नो आधुनिक महलहरु बनायौ । न त तिम्ले जागिर खायौ, न पुर्खाको सम्पत्ति घटेको छ । अनि बताउनु प¥यो नि, तिम्रो त्यत्रो घर कसरी बन्यो ? तिम्रा सन्तान कसरी बोर्डिङ पढेर युरोप अमेरिका पुगे ?
पुग्न त पसले साहिँलाको छोरो नि पुगेछ अम्रिका । तर, त्यो पसले चम्बु थियो । आफ्नो व्यापारमा शहरबाट सस्तोमा ल्याएर धेरै महँगोमा बेच्थ्यो, घडेरी किनबेच पनि गथ्र्यो । तर, तिमीले त्यस्तो गरेको थाहा छैन । यो पालि चुनावमा आउँदा स्पस्ट पार है मैले बुझ्ने भाषामा । मेरा छिमेकीले बुझ्ने भाषामा । तिमी हामीले पिउने गरेका पानीका मुहान सुकिसके, चौतारी ढलिसके । तर, तिम्रो घरमा चौबीसै घण्टा पानी आउँछ । तिम्रा बगैँचा लहलह झुलेका छन् । तिम्रो करोडको घर ठडिँदा तिम्ले कखरा सिकेको स्कूलमा किन एउटा बेन्च नथपेको ? तिम्ले कति कोष परबाट घरमा धारा ल्याउँदा बाटोको चौतारीमा किन धारो नबनाएको ? तिम्रा साथीभाइहरु पेट दुख्दा, रोग लाग्दा, नियमित स्वास्थ्य परीक्षण गर्न बैंकक, अम्रिका पुग्न सक्ने, अनि हामीलाई गाउँमा सिटामोल खान नपुग्ने ?
तिम्रा बुहारी बिदेशी अस्पतालमा सुत्केरी हुने, अनि हाम्रा बुहारीले गाउँमा सुडेनी नपाउने ? यस्तै तन्त्रका लागि हो हाम्रा पुस्तालाई अनि हाम्रा सन्तानलाई सडकमा उतारेको ? यी कुरा प्रष्ट पार है आज आउँदा । ता कि म थोरै बुझ्नेले बुझ्न सकूँ र तिमीप्रति उठेका नकारात्मक भावनाहरु पखालिऊन् । आवेगहरु सम्हालिऊन् । गाउँमा खेतालाले काम गरेको दिनको मात्रै ज्याला पाउँछ । त्यो पनि भनेको जसरी वा वाचा गरेको जसरी काम गरे मात्र । तर, हजुरहरुको त महिनावारि आइरहन्छ रे, काम गरे नि नगरे नि । विदेश सयर गरे नि, गाउँमा भाकल टार्न आए नि !
फेरि हाम्रो गाउँको अदुवाको भाउ, उखुको भाउ, शिक्षकको तलब तपाईंहरु तोक्नुहुन्छ । अनि आफ्नो तलब पनि आफैं तोक्नुहुन्छ, कति मज्जा है हजुरहरुलाई ! दुई वर्षमा संविधान बनाउने भन्या ६ वर्षमा बनाउनुभो, त्यो पनि राम्रोसँग बनेन रे । तर, ६ वर्षसम्म तलब भत्ता त हानिरहनुभो । तैपनि तपाईंलाई पश्चाताप छैन । हँसिलो मुहार लिएर गाँउ पस्नुहुन्छ । तपाईंको घर बनाउने ठेकेदार एक दिन नआउँदा ढलान गर्ने दिन ज्यामी नपुग्दा कसरी कड्किनुभएको थियो ? मलाई अझै सम्झना छ ।
पाँच माना दूध दिन्छ भनेर ल्याएको भैँसीले ४ माना मात्रै दियो भनेर तपाईंले फर्काउनु भएको बिर्सिनु भो नेता ज्यू ? तर, तपाईंले दशकौंदेखि भन्दै आएको, वाचा गर्दै आएको पूरा नगर्दा तपाईंलाई फिर्ता बोलाउन पाउँछु मैले ? हाम्रा हितमा, देशका हितमा किन केही गरेनौ भन्दा खाली अर्को दललाई दोष देखाउछौ । अनि आफू खाने बेलामा चाहिँ किन त्यही दलसँग मिलेका नि ? हिजो जुन नेतालाई बहिष्कार गर्न लगाइयो, ढुङ्गा हान्न लगाइयो, आज त्यही नेतासँगै बसेर खाइराछौ नि त ? सँगै बसेर खान मिल्ने तर जनहित, देश निर्माण गर्न चाहिँ नमिल्ने कस्तो तर्क तिम्रो ?
भूकम्पपीडितका घर निर्माण गर्न कुरो नमिल्ने, करोडको गाडी किन्न चाहिँ कुरो मिल्ने कस्तो तर्क तिम्रो ? गाउँको विश्वकर्माको छोरो तिम्रो छोरोसँगै झुक्किएर तिम्रो घर छिर्दा तिम्री आमाले मच्चाको रडाको विरुद्ध तिमीले केही बोलेनौ । तर, आज त्यही दलितहरुको भोट चाहिएको छ तिम्लाई ? मन्दिरभित्र पसेकोमा गाउँ निकाला गर्ने, त्यसो गर्न उक्साउने तर आज उनीहरुकै भोट महत्वपूर्ण छ तिमीहरुलाई ।
हाम्रो पालो त २० वर्षमा १ चोटि आउँदै छ, पाँच–दश वर्षमा आउँछ । तर, तिमीहरुको त सदाबहार छ, जिते नि हारे नि । तिम्रा सन्तानहरु बस्ने विकसित देशतिर सोध्न लगाऔ त, चार वर्षअघि को मन्त्री थियो ? को प्रधानमन्त्री थिए ? अनि को दलका प्रमुख नेता थिए ? तर, हामीले भने मेरा बाका पालाका नेतालाई नै नेता मानिरहनु पर्ने ? सधैं तिनैले हाम्लाई शासन गर्न पाउने ? ५५ वर्षमाथिका ११ प्रतिशत जनसंख्या भएको देशमा त्यही ११ प्रतिशतले बाँकी ८९ प्रतिशत शासित हुनुपर्ने ? १५ देखि ५५ वर्षसम्मका ५८ प्रतिशत जनसंख्या भएको देशका राजनीतिक दलमा कति छन् यो उमेरका बोलवाला नेताहरु ? कति उठाँउदै छौ चुनावमा यो उमेरका उम्मेदवारहरु ?
तीस वर्षअघि जेल परेको हुँ भन्ने निहुँमा तिमी लगायत तिम्रा सन्तानलाई सधैंभरि नेता मानिरहनु पर्ने ? यो कस्तो तन्त्र ? अहिलेसम्म वाचा गरेका मध्ये केकति गर्न बाँकी रह्यो र तिमीले फेरि जित्नुपर्ने ? (लेखक खनाल फिनल्याण्डमा विद्यावारिधि गर्दै छन् ।) — अनलईन खवरबाट
No comments:
Post a Comment