Monday, October 30, 2017

बिम्ब नेपाली साप्ताहिक, २०७४ कार्तिक १४ गते मंगलबार

पत्रकार आचार संहिता २०६० मा उल्लेखित आचरणहरुको उलंघन गरेको छ भनि पिडित पक्षलाई लागेमा त्यस्ता पत्रकार तथा सञ्चारमाध्यम बिरुद्ध प्रकाशन तथा प्रसारण भएको मितिले १५ दिनभित्र प्रेश काउन्सिलमा उजुरी दिई आफ्नो अधिकारको संरक्षण गरौं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार

प्रतिनिधि सभाका लागि बलायर र आले भिड्दै

प्रदेश सभाका उम्मेद्वार छान्न ठुला दलहरु अलमलमा

 रामहरी ओझा/डोटीकार्तिक १३
मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली कांग्रेस र बाम गठबन्धनका बिच तिब्र प्रतिस्पर्धा हुने भएको छ ।
प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसले बहालवाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवं पार्टी केन्द्रीय सदस्य बिरबहादुर बलायरलाई मैदानमा उतारेको छ । बलायर २०७० सालको संबिधानसभा निर्वाचनमा साविकको डोटी निर्वाचन क्षेत्र–१ बाट बिजयी भएका थिए । बलायरलाई बलियो उम्मेद्वारका रुपमा हेरिएको छ ।
यस्तै बाम गठबन्धनको तर्फबाट नेकपा एमालेका केन्द्रीय बैकल्पिक सदस्य प्रेमबहादुर आलेमगर प्रतिस्पर्धामा उत्रिएका छन । निर्वमान सांसद समेत रहेका आलेमगर २०७० सालको संबिधानसभाको निर्वाचनमा साविकको डोटी क्षेत्र–२ बाट  बिजयी भएका नेता हुन । आलेलाई पनि बलियो उम्मेद्वारका रुपमा हेरिएको छ ।
बलायर आलेबिच प्रतिस्पर्धा हुने भएपछि डोटीमा चुनावी रौनक बढ्ने अनुमान    गरिएको छ ।
पछिल्लो चरणमा डोटीको राजनीतिमा बलायर र आलेको यात्रा मिल्दोजुल्दो रहेको छ । दुवै नेता २०६४ सालको संबिधानसभा निर्वाचनमा आ–आफ्नो क्षेत्रबाट पराजित हुन र दुवै २०७० को निर्वाचनमा बिजयी भएका हुन । दुवै नेता आ–आफ्नो पार्टीका केन्द्रीय सदस्य पनि हुन । दुवै नेतालाई जनताले बिश्वास पनि गरेका थिए तर पछिल्लो चरणमा दुवै नेताले जनबिश्वासलाई कायम   राख्न सकेका छैनन् ।
२०६९ सालमा भएको अखण्ड सुदूरपश्चिमको आन्दोलनमा दुवै नेताहरु नेतृत्वदायी भुमिकामा रहेका   थिए । बलायर बहालवाला मन्त्री हुन भने आले पूर्व प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार गठन हुँदा मन्त्री हुने चर्चामा थिए तर मन्त्री हुन सकेनन् ।
२०७० को संबिधानसभाको चुनाव र गत असारमा सम्पन्न स्थानीय तहको मतलाई आधार मान्दा पपुलर मतमा कांग्रेस अगाडि देखिएपनि एमाले–माओवादीको मत जोड्दा बाम गठबन्धन बलियो देखिन्छ । 
कांग्रेसले डोटीबाट प्रतिनिधि सभाका लागि मन्त्री बलायरलाई चयन गरिसकेको सो पार्टीका डोटी जिल्ला सभापति प्रदिप देउवाले पुष्टी गरेका छन तर एमालेले भने आलेको बिषयमा आधिकारिक निर्णय नभएको बताएको छ । पार्टी जिल्ला अध्यक्ष चक्रवहादुर मल्लले टेलिफोन मार्फत दिएको  जानकारी अनुसार प्रतिनिधि सभाका लागि पनि पार्टीले आधिकारिक निर्णय गरि सकेको छैन ।
जिल्लाबाट प्रतिनिधि सभाको चुनावी प्रतिस्पर्धामा  बलायर र आले मात्रै छैनन्, उनीहरुसंगै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष बेणीमाधव जोशी र नयाँ शक्ति नेपालका केन्द्रीय सदस्य चन्द्रदेव ओझा पनि मैदानमा छन् ।
डोटीमा क्रियासिल अन्य दलहरुले भने अहिलेसम्म उम्मेद्वार सार्वजनिक गरिसकेका छैनन् ।
प्रतिनिधि सभाका लागि उम्मेद्वारको टुङ्गो लगाईसकेका ठुला दलहरुले प्रदेश सभामा भने आन्तरिक बिवाद मिलाउन सकेका छैनन् । मुख्य प्रतिस्पर्धी मानिएका दुई ठुला दलहरु कांग्रेस र बाम गठबन्धनले यो समाचार तयार पार्दासम्म पनि उम्मेदरको टुङ्गो लगाउन सकेका छैनन् । ‘प्रतिनिधि सभाको टुङ्गो लागिसकेको छ’ नेपाली कांग्रेस डोटीका सभापति देउवाले बिम्ब साप्ताहिकसंग कुरा गर्दै भने ‘प्रदेश सभाका लागि भोली (मंगलबार) सम्म निर्णय हुन्छ ।’ उनले कसले टिकट पाउने भन्ने बिषयमा अहिलेनै अनुमान गर्न नसकिने वताए । स्रोतका अनुसार कांग्रेसले डोटी क्षेत्र १ बाट भरत बहादुर खड्का र क्षेत्र २ बाट योगेन्द्र शाहीलाई चुनावी मैदानमा उतार्ने तयारी गरिरहेको छ ।
यस्तै बाम गठबन्धनको प्रमुख घटक एमालेले पनि प्रदेश सभाका लागि आधिकारिक निर्णय गर्न सकेको छैन । ‘हल्ला आएको छ, आधिकारिक निर्णय भएको छैन’ पार्टी जिल्ला अध्यक्ष मल्लले भने ‘पार्टी केन्द्रीय कमिटीको बैठक जारी छ, सो बैठकले टुङ्गो लगाउँला ।’ देउवा जस्तै मल्लले पनि कसले टिकट पाउने भन्ने अनुमान गर्न नसकिने वताए । यद्यपी सामाजिक सञ्जालमा मल्लले टिकट पाईसकेको एमाले कार्यकर्ताहरुले पोष्ट गरेका     छन । एमाले स्रोतका अनुसार मल्लकै नाममा निर्णय समेत भईसकेको छ ।
बाम गठबन्धनको भागवण्डामा डोटी क्षेत्र २ नेकपा माओवादी केन्द्रको हिस्सामा परेको छ तर माओवादी केन्द्रले पनि उम्मेदवार तय गरिसकेको छैन । ‘छलफल जारी छ’ माओवादी नेता शिवसिंह ओलीले भने ‘भोलीसम्म टुङ्गो लाग्ला ।’ स्रोतका अनुसार क्षेत्र २ का नेता त्रिलोचन भट्ट र ओलीका बिचमा प्रतिस्पर्धा रहेको छ ।
उता राष्ट्रिय जनमोर्चाले प्रदेश सभा क्षेत्र १ मा नरेश आले र क्षेत्र २ मा केशवनाथ योगीको नाम तय गरेको मोर्चाका जिल्ला सचिव समेत रहेका योगीले जानकारी दिएका छन । यस्तै नयाँ शक्ति नेपालको तर्फबाट  क्षेत्र १ मा कैलाश साउँदको नाम तय भएको र २ का लागि छलफल भईरहेको नेता चन्दैदेव ओझाले जानकारी दिए ।

 सम्पादकीय

हाम्रा छान्ने कि राम्रा ?

भरखरै असारमा एक तहको निर्वाचन सम्पन्न भएको थियो । जनताले २० बर्षपछि आफ्नो नजिकको प्रतिनिधि छान्नका लागि स्थानीय तहको निर्वाचनमा उत्साहपूर्ण सहभागिता जनाएका थिए । लोकतन्त्रको बिशेषता भन्नु पर्छ फेरी अर्को तहको निर्वाचनका लागि मतदान गर्ने बेला आएको छ । निर्वाचन आयोगले संघीय प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुको निर्वाचन दुई चरणमा सम्पन्न गर्दैछ । पहिलो चरणमा मंसिर १० गते हुने निर्वाचनका लागि गत ५ गते उम्मेद्वारी मनोनयन भईसकेको छ भने मंसिर २१ गते हुने दोश्रो चरणको निर्वाचनका लागि बिहिवार मनोनयन दर्ता गर्ने दिन तोकिएको छ ।
पहिलो चरणमा निर्वाचन हुने स्थानहरुमा अव उम्मेद्वारहरु तय भईसकेका छन । ति अनुहारमध्यवाटै जनताले आफ्नो प्रतिनिधि छान्नु पर्नेछ । दोश्रो चरणको निर्वाचनमा पनि खासै फरक अनुहा–रहरु देखिएलान जस्तो देखिदैन । चुनावमा वा सर्वदलीय संयन्त्रको नाममा लामो समयसम्म जनताका बिचमा गन्हाएकै अधिकांश अनुहारहरु हाम्रा सामु आउने लक्षण देखिएको छ ।
यस्तो अवस्थामा जनताले मतदान गर्दा कस्तो उम्मेद्वारलाई छान्ने भन्ने कुरा प्रमुख हुन्छ । बिगतका निर्वाचनमा जनताले हाम्रो मान्छे छानेका छन । एकअर्थमा त्यो पनि स्वभाविकै हो । प्रतिस्पर्धाको रिङ्गमा राम्रो मान्छे नभएको अवस्थामा हाम्रो मान्छेलाई छान्ने स्वतन्त्रलाई जनतालाई हुनुपर्छ तर यदि राम्रो मान्छे हुँदाहुँदै हाम्रो मान्छे छानियो भने त्यो लोकतन्त्रप्रतिको उपहास हुन्छ ।
त्यसैले अवको निर्वाचनमा पनि जनताले चनाखो हुनु जरुरी छ । सधैंभरी हाम्रो मान्छे, हाम्रो पार्टीमात्रै भन्दै आयौं हामी । त्यसमाथी पनि देशमा राज गर्ने ठुला पार्टीहरुनै हुन यिनैलाई मतदान गर्नु पर्छ भन्ने मानसिकताले धेरै हदसम्म काम गर्दै आयो । तर अव त्यसो होईन राम्रा मान्छे यदि छन भने साना दलहरुलाई पनि मतदान गर्न सक्ने हुनु पर्छ । त्यसका लागि पनि जनताले आफुलाई तयार गर्नु पर्ने बेला आएको छ ।
चुनावको बेलामा उम्मेद्वारहरु वा उम्मेद्वारका हनुमानहरुलाई बिगतमा जनताका लागि के के ग¥यौ र अहिले भाट माग्न आयौ भन्ने प्रश्न राख्नु जरुरी छ । अव हिसाव जनताले माग्ने हो किनकी कर पनि जनताले नै तिर्छ । जनताले तिरेको करबाट जनप्रतिनिधिका नाममा, सर्वदलीय संयन्त्रका नाममा वा अन्य कुनै पनि नाममा बद्मासी गर्नेहरुले जनतासंग भोट माग्ने कुनै अधिकार छैन । अव नेपाली जनता आफै सचेत हुनु जरुरी छ । चुनावको बेला एक किलो चामलमा आप्mनो मत साट्ने परिपाटीको पूर्ण रुपमा अन्त्य हुनु पर्छ ।
त्यसैले मैदानमा यदि कुनै राम्रो व्यक्ति छ भने चाहे त्यो स्वतन्त्र होस् वा सानो दलबाट उम्मेद्वार बनेको होस् उसैलाई मतदान गर्नु उपयुक्त हुन्छ । त्यसो होईन भने हाम्रो मान्छेलाई चुन्नुहोस् । चोरै चोरको भिडबाट एक जना छान्नु पर्दा आफ्नै चोर राम्रो लाग्ला सायद । अव मेरो पार्टी वा मेरो नेता भन्ने  आधारमा नेपाली जनताले सधैंभरी दुःख खाईराख्नुको कुनै औचित्य छैन । हामी नेपाली जनताका प्रतिनिधिहरु हाौं भन्नेहरु आम जनताका प्रतिनिधि हुन सकेको ईतिहास न बिगतमा छ न निकट भबिश्यमा त्यस्तो हुने संकेत देखिएको छ । आफ्ना नातागोता र आफ्ना हनुमानहरुका प्रतिनिधि मात्रै भएका थिए र हुने लक्षण देखिएको  छ । त्यसकारण पार्टीको नाता लगाएर “हाम्रा” छान्नु भन्दा व्यक्तिगत नाता लगाएर “हाम्रा” लाई छान्नका लागि पहल गरौं ।
 

थप समाचार

बिश्वास जित्दै डोटी अस्पताल

कर्ण चन्द/डोटी
कार्तिक १३

लामो समयसम्म सेवाग्राही र सरोकारवालाको आलोचनाको बिषय बन्दै आएको डोटी जिल्ला अस्पताल पछिल्लो समयमा    बिरामीको बिश्वास जित्न थालेको छ । अस्पतालमा जिल्ला भन्दा बाहिरबाट समेत उपचारका लागि बिरामीहरु आउन थालेका छन ।
अस्पतालले प्रशुति शल्यक्रियामा सुदूरपश्चिमको पहाडी जिल्लामा सेवाग्राहीको बिश्वास जितेको छ । छिमेकी जिल्ला अछाम, डडेल्धुरा र  बाजुराबाट समेत शल्यक्रियाका  लागी बिरामी आउने गरेको जिल्ला अस्पताल डोटीका चिकित्सक डा गिरिस अवस्थीले  बताए ।
डडेल्धुरामा रहेको उपक्षेत्रीय अस्पातलमा उपचार सम्भव नभएपछि अमरगढी  नगरपालिका–८ का हेमन्ती ओझा जिल्ला अस्पताल डोटीमा आईन । सुदूरपश्चिमको पहाडी जिल्लाको रिफरल अस्पतालका रुपमा रहेको उप क्षेत्रीय अस्पातलमा नसकिएको जटिल प्रशुति शल्यक्रिया डोटी अस्पतालमा सफल भएपछि उनी आज घर फर्केकी छन ।  चिकित्सक नभएका कारण उपचार सम्भव नभएको भन्दै उनलाई डोटी रिफर गरिएको ओझाले बताईन । अस्पतालमा हेमन्तीले शल्यक्रिया बिना नै बच्चा जन्माएको अस्पताल डोटीले जानकारी दिएको छ ।
जिल्ला अस्पताल डोटीमा यस बर्षमा ६८ जनाको प्रशुति शल्यक्रिया  गरिएको अस्पतालले जानकारी दिएको   छ ।  सहज गरी बच्चा पाउन नसकेका महिलाको शल्यक्रिया मार्फत बच्चा निकालिने गरिएको डा अवस्थीले  बताउछन ।
३० जना महिलाले पहिलो बच्चा पाउदा पनि शल्यक्रिया गरेकाहरुको पुनहः दोस्रो पटक शल्यक्रिया गरेरै बच्चा जन्माएका अस्पतालका अर्का चिकित्सक डा घनश्याम भट्टले बताए ।  त्यही ब्यक्तिको दोस्रो पटक पनि शल्यक्रिया गर्दा जोखिम हुने भएपनि आफुहरुले सफलतापुर्वक सम्पन्न गरेको डा भट्टको भनाई छ ।
गत आर्थिक बर्षको तुलनामा यस दोब्बर संख्यामा बिरामी आउने गरेको अस्पताले जनाएको छ । अस्पतालको भौतिक  तथा सेवा प्रवाहमा सुधार भएको स्थानीयले बताएका छन । बिगतको समयमा अस्पतालप्रति नागरिकको बुझाई परिर्बतन हुँदै गएको छ । बिगतको तुलनामा अस्पताले निकै सुधार गरेको सरोकारवालाहरु बताउँछन ।

सुदूरपश्चिममा जात्राको रौनक

रोजेन्द्र जोशी/सिलगढी
कार्तिक १३
लोप हुँदै गएका दमाउ, झाली, सनई, नगरे लगायतको पौराणिक बाजागाजाहरुले यति बेला सुदूरपश्चिमका डाँडाकाँडा गाउँ बस्तीहरु गुञ्जयमान भई रहेका छन् ।
सुदूरको चिनारीको रुपमा रहेको देउडा गाउने र खेल्नेहरु यति खेर सुदूरका गाँउ बस्तीहरुमा रमाई रहेका छन् । सुदूरको मौलिक पहिचानको रुपमा रहेका जात्राहरुको समय सुरु भएको छ ।
हिन्दु धर्मालम्वीहरुको महान पर्व विजय दशमी, शुभ दिपाबली र छठ पर्वको समापनसंगै सुदूरको पहाडी जिल्ला डोटीमा जात्राको मौसम सुरु हुन्छ अर्थात यस क्षेत्रमा बसोबास गर्दै आएका आर्य खस जातीका मानिसहरुले पुर्खाको ‘मधेश जुधी खानु, पहाड पुजी खानु’ भन्ने उखानलाई साकार पार्ने उद्देश्यका साथ परापुर्वकाल देखि मनाउदै आईरहेका जात्र अर्थात जाँत मनाउने गर्दछन् । यस क्षेत्रका मानिसहरुले विजया दशमी र दिपावली भन्दा बढी महत्वका साथ लिने जाँत फरक फरक देवी देउताका भिन्नाभिन्नै मिति र तिथिमा भईरहेका छन् ।
डोटीका विभिन्न स्थानहरुमा कार्तिक महिनामा सुरु भएका जात्रा अर्थात जाँत पौष महिनासम्म सञ्चालन हुने  गर्दछन् । यस अबसरमा विभिन्न जातजातीहरुको कुलदेवता, ईष्टदेवता, माईति देवता लगायतका देवी देवताहरुको विशेष पुजा आराधना हुने गर्दछ ।
जाँत के हो ?

सुदूरका पहाडहरुमा आ आफुले पुजा अर्चना गर्ने हिन्दु धर्मालम्वीहरुले पुर्खांै देवी पुज्दै आएको देवी देवताको वार्षिक विशेष पुजन कार्य लाई जात भन्ने गरिन्छ । बरको लहरालाई चादीको पाताले मोडी तयार पारिएको लौरोमा विभिन्न देवी देवताको आकृति भएको साना ठुला प्रतिमाहरु झुण्डाई, लौरोमा चौरी गाईको पुञ्छरको कपाल राखी, सो लौरोमा विशेष प्रकारको कपडाले सिंगार गरी देवी देवताले लगाउने गरगहना लागाएर गाँज तयार हुन्छ । सो गाँजलाई विशेष मन्त्रले बाधी त्यसमा दैवी शक्तिको आब्हान गरि सो लौरोमा देवी वा देवता आएको आभाष भएपश्चात त्यसलाई नगर गाउ परिक्रमा गराउने चलन नै जाँत हो । जाँतका लागी जात्रा हुने अन्तीम दिन भन्दा ५ दिन अघि देवी देवी देवताको आब्हान गरि विशेष पुजा अर्चना गर्ने, देवी देवताका अधिकार प्राप्त अधिकारी धामी झाँक्री, भण्डारी, पुजारी, बाजा बजाउने व्यक्ति, राठका मुखिया लगायतले शुद्धि साथ पञ्चरात्री ब्रत गर्ने र अन्तीम दिनमा विशेष पुजा आजा गर्ने परम्परालाई सुदूरमा जाँतको नाम दिईएको छ । यो संगै गाँज नवाउने क्षेत्रमा विशेष पुजा आज गर्ने मेला भर्ने कार्यहरु हुने गर्दछ ।
 डोटीमा कहा कहा हुन्छ जात ? डोटी जिल्लामा साविकमा ५० बटै गाविस र नगरपालिका क्षेत्रमा भिन्नाभिन्नै तिथि मितिमा जाँत हुने गर्दछ । कुनै कुनै गाविसमा पाँच ठाउँमा समेत जाँत निकाल्ने चलन रहेको भएभनि डोटीका केहि विशेष स्थानहरु बढी चर्चामा रहने गरेको छ ।
प्रसिद्ध धार्मिक एवं पर्यटकीय क्षेत्र शैलेश्वरी मन्दिरको जात, जिल्ला सदर–मुकाम देवी दक्षिण भेगमा पर्ने बोगटानको बडी केदार मेला, के आई सिँह गाउपालिकाको बुहारा, पुर्वीचौकी गाउपालिकाको बगलेकको बराह देवी, पोखरी भगवति, आदर्श गाउपालिकाको देहिमाण्डौं, दिपायल सिलगढी नगरपालिकाको सेटीगाँउ सुनादेवी, दिपायल देवी बढी चर्चामा रहने जात हुन् । यो समाचार तयार पार्दासम्म केही स्थानका जातहरु भई सकेका छन भने केही स्थानमा जाँत हुदैछ । प्रशिद्ध मानिएको शैलेश्वरी जाँत कार्तिक १८ गते सम्पन्न हुनेछ भने दिपायलको जात कार्तिक १७ गते सम्पन्न हुनेछ । वगलेखको बराहदेवी जात विशेष कारणले सरेको छ ।
यसरी परापुर्वकाल देखी मनाउदै आएको जात्रा अर्थात जातको बारेमा प्रचार प्रसार हुने हो भने यस क्षेत्रमा उल्लेख्य रुपमा धार्मिक पर्यटकहरुलाई भित्राउन सकिने देखिन्छ । 

मतदात बहिस्कार गर्ने चेतावनी

दार्चुलाको अपी हिमाल गाउँपालिकालाई पिछडिएको क्षेत्रमा नराखे आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन बहिस्कार गर्ने स्थानीयले चेतावनी दिएका छन ।
सोमवार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यालयलाई बुझाईएको ज्ञापन पत्रमार्फत अपी हिमालबासीले सो चेतावनी दिएका हुन ।  अति विकट हिमाली गाविसहरु समेटेर विशेष क्षेत्रको छु्ट्टै गाउँपालिका स्थापना भएको र सदरमुकामबाट गाउँपालिका पुग्न दुई÷तीन दिन लाग्ने तथा गाउँपालिकाबाट सडक मार्गसम्म पुग्न पनि दुई दिन लाग्ने ठाउँलाई सरकारले पिछडिएको क्षेत्रमा समावेश नगरेकोप्रति स्थानीयले आपत्ति जनाएका छन् ।
सरकारले उक्त निर्णय तत्काल मंसिर१० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन बहिस्कार गर्ने संघर्ष समितिका अध्यक्ष बहादुरसिंह ठेकरे जानकारी दिए । ‘अपी हिमाल गाउँपालिका बिकट तथा पिछडिएको क्षेत्र हो’अध्यक्ष ठोकरेले भने ‘यस गाउँपालिकालाई पिछडिएको क्षेत्रको सूचीमा समावेश नगरे आन्दोलन गर्ने चेतावनी सहित ज्ञापन पत्र बुझाएका छौं ।’
खाद्यान्न अभाव र ८० रुपैयाँ किलो नून किनेर खान बाध्य हिमाली र दुर्गम क्षेत्रमा पर्ने स्थानीय तहहरु पिछडिएको क्षेत्रमा समावेश नभएकाले हचुवाको भरमा पिछिडिएको क्षेत्र घोषणा गरिनु आपत्तिजनक भएको अपीहिमाल गाउँपालिकाका अध्यक्ष धर्मानन्द मन्यालले बताए ।

सदरमुकाम सिलगढीमै खुला दिसा

‘समुदायमा स्वास्थ्य सरसफाईबारे जनचेतनाको कमी रहनु, महिनावारीको बेला शौचालयको प्रयोग कम हुनु, बस्तु भाउको मलमुत्रको व्यवस्थापन नहुनु, बजार क्षेत्रको फोहोर मैलाको व्यवस्थापन नहुनुलाई सरसफाई क्षेत्रको मुख्य चुनौती मानिन्छ ।’ यस्तै कुराहरु थप्दै मन्तब्य राखेका थिए सरोकारवाला निकायहरुले । ‘एक पटक घोषणा गरिसकेपछि दोश्रोपटक फोहोर देखिनु हुदैन ।’ भन्ने सबैको मन्तब्यका आशय थियो खुला दिसा मुक्त घोषणा कार्यक्रममा ।
राष्टिय सरसफाई रणनीति २०१० अनुसार सन २०१७ सम्ममा राष्टूलाई खुल्ला दिशामुक्त राष्ट घोषणा गरिसक्नु पर्ने व्यवस्था अनुरुप डोटी जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको सरोकारवालाहरुले बताएका थिए ।
डोटी जिल्लामा सन् २०११ मा तयार भएको पाँच बर्षे खानेपानी, स्वास्थ्य तथा सरसफाई रणनीति अनुसार जिल्लालाई सन २०१५ सम्ममा खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिसक्नु पर्ने थियो तर साबिकका गाउँ बिकास समिति र दिपायल सिलगढी नगरपालिका तोकिएकै समयमा खुला दिशामुक्त क्षेत्र घोषणा हुन नसक्दा रणनीति अनुसार काम हुन सकेन । यस अघि जिल्लालाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्न पटक पटक मिति तोकिएको भएपनि असफल भएको थियो । अन्तिममा असारको अन्तमा घोषणा गरियो ।
हतारमा खुला दिसामुक्त गर्नु समाजको लागि दिगो रुपमा सन्देश प्रबाह हुदैन । केही दिन अगाडी खानेपानी सरसफाई स्वच्छता समन्वय समितिको कार्यालयकै आसपास नै खुला दिसा जताततै थियो । जिल्ला समन्वय समितिको कार्यालय परिसरमा नै खुला दिसा  भैरहेको छ ।
जिल्ला सदरमुकाम सिलगढीका टोलटोलमा खुला दिसा छ । असारको महिना जिल्ला नै घोषणा गरेपछि दिनानुदिन खुला ठाउँमा दिसा भैरहेको छ । स्थानीयहरु चेतना बिना हुन या सरोकारवालाहरुको दुस्मनी साट्न हुन यो सबैको चाँसोको बिषय बनेको छ । जिल्ला कै प्रमुख बजारहरुमा त यस्तो अवस्था छ भने गाउँगाउँमा त झनै कस्तो होला ? यो बिषयमा सबैले ध्यान दिनु जरुरी छ ।
 

छोटो समाचार

हराउँदै स्थानीय कुखुरा

डोटीका ग्रामीण भेगमा पाईने स्थानीय जातका कुखुरा विस्थापित हुन थालेका छन् । जिल्लाका ग्रामीण क्षेत्रमा ब्रोइलर फार्म खोलेर कुखरा पाल्न थालेसँगै स्थानीय जातका कुखुरा विस्थापित हुन थालेका हुन् ।
गाउँतिर व्यापारिक दृष्टिकोणले बाक्लै कुखुरा फार्म खोलेपछि मासुका लागि सहज भएको छ । नयाँ पुस्तालाई स्थानीय जातका कुखुरा चिनाउन फोटा देखाउनु पर्ने समय हुन थालेको छ ।  

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्र्रतिनिधिसभाको निर्वाचनका लागि डोटीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ ।
प्रतिनिधि सभाका लागि एक र प्रदेश सभाका लागि दुई क्षेत्र रहेको यस जिल्लामा जिल्ला न्यायाधिश एवं मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले कार्यालय उद्घाटन गरेका छन ।
कार्यालय उद्घाटनका क्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत पनेरुले आगामी १६ गते नोमिनेशन दर्ता सुरु भएसंगै बिभिन्न मतदान केन्द्रहरुमा अनुगमन गर्ने बताए । ‘जिल्लाका बिभिन्न मतदान केन्द्रहरुमा अनुगमन गर्नुपर्छ’ मुख्य निर्वाचन अधिकृत पनेरुले भने ‘जिल्लाका सबैभन्दा सम्बेदनशील मतदान केन्द्रको अवस्था बुझिनेछ ।’

खेल समाचार

आजबाट मेयर कप क्रिकेट प्रतियोगिता हुँदै

डोटीमा आज (मंगलबार) बाट प्रथम नगरस्तरीय क्रिकेट प्रतियोगिता हुदैछ ।
स्थानीय खेलाडीहरुको प्रतिभालाई उजागर गर्न बिभिन्न समयमा स्थानीय स्तरमा यस्ता प्रतियोगिताहरु आयोना   गरिदै आएको छ । शैलेश्वरी युवा क्लबद्वा–रा आयोजित मेयरकप क्रिकेट प्रतियोगितममा नगरपालिकाका बिभिन्न समूहहरुको सहभागिता रहने शैलेश्वरी युवा क्लबका अध्यक्ष राजु घलेले जानकारी   दिए ।
‘स्थानीय खेलाडीहरुको कतै मूल्य नै हुदैन’ बिम्ब साप्ताहिकसंग कुरा गर्दै अध्यक्ष घलेले भने ‘समाजमा राम्राराम्रा खेलाडीहरु बिबिध कारणबाट लुकीरहेका छन । त्यस्ता खेलाडीहरुका प्रतिभाहरुलाई बाहिर ल्याउन आफुहरुले यस्ता प्रतियोगिताहरु आयोजना गर्दै आएको उनले बताए ।
बिश्वमा राष्ट्रको नाम चिनाउने भनेकै खेल हो, जुन पछिल्लो समयमा खेलकुदमा राजनीति पसेर गैर खेलाडीलाई  पनि खेलाडी बनाएर राष्ट्रलाई हराउने काम भैरहेको छ । यसले देशको स्वाभिमानमा दाग लगाउँदै आएको छ ।  बिबिध प्रतिभा भएको खेलाडीहरुको उच्च मुल्याकंन गरेमा त्यस्ता खेलाडीले राष्टको शीर कहिल्यै झुक्न दिदैन ।
यस मेयरकप क्रिकेट प्रतियोगितामा दिपायल सिलगढी नगरपालिकाको आर्थिक सहयोगमा जिल्ला सदरमुकाम स्थित नेपाली सेना मातहतको टुँडिखेलमा सुरु भैरहेको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार नगद रु २० हजार सहित ट्रफी र प्रमाण पत्र दिइने आयोजकले जनाएको छ । त्यस्तै द्वितीय पुरस्कारमा नगद रु १० हजार सहित ट्रफी र प्रमाण पत्र दिइने भएको छ भने खेल अबधीभर अनुशासनमा रही सभ्य र शान्त तरिकाले खेल्ने खेलाडीहरुलाई  उत्कृष्ठ पुरस्कार दिने पनि अध्यक्ष घलेले बताए ।

यू–१९ एसिया कप खेल्ने नेपाली क्रिकेट टिम घोषणा

एसिसी यू–१९ एसिया कपको लागि दीपेन्द्र सिंह ऐरीको कप्तानीमा नेपाली युवा क्रिकेट टिम घोषणा भएको छ। युवा टिमका प्रशिक्षक विनोदकुमार दास तथा एसिसीका प्रतिनिधि वेन्कापति राजुको छनोट समितिले १५ सदस्यीय नेपाली टोली घोषणा भएको हो ।
टिममा गत महिना मलेसियामा एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिता खेलेका अधिकांश खेलाडी छन् । सन्दीप जोरा र विक्रमकुमार भुसाल वैकल्पिकमा परेका छन् । नन्दन यादवले चोटका कारण नाम फिर्ता लिएका थिए । भीम सार्की, रसिद खान र जितेन्द्र सिंह टिममा पर्न सफल भएका छन् ।
नेपाली टिमले मलेसियामा हुने यू–१९ एसिया कपअघि अभ्यासका लागि सोमबार बंगलादेश जाने कार्यक्रम छ ।
नेपालले बंगलादेशमा त्यहाँको यू–१९ टिमसँग ३ वटा अभ्यास खेल खेल्ने छ । यस्तै नेपालले बंगलादेशको युवा टिमसँग १६, १८ र १९ कात्तिकमा एकदिवसीय अभ्यास खेल खेल्नेछ ।
कात्तिक २३ देखि मलेसियामा हुने यू–१९ एसिया कपमा नेपालसहित ८ टिमको सहभागिता हुनेछ । प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र मलेसिया छन् ।

चलचित्र/मनोरञ्जन

कोहीसँग प्रेम थियो,अहिले छैनः दीपा

साङ्गीतिक फाँटमा राम्रै चिनिएकी गायिका हुन दीपा पन्त । ०६५ मा पहिलो एल्बमसहित साङ्गीतिक क्षेत्रमा देखिएकी उनलाई स्रोता माँझ ०६८ मा सार्वजनिक ‘दिलको बदला दिल दिए’ गीत तथा एल्बमले चिनायो । त्यसपछि लगातार गायनमा रमाउँदै आएकी दीपाको अहिलेसम्म चौथो एल्बमसमेत सार्वजनिक भइसकेको छ । नुवाकोटमा जन्मिएर त्यहाँको मनोरम प्राकृतिक छटासँगै हुर्किएकी उनी साङ्गीतिक प्रशिक्षणसहित यो क्षेत्रमा होमिएकी हुन् । गायनमा मात्र होइन, नृत्यमा पनि सिपालु उनले आफ्नो केही गीतमाथि बनेको म्युजिक भिडियोमा आफैले मोडलिङ गरेकी छन् । गुरु नरहरि प्रेमीको सल्लाहमा आफैले तयार पारेको ‘सोधिरहन्छ यो मन’ गीत पहिलो पटक रेकर्ड गराएकी दीपाले साथीहरूको लहलहैमा पप पहिलो एल्बम ‘रियालिटी’ बजारमा ल्याएकी थिइन् । एल्बम टिन एजरहरूले रुचाएपछि उनी स्टेज क्विनसमेत बन्न पुगिन् । ‘कालो गाजल’, ‘दिलको बदला दिल’ उनका बजारमा आएका अन्य एल्बम् हुन् । केही पहिले ‘करेन्टवाला झट्का’ गीत निकालेर श्रोता तथा दर्शकलाई झट्का लगाउन सफल गायिका दीपासँग रातोपाटीका दश प्रश्न । 
पछिल्लो समय ओझेलमा रहनुभएको हो ?केही समय भयो मेरो नयाँ गीत पनि आएको छैन । त्यसैले त्यस्तो लागेको हो । अर्काे कुरो मिडियामा मात्र म नछाएकी हुँ । स्टेज कार्यक्रमहरूमा त व्यस्तै छु । मेरो नयाँ गीत केही दिनमा आउँदैछ । त्यसपछि फेरी मिडियामा छाउने छु ।
सौन्दर्यतिर कतिको रुचि छ ?
केटी मान्छे भएपछि सौन्दर्यका लागि मेकअपतिर ध्यान दिनु नै पर्छ । तर मेरो यसमा धेरै इन्टे«स्ट छैन । मेरो अनिवार्य मेकअप भनेको आँखाका लागि गाजल  हो । घरमा रहँदा र बाँहिर निस्कँदा गाजल लगाउन छुटाउँदिन । बाँहिर निस्कनु पर्दा लिबिस्टिक पनि लगाउने गरेकी छु । आँखामा सधैँ आमाले बनाएको गाजल नै लगाउँछु । फेसमा निभियको क्रिम कहिले काहीँ प्रयोग गर्छु । यो क्रिम मेरा लागि अमेरिकाबाट आउँछ ।
फेसनतिर कतिको रुचि छ ?
सामान्य भएर हिँड्न रुचाउने केटी हुँ म । यो कुरा धेरैलाई थाहा छ । मलाई लामो ड्रेस, कुर्ता सुरुवाल र वान पिस बढी मनपर्छ । आफूलाई राम्रो लाग्ने पाइन्ट र टिसर्ट हो । अरूले मलाई राम्रो सारीमा देख्नु हुन्छ रे । मेरो हाइट केही कम छ । सारी लगाउँदा अग्लो पनि देखिन्छ भन्छन् ।   
फिटनेस गर्नुहुन्छ ?
केही अगाडिम्म गर्थें । अहिले केही कम गरेकी छु । म आफै पनि एरोबिक सिकाउने गर्छु । मेरो खुटमा प्रोब्लम आएकाले केही समययता एक्सरसाइज गर्न पाएकी छैन । मैले घरमै फिटनेस क्लब बनाएकी छु । बिहान बिहान योगा पनि जान्छु  ।
आफ्नै शरीरको कुन अङ्ग आकर्षक  लाग्छ ?
आँखा मनपर्छ । मेरो आँखा राम्रो छ, जस्तो मलाई लाग्छ । धेरैले पनि तिम्रो आँखा राम्रो छ । मनपर्छ भन्ने गरेका  छन् । कतिपयले त मेरो आँखा बोल्छ । नभने पनि सबै कुरा बुझिन्छ भन्छन् ।
तपाईंको रोजाइको पुरुष नि ?
आकर्षक पुरुष त जो कोहीले पनि मन पराउँछन् । मलाई त्यसले केही फरक पर्दैन । सोसियल छ, नबताईकन अर्काको कुरा बुझ्छ भने त्यो पुरुष मेरो रोजाइमा पर्छ ।
पूरा नभएका सपना छन् कि ?
धेरै छन् । राम्रो मान्छे बन्ने मेरो उद्देश्य अझै पूरा भएको छैन । नेपालमा पनि महिलाले कुनै पनि फिल्ड लिड गर्न सक्छ भनेर भन्ने मानसिकता आम मानिसमा विकास गर्ने बन्नु छ मलाई ।
प्रेम परेको छ कि छैन ?
प्रेम धेरै जनासँग छ । आमाबाट सुरु भएको माया धेरैसँग धेरै तरिकाबाट बसेको छ । प्रेमी प्रेमीका बीचको माया पनि कोहीसँग केही पहिलेसम्म थियो । अहिले छैन ।
पहिलो प्रेमपत्र कहिले आयो ?
कक्षा ६ मा पढ्दै गर्दा प्रिन्सिपलको छोराले दिएका थिए । त्यसमा मेरो केही दोष थिएन । तर पनि घरमा आमाबुबाले गाली गर्नु हुन्छ भनेर निकै डराएँ । त्यो पत्र नपढी च्यातेर फ्याँकी दिए । पत्रको विषयमा अहिलेसम्म घरमा थाहा भएको छैन ।
कस्तो ठाउँहरू घुम्न मनपर्छ ?

प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएको ठाउँ मनपर्छ । धेरैले पोखराको बारेमा वर्णन गरेका छन् । अहिलेसम्म त्यहाँ पुग्ने अवसर मैले पाएकी छैन । कार्यक्रमको सिलसिलामा धेरै ठाउँ घुमेकी छु । तर पोखरमा कार्यक्रम परेको छैन ।

लेख

नेता ज्यू, भोट माग्न हाम्रो गाउँमा नआउनु होला ।

रामहरी ओझा
चुनाउ आउन अव धेरै दिन छैन । आजका मितिसम्म तपाईको अत्तो पत्तो छैन । सायद टिकट लिनका लागि ठुला नेताहरुको चाकरीमा व्यस्त हुनु होला वा फेरी भोग, अभाव, अशिक्षा, गरीवीमा बाँचेका दुर्गम गाउँहरुमा कसरी चुनाव प्रचार गर्न जाने भन्ने योजना बनाउँदै हुनुहोला । बिगतका निर्वाचन जस्तै यस निर्वाचनमा पनि एक पटक गाउँमा जाने हो, जनताका बिचमा कोरा आश्वासन भरिएका चिल्ला भाषण गर्ने हो भन्ने कुरामा तपाई पूर्ण रुपमा स्पष्ट हुनु होला तर भाषणमा कुन गाउँमा कस्ता शव्दहरु प्रयोग गर्ने भन्ने बिषयमा आफ्ना हनुमानहरुसंग सल्लाह गर्दै हुनु होला ।
तपाई के गर्दै हुनुहुन्छ त्यो तपाईको कुरा नेता ज्यू, तर अवको चुनाउमा हाम्रो गाउँमा नआउनु होला । हाम्रो गाउँमा तपाईले चार बर्ष अगाडि जे देख्नु भएको थियो आजको अवस्था पनि उस्तै छ । फरक यत्ति हो कि तपाईले भोट दिन आग्रह गर्दै खुट्टा छोएका बुढा बाजेको मृत्यु भईसकेको छ, तपाईले जागिर लगाईदिने आश्वासन दिएका त्यतिबेलाका किशोरहरु अहिले पापी पेट पाल्नका लागि डण्डा बजाउन भारतको गल्लीमा पुगेका छन । पल्ला घरे काकाको मुरी फल्ने खेल खोलाले वगाएको छ, तल्ला घरे भाउजुले स्वास्थ्य सेवा अभावका कारण बच्चा जन्माउन नसकेर ज्यान गुमाउनु परेको छ ।
नेता ज्यू, बाँकी सवै उस्तै हो । तपाईले चार बर्ष अगाडि भोट माग्न आउँदा हाम्रो गाउँमा सडक पु¥याउने बचन दिनु भएको थियो तर त्यो सडक पातालबाट गयो वा आकाशबाट थाह भएन । गाउँलेहरु अहिले पनि टाउकाको कपाल खुईलिने गरि नाम्लो लगाएर भारी बोक्न बाध्य छन । गाउँमा अहिले पनि सल्लाको दाउरा बालेर उज्यालो बनाईरहेका छन । उहिले त मट्टितेल पाईन्थ्यो, टुकी बालेर उज्यालो हुन्थ्यो तर नेता ज्यू तपाईले गाउँमा बिजुली पु¥याएर झिलिमिली गर्ने बचन दिएदेखि गाउँमा त परै जावस बजारमा पनि मट्टितेल पाउन छोड्यो ।
पल्लो गाउँमा रहेको बिद्यालयमा कखरा सिक्न जाने तल्ला घरे मनबिरेको तपाईले पुल हालिदिने बचन दिएको खहरे खोलामा उर्लेको बाढीले बगाएर ज्यान गएको छ । छोरा गुमाएको पीडामा मनबिरेका बुवाले पनि होस् गुमाएका छन् । उक्त खोलामा पुल हालिदिने आश्वासन थियो नेता ज्यू तपाईको तर त्यो खोलाले बर्षेनी गाई भैशी बगाउँदै लैजान्छ, मान्छे बगाउँदै लैजान्छ । सायद तपाईलाई यादै होला त्यो खोला । त्यही  खहरे खोलाले हाम्रो गाउँमा आउने कुलो पुरै बगाएर लगेपछि खेत बाँझो रह्यो नेता ज्यू । त्यो खोलामा पुल हाल्ने अनि फुलसंगै सिचाईको पाईप पनि राख्ने योजना थियो सायद तपाईको त्यतिबेला भोट माग्न आउँदा ।
तपाई चुनाउको प्रचार सकेर तपाई हाम्रो गाउँबाट गएदेखि गाउँमा अरु खासै केही फेरिएको छैन नेता ज्यू । तपाईले छुट्याएको बजेट पनि तपाईका हनुमानहरुले लपेटलापट गरेर सके । सायद तपाईको आदेश पनि त्यस्तै थियो होला, त्यतिबेलाको चुनाउमा तपाई हाम्रो गाउँमा आउँदा खसी काटिएका थिए, कुखुरा काटिएका थिए, भोज भतेर भएको थियो । सायद त्यो खर्च असुल गर्नका लागि पनि तपाईले दिएको बजेट नै उपयुक्त भयो कार्यकर्ताहरुका लागि ।
घण्टौं हिड्नु पर्ने, उकालो ओरालो उहिलेकै जस्तो छ । चार बर्षको यो अवधीमा तपाईको जीवन सुखमय बितेको छ । तपाईको जीवनशैली फेरिएको छ, तपाईको वर्ग पनि परिवर्तन भईसकेको छ । चिल्ला कारमा तारे होटेलको सुखानुभूति गर्नु भएको छ नेता ज्यू तर हाम्रो गाउँमा त्यो सुख पाउनु हुन्न । यस्तो ठाउँमा तपाईको खुट्टामा ठेला पर्न सक्छन् । साबिकका गाउँ बिकास समिति र जिल्ला बिकास समितिको बजेटले काटिएको पल्लो डाँडासम्मको सडक पनि पुरै धुलाम्मे छ । शहरबाट चर्को भाडा तिरेर त्यो सडकमा गुड्ने गाडीमा झुण्डिदै आएकाहरु गन्तव्यमा पुग्दा धुलोले आफ्नै अनुहार बिर्सिन्छन् । यस्तो सडकमा तपाईको चिल्लो कार पनि कुरुप हुन सक्छ नेता ज्यू, तपाईको आङमा धुलो लाग्न सक्छ, आँखामा कसिङ्गर पस्न सक्छ । त्यसैले नेता ज्यू यसपालीको चुनाउमा हाम्रो गाउँमा नआउनु होला ।
रातदिन पसिना बगाउँदा जीउ निचोरिएका छन गाउँलेका, खुट्टा फुटेर रगत चुहिँदैछ, पसिनाले जीउ गन्हाएको छ, भोको पेट छ, चाउरिएका गाला छन, देख्दै कुरुप भएका छन । खोलाको पानी खान्छन्, सधैं रुघाखोकी लागिरहन्छ, रातदिनको कामको थकानले सधैं ज्वरो आईरहन्छ । लाज ढाक्न लाएको एकसरो लुगा पनि १० ठाउँमा फाटेको छ । त्यस्तासंग गएर तपाई जस्तो मान्छेले हात जोडेर भोट माग्नु प¥यो भने, खुट्टा ढोगेर भोट माग्नु प¥यो भने कम्ती पिडा हुने छैन नेता ज्यू तपाईलाई, त्यसैले हाम्रो गाउँमा नआउनु होला यसपालीको चुनावमा ।
तपाईको टाउको दुख्यो भने बिदेशमा उपचारका लागि जानु हुन्छ तर हाम्रा गाउँलेको टाउको दुख्दा गाउँको स्वास्थ्य संस्थामा सिटमोल पनि छैन । गाउँमा अस्पताल बनाउँछु, स्वास्थ्यकर्मीहरु नियमित राख्छु भन्नु भएको थियो उतिबेलाको चुनाउमा तर तपाई जितेर गएपछि तपाईको भनसुनको आधारमा गाउँको स्वास्थ्य संस्थामा कार्यरत तपाईको पार्टीका समर्थक स्वास्थ्यकर्मीहरु पनि सरुवा भएर गएदेखि अर्को कोही आएन नेता ज्यू । अहिले पनि बैद्य बाले गाउँमा जडीबुटी दिएर उपचार गर्दैछन्, धामीले झारफुक गरेर उपचार गर्दैछन् । तपाईले भनेको अस्पताल खै कहाँ बन्यो थाह भएन ।
कुर्चीमा बसेर टेबलमा थाल राखेर खाना खाने पानी परेको होला नेता ज्यू, गाउँमा परालको मुठामा पलेटी कसेर भुईमा राखेको थालमा ढिडो खानु प¥यो भने तपाईको मन कम्ती दुख्ला ? गाउँमा फर्सी, मुला फापर बाहेक ‘चाउचाउ’ को तरकारी बन्छ । मिलमा पिसिएको आटा होईन काकीले हातमा निल पर्दासम्म जाँतोमा पिसेको पिठोका रोटी पाक्छन्, खाँदा ढुङ्गा लाग्छन् तपाई कसरी खान सक्नुहोला नेता ज्यू । तपाई त बिर्सिसक्नु भयो त्यो परिबेश । अनेकथरी पकवान खाने बानी परेको तपाईको जिभ्रोमा त्यो खानाको स्वाद कसरी लाग्ला नेता ज्यू ?
गाउँका मान्छेलाई दुध बेच्नका लागि सजिलो होस् भनेर गाउँदेखि शहरसम्म जोड्ने केबलकार हालिदिने योजना कहाँ पु¥यो नेता ज्यू ? पातीको तेल निकाल्ने उद्योग खोल्ने र वेरोजगार युवाहरुलाई त्यो मिलमा रोजगारी दिने योजना कहिले सम्पन्न हुन्छ नेता ज्यू ? आलुको चिप्स बनाउने उद्योग स्थापना गर्ने फाईल बन्यो कि नाई नेता ज्यू ? यस्ता प्रश्नहरु धेरै छन गाउँमा । तपाई त भन्नुहुन्थ्यो चाउचाउ नखानुहोस् तर के गर्नु नेता ज्यू चुनाउमा तपाईलाई चन्दा दिने व्यापारीहरुले म्याद गुज्रिएको चाउचाउ गाउँमा पठाईदिन्छन्, सस्तो पाएर जनताले पनि त्यही खान्छन् । यो वाध्यता हो उनीहरुको ।
उसै पनि अव हाम्रो गाउँमा आश्वासन दिनका लागि तपाईसंग कुनै कुरा बाँकी रहेको छैन नेता ज्यू, सडक बनाउने, पुल बनाउने, खानेपानी बनाउने, बिजुली बाल्ने, बेरोजगार युवाहरुलाई रोजगारी दिने सवै काम त तपाईले गएको निर्वाचनमै भनिसक्नु भएको छ । ति सवै कुरा फेरी दोहो¥यायर भन्नु प¥यो भने सायद तपाईलाई पनि लाज लाग्ला । छोरोलाई जागिर लाईदिन्छु भनेर अर्को पार्टीको कार्यकर्तालाई तपाईले आफ्नो पार्टीमा प्रबेश गराउनु भएको थियो । तपाईले जागिर लाईदिने आशमा उसको छोरो धेरै कु¥यो, नेता ज्यूले जागिर लाईदिएपछि आएको तलवबाट तिरुला भन्दै गाउँमा उधारो चामल किनेर खायो तर तपाईले उसलाई भारतको गल्लीका सिट्ठी मार्ने जागिर लगाईदिनु भएको रहेछ, अहिले उ उतै छ । सायद उसले पनि तपाईलाई प्रश्न गर्ने बेला भएको छ ।
त्यसैले नेता ज्यू के गर्नु हुन्छ हाम्रो गाउँमा आएर । त्यसै पनि तपाईका कार्यकर्ताहरु छँदैछन् गाउँमा । जनताले पसिना बगाएर तिरेको करबाट तलव खाने शिक्षकहरु तिनै जनताका छोराछोरी पढाउन छोडेर तपाईको पार्टीको झण्डा बोक्दै तपाईका लागि भोट माग्न प्रचारमा लागेकै छन, मुखिया बा ले पनि तपाईलाई भोट दिनु पर्ने उर्दी गरेकै छन, गाउँमा पलाएका नव सामन्त पनि तपाईलाई भोट नदिए नराम्रो हुने धम्की दिईनै रहेका छन नेता ज्यू । गाउँमा भएका अन्य सरकारी कर्मचारीहरु पनि आफुले दिनु पर्ने सेवामा पनि राजनीतिक व्यवहार गरेकै छन ।
तपाईका कार्यकर्ताहरु तपाई गत पालीको चुनाउमा जित्नु भन्दा अगाडि बनेको सिंचाई कुलो, घोरेटो बाटो सवै हाम्रै नेता ज्यूले बनाई दिएको भन्दै अन्धभक्तिमा लागेकै छन नेता ज्यू । मुखिया बा, मास्टर काका, दुकानदार सवै तपाईकै भक्तिभावमै छन नेता ज्यू ।
धेरै प्रश्न रहेका छन नेता ज्यू, तपाईका लागि जनताका । हुन त चार बर्षमा एक पटक आउँदै हुनुहुन्छ, अर्को अर्को पाँच बर्षमा एक पटक आउनु हुने हो । आवधिक रुपमा एक पटक जनताको कुरा सुन्दा जति टाउको दुखेपनि सहनु पर्ने तपाईको पनि वाध्यता होला । हामीलाई थाह छ तपाई हाम्रो गाउँमा आएपछि जनताको प्रश्नहरुको ‘रेडिमेड’ उत्तर दिनु हुनेछ, मैले यो गरेँ, त्यो गरेँ, यस्तो भयो, त्यस्तो भयो भनेर आफ्नो कुरा माथी पार्नु हुनेछ । तपाई जस्तै गरि मिलाएर कुरा गर्न सक्ने हिम्मत छैन हामी गाउँलेमा त्यसैले तपाईको कुरामा फेरी पनि बिश्वास गर्नु पर्ने बाध्यता आईलाग्नेछ हामीलाई । त्यो भन्दा धेरै भयो भने ‘मैले धेरै गर्न खोजेँ तर बिविध कारणले गर्न सकिनँ, अव मैले गएको चुनाउमा बोलेका अधुरा कामहरु पुरा गर्नका लागि एक पटक फेरी मौका दिनु प¥यो’ भन्दै टाउको कन्याउनु हुनेछ । त्यत्ति भन्नका लागि मात्रै तपाई गाउँमा नआउनुहोला नेता ज्यू, धेरै दुःख नगर्नु होला बरु हामी तपाईलाईनै भोट दिने छौं ।

मोफसल पत्रकारिता

पारिश्रमिक नदिने मिडियालाई कार्बाही गर्नुपर्छ ।

 भुवन रायमाझी

सूर्योदय टेलिभिजन, पाल्पा
तपार्इंको पुरा परिचय पाउँ न ?
म भुवन रायमाझी । रैनादेवी छहरा ४ पाल्पा गुल्मीको रुरु एफएम,पाल्पाको सुर्योदय टेलिभिजन, करुवा पत्रिका र बुटवलको बुद्धभूमि पत्रिकामा आबद्ध छु ।
तपाईले किन पत्रकारिता पेशा रोज्नु भयो ?
समाजको  भलाइको निम्ति समाजमा भएका अन्याय अत्याचार बिकृति बिसंगतिको  प्रदाफास गर्न र जतिपनि कुरा ओझलमा परेका छन सबै बिषय बस्तुलाई दुर दराजमा रहेका आम जनतासंग पुर्याउने उद्देश्यले नै पत्रकारिता पेशा रोजाईमा परेको हो ।
कति समय भयो यस पेशामा लागेको ?
मैले २०६४ सालदेखि गुल्मीबाट पत्रकारिता पेशा सुरु गरेको थिए । आज यस पेशामा आबद्ध भएको १० वर्ष बितेको छ ।
कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ?
म प्राय जसो धार्मिक पर्यटन सम्बन्धि फिचर र यस्तै बिषयमा समाचार प्रकाशित गर्छु । साथै हाम्रो देश नेपाल कृर्षि प्रधान देश भएकोले किसानहरुका कुरा पनि समेटी राज्य सम्बन्धित निकायसम्म पुर्याइरहेको छु ।
पत्रकारितामा त धेरै समस्याहरु छन भन्छन नि, कस्ता खालका समस्याहरु पाउनु भयो ?
मेरो पत्रकारिता पेसाको १० वर्षै दौडानमा समस्यासंगै चुनौतीहरु धेरै आए कहिले प्रहरी कार्यालयको चिसो सिंढीसम्म पुगियो त कहिले न्यायालयसम्मका ढोकामा पुगियो । समस्याहरु त पत्रकार भएर समाज सेवा गर्नेलाई थाहा भएकै कुरा हो । पत्रकारिताको पीडा र बेदना कस्तो हुन्छ भनेर । यही पीडा, बेदना, आरोह, अवरोहसंग लडिबुडी गर्दै धेरैको आँखा अगाडी नै पत्रकारको कलमको शक्ति देखाउनु नै समस्यासंग जुध्नु हो । समाजमा भएका राम्रा नराम्रा पक्षलाई केलाउदै गलत कामको भन्डाफोर गर्दै आएको छु । १० वर्षदेखि हालसम्म त कस्ता समस्याहरु झेलिए र यो पेशाका समस्याहरु भनेर साध्य नै छैन । समस्याले अहिले पनि उताव चढाव गराइ रहन्छ ।
मोफसलमा काम गर्ने पत्रकारहरुका त यो भन्दा पनि बढी समस्याहरु छन भन्ने गरिन्छ नि !
समस्याहरु नहुने पेशा नै छैन होला । त्यसमा पनि पत्रकारका त झनै समस्याहरु हुने बिभिन्न समाजले नै देखिसकेका छन । हामीले भन्नु भन्दा पनि । पत्रकारिता पेशा मेरो बुझाईमा गाउँदेखि जिल्ला र केन्द्रसम्म नै समस्या छ । अबको स्थानीय प्रदेश र केन्द्र सरकारले पत्रकारका समस्या बुझेर समस्याको सावधान गर्नतिर लाग्नु हुनेछ  भन्ने बिश्वास लिएको छु ।
मोफसलै भएपनि पाल्पा जिल्लामा पत्रकारिताको बिकास कत्तिको भएको छ ? र यस जिल्लामा अरु जिल्लाको भन्दा बढी समस्याहरु के कस्ता छन ?
पाल्पा जिल्लामा पत्रकारिताको बिकास नभएको होईन । हिजो भन्दा आज पत्रकार उत्पादन पनि ब्यापक रुपमा बढेको छ । एक सय ४५ जना पत्रकारहरु पत्रकार महासंघको छाता संगठनमा आबद्ध छन । पाल्पामा १३ रेडियो ४ टेलिभिजन र डेढ दर्जन पत्रिका सञ्चालनमा छन । यति धेरै मिडिया सञ्चालनले पनि पाल्पामा        पत्रकारिताको बिकास छ भन्ने देखाउँछ भने समस्या भने सबै जिल्लाको जस्तै हुन ।
मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ?
अब नेपाल सरकारले आम सञ्चार नीति कडाईका साथ अगाढी बढाउनु पर्छ । आचरसंहिता बिपरित काम गर्ने पत्रकारलाई साधारण सदस्य नै खारेज गर्नुपर्छ । पत्रकार हो भनेर गर्भका साथ अगाढी हिड्ने बातावरण नेपाल सरकारले गर्नुपर्छ । पत्रकारलाई यही पेशाबाट बाँच्न सक्ने तलव भत्ताको ब्यवस्था मिडिया हाउसहरुले दिनुपर्छ । मिडिया हाउसले न्युनतम पारिश्रमिक पनि नदिएको खण्डमा मिडिया हाउस नै सरकारले बन्द गराउनु पर्छ ।
तपाई आफै पनि पत्रकारिता पेशामा धेरै समयदेखि काम गर्दै हुनुहुन्छ, मोफसलमा काम गर्ने पत्रकारहरुका समस्या समाधानका लागि नेपाल पत्रकार महासंघले कत्तिको भुमिका खेलेको पाउनु भएको छ ?
मलाई लाग्छ पाल्पामा हालसम्म पत्रकार महासंघ सबैको मिलेमतोमा नै चलेको छ । सबै जिल्लाका पत्रकार महांसघ पहिला त आफू राजनीति मुक्त हुनुपर्छ । पत्रकारहरुको हक, हित र पेशालाई सम्मानजनक ढंगले अगाढी बढाउन पत्रकार महासघले अत्यन्तै चनाखो भएर भूमिका निभाउन पर्छ । आचारसंहिता पालना नगर्ने पत्रकारहरुलाई पनि पत्रकार महासंघ पाल्पा शाखाले कार्बाही गर्दै आएको छ । यो राम्रो र पत्रकारको बिकासशील पक्ष पनि हो जस्तो लाग्छ मलाई ।
सञ्चारकर्मीहरुका बैचारिक संगठनहरुले मोफसल पत्रकारका समस्या समाधानका लागि कस्तो भूमिका खेलेको पाउनुहुन्छ ?
यसमा पनि उही कुरा हो । पत्रकारहरु पद भागभन्डामा लिप्त छन । कोही चौतारी कोही युनियन त कोही क्रान्तिकारी । पत्रकारको हितमा भूमिका खेल्ने भन्दा पनि आफ्नो संगठन बलियो बनाउन जस्तो सुकै पत्रकारलाई संगठनमा आबद्ध गराउने र पत्रकारिता पेशालाई धमिलो बनाउने काम नै सञ्चारकर्मीका बैचारिक संगठनले गरेका छन । पत्रकारको भूमिका निभाउन भन्दा पनि आफ्नो संगठन बलियो बनाउने रअधिबेशनमा रडाको मच्चाउने काम भएको छ । यो पाल्पा जिल्लामा पनि कायम छ ।
तपाइको विचारमा पत्रकारिता के हो ?
पत्रकारिता समाजको ऐना हो, जसले समाजमा लुकेर रहेका, लुकाउन र दबाउन खोजिएका, बिषय बस्तुसंगै समाजमा हुने गरेका अनियमितता भष्टचार र लापरवाही जस्ता कुरा जनतासंग ल्याउने माध्यम हो पत्रकारिता अथवा आवाज बिहिनहरुको आवज हो पत्रकारिता ।
कति कमाउनु भयो त पत्रकारिता पेशावाट ?
पत्रकारिता बाट पैसा कमाउने भन्दा पनि नाम कमाएको छु यो पेशाबाट सन्तुष्ट छु यसैलाई आफ्नो सम्पति ठानेको छु । खान बस्न भएकै छ ।
नेपालको पत्रकारिता क्षेत्र दिनप्रतिदिन बद्नामित हुँदै गएको छ, पाठक वर्गले समाचारको बिश्वासनीयताप्रति प्रश्न उठाउन थालेका छन, सञ्चारकर्मीहरु पनि  गैर कानुनी क्रियाकलापमा संलग्न भएका छन भन्ने आरोप पनि लाग्न थालेको छ, तपाईलाई के लाग्छ ?
वास्तवमा नेपाली पत्रकारिता जगत दिन प्रतिदिन धमिलो बन्नुको कारण नै पत्रकारितामा राजनीति घुसपैठ हुनु हो । आम जनताले पत्रकारहरुको बिश्वास गर्ने छाडेका छन । एउटै समाचार पनि गलत ढंगले प्रकाशित भएका छन । गलत गर्ने पत्रकारलाई कानुनी कारवाही हुनुपर्ने हो राजनीति मै गएर कारबाही हुनबाट बचाईन्छ । यो समस्या देशब्यापी रुपमा छ र पाल्पामा पनि यो कुराको अछुतो छैन ।
तपाई त लाग्नु भा छैनन् होला नि यस्ता कुरामा !
म मेरो तर्फबाट सत्य, तथ्य र निष्पक्ष खबर दिने र जनतालाई सूचनाबाट बञ्चित नगराउने कुरामा लागेकै छु ।
यसमा सुधारका लागि के गर्नु पर्छ जस्तो लाग्छ ?

नेपाल सरकार र पत्रकार महांसघले सञ्चार नीतिलाई कडाई गरेर कार्यान्वयन गर्नुपर्छ । गैर पत्रकार तथा आचारसंहिता बिपरित जाने पत्रकारलाई पत्रकारिता क्षेत्रभित्र प्रवेश निशेध गर्नुपर्छ । त्यसपछि मात्र पत्रकारिता क्षेत्र सुधारिदै जान्छ ।
मोफसल पत्रकारिता क्षेत्रमा सुधारका लागि तपाँई नेपाल सरकारलाई के सुझाव दिन चाहानुहुन्छ ? मोफसल पत्रकारिता सुधारका लागि नेपाल सरकारले मुलधार स्तरका कार्यक्रमहरु मोफसलमा पनि पठाउनुपर्छ । मोफसलमा काम गर्ने पत्रकारको क्षमता बिकास गर्न बिभिन्न तालिम तथा गोष्ठीहरु सृजना गर्नुपर्छ । पारिश्रमिक नदिने मिडियालाई कार्बाही गर्न छड्के अनुगमन गर्नुपर्छ ।
अन्त्यमा भन्नै पर्ने कुनै कुरा छुटे जस्तो लागेको छ कि ? धेरै कुरा आएको छ । समाजमा भएका अन्याय अत्याचार बिकृति बिसंगतिको बिरुद्धमा कलम चलाउने पत्रकार र पत्रकारिताको सधै उन्नति होस ।
समय र बिचारका लागि धन्यबाद । धेरै धन्यबाद दिन चाहन्छु मेरो बिचार राख्ने मौका दिनुभएकोमा । सुदूरपश्चिमको लोकप्रिय पत्रिका बिम्ब साप्ताहिक परिवार भूमिराज सरप्रति नतमस्तक छु ।

लोकसेवा आयोगको तयारीका लागि उपयोगी

दिवसहरु
डिसेम्वर १८ ( अन्तर्रा्ष्ट्रिय आप्रवासन दिवस
जेठ ७ ( विद्यालय गणना दिवस( जेठ ७
असोज १२ ( नागरिक सुरक्षा दिवसदिवस(
भाद्र १  (मुक्ति दिवस
अगस्ट १२( अन्तरराष्ट्रिय युवा दिवस
असोज ६ ( सामाजिक सेवा दिवस
सेप्टेम्वर २१ ( विश्व शान्ति दिवस , विश्व अल्जाईमर्स दिवस
आश्विन ३ ( संविधान दिवस
आश्विन १ ( राष्ट्रिय चलचित्र दिवस, विश्वकर्मा दिवस
सेप्टेम्वर १६ ( विश्व ओजोन तह बचाउ दिवस
भाद्र २७ ( प्राथमिक उपचार दिवस
सेप्टेम्वर ८ ( अन्तरराष्ट्रिय शिक्षा दिवस, विश्व फिजियोथेरापी दिवस
भाद्र २२ ( निजामति सेवा दिवस
अगस्ट ३० ( विश्व वेपत्ता विरुद्दको दिवस
अगस्ट २९( विश्व आणविक परिक्षण विरुद्धको दिवस
सेप्टेम्बर ८ ( विश्व साक्षरता वा शिक्षा दिवस, विश्व फिजियोथेरापी दिवस
सेप्टेम्बर २७ ( विश्व पर्यटन दिवस
असोज १२ सेप्टेम्बर २८ ( रेविज विरुद्दको दिवस
सेप्टेम्बर २९ ( विश्व मुटु दिवस
अक्टोवर १ ( विश्व ज्येष्ठ नागरिक दिवस
अक्टोबर २ ( विश्व अहिंसा दिवस, विश्व वसोवास दिवस
अक्टोवर ४ ( विश्व पशु दिवस
अक्टोवर ५ ( विश्व शिक्षक दिवस
अक्टोवर ९ ( विश्व हुलाक दिवस
अक्टोबर १० ( विश्व मानसिक स्वास्थ्य दिवस
अक्टोवर ११ ( विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस,
अक्टोवर १२ ( विश्व दृष्टि दिवस
अक्टोवर १४ ( विश्व गुणस्तर दिवस
अक्टोबर १५ ( विश्व हात धुने दिवस
अक्टोबर १६ ( विश्व खाद्य दिवस
अक्टोवर १७ ( विश्व गरिबी निवारण दिवस
अक्टोबर २४(  संयुक्त राष्ट्रसंघ दिवस
कार्तिक ७ ( सशस्त्र प्रहरी दिवस
नोभेम्वर४ ( युनेस्को दिवस
नोभेम्वर १४ ( विश्व मधुमेह दिवस
नोभेम्वर १९ ( विश्व शौचालय दिवस
नोभेम्वर २० ( विश्व बालअधिकार दिवस
मंसिर ५ ( टेलिभिजन दिवस
नोवेम्वर २५ ( महिला हिंसा विरुद्दको अन्तर्रा्ष्ट्रिय दिवस
मंसिर १३ ( राष्ट्रिय क्षयरोग दिवस
डिसेम्बर १ ( विश्व एड्स दिवस
डिसेम्बर २ ( अन्तर्रा्ष्ट्रिय दासता उन्मुलन दिवस
डिसेम्वर ३ ( अन्तर्रा्ष्ट्रिय अपांग दिवस
मंसिर १७ ( ज्यापू दिवस
डिसेम्बर ५ ( अन्तर्रा्ष्ट्रिय स्वयंसेवक दिवस
डिसेम्बर ७ ( अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन दिवस
डिसेम्बर ९ ( अन्तर्रा्ष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस
डिसेम्बर १० ( अन्तर्रा्ष्ट्रिय मानव अधिकार दिवस
डिसेम्बर ११ ( विश्व पर्वत दिवस,
डिसेम्बर १८ ( विश्व आप्रवासन दिवस
डिसेम्बर २९ ( विश्व जैविक विविधता दिवस
पौष १६ ( राष्ट्रिय मेलमिलाप दिवस
पौष १८ ( आर्य दिवस
पौष २४ ( नेपाल ज्योतिष स्थापना दिवस
पौष २७ ( राष्ट्रिय एकता दिवस
माघ २ ( राष्ट्रिय भुकम्प सुरक्षा दिवस

साहित्य/सृजना

दुई गजल

 

हेर,यता मुटु जल्यो अंगार भैसक्यो
पक्कै कुनै सपना त साकार भैसक्यो ।
ए ! मान्छे तिमी अझै मरिसकेनौ र ?
श्रद्धाञ्जली दिनेलाई हतार भैसक्यो ।
मलामीले पितृप्रसाद ग्रहण गरेन
हेर्नुस् मान्छे कतिसम्म उदार भैसक्यो ।
ओठहरू अझै किन काँपिरहेछौ ?
आँखासँग आँखाको त प्यार भैसक्यो ।
दिने कि नदिने यो प्रेमको परीक्षा
विपक्षमा हेर सिङ्गो संसार भैसक्यो ।
दौडिने यी रहर आज दुबिधामा छन
सायद दुबै खुट्टा एउटै बाहुलामा छन ।
श्रीमतीको पक्षमा म मुद्दा लड्दै छु
प्रतिपक्षी मेरा आफ्नै बाबाआमा छन ।
जिन्दगीको कहानीले नयाँ मोड लियो
मित्रहरू दुस्मनको भूमिकामा छन ।
उसले मेरो मायाको घर भत्काएको हो
लाग्छ बाँदर मनुष्यको हुलियामा छन ।
बालकको मुहार हेर्छु यस्तो लाग्दछ
संसारका सबै प्रश्न ती आँखामा छन् ।
सरु सुधा
 तम्घास गुल्मी
 

अाकाशमाथीकाे कालाे बादल 

आकाश माथिको कालो बादल
कतिन्जेल बास गर्न सक्थ्यो र
निलो आकाशमा कालो बादलले
एकदिन त उसले
हट्नु नै थियो
एकदिन त उसले
फाट्नु नै थियो
एकछिन निलो आकाशलाई घेरेर
कालो बादलले
आफुलाइ मालिक नै ठान्नु
केबल उसको भ्रम मात्र थियो
कालो बादललाई लागेको थियो होला
आफुले आकाशलाई कब्जा गरे
त्यो त आकाशको महानता थियो
आकाशको सहनशीलता थियो
आकाशको उदारता थियो
आकाशलाई राम्रोसँग थाहा थियो कि,
केही छिनपछी
यो कालो बादल आफै हट्नेछ
आफै फाट्नेछ, आफै बिलाउनेछ
आखिर अर्काको घरमा
कसले कतिन्जेल डेरा जमाउन सक्छ र ?
एकदिन त आफ्नो घर फर्किनै पर्छ
बिचमा जति भौतारिए पनि
आफ्नो घरमा आएको पाहुना भनेर पो आकाशले
कालो डरलाग्दो घनघोर नै किन नहोस
अतिथि देवो भव भनेर
केही दिनका लागि बास गर्न दिएको थियो
त्यसैले आकाश चुपचाप थियो
तर, लाटो,बहिरो र अन्धो भने पक्कै थिएन
आकाशको तेहि चुप्पिलाइ कमजोरी ठानी हैकम जमाउन खोज्नु
बादलको भुल थियो
बादलको उदण्डता थियो
बादलको मुर्खता थियो
बादलको सामन्ती प्रवृत्ति थियो
पुष्पा जोशी ‘काली’
धनगढी, कैलाली

 

सूचना/सन्देश/बिज्ञापन

हार्दिक श्रद्धाञ्जली

जन्मः २०१० बैशाख ५                                मृत्युः२०७४ कार्तिक २
सायल गाउँपालिका–३ निवासी यस सायल नेपाल डोटीका सचिव अमर गिरीका पुज्यनीय बुवा नाउटे (राइभान) गिरीको उपचार गरी नेपाल फर्किने क्रममा भारतको बल्सारमा ६४ वर्षको अल्पायुमा असामयिक स्वर्गारोहण भएकाले मृत आत्माको चिर शान्तिको कामना गर्दै दुःख को यस घडीमा सोक सन्तप्त परिवार जनमा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून भन्दै हार्दिक समवेदना ब्यक्त गर्दछु ।
भक्तराज उपाध्याय (अध्यक्ष)
सायल नेपाल डोटी

हार्दिक समबेदना

 

यस निर्माण ब्यवसायी संघ डोटीका द्धितीय उपाध्यक्ष तेज बहादुर बोहराकी ममतामयी आमा धनादेबी बोहराको यति मिति २०७४ साल कार्तिक ९ गते ६३ बर्षको उमेरमा निधन भएकोले मृत आत्माको चिर शान्तिको कामना गर्दै समबेदना ब्यक्त गर्दछौं ।
प्रेमशंकर भट्ट
अध्यक्ष
रमेश खडायत                                   देवेन्द्र खड्का
प्रथम उपाध्यक्ष                                        महासचिव
 
तथा निर्माण ब्यवसायी संघ डोटी परिवार
 
 
 

युनाईटेड मिसन टु नेपाल, डोटी र समान पहुँच बिकास केन्द्र (सिड) नेपाल डोटीको साझेदारीमा सञ्चालित “जवाफदेहीता अभिबृद्धिमार्फत समावेशी बिकास कार्यक्रम” द्वारा जनहितमा जारी सन्देश ।

सुशासनको अवधारणात्मक बिकास
भ्रष्टाचार, अनुत्तरदायी सरकार र मानव अधिकारको सम्मानको कमी जस्ता विशेषता भएको खराब शासन प्रणालीले गर्दा विकास र प्रगति ठप्प भई भयावय स्थितिको सृजना भएकोले सन् १९९० को दशक देखिनै दिगो विकास र गरिवी न्युनिकरणका लागि अनिवार्य आवश्यकताका रुपमा सुशासनको अवधारणा अगाडि सारेको पाइन्छ । यो अवधारणा पश्चिमी देश तथा वैदेशिक सहायता प्रदान गर्ने संस्थाहरुद्वारा विकासशील देशहरुको शासन व्यवस्थामा सुधार ल्याइ विकास निमार्णको प्रक्रियामा गतिशिलता प्रदान गर्ने प्रयोजनको लागि विकास गरिएको हो ।
सन् १९९५ को “सामाजिक विकास सम्वन्धी विश्व सम्मेलन” ले “समाजका सबै क्षेत्रमा प्रजातान्त्रिक, पारदर्शी, उत्तरदायीपूर्ण शासन प्रणाली सामाजिक र मानव केन्द्रित दिगो विकासका अभिन्न आधारशिलाहरु हुन्” भनेर उदघोष गरेपछि सुशासन तर्फ सारा विश्वकै ध्यानाकर्षण भएको हो । यसको मुख्य उद्देश्य जनतालाई उपलव्ध गराउने सेवा प्रवाहमा गुणस्तरीयता र प्रभावकारीता बढाउनु हो । नागरिकहरुको क्षमता तथा सवलताका मार्गहरु प्रशस्त गर्ने तर्फ शासकीय अधिकारको प्रयोग गर्नुपर्ने कुराहरुमा सुशासनले जोड दिन्छ ।
जनसहभागिता पूर्वानुमानीयता, जवाफदेहिता र पारदर्शीता सुशासनका चार आधार स्तम्भ हुन् । यसको प्रमुख पूर्वाधारका रुपमा जनसहभागितालाई लिइन्छ । वास्तवमा सुशासन जनताको लागि नै भएको हुँदा शासन व्यवस्थामा जनताको व्यापक सहभागिता हुनपर्दछ जसबाट जनआकांक्षा अनुरुप सरकारी क्रियाकलाप अघि बढ्न सकुन् र प्रत्येक नागरिक एवम् सर्वसाधारण जनता सवैले आफ्नो योग्यता र प्रतिभा अनुरुप राष्ट्र निमार्णमा सहभागी भई योगदान दिन सकोस भन्ने यसको मुल मान्यता हो । यसबाट शासन व्यवस्थामा जनताको अपनत्व कायम हुन्छ ।
सुशासन लोकतान्त्रिक सरकारको एउटा आधार स्तम्भ हो । यसले सार्वजनिक पदमा बस्ने व्यक्तिलाई आफ्नो कामप्रति जवाफदेही बनाउछ । त्यसैगरी पारदर्शीता र पूर्वानुमानीयतालाई पनि सुशासन कायम गर्ने आधारभूत पक्ष मानिन्छ । पारदर्शीता र जबाफदेहीताले सरकारमा हुने खुल्लापन र मूल्यको त्यस्तो प्रणालीलाई बुझाउँछ जसले सरोकारवालाहरुको बीच सूचना र दायित्वका बाँडफाँडलाई प्रवद्र्धन गर्दछ ।
सुशासन नभए के हुन्छ ?
सुशासन नभएमा कुनै पनि मुलुकको सकारात्मक परिवर्तन गर्न प्राय असम्भव नै हुन्छ किनकी सुशासन नभएमा मुलुकमा सामाजिक द्वन्द्व र अराजकता बढ्न सक्छ । त्यसैगरि सुशासन नहुदा सामाजिक तथा आर्थिक न्यायको उपहास हुन्छ । असन्तुलित विकासले प्रशय पाउछ भने विकासमा साझेदारीको समस्या देखापर्दछ । कानुनको उल्लंघन भई सत्ताको लुछाचुडि हुन सक्छ । त्यसैले राज्यको सर्वाङ्गीण विकासका लागि आजको युगमा सुशासनको निकै महत्व भएको पाइन्छ ।
सुशासनका चुनौतीहरु
कुनै पनि राज्यकालागि सुशासनलाई प्रभावकारी ढंगमा जनतासामु प्रत्याभूत दिलाउन कठिन पर्ने गर्छ किनकी सुशासन कायम गर्नु आफैमा एउटा चुनौतीको विषय हो । राज्यका सबै अंगबीच सन्तुलन कायम गर्न जति कठिन पर्छ लोकतान्त्रिक संस्कारको विकास गर्न पनि सुशासनका लागि उत्तिकै चुनौतीको विषय हो । निजी क्षेत्र गैर सरकारी संस्थादेखि लिएर नागरिक समाजसँग साझेदारी कायम गर्नु सुशासनका लागि एउटा चुनौतीको विषय हो भने प्रशासनिक क्षेत्रको सुधार गर्नु यसका लागि अर्को चुनौतीको विषय छ ।
त्यसैगरी विकासका लागि अनूकुल वातावरणको सृजना गर्नु, मानव अधिकारको संरक्षण गर्नु, द्वन्द्व समाधान गर्नु, शान्ति स्थापना गर्नु, भ्रष्टाचार नियन्त्रण गर्नु पनि सुशासनका लागि अन्य चुनौतीका विषयहरु हुन् ।



Tuesday, October 24, 2017

बिम्ब नेपाली साप्ताहिक, २०७४ कार्तिक ७ गते

हरेक चाडपर्व एवम् सांस्कृतिक परम्पराहरु देशका राष्ट्रिय पहिचान हुन् । यस्ता          कुराहरुको अन्त्य हुनु भनेको राष्ट्रिय पहिचान गुम्नु हो । राष्ट्रिय पहिचानको जगेर्नाका लागि पनि चाडपर्व एवम् सांस्कृतिक परम्पराको प्रवद्र्धन र सम्वद्र्धन गर्नु हाम्रो नैतिक दायित्व हो ।

नेपाल सरकार

सूचना तथा सञ्चार मन्त्रालय

सूचना विभाग

मुख्य समाचार


प्रदेश नं. ७ का चार जिल्लामा मनोनयन उत्साहपूर्ण


तीन स्वतन्त्र सहित ५८ उम्मेद्वारी दर्ता


मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चरणको निर्वाचन अन्तरगत प्रदेश नं. ७ का चार जिल्लामा उत्साहका साथ मनोनयन दर्ता भएको छ । निर्वाचनमा तीन स्वतन्त्र सहित ५८ उम्मेद्वारहरुले प्रत्येक्षतर्फ चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् ।
बैतडी, दार्चुला, बझाङ र बाजुरा गरि प्रदेश नं. ७ का चार जिल्लामा पहिलो चरण अन्तरगत निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा चुनावी प्रतिस्र्धाका लागि बैतडीमा नेपाली कांग्रेस र राप्रपाले गठवन्धन गरेका छन  भने अन्य जिल्लामा कांग्रेस एक्लै चुनाव लड्दैछ । एमालेमाओवादी गठबन्धन भने चारै जिल्लामा रहेको छ । कांग्रेस   राप्रपा गठवन्धन अनुसार बैतडीमा प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसका नरबहादुर चन्द उम्मेद्वार बनेका छन । प्रदेश सभा क्षेत्र १ का लागि कांग्रेसकै हरिमोहन भण्डारी र क्षेत्र २ का लागि राप्रपाका गणेश बहादुर चन्दले गठबन्धनबाट उम्मेदवारी दर्ता गराएका हुन ।
यस्तै एमालेमाओवादी गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका लागि एमाले नेता दामोदर भण्डारीले उम्मेदवारी दर्ता गराएका छन । प्रदेश सभा क्षेत्र १ मा माओवादी केन्द्रका प्रेमप्रकास भट्ट र क्षेत्र २ मा एमालेका लिलाधर भट्टले उम्मेद्वारी दर्ता गराएका छन ।
बैतडीमा बिवेकशील साझा पार्टीका नारायणदत्त अवस्थी, राष्ट्रिय जनमोर्चाका बिरेन्द्रसिंह भण्डारी, जन समाजबादी पार्टी नेपालका धनबहादुर बोहरा र एकिकृत राप्रपा राष्ट्रबादीका त्रिलोक चन्दले प्रतिनिधि सभा सदस्यका लागि उम्मेद्वारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बैतडीले जानकारी दिएको छ । यस्तै प्रदेश सभा क्षेत्र १ का लागि राष्ट्रिय जनमोर्चाका अर्जुनसिं मडै र जन समाजबादी पार्टीका भगिरथ कुँवरले उम्मेदवारी दिएका छन् । प्रदेश सभा क्षेत्र २ मा भने एमालेमाओवादी र कांग्रेसराप्रपा गठबन्धनबीचमा मात्रै प्रतिस्पर्धा हुने भएको छ ।
दार्चुलामा प्रतिनिधि सभा सदस्यका लागि बाम गठबन्धनको तर्फबाट एमाले नेता गणेश ठगुन्नाले उम्मेद्वारी दिएका छन । कांग्रेसले बिक्रम धामीलाई उम्मेदवार बनाएको छ । यस्तै नयाँ शक्ति नेपाल पार्टीका जितेन्द्रसिं महरा, राष्ट्रिय जनमोर्चाका मानबिर दमाई र जन समाजबादी पार्टीका धनबहादुर कुँवरले उम्मेद्वारी दिएका छन ।
प्रदेश सभा क्षेत्र १ मा एमालेका गेल्बुसिं बोहरा, कांग्रेसका मदन गिरी, नयाँ शक्तिका नन्दसिं महरा, जन समाजबादीका मनोजराज दमाई र राजमोका मदन दमाईले उम्मेदवारी दर्ता गराएका छन । यस्तै क्षेत्र २ का लागि माओवादी केन्द्रका मानबहादुर धामी, कांग्रेसका जगदिशबहादुर पाल, नयाँ शक्तिका बहादुरसिं ठुकुन्ना, जन समाजबादीका हरीभानसिं ठकुन्ना र स्वतन्त्र उम्मेद्वार     रघुबिरसिंह ठकुन्नाले उम्मेदवारी दर्ता गराएका छन । स्वतन्त्र उम्मेदवार अखण्ड नेपाल पार्टीका केन्द्रीय सदस्य हुन ।
बझाङ्गमा बाम गठबन्धनको तर्फबाट एमालेमा भैरवबहादुर सिंह र कांग्रेसका पृथ्वीबहादुर सिंहले प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराएका छन । यस्तै बिवेकशील साझा पार्टीको तर्फबाट पत्रकार मिनबहादुर सिंह उम्मेदवार भएका छन् । नयाँ शक्तिका जोगी कुँवर, संघीय समाजबादी फोरमका भीमबहादुर थापा, देशभक्त गणतान्त्रिक मोर्चाका धरणीधर नाथ र राप्रपा प्रजातान्त्रिकका बिश्वप्रकास जेठाराले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । टिकट बितरणमा असन्तुष्ट बनेका एमाले नेता गोपाल खड्काले पनि प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
यस्तै प्रदेश सभा क्षेत्र १ का लागि एमालेका अर्जुन थापा, कांग्रेसका चन्द्रा जोशी, बिवेकशीलका मोहनबहादुर सिंह, नयाँ शक्तिका डम्मर रावल र राप्रपा प्रजातान्त्रिकका जगतबहादुर सिंहले उम्मेद्वारी दर्ता गराएका छन् । एमाले असन्तुष्ट नेता शेरबहादुर बोहराले पनि प्रदेश सभा क्षेत्र १ मा उम्मेद्वारी दर्ता गराएका  छन् । क्षेत्र २ का लागि माओवादी केन्द्रका देवकी मल्ल, कांग्रेसका नरेशबहादुर सिंह बिवेकशीलका रबिन्द्र बम, नयाँ शक्तिका कलकबहादुर रोकाया र राप्रपा प्रजातान्त्रिकका तारादत्त पण्डितले उम्मेदवारी दिएका  छन् ।
बाजुराबाट प्रतिनिधि सभाका लागि बाम गठबन्धनको तर्फबाट एमालेका लालबहादुर थापा, कांग्रेसका कबिराज पण्डित र नयाँ शक्ति नेपालको तर्फबाट दिलिप शाहीले उम्मेद्वारी दर्ता गरेका छन ।
यस्तै प्रदेश सभा क्षेत्र १ का लागि कांग्रेसका जनकराज गिरी, एमालेका बल्देव भट्ट, राप्रपा प्रजातान्त्रिकका कान्तबहादुर शाही र नयाँ शक्तिका नरेन्द्र बिकले उम्मेद्वारी दिएका छन् । क्षेत्र २ का लागि कांग्रेसका पदमबहादुर शाही, एमालेका प्रकाश शाह,    राप्रपा प्रजातान्त्रिकका बिरबहादुर हमाल, नयाँ शक्तिमा सुर्जे कामी र एकिकृत प्रजातन्त्र पार्टी राष्ट्रबादीका प्रकाश बिकले उम्मेद्वारी दिएका छन ।

सम्पादकीय


को लाई भोट दिने


चुनाव आउँदैछ, फेरी नेताहरुको गाउँ आउने पालो आएको छ । यस बर्ष नेताहरु अलि बढीनै दुःख पाउँदैछन । आवधिकै चुनाव पनि नियमित रुपमा भएको भए पाँच बर्षमा एक पटक मात्रै गाउँ जानु पथ्र्यो । फुटेर रगत चुहिरहेका बिवस जनताको अनुहार हेर्न, लाज छोप्न लगाएको चोली १० ठाउँ उध्रेको देख्न पटक पटक गाउँ गईरहनु पर्ने थिएन । धुलाम्मे सडक, हिलाम्य बाटो, अभाव, भोक जस्ता कुराबाटै कम्तीमा पाँच बर्षका लागि छुटकारा पाईन्थ्यो तर यस वर्ष त्यसो भएन ।
स्थानीय तहको चुनावमा गाउँ घुमेको थकान मेटाउन नपाउँदै अर्को चुनाव आउने भईहाल्यो । फेरी तिनै बिवस, मजबुर र अभावमा बाँचेका जनतासंग हात जोड्दै भोट माग्नु पर्ने भयो । सायद यो भन्दा बढी पिडा के होला र ? पाँच बर्षमा एक पटक आउने, जनताका बिचमा स्वर्णिम सपना बाँड्ने, भोट बटोर्ने अनि चिल्ला कार र तारे होटलहरुमा रमाउनेहरु एक पटक फेरी गाउँ आउँदैछन । उनीहरु फेरी भोट माग्नेछन् । तर जनताले भोट दिँदा बिचार पु¥याउनु होला ।
आफूले मत दिएको उम्मेदवारले निर्वाचन हारे पनि न्याय र सन्तोषको अनुभव हुनुलाई सार्थक लोकतान्त्रिक वातावरण      मानिन्छ । निर्वाचनले जनतालाई मत दिने अधिकार दिएको हुन्छ भने त्यही मतबाट चुनिएका शासकबाट शासित हुने कर्तव्य पनि बोकाएको हुन्छ । अधिकार र कर्तव्यको सन्तुलन नै लोकतन्त्रको उच्चतम गुण हो ।
अव जनताले को लाई मत दिने ? भन्ने बिषयमा सोच्नु जरुरी छ । हामी नेपालीहरु अहिलेसम्म मेरो पार्टी, मेरो मान्छे, ठुलो पार्टी यस्तायस्तै कुरामा बढी अल्झिएका छौं । निर्वाचनमा मेरो पार्टी वा मेरो मान्छे वा ठुलो पार्टी भन्दै गयौं भने हामी कहिल्लै पनि हाम्रा प्रतिनिधि, राम्रा प्रतिनिधि छान्न सक्ने छैनौं ।  राम्रा प्रतिनिधि छान्नलाई हाम्रो मान्छे वा हाम्रो पार्टी वा ठुलो पार्टी रोजेर मात्रै हुँदैन । त्यो मान्छे, त्यो पार्टीले निर्वाचनका लागि खडा गरेको मान्छे राम्रो हो कि होईन भन्ने बिषयमा ध्यान दिनु जरुरी छ । जनताको बिचमा आउँदै नआउने, राजनीतिको नाममा एक झुण्ड तयार गर्ने अनि पहुँचका आधारमा योजना ल्याउने र कमिसन खानेहरु हाम्रा मान्छे वा हाम्रा पार्टीका मान्छे त होलान् तर राम्रा मान्छे हुन सक्दैनन् । अनि यदि राम्रा मान्छे भएनन् भने ति हाम्रा मान्छे पनि हुन सक्दैनन् । नातागोताका आधारमा, भौगोलिक दुरीका आधार, व्यक्तिगत सम्वन्धका आधारमा कुनै व्यक्ति नजिक हुँदैमा त्यो हाम्रो मान्छे हुन सक्दैन । हाम्रो मान्छे त्यो हुनेछ जसले आम जनताको भावना बुझ्न सकोस, जनताको दुःख साथ दिन सकोस्, जनताको खुशीमा रमाउन सकोस् ।
चुनावको बेला जनताको घरदैलोमा आएर भोट माग्न हात जोड्दैमा कुनै व्यक्ति नेता हुन सक्दैन । नेता नेतृत्वकर्ता हो । नेतृत्वकर्ताले यदि कुशल नेतृत्व गर्न सकेन भने दुर्घटना हुन्छ । जसरी चालकले सही तरिकाले साधन हाक्न सकेन भने दुर्घटना हुन्छ, त्यसरीनै नेतृत्वकर्ताले पनि ठुलो दुर्घटनातिर लैजान्छ ।
अहिलेको अवस्था त्यस्तै छ, जनताले बिगत लामो समयदेखि यो दल वा उ दल, यो व्यक्ति वा उ व्यक्तिमा मात्रै आफ्नो ध्यान केन्द्रित गरेका छन । जनभावना बोकेका विवेकशील नेताले मात्रै जनताको अपेक्षा पुरा गर्न सक्छ । ठुला पार्टी वा ठुला नेताहरुले हाम्रो समस्या बुझ्न सक्छन भन्ने कुरा भ्रम सावित भईसकेको अवस्था हो ।
त्यसैले अव बेला आएको छ, जनताको गरीवीलाई घिन मान्ने नेताहरुलाई जनताले आफ्नो सार्वभौम अधिकार देखाउनु पर्छ । बिगतमा भएका क्रियाकलापहरुलाई मध्यनजर गर्दै आगामी दिनका लागि नेपाली जनताको भावना बुझ्ने राम्रो मान्छे चुन्नु पर्छ । जनतालाई चेतना होस् ।

थप समाचार


जीर्ण बन्दै ऐतिहासिक देवलहरु


खगेन्द्र सिंह÷डोटी

कार्तिक ६
१४२० मा डोटीका बिभिन्न स्थानमा बनाइएका ऐतिकासिक देवलहरु संरक्षणको अभावमा जीर्ण बन्दै गइरहेका छन् । नेपालमा बाईसेचौबिसे राज्य छँदा बनेका ति देवलहरु अहिले जीर्ण अवस्थामा पाइन्छन । यदि तिनीहरुको संरक्षण र प्रवद्र्धन गर्नसके ति क्षेत्रहरु ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल बन्न सक्ने देखिन्छ ।
तत्कालीन डोटी राज्यका राजा निरय पाल ले १४२० साल माघ शुक्लपञ्चमीमा निर्माण गरेका शिखर नगरपालिका, उजलीगाउँमा (साबिकको लाटामाण्डौं गाविस) रहेका देवलहरु अहिले जीर्ण अवस्थामा रहेका छन । राजा निरय पालले आफ्नी रानी हराएको बेला रानीको बियोगमा रानी प्राप्त होस् भन्दै सो ठाउँका देवलहरु निर्माण गरेको भन्ने किम्बदन्ती रहेको पाइन्छ ।
सो समयमा देवालय अर्थात मन्दिरको रुपमा निर्माण गरेको र पुजा आजा समेत गर्ने गरेको पाईन्छ । स्थानीयहरुका अनुसार धेरै पछिसम्म पनि ति देवलहरुमा स्थानीयहरुले पुजा आजा गर्ने गरेका थिए । देवलहरुमा शिबलिङ्ग समेत रहेको र १९७५ सम्म ति देवलहरुमा पुजा समेत गर्ने गरेको बुझिएको छ । देवलहरुमा बिभिन्न किसिमका तस्वीरहरु कुदिएका तथा बिभिन्न आकृतिहरु समेत बनाइएका छन् । डोटीको चौखुट्टेमा रहेको सिद्धबाबा देवल ऐतिहासिक रहेको भएपनि कुनै किसिमको संरक्षण नहुँदा पूर्ण रुपमा जीर्ण भइसकेको स्थानीय कृष्ण खड्का बताउँछन् । ऐतिहासिक देवल संरक्षणको लागि स्थानीय तहबाट समेत पहल गरिनु पर्ने खड्का बताउँछन् ।
राजा निरय पालले लाटामाण्डौं लगायत डोटीको देहिमाण्डौं, साबिकको सुदूरपश्चिम क्षेत्रीय सदरमुकाम दिपायल स्थित भैरवकोट, डोटीको चौखुट्टे तथा डडेल्धुरा जिल्लाको कोटेली, अजयमेरुकोट लगायतका स्थानहरुमा देवलहरु निर्माण गरेका थिए । ति सबै देवलहरुको अवस्था संरक्षण विना जीर्ण बनेका छन् । लाटामाण्डौं, उजलीगाउँका देवलहरु डोटी जोरायल गाउँपालिका निरौलीका राम भण्डारीले निर्माण गरिदिएको पाईन्छ ।
हाम्रो इतिहास के हो भन्ने कुरा मेटिदै गइरहेकाले यसको संरक्षणका लागि सबैले आआफ्नो क्षेत्रबाट लाग्नु पर्ने संस्कुतिबिद् एवं पुराना पत्रकार धनबहादुर मल्ल बताउँछन् । उन भन्छन्, ‘सरकारले समेत यस्ता किसिमका ऐतिहासिक स्थलहरुको संरक्षणको लागि पहल चाल्नु पर्दछ ।
धार्मिक पर्यटकीय स्थलको रुपमा देवल क्षेत्रलाई विकास गर्न सके देवलहरुको संरक्षण हुने स्थानीय शिक्षक मुरलीधर भट्ट बताउँछन् । लाटामाण्डौंका देवलहरु उत्खनन् र संरक्षणको लागि नेपाल सरकार पुरातत्व विभागबाट समेत केही बर्ष यता बजेट आउने गरेको गरेको छ, भट्टले भने, ‘पर्याप्त मात्रामा रकम अभावले गर्दा र माथीबाटै ठेक्का भएर आउने गरेकाले देवल संरक्षणको कुनै खास काम हुन सकिरहेको छैन ।
राज्यले देशको ऐतिहासिकता बचाउँदै धार्मिक तथा पर्यटन विकासको लागि ध्यान दिनु पर्ने देखिन्छ । यदि सरकारले देवल संरक्षण तथा प्रचार प्रसारको लागि ध्यान नदिने हो भने जीर्ण बन्दै जाने र इतिहासमा मात्र सिमित रहने छन्, खेम भण्डारीले बताए । सयौं बर्ष पहिले बनेका यि देवलहरुको संरक्षण तथा    प्रचारप्रसार नहुने हो भने नेपालमा रहेका यस्ता ऐतिहासिक क्षेत्रहरु हराउँदै जाने निश्चित छ । त्यसैले राज्यबाट समेत यस्ता ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको संरक्षण र विकासका लागि समयमै सोच्नु पर्ने देखिन्छ ।

प्रभावशाली नेताहरु रिङ्ग आउट


रामहरी ओझा÷दिपायल

कार्तिक ६


आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चरणको निर्वाचन अन्तरगत प्रदेश नं. ७ का प्रभावशाली नेताहरुले उम्मेदवार बन्न पाएनन् ।
प्रदेशका दार्चुला, बैतडी, बझाङ्ग र बाजुरा गरि चार जिल्लामा आईतवार भएको उम्मेद्वारी मनोनयनले ति जिल्लाका प्रभावशाली नेताहरु प्रत्येक्ष चुनावी दौडबाट ब्याक भएका छन ।
दार्चुलाबाट प्रतिनिधि सभाका लागि सशक्त उम्मेद्वार मानिएका नेपाली काँग्रेसका प्रभावशाली नेता तथा पार्टीका प्रवक्ता समेत रहिसकेका दिलेन्द्र प्रसाद बडु प्रत्येक्ष उम्मेद्वार बनेनन् । दार्चुलामा प्रतिनिधि सभाका लागि कांग्रेसले बिक्रम धामीलाई उम्मेदवार बनाएको   छ । बडुलाई समानुपातिकको सूचीमा राखिएको कांग्रेस स्रोतले जनाएको छ । प्रतिनिधि सभाका लागि प्रत्येक्षतर्फ दावी गर्दै आएका बडुले बाम गठबन्धनको चर्चा चलेपछि आफ्नो नाम समानुपातिकमा सारेको चर्चा   छ । 
बैतडीबाट प्रतिनिधि सभाका लागि चर्चामा रहेका बहालवाला मन्त्री तथा राप्रपा नेता जयन्त चन्द पनि ब्याक भएका छन । राप्रपा जिल्ला समितिले प्रतिनिधि सभाका लागि उनी र पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको नाम सिफारिस गरेको थियो । जिल्लामा कांग्रेसराप्रपा गठबन्धन भएपछि कांग्रेस नेता तथा बहालबाला मन्त्री नरबहादुर चन्द उम्मेद्वार भएका छन ।
बझाङ्गबाट एमालेका प्रभावशाली नेता भानुभाक्त जोशी पनि प्रत्येक्ष निर्वाचनको दौडबाट आउट भएका छन् । २०६४ सालको संबिधानसभाको निर्वाचनको बेलामा समेत तत्कालीन बझाङ्ग क्षेत्र १ बाट बिजयी पूर्व मन्त्री जोशीलाई सशक्त उम्मेद्वारका रुपमा लिईएको थियो । उनलाई जिल्लाबाट सिफारिस गरिएको भएपनि एमालेले पार्टी केन्द्रीय बैकल्पिक सदस्य भैरवबहादुर सिंहलाई उम्मेद्वार बनाएपछि जोशी व्याक भएका छन । जोशीले टिकट नपाएको भन्दै असन्तुष्ट पक्षले स्वतन्त्र उम्मेद्वारी समेत दर्ता गराएको छ । त्यसो त जोशीको नाम प्रदेश मुख्यमन्त्रीको चर्चामा पनि नआएको होईन तर उनका लागि त्यो सम्भावना पनि कमै देखिन्छ ।
बाजुरामा एमाले प्रभावशाली नेता तथा पूर्व मन्त्री कर्ण थापा र कांग्रेस युवा नेता बद्री पाण्डे पनि प्रत्येक्षको दौडबाट आउट भएका छन । २०७० को निर्वाचनमा संबिधानसभा सदस्य जितेका थापा यस पटक दौडमा देखिएनन् । एमालेभित्र प्रदेश नं. ७ को मुख्यमन्त्रीका सम्भावित नामहरुमा थापाको नाम पनि समावेश छ तर उनी प्रदेश सभाका लागि पनि प्रत्येक्ष उम्मेद्वार बनेनन् । स्रोतका अनुसार एमालेले असोज २९ गते निर्वाचन आयोगलाई बुझाएको उधारो समानुपातिक सूचीमा थापाको नाम प्रदेश सभाको सूचीमा छ । बाजुराबाट एमालेले संयुक्त बाम गठबन्धनको तर्फबाट लालबहादुर थापालाई प्रतिनिधि सभाको उम्मेद्वार बनाएको छ ।
जोसिला युवा नेता एवं कांग्रेस केन्द्रीय सदस्य पाण्डे पनि प्रत्येक्ष चुनावबाट ब्याक भएका छन । निवर्तमान सांसद समेत रहेका पाण्डेलाई पनि कांग्रेसले समानुपातिकको सूचीमा अटाउने लक्षण देखिएको छ । कांग्रेसले बाजुराबाट प्रतिनिधि सभाका लागि कविराज पण्डितलाई उम्मेदवार बनाएको छ ।

महिला उम्मेदवार ४१


कार्तिक, ६ (रासस)÷पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ४१ जना महिलाले उम्मेदवारी दिएका छन् । यसमध्ये प्रतिनिधि सभामा १८ र प्रदेश सभाका लागि २३ महिला छन् ।
निर्वाचन आयोगका अनुसार कूल तीन सय २३ ले प्रतिनिधि सभा र चार सय ८४ जनाले प्रदेश सभा सदस्यका लागि उम्मेदवारी मनोनयन पत्र दर्ता गराएका छन् । आयोगको केन्द्रीय कार्यालयमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो विवरण अनुसार नेपाली काँग्रेसले एक सय ३, नेकपा (एमाले) ले ६२, नेकपा (माओवादी केन्द्र) ले ४९ जना उम्मेदवार उठाएका छन् ।
यसैगरी, नयाँ शक्ति पार्टी नेपालले ८१, संघीय समाजवादी फोरम नेपालले ५५, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले ४३, जन समाजवादी पार्टी नेपाल २४, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) र मंगोलियन नेशनल अर्गनाइजेशनले ३८ जना उम्मेदवारलाई प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा उम्मेदवार बनाएका छन् ।
प्रतिनिधि सभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्रका लागि हुने निर्वाचनमा आठवटा राजनीतिक दलले एक÷एक स्थानमा उम्मेदवारी दिएका छन् ।
त्यस्तै, मनोनयन दर्ता गराउने स्वतन्त्र उम्मेदवारको संख्या एक सय १२ रहेको छ । पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार आठ सय ७९ जना मतदातालाई मताधिकार रहेको छ । कात्तिक ५ गते उम्मेद्वारी मनोनयन दर्ता        गराएका उम्मेदवारमाथी उजुरी कात्तिक ७ गते छानबिन गरी उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।
कात्तिक ८ गते उम्मेदवारी फिर्ता लिने कार्य सम्पन्न भएपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

चोरीका गाडी प्रकरणमा प्रहरीलाई उन्मुक्ति


टेकेन्द्र देउवा÷धनगढी

कार्तिक ५
चोरीका सवारी साधनको किर्ते कागजात बनाएर यातायात व्यवस्था कार्यालयमा दर्ता गरिएको घटनामा प्रहरी अधिकारीहरुलाई उन्मुक्ति दिइएको छ । यातायातमा दर्ता गरिएका ती सवारी साधन प्रहरी अधिकारीहरुले नै चढ्ने      गरेको खुले पनि प्रहरीलाई उन्मुक्ति दिएर यातायातका कर्मचारीलाई मात्र मुद्दा चलाइएको छ ।
चोरीका सवारी साधन प्रहरीले प्रयोग गर्ने गरेको पाइएपछि सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले आन्तरिक छानविनका लागि समिति नै गठन गरेको थियो । तर समितिको प्रतिवेदन नै सार्वजनिक गरिएको छैन । प्रहरीको आन्तरिक छानविन समितिले प्रतिवेदन पेश गरे पनि प्रतिवेदन सार्वजनिक नगर्नुले प्रहरीले आफ्ना कर्मचारीको संलग्नतालाई चोख्याउन खोजेको देखिएको छ ।
नक्कली काजगात बनाई यातायात व्यवस्था कार्यालय महाकालीमा दर्ता गरिएका ९ वटा कार र २५ वटा मोटरसाईकल प्रहरीले गत असार २९ गते बरामद गरेको थियो । बरामद सवारी साधनमध्ये २ वटा कार र ११ वटा मोटरसाईकल सुरक्षाकर्मीले प्रयोग गर्ने गरेको पाइएको थियो ।
चोरीका सवारी साधन नेपाल प्रहरीका अधिकृतले नै प्रयोग गर्ने गरेको तथ्य खुलेपछि छानविन गर्न सशस्त्र प्रहरी गण मुख्यालय धनगढीका प्रहरी उपरीक्षक किशोर दाहालको नेतृत्वमा गत साउन १९ गते छानविन समिति गठन गरिएको थियो ।
समितिले प्रतिवेदन तयार गरी सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुखलाई बुझाईसकेको छ र अहिले छानविन समितिका संयोजक दाहाल र समिति गठन गरेका तत्कालिन क्षेत्रीय प्रहरी प्रमुख रोमेन्द्र देउजा सरुवा भएर गईसकेका छन् । प्रतिवेदनमा पनि प्रहरीलाई बचाउन खोजिएको बताइएको छ ।
सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) का ५ जना, ट्राफिक प्रहरीका २ जना र अन्य २ जना गरी ९ जना प्रहरी अधिकारीले चोरीका सवारी साधन प्रयोग गर्ने गरेको पाइएको थियो । औद्योगिक सुरक्ष बल अत्तरियाका सशस्त्र प्रहरी नायब उपरीक्षक हर्कराज पन्त र ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक सुदिपराज पाठकले चोरीका कार चढ्ने गरेको पाइएको थियो ।
यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक दिपक पातली, सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूहका प्रहरी सहायक निरीक्षक केशव  राज जोशी, हवल्दारहरु धर्मसिंह भाट, पुस्कर भट्ट, पदम धामी, हरक कुँवर, सिपाही सुरज तिरुवा र मनोरथ भट्ट,  ट्राफिक प्रहरीका जनकराज ढुंगाना, कमलप्रसाद जोशी, केशवसिंह ऐरीले चोरीका मोटरसाईकल चढ्ने गरेको खुलेको थियो ।
चोरीमा सवारी साधन दर्ता गराउनमा संलग्न गिरोहका कैलालीको भजनी घर भएका गोकुलप्रसाद श्रेष्ठ र उनका सहयोगी दिनेश बमसहित सरकारी छाप र दस्तखत दुरुपयोग गरी चोरीका सवारी साधनलाई वैधता दिएको अभियोगमा यातायातका ७ जना कर्मचारी विरुद्ध मुद्दा चलिरहेको छ ।
कारबाहीका नाममा यातायातका कर्मचारीलाई मात्र फसाउन खोजिएको छ । तिनै चोरीका सवारी साधन चढ्ने प्रहरीलाई कुनै कारबाही भएको देखिदैन । यातायात कार्यालयका एक जना कर्मचारीले भने प्रहरीमाथी पनि अनुसन्धान गरिनु पर्छ ।
भारतबाट सवारी साधन चोरेर ल्याउने र किर्ते कागजात बनाएर यातायातमा दर्ता गर्ने गिरोहका श्रेष्ठले प्रहरी अधिकारीहरुले चोरीका सवारी साधन भित्र्याएर आफूलाई दर्ता गराउन दिएको सरकारी वकिलको कार्यालयमा बयान दिएका थिए ।
कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रकाश चन्दले किर्ते कागजातका आधारमा चोरीका सवारी साधन दर्ता गरेको घटनाको अनुसन्धानपछि संलग्न विरुद्ध अदालतमा मुद्दा दर्ता भईसकेको बताए । ती सवारी साधनको प्रयोग प्रहरी अधिकारीहरुले गरिरहेकोबारे क्षेत्रबाटै अनुसन्धान भएकाले यसबारे आफूलाई जानकारी नभएको उनले बताए ।
प्रहरी अधिकारीहरुले चढ्ने चोरीका सबै सवारी साधन नियन्त्रणमा लिएर कञ्चनपुर भन्सार कार्यालयमा बुझाई सकिएको छ । जिल्ला अदालतको आदेशमा ती सवारी साधन लिलामीको प्रकृयामा रहेका भन्सार कार्यालय कञ्चनपुरले जनाएको छ ।

खुकुरी हानाहान हुँदा चार घाईते


कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकामा दुई समूहबीच खुकुरी हानाहान हुँदा चार जना घाईते भएका छन ।
बेलौरी बजारबाट करीव चार किलोमिटर पूर्व दक्षिणमा पर्ने गोकुलपुरमा शनिबार बेलुकी दुई समूहबीच खुकरी हानाहान भएको थियो । स्थानीय पुल हाउसमा भएको घटनामा बेलौरीका सुरेश खड्का, पुष्प कुँवर, सुरेन्द्र शाही र सुदिप खड्का घाईते भएका छन । घाईतेमध्ये सुरेशको अवस्था गम्भिर       रहेको जनाईएको छ । सुरेशलाई उपचारका लागि काठमाण्डौं लगिएको छ । यस्तै पुष्प र सुरेन्द्रलाई थप उपचारका लागि कोहलपुर लगिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।
प्रहरीका अनुसार सामान्य घाईते सुदिपलाई सेती अञ्चल अस्पतालमा उपचारपछि घर फर्काईएको छ । कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेठीले युवाहरुका दुई छुट्टाछुट्टै  समूहबीच पुल हाउसमा कुटाकुट भएको पुष्टि गरेपनि खुकुरी हानाहान नभएको प्रतिक्रिया दिएका छन । उनले भने कुटपिटबाट चार जना घाईते भएका छन, चोट त गहिरो छ तर खुकुरी प्रहारनै भएको हो भने भन्न सकिन्न ।
कुटाकुटमा संलग्न अर्को समूह फरार रहेकाले घटनाको कारण खुल्न नसकेको प्रहरीको भनाई छ ।


छोटकरी समाचार

एकको रहस्यमय मृत्यु


डोटी के आई सिंह गाँउपालिका२ मा एक जनाको      रहस्यमय तरिकाले मृत्यु भएको छ ।
बिगत लामो सयमदेखि बेल्जीयम बस्दै आएका ४५ वर्षीय धिर्कराज शर्माको बिहीवार साँझ स्थानीय छिमेकीहरुबाटै हत्या भएको आफन्तजनले आरोप लगाएका छन् । दीपावलीको अवसरमा पूजा गर्न टुरिष्ट भिसामा नेपाल आएका शर्माको भाईटीकाको अघिल्लो साँझ स्थानीय छिमेकीहरुले कुटपिट गरी हत्या गरेको आफन्तजनको आरोप छ ।
बेल्जियमकै नागरिक भईसक्नुभएका शर्माकी पत्नी र सन्तान बेल्जियममै छन ।

एमाले बझाङ्गमा तिब्र मतभेद्


आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवारी छनौटका क्रममा मनोमानी     गरेको भन्दै एमाले बझाङ्गमा तिब्र मतभेद् बढेको छ ।
पार्टी जिल्ला कमिटीमा उम्मेदवार सिफारिसका लागि भएको मतदानबाट आएको परिणाम भन्दा फरक निर्णय भएको भन्दै असन्तुटी बढेको हो ।
उम्मेद्वार छनौटमा असन्तुष्ट भएका एमाले नेता गोपाल खड्काले प्रतिनिधि सभा र शेरवहादुर बोहराले प्रदेश सभाका लागि स्वतन्त्र उम्मेदवारी समेत दर्ता गराएका छन ।

खेल समाचार


एन्फा चुनाव दुई साता स¥यो


काठमाण्डौं, ६ कार्तिक (अनलाईनखवर)÷
एन्फा कार्यसमिति बैठकले आन्तरिक तयारी नपुगेका कारण आसन्न चुनाव दुई साता पछि सारेको छ । यसअघि पुस २३ गतेका लागि तय भएको एन्फा कार्यसमितिको निर्वाचन अब माघ ११ गते हुनेछ ।
निर्वाचन समिति र उम्मेदवारहरुका लागि दावी बिरोधको समय आवश्यक भएकाले एशियाली फुटबल महासंघको स्वीकृतिमा चुनाव दुई साता सारिएको एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिए ।
यस्तै एन्फा बैठकले ४५ जिल्ला संघहरुको अधिवेशन र निर्वाचन कात्तिक २५ देखि मंसिर २५ गतेसम्मको गरिसक्न सम्बन्धित जिल्ला संघहरुलाई निर्देशन दिएको छ ।
सोमबार बसेको एन्फा कार्यसमितिको बैठकले अधिवक्ता सुमन केसीको संयोजकत्वमा चार सदस्यीय निर्वाचन समिति बनाएको छ भने अधिवक्ता मोतीराम गौतमको संयोजकत्वमा चार सदस्यीय निर्वाचन अपील कमिटी बनाएको छ ।


ए डिभिजन लिग मंसिर २९ देखि गर्ने तयारी

एन्फाले आगामी मंसिर १४ गतेदेखि सुरु गर्ने निर्णय गरेको सहिद स्मारक ए डिभिजन लिग फुटबल पनि दुई साता सार्ने तयारी गरेको छ ।
एन्फा सिइओ तुलाधरका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण लिग निर्धा्रित समयभन्दा केहि पर सार्न लागिएको हो । यद्यपी यसबारे निर्णय भइसकेको छैन । सोमबारको बैठकमा सामान्य छलफल भएपनि अर्को बैठकले लिगबारे निर्णय गर्ने सिइओ तुलाधरले जानकारी दिए ।
तीन वर्षपछि पहिलो पटक आयोजना हुन लागेको ए डिभिजन लिगमा काठमाडौंका १२ ए डिभिजन क्लवसहित झापा११, मोरङ११, रुपन्देही११ र सुदूरपश्चिम११ गरि १६ टोलीको सहभागिता रहनेछ ।

प्याराग्लाइडिङ प्रतियोगिता हुने


यही कात्तिक १५ देखि २० गतेसम्म भिरकोट नगरपालिका५ स्वरेक मैदानमा अन्तराष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता हुने भएको छ ।
बाबु एडभेञ्चर क्लबको आयोजनामा हुने प्रतियोगितामा नेपालसहित २५ विदेशी मुलुकका झण्डै तीन सय खेलाडीको सहभागिता रहने बाबु एडभेञ्चर क्लबका अध्यक्ष कृष्णजंग केसीले जानकारी दिए ।
स्याङ्जा जिल्लाको स्वरेक मैदान प्याराग्लाइडिङका लागि एक उत्कृष्ट स्थान रहेको र यहाँबाट दैनिक प्याराग्लाइडिङ भइरहने गरेको छ ।
यस ठाउँमा प्याराग्लाइडिङसम्बन्धी प्रशिक्षण दिने स्कुलसमेत रहेकाले यस क्षेत्रको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक तथा खेलाडी भित्र्याउन सकियोस् भन्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको केसीले बताए । प्रतियोगितामा स्याङ्जा जिल्लाका चापाकोट, गहौँसुर, सिर्सेकोट, मिर्मी, हुनिकोट, सतौँ, खिलुङ र सिरुवारीलाई समेट्ने लक्ष्य लिएर आयोजना गरिएको हो। प्याराग्लाइडिङ प्रतियागितामा अमेरिका, बेलायत, चीन, भारत, स्पेन, स्विट्जरल्याड, बंगलादेश लगायतका देशका खेलाडीको सहभागिता रहनेछ ।
छ दिनसम्म चल्ने प्रतियोगितामा  ८५ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ । प्रतियोगिताबाट सन् २०१८ मा इन्डोनेसियामा हुने एशियाली हवाई खेलकुदका लागि चार महिला र आठ पुरुष छनोट गरिनेछ ।

चलचित्र÷मनोरञ्जन


कान्छी को छायाङ्कन सकियो


नेपाली चलचित्र कान्छी को छायांकन सकिएको छ । नायिका तथा निर्माता श्वेता खड्काले निर्माण र आकाश अधिकारी निर्देशन गरेको कान्छीले ५० दिनको समय तालिकामा छायांकन सकेको हो ।
चलचित्रमा दयाहाङ राई र श्वेताको प्रमुख भूमिका रहेको छ । मुस्ताङ, माथिल्लो मुस्ताङ, जोमसोम र राजधानी वरपर छायांकन गरिएको चलचित्रमा तेश्रोलिङ्गी अभियन्ता भूमिका श्रेष्ठका साथसाथै अनु शाह, प्रज्जवल सुजल गिरीको पनि अभिनय रहेको छ ।
लक्ष्मीपूजाको दिन चलचित्र निर्माता एवं अभिनेतृ श्वेताले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरे अनुसार उक्त चलचित्र माघ २६ गते बजार आउनेछ । पति श्रीकृष्ण श्रेष्ठलाई श्रद्धाञ्जली स्वरुप उक्त चलचित्र आउन लागेको बताउँदै श्वेताले आफ्नो फेसबुक स्टाटसमा लेखेकी छन् दादाको सम्बोधनमार्फत् आदर गर्ने मेरा स्वर्गीय पति श्रीकृष्ण श्रेष्ठ ज्युप्रति हार्दिक श्रद्धाञ्जली स्वरुप आगामी माघ २६ गते कान्छी लाई दर्शकसामु ल्याउँदैछु । एउटा कलाकारको पत्नीको नाताले मैले उहाँलाई एउटा राम्रो फिल्म समर्पण गर्ने प्रयास गरेकी छु । मैले आफ्नो गच्छे र दक्षताले भ्याएसम्मको मेहनत गरेकी छु । मेरो यो मेहनतमा मेरा सहकर्मी मित्रहरूलगायत कान्छी निर्माणका सम्पूर्ण युनिटको पसिना मिसिएको छ । कान्छी लाई तपाईंहरुको सल्लाह सुझाव र उत्प्रेरणाको खाँचो छ । मेरा त्रुटीहरूलाई औल्याएर आगामी दिनमा झन परिस्कृत हुने मौकाबाट मलाई बञ्चित नगराउनु होला ।

सत्रुगते को छायाङ्कन सुरु


चर्चित हास्य कलाकार महा जोडीको संस्था मह सञ्चारको प्रस्तुती चलचित्र सत्रु गते छायांकन प्रारम्भ भएको छ । सोमबार शुभ मुहुर्त गरि छायाँकन सुरु गरिएको हो ।
कलाकार हरिबंश आचार्यले चलचित्रको छायाँकन सुरु भएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन । उनले हामी फेरी आउँदै छौं दर्शकको माझ भन्ने क्याप्सन सहित फिल्मका कलाकारको जानकारी दिएका छन् ।
सत्रु गते मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौड्याल, पल शाह, प्रियंका कार्की, आचल शर्मा, बसुन्धरा भुषाल, किरण केसी, राजाराम पौड्याल, अञ्जु महर्जन, राजु भुजु, रवि शर्मा, मोहितवंश आचार्य र नरेन्द्र कंसाकारको अभिनय रहेको छ ।
प्रदीप भट्टराईले निर्देशन गर्ने चलचित्रमा रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसाकार, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौडेलले संयुक्त रुपमा निर्माण गर्नेछन् ।
फिल्मको कथा हरिवंश आचार्यले लेखेका छन् भने पटकथा आचार्य र प्रदीप भट्टराईले संयुत्त रुपमा लेखेका छन् ।

लेख


प्रश्नको घेरामा लोकतान्त्रिक गठबन्धन


जैनेन्द्र जीवन
गठबन्धन गरेर आगामी प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव लड्ने र चुनावपछि पार्टी एकता नै गरेर एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने नेकपाएमाले, माओवादी केन्द्र र नयाँ शक्तिको अप्रत्याशित असोज १७ घोषणाको प्रतिक्रियास्वरूप नेपाली कांग्रेसले पनि तुरुन्तै लोकतान्त्रिक गठबन्धन गरेर चुनावमा जाने उद्घोष ग¥यो । जुन गठबन्धन सफल भए नै पनि कांग्रेसका लागि कति उपयुक्त, फाइदाजनक र दिगो होला भन्ने प्रश्न त छँदैछ, साना दलहरूको ठूलो भाग खोज्ने प्रवृत्तिका कारण उसले कतैकतैमात्र गठबन्धन गर्नसक्ने स्थिति देखिएको छ । वास्तवमा, वाम गठबन्धनबाट कांग्रेस आत्तिनुपर्ने थिएन । कांग्रेसीहरू त कांग्रेस हार्ने भनेको कांग्रेसकै कारणले मात्र हो, अरुको कारणले कांग्रेस हार्दैन भन्थे सधैँ । जुन धेरै हदसम्म सत्य पनि हो ।
२०१५ सालदेखि अहिलेसम्म भएका आठवटा संसद्÷संविधान सभा (संस) देखि स्थानीय तहसम्मका चुनावमध्ये पाँचवटामा कांग्रेसले बहुमत ल्याएको छ भने तीनवटामा ऊ दोस्रो भएको छ । २०५१ सालको संसदीय चुनावमा थोरै सिटको अन्तरले मात्र दोस्रो बनेको, पार्टी फुटेसरीको अवस्थामा चुनावमा जान परेकाले हो । २०६४ सालको संस चुनावमा त्रास र आसको माओवादी लहरका बीच अरु जस्तै पछि परे तापनि ऊ दोस्रै भएको   हो । २०७४ सालको स्थानीय निकाय चुनावमा दोस्रो बन्नु परेका कारण पनि उसका आफ्नै कमजोरी थिएजस्तो कि गुटबन्दी, सरकारमा रहँदाको खराब कार्यसम्पादन, प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउने लगायतका पार्टी नेतृत्वको थुप्रै मूर्खतापूर्ण कदमहरू ।
टाउको दुखेको औषधी नाइटामा
अस्तब्यस्त संगठन, पार्टीभित्र संस्थागतै बनिसकेको गुटबन्दी, राम्रो मान्छेलाई भन्दा हाम्रो मान्छेलाई च्याप्ने गुटका नेताको प्रवृत्ति, अक्षम नेतृत्व, स्कुलिङ÷प्रशिक्षणले शून्य विन्दास टाइपका कार्यकर्ता, पार्टीको स्वार्थलाई भन्दा व्यक्तिको स्वार्थलाई प्रधानता दिने व्यक्तिवादी सोच र चरित्रको पार्टी पंक्ति, टिम संस्कृतिको अभावकांग्रेस चुनाव हार्ने आफ्नै कारण को सूची लामो छ । हो, यतिका संस्थागत र प्रवृत्तिगत कुरामा रातारात सुधार गरेर आगामी चुनावमै चामत्कारिक उपलब्धि हासिल गर्न सकिँदैन । तर शेरबहादुरले रामचन्द्र, कोइरालाहरू, सिटौलालगायत नेता बोलाएर अब अस्तित्वकै संकट आइलागिसक्यो, पार्टी रहेमात्र हामी रहन्छौँ, त्यसैले आआफ्ना स्वार्थ र पूर्वाग्रहबाट सदाका लागि माथि उठेर, राम्रो र जित्ने उम्मेदवार छानौँ र तेरो÷मेरो नभनिकन उसलाई जिताउन सब दिलोज्यानले लागौँ, मैले अहिलेसम्म धेरै गल्ती गरेँ, तपाईँहरूले पनि गर्नुभो, अब कसैले पनि गल्ती नगर्ने प्रण गरौँं र पार्टीलाई २०१५ सालको उचाइमा पु¥याउन एक भएर लागौं भनेर छातीमा हात राखेर संकल्प गर्न÷गराउन त सक्थे नि तर न उनले त्यसो गर्न आवश्यक सम्झे, न अरु गुटीय नेताले ।
यसरी गर्नपर्ने कुराचाहिँ नगर्ने उनीहरू अविश्वसनीय दलहरूसँग सिद्धान्तहीन गठबन्धन गर्नचाहिँ हुर्दुरिएका देखिँदा गठबन्धन गर्नपूर्व विचार पु¥याउनुपर्ने कुरा थुप्रै छन् । उदाहरणका लागि, ६०ः४० अनुपातको सिट बाँडफाँटबाट माकेलाई बढी फाइदा हुने जस्तो देखिए तापनि दोस्रो र तेस्रो ठूला दल हुँदा बाम गठबन्धनबाट एमाले, माके दुवैलाई उत्तिकै फाइदा छ तर लोकतान्त्रिक गठबन्धनतर्फ यो स्थिति छैन । यता कांग्रेस र अरु (ससाना) दलबीचको ग्याप धेरै ठूलो छ । तर पनि उनीहहरूलाई गठबन्धनमा ल्याउन कांग्रेसले आफ्नो भाग कटाएर प्रत्यक्षतर्फको सिट धेरै छाड्नुपर्ने हुन्छ । र, यसबाट भोलि त्यही अनुपातमा कांग्रेसले पाउने समानुपातिकतर्फको सिट पनि गुम्नेछ । अर्थात एमालेमाकेलाई भएको जस्तो परस्पर फाइदा नहुनेमात्र होइन, गठबन्धनबाट कांग्रेसलाई घाटा हुन सक्नेछ । त्यसै पनि आफ्नो हैसियतभन्दा धेरै बढी र बेमनासिब संख्या एवं स्थानको भाग नपाई गठबन्धनमा नआउने दलमध्ये धेरैलाई कांग्रेसलाई जस्तो लोकतन्त्रसँग खासै मोह पनि छैन । कांग्रेसले आफ्नोसमेत मतबाट उनीहरूलाई चुनाव जिताए नै पनि उसलाई धोका दिएर भोलि उनीहरु एमालेमाके गठबन्धनको सरकारमा जाने छैनन् भन्ने ग्यारेण्टी छैन । जाँदा कमल थापा राष्ट्रवादको दुहाई दिएर जालान् भने कम्युनिस्ट पृष्ठभूमिका उपेन्द्र यादव, विजय गच्छदार कांग्रेसमा फर्केजस्तै घरफिर्ती भन्दै जालान् । जाने निहुँ र नारा फरक होलान् तर जानचाहिँ जान सक्नेछन् । पूर्वकांग्रेसी नेताहरू धेरै भएको राजपा नेपाल नै पनि भोलि प्रचण्डले मधेसी पहिचान को ललिपप देखाए भने लोकतान्त्रिक गठबन्धनबाट नबाहिरिएला भन्न सकिँदैन । बाह्य शक्तिको संकेतमा चल्ने क्षेत्रीयतावादी दल ऊ त्यसै पनि भरपर्दो साझेदार होइन कांग्रेस जस्तो राष्ट्रिय पार्टीका लागि । यी दुवैमध्ये कुनै एक गठबन्धन मात्रै पनि सिद्धान्तमा आधारित गठबन्धन भएको भए यस्तो डर हुने थिएन । त्यसो नभई सत्ताका निमित्त    गरिएको गठबन्धन हुँदा र यी सबै दलका विगत हेर्दा त्यस्तो दलबदलु भइरहने पक्कै छ । त्यसै पनि, आफ्नो सबभन्दा ठूलो सत्ता साझेदारले हप्तौं, महिनौंदेखि प्रमुख प्रतिपक्षसँग मिलेर पकाएको खिचडीको गन्ध, सुइँकोसम्म नपाउने हुस्सु कांग्रेसले थुप्रै ससाना दलको चियो गरेर उनीहरूलाई अर्कोतिर जानबाट कतिन्जेल रोक्ला ?
गठबन्धनका गुणदोष

त्यसो त गठबन्धन संस्कृति एकप्रकारले स्वागतयोग्य कुरा पनि हो । प्रणालीकै त्रुटिका कारण होस् कि दलका, एउटै दलको बहुमत सरकार नबन्ने अवस्थामा गठबन्धन आवश्यकताकै विषय बन्छ जुन स्थिति अहिले हामीकहाँ छ । कम्युनिस्ट पार्टीहरूले समेत आफूले शत्रु घोषित गरेका र बुर्जुवा दलहरूसँग गठबन्धन गर्नु केही समयअगाडिसम्म निषेधको पात्र बनाएका कमल थापासँग अरु दलले सहकार्य गर्नु दलहरू सहिष्णु एवं राजनीतिक बहुलवादको अभ्यस्त हुँदै गएको र लोकतन्त्र परिपक्व हुंँदै गएको संकेत पनि हो । वास्तवमा, यो देशमा २ वा अधिकतम ३ दलमात्र रहने प्रणाली अत्यावश्यक भइसकेको छ । तर त्यस्तो प्रणालीका नाममा सत्ताकै लागि बारम्बार साझेदारहरु परिवर्तन भइरहने गठबन्धनले उल्टै राजनीतिक अस्थिरता, अवसरवाद, भ्रष्टाचार र दलबदलू संस्कृति बढाउँछन् मात्र ।
न्यूनतम साझा नीति तथा कार्यक्रमसमेत ल्याउन नसक्ने एमालेमाकेबीच कम्युनिस्ट एकताका नाममा गरिएको यो गठबन्धन पनि त्यस्तै गठबन्धन हो । बृहत् कम्युनिस्ट स्कुलिङ एउटै भएपनि पुष्पलालमनमोहनमदन र मोहनविक्रमनिर्मल लामाप्रचण्डपथका उनीहरूका स्कुलिङ फरक छन्, ‘लिगेसी फरक छन् । उनीहरूबीच हत्पति नपुरिने सैद्धान्तिक, वैचारिक खाडल छ । कथित जनयुद्धको मूल्यांकन, पहिचान राजनीति, पहिचानमा आधारित संघीयतादेखि संविधान संशोधनसम्मका राष्ट्रका जल्दाबल्दा मुद्दामा १८० डिग्रीको मतान्तर छ । एमालेलाई अन्धराष्ट्रवादी, महेन्द्रवादी भनेर गाली गर्ने माके र उसलाई भारतका सामु लम्पसार पर्ने उग्रवामपन्थी भन्ने आरोप लगाउने एमालेबीच यी सब कुरामा चामत्कारिक सहमति भएछ भने पनि त्यसपछि पदाधिकारी र कार्यकर्ताको पद मिलानमा आउने अथाह समस्याले एकतालाई सफल र दिगो हुन दिने छैन ।
वास्तवमा एकताको कुरा निकालिएकै चुनावी तालमेललाई सफल पार्नका लागिमात्र हो भने तालमेल सत्ताकै लागिमात्र हो । अतः उनीहरूको एकताको हौवा र प्रचारले कांग्रेस डराउनु पर्दैन । हो, तालमेलको कुरा बेग्लै हो । तालमेलबाट तत्कालका लागि कांग्रेसलाई ठूलै चुनौती आइलागेको पनि सत्य हो । त्यसैले उसले केही उपचारात्मक कदम भने चाल्नैपर्छ । तालमेल गर्नै नहुने होइन । आफू जित्दै नजित्ने ठाउँमा आफूलाई प्राप्त हुने भोट एमालेमाकेबाहेकको, जित्ने सम्भावना भएको अथवा राजनीतिक रूपले आफ्नो सर्वाधिक नजिकको उम्मदेवारलाई जाने रणनीतिक तालमेल कांग्रेसले गर्नुपर्छ । ससर्त वा विनासर्त जसरी गरिएपनि त्यस्तो तालमेलबाट कांग्रेसलाई फाइदै हुनेछ । तर पहिले त, त्यस्तो स्थान र स्थिति अरु कति छन् त्यसको राम्रो गृहकार्य गर्नुप¥यो । कांग्रेस यस्तै हो, गृहकार्य र मेहनत भन्ने लवज उसको शब्दकोशमा छैन भन्दै टक्टकिएर अब चल्ने छैन । आफ्नो प्रमुख प्रतिस्पर्धी सशक्त र ठूलो भएर आएको छ, चुस्त त ऊ पहिल्यै थियो कांग्रेसभन्दा । यस्तोमा अब कांग्रेसले कि आफूलाई सुधार्नुपर्छ कि सकिनु, बीचको बाटो छैन । मेहनत नगरे पनि इतिहास रचेको ब्याज खाँदै, बिपीको नाम भजाउँदै र विपक्षीको विभाजित भोट ब्यांकको फाइदा लिँदै सत्तामा गएर मोज गरिरहन अब पाइने छैन ।
सकारात्मक सोचको आवश्यकता

कांग्रेसले धेरै गल्ती गरेको छ, सम्भवतः कुनै पनि अरु दलले गरेको भन्दा धेरै र आत्मघाती गल्ती । त्यसका बाबजुद अहिले पनि देशको सबैभन्दा ठूलो, पुरानो, लोकप्रिय र व्यापक जनाधार भएको दल उही हो । लोकप्रिय (पपुलर) मत अहिले पनि उसैको बढी छ, पछिल्लो स्थानीय चुनावमा एमालेभन्दा केही कम सिट जिते पनि । यो लोकप्रिय मतलाई चुनावका लागि निर्णायक मत बनाउन सकेमा मात्र पनि अबको चुनावमा ऊ पुनः १ नम्बर हुन सक्नेछ । माकेएमालेको मत जोडिँदा वाम गठबन्धनको मत बढ्ने कुरा तर्कसम्मत भए तापनि उनीहरू दुवैको सबै मत स्वतः एक ठाउमा जोडिंँदैन, एकथरीले सोचेको जस्तो । उम्मेदवारको व्यक्तिगत लोकप्रियता, तालमेलमा कार्यकर्तादेखि मतदातासम्मको स्वीकार्यतालगायतका थुप्रै भ्यारिएबल्स ले चुनाव परिणामलाई प्रभावित गर्छन् । कांग्रेसले सकारात्मक भएर सोच्ने हो भने आगामी चुनावमा ऊ १ नम्बर दल बनेनछ भने पनि आकास खसिहाल्दैन । एक दुई निर्वाचन अवधि प्रतिपक्षमा बस्दैमा कांग्रेस सिद्धिँदैन । हो, सत्ताबिना बाँच्नै नसक्ने कांग्रेसभित्रको एउटा वर्गचाहिँ सिद्धिन सक्छ ।
त्यसै पनि वाम गठबन्धन आफ्नै अदूरदर्शी एवं पपुलिस्ट नाराहरू र बाँडेका सपना पूरा गर्न नसकेर अलोकप्रिय हुने र अर्को चुनाव हार्ने सम्भावना उत्तिकै छ । आफ्नै सैद्धान्तिक, स्कुलिङगत, गुटगत र व्यक्तिगत बेमेल तथा अन्तर्विरोधहरूले गरेर उनीहरू पुनः फुट्ने सम्भावना पनि बलियो छ ।      बाबुराम भट्टराईसमेत दुई साता पनि टिक्न नसक्ने गठबन्धनमा सधैँ बाझाबाझ गर्ने प्रचण्ड र ओली कति दिन मिलेर बस्लान् ? लाख दुर्गुण सही, कांग्रेसको त सहिष्णुता र लचकता त छ जसले गर्दा सबै प्रकारका शक्ति÷दल ऊसँग सहकार्य गर्न सहज मान्छन् । लोकतन्त्रमा खासै गल्ती नगरे पनि दुई÷तीन चुनावपछि मतदातामा उत्पन्न हुने फटिग (थकान) का कारण अथवा एन्टी इन्कम्बेन्सी फ्याक्टर का कारण पनि दलहरू चुनाव हार्ने गर्छन् । एमालेमाके मात्र यो नियमका अपवाद हुने छैनन् । मौका आइरहन्छ ।
कांग्रेस डराउनुपर्दैनसाम्यवादी अधिनायकवाद आउन सक्दैन, एमालेमाके गठबन्धनले चाहे पनि नचाहे पनि । त्यो चुनावबाट आउने कुरा पनि होइन । त्यसका लागि न विश्व परिस्थिति अनुकूल छ, न भूराजनीतिक स्थिति, न देशभित्रको शक्ति सन्तुलन र जनमत । त्यसैले बरु कांग्रेसले अहिलेको चुनौतीलाई आफूलाई सुधार्ने सकारात्मक दबाबका रूपमा लिनुपर्छ । र, आत्तिन एवं प्रतिक्रियाको राजनीति गर्न छाडेर राष्ट्र निर्माणको ठोस अजेन्डासहित, स्पष्ट राजनीतिक, आर्थिक, सामाजिक नीति तथा कार्यकक्रमका साथ जनतामा  जानुपर्छ । उपहारमा जनतालाई सुशासन र विकास दिनुपर्छ र कार्यकर्तालाई जीवन्त एवं क्रियाशील संगठन । अनि गर्नैपरे देशव्यापीरूपमा गरिने भागबण्डाका आधारमा होइन कि स्थानविशेषलाई छानेर रणनीतिक आधारमा चुनावी तालमेल गर्नुपर्छ अहिले गोर्खामा बाबुराम भट्टराईसँग गरेजस्तो । कांग्रेसै जस्तो अर्को पार्टी भइदिएको भए देशव्यापी तालमेलमात्र होइन कि साझा नीति तथा कार्यक्रमका आधारमा एकतै गरे पनि हुन्थ्यो जुन स्थिति यहाँ छैन ।नागरिक दैनिकबाट

बहुआयामिक देवकोटा, युग र स्वच्छन्दताबाद ।


रमेश भट्टराई सहृदयी
एउटा पाटो अभावमा रम्ने जिन्दगीको, अर्कोतिर शैक्षिक समुन्नतिभित्र दूरदृष्टि सजाइएका कुरा त्यसमा पनि साहित्यभित्र प्रकृतिका कुना कन्दरा चियाइएको खुला बहुआयामको फाँटमा अङ्कित लक्ष्मीप्रसाद देवकोटाको नाम आजका सुकोमल बालहृदयदेखि बयोवृद्धका मनमस्तिष्कमा लिपिबद्ध प्रायः नभएको लाग्दैन । कलम कल्पनाको सागरभित्र वायुको गतिमा दौडिएका विलक्षण भाव लहरी जीवन्त छ, महाकविको आशुकवित्व प्रभावभित्र । धनधान्यकी देवी महालक्ष्मीको भव्य पूजाअर्चना गर्दै नेपालीहरू आँगनीमा देउसी खेल्दै थिए, वि.सं. १९६६ कात्तिक २७ गते देवकोटाकी माता अमरराज्य लक्ष्मीदेवी । उनलाई धर्तीमा स्वागत गर्न प्रसव वेदनामा छट्पटाइ रहँदा सायद पिता पं. तिलमाधव देवकोटालाई देउसे दक्षिणा दिएर लाज छोप्न चिटचिट पसिना आएको हुँदो हो त्यतिखेर त्यहाँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको नामलाई नेपाली साहित्य जगतले अविस्मरणीय सूचीको अग्र पङ्क्तिमा राख्छ । लक्ष्मीपूजाकै दिन जन्मे पनि लक्ष्मी कृपाले स्पर्श गर्न पटक्कै रुचाएनछ तर सरस्वतीको ज्ञान भण्डारमा घुन लागेनछ । त्यसैले त देवकोटाको व्यक्तित्व आज पनि अमर लाग्छ । दालभातडुकुको चरम उत्कर्ष अभावसँग कुस्ति खेल्दै सङ्घर्षको मैदानमा जीवन रहस्यको चुरो खोज्ने देवकोटा बहुआयामिक व्यक्तित्व रहेछन् ।
लेखक कृतिसँग जन्मन्छ, मर्न त सबै मर्छन् तर पाठकसँग बाँच्छ । भौतिक रूपमा लेखक मर्छ तर पाठक जन्मिरहन्छ । आधुनिक नेपाली कविता कित्ताको सिङ्गै एउटा धारा अङ्ग्रेजी स्वच्छन्दतावादलाई जन्माउने, हुर्काउने र विकसिक तुल्याउने देवकोटाको योगदान अतुलनीय लाग्छ । नेपाली साहित्यको आधुनिक जगत्मा परिष्कारवादको कठोर बन्धनलाई अलिकति पन्छाएको स्वच्छन्दतावादले वि.सं. १९९१ देखि देवकोटाकै नेतृत्वमा प्रवेश पाएर झ्याङ्गिदै वि.सं. २०१६ जुन उनको अवसानसम्म प्रमुख रूपमा स्थान पाएको बुझिन्छ । स्वच्छन्दवाद पाश्चात्य साहित्य सिद्धान्त हो । यसलाई जर्मन दार्शनिक तथा समालोचक फ्रेडरिक स्लेगल          (१७७२१८२९) ले साहित्यको एउटा नवीन अवधारणाका रूपमा ल्याए । यसलाई प्रवर्तन र विकास गर्नमा फ्रान्सेली क्रान्तिले मलजल ग¥यो अनि रुसोको मानव स्वतन्त्र जन्मन्छ, तर ऊ सर्वत्र बन्धनमा जकडिएको हुन्छ भन्ने भनाइसँगै प्रकृतितर्पm फर्केको सिद्धान्तले गति बढायो । व्यक्तिवादी दृष्टि र आत्मपक्षको महत्ता हाबी बन्ने, काल्पनिक लोकको विचरणभित्र सौन्दर्य बोध, विकृत पक्षको विरोध, अलिकति भावुकता, प्राकृतिक जीवनमा ईश्वरीय सत्ता, कृत्रिमताबाट मुक्ति, साङ्गीतिक प्रवाहमा मानवतावादी दृष्टिकोण यिनै स्वच्छन्दवादका हुलिया हुन, चिनारी हुन् । विविध साहित्य विधाका परिवृत्तमा उनको कलम रातोदिन अथक बन्यो । त्यसो त प्रयोगवादी धारामा सुस्ताएभैmँ लागेको यसले आजको समसामयिक धारमा गुञ्जिने काव्य लालित्यसँग ओइलाउनै परेको भने लाग्दैन । नाट्यसम्राट बालकृष्ण समले भनेभैmँ देवकोटा उनकै प्रिय अनि सर्वाधिक लोकप्रिय भई धेरै बिक्री भएको कृति मुनामदनभित्र मात्र होइन, शाकुन्तल अनि पागलभित्र गरी तीन पटक जन्मेकैले होला आज पनि अमर छन् । त्यसैले होला, विलक्षण प्रतिभालाई देखेर स्वदेशले आज जति सम्मान देवकोटालाई मुक्तकण्ठले दिइरहेको छ, सीमापारिका साहित्यानुरागी त्यसबेला त्यति नै प्रभावित बनेका रोचक घटना सुन्न र पढ्न पाइन्छ । कतिपयले त देवकोटा नेपालमा जन्मनुलाई नै भौगोलिक गल्तिको खिन्नता पोख्न बाँकी राखेनन् ।
खहरेको भेलभैmँ कवित्व प्रभाव फुर्ने देवकोटामा आत्मिक ज्ञानको भण्डार थियो भन्ने कुरा यात्री कविताले पुष्टि गर्छ । उनी प्रत्येक मानिसमा ईश्वरको जिउँदो रूप देख्थे । दार्शनिक युगस्रष्टा देवकोटाले राष्ट्रप्रेमी भाव पोख्ने मात्र होइन, क्रान्तिकारी भावमा समाजका विकृत पक्षको व्यङ्ग्य र भण्डाफोर गर्दै जागरणको शङ्खघोष   गरे । पूर्वीय र पाश्चात्य दर्शनलाई सर्लक्कै निलेर लघुदेखि वृहत् काव्यमा आशुकवित्व सिद्धहस्तता प्रस्तुतिको    उदाहरण बने । निम्न वर्गीय यथार्थ जीवनको प्रतिविम्बसँग प्राकृतिक लालित्य अनि आध्यात्मिक सोचमा प्रकृति, मानव र ईश्वरको त्रिकोणात्मक तादात्म्यको लगन गाँठो कस्नु देवकोटाको आफ्नै खुबी हो । बी.ए., बी.एल. र अङ्ग्रेजीमा एम.ए.सम्म अध्ययन गरेका देवकोटाले साढे ६ सयभन्दा बढी कविता रचे, खण्डकाव्य दुई दर्जन जति लेखे, आधा दर्जन महाकाव्यमा पोखिए अनि दर्जनौँ निबन्ध र नाटक लेखे । त्यति मात्र होइन उपन्यास लेखे, लेखक बने, गीत लेखे, समालोचक, अनुवादकसमेत बने । उनी गीत गुनगुनाउँथे, सङ्गीतमा बडो अनुराग रहेछइतिहासमा पढ्न पाइन्छ । एक रातमा कुञ्जिनी खण्डकाव्य जन्माउनु, ‘सुलोचनाजस्तो महाकाव्यलाई दश दिनमै दाबा गरेर फुराउनु अनि नेपाली साहित्यको आइसल्यान्ड मानिने कृति शाकुन्तल महाकाव्य लेख्ने देवकोटाको लेखनशिल्प र कलात्मक भाव उडान चानचुने कुरा होइन । फलतः कविता तथा खण्डकाव्यमहाकाव्यमा स्वच्छन्दतावाद प्रवर्तन, विकास र विस्तार तथा पोथी गद्यको भावले प्रथम आत्मपरक निबन्धकारको रूपसँगै देवकोटाको युग सिङ्गो नेपाली साहित्यको स्वर्णयुग बन्यो । देवकोटाको खुबीलाई बुझ्ने आजका कैयाँै नेपाली भावनाले जाग्ने  प्रेरणा बोक्छन् । कति सुकोमल बाल हृदय पग्लिन चाहन्छन्, घोरिन्छन्साथमा नेपाल र नेपाली भाषाको स्वाभिमानले शिर उच्च राख्छ ।
आधुनिक निबन्ध विकासको प्रथम चरण (१९९१२००३) लाई स्वच्छन्दवादकै घेराभित्र राखेर देवकोटाले आषाढको पन्ध्र (१९९३) बाट ढोका खोलेको पाइन्छ । अङ्ग्रेजी लवजको ढोङ, बोक्रे भलाद्मीको खैरो उतार्ने देवकोटाको रमरम बौद्धिकताले नेपाली निबन्धको मूल्य त्यतिखेर मात्र होइन, आज पनि अनुकरणीय छ । विशालताको मापन आकार र परिमाणले होइन, त्यसको भित्री गुणले गर्छ भन्ने राष्ट्रप्रेमको प्रस्तुतिमा प्राकृतिक चाञ्चलयभित्र के नेपाल सानो छ ? निबन्ध नेपाली स्वाभिमानमा छाती फुलाउन कन्जुस्याइँ गर्दैन । पूmलको सौन्दर्य कुँदेको प्रकृतिलीला, चरीले पोखेको विलाप र वेदना, वात्सल्यभावको कोमलता, ममतामयी माताको करुणा अनि वीरताको प्रशंसाले देवकोटाका निबन्ध क्षेत्र सजिएका छन् । विसङ्गतिको पुन्तुरो उघारेर विकृतिले झापड खान्छन् । मनुष्यत्व जाग्छ, कल्पनाले उडान भर्दा स्वच्छ निद्राको परिकल्पना हुन्छ । भावुकताको गहिराइमा रचिएका निबन्धले जीवनलाई चियाइरहेको हुन्छ । कृषिवाला सावित्री सत्यवान नाटकमा देवकोटा सच्चा नारी आदर्शको नेपालीपनालाई चिनाउन खप्पिस छन् । चम्पा उपन्यासले राणाकालीन सामाजिक परिवेशका विकृत वास्तविकता बोल्छ अनि उनका कथामा नेपाली माटोको स्पर्शले आनन्दको चर्चा पाएको छ । संस्कृतका वैदिक, पौराणिक शास्त्रज्ञानमा दखल भएकादेवकोटा पाश्चात्य साहित्यको प्रभावसँगै अङ्ग्रेजीमा कविता र शाकुन्तल जस्तो महाकाव्य लेख्ने बहुप्रतिभावान् व्यक्तित्व हुन् ।
देवकोटाका कवितामा बाह्य सौन्दर्यको भ्रामक प्रवृत्ति, विकृति र विसङ्गतिको भण्डाफोर हुन्छ । मानव प्रेम, प्रकृतिको काखले दिने आनन्दलहरी अनि ममताका अभावले मन कुँडिन्छ । ग्रामीण परिवेशको प्राकृतिक आल्हादमा रम्ने जीवनदर्शन कला र सौन्दर्यमा शान्तिकामी बनेर छताछुल्ल पोखिन्छ । गरिबी कर्मशीलताको भावभित्र आफ्नै मजा छ । पसिनाको उपहारभित्र आनन्द लुटुपुटिएको छ । भिखारीको आर्तनादभित्र बन्धुत्व अनि ईश्वरीय स्वरूप छ । आज पनि कति विदेशिएका मदनका मुनाले यादमै गृह पीडाको अभावसँग सिँगौरी खेल्नु परेको छ । कुञ्जिनी त्यो कोल्पू नदीमा गोरेको प्रतीक्षा गर्दै तड्पिएकी होलिन् । लूनीले सङ्गीतको स्वर गुञ्जाइरहन्छिन् । सुलोचनाको हृदयविदारक पीडा अनि प्रताडनाभित्र तड्पेको जैमाने रूपी अनङ्गको आँशुको भेल आज पनि पुरानो काल्पनिकता लाग्दैन । प्रकृतिको काखमा शकुन्तलाले दुष्यन्तसँग प्राकृतिक स्वच्छ प्रणय खोजिरहेकै हुन्छिन् । महाराणाप्रतापले जीवनको युद्ध मैदानलाई रमरम बनाएकै छन् । आज पनि लाखौँ प्रमिथस जिउसको कुख्यात प्रवृत्तिलाई न्यायको मार्गमा राखेर समय रेखा बदल्न चाहन्छन् । वनकुसुमले नरेन्द्रको न्यानो मायामा रम्न चाहेका छन् । आज पनि राजकुमारीको आशामा प्रभाकरको जीवन तड्पिरहेको होला । आध्यात्मिकभौतिक रूपका विराट चिन्तन छन, उनका लघुदेखि वृहत् काव्यभित्र । आर्थिक सङ्कटको जाँतोमा पिसिएको मौका छोपेर उनका कवितालाई सस्तोमा किन्दै कति कृत्रिम कवि बनेर जन्मिए होलानत्यसको त लेखाजोखा पनि नहुन सक्छ । वास्तवमा देवकोटाका कवित्व आख्यानलाई नियाल्दा नारीको सम्मान र आदर्श वैचारिक प्रस्तुति अनि ईश्वरीय मेलसँग साँचो प्रेमले बाँचेको प्रतित हुन्छ । अतः देवकोटाको लेखनीले रूसोको प्रकृतिर फर्कको सिद्धान्तलाई आत्मसात गर्दै प्राकृतिक विम्ब र प्रतिकहरूमा स्वच्छन्दवादीप्रगतिवादी जीवनदृष्टिलाई प्रक्षेपण गरेको भान हुन्छ । उनी त पहिलो कवितामा यसरी जन्मेछन्का रहेछन्
घनघोर दुःखसागर संसार जान भाइ
नगरे घमण्ड कहिल्यै मर्नू छ हामीलाई ।
(म त अभागिनी पो भएँ१९७६)
आफ्नो जीवनको अन्तिम क्षणको मृत्यु शैयामा समेत उनले म शून्यमा शून्यसरी बिलाएँ कवितामा यसो भनेका रहेछन्
रहेछ संसार निशा समान
आएन ज्यूँदै रहँदा नि ज्ञान
आखिर श्रीकृष्ण रहेछ एक   
न भक्ति भो ज्ञान नभो विवेक ।
यसर्थ देवकोटा गद्य र पद्य दुवै कविताभित्र जनश्रद्धाले गुनगुनाइएका महाकवि हुन् । प्रकृति र मानवताको सङ्गीत लहरीमा भुल्ने उनी साहित्यको बहुआयाममा अनि राजनीतिक व्यक्तित्वमा शिक्षासेवी पनि थिए । बढाइचढाइ नगरीभन्दा २०१४ मा शिक्षामन्त्री बनेका देवकोटा सरस्वतीका सच्चा भक्त रहेछन् । नेपाल प्रज्ञाप्रतिष्ठानको स्थापना गर्नमा भूमिका निर्वाह गर्ने मात्र नभएर २०१६ आषाढ ११ गते त्रिभुवन विश्वविद्यालयको स्थापना गर्ने योजना बनाएका शैक्षिक उन्नयनका सोच र कार्यले देवकोटाको दूरदर्शी विचारलाई सम्प्रेषण गर्छ । नेपाली भाषाप्रकाशिनी समितिमा जागिरे अनित्रिचन्द्र, पद्मकन्या र कमर्स कलेजमा प्राध्यापकका साथै नेपाली साहित्य परिषद्का सभापति मात्र नभएर युगवाणी इन्द्रेणी पत्रिकाका सम्पादक समेत बनेका देवकोटाको बहुमुखी प्रतिभा आज हाम्रा लागि अनुकरणीय छँदै छन् ।....  रातोपाटीबाट

लोकसेवा तयारीका लागि उपयोगी


१. प्रमाणिक समय भनेको के हो ? नेपालको प्रमाणिक समय कसरी लिइएको छ ? उल्लेख गर्नुहोस् ।
विश्वमा सवैलाई मान्य हुने गरि निर्धारण गरिएको अन्तराष्ट्रिय समयलाई प्रामाणिक समय भनिन्छ । ग्रीणवीचको समय नै प्रामाणिक समय हो । यो ० डिग्री भुमध्यरेखामा पर्दछ । नेपालको प्रामाणिक समय ८६ डिग्री १५ मिनेट उत्तरी अक्षांशलाई काटेर गएको दोलखा जिल्लामा पर्ने गौरीशंकर हिमाललाई आधार बनाएर निर्धारण गरिएको छ । यो ग्रीनविच समय भन्दा ५ घण्टा ४५ मिनेट चलाख छ । यसको निर्धारण नेपाल सरकारले २०४२ वैशाख १ गते गरेको हो ।
२. नेपालको वन सम्पदाको संरक्षण गर्न के कस्ता उपायहरू अवलम्बन गर्नुपर्दछ ?
नेपालमा पाइने रुख, जडीवुटीहरु, घाँसपात, वोट विरुवा तथा सोसँग सम्वन्धित जङ्गलहरुमा पाइने अन्य जीवजनावरहरुको समग्रतालाई वनसम्पदा भनिन्छ । नेपालको कुल वन क्षेत्र मध्य वन २९% (४२ लाख ७० हजार हे.) र बुट्यान १०.६५ १५ लाख ६० हजार हे.) गरि कुल ३९.६५ बन सम्पदा रहेको   छ । विभिन्न कारणहरुले गर्दा बन जंगल विनाशका अवस्थाहरु वढिरहेका छन् । ती वनसम्पदाको संरक्षण गर्न निम्न उपायहरु अवलम्वन गरिनुपर्छ ः
बैकल्पिक उर्जा प्रणालीलाई प्रोत्साहन गर्ने ।
वन क्षेत्रहरुको संरक्षणमा स्थानीय जनसहभागिता वढाउने ।
वनसम्पदाको महत्व तथा संरक्षण सम्वन्धमा जनचेतना जगाउने ।
वनको काठ तस्करी रोक्नलाई गस्ती पेट्रोल्ङ्गि बढाउने ।
विकास निर्माणका क्रियाकलापहरु संचालन गर्दा भ्क्ष्ब् परीक्षण अनिवार्य गर्ने व्यवस्था गर्ने ।
वनफडानी गरी खेती गर्ने प्रणालीलाई निरुत्साहित गर्नु पर्छ ।
वनसंरक्षण सम्वन्धी दीर्धकालीन रणनीति ल्याउने ।
अव्यवस्थित बसाईसराई र शहरीकरणलाई रोक्ने ।
वृक्षारोपण कार्यलाई प्रभावकारी वनाउने ।
३.नेपालमा प्रचलित ल्होछार पर्वहरूको बारेमा छोटकरीमा वर्णन गर्नुहोस् ?
नेपालका हिमाली क्षेत्रमा वसोवास गर्ने शेर्पा, गुरुड., थकाली, आदी समुदायका मानिसहरुले आफ्नो नयाँ वर्षको उपलक्ष्यमा मनाउने चाँड । नयाँ वर्षको पहिलो दिन चोखो कपडा लगाई विशेष प्रकारले वनाइएको प्रसाद छेमार र विशेष प्रकारको खाना कुथुक खाने गरिन्छ । यस अवसरमा एक आपसमा उपहार साटासाट गर्ने वाड्ने, नाचगान गर्ने, मिठो खानेकुरा खाने, उपहार साटासाट गर्ने, र मान्यजन कहाँ गइ भेटघाट गर्ने गरिन्छ । प्रत्येक वर्ष कुनै न कुनै जनावरको नाममा मनाइने यो चाँड मनाउदा १२ वर्षमा १२ वटा जनावरहरु मुसो, गाइ, वाघ, विरालो,मेघ, नाग, घोडा, भेडा, वानर, गरुड, कुकुर, र वनेलका नाममा मनाइन्छ । प्रत्येक १२ वर्षमा यो चक्र घुमिरहन्छ । ५ चक्र अर्थात ६० वर्षको अवधीलाई एक राप्चुङ भनिन्छ । ल्होसारको सामाजिक महत्वलाई प्रोत्साहन गर्न नेपाल सरकारले राष्ट्रिय विदा दिने गरेको छ । विभिन्न जातीहरुले मनाउने यो चाँड पुस १५ देखि माघ १५ सम्म करिव १ महिना धुमधाम मनाईन्छ ।
४. अव्यवस्थित सहरीकरणबाट विकासमा नकारात्मक असर पर्दछ भन्ने भनाइको पुष्टि गर्नुहोस् ।
शहरीकरण शव्द ल्याटिन भाषाको ग्चदबलगक वाट उत्पत्ति भएको हो । यसको अर्थ परिष्कृत तथा शिष्ट समाज हो । ध्ष्तजभचष्अप ःष्अजभब ि ले शहरीकरणका मुख्यतः ४ वटा परिवर्तनलाई औल्याएका छन् ।
क) अर्थमा परिवर्तन (क्जषत ष्ल भअयलयmथ)
ख) जनसंख्याको वितरणमा परिवर्तन (ऋजबलनभ ष्ल मष्कतचष्दगतष्यल या उयउगबितष्यल)
ग) जीवनशैलीमा परिवर्तन (ऋजबलनभ ष्ल ीषभकतथभि)
घ) वसोवासस्थलको आकार र विशेषतामा परिवर्तन (ऋजबलनभ या क्भततझिभलत)
शहरहरु व्यवस्थित नहुनु नै अव्यवस्थित शहरीकरण हो । व्यवस्थित शहरीकरणको मुख्य उद्देश्य रहेता पनि धेरै कारणहरुले गर्दा अव्यस्थित हुन पुग्दछ । समग्रतामा अव्यवस्थित शहरीकरणवाट हुने समस्याहरुलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ।
फोहरमैला बृद्धि, ढल निकासको समस्या, वायु प्रदुषण, ध्वनी प्रदुषण, चोरी, हत्या, अपराधजन्य क्रियाकलापमा बृद्धि, अव्यवस्थित वसोवास, सांस्कृतिक सम्पदाको हस ।
तसर्थ अव्यवस्थित शहरीकरण वास्तबमा उक्त समाजको लागी राम्रो विषय होईन । अव्यवस्थित     शहरीकरणमा सडक, खानेपानी एवं भौतिक विकास सम्वन्धी पुर्वाधारको निर्माणको लागी कुनै योजना नै हुदैन ।
५. नेपालमा आदिवासी तथा जनजातिहरूको प्राथमिकीकरण तथा वर्गीकरण कसरी गरिएको छ ? वर्णन गर्नुहोस् ।
नेपालमा विभिन्न किसिमका जातजाती तथा सम्प्रदायहरु वस्तछन् । विशेषतः चारवर्ण छत्तिस जातीको पहिचानको रुपमा चिनिने नेपालको सामाजिक संरचना विविधतायुक्त रहेको छ । नेपाल वहुभाषिक वहुजातीय वहुधार्मिक वहु सांस्कृतिक विशेषता भएको मुलुक हो । वि.सं. २०५४ सालमा राष्ट्रिय जनजाती विकास समिति (गठन) आदेश, २०५४ जारी गरी सरकारकले ६१ जनजातीलाई आदीवासी जनजाती घोषणा गरेको थियो । वि.सं.२०५८ माघ २५ गते छुट्टै आदीवासी जनजाती उत्थान प्रतिष्ठान ऐन, २०५८ जारी गरी ५९ जातजाती तिनको वसोवास स्थल र विशेषताहरुलाई वर्गिकरण  गरेको छ । कार्यदलले अवसरवाट वन्चित लोपोन्मुख सीमान्तकृत र अवसरमा पहँुच नभएको भनी आदीवासीको सूचीलाई चार समुहमा प्राथमिकिकरण तथा वर्गिकरण गरेको छ ।

साहित्य÷सृजना


चस्मा


उसले आफ्नो आँखा अगाडि
सधै अन्धकार मात्र देख्छ
सामुन्ने हजारौ दीपकहरु
झल्मलाईरहेका किन नहुन
जताततै
एउटा कालो पर्दा मात्र देख्छ
त्यही,
कालो पर्दाको छायाँले
पछ्याइरहेको जस्तो लाग्न थाल्छ उसलाई
रङ्गिन तस्बिरहरु पनि
पुराना जमानाका सिनेमामा हेरेको
ब्याक एन्ड ह्वाइट जस्ता
देखिन थाल्छन्
अनि,
आफ्नै आँखालाइ दोष दिन थाल्छ
आँखाकै खरबी होला बन्ठान्छ
चारैतिरको अँधेरीले
भित्रभित्रै आफुलाई खाइसकेको अनुभव गर्छ
एक्लै एक्लै
निसासिन्छ
छट्पटिन्छ
भौतारिन्छ
अचानक उसका भुजाहरु,
आफुले लगाएको चस्मामाथी ठोकिन पुग्छन
बल्ल होस आउँछ
आँखामा चस्मा हाबी भएको रहिछ
जस्ले,
उसलाई सत्य देख्न र थाहा पाउनबाट
बञ्चित गरेको रहिछ
र पो
सबै धमिलो नजर आउदो रहिछ
त्यसपछि,
बिस्तारै, आखामाथी बिराजमान भएको
चस्मालाई हटाउने कोशिस के गर्छ
पहिलेका धमिला आकृतिहरु
प्रष्ट देखिन थाल्छन
खाराबी आँखामा नभै
आँखामाथी चढेको चस्मामा रहिछ भन्ने बुझ्छ
चस्माको दुनियाँबाट बाहिर निस्कन्छ ।
पुष्पा जोशी

धनगढी, कैलाली


लेख्न जान्दिन म


केहि भावनाहरु जन्मन्छन् शब्द बनि
बोल्न  जान्दिन म
केहि शब्दहरु हुर्कन्छन् उदगार बनि
माया गर्न जान्दिन म
परिभाषा मात्र खोतल्छु शब्दहरु खनी
तिम्रो हुन सक्दिन म
माया मात्र गर्छु केवल तिम्रो बनि
जिन्दगीको मूल्य जान्दिन म
विद्वानहरुसंग बोल्छु सार भेटिएलानी भनी
रातभर तारा गन्छु म
भेटिन्छकी कोहि आफ्नो विरहको कथा बनि !!!
निता केसी (भट्टराई)

काठमाण्डौं


सूचना÷सन्देश÷बिज्ञापन 

 


युनाईटेड मिसन टु नेपाल, डोटी र समान पहुँच बिकास केन्द्र (सिड) नेपाल डोटीको साझेदारीमा सञ्चालित जवाफदेहीता अभिबृद्धिमार्फत समावेशी बिकास कार्यक्रम द्वारा जनहितमा जारी सन्देश ।

नेपालमा सुशासन कायम हुन नसक्नाका मुख्य कारणहरु
सुशासन एउटा यस्तो व्यवस्था हो, जहाँ ः
» कानुनको पुर्ण परिपालना हुन्छ,
» दण्डहीनताको अन्त्य हुन्छ,
» जनमुखी एवं पारदर्शी सरकार हुन्छ,
» भ्रष्टाचार रहित समाजको निर्माण हुन्छ,
» विकासले गति लिएको हुन्छ,
» अनुशासनको पुर्ण पालना हुन्छ ।
यी र यस्तै कार्य हुँदै जाँदा राजनीतिक र प्रशासनिक विकृति विनाको शासन कायम भई शासन व्यवस्था सुव्यवस्थित हुन्छ ।
नेपालमा सुशासन कायम हुन नसक्नुको मुल कारण अस्थिर राजनीतिका साथसाथै थप कारणहरू यसप्रकार छन् ः
रुसुशासन सम्बन्धि स्पष्ट ऐन कानुन नहुनु तथा भएको ऐन नियमको पुर्ण पालना नहुनु
» सुशासन कायम गर्ने संस्थाहरू सवल सक्षम तथा जनमुखी हुन नसक्नु तथा ती संस्थाहरू बीच कार्यगत समन्वय नहुनु ।
» विकेन्द्रीकरण कार्य प्रभावकारी हुन नसक्नु
» भ्रष्टाचार एवं अनियमित कार्यमा कमी नआउनु तथा भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा संलग्न निकायहरू थप प्रभावकारी हुन नसक्नु
» नागरिक समाजका कार्य प्रभावकारी बन्न नसक्नु
» साधन स्रोतको अभाव तथा उपलब्ध साधन स्रोतको उचित प्रयोग र परिचालन हुन नसक्नु
» निजी क्षेत्र सबल सक्षम एवं उत्तरदायी हुन नसक्नु
» सेवाग्राही नागरिकमा चेतनाको अभाव हुनु
» अनुगमन कार्य प्रभावकारी हुन नसक्नु, आदी ।
माथि उल्लेखित विद्यामन कारणहरूले गर्दा नेपालमा सुशासन कायम हुन सकेको छैन । तसर्थ नेपालमा सुशासन कायम गर्नका लागि निम्न उपयाहरू अपानउन सकिन्छः
» सुशासन सम्बन्धि स्पष्ट ऐन नियम बनाई त्यसको पुर्ण लागु तथा परिपालना गर्ने  गराउने » सुशासन कायम गर्ने संस्थाहरूबीच कार्यगत समन्वय गरि सबल सक्षम र जनमुखी बनाउने
» विकेन्द्रीकरणलाई प्रभावकारी बनाउने
» भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरू सशक्त रुपमा प्रस्तुत भई भ्रष्टाचारलाई            निराकरण गरि सदाचार कायम गर्ने
» नागरिक समाजको कार्यलाई प्रभावकारी बनाउने
» उपलब्ध साधन स्रोतको उचित परिचालन र प्रयोग गर्ने
» नीजि क्षेत्र सबल सक्षम एवं उत्तरदायी बन्ने
» नागरिक संलग्नता र नागरिक निगरानीलाई प्रभावकारी बनाउने
» भ्रष्टाचार र अनियमितता बिरुद्ध शुन्य सहनशीलताको बिकास गर्ने
» नीतिगत भ्रष्टाचारलाई निरुत्साहित गर्ने लैजाने
» पारदर्शीता र जवाफदेहीतालाई सशक्त बनाउने
» सेवाग्राही नागरिकलाई चेतना जगाउने, आदी ।