कुनै पनि व्यक्तिले जात, जाति र अन्तरजातीय विवाहका
आधारमा परिवारका सदस्यलाई बहिष्कार गर्ने, घरभित्र प्रवेश गर्न नदिने, गाउँ निकाला गर्ने,
त्यस्ताबाट जन्मिएका सन्तानको
न्वारान नगर्ने जस्ता भेदभावपूर्ण कार्य गर्नु, गराउनु हुँदैन । त्यस्तो
कार्य गर्ने व्यक्तिलाई जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन, २०६८ बमोजिम तीन महिना देखि तीन वर्षसम्म कैद वा एक हजार देखि पच्चीस
हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग
मुख्य समाचार
मत संख्याका आधारमा कांग्रेस ठूलो दल
बिस/डोटी
असोज २३
गत असार
१४ गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत संख्याको आधारमा डोटी जिल्लामा नेपाली
कांग्रेस ठुलो दल देखिएको छ ।
जिल्लामा
रहेका नौ स्थानीय तहमध्ये नेपाली कांग्रेसले तीन स्थानमा मात्रै बिजयी हात पारेको
थियो । पाँच स्थानमा नेकपा एमाले र एक स्थानमा नेकपा माओबादी केन्द्रले बाजी
मारेको उक्त निर्वाचनमा मत संख्यालाई आधार मान्दा कांग्रेसनै ठुलो दल भएको छ ।
कुल एक
लाख एक हजार १६ मतदातामध्ये ७१ हजार आठ सय ९८ आर्थत करीव ७१ प्रतिशतले मतदान गरेको
जिल्ला निर्वाचन कार्यालय डोटीले जानकारी दिएको छ । प्राप्त मत परिणाम अनुसार
नेपाली कांग्रेसले २८ हजार पाँच सय ४२ मत प्राप्त गरेको छ । जिल्लामा बहुमत
स्थानीय तह जित्दै जिल्ला समन्वय समिति समेत एकलौटी बनाएको नेकपा एमालेको पक्षमा
२७ हजार आठ सय ८९ मत खसेको निर्वाचन कार्यालयले दिएको तथ्याँकले देखाउँछ । यस्तै
माओवादी केन्द्रको पक्षमा सात हजार आठ सय ६३, राष्ट्रिय जनमोर्चाले एक
हजार एक सय ६८, राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ सय ६३ र अन्यले
एक सय ४७ मत प्राप्त गरेका छन ।
नेपाली
कांग्रेसले जित हात पारेका स्थानीय तहमा मतान्तर बढी भएका कारण मतसंख्या एमालेको
भन्दा कांग्रेसको बढी देखिएको हो ।
जिल्लाका
दुई नगर–पालिकामध्ये मतदाता र वडा संख्याका हिसावले ठुलो
शिखर नगरपालिकामा नेपाली कांग्रेस बिजयी भएको छ । यस नपामा कांग्रेसले पाँच
हजार तीन सय ५३ मत प्राप्त गरेको छ । प्रतिस्पर्धी एमालेले चार हजार चार सय ३७ मत
ल्याएको छ ।
दिपायल
सिलगढी नगर–पालिकामा एमालेले बिजयी भएको छ । एमालेले चार हजार
चार सय २८ मत प्राप्त गरेको छ भने कांग्रेसले सचार हजार एक सय ५२ ।
यस्तै
आदर्श, जोरायल, पूर्वीचौकी र सायल
गाउँपालिकामा एमाले बिजयी भएको छ । केआई सिंह र बडीकेदार गाउँपालिकामा कांग्रेसले
जित हात पारेको छ भने बोगटान गाउँपालिका एमालेको पोल्टा परेको छ ।
प्रदेश
सभाका लागि दुई निर्वाचन क्षेत्र बनेको डोटीमा स्थानीय तह निर्वाचनको मत
परिणामको आधारमा क्षेत्र १ मा एमाले बलियो देखिन्छ भने क्षेत्र २ मा
कांग्रेस । निर्वाचन क्षेत्र १ मा एमालेले १६ हजार दुई सय ५९ मत प्राप्त गरेको छ ।
कांग्रेसले १५ हजार तीन सय ७९ मत प्राप्त गरेको देखिन्छ । यस्तै क्षेत्र २ मा
कांग्रेसको मत संख्या बढी देखिन्छ । कांग्रेसले यस क्षेत्रमा १३ हजार एक सय ६३ र
एमालेले ११ हजार ६ सय ३० मत प्राप्त गरेको छ । यस्तै तेश्रो दल नेकपा माओवादी
केन्द्रले क्षेत्र १ मा तीन हजार चार र क्षेत्र २ मा चार हजार आठ सय ५९ मत प्राप्त
गरेको जिल्ला निर्वाचन कार्यालयले उपलव्ध गराएको तथ्याँकमा छ । साबिकका संबिधानसभा
निर्वाचन क्षेत्रलाई नै अहिले प्रदेश सभा निर्वाचन क्षेत्र कायम गरिएको छ ।
२०७०
सालको संबिधानसभाको निर्वाचनमा समानुपातिक तर्फको मत संख्याका आधारमा पनि कांग्रेस
डोटीमा ठुलो दल देखिएको थियो । उक्त चुनावमा कांग्रेसले समानुपातिकतर्फ डोटी
क्षेत्र १ बाट १७ हजार ८१ र क्षेत्र २ बाट १० हजार नौ सय ५४ गरि २८ हजार ३५ मत
प्राप्त गरेको थियो । एमालेले क्षेत्र १ मा आठ हजार तीन सय ५६ र क्षेत्र २ मा ११
हजार चार सय ४८ गरि १९ हजार ६ सय चार मत प्राप्त गरेको थियो । यस्तै तत्कालीन
एकिकृत नेकपा माओवादीले क्षेत्र १ मा चार हजार ५४ र क्षेत्र २ मा तीन हजार नौ सय
१४ गरि सात हजार नौ सय ६८ मत प्राप्त गरेको थियो ।
प्रत्येक्षतर्फ
भने क्षेत्र १ बाट कांग्रेसका बिरवहादुर बलायर र क्षेत्र २ बाट एमालेका
प्रेमबहादुर आलेमगर बिजयी भएका थिए ।
२०४६
सालको राजनी–तिक परिबर्तनपछि २०४८, २०५१ र २०५६ सालको निर्वाचनमा डोटीका दुवै क्षेत्र एकलौटी जित्दै
आएको कांग्रेसले २०६४ सालको संबिधानसभाको निर्वाचनमा भने दुवै क्षेत्र गुमाएको
थियो । यस्तै २०४९ सालको स्थानीय निकाय निर्वाचनमा जिल्लाका ५० गाबिस र एक
नगरपालिकामध्ये नगरपालिका र ४८ गाबिसमा बिजयी प्राप्त गरेको थियो । तर २०५४ सालको
स्थानीय निर्वाचनमा भने नगरपालिका र १९ गाबिसमा एमाले बिजयी भएको थियो ।
असारमा
सम्पन्न स्थानीय तहको निर्वाचनमा प्राप्त परिणामका आधारमा ठुला दलहरु आगामी
निर्वाचनको परिणामको अनुमान गर्न थालेका छन ।
सम्पादकीय
कस्तो उम्मेदवार छान्ने ?
अहिले
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवार को हुने भन्ने बिषयले बजार पाएको
छ । उम्मेदवार बन्नका लागि ठुला दलहरुमा आकांक्षीको लामै लाईन छ । पुस्तौं देखि
आफ्नो बिरासत थाम्दै आएकाहरु देखि भरखरै राजनीतिको कखरा पढ्दै गरेकाहरु पनि लाईनमा
लागेका छन । त्यसमा अधिकांश अनुहार–हरु पुरानै छन । पुरानै
अनुहारहरु फेरी पनि दोहोरिनु आफैमा नराम्रो नभएपनि यसले नयाँ अनुहारलाई भने
पछाडि धकेल्दै लैजाने छ ।
सांसदमा
पुरानै अनुहार आउनु हुँदैन भन्ने होइन तर कुनै योगदान बिना एउटै व्यक्ति पटकपटक
दोहोरिनुले कुनै नयाँ अर्थ राख्दैन । प्रमुख दल नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रदेखि अन्य साना राजनीतिक दलमा समेत
उम्मेदवार सिफारिस हुँदा नयाँले भन्दा पुरानैले प्राथमिकता पाएको देखिएको छ ।
उम्मेदवार चयन गर्दा पनि कस्तो कस्तो व्यक्तिलाई उम्मेदवार चयन गर्ने वा सिफारिस
गर्ने भनेर पार्टीका माथिल्ला कमिटीहरुले तल्ला कमिटीहरुलाई कुनै ठोस निर्देशन
नदिएका कारण हो वा माथीको निर्देशनको पालना गर्न नसकेर वा नगरेर हो, तल्ला कमिटीहरुले निश्चित संख्यामा उम्मेदवार सिफारिस गर्नुभन्दा पनि
पुराना अनुहारसँगै नयाँ आकांक्षीको नाम थपेर ठुलो संख्याका सिफारिस गरेर पठाएका छन
।
प्रतिनिधिसभा
र प्रदेश सभामा कस्तो उम्मेद्वार चयन गर्ने भन्ने बिषयमा सोच्नु जरुरी छ । पहिलो
कुरा सामाजिक सेवामा ति व्यक्तिको योगदानलाई मुख्य आधार बनाईनु पर्छ । यदि सामाजिक
सेवामा, बिकासमा, सुशासनमा कुनै व्यक्ति
उदाहरण बनेको छ भने त्यस्तो व्यक्तिलाई जति पटक दोहो¥याउँदा पनि कुनै समस्या हुँदैन । जनताका लागि राम्रो काम गर्नेलाई
जनप्रतिनिधि भन्ने गरिन्छ । यस्तो अवस्थामा नयाँ अनुहार पछाडि पर्छन भने
पनि त्यसको कुनै समस्या हुँदैन तर पुराना अनुहार जो बिगत लामो समयदेखि राजनीतिज्ञ
भएका छन, जनताको बिचमा होईन नेताको पछाडी घुम्ने गर्छन, संगठन होईन चाकरीमा बढी बिश्वास गर्छन, कार्यकर्तालाई दास बनाउने
मानसिकता पालेका छन, त्यस्ता व्यक्तिलाई समयमै पाखा लगाउनु जरुरी छ ।
अर्कोतर्फ
नयाँ अनुहार भनेर मात्रै सवै कुरा भईहाल्ने हुँदैन । नयाँ अनुहारहरु पनि सामाजिक
व्यक्ति हुन कि होईनन् भन्ने कुराको हेक्का हुनु जरुरी छ। योजनैपिच्छे कमिसन
माग्दै जाने, कार्यकर्ताहरुलाई रैती ठान्ने, पार्टीभित्र गुटवन्दी गर्ने, संगठन भन्दा बढी
व्यक्तिबादी चरित्र प्रदर्शन गर्ने, आफु पनि चाकर हुने र अरुलाई
पनि चाकर बनाउने प्रबृत्तिका नयाँ अनुसारमा पनि थुप्रै छन राजनीतिक बजारमा । के
तिनीहरुलाई बनाउने त जनप्रतिनिधि ? होइन, यस्ता व्यक्तिहरु आउनु भन्दा पुरानै अनुहार ठिक छन । तिनैलाई सिफारिस
गरौं ।
आफुले
जागिर पाएन वा परिवारको कुनै सदस्यले जागिर पाएन भनेर पार्टीको सदस्यता
च्यात्नेहरु, आफुले टिकट पाएन भनेर चुनावमा अर्कै पार्टीलाई
सहयोग गर्नेहरु, पार्टीको बिचार–सिद्धान्त के हो भन्ने सम्म
पनि जानकारी नभएकाहरु पार्टीका उम्मेदवार सिफारिस भएका छन रे । यो भन्दा बिडम्वना
अरु के हुन सक्छ नेपालको राजनीतिका लागि । अवसरबादीहरु कहिल्लै पनि जनताको सच्चा
प्रतिनिधि हुन सक्दैनन् । अवसरबादी अबसरबादीनै हुन्छन् ।
त्यसैले
दलहरुले उम्मेदवार चयन गर्दा बिचार पु¥याऔं । जनताका प्रतिनिधि
हौं भन्ने लायकका मान्छेहरुलाई उम्मेदवार छानौं । जनताले पनि फलानो हाम्रो
प्रतिनिधि हो भन्न सक्ने बातावरण तयार होस् । भ्रष्टहरुलाई, राजनीतिक बेईमानहरुलाई, चाकरहरुलाई जनताको
प्रतिनिधि बनाउने प्रयास नगरियोस । शुभकामना छ ।
थप समाचार
प्रदेश नं. ७ मा १४ लाख मतदाता
बिस/डोटी
असोज २३
मंसिर १०
र २१ मा हुने प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनका लागि प्रदेश नं. ७ मा
१४ लाख ३५ हजार ६ सय ७१ मतदाता रहेका छन् ।
फोटो
सहितको मतदाता नामावलीमा नाम समावेश गराएकामध्ये गत भाद्र ५ गतेसम्म
१८ वर्ष उमेर पुगेकालाई आयोगले आसन्न निर्वाचनका लागि मतदाताको सूचीमा
राखेको छ । आयोगले दिएको जानकारी अनुसार यस प्रदेशमा ६ लाख ९६ हजार पाँच सय ८० जना
पुरुष, सात लाख ३९ हजार ७५ जना महिला र १६ जना तेस्रो
लिङ्गी गरी १४ लाख ३५ हजार ६ सय ७१ जना मतदाता रहेका छन ।
नौ
जिल्ला रहेको यस प्रदेश अन्तर्गत डोटीको मतदाता संख्या ५७ हजार चार सय महिला र ४९
हजार एक सय ४३ पुरुष गरि एक लाख ६ हजार पाँच सय ४३ रहेको छ ।
प्रदेश ७
का सात पहाडी जिल्लामा प्रतिनिधि सभाका लागि दुइृ निर्वाचन क्षेत्र रहेको एक मात्र
जिल्ला अछाममा ६४ हजार ७७६ पुरुष,
७२ हजार १२५ जना महिला र
दुई जना तेस्रो लिङ्गी गरी एक लाख ३६ हजार नौ सय तीन मतदाता रहेका छन ।
यस्तै
डडेल्धुरामा ४० हजार एक सय ५६ पुरुष र ४१ हजार ५७६ जना महिला गरी जम्मा ८१ हजार
सात सय ३२, बैतडीमा ६४ हजार चार सय ७० जना पुरुष, ६७ हजार ८४५ जना महिला र दुई तेस्रो लिङ्गी गरी एक लाख ३२ हजार तीन
सय १३ र दार्चुलामा ३९ हजार पाँच सय ८५ परुष र ३८ हजार ९२७ जना महिला गरी ७८ हजार
पाँच सय १२ जनाले मत हाल्न पाउने छन् ।
यस्तै
बाजुरामा ३५ हजार एक सय ४७ पुरुष,
३४ हजार ६ सय ८५ महिला र
दुई जना तेस्रो लिङ्गी गरी ६९ हजार आठ सय ३४ र बझाङमा ५१ हजार दुई सय ७१ पुरुष, ५३ हजार तीन सय महिला र एक तेस्रो लिङ्गी गरी एक लाख चार हजार दुई सय
७५ मतदाता छन ।
सबैभन्दा
धेरै मतदाता कैलालीमा छन् । यस जिल्लामा दुई लाख २३ हजार पाँच सय नौ पुरुष, दुई लाख ३७ हजार ६३ महिला र आठ तेस्रो लिङ्गी गरि चार लाख ६० हजार
पाँच सय ८० मतदाता छन् । त्यस्तै कञ्चनपुरमा एक लाख २८ हजार पाँच सय २३
पुरुष, एक लाख ३६ हजार चार सय ५१ महिला र एक जना तेस्रो
लिङ्गी गरी दुई लाख ६४ हजार नौ सय ७५ मतदाता छन् ।
तेश्रो लिङ्गी १६ मतदाता
आयोगका
अनुसार प्रदेश ७ मा १६ तेश्रो लिङ्गी मतदाता रहेका छन । बाजुरामा दुई, अछाममा दुई, बझाङ्गमा एक, कैलालीमा आठ, बैतडीमा दुई र कञ्चनपुरमा एक तेश्रो लिङ्गी मतदाता रहेका छन ।
डोटी दार्चुला र डडेल्धुरामा भने तेश्रो लिङ्गी मतदाता छैनन् ।
महिला मतदाता बढी
प्रदेश ७
मा पुरुष भन्दा महिला मतदाता बढी रहेको आयोगको तथ्याँकले देखाएको छ ।
कुल १४
लाख ३५ हजार ६ सय ७१ मतदातामध्ये सात लाख ३९ हजार ७५ जना महिला रहेका छन ।
पुरुष मतदाताको संख्या ६ लाख ९६ हजार पाँच सय ८० रहेको छ । यस आधारमा ४२
हजार चार सय ९५ महिला मतदाता बढी रहेका छन । अछाममा सात हजार तीन सय ४९, बझाङ्गमा एक हजार सात सय ३२, डोटीमा आठ हजार दुई सय ५७, कैलालीमा १३ हजार पाँच ५४, बैतडीमा तीन हजार तीन सय ७५, कञ्चनपुरमा सात हजार नौ सय २८ र डडेल्धुरामा एक हजार चार सय २० महिला
मतदाताहरु बढी रहेका छन ।
बाजुरा र
दार्चुलामा भने महिला भन्दा पुरुष मतदाताको संख्या बढी छ । बाजुरामा चार सय ६२ र
दार्चुलामा ६ सय ५८ महिला भन्दा पुरुष मतदाता बढी रहेका छन ।
तीन ठूला दलबाट १२१ सिफारिस
रोजेन्द्र जोशी/डोटी
असोज २३
असोज २३
आगामी
मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि डोटीका तिन ठुला
दलहरुले एक सय २१ जनाको नाम सिफारिस गरेका छन । तीनवटै दलबाट प्रतिनिधि सभाका लागि
३० र प्रदेश सभाका लागी ९१ जना उम्मेदवारहरुको नाम सिफारिस भएको छ ।
प्रतिनिधि सभामा को को ?
नेपाली
कांग्रेस डोटीले प्रतिनिधि सभाका लागी प्रत्येक्ष तर्फ बाट ६ जनाको नाम
सिफारिस गरेको छ । सिफारिस अनुसार वहालवाला भौतिक योजना निर्माण तथा यातायात
मन्त्री विरवहादुर बलायर, संसाद भरत खड्का, पूर्व विधायक यज्ञराज पाठक
सहित टेक राज ओझा, पुष्प कुमार शाही र प्रशिस महरा रहेका छन् ।
त्यस्तै समानुपातिक तर्फ पूर्व राज्यमन्त्री भक्त वहादुर वलायर, सांसद कल्पना सोप र अन्य ५ जनाको सिफारिस भएका छन ।
यस्तै
एमाले डोटीले प्रतिनिधि सभाका लागि सांसद प्रेम वहादुर आलेमगर, पूर्व सभासद् हर्क वहादुर सिंह र अधिबक्ता शंकर दिप मडैको सहित ३
जनाको नाम सिफारिस गरेको छ । समानुपातिकतर्फ पूर्व सांसद मोहन बम्, महिला नेतृ पूर्णा जोशी लगायत १० जनाको नाम सिफारिस गरेको छ ।
माओवादी
केन्द्रले प्रतिनिधि सभाका लागि प्रत्येक्ष तर्फ त्रिलोेचन भट्ट, सिद्धराज भाट र प्रेम नेपालीको नाम सिफारिस गरेको छ ।
समानुपातिकतर्फका लागि जंग बिक ‘शैलेन्द्र’ को नाम सिफारिस भएको छ ।
प्रदेश सभामा को को ?
प्रदेश
सभाका लागि दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लाबाट काग्रेसले क्षेत्र १ का लागि
प्रत्येक्ष तर्फ लक्ष्मण खड्का,
राम बहादुर रोकाया, धनश्याम दत्त पाठक,
नर बहादुर ढाँट, भरत बहादुर कठायत,
नरेन्द्र बहादुर सिंह, जित बहादुर खड्का,
राम प्रसाद उपाध्याय, ललित बहादुर बलायर,
सुशील घर्ती, भरत कठायत र धर्म राज जोशी गरि १२ जनाको नाम सिफारिस गरेको छ ।
क्षेत्र २ का लागि योगेन्द्र बहादुर शाही, भुमिराज बडु, प्रदिप कुमार देउबा,
लक्ष्मीराज पाठक, पदम राज जोशी, पदम बहादुर रावत, दिर्ध बहादुर बम (रघुराजा), गोरख बहादुर बिष्ट (आनन्द), दुर्गा प्रसाद फुलारा, हर्क बहादुर देउबा,
दिल बहादुर बमको नाम
सिफारिस गरेको छ भने समानुपातिक तर्फ दुवै क्षेत्रबाट गरि २६ जनाको नाम सिफारिस
भएको छ ।
त्यस्तै
एमालेको तर्फबाट प्रदेश सभा क्षेत्र १ का लागि पार्टी जिल्ला अध्यक्ष चक्र वहादुर
मल्ल, लक्ष्मण मलासी र नैन वहादुर खड्काको नाम सिफारिस
गरेको छ । यस्तै क्षेत्र २ का लागी सांसद गौरी ओलीसंगै भोजनाथ योगी र पदम भट्टको
नाम सिफारिस भएको छ । प्रदेश सभा समानुपातिकतर्फ दुवै क्षेत्र गरि १७ जनाको नाम
सिफारिस गरिएको छ ।
माओवादी
केन्द्रले प्रदेश सभा क्षेत्र १ का लागी जर्नादन जोशी, भरत बोहरा ‘सेवक’ र भक्तबहादुर सिंहको नाम
पठाएको छ ।
क्षेत्र
२ का लागि शिब सिंह ओली, मिनबहादुर घर्ति, प्रेम कुँवर प्रख्यात र
प्रेमा ओलीको नाम सिफारिस गरिएको छ ।
नेकपा
माओवादी केन्द्रले प्रदेश सभा समानुपातिकका लागि क्षेत्र १ बाट सञ्जा रोकाया
र क्षेत्र २ बाट सिद्धराज बिक ‘बिश्वप्रकाश’ लाई सिफारिस गरि पठाएको
जनाएको छ ।
यसरी
सिफारिसमा पर्नेहरुमा कांग्रेसबाट ६२, एमालेबाट ४६ र माओवादी
केन्द्रबाट १३ जना रहेका छन ।
सामाजिक सुरक्षा भत्ता घर घरमा
जिल्लाको
थलारा गाउँपालिकाका जन प्रतिनिधिहरुले घर घरमा गएर सामाजिक सुरक्षा भत्ता बितरण
गर्ने भएका छन ।
नव
निर्वाचित जन प्रतिनिधिहरुले बृद्व, एकल महिला तथा विधवा, बालबालिका र फरक क्षमता भएका मनिसहरुले सहज रुपमा नेपाल सरकारबाट
उपलब्ध सामाजिक सुरक्षा भत्ता पाउन भन्ने उद्येश्यले जनताको घर घरमा गएर
बितरण गर्ने भएका हुन ।
सरकारले
जेष्ठ नागरिकलाई मासिक एक हजार भत्ता एक हजार औषधी उपचार, एकल तथा बिधवा महिलालाई मासिक एक हजार, जेष्ठ नागरिक दलित मासिक एक
हजार, आंशिक अपांगलाई मासिक ६ सय, पूर्ण अपांगलाई मासिक दुई हजार र पाँच बर्ष मुनिका बालबालिकालाई
मासिक चार सय उपलब्ध गराउँदै आएको थियो ।
थलारा
गाउँपालिकाका जनतालाई सहज होस भन्ने उद्येश्यले जनताको घर घरमा गएर सामाजिक
सुरक्षा भत्ता बितरण गर्ने निर्णय गरेको थलारा गाउँपालिकाका अध्यक्ष
भुवनेश्वर उपाध्यायले बताए । यहि असोज २३ गतेबाट प्रत्येक वडाका वडा सचिव र
जनप्रतिनिधिहरुलाई जनताको घर घरमा नै गएर सामाजिक सुरक्षा भत्ता बितरण गर्ने उनको
भनाइ छ ।
जनप्रतिनिधिहरुले
यसरी जनताको घर घरमा गएर सामाजिक सुरक्षा बितरण गर्ने निर्णय गरेपछि थलारा
गाउँपालिकाका बासिन्दाहरु खुसी भएका छन । बृद्व भत्ता बुझ्न लौरो टेकेर लामो बाटो
हिडेर गाविस भवनमा पुग्नु प¥थ्यो थलारा गाउँपालिकाकी हरिना भट्टराइले बताइन् ।
जन
प्रतिनिधिहरु भत्ता दिन घरमा नै आउने भन्ने सुनेपछि अत्यन्त खुसी हुँदै भत्ता
बुझ्न गाविस भवनमा झण्डै एक घण्टा लाइन लाग्नुपर्ने झन्झटबाट पनि उन्मुक्ती पाउने
उनको भनाइ छ ।
छोटकरी समाचार
राजधानीका लागि हस्ताक्षर अभियान
बिम्ब समाचार/ स्थानीय तहको पुनंसंरचना भएदेखि देश भरीका स्थानीय तहका संरचनाहरु
फेरीएका छन । त्यस्तै साबिकको सुदूरपश्चिमाञ्चल बिकास क्षेत्र ७ नं प्रदेशको
प्रादेशिक राजधानीका लागि लडाँई सुरु भइरहेको छ । तराई क्षेत्रकाबासीहरुले
कैलालीमा वा अत्तरियाका प्रादेशिक राजधानी हुनुपर्छ भनेर लागि परेका छन भने पहाडी
क्षेत्रबासीहरुले दिपायलमा प्रादेशिक राजधानी हुनुपर्छ भनेर आन्दोलन गरिरहेका छन ।
त्यसै
सन्दर्भमा सोमबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन
(अनेरास्वबियु) डोटीले ७ नं प्रदेशको राजधानी दिपायल हुनुपर्छ भनी दबाब मुलक
हस्ताक्षर कार्यक्रम गरेको छ । जिल्ला सदरमुकाम सिलगढी र दिपायलमा हस्ताक्षर संकलन
गरेको हो ।
आइतबार र
सोमबार हस्ताक्षर कार्यक्रम झण्डै तीन हजार भन्दा बढीले ७ नं प्रदेशको राजधानी
दिपायल हुनुपर्छ भनी ब्यानरमा हस्ताक्षर गरेको अनेरास्वबियु डोटीका सह सचिब गणेश
मल्लले जानकारी दिए ।
अनेरास्वबियु
डोटीका अध्यक्ष डबल बोहराको नेतृत्वमा गरिएको हस्ताक्षर कार्यक्रममा आम
डोटेलीबासीहरुले दिपायल राजधानीको लागि एकै आवाजका साथ हस्ताक्षर गरेको डोटी
उद्योग बाणिज्य संघ डोटीका अध्यक्ष नरेन्द्र बहादुर खड्काले बताए ।
दिपायल
राजधानीको लागि आफूहरु दिनरात खटेको अनेरास्वबियु डोटीका अध्यक्ष डबल
बोहराले बताए ।
खेल समाचार
धनगढी प्रिमियर लिग क्रिकेट आगामी माघमा हुँदै
बिम्ब समाचार
धनगढी
प्रिमियर लिग टी ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आगामी माघमा हुने
भएको छ ।
धनगढी
क्रिकेट एकेडेमी (डीसीए)ले सोमबार काठमाडौंमा आयोजना गरेको पत्रकार
सम्मेलनमा आगामी माघ ५ गतेदेखि प्रतियोगिता सञ्चालन गरिने आयोजक संस्थाका अध्यक्ष
सुवास बहादुर शाहीले जानकारी दिए ।
उक्त
प्रतियोगिताको मुख्य प्रायोजन विजय डिस्टिलरीको रुस्लानले गरेको छ । एक वर्षका
लागि करीब ७० लाख रुपैयाँ बराबरको प्रायोजन गर्ने सम्झौता पत्रमा अध्यक्ष
शाही र जाउलाखेल ग्रुप इन्डस्ट्रीजका निर्देशक श्रीहरशम्शेर जंगबहादुर राणाले
हस्ताक्षर गरे ।
मुख्य
प्रायोजन बापत रुस्लानले आयोजक धनगढी क्रिकेट एकेडेमीलाई ३५ लाख रुपैयाँ नगद
प्रदान गरेको छ भने ३५ लाख रुपैयाँ बराबरको विभिन्न सहयोग गर्ने कार्यक्रममा
जानकारी दिइयो ।
प्रतियोगितामा
टिम चौराहा धनगढी, सीवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, कञ्चनपुर आइकोनिक,
काठमाडौं गोल्डेन्स, विराटनगर किंग्सलगायत आठ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिताको विजेताले २५ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँका
साथै ट्रफी प्राप्त गर्नेछन् । तेस्रो हुनेले तीन लाख रुपैयाँ र चौथोले दुई लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतियोगितामा
‘म्यान अफ द सिरिज’ले टीभीएस अपाची १८० सीसीको
मोटरसाइकल पाउनेछ भने प्रत्येक खेलका म्यान अफ द म्याचले १० हजार रुपैयाँ तथा
उत्कृष्ट ब्याटस्म्यान र बलरलाई पनि पुरस्कार दिइने आयोजकले जनाएको छ । उक्त
प्रतियोगिताको खेल धनगढी स्थित अञ्चल प्रहरी मैदानमा सञ्चालन हुनेछ । वैकल्पिक
रुपमा फाप्ला क्रिकेट मैदानलाई तयार गरिने आयोजक संस्थाले जनाएको छ ।
एन्फाको सदस्य बन्न फुटबलमा सक्रियता अनिवार्य
बिम्ब समाचार
अखिल
नेपाल फुटबल संघ एन्फाको बिशेष साधारणसभा काठमाडौंमा सुरु भएको छ । साधारणसभाले
मुख्य गरी चुनावका लागि विधान संशोधन गर्नेछ ।
साधारणसभाले
आगामी पुस ८ गते हुने एन्फा कार्यकारी समितिको निर्वाचनका लागि समयानुकुल र
अन्तराष्ट्रिय मान्यता अनुसार रहने गरी विधान संशोधन गर्ने तयारी गरेको छ ।
साधारण
सभाले कार्यसमिति पदाधिकारी तथा सदस्यका लागि उम्मेदवारको योग्यता निर्धारण गर्नेछ
। नयाँ प्रस्ताव अनुसार ५ वर्षयता फुटबलमा लागेको र २ वर्षदेखि सक्रिय फुटबलमा
लागेको हुनुपर्नेछ । यसअघि सम्बन्धित संघले स्वीकृत गरेको जो कोही उम्मेदवार बन्न
पाउने थिए ।
यसैगरी
क्लव तथा जिल्लाबाट ३ जना प्रतिनिधि आउन पाउने ब्यवस्थालाई संशोधन गरी एक जनाको
मतदान अधिकार सहित २ जना प्रतिनिधि आउन सक्ने व्यवस्था गर्न लागिएको छ ।
त्यस्तै
५ वटा बी डिभिजन क्लवलाई दिइएको मताधिकार बढाएर ९ क्लव पुर्याइएको छ भने सी
डिभिजनका ३ क्लवबाट ५ पुर्याउने गरी बिधान संशोधन गर्न लागिएको एन्फाका एक सदस्यले
जानकारी दिए । ए डिभिजनका १४ क्लबले एन्फाको कार्यसमिति निर्वाचनमा भोट हाल्न
पाउनेछन् ।
एन्फाकै
चरम लापरबाहीका कारण नेपाली लिग च्याम्पियन श्रीस्टारले एएफसी कप फुटबलको दोस्रो
चरण खेल्न नपाएपछि डेढ करोड क्षतिपूर्ति दिने एन्फा कार्यसमितिको निर्णय पनि आजको
साधारण सभाले अनुमोदन गर्नेछ ।
एन्फाकै
केही सदस्यले घटनाका दोषीलाई कारबाही नगरी क्लवलाई क्षतिपूर्ति दिन नहुने भन्दै
फरक मत राख्दै आएका छन् ।
एन्फा
आफैंले बनाएको छानविन समितिले महासचिव धिरेन्द्र प्रधान तथा कर्मचारीहरु गोकुल
थापा र बसन्त रिजाललाई दोषी ठहर गरी कारबाहीका लागि सिफारिस
गरेको थियो । एन्फाले गत भदौ २९ गतेदेखि उनीहरुलाई १५ दिनका लागि निलम्बन गरेको
थियो ।
चलचित्र/मनोरञ्जन
‘छक्का पन्जा २’ले
तोड्यो ‘कोहिनुर’को १०
करोडको रेकर्ड
बिम्ब समाचार
नेपाली
चलचित्रको व्यापार अब करोड क्लबमा मात्र सिमित रहेन । धेरै नेपाली चलचित्रका
निर्माता चलचित्र करोड क्लबमा प्रवेश गर्दा नै रमाउने गर्छन् । १
करोड ग्रस गरेको चलचित्रले निर्मातालाई मुश्किलले ३० लाख रुपैयाँ मात्र हात
पारिदिन्छ । यसैले, अब १ करोड ग्रसमा मात्र रमाउने दिन छैन ।
नेपाली
चलचित्रको व्यापार अहिले निकै लोभलाग्दो हुन थालेको छ । ३ बर्ष अगाडि चलचित्र ‘कोहिनुर’ले १० करोड ग्रस कलेक्शन गर्दा खुशी भएको चलचित्र
क्षेत्र त्यसको २ बर्षमै ‘छक्का पन्जा’को १६ करोडको व्यापारबाट
अचम्मित भयो ।
अब, असोज ११ गतेबाट रिलिज भएको चलचित्र ‘छक्का पन्जा २’ले पनि रेकर्डमाथि रेकर्ड राखिरहेको छ । यो चलचित्रले प्रदर्शनको १०
औ दिनमा १० करोड ग्रस कलेक्शन गरेको निर्माता तथा कलाकार दीपकराज गिरीले जानकारी
दिए । योसँगै चलचित्र ‘कोहिनुर’को रेकर्ड तोडेको छ
।
उनका
अनुसार, ‘चलचित्रले दुई दिनमै करिब ३ करोडको व्यापार गरेको
थियो । त्यसपछि व्यापारमा उतार चढाव आयो । १० दिनमा चलचित्रले १० करोड ग्रस
कलेक्शन गर्याे ।’
योसँगै ‘छक्का पन्जा २’
सर्वाधिक कमाउने चलचित्रको
दोश्रो स्थानमा आइपुगेको छ । अब,
यो चलचित्रलाई ‘छक्का पन्जा’को सर्वाधिक कमाइको रेकर्ड तोड्न ६ करोडको व्यापार
गर्नुपर्ने हुन्छ ।
दीपाश्री
निरौला निर्देशित चलचित्रलाई समिक्षकले औषत चलचित्र भनेका छन् भने दर्शकले रुचाएका
छन् । दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, बर्षा राउत, केदार घिमिरे, स्वस्तिमा खड्का, स्वरुप पुरुष ढकाल,
आयुष्मान देशराज लगायतका
कलाकारको मुख्य भूमिका रहेको चलचित्रले अष्ट्रेलिया जानका लागि हुने कागजी
सम्बन्धको कथालाई कमेडी शैलीमा उठान गरेको छ ।
खाएको थाल आफैं माझ्छु
n अनलाइन खबर
‘मेरी बास्सै’बाट चर्चामा आएका केदार
घिमिरे अहिले फिचर फिल्ममा व्यस्त छन् । हास्य कलाकारको सूचीमा समेत फरक पहिचान
बनाउन सफल उनी ‘माग्ने बुढा’का रुपमा प्रख्यात छन् ।
तिनै माग्ने बुढासँग अनलाइनखबरले गरेको कुराकानीः
पछिल्लो पटक खुशी भएको क्षण ?
पेटको
रोग लागेपछि एक किसिमको डिप्रेसनमा थिएँ । सिनेमा हलमा छक्कापञ्जा चल्दै थियो ।
दीपक दाई र दीपा दिदीले मलाई हलमा लिएर जानुभयो । सबै दर्शकले ‘माग्ने माग्ने’
भनेर बोलाउँदा असाध्यै खुशी
लागेको थियो ।
दुःखीचाहिँ केले बनाउँछ ?
दुःखी
बनाउने तत्व धेरै छन् । मुख्य त,
सिस्टम नै हो । अस्तव्यस्त
सडक, कोचाकोच र जाममा परेका सवारी अनि अचाक्लि
महंगीलगायत धेरै कुराले टेन्सन गराउँछ ।
‘माग्ने’ भनेर
बोलाउँदा रिस उठ्दैन ?
केको रिस
उठ्नु, बडो रमाइलो लाग्छ । कहिलेकाहीं बाटोमा हिँड्दा पनि
साना केटाकेटीहरु ‘ऊ माग्ने बुढा’ भन्छन् । सुन्दा खुशी लाग्छ ।
माग्ने नाम कसरी जुर्याे ?
मोहन
मिश्र दाइको ‘आम्मै’ भन्ने सिरियल थियो । मैले
तीन भागको स्क्रिप्ट लेखेर दिएको थिएँ । उहाँलाई मन परेन कि क्या हो बनाउनु भएन ।
अनि मैले पछि आफैंले बनाएँ ‘माग्ने बुढा’को क्यारेक्टर राखेर ।
रियल माग्नेसँग भेट भएको छ ?
संगतै
गरेको त छैन । तर, बेलाबेलामा घरमा आउँछन् । मन्दिरतिर जाँदा पनि
भेट्छु र सामान्य सहयोग पनि गर्छु ।
झुट कत्तिको बोल्नुहुन्छ ?
ठीकै ।
कहिलेकाहीं मिलाएर झुट बोल्नुपर्ने हुन्छ । मैले झुठो बोलिदिँदा कसैलाई हानी हुन्न
या कसैलाई फाइदै हुन्छ भने झुठो बोलिदिन्छु ।
घरको काम कत्तिको गरिन्छ ?
आफूले
भात खाएको थाल आफैं माझ्छु । उठेपछि आफू सुतेको ओछ्यान आफैं मिलाउँछु । मैले घरमा
गर्ने महान काम यही नै हो ।
लेख
हिन्दुको दशैं तिहार र पशुबली
केही
बर्ष अगाडी काठ्माण्डौंको पशुपति क्षेत्र आसपास हिन्दुहरुको महान चाँड बडा दशैंको
अवसरमा हजारौं पशुहरुको बली चढाएर नै रगतको खोला जस्तै बगेको थियो । त्यसै बखत
काठमाण्डौंमा एक जना बिदेशी नागरिकले भनेका थिए, “नेपाली (हिन्दु) हरुको
धर्ममा त यति ठूलो रगतको खोलो बग्छ भने यो भन्दा पाप के नै हुन सक्ला र ?” यो भनाइले देशभरमै सनसनी मच्चाएको थियो । त्यो बेला कतिपयले हत्या
हिंसा रोक्नु नै पर्छ भनेर बिरोध जनाएका थिए त कतिपयले हिन्दु धर्म नै त्यागेका
थिए ।
हुन पनि
हो, कसैलाई मार्नु काट्नु हिंसा गर्नु धर्म हुने हो
भने अधर्म भनेको चाहिँ के हुने होला ? पाप भनेको के होला ? पृथ्वी मानिसको मात्र होइन, सृष्टिका सबै
पशुप्राणीहरुको पनि हो । सजिब प्राणीहरु सबैलाई बाँच्ने अधिकार छ । त्यसैले वेदले
भन्छ, “कुनै पनि पशुप्राणीको हत्या गर्नु हुँदैन ।
पूजाआजाको निहुँमा जगतमा भएका काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य जस्ता दुर्गुणहरुलाई जस्ताको त्यस्तै राखी ईश्वरका अबोध, लाटासुधा, निरीह, प्राणीहरुमाथि खुँडा, खुकुरी, तरबार जस्ता हतियार चलाउनु कायरता हो ।” बिना चेतना यस्तो घोर अन्धकारबाट मानिस बाहिर निस्कन सक्दैन ।
त्यसैले समाजमा चेतना फैलाउनु जरुरी छ ।
नेपाली
तथा (हिन्दु) समाजमा पशुबलीले परम्परादेखि नै निकै जरा गाडेर बसेको पाइन्छ ।
पूजाआजा भन्ने बित्तिकै कतिपयले पशुबलीको झझल्को देख्ने गर्छन । प्राचीन कालदेखि
नै पशुबलीबारे विभिन्न तर्कवितर्क पनि चल्दै आएका पनि छन । एकथरीले भन्छन् “मठ मन्दिरमा देउता तथा जंगलहरुमा भियालाई खुसी पार्न पशुको बली नै
चढाउनुपर्छ ।” र अर्कोथरीले भन्छन् “पशुको बलीलाई रोक्नु पर्छ । पशुको पनि बाँच्न पाउने अधिकार हुन्छ ।” समाजले गर्दै आएको जुनसुकै संस्कार चाहे त्यो राम्रो होस् वा नराम्रो
आँखा चिम्लेर संस्कृति भनेर अङ्गाल्ने गलत प्रवृत्तिले गर्दा पशुबलीको औचित्य र
अनौचित्यबारे औंला उठ्दै आएको छ ।
कतिपयलाई
पशुको बली चढाउन कुनै चाडबाँड नै हुनुपर्छ भन्ने छैन । जुन सिजनमा पनि आफ्नो
जिब्रो तिर्खाएको बेला देवताको नाम बेच्दै पशुको हिंसा गर्ने गरिन्छ । हिन्दूहरुको
महान चाँड बिजया दशमी तथा शुभ दीपावलीलाई मध्यनजर गर्दै एक दुई महिना अगाबै राँगा, खसीबोकाहरुको ब्यापार तीब्र गरिन्छ । दशैं तथा तिहारमा स्थानीय
चर्चित मन्दिरहरुमा रगतका खोला बग्ने गर्छन । त्यसलाई नेपाली (हिन्दु) समाजले
हत्या मान्दैन । देउता दाइना (खुसी) भएको संज्ञा दिन्छ ।
दशैँलाई
साधनाको पर्व, आफूमाथि विजय गर्ने अनुपम पर्व, पारस्परिक सदभाव र सम्मानको पर्वको रुपमा विकसित गर्दै लाने हो भने
यसको नाममा हुने गरेको पशुबलीको कलंकलाई मेटाउन चेतना बढाउनु नितान्त आवश्यक
छ । एक्काइसौं सताब्दीमा आएर पनि ढुङ्गालाई राक्षस र देउता छुट्याउदै चेतना
भएकाहरु पनि हिंसा गर्नमा प्रबल देखिन्छन । यसले गर्दा धर्मको नाममा हिंसा बढ्नु
बिकृति हो, यसलाई रोक्नु सबैको कर्तब्य हो ।
पशुको
हत्या गर्दा खुसी हुने हाम्रो समाजले कहिल्यै सोच्दैन की पशुको पनि प्राण हो भनेर
। मठ मन्दिरमा पशु डो¥याई कान र जीउ भरी पानी पोखेर राँगाबोकाले जीउको
पानी हल्लाए देउता खुसी भए भन्दै धारिलो हतियारले गर्धन काट्नु कतिसम्मको चेतना हो
? हाम्रो समाजको । हत्या गर्दा पनि एउटै चोटले ढाले
पनि एउटा हो, कुनै जनावरलाई त कायरता पूर्वक हजारौं जनाले
लखेटेरै हत्या गरिन्छ । पशुको हत्यामा रजाँइ, रमाइलो, खुसी साँटासाँट गरिन्छ ।
हिन्दुकै
कुरा गर्ने हो भने पनि परोपकार,
दया, करुणा, सेवा, अहिंसा आदि गुणलाई मनुष्यको
भुषण तथा मोक्षको आधार मानिएको छ । प्रसिद्ध ग्रन्थ महाभारतमा हिंसा, हत्या तथा मासु नखाने मानिसलाई ठूलो पुण्य प्राप्त हुने कुरा बताइएको
छ । तर हाम्रो समाजमा हत्या गर्नेलाई बहादुर भनेर पुकार्छन । अझ एउटै चोटले पशुको
गर्धन रेट्नेलाई त महामहिमको जस्तै गरी सम्मान गर्छन । ताकी हत्या अपराध हो भन्ने
सिकाइदैन ।
पद्मपुराणको
पद्मोतर खण्डमा भगवान् शिव र पार्वतीबीच संवादको प्रसंगमा भनिएको छ । हे शंकर, स्वयं फलको इच्छाले अज्ञानान्धकारको कारण मेरो नामले विभिन्न
प्रकारको जीवहरुको जसले मारकाट गर्छ, त्यसको राज्य, वंश, सम्पति, ज्ञान, स्त्री समस्त ऐश्वर्य केही समयमा नै नष्ट हुन्छ । त्यसो व्यक्ति
मृत्यु पश्चात् नरकमा जान्छ ।
हिन्दु
मात्र होइन बिश्वका सबै धर्मग्रन्थले सबै प्राणीमाथि दया, करुणा, मायाकै लागि सदा प्रेरित गरिरहेको पाइन्छ । तर
बिभिन्न धर्म मान्नेहरु पछि गएर आआफ्नो स्वार्थ र चाहना अनुसार धर्मको व्याख्यालाई
आफ्नो अनुकूल बनाउने प्रयासले अनेकन् भ्रम र अपव्याख्या गर्दै प्राणीको हत्या, हिंसा बढी गर्ने गरेको पाइन्छ । अधिकाशं धर्मग्रन्थमा शास्त्रको नाम
दिएर धूर्त पाखण्डीहरुले आफू अनुकूलका व्याख्या गरेर शास्त्रलाई दुषित बनाएका छन्
। त्यो हामी माझ छर्लंग देखिन्छ ।
दार्शनिक
पाइथागोरसले भनेका थिए, “जीवहरु मारेर सिकार बनाउनु भनेको अन्तिममा मानव
मृत्युको सिकार बनाउनु जस्तै हो । निर्दोष पशुहरूको घाँटीमा नाङ्गा चक्कु घिसारी
कायरता पूर्वक हत्या गर्छ र सिकार भन्दै मासु खान्छ, उसले आफ्नो दुःखी शोक
खुवाउनु चरा र जनावरहरू मार्ने गर्छ, यसलाई धेरै तुच्छ स्तरको
व्यक्ति बुझ्नुपर्छ । यसरी हत्या गरेरै आफ्नो खुसी बटुल्छ भने अन्तिममा मृतक
मानबको रगत पनि पिउन सक्छ ।”
प्रायः
स्थानीय मठ मन्दिरहरु सबैमा बडा दशै मनाइने गरिन्छ । सामान्यतया एउटा मन्दिरमा आधा
दर्जन भन्दा बढी खसीबोकाहरुको बली चढाइन्छ । कतिपय मन्दिरमा दर्जन भन्दापशुहरुको
बली नचढाएमा देउता रिसाउने । त्यसपछि जतिबेला पनि देउताले आफूलाई पीडा दिन्छ भन्ने
कुराको मात्र चेतना छ हाम्रो समाजमा । कतिपय हत्या गर्नु भनेको अर्को जुनीमा
त्यसरी नै आफ्नो हत्या पनि कसैले गर्न सक्छ भनेर पशुबलीकोे बिरोध र हत्या गर्नेलाई
पनि रोक्ने गर्दै आएका छन । त्यो सुधारिदै गएको समाजको लक्षण पनि हो । समाजमा
चेतनाले नै पशुको हत्या रोकिने अवस्था देखिदैन । राम्रा भन्दा नराम्रा मानिसहरुको
संख्यामा बृद्धि हुदैछ । पापीहरुको संख्या बढेर धार्मिक मान्छेहरु कुना कन्दरामा
गएर खोज्नु पर्ने स्थिति भइसकेको छ ।
त्यसैले
जबसम्म सम्पूर्ण पशुबलीबारे निषेध गर्ने कानुन बन्दैन तबसम्म हिंसा बिरुद्धका केही
आवाजहरु खासै प्रभाव पार्न सक्दैन । हाम्रै नेपालमा पनि जबसम्म हिन्दू राज्यको
परिकल्पना गर्छ तबसम्म यस्ता काननु बनाउन गाह्रो हुन्छ । किनकि हिन्दू धर्मका
नीतिकारहरुलाई पनि थाहा छ की पशुबली बन्द हुना साथ कम्तिमा सबा प्रतिशत हिन्दूहरू
हिन्दुत्वमा रहने छैन ।
जनताको
पक्षमा कानुन लेख्न पठाएकाहरु नै प्राणी हिंसाको बिरुद्धमा छैनन् । उनीहरु पनि
पशुको बली चढाउनमा सशक्त छन् । पशुबली चढाएर नै हिन्दु धर्म मान्ने गरिन्छ भन्ने
छैन । कसैको, कुनैपनि धर्मग्रन्थहरुमा पनि उल्लेख गरेको छैन की
प्राणीहरुको हत्या हिंसा सामाजिक धर्म हो भनेर । तर, धर्मको नाममा भोजन गर्नलाई
पशुबली गरिन्छ जुन ठूलठूला शक्तिपिठ मठ मन्दिरहरुलाई पुकारेर ।
यदि
पशुबली बिरुद्धबारे कानुन नै बनेमा समाजमा अहिंसाको चेतना फैलिदै जान्छ । पुरानो
हत्याहिसां गर्नेहरुले पनि पशुबली बिनाको धर्मकर्म गर्नेछन् पाप काटियोस भनेर ।
त्यसपछि महामानब गौतम बुद्धको जस्तो शिक्षा फैलिन्छ । हिन्दुका नीतिकारहरु पनि
वास्तबिक हिन्दुको नीतिमा फर्किन्छन । गीता, बेदले सिकाउने सत्कर्मको
बाटोमा सबै धकेलिन्छन ।
यसमा
धर्मको बिरुद्धमा आवाज उठाउन खोजेको होइन । हिन्दु धर्म त्यागको परिकल्पना गर्न
खोजेको होइन । धर्मको नाममा हिंसा फैलाउनेहरुको बिरुद्धमा उभिन खोजेको हो । कुनै
धर्म र धर्मगुरुहरुले पनि भन्दैनन् की हत्या हिंसा गर्नु सामाजिक कार्य हो भनेर तर, हाम्रो समाजले धर्म भन्दै देउताको नाम बेची भाकल गर्दै आज नभए भोली
बली चढाउने बचन दिने प्रबृतिले नेपाली कुसंस्कारको ढोका खोलीरहेको छ ।
सबै धर्महरुमा
हेर्ने हो भने पनि कुनै धर्मले पुजा गर्ने जनावर कसैको मन पर्ने सिकार हुन्छ ।
कुनै धर्म मान्नेहरुले लत्याएका जनावरहरु कसैले सबैभन्दा मन पराएका हुन्छन ।
पशुबली धर्ममा नभए पनि धर्म मान्नेहरुले गरेकै हुन्छन । कतिले गाइको सिकार गर्छन त
कसैले भैंसीको सिकार गर्छन । कसैले बाख्राको बली चढाउँछन त कसैले भेडाको बली
चढाउँछन । बिश्वका बढीजसो धर्म मान्नेहरुले एउटा जनावरलाई पुजा गरी एक दुइटाको
सिकार गर्ने गरेकै सुनिन्छ ।
अहिन्दूलाई
वा किराँत वा जनजातीलाई हिन्दूकरण गर्नमा ठूलो भूमिका यसै पशु बलिले खेलेको छ । यो
बन्द हुने बितिक्कै उनिहरुको पनि आंखा खोल्नेछ र आफ्नो वास्तबिक धर्मले भनेका
कुराहरुमा फर्किनेछन । हिन्दूहरूले हिन्दू ग्रन्थ वा धर्म प्रति मानिसका आस्था बनी
रहन हिन्दू धर्ममा हिंसा छैन,
धर्मको नाममा पशुबली चढाउनु
वास्तबिक पाप हो ।
आधुनिक
कालका बोक्रे भलाद्मीहरुको चरम सिमा जस्तै हो यो पशुबलीप्रथा । यदि बडा दशैंमा
रमाइलो गर्ने नै हो भने परिवारसंगै बसेर कोला, फर्सी र स्याउ काटेर खुशीको
माहोल तयार पार्न पनि सकिन्छ पशुको बली नै चढाउनुपर्छ भन्ने छैन ।
पशुलाई
भगवतीका शक्तिपीठहरूमा लगेर हत्या गरेर धर्म हुन्छ भन्ने कुरा गलत हो त्यसैले
अरूलाई दुःख, कष्ट, नदिनु नै धर्म हो, बलि दिएर देवी(देउता कहिल्यै खुसी हुँदैनन् । राजसी, तामसीमा रमाउने पण्डितहरूले धार्मिक ग्रन्थहरूमा पशुबलीलाई बढवा दिने
तरिकाले धार्मिक ग्रन्थको व्याख्या गर्ने गरेको बढी पाइन्छ । कुनै धार्मिक
ग्रन्थमा पशुलाई बली दिएर पुण्य हुन्छ भनेर उल्लेख नभएको दुई दशकअघिदेखि चर्चा
हुदै आएको हो । दसैँ पर्वमा क्रोधको प्रतीक भनेर निर्दोश खसीबोका तथा राँँगोलाई
बली दिनु कदापी धर्म हुन सक्दैन ।
जीव भएर
जीवको हत्या गर्नु महापाप हो । बली पशुलाई हैन, काम, क्रोध, लोभ, मोह र मात्सर्यलाई बली
दिनुपर्छ त्यसपछि मात्र आत्माले शान्ति र संरक्षण पाउँछ ।
स्वास्थ्य, समिकरण र अभिनय
अभि सुबेदी
यो लेख
लेख्न थाल्दा नेपाली समय स्वास्थ्यको कुराले आन्दोलित थियो । देशैभरिका अस्पताल
बन्द थिए । सरकारले उपचार गर्ने डाक्टरलाई लापरबाही ठहरे क्षतिपूर्ति भराउने
विषयमा कानुन बनाउन लागेको कुराको विरोधमा देशैभरिका चिकित्सक र अस्पताल आन्दोलित
थिए । सरकार र मेडिकलहरूको यो आन्दोलन र तनाव अहिलेमात्र निस्केको विषय होइन ।
अहिले सरकारले दिएको आश्वासनपछि चिकित्सकहरू काममा फर्केका छन् । तर यस्तो लाग्छ, क्रान्ति–उत्तरको नेपाल स्वास्थ्य वा मेडिकल युगमा प्रवेश
गरेको छ । यो पनि विडम्बना हो ।
जुन
मुलुकमा मानिसले साधारण अस्पताल र उपचारको सुविधा पाउन सक्दैनन्, जहांँ राणा शासनको सामन्ती युगबाट अथवा हर्रो, बर्रो र अमलाको युगबाट मानिस बाहिर आउन पाएका छैनन्, त्यो ठाउँमा आधुनिक प्रजातान्त्रिक, क्रान्तिकारी र माक्र्सवादी
अथवा सोसलिस्ट सिद्धान्तका नारा लगाउनेहरू र तिनका सरकार चलाउनेहरू मेडिकल, यसको पठनपाठन र व्यवस्थामा एक्कासी असाधारण किसिमले लुछाचुंँडी गर्न
लागेका देखिँंदै गएका छन् । यो अशुभ संकेत हो । धन लगाउने र अस्पताल खोल्ने अनि
मापदण्ड नमिलेका कुरा बहसका विषय भएको यहांँ निकै समय भइसक्यो ।
यसमा
राजनीति मात्र होइन, आचरण, नैतिकता, भोट, भ्रष्टाचार, हुनुपर्ने कुराका बहस पनि
जोडिएका छन् । यो विषय किन तीव्र रूपले अगाडि आइरहेको छ ? जुन देशमा लोकतन्त्र आएपछि साधारण, टाढा–टाढाका गरिब जनताको निम्ति सरकारहरूले स्वास्थ्यका योजना बनाउनु
पथ्र्यो, त्यहांँ किन यति धेरै अस्पताल, मेडिकल र गन्तव्यमा नपुग्ने बहसहरूले ठाउँ लिए ? साधारण औषधी र उपचार पनि नपाउने मुलुकमा स्वास्थ्य किन यसरी चर्को विषय भएर आयो ? उत्तर खोज्ने सबैको दायित्व हो ।
यसरी
हेर्दा अहिले नेपाल स्वस्थ होइन,
अस्वस्थ विषयमा अल्झिँदै
गएको भान हुन्छ । स्वास्थ्यको निदान नभएको चर्चा भनेको पत्ता नलाग्ने रोगको मनोगत
ग्रन्थी हो । लोकतान्त्रिक नेपालको पहिलो प्रहर कहीं नपुग्ने स्वास्थ्यका चर्चा
गरेर अल्झेको कुरा चानचुने होइन । नेपालमा यस्तो पहिले कहिल्यै भएको थिएन । नयांँ
युगमा मेडिकल उन्नति, अस्पताल र सुविधाका स्वस्थ योजनाहरू हुनु विकास हो, अगाडि जानु हो । त्यो स्वाभाविक हो । तर आवश्यक आर्थिक, राजनीतिक र शैक्षिक कुराहरू, प्राकृतिक प्रकोपले आवास
गुमेकाहरूका व्यवस्थाका सट्टा किन उपचार र अस्पताल भन्ने विषय नै नेपालमा संकटमा
पर्न लागेको हो ? हामीलाई चिन्ता लाग्ने विषय, स्वास्थ्यका गन्तव्यहीन र चर्का बहस अनि प्रकट नभएका योजनाहरूमा देश
उन्माद लिएर प्रवेश गर्नु हो । भन्यौं, त्यो अस्वस्थ मनोग्रन्थिको
सूचक हो ।
भर्खरै
अर्को ऐतिहासिक महत्वको घटना घटेको छ । असोज १७ का दिन नेपालमा मुख्य
कम्युनिस्ट दलहरूले मिलेर एउटै ठूलो कम्युनिस्ट पार्टी बनाउने ऐतिहासिक निर्णय गरे
। त्यो खुला रूपमा धेरै मानिसको उपस्थितिमा घोषणा गरियो । भावुकतापूर्वक हिजोका
कुराहरू उच्चरित भए । नेपालमा कम्युनिस्टहरूको एकता हुनु र भत्किनु कुनै नौलो कुरा
होइन । तर यो घोषणाले भने अलिक चकितै पारेको अवस्था छ । एक प्रकारको तरंग नै
ल्याएको छ । राजनीतिक शास्त्री र विश्लेषकहरूले यो कुरा बुझेर लेख्दै जानेछन् ।
हामीले बुझ्ने भनेको साधारण अर्थमा मात्रै हो । हामी साहित्य, नाट्य र भाषाका कर्म गर्नेहरू त्यतैबाट हेर्छौं । इतिहासलाई
कम्युनिस्टहरूले अत्यन्तै नाटकीय ढङ्गले खेल्न सक्छन् । विश्वमा त्यो गतिशील, संकटापन्न र उत्ताल भएको देखियो । तर कार्ल माक्र्सले भने जस्तो
इतिहास चक्रिक पनि हुन्छ । ‘अठारौं ब्रुमेर’ भन्ने किताबमा फ्रान्सका
सार्लेमाञको राज्यारोहणसँग मिल्ने गरी नेपोलियनले बादशाह भएर नक्कल
गरेको कुरालाई माक्र्सले विश्लेषण गरेका छन् । हिजो इतिहासमा एउटा कर्म भयो, त्यसलाई दोहो¥याएर अभिनय गर्नुलाई हामी नाटकको मसला भन्छौं ।
माक्र्स भन्छन्, अभिनय गर्नेहरू विगतका पहिरन लगाउंँछन् । तिनमा
त्यति मौलिकता नहुन सक्छन् । इतिहासमा केही कुरा जब दोहोरिएर प्रस्तुत हुन्छन्, तिनले चरित्र बदल्छन् । माक्र्सले भने, ‘पहिला यस्ता घटना त्रासदी
भएर आउंँछन्, पछि ती कमेडी वा हास्यमा परिणत हुन्छन् ।’ हिजो प्रस्तुत गरेका भाषणमा कम्युनिस्ट नामसँगै वितृष्णा हुने, दलै भङ्ग गर्ने मनस्थितिमा पुगेका र एकअर्काका धारलाई मरणासन्न हुने
गरी आलोचना गरिआएका कम्युनिस्टहरूले एकल कम्युनिस्ट छाता बनाएर एकताबद्ध भयौं भने
जुन एउटा रोमानी उद्गार र इतिहासको एक पाठ्य पुस्तकीय मूल्याङ्कन मात्र हो । तर
घटना भने ऐतिहासिक हो । केही भनाइ राख्छु । मेरो दृष्टि निरपेक्ष छ ।
तीन दलका
नेताहरू बोल्दाबोल्दै तिनका बोलीहरू विनिर्माण भइरहेका थिए । तीनवटा ठूला
कम्युनिस्ट पार्टी भनेकोमा डा. बाबुराम भट्टराईको कम्युनिस्ट पार्टी कुन हो, बुझ्न सकिएन । तिनले धेरै मानिसलाई नयाँ शक्ति पार्टीमा आह्वान गर्दा
अब कम्युनिस्ट पार्टी भन्ने सकिएको हो, यसमा बस्नु हँुंदैन भनेका
हुन् । यो आलोचना होइन, आश्चर्य मात्र हो । पोथ्रा र झाडीमा मात्र दल
भूमिगत हुनु पर्दैन, भाषाभित्र पनि भूमिगत हुन सकिन्छ । शब्दहरू पनि
जङ्गल हुन्, तिनको पछिल्तिर पनि छापामार भएर लुक्न सकिन्छ ।
डा. भट्टराई समीकरणलाई त्यही झाडीबाट बाहिर प्रकट भएका हुन् । प्रचण्डको भाषण झन्
रमाइलो थियो । ती बोल्दाबोल्दै ‘कम्युनिस्ट’बाट बाहिर निस्के अनि अरू
दलहरूलाई पनि बोलाए ।
कम्युनिस्ट
पार्टीको एकताको आम मिटिङको प्रतिबद्धता राख्ने भाषणमा प्रचण्डको उही सनातनी रूप
प्रकट भयो । केपी ओली अत्यन्तै प्रतिबद्ध एकतावादी कम्युनिस्ट भएर बोलेका थिए ।
अघिपछि पनि देखिने तिनको स्मित हांँसो हेर्नलायक थियो, हामी नाटकका मानिसलाई । हिजो फुटेको भुलको पीडाले उनले छातीमा हात
राखेको दृश्यलाई हास्य–दारुण नाटक भन्छौं । हिजो सिद्धान्त अनुसार काम
गरिएन भन्ने सच्चा चेतना भए त्यो एउटा दोषी भावनाको स्वीकारोक्ति हो, जसलाई एन्जो ट्राभेर्सो ‘वामपन्थी विरह स्
माक्र्सवाद, इतिहास र स्मृति’ (२०१६) भन्ने किताबमा हिजो
गर्न नसकिएका कामको विरही चेतना भन्छन् । यी विपरीत कम्युनिस्टका वीर नेताहरूले
तिनका भाषणमा हिजो भुल ग¥यौं, आज अकस्मात सच्चियौं भनेको
कुरा विश्वसनीय थिएन । चुनावमा सिट भागबण्डाको प्रतिशत अहिलेको परिचित संस्कृतिको
पुनरावृत्ति भएको त्यो भाषणका शृङ्खलाबाट बुझिन्थ्यो । ती दलहरूका विलयन भएर एउटा
दल त बन्ला, तर मूलतः हिजोको त्यो जाम्बुरी चुनावी तालमेलको
आयोजना थियो । सायद त्यो सोझै प्रदेश नम्बर २ को चुनावले ल्याएको तरङ्ग थियो ।
तर
नेपालमा राजनीतिक चेतना जगाउन,
मध्ययुगीन नेपाललाई आजको
युगमा ल्याउन, नेपाली कम्युनिस्टहरूले निकै योगदान गरेका छन्, त्यो बिर्सनु हुंँदैन । गठबन्धनबाट संख्या पुर्रुयाएर शासन गरिबस्ने
संस्कृतिले जरा गाड्दा प्रभावशाली नेता भन्ने धारणा समाप्त भएको छ । यो कम्युनिस्ट
गठबन्धनले त्यसलाई चुनौतीमा पारेको छ । कांग्रेसभित्र त्यो चुनौती सोझै देखिनेछ ।
कम्युनिस्टहरूभित्र अलिक पछि देखिनेछ ।
राज्यमा
लोकतन्त्र स्थापना भएपछि सरकार र दलहरू स्वस्थ मनस्थिति र सिद्धान्तले निर्दे्शित
हुनुपर्छ भन्नु एक सर्वमान्य कुरा हो । २०४७ र ०६३ सालका राजनीतिक परिवर्तनहरूपछि
नेपालमा परिवर्तन साधारण आचरण,
स्वस्थ चिन्तन, गतिला राजनीतिक र आर्थिक सिद्धान्तले निर्देशित होलान् भन्ने आशा
गर्नु एकदमै स्वाभाविक थियो । अब धनले उम्मेदवार छानिने अनि त्यसैका आधारमा जितिने
विषय भयो, चुनाव । राजनीतिक सिद्धान्तलाई कामयावी बनाउंँदै
लानु अपेक्षित चरित्र हो । यस विषयमा जिज्ञासाहरू छन् । उत्तरमा बुद्धिजीवी के
भन्छन् ? नेपालको बुद्धिजीवी के निरपेक्ष अस्मिता भएको अमूक
वर्ग हो ? आजको स्वास्थ्यको पथभ्रान्त क्रियाकलापले देखाएको
ग्रन्थिलाई कसले निदान गर्ने ?
राजनीति र आचारलाई कसले
राजनीतिक सिद्धान्तको निर्देशक सिद्धान्त बनाउने ? जटिल प्रश्न उठेका छन् ।
प्रदेश
नम्बर २ को चुनावमा मधेसी मतदाताले देखाएको बुद्धिमत्ता, परिपक्वता, आचार र निष्ठाको अहिलेको नेपालमा सबैले प्रशंसा
गर्नुपर्छ । मधेसी मतदाताहरूको न्याय गर्ने पद्धति, यिनै दलहरूलाई लिएर भोलिको
नेपालमा आफ्ना सपना पनि बुन्ने महान काल्पनिकीको सबैले प्रशंसा नगरे त्यो ठूलो
कमजोरी हुनेछ । नेपाली राजनीतिक दलहरू, अहिलेका पार्टीहरू, जसरी भएपनि सरकार बनाउने प्रपञ्च मिलाएर शासन गर्ने शक्तिहरू हुन् ।
पहाडी मूलबाट उब्जेका छन्, धेरै राजनीतिक दल । बीपी कोइरालाले नेपाली
कांग्रेसको आधारभूमि मधेस बनाउन खोजेका उदाहरण धेरै छन् । उनका कथाहरूमा कोशी
क्षेत्रको भूमिको अभिव्यञ्जना छ । ‘श्वेतभैरवी’ कथामा मधेसी फगुनी र एक पहाडी युवकको प्रेम तरङ्ग पानीका लहरमा बगेको
रगतको सूक्ष्म शक्तिमा देखियो । ‘मोदिआइन’को भावभूमि मधेस चेतना हो ।
उनका अरू उपन्यासमा पनि कोशीको प्रवाह जीवनको पर्याय भएर आउंँछ । तर के बीपीको
दलले मधेसीले उनीहरूलाई विश्वास गरेजस्तै उनीहरूलाई विश्वास गर्नसकेको छ ?
नेपालमा
अहिलेको समस्या राजनीति, चरित्र र सिद्धान्तको स्वास्थ्य हो । अहिले
स्वास्थ्यका अस्वस्थ विषयमा अल्झिने ग्रन्थिले हामी सबै आन्दोलित भएका हौं । अब
प्रदेश र राज्यका चुनावका मिति तोकिएका छन् । कमजोरी देख्दादेख्दै केही
गर्न नसक्नुलाई ‘ट्रेजेडी’ भन्छौं, नाटकमा । राज्य मञ्च र दलहरू पात्र हुन्, इतिहासमा नाटक हुन्छ । हामी समयमा त्यो हेर्छौं ।
—कान्तिपुर दैनिकबाट
लोकसेवा आयोगको तयारीका लागि उपयोगी
१.
सबैभन्दा पहिला स्थापना भएको संरक्षण क्षेत्र कुन हो ? – अन्नपूर्ण संरक्षण क्षेत्र
२.
आसियनको २०१५ को शिखर सम्मेलन कुन देशमा भएको थियो ? – मलेसिया
३. ग्ल्इ
को विशिष्टिकृत संस्था क्ष्ीइ ले कहिले नोबेल पुरस्कार पाएका थियो ? – सन १९६९
४.
तेह्रौं योजनामा कृषि क्षेत्रको बृद्धिदर कति हुने लक्ष्य रहेको छ ? – ४.५५
५. भारत
र चीन दुवैलाई छुन जिल्ला कुन कुन हुन् ? – ताप्लेजुङ र दार्चुला
६.
राडारको आबिष्कार कसले गरेका हुन् ? – रोबर्ड वाट्सन
७.
संयुक्त राष्ट्रसंघको बडापत्रमा कति धारा रहेको छन् ? – १११
८.
नेपालको पहिलो महिला उपप्रधानमन्त्री को हुन ? – सैलजा आचार्य
९.
अल्बर्ट आइन्टाइन जन्म जर्मनी,
नोबेल पुरस्कार सन १९२१ अनि
मृत्यु अमेरिका ।
१०.
नागरिक वडा पत्रको सुरुवात कुन देशबाट भएको हो ? – बेलायत
११. थारु
संग्रहालय कहाँ पर्दछ ?–बछ्यौली चितवन, बर्दियाको थारु साँस्कृतिक
संग्रहालय हो
१२. सन
२०१५ सालको कन्फुसियस एभबअभ एचष्शभ कसले प्राप्त गरेका थिए ?
– जिम्बाबेका रास्ट्रपति रोबर्ट मुगाबे
१३. युवा
नीति २०७२ ले व्याख्या गरे अनुसार युवाहरुको उमेर कति मानिएको छ ?
– १६ देखि ४० वर्ष
१४. मकर
रेखाले छोएर जाने देशहरू कुन कुन हुन ? – दिइएका सबै
१५.
भिक्टोरिया मरभुमी कुन देशमा पर्दछ ? – अष्ट्रेलिया
१६.
क्म्च् द्यबकपभत मा थपिएको छ ?
– रेन्मिल्वि
१७. नदि
जोडा मिलाउने ः
युराल – एसिया
नाइल – अफ्रिका
मरे – अष्ट्रेलिया
भोल्गा – युरोप
१८.
दिएको मध्ये सबै भन्दा लामो रेल लाईन कुन हो ? – ट्रान्स साइबेरियन रेल लिक
१९.
क्ष्लतभचलबतष्यलब िीबदयगच इचनबलष्कबतष्यल ले कहिले नोबेल शान्ती पुरस्कार पायो ?
– सन १९६९
२०. अरब
ःयखझभलत कुन देशबाट सुरुवात भएको हो ? – ट्युनिसिया
२१.
तेह्रौ योजनामा कृषि क्षेत्रको बृद्धिदर कति रहने अनुमान गरिएको छ ? – ४.५ ५
२२.
एचष्अभ ँयियच के सग सम्बन्धित छ ?
– ब् उचष्अभ ायियच ष्क तजभ यिधभकत भिनब िउचष्अभ ब अयmmयमष्तथ अबल दभ कयमि बत.
२३.
च्द्यऋ शरीर कुन अंगमा रहेको हुन्छ ? – द्ययलभ mबचचयध मा
२४.
नेपालको संविधानको धारा छड मा के उल्लेख गरिएको छ ? – अवशिस्ट अधिकार
२५. कुन
हरित गृह ग्यास होइन ? – नाइट्रोजन
२६.
दिइएको मध्ये पञ्चशिलको सिद्धान्तमा नपर्ने के हो ? – सुरक्षा
२७.
शान्ती सन्धीमा हस्ताक्षर कुन ठाउँमा भएको थियो ? – पेरिस , फ्रान्स
२८.
दिइएको मध्ये कुन सहि होइन ?
– ीऋम्
२९. भ्ग्
को प्रधान कार्यालय बेल्जियमको ब्रसेल्समा छ । – ठिक
ब्क्भ्ब्ल्
को प्रधान कार्यलय इन्डोनेशियाको वाङ्डुङ्मा छ । – बेठिक
३०. खेल
सम्बन्धी
धनुषवाण – भुटान
भलिबल – श्रीलंका
पाकिस्तान
र भारत – हकि
मलेसिया – टेबलटेनिस
कब्बडी—बङ्लादेश
३१.
दिइएका मध्ये सोमबशी राजा को होइनन ? – भुमी बर्मा
३२.
दिइएका मध्ये चीन सरकारको सहयोग नभएको कुन हो ? – लामोसाघु जिरी
३३. खडग
निशानी अड्डाको स्थापना कहिले भएको थियो ? – चन्द्रसम्शेर
३४.
सिल्क रोडको लम्बाइ कति रहेको छ ?
– ७००० कि. मि. (विवादित छ ।)
३५.
दिइएका मध्ये सबैभन्दा धेरै जनघनत्व भएको जिल्ला कुन हो? – रुपन्देही
३६.
दौडाहा टोली प्रचलन कुन प्र.म. को पाला मा भएको थियो ? – विर समशेर
३७.
सार्कको सिखर सम्मेलन ज्ञछ,ज्ञट,ज्ञठ बलम ज्ञड ?
ज्ञछ – श्रीलङ्का
ज्ञट – भुटान
ज्ञठ – माल्दिभ्स
ज्ञड – नेपाल
३८.
ब्क्भ्ब्ल् को पहिलो शिखर सम्मेलन कहां भयो ? – इन्डोनेसिया
३९.
ऋक्ष्त्भ्क् के सँग सम्बन्धित छ ?
– बन्यजन्तु
साहित्य/सृजना
म डा. गोविन्द केसी
डा.
गोविन्द केसीको जीवनरक्षा निम्ति नागरिक आवाज
महाराज !
म, डा. गोविन्द केसी
म, हजुरको राज्यको सबैभन्दा ठूलो अपराधी
वा, म हजुरको राज्यको सबैभन्दा ठूलो टाउको दुखाइ
महाराज
मैले गरेकै हुँ अपराध जस्तो कि,
हजुरको
गरिबी दर घटाउने मनसाय जानिन
उल्टै
गरीबहरूलाई सिटामोल, र जीवनजल बाँडिदिएँ
हजुरको
कपाल दुख्दा हजुर त गैजानुभो उडेर
म दौडिदै
गएँ भेरी, कर्णाली र अनकन्टारतिर
कती
घाउहरू निचोरेँ, निकालेँ पीप, रगतका धारा
र
दलिदिएँ, हृदयको मल्हम घाउ घाउमा
कति
मलमुत्र छामेँ हातैले र बाडिदिएँ खुसीका औषधीहरू
कतीलाई
आफ्नै आयुको एक टुक्रा उपहार दिएँ र
पुछिदिएँ
आँखाका आँशुहरू
महाराज
मैले
यस्ता अपराध कति गरेँ गरेँ
आफैँले
कम खाएर भोकको दबाई, खुवाएँ भोका बिरामीहरूलाई
आफ्नै
हौसलाको सिरिन्जबाट झिकेर, आशाको रगत
बाँडिदिएँ
ओइलाई झर्न लागेका कोपिलाहरूलाई
र भनेँ, यो देशका लागि बाँच्नुपर्छ तिमी
यो देश
तिम्रो पनि हो ।
माहाराज,
मलाई
हजुरको जस्तो सुनको शौचालयमा शौच गर्ने शोख भएन
स्वर्ण
दरबारको बार्दलीबाट तल आफ्ना आसेपासेहरुलाई हेर्ने रहर भएन
भतिजा
भान्जा र ज्वाईका नाममा विदेशमा अर्बौ राख्ने चाहना पनि भएन
न सयर
गर्नै मन लाग्यो सररररर जहाजमा
म त
आफ्नै जीवन भाँचेर, भर्न चाँहे गरीबहरूका हृदय
हो
महाराज,
मबाट
गल्ति भो
यी
हेर्नु न, मैले त यिनै औषधीहरूसँग बिताइदिएँ जिन्दगी र
जीवनभर
बिरामीहरूको आँखामा आफ्ना लालाबाला देखेँ
जीवनभर
यही देशलाई आफ्नो घर देखेँ
प्रत्येक
बिरामीहरूलाई आफन्त देखेँ
र
लागीरहेँ जीवनभर आफ्नै मक्किएको हाड घोट्न
तै पनि
घट्दै
घटेनन् तन दुखेका बिरामी
झन् झन्
बढिरहे मन दुखेका बिरामी
त्यसैले, ती बिरामी भन्दा बरु मै मर्छु भनेर मैले
अलिअलि
नियमका कुरा गरेँ
विधि, विधान र गरीब भलाइका कुरा गरेँ
अकालमै
दुस्खीहरू नमरुन भनेँ, यही सबैभन्दा ठूलो अपराध भो
हो
महाराज, म अपराधी हुँ
‘मरे मरोस’ भन्दै त्यसै नछाडिदिनुस्
मलाई
होलान, सिहंदरबारमा पुराना तोपहरू
मेरै
छातीमा ताकेर पड्काउनुस् ।
होलान, पुराना जंगे तरबारहरू
मेरै
घाँटीमा निशाना बनाउनुस् ।
वा तातो
तेलले डामेर अनुहार, सिफलमा लगि झुन्ड्याइदिनुस् ।
किनकि
म, डा. गोविन्द केसी
म, हजुरको राज्यको सबैभन्दा ठूलो अपराधी
म, हजुरको राज्यको सबैभन्दा ठूलो भ्रष्टचारी
वा, म हजुरको राज्यको सबैभन्दा ठूलो टाउको दुखाई
मजस्तो
अपराधी बाँच्न पाउने कुनै अधिकार छैन !
जीवन खत्री
सूचना/सन्देशबिज्ञापन
डोटी जिल्ला क्रिकेट संघको सूचना
यस संघको
साधारण सभा मिति २०७४ साल कार्तिक ६ गते दिउसो ३ बजे खेलकुद बिकास समितिको हलमा
हुने भएको हुँदा तपशिल अनुसारका योग्यता पुगेका ब्यक्ति तथा क्लबहरुले यहि असोज
मसान्तभित्र नयाँ सदस्यता लिन हुन सबैलाई यसै सार्वजनिक सूचना मार्फत जानकारी
गराइन्छ ।
योग्यताः
१.
क्रिकेट संघको केन्द्र तथा जिल्ला समितिमा कम्तिमा २ कार्यकाल सदस्य भइ काम गरेका
ब्यक्तिहरु ।
२. पूर्व
अन्तराष्ट्रिय सिनीयर खेलाडीहरु ।
३.
क्रिकेट संघ वा राखेपले आयोजना गरेको तीन पटक फरक फरक बर्षमा राष्ट्रिय स्तरको
सिनियर क्रिकेट प्रतियोगिता खेलेका पूर्व खेलाडीहरु ।
४. ब्ऋऋ, क्ष्ऋऋ र क्रिकेट संघ तथा अन्य संख्याद्धारा कम्तिमा एउटा श्रेणीको
तालिम लिएका अम्पाएर, स्कोरर र कोचहरु ।
५. रा.खे
प वा क्रिकेट संघले बिगत ८ बर्ष यता आयोजना गरेको क्लबस्तरीय क्रिकेट प्रतियोगिता
कम्तिमा २ पटक सहभागी क्रिकेट संघमा आबद्ध क्लबहरु ।
सदस्यता शुल्क
१.
प्रबेश शुल्क (क्लब) ः ५०००
बार्षिक नबिकरण शुल्क ः १०००
२.
प्रबेश शुल्क (ब्यक्ति) ः ५००
बार्षिक नबिकरण शुल्क ः २५०
नबिकरण शुल्क एकमुष्ट ४ बर्षको बुझाउनु पर्ने छ ।
माथी
उल्लेखित योग्यता पुगेका ब्यक्ति तथा क्लबहरुले सदस्यता लिन आउँदा योग्यता पुगेको
प्रमाण साथमा लिइ आउनु होला । प्रमाण नपुगेमा जिल्ला संघ सदस्यता दिन बाध्य हुने
छैन ।
सम्पर्क
ः९८४८५६३६६६, ९८४८४३४६१६
युनाईटेड मिसन टु नेपाल, डोटी र समान पहुँच बिकास केन्द्र (सिड) नेपाल
डोटीको साझेदारीमा सञ्चालित “जवाफदेहीता
अभिबृद्धिमार्फत समावेशी बिकास कार्यक्रम” द्वारा जनहितमा जारी सन्देश ।
बिकासका लागि सुशासन
सुशासनको
सोझो अर्थ राम्रो शासन हो । बाक्लो प्रचार प्रसारसहित सुशासनको अवधारणामा
सार्वजनिक बहस हुन थालेको धेरै समय नभएपनि रामराज्य वा उत्तरदायी राज्यको नाममा
परापूर्व कालदेखि असल शासनको अभ्यासतर्फ सङ्केत गरिएको पाइन्छ । कौटिल्य, अरस्तु तथा प्लेटोको अभ्यास मानव समाजको विकाससँगै भएको हो । तथापि, सुशासनको अत्याधुनिक र औपचारिक अवधारणा सन् १९७९ बाट विश्व बैङ्कले
अघि सा¥यो । सुशासन त्यो शासन व्यवस्था हो, जहाँ जनताको हित र कल्याणलाई सर्वोपरि मानिन्छ ।
जनताको
हितलाई सर्वोपरि मानी सहभागितामूलक, पारदर्शी, स्वच्छ, सक्षम, उत्तरदायी, प्रभावकारी, निष्पक्ष र विधिसम्मत शासन सञ्चालन गर्नु नै
सुशासन हो । पारदर्शिता, सहभागिता, विश्वसनीयता र जवाफदेहिता
यसका आधारभूत तत्वहरू हुन् । राजनीतिसँग सिधा सम्बन्ध हुने भएकोले सुशासनको प्रभाव
क्षेत्र व्यापक हुन्छ । जनताको सूचना सञ्चारमाथिको हकदेखि राजनीतिक, आर्थिक तथा व्यवस्थापकीय अधिकारको समुचित निक्षेपणसम्मको फराकिलो
दायरा यस अवधारणाका प्रभाव क्षेत्र हुन् । सुशासनले मूलतः जनताको पूर्ण सन्तुष्टि
र सर्वोच्चतामा जोड दिने भएकोले जनमैत्री शासन व्यवस्थाको रूपमा यसलाई लिइन्छ ।
सुशासनले शासकलाई जवाफदेहिता बोध गर्न र नागरिक सेवामा समर्पित हुन आग्रह गर्छ ।
सुशासन, विकासको पहिलो सर्त पनि हो । असल शासन व्यवस्था नभएको राज्य विकसित
हुन सक्दैन । यसको अभावमा जनताले सुख, शान्ति र समृद्धिको आशासमेत
गर्नु व्यर्थ हुन्छ । विकास र सुशासनबीच सदैव अन्योन्याश्रित सम्बन्ध रहने गर्छ ।
सुशासनको जगमा उभिने विकास फोस्रो कागजी विकास नभएर वास्तविक विकास हुन्छ । जो
जनतामैत्री, स्थायी र दिगो हुन्छ । वास्तविक विकास त्यो हो जुन
आमनागरिकको दैनिक जीवन अनुकूल हुन्छ । यस किसिमको विकास कोरा अङ्क गणितीय मानकमा
मात्र मापन गरिन्न, जनताको कुल ग्रार्हस्थ मुस्कानमा समेत मापन गरिन्छ
।
विकासले
आमनागरिकको दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्न सक्नुपर्छ । आर्थिक सामाजिक
अवयवहरूलाई स्वस्थ्य तवरले सञ्चालन गर्दै जनताको जीवनस्तरमा उल्लेखनीय सुधार
ल्याउन सक्ने विकास नै वास्तविक विकास हो । सर्वसाधारणको जीवनको गुणमाथि सकारात्मक
परिणाम थप्न नसक्ने विकास गणितीय विकास हुन जानेछन् । वास्तविक विकासको प्राप्ति
सुशासनको बलियो जगमाथि उभिएर मात्र सम्भव छ । अहिले विश्वलाई आवश्यक विकास, सुशासनको जगमा उभिएको यस्तै किसिमको वास्तविक विकास नै हो, जसले मानव कल्याणलाई सर्वोपरि मान्दै उत्पादनमा मात्र होइन नागरिकको
समग्र पक्षमा समृद्धि, सन्तुष्टि र सहजता दिन सकोस् ।
सुशासनले
विकासको मार्ग प्रशस्त गर्छ । विकास जन्मिने, हुर्किने र फस्टाउँदै
परिपक्व हुने वातावरणको सिर्जना गर्छ । सुशासन विना विकास सम्भव छैन । सुशासन
विकास प्राप्तिको पहिलो खुड्किलो हो । चिरस्थायी विकासको आधार हो । विकास र
सुशासनबीचको यस्तै अन्तर्सम्बन्धलाई ध्यानमा राख्दै, शासन व्यवस्थामा आधुनिक
दृष्टिकोण राख्नेहरूले सुशासनलाई विकासको पहिलो सर्तका रूपमा अघि सारिएका पाइन्छ ।
असल शासन राज्य सञ्चालनको उत्तम विधि मात्र नभएर विकासको जननी पनि हो । केही
नवविकसित मुलुकले विकास रणनीतिका रूपमा सुशासनलाई आत्मसात गरेका पाइन्छ ।
सिङ्गापुर, चीन, मलेसियालगायतका मुलुकले
सुशासनलाई विकास रणनीतिको रूपमा अघि सारी, लोभलाग्दो प्रगति हाँसिल
गर्न सफल भएका हुन् । यसलाई अन्य मुलुकहरूले पनि सिको गर्दै प्रशासन संयन्त्र र
न्याय प्रणालीमा व्यापक सुधार गरी सुशासनको स्थिति मजबुत बनाउनेतर्फ प्रसस्त
गृहकार्य गरिरहेका छन् ।
हार्दिक समबेदना
यस बिम्ब
साप्ताहिकका नियमित सहयोगी तथा शुभचिन्तक जिल्ला मालपोत कार्यालय डोटीका नासु श्री
सिद्धराज श्रेष्ठकी ममतामयी आमा बिद्यादेवी श्रेष्ठको असामयिक निधन भएको खवरले
मर्माहित वनाएको छ । यस दुःखद घडिमा मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै
सोक सन्तप्त परिवारजनप्रति गहिरो समबेदना प्रकट गर्दछौं ।
रामहरी ओझा (सम्पादक)
बिम्ब साप्ताहिक डोटी परिवार
हार्दिक श्रद्धाञ्जली
डोटी
जिल्ला आदर्श गाउँपालिका वडा नं. १ निवासी नेकपा एमालेका संगठित सदस्य एवं साविकको
डोटी जिल्ला ईलाका नं. ४ बाट जिल्ला बिकास समिति डोटीका पूर्व सदस्य कमरेड खडकबहादुर खड्काको यहि मिति २०७४ साल असोज ११ बजे ६७ बर्षको उमेरमा
असामयिक निधन भएको खवरले सिङ्गो पार्टी पंक्ती मर्माहित भएको छ । पार्टी पंक्ति
मृतकप्रति भाबपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै दुःखको यस घडिमा सोकलाई
शक्तिमा बदल्न प्रेरणा मिलोस भन्दै सोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट
गर्दछौं ।
चक्र मल्ल (अध्यक्ष)
नेकपा एमाले,
डोटी परिवार
हार्दिक समबेदना
यस समाज
सेवा डोटीका संस्थापक सदस्यद्वय बिजयराज श्रेष्ठ र दिपकराज श्रेष्ठकी ममतामयी आमा
बिद्यादेवी श्रेष्ठको असामयिक निधन भएको खवरले मर्माहित वनाएको छ । यस दुःखद घडिमा
मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सोक सन्तप्त परिवारजनप्रति गहिरो
समबेदना प्रकट गर्दछौं ।
नबिन श्रेष्ठ (अध्यक्ष)
समाज सेवा डोटी परिवार
No comments:
Post a Comment