Tuesday, March 20, 2018

बिम्ब नेपाली साप्ताहिक, २०७४ साल चैत्र ६ गते

पत्रकार आचार संहिता २०६० मा उल्लेखित आचरणहरुको उलंघन गरेको छ भन्ने पीडित पक्षलाई लागेमा त्यस्ता पत्रकार तथा सञ्चार माध्यम बिरुद्ध प्रकाशन तथा प्रसारण भएको मितिले १५ दिनभित्र प्रेश काउन्सिलमा उजुरी दिई आप्mनो अधिकारको संरक्षण गरौं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

अन्यौलमा हाकिम साहेवहरु, के होला चैत्र २८ पछि ?

रामहरी ओझा
चैत्र ५
डोटीका जिल्ला शिक्षा अधिकारी अनन्त कुमार पौडेलेको पछिल्लो समयमा दौड्धुप बढेको छ । बिद्यालय तहका बार्षिक परीक्षाहरु सञ्चालन भईरहेका बेला उनी अनुगमनमा बढी सक्रिय देखिन्छन् । चैत्र ८ गतेदेखि सञ्चालन हुने बिद्यालय शिक्षा परीक्षा (एसईई) परीक्षाको तयारीका लागि पनि पौडेल दोड्धुपमा छन् । पछिल्लो समयमा बिद्यार्थी संख्या कम भएका नजिकका सामुदायिक बिद्यालय गाभ्न पर्ने वकालत गरिरहेका पौडेलको ‘जिल्ला शिक्षा   अधिकारी’ पद के हुने भन्ने उनलाई थाह छैन ।   
जिल्ला कृषि विकास कार्यालय डोटीका प्रमुख डा. तपेन्द्र शाह अचेल कार्यालय कुर्दै बसेका छन । फागुनसम्म साविकका १० गाउँ विकास समितिहरुमा सञ्चालन भईरहेको कृषि तथा खाद्य परियोजना थियो, त्यो पनि सकियो । अव नियमित कामहरु मात्रै उनले गरिरहेका छन् । डा. शाह आफ्नो कार्यालय मातहतका कर्मचारीहरु र सेवा केन्द्रका भवनहरु स्थानीय तहलाई हस्तान्तरण गर्ने प्रक्रियामा रहेका छन । उनलाई पनि चैत्र २८ पछि आफ्नो कुर्ची कहाँ हुन्छ भन्ने थाह छैन । 
महिला तथा बालबालिका कार्यालयको अवस्था पनि उस्तै छ । कर्मचारीहरु स्थानीय तहमा गईसकेपछि निमित्त महिला विकास अधिकृत नियमित प्रशासनिक कार्यहरु गर्दै कार्यालय कुर्दै बसेकी छन । अपाङ्गता  परिचय पत्र, कार्यालयका नियमित प्रशासनिक कार्यहरु र सरोकारवाला निकायहरुसंगको समन्वयमै दिन बित्छ श्रेष्ठको । चैत्र २८ पछि के हुने भन्ने बिषयमा श्रेष्ठलाई पनि कुनै जानकारी छैन । 
पौडेल, शाह र श्रेष्ठ लगायत एक दर्जन जिल्लास्तरीय सरकारी कार्यालयका प्रमुखहरु अन्यौलमा छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ जारी भएसंगै जिल्लास्थित कार्यालय प्रमुखहरुको पद अन्यौल बनेको छ । गत असोज २९ गते ऐन लागु भएकै दिनदेखि ६ महिनाभित्र जिल्लास्तरीय बिषयगत कार्यालयहरु हट्ने हल्ला चलेको भएपनि सम्वन्धित निकायबाट स्पष्ट परिपत्र नहुँदा कार्यालय प्रमुखहरु अन्यौलमा  छन् । संबिधान र ऐन अनुसार शान्ति सुरक्षा, नागरिकता, राहदानी, निर्वाचन, कोष तथा लेखा नियन्त्रण, अनुसन्धानसंग सम्वन्धित कामहरु बाहेकका कामहरु स्थानीय तहबाटै हुने व्यवस्था छ । ऐन प्रारम्भ भएको मितिले ६ महिनाभित्र संबिधान र ऐन अनुसार स्थानीय तहलाई दिएका अधिकारहरुलाई आधार मानी नेपाल सरकारका बिषयगत मन्त्रालयहरुले संगठनात्मक संरचना परिवर्तन गरि आफुसंग रहेको सम्पत्ति सम्वन्धित स्थानीय तहलाई बुझाउनु पर्ने व्यवस्था ऐनको दफा १०४ मा छ । तर सम्वन्धित मन्त्रालय वा नेपाल सरकारबाट कुनै परिपत्र नहुँदा कार्यालय प्रमुखहरु अन्यौलमा परेका हुन । 
चैत्र २८ गते ऐन प्रारम्भ भएको ६ महिना पुग्दैछ, अहिलेसम्म चैत्र २८ पछि के हुन्छ भन्ने कुरा आफुहरुलाई थाह कार्यालय प्रमुखहरु बताउँछन । ‘चैत्र २८ पछि चैत्र २९ हुन्छ भन्ने बाहेक अहिले त अरु कुनै उत्तर छैन’ जिल्ला शिक्षा अधिका–री पौडेल ठट्टा गर्दै भन्छन् ‘जिल्ला सवै स्थानीय तहमा शिक्षा ईकाई स्थापना भईसकेका छन्, जिल्ला शिक्षा कार्यालयको संरचना के हुने हो र मैले कहाँ जानु पर्ने हो भन्ने कुनै निर्देशन छैन । उनी असारसम्म कार्यालय रहने अनुमान गर्छन ।
बरिष्ठ कृषि बिकास अधिकृत शाह चढ्ने गाडी एक महिना अगाडिनै प्रदेश सरकारले लगिसकेको छ । ‘गाडी त बोलायो तर मान्छे बोलाएन’ शाह हास्दै भन्छन् ‘मान्छे पनि बोलाई दिएको भए हुन्थ्यो ।’ 
हालसम्मको संरचनामा सरकारी कार्यालयहरुको नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको जिल्ला प्रशासन कार्यालय पनि चैत्र २८ पछि ति कार्यालयको अवस्था के हुने भन्ने बिषयमा अनबिज्ञ छ । ‘अहिलेसम्म त्यसो कुनै परिपत्र आएको छैन’ डोटीका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्री भन्छन् ‘ऐन आउँदा ऐनमा ६ महिनाभित्र स्थानीय तहमा स्थानान्तरण हुने भन्ने व्यवस्था भएका कारण हल्ला भएको हो, तर अहिलेसम्म केही पनि परिपत्र आएको छैन’ प्रजिअ खत्री भन्छन् ‘औपचारिक निर्णय नआएसम्म केही भन्न सकिदैन ।’

सम्पादकीय 

कुरा हैन, काम गरौं

स्थानीय तहको पुनसंरचना गर्दा सरकारले सिंह दरवारको अधिकार गाउँगाउँमा भन्दै गरेको थियो । कानुनी रुपमा त सिंहदरवारको अधिकार गाउँगाउँमा गयो । संबिधानमा, ऐनमा, कार्यबिधिमा, निर्देशनहरुमा सिंहदरवारको अधिकार गाउँगाउँमा भएको छ तर त्यसको व्यवहारिक कार्यान्वयन हुन सकेको छैन । जुन गाउँमा गएपनि सिंहदरवारको अधिकार पुगेको छैन । कतै भेटाईदैन । 
अधिकार सवै दिएको छ तर जिम्मेवारी दिएको छैन, तोकिएको ठाउँमा कर्मचारीहरु जान मान्दैनन्, तोकेका बैङ्कहरु गाउँमा जान मान्दैनन् । अहिलेको आधुनिक सञ्चार प्रबिधिको युगमा पनि गाउँका सिंहदरवारहरुमा फोनको नेटवर्क समेत छैन । ‘हलो’ भन्दा ‘ह’ मात्रै सुनिन्छ, ‘लो’ अनुमान गर्नु पर्ने अवस्था छ । बिद्युतीय सामाजिक सञ्जालहरु चलाउन सकिँदैन । अनि गाउँगाउँमा सिंहदरवार कसरी पुग्छ ? 
सरकारले खटाएका कर्मचारीहरु गाउँमा जाँदैनन्, जनप्रतिनिधिहरुले आर्थिक कारोवार गर्न पाउँदैनन्, बजेट खर्च हुन सक्दैन, गाउँमा विकास निर्माणका योजना तय गरिएका छन्, बजेट पनि छुट्याईएको छ तर त्यो वजेट खर्च गर्नका लागि प्रक्रिया पुग्दैन । सरकारले खटाएको लेखापाल गाउँमा नवस्ने, स्थानीय तहले राखेको लेखापालले चेक काट्न नपाउने, प्रमुख प्रशासकीय अधिकृत गाउँमा नजाने निमित्तले आर्थिक कारोवार गर्न नपाउने । अनि कसरी त्यो बजेट खर्च होला त ?  
यस अवस्थामा नेपाल सरकारका सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले झिनो आश देखाएका छन । खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारवाही गर्ने उद्घोष गरेका छन्, धन्यवाद छ उनलाई । यद्यपी हाम्रो देशको चलन जसले काम गर्न चाहान्छ उसैको खुट्टा काट्ने छ । लालबाबु पण्डितले वातावरण मन्त्री हुँदा पनि प्लाष्टिक नियन्त्रण अभियान चलाउने तयारी गरिरहेका थिए, सायद उनको यो अभियान पचेन कसैलाई । उनको मन्त्रालय परिवर्तन गरियो । उनी अहिले कर्मचारीहरुले तोकिएको ठाउँमा जानु पर्ने योजना सहित अगाडि बढेका छन् । अव कुरा हैन, काम गर्ने बेला आएको छ । लालबाबु पण्डित यसमा सफल हुनै पर्छ । 
‘राष्ट्र सेवक’ कति मर्यादित शव्द छ । राष्ट्रको सेवा गर्ने व्यक्तिहरु राष्ट्र सेवक हुन । तर हाम्रो बुझार्ईमा राष्ट्र सेवकहरु सुगुम ठाउँमा बसेर काम गर्नुलाई मात्रै राष्ट्र सेवा मान्छन् । आकर्षक मन्त्रालयमा काम गरेको वा आकर्षक कार्यालयमा काम गरेकोलाई मात्रै राष्ट्र सेवक भन्छन् । आकर्षकको परिभाषा छुट्टै छ फेरी । सेवा प्रवाहका हिसावले आकर्षक होईन, आर्थिक लाभका हिसावले आकर्षक । दुर्गम क्षेत्रको गाउँपालिकामा गएर काम गर्नु राष्ट्र सेवा होईन र ? 
कर्मचारीहरुले सेवा सुबिधा पाउनु पर्छ त्यसका लागि ट्रेड युनियन आवश्यक हो । सेवा सुबिधाका लागि सामुहिक सौदाबाजी गर्न पाउनु मानवअधिकार हो तर सुगुममा बस्न पाउनु प¥यो, बढुवा हुनु प¥यो, आकर्षक कार्यालय हुनु प¥यो भनेर दिईने दवाव ट्रेड युनियन अधिकार होईन, अपराध हो । राज्यको कानुन अनुसार सरुवा, बढुवा हुने थिति राखिनु पर्छ । आज हड्ताल गर्ने धम्की दियो सरकारले नयाँ कानुन बनाउँछ । यो भिडको दवावमा चल्ने परिपाटी अव सधैंका लागि बन्द हुनु जरुरी छ । अव सरकार जनताको पक्षमा कडा रुपमा उभिनु पर्छ । जनताले सेवा सुबिधा नपाउने, जनताले परिवर्तनको अनुभूति गर्न नपाउने तर सरकार ‘राष्ट्र सेवक’हरुलाई फलानो ठाउँमा गईदिनु प¥यो भन्दै अनुरोध मात्रै गरिरहने हो भने समस्या समाधान हुँदैन, बल्झिन्छ मात्रै । 
अव सरकारले ‘हायर एण्ड फायर’ को नीति अवलम्वन गर्नु जरुरी छ । कुनै पनि देशको सरकारका लागि जनता भन्दामाथि कोही पनि हुन सक्दैन । यस विषयमा हेक्का रहोस् ।

थप समाचार 

शैलेश्वरी धार्मिक महायज्ञ सुरु

“साझा मंगलद्वीपमा अझ बढी घ्यू तेल थप्दै गरौं, शिक्षाको अभियानमा सव मिली संगै अगाडि बढौं” भन्ने मुल नाराका साथ डोटी जिल्ला सदरमुकाम सिलगढीमा रहेको प्रसिद्ध धार्मिक स्थल शैलेश्वरी मन्दिरमा धार्मिक ज्ञान महायज्ञ सुरु भएको छ । 
डोटी क्याम्पसको शैक्षिक विकासका लागि आयोजना    गरिएको उक्त महायज्ञको कैलाली धनगढीमा रहेको लक्ष्मीनारायण मन्दिरका सन्त श्री १००८ गुरु देवराज आचार्यले आईतवार दिउसो १२.३० मा उद्घाटन   गरेका हुन । चैत्र ११ गतेसम्म सञ्चालन हुने महायज्ञमा गैडाकोट नवलपरासीको सुकदेव भागवत आश्रमकी बिदुषी यशोदादेवी कौण्डिन्यद्वारा श्रीमद्भागवत महापुराणको दार्शनिक प्रवचन हुने शैलेश्वरी क्षेत्र बिकास समितिका अध्यक्ष तथा महायज्ञका संरक्षक प्रेमशंकर भट्टले बताए । “हिन्दु धर्मको संरक्षण गर्ने पनि यो महायज्ञको उद्देश्य हो” अध्यक्ष भट्टले भने ‘महायज्ञमा प्रत्येक दिन पुजापाठ, रुद्री पुजा, भागवत पाठ परायण, प्रवचन तथा बिभिन्न भाषामा कीर्तन हुनेछ ।’ 
२०१७ सालमा स्थापना भएको त्रिभुवन बिश्वबिद्यालयको सुदूरपश्चिम क्षेत्रको पहिलो आंगिक क्याम्पस डोटी क्याम्पसमा प्राबिधिक शिक्षाको अध्ययन÷अध्यापनका लागि अर्थ संकलन गर्ने मुल उद्देश्यका साथ आयोजना गरिएको डोटी क्याम्पसका प्रमुख कृष्णबहादुर कठायतले जानकारी दिए । ‘शिक्षाको परम्परागत परिभाषा ज्ञान आर्जन गर्नु मात्रै थियो तर अहिले ज्ञान आर्जन मात्रै होईन ज्ञान र सीप आर्जन शिक्षाको  परिभाषा बनेको छ’ क्याम्पस प्रमुख कठायतले भने ‘त्यसैले अव प्राबिधिक शिक्षामा जोड् दिनु पर्छ भन्ने उद्देश्यका साथ यो महायज्ञ आयोजना गरिएको हो ।’ 
कठायतले यस बर्षदेखि क्याम्पसमा कम्प्युटर बिज्ञानमा स्नातक तहको अध्ययन सुरु भएको बताउँदै अर्को बर्षदेखि कृषि बिज्ञान बिषयमा स्नातक तहको पढाई सुरु गरिने बताए । उनले भने ‘अव साधारणतर्फ बिद्यार्थीहरुको चाप घट्दै गएको छ, त्यसैले साधारण परिवारका बिद्यार्थीहरुको पनि प्राबिधिक शिक्षामा पहुँच पु¥याउन प्राबिधिक शिक्षाको अध्ययन÷ अध्यापन गराउन जरुरी छ ।’ महायज्ञबाट संकलन भएको रकमको पूर्ण रुपमा सदुपयोग हुने प्रतिवद्धता व्यक्त गर्दै उनले भने ‘यो रकम मुख्यतः भौतिक पूर्वाधार र प्रयोगशाला निर्माणमा खर्च  गरिनेछ ।’ 
उक्त महायज्ञले डोटीको शिक्षा क्षेत्रमा सर्वाङ्गिण बिकास गर्न महत्वपूर्ण योगदान दिने महायज्ञ मुल आयोजक समितिका संयोजक एवं दिपायल सिलगढी नगरपालिकाका पूर्व नगर प्रमुख पूर्णराज जोशीले जानकारी दिए । उनले भने ‘धर्मप्रति आस्ता भएका भक्तजनहरुले जिल्लाको शैक्षिक विकासका लागि पक्कै पनि दिल खोलेर सहयोग गर्नु हुनेछ ।’
यसअघि आईतवार बिहान सिलगढी(साँफे सडक जिरो प्वाईण्टबाट शैलेश्वरी मन्दिरसम्म कलश यात्र निकालिएको थियो ।
शिक्षा, मानविकी र व्यवस्थापन संकायमा स्नातक र मानविकी तथा समाजशास्त्र संकायतर्फ नेपाली र समाजशास्त्र बिषयमा स्नातकोत्तर तहसम्मको पढाई हुँदै आएको डोटी बहुमुखी क्याम्पसमा यस बर्षदेखि कम्प्युटर बिज्ञानमा स्नातक तहको पढाई सुरु गरिएको हो ।   


कहिले पुनस्र्थापना होलान् खत्री ?

‘माओवादीले मामालाई कुटपिट गरेपछि उहाँ भागेर जिल्ला सदरमुकाम सिलगढी जानु भयो, उहाँ फर्केर गाउँमा आउन सक्ने अवस्था थिएन । हामी केही व्यक्तिहरु सिलगढी गएका बेला उहाँले आफुलाई द्वन्द्व पिडित भएको भनेर मुचुल्का बनाउनु पर्ने माग राख्नु भयो । उहाँ पिडित हो भन्ने थाह थियो, मैले मुलुल्कामा हस्ताक्षर गरेको हुँ । मेरो दोष त्यही भयो, आफै बिस्थापित हुनु प¥यो ।’ 
डोटी जिल्ला साविकको लक्ष्मीनगर गाबिस–२ (हाल   जोरायल गाउँपालिका–४) का तिलकबहादुर खत्री २०६० सालदेखि बिस्थापित जीवन बिताईरहेका छन । कारण सोही गाविस–९ का मामा रणवहादुर ओलीलाई पिडित हुन भनी वनाईएको मुचुल्कामा उनले हस्ताक्षर गरे । तत्कालीन    द्वन्द्वरत नेकपा (माओवादी) ले किन मुचुल्कामा हस्ताक्षर गरेको भनी उनलाई धम्काउन थाल्यो । तिलकले ज्यान बचाउनका लागि ठाउँ छोड्नै उपयुक्त ठाने । २०६० साल असोजमा उनी घरबाट निस्के । उनी कैलाली अत्तरियातिर बस्न थाले । 
तिलकले घर छोडेर अत्तरिया बस्न थालेपनि माओवादी कार्यकर्ताहरुले उनको परिवारलाई सताउन थाले । अन्ततः २०६० साल माघ १ गते तिलककी श्रीमति, तीन छोरा र दुई छोरीलाई पनि माओवादीले घर निकाला ग¥यो । तिलकको लक्ष्मीनगर सिलिङ बागमा रहेको २४ कोठे घरमा माओवादीले आगो लगाएर खरानी वनायो । घरै जलाएपछि तिलकको परिवार सदाका लागि विस्थापित भयो । 
द्वन्द्व पिडित मामाको मृत्यु भईसकेको छ, द्वन्द्व समाप्त भएर देशमा स्थायी शान्ति आईसकेको छ । द्वन्द्वकालमा एक(अर्काका सत्रु देखिएका राजनीतिक शक्तिहरु एकै ठाउँमा आएर पटक पटक सत्ता सञ्चालन गरिसकेका छन तर विस्थापित तिलकको परिवार भने आफु जन्मेको/हुर्केको गाउँमा फर्केर आउन सकेको   छैन । 
‘बस्ने घर जलाईदिए, अव कहाँ गएर बस्नु ?’ तिलक भन्छन् ‘देशमा शान्ति आएको, गणतन्त्र आयो कम्युनिष्टको सरकार आयो तर मेरा लागि केही आएन ।’ 
राहत पनि पाएनन् 
२०६० सालदेखि बिस्थापित जीवन बिताईरहेका खत्री हालसम्म राज्यबाट कुनै सहयोग नपाएको बताउँछन । ‘२४ कोठाको घर जलाउँदासम्म पनि सरकारले मलाई केही दिएन’ खत्री भन्छन् ‘गएको भाद्रमा जम्मा २५ हजार रुपैयाँ पाएको थिएँ, यो जमानामा २५ हजारले घर बन्छ त मेरो ?’ 
बिस्थापित नभएकाहरुले पनि फर्जि कागजात वनाएर सुबिधा लिईरहेको सुनेका छन् खत्रीले तर उनी आफै बिस्थापित भएर पनि कुनै क्षतिपूर्ति पाएनन् । भन्छन् ‘म पनि यसै देशको नागरिक हुँ भने किन ममाथी बिभेद् हुँदैछ ?’ 
खत्री २०४९ सालमा निर्वाचित गाबिस अध्यक्ष हुन 
चारैतिर नेपाली कांग्रेसकै चर्चा चलिरहेका बेला २०४९ सालको स्थानीय निकाय निर्वाचनमा खत्री साविकको लक्ष्मीनगर गाउँ विकास समितिका अध्यक्ष हुन । ‘जिल्लाका ५० गाबिसमध्ये एमालेले जितेका जम्मा दुई गाबिस मात्रै हुन, कलेना र लक्ष्मीनगर’ खत्री भन्छन् ‘त्यति वेला कम्युनिष्ट पार्टीलाई अनेक आक्षेप लाग्ने गरेको भएपनि व्यक्तिगत र पारिवारिक सम्वन्धका आधारमा मैले जित्न सकेँ ।’ बिगतदेखिनै जोरायलमा पार्टी संगठन पनि बलियो रहेको उनी बताउँछन् । 
गाबिसको अध्यक्ष हुँदा उनी २५ वर्षका मात्रै थिए । युवा जोसका साथ उनले धेरै काम गर्ने प्रयास गरे । फलस्वरुप २०५४ सालमा पनि उक्त गाविसमा एमालेलेनै जित हात पा¥यो । ‘अचेल जस्तो फालाफाल बजेट आउँथेन उतिबेला, पहिलो बर्ष स्वावलम्वन कार्यक्रम भनेर २५ हजार रुपैयाँ मात्रै आएको थियो, दोश्रो बर्ष ५० हजार आयो । त्यो पैसामा कति नै काम गर्न सकिन्थ्यो र ?’ 
२०५१ सालमा एमाले नेतृत्वको   सरकार बनेपछि गाविसमा तीन लाख रुपैयाँ आउन थालेको बताउँदै उनी भन्छन् ‘त्यसपछि खानेपानीको क्षेत्रमा र शिक्षाको क्षेत्रमा देखिने गरि केही काम गर्न सकिएको हो ।’ 
‘डुमहरुको पार्टी’ भनेर होच्याउँथे
आफै गाबिस अध्यक्षको उम्मेद्वार भईसकेपछि उनले गाउँगाउँमा भोट माग्न जानु प¥यो । उनलाई ठाउँठाउँमा अछुतको व्यवहार गरियो । ‘त्यतिवेला कम्युनिष्ट भनेपछि ‘डुमहरुको पार्टी’ भनेर होच्याउँथे’ खत्री ति दिन सम्झँदै भन्छन् ‘धेरै अपमान सहनु पथ्र्यो, त्यस्तो बेला पनि मलाई जनताले माया गरेर जिताएका हुन ।’
अछुतकै आरोप लगाएर कयौँ ठाउँमा भनाभन समेत भएको उनी सम्झन्छन् । 
क्षतिपूर्ति पाउने आश छैन खत्रीलाई 
सत्य निरुपण तथा मेलमिलाप आयोगले आवेदन माग गर्दा उनले पनि आवेदन त भरेका छन तर अव क्षतिपूर्ति पाउँला भन्ने आश भने छैन उनलाई । ‘देश कम्युनिष्टमय बनेको छ, म पनि सानै उमेरदेखि कम्युनिष्ट पार्टीको कार्यकर्ता भएर काम गरेका कारण खुशी छु’ खत्री भन्छन् ‘तर मेरो जलेको घर कसले ठड्याईदेला र अव ?’ आफ्नै पार्टी नेतृत्वमा सरकार बन्दा र आफ्नो घरमा आगो लगाउनेहरु पनि सरकारमा जाँदा समेत खत्रीलाई आफ्नो घर बन्ने आशा छैन । उनी भन्छन् ‘मेरो आँशु त कसैले पुछ्दैनन् तर कम्युनिष्ट सरकारले गरीव जनताको आँखामा आँशु नआउने गरि काम गरिदिए हुन्थ्यो ।’
जोरायल सिलिङबागमा रहेको खत्रीको घरको भग्नावशेष बाटोमा हिड्नेहरुलाई जिस्काईरहेको छ ।  

मानव बेचबिखन बिरुद्ध समिति गठन

डोटीको शिखर नगरपालिकामा नगरस्तरीय मानव बेच बिखन तथा ओसार पसार बिरुद्धको समिति गठन भएको छ । 
नगर प्रमुख सिताराम जोशीको संयोजकत्वमा गठन भएको उक्त समितिमा बिषयगत कार्यालयका प्रमुख एवं प्रतिनिधिहरु रहेका छन । निड्स नेपालको समन्वयमा शनिवार गठन भएको समितिका सदस्यहरुमा निर्वाचित महिला प्रतिनिधि, प्रहरी चौकी तिलतालीको प्रतिनिधि, नगरपालिकाको स्वास्थ्य ईकाईका प्रमुख र नगर बालक्लव सञ्जालका प्रतिनिधिहरु रहेका छन । 
यस्तै स्रोतव्यक्ति, स्थानीय पत्रकार लगायतका प्रतिनिधिहरु सदस्य रहेको निड्स नेपालका कार्यक्रम प्रवन्धक प्रकाशचन्द्र मडैले जानकारी दिए । 
मानव बेच बिखन तथा ओसार पसारका घटनाहरु न्यून गर्ने उद्देश्यका साथ गठन भएको उक्त समितिले आगामी दिनहरुमा योजना बनाई बिविध कार्यक्रमहरु सञ्चालन गर्ने वताईएको छ ।
निड्स नेपालले शिखर नगरपालिका क्षेत्रमा सुरक्षित आप्रवासन सम्वन्धि परियोजना सञ्चालन गर्दै आएको छ । नगरभित्र मुख्यतया सुरक्षित आप्रवासनको समस्या रहेकोले यस बिषयमा कार्यक्रम गर्नु पर्ने मडैले बताए ।

प्रदेश ७ मा १० हजार उजुरी


सत्य निरुपण तथा मेलमिलाप आयोगको प्रादेशिक कार्यालयमा १० हजार पाँच सय ८३ उजुरी परेका छन । 
गत शुक्रमबार आयोगले डोटीको दिपायलमा आयोजना गरेएको परिपुरण मापदण्डसम्बन्धी सुझाव संकलन कार्यक्रममा उक्त जानकारी दिईएको हो । 
कार्यक्रममा आयोगका सदस्य लीला उदासी खनालले ७ नम्बर प्रदेशको प्रादेशिक कार्यालयमा द्वन्द्वपीडितका तर्फबाट १० हजार पाँच सय ८३ वटा उजुरी दर्ता भएको जानकारी दिए । तत्कालीन दश वर्षे सशस्त्र द्वन्द्वको समयमा राज्य पक्ष तथा विद्रोही पक्षबाट पीडित भएकाहरूबाट उजुरी दर्ता भएको खनालको भनाई छ । खनालका अनुसार अछाम जिल्लाबाट सबैभन्दा बढी उजुरी परेका छन् । अछामबाट आयोगमा चार हजार दुई सय ७४ उजुरी दर्ता भएका उनले बताए ।
त्यस्तै, कञ्चनपुरबाट एक हजार ६ सय ७८, कैलालीबाट एक हजार एक सय ५५, बाजुराबाट आठ सय ४६ तथा बैतडी जिल्लाबाट आठ सय ३१ उजुरी दर्ता भएका छन् । डडेल्धुराबाट पाँच सय ४०, बझाङबाट तीन सय ७६, दार्चुलाबाट तीन सय ३२ तथा डोटीबाट पाँच सय ५१ वटा उजुरी दर्ता भएका छन् ।
दर्ता भएका उजुरीमा केही गम्भीर प्रकृतिका मानवअधिकार उलंघनका घटना सम्वन्धि उजुरी रहेको सदस्य खनाले वताए । उनले भने ‘सत्य निरुपण तथा मेलमिलाप आयोगमा दर्ता भएका द्वन्द्वपीडितका उजुरीहरूमध्ये केही गम्भीर र गहन प्रकृतिका भएकाले आयोगले गोप्य रूपमा छानविन गरिरहेको छ ।’ खनालले राहत तथा क्षतिपूर्ति दिने दायित्व  सरकारको भएको बताए । उनले भने ‘आयोगले प्राप्त उजुरीको छानविन गर्ने हो, क्षतिपूर्ति तथा राहत दिने काम  सरकारको हो । हामी सरकारलाई माग सम्बोधन गर्न निरन्तर घच्घच्याई रहेका छौं ।’
कार्यक्रममा सहभागी द्वन्द्वपीडितहरूले आयोगमा उजुरी दर्ता गरेको वर्षौं भइसक्दा समेत आयोगले कुनै छानबिन नगरेको र पीडितले अझैंसम्म कुनै पनि न्याय तथा राहत नपाएको गुनासो गरे ।
सहभागी द्वन्द्वपीडितहरूले दर्ता भएका उजुरीको छिटो छानबिन गरेर उचित न्याय तथा क्षतिपूर्ति दिनेतर्फ चासो नदिएर आयोगले पीडितहरूलाई अझ बढी पीडा थपेको गुनासो गरे ।

“नापानीमा नगर सरकार”  पर्यटकीय विकास गर्ने घोषणा

डोटी शिखर नगरपालिका, कार्यपालिकाको बैठक पर्यटकीय क्षेत्र नापानीमा सम्पन्न भएको छ । शनिवार सम्पन्न बैठकले नगर क्षेत्रभित्र रहेको पर्यटकीय क्षेत्रको पहिचान र विकासमा जोड् दिने घोषणा गरेको छ । 
नगरपालिकाको वडा नं. १ मा रहेको नापानी ऐतिहासिक र पर्यटकीय क्षेत्र भएका कारण यस क्षेत्रको प्रचार र विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ कार्यपालिकाको बैठक उक्त क्षेत्रमा राखिएको नगर प्रमुख सिताराम जोशीले जानकारी दिए । ‘नगरपालिका भित्रका पर्यटकीय क्षेत्रहरुको पहिचान गरि तिनीहरुको विकास र प्रचारमा जोड् दिने नगरपालिकाको प्रमुख लक्ष्य रहेको छ’ कार्यपालिकाको बैठकको निर्णय सार्वजनिक गर्दै जोशीले भने ‘यो बैठक नापानी तेले क्षेत्रको पर्यटकीय विकास गर्ने घोषणा गर्दछ ।’ 
जोशीले अर्को बैठक नगरभित्रको अर्को महत्वपूर्ण पर्यटकीय क्षेत्र शिखरमा आयोजना गरिने समेत घोषणा गरे । उनले नापानीमा पिक्निक स्पोट बनाउने र होमस्टे सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए । बैठकले नगर क्षेत्रमा कृषि तथा धार्मिक पर्यटनको विकासका लागि ठोस योजना बनाई लागु गर्ने निर्णय गरेको समेत नगर प्रमुख जानकारी दिए । 
यस्तै नगरपालिकाले शनिवार प्रमुख जिल्ला अधिकारी सहित जिल्लास्थित बिषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधि र सञ्चारकर्मीहरुलाई नापानी पर्यटकीय क्षेत्रको भ्रमण गराएको छ । नापानी क्षेत्रमा रहेको केदारेश्वर मन्दिर, बिभिन्न तालहरु लगायत क्षेत्रको अवलोकन गराउँदै यस क्षेत्रको विकासमा सवैले सक्रिय भुमिका निर्वाह गरिदिन हुन नगरपालिकाले आग्रह गरेको छ । 
सो क्रममा डोटीका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले पर्यटकहरुको आगमनका लागि पूर्वाधारहरु तयार गर्नु पर्ने वताए । ‘वसोबासको व्यवस्था, स्थानीय परिकार सहितको खानाको व्यवस्था, सरसफाई, भौतिक पूर्वाधारहरु पर्यटकहरुलाई आकर्षित गर्ने आधार हुन’ प्रजिअ खत्रीले भने ‘स्थानीय सरकारले पर्यटकहरुका लागि सुरक्षित बातावरण बनाउन सक्नु पर्छ ।’ उनले अव अव सरकार गाउँगाउँमा मात्रै हैन घरघरमा पुग्नु पर्ने धारणा राखे । उनले भने ‘सामाजिक सुरक्षा भत्ता घरघरमा पु¥याएर नगरपालिकाले सरकार घरघरमा पुगेको अनुभुति दिलाउन सक्छ ।’

खेल समाचार 

क्रिकेट टोलीको भव्य स्वागत

अन्तराष्ट्रिय एक दिवसीय क्रिकेट खेल्न नेपाललाई मान्यता दिलाएर स्वदेश फर्केका नेपाली क्रिकेट टोलीलाई नेपालमा भव्य स्वागत गरिएको छ । सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा क्रिकेट टोलीको भव्य स्वागत गरिएको हो ।
जिम्बाबेमा सम्पन्न आईसीसी विश्वकप छनौट खेलमा एक दिवसीय मान्यता पाएर फर्केको क्रिकेट टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलमा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले स्वागत गरेका हुन । बिश्वकर्मासंगै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टलगायतको टोलीले स्वागत गरेको थियो ।
खेलाडीलाई स्वागत गर्न सयौँ समर्थकहरु र खेलप्रेमीहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए । समर्थकहरुले खेलाडीहरुको पक्षमा      नाराबाजी समेत गरे । आईसीसी छनोटको समूह चरणमा हङकङलाई पराजित      गरेको नेपालले ‘प्ले अफ’मा पपुवा न्युगिनीलाई पराजित गर्दै एकदिवसीय मान्यता पाएको छ ।
अन्तराष्ट्रिय क्रिकेट खेल्न थालेको २२ वर्षपछि क्रिकेट क्षेत्रमा नेपालले हात पारेको यो सबैभन्दा ठूलो सफलता हो ।
टोली जिम्माबेको हरारेबाट युएई हुँदै सोमवार काठमाण्डौं आएको हो ।

अवको लक्ष ५० ओभरको बिश्वकप

नेपाली क्रिकेट टोलीको अवको लक्ष्य ५० ओभरको बिश्वकप खेल्ने रहेको नेपाली क्रिकेट टोलीका कप्तान पारस खडकाले वताएका छन् । 
एकदिवसीय अन्तराष्ट्रिय मान्यता प्राप्त गर्दै नेपाली क्रिकेट टोलीले जिम्बाब्बे यात्रा टुंग्याएको नेपाली टोलीले अव बिश्वकपका लागि यात्रा गर्ने लक्ष्य लिएको छ । यद्यपि अन्तिम खेलमा नेदरल्याण्डसँग पराजित रहृयो र विश्वकप छनोटमा आठौं भयो ।
‘एकदिवसीय मान्यता पाउनु एउटा कुरा हो तर, हामी दृढ र थप बलियो बन्नुपर्छ,’ कप्तान खड्का भन्छन्, ‘यदि अबको चार वर्ष हामीले घरेलु क्रिकेटको राम्रो संरचना बनाउन सक्यौं भने क्रिकेट क्षेत्रमा अझ सम्बृद्ध हुन्छौं ।’
क्रिकेट खेलको अभिभावक मानिने नेपाल क्रिकेट संघ निलम्बनमा छ । तर, क्रिकेट संघको विधान संशोधन गरेर निलम्बन फुकुवा गर्ने प्रयास जारी छ । आईसीसीको तालिकाअनुसार विधान संशोधन भए जुनमा हुने साधारणसभाले नेपालको निल्म्बन फुकुवा गर्नसक्छ ।
‘हामीले देशभित्र धेरै खेल खेलाउनुपर्छ र हाम्रो भौतिक पूर्वाधार बनाउनुपर्छ,’ खड्का भन्छन्, ‘सबैभन्दा महत्वपूर्ण कुरा सुरुमा बोर्ड सक्रिय हुनुपर्छ । हामी अझै निलम्बनमा छौं । आश छ कि आउने जुनमा निलम्बन फुकुवा हुन्छ र क्रिकेट संचालन गर्ने सक्षम बोर्ड बन्छ ।’
विश्वकप छनोटको अन्तिम खेलमा नेपालले नेदरल्याण्ड्सँग हार्दै आठौं भयो तर, कप्तान पारस यो साता नेपालले हात पारेको उपलब्धीप्रति खुसी छन् ।
यो उनको व्यक्तिगत र टीम दुबैको सपना थियो । पारसले भने, ‘एक दिन हामी टेष्ट नेशन बन्छौं । शायद यसका लागि ८÷१० वर्ष लाग्ला । तर, अबको हाम्रो गोल ५० ओभरको विश्वकप हो ।’

चलचित्र/मनोरञ्जन 

नृत्यमा स्नातकोत्तर सुरु

कान्तिपुर दैनिकबाट
त्रिभुवन विश्वविद्यालयमा पहिलो पटक स्नातकोत्तर तहमा नृत्य विषयको पठनपाठन सुरु भएको छ । बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पसले यसै शैक्षिक सत्रबाट नृत्यमा स्नातकोत्तर सुरु भएको हो । संस्कृतिविद् सत्यमोहन जोशीले आइतबार एक समारोहबीच उक्त विषयको पठनपाठन उद्घाटन गरे । 
पद्मकन्यामा यसअघि नृत्यमा स्नातक तहसम्मको पढाइ हुँदै आएको थियो । ‘पद्मकन्यामा २०२० सालदेखि नृत्य विषय पठनपाठन हुँदै आएको छ,’ क्याम्पस प्रमुख प्राध्यापक रेनुका जोशीले भनिन्, ‘विद्यार्थीका मागलाई ध्यानमा राखेर स्नातकोत्तर तहमा समेत नृत्य विषय पठनपाठन सुरु गरेका हौं । अब यही विषयका निम्ति विद्यार्थीले विदेशतिर भौंतारिनुपर्ने छैन ।’
स्नातकोत्तर तहमा पठनपाठन सुरु भएसँगै नेपालको नृत्य परम्परा र यसको प्राज्ञिक स्तरमा नयाँ आयाम थपिने उनको दाबी छ । ‘नृत्य परम्पराको सिर्जनात्मक दक्षता र पठनपाठनले नेपाल र दक्षिण एसियाकै सांस्कृतिक सम्पदाका संरक्षणमा सहयोग पुग्नेछ,’ प्रमुख जोशीले भनिन् । स्नातकोत्तर तहमा नृत्यसम्बन्धी औपचा–रिक अध्ययन, व्यावहारिक कलाको प्रशिक्षण र अन्तराष्ट्रिय रूपमा चलेका नृत्य परम्परासमेत अनुसन्धान गराइने जनाइएको छ । नृत्य विषयको पहिलो सेमेस्टरमा २१ जना भर्ना भएका छन् ।
विसं २००८ सालमा स्थापित पद्मकन्या त्रिविको आंगिक क्याम्पसमध्ये एक हो । यसै वर्षबाट त्रिविबाट स्वायत्तता प्राप्त गरेको छ । यहाँ मानविकी, व्यवस्थापन र विज्ञान संकायको पठनपाठन हुँदै आएको छ । स्नातक र स्नातकोत्तर तहमा गरी ४ हजार ५ सय छात्रा अध्ययनरत छन् ।
‘हाम्रो लक्ष्य पद्मकन्या क्याम्पसलाई पहिलो महिला विश्वविद्यालय बनाउने हो,’ प्रमुख जोशीले भनिन्, ‘त्रिविलाई भार नपर्ने गरी नयाँ कार्यक्रम ल्याएका छौं । यसै सत्रमा मानविकीतर्फ नृत्य र व्यवस्थापनमा बीसीए नयाँ विषयका रूपमा पढाउँदै     छौं ।’
मानविकीतर्फ स्नातकमा नेपाली, अंग्रेजी, हिन्दी, संस्कृत, नेपालभाषा, समाजशास्त्र, ग्रामीण विकास, गृहविज्ञान, बौद्ध अध्ययन, संस्कृति, जनसंख्या, राजनीतिशास्त्र, पत्रकारिता, वाद्यवादन, संगीत, नृत्य, मनोविज्ञान, अर्थशास्त्रलगायत विषय पठनपाठन हुँदै आएको छ । त्यस्तै स्नातकोत्तरमा नृत्यसहित दस विषय पुगेको छ । व्यवस्थापनतर्फ स्नातकमा बीबीएस, बीबीए, बीबीएम पढाइन्छ भने स्नातकोत्त–रमा एमबीए पठनपाठन हुन्छ । विज्ञानतर्फ बीएस्सी, माइक्रोबायोलोजी, वातावरण विज्ञान पठनपाठन हुँदै आएको छ । सहायक क्याम्पस प्रमुख केशवराज सापकोटाका अनुसार अलोकप्रिय विषयलाई पुनःसंरचना गर्ने तयारी भइरहेको छ ।
पद्मकन्या क्याम्पसमा ३ सय २२ शिक्षक र ९९ कर्मचारीको दरबन्दी छ, जसमा २ सय ८० शिक्षक र ८७   कर्मचारी कार्यरत रहेको क्याम्पस प्रमुख जोशीले जनाइन् । साढे ३७ रोपनी क्षेत्रफलमा फैलिएको क्याम्पसको प्रज्ञा, मैत्री र पुस्तकालय गरी तीनवटा भवन छन् । दुई सय जना क्षमताको दुइटा छात्रावास भवन छन् । अहिले १ सय ७० छात्राले मासिक ५ सय रुपैयाँ शुल्क तिरेर पढदै आएका छन् ।

लेख 

कैलालीमा अरु पनि छन् ‘राधा चौधरी’ हरु
घोडाघोडी ‘बोक्सी’ प्रकरणले उठाएका सामाजिक प्रश्न

दुई वर्षअगाडि कुरीतिजन्य हिंसाविरुद्धको अभियानका क्रममा ‘ए हजुर यसो गरे कसो होला’ भन्ने शीर्षकमा सञ्जय खड्काले एउटा कविता सुनाएका थिए । घोडाघोडीमा राधा चौधरीमाथि कुटपिटको घटनापछि फेरि यो कविताको सम्झना आएको छ ः
खड्काको कविता यस्तो थियो
बोक्सी त शक्तिशाली हुन्छ रे !
आफूले चाहेको जे पनि गर्न सक्छे रे !
त्यसो भए विश्वविद्यालय खोले हुन्छ
बोक्सी विद्या सिकाए हुन्छ
किन चाहियो बन्दुक अनि गोली र गठ्ठा ?
किन चाहियो प्रहरी र आर्मी ?
बोक्सीहरुको ब्यारेक बनाए हुन्छ,
राष्ट्रिय प्रतिरक्षाका लागि प्रयोग गरे हुन्छ,
अनि त, के को भारत केको चीन ?
सबैभन्दा माथि नेपाल हुन्छ ।
धामी त झन् शक्तिशाली हुन्छ रे !
आहा ! यस्तो गर्न सके त
युएनडीपीको रिपोर्टमा
शतप्रतिशत नेपाली स्वस्थ्य हुन्थे होला
नेपालीहरु
भूकम्प वा दैवी प्रकोपबाट सधैं सुरक्षित रहन्थे  होला
नेपालीहरु
वैदेशिक हस्तक्षेपबाट स्वतन्त्र हुन्थे होला
दिल्ली र वाशिंटनका शक्तिहरू
काठमाडौंमा केन्द्रीकृत हुन्थे होला
जाबो एटम बमले के लछार्छ ?
बोक्सीले चाहृयो भने एकै वाणले 
बसीबसी धेरैलाई पछार्छ,
अनि त पोप फ्रान्सिस
हाम्रो स्वास्थ्यमन्त्री अगाडि झुक्थे होलान्
वल्र्ड फस्ट लेडी
हाम्रो रक्षामन्त्रीको अगाडि झुक्थी होलिन् ।
युएनले एकमात्र भिटो पावर नेपाललाई दिन्थ्यो होला
स्थायी समिति सदस्य बन्नका लागि
युएस, युके अनि रुस, चीन र फ्रान्स
नेपाललाई गुहार्थे होलान् ।
ए हजुर यसो गरे कसो होला ?
हप्ता दिन अगाडि विश्वभरि नै महिला दिवस मनाइरहँदा कैलालीको घोडाघोडी नगरपालिका–५ देवकलियाकी २० वर्षीया राधा चौधरीमाथि बोक्सीको आरोपमा ७ घण्टासम्म निर्घात कुटपिट भयो । गाउँलेहरुले रमिते बनेर हेरिरहे । राधाले आमा बाबालगायत गाउँलेसँग गुहार मागिन् । रोइन्, कराइन् तर अहँ ! उनको चित्कार कसैको कानमा गुञ्जिएन । बरु गाउँलेले मान्दै आएका कथित भोले बाबा रामबहादुर चौधरी र पार्वती चौधरीले राधालाई पिटिरहँदा समाजले ताली बजायो ।
कैलाली जिल्लामा यो घटना पहिलो होइन । राधालाई पिटेकै दिन एकजना शिक्षिकासमेत बोक्सीको आरोपमा त्यहीँ पिटिएकी थिइन् । 
०६० चैत्र २३ मा कैलालीको साविक बेला देवीपुर गाविस वडा नं. ७ घोड्सुवाकी ७० वर्षीया राजकुमारी  रानालाई उनकै नातेदारहरुले कुटपिट गरेर रुखमा हात बाँधे । कपाल मुण्डन गरियो । दिसा खुवाइयो । गुप्ताङ्गमा कैंची र लठ्ठी घुसाई यातना दिइयो । राजकुमारीले न्यायको पर्खाइमा बस्दाबस्दै ०७१ पुसमा मृत्युवरण गरिन् । दोषीलाई कडा करवाही भए आफूले न्याय पाएको महसुस हुन्थ्यो कि भन्ने उनको सपना चिताको धुँवासँगै आकाशमा विलायो । 
अहिले फरक यति हो, राजकुमारी रानालाई धामी झाँक्रीले बोक्सीको आरोप लगाएर आफन्तबाट कुट्न लगाएका थिए । अहिले राधालाई धर्मका नाममा आएका भोलेबाबा आफैंले कुटे । 
हाम्रो समाजमा अझै पनि धर्मका नाममा होस् या संस्कृतिका नाममा, महिला हिंसा जारी छ । हिजोका दिनमा हाम्रो समाजमा धामी गुरुबाहरु बहुत हिरो बन्दै आफूलाई मन नपरेको मान्छे अर्थात गरिब, एकल महिला एवं पहुँचविहीनहरुलाई मनपरि ढंगले बोक्सी बनाई विभिन्न यातना दिने गर्थे । 
तर, कानुनले बोक्सी कसुर ऐन ल्याइसकेपछि धामी गुरुवाहरुको मुखमा ताल्चा लागेको थियो । र, कानून आएपछि यस्ता घटना अलि कम भएका थिए । तर, पछिल्लो समयमा फेरि धर्मका नाममा विभिन्न माता, बाबाहरुको जन्म हुने क्रम बढेको छ । उनीहरु गाउँगाउँमा महिनौं दिनसम्म पूजा लगाउने र गाउँलेहरुलाई तान्त्रिक शक्ति भएको विश्वास दिलाउन विभिन्नखाले हरकत गरेर अन्धविश्वासको परिबन्धमा पार्न तल्लीन छन् । यसैको परिणामस्वरुप राधाजस्ता अवलाहरुको जीवनमा चोट पुग्ने गरेको छ । 
आफूलाई भोलेबाबा भन्ने रामबहादुर चौधरी कानुनी कठघरामा उभिए पनि गाउँलेको मन कही कतै रोकिएन । कानुनले रामबहादुरलाई अपराधी ठहर गर्ला, तर गाउँलेहरु रामबहादुरलाई बाबाजी भन्दै सम्बोधन गर्नबाट पछि हटेका छैनन् । न त उनीहरुले ढुंगाको मूर्तिमा पूजा गर्न नै छाडेका छन्, नत रामबहादुरले नै भगवान भएको दाबी गर्दै ठूलो स्वरमा कराउनै छाडेका छन् । थुनाभित्र पनि उनको स्वर ठूलै छ । 
रामबहादुरले दुई महिना अगाडि सपनामा भगवानसँग विभिन्न कुराकानी गरेको गाउँलेहरुलाई सुनाएका थिए । सपनामा देखेको भन्दै उनले सामाग्रीहरु जुटाए । दुई महिनाको अवधिमै उनले तीन सयको हाराहारीमा उपचारका नाममा विभिन्न मान्छेहरुसँग भेटघाट गरे । दुईसय जनालाई त उनले झरफुक गर्ने नाममा कुटपिट नै गरे । राधालाई कुटिरहँदासम्म उनकी आमा समेत केहीबेरसम्म झारफुक गरेको मात्रै हो भन्ने ठानिरहेकी थिइन् ।
कैलालीमा बोक्सी आरोप लागेकी एक महिला मानसिक तनावको औषधी सेवन गरिरहेकी छिन् । ०७१ सालदेखि मानसिक उपचार गर्दै आएकी ६५ वर्षीया वृद्धाको अनुहारमा अहिलेसम्म चमक देखिएको छैन ।
उनलाई साविकको उर्मा गाविसस्थित उर्मी गाउँकी एक कथित माताले बोक्सीको आरोप लगाइन् । यो आरोपपछि उनी मानसिक रुपमा विक्षिप्त भइन् । मानसिक उपचारपछि हाल उनको स्वास्थ्यमा सुधार हुँदैछ । 
हाम्रो समाजमा धेरै महिलाहरु बोक्सीको आरोपबाट प्रताडीत छन् । तर आफ्नो बेइज्यती हुने र मानप्रतिष्ठामा आँच आउने डरले उनीहरु आफ्नो पीडा पचाएर बस्न बाध्य छन् ।
समाजको कहालीलाग्दो रुप
हामीले हाम्रा कलिला राधाहरुलाई यो प्रश्नको प्रतिवाद गर्न किन उत्प्रेणा दिइरहेका छैनौं ? गरीब महिलालाई नै कथित बोक्सीको आरोपमा सताइन्छ ? 
कथित गुरुवा, धामीझाँक्रीलाई हिरो बनाउने पितृसत्तात्मक समाजले नै हो । पितृसत्तात्मक सामाजिक प्रणालीले पुरुषलाई नै सर्वश्रेष्ठ र महत्वपूर्ण व्यक्तिको दर्जा दिएका कारण महिलाहरु यस्ताखालका कुरीतिबाट ग्रसित छन् । महिलालाई कमजोर, अस्तित्वहीन र गौण पात्रका रूपमा स्थापित गर्नु पितृसत्तात्मक समाजको विडम्वना नै हो । 
अहिले हामी एक्काइसौं शताब्दीमा छौं । तर, हाम्रो समाजको गतिविधि मध्ययुगभन्दा माथि उठेको  देखिँदैन । हामीले सामाजिक मुद्दाको धरातल कोट्यायौं भने डरलाग्दो पहाडझैं देखिन्छ । नेपाली सञ्चार माध्यमलाई आधार मान्ने हो भने कथित बोक्सीको आरोपमा महिलाले भोगेको पीडामा कहीँ पूर्णविराम लागेको छैन । यो पीडा कुनै जाति वा समुदायसँग मात्रै जोडिएको छैन । अहिले थारू समुदायमा यस्तो समस्या देखिएको छ । तर, बोक्सीको आरोपमा थारूबाहेक अरु समुदाय पनि अछुतो छैनन् । 
बोक्सी भन्दै महिलालाई निर्घात कुट्ने, मलमूत्र कोच्याउने, समाज र घरबाट बहिस्कार गर्ने, गाउँ निकाला गर्ने, कपाल मुण्डन गर्ने, नाङ्गो पारेर गाउँ घुमाउने, सिस्नोपानी लगाउने, तताएको रातो फलामले डाम्ने, धारिला हात हतियार प्रहार गर्ने, जिउँदै जलाउने अनि कालोमोसो दलेर गाउँ घुमाउने जस्ता अमानवीय व्यवहार गरेको घटनाले डरलाग्दो संकेत दिँदैछ । जुन भावी पुस्ताले धिक्कार्ने गतिविधि हुन् । 
हामीले हाम्रा कलिला राधाहरुलाई यो प्रश्नको प्रतिवाद गर्न किन उत्प्रेणा दिइरहेका छैनौं ? गरीब महिलालाई नै कथित बोक्सीको आरोपमा सताइन्छ ? यदि समाजले बोक्सा–बोक्सी आरोप लगाएका व्यक्ति साँच्चै शक्तिशाली हुन्थे भने उनीहरू आफैं किन सम्पन्न छैनन् ? यी प्रश्नमा केन्द्रित रहेर हामीले समाजमा सचेतना जगाउन आवश्यक छ । 
बोक्सी कसुर ऐन ०७२ मा बोक्सी आरोप सम्बन्धी कसुर गर्ने व्यक्तिलाई कसुर हेरी ६ महिनादेखि दुई वर्षसम्म कैद वा ५ हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ । साथै कसुर हेरी ५ वर्षदेखि ८ वर्षसम्म कैद र ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवानासमेत तोकिएको छ ।
— अनलाईन खवर डटकमबाट

अन्तरबार्ता 

जनप्रतिनिधिहरुले तत्काल राजीनामा दिनु पर्छ

शेरबहादुर देउवा (डोटी जिल्ला ईन्चार्ज) 
नेपाल कम्युनिष्ट पार्टी
नेत्रबिक्रम चन्द (बिप्लब) ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी डोटीका जिल्ला ईन्चार्ज शेरबहादुर देउवा कैलाली लम्की चुहा नगरपालिका–६ चैनपुरबासी हुन । तत्कालिन नेकपा माओवादीको भारत प्रवास कमिटीबाट २०५७ सालदेखि राजनीतिमा संलग्न भएका २०७४ भदौदेखि नेकपाको जिल्ला ईन्चार्जको जिम्मेवारीमा छन् । के छ त राजनीतिक अवस्था ? के गर्न खोज्दैछ अव नेपाल कम्युनिष्ट पार्टीले ? देउवासंग गरिएको कुराकानीको सार संक्षेप ः 
भरखरै नेपाल कम्युनिष्ट पार्टीको जिल्ला ईन्चार्जको जिम्मेवारी पाउनु भएको छ, बधाई छ तपाईलाई ? 
— धन्यवाद । 
अचेलमा के मा ब्यस्त हुनु हुन्छ ?
— हामी नियमित पार्टी काममा छौं । पार्टीको संगठन निर्माण, गठन पुनर्गठन, प्रशिक्षण जस्ता काममा संलग्न छौं । त्यसमा पनि बर्तमान सरकारले निरंकुश ब्यवस्थाको अनुभूति गराएकाले यसका बिरुद्ध देशब्यापी आन्दोलनको तयारी गरिरहेका छौं ।
आन्दोलानको स्वरुप कस्तो हुन्छ ? 
— यो कुरा त बर्तमान खपु (खड्कप्रसाद पुष्पकमल) सरकारको ब्यवहारमा निर्भर  पर्छ । हामीप्रति अहिलेको ब्यवहार हेर्ने हो भने अर्को जनयुद्धको तयारी गर्नुपर्छ भन्ने मनस्थितिमा पुगेका छौं । यो जनयुद्ध बिगतको १० बर्षे जनयुद्ध भन्दा अझ सशक्त हुने कुरामा दुईमत छैन ।
मुलुकको बर्तमान राजनीतिक अवस्थालाई कसरी मुल्यांकन गर्नु भएको छ ? 
— अहिले राजनीतिक अवस्था संकटमा रहेको छ । नेपाली जनता दलाल पुजीँपति बर्गको अन्तरबिरोधमा परिबर्तन आएको छ । स्थानीय निर्बाचन, प्रतिनिधि सभा तथा प्रदेश सभा निर्बाचन पछि दलाल पुँजीपति बर्गको ठाउँमा सामाजिक दलाल पुँजीपति बर्गको प्रबेश भएको छ । देशमा शान्ति, सुब्यवस्था र समृद्धिको बिषय भ्रमको रुपमा रहेको छ । जनजीवन निकै कष्टकर बन्दै गएको छ । केहि दलाल पँुजीपति बर्गहरु देशमा ब्रम्हलुट गरिरहेका छन । पद प्रतिष्ठाको लागि खिचातानी गरिरहेका छन । संघीयताका नाममा केही ब्यक्तिहरु मात्र लाभान्वित हुने र सिंगो जनतामाथी अझ उत्पिडन बढ्ने खतरा बढ्दै गएको छ । १० बर्षे जनयुद्धका उपलब्धीहरु दिनप्रति दिन गुम्दै गईरहेका छन । नेपाली जनताका आमुल परिबर्तनको आकाँक्षा माथी तुसारापात भएको छ । जनयुद्धको नेतृत्व गरेको माओवादी केन्द्र एमालेमा बिलय भएको अवस्था रहेको छ । 
अहिलेको राजनैतिक संकटको निकास के हो त ?
— अहिले देशमा सामाजिक दलाल पुँजीपति बर्गको प्रबेश भएको छ । यो बर्गबाट देशमा स्थायी शान्ति र समृद्धि सम्भव छैन । हाम्रो पार्टीले अगाडी सारेको दलाल संसदबादी ब्यवस्थाको बिकल्पमा नयाँ बैज्ञानिक समाजबादको अबधारणा नै राजनैतिक संकट समाधानको उत्तम बिकल्प हो ।  
जनताका परिबर्तनका आकाँक्षा संकटमा पर्दै गएको पनि भन्नु हुन्छ, अर्कोतिर लामो समयपछि बहाली भएका जनप्रतिनिधिहरुलाई राजिनामा गर्न धम्कीपनि दिदै हुनु हुन्छ, यो त बुझ्न सकिएन नि ! के हो ? 
— अहिलेका जनप्रतिनिधिहरुले जनताको नेतृत्व गर्दैनन् । यिनीहरुले दलाल पुँजीपति बर्गको नेतृत्व गर्छन । अहिलेका जनप्रतिनिधिहरुबाट जनताका परिबर्तनका आकाँक्षाहरु पुरा हुन सम्भव छैन । यो ब्यवस्थाका जनप्रतिनिधिहरुबाट शान्ति, सुरक्षा अमन चयन, विकास समृद्धि सम्भव छैन । त्यसैले हामीले अहिलेका सबै जनप्रतिनिधिहरुलाई राजिनामा गरेर फर्किन आह्वान गरेका छौं । अहिलेका सबै जनप्रतिनिधिहरुले राजिनामा गर्दै शासन सत्ताको बागडोर जनताको हातमा सुम्पिन जरुरी छ । यदि राजिनामा नदिए जनताले आफ्नो अधिकार मागेर होईन खोसेर लिन बाध्य हुने छन 
परिबर्तन कसबाट सम्भव छ त ? 
— मैले यसअघिनै भनिसकेँ । अहिलेका जनप्रतिनिधिहरु राजीनामा दिएर फर्केपछि नेपाली जनताले गठन गरेका गाउँ तथा जिल्ला जनसरकारहरुले जनताको  परिबर्तनको पक्षमा काम गर्नेछन । 
पुरानै शैलीमा जनसरकार पनि गठन गर्नु भएछ ? 
— जनसरकार हामी केन्द्र देखि गाउँस्तरसम्म गठन गर्ने तयारी गरिरहेका छौं । १० बर्षे जनयुद्धको उपलब्धीहरु संकटमा पर्ने देखिएकाले जनसरकार गठन गर्ने घोषणा गरिएको हो । यो सरकारले शान्ति र समृद्धिका लागि काम गर्न नसक्ने भएकाले जनसरकार गठनको घोषणा गरिएको हो । हामीले डोटी जिल्लामा जिल्लास्तरीय जनसरकार घोषणा गरेका छौं । आगामी चैत्र महिना भित्र देशब्यापी रुपमा जनसरकार घोषणा भईसक्ने छन । जनसरकारले जनताको अधिकारलाई सुनिश्चित गर्ने, विकास निर्माणमा सहयोग गर्ने, कर असुली गर्ने छन । एकिकृत जनक्रान्तिको कार्यदिसालाई सहयोग गर्ने छन । 
बिगत १० बर्षे सशस्त्र द्वन्द्वको झल्को दिने गरि चन्दा नदिएका कारण बिभिन्न ठाउँमा आक्रमण, कारवाही, आगजनी, तोडफोड गरिरहनु भएको छ ? यसलाई चन्दा आतंक भन्न मिल्छ ? 
— यो परम्परावादी दृष्टिकोण बोकेका राजनैतिक दलहरुले लगाएको र गरेको भ्रामक प्रचार हो । हामीले आन्दोलन जनताको सहयोग र सहभागितमा गर्दै आएका छौं । राज्यलाई टाट र कंगाल बनाउनेका बिरुद्ध गरिएको कारवाही हो । एनसेल कम्पनीले राज्यलाई अरबौं रकम कर नतिरेको, चुडामणी शर्माले अरबौंको रकम भ्रष्टाचार   गरेको, चन्द्रागिरी केबुलकारले कर नतिरेको उजुरी हाम्रो पार्टीमा आएकाले हामीले कारवाही गरेका हौं । चन्दा नदिएकाले गरिएको होईन । भ्रष्टाचारी, कमिशनखोरी, जनबिरोधी सबैलाई हामी कारबाहीको दायरामा ल्याउछौं । हामीले जिल्ला देखि गाउँपालिकासम्म सबै विकास योजनालाई नजिकबाट अनुगमन गरिरहेका छौं । जनताका विकास योजनामा ढिलासुस्ती, कमिशन, अनियमितता, भ्रष्टाचार भएको पाईएमा हामी कारवाही गर्छौ । बिराटनगर घट्ना के हो ? यसका तपाईको पार्टीको आधिकारिक धारणा के हो ?
— यो घट्ना नितान्त सुनियोजित थियो । हामीले पूर्ब घोषित कार्यक्रम अनुसार युवा संगठनको राष्ट्रिय सम्मेलनमा सहभागि हुने क्रममा अनाबश्यक धरपकड, गिरफ्तार गर्ने काम गरिएको छ । यो राज्य आतंक बाहेक केहि होईन । हाम्रा नेता कार्यकर्ता माथी झुटा मुद्दा लगाईएको छ । यसले बर्तमान सरकारले युद्ध निम्त्याएको भन्ने हाम्रो बुझाई छ । शान्तिपूर्ण रुपमा आफ्ना गतिबिधि गर्न पाउने संसदबादी पार्टीहरुले बनाएको संबिधानमा पनि उल्लेख छ । आफैले बनाएको संबिधानको आफै उलंघन गरेर दुनियाँलाई हसाउने काम गरेको छ । हामी तत्काल हाम्रा नेता कार्यकर्ता माथी लगाईएको झुटा मुद्धा खारेज गरि निशर्त रिहा गर्न जोडदार माग गरेका छौं । त्यसका लागि हामीले संघर्षका कर्यक्रमहरु पनि अघि सारेका छौं । हाम्रा मागहरु पुरा नभए थप कार्यक्रम घोषणा गर्न हामी बाध्य हुने छौं । 
अहिले ७ नं. प्रदेशको राजधानी दिपायलमा हुने पर्ने बहस जारी छ । यसमा तपाईको पार्टीको धारणा के हो ? 
— अहिलेको संघीयताको मोडेल नै गलत छ । जनताले चाहेको संघीयता होईन यो । जनताको चाहना र भावना बिरुद्ध छ । क्रान्तिको पूर्णताले मात्र जनताको संघीयता निर्धारण गर्दछ । राजधानी कहाँ भन्दा पनि संघीयता नै ठिक नभएकाले यसबारे बोलिहाल्न आबश्यक छैन । तथापी लामो समयदेखि डोटी जिल्लामा ७ नं. प्रदेशको   राजधानी हुनु पर्ने भन्दै आन्दोलन र बहस जारी छ । लामो समयदेखि डोटी दिपायल केन्द्रको रुपमा रहेको, क्षेत्रीय सदरमुकामको रुपमा रहेको र ७ नं. प्रदेशको केन्द्र भागमा रहेकाले डोटीबासीको माग जायज छ । जनताको भावना माथी तुसारापात भएको छ । यो बिषय जनताको माग अनुसार सम्बोधन गरिनु पर्छ भन्ने हाम्रो पार्टीको धारणा रहेको छ ।

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१. कार्यालयमा पत्रव्यवहार भनेको के हो ? 
एउटा कार्यालयले अर्को कार्यालयलाई लिखित रुपमा विवरण एवं सन्देश पठाउने कार्यलाई कार्यालयमा पत्रव्यवहार भनिन्छ । यो सञ्चारको एक औपचारिक साधन हो । यो एउटा कार्यालय र अर्को कार्यालयबीच सम्पर्क स्थापना गर्ने सरल एवं प्रचलित माध्यम पनि हो । आजकल पत्रव्यवहार बिद्युतीय माध्यमबाट पनि हुने गर्दछ । पत्रव्यवहार सरल भाषामा स्पष्ट सन्देश प्रवाह गर्ने र पूर्ण हुनु पर्छ । पत्रव्यवहारलाई प्रयोगका आधारमा सरकारी पत्र, व्यवसायिक पत्र, दरखास्त पत्र, व्यक्तिगत पत्र एवं   गैरसरकारी पत्रमा विभाजन गर्न सकिन्छ । प्राथमिकताका आधारमा यसलाई साधारण पत्र, जरुरी पत्र, अति जरुरी पत्र र तुरुन्त पत्रमा वर्गीकरण गर्न सकिन्छ । त्यसैगरी पत्रव्यवहारलाई गोप्यका आधारमा अतिगोप्य र गोप्य गरी विभाजन गर्न पनि सकिन्छ ।
२. नेपाल राष्ट्र बैङ्कले गर्न नहुने कामहरु के के हुन ? उल्लेख गर्नुहोस् । 
नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ अनुसार नेपाल राष्ट्र बैङ्कले गर्न नहुने काम निम्न छन् । 
कर्जा प्रदान गर्ने, 
निक्षेप राख्ने 
आर्थिक उपहार दिने
व्यापार गर्ने 
बाणिज्य बैङ्क, वित्तीय संस्था, सार्वजनिक संस्थान तथा कम्पनीको सेयर खरिद गर्ने, 
कुनै वित्तीय, व्यापारिक, कृषि, औद्योगिक वा अन्य संस्थामा स्वामित्व सम्वन्धि अधिकार प्राप्त गर्ने 
खरिद गरेर, भाडामा लिएर वा कुनै तरिकाबाट चल अचल सम्पत्ति माथि अधिकार प्राप्त गर्ने, तर आफ्नो सम्पत्ति माथि अधिकार प्राप्त गर्ने तर आफ्नो कारोवार र अन्य व्यवस्था सञ्चालन गर्न वा आफ्नो उद्देश्य पुरा गर्न आवश्यक पर्ने सम्पत्ति भने नेपाल राष्ट्र बैङ्कले प्राप्त गर्न सक्ने ।
३. सामाजिक सुरक्षा कोष सञ्चालक समितिको काम, कर्तव्य र अधिकार के के हुन ? 
योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ ले सामाजिक सुरक्षा कोषको तर्फबाट सम्पादन गर्नु पर्ने कामकारवाहीको सञ्चालन, रेखदेख र व्यवस्थापनको लागि श्रम तथा रोजगार मन्त्रालयका सचिवको अध्यक्षतामा सञ्चालक समिति गठन गरी समितिको काम, कर्तव्य र अधिकार व्यवस्था गरेको छ । जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ । 
सामाजिक सुरक्षा सम्वन्धि विषयमा नेपाल सरकारलाई सुझाव दिने, 
सामाजिक सुरक्षा योजना, बजेट र कार्यक्रम स्वीकृत गरी कोषको सञ्चालन र व्यवस्थापन गर्ने, 
लगानी सम्वन्धि नीति तर्जुमा गरी स्वीकृतिको लागि नेपाल सरकार समक्ष पेस गर्ने, 
विभिन्न सामाजिक सुरक्षा योजनाको समुचित रुपमा सञ्चालन र व्यवस्थापन गर्न आवश्यक रकमको व्यवस्था गर्ने । 
कार्यकारी निर्देशकबाट सम्पादन हुने कामकारवाहीको समन्वय तथा अनुगमन गर्ने, 
सामाजिक सुरक्षा कोषमा सूचीकृत श्रमिक, स्वरोजगारमा रहेको व्यक्ति, सरकारी सेवामा वहाल रहेको व्यक्ति वा सरकारी कोषबाट पारिश्रमिक पाउने व्यक्ति लगायतका सवै व्यक्तिका व्यक्तिगत विवरणको अभिलेख अद्यावधिक गरी राख्ने, 
सामाजिक सुरक्षा कोषको नियमित रुपमा लेखा परीक्षण तथा कोषको समग्र आर्थिक तथा वित्तीय अवस्थाको मुख्याङ्कन गर्ने वा गराउने, 
सामाजिक सुरक्षा योजना सञ्चालन गर्ने सम्वन्धमा आवश्यक कार्य गर्ने, 
बेरोजगारी सुबिधा पाउने श्रमशक्तिलाई शिघ्र रोजगारी उपलव्ध गराउने कार्यक्रम सञ्चालन गर्ने, 
घरेलु श्रम बजारमा रोजगारीका थप क्षेत्र पहिचान गरी श्रमशक्तिलाई व्यापक रुपमा रोजगारीमा संलग्न गराउने कार्यक्रम सञ्चालन गर्ने, 
योगदानकर्ताहरुलाई परिचय पत्र वितरण गर्न लगाउने,
नेपाल सरकारले समय समयमा दिएको निर्देशनको पालना गर्ने 
तोकिए बमोजिमका अन्य कार्यहरु गर्ने ।
५.श्रम ऐन, २०७४ ले लिएका उद्देश्यहरु के के हुन ? लेख्नुहोस् ।
श्रम ऐन, २०७४ ले लिएका उद्देश्यहरु निम्न छन् ः
श्रमिकको हकहित तथा सुबिधाको व्यवस्थापन गर्नु,
श्रमिक र रोजगारदाताको अधिकार तथा कर्तव्यको स्पष्ट व्यवस्था गरी असल श्रम सम्वन्धको विकास गर्नु, श्रम शोषणका सवै अवस्थालाई अन्त्य गरी उत्पादकत्व बृद्धि गर्नु 
६. व्यवस्थापिकाले गर्ने कुनै पाँचवटा कार्यहरु लेख्नुहोस् ।
राज्यको कानुन बनाउने सर्वोच्च निकाय व्यवस्थापिका हो, यसले मुख्य पाँचवटा कार्यहरु निम्न अनुसार छन् । 
१. विधेयक पारित गर्ने, संबिधान संशोधन गर्ने, ऐन संशोधन गर्ने, ऐन खारेज गर्ने जस्ता कार्य गरी कानुन निर्माण गर्ने ।
२. बजेटमा दफावार छलफल गर्ने, पारित गर्ने, करकार दर तोक्ने, खर्च नियन्त्रण गर्ने जस्ता कार्य गरी बजेट पारित गर्ने ।
३. सरकारले निर्माण गर्ने, संसद्म सरकार कार्यबारे प्रश्न सोधेर ध्यानाकर्षण प्रस्ताव राखेर, आलोचना गरेर, अविश्वासको प्रस्ताव राखेर सरकारको गठन तथा नियन्त्रण गर्ने, 
४. कार्यपालिका र सो अन्र्तगतको निकायलाई नियन्त्रण र निर्देशन गर्ने, संबिधान अनुसार महाअभियोग लगाउने कार्य गर्ने, संसदमा निर्णयका लागि पेस गरिएका विषयमा मतदान गर्ने, संसदीय स्नुवाईको कार्य गर्ने, 
५. बाधा अड्काउ फुकाउने आदेशको अनुमोदन गर्ने, संकटकालको अनुमोदन गर्ने, अन्तराष्ट्रिय सन्धि सम्झौताको अनुमोदन गर्ने ।

साहित्य/सृजना 

एकल महिला 

सेतो रङ्गलाई 
पवित्र अनि कंचन मान्ने 
हाम्रो समाज
खै किन हो ! किन ?
मैले लगाएको सेतो पहिरनलाई भने,
यस्तो नजरले हेर्छ कि !
मेरो त्यो सेतो पहिरनले,
उनीहरुलाई आक्रमण नै गर्नेवाला छ
यस्तो लाग्छ, 
मेरो उपस्थितिले 
सायद ठुलै भुइचालो नै ल्याउनेवाला छ
मलाई त सबै रङ्गहरु प्यारा छन
सबै रङ्गसंग नाचु, खेलु, झुमु, चुमु लाग्छ
तर के गर्नु
पतिको मृत्युसंगै सबै रङ्गहरु 
खोसिन्छ्न मबाट 
बाकी रहन्छ सेतो रङ
त्यो सेतो रङ्ग पनि मैले मागेको होइन
यो समाजले नै दिएको हो
या भनौं सबै खोसेर भिखमा दिएको
ताकी म समाजमा उनीहरुको सामुन्य 
दयाको पात्र बनिरहुँ
त्यो सेतो रङ्गले उनीहरुलाई
आफू दानबिर महसुस भैरहोस
अनि मलाई
आफू साथ गुमाएकी एक बछेडी महसुस भैरहोस
कतिबेला मलाइ त !
हासो उठ्छ 
साच्चिकै, यो समाजदेखि 
आफै सेतो रङ्गलाई पवित्र मान्छ
फेरि आफै तेहि रङ्ग मलाई दिन्छ
अनि म चाहिँ अपवित्र झै हुन्छु
बिहनै उठ्दा मेरो दर्शन मात्र होस
त्यो दिन नै अशुभ भैदिन्छ अरे !
कहि शुभकाममा जाँदा
मसंग अचानक भेट होस न
अशुभको संकेत ठानेर आफ्नो दिशा नै बदल्छ
मेरो उपस्थितिले हरेक शुभकामहरु अशुभमा परिणत हुन्छ्न रे !
तेति मात्र कहाँ हो र !
मैले जन्माएकी मेरी छोरीको विबाहमा 
कन्यादान गर्नबाट समेत म बञ्चित हुन्छु
मानौ छोरीलाई म आशिर्वाद हैन अभिसाप नै दिनेछु
तर त्यो समाजलाई के था
मलाइ कन्यादान गर्नबाट बञ्चित गरेर म माथी कति ठूलो गुन लाएका छन
किन कि छोरी दानमा दिइने कुनै बस्तु हुँदै होइन
पत्नी मरेपछि
अर्को बिहे धुमधामका साथ गर्दा 
उस्को भब्य स्वागत गर्ने समाजले
मृत पतिको नाममा 
आफ्ना इच्छा ,आकाँक्षा सबलाई खोलामा बगाएर
श्वास मात्र लिइरहेकी
एक मुर्तिलाई भने अँगाल्न सक्दैन
मानौ पतिको मृत्युसंगै मेरो अस्तित्व नै मेटियो
मेरो पहिचान नै बद्लियो
किन कि ! अब म महिला नभएर 
एकल महिला हुँ
पुस्पा जोशी “काली’ धनगढी ,कैलाली

सूचना/सन्देश/बिज्ञापन 

सायल गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय 

ओमनगर, डोटी 
 प्रदेश नं. ७

गाउँपालिकाको बस्तुगत बिवरण र पञ्चबर्षीय योजना तयारीका लागि प्रस्ताव आह्वान गरिएको सूचना 

प्रथम पटक प्रकाशित मिति ः २०७४/१२/४ 
यस सायल गाउँपालिकाको आ.व.२०७४/०७५ बार्षिक स्वीकृत कार्यक्रम अनुसार यस सायल गाउँपालिकाको बस्तुगत बिवरण र पञ्चबर्षीय योजना तयार गनु पर्ने भएको हुँदा ईच्छुक एवं देहायको योग्यता पुगेका संस्था/कम्पनी/फर्मबाट तपशिलका शर्तहरुको अधिनमा रही प्रस्ताव आव्हान गरिएको छ ।  
शर्तहरु  
१. सम्पादन गर्नु पर्ने कामको विवरण (Terms of References) तथा  प्रस्ताव फाराम रु. १,०००/– (अक्षेरेपी रुपैया एक हजार मात्र) (पछि फिर्ता नहुने) सायल गाउँपालिकाको राष्ट्रिय बाणिज्य बैंक डोटीमा रहेको संचित कोष खाता नं.४१००३०४०१८१०४ मा जम्मा गरी सायल गाउँ कार्यपालिकाको कार्यालय वा मातहतका वडा कार्यालयहरुबाट प्राप्त गर्न सकिनेछ ।  
२.प्रस्तावदाताले नेपाल सरकारको प्रचलित कानुन बमोजिम दर्ता भएको  प्रमाणपत्र प्रतिलिपी, मु.अ.क. दर्ता प्रमाणपत्र प्रतिलिपी, आ.व.२०७३।०७४ को लेखा परीक्षण प्रतिवेदन प्रतिलिपी, आ.व.२०७३।०७४ को करचुक्ता प्रमाणपत्रको प्रतिलिपी, सम्बन्धित क्षेत्रमा काम गरेको खुल्ने अनुभव पत्रको प्रतिलिपी, काममा लगाउने जनशक्ति (पछि परिवर्तन नहुने) को बैयक्तिक विवरण, शैक्षिक योग्यता र अनुभवको प्रमाणपत्रको प्रतिलिपी नोटरी पब्लिकबाट प्रमाणित गराई पेश गर्नु पर्नेछ ।  
३.प्रस्तावदाता सम्बन्धित क्षेत्रमा  कम्तिमा २ (दुई) वर्षको  अनुभव भएको हुनुपर्नेछ । बस्तुगत बिवरण र पञ्चबर्षीय योजना तयारीका क्रममा संलग्न हुने कम्तिमा २ जना जनशक्ति(पछि परिवर्तन नहुने) तोकेको योग्यता पुगेको र सम्बन्धित क्षेत्रमा कम्तिमा १० बर्षको अनुभव भएको हुनुपर्नेछ ।  
४.प्रतिस्पर्धा गर्न इच्छुक संस्थाले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र तोकिएको ढाँचाको फाराम खरिद गरी १६ औं दिन दिउँसो १२ बजेभित्र निर्धारित फाराम भरी आवश्यक कागजपत्र सहित यस कार्यालयलाई सम्बोधन गरी कामको विवरण, प्रस्तावदाताको नाम, ठेगाना र सम्पर्क नं. समेत स्पष्ट खुलाई प्राबिधिक प्रस्ताव र आर्थिक प्रस्ताव छुट्टाछुट्टै खाममा राखी छाप लगाई सिलबन्दी लाहाछाप गरी यस कार्यालयको खरिद इकाईमा दर्ता गराउन सकिनेछ ।  
६. दर्ता भएका प्रस्तावहरु  प्रस्ताव पेश गर्ने अन्तिम मितिका दिन दिउँसो २ः०० बजे प्रस्तावदाता वा निजका प्रतिनिधिको र गाउँपालिका प्रतिनिधिको रहोबरमा कार्यालयमा खोलिनेछ । परामर्शदाता वा निजका प्रतिनिधि उपस्थित नभएपनि प्रस्ताव खोल्न बाधा पर्नेछैन । 
७.वस्तुगत बिवरण र पञ्चबर्षीय योजना यस कार्यालयले तोकेको ढाँचामा कार्यालयको समन्वयमा चालु आर्थिक बर्षभित्र तयार गरि सक्नु पर्ने छ ।  
८.रित नपुगी आएको वा म्याद नाघी प्राप्त भएको प्रस्ताव उपर कुनै कार्वाही हुने   छैन । प्राप्त प्रस्तावहरु स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयलाई रहेको छ । 
९.अन्य कुराहरु प्रचलित कानुनमा उल्लेख भए बमोजिम हुनेछ । 
१०. थप जानकारी आवश्यक परेमा यस कार्यालयको फोन नं.९८५८४४४६६६ वा ९८५८४४४३३३ मा सम्पर्क गरी बुझ्न सकिनेछ । 
प्रमुख प्रशासकीय अधिकृत

मालपोत कार्यालय डोटीबाट जारी गरिएको हकदावी सम्वन्धि ३५ दिने सार्वजनिक सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७४/११/३०          
जिल्ला डोटी आदर्श गाउँपालीका वडा नं.२ साविक कालीकास्थान गा.वि.स.वडा नं.८ स्थित कि.नं.१७६, २४०, ३१८, ३६१, ४८८, ५६४, ६३७, ७०२, ७११ ऐ.वडा नं.९ स्थित कि.नं.१०, १६३ को जग्गा सोही गा.वि.स.वडा नं.८ बस्ने प्रजापतिको नाती हरी ओझाको छोरा नन्ना ओझाको नाउँमा नापनक्सा भई श्रेस्तापुर्जा कायम भएकोमा जग्गाधनि नन्ना ओझाको मिति ः २०४७/१२/५ मा, निजको पत्नि अनिता ओझाको मिति ः २०७२/९/१९ मा मृत्यु भएको । निज मृतकवाट छोराछोरी कोही केहि नभै अपुताली परेको हुँदा मृतकको शेषपछिको हकदार शिवराज ओझा र महादेव ओझा मात्र भएकोमा हकदार शिवराज ओझाले आप्mनो पुरै हकभोग छोरा महादेव ओझालाई छोडिदिएको हुँदा मृतक नन्ना ओझाको नाउँमा रहेको डोटी कालीकास्थान गा.वि.स.स्थित उल्लेखित पुरै कित्ता घर जग्गाहरु मेरो नाउँमा एकलौटी नामसारी  गरी पाउँ भनी आदर्श गाउँपालीका–२ नं.वडा कार्यालय डोटीको च.नं.५२ मिति ः २०७४/११/२२ को किटानी सिफारीस पत्र, मृतकको नाउँकोे जग्गाधनि प्र्रमाण पुर्जा, नेपाली ना.प्र.प, चालु आ.व.को मालपोत बुझाएको रसिद, मृत्यु दर्ता प्रमाण पत्र नाता प्रमाणीत शिवराज ओझाले हकभोग छोडीदिएको निवेदन आदि प्रमाणहरु साथै राखी आदर्श गाउँपालीका वडा नं.२ बस्ने महादेव ओझाले यस मालपोत कार्यालय, डोटीमा मिति २०७४/११/२३ मा निवेदन दिनुभएकोले उक्त जग्गा सम्वन्धमा कुनै कसैको हकदावी पुग्ने भए, नन्ना खड्काको अपुताली नपरेको भए, वा अन्य हकदार भए वा निज निवेदकको मागदावि वमोजिम नामसारी गर्न नपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले बाटाका म्याद बाहेक ३५ (पैतिस) दिनभित्र आफुसँग भएका सक्कल प्रमाण साथ कार्यालयमा उजुर दावी गर्न आउनु होला अन्यथा म्यादभित्र कुनै कसैले उजुरी दावी नगरे नियमानुसार भै जाने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराईन्छ ।

No comments:

Post a Comment