हामी नेपालीहरुमा जुनसुकै क्षेत्रमा पनि काम गरेर देखाउन सक्ने अवस्था छ र सफल पनि हुन सकिन्छ । नयाँ प्रबिधि र नयाँ क्षेत्रहरुमा हामी जानैपर्छ । मुख्यतः हामीमा प्रतिवद्धता, लगनशिलता, आँट र साहस् चाहिन्छ ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग
मुख्य समाचार
महिला छात्राबास बनाउन १० लाख सहयोग
शैलेश्वरी धार्मिक ज्ञान महायज्ञ सम्पन्न
‘मैले राम्रोसंग बुझेकी छु, डोटीमा छाउपडी प्रथा धेरै मान्छन्, यहाँ क्याम्पसमा पढ्न आउने गाउँका त्राहरुले बस्नलाई कोठा पाउन समस्या हुन्छ, त्यसैले क्याम्पसमा पढ्न आउने छात्राहरुलाई बस्नका लागि छात्राबास नाउने मेरो ईच्छा हो ।’
जीवनमा उर्वरक ४० बर्ष शिक्षण पेशामा बिताएकी ६४ बर्षीया भागिरथी श्रेष्ठले छात्राबास निर्माणका लागि डोटी क्याम्पस डोटीलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन् । डोटी दिपायल सिलगढी नगरपालिका–६, सिलगढी मुल घर भई कैलाली बस्दै आएकी श्रेष्ठले छाउपडी प्रथाका कारण कुनै छात्राले बिचमै आफ्नो पढाई छोडेर जानु नपरोस भन्ने आफ्नो चाहाना भएको बताईन । ‘मेरै घर टोलमा पनि छाउपडि प्रथा छ’ श्रेष्ठले भनिन् ‘यस्तोमा छात्राहरुको लागि डेरा पाउन समस्या हुन्छ ।’
कैलाली त्रिनगर माबिकी पूर्व प्राचार्य श्रेष्ठले डोटी क्याम्पसको स्तरोन्नतीका लागि आयोजना गरिएको श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञमा उक्त रकम सहयोग गरेकी हुन् । यसअघि पनि बिभिन्न सामाजिक कार्यक्रमहरुमा सहयोग गर्दै आएकी श्रेष्ठले डोटीको ऐतिहासिक महत्व जोगाउनका लागि प्राबिधिक शिक्षा अध्ययन/अध्यापन गराउनु पर्ने धारणा व्यक्त गरे ।
यस्तै स्थानीय बिमला सिंह (जोशी) ले कैलाली गोदावरी नगरपालिका, बल्मीमा रहेको एक कट्ठा जग्गा दान गरेकी छन् । क्याम्पसमा पुस्तकायलय स्थापना गर्नमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ जोशीले उक्त जग्गा दान गरेको बताईन । जग्गाको मुख्य भने यकिन भएको छैन ।
श्रेष्ठ र जोशीलाई डोटी क्याम्पसले सम्मान गरेको छ ।
“साझा मंगलद्वीपमा अझ बढी घ्यू तेल थप्दै गरौं, शिक्षाको अभियानमा सव मिली संगै अगाडि बढौं” भन्ने मुल नाराका साथ डोटी जिल्ला सदरमुकाम सिलगढीमा रहेको प्रसिद्ध धार्मिक स्थल शैलेश्वरी मन्दिरमा चैत्र ४ गतेदेखि सुरु भएको धार्मिक ज्ञान महायज्ञ सोमवार समापन भएको छ ।
डोटी क्याम्पसको शैक्षिक विकासका लागि आयोजना गरिएको उक्त महायज्ञमा करीव ७० लाख रुपैयाँ अर्थ संकलन भएको आयोजक डोटी क्याम्पसले जानकारी दिएको छ । क्याम्पसका सहायक क्याम्पस प्रमुख अर्जुन देउवाले सवै हिसाव भईनसकेको बताउँदै करीव नगद् र जिन्सी गरी करीव एक करोड रकम संकलन भएको अनुमान गरिएको वताए ।
महायज्ञमा गैडाकोट नवलपरासीको सुकदेव भागवत आश्रमकी बिदुषी यशोदादेवी कौण्डिन्यद्वारा श्रीमद्भागवत महापुराणको दार्शनिक प्रवचन गरिएको थियो । महायज्ञमा प्रत्येक दिन पुजापाठ, रुद्री पुजा, भागवत पाठ परायण, प्रवचन तथा बिभिन्न भाषामा कीर्तन गरिएको महायज्ञका संरक्षक तथा शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष प्रेमशंकर भट्टले बताए ।
२०१७ सालमा स्थापना भएको त्रिभुवन बिश्वबिद्यालयको सुदूरपश्चिम क्षेत्रको पहिलो आंगिक क्याम्पस डोटी क्याम्पसमा प्राबिधिक शिक्षाको अध्ययन/अध्यापनका लागि अर्थ संकलन गर्ने मुल उद्देश्यका साथ महायज्ञ आयोजना गरिएको डोटी क्याम्पसका प्रमुख कृष्णबहादुर कठायतले जानकारी दिए । क्याम्पस प्रमुख कठायतले निकट भबिश्यमै कृषि बिज्ञानमा स्नातक तहको पढाई सुरु गर्ने सोच बनाएको बताए । उनले भने ‘अन्य प्राबिधिक शिक्षा कार्यक्रमहरु पनि सञ्चालन गर्न सकिने छ ।’
महायज्ञबाट संकलन भएको रकमले डोटीको शिक्षा क्षेत्रमा सर्वाङ्गिण बिकास गर्न महत्वपूर्ण योगदान दिने महायज्ञ मुल आयोजक समितिका संयोजक एवं दिपायल सिलगढी नगरपालिकाका पूर्व नगर प्रमुख पूर्णराज जोशीले जानकारी दिए ।
शिक्षा, मानविकी र व्यवस्थापन संकायमा स्नातक र मानविकी तथा समाजशास्त्र संकायतर्फ नेपाली र समाजशास्त्र बिषयमा स्नातकोत्तर तहसम्मको पढाई हुँदै आएको डोटी बहुमुखी क्याम्पसमा यस बर्षदेखि कम्प्युटर बिज्ञानमा स्नातक तहको पढाई सुरु छ ।
सम्पादकीय
कस्तो ल्याउनु पर्छ बजेट ?
प्रदेश नं. ७ को प्रादेशिक सरकारले आशिंक बजेट ल्याउने तयारी गरिरहेको छ । आर्थिक बर्ष २०७४/०७५ को बाँकी तीन महिनाका लागि ल्याईने बजेटबाट धेरै कुरा आश गर्न सकिने ठाउँ त हुँदैन तर यो बजेटले आगामी आर्थिक बर्षको बजेटको जग बसाउने भएकाले यसको आफ्नै खालको महत्व छ । त्यसैले बजेट निर्माणमा बिशेष ध्यान दिनु जरुरी छ ।
यसका लागि आर्थिक मामिला मन्त्रीले जसरी छलफल चलाईरहेका छन, यो प्रसंशनीय र उल्लेखनीय काम हो । कुनै पनि योजनाकारले अरुको सल्लाह र समन्वयमा योजना बनाउँछ भने त्यसमा बहुसंख्यकको आपनत्व हुन्छ, बहुसंख्यकले उक्त योजना कार्यान्वयनमा सहयोग गर्छन् । त्यसकारण मन्त्रीले चलाएको यो अभियानले सकारात्मक सन्देश दिएको छ । तर, छलफलबाट आएका उत्कृष्ठ सुझावहरुको कर्यान्वयन हुनु जरुरी छ । यदि सुझावहरु कार्यान्वयन नहुने, बजेट आफ्नै शैलीमा बन्ने हो भने देखावटी रुपमा यो नाटक गर्नुको कुनै अर्थ हुँदैन ।
मुलुक संघीयतामा गईसकेपछि जनताले सरकारबाट धेरै आश गरेका छन् अर्थात महत्वाकांक्षा बढेको छ । स्थानीय सरकारले रातारात कायापलट गरिदिन्छ भन्ने सोच जनतामा थियो । नेताहरुले भने जस्तो सिंहदरवार गाउँगाउँमा आईहालेछ भने के के न हुन्छ भन्ने भन्ने लागेको थियो जनतालाई । तर स्थानीय तहको कछुवा गतिले जनताको त्यो आश निराशामा परिणत हुँदैछ । जनप्रतिनिधिहरुमा कानुनी ज्ञानको अभाव, अनुभवको अभाव, अध्ययनको अभाव र सेवा भन्दा लोभको भावना बढी भएका कारण स्थानीय तहले दु्रत गति लिन नसकेको कुरामा दुईमत छैन । यसका साथसाथै प्रदेश सरकार र केन्द्र सरकारको ढिलासुस्तीका कारण पनि स्थानीय सरकार अलमलमा छ । जनप्रतिनिधिहरु र कर्मचारीहरुबीचको टकरावले पनि स्थानीय सरकार अगाडि बढ्न सकेनन् ।
केन्द्र सरकार उहिल्लै भोगिसकेका जनताले स्थानीय सरकारको कामकारवाी पनि यो नौ महिनाको अवधीमा राम्रैसंग बुझ्ने अवसर पाए । अव प्रदेश सरकारसंग आश लगाएका छन् उनीहरुले । त्यसैले प्रदेश सरकारले बजेट ल्याउँदा जनताका ति आशाहरुलाई निराशामा परिणत हुनबाट रोक्ने गरी ल्याउनु जरुरी छ ।
पहिलो कुरा दैनिक जनजिविकासंग जोडिने क्षेत्रमा लगानी गर्नु जरुरी छ । जनताको दैनिक जनजिविका सजह बनाउनु आवश्यक छ । दोश्रो कुरा उत्पादनमुलक क्षेत्रमा लगानी गर्नु जरुरी छ । तेश्रो कुरा नीति निर्माणमा स्थानीय सरकारलाई सघाउने गरी बजेट आउनु जरुरी छ । चौथो कुरा सुशासन कायम गर्नका लागि बजेट आउनु जरुरी छ ।
तर यि सवै कुरा एकै चोटी हुने कुरा सम्भव छैन । त्यसैले यो आंशिक अवधी र आशिंक बजेटलाई यि चारवटा क्षेत्रको सम्भाव्यता अध्ययनमा खर्चिनु सान्दर्भिक हुन्छ । दैनिक जनजिविकाका सवालहरुमा जनताले झेलिरहनु परेका मुख्य समस्याहरु के के हुन र ति समस्या समाधानका लागि कस्ता योजना ल्याउन सकिन्छ ? कुन क्षेत्रमा कुन वस्तुको उत्पादन गर्न सकिन्छ ? स्थानीय तहहरुको अलमलता के हो मुख्य रुपमा र बिधिको शासन कायम गर्नका लागि अर्थात भ्रष्टाचारमुक्त प्रदेश बनाउनका लागि के के गर्नु आवश्यक छ भन्ने बिषयमा गहिरो अनुसन्धान हुनु जरुरी छ ।
नत्र फेरी विकासका नाममा मेसिन लगाएर डाँडो खन्ने, बर्खामा डाँडैशुद्ध पहिरोले वगाउने अनि बाढीपिडीतहरुलाई राहत वितरण गर्नमै सरकारको बजेट ठिक्क हुने अवस्थाबाट हामी छुटकारा पाउने छैनौं । चेतनाको विकास नभएसम्म अन्य कुनै पनि प्रकारको विकास सम्भव छैन । त्यस बिषयमा प्रदेश सरकारले सोच्नु पर्नेछ ।
थप समाचार
सर्वसाधारणको मन जित्दै प्रहरी अस्पताल
रामहरी ओझा/डोटी
चैत्र १२
दिपायल सिलगढी नगरपालिका–३ का ३५ बर्षीय नारायण पाण्डे प्रहरी अस्पताल दिपायलमा गए । कम्मरको नसा सम्वन्धी समस्या भएका कारण उनी जचाउन अस्पताल पुगेका थिए । स्वास्थ्यकर्मीहरुले उनको चेकजाँच पश्चात आवश्यक औषधी दिएपछि उनी घर फर्किए ।
यस्तै दिपायल सिलगढीकै ३२ बर्षीया नन्दा बोहरा पेट दुख्ने समस्या लिएर प्रहरी अस्पताल पुगिन् । स्वास्थ्यकर्मीहरुले उनको उपचार गरे । उनी उपचार सेवाप्रति सन्तुष्ट हुँदै फर्किन् ।
नारायण र नन्दा जस्तै दिनहुँ २२/२५ जना सर्वसाधारणहरु सुदूरपश्चिम प्रहरी अस्पताल दिपायलयको बहिरङ्ग सेवामा उपचारका लागि आउने गरेका छन् । अस्पतालको रेकर्ड हेर्दा दिनहुँ ३÷४ जना आकास्मिक बिरामीहरु पनि आउने गरेका देखिन्छन् ।
साविकको क्षेत्रीय प्रहरी कार्यालयको हाताभित्र २०५१ सालमा स्थापना भएको सुदूर–पश्चिम प्रहरी अस्पतालप्रति स्थानीयको बिश्वास बढ्दै गईरहेको छ । जिल्ला अस्पताल डोटीमा नियमित रुपमा चिकित्सक नहुने समस्या छ । आर्थिक अभावले नीजि स्वास्थ्य संस्थामा उपचार गराउन नसक्ने सर्वसाधारणका लागि प्रहरी अस्पतालनै आशाको केन्द्र बनेको छ ।
सुरुमा प्रहरी कर्मचारीहरु र तिनका परिवारको उपचारका लागि मात्रै खोलिएको प्रहरी अस्पतालमा अचेल सर्वसाधार–णहरुले पनि सेवा पाउन थालेका छन । ‘बिकल्प छैन, बिरामी भएपछि सर्वसाधारणहरुले कहाँ जाने त ?’ क्षेत्रीय प्रहरी अस्पतालका प्रमुख डा रोसन प्रसाद निरौला भन्छन् ‘व्यवहा–रिक रुपमा सर्वसाधारणहरुको पनि उपचार गर्दै आएका छौं ।’
प्रहरी अस्पतालमा उपचार गराउन जाने महिला र पुरषका छुट्टाछुट्टै प्रकारका स्वास्थ्य समस्या रहेका डा निरौलाको अनुभव छ । ‘महिलाहरुमा पिसावमा समस्या, पाठेघरको समस्या, तल्लो पेट दुख्ने जस्ता स्वास्थ्य समस्याहरु बढी देखिन्छन्’ डा निरौला भन्छन् ‘पुरुषहरुमा रक्तचाप, दम, ग्यास्ट्राईटिस जस्ता समस्याहरु बढी देखिन्छन् ।’ उनी थप्छन् ‘पुरुषहरु मदिरा र धुम्रपान बढी सेवन गर्ने भएका कारण यस्ता समस्या देखिएको हुन सक्छ ।’ निरौलाले आएका बिरामीहरु सेवाप्रति सन्तुष्ट भएर जाने गरेकोमा आफु खुशी हुने गरेको बताए ।
बिगतमा आकास्मिक सेवा, बहिरङ्ग सेवा, एक्स–रे, ल्याव, माईनर ओटी र फार्मेसी सेवा सञ्चालन गर्दै आएको यस अस्पतालमा गत सातादेखि फिजियोथेरापी सेवा सञ्चालन भएको छ । फिजियोथेरापी सेवा अन्तरगत युस थेरापी, टेन्स, आईएलटी, आईसिटी, एंकल पम्प अभ्यास, फिंगर ग्रिप अभ्यास हुने डा निरौला बताउँछन् । गएको मंलवार ७ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक माधवप्रसाद नेपालद्वारा उद्घाटन गरिएको फिजियोथेरापी सेवा डोटी जिल्लामै पहिलो सेवा हो । जिल्लाका अन्य स्वास्थ्य संस्थाहरुमा फिजियोथेरापी सेवा छैन ।
१५ सैयाको स्वीकृत वार्ड समेत रहेको अस्पतालमा हाल १५ जना स्वास्थ्यकर्मीहरु कार्यरत रहेको प्रहरी निरीक्षक समेत रहेका डा निरौला बताउँछन । उनले भने ‘महिलाहरुका लागि तीन वेडको छुट्टै वार्ड बनाएका छौं ।
अन्य सरकारी अस्पतालको भन्दा प्रहरी अस्पतालमा राम्रो सेवा पाईने गरेको पत्रकार गणेश मौनी बताउँछन । श्रीमतिको उपचारका क्रममा दुई÷तीन दिन क्षेत्रीय प्रहरी अस्पतालमा बिताएका मौनी भन्छन् ‘अस्पतालमा सरसफाई छ र स्वास्थ्यकर्मीहरुको व्यवहार पनि राम्रो छ ।’
शारीरिक व्यायामप्रति बढ्दो आकर्षण
डोटी जिल्ला समन्वय समितिकी उपप्रमुख सशी सोव बिहानै स्वाँ–स्वाँ गर्दै सडकमा हिन्दै गरेको भेटिईन । उनी प्रभातकालीन व्यायामका लागि बिहानको झिस्मिसेमै घरबाट निस्केकी थिईन ।
नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायर बिहानै सडकमा कुद्दै गरेका भेटिए । सोव जस्तै उनी पनि प्रत्येक बिहान सडकमै कुदिरहेका भेटिन्छन् ।
डोटी क्याम्पस डोटीमा उपप्राध्यापक डण्डीराज ओझा पनि बिहान बिहानै रेसमा लागेका भेटिन्छन् । ओझा जस्तै उपप्राध्यापकहरु होमनाथ जोशी र राजेन्द्र भट्ट पनि दैनिक मोनिङ्ग वाकमा भेटिन्छन् ।
सरकारी अधिकृतहरु, सुरक्षा निकायका व्यक्तिहरु र केही सामाजिक अगुवाहरुले मात्रै प्रभातकालीन सयर (मोनिङ्ग वाक) गर्ने गरेकामा पछिल्लो समय शारीरिक व्यायामका लागि मोनिङ्ग वाक गर्नेको संख्या बढ्दै गएको छ । बिहानको झिस्मिसे देखि घाम झुल्केपछिसम्म पनि शारीरिक तन्दुरुस्तीका लागि र रोगहरु निको बनाउनका लागि प्रभातकालीन शारीरिक व्यायाम गर्नेहरुको संख्या बढेको हो । सडकमा कुदेर, खेलहरु खेलेर, योग गरेर, अन्य शारीरिक परिश्रम गरेर नियमित व्यायाम गर्नेहरु बढ्दै गएका छन ।
‘बिहानको हावा पनि स्वच्छ हुन्छ, हावामा अक्सीजनको मात्रा पनि धेरै पाईन्छ भन्ने सुनेकी छु’ जिल्ला समन्वय समितिकी प्रमुख ससी सोव भन्छिन् ‘बिहान बेडमा पल्टिराख्नु भन्दा “मोनिङ्ग वाक” गरे राम्रै हुँदो रहेछन ।’
शारीरिक रुपमा आफुलाई तन्तुरुस्त राख्नका लागि दैनिक शारीरिक व्यायाम गर्ने गरेको बताउँछन् नेपाल पत्रकार महासंघका अध्यक्ष बलायर । उनी भन्छन् ‘अनावश्यक मोटो भएर शरीर भद्या नहोस् भन्नका लागि शारीरिक व्यायाम गर्ने गरेको छु ।’ उनी बिहानै कुद्ने देखि अन्य शारीरिक व्यायाम पनि गर्ने गरेको बताउँछन् ।
बिहान बिहानै सयर गर्दा दिउसभरी शरीरमा फुर्ति आईरहने बताउँछन उपप्राध्यापक ओझा । उनी भन्छन् ‘पसिना आउने गरी एक घण्टा बिहान बिहानै हिडेर नुहाउने अनि दैनिक काममा लाग्ने हो भने यसले दिनभरी शरीरलाई फुर्तिलो बनाउँदो रहेछ, कुनै आलस्यपन आउँदैन ।’ उनी मोनिङ्ग वाक गर्न सवैलाई सुझाव दिन्छन् ।
नेकपा एमाले डोटीका पूर्व अध्यक्ष नारद मलासी बिगत लामै समयदेखि प्रभातकालीन सयर गर्दै आएका छन् । बिहानै उठ्ने अनि घर छेउको पक्की सडकमा कुद्ने गरेका मलासी उमेरले ५० छुन लागेका भएपनि शारीरिक रुपमा निकै फुर्तिला छन् । आफु फुर्तिको हुनुको कारण शारीरिक व्यायाम नै भएको उनी बताउँछन् ।
शारीरिक फुर्तिलो हुनका लागि व्यायाम गर्नेहरुसंगसंगै रोगबाट मुक्ती पाउनका लागि पनि शारीरिक व्यायाम गर्नेहरुको संख्या पनि कम छैन । ‘उच्च रक्तचाप छ, डाक्टरले बिहान सधै पसिना आउने गरी हिड्नु पर्छ भनेको छ’ प्रभातकालीन सयरकै क्रममा भेटिएकी एक महिलाले भनिन् ‘मोनिङ्ग वाक गर्न थालेपछि रत्तचाप स्थिर भएको छ ।’
प्रभातकालीन सयर गर्नु स्वास्थ्यका लागि फाईदाजनक रहेको बताउँछन डोटी जिल्ला अस्पतालका चिकित्सक डा गिरीश अवस्थी । अवस्थी भन्छन् ‘मोनिङ्ग वाकले शरीरलाई तन्दुरुस्त राख्छ, मोटोपन हुन दिँदैन ।’ उनी बिहान बिहानै घुम्नु, खुला वातावरणमा स्वच्छ हावा खानु स्वास्थ्यका लागि लाभदायक भएको बताउँछन । ‘दिउसभरी पनि फुर्तिलो शरीर भईराख्छ र राती पनि निन्द्रा राम्रो लाग्छ’ डा अवस्थी भन्छन् ‘तर नियमित रुपमा पसिना आउने गरी हिड्डुल गर्नु पर्छ ।’
उनले रक्तचापका बिरामीले चिसोबाट बच्नु पर्ने र मधुमेहका बिरामीले खाली पेटमा मोनिङ्ग वाक गर्नु नहुने सल्लाह दिए । उनी भन्छन् ‘स्वस्थ व्यक्तिले स्वस्थ रहिरहनका लागि र बिरामी व्यक्तिले आफ्नो रोग नियन्त्रण गर्नका लागि शारीरिक व्यायम गर्नु पर्छ ।’
मुख्यमन्त्री भट्टको पहिलो प्राथमिकता ‘फास्ट ट्र्याक
७ नं. प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले धनगडी स्याउले दिपायल सडक प्रदेश सरकारको प्राथमिकतामा रहेको बताएका छन ।
फास्ट ट्रयाक छिटो सम्पन्न गर्न दवाव दिने उद्देश्यले गठित दवाव समूहको ज्ञापन पत्र बुझ्दै भट्टले सो कुरा बताएका हुन । ‘धनगढी दिपायल फास्ट ट्राक, सेती महाकाली लोकमार्ग लगायतका सडक योजनाहरु प्रदेशकै महत्वका योजना हुन’ मुख्यमन्त्री भट्टले भने ‘यि आयोजना समयमै पुरा गर्न प्रदेश सककार गम्भीर छ ।
फास्ट ट्रयाक अन्तर्गत धनगढीको हसनपुरदेखि स्याउले बजारसम्मको सडक धुलाम्य भएकाले तत्काल मर्मत गर्न स्थानीयबासीले मुख्यमन्त्री भट्टसंग आग्रह गरेका छन । सवारी साधनले धुलो उडाएर मानव स्वास्थ्यमा गम्भिर असर पारेपनि पुनर्निर्माणमा वास्ता नगरेको भन्दै संघर्ष समितिले मुख्यमन्त्री कार्यालय अगाडि एक घण्टा धर्ना समेत दिएका छन् ।
सडक स्तरउन्नतीको जिम्मा पाएका निकायहरु एकले अर्काेलाई दोष दिँदै पन्छिने गरेकोले स्थानीय जनताले हैरानी खेप्नु परेको संघर्ष समितिका संयोजक कुवेर शाहीले बताए । उनले खुटिया दिपायल सडकलाई यथासिघ्र निर्माण गरी त्यस क्षेत्रका जनताको मागलाई सम्बोधन गरिनु पर्ने माग गरे ।
सुरु भएन झोलुङ्गे पुल निर्माण
भारतले बिरोध जनाएपछि रोकिएको महाकाली नदीमा निर्माणाधीन झोलुंगे पुलको निर्माण कार्य अघि बढ्न सकेको छैन ।
भारतीय बजारमा आवतजावत गर्दा डुङ्गामा यात्रा गरिरहेका स्थानीयहरुलाई सहज बनाउनुका लागि निर्माण गर्न लागिएको पुल निर्माणको काम अहिलेसम्म अघि नबढ्दा स्थानीयवासी चिन्तित् भएका छन् ।
स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) अन्तर्गतको झोलुङ्गे पुल डिभिजनले भारतसंग सीमा जोडिएको महाकाली नदीमा तीन वटा पुल निर्माणका लागि गत वर्ष नै ठेक्का सम्झौता गरेको थियो ।
दार्चुलाको लाली र तिग्रम तथा बैतडीको पञ्चेश्वरमा झोलुङ्गे पुल निर्माणका लागि ठेक्का सम्झौता भए पनि पञ्चेश्वरमा भने काम नै शुरु हुन नसकेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दले बताए ।
एक करोड ३३ लाख रुपैयाँको लागतमा एक सय २४ मिटर लामो झोलुंगे पुल निर्माणको ठेक्का सम्झौता भएको थियो । पुल निर्माणका लागि भारतको केन्द्रीय सरकारबाट नो अब्जेक्सन लेटर पाएपनि प्रान्तीय सरकारबाट सहमति आएको छैन ।
प्रदेश सरकारको बजेट ल्याउने तयारी, सुझाव संकलन गर्दै मन्त्री बोहरा
७ नं. प्रदेश सरकारले आंशिक बजेट ल्याउने तयारी गरिरहेको छ । बजेटको स्वरुपका बिषयमा प्रदेश आर्थिक मामिला मन्त्री झपट बोहरा सर्वपक्षीय छलफलमा जुटेका छन् ।
आईतवार कैलालीको धनगढीमा भएको नीजि क्षेत्रका व्यक्तिहरुसंगको छलफलमा आंशिक बजेटमा एक स्थानीय तह एक उत्पादन देखि केरुङ्ग नाका खोली चिनसंग व्यापारिक सम्वन्ध जोड्ने खालका योजनाहरु ल्याउन नीति क्षेत्रबाट सुझाव आएको छ ।
मन्त्री बोहराले उद्योगी, व्यवसायी र शिक्षा क्षेत्रका व्यक्तिहरुसंग गरेको छलफलमा सो सुझाव आएको हो । छलफलमा सुन्दर सुदूरपश्चिम अभियानका मुख्य अभियन्ता एवं उद्योग व्यवसायी गोपाल हमालले प्रदेश सरकारले प्रदेशको आर्थिक विकासका लागि कृषि उत्पादनलाई प्राथमिकता दिनु पर्ने वताए । उनले एग्रो फोरेष्ट्रीमा जोड दिनु पर्ने सुझाव दिए । व्यवसायी हमालले प्रदेशका ८८ स्थानीय निकायमा “एक स्थानीय तह, एक उत्पादनको नारा लैजानु पर्ने कुरामा जोड् दिए ।
कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक श्यामराज जोशीले प्रदेशको समृद्धि कृषि, पर्यटन र जलविद्युतबाट सम्भव रहेकोले सरकारले यि क्षेत्रमा लगानी गर्ने व्यवसायीलाई प्रदेश प्रोत्साहन दिन सुझाव राखे । यस्तै स्टेपिङ्ग स्टोनका संञ्चालक रामजी हमालले प्रदेश सरकारले तत्काल चिनको केरुङ्ग नाका खोली प्रदेशको व्यापारिक सम्वन्ध चिनसंग जोड्नु पर्ने कुरामा जोड दिए ।
छलफलमा शिक्षा क्षेत्रका अगुवा शिवहरी मुडभरीले प्रदेश सरकारले “लङ्ग रन भिजन” तयार गरी प्रदेशलाई समृद्धितिर लैजानु पर्ने धारणा राखे । उद्योगी ओम प्रकाश अग्रवालले सरकारले निश्चित ठाउलाई औद्योगिक क्षेत्र घोषणा गर्न अनुरोध गरे । उनले कैलालीको गौरिफन्टा नाकालाई तत्काल अन्तराष्ट्रिय नाका घोषणा र स्तर उन्नती गर्न समेत माग गरे ।
छलफलमा मन्त्री बोहराले सरकार जनतालाई सक्दो राहत दिन कटिबद्ध रहेको बताए । ‘अब सरकार टुलुटुलु हेरर बस्दैन’ मन्त्री बोहराले भने ‘सरकारले जनतालाई तत्काल राहत महसुस हुने खालको बजेट ल्याउने छ ।’
मन्त्री बोहराले आंशिक बजेटमा सरकारको सबै विकास योजना समेट्न नसकेपनि आर्थिक बर्ष २०७५/०७६ को पूर्ण बजेटमा प्रदेशको “लङ्ग रन भिजन” सहित बजेट ल्याउने बताएको मन्त्री बोहराका प्रेस सल्लाहकार भरत बोहराले बताए ।
सांसदहरुसंग पनि छलफल
मन्त्री बोहराले चार महिनाका लागि ल्याईने बजेटमा जनतालाई तत्काल राहत दिन सकिने सम्भावित योजनाहरुको बिषयमा सांसदहरुसंग सुझाव मागेका छन् । जनतालाई सरकार जनमुखी भएको महसुस गराउने खालका योजना ल्याउन मन्त्री बोहराले सांसदहरुसंग छलफल गरेका हुन् ।
प्रदेश सभामा प्रतिनिधित्व गर्ने चार दलका सांसदहरुसंग मन्त्री बोहराले दलगत रुपमा छलफल गरेका छन । शनिबार विहान कांग्रेसका सांसदहरुसंग छलफल गरेका मन्त्रीले दिउसो माओवादी केन्द्रका सांसदहरुसंग छलफल गरेका थिए । यस्तै सोमबार नेकपा एमाले र राष्ट्रिय जनता पार्टी (राजपा) का सांसदहरूसंग छलफल भएको मन्त्री बोहराका प्रेस सल्लाहकार भरत बोहराले जानकारी दिए ।
छलफलका क्रममा सांसदहरुले प्रदेशको प्राकृतिक श्रोतहरुको उच्चतम् प्रयोग गरी समृद्ध प्रदेश बनाउनका लागि योजना ल्याउनु पर्ने, जनतालाई तत्काल राहत पुग्ने खालका कार्यक्रमहरु ल्याउनु पर्ने, कृषि र पर्यटनलाई बिशेष ध्यान दिनु पर्ने लगायतका सुझाव दिएका थिए ।
प्रेस सल्लाहकार बोहराका अनुसार आंशिक बजेट करीव एक अर्व दुई करोड पाँच लाखको आउने अनुमान छ । प्रदेश सरकारले यही चैत्र ३० गते भित्र आंशिक वजेट ल्याउँदैछ ।
खप्तड साँस्कृतिक पदयात्रा हुने
प्रसिद्ध पर्यटकीय एवं धार्मिक क्षेत्र खप्तडमा पहिलो पटक अन्तराष्ट्रिय साँस्कृतिक पदयात्रा तथा काव्य सम्मेलन हुने भएको छ ।
नेपाल साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी कैलालीले आयोजना गर्ने पद यात्रा तथा काव्य सम्मेलनमा नेपाल र भारतका सन्तहरु, साहित्यकारहरु र सञ्चारकर्मीहरुको सहभागिता रहने आयोजक संस्थाले जनाएको छ । प्रतिष्ठानका अध्यक्ष पदमराज जोशीले बैशाखको मध्यतिरबाट पदयात्राको सुरु गर्ने गरी तयारी भईरहेको बताए । ‘कम्तीमा दुई/तीन महिनासम्म खप्तड पदयात्रा सञ्चालन होस् भन्ने हाम्रो उद्देश्य हो’ अनलाईन खवरसंग कुरा गर्दै अध्यक्ष जोशीले भने ‘पदयात्राका क्रममा खप्तड क्षेत्रका साथसाथै डोटीमा रहेका पवित्र धार्मिक स्थलहरु शैलेश्वरी, दिलिपेश्वर, पशुपति लगायतका क्षेत्रहरुको पनि दर्शन गरिनेछ ।’
खप्तड क्षेत्रको धार्मिक तथा पर्यटकीय विकास र प्रचारमा सहयोग पु¥याउने उद्देश्यका साथ पदयात्रा आयोजना गर्न लागिएको अध्यक्ष जोशीले बताए । ‘प्रदेश नम्बर ७ कोे आर्थिक मेरुदण्डको रुपमा रहेकोे धार्मिक र प्राकृतिक पर्यटनको सम्भावनालाई यथार्थमा बदल्न पदयात्रा तथा सम्मेलन आयोजना गर्दैछौं’ जोशीले भने ‘सम्ेमलनमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, नेपाली सेना लगायतका समेत सहभागिता गराउने प्रयासमा छौं ।’
पदयात्रा तथा सम्मेलन कार्यक्रम अन्तर्गत चारधाम यात्राको सम्भाव्यता अध्ययनका लागि गोदावरी, पर्शुराम, दिल्पेश्वर र वैद्यनाथको अवलोकन दर्शन गराईने उनले बताए ।
छोटकरी समाचार
जलेर मृत्यु
सायल गाउँपालिका– ६ रौकला (साबिकको खातिवडा गाबिस) को कालापातल तल्लो सिम सामुदायिक बनमा लागि रहेको आगो निभाउन खोज्दा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रौकलाका ५० बर्षीय दलपति साउँदको मृत्यु भएको बताईएको छ । कालापातल तल्लो सिम सामुदायिक बनमा आगलागी भैरहेका बेला आगो निभाउन खोज्दा आगो नियन्त्रण हुन नसकी साउँद जलेका थिए ।
गम्भिर घाइते भएका साउँदलई उपचारको क्रममा मृत्यु भएको हो ।
एसईई जारी
बिहिवारदेखि सञ्चालन भएको बिद्यालय शिक्षा परीक्षा (एसईई) जारी छ ।
परीक्षामा प्रदेश नं. ७ बाट ५५ हजार तीन सय तीन बिद्यार्थीहरु सहभागि छन ।
साधारण बिद्यालयका ५० हजार दुइृ सय २१ र प्राबिधिक बिद्यालयका नौ सय ९६ गरी ५१ हजार दुई सय सात बिद्यार्थी नियमिततर्फ एसईईमा सहभागि हुँदैछन् । यस्तै एक्ज्याम्टेडतर्फ चार हजार ८६ बिद्यार्थी सहभागि हुने भएका छन । एक हजार ४९ बिद्यालयमा अध्ययनरत बिद्यार्थीले यस बर्षको एसईईमा सहभागिता जनाउने भएका छन ।
डोटीका १२ केन्द्रमा सञ्चालन भईरहेको एसईई परीक्षा शान्तिपूर्ण रुपमा सञ्चालन भईरहेको जिल्ला शिक्षा अधिकारी अनन्तकुमार पौडेलले जानकारी दिए ।
खेल समाचार
एन्फा निर्वाचन स्थगित
न्यायालयको आदेशपछि अखिल नेपाल फुटबल संघ एन्फाको चैत १४ गते हुने भनिएको साधारण सभा र निर्वाचन स्थगित भएको छ ।
एन्फाका महासचिव धिरेन्द्र प्रधानले आइतबार एक विज्ञप्ति जारी गर्दै उच्च अदालत पाटनको आदेश अनुसार साधारणसभा स्थगित गरिएको जानकारी दिएका छन् । भक्तपुर र मकवानपुर जिल्ला फुटवल संघले आफुहरुलाई सहभागी नगराई साधारणसभा र निर्वाचन गर्न लागिएको भन्दै दिएको निवेदनमा उच्च अदालत पाटनले साधारण सभा रोक्न बिपक्षीका नाममा अन्तरीम आदेश दिएको थियो ।
महासचिव प्रधानले निर्वाचन समितिले समेत अदालतको आदेशको सम्मान गर्दै निर्वाचन स्थगित गरेको सूचना टाँस गरेकाले साधारणसभा स्थगित गरिएको बताए ।
महासचिव प्रधानद्वारी बिज्ञप्तीमा भनिएको छ ‘फिफा र एएफसीको विधान, नीति निर्देशन र नियम अनुसार चल्नुपर्ने भएको हुँदाहुदै पनि देशको कानुनलाई पनि आत्मसात गरी नियम कानुनको अधिनमा रही अघि बढिरहेको जानकारी गराउन चाहन्छु ।’
एन्फाले अदालतबाट उक्त मुद्दाको चाँडै टुंगो लगाएर फिफा र एएफसीको निर्देशन अनुसार साधारणसभाको मिति तोक्ने जनाएको छ ।
डिपिएलमा दुई भारतीय खेलाडी
चैत्र १७ गतेदेखि धनगढीमा सञ्चालन हुने रुस्लान डीपीएल–२ मा सहभागी हुने काठमाण्डौं गोल्डेन्सले दुई जना भारतीय क्रिकेट खेलाडी अनुबन्ध गरेको छ ।
डिपिएलमा खेल्ने टोलीले दुई जना विदेशी खेलाडी राख्नुपर्ने अभ्यास शुरु भए अनुसार काठमाण्डौं गोल्डेन्सले जयकिसन कोल्सावाला र सन्नी पटेललाई अनुबन्ध गरेको जनाइएको छ ।
डिपिएलको आयोजक धनगढी क्रिकेट एकेडेमीका अनुसार गुजरातका कोल्सावाला विकेटकिपर ब्याट्सम्यान हुन् । उनले भारतको रणजी ट्रफी खेलिसकेका छन् भने फस्ट क्लासका नौ खेल खेलिसकेका छन् । त्यस्तै अर्का रणजी प्लेयर सन्नी पटेल दायाँहाते ब्याट्सम्यान हुन् । उनले फस्ट क्लासका १३ तथा लिस्ट ए का १७ खेल खेलिसकेका छन् ।
यसैबीच गायक प्रमोद खरेल डिपिएल–२ का गुडविल एम्बेस्डर रुपमा जोडिएका छन् । धनगढी क्रिकेट एकेडेमीले शनिबार प्रेषित जानकारीपत्रमा गायक प्रमोदले प्रतियोगिता उद्घाटन समारोहमा विशेष प्रस्तुती गर्नेछन् ।
चैत्र १७ गतेबाट धनगढीमा सुरु हुने प्रतियोगितामा काठमाण्डौं गोल्डन्स, विराटनगर किंग्स, रुपेन्देही च्यालेन्जर्स, सिवाइसी अत्तरिया, महेन्द्रनगर युनाइटेड र टीम चौराह धनगढीले सहभागिता जनाउँदैछन् ।
प्रतियोगिताको अक्सन गत फागुन ९ गते काठमाडौंमा सम्पन्न भइसकेको छ । प्रतियोगिताको विजेताले २५ लाख तथा उपविजेताले १० लाख रुपैया पुरस्कार प्राप्त गर्ने यसअघि नै घोषणा भइसकेको छ ।
चलचित्र/मनोरञ्जन
‘नाई नभन्नु ल’ को शुभारम्म
नेपाली चलचित्र ‘नाइँ नभन्नू ल ५’ बन्ने भएको छ । शनिवार “नाई नभन्नु त ५” को शुभारम्भ भएको छ ।
नेपाली चलचित्रहरुमा धेरै सिक्वेलको रेकर्ड राखेको उक्त चलचित्रको काठमाण्डौंको मैतीदेवी मन्दिरमा पुजा गरेर शुभारम्भ गरिएको छ । चैत १२ गतेबाट छायांकन हुने निर्माण पक्षले जनाएको छ ।
निर्देशक विकासराज आचार्यले निर्माण र निर्देशन गर्ने ‘नाइँ नभन्नू ल ५’मा अभिनेत्री प्रियंका कार्की र बालकलाकार अनुभव रेग्मीले निरन्तरता पाउने भएका छन । चलचित्रमामा बुद्धि तामाङ, अभिषेक नेपाल, स्वस्तिमा खड्का, जयनन्द लामा, दिलीप रायमाझीसमेत प्रमुख भूमिकामा हुनेछन् ।
अभिनेत्री केकी अधिकारीको पनि विशेष भूमिका रहन सक्ने निर्माण पक्षले जनाएको छ । फिल्म प्रदर्शनको तयारी २०७५ को भदौ ८ गतेलाई गरिएको छ ।
सोनामको बिहे जेनेभामा
अनुष्का शर्मापछि अहिलेकी चर्चित अभिनेत्री सोनम कपुरले बिहे गर्ने भएकी छन् । निकै मिल्ने साथी आनन्द आहुजाका साथ सोनमले ११ मेमा बिहे गर्ने पक्का भएको हो ।
सोनम र आनन्द लामो समयदेखि रिलेसनसिपमा छन् । सञ्चारमाध्यमका अनुसार उनीहरूको विवाह ११ र १२ मेमा जेनेभामा हुनेछ । बिहेबारे सोनम कपुर मौन रहे पनि यस वर्ष नै उनको बिहे हुने पक्का भएको समाचारमा उल्लेख छ ।
समाचार अनुसार सोनमका पिता अनिल कपुरले निकटस्थहरूलाई विवाहमा आउनका लागि व्यक्तिगत रूपमा निम्तो गरिरहेका छन् । बिहेका लागि हवाईजहाजको टिकट बुकिङ पनि सुरु भएको छ ।
लेख
कहाँ पुग्यो गाउँमा आउने सिंहदरवारको अधिकार ?
राहरी ओझा
जिल्लास्थित सरकारी कार्यालयहरु शुनसान भईरहेका बेला जिल्ला सदरमुकाममा रहेका सरकारी स्वामित्वका बैङ्कहरुमा भने चहल पहल बढ्दै गएको छ । सायल गाउँपालिका–१ छपालीको एक उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्ष गरी तीन जना जिल्ला सदरमुकाममा भेटिए । सायल गाउँपालिकाले छुट्याएको बजेटको रकम निकासाका लागि बैङ्कमा खाता खोल्न उनीहरु पाँच घण्टाको पैदल यात्रापछि तीन घण्टाको कच्ची सडक हुँदै जिल्ला सदरमुकाम पुगेका थिए । उनीहरुको अरु कुनै काम थिएन, बैङ्कमा खाता खोल्नु मात्रै थियो । बिगतमा केही उपभोक्ता समितिहरुका पदाधिकारीहरुबाट अर्काको हस्ताक्षरको दुरुपयोग भएको भन्दै बैङ्कले खातावाला तीनै जना अनिवार्य रुपमा बैङ्कमा आउनु पर्ने नियम बनाएको रहेछ ।
यो घटनाले संबिधान जारी गर्दाका बखत र स्थानीय तहको पुनर्संरचना गर्दाको बखत नेताहरुले गरेका भाषणहरु सम्झना भयो । “अव सिंहदरवारको अधिकार गाउँगाउँमा पुग्यो” भन्दै नेताहरु कुर्लिएका थिए । आफुहरुले अधिकार बिकेन्द्रिकरण गरेको, अव जनताले बिगत जस्तो स-सानो कामका लागि सिंहदरवार, जिल्ला सदरमुकाम धाईरहनु नपर्ने अभिव्यक्ति दिएका थिए । तर संबिधान जारी भएको दुई बर्ष, ६ महिना, आठ दिन बितिसक्दा पनि सिंहदरवारको अधिकार गाउँगाउँमा पुगेको रहेनछ । नयाँ संरचना अनुसारका स्थानीय तहमा जनप्रतिनिधि चयन भएको झण्डै बर्षदिन पुग्न लाग्दा पनि ‘गाउँगाउँमा सिंहदरवार’ आउने कुनै संकेत देखिएन । सिंहदरवार देख्न नपाएरै आफ्नो जीवन बिताउने थुप्रै नेपालीहरुले सिंहदरवारै देख्न नपाएपनि सिंहदरवारको अनुभुती गर्न पाईन्छ कि भन्ने आश लगाएका थिए । तर, आज ति सवै आशहरु निराशामा परिणत हुने अवस्था सृजना भएको छ । जनताले सरकारबाट पाउने सेवा सुबिधाका लागि फेरी पनि बिगतको भन्दा थप झण्झट बेहोर्नु परेको छ ।
कानुन बनाउँदैमा केही हुँदैन भन्ने कुरा स्थानीय स्वायत्त शासन ऐन, २०५५ ले प्रमाणित गरिसकेको थियो । जुन कानुन तत्कालीन स्थानीय निकायलाई स्वायत्त बनाउनका लागि बनाईयो, एकात्मक राज्यसत्ताको केन्द्रमा रहेको अधिकार बिकेन्द्रीकरण गर्नका लागि बनाईयो । तर, स्थानीय निकाय कुनै कुरामा पनि स्वायत्त हुन सकेनन् । सरकारले तोकिदिएको क्षेत्रमा मात्रै कर उठाउन पाईने, सरकारले तोकिएदिएको क्षेत्रमा मात्रै बजेट बिनियोजन गर्नु पर्ने, सरकारले तोकिदिएको कर्मचारीहरुबाट मात्रै आर्थिक कारोवार सञ्चालन गर्नु पर्ने, सरकारले तोकिदिए अनुसारका सेवा सुबिधा मात्रै प्रवाह गर्न पाउने गरी काम भयो । अन्ततः स्थानीय स्वायत्त शासन ऐन पूर्ण रुपमा कार्यान्वयनमा आउन नपाउँदै मृत्युवरण ग¥यो ।
यस्तै अवस्था फेरी आएको छ । स्थानीय तह संबैधानिक र अधिकार सम्पन्न भएका छन । संबिधानमै स्थानीय तहको अधिकार किटानी गरिएको छ तर के स्थानीय तह स्वायत्त छन त ? नेपाल (केन्द्र) सरकारले पठाईदिएको कर्मचारी प्रशासकीय प्रमुख हुने, त्यो प्रशासकीय प्रमुख गाउँमा नबस्ने । केन्द्र सरकारले तोकेको बैङ्गबाट आर्थिक कारोवार सञ्चालन गर्नु पर्ने तर त्यो बैङ्ग गाउँमा नजाने । केन्द्र सरकारले बनाईदिएको नमुना कानुन अनुसार कानुन वनाउनु पर्ने, स्थानीय तहले आफ्नो आवश्यकता अनुसार काम गर्न नपाउने ।
गाउँपालिकामा कर्मचारीहरु छैनन्, जनप्रतिनिधिहरुलाई कर्मचारी भर्ना गर्ने अधिकार छैन्, भएका साविकका स्थानीय निकायका कर्मचारीहरुलाई पनि केन्द्र सरकारले सौतापट्टीको ठानेको छ । संबिधानले एउटा अधिकार दिन्छ, ऐनले अर्को अधिकार दिन्छ, ति सवै अधिकारहरु संघीय मन्त्रालयको एक परिपत्रले उल्टाई दिन्छ । अनि के पुगेकै हो त गाउँगाउँमा सिंहदरवार ?
नाम रामे, श्यामे, च्यामे राखेर केही फरक पर्दैन । फरक पार्नु पर्ने हाम्रो कार्यशैली हो । बिगतमा राजतन्त्र थियो, केन्द्रिकृत एकात्मक सत्ता थियो, त्यो सत्ताले जनताका आधारभुत आवश्यकताहरु परिपुर्ति गर्न सकेन, जनताले सास्ती खेप्नु प¥यो भनेर हामीले संघीय व्यवस्था सहितको गणतन्त्र ल्याएका होईनौं र ? अनि अहिले पनि जनप्रतिनिधिहरुलाई मुठ्ठी बाँधेर बसिराख्न भन्ने ? यो कसरी सम्भव हुन्छ ?
निजामति सेवाबाट आएका एउटै लेखापालले तीन÷तीन कार्यालय हेर्नु पर्ने तर यस अघिका स्थानीय निकायहरुले भर्ना गरेका लेखापालहरुले आर्थिक कारोवार गर्न नपाउने, जनताबाट अनुमोदित भएका जनप्रतिनिधिहरुले आदेश गर्न पाईने तर आफु मातहतको कुनै कर्मचारीलाई अधिकार र जिम्मेवारी तोक्नु नपाईने । खटाईएका कर्मचारीहरु स्थानीय तहमा नजाने, नेपाल सरकार न कर्मचारीको व्यवस्था गर्न सक्ने न बैकल्पिक व्यवस्था गर्न सम्वन्धित स्थानीय तहलाई आदेश दिन सक्ने ।
गाउँमा जनताका काम गर्नका लागि कर्मचारी चाहिन्छन्, सरकारले सक्छ भने अहिले भएका कर्मचारीहरुलाई खटाउन सक्नु पर्छ र अटेरी गर्ने कर्मचारीलाई घर पठाउनु पर्छ । होईन भने आफ्ना कर्मचारी जसरी पाल्ने हो पालिराखोस्, स्थानीय तहलाई आवश्यकता अनुसार कर्मचारी भर्ना गर्न पाउने अधिकार तुरुन्तै प्रदान गर्नु पर्छ ।
संबिधानमा, ऐनमा, कार्यबिधिमा, निर्देशनहरुमा सिंहदरवारको अधिकार गाउँगाउँमा भएको छ तर त्यसको व्यवहारिक कार्यान्वयन हुन सकेको छैन । कर्मचारीहरु जान नमान्ने, बैङ्कहरु जान नमान्ने । अहिलेको आधुनिक सञ्चार प्रबिधिको युगमा पनि गाउँका सिंहदरवारहरुमा फोनको नेटवर्क समेत छैन । बिद्युतीय पत्राचार गर्न सकिँदैन । अनि गाउँगाउँमा सिंहदरवार कसरी पुग्छ ? सम्वन्धित निकायहरुको जिम्मेवारी हुन्छ कि हुँदैन गाउँगाउँमा सिंहदरवार पु¥याउने ?
लेखापाल भएको बेला प्रमुख प्रशासकीय अधिकृत हुन्न, प्रमुख प्रशासकीय अधिकृत भएका बेला लेखापाल हुन्न । जनता विकास निर्माणका काम गर्छन् तर भुक्तानी पाउनका लागि गाउँको सिंहदरवारमा चक्कर लगाईरहनु पर्छ । गाउँमा विकास निर्माणका योजना तय गरिएका छन्, बजेट पनि छुट्याईएको छ तर त्यो वजेट खर्च गर्नका लागि प्रक्रिया पुग्दैन ।
हो, एउटा कुरा पुगेको छ गाउँगाउँमा । बिगतमा जसरी काठमाण्डौंको सिंहदरवार र जिल्लाको सिंहदरवार (जिल्ला विकास समिति) मा जुन आर्थिक चलखेल हुने गरेको थियो, त्यो गाउँगाउँका सिंहदरवारमा पनि सुरु भएको छ । बस्तु तथा सेवा खरीदमा, विकास निर्माणका योजनाहरुमा, क्षमता अभिबृद्धिका कार्यक्रमहरुमा लेनदेन सुरु भएको छ । कतै कतै त यो लेनदेन अपाच्य तरिकाले सुरु भएको छ । यस लेनदेनमा स्थानीय तहका जनप्रतिनिधिहरु र कर्मचारीहरु सक्रिय सक्रिय छन् । बिगतको जस्तै योजना छनौट, उपभोक्ता समिति गठन र योजनाको फर(फारकमा भ्रष्टाचार हुन थालेका थुप्रै उदाहरणहरु वाहिर आउँदैछन् । यस हिसावले भने सिंहदरवार गाउँमा पुगेको मान्न सकिन्छ ।
‘राष्ट्र सेवक’ कति मर्यादित शव्द छ । राष्ट्रको सेवा गर्ने व्यक्तिहरु राष्ट सेवक हुन । तर हाम्रो बुझार्ईमा सुगुम ठाउँमा बसेर काम गर्नुलाई मात्रै राष्ट्र सेवा हो । आकर्षक मन्त्रालयमा काम गरेको वा आकर्षक कार्यालयमा काम गरेकोलाई मात्रै राष्ट्र सेवक भन्छन् । आकर्षकको परिभाषा छुट्टै छ फेरी । सेवा प्रवाहका हिसावले आकर्षक होईन, आर्थिक लाभका हिसावले आकर्षक । दुर्गम क्षेत्रको गाउँपालिकामा गएर काम गर्नु राष्ट्र सेवा होईन र ? जनप्रतिनिधिहरु ‘ईलेक्टेड’ हुन अर्थात हजारौं जनताले मत दिएर चुनिएका हुन भने कर्मचारीहरु ‘सेलेक्टेड’ हुन अर्थात हजारौं प्रतिस्पर्धीलाई पछि पार्दै छानिएका हुन । सरकार सञ्चालनका लागि यि ईलेक्टेड र सेलेक्टेडहरुबीच समन्वय हुन सकेन भने न बस्तुमा न सेवामा कतै पनि गुणस्तर कायम हुन सक्दैन । तर यहाँ यि ईलेक्टेड र सेलेक्टेडहरुबीचको समन्वय कमिसनका लागि मात्रै भईरहेको छ, गुणस्तरीय सेवाका लागि होईन । कर्मचारी नभएकामा त नभएकै भईहाले भएकामा पनि यस्तो अवस्था रहेको छ ।
कर्मचारीहरुले सेवा सुबिधा पाउनु पर्छ त्यसका लागि ट्रेड युनियन आवश्यक हो । सेवा सुबिधाका लागि सामुहिक सौदाबाजी गर्न पाउनु अधिकार हो तर सुगुममा बस्न पाउनु प¥यो, बढुवा हुनु प¥यो, आकर्षक कार्यालय हुनु प¥यो भनेर दिईने दवाव ट्रेड युनियन अधिकार होईन, अपराध हो । राज्यको कानुन अनुसार सरुवा, बढुवा हुने थिति राखिनु पर्छ । हड्ताल गर्ने धम्की दियो सरकारले नयाँ कानुन बनाउँछ । यो भिडको दवावमा चल्ने परिपाटी अव सधैंका लागि बन्द हुनु जरुरी छ । अव सरकार जनताको पक्षमा कडा रुपमा उभिनु पर्छ । जनताले सेवा सुबिधा नपाउने, जनताले परिवर्तनको अनुभूति गर्न नपाउने तर सरकार ‘राष्ट्र सेवक’हरुलाई फलानो ठाउँमा गईदिनु प¥यो भन्दै अनुरोध मात्रै गरिर–हने हो भने समस्या समाधान हुँदैन, बल्झिन्छ मात्रै ।
यस्तो अवस्था छ हाम्रो गाउँको सिंहदरबारको । नेताहरु, नेताका आफन्तहरु, चाकरहरु सेतो प्लेटका मोटरसाईकलमा बसेर कच्ची बाटोमो धुलो उडाउँदै हुईकिन्छन्, बिचरा सेवाग्राहीहरु फेरी त्यही धुले सडकबाट आफ्नो गाउँको समृद्धि खोज्दै गाउँको सिंहदरबारको चक्कर काट्दै थाकिरहेका छन् ।
लोकसेवा आयोगको तयारीका लागि उपयोगी
१. नेपालको संबिधानमा रहेका संबैधानिक निकायहरु को को हुन ?
क) अख्तियार दुरुपयोग अनुसन्धान आयोग
ख) महालेखा परीक्षक
ग) लोकसवा आयोग
घ) निर्वाचन आयोग
ङ) राष्ट्रिय मानवअधिकार आयोग
च) राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोग
छ) राष्ट्रिय महिला आयोग
ज) राष्ट्रिय दलित आयोग
झ) राष्ट्रिय समावेशी आयोग
ञ) आदिवासी जनजाति आयोग
ट) मधेशी आयोग
ठ) थारु आयोग
ड) मुस्लिम आयोग
२. बिश्व कीर्तिमान कायम गर्ने गरी काठमाण्डौंको टुँडिखेलमा हजारौं मानिस भेना भई गौतम बुद्धको बचन ‘धम्मपद्’ को बचन कहिले गरियो ? — बि.स. २०७४ फागुन १९
(बुद्धबचन धम्मपद् बाचन गरेर संसारकै नयाँ रेकर्ड कायम गर्ने उद्देश्यका साथ टुँडिखेलमा जिनियस वल्र्ड रेकर्ड २०१८ बुद्ध बचन धम्मपद् नामक कार्यक्रमको आयोजना गरिएको थियो । आयोजक बिश्व कीर्तिमानी परिषद्का अनुसार आधिकारिक पास लिएर प्रवेश हुने सहभागि ७५ हजार एवं पास नलिई प्रवेश गर्ने समेत गरी झण्डै डेढ लाखले एक साथ बुद्धबचन बाचन गरेका थिए । धम्मपद् बाचन गरिरहँदा हेलिकम्टरबाट पुष्पबृष्टि गरिएको थियो । यसअघि भारतको आर्ट अफ लिभिङ फाउन्डेसन–द्वारा ४६ हजार ६ सय ६० जनाको उपस्थितिमा कविता पढी गिनिज बुकमा रेकर्ड राखिएको थियो ।
३. पाकिस्तानी प्रधानमन्त्री साहिद खाकन अव्वासी नेपालको दुइ दिने भ्रमणका सन्दर्शमा कहिले काठमाण्डौं आए ? — बि.स. २०७४ साल फागुन २१ गते
(प्रधानमन्त्री ओलीलाई बधाई दिन एवं दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को शिखर सम्मेलन आयोजनावारे अध्यक्ष मुलुकसंग छलफलका लागि अव्वासीले नेपाल भ्रमण गरेको बताईएको छ ।)
४. संघीय संसद्को पहिलो ऐतिहासिक बैठक कहिले बसेको हो ? — बि.स. २०७४ फागुन २१
(दोश्रो संबिधान सभाबाट निर्मित नयाँ संबिधान बमोजिम सम्पन्न प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यको निर्वाचनपछि बस्न लागेको दुवै सदनको प्रथम अधिवेशन अन्तर्गत अलग–अलग बैठक अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरम सञ्चालन भएको हो ।
५. स्थानीय तहको न्यायिक समिति गठन गर्ने सम्वन्धी व्यवस्था नेपालको संबिधानको कुन धारामा रहेको छ ? — धारा २१७
(संबिधानको धारा २१७ मा कानुन बमोजिम आफ्नो क्षेत्राधिकारभित्र पर्ने विवाद निरुपण गर्न गाउँपालिकाले गाउँपालिका उपाध्यक्ष र नगरपालिकाले नगरपालिका उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन गर्ने व्यवस्था रहेको छ । समितिमा गाउँ सभा वा नगर सभाबाट आफु मध्येबाट निर्वाचित दुई जना सदस्य रहने प्राव्धान रहेको छ ।
६. “सिकाईले मस्तिष्कलाई कहिलै थकाउँदैन” भन्ने बिचारक को हुन ? — लियोनादाँ दा भिन्ची
७. बि.सं. २०७४ फागुन १७ गतेमा सम्पन्न चौथो लुम्बिनी शान्ति म्याराथन दौडको उपाधि जित्ने धावक को हुन ? — नेपाली सेनाका होमलाल श्रेष्ठ
(कपिलवस्तुको कुदानबाट सुरु भई लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरसम्मको सो म्याराथनमा सेनाकै हरिप्रसाद रिमाल र खगेन्द्र भट्ट क्रमशः दोश्रो र तेश्रो भएका थिए ।)
८.अनुवंशिक स्रोतमा पहुँच तथा तिनको उपयोगबाट प्राप्त हुने लाभको पारदर्शीं र समन्यायिक बाँडफाँड सम्वन्धी नायोगा अभिसन्धीमा कहिले हस्ताक्षर भएको हो ?
— सन् २०१० अक्टोवर २९ (जापानको नायोगामा)
(नायोगा अभिसन्धी सन् २०१४ अक्टोवर १२ देखि कार्यान्वयनमा आएको हो । यसो सन्धिलाई नेपालले सन् २–१७ सेप्टेम्वर ४ मा अनुमोदन गरेको हो । सन्धि अनुमोदन गर्ने नेपाल १०१औं राष्ट्र हो ।)
९. नेपालमै पहिलो पटक सिर्जनशील रचनागृहको स्थापना कहाँ गरिएको हो ?
— गोदावरी (ललितपुर)
(साना ठुला १५ वटा कक्षमा कलाकार एवं सर्जकका लागि भिन्नभिन्न सुबिधा सहिको भवन निर्माण गरिएको हो, लेखक, कवि, पत्रकार, कलाकार, डिजाईनर, बिचारक, बैज्ञानिक, विद्धत्÷दार्शनिकले उक्त आवासमा बसी आफ्ना रचना तथा प्रतिभा सिर्जन ागर्न सक्ने बिश्वमा रचनागृहको अभ्यास पुरानो भए पनि नेपालमा भने हालै मात्र सोको स्थापना गरिएको हो ।
१०. बिश्व उपभोक्ता अधिकार दिवस कहिले मनाईन्छ ? — मार्च १५
(यो बर्ष (सन् २०१८ मा) ःबपष्लन मष्नष्तब िmबचपभतउबिअभक ाबष्चभच भन्ने नाराका साथ विश्वभर यो दिवस मनाईएको थियो । नेपालमा “उपभोक्ता जागरण अभियानमा स्थानीय तहको सक्रियता” भन्ने राष्ट्रिय मुल नारा सहित यो दिवस मनाईएको हो ।
साहित्य/सृजना
दुई गजल
तिम्रो झुटो माया जालमा आज मलाई पा¥यौ किन ?
गुम्सिएका मनका बेथा भित्रभित्रै सड्छ्न किन ?
झुटो कसम खानेसँग माया त्यसै गर्छन् किन ?
धेरै थिए सपनाहरू आज त्यसै हराउदा
जलेको यो मनभित्र तिमिलाई मन पराउदा
मेरो दोष थियो भने मेरै सामु नभनेर
आफै तिमी टाढा टाढा नबोलेर भाग्यौ किन ?
साचो माया गर्छु भनी झुटो कसम खायौ किन ?
........................
पार्टीभित्र धेरै गुटैगुट भयो
गुटभित्र फेरी उपगुट भयो
उपगुटभित्रै पनि मुनमुटाव भयो
पैसाका लागि कुटाकुट भयो
खन्चुवा लोभी कति खान्छौं ?
चुनावभरीलाई लौ छुट भयो
पहिला मारामार गरेपनि के
कमाउने कुरामा एकजुट भयो
देखेर मन्त्रीका ताती भनौला
कठै ! यो देशमा ब्रह्मलुट भयो
चन्द्रा साउँद
दुई गजल
उफ ! त्यो कहालीलाग्दो प्रहर
त्यहीमाथि बर्सियो कसैको कहर
भिरालो छोडी मैदान रोजियो
पुगियो मानबता हराएको शहर
अमृत पिउछु भनी तम्सेको त
निलियो पच्दै नपच्ने जहर
आकार सानो देखिदैमा सानो हँुदैन
आखिर नदिकै सृजना हो नि नहर
अवस्य आउँछ भनी कुरि बसेकी छु
जुन दिन बाहारसङ्गै छाउछ बहर
तेसै पनि बौलाहा ठानेकै त छौ नि
हो अब चढेको छ मलाई बौलाउने रहर
....................
जब देशको राजनीतिमा मौलाउछ गुटतन्त्र
ब्यापारीले पनि सुरु गर्छ आफ्नो लुटतन्त्र
न्याय माग्न अदालतको ढोका ढक्ढक्याउदै गर्दा
अपराध गर्ने अपराधीलाई मिल्छ छुटतन्त्र
रोजिरोटी कमाउन हड्डी पसिना एक गर्नु पर्छ
मजदुरमाथि बर्सिन्छ मालिकको भुटतन्त्र
सानो छँदा एकै थालमा भात खाएर हुर्कन्छन
ठुलो भएपछि दाजुभाई बिच चल्छ फुटतन्त्र
विद्यार्थीले अन्जानमै सानो गल्ती गर्दिन्छ
बिद्यालयमा शिक्षकको लाठीले गर्छ कुटतन्त्र
तिर्खा लाग्दा एक घुट पानी पनि नभेटेपछि
प्यासीका वरिपरि घुम्न थाल्छ घुटतन्त्र
युद्धमा मात्र किन प्रेममा पनि घम्साघम्सी हुन्छ
प्रेमिलाई सताउन प्रेमिकाले देखाउछे रुठतन्त्र
पुष्पा जाेशी "काली"
धनगढी, कैलाली
सूचना/सन्देश/बिज्ञापन
कर्मचारी आवश्यकता सम्बन्धि सूचना ।
प्रथम पटक सूचना प्रकाशित मिति ः २०७४/१२/१२ गते
अमेरिकी कृषि विभाग अन्तर्गत विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग तथा विश्व शिक्षा (World Education) को प्राबिधिक सहयोगमा सामुदायिक विकास केन्द्र डोटीद्वारा सञ्चालित ू"Early Grade Reading Under School Meals
Program" अन्र्तगत डोटी जिल्लाका प्रथमिक विद्यालयमा प्रारम्भिक तह पढाई कार्यक्रम (Early Grade Reading Program) सञ्चालन गर्नका लागि तपशिल बमोजिमका दक्ष कर्मचारीको आवश्यकता परेको हुँदा यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र तल उल्लेखित आवश्यक शैक्षिक योग्यता तथा अनुभव पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिन्छ । ईच्छुक व्यक्तिले आफ्नो आवेदनपत्र, व्यक्तिगत विवरण, शैक्षिक योग्यता, नागरिकता, तालिम तथा कार्य अनुभवका प्रमाण पत्रहरुको प्रतिलिपी सहित यस संस्थाको कार्यालय सामुदायिक विकास केन्द्र डोटीमा कार्यालय समयभित्र आईपुग्ने गरी हस्ते वा ईमेल मार्फत पेश गर्न सम्बन्धित सबैलाई यसै सूचना मार्फत जानकारी गरिन्छ ।
१. पद ः कार्यक्रम संयोजक (१ जना)
आवश्यक न्यूनतम शैक्षिक योग्यता र अनुभव ः
स्नातक तह (शिक्षा तथा समाज सास्त्र) उत्तीर्ण भई कम्तीमा ३ वर्र्षसम्म कार्यक्रम संयोजक रुपमा कार्यगत अनुभव भएको ।
समुदाय तथा जिल्लास्तरीय सरोकारवालाहरुसंग समन्वय गर्न सक्ने सीप तथा क्षमता भएको ।
तथ्याङ्क÷सूचनाहरुको विश्लेषण गरी प्रतिवेदन तयार पार्ने सीप भएको ।
कार्य योजना तयारी, बजेट निर्माण, कार्यक्रम वस्थापन, कर्मचारी परिचालन, अभिलेखिकरण, अनुगमन/मुल्याङ्कन तथा प्रशासनिक कार्यमा दक्षता भएको
कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि मार्गदर्शन तथा परामर्श सम्बन्धी सीप भएको ।
अभिमुखिकरण गोष्ठीका साथै तालीम सञ्चालन गर्न सक्ने सीप तथा दक्षता भएको ।
अंग्रेजी र नेपाली भाषमा राम्रो ज्ञान भएको साथै प्रगति प्रतिवेदन तयार गर्न सक्ने ।
कम्प्युटर सम्बन्धी दक्षता भएको -MS- WORD, MS- EXCEL , Power Point , Email& internet etc.)
२. पद ः Field Supervisor (२ जना)
आवश्यक न्यूनतम शैक्षिक योग्यता र अनुभव ः
ड्डस्नातक तह (शिक्षा तथा समाज सास्त्र) उत्तीर्ण भई कम्तीमा २ वर्र्षे सामाजिक परिचालनमा अनुभव भएको ।
ड्डजिल्लाका स्थानीय तहस्तरीय सरोकारवालाहरुसँग समन्वय गर्न सक्ने सीप तथा क्षमता भएको ।
ड्डअभिमुखिकरण गोष्ठीका साथै तालीम संचालन गर्न सक्ने सीप तथा दक्षता भएको ।
ड्डसामाजिक परिचालन सम्बन्धी ज्ञान सीप भएको ।
ड्डपरियोजनाको कार्यक्षेत्रमा विद्यालय तथा समुदायमा अभिमुखिकरण गोष्ठी, समुदाय तथा अभिभावकसंग बैठक साथै कार्यक्रम सञ्चालन गर्न सक्ने ।
ड्डतथ्याङ्क÷सूचनाहरुको विश्लेषण गरी प्रतिवेदन तयार पार्ने सीप भएको ।
ड्डकम्प्यूटर सम्बन्धी ज्ञान सीप भएको ।
पारश्रमिक सेवा सुविधा ः संस्थाको नियमानुसार हुनेछ ।
परीक्षाको किसिम ः लिखित, प्रयोगात्मक र मौखिक अन्तरवार्ता ।
सम्पर्क ठेगाना
सामुदायिक विकास केन्द्र डोटी
दि.सि.न.पा. ६, (टुडिखेल नजिक) डोटी
सम्पर्क फोन न ः ०९४–४११०८१
ईमेल ः cdc.vacancy@gmail.com
Website:www.cdcdoti.org
नोट ः स्थानीय, महिला, दलित तथा जनजातीलाई प्राथमिकता दिईनेछ । प्रारम्भिक छनौंटमा परेका उम्मदवारहरुलाई मात्र परीक्षामा सामेल गरिनेछ । संस्थालाई दवाव दिने गरी कुनै पनि कार्य भएमा सम्बन्धित उम्मेदवारलाई स्वतःअयोग्य ठहर गरिनेछ ।
पदपुर्ति समिति
सामुदायिक विकास केन्द्र डोटी
पानीको पूर्ती, संकलन तथा भन्डार
सन्देश ः मानिसले सफा, स्वस्च्छ पानी पिउनु पर्दछ जुन सुरक्षित झरना वा धाराबाट हुनुपर्छ भने अर्कोतर्फ खुल्ला पानीको स्रोतवाट पानी पिउनु हुदैन । जस्तै ः कुलो, खोला, असुरिक्षत झरना आदि । पानीको स्रोत नजिक दिशा नगर्ने वा धारा नजिक पनि नगर्ने जसले गर्दा पानी सफा र स्वच्छ हुन्छ । आफुले पानी पिउने भाडो र जनावरले पिउने पानीको भाँडो छुट्टाछुट्टै गराउने साथै जनावर र मानिसले एउटै मुहानको पानी प्रयोग नगर्ने ।
पानी ओसार्ने बेलामा कसरी पानी फोहर हुन्छ ?
पानी भर्ने भाँडो सधैँ सफा राख्नु पर्छ । भाँडा सफा गर्नु भन्दा पहिले हात सफा गर्ने, पानी बोक्दा भाँडालाई छोप्नुहोस जसले गर्दा केहि पनि त्यसमा छिर्न पाउदैन ।
घरमा कसरी पानी फोहर हन्छ ?
१. पानीको भाडालाई जमिनको सतह भन्दामाथि स्टुल, आलमारीमा राखी छोप्ने
२.पानीको भाँडालाई राम्रो स्टुलमा राखी छोप्नाले बच्चाहरु र जनावरहरुद्वारा हुने संक्रमणलाई रोक्छ । पानीको भाडा छोप्दा र स्टुलमा राख्दा पानी माखा, धुलो, मुसा, मच्छर आदिवाट मुक्त हुन्छ । त्यसो गर्दा पानीको भाँडा लामो समयसम्म टिक्नाको साथै सफा पनि देखिन्छ ।
३.पानी सार्दा भाँडा डुबाउनु भन्दा खनाउने विधि राम्रो हुन्छ किनभने यसो गर्दा हातलाई पानीसंगको सिदा सम्र्पकबाट वचाउछ ।
४.खाने पानी भर्न प्रयोग हुने भाडा जस्तै ः गिलास, कप, जग आदिलाई खरानी र पानीले सफा गर्नु पर्छ ।
No comments:
Post a Comment