Tuesday, September 25, 2018

बिम्ब साप्ताहिक, २०७५ साल असाेज ९ गते मंगलबार

सूचनाको हक प्रयोग गरी सम्वन्धित र सार्वजनिक सरोकारका सूचना मागौं ।
सूचनाको हक नागरिकको मौलिक अधिकारको हो ।
प्रत्येक नेपालीलाई सार्वजनिक निकायको सूचना माग्ने र पाउने हक छ ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

पाठेघर खसेका महिलाको खोजीमा उपाध्यक्ष बोहरा

रामहरी ओझा/डोटी
असोज ८
‘आङ खस्ने समस्या भएका दिदी बहिनीहरुले सम्पर्क राखौं । अपरेशनको लागि काठमाण्डौंबाट धनगढी डक्टर आउने सल्लाह भएको छ । त्यसकारण आफ्नो नाम दर्ता गर्न वडीकेदार गाउँपालिकामा सम्पर्क राखिदिन अनुरोध छ । साथेै डोटी जिल्लाका सवै दिदी वहिनीका लागि पनि यो सूचना जारी गरिन्छ ।’
डोटी बडीकेदार गाउँपालिकाकी उपाध्यक्ष ईन्द्रा बोहराले सोमवार सामाजिक सञ्जाल फेसबुकमा माथीको सूचना पोष्ट गरिन् । बडीकेदार लगायत डोटी जिल्लाभरी आङ (पाठेघर) खस्ने महिलाहरुको संख्या धेरै रहेको उनको बुझाई छ । “तीन बर्ष अगाडी हामीले संकलन गरेको तथ्याङ्क अनुसार यस बडीकेदार गाउँपालिका क्षेत्रमा मात्रै करीव एक हजार महिलाहरु पाठेघरको समस्याबाट पिडित भएको देखिएको थियो । डोटी जिल्लाभरी यस्ता समस्या भएका महिलाहरुको संख्या धेरै छ ।” 
उपाध्यक्षमा निर्वाचित हुनुभन्दा पहिले बोहरा सामाजिक कार्यकर्ता थिईन । उनी महिला स्वास्थ्य स्वयंसेविका समेत भएर काम गर्थिन् । महिला स्वास्थ्य स्वयंसेविका भएकै बेला उनले आङ (पाठेघर) खस्ने समस्याको बारेमा जानकारी पाईन । ‘मैले आङ खस्ने समस्या भनेको के हो र आङ खसेमा महिलालाई कस्तो पिडा हुने रहेछ भन्ने बारेमा त्यतिवेलै थाह पाएँ’ बोहरा भन्छिन् ‘त्यतिबेलै देखि मैले यो समस्याको बिषयमा कुरा उठाउन थालेकी हुँ ।’ 
बडीकेदार गाउँपालिका क्षेत्रबाट उनले एक सय आठ पाठेघर खसेका महिलालाई बनेपाको शीर मेमोरियल अस्पताल लगेर शल्यक्रिया समेत गराउन सफल भएकी छन् । आफु उपाध्यक्ष हुनुभन्दा पहिले बिपन्न महिलाहरुको उपचार   गराउनका लागि स्थानीय   व्यापारी, कर्मचारीहरु र सामाजिक कार्यकर्ताहरुसंग सहयोग माग्दै गर्ने बोहराले गत बर्ष ३६ जनाको उपचारका लागि गाउँपालिकाको लक्षित बर्गको    रकम खर्च गरिन् । 
‘जवसम्म महिलाहरु स्वस्थ हुँदैनन् उनीहरुले कसरी काम गर्छन् ?’ बोहरा भन्छिन् ‘कलिलै उमेरमा पाठेघर खसेको हुन्छ, लाजले अरुलाई भन्दैनन् त्यसै बल्झाएर राख्छन् ।’ उनी थप्छन् ‘आङ खसेका महिलाहरुले         राम्रोसंग काम गर्न त सक्दैनन् नै, साथसाथै क्यान्सर भएर अकालमै मृत्यु हुने सम्भावना पनि हुन्छ ।’
सानै उमेरमा बिहे गरेर बच्चा जन्माउँदा, धेरै बच्चा जन्माउदा, गर्भवती र सुत्केरी अवस्थामा काम गर्नु पर्दा पाठेघर खस्ने गरेको उनी बताउँछिन् । ‘काम धेरै गर्नु पर्छ, पोषिलो खाने कुरा हुँदैन, गर्भवती र सुत्केरी भएको बेला भारी बोक्नु पर्ने अवस्था आउँछ’ उनी भन्छिन् ‘अनि आङ खस्छ ।’ धेरैले स्वयं उपचार गराएको, कतिले अरुको सहयोगमा उपचार गराएको भएपनि अझै गाउँपालिकामा  करीव ६ सय महिलाहरु यस्तो समस्याबाट पिडित भएको उपाध्यक्ष बोहराको भनाई छ ।
शल्यक्रिया गर्नु पर्ने अवस्थाका २० जना महिलाहरु सम्पर्कमा आए चिकित्सकहरुको टोली कैलालीको धनगढीमा बोलाउन सकिने बताउँदै उनले भनिन् ‘यदि काठमाण्डौंको सट्टा धनगढीमै उपचार हुन सक्यो भने कम खर्च हुन्छ ।’ उनले आङ खस्ने समस्या भएका जिल्ला भरीका महिलाहरुलाई सम्पर्क राख्न आग्रह गरिकी छन् । महिलाहरुले स्वास्थ्य संस्थामा जाँच गरि पाठेघर खसेर शल्यक्रिया गर्नु पर्ने अवस्थाको प्रमाण ल्याउनु पर्ने उनले   वताईन । 
‘यो जटिल समस्या हो, यदि आङ खसेर तेश्रो तहमा पुगेको छ भने शल्यक्रिया गर्नुको कुनै बिकल्प हुँदैन्’ बिम्ब साप्ताहिकसंग कुरा गर्दै उनले भनिन् ‘शल्यक्रिया गरिएन भने महिलाहरु सडेरै मर्नु पर्ने अवस्था आउँछ ।’ आफु महिला भएका कारण महिलाहरुका पिडा बुझेरै यस्तो अभियान थालेको उनी वताउँछिन् ।

सम्पादकीय 

असफल भएकै हो त प्रहरी ! 

पछिल्लो चरणमा अपराधका घटनाहरु दिनप्रतिनिधि बढ्दै गएको छन् । साउन १० गते कञ्चनपुरमा १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटना भए भन्दा अगाडी पछाडी गरी देशव्यापी रुपमा थुप्रै घटनाहरु भएका छन् । यद्यपी निर्मलाको घटना बाहेकका करीव करीव सवै घटनाहरु कानुनको दायरामा आएका छन् तर अपराध भईसकेपछि अभियुक्त समातिनु वा मुद्धा दायर हुनु वा अपराधीले सजाय पाउनु ठुलो कुरा होईन । अपराध हुन नदिनु ठुलो कुरा हो । 
अपराध नियन्त्रण गर्ने काम प्रहरीका लागि महत्वपूर्ण काम हो । अपराध नियन्त्रणका लागि प्रहरीले आफ्नो उपस्थिति समाजमा देखाउनु पर्छ । प्रहरीले आफ्नो उपस्थिति देखाउनका लागि प्रहरी आफैमा सक्षम पनि हुनु पर्छ । जव प्रहरीले जनताका बिचमा आफ्नो उपस्थिति देखाउन सक्दैन अर्थात कुनै अपराध गरे प्रहरी समात्छ, मुद्धा चल्छ र सजाय हुन्छ भन्ने कुराको “भय” समाजमा प्रहरीले देखाउन सक्दैन तवसम्म अपराध नियन्त्रण हुन सक्दैन । त्यसका लागि प्रहरी चनाखो हुनु जरुरी छ । 
प्रहरीले समाजमा आफ्नो उपस्थिति देखाउनका लागि प्रहरी आफैमा सक्षम हुनु जरुरी छ । प्रहरी सक्षम हुनलाई पहिलो कुरा प्रहरी संख्यात्मक रुपमा बढी चाहिन्छ । सेनाको संख्या ह्वात्तै वढाउने र श्रमयोग्य जनशक्तिलाई व्यारेकमा थुनेर राख्ने हाम्रो मुलुकमा प्रहरीको संख्या सेनाको भन्दा कम छ । भौगोलिक बिकटता छ, प्रहरी संख्या थोरै छ । थोरै प्रहरीले धेरै जनसंख्या र भुगोललाई हेर्नु पर्ने वाध्यता छ । त्यसकारण पनि प्रहरीले आफ्नो उपस्थिति देखाउन सकेको छैन । 
यस्तै भएको संख्याका प्रहरीसंग उपकरण छैन । अपराध भएको ठाउँमा जानका लागि प्रहरीले सार्वजनिक यातायतको सहारा लिनु पर्ने वाध्यता छ । सार्वजनिक यातायतमा ठाउँ भएन भने उभिएर वा झुण्डिएर पनि यात्रा गर्न वाध्य हुन्छ प्रहरी । यदि समयमै घटनास्थल पुग्दैन भने प्रमाण नष्ट हुने खतरा छ, अपराधी भाग्ने डर छ, समयमै पुग्नका लागि साधन छैन, अनि झुण्डिनु प¥यो । यदि प्रत्येक प्रहरी ईकाईमा यातायतको साधन हुने हो भने प्रहरीले आफ्नो गतिबिधि बढाउन सक्छ । 
प्रहरीसंग अपराध अनुसन्धानका लागि आवश्यक पर्ने अन्य उपकरणहरुको पनि कमी रहेको छ । यो बैज्ञानिक युगमा पनि  प्रहरीले संकास्पद् व्यक्तिलाई खोरमा ल्याएर डण्डा देखाउनु पर्ने वाध्यता छ । बल प्रयोग ग¥यो अदालतमा गएर बयान बदल्छ, नगरे मरे बोल्दैन यस्तो अवस्था पनि प्रहरीलाई समस्या छ ।   अपराध अनुसन्धानका आधुनिक उपकरणहरु भए सहजै अपराधी पत्ता लाग्छ र प्रहरी जनतामा आफ्नो उपस्थिति देखाउन सक्छ । 
यस्तै प्रहरीमा अपराध अनुसन्धानको सीप पनि कम छ, जिल्लास्तरमा थोरैको संख्यामा मात्रै अपराध अनुसन्धानको ज्ञान भएका प्रहरी कर्मचारीहरु छन् । ति प्रहरीहरुलाई पनि कहिलेकही भिआईपीको  सुरक्षा, दङ्गा नियन्त्रण, प्राकृतिक प्रकोमा उद्दार, नियमित गस्तीमा जनु पर्ने वाध्यता छ । त्यसकारण उसले पुरै दिमाग   अपराध अनुसन्धानमा मात्रै खर्च गर्न सकेको अवस्था छैन । 
सवैभन्दा ठुलो कुरा नेपाल प्रहरी आफैमा स्वतन्त्र छैन । यदि नेपाल प्रहरी आफैमा स्वतन्त्र हुने हो भने यसले अपराध नियन्त्रणमा निकै ठुलो प्रगति गर्ने थियो । हाल उपलव्ध स्रोत साधन र मानवीय शक्तिको मात्रै स्वतन्त्रपूर्वक प्रहरी प्रयोग गर्न पाउने हो भने पनि अपराधका धेरै घटना नियन्त्रण हुन्छन् । प्रहरीले अभियुक्त समात्न पाएको हुँदैन, मन्त्रीहरु, नेताहरु, उच्च पदस्थ कर्मचारीहरु, समाजका प्रतिष्ठित व्यक्तिहरु र स्वयं प्रहरीको माथिल्लो दर्जाका कर्मचारीहरु समातेको मान्छे छोड्नका लागि दवाव दिन्छन् । अनि कसरी हुन्छ त अपराध नियन्त्रण ? ‘अपराध अपराध गरेपनि एक फोनको भरमा छुट्छ’ भन्ने सन्देश समाजमा गएको छ । त्यसकारण प्रहरी अपराध नियन्त्रणमा असफल देखिएको हो ।

थप समाचार 

बालश्रमिक राख्नेमा नेता देखि प्राध्यापकसम्म 

अभिभावक भन्छन् ः गाउँमा बिद्यालय छैन  


‘मैले छोराछोरी बढी भएर अर्काकोमा काम गर्न पठाएको हैन, गाउँमा स्कुल छैन अनि के गर्नु  ? यता साहुँ जीले पढाई दिन्छु भन्नु भएको छ, त्यसैले पठाएको हुँ ।’ 
डोटी जिल्ला सदरमुकाम सिलगढीमा घरेलु बालश्रमिक भएर काम गर्दै आएका दिपायल सिलगढी नगरपालिका–९ का १४ बर्षीया शिववहादुर साउँदका बुवा कमल साउँदले गाउँमा बिद्यालय नभएका कारण छोराछोरीलाई अर्काको घरमा काममा पठाउनु परेको वताए । ‘उहाँले (बालश्रमिक राख्ने मालिकले) साँझ बिहान घरमा पनि काम गर्छ दिउसो बिद्यालय जान्छ,   तेरो छोरा पठाईदे भन्नु भयो’ कमल भन्छन् ‘जिल्ला सदर–मुकाममा भएपछि दुई अक्षर पढ्ला र आँखा कान उघ्रिएला भनेर पठाएको हुँ ।’ कमलका दुई छोरी जिल्ला सदरमुकाममा बालश्रमिक छन् । 
कमल जस्तै भाषा बोल्छन् अर्का बालश्रमिक लहरी साउँदका बुवा दलवहादुर साउँद । उनी भन्छन् ‘गाउँमा कक्षा ५ सम्मको मात्रै बिद्यालय भएकोले माथिल्लो शिक्षा लिनका लागि जिल्ला   सदरमुकाम पठाउनु परेको हो ।’ जिल्ला सदरमुकाममा डेरा गरेर छोराछोरी राख्न मेरो आर्थिक अवस्थाले सक्दैन त्यसैले उहाँको घरमा राखेको छु ।’ 
गाउँमा बिद्यालय भएको तर शिक्षकहरु नभएको एक अर्का अभिभावकले भने । ‘मैले चार बर्षसम्म बिद्यालय पठाए छोरालाई तर पढ्न जानेन्’ उनी भन्छन् ‘तर यता पठाएपछि तीन महिनामै उसले राम्रोसंग लेखपढ् गर्न सिकेको छ ।’ गाउँमा भएको बिद्यालयमा राम्रो पढाई नहुने गरेको, गाउँदेखि बिद्यालयसम्म जाने बाटो राम्रो नभएको र बिद्यालय टाढा भएकोले छोरा छोरीलाई काम गर्दै पढ्दै गरुन भनेर अर्काको घरमा राखेको अभिभावकहरुको भनाई छ । 
दिपायल सिलगढी नगर–पालिकाले आयोजना गरेको जिल्लाका स्थानीय तहका प्रमुखहरु, श्रमिक बालबालिकाका अभिभावकहरु र श्रमिक बालबालिकाहरुबीच अन्तरक्रिया कार्यक्रममा सहभागि अभिभावहरुले उक्त गुनासो पोखेका हुन । 
जवाफमा नगरप्रमुख मञ्जु मलासीले कुनै पनि वहानामा बालश्रमिक राख्न नपाउने बताउँदै गाउँमा भएको बिद्यालयको गुणस्तरको बारेमा तत्काल अध्ययन गर्ने र आवश्यक ठाउँमा नयाँ बिद्यालय समेत स्थापना गर्ने बताईन । उनले भनिन् ‘म नगरपालिकाका सवै बस्तीहरुमा पुगेकी छु, तपाईहरुले यहाँ उठाउनु भएको जस्तो समस्या मैले कुनै पनि ठाउँमा देखेकी छैन, यदि त्यस्तो छ भने म तत्काल सुधार गर्छु । 
नेतादेखि प्राध्यापकसम्मको घरमा बालश्रमिक 
जिल्ला सदरमुकाममा बसोबास गर्ने उच्च तहका कर्मचारीहरु र नेताहरुले पनि बालश्रमिक राखेका खुलेको छ । डोटी क्याम्पसमा अध्यापन गर्ने प्राध्यापकहरु, पूर्व जनप्रतिनिधि–हरु, अधिकृतस्तरका कर्मचारीहरु, गैरसरकारी संस्थाका पदाधिका–रीहरुका घरका समेत बालश्रमिक रहेको उक्त अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले जानकारी दिएका छन् । नगर–पालिकाभित्रै काम गर्ने कर्मचारीहरुले समेत बालश्रमिकहरु राखेको खुलेको छ । 
बिहान ५ बजे उठ्छन् श्रमिक बालबालिकाहरु 
अन्तरक्रिया कार्यक्रममा सहभागि श्रमिक बालबालिकाहरुले बिहान ५ बजेदेखि उठेर काम गर्नु परेको दुखेसो पोखेका छन् । बिहानै उठेर आँगन सफा गर्नेबाट आफुहरुको श्रम सुरु हुने उनीहरु बताउँछन् । ‘५ वजे नउठे आण्टीले (मालिक) गाली गर्नु हुन्छ, छिटो उठ् भन्नु हुन्छ’ एक बालकले भने ‘अव त ५ वजे उठ्ने बानी परिसकेको छ ।’
उनी राती १०/११ बजे मात्रै सुत्न पाईने गरेको  बताउँछन् । आँगन सफा गर्नु पर्ने, खाना पकाउनु पर्ने, भाँडा धुनु पर्ने, लुगा धुनु पर्ने, भारी बोक्नु पर्ने जस्ता कार्यहरु गर्ने गरेको श्रमिक बालबालिकाहरु बताउँछन् ।
आफुहरु पनि घरमै आमा बुवा र भाईबहिनीहरुसंग रमाउन चाहेको तर श्रमिक बस्नु पर्दा दुःख लागेको उनीहरु    बताउँछन् । 
मालिकको नाम नामेसी सार्वजनिक गरिने 
दिपायल सिलगढी नगरपालिकाले बालश्रमिक राख्ने व्यक्तिको नाम नामेसी सहितको बिवरण सार्वजनिक गर्ने तयारी गरेको छ । 
नगरपालिकाका सामाजिक बिकास अधिकृत रमेशचन्द्र जोशीले भने ‘हामी पहिले उहाँहरुलाई बोलाएर बालश्रमिक नराख्न आग्रह गर्छौं, यदि त्यति गर्दा पनि मान्नु भएन भने सञ्चारमाध्यमबाट उहाँहरुको नाम सार्वजनिक गर्ने भन्ने सल्लाह भएको छ ।’ उनले बालश्रमिक राख्ने परिवारलाई नगरपालिकाबाट प्रदान गर्ने सेवा सुबिधा रोक्ने गरी कानुन बनाउन लागिएको समेत जानकारी    दिए । 

अनुमति बिनाका व्यवसायलाई कारवाही हुने

रोजेन्द्र जोशी/सिलगढी
असोज ८
तपाईले सञ्चालन गरेको व्यवसाय बिधिबत् रुपमा दर्ता गर्नु भएको छ ? छैन भने समयमै सम्वन्धित निकायमा दर्ता गराएर व्यवसायिक अनुमति लिनुहोस् । नत्र नगरपालिकाको कारवाही भोग्नु  पर्ला । 
दिपायल सिलगढी नगरपालिकाले विना अनुमति सञ्चालनमा व्यवसायहरुलाई कारवाही गर्ने भएको छ । २०७४ असोज २३ गते दिपायल सिलगढी नगरपालिका–६ बस्ने तिर्थ वहादुर सिंहले न्यायिक समितिमा नगरक्षेत्रभित्र विभिन्न व्यवसायहरु विना दर्ता कानून विपरित सञ्चालनमा रहेकाले तिनीहरुमाथी कारवाही गरि पाउँ भनी दिएको निबेदनलाई सम्वोधन गर्न नगरपालिकामा आयोजना गरेको सर्वपक्षीय बैठकले कानून विपरित सञ्चालनमा रहेका व्यवसायहरुलाई कानूनको दायरामा ल्याउनु पर्ने भनी नगरपालिकालाई सुझाब दिएको  थियो । सोहि सुझाब अनुसार पहिलो पटकमा त्यस्ता व्यवसायीहरुको पहिचान गर्ने र कानुनी सम्मत व्यवसाय सञ्चालन गर्न निर्देशन दिने, दिएको निर्देशन नमाने कानुन सम्मत कारवाही गरिने नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक शिवराज खड्काले जानकारी दिए । 
नगरपालिका क्षेत्रमा रहेका मुख्य वजार सिलगढी र दिपायल क्षेत्रमा तत्काल अध्ययन अनुगमन गरिने नगरप्रमुख मञ्जु मलासीले बताईन । पहिलो चरणमा अनुगमन गरि दर्ता नै नभएका व्यवसायहरुलाई दर्ता गर्न अनुरोध गर्ने र अटेरी गर्नेलाई कानुन बमोजिम कारवाही गरिने भएको हो । 
अनुमति बिना सञ्चालनमा रहेका पसलहरु लगायत बजार अनुगमन गर्न नगरपालिकाले सरकारी कार्यालयका प्रतिनिधि, सञ्चारकर्मी, नागरिक समाज सहितको कार्यादल समेत गठन गरेको नगरपालिकाले जनाएको छ । 
नगर क्षेत्रमा दर्जनौंको संख्यामा विना दर्ता व्यवसायहरु र मदिरा पसलहरु सञ्चालनमा रहेको अनुमान छ ।

स्वास्थ्य सेवामा परनिर्भरता बढ्दो

सरकारी आँकडा अनुसार ७ नं. प्रदेशको स्वास्थ्य क्षेत्रमा निकै धेरै प्रगति भएको देखिएपनि वास्तविकतामा भने यस क्षेत्रको स्वास्थ्य सेवा परनिर्भर रहेको छ । 
स्वास्थ्य मन्त्रालयले हरेक बर्ष सार्वजनिक गर्ने प्रगतिमा मुलुकभरीका ‘उत्कृष्ट १०’ भित्र ४ देखि ५ वटा प्रदेश नम्वर ७ का जिल्लाहरु पर्ने गरेका छन् । तर यस प्रदेशका वासिन्दाले सामान्य उपचारका लागि पनि परनिर्भर हुनुपर्ने बाध्यता बढ्दै गएको छ । ६ सय बढि स्वास्थ्यकर्मीको दरबन्दी रिक्त हुँदा र दशकौ. पहिलेको जनसंख्यालाई आधार मान्दै स्थापना गरिएका अस्पताल  स्तरोन्नती नहुँदा प्रदेशमा स्वास्थ्य सेवाका लागि परनिर्भरता बढ्दै गएको हो । 
एक उपक्षेत्रीय अस्पताल, २ अञ्चल अस्पताल, ६ जिल्ला अस्पताल सहित १३ अस्पताल र अन्य स्वास्थ्य चौकीहरुका लागि चौथो तहदेखि ११ औँ तहसम्मका तीन हजार एक सय ७७ जनाके स्वीकृत दरबन्दी छ । यिमध्ये ६ सय बढि दरबन्दी रिक्त रहेका छन् । अधिकांस रिक्त पद चिकित्सकहरुको रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले बताए । उनका अनुसार सरकारले यो क्षेत्रबाट स्वास्थ्यकर्मी सरुवा गरेर अन्य प्रदेश लैजाने दर बढि र प्रदेश ७ मा सरुवा भएर आउने दर कम भएकाले दरबन्दी पुर्तिमा ठुलो समस्या   छ । विकासका पूर्वाधारमा सबैभन्दा पछाडि परेको यस प्रदेशमा सरकारी तथ्याँकमा भने स्वास्थ्य क्षेत्रमा फड्को मारिरहेको  छ । तर पहाडी जिल्लाका बासीन्दाले सामान्य उपचारका लागि पनि सेती अञ्चल अस्पताल र अन्य क्षेत्रका अस्पतालमा धाउनुपर्ने बाध्यता बढ्दै गएको छ । यस्को मुख्य कारण दशकौ पहिलको जनसंख्यालाई आधार मान्दै स्थापना गरिएका अस्पतालको स्तरोन्नती नहुनु हो, निर्देशक अवस्थीले भने ।

देश र जनतालाई केन्द्रमा राखेर कामगर्न आग्रह

टेकेन्द्र देउवा/धनगढी
असोज ८
७ नं. प्रदेश प्रमुख मोहनराज मल्लले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न जनप्रतिनिधिहरुसंग आग्रह गरेका छन् ।
धनगढीमा आयोजना गरिएको ‘जेष्ठ नागरिकसंग एक दिन’ भन्ने कार्यक्रममा बोल्दै प्रदेश प्रमुख मल्लले यस्तो आग्रह गरेका हुन । ‘संघीयता नयाँ अभ्यास हो सबै सिकेर अगाडी बढ्दै छौं’ प्रदेश प्रमुख मल्लले भने ‘नौलौ अभ्यास भएकाले सिक्दै अगाडी बढ्नु   होस ।’ 
उनले अप्ठेरोमा बिचलित हुनुभन्दा दृढ भएर अगाडी बढ्न सबैसंग आग्रह गरे । हिजोको ब्यबस्था र अहिलेको ब्यबस्था केहि फरक भएकाले ब्यबस्थामा भएका प्रावधान अनुसार चल्न पनि उनले आग्रह गरे ।
जेष्ठ नागरिकहरुबाट अहिलेको पिढीले धेरै कुरा सिक्न सक्ने बताए । ‘हामीसंगै काम गरेका धेरै ब्यक्तिहरु सम्झनामा मात्रै छन्’ मल्लले भने ‘यहाँहरु बाचेका भएर भेट हुने अबसर जुट्यो ।’ उनले आफुहरुसंग भएको सीप, कला, पुस्तौली ज्ञान, नयाँ पिढीलाई सिकाउन जेष्ठ नागरिक संग अनुरोध गरे ।

छोटकरी समाचार 

मोटर साईकल ठक्करबाट बालकको मृत्यु

डोटी जिल्ला शिखर नगरपालिका(१० मा मोटरसाईकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । 
स्थानीय चक्र वहादुर बलायरका ७ बर्षीया छोरा बिपिन बलायरको मृत्यु भएको हो । केआईसिह गाउपालिका–४ वायल निवासी २६ बर्षीय लक्ष्मण प्रसाद पाण्डेले चलाएको से १ प ३२४४ नम्वरको मोटर साईकलले ठक्कर दिँदा गम्भिर घाइते भएका बिपिनको उपचारका लागि नेपालगंज लैजाने क्रममा बाटोमा मृत्यु भएको थियो ।

वडा कार्याल य बन्द

दिपायल सिलगढी नगरपालिका वडा नं. १ तिखाको कार्यालयमा कर्मचारी सरुवाको विषय लिई लगाईएको ताला अझै खुल्न सकेको छैन । 
वडा कार्यालयमा कार्यरत सचिब बुध्दि सिं खड्कालाई नगरपालिकाले आफ्नै कार्य क्षेत्रमा पर्ने वडा नं. ८ को कार्यालय लडागडामा सरुवा गरिएको भन्दै कार्यालयमा तालाबन्दी गरिएको बताईएको छ । 
हिजो दिनको १२ बजेको समयमा १०, १२ जनाको समूह आई कार्यालयमा तालाबन्दि गरेको बडा अध्यक्ष वहादुर खड्काले जानकारी दिनु भएको छ । 
स्थानीय तहमा रहेका कर्मचारीहरुलाई एक स्थानबाट अर्काे स्थानमा आफ्नै कार्यालयमा सरुवा गर्दा कार्यालय नै बन्द गर्नु पर्ने कुनै कारण नभए पनि अराजक समुहले बन्द गर्दा स्थानियहरु मारमा परेको अध्यक्ष खड्काले बताउनु भयो । कार्यालय बन्दहुदा सेवाग्राहीहरु मारमा  परेका छन् ।

खेल समाचार 

लिटिल फ्लावर प्रमियर लिगको तयारी सुरु

नवराज पनेरु/धनगढी
असोज ७
कार्तिक २७ गतेदेखि धनगढीमा सञ्चालन हुने निष्ट लिटिल फ्लावर प्रमियर लिगको तयारी सुरु भएको छ ।
पहिलो र दोस्रो संस्करणपछि निष्ट लिटिल फ्लावर प्रिमियर लिग–२०७५ को तयारी थालिएको शनिबार धनगढीमा अयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । संघीय प्रहरी कार्यालय प्रदेश नम्वर ७ को खेल मैदामा हुने प्रतियोगितामा देशभरका १६ वटा विद्यालयले भाग लिने आयोजक संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीले बताए । त्यसमा सम्वन्धित विद्यालयका विद्यार्थी खेलाडी वाहेक पाँच जना बाहिरबाट १९ बर्ष मुनीका खेलाडी पनि राख्न पाईनेछ । 
विद्यार्थीहरुलाई उमेर समुहका खेलाडीसँग खेलाएर उनीहरुको प्रतिभालाई अझ तिखार्न मदत्त मिलोस् भन्नका लागि त्यस्तो गरिएको अध्यक्ष शाहीले बताए । प्रतियोगिताको विजेताले एक लाख ११ हजार एक सय ११ प्राप्त गर्नेछ । उपविजेताले ५५ हजार पाँच सय ५५ नगदका साथै ट्रफी पाउने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार, उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट वलर र उदयमान खेलाडीलाई नगद पाँच हजार सहित ट्रफी प्रदान गरिने प्रतियोगिताका संयोजक भुपिसिंह धामीले बताए ।  
प्रत्येक खेलको म्यान अफ द म्याच अन्तर्गत लिग चरणमा प्रति खेल नगद एक हजार, नकआउट चरणमा प्रति खेल नगद एक हजार पाँच सय र फाईनलमा नगद दुई हजार ट्रफी, प्रमाणपत्र र पुरस्कार दिईने उनले बताए । 
तेस्रो संस्करणको पुरस्कार राशी अघिल्ला दुई संस्करणभन्दा दोब्बर बढी बढाईएको हो । गत बर्ष भएको दोस्रो संस्करणको विजेतालाई नगद ५० हजार ट्रफी सहित प्रमाणपत्र, उपविजेतालाई २५ हजार नगद सहित ट्रफी प्रदान गरिएको थियो । पहिलो संस्करणमा विजेतालाई नगद २५ हजार र उपविजेतालाई १५ हजार दिईएको थियो । हरेक वर्ष धनगढी वाहिर ख्यातिप्राप्त विद्यालयको सहभागी र पुरस्कार राशी वढाउँदै लगेका आयोजक सस्कार क्रिकेट एकेडेमीका अध्यक्ष शाहीले बताए । 
घर वलियो वनाउनका लागि जग वलियो हुनुपर्छ भनेझैं नेपाली क्रिकेटको भविष्य वलियो वनाउनका लागि उनीहरुलाई कलिलो उमेरदेखि नै क्रिकेटमा परिपक्क बनाउने र सक्षम खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरेको उनले बताए । मुख्य प्रायोजक निष्ट कलेज लैनचौर काठमाडौँ रहेकोमा दोश्रो पुरस्कार गुरुकुल एकेडेमीले प्रायोजन गरेको छ । 
निष्ट कलेजका सस्थापक प्रिन्सिपल डा माधव प्रशाद बरालले धनगढीमा क्रिकेटको क्रेज देखेर लगानी गरेको   बताए । निष्ट कलेजले देशभरीका विभिन्न क्षेत्रमा फरक–फकर खेलकुदमा लगानी गर्दै आएको छ । यस्तै शम्भु पुस्तक भण्डार, मयूर ईङलीस बोर्डिङ हाईस्कुल, सुलभ बुक्स एण्ड स्टेशनरी धनगढी, ईमेज बुक्स एण्ड स्टेशनरी र  मृग गारमेन्ट्स चटकपुर कैलालीले पनि प्रतियोगिता सञ्चालन गर्न सहयोग गर्नेछन् । 

चलचित्र/मनोरञ्जन 

अस्करका लागि पञ्चायत

नागरिक दैनिकबाट  
अमेरिकाको लसएञ्जल्सस्थित डल्बी थिएटरमा हुने ९१ औं संस्करणको ‘अस्कर अवार्ड’मा नेपालबाट फिल्म ‘पञ्चायत’ छनौट भएको छ । सन् २०१९ फेब्रअरी २४ मा हुने अवार्डमा यो फिल्मले ‘उत्कृष्ट विदेशीभाषी फिल्म’ को विधामा अन्य देशबाट छानिएका फिल्मसँग प्रतिष्पर्धा गर्नेछ ।
एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अम्पास) को मान्यता प्राप्त नेपाल छनोट समितिले अभिनेत्री नीता ढुंगानाको फिल्म ‘पञ्चायत’ लाई छानेको हो। समितिमा अस्करका लागि ‘पञ्चायत’सँगै ‘तान्द्रो’, र ‘माइ लभ’ पनि प्रतिष्पर्धी थिए ।
समितिद्वारा जारी विज्ञप्तिमा तीनवटै फिल्मले सबै मापदण्ड पूरा गरे पनि प्राविधिक, कथ्यको प्रस्तुति,       चरित्रहरूको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मक बनोटलाई आधार मानेर फिल्म ‘पञ्चायत’ छनौट भएको जनाइएको छ ।
२०७४ असोज १५ गते पछि र २०७५ साल असोज १४ गते अघि नै सार्वजनिक प्रदर्शन भएका फिल्मले नेपालको छनोट चरणमा सहभागी हुन पाउने प्रावधान थियो ।
समितिमा विमल पौडेल अध्यक्ष तथा चिरञ्जीवी गुरागाईं सचिव, लक्ष्मीनाथ शर्मा, प्रदीपकुमार उपाध्याय, राजेन्द्र शलभ, राजुविक्रम थापा, लोकेन्द्र पराजुली र सामीप्यराज तिमल्सेना सदस्य छन् ।
शिवम अधिकारीको लेखन तथा निर्देशनमा बनेको फिल्मले  ५० वर्ष अघिको सामाजिक संरचना र त्यो समयका किशोरीको यौन मनोविज्ञानलाई समाजले हेर्ने दृष्टिकोण  देखाइएको छ । फिल्ममा सरोज खनाल, रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको पनि अभिनय छ ।

“भैरवी” बाट प्रदीप आउट ?

फिल्मी खवर
अभिनेता प्रदीप खड्कालाई लिएर फिल्म बनाउन चाहने निर्माता÷निर्देशकको लाइन कति लामो होला ? दिनहुँ आउने फिल्मको प्रस्तावले नै यसको जवाफ   दिन्छ । बढ्दो क्रेजले पनि उनतर्फ धेरै मेकर्सको आँखा छ । तर, एक फिल्मको हकमा निकै अनौठो भएको छ । 
करीब १ वर्ष अगाडि ’कृ’ निर्माता सुबास गिरीले ’भैरवी’ निर्माण गर्ने जानकारी मिडियामाझ गराएका थिए । दिनेश राउतको निर्देशनमा लिड हिरो प्रदीप खड्का हुने पक्का भएको थियो । हिरोइनमा साम्राज्ञी आरएल शाहसँग मौखिक समझदारी पनि भएको थियो । 
पछि फिल्म ’कायरा’ गर्नुपर्ने कारण देखाउँदै साम्राज्ञीले उक्त फिल्म नगर्ने निर्णयमा पुगिन् । त्यसपछि निर्माता गिरीको नजर ’लिलिबिली’ फेम्ड अभिनेत्री जसिता गुरुङतर्फ मोडियो । अब गेममा निकै ठूलो ट्विस्ट आएको छ । फिल्ममा लिड रोलमा अनुबन्ध भएका हिरो नै  बाहिरिने सम्भावना बढेको छ । 
लगभग फिल्मबाट प्रदीप आउट हुने सम्भावनाको पल्ला भारी हुँदै गएको छ । स्रोतले दिएको जानकारी अनुसार, सो फिल्म साइन गर्दा उनले निर्माता गिरीसँग ’रोज’ बाहेक अरु फिल्म तत्काल नगर्ने सम्झौता गरेका थिए । तर, उनी हालै फिल्म ’लभ स्टेशन’ मा अनुबन्ध भए । लगालग फिल्म गर्दा अब ’भैरवी’ निर्माताले उनको विकल्प खोज्न थालेको चर्चा छ ।

लेख 

दलाल पुँजीवाद र संकटको पुनरुत्पादन

घनश्याम भुषाल

आर्थिक आधारमा हुने परिवर्तनले ढिलो वा चाँडो सम्पूर्ण उपरिसंरचनामा परिवर्तन ल्याउँछ । त्यस्तो   रुपान्तरणको अध्ययन गर्दा आर्थिक उत्पादनका अवस्थाहरुको भौतिक रुपान्तरण ...र...‘‘विचारधारात्मक रुपहरुमा ध्यान दिनुपर्छ, जुन अन्तरविरोधहरुका बारेमा मानिस सचेत हुन्छन् र त्यस अन्तरविरोधको हिसाब–किताब चुक्ता गर्छन् । जसरी कुनै व्यक्तिले आफ्नै बारेमा के सोच्दछ भनेर हामीले उसका बारेमा विचार बनाउँदैनौँ, त्यसैगरी रुपान्तरणको खास अवस्थालाई त्यही समयको चेतनाको आधारमा निरुपण गर्न  सक्दैनौँ । बरु त्यस समयको चेतना स्वयंलाई वस्तुगत जीवनका अन्तरविरोधहरु अर्थात् विद्यमान उत्पादक शक्तिहरु र उत्पादन सम्बन्धका अन्तरविरोधहरुका आधारमा व्याख्या गरिनुपर्छ । – कार्ल माक्र्स
नेपाल दश वर्षमा, विस वर्षमा कहाँ पुर्याइने छ भनेर किटानी गरिएका चुनावी घोषणापत्र, निर्मला हत्याको रहस्यले रन्थनिएको गृहमन्त्रालयका वक्तव्यहरु, स्वस्थानी कथाका प्रभावमा परेका क्रान्तिकारीहरु, कसरी एउटा टाँगावाल किनारीकृत हुँदै जान्छ भन्ने ‘उलार’, राजनीतिक नेताहरु र आन्दोलनको क्षयीकरणमा प्रकाश पार्ने ‘दुर्भिक्ष’ र ‘हजार माइलको बाटो’, पहिचान, विभेद र संघर्षका ‘दमिनीभीर’, संघर्ष–खासगरी महिला संघर्षका जीवन्त चित्रणका ‘भूइँया’, जीवनभित्र यौन हो कि यौनभित्र जीवन हो नछुटिने वादी जीवनका ‘नथिया’ जस्ता उपन्यास–गैर उपन्यास कृतिहरु, वैदेशिक रोजगारीका ‘सुन साइली.., ‘बोल माया’ जस्ता गीतहरु, ‘बिसेनगर्ची’, ‘भोकको क्षेत्रफल’जस्ता कविता, सार्वभौम भई मेची–काली फैलिएका नेपालको राष्ट्र गान, काठमाडौंको वैचारिकीमा हस्तक्षेप गर्न सक्नेगरी अझै संगठित नभइसकेका तर सुन्न सकिने कर्णाली र मधेशका सुस्केराहरु, माओवादी विद्रोहले जन्माएका लिखित–अलिखित संस्मरण, कथा, कविता लगायत फिल्म, नाटक र अन्य विधाको साहित्य, संविधानको स्वागत र विरोधमा दिइएका वक्तव्यहरु, विश्व विद्यालयका उपकुलपति हवाईअड्डाबाट गिरफ्तार भएका समाचार, कृति चोरीको आरोप लागेका विश्वविद्यालयका पदाधिकारी, धामी–झाँक्रीका कथा, आफ्नो विरामी छोराको उपचारका लागि अर्को बालकलाई देउताका लागि भोग चढाएका घटनाजस्ता अरु अनगिन्ती विरोधाभाषहरुले बनेको छ हाम्रो आज । यो हाम्रो राष्ट्रिय जीवनको विचारधारात्मक तह हो ।
आयात–निर्यातको अनुपात १५ः१ भएको, ६७ प्रतिशत जनसंख्या कृषिमा रहेको तर राष्ट्रिय आयमा २७ प्रतिशत मात्रै योगदान भएको, हुर्केका हरेक ६ जना छोरा–छोरी मध्ये १ जना खाडी, मलेसिया वा अन्य मुलुकमा काम गर्दै गरेको, मुलुकको संविधानमा समाजवाद उन्मुख लेखिएको, हरेक राजनीतिक परिवर्तनपछि एउटा वर्ग नयाँ वर्गमा उक्लिएको, सरकारको मुख्य नारा ‘सुखी नेपाली, समृद्ध नेपाल’ भएको, १० करोड वैदेशिक लगानी ल्याएको एनसेलले करिब ५३ अर्व रुपैँया कर छली गरेको, हरेक सरकारले भ्रष्टाचार विरुद्ध ‘शुन्य सहनशीलताको नीति लिएको’, कर उठाउने निकायले अरबौंको कर छली गरेको, तर २ सय रुपैँया ऋण तिर्न नसकेको कसुरमा किसान जेल चलान भएको, ७ जना ठेकेदारले मुलुकका सबै ठूला ठेक्का कब्जा गरेको, खोला–खानी ढुंगा आदिमा लुट, स्वास्थ्य शिक्षामा राजनीतिक नेता–कार्यकर्ताको संलग्नता, लोकमान–गोपाल पराजुली–दीगम्बर जस्ता ठूला, आकर्षक र रणनीतिक नियुक्तिहरु, ठूला आयोजनाको किनबेच, माथिदेखि तलसम्मका राजनीतिक, प्रशासनिक संयन्त्र, पेशागत क्षेत्रका समेतको ठूलो संख्या ‘अन्य धन्दा’ बाट मालामाल भइरहेको, सम्भवतः राजनीतिकहरु, कर्मचारीतन्त्र, पेशागत वकिल–डाक्टर, पत्रकार, व्यापारीहरको ठूलो संख्या गैर पेशाग तरव्यवसायिक श्रोतहरुबाट बाँचेको परिस्थिति हाम्रो समाजको मूलभूत कानूनी–राजनीतिक तह हो । यसको आधारमा दलाल पुँजीवाद छ ।
दलाल पुँजीवाद के हो ?
पुँजीवाद एकपटक जन्मिएपछि सँधै अजम्मरी हुने सामाजिक बनोट होइन । अर्थात् यसले आफूलाई जन्माइ–रहन्छ । त्यसको अर्थ पुँजीवादले आफ्नो लागि उत्पादक शक्ति र उत्पादन सम्बन्ध जन्माइरहनु पर्छ । उत्पादक शक्ति भनेको श्रम र औजारहरु हुन् भने उत्पादन सम्बन्ध भनेको उत्पादन प्रक्रियामा कसको हैसियत कस्तो हुन्छ भन्ने व्यवस्था हो । सम्पत्तिमा स्वामित्वले उत्पादन सम्बन्धलाई निर्धाति गर्छ । उत्पादक शक्तिले उत्पादन सम्बन्धलाई प्रभावित एवं विस्तारित गर्छ भने उत्पादन सम्बन्धले उत्पादक शक्तिलाई संरक्षण एवं सम्बद्र्धन     गर्छ । तर आर्थिक जीवनमा यस्तो यस्तो अवस्था आउँछ जहाँ पुँजीवादी उत्पादन सम्बन्ध जन्मिरहेको हुन्छ ः श्रमिकले श्रम गरिरहेको हुन्छ, पुँजीपतिको नाफा बढीरहेको हुन्छ तर न श्रमको उत्पादकत्व बढ्छ न त औजारहरु नै विकासित हुन्छन् । एक अर्थमा त्यहाँको उत्पादन प्रक्रिया विकृत हुन्छ । वस्तुत त्यहाँको श्रम र कच्चा पदार्थले अर्कै समाजको उत्पादक शक्तिको विकास हुन्छ । यहाँको श्रम र कच्चा पदार्थको निर्यात व्यापार गर्नु, बाह्य वस्तुको आयात व्यापार गर्नु र उत्पादन प्रक्रियालाई नियन्त्रण गर्नु त्यस्तो पुँजीको मुख्य काम हो । सङ्क्षेपमा, समाज नाफा र ज्यालामा आधारित त हुन्छ तर पुँजीले परम्परागत कृषि श्रमलाई उद्योगमा ल्याउँदैन । यस्तो पुँजी दलाल पुँजी हो ।
दलाल पुँजीले आफु अनुकूल राजनीतिक तथा कानूनी व्यवस्था बनाउँदै जान्छ र समाजलाई आफ्नो आलिङ्गनमा बाँध्दै लान्छ । उद्योगको बाधकका रुपमा यो स्थापित हुँदै जाने भएकोले औद्योगिक पुँजीवादले खेल्ने क्रान्तिकारी भूमिका यसले खेल्दैन, तर स्वयं औद्योगिक पुँजीवादको प्रतिक्रियावादी चरित्र भने यसले अँगालेकै हुन्छ । यसले राजनीतिक पार्टीका नेता–कार्यकर्ता, तिनका वर्गीय सङ्गठनहरु, जनताको सार्वभौसत्ताको अभ्यास हुने संसद, सरकारका मन्त्रीहरु, न्यायाधिश, कर्मचारीतन्त्र, वकिल, पत्रकार, इन्जीनियर, डाक्टर, शिक्षक लगायत सबैलाई आफ्नो प्रभाव क्षेत्रमा ल्याउँछ । अर्थात् ती सबैलाई गच्छे अनुसारको कमिशनजीवीमा रुपान्तरित गरिदिन्छ । जनसंख्यालाई भूमिबाट उखेल्नु तर उद्योगमा आउन नदिनु आम बेरोजगारी सिर्जना गर्नु यसको मुख्य चारित्रिक विशेषता हो । आन्तरिक उत्पादनमाथि बाह्य उत्पादनको प्रभुत्वलाई स्थापित गर्ने क्रममा त्यस प्रक्रियालाई सुरक्षित गर्न आन्तरिक राजनीतिक प्रक्रियामाथि बाह्य राजनीतिक प्रक्रियाहरुको बर्चस्व स्थापित गर्न समेत तयार हुन्छ ।
दलाल पुँजीवाद ः सङ्कटको पुनरुत्पादन
दोश्रो विश्वयुद्धपछि सुरु भएको ‘विकास’को विश्वव्यापी प्रवाहमा भर्खर स्वतन्त्र भएका गरिब मुलुकहरु नै पछि परे । विकसित पुँजीवादी मुलुकहरु नाफामा भए । जुन मुलुकले परम्परागत उद्योगलाई आधुनिक उद्यममा रुपान्तरित गरे, आवश्यक पुँजी–प्रविधिको जोरजाम गरे, भूमिसुधार गरे ती केही मुलुक अगाडि बढे । विकासतर्फ लागे । नेपालमा भने त्यो भएन । ०७ साल अघि नै उपभोग्य सामानको बजार मुख्यतः विदेशी आयातमा आधारित भइसकेको थियो । आयात प्रतिस्थापन–निर्यात प्रवर्धन भनेर स्थापना गरिएका सार्वजनिक संस्थानहरु सबैजसो विदेशी अनुदानमा स्थापना गरिए ।
भूमिसुधारको असफलताले गर्दा ती संस्थानहरुलाई केन्द्र बनाएर फैलिन सक्ने आर्थिक उत्पादनको नयाँ प्रक्रिया पनि अवरुद्ध भयो । विश्व पुँजीवादी विकासले दरबार र भारदारको खर्च भने बढायो । त्यसका लागि दरबार तिनै सार्वजनिक संस्थानमा टाँसिन थाल्यो । भूमिसुधारको प्रयोगले राज्यलाई जिल्लासम्मै पु¥यायो । शिक्षा, स्वास्थ्यको प्रचारले शिक्षक र स्वास्थ्यकर्मी, कर्मचारी, सैनिक र पुलिसको संख्या ह्वात्तै बढ्यो । तर यो संयन्त्र आर्थिक उत्पादनसँग जोडिएन । परम्परागत व्यापारी–उद्योगी घरानाहरु पनि बहुराष्ट्रिय निगमको प्रतिनिधि बन्ने होडमा लागे ।
हिजो कृषिमा आधारित सामन्ती दरबार अब बाहिरको उत्पादन ल्याएर बेच्ने नयाँ–पुराना व्यापारी, ठूला कमिशनखोर हाकिमहरुको दलाल पुँजीवादी गठबन्धनमा गासिँदै गयो । राजाले सामन्ती मुल्यहरुमा आधारित तर आधुनिक राज्यको कल्पना गरेका थिए । जबकी २०३० पछि नेपाल दरबारकै चरित्र सामन्तीबाट मूलतः दलाल पुँजीवादी भइसकेको थियो, जो ठुलो नोकरशाहीको पनि नेता थियो । मुलुकका यिनै र बाहिरको पुँजीवादी प्रक्रियाले गर्दा भत्कँदै गरेको सामन्तवादबाट नयाँ जीवनको खोजी गर्नेहरु बढे । विश्व पुँजीवादलाई पनि अरु मुलुकको बजारका लागि प्रजातन्त्र चाहिएको थियो । यस क्रममा प्रजातन्त्र र नयाँ जीवनलाई पर्यायवाची ठानेर आएका जनताले २०४७ सालमा प्रजातन्त्र पुनस्र्थापना गरे ।
तर २०४७ सालपछि सरकारले उल्टो बाटो लियो । नयाँ जिन्दगी भनेको मुलतः रोजगारी थियो । तर नेपाली काँग्रेसको सरकारका आर्थिक नीतिहरुले त्यसलाई सम्बोधन गर्दैनथे । अब त्यो जमातले नयाँ जिन्दगी नेकपा एमालेको कित्तामा खोज्न थाल्यो । तर नेपालको संविधान र भारतका स्वार्थ, राजा र संसदका स्वार्थ, एमाले र काँग्रेसका स्वार्थहरुको घनचक्करमा माओवादी विद्रोहको जन्म भयो ।
जब विद्रोह फैलिँदै गयो, नयाँ जिन्दगीको आश गर्ने जमात माओवादीतर्फ सर्दै गयो । एकातिर गरिबी अर्काेतिर गरिबी र त्यसले उत्पन्न गरेका अन्य अभावका विरुद्ध संगठित हुन र लड्न सकिने अधिकार लामो समयसम्म सँगसँगै जानै सक्दैनथे, गएनन् । २०४७ सालको प्रजातन्त्रले आफ्नो औचित्य गुमायो ।
नेकपा एमालेलाई २०६४ को निर्वाचनमा नराम्रोसँग पाठ पढाउने र २४० प्रत्यक्ष निर्वाचन क्षेत्रमध्ये १२० सिट माओवादी एक्लैलाई दिने शक्ति त्यहि नयाँ जिन्दगी खोज्नेहरु थिए । तर माओवादी सरकारले नयाँ जिन्दगीको त्यो अपेक्षा टिकाउन सकेन । वस्तुतः त्यति ठूलो माओवादी शक्ति सत्तामा पुगेपछि आफु कसका विरुद्ध र कसको पक्षमा उभिएको छु भन्ने बुझ्नुभन्दा अगाडि नै समयले उसलाई छोड्दै थियो । यस्तै घात–प्रतिघातका बीच २०७० को निर्वाचनमा ‘नयाँ जिन्दगी’ को भोट बाँडियो, माओवादी तल प¥यो । २०७४ को निर्वाचनमा स्थायित्व र विकासको नाराले ‘नयाँ जिन्दगी’लाई आकर्षित ग¥यो र नेकपा–एमाले र माओवादी केन्द्रको बहुमतका साथ संघीय र प्रादेशिक सरकारहरु बने ।
अन्त्यमा,
— सामन्तवाद ढल्दै गर्दा नयाँ जिन्दगीको खोजीमा उठेका नागरिकहरुको संख्या, शक्ति र आकाँक्षा असाधारण रुपले विस्तार भएको छ ।
— जसरी पुँजीवादले आफुलाई पुनरुत्पादन गरिरहन्छ, दलाल पुँजीवादले पनि आफूलाई पुनरुत्पादन गरिरहेको छ । राजनीतिक अधिकारका क्षेत्रमा नेपाली जनताले पाएका उपलब्धिहरुले दलाल पुँजीवाललाई कमजोर पारेका छैनन् बरु त्यो झन्झन् फराकिलो र गहिरो हुँदै गएको छ ।
— संविधानमा सहमति–असहमतिका अनेकौँ धाराहरु होलान् तर मौलिक अधिकार, समृद्धि र समाजवादको जुन नागरिक क्षेत्र छ त्योदलाल पुँजीवादका विरुद्ध आधार क्षेत्र बन्न सक्छ ।
— ‘काम गर्र्न सक्नेलाई रोजगारी, नसक्नेलाई संरक्षण’ आजका समाजवादी प्रयत्नहरुको केन्द्रीय उद्देश्य हुन सक्छ जसले राष्ट्रिय पुँजीको विकासको बाटो लिन्छ र दलाल पुँजीवादीकरणको प्रक्रियालाई उल्ट्याउन आरम्भ गर्छ ।
— राज्य स्वयं लामो समयदेखि दलाल पुँजीवादको उत्पादन–पुनरुत्पादन गर्ने संयन्त्र भएर विकसित भएको हुँदा राष्ट्रिय पुँजीको विकास र समाजवादको तयारी सजिलो कुरा होइन ।
— हामी समाजवादको नयाँ चरणमा छौँ, सिक्नका लागि हाम्रा अगाडि बनिबनाउ कुनै मोडल छैनन् । हाम्रो वृहत् सामुहिक प्रयासबाटै त्योे निर्माण हुँदै जान्छ ।
— माक्र्सका अनुसार क्रान्ति वर्गले होइन, राष्ट्रले गर्छ तर क्रान्तिकारी वर्ग नै राष्ट्रको रुपमा विकसित भएर क्रान्ति   गर्छ । त्यसको पहिलो शर्त सबै प्रगतिशीलहरुका बीच बलियो विचारधा–रात्मक एकता हो । संभवत ः आजको समय चेतना यहि हो ।
(नेपाल अध्ययन केन्द्रद्वारा आयोजित समय चेतना सम्बन्धी अन्तरक्रियामा नेकपाका उपमहासचिव भुसालद्वारा प्रस्तुत विचार ।)
— अनलाईन खवरबाट

मोफसल पत्रकारिता 

पत्रकार कसैको होइन, सबैको हो ।

बिष्णु अवस्थी (अध्यक्ष) 
नेपाल पत्रकार महासंघ, कञ्चनपुर, शाखा
तपार्इंको परिचय पाउँ न ? 
— विष्णु अवस्थी नेपाल पत्रकार महासंघ कञ्चनपुरको अध्यक्ष, शुक्लाफाँटा एफएममा स्टेसन म्यानेजरको रुपमा कार्यरत छु । 
नेपाल पत्रकार महासंघ कञ्चनपुरको अध्यक्ष हुनुहुन्छ ? कञ्चनपुरको समग्र पत्रकारितालाई कसरी मुल्याँकन गर्नु भएको छ ? पत्रकारिता पेशा त निकै गा¥हो छ भन्छन नि ! कस्तो पाउनु भयो ? 
— नेपालको पत्रकारताको इतिहास हेर्ने हो भने सुदूरपश्चिममा पत्रकारिताको जग कञ्चनपुरबाट शुरु भएको पाइन्छ । बरिष्ठ पत्रकार रामबहादुर चन्दले २०४७ साल भन्दा अगावै कञ्चनपुरबाट साप्ताहिक जनवार्ता शुरु गरेपछि यहांको पाकारिताको विकास भएको हो । अहिलेको अवस्थामा हेर्नुहुन्छ भने कञ्चनपुरमा १८ वटा दैनिक तथा साप्ताहिक पत्रपत्रिका र १३ एफ एम रेडियोहरु कन्चनपुरमा संचालित छन । जहां सम्म तपाइले पत्रकारिता पेशाको कुरा गर्नु भएको छ, यो पेशा नै जोखिमपुर्ण पेसा हो, तपाइले आफै भन्नु भ छ यो निकै गाह्रो छ भनेर, नेपालमा पत्रपत्रिकाहरुको प्रकाशन शुरु भए सँगै नेपाली पत्रकारिताले थुप्रै समस्याहरु पनि झेल्दै आएको छ । 
पछिल्लो अवस्थामा कञ्चनपुरका पत्रकारहरु असुरक्षित भएको भन्ने सामाजिक सञ्जालहरुमा आईरहेको छ, तपाईलाई के लाग्छ ? 
— होइन, तपाइले भन्या जस्तो असुरक्षित छन जस्तो त मलाई लाग्दैन तर अहिले सञ्चार जगत जति उत्साहित हुनुपर्ने हो त्यो देखिदैन । आज पत्रपत्रिका, एफएम रेडियो, टेलिभिजन, अनलाइन जस्ता जति सञ्चारमाध्यमहरु सञ्चालित छन ती लगानीका हिसाबले, जनशक्तिका हिसाबले पनि सुरक्षित छैनन् । पत्रपत्रिकाको संख्या बढे पनि पत्रकारिताको सामाग्रीको स्तर भने बृद्धि हुन सकेको छैन । साथै पत्रकारहरुको अवस्था दयनीय छ, उनीहरुले अहिलेसम्म पनि श्रमको उचित पारिश्रमिक पाउन सकेका छैनन् । नेपाली पत्रकारिता पेशा अझै पनि सुरक्षित बन्न सकेको छैन यो कञ्चनपुरको मात्रै नभएर समग्र जिल्लाको अवस्था यस्तै हो । 
निर्मला हत्या काण्ड लगायतका अपराधिक घटनाहरुमा कञ्चनपुरका सञ्चारकर्मीहरुको फरक फरक अभिव्यक्ति देखिन्छ, किन यस्तो भएको होला ? 
— तपाईले भन्या जस्तै पूर्ण रुपमा फरक फरक ढंगले आएका छन जस्तो त मलाई लाग्दैन फेरी पनि कस्तो छ भने अहिले दैनिक, साप्ताहिक, मासिक पत्रिकाहरुको प्रकाशनको साथै इलेक्ट्रोनिक्स सञ्चार माध्यामको संख्या जसरी बृद्धि हँुदै गएको छ । यस्तो अवस्थामा केही अपबाद बाहेक जति पनि  एफएम, रेडियोहरु तथा टेलिभिजनहरु सञ्चालन भएसंगै ती सञ्चार माध्यामहरु राजनीतिक दलको छत्रछायामा रमाउदै गएको अवस्था छ । 
मोफसलमा पत्रकारिता गर्न धेरै समस्या छ भन्छन्, कञ्चनपुर त व्यस्त एवं विकसित जिल्ला हो, त्यहाँ त्यति समस्या नहोला है !
— होइन, मोफसलका पत्रकारहरुका समस्या करीब करीब उस्तै हुन, मोफसलमा मुख्यतः मालिक, कामदार र सौखिन गरी तीन किसिमका पत्रकार भेटिने गर्छन् । कामदार पत्रकारले काम नगरे आफ्नो सञ्चारगृह नचल्ने कुरा मालिक पत्रकारलाई राम्रैसँग हेक्का छ । तथापि एक पत्रकारबाट अर्को पत्रकार पीडित हुनुपर्ने अवस्था छ यो अत्यन्त दुःखद हो । अर्काे कुरा मोफसलका अधिकांश पत्रकार आफैंमा विभाजित छन् । भन्दा ‘पत्रकार एक हुनुपर्छ’ भन्छन् तर व्यवहारमा कुनै पत्रकारलाई उसले लेखेको वा रिपोर्टिङ गरेको सामग्रीका आधारमा कुनै समस्या परे उसलाई कसैले सहयोग नगर्ने चलन छ । 
मोफसल पत्रकारहरुका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता प्रकारका कार्यक्रमहरु ल्याउनु पर्ला ? 
— मोफसल पत्रकारहरुका समस्या समाधानका लागि नेपाल सरकारले ३, ४ वटा कुरा गरिदिए पुग्छ जस्तो मलाइ लाग्छ, जस्तो प्रेस स्वतन्त्रताको सम्मान, लगानीमैत्री वातावरण र सञ्चारमैत्री स्थानीय निकाय । पत्रकार र सञ्चार माध्यमको विकासका लागि राज्यले जुनसुकै अवस्थामा पनि प्रेसमाथि अङ्कुश नलगाउने गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न र तद्अनुरुप कानुनी व्यवस्था गर्न आवश्यक छ । अनि मात्र सञ्चार माध्यमको व्यावसायिक विकासमा अवरोध हुँदैन । 
मोफसल पत्रकारहरुको समस्या समाधानका लागि नेपाल पत्रकार महासंघले कस्तो भूमिका निर्वाह गरेको पाउनु भएको छ ?
— स्थानीय सञ्चार माध्यममा कार्यरत पत्रकारले दर्जनौं समस्या झेल्दै नागरिकलाई सुसूचित गर्ने काममा क्रियाशिल भइरहेका छन् । ज्यानकै बाजी लगाएर नागरिकको स्वतन्त्रता र सूचनाको हकको रक्षाका लागि क्रियाशिल नेपाली पत्रकारहरुको भूमिकालाई नजरअन्दाज गर्नु अन्याय हुन्छ । त्यसैले उनीहरुको हक हितका लागि बोल्न भनेर नै नेपाल पत्रकार महासंघ गठन गरिएको हो ।  विशेषगरी स्थानीय स्तरमा रहेर   पत्रकारिता गरिरहेका पत्रकारका समस्या र समाधानका लागि नेपाल पत्रकार महासंघले उनीहरुको पेशागत सुरक्षा, भौतिक सुरक्षा र श्रमजीवि ऐन कार्यान्वयनमा भूमिका खेल्नुपर्छ जस्तो मलाई लाग्छ । त्यसका लागि नेपाल पत्रकार महासंघ लगायत पत्रकार सम्वद्ध संघ सङ्गठनहरुले निरन्तर दवाव दिइरहेका छन् । 
सञ्चारकर्मीहरुका बैचारिक संगठनहरुले मोफसल पत्रकारका समस्या समाधानका लागि कस्तो भुमिका खेलेको पाउनुहुन्छ ? 
— पत्रकारको व्यवसायिक विकासको उद्देश्य बोकेका पत्रकारका संघसंस्थाहरु त्यसका लागि अझै क्रियाशिल हुन आवश्यक छ । आवश्यक स्रोतको खोजी गर्दै पत्रकारको व्यवसायिक विकासमा संघसंस्थाको ध्यान केन्दित हुनु पर्दछ । 
पत्रिकारिता समस्यै समस्याको पेशा हो भनिन्छ, यस्तो पेशा गर्न के ले प्रेरणा दियो तपाईलाई ? 
— बडा गम्भीर तर निकै मार्मिक प्रश्न गर्नु भो, प्रश्नका लागि धन्यबाद छ । हो पत्रकारिता पेशा समस्यै समस्याको पेसा हो, यस अघि हामीले धेरै समस्याका कुराहरु गरिसक्यौं तर पत्रकारिता ठूलो सम्भावनाको पेशा पनि हो, मलाई यिनै सम्भावनाहरुले यो पेशामा आकर्षित गरेको हो । पत्रकारिता पेसामा पैसा छैन तर इज्जत छ त्यो इज्जत पैसाले प्राप्त गर्नै सकिदैन, समाजले दिने यस्तै खालका माया, सद्भाव र इज्जतले नै मलाई पत्रकारितामा आकर्षित गरेको हो । 
कति समय बिताउनु भयो पत्रकारितामा पत्रकारिता क्षेत्रमा ?
— म २०५६ सालदेखि यो पेशामा आबद्ध छु । २०५६ सालमा स्व पत्रकार कर्ण बोहराको कालापानी सन्देश नामक पत्रिकाबाट मैले पत्रकारिताको शुरुवात गरेको हो, त्यसपछि आजको समाचार, रेडियो नेपालको कार्यक्रम नयाँ नेपाल हुँदै अहिले शुक्लाफाँटा एफ.एमको स्टेसन म्यानेजर छु । 
तपाईको विचारमा पत्रकारिता के हो ?
— मेरो विचारमा पत्रकारिता सेवा हो, यो विशुद्ध समाजसेवा हो । तर त्यति हुँदाहुँदै पनि यो एक प्रकारको व्यवसाय हो, जमाज परिवर्तनको सम्वाहक पनि हो । उसरी परिभाषको हिसाबले भन्ने हो भने पत्रकारिता भन्नाले सत्य तथ्य घट्नाहरुमा अधारित रहि सञ्चारमाध्यमबाट आम नागरिकलाई जनकारी गराउनु नै पत्रकारिता हो । आजको युग बिज्ञानको युग हो । बिश्वमा घटेका हरेक घट्नाको जनकारी र बिबरण तुरुन्तै बिश्वको सबै कुनामा पुगिन्छ । संसारको माध्यमबाट पत्रकारको जनाकारीले नै सबै सामु पराउन सकिन्छ । पत्रकारीता राज्यको महत्व पुर्ण अंग हो । यसलाई राज्यको चौथो अंगको रुपमा राखिएको छ ।
पत्रकारिता पेशामा लागेर कत्तिको कमाउनु भयो ? 
— मैले अघि नै भनिसके पत्रकारिता कमाउनका लागि होइन त्यसैले यो पेसामा लागेर पाइने आत्म सन्तष्टि नै कमाई हो । यो पेशामा लागेर राम्ररी बाच्न पनि पाइदैन मर्न पनि दिदैन बस त्यत्ति हो । 
अन्त्यमा भन्नै पर्ने कुनै कुरा छुटे जस्तो लागेको छ कि ? 
— नेपालमा अहिले सम्म पत्रकारिता गर्न कुनै लाइसेन्स चाहिदैन । पत्रकारिता बौद्धिक विचारहरुको सञ्चार भएकोले पत्रकारिता गर्न अहिलेसम्म लाइसेन्स आवश्यकता परेको छैन । जसरी वकिल बन्न कानुन पढेर पनि लाइसेन्स लिनु जरुरी हुन्छ । शिक्षक बन्न अध्यापन अनुमतिको आवश्यकता पर्दछ । त्यसै गरी स्वास्थको क्षेत्रमा काम गर्ने डाक्टर नर्सहरुले समेत काम गर्ने अनुमति लिनु पर्दछ । तर पत्रकार हुनको लागी यी सबैकुरा आवश्यक पर्दैन । भनिन्छ पत्रकार कसैको होइन, सबैको हो । 
समय र बिचारका लागि धन्यबाद । 
तपाइलाइ पनि धन्यबाद । 

शिक्षक सेवा आयोगको तयारीका लागि उपयोगी 

१. नेपाली भाषाका भाषिक सीपहरु के के हुन ? सुनाइ सीपको विकासको लागि के के कार्यकलाप  गर्नुहुन्छ ? लेख्नुहोस । 
नेपाली भाषाको भाषिक सीपहरु निम्नलिखित रहेका छ्न ।
ड्डसुनाइ
ड्डबोलाइ
ड्डपढाइ
ड्डलेखाइ
नेपाली भाषाको सुनाइ सीपको बिकासको लागि निम्न लिखित कर्यकलाप गर्न सकिन्छ ।
ड्डबिद्यार्थीहरुको आखा बन्दगर्न लगाइ ध्वानी पहिचान गर्न लगाउने ।
ड्डविभिन्न किसिमको निर्देशन दिएर सोही अनुसार कर्य गर्न लगाउने ।
ड्डबिद्यार्थी र उसको परिवारको बारेमा प्रश्न उत्तर गर्ने ।
ड्डकुनै घाटना सुनाई त्यसको मुख्य मुख्य अंश भन्न लगाउने ।
ड्डबाल गीत लयमा सुनाई त्यस्तै गीत गाउन लगाउने ।
ड्डवर्ण अक्षर र शब्दको श्रुति लेखन गराउने ।
ड्डअन्ताक्षरी जस्तो शब्द खेल खेलाउने ।
ड्डसञ्चारमाध्यमबाट बाल साहित्यिक कर्यक्रम सुनाइ प्रश्न उत्तर गर्ने ।
ड्डबालगीत बाल कथा कबिता आनन्द लिने गरि सुन्न लगाउने
ड्डकुनै बिषयको वर्णन छलफल सुनी आसय बुझी प्रतिकृया दिन लगाउने
यसरी नै विभिन्न किसिमका क्रियाकलाप मार्फत बिधार्थीहरुमा सुनाई सीपको बिकास गराउन सकिन्छ ।
नमुना बस्तुगत प्रश्नहरु 
१) गाउँपालिका तथा नगरपालिकामा रहने वडाको संख्या कसले तोक्छ ?  — संघीय कानुन
२) राष्ट्रिय परीक्षा बोर्डको उपाध्यक्ष पदमा को रहने व्यवस्था छ ?  — मन्त्रालयको सचिव
३) शिक्षा ऐनको पाँचौ संशोधन कहिले भएको हो ?   — २०४९ कार्तिक १३
४) ४५ जना रिक्त पद संख्यामा विज्ञापन हुँदा अन्तिम क्रम संख्यामा २ जना उमेदवारले बराबर अंक
प्राप्त गरेमा आयोगले कति उमेद्बारको सूची प्रकाशन गर्छ ? — ५५ जना
५) अक्षरांक शिक्षामा कहिले प्रतिबन्ध लागाईयो ?   — १९६४ सालमा
६) पाठ्यक्रम कार्यान्वयन २०३८ अनुसार निम्न माध्यमिक तह कति बर्षको थियो ? — २ बर्ष
७) केशर पुस्तकालय को स्थापना कहिले भएको हो ?  — वि. सं. १९६५
८) शिक्षा क्षेत्रमा तथ्यांक संकलनको कार्य कहिलेबाट सुरु भएको हो ?  — आ.व. २०२०÷०२१
९) नेपालमा शिक्षा नीति प्रकाशनमा कस्तो व्यवस्था रहेको छ ?  — बहुद्वार
१०) विषयवस्तुको प्रकृति र विद्यार्थीको स्तर तथा वैयक्तिक भिन्नता ख्याल गर्नु शिक्षकको कुन सक्षमताभित्र पर्छ ?   — शिक्षण सिकाई तौर तरिका सम्बन्धी ज्ञान
११) खुला तथा दूर शिक्षा नीतिमा कतिवाटा रणनीति तर्जुमा गरिएका छन ?   — ३४८
१२) राष्ट्रिय शिक्षा पद्दतिको योजना अनुसार पाठ्यक्रम लागू गर्दा कक्षा ९ कुन चरणमा लागू भएको   हो ?   — दोस्रो
१३) राष्ट्रिय शिक्षा आयोग २०४९ को प्रतिवेदन अनुसार विद्यार्थी विद्यालय अनुपात कुन जिल्लामा बढी थियो ?   — मोरङ
१४) रा शि आ २०४९ ले प्रतिवेदन कहिले बुझाएको थियो ?  — २०४९ असार १४
१५) जोम्टिन सम्मेलनले प्राथमिक तह पूरा गर्ने संख्या कति पु¥याउने लक्ष्य लिएको थियो ? — ७०%
१६) सबैका लागि शिक्षा कार्यक्रममा विश्व बैंकको सहयोग कति थियो ?  
— ५० मिलियन अमेरिकी डलर
१७) राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम प्रमुख अवयबहरु कति छन ?  — ७ वटा
१८) शैक्षणिक योजना कसले बनाउँछ ?   — शिक्षकले
१९) गाउँ शिक्षा योजना कतिप्रति तयार गरिन्छ ? —४ प्रति
२०) विद्यालय सुधार योजनाका तेस्रो खण्डमा कति चरण छन ?   — ५ चरण
२१) ’पाठ्यक्रमका चार तत्व हुन्छन जुन विषयसूची, विधि, उद्देश्य र मुल्यान्कन हुन’ यो भनाई कसको
हो ? (ए।व्। ज्ष्ििक
२२) सामाजिक विषयको पाठ्यक्रम कस्तो पाठ्यक्रम हो ?  — बृहत क्षेत्र पाठ्यक्रम
२३) माध्यामिक तहको पाठ्यक्रम २०७१ अनुसार ऐच्छिक विषयको पूर्णाङ्क कति हो ? — २००
२४) स्थानीय पाठ्यक्रम प्रारुप कहिले जारी भयो ?  — २०७१ असार ३०
२५) अक्षरांकन पद्धति अनुसार म्ं लाई के भनी ब्याख्या गरिएको छ ? 
— उबचतष्बििथ बअअभउतबदभि
२६) मनोविज्ञानको आत्माको विज्ञानपछि विकास भएको धाराणा कुन हो ?  — मस्तिष्कको विज्ञान
२७) खेल समुहको उमेर भनेर कुन उमेरलाई चिनिन्छ ?    — उत्तर बाल्यावस्था
२८) उत्प्रेरणाको सिद्धान्तका प्रतिपादक को हुन ?  — इगअजष्
२८) मानव सम्बन्ध सिद्धान्तका प्रतिपादक को हुन ?   — भ्तियल ःबथय
२९) विद्यालय सिकाई संगठनका पिता भनेर कसलाई चिनिन्छ ?   — एष्ततभच क्भलवभ
३०) केन्द्रिय बलकल्याण समितिमा कति सदस्य हुन्छन ?  — बढिमा २१
३१) समावेशी शिक्षाका सूचक कति छन ?   — १५

साहित्य/सृजना 

मेरो देश 

हिजो 
दुःखै दुःख को काब्य कथामा, 
छट्पटाउँदा जन आवाजहरू
निरीह बलात्कृत र मारिदा लालाबालाहरू 
स्वतन्त्रताको खोलभित्र दमित, 
गुलामीका अदृश्य जंजिर बोकेर हिड्दा
जब छिमेकीले दुत्कार्दथ्यो,
नेपाली बीरको भक्ति गाथालाई 
नेपाली धर्ति बेदनाले काँप्न पुगेछ 
रोदन सुनेर मातृभूमिको,
जन एकताले हँुकार भरेछ !

त्यसैले त आज 
मेरो देश ! नयाँ प्रस्फुटन गरि रहँदा, 
उमंग र जोशले अघि बढिरहँदा 
नेपाल आमाको मायालु स्पर्शले 
जन–जनमा नयाँ ऊर्जा छरेछ,
प्रगति पथमा अघि बढ्न 
नयाँ संविधान लिएर 
संघीय गणतन्त्र नेपालको निर्माण गरेछ !

भोलि पनि 
अटुट रहोस् हाम्रो एकता, 
तिक्तता र भ्रम मेटाउदै अघि बढ्ने छौं 
जुठो पुरोमा बाँचेको राष्ट्रियता फ्याकेर,
आफ्नै आँगनमा विकासको नयाँ अध्याय रोप्नेछौं !
बिदेशी गुलामीमा उद्धत 
मैलो झोला भिरेका निरस युवायुवतीभित्र 
आफ्नै माटोमा नयाँ कथा लेख्ने 
हँसिला पौरखी हतथ भेट्ने छौं !

त्यति बेला 
हृदयमा बिशालताको सगरमाथा सजाउदै 
मेचीदेखि महाकालीसम्म, 
हिमालदेखि समथलसम्म 
शान्तिपृय विकसित नेपाल देख्नेछांै
आफ्नै पाखुरीले नयाँ नेपाल निर्माण गर्नेछांै !
नयाँ नेपाल निर्माण गर्नेछौं !!
सूर्य बस्याल 
सदस्य, प्रवासी नेपाली संघ भारत

गजल

प्रतिदिन यहाँ नारीको बलत्कार हुन्छ
न्याय हुदैन नारामा केवल गुहार हुन्छ
कान र आँखा तिमी बिउझिराख है
निस्पट्ट छ रात्री अझै अत्याचार हुन्छ
प्रचार जतिसुकै आकर्षक किन नहोस
भित्रभित्रै छुट्टै किसिमको ब्यापार हुन्छ
मन्दिरभित्रै ईश्वरलाई कैद गर्ने हो भने
ईश्वरलाई मन्दिर पनि त कारागार हुन्छ
डुङ्गा नचढी त्यसै गन्तव्य कहाँ भेटिन्छ 
खोला तर्ने यात्री कि वार कि पार हुन्छ
हिड्दा आफै लरखराउछन् पाइलाहरु
के ढुंगाको अरुकाइ ठोक्ने बिचार हुन्छ
रुष्ट प्रेमिकालाई मनाउन कविता लेख्छ
सुनाएरै कविता प्रेमी बडो दिलदार हुन्छ
आफ्नै शरीरमा पनि कति भेदभाव छ 
आखिरमा भाग्यमानी त्यो निधार हुन्छ
पुष्पा जोशी ‘काली’ धनगढी, कैलाली

सूचना/सन्देश/बिज्ञापन 

मालपोत कार्यालय डोटीको हकदावी सम्वन्धि ३५ दिने सार्वजनिक सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७५/५/१७          
जिल्ला डोटी सायल गाउँपालीका वडा नंं.२ साविक तोलेनी गा.वि.स.वडा नं.१ स्थित कि.नं.६३६ ऐ.वडा नं.२ स्थित कि.नं.४१३ ऐ.वडा नं.३ स्थित कि.नं.६६८, ७८६, १०१६ को जग्गा ३ बस्ने जोगीको नाती नारसिंको छोरा देउचे धामीको नाउँमा नापनक्सा भई श्रेस्तापुर्जा कायम भएकोमा जग्गाधनि देउचे धामीको मिति ः २०७५/२/३१ मा र निजको हकदार पत्नि विस्नादेवि धामीको २०३६ सालमा निःसन्तान मृत्यु भई अपुताली परेकोले मृतक जग्गाधनि देउचे धामीको शेषपछिकको हकदार मन्धिरे धामीको नाती रती धामीको छोरा बल वहादुर धामी मात्र भएको हुदा मृतक देउचे धामीको नाउँको साविक तोलेनी गा.वि.स.वडा नं.१ स्थित कि.नं.६३६ ऐ.वडा नं.२ स्थित कि.नं.४१३ ऐ.वडा नं.३ स्थित कि.नं. ६६८, ७८६, १०१६ को पुरै घरजग्गाहरु मेरो नाउँमा एकलौटी नामसारी गरिपाउँ भनी डोटी सायल गाउँपालीका २ नं.वडा कार्यालय डोटीको च.नं.१६५ मिति ः २०७५/४/५ को किटानी सिफारीस पत्र, मृतकको नाउँकोे जग्गाधनि प्र्रमाण पुर्जा, नेपाली ना.प्र.प, चालु आ.व.को मालपोत बुझाएको रसिद, मृत्यु दर्ता प्रमाण, पत्र नाता प्रमाणीत आदी प्रमाणहरु साथै राखी जि.डोटी सायल गाउँपालीका वडा नंं.२ साविक तोलेनी गा.वि.स.वडा नं.३ बस्ने बल वहादुर धामीले यस मालपोत कार्यालय, डोटीमा मिति ः २०७५/५/४ मा निवेदन दिनुभएको हुदा उक्त जग्गा सम्वन्धमा कुनै कसैको हकदावी पुग्ने भए, मृतक देउचे धामीको अपुताली नपरेको भए, अन्य कोही हकदार भए वा निज निवेदकको  मागदावि वमोजिम नामसारी गर्न नपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले बाटाका म्याद बाहेक ३५ (पैतिस) दिन भित्र आफूसँग भएका सक्कल प्रमाण साथ कार्यालयमा उजुर दावी गर्न आउनु होला अन्यथा म्याद भित्र कुनै कसैले उजुरी दावी नगरे नियमानुसार भै जाने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराईन्छ । 

पूर्वीचौकी गाउँपालिका 
गाउँ कार्यपालिकाको कार्यालय
सानागाउँ, डोटी 

प्रदेश नं. ७ 

सूचना ! सूचना !! सूचना !!! 

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७५/०६/०७
यस पूर्वीचौकी गाउँपालिकाको आ.व. २०७५/०७६ को सहकारी खेती, सहकारी स्किम तथा साना सिंचाई कार्यक्रम अनुसार सिंचाई कुलो मर्मत÷निर्माण, पोखरी निर्माण, प्लाष्टिक पोखरी निर्माण आदि सिंचाई कार्यक्रम सञ्चालनका लागि साविक जिल्ला कृषि विकास कार्यालयमा दर्ता भएका कृषक समूह र डिभिजन सहकारी कार्यालयमा दर्ता भएका कृषि एवं बहुउद्देश्यीय सहकारी संस्थाले तपशील अनुसारका कागजातहरु संलग्न राखी यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र पूर्वीचौकी गाउँपालिकाको कार्यालय सानागाउँ, डोटीमा आवेदन दिन हुन यो सूचना प्रकाशित गरिएको छ । साथै म्याद नाघी आएका वा रित नपुगेका दर्खास्त उपर कुनै कारवाही नहुने व्यहोरा समेत अनुरोध गरिन्छ । 
तपशित 
१. सहकारी संस्था वा कृषक समूह दर्ता प्रमाण पत्रको प्रतिलिपी  १ थान 
२. सम्वन्धित वडा कार्यालयको सिपारिस   १ थान 
३. समूहको निर्णयको प्रतिलिपी  १ थान 
स्किमको बिस्तृत बिवरण  १ थान 
५. साना सिंचाईको लागि रु. १०० राजश्व तिरेको रसिद  १ थान 
६. सहकारी खेतीका लागि रु. ३०० राजश्व तिरेको रसिद १ थान 
नोट ः आवेदन फाराम कृषि सेवा ईकाई सानागाउँ डोटीबाट उपलव्ध गराईनेछ । थप जानकारीका लागि प्रा.स. मनी नाथको मोवाईल नं. ९८६५८५०३३ मा सम्पर्क गर्नु होला ।

मालपोत कार्यालय डोटीबाट जारी गरिएको हकदावी सम्वन्धि ३५ दिने सार्वजनिक सूचना

प्रथम पटक सूचना प्रकाशित मितिः २०७५/६/७
 जिल्ला डोटी दिपायल सिलगढी नगरपालिका वडा नं.२ साविक कोट  भैरब गा.वि.स.वडा नं.३ क कि.नं.५ ऐ.वडा नं.६ ग कि.नं.२२६ ऐ.वडा नं.८ कि.नं.१४५ को जग्गा रुपसिं, राम प्रसाद सुनारको नाउँमा नाप नक्सा भई श्रेस्तापुर्जा कायम भएकोमा जग्गाधनि रुप्सिं सुनारको मिति ः २०६०÷९÷१८ मा मृत्यु भएको र निजको हकदार पत्नि राजुदेवि सुनारको मिति ः २०६९/११/१४ मा मृत्यु भईसकेको हुदा मृतकको शेषपछिको हकदार एकमात्र छोरा रमेस सुनार भएकोमा रमेस सुनारको नेपाली नागरिकताको प्रमाण पत्रमा बाबुको नाम पदम सुनार भएको र जग्गाधनि प्रमाण पुर्जामा रुपसिं सुनार हुन गई दुबै नाम गरेको व्यक्ति फरक व्यक्ति नभई एउटै व्यक्ति मेरा बुबा रुपसिं सुनार भन्ने पदम सुनार भएकोले नेपाली नागरिकताको प्रमाण पत्र वमोजिम बुबाको नाम समेत सुधार गरी मृतक समेतको नाउँको उल्लेखित कि.नं.को पुरै जग्गा मध्ये मृतक रुपसिं सुनार भन्ने पदम सुनारको पुरै हकहिस्सा जग्गा मेरा नाउँमा नामसारी गरी पाउँ भनि जिल्ला कैलाली धनगढी उप(महानगरँपालीका ९ नं. वडा कार्यालय कैलालीको च.नं. २३४९ मिति ः २०७५/२/२३ को प्रमाणीत पत्र, दिपायल सिलगढी नगरपालीका २ नं. वडा कार्यालयको च.नं.५४ मिति ः २०७५÷५÷२६ को किटानी सिफारीस पत्र, रुपसिं, राम प्रसाद सुनारको  नाउँको जग्गाधनि प्र्रमाण पुर्जा, मृत्यु दर्ता प्रमाण पत्र, नाता प्रमाणीत, नेपाली ना.प्र.प., मालपोत बुझाएको रसिद, आदी प्रमाणहरु साथै राखी जिल्ला कैलाली भजनि नगरँपालीका वडा नं.२ बस्ने रमेस सुनारले यस मालपोत कार्यालय, डोटीमा मिति २०७५÷५÷२८ मा निवेदन दिनुभएकोले उक्त जग्गा सम्वन्धमा कुनै कसैको हकदावी पुग्ने भए वा निजको मागदावि वमोजिम मृतक जग्गाधनि रुपसिं सुनार भन्ने पदम सुनारको नाम संसोधन गर्न नपर्ने कुनै कारण भए वा अन्य हकदार भए वा निवेदकको मागदावी वमोजिम नामसारी गर्न नपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले बाटाका म्याद बाहेक ३५     (पैतिस) दिन भित्र आफूसँग भएको सक्कल प्रमाण साथ कार्यालयमा उजुर दावी गर्न आउनु होला अन्यथा म्याद भित्र कुनै कसैको उजुरी दावी नगरे नियमानुसार भै जाने व्यहोरा यसै सूचना द्वारा जानकारी गराईन्छ ।

पूर्वीचौकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयसानागाउँ, डोटी 

प्रदेश नं. ७ 

सूचना ! सूचना !! सूचना !!!

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७५/०६/०७
यस पूर्वीचौकी गाउँपालिकाको आ.व. २०७५÷०७६ को कार्यक्रम अनुसार तरकारी खेती बिस्तारका लागि युवा स्वरोजगार तथा परिचालन गर्ने कार्यक्रम रहेको हुँदा तपशील अनुसारको सिमारेखा भित्रका ईच्छुक युवा युवतीहरुबाट दरखास्त आव्हानका लागि यो सूचना प्रकाशित गरिएको छ । यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्रमा तोकिएको ढाँचा अनुसारको तपशिलमा उल्लेखति विवरण सहितको आवेदन फाराम पूर्वीचौकी गाउँपालिका, डोटीमा बुझाउन हुन जानकारी गराईन्छ । म्याद नाघी आए वा रित नपुगेका दरखास्त उपर कुनै कारवाही नहुने व्यहोरा समेत अनुरोध    गरिन्छ । 
संलग्न हुनु पर्ने कागजातहरु ः 
१. तोकिएको ढाँचा अनुसारको आवेदन 
२. नेपाली नागरिकताको प्रतिलिपी 
३. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी÷भाडामा जग्गा लिएको भएमा सोको प्रमाण 
४. सम्वन्धित वडा कार्यालयको सिफरिस 
५. अन्य प्रमाणहरु (तालिम, बैदेशिक रोजगारीमा जान लागेका वा विदेशबाट फर्केका भए सो को प्रमाण पत्रको र शैक्षिक योग्यता आदिको) प्रतिलिपीहरु 
६. कम्तीमा पनि १ रोपनी तरकारी व्यवहासय गरेको हुनु पर्ने र थप १ रोपनीमा     तरकारी खेती गर्नु पर्ने 
नोट ः तोकिएको ढाँचा कृषि सेवा ईकाई सानागाउँ, डोटीबाट उपलव्ध गराईनेछ । थप जानकारीका लागि प्रा.स.मनी नाथको मोवाईल नं. ९८६५८५०३३३ मा सम्पर्क गर्नु होला । 

बिम्ब साप्ताहिक, २०७५ साल असाेज २ गते मंगलवार

नेपालको संबिधानले नागरिकलाई अधिकारको व्यवस्था गर्नुका साथै कर्तव्यको पनि व्यवस्था गरेको छ । यसर्थ आफ्नो सार्वजनिक सरोकारको बिषयमा सूचना माग गरि सजग नागरिकको पहिचान बनाउनु प्रत्येक नेपाली नागरिकको कर्तव्य हो ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

महिला मेयरको एक बर्षः प्रशंसा धेरै आलोचना थोरै

डोटीको सबै भन्दा नगरपालिका दिपायल सिलगढी नगरपालिकाका मेयर मञ्जु मलासीले प्रमुखको जिम्मेवारीमा रहेर एक आर्थिक बर्ष योजना निर्माण तथा कार्यान्वयन गर्नु भएको छ । सिंहदरवारको अधिकार गाउँ–गाउँ आयो÷आएन भन्ने बहस भैरहेका बेला स्थानीय सरकारका रुपमा काम गर्नु पर्ने स्थानीय तहले कसरी काम गरिहेका छन । त्यसमाथीमा महिलाले नेतृत्व गरेको यस नगरपालिकामा कसरी काम भैरहेका छन ? जनताको अपेक्षा र जनप्रतिनिधीका काम, स्थानीय सरकारको नयाँ अभ्यासलाई कसरी प्रयोगमा ल्याईदैछ । ७ नम्बर प्रदेशमा एक मात्र महिला प्रमुखको एक बर्षको कार्याकालमा गरेका जनमुखी काम बारे बिम्ब साप्ताहिकले अध्ययन गरेको छ । महिलाले नेतृत्व गरेको दिपायल सिलगढी नगरपालिकामा एक बर्षको अबधीमा आलोचना कम प्रशंसा धेरै बटृल्न सफल भएको छ । बिम्ब साप्ताहिकका सह–सम्पादक कर्ण चन्दले तयार गरेको रिर्पोट ।
नगर बस संचालन
दिपायल सिलगढी नगरपालिकाको प्रमुख निर्वाचित भए लगत्तै पहिलो बैठकबाट नगर बस संचालन गर्ने निर्णय गरेकी मेयर मञ्जु मलासीले बस संचालनमा ल्याएर प्रतिबद्धता पुरा गरिन् । ५३ लाखको लागतमा शान्तिनगर देखी कालागाडसम्म दुई बस संचालन गर्दै नागरिकले यातायातका कारण ब्यर्होनु परेको सास्ती माथी सम्बोदन गरिन् । आर्थिक बर्ष ०७५/०७६ मा थप दुई बस खरिद गरेर यातायात क्षेत्रलाई ब्यबस्थित र प्रभाबकारी बनाउने दिपायल सिलगढी नगरपालिकाले जानकारी दिएको छ । नगर बस संचालनमा आएपछी दिपायल–सिलगढी आवत जावतका लागी घटौं कुर्नु पर्ने बाध्यताको अन्त्यका साथै सार्बजनिक यातायात भन्दा पाँच रुपैँया सस्तो भएकोले यात्रुलाई दोहरो फाईदा भएको छ ।  
कुञ्जेडी गाउँमा सडक
दिपायल सिलगढी नगरपालिका वडा नं. ७ कुञ्जेडी गाउँ सडक सञ्जालसंग जोडिएको छ । नगरपालिका भित्रको दुर्गम गाउँको पहिचान बनाएको उक्त गाउँमा सडक बिस्तार जनप्रतिनिधीको पहिलो प्राथमिकतामा परेर पछी उक्त गाउँ नगरपालिका तथा जिल्ला सदरमुकामसंग सिधै जोडिएको छ । बिरामी डोकोमा बोकेर सदरमुकाम ल्याउनु पर्ने बाध्यताका साथै स्वास्थ्य, शिक्षाको पहुँचबाट टाढा रहेको उक्त गाउँका नागरिक सडकको पहुँच पुगेसंगै खुसी भएका छन । पाँकरी देखी ८ किलोमिटर सडक बिस्तार भएपछी उक्त गाउँमा सडक संजाल जोडिएको हो ।  नगरपालिकाको कार्यालयलमा सडकका लागी धेरै पटक माग राख्दा सुनुवाई नभएको भए पनि जनप्रतिनिधीले सुनुवाई गरेको स्थानीय बताएका छन । सदरमुकाम नजिकै रहेको उक्त गाउँ बत्तिमुनीको अध्यारो जस्तै बनेको थियो ।
बालश्रमिक हटाउन हरियो झण्डा
बालश्रम बिरुद्ध नगरपालिका शसक्त रुपमा लागेको छ । बालश्रमीक हटाउनका लागी नगरपालिकाका बजार क्षेत्रका घरमा हरियो झण्डा गाडने अभियान संचालन गरिएको छ । नगरपालिका तिन वटा वडामा बाल श्रमिकको रुपमा जोखिमपुर्ण काम गर्र्दै आएका ४३ बालबालिकालाई ब्यबस्थापन गर्र्दै घर फर्काउने कामका नगरपालिका लागेको छ । घर परिवारको जिम्मा लगाउनका लागी श्रमिक बालबालिकाका अबिभावकको भेला यही असोज ६ गते बोलाईएको छ । आर्थिक अबस्था कमजोर रहेका परिवारका बालबालिकाले सम्बन्धित तहले जिम्मा लिनेगरी काम भैरहेको नगरपालिकाले बताएको छ ।
नगर गुरुयोजना निमार्ण
दिपायल सिलगढी नगरपालिकाको गुरुयोजना निमार्णको कार्य अन्तिम चरणमा पुगेको छ । गुरुयोजनाको ९५ प्रतिशत कार्यसम्पन्न भएको यही असोज मसान्त भित्र सम्पन्न  हुने नगरपालिकाले जानकारी दिएको छ । २५ बर्षका लागी बन्न लागेको गुरुयोजना नगर क्षेत्रको समग्र बिकासको चित्र आउने छ । योजना खल्तीबाट भन्दा पनि आबश्यकता र गुरुयोजनाका आधारमा हुने मेयर मलासीले बताईन । मेयरले भनिन् ‘हामीले गुरु योजनाका साथ काम गर्छौ, बिकासको मार्ग चित्र बनाउछु ।’ 
२१ वटा कानुन निर्माण 
दिपायल सिलगढी नगरपालिकाले २१ वटा कानुन निमार्ण गरेर राजपत्रमा प्रकाशित गरेको छ । स्थानीय तहको सरकार संचालनका लागी आबश्यक पर्ने २१ वटा कानुन निर्माण गरेर प्रदेश तथा संघिय सरकारलाई नगरपालिकाले बुझाएको छ । 
कानुन निर्माणका बिषयमा धेरै स्थानीय तह अल्झीएको भएपनी यस नगरपालिकाले भने अधिकांस कानुन निर्माण गरेर कार्यान्वयनको चरणमा रहेको छ । .
दिपायल सिलगढी नगरपालिकामा जनप्रतिनिधी आएपनी निरन्तर बिकासका काम बाहेक अन्य बिशिष्ठ योजना पनि कार्यान्वयनमा आएका छन । नगरपालिकाले पार्क निर्माण, दिपायल सिलगढी नगरपालिका वडा नंं १ र ९ मा बर्थिङ सेन्टर तथा शहरी स्वास्थ्य  केन्द्र र नगरपालिकाको मूख्य बजारमा सोलारबत्ती लगाएकाता योजना एक आर्थिक बर्षमा सम्पन्न भएका छन ।
कर्मचारी उपस्थितीका बिषयमा सधैँ आलोचना ब्यर्होदै आएको दिपायल सिलगढी नगरपालिका जनप्रतिनिधी आएपछी बिस्तारै कम भएको छ । कार्यालयमा ई–हाँजिर र सिसिटिभीको ब्यबस्था गरेर कर्मचारीको नियमित उपस्थिती पनि बढाउन सकेको छ । 
नगरपालिकाले सम्पत्ती कर वडा कार्यालयबाट नै तिर्न सक्नेगरी प्रत्येक वडा कार्यालयमा ब्यबस्था गरिएको छ । युवा तथा खेलकुदका लागी मेयर कम क्रिकेट तथा भलीबल प्रतियोगिता आयोजना गरिएको छ ।  नगरपालिकाका बिभिन्न क्षेत्रमा कृषीका पकेट क्षेत्र निर्माण गर्ने काम पनि भएको छ ।

सम्पादकीय 

प्रहरीको बिश्वसनियता ?

कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्या भएको सात हप्ता पूरा हुँदा पनि उक्त बलात्कार र हत्याकाण्डको अभियुक्त पत्तो लागेको छैन । प्रहरीले पछिल्लोपटक दोषी ठहर गर्दै हिरासतमा राखेका दिलीप विष्ट उक्त प्रकरणमा दोषी नदेखिएपछि अदालतले मुक्त गरेको छ । त्यस सम्बन्धमा प्रहरीले अनुसन्धान प्रक्रियामा प्रचलित अनुसन्धान विधि मिचेको देखिएको छ ।  
हत्या प्रकरणलगत्तै स्थानीय प्रहरीलाई सहयोग गर्न गएको सिआइबीको भूमिका शंकास्पद देखिएको छ । स्थानीय प्रहरी नेतृत्वको भूमिका खासगरी तत्कालीन एसएसपी डिल्लीराज विष्टको भूमिका अपराधी पत्ता लगाउनेभन्दा जालझेल र दमन गरेर घटना दबाउनेतिर लक्षित देखिएपछि उनलाई निलम्बन गरी नयाँ नेतृत्व पठाइयो । गृह मन्त्रालयले उच्चस्तरीय छानबिन आयोग पठायो । तर, कोही पनि अपराधको जरोसम्म पुग्न सकेनन् । घटना घटेको २४ घन्टा नबित्दै लास भेटिएर त्यसको परिवेशसमेत थाहा पाएको प्रहरीले अपराधी पत्ता लगाउन नसकेको भन्न सकिने अवस्था छैन । बरु धेरैलाई लागेको के हो भने घटनालाई दबाउन प्रहरी सक्रिय रहेको थियो, जसले घटनास्थलमा जुट्न सक्ने प्रमाण लुकाउन र सबुत मेटाउन भूमिका खेल्यो। पछि कञ्चनपुरका जनतामाथि गरिएको दमनले पनि यसै आशंकालाई पुष्टि गर्छ ।
अपराध हुनुअघि अपराध हुन नदिने काममा राज्य, समाज र परिवारको जिम्मेवारी हुन्छ भने अपराध भइसकेपछि त्यसको अनुसन्धान गर्ने, पीडक पत्ता लगाउने र पीडितलाई न्याय दिने मुख्य जिम्मेवारी राज्यको हो । राज्यका तर्फबाट शान्ति–सुरक्षाको सबै जिम्मेवारी प्रहरीले पूरा गर्छ । अपराध अनुसन्धानकै लागि प्रहरी र गुप्तचरका लागि राज्यले लगानी गरेको हुन्छ ।  राजनीतिक क्षेत्रले यस्तो संगठनको प्रभावकारितामा भूमिका खेल्ने भए पनि अपराधी पत्ता लगाउने काम राज्यका तर्फबाट प्रहरीले नै गर्ने हो । यहाँ यही जिम्मेवारीमा रहेको प्रहरी असहयोगी र अपराध अनुसन्धानमा बाधकका रूपमा देखा परेको छ । अर्का्तिर प्रहरी महानिरीक्षक, गृह प्रशासन र प्रधानमन्त्रीसमेत यो घटनाबारे निरन्तर चासो राखिरहेका देखिन्छन्, खासगरी कञ्चनपुरमा जनताले गरेको प्रतिवादपछि ।
तैपनि अनुसन्धानलाई किनारा लगाउन नसक्नुले केही महत्वपूर्ण प्रश्न उठेका छन् । पहिलो हो, अपराधमा कतै न कतै स्थानीय प्रहरी नेतृत्वको स्वार्थ गाँसिएको छ, जसले गर्दा उसले प्रमाण नष्ट गर्ने र अनुसन्धानलाई बराल्ने काम गरेको छ । यस्तो स्थिति या त प्रहरीभित्रैका व्यक्ति संलग्न भएमा या प्रहरीले पैसाका लागि नैतिकता बेचेको अवस्थामा मात्र आउँछ ।
प्रारम्भिक अनुसन्धानको घेरामा बम दिदी–बहिनी नपर्नु र अपराधमा संलग्न हुन नसक्ने खालका असामान्य मनस्थितिका व्यक्तिहरूको गिरफ्तारीसँगै नक्कली अपराधी खडा गरी घटनालाई अन्यत्र मोड्ने प्रयास गर्नुले यो आशंकालाई बल दिन्छ । दोस्रो हो, प्रहरीको स्थानीय नेतृत्व त्यस्तो दबाबमा छ, जसले गर्दा ऊ अपराधीबारे जानकार भएर पनि अपराधीलाई समाउन र कारबाही गर्नबाट तर्किरहेको छ । 
यस घटनामा राजनीतिक नेतृत्वले प्रहरीलाई अपराधी जोगाउन दबाब दिएको अहिलेसम्म देखिएको छैन । जुनसुकै अवस्थामा यो घटनामा संलग्नलाई जोगाइएको भए पनि यसले नेपाल प्रहरीको नियत र भूमिकामा पर्याप्त शंका उब्जाउँछ । यो आशंकाको जवाफ निर्मला हत्याकाण्डका अपराधी पत्ता लगाई दिइने दण्डबाहेक केहीले पनि दिन सक्दैन । जति ढिलो भयो, उति यसले गृह प्रशासन र वर्तमान सरकारलाई समेत अप्ठ्यारोमा तानिरहनेछ । घटना अनुसन्धानमा प्रारम्भमा खटिएका प्रहरीलाई उत्तरदायी बनाऊ, नक्कली अपराधी बनाउनेलाई कार्बाहीको दायरामा ल्याऊ, दिलीप विष्टलाई क्षतिपूर्ति देऊ र थप अनुसन्धान अघि बढाऊ ।

थप समाचार 

विश्वकर्मा बाबाको पूजा सम्पन्न

आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाएका छन् । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा अनुसार पुजाआजा हुँदै आएको छ । 
विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानेर कालीगढ र धातुजन्य साधनको पुजाआज गर्ने गरिएको छ । विश्वकर्मा बाबाको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ पूजा गरीएको कालीगढ नागीप्रसाद चौधरीले बताए । यो दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा समेत मनाउने गरिन्छ । विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ ।

जुटे लालीका लागी सहयोगी हात

गोरुले हानेर घाईते भई उपचाररत डोटीको दिपायल सिलगढी नगरपालिका ८ लडागडाकी १३ वर्षीया बालिका लाली कुञ्जेडाको उपचारका लागि सहयोग रकम जुट्न थालेको छ ।
उनको उपचारका लागि शुक्रबार मात्रै ३९ हजार रकम हस्तान्तरण गरिएको छ । 
पाल्पा घर भई हाल मलेसियामा रहेका मनिस के.सी.को पहलमा विभिन्न सहयोगदाताहरुले दिएको रकम काठमाण्डौका खुशी राईमार्फत डोटीका पत्रकार रामहरी ओझालाई आएको र ओझाले लालीकी आमा पारुदेवी कुञ्जेडालाई हस्तान्तरण गरेका हुन् ।
रकम सहयोग गर्नेहरुमा नेपाल घर भई हाल बेलायतमा बस्ने ईशा गुरुङ्ग, इजरायल बस्ने पवित्रा गौतम, मलेसिया बस्ने रानी पल्पासा तामाङ्, मलेसीया बस्ने राजन श्रेष्ठ (नेवार) लगाएत रहेको सहयोग संकलन अभियानकर्ता मनिस के.सी.ले जानकारी दिए । साथै फेरी पनि रकम संकलन भईरहेको उनले बताए ।
हाल मलेसियामा रहेका लालीका काका नाता पर्ने केशव कुञ्जेडाबाट आफुले लालीको अवस्थाबारे थाहा पाएपछि आर्थिक सहयोग संकलन अभियान चलाएको मनिसले बताए ।
त्यस्तै कुवेतमा बस्ने पासाङ कुमार लामाले आफैले लालीकी आमालाई प्रत्यक्ष ७ हजार ९ सय रकम पठाएको खुशी राईले जानकारी दिईन् ।
लालीलाई आफ्नै गोरुले यहि भाद्र २१ गते हान्दा उनको आन्ध्रा बाहिरै निस्किएको थियो ।
उनको दिपायलमा रहेको शैलेश्वरी अस्पतालमा उपचार भईरहेको छ । गोरुले हान्दा लालीको पेटमा तीन ठाउँबाट चिरिएको र उनको ल्याप्रोक्टोमी अप्रेशन गरिएको शैलेश्वरी अस्पतालका सञ्चालक आई.जङ्ग कुँवरले बताए ।
एक वर्ष पहिले मधुमेहका कारण बुबा गुमाएकी लालीका एक दाजु र ८ दिदिबहिनी रहेकाले पारिवारिक रुपमा पनि आर्थिक अवस्था कमजोर रहेको थियो । उनको पारिवारिक कमजोर अवस्थाका कारण मेडिशिन शुल्क बाहेक अप्रेशन, बेड भर्ना लगाएतमा निःशुल्क उपचार गरिएको अस्पतालका सञ्चालक कुँवरले जानकारी दिए ।बाहिर निजि अस्पतालमा उपचार गर्दा उपचार खर्च मात्रै झण्डै डेढ लाख लाग्ने कुँवरले बताए । उनका शैलेश्वरी अस्पतालका एमडिजिपी डाक्टर निशान्त ढकालले उपचार गरेका हुन् । सामाजिक सञ्जालमार्फत गरेको पहलबाट पनि २१ हजार ५ सय ५५ रुपैंया सहयोग जुटेको छ

सुदूरको बुढी पोल्ने संस्कृति

हेमन्त विवश /धनगढी 
असोज १
सुदूरपश्चिम संस्कृतिका र पर्यटनका हिसावले निकै नै समृद्ध क्षेत्रका रुपमा चिनिन्छ । एक वर्षभरि बाह्रै महिनामा केही नकेही चाडपर्व परेकै हुन्छन्। तर अक्सर ठूला पर्वहरु फुर्सदको समयमा तोकिएका छन् । कामकाजको चाप नभएका फुर्सदिला महिनाहरुमा मनोरञ्जनका लागि तय गरिएका हुनु पर्छ हाम्रा कैयौ चाड पर्वहरु । त्यो समय अहिलेको जस्तो थिएन समय बिताउनका लागि । अहिले मनोरञ्जनका साधनहरु धेरै नै भित्र्याइसक्यो प्रविधिले । एक्लै समय ब्यतित गर्न रमाइरहेका हुन्छन् अहिलेका मान्छेहरु । 
पर्मा, अरुैचो पैचोदेखि लिएर सामाजिक कार्यमा सरिक हुने खालका कैयौ कार्यहरु हुन्थे उतिबेला । हरेक क्षण जरुरत परिरहन्थ्यो छिमेकीको । त्यहाँ नैतिकताका पाटा थिए, स्वाभिमान र इमान्दारीका पाटा थिए। माानबीय संवेदनाको पक्ष निकै नै प्रवल थियो । हाम्रा पूर्वजहरु आफ्नै मूल्य मान्यताभित्र अभावमा पनि आनन्दको जिन्दगी बिताउँथे । उसै पनि हरेक महिनाका संक्रान्तीहरु एक प्रकारका पर्व जस्तै मानिन्थे। हरेक संक्रान्तीमा बिहान सबेरै उठेर नुहाएर बास उठाल्ने भन्थे । बास उठाल्नु भनेको तेलमा पक्वान पकाउनु हो । यी पक्वानमा बढीजसो पुरी सेल र चामलको पिठो मुछेर ध्यूमा पकाउँथे । जसलाई शैया भनिन्छ । यसरी पकाएको पक्वान देवता र पितृको भाग छुट्याइ सकेपछि मात्र खाने गरिन्थ्यो । 
अहिलेको जस्तो आधुनिक पध्दति थिएन कृषि क्षेत्रमा पनि । प्रायजसो भाद्र अन्तिमतिर फलिसकेका हुन्थे काक्रा । तर त्यो फल्ने क्रम सुरुवातिकै क्रम हुन्थ्यो । त्यसैले गर्दा जसको बारीमा काक्रा फलेका छन् त्यही चोर्न जान्थे केटाकेटीहरु । तिनै ससाना काक्रा लगेर जाने चलन थियो बुढी पोल्न जादा । त्यो चलन आज पनि छ । फरक यत्ति हो हिजो आज काक्रा जुनसुकै मौसममा पनि पाइन्छन् । काक्राको अभाव हुँदैन । आश्विन संक्रान्तिका दिन पाँचवटा प्रजातिका बिरुवाका हाँगा काटेर ल्याउछन् र चुल्ठी बनाउँछन् । ती बिरुवाहरु ठाउँ अनुसार फरक हुन्छन् । सबै जिल्लामा सबै गाउँमा उस्तै खालका हुँदैनन् । यसरी बनाइएको चुल्ठीले गोठका उनाकुनामा झाडो लगाएझै गर्छन् । जसलाई बुढी लखेट्ने पनि भनिन्छ । गोठबाट लखेट्ने बुढी भनेको रोगब्याध हो । यसरी झाडो लगाएपछि गाईबस्तुलाई रोग लाग्दैन भन्ने मान्यता छ। 
भाद्र संक्रान्तिका दिन ससानो रुख वा रुखको ठुलो हाँगा काटेर वा बासको लिङ्गो बनएर दोबाटो अथवा अन्यत्र कतै गाड्ने चलन छ । उक्तस्थान हरेक वर्ष एउटै हुन्छ । परिवर्तन हँदैन । उक्त लिङ्गो ठड्याएको ठाउँमा प्रत्यक दिन गोठालाहरु रुखका हाँगा काट्दै थप्दै गर्ने गर्छन् । बढी जनसंख्या भएको गाउँको बुढी निकै ठूलो र अग्लो देखिन्छ। यसरी एक महिनासम्म थुपार्दै जान्छन् रुखका हाँगा र अन्य बनस्पति । 
द्वापर युगमा कंशले आफ्ना भन्जा भगवान् कृष्णलाई मार्न पुतना नामकी राक्षसनीलाई पठाएका थिए । राक्षसनी पुतनाले आफ्नो स्तनको टुप्पोमा बिषलेपन गरी भगवान् कृष्ण एक्लै भएको मौका छोपी मार्ने हेतुले दूध पिलाउन लाग्दा भगवान् कृष्णले पुतनाको सारा दूध मात्र नभई अन्तमा रगत समेत चुसे पछि पुतनाले देहत्याग गरीन् । तिनै पुतनालाई जलाउन विजयोत्सव गरियो ।

दिपायलमा डिप बोरिङ्गबाट पानी

डोटीको दिपायलमा बोरिङ्गबाट पानी निकालिएको छ । दिपायल सिलगढी नगरपालिका ५ घोल्तडा गाउँमा बोरिङ्गबाट पानि निकालिएको हो । उक्त योजनाबाट घोल्तडा का ९३ घर परिवार लाभाम्बीत हुने छन । 
नदी किनारमा रहेको उक्त बस्तीका नागरिकले बषौँदेखी सेती नदीको पानी उपभोग गर्दै आएका थिए । बोरिङ्गबाट  पानी निकालेपछि स्थानीयमा खुसीयाली छाएको छ । स्थानीय ७५ वर्षीया रैभान भण्डारीले  भने ‘मैले थाहा पाएसम्म हाम्रो अहिले पाँचौं पुस्ता भैसक्यो, यतिञ्जेल सेती नदिको धमीलो पानी खान बाध्य थियौं । अब सफा खानेपानी पिउन पाईने भयो ।’ राईभान मात्र होईन ७२ वर्षीया जहर सिं भण्डारी पनि पानी निकालेको देखेर मख्ख परेका छन । चाँसो र उत्साहका साथ उद्घाटन कार्यक्रम नियाल्दै गरेको जहर सिंहले भने ‘ धन्यबाद छ सरकार, हाम्रो माग सम्बोधन भयो जनताको मागको पनि सुनुवाई हुँदो रहेछ, यो मेरो गाउँका लागी भन्दा ठुलो काम हो ।’ 
दिपायल सिलगढी नगरपालिकामा मेयरले चुनावमा सफा पानीको ब्यवस्था गर्ने प्रतिबद्धता गरेकी थिईन ।  मेयर मञ्जु मलासीले भनिन् ‘यो गाउँमा बषौँदेखी  बाह्रै महिना नदीको फोहर खानेपानी पिउनु पर्नेे समस्या थियो, मैले पहिला पनि भनेको थिएँ तर कसैले बास्ता गरेनन् मैले चुनाबमा पनि प्रतिबद्धता गरेकी थिएँ, स्वही अनुरुप योजना सम्पन्न पनि भयो ।’
नगरपालिकाको  १५ लाखको लागतमा  उक्त डिप बोरिङ्गबाट खानेपानी निकालिएको दिपायल सिलगढी नगर प्रमूख मलासीले बताईन् । उक्त योजनाबाट झण्डै ३ इन्चको पाइपमा पानी निस्किएको छ ।
 दुधेश्वर आधारभूत विद्यालयको प्राङ्गणमा १ सय १० मिटरको गहीराईबाट पानी निकालिएको हो । डिप बोरिङ्गको नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा पुर्ब उपप्रधान तथा गृहमन्त्री भिम रावलले उद्घाटन गरेका हुन । 
हामीले बाचा पुरा गर्यौँ ः रावल
आफुले गरेको बाचा पुरा गरेको नेपाल कम्युष्टि पार्टीका नेता भिम रावलले बताए । उद्घाटन कार्यक्रममा बोल्दै रावलले भने ‘हामी जे सक्छौँ त्यही बोल्छौैं, जे बोल्छौँ त्यही गर्न प्रतिबद्ध रहन्छौैँ, मैले यहाँहरुलाई यो काम हुन्छ भनेको थिएँ र भयो पनि अन्य यहाँका आबश्यकताका केही काम हुँदैँ छन ।’ दिपायल सिलगढी नगरपालिका वडा नं. ५ घोल्ताडाका स्थानीयलाई सफा पानीको ब्यबस्था गर्ने प्रतिबद्धता गरेका रावल बाचा पुरा भएपनी खुसी ब्यक्त गरेका हुन । पूर्व उपप्रधान मन्त्री भीम रावलले एक वर्ष पहिले शुद्ध पानीको ब्यबस्था गर्ने घोल्ताडामा आयोजित कार्यक्रममा प्रतिबद्धता ब्यक्त गरेका थिए । पानीको अभाब रहेको ठाउँमा डिप बोरिङ्ग गरेर खानेपानीको सुबिधा बनाउनका लागी दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाका केही स्थानमा काम भईरहेको छ । दिपायलमा बनेको क्षेत्रिय संरचना कुनै न कुनै हिसाबले संचालनमा राख्नु पर्ने नेता रावलले बताए । रावलले भने ‘हामीले प्रदेश सरकारलाई भनेका छौंै राजधानी त हुन सकेन, अब त्यहाँका क्षेत्रिय संरचना कुनै न कुनै हिसाबले क्रियाशिल राख्नु पर्दछ । घटाउने होईन बरु थप्नु पर्छ भनेका छौँ ।’

आशा र आशंका बोकेर फर्किए निर्मलाका आमाबाबु

 दिपेश शाही/काठमाण्डौं
      असोज १
१३ वर्षीया छोरीको बलात्कार र हत्या भएको ५० दिन नाघ्दा पनि अपराधी किन समातिएनन् ? सक्कली अपराधी लुकाउने उद्देश्य छैन भने शृंखलाबद्ध रूपमा नक्कली अभियुक्त किन खडा गरिएको छ ? सिंगो देश एकजुट भएर आवाज उठाउँदा, सडकमा रगत बगाएर बलिदानी दिँदा पनि सरकार जवाफदेही हुँदैन भने बोल्नै नसक्ने निमुखाले न्याय कसरी पाउलान् ? यिनै प्रश्नको भारी प्रधानमन्त्रीको अगाडि बिसाएर जवाफमा केही आशा र आशंका बोकी घर फर्किएका छन् निर्मलाका बाबुआमा । 
विमानस्थलमा बाबु यज्ञराज र आमा दुर्गादेवी
राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई भेट्ने, घटनाको विवरण सुनाउने र न्यायको याचना गर्ने उद्देश्यले साताअघि काठमाडौं आइपुगेका थिए निर्मलाका आमा दुर्गादेवी र बाबु यज्ञराज । काठमाडौं आएकै दिनदेखि प्रधानमन्त्रीलाई भेट्न गरेको प्रयास फर्कने दिन सोमबार मात्र सफल भयो । प्रधानमन्त्रीसँग भेट मिलाउने जिम्मा लिएकी नेकपा नेतृ निरु पाल नागरिक संघर्ष समितिकी संयोजक मीना भण्डारीसँग निरन्तर सम्पर्कमा थिइन् । ‘हामीले यहाँ आएकै दिनबाट प्रधानमन्त्रीलाई भेट्न खोज्यौँ, निरुजीले फोन गरेर प्रधानमन्त्रीले पनि भेट्न चाहेको भन्नुहुन्थ्यो, तर भेट हुँदैनथ्यो, आइतबार अब भेट नहुने हो भने हामी हिँड्छौँ भनेपछि उहाँले सोमबारका लागि समय मिलाउनुभयो,’ मीनाले भनिन् । 
राष्ट्रपतिसँगको भेटको पहल पनि निरुले नै गरेकी थिइन् । मंगलबार भेट्ने समय मिलेको जानकारी उनले नै दिएकी थिइन् ‘मंगलबार राष्ट्रपतिले भेट्नुहुन्छ, समयचाहिँ तोकेको छैन, तपाईंहरू प्लेनको टिकट क्यान्सिल गर्नू भनेर हामीलाई निरुजीले जानकारी गराउनुभएको थियो,’ मीना भन्छिन ।तर, आइतबार प्रधानमन्त्रीसँगको भेट असहज भएपछि राष्ट्रपतिसँग हुने भनिएको भेट अचानक रद्द भयोरु। ‘राष्ट्रपति पनि छोरीकी आमा हुनुहुन्छ, त्यसैले उहाँलाई आफ्नो व्यथा सुनाएर मन हलुका बनाउने धोको थियो, आश्वासन पनि पाएका थियौँ, तर अन्तिममा उहाँको समय छैन, १० दिनसम्म व्यस्त हुनुहुन्छ भन्ने जानकारी आयो, धोको अधुरै रह्यो,’ घर फर्किंदै गरेकी आमा दुर्गाले विमानस्थलमा दुःखेसो पोखिन ।
जाँदाजाँदै आमाबाबुका प्रश्न
१. प्रधानमन्त्रीले टेलिभिजनमा बोलेको कुराले हाम्रो मन पिरोलिएको छ । निर्मला पन्तको पोस्टमार्टमपछि उनको शव मेयरको आँगनमा लगियो भनेर उहाँले भन्नुभो । शव महाकाली अञ्चल अस्पतालबाट सीधै दाहसंस्कारका लागि लगिएको होरु। कसैको घरमा लगिएको छैनरु। यति खुलस्त विषयमा पनि उहाँलाई गलत जानकारी छ भने अपराध अनुसन्धानको विषयमा कसरी सही जानकारी होला ?
२. अनुसन्धान गर्न दिइएन, अवरोध भयो भनेर प्रधानमन्त्रीले टिभीमा बोल्नुभयो। तर, अनुसन्धान गरेर अपराधी पत्ता लगाइदेऊ भनेर नै त्यति धेरै मान्छे सडकमा आएका हुन यही माग गर्दा जनताका छोराछोरीले ज्यान गुमाएरु। कति घाइते भए । काठमाडौं र देशभरि नारा–जुलुस भए । मैनबत्ती बालिए । यति ठूलो आन्दोलन केका लागि थियो ?

किन दुख्छ ढाड ?

पछिल्लो समयमा ढाड दुख्ने समस्या भएका बिरामीको संख्या बढ्दो छ । अव्यवस्थित जीवनशैली, खानपिन, शारीरिक मुभमेन्ट, बसाइ नमिल्नु आदि कारणले ढाड दुख्ने बिरामी बढिरहेका छन् । अस्पतालमा सानो बच्चादेखि वृद्ध उमेरसम्मका मानिस ढाडको समस्या लिएर आउने गरेको डाक्टरहरू बताउँछन् । युवामा पनि मेकानिकल ब्याकपेन देखिने गरेको छ । ढाड दुख्ने समस्या उत्पन्न हुने कारण यस्ता छन् । 
बसेर बत्ती कात्ने महिलामा बढी ढाड दुख्ने समस्या देखिने गरेको छ । महिनावारी सुकेका महिलामा पनि यो समस्या धेरै हुन्छ ।  कम्प्युटरमा बढी समय काम गर्ने, सुतेर पढ्ने, सुतेर काम गर्ने, सुतेर मोबाइल चलाउने, सुतेर टिभी हेर्नेहरूमा ढाड दुख्ने समस्या देखिने गरेको छ । सिैलुनमा बढी समय काम गर्ने, पार्लर चलाउनेहरूमा पनि ढाड दुख्ने समस्या बढी देखिने गरेको छ ।

नियमित योग गर्दाको फाइदा

योग यति र यस्तो गर्न सकिन्छ भन्ने हुँदैन । नर्मल स्वास्थ्य भएको व्यक्तिले कम्तीमा ४५ मिनेटदेखि एक घन्टासम्म गर्न सक्छ । दक्ष प्रशिक्षकको प्रशिक्षणमा रहेर योग गर्दा १५ दिनदेखि प्रभाव महसुस गर्न सकिन्छ । 
सामान्य बुझाइमा योग फिजिकल फिटनेसका लागि गरिने एक्सरसाइज हो भन्ने छ । तर, यति मात्र होइन । योभन्दा धेरै हो । योगले बडी, माइन्ड, इमोसनमा भएका विकार, अप्ठ्यारोपनलाई हटाउन मद्दत गर्छ ।
अभ्यास गर्दै जाँदा हाम्रो शक्ति, अंगप्रत्यंगहरू स्वस्थ र सक्रिय हुन्छ । हाम्रो सत्यानन्द पद्धतिअनुसार योग गर्ने विभिन्न स्तर हुन्छ । यो पद्धतिअनुसार आसनहरू गर्दा खाली शारीरिक रूपमा मात्र नभएर मन र भावनामा पनि प्रभाव पर्छ । मनोवैज्ञानिक र आध्यात्मिक हुन्छ ।
सिुक्ष्म आसन भनेको जोर्नीहरूका लागि गरिने योग अभ्यास हो । यसलाई योगको प्रमुख कडी मानिन्छ । त्यसपछि पेट, ढाड, आँखालगायतका लागि १२ वटा आसन हुन्छ । योग गर्ने व्यक्तिको आवश्यकताअनुसार योग आसन गराइन्छ ।
अहिले टिभीमा हेरेर योग गर्ने प्रचलन पनि बढेर गएको छ । टिभीमा हेरेर गर्दा वान वे माध्यम हुने हुँदा शरीरलाई आवश्यकता पर्ने योग आसन बुझ्न   सकिँदैन । जसले गर्दा नकारात्मक असर पर्न सक्छ ।

बाल श्रमिक राख्नेलाई सेवा सुबिधा रोकिने
बालश्रमीक नभएको घरमा हरियो झण्डा

डोटीको दिपायल सिलगढी नगरपालिकाले बाल श्रमिक नभएको घरमा हरियो झण्डा झुण्ड्याएको छ । बाल दिबसको अबसर पारेर जिल्ला सदरमुकाममा बालश्रम बढ्दै गएपछी नगरपालिकाले यस्तो अभियान सुरु गरेको हो । 
दिपायल सिलगढी नगरपालिका वडा नं. ६ सिलगढीका घरमा मेयर मञ्जु मलासीले बालश्रमीक नभएको घरमा   हरियो झण्डा गाडेर अभियानको औपचारिक सुरुवात गरेकी हुनु । अभियानको सुरुवात गर्दै मेयर मलासीले भनिन् ‘हामी जस्को घरमा बालश्रमिक छन त्यो घरमा यो झण्डा गाड्दैनौं, जहाँ छैनन् त्यहाँ हरियो झण्डा गाड्दछौं, यस्को अर्थ यहाँ बालश्रम छ्रैन  र यहाँ छ भन्ने संकेत हो’ अभियान बारे बोल्दै मेयरले भनिन् ‘सामाजिक र नैतिक दवाब सृजना गरेर जती सक्दो बालबालिका घर फर्काउने र फर्कने वाताबरण सृजना गर्ने छौं, अन्य सबै   घरमा हरियो झण्डा हुँदा राख्ने माथी नैतिक दवाब पर्छ ।’
बालश्रम घेरै रहेको नगरपालिकाको वडा नं. ४, ६ र ९ का  बालश्रम नभएका सबै घरलाई हरियो झण्डा राख्ने  नगर उप–प्रमुख शिबराज खड्काले बताए ।  बालमजदुर राख्ने ब्यक्तीको  सेवा सुबिधा बन्द गर्नका साथै सार्बजनिक नाम प्रकाशन गर्ने खड्काले बताए ।  खड्काले भने ‘ पहिला हामी सम्बन्धित पक्षसंग अन्तक्रीया गर्छौ, त्यसपछी आफ्नै घरमा फिर्ता गर्ने  प्र¥यास गछौं, यदी  त्यत्ती गर्दा पनि मानेन भने पत्र पत्रिकामा बिवरण सार्बजनिक गछौं ।’  डोटीको दिपायल सिलगढी नगरपालिकाले बालश्रम र बाल बिवाह बिरुद्धको अभियान सुरुवात गरेको हो ।   वडा अध्यक्षका नेतृत्वमा हरियो झण्डा गाड्ने अभियान निरन्तर संचालन हुने नगरपालिका वडा नं. ६ का अध्यक्ष सन्तोस बोहराले बताए । 
श्रमिक राख्नेको सेवा सुबिधा  रोकिने 
दिपायल सिलगढी नगरपालिका भित्र बालश्रमिक राख्ने ब्यक्तीलाई नगरपालिकाबाट हुने कुनै पनि सुबिधा प्रदान नगर्ने मेयर मञ्जु मलासीले बताईन् । मेयर मलासीले भनिन् ‘हामीले यो अभियान संचालन गर्दा अटेरी गर्ने ब्यक्तीलाई यहाँबाट हुने कुनै पनि सेवा सुबिधा प्रदान गरिन्न् ।’ मेयरले भनिन् ‘ आमा बुवा दुबै भएका ब्यक्तीका छोराछोरी पनि श्रमिक छन त्यसरी काममा लगाउने आमाबुवालाई पनि कारबाही हुन्छ ।’  आर्थिक अबस्था बिपन्न भएका बालश्रमिकका लागी अध्ययन अध्यापनको ब्यबस्था गर्ने मेयर मसालीले बताईन । उनले ‘हामीले यो अभियान साँच्चिकै सोचेर सुरुवात गरेका छौंै, बालश्रम मुक्त नगर चाँडै घोषणा गछौ, हामी बालश्रम हुन दिन्नौैं, आर्थिक अबस्थाबाट सक्दै नसकिने हो भने बिकल्पका बिषयमा नगरपालिका तयार रहन्छ ।’
बालश्रमलाई मूख्य बिषय बनाएको नगरपालिकाले बाल बिवाहलाई पनि अभियान कै रुपमा लगेको छ । नगरपालिकाका समाजिक बिकास अधिकृत रमेशचन्द्र जोशीले भने ‘हाम्रो यहाँ बाल बिवाहको अबस्था चिन्ताजनक छ, त्यसैले बालश्रम र बाल बिवाहका बिरुद्धमासंगै अभियान सुरु गरेका छौं ।’
निर्वाचित पदाधिकारी द्धारा पदभार ग्रहण
उद्योग बाणिज्य संघ डोटीलाई उद्योगी ब्यापारीको हक हितमा काम गर्ने संस्थाको रुपमा बनाउने  नब निर्वाचित अध्यक्ष मोहनबहादुर कलेलले  बताउनु भएको छ ।
यही भाद्र २३ गते सम्पन्न भएको उद्योग बाणिज्य संघ डोटीको सम्पन्न निर्वाचनबाट निर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यले पद तथा गोपनियताको पदभार ग्रहण गरेका छन । पदभार ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष कलेलले संस्थाको हितमा राखेर काम गर्ने बताउनु भएको हो । ब्यापारीको सबै भन्दा मजबुद संस्थाको रुपमा उद्योग बाणीज्य संघ डोटीलाई संचालन गर्ने कलेलले बताउनु भएको छ । 
उद्योग बाणिज्य संघ डोटीको नयाँ १५ जनाको कार्य समितिले पदभार ग्रहण गरेको हो । सहायक निर्वाचन अधिकृत कैलाश साउँदले पद तथा गोपनियताको सफत ग्रहण गराउनु भएको थियो । 

लेख 

नयाँ संविधानपछिका जटिलता

डा. बावुराम भट्टराई
एकापट्टि हामीलाई गर्व छ– लामो समयपछि संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाएका छौँरु। अर्कोपट्टि उत्तिकै चिन्ता र आशंका पनि छ– समाजको एउटा ठूलो तप्काले अहिले पनि अन्तरहृदयदेखि यो संविधानको स्वामित्व र अपनत्व ग्रहण गरेको छैनन् । कानुनी रूपमा मात्रै, शाब्दिक रूपमा मात्रै ती असन्तुष्टिहरू अभिव्यक्त हुँदैनन्  मुखाकृतिबाट, भावावेशबाट, भावुकताबाट पनि ती अभिव्यक्त हुन्छन् । हामीले त्यसलाई बुझ्नुपर्छ ।
यो संविधान बनाउन संविधानसभाका निम्ति लड्ने अवसर मैले पाएँ मलाई पनि गर्व छ । कति योगदान गर्न सकेँ वा सकिनँ, त्यो इतिहासले मूल्यांकन गर्ने कुरा हो ।  तर, मैले दुःखसाथ भन्नुपर्छ हामीले यत्रो संघर्ष गरेर ल्याएको संविधान आज नेपालमा ठूलो समुदायमा स्वीकार्य हुन नसक्नु, अथवा औपचारिक ढंगले स्विकार्न बाध्य भए पनि अन्तरहृदयदेखि स्वीकार्य नहुनु के हाम्रो निम्ति खुसीको विषय हुन सक्छ ? भूपि शेरचनले भनेका छन् ‘को सक्छ निदाउन खरबारीमा, वरिपरि मुढाहरू दन्किरहेको वेलामा’ ढुक्कसँग निदाउन सक्नेहरू निदाऊ, तर मलाई चाहिँ निद्रा लागेको छैन ।
हामीले संघर्ष गरेर ल्याएको संविधान आज नेपालमा ठूलो समुदायमा स्वीकार्य हुन नसक्नु, अथवा औपचारिक ढंगले स्विकार्न बाध्य भए पनि अन्तरहृदयदेखि स्वीकार्य नहुनु के हाम्रो निम्ति खुसीको विषय हुन सक्छ ?
मलाई यतिवेला अप्ठेरो पनि महसुस हुन्छ, हामी एक्काइसौँ शताब्दीमा उन्नत लोकतन्त्रको अभ्यास          गरिराखेका छौँ । औपचारिक हिसाबले भन्दा हाम्रो संविधानमा कतिपय अग्रगामी, प्रगतिशील कुराहरू म पाउँछु । लोकतन्त्रका जुन पछिल्ला मान्यताहरू छन्, तिनलाई सकेसम्म समेट्ने प्रयत्न पनि हामीले गरेका छौँरु। तर, हाम्रो लोकतान्त्रिक चेतना अत्यन्त न्यून छ भन्ने चिन्ता मलाई किन पनि लाग्छ भने जो उत्पीडित छ र जो उत्पीडितको पक्षमा बोल्छ त्यसलाई सत्तोसराप गर्ने प्रवृत्ति बडो डरलाग्दो छ ।
कसैले नेपालमा जातीय, क्षेत्रीय, भाषिक, धार्मिक उत्पीडनमा परेकाको पक्षमा बोल्यो भने त्यो अराष्ट्रिय घोषित हुन्छ । कसैलाई डलरवादीको आरोप लाग्छ । महिला, दलित वा तेस्रोलिंगीका पक्षमा कोही बोल्यो भने त्यो उपहासको पात्र हुन्छ । के लोकतन्त्रको मूल्य–मान्यता यही हो ? यसले के देखाउँछ भने हामीले संविधानमा त लोकतन्त्र लेखेका छौँ, तर मनमस्तिष्कमा, अन्तःकरणमा लोकतन्त्र अझै भिजेको छैन ।
नेपाल  बुझौँ
वास्तवमा नेपाल के हो ? नेपाललाई हामीले ठीक ढंगले बुझ्न, परिभाषित गर्न म आवश्यक ठान्दछु ।           राज्यको उत्पत्ति भएदेखि विकासक्रमका विभिन्न रूपहरू हुन्छन । नेपाल राज्य संसारको सबभन्दा पुरानो राज्यमध्येको हो । १८औँ शताब्दीमा जतिवेला नेपाल राज्य बन्यो त्यतिवेला सायद २०र२५ वटा राज्यमध्येमा नेपाल राज्य आउँथ्यो ।  १८औँ शताब्दीमा बनेको नेपाल राज्य हामीलाई अहिले प्राप्त छ । हाम्रा पुर्खाले लडेर बनाएको राज्यमा हामी गर्व गर्छौं, तर त्यस क्रममा निश्चित रूपमा अहिलेको जस्तो चेतना थिएन  । नेपालजस्तो बहुजातीय, बहुभाषिक, क्षेत्रीय विविधतायुक्त मुलुक त्यतिवेलाको चेतनामा एकात्मक नै हुन्थ्यो । हामीले अहिले चाहेजस्तो, अहिलेको जस्तो संघीयतामा त्यतिवेला लैजान सम्भव थिएन ।
तर, हामीले बिर्सन नहुने अर्को पाटो पनि छरु। आज के पुष्टि भइराखेको छ भने अहिले संसारमा भएका सात अर्ब मानवजाति हामी सबै एक लाख वर्षपहिले होमोसेपियन्स प्रजातिको नरवानर जुन अफ्रिकामा उत्पत्ति भयो त्यसैका सन्तति हौँ । हाम्रो यहाँ रामापिथेकस आदि प्रजातिका पनि केही प्रश्न आयो होला, तर मूलतः हामी ९८ प्रतिशत होमोसेपियन्सका नै प्रजाति हौँ भन्ने विज्ञानले पछिल्लो ‘ह्युमन जेनम’को मापन जुन गरेको छ त्यसले पुष्टि गर्दछ । 
त्यस हिसाबले हेर्दा हामी नेपाली पनि अफ्रिकाबाट नै आएका हौँ ।  हामी कोही अगाडि आयौँ होला, कोही पछाडि आयौँ । त्यसैले कसैले पनि आफूलाई मात्र नेपाली ठान्ने, खाँटी नेपाली ठान्ने र बाँकी अरूलाई आधा नेपाली भन्नुको अर्थ नै छैन । हामी सबै अफ्रिकी हौँ, हामी त्यहीँबाट फैलिन सुरु गर्रुयौँ ।  त्यहाँबाट आउने क्रममा कोही पर्सिया, इरान र पाकिस्तान–भारतको राजस्थान हुँदै सीधै आएर नेपालको मैदानमा र मैदानका खोँचहरूमा, भित्री मधेसमा बसे । गर्मी ठाउँमा बस्ने भएकाले ती अफ्रिकनजस्तै वर्णका भएरै रहे । मेरो जाति खस–आर्यचाहिँ ककेसिया, मध्यएसिया पुगेर त्यहाँको जाडो हावापानीमा अलग खालको वर्ण प्राप्त गरेर घुम्दै–घुम्दै पछाडि आएका हुन ।
अर्काथरी जो अलि पहेँलो वर्णका छन् उनीहरू पनि पूर्व एसियातिरबाट घुमेर आएका हुन । त्यस हिसाबले भन्ने हो भने नेपालको मैदानी भागमा र भित्री मधेसमा बस्ने मान्छे नै सबभन्दा पुराना हुन । यो तथ्यलाई स्विकार्न हामी तयार हुने कि नहुने ?
अनि नेपाल राज्य बन्ने क्रममा काठमाडौं उपत्यका जुन हिमाली भेगको सभ्यताको केन्द्र हो त्यतिवेलाको हाम्रो इतिहासले के भन्छ ? गोपालवंशीहरू को थिए ? महिषपालवंशीहरू को थिए ? लिच्छविहरू को थिए ? ती यहाँका थिए कि बाहिरबाट आएका थिए ? पछि किरातहरू को थिए ? सुरुमा त यिनीहरूले नै राज्य चलाएको हुन । १७औँ शताब्दीसम्म त यिनै विभिन्न  थरीका मान्छेहरूले चलाएका हुन ।
हामी खस–आर्य जुन भाषा संस्कृतिलाई नेपाली भन्छौँ, जुन वेशभूषालाई राष्ट्रिय भनेर गर्व गर्छौं, त्यही नै सबैले मान्दिनुपर्छ भन्ने आग्रह गर्छौं यसलाई हामीले चलाएको त दुई–अढाई सय वर्ष न भयो । ज्ञान र विज्ञानको बढी उन्नति भएको समयमा हामी बढी टाठाबाठा भयौँ, जान्नेसुन्ने भयौँ, त्यसले गर्दा हामीले यसलाई स्थापित गर्यौं । जो बढी चलायमान हुन्छ, बसाइँसराइ गर्छ ऊ चलाख पनि हुन्छ । जो अलि बढी सत्तालाई त्यसरी चलाउँछ ऊ अलि बाठो पनि हुन्छ । तर, के इतिहास नै बंग्याइदिने ? अनि म मात्रै नेपाली अरू सबै अनेपाली भन्दिने ? त्यसपछि के हुन्छ ? अनेपाली भनिएकाहरूका ठाउँमा आफूलाई राखेर हेर्नुस् त तपाईंलाई के लाग्छ ? त्यसैले नेपाल भनेको विभिन्न जातीय, भाषिक समुदायले बनेको मुलुक हो र एउटा इन्द्रधनुषी राज्य हो । 
विभिन्न रंगले बनेको एउटा राष्ट्रिय राज्य हो । एउटा जाति मात्रै, खस–आर्य वा मधेसी–थारू वा मंगोलियन मूलका आदिवासी जनजातिमध्ये कोही एक मात्रै नेपाली बाँकी अनेपाली भन्ने बुझाइ सही होइन । हामी सबै खस–आर्य नेपाली हौँ, मधेसी नेपाली हौँ, थारू नेपाली हौँ, जनजाति नेपाली हौँ । यसको समुच्च रूपमा चाहिँ नेपाल हो र सबै नेपाली हौँ । नेपाल सबैको इन्द्रधनुषी चरित्रले बनेको राष्ट्र राज्य हो ।
राज्य पुनर्संरचना लोकतन्त्रकै पक्ष
संविधान जारी गर्ने क्रममा कतिपय विषयमा हामीले राम्रा कुरा पनि राखेका छौँ, तर राज्यको पुनर्संरचनाको जुन मुख्य मुद्दा थियो, त्यो लोकतन्त्रकै मुद्दा हो भन्नेमा धेरैको एउटै बुझाइ हुन सकेन । लोकतन्त्र अलग, राज्य पुनर्संरचना अलग हुँदै होइन । लोकतन्त्रकै कुरा गर्ने हो भने युरोपबाट पछिल्लो आधुनिक लोकतन्त्रको अवधारणा आयो । फ्रान्सेली क्रान्तिले लिबर्टी, इक्वालिटी र फ्र्याटर्निटीका कुरा गर्रुयो ।
व्यक्तिगत स्वतन्त्रता एउटा पाटो हो, समानता अर्को पाटो हो । सबै जातिको बराबरी सहभागिता, मानवता पनि त अर्को मुख्य पाटो हो । त्यसैले एउटा लोकतन्त्रले व्यक्तिगत स्वतन्त्रताको कुरा गर्रुयो, समाजवाद र साम्यवाद मान्नेहरूले समानताको कुरा गरेरु। तर, पछिल्लो चरणमा विभिन्न जाति र समुदायहरूको पहिचान र अधिकारसहितको समावेशी लोकतन्त्र, सहभागितामूलक लोकतन्त्रको अवधारणाको विकास भएको छ ।
हामीले सकेसम्म त्यसलाई अपनाउने कोसिस गर्दै थियौँ तर हाम्रो बुझाइमा एकरूपता आउन सकेन । दम्भ, अहंकार, आफूलाई मात्रै ज्ञानी ठान्ने र अरूका कुरा सुन्न नचाहने, आफूलाई शासक र अरूलाई शासित ठान्ने जुन प्रवृत्ति प्रकारान्तरले हाबी हुन गयो, हामीले त्यसलाई समावेश गर्न सकेनौँ ।  संसारमा जहाँसुकै पनि संविधान कुनै पनि एउटा संसद्ले त्यसै बनाएको होइन । सडक संघर्षको बलमा, क्रान्तिको बलमा बनेका हुन् । सडकबाट जनताले दिने जुन तागत हुन्छ त्यसको बलमा मात्रै संसारमा संविधानहरू फेरिन्छन् ।
संसारको इतिहास नै त्यही हो । युरोप, अमेरिका वा सबैतिरको  ती सबै क्रान्तिको बलमा प्राप्त भएका संविधान हुन् । हामीले पनि माओवादी आन्दोलन, जनआन्दोलन, मधेस आन्दोलन, जनजाति आन्दोलन आदिको बलमा यो पाएको होस । तर, संविधानको प्रस्तावनामा ती सबै आन्दोलनलाई उल्लेख गर्न छुटाइयोरु। अहिले नै पनि हाम्रो संविधानको प्रस्तावना निकै लामो छ, त्यसमा मधेस आन्दोलन, जनजाति आन्दोलन, थरुहट आन्दोलन भनेर थप्दा के बिग्रन्थ्यो ? यथार्थ त त्यही थियोरु। त्यो किन पनि आवश्यक थियो भने उत्पीडित जातिहरूको पहिचानको अधिकारलाई समेत समेटेको लोकतन्त्र चाहिन्छ, त्यो मात्रै उन्नत लोकतन्त्र हुन्छ भनेर पछिल्लोचोटि गरिएको आन्दोलन थियो त्यो ।
माओवादीले वर्गीय आन्दोलनबाट जनयुद्ध सुरु गरे पनि अन्ततः जातीय, क्षेत्रीय, लैंगिक विषय पनि चाहिन्छ भनेर त्यसलाई पनि उठाएको थियो । १२ बुँदे समझदारी देखि पछिका प्रत्येक दस्ताबेजमा हामीले वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक उत्पीडनको अन्त्य गर्न राज्यको पुनर्संरचना गर्ने भन्ने शब्द प्रयोग गरेका थियौँ ।

घर बनाउँदा वास्तु कसरी मिलाउने ?

मुस्कान खनाल
आजको भागदौडपूर्ण जिन्दगीमा आमनेपालीको सबैभन्दा ठूलो सपना एउटा सानो अनि सुन्दर घर होस् भन्ने हुन्छ ।  
तर खाइनखाई, स्वदेशमा वा विदेशमा दुःख गरी निर्माण गरिएको घर सुन्दर वा आकर्षक हुँदाहुँदै पनि गृहवासीलाई सुख अनि शान्ति मिलेन भने दुर्भाग्य नै मान्नुपर्छ । संसारका प्रत्येक प्राणी सुखपूर्वक जीवनयापनका लागि उपयुक्त वासस्थानको निर्माण गर्न चाहन्छन् ।  
जहाँ लौकिक एवं पारलौकिक सुखको भोग होस् । जसमा आरोग्यता, शान्ति, धन, मान–प्रतिष्ठा आदि समावेश हुने गर्दछ । यिनै उद्देश्यलाई ध्यानमा राखेर ऋषिमुनिहरूले भवन निर्माणका लागि वास्तुशास्त्र र त्यससँग सम्बन्धित उपयोगी एवं अनुपम सिद्धान्तको प्रतिपादन गरेका छन् । 
जसले कुनै पनि वासस्थान निर्माणका लागि जमिनको सही छनोट, निर्माणकार्य, भित्री सजावट आदि काममा दिशा, पञ्चतत्व पृथ्वी, जल, वायु, अग्नि र आकाश, विद्युतीय तरंग, गुरुत्वाकर्षण, कस्मिक इनर्जी तथा दिशाको डिग्री या अंशको सुनियोजित तवरले प्रयोग गरी निर्माणको आधार तय गर्छ ।
यसरी पञ्चतत्वको सही संयोजनले वायो इलेक्ट्रिक म्याग्नेटिक इनर्जी उत्पत्ति हुन्छ । जसले गर्दा मनुष्यलाई सकारात्मक ऊर्जाका साथै मानसिक शान्ति, उत्तम स्वास्थ्य, धन, ऐश्वर्य, समृद्धि एवं भौतिक सुख प्राप्त गर्न मद्दत गर्छ ।
यसरी वास्तुशास्त्रको मुख्य उद्देश्य प्रकृतिको सान्निध्यमा रहेर संरचनाहरू निर्माण गर्दा भवनधारक जन्मिएको ग्रह मण्डलको ऊर्जा प्रवाह या कम्पनको स्वरूप र भवनमा ऊर्जा प्रवाहको स्वरूपमा सामञ्जस्य ल्याउनु हो । जसका कारण पर्यावरणीय सन्तुलन कायम हुन्छ र व्यक्तिलाई प्रकृतिसँग तालमेल गर्दै आनन्दमय जीवन व्यतित गर्न सहयोग पुर्रुयाउँछ । यसर्थ, निम्नबमोजिम वास्तुशास्त्रको विधिलाई अपनाउँदा आफ्नो निवासस्थानभित्र प्रवाहित ऊर्जामा सन्तुलन ल्याउन सकिन्छ । 
मुख्य द्वार
भवनमा प्राण (जीवन–ऊर्जा)को प्रवेशका लागि द्वारको स्थिति र द्वार खोलिने दिशाले वास्तुलाई विशेष गणनाद्वारा चुनेको हुन्छ । यसको ठीक चयनले सकारात्मक ऊर्जाको प्रवाह बढाउन सकिन्छ । घरको अगाडि र पछाडिको द्वार सीधा एउटै लाइनमा हुनुपर्छ, जसका कारण ऊर्जाको प्रवाह विनारोकावट चलिरहोस् । प्रमुख प्रवेशद्वार घडेरीको बनावटअनुसार पूर्व, उत्तर, पूर्व–उत्तर वा पश्चिम दिशामा हुनु शुभ मानिन्छ । साथै यसको ढोका अन्य ढोकाभन्दा ठूलो तथा अत्यन्त सुशोभित हुनुपर्छ ।
स्वागत कक्ष
अतिथिका लागि स्वागत कक्ष पूर्व वा उत्तर दिशामा हुनु आदर्श मानिन्छ । दक्षिण फर्किएको घरमा भने उत्तर–पश्चिम वा त्यसको आसपासमा उपयुक्त हुन्छ । स्वागत कक्षमा सोफा आदि दक्षिणतर्फ वा पश्चिमतर्फ राख्नुपर्छ । पूर्व र उत्तर दिशा सकेसम्म खुला भएको राम्रो मानिन्छ । 
 भान्साघर
दक्षिण–पूर्वको कुना (आग्नेय) कोणमा पकाएको खानाले सुस्वास्थ्य प्रदान गर्दछ । भान्सामा पकाउँदा जहिल्यै पनि पूर्व फर्केर पकाउने विधान छ । दक्षिण–पश्चिमको कुना (नैऋत्य) कोणमा पनि भान्सा बनाउन सकिन्छ तर त्यहाँ पकाउँदा पनि पूर्व फर्केर नै पकाउनुपर्छ । भोजन गर्दा सधैँ पूर्व फर्केर गर्नु  श्रेयष्कर हुन्छ ।
पूजाकोठा
वास्तुशास्त्रअनुसार ईशान कोण (पूर्व–उत्तर) कुना शक्ति र ऊर्जाको स्रोत हो । ईशान कोण साधना र उपासनाको उच्च स्थान हो, जहाँबाट परमात्मासँग प्रत्यक्ष सम्बन्ध बनाउन सकिन्छ । त्यसैले पूजाकोठा उत्तर–पूर्वको बीच भागमा बनाउनु उचित हुन्छ । यसका अलावा उत्तर र पूर्व पनि शुभ नै मानिन्छ । साथै, १२ इन्चभन्दा अग्ला मूर्तिहरू घरको पूजाकोठामा राख्नु हुँदैन ।
धनसार
दक्षिण र नैऋत्य कोण (पश्चिम–दक्षिण) दिशामा धनकोष राख्नु सर्वोपयुक्त मानिन्छ भने गाडी तथा सवारीसाधनका लागि आग्नेय कोण (पूर्व–दक्षिण) उपयुक्त हुन्छ ।
अध्ययन कक्ष
अध्ययन कक्ष नैऋत्य र पश्चिम दिशाको मध्य, पश्चिम दिशा, वायव्य दिशा, उत्तर दिशा वा ईशान कोणको पूर्व दिशामा बनाउनु उपयुक्त हुन्छ । उत्तर, ईशान र पूर्व दिशा अगम्य ज्ञान र तेजको दिशा हो ।
स्नान घर
स्नान घरका लागि पूर्व दिशा सर्वा्धिक उत्तम मानिन्छ । नमिलेको खण्डमा पश्चिम दिशामा पनि बनाउँदा शुभ नै हुन्छ । स्नान घरको ढोका पूर्व वा उत्तर फर्केको अनिवार्य हुन्छ । स्नान घरको रङ गाढा नभई हल्का वा आफ्नो राशिअनुसारको रङ प्रयोग गर्दा राम्रो हुन्छ ।
शौचालय
घरमा शौचालय बनाउँदा पश्चिम बायाँबाट हल्का हटेर दक्षिणतर्फ बनाउँदा शुभ हुन्छ । शौचालयको धारा उत्तर, पश्चिम वा पूर्व झर्ने हुनुपर्छ । शौचालयमा बस्दा उत्तर वा दक्षिण फर्किनु आवश्यक छ । 
शयन कक्ष
घरमूलीको शयन कक्ष घरको दक्षिण–पश्चिममा र सुत्नेको शिर दक्षिणतर्फ हुनुपर्छ भने विद्यार्थीचाहिँ पूर्वी कोठामा पूर्व सिरानी गरेर सुत्नुपर्छ । 
इनार वा जलाशय
ईशान कोणमा इनार खन्दा छिटै पानी प्राप्त हुन्छ र पछिसम्म नसुक्ने हुन्छ । त्यसैले इनार वा अन्डरग्राउन्ड पानीट्यांकी राख्दा ईशान कोणको मध्यरेखाको दायाँ वा बायाँ भागमा वा पूर्व दिशामा उपयुक्त मानिन्छ ।

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१ खाने आहारा पाएपछी आसु खसाल्ने जनावर कुन हो ? 
– गोही
२ नेपालको नक्सासंग मिल्दो आकृति भएको जिल्ला कुन हो ?
– बागलुङ 
३ अन्तरिक्षमा पुग्ने पहिलो ब्यक्ती को हुन ? 
– युरीगाग्रीन
४ सगरमाथा आरोहण गर्ने प्रथम महिला को हुन ?
–  जुनको ताबेन जापान
५ मदन भण्डारी क्रिकेट अवार्ड २०७४ कस्ले पाएका थिए ?
– (कप्तान) पारस खड्का
६ खुसीको सुचांक २०१८ मा नेपाल कती आँै स्थानमा पर्दछ ?
– १०१
७ केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री कहीले भएका हुन ?
–  २०७४ फागुन ३ गते ४१ औ 
८ भारतका राष्ट्रपति प्रणब मुखर्जि नेपालको राजकिय भ्रमणमा कहिले नेपाल आएका थिए ?
–  २०७३ कात्र्तिक १७
९ सबै भन्दा बढी धान खेती गर्ने देश कुन हो ?
– चिन
१० नयाँ नेपाल भनी चिनीने जिल्ला को– को हुन ?
–  बाँके,बर्दीया,कैलाली र कंञ्चनपुर
१२ म र उ बिच के पर्छ ?
–   र
११ नेपालको सबैभन्दा बढी पानी पर्ने स्थान कुन हो ?
–   पोखराको लूम्ले
१३ नेपालको तराइ प्रदेसले कति प्रतिशत भू– भाग ओगटेको छ ?
–  १७ प्रतिशत  
१४ एउटा त्यस्तो भाडाको नाम भन्नुहोस जसलाइ उल्टो क्रममा भन्दा कुनै देसको नाम आउछ ?
–  कराइ
१५ नेपालको मुख्य खाद्य बाली कुन हो ?
–   धान
१६ विश्व उपभोक्ता अधिकार दिवस कहिले मनाउने गरिन्छ ?
– मार्च १५
१७ नेपालमा संबिधान सभाबाट संबिधान घोषणा गर्दाका बखत नेपालका प्रधानमन्त्री को थिए ?
–  शुसिल कोइराला
१८ पुलिस र जेल नभएको देश कुन हो ?
–  आइसल्याण्ड
१९ मानब शरिरको सबैभन्दा सानो हडी कुन अंगमा हून्छ ?
–  कान
२० नेपाल समुन्द्र सतह देखि कती कि.मि. टाढा छ ?
–  ११२७
२१   नेपालमा पहीलो पल्ट टेस्ट्युब प्रबिधीबाट शिसुको जन्म कहीले भएको थियो ?
–  बि स २०६१ फागुन २० ओम मणी तामाग ओम हस्पीटल
२२  नेपालले बिश्वको कुल क्षेत्रफलको कती प्रतीशत भुभाग ओगटेको छ ?
–  ०.०३ प्रतिशत
२३.  नेपालको सबै भन्दा गर्मी ठाउ कुन हो ?
–  नेपालगंज
२४.  बिश्वको सबै भन्दा ठुलो मरुभुमी कुन हो ?
–  साहारा मरुभुमी अफ्रिका
 २५  प्रथम राष्ट्रीय खेलकुद प्रतियोगीताको प्रतिक चिन्ह के थियो ?
–   डाफे
२६ कुन भिटामिनको कमीले रगत धेरै बग्छ ?
  ख्ष्तबmष्ल प्
२७  मनकामना मन्दीर कुन जिल्लामा पर्दछ ?
–  गोरखा
२८  महाकाली नदीको उद्गम स्थल कुन मन्दीर हौ ?
–  अपी हीमाल 
२९.  सूर्यबाट सबभन्दा नजिकको ग्रह ??
– बुध

साहित्य/सृजना 

मेरो सगरमाथा

शिरमा राख्ने सगरमाथा ढाडमा पलायो,
डाहा र दर्द अतिनै धेरै लौ राखै वनायो।।
न फोर्न सक्छु,न फाल्न सक्छु, पाल्नै पर्या छ,
संकल्प गरी समयक्रमलाइ नियाल्नै पर्या छ।।

न दिन सक्छु चन्द्रमा यसलाइ,न तारा झारेर,
न दिन सक्छु दाइजो यसलाइ वनको वाघ मारेर।।
हिउँले हैन गर्मिले खायो यो सगरमाथालाइ,
अति नै भयो,बर्बादै पार्यो यो जीवन गाथालाइ।।

आँखाको नानी,स्वजन ठानी शिरमा सजाउँथें,
स्तुति यसको नगाए पनि मालश्री वजाउँथें।।
लोकका अघि सगरमाथा शिरमा सजाउँथें,
वयमा यसको गरिमा भरी लोकसँग लजाउँथें।।

क्षितिज पारी,नौसिन्दा भरि म पुग्न सकिन,
दिन लाइ रात, रातलाइ दिन म कहिल्यै वकिन।।
नियति यस्तै रहेको भए ढाडैमा वोक्नेछु,
अतितको अति सकेको जति म आफैं रोक्नेछु।।
–लोकनाथ पौड्यल

गजल 

खाने भन्दैमा स्वाभिमान बेचि खाएन
प्यासि थियोे ,पानी खायो ,नदि खाएन

तरकारीले बजारमा भाउ भेटेको दिन 
किसानले भात खायो ,तरकारी खाएन

भकारी भर्यौ,बस्यौ कुन दिन सोच्यौ मालिक ?
खेत जोत्नेले पेटभरि खायो कि खाएन

बर्से्नि छाउगोठमा आउने सर्पले पनि 
किशोरी मात्र खायो ,छाउपडि खाएन

अस्पतालबाट लास निकाल्दा यस्तो लाग्यो 
घर खायो बिरामीले,ओखति खाएन ।
–अमला अधिकारी

गजल

बाइबल गीता त्रिपिटक कुरान लेख्छ ।
सबै समेटेर अचेल ऊ दिवान लेख्छ ।।

गरीबले लेख्छ स्वागतम् घरको ढोकामा
धनीले कुकुरदेखि सावधान लेख्छ ।।

मध्य रातमा आएर थाहा छैन कसले
सिंह दरवारको भित्तामा चिहान लेख्छ ।।

भोलि गुलाम बनाउन आज सुनको पानामा
दुश्मनले नि दुश्मनको बयान लेख्छ ।।

अफ्सोच! रहस्य पनि हजुरहरू जस्तै
बिदेशमा बसेर स्वदेश गान लेख्छ ।।

– रहस्य बिक्रम चिमरिया