नेपालको संबिधानले नागरिकलाई अधिकारको व्यवस्था गर्नुका साथै कर्तव्यको पनि व्यवस्था गरेको छ । यसर्थ आफ्नो सार्वजनिक सरोकारको बिषयमा सूचना माग गरि सजग नागरिकको पहिचान बनाउनु प्रत्येक नेपाली नागरिकको कर्तव्य हो ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग
मुख्य समाचार
महिला मेयरको एक बर्षः प्रशंसा धेरै आलोचना थोरै
डोटीको सबै भन्दा नगरपालिका दिपायल सिलगढी नगरपालिकाका मेयर मञ्जु मलासीले प्रमुखको जिम्मेवारीमा रहेर एक आर्थिक बर्ष योजना निर्माण तथा कार्यान्वयन गर्नु भएको छ । सिंहदरवारको अधिकार गाउँ–गाउँ आयो÷आएन भन्ने बहस भैरहेका बेला स्थानीय सरकारका रुपमा काम गर्नु पर्ने स्थानीय तहले कसरी काम गरिहेका छन । त्यसमाथीमा महिलाले नेतृत्व गरेको यस नगरपालिकामा कसरी काम भैरहेका छन ? जनताको अपेक्षा र जनप्रतिनिधीका काम, स्थानीय सरकारको नयाँ अभ्यासलाई कसरी प्रयोगमा ल्याईदैछ । ७ नम्बर प्रदेशमा एक मात्र महिला प्रमुखको एक बर्षको कार्याकालमा गरेका जनमुखी काम बारे बिम्ब साप्ताहिकले अध्ययन गरेको छ । महिलाले नेतृत्व गरेको दिपायल सिलगढी नगरपालिकामा एक बर्षको अबधीमा आलोचना कम प्रशंसा धेरै बटृल्न सफल भएको छ । बिम्ब साप्ताहिकका सह–सम्पादक कर्ण चन्दले तयार गरेको रिर्पोट ।
नगर बस संचालन
दिपायल सिलगढी नगरपालिकाको प्रमुख निर्वाचित भए लगत्तै पहिलो बैठकबाट नगर बस संचालन गर्ने निर्णय गरेकी मेयर मञ्जु मलासीले बस संचालनमा ल्याएर प्रतिबद्धता पुरा गरिन् । ५३ लाखको लागतमा शान्तिनगर देखी कालागाडसम्म दुई बस संचालन गर्दै नागरिकले यातायातका कारण ब्यर्होनु परेको सास्ती माथी सम्बोदन गरिन् । आर्थिक बर्ष ०७५/०७६ मा थप दुई बस खरिद गरेर यातायात क्षेत्रलाई ब्यबस्थित र प्रभाबकारी बनाउने दिपायल सिलगढी नगरपालिकाले जानकारी दिएको छ । नगर बस संचालनमा आएपछी दिपायल–सिलगढी आवत जावतका लागी घटौं कुर्नु पर्ने बाध्यताको अन्त्यका साथै सार्बजनिक यातायात भन्दा पाँच रुपैँया सस्तो भएकोले यात्रुलाई दोहरो फाईदा भएको छ ।
कुञ्जेडी गाउँमा सडक
दिपायल सिलगढी नगरपालिका वडा नं. ७ कुञ्जेडी गाउँ सडक सञ्जालसंग जोडिएको छ । नगरपालिका भित्रको दुर्गम गाउँको पहिचान बनाएको उक्त गाउँमा सडक बिस्तार जनप्रतिनिधीको पहिलो प्राथमिकतामा परेर पछी उक्त गाउँ नगरपालिका तथा जिल्ला सदरमुकामसंग सिधै जोडिएको छ । बिरामी डोकोमा बोकेर सदरमुकाम ल्याउनु पर्ने बाध्यताका साथै स्वास्थ्य, शिक्षाको पहुँचबाट टाढा रहेको उक्त गाउँका नागरिक सडकको पहुँच पुगेसंगै खुसी भएका छन । पाँकरी देखी ८ किलोमिटर सडक बिस्तार भएपछी उक्त गाउँमा सडक संजाल जोडिएको हो । नगरपालिकाको कार्यालयलमा सडकका लागी धेरै पटक माग राख्दा सुनुवाई नभएको भए पनि जनप्रतिनिधीले सुनुवाई गरेको स्थानीय बताएका छन । सदरमुकाम नजिकै रहेको उक्त गाउँ बत्तिमुनीको अध्यारो जस्तै बनेको थियो ।
बालश्रमिक हटाउन हरियो झण्डा
बालश्रम बिरुद्ध नगरपालिका शसक्त रुपमा लागेको छ । बालश्रमीक हटाउनका लागी नगरपालिकाका बजार क्षेत्रका घरमा हरियो झण्डा गाडने अभियान संचालन गरिएको छ । नगरपालिका तिन वटा वडामा बाल श्रमिकको रुपमा जोखिमपुर्ण काम गर्र्दै आएका ४३ बालबालिकालाई ब्यबस्थापन गर्र्दै घर फर्काउने कामका नगरपालिका लागेको छ । घर परिवारको जिम्मा लगाउनका लागी श्रमिक बालबालिकाका अबिभावकको भेला यही असोज ६ गते बोलाईएको छ । आर्थिक अबस्था कमजोर रहेका परिवारका बालबालिकाले सम्बन्धित तहले जिम्मा लिनेगरी काम भैरहेको नगरपालिकाले बताएको छ ।
नगर गुरुयोजना निमार्ण
दिपायल सिलगढी नगरपालिकाको गुरुयोजना निमार्णको कार्य अन्तिम चरणमा पुगेको छ । गुरुयोजनाको ९५ प्रतिशत कार्यसम्पन्न भएको यही असोज मसान्त भित्र सम्पन्न हुने नगरपालिकाले जानकारी दिएको छ । २५ बर्षका लागी बन्न लागेको गुरुयोजना नगर क्षेत्रको समग्र बिकासको चित्र आउने छ । योजना खल्तीबाट भन्दा पनि आबश्यकता र गुरुयोजनाका आधारमा हुने मेयर मलासीले बताईन । मेयरले भनिन् ‘हामीले गुरु योजनाका साथ काम गर्छौ, बिकासको मार्ग चित्र बनाउछु ।’
२१ वटा कानुन निर्माण
दिपायल सिलगढी नगरपालिकाले २१ वटा कानुन निमार्ण गरेर राजपत्रमा प्रकाशित गरेको छ । स्थानीय तहको सरकार संचालनका लागी आबश्यक पर्ने २१ वटा कानुन निर्माण गरेर प्रदेश तथा संघिय सरकारलाई नगरपालिकाले बुझाएको छ ।
कानुन निर्माणका बिषयमा धेरै स्थानीय तह अल्झीएको भएपनी यस नगरपालिकाले भने अधिकांस कानुन निर्माण गरेर कार्यान्वयनको चरणमा रहेको छ । .
दिपायल सिलगढी नगरपालिकामा जनप्रतिनिधी आएपनी निरन्तर बिकासका काम बाहेक अन्य बिशिष्ठ योजना पनि कार्यान्वयनमा आएका छन । नगरपालिकाले पार्क निर्माण, दिपायल सिलगढी नगरपालिका वडा नंं १ र ९ मा बर्थिङ सेन्टर तथा शहरी स्वास्थ्य केन्द्र र नगरपालिकाको मूख्य बजारमा सोलारबत्ती लगाएकाता योजना एक आर्थिक बर्षमा सम्पन्न भएका छन ।
कर्मचारी उपस्थितीका बिषयमा सधैँ आलोचना ब्यर्होदै आएको दिपायल सिलगढी नगरपालिका जनप्रतिनिधी आएपछी बिस्तारै कम भएको छ । कार्यालयमा ई–हाँजिर र सिसिटिभीको ब्यबस्था गरेर कर्मचारीको नियमित उपस्थिती पनि बढाउन सकेको छ ।
नगरपालिकाले सम्पत्ती कर वडा कार्यालयबाट नै तिर्न सक्नेगरी प्रत्येक वडा कार्यालयमा ब्यबस्था गरिएको छ । युवा तथा खेलकुदका लागी मेयर कम क्रिकेट तथा भलीबल प्रतियोगिता आयोजना गरिएको छ । नगरपालिकाका बिभिन्न क्षेत्रमा कृषीका पकेट क्षेत्र निर्माण गर्ने काम पनि भएको छ ।
सम्पादकीय
प्रहरीको बिश्वसनियता ?
कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्या भएको सात हप्ता पूरा हुँदा पनि उक्त बलात्कार र हत्याकाण्डको अभियुक्त पत्तो लागेको छैन । प्रहरीले पछिल्लोपटक दोषी ठहर गर्दै हिरासतमा राखेका दिलीप विष्ट उक्त प्रकरणमा दोषी नदेखिएपछि अदालतले मुक्त गरेको छ । त्यस सम्बन्धमा प्रहरीले अनुसन्धान प्रक्रियामा प्रचलित अनुसन्धान विधि मिचेको देखिएको छ ।
हत्या प्रकरणलगत्तै स्थानीय प्रहरीलाई सहयोग गर्न गएको सिआइबीको भूमिका शंकास्पद देखिएको छ । स्थानीय प्रहरी नेतृत्वको भूमिका खासगरी तत्कालीन एसएसपी डिल्लीराज विष्टको भूमिका अपराधी पत्ता लगाउनेभन्दा जालझेल र दमन गरेर घटना दबाउनेतिर लक्षित देखिएपछि उनलाई निलम्बन गरी नयाँ नेतृत्व पठाइयो । गृह मन्त्रालयले उच्चस्तरीय छानबिन आयोग पठायो । तर, कोही पनि अपराधको जरोसम्म पुग्न सकेनन् । घटना घटेको २४ घन्टा नबित्दै लास भेटिएर त्यसको परिवेशसमेत थाहा पाएको प्रहरीले अपराधी पत्ता लगाउन नसकेको भन्न सकिने अवस्था छैन । बरु धेरैलाई लागेको के हो भने घटनालाई दबाउन प्रहरी सक्रिय रहेको थियो, जसले घटनास्थलमा जुट्न सक्ने प्रमाण लुकाउन र सबुत मेटाउन भूमिका खेल्यो। पछि कञ्चनपुरका जनतामाथि गरिएको दमनले पनि यसै आशंकालाई पुष्टि गर्छ ।
अपराध हुनुअघि अपराध हुन नदिने काममा राज्य, समाज र परिवारको जिम्मेवारी हुन्छ भने अपराध भइसकेपछि त्यसको अनुसन्धान गर्ने, पीडक पत्ता लगाउने र पीडितलाई न्याय दिने मुख्य जिम्मेवारी राज्यको हो । राज्यका तर्फबाट शान्ति–सुरक्षाको सबै जिम्मेवारी प्रहरीले पूरा गर्छ । अपराध अनुसन्धानकै लागि प्रहरी र गुप्तचरका लागि राज्यले लगानी गरेको हुन्छ । राजनीतिक क्षेत्रले यस्तो संगठनको प्रभावकारितामा भूमिका खेल्ने भए पनि अपराधी पत्ता लगाउने काम राज्यका तर्फबाट प्रहरीले नै गर्ने हो । यहाँ यही जिम्मेवारीमा रहेको प्रहरी असहयोगी र अपराध अनुसन्धानमा बाधकका रूपमा देखा परेको छ । अर्का्तिर प्रहरी महानिरीक्षक, गृह प्रशासन र प्रधानमन्त्रीसमेत यो घटनाबारे निरन्तर चासो राखिरहेका देखिन्छन्, खासगरी कञ्चनपुरमा जनताले गरेको प्रतिवादपछि ।
तैपनि अनुसन्धानलाई किनारा लगाउन नसक्नुले केही महत्वपूर्ण प्रश्न उठेका छन् । पहिलो हो, अपराधमा कतै न कतै स्थानीय प्रहरी नेतृत्वको स्वार्थ गाँसिएको छ, जसले गर्दा उसले प्रमाण नष्ट गर्ने र अनुसन्धानलाई बराल्ने काम गरेको छ । यस्तो स्थिति या त प्रहरीभित्रैका व्यक्ति संलग्न भएमा या प्रहरीले पैसाका लागि नैतिकता बेचेको अवस्थामा मात्र आउँछ ।
प्रारम्भिक अनुसन्धानको घेरामा बम दिदी–बहिनी नपर्नु र अपराधमा संलग्न हुन नसक्ने खालका असामान्य मनस्थितिका व्यक्तिहरूको गिरफ्तारीसँगै नक्कली अपराधी खडा गरी घटनालाई अन्यत्र मोड्ने प्रयास गर्नुले यो आशंकालाई बल दिन्छ । दोस्रो हो, प्रहरीको स्थानीय नेतृत्व त्यस्तो दबाबमा छ, जसले गर्दा ऊ अपराधीबारे जानकार भएर पनि अपराधीलाई समाउन र कारबाही गर्नबाट तर्किरहेको छ ।
यस घटनामा राजनीतिक नेतृत्वले प्रहरीलाई अपराधी जोगाउन दबाब दिएको अहिलेसम्म देखिएको छैन । जुनसुकै अवस्थामा यो घटनामा संलग्नलाई जोगाइएको भए पनि यसले नेपाल प्रहरीको नियत र भूमिकामा पर्याप्त शंका उब्जाउँछ । यो आशंकाको जवाफ निर्मला हत्याकाण्डका अपराधी पत्ता लगाई दिइने दण्डबाहेक केहीले पनि दिन सक्दैन । जति ढिलो भयो, उति यसले गृह प्रशासन र वर्तमान सरकारलाई समेत अप्ठ्यारोमा तानिरहनेछ । घटना अनुसन्धानमा प्रारम्भमा खटिएका प्रहरीलाई उत्तरदायी बनाऊ, नक्कली अपराधी बनाउनेलाई कार्बाहीको दायरामा ल्याऊ, दिलीप विष्टलाई क्षतिपूर्ति देऊ र थप अनुसन्धान अघि बढाऊ ।
थप समाचार
विश्वकर्मा बाबाको पूजा सम्पन्न
आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाएका छन् । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा अनुसार पुजाआजा हुँदै आएको छ ।
विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानेर कालीगढ र धातुजन्य साधनको पुजाआज गर्ने गरिएको छ । विश्वकर्मा बाबाको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ पूजा गरीएको कालीगढ नागीप्रसाद चौधरीले बताए । यो दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा समेत मनाउने गरिन्छ । विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ ।
जुटे लालीका लागी सहयोगी हात
गोरुले हानेर घाईते भई उपचाररत डोटीको दिपायल सिलगढी नगरपालिका ८ लडागडाकी १३ वर्षीया बालिका लाली कुञ्जेडाको उपचारका लागि सहयोग रकम जुट्न थालेको छ ।
उनको उपचारका लागि शुक्रबार मात्रै ३९ हजार रकम हस्तान्तरण गरिएको छ ।
पाल्पा घर भई हाल मलेसियामा रहेका मनिस के.सी.को पहलमा विभिन्न सहयोगदाताहरुले दिएको रकम काठमाण्डौका खुशी राईमार्फत डोटीका पत्रकार रामहरी ओझालाई आएको र ओझाले लालीकी आमा पारुदेवी कुञ्जेडालाई हस्तान्तरण गरेका हुन् ।
रकम सहयोग गर्नेहरुमा नेपाल घर भई हाल बेलायतमा बस्ने ईशा गुरुङ्ग, इजरायल बस्ने पवित्रा गौतम, मलेसिया बस्ने रानी पल्पासा तामाङ्, मलेसीया बस्ने राजन श्रेष्ठ (नेवार) लगाएत रहेको सहयोग संकलन अभियानकर्ता मनिस के.सी.ले जानकारी दिए । साथै फेरी पनि रकम संकलन भईरहेको उनले बताए ।
हाल मलेसियामा रहेका लालीका काका नाता पर्ने केशव कुञ्जेडाबाट आफुले लालीको अवस्थाबारे थाहा पाएपछि आर्थिक सहयोग संकलन अभियान चलाएको मनिसले बताए ।
त्यस्तै कुवेतमा बस्ने पासाङ कुमार लामाले आफैले लालीकी आमालाई प्रत्यक्ष ७ हजार ९ सय रकम पठाएको खुशी राईले जानकारी दिईन् ।
लालीलाई आफ्नै गोरुले यहि भाद्र २१ गते हान्दा उनको आन्ध्रा बाहिरै निस्किएको थियो ।
उनको दिपायलमा रहेको शैलेश्वरी अस्पतालमा उपचार भईरहेको छ । गोरुले हान्दा लालीको पेटमा तीन ठाउँबाट चिरिएको र उनको ल्याप्रोक्टोमी अप्रेशन गरिएको शैलेश्वरी अस्पतालका सञ्चालक आई.जङ्ग कुँवरले बताए ।
एक वर्ष पहिले मधुमेहका कारण बुबा गुमाएकी लालीका एक दाजु र ८ दिदिबहिनी रहेकाले पारिवारिक रुपमा पनि आर्थिक अवस्था कमजोर रहेको थियो । उनको पारिवारिक कमजोर अवस्थाका कारण मेडिशिन शुल्क बाहेक अप्रेशन, बेड भर्ना लगाएतमा निःशुल्क उपचार गरिएको अस्पतालका सञ्चालक कुँवरले जानकारी दिए ।बाहिर निजि अस्पतालमा उपचार गर्दा उपचार खर्च मात्रै झण्डै डेढ लाख लाग्ने कुँवरले बताए । उनका शैलेश्वरी अस्पतालका एमडिजिपी डाक्टर निशान्त ढकालले उपचार गरेका हुन् । सामाजिक सञ्जालमार्फत गरेको पहलबाट पनि २१ हजार ५ सय ५५ रुपैंया सहयोग जुटेको छ
सुदूरको बुढी पोल्ने संस्कृति
हेमन्त विवश /धनगढी
असोज १
सुदूरपश्चिम संस्कृतिका र पर्यटनका हिसावले निकै नै समृद्ध क्षेत्रका रुपमा चिनिन्छ । एक वर्षभरि बाह्रै महिनामा केही नकेही चाडपर्व परेकै हुन्छन्। तर अक्सर ठूला पर्वहरु फुर्सदको समयमा तोकिएका छन् । कामकाजको चाप नभएका फुर्सदिला महिनाहरुमा मनोरञ्जनका लागि तय गरिएका हुनु पर्छ हाम्रा कैयौ चाड पर्वहरु । त्यो समय अहिलेको जस्तो थिएन समय बिताउनका लागि । अहिले मनोरञ्जनका साधनहरु धेरै नै भित्र्याइसक्यो प्रविधिले । एक्लै समय ब्यतित गर्न रमाइरहेका हुन्छन् अहिलेका मान्छेहरु ।
पर्मा, अरुैचो पैचोदेखि लिएर सामाजिक कार्यमा सरिक हुने खालका कैयौ कार्यहरु हुन्थे उतिबेला । हरेक क्षण जरुरत परिरहन्थ्यो छिमेकीको । त्यहाँ नैतिकताका पाटा थिए, स्वाभिमान र इमान्दारीका पाटा थिए। माानबीय संवेदनाको पक्ष निकै नै प्रवल थियो । हाम्रा पूर्वजहरु आफ्नै मूल्य मान्यताभित्र अभावमा पनि आनन्दको जिन्दगी बिताउँथे । उसै पनि हरेक महिनाका संक्रान्तीहरु एक प्रकारका पर्व जस्तै मानिन्थे। हरेक संक्रान्तीमा बिहान सबेरै उठेर नुहाएर बास उठाल्ने भन्थे । बास उठाल्नु भनेको तेलमा पक्वान पकाउनु हो । यी पक्वानमा बढीजसो पुरी सेल र चामलको पिठो मुछेर ध्यूमा पकाउँथे । जसलाई शैया भनिन्छ । यसरी पकाएको पक्वान देवता र पितृको भाग छुट्याइ सकेपछि मात्र खाने गरिन्थ्यो ।
अहिलेको जस्तो आधुनिक पध्दति थिएन कृषि क्षेत्रमा पनि । प्रायजसो भाद्र अन्तिमतिर फलिसकेका हुन्थे काक्रा । तर त्यो फल्ने क्रम सुरुवातिकै क्रम हुन्थ्यो । त्यसैले गर्दा जसको बारीमा काक्रा फलेका छन् त्यही चोर्न जान्थे केटाकेटीहरु । तिनै ससाना काक्रा लगेर जाने चलन थियो बुढी पोल्न जादा । त्यो चलन आज पनि छ । फरक यत्ति हो हिजो आज काक्रा जुनसुकै मौसममा पनि पाइन्छन् । काक्राको अभाव हुँदैन । आश्विन संक्रान्तिका दिन पाँचवटा प्रजातिका बिरुवाका हाँगा काटेर ल्याउछन् र चुल्ठी बनाउँछन् । ती बिरुवाहरु ठाउँ अनुसार फरक हुन्छन् । सबै जिल्लामा सबै गाउँमा उस्तै खालका हुँदैनन् । यसरी बनाइएको चुल्ठीले गोठका उनाकुनामा झाडो लगाएझै गर्छन् । जसलाई बुढी लखेट्ने पनि भनिन्छ । गोठबाट लखेट्ने बुढी भनेको रोगब्याध हो । यसरी झाडो लगाएपछि गाईबस्तुलाई रोग लाग्दैन भन्ने मान्यता छ।
भाद्र संक्रान्तिका दिन ससानो रुख वा रुखको ठुलो हाँगा काटेर वा बासको लिङ्गो बनएर दोबाटो अथवा अन्यत्र कतै गाड्ने चलन छ । उक्तस्थान हरेक वर्ष एउटै हुन्छ । परिवर्तन हँदैन । उक्त लिङ्गो ठड्याएको ठाउँमा प्रत्यक दिन गोठालाहरु रुखका हाँगा काट्दै थप्दै गर्ने गर्छन् । बढी जनसंख्या भएको गाउँको बुढी निकै ठूलो र अग्लो देखिन्छ। यसरी एक महिनासम्म थुपार्दै जान्छन् रुखका हाँगा र अन्य बनस्पति ।
द्वापर युगमा कंशले आफ्ना भन्जा भगवान् कृष्णलाई मार्न पुतना नामकी राक्षसनीलाई पठाएका थिए । राक्षसनी पुतनाले आफ्नो स्तनको टुप्पोमा बिषलेपन गरी भगवान् कृष्ण एक्लै भएको मौका छोपी मार्ने हेतुले दूध पिलाउन लाग्दा भगवान् कृष्णले पुतनाको सारा दूध मात्र नभई अन्तमा रगत समेत चुसे पछि पुतनाले देहत्याग गरीन् । तिनै पुतनालाई जलाउन विजयोत्सव गरियो ।
दिपायलमा डिप बोरिङ्गबाट पानी
डोटीको दिपायलमा बोरिङ्गबाट पानी निकालिएको छ । दिपायल सिलगढी नगरपालिका ५ घोल्तडा गाउँमा बोरिङ्गबाट पानि निकालिएको हो । उक्त योजनाबाट घोल्तडा का ९३ घर परिवार लाभाम्बीत हुने छन ।
नदी किनारमा रहेको उक्त बस्तीका नागरिकले बषौँदेखी सेती नदीको पानी उपभोग गर्दै आएका थिए । बोरिङ्गबाट पानी निकालेपछि स्थानीयमा खुसीयाली छाएको छ । स्थानीय ७५ वर्षीया रैभान भण्डारीले भने ‘मैले थाहा पाएसम्म हाम्रो अहिले पाँचौं पुस्ता भैसक्यो, यतिञ्जेल सेती नदिको धमीलो पानी खान बाध्य थियौं । अब सफा खानेपानी पिउन पाईने भयो ।’ राईभान मात्र होईन ७२ वर्षीया जहर सिं भण्डारी पनि पानी निकालेको देखेर मख्ख परेका छन । चाँसो र उत्साहका साथ उद्घाटन कार्यक्रम नियाल्दै गरेको जहर सिंहले भने ‘ धन्यबाद छ सरकार, हाम्रो माग सम्बोधन भयो जनताको मागको पनि सुनुवाई हुँदो रहेछ, यो मेरो गाउँका लागी भन्दा ठुलो काम हो ।’
दिपायल सिलगढी नगरपालिकामा मेयरले चुनावमा सफा पानीको ब्यवस्था गर्ने प्रतिबद्धता गरेकी थिईन । मेयर मञ्जु मलासीले भनिन् ‘यो गाउँमा बषौँदेखी बाह्रै महिना नदीको फोहर खानेपानी पिउनु पर्नेे समस्या थियो, मैले पहिला पनि भनेको थिएँ तर कसैले बास्ता गरेनन् मैले चुनाबमा पनि प्रतिबद्धता गरेकी थिएँ, स्वही अनुरुप योजना सम्पन्न पनि भयो ।’
नगरपालिकाको १५ लाखको लागतमा उक्त डिप बोरिङ्गबाट खानेपानी निकालिएको दिपायल सिलगढी नगर प्रमूख मलासीले बताईन् । उक्त योजनाबाट झण्डै ३ इन्चको पाइपमा पानी निस्किएको छ ।
दुधेश्वर आधारभूत विद्यालयको प्राङ्गणमा १ सय १० मिटरको गहीराईबाट पानी निकालिएको हो । डिप बोरिङ्गको नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा पुर्ब उपप्रधान तथा गृहमन्त्री भिम रावलले उद्घाटन गरेका हुन ।
हामीले बाचा पुरा गर्यौँ ः रावल
आफुले गरेको बाचा पुरा गरेको नेपाल कम्युष्टि पार्टीका नेता भिम रावलले बताए । उद्घाटन कार्यक्रममा बोल्दै रावलले भने ‘हामी जे सक्छौँ त्यही बोल्छौैं, जे बोल्छौँ त्यही गर्न प्रतिबद्ध रहन्छौैँ, मैले यहाँहरुलाई यो काम हुन्छ भनेको थिएँ र भयो पनि अन्य यहाँका आबश्यकताका केही काम हुँदैँ छन ।’ दिपायल सिलगढी नगरपालिका वडा नं. ५ घोल्ताडाका स्थानीयलाई सफा पानीको ब्यबस्था गर्ने प्रतिबद्धता गरेका रावल बाचा पुरा भएपनी खुसी ब्यक्त गरेका हुन । पूर्व उपप्रधान मन्त्री भीम रावलले एक वर्ष पहिले शुद्ध पानीको ब्यबस्था गर्ने घोल्ताडामा आयोजित कार्यक्रममा प्रतिबद्धता ब्यक्त गरेका थिए । पानीको अभाब रहेको ठाउँमा डिप बोरिङ्ग गरेर खानेपानीको सुबिधा बनाउनका लागी दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाका केही स्थानमा काम भईरहेको छ । दिपायलमा बनेको क्षेत्रिय संरचना कुनै न कुनै हिसाबले संचालनमा राख्नु पर्ने नेता रावलले बताए । रावलले भने ‘हामीले प्रदेश सरकारलाई भनेका छौंै राजधानी त हुन सकेन, अब त्यहाँका क्षेत्रिय संरचना कुनै न कुनै हिसाबले क्रियाशिल राख्नु पर्दछ । घटाउने होईन बरु थप्नु पर्छ भनेका छौँ ।’
आशा र आशंका बोकेर फर्किए निर्मलाका आमाबाबु
दिपेश शाही/काठमाण्डौं
असोज १
१३ वर्षीया छोरीको बलात्कार र हत्या भएको ५० दिन नाघ्दा पनि अपराधी किन समातिएनन् ? सक्कली अपराधी लुकाउने उद्देश्य छैन भने शृंखलाबद्ध रूपमा नक्कली अभियुक्त किन खडा गरिएको छ ? सिंगो देश एकजुट भएर आवाज उठाउँदा, सडकमा रगत बगाएर बलिदानी दिँदा पनि सरकार जवाफदेही हुँदैन भने बोल्नै नसक्ने निमुखाले न्याय कसरी पाउलान् ? यिनै प्रश्नको भारी प्रधानमन्त्रीको अगाडि बिसाएर जवाफमा केही आशा र आशंका बोकी घर फर्किएका छन् निर्मलाका बाबुआमा ।
विमानस्थलमा बाबु यज्ञराज र आमा दुर्गादेवी
राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई भेट्ने, घटनाको विवरण सुनाउने र न्यायको याचना गर्ने उद्देश्यले साताअघि काठमाडौं आइपुगेका थिए निर्मलाका आमा दुर्गादेवी र बाबु यज्ञराज । काठमाडौं आएकै दिनदेखि प्रधानमन्त्रीलाई भेट्न गरेको प्रयास फर्कने दिन सोमबार मात्र सफल भयो । प्रधानमन्त्रीसँग भेट मिलाउने जिम्मा लिएकी नेकपा नेतृ निरु पाल नागरिक संघर्ष समितिकी संयोजक मीना भण्डारीसँग निरन्तर सम्पर्कमा थिइन् । ‘हामीले यहाँ आएकै दिनबाट प्रधानमन्त्रीलाई भेट्न खोज्यौँ, निरुजीले फोन गरेर प्रधानमन्त्रीले पनि भेट्न चाहेको भन्नुहुन्थ्यो, तर भेट हुँदैनथ्यो, आइतबार अब भेट नहुने हो भने हामी हिँड्छौँ भनेपछि उहाँले सोमबारका लागि समय मिलाउनुभयो,’ मीनाले भनिन् ।
राष्ट्रपतिसँगको भेटको पहल पनि निरुले नै गरेकी थिइन् । मंगलबार भेट्ने समय मिलेको जानकारी उनले नै दिएकी थिइन् ‘मंगलबार राष्ट्रपतिले भेट्नुहुन्छ, समयचाहिँ तोकेको छैन, तपाईंहरू प्लेनको टिकट क्यान्सिल गर्नू भनेर हामीलाई निरुजीले जानकारी गराउनुभएको थियो,’ मीना भन्छिन ।तर, आइतबार प्रधानमन्त्रीसँगको भेट असहज भएपछि राष्ट्रपतिसँग हुने भनिएको भेट अचानक रद्द भयोरु। ‘राष्ट्रपति पनि छोरीकी आमा हुनुहुन्छ, त्यसैले उहाँलाई आफ्नो व्यथा सुनाएर मन हलुका बनाउने धोको थियो, आश्वासन पनि पाएका थियौँ, तर अन्तिममा उहाँको समय छैन, १० दिनसम्म व्यस्त हुनुहुन्छ भन्ने जानकारी आयो, धोको अधुरै रह्यो,’ घर फर्किंदै गरेकी आमा दुर्गाले विमानस्थलमा दुःखेसो पोखिन ।
जाँदाजाँदै आमाबाबुका प्रश्न
१. प्रधानमन्त्रीले टेलिभिजनमा बोलेको कुराले हाम्रो मन पिरोलिएको छ । निर्मला पन्तको पोस्टमार्टमपछि उनको शव मेयरको आँगनमा लगियो भनेर उहाँले भन्नुभो । शव महाकाली अञ्चल अस्पतालबाट सीधै दाहसंस्कारका लागि लगिएको होरु। कसैको घरमा लगिएको छैनरु। यति खुलस्त विषयमा पनि उहाँलाई गलत जानकारी छ भने अपराध अनुसन्धानको विषयमा कसरी सही जानकारी होला ?
२. अनुसन्धान गर्न दिइएन, अवरोध भयो भनेर प्रधानमन्त्रीले टिभीमा बोल्नुभयो। तर, अनुसन्धान गरेर अपराधी पत्ता लगाइदेऊ भनेर नै त्यति धेरै मान्छे सडकमा आएका हुन यही माग गर्दा जनताका छोराछोरीले ज्यान गुमाएरु। कति घाइते भए । काठमाडौं र देशभरि नारा–जुलुस भए । मैनबत्ती बालिए । यति ठूलो आन्दोलन केका लागि थियो ?
किन दुख्छ ढाड ?
पछिल्लो समयमा ढाड दुख्ने समस्या भएका बिरामीको संख्या बढ्दो छ । अव्यवस्थित जीवनशैली, खानपिन, शारीरिक मुभमेन्ट, बसाइ नमिल्नु आदि कारणले ढाड दुख्ने बिरामी बढिरहेका छन् । अस्पतालमा सानो बच्चादेखि वृद्ध उमेरसम्मका मानिस ढाडको समस्या लिएर आउने गरेको डाक्टरहरू बताउँछन् । युवामा पनि मेकानिकल ब्याकपेन देखिने गरेको छ । ढाड दुख्ने समस्या उत्पन्न हुने कारण यस्ता छन् ।
बसेर बत्ती कात्ने महिलामा बढी ढाड दुख्ने समस्या देखिने गरेको छ । महिनावारी सुकेका महिलामा पनि यो समस्या धेरै हुन्छ । कम्प्युटरमा बढी समय काम गर्ने, सुतेर पढ्ने, सुतेर काम गर्ने, सुतेर मोबाइल चलाउने, सुतेर टिभी हेर्नेहरूमा ढाड दुख्ने समस्या देखिने गरेको छ । सिैलुनमा बढी समय काम गर्ने, पार्लर चलाउनेहरूमा पनि ढाड दुख्ने समस्या बढी देखिने गरेको छ ।
नियमित योग गर्दाको फाइदा
योग यति र यस्तो गर्न सकिन्छ भन्ने हुँदैन । नर्मल स्वास्थ्य भएको व्यक्तिले कम्तीमा ४५ मिनेटदेखि एक घन्टासम्म गर्न सक्छ । दक्ष प्रशिक्षकको प्रशिक्षणमा रहेर योग गर्दा १५ दिनदेखि प्रभाव महसुस गर्न सकिन्छ ।
सामान्य बुझाइमा योग फिजिकल फिटनेसका लागि गरिने एक्सरसाइज हो भन्ने छ । तर, यति मात्र होइन । योभन्दा धेरै हो । योगले बडी, माइन्ड, इमोसनमा भएका विकार, अप्ठ्यारोपनलाई हटाउन मद्दत गर्छ ।
अभ्यास गर्दै जाँदा हाम्रो शक्ति, अंगप्रत्यंगहरू स्वस्थ र सक्रिय हुन्छ । हाम्रो सत्यानन्द पद्धतिअनुसार योग गर्ने विभिन्न स्तर हुन्छ । यो पद्धतिअनुसार आसनहरू गर्दा खाली शारीरिक रूपमा मात्र नभएर मन र भावनामा पनि प्रभाव पर्छ । मनोवैज्ञानिक र आध्यात्मिक हुन्छ ।
सिुक्ष्म आसन भनेको जोर्नीहरूका लागि गरिने योग अभ्यास हो । यसलाई योगको प्रमुख कडी मानिन्छ । त्यसपछि पेट, ढाड, आँखालगायतका लागि १२ वटा आसन हुन्छ । योग गर्ने व्यक्तिको आवश्यकताअनुसार योग आसन गराइन्छ ।
अहिले टिभीमा हेरेर योग गर्ने प्रचलन पनि बढेर गएको छ । टिभीमा हेरेर गर्दा वान वे माध्यम हुने हुँदा शरीरलाई आवश्यकता पर्ने योग आसन बुझ्न सकिँदैन । जसले गर्दा नकारात्मक असर पर्न सक्छ ।
बाल श्रमिक राख्नेलाई सेवा सुबिधा रोकिने
बालश्रमीक नभएको घरमा हरियो झण्डा
डोटीको दिपायल सिलगढी नगरपालिकाले बाल श्रमिक नभएको घरमा हरियो झण्डा झुण्ड्याएको छ । बाल दिबसको अबसर पारेर जिल्ला सदरमुकाममा बालश्रम बढ्दै गएपछी नगरपालिकाले यस्तो अभियान सुरु गरेको हो ।
दिपायल सिलगढी नगरपालिका वडा नं. ६ सिलगढीका घरमा मेयर मञ्जु मलासीले बालश्रमीक नभएको घरमा हरियो झण्डा गाडेर अभियानको औपचारिक सुरुवात गरेकी हुनु । अभियानको सुरुवात गर्दै मेयर मलासीले भनिन् ‘हामी जस्को घरमा बालश्रमिक छन त्यो घरमा यो झण्डा गाड्दैनौं, जहाँ छैनन् त्यहाँ हरियो झण्डा गाड्दछौं, यस्को अर्थ यहाँ बालश्रम छ्रैन र यहाँ छ भन्ने संकेत हो’ अभियान बारे बोल्दै मेयरले भनिन् ‘सामाजिक र नैतिक दवाब सृजना गरेर जती सक्दो बालबालिका घर फर्काउने र फर्कने वाताबरण सृजना गर्ने छौं, अन्य सबै घरमा हरियो झण्डा हुँदा राख्ने माथी नैतिक दवाब पर्छ ।’
बालश्रम घेरै रहेको नगरपालिकाको वडा नं. ४, ६ र ९ का बालश्रम नभएका सबै घरलाई हरियो झण्डा राख्ने नगर उप–प्रमुख शिबराज खड्काले बताए । बालमजदुर राख्ने ब्यक्तीको सेवा सुबिधा बन्द गर्नका साथै सार्बजनिक नाम प्रकाशन गर्ने खड्काले बताए । खड्काले भने ‘ पहिला हामी सम्बन्धित पक्षसंग अन्तक्रीया गर्छौ, त्यसपछी आफ्नै घरमा फिर्ता गर्ने प्र¥यास गछौं, यदी त्यत्ती गर्दा पनि मानेन भने पत्र पत्रिकामा बिवरण सार्बजनिक गछौं ।’ डोटीको दिपायल सिलगढी नगरपालिकाले बालश्रम र बाल बिवाह बिरुद्धको अभियान सुरुवात गरेको हो । वडा अध्यक्षका नेतृत्वमा हरियो झण्डा गाड्ने अभियान निरन्तर संचालन हुने नगरपालिका वडा नं. ६ का अध्यक्ष सन्तोस बोहराले बताए ।
श्रमिक राख्नेको सेवा सुबिधा रोकिने
दिपायल सिलगढी नगरपालिका भित्र बालश्रमिक राख्ने ब्यक्तीलाई नगरपालिकाबाट हुने कुनै पनि सुबिधा प्रदान नगर्ने मेयर मञ्जु मलासीले बताईन् । मेयर मलासीले भनिन् ‘हामीले यो अभियान संचालन गर्दा अटेरी गर्ने ब्यक्तीलाई यहाँबाट हुने कुनै पनि सेवा सुबिधा प्रदान गरिन्न् ।’ मेयरले भनिन् ‘ आमा बुवा दुबै भएका ब्यक्तीका छोराछोरी पनि श्रमिक छन त्यसरी काममा लगाउने आमाबुवालाई पनि कारबाही हुन्छ ।’ आर्थिक अबस्था बिपन्न भएका बालश्रमिकका लागी अध्ययन अध्यापनको ब्यबस्था गर्ने मेयर मसालीले बताईन । उनले ‘हामीले यो अभियान साँच्चिकै सोचेर सुरुवात गरेका छौंै, बालश्रम मुक्त नगर चाँडै घोषणा गछौ, हामी बालश्रम हुन दिन्नौैं, आर्थिक अबस्थाबाट सक्दै नसकिने हो भने बिकल्पका बिषयमा नगरपालिका तयार रहन्छ ।’
बालश्रमलाई मूख्य बिषय बनाएको नगरपालिकाले बाल बिवाहलाई पनि अभियान कै रुपमा लगेको छ । नगरपालिकाका समाजिक बिकास अधिकृत रमेशचन्द्र जोशीले भने ‘हाम्रो यहाँ बाल बिवाहको अबस्था चिन्ताजनक छ, त्यसैले बालश्रम र बाल बिवाहका बिरुद्धमासंगै अभियान सुरु गरेका छौं ।’
निर्वाचित पदाधिकारी द्धारा पदभार ग्रहण
उद्योग बाणिज्य संघ डोटीलाई उद्योगी ब्यापारीको हक हितमा काम गर्ने संस्थाको रुपमा बनाउने नब निर्वाचित अध्यक्ष मोहनबहादुर कलेलले बताउनु भएको छ ।
यही भाद्र २३ गते सम्पन्न भएको उद्योग बाणिज्य संघ डोटीको सम्पन्न निर्वाचनबाट निर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यले पद तथा गोपनियताको पदभार ग्रहण गरेका छन । पदभार ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष कलेलले संस्थाको हितमा राखेर काम गर्ने बताउनु भएको हो । ब्यापारीको सबै भन्दा मजबुद संस्थाको रुपमा उद्योग बाणीज्य संघ डोटीलाई संचालन गर्ने कलेलले बताउनु भएको छ ।
उद्योग बाणिज्य संघ डोटीको नयाँ १५ जनाको कार्य समितिले पदभार ग्रहण गरेको हो । सहायक निर्वाचन अधिकृत कैलाश साउँदले पद तथा गोपनियताको सफत ग्रहण गराउनु भएको थियो ।
लेख
नयाँ संविधानपछिका जटिलता
डा. बावुराम भट्टराई
एकापट्टि हामीलाई गर्व छ– लामो समयपछि संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाएका छौँरु। अर्कोपट्टि उत्तिकै चिन्ता र आशंका पनि छ– समाजको एउटा ठूलो तप्काले अहिले पनि अन्तरहृदयदेखि यो संविधानको स्वामित्व र अपनत्व ग्रहण गरेको छैनन् । कानुनी रूपमा मात्रै, शाब्दिक रूपमा मात्रै ती असन्तुष्टिहरू अभिव्यक्त हुँदैनन् मुखाकृतिबाट, भावावेशबाट, भावुकताबाट पनि ती अभिव्यक्त हुन्छन् । हामीले त्यसलाई बुझ्नुपर्छ ।
यो संविधान बनाउन संविधानसभाका निम्ति लड्ने अवसर मैले पाएँ मलाई पनि गर्व छ । कति योगदान गर्न सकेँ वा सकिनँ, त्यो इतिहासले मूल्यांकन गर्ने कुरा हो । तर, मैले दुःखसाथ भन्नुपर्छ हामीले यत्रो संघर्ष गरेर ल्याएको संविधान आज नेपालमा ठूलो समुदायमा स्वीकार्य हुन नसक्नु, अथवा औपचारिक ढंगले स्विकार्न बाध्य भए पनि अन्तरहृदयदेखि स्वीकार्य नहुनु के हाम्रो निम्ति खुसीको विषय हुन सक्छ ? भूपि शेरचनले भनेका छन् ‘को सक्छ निदाउन खरबारीमा, वरिपरि मुढाहरू दन्किरहेको वेलामा’ ढुक्कसँग निदाउन सक्नेहरू निदाऊ, तर मलाई चाहिँ निद्रा लागेको छैन ।
हामीले संघर्ष गरेर ल्याएको संविधान आज नेपालमा ठूलो समुदायमा स्वीकार्य हुन नसक्नु, अथवा औपचारिक ढंगले स्विकार्न बाध्य भए पनि अन्तरहृदयदेखि स्वीकार्य नहुनु के हाम्रो निम्ति खुसीको विषय हुन सक्छ ?
मलाई यतिवेला अप्ठेरो पनि महसुस हुन्छ, हामी एक्काइसौँ शताब्दीमा उन्नत लोकतन्त्रको अभ्यास गरिराखेका छौँ । औपचारिक हिसाबले भन्दा हाम्रो संविधानमा कतिपय अग्रगामी, प्रगतिशील कुराहरू म पाउँछु । लोकतन्त्रका जुन पछिल्ला मान्यताहरू छन्, तिनलाई सकेसम्म समेट्ने प्रयत्न पनि हामीले गरेका छौँरु। तर, हाम्रो लोकतान्त्रिक चेतना अत्यन्त न्यून छ भन्ने चिन्ता मलाई किन पनि लाग्छ भने जो उत्पीडित छ र जो उत्पीडितको पक्षमा बोल्छ त्यसलाई सत्तोसराप गर्ने प्रवृत्ति बडो डरलाग्दो छ ।
कसैले नेपालमा जातीय, क्षेत्रीय, भाषिक, धार्मिक उत्पीडनमा परेकाको पक्षमा बोल्यो भने त्यो अराष्ट्रिय घोषित हुन्छ । कसैलाई डलरवादीको आरोप लाग्छ । महिला, दलित वा तेस्रोलिंगीका पक्षमा कोही बोल्यो भने त्यो उपहासको पात्र हुन्छ । के लोकतन्त्रको मूल्य–मान्यता यही हो ? यसले के देखाउँछ भने हामीले संविधानमा त लोकतन्त्र लेखेका छौँ, तर मनमस्तिष्कमा, अन्तःकरणमा लोकतन्त्र अझै भिजेको छैन ।
नेपाल बुझौँ
वास्तवमा नेपाल के हो ? नेपाललाई हामीले ठीक ढंगले बुझ्न, परिभाषित गर्न म आवश्यक ठान्दछु । राज्यको उत्पत्ति भएदेखि विकासक्रमका विभिन्न रूपहरू हुन्छन । नेपाल राज्य संसारको सबभन्दा पुरानो राज्यमध्येको हो । १८औँ शताब्दीमा जतिवेला नेपाल राज्य बन्यो त्यतिवेला सायद २०र२५ वटा राज्यमध्येमा नेपाल राज्य आउँथ्यो । १८औँ शताब्दीमा बनेको नेपाल राज्य हामीलाई अहिले प्राप्त छ । हाम्रा पुर्खाले लडेर बनाएको राज्यमा हामी गर्व गर्छौं, तर त्यस क्रममा निश्चित रूपमा अहिलेको जस्तो चेतना थिएन । नेपालजस्तो बहुजातीय, बहुभाषिक, क्षेत्रीय विविधतायुक्त मुलुक त्यतिवेलाको चेतनामा एकात्मक नै हुन्थ्यो । हामीले अहिले चाहेजस्तो, अहिलेको जस्तो संघीयतामा त्यतिवेला लैजान सम्भव थिएन ।
तर, हामीले बिर्सन नहुने अर्को पाटो पनि छरु। आज के पुष्टि भइराखेको छ भने अहिले संसारमा भएका सात अर्ब मानवजाति हामी सबै एक लाख वर्षपहिले होमोसेपियन्स प्रजातिको नरवानर जुन अफ्रिकामा उत्पत्ति भयो त्यसैका सन्तति हौँ । हाम्रो यहाँ रामापिथेकस आदि प्रजातिका पनि केही प्रश्न आयो होला, तर मूलतः हामी ९८ प्रतिशत होमोसेपियन्सका नै प्रजाति हौँ भन्ने विज्ञानले पछिल्लो ‘ह्युमन जेनम’को मापन जुन गरेको छ त्यसले पुष्टि गर्दछ ।
त्यस हिसाबले हेर्दा हामी नेपाली पनि अफ्रिकाबाट नै आएका हौँ । हामी कोही अगाडि आयौँ होला, कोही पछाडि आयौँ । त्यसैले कसैले पनि आफूलाई मात्र नेपाली ठान्ने, खाँटी नेपाली ठान्ने र बाँकी अरूलाई आधा नेपाली भन्नुको अर्थ नै छैन । हामी सबै अफ्रिकी हौँ, हामी त्यहीँबाट फैलिन सुरु गर्रुयौँ । त्यहाँबाट आउने क्रममा कोही पर्सिया, इरान र पाकिस्तान–भारतको राजस्थान हुँदै सीधै आएर नेपालको मैदानमा र मैदानका खोँचहरूमा, भित्री मधेसमा बसे । गर्मी ठाउँमा बस्ने भएकाले ती अफ्रिकनजस्तै वर्णका भएरै रहे । मेरो जाति खस–आर्यचाहिँ ककेसिया, मध्यएसिया पुगेर त्यहाँको जाडो हावापानीमा अलग खालको वर्ण प्राप्त गरेर घुम्दै–घुम्दै पछाडि आएका हुन ।
अर्काथरी जो अलि पहेँलो वर्णका छन् उनीहरू पनि पूर्व एसियातिरबाट घुमेर आएका हुन । त्यस हिसाबले भन्ने हो भने नेपालको मैदानी भागमा र भित्री मधेसमा बस्ने मान्छे नै सबभन्दा पुराना हुन । यो तथ्यलाई स्विकार्न हामी तयार हुने कि नहुने ?
अनि नेपाल राज्य बन्ने क्रममा काठमाडौं उपत्यका जुन हिमाली भेगको सभ्यताको केन्द्र हो त्यतिवेलाको हाम्रो इतिहासले के भन्छ ? गोपालवंशीहरू को थिए ? महिषपालवंशीहरू को थिए ? लिच्छविहरू को थिए ? ती यहाँका थिए कि बाहिरबाट आएका थिए ? पछि किरातहरू को थिए ? सुरुमा त यिनीहरूले नै राज्य चलाएको हुन । १७औँ शताब्दीसम्म त यिनै विभिन्न थरीका मान्छेहरूले चलाएका हुन ।
हामी खस–आर्य जुन भाषा संस्कृतिलाई नेपाली भन्छौँ, जुन वेशभूषालाई राष्ट्रिय भनेर गर्व गर्छौं, त्यही नै सबैले मान्दिनुपर्छ भन्ने आग्रह गर्छौं यसलाई हामीले चलाएको त दुई–अढाई सय वर्ष न भयो । ज्ञान र विज्ञानको बढी उन्नति भएको समयमा हामी बढी टाठाबाठा भयौँ, जान्नेसुन्ने भयौँ, त्यसले गर्दा हामीले यसलाई स्थापित गर्यौं । जो बढी चलायमान हुन्छ, बसाइँसराइ गर्छ ऊ चलाख पनि हुन्छ । जो अलि बढी सत्तालाई त्यसरी चलाउँछ ऊ अलि बाठो पनि हुन्छ । तर, के इतिहास नै बंग्याइदिने ? अनि म मात्रै नेपाली अरू सबै अनेपाली भन्दिने ? त्यसपछि के हुन्छ ? अनेपाली भनिएकाहरूका ठाउँमा आफूलाई राखेर हेर्नुस् त तपाईंलाई के लाग्छ ? त्यसैले नेपाल भनेको विभिन्न जातीय, भाषिक समुदायले बनेको मुलुक हो र एउटा इन्द्रधनुषी राज्य हो ।
विभिन्न रंगले बनेको एउटा राष्ट्रिय राज्य हो । एउटा जाति मात्रै, खस–आर्य वा मधेसी–थारू वा मंगोलियन मूलका आदिवासी जनजातिमध्ये कोही एक मात्रै नेपाली बाँकी अनेपाली भन्ने बुझाइ सही होइन । हामी सबै खस–आर्य नेपाली हौँ, मधेसी नेपाली हौँ, थारू नेपाली हौँ, जनजाति नेपाली हौँ । यसको समुच्च रूपमा चाहिँ नेपाल हो र सबै नेपाली हौँ । नेपाल सबैको इन्द्रधनुषी चरित्रले बनेको राष्ट्र राज्य हो ।
राज्य पुनर्संरचना लोकतन्त्रकै पक्ष
संविधान जारी गर्ने क्रममा कतिपय विषयमा हामीले राम्रा कुरा पनि राखेका छौँ, तर राज्यको पुनर्संरचनाको जुन मुख्य मुद्दा थियो, त्यो लोकतन्त्रकै मुद्दा हो भन्नेमा धेरैको एउटै बुझाइ हुन सकेन । लोकतन्त्र अलग, राज्य पुनर्संरचना अलग हुँदै होइन । लोकतन्त्रकै कुरा गर्ने हो भने युरोपबाट पछिल्लो आधुनिक लोकतन्त्रको अवधारणा आयो । फ्रान्सेली क्रान्तिले लिबर्टी, इक्वालिटी र फ्र्याटर्निटीका कुरा गर्रुयो ।
व्यक्तिगत स्वतन्त्रता एउटा पाटो हो, समानता अर्को पाटो हो । सबै जातिको बराबरी सहभागिता, मानवता पनि त अर्को मुख्य पाटो हो । त्यसैले एउटा लोकतन्त्रले व्यक्तिगत स्वतन्त्रताको कुरा गर्रुयो, समाजवाद र साम्यवाद मान्नेहरूले समानताको कुरा गरेरु। तर, पछिल्लो चरणमा विभिन्न जाति र समुदायहरूको पहिचान र अधिकारसहितको समावेशी लोकतन्त्र, सहभागितामूलक लोकतन्त्रको अवधारणाको विकास भएको छ ।
हामीले सकेसम्म त्यसलाई अपनाउने कोसिस गर्दै थियौँ तर हाम्रो बुझाइमा एकरूपता आउन सकेन । दम्भ, अहंकार, आफूलाई मात्रै ज्ञानी ठान्ने र अरूका कुरा सुन्न नचाहने, आफूलाई शासक र अरूलाई शासित ठान्ने जुन प्रवृत्ति प्रकारान्तरले हाबी हुन गयो, हामीले त्यसलाई समावेश गर्न सकेनौँ । संसारमा जहाँसुकै पनि संविधान कुनै पनि एउटा संसद्ले त्यसै बनाएको होइन । सडक संघर्षको बलमा, क्रान्तिको बलमा बनेका हुन् । सडकबाट जनताले दिने जुन तागत हुन्छ त्यसको बलमा मात्रै संसारमा संविधानहरू फेरिन्छन् ।
संसारको इतिहास नै त्यही हो । युरोप, अमेरिका वा सबैतिरको ती सबै क्रान्तिको बलमा प्राप्त भएका संविधान हुन् । हामीले पनि माओवादी आन्दोलन, जनआन्दोलन, मधेस आन्दोलन, जनजाति आन्दोलन आदिको बलमा यो पाएको होस । तर, संविधानको प्रस्तावनामा ती सबै आन्दोलनलाई उल्लेख गर्न छुटाइयोरु। अहिले नै पनि हाम्रो संविधानको प्रस्तावना निकै लामो छ, त्यसमा मधेस आन्दोलन, जनजाति आन्दोलन, थरुहट आन्दोलन भनेर थप्दा के बिग्रन्थ्यो ? यथार्थ त त्यही थियोरु। त्यो किन पनि आवश्यक थियो भने उत्पीडित जातिहरूको पहिचानको अधिकारलाई समेत समेटेको लोकतन्त्र चाहिन्छ, त्यो मात्रै उन्नत लोकतन्त्र हुन्छ भनेर पछिल्लोचोटि गरिएको आन्दोलन थियो त्यो ।
माओवादीले वर्गीय आन्दोलनबाट जनयुद्ध सुरु गरे पनि अन्ततः जातीय, क्षेत्रीय, लैंगिक विषय पनि चाहिन्छ भनेर त्यसलाई पनि उठाएको थियो । १२ बुँदे समझदारी देखि पछिका प्रत्येक दस्ताबेजमा हामीले वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक उत्पीडनको अन्त्य गर्न राज्यको पुनर्संरचना गर्ने भन्ने शब्द प्रयोग गरेका थियौँ ।
घर बनाउँदा वास्तु कसरी मिलाउने ?
मुस्कान खनाल
आजको भागदौडपूर्ण जिन्दगीमा आमनेपालीको सबैभन्दा ठूलो सपना एउटा सानो अनि सुन्दर घर होस् भन्ने हुन्छ ।
तर खाइनखाई, स्वदेशमा वा विदेशमा दुःख गरी निर्माण गरिएको घर सुन्दर वा आकर्षक हुँदाहुँदै पनि गृहवासीलाई सुख अनि शान्ति मिलेन भने दुर्भाग्य नै मान्नुपर्छ । संसारका प्रत्येक प्राणी सुखपूर्वक जीवनयापनका लागि उपयुक्त वासस्थानको निर्माण गर्न चाहन्छन् ।
जहाँ लौकिक एवं पारलौकिक सुखको भोग होस् । जसमा आरोग्यता, शान्ति, धन, मान–प्रतिष्ठा आदि समावेश हुने गर्दछ । यिनै उद्देश्यलाई ध्यानमा राखेर ऋषिमुनिहरूले भवन निर्माणका लागि वास्तुशास्त्र र त्यससँग सम्बन्धित उपयोगी एवं अनुपम सिद्धान्तको प्रतिपादन गरेका छन् ।
जसले कुनै पनि वासस्थान निर्माणका लागि जमिनको सही छनोट, निर्माणकार्य, भित्री सजावट आदि काममा दिशा, पञ्चतत्व पृथ्वी, जल, वायु, अग्नि र आकाश, विद्युतीय तरंग, गुरुत्वाकर्षण, कस्मिक इनर्जी तथा दिशाको डिग्री या अंशको सुनियोजित तवरले प्रयोग गरी निर्माणको आधार तय गर्छ ।
यसरी पञ्चतत्वको सही संयोजनले वायो इलेक्ट्रिक म्याग्नेटिक इनर्जी उत्पत्ति हुन्छ । जसले गर्दा मनुष्यलाई सकारात्मक ऊर्जाका साथै मानसिक शान्ति, उत्तम स्वास्थ्य, धन, ऐश्वर्य, समृद्धि एवं भौतिक सुख प्राप्त गर्न मद्दत गर्छ ।
यसरी वास्तुशास्त्रको मुख्य उद्देश्य प्रकृतिको सान्निध्यमा रहेर संरचनाहरू निर्माण गर्दा भवनधारक जन्मिएको ग्रह मण्डलको ऊर्जा प्रवाह या कम्पनको स्वरूप र भवनमा ऊर्जा प्रवाहको स्वरूपमा सामञ्जस्य ल्याउनु हो । जसका कारण पर्यावरणीय सन्तुलन कायम हुन्छ र व्यक्तिलाई प्रकृतिसँग तालमेल गर्दै आनन्दमय जीवन व्यतित गर्न सहयोग पुर्रुयाउँछ । यसर्थ, निम्नबमोजिम वास्तुशास्त्रको विधिलाई अपनाउँदा आफ्नो निवासस्थानभित्र प्रवाहित ऊर्जामा सन्तुलन ल्याउन सकिन्छ ।
मुख्य द्वार
भवनमा प्राण (जीवन–ऊर्जा)को प्रवेशका लागि द्वारको स्थिति र द्वार खोलिने दिशाले वास्तुलाई विशेष गणनाद्वारा चुनेको हुन्छ । यसको ठीक चयनले सकारात्मक ऊर्जाको प्रवाह बढाउन सकिन्छ । घरको अगाडि र पछाडिको द्वार सीधा एउटै लाइनमा हुनुपर्छ, जसका कारण ऊर्जाको प्रवाह विनारोकावट चलिरहोस् । प्रमुख प्रवेशद्वार घडेरीको बनावटअनुसार पूर्व, उत्तर, पूर्व–उत्तर वा पश्चिम दिशामा हुनु शुभ मानिन्छ । साथै यसको ढोका अन्य ढोकाभन्दा ठूलो तथा अत्यन्त सुशोभित हुनुपर्छ ।
स्वागत कक्ष
अतिथिका लागि स्वागत कक्ष पूर्व वा उत्तर दिशामा हुनु आदर्श मानिन्छ । दक्षिण फर्किएको घरमा भने उत्तर–पश्चिम वा त्यसको आसपासमा उपयुक्त हुन्छ । स्वागत कक्षमा सोफा आदि दक्षिणतर्फ वा पश्चिमतर्फ राख्नुपर्छ । पूर्व र उत्तर दिशा सकेसम्म खुला भएको राम्रो मानिन्छ ।
भान्साघर
दक्षिण–पूर्वको कुना (आग्नेय) कोणमा पकाएको खानाले सुस्वास्थ्य प्रदान गर्दछ । भान्सामा पकाउँदा जहिल्यै पनि पूर्व फर्केर पकाउने विधान छ । दक्षिण–पश्चिमको कुना (नैऋत्य) कोणमा पनि भान्सा बनाउन सकिन्छ तर त्यहाँ पकाउँदा पनि पूर्व फर्केर नै पकाउनुपर्छ । भोजन गर्दा सधैँ पूर्व फर्केर गर्नु श्रेयष्कर हुन्छ ।
पूजाकोठा
वास्तुशास्त्रअनुसार ईशान कोण (पूर्व–उत्तर) कुना शक्ति र ऊर्जाको स्रोत हो । ईशान कोण साधना र उपासनाको उच्च स्थान हो, जहाँबाट परमात्मासँग प्रत्यक्ष सम्बन्ध बनाउन सकिन्छ । त्यसैले पूजाकोठा उत्तर–पूर्वको बीच भागमा बनाउनु उचित हुन्छ । यसका अलावा उत्तर र पूर्व पनि शुभ नै मानिन्छ । साथै, १२ इन्चभन्दा अग्ला मूर्तिहरू घरको पूजाकोठामा राख्नु हुँदैन ।
धनसार
दक्षिण र नैऋत्य कोण (पश्चिम–दक्षिण) दिशामा धनकोष राख्नु सर्वोपयुक्त मानिन्छ भने गाडी तथा सवारीसाधनका लागि आग्नेय कोण (पूर्व–दक्षिण) उपयुक्त हुन्छ ।
अध्ययन कक्ष
अध्ययन कक्ष नैऋत्य र पश्चिम दिशाको मध्य, पश्चिम दिशा, वायव्य दिशा, उत्तर दिशा वा ईशान कोणको पूर्व दिशामा बनाउनु उपयुक्त हुन्छ । उत्तर, ईशान र पूर्व दिशा अगम्य ज्ञान र तेजको दिशा हो ।
स्नान घर
स्नान घरका लागि पूर्व दिशा सर्वा्धिक उत्तम मानिन्छ । नमिलेको खण्डमा पश्चिम दिशामा पनि बनाउँदा शुभ नै हुन्छ । स्नान घरको ढोका पूर्व वा उत्तर फर्केको अनिवार्य हुन्छ । स्नान घरको रङ गाढा नभई हल्का वा आफ्नो राशिअनुसारको रङ प्रयोग गर्दा राम्रो हुन्छ ।
शौचालय
घरमा शौचालय बनाउँदा पश्चिम बायाँबाट हल्का हटेर दक्षिणतर्फ बनाउँदा शुभ हुन्छ । शौचालयको धारा उत्तर, पश्चिम वा पूर्व झर्ने हुनुपर्छ । शौचालयमा बस्दा उत्तर वा दक्षिण फर्किनु आवश्यक छ ।
शयन कक्ष
घरमूलीको शयन कक्ष घरको दक्षिण–पश्चिममा र सुत्नेको शिर दक्षिणतर्फ हुनुपर्छ भने विद्यार्थीचाहिँ पूर्वी कोठामा पूर्व सिरानी गरेर सुत्नुपर्छ ।
इनार वा जलाशय
ईशान कोणमा इनार खन्दा छिटै पानी प्राप्त हुन्छ र पछिसम्म नसुक्ने हुन्छ । त्यसैले इनार वा अन्डरग्राउन्ड पानीट्यांकी राख्दा ईशान कोणको मध्यरेखाको दायाँ वा बायाँ भागमा वा पूर्व दिशामा उपयुक्त मानिन्छ ।
लोकसेवा आयोगको तयारीका लागि उपयोगी
१ खाने आहारा पाएपछी आसु खसाल्ने जनावर कुन हो ?
– गोही
२ नेपालको नक्सासंग मिल्दो आकृति भएको जिल्ला कुन हो ?
– बागलुङ
३ अन्तरिक्षमा पुग्ने पहिलो ब्यक्ती को हुन ?
– युरीगाग्रीन
४ सगरमाथा आरोहण गर्ने प्रथम महिला को हुन ?
– जुनको ताबेन जापान
५ मदन भण्डारी क्रिकेट अवार्ड २०७४ कस्ले पाएका थिए ?
– (कप्तान) पारस खड्का
६ खुसीको सुचांक २०१८ मा नेपाल कती आँै स्थानमा पर्दछ ?
– १०१
७ केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री कहीले भएका हुन ?
– २०७४ फागुन ३ गते ४१ औ
८ भारतका राष्ट्रपति प्रणब मुखर्जि नेपालको राजकिय भ्रमणमा कहिले नेपाल आएका थिए ?
– २०७३ कात्र्तिक १७
९ सबै भन्दा बढी धान खेती गर्ने देश कुन हो ?
– चिन
१० नयाँ नेपाल भनी चिनीने जिल्ला को– को हुन ?
– बाँके,बर्दीया,कैलाली र कंञ्चनपुर
१२ म र उ बिच के पर्छ ?
– र
११ नेपालको सबैभन्दा बढी पानी पर्ने स्थान कुन हो ?
– पोखराको लूम्ले
१३ नेपालको तराइ प्रदेसले कति प्रतिशत भू– भाग ओगटेको छ ?
– १७ प्रतिशत
१४ एउटा त्यस्तो भाडाको नाम भन्नुहोस जसलाइ उल्टो क्रममा भन्दा कुनै देसको नाम आउछ ?
– कराइ
१५ नेपालको मुख्य खाद्य बाली कुन हो ?
– धान
१६ विश्व उपभोक्ता अधिकार दिवस कहिले मनाउने गरिन्छ ?
– मार्च १५
१७ नेपालमा संबिधान सभाबाट संबिधान घोषणा गर्दाका बखत नेपालका प्रधानमन्त्री को थिए ?
– शुसिल कोइराला
१८ पुलिस र जेल नभएको देश कुन हो ?
– आइसल्याण्ड
१९ मानब शरिरको सबैभन्दा सानो हडी कुन अंगमा हून्छ ?
– कान
२० नेपाल समुन्द्र सतह देखि कती कि.मि. टाढा छ ?
– ११२७
२१ नेपालमा पहीलो पल्ट टेस्ट्युब प्रबिधीबाट शिसुको जन्म कहीले भएको थियो ?
– बि स २०६१ फागुन २० ओम मणी तामाग ओम हस्पीटल
२२ नेपालले बिश्वको कुल क्षेत्रफलको कती प्रतीशत भुभाग ओगटेको छ ?
– ०.०३ प्रतिशत
२३. नेपालको सबै भन्दा गर्मी ठाउ कुन हो ?
– नेपालगंज
२४. बिश्वको सबै भन्दा ठुलो मरुभुमी कुन हो ?
– साहारा मरुभुमी अफ्रिका
२५ प्रथम राष्ट्रीय खेलकुद प्रतियोगीताको प्रतिक चिन्ह के थियो ?
– डाफे
२६ कुन भिटामिनको कमीले रगत धेरै बग्छ ?
ख्ष्तबmष्ल प्
२७ मनकामना मन्दीर कुन जिल्लामा पर्दछ ?
– गोरखा
२८ महाकाली नदीको उद्गम स्थल कुन मन्दीर हौ ?
– अपी हीमाल
२९. सूर्यबाट सबभन्दा नजिकको ग्रह ??
– बुध
साहित्य/सृजना
मेरो सगरमाथा
शिरमा राख्ने सगरमाथा ढाडमा पलायो,
डाहा र दर्द अतिनै धेरै लौ राखै वनायो।।
न फोर्न सक्छु,न फाल्न सक्छु, पाल्नै पर्या छ,
संकल्प गरी समयक्रमलाइ नियाल्नै पर्या छ।।
न दिन सक्छु चन्द्रमा यसलाइ,न तारा झारेर,
न दिन सक्छु दाइजो यसलाइ वनको वाघ मारेर।।
हिउँले हैन गर्मिले खायो यो सगरमाथालाइ,
अति नै भयो,बर्बादै पार्यो यो जीवन गाथालाइ।।
आँखाको नानी,स्वजन ठानी शिरमा सजाउँथें,
स्तुति यसको नगाए पनि मालश्री वजाउँथें।।
लोकका अघि सगरमाथा शिरमा सजाउँथें,
वयमा यसको गरिमा भरी लोकसँग लजाउँथें।।
क्षितिज पारी,नौसिन्दा भरि म पुग्न सकिन,
दिन लाइ रात, रातलाइ दिन म कहिल्यै वकिन।।
नियति यस्तै रहेको भए ढाडैमा वोक्नेछु,
अतितको अति सकेको जति म आफैं रोक्नेछु।।
–लोकनाथ पौड्यल
गजल
खाने भन्दैमा स्वाभिमान बेचि खाएन
प्यासि थियोे ,पानी खायो ,नदि खाएन
तरकारीले बजारमा भाउ भेटेको दिन
किसानले भात खायो ,तरकारी खाएन
भकारी भर्यौ,बस्यौ कुन दिन सोच्यौ मालिक ?
खेत जोत्नेले पेटभरि खायो कि खाएन
बर्से्नि छाउगोठमा आउने सर्पले पनि
किशोरी मात्र खायो ,छाउपडि खाएन
अस्पतालबाट लास निकाल्दा यस्तो लाग्यो
घर खायो बिरामीले,ओखति खाएन ।
–अमला अधिकारी
गजल
बाइबल गीता त्रिपिटक कुरान लेख्छ ।
सबै समेटेर अचेल ऊ दिवान लेख्छ ।।
गरीबले लेख्छ स्वागतम् घरको ढोकामा
धनीले कुकुरदेखि सावधान लेख्छ ।।
मध्य रातमा आएर थाहा छैन कसले
सिंह दरवारको भित्तामा चिहान लेख्छ ।।
भोलि गुलाम बनाउन आज सुनको पानामा
दुश्मनले नि दुश्मनको बयान लेख्छ ।।
अफ्सोच! रहस्य पनि हजुरहरू जस्तै
बिदेशमा बसेर स्वदेश गान लेख्छ ।।
– रहस्य बिक्रम चिमरिया
No comments:
Post a Comment