Tuesday, September 25, 2018

बिम्ब नेपाली साप्ताहिक, २०७५/०५/२६ गते मंगलवार

अपाङ्गता भएका ब्यक्तिहरुको पहुँचको अधिकार तथा अपाङ्गतामैत्री संरचना निर्माणका बारेमा निर्माण कम्पनीहरु डिजाइनर वा  इन्जिनियरहरुमा चेतना जगाऔं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

देवता खुसी पार्दै स्थानीय सरकार

एक बर्षमा ६ करोडको लागतमा ३ सय ४७ मन्दिर निर्माण

कर्ण चन्द /डोटी
   भाद्र २०
डोटी जिल्लामा एक बर्षमा ३ सय ४७ मन्दिर निमार्ण  गरिएको छ  । ९ स्थानीय तह  रहेको डोटी जिल्लामा आर्थिक बर्ष ०७४÷०७५ मा स्थानीय तहले शिक्षा, स्वास्थ्य, तथा नागरिकको जिबनस्तर सुधार्ने भन्दा पनि अनुउत्पादक क्षेत्रमा आबश्यकता भन्दा बढी रकम खर्च गरेका    छन ।
स्थानीय तहले तिन सय मन्दिर निर्माण गर्दा ६ करोड ७९ लाख १४ हजार रकम खर्च  गरेका छन । योजना छनौटमा पक्रीया पु¥याएर मन्दिरका योजना धेरै आएको स्थानीय तहका प्रमुखले प्रतीक्रिया  दिने गरेका छन ।
मन्दिरमा सबै भन्दा बढी रकम खर्च गरेको केआईसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले भने ‘जनताको मागका आधारमा योजना छनौट गर्नु पर्छ तलबाट मन्दिर निमार्ण तथा मर्मतका योजना धेरै आउँछन, हामी पनि बाध्य छौं ।’  शाहीले थपे ‘जनताले ल्याएका योजना छनौट गर्दा मन्दिर धेरै आउछन हामीले ति योजना हटायौं भने जन प्रतिनिधीले मनपरी गर्यो भन्ने आरोप लाग्छ ।’  मन्दिरमा धेरै बजेट राख्ने चाहाना नभएपनी बाध्यकारी भएर बजेट राख्नु परेको सायल गाउँपालिका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए । अध्यक्ष डुम्रेलले भने ‘हामी  टोलबाट योजना ल्याउ भन्छौंै, देबी देवतामा मन्दिर निमार्ण गर्दा सबैको सहमती हुन्छ, अन्य योजनामा सहमती नजुटेपनी मन्दिर निमार्ण गर्ने भन्दै योजना ल्याएको पनि देखिन्छ ।’
डोटीका स्थानीय तहले नेपालको संबिधानको मर्म  बिपरित बजेट खर्च गरेको आरोप छ ।  गैर सरकारी संस्था महासंघ डोटीका अध्यक्ष रघु कठायतले भने ‘नेपालको संबिधान २०७२ ले देश धर्म निरपेक्ष हुने छ भनेको छ, स्थानीय सरकारले कुनै एक धार्मिक सामुदायका लागी मन्दिरमा मात्र यत्ती ठुलो बजेट खर्च गरेको देखिन्छ ।’ कठायतले थपे ‘मन्दिर मस्जीत सरकारले निमार्ण गर्ने होईन सम्बन्धित धर्मालम्बीले आफै निमार्ण गर्नु पर्ने हो ।’
बिधीमै समस्या भएका कारण अनुउत्पादक क्षेत्रका योजना धेरै आउने गरेको सच्चिदानन्द जोशीले बताए । जोशीले भने ‘हाम्रो ऐनले नै योजना छनौटको अधिकार नागरिकलाई दिएको छ, उनिहरु त्यही माग गर्छन जनताले मागेका माग नेताले सम्बोधन गर्ने कुरा बिधी सम्बत नै छ ।’ जोशीले थपे ‘तर यो चिन्ताजनक बिषय हो, यसरी अनउत्पादक क्षेत्रमा धेरै बजेट खर्च हुने हो भने समाजका अन्य बिकास ठप्प  नहोला भन्न सकिन्न ।’  मन्दिर निमार्ण तथा मर्मतका योजना बनाउँदा पार्दशिताका बिषयमा कसैले प्रश्न नगर्ने भएका कारण पनि मन्दिरका धेरै योजना बन्ने गरेको दिपायल सिलगढी नगरपालिका वडा नं. ५ का अधिराज बिसीले बताए ।  दलित अधिकारकर्मी बिसीले भने ‘मन्दिरमा पनि कस्ले अनियमितता गर्छ, गर्यो भने पनि देवता नै जान्लान भनेर प्राय त्यसको हिसाब किताबका बारेमा  जनताले खोजी गर्दैनन् ।’ चालु आर्थिक बर्षका लागी पनि करोड बजेट प्रस्ताब गरिएको छ ।

सम्पादकीय 

पश्चिम सेतीको असफल प्रयास

७ नम्बर प्रदेशमा रहेको राष्ट्रिय महत्वको योजना पश्चिम सेती परियोजना लामो समयदेखि चर्चामा रहेको जलाशययुक्त जलविद्युत् परियोजना निर्माणको कामबाट चिनियाँ कम्पनी थ्री गर्जेजले हात झिक्ने संकेत गरेपछि यो योजना फेरि संकटमा परेको छ । अस्टेलियन कम्पनी स्मेक र चीनको थ्री गर्जेजले लामो समयसम्म ओगटेको या बनाउने चर्चामा ल्याएको सेती अब बन्छ, भोलि बन्छ भन्दाभन्दै अन्ततः तत्कालका लागि नबन्ने संकेत देखिएको छ ।
यस परियोजनाले प्रभावित स्थानीय बासिन्दाको पूर्वाधार विकासको अधिकार खोसेको धेरै भयो । सुदूरपश्चिम अर्थात् अहिलेको ७ नम्बर प्रदेशको भाग्यरेखा भनिदै आएको यो योजनाबाट थ्री गर्जेजले हात झिक्दा यसको आर्थिक सम्भाव्यता व्यावसायिक दृष्टिले नाफामूलक नरहेको, स्थानीय बासिन्दाको पुनस्र्थापना र तिनलाई दिइने क्षतिपूर्तिका लागि गरिने लगानी यी वर्षमा अत्यधिक बढेको तथा प्रसारण लाइनलगायत समस्या रहेको बताएको छ । पहिले स्मेकले यसको निर्माण गरेपछि उत्पादित बिजुली भारतलाई बिक्री गर्ने योजना बनाएको थियो ।
तर, नेपाल र भारतबीच पावर खरिद–बिक्री सम्झौतै भएन । भारत नेपाली जलविद्युत् उत्पादन क्षेत्रमा तेस्रो देश या कम्पनीको संलग्नतालाई नियन्त्रित गर्न चाहन्थ्यो । स्मेक थाक्यो । त्यतिवेला नेपालमै यसको खपत हुने अवस्था पनि थिएन । अहिले भारतले नेपालको सरकारी कम्पनी या भारतीय कम्पनीको उत्पादनबाहेक विद्युत् खरिद नगर्ने नीति लिएको छ ।
यता, नेपालमा विद्युत्को आन्तरिक माग बढ्दै गएकाले बर्खायाममा हुने अतिरिक्त उत्पादनबाहेक सुक्खायाममा नेपालले नै यस्तो विद्युत् खपत गर्ने सम्भावना छ । तर, आन्तरिक स्रोतबाट यस्ता ठूला परियोजना बनाउन नेपाल सक्षम भइसकेको छैन । यस्तो समयमा चिनियाँ कम्पनीले निर्माण गर्ने जुन अपेक्षा नेपालले गरेको थियो, त्यसमा ठेस लागेको छ । यसका पछि चिनियाँको व्यापारिक स्वार्थले मात्र काम गरेको छ या अन्य राजनीतिक कारण पनि छन  त्यो भने खुुलिसकेको छैन ।
पश्चिम सेती परियोजना स्थगित हुनुअघि नै जलाशययुक्त बुढीगण्डकी परियोजना धरापमा परेको छ । परियोजनाको विस्तृत रिपोर्ट तयार भएको, सरकारले आन्तरिक स्रोत परिचालन गरेर प्रभाव क्षेत्रका बासिन्दालाई क्रमशः क्षतिपूर्ति रकम वितरण गर्न र जमिन अधिग्रहण गर्ने काम थालिसकेको र राष्ट्रिय गौरवको आयोजनाका रूपमा यसलाई विकास गर्ने योजना अघि सारेको भए पनि अहिले यसको अवस्था अनिश्चित बन्दै गएको छ ।
काठमाडौंनजिकै एउटा उपसहरी केन्द्रका रूपमा विकास गर्ने र पर्यटकीय महत्वसमेत हुने बहुउद्देश्यीय बुढीगण्डकी आयोजना गत वर्ष चिनियाँ कम्पनीलाई बनाउन दिने गरी ठाडो निर्णयबाट समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो । चीनले निकै चासोसाथ लिएको यो सहमतिपछि निर्वाचनको मुखमा आएर भारतीय दबाबमा नेपाल सरकारले नै खारेज गर्यो । निर्वाचनपछिको सरकारले यसलाई अघि बढाउन तदारुकता देखाउने आशा गरिए पनि अहिलेसम्म यसको मोडालिटीबारे सरकारले ठोस काम अघि बढाएको छैन  ।
चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ्सअन्तर्गत हेरेको यो महत्वरपूर्ण परियोजना आफ्नो हातबाट फुत्केपछिको विकसित राजनीतिक घटनाक्रमसँग जोडेर पश्चिम सेतीबाट हात झिकेको हो कि भन्ने शंका जन्मेको छ । यसरी खेर गइरहेको जलस्रोतबाट छिटो लाभ लिने गरी परियोजना बन्नुपर्नेमा एकपछि अर्को योजना दुर्घटनामा पर्र्दै जानुपछाडि सरकारको प्रस्ट नीतिको अभाव एउटा कारण हुन सक्छ । यस सम्बन्धमा के–के भएको हो र के हुँदै छ भन्ने विषयमा ऊर्जा मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गरोस् ।

थप समाचार 

डोटीमा सोह्र बर्षिय बालिका बलात्कृत

डोटीमा एक १६ बर्षिय बालिकालाई बिवाह गर्ने प्रलोभन देखाएर बलात्कार    गरिएको छ । बिवाह गर्ने भन्दै   जोरायल गाउँपालिका वडा नं. २ छतिवनका २७ बर्षिय लोकबहादुर कामीले  बालिकालाई बलात्कार  गरेका  हुन ।
बालिकालाई घुम्न जाने भन्दै आफ्नी कन्सी (आमाको बहिनी) को कैलालीको चुरे गाउँपालिका वडा नं. ६ बैगुचामा घरमा लगेर करणी गरेको भन्दै बालिकाले जिल्ला प्रहरी कार्यालय डोटीमा उजुरी दिएकी छन । बालिकाले भनिन्् ‘मलाई घुम्न जाउँ, पछी बिवाह गरौंला  भनेर भन्नण्ु हुन्थ्यो, राती एउटै कोठामा सुत्ने बनायर म माथी जबरजस्ती गर्यो ।’
भाद्र १९ गते देखी घरबाट सम्पर्क बिहिन रहेका उनिहरुलाई कैलालीको खानीडाँडाबाट प्रहरीले पक्राउ गरेको थियो । बालिकाका परिवारले खोजी कार्य गर्नका लागी प्रहरीलाई आग्रह गरेपछी खानीडाँडाबाट पक्राउ गरिएको हो ।  बलात्कारको आरोप लागेका  लोकबहादुर कामीका घरमा श्रीमती र तिन छोरी रहेका छन । कान्छी छोरी भएको १८ दिन मात्र भएका बेला कामीले अर्की युबतीलाई करणी गरेका    हुन ।
दुबैका बिचमा एक बर्ष देखी सामाजिक संजाल र फोन मार्फत सम्पर्क हुँदै आएको अभियुक्त लोकबहादुर बिकले  स्वीकार गरे । बिकले भने ‘केही दिन पहिला उनी स्कुल बाट आउँदै थिईन, मैल घुम्न जाने प्रस्ताब गरेँ उनले मानिन् र हामी घुम्न गयौँ ।’
बिकले आफुलाई पछी बिवाह गर्ने  भन्दै फकाएको पिडित युबतीले भनिन् ‘मलाई उहाँको घरका बिषयमा     जानकारी थिएन, घुम्न जाउँ भन्नु भयो पछी त्यस्तो हर्कत भयो ।’ उनले भनिन् ।
जिल्ला प्रहरी कार्यालय डोटीमा जवरजस्तीकरणी सम्बन्धीको मुद्वा  दर्ता भएको   प्रहरी निरिक्षक धुब्र बिष्टले बताए ।  घटना भएको स्थान कैलाली भएकोले जिल्ला परी कार्यालय कैलालीमा उक्त मुद्वा पठाईएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक धुब्र बिष्टले बताए । बिष्टले भने ‘वारदात भएको स्थान कैलालीमा  भएकाले हामीले अड्डासार गरेर पठाएका छौं ।’ बुधबार खानीडाँडाबाट पक्राउ गरेर बिहिबार कैलाली अड्डासार गरिएको छ ।  घटनाका बारेमा बिस्तृत अध्ययन कैलाली प्रहरीले गर्ने जिल्ला प्रहरी कार्यालय  डोटीले जानकारी  दिएको छ ।

गाउँका सिंहदरवारको लेखापरीक्षण जिल्ला सदरमुकाममा

स्थानीय तहको  पुनर्संरचनासंगै सिंहदरवारको अधिकार गाउँगाउँमा पु¥याएको भन्दै नेताहरुले भाषण गरेका थिए । तर तिनै गाउँका सिंहदारको लेखापरीक्ष गर्न पनि श्रेष्ता बोक्दै जिल्ला सदरमुकाम आउनु परेको छ ।
महालेखापरीक्षणको कार्यालयले जिल्लाका नौ स्थानीय तह लगायत जिल्लास्थित सरकारी कार्यालयहरुको लेखापरीक्षण गर्नका लागि दुई लेखापरीक्षण टोली डोटी पठाएको छ । टोलीले लेखापरीक्षणका लागि कागजातहरु जिल्ला सदरमुकाम मगाउन भनेपछि स्थानीय तहहरु कागजातको पोका पार्दै गाडीमा ल्याउदै गर्दैछन् ।
कागजात सिलगढी ल्याउने क्रममा बाटोमा पर्ने बिपिनगर नजिकको खोलामा झण्डै कागजातहरु बगेको बताउँछन् बड्डीकेदार गाउपालिकाका लेखापाल दल बहादुर धामी । जिल्ला सदरमुकामदेखि एक सय ४८ किलोमीटरको दुरीमा रहेको गाउपालिकाको कार्यालयबाट कागजात ल्याउँदै गर्दा धामी खोला तर्न नसकेर एक दिन थुनिए । पैदल तथा स्थानीय गाडीमा दुई दिन लगाएर कागजातहरु मुस्किलले सिलगढी ल्याउन सके उनले । ‘खोला तर्दा एउटा पोको त पानीमै खस्यो’ धामीले थपे ‘भित्र प्लाष्टिक हालेकाले धन्न कागजात जोगिए, बाहिरको कार्टुन मात्र भिज्यो ।’ उनी लेखापरीक्षण गराउँदा आफुहरुलाई  साह्रै दुःख भएको बताउँछन् ।
जोरायल गाउपालिका उपाध्यक्ष जमुना बोहरा पीडा पनि कम छैन । मंगलबार बेलुकी गाउपालिकाका सम्पूर्ण कागजात र श्रेस्ताहरु गाडीमा भरेर जिल्ला सदरमुकाम पु¥याएपछि मात्रै वोहराले शान्तिको स्वास फेरिन् । उनले गाउूपालिकामै आएर काम गर्न महालेखापरीक्षणको टोलीलाई अनुरोध गर्दा सदरमुकाममै कागजात लिएर आउन भनेको बताइन् । ‘करोडौं बजेटका सयौं गतिबिधिहरु सम्बन्धी कागजातहरु एक दिनको बाटो काटेर सदरमुकाम नआइपुग्दासम्म डराईरहँे’ अनलाईन खवरसंग कुरा गर्दै उपाध्यक्ष जमुनाले भनिन् ‘एकातिर बर्षात्को डर अर्कोतिर सुरक्षाको चिन्ता ।’
यस्तै गुनासो अन्य स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुको छ । साउन २७ गतेबाट खटिएको महालेखा परीक्षकको टोलीले स्थानीय तहको लेखापरीक्षणको काम सदरमुकाममै गर्ने बताएपछि स्थानीय तहका जनप्रतिनिधिहरु र कर्मचारीहरु झोली झिम्टी बोक्दै जिल्ला सदरमुकाम पुगेका छन् । गाउूपालिकाका कार्यालय नै बन्द गरेर कर्मचारी र जनप्रतिनिधिहरु सदरमुकाम आउनु पर्दा सेवाप्रवाह ठप्प रहेको सेवाग्राहीहरुको गुनासो छ । बर्षायाममा कागजातहरु भिज्ने, मासिने तथा कार्यालयमै छुट्टिने सम्भावना रहेकाले बिभिन्न तनाव झेलिरहेको कर्मचारीहरु बताउछन् ।
‘गतबर्ष बजेट पनि थोरै भएकाले सदरमुकाममै  लेखापरीक्षण गर्नलाई समस्या भएको थिएन’ जिल्ला समन्वय समितिको कार्यालयमा महालेखापरीक्षण गराइरहेका सायल गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनील ठगुन्नाले भने ‘यो बर्ष त कागजातको चाङ्ग नै उठाएर ल्याउनु पर्दा समस्या   आयो ।’
‘सिंहदरबार केन्द्रबाट गाउँमा आइसकेको छैन भन्ने लाग्यो’ केआईसिंह गाउपालिका अध्यक्ष लोकेन्द्र शाहीले भने ‘कार्यालय नै बन्द गरेर सदरमुकाममा आउनु पर्दा सुरक्षाको जोखिम संगै सेवाग्राहीहरुले पनि सास्ती भोग्नु परिरहेको छ ।’
महालेखापरीक्षणका लागि खटिएको टोलीले भने नीतिगत ब्यवस्था अनुरुपनै लेखापरीक्षण गरिरहेको बतायो । टोलीले निरन्तरको बर्षात्का कारण बाटो अवरुद्ध भएकाले गाउँपालिकामै गएर लेखापरीक्षण गराउने अवस्था नरहेको वताएको छ । ‘हामीले सम्भव भएका स्थानीय तहहरुमा उतै गएर लेखापरीक्षण ग¥यौं’ डोटीमा महालेखापरीक्षणका लागि खटिई आएको टोलीका प्रमुख जयराम घिमिरेले भने ‘महालेखापरीक्षकको कार्यालयबाट सदरमुकाममै लेखापरीक्षण गर्न सक्ने नीतिगत ब्यवस्था भएकाले जान नसकिने ठाउका गाउूपालिकालाई सिलगढीमै बोलाएका हौं ।’
घिमिरेले लेखापरीक्षणका लागि स्थलगत रुपमा गएर काम गर्दा उपलब्धीमूलक हुने भएपनि बिभिन्न कारणले जान नसकेको स्पष्ट पारे । महालेखपरीक्षकको कार्यालय काठमाण्डौका सहायक प्रबक्ता अशोक कुमार कार्कीले खटिएको टोलीलाई सदरमुकाममै बसेर काम गर्न नीतिगत ब्यवस्था गरेर पठाएको जानकारी दिए । कार्कीले लेखापरीक्षण टोलीको सम्पूर्ण खर्च महालेखापरीक्षकको कार्यालयले नै व्यहोर्ने बताए ।

बिधिवत रुपमा मनाईयो गाइजात्रा   

डोटी जिल्लाको सिलगढी बजारमा गत शुक्रबार धुमधामका साथ गाइजात्रा पर्व बिशेष रुपमा मनाइएको छ ।
परम्परा देखि नै देशैभर तथा नेवार जातीको बसोबास भएको ठाउमा सांस्कृतिक एवं परम्परागत पर्व मानिने गर्दछ । यस पर्वमा रथ सहितको विषेश पर्व गाइजात्रा मनाउदै आएका नेवारहरु बताउछन ।
एक वर्ष भित्र ज्यान गुमाएका आफ्ना परिवारका सदस्यको सम्झनामा प्रतिकात्मक अभिव्यक्ति स्वरुप मानिसलाई गाईको रुपमा वा गाईलाई नै सिंगारेर नगर परिक्रमा गराईन्छ । नेवार जातिका सिलगढी डोटीका अगुवा तथा जेष्ठ नागरिक डोटीका अध्यक्ष गोबिन्द श्रेष्ठले भने, ‘हामीले यो पर्व परम्परादेखि नै मनाउदै आएका छौं । हाम्रो जातिमा बर्षदिन भित्र ज्यान गुमाएकाहरुको सम्झनामा प्रतिकात्मक अभिव्यक्ति स्वरुप मानिसलाई गाईको रुपमा वा गाईलाई नै सिंगारेर नगर परिक्रमा गराईन्छ ।’ गाईको पुच्छर समातेर वैतरणी नदी पार गरिने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउँदै आएको श्रेष्ठको धारणा छ ।
मल्ल राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई सबैले यस्तो शोक बेहोर्नुपर्छ भन्ने देखाएर सान्त्वना दिन मानिस मरेका घरघरबाट गाईजात्रा निकाल्ने व्यवस्था मिलाई राजदरबारको प्राङ्गणमा जम्मा     गराएर रानीलाई देखाएका थिए ।
 त्यतिले पनि मन शान्त हुन नसक्दा शोकहरण गर्न हँसाउने कार्यक्रमको आयोजनाका लागि राजआज्ञा जारी गरिएको थियो । त्यति बेलादेखि नै गाईजात्राको चलन शुरु भएको मानिन्छ । हिजोआज सामाजि क विकृति, कुरीति र प्रशासनिक कमजोरीलाई लक्षित गरेर व्यङ्गयात्मक शैलीमा आलोचना गर्दै हास्यव्यङ्ग कार्यक्रम गर्ने प्रचलन पनि हुँदै आएको छ । त्यसैबीच डोटीमा रहेका नेवार समुदायले यसपालीको गाईजात्रामा रथ सहित सिलगढी परिक्रममा गरेका छन । यो पर्व हेर्नका लागि सिलगढीमा टाढा टाढाका मानिसहरु आउने गरेको नेवार समुदायका अध्यक्ष श्रेष्ठले बताए ।

डोटी उद्योग बाणिज्य संघको अध्यक्षमा कलेल निर्वाचित

डोटी उद्योग बाणिज्य संघको अध्यक्षमा  मोहन कलेल बिजयी बिजयी भएको छ ।
आइतवार सम्पन्न मतगणनाको परिणाम अनुसार कलेलले ६०४ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन । उनका प्रतिद्वन्द्वी बिक्रम साउँद (घटाल) ले ३४३ प्राप्त गरेका छन् ।
उद्योगतर्फको उपाध्यक्षमा कलेल प्यानलकै खेम भण्डारी ५८९ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नयनवहादुर बोहराले ३०८ मत प्राप्त      गरे ।
यस्तै बाणिज्यतर्फको उपाध्यक्षमा बासुदेव गौतमले ४८६ मत पाइ विजयी भए । उनका प्रतिद्वन्द्वी नरवहादुर खड्काले ४१० मत प्राप्त गरे ।
महासचिवमा दिपकबहादुर खड्का ५५० मत पाइ विजयी भए । उनका प्रतिद्वन्द्वी हर्कवहादुर खत्रीले ३४१ मत प्राप्त गरे ।
कोषाध्यक्षमा दिर्घवहादुर साउँद ५५६ मतले बिजयी भए । उनका प्रतिद्वन्द्वी बमवहादुर बोगटीले ३२२ मत प्राप्त गरे ।
सचिवमा लक्ष्मी श्रेष्ठले ४३१ पाई बिजयी भइन । उनका प्रतिद्वन्द्वी लोकवहादुर खड्काले ४०० मत ल्याए । मुख्य पद्मा बिजयी हुनेहरु सवै कलेल प्यानलबाटै चुनाव लडेका थिए ।
यस्तै महिला सदस्यहरुमा ईन्द्रादेवी साउँद, गंगा कुमारी खड्का बोगटी, मन्जु कु खड्का, रन्जना बागचन्द र चन्द्र माझी विजयी भएका छन् ।  खुला सदस्यमा अमित अमात्य, गणेश भण्डारी, दल बहादुर बलायर र लाल कठायत बिजयी भएको डोटी उद्योग बाणिज्य संघका प्रेस सल्लाहकार एवं नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष योगेन्द्रवहादुर बलायरले जानकारी दिए । जम्मा मतदाता संख्या एक हजार दुई सय ४२ रहेकामा एक हजार एक सय १४ मत खसेका थिए । खसेका मतमध्ये एक सय चार मत बदर भएको निर्वाचन अधिकृत अधिवक्ता डण्डीराज ओझाले बताए ।

निर्मला हत्याकाण्ड

मानवअधिकार आयोगको गोष्ठीमा यस्तो आक्रोश

राष्ट्रिय मानवअधिकार आयोगले कञ्चनपुरको महेन्द्रनगरमा शुत्रवार आयोजना गरेको ‘महिला हिंसा न्यूनीकरण, मानवअधिकारको संरक्षण एवं सुरक्षा ः नेपाल प्रहरीको जवाफदेहीता’ बिषयक राष्ट्रिय  अभियानका सहभागि स्थानीयबासीहरुले प्रहरीप्रति आक्रोस पोखेका छन् ।
लामो समय भईसक्दा पनि प्रहरीले दोषी पत्ता लाउन नसकेको र उल्टै स्थानीयबासीहरुलाई अनावश्यक यातना दिएको भन्दै प्रहरीको आलोचना गरेका हुन । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल समेत उपस्थित उक्त कार्यक्रममा महिला अधिकारकर्मी शारदा चन्दले उक्त घटनाको प्रमाण प्रहरी स्वयंले नष्ट गरेको आरोप लगाईन । ‘हामीले पटक पटक घटनाको बिषयका कुरा गर्दा समेत प्रहरीले सुनेन्’ चन्दले भनिन् ‘यसको जिम्मेवारी प्रहरीले लिनु पर्छ ।’
अर्का महिला अधिकारकर्मी मिना भण्डारीले अनुसन्धानमा लापरवाही गर्ने   प्रहरी उपरीक्षक दिल्लीराज बिष्टलाई निलम्वन मात्रै होईन कारवाही गर्नु पर्ने माग राखिन । यस्तै अन्तरपार्टी महिला सञ्जालकी जिल्ला अध्यक्ष प्रेमवती रानाले प्रहरीले आफुहरुसंग समेत अपशव्द बोलेको आरोप लगाईन । ‘हामीले अनुसन्धान राम्रोसंग गर्नु प¥यो भनेर आवाज उठाउँदा उल्टो गाली खानु प¥यो’ रानाले भनिन् ‘यस्तो व्यवहार देखाउने प्रहरीलाई हामीले कसरी बिश्वास गर्ने ?’
पत्रकार खेम भण्डारीले जिल्लामा हुने थुप्रै अपराधिक घटनाहरुमा प्रहरीले लापरवाही गरेको आरोप लगाए । ‘अनुसन्धान गर्नु पर्ने ठाउँबाट अनुसन्धान हुँदैन’ भण्डारीले भने ‘प्रहरीलाई जे मन लाग्छ त्यही गर्छ ।’ यस्तै अर्का पत्रकार चित्राङ्ग थापाले प्रहरीकै कारण घटनाको अनुसन्धान थप जटिल भएको आरोप लगाए ।  कार्यक्रमका सहभागिहरुले प्रधानमन्त्रीले मुद्धामा राजनीतिकरण भएको भनी दिएको अभिव्यक्तिप्रति समेत आक्रोस पोखे ।
प्रहरी प्रमुख भन्छन् ः नालायक नेतृत्वले समस्या भयो 
सहभागिहरुका प्रश्नको जवाफ दिँदै प्रहरी महानिरीक्षक खनालले प्रहरीको जिल्ला नेतृत्व नालायक भएका कारण समस्या बल्झिएको बताए । ‘घटनाको अनुसन्धानमा प्रहरीले पक्कै पनि बिगारेको हो’ खनालले भने ‘संगठनभित्रका केही यस्तै व्यक्ति भएको कारण संगठनको बद्नाम भइरहेको छ ।’ उनले प्रहरीमाथी अबिश्वास नगर्न आग्रह गर्दै भने ‘दोषी उम्कदैन, जसरी पनि दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिवद्धता गर्दछु ।’
‘मलाई आज मेरो जीवनमै सवैभन्दा बढी दुःख लागेको छ’ उनले भने ‘यो घटनाले मलाई पनि लज्जित बनाएको छ ।’ उनले दोषीमाथी कारवाही हुने कुरामा आश्वस्त र बिश्वस्त हुन स्थानीयबासीलाई आग्रह गरे । उनले थपे ‘तत्कालीन प्रहरी प्रमुखलाई निलम्वन गरिसकिएको छ, यदि उ दोषी भयो भने निलम्वन मात्रै होईन नौकरीबाट समेत बर्खास्त गर्नेछु ।’ उनले गलत प्रबृत्तिका व्यक्तिहरु यो संगठनमा नअटाउने समेत बताए ।
‘सवै दोष प्रहरीमाथी आउँदा दुःखी भएको छु’ उनले भने ‘तपाईहरुको आक्रोस स्वभाविक छ, तर अव अनुसन्धानमा सहयोग गर्नुहोस्, प्रहरीलाई बिश्वास गर्नुहोस् । उनले दोषी जो कोही भएपनि कारवाही हुने कुरा पटक पटक दोहो¥याए ।
अन्तरिक्षमा पुगेको भएपनि खोजेर ल्याउँछौं ः मन्त्री शाह 
कार्यक्रमका प्रमुख अतिथि ७ नं. प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले निर्मला हत्याकाण्डका दोषी अन्तरिक्षमा पुगेको भएपनि खोजेर कानुनी दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गरे । ‘सागरको सात तला मुनी छिरेको किन नहोस्, खोजेर ल्याईन्छ’ मन्त्री शाहले भने ‘यो घटना जघन्य, पासविक र क्रुर अपराध हो, त्यसैले दोषी उम्कनु हुन्न ।’
आयोग भन्छ ः अनुसन्धानको अनुगमन गर्छौं 
निर्मला हत्या काण्डमा भईरहेको अनुसन्धानको राष्टिूय मानवअधिकार आयोगले अनुमगन गर्ने आयोगका प्रवक्ता मोहना अन्सारीले बनाईन् । निर्मलाको घटनाले आयोगमाथी थप बोझ बढेको बताउँदै अन्सारीले भनिन् ‘यस घटनाको अनुसन्धान र अभियोजनमा प्रहरीले तदारुकता देखाउनु पर्छ ।’ काठमाण्डौंमा घटना भएको १० मिनेटमै प्रहरी आउने तर कञ्चनपुरमा पिडितले पटक पटक आफ्नो समस्या राख्दा पनि वास्ता नगर्ने गरेको प्रति अन्सारीले प्रश्न गरिन् ‘के काठमाण्डौंका मात्रै जनता हुन, दुरदराजमा बस्ने जनता होईनन् ?’ उनले घटनाको आयोगले आफै पनि अनुसन्धान गरिरहेको बताईन ।

चलचित्र/मनोरञ्जन 

छक्का पन्जाको पछि उमेर ढल्कन्छ

दशैँमा प्रदर्शन हुने छक्का पन्जा ३ मा समावेश पछि उमेर ढल्कन्छ बोलको गीत सोमबार सार्वजनिक गरिएको छ । केही साताअघि पहिलो गीत पहिलो नम्बरमा सार्वजनिक गरेको छक्का पन्जा युनिटले हालै सो गीतको करोड भ्युको केक काटेको थियो ।
पछि उमेर ढल्कन्छ निशान भट्टराई र एन्जिला रेग्मीले गाएका हुन् । अर्जुन पोखरेल र दीपकराज गिरीले लेखेको गीतमा अर्जुनको संगीत छ । सिजी शाश्वत धाममा समेत खिचिएको गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।
भिडियोमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ र दीपिका प्रसाईंलाई प्रस्तुत गरिएको छ । दीपाश्री निरौलाको निर्देशनमा बनेको फिल्ममा प्रियंका कार्की, वर्षा राउत, सञ्जोग कोइराला, स्वस्तिमा खड्कालगायतले अभिनय गरेका छन् ।

यस्ता छन् सेलेब्रिटीका कार

केही वर्षअघिसम्म सिनेमा अभिनय, निर्माणबाट जीविकोपार्जन गर्न गाह्रो परिरहेको गुनासो गर्ने फिल्म सेलिब्रेटीहरू पछिल्लो समय यो क्षेत्रमा नाम र दाम दुवै पर्याप्त रहेको बताउने गर्छन्रु। नेपाली फिल्म निर्माणमा आएको तीव्रता, फिल्म तथा कलाकारको स्वदेश तथा विदेशमा मागका कारण पनि सेलिब्रेटीको जीवनशैली महँगो देखिएको छन ।
अहिले चल्तीमा रहेका अधिकांश सेलिब्रेटी आफ्नै निजी सवारीसाधनमा हुइँकिने गर्छन् । केही वर्षअघिसम्म सुटिङकै गाडीमा ओहोरदोहोर गर्ने सहकलाकार पनि अचेल नयाँनयाँ ब्रान्डका कारका मालिक बनेका छन्रु। फिल्म उद्योगमा आफ्नै    सवारीसाधन नभएका कलाकार भेट्न मुस्किल पर्ने गर्छ, अहिले ।
पुराना कलाकार कृष्ण मल्ल, भुवन केसी, शिव श्रेष्ठ, राजेश हमाल, दीलिप    रायमाझी, करिश्मा मानन्धर, रेखा थापा, झरना थापादेखि लिएर अहिलेका चलायमान दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, अनमोल केसी, प्रदीप खड्का, पल शाह, प्रियंका कार्की, पूजा शर्मासम्मले आफैँ कार कुदाउने गर्छन् ।
कार फेरिफेरी चढ्ने अभिनेतामा अग्रस्थानमा आउँछन् भुवन केसी । उनी हिरो बन्नुअघि नै कार चलाउने गर्थे । ‘फिल्ममा आउनुअघिदेखि नै गाडी चढ्ने गरेको हुँ,’ भुवन भन्छन्  ‘बजारमा नयाँ मोडलको कार आउनेबित्तिकै खरिद गर्ने गरेको छु ।’ भुवन अचेल हुन्डाईको क्रेटा चढ्छन् । तीन वर्षअघिसम्म उनी ४७ लाख रुपैयाँ पर्ने किया स्पोर्टेज चढ्र्थे । आफू गाडीका सौखिन भएकाले फेरिरहने तर्क उनको छरु ।
भुवनपुत्र युवास्टार अनमोल भने बाइकका सौखिन हुन । उनीसँग १५ लाख मूल्य पर्ने दुइटा महँगा बाइक छन ।  उनी कहिलेकाहीँ बाबुको कार लिएरसमेत हिँड्ने गर्छन्रु। चर्चित हास्य अभिनेता तथा निर्माता दीपकराज गिरीले कार हाँक्न थालेको आठ वर्ष भयोरु। उनको सुरुको कार हुन्डाई आई टेन थियो । दीपकराजले त्यसपछि सुजुकी स्विफ्ट कुदाए र पछिल्लो समय उनी टाटा हेक्जाका मालिक भएका छन । रहरभन्दा पनि आवश्यकताले कार चढेकोे जिकिर दीपकराजको छन । भर्खरै लिएकाले आफू तत्काल नयाँ कार किन्ने योजनामा नरहेको उनी बताउँछन्रु। भन्छन् । ‘खल्ती गरम भयो भने पो नयाँं कारको चाहना हुन्छरु। म अहिले टाटा हेक्जाप्रति नै खुसी छु ।’
अभिनेत्री तथा निर्मात्री रेखा थापाले कार हाँक्न थालेको दशक पुगिसक्यो । मारुती अल्टोबाट सुरु भएको रेखाको     कारयात्रा त्यसपछि जेट्स, टेरियस हुँदै अहिले निसानको टेरानोमा आइपुगेको छन । बजारमा आएका नयाँ मोडलका कार हाँक्न मन पराउने गरेको उनले बताईन ।

लेख 

यसरी गरौं डिप्रेसन र आत्महत्याको रोकथाम

रामलाल श्रेष्ठ
एक महिनाअघि, मेरा एक जना बाल्यकालदेखिका साथीले जीवनप्रति नै निराशा लागेको र आफू यस संसारमा बाँच्ने ईच्छा पटक्कै नभएको कुरा व्यक्त गरे । मैले उनको कुरालाई सामान्य चिन्ताको रुपमा लिएको थिएँ । केही मरामर्श दिएको पनि थिएँ । तर, एक हप्तापछि नै उनले विष सेवन गरी आत्महत्या गरी मृत्युवरण गरेछन् । मनोविज्ञ भएको नाताले मैले उनको कुरालाई जति गम्भीर रुपमा लिनु पर्दथ्यो, लिन सकिनँ । फलस्वरुप, आफ्नो वाल्यकालको साथी गुमाउन पुगेँ । सिन्धुपाल्चोक जिल्लामा एकजना सिन्धुपाल्चोककै तामाङ्ग थरकी किशोरी र बाहिर जिल्लाबाट त्यहाँ काम गर्न आएका एक किशोरको प्रेम सम्वन्ध बढ्दै गएछ । यो प्रेमलाई किशोरीको परिवारले स्वीकार नगर्ने परिस्थितिका कारण अत्यधिक तनाव तथाडर बढेपछि दुबैजनाले एउटै रुखको हाँगामा डोरीले पासो लगाई झुण्डिएर आत्महत्या गरेको कुरा मिडियामा सार्वजनिक भएको थियो ।गत वर्षको चैत्र २० गते बुटवलस्थित सरकारी क्वाटरमा झुण्डिएको अवस्थामा प्रदेश सरकारका एकजना उपसचिवको शव फेला पर्रुयो । उनको शवसँगै सुसाइड नोट पनि फेला परेको थियो, जसमा आफू विगत २७ वर्षदेखि मानसिक स्वास्थ्य समस्यामा रहेको र सोही पीडा सहन नसकेर आत्महत्या गरेको कुरा उल्लेख गरिएको थियो । यी तीन घटना मैले नजिकबाट अनुभव गरेका आत्महत्याहरु हुन् । विगत ३० वर्षदेखि मैले यही विषयमा अध्ययन अनुसन्धान र चेतना जगाउने काम गरिरहेको छु । तैपनि आत्महत्याका प्रवृत्ति र संख्यामा रत्तिभर कमी आएको छैन । हरेक वर्ष सेप्टेम्वर १० लाई ‘विश्व आत्महत्या रोकथाम दिवस’ को रुपमा मनाइने गरिन्छ । र सधै झैं यस वर्ष पनि विश्व स्वास्थ्य संगठनले तय गरेको ‘आत्महत्या रोकथाममा सवैको सहकार्य’ भन्ने नाराका साथ नेपाल लगायत विश्वभरि नै यो दिवस मनाउन लागिएको छ । यो नाराको विषयवस्तुलाई ह्रदयंगम गरी यो दिवस मनाउँदै गर्दा नेपालमा आत्महत्याको दर किन बढिरहेको छ ? किन मानिसहरुले आत्महत्यालाई मुत्यूवरण गर्ने माध्यमको रुपमा लिइरहेका छन्, यसको रोकथाम सोचेअनुसार किन गर्न सकिएको छैन । साथै आत्महत्याको रोकथाममा घर परिवार, साथीभाइ, समाज, सहयोगी संस्थाहरु, राज्यका संयन्त्रलाई कसरी परिचालन गर्ने भनेर वस्तुगत विश्लेशण गरी उपयुक्तखालको योजना बनाई लागु गर्नुपर्ने देखिन्छ ।
आफ्नो शरीरको हत्या व्यक्ति स्वयंले गर्नुलाई आत्महत्या भनेर बुझिन्छ । मनमा धेरै पीडा बढ्दै गएपछि व्यक्तिलाई बाँच्ने इच्छा र चाहना घट्दै जान्छ र पीडावाट मुक्ति आत्महत्या गरेपछि मात्रै पाइन्छ भन्ने सोचाइ बलियो हुँदै गएपछि व्यक्तिले आत्महत्या गर्ने बाटो रोज्छन् ।
विश्व स्वास्थ्य संघको पछिल्लो आँकडा अनुसार विश्वभरमा एक वर्षमा लगभग ८ लाख मानिसहरुले आत्महत्या गर्दछन् । प्रहरीले २०६१ देखि २०७१ सम्म गरि १० वर्षको तथ्यांक केलाउँदा नेपालमा २९ हजार ९०५ जनाले आत्महत्या गरेको पाएको थियो । यो अवधिमा सबैभन्दा बढी ०७४ सालमा ५ हजार १ सय ७५ सालमा ५ हजार ३ सय ४६ जना व्यक्तिहरुले आत्महत्या गरेको तथ्य सार्वजनिक गरेको थियो । जसअनुसार दैनिक करिब १२ देखि १४ जना मानिसहरुले आफ्नो जीवन आफैले समाप्त पारिरहेका छन् । विश्व स्वास्थ्य संघको अनुसार नै आत्महत्या गर्ने संख्याको आधारमा नेपाल विश्वभरमा ७ औ नम्बरमा छ ।
युवा तथा किशोरकिशोरी, सम्वन्धविच्छेद गरेर एक्लो जीवन बाँचिरहेका व्यक्ति, तनावयुक्त बैवाहिक जीवन, घरवार बिग्रिएर बसेका व्यक्ति, घरेलु तथा लैङ्गकि हिंसाबाट प्रभावित महिलाहरु, यौन शोषण, बलात्कार, सामाजिक लाञ्छना आदिमा परेका महिलाहरु, प्रेममा असफल व्यक्तिहरु, ठूलो आर्थिक हानि नोक्सानीमा परेका व्यक्तिहरु आत्महत्याको बढी जोखिममा हुन्छन् । आत्महत्या गर्ने कारणहरुमध्ये डिप्रेसन रोग प्रमुख हो ।
डिप्रेसनका कारण मनमा धेरै पीडा हुन्छ, बाँच्ने इच्छा र चाहना घट्दै जान्छ र पीडावाट मुक्ति आत्महत्या गरे मात्र पाइन्छ भन्ने सोचाइ बलियो हुँदै गएपछि यस्ता बिरामीले आत्महत्या गर्छन् । डिप्रेसन भएका विरामीको मद्यपान वा लागुपदार्थ सेवन गर्ने बानी छ भने आत्महत्या गर्ने खतरा अरु बढ्छ ।  मानसिक असन्तुलन, पढाई तथा काममा असफलता, प्रेम तथा बैवाहिक जीवनमा असफलता, मदिरापानको लत, लागुपदार्थको दुव्र्यसन, छारे रोग, दीर्घ खालको र धेरै पीडा हुने शारीरिक रोग र एचआइभी एड्स आदि जस्ता कारणहरुले पनि मानिसमा आत्महत्याको सोच ल्याउन सक्ने र आत्महत्याको प्रयाससमेत गर्ने सक्ने सम्भावना हुन्छ । मानसिक तथा शारीरिक पीडा एकदमै धेरै भयो भने र आफ्नो जीवनदेखि नै निराशपना उत्पन्न भयो भने व्यक्तिले आत्महत्याको बाटो रोज्द्छन र कतिपय अवस्थामा आत्महत्याको बाटो रोज्न परिवारका सदस्यहरु तथा अन्य कसैले बाध्य बनाइरहेको हुन्छ । आत्महत्या गर्ने विचार गरेकाहरुले आफ्नो विचार घुमाउरो पाराले परिवारजन तथा साथीभाइलाई भनेका हुन्छन् ।  व्यक्तिले धेरै निराश भएको कुरा गर्छन् र मर्न पाए हुन्थ्यो जस्ता इच्छा व्यक्त गर्दछन् भन्ने परिवारजनले उसमा आत्महत्याको विचार आएको हो कि भन्ने शंका गरी यस्तो कुरा किन गरेको भनेर सोध्नुपर्छ । र, उसलाई यतिखेर सहयोगको आवश्यकता छ भन्ने बुझ्न सक्नुपर्दछ । यदि परिवारका सदस्य वा अन्य कसैले यस्तो विचार व्यक्त गरेमा तुरुन्त मानसिक रोग विशेषज्ञ वा तालिम प्राप्त मनोपरामर्शकर्ताकहाँ लैजानुपर्छ ।
आत्महत्याको कसरी रोकथाम गर्न सकिन्छ ?
– राम्रो पारिवारिक सम्बन्ध, राम्रो वैवाहिक सम्बन्ध र दाम्पत्य जीवन, परिवारजन र आफन्तहरुलाई अप्ठ्यारो पर्दा सहयोग गर्ने बानी, बाबुआमा तथा छोराछोरीप्रति माया, ममताले आत्महत्या हुन रोक्छन् ।
– मानसिक रोगहरु जस्तै डिप्रेसन र मानसिक असन्तुलनको उपचार, छारे रोगको उपचार, मदिरा तथा लागुपदार्थ सेवन नगर्ने गर्दा आत्महत्या कम गर्न सकिन्छ ।

– मानसिक तनावको व्यवस्थापन, आध्यात्मिक चिन्तन, जीवनलाई सहज किसिमले हेर्ने शैली, आफुसँग जे छ, त्यसमा सन्तोष लिने र अरुको इर्ष्या  नगर्ने बानीले मानसिक तनाव घटाउँछन् । जसले गर्दा आत्महत्याको सोचाई आउँदैन ।
–  हाम्रो मनमा आएका नकारात्मक विचारहरुलाई सकारात्मक बनाउन आफैले प्रयास गर्नुपर्छ । रीसले आफैलाई हानी गर्छ, विनाकारण डराउनुहुँदैन । यस्ता विचार तथा सकारात्मक सोच आफैंले ल्याउन प्रयास गरेमा त्यसले मष्तिस्कमा राम्रो प्रभाव पार्ने हुन्छ । सकारात्मक सोच भएकाहरुले एक आपसमा सम्बन्ध राम्रो राख्न सक्छन्, अरुको समस्या बुझ्न सक्छन् र उनीहरुको मन प्रायः शान्त रहन्छ । उनीहरुले गर्ने निर्णय सहयोगी हुन्छ, उनीहरुमा आत्मविश्वास हुन्छ र आत्महत्या गर्ने सोचाई आउनबाट टाढा हुन सक्छन् ।
– आत्महत्या एक जनस्वास्थ्यको गम्भीर सवाल भएकाले नेपाल सरकारले प्राथमिक स्वास्थ्य सेवा अन्तर्गत रोकथाममूलक कार्यक्रममा यसलाई अनिवार्यरुपले संलग्न गराई ब्यापक जनचेतनामूलक कार्यक्रम विभिन्न महिलासमूह, महिला सहकारी, स्थानीयस्तरमा रहेका समूहहरु, महिला स्वास्थ्य स्वयंसेविकाहरु, गर्भवती तथा सुत्केरी महिला तथा उनीहरुको श्रीमानहरुका लागि सञ्चालन गर्नुपर्दछ ।
– आत्महत्या रोकथाममा केही सरकारी संरचना, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाहरुमार्फत केही पहल गरिए पनि देशभरका जनताका लागि त्यो पर्याप्त छैन । राज्यका संरचना, सहयोगी संघसस्थाहरु, सेवा प्रदायक, घरपरिवारका सदस्यहरुवीच एकआपसमा समन्वय र सहकार्य नहुँदा आत्महत्या रोकथाममा नेपालले सोचे अनुसार उपलब्धी हासिल गर्न सकेको छैन ।
– मानसिक स्वास्थ्यको प्रवर्धन र मानसिक स्वास्थ्य समस्याको रोकथाम र आत्महत्याको प्रयास तथा सोच भएका व्यक्तिहरुलाई आवश्यक मनोपरामर्श सेवा र उपचारका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीहरु, मनोविदहरु तथा विशेषज्ञहरु मार्फत सेवाको पहुँच सबैका लागि सर्वसुलभ बनाउन संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले आवश्यक नीति र निर्दे्शिका बनाएर प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने हुन्छ ।
– सरकारका स्वास्थ्य, शिक्षा, महिला, बालबालिका, जेष्ठ नागरिक लगायत सवै खालका प्राथमिकताका वर्ग तथा क्षेत्रहरुमा मानसिक स्वास्थ्यलाई पनि एकीकृत गर्दै कार्यान्वयनको प्रक्रिया अगाडि बढाउन जरुरी छ ।
–  स्थानीयस्तरका सामुदायिक संघसस्थाहरु र गैरसरकारी संस्थाहरुलाई पनि आत्महत्याको रोकथामको विषयमा जागरुक गराई उनीहरुको क्षमता अभिबृद्धि गर्न सकियो भने त्यस्ता संघसस्थाहरु मार्फत आत्महत्याको रोकथाममा उल्लेख्य सहयोग गर्न सकिन्छ । आत्महत्याको रोकथाममा परिवार, समाज, साथी संगीहरुको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ ।  सम्पूर्ण सबै पक्षसँग समन्वय, सहयोगका लागि सहकार्य र आत्महत्याको जोखिममा रहेका व्यक्ति, वर्ग र समुदाय लक्षित कार्यक्रम सञ्चालन गर्न सकियो भने आत्महत्याको रोकथाममा हामीले खाजेको जस्तै उपलब्धी हासिल गर्न सक्छौं, जसका लागि यो दिवसले हामी सबैलाई आत्महत्याको जोखिममा रहेका व्यक्तिलाई समयमा पहिचान गर्न र आवश्यक सहयोगको पहल गर्न बल प्रदान गरोस् भन्ने सन्देश दिन चाहन्छु ।

मोफसल पत्रकारिता 

कलमको सट्टा पार्टीको झण्डा बोकेको पनि देखियो

सुरेश बिडारी (स्टेशन म्यानेजर) 
आवाज एफ.एम, मकवानपुर
तपार्इंको परिचय पाउँ न ? 
 मेरो नाम सुरेश बिडारी हो । मकवानपुर थाहानगरपालिका वडा नं ९ चित्लाङ गाउँमा जन्मेको हो । वीरगञ्जलाई कर्मथलो बनाएको छु । आवाज एफएम ८८ मेगाहर्जमा स्टेशन म्यानेजर छु । अनलाईनखबर र एभीन्युज खबरमा रिपोर्टिङ गर्छु ।
पत्रकारिता पेशा त निकै गा¥हो छ भन्छन नि ! कस्तो पाउनु भयो ? 
 गाह्रो मान्नेलाई त ओछ्यानमै खानेकुरा लगेर दिएपनि खुवाईदिए हुन्थ्यो जस्तो लाग्ला नि । सजिलो माने सजिलो हुने हो, गाह्रो माने गाह्रो । पत्रकारिता गाह्रो लागेको भए सजिलो लाग्ने काम खोजेर गईहाल्थे नी । अरुलाई पनि त्यही सुझाव दिन्छु । जे सजिलो लाग्छ त्यही गर्नुस ।
पत्रिकारिता जस्तो समस्यै समस्याको पेशा गर्न के ले प्रेरणा दियो तपाईलाई ? 
तपाईको प्रश्नमा म सहमत छैन, समस्या नै समस्याको पेशा भए १६ बर्षदेखि तपाई यो पत्रिका निकालेर किन बस्नुभयो ? समस्या नभएको काम किन गर्नुभएन ? काम गर्दा आउने उतार चढावलाई समस्या मान्ने हो भने त कसरी हुन्छ ? म यो पेशामा आउँदा कसैको प्रेरणाले आएको थिइँन् । स्नातक तहको पढाई खर्च जुटाउन हेटौंडामा कोठा भाडामा लिएर बस्नुपर्दा खर्चको बन्दोबस्त गर्न साप्ताहिक पत्रिका वितरक (हकर) को काम गर्न थाले । पछि माया गर्नेहरुको साथ, सहयोग र आफ्नो लगावले पत्रकार ने बने ।
कति समय बिताउनु भयो पत्रकारितामा पत्रकारिता क्षेत्रमा ?
   ०६३ सालदेखि नै पेशा परिवर्तन गरेको छैन ।
पर्सा त व्यस्त र विकसित जिल्ला हो, कसरी मुल्याँकन गर्नु भएको छ यस जिल्लाको पत्रकारिताको अवस्थालाई ?
७७ जिल्लाकै मानिस व्यस्त हुन्छन् नी त्यसै को बस्छ र ? तपाईले भनेजस्तो पर्सा विकसित जिल्ला भने होईन । तराई भएकोले सम्म छ, सम्म ठाउँलाई सुगम मानिन्छ बस त्यति हो । विकसित हुन धेरै काम गर्न बाँकी छ । यहाँको पत्रकारिता विस्तारै व्यवसायिक हुने तरखरमा छ ।
मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ? 
आफैंले ल्याएको श्रमजीवि पत्रकार ऐन समेत कार्यान्वयन गर्न नसक्ने सरकारको मात्रै भर परेर नहुने देखियो । पत्रकारिता क्षेत्रको समस्या समाधानका लागि मिडिया सञ्चालक, छाता संगठन नेपाल पत्रकार महासंघ र स्वयं पत्रकारहरु पनि जिम्मेवार र गम्भिर भएर लाग्नुपर्ने देखिन्छ । किनकी यहाँ समस्या छ भने पनि हामीले नै बनाएको हो, समाधान पनि हामीले नै गर्ने हो । राज्यले पत्रकारितालाई कुनै विशेष स्थान दिनुपर्ने जरुरी छैन । अरु पेशा व्यवसाय सरह नै व्यवहार गर्दा हुन्छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश लगाउन भने खोज्नु भएन ।
मोफसलमा काम गर्ने पत्रकारहरुका समस्या समाधानका लागि नेपाल पत्रकार महासंघले कत्तिको भुमिका खेलेको पाउनु भएको छ ?
तपाई हामी मिलेर नै महासंघ बनेको हो । कतिपय समस्या हामी आफैंले समाधान गर्यौ, कतिपय कुरामा संगठन मार्फत दवाव दिएका छौं । यस्तै त हो गर्ने, परेको बेलामा सडकमा पनि ओर्लिएकै छ । संगठनमा त शक्ति हुन्छ, क्रमश गरिरहेका छन्, नेतृत्वले चाहे अझै धेरै गर्न सक्छन् ।
सञ्चारकर्मीहरुका बैचारिक संगठनहरु ले मोफसल पत्रकारका समस्या समाधानका लागि कस्तो भुमिका खेलेको पाउनुहुन्छ ?
उनीहरु आफ्नो संगठनमा आवद्ध भएकाहरुको हक हितका लागि लागेकै छन् । संगठनमा आवद्ध पत्रकारको गल्ती पनि ढाकछोप गर्न पछि पर्दैैनन् । कतिले चुनावमा कलमको सट्टा पार्टीको झण्डा बोकेको पनि देखियो । पत्रकारितामा विकृति भित्र्याउन यी संगठनहरुको ठूलो हात छ । पार्टीसँग नजिकिएर अवसर लिने र महासंको नेतृत्वमा पुग्ने भ¥याङ हुन् । धेरैलाई यसो भनेको सुन्दा नराम्रो लाग्ला तर मलाई त पटक्कै मन पर्दैन । पत्रकारिता समाजका लागि हुनुपर्छ ।
तपाईको विचारमा पत्रकारिता के हो ?
 पत्रकारिता समाजको ऐना हो, हामीले लेखेको, बोलेको कुराबाट समाजको प्रतिबिम्ब झल्कनुपर्छ । त्यसैले त यो पेशा समाजप्रति उत्तरदायी र मर्यादित हुनुपर्छ ।
पत्रकारिता पेशामा लागेर कत्तिको कमाउनु भयो ?
 कमाउने सोचेर यो पेशामा लागिएन, खान लगाउन पुगेकै छ । कमाएर पनि के गर्नु जाने बेला छोडेर जानुपर्ने रहेछ ।
नेपालको पत्रकारिता क्षेत्र दिनप्रतिदिन बद्नामित हुँदै गएको छ, पाठक वर्गले समाचारको बिश्वासनीयताप्रति प्रश्न उठाउन थालेका छन, सञ्चारकर्मीहरु पनि गैर कानुनी क्रियाकलापमा संलग्न भएका छन भन्ने आरोप पनि लाग्न थालेको छ, तपाईलाई के लाग्छ ? 
बोरामा आलु राख्दा एक दुईवटा त कुहिन सक्छ नि । सबै त्यस्तो छैन । पत्रकारितामा पनि यही समाजबाट साथीहरु आउने हुन् । त्यसको असर त परिहाल्छ । पेशामा नराम्रो मात्रे भएको छ भन्ने, बदनामित मात्रै भएको छ भन्नु गलत हो । राम्रो पनि भएको छ । कतिपयले आफ्नु अनुकुलका कुरा नआउँदा पत्रकारिताको वदनाम गराउने पनि गरेका छन् ।
तपाई त लाग्नु भा छैन नि यस्ता कुरामा ?
बदनाम कमाएको भए तपाईले अन्र्तवार्ता चाहियो सुरेश जी भनेर खोज्दै आउनुहुन्न थ्यो होला हैन र ?
अन्त्यमा भन्नै पर्ने कुनै कुरा छुटे जस्तो लागेको छ कि ? 
हामी अरुको कुरा भन्ने मान्छे आफ्नो कुरा भन्न समय नै हुन्न । बल्ल बल्ल मौका पाएको धेरै थियो तर अहिलेका लागि यत्ति नै । फेरि पाठक मित्रहरुले कत्ति गफ दिन जानेको रहेछ नभनुन् । पढ्दा झर्को लाग्न भएन नी हैन त ?
समय र बिचारका लागि धन्यबाद । 
तपाई र तपाईको सम्पूर्ण पत्रिका परिवारलाई अवसरको लागि धन्यवाद, अनि अन्र्तवार्ता पढ्नेलाई विशेष धन्यवाद ।

लोकसेवा आयोगको तयारीका लागि उपयोगी

बस्तुगत प्रश्नहरु 
१. नेपालको अन्तरिम संविधान २०७२ को कुन धारामा ‘संविधानसभा अदालत’ को गठन गर्न सकिने    कुरा उल्लेख छ ? — धारा ११८
२. नेपालमा कानुनी रुपमा छुवाछुत र जातीय विभेदको अन्त्य कहिलेको मुलुकी ऐनले गरेको हो ?
— २०२० को नयाँ मुलुकी ऐन
३. तेह्रौँ योजना (२०७०÷७१र–२०७२÷७३) ले नेपाली जनताको अपेक्षित औसत आयु कति बर्ष पु¥याउने लक्ष्य राखेको छ ?  — ७१ बर्ष
४. सम्राट अशोक कस्को पालामा नेपाल आएका थिए ?  — स्थुंको
५. पूर्वको मोति भनेर कुन देशलाई चिनिन्छ ?  — श्रीलंका
६. विश्व जनसंख्या दिवस कहिले मनाईन्छ ?  — जुलाई ११
७. मार्वलको लागि नेपालको प्रसिद्ध ठाउँ कुन हो ?  — गोदावरी
८. फेवा तालबाट निस्कने खोला पार्दि खोला हो भने रारा दहबाट निस्कने खोला कुन हो ? — खत्याड
९. बि.सं. २०६८ को जनगणना अनुसार नेपालको कुल जनसंख्या कति रहेको छ ?
— २,६४,९४,५०४ जना
१०. निजामति सेवा नियमावली कहिले जारी भएको हो ?  — २०५०÷०३÷२८
११. खप्तड राष्ट्रिय निकुञ्ज कहाँ पर्दछ ?    — बझाङ, बाजुरा, डोटी र अछाम
१२. पृथ्वी दिवस कहिले मनाईन्छ ?   – अप्रेल २२
१३. सन्दुक रुइतको जन्म कुन जिल्लामा भएको थियो ?   — ताप्लेजुङ
१४. पृथ्वीमा ५० प्न उचाल्न सक्नेले चन्द्रमामा कति केजि उचाल्न सक्छ ?   — ३०० केजी
१५. पृथ्वी कुन दिशाबाट कतातिर घुम्छ ?   — पश्चिमबाट पूर्वतिर
१६. आटाकामा मरुभुमी कहाँ अवस्थित छ ?  — चिली
१७. निम्नमध्येमा कसलाइ दैव तत्व (न्यम एबचतष्अभि) भनिन्छ ?  — ज्ष्ननक द्ययकयल (दिईएका मध्ये)
१८. ‘मुला’ को लागि प्रसिद्ध ठाउँ कुन हो ?   — चितलाङ
१९. छठ पर्वमा कुन देवताको पूजा गरिन्छ ?  — सूर्य
२०. उपत्यकाको एक मात्र खुल्ला दिशामुक्त घोषणा भएको जिल्ला कुन हो ?  — भक्तपुर
२१. नेपालमा पहिलो पर्वतीय खेलकुद महोत्सवको आयोजना कहिले गरिएको थियो ?
– वि.सं २०६९ फागुन १८ देखि चैत्र १८ सम्म
२२. गायक फत्तेमान राज भण्डारीको निधन कहिले भएको थियो ?  — वि.सं २०७० भदौ २५ गते
२३. एक गाउँ एक उत्पादन कार्यक्रमको शुरुवात कुन देशबाट भएको हो ?   – जापान
२४. भारतका सम्राट अशोकले लडेको एकमात्र युद्ध कुन हो ?  — कलिङको युद्ध
२५. इतिहासको बत्ती भनेर कुन देशलाई चिनिन्छ ?   — ग्रिस
२६. नेपालका राष्ट्रिय विभूति अमरसिंह थापाको मृत्यु कुन ठाउँमा भएको थियो ? – गोसाईकुण्ड
२७. विश्व बन्यजन्तु कोषले नेपालका कसलाई बाघ संरक्षण सद्भावना दूत घोषणा गरेको छ ?
– राजेश हमाल
२८. सरकारी कार्यालयमा १२ घण्टे सेवा कहिलेबाट सञ्चालन गर्न शुरु गरिएको हो ?
– वि.सं २०७१ पुस १ गते
२९. नेपाल र चिन बीचको रसुवागढी नाका कहिलेबाट सञ्चालन गरिएको हो ?
– वि.सं २०७१ मंसिर १५ गते
३०. नेपाल सरकारले मिति २०७१ मंसिर १६ गते ६१ थप नगरपालिका थपेसंगै नगरपालिकाको कुल संख्या १९१ पुगेको छ भने कुल गाविस संख्या घटेर कतिमा झरेको छ ?   – ३२७६
३१. नेपालको मौद्रिक निति कसले निर्धारण गर्छ ?   — नेपाल राष्ट्र बैंक
३२. अपेक्षित वृद्धिदर र सामान्य वृद्धिदर भनी दुई प्रकारको लक्ष्य तय भएको आबधिक योजना कुन हो ?
— दसौं
३३. राज्य केन्द्रीत अवधारणाबाट निजि क्षेत्र केन्द्रीत अवधारणातर्फ भएको प्रथम योजना कुन हो ?
— आठौं
३४. ‘शिक्षा भावी जीवनको तयारी मात्र होइन यो त जीवन यापनको प्रकृया हो ।’ यो भनाइ कसको हो ?
— जोन डिवे
३५. नेपाली भाषा सिकाउने प्रयोजनका लागि प्रकाशित गरिएको पहिलो पुस्तक कुन हो ?
— अक्षरांक शिक्षा
३६. तलका पाठ्यक्रमका अङ्गहरुको ठीक क्रम कुन हो ?
— बिषयवस्तु, उद्देश्य, शिक्षण विधि र मुल्याङ्कन
३७. तलका मध्य कुन बाजालाइ ‘नगरा’ पनि भनिन्छ ?   — दमाहा
३८. स्वर्गमा स्थान सुरक्षित गर्नकालागी मर्नुभन्दा अगाडि गरिने दानपुजालाइ के भनिन्छ ?  — वैतरनी
३९. तलकामध्य कुन लक्ष्य डकार मञ्चले घोषणा गरेको लक्ष्य भित्र समाबेश छैन ?
— मात्रिभाषाको माध्यमबाट आधारभुत तथा शिक्षामा सुधार (दिईएका मध्ये)
४०. पोखरा विस्वबिद्यालयको स्थापना कहिले भएको हो ? — २०५४


चलचित्र/मनाेरञ्जन 

माली छैन बगैचामा,फुल केलाई रोप्नु
लाली छैन कोपिलामा फुल केलाई रोप्नु ।

हांसो आंसु लुटियोकी,मलिनो छ मुहार
हांसो छैन ओठ भित्र,खुसी केलाई रोप्नु ।

हांगा पात खोजे मैले,बिहानिको शित
दुस्ख भित्र हराएको,सुख केलाई रोप्नु ।

जिबन जिउने आधार पनि सबै बैरागी भो
बैरागिको बिरहमा,आसा केलाई रोप्नु।

झरी जाने ओईलाएर,फुल केलाई रोप्नु
छोडि जाने निर्मोही लाई नाता किन रोप्नु।

अर्पण तामाङ 
तरहरा–२ सुनसरी 

गजल 

तिमी छौ र म छु, अनी त जिबन फुलेको छ
जता हेरे पनि चारै तिर,जिबनको फुल फुलेको छ !

जिन्दगीमा पाए खुशी,तिम्रो आधार भेटे पछी
मग मगाउदै बगैचामा,एउटा फुल फुलेको छ !

यात्रा सँगै गरे पछी,किनार पनि संगै लाउंला
नदी तर्दा किनारमा,एउटा छाल भुलेको छ !

कती कोमल तिम्रो मायां,अनि त म बांचेको छु
त्यसै भित्र हांसी हांसी,एउटा जिबन फुलेको छ !

जुन सँगै आकाशमा,एउटा तारा खुलेको छ
प्रिती बास्ने चौतारीमा,एउटा फुल फुलेको छ !

अर्पण तामाङ 
तरहर– २सुनसरी 

गजल

आकाशमा जुनभएर मात्रा के गर्नु काली तारा नभए पछी
प्रित लाएर मात्रा के गर्नु काली तिम्रो साथ नभए पछी !

फुल हुँ गुलाफको काडै कांडा जिबनको अर्थ केही रहेन काली
सुन्दर्ता भएर के गर्नु काली कोमल हिलोमा फुल्नु परे पछी !

कोपिला भएर के गर्नु काली जिबन भएर फुल्न सकिन्न भने
पलासै भई किन फुल्नु काली शिर्मा कसैले नसिउरे पछी !

रहन्न अब यो जिबन तिमी बिनाको अपुरो काली
जुनी भरको तिम्रो मायां न्यानो साथ न पाए पछी !

सासै किन चाहियो र काली धड्कन नै नरहे पछी
आधा शरीर केलाई जिउनु तिम्रो साथ नै नपाए पछी

अर्पण तामाङ 
तरहर–२ सुनसरी 


सूचना/सन्देश/बिज्ञापन 

कर्मचारी आबश्यकता सम्बन्धि सूचना

प्रस्तुत विषयमा यस पुर्बिचौकी गाउँपालिका वडा नं. ४ सानागाउँमा रहेको सरस्वती माद्यामिक बिद्यालयको विद्यालय व्यवस्थापन समितिको मिति २०७५/०५/१८ गते का दिन बसेको बैठकको निर्णयानुसार यस विद्यालयमा रिक्त रहेका तपसिलका प्रशिक्षक तथा कर्मचारीहरुको पदपुर्ति गर्नु पर्ने भएकाले ईच्छुक योग्यता पुगेका उम्मेदवारबाट १५ दिन भित्र दरखास्त आह्वान गरिन्छ ।
प्रथम पटक सुचना प्रकाशित मिति ः २०७५/०५/१८ देखी ।
दरखास्त दिने अन्तिम मिति ः २०७५÷०६÷०१ गते सम्म ।
तपसिल ः
विज्ञापन नं. १÷०७५÷०७६
पदः सिभिल इन्जिनियर (पुर्णकालिन करार)
संख्या ः १ (एक)
शैक्षिक योग्यता ः सम्बन्धित बिषयमा स्नातक तह उत्तिर्ण ।
उमेर ः १८ बर्ष पुरा भई ४० बर्ष ननाघेको ।
दस्तुर ः रु.३०००। अक्षरुपी तिन हजार मात्र ।
विज्ञापन नं. २÷०७५÷०७६
पदः सिभिल ओभर सियर (पुर्णकालिन करार)
संख्या ः १ (एक)
शैक्षिक योग्यता ः सम्बन्धित बिषयमा डिप्लोमा तह उत्तिर्ण  ।
उमेर ः १८ बर्ष पुरा भई ४० बर्ष ननाघेको ।
दस्तुर ः रु.२,५००। अक्षरुपी दुई हजार पाचँ सय मात्र ।
विज्ञापन नं. ३÷०७५÷०७६
पदः प्रशिक्षक ( आंशिक करार)
संख्या ः विषय गत ५ (पाचँ) ( नेपाली, अंग्रजी , गणित , रसायन विज्ञान र भौतिक विज्ञान )
शैक्षिक योग्यता ः सम्बन्धित बिषयमा स्नातकोत्तर तह उत्तिर्ण ।
उमेर ः १८ बर्ष पुरा भई ४० बर्ष ननाघेको ।
दस्तुर ः रु.२५००।– अक्षरुपी दुई हजार पाचँ सय मात्र ।
विज्ञापन नं. ४÷०७५÷०७६
पदः प्रशासनिक सहयाक
संख्या ः १ (एक)
शैक्षिक योग्यता ः स्नातक तह उत्तिर्ण ।
उमेर ः १८ बर्ष पुरा भई ४० बर्ष ननाघेको ।
दस्तुर ः रु.२०००। अक्षरुपी दुई हजार मात्र ।
विज्ञापन नं. ५÷०७५÷०७६
पदः सह–लेखापाल
संख्या ः १ (एक)
शैक्षिक योग्यता ः स्नातक तह उत्तिर्ण ।
उमेर ः १८ बर्ष पुरा भई ४० बर्ष ननाघेको ।
दस्तुर ः रु.२०००। अक्षरुपी दई हजार मात्र ।
विज्ञापन नं. ६÷०७५÷०७६
पदः कार्यालय सहयोगी
संख्या ः १ (एक)
शैक्षिक योग्यता ः ८ पास ।
उमेर ः १८ बर्ष पुरा भई ४० बर्ष ननाघेको ।
दस्तुर ः रु.५००। अक्षरुपी पाचँ सय  मात्र ।
नोट ः– सम्पर्क मिति ः २०७५÷०६÷०१ गते ( सम्पर्क मितिको दिनमा परीक्षा मिति तोकिने छ ) ।
परीक्षाको किसिम ः लिखित , अन्तरवार्ता ( आवश्यक परे प्रयोगात्मक )
तलब भत्ता ः विद्यालयको नियमानुसार ।
आवश्यक कागजातहरु ः
१) नेपाली नागरिकताको प्रतिलिपि ( २ प्रति ।
२) शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपि ( २÷२ प्रति ।
३) इन्जिनियरको हकमा नेपाल इन्जिनियरिङ्क परिषदमा दर्ता प्रमाण पत्र ( १ प्रति ।
जानकारीका लागि सम्पर्क नं. ९८४८४३४२०३, ९८४८४४९५०५,९७५९००२९६४

No comments:

Post a Comment