Tuesday, September 4, 2018

बिम्ब साप्ताहिक, २०७५ साल भाद्र १९ गते मंगलवार

लोकतन्त्रको आधार ः सूचनाको अधिकार । 
सूचना हाम्रो अधिकार ः सुशासन र विकासको आधार ।
कुनै पनि सार्वजनिक सरोकार ः थाह पाउने नागरिकको अधिकार । 
सूचना लिने दिने संस्कृतिको विकास गरौं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

पत्रकार खड्का ११ दिनदेखि सम्पर्कबिहिन

रामहरी ओझा/डोटी
भाद्र १८
बाजुराको बुढीनन्दा धार्मिक क्षेत्रबाट फर्किने क्रममा सम्पर्कबिहिन भएका पत्रकार तेजवहादुर खड्का ‘तेजु’ को ११ दिनसम्म पनि पत्ता लागेको छैन । 
समुद्री सतहदेखि करीव १६ हजार फिट उचाईमा रहेको बुढीनन्दामा भाद्र शुक्ल चतुर्दशीको बिहान लाग्ने मेलाको रिपोटिङ्गका साथै धार्मिक कार्यका लागि पत्रकार खड्का भाद्र ६ गते त्यसतर्फ गएका थिए । भाद्र ९ गते चतुर्दशीको मेला सकेर फर्किने क्रममा सातपाखे भन्ने ठाउँबाट सम्पर्कबिहिन भएका खड्का कहाँ छन् भन्ने बिषयमा कुनै पत्तो लागेको छैन । 
खड्काको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र स्थानीयबासीहरुबमे टोली  बुढीनन्दा मन्दिरमा पुगेको भएपनि खड्काको कुनै पत्तो लागेको छैन । खड्का सम्पर्कबिहिन भएको ठाउँ सातपाखे हुँदै खोजि कार्यमा खटिएको सुरक्षाकर्मीहरुको टोली सोमवार बुढीनन्दा मन्दिर पुगेको छ । तर पनि कुनै जानकारी प्राप्त हुन नसकेको नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाशवहादुर सिंहले जानकारी दिए । उनका अनुसार टोली बाटोमा खोज्दै खोज्दै मन्दिर पुगेको हो । 
खड्काको खोजीका लागि सवै सुरक्षा निकायहरु र स्थानीयबासीहरुको टोली परि–चालन भएको नेपाल पत्रकार महासंघ ७ नं. प्रदेश समिति सदस्य अर्जुन शाहले जानकारी दिएका छन् । 
बुढीनन्दाबाट फिर्ता भएका खड्का बरमाग्ने भन्ने ठाउँमा केही सामान छुटेकोले लिन जाने भन्दै लोडी बिनायक भन्ने ठाउँबाट फर्केका तिर्थस्थलबाट फर्कदै गरेका तिर्थालुहरुले जानकारी दिएका छन । लोडी बिनायकबाट फर्केका खड्का दुई घण्टामाथी सातपाखे भन्ने ठाउँमा अन्तिम पटक देखिएका थिए । उनलाई बाजुराका गंगाप्रसाद उपाध्यायले फर्केर जान देखेपछि माथी नजान आग्रह गरेका थिए । चतुर्दशीका दिन बुढीनन्दाबाट फर्किने दिन भएका कारण माथी जाने कोही  भेटिदैनन् । मेला सकिएपछि चतुर्दशीका दिन मन्दिरतिर जानु अशुभ मान्ने चलन रहेको स्थानीयबासीहरु वताउँछन् । खड्कालाई एक्लै माथी नजान भन्दै आफुले धेरै सम्झाएको तर, खड्काले आफ्नो जुत्ता माथी छुटेको भन्दै फर्किन नमानेको उपाध्यायले वताए । माथी नजान भन्दा खड्काले झर्किदै ‘देख्नु भएन मेरो खुट्टामा जुत्ता छैन ?’ भनेको बृद्ध उपाध्याय बनाउँछन् । उनका अनुसार खड्काको स्वभाव अलि असामान्य जस्तै देखिन्थ्यो । तर तिर्थालुहरुले जुत्ता चप्पल खोलेर जानु पर्ने ठाउँ अझै तल पर्छ । 
बाजुराका अर्का पत्रकार निमेन्द्र शाहीका अनुसार धौले भडार (धन भडार) भन्ने ठाउँमै जुत्ता चप्पल फुकालेर जानु पर्ने हुन्छ । तिर्थालुहरुले करीव १२ घण्टा बिना जुत्ता चप्पल हिड्नु पर्ने शाहीको भनाई छ । शाही भन्छन् ‘सातपाखे भन्ने ठाउँमा अर्को कुनै बाटो नै छैन, त्यसैले बाटो बिराउनु भयो होला भन्ने त मलाई लाग्दैन, त्यत्तिकै डाँडातिर लाग्नु भएको भए बेग्लै कुरा हो ।’ सातपाखे क्षेत्रमा बाटो धेरै भिरालो र चिप्लो रहेको शाहीको अनुभव छ । 
२०५४ सालमा कार्यक्रम प्रस्तोताको रुपमा रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र दिपायलबाट आफ्नो केरियर सुरु गरेका खड्काले रेडियो नेपालमा हुँदा समाचार बाचक, कार्यक्रम उत्पादक र कार्यक्रम प्रस्तोताको रुपमा काम गरेका थिए । उनले प्रस्तुत गर्ने कार्यक्रमहरुमा “देउडा गीतको सेरोफेरो” र “बसिबियालो” ज्यादै लोकप्रिय थिए, जसको चर्चा अहिले पनि हुने गरेको छ । 
डोटी दिपायल सिलगढी नगरपालिका–१ तिखा निवासी खड्काले केही समय एभि न्यूज टेलिभिजनका लागि डोटीबाट   रिपोटिङ्ग पनि गरेका थिए । स्थानीय नेपाल पथ साप्ताहिकमा रहेर पनि खड्काले केही समय काम गरे । क्षेत्रीय प्रसारण केन्द्र हुँदै केही समय उनले रेडियो नेपालको केन्द्रीय प्रसारण केन्द्रमा समेत काम गरे । नेपाल पत्रकार महासंघका साधारण सदस्य खड्का २०६४ सालमा गठन भएको नेपाल प्रेस युनियन डोटी शाखाका संस्थापक अध्यक्ष हुन् । उनी विकास सञ्चार समूह नामक सञ्चार क्षेत्रमा काम गर्ने गैर सरकारी संस्थाको समेत अध्यक्ष भएका थिए । हाल उनी बाजुराको कोल्टीमा रहेको बुढी नन्दा एफएममा कार्यरत छन् ।  

सम्पादकीय 

मलेपको सेवा !

“६/७ दिनसम्म त हामीले चाकरी ग¥यौं, कहिले लोकल कुखुरा, कहिले दही दुध, कहिले ....... । धेरै समस्या पो हुँदो रहेछ त मलेप गराउन पनि ।’
एक जना स्थानीय तहका जनप्रतिनिधिले महा लेखा परीक्षकको कार्यालयबाट खटिई आएको स्थानीय तहको अन्तिम लेखा परीक्षण टोलीलाई स्वागत गर्नमा निकै समस्या भएको जानकारी दिए । जे जे भन्यो त्यो कुरा पु¥याउनु पर्ने वाध्यता रहेको उनको भनाई थियो । होईन भने बेरुज देखाई दिने र बेरुज फच्र्युट गर्नका लागि काठमाण्डौं जानु पर्ने भन्ने व्यवस्था रहेको उनले वताए । 
अहिले स्थानीय तहहरुको लेखा परीक्षण धमाधम भईरहेका छन् । बाह्य लेखा परीक्षण गराउनका लागि स्थानीय तहहरु आफ्नो सवै कागजात गाडीमा बोक्दै जिल्ला सदरमुकाम आएका छन् । स्थानीय तहले बर्षभरी गरेका कमकाजहरुलाई महालेखा परीक्षकको कार्यालयबाट खटिई आएको टोलीले बैधानिकका प्रदान गरिदेओस भन्ने चाहाना राख्छन् उनीहरु । 
त्यसै कारण उनीहरुले टोलीको सेवा चाकरी गर्नु पर्ने बाध्यता रहेको छ । टोलीका सदस्यहरुले आफुले पाउने सवै सुबिधाहरु पाएका होलान् नीतिगत रुपमा । महालेख परीक्षकको कार्यालयले पनि पनि सवै सुबिधाहरु महालेखाबाटै पाउने र स्थानीय तहहरुलाई कुनै व्ययभार नहुने जानकारी गराएको छ । यस्तो अवस्थामा उनीहरुको छुट्टै चाकरी गर्नु पर्ने वा स्थानीय तहले कुखुरा खोजेर लैजानु पर्ने कुनै आवश्यकता थिएन यदि बिधिवत् रुपमा आर्थिक कारोवार भएको भए । तर, स्थानीय तहको चाकरी गराईको अवस्था हेर्दा पक्कै पनि केही गड्वड् छ वा फेरी लेखा परीक्षक टोलीको नियमतमा केही गड्वड् छ । 
काठमाण्डौंबाट डोटी पुग्न सक्ने टोलीले स्थानीय तहमै गएर लेखा परीक्षण गर्नु पर्ने हो । यद्यपी महालेखा परीक्षकको कार्यालयले नजिकको स्थानीय तह, यातायतको सुबिधा भएको ठाउँमा स्थानीय तहमै जान पनि सक्ने अन्यथा जिल्ला सदरमुकाममै बोलाउनु पर्ने गरी टोलीलाई नै अधिकार दिएको छ । त्यसकारण टोलीले जिल्ला सदरमुकाममै बोलाउने गरेको छ । अहिले स्थानीय तहका कार्यालयहरु जिल्ला सदरमुकाममा भेटिन्छन् । कसैले होटेलमा, कसैले जिल्ला समन्वय समितिको कार्यालयमा त कसैले जिल्ला सदरमुकाममा राखेको आफ्नै सम्पर्क कार्यालयमा टोलीको सेवा गर्दैछन् । 
यसरी भईरहेको लेखा परीक्षणले आर्थिक पारदर्शिता र सुशासन कायम गर्न सक्ला र ? महालेखा परीक्षकको टोलीले पनि  स्थानीय तहले प्रक्रिया मिचेर गरेका कामहरुलाई बैधानिकता दिने हो वा गलत भएका कुराहरुलाई सुधार गर्न निर्देश गर्ने हो वा फेरी  आगामी दिनहरुमा सुधारका लागि पनि पृष्ठपोषण दिने हो ? अलमल छ दुनियाँ । 
गाउँपालिकाले नियमसंगत रुपमा काम गरेको छ कि छैन, लेखा प्रणाली अनुसार भएको छ कि छैन, अभिलेखीकरण राम्रो भएको छ कि छैन, कानुन निर्माण गरेर मात्रै खर्च गरेको छ कि छैन भनेर हेर्न आएको टोलीको स्थानीय तहले नै सेवा चाकरी गर्नु पर्ने अवस्था किन आयो ? टोलीले गर्न बाध्य पार्दैछ वा स्थानीय तहहरु आफै आफ्नो खुट्टा तान्दैछन् ? यस्तो गरे कत्तिको आर्थिक पारदर्शिता कायम होला र ? खटाउने निकायले, त्यसको अनुमगन गर्ने निकायले र स्वयं लेखा परीक्षण गराउने निकायले पनि यस बिषयमा केही कुरा सिक्ने हो कि ! 
गएको आर्थिक बर्ष जनप्रतिनिधिहरुका लागि नयाँ बर्ष थियो, गर्दै सिक्दै गर्नु पर्ने भएका कारण थुप्रै त्रुटीहरु भएका होलान् । तर अव ति गल्ती दोहोरिन नदिनका लागि काम गर्र्नु पर्ने होईन र ?

थप समाचार 

ढकारीको गाडी दिपायल सिलगढीमा

सेतो प्लेटमा रातो अक्षरले बा २ झ ३७६५ नं. लेखिएको टोयटा हाईलेक्स गाडी गत १५ दिन देखि दिपायल सिलगढी  नगरपालिकाको प्राङ्गणमा उभिएको छ । उक्त गाडी नगरपालिकाको आफ्नै होईन न त जिल्लास्थित कुनै अन्य सरकारी निकायको । 
बुझ्दै जाँदा उक्त गाडी अछाम ढकारी गाउँपालिकाको  हो । भाद्र १ गते धनगढीबाट अछाम जाने क्रममा दिपायल सिलगढी नगरपालिका–५, पेट्रोल पम्प नजिक उक्त गाडी नालीमा खस्यो । गाडीका सिसाहरु पनि चर्किए । चालकले क्लज प्लेट उडेका कारण दुर्घटना भएको खवर ग¥यो । 
बिग्रेको गाडी ट्याक्टरले तानेर करीव ७ किलोमिटर टाढा दिपायल सिलगढी नगरपालिका कार्यालयको प्राङ्गणमा उभ्याईयो । सो दिनदेखि सोही ठाउँमा छ उक्त गाडी । 
ढकारी गाउँपालिकाले करीव ८६ लाख रुपैयाँमा असारमा मात्रै खरीद गरेको खर्चिलो नयाँ गाडी १८ दिनसम्म पनि किन सम्वन्धित ठाउँमा पुगेन त ? ‘गाडी बाटोमा बिग्रेको रहेछ, ट्याक्टरले तानेर यहाँ पु¥याएको हो’ दिपायल सिलगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज शर्माले भने ‘दुई/चार दिनमा कम्पनीको मान्छे आएर गाडी लैजान्छ भनिएको थियो, तर आजसम्म कोही आउनु भएको छैन ।’ 
गाडीका बिषयमा शुक्रवार ढकारी गाउँपालिकाका अध्यक्ष धनवहादुर बुढासंग कुरा हुँदा उनले आईतवार गाडी लगिने वताएका थिए । ‘धनगढीबाट आउँदाखेरी क्लज प्लेट गएको रहेछ, सुरक्षित होला भनेर नगरपालिकाभित्र राखिएको हो’ बिम्ब साप्ताहिकसंग कुरा गर्दै उनले भनेका थिए ‘काठमाण्डौंमा पनि सामान रहेनछ, ईण्डियाबाट कुरियरमार्फत काठमाण्डौं सामान आयो र काठमाण्डौंबाट फेरी   कुरियरमार्फतै धनगढी सामान आएका कारण ढिलो भएको हो ।’ 
अध्यक्ष बुढाले सामान आज (शुक्रवार) धनगढी पुगिसकेको र अव भोली (आईतवार) नै मिश्री आएर फिट         गरेपछि गाडी ल्याईने वताएका थिए । तर उनले भनेको आईतबार न त मिश्री नै आयो न कुनै सामान । 
सुर्खेतको सिमामा पर्ने ढकारी गाउँपालिका अछाम जिल्लाको दुर्गम क्षेत्र मानिन्छ । कच्ची बाटोमा गुड्ने हाईलेक्स तीन महिनामै बिग्रेर १८ दिन थन्किएको छ । जनताको सेवा गर्नका लागि जनतावाटै निर्वाचित जनप्रतिनिधिहरुले अवस्थाको ख्यालै नगरी आफ्नो सुबिधाका लागि आफु खुशी निर्णय गर्दा यस्ता थुप्रै समस्याहरु आउने गरेका छन् ।

डोटीमा सुरु भयो बाल सुधार गृह

डोटी जिल्ला सदरमुकाम सिलगढीमा बाल सुधार गृह सञ्चालनमा आएको छ । 
महिला, बालिबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको श्रावण २५ गतेको निर्णय अनुसार जिल्लामा बाल सुधार गृह सञ्चालनमा आएको हो । साविकको महिला तथा बालबालिका कार्यालयको भवनमा सञ्चालन भएको उक्त बाल सुधार गृहमा अपराधको कसुरमा पुर्पक्षका लागि थुनामा रहेका र कैद तोकिएका १६ देखि १८ बर्ष उमेर समूहका बालबालिकाहरु–लाई राखिने छ । 
भाद्र १० गते देखि सञ्चालनमा आएको उक्त बाल सुधार गृहमा हाल १३ जना बालबालिकाहरु रहेका छन् । गृहमा रहेकाहरुमध्ये जिल्ला अदालत दाङबाट कैद तोकिएका चार र पुर्पक्षका लागि थुनामा  रहेका नौ जना छन् । बाल सुधार गृहका प्रशासकीय प्रमुख सानुमाया लिम्वुले दिएको जानकारी अनुसार कतव्य ज्यानमा दुई, ज्यान मार्ने उद्योगमा एक, लागु औषधमा एक, चोरीमा एक, डाँका चोरीमा एक जवरजस्ती करणीमा तीन, करणी उद्योगमा एक, सार्वजनिक अपराधमा दुई र हात हतियार तथा खरखजानामा एक जना रहेका छन् ।
‘१६ बर्षदेखि १८ बर्ष उमेर समूहका लागि यस गृहमा राखिने छ’ लिम्वुले भनिन् ‘यदि १८ बर्ष पुरा भयो भने कारागार चलान हुनेछन् ।’ उनले हाल १७ बर्ष उमेर समूहका १० जना र १८ बर्ष उमेर समूहका तीन जना    रहेको वताईन । प्रशासकीय प्रमुख लिम्वुले अन्य जिल्लाहरुबाट पनि बालबालिकाहरु थपिने कुरा कुरा आईरहेको वताईन् । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला बाल सुधार गृह सञ्चालक समिति रहेको जानकारी गराउँदै उनले भनिन् ‘गृहको सुरक्षाका लागि ६ जनाको प्रहरी टोली खटाईएको छ ।’
गृहमा क्यारेम वोर्ड, पत्रपत्रिकाहरु राखिएको लिम्वुले जानकारी दिईन । उनले टेलिभिजन जोड्ने तयारी भईरहेको समेत वताईन । 
 मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा ४५ अनुसार १६ बर्षदेखि १८ बर्षसम्म उमेरका व्यक्तिले कसुर गरेमा उमेर पुगेको व्यक्तिलाई हुुने सजायको दुई तिहाई सजाय हुने व्यवस्था गरेको छ ।

१५५ पटक रक्तदान

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १५५ औं पटक रक्तदान गरेका छन् । 
डोटेली समाज काठमाण्डौंले शनिवार आयोजना गरेको बृहत रक्तदान कार्यक्रममा ५५ बर्षीय कर्माचार्यले १५५ पटक रक्तदान गरेका हुन । नयां बानेश्वरको छक्कुबक्कु पार्कमा आयोजित कार्यक्रममा कर्माचार्यले नयां किर्तीमान कायम गर्दै १५५ औं पटक रक्तदान गरेका हुन् । 
रक्तदान गर्दै कर्माचार्यले चार महिनापछि शरीरमा रगत आफै नष्ट हुने भएकोले हरेक तीन/तीन महिनामा रत्तदान गर्न सकिने बताए । ‘रक्तदानले प्रत्यक्ष्ँ रुपमा कसैको ज्यान बचाउन मद्दत गर्दछ’ कर्माचार्यले भने ‘रक्तदान गरेपछि शरीरमा कमजोरी वा समस्या हुन्छ भन्ने भ्रम चिर्नु जरुरी छ । उनले रक्तदान गर्दा शरीरमा कुनै समस्या नहुने वताए । 
आयोजक संस्था डोटेली समाज काठमाण्डौंका सचिव लक्ष्मण मलासीले स्वागत गर्दै सुरु भएको उक्त बृहत रक्तदान कार्यक्रममा काठमाण्डौंमा रहेका डोटेली लगायत ७५ जना रक्तदाताहरुले रक्तदान गरेका छन् । डोटेली समाजले पहिलो पटक आयोजना गरेको रक्तदान कार्यक्रमबाट संकलित ७५ पिन्ट रगत समाजका अध्यक्ष जगदिश केसीले नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसंचार सेवाका निर्देशक डा. मनिता राजकर्णिकारलाई हस्तान्तरण गरे ।
सो अवसरमा समाजका अध्यक्ष केसीले एक पैसा पनि खर्च नगरी जीवन उपयोगी रगत कसैलाई उपहार दिनु पाउनु सबै भन्दा पुण्यको काम भएकोले आगामी दिनमा समाजले रक्तदान कार्यलाई संस्थागत रुपमा निरन्तर सञ्चालन गर्ने बताएको कार्यक्रममा सहभागि पत्रकार कौशल पन्तले जानकारी दिए । 

पत्रकार सिंहको भत्ता सहाराबिहिनलाई 

बाजुराका पत्रकार एवं पत्रकार महासंघ वाजुरा शाखाका अध्यक्ष प्रकाशवहादुर सिंहले २०७४ साल श्रावणदेखि यस भाद्रसम्म बिभिन्न कार्यक्रमबाट २६ हजार तीन सय चवालिस भत्ता बुझे । तर, उनले त्यो भत्ता आफुले खर्च गरेनन्, सहारा बिहिनहरुलाई बाँडेका छन् । 
२०७३ फागुनमा पत्रकार महासंघको अध्यक्षमा निर्विरोध चयन भएका सिंहले आफ्नो कार्यकालमा विभिन्न बैठकबाट आम्दानी भएको रकम जिल्लाका पिडितहरूलाई सहयोग गर्ने बताएका थिए । यस अघि पनि बिभिन्न सामाजिक कार्यहरु गर्दै आएका सिहंले ०७४/०७५ आफुले पाएको भत्ता सवै अरुलाई बितगरण गरेका छन् । ‘म २०७४ साल साउनदेखि हालसम्म जिल्लामा भएका विभिन्न ४५ बैठक÷गोष्ठीमा सहभागि भएँ’ द हिमालयन टाईम्समाका बाजुरा सम्वाददाता समेत रहेका सिंहले भने ‘ति कार्यक्रमहरुमा सहभागि भएवाफत पाएको भत्ताको रकममध्ये १७ हजार तीन सय ४४ मैले बाजुरा, बडीमालिका नगर–पालिका–८ राप्कामा घर भएकी ४५ वर्षीया एकल महिला पारू थापालाई सहयोग गरेँ ।’
६ वर्षअघि श्रीमान् गुमाएकी थापालाई दुई छोरा हुर्काउन सार्है समस्या छ । पहिरोले उनीसंग भएको जग्गा जमिन बगाएपछि उनलाई अहिले खान लाउन समेत धौ धौ परेको छ । पत्रकार सिहंले सहयोग स्वरूप दिएको १७ हजार ३ सय चवालीस रूपैयाले बाख्रा खरिद गर्ने र बालबच्चाको कापीकलम किन्ने पिडित पारू थापाले बताएकी छिन् ।
यस्तै गत मंसिरमा भालुको आक्रमणबाट घाईते भएकी बडिमालिका नगरपालिका–९ कि २० बर्षीया कन्चना उखेडाको उपचारका चार हजार रकम सहयोग गरेका थिएँ । वीर अस्पताल काठमाण्डौंमा पुगेर सिंहले उक्त रकम सहयोग गरेका थिए । 
त्रिबेणी नगरपालिका—७ का १७ बर्षीया नवीन पाध्याय क्यान्सर पिडित छन् । सिहंले नविनको उपचारका लागि पाँच हजार सहयोग गरेका थिए ।
पत्रकार महासंघको जिल्ला शाखा अध्यक्ष भएपछि सिंहले २०७३ फागुनदेखि यता विभिन्न असहाय, टुहुरा बालबालिका, महिला, जनजातिलाई विभिन्न आर्थिक, भौतिक सहयोग गरिसकेका छन् । सिंहले असाय, टुहुरा र पिडित बालवालिकाहरूको शैक्षिक सामाग्री खरिदका लागि भन्दै १७ हजार रकम जिल्ला बाल कल्याण समितिको खाता मार्फत बालवालिकालाई सहयोग गरेका थिए ।
सहाराबिहिनहरुलाई सहयोग गर्न पाउँदा आफुलाई सन्तुष्टि मिलेको पत्रकार सिंह वताउँछन् ।

दुर्घटनामा घाईते महराको निधन  

सडक दुर्घटनामा गम्भिर घाइते भई भारतको बरेलीमा उपचाररत नन्दन महरा (नन्दु) को निधन भएको छ । 
भाद्र ८ गते डोटी दिपायल सिलगढी नगर–पालिका–४ दिपायलमा भएको सडक दुर्घटनामा गम्भिर घाईते भएका २७ बर्षीय नन्दुको उपचारकै क्रममा शुक्रवार भारतको बरेलीमा निधन भएको हो । दिपायल राजपुरबाट आउदै गरेको से ३ प २१५७ नं. को मोटरसाईकललाई दिपायलबाट डडेल्धुरातर्फ जाँदै गरेको उग्रतारा यातायतको से १ ज ५२१ नं. को जीपले ठक्कर दिँदा नन्दु गम्भिर घाईते भएका थिए । 
घटनापछि उपचारका लागि स्थानीय शैलेश्वरी अस्पतालमा ल्याईएको उक्त अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई सोही दिन राती करीव १० बजे बरेलीको खुशलोग अस्पतालमा पु¥याईएको थियो । अचेतन अवस्थामै बरेली पु¥याईएका नन्दुको होसै नआई ज्यान गएको छ । उनको टाउकोमा गम्भिर चोट लागेको थियो । 
नन्दुसंगै गम्भिर घाईते भएका मोटरसाईकल चालक पत्रकार बिमल बिष्टको स्वास्थ्य अवस्थामा भने सुधार भएको छ । चारदिनपछि आईसियुबाट बाहिर निकालिएका पत्रकार बिष्टको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको पत्रकार मोहन शाहीले जानकारी दिए । ‘टाउकोमा चोट लागेर होला, कुराहरु छिट्टै बिर्सिनु हुन्छ तर पुराना कुराहरु सवै याद छन्’ शाहीले भने ‘अरु त अव करीव करीव ठिक भईसकेको छ ।’ 

छोटकरी समाचार 

पाँच हजार रिचार्ज पोखरी निर्माण

पानीका मुहान सुक्न थालेपछि अछामको चौरपाटी गाउँपालिकाका सात ओटै वडामा रिचार्ज पोखरी निर्माण  गरेको छ । 
गाउँपालिकाले सञ्चालन गरेको रिचार्ज पोखरी निर्माण अभियानमा स्थानीय कुटो कोदालो, फाहुरो वोकेर जुटे । उक्त अभियानबाट पाँच हजार रिचार्ज पोखरी निर्माण भएका चौरपाटी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनबहादुर थापाले जानकारी दिए । गाउँपालिकामा पहिले निर्माण भएर पुरिदै गएका पोखरा, तेलीमाण्डु झाडवजार ताल पायल, डौठे गडा खाल, पैयँमाणु, छाई डोल्ला खाल, डुकुताल, मार्कुको लेकको तालको पनि विस्तारै संरक्षण गर्ने थापाले जानकारी दिए । 
गाउँपालिकाको आर्थिक वर्ष ०७५/०७६ मा रिचार्ज पोखरी निर्माण गर्ने नीति लिए अनुरुप गाउँपालिकाका सात वटै वडाहरुमा रिचार्ज पोखरी निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउदले बर्ताए । ‘पहिले गाउँपालिकाका सबै वडामा निर्माण भएका रिचार्ज पोखरीहरु पुरिदै गएका छन्’ अध्यक्ष साउदले भने ‘अव     पुरिदै गएका पोखरीको संरक्षण गर्नको लागि गाउँपालिकाले रिचार्ज पोखरी निर्माण गर्ने नीति लिएको हो ।’
पोखरी निर्माण भएपछि पानीको मुहानहरु, खोलानाहरुमा पानी बढ्नेसँगै जमिन भासिने, वाढी पहिरो जाने जस्ता समस्या अन्त्य हुने अपेक्षा पनि गरिएको साउदले वताए ।

खेल समाचार 

नेपाल पाकिस्तानको सामना गर्दै 

नागरिक दैनिक
बालगोपाल महर्जनले तीन वर्षअघि घरेलु मैदानमा नेपाललाई यु–१९ साफ च्याम्पियनसीपको उपाधि जिताएका थिए । उनै महर्जन अहिले राष्ट्रिय फुटबल टोलीको नेतृत्व सम्हाल्दै साफ च्याम्पियनसीपको उपाधि जिताउने लक्ष्यका साथ बंगलादेश पुगेका छन् ।
मंगलबारबाट बंगलादेशको ढाकामा हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । खेल ढाकास्थित बंगबन्धु रंगशालामा नेपाली समयअनुसार दिउँसो ३ः४५ बाट शुरु  हुनेछ । तुलनात्मक रूपमा सहज समूहमा रहेको नेपालका कप्तान महर्जनले उपाधि उचाल्ने आफ्नो मुख्य लक्ष्य भएको बताए ।
‘हामी यहाँ उपाधि उचाल्न आएका हौं’ नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले भने ‘हाम्रो टोलीमा सुमन (अर्याल) नयाँ अनुहार हुन् । टोलीले धेरै मिहिनेत गरेको छ । उनीहरू आफ्नो तर्फबाट सक्दो राम्रो गर्नेमा केन्द्रित छन् । हाम्रो पहिलो लक्ष्य नकआउट चरण पुग्ने हो । त्यसपछि हामी उपाधि जित्नेमा केन्द्रित हुनेछौं ।’
भर्खरै इन्डोनेसियामा सम्पन्न एसियाली खेलकुदअन्तर्गत फुटबलमा नेपालको यु–२३ टोली पाकिस्तानसँग २–१ ले पराजित भएको थियो । त्यही पाकिस्तानविरुद्धको खेलबाट नेपालले प्रतियोगिताको सुरुआत गर्नेछ । दोस्रो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्ने नेपालले समूहको अन्तिम खेलमा आयोजक बंगलादेशविरुद्ध खेल्नेछ ।
भुटानसामु नेपाल सधै हाबी हुने भएकाले मंगलबार नेपालले पाकिस्तानलाई पराजित गरे नकआउट चरण पुग्ने सम्भावना बलियो हुनेछ । समूह ‘बी’ मा भारत, श्रीलंका र माल्दिभ्स रहेका छन् । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

होला त नेपालको चमत्कारिक प्रदर्शन ?

एजेन्सी
एशिया कप छनोट अन्तर्गत नेपालले लिगको अन्तिम खेलमा आज हङकङसँग खेल्दैछ ।
फाइनलमा पुग्न चमत्कारिक प्रदर्शनको प्रतिक्षमा रहेको नेपाललाई सामान्य जितले प्रयाप्त हुने छैन । एशिया कप छनोटको सुरूवाती दुई खेलमा पराजित नेपालले फाइनल पुग्न अरूको भर पर्नुपरेको हो । त्यसमा पनि आफूले ठूलो अन्तरको जित निकालेर मात्र भएन अरूले पनि त्यही अनुपातमा नतिजा निकाल्नु पर्नेछ ।
नेपालले आज हङकङलाई कम्तिमा १ सय ५० रनले हराएमा पनि पुग्दैछ । यता युएईलाई पनि ओमानले यस्तै नतिजाले हराउनु पर्नेछ । अंक तालिकामा ओमानको ७ अंक छ भने युएईको ६ र हङकङको ५ अंक छ ।
आज चमत्कार भए मात्र नेपाल फाइनलमा पुग्न सक्छ । लगभग लगभग आफ्नो हातबाट खेल गुमाइसकेको अवस्थामा नेपालले हङकङलाई सकेसम्म ठूलो अन्तरमा हराउने लक्ष्यमा हुनेछ ।
अन्तराष्ट्रिय क्रिकेटमा यी दुई टिम चिरप्रतिद्धन्द्धी जस्तै हुन् । पछिल्ला सात खेलमा नेपालले चार खेलमा जित निकालेको छ भने हङकङ दुई खेलमा विजयी भएको छ । एक खेल रद्द भएको छ । मंगलकारको खेलमा ओमानले युएईलाई फराकिलो अन्तरमा हराएमा नेपाललाई दोस्रो स्थान पुग्ने मौका मिल्नेछ । तर, यदि युएईले ओमानलाई हराए वा खेल हुन नसके पनि नेपाल प्रतियोगिताबाट बाहिरिनेछ ।
गणितीय सम्भावनालाई हेर्ने हो भने नेपालले अझै पनि हङकङ र युएईलाई पछि पार्दै दोस्रो स्थानमा पुग्न सक्ने सम्भावना छ ।

चलचित्र 

“चौका दाउ” कार्तिक ९ मा आउने

चलचित्र “चौका दाउ” आगामी कार्तिक ९ गते रिलिज हुने भएको छ ।
शुक्रबार राजधानीका आयोजना कार्यक्रममा उक्त जानकारी दिईएको हो । कार्यक्रममा चलचित्रको पहिलो गीत ‘रामप्यारी’ सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएका उक्त गीतमा नायिका वर्षा राउतसँगै कलाकारहरू तैयब शाह, सन्तोष पन्त, रविन्द्र झा, विल्सन विक्रम राई, अजश्र ढुंगाना र भीमफेदी गाइजको अभिनय छ । 
गीतमा दयाराम पाण्डेको शब्द, शम्भुजित बास्कोटाको संगीत र शम्भुजित तथा कोमल राजभण्डारीको स्वर छ ।
कार्यक्रममा शम्भुजितले भीमफेदी गाइजको प्रतिभा देखेर नै आफूले गीतमा लिएको बताए । ‘उहाँहरूको बारेमा मैले धेरै अगाडिदेखि सुन्दै आएको थिएँ । उहाँहरूले राम्रो काम गर्नु भएको छ’ फिल्मका परिकल्पनाकार समेत रहेका शम्भुजितले भने ।
फिल्म ‘संरक्षण’बाट निर्देशनमा डेब्यु गरेका पूर्णेन्द्रु झाले नै यो फिल्मको निर्देशन गरेका छन् । उनले फिल्म कमेडी जनरामा बनेको बताए । ‘फिल्ममा सामाजिक र राजनीतिक परिवेशलाई पनि जोडेका छौं । दर्शकका लागि यो फरक स्वादको हुनेछ ’ झाले भने ।
कार्यक्रममा कलाकार हरिवंश आचार्यले फिल्मको गीत राम्रो बनेकोमा खुशी व्यक्त गरे । ‘शम्भुजितजीको संगीतमा अर्कै मिठास हुन्छ । हामीले बनाएको फिल्म ‘तँ त साह्रै बिग्रिस नि बद्री’ र ‘जे भो राम्रै भो’मा पनि उहाँले नै संगीत दिनुभएको थियो,’हरिवंशले भने,‘नयाँ फिल्म ‘दाल भात तरकारी’मा पनि उहाँलाई नै त्यो जिम्मेवारी दिएका छौं ।’
सौर्य प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा सौर्य्जित बास्कोटा र मनोज   राजभण्डारीको लगानी छ । फिल्ममा पंकज बास्कोटा सहनिर्माता छन् ।

“कथा काठमाण्डु’ को ट्रेलर सार्वजनिक

चलचित्र ‘कथा काठमाण्डु’को ट्रेलर सार्वजनिक भएको छ । 
असोज ५ गते रिलिज हुने चलचित्रको निर्माण पक्षले आईतवार काठमाण्डौंमा पत्रकार सम्मेलन आयोजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । चलचित्रमा समावेश ‘रातको कुरा’ बोलको गीत सार्वजनिकसँगै यसले खुबै चर्चा पाएको थियो । संगीता श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्रलाई विजय राइले निर्माण गरेका हुन् ।
चलचित्रको ट्रेलरमा पैसाको लागि जे पनि गर्ने एक पात्र, मोडल पेशामा आवद्ध भएपनि माया कमाउन नसकेकी यूवती, कलेजका यूवायूवती र एक जोडीको प्रेमलाई देखाइएको छ ।
चलचित्रले काठमाण्डौंभित्रको विभिन्न पाटोलाई उठान गर्न खोजेको छ । चलचित्रमा प्रियंका कार्की र प्रमोद अग्रहरि, संजोग कोइराला र सन्ध्या केसी, आयुष्मान देशराज जोशी र प्रेक्षा अधिकारीको अभिनय रहेको छ । 
चलचित्रको ट्रेलरमा पनि प्रियंका र  प्रमोदको अन्तरंग दृश्य समावेश गरिएको छ । चलचित्रको कथा अनुसार नै केही यस्ता दृश्यहरु खिचिएको निर्देशक श्रेष्ठले जानकारी दिइन् । चलचित्रलाई दर्शकहरुले मन पराउने निर्माण पक्षको आश छ ।

लेख 

नबन्ने नै हो त पश्चिम सेती परियोजना ?

गत बुधवार नेपालीहरुका लागि, बिशेषतः ७ नं. प्रदेशका जनताका लागि निराशापूर्ण खवर आयो । ३७ बर्षदेखि ७ नं. प्रदेशका डोटी, डडेल्धुरा, बझाङ्ग र बैतडीका जनताले देख्दै आएको सपना फेरी सपना मात्रै हुने देखियो । चर्चित पश्चिम सेती जलबिद्युत परियोजना निर्माणका लागि २०६८ सालमा प्रारम्भिक सम्झौता गरेको चिनियाँ कम्पनी थ्री गर्जेजले उक्त परियोजनामा उत्पादन क्षमता घटाएर पनि वनाउन नसकिने भन्दा अव पश्चिम सेती परियोजना चर्चा गरिए जस्तो ७५० मेगावाटको त नवन्ने नै भयो तर क्षमता घटाएर पनि नवन्ने हो कि भन्ने चिन्ता बढेको छ स्थानीयबासीहरुमा । 
“बैंश ढल्किसकेपछिको कुमारीत्व केही काम लाग्दैन” भनेको यही हो । सन १९८१ देखि नै चर्चामा रहेको पश्चिम सेती जलबिद्युत परियोजना आजको मितिसम्म पनि चर्चामा मात्रै रह्यो । ३७ बर्षपछि पनि यसको कुमारीत्व त रह्यो तर बैंश रहेन । जुन बैंशमा ७५० मेगावाट बिद्युत उत्पादन हुने भनेको थियो त्यो अव बुढ्यौलीतिर गईसकेको छ । भनाईको अर्थ सेती नदीमा पानीको वहाव धेरै घटिसकेको छ त्यसैले हामीले कुमारीत्व मात्रै जोगायौं पश्चिम सेतीको बैंश जोगाउन सकेनौं भन्ने कुरा प्रष्टै छ । अझै पनि छिटो सोच्नु पर्ने जरुरी छ । होईन भने पश्चिम सेती परियोजना भावी पिडीहरुले सुन्ने मात्रै छन देख्न पाउने छैनन् । 
ऐतिहासिक पक्ष 
सुदुरपश्चिमाञ्चल बिकास क्षेत्र (हालको ७ नं. प्रदेश) को वझाङ्ग जिल्लाको उत्तरी हिमाल क्षेत्रमा मुहान रहेको सेती नदी वझाङ्ग, वैतडी, डोटी डडेल्धुरा हुँदै अछाममा पुगेपछि कर्णाली नदीमा समाहित हुन्छ । प्रदेश नं. ४ को कास्की जिल्लावाट वग्ने नदीको नाम पनि सेती भएका कारण यस नदीलाई चिनाउन सजिलो होस भनेर पश्चिम सेती भनिएको हो । सन १९८१ सालमा फ्रान्सको सोग्रेह नामक कम्पनीले वैतडीको ढुङ्गाड् भन्ने स्थानदेखि लगभग ८ किलोमिटर माथी वाँध रहित आयोजना निर्माण गरि ३७ मेगावाट बिद्युत उत्पादन हुन सक्ने सम्भावना देखेपछि पहिलो पटक पश्चिम सेती आयोजना चर्चामा आएको हो । यदि त्यतिवेलै यो आयोजना ३७ मेगावाटको मात्रै बनेको भए आजसम्म धेरै बिद्युत उत्पादन भईसक्थ्यो । 
सन १९८७ मा सोग्रेहले पुनः सम्भाव्यता अध्ययन सुरु गरी सन १९९१ मा सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार जलासय रहित आयोजनाकै रुपमा ढुङ्गाड्मा वाँध निर्माण गरि तिन सय ६० मेगावाट बिद्युत उत्पादन गर्न सकिने देखायो । एक सय प्रतिशत लगानीवाट दुई सय दुई प्रतिशत फाईदा हुने अर्थात कम लगानीमा धेरै फाईदा हुने उक्त आयोजना निर्माणका लागि तत्कालीन श्री ५ को सरकारले सोग्रेहलाई अनुमति दिएन । देशमा प्रजातान्त्रिक सरकार थियो, दु्रतगतिमा देशको विकाश गर्ने पनि जनतालाई ‘ललिपप’ देखाईरहेको सरकारले ३६० मेगावाट बिद्युत उत्पादन गर्ने अनुमति किन दिएन सोगे्रहलाई ? त्यस वारेमा धेरै कुरा बाहिर आएका      छैनन् । 
सोग्रेहको अध्ययनलाई आधार वनाएर सन १९९४ मा अष्ट्रलियाको Snowy Mountains Engineering corporation Limited थप अध्ययन ग¥यो । स्मेकले गरेको अध्ययन अनुसार जमिनको सतहवाट एक सय ९५ मिटर उचाईको कंक्रिट बाँध निर्माण गरी २५.१ किलोमिटर लामो जलासय वनाउने, नदीको मार्ग परिवर्तन गरी ६.७ किलोमिटर लामो हेडरेस सुरुङ्ग मार्फत पानी निकासा गर्ने गरी ७५० मेगावाट बिद्युत उत्पादन हुने देखायो । ंजुलाई ७, १९९४ मा पश्चिम सेती आयोजनाको अध्ययनका लागि स्मेकले तत्कालीन बिद्युत बिकास केन्द्रसंग समझदारी गरेको थियो । पाँच बर्षमै निर्माण कार्य पुरा गर्ने, उत्पादित बिद्युत भारतलाई बिक्री गर्ने र ३० बर्षसम्म आफै अपरेट गर्ने अनि नेपाल सरकारलाई हस्तान्तरण (BOOT, Built-own-operate Transfer) गर्ने गरी आएको स्मेकले त्यसपछि सन २०१२ सालसम्म लगातार अध्ययनहरु मात्रै ग¥यो, सम्झौता मात्रै गरेको, सेती नदीको पानी नाप्ने काम मात्रै ग¥यो । परियोजना निर्माण हुने नहुने कुनै निश्चित नभएपनि अक्टोवर ३, २००३ मा औषत ०.०४९५ अमेरिकी डलर प्रतिकिलोवाट/घण्टाका दरले बिद्युत खरीद बिक्री गर्ने सम्झौता समेत भारतको पावर ट्रेडिङ्ग कार्पोरेसन अफ ईन्डियासंग भएको पाईन्छ । अन्ततः सरकारले २०६८ सालमा उक्त कम्पनीसंगको समझदारी खारेज ग¥यो । 
त्यसपछि चिनियाँ कम्पनी थ्री–गर्जेजसंग २०६८ फागुनमा उक्त आयोजना निर्माणका लागि सरकारले     प्रारम्भिक सम्झौता ग¥यो । सम्झौता अनुसार कुल लगानीको ७५ प्रतिशत थ्री–गर्जेजको र बाँकी २५ प्रतिशत नेपाल सरकारको भन्ने थियो । उक्त सम्झौतापछि थ्री–गर्जेजले पनि २०७४ सालसम्म पानी नाप्ने र सम्भाव्यता अध्ययन गर्ने कार्य ग¥यो । उसले आफ्नो अध्ययनबाट ५५० मेगावाट उत्पादन गर्न उपयुक्त हुने तर बढीमा ६०० मेगावाटसम्म उत्पादन गर्न सकिने भन्ने निश्कर्ष निकाल्यो । त्यतिवेला नेपाल सरकारले आयोजनाको उत्पादन क्षमता घटाउन मानेन । अहिले ६२० मेगावाट बिद्युत उत्पादन हुने गरी परियोजना निर्माण गर्न नेपाल सरकारले गरेको आग्रह पनि थ्री(गर्जेजले अस्वीकार गरेको छ ।
यस आधारमा पश्चिम सेती परियोजना निर्माणै नभई उत्पादन क्षमता घट्दै गएको देखियो । परियोजनामा लगानी धेरै लाग्ने र प्राबिधिक कारण चिनियाँ कम्पनीले देखाएको छ । यसका साथसाथै बिस्थापित हुने करीव १२ हजार जनासंख्यालाई कहाँ र कसरी पुनःस्थापना गर्न सकिन्छ भन्नेमा पनि कम्पनीको कन्सर्न छ । 
अव नवन्ने नै हो त परियोजना ? 
यदि त्यसो हो भने अव स्थानीयले पश्चिम सेतीको सपना देख्न बन्द गरे हुने हो त ? सरकारले चालु आर्थिक बर्षको बजेट वक्तव्यमा पनि पश्चिम सेती आफ्नै लगानीमा वनाउने भनेको छ, किन आफ्नै लगानीमा नवनाउने त ? फ्रान्सेली कम्पनी सोग्रेहले गरेको अध्ययनलाई आधार वनाएर सरकारले आफै अध्ययन गरोस । ७५० मेगावाटको सपना देख्न सरकारले पनि छोडोस् र ३६० मेगावाटलाई लक्ष्य बनाएर काम थालोस् । जलासय रहित बाँध निर्माण गर्ने, कम लगानीमा धेरै फाईदा पनि हुने, भूकम्पीय दृष्टिकोणले जोखिम पनि नहुने, बस्तीहरु बिस्थापित पनि गर्नु नपर्ने, छिटो उत्पादन पनि दिने गरी योजना निर्माण गर्ने हो भने ३६० मेगावाट ठिक छ । होईन भने फेरी पुरानै नियति दोहोरिने छ । सोग्रेह आयो १० बर्ष खायो, सोग्रेह गयो स्मेक आयो, स्मेकले १८ बर्ष खायो, स्मेक गयो थ्री(गर्जेज आयो, थ्री–गर्जेजले ७ बर्ष खायो । अव अर्को कुनै आउने छ, त्यसले कति समय लाउनेछ भन्ने कुरा भविश्यको गर्भमै छ । 
आयोजना निर्माण होला, हामी पनि घर घरमा बिद्युत बालौंला भनेर आश लगाएका आसपासका बासिन्दा र आयोजना बन्न लागेपछि बिस्थापित भएर अन्यत्र बसाई सर्नु पर्ने भयले घर छाप्रो समेत राम्रो वनाउन नसकेका प्रस्तावित डुवान क्षेत्रका बासिन्दाहरुका लागि यो आयोजना हातलागी शुन्य वाहेक अरु केही हुने छाँट देखिदैन । परियोजना बनेपछि डुवानमा पर्ने भनेर त्यस क्षेत्रमा विकास निर्माणका कामहरु पनि भएका छैनन् । 
भूकम्पीय खतरा
त्यसै पनि १९५ मिटर उचाईको जलासययुक्त बाँध भूकम्पीय दृष्टिले निकै जोखिमपूर्ण हुने भु–गर्भबीद्हरुले वताउँदै आएका छन् । आयोजना क्षेत्रमै घर भएका भु–गर्भबीद् डा.टंक ओझाले आयोजनास्थलको भौगर्भिक बनौट अति जटिल रहेकोले आयोजना निर्माण स्थल उच्च भूकम्पीय जोखिममा रहेको आफ्नो अध्ययन प्रतिवेदनमा देखाएका छन् । बिद्याबरिदीको लागि यसै क्षेत्रको बिस्तृत भौगर्भिक अनुसन्धान गरेका ओझाले प्रस्तावित बाँध निर्माण हुने ठाउँ दुइ ओटा ठुला भौगर्भिक संरचनाहरुको माझमा रहेको देखिएको सार्वजनिक गरेका छन । जुन भौगर्भिक संरचनामाथि बाँध बन्दै छ त्यसलाई डडेल्धुरा थ्रस्ट भनिन्छ । यस थ्रस्टमा नियमित हलचल भइरहेको हुन्छ । त्यस्तै मुख्य बाँध भन्दा माथि ढकैचा गाउँको आसपासमा जहाँ पावर हाउसमा जाने टनेलको इन्टेक प्रस्ताव गरिएको छ, त्यहाँ रामगढ़ थ्रस्ट छ, रामगढ़ थ्रस्टको मुनीबाटै नेपाल र भारतको उत्तराखण्ड क्षेत्रमा महाभुकम्पहरु उत्पन्न हुन्छन ।
सन १९०६ देखि अहिलेसम्म यस क्षेत्रमा ६ रेक्टरस्केल भन्दा माथी ८रेक्टर स्केलसम्मका ११ वटा भुकम्प गएका    छन । यदि १९५ मिटर उचाईको २५ किलोमिटर लामो बाँध बन्यो भने यसले एकातिर यस क्षेत्रमा भुकम्पको उच्च जोखिम छ भने अर्कोतिर यस क्षेत्रको जमिन पहिरो जाने, भासिने खालको छ । यस गर्दा तल्लो तटीय क्षेत्रमा बसोवास गर्नेहरु सधैं त्रासमा जीवन बिताउने छन । त्यसकारण यस्तो जोखिमपूर्ण स्थानमा यत्रो ठुलो जलासय निर्माण गर्दा सधैं समस्या उत्पन्न हुनेछ । फान्समा सन १९५२ मा निर्माण गरिएको २६० मिटर अग्लो मालपासेट बाँध १९५९ सालमा फुट्दा ठुलो मानवीय एवं भौतिक क्षेति भएको थियो । यदि यो बाँध भत्कियो भने यसले डोटी, अछाम, कैलाली, बर्दिया हुँदै भारतसम्म पनि ठुलो मानवीय एवं भौतिक क्षेति पु¥याउने छ । 
त्यसकारण पश्चिम सेती परियोजना निर्माणका लागि दुनियाँका खुट्टा छुँदै, बनाई दिनु प¥यो भन्दै अनुनय बिनय गर्नु भन्दा ३६० मेगावाटको जलासयरहित बाँध निर्माण गरौं, यसका लागि नेपाल सरकार आफैले पनि लगानी गर्न सक्छ । होईन भने सैनिक कल्याणकारी कोष, कर्मचारी सञ्चय कोष लगायतका संस्थाहरुलाई यसको जिम्मा दिऔं । परियोजना बन्नेछ ।

मोफसल पत्रकारिता 

पार्टीका ‘भजन मण्डली’ भैदिँदा उदेक लाग्छ

बिजयसिंह भारती (सचिव) 
नेपाल पत्रकारमहासंघ, प्यूठान शाखा
तपार्इंको परिचय पाउँ न ?
— म बिजयसिंह भारती, पत्रकारिताको विद्यार्थी हुँ । प्यूठानमा सञ्चालित सामुदायिक रेडियो कृपालुको स्टेशन म्यानेजरको जिम्मेवारीमा छु । एभिन्यूज टेलिभिजन सहित विभिन्न पत्रपत्रिका एवं अनलाईनहरुमा आवद्ध छु । नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानको सचिव छु ।
पत्रकारिता पेशा त निकै गा¥हो छ भन्छन नि ! कस्तो पाउनु भयो ?
— काम सबै गा¥हो नै हुन्छ । तपाईको प्रश्नले एउटा गितको याद आयो, पशुपति शर्माले गाएका छन्, ‘बसि बसि खाँदा पनि ढाँड दुखेर मा¥यो ।’ हामी सबै एउटा न एउटा काम, व्यवसाय वा पेशमा आवद्ध छौं । आफुले गर्ने कामको सम्मान गर्न सक्यौं भने कुनै पनि काम गा¥हो हुन्छ जस्तो लाग्दैन । पत्रकारिता विविधताको पेशा हो । अझ मोफसलको पत्रकारिता अझै जटिल छ । सिमित श्रोत साधन, भौगोलिक विकटता, विविधताको समाज र सस्कृतिका वीचको पत्रकारिता आफैमा चुनौतीपूर्ण त हो नै यद्यपी यसमा जम्न र रम्न सक्यौ भने यो भन्दा सन्तुष्टिको पेशा अर्काे हुनै सक्दैन । एक लाईनमा भन्ने हो भने ‘पत्रकारिता सबैले गर्न सक्छन् तर सबैले पत्रकारिता गर्न सक्दैनन् ।’
पत्रकारिता जस्तो समस्यै समस्याको पेशा गर्न के ले प्रेरणा दियो ? 
— सवैभन्दा पहिले ‘पत्रकारिता जस्तो समस्यै समस्या’ भन्ने तपाईको प्रश्नप्रति म सहमत छैन् । हो पत्रकारिताका कतिपय नीतिगत तथा कानुनी समस्याहरु छन् । आम सञ्चार माध्यमहरुको स्थापना र सञ्चालनमा समस्या हुन सक्छन् । तर, पत्रकारिता आफैमा समस्यै समस्याको पेशा होइन । यसमा निश्चित वा तोकिएको ‘कार्य विवरण’ नहुन सक्ने भएकाले तपाईको बुझाई त्यस्तो भएको पनि होला । पत्रकारिता सम्भावनै सम्भावना भएको पेशा हो । यो निरन्तरताको विषय हो । मेरो पत्रकारिताको प्रेरणा   मेरो परिवार हो । मेरो पारिवारिक पृष्ठभुमि नै पत्रकारिता हो । प्रेरणाको मुख्य श्रोत मेरा बुवा–आमा हुन् । अनि मेरा साथी, गुरु अनि यो समाज नै मेरो पत्रकारिताको     प्रेरणा हो । 
कति समय बिताउनु भयो पत्रकारितामा क्षेत्रमा ?
— मैले अघि पनि भने मेरो पारिवारिक पृष्ठभुमि नै पत्रकारिता हो । त्यसैले सानै स्कुले जीवनदेखि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा पत्रकारितासँग जोडिएको छु । औपचारिक पत्रकारिता शिक्षा २०६३ सालमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानले आयोजना गरेको आधारभुत पत्रकारिता तालिमबाट भएको हो । त्यसपछिको उच्च शिक्षा पनि पत्रकारिता विषयमै गरेँ । त्यस यता पत्रकारितामै छु ।
कसरी मुल्याँकन गर्नु भएको छ प्यूठानको पत्रकारिताको अवस्थालाई ?
— छोटो पत्रकारिता इतिहास बोकेको प्यूठानले यस क्षेत्रमा निक्कै प्रगति गरेको छ । २०५८ असोज २० गते स्थापना भएको पत्रकार महासंघको जिल्ला तदर्थ समिति, २०५९ असोज २० गतेदेखि प्रकासन प्रारम्भ भएको प्यूठान समाचार साप्ताहिक नै यहाँको पत्रकारिताको शुरुवाती हो । त्यस यताको झण्डै तीन दशकमा प्यूठानमा ७ वटा एफ.एम. स्टेशन, एक दर्जन बढि पत्रपत्रिकाहरु, केहि केवुल टेलिभिजनसँगै अहिले अनलाईन मिडियाहरु स्थापना भएका छन् । पत्रकार महासंघको सदस्यता प्राप्त पत्रकारहरु ११६ जना छन् भने यहाँ सञ्चालित आम सञ्चार माध्यमहरुको झण्डै २०० जना आवद्ध छन् । सञ्चार क्षेत्रमा आएको युगान्तकारी परिवर्तनलाई आत्मसाथ गर्दै प्यूठानको पत्रकारिताले पनि उत्साहजनक प्रगति गरेको छ ।
माेफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ?
— हामी मुलुकको पुनःसंरचनामा अघि बढिरहेका छौं । नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको छ । जंगबहादुर राणाले बनाएको सय वर्षे पुरानो मुलुकी ऐनलाई विस्थापन गरी मुलुकी अपराध (संहिता), २०७४ कार्यान्वयनमा आएको छ । संविधानले प्रत्याभुत गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई कानुन निर्माणको यो चरणमा सवै कानुनहरु पत्रकारिता मैत्री हुन जरुरी छ । विद्यमान नीति, कानुनहरुले पत्रकारिताको विकासमा उचित सहयोग पु¥याउन सकिरहेको छैन भने बनेका ऐन नियमसँग सम्वन्धी सरकारी कार्यक्रमहरु पनि त्यस अनुरुप हुन सकेका छैनन् । पत्रकारिताको विकासका लागि पहिले त्यस अनुरुपको कानुन, ऐन नियम र संरचना बन्न जरुरी छ । त्यसपछि त्यस अनुसारको कार्यक्रमहरु संचालन गरिनु पर्दछ ।
मोफसलमा काम गर्ने पत्रकारहरुका समस्या समाधानका लागि नेपाल पत्रकार महासंघले कत्तिको भुमिका खेलेको पाउनु भएको छ ?
— नेपाल पत्रकार महासंघ आफैमा समस्या समाधन गर्ने निकाय होइन । श्रमजीवी पत्रकारहरुका समस्या समाधनका लागि पैरवी गर्ने हो । पत्रकारहरुको पेशागत सुरक्षामा महासंघले आफ्नो भुमिका निर्वाह गरिरहेकै छ । भुमिकालाई अझै बढाउन जरुरी छ । समस्या पैदा भएपछि मात्र होइन, समस्या हुनै नदिनका लागि आवश्यक नीतिगत तथा व्यवहारिक पक्षमा महासंघले भुमिका निर्वाह गर्न सक्ने हो भने मात्र पनि मोफसलका पत्रकारहरुको समस्या आधा समाधन हुन सक्दछ । 
सञ्चारकर्मीहरुका बैचारिक पेशागत संगठनहरुले मोफसल पत्रकारका समस्या समाधानका लागि कस्तो भुमिका खेलेको पाउनुहुन्छ ?
— मोफसल पत्रकारिताका आफ्ना छुट्टै समस्याहरु छन् । एकल आवाजले हुँदैन सांगठनिक आवाजले मात्र मुद्धाहरुको समाधान हुन सक्छ भन्ने अभिप्रायले संगठनहरु निर्माण भएका हुन । तथापी कहिलेकाँही संगठनहरुले आफ्ना पेशागत मुद्धालाई छोडेर माऊ पार्टीको ‘भजन मण्डली’ भैदिँदा उदेक लाग्छ । पत्रकारिताका समस्या समाधान गर्न साँच्चै यि संगठनहरु एक आपसमा सहकार्य गर्न सक्ने हो भने पत्रकारहरुका पक्षमा राम्रो प्रगति गर्न सकिन्छ ।
तपाइको विचारमा पत्रकारिता के हो ?
— समाजको दर्पण हो । समाजसेवा सहितको पेशा हो । अन्यायमा परेकाहरुको आवाज हो । राज्य र नागरिक वीचको पुल हो ।
पत्रकारिता पेशामा लागेर कत्तिको कमाउनु भयो ?
— पहिलो, आत्म सन्तुष्टि कमाएको छु । दोश्रो, सम्मान कमाएको छु । मेरो पत्रकारिताले अन्यायमा परेकाले न्याय पाएका छन्, राज्यको पहुँच नपुगेकाहरुको पहुँच पुगेको छ, खुला आकासमा हुनेहरुले ओत पाएका छन्, आफन्त गुमाएकाहरुले राहत महसुस गरेका छन्, पुनर्जीवन पाएका छन् । यो भन्दा ठूलो कमाई अरु हुनै सक्दैन । आर्थिक रुपले भन्ने हो भने ‘कमाउने’ को कुनै सिमितता हुँदैन । मेरो पत्रकारिताको आर्थिक कमाईमा सन्तुष्ट छु ।
नेपालको पत्रकारिता क्षेत्र दिनप्रतिदिन बद्नामित हुँदै गएको छ, पाठक वर्गले समाचारको बिश्वासनीयता प्रति प्रश्न उठाउन थालेका छन, सञ्चारकर्मीहरु पनि गैर कानुनी क्रियाकलापमा संलग्न भएका छन भन्ने आरोप पनि लाग्न थालेको छ, तपाईलाई के लाग्छ ?
— पत्रकारिता ‘दिनप्रतिदिन बद्नामित हुँदै गएको छ’ भन्नेमा म सहमत छ्रैन । बरु दिनप्रतिदिन यसको जिम्मेवारी र भुमिका बढ्दै गएको छ । यसको गरिमा बढ्दै गएको छ, जुन जरुरी पनि छ । त्यस अनुरुप सवै सञ्चारकर्मीहरुले आफुलाई  रुपान्तरण गर्न जरुरी छ । समाचारको विश्वसनीयता नै भएन भने त्यो पत्रकारिता नै होइन । विश्वासनीयता विना पत्रकारिता हुनै सक्दैन । यदि हामीले प्रकाशन प्रशारण गरेको सामाग्रीमा विश्वसनीयता रहँदैन भने तत्काल पत्रकारिता छोड्न म आग्रह गर्दछु । हामीले उठाउने आवाज आम नागरिकको सर्वाेत्तम हितका पक्षमा हुन जरुरी छ । कानुन भन्दा माथि कोहि हुन सक्दैन, पत्रकार नै गैर कानुनी कार्यमा संलग्न हुन्छ भने त्यस्ता व्यक्तिलाई तोकिएको सजायमा दोब्बर हुनुपर्दछ ।
तपाई त लाग्नु भा छैन नि यस्ता कुरामा ?
— अहिले सम्म मैले कुनै बाहानामा क्षमयाचना गर्नु परेको छैन ।
अन्त्यमा भन्नै पर्ने कुनै कुरा छुटे जस्तो लागेको छ कि ?
— पत्रकारिताप्रति आम नागरिकको आशा, विश्वास र भरोसा छ । पत्रकारिताको   गरिमालाई तपाई हामी सबैले बचाई राख्नु पर्छ । सत्य र तथ्यमा चुक्नु हुदैन । चर्चामा आउन घटनालाई अतिरञ्जित गर्नु हुँदैन । सामाजिक सद्भावमा बढि ख्याल गर्नु  पर्दछ । परिवर्तित राज्य प्रणाली अनुरुप आफुलाई परिवर्तन गर्दै पेशागत मर्यादालाई ख्याल गरि समाज परिवर्तनमा योगदान गरौं ।
समय र बिचारका लागि धन्यबाद ।
— मेरा केहि कुरा राख्ने अवसर दिनु भएकोमा बिम्ब नेपाली साप्ताहिक परिवारलाई धन्यवाद । पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

शिक्षक सेवा आयोगको तयारीका लागि उपयोगी 

शिक्षक सेवा आयोगले सार्वजनिक गरेको प्राथमिक तहको खुल्ला प्रतियोगिताका लागि लिईने लिखित  परीक्षाको पाठ्यक्रम 
शिक्षासम्बन्धी आधारभूत ज्ञान 
१. नेपालको संविधान र शिक्षा सम्बन्धी ऐन नियमहरू 
१.१ नेपालको संविधान ः भाग ३ देखि ५ सम्म 
१.२ शिक्षा ऐन (संशोधनसहित), २०२८ र शिक्षा नियमावली (संशोधनसहित), २०५९ 
१.३  शिक्षक सेवा आयोग नियमावली (संशोधन सहित), २०५७ 
२ शिक्षा सम्बन्धी सामान्य जानकारी 
२.१ नेपालको शैक्षिक इतिहास (राणाकालदेखि हालसम्मको) २.२ नेपालको शिक्षाको तहगत संरचना २.३ शिक्षाका राष्ट्रिय उद्देश्यहरु,   २.४ प्राथमिक तहका तहगत उद्देश्य÷सक्षमताहरू 
२.५ शिक्षा मन्त्रालय, शिक्षा विभाग, क्षेत्रीय शिक्षा निर्देशनालय र जिल्ला शिक्षा कार्यालयको संगठन,  संरचना र कार्यहरु,  
२.६ नेपालको शैक्षिक तथ्याङ्क सम्बन्धी सामान्य जानकारी ३ शिक्षा सम्बन्धी नीतिहरू 
३.१ शिक्षा नीति र यसको आवश्यकता,  ३.२ शिक्षक सक्षमताको प्रारुप २०७२   
३.३ खुला तथा दुर शिक्षा नीति,  ३.४ अनौपचारिक शिक्षा नीति 
४ शिक्षासम्बन्धी विभिन्न आयोग तथा समितिका प्रतिवेदनहरू 
४.१ राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८–२०३२,  ४.२ राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०४९ 
५ शिक्षासम्बन्धी योजना तथा कार्यव्रmमहरु 
५.१ सबैका लागि शिक्षा सम्बन्धी राष्ट्रिय कार्ययोजना (सन् २००१–२०१५) उद्देश्य तथा उपलब्धि 
५.२ विद्यालय क्षेत्र विकास योजना (२०७३–२०७९) ः लक्ष्य, उद्देश्य र कार्यहरु 
५.३ राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यव्रmम ९ल्भ्न्च्ए० 
६. शैक्षिक र शैक्षणिक योजनाहरु निर्माण र कार्यान्वयन 
६.१ शैक्षिक क्यालेण्डर विद्यालय, वार्षिक कार्ययोजना  
६.२ वार्षिक, एकाइ र दैनिक शैक्षणिक योजना  
६.३ गाउँ÷नगरस्तरीय शिक्षा योजना निर्माण र प्रयोगको अवस्था 
६.४ विद्यालय सुधार योजना,   ६.५ विद्यालय विकासमा स्थानीय सरकार÷निकाय, गैरसरकारी र समुदायमा आधारित संस्थाहरुसँगको सम्बन्ध र समन्वय 
७. विद्यालय तहको पाठ्यव्रmम र मूल्याङ्कन 
७.१ पाठ्यव्रmमकोे परिचय, निर्माण प्रव्रिmया र  पाठ्यव्रmम निर्माणमा प्रभाव पार्ने तत्त्वहरू 
७.२ विद्यालय तहको पाठ्यव्रmम ढाँचा 
७.३ राष्ट्रिय पाठ्यव्रmमको प्रारूप (परिमार्जनसहित), २०६३ 
७.४ स्थानीय पाठ्यव्रmम प्रारुप, २०७१, निर्माण र प्रयोगको अवस्था 
७.५ प्राथमिक तहको पाठ्यपुस्तक तथा सन्दर्भ सामग्रीहरूको विकास तथा प्रयोग 
७.६ शिक्षण सिकाइमा निर्माणात्मक र निर्णयात्मक मूल्याङ्कन 
७.७  निरन्तर मूल्याङ्कन प्रणाली र अक्षराङ्कन पद्धति 
७.८ मातृभाषामा आधारित बहुभाषिक शिक्षा 
८ बाल मनोविज्ञान र सिकाइ  
८.१ बाल मनोविज्ञानको अवधारणा ,बाल वृद्धि र विकास 
८.२ पूर्व बाल्यावस्था र उत्तर बाल्यावस्थाको परिचय, विकासात्मक पक्षहरू र सिकाइसंँग सम्बन्धित विशेषताहरू 
८.३ सिकाइमा प्रभाव पार्ने तत्त्वहरू 
८.४ उत्प्रेरणाका सिद्धान्तहरू र विद्यार्थीहरूमा उत्प्रेरणा जगाउने उपायहरू 
९ विद्यालय सुशासन र शैक्षिक व्यवस्थापन 
९.१ विद्यालय सुशासन (कअजयय िनयखभचलबलअभ) र सामाजिक परीक्षण (कयअष्ब िबगमष्त) 
९.२ शैक्षिक व्यवस्थापनको परिचय र सिद्धान्त       
९.३ विद्यालय व्यवस्थापनमा उत्तरदायित्व, जवाफदेहिता र सहभागिता       
९.४ स्व–व्यवस्थापन, समय व्यवस्थापन  र विपद् व्यवस्थापन  
९.५ कक्षा कोठा व्यवस्थापनको अवधारणा र आधुनिक कक्षाकोठा व्यवस्थापन       
९.६ उपचारात्मक शिक्षण पद्धति        
९.७ विद्यार्थीमा निहित विविधता व्यवस्थापन ः भाषिक, सामाजिक, सिकाइ क्षमता, बौद्धिकता, शारीरिक तथा मानसिक अवस्था       
९.८ शैक्षणिक सङ्गठन ः कक्षा शिक्षण, बहुकक्षा शिक्षण, विषय शिक्षण र बहुकक्षा बहुस्तर ९ःन्ःी० शिक्षण 
९.९ शिक्षण सिकाइमा परियोजना कार्य, कार्यमूलक अनुसन्धान र घटना÷मामला अध्ययन 
१० शिक्षाका नवीनतम् चिन्तन 
१०.१ अधिकारमा आधारित शिक्षा,   १०.२ बालमैत्री विद्यालय ः अवधारणा, मापदण्ड र सूचकहरू १०.३ विद्यालय शान्ति क्षेत्र,   १०.४ समाहित शिक्षा र शिक्षामा समावेशीकरण 
१०.५ शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधि 
१०.६ साधारण तथा प्राविधिक सिप ९कयात बलम जबचम कपष्िि० र जीवनोपयोगी सिप ९षिभ यिलन भिबचलष्लन बलम षिभ कपष्िि० 
१०.७ शिक्षक शिक्षा र तालिम,  १०.८ अभिभावक शिक्षा

साहित्य/सृजना 

आमा, म युद्धमा जानु छ 

आमा
मलाई रमाउन के तपाईंको काख भए पुग्थेन र ?
खेल्नलाई मेरै आँगन मेरो लागि टुँडिखेल सरह थिएन र ?
भाग्यको करौंतीमा रेटिँदै तिखारिँदै
के बाबा कुनै शिक्षकभन्दा कम अनुभवी हुनु हुन्थ्यो र ?
या तिम्रा चाउरी परेका गाला कुनै कालोपाटी भन्दा कम थिए र ?
किन पठायौ आमा मलाई स्कुल ?
अहँ, म जान्नँ त्यहाँ ब्यर्थैमा मरेको इतिहास ब्युँताइन्छ र
आफूभन्दा गरुङ्गो किताबको भारी बोक्न लगाइन्छ ।
गरिबको हो भनी पढाउँदा गुरुहरू मेरै बाको नाम लिन्छन् 
दलितको बारेमा पढाउँदा सबैले मलाई हेर्छन्
गरिबी के हो भनी पढ्दा सधैं म तिमीलाई सम्झन्छु आमा
विद्यालयको भत्केको भित्तो देख्दा
तिम्रो टालेको गुन्यु सम्झन्छु
जसलाई तिमीले मेरो उमेरभन्दा धेरै पल्ट टालिसक्यौ
दिउँसै तारा देखिने विद्यालयको छानो देख्दा 
बाबाको चाउरिएको गाला सम्झन्छु
जहाँ वर्षौंदेखि भाग्यले चट्याङ् पारिरह्यो
र बाबाले पालैपालो गाला थापिरहनु भयो
आमा,
म जन्मेको कोख र पुरेत बाकी छोरी जन्मेको कोख उस्तै होइन र ?
उनको र मेरो निधार उस्तै होइन र ?
सास फेर्ने बतास एउटै होइन र ?
रुँदा के उनको पनि नुनीलो आँसु झर्दैन र ?
किन उनलाई अलग्गै बस्न लगाइन्छ ?
किन मलाई दलित बनि बाँच्न सिकाइन्छ ?
आमा जान्न म स्कुल त्यहाँ समानताको पाठ घोक्न लगाइन्छ, तर
विभेदको पहाड बोक्न लगाइन्छ ।
एउटै कपडा थ्यो, आधाको बाले टोपी सिलाएर लगाउनु भो
आधाको धजा बनाउनु भो र मन्दिरमा पठाउनु भो
कपडामै पनि विभेद भो आमा
एउटै कपडाको धजा चाहिँ पवित्र भो
तर बाको टोपी अछुत भो
किन अन्धा भए ईश्वर ?
किन कैद भए मन्दिरको दिवारभित्र ?
तान ईश्वरलाई र उभ्याउ कठघरामा
र सोध प्रश्न, म मन्दिर छेउमै बलात्कृत हुँदा 
तिनी दुवै आँखा चिम्लेर कुन न्यायको धर्मकाँटा उठाउदै थिए ?
जात नचल्नी, जवानी चल्नी
समाज नचल्नी, मेरो लाज चल्नी
अहो कस्तो तिम्रो न्याय ?
आउ बलवान पुरुष, मलाई जति भोग्नु भोग
मेरा आँसु र रगतको आहालमा पौडी खेल
र सन्तुष्ट भएर आऊ
तिम्रा वीर्यका छिटाले म तिम्रै कुरूप अनुहार रङ्ग्याउन चाहन्छु ।
जाँदै जान्न आमा, म स्कुल जान्न
त्यहाँ त पुरुषलाई मर्यादापुरुष राम बनाइन्छ
र महिलालाई बारम्बार अग्निकुन्डमा पस्न सिकाइन्छ ।
म स्कुल होइन, जानु छ मैदानमा
लड्नु छ, जित्नु छ वर्षौंदेखि हारेको युद्ध
बा,
उदाउनेछ हाम्रो पनि आँगनमा सूर्य
आमा, फुल्ने छ तिम्रो ओठमा मखमली फूल
जाउ आज आफ्नै हातले मन्दिरमा जल चढाएर आऊ
म जितेरै फर्कने लडाइँमा निस्कने मुहूर्त घर्कनै लागेको छ
आगोको एउटा फिलिङ्गो वर्षौंदेखि जल्न आतुर छ ।
अजित क्षेत्री  
स्याङ्जा, हाल ः यूएई

सूचना/सन्देश/बिज्ञापन 

 के. आई. सिंह गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

                                                                                                    वायल, डोटी                                                                                                                                                 ७ नं प्रदेश नेपाल

कर्मचारी आवश्यकता सम्वन्धी सूचना ।

यस के. आईं सिंह गाउँपालिका, गाउँ कार्यपालिकाको निर्णय अनुसार तपशिलका कर्मचारहिरु भर्ना गर्नु पर्ने भएकोले योग्य उम्मेद्वारहरुबाट यही मिति २०७५ भाद्र ३० गतेभित्र यस कार्यालयमा दरखास्त आव्हान गरिन्छ । 
बिज्ञापन नं. ०१–०७५÷०७६
पद ः मिनि टिपर चालक 
आवश्यक संख्या ः १ (एक) 
परीक्षाको किसिम ः छोटो सूची कायम तथा अन्तरवार्ता 
पारिश्रमिक सुविधा ः आपसी सम्झौता अनुसार 
योग्यता ः नेपाल सरकारबाट सवारी चालक अनुमति पत्र प्राप्त (मिनि ट्रक÷टिपर) 
आवश्यक कागजात 
१. नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी 
२. कार्यालयबाट निर्धारित ढाँचामा आवेदन 
३. मिनि ट्रक÷टिपरको सवारी चालक अनुमति पत्र 
४. २ प्रति हाल सालै खिचेको पासपोर्ट साईको फोटो 
५. सम्वन्धित कामको अनुभव सम्वन्धि कागजात 
आवेदन दस्तुर ः ३००।–
बिज्ञापन नं. २–०७५÷०७६
पद ः व्याकहो लोडर हेल्पर 
आवश्यक संख्या ः १ (एक) 
परीक्षाको किसिम ः छोटो सूची कायम तथा अन्तरवार्ता 
पारिश्रमिक सुबिधा ः आपसी सम्झौता अनुसार 
योग्यता ः साधारण लेखपढ्
आवश्यक कागजात ः 
१. नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी 
२. कार्यालयबाट निर्धारित ढाँचामा आवेदन 
३. २ प्रति हाल सालै खिचेको पासपोर्ट साईको फोटो 
४. सम्वन्धित कामको अनुभव सम्वन्धि कागजात 
आवेदन दस्तुर ः ३००।–
सम्पर्क मिति ः २०७५÷०५÷३१
प्रमुख प्रशासकीय अधिकृत

शिक्षक आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७५÷०५÷१४ 
उपरोक्त सम्बन्धमा दिपायल सिलगढी नगरपालिका–६ सिलगढी डोटीमा रहेको यस श्री पद्म पव्लिक मुक्तीनारायण माध्यामिक बिद्यालयमा रिक्त रहन गएको तपशिल बमोजिको शिक्षक पदमा करार पदपूर्ति गर्नुपर्ने भएको हुँदा निम्न बमोजिमको योग्यता पुगेको उम्मेदवारले आवेदन दिन हुन यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल 
बिज्ञापन नं. १÷०७५÷०७६ 
पद ः शिक्षक,    संख्या ः १ जना
तह ः नि. मा.बि. तृतीय,    बिषय ः अंग्रेजी      
किसिम ः राहात करार   
तलब स्केल ः प्रचलित नियमानुसार   
शैक्षिक योग्यता ः अंग्रेजी मुल बिषय लिई प्रविणता प्रमाण पत्र तह वा सो सरह उत्र्तीण 
उमेर ः १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको 
आबेदन दस्तुर ः ३०००÷–
परीक्षाको किसिम ः लिखित र अन्तर्वार्ता 
दरखास्त दिने अन्तिम मिति ः २०७५÷०५÷२८ गते कार्यालय सयमभित्र
सम्पर्क मिति ः २०७५÷०५÷२९ गते
परीक्षा मिति ः सम्पर्क मितिमा तोकिनेछ । 
पेश गर्नु पर्ने कागजातहरु 
ड्डशैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपी २ प्रति 
ड्डनेपाली नागरिकताको प्रतिलिपी २ प्रति 
नोट ः कार्यरत, स्थानीय, दलित, अपागं, जनजाति र माथिल्लो योग्यता भएका, कम्प्यूटर सम्वन्धी ज्ञान भएका उम्मेदवारलाई बिशेष प्राथमिकता दिइने छ ।

No comments:

Post a Comment