Tuesday, May 7, 2019

बिम्ब साप्ताहिक, २०७६ साल बैशाख २४ गते मंगलवार

लोक सेवा आयोगको अग्रगामी सोच, परीक्षण प्रबिधिको प्रयोगबाट योग्य व्यक्तिको छनौट ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

द्वन्द्वले उजाडिएको “छेडा” गाउँ

रामहरी ओझा/डोटी
बैशाख २३
“बैशाख १९ गते मेरो गाउँको लागि कालो दिन । २०५९ साल बैशाख १९ गते सयौं मान्छेको रगतले रातै भएको थियो मेरो गाउँ ।” डोटी बडीकेदार गाउँपालिका–२, छेडा गाउँकी मुना मटेलीले आफ्नो सामाजिक सञ्जाल फेसवुकमा पोष्ट गरिन् । आफु सानै उमेरको भएकाले पहिले गोली चन्दा त मन्दिर भत्काउन लागेका हुन भन्ने सोचिछिन् तर जव अन्धाधुन्द गोली चल्न थाल्यो, गाउँलेको भागाभाग भयो, त्यसपछि उनले मान्छे मर्दै रेहछन् भन्ने थाह पाईन । 
उक्त घटनाको १७ बर्ष   पुरा भएको सम्झदै तत्कालीन क्रान्तिका नाईकेहरु सिंहदरवार पुगेर ति दिनहरु बिर्सेको आरोप लगाएकी छिन् । राज्यको चौथो अंग मानिने सञ्चार क्षेत्र पनि त्यो गाउँको पीडा बुझ्न नगएको उनले सामाजिक सञ्जालमा दुखेसो गरेकी छिन् । 
‘द्वन्दकै कारण पढ्ने उमेरमा डरले बिवाह गरेर रहर थन्काएका मेरा दिदिहरुलाई सोध, कलिलै उमेरमा भारत भासिएका दाजुहलाई सोध, दिउसभरी काम गरेर साँझ माओवादीलाई पेट भरी खुवाउँदै आफु भोकै बस्नेलाई सोध, बिद्यायल छोडी जंगल पसेकालाई सोध पीडा के हो भन्ने’ मुनाको स्टाटसमा उल्लेख छ । 
२०५८ साल फागुन ४ गते अछाम जिल्ला सदरमुकाम आक्रमणपछि तत्कालीन माओवादी नेता कार्यकर्ताहरु छेडा गाउँमा जम्मा हुने क्रममै थिए । उक्त सुईको सेनाको कानमा परेछ । २०५९ साल बैशाख १९ गते एकाएक गोली चल्न सुरु भयो । घटनामा माओवादीतर्फ कति हताहत भए थाह भएन तर स्थानीयहरुका अनुसार उक्त घटनामा करीव एक सयको हा–राहारीमा माओवादी मारिए । “माओवादीले त यसरी सेना आएर आक्रमण गर्ला भन्ने सोचेकै थिएनन्, उनीहरु त सुरक्षित बसेको महसुस गर्दै थिए” एक स्थानीयले भने ‘सेनाले आएर एकोहोरा गोली हाने, माओवादीले तयारी समेत गर्न पाएनन् ।’ उनी पछि रेडियोमा दोहोरो भिडन्त भन्दा आफुलाई धेरै दुःख लागेको वताउँछन, भन्छन् “सेना पनि झुटा बोल्ने रहेछ भन्ने त्यो दिनै थाह पाएँ ।’ 
सेना गईसकेपछि माओवादी कार्यकर्ताहरु फेरी आएर आफ्ना घाईते कार्यकर्ताहरुलाई बोकेर लगेको र मृतहरुलाई हतार हतारमा गाडेको मुना वताउँछिन् । ‘राम्रोसंग गाडिएका थिएनन् लास, पछि स्याल र कुकुरले तानेर निकाले’ मुना भन्छिन् ‘लामो समयसम्म गन्हाईरह्यो गाउँ ।’ अहिले पनि मान्छेका हड्डीहरु छरपट्ट देखिने गरेको उनी वताउँछिन् । 
घटनाअघि १२ परिवार बस्थे छेडा गाउँमा । घटनापछि त्रसित भएका स्थानीयहरु बसाई सरेर गए । अहिले जम्मा तीन परिवार मात्रै छन् । ‘एक परिवार अर्को गाउँबाट बसाई सरी आएकाले चार परिवार भएका छौं’ स्थानीय चक्र मटेली भन्छन् ‘त्यतिवेला गाउँ छोडेर गएकाहरु फर्केका छैनन् ।’ कतै जान नसक्ने अवस्था रहेकाहरु मात्रै गाउँमा बसेका चक्रको भनाई छ । 
स्थानीयलाई लाईन लाएर गोली हानियो 
घटनामा पाँच स्थानीयलाई सेनाको गोलीले छिन्यो । बिहान करीव ११ वजे लहरैका खेतमा गोरु जातेर धान छर्दै गरेका व्यक्तिहरुलाई माओवादीको    आरोपमा सेनाले समात्यो । उनीहरुलाई माओवादी भएको कवुल गराउन खोज्यो तर स्थानीयले आफुहरु माओवादी नभएको भनेपछि कुट्यो । ‘जोतिएका गोरुका हलो र जुवा समेत काट्यो’ चक्र भन्छन् ‘त्यसपछि लाईन लाएर गोली हान्यो ।’ 
उक्त घटनामा माओवादीको आरोमा मारिनेहरुमा ७० बर्षीय रणवहादुर चन्द र ६५ बर्षीय दलवहादुर चन्द पनि थिए । गोरु किन्न भनेर आएका पुड्केपानी गाउँका डवलवहादुर सार्कीले पनि सोही घटनामा   मारिनु प¥यो । 
‘उनी गोरु किन्न आएका थिए, गोरुको मोलमोलाई भईरहेको थियो’ त्यो दिन सम्झदै चक्रले भने ‘त्यहीबेला सेनाले आएर हामीलाई समात्यो ।’ 
सेनाको गोलीबाट मृत्यु हुनेमा २५ बर्षीय लालवहादुर चन्द र १८ बर्षीय टेकवहादुर चन्द परे । 
कसरी बाँचे चक्र ? 
हलो जोत्दै गफ गर्दै गरेका ६ जना स्थानीयहरुमा छेडा गाउँकै चक्र मटेली पनि थिए । अन्य पाँच जना जस्तै उनलाई पनि सेनाले लाईन लायो । “ल तिमिहरु भाग, ज्यान बचाउ भनेका हुन शाही सेनाले’ चक्र भन्छन् ‘तर हामीले हामी माओवादी होईनौं यही गाउँमा मान्छे हौं, भागेर कहाँ जाउँ भन्दा आमा छोएर गाली गर्दै गोली हाने ।’ हात, मुख र घाटीमा गोली लागेका चक्र भन्छन् ‘त्यसपछि के भयो थाह भएन ।’ राती करीव ८ वजे होस खुलेपछि आफु नजिकैको दुम्सीको ओडारमा गएर बसेको उनी वताउँछन् । 
“बोल्न खोज्दा मुखमै हानेर दात झरे, हात जोडेर बिन्ति गर्दा हातमै गोली हान्यो” चक्र भन्छन् ।  
उपचारका क्रममा करीव दुई लाख रुपैयाँ खर्च भएको चक्रको भनाई छ । ‘मैले कतैबाट कुनै राहत पाईन’ उनी भन्छन् ‘पटक पटक गाविस र जिल्ला धाए तर कसैले मेरो पीडा सुनेन ।’ 
भत्किन थाले बाँझिएका घर
छेडा घटनाको कारण त्रासले भागेका स्थानीयका घरहरु भत्किन थालेका छन् । गाउँमा सन्नाटा छ । जताततै खेतहरु बाँझै छन् । 
“त्यतिवेलाको खेतीयोग्य जमिनमा अहिले जंगल भएको छ, घरहरु पनि भत्किईसके’ मुना भन्छिन् ‘जंगल बढेपछि जंगली जनावरहरु पनि बढेका छन्, गाउँमा बस्नै डर लाग्न थाल्यो ।’ जंगली जनावरले खेती पनि नष्ट गर्ने गरेको उनी वताउँछिन् । 
निर्मला पनि सेनाकै शिकार  
छेडा घटनामा मारिएका लालवहादुर चन्दकी पत्नी निर्मला चन्द घटनापछि गाउँ छोडेर खडेउलीमा बस्दै आएकी    थिईन । बुढी सासु आमा, एक बर्षको छोरा र आफु संगै बस्दै आएका थिए ।  
गस्तीमा गएका सेनाले माओवादी लुकेको आरोपमा निर्मलाको घर घेरा हालियो । निर्मलालाई ढोका खोलेर वाहिर आउन भनियो तर सेनाकै गोलीबाट श्रीमान् गुमाएकी निर्मलाले वाहिर आउने हिम्मत गरिनन् । ‘घरभित्रै थिईन उनी, सानो बावु पनि संगै थियो’ चक्र भन्छन् ‘उनले ढोका नखोलेपछि सेनाले झ्यालबाट गोली हान्यो र उनको मृत्यु भयो ।’ 
२०६१ साल असोजमा भएको उक्त घटनामा निर्मलाका छोरा प्रकाश पनि घाईते भए । उनलाई सेनाले उपचारका लागि काठमाण्डौं लग्यो । हाल उनी शहीद स्मृति बिद्यालयमा सुर्खेतमा अध्ययन गरिरहेको चक्र वताउँछन् । 

सम्पादकीय 

बालुवाटार जग्गा प्रकरण निश्पक्ष छानविन होस् 

व्यापक रुपमा चर्चामा रहेको प्रधानमन्त्री निवास बालुवाटारको सरकारी जग्गा प्रकरणमा नयाँ नयाँ तथ्यहरु आउन थालेका छन् । बिभिन्न सरकारका पालामा बिभिन्न खालका निर्णयहरु भएका छन् । प्रधानमन्त्री स्वयं बस्ने ठाउँ त अतिक्रमणमा पर्छ भने अरु के वाँकी रहला भन्ने प्रश्न पनि स्वभाविकै हो । यसको साथसाथै अन्य क्षेत्रमा पनि जग्गा अतिक्रमण गरेको बिषय व्यापक रुपमा बाहिर आउन थालेको छ । 
पूर्वसचिव शारदाप्रसाद त्रितालको नेतृत्वमा गठित छानबिन समितिले सरकारको नाममा रहेका त्यहाँको अधिकांश जग्गा व्यक्तिको नाममा पुगेको प्रतिवेदन दिएको छ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा कतिपय मन्त्रिपरिषदकै निर्णयका कारण व्यक्तिका नाममा पुगेको त्रिताल समितिको प्रतिवेदनमा उल्लेख  छ । त्यसमध्ये सरकारका केही निर्णय खारेज गर्न र जग्गा फिर्ता ल्याउन समितिले सिफारिस गरेको छ । तर, कुन व्यक्तिले कुन समयमा अपचलन गरेर त्यहाँको जग्गा आफ्नो नाममा ल्याए भन्ने उल्लेख गरेको छैन । त्यो छानबिन समितिको कार्यादेशभित्र पनि पर्दैनथ्यो ।
अहिले मिडियामार्फत् थप सूचना बाहिर आएका छन् । २०४८ सालदेखि नै उक्त जग्गा हडप्न चलखेल भएको र विभिन्न समयमा विभिन्न मन्त्री, राजनीतिज्ञ तथा कार्मचारीले भूमिका खेलेका कुरा बाहिर आएका छन् । यो अपचलनको पूर्ण तस्बिर भने अझै प्रष्ट छैन ।
सरकारी जग्गा, त्यसमाथि प्रधानमन्त्री निवास परिसरकै जग्गासमेत अपचलन गरेर आफ्ना नाममा पार्नेसम्म जुन तहको बदमासी देखिएको छ, त्यसबारे सम्पूर्ण सत्यतथ्य जान्ने हक नेपाली जनतालाई छ ।
त्यसैले, यी सबै छानबिन गर्न, विभिन्न समयमा बदनियतपूर्वक काम गर्ने दोषीहरू पत्ता लगाउन, जग्गा अपचलनमा कसले के भूमिका खेले भन्ने सार्वजनिक जानकारीमा ल्याउन र तिनीहरूलाई कठघरामा उभ्याउन सरकारले एउटा शक्तिशाली न्यायिक आयोग गठन गरोस् ।
यो प्रकरणमा वहालवाला प्रधानमन्त्री वा पूर्व प्रधानमन्त्री वा शक्तिशाली पार्टीको नेता वा अरु केही भनेर दोषीलाई उम्माउन पाईदैन । प्रधानमन्त्री हुँदा आफु बसेको जमिन समेत बेच्ने व्यक्तिले पैसाका लागि भोली आफ्नो आमा छोरी पनि बेच्न बेर लाउने छैनन् । त्यसैले कुनै पनि हालतमा यो बिषयलाई ओझेलमा पारिनु हुँदैन, निश्पक्ष छानविन हुनु जररी छ । अहिले डिल्लीबजार मालपोत कार्यालयबाटै सबै बदमासी भएकाको भन्ने चर्चा पनि छ ।सरकारी जग्गा गैरकानुनी रूपले व्यक्तिका नाममा पु¥याउने जस्तो गम्भीर अपराधबाट कसैले मुक्ति पाउनुहुन्न । त्यस्ता सरकारी कर्मचारीहरुलाई र जग्गा दलालहरुलाई पनि कानुनी दायरामा ल्याउनु पर्छ । 
त्रिताल आयोगले ‘भू–माफिया’ भनेर किटान गरेका ढकाल र सुवेदीले २०५८–६० सालमा धेरै जग्गा आफ्ना नाममा पारेको त्रिताल आयोगका सदस्य बताउँछन् । त्यही जग्गामध्ये ८ आना उनीहरूले २०६१, जेठ २९ गते नेकपा महासचिव पौडेलका छोरा नविन पौडेलका नाममा चार लाख रुपैयाँमा पास गरिदिएको डिल्लीबजार मालपोतको रेकर्डले देखाउँछ । त्रिताल समितिले बिभिन्न समयमा मन्त्रिपरिषदका कतिपय निर्णय गैरकानुनी भन्दै खारेज गर्न सिफारिस गरेको छ ।
समितिले बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा पु¥याउन भूमिका खेल्ने डिल्लीबजार मालपोत कार्यालयमा काम गरेका २२ कर्मचारीको सूची प्रधानमन्त्रीलाई बुझाएको थियो । ति व्यक्तिहरुलाई पनि कारवाही हुनु पर्छ ।

थप समाचार 

समाजबाद आउन विकास चाहिन्छ ः रावल

पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य भिम रावलले समाजबादमा पुग्नका लागि देशको तिव्र विकास हुनु आवश्यक रहेको वताएका छन् । 
“देशको समग्र विकासका लागि पिछडिएको क्षेत्र, जाती, वर्गको उत्थान हुने गरी काम गर्नु पर्छ” विहिबार डोटीको दिपायल सिलगढी नगरपालिका–१ को सुवाखान–शिरखोलीशैन सडकको उद्घाटनका क्रममा नेता रावलले भने ‘समाजमा रहेका बिकृति, वेथिति, गरीवी, अभावहरुको अन्त्य गरी राष्ट्रको शीर उचो पार्नु नै हाम्रो पार्टीले चाहेको वास्तविक समाजवाद   हो ।’ नेता रावलले जनताको भावना अनुसार काम गर्न स्थानीय तहका जनप्रतिनिधिहरु–लाई सुझाव दिए ।
दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले गरेका कामहरुको प्रसंसा गर्दै रावलले भने ‘महिलालाई नगर प्रमुख वनाउँदा काम हुँदैन भन्ने गलत सावित भएको छ ।’ स्थानीय तहको निर्वाचनमा उम्मेदवारी चयन गर्ने क्रममा भएका छलफललाई सम्झदै रावलले थपे ‘हाम्रै पार्टीका कतिपय साथीहरुले पनि महिला उम्मेदवार वनाए चुनाव हारिन्छ कि वा पछि काम गर्न सक्दैनन् कि भन्ने आशंका गरेका थिए तर मञ्जु जीले चुनाव पनि जित्नु भयो र राम्रो काम पनि गर्दै हुनुहुन्छ ।’ 
गाउँको विकासका लागि स्थानीयवासीहरु स्वयं पनि सक्रिय हुनु पर्ने रावलले वताए । उनले भने ‘आफ्नो गाउँको विकास लागि तपाईहरु पनि एकजुट हुनुहोस्, चट्टान काटेर गाउँमा सडक पु¥याउन तपाईहरु सवै एकजुट हुनु भएको छ, त्यसरीनै अन्य विकासको काममा पनि एकजुट हुनुहोस् ।’
काम गरेर देखाउँछु–मलासी 
महिलाले काम गर्न सक्दैन भन्नेलाई काम गरेर देखाउने दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासी    वताउँछिन् । ‘चुनावको बेला पनि महिलासंग हिम्मत हुँदैन भन्ने  नारा प्रतिस्पर्धीहरुले पनि लगाएका थिए’ मलासीले भनिन् ‘मैले जिम्मेवारी सम्हालेको करीव दुई बर्ष भएको छ, यो अवधीमा मैले जनताको पक्षमा काम गरेको प्रष्टै छ ।’ 
आफुले निर्वाचनका बेला बोलेका बाचा पुरा गरिरहेको वताउँदै उनले थपिन् ‘मेरो कार्यकालभित्र मैले बोलेका सवै बाचाहरु पुरा हुने गरी काम गरिरहेकी छु ।’ उनले अनावश्यक बिरोध गर्नु भन्दा रचनात्मक सुझाव दिएर समृद्ध नगर वनाउनका सहयोग गर्न प्रतिपक्षलाई पनि आग्रह गरिन । उनी थप्छिन् ‘तथ्यमा आधारित आलोचना र बिरोधको म सधैं स्वागत गर्छु तर अनावश्यक बिरोधले काम गर्ने मनोवल कमजोर हुन्छ, त्यसैले यो नगर हामी सवैको नगर हो भन्ने सम्झेर सहयोग गर्नु प¥यो ।’
नगरपालिकाको २४ लाख र नगरपालिकाको वडा नं. १ को १८ लाख गरी कूल ४२ लाखको लगानीमा तीन किलो मिटर सात सय ५० मिटर सुवाखान– शिरखोलीशैन सडक निर्माण गरिएको  नगर प्रमुख मलासीले जानकारी दिईन् । गाउँमा खानेपानीको अभाव भएको स्थानीयबासीको गुनासोलाई सम्वोधन गर्दै उनले भनिन् ‘डिप बोरिङ्गबाट पानी निकाल्ने गरी सम्भाव्यता अध्ययन भईसकेको छ र टंकी निर्माणको काम पनि सुरु भइसकेको छ, अव छिट्टै डिप बोरिङ्गबाट पानी निकालिने छ ।’ 

हुलाक कर्मचारीहरुको प्रश्न ः ६ हजार रुपैयाँमा के के गर्ने ?

“कर्मचारी भनौं भने सेवा सुबिधा छैन, चिठ्ठी पत्र हराएमा सरकार छोड्या हैन । 
पहिलो सञ्चार हुलाक नै हो अहिले छैन वास्ता, सरकारले दिएको तलव, आउँदा जाँदा सक्दा ।
आश बोक्दाबोक्दै कर्मचारी कोही गए चिहान, ६ हजारले खाना पुग्दैन साँझ र विहान ।” 
अछाम, चौरपाटी गाउँपालिकाको मार्कुमा रहेको अतिरिक्त हुलाक कार्यालयमा कार्यरत सुशिला बोगटीले डेउडाको भाकामा माथीको हरफ गाईन ।  महिना भरी काम ग¥यो, ६ हजार रुपैयाँ हात लाग्ने र त्यो ६ हजारले साँझ विहान खान नपुग्ने उनको गुनासो थियो । अतिरिक्त हुलाक कर्मचारी एसोसियसनकी जिल्ला अध्यक्ष समेत रहेकी बोगटीले तलव बढ्ला, अन्य सेवा सुविधा पनि पाईएला भन्ने आशैआशमा काम गर्दै अतिरिक्त हुलाकका कयौं कर्मचारीहरुको मृत्यु भईसकेको कुरा गितमार्फत उठाईन् । २०५७ सालमा मासिक नौ सय रुपैयाँबाट आफुले जागिर सुरु गरेको वताउने बोगटी २० बर्षसम्म पनि आफु कुन श्रेणीको कर्मचारी हुँ भन्ने जानकारी नभएको वताउँछिन् ।
कैलालीमा पत्र बितरक पदमा कार्यरत लोकराज भट्टले आफ्नो पीडा कविता मार्फत पोखे । एकातिर नौकरी गरेको देखिने अर्कोतिर सामान्य खर्चका लागि पनि अरुसंग हात पसार्नु पर्ने अवस्था रहेको उनको कविताको भाव थियो । ‘हामीले ६ हजार रुपैयाँले के के गर्ने हो ?’ भट्ट भन्छन् ‘देशमा यत्रो राजनीतिक परिवर्तन हुँदा पनि हामी २०३४ सालको नियमावलीमा बाँधिएका छौं ।’ 
यस्तै पीडा पोख्छन् डोटी के आई सिंह गाउँपालिका–२ का महेन्द्र उपाध्याय । एसोसियसनको डोटी अध्यक्ष समेत रहेका उनी भन्छन् ‘सञ्चारका आधुनिक साधनहरुले हामी हुलाकका कर्मचारीहरुको आवश्यकता छैन भन्ने सोचेको छ सरकारले ।’ आवश्यकता नभए हामीलाई काम गरेको अवधीको सम्पूर्ण सेवा सुविधा दिएर विदा गर्नु पर्ने उपाध्याय वताउँछन् ।
अतिरिक्त हुलाक कर्मचारी एसोसियनको सुदूरपश्चिम प्रादेशिक भेलामा सहभागि भएका अतिरिक्त हुलाकका कर्मचारीहरुले सरकारले आफुहरुको श्रम शोषण गरेको वताए । डोटी दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले उद्घाटन गरेको उक्त भेलामा संगठनका केन्द्रीय सदस्य रामवहादुर बिष्टले बजेट भाषणबाट अरु कर्मचारीहरुको तलव बढ्ने तर हामीले आफ्नो तलव बढाउनका लागि आन्दोलन गर्नु पर्ने अवस्था रहेको वताए । उनले भने ‘सरकारले हामीलाई कर्मचारी नै ठानेको छैन ।’ 
कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष टंक प्रसाद हुमागाईले अतिरिक्त हुलाकका कर्मचारीहरुले आफ्नो पहिचान र सेवा सुविधाका लागि संगसंगै लड्नु पर्ने अवस्था रहेको वताए । “मन्त्री–सांसदहरुले पनि हुलाक भन्ने बित्तिकै ईलाका हुलाक मात्रै सम्झने रहेछन’ हुमागाईले भने ‘पहिले त हामीले हाम्रो पहिचान दिनु जरुरी छ, त्यसपछि हामीले पाईरहेको सेवा सुविधाको बारेमा पनि जानकारी गराउनु पर्ने छ ।’ 
उनले आफुहरुलाई सरकारले राम्रो व्यवहार पनि नगर्ने गरेको वताए । “मर्यादाका हिसावले, सेवा सुविधाका हिसावले हामीलाई कार्यालय सहयोगीको भन्दा पनि तल्लो व्यवहार गर्ने गरिएको छ” हुमागाई प्रश्न गरे ‘के सरकारले हाम्रो श्रम शोषण मात्रै गर्ने हो ?’ उनले हाल देशभरीमा अतिरिक्त हुलाक अन्तरगत ३०७४ कार्यालय र १० हजार आठ सय ५३ कर्मचारी रहेको जानकारी दिए । सुदूरपश्चिम प्रदेशभित्र करीव दुई सय अतिरिक्त हुलाक कार्यालय र एक हजार कर्मचारी कार्यरत रहेको हुमागाईको भनाई छ । 
भेलाका प्रमुख अतिथि नगर प्रमुख मलासीले कर्मचारीहरुले पाउनु पर्ने सेवा सुविधाका लागि आवाज उठाउनु जायज भएको वताईन । ‘तपाईहरुका जायज मागहरु सरकारले पुरा गर्नु पर्छ भन्ने मेरो पनि मान्यता रहेको छ’ मलासीले भनिन् ‘काम गराउने तर सेवा सुविधा नदिने भन्ने हुँदैन ।’

अज्ञात समूहद्वारा वडा कार्यालय जलाईयो

गणेश मौनी/डोटी
बैशाख २३
सोमवार राती डोटी, बडीकेदार गाउँपालिका–४ मान्नाकापडीको वडा कार्यालय अज्ञात समूहबाट हिजो राति जलाईएको छ ।
डोटी जिल्लाको दक्षिण क्षेत्रमा रहेको गाउँपालिकाको वडा कार्यालयको ढोका तोडफोड    गरी कार्यालभित्र रहेका सामाग्रीहरु जलाईएको वडा नं. ४ का अध्यक्ष बिरेन्द्र बहादुर कोटकेनीले बताएका छन् । वडा कार्यालय गाउँभन्दा अलि टाढा डिकेवन भन्ने ठाउँमा भएकाले रातीको समयमा कसले जलायो भन्ने थाह नभएको अध्यक्ष कोटकेनीले वताए । उनले सवै कागजातहरु र फर्निचरहरु जलाईएको जानकारी दिए । 
घटनाको अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बिपीनगरबाट प्रहरी निरीक्षक नेतृत्वको टोली घटनास्थल तर्फ गईरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक बिद्यानन्द माझीले बताए । 
वडा कार्यालय जलाईयो भन्ने खबर सुन्दा दुखद खबर भएको बडीकेदार गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर चन्दले बताए । उनले भने ‘वडा कार्यालय भनेको जनताको कार्यालय हो जनताका केही बिमतिहरु भए वडामा आफ्ना जनप्रतिनिधिसंग राख्ने हो जलाउनु गलत हो ।’ यस बिषयमा गाउँपालिकाले टोली गठन गरि छानबिन गर्ने चन्दले बताए ।’

खेल समाचार 

संघका पदाधिकारीद्वारा शपथ ग्रहण

राष्ट्रिय गोजुरियो कराते दो संघ नेपालको सुदूरपश्चिम प्रदेश कमिटीको घोषणा तथा पदभार ग्रहण समारोह शनिबार धनगढीमा गरेको छ । 
पूर्व कराते खेलाडी अरुण कुवँरको अध्यक्षतामा २१ सदस्यीय प्रदेश कमिटी चयन गरिएको छ । संघको प्रथम उपाध्यक्षमा महेन्द्र सिहं ठकुरी, महासचिवमा हरि जोशी, सचिवमा विपिन कटुवाल, सदस्यहरुमा किशोर शाह, विराज रोस्यारा, हेमन्त रेग्मी, तिलक साउँद, गोविन्द बानिया, कविता शाही, अर्जुन जैगडी, छत्र रावल, पवन शाहु, नविन सिहं, कुबेर खड्का, सुरेन्द्र बोहरा रहेका छन् । 
शनिबार एक कार्यक्रमबीच धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले नवगठीत प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनियताको सपथ ग्रहण गराए ।
राष्ट्रिय गोजुरियो कराते दो संघ नेपालका केन्द्रीय महासचिव प्रकाश कुमार चन्दले देशभर गोजुरियो करातेका गतीविधि बढाउन तथा समग्र खेल क्षेत्रमा संघको उपस्थिति बलियो बनाउने उद्देश्यले प्रदेश स्तरीय कमीटी गठन गरिएको बताए ।

प्रधानमन्त्री कप प्रतियोगिता हुने

तेस्रो प्रधानमन्त्री कप एकदिवशीय पुरुष क्रिकेट प्रतियोगिता जेठ १ देखि सुरु हुने भएको छ । 
नेपालय इन्टरनेसनलको व्यवस्थापनमा राष्ट्रिय खेलकुद परिषद्को आयोजना गर्ने उक्त प्रतियोगिता  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने आयोजकले जनाएको छ । आयोजक संस्थाले आइतबार पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । हरेक दिन एक खेल हुने प्रतियोगितामा तीन विभागीय र सात प्रादेशिक गरी १० टोलीको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी गराईयो । १० टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा खेलाइनेछ । समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको कुल बजेट एक करोड ७५ लाख रुपैयाँ रहेको छ । उक्त वजेटमध्ये परिषद्को ८० लाख र बाँकी रकम नेपालय इन्टरनेसनलले जुटाउनेछ ।
प्रतियोगिताको पुरस्कारमा करीब ५० लाख रुपैयाँ खर्च हुनेछ । विजेताले २० लाख पाउनेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ । त्यस्तै उत्कृष्ट खेलाडीले एक मोटरसाइकल, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले समान ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतियोगिता हेर्न पुग्ने दर्शकलाई ‘सिंगल ह्यान्डेड’ क्याच लिएमा ५० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिता सञ्चालन गर्ने सम्बन्धमा नेपालय इन्टरनेसनल र राखेपबीच पत्रकार सम्मेलनमै सम्झौतापत्रमा हस्ताक्षर समेत भएको छ । सम्झौतापत्रमा राखेपका सदस्यसचिव केशवकुमार विष्ट र नेपालय इन्टरनेसनलका प्रतिनिधि सुवाशचन्द्र प्रधानले हस्ताक्षर गरेका छन् ।

चलचित्र/मनोरञ्जन 

रिक्स कन्टेन्टमा बनेको छ ‘पसिना’

फिल्मी खवर
झण्डै तीन वर्ष अगाडि निर्माण भएको फिल्म हो ‘पसिना’ । प्रदर्शनका लागि निर्माण टिमले पटक–पटक रिलिज डेट घोषणा गरेको भएता पनि विभिन्न कारणले प्रदर्शनमा आउन सकेको थिएन । मजदुरहरुको कथाव्यथामा  आधारित भएर बनेको यो फिल्म अब यही बैशाख २७ गतेबाट देशभर प्रदर्शनका लागि तयार छ । फिल्ममा अभिनेता गौरव पहारी र अभिनेत्री अनु शाह लिड रोलमा छन् । 
‘नैना रेशम’, ‘शिशा’ लगायतका फिल्म निर्देशन गरिसकेका आर बि खत्री ‘शरद’ निर्दे्शित यस फिल्मको गीत संगीत र ट्रेलरलाई युट्युबमा दर्शकहरुले राम्रो रुचाएका छन् । फिल्मको प्रचारमा पनि निर्माण टिम राम्रै दौडिरहेको छ । निर्देशक खत्री यस फिल्मले इनिसियल मारामार गर्ने अपेक्षा आफूहरुको नभएको    बताउँछन् । ‘पसिना’ आर्टिस्टिक कलरको फिल्म रहेको उनको भनाई छ । 
यस फिल्मले उठाएको कथामा जो कोहीले फिल्म बनाउन हिम्मत नगर्ने उनको जिकिर छ । उनी भन्छन्, ‘अहिलेको अवस्थामा ‘पसिना’ को कन्टेन्ट एकदमै रिक्स कन्टेन्ट हो । जो कोहीले यस्ता कन्टेन्टमा फिल्म नै बनाउन सक्दैनन् । यो फिल्म हामीले कमाउने उद्येश्यले भन्दा पनि समाजमा सन्देश दिनका लागि बनाएका हौं ।’ फिल्मले कुनै काम सानो ठूलो हुँदैन भन्ने सन्देश प्रवाह गर्ने उनले बताए ।
 फिल्ममा सरोज अर्याल, रवि गिरी, ध्रुव कोइराला, शारदा गिरी लगायतका कलाकारको पनि अभिनय  रहेको छ । फिल्ममा राम केसीको छायांकन, राजनराज सिवाकोटी, दिपक शर्मा र थिरज राइको संगीत, नबिन निरौलाको सम्पादन, शिव विक र राजिव समिरको नृत्य र देव महर्जनको द्वन्द रहेको छ । ‘पसिना’ को निर्माता शान्ता ढकाल हुन् । भने, कार्यकारी निर्माता सञ्जय महत्तो हुन् ।

प्रचण्डको नातिनीको गित सार्वजनिक 

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी स्मिता दाहालको नयाँ गीत सार्वजनिक भएको छ ।
स्मिताको स्वर रहेको ‘मलाई आमाले दिएको चौबन्दी चोली...’ बोलको गीतमा अभिनेत्री प्रियंका कार्कीको अभिनय रहेको छ । शब्द दिनेश थपलियाले लेखेका हुन् । उनी प्रमुख निर्वाचन आयुक्तसमेत हुन् । बसन्त सापकोटाको संगीत रहेको गीतको संगीत संयोजन संजीब बराइलीले गरेका छन् ।
कविराज गहतराजको निर्देशन रहेको म्यूजिक भिडियोको छायांकन सुदिप बराल, सम्पादन सन्देश शाह, मिक्सिङ किशोर थापा र कलर संयोजन रेनिस फागोले गरेका थिए ।  
फिल्ममा प्रयोग हुने प्रविधिबाट पार्क भिलेज रिसोर्ट, काठमाण्डौं गेस्ट हाउस लगायतका स्थानमा म्यूजिक भिडियो छायांकन गरिएको हो । उक्त गीतको निर्माण सरोज ओलीले गरेका हुन् ।

लेख 

के नेपाली कांग्रेस कोमिन्ताङ हो ?

सुदर्शन आचार्य
नेवारीमा एउटा भनाइ छ ‘धायन मजुल, खंलायन मजुल’ अर्थात भन्न पनि नहुने, नभनी पनि नहुने । नेपाली कांग्रेसको आजको अवस्था ठ्याक्कै त्यस्तै छ । पछिल्लो निर्वाचनको हारबाट विचलित कांग्रेस नेतृत्वले कार्यकर्ताको गिरेको मनोवल उठाउने कार्यक्रम सार्वजनिक गर्नै सकेन ।
निर्वाचनमा हार र जित स्वभाविक प्रकृया हुन् । तर, बारम्बार सिहंदरबारको मात्र सपना देखेर त्यसैको मात्र खेतीमा कांग्रेस नेतृत्व लाग्दा जनताले कांग्रेसका लागि सिहंदरबार धेरै टाढा पु¥याइदिए । निर्वाचनको महासंग्राममा होमिँदै कांग्रेसले संगठित रुपमा जनताको एजेण्डा उठाउन त सकेन नै, न त उसले विधिसम्मत टिकट वितरण नै गर्न सक्यो ।
हिजो जनताको पक्षमा गरेका कामको फेहरिस्थ समेत प्रस्तुत गर्न सकेन । विभाजित मनस्थितिमा जनताका वीचमा गएको कांग्रेसको हकमा परिणाम आजकै जस्तो अवश्यंभावी थियो । एउटा राजनीतिक दल निर्वाचनमा जाँदा कम्तिमा २० वर्षको मुलुक सञ्चालनको मार्गचित्र प्रस्तुत गर्नुको सट्टा कथित ज्योतिषीको भविष्यवाणीको सहारा लिन पुग्दा निर्वाचनमा आउने परिणाम यही नै थियो । पार्टीको महासमिति तथा केन्द्रीय समितिले समीक्षासम्म गर्न नचाहेको निर्वाचन समीक्षाको कुरो छाडौं, विरासतबाट प्राप्त इमानमै दाग लाग्ने गरी केन्द्रीय समितिले महासमितिको म्यान्डेट उल्ट्याएबाट कांग्रेसको ओरालो यात्रामा सितिमिति ब्रेक लागि हाल्ने स्थिति अझै देखिँदैन । यहाँनेर माथिको नेवारी भनाइको सान्दर्भिकता देखिन्छ ।
बैशाख ६ गते नेपाल विद्यार्थी संघको ऐतिहासिक स्वर्ण महोत्सव थियो । नेपाली कांग्रेसको इतिहासमै केन्द्रिय समितिविहीन नेविसंघको स्थापना दिवस विभिन्न स्थानमा विभिन्न मोर्चाले एक आपसमा आरोप प्रत्यारोप गर्दै मनाए । लाजै नमानी निर्वाचित समिति भंग गर्न पुगेको पार्टी नेतृत्वले समेत एउटा कार्यक्रममा पुगेर तदर्थ समिति छिटै बन्ने घोषणा गरे !
पार्टी पुरै तदर्थवादमा चल्न थालेको यो एउटा सानो दृष्टान्त हो । प्रेस युनियन, किसान संघ, दलित संघ जस्ता दर्जनौं संगठनहरु लथालिंग बनाइएकै समयमा उनीहरुकै कार्यक्रममा पुगेर सरकारका विरुद्ध आन्दोलनमा होमिन निर्देश गरिनुलाई मजाक बाहेक अरु ठान्न सकिन्न ।
प्रतिवन्धित समयमा पनि चलायमान बन्न सक्षम कांग्रेसको संगठन अहिले निस्प्रभावी छ । प्रश्न उठेको छ– किन आज कांग्रेस निरीह छ ? कांग्रेसले मुलुक र पार्टीका लागि तय गर्नुपर्ने एजेण्डा सकिएकै हुन् त ? यी र यस्ता प्रश्नको गम्भीर समीक्षा जरुरी छ ।
कांग्रेसको नेतृत्वदायी पुस्ता त थाक्यो होला नै, तर, कांग्रेस पार्टीकै माध्यमबाट मुलुकमा परिवर्तन ल्याउने अठोटका साथ राजनीतिमा होमिएका मझौला र युवा पुस्ताका कृष्णप्रसाद सिटौलादेखि कल्याण गुरुङसम्म, गगन थापादेखि गुरु घिमिरे हुँदै प्रदीप पौडेलसम्म, विश्वप्रकाश शर्मादेखि बद्री पाण्डेसम्म, उमाकान्त चौधरीदेखि मञ्जित ताम्राकारसम्म अनि डिला संग्रौलादेखि धना खतिवडा हुँदै सुजाता परियारसम्म कांग्रेसमै आफ्नो भाग्य र भविश्य देख्ने नेतामा छाएको सन्नाटाचाँहि बुझी नसक्नुको देखिन्छ । आज मुलुकभित्र देखिएका दर्जनांै बेथितिका वीचमा पनि आश लाग्दा नेताहरु वैचारिक हस्तक्षेपमा उत्रन नसक्नुलाई सामान्य मान्न सकिन्न ।
युवा÷विद्यार्थी र तरुणहरु पार्टी नेतृत्वको गोटी बन्ने र पार्टी नेतृत्व चाँहि सत्ताकै इसारामा चल्ने स्थितिबाट नअलग्याइने हो भने नेपाली कांग्रेसलाई इतिहासको अध्ययनको विषय बनाउन ‘प्रजापरिषद’सँगै इतिहासकै दराजमा थान्को लगाइदिए हुन्छ ।
कांग्रेस सभापतिमा शेबहादुर देउवाको चयनसँगै आम मानिसमा पार्टीलाई सत्ताकै भाषमा पु¥याइन्छ भन्ने जुन प्रकारको शंका थियो, त्यो शंकाले लगभग मूर्त रुप लिइसकेको छ । पार्टी प्रतीपक्षमा खुम्चँदा पनि सत्ताकै वरिपरि घुम्ने र घुमाइने प्रवृत्तिले जति नै जागरण नामको ‘कलेवर’ लगाइए पनि पार्टीमा पुर्नजागरण सम्भव देखिन्न । निर्वाचनका माध्यमबाट बहुमतका आधारमा सत्तारुढ बन्न÷बनाउन नसक्ने तर, बालुवाटारको डिनर र शीतल निवासको दिवाभोजमा दिन रात रमाउने प्रवृत्तिले कांग्रेस बन्ने भनेकै कोमिन्ताङ हो भन्ने सन्देश दिएको छ ।
सिर्जनशील युवाको विदेश पलाएन रोकिएको छैन । न्यायालयसम्म पार्टीको निर्वाचनमा समेत कार्यकर्ताले अस्वीकार गरेका ब्यक्तिलाई पु¥याइँदैछ । प्रधानमन्त्रीमा जनताको नेता बन्ने सोचभन्दा पनि राज्यका महत्वपूर्ण अंग÷निकाय आफैं मातहत ल्याएर ‘राजा’ बन्ने सपना पलाएको छ । यस्तो बेलामा संसददेखि सडकसम्म         राज्यद्वारा सिर्जित भयावहका विरुद्ध वैचारिक रुपमा आँधीबेहरी ल्याउन सक्षम हुनुपर्ने प्रतीपक्षी कांग्रेस उल्टै आफैंद्वारा सिर्जित गोलचक्करको भँुवरीमा फस्न पुगेको छ । दैनिकजसो थुनिन थालेका पत्रकारका विषयदेखि पार्टीमा लेवी बुझाउने ‘क्याडर’ को धमाधम संबैधानिक निकायमा हुँदै गरेका नियुक्तिसम्म देखिएको कांग्रेसको मौनताका पछाडि सत्तासँगको सौदावाजीको अनुमान लगाउनेहरुलाई बल पुगेको छ । कांग्रेसले यसको जवाफ भोलिको पुस्तालाई दिनै पर्छ । इतिहासले माग्नेछ कांग्रेस नेतृत्वसँग यी र यस्ता प्रश्नहरुको जवाफ ।
महासमिति बैठकबाट पनि ब्युँझन सकेन कांग्रेस, तीन कोइरालाले एकै भयौं भन्दा पनि हाँस्ने बाहेक तरंग देखिएन कांग्रेसमा । पुनः पार्टी सभापति मै हुन्छु भनेर देउवाले भन्दा पनि सञ्चार माध्यमका लागि ‘स्कुप’ बन्न सकेन । धर्मको सहारा लिँदा पनि रक्तसञ्चार पैदा भएन कांग्रेसमा । यी र यस्ता विषयले आजको युगको प्रतिनिधित्व गर्न सक्दैन । करिव ५५ जिल्लाका सभापतिहरुले सच्याउन खोज्दा पनि कांग्रेस सच्चिन तयार भएन भनेपछि अब कांग्रेस सञ्चालनको मार्गचित्र युग सुहाउँदो बनाउन पार्टीमै भविश्य देख्ने पुस्ताका लागि दबाव परेको छ ।
हो, गर्विलो इतिहास छ कांग्रेसको । तर, आगामी २५/५० वा १०० वर्षमा नेपाललाई कहाँ पु¥याउने ? कस्तो बनाउने ? जनताले कांग्रेससँग यो मार्गचित्र चाहेका छन्, न कि इतिहास । राजनीतिक परिवर्तनका नाममा दर्जनौं पटक परिवर्तनको झण्डा उचाल्न र सफलतामा पु¥याउन सफल कांग्रेसले अब आर्थिक माध्यमबाट मुलुकको मुहार फेर्ने मार्गचित्र प्रस्तुत गर्न सक्दा मात्रै कांग्रेसको इतिहास जीवन्त रहन सक्ला । अन्यथा, मोर्चा मोर्चामा विभाजित कांग्रेसको रुपान्तरण पनि मोर्चामै सीमित हुनेछ ।
००७ सालमा समयभन्दा धेरै अगाडि र क्रान्तिकारी थियो कांग्रेस । ०४६ देखि ०६२/०६३ सम्म कांग्रेस र समय सँगसँगै रह्यो । तर, ०७६ मा आइपुग्दा समयभन्दा उदेकलाग्दो तरिकाले कांग्रेस पछाडि परेको छ । यसैबाट थाहा हुन्छ, कांग्रेसको गति । आजका मितिमा मुलुकलाई सही बाटोमा डो¥याउन सक्षम हुनुपर्ने कांग्रेस नै हो । कांग्रेस सक्षम हुदाँमात्र मुलुकले सही बाटो लिने छ । तर, आज समय अनुसार कांग्रेसले आफ्नो दृष्टिकोण निर्माण गर्न नसक्दा अरु त अरु, तत्कालीन राजा ज्ञानेन्द्र समेतले गणतन्त्रमाथि छड्के आँखा लगाउन थालेका छन् । दोष ती नेताहरुकै हो, जो विचार र उमेर ढल्कदै जाँदा पनि शक्तिमै रहने महत्वकांक्षामा रमाउन पुगेका छन् ।
रंगभेदी आन्दोलनका नेता नेल्शन मण्डेलादेखि नेमकिपाका नेता नारायणमान बिजुक्छेसम्मले समयको गति बुझेर नेतृत्वमै बसिरहने चाहना परित्याग गरि दिए । तर, कांग्रेस नेतृत्व कार्यक्रमविहीन पार्टी बनाएर आगामी कार्यकालमा समेत नेतृत्वमै बसिरहन रुचाउँदैछ ।
नेपाली राजनीतिका सर्वाधिक अग्ला व्यक्तित्व वीपी कोइरालाले निर्माण गरेको कांग्रेसलाई आज कोटरीमा रुपान्तरण गरिएको छ । आदर्श र नैतिकता भन्ने विषय जब कुनै पनि राजनीतिक दलमा गौण मानिन्छ, तब प्रष्ट भए हुन्छ, त्यो दलको ढीलोचाँडो विघटन अवश्यंभावी छ । हिजोको माओवादीको एमालेमा पलायनसँगै हिजोको प्रजातान्त्रिक कांग्रेसको नेपाली कांग्रेसमा विलय त्यसैको दृष्टान्त हो ।
कांग्रेस पार्टीले किसुनजीको कालखण्डपछि प्राविधिक रुपमा नेतृत्वत पायो । तर, नेता पाएन । पार्टी स्वयंम परिवारका सदस्यहरुको व्यवस्थापन गर्ने कम्पनीमा रुपान्तरण हुँदै गयो । पार्टीभित्र बेथितिका चाङ भएकै कारण आन्तरिक सकस बढ्दै जाँदा पार्टीमा युवा आकर्षणसमेत घट्न पुग्यो ।
वीपीले परिकल्पना गर्नु भएको प्रजातान्त्रिक समाजवादका नाममा काठमाण्डौंमा आलिसान महल जोड्न थालियो । बालुवाटारै बिक्री हुदाँ समेत कांग्रेस बोल्न नसक्ने भयो । प्रस्तावित निर्वाचन आयुक्तलाई सोधिएको प्रश्नको जवाफ नेकपाका सांसदले दिँदा समेत निष्पक्षताको त्यो विषयले कांग्रेसलाई छोएन । एउटा हवाई सपनाको काल्पनिक योजनामा करोडौं खर्चेर उदघाटन नामको तामझाम राज्यद्वारा गरिँदा राज्यलाई खबरदारी गर्नुपर्ने कांग्रेस १०/८ जना चलायमान युवायुवतीलाई पार्टी प्रवेश गराउन दुई–दुई थान हेलीकप्टर चार्टड गरेर गिनीजबुकमा नाम लेखाइँदैछ । सत्ता र प्रतिपक्षको चाल ढाल हेर्दा लाग्छ उनीहरु दुबै सत्ता सञ्चालन र प्रतीपक्षका नाममा ‘पुतलीको बिहे’ को खेल खेल्दैछन् । राज्य र प्रतीपक्षको यही पुतलीको खेलकै कारण संबिधान विरोधी शक्तिले बल आर्जन गर्दै गरेका हुन् । 
संबैधानिक परिषदमा विपक्षी दलका नेताको उपस्थितिलाई लोकतन्त्रमा अनिवार्य शर्त मानिन्छ । तर, नेकपा निर्मित कम्युनिष्ट सरकार लोकतन्त्रको न्युनतम मान्यता रुपी त्यो अभ्यासको खिलापमा देखा प¥यो । उता विपक्षी दल पनी स्वस्थानी व्रतकथाको प्रसादझंै आफ्नै नातागोताको खुद्रे जागिरका निम्ति सत्तासँग सौदावजी गर्न पुग्दा राज्यद्वारा सिर्जित बेथितिका विरुद्ध संसद, सडक र न्यायालय कहीँ पनि जाने जाँगर देखाएन ।
पार्टी नेतृत्व सामु पार्टीका मझौला र युवा नेताहरुले भन्न नसकेको सत्य कुरा के हो भन्दा बरु ‘तपाईकी सासूलाई राजदुतबाट फिर्ता गर्न लगाउनुस् तर, राज्यद्वारा गरिएका बेथितिको विषय तपाइकी सासूको राजदुत पदसँग साट्न सकिन्न’ भन्लान् देउवासामु भन्ने नै हो । तर, न त नेताहरुले देउवा सामु यो कुरा भन्न सके, न त पारिवारिक घेराबाट उम्केर यो विषय देउवाले बोल्न नै सके ।
सम्पति जोगाउनै धौधौ भएका कारण हुन सक्छ, सत्तासामु प्रष्टरुपमा दृष्टिकोण राख्नै नसक्ने विभाजित मनस्थितिको आजको कांग्रेसमा आमूल परिवर्तन बेगर कांग्रेसलाई एक नम्बरको जनताको पार्टी बनाउन सम्भव छैन । गुन्यु चोलीदेखि गुटका गन्थनसम्म फाइभ स्टारमै गर्न रुचाउने यथास्थितिको कांग्रेसबाट जनताका एजेण्डाको सम्बोधन सम्भवै छैन । नाम वीपीको जप्ने तर, सपना बीबी (श्रीमती) को पूरा गर्न उद्दत कांग्रेसबाट यथास्थितिमा आशा राख्नु पनि बेकार हो ।
नयाँ दृष्टिकोण, उर्जा र भावी कार्ययोजना सहितको सवल कांग्रेसले मात्रै मुलुकलाई नेतृत्व दिन सम्भव छ । कांग्रेसले सरकारका बारे चिन्ता लिन जरुरी छैन । किनकि बालुवाटारमा ‘बा’ भन्दै निहुरिएर जाने वाहेकलाई प्रवेश निषेध गरिएकाले सत्ता आफैंले सत्ताको आयु छोट्याउदैछ ।
समस्या त बूढानीलकण्ठ दरबारभित्रै छ, जहाँ दाहिने हात अञ्जुली बनाएर निधारतिर लग्दै ‘दर्शन हजुर’ भन्ने बाहेकलाई विरलै प्रवेश दिने गरिएको छ । समाजवादी भनिएको पार्टीमा यो ‘दर्शन हजुर’ भन्ने प्रवृत्तिले कि त कांग्रेसको विकल्प खोजेको छ, अन्यथा पार्टीभित्र ठुलै आँधीबेहेरी निश्चित छ ।
अनलाईन खवर डट कमबाट

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१. सरकारले के कस्ता प्रकारका सार्वजनिक सेवा प्रवाह गर्दछ ? 
आधारभूत आवश्यकता परिपूर्ति सम्बन्धी सेवाहरू 
क्षमता अभिवृद्धि सम्बन्धी सेवाहरू 
कल्याणकारी सेवाहरू 
मनोरञ्जन सम्बन्धी सेवाहरू 
पूर्वाधार विकास सम्बन्धी सेवाहरू
२. कार्यालय व्यवस्थापनमा कम्प्युटर प्रणालीको आवश्यकता र महत्वबारे लेख्नुन्होस् । 
लामो तथा झन्झटिलो कागजी कार्य प्रणालीलाई सरल तथा मितव्ययी बनाउन 
कम समयमा बढी कार्य गर्न 
कार्यमा विश्वकसनीयता कायम राख्ना 
अनावश्यक जनशक्ति घटाउन 
जटिल कार्यप्रणालीलाई सरल बनाउन 
आधुनिक सञ्चारको प्रणालीको रूपमा प्रयोग गर्न 
ढिला–सुस्ती, अनियमितता तथा छलकपटलाई कम गर्न (सुशासनको प्रत्याभूति दिलाउन) 
फाइलिङ प्रणालीलाई सरल बनाउन 
कार्यालयमा अनावश्यक कागजी भण्डारलाई कम गर्न 
कार्यालयको कार्य प्रणालीलाई प्रयोगमा ल्याउन 
 भ्(न्यखभचलmभलत को अवधारणालाई प्रयोगमा ल्याउन 
३. भ्रष्टाचार बिरुद्धका ८ स्तम्भहरू 
भ्रष्टाचारविरूद्धका रणनीतिहरू 
निगरानी राख्ने निकायहरू 
जनचेतना  ड्डजनधारणा   ड्डन्यायपालिका 
प्रेस 
निजी क्षेत्र 
अन्तराष्ट्रिय सहयोग र सहकार्य 
४. सामाजिक समस्याहरू 
बाल मजदूर 
लागू औषध दुव्र्यसन तथा ओसारपसार 
चेलीबेटी बेच–बिखन तथा ओसारपसार 
शरणार्थी सम्बन्धी समस्या 
अव्यवस्थित बसाइसराइ 
जनसंख्या वृद्धि 
बढ्दो भ्रष्टाचार 
रूढिवादी प्रथा परम्परा, अन्धविश्वास  
बाल–विवाह, बहुविवाह, अनमेल विवाह 
५. दिगो विकास भनेको के हो ? 
भविष्यका पीडीका आवश्यकताहरूसँग सम्झौता नगरीकन वर्तमान पीडिीका आवश्यकताहरू          परिपूर्ति गर्नु नै दिगो विकास हो । 
दिगो विकासका मुख्यतया दुई सिद्धान्तहरू छन् 
  — आधारभूत आवश्यकताको परिपूर्ति 
  — विद्यमान स्रोतको उचित प्रयोग । 
दिगो विकास शब्दको प्रयोग सन् १९८३ मा ग्ल्इद्वारा गठित वातावरण र विकाससम्बन्धी विश्व आयोग द्यचगलमतबिलम ऋयmmष्ककष्यल (रुन्टल्याण्ड आयोग) जसको अध्यक्ष ल्यचधबथ की प्रधानमन्त्री म्च।न्चय ज्बचझि द्यचगलमतबिलम द्वारा सन् १९८७ मा हाम्रो साझा भविष्य (इगच ऋयmmयल ँगतगचभ) मा ल्याइएको थियो । 
प्राकृतिक स्रोत, साधन, वातावरण, जनसंख्या र विकास गतिविधिहरू बीचको उचित एवं सन्तुलित तालमेललाई नै दिगो विकास भनिन्छ । 
वर्तमान पीडिलाई वातावरण नबिग्रने गरी आफ्नो जीवनस्तर उकास्न सहयोग पुया¥उन यसले सहयोग गर्छ । 
६. वातावरण व्यवस्थापन बारे चर्चा गर्नुहोस् । 
जनसंख्या, वातावरण र विकास समानुपातिक ढंगले अगाडि बढाउनु नै वातावरण व्यवस्थापन हो । 
वातावरण संरक्षण, वातावरण संरक्षण र आर्थिक विकास, वातावरण र गरिबी निवारण बीचको अन्तरसम्बन्ध, वातावरण र समग्र विकास बीचको सम्बन्ध, वातावरण र राष्ट्रिय नीति तथा क्षेत्रगत नीतिहरू बीच सम्बन्ध आदि विषयहरू वातावरण व्यवस्थापनसँग सम्बन्धित छन् । 
वास्तवमा वातावरण व्यवस्थापन एउटा यस्तो पद्धति हो, जसबाट प्रतिकूल वातावरणीय प्रभावलाई प्रक्रियागत तरिकाबाट न्यून गरी निरन्तर रूपमा वातावरणीय गुणस्तर कायम गरिन्छ । 
वातावरण व्यवस्थापनले हरित विकासको अवधारणालाई प्रोत्साहन दिई मानवीय क्रियाकलाप र विकास निर्माणलाई वातावरण मैत्री (भ्अय(ाचष्भलमथि) बनाउँदै जलवायु परिवर्तनबाट हुने प्रतिकूल असरलाई न्यूनीकरण गर्ने एवं अनुकूलित बनाउने लक्ष्य लिएको हुन्छ । 

साहित्य/सिर्जना 

काठमाण्डौंहरू

गोधुली साझमा, तेजिलो मुस्कान
छर्छन् हिमालहरू
स्वथ्य हावा सुसेल्दै
हरियाली ओढ्छन
पहाडहरू
हिमाल र पहाडको फेदीमा
राजनीति गर्छन
काठमाण्डौंहरू
प्राकृतिक छटा धुमिल पारेर
अघोषित यो राजनीति ?
गजब छ बा !
मागी खाने भाडो भा छ
केन्द्रिय मेव
मेवले गर्ने दाइ
कसै कसैको पेवा जस्तो
बेथितिहरू पालेर
आसेपासे भिराभुरीहरू जमाएर
च्याखे थाप्छ
र सुरु गर्छ
फोहोरहरूको राजनीति
सडकहरूको राजनीति
ग्यासहरूको राजनीति
पानीहरूको राजनीति
बिजुलीहरुको राजनीति
बिमानहरूको राजनीति
यातायातहरूको राजनीति
रोजगारीहरूको राजनीति
शिक्षाहरूको राजनीति आदि इत्यादि
काठमाण्डौंहरू
सधै स्वागत योग्य
चारैतिर द्वार छ
द्वारभित्र मिसावट चिजबिजहरू चनाखो छ
सोझा मान्छेहरू
सुन्दर सपना बुनेर
ओइरोका ओइरो, ताती लाग्छन्
एकमुठी श्वास राखेर
हामी मान्छेहरूलाई
मेहमान बनाउदै छ
काठमाण्डौंहरू
चखाउछ दिनरात
महङ्गीहरू
दुर्गन्धित बिचारहरू
देखाउछ, नरकका काखहरू
कारुनिक चित्कारहरु
यदाकदा मुखरित आवाजहरू
सुन्दैनन्
काठमाण्डौंहरू
मानौं उनीहरू
माना रोपेर मुरी फलाउने दाउमा
सधैं सधैं जागा जागा छन्
र एकनास
चुसिरहन्छ हामीहरुलाई
काठमाण्डौंहरू
बाबुराम श्रेष्ठ “यात्री”
सिन्धुली

No comments:

Post a Comment