Friday, November 8, 2013

बिम्ब साप्ताहिक डोटी, मिति २०७० साल कार्तिक २१ गते बिहिवार मंगलवार तिहार भएका कारण यो अंक बिहिवार प्रकाशन गरिएको छ ।

मुख्य समाचार

दल परिवर्तन गर्दै गैर मतदाताहरु

“म ईन्डिया गएको थिएँ, त्यसकारण मतदाता नामावलीमा नाम समावेश गर्न सकेन । चुनाव सुरु भयो, नेताहरु गाउँमा आए पार्टी प्रवेश गर्नु प¥यो भने, मैले गरे ।”
डोटीको डौड गाबिसका एक व्यक्तिले भने– म मतदाता त होईन तर पुरानो पार्टी छोडेर नयाँ पार्टीमा लागेको छु, आफु नभएपनि अरुलाई त भोट हाल्न भन्न सक्छु नि !” आफु मतदाता नभएको आफुले प्रवेश गरेको पार्टीलाई थाह नभएको वताउने ति व्यक्तिले भने– म जस्ता पार्टी प्रवेश गर्ने गैर मतदाताहरु धेरै छन । उनले चुनाव प्रचार प्रसारमा पनि अधिकांस गैर मतदाता भएको दावी गरे ।
मंसिर ४ गते हुने अर्को संबिधानसभाको निर्वाचनको मिति नजिकिँदै जाँदा एक पार्टीवाट अर्को पार्टीमा प्रवेश गर्नेहरुको संख्या पनि बढ्दै गएको छ । पार्टी प्रवेश गर्नेहरुमा बिगतको निर्वाचनमा मतदान मात्र गरेका देखि पार्टीको आधिारिक कमिटीमा वसेका व्यक्तिहरु समेत रहेका छन । आफुलाई बिगतको भन्दा फरक देखाउनका लागि उनीहरुले पार्टी परिवर्तन गरिरहेको वताउँछन ।
कसैका केही बाध्यता छन, कसैका केही, कालिकास्थान गाबिसका एक मतदाताले भने– घरायसी झगडाका कारण समेत पार्टी परिवर्तन भईरहेका छन । उनका अनुसार तिनै व्यक्तिहरु सवै पार्टीको कार्यक्रममा टिका   लगाईरहेका छन जसको मतदाता नामावलीमा नामै छैन ।
निर्वाचन प्रचार प्रसारको क्रममा उमेर नपुगेका व्यक्तिहरु र गैरमतदाताहरुको समेत निकै उपस्थिति देखिएको छ । नेपालको प्रचलित कानुन अनुसार १८ वर्ष पुरा भएका व्यक्तिहरुले मतदानमा भाग लिन पाउने व्यवस्था रहेको छ ।
बिगतका निर्वाचनमा अर्काको नामवाट मतदान गर्ने गरेको पाईएपछि निर्वाचन आयोगले फोटो सहितको मतदाता नामावली संकलन गरेको थियो । सो नामावलीमा नाम समावेश भएका व्यक्तिहरुलाई मंसिर ४ मा हुने संबिधानसभा निर्वाचन प्रयोजनका लागि अस्थायी मतदाता नामावली दिने निर्वाचन आयोगले जनाएको छ । डोटी जिल्लामा दुई निर्वाचन क्षेत्र रहेका छन भने दुवै क्षेत्रमा  गरी करीव ९० हजार मतदाताहरु रहेका जिल्ला निर्वाचन कार्यालय डोटीले जानकारी दिएको छ ।

सम्पादकीय

अव चुनाव सर्नु हुँदैन

मंसिर ४ मा हुने भनिएको संबिधानसभाको निर्वाचनको मिति जति जति नजिकिँदै गएको छ, चुनाव सर्ने हल्ला पनि वढ्दै गएको छ । मुल रुपमा नेकपा–माओवादी नेतृत्वमा रहेको ३३ दलीय मोर्चाले चुनावको बिरुद्धमा कार्तिक २५ गते देखि मंसिर ५ गतेसम्म गर्ने भनेको वन्दका कारण चुनाव सर्छ कि भन्ने हल्ला वढ्न थालेको हो । अर्कोतिर देशका बिभिन्न स्थानहरुमा चुनाव बिरोधी क्रियाकलापहरु पनि भईरहेका कारण चुनावप्रति संका उत्पन्न भएको हो ।
निश्चित रुपमा एक राजनीतिक शक्तिलाई वाहिर राखेर चुनाव गराउनु हुँदैनथ्यो । राजनीतिक रंगमञ्चमा देखिएका सवै राजनीतिक दलहरुलाई चुनावमा सहभागि गराई निर्वाचनमा जाने वातावरण वनाउनु पथ्र्यौ, त्यो हुन सकेन । अहिले चुनावको बिरुद्धमा देखिएको मोर्चाले राजनीतिक सहमति नभएसम्म चुनावको औचित्य हुँदैन भन्ने कुरा राखेको हो, जो आफैमा गलत कुरा पनि होईन । दुई वर्षभित्र संबिधानसभा मार्फत नयाँ संबिधान जारी गर्ने प्रतिवद्धता  गरेका दलहरुले चार वर्ष बिताउँदा समेत नयाँ संबिधान जारी गर्न सकेनन् । यस अर्थमा जवसम्म राजनीतिक सहमति हुन सक्दैन तव सम्म निर्वाचनको कुनै औचित्य छैन भन्ने कुरालाई नकार्न सकिँदैन । अर्को कुरा वहालवाला न्यायपालिकाको प्रमुख व्यक्ति कार्यपालिकाको समेत प्रमुख हुने कुरा कानुनी न्यायको सिद्धान्त, शक्ति सन्तुलन तथा शक्ति पृथकिकरणको सिद्धान्त र आम राजनीतिक सिद्धान्त बिपरित पनि हो ।
त्यसैले ३३ दलीय मोर्चाले उठान गरेको कुराहरु सवै गलत मात्रै हुन भन्ने ढंगले जो सोचियो, त्यो नै दुर्भाग्य हो । उनीहरुलाई पनि राजनीतिक सहमतिमा ल्याएर चुनाव गराउनु पथ्र्यौ । यदि सर्वसम्मत हुन सक्थ्यो भने मंसिरको सट्टा चैत्रमै चुनाव हुन्थ्यो भने पनि त्यसलाई सामान्य रुपमा लिईनु पर्ने थियो । सरकारी पक्ष र चार दलीय संयन्त्रवाट त्यो बिषयमा जिम्मेवारपूर्ण प्रस्तुति नभएकै हो । यस कुरालाई सवैले स्वीकार गर्नु पर्ने बिषय हो ।
तर, अव देश चुनावका लागि धेरै अगाडी वढीसकेको छ ।     राज्यले चुनावका लागि ठुलो धनराशी खर्च गरिसकेको छ, राजनीतिक दलहरु, उम्मेदवारहरुले पनि चुनाव प्रचार प्रसारको नाममा मानवीय तथा आर्थिक श्रोत खर्च गरिसकेका छन । यस अवस्थामा अव चुनाव रोक्ने कुरा कसैको पनि पक्षमा हुन सक्दैन । त्यसैले अव कसैले पनि मंसिर ४ मा हुने संबिधानसभाको निर्वाचनलाई रोक्ने मुर्खतापूर्ण काम गर्नु वेईमानी हुनेछ ।
गाउँ गाउँ–बस्ती बस्तीसम्म चुनावमय भएको बेला कुनै पनि दल वा मोर्चाले चुनाव बिरोधी कुरा गर्नु चुनावमा हिंसा निम्त्याउनु मात्र हुनेछ । त्यसकारण वर्तमान सरकार र चार राजनीतिक दलको संयन्त्रले बिरोधी दलहरुलाई पुनः वार्तामा वोलाउनु पर्छ । संबिधानसभाको निर्वाचन भईसकेकपछि पनि संबिधान निर्माणको सवालमा उनीहरुको सहभागिताको लागि बैकल्पिक वाटो खोजिनु पर्छ र उनीहरुको बिरोधको कार्यत्रमलाई शान्तिपूर्ण तरिकावाट मत्थर गरिनुपर्छ । अव चुनाव रोक्ने कुराले वर्तमान सरकार, चुनावको पक्षमा रहेको राजनीतिक दलहरु, देश, जनता र स्वयं चुनावको बिरुद्धमा रहेका दलहरुलाई पनि फाईदा पुग्न सक्दैन । त्यसैले अव चुनावलाई रोक्ने होईन चुनावलाई सहयोग पुग्ने गरी ३३ दलीय मोर्चाले प्रस्तुत हुनु पर्छ र चार दलीय संयन्त्र तथा वर्तमान सरकारले पनि त्यो वातावरण तयार गर्नु पर्छ ।
वर्तमान परिवेशमा धेरै ठुलो लगानी भईसकेको कुरालाई सवैले ध्यान दिनु जरुरी छ । “चुनाव जसरी पनि गर्ने” र “चुनाव जसरी पनि बिथोल्ने” भन्ने आप्mना पूर्ववत् अडानहरुलाई हारजितको बिषय वनाउनु कुनै जरुरी छैन । यसो गरेमा मुलुकले ठुलो क्षेति व्यहोर्नु पर्ने हुन्छ । मंसिर ४ गते हुने चुनावलाई यथावत राख्ने गरी ३३ दलीय मोर्चा र चुनाव पक्षीय दलहरुका बिचमा सहमति हुनु जरुरी छ ।

थप समाचार

१४ जनाले टेलिमेडिसन सेवा लिए

डोटी जिल्ला अस्पतालले सुरु गरेको टेलिमेडिसन पद्धतिवाट हालसम्म १४ जनाले उपचार सेवा प्राप्त गरेका छन ।
अस्पतालका स्वास्थ्य सहायक रमेश मलासीका अनुसार २०७० साल श्रावण देखि बिधिवत रुपमा सुरु भएको उक्त सेवा लिनेहरुले संख्या हालसम्म १४ पुगेको हो । बिरामीको अवस्थाको जाँच गरी लक्षणहरु नेट मार्फत बिशेषज्ञहरुलाई पठाउने र उनीहरुको सल्लाहका आधारमा उपचार गरिने उक्त सेवालाई कम खर्चिलो सेवाका रुपमा मानिने गरिएको छ ।
मलासीका अनुसार उक्त सेवा लिनका लागि बढी जसो छालाका रोगीहरु आउने गरेका छन । जिल्ला अस्पतालमा उपचार हुन नसक्ने रोगीहरुको लागि स्वास्थ्यकर्मीहरुले रोगको लक्षणको आधारमा प्रतिवेदन तयार गर्ने र सो प्रतिवेदन नेटमार्फत पाटन अस्पतालका बिशेषज्ञ चिकित्सकहरुलाई पठाईन्छ । बिशेषज्ञहरुको सल्लाहका आधारमा       बिरामीलाई उपचार सेवा प्रदान गरिने मलासीले वताए ।
सेवा लिन आएकाहरुमध्ये हालसम्म चार जनाले उपचार पाई निको समेत भएको मलासीको भनाई छ । २०६९ साल मंसिरदेखिनै नै उक्त सेवा जिल्ला अस्पतालले आफ्नै पहलमा सञ्चालन गरेको भएपनि स्रोत साधनको अभावका कारण त्यति     प्रभावकारी हुन सकेको थिएन, मलासीले अहिले सरकारले स्रोत साधन उपलव्ध गराएको जानकारी गराए ।
उक्त सेवाका लागि जिल्ला अस्पतालका तीन जना स्वास्थ्यकर्मीहरुले तालिम लिएको भएपनि हाल तीनै जना सरुवा भई अन्यत्र गएका कारण आफुले उक्त सेवा सञ्चालन गरिरहेको मलासीले वताए । दुर्गम क्षेत्रका जनता जो भौगोलिक रुपमा र आर्थिक रुपमा आधुनिक स्वास्थ्य सेवावाट टाढा रहेका छन उनीहरुलाई लक्षित गरी यो सेवा सञ्चालन         गरिएको मलासीको भनाई थियो ।
आधुनिक युगमा बिशेषज्ञ स्वास्थ्य सेवा सबै जनताले पाउन भन्ने उद्देश्यका लागि टेलिमेडिसन सेवा सञ्चालन गरिएको वताउँछन जिल्ला अस्पतालका चिकित्सक डा फडिन्द्र वराल । डा. बरालले उक्त सेवावाट गरीव जनताले पनि बिशेषज्ञ सेवा पाउने दावी गरे ।

बहुुमत ल्याउन मेची–महाकाली अभियान

अर्कों संबिधानसभाको निर्वाचनमा आफ्ना उम्मेदवारहरुलाई बिजयी गराउनका लागि एकिकृत नेकपा माओवादीले काँकडभित्तावाट मेची–महाकाली अभियान सुरु गरेको छ ।
अध्यक्ष प्रचण्डको नेतृत्वमा सुरु भएको अभियान बुधवार काँकडभित्तामा उद्घाटन गरिएको हो । अभियानमा पार्टीका नेताहरु वावुराम भट्टराई   र नारायणकाजी श्रेष्ठको समेत सहभागिता रहेको  छ । दौडाह अभियानले चुनावी माहोल वन्ने र पार्टीले बहुमत ल्याउने एमाओवादी नेताहरुको बुझाई         रहेको छ ।
बुधवार काँकडभित्तावाट सुरु भएको उक्त अभियान कार्तिक २७ गते कञ्चनपुरको महेन्द्रनगर पुग्नेछ । बुधवारै अभियानका संयोजक दाहालले काँकडभित्ता, बिर्तामोड, दमक, मोरङको उर्लावारी, पथरी, वेलवारी बिराटचोक, ईटहरी दुहवी र       बिराटनगरको सभालाई सम्वोधन गरेका छन । सम्वोधनका क्रममा अध्यक्ष प्रचण्डले अन्य पार्टीका शिर्ष नेताहरु चुनाव हार्ने डरले आप्mनो क्षेत्र छोड्न डराईरहेको आरोप लगाएका थिए । प्रचण्डले आगामी निर्वाचनवाट आप्mनो पार्टीले दुई तिहाई मत पाए मात्रै संबिधन वन्ने दावी गरे । एमाओवादीले बहुमत ल्याए १० वर्षमा मुलुकलाई कायापलट गरिदिने पनि उनले दावी गरे ।
संघीय लोकतान्त्रिक नेपालका एजेण्डाहरु एमाओवादीको बलिदानीपूर्ण संघर्षवाट मात्रै स्थापित भएका वताउँदै प्रचण्डले भने–९० प्रतिसत भन्दा बढी मुद्धा एमाओवादीको बलिदानीपछि मात्रै राष्ट्रिय मुद्धा वनेका हुन । यो तथ्यलाई नेपाली जनताले बिर्सेका छैनन्, प्रचण्डले एकता र आम जनताको परिवर्तनको चाहनालाई सम्वोधन गर्ने शक्ति एमाओवादी मात्रै भएको दावी समेत गरे ।
कमसेकम पाँच वर्षका लागि देश बलियो र स्थिर सरकार वनाउने प्रक्रियामा जानु पर्छ, प्रचण्डले भने–त्यसका लागि एमाओवादीलाई प्रष्ट बहुमत आवश्यक पर्ने छ ।  बिकास निर्माण र उत्पादन क्षेमतालाई नयाँ उचाईमा उठाउनका लागि ईतिहास र नेपाली जनताले एक पटक एमाओवादीलाई देशको जिम्मा दिन खोजेपनि प्रष्ट बहुमत नभएका कारण पहिचान र आधारसहितको नयाँ संबिधान वनाउन नसकिएको दाहालको भनाई थियो ।
अभियानमा सहभागि एमाओवादी नेता तथा पूर्व प्रधानमन्त्री वावुराम भट्टराईले प्राप्त उपलव्धीहरु संस्थागत गर्न बहुमत आवश्यक परेको तर्फ गरे । भट्टराईले एमाओवादीसंग भएको एजेण्डा अन्य पार्टीसंग नभएको वताउँदै भने–अन्य पार्टीले दश वर्षपछि सोच्ने कुरा हामी अहिल्यै योजना गर्छौं । उनले एमाओवादी तिव्र आर्थिक बिकास गर्न ईच्छुक रहेको बताउँदै त्यसका लागि स्थिर सरकार आवश्यक पर्ने वताए ।
दशैंमा लुगा फेरेझैं प्रत्येक वर्ष सरकार मात्रै फेरेर देशको बिकास सम्भव नभएको वताउँदै    भट्टराईले त्यसैले आफुहरुले जनतावाट प्रत्येक्ष निर्वाचित राष्ट्रपति भनेको वताए । भट्टराईले         राजनीतिक परिवर्तनपछि मात्रै आर्थिक लगायत अन्य परिवर्तन हुने वताए ।
अर्का नेता नारायणकाजी श्रेष्ठले एमाओवादीले हजारौंको बलीदानीवाट यो संबिधान वनाउने मौका स्थापित गरेको वताउँदै अर्को संबिधानसभाको निर्वाचनमा पार्टीले वहुमत ल्याउने दावी गरे । अग्रगामी नयाँ संबिधान सहितको बिकासको ढोका खोल्नका लागि एमाओवादी अभियानमा लागेको वताउँदै नेता श्रेष्ठले निर्वाचनवाट स्वच्छ र स्थिर सरकार वनेमात्र त्यो सम्भव हुने जनाए ।
निर्वाचन लक्षित मेची–महाकाली राष्ट्रिय जागरण अभियान उद्घाटनपछि अभियानकै ट्रकमा यात्रा गर्दै नेताहरु अगाडी वढेका छन ।
ÊÊÊÊ

हिन्दु राज्यको अभियान हस्तक्षेप होईन

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपाललाई हिन्दु      राज्य बनाउने अभियानमा प्राप्त विदेशी समर्थन र सहयोगलाई हस्तक्षेप भन्न नमिल्ने बताएका छन ।
बुधवार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षत्कारमा थापाले विश्वभरका एक अर्ब आठ करोड हिन्दुहरुले नेपाललाई हिन्दु अधिराज्य बनाउने अभियानमा समर्थन र सद्भाव देखाईरहेको खुलासा समेत गरे ।
नेपाल हिन्दु अधिराज्य होेस् भनेर विश्वभरका हिन्दुहरुको शुभेच्छा हुनुलाई हस्तक्षेप भन्न मिल्दैन, थापाले भने–       भारतका मात्र नभएर विश्वभरका हिन्दुहरुको नेपाललाई हिन्दु अधिराज्य बनाउने पक्षमा उठेको आबाज र अभियानमा सहयोग र सद्भाव छ । चुनाव पछि निर्णायक शक्तिको रुपमा आउने दाबी गर्दै थापाले सबै धर्मको बीच समानता सुनिश्चित गर्दै हिन्दु     अधिराज्य कायम गरिछाड्ने दावी गरे । थापाले राजा, नेकपा–माहोवादी र लोकतन्त्रवादी सबै अटाउने गरी आफ्नो दलले संविधान निर्माणमा निर्णायक भुमिका निभाउने बताए । थापाले धर्म र राष्ट्रिय स्वाधिनताको रक्षामा स्पष्ट दृष्टिकोण साथ उभिएकाले राप्रपा नेपालका पक्षमा जनलहर आएको दाबी गरे ।
उनले भने– जनताको अन्तरहृदयमा राष्ट्रप्रतिको माया र राष्ट्रिय स्वार्थको जर्गेना र प्रवद्र्धन गर्न सक्नुले मात्र राष्ट्रियता बलियो हुन्छ । आफ्नो दल एनेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेसवादी दलको विकल्पका रुपमा आएको भन्दै थापाले आगामी चुनाबमा अप्रत्याशित नतिजाका साथ निर्णायक शक्ति हुने बताए । चार दलको सर्वसत्ताबादी व्यवहारका कारण मोहन बैद्य किरण पक्ष निर्वाचनबाट    बाहिरिएको थापाको तर्क थियो । थापाले प्रत्यक्षतर्फ जनता अझै अनिर्णित भएको र समानुपातिकतर्फ आफ्नो दलले सबैभन्दा बढी मत हासिल राप्रपा नेपाल पहिलो  नम्बरमा आउने वताए । 

महाप्रवन्धक आफै अनसनमा

साझा प्रकाशनकी अध्यक्ष तथा    महा प्रबन्धक ममता झाले बुधवारबाट आमरण अनशन सुरु गरेकी छिन् ।      
सरकारसँग पाँच बुदे  माग राख्दै झाले प्रकाशनको केन्द्रीय कार्यालय पुल्चोक परिसरमा आमरण अनशन सुरु गरेकी    हुन् । “प्रकाशनलाई उकास्न सरकारसँग पटक पटक सहयोग माग्दा सुनुवाई भएन” उनले भनिन्– सुनुवाई नभएपछि बाध्य भएर अनशनमा बसेकी हुँ । झाले बुधवार विहान ६ बजेदेखि अनसन सुरु गरेकी हुन् ।
समावेशी साहित्यिक पुस्तक छाप्न सरकारले ५ करोड उपलब्ध गराउनु पर्ने, सरकारी स्वामित्वको जनक शिक्षाले प्रकाशन गरेका सबै पुस्तकहरु साझाले बिक्रि गर्न पाउनु पर्ने, प्रकाशनलाई आत्मनिर्भर बन्न सरकारले १५ करोड ऋण उपलब्ध गराउनु पर्ने लगायत माग राखेर झाले अनशन सुरु गरेकी हुन् ।
तिन वर्ष अघि उनी अध्यक्षमा नियुक्त भएकी हुन् । आफुले बजेट बन्ने बेलामा नै सरकारलाई मागबारे अबगत गराए पनि सुनुवाई नभएको उनको गुनासो छ । “सरकारी नीतिका कारण ऐतिहासिक संस्था धराशायी बनेको हो” उनले भनिन्–कसैले ध्यान नदिएपछि अनशन बस्नु प¥यो ।

चुुनाव हार्दै शिर्ष नेताहरु

संबिधानसभाको आसन्न निर्वाचनमा ठुला दलका शिर्ष नेताहरु चुनाव हार्दै      गरेको एक सर्वेक्षणले देखाएको छ ।
नेपालमा रहेका बिदेशी कुटनीतिक नियोगहरुले गरेको निर्वाचनको प्रारम्भिक सर्वेक्षणले शिर्ष नेताहरुले चुनाव हार्ने देखाएको हो । श्रोतका अनुसार छिमेकी भारत, चिन र संयुक्त राज्य अमेरिकाका नेपालस्थित नियोगहरुले गरेको सर्वेक्षणमा अप्रत्यासित रुपमा नेकपा एमाले पहिलो, नेपाली कांग्रेस दोश्रो र एनेकपा माओवादी तेश्रो तथा राजावादी पार्टी राप्रपा नेपाल निर्वाचनपछि चौथो ठुलो दल हुने पनि     प्रारम्भिक सर्वेक्षणले देखाएको छ । मधेशवादी दलहरुको अवस्था भने सर्वेक्षणमा अत्यन्तै नाजुक देखाईएको छ ।
नेपाली कांग्रेसका सभापति सुशिल कोईराला, बरिष्ठ नेता शेरवहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल तिनै जनाले निर्वाचनमा पराजय भोग्नु पर्ने अवस्था     छ । त्यसैगरी एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन हार्ने तथा अर्का नेता वावुराम भट्टराई रुपन्देहीमा चुनाव हार्ने र गोरखामा झिनो मतले जित्ने दावी सर्वेक्षणमा गरिएको छ । एमाले अध्यक्ष झलनाथ खनाल तथा वरिष्ठ नेता माधवकुमार नेपालले चुनाव हार्दै गरेका छन । सर्वेक्षणमा कांग्रेस महामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहले भारी मतले निर्वाचन जित्ने देखाएको छ । एमाओवादी नेता नारायणकाजी श्रेष्ठ, एमाले नेता केपी ओली र वामदेव गौतमलाई पनि निर्वाचन जित्ने देखाईएको छ । त्यस्तै मधेशवादी दलहरुमध्ये तमलोपा अध्यक्ष महन्त ठाकुर चुनाव जित्ने सर्वेक्षणले देखाएको छ ।
कांग्रेस सभापति कोईरालाले चितवनमा वागी उम्मेदवार तथा वाँकेमा कार्यकर्ताभित्र चरम असन्तुष्टिका कारण, शेरवहादुर देउवाले डडेल्धुरामा प्रतिपक्षी एमाओवादीका युवा उम्मेदवारको लोकप्रियताका कारण र कैलालीमा सेती महाकालीको मुद्धाका कारण तथा उपसभापति रामचन्द्र पौडेलले आप्mनै पार्टीका वागी उम्मेदवारका कारण निर्वाचन हार्दै गरेको सर्वेक्षणमा देखाईएको छ । एमाओवादी अध्यक्ष प्रचण्डले काठमाण्डौंमा बिगतमा निर्वाचन जितेपछि मतदातालाई वास्ता नगरेको तथा बिपक्षी पार्टीले स्थानीय नेवार समुदायवाट उम्मेदवार वनाएका  कारण तथा सिराहामा पाहुना उम्मेदवार भन्दै निर्वाचनमा हार्ने देखाएको छ भने वावुराम भट्टराईले रुपन्देहीमा एमालेका लोकप्रिय उम्मेदवारका कारण चुनाव हार्दैछन ।
यसैगरी एमाले अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधवकुमार नेपालको निर्वाचन क्षेत्रमा मतदाताहरुले नयाँ अनुहार रोजेकाले चुनावमा पराजित हुनुपर्ने अवस्था आएको सर्वेक्षणमा देखाईएको छ । राजावादी पार्टी राप्रपा नेपाल भने हिन्दु राज्यका     कारण समानुपातिकवाट अप्रत्यासित सिट प्राप्त गर्ने सर्वेक्षणमा देखाईएको छ । मधेशवादी दलहरुले पछिल्लो पटकको निर्वाचनमा निरन्तर सत्ताको नजिक रहेपनि मधेशी जनताको लागी कुनै उल्लेख्य काम गर्न नसकेको भन्दै जनतामा निराशा        रहेको छ ।
निर्वाचन सर्वेक्षणमा राजधानी काठमाण्डौंमा नेपाली कांग्रेसको दवदवा देखाईएको छ । क्षेत्र १ मा कांग्रेसका प्रकाशमान सिंह, २ मा कांग्रेसकै प्रतिभा गौतम, ३ मा कांग्रेसकै चक्र ठकुरीले चुनाव जित्ने देखाईएको छ भने ४ मा एमाओवादीका नन्दकिशोर पुन “पासाङ” ५ मा एमालेका ईश्वर पोखरेल, ६ मा कांग्रेसका भीमसेनदाश प्रधान, ७ मा एमाओवादीका हिसिला यमी, ८ मा कांग्रेसका नविन्द्रराज जोशी, ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ र १० मा कांग्रेसका       राजन केसी निर्वाचन जित्ने देखाईएको छ ।
यो पहिलो सर्वेक्षण हो, अन्तीम सर्वेक्षण निर्वाचनले नै गर्ने हो सर्वेक्षणका एक सहभागिले भने । उनले दोश्रो सर्वेक्षणको नजिताका लागि आफुहरु व्यग्रढंगले      कुरिरहेको वताए । स्रोतका अनुसार यस पटकको निर्वाचनमा भारत, चिन र     अमेरिकाले संयुक्त रुपमा तथा युरोपियन युनियनले छुट्टै निर्वाचनको सर्वेक्षण        गरिरहेका छन । प्रारम्भिक सर्वेक्षणको प्रतिवेदन कतै सार्वजनिक नगरिएको भएपनि सर्वेक्षण गर्ने मुलुकहरुले भने आ–आप्mनो देशमा प्रतिवेदन पठाईसकेका छन ।
मुलधार न्युज.कम अनलाईन पत्रिकावाट

एमाले कार्यकर्ता बोकेको ट्याक्टर दुर्घटना

बाजुरा कुल्देवमाण्डौको चुनावी आमसभामा सहभागि हुन आएका  नेकपा एमालेका कार्यकर्ता बोकेको ट्रयाक्टर दुर्घटना हुँदा २६ जना घाइते भएका छन् ।
बाह्विसेको सिंगाडाबाट आएको से १ त ५७१४ नम्बरको ट्रयाक्टर बाह्विसेको बार्जुगाडमा दुर्घटना भएको हो । दुर्घटनामा परी कम्तीमा २६ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्ये लक्ष्मी शाही, पारस बुढा, कमल विक, लोकेन्द्र    सुनार, नर बुढा, हर्क शाही,     सुरेश शाही गम्भीर घाइते भएको  प्रहरीले वतायो । क्षमताभन्दा बढी यात्रु बोकेको ट्रयाक्टर कच्ची बाटोका कारण दुर्घटना भएको हुन सक्ने जनाइएको छ । तर ट्रयाक्टरको अचानक ब्रेक फेल भएपछि दुर्घनामा परेको चालक रमेश     रावतले बताए । घाईत मध्ये १८ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

त्रासमय जीवन वाँच्दै डौडवासीहरु

“अहिलेसम्म यो गाउँमा यसो प्रकारको घटना भएको थिएन, यिनै आएपछि यस्तो घटना भयो, अव त हामीलाई नयाँ मान्छे देखेपछि पनि डर लाग्न       थाल्यो ।”
माथीको भनाई डोटी डौड गाबिस–५ कि धौली दमाईको     हो । कार्तिक ९ गते राती १२ वजे डौड गाबिसका करीव आधा दर्जन घरहरुमा अज्ञात व्यक्तिहरुले प्रवेश गरेपछि स्थानीयवासीहरु आक्रोसित भएका छन । गाबिसका सुण्ड, मटेली, गाङ्खेत लगायतका गाउँहरुमा अज्ञात समूहको प्रवेश स्थानीयवासीहरु त्रसित भएका  छन ।
जिल्ला सदरमुकामवाट गएको मानवअधिकारकर्मी, सञ्चारकर्मी एवं कानुन व्यवसायीहरुको संयुक्त टोलीसंग कुरा गर्दै धोलीले भनिन्–       मध्येरातमा ढोका खोल्दै एक जनाभित्र पस्यो । सुतेका मान्छेहरुले ओडेको लुगा समेत तान्ने गरेको र हल्ला गर्ने बित्तिकै भाग्ने गरेको धौलीको भनाई थियो । दिउसो नेपाली सेनाका मान्छेहरु गाउँमा आएर यो घरमा को को वस्छन, गाउँमा राङ्गा वोकाहरु पाईन्छ कि, दाल तरकारी पाईन्छ कि भनेर सोधेको धोलीले वताईन । नेपाली सेनाका मान्छे हौं भन्दै आएका ति व्यक्तिहरुले दिउसो गाउँलेसंग कुरा हुँदा “यहाँका केटीहरु महिनावारी भएपछि कहाँ वस्छन, यो घरमा लोग्नेमान्छे छ कि छैन” भनेर समेत सोधेको धोलीको भनाई छ । राती घरमा पसेको मान्छेको अनुहार हेर्न नपाईएको वताउँदै धौलीले आफुहरुले हल्ला गरेको केही समयमै सेनाको एक जना मान्छे त्यहाँ पुगेको समेत    वताईन ।
“हामी सवै उठेर गाली गर्न थालेपछि दिउसो गाउँतिर आएको सेनाको मान्छे आईपुगेर किन हल्ला गरेको भनि सोधेको समेत धौलीले भनिन् । आप्mनो ड्युटी गाङ्खेत वास वसेका नेपाली कांग्रेसका उम्मेदवार बीरवहादुर वलायरको सुरक्षामा भएको वताउँदै ति सैनिकले यता हल्ला सुनेर आएको भनि राती स्थानीयलाई धेरै हल्ला नगर्न समेन भनेको पिडितहरु वताउँछन ।
सोही दिन गाङ्खेतमा पनि एक युवाले स्थानीय दुई जनाको घरमा प्रवेश गरेको खवर छ । स्थानीय लक्ष्मीदेवी (नाम        परिवर्तन) का अनुसार भेष्ट र कट्टुमा आएका निज व्यक्तिले      राती ढोका खोली टर्च लगाउने गरेको र हल्ला गरेपछि भागेको वताईन । सुण्डको जस्तै यस गाउँमा पनि दिउसो खाद्य वस्तुको खोजीमा आएको र आउँदा उस्तै खालका प्रश्न गरेको लक्ष्मीको भनाई छ । दिउसो आउँदा “हामी पनि नेपाली हौं नि, हामी नेपाली सेना हौं, नपत्याए हाम्रो       नागरिकता हेर्नुहोस” भन्दै स्थानीय महिलाहरुलाई नागरिकता देखाउने गरेको उनीहरुको भनाई छ । दिउसो आएका सेनाका मान्छेहरुमध्ये एक जनाले आफु डोटी मुड्भरा गाबिसको वासिन्दा भएको र अर्कोले कास्की जिल्लाको निवासी भएको वताएका स्थानीयवासीहरुको भनाई छ ।     राती आएको व्यक्ति दिउसो आफुलाई कास्कीको हुँ भन्ने नै भएको लक्ष्मीको दावी छ ।
“चाहिँदैन हामीलाई सेनाको क्याम्प, हाम्रो सुरक्षा हामी आफैं गर्छौ” स्थानीय ताराप्रसाद जोशीले भने–राती राती गाउँमा आएर जनतालाई त्रसाउनेहरुलाई यहाँवाट हटाउनु पर्छ । अहिलेसम्म यो गाउँमा त्यस्तो घटना नभएको र अहिले एकाएक यस्तो घटना सेनाकै मान्छेहरुवाट भएको जोशीको भनाई छ । जनताको घरघरमै गएर यहाँको शान्ति    सुरक्षा खल्वल्याउने काम गरेको वताउँछन स्थानीय हर्कवहादुर   सिंह । सिंहले भने–यदि यस्तै गर्ने हुन भने हामीलाई सेनाको कुनै आवश्यकता छैन । तपाईहरु यो कुरा कहाँ भन्नुपर्छ भन्नुहोस ।
आफुले पनि यस घटनाको वारेमा सुन्दा दुःख लागेको वताउँछन जनता जनार्दन उच्च माबिका शिक्षक टिकादत्त     जोशी । जोशीले भने–यस्तो अमानवीय घटना सुनियो, यस बिषयमा मैले पनि सेनाको क्याप्टेनसंग कुरा गरेको थिएँ तर उनले सेनावाट त्यस्तो घटना नभएको वताए । पहिले डौडमा यस्तो घटना नभएको शिक्षक जोशीको भनाई छ । यस्तै कुरा सुनाउँछन स्थानीय समाजसेवी चेतराज जोशी । सेनानै चाँहिदैन त म भन्दिन, सेना कहाँ वस्ने भन्ने कुरा उनीहरुको कुरा हो तर गाउँमा आएर यस्ता क्रियाकलापहरु गर्न नहुने जोशीको भनाई छ ।
यदि यस्ता गतिबिधिहरु दोहोरिए आफुहरु सेनाका बिरुद्धमा प्रतिकारमा लाग्ने वताउँछन स्थानीय कमल परियार । त्रासमय वातावरणमा वाँच्नु भन्दा         परम्परागत हातहतियारले भएपनि गाउँलेले प्रतिकार गर्ने उनी वताउँछन ।
प्रहरी चौकी डौडका ईन्चार्ज प्रहरी सहायक निरीक्षक योगेन्द्र देउवा पनि यो घटना यस क्षेत्रका लागि नौलो भएको वताउँछन । “मलाई यस क्षेत्रमा करीव तीन वर्ष हुन थाल्यो” देउवाले भने–यस अघि यस्तो घटना भएको थिएन । घटनाको जानकारी आउनासाथ आफुले स्थानीय वासीहरु र सेनाका क्याप्टेनलाई   राखेर कुराकानी गरेको ईन्चार्ज देउवाको भनाई छ ।
के सैनिकहरुद्वारानै भएको हो त यो घटना ? डौडमा रहेको नेपाली सेनाको क्याम्पका सहसेनानी (क्याप्टेन) चुडामणी पौडेल सेनाको संलग्नता नरहेको दावी गर्छन । पौडेलले सेनालाई वद्नाम       गराउनका लागि कुनै अर्कै समूहले यस्तो गरेको हुन सक्ने वताए । उनले चुनावको बिरुद्धमा लागेका राजनीतिक दलहरुवाट यस्तो घटना भएको हुन सक्ने समेत वताए । नेपाली कांग्रेसका उम्मेदवार बीरवहादुर वलायर आप्mनो चुनावी अभियानको क्रममा डौड आउनु भएको वेला यस्तो घटना भएको वताउँदै क्याप्टेन पौडेलले भने–यो          राजनीतिक घटना हुन सक्छ । स्थानीयवासीहरुले आफुलाई जानकारी गराउँदा आफुले तुरुन्तै आप्mनो क्याम्पमा सोधपुछ गरेको वताउँदै उनले भने–राती हाम्रो क्याम्पवाट कुनै पनि मान्छे वाहिर गएको छैन ।
वलायरको सुरक्षाका लागि सेनाको क्याम्पवाट सुरक्षाकर्मी नखटिएको पौडेलले वताए ।

आश्वासन वाँड्दै नेताहरु

“तेरो छोरालाई जागिर लाई दिन्छु, तँ मेरो पार्टीमा आ भन्यो, मेरो छोरालाई जागिर लाईदिने भए म जान्छु भने” तोलेनीका एक मतदाता नेताको आश्वासनपछि मख्ख छन । उनी छोराको जागिरको आशमा एक पार्टी परित्याग गरी अर्को पार्टीमा गएका छन ।
मंसिर ४ मा हुने अर्को संबिधानसभाको निर्वाचनको मिति नजिँकिदै जाँदा मत माग्न जनताको घरदैलोमा पुगेका उम्मेदवारहरुले जनतालाई ठुला ठुला आश्वासन दिन थालेका   छन । “म जित्नु मात्रै प¥यो यो गाउँमा खानेपानी ल्याईदिन्छु, यो गाउँमा सिँचाई पोखरी निर्माण   गरिदिन्छु, यो गाउँको बिद्यालयमा दरवन्दी ल्याईदिन्छु, सेती नदीको पानी तानेर खानेपानी योजना वनाईदिन्छु” यस्तायस्तै योजनाहरु भाषणमा निर्माण हुन थालेका छन ।
खेतीपातीमा व्यस्त रहेका ग्रामिण क्षेत्रका जनता अहिले आप्mनो अन्नवालीसंगै नेताका आश्वासन समेत भित्राईरहेका छन । चुनावको नतिजा आप्mनो पोल्टामा पार्नका नेताहरुले सडक यातायत नदेखेका जनतालाई हवाई जहाजसम्मका आश्वासन दिन थालेका छन ।
पुल, खानेपानी, सिँचाई पोखरी, जागिर जस्ता बिषयहरु चुनावका वेला प्रधान हुने गरेका छन । बिगतका चुनावहरुमा पनि यि मुद्धाहरुलेनै प्राथमिकता पाउने गरेको थियो । आफ्नो पक्षमा नतिजा ल्याउन जोसिलो भाषण गर्ने र झुट्टा आश्वासन दिने नेताहरुको वानीले स्थानीय वासीहरुमा राजनीतिक बितृष्णा फैलिएको छ । बिगतका चुनावहरुझैं यसपालीको चुनावमा पनि कोरा भाषण र झुट्टा आश्वासनमै मस्त देखिएका छन ।
संबिधानसभाको निर्वाचन भईरहेका वेला नेताहरु भने कुलो, जागिर, दरवन्दी, मन्दिर जस्ता बिषयहरु जनताका अगाडी खोक्रा योजनाको रुपमा प्रस्तुत गरिरहेका छन । नयाँ संबिधान निर्माणका क्रममा आफ्नो भुमिका के हुने र डोटी जिल्ला तथा सुदुरपश्चिमको समग्र बिकासका लागि अव वन्ने संबिधानमा कस्तो प्रकारको व्यवस्था गरिने भन्ने बिषयमा अहिलेसम्म उम्मेदवारहरुले खासै वोल्न सकेका छैनन् ।

छोटकरी समाचार

पोषणभत्ता वितरण

कञ्चनपुर जिल्लाका विपन्न दलित समुदायका ११ हजार दुुई सय ४० बालबालिकालाई पोषणभत्ता बापतको रकम वितरण गरिएको छ ।
जिल्ला विकास समिति कञ्चनपुरमार्फत त्यहाँका १९ वटै गाविस र भीमदत्तनगरपालिकाले पोषणभत्ताको रकम वितरण    गरेको हो । पाँच वर्षमुनिका एक घरका दुई बालबालिकालाई मासिक रुपमा दुुई सय रुपैयाँका दरले रकम उपलब्ध गराइएको जिल्ला विकास समितिका लेखा अधिकृत लक्ष्मण भण्डारीले बताए । श्रावण, भदौ, असोज र कात्तिक महिनाको गरी  ८९ लाख ९२ हजार रकम विपन्न दलित बालबालिकाको प्रथम चौमासिक बापत भत्ता वितरण गरिएको भण्डारीको भनाई थियो ।

तिहारमा ५ घटना

भरखरै बिदा भएको हिन्दुहरुको महान चाँड तिहारमा डोटी जिल्लामा कुटपिटका पाँचवटा घटना भएका छन ।
जिल्ला प्रहरी कार्यालय डोटीको मुद्धा शाखाले दिएको जानकारी अनुसार दिपालय सिलगढी नगरपालिकामा तीनवटा घटना भएका छन । यस्तै डौड गाबिसमा एक र चवारा चौतारा गाबिसमा एक घटना भएको    प्रहरीको मुद्धा शाखामा अभिलेख छ ।
दशैं तिहार लगायतका चाँडवाडहरुमा मदिरा सेवन गरी झैझगडाका घटनाहरु हुने गरेको नौलो कुरा होईन । संबिधानसभाको निर्वाचन भएकाले यस पटक भने सामान्य कुटपिटका घटनाहरु समेत राजनीतिक रंग लिन थालेका छन ।

खेल तथा पर्यटन समाचार


वारईन लारा नेपाल आउने

क्रिकेटको क्षेत्रमा महान वल्लेवाजको रुपमा परिचित वारईन लारा नेपाल आउने भएको छन ।
वेस्ट ईण्डिसका पूर्व कप्तान समेत रहेका लाराले टुईट गर्दै नेपाल आउन लागेको वताएका छन । आगामी      नोभेम्वरमा भारत र वेष्ट ईण्डिज बिच भारतमा हुने टेष्ट सिरिजका वेला लाराले नेपाल आउने संकेत दिएका हुन । दुई दिनका लागि नेपाल आउन लागेका लारा नोभेम्वर ११ तारिखमा नेपाल आईपुग्ने नेपाली समर्थकहरुलाई जानकारी दिएका छन ।

बैतडीका पर्यटकीय स्थलहरु ओझेलमा

यातायतका साधनहरु नपुग्दा बैतडीका अधिकांश धार्मिक तथा ऐतिहासिक महत्व बोकेका पर्यटकीय स्थलहरु ओझेलमा परेका छन् ।
बैतडी जिल्लाका विभिन्न क्षेत्रमा पर्ने प्राकृतिक सुन्दरताले भरिएका डाँडा पाखा र धार्मिक रुपमा पुरातात्विक महत्व बोकेका मन्दिरहरु संरक्षणको अभाव जिर्ण भएको स्थानीयबासिन्दाहरुले बताएका छन् । बैतडी जिल्लाबाट एक दिनको पैदल दुरीमा        रहेको बैतडीको तल्लो स्वराडमा पर्ने प्रसिद्ध धार्मिकस्थल मेलौली भगवती मन्दिरमा समेत यातायतका साधनहरु नपुग्दा त्यस क्षेत्रको परिचय ओझेलमा परेको हो ।
यसैगरी सदरमुकामदेखि डेढ दिनको दुरीमा पर्ने बैतडीको च्वाँगड क्षेत्रमा रहेको सिगास धुराको परिचय ओझेलमा परेको छ । जिल्लाका पर्यटकीय क्षेत्रहरु पहिचान र प्रवद्र्धनका लागि यातायत सेवा सहितका कार्यक्रम ल्याउनु पर्ने सरोकारवालाहरुको भनाइ छ ।

ओझेलमा परेको गहनान

डोटी जिल्ला सदरमुकाम देखि     करीव ३५ किलोमिटर टाढा रहेको गंगास्नान (गहनान) क्षेत्र धार्मिक पर्यटनको महत्व वोकेको क्षेत्र भएपनि सो क्षेत्र भने ओझेलमा परेको छ ।
डोटी जिल्लाभरीमा एकमात्र गायत्री माताको मन्दिर रहेको उक्त क्षेत्रमा विभिन्न देवी देवताहरुको मन्दीर रहेका छन् । गहनान परिषरभित्र यज्ञकुण्ड, विवाहमण्डप, नामसंकृतिन भवन, प्रवचन गृह, अथिति गृहका साथै सदावहार सो स्थानमा बस्ने सन्यासी जीवनमा रहेका माता महात्माहरुका लागी बस्न र खानका लागी भण्डारनका साथै आश्रमहरुको व्यवस्था गरिएको छ । डोटी जिल्लाभरीमै सबै भन्दा व्यवस्थित रुपमा रहेको उक्त क्षेत्रभित्र गौलाशाला      रहेको छ ।
डोटी जिल्लाको वनलेक गाविस र डडेल्धुराको बेलापुर गाविसको विचमा      रहेको उक्त क्षेत्रमा नियमित रुपमा प्रबचन नामसंकृतनहरुको आयोजना गरिने गरिएको भएपनि भक्तहरुको सो क्षेत्रको महिमा र महत्वको बारेमा जानकारी नभएका कारण ओझेलमा परेको हुन सक्ने स्थानीयबासीहरु बताउँछन् । पुष मसान्तका दिन जाग्राम बसी मंकर संक्रान्तिका दिन विशेष पुजा आजाका साथै हजाराँैको संखयामा भक्तजनहरुको उपस्थितिमा मेला लाग्ने उक्त क्षेत्रमा पुजापाठ गर्नाले सन्तान प्राप्ति हुने, धनसम्पत्ति बढ्ने, दुःख कष्ठ नास हुने जनविश्वास गरिन्छ । उक्त क्षेत्रमा जाने जो कोहीले आफ्नो यात्रा सफल भएको महसुस गर्न सक्ने भएपनि प्रचारप्रसारको पर्खाईमा गहनान क्षेत्र रहेको छ ।   

चलचित्र÷मनोरञ्चन समाचार


यसरी गरिन अभिनेत्रीहरुले लक्ष्मीपुजा

यम पञ्चकको तेश्रो दिन अर्थात औंशीको दिन धनधान्यकी देशी लक्ष्मीको पुजा आराधना गरी श्रद्धाभक्तीपूर्वक लक्ष्मीको पुजा गर्ने गरिन्छ । यसै पुजा गर्ने परम्परा अनुसार नेपाली चलचित्रका चर्चित अभिनेत्रीहरुले पनि बिभिन्न प्रकारले लक्ष्मीको पुजा आराधना गरेकी छन ।
अभिनेत्री करिश्मा मानान्धरले गोदावरी निवासमा लक्ष्मीको पुजा गरिन । पति बिनोद मानान्धरका साथ करिश्माले लक्ष्मीको पुजा गरिन । यसैगरी अर्की अभिनेत्री रेखा थााले गोरीघाटस्थित अम्वे अपार्टमेण्टमा लक्ष्मीको पुजा गरिन । रेखा भाईटिका मनाउनका लागि भने गृहजिल्ला मोरङ पुगिन । टिकाकै दिन उनी         मोरङवाट काठमाण्डौं फर्किईन ।
त्यसैरी अर्की अभिनेत्री नन्दिता केसीले नयाँ वानेश्वरस्थित आप्mनै निवासमा लक्ष्मी पुजा गरिन । नन्दिताले भाईटिका पनि काठमाण्डौंमै लगाईन । चलचित्र मेघाकी अभिनेत्री नम्रता श्रेष्ठले पनि धनकी देवी लक्ष्मीको पुजा आराधना गरेकी छिन । आप्mनो निवास अनामनगर र लाजिम्पाटको एटिक रेष्टुरेण्टमा नम्रताले लक्ष्मीको पुजा गरिन । बितेका पलकी अभिनेत्री केकी अधिकारीले जोरपाटीस्थित घरमा लक्ष्मीको पुजा गरिन । अभिनेत्री अशिष्मा नकर्मीले अनामनगरस्थित आप्mनै निवासमा बिधिपूर्वक लक्ष्मीको पुजा गरिन । अशिष्माले भाई टिका भने लगाउने गरेकि छैनन् ।
अभिनेत्री बिनिता वरालले पनि आफुु बस्दै आएको लाजिम्पाट निवासमा लक्ष्मीको पुजा गरेकी छिन । गृहजिल्ला चितवन भएकी बरालले दाजु बिदेश भएका कारण भाईटिका भने लगाउन पाईनन् । दाजु घर नभएका कारण चितवन पनि नगएको उनको भनाई छ । अभिनेत्री रिमा बिश्वकर्माले पनि वानेश्वर निवासमा लक्ष्मीको पुजा गरिन । रिमाको परिवार केही बर्षदेखि काठमाणठौंमा बस्दै       आईरको छ । यस्तै टलक जग भर्सेस टुल्के चलचित्रमा व्यस्त अभिनेत्री ऋचा शर्माले पनि घरमा दिपावली गरेकी छिन ।

ईसा र बिपासामा झगडा छैन

केही समय पहिले हिन्दी चलचित्र अभिनेत्री बिपासा बसु र ईशा गुप्ताबीच बिवाद चलिरहेको भन्ने समाचारलाई ईशा गुप्ताले भुटो भएको दावी गरेकी छन ।
केही सञ्चारमाध्यमममा ईशा र बिपासाका बिचमा घमासान बिवाद चलिरहेको खवर प्रकासति भएको थियो । सो खवर प्रकाशित भएलगत्तै बिपासाले उक्त समाचारको खण्डन गरेकी थिईन । ईशाले पनि सो सामाचार निराधार भएको दावी गरेकी छन । ईशाले बिपासा आफुभन्दा सिनियर अभिनेतृ भएका कारण उनलाई आफुले सम्मान गर्ने गरेको समेत दावी गरेकी छन ।
ईशाले बिपाससंग चलचित्रमा कुनै सिन पनि नभएको वताईन । बिपासा र   रितेश देशमुखको जोडी र ईशासंग सैफ अलि खानको जोडी रहेको छ । यसकारण बिपासासंग कुनै पनि प्रकारको प्रतिस्पर्धा नभएको ईशाको भनाई छ ।
ईशाको भनाई छ “बिपासा म भन्दा सिनियर अभिनेतृ हुनुहुन्छ र म उहाँको सम्मान गर्छु । बिपासाको बिरुद्धमा आफ्नो मनमा कुनै पनि प्रकारको बैमनस्यता नभएको ईशाले स्पष्ट पारिन । ईशाले बिपासा र आफुबिचको सम्वन्धका   वारेमा फैलाईएको भ्रम झुटो भएको दावी गरेकी छन । ईशा अहिले हिन्दी चलचित्र “हमसक्ल” को छायाँकनमा व्यक्त रहेकी छन ।

लेख

मंसिर ४ को चुनाव र सहमतिको राजनीति

रामहरी ओझा

२०६४ साल चैत्र २८ गते भएको ऐतिहासिक संबिधानसभाको निर्वाचनवाट संबिधानसभामा प्रतिनिधित्व गर्ने दलहरुका बीचमा राजनीतिक सहमति हुन नसकेपछि दुई वर्षे संबिधानसभा चार वर्षसम्म जिवित रहँदा पनि कुनै उपलव्धी हुन सकेन । संबिधानसभा गठन भएको एक वर्षमै संबिधान निर्माणको ८० प्रतिसत काम भएको भन्ने कुरा दलका नेताहरुले सार्वजनिक गर्दै आए । वाँकी तीन वर्षसम्म पनि त्यो ८० प्रतिसतको ८१ प्रतिसत हुन     सकेन । अन्तत्वगत्वा व्यवस्थापिका–संसदमा सत्ता पक्ष र प्रतिपक्षको लडाईका कारण अन्तरीम संबिधान २०६३ को धारा ८२ बिपरित संबिधानसभा भंग भयो । संबिधानको धारा ८२ मा “संबिधानसभाको बिघटन” भन्ने शिर्षक अन्तरगत “संबिधानभाले पारित गरेको संबिधान प्रारम्भ भएको दिनदेखि संबिधानसभाको काम समाप्त हुनेछ ।” भन्ने वाक्याँक रहेको कुरा पाठक वर्गमा पुनःस्मरण         गराउनु सान्दर्भिक होला । यस धारालाई मान्ने हो भने संबिधानसभा कुनै दलले वा कुनै प्रधानमन्त्रीले बिघटन गर्न सक्ने संस्था थिएन । अन्तरीम संबिधानको कुनै पनि धारा वा उपधारामा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संबिधानसभा बिघटन गर्ने भन्ने उल्लेख गरेको छैन ।   तर, तत्कालीन प्रधानमन्त्रीले २०४७ सालको संबिधानको शैलीमा संबिधानसभा बिघटन गरी अर्को निर्वाचनका लागि राष्ट्रप्रमुखसमक्ष सिफारिस गरे ।
अन्तरीम संबिधान मिच्ने काम यहीँवाट सुरु भएको भन्दा कसैलाई चिसो नपसोस । उसो त यस अघि २०६८ साल मंसिर ९ गते तत्कालीन सर्वोच्चका न्यायाधिश तथा वर्तमान सरकारका प्रमुख खिलराज रेग्मीले व्यवस्थापिका संसदको अधिकार कुण्ठित हुने गरी संबिधान संसोधन गर्न नपाउने भनि गरेको आदेशवाटै अन्तरीम संबिधानमाथी प्रहार हुने काम भईसकेको थियो । त्यसपछिका दिनहरुमा जति पनि कामहरु भएका छन ति सवै असंबैधानिक हुन । वावुराम भट्टराईको २०६९ साल मंसिर ७ गते गर्ने भनिएको चुनावी नाटक, वाधा अड्काउ फुकाउने नाममा भएको नाटक, प्रधानन्यायाधिशलाई प्रधानमन्त्री वनाउने नाटक र निर्वाचन आयोग र अन्य संबैधानिक निकायमा भएका नियुक्तीको नाटक यि सवैलाई हेर्दा नेपालको वर्तमान संबिधान बिपरित छन भन्ने कुरामा कसैको पनि बिमति छैन ।
खैर, दलहरुको भनाई अनुसार नयाँ संबिधान निर्माणको २० प्रतिसत काम वाँकी भनेको तिन प्रमुख कुरा हुन । १. राज्यको पुनःसंरचना वा संघीयता, २. राज्यको शासकीय स्वरुप र ३. न्यायपालिका । यि तिनवटै मुद्धामा अहिलेसम्म पनि कुनै एक दलको अर्को दलसंग कुरा मिलेको छैन । अर्थात राजनीतिक सहमति अहिले पनि कायम हुन सकेको अवस्था छैन । तर चुनाव अर्को हुँदैछ । के भनेर भने अव प्रक्रियामा गएर हामी नयाँ संबिधान वनाउँछौं । त्यसैकारण ठुला दलहरुले आप्mनो पक्षमा वहुमत र आफु निकट     रहेका दलहरुको दुई तिहाई वहुमतको कुरा अगाडी       सारेका छन । तर किन र कसरी माग्दैछन भन्ने कुराको चर्चा हुनु जरुरी छ । दलहरुले संबिधानसभावाट मुलुकको हित हुने गरी नयाँ संबिधान जारी गर्नका लागि बहुमत माग्दै छैनन् । चार वर्षसम्म सत्ताको एकलौटी दुरुपयोग गर्नका लागि उनीहरुले बहुमतको कुरा गर्दैछन ।      होसियार !
अन्तरीम संबिधानको वाधा अड्काउको असंबैधानिक नाटक अव निर्वाचन भएपछि स्वतः समाप्त हुनेछ । बाधा अड्काउ फुकाउने भनेको “संबिधान कार्यान्वयनका क्रममा कुनै वाधा भए” भन्ने हो तर संबिधानको अपव्याख्या गर्ने अधिकार कसैलाई पनि छैन । अन्तरीम संबिधानको धारा १५८ मा “वाधा अड्काउ फुकाउने अधिकार” अन्तरगत “यो संबिधानको कार्यान्वयन गर्न कुनै वाधा अड्काउ       परेमा राष्ट्रपतिले मन्त्रीपरिषद्को सिफारिसमा त्यस्तो वाधा अड्काउ फुकाउन आदेश जारी गर्न सक्नेछ र त्यस्तो आदेश व्यवस्थापिका संसद वा संबिधानसभावाट एक महिनाभित्र अनुमोदन गराउनु पर्नेछ ।” भन्ने वाक्याँस छ । अव २०६९ चैत्र १ गते भएको वाधा अड्काउ फुकाउको आदेश कहिले व्यवस्थापिका संसदवाट अनुमोदन हुने हो त ? त्यसै पनि त्यो आदेश चुनावसम्मका लागि मात्र हो । त्यसपछि अन्तरीम संबिधान आप्mनो ठाउँमा आउँछ     होला । यदि अन्तरीम संबिधान आप्mनो ठाउँमा आयो भने धारा ३८ (१) अनुसार मन्त्रीपरिषद गठन गर्नु पर्ने हुन्छ । जसमा राजनीतिक सहमतिका आधारमा मन्त्रीपरिषद् गठन हुने व्यवस्था छ ।
यदि त्यसो हो भने मंसिर ४ गते हुने संबिधानसभामा दलहरुले किन बहुमत माग्दै हिडेका छन त ? अव के     राजनीतिक सहमति चाँहिदैन त ? त्यसो त पक्कै पनि होईन होला । नयाँ संबिधान निर्माण गर्नु छ भने राजनीतिक सहमति आवश्यक छ । यदि राजनीतिक सहमति भएन भने संबिधान सवैले मान्न सक्ने वन्ने छैन र फेरी देशमा  राजनीतिक अस्थिरता उत्पन्न हुनेछ । त्यसैकारण पनि    राजनीतिक सहमति आवश्यक छ । चुनाव लगत्तै संबिधानसभामा प्रवेश पाएका दलहरु र अन्य राजनीतिक शक्तिहरुका बिचमा सहमति भयो भने मात्रै नयाँ संबिधान जारी हुन सक्छ होईन भने पहिलो संबिधानसभाको जस्तै ताल यो संबिधानसभाको पनि हुनेछ ।
संका त नगरिहालौं तरपनि जुन प्रकारले घटनाक्रम अगाडी वढेको छ यसरी हेर्दा अर्को संबिधानसभाको निर्वाचन मंसिर ४ मै हुुन्छ भनि ठोकुुवा गरिहाल्ने अवस्था पनि  छैन । राज्यको प्रमुख सुरक्षा शक्ति सेना समेत परिचालन भईसकेको छ, चुनाव आउन अझै १२ दिन वाँकी पनि छन तर अहिले देखिनै त्रासको वातावरण सृजना हुन थालेको छ । यो हिसावले हेर्दा चुनाव त सम्पन्न होला तर चुनावमा आम जनताको सहभागिताको बिषयमा भने संकै छ ।
चुनाव हुने कि नहुने भन्ने प्रश्न एउटा हो, अर्को महान प्रश्न भनेको चुनाव भएर वनेको संबिधानसभाले आप्mनो काम गर्न सक्ने कि नसक्ने भन्ने हो । नयाँ संबिधान जारी गर्नका लागि भरसक सहमति होईन भने संबिधानसभामा दुुईतिहाई वहुुमत चाहिन्छ     संबिधानसभामा । यो प्राव्धान यिनै दलहरुले जारी गरेको अन्तरीम संबिधानको धारा ७० मा रहेको सायद दलहरुले बिर्सेका छैनन् होला । जाहेर छ अहिलेको अवस्थामा दुुईतिहाई बहुमत कुनै पनि दलको आउनेवाला छैन । यदि दुुईतिहाई बहुमत आएन भने के संबिधानै नवनाउने वा नवन्ने हो   त ? त्यसैले पनि राजनीतिक सहमति त आवश्यक पर्ला नि !
ल मानिलिऊ दलहरुले मागेको जस्तो कुनै एक दललाई बहुमत र बिचार नजिक भएका पक्षलाई दुई तिहाई बहुमत जनताले दिए रे । अनि के संबिधानसभाले निर्माण गरेको संबिधान सवैका लागि स्वीकार्य हुन्छ ? २०४७ सालको नेपाल अधिराज्यको संबिधानलाई बिश्वकै उत्कृष्ठ संबिधान भन्नेहरु, आलोचनात्मक समर्थन गर्नेहरु र कालो संबिधान भनेर जलाउनेहरु अन्ततः करीव करीव १५ वर्षपछि यो संबिधान गलतै रहेछ भन्ने निश्कर्षमा पुगे । संबिधानले राजालाई दिएको अधिकार, जनताको सार्वभौमसत्ताको ग्यारेण्टी जस्ता बिषयहरु सवै धारा १२७ ले सोझै निल्न सक्ने रहेछ भन्ने कुरा तव मात्र थाह भयो जव २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले निले । फेरी पनि चेतेका थिएनन् केही दलहरु । उनीहरुले फेरी पनि संबैधानिक राजतन्त्रको मोह त्याग्न सकेका थिएनन् तर २०६२÷०६३ को आन्दोलनले राजतन्त्रलाई नामेट पा¥यो अनि दलहरु धरमराउँदै आफ्नो खुट्टामा उभिने प्रयास गर्न थालेका हुन । २०४७ कार्तिक २३ गते जारी भएको संबिधान सोही दिन र सो को भोलीपल्ट पनि देशका अधिकांस भागहरुमा जलाईयो । व्यापक बिरोध भयो । संबिधान जारी भएको ६ महिनापछि भएको संसदीय निर्वाचन समेत बहिस्कार भयो । संबिधानिक व्यवस्थाकै कारण देशमा जनयुद्धको नाममा हिंसात्मक बिद्रोह सुरु भयो । १६ हजार नेपालीहरुले ज्यान गुमाउनु प¥यो ।  वेपत्ता, अङ्गभङ्ग, टुहुरा, बिधवा, बिदुर, कोख रित्तिएका व्यक्तिहरुको त हिसाव गर्नै गा¥हो छ राज्यलाई ।
भनेपछि के अव वन्ने संबिधानलाई पनि हामीले कसैले सोही दिन देशव्यापी रुपमा जलाउन, कसैले फेरी पनि आलोचनात्मक समर्थन गरुन र लेखन कार्यमा सहभागि भएकाहरुले मात्रै उत्कृष्ठ संबिधान भनुन भन्ने योजना वनाएका हौं त ? फेरी पनि हामीले अव वन्ने संबिधान मातहतमा हुने निर्वाचनहरु कुनै दलले बहिस्कार गरोस भन्ने चाहेका हौं वा फेरी पनि कुनै शक्तिले हतियार उठाओस आम जनताको नरसंहार गरोस भन्ने चाहेका छौं त ? यस्तो कसैले पनि कदापी चाहानु हुँदैन । सशस्त्र बिद्रोहको अवसान भएको आज सात वर्ष भएको छ तर अहिले पनि ग्रामिण क्षेत्रमा युद्धको धङ्धङी कायमै छ । सिकारीले वन्दुक पड्काएपनि जनताको मुटु थर्किरहेको हुन्छ । यस्तो अवस्थामा संबिधानसभाको निर्वाचन हुँदैछ, जसमा सवैको सहभागिता भएको छैन । तर दलहरु अहिले पनि संबिधानसभाको निर्वाचनमा बहुमत माग्दैछन र दुईतिहाई वहुमत माग्दैछन ।
२०१५ सालदेखिनै जनताको मतको हुर्मत गर्दै आएका यि दलहरुले देशमा जनता भोट हाल्ने दिन मात्रै भईदिए हुन्थ्यो भन्ने सोचेका छन । जनताका आधारभुत आवश्यकता परिपुर्तिका लागि आवाज उठाउँदा, देशमा शान्ति सुरक्षा कायम गर्न, स्थिरता कायम गर्न, बिकास निर्माण गर्न जनताले आवाज उठाउँदा सर्वसाधारणलाई समेत फरक पार्टीको कार्यकर्ता ठान्ने डेढ अक्कले नेताहरु अहिले फेरी संबिधानसभाको निर्वाचनमा बहुमत माग्दै हिँडेका छन । जनताले पटक पटकका चुनावमाहरुमा बहुमत दिएकै हुन नि ! २०१५ सालमा एउटै दललाई दुई तिहाई मत दिए, २०४८ सालमा एउटै दललाई अत्याधिक मत दिए, २०५६ सालमा एउटै दललाई अत्याधिक मत दिए तर के भयो त ? २०१५ सालको दुईतिहाई बहुमतले प्रजातन्त्रलाई दरवारमा पु¥यायो । २०४८ सालको बहुमतले २०५१ सालमा मध्यावति निर्वाचन गरायो र सशस्त्र बिद्रोहको जग निर्माण ग¥यो । २०५६ सालको बहुमतले फेरी प्रजातन्त्र लगेर दरवारलाई भेट दियो । साँचो कुरा त यही हो नि ! यिनीहरुले फेरी के खोज्दैछन भन्ने कुराको जानकारीनै हुन सकेको छैन ।
त्यसकारणले पनि यो देशमा जवसम्म राजनीतिक स्थिरता कायम हुन सक्दैन, यहाँ गणितीय बहुमतको काम छैन, गणितीय बहुमतले २०१७ साल, २०५१ साल र २०५९ साल दोहोरिन सक्ला तर नयाँ संबिधान निर्माण हुन सक्ने अवस्था छैन । धेरै भईहाले छ भने बहुमत पाउने दलका कार्यकर्ताहरुले भुडी भर्नेछन, अख्तियारले जेल हाल्नेछ फेरी सय किलोको माला तयार गर्नु पर्नेछ । त्यत्ति हो ।
निश्चित रुपमा राजनीतिक सहमति हुनु आवश्यक छ । त्यो राजनीतिक सहमतिका लागि अहिलेको चार दलीय संयन्त्रले पहल गर्नु पर्छ र सेना परिचालन गरेर भएपनि चुनाव गराएर आप्mनो जुंगा ठुलो देखाउँने दाऊमा रहेका श्रीमान प्रधानमन्त्रीले पनि दलहरुका बीचमा राजनीतिक सहमतिको वातावरण तयार गरिदिनुपर्छ । मंसिर ४ गते हुने संबिधानसभाको निर्वाचनलाई यथावत् राख्दै ३३ दलीय मोर्चालाई सहमतिमा ल्याउनु     जरुरी छ । यदि राजनीतिक सहमति हुन सकेन भने यो निर्वाचनको कुनै औचित्य छैन र निर्वाचनवाट वन्ने संबिधानसभाको पनि कुनै औचित्य छैन । दुई÷चार वर्ष ६ सय एक जनाको जागिर खाने थलो मात्र हुनेछ अव वन्ने संबिधानसभा पनि ।

मोफसल पत्रकारिता

काम केही नपाएपछि पत्रकारितामा छिरेका छन्

देबेन्द्र कार्की (सम्पादक)

जनता टाईम्स साप्ताहिक, सप्तरी

तपार्इंको पुरा परिचय पाउँ न ?
मेरो नाम देबेन्द्र कार्की हो । भोजपुरमा जन्मिएर २०५८ सालदेखि सप्तरीको फत्तेपुरमा बस्दै आएको छु । मेरो कक्षा ७ सम्म भोजपुरको  पञ्चकन्या निमाविमा अध्ययन गरे । मााध्यमिक तह खोटाङको चिसापानीबाट, स्नातक तह धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसबाट र विराटनगरबाट समाजशास्त्रमा स्नाकोत्तर अध्ययन गरिरहेको छु । २०६५ सालदेखि सप्तरीको जिल्ला सदरमुकाम बाहिर सानो गाविसको परिधिधित्र रहेर “जनता टाईम्स साप्ताहिक” पत्रिका प्रकासन गरिरहेको छु ।
 तपाईले किन पत्रकारिता पेशा रोज्नु भयो ?
पिछाडीएका समुदायको उत्थानमा पहल गर्न र आवाज विहीनहरुको आवाज संचार गर्न मैले   पत्रकारिता रोजेको हो ।
कति समय भयो यस पेशामा लागेको ?
मैले २०५६ सालदेखि यो पेसामा लागेको हो ।
कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ?
मैले गर्ने पत्रकारिता सामाजिक, मानवअधिकार, बालबालिका, महिलाको विषयहरु नै हुन ।
सप्तरी जिल्लावाट पत्रकारिता गरिरहनु भएको छ, कस्तो सम्भावना छ ?
मोफसलमा पत्रकारित गर्नु फलामको चिउरा चपाउनु सरह हो । स्थानीय मिडिया बचाउन गा¥हो     छ । राज्यबाट पनि कुनै सहयोग मिलेको छैन । मोफसलको पनि मोफसल (जिल्ला सदरमुकाम बाहिरबाट) मा संचालन भएको जनता टाईम्स साप्ताहिक निरन्तरता दिन निकै चुनौतीहरु खेप्दै आएको छु । तर आफ्नो कामलाई निरन्तरता दिएर राज्यले स्थानीय पत्रपत्रिका व्यवस्थापनमा ध्यान दियो भने सम्भावना पनि छन् । स्थानीयको आवाज बुलन्द गर्ने भनेको स्थानीय पत्रिका बाहेक अरु हुन सक्दैनन् ।
पत्रकार भएर आईपर्ने समस्याहरु के के देख्नु भएको छ ?
व्यवसायिक र भौतिक सुरक्षा मुख्य समस्या हुन । आर्थिक रुपले सवलता हुन नसक्नु, पत्रकारिता मर्यादित नहुनु पनि पत्रकारितामा एउटा समस्याको विषय हो भन्ने मलाई लाग्छ ।
कसरी मुल्याँकन गर्नु भएको छ मोफसल पत्रकारितालाई ?
मोफसलको पत्रकारिता चुनौतीपूर्ण छ । यद्यपी आवजविहीनहरुको आवाज समेटी उनीहरुलाई सवल बनाउन भने मोफसलले नै सहयोग गरेको छ ।
तपाईले सम्पादन गर्दै आएको “जनता टाईम्स साप्ताहिक” कसरी चलिरहेको छ ?
अत्यन्तै कठिन अवस्थामा संचालन भईरहेको छ । विज्ञापन बजार साँगुरो छ । राज्यको सहयोग छैन् । सरकारी विज्ञापनको सिन्डीकेटले मोफसलका पत्रपत्रिकाहरु मारमा परेका छन् । प्रेस काउन्सिलको वर्गिकरणमा पनि विभेद भएको पाईन्छ ।
मोफसल पत्रकारिताका मुख्य मुख्य समस्याहरु के के हुन भन्ने लाग्छ तपाईलाई ?
मुख्य समस्या भनेको विज्ञापन बजार, सरकारी विज्ञापनमा सिण्डीकेट हुनु, व्यवसायी तथा आर्थिक संकट नै मुख्य समस्या हुन ।
मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ?
सरकारले स्थानीय मिडिया व्यवस्थापनका लागि प्रभावकारी नीति ल्याउनु पर्छ । सरकारी विज्ञापन सबै पत्रपत्रिकाहरुलाई उपलब्द गराउनु पर्छ । उनीहरुको समस्या तथा व्यवस्थित गर्न नियमित अनुगमन तथा अन्र्तक्रिया गर्नु जरुरी छ ।
थुप्रै समस्याहरु छन मोफसल पत्रकारहरुका, नेपाल पत्रकार महासंघले मोफसल पत्रकारका समस्या समाधानका लागि कस्तो भुमिका निर्वाह गरेको पाउनुहुन्छ ?
यसले प्रभावकारी भूमिका निर्वाह गर्न सकेको छैन् । योजनाहरु ल्याएको छ तर कार्यन्वयनमा    कमजोरी गरेको छ । पत्रकार महासंघ एउटो एनजिओको भूमिकामा अलमलिएको छ ।
तपाइकंो विचारमा पत्रकारिता के हो ?
समाजको ऐना हो, पत्रकारिता ।
अहिले पत्रकारिता क्षेत्र वद्नामित हुँदैछ, पत्रकारिता क्षेत्रमा लागेकैहरुले दिउँसै जाँड खाएर हल्ला गर्ने, केटी घुमाउन लैजाने, समाचारलाई लिएर मोलमोलाई गर्ने जस्ता प्रबृत्तिहरु पनि देखिएका छन भन्ने आरोप छ, तराईका जिल्लाहरुमा यस्ता समस्या बढीनै देखिएका छन, सप्तरीको अवस्था कस्तो पाउनु भएको छ ?
यथार्थ यही हो । पत्रकारिता पेसा मार्यादाबाहिर गएको छ । एसएसली फेल गर्ने वा कम नम्वर ल्याउनेहरु काम केही नपाएपछि पत्रकारितामा छिरेका छन् । उनीहरुले व्यवसायिक मर्यादा र मर्म बुझेका छैनन् । त्यही कारणले बद्नाम हुँदै गईरहेको छ । पत्रकारितामा नयाँ प्रवेश गराउने बेला अव नसोच्ने हो भने पत्रकारिता गयगुज्रेको पेसामा परिणत हुने निश्चित छ । सप्तरी पनि यसबाट अछुतो छैन् । यस्ता लगत कर्मले इमान्दार र निष्ठापूर्ण पत्रकारिता गर्नेहरुलाई समेत बद्नाम गराएको छ ।
तपाई कत्तिको लाग्नु भा छ, यस्ता कुराहरुमा !
म पैसा कमाउन पत्रकारितामा लागेको होईन । पैसा त ठेक्कापट्टा, व्यापार व्यवसायी केही गरेर कमाउन सकिन्छ । तँ गलत काम गरिस भनेर अहिलेसम्म कुनै माईकलालले औंलो ठड्याउन सक्ने  वातावरण बनाएको छैन् । यसैमा मलाई गर्व लागेको छ । म अक्षरको खेती गरेर बाँच्न सक्छु भनेर यो पेसामा आएको मान्छे भएकाले निष्ठापूर्ण यही खेतीबाट मेरो दैनिकी चलेको छ । अहिलेसम्म तस्करी, घुसखोरहरुसँग मिल्नु परेको छैन् ।
तराईको पत्रकारितामा जोखिमका साथसाथै कमाई पनि धेरै राम्रो छ भन्ने सुनिन्छ, कत्तिको कमाउनु भयो ?
पत्रकारिता पेसा स्वभावैले जोखिमको पेसा हो । इमान्दार भएर आफ्नो कर्म निरन्तर गरिरह्यो भने पत्रकारिता गर्नेले पैसा कमाउन सक्छन् । तर तराईका पत्रकारहरु जो तस्कर, घुसखोरीसँग सम्झौता गर्छ उनीहरुले पैसा कमाएका छन् । इमान्दारीताका साथ श्रम बेच्नेहरुले जिविकोपार्जन गरेका छन् ।           पत्रकारिताबाट जिविकोपार्जन गरिरहेको मान्छे भित्र म पनि पर्छु ।
तपाईको पारिवारिक अवस्था वताउन मिल्छ कि !
आमा, बुवा, एक छोरा, श्रीमति, दाजु भाई छन् ।
तपाईका रुची र चहानाहरु के के हुन ?
अक्षरको खेती गरेर समाज बदल्ने । अर्को सकरात्मक पत्रकारिताबारे पैरवी गर्ने ।
 मोफसल पत्रकारिता क्षेत्रमा सुधारका लागि तपाई नेपाल सरकारलाई के सुझाव दिन चाहानुहुन्छ ?
सरकारले मोफसललाई सौतेलो व्यवहार गरिनु हुँदैन । राज्यले दिने सेवा सुविधामा भेदभाव गरिनु     हुँदैन । स्थानीय मिडियाको स्तरउन्नतीका लागि सोच्नु पर्छ । मुलुक संघीय राज्यमा जाने अन्तरीम संविधानमा उल्लेख गरिसकेको छ । संघीय राज्यमा स्थानीय मिडिया प्रभावकारी हुने छन् । यसको हेक्का    राज्यले राख्नु पर्छ । मोफसलका मिडियालाई मर्न दिनु हुँदैन ।
अन्त्यमा केही भन्न मन लागेको छ ?
मेरा विचारहरुलाई सुृदुरमा फैलाउन सहयोग गर्ने बिम्ब साप्ताहिकलाई हार्दिक आभार व्यक्ति गर्दछु । यसको प्रगतीको कामना पनि । अन्त्यमा मोफसलका पत्रपत्रिकालाई माया गरांै ।उनीहरुको श्रीवृद्धिका लागि पहल गरांै । र पत्रकारिता पेसालाई मर्यादित र व्यवसायिक बनाऔं, धन्यवाद ।

महत्वपूर्ण जानकारी

२०६४ साल चैत्र २८ गते सम्पन्न ऐतिहासिक संबिधानसभाको निर्वाचनमा समानुपातिक तर्फ दलहरुले प्राप्त गरेको मत ः–
१. नेकपा माओवादी          — ३१४४२०४ (१००)
२. नेपाली कांग्रेस            — २२६९८८३ (७३)
३. नेकपा एमाले             — २१८३३७० (७०)
४. मधेशी जनअधिकार फोरम — ६७८३२७ (२२)
५. तराई–मधेश लोकतान्त्रिक पार्टी — ३३८९३० (११)
६. राष्ट्रिय प्रजातन्त्र पार्टी  — २६३४३१ (८)
७. नेकपा माले — २४३५४५ (८)
८. नेपाल सद्भावना पार्टी १६७५१७ (५)
९. जनमोर्चा नेपाल — १६४३८१ (५)
१०. नेकपा संयुक्त — १५४९६८ (५)
११. राप्रपा नेपाल — ११०५१९ (४)
१२. राष्ट्रिय जनमोर्चा — १०६२२४ (३)
१३. राष्ट्रिय जनशक्ति पार्टी — १०२१४७ (३)
१४. नेपाल मजदुर किसान पार्टी —७४०८९ (२)
१५. संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च —७१९५८ (२)
१६. नेसपा (आनन्ददेवी) —५५६७१ (२)
१७. राष्ट्रि जनमुक्ती पार्टी — ५३९१० (२)
१८. नेपाली जनता दल — ४८९९० (२)
१९. नेकपा एकिकृत    — ४८६०० (२)
२०. दलित जनजाती पार्टी — ४०३४८ (१)
२१. नेपाः राष्ट्रिय पार्टी — ३७७५७ (१)
२२. समाजवादी प्रजातान्त्रिक जनता
     पार्टी नेपाल —३५७५२ (१)
२३. चुरेभावर राष्ट्रिय एकता पार्टी  — २८५७५ (१)
२४. नेपाल लोकतान्त्रिक समाजवादी दल २५०२२ (१)
२५. नेपाल परिवार दल — २३५१२ (१)
दशगजा भनेको के हो ?
   नेपालीको दक्षिणी सिमानामा नेपाल र भारतबीचको सिमास्तम्भका रुपमा निर्धारण गरिएको दश गज चौडा जमिनलाई दशगजा क्षेत्र भनिन्छ । सन १८१६ मार्च ३ को सुगौली सन्धि पश्चात नेपाल र    भारतको सिमाना छुट्टाउन यसको निर्माण गरिएको हो । यसले           भारतको बिहार, उत्तर प्रदेश, तथा उत्तराञ्चल राज्यसंग नेपालको सिमाना छुट्याएको छ ।

ज्यचकभ त्चबमष्लन भनेको के हो ?
   चुनावमा आप्mनो पार्टीलाई बिजयी वनाउन बिरोधी पार्टीमाथी  गरिने स्तरहिन आक्रमणलाई ज्यचकभ तचबमष्लन भनिन्छ । यसमा बिपक्षी या बिरोधी पार्टीलाई नराम्रो किसिमले आलोचना गर्ने तथा गालीगलौज गर्ने जस्ता निन्दनीय कार्यहरु गरिन्छन ।

हवाई अविस्कारको क्षेत्रमा डाँफे भन्नाले के बुझिन्छ ?
   पुल्चोक ईन्जिनियरिङ क्याम्पसका बिद्यार्थीहरुले ३ वर्ष लगातार बनाएको नेपालको पहिलो उड्ने बिमानको नाम डाँफे हो । २ जना मानिस बस्न सकिने यो बिमानको तौल एक सय ४० किलोग्राम रहेको छ । रु. १० लाख लागतमा निर्माण भएको यस बिमानले दुई सय किलोमिटर हवाई   दुरी तय गर्न सक्छ । उक्त बिमानको सफल     परिक्षण उडान २०६५ साल मंसिर २१ गते गरिएको थियो ।

इउभल ऋष्तथ भन्नाले के बुझिन्छ ?
   जुन सहरमा सेना, प्रहरी र युद्धकासामग्री छैनन् त्यस्तो सहरलाई इउभल ऋष्तथ भनिन्छ । यस्तो किसिमको सहरलाई आरक्षित सहर पनि भनिन्छ ।                          — बौद्धिक ज्ञानमालावाट

साहित्य

भाउजुको सिँउदो

अग्नी बगेको खोला म तरुँ कसरी
पटक–पटकको विश्वासघात हरुँ कसरी
पानीको थोपा न हो यो जिन्दगी
बादल बन्न नपाउँदै म झरुँ कसरी
कण कणमा खोज्दैछु म आफ्नो नेपाल
बुद्धकोसामना अहो म गरुँ कसरी
हरेस खाएँ जब भाउजूको सिन्दुर पुछियो
आमाको रित्तो काख म भरुँ कसरी
जलिरहेछ मन आज आफन्तको पीडाले
शरीर निष्प्राण नहुदै कफनमा चढु कसरी
बलेका घरमा लाश खोज्दैछन् बुबा एक्लै
सहयोगी हात बढाउन अघि म सरुँ कसरी
स्वर्गसरि गाउँवस्तीको यस्तो भो हाल आज
जानी जानी त्यो नर्कमा म पनि परुँ कसरी
            हेमन्ती जोशी
            हाल कैलाली
        मनहरु जित्न सके गजल संग्रह

जिउदो लास

श्वास फेरेर मात्रै के भो ?
खाना पचाएर मात्रै के भो ?
लुगा लगाएर मात्रै के भो ?
मानवता मानवीय धर्म छैन ।

देश र जनातको वारेमा कसैले सोच्या छैन,
यस्ता मृतलाई पनि कसरी जीवित भन्ने,
यस्तो जीवन त केवल जिउदो लास
शान्तिपूर्वक काम गर्न पाईदैन
स्वतन्त्रता पूर्वक जीवन जिउन पाईदैन
राष्ट्रको वारेमा त कहाू आफ्नै वारेमा पनि सोच्न सकिदैन
यस्तो जिन्देगी पनि के जिन्दगी ?
केवल जिउदो लास

फाईदा लिने को ? थाह छैन
व्यर्थै त जनताले पो मर्नु प¥यो
हत्या हिंसा स्वदेशमा गर्नेले त गर्नु ग¥यो
यस्तो जिन्देगीलाई कसरी पूर्णता दिने ?
केवल जिउदो लास
आखिर जनताले पो के पाए ?
के पाउछन ?
काले आए पनि उस्तै, माले आएपनि उस्तै
हुदाूहुदाू त एक गाूस खान नपाउने पनि भईसके
यो कस्तो देश जनतामा पिडा मात्र
जीवन जिउदो लास

भन्छन सवै जनताको लागि
वजेट खान्छन जनताकै नाम लिएर
द्वन्द्व गर्छन जनताकै नाम लिएर
तर हे जनता हाम्रा लागि सवै उस्तै
हामी दुःखी यो युगमा जन्मिने जिन्देगी जिउदो लास ।

Tuesday, October 29, 2013

वर्ष १०, अंक २९, मिति २०७० साल कार्तिक १२ गते आईतवार

मुख्य समाचार 

धरमराउँदै सुदुरपश्चिमका हस्तीहरु 

अर्को संबिधानसभाको निर्वाचन जतिजति नजिकिँदैछ, सुदुरपश्चिमका राजनीतिक हस्तीहरु त्यतिनै धरमराउँदै गएका छन । संसद र संबिधानसभा निर्वाचन गरी चार पटक लगातार बिजयी भएका पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा पनि सुरक्षित देखिएका छैनन् ।
पञ्चायल काल र प्रजातान्त्रिक कालमा समेत प्रधानमन्त्री भएका सुदुरपश्चिमका राजनीतिक हस्ती लोकेन्द्रवहादुर चन्द गृहजिल्ला बैतडीवाट चुनाव लड्दैछन । उनी २०५१ सालको संसदीय चुनावमा गृहजिल्लाका दुवै सिटवाट जितेर प्रधानमन्त्री समेत भएका हुन । यस पटक भने उनलाई आप्mनै गृहजिल्ला फलामे च्युरा सावित भएको छ ।
मंसिर ४ गते हुने संबिधानसभाको निर्वाचनका लागि बैतडीका दुवै क्षेत्रवाट प्रतिस्पर्धामा रहेका चन्दको जित्ने आधार देखिएको छैन । तुलनात्मक रुपमा क्षेत्र १ भन्दा क्षेत्र २ मा वढी वलिया भएपनि जितिहाल्ने अवस्था देखिएको छैन । व्यक्तिगत रुपमा चन्दलाई सवैले मान्ने  गरेको भएपनि पार्टी संगठन कमजोर भएका कारण उनी कमजोर भएका छन । चन्द  राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार हुन ।
चन्दसंग वैतडी क्षेत्र १ मा एमाओवादीका नरेन्द्र कँुवर, नेपाली कांग्रेसका  लोकराज अवस्थी र नेकपा एमालेका दामोदर  भण्डारी प्रतिस्पर्धामा रहेका छन । क्षेत्र २ मा एमाओवादीका रेणु चन्द, कांग्रेसका नरवहादुर चन्द र एमालेका महादेव भट्ट प्रतिस्पर्धामा रहेका छन ।
पटक पटक प्रधानमन्त्री भएका नेपाली कांग्रेसका बरिष्ठ नेता शेरवहादुर देउवा पनि यस पटक तिव्र प्रतिस्पर्धामा छन । डडेल्धुरा जिल्लावाटै २०४८, २०५१ र २०५६ सालको संसदीय निर्वाचनमा देउवाले तत्कालीन  प्रतिस्पर्धी नेकपा एमालेसंग ठुलो मतअन्तरले बिजयी भएका थिए । २०६४ सालको संबिधानसभा निर्वाचनमा देउवा एमाओवादी नेता खगराज भट्टसंग बिजयी त भएका थिए तर बिगतका निर्वाचनको जस्तो धेरै मतको अन्तर हुन सकेन । यस पटक देउवालाई पनि आप्mनै गृहजिल्ला बिरानो हुन थालेको देखिएको छ । डडेल्धुरामा देउवाका प्रमुख प्रतिस्पर्धीहरुमा एमाओवादीका केन्द्रीय सदस्य खगराज भट्ट र एमालेका जिल्ला अध्यक्ष डा. तारा जोशी रहेका छन ।
देउवाले प्रतिस्पर्धा गरिरहेको अर्को क्षेत्र कैलाली ६ मा पनि उनी हलुका पर्न थालेका छन । गत संबिधानसभाको निर्वाचनमा कञ्चनपुर–४ वाट समेत बिजयी भएका देउवाले पछि कञ्चनपुर–४ छोडेर डडेल्धुरावाटै प्रतिनिधित्व गरेका थिए । यस पटक उनी एमालेका सेती अञ्चल सचिव महेश्वर पाठकसंग तिव्र प्रतिस्पर्धामा रहेका छन । देउवासंग एमाओवादीवाट पुर्व सभासद् लिला भण्डारी पनि प्रतिस्पर्धामा रहेका छन ।
२०५१ को संसदीय निर्वाचनमा अछाम क्षेत्र १ वाट बिजयी भएका एमाले केन्द्रीय सदस्य भीव रावललाई पनि चुनावी प्रतिस्पर्धा गरुंगो देखिएको छ । गत संबिधानसभाको निर्वाचनमा समानुपातिक तर्फवाट सभासद् भएका रावल एमाले नेता माधव नेपालको प्रधानमन्त्रीत्व कालमा गृहमन्त्री समेत भएका थिए । आप्mनो गृहजिल्लावाटै प्रत्येक्ष प्रतिस्पर्धामा जाने मनसायका साथ अछाम फर्किएका रावलका लागि पनि चुनाव आप्mनो पक्षमा पार्न निकै कसरत गर्नु पर्ने अवस्था देखिएको छ ।  रावलसंग एमाओवादीका दिपक साउँद र कांग्रेसका मेघराज खड्का प्रतिस्पर्धामा रहेका छन ।
सुदुरपश्चिमका अर्का राजनीतिक हस्ती एमाओवादीका केन्द्रीय सदस्य लेखराज भट्ट कैलाली क्षेत्र ५ वाट चुनाव लड्दैछन । गृहजिल्ला डोटी क्षेत्र २ वाट चुनाव लड्ने पक्कापक्की भएका भट्ट उम्मेदवारी मनोनयनको नजिक पुगेपछि कैलाली लागेका थिए । गत संबिधानसभाको निर्वाचनमा सोही क्षेत्रवाट बिजयी भएका भट्टका लागि यस पटक भने उक्त क्षेत्र बिरानो देखिएको छ । भट्टले नेपाली कांग्रेसका दिर्घराज भाट र एमालेका पदम सिंहालसंग प्रतिस्पर्धा गर्नु पर्ने छ ।

सम्पादकीय 

सुरक्षा सतर्कतामा ध्यान जावस 

निर्वाचनको मिति जति जति नजिकिँदैछ, सुरक्षा व्यवस्थामा प्रश्नचिन्ह पनि लाग्दै गएका छन । राज्यले निर्वाचन शान्तिपूर्ण    गराउनका लागि सवै सुरक्षा अंगहरुलाई परिचालन गर्ने आधिकारिक घोषणा गरिसकेको छ । सोही अनुसार सुरक्षाकर्मीहरु पनि परिचालन भएका छन । यि सुरक्षाकर्मीहरुले निर्वाचनका सवै प्रक्रिया र अंगहरुको सुरक्षा दिनु पर्ने हुन्छ । ति अंगहरुमा मतदाताहरुको सुरक्षा दिनु पनि एक प्रमुख कर्तव्य हुन आउँछ ।
तर, सुरक्षा निकायहरुलाईनै जोडेर बिभिन्न खालका कुराहरु वाहिर आउन थालेका छन । यद्यपी वाहिर आएका कुराहरु गलत पनि हुन सक्छन तर एउटा भनाई छ “हावा नलागी पात हल्लिन्न” भन्ने । केही दिन अगाडी डोटी क्षेत्र २ को ईलाका प्रहरी कार्यालय  जोरायलका ईन्चार्ज र एमाले सम्वद्ध व्यक्तिहरुकाबीच झडप भएको समाचार वाहिर आयो । प्रहरी नायव निरीक्षक तहका ईन्चार्जले कुनै दल बिशेषको प्रचार प्रसार गरिरहेको भन्ने एमालेको बिज्ञप्तीले जनाएको छ । यदि यो कुरा साँचो हो भने यसले सिंगो सुरक्षा निकायमा अबिश्वास सृजना गर्छ । जसले गर्दा आगामी दिनहरुमा यस्ता थुप्रै बिवादहरु सृजना हुन सक्छन । बिवादलाई साम्य गर्नुको सट्टा प्रहरी प्रमुखवाटै बिवादमा एक पक्षीय हस्तक्षेप गर्ने काम  भईरहेको भन्ने गुनासाहरु समेत आउन थालेका छन । यसले पक्कै पनि राम्रो संकेत गर्दैन ।
यस्तै घटना आईतवार डौडमा पनि भएको समाचार आएको छ । राती अज्ञात व्यक्तिहरुले जवरजस्ती स्थानीयवासीहरुको घरमा पस्न खोजेको समाचार छ । स्थानीयवासीहरुले निर्वाचनका लागि खटिएका सेनाहरुको क्याम्पवाट ति व्यक्तिहरु आएको दावी गरिरहेका छन । यस भन्दा अगाडी कहिले पनि त्यस्ता घटना नहुने गरेको उक्त क्षेत्रमा एकाएक कसरी यस्तो गम्भिर प्रकृतिको मानवअधिकार उलंघनको घटना हुन पुग्यो त ? के सुरक्षा सतर्कता नभएर हो वा फेरी सुरक्षाकर्मीहरुकै संलग्नता हो । नेपाली सेना गाउँमा वस्ने भन्ने खवर पाउँनासाथै त्रसित भएका समुदायमा यस्ता घटनाहरु हुन थाले भने के होला ।
सोमवार क्षेत्रीय सुरक्षा समितिको बैठक पनि डोटीमै वसेको छ । सायद यस्ता घटनाको वारेमा क्षेत्रीय सुरक्षा समितिमा पनि छलफल भएको हुनुपर्छ । जिल्लाको सुरक्षा समितिले पनि यो   कुरालाई गम्भिर रुपमा ध्यान दिनु जरुरी छ । जनताको सुरक्षा गर्न गएकाहरुले अमुक राजनीतिक दलको प्रचार गर्ने, आम जनताको घरमा राती चोरझैं पस्ने अवस्था आउने हो भने पक्कै पनि यो राम्रो संकेत हुने छैन । यसले जनतामा त्रासका साथसाथै आक्रोस फैलाउने छ । त्यसैले अहिलेनै कहाँ कस्का कति कमजोरी भए भन्ने कुरा खोजी गर्नु जरुरी छ । यो जुँगाको लडाई होईन । यहाँ कसैले जित्ने वा कसैले हार्ने भन्ने बिषय पनि होईन । यहाँ त सुरक्षाको प्रश्न छ ।
संबिधानसभाको निर्वाचन मंसिर ४ गते हुनु पर्छ, त्यसका लागि वातावरण तयार गर्ने काम हामी सवैको हुन आउँछ । चुनाव सम्पन्न गर्नका लागि शान्ति सुरक्षाको प्रश्न अहिलेको प्रमुख प्रश्न  हो । सुरक्षाकर्मीहरुले यो बिषयलाई ध्यान दिनु जरुरी छ । यसका साथसाथै सरकार र राजनीतिक दलहरुले पनि जनतासंग मत माग्ने मात्र होईन उनीहरुको सुरक्षाको अवस्था कस्तो छ भन्ने वारेमा चाँसो र चिन्ता लिनु जरुरी रहेको छ ।
दैनिक जसो हुन आपराधिक घटनाहरु त एक ठाउँमा छन नै यसका साथसाथै सुरक्षाकर्मीहरुवाटै यस्ता अपराधका घटनाहरु हुन

थप समाचार 

संगोष्टी सम्पन्न
डोटीका तीन स्रष्टाहरु सम्मानित 

प्राध्यापक डा. जयराज पन्तको संयोजनमा नेपाली लोकवार्ता तेश्रो राष्ट्रिय आईतवार डोटीमा सम्पन्न भएको छ । संगोष्ठीमा डोटीका तीन जना स्रष्टाहरुलाई सम्मान गरिएको छ ।
डोटी क्याम्पस डोटी र सुदुरपश्चिम साहित्य समाज डोटीको संयुक्त आयोजनामा भएको सो कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डा. प्रेमकुमार खत्री  (निरौला) ले संस्कृतिको संरक्षणका लागि घरदैलो अभियान गर्नु पर्ने वताए । “हामीले यो अभियान गाउँगाउँमा लैजानु पर्ने आवश्यकता रहेको छ” डा. खत्रीले तर आफुहरुले सो गर्न नसकेको वताए । “नेताहरु चुनावका वेला मात्र गाउँ जाने गरेका छन, वाँकी समय काठमाण्डौंमै बस्ने गरेका छन” खत्रीले व्यङ्गे गर्दै भने–कम्तीमा हामीहरु जिल्ला सदरमुकामसम्म त पुगेका छौं तर यतिले हामी सन्तुष्ट छैनौं ।
सम्मानित भएका स्रष्टाहरुलाई वधाई दिँदै खत्रीले आफुसंग भएको ज्ञान सीप पुस्तान्तरण गर्न सम्मानित स्रष्टाहरुलाई आग्रह गरे । “हाम्रो सम्मानको उद्देश्यनै स्रष्टाले आफुसंग भएका प्रतिभाहरु अर्को पुस्तालाई हस्तान्तरण गर्न हौसला मिलोस भन्ने हो” खत्रीले हामीले कला, साहित्य संस्कृति वचाउनु आवश्यक रहेको वताए ।
कार्यक्रमका संयोजक प्राध्यापक डा. पन्तले डोटी जिल्ला राजनीतिक रुपमा, ऐतिहासिक रुपमा र साँस्कृतिक रुपमा महत्वपूर्ण रहेको वताए । यस जिल्लामा थुप्रै प्रकारका साहित्यिक र सांस्कृतिक धरोहरहरु रहेको वताउँदै पन्तले यो संगोष्ठीको उद्देश्य पनि स्रष्टाहरुको पहिचान गरी उनीहरुलाई सक्रिय वनाउनु रहेको वताए । आफुहरुले यस क्षेत्रको साहित्य र संस्कृतिको अध्ययन गर्ने उद्देश्यका साथ सुदुरपश्चिमका सात जिल्लामा यस्ता संगोष्ठीको आयोजना गर्न लागेको समेत डा.पन्तले जानकारी दिए ।
डोटी क्याम्पस प्रमुख कृष्ण कठायतको सभापतित्वमा भएको सो कार्यक्रममा डोटीका प्रमुख जिल्ला अधिकारी दीपक काफ्ले, डा. रामचन्द्र भट्ट लगायतका व्यक्तिहरुले संगोण्ठी सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा बिभिन्न स्रष्टाहरुले आफ्ना साहित्यिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।
संगोष्ठीमा सम्मानित भएकाहरुमा देउडा गायनमा सुदुरपश्चिममै चल्ले शाहीका नामले ख्याति कमाउन सफल डोटी दिलायल सिलगढी नगरपालिकाका खण्टे खडकालाई मरणोपरान्त “बरिष्ठ देउडा गायक” को उपाधीद्वारा सम्मान गरिएको छ । खड्काको सम्मान पत्र उनका जेठा छोरा टिका खड्काले बुझेका थिए ।
यस्तै अर्का स्रष्टा दिपायल सिलगढी नगरपालिका–४ का गोबिन्द केसी रहेका छन । केसीले २०२१÷०२२ साल देखिनै साहित्य क्षेत्रमा कलम चलाएका थिए । “वलेको दियो” भन्ने कृतिसंगै बिभिन्न कृतिहरु प्रकाशन गरेका केसीलाई “बरिष्ठ साहित्यकार” को उपाधी दिईएको छ ।
अर्का स्रष्टा दिसिनपा–१ का धनवहादुर मल्ल रहेका छन । मल्ललाई मुर्तिकला, चित्रकला र समाजसेवामा बिशेष योगदान दिएको भन्दै “बरिष्ठ चित्रकार एवं समाजसेवी” उपाधी दिईएको छ ।
यसैबीच संगाष्ठीमा डोटीका सवै स्रष्टाहरुलाई खवर नभएको भन्दै केही कला साहित्य स्रष्टाहरुले आपत्ति जनाएका छन । स्थानीयस्तरवाट बिभिन्न साहित्यिक बिद्यामा राष्ट्रिय  पुरस्कार समेत पाईसकेका केही स्रष्टाहरुले राष्ट्रियस्तरको संगोष्ठीमा आफुहरुलाई खवर समेत नगर्नु दुःखदायी भएको वताएका छन । साहित्य÷ संस्कृतिको संरक्षण गर्नका लागि कसैप्रति पुर्वाग्रही भएर हुन नसक्ने उनीहरुको तर्क छ ।

आयोगले ७५ जिल्लामा अनुुगमन गर्ने 

राष्ट्रिय मानवअधिकार आयोगका सचिव वेदप्रसाद भट्टराईले आयोगले ७५ वटै जिल्लामा निर्वाचनका गतिबिधिहरुको अनुगमन गरिरहेको जानकारी दिएका छन ।
आईतवार डोटीको दिपालयमा सम्पन्न भएको सुदुरपश्चिमाञ्चल क्षेत्रीय सुरक्षा समितिको बैठकलाई लक्षित गरी शनिवार डोटी पुगेका भट्टराईले सो कुरा वताएका हुन । भट्टराईले गैससकर्मीहरु, निर्वाचन पर्यवेक्षकहरु, कानुन व्यवसायीहरु र सञ्चारकर्मीहरुसंगको संयुक्त अन्तरक्रियामा आयोगले निर्वाचनमा मानवअधिकारको उलंघन नहोस भन्नका लागि सावधानी अपनाईरहेको समेत जानकारी दिए । “२०६४ सालको भन्दा फरक अवस्थामा यो निर्वाचन भईरहेकोका छ” भट्टराईले भने–२०६४ को निर्वाचनमा एकातिर शान्ति प्रक्रियाको एक प्रमुख अंग माओवादी लडाकुहरु र नेपाली सेना व्यारेकमा रहेको थियो भने अर्कोतिर कुनै दलले चुनाव बहिस्कारको  आधिकारिक घोषणा गरेका थिएनन् । तर अहिले चुनावमा सुरक्षा प्रदान गर्ने भन्दै सेना परिचालन भएको छ, भट्टराईले भने– एकातिर ३३ दलीय मोर्चा चुनाव बहिस्कार गर्ने भनेर घोषित रुपमै लागेको छ । यस परिस्थितिमा २०६४ भन्दा अहिलेको चुनावी अवस्था फरक रहेको भट्टाईको भनाई थियो ।
मानवअधिकार प्रवद्र्धन महाशाखाले तल्लो तहसम्म आयोगको काम कारवाहीको वारेमा जानकारी दिने योजना वनाईरहेको वताउँदै  भट्टराईले मानवअधिकारको संरक्षणका लागि सवैले सहयोग गर्नु पर्ने वताए । लोकतन्त्रको आधार निर्वाचन भएकोले निर्वाचनलाई हामी सवैले महत्वका साथ हेर्नु पर्ने हुन्छ, भट्टराईले निर्वाचन मार्फत वन्ने संबिधानसभाले जारी गरेको संबिधानले मानवअधिकारको सुनिश्चितता गर्ने बिश्वास गरे ।
निर्वाचनमा खटिने सुरक्षा कर्मीहरु, कर्मचारीहरुको  राज्यले बिमा   गरेको तर निर्वाचन पर्यवेक्षकहरुको बिमा नगरेको वताउँदै भट्टराईले भने–निर्वाचन आयोगले एकातिर निर्वाचनमा पर्यवेक्षकहरुको महत्वपूर्ण जिम्मेवारी रहेको समेत वताईरहने अर्कोतिर उनीहरुलाई मताधिकार पनि नदिने, उनीहरुको सुरक्षा पनि नदिने र बिमा पनि नगर्ने कुरा राम्रो होईन । हामी भोली दिपालयमा सुरक्षा समितिको बैठकमा सहभागि हुँदैछौं, उक्त वैठकमा यस जिल्लाको समस्याहरुको वारेमा कुरा उठाउन सजिलो होस भन्नका लागि हामीले यो अन्तरक्रिया राखेका हौं, भट्टाराईले यहाँको समस्याको बिषयमा उक्त गोष्ठीमा छलफल गरिने जानकारी दिए ।
आयोगका क्षेत्रीय निर्देशक डा.टिकाराम   पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा आयोगका भीमप्रकास ओलीले स्वागत व्यक्त गरेका थिए । कार्यक्रममा सञ्चालन आयोग क्षेत्रीय कार्यालय धनगढीका पवन भट्टले गरेका थिए ।
कार्यक्रमका सहभागिहरुले आयोगका जिल्लास्तरमा कार्यालयहरु स्थापना गर्नु पर्ने, आयोगले आफ्नो कामलाई छिटो छरितो गर्नु पर्ने, निर्वाचनमा परिचालन भएका सेनाहरुलाई आधारभुत मानवअधिकारको तालिम दिनु पर्ने जस्ता सुुझाव दिएका थिए ।

वाँकेमा मधेशवादी दलहरु १५

२०६४ साल चैत्र २८ गते भएको पहिलो संबिधानसभाको निर्वाचनमा वाँकेमा तीन मधेशी दलहरुले मात्र चुनावी प्रतिस्पर्धा गरेको भएपनि यस पटक १५ दलले प्रतिस्पर्धा गर्दैछन ।
मधेश केन्द्रित दलहरुमा आएको बिभाजनका कारण तीन दलवाट १५ दल पुगेका हुन । मधेशकै नाममा दुई स्वतन्त्र उम्मेदवारहरु समेत रहेका छन । गत निर्वाचनमा वाँके ३ वाट चुनिएका सर्वदेव ओझा पार्टी फेरेर फेरी त्यसै क्षेत्रमा उम्मेदवार भएका छन । उनी गत चुनावमा मधेशी जनअधिकार फोरमवाट बिजयी भएका थिए । अहिले ओझा जयप्रकाशप्रसाद जुप्ताले नेतृत्व गरेको राष्ट्रिय मधेश अभियान पार्टीमा आवद्ध रहेका छन । उक्त पार्टी निर्वाचन आयोगमा दर्ता नभएका कारण ओझाको उम्मेदवारी स्वतन्त्र भएको छ ।
त्यस्तै वाँके २ वाट पनि कलिम अहमद अन्सारी स्वतन्त्र उम्मेदवार भई मधेशकै नाममा मत माग्दै हिडेका छन । चुनवी मैदानमा रहेका मधेश केन्द्रित दलहरुमा मधेशी जनअधिकार फोरम नेपाल, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, सद्भावना पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी र तराई मधेश सदभावना पार्टी नेपाल र संघीय सदभावना पार्टीले उम्मेदवारी दिएका छन ।
यसैगरी मधेशी जनअधिकार फोरम मधेश, नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी), मधेशी जनअधिकार फोरम (गणतान्त्रिक), राष्ट्रिय मधेश समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी (युनाईटेड) र नेपाल सद्भावना पार्टीले पनि वाँकेमा उम्मेदवारी दिएका छन । यसैगरी राष्ट्रिय मधेश एकता पार्टी नेपाल, मधेश तराई फोरम र थरुहट तराई पार्टी नेपालले पनि आधिकारिक उम्मेदवारी दिएका छन । कतिपयले संगठन कमजोर भएपनि समानुपातिकमा मत वढाउन उम्मेदवारी दिएका छन ।
तराई मधेश लोकतान्त्रिक पार्टी, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, सद्भावना पार्टी र मेधशी जनअधिकार   फोरम नेपालको प्रभाव बढी देखिन्छ । गैर मधेशवादी दलहरुले आफुले जित्ने आधार एउटा मधेशी दलभित्र आएको बिभाजनलाई वनाउने गरेका छन । तर, तराई मधेश लोकतान्त्रिक पार्टीका नेता पशुपतिदयाल मिश्राले त्यस्तो सोच ठिक्क उल्टो रहेको वताए ।
“धेरै ठाउँमा मधेशी दलहरु बिभाजनको कारण हामीले दिँदै हिड्नु     परेको छ” मिश्राले भने–तर यसको कारण मधेशी दलहरु चुनाव हारिहाल्छन, यिनिहरु सिद्धिहाले भन्ने चाँही होईन । मधेशी दलहरु भन्दा वढी नोक्सान अहिले गैर मधेशी दलहरुलाई भएको मिश्राको दावी छ । गैर मधेशी दलहरुले मधेशी र मुश्लिम समुदायका व्यक्तिहरुलाई उम्मेदवार नवनाएका कारण असन्तुष्टहरु मधेशवादी दलहरुमा आएको मिश्राले दावी गरे ।
मधेशी दलहरु बिभाजनका कारण अव मतदाताहरुले व्यक्ति हेरेर मत दिनु पर्ने अवस्था आएको वताउँछन अर्का मधेशी नेता हिरालाल लोनिया । मधेशी जनअधिकार फोरमका नेता लोनियाले मधेशी दलहरुमा लोभीहरुको संख्या बढेको र एकतामा ध्यान नगएका कारण समस्या भएको वताउँदै मधेशी दलहरु बिभाजन भईदिँदानै मतदाताहरमा पनि अन्यौल बढेको वताए । लोनियाका अनुसार पहिला मधेश केन्द्रित दलहरुमा लाग्ने मतदाताहरु अझैपनि मधेशी दललाई नै मत हाल्ने पक्षमा छन । यसको पछि मधेश आन्दोलनले ल्याएको जागरण, आत्मसम्मान र समावेशीको मुद्धा हो । जुन मधेशी जनताले धेरै हदसम्म पाएका छन । लोनिया भन्छन–  अरु एजेण्डा भनेको वेकार हो, मधेशी नेताले जित्यो भने आफनो आत्मसम्मान बढ्छ, सुखदुःखमा साथ दिन्छ भन्ने भावना छ ।
एमाले र कांग्रेसले मधेशी दलहरुले मधेशी जनतालाई सत्तामा जाने भ¥याङ मात्रै वनाएको आरोप लगाएका छन । कांग्रेस वाँके सभापति अरुण कोईरालाका अनुसार मधेशी दलको बिभाजनसंगै चुनावमा पनि मधेशीहरुबीचनै टक्कर देखिएकाले पुरानो आधार खस्कनेछ ।
निर्वाचनको मिति नजिकिदै जाँदा मधेशी दलहरुबीच एकताको सम्भावना पनि उतिकै वढेर गएको दावी तमलोपा नेता मिश्राको छ । “एकताका लागि पनि कुराकानी भईरहेको छ, जित्ने उम्मेदवारलाई अन्तिममा सवैले मतदान गर्ने परिस्थिति निर्माण हुन सक्छ” मिश्राले यस्तो हुन सक्यो भने वाँके मधेशी दलहरुकै पकडमा रहने वताए ।
एमाओवादी नेता दामोदर आचार्य मधेशी दलप्रतिको आकर्षण नरहेको दावी गर्छन । “गत चुनावमा मधेश आन्दोलनको सद्भाव थियो, त्यसैले मधेशी दलहरुको आधार जस्तो वनेको हो” आचार्यले परिवर्तनको एजेण्डा वोकेका एमाओवादीनै जित्ने दावी गरे ।

माओवादीले गौतमलाई सहयोग गर्ने 

संबिधानसभाको निर्वाचनको      बिरोधमा उत्रिएका ३३ दलीय मोर्चाको नेतृत्व गरिरहेको नेकपा–माओवादी बर्दियाका कार्यकर्ताहरुले मंसिर ४ गते हुने अर्को संबिधानसभाको निर्वाचनमा एमाले उपाध्यक्ष वामदेव गौतमलाई सहयोग गर्ने भएको छ ।
सोरहवा गाबिस–५ गन्धर्भ गाउँका करीव ७५ परिवार माओवादी कार्यकर्ताहरुले आईतवार एमाले उपाध्यक्ष तथा बर्दिया क्षेत्र १ का उम्मेदवार गौतमलाई गाउँमै वोलाएर भव्य स्वागत गरी निर्वाचन बहिस्कारका भोट दिएर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । पार्टीले चुनावको सशक्त बहिस्कार गर्ने नीति लिएको भएपनि आफुहरुले स्थानीयस्तरवाट गौतमलाई सहयोग गर्न लागेको उनीहरुको भनाई थियो । “चुनाव बहिस्कार गर्दा भोट खेर जान्छ, त्यसैले हामीले एमाले नेता गौतमलाई आफ्नो मत दिएर सहयोग गर्ने निर्णय गरेका छौं” नेकपा–माओवादी क्षेत्रीय सेक्रेटरी दिलीप गन्धर्भले गौतमलाई निर्वाचनमा सहयोग गर्ने वताए ।
आफुहरुले पार्टी परित्याग नगरेको वताउँदै दिलिपले बहिस्कार गर्दा खेर जाने मत गौतमलाई दिएर सहयोग गर्न खोजेको मात्रै वताए । “देशमा आमुल परिवर्तन गर्ने भनेर जनताको मत पाएपछि धोका दिएको पार्टीलाई सहयोग गर्दैनौं” एमाओवादीप्रति संकेत गर्दै दिलीपले एमाओवादीले गन्धर्भ गाउँका जनतालाई सपना देखाएर धोका दिएको आरोप समेत लगाए । मानखोला छेउमै रहेको गन्धर्भ गाउँका सवैजसो मतदाता यसअघिको निर्वाचनमा हालको एमाओवादीमा लागेका थिए । पार्टी बिभाजनपछि उनीहरु नेकपा–माओवादीमा आवद्ध छन ।
गन्धर्भ परिवारका नेकपा–माओवादी नेताहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएपछि एमाले नेता गौतम उत्साहित भएका छन । आफुले एमाओवादी जस्तो खोक्रो आश्वासन नदिने समेत वताए । सवै मतदाताहरुलाई अविर लगाई स्वागत गर्दै गौतमले आफु संबिधान निर्माणका लागि प्रतिवद्ध रहेको समेत जताए । मानखोलाले गर्दै आएको कटान नियन्त्रण, स्थानीय सुकुम्वासी बस्दै आएको जग्गाको लालपुर्जा र सडकको स्तर बृद्धिका लागि सहयोग गर्ने नेता गौतमको भनाई थियो । गन्धर्भ समुदायले सारंगी    रेट्दै गीत गाउँदै स्थानी समस्या सुनाएका थिए । उनीहरुले अल्पसंख्यक समुदायका रुपमा रहेको आप्mना समुदायको हक अधिकार आगामी संबिधानमा सुनिश्चितताका लागि आग्रह समेत गरेका थिए ।

चुुनावी गाडीहरुमाथी आक्रमण हुँदै 

नेपाली कांग्रेसका सभापति तथा बाँके क्षेत्र ३ का उम्मेदवार सुशील कोईरालाको चुनावी प्रचारमा प्रयोग गरिएको गाडीमा आगजनी भएको छ ।
नेपालगञ्जको सुर्खेतरोडस्थित पार्टी कार्यालय अगाडी रोकेर राखेको भे १ च ९१७ नम्वरको स्कोर्पियो गाडीमा अज्ञात समूहले आगजनी गरेको हो । सो गाडीमा पछिल्लो भागमा डिजेल छर्केर आगजनी गरिएको थियो । आगो लाग्ने बित्तिकै प्रत्येक्षदर्शीले आगो निभाउन पानी खन्याएका कारण गाडीमा धेरै क्षेति भने नभएको वताईएको छ । घटना सोमवार बिहान करीव ११ वजेतिर भएको प्रहरीको भनाई छ ।
यसैगरी कांग्रेस काठमाण्डौं क्षेत्र ५ का उम्मेदवार एवं कांग्रेस नेता नरहरी आचार्यको प्रचारमा प्रयोग गरिएको गाडीमा पनि सोमवार बिहान आगजनी भएको छ । धापासीस्थित कृष्ण मन्दिर नजिकै पार्किङ गरिएको गाडीमा अज्ञात समूहले आगो लगाएका हुन आगोले गाडीको ईन्जिन र पछाडीको भागमा क्षति पुगेको छ ।
यसैगरी एमाले नेता राजेन्द्र पाण्डेको गाडीमा पनि अज्ञान समूहले आगो लगाउने प्रयास गरेका छन । उनीहरुले सोमवार बिहान नारायणहिटीको उत्तर ढोकामा पार्किङ गरिएको पाण्डेको गाडीमा आगजनीको प्रयास गरेका हुन ।

माओवादीलाई फेरी पनि ल्याउन सकिन्छ

नेपाली कांग्रेसका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाले नेकपा–माओवादीलाई निर्वाचन पछाडी पनि संबिधान संसोधन गरेर संबिधानसभामा ल्याउने बिकल्प खुला रहेको वताएका     छन ।
चुनावी अभियानको सिलसिलामा गृहजिल्ला डडेल्धुरा पुगेका नेता देउवाले सोमवार विहान सञ्चारकर्मीहरुसंग कुरा गर्दै नेकपा–माओवादी सहितका दलहरुलाई संबिधानसभाको निर्वाचनमा ल्याउन आफुले अन्तीम समयसम्म प्रयास गरेको दावी गर्दै अव वन्ने संबिधानसभाले असन्तुष्ट दलको भावनालाई पनि समेट्नु पर्ने कुरामा जोड दिए ।
“उहाँहरु पनि एउटा शक्ति हो” देउवाले उहाँहरुसंग सरसल्लाह गरेरै आफुहरुले नयाँ संबिधान वनाउने प्रतिवद्धता व्यक्त गरे । निर्वाचनपछि संबिधान संसोधन    गरेर पनि माओवादीलाइ संबिधानसभामा ल्याउने बिकल्पमा छलफल गर्न कांग्रेस तयार रहेको देउवाको भनाई थियो । गत चुनाव भन्दा यस चुनावमा एकिकृत नेकपा माओवादीको डरत्रास कम भएको भएपनि पूर्ण रुपमा नहटेको आफुले चुनावी अभियानको क्रममा महसुस गरेको देउवाको भनाई थियो ।

प्यासीले मारे आलमलाई 

वारा क्षेत्र ४ मा एमालेको तर्फवाट प्रत्येक्षका उम्मेदवार मोहम्मद आलमको हत्याको योजना वनाउने एमालेकै पूर्व सभासद रामचन्द्र प्यासी कुसवाह भएको  प्रहरी अनुसन्धानले खुलेको छ ।
केन्द्रीय अनुस्धान व्यरो सिआईवीले वाराको कलैयास्थित जिल्ला प्रहरी कार्यालयमा आईतवार पत्रकार सम्मेलन  गरी घटनामा संलग्न कुसवाहसहित तीन जनालाई सार्वजनिक गरेको छ । पक्राउ परेकामा बिरगञ्जमा व्यापार गर्दै आएका भारतीय नागरिक अतिक खान र रक्सौलका राजु श्रीवास्तव वर्मा रहेका छन । राजु पत्रकार समेत रहेको प्रहरीको भनाई छ । आरोपी कुसवाह गत संबिधानसभामा एमालेको तर्फवाट समानुपातिक उम्मेदवारथिए ।
प्रहरीका अनुसार आलमको हत्याको योजना ६ महिनाअघिनै वनेको थियो । तीन पटकको प्रयासमा बीरगञ्जमा हत्या भएको आरोपीहरुले स्वीकार गरे । कुसवाहले आलमको हत्याको योजनावारे राजुसंग ६ महिना अघिनै छलफल गरेको प्रहरीको अनुसन्धानवाट जानकारी भएको छ । हत्याको मुख्य योजनाकार दुवईमा बसी आवश्यक समन्वय गरेको र निर्देशन दिएको प्रहरीले वताएको छ ।
भदौं १४ गते भारतवाट तीन जना वीरगञ्ज आएको तर आलम काठमाण्डौं लागेपछि पहिलो पटकको प्रयास असफल भएको प्रहरीको दावी छ । आलमसहित अर्का एकको हत्या गर्ने योजनाका साथ चार जना सुटर काठमाण्डौं आएका थिए । काठमाण्डौंमा पनि आलमको हत्या गर्न नसकेपछि उनीहरुले जोरपाटीमा मोहमद सकसुल हलमाथी गोली हानेका थिए । उनी घाईते भएका थिए  ।
जोरपाटी घटनापछि भागेर भारत पुगेका उनीहरु आलम वारा आएको जानकारी पाएपछि अतिकसंग सम्पर्क     गरी असोज १६ गते पुनः बिरगञ्ज आएका थिए । १७ गते संबिधानसभा निर्वाचनको उम्मेदवारी दर्ताका दिन आलम चढेको वा ५ च ३३२९ नम्वरको गाडीको जानकारी रामचन्द्र प्यासी कुसवाहले सुटरहरुलाई    गराएको सिआईवीको अनुसन्धानवाट खुलेको छ ।

कण्डम दिवसमा कण्डम फुटाउने प्रतियोगिता 

१९ औं राष्ट्रिय कण्डम दिवसको अवसरमा डोटीमा कण्डम फुटाउने प्रतियोगिता भएको छ ।
जिल्ला एड्स समन्वय समिति डोटीको आयोजना र डोटीमा एचआईभी÷एड्सको क्षेत्रमा कार्यरत गैर सरकारी संस्थाहरुको सहभागितामा भएको उक्त कण्डम फुटाउने प्रतियोगितामा १३ सहभागिमध्ये दुई जना कण्डम फुटाउन सफल भएका थिए । प्रदिन श्रेष्ठ र रजनीश श्रेष्ठले कण्डम प्रतियोगितामा कण्डम फुटाउन सफल भएका थिए ।
“दोहोरो सुरक्षाका लागि कण्डमको उपलव्धता बढाऔं” भन्ने मुल नाराका साथ मनाईएको सो दिवसका अवसरमा शनिवार आयोजित कार्यक्रममा प्रतियोगिहरुले आँखामा पट्टी वाँधेर फुकेको कण्डम झुण्ड्याएको स्थानमा गई पिनले घोचेर कण्डम फुटाउनु पर्ने नियम वनाईएको      थियो । सफल प्रतियोगीहरुलाई आयोजकको तर्फवाट डायरी प्रदान गरिएको छ ।
यसैबीच जिल्ला सोभा सञ्जाल र समान पहुँच बिकास केन्द्र डोटीले डोटीको सानागाउँ गाबिसमा पनि बिभिन्न कार्यक्रम गरी कण्डम दिवस मनाएको खवर प्राप्त भएको छ ।

छोटकरी समाचार 

नियोगले ८० पर्यवेक्षक राख्ने

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले डोटी जिल्लामा ८० जना निर्वाचन पर्यवेक्षक खटाउने भएको छ ।
मंसिर ४ गते हुने अर्को संबिधानसभाको निर्वाचनलाई मध्येनगर गर्दै नियोगकले एक गाबिसमा कम्तीमा पनि एक र नगरपालिकाका प्रत्येक वडामा एक÷एकजना पुग्ने गरी निर्वाचन पर्यवेक्षकहरु खटाउन लागेको नियोकका डोटी जिल्ला अध्यक्ष  रामहरी ओझाले जानकारी दिए ।

अज्ञात समूहको आतंक 

डोटीको डौडमा आईतवार राती अज्ञात समूहले स्थानीयवासीहरुका घरभित्र पस्ने प्रयास गरेको समाचार छ ।
स्थानीयवासीहरुका अनुसार रातीको समयमा अज्ञात ढोका ढक्ढकाउँदै घरभित्र प्रवेश गर्ने प्रयास गरेको हो । स्थानीयवासीहरु सो समूह नेपाली सेनाको हालै डौडमा खटिएको निर्वाचन सुरक्षा क्याम्पवाट आएको हुन सक्ने वताएका छन । सेनाका मान्छेहरुले दिउसभरी गाउँमा घुमेको र कुन घरमा को को वस्छन भन्ने समेत जानकारी लिएको वताउँदै स्थानीयवासीहरुले सेनानै हुन सक्ने वताएका छन ।
यस बिषयमा नेपाली सेनाका निर्वाचन सुरक्षा टोलीका डोटी प्रमुख प्रमुख सेनालाई धु्रव कार्कीसंग सम्पर्क राख्दा आफुलाई यसवारेमा कुनै जानकारी नभएको वताएका छन । “मसंग त्यस्तो कुनै पनि प्रकारको सूचना आएको छैन” प्रमुख सेनानी कार्कीले आफुले यस वारेमा वुझेर वताउँने जानकारी दिए ।

चलचित्र, मनोरञ्जन 

म एकदम स्वार्थी छु 

नम्रता सापकोटा 

दशैं कस्तो रह्यो ? 
एकदमै रमाईलो । यसपाली बुटवल मामाधर गएर खुव रमाईलो गरियो । सवैजना एकैठाउँमा रहेर     रमाईलो गर्दानै दशैंको मज्जा आउँछ । हरेक नेपालीले दशैंमा गर्ने रमाईलो जसरीनै मैलेपनि रमाईलो गरें तर घरभित्रै वसेर । किनभने दशैंको दिनभरी पानी प¥यो, वाहिर निस्कनै पाईएन नि !
अनि तिहारको योजना कस्तो छ त ? 
खास त्यस्तो बिशेष योजना त केही पनि छैन । केही दिन म्युजिक भिडियोहरुको सुटिङमा व्यस्त भईन्छ होला । आफैं पनि तिहार बिशेष केही ईभेन्टहरु गर्दैछु । त्यसैले त्यतै व्यस्त हुन्छु होला । अरुले गर्ने ईभेन्टहरुमा पनि सरिक हुन्छु । साथीभाई भेटघाट, रमाईलो, खानपिन जस्ता कुराहरु त भईहाल्ने नै भए ।
अहिले जताततै चुनावले छोएको छ, तपाईलाई कत्तिको चुनाव लागेको छ ?
लागेकै छैन भन्दा पनि हुन्छ । म मेरै काममा व्यस्त हुनु परेकोले पनि यस्तो भएको हुनुपर्छ । अव पिल्मकै बिभिन्न व्यक्तिहरु पनि चुनावमा होमिएको त थाहा पाएकी छु । फेरी मलाई राजनीतिमा त्यति ईन्ट्रेष्ट पनि छैन । चुनावमा भोट हाल्न चाँही जानुपर्ला ।
आजभोली फिल्ममा काम गर्न छोडेको हो र ? 
त्यस्तो होईन । म्युजिक भिडियो र आप्mनै ईभेन्टहरुमा व्यस्त छु । यो बिचमा दुईवटा स्क्रिप्ट आएका थिए तर ती फिल्ममा म आफैं काम नगर्ने भएँ । अन्तराल र सिग्नेचर फिल्ममा मात्र मैले अभिनय गरेकी छु । सिग्नेचर प्रदर्शनमा आउनेवाला छ । फेरी अर्को एउटा फिल्मको कुरा पनि आईराखेको छ । शायद त्यो फिल्म गर्छु होला । कतिले त दुईवटा भन्दा अरु फिल्म नगरेको देखेर फिल्म नपाएको भन्ने हल्ला पनि चलाएका    छन । तर म फिल्म नपाएर भन्दा पनि आप्mनै व्यस्तताको कारणले गर्दा फिल्म       गरिरहेकी छैन । फिल्म नखेले पनि व्यस्त छु ।
तपाई त साल्सा डान्स गर्नुहुन्छ, सिकाउनुहुन्छ पनि । आफुलाई अभिनेत्री, मोडल वा साल्सा डान्सरमध्ये कुन रुपमा चिनाउनु हुन्छ ? 
यो वा त्यो भन्दा पनि सवै रुपमा चिनिन चाहान्छु । फेरी डान्स र एक्टिङ भन्ने कुरा आपसमा जोडिएको बिषय भएकाले पनि मलाई अझै बढी सहज भएको छ । मलाई वाल्यकालदेखिनै स्कुल कलेजहरुमा डान्सकै माध्यमवाट चिन्थे तर कलाकारिता पनि   मेरो रुचीको बिषय हो । त्यसैले मलाई जुन रुपमा चिनेपनि परक पर्दैन ।
फिल्म उद्योगमा तपाई आप्mनो उपस्थितिलाई कसरी लिनुहुन्छ ?
मलाई फिल्ममा नायिका वन्ने रहर कहिल्यै लागेन र म यो फिल्ममा नायिका अर्थात स्टार वन्नका लागि छिरेकी पनि होईन । मैले फिल्ममा हिरोईन बन्छु भनेर कहिल्यै पनि सपना देखिन । म पहिल्यैदेखि थियटरमा काम गर्थे थुप्रै नाटकमा मैले अभिनय पनि गरेकी     छु । फिल्ममा पनि फिल्मी शैलीको नायिका भएर रोनाधोना र ग्ल्यामर सिनमा रमाउनु भन्दा क्यारेक्टर वेस्ड भएर काम गर्न चाहान्छु । मैले गरेका दुईवटा फिल्पहरु त एक्सिडेन्टल्ली पाएको हुँ । खासमा मलाई स्टार वन्नु भन्दा एउटा राम्रो कलाकार वन्ने मन छ । त्यसैले यही फिल्ममा जम्ने सुर कसेर फिल्ममा म लागेकी होईन ।
अहिले नेपाली फिल्ममा आउने नयाँ हिरोहरु “मुर्गा” वनेर र नायिकाहरु ओछ्यान तताएर” आउँछन भन्ने व्यापक छन नि ?
फिल्ममा धमाकेदार हिरो र हिरोईन वन्ने भुत चढ्कोले आप्mनो उत्कृष्ठ चाहानालाई   पुरा गराउनका लागि यस्तो वाटो राजेका हुन सक्छन । तर यो वाटो पूर्ण रुपमा गलत  हो । नवुझेका र हावाहुरीसंगै वहेर आएकाहरुले यस्तो गर्छन जस्तो मलाई लाग्छ । यस्तै हावाहुरीसंगै आउने मुर्गाहरुकै कारणले नेपाली फिल्म उद्योगले गति लिन सकेको छैन । पैसा छ भन्दैमा बुझ्दै नवुझेका मान्छेले लगानी गरेर हिरो वन्ने र रहर पुरा गर्ने वहानामा ज्यानै वेच्नेकै कारण राम्रा घरानाका व्यक्तिहरु यो क्षेत्रमा आकर्षित हुन        सकिरहेका छैनन् । बुझेको मान्छेले त यस्तो काम गर्दै गर्दैन नि ।
तपाई आफैले आफैलाई कसरी लिनुहुन्छ ? 
म कसैसंग पनि झुक्दिन । अव कसैको ओछ्यान तताएर मलाई नायिका वन्नु पनि    छैन र मेरो त्यो सपना पनि होईन । मेरो आफ्नै बिजनेस छ म त्यसवाटै लाईफ चलाउन सक्छु । म मेरो करिअरका लागि कन्फिडेन्स छु । त्यसैले कसैकसैले मलाई घमण्डी केटी पनि भन्छन । मलाई मेरो आप्mनै वानी व्यहोरा मन पर्छ । म स्वार्थी पनि छु, खुव    स्वार्थी । तर आफ्नै कामका लागि । फिल्मी खवर अनलाईनवाट

लेख 

हे जनार्दन, चुनावमा कसैलाई बहुमत नदेऊ !

बहुमतका आधारमा हैन, सहमतिमा संबिधान वनाउन आवश्यक छ ।

अरुण बराल 

एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले शुक्रवार सिराहामा आयोजित घरदैलो कार्यक्रममा आफुहरुलाई बहुमत दिन आग्रह गर्नुभयो । कांग्रेस सभापति सुशील कोईरालाले आफ्नो पार्टीले दुई तिहाई ल्याउनुपर्ने वताउनु भएको छ भने नेकपा एमालेले पनि आप्mनो दललाई बहुमत र लोकतान्त्रिक शक्तिलाई दुई तिहाई मत मागिरहेको छ ।
प्रमुख तीन प्रतिस्पर्धी राजनीतिक दलहरुले आप्mना घोषणपत्रमा पनि बहुमत चाहिएको उल्लेख गरेका छन । एमाओवादीले परिवर्तनकारी पार्टीलाई बहुमत र अग्रगमनका एजेण्डा मिल्ने दलहरुलाई दुई तिहाई बहुमत दिनुपर्ने र त्यसो भएमात्रै संबिधान वन्ने आप्mनो घोषापत्रमा जिकिर गरेको छ । त्यसैगरी एमालेले “एमालेको नीति, एमालेकै नेतृत्व” भन्ने नारा अघि सारेको छ । कांग्रेसले लोकतान्त्रिक शक्तिले चुनावमा बहुमत ल्याएमात्रै संबिधान वन्न सक्ने बताएको छ । एमाओवादीले संबिधान वन्नका लागि संघीयता र जातीय पहिचानका पक्षधरहरुको दुई तिहाई बहुमत चाहिने वताएको छ भने एमाले कांग्रेसले लोकतान्त्रिक शक्तिहरुले दुई तिहाई मत पाउनु पर्ने माग गरेका छन ।
किन चाहियो बहुमत ?
आप्mनो दलले बहुमत ल्याएर आफुले भनेजस्तै दलहरुले दुई तिहाई मत ल्याएको अवस्थामा मात्रै संबिधान वन्न सक्छ भन्ने एमाओवादी, कांग्रेस र एमालेका नेताहरुको दावी नै आधारहीन छ । संबिधानसभाको ६ सय १ सीटमध्ये आप्mनो दलले तीन सय एक कटाउँदैमा आप्mनो नेतृत्वको सरकार वन्छ र आफैं वजेट वनाएर बिकासको खोलो बगाउँछु भन्ने नेताहरुको दावी हास्यास्पदमात्रै छैन, यसले उनीहरुभित्रको अदुरदर्शिता र सत्तालोलुपतालाई फेरी एकपटक सतहमा ल्याएको छ ।
स्मरण रहोस, अहिले भईरहेको चुनाव पाँच वर्षे  सरकार चलाउनका लागि नभएर संबिधान वनाउनका लागि मात्र हो । प्रमुख तीन दलले आप्mनो घोषणापत्रमा एक वर्षमा संबिधान वनाउँछौं भनेका छन । संबिधान वनिसकेपछि ६ सय एक सदस्यीय यो संबिधानसभा स्वतः बिघटन हुन्छ । यति ठुलो संसद व्यवस्थापिकामा किन रुपान्तरण हुन सक्दैन भने नयाँ संबिधानले पक्कै पनि सानो संसद वनाउने छ । यो अवस्थामा एक वर्षभित्र नयाँ संबिधान वनाउनलाई बहुमतीय सरकार हैन, राष्ट्रिय सहमतिको सरकार जरुरी हुन्छ ।
कांग्रेस, एमाले, एमाओवादी र मधेशवादीमध्ये कुनै पनि शक्तिलाई वाहिर राखेर बहुमतीय सरकार वनाउने गल्ती फेरी पनि दलहरुवाट हुनु हुँदैन । निर्वाचन सकिएपछि २५ बुँदे वाधा अड्काउको औचित्य सकिई अन्तरीम संबिधान पुनः क्रियाशील हुने भएकाले संबिधानको धारा ३८(१) अनुसार राष्ट्रिय सहमतिको सरकार वनाउन     जरुरी छ । तर, एमाओवादीलगायतका कुनै पनि दलले आफ्नो घोषणपत्रमा राष्ट्रिय सहमतिको सरकार वनाएर अघि बढ्ने बताएका छैनन् । बहुमत चाहियो, सरकार वनाउन र वजेट वनाउन एकलौटी अधिकार चाहियो भन्ने उनीहरुको माग छ । अझ उनीहरु पहिले जस्तो बहुमत नदिएर गल्ती नगर भन्दै जनतालाई हप्काईरहेका छन । बिगतको चुनवामा जनताले कुनै गल्ती गरेका थिएनन् ।
अघिल्लो चुनवामा कसैले बहुमत नपाएर संबिधान नवनेको होईन, राष्ट्रिय सहमति नभएर संबिधान नवनेको हो । ०६४ को चुनावमा कसैलाई पनि वहुमत नदिएर जनताले ठीकै गरेका थिए । सवैले मिलेर काम गर भन्ने जनताको म्याण्डेट थियो । अव फेरी पनि सवै दलहरु मिलेर भावी संबिधानलाई राष्ट्रिय सहमतिको दस्तावेज वनाउनु जरुरी छ । ०६४ को चुनावमा कुनै दलले बहुमत ल्याएर सरकार चलाउँदैमा संबिधान वन्दैनथ्यो ।
लोकतान्त्रिक शक्तिले दुई तिहाई ल्याएर एमाओवादी वाहेकको संबिधान वनाउन सक्ला तर त्यसले शान्ति र   राष्ट्रिय एकता कायम गर्न सक्दैन । एउटाले वनाएको संबिधान अर्कोले जलाउने अवस्था आउन सक्छ ।     त्यसैगरी एमाओवादी र मधेशवादीले दुई तिहाई ल्याएर संबिधान वनाउँदैमा कांग्रेस र एमालेले त्यसमा सहमति जनाएनन् भने त्यो संबिधान राष्ट्रिय सहमतिको दस्तावेज नहुन सक्छ । त्यसैले एक वर्षमा संबिधान लेख्नेनै हो भने प्रमुख दलहरुमध्ये कसैले पनि बहुमत ल्याईराख्न जरुरी छैन । बहुमतै आएपनि राष्ट्रिय सहमतिको सरकार वनाउने र सहमतिका आधारमा सवैलाई समेटेर अगाडी बढ्ने प्रतिस्पर्धा यी तीन दलले गर्न जरुरी छ न कि बहुमत ल्याउने र एकछत्र सरकार चलाउने ।
प्रमुख तीनवटै दलमा सत्तालोलुपता र घमण्ड सवार भएकाले यी मध्ये कुनै एक दलले स्पष्ट बहुमत पाएमा मंसिरको चुनाव सकिनेबित्तिकै उसले एकलौटी सरकार वनाउन सुरु गर्ने छ । तर स्पष्ट छ कि अहिलेको शक्ति सन्तुलनमा उसको मात्रै एकलौटी चल्नेवाला छैन । त्यो अवस्थामा बिपक्षीले उसलाई असहयोग गर्नेछ र संसदीय व्यवस्थाको बिशेषता एवं हाम्रा नेताहरुको साँस्कृतिकस्तर अनुसार सरकार टिकाउने र ढाल्ने षड्यन्त्र फेरी प्रारम्भ हुनेछ । यो अवस्था आउन नदिने हो र दलहरुलाई राष्ट्रिय सहमतिका लागि वाध्य पार्ने हो भने कसैलाई पनि बहुमत नदिई सवैलाई एउटै साईजमा राखिदिने गरी जनताले अभिमत दिनु उचित हुने देखिन्छ ताकी भावी संबिधान   राष्ट्रिय सहमतिको दस्तावेज वन्न वाध्य होस र सरकार निर्माण समेत राष्ट्रिय सहमतिका आधारमा गरियोस । नेताहरु आफै नैतिक अनुशासनमा बस्न नसक्ने देखिएकाले यिनीहरुलाई जनताको दवावले मात्रै नैतिक वन्धनमा वाँधेर राख्न सक्छ ।
राष्ट्रिय सहमतिवाहेक संबिधान वनाउने अर्को वाटो छैन । कुनै शक्तिले सत्ता कव्जा गरेको अवस्थामा मात्रै एकलौटी संबिधान वन्न   सक्छ । तर त्यसले शान्ति दिन सक्दैन । दुई तिहाई बहुमतले जारी गर्ने संबिधान पनि प्राबिधिक मात्रै हुन्छ, सहमतिको दस्तावेज हुन सक्दैन । एउटा शक्तिलाई निर्वाचन प्रक्रियावाट वाहिर   राखेर चुनाव गरिँदैछ, अव फेरी बहुमतका नाममा अर्को कुनै शक्तिलाई वाहिर राखेर भोटिङका आधारमा संबिधान वनाईयो भने अर्को महाभुल हुनेछ । त्यसैले नेता ज्यू किन चाहियो तपाईलाई बहुमत ? सरकार चलाउन ? अहिलेको चुनाव संबिधान वनाउनका लागि हो सरकार चलाउन त आगामी वर्ष अर्को चुनाव गर्नु पर्छ ।
भनिन्छ, राजनीतिमा भगवान भनेका जनता हुन । अझ यसो भन्दा सही होला, जनता सधैंका लागि भगवान होईनन् कि चुनावका दिन चाँही उनीहरु पक्कै भगवान नै हुन । त्यसर्थ घमण्डले हुप्प फलिरहेका तीन दलका नेतालाई कुन स्थानमा राख्ने भन्ने कुराको निधो गर्ने र उनीहरुको निधारमा भाग्य लेखिदिने “षष्टी” को दिन भनेको आगामी मंसिर ४ गते नै हो । हे जनार्दन ! चुनावमा कसैलाइ नि बहुमत नदेऊ, ता कि यिनीहरुले आपसमा मिलेर राष्ट्रिय सहमतिको संबिधान लेखुन र अर्को वर्ष नयाँ शासकीय स्वरुपका आधारमा जनतासंग सरकार चलाउने बहुमत माग्न जाउन ।
अनलाई खवरपत्रिकावाट

मोफसल पत्रकारिता 

साँच्चै भन्नु पर्दा मोफसल पत्रकारीता गर्न धेरै गाह्रो छ ।

विष्णु प्रसाद भण्डारी
न्युजफोर्स साप्ताहिक सम्पादक, डोटी

तपार्इंको पुरा परिचय पाउँ न ? 
म विष्णु प्रसाद भण्डारी, घर अछाम जिल्लामा पर्दछ अहिले म डोटी जिल्ला वाट प्रकाशन हुने न्युज फोर्स साप्ताहिक प्रकाशन सम्पादन गर्दै आई रहेको छु ।
 पत्रकारिता पेशानै किन रोज्नु भयो ?
यो पेशा रोज्नुको मुलका कारण भनेको नै समाज परिवर्तनका लागी मेरो केहि योगदान पुगोस् भन्ने हो अर्को कुरा समाजमा रहेका कुरिति कुसंस्कारहरुको अन्त्य गर्नका लागी धारीलो हतियार नै कलम हो कलम चलाउने श्रममजिवि पत्रकार त्यसैले हतियारको रुपमा कलमलाई दिएर मैले यसै पत्रकारीतालाई आफ्नो कर्म र धर्मको रुपमा यो पेशामा लागेको हुँ ।
कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ? 
समाजका सकारात्मक पक्षहरुलाई नै सम्भबत बढी भन्दा बढी मिडियामा सिमेट्न सकियोस् भन्ने उद्देश्यले सकारात्मक सोचका साथ राम्रो खालका कुराहरु लाई आम जनमानसमा उजागर गर्न रुचाउन्छु । जहाँ सम्म विडको कुरा छ मोफोसलमा खास विड हुदैन सबै विडमा कलम चलाउनु पर्ने हुन्छ । विषेशत अहिले हामी गरिब देशका नागरिक हाम्रो शैक्षिक स्तर कमजोर रहेको छ भने हाम्रो देश गाँउ नै गाँउले भरीएको छ ।  त्यसका साथै जनचेतना अभावका कारण ग्रामिण भेगका सर्वसाधारणको स्वास्थ्य अवस्था पनि नाजुग छ । यो देखेर आफु लाई शिक्षा र स्वास्थ्यको क्षेत्रमा कलम चलाउन प्रेरीत गरेको छ । मेरो पत्रकारीताको बिशेष जोड शिक्षा र स्वास्थ्यमा रहने छ ।
 तपाईलाई पत्रकारिता पेशामा लागेको कति समय भयो ?
 सामान्य तया बि.सं. २०६५ साल तिर  सहयोगीको रुपमा अछाम स्थित रेडियो रामारोशन एफएम संग नजिक हुने अवसर पाए स्थानिय स्तरबाट रेडियोलाई आवश्यक सहयोग  गर्दा गर्दै २०६६ सालमा रेडियो मै काम गर्ने अवसर पाएको थिए यसरी पत्रकारीता आरम्भ गरेको अव करीव ५ बर्ष पुरा हुन थाल्यो ।
 एक पत्रकार भएर आईपर्ने समस्याहरु के के देख्नु भएको छ ?
समस्या त थुप्रै आईपर्न सक्छन् त्यो आफुमा भर पर्छ तर पनि मुलुकको संक्रमणकालिन अवस्था संग तुलना गर्ने हो भने बिभिन्न समयमा पत्रकारलाई आउने गरेका धम्कि नै अहिलेको मुख्य समस्याकोरुपमा लिन सकिन्छ ।
पत्रकारिता पेशामा लागेर सन्तुष्ट हुनुहुन्छ त ?
म पत्रकारीत पेशाबाट पूर्णरुपमा सन्तुष्ट छु । म मा सानै देखी पत्रकारीता पेशा प्रतिको सकारात्मक सोच कायम रहेको भएर पनि होला म यस क्षेत्रलाई अझ प्रभावकारी बनाउन के–के गर्नुपर्ला भन्नेमा प्रयासरत छु ।
 तपाइले सञ्चालन गरिरहेको न्यूज फोर्स साप्ताहिक कसरी चलिरहेको छ ?
बि.स. २०६९ भाद्र २७ गते बुधवार आफ्नो पहिलो अंक प्रकाशन गर्दै मैले प्रकाशन थालेको न्यूज फोर्स साप्ताहिक पत्रिका हाल निरन्तर प्रकाशनमा छ । प्रकाशनका क्रममा बिभिन्न गाह्रा अप्ठ्याराहरु आई परे पनि त्यस संग जसो तसो संघर्ष गरेरै पनि पत्रिकाको स्तर खस्किन नदनि आफु दिन रात लागी परेको छु ।
 मोफसल पत्रकारिता गरिरहनु भएको छ, कसरी हेर्नु हुन्छ मोसफल पत्रकारिता जगतलाई  ?
साच्चै भन्नु पर्दा मोफसल पत्रकारीता गर्न धेरै गाह्रो छ । मोफसलमा थुप्रै पत्रपत्रिका संसचलनमा हुँदा सम्पुर्ण पत्रिकाकाका लागी आय श्रोत अपर्याप्त हुने भएकाले पनि मोफसलमा पत्रिका चलाउन गाह्रो नै छ । त्यसै माथी मोफसल पत्रकारीतालाई हेर्ने दृष्टिकोण पनि राम्रो नभएकाले यहाँ राष्ट्रिय सञ्चार गृहमा कुनैन कुनै रुपमा आवद्ध पत्रकारलाई मात्र पत्रकार मान्ने र स्थानिय स्तरका सञ्चार गृहमा आवद्ध ब्यक्तिलाई पत्रकारको रुपमा हार्धिकताका साथ लिन नसक्ने प्रबृति हावि हुन थालेको छ । त्यसैले मोफसल             पत्रकारीतालाई हेर्ने दृष्टिकोणमा समेत परीवर्तन  आबश्यक छ ।
 अन्त भन्दा डोटीमा पत्रकारीता गर्न त सजिलै होला नि ? 
सजिलो असजिलोको हकमा त डोटीमा मात्रै न भै मुलुक भरीनै जहाँ जुन पत्रकारलाई समस्या आई पर्छ त्यो समस्यालाई आफ्नै समस्यकारुपमा लिएर पत्रकार पनि जाग्नु पर्छ । पछिललो समय देशैभरी आफु अनुकुल समाचार नलेखे पत्रकार माथी भिन्न खालका अपमानजनक घटनाहरु घटाउने सुनियोजित घटनाहरु हुने गरेका छन् त्यसका बिरुद्ध पनि सवै पत्रकार एक जुट हुन जरुररी छ । तुलनात्मकरुपमा डोटीमा पत्रकारीता गर्न धेरै असहज चाँही छैन ।
मोफसलमा पत्रकारिता गर्न कत्तिको समस्या देख्नु हुन्छ ? 
मोफसलमा पत्रकारीता गर्नु एउटा ठुलो चुनौतिको बिषय पनि हो । मैले अघि नै अवगत गराए स्थानिय स्तरका पत्रकारहरुलाई हेर्ने दृष्टिकोणनै अरु भन्दा फरक भएकाले पनि मोफसलमा पत्रकारीता गर्नेले बिभिन्न चुनौतिहरुको सामना गर्नु पर्ने अवस्था छ । स्थानिय स्तरमा यहाँका बिभिन्न सरकारी तथा गैर सरकारी निकाय, संघ संस्था लगायत सहकर्मी पत्रकार साथीहरु पनि यसमा कुनैन कुनै रुपमा बाधकको रुपमा भुमिका खेलीरहेको पाईन्छ । यसरी स्थानिय स्तरका पत्रकारहरुलाई हेर्ने सवैको दृष्टिकोणमा परीवर्तन नआन्जेल लाग्छ मोफसल पत्रकारीता चुनौतिपूर्ण नै छ ।
 मोफसल पत्रकारिताका मुख्य चुनौतीहरु के के देख्नु भएको छ ? 
फेरी पनि त्यही कुरा दोहो¥याउन चाहान्छु मोफसल पत्रकारीताका मुख्य चुनौतिको रुपमा सरकारी तथा गैर सरकारी निकायहरु, संघ संस्था लगायतका निकायहरुले हेर्ने नराम्रो दृष्टिकोण, सहकर्मी पत्रकार साथीहरुले बाधकको रुपमा खेल्ने गरेको भुमिका आदी रहेका छन्  ।
 मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ? 
मोफसल पत्रकारीताको समस्या समाधानमा नेपाल सरकारले गर्न पर्ने त धेरै बाँकी छ । यानीकी मोफसल पत्रकारीताको समस्या समाधानमा नेपाल सरकारले अहीले सम्म केही पनि गर्न न सकेको अवस्था छ । नेपालसरकार मातहतका जिल्ला स्थित निकायहरुबाट केही हद सम्म स्थनिय स्तरका पत्रपत्रिकाहरुलाई सहयोग पूूग्ने खालका राहत प्याकेज मात्रै ल्याई दिए पनि मोफसल पत्रकारीताको समयोचित बिकास सम्भव हुने थियो ।
 पत्रकारहरुको हक हितका लागि गठन भएका सञ्चारकर्मीहरुका बैचारिक संगठनहरुको भुमिका   कस्तो छ ?  

 पत्रकारितामा लागेर कत्तिको पैसा कमाउनु भयो ?
  सायद मलाई लाग्छ पत्रकारीता पेशानै पैसा कमाउने पेशा चाँही होईन यदि कोही पत्रकारीता बाटै धेरै पैशा कमाउछन् भने पनि त्यो सम्पति मलाई लाग्छ संकास्पद समपति हो । म पैसा कमाउन पत्रकारीतामा लागेको होईन । त्यसैले पनि होला सायद पत्रकारीता नै लागेर जिबिकोपार्जन बाहेक अहिले सम्म कुनै सम्पत्ति मैले आर्जन गरेको छैन ।
मनोरञ्जन गर्ने समय कत्तिको छ तपाईसंग ?
साच्चै भन्नुपर्दा म सानै देखी मनोरञ्जनको पक्षमा त कहील्यै रहेन । यसो भन्नुको मतलव कसैले मनोरञ्जनमा समय बेतित गर्नु हुनन भन्ने
 त होईन सम्भव भए सम्म मनोरञ्जनमा समय खेर नफाल्नु नै ठिक हुुन्छ । जहाँ सम्म मनोरञ्जनको समयको कुरा छ मलमई लाग्छ पत्रकारीता पेशानै आफैमा कता कता २४ घण्टा ब्यस्त जस्तो महसुुस गर्नुु पर्ने बाध्यता भएको पेशा हो मनोरञ्जनका लागी मलाई बिलकुल समय छैन ।

सवैका लागि उपयोगी 


राज्य बिकासमा “बंशज” 

एङ्गेल्सले बंशजको प्रमाणको लागि क्ष्चयत्रगयक, न्चभभप, च्यmबल बलम न्बचmबल, मभकअभलत लाई प्रस्तुत गरेका छन । उनले बंशज (मभकअभलत) लाई जिन्स (न्भलक) भनेका छन । उनका अनुसार जव परिवारमा मेरो समूह भन्ने अवधारणा निस्कियो त्यसवाट नै मेरो राज्य भन्ने धारणा बिकसित भयो । परिवारमा पुरुषको बिशिष्ठता कामय भएजस्तै राज्यमा पनि पुरुषको नै प्रधानता रह्यो । एङ्गेल्सले अझ अगाडी भनेका छन ः परिवारलाई गोत्र (ऋबिल) नै प्रमुखता जमाए जस्तै गोत्रकै समूहले गर्दै राज्यको उत्पत्ति भयो । उनी भन्दछन व्यक्तिगत सम्पत्ति जव सामुहिक रुपमा बितरण गरिन्थ्यो त्यो प्रणाली हराउँदै गएपछि व्यक्तिगत परिवारभित्र पनि सम्पत्तिको वाँडफाँड हुन थाल्यो । यसरी नै राज्यको उत्पत्ति भयो । यसलाई परिवारको उत्पत्ति, नीजि सम्पत्ति र राज्यमा बिस्तार भयो ।
मर्गानले समाजको ऐतिहासिक बिकासको क्रमलाई जंगली,     वर्वरता र सभ्य अवस्थालाई केन्द्रित गरी आप्mनो व्याख्या दिएका   छन । उनले विवाहको बिषयलाई आप्mनो व्याख्याको आधार वनाएका छन भने स्तरको कुरा गर्दा माथी उल्लेख गरिएका तीनवटा स्तर मुख्य छन । यसका अतिरिक्त आदिम समाज राज्यको रुपमा बिकसित हुनका लागि निम्न कुराहरु भएको एङ्गेल्स वताउँछन ।
क) वावुको अधिकारको सुरुवात ः कुनै व्यक्तिले कमाएको सम्पत्ति जिन्स (न्भलभक) मा नभई परिवारमा मात्र जान थाल्यो । वावुवाट छोरामा सम्पत्तिको हस्तान्तरण हुने थाल्यो ।
ख) बैयक्तिक परिवारभित्र सम्पत्तिको असमानता ः जव नीजि सम्पत्तिको अवधारणा जन्मियो तव मानिसहरुमा अरुभन्दा धनी वन्ने सोचको बिकास हुन गयो । यसले गर्दा मानिसहरुको बीचमा असमानताको ठुलो खाडल वन्न गयो ।
ग) व्यक्तिगत सम्पत्ति बृद्धि भएको कारण समाजमा दासताको उत्पत्तिः धेरै सम्पत्ति कुनै व्यक्तिले जम्मा गरेपछि त्यसको उत्पादन गने क्रममा दासताको जन्म हुन गयो ।
घ) व्यवस्थित शोषण वा लुट (क्थकतझबतष्अ उष्ििष्बनभ तजभ बअत या उगिलमभचष्लन, यियत) मानिस आफुले धेरैभन्दा धेरै सम्पत्ति आर्जन गर्नका लागि नियमवद्ध रुपमा लुटपाट गर्न थाले ।
यसरी यी बिभिन्न कारणहरुले गर्दा समाजमा व्यक्तिगत सम्पत्तिको धारणा बिकसित भयो ।

नेपालमा सञ्चार तथा छापाखाना 

– बि.सं. १९०८ मा नेपालमा सर्वप्रथम सरकारवाट छापाखानाको स्थापना । राणा प्रधानमन्त्री जंग
वहादुरले बेलायत भ्रमणवाट फर्कदा साथमा गिद्धे प्रेस ल्याएका थिए ।
– बि.सं. १९५५ “सुधासागर मासिक” पत्रिका मार्फत सर्वप्रथम नेपालभित्रै प्रकासन आरम्भ ।
– बि.सं. १९५८ बैशाख २४ गते तत्कालीन प्रधानमन्त्री देवशमशेरद्वारा नेपालको पहिलो समाचारपत्र गोरखापत्रको प्रकाशन, सुरुमा साप्ताहिकको रुपमा प्रकाशन भयो र ६० वर्षपछि मात्र दैनिक भयो ।
– बि.सं. १९६९ मा बिजुलीवाट चल्ने छापाखानाको स्थापना
– बि.संं. १९७० पछि नेपाली भाषा प्रकाशनी समितिको स्थापना
– सन १९८४ मा दुरसञ्चार सेवाको सुरुवात ।
– बि.संं. १९८४ बैशाख १३ गते गोरखापत्रमा सवभन्दा पहिले फोटो व्लक छपाई ।
– बि.सं. १९९४ देखि पत्रपत्रिकामा दर्ता नम्वर राखने प्रचलन ।
– बि.सं. २००० देखि काठमाण्डौं उपत्यकामा समाचार संकलन गर्नका लागि सम्वाददाता राख्ने व्यवस्था (यसैवाट नेपाली सञ्चारमाध्यममा सम्वाददाता राख्ने सुरुवात भएको हो)
– बि.सं. २००४ सालदेखि सर्वसाधारण नेपालीहरुले रेडियो सेट राख्न पाउने स्वतन्त्रता ।
– बि.सं. २००४ नेपाल सरकारको बैधानिक कानुन २००४ जारी, (यो संबिधान प्रेस स्वतन्त्रताको मान्यता दिने पहिलो संबिधान थियो ।)
– बि.सं. २००५ मा छापाखाना तथा प्रकाशन ऐन, २००५ जारी
बि.सं. २००५ मा सञ्चार बिभागको स्थापना

साहित्य, सृजना 

समाज आज 

हिड्यो टोल गाउँ युवा छन जुवामा
हे¥यो खेतवारी छ झाडी गरामा
उता गाउँ बस्ती छ गुल्जार कस्तो
मदीरा जुवा व्याप्त कुकृत्य यस्तो
एयरपोर्ट भन्सारमा हुलमुल
बिदेशी रहेका ति नेपाली मुल
धमिलो नीति राजनीति छ मैलो
खिचातानी बिचारको भाँड भैलो
म मात्रै छु राम्रो अरु छन बेकार
म संगै छ केवल सुबुद्धि बिचार
भनि गर्दछन राजनेता तनाव
कतै छैन शान्ति छ बस्ती उजाड
हुने दिनदिनै यि वहुलवादी चाँड
सुके संस्कृति सभ्यता मात्र जाँड
जुवा रक्सी मौलाउँदै गाँजिएको
अशल सभ्यता संस्कृति वाँझिएको
सवै प्राज्ञ बिहानमा भिन्न वाद
उठौं जुर्मुराऔं हटाऔं विवाद
रमेशचन्द्र जोशी 
मुडभरा, डोटी

शुभ–दिपावलीको शुभकामना 

सफा सुन्द अति चम्किलो जीउ चट्ट परेकी
रत्नको थाली वोकी घरघर हिड्ने कस्ती वान्की परेकी
तिम्रो पाउ जुन घर प¥यो शौभाग्य सारा उदायो
घरघरमा ज्योति छाई सुख सयलको प्रेम भाव वढायो
आईन लक्ष्मी छमछम गरी रत्नको वर्षा गर्दै
सफा सुग्घर घरघर डुली ज्योतिको पुण्य छर्दै
घर घरमा द्वीप वाली आँगन वरीपरी लिपीपोति
वालक बृद्धा सवजन मिति हर्षको छाई ज्योति
भाग्न थाले तिमिर सवै द्वीप ज्योति वलेर
उठ्न थाले नर नारीहरु काम धन्दा लिएर
गुञ्जियो मधुर स्वरले देउसी भैलो खेलेर
पैसा माग्दै घर घर पुगी भाई बैनी मिलेर
यस्ती लक्ष्मी भगवतीमा पाउ पर्छु नुहेर
देशमा शान्ति छावस सव जन मिलि काम गरौं जुटेर
शुभ–दिपावलीमा द्वीपहरु वलुन शुभकामना म गर्छु
भाई भाईमा प्रेम बढी सुखी सव रहुन कामना यही गर्छु ।
गोबिन्दप्रसाद श्रेष्ठ
दिसिनपा–२, सिलगढी डोटी 


Wednesday, October 23, 2013

बिम्ब साप्ताहिक अंक २८, वर्ष १०, २०७० साल कार्तिक ५ गते मंगलवार

मुख्य समाचार

प्रचण्डले भने ः संबिधानसभाको तेश्रो निर्वाचन हुने छैन 

एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले मंसिर ४ गते हुने अर्को संबिधानसभापछि संबिधानसभाकै लागि तेश्रो पटक निर्वाचन नहुने दावी गरेका छन ।
चुनावी सभालाई सम्वोधन गर्न सुदुरपश्चिम पुगेका प्रचण्डले आईतवार ए नेकपा माओवादी डोटीद्वारा डोटीको दिपायलमा आयोजना गरेको जनसभालाई सम्वोधन गर्दै मंसिर ४ गते हुने संबिधानसभाको निर्वाचनपछि गठन हुने संबिधानसभाले एक वर्षभित्रै संघीय लोकतान्त्रिक गणतन्त्र सहितको नयाँ संबिधान जारी गर्ने वताए । “उच्च स्तरीय राजनीतिक समितिमा मैले देशको ठुलो पार्टीको अध्यक्षको हैसियतले अर्को निर्वाचन भएको ६ महिनाभित्र सहमितका लागि प्रयास गर्ने र सो हुन नसके बाँकी ६ महिनाभित्र प्रक्रियामा गएर भएपनि नयाँ संबिधान जारी गर्ने प्रस्ताव राखेको थिएँ” प्रचण्डले भने– समितिले उक्त कुरा सर्वसम्मत पास गरेको छ ।
पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरे लगत्तै सुदुरपश्चिम दौडाहमा रहेका प्रचण्डले भने–हामी अहिले फेरी संबिधानसभाकै अर्को निर्वाचनमा छौं । आदरणीय जनसमुदाय मलाई आज तपाईहरुको अगाडी यद्यपी यो सामान्य सभा, संक्षिप्त सभा जस्तो देखियो तर मलाई गर्व छ, हिजोमात्रै हामीले संबिधानसभाको निर्वाचनमा देशको आर्थिक बिकासको निम्ती, राजनीतिक पुनःसंरचनाको निम्ती, जनताको हक अधिकारको निम्ती, पहिचानको निम्ती हाम्रो पार्टीको तर्फवाट निर्वाचनमा प्रतिवद्धता पत्र अर्थात घोषणा पत्र सार्वजनिक भयो । प्रचण्डले भेलामा कम उपस्थिति भएकोप्रति भने खिन्नता व्यक्त गरेका थिए ।
आफुहरुले १० वर्षे जनयुद्ध गर्दाका वखत पनि सेती महाकालीले खेलेको भुमिकालाई पार्टीले उच्च मुल्याँकन गरेको र गत संबिधानसभाको निर्वाचनमा यस क्षेत्रले पार्टीलाई दिएको योगदान पनि उच्च रहेको वताउँदै प्रचण्डले यस क्षेत्रको बिकासका लागि पार्टी सधैं प्रतिवद्ध रहेको वताए । “सेती महाकाली हिजैदेखि राज्यद्वारा अलिकति अपमानित गरिएको, अलिकति भेदभाव    गरिएको क्षेत्रको रुपमा मानिन्छ र हामीले हिजो बिद्रोहको बेलामा पनि यस क्षेत्रका जनताले खेलेको भुमिकालाई उच्च सम्मान ग¥यौं र मैले अहिले फर्केर हेर्दा गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीको हैसियतले सवैभन्दा वढी कहि गएको रहेछु भने त्यो सेती महाकालीनै रहेछ ।”
प्रचण्डले गणतन्त्र नेपालको पहिलो नीति, कार्यक्रम र वजेट जो हामीले प्रस्तुत गरेका थियौं त्यो नीति र कार्यक्रममा सवै उत्पिडित जाती क्षेत्र वर्ग लिङ्ग सेती महाकाली र भेरी कर्णाली जस्ता पछाडी पारिएका क्षेत्रहरुको बिकासका लागि प्याकेज पनि प्रस्ताव गरिएको थियो । तर अघिल्लो संबिधानसभावाट हाम्रो पार्टी देशको सवैभन्दा ठुलो पार्टी भएपनि वहुमत भएन । सरकार वनाउनको निम्ती यदि वहुमत भएको हुन्थ्यो भने हामीले प्रस्तुत गरेको नीति कार्यक्रम र वजेट जनताको पक्षमा अझ सेती महाकाली, भेरी कर्णालीका जनताको पक्षमा बिशेष प्याकेजको रुपमा हामीले ल्याएका थियौं ।
सम्वोधनका क्रममा प्रचण्डले संबिधानसभाको निर्वाचनमा कुनै एक पार्टीलाई स्पष्ट वहुमत दिन मतदातालाई आग्रह गरे । उनले भने–अव हुने संबिधानसभाको निर्वाचनमा परिवर्तनको पक्षमा रहेका, संघीयताको पक्षमा रहेका र लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेका शक्तिहरुलाई जनताले मतदान गरेर नया संबिधान निर्माणमा सहयोग गर्न आग्रह गरे ।

सम्पादकीय

प्रहरी–प्रशासन आँखा खोल

एकातिर दशैं, तिहार र छठ जस्ता महत्वपूर्ण चाँडपर्वहरु अर्कोतिर अर्को संबिधानसभाको निर्वाचन, यि दुवै बिषयहरुले देशको शान्ति सुरक्षाको अवस्था सामान्य अवस्थाको भन्दा फरक हुने गर्दछ, यो स्वभाविकै पनि हो । बिभिन्न क्षेत्रवाट यस्ता अवसरहरुमा नयाँ नयाँ मान्छेहरु भित्रिने र बिभिन्न प्रकृतिका व्यक्तिहरुको जमघट हुने गरेका कारण कतिपय राम्रा कामहरु संगसंगै कतिपय आपराधिक क्रियाकलापहरु समेत हुने गरेका छन । ति आपराधिक क्रियाकलापहरुलाई रोक्नु प्रहरी प्रशासनको दायित्व हो ।
निश्चित रुपमा अन्तराष्ट्रिय मापदण्ड अनुसार नेपालमा      प्रहरी कर्मचारीहरुको संख्या कम छ तर भएकाहरुलाई पनि राम्रोसंग परिचालन गर्न सकिएको छैन । मानवअधिकारको बिश्वव्यापी सिद्धान्त अनुसार प्रत्येक नागरिकको सुरक्षा दिनु राज्यको कर्तव्य हो । त्यसका लागि राज्यले व्यक्ति–व्यक्तिका पछाडी सुरक्षाकर्मीहरु पठाएर सुरक्षा हुन सक्दैन, यो दुनियाँका कुनै पनि देशले गरेको छैन र हुन पनि सक्दैन । यसका लागि सुरक्षा निकायहरुले जनतामा आफ्नो उपस्थिति छ भन्ने कुरा महसुस गराउन सक्नु हो ।
तर, जिल्ला सदरमुकाममै आफ्नो उपस्थिति महसुस गराउन नसक्ने प्रहरी–प्रशासनले के दुर्गम ग्रामिण बस्तीहरुमा आफ्नो उपस्थिति देखाउन सक्ला त ? प्रश्न यहाँनिर छ । जिल्ला सदरमुकाममै थुप्रै कानुन बिपरित कामहरु भएका छन । प्रहरीको गस्ती टोलीले ति कामहरु खुला आँखाले राम्रोसंग देख्ने गरेको छ तर रोक्दैन । अनि कसरी आपराधिक क्रियाकलापहरु रोकिन्छन त ? कानुनमा नगर्नु भनि लेखिएको कुरा गरिन्छ भने त्यो अपराध हो । अपराध गर्ने व्यक्ति अपराधी हो र अपराध रोक्न नसक्ने राज्य असफल राज्य हो ।
जुवातास ऐन अनुसार जुवातास खेल्न मिल्दैन तर अहिले जिल्ला सदरमुकाम र ग्रामिण क्षेत्रमा समेत खुल्याम जुवातास       भईरहेको कुरा सवैले देखेका छन । किन रोकिन्न यस्ता कुराहरु ? केही सरकारी कर्मचारीहरु कार्यालयमा हाजिर लाएर तासको खालमा वसेका हुन्छन । कार्यालयमा त्यस्ता कर्मचारीहरु कहाँ गए भन्ने कुरा न त हाकिम साहेवलाई थाह हुन्छ न अन्य कर्मचारीहरुलाई । खुल्ला रुपमा सडकमै, होटेलहरुमा, व्यक्तिगत घरहरुमा जता पायो त्यतै जुवातास भईरहेको छ तर सम्वन्धित निकाय मौन छ, मानौं उस्ले यसवारेमा कुनै जानकारीनै पाएको छैन ।
अर्को कुरा जिल्ला सदरमुकाममा हुने गाँजा अत्तरको बिक्री बितरण र सेवनवाट पनि प्रहरी–प्रशासन अनबिज्ञ छैन । पसलहरुमा खुल्याम गाँजा अत्तरहरु बिक्री गर्ने र बिद्यालय भवन पछाडी, कसैका घर पछाडी, मन्दिर लगायत सार्वजनिक स्थानहरुका पछाडी गएर गाँजा चरस सेवन गर्नेहरुको संख्या दिन प्रतिदिन वढ्दै गएको छ । प्रहरीको गस्ती टोलीले कहाँ गाँजा–अत्तर बिक्री हुन्छ र कहाँ गएर सेवन भईरहेको छ भन्ने कुरा समेत राम्रोसंग बुझेको छ तर त्यो    रोक्नेतर्फ कसैको पनि ध्यान गएको छैन ।
आप्mनो दैनिक काम छोडेर जुवातासमा दाउ लगाउनेहरुले घरको सम्पत्ति सवै रित्याउन थालेका छन । कानुनले नगर्नु भन्ने   कुरा गर्नेलाई कारवाहीको दायरामा ल्याउने र त्यस्ता गतिबिधि तत्काल रोक्ने व्यवस्था मिलाउनु पर्ने हो । किन प्रशासन मौन ? किन प्रहरी मौन ? प्रश्न उठ्न थालेको छ जनमानसमा । त्यसैले प्रहरी प्रशासनले बेलैमा यस्ता आपराधिक क्रियाकलापहरुलाई नियन्त्रण गर्नुपर्छ, जुवातास खेल्ने र खेलाउने, गाँजा–अत्तर बिक्री गर्ने र सेवन गर्नेहरुलाई तत्काल कारवाहीको दायरामा ल्याउनु जरुरी छ । नत्र भने बिस्तारै प्रहरी प्रशासनप्रति जनताको बिश्वास कम हुँदै जानेछ र आसंका र प्रश्नहरु ओईरो लाग्नेछन । यस बिषयमा स्थानीय प्रशासनले आफुलाई चुस्त र दुरुस्त वनाउनु जरुरी छ ।

थप समाचारहरु

निर्वाचन सुरक्षाका लागि सेना परिचालन

कार्की नेतृत्वको टोली डोटी पुुग्यो

आगामी मंसिर ४ गते हुने अर्को संबिधानसभा निर्वाचनको सुरक्षाका लागि नेपाली सेनाले आफ्नो कार्य सुरु गरेको छ । उच्चस्तरीय राजनीतिक समितिको सुझाव र सरकारको निर्णय अनुसार नेपाली सेना निर्वाचन सुरक्षामा खटिएको हो ।
सेनाले प्रत्येक निर्वाचन क्षेत्रमा आईतवारवाट सेना खटाएको जनाएको छ । चुनावमा ६१ हजार नौ सय ९५ सैनिक खटिने सैनिक मुख्यालयले जानकारी दिएको छ । प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा ४० सेना रहने गरी सेना परिचालन हुने नेपाली सेनाका प्रवक्ता सहायक रथी जगदीश पोखरेलले जानकारी दिए ।
सेनाले एकिकृत निर्वाचन सुरक्षा योजनामा बर्गिकरण गरिए अनुसार सामान्य जिल्लाहरुमा मतदान स्थलवाहेकको बाहिरी सुरक्षा जिम्मेवारी सम्हाल्नेछ । अतिसंवेदनशील तथा संवेदनशील जिल्लामा मतदान स्थलको तेश्रो घेरामा सुरक्षा प्रदान गर्नेछ । नेपाल प्रहरी र सशस्त्र प्रहरी वलले अहिले सुरक्षा प्रदान गर्दै आएको महत्वपूर्ण प्रतिस्ठान,       संरचनाको सुरक्षा पनि सेनाले गर्नेछ ।
प्रवक्ता पोखरेलका अनुसार सेनाले चुनावका बेला आपतकालीन समयमा गरिनुपर्ने उद्दारमा जनशक्ति, उद्दार सामग्री तथा हेलिकप्टरको व्यवस्थापन पनि गर्नेछ । मतपत्र छपाईमा सेनाले सुरक्षा दिनुका साथै बिकट क्षेत्रमा मतपत्र, मतपेटिका तथा निर्वाचन सामग्री ढुवानीको काम पनि सेनाले गर्ने तय भएको छ ।
यसैबीच डोटी जिल्लाको निर्वाचन सुरक्षाका लागि तोकिएको सैनिक टोली जिल्ला सदरमुकाम आईपुगेको छ । प्रमुख सेनानी धु्रव कार्कीको नेतृत्वमा आएको टोलीले सुरक्षा योजना वनाईरहेको वताईएको छ । निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न गृहमन्त्रालयले वनाएको योजनालाई कार्यान्वयन गर्ने प्रमुख सेनानी कार्कीले वताए । योजना मुताविक डोटी कारागारमा रहेका प्रहरीको स्थानमा सेनाले जिम्मा लिईसकेको छ । डोटीमा सुरक्षा अवस्था अहिलेसम्म शान्तपूर्ण रहेको वताउँदै कार्कीले यस्तै अवस्था रहोस भन्ने कामना समेत गरे । डोटेली जनतालाई निधक्कका साथ मतदानमा भाग लिने वातावरण बनाउनु आफुहरुको कर्तव्य   रहेको कार्कीको भनाई थियो । 

चुनाववाट एमाले पहिलो पार्टी हुने

नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री भीम     रावलले मंसिर ४ गते हुने संबिधानसभाको निर्वाचनमा नेकपा एमाले देशको पहिलो पार्टी हुने दावी गरेका छन ।
पार्टीले चुनावी अभियानमा “एमालेको नीति, एमालेकै नेतृत्व” भन्ने नारा तय गरेको वताउँदै    रावलले एमालेले बहुमत नपाएसम्म अग्रगामी संबिधान नवन्ने वताए । यो देशको समग्र बिकासको योजना एमालेसंग मात्रै छ, रावलले पार्टीले देशमा शान्ति कायम गरी लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नका लागि गत संबिधानसभामा अथक प्रयास    गरेको भएपनि अन्य दलहरुको दलगत स्वार्थ र यथास्थितिवादी सोचका कारण संबिधान निर्माण हुन नसकेको वताए ।
अहिलेसम्म भएका राजनीतिक परिवर्तनहरुमा एमालेको नीतिको बिजय भएको वताउँदै रावलले एमालेको नेतृत्व नभएका कारण देशले अग्रगामी निकास पाउन नसकेको वताए । एमाले डोटी क्षेत्र २ को निर्वाचन परिचालन कमिटीले डोटीको बुडरमा आयोजना गरेको चुनावी आमसभालाई सम्वोदन गर्दै रावलले एमालेलाई आफ्नो अमुल्य मत प्रदान गर्न डोटेली जनतालाई आव्हान समेत गरेका छन । “यस पटक    देशभरीमा एमालेको लहर छाएको छ” नेता रावलले भने–डोटीको दुवै क्षेत्रमा पनि हामी प्रतिस्पर्धि पार्टीहरु भन्दा धेरै अगाडी छौं । एमाले जनतामा बिश्वास गर्ने पार्टी भएको वताउँदै जनताले एमालेलाई रोज्ने समेत दावी गरे ।
कार्यक्रममा रावलले पार्टीले घोषणापत्र समेत तयार गरिसकेको र केही दिनमै जनताको बिचमा घोषणा पत्र सार्वजनिक हुने समेत रावलले दावी गरे । नेकपा एमालेले सुदुरपश्चिमको बिकासका लागि पटक–पटक दवाव दिएको वताउँदै नेता रावलले अन्य दलहरुले सहयोग नगरेका कारण योजना वन्न नसकेको वताए ।

कैलाशलाई सयपत्री, लोकलाई तिलहरी

मंसिर ४ गते हुने अर्को संबिधानसभाको निर्वाचनका लागि डोटीमा स्वतन्त्र उम्मेदवारहरुले चुनाव चिन्ह पाएका छन ।
डोटी क्षेत्र १ वाट स्वतन्त्र उम्मेदवारी दिएका कैलाश साउँदलाई सयपत्री फुल र अर्का स्वतन्त्र उम्मेदवार लोकवहादुर खड्कालाई तिलहरी चुनाव चिन्ह प्रदान गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले असोज २४ गते उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेको थियो । डोटी क्षेत्र १ मा रहेका १२ जना उम्मेवादरहरुमध्ये १० जना राजनीतिक दलहरुसंग सम्वन्धित भएकाले उनीहरुले दलकै चुनाव चिन्ह पाएका छन । जस अनुसार नेकपा एमालेले सुर्य, नेपाली कांग्रेसले रुख र एनेकपा माओवादीले गोलो       घेराभित्र हसिया हतौडा चुनावचिन्ह प्राप्त गरेका छन । यसैगरी राष्ट्रिय जनमोर्चाले गिलास, राष्ट्रिय प्रजातन्त्र पार्टीले हलो, राप्रपा नेपालले गाई र संघीय समाजवादी पार्टीले गोलो घेरामा छाता चुनाव चिन्ह पाएका छन ।
यस्तै अखण्ड नेपाल पार्टीले ध्वजा, राष्ट्रिय यथार्थवादी पार्टीले डाँफे र समाजवादी जनता पार्टीले चन्द्रमा चुनाव चिन्ह पाएका छन । डोटी निर्वाचन क्षेत्र १ मा १० दल र दुई स्वतन्त्र गरी १२ उम्मेदवार भिड्दैछन भने क्षेत्र २ मा सात दलका उम्मेदवारहरु चुनावी मैदानमा रहेका छन । क्षेत्र २ मा अखण्ड नेपाल पार्टी, समाजवादी जनता पार्टी र राष्ट्रिय यथार्थवादी पार्टीले उम्मेदवारी दिएका छैनन् ।

तात्दै चुनावी माहोल

उलंघन हुँदै आचारसंहिता

दशैंको बिदाईसंगै डोटीका गाउँगाउँमा चुनावी माहोल तात्दै गएको छ । चुनावी माहोलका  कारण हिन्दुहरुको अर्को ठुलो चाँड दिपावली ओझेल परेको छ ।
बिगतका वर्षहरुमा दशैंको रमझम सकिएपछि तिहारको बिषयमा चर्चा हुने गरेको भएपनि यस पटक भने मंसिर ४ मा हुने अर्को संबिधानसभाको निर्वाचनका बिषयमा चर्चा हुन थालेको छ । डोटीका गाउँगाउँ बिभिन्न राजनीतिक दलहरुमा पोष्टर, पम्पलेट, झण्डा र व्यानरले सजिन थालेका छन । पार्टीको चुनाव प्रचार प्रसारका लागि उम्मेदवारहरु र उम्मेदवार सम्वद्ध दलहरु बिभिन्न टोलीमा गाउँगाउँतिर गएका छन ।
दलहरुले गर्ने प्रचारका क्रममा आचार संहिताको उलंघन भएको देखिएको छ । संबिधानसभा सदस्य निर्वाचन आचारसंहिता २०७० अनुसार धार्मिक, पुरातात्विक, ऐतिहासिक, सरकारी, सार्वजनिक, शैक्षिक संस्थाको भित्ता वा पर्खालमा पोष्टर टाँस गर्न नपाईने भनिएको भएपनि करीव–करीव सबै दलहरुवाट उक्त बुँदा उलंघन भएको देखिएको छ । यस्तै मादक पदार्थ सेवन गरी प्रचार प्रसार गर्न र गराउन नहुने भन्ने व्यवस्था हुँदाहुँदै पनि प्रचारकहरुले मादक पदार्थ सेवन गरेको समेत भेटिएको छ । मादक पदार्थ सेवन गरी वाटोमै ढल्ने अवस्थामा पुगेकाहरुले अर्को पार्टीलाई गाली गलौज गर्ने गरेका छन ।
आमसभाको प्रचारप्रसारका लागि वाहेक अन्य अवस्थामा माईक तथा लाउडस्पिकरको प्रयोग गर्न नपाईने भन्ने व्यवस्थाको पनि उलंघन भएको छ । दलहरुले गाडीमा माईक वोक्दै माईकिङ गर्दै हिडेको देखिएको छ । त्यस्तै बिहान सात वजे भन्दा अगाडी र साँझ सात वजेभन्दा पछि पनि माईकिङ तथा प्रचार प्रसार गर्दै आचारसंहिताको थप उलंघन भएको देखिएको छ ।

खेल समाचार

खेलका लागि पुरस्कारको ओईरो

अर्को बिश्वकपमा छनोट हुने चार राष्ट्रले १३ लाख ५० हजार अमेरिकी डलर पाउने अन्तराष्ट्रिय क्रिकेट काउन्सिल       (आईसीसी) ले वताएको छ ।
उच्च खेल प्रदर्शन अनुदान अन्तरगत सन २०१४ को बिकास लगानी नीति   अन्तरगत सन २०१५ को बिश्वकपमा छनोट हुने टिमले अर्को जनवरीसम्म पाउनेछन । यस्तै सन २०१४ देखि ०१६ सम्म टिमले १० लाख अमेरिकी डलर पाउने छन ।
अर्को वर्ष वंगलादेशमा हुने बिश्वकप ट्वान्टी–ट्वान्टी कपमा छनोट हुने ६ टिमले दुई लाख ५० हजार अमेरिकी डलर पाउने छन । अफगानिस्तान, हङकङ, नेपाल र संयुक्त अरव ईमिरेट दुवै बिश्वकपमा छनोट भए भने आगामी तीन वर्षमा हरेक टिमले १६ लाख अमेरिकी डलर पाउने छन । जुन आईसीसी एसोसिएट सदस्यहरुले औसत सात लाख ५० हजार अमेरिकी डलर पाउने छन । त्यो रकम आईसीसीको बिकास लगानी नीति अन्तरगत आउनेछ ।
आईसीसीको लगानी नीति बिगत पाँच वर्षमा गरेको प्रदर्शनका आधारमा पनि हुनेछ । दुई वर्षमा लगातार दुई बिश्वकप हुँदैछन । सन २०१४ मा एसिया कप पनि हुने छ । पहिलोपल्ट दुवै बिश्वकप छनोटमा एसीसी अन्तरगतका ४ राष्ट्र लागि परेका छन । सम्वन्धित संस्थाले दिएको   रकमलाई सही सदुपयोग गर्नुपर्नेछ । लगानीको मुख्य लक्ष बढीभन्दा बढी क्रिकेटर निकाल्नु हो । दुई एसोसिएट टिम अफगानिस्तान र आयरलेण्ड सन २०१५ को एक दिवशीय बिश्वकपका लागि छनोट भईसकेका छन ।

शरद भए नेपाली नागरिक

वल्र्ड ट्वान्टी–ट्वान्टी छनौट नजिकिँदै गईरहेका वेला खेल जगतमा बिभिन्न चर्चा परिचर्चा हुन थालेका छन । कार्तिक २९ गतेदेखि मंसिर १५ गतेसम्म खाडी मुलुक संयुक्त अरव ईमिरेट (युएईमा) प्रतियोगिता हुने भएको छ ।
महत्वपूर्ण प्रतियोगिताका लागि नेपाली टिमको घोषणा नेपाल क्रिकेट संघले गरिसकेको छ । क्यानेडेली प्रशिक्षक पुवुदु दसानायकेले सम्हालेका १५ खेलाडीले      करीव ३ करोड नेपालीको प्रतिनिधित्व गर्दै तातो हावा वहने अवुधामीको मैदानमा टिमलाई पहिलोपल्ट वल्र्डकपमा पु¥याउने जिम्मा पाएका छन । अर्थात ईतिहास कोर्ने चुनौती पाएका छन ।
जिम्मेवारी पाएकामध्ये शरद भेषवकर एक मुख्य खेलाडी हुन । एक महिना अघिसम्म पनि नेपाली नागरिकता नपाएका शरद मध्यक्रमका व्याट्सम्यान हुन । सन २००४ मा यू–१५ प्रतियोगितादेखि अन्तराष्ट्रिय क्षेत्रमा डेव्यु गरेका उनले नेपालले आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन–५, डिभिजन–४, डिभिजन–३ र एसीसी ट्रफी एलिट जित्दा महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । सत्रवर्षे अन्तराष्ट्रिय क्रिकेटको यात्रामा नेपालले ठुलो सफलता चाख्दा शरद टिमका महत्वपूर्ण सदस्य रहँदै आएका छन ।
तर, शरदले त्यो सफलता नेपाली नागरिकको ट्याग वनाईकनै नेपाललाई दिलाएका हुन । उनले २०५१ सालमा वनाएको नावालक प्रवेशाज्ञाकै आधारमा     राहदानी वनाए र नेपालको प्रतिनिधित्व गर्दै आएका थिए । नावालक प्रवेशाज्ञाको आधारमा वनाएको राहदानीको मिति कार्तिक मध्यतिर सकिँदै थियो । त्यसैले कार्तिकको अन्त्यमा हुने वल्र्डकप छनोटमा उनको सहभागिता अनिश्चित जस्तै देखिन्थ्यो ।
कवरी एक दशक भन्दा लामो संघर्षपछि शरदले यसै वर्ष असोज ७ गते गृहमन्त्रालयवाट अंगिकृत नेपाली नागरिकता पाएसंगै उनको र नेपाली टिमको समस्या हल भएको छ । अव त कुनै टेन्सन हुँदैन, स्वतन्त्र रुपले खुलेर खेल्नेछु, वल्र्डकप छनोटको तयारीका लागि भारतको नयाँ दिल्ली जान लागेका शरदले आफ्नो आत्मबिश्वास सुनाए ।
शरदले नागरिकता नपाउँदा पनि     राष्ट्रिय टिमवाट शतप्रतिसत प्रयास गरेर खेलेको वताए । “मैदान वाहिर नागरिकताका कुरा सुन्दा मनोबैज्ञानिक रुपमा दवाव हुन्थ्यो” शरदले भने –तर मैदानमा        छिरेपछि म पुरै खेलमा मात्र ध्यान दिन्थे । नेपालका ६ शतक प्रहार गर्ने मध्येकका एक व्याट्सम्यान शरदले बिगत सुनाए ।
शरदले पहिलोपल्ट खुशीयालीका साथ आफ्नो जन्मदिन पनि मनाए यसपल्ट । २०४१ असोज २३ गते जन्मेका शरदले आफ्ना साथीहरुसंग केक काट्दै धुमधामका साथ होटेल क्राउन प्लाजामा जन्मदिन मनाएका थिए ।
२०५१ सालदेखि क्रिकेट खेल्न थालेका शरदले अव दिल्लीमा हुने अभ्यास खेलवाट नेपालका लागि दोश्रो ईनिङ्गको सुरुआत गर्नेछन । नेपाली क्रिकेटको महत्वपूर्ण क्षणलाई उनले राम्ररी बुझेका छन । शरद भन्छन “नागरिकता भनेको त एउटा पक्ष हो, मुख्य कुरा नेपाललाई वल्र्डकपमा पु¥याउने हो । त्यसैका लागि मिहिनेत गरिरहेको छु ।” उनी आफ्नो एक्लो प्रदर्शनभन्दा पनि टिम गेममा बिश्वास गर्छन ।  टिमकै लागि योगदान गर्न चाहान्छु ।”



चलचित्र र मनोरञ्जन


कार्र्तिक ८ का लागि न्यौता

भरखरै दशैंको चाँडमा रमाएका दर्शकहरुलाई कार्तिक ८ गते अर्को चाँड आएको भन्दै चलचित्र निर्देशक सुदर्शन थापाले दर्शकहरुलाई उत्साहित गर्न थालेका छन । शनिवार साँझ राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी थापाले आफुले निर्देशन गरेको चलचित्र “मधुमास” कार्तिक ८ गते हुने भएकाले उक्त दिनलाई चाँड पर्वको रुपमा मनाउन आग्रह गरेका थिए । आफुले वनाएको फिल्म राम्रो भएपनि दर्शकहरुमा भर पर्ने भन्दै थापाले दर्शकहरुलाई भगवानको दर्जामा राखे । निर्देशक थापाले भने–मैले मेहनत त धेरै लगाएको छु तर यसको सफलता र असफलता दर्शकहरुमा भर पर्छ ।
निर्माता वावुराम दाहालले पनि      हरेक पक्षवाट आफ्नो चलचित्र राम्रो        रहेको दावी गरे । भरखरै मात्र प्रेमिका सपना भण्डारीसंग मगनी तय गरेका अभिनेता आर्यन सिग्देशले चलचित्र “मधुमास” को प्रतिक्रिया लिन आफु आतुर रहेको वताए । निकै हर्षित मुद्रामा देखिएका आर्यनको अनुहारले नै वताउथ्यो । उनी अहिले निकै खुशी छन । एकातिर प्रमिकासंग बैवाहिक वन्धनमा वाँधिने तयारी अर्कोतर्फ “हनिमुन” अर्थ वोकेको चलचित्र रिलिजको तयारी ।
अभिनेता आर्यन सिग्देल, अभिनेत्रीद्वय पुजा शर्मा, सिवाङ्गीनी राणा र मनोज     आरसी स्टार र रोमाण्टिक ड्रामा शैलीको “मधुमास” लाई वावुराम दाहाल र निर्देशक थापाले निर्माण गरेका हुन । चलचित्र दिनेश न्यौपानेको लेखन, सुरेश अधिकारीको संगीत, दीपक वज्राचार्यको छायाँकन, रेनशा राईको करियोग्राफी र हिमाल केसीको द्वन्द्व निर्देशन छ ।  भन्छन “टिमले सफलता पाएमात्र लक्ष पुरा हुन्छ, त्यसैले म

चत्रचित्र “काली” को व्यापार उत्साहजनक

असोज २५ गतेवाट देशभर प्रदर्शनमा आएको चलचित्र “काली” ले पूर्वका हलमा समेत उत्साहजनक व्यापार गर्न सफल भएको छ । देशका करीव ८० हलसंगै पूर्वको एक दर्जन हलमा यतिवेला काली प्रदर्शन भईरहेको छ ।
चलचित्र लागेको हलका सञ्चालकले करीव पाँच वर्षपछि आप्mनो हलमा दशैंमा रिलिज भएको चलचित्रले राम्रो गरेको जानकारी गराए । त्यसो त अन्य वर्षमा टिकाको दिन देखि चलचित्रको व्यापार वढ्ने भएपनि कालीले रिलिज भएको फुलपातीको दिन देखिनै हलमा दर्शक तारिहेको उनीहरुले वताए । काली पूर्वको धरान, दमक, बिर्तामोड, पथरी, वेलवारी, धुलावारी,     बिराटनगर, भद्रपुर, चक्रघट्टी लगायतका स्टेसनमा प्रदर्शन भईरहेको छ ।
मुख्य स्टेसनमध्ये दमकको पाथीभरा हलमा चलचित्रको व्यापार सवैभन्दा उत्साहजनक रहेको छ भने सानो स्टेसनको रुपमा रहेको पथरीको कन्चन टाकिजमा समेत हरेक दिन चलचित्रले ५० हजार माथीको कलेक्सन गरिरहेको जानकारी बितरक चैतन्य वरालले गराए । दमकस्थित पाथीभारा चित्र मन्दिरमा हरेक दिन फिल्मको कलेक्सन १ लाख माथी रहेको उनले वताए ।
टिकाको दिन खराव मौसमको     कारणले मात्रै व्यापार बिग्रिएको र अरु दिन चलचित्र हेर्न आउने दर्शकको कमी नभएको चैतन्यको भनाई छ । स्थलगत   रिपोर्टिङ्गको क्रममा पाथीभारा चित्र मन्दिर पुग्दा चलचित्र हेर्ने दर्शकको भिड सो सुरु हुनु १ घण्टा अगाडीनै हलमा लागेको देखिन्थ्यो । धरानको गणेश टाकिज, बिर्तामोडको कृष्ण टाकिजमा समेत चलचित्रको कलेक्सन राम्रो रहेको छ ।
यस्तै देशका अन्य हलहरुमा पनि कालीको व्यापार राम्रो रहेको निर्माता   छविराज ओझाले वताए । दशैंमा चलचित्र चल्दैन भन्ने चलनलाई कालीले तोडेको छ, छविले भने–राम्रो चलचित्र वनाउने हो भने जुनसुकै समयमा पनि चलचित्र राम्रोसंग चल्छ । उनले आगामी मंसिर २१ गते    रिलिज हुन लागेको आफ्नै व्यानरको चलचित्र “लोफर” ले पनि दर्शक तान्ने बिश्वास व्यक्त गरे ।

छोटकरी समाचार


राजमो नियमित सम्पर्कमा

डोटी दुवै क्षेत्रवाट प्रत्येक्षमा उम्मेदवारी दिएको राष्ट्रिय जनमोर्चाले चुनावी गतिबिधिहरु लाई नियमित सञ्चारकर्मीहरुसंग पु¥याउने व्यवस्था मिलाएको छ ।
पार्टीका केन्द्रीय कोषाध्यक्ष एवं डोटी क्षेत्र २ का उम्मेदवार मनोज भट्टले ईमेल मार्फत अभियानका दैनिक गतिबिधिहरु सञ्चारकर्मीहरुलाई पु¥याउने वताएका छन । “सञ्चारकर्मी मित्रहरु हामीले पार्टीको चुनावी अभियानका गतिबिधिहरुलाई नियमित रुपमा  तपाईहरुसम्म पु¥याउने योजना वनाएका छौं” भट्टद्वारा बिम्ब साप्ताहिकलाई पठाईएको ईमेलमा उल्लेख गरिएको छ ।
भट्टले प्रत्येक गाबिसमा गाबिसस्तरीय सभाहरु आयोजना गर्ने, घरदैलो भेटघाट गर्ने कार्यहरु सञ्चालन गरिरहेको समेत ईमेलमार्फत जानकारी गराएका छन । अन्य दलहरुले भने सञ्चारमाध्यममा नियमित रुपमा समाचार सम्प्रेषण गर्ने व्यवस्था मिलाउन सकेका छैनन् ।

दशैं शान्तपूर्ण

हिन्दुहरुको महान चाँड बिजया दशमीको समयमा देशका बिभिन्न भागहरुमा गम्भिर     अपराधिक क्रियाकलापहरु भएका समाचारहरु प्रकासन भएका भएपनि डोटीमा भने दशैं शान्तपूर्ण रहेको छ ।
बिगतका वर्षहरुमा पनि डोटी जिल्लामा दशैं तिहार शान्तपूर्ण वातावरणमै सम्पन्न हुने गरेको थियो । यस वर्ष पनि सामान्य घटनाहरु वाहेक त्यस्तो गम्भिर प्रकृतिको अपराध चाँडवाडकै कारण नभएको वताईएको छ ।

बिचार

जनमतको हुर्मत

नारायण वाग्ले

वाठा भनिने काग समेत कुहिरोमा हराउँछन । चुनवाको तनावपूर्ण तुवालोमा सोझा सीधा जनता नहराउने कुरै छैन । अहिलेको प्रणालीले त झन तुवालो हो कि कुहिरो हो जस्तोमा मतदातालाई पारिदिएको छ । हेर्नोस न समानुपातिकको उपद्रो । हामी कसैलाई हाम्रा उम्मेदवार को हुन थाह छ त ? प्रत्येक्ष तर्फ त हल्लाखल्ला भईरहेको छ । मैले भन्न खोजेको समानुपातिक तर्फको हो जसको हामीलाई बिलखवन्दमा पारिदिएको छ । जवकी अवको संबिधानसभामा पनि प्रत्येक्ष चुनिएर आएका भन्दा अप्रत्येक्ष छानिएर आएकाहरुनै बढी हुनेछन । अर्थात ३३५ जना ।
अर्थात भावी संबिधानसभाका ५८ प्रतिसत सभासद् कसरी चुनिन्छन, कसले किन चुन्छ । भन्ने जनतालाई कुनै मेलोमेसो दिईएको छैन । यस्तो लाग्छ तिनलाई जनताले चुन्ने नै होईन । चुन्ने भए त कुन चुनाव चिन्हमा मत दिए को सभासद् हुन्छ अर्थात हाम्रो भावी कसले वनाईदिन सक्छ भन्ने थाहा हुन्थ्यो । निर्वाचन आयोगको तालिका अनुसार समानुपातिक तर्फका उम्मेदवारहरुको नाम कार्तिक २९ गतेमात्र सार्वजनिक हुनेछ । मत खसाल्ने उर्दी मंसिर ४ गते, चार दिनभित्र । आफ्ना उम्मेदवारहरु चिनिसकेर, कसलाई मत दिने भन्ने सोचिसकेर मतदान केन्द्रमा जानुपर्ने । मतदातामध्ये झण्डैं आधा जति त निरक्षरै रहेको मुलुकमा । ठुलाठालुले भनिदिएको, लाठा वजार्नेहरुले तर्साएको, नत्र तिम्रो खैरियत छैन है भन्नेहरुले सातो दिएको, दुरविनवाट देखिन्छ है, कसलाई भोट हाल्यौं भन्नेहरुले रिंगाएको भुक्तमानहरुको समाजमा ।
यसै पनि दुई दुईटा मतपत्र आफैंमा जटिल प्रक्रिया हो । त्यसमाथी उम्मेदवार चिनिदैन । चिनाउने समयनै दिईएको छैन । जवकी चिनिएका उम्मेदवारभन्दा नचिनिईकन छानिनेहरु भोली संबिधानसभामा बहुमतीय डाँको गरेर हाम्रो भविश्यको दस्तावेज कोर्ने छन । के यो चुनाव अर्थात जनमत लिने प्रक्रिया हो वा चुनावको बिधि पु¥याउने जनमतको हुर्मत लिने प्रक्रिया ?
दलहरुले समानुपातिक सूची गोप्य रुपमा बुझाए भनिएको छ । को कसको नाम बुझाए भन्ने जानकारी दिने दायित्व ख्याल गरेका छैनन् । आफ्नो सूची सार्वजनिक गर्ने यिनको यत्ति पनि हिम्मत छैन तर जनताले भने आफ्नो हुर्मत लिईएको थाहा हुँदाहुँदै पनि हिम्मतसाथ मत दिन जानु पर्ने भएको छ । आखिर दलहरु किन सूची लुकाउन वाध्य छन ? र निर्वाचन आयोग समेत दलहरुको यो अपारदर्शी र त्यसको मानेमा अलोकतान्त्रिक रवैयाको मौन साक्षी बसिरहेको छ ?
निर्वाचन आयोगले मतदाता शिक्षाका नाममा थुप्रो खर्च गर्ने गरेको छ । उसको अभियाननै छ, मतदातालाई मात्र होईन, दलहरुलाई समेत चुनाव प्रणालीवारे शिक्षा   दिने । दलका नेताहरुलाई निकै पल्ट वोलाएर समानुपातिक प्रणालीमा अपनाउनु पर्ने सर्तवारे अवगत गराउने गरेको छ । मतदातालाई शिक्षा दिन अघि सर्ने निर्वाचन आयोग मतदातालाई सूचित गर्ने दायित्ववाट भने पन्छिरहेको छ । कुन दलले कस्तो सूची बुझायो भन्ने जनताले थाहा पाउनुपर्छ कि पर्दैन ? र आयोगले जनतालाई थाहा दिनुपछ कि पर्दैन ?
नियन्त्रित राजनीतिक व्यवस्था भएका मुलुकमा औपचारिक रीत पु¥याउनका लागि मात्र चुनाव गरिन्छ । त्यसको परिचायक भनेकै उम्मेदवारले कति प्रचार अभियान चलाउन पाए वा मतदाताले किन निर्धक्क साथ आप्mना उम्मेदवारवारे जान्न पाए भन्ने हो । यहाँ त त्यसभन्दा तन्नम राजनीतिक व्यवस्था अंगिकार गर्न लागिए जस्तो छ, जहाँ मतदाताले उम्मेदवार चिन्नै नपाई वा चिनेकै भोली या पर्सिपल्ट मत हालिदिनु पर्ने छ ।
दलहरुले वन्द सूचीलाई वन्द नै राख्न चाहानुको कारण प्रष्ट छ । तिनका नेताहरु आप्mना आन्तरिक सांगठनिक समस्या समाधान गर्न सकिरहेका छैनन् । बिद्रोही उम्मेदवारहरुवाट उनीहरुलाई सधैं खतरा हुन्छ । सूचीमा नपरेको थाहा पाउनासाथ जो पनि वागी वनिदिन सक्छ भन्ने क्रासमा उनीहरु अल्झिएका छन । त्यसकारण उनीहरु चुनाव प्रचार प्रसार अभियान सकिईसकेपछि मतदानको संघारमा पुगेरमात्र समानुपातिक सूचीमा   परेका भाग्यमानीहरुको नामावली गर्वसाथ खुला गरिदिन चाहाँन्छन । 
यस्तो अलोकतान्त्रिक, अमर्यादित र मतदाताको अनादर गर्ने व्यवस्था राजनीतिक दलहरुको स्वेच्छाचारिताको नमुना हो । र यसको मतियार निर्वाचन आयोग जस्तो संबैधानिक निकाय वन्नाले हाम्रो राजनीतिक व्यवस्था लोकतान्त्रिक होईन, दलहरुको स्वेच्छातान्त्रिक हो भन्ने सघाउँछ । जवकी अन्तरीम संबिधानले दलहरुलाई यस्तो गोपनीयताको हक दिएको छैन, बरु जनतालाई सूचनाको हक प्रदान गरेकै छ ।   व्यवहारमा भने हामी ठगिएका छौं । दलहरुको स्वेच्छचारिताको वन्धक वन्न बाध्य   भएका छौं ।
दलहरुलाई भने फाईदै छ । किनभने तिनका समानुपातिक उम्मेदवार सूचीमा   परेको भ्रम पाल्नेहरु पनि प्रचार अभियानमा जुटेकै हुन्छन । भलै तिनलाई आफु    आखिर पर्ने हो, होईन भन्ने साँझको दियोझैं ढलमल भईरहन्छ । दलभन्दा पनि बढी नेताहरुलाई फाईदा छ । खासमा यो फाईदाको काईदा हो, काईदाको फाईदा पनि हो । किनभने सूचीमा परेकामध्ये पनि भोली मतको अनुपातमा सीट संख्या आएपछि उम्मेदवारको प्राथमिकता तोक्ने वेला जति पनि मोलमोलाई गर्न पाईन्छ । अघिल्लो चुनावमा जे भयो, यसपाली त झन बढेरै हुनेछ । भाऊ वढेकै छ ।
त्यसै पनि समानुपातिक प्रणालीको पहिलो अभ्यासले नामसंगै बदनामी पनि कमायो । महिला, मधेशी, जनजाती, दलित र दुर्गमका जनताको प्रतिनित्वि जनसंख्याको आधारमा हुन पायो । महिलाको प्रतिनिधित्व ३३ प्रतिसत पुग्नु भनेकै दक्षिण एशियाको त पहिलो हो नै, बिश्वकै १४ औं उच्च प्रतिनिधित्वको मुलुकको मर्यादा नेपालले वनाएको तत्कालीन प्रमुख आयुक्त भोजराज पोखरेलले नेपाल भोट्स फर पिस शीर्षकको पुस्तकमा उल्लेख गरेका छन । समानुपातिकको खास सार्थकता सामाजिक समूहहरुको प्रतिनिधित्व गराउनका लागि थियो । तर यहाँ त त्यसको रुप सामाजिक रुपमै स्वीकृत हुनेतिर जान पाएन । किनभने उम्मेदवारको सूचीमा गोप्य राख्ने र प्राथमिकता नतोक्ने गर्नाले मोलमोलाईतिर गयो । सामाजिक समूहहरुको प्रतिनिधित्वका लागि मात्र भनेर केही प्रतिसत समानुपातिक भनेको भए उपयुक्त हुने थियो । यहाँ त प्रत्येक्षवाट जित्ने नै अल्पमतमा पर्ने गरी समानुपातिकलाई हावी गराईयो । र समानुपातिकका नाममा हुनेखानेले नै भाग  पाउने भए र जनतासंग प्रत्येक्ष मत माग्न जान नसक्नेहरुलाई घुमाएर जनप्रतिनिधि वनाउने वाटो खनियो । समानुपातिक उम्मेदवार वन्नु गर्वको बिषय रहेन । उपेक्षित सामाजिक समूहहरुनै खिन्न हुने अवस्था वन्न पुग्नुको दोषी खासमा यही चुनाव प्रणाली सावित हुनेछ ।
जनताले उम्मेदवारको नाम थाहा पाएर पनि खास अर्थ राख्ने खालको चुनाव प्रणाली छैन यो । किनभने यसमा उम्मेदवारको प्राथमिकता तय गरिएको हुँदैन । प्राथमिकता निर्धारण त भोली मत गणनापछि मात्र नेताहरुले निर्वाचन आयोगलाई लेखेर पठाउने हुन । जस्तो हरक ठुलो भनिएको दलले ३३५ जनाकै नाम लेखेर पठाएको हुन्छ । तर भोल सवै त एउटै दलले सीट पाउँदैन । प्राप्त मतको अनुपातमा सीट कतिवटा प्राप्त भयो भन्ने पत्ता लगाएपछि मात्रै त्यतिवटा सीटका लागि तिनै ३३५ मध्ये छानेर पठाउने हो ।
गत भदौमा सुरु भएको समानुपातिक उम्मेदवारीवारे निर्वाचन आयोगको अभियानले अझै कार्तिकभरी दलहरुलाई चलखेल गर्न मौका दिईरहने भएको छ । आयोगले सामानुपातिक सूचीमा महिला, मधेशी, जनजाती, दलित र अन्यको अनुपात दलहरुवाट मिलेर आउन नसकेको सधैं गुनासो गर्छ । अघिल्लो निर्वाचनमा त धेरैपल्ट आयोगले दलहरुलाई सम्झाउन मात्र होईन, सिकाउनै परेको थियो । यसपाली पनि लगभग त्यस्तै देखिन्छ । फेरी यति धेरै दल छन जसको व्यस्थपान आफैमा दुष्कर कार्य हो ।
यति हुँदाहुँदै पनि दलको हरेक औपचारिक गतिबिधि सार्वजनिक जानकारीमा हुनैपर्छ । निर्वाचन आयोगको औपचारिक गतिबिधि सार्वजनिक जानकारीमा आउनैपर्छ । दल र आयोग मिलेर जनतालाई छल्न पाउँदैनन् । कुन दलले कस्तो सूची सुरुमा ल्यायो र कसरी सच्यायो भन्ने समेत जान्ने हक मतदातालाई छ । नभएर त दलको हरेक कमजोरी निर्वाचन आयोगले सकारेको मानिने छ । अन्तिम क्षणसम्म जनतालाई          कुहिरोमा राखिरहने यो प्रपञ्चका दुवै भागिदार ठहरिने छन । निर्वाचन भनेको दल र निर्वाचन आयोगबीचको सम्वन्ध होईन । दल र जनताबीचको सम्वन्ध हो ।
आयोग त निष्पक्षताको कडीमात्र हो । माध्यममात्र हो । जसरी मतपत्र एउटा माध्यममात्र हो । मतपत्र छाप्ने, पु¥याउने, गन्ने, परिणाम सुनाउने र हरेक प्रक्रियालाई बिश्वसनीय र बैध तुल्याउने कर्तव्यमात्र आयोगको हो । उम्मेदवार लुकाईदिने र दलको ईसारामा उम्मेदवार सच्याईदिने आयोगको दायित्व होईन । उसको दायित्व दलप्रति होईन, जनताप्रति छ ।
जनतालाई कुहिरोवाट निकाल्न दलहरुले चाँहदैनन् भन्ने खुला भईसकेको छ । आयोगले समयमै उम्मेदवार चिन्न पाउने जनताको हकको सम्मान गर्न सक्नुपर्छ । नत्र यो जनताले चुन्ने भन्दा पनि नेताले छान्ने प्रक्रियाका रुपमा चिनिने छ ।
सेतोपाटी अनलाईन पत्रिकावाट साभार

प्रचण्डको भाषण

जनताले एक दललाई बहुमत दिनु पर्छ

हामी सवैलाई थाह भएकै कुरा हो हामी संबिधानसभाको अर्को निर्वाचनको तयारीका क्रममा अगाडी वढेका छौं । राष्ट्रको जीवनमा संबिधानसभा सामान्यतया एक पटक मात्र हुने गर्दछ । संसारभरी जतिपनि संबिधानसभाका निर्वाचनहरु भएका छन, धेरै देशहरुमा एक पटक मात्रै संबिधानसभाको निर्वाचन भएर संबिधान निर्माण गरेको छ र त्यहि संबिधानद्वारा निर्देशित भएर राष्ट्र चल्ने गरेको छ । तर, हामीकहाँ दोश्रो पटक संबिधानसभाको निर्वाचन गर्नु पर्ने अवस्था छ र हामीले के भन्दै आएका छौं भने र तथ्य पनि के हो भने तेश्रो पटक संबिधानसभा हुनेवाला छैन नेपालमा ।
२००७ सालमा राणशाही शासनका बिरुद्ध आन्दोलनका क्रममा जतिवेला आधुनिक नेपालको राजनीतिक गतिबिधि सुरु भयो त्यतिवेलादेखि संबिधानसभाको प्रश्न नेपाली जनताले उठाउन थालेको, नेपालको राजनीतिक आकाशमा यो प्रश्न देखिन थालेको हो । तर ०१५ सालको संसदीय निर्वाचनपछि र ०१७ सालको फौजी काण्डपछि संबिधानसभाको निर्वाचन त्यतिकै लावारिस भएर रहेको थियो । अहिले खासगरी १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलन, १२ बुँदे समझदारीपछि संबिधानसभाको निर्वाचन फेरी यो राष्ट्रको प्रमुख एजेण्डा वन्यो । तपाईलाई थाहा छ देशमा पहिलो संबिधानसभाको निर्वाचन भएर त्यसको पहिलो वैठकले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा ग¥यो । संबिधानसभाभित्र संबिधान वनाउने प्रक्रियामा हामी धेरै अगाडी वढ्यौं । र म आफैं बिवाद समाधान उपसमितिको संयोजकको हैसियतले हामीले धेरै बिवादहरु समाधान गर्न सफल पनि भयौं । तर दुईटा मुलभुत मुद्धा एउटा राज्यको अग्रगामी पुनःसंरचना गर्ने मुद्धा, उत्पिडन र भेदभावमा परेका जनतालाई पहिचान र अधिकार दिने मुद्धा, जनतालाई नयाँ ढंगले संगठित गर्ने मुद्धा, अर्को शासकीय स्वरुपको मुद्धा जुन मुद्धा नेपालमा सवै जातजाती, भाषाभाषी, क्षेत्र, वर्ग, सवै जनताले प्रत्येक्ष निर्वाचित राष्ट्रपतिद्वारा शासन गर्दा मात्रै छिटो भन्दा छिटो देशको बिकास हुन सक्छ भन्ने मुद्धामा पनि हाम्रो मुख्य बिवाद रह्यो र यो दुईटा मुद्धाका कारणले झण्डै ८० प्रतिसत भन्दा वढी काम संबिधानसभावाट सकिएर पनि संबिधान वन्न सकेन ।
हामी अहिले फेरी संबिधानसभाकै अर्को निर्वाचनमा छौं । आदरणीय जनसमुदाय मलाई आज तपाईहरुको अगाडी यद्यपी यो सामान्य सभा, संक्षिप्त सभा जस्तो देखियो तर मलाई गर्व छ, हिजोमात्रै हामीले संबिधानसभाको निर्वाचनमा देशको आर्थिक बिकासको निम्ती, राजनीतिक पुनःसंरचनाको निम्ती, जनताको हक अधिकारको निम्ती, पहिचानको निम्ती हाम्रो पार्टीको तर्फवाट निर्वाचनमा प्रतिवद्धता पत्र अर्थात घोषणा पत्र सार्वजनिक भयो । सार्वजनिक भएको लगत्तै पछि म पार्टी अध्यक्षको हैसियतले सेती महाकालीमा पार्टी अभियान सञ्चालन गर्न हिजोनै  वाजुरा पुगे । वाजुरा र अछाम दुवैमा चुनावी सभा गरेर हामी यहाँ पार्टीको कार्यकर्ताहरुलाई सामान्य अन्तरक्रिया गरेर फेरी म यो चुनावी सभामा उपस्थित भएको छु । मैले भन्न के खोजेको हो भने सेती महाकाली हिजैदेखि राज्यद्वारा अलिकति अपमानित गरिएको, अलिकति भेदभाव         गरिएको क्षेत्रको रुपमा मानिन्छ र हामीले हिजो बिद्रोहको बेलामा पनि यस क्षेत्रका जनताले खेलेको भुमिकालाई उच्च सम्मान ग¥यौं र मैले अहिले फर्केर हेर्दा गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीको हैसियतले सवैभन्दा वढी कहि गएको रहेछु भने त्यो सेती महाकालीनै रहेछ । गणतन्त्र नेपालको पहिलो नीति, कार्यक्रम र वजेट जो हामीले प्रस्तुत गरेका थियौं त्यो नीति र कार्यक्रममा सवै उत्पिडित जाती क्षेत्र वर्ग लिङ्ग सेती महाकाली र भेरी कर्णाली जस्ता पछाडी पारिएका क्षेत्रहरुको बिकासका लागि प्याकेज पनि प्रस्ताव गरिएको थियो । तर अघिल्लो संबिधानसभावाट हाम्रो पार्टी देशको सवैभन्दा ठुलो पार्टी भएपनि वहुमत भएन । सरकार वनाउनको निम्ती यदि वहुमत भएको हुन्थ्यो भने हामीले प्रस्तुत गरेको नीति, कार्यक्रम र वजेट जनताको पक्षमा अझ सेती महाकाली, भेरी कर्णालीका जनताको पक्षमा बिशेष प्याकेजको रुपमा हामीले ल्याएका थियौं । युवाहरुको पक्षमा र सवै उत्पिडित जाती, लिङ्ग, क्षेत्र र वर्गको पक्षमा कार्यक्रम ल्याएका  थियौं । त्यो हामीले कार्यान्वयन गर्न सक्ने थियौं । हाम्रो वहुमत नहुँदा अरुको खुट्टा टेक्नु पर्ने अवस्थाको कारणले  राम्रो नीति र वजेट ल्याएर पनि त्यो कार्यान्वयन हुन सकेन । संबिधानसभाभित्र एउटा परिवर्तनको वहाकलाई वहुमत नहुँदा संबिधान वनाउन पनि कठिन भयो । त्यसकारण यो पटक हामीले सवै अनुभवको आधारमा एकातिर पार्टीहरु खासगरी त्यतिवेलाको हामी ठुलो पार्टीको हैसियतले उच्च स्तरीय राजनीतिक संयन्त्रमा यो पटक संबिधान वनाउने ग्यारेण्टी गरिनु पर्छ, किनकी फेरी तेश्रो पटक संबिधानसभाको निर्वाचन हुँदैन, त्यो ग्यारेण्टी कसरी गर्ने भन्दा मेरो प्रस्तावमा संबिधानसभाको निर्वाचन भएको ६ महिनाभित्र हामीले सहमति वनाउने प्रयत्न गर्नेछौं । यदि सहमति भएन भने संबिधानसभाको हाउसवाट भोटिङ्ग प्रक्रियावाट संबिधान वनाईनेछ । संबिधानको पहिलो मस्यौदा ६ महिनाभित्र जनतालाई दिईनेछ र एक वर्षभित्र जनतावाट सुझाव लिएर पूर्ण आकारको संबिधान घोषणा गरिनेछ । उक्त प्रस्ताव सर्वसम्मतिले उच्च स्तरीय राजनीतिक संयन्त्रवाट पारित भएको छ । मलाई यो कुरा तपाईहरुको अगाडी भन्दा गर्वको अनुभव हुन्छ कि राजनीतिक दलहरुले फेरी अव सहमति भन्ने झगडा गरेर वस्ने दिन रहेका छैनन् । ६ महिना वहस हुन्छ सहमतिको । हामीले फेरी यो कुरा पनि भनेका छौं कि पहिलो संबिधानसभाले सम्पन्न गरेको ८० प्रतिसत कामको स्वामित्व आउने संबिधानसभाले लिनेछ । फेरी तिनै कुरामा फर्केर सवै बिषयमा वहस गरिने छैन ।
त्यसकारण देशको सवैभन्दा ठुलो पार्टीको तर्फवाट अनि      परिवर्तनका एजेण्डाहरु ः संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक मुल्य मान्यता जस्ता बिषयहरु जो अहिले नेपाली       राजनीतिक आकाशमा स्थापित मान्यता वनेका छन, त्यसको प्रमुख वहाक हुनुको नाताले अर्को संबिधानसभावाट संबिधान वनाउने ग्यारेण्टी गरिनेछ भनेर हामीले भनेका छौं । नेपाली जनतासंग मेरो अपील के छ भने जनताले पनि कसैलाई बहुमत नदिने काम अवको पटक गर्नेछैनन् भन्ने बिश्वास लिएको छु र आदरणीय जनसमुदायसंग पनि म के अपील गर्न चाहान्छु भने कसैलाई पनि बहुमत नदिदाँ संबिधान वनाउन पनि गा¥हो भयो, सरकार स्थिर भएन, बिकास निर्माणका काम लथालिङ्ग भए । हाम्रो देशको दुर्भाग्य भन्नुपर्छ २००७ सालदेखि अहिले २०७० सालसम्म कुनै पनि सरकार स्थिर भएन । ००७ देखि ०१७ सालसम्म बर्षैपिच्छे, महिनैपिच्छे पनि सरकार फेरिए । ०१७ सालपछि पनि ३० बर्षे पञ्चायती शासनकालमा कुनै पनि सरकारले पाँच वर्ष टिक्ने अवस्था रहेन । २०४६ सालपछि तथाकथित बहुदलीय कालमा वनेका सरकारहरु पनि पाँच बर्ष चलेनन् । नेपाली कांग्रेसले वहुमत हुँदाहुँदै पनि आफ्नै पार्टीभित्रको बिवादका कारण आफ्नै पार्टीको सरकार गिराउने बिचित्र प्रकारका परिघटनाहरु पनि हामीले देख्यौं । 
हामीलाई लागेको थियो अव संबिधानसभाको निर्वाचनपछि देशले एउटा स्थायी सरकार पाउनेछ, जनताले अपेक्षा गरे अनुसार बिकास निर्माणका कामहरु र पहिचान र अधिकारका कामहरु संस्थागत हुनेछन । हाम्रो पार्टी सवैभन्दा ठुलो पार्टी पक्कै पनि भयो तर हामीलाई बहुमत भएन । बहुमत नहुनुको कारण फेरी पनि स्थिर सरकार हुन सकेन । गएको पाँच वर्षमा पाँचवटा सरकार फेरी पनि देखियो र अहिले हामी जनतासंग वडो गम्भिरताका साथ, वडो बिनम्रताका साथ नेपालमा राजनीतिक       स्थिरताका निम्ती र जनताको समृद्धिका निम्ती यो पटक परिवर्तनको पक्षमा जनताले बहुमत दिनुपर्दछ । यदि वहुमत आएन र यदि संबिधान वनाउने प्रक्रियाको निम्ती परिवर्तनको पक्षलाई दुईतिहाई वहुमत भएन भने देश निकै अप्ठेरो स्थितिमा पर्ने खतरा छ । त्यसकारण यो पटकको निर्वाचनमा जनताले कसैलाई पनि बहुमत नदिने गल्ती गर्नु हुँदैन र राजनीतिक दलहरुले पनि चार वर्ष लगाएर संबिधान निर्माण नगर्ने गल्ती दोहो¥याउनु हुँदैन । 
प्रत्येक नेपाली श्रमजीवीहरु, किसानहरु, दलितहरु, महिलाहरु, आदीवासीहरु, मधेशीहरु, पहाडी हिमाली सवैसबैको समान अधिकार प्राप्त गर्न संबिधानसभावाट संबिधान वनाउने अवसर प्राप्त भएको छ । यो अवसरलाई हामीले खेर नफालौं । यो पटक हामीले जनयुद्ध र जनआन्दोलनले स्थापित गरेका एजेण्डाहरुलाई संस्थागत गर्नु पर्ने हुन्छ । यि एजेण्डाहरुलाई संस्थागत गरेर मात्रै हामीले परिकल्पना गरेको नयाँ नेपालको निर्माण हुन सक्छ । हामीले हाम्रो पार्टीको हेटौडा महाधिवेशनवाट पार्टीलाई उत्पादन, निर्माण र बिकासको अभियानमा केन्द्रित गर्ने भनेर निर्णय गरेका छौं । महाधिवेशनको सो निर्णयलाई कार्यान्वयन गरेर जनवादी क्रान्तिका वाँकी कार्यभारहरु पुरा गर्ने र समाजवादतिर लाग्ने निर्णय गरेको लगत्तै पछि म मित्र राष्ट्र चिनमा गएर यि निर्णयहरुका वारेमा त्यहाँको सरकार, राष्ट्रपति, प्रधानमन्त्रीसंग कुरा गर्दा होस या भारत गएर भारतीय नेताहरुसंग कुरा गर्दा होस किनकी हाम्रा दुईवटा ठुला छिमेकी देशहरु अहिले उनीहरुले निकै तिव्र गतिमा बिकास गर्दैछन र हामी त्यसवाट लाभान्वित हुनु पर्दछ ।
तपाईहरुले सुन्नुभयो होला मैले पेकिङमा पनि भने “त्रिपक्षीय साझेदारीद्वारा चिन र भारतको बिकासवाट नेपाल लाभान्वित हुनुपर्दछ । र हामी हाम्रो देशको स्वतन्त्रता, हाम्रो देशको अखण्डता अक्षुण राख्दै र सुदृढ गर्दै हामी दुवै छिमेकीहरुवाट सहयोग लिन पनि चाहान्छौं । हामी यो देशको तिव्र बिकास गर्न चाहान्छौं । मलाई तपाईहरुको अगाडी यो कुरा भन्ने खुशी लागेको छ, यि दुवै छिमेकीहरु अव नेपालमा राजनीतिक स्थिरता र बिकास होस भन्ने चाहान्छन र उनीहरुले हाम्रो पार्टीको महाधिवशेनको निर्णयलाई मुक्तकण्डले प्रसंसा गर्दै स्वागत गरेका छन ।
अहिले संबिधानसभाको निर्वाचन तपाई हामी सवै नेपालीका निम्ती एउटा ठुलो अवसर भएर आएको छ । यो अवसर हामी गुम्न नदिऔं, हामी सवैले मसिनो गरी बिचार गरौं । हामी सवैले छातीमा हात राखेर, निधार खुम्च्याएर सोचौं, यो पटक        परिवर्तनको पक्षमा स्थिरताको पक्षमा राष्ट्रको पक्षमा वहुमत दिन जरुरी छ । कसैलाई बहुमत नदिने कुराले देश झन अप्ठेरोमा पर्छ, तपाईहामी सवै अप्ठेरोमा पर्छाैं ।
यहाँको पर्यटनको बिकासको निम्ती, यहाँको वाटोघोटो, पुल पुलेसा निर्माणको निम्ती र सेती महाकालीलाई जसरी पुरानो राज्यवाट अपहेलित गरियो, भेदभाव गरियो राज्यद्वार पहिचान र  अधिकारको लडाईलाई केन्द्रित गरी गणतन्त्रलाई संस्थागत गर्ने कुरामा हाम्रो ध्यान केन्द्रित भएको छ । मलाई के बिश्वास छ भने डोटीको क्षेत्र १ र २ वाट कमरेड मोहन वम र त्रिलोचन भट्ट दुई जना कमरेडहरु हाम्रो पार्टीले उम्मेदवार वनाएको छ । डोटी जिल्ला आफै ईतिहास निर्माण गर्ने जिल्ला हो । र तपाई डोटेली दाजुभाई तथा दिदिवहिनीहरुले परिवर्तनको पक्षमा, हाम्रो पार्टीको नीति तथा कार्यक्रम लागु गर्नका लागि हामीले अघि सारेका उम्मेदवारहरुलाई भारी मतले बिजयी गराउनु हुनेछ भन्ने मलाई बिश्वास छ, त्यसको निम्ती म तपाईहरुलाई अपील गर्न चाहान्छु ।
आईतवार डोटीको दिपालयमा आयोजित आमसभामा एमाओवादी अध्यक्ष प्रचण्डले गरेको भाषणको सम्पादित अंश ।

मोफसल पत्रकारिता

समानुपातिक विज्ञापन नीति बनाउनु पर्छ,

रामवहादुर जि.सी. (सम्पादक)

धौलागिरि जागरण दैनिक, बागलुङ

 तपार्इंको पुरा परिचय पाउँ न ?
रामबहादुर जि.सी., बागलुङ जिल्लाको रेश गाविस– ९ मा मेरो घर पर्दछ । आमा नन्दकली जिसी र बाबा रनबहादुर जिसीको   छोरा हुँ । उमेर ३९ वर्ष ।
 पत्रकारिता पेशानै किन रोज्नु भयो ?
समाज परिवर्तनका लागि यो क्षेत्र सक्षम छ, यसलाई अंगाल्न सकियो भने धेरै मानिसको हित हुने काम गर्न सकिन्छ, आफ्नो पनि क्षमता विकाससंगै व्यक्तित्वको पनि विकास हुन्छ भन्ने सोचले यो क्षेत्रमा लागियो । रुची पनि यसतर्फ भएकाले निरन्तर काम गर्दै आइएको छ ।
कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ?
 मोफसलमा बसेर पत्रकारिता गर्दा यही विषय भन्ने हुँदैन । हाम्रो देशको अवस्था अनुसार मोसफल र त्यसमा पनि धौलागिरि अञ्चल जस्तो राजधानीको नजरमा पछि परेको क्षेत्रमा काम गर्दा सबै खालका काम गर्नु पर्ने वाध्यता छ । विषयनै रोज्नु पर्दा, आर्थिक र सामाजिक विषयवस्तुमा बढी रुची छ ।
तपाईलाई पत्रकारिता पेशामा लागे कति समय भयो ?
पत्रकारिता क्षेत्रमा लेख्न थालेको २० वर्ष भयो तर निरन्तर काम गर्न थालेको १२ वर्ष जति भयो । पहिलो सोखका रुपमा लेखिन्थ्यो, पछि पेशाकै रुपमा गर्न थाले । विगत १२ वर्षदेखि निरन्तर काम गर्दै आएको छु ।
तपाईले सम्पादन गरिरहेको धौलागिरि जागरण दैनिक कसरी सञ्चालन गरिरहनु भएको छ ?
 धौलागिरि जागरण दैनिक पत्रिका धौलागिरि अञ्चलमा पहिलो पटक सहकारी मार्फत सञ्चालन भएको पत्रिका हो । यसलाई सञ्चालन गर्नका लागि हामीले आदर्श सञ्चार सहकारी संस्था २०६३ सालमा स्थापना गरेर पत्रिका प्रकाशन शुरु गरेका हाँै । पहिला अर्धसाप्ताहिक रुपमा प्रकाशन गरेको पत्रिका २०६५ देखि दैनिक रुपमा प्रकाशित भैरहेको छ र यसको सहप्रकाशनका रुपमा अग्रसर मासिक पनि २०६८ सालदेखि प्रकाशन शुरु भएको छ । ३२ जना शेयर सदस्यको तीन लाख २० हजार रुपयाँबाट शुरु गरेको संस्थामा हाल पाँच सय शेयर सदस्य र ७५ लाख शेयर रकम, झण्डै चार करोड रुपयाँको वार्षिक कारोबार रहेको छ । सहकारी मार्फत सञ्चालन भएको हुनाले पत्रिका सञ्चालन गर्न सहज भएको छ । हामीले सहकारी मार्फत शुरु गरेपछि धौलागिरीमा झण्डै एक दर्जन सहकारी संस्थाले सञ्चारमाध्यम सञ्चालन गर्न थालेका छन् ।
मोफसलमा पत्रकारिता गर्न कत्तिको समस्या देख्नु हुन्छ ?
मोफसलमा पत्रकारिता गर्न निकै समस्या छ, राज्यको नीति विभेदकारी छ, राज्यबाट प्रदान गरिने सेवा सुविधाहरु राजधानीमा केन्द्रित छन् । निकै कठिन पूर्वक सञ्चालन हुने दुर्गमका सञ्चारमाध्यमहरुलाई राज्यले सही रुपमा सम्बोधन गर्न सकिरहेको छैन । विज्ञापनको स्रोत कम छ, राजनीतिक दल, सरकारी कार्यालय, गैर सरकारी संस्था, सहकारी संघ संस्थाहरुले सञ्चारमाध्यमहरुलाई उपयोग गर्ने तरिकाले मात्र लिएको अवस्था छ, यसलाई व्यवसायिक रुपमा अगाडि बढाउनका लागि मोफसलको अवस्था कठिनपूर्ण छ । सञ्चारमाध्यमलाई अप्ठेरोमा मात्र सम्झने प्रवृति विशेषत राजनीतिक दलमा छ, नीति निर्माण गर्ने दलका नेताहरुले मोफसलको पत्रकारिताको विषयलाई ध्यान नदिँदासम्म अवस्था सुधार हुने देखिदैन ।
मोफसल पत्रकारिताका मुख्य चुनौतीहरु के के देख्नु भएको छ ?
मोफसलको पत्रकारिताका मुख्य चुनौतीमा राज्यको सही नीति नहुनु, लगानी प्रभावकारी नहुनु, पत्रकारिता क्षेत्रमा लगानी कम हुनु, लगानीकर्ताहरुमा सञ्चारको विकासका लागि नयाँ सोच नहुनु तथा पत्रकारिता सम्बन्धी शिक्षा, तालिमको प्रभावकारी विकास नहुनु नै मुख्य समस्या हुन् ।
मोफसल पत्रकारिताको विकासका लागी सरकारले के गर्नु पर्ला जस्तो लाग्छ ? समानुपातिक विज्ञापन नीति बनाउनु पर्छ, राज्यले सञ्चारमाध्यमको वर्गिकरणमा मोफसललाई छुट्टै अंक दिएर गर्नु पर्छ, सामुहिक रुपमा लगानी गर्नेहरुलाई प्रोत्साहन हुने खालका कार्यक्रम सञ्चालन गर्नु पर्छ । स्थानीय विज्ञापन राजधानी नै पठाउनु पर्ने वाध्यताको अन्त्य गरी स्थानीय सञ्चारमाध्यमलाई दिने वातावरण सिर्जना गर्नु पर्छ ।
अनि नेपाल पत्रकार महासंघले के के गरिदिनु पर्छ जस्तो लाग्छ ?
 नेपाल पत्रकार महासंघले श्रमजिवी पत्रकार ऐन कार्यान्वयन, समानुपातिक विज्ञापन नीति लागु गर्नका लागि पहलकदमी गर्नु पर्छ । पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि तालिम, गोष्ठी, अन्तरक्रिया र भ्रमण लगायतका कार्यक्रम सञ्चालन गर्नु पर्छ ।
पत्रकारितामा लागेर कत्तिको पैसा कमाउनु भयो ?
 पत्रकारिता क्षेत्रमा लागेर मोफसलमा खासै पैसा कमाउन सकिदैन । आफै लगानी गरेर पत्रिका सञ्चालन गर्दा धेरै समस्याहरु छन् । १० वर्षदेखि यो पेशाबाट परिवार चलाउन सक्ने भएको छु । पैसा कमाएर अरु काम गर्न सकिएको छैन ।
परिवारसंग कत्तिको समय बिताउनु हुन्छ ?
 परिवारसंगै बस्ने भएकाले सांझ बिहान केही समय दिएपनि घरको कामका लागि समय दिन सकिएको छैन । परिवारको चाहना संगै कतै जाउ भन्ने हुन्छ तर आफु कामका कारण जान नपाउदा पत्रकारिता पेशाप्रति नै वितृष्णा लाग्छ, फेरी यो पेशााबाट अप्ठेरोमा परेकाहरुको उद्धार गर्न पाउदा खुशी लाग्छ ।
मनोरञ्जन गर्ने समय कत्तिको छ तपाईसंग ?
मनोरञ्जन गर्ने खासै समय हुदैन । फेरी पनि चाँड पर्वहरुमा परिवारसंग बस्ने, रमाइलो गर्ने काम हुन्छ ।
अहिले पत्रकारहरु बदनामित भईरहेका छन, केटी घुमाउने, जाँड खाएर झगडा गर्ने, कार्यालयमा घुस माग्ने काममा पत्रकारहरु संलग्न छन भन्ने आरोप लाग्ने गरेको छ, के भन्नुहुन्छ ?
 कुनै पनि पेशा व्यवसायमा असल र खराब हुन्छन् । पत्रकारहरु पनि यस्ता छन् भन्ने खबर आइरहन्छ, पत्रकारिताको मर्म भावना र यसको उद्देश्यप्रति प्रतिवद्ध भन्दा पनि मौसमी पत्रकारिता गर्नेहरुले त्यस्तो गरेको भन्ने लाग्दछ । वास्तवमा त्यस्ता पत्रकारहरुको पहिचान गरी पत्रकार महासंघले कारवाही गर्नु पर्छ ।
तपाई कत्तिको हुनुहुन्छ यस्ता कुराहरुमा ?
पत्रकारिता क्षेत्र चुनौतीपूर्ण, अवसर भएर र जवाफदेही पेशा हो । यसमा संलग्न भएपछि समाजको आँखा आफुमा छ भन्ने लाग्दछ । आफ्नो काम भन्दा बाहिरको विषयसंग मेरो चासो रहदैन ।
तपाइकंो विचारमा पत्रकारिता के हो ?
 पत्रकारिताको परिभाषा विभिन्न तरिकाले दिने गरिन्छ । मेरो विचारमा राम्रा कुरालाई प्रोत्साहन र नराम्रा कुरालाई रोक्नका लागि गरिने जिम्मेवार पेशा पत्रकारिता हो ।
तपाईका रुची र चहानाहरु बताउन मिल्छ ?
 मेरो खास रुची सहकारी क्षेत्रमा लागेर काम गर्ने छ । २०५० सालदेखि म सहकारी क्षेत्रसंग आवद्ध पनि छु । जिल्ला सहकारी संघ बागलुङको अध्यक्ष, राष्ट्रिय सहकारी बैंक लिमिटेडको केन्द्रीय लेखा समिति सदस्य पनि छु । मेरो चाहना भनेको सहकारीता मार्फत यो समाजको आर्थिक, सामाजिक विकास नै हो ।
अन्त्यमा केही भन्न मन लागेको छ ?
 यति टाढाबाट सम्झेर मेरो भावना राख्ने अवसर दिनु भएकोमा पत्रिका परिवारलाई धन्यवाद दिन चाहन्छु । मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता, अखण्डतासंगै आर्थिक सामाजिक विकासका लागि जनतालाई अगाडि बढाउन हामी सबैले जो जहाँ छाँै त्यहीबाट सकारात्मक सोचका साथ, इमान्दा–रिताका साथ काम गराँै । धन्यवाद

साहित्य सृजना

साउनको झरीसंग 

साउनको झरीसंग थोपा बनी झर्नै प¥यो
पानीको फोको जस्तै, तल पुग्दा मर्नु प¥यो
के थाह छ महलवासी, झोपडीको कथा–व्यथा
ओत पाउन घरभित्रै, यताउति सर्नु प¥यो
आफै बोक्सी आफै झाँक्री, कस्ता–कस्ता दाउ उनका
न्याय माग्ने आँट गर्दा, जेलनेल पर्नु प¥यो
आफन्तका अनुहार जति, विरानो झैँ लागे जब
विवशतामा विस्थापित भै, सीमा नदी तर्नु प¥यो
निर्दोषलाई दोषी तुल्याई, दण्ड दिने चलेको छ
विषमताको सृष्टिसंग जीवन धारण गर्नु प¥यो

म पाखे

म पाखे, म पाखे, कस्तो पाखे ?
खान लाउन पाएकै छु
खेत—बारी छदैछ
लेख्न पढ्न पनि जानेकैछु
तर पनि.. म पाखे, कस्तो पाखे ?
महलवाला होईनन्,
जमिन्दार पनि होईनन्
लुटी खान्छन मेरै गाउलेलाई
फेरी पनि म पाखे, कस्तो पाखे ?
उनलाई थाह छैन होला, पाखेको अर्थ
उनी सम्पत्तिमा रमाएका छन होला
उनको त्यो हेपाहा बुद्धिले जे सोच्यो त्यहि वोल्यो
त्यसकारण म पाखे
उनको नजरमा म पाखे ।

गजल

वर्गीय मायाले नै पल पल सधै रुवायो मलाई,
उसैको माया खोजी हिडने मुसारफिर वनायो मलाई ।
फुलै फुलको विच पनि का“डै का“डाको नै राज भयो,
आÏना सवै पराई भए उसले बिस खुवाई मलाई ।
दैवले मलाई छुट्टयाए पनि वाध्यतामा हासेको छु,
कहा“ पो जाउ खै प्रेम पुजारी वन्न लगायौ मलाई ।
जप सधै साझ ढल्दै जान्छ तिम्रो यादले सताउछ,
उसैको मायामा नै डुवी लैस वनायो मलाई ।
भुल्न सक्दिन आज मैले उसैको यादमा वाचेको छु,
उसैको मायामा डेव्दै एक्लै हिडने वनायो मलाई ।
दिपक बिश्वकर्मा
मेधौली–४ चितवन

रिसायकी तिमी

अनायासै आँखिर किन ? रिसायकी तिमी
मनसंगै मुरलीमा मिसायकी तिमी
बयान गर्ने शव्द छैन तिम्रो रुप गुणको
जवानीको बगैचामा सजायकी तिमी
भावनाको भावसागरमा पौडी खेल्न चुक्दा
प्रतिक्षाको भुमरीमा तिसायकी तिमी
कति गए बसन्त ति मनले मेल खाईसकेका
नयनको नानीजस्ै रिजायकी तिमी
सर्वस्वनै त्यही नै हो मनमुटु जोड्न सक्नु
मनभित्र मुटुमाझ बिसायकी तिमी
अनायासै आँखिर किन ? रिसायकी तिमी
पूर्ण कठायत (भावयात्री)
काँडामाण्र्डौ–९ चैकोट, डोटी