मुख्य समाचार
प्रचण्डले भने ः संबिधानसभाको तेश्रो निर्वाचन हुने छैन
एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले मंसिर ४ गते हुने अर्को संबिधानसभापछि संबिधानसभाकै लागि तेश्रो पटक निर्वाचन नहुने दावी गरेका छन ।
चुनावी सभालाई सम्वोधन गर्न सुदुरपश्चिम पुगेका प्रचण्डले आईतवार ए नेकपा माओवादी डोटीद्वारा डोटीको दिपायलमा आयोजना गरेको जनसभालाई सम्वोधन गर्दै मंसिर ४ गते हुने संबिधानसभाको निर्वाचनपछि गठन हुने संबिधानसभाले एक वर्षभित्रै संघीय लोकतान्त्रिक गणतन्त्र सहितको नयाँ संबिधान जारी गर्ने वताए । “उच्च स्तरीय राजनीतिक समितिमा मैले देशको ठुलो पार्टीको अध्यक्षको हैसियतले अर्को निर्वाचन भएको ६ महिनाभित्र सहमितका लागि प्रयास गर्ने र सो हुन नसके बाँकी ६ महिनाभित्र प्रक्रियामा गएर भएपनि नयाँ संबिधान जारी गर्ने प्रस्ताव राखेको थिएँ” प्रचण्डले भने– समितिले उक्त कुरा सर्वसम्मत पास गरेको छ ।
पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरे लगत्तै सुदुरपश्चिम दौडाहमा रहेका प्रचण्डले भने–हामी अहिले फेरी संबिधानसभाकै अर्को निर्वाचनमा छौं । आदरणीय जनसमुदाय मलाई आज तपाईहरुको अगाडी यद्यपी यो सामान्य सभा, संक्षिप्त सभा जस्तो देखियो तर मलाई गर्व छ, हिजोमात्रै हामीले संबिधानसभाको निर्वाचनमा देशको आर्थिक बिकासको निम्ती, राजनीतिक पुनःसंरचनाको निम्ती, जनताको हक अधिकारको निम्ती, पहिचानको निम्ती हाम्रो पार्टीको तर्फवाट निर्वाचनमा प्रतिवद्धता पत्र अर्थात घोषणा पत्र सार्वजनिक भयो । प्रचण्डले भेलामा कम उपस्थिति भएकोप्रति भने खिन्नता व्यक्त गरेका थिए ।
आफुहरुले १० वर्षे जनयुद्ध गर्दाका वखत पनि सेती महाकालीले खेलेको भुमिकालाई पार्टीले उच्च मुल्याँकन गरेको र गत संबिधानसभाको निर्वाचनमा यस क्षेत्रले पार्टीलाई दिएको योगदान पनि उच्च रहेको वताउँदै प्रचण्डले यस क्षेत्रको बिकासका लागि पार्टी सधैं प्रतिवद्ध रहेको वताए । “सेती महाकाली हिजैदेखि राज्यद्वारा अलिकति अपमानित गरिएको, अलिकति भेदभाव गरिएको क्षेत्रको रुपमा मानिन्छ र हामीले हिजो बिद्रोहको बेलामा पनि यस क्षेत्रका जनताले खेलेको भुमिकालाई उच्च सम्मान ग¥यौं र मैले अहिले फर्केर हेर्दा गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीको हैसियतले सवैभन्दा वढी कहि गएको रहेछु भने त्यो सेती महाकालीनै रहेछ ।”
प्रचण्डले गणतन्त्र नेपालको पहिलो नीति, कार्यक्रम र वजेट जो हामीले प्रस्तुत गरेका थियौं त्यो नीति र कार्यक्रममा सवै उत्पिडित जाती क्षेत्र वर्ग लिङ्ग सेती महाकाली र भेरी कर्णाली जस्ता पछाडी पारिएका क्षेत्रहरुको बिकासका लागि प्याकेज पनि प्रस्ताव गरिएको थियो । तर अघिल्लो संबिधानसभावाट हाम्रो पार्टी देशको सवैभन्दा ठुलो पार्टी भएपनि वहुमत भएन । सरकार वनाउनको निम्ती यदि वहुमत भएको हुन्थ्यो भने हामीले प्रस्तुत गरेको नीति कार्यक्रम र वजेट जनताको पक्षमा अझ सेती महाकाली, भेरी कर्णालीका जनताको पक्षमा बिशेष प्याकेजको रुपमा हामीले ल्याएका थियौं ।
सम्वोधनका क्रममा प्रचण्डले संबिधानसभाको निर्वाचनमा कुनै एक पार्टीलाई स्पष्ट वहुमत दिन मतदातालाई आग्रह गरे । उनले भने–अव हुने संबिधानसभाको निर्वाचनमा परिवर्तनको पक्षमा रहेका, संघीयताको पक्षमा रहेका र लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेका शक्तिहरुलाई जनताले मतदान गरेर नया संबिधान निर्माणमा सहयोग गर्न आग्रह गरे ।

सम्पादकीय
प्रहरी–प्रशासन आँखा खोल
एकातिर दशैं, तिहार र छठ जस्ता महत्वपूर्ण चाँडपर्वहरु अर्कोतिर अर्को संबिधानसभाको निर्वाचन, यि दुवै बिषयहरुले देशको शान्ति सुरक्षाको अवस्था सामान्य अवस्थाको भन्दा फरक हुने गर्दछ, यो स्वभाविकै पनि हो । बिभिन्न क्षेत्रवाट यस्ता अवसरहरुमा नयाँ नयाँ मान्छेहरु भित्रिने र बिभिन्न प्रकृतिका व्यक्तिहरुको जमघट हुने गरेका कारण कतिपय राम्रा कामहरु संगसंगै कतिपय आपराधिक क्रियाकलापहरु समेत हुने गरेका छन । ति आपराधिक क्रियाकलापहरुलाई रोक्नु प्रहरी प्रशासनको दायित्व हो ।
निश्चित रुपमा अन्तराष्ट्रिय मापदण्ड अनुसार नेपालमा प्रहरी कर्मचारीहरुको संख्या कम छ तर भएकाहरुलाई पनि राम्रोसंग परिचालन गर्न सकिएको छैन । मानवअधिकारको बिश्वव्यापी सिद्धान्त अनुसार प्रत्येक नागरिकको सुरक्षा दिनु राज्यको कर्तव्य हो । त्यसका लागि राज्यले व्यक्ति–व्यक्तिका पछाडी सुरक्षाकर्मीहरु पठाएर सुरक्षा हुन सक्दैन, यो दुनियाँका कुनै पनि देशले गरेको छैन र हुन पनि सक्दैन । यसका लागि सुरक्षा निकायहरुले जनतामा आफ्नो उपस्थिति छ भन्ने कुरा महसुस गराउन सक्नु हो ।
तर, जिल्ला सदरमुकाममै आफ्नो उपस्थिति महसुस गराउन नसक्ने प्रहरी–प्रशासनले के दुर्गम ग्रामिण बस्तीहरुमा आफ्नो उपस्थिति देखाउन सक्ला त ? प्रश्न यहाँनिर छ । जिल्ला सदरमुकाममै थुप्रै कानुन बिपरित कामहरु भएका छन । प्रहरीको गस्ती टोलीले ति कामहरु खुला आँखाले राम्रोसंग देख्ने गरेको छ तर रोक्दैन । अनि कसरी आपराधिक क्रियाकलापहरु रोकिन्छन त ? कानुनमा नगर्नु भनि लेखिएको कुरा गरिन्छ भने त्यो अपराध हो । अपराध गर्ने व्यक्ति अपराधी हो र अपराध रोक्न नसक्ने राज्य असफल राज्य हो ।
जुवातास ऐन अनुसार जुवातास खेल्न मिल्दैन तर अहिले जिल्ला सदरमुकाम र ग्रामिण क्षेत्रमा समेत खुल्याम जुवातास भईरहेको कुरा सवैले देखेका छन । किन रोकिन्न यस्ता कुराहरु ? केही सरकारी कर्मचारीहरु कार्यालयमा हाजिर लाएर तासको खालमा वसेका हुन्छन । कार्यालयमा त्यस्ता कर्मचारीहरु कहाँ गए भन्ने कुरा न त हाकिम साहेवलाई थाह हुन्छ न अन्य कर्मचारीहरुलाई । खुल्ला रुपमा सडकमै, होटेलहरुमा, व्यक्तिगत घरहरुमा जता पायो त्यतै जुवातास भईरहेको छ तर सम्वन्धित निकाय मौन छ, मानौं उस्ले यसवारेमा कुनै जानकारीनै पाएको छैन ।
अर्को कुरा जिल्ला सदरमुकाममा हुने गाँजा अत्तरको बिक्री बितरण र सेवनवाट पनि प्रहरी–प्रशासन अनबिज्ञ छैन । पसलहरुमा खुल्याम गाँजा अत्तरहरु बिक्री गर्ने र बिद्यालय भवन पछाडी, कसैका घर पछाडी, मन्दिर लगायत सार्वजनिक स्थानहरुका पछाडी गएर गाँजा चरस सेवन गर्नेहरुको संख्या दिन प्रतिदिन वढ्दै गएको छ । प्रहरीको गस्ती टोलीले कहाँ गाँजा–अत्तर बिक्री हुन्छ र कहाँ गएर सेवन भईरहेको छ भन्ने कुरा समेत राम्रोसंग बुझेको छ तर त्यो रोक्नेतर्फ कसैको पनि ध्यान गएको छैन ।
आप्mनो दैनिक काम छोडेर जुवातासमा दाउ लगाउनेहरुले घरको सम्पत्ति सवै रित्याउन थालेका छन । कानुनले नगर्नु भन्ने कुरा गर्नेलाई कारवाहीको दायरामा ल्याउने र त्यस्ता गतिबिधि तत्काल रोक्ने व्यवस्था मिलाउनु पर्ने हो । किन प्रशासन मौन ? किन प्रहरी मौन ? प्रश्न उठ्न थालेको छ जनमानसमा । त्यसैले प्रहरी प्रशासनले बेलैमा यस्ता आपराधिक क्रियाकलापहरुलाई नियन्त्रण गर्नुपर्छ, जुवातास खेल्ने र खेलाउने, गाँजा–अत्तर बिक्री गर्ने र सेवन गर्नेहरुलाई तत्काल कारवाहीको दायरामा ल्याउनु जरुरी छ । नत्र भने बिस्तारै प्रहरी प्रशासनप्रति जनताको बिश्वास कम हुँदै जानेछ र आसंका र प्रश्नहरु ओईरो लाग्नेछन । यस बिषयमा स्थानीय प्रशासनले आफुलाई चुस्त र दुरुस्त वनाउनु जरुरी छ ।

थप समाचारहरु
निर्वाचन सुरक्षाका लागि सेना परिचालन
कार्की नेतृत्वको टोली डोटी पुुग्यो
आगामी मंसिर ४ गते हुने अर्को संबिधानसभा निर्वाचनको सुरक्षाका लागि नेपाली सेनाले आफ्नो कार्य सुरु गरेको छ । उच्चस्तरीय राजनीतिक समितिको सुझाव र सरकारको निर्णय अनुसार नेपाली सेना निर्वाचन सुरक्षामा खटिएको हो ।
सेनाले प्रत्येक निर्वाचन क्षेत्रमा आईतवारवाट सेना खटाएको जनाएको छ । चुनावमा ६१ हजार नौ सय ९५ सैनिक खटिने सैनिक मुख्यालयले जानकारी दिएको छ । प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा ४० सेना रहने गरी सेना परिचालन हुने नेपाली सेनाका प्रवक्ता सहायक रथी जगदीश पोखरेलले जानकारी दिए ।
सेनाले एकिकृत निर्वाचन सुरक्षा योजनामा बर्गिकरण गरिए अनुसार सामान्य जिल्लाहरुमा मतदान स्थलवाहेकको बाहिरी सुरक्षा जिम्मेवारी सम्हाल्नेछ । अतिसंवेदनशील तथा संवेदनशील जिल्लामा मतदान स्थलको तेश्रो घेरामा सुरक्षा प्रदान गर्नेछ । नेपाल प्रहरी र सशस्त्र प्रहरी वलले अहिले सुरक्षा प्रदान गर्दै आएको महत्वपूर्ण प्रतिस्ठान, संरचनाको सुरक्षा पनि सेनाले गर्नेछ ।
प्रवक्ता पोखरेलका अनुसार सेनाले चुनावका बेला आपतकालीन समयमा गरिनुपर्ने उद्दारमा जनशक्ति, उद्दार सामग्री तथा हेलिकप्टरको व्यवस्थापन पनि गर्नेछ । मतपत्र छपाईमा सेनाले सुरक्षा दिनुका साथै बिकट क्षेत्रमा मतपत्र, मतपेटिका तथा निर्वाचन सामग्री ढुवानीको काम पनि सेनाले गर्ने तय भएको छ ।
यसैबीच डोटी जिल्लाको निर्वाचन सुरक्षाका लागि तोकिएको सैनिक टोली जिल्ला सदरमुकाम आईपुगेको छ । प्रमुख सेनानी धु्रव कार्कीको नेतृत्वमा आएको टोलीले सुरक्षा योजना वनाईरहेको वताईएको छ । निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न गृहमन्त्रालयले वनाएको योजनालाई कार्यान्वयन गर्ने प्रमुख सेनानी कार्कीले वताए । योजना मुताविक डोटी कारागारमा रहेका प्रहरीको स्थानमा सेनाले जिम्मा लिईसकेको छ । डोटीमा सुरक्षा अवस्था अहिलेसम्म शान्तपूर्ण रहेको वताउँदै कार्कीले यस्तै अवस्था रहोस भन्ने कामना समेत गरे । डोटेली जनतालाई निधक्कका साथ मतदानमा भाग लिने वातावरण बनाउनु आफुहरुको कर्तव्य रहेको कार्कीको भनाई थियो ।

चुनाववाट एमाले पहिलो पार्टी हुने
नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री भीम रावलले मंसिर ४ गते हुने संबिधानसभाको निर्वाचनमा नेकपा एमाले देशको पहिलो पार्टी हुने दावी गरेका छन ।
पार्टीले चुनावी अभियानमा “एमालेको नीति, एमालेकै नेतृत्व” भन्ने नारा तय गरेको वताउँदै रावलले एमालेले बहुमत नपाएसम्म अग्रगामी संबिधान नवन्ने वताए । यो देशको समग्र बिकासको योजना एमालेसंग मात्रै छ, रावलले पार्टीले देशमा शान्ति कायम गरी लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नका लागि गत संबिधानसभामा अथक प्रयास गरेको भएपनि अन्य दलहरुको दलगत स्वार्थ र यथास्थितिवादी सोचका कारण संबिधान निर्माण हुन नसकेको वताए ।
अहिलेसम्म भएका राजनीतिक परिवर्तनहरुमा एमालेको नीतिको बिजय भएको वताउँदै रावलले एमालेको नेतृत्व नभएका कारण देशले अग्रगामी निकास पाउन नसकेको वताए । एमाले डोटी क्षेत्र २ को निर्वाचन परिचालन कमिटीले डोटीको बुडरमा आयोजना गरेको चुनावी आमसभालाई सम्वोदन गर्दै रावलले एमालेलाई आफ्नो अमुल्य मत प्रदान गर्न डोटेली जनतालाई आव्हान समेत गरेका छन । “यस पटक देशभरीमा एमालेको लहर छाएको छ” नेता रावलले भने–डोटीको दुवै क्षेत्रमा पनि हामी प्रतिस्पर्धि पार्टीहरु भन्दा धेरै अगाडी छौं । एमाले जनतामा बिश्वास गर्ने पार्टी भएको वताउँदै जनताले एमालेलाई रोज्ने समेत दावी गरे ।
कार्यक्रममा रावलले पार्टीले घोषणापत्र समेत तयार गरिसकेको र केही दिनमै जनताको बिचमा घोषणा पत्र सार्वजनिक हुने समेत रावलले दावी गरे । नेकपा एमालेले सुदुरपश्चिमको बिकासका लागि पटक–पटक दवाव दिएको वताउँदै नेता रावलले अन्य दलहरुले सहयोग नगरेका कारण योजना वन्न नसकेको वताए ।

कैलाशलाई सयपत्री, लोकलाई तिलहरी
मंसिर ४ गते हुने अर्को संबिधानसभाको निर्वाचनका लागि डोटीमा स्वतन्त्र उम्मेदवारहरुले चुनाव चिन्ह पाएका छन ।
डोटी क्षेत्र १ वाट स्वतन्त्र उम्मेदवारी दिएका कैलाश साउँदलाई सयपत्री फुल र अर्का स्वतन्त्र उम्मेदवार लोकवहादुर खड्कालाई तिलहरी चुनाव चिन्ह प्रदान गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले असोज २४ गते उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेको थियो । डोटी क्षेत्र १ मा रहेका १२ जना उम्मेवादरहरुमध्ये १० जना राजनीतिक दलहरुसंग सम्वन्धित भएकाले उनीहरुले दलकै चुनाव चिन्ह पाएका छन । जस अनुसार नेकपा एमालेले सुर्य, नेपाली कांग्रेसले रुख र एनेकपा माओवादीले गोलो घेराभित्र हसिया हतौडा चुनावचिन्ह प्राप्त गरेका छन । यसैगरी राष्ट्रिय जनमोर्चाले गिलास, राष्ट्रिय प्रजातन्त्र पार्टीले हलो, राप्रपा नेपालले गाई र संघीय समाजवादी पार्टीले गोलो घेरामा छाता चुनाव चिन्ह पाएका छन ।
यस्तै अखण्ड नेपाल पार्टीले ध्वजा, राष्ट्रिय यथार्थवादी पार्टीले डाँफे र समाजवादी जनता पार्टीले चन्द्रमा चुनाव चिन्ह पाएका छन । डोटी निर्वाचन क्षेत्र १ मा १० दल र दुई स्वतन्त्र गरी १२ उम्मेदवार भिड्दैछन भने क्षेत्र २ मा सात दलका उम्मेदवारहरु चुनावी मैदानमा रहेका छन । क्षेत्र २ मा अखण्ड नेपाल पार्टी, समाजवादी जनता पार्टी र राष्ट्रिय यथार्थवादी पार्टीले उम्मेदवारी दिएका छैनन् ।

तात्दै चुनावी माहोल
उलंघन हुँदै आचारसंहिता
दशैंको बिदाईसंगै डोटीका गाउँगाउँमा चुनावी माहोल तात्दै गएको छ । चुनावी माहोलका कारण हिन्दुहरुको अर्को ठुलो चाँड दिपावली ओझेल परेको छ ।
बिगतका वर्षहरुमा दशैंको रमझम सकिएपछि तिहारको बिषयमा चर्चा हुने गरेको भएपनि यस पटक भने मंसिर ४ मा हुने अर्को संबिधानसभाको निर्वाचनका बिषयमा चर्चा हुन थालेको छ । डोटीका गाउँगाउँ बिभिन्न राजनीतिक दलहरुमा पोष्टर, पम्पलेट, झण्डा र व्यानरले सजिन थालेका छन । पार्टीको चुनाव प्रचार प्रसारका लागि उम्मेदवारहरु र उम्मेदवार सम्वद्ध दलहरु बिभिन्न टोलीमा गाउँगाउँतिर गएका छन ।
दलहरुले गर्ने प्रचारका क्रममा आचार संहिताको उलंघन भएको देखिएको छ । संबिधानसभा सदस्य निर्वाचन आचारसंहिता २०७० अनुसार धार्मिक, पुरातात्विक, ऐतिहासिक, सरकारी, सार्वजनिक, शैक्षिक संस्थाको भित्ता वा पर्खालमा पोष्टर टाँस गर्न नपाईने भनिएको भएपनि करीव–करीव सबै दलहरुवाट उक्त बुँदा उलंघन भएको देखिएको छ । यस्तै मादक पदार्थ सेवन गरी प्रचार प्रसार गर्न र गराउन नहुने भन्ने व्यवस्था हुँदाहुँदै पनि प्रचारकहरुले मादक पदार्थ सेवन गरेको समेत भेटिएको छ । मादक पदार्थ सेवन गरी वाटोमै ढल्ने अवस्थामा पुगेकाहरुले अर्को पार्टीलाई गाली गलौज गर्ने गरेका छन ।
आमसभाको प्रचारप्रसारका लागि वाहेक अन्य अवस्थामा माईक तथा लाउडस्पिकरको प्रयोग गर्न नपाईने भन्ने व्यवस्थाको पनि उलंघन भएको छ । दलहरुले गाडीमा माईक वोक्दै माईकिङ गर्दै हिडेको देखिएको छ । त्यस्तै बिहान सात वजे भन्दा अगाडी र साँझ सात वजेभन्दा पछि पनि माईकिङ तथा प्रचार प्रसार गर्दै आचारसंहिताको थप उलंघन भएको देखिएको छ ।

खेल समाचार
खेलका लागि पुरस्कारको ओईरो
अर्को बिश्वकपमा छनोट हुने चार राष्ट्रले १३ लाख ५० हजार अमेरिकी डलर पाउने अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वताएको छ ।
उच्च खेल प्रदर्शन अनुदान अन्तरगत सन २०१४ को बिकास लगानी नीति अन्तरगत सन २०१५ को बिश्वकपमा छनोट हुने टिमले अर्को जनवरीसम्म पाउनेछन । यस्तै सन २०१४ देखि ०१६ सम्म टिमले १० लाख अमेरिकी डलर पाउने छन ।
अर्को वर्ष वंगलादेशमा हुने बिश्वकप ट्वान्टी–ट्वान्टी कपमा छनोट हुने ६ टिमले दुई लाख ५० हजार अमेरिकी डलर पाउने छन । अफगानिस्तान, हङकङ, नेपाल र संयुक्त अरव ईमिरेट दुवै बिश्वकपमा छनोट भए भने आगामी तीन वर्षमा हरेक टिमले १६ लाख अमेरिकी डलर पाउने छन । जुन आईसीसी एसोसिएट सदस्यहरुले औसत सात लाख ५० हजार अमेरिकी डलर पाउने छन । त्यो रकम आईसीसीको बिकास लगानी नीति अन्तरगत आउनेछ ।
आईसीसीको लगानी नीति बिगत पाँच वर्षमा गरेको प्रदर्शनका आधारमा पनि हुनेछ । दुई वर्षमा लगातार दुई बिश्वकप हुँदैछन । सन २०१४ मा एसिया कप पनि हुने छ । पहिलोपल्ट दुवै बिश्वकप छनोटमा एसीसी अन्तरगतका ४ राष्ट्र लागि परेका छन । सम्वन्धित संस्थाले दिएको रकमलाई सही सदुपयोग गर्नुपर्नेछ । लगानीको मुख्य लक्ष बढीभन्दा बढी क्रिकेटर निकाल्नु हो । दुई एसोसिएट टिम अफगानिस्तान र आयरलेण्ड सन २०१५ को एक दिवशीय बिश्वकपका लागि छनोट भईसकेका छन ।

शरद भए नेपाली नागरिक
वल्र्ड ट्वान्टी–ट्वान्टी छनौट नजिकिँदै गईरहेका वेला खेल जगतमा बिभिन्न चर्चा परिचर्चा हुन थालेका छन । कार्तिक २९ गतेदेखि मंसिर १५ गतेसम्म खाडी मुलुक संयुक्त अरव ईमिरेट (युएईमा) प्रतियोगिता हुने भएको छ ।
महत्वपूर्ण प्रतियोगिताका लागि नेपाली टिमको घोषणा नेपाल क्रिकेट संघले गरिसकेको छ । क्यानेडेली प्रशिक्षक पुवुदु दसानायकेले सम्हालेका १५ खेलाडीले करीव ३ करोड नेपालीको प्रतिनिधित्व गर्दै तातो हावा वहने अवुधामीको मैदानमा टिमलाई पहिलोपल्ट वल्र्डकपमा पु¥याउने जिम्मा पाएका छन । अर्थात ईतिहास कोर्ने चुनौती पाएका छन ।
जिम्मेवारी पाएकामध्ये शरद भेषवकर एक मुख्य खेलाडी हुन । एक महिना अघिसम्म पनि नेपाली नागरिकता नपाएका शरद मध्यक्रमका व्याट्सम्यान हुन । सन २००४ मा यू–१५ प्रतियोगितादेखि अन्तराष्ट्रिय क्षेत्रमा डेव्यु गरेका उनले नेपालले आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन–५, डिभिजन–४, डिभिजन–३ र एसीसी ट्रफी एलिट जित्दा महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । सत्रवर्षे अन्तराष्ट्रिय क्रिकेटको यात्रामा नेपालले ठुलो सफलता चाख्दा शरद टिमका महत्वपूर्ण सदस्य रहँदै आएका छन ।
तर, शरदले त्यो सफलता नेपाली नागरिकको ट्याग वनाईकनै नेपाललाई दिलाएका हुन । उनले २०५१ सालमा वनाएको नावालक प्रवेशाज्ञाकै आधारमा राहदानी वनाए र नेपालको प्रतिनिधित्व गर्दै आएका थिए । नावालक प्रवेशाज्ञाको आधारमा वनाएको राहदानीको मिति कार्तिक मध्यतिर सकिँदै थियो । त्यसैले कार्तिकको अन्त्यमा हुने वल्र्डकप छनोटमा उनको सहभागिता अनिश्चित जस्तै देखिन्थ्यो ।
कवरी एक दशक भन्दा लामो संघर्षपछि शरदले यसै वर्ष असोज ७ गते गृहमन्त्रालयवाट अंगिकृत नेपाली नागरिकता पाएसंगै उनको र नेपाली टिमको समस्या हल भएको छ । अव त कुनै टेन्सन हुँदैन, स्वतन्त्र रुपले खुलेर खेल्नेछु, वल्र्डकप छनोटको तयारीका लागि भारतको नयाँ दिल्ली जान लागेका शरदले आफ्नो आत्मबिश्वास सुनाए ।
शरदले नागरिकता नपाउँदा पनि राष्ट्रिय टिमवाट शतप्रतिसत प्रयास गरेर खेलेको वताए । “मैदान वाहिर नागरिकताका कुरा सुन्दा मनोबैज्ञानिक रुपमा दवाव हुन्थ्यो” शरदले भने –तर मैदानमा छिरेपछि म पुरै खेलमा मात्र ध्यान दिन्थे । नेपालका ६ शतक प्रहार गर्ने मध्येकका एक व्याट्सम्यान शरदले बिगत सुनाए ।
शरदले पहिलोपल्ट खुशीयालीका साथ आफ्नो जन्मदिन पनि मनाए यसपल्ट । २०४१ असोज २३ गते जन्मेका शरदले आफ्ना साथीहरुसंग केक काट्दै धुमधामका साथ होटेल क्राउन प्लाजामा जन्मदिन मनाएका थिए ।
२०५१ सालदेखि क्रिकेट खेल्न थालेका शरदले अव दिल्लीमा हुने अभ्यास खेलवाट नेपालका लागि दोश्रो ईनिङ्गको सुरुआत गर्नेछन । नेपाली क्रिकेटको महत्वपूर्ण क्षणलाई उनले राम्ररी बुझेका छन । शरद भन्छन “नागरिकता भनेको त एउटा पक्ष हो, मुख्य कुरा नेपाललाई वल्र्डकपमा पु¥याउने हो । त्यसैका लागि मिहिनेत गरिरहेको छु ।” उनी आफ्नो एक्लो प्रदर्शनभन्दा पनि टिम गेममा बिश्वास गर्छन । टिमकै लागि योगदान गर्न चाहान्छु ।”

चलचित्र र मनोरञ्जन
कार्र्तिक ८ का लागि न्यौता
भरखरै दशैंको चाँडमा रमाएका दर्शकहरुलाई कार्तिक ८ गते अर्को चाँड आएको भन्दै चलचित्र निर्देशक सुदर्शन थापाले दर्शकहरुलाई उत्साहित गर्न थालेका छन । शनिवार साँझ राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी थापाले आफुले निर्देशन गरेको चलचित्र “मधुमास” कार्तिक ८ गते हुने भएकाले उक्त दिनलाई चाँड पर्वको रुपमा मनाउन आग्रह गरेका थिए । आफुले वनाएको फिल्म राम्रो भएपनि दर्शकहरुमा भर पर्ने भन्दै थापाले दर्शकहरुलाई भगवानको दर्जामा राखे । निर्देशक थापाले भने–मैले मेहनत त धेरै लगाएको छु तर यसको सफलता र असफलता दर्शकहरुमा भर पर्छ ।
निर्माता वावुराम दाहालले पनि हरेक पक्षवाट आफ्नो चलचित्र राम्रो रहेको दावी गरे । भरखरै मात्र प्रेमिका सपना भण्डारीसंग मगनी तय गरेका अभिनेता आर्यन सिग्देशले चलचित्र “मधुमास” को प्रतिक्रिया लिन आफु आतुर रहेको वताए । निकै हर्षित मुद्रामा देखिएका आर्यनको अनुहारले नै वताउथ्यो । उनी अहिले निकै खुशी छन । एकातिर प्रमिकासंग बैवाहिक वन्धनमा वाँधिने तयारी अर्कोतर्फ “हनिमुन” अर्थ वोकेको चलचित्र रिलिजको तयारी ।
अभिनेता आर्यन सिग्देल, अभिनेत्रीद्वय पुजा शर्मा, सिवाङ्गीनी राणा र मनोज आरसी स्टार र रोमाण्टिक ड्रामा शैलीको “मधुमास” लाई वावुराम दाहाल र निर्देशक थापाले निर्माण गरेका हुन । चलचित्र दिनेश न्यौपानेको लेखन, सुरेश अधिकारीको संगीत, दीपक वज्राचार्यको छायाँकन, रेनशा राईको करियोग्राफी र हिमाल केसीको द्वन्द्व निर्देशन छ । भन्छन “टिमले सफलता पाएमात्र लक्ष पुरा हुन्छ, त्यसैले म

चत्रचित्र “काली” को व्यापार उत्साहजनक
असोज २५ गतेवाट देशभर प्रदर्शनमा आएको चलचित्र “काली” ले पूर्वका हलमा समेत उत्साहजनक व्यापार गर्न सफल भएको छ । देशका करीव ८० हलसंगै पूर्वको एक दर्जन हलमा यतिवेला काली प्रदर्शन भईरहेको छ ।
चलचित्र लागेको हलका सञ्चालकले करीव पाँच वर्षपछि आप्mनो हलमा दशैंमा रिलिज भएको चलचित्रले राम्रो गरेको जानकारी गराए । त्यसो त अन्य वर्षमा टिकाको दिन देखि चलचित्रको व्यापार वढ्ने भएपनि कालीले रिलिज भएको फुलपातीको दिन देखिनै हलमा दर्शक तारिहेको उनीहरुले वताए । काली पूर्वको धरान, दमक, बिर्तामोड, पथरी, वेलवारी, धुलावारी, बिराटनगर, भद्रपुर, चक्रघट्टी लगायतका स्टेसनमा प्रदर्शन भईरहेको छ ।
मुख्य स्टेसनमध्ये दमकको पाथीभरा हलमा चलचित्रको व्यापार सवैभन्दा उत्साहजनक रहेको छ भने सानो स्टेसनको रुपमा रहेको पथरीको कन्चन टाकिजमा समेत हरेक दिन चलचित्रले ५० हजार माथीको कलेक्सन गरिरहेको जानकारी बितरक चैतन्य वरालले गराए । दमकस्थित पाथीभारा चित्र मन्दिरमा हरेक दिन फिल्मको कलेक्सन १ लाख माथी रहेको उनले वताए ।
टिकाको दिन खराव मौसमको कारणले मात्रै व्यापार बिग्रिएको र अरु दिन चलचित्र हेर्न आउने दर्शकको कमी नभएको चैतन्यको भनाई छ । स्थलगत रिपोर्टिङ्गको क्रममा पाथीभारा चित्र मन्दिर पुग्दा चलचित्र हेर्ने दर्शकको भिड सो सुरु हुनु १ घण्टा अगाडीनै हलमा लागेको देखिन्थ्यो । धरानको गणेश टाकिज, बिर्तामोडको कृष्ण टाकिजमा समेत चलचित्रको कलेक्सन राम्रो रहेको छ ।
यस्तै देशका अन्य हलहरुमा पनि कालीको व्यापार राम्रो रहेको निर्माता छविराज ओझाले वताए । दशैंमा चलचित्र चल्दैन भन्ने चलनलाई कालीले तोडेको छ, छविले भने–राम्रो चलचित्र वनाउने हो भने जुनसुकै समयमा पनि चलचित्र राम्रोसंग चल्छ । उनले आगामी मंसिर २१ गते रिलिज हुन लागेको आफ्नै व्यानरको चलचित्र “लोफर” ले पनि दर्शक तान्ने बिश्वास व्यक्त गरे ।

छोटकरी समाचार
राजमो नियमित सम्पर्कमा
डोटी दुवै क्षेत्रवाट प्रत्येक्षमा उम्मेदवारी दिएको राष्ट्रिय जनमोर्चाले चुनावी गतिबिधिहरु लाई नियमित सञ्चारकर्मीहरुसंग पु¥याउने व्यवस्था मिलाएको छ ।
पार्टीका केन्द्रीय कोषाध्यक्ष एवं डोटी क्षेत्र २ का उम्मेदवार मनोज भट्टले ईमेल मार्फत अभियानका दैनिक गतिबिधिहरु सञ्चारकर्मीहरुलाई पु¥याउने वताएका छन । “सञ्चारकर्मी मित्रहरु हामीले पार्टीको चुनावी अभियानका गतिबिधिहरुलाई नियमित रुपमा तपाईहरुसम्म पु¥याउने योजना वनाएका छौं” भट्टद्वारा बिम्ब साप्ताहिकलाई पठाईएको ईमेलमा उल्लेख गरिएको छ ।
भट्टले प्रत्येक गाबिसमा गाबिसस्तरीय सभाहरु आयोजना गर्ने, घरदैलो भेटघाट गर्ने कार्यहरु सञ्चालन गरिरहेको समेत ईमेलमार्फत जानकारी गराएका छन । अन्य दलहरुले भने सञ्चारमाध्यममा नियमित रुपमा समाचार सम्प्रेषण गर्ने व्यवस्था मिलाउन सकेका छैनन् ।

दशैं शान्तपूर्ण
हिन्दुहरुको महान चाँड बिजया दशमीको समयमा देशका बिभिन्न भागहरुमा गम्भिर अपराधिक क्रियाकलापहरु भएका समाचारहरु प्रकासन भएका भएपनि डोटीमा भने दशैं शान्तपूर्ण रहेको छ ।
बिगतका वर्षहरुमा पनि डोटी जिल्लामा दशैं तिहार शान्तपूर्ण वातावरणमै सम्पन्न हुने गरेको थियो । यस वर्ष पनि सामान्य घटनाहरु वाहेक त्यस्तो गम्भिर प्रकृतिको अपराध चाँडवाडकै कारण नभएको वताईएको छ ।

बिचार
जनमतको हुर्मत
नारायण वाग्ले
वाठा भनिने काग समेत कुहिरोमा हराउँछन । चुनवाको तनावपूर्ण तुवालोमा सोझा सीधा जनता नहराउने कुरै छैन । अहिलेको प्रणालीले त झन तुवालो हो कि कुहिरो हो जस्तोमा मतदातालाई पारिदिएको छ । हेर्नोस न समानुपातिकको उपद्रो । हामी कसैलाई हाम्रा उम्मेदवार को हुन थाह छ त ? प्रत्येक्ष तर्फ त हल्लाखल्ला भईरहेको छ । मैले भन्न खोजेको समानुपातिक तर्फको हो जसको हामीलाई बिलखवन्दमा पारिदिएको छ । जवकी अवको संबिधानसभामा पनि प्रत्येक्ष चुनिएर आएका भन्दा अप्रत्येक्ष छानिएर आएकाहरुनै बढी हुनेछन । अर्थात ३३५ जना ।
अर्थात भावी संबिधानसभाका ५८ प्रतिसत सभासद् कसरी चुनिन्छन, कसले किन चुन्छ । भन्ने जनतालाई कुनै मेलोमेसो दिईएको छैन । यस्तो लाग्छ तिनलाई जनताले चुन्ने नै होईन । चुन्ने भए त कुन चुनाव चिन्हमा मत दिए को सभासद् हुन्छ अर्थात हाम्रो भावी कसले वनाईदिन सक्छ भन्ने थाहा हुन्थ्यो । निर्वाचन आयोगको तालिका अनुसार समानुपातिक तर्फका उम्मेदवारहरुको नाम कार्तिक २९ गतेमात्र सार्वजनिक हुनेछ । मत खसाल्ने उर्दी मंसिर ४ गते, चार दिनभित्र । आफ्ना उम्मेदवारहरु चिनिसकेर, कसलाई मत दिने भन्ने सोचिसकेर मतदान केन्द्रमा जानुपर्ने । मतदातामध्ये झण्डैं आधा जति त निरक्षरै रहेको मुलुकमा । ठुलाठालुले भनिदिएको, लाठा वजार्नेहरुले तर्साएको, नत्र तिम्रो खैरियत छैन है भन्नेहरुले सातो दिएको, दुरविनवाट देखिन्छ है, कसलाई भोट हाल्यौं भन्नेहरुले रिंगाएको भुक्तमानहरुको समाजमा ।
यसै पनि दुई दुईटा मतपत्र आफैंमा जटिल प्रक्रिया हो । त्यसमाथी उम्मेदवार चिनिदैन । चिनाउने समयनै दिईएको छैन । जवकी चिनिएका उम्मेदवारभन्दा नचिनिईकन छानिनेहरु भोली संबिधानसभामा बहुमतीय डाँको गरेर हाम्रो भविश्यको दस्तावेज कोर्ने छन । के यो चुनाव अर्थात जनमत लिने प्रक्रिया हो वा चुनावको बिधि पु¥याउने जनमतको हुर्मत लिने प्रक्रिया ?
दलहरुले समानुपातिक सूची गोप्य रुपमा बुझाए भनिएको छ । को कसको नाम बुझाए भन्ने जानकारी दिने दायित्व ख्याल गरेका छैनन् । आफ्नो सूची सार्वजनिक गर्ने यिनको यत्ति पनि हिम्मत छैन तर जनताले भने आफ्नो हुर्मत लिईएको थाहा हुँदाहुँदै पनि हिम्मतसाथ मत दिन जानु पर्ने भएको छ । आखिर दलहरु किन सूची लुकाउन वाध्य छन ? र निर्वाचन आयोग समेत दलहरुको यो अपारदर्शी र त्यसको मानेमा अलोकतान्त्रिक रवैयाको मौन साक्षी बसिरहेको छ ?
निर्वाचन आयोगले मतदाता शिक्षाका नाममा थुप्रो खर्च गर्ने गरेको छ । उसको अभियाननै छ, मतदातालाई मात्र होईन, दलहरुलाई समेत चुनाव प्रणालीवारे शिक्षा दिने । दलका नेताहरुलाई निकै पल्ट वोलाएर समानुपातिक प्रणालीमा अपनाउनु पर्ने सर्तवारे अवगत गराउने गरेको छ । मतदातालाई शिक्षा दिन अघि सर्ने निर्वाचन आयोग मतदातालाई सूचित गर्ने दायित्ववाट भने पन्छिरहेको छ । कुन दलले कस्तो सूची बुझायो भन्ने जनताले थाहा पाउनुपर्छ कि पर्दैन ? र आयोगले जनतालाई थाहा दिनुपछ कि पर्दैन ?
नियन्त्रित राजनीतिक व्यवस्था भएका मुलुकमा औपचारिक रीत पु¥याउनका लागि मात्र चुनाव गरिन्छ । त्यसको परिचायक भनेकै उम्मेदवारले कति प्रचार अभियान चलाउन पाए वा मतदाताले किन निर्धक्क साथ आप्mना उम्मेदवारवारे जान्न पाए भन्ने हो । यहाँ त त्यसभन्दा तन्नम राजनीतिक व्यवस्था अंगिकार गर्न लागिए जस्तो छ, जहाँ मतदाताले उम्मेदवार चिन्नै नपाई वा चिनेकै भोली या पर्सिपल्ट मत हालिदिनु पर्ने छ ।
दलहरुले वन्द सूचीलाई वन्द नै राख्न चाहानुको कारण प्रष्ट छ । तिनका नेताहरु आप्mना आन्तरिक सांगठनिक समस्या समाधान गर्न सकिरहेका छैनन् । बिद्रोही उम्मेदवारहरुवाट उनीहरुलाई सधैं खतरा हुन्छ । सूचीमा नपरेको थाहा पाउनासाथ जो पनि वागी वनिदिन सक्छ भन्ने क्रासमा उनीहरु अल्झिएका छन । त्यसकारण उनीहरु चुनाव प्रचार प्रसार अभियान सकिईसकेपछि मतदानको संघारमा पुगेरमात्र समानुपातिक सूचीमा परेका भाग्यमानीहरुको नामावली गर्वसाथ खुला गरिदिन चाहाँन्छन ।
यस्तो अलोकतान्त्रिक, अमर्यादित र मतदाताको अनादर गर्ने व्यवस्था राजनीतिक दलहरुको स्वेच्छाचारिताको नमुना हो । र यसको मतियार निर्वाचन आयोग जस्तो संबैधानिक निकाय वन्नाले हाम्रो राजनीतिक व्यवस्था लोकतान्त्रिक होईन, दलहरुको स्वेच्छातान्त्रिक हो भन्ने सघाउँछ । जवकी अन्तरीम संबिधानले दलहरुलाई यस्तो गोपनीयताको हक दिएको छैन, बरु जनतालाई सूचनाको हक प्रदान गरेकै छ । व्यवहारमा भने हामी ठगिएका छौं । दलहरुको स्वेच्छचारिताको वन्धक वन्न बाध्य भएका छौं ।
दलहरुलाई भने फाईदै छ । किनभने तिनका समानुपातिक उम्मेदवार सूचीमा परेको भ्रम पाल्नेहरु पनि प्रचार अभियानमा जुटेकै हुन्छन । भलै तिनलाई आफु आखिर पर्ने हो, होईन भन्ने साँझको दियोझैं ढलमल भईरहन्छ । दलभन्दा पनि बढी नेताहरुलाई फाईदा छ । खासमा यो फाईदाको काईदा हो, काईदाको फाईदा पनि हो । किनभने सूचीमा परेकामध्ये पनि भोली मतको अनुपातमा सीट संख्या आएपछि उम्मेदवारको प्राथमिकता तोक्ने वेला जति पनि मोलमोलाई गर्न पाईन्छ । अघिल्लो चुनावमा जे भयो, यसपाली त झन बढेरै हुनेछ । भाऊ वढेकै छ ।
त्यसै पनि समानुपातिक प्रणालीको पहिलो अभ्यासले नामसंगै बदनामी पनि कमायो । महिला, मधेशी, जनजाती, दलित र दुर्गमका जनताको प्रतिनित्वि जनसंख्याको आधारमा हुन पायो । महिलाको प्रतिनिधित्व ३३ प्रतिसत पुग्नु भनेकै दक्षिण एशियाको त पहिलो हो नै, बिश्वकै १४ औं उच्च प्रतिनिधित्वको मुलुकको मर्यादा नेपालले वनाएको तत्कालीन प्रमुख आयुक्त भोजराज पोखरेलले नेपाल भोट्स फर पिस शीर्षकको पुस्तकमा उल्लेख गरेका छन । समानुपातिकको खास सार्थकता सामाजिक समूहहरुको प्रतिनिधित्व गराउनका लागि थियो । तर यहाँ त त्यसको रुप सामाजिक रुपमै स्वीकृत हुनेतिर जान पाएन । किनभने उम्मेदवारको सूचीमा गोप्य राख्ने र प्राथमिकता नतोक्ने गर्नाले मोलमोलाईतिर गयो । सामाजिक समूहहरुको प्रतिनिधित्वका लागि मात्र भनेर केही प्रतिसत समानुपातिक भनेको भए उपयुक्त हुने थियो । यहाँ त प्रत्येक्षवाट जित्ने नै अल्पमतमा पर्ने गरी समानुपातिकलाई हावी गराईयो । र समानुपातिकका नाममा हुनेखानेले नै भाग पाउने भए र जनतासंग प्रत्येक्ष मत माग्न जान नसक्नेहरुलाई घुमाएर जनप्रतिनिधि वनाउने वाटो खनियो । समानुपातिक उम्मेदवार वन्नु गर्वको बिषय रहेन । उपेक्षित सामाजिक समूहहरुनै खिन्न हुने अवस्था वन्न पुग्नुको दोषी खासमा यही चुनाव प्रणाली सावित हुनेछ ।
जनताले उम्मेदवारको नाम थाहा पाएर पनि खास अर्थ राख्ने खालको चुनाव प्रणाली छैन यो । किनभने यसमा उम्मेदवारको प्राथमिकता तय गरिएको हुँदैन । प्राथमिकता निर्धारण त भोली मत गणनापछि मात्र नेताहरुले निर्वाचन आयोगलाई लेखेर पठाउने हुन । जस्तो हरक ठुलो भनिएको दलले ३३५ जनाकै नाम लेखेर पठाएको हुन्छ । तर भोल सवै त एउटै दलले सीट पाउँदैन । प्राप्त मतको अनुपातमा सीट कतिवटा प्राप्त भयो भन्ने पत्ता लगाएपछि मात्रै त्यतिवटा सीटका लागि तिनै ३३५ मध्ये छानेर पठाउने हो ।
गत भदौमा सुरु भएको समानुपातिक उम्मेदवारीवारे निर्वाचन आयोगको अभियानले अझै कार्तिकभरी दलहरुलाई चलखेल गर्न मौका दिईरहने भएको छ । आयोगले सामानुपातिक सूचीमा महिला, मधेशी, जनजाती, दलित र अन्यको अनुपात दलहरुवाट मिलेर आउन नसकेको सधैं गुनासो गर्छ । अघिल्लो निर्वाचनमा त धेरैपल्ट आयोगले दलहरुलाई सम्झाउन मात्र होईन, सिकाउनै परेको थियो । यसपाली पनि लगभग त्यस्तै देखिन्छ । फेरी यति धेरै दल छन जसको व्यस्थपान आफैमा दुष्कर कार्य हो ।
यति हुँदाहुँदै पनि दलको हरेक औपचारिक गतिबिधि सार्वजनिक जानकारीमा हुनैपर्छ । निर्वाचन आयोगको औपचारिक गतिबिधि सार्वजनिक जानकारीमा आउनैपर्छ । दल र आयोग मिलेर जनतालाई छल्न पाउँदैनन् । कुन दलले कस्तो सूची सुरुमा ल्यायो र कसरी सच्यायो भन्ने समेत जान्ने हक मतदातालाई छ । नभएर त दलको हरेक कमजोरी निर्वाचन आयोगले सकारेको मानिने छ । अन्तिम क्षणसम्म जनतालाई कुहिरोमा राखिरहने यो प्रपञ्चका दुवै भागिदार ठहरिने छन । निर्वाचन भनेको दल र निर्वाचन आयोगबीचको सम्वन्ध होईन । दल र जनताबीचको सम्वन्ध हो ।
आयोग त निष्पक्षताको कडीमात्र हो । माध्यममात्र हो । जसरी मतपत्र एउटा माध्यममात्र हो । मतपत्र छाप्ने, पु¥याउने, गन्ने, परिणाम सुनाउने र हरेक प्रक्रियालाई बिश्वसनीय र बैध तुल्याउने कर्तव्यमात्र आयोगको हो । उम्मेदवार लुकाईदिने र दलको ईसारामा उम्मेदवार सच्याईदिने आयोगको दायित्व होईन । उसको दायित्व दलप्रति होईन, जनताप्रति छ ।
जनतालाई कुहिरोवाट निकाल्न दलहरुले चाँहदैनन् भन्ने खुला भईसकेको छ । आयोगले समयमै उम्मेदवार चिन्न पाउने जनताको हकको सम्मान गर्न सक्नुपर्छ । नत्र यो जनताले चुन्ने भन्दा पनि नेताले छान्ने प्रक्रियाका रुपमा चिनिने छ ।
सेतोपाटी अनलाईन पत्रिकावाट साभार

प्रचण्डको भाषण
जनताले एक दललाई बहुमत दिनु पर्छ
हामी सवैलाई थाह भएकै कुरा हो हामी संबिधानसभाको अर्को निर्वाचनको तयारीका क्रममा अगाडी वढेका छौं । राष्ट्रको जीवनमा संबिधानसभा सामान्यतया एक पटक मात्र हुने गर्दछ । संसारभरी जतिपनि संबिधानसभाका निर्वाचनहरु भएका छन, धेरै देशहरुमा एक पटक मात्रै संबिधानसभाको निर्वाचन भएर संबिधान निर्माण गरेको छ र त्यहि संबिधानद्वारा निर्देशित भएर राष्ट्र चल्ने गरेको छ । तर, हामीकहाँ दोश्रो पटक संबिधानसभाको निर्वाचन गर्नु पर्ने अवस्था छ र हामीले के भन्दै आएका छौं भने र तथ्य पनि के हो भने तेश्रो पटक संबिधानसभा हुनेवाला छैन नेपालमा ।
२००७ सालमा राणशाही शासनका बिरुद्ध आन्दोलनका क्रममा जतिवेला आधुनिक नेपालको राजनीतिक गतिबिधि सुरु भयो त्यतिवेलादेखि संबिधानसभाको प्रश्न नेपाली जनताले उठाउन थालेको, नेपालको राजनीतिक आकाशमा यो प्रश्न देखिन थालेको हो । तर ०१५ सालको संसदीय निर्वाचनपछि र ०१७ सालको फौजी काण्डपछि संबिधानसभाको निर्वाचन त्यतिकै लावारिस भएर रहेको थियो । अहिले खासगरी १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलन, १२ बुँदे समझदारीपछि संबिधानसभाको निर्वाचन फेरी यो राष्ट्रको प्रमुख एजेण्डा वन्यो । तपाईलाई थाहा छ देशमा पहिलो संबिधानसभाको निर्वाचन भएर त्यसको पहिलो वैठकले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा ग¥यो । संबिधानसभाभित्र संबिधान वनाउने प्रक्रियामा हामी धेरै अगाडी वढ्यौं । र म आफैं बिवाद समाधान उपसमितिको संयोजकको हैसियतले हामीले धेरै बिवादहरु समाधान गर्न सफल पनि भयौं । तर दुईटा मुलभुत मुद्धा एउटा राज्यको अग्रगामी पुनःसंरचना गर्ने मुद्धा, उत्पिडन र भेदभावमा परेका जनतालाई पहिचान र अधिकार दिने मुद्धा, जनतालाई नयाँ ढंगले संगठित गर्ने मुद्धा, अर्को शासकीय स्वरुपको मुद्धा जुन मुद्धा नेपालमा सवै जातजाती, भाषाभाषी, क्षेत्र, वर्ग, सवै जनताले प्रत्येक्ष निर्वाचित राष्ट्रपतिद्वारा शासन गर्दा मात्रै छिटो भन्दा छिटो देशको बिकास हुन सक्छ भन्ने मुद्धामा पनि हाम्रो मुख्य बिवाद रह्यो र यो दुईटा मुद्धाका कारणले झण्डै ८० प्रतिसत भन्दा वढी काम संबिधानसभावाट सकिएर पनि संबिधान वन्न सकेन ।
हामी अहिले फेरी संबिधानसभाकै अर्को निर्वाचनमा छौं । आदरणीय जनसमुदाय मलाई आज तपाईहरुको अगाडी यद्यपी यो सामान्य सभा, संक्षिप्त सभा जस्तो देखियो तर मलाई गर्व छ, हिजोमात्रै हामीले संबिधानसभाको निर्वाचनमा देशको आर्थिक बिकासको निम्ती, राजनीतिक पुनःसंरचनाको निम्ती, जनताको हक अधिकारको निम्ती, पहिचानको निम्ती हाम्रो पार्टीको तर्फवाट निर्वाचनमा प्रतिवद्धता पत्र अर्थात घोषणा पत्र सार्वजनिक भयो । सार्वजनिक भएको लगत्तै पछि म पार्टी अध्यक्षको हैसियतले सेती महाकालीमा पार्टी अभियान सञ्चालन गर्न हिजोनै वाजुरा पुगे । वाजुरा र अछाम दुवैमा चुनावी सभा गरेर हामी यहाँ पार्टीको कार्यकर्ताहरुलाई सामान्य अन्तरक्रिया गरेर फेरी म यो चुनावी सभामा उपस्थित भएको छु । मैले भन्न के खोजेको हो भने सेती महाकाली हिजैदेखि राज्यद्वारा अलिकति अपमानित गरिएको, अलिकति भेदभाव गरिएको क्षेत्रको रुपमा मानिन्छ र हामीले हिजो बिद्रोहको बेलामा पनि यस क्षेत्रका जनताले खेलेको भुमिकालाई उच्च सम्मान ग¥यौं र मैले अहिले फर्केर हेर्दा गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीको हैसियतले सवैभन्दा वढी कहि गएको रहेछु भने त्यो सेती महाकालीनै रहेछ । गणतन्त्र नेपालको पहिलो नीति, कार्यक्रम र वजेट जो हामीले प्रस्तुत गरेका थियौं त्यो नीति र कार्यक्रममा सवै उत्पिडित जाती क्षेत्र वर्ग लिङ्ग सेती महाकाली र भेरी कर्णाली जस्ता पछाडी पारिएका क्षेत्रहरुको बिकासका लागि प्याकेज पनि प्रस्ताव गरिएको थियो । तर अघिल्लो संबिधानसभावाट हाम्रो पार्टी देशको सवैभन्दा ठुलो पार्टी भएपनि वहुमत भएन । सरकार वनाउनको निम्ती यदि वहुमत भएको हुन्थ्यो भने हामीले प्रस्तुत गरेको नीति, कार्यक्रम र वजेट जनताको पक्षमा अझ सेती महाकाली, भेरी कर्णालीका जनताको पक्षमा बिशेष प्याकेजको रुपमा हामीले ल्याएका थियौं । युवाहरुको पक्षमा र सवै उत्पिडित जाती, लिङ्ग, क्षेत्र र वर्गको पक्षमा कार्यक्रम ल्याएका थियौं । त्यो हामीले कार्यान्वयन गर्न सक्ने थियौं । हाम्रो वहुमत नहुँदा अरुको खुट्टा टेक्नु पर्ने अवस्थाको कारणले राम्रो नीति र वजेट ल्याएर पनि त्यो कार्यान्वयन हुन सकेन । संबिधानसभाभित्र एउटा परिवर्तनको वहाकलाई वहुमत नहुँदा संबिधान वनाउन पनि कठिन भयो । त्यसकारण यो पटक हामीले सवै अनुभवको आधारमा एकातिर पार्टीहरु खासगरी त्यतिवेलाको हामी ठुलो पार्टीको हैसियतले उच्च स्तरीय राजनीतिक संयन्त्रमा यो पटक संबिधान वनाउने ग्यारेण्टी गरिनु पर्छ, किनकी फेरी तेश्रो पटक संबिधानसभाको निर्वाचन हुँदैन, त्यो ग्यारेण्टी कसरी गर्ने भन्दा मेरो प्रस्तावमा संबिधानसभाको निर्वाचन भएको ६ महिनाभित्र हामीले सहमति वनाउने प्रयत्न गर्नेछौं । यदि सहमति भएन भने संबिधानसभाको हाउसवाट भोटिङ्ग प्रक्रियावाट संबिधान वनाईनेछ । संबिधानको पहिलो मस्यौदा ६ महिनाभित्र जनतालाई दिईनेछ र एक वर्षभित्र जनतावाट सुझाव लिएर पूर्ण आकारको संबिधान घोषणा गरिनेछ । उक्त प्रस्ताव सर्वसम्मतिले उच्च स्तरीय राजनीतिक संयन्त्रवाट पारित भएको छ । मलाई यो कुरा तपाईहरुको अगाडी भन्दा गर्वको अनुभव हुन्छ कि राजनीतिक दलहरुले फेरी अव सहमति भन्ने झगडा गरेर वस्ने दिन रहेका छैनन् । ६ महिना वहस हुन्छ सहमतिको । हामीले फेरी यो कुरा पनि भनेका छौं कि पहिलो संबिधानसभाले सम्पन्न गरेको ८० प्रतिसत कामको स्वामित्व आउने संबिधानसभाले लिनेछ । फेरी तिनै कुरामा फर्केर सवै बिषयमा वहस गरिने छैन ।
त्यसकारण देशको सवैभन्दा ठुलो पार्टीको तर्फवाट अनि परिवर्तनका एजेण्डाहरु ः संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक मुल्य मान्यता जस्ता बिषयहरु जो अहिले नेपाली राजनीतिक आकाशमा स्थापित मान्यता वनेका छन, त्यसको प्रमुख वहाक हुनुको नाताले अर्को संबिधानसभावाट संबिधान वनाउने ग्यारेण्टी गरिनेछ भनेर हामीले भनेका छौं । नेपाली जनतासंग मेरो अपील के छ भने जनताले पनि कसैलाई बहुमत नदिने काम अवको पटक गर्नेछैनन् भन्ने बिश्वास लिएको छु र आदरणीय जनसमुदायसंग पनि म के अपील गर्न चाहान्छु भने कसैलाई पनि बहुमत नदिदाँ संबिधान वनाउन पनि गा¥हो भयो, सरकार स्थिर भएन, बिकास निर्माणका काम लथालिङ्ग भए । हाम्रो देशको दुर्भाग्य भन्नुपर्छ २००७ सालदेखि अहिले २०७० सालसम्म कुनै पनि सरकार स्थिर भएन । ००७ देखि ०१७ सालसम्म बर्षैपिच्छे, महिनैपिच्छे पनि सरकार फेरिए । ०१७ सालपछि पनि ३० बर्षे पञ्चायती शासनकालमा कुनै पनि सरकारले पाँच वर्ष टिक्ने अवस्था रहेन । २०४६ सालपछि तथाकथित बहुदलीय कालमा वनेका सरकारहरु पनि पाँच बर्ष चलेनन् । नेपाली कांग्रेसले वहुमत हुँदाहुँदै पनि आफ्नै पार्टीभित्रको बिवादका कारण आफ्नै पार्टीको सरकार गिराउने बिचित्र प्रकारका परिघटनाहरु पनि हामीले देख्यौं ।
हामीलाई लागेको थियो अव संबिधानसभाको निर्वाचनपछि देशले एउटा स्थायी सरकार पाउनेछ, जनताले अपेक्षा गरे अनुसार बिकास निर्माणका कामहरु र पहिचान र अधिकारका कामहरु संस्थागत हुनेछन । हाम्रो पार्टी सवैभन्दा ठुलो पार्टी पक्कै पनि भयो तर हामीलाई बहुमत भएन । बहुमत नहुनुको कारण फेरी पनि स्थिर सरकार हुन सकेन । गएको पाँच वर्षमा पाँचवटा सरकार फेरी पनि देखियो र अहिले हामी जनतासंग वडो गम्भिरताका साथ, वडो बिनम्रताका साथ नेपालमा राजनीतिक स्थिरताका निम्ती र जनताको समृद्धिका निम्ती यो पटक परिवर्तनको पक्षमा जनताले बहुमत दिनुपर्दछ । यदि वहुमत आएन र यदि संबिधान वनाउने प्रक्रियाको निम्ती परिवर्तनको पक्षलाई दुईतिहाई वहुमत भएन भने देश निकै अप्ठेरो स्थितिमा पर्ने खतरा छ । त्यसकारण यो पटकको निर्वाचनमा जनताले कसैलाई पनि बहुमत नदिने गल्ती गर्नु हुँदैन र राजनीतिक दलहरुले पनि चार वर्ष लगाएर संबिधान निर्माण नगर्ने गल्ती दोहो¥याउनु हुँदैन ।
प्रत्येक नेपाली श्रमजीवीहरु, किसानहरु, दलितहरु, महिलाहरु, आदीवासीहरु, मधेशीहरु, पहाडी हिमाली सवैसबैको समान अधिकार प्राप्त गर्न संबिधानसभावाट संबिधान वनाउने अवसर प्राप्त भएको छ । यो अवसरलाई हामीले खेर नफालौं । यो पटक हामीले जनयुद्ध र जनआन्दोलनले स्थापित गरेका एजेण्डाहरुलाई संस्थागत गर्नु पर्ने हुन्छ । यि एजेण्डाहरुलाई संस्थागत गरेर मात्रै हामीले परिकल्पना गरेको नयाँ नेपालको निर्माण हुन सक्छ । हामीले हाम्रो पार्टीको हेटौडा महाधिवेशनवाट पार्टीलाई उत्पादन, निर्माण र बिकासको अभियानमा केन्द्रित गर्ने भनेर निर्णय गरेका छौं । महाधिवेशनको सो निर्णयलाई कार्यान्वयन गरेर जनवादी क्रान्तिका वाँकी कार्यभारहरु पुरा गर्ने र समाजवादतिर लाग्ने निर्णय गरेको लगत्तै पछि म मित्र राष्ट्र चिनमा गएर यि निर्णयहरुका वारेमा त्यहाँको सरकार, राष्ट्रपति, प्रधानमन्त्रीसंग कुरा गर्दा होस या भारत गएर भारतीय नेताहरुसंग कुरा गर्दा होस किनकी हाम्रा दुईवटा ठुला छिमेकी देशहरु अहिले उनीहरुले निकै तिव्र गतिमा बिकास गर्दैछन र हामी त्यसवाट लाभान्वित हुनु पर्दछ ।
तपाईहरुले सुन्नुभयो होला मैले पेकिङमा पनि भने “त्रिपक्षीय साझेदारीद्वारा चिन र भारतको बिकासवाट नेपाल लाभान्वित हुनुपर्दछ । र हामी हाम्रो देशको स्वतन्त्रता, हाम्रो देशको अखण्डता अक्षुण राख्दै र सुदृढ गर्दै हामी दुवै छिमेकीहरुवाट सहयोग लिन पनि चाहान्छौं । हामी यो देशको तिव्र बिकास गर्न चाहान्छौं । मलाई तपाईहरुको अगाडी यो कुरा भन्ने खुशी लागेको छ, यि दुवै छिमेकीहरु अव नेपालमा राजनीतिक स्थिरता र बिकास होस भन्ने चाहान्छन र उनीहरुले हाम्रो पार्टीको महाधिवशेनको निर्णयलाई मुक्तकण्डले प्रसंसा गर्दै स्वागत गरेका छन ।
अहिले संबिधानसभाको निर्वाचन तपाई हामी सवै नेपालीका निम्ती एउटा ठुलो अवसर भएर आएको छ । यो अवसर हामी गुम्न नदिऔं, हामी सवैले मसिनो गरी बिचार गरौं । हामी सवैले छातीमा हात राखेर, निधार खुम्च्याएर सोचौं, यो पटक परिवर्तनको पक्षमा स्थिरताको पक्षमा राष्ट्रको पक्षमा वहुमत दिन जरुरी छ । कसैलाई बहुमत नदिने कुराले देश झन अप्ठेरोमा पर्छ, तपाईहामी सवै अप्ठेरोमा पर्छाैं ।
यहाँको पर्यटनको बिकासको निम्ती, यहाँको वाटोघोटो, पुल पुलेसा निर्माणको निम्ती र सेती महाकालीलाई जसरी पुरानो राज्यवाट अपहेलित गरियो, भेदभाव गरियो राज्यद्वार पहिचान र अधिकारको लडाईलाई केन्द्रित गरी गणतन्त्रलाई संस्थागत गर्ने कुरामा हाम्रो ध्यान केन्द्रित भएको छ । मलाई के बिश्वास छ भने डोटीको क्षेत्र १ र २ वाट कमरेड मोहन वम र त्रिलोचन भट्ट दुई जना कमरेडहरु हाम्रो पार्टीले उम्मेदवार वनाएको छ । डोटी जिल्ला आफै ईतिहास निर्माण गर्ने जिल्ला हो । र तपाई डोटेली दाजुभाई तथा दिदिवहिनीहरुले परिवर्तनको पक्षमा, हाम्रो पार्टीको नीति तथा कार्यक्रम लागु गर्नका लागि हामीले अघि सारेका उम्मेदवारहरुलाई भारी मतले बिजयी गराउनु हुनेछ भन्ने मलाई बिश्वास छ, त्यसको निम्ती म तपाईहरुलाई अपील गर्न चाहान्छु ।
आईतवार डोटीको दिपालयमा आयोजित आमसभामा एमाओवादी अध्यक्ष प्रचण्डले गरेको भाषणको सम्पादित अंश ।

मोफसल पत्रकारिता
समानुपातिक विज्ञापन नीति बनाउनु पर्छ,
रामवहादुर जि.सी. (सम्पादक)
धौलागिरि जागरण दैनिक, बागलुङ
तपार्इंको पुरा परिचय पाउँ न ?
रामबहादुर जि.सी., बागलुङ जिल्लाको रेश गाविस– ९ मा मेरो घर पर्दछ । आमा नन्दकली जिसी र बाबा रनबहादुर जिसीको छोरा हुँ । उमेर ३९ वर्ष ।
पत्रकारिता पेशानै किन रोज्नु भयो ?
समाज परिवर्तनका लागि यो क्षेत्र सक्षम छ, यसलाई अंगाल्न सकियो भने धेरै मानिसको हित हुने काम गर्न सकिन्छ, आफ्नो पनि क्षमता विकाससंगै व्यक्तित्वको पनि विकास हुन्छ भन्ने सोचले यो क्षेत्रमा लागियो । रुची पनि यसतर्फ भएकाले निरन्तर काम गर्दै आइएको छ ।
कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ?
मोफसलमा बसेर पत्रकारिता गर्दा यही विषय भन्ने हुँदैन । हाम्रो देशको अवस्था अनुसार मोसफल र त्यसमा पनि धौलागिरि अञ्चल जस्तो राजधानीको नजरमा पछि परेको क्षेत्रमा काम गर्दा सबै खालका काम गर्नु पर्ने वाध्यता छ । विषयनै रोज्नु पर्दा, आर्थिक र सामाजिक विषयवस्तुमा बढी रुची छ ।
तपाईलाई पत्रकारिता पेशामा लागे कति समय भयो ?
पत्रकारिता क्षेत्रमा लेख्न थालेको २० वर्ष भयो तर निरन्तर काम गर्न थालेको १२ वर्ष जति भयो । पहिलो सोखका रुपमा लेखिन्थ्यो, पछि पेशाकै रुपमा गर्न थाले । विगत १२ वर्षदेखि निरन्तर काम गर्दै आएको छु ।
तपाईले सम्पादन गरिरहेको धौलागिरि जागरण दैनिक कसरी सञ्चालन गरिरहनु भएको छ ?
धौलागिरि जागरण दैनिक पत्रिका धौलागिरि अञ्चलमा पहिलो पटक सहकारी मार्फत सञ्चालन भएको पत्रिका हो । यसलाई सञ्चालन गर्नका लागि हामीले आदर्श सञ्चार सहकारी संस्था २०६३ सालमा स्थापना गरेर पत्रिका प्रकाशन शुरु गरेका हाँै । पहिला अर्धसाप्ताहिक रुपमा प्रकाशन गरेको पत्रिका २०६५ देखि दैनिक रुपमा प्रकाशित भैरहेको छ र यसको सहप्रकाशनका रुपमा अग्रसर मासिक पनि २०६८ सालदेखि प्रकाशन शुरु भएको छ । ३२ जना शेयर सदस्यको तीन लाख २० हजार रुपयाँबाट शुरु गरेको संस्थामा हाल पाँच सय शेयर सदस्य र ७५ लाख शेयर रकम, झण्डै चार करोड रुपयाँको वार्षिक कारोबार रहेको छ । सहकारी मार्फत सञ्चालन भएको हुनाले पत्रिका सञ्चालन गर्न सहज भएको छ । हामीले सहकारी मार्फत शुरु गरेपछि धौलागिरीमा झण्डै एक दर्जन सहकारी संस्थाले सञ्चारमाध्यम सञ्चालन गर्न थालेका छन् ।
मोफसलमा पत्रकारिता गर्न कत्तिको समस्या देख्नु हुन्छ ?
मोफसलमा पत्रकारिता गर्न निकै समस्या छ, राज्यको नीति विभेदकारी छ, राज्यबाट प्रदान गरिने सेवा सुविधाहरु राजधानीमा केन्द्रित छन् । निकै कठिन पूर्वक सञ्चालन हुने दुर्गमका सञ्चारमाध्यमहरुलाई राज्यले सही रुपमा सम्बोधन गर्न सकिरहेको छैन । विज्ञापनको स्रोत कम छ, राजनीतिक दल, सरकारी कार्यालय, गैर सरकारी संस्था, सहकारी संघ संस्थाहरुले सञ्चारमाध्यमहरुलाई उपयोग गर्ने तरिकाले मात्र लिएको अवस्था छ, यसलाई व्यवसायिक रुपमा अगाडि बढाउनका लागि मोफसलको अवस्था कठिनपूर्ण छ । सञ्चारमाध्यमलाई अप्ठेरोमा मात्र सम्झने प्रवृति विशेषत राजनीतिक दलमा छ, नीति निर्माण गर्ने दलका नेताहरुले मोफसलको पत्रकारिताको विषयलाई ध्यान नदिँदासम्म अवस्था सुधार हुने देखिदैन ।
मोफसल पत्रकारिताका मुख्य चुनौतीहरु के के देख्नु भएको छ ?
मोफसलको पत्रकारिताका मुख्य चुनौतीमा राज्यको सही नीति नहुनु, लगानी प्रभावकारी नहुनु, पत्रकारिता क्षेत्रमा लगानी कम हुनु, लगानीकर्ताहरुमा सञ्चारको विकासका लागि नयाँ सोच नहुनु तथा पत्रकारिता सम्बन्धी शिक्षा, तालिमको प्रभावकारी विकास नहुनु नै मुख्य समस्या हुन् ।
मोफसल पत्रकारिताको विकासका लागी सरकारले के गर्नु पर्ला जस्तो लाग्छ ? समानुपातिक विज्ञापन नीति बनाउनु पर्छ, राज्यले सञ्चारमाध्यमको वर्गिकरणमा मोफसललाई छुट्टै अंक दिएर गर्नु पर्छ, सामुहिक रुपमा लगानी गर्नेहरुलाई प्रोत्साहन हुने खालका कार्यक्रम सञ्चालन गर्नु पर्छ । स्थानीय विज्ञापन राजधानी नै पठाउनु पर्ने वाध्यताको अन्त्य गरी स्थानीय सञ्चारमाध्यमलाई दिने वातावरण सिर्जना गर्नु पर्छ ।
अनि नेपाल पत्रकार महासंघले के के गरिदिनु पर्छ जस्तो लाग्छ ?
नेपाल पत्रकार महासंघले श्रमजिवी पत्रकार ऐन कार्यान्वयन, समानुपातिक विज्ञापन नीति लागु गर्नका लागि पहलकदमी गर्नु पर्छ । पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि तालिम, गोष्ठी, अन्तरक्रिया र भ्रमण लगायतका कार्यक्रम सञ्चालन गर्नु पर्छ ।
पत्रकारितामा लागेर कत्तिको पैसा कमाउनु भयो ?
पत्रकारिता क्षेत्रमा लागेर मोफसलमा खासै पैसा कमाउन सकिदैन । आफै लगानी गरेर पत्रिका सञ्चालन गर्दा धेरै समस्याहरु छन् । १० वर्षदेखि यो पेशाबाट परिवार चलाउन सक्ने भएको छु । पैसा कमाएर अरु काम गर्न सकिएको छैन ।
परिवारसंग कत्तिको समय बिताउनु हुन्छ ?
परिवारसंगै बस्ने भएकाले सांझ बिहान केही समय दिएपनि घरको कामका लागि समय दिन सकिएको छैन । परिवारको चाहना संगै कतै जाउ भन्ने हुन्छ तर आफु कामका कारण जान नपाउदा पत्रकारिता पेशाप्रति नै वितृष्णा लाग्छ, फेरी यो पेशााबाट अप्ठेरोमा परेकाहरुको उद्धार गर्न पाउदा खुशी लाग्छ ।
मनोरञ्जन गर्ने समय कत्तिको छ तपाईसंग ?
मनोरञ्जन गर्ने खासै समय हुदैन । फेरी पनि चाँड पर्वहरुमा परिवारसंग बस्ने, रमाइलो गर्ने काम हुन्छ ।
अहिले पत्रकारहरु बदनामित भईरहेका छन, केटी घुमाउने, जाँड खाएर झगडा गर्ने, कार्यालयमा घुस माग्ने काममा पत्रकारहरु संलग्न छन भन्ने आरोप लाग्ने गरेको छ, के भन्नुहुन्छ ?
कुनै पनि पेशा व्यवसायमा असल र खराब हुन्छन् । पत्रकारहरु पनि यस्ता छन् भन्ने खबर आइरहन्छ, पत्रकारिताको मर्म भावना र यसको उद्देश्यप्रति प्रतिवद्ध भन्दा पनि मौसमी पत्रकारिता गर्नेहरुले त्यस्तो गरेको भन्ने लाग्दछ । वास्तवमा त्यस्ता पत्रकारहरुको पहिचान गरी पत्रकार महासंघले कारवाही गर्नु पर्छ ।
तपाई कत्तिको हुनुहुन्छ यस्ता कुराहरुमा ?
पत्रकारिता क्षेत्र चुनौतीपूर्ण, अवसर भएर र जवाफदेही पेशा हो । यसमा संलग्न भएपछि समाजको आँखा आफुमा छ भन्ने लाग्दछ । आफ्नो काम भन्दा बाहिरको विषयसंग मेरो चासो रहदैन ।
तपाइकंो विचारमा पत्रकारिता के हो ?
पत्रकारिताको परिभाषा विभिन्न तरिकाले दिने गरिन्छ । मेरो विचारमा राम्रा कुरालाई प्रोत्साहन र नराम्रा कुरालाई रोक्नका लागि गरिने जिम्मेवार पेशा पत्रकारिता हो ।
तपाईका रुची र चहानाहरु बताउन मिल्छ ?
मेरो खास रुची सहकारी क्षेत्रमा लागेर काम गर्ने छ । २०५० सालदेखि म सहकारी क्षेत्रसंग आवद्ध पनि छु । जिल्ला सहकारी संघ बागलुङको अध्यक्ष, राष्ट्रिय सहकारी बैंक लिमिटेडको केन्द्रीय लेखा समिति सदस्य पनि छु । मेरो चाहना भनेको सहकारीता मार्फत यो समाजको आर्थिक, सामाजिक विकास नै हो ।
अन्त्यमा केही भन्न मन लागेको छ ?
यति टाढाबाट सम्झेर मेरो भावना राख्ने अवसर दिनु भएकोमा पत्रिका परिवारलाई धन्यवाद दिन चाहन्छु । मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता, अखण्डतासंगै आर्थिक सामाजिक विकासका लागि जनतालाई अगाडि बढाउन हामी सबैले जो जहाँ छाँै त्यहीबाट सकारात्मक सोचका साथ, इमान्दा–रिताका साथ काम गराँै । धन्यवाद

साहित्य सृजना
साउनको झरीसंग
साउनको झरीसंग थोपा बनी झर्नै प¥यो
पानीको फोको जस्तै, तल पुग्दा मर्नु प¥यो
के थाह छ महलवासी, झोपडीको कथा–व्यथा
ओत पाउन घरभित्रै, यताउति सर्नु प¥यो
आफै बोक्सी आफै झाँक्री, कस्ता–कस्ता दाउ उनका
न्याय माग्ने आँट गर्दा, जेलनेल पर्नु प¥यो
आफन्तका अनुहार जति, विरानो झैँ लागे जब
विवशतामा विस्थापित भै, सीमा नदी तर्नु प¥यो
निर्दोषलाई दोषी तुल्याई, दण्ड दिने चलेको छ
विषमताको सृष्टिसंग जीवन धारण गर्नु प¥यो

म पाखे
म पाखे, म पाखे, कस्तो पाखे ?
खान लाउन पाएकै छु
खेत—बारी छदैछ
लेख्न पढ्न पनि जानेकैछु
तर पनि.. म पाखे, कस्तो पाखे ?
महलवाला होईनन्,
जमिन्दार पनि होईनन्
लुटी खान्छन मेरै गाउलेलाई
फेरी पनि म पाखे, कस्तो पाखे ?
उनलाई थाह छैन होला, पाखेको अर्थ
उनी सम्पत्तिमा रमाएका छन होला
उनको त्यो हेपाहा बुद्धिले जे सोच्यो त्यहि वोल्यो
त्यसकारण म पाखे
उनको नजरमा म पाखे ।

गजल
वर्गीय मायाले नै पल पल सधै रुवायो मलाई,
उसैको माया खोजी हिडने मुसारफिर वनायो मलाई ।
फुलै फुलको विच पनि का“डै का“डाको नै राज भयो,
आÏना सवै पराई भए उसले बिस खुवाई मलाई ।
दैवले मलाई छुट्टयाए पनि वाध्यतामा हासेको छु,
कहा“ पो जाउ खै प्रेम पुजारी वन्न लगायौ मलाई ।
जप सधै साझ ढल्दै जान्छ तिम्रो यादले सताउछ,
उसैको मायामा नै डुवी लैस वनायो मलाई ।
भुल्न सक्दिन आज मैले उसैको यादमा वाचेको छु,
उसैको मायामा डेव्दै एक्लै हिडने वनायो मलाई ।
दिपक बिश्वकर्मा
मेधौली–४ चितवन

रिसायकी तिमी
अनायासै आँखिर किन ? रिसायकी तिमी
मनसंगै मुरलीमा मिसायकी तिमी
बयान गर्ने शव्द छैन तिम्रो रुप गुणको
जवानीको बगैचामा सजायकी तिमी
भावनाको भावसागरमा पौडी खेल्न चुक्दा
प्रतिक्षाको भुमरीमा तिसायकी तिमी
कति गए बसन्त ति मनले मेल खाईसकेका
नयनको नानीजस्ै रिजायकी तिमी
सर्वस्वनै त्यही नै हो मनमुटु जोड्न सक्नु
मनभित्र मुटुमाझ बिसायकी तिमी
अनायासै आँखिर किन ? रिसायकी तिमी
पूर्ण कठायत (भावयात्री)
काँडामाण्र्डौ–९ चैकोट, डोटी

No comments:
Post a Comment