Tuesday, October 29, 2013

वर्ष १०, अंक २९, मिति २०७० साल कार्तिक १२ गते आईतवार

मुख्य समाचार 

धरमराउँदै सुदुरपश्चिमका हस्तीहरु 

अर्को संबिधानसभाको निर्वाचन जतिजति नजिकिँदैछ, सुदुरपश्चिमका राजनीतिक हस्तीहरु त्यतिनै धरमराउँदै गएका छन । संसद र संबिधानसभा निर्वाचन गरी चार पटक लगातार बिजयी भएका पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा पनि सुरक्षित देखिएका छैनन् ।
पञ्चायल काल र प्रजातान्त्रिक कालमा समेत प्रधानमन्त्री भएका सुदुरपश्चिमका राजनीतिक हस्ती लोकेन्द्रवहादुर चन्द गृहजिल्ला बैतडीवाट चुनाव लड्दैछन । उनी २०५१ सालको संसदीय चुनावमा गृहजिल्लाका दुवै सिटवाट जितेर प्रधानमन्त्री समेत भएका हुन । यस पटक भने उनलाई आप्mनै गृहजिल्ला फलामे च्युरा सावित भएको छ ।
मंसिर ४ गते हुने संबिधानसभाको निर्वाचनका लागि बैतडीका दुवै क्षेत्रवाट प्रतिस्पर्धामा रहेका चन्दको जित्ने आधार देखिएको छैन । तुलनात्मक रुपमा क्षेत्र १ भन्दा क्षेत्र २ मा वढी वलिया भएपनि जितिहाल्ने अवस्था देखिएको छैन । व्यक्तिगत रुपमा चन्दलाई सवैले मान्ने  गरेको भएपनि पार्टी संगठन कमजोर भएका कारण उनी कमजोर भएका छन । चन्द  राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार हुन ।
चन्दसंग वैतडी क्षेत्र १ मा एमाओवादीका नरेन्द्र कँुवर, नेपाली कांग्रेसका  लोकराज अवस्थी र नेकपा एमालेका दामोदर  भण्डारी प्रतिस्पर्धामा रहेका छन । क्षेत्र २ मा एमाओवादीका रेणु चन्द, कांग्रेसका नरवहादुर चन्द र एमालेका महादेव भट्ट प्रतिस्पर्धामा रहेका छन ।
पटक पटक प्रधानमन्त्री भएका नेपाली कांग्रेसका बरिष्ठ नेता शेरवहादुर देउवा पनि यस पटक तिव्र प्रतिस्पर्धामा छन । डडेल्धुरा जिल्लावाटै २०४८, २०५१ र २०५६ सालको संसदीय निर्वाचनमा देउवाले तत्कालीन  प्रतिस्पर्धी नेकपा एमालेसंग ठुलो मतअन्तरले बिजयी भएका थिए । २०६४ सालको संबिधानसभा निर्वाचनमा देउवा एमाओवादी नेता खगराज भट्टसंग बिजयी त भएका थिए तर बिगतका निर्वाचनको जस्तो धेरै मतको अन्तर हुन सकेन । यस पटक देउवालाई पनि आप्mनै गृहजिल्ला बिरानो हुन थालेको देखिएको छ । डडेल्धुरामा देउवाका प्रमुख प्रतिस्पर्धीहरुमा एमाओवादीका केन्द्रीय सदस्य खगराज भट्ट र एमालेका जिल्ला अध्यक्ष डा. तारा जोशी रहेका छन ।
देउवाले प्रतिस्पर्धा गरिरहेको अर्को क्षेत्र कैलाली ६ मा पनि उनी हलुका पर्न थालेका छन । गत संबिधानसभाको निर्वाचनमा कञ्चनपुर–४ वाट समेत बिजयी भएका देउवाले पछि कञ्चनपुर–४ छोडेर डडेल्धुरावाटै प्रतिनिधित्व गरेका थिए । यस पटक उनी एमालेका सेती अञ्चल सचिव महेश्वर पाठकसंग तिव्र प्रतिस्पर्धामा रहेका छन । देउवासंग एमाओवादीवाट पुर्व सभासद् लिला भण्डारी पनि प्रतिस्पर्धामा रहेका छन ।
२०५१ को संसदीय निर्वाचनमा अछाम क्षेत्र १ वाट बिजयी भएका एमाले केन्द्रीय सदस्य भीव रावललाई पनि चुनावी प्रतिस्पर्धा गरुंगो देखिएको छ । गत संबिधानसभाको निर्वाचनमा समानुपातिक तर्फवाट सभासद् भएका रावल एमाले नेता माधव नेपालको प्रधानमन्त्रीत्व कालमा गृहमन्त्री समेत भएका थिए । आप्mनो गृहजिल्लावाटै प्रत्येक्ष प्रतिस्पर्धामा जाने मनसायका साथ अछाम फर्किएका रावलका लागि पनि चुनाव आप्mनो पक्षमा पार्न निकै कसरत गर्नु पर्ने अवस्था देखिएको छ ।  रावलसंग एमाओवादीका दिपक साउँद र कांग्रेसका मेघराज खड्का प्रतिस्पर्धामा रहेका छन ।
सुदुरपश्चिमका अर्का राजनीतिक हस्ती एमाओवादीका केन्द्रीय सदस्य लेखराज भट्ट कैलाली क्षेत्र ५ वाट चुनाव लड्दैछन । गृहजिल्ला डोटी क्षेत्र २ वाट चुनाव लड्ने पक्कापक्की भएका भट्ट उम्मेदवारी मनोनयनको नजिक पुगेपछि कैलाली लागेका थिए । गत संबिधानसभाको निर्वाचनमा सोही क्षेत्रवाट बिजयी भएका भट्टका लागि यस पटक भने उक्त क्षेत्र बिरानो देखिएको छ । भट्टले नेपाली कांग्रेसका दिर्घराज भाट र एमालेका पदम सिंहालसंग प्रतिस्पर्धा गर्नु पर्ने छ ।

सम्पादकीय 

सुरक्षा सतर्कतामा ध्यान जावस 

निर्वाचनको मिति जति जति नजिकिँदैछ, सुरक्षा व्यवस्थामा प्रश्नचिन्ह पनि लाग्दै गएका छन । राज्यले निर्वाचन शान्तिपूर्ण    गराउनका लागि सवै सुरक्षा अंगहरुलाई परिचालन गर्ने आधिकारिक घोषणा गरिसकेको छ । सोही अनुसार सुरक्षाकर्मीहरु पनि परिचालन भएका छन । यि सुरक्षाकर्मीहरुले निर्वाचनका सवै प्रक्रिया र अंगहरुको सुरक्षा दिनु पर्ने हुन्छ । ति अंगहरुमा मतदाताहरुको सुरक्षा दिनु पनि एक प्रमुख कर्तव्य हुन आउँछ ।
तर, सुरक्षा निकायहरुलाईनै जोडेर बिभिन्न खालका कुराहरु वाहिर आउन थालेका छन । यद्यपी वाहिर आएका कुराहरु गलत पनि हुन सक्छन तर एउटा भनाई छ “हावा नलागी पात हल्लिन्न” भन्ने । केही दिन अगाडी डोटी क्षेत्र २ को ईलाका प्रहरी कार्यालय  जोरायलका ईन्चार्ज र एमाले सम्वद्ध व्यक्तिहरुकाबीच झडप भएको समाचार वाहिर आयो । प्रहरी नायव निरीक्षक तहका ईन्चार्जले कुनै दल बिशेषको प्रचार प्रसार गरिरहेको भन्ने एमालेको बिज्ञप्तीले जनाएको छ । यदि यो कुरा साँचो हो भने यसले सिंगो सुरक्षा निकायमा अबिश्वास सृजना गर्छ । जसले गर्दा आगामी दिनहरुमा यस्ता थुप्रै बिवादहरु सृजना हुन सक्छन । बिवादलाई साम्य गर्नुको सट्टा प्रहरी प्रमुखवाटै बिवादमा एक पक्षीय हस्तक्षेप गर्ने काम  भईरहेको भन्ने गुनासाहरु समेत आउन थालेका छन । यसले पक्कै पनि राम्रो संकेत गर्दैन ।
यस्तै घटना आईतवार डौडमा पनि भएको समाचार आएको छ । राती अज्ञात व्यक्तिहरुले जवरजस्ती स्थानीयवासीहरुको घरमा पस्न खोजेको समाचार छ । स्थानीयवासीहरुले निर्वाचनका लागि खटिएका सेनाहरुको क्याम्पवाट ति व्यक्तिहरु आएको दावी गरिरहेका छन । यस भन्दा अगाडी कहिले पनि त्यस्ता घटना नहुने गरेको उक्त क्षेत्रमा एकाएक कसरी यस्तो गम्भिर प्रकृतिको मानवअधिकार उलंघनको घटना हुन पुग्यो त ? के सुरक्षा सतर्कता नभएर हो वा फेरी सुरक्षाकर्मीहरुकै संलग्नता हो । नेपाली सेना गाउँमा वस्ने भन्ने खवर पाउँनासाथै त्रसित भएका समुदायमा यस्ता घटनाहरु हुन थाले भने के होला ।
सोमवार क्षेत्रीय सुरक्षा समितिको बैठक पनि डोटीमै वसेको छ । सायद यस्ता घटनाको वारेमा क्षेत्रीय सुरक्षा समितिमा पनि छलफल भएको हुनुपर्छ । जिल्लाको सुरक्षा समितिले पनि यो   कुरालाई गम्भिर रुपमा ध्यान दिनु जरुरी छ । जनताको सुरक्षा गर्न गएकाहरुले अमुक राजनीतिक दलको प्रचार गर्ने, आम जनताको घरमा राती चोरझैं पस्ने अवस्था आउने हो भने पक्कै पनि यो राम्रो संकेत हुने छैन । यसले जनतामा त्रासका साथसाथै आक्रोस फैलाउने छ । त्यसैले अहिलेनै कहाँ कस्का कति कमजोरी भए भन्ने कुरा खोजी गर्नु जरुरी छ । यो जुँगाको लडाई होईन । यहाँ कसैले जित्ने वा कसैले हार्ने भन्ने बिषय पनि होईन । यहाँ त सुरक्षाको प्रश्न छ ।
संबिधानसभाको निर्वाचन मंसिर ४ गते हुनु पर्छ, त्यसका लागि वातावरण तयार गर्ने काम हामी सवैको हुन आउँछ । चुनाव सम्पन्न गर्नका लागि शान्ति सुरक्षाको प्रश्न अहिलेको प्रमुख प्रश्न  हो । सुरक्षाकर्मीहरुले यो बिषयलाई ध्यान दिनु जरुरी छ । यसका साथसाथै सरकार र राजनीतिक दलहरुले पनि जनतासंग मत माग्ने मात्र होईन उनीहरुको सुरक्षाको अवस्था कस्तो छ भन्ने वारेमा चाँसो र चिन्ता लिनु जरुरी रहेको छ ।
दैनिक जसो हुन आपराधिक घटनाहरु त एक ठाउँमा छन नै यसका साथसाथै सुरक्षाकर्मीहरुवाटै यस्ता अपराधका घटनाहरु हुन

थप समाचार 

संगोष्टी सम्पन्न
डोटीका तीन स्रष्टाहरु सम्मानित 

प्राध्यापक डा. जयराज पन्तको संयोजनमा नेपाली लोकवार्ता तेश्रो राष्ट्रिय आईतवार डोटीमा सम्पन्न भएको छ । संगोष्ठीमा डोटीका तीन जना स्रष्टाहरुलाई सम्मान गरिएको छ ।
डोटी क्याम्पस डोटी र सुदुरपश्चिम साहित्य समाज डोटीको संयुक्त आयोजनामा भएको सो कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डा. प्रेमकुमार खत्री  (निरौला) ले संस्कृतिको संरक्षणका लागि घरदैलो अभियान गर्नु पर्ने वताए । “हामीले यो अभियान गाउँगाउँमा लैजानु पर्ने आवश्यकता रहेको छ” डा. खत्रीले तर आफुहरुले सो गर्न नसकेको वताए । “नेताहरु चुनावका वेला मात्र गाउँ जाने गरेका छन, वाँकी समय काठमाण्डौंमै बस्ने गरेका छन” खत्रीले व्यङ्गे गर्दै भने–कम्तीमा हामीहरु जिल्ला सदरमुकामसम्म त पुगेका छौं तर यतिले हामी सन्तुष्ट छैनौं ।
सम्मानित भएका स्रष्टाहरुलाई वधाई दिँदै खत्रीले आफुसंग भएको ज्ञान सीप पुस्तान्तरण गर्न सम्मानित स्रष्टाहरुलाई आग्रह गरे । “हाम्रो सम्मानको उद्देश्यनै स्रष्टाले आफुसंग भएका प्रतिभाहरु अर्को पुस्तालाई हस्तान्तरण गर्न हौसला मिलोस भन्ने हो” खत्रीले हामीले कला, साहित्य संस्कृति वचाउनु आवश्यक रहेको वताए ।
कार्यक्रमका संयोजक प्राध्यापक डा. पन्तले डोटी जिल्ला राजनीतिक रुपमा, ऐतिहासिक रुपमा र साँस्कृतिक रुपमा महत्वपूर्ण रहेको वताए । यस जिल्लामा थुप्रै प्रकारका साहित्यिक र सांस्कृतिक धरोहरहरु रहेको वताउँदै पन्तले यो संगोष्ठीको उद्देश्य पनि स्रष्टाहरुको पहिचान गरी उनीहरुलाई सक्रिय वनाउनु रहेको वताए । आफुहरुले यस क्षेत्रको साहित्य र संस्कृतिको अध्ययन गर्ने उद्देश्यका साथ सुदुरपश्चिमका सात जिल्लामा यस्ता संगोष्ठीको आयोजना गर्न लागेको समेत डा.पन्तले जानकारी दिए ।
डोटी क्याम्पस प्रमुख कृष्ण कठायतको सभापतित्वमा भएको सो कार्यक्रममा डोटीका प्रमुख जिल्ला अधिकारी दीपक काफ्ले, डा. रामचन्द्र भट्ट लगायतका व्यक्तिहरुले संगोण्ठी सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा बिभिन्न स्रष्टाहरुले आफ्ना साहित्यिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।
संगोष्ठीमा सम्मानित भएकाहरुमा देउडा गायनमा सुदुरपश्चिममै चल्ले शाहीका नामले ख्याति कमाउन सफल डोटी दिलायल सिलगढी नगरपालिकाका खण्टे खडकालाई मरणोपरान्त “बरिष्ठ देउडा गायक” को उपाधीद्वारा सम्मान गरिएको छ । खड्काको सम्मान पत्र उनका जेठा छोरा टिका खड्काले बुझेका थिए ।
यस्तै अर्का स्रष्टा दिपायल सिलगढी नगरपालिका–४ का गोबिन्द केसी रहेका छन । केसीले २०२१÷०२२ साल देखिनै साहित्य क्षेत्रमा कलम चलाएका थिए । “वलेको दियो” भन्ने कृतिसंगै बिभिन्न कृतिहरु प्रकाशन गरेका केसीलाई “बरिष्ठ साहित्यकार” को उपाधी दिईएको छ ।
अर्का स्रष्टा दिसिनपा–१ का धनवहादुर मल्ल रहेका छन । मल्ललाई मुर्तिकला, चित्रकला र समाजसेवामा बिशेष योगदान दिएको भन्दै “बरिष्ठ चित्रकार एवं समाजसेवी” उपाधी दिईएको छ ।
यसैबीच संगाष्ठीमा डोटीका सवै स्रष्टाहरुलाई खवर नभएको भन्दै केही कला साहित्य स्रष्टाहरुले आपत्ति जनाएका छन । स्थानीयस्तरवाट बिभिन्न साहित्यिक बिद्यामा राष्ट्रिय  पुरस्कार समेत पाईसकेका केही स्रष्टाहरुले राष्ट्रियस्तरको संगोष्ठीमा आफुहरुलाई खवर समेत नगर्नु दुःखदायी भएको वताएका छन । साहित्य÷ संस्कृतिको संरक्षण गर्नका लागि कसैप्रति पुर्वाग्रही भएर हुन नसक्ने उनीहरुको तर्क छ ।

आयोगले ७५ जिल्लामा अनुुगमन गर्ने 

राष्ट्रिय मानवअधिकार आयोगका सचिव वेदप्रसाद भट्टराईले आयोगले ७५ वटै जिल्लामा निर्वाचनका गतिबिधिहरुको अनुगमन गरिरहेको जानकारी दिएका छन ।
आईतवार डोटीको दिपालयमा सम्पन्न भएको सुदुरपश्चिमाञ्चल क्षेत्रीय सुरक्षा समितिको बैठकलाई लक्षित गरी शनिवार डोटी पुगेका भट्टराईले सो कुरा वताएका हुन । भट्टराईले गैससकर्मीहरु, निर्वाचन पर्यवेक्षकहरु, कानुन व्यवसायीहरु र सञ्चारकर्मीहरुसंगको संयुक्त अन्तरक्रियामा आयोगले निर्वाचनमा मानवअधिकारको उलंघन नहोस भन्नका लागि सावधानी अपनाईरहेको समेत जानकारी दिए । “२०६४ सालको भन्दा फरक अवस्थामा यो निर्वाचन भईरहेकोका छ” भट्टराईले भने–२०६४ को निर्वाचनमा एकातिर शान्ति प्रक्रियाको एक प्रमुख अंग माओवादी लडाकुहरु र नेपाली सेना व्यारेकमा रहेको थियो भने अर्कोतिर कुनै दलले चुनाव बहिस्कारको  आधिकारिक घोषणा गरेका थिएनन् । तर अहिले चुनावमा सुरक्षा प्रदान गर्ने भन्दै सेना परिचालन भएको छ, भट्टराईले भने– एकातिर ३३ दलीय मोर्चा चुनाव बहिस्कार गर्ने भनेर घोषित रुपमै लागेको छ । यस परिस्थितिमा २०६४ भन्दा अहिलेको चुनावी अवस्था फरक रहेको भट्टाईको भनाई थियो ।
मानवअधिकार प्रवद्र्धन महाशाखाले तल्लो तहसम्म आयोगको काम कारवाहीको वारेमा जानकारी दिने योजना वनाईरहेको वताउँदै  भट्टराईले मानवअधिकारको संरक्षणका लागि सवैले सहयोग गर्नु पर्ने वताए । लोकतन्त्रको आधार निर्वाचन भएकोले निर्वाचनलाई हामी सवैले महत्वका साथ हेर्नु पर्ने हुन्छ, भट्टराईले निर्वाचन मार्फत वन्ने संबिधानसभाले जारी गरेको संबिधानले मानवअधिकारको सुनिश्चितता गर्ने बिश्वास गरे ।
निर्वाचनमा खटिने सुरक्षा कर्मीहरु, कर्मचारीहरुको  राज्यले बिमा   गरेको तर निर्वाचन पर्यवेक्षकहरुको बिमा नगरेको वताउँदै भट्टराईले भने–निर्वाचन आयोगले एकातिर निर्वाचनमा पर्यवेक्षकहरुको महत्वपूर्ण जिम्मेवारी रहेको समेत वताईरहने अर्कोतिर उनीहरुलाई मताधिकार पनि नदिने, उनीहरुको सुरक्षा पनि नदिने र बिमा पनि नगर्ने कुरा राम्रो होईन । हामी भोली दिपालयमा सुरक्षा समितिको बैठकमा सहभागि हुँदैछौं, उक्त वैठकमा यस जिल्लाको समस्याहरुको वारेमा कुरा उठाउन सजिलो होस भन्नका लागि हामीले यो अन्तरक्रिया राखेका हौं, भट्टाराईले यहाँको समस्याको बिषयमा उक्त गोष्ठीमा छलफल गरिने जानकारी दिए ।
आयोगका क्षेत्रीय निर्देशक डा.टिकाराम   पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा आयोगका भीमप्रकास ओलीले स्वागत व्यक्त गरेका थिए । कार्यक्रममा सञ्चालन आयोग क्षेत्रीय कार्यालय धनगढीका पवन भट्टले गरेका थिए ।
कार्यक्रमका सहभागिहरुले आयोगका जिल्लास्तरमा कार्यालयहरु स्थापना गर्नु पर्ने, आयोगले आफ्नो कामलाई छिटो छरितो गर्नु पर्ने, निर्वाचनमा परिचालन भएका सेनाहरुलाई आधारभुत मानवअधिकारको तालिम दिनु पर्ने जस्ता सुुझाव दिएका थिए ।

वाँकेमा मधेशवादी दलहरु १५

२०६४ साल चैत्र २८ गते भएको पहिलो संबिधानसभाको निर्वाचनमा वाँकेमा तीन मधेशी दलहरुले मात्र चुनावी प्रतिस्पर्धा गरेको भएपनि यस पटक १५ दलले प्रतिस्पर्धा गर्दैछन ।
मधेश केन्द्रित दलहरुमा आएको बिभाजनका कारण तीन दलवाट १५ दल पुगेका हुन । मधेशकै नाममा दुई स्वतन्त्र उम्मेदवारहरु समेत रहेका छन । गत निर्वाचनमा वाँके ३ वाट चुनिएका सर्वदेव ओझा पार्टी फेरेर फेरी त्यसै क्षेत्रमा उम्मेदवार भएका छन । उनी गत चुनावमा मधेशी जनअधिकार फोरमवाट बिजयी भएका थिए । अहिले ओझा जयप्रकाशप्रसाद जुप्ताले नेतृत्व गरेको राष्ट्रिय मधेश अभियान पार्टीमा आवद्ध रहेका छन । उक्त पार्टी निर्वाचन आयोगमा दर्ता नभएका कारण ओझाको उम्मेदवारी स्वतन्त्र भएको छ ।
त्यस्तै वाँके २ वाट पनि कलिम अहमद अन्सारी स्वतन्त्र उम्मेदवार भई मधेशकै नाममा मत माग्दै हिडेका छन । चुनवी मैदानमा रहेका मधेश केन्द्रित दलहरुमा मधेशी जनअधिकार फोरम नेपाल, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, सद्भावना पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी र तराई मधेश सदभावना पार्टी नेपाल र संघीय सदभावना पार्टीले उम्मेदवारी दिएका छन ।
यसैगरी मधेशी जनअधिकार फोरम मधेश, नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी), मधेशी जनअधिकार फोरम (गणतान्त्रिक), राष्ट्रिय मधेश समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी (युनाईटेड) र नेपाल सद्भावना पार्टीले पनि वाँकेमा उम्मेदवारी दिएका छन । यसैगरी राष्ट्रिय मधेश एकता पार्टी नेपाल, मधेश तराई फोरम र थरुहट तराई पार्टी नेपालले पनि आधिकारिक उम्मेदवारी दिएका छन । कतिपयले संगठन कमजोर भएपनि समानुपातिकमा मत वढाउन उम्मेदवारी दिएका छन ।
तराई मधेश लोकतान्त्रिक पार्टी, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, सद्भावना पार्टी र मेधशी जनअधिकार   फोरम नेपालको प्रभाव बढी देखिन्छ । गैर मधेशवादी दलहरुले आफुले जित्ने आधार एउटा मधेशी दलभित्र आएको बिभाजनलाई वनाउने गरेका छन । तर, तराई मधेश लोकतान्त्रिक पार्टीका नेता पशुपतिदयाल मिश्राले त्यस्तो सोच ठिक्क उल्टो रहेको वताए ।
“धेरै ठाउँमा मधेशी दलहरु बिभाजनको कारण हामीले दिँदै हिड्नु     परेको छ” मिश्राले भने–तर यसको कारण मधेशी दलहरु चुनाव हारिहाल्छन, यिनिहरु सिद्धिहाले भन्ने चाँही होईन । मधेशी दलहरु भन्दा वढी नोक्सान अहिले गैर मधेशी दलहरुलाई भएको मिश्राको दावी छ । गैर मधेशी दलहरुले मधेशी र मुश्लिम समुदायका व्यक्तिहरुलाई उम्मेदवार नवनाएका कारण असन्तुष्टहरु मधेशवादी दलहरुमा आएको मिश्राले दावी गरे ।
मधेशी दलहरु बिभाजनका कारण अव मतदाताहरुले व्यक्ति हेरेर मत दिनु पर्ने अवस्था आएको वताउँछन अर्का मधेशी नेता हिरालाल लोनिया । मधेशी जनअधिकार फोरमका नेता लोनियाले मधेशी दलहरुमा लोभीहरुको संख्या बढेको र एकतामा ध्यान नगएका कारण समस्या भएको वताउँदै मधेशी दलहरु बिभाजन भईदिँदानै मतदाताहरमा पनि अन्यौल बढेको वताए । लोनियाका अनुसार पहिला मधेश केन्द्रित दलहरुमा लाग्ने मतदाताहरु अझैपनि मधेशी दललाई नै मत हाल्ने पक्षमा छन । यसको पछि मधेश आन्दोलनले ल्याएको जागरण, आत्मसम्मान र समावेशीको मुद्धा हो । जुन मधेशी जनताले धेरै हदसम्म पाएका छन । लोनिया भन्छन–  अरु एजेण्डा भनेको वेकार हो, मधेशी नेताले जित्यो भने आफनो आत्मसम्मान बढ्छ, सुखदुःखमा साथ दिन्छ भन्ने भावना छ ।
एमाले र कांग्रेसले मधेशी दलहरुले मधेशी जनतालाई सत्तामा जाने भ¥याङ मात्रै वनाएको आरोप लगाएका छन । कांग्रेस वाँके सभापति अरुण कोईरालाका अनुसार मधेशी दलको बिभाजनसंगै चुनावमा पनि मधेशीहरुबीचनै टक्कर देखिएकाले पुरानो आधार खस्कनेछ ।
निर्वाचनको मिति नजिकिदै जाँदा मधेशी दलहरुबीच एकताको सम्भावना पनि उतिकै वढेर गएको दावी तमलोपा नेता मिश्राको छ । “एकताका लागि पनि कुराकानी भईरहेको छ, जित्ने उम्मेदवारलाई अन्तिममा सवैले मतदान गर्ने परिस्थिति निर्माण हुन सक्छ” मिश्राले यस्तो हुन सक्यो भने वाँके मधेशी दलहरुकै पकडमा रहने वताए ।
एमाओवादी नेता दामोदर आचार्य मधेशी दलप्रतिको आकर्षण नरहेको दावी गर्छन । “गत चुनावमा मधेश आन्दोलनको सद्भाव थियो, त्यसैले मधेशी दलहरुको आधार जस्तो वनेको हो” आचार्यले परिवर्तनको एजेण्डा वोकेका एमाओवादीनै जित्ने दावी गरे ।

माओवादीले गौतमलाई सहयोग गर्ने 

संबिधानसभाको निर्वाचनको      बिरोधमा उत्रिएका ३३ दलीय मोर्चाको नेतृत्व गरिरहेको नेकपा–माओवादी बर्दियाका कार्यकर्ताहरुले मंसिर ४ गते हुने अर्को संबिधानसभाको निर्वाचनमा एमाले उपाध्यक्ष वामदेव गौतमलाई सहयोग गर्ने भएको छ ।
सोरहवा गाबिस–५ गन्धर्भ गाउँका करीव ७५ परिवार माओवादी कार्यकर्ताहरुले आईतवार एमाले उपाध्यक्ष तथा बर्दिया क्षेत्र १ का उम्मेदवार गौतमलाई गाउँमै वोलाएर भव्य स्वागत गरी निर्वाचन बहिस्कारका भोट दिएर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । पार्टीले चुनावको सशक्त बहिस्कार गर्ने नीति लिएको भएपनि आफुहरुले स्थानीयस्तरवाट गौतमलाई सहयोग गर्न लागेको उनीहरुको भनाई थियो । “चुनाव बहिस्कार गर्दा भोट खेर जान्छ, त्यसैले हामीले एमाले नेता गौतमलाई आफ्नो मत दिएर सहयोग गर्ने निर्णय गरेका छौं” नेकपा–माओवादी क्षेत्रीय सेक्रेटरी दिलीप गन्धर्भले गौतमलाई निर्वाचनमा सहयोग गर्ने वताए ।
आफुहरुले पार्टी परित्याग नगरेको वताउँदै दिलिपले बहिस्कार गर्दा खेर जाने मत गौतमलाई दिएर सहयोग गर्न खोजेको मात्रै वताए । “देशमा आमुल परिवर्तन गर्ने भनेर जनताको मत पाएपछि धोका दिएको पार्टीलाई सहयोग गर्दैनौं” एमाओवादीप्रति संकेत गर्दै दिलीपले एमाओवादीले गन्धर्भ गाउँका जनतालाई सपना देखाएर धोका दिएको आरोप समेत लगाए । मानखोला छेउमै रहेको गन्धर्भ गाउँका सवैजसो मतदाता यसअघिको निर्वाचनमा हालको एमाओवादीमा लागेका थिए । पार्टी बिभाजनपछि उनीहरु नेकपा–माओवादीमा आवद्ध छन ।
गन्धर्भ परिवारका नेकपा–माओवादी नेताहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएपछि एमाले नेता गौतम उत्साहित भएका छन । आफुले एमाओवादी जस्तो खोक्रो आश्वासन नदिने समेत वताए । सवै मतदाताहरुलाई अविर लगाई स्वागत गर्दै गौतमले आफु संबिधान निर्माणका लागि प्रतिवद्ध रहेको समेत जताए । मानखोलाले गर्दै आएको कटान नियन्त्रण, स्थानीय सुकुम्वासी बस्दै आएको जग्गाको लालपुर्जा र सडकको स्तर बृद्धिका लागि सहयोग गर्ने नेता गौतमको भनाई थियो । गन्धर्भ समुदायले सारंगी    रेट्दै गीत गाउँदै स्थानी समस्या सुनाएका थिए । उनीहरुले अल्पसंख्यक समुदायका रुपमा रहेको आप्mना समुदायको हक अधिकार आगामी संबिधानमा सुनिश्चितताका लागि आग्रह समेत गरेका थिए ।

चुुनावी गाडीहरुमाथी आक्रमण हुँदै 

नेपाली कांग्रेसका सभापति तथा बाँके क्षेत्र ३ का उम्मेदवार सुशील कोईरालाको चुनावी प्रचारमा प्रयोग गरिएको गाडीमा आगजनी भएको छ ।
नेपालगञ्जको सुर्खेतरोडस्थित पार्टी कार्यालय अगाडी रोकेर राखेको भे १ च ९१७ नम्वरको स्कोर्पियो गाडीमा अज्ञात समूहले आगजनी गरेको हो । सो गाडीमा पछिल्लो भागमा डिजेल छर्केर आगजनी गरिएको थियो । आगो लाग्ने बित्तिकै प्रत्येक्षदर्शीले आगो निभाउन पानी खन्याएका कारण गाडीमा धेरै क्षेति भने नभएको वताईएको छ । घटना सोमवार बिहान करीव ११ वजेतिर भएको प्रहरीको भनाई छ ।
यसैगरी कांग्रेस काठमाण्डौं क्षेत्र ५ का उम्मेदवार एवं कांग्रेस नेता नरहरी आचार्यको प्रचारमा प्रयोग गरिएको गाडीमा पनि सोमवार बिहान आगजनी भएको छ । धापासीस्थित कृष्ण मन्दिर नजिकै पार्किङ गरिएको गाडीमा अज्ञात समूहले आगो लगाएका हुन आगोले गाडीको ईन्जिन र पछाडीको भागमा क्षति पुगेको छ ।
यसैगरी एमाले नेता राजेन्द्र पाण्डेको गाडीमा पनि अज्ञान समूहले आगो लगाउने प्रयास गरेका छन । उनीहरुले सोमवार बिहान नारायणहिटीको उत्तर ढोकामा पार्किङ गरिएको पाण्डेको गाडीमा आगजनीको प्रयास गरेका हुन ।

माओवादीलाई फेरी पनि ल्याउन सकिन्छ

नेपाली कांग्रेसका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाले नेकपा–माओवादीलाई निर्वाचन पछाडी पनि संबिधान संसोधन गरेर संबिधानसभामा ल्याउने बिकल्प खुला रहेको वताएका     छन ।
चुनावी अभियानको सिलसिलामा गृहजिल्ला डडेल्धुरा पुगेका नेता देउवाले सोमवार विहान सञ्चारकर्मीहरुसंग कुरा गर्दै नेकपा–माओवादी सहितका दलहरुलाई संबिधानसभाको निर्वाचनमा ल्याउन आफुले अन्तीम समयसम्म प्रयास गरेको दावी गर्दै अव वन्ने संबिधानसभाले असन्तुष्ट दलको भावनालाई पनि समेट्नु पर्ने कुरामा जोड दिए ।
“उहाँहरु पनि एउटा शक्ति हो” देउवाले उहाँहरुसंग सरसल्लाह गरेरै आफुहरुले नयाँ संबिधान वनाउने प्रतिवद्धता व्यक्त गरे । निर्वाचनपछि संबिधान संसोधन    गरेर पनि माओवादीलाइ संबिधानसभामा ल्याउने बिकल्पमा छलफल गर्न कांग्रेस तयार रहेको देउवाको भनाई थियो । गत चुनाव भन्दा यस चुनावमा एकिकृत नेकपा माओवादीको डरत्रास कम भएको भएपनि पूर्ण रुपमा नहटेको आफुले चुनावी अभियानको क्रममा महसुस गरेको देउवाको भनाई थियो ।

प्यासीले मारे आलमलाई 

वारा क्षेत्र ४ मा एमालेको तर्फवाट प्रत्येक्षका उम्मेदवार मोहम्मद आलमको हत्याको योजना वनाउने एमालेकै पूर्व सभासद रामचन्द्र प्यासी कुसवाह भएको  प्रहरी अनुसन्धानले खुलेको छ ।
केन्द्रीय अनुस्धान व्यरो सिआईवीले वाराको कलैयास्थित जिल्ला प्रहरी कार्यालयमा आईतवार पत्रकार सम्मेलन  गरी घटनामा संलग्न कुसवाहसहित तीन जनालाई सार्वजनिक गरेको छ । पक्राउ परेकामा बिरगञ्जमा व्यापार गर्दै आएका भारतीय नागरिक अतिक खान र रक्सौलका राजु श्रीवास्तव वर्मा रहेका छन । राजु पत्रकार समेत रहेको प्रहरीको भनाई छ । आरोपी कुसवाह गत संबिधानसभामा एमालेको तर्फवाट समानुपातिक उम्मेदवारथिए ।
प्रहरीका अनुसार आलमको हत्याको योजना ६ महिनाअघिनै वनेको थियो । तीन पटकको प्रयासमा बीरगञ्जमा हत्या भएको आरोपीहरुले स्वीकार गरे । कुसवाहले आलमको हत्याको योजनावारे राजुसंग ६ महिना अघिनै छलफल गरेको प्रहरीको अनुसन्धानवाट जानकारी भएको छ । हत्याको मुख्य योजनाकार दुवईमा बसी आवश्यक समन्वय गरेको र निर्देशन दिएको प्रहरीले वताएको छ ।
भदौं १४ गते भारतवाट तीन जना वीरगञ्ज आएको तर आलम काठमाण्डौं लागेपछि पहिलो पटकको प्रयास असफल भएको प्रहरीको दावी छ । आलमसहित अर्का एकको हत्या गर्ने योजनाका साथ चार जना सुटर काठमाण्डौं आएका थिए । काठमाण्डौंमा पनि आलमको हत्या गर्न नसकेपछि उनीहरुले जोरपाटीमा मोहमद सकसुल हलमाथी गोली हानेका थिए । उनी घाईते भएका थिए  ।
जोरपाटी घटनापछि भागेर भारत पुगेका उनीहरु आलम वारा आएको जानकारी पाएपछि अतिकसंग सम्पर्क     गरी असोज १६ गते पुनः बिरगञ्ज आएका थिए । १७ गते संबिधानसभा निर्वाचनको उम्मेदवारी दर्ताका दिन आलम चढेको वा ५ च ३३२९ नम्वरको गाडीको जानकारी रामचन्द्र प्यासी कुसवाहले सुटरहरुलाई    गराएको सिआईवीको अनुसन्धानवाट खुलेको छ ।

कण्डम दिवसमा कण्डम फुटाउने प्रतियोगिता 

१९ औं राष्ट्रिय कण्डम दिवसको अवसरमा डोटीमा कण्डम फुटाउने प्रतियोगिता भएको छ ।
जिल्ला एड्स समन्वय समिति डोटीको आयोजना र डोटीमा एचआईभी÷एड्सको क्षेत्रमा कार्यरत गैर सरकारी संस्थाहरुको सहभागितामा भएको उक्त कण्डम फुटाउने प्रतियोगितामा १३ सहभागिमध्ये दुई जना कण्डम फुटाउन सफल भएका थिए । प्रदिन श्रेष्ठ र रजनीश श्रेष्ठले कण्डम प्रतियोगितामा कण्डम फुटाउन सफल भएका थिए ।
“दोहोरो सुरक्षाका लागि कण्डमको उपलव्धता बढाऔं” भन्ने मुल नाराका साथ मनाईएको सो दिवसका अवसरमा शनिवार आयोजित कार्यक्रममा प्रतियोगिहरुले आँखामा पट्टी वाँधेर फुकेको कण्डम झुण्ड्याएको स्थानमा गई पिनले घोचेर कण्डम फुटाउनु पर्ने नियम वनाईएको      थियो । सफल प्रतियोगीहरुलाई आयोजकको तर्फवाट डायरी प्रदान गरिएको छ ।
यसैबीच जिल्ला सोभा सञ्जाल र समान पहुँच बिकास केन्द्र डोटीले डोटीको सानागाउँ गाबिसमा पनि बिभिन्न कार्यक्रम गरी कण्डम दिवस मनाएको खवर प्राप्त भएको छ ।

छोटकरी समाचार 

नियोगले ८० पर्यवेक्षक राख्ने

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले डोटी जिल्लामा ८० जना निर्वाचन पर्यवेक्षक खटाउने भएको छ ।
मंसिर ४ गते हुने अर्को संबिधानसभाको निर्वाचनलाई मध्येनगर गर्दै नियोगकले एक गाबिसमा कम्तीमा पनि एक र नगरपालिकाका प्रत्येक वडामा एक÷एकजना पुग्ने गरी निर्वाचन पर्यवेक्षकहरु खटाउन लागेको नियोकका डोटी जिल्ला अध्यक्ष  रामहरी ओझाले जानकारी दिए ।

अज्ञात समूहको आतंक 

डोटीको डौडमा आईतवार राती अज्ञात समूहले स्थानीयवासीहरुका घरभित्र पस्ने प्रयास गरेको समाचार छ ।
स्थानीयवासीहरुका अनुसार रातीको समयमा अज्ञात ढोका ढक्ढकाउँदै घरभित्र प्रवेश गर्ने प्रयास गरेको हो । स्थानीयवासीहरु सो समूह नेपाली सेनाको हालै डौडमा खटिएको निर्वाचन सुरक्षा क्याम्पवाट आएको हुन सक्ने वताएका छन । सेनाका मान्छेहरुले दिउसभरी गाउँमा घुमेको र कुन घरमा को को वस्छन भन्ने समेत जानकारी लिएको वताउँदै स्थानीयवासीहरुले सेनानै हुन सक्ने वताएका छन ।
यस बिषयमा नेपाली सेनाका निर्वाचन सुरक्षा टोलीका डोटी प्रमुख प्रमुख सेनालाई धु्रव कार्कीसंग सम्पर्क राख्दा आफुलाई यसवारेमा कुनै जानकारी नभएको वताएका छन । “मसंग त्यस्तो कुनै पनि प्रकारको सूचना आएको छैन” प्रमुख सेनानी कार्कीले आफुले यस वारेमा वुझेर वताउँने जानकारी दिए ।

चलचित्र, मनोरञ्जन 

म एकदम स्वार्थी छु 

नम्रता सापकोटा 

दशैं कस्तो रह्यो ? 
एकदमै रमाईलो । यसपाली बुटवल मामाधर गएर खुव रमाईलो गरियो । सवैजना एकैठाउँमा रहेर     रमाईलो गर्दानै दशैंको मज्जा आउँछ । हरेक नेपालीले दशैंमा गर्ने रमाईलो जसरीनै मैलेपनि रमाईलो गरें तर घरभित्रै वसेर । किनभने दशैंको दिनभरी पानी प¥यो, वाहिर निस्कनै पाईएन नि !
अनि तिहारको योजना कस्तो छ त ? 
खास त्यस्तो बिशेष योजना त केही पनि छैन । केही दिन म्युजिक भिडियोहरुको सुटिङमा व्यस्त भईन्छ होला । आफैं पनि तिहार बिशेष केही ईभेन्टहरु गर्दैछु । त्यसैले त्यतै व्यस्त हुन्छु होला । अरुले गर्ने ईभेन्टहरुमा पनि सरिक हुन्छु । साथीभाई भेटघाट, रमाईलो, खानपिन जस्ता कुराहरु त भईहाल्ने नै भए ।
अहिले जताततै चुनावले छोएको छ, तपाईलाई कत्तिको चुनाव लागेको छ ?
लागेकै छैन भन्दा पनि हुन्छ । म मेरै काममा व्यस्त हुनु परेकोले पनि यस्तो भएको हुनुपर्छ । अव पिल्मकै बिभिन्न व्यक्तिहरु पनि चुनावमा होमिएको त थाहा पाएकी छु । फेरी मलाई राजनीतिमा त्यति ईन्ट्रेष्ट पनि छैन । चुनावमा भोट हाल्न चाँही जानुपर्ला ।
आजभोली फिल्ममा काम गर्न छोडेको हो र ? 
त्यस्तो होईन । म्युजिक भिडियो र आप्mनै ईभेन्टहरुमा व्यस्त छु । यो बिचमा दुईवटा स्क्रिप्ट आएका थिए तर ती फिल्ममा म आफैं काम नगर्ने भएँ । अन्तराल र सिग्नेचर फिल्ममा मात्र मैले अभिनय गरेकी छु । सिग्नेचर प्रदर्शनमा आउनेवाला छ । फेरी अर्को एउटा फिल्मको कुरा पनि आईराखेको छ । शायद त्यो फिल्म गर्छु होला । कतिले त दुईवटा भन्दा अरु फिल्म नगरेको देखेर फिल्म नपाएको भन्ने हल्ला पनि चलाएका    छन । तर म फिल्म नपाएर भन्दा पनि आप्mनै व्यस्तताको कारणले गर्दा फिल्म       गरिरहेकी छैन । फिल्म नखेले पनि व्यस्त छु ।
तपाई त साल्सा डान्स गर्नुहुन्छ, सिकाउनुहुन्छ पनि । आफुलाई अभिनेत्री, मोडल वा साल्सा डान्सरमध्ये कुन रुपमा चिनाउनु हुन्छ ? 
यो वा त्यो भन्दा पनि सवै रुपमा चिनिन चाहान्छु । फेरी डान्स र एक्टिङ भन्ने कुरा आपसमा जोडिएको बिषय भएकाले पनि मलाई अझै बढी सहज भएको छ । मलाई वाल्यकालदेखिनै स्कुल कलेजहरुमा डान्सकै माध्यमवाट चिन्थे तर कलाकारिता पनि   मेरो रुचीको बिषय हो । त्यसैले मलाई जुन रुपमा चिनेपनि परक पर्दैन ।
फिल्म उद्योगमा तपाई आप्mनो उपस्थितिलाई कसरी लिनुहुन्छ ?
मलाई फिल्ममा नायिका वन्ने रहर कहिल्यै लागेन र म यो फिल्ममा नायिका अर्थात स्टार वन्नका लागि छिरेकी पनि होईन । मैले फिल्ममा हिरोईन बन्छु भनेर कहिल्यै पनि सपना देखिन । म पहिल्यैदेखि थियटरमा काम गर्थे थुप्रै नाटकमा मैले अभिनय पनि गरेकी     छु । फिल्ममा पनि फिल्मी शैलीको नायिका भएर रोनाधोना र ग्ल्यामर सिनमा रमाउनु भन्दा क्यारेक्टर वेस्ड भएर काम गर्न चाहान्छु । मैले गरेका दुईवटा फिल्पहरु त एक्सिडेन्टल्ली पाएको हुँ । खासमा मलाई स्टार वन्नु भन्दा एउटा राम्रो कलाकार वन्ने मन छ । त्यसैले यही फिल्ममा जम्ने सुर कसेर फिल्ममा म लागेकी होईन ।
अहिले नेपाली फिल्ममा आउने नयाँ हिरोहरु “मुर्गा” वनेर र नायिकाहरु ओछ्यान तताएर” आउँछन भन्ने व्यापक छन नि ?
फिल्ममा धमाकेदार हिरो र हिरोईन वन्ने भुत चढ्कोले आप्mनो उत्कृष्ठ चाहानालाई   पुरा गराउनका लागि यस्तो वाटो राजेका हुन सक्छन । तर यो वाटो पूर्ण रुपमा गलत  हो । नवुझेका र हावाहुरीसंगै वहेर आएकाहरुले यस्तो गर्छन जस्तो मलाई लाग्छ । यस्तै हावाहुरीसंगै आउने मुर्गाहरुकै कारणले नेपाली फिल्म उद्योगले गति लिन सकेको छैन । पैसा छ भन्दैमा बुझ्दै नवुझेका मान्छेले लगानी गरेर हिरो वन्ने र रहर पुरा गर्ने वहानामा ज्यानै वेच्नेकै कारण राम्रा घरानाका व्यक्तिहरु यो क्षेत्रमा आकर्षित हुन        सकिरहेका छैनन् । बुझेको मान्छेले त यस्तो काम गर्दै गर्दैन नि ।
तपाई आफैले आफैलाई कसरी लिनुहुन्छ ? 
म कसैसंग पनि झुक्दिन । अव कसैको ओछ्यान तताएर मलाई नायिका वन्नु पनि    छैन र मेरो त्यो सपना पनि होईन । मेरो आफ्नै बिजनेस छ म त्यसवाटै लाईफ चलाउन सक्छु । म मेरो करिअरका लागि कन्फिडेन्स छु । त्यसैले कसैकसैले मलाई घमण्डी केटी पनि भन्छन । मलाई मेरो आप्mनै वानी व्यहोरा मन पर्छ । म स्वार्थी पनि छु, खुव    स्वार्थी । तर आफ्नै कामका लागि । फिल्मी खवर अनलाईनवाट

लेख 

हे जनार्दन, चुनावमा कसैलाई बहुमत नदेऊ !

बहुमतका आधारमा हैन, सहमतिमा संबिधान वनाउन आवश्यक छ ।

अरुण बराल 

एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले शुक्रवार सिराहामा आयोजित घरदैलो कार्यक्रममा आफुहरुलाई बहुमत दिन आग्रह गर्नुभयो । कांग्रेस सभापति सुशील कोईरालाले आफ्नो पार्टीले दुई तिहाई ल्याउनुपर्ने वताउनु भएको छ भने नेकपा एमालेले पनि आप्mनो दललाई बहुमत र लोकतान्त्रिक शक्तिलाई दुई तिहाई मत मागिरहेको छ ।
प्रमुख तीन प्रतिस्पर्धी राजनीतिक दलहरुले आप्mना घोषणपत्रमा पनि बहुमत चाहिएको उल्लेख गरेका छन । एमाओवादीले परिवर्तनकारी पार्टीलाई बहुमत र अग्रगमनका एजेण्डा मिल्ने दलहरुलाई दुई तिहाई बहुमत दिनुपर्ने र त्यसो भएमात्रै संबिधान वन्ने आप्mनो घोषापत्रमा जिकिर गरेको छ । त्यसैगरी एमालेले “एमालेको नीति, एमालेकै नेतृत्व” भन्ने नारा अघि सारेको छ । कांग्रेसले लोकतान्त्रिक शक्तिले चुनावमा बहुमत ल्याएमात्रै संबिधान वन्न सक्ने बताएको छ । एमाओवादीले संबिधान वन्नका लागि संघीयता र जातीय पहिचानका पक्षधरहरुको दुई तिहाई बहुमत चाहिने वताएको छ भने एमाले कांग्रेसले लोकतान्त्रिक शक्तिहरुले दुई तिहाई मत पाउनु पर्ने माग गरेका छन ।
किन चाहियो बहुमत ?
आप्mनो दलले बहुमत ल्याएर आफुले भनेजस्तै दलहरुले दुई तिहाई मत ल्याएको अवस्थामा मात्रै संबिधान वन्न सक्छ भन्ने एमाओवादी, कांग्रेस र एमालेका नेताहरुको दावी नै आधारहीन छ । संबिधानसभाको ६ सय १ सीटमध्ये आप्mनो दलले तीन सय एक कटाउँदैमा आप्mनो नेतृत्वको सरकार वन्छ र आफैं वजेट वनाएर बिकासको खोलो बगाउँछु भन्ने नेताहरुको दावी हास्यास्पदमात्रै छैन, यसले उनीहरुभित्रको अदुरदर्शिता र सत्तालोलुपतालाई फेरी एकपटक सतहमा ल्याएको छ ।
स्मरण रहोस, अहिले भईरहेको चुनाव पाँच वर्षे  सरकार चलाउनका लागि नभएर संबिधान वनाउनका लागि मात्र हो । प्रमुख तीन दलले आप्mनो घोषणापत्रमा एक वर्षमा संबिधान वनाउँछौं भनेका छन । संबिधान वनिसकेपछि ६ सय एक सदस्यीय यो संबिधानसभा स्वतः बिघटन हुन्छ । यति ठुलो संसद व्यवस्थापिकामा किन रुपान्तरण हुन सक्दैन भने नयाँ संबिधानले पक्कै पनि सानो संसद वनाउने छ । यो अवस्थामा एक वर्षभित्र नयाँ संबिधान वनाउनलाई बहुमतीय सरकार हैन, राष्ट्रिय सहमतिको सरकार जरुरी हुन्छ ।
कांग्रेस, एमाले, एमाओवादी र मधेशवादीमध्ये कुनै पनि शक्तिलाई वाहिर राखेर बहुमतीय सरकार वनाउने गल्ती फेरी पनि दलहरुवाट हुनु हुँदैन । निर्वाचन सकिएपछि २५ बुँदे वाधा अड्काउको औचित्य सकिई अन्तरीम संबिधान पुनः क्रियाशील हुने भएकाले संबिधानको धारा ३८(१) अनुसार राष्ट्रिय सहमतिको सरकार वनाउन     जरुरी छ । तर, एमाओवादीलगायतका कुनै पनि दलले आफ्नो घोषणपत्रमा राष्ट्रिय सहमतिको सरकार वनाएर अघि बढ्ने बताएका छैनन् । बहुमत चाहियो, सरकार वनाउन र वजेट वनाउन एकलौटी अधिकार चाहियो भन्ने उनीहरुको माग छ । अझ उनीहरु पहिले जस्तो बहुमत नदिएर गल्ती नगर भन्दै जनतालाई हप्काईरहेका छन । बिगतको चुनवामा जनताले कुनै गल्ती गरेका थिएनन् ।
अघिल्लो चुनवामा कसैले बहुमत नपाएर संबिधान नवनेको होईन, राष्ट्रिय सहमति नभएर संबिधान नवनेको हो । ०६४ को चुनावमा कसैलाई पनि वहुमत नदिएर जनताले ठीकै गरेका थिए । सवैले मिलेर काम गर भन्ने जनताको म्याण्डेट थियो । अव फेरी पनि सवै दलहरु मिलेर भावी संबिधानलाई राष्ट्रिय सहमतिको दस्तावेज वनाउनु जरुरी छ । ०६४ को चुनावमा कुनै दलले बहुमत ल्याएर सरकार चलाउँदैमा संबिधान वन्दैनथ्यो ।
लोकतान्त्रिक शक्तिले दुई तिहाई ल्याएर एमाओवादी वाहेकको संबिधान वनाउन सक्ला तर त्यसले शान्ति र   राष्ट्रिय एकता कायम गर्न सक्दैन । एउटाले वनाएको संबिधान अर्कोले जलाउने अवस्था आउन सक्छ ।     त्यसैगरी एमाओवादी र मधेशवादीले दुई तिहाई ल्याएर संबिधान वनाउँदैमा कांग्रेस र एमालेले त्यसमा सहमति जनाएनन् भने त्यो संबिधान राष्ट्रिय सहमतिको दस्तावेज नहुन सक्छ । त्यसैले एक वर्षमा संबिधान लेख्नेनै हो भने प्रमुख दलहरुमध्ये कसैले पनि बहुमत ल्याईराख्न जरुरी छैन । बहुमतै आएपनि राष्ट्रिय सहमतिको सरकार वनाउने र सहमतिका आधारमा सवैलाई समेटेर अगाडी बढ्ने प्रतिस्पर्धा यी तीन दलले गर्न जरुरी छ न कि बहुमत ल्याउने र एकछत्र सरकार चलाउने ।
प्रमुख तीनवटै दलमा सत्तालोलुपता र घमण्ड सवार भएकाले यी मध्ये कुनै एक दलले स्पष्ट बहुमत पाएमा मंसिरको चुनाव सकिनेबित्तिकै उसले एकलौटी सरकार वनाउन सुरु गर्ने छ । तर स्पष्ट छ कि अहिलेको शक्ति सन्तुलनमा उसको मात्रै एकलौटी चल्नेवाला छैन । त्यो अवस्थामा बिपक्षीले उसलाई असहयोग गर्नेछ र संसदीय व्यवस्थाको बिशेषता एवं हाम्रा नेताहरुको साँस्कृतिकस्तर अनुसार सरकार टिकाउने र ढाल्ने षड्यन्त्र फेरी प्रारम्भ हुनेछ । यो अवस्था आउन नदिने हो र दलहरुलाई राष्ट्रिय सहमतिका लागि वाध्य पार्ने हो भने कसैलाई पनि बहुमत नदिई सवैलाई एउटै साईजमा राखिदिने गरी जनताले अभिमत दिनु उचित हुने देखिन्छ ताकी भावी संबिधान   राष्ट्रिय सहमतिको दस्तावेज वन्न वाध्य होस र सरकार निर्माण समेत राष्ट्रिय सहमतिका आधारमा गरियोस । नेताहरु आफै नैतिक अनुशासनमा बस्न नसक्ने देखिएकाले यिनीहरुलाई जनताको दवावले मात्रै नैतिक वन्धनमा वाँधेर राख्न सक्छ ।
राष्ट्रिय सहमतिवाहेक संबिधान वनाउने अर्को वाटो छैन । कुनै शक्तिले सत्ता कव्जा गरेको अवस्थामा मात्रै एकलौटी संबिधान वन्न   सक्छ । तर त्यसले शान्ति दिन सक्दैन । दुई तिहाई बहुमतले जारी गर्ने संबिधान पनि प्राबिधिक मात्रै हुन्छ, सहमतिको दस्तावेज हुन सक्दैन । एउटा शक्तिलाई निर्वाचन प्रक्रियावाट वाहिर   राखेर चुनाव गरिँदैछ, अव फेरी बहुमतका नाममा अर्को कुनै शक्तिलाई वाहिर राखेर भोटिङका आधारमा संबिधान वनाईयो भने अर्को महाभुल हुनेछ । त्यसैले नेता ज्यू किन चाहियो तपाईलाई बहुमत ? सरकार चलाउन ? अहिलेको चुनाव संबिधान वनाउनका लागि हो सरकार चलाउन त आगामी वर्ष अर्को चुनाव गर्नु पर्छ ।
भनिन्छ, राजनीतिमा भगवान भनेका जनता हुन । अझ यसो भन्दा सही होला, जनता सधैंका लागि भगवान होईनन् कि चुनावका दिन चाँही उनीहरु पक्कै भगवान नै हुन । त्यसर्थ घमण्डले हुप्प फलिरहेका तीन दलका नेतालाई कुन स्थानमा राख्ने भन्ने कुराको निधो गर्ने र उनीहरुको निधारमा भाग्य लेखिदिने “षष्टी” को दिन भनेको आगामी मंसिर ४ गते नै हो । हे जनार्दन ! चुनावमा कसैलाइ नि बहुमत नदेऊ, ता कि यिनीहरुले आपसमा मिलेर राष्ट्रिय सहमतिको संबिधान लेखुन र अर्को वर्ष नयाँ शासकीय स्वरुपका आधारमा जनतासंग सरकार चलाउने बहुमत माग्न जाउन ।
अनलाई खवरपत्रिकावाट

मोफसल पत्रकारिता 

साँच्चै भन्नु पर्दा मोफसल पत्रकारीता गर्न धेरै गाह्रो छ ।

विष्णु प्रसाद भण्डारी
न्युजफोर्स साप्ताहिक सम्पादक, डोटी

तपार्इंको पुरा परिचय पाउँ न ? 
म विष्णु प्रसाद भण्डारी, घर अछाम जिल्लामा पर्दछ अहिले म डोटी जिल्ला वाट प्रकाशन हुने न्युज फोर्स साप्ताहिक प्रकाशन सम्पादन गर्दै आई रहेको छु ।
 पत्रकारिता पेशानै किन रोज्नु भयो ?
यो पेशा रोज्नुको मुलका कारण भनेको नै समाज परिवर्तनका लागी मेरो केहि योगदान पुगोस् भन्ने हो अर्को कुरा समाजमा रहेका कुरिति कुसंस्कारहरुको अन्त्य गर्नका लागी धारीलो हतियार नै कलम हो कलम चलाउने श्रममजिवि पत्रकार त्यसैले हतियारको रुपमा कलमलाई दिएर मैले यसै पत्रकारीतालाई आफ्नो कर्म र धर्मको रुपमा यो पेशामा लागेको हुँ ।
कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ? 
समाजका सकारात्मक पक्षहरुलाई नै सम्भबत बढी भन्दा बढी मिडियामा सिमेट्न सकियोस् भन्ने उद्देश्यले सकारात्मक सोचका साथ राम्रो खालका कुराहरु लाई आम जनमानसमा उजागर गर्न रुचाउन्छु । जहाँ सम्म विडको कुरा छ मोफोसलमा खास विड हुदैन सबै विडमा कलम चलाउनु पर्ने हुन्छ । विषेशत अहिले हामी गरिब देशका नागरिक हाम्रो शैक्षिक स्तर कमजोर रहेको छ भने हाम्रो देश गाँउ नै गाँउले भरीएको छ ।  त्यसका साथै जनचेतना अभावका कारण ग्रामिण भेगका सर्वसाधारणको स्वास्थ्य अवस्था पनि नाजुग छ । यो देखेर आफु लाई शिक्षा र स्वास्थ्यको क्षेत्रमा कलम चलाउन प्रेरीत गरेको छ । मेरो पत्रकारीताको बिशेष जोड शिक्षा र स्वास्थ्यमा रहने छ ।
 तपाईलाई पत्रकारिता पेशामा लागेको कति समय भयो ?
 सामान्य तया बि.सं. २०६५ साल तिर  सहयोगीको रुपमा अछाम स्थित रेडियो रामारोशन एफएम संग नजिक हुने अवसर पाए स्थानिय स्तरबाट रेडियोलाई आवश्यक सहयोग  गर्दा गर्दै २०६६ सालमा रेडियो मै काम गर्ने अवसर पाएको थिए यसरी पत्रकारीता आरम्भ गरेको अव करीव ५ बर्ष पुरा हुन थाल्यो ।
 एक पत्रकार भएर आईपर्ने समस्याहरु के के देख्नु भएको छ ?
समस्या त थुप्रै आईपर्न सक्छन् त्यो आफुमा भर पर्छ तर पनि मुलुकको संक्रमणकालिन अवस्था संग तुलना गर्ने हो भने बिभिन्न समयमा पत्रकारलाई आउने गरेका धम्कि नै अहिलेको मुख्य समस्याकोरुपमा लिन सकिन्छ ।
पत्रकारिता पेशामा लागेर सन्तुष्ट हुनुहुन्छ त ?
म पत्रकारीत पेशाबाट पूर्णरुपमा सन्तुष्ट छु । म मा सानै देखी पत्रकारीता पेशा प्रतिको सकारात्मक सोच कायम रहेको भएर पनि होला म यस क्षेत्रलाई अझ प्रभावकारी बनाउन के–के गर्नुपर्ला भन्नेमा प्रयासरत छु ।
 तपाइले सञ्चालन गरिरहेको न्यूज फोर्स साप्ताहिक कसरी चलिरहेको छ ?
बि.स. २०६९ भाद्र २७ गते बुधवार आफ्नो पहिलो अंक प्रकाशन गर्दै मैले प्रकाशन थालेको न्यूज फोर्स साप्ताहिक पत्रिका हाल निरन्तर प्रकाशनमा छ । प्रकाशनका क्रममा बिभिन्न गाह्रा अप्ठ्याराहरु आई परे पनि त्यस संग जसो तसो संघर्ष गरेरै पनि पत्रिकाको स्तर खस्किन नदनि आफु दिन रात लागी परेको छु ।
 मोफसल पत्रकारिता गरिरहनु भएको छ, कसरी हेर्नु हुन्छ मोसफल पत्रकारिता जगतलाई  ?
साच्चै भन्नु पर्दा मोफसल पत्रकारीता गर्न धेरै गाह्रो छ । मोफसलमा थुप्रै पत्रपत्रिका संसचलनमा हुँदा सम्पुर्ण पत्रिकाकाका लागी आय श्रोत अपर्याप्त हुने भएकाले पनि मोफसलमा पत्रिका चलाउन गाह्रो नै छ । त्यसै माथी मोफसल पत्रकारीतालाई हेर्ने दृष्टिकोण पनि राम्रो नभएकाले यहाँ राष्ट्रिय सञ्चार गृहमा कुनैन कुनै रुपमा आवद्ध पत्रकारलाई मात्र पत्रकार मान्ने र स्थानिय स्तरका सञ्चार गृहमा आवद्ध ब्यक्तिलाई पत्रकारको रुपमा हार्धिकताका साथ लिन नसक्ने प्रबृति हावि हुन थालेको छ । त्यसैले मोफसल             पत्रकारीतालाई हेर्ने दृष्टिकोणमा समेत परीवर्तन  आबश्यक छ ।
 अन्त भन्दा डोटीमा पत्रकारीता गर्न त सजिलै होला नि ? 
सजिलो असजिलोको हकमा त डोटीमा मात्रै न भै मुलुक भरीनै जहाँ जुन पत्रकारलाई समस्या आई पर्छ त्यो समस्यालाई आफ्नै समस्यकारुपमा लिएर पत्रकार पनि जाग्नु पर्छ । पछिललो समय देशैभरी आफु अनुकुल समाचार नलेखे पत्रकार माथी भिन्न खालका अपमानजनक घटनाहरु घटाउने सुनियोजित घटनाहरु हुने गरेका छन् त्यसका बिरुद्ध पनि सवै पत्रकार एक जुट हुन जरुररी छ । तुलनात्मकरुपमा डोटीमा पत्रकारीता गर्न धेरै असहज चाँही छैन ।
मोफसलमा पत्रकारिता गर्न कत्तिको समस्या देख्नु हुन्छ ? 
मोफसलमा पत्रकारीता गर्नु एउटा ठुलो चुनौतिको बिषय पनि हो । मैले अघि नै अवगत गराए स्थानिय स्तरका पत्रकारहरुलाई हेर्ने दृष्टिकोणनै अरु भन्दा फरक भएकाले पनि मोफसलमा पत्रकारीता गर्नेले बिभिन्न चुनौतिहरुको सामना गर्नु पर्ने अवस्था छ । स्थानिय स्तरमा यहाँका बिभिन्न सरकारी तथा गैर सरकारी निकाय, संघ संस्था लगायत सहकर्मी पत्रकार साथीहरु पनि यसमा कुनैन कुनै रुपमा बाधकको रुपमा भुमिका खेलीरहेको पाईन्छ । यसरी स्थानिय स्तरका पत्रकारहरुलाई हेर्ने सवैको दृष्टिकोणमा परीवर्तन नआन्जेल लाग्छ मोफसल पत्रकारीता चुनौतिपूर्ण नै छ ।
 मोफसल पत्रकारिताका मुख्य चुनौतीहरु के के देख्नु भएको छ ? 
फेरी पनि त्यही कुरा दोहो¥याउन चाहान्छु मोफसल पत्रकारीताका मुख्य चुनौतिको रुपमा सरकारी तथा गैर सरकारी निकायहरु, संघ संस्था लगायतका निकायहरुले हेर्ने नराम्रो दृष्टिकोण, सहकर्मी पत्रकार साथीहरुले बाधकको रुपमा खेल्ने गरेको भुमिका आदी रहेका छन्  ।
 मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ? 
मोफसल पत्रकारीताको समस्या समाधानमा नेपाल सरकारले गर्न पर्ने त धेरै बाँकी छ । यानीकी मोफसल पत्रकारीताको समस्या समाधानमा नेपाल सरकारले अहीले सम्म केही पनि गर्न न सकेको अवस्था छ । नेपालसरकार मातहतका जिल्ला स्थित निकायहरुबाट केही हद सम्म स्थनिय स्तरका पत्रपत्रिकाहरुलाई सहयोग पूूग्ने खालका राहत प्याकेज मात्रै ल्याई दिए पनि मोफसल पत्रकारीताको समयोचित बिकास सम्भव हुने थियो ।
 पत्रकारहरुको हक हितका लागि गठन भएका सञ्चारकर्मीहरुका बैचारिक संगठनहरुको भुमिका   कस्तो छ ?  

 पत्रकारितामा लागेर कत्तिको पैसा कमाउनु भयो ?
  सायद मलाई लाग्छ पत्रकारीता पेशानै पैसा कमाउने पेशा चाँही होईन यदि कोही पत्रकारीता बाटै धेरै पैशा कमाउछन् भने पनि त्यो सम्पति मलाई लाग्छ संकास्पद समपति हो । म पैसा कमाउन पत्रकारीतामा लागेको होईन । त्यसैले पनि होला सायद पत्रकारीता नै लागेर जिबिकोपार्जन बाहेक अहिले सम्म कुनै सम्पत्ति मैले आर्जन गरेको छैन ।
मनोरञ्जन गर्ने समय कत्तिको छ तपाईसंग ?
साच्चै भन्नुपर्दा म सानै देखी मनोरञ्जनको पक्षमा त कहील्यै रहेन । यसो भन्नुको मतलव कसैले मनोरञ्जनमा समय बेतित गर्नु हुनन भन्ने
 त होईन सम्भव भए सम्म मनोरञ्जनमा समय खेर नफाल्नु नै ठिक हुुन्छ । जहाँ सम्म मनोरञ्जनको समयको कुरा छ मलमई लाग्छ पत्रकारीता पेशानै आफैमा कता कता २४ घण्टा ब्यस्त जस्तो महसुुस गर्नुु पर्ने बाध्यता भएको पेशा हो मनोरञ्जनका लागी मलाई बिलकुल समय छैन ।

सवैका लागि उपयोगी 


राज्य बिकासमा “बंशज” 

एङ्गेल्सले बंशजको प्रमाणको लागि क्ष्चयत्रगयक, न्चभभप, च्यmबल बलम न्बचmबल, मभकअभलत लाई प्रस्तुत गरेका छन । उनले बंशज (मभकअभलत) लाई जिन्स (न्भलक) भनेका छन । उनका अनुसार जव परिवारमा मेरो समूह भन्ने अवधारणा निस्कियो त्यसवाट नै मेरो राज्य भन्ने धारणा बिकसित भयो । परिवारमा पुरुषको बिशिष्ठता कामय भएजस्तै राज्यमा पनि पुरुषको नै प्रधानता रह्यो । एङ्गेल्सले अझ अगाडी भनेका छन ः परिवारलाई गोत्र (ऋबिल) नै प्रमुखता जमाए जस्तै गोत्रकै समूहले गर्दै राज्यको उत्पत्ति भयो । उनी भन्दछन व्यक्तिगत सम्पत्ति जव सामुहिक रुपमा बितरण गरिन्थ्यो त्यो प्रणाली हराउँदै गएपछि व्यक्तिगत परिवारभित्र पनि सम्पत्तिको वाँडफाँड हुन थाल्यो । यसरी नै राज्यको उत्पत्ति भयो । यसलाई परिवारको उत्पत्ति, नीजि सम्पत्ति र राज्यमा बिस्तार भयो ।
मर्गानले समाजको ऐतिहासिक बिकासको क्रमलाई जंगली,     वर्वरता र सभ्य अवस्थालाई केन्द्रित गरी आप्mनो व्याख्या दिएका   छन । उनले विवाहको बिषयलाई आप्mनो व्याख्याको आधार वनाएका छन भने स्तरको कुरा गर्दा माथी उल्लेख गरिएका तीनवटा स्तर मुख्य छन । यसका अतिरिक्त आदिम समाज राज्यको रुपमा बिकसित हुनका लागि निम्न कुराहरु भएको एङ्गेल्स वताउँछन ।
क) वावुको अधिकारको सुरुवात ः कुनै व्यक्तिले कमाएको सम्पत्ति जिन्स (न्भलभक) मा नभई परिवारमा मात्र जान थाल्यो । वावुवाट छोरामा सम्पत्तिको हस्तान्तरण हुने थाल्यो ।
ख) बैयक्तिक परिवारभित्र सम्पत्तिको असमानता ः जव नीजि सम्पत्तिको अवधारणा जन्मियो तव मानिसहरुमा अरुभन्दा धनी वन्ने सोचको बिकास हुन गयो । यसले गर्दा मानिसहरुको बीचमा असमानताको ठुलो खाडल वन्न गयो ।
ग) व्यक्तिगत सम्पत्ति बृद्धि भएको कारण समाजमा दासताको उत्पत्तिः धेरै सम्पत्ति कुनै व्यक्तिले जम्मा गरेपछि त्यसको उत्पादन गने क्रममा दासताको जन्म हुन गयो ।
घ) व्यवस्थित शोषण वा लुट (क्थकतझबतष्अ उष्ििष्बनभ तजभ बअत या उगिलमभचष्लन, यियत) मानिस आफुले धेरैभन्दा धेरै सम्पत्ति आर्जन गर्नका लागि नियमवद्ध रुपमा लुटपाट गर्न थाले ।
यसरी यी बिभिन्न कारणहरुले गर्दा समाजमा व्यक्तिगत सम्पत्तिको धारणा बिकसित भयो ।

नेपालमा सञ्चार तथा छापाखाना 

– बि.सं. १९०८ मा नेपालमा सर्वप्रथम सरकारवाट छापाखानाको स्थापना । राणा प्रधानमन्त्री जंग
वहादुरले बेलायत भ्रमणवाट फर्कदा साथमा गिद्धे प्रेस ल्याएका थिए ।
– बि.सं. १९५५ “सुधासागर मासिक” पत्रिका मार्फत सर्वप्रथम नेपालभित्रै प्रकासन आरम्भ ।
– बि.सं. १९५८ बैशाख २४ गते तत्कालीन प्रधानमन्त्री देवशमशेरद्वारा नेपालको पहिलो समाचारपत्र गोरखापत्रको प्रकाशन, सुरुमा साप्ताहिकको रुपमा प्रकाशन भयो र ६० वर्षपछि मात्र दैनिक भयो ।
– बि.सं. १९६९ मा बिजुलीवाट चल्ने छापाखानाको स्थापना
– बि.संं. १९७० पछि नेपाली भाषा प्रकाशनी समितिको स्थापना
– सन १९८४ मा दुरसञ्चार सेवाको सुरुवात ।
– बि.संं. १९८४ बैशाख १३ गते गोरखापत्रमा सवभन्दा पहिले फोटो व्लक छपाई ।
– बि.सं. १९९४ देखि पत्रपत्रिकामा दर्ता नम्वर राखने प्रचलन ।
– बि.सं. २००० देखि काठमाण्डौं उपत्यकामा समाचार संकलन गर्नका लागि सम्वाददाता राख्ने व्यवस्था (यसैवाट नेपाली सञ्चारमाध्यममा सम्वाददाता राख्ने सुरुवात भएको हो)
– बि.सं. २००४ सालदेखि सर्वसाधारण नेपालीहरुले रेडियो सेट राख्न पाउने स्वतन्त्रता ।
– बि.सं. २००४ नेपाल सरकारको बैधानिक कानुन २००४ जारी, (यो संबिधान प्रेस स्वतन्त्रताको मान्यता दिने पहिलो संबिधान थियो ।)
– बि.सं. २००५ मा छापाखाना तथा प्रकाशन ऐन, २००५ जारी
बि.सं. २००५ मा सञ्चार बिभागको स्थापना

साहित्य, सृजना 

समाज आज 

हिड्यो टोल गाउँ युवा छन जुवामा
हे¥यो खेतवारी छ झाडी गरामा
उता गाउँ बस्ती छ गुल्जार कस्तो
मदीरा जुवा व्याप्त कुकृत्य यस्तो
एयरपोर्ट भन्सारमा हुलमुल
बिदेशी रहेका ति नेपाली मुल
धमिलो नीति राजनीति छ मैलो
खिचातानी बिचारको भाँड भैलो
म मात्रै छु राम्रो अरु छन बेकार
म संगै छ केवल सुबुद्धि बिचार
भनि गर्दछन राजनेता तनाव
कतै छैन शान्ति छ बस्ती उजाड
हुने दिनदिनै यि वहुलवादी चाँड
सुके संस्कृति सभ्यता मात्र जाँड
जुवा रक्सी मौलाउँदै गाँजिएको
अशल सभ्यता संस्कृति वाँझिएको
सवै प्राज्ञ बिहानमा भिन्न वाद
उठौं जुर्मुराऔं हटाऔं विवाद
रमेशचन्द्र जोशी 
मुडभरा, डोटी

शुभ–दिपावलीको शुभकामना 

सफा सुन्द अति चम्किलो जीउ चट्ट परेकी
रत्नको थाली वोकी घरघर हिड्ने कस्ती वान्की परेकी
तिम्रो पाउ जुन घर प¥यो शौभाग्य सारा उदायो
घरघरमा ज्योति छाई सुख सयलको प्रेम भाव वढायो
आईन लक्ष्मी छमछम गरी रत्नको वर्षा गर्दै
सफा सुग्घर घरघर डुली ज्योतिको पुण्य छर्दै
घर घरमा द्वीप वाली आँगन वरीपरी लिपीपोति
वालक बृद्धा सवजन मिति हर्षको छाई ज्योति
भाग्न थाले तिमिर सवै द्वीप ज्योति वलेर
उठ्न थाले नर नारीहरु काम धन्दा लिएर
गुञ्जियो मधुर स्वरले देउसी भैलो खेलेर
पैसा माग्दै घर घर पुगी भाई बैनी मिलेर
यस्ती लक्ष्मी भगवतीमा पाउ पर्छु नुहेर
देशमा शान्ति छावस सव जन मिलि काम गरौं जुटेर
शुभ–दिपावलीमा द्वीपहरु वलुन शुभकामना म गर्छु
भाई भाईमा प्रेम बढी सुखी सव रहुन कामना यही गर्छु ।
गोबिन्दप्रसाद श्रेष्ठ
दिसिनपा–२, सिलगढी डोटी 


No comments:

Post a Comment