Wednesday, February 15, 2017

dfhdfh


गृह पृष्ठ

बिम्ब नेपाली साप्ताहिक नेपालमा चरम द्वन्द्व भइरहेकाे र तत्कालीन राजाले निरंकुश शाही शासनका नाममा जनताका अाधारभुत माैलिक हकहरू कुण्ठित गरेका बेला २०६० सालवाट प्रकाशनमा अाएकाे हाे । यस साप्ताहिककाे नमुना अंक २०६० फागुन २९ गते प्रकाशनमा अाएकाे हाे । बिम्ब साप्ताहिकका संस्थापक प्रधान सम्पादक श्री रामवहादुर एेर हुन । याे साप्ताहिक प्रेस काउन्सिल नेपालद्वारा गरिने पत्रपत्रिकाकाे बर्गीकरणमा २०६२ सालमा घ वर्गमा बर्गीकृत भएकाे थियाे । त्सपछि २०६३/०६४ मा ग हुँदै २०६४/०६५ मा ख वर्गमा बर्गीकृत भयाे । 

Tuesday, February 14, 2017

बिम्ब नेपाली साप्ताहिक, मिति २०७३ साल फागुन ३ गते मंगलबार


निर्धारित मोलभन्दा बढि मोल लिई माल वस्तु बिक्री गरी कालो बजारी गर्ने, अत्याधिक मुनाफा लिने, माल वस्तुको बिचलन, जम्माखोरी तथा कृत्रिम अभाव सृजना गर्ने, झुक्याई बिक्री बितरण गर्ने, जस्ता गैर कानुनी क्रियाकलापहरु नगरौं र नगराऔं ।

नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

 मुख्य समाचार

लैङ्गिक हिंसा बिरुद्ध बिशाल सभा सम्पन्न 

डोटी मुड्भरा गाबिस–५ धुर्कोटमा लैङ्गिक हिंसा बिरुद्धको बिशाल सभा सम्पन्न भएको छ ।
महिला तथा बालबालिका सेवा केन्द्र डोटीको आयोजनामा भएको उक्त बिशाल सभामा पचनाली, मुड्भरा र तिजालीका करीब दुई हजार स्थानीयबासी– हरुको सहभागिता रहेको वताईएको छ । प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रमका बक्ताहरुले लैङ्गिक हिंसा रोकथामका लागि सवैले आ–आफ्नो ठाउँबाट पहल गर्नु पर्ने वताए ।
जिल्लास्थित राजनीतिक दलका प्रमुख एवंं प्रतिनिधिहरु, स्थानीय बिकास अधिकारी कृष्ण गौतम, जिल्ला शिक्षा अधिकारी अनन्त कुमार पौड्याल, प्रहरी  उपरीक्षक दिल्लीराज भट्ट, महिला बिकास अधिकृत निर्मला दाहाल, सञ्चारकर्मीहरु लगायत जिल्ला स्तरीय कार्यालयका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको मुड्भरा गाबिसका सचिव डिलवहादुर महराले जानकारी  गराए ।
सभा हुनुपूर्व स्थानीय पञ्चोदय आधारभुत बिद्यालयमा लैङ्गिक हिंसा सम्वन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको महिला तथा बालबालिका सेवा केन्द्रका उपाध्यक्ष मिलन परियारले जानकारी दिए ।

खाना पकाउन प्रहरी टोली गाउँ गाउँ

बिहिवार प्रहरीको एक टोली मुड्भरा गाबिसको धुर्कोट पुग्यो । कुनै आपराधिक घटना घटेपछि वा त्यस क्षेत्रमा कुनै धार्मिक सामाजिक कार्यक्रम आयोजन गर्दा स्थानीयले आग्रह गरेपछि मात्र आउने प्रहरीहरु आएको देखेपछि स्थानीयबासीहरु कता के भयो भनेर सोच्न थाले । तर, प्रहरी टोली कुनै घटनाको अनुसन्धान गर्न वा शान्ति सुरक्षा कायम गर्ने प्रयोजनका लागि त्यहाँ आएको थिएन । भोली पल्ट अर्थात शुक्रबार जिल्ला प्रहरी कार्यालय डोटीमा रहेको महिला तथा बालबालिका सेवा केन्द्रले आयोजना गर्ने कार्यक्रमका लागि मञ्च वनाउन र कार्यक्रममा जिल्लाबाट आउने पाहुनाहरुका लागि खाना बनाउन खटिएको थियो उक्त टोली ।
अघिल्लै दिन स्थानीयबासी–हरुको सहयोगमा मञ्च बनाएको प्रहरी टोलीले दोश्रो दिन बिहान खाना पकाउने काम पायो । आवश्यक सामग्रीहरु सवै जिल्लाबाटै बोकेर गएको टोलीले अपुग भाडाहरु मात्रै खोज्यो त्यता । टोलीले मासु सहित पकाएको खाना करीव ५५ जनाले खाए ।
५५ जनाले खाना खाँदा समेत महिला तथा बालबालिका सेबा केन्द्रका अनुसार खानामा एक हजार रुपैयाँ मात्रै खर्च भएको  छ । सेवा केन्द्रले बिम्बलाई उपलव्ध गराएको बिवरण अनुसार खाजा नास्तामा एघार हजार, सवारी साधन भाडा र ईन्धनमा तीन हजार पाँच सय, मसलन्दमा एक हजार, बास खर्च एक हजार र साउण्ड सिस्टममा दुई हजार गरि जम्मा २० हजार खर्च भएको देखाएको छ ।
कार्यक्रममा सहभागिहरुका अनुसार सरकारी कार्यालयका पाँच र भाडामा एक गरि ६ गाडी मुड्भरा पुगेका थिए । सामान्यतया एक गाडी भाडामा मुड्भरा आउजाउ गर्न पाँच हजार लिने गर्दछ तर खर्चमा भाडा र ईन्धन दुवै गरि तीन हजार पाँच सय मात्र खर्च भएको देखाईएको छ ।
एक हजारमा ५५ जनाले कसरी खाए ? सेवा केन्द्रका उपाध्यक्ष मिलन परियार भन्छन ‘शिर्षक अनुसार मिलाउनु पर्ने भएका कारण यसरी राखिएको हो ।’ ‘समुदायस्तरमा लैङ्गिक हिंसा नियन्त्रण सम्वन्धि चेतनामुलक अन्तरक्रिया तथा भिडियो प्रदर्शन’ शिर्षक अन्तरगत गरिएको उक्त कार्यक्रममा सेवा केन्द्रको २० हजार, सामुदायिक बिकास केन्द्रले १० हजार, सम बिकास केन्द्रले सात हजार र मुड्भरा गाउँ बिकास समितिले पाँच हजार रुपैयाँ सहयोग गरेको परियार वताउँछन । परियारले दिएको हिसावमा अनुसार उक्त कार्यक्रमको बजेट ४२ हजार हुन आउँछ तर सेवा केन्द्रले आधिकारिक रुपमा दिएको सूचना अनुसार कार्यक्रममा २० हजार रुपैयाँ मात्रै खर्च भएको छ । उक्त रकम सेवा केन्द्रसंगै रहेको रकम हो ।
अन्तरक्रिया कार्यक्रमका सहभागिहरुलाई चिया नास्ता खुवाउने गरि ११ हजार रुपैयाँ छुट्याईएको र सो रकम समेत जिल्लाबाट गएकाहरुको भोज भतेरमा ठिक्क भएको कार्यक्रमका एक सहभागिले बिम्बलाई जानकारी गराए । नाम उल्लेख नगर्ने शर्तमा ति सहभागिले भने ‘सिलगढीबाटै खाना खाएर गएको भएपनि हामी भ्याउन सक्थ्यौं तर त्यहाँ गएर भोज खाए जस्तो भयो ।’ कार्यक्रममा धेरैको सहभागिता भएपनि शिर्षक अनुसारको कार्यक्रम नभएको उनको भनाई थियो । तर उपाध्यक्ष परियारले उक्त रकम सहभागिहरुको नास्ताका लागि नभई जिल्लाबाट जानेहरुको नास्ताका लागि भएको दावी गरे । उनले भने ‘सिलगढीनै खाना खाएर जानु पर्ने भन्ने त मलाई पनि लागेको हो तर अलि छिटो गयो भने स्थानीयहरुसंग सम्वन्ध अझ बलियो हुन्छ भनेर उतै खाना खाने व्यवस्था मिलाएका हौं ।’
स्थानीय एक होटल व्यवसायीलाई खाना नास्ताका लागि आग्रह गरेको भएपनि उनले आफु खुवाउन नसक्ने भनेपछि अघिल्लै दिन प्रहरीको टोली पठाउनु परेको उपाध्यक्ष परियारको भनाई छ । उनले भने ‘कलेनाको कार्यक्रम हुँदा पनि हामीले उतैको होटलबालालाई भनेका थियौं तर उनले खाना खुवाउन नसक्ने भनेपछि अघिल्लै दिन    प्रहरीको टोली खाना पकाउनका लागि पठाउनु परेको थियो ।
सेवा केन्द्रले दिएको जानकारी अनुसार कलेना र कालिकास्थानमा एकै दिन दुई कार्यक्रमहरु सञ्चालन भएका    छन । यस आर्थिक बर्षमा हालसम्म १० कार्यक्रमहरु सञ्चालन भएको केन्द्रद्वारा जानकारी दिईएको छ ।
खाना बनाउनमा कति खर्च भयो भन्ने बारेमा आफुहरुलाई जानकारी नभएको बताउँदै टोलीमा संलग्न एक प्रहरी   कर्मचारीले भने ‘हामीलाई त मञ्च वनाउने र खाना वनाउने आदेश थियो सोही अनुसार ग¥यौं ।’ माथीबाट जे आदेश आउँछ त्यो आदेश पालना गर्नु पर्ने आफुहरुको कर्तव्य भएको ति कर्मचारी वताउँछ । उनले यस वारेमा थप कुरा बोल्न चाहेनन्, भने ‘हामीलाई भन्दा माथीनै सोध्नुहोस ।’

सम्पादकीय

स्वबियु निर्वाचनको सान्दर्भिकता

अहिले त्रिभुवन बिश्वबिद्यालय अन्तरगतका क्याम्पसहरुमा चहल पहल बढेको छ । लामो समयदेखि स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन हुन नसकेका कारण क्याम्पस तहको राजनीतिमा निकै सिथिलता आएको थियो । स्वबियु निर्वाचनकै लागि भर्ना हुने बिद्यार्थीहरुको संख्या पनि घट्दै गएको थियो र बिद्यार्थीहरुमा स्वबियुप्रतिको लगाव पनि कम हुँदै गएको थियो । यसपाली त्रिभुवन बिश्वबिद्यालयले फेरी निर्वाचन गराउने भनेपछि क्याम्पसहरुमा बिद्यार्थी संगठनहरुको चलह पहल बढ्दै गईरहेको छ ।
तोकिएकै समय अर्थात फागुन १४ मा स्वबियु निर्वाचन होस, बिगतमा पनि कुनै बिशेष कारणले रोकिएकोमा बाहेक अधिकांस समयको स्वबियु निर्वाचनको मिति फागुन १४ नै हुने गरेको थियो । यस वर्ष पन फागुन १४ मै राखिएको छ । निर्वाचन सभ्य ढंगबाट सम्पन्न होस, निर्वाचनमा बिद्यार्थीहरुका बिचमा प्रतिस्पर्धा होस् । स्वबियुका नाममा राजनीतिक दलहरुको शक्ति परीक्षण नहोस् । शुभकामना छ ।
निर्वाचनको संघारमा स्वबियुको सान्दिर्भिकताको बिषयमा पनि बहस चलाईनु पर्छ जस्तो लाग्छ । शिक्षालयको व्यवस्थापन, शैक्षिक गुणस्तर र बिद्यार्थीहरुको गुणस्तरीय शिक्षा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गर्ने उद्देश्यका साथ स्वबियुको अवधारणा आयो । बिस्तारै नेतृत्व चयनका लागि निर्वाचन हुन सुरु भयो । त्यसपछि दलगत राजनीति क्याम्पसमा औपचारिक रुपमा प्रवेश ग¥यो । राष्ट्रिय राजनीतिका मुद्धाहरु प्रवेश गरे । बिस्तारै बिद्यार्थीहरुको मुख्य मुद्धाहरु अर्थात जुन मुद्धाका लागि स्वबियुको अबधारणा आएको थियो, ति हराए । मात्रै राजनीति, मात्रै तेरो पार्टी मेरो पार्टी, मात्रै आपसमा झगडा, कुटाकुट बाँकी रह्यो ।
राजनीतिक अस्थिरता भएका बेलामा अर्थात देशमा चलेको  राजनीतिक दलहरुको आन्दोलनमा रहेका बेला त्यो बिषय ठिकै पनि थियो होला तर अव यस बिषयमा सोच्नु पर्छ कि ? क्याम्पसमा प्राध्यापकहरुले हाजिरनै नलाएर पनि तलव खाईरहने तर बिद्यार्थीहरुले बिषयगत प्राध्यापक नपाउने अवस्था छ । यसले एकातिर संस्थालाई घाटा हुँदैछ अर्र्कोतिर बिद्यार्थीहरुलाई र देशलाई समेत । यो मुद्धा बन्ने कि नबन्ने अव ? बिद्यार्थीनै नभएका बिषयका प्राध्यापकहरुलाई “गोल्डेन हेन्सेक” दिएर घर पठाउने व्यवस्था मिलाउने बिषयमा बहस चलाउन स्वबियु तयार हुने कि नहुने ?
त्रिभुवन बिश्वबिद्यालयलाई आधुनिक, प्राबिधिक र बैज्ञानिक शिक्षाका लागि तयार गर्नका लागि बहस चलाउने कि नचलाउने ? म, मेरो पार्टी मात्रै भन्ने हो भने अव स्वबियुको औचित्य छैन । अव स्वबियु शैक्षिक मुद्धाहरुमा केन्द्रित हुनु पर्छ । त्यसका लागि यो वा त्यो पार्टी निकट बिद्यार्थी संगठनले बिजयी हासिल गर्नु पर्छ भन्ने बिषय छैन । राम्रो सोच भएको जुन सुकै व्यक्तिले पनि गर्न छ ।
हुन त साझा भनिएका सवै संगठनहरु राजनीतिक कलहले थला परेका छन । पेशागत मुद्धाहरु भन्दा पनि राजनीतिक दलका पुच्छर हुने काममा लागेका छन । स्वबियु पनि त्यो भन्दा माथी उठ्न सक्ने अवस्था छैन । तर, यदि राजनीतिक मुद्धाहरुमै केन्द्रित हुने हो भने अर्थात फेरी पनि तेरो पार्टी र मेरो पार्टीनै बनाई राख्ने हो भने यो स्वबियुको सान्दर्भिकता समाप्त भएको भन्दा कुनै अन्याय हुँदैन होला । राजनीतिक कार्यकर्ता उत्पादन गर्ने कारखानाका रुपमा बिकास भएका क्याम्पसहरुलाई कसरी दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ भन्ने बिषयमा सोच्ने, छलफल गर्ने, बहस गर्ने जिम्मेबारी सहितको स्वबियु चयन हुनु जरुरी छ । अन्यथा यो स्वबियुको निर्बाचन गर्नुको कुनै औचित्य छैन ।

थप समाचार

उत्पादनसंग प्रत्येक्ष जोडिन निर्देशन

नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले उत्दापनसंग प्रत्येक्ष रुपमा जोडिन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन ।
शुक्रवार नेकपा एमाले दिपायल सिलगढी नगर कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्वोधन गर्दै नेता  पोखरलले सो निर्देशन गरेका हुन । देशमा लगातार ६५ वर्षसम्म राजनीतिक अधिकारको लडाई चलेको बताउँदै उनले भने ‘अव ३५ वर्षसम्म आर्थिक समृद्धिको अभियान सञ्चालन गर्नु पर्ने छ ।’ आर्थिक समृद्धिको अभियानको नेतृत्व एमालेले गर्ने बताउँदै उनले सवै कार्यकर्ताहरु उत्पादनसंग जोडिनु पर्ने धारणा राखे ।
‘अव भाषण गरेर मात्रै नेता भईन्न, प्रत्येक्ष उत्पादनमा जोडिनु पर्छ’ पोखरेलले भने ‘अव  गुजरामुखी कृषि पेशालाई व्यबसायिक कृष्विनाउनतिर लाग्नुहोस् ।’
उनले संबिधानसभाले २०७२ साल असोज ३ गते जारी गरेको नयाँ संबिधानमा सबै समुदायको अधिकार सुरक्षित   गरेको वताए । ‘संबिधानले महिला, दलित, आदिबासी, जनजाती, मधेशी, मुस्लिम, पिछडिएको क्षेत्र सवैको अधिकार सुरक्षित गरेको छ’ उनले भने ‘हिजो सवैका गिलास रित्ता थिए, आज अलि अलि भएपनि सबैका गिलासमा परेको छ ।’ संबिधान जारी भएपछि लामो समयसम्म उपेक्षित समुदायले पहिचान, अधिकार र सुशासन पाएको पोखरेलको दावी छ । अधिकार प्राप्त गर्ने नाममा केही मधेशबाद दलहरुले राजनीतिक अस्थिरता पैदा गरेको पोखरेलको भनाई थियो ।
संबिधान संसोधनको औचित्य नभएको बताउँदै पोखरेलले संसोधन प्रस्ताव पारित नहुने दावी गरे । ‘चुनाव पछाडि धकल्ने बहानामा यो सरकार संबिधान संसोधनको बिषय अल्झाउँदैछ’ उनले भने ‘एमालेको जनाधार राम्रो देखेर बर्तमान सत्ता घटकहरु चुनावमा जान डराईरहेका छन ।’ संबिधान संसोधन प्रस्ताव पारित हुन नदिने दावी पोखरेलको थियो ।
७ नं. प्रदेशको राजधानी दिपायल हुने पर्ने कार्यकर्ताको मागमा नेता पोखरेलले संबिधान मा राजधानीको बिषय सम्वन्धित प्रदेशसभाले निर्णय गर्ने प्राव्धान रहेकोले अहिलेनै बोल्नु उचित नहुने वताए । उनले भने ‘केन्द्रका हिसावले र ईतिहासका हिसावले डोटीबासीले उठान गरेको माग सही हो र अहिलेनै यो बिषयलाई बिवादमा ल्याउनु जरुरी छैन ।’

बनमाराहरु उम्किन दिन्न ः राज्यमन्त्री भाट

बन तथा भु–संरक्षण राज्य–मन्त्री दिर्घराज भाटले अबैध रुपमा वन फडानी गर्नेहरु उम्कन नदिने बताएका छन ।
बन निरीक्षण गर्ने क्रममा डोटी पुगेका राज्यमन्त्री भाटले सो कुरा वताएका हुन । ‘डोटीको   जोरायल क्षेत्रमा अबैध रुपमा सल्लाका रुखहरु फडानीमा संलग्न सबैलाई कारवाही हुन्छ’ मन्त्री भाटले भने ‘जोरायल क्षेत्र र कैलालीको निगाली, खैराला लगायतका बनहरु अबैध फडानीले सखाप भईरहेका छन्, ति बनहरुमा रहेका आमा रुख    (मदर ट्रि) बाट समेत खोटो दोहन भईरहेकाले त्यो सबै काम बन्द गरिनुपर्दछ ।’ उनले खोटो निकालिएका घाउहरु समेत नपुर्ने गरेका पाइएको वताए ।
डोटी जोरायल क्षेत्रमा  भईरहेको अबैध बन फडानीको बिषयमा मन्त्री भाटले जिल्ला वन कार्यालय डोटी र क्षेत्रीय वन निर्देशनालयको संयुक्त अनुगमन टोलीको अध्ययन गरिरहेको र अन्तिम प्रतिबेदन आउन बाँकी रहेको जानकारी दिए । ‘संयुक्त टोलीको प्रतिबेदन चित्त बुझ्दो आएन भने मन्त्रालयकै टास्क फोर्स आउँछ’ राज्यमन्त्रीले भने, ‘हामीहरु त्यो घटनामा संलग्न व्यक्तिहरुलाई कारवाही गरेरै छोड्छौं ।’
‘सल्लामा ठेकापट्ट हुन दिंदैनौ’ मन्त्री भाटले भने ‘सल्लाका रुखहरु अबैध रुपमा काट्ने र मापदण्ड भन्दा बाहिर गएर खोटो संकलन गर्ने काम भईरहेको छ, सो कार्यलाई रोकेर कम्तीमा दश बर्षसम्म सल्ला संरक्षण गर्नमा लाग्ने छु ।’ जोरायल बन फडानीमा संलग्न ठेकेदारहरु समेत आफुलाई भेट्न खोजिरहेका बताउदै भाटले भने ‘तर म तिनीहरुसंग भेट्न पनि भेट्दैन र यदि तिनीहरु संलग्न भएको पाए कारवाहीको घेरामा ल्याउछु ।’
नेपाल प्रेस युनियन डोटी शाखाले शुक्रवार जिल्ला सदर–मुकाम सिलगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भाटले अबैध वन फडानीका बारेमा समाचार सम्प्रेसण भएपछि सेक्टर वन कार्यालय बुडरका प्रमुख सहायक बन अधिकृत सुरेशचन्द्र डिसीले सामाजिक सञ्जाल फेसबुक मार्फत पत्रकारहरुलाई दिएको धम्कीका बिषयमा बोल्दै राज्यमन्त्री भाटले पत्रकारहरुलाई भने ‘यदि तपाईहरुसंग प्रमाण छ भने ति कर्मचारीलाई कारवाही गर्न तयार छु ।’ उनले सहायक बन अधिकृत डिसीलाई कारवाही हुनेमा ढुक्क हुन सञ्चा–रकर्मीहरुलाई आग्रह गरे । उनले भने ‘त्यस्ता कर्मचारीले गर्दानै अबैध बन फडानीमा सहयोग पुगिरहेको छ ।’

सात महिनामा १९ प्रतिशत मात्रै खर्च

चालु आर्थिक वर्षका सात महिना पुरा हुँदा पनि डोटी जिल्लामा पूँजीगत बजेटको १९.५४ प्रतिशत मात्रै खर्च भएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीले दिएको जानका–री अनुसार जिल्लाको कुल पूँजीगत बजेट एक अर्ब ३३ करोडमध्ये जम्मा २६ करोड रुपैयाँ मात्रै खर्च भएको छ । यो रकम कुल पुँजीगत बजेटको १९.५४ प्रतिशत हुन आउँछ । चालु आर्थिक बर्ष २०७३÷०७४ का लागि डोटी जिल्लाको कुल बजेट चार अर्ब ६६ करोड रहेको प्रमुख कोष नियन्त्रक रुद्रप्रसाद भट्टले जानका–री दिए । चालुतर्फ तीन अर्ब ३३ करोड र पुँजीगततर्फ एक अर्ब ३३ करोड रहेको छ ।
भट्टका अनुसार चालुतर्फ ५२.५९ प्रतिशत खर्च भएको    छ । तीन अर्ब ३३ करोडमध्ये एक अर्ब ७५ करोड खर्च भएको भट्टले बताए । ‘कुल बजेटमध्ये दुई अर्ब एक करोड खर्च भएको छ’ प्रमुख कोष नियन्त्रक भट्टले भने ‘यो रकम कुल बजेटको ३३ प्रतिशत हुन आउँछ ।’ चालु आर्थिक वर्षको यो अवधीमा नेपालको कुल खर्च कुल खर्च ३२ प्रतिशत रहेको भट्टले जानकारी दिए । उनले भने ‘देशभरीको अवस्था हेर्दा हाम्रो जिल्लाको खर्च प्रतिशत सन्तोषजनक छ ।’ देशभरीको हेर्दा पूँजीगततर्फ १६.६५ र चालुतर्फ ४०.४२ प्रतिशत रकम खर्च भएको भट्टले वताए । ‘देशभरीको खर्चको तुलनामा डोटीको खर्च सन्तोषजनक मान्न सकिन्छ’ भट्टले भने ‘तर समावेशी बिकासको दृष्टिकोणले सात महिनामा पूँजीगत खर्च कमजोर मान्नु    पर्छ ।’
यो अवधीमा जिल्लामा पाँच करोड, ४३ लाख राजश्व संकलन भएको भट्टले वताए ।

मन्त्रीबाटै आश्वासन पाईयो

‘ढुक्क हुनुहोस्, परियोजना छिट्टै निर्माण हुन्छ । यो परियोजना निर्माणमा सरकार गम्भिर छ ।’
नेपाल सरकारका उर्जामन्त्री जनार्दन शर्मा (प्रभाकर) ले पश्चिम सेती जलबिद्युत आयोजना निर्माण हुने भनिएको क्षेत्रमा गएर जनतालाई आश्वासन दिँदा स्थानीयहरु भने अलमलमै थिए । करीव चार देशकदेखि परियोजना बन्ने भन्ने कुरा सुन्दै आएका स्थानीयबासीहरुलाई मन्त्रीको कुरा पत्याउनु पो कसरी नपत्याउनु पो मन्त्रीले भनेको कुरा कसरी भन्ने अलमल थियो ।
हेलिकप्टरमार्फत शनिवार बैतडीको ढुङ्गाड गाबिस–७ ढुङ्गाड पुगेका मन्त्री शर्माले परियोजनाको प्रस्तावित क्षेत्रको निरीक्षण गरेका छन् । अनुगमनि पछि शर्मालृ आयोजना निर्माण प्रक्रिया केही दिनभित्र अगाडी बढ्ने  बताए । उनले प्रभाबित घरपरि–वारलाई बैज्ञानिक रुपमा पुनः स्थापना गरिने जानकारी दिए । उनले आयोजनाको शेयर प्रभाबित हुने क्षेत्रका नागरिकको पनि हुने बताए ।
नीजि कम्पनी र स्थानीयको लगानीमा नेपालमा भएको जलस्रोतबाट उर्जा निकालिने बताउदै उर्जा मन्त्री शर्माले बिदेशमा रहेका नेपालीहरुलाई पनि शेयर खरिद गर्ने आग्रह गरेको बताए । ‘आयोजना निर्माण भएपछि यो क्षेत्र पर्यटकीय क्षेत्रको रुपमा बिकास हुनेछ’ मन्त्री शर्माले भने ‘चिनियाँ कम्पनी थ्री गर्जेजको सहायक कम्पनी सिडब्ल्युइआईसँग सन् २०१२ मा आयोजना अगाडि बढाउने विषयमा प्रारम्भिक समझदारी भएको भएपनि  आन्तरिक असमझदारीका कारण केही समस्या आएको    थियो ।’ उनले अव परियोजना अगाडि बढ्ने कुरामा ढुक्क हुन स्थानीयबासीहरुलाई आग्रह गरे ।
सन १९८१ देखि परियोजना बन्ने हल्ला चलेको भएपनि मन्त्रीस्तरका व्यक्तिले स्थलगत अवलोकन गरेको यो पहिलो घटना हो । मन्त्रीनै अवलोकनमा आएपछि स्थानीयहरुको आश बढेको छ देखिन्छ तर पनि उनीहरु       परियोजना बन्नेमा भने अहिले पनि ढुक्क हुन सकेका छैनन् । आयोजना बन्नु पर्छ भन्नेमा स्थानीयवासी सकारात्मक रहेपनि हालसम्म   परियोजना बन्ने वा नबन्ने बिषयमा सरकारीस्तरबाटै ढिलाई भएको बुझाई छ ।

झण्डै दुई लाखलाई औषधी खुवाईने

अस्पतालको अवस्थामा सुधार भईरहेको दावी

डोटी जिल्लामा एक लाख ९७ हजार नौ सय ४१ जनालाई हात्तिपाईले बिरुद्धको औषधी खुवाईने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय डोटीद्वारा आईतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उक्त कुराको जानकारी गराईएको हो । यही फागुन २१, २२ र २३ गते जिल्लाव्यापी रुपमा सञ्चालन हुने राष्ट्रिय हात्तिपाईले रोग निबारण एमडिए अभियान अन्तरगत दुई वर्ष देखि माथीका सवैलाई औषधी खुवाईने जिल्ला स्वास्थ्य कार्यालय डोटीमा बरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश बिष्टले जानका–री दिए । उनले भने ‘डोटीको जनसंख्या करीव दुई लाख १३ हजार चार सय ७३ छ, यसमध्ये गर्भबती महिला, दुई वर्ष मुनीका बालबालिकाहरु र नियमित औषधी सेवन गरिरहेकाहरु घटाउँदा करीव एक लाख ९७ हजार नौ सय ४१ जनालाई औषधी खुवाउनु पर्ने हुन्छ ।’
‘अभियानका क्रममा तीन सय ६१ स्वास्थ्यकर्मी र एक हजार दुई सय ७३ स्वयंसेवकहरुलाई परिचालन गरिनेछ’ बिष्टले भने ‘पहिलो दिन केन्द्रमा औषधी खुवाईनेछ, दोश्रो र तेश्रो दिन छुटेका व्यक्तिहरुलाई घरमै गएर अ‍ैषधी खुवाउने कार्यक्रम रहेको छ ।’ उनले स्वास्थ्यकर्मीहरुको प्रत्येक्ष निगरानीमा औषधी खुवाईने जानकारी दिए ।
सो अवसरमा डोटी अस्पताल बिकास समितिका अध्यक्ष सोपानसिं बोहराले अस्पतालको अवस्थामा क्रमसः सुधार आईरहेको दावी गरे । उनले भने ‘म माघ १२ गते औपचारिक रुपमा हाजिर भएदेखि मैले अस्पतालको अवस्था सुधारका लागि प्रयास गरिरहेको छु, केही सुधार पनि भएको छ ।’ हाल अस्पतालमा ७० प्रकारका औषधी रहेको दावी गर्दै उनले अव औषधी र चिकित्सकको अभाव हुन नदिने गरि व्यवस्थापन गर्ने प्रयासमा आफु रहेको वताए ।

स्थानीय निकाय ठप्प

आफुहरु पनि निजामति कर्मचारीहरुको दर्जामा हुनु पर्ने लगायतका माग राख्दै स्थानीय निकायका कर्मचारीहरुले गरेको आन्दोलनमा कारण डोटी जिल्ला बिकास समिति र दिपयाल सिलगढी नगरपालिकाको कामकाज ठप्प भएको छ ।
स्थानीय निकायका कर्मचारीहरुले स्थानीय निकायको निर्वाचन यथासिघ्र हुनु पर्ने, स्थानीय निकाय कर्मचारीहरुले पनि निजामति कर्मचारीहरु सरहको सेवा सुबिधा पाउनु पर्ने लगायतका माग राख्दै गरेको आन्दोलनमा   छ । आन्दोलनका कार्यक्रम अनुसार सोमवार स्थानीय बिकास अधिकारी, कार्यकारी अधिकृत र प्रमुख जिल्ला ईन्जिनियरलाई काठमाण्डौं पठाउने कार्य रहेको थियो ।
स्रोतका अनुसार नगरपालिकाका कार्यकारी अधिकृत तलक्षीप्रसाद आचार्य यस अघिनै काठमाण्डौं गईसकेका छन । स्थानीय बिकास अधिकारी कृष्ण गौतम र प्रमुख जिल्ला ईन्जिनियर रामचन्द्र खत्री भने यो समाचार तयार पार्दासम्म जिल्लामै देखिए । स्थानीय बिकास अधिकारी र प्रमुख जिल्ला ईन्जिनियर जिल्लामै भएपनि कर्मचारीहरुले कार्यालयमा गरेका तालाबन्दीका कारण उनीहरुले कुनै पनि काम गर्न पाएनन् ।सर्वदलीय बैठक स्थगित
जिल्ला बिकास समिति डोटीले सोमवार आयोजना गरेको सर्वदलीय संयन्त्रको बैठक कर्मचारीको आन्दोलनका कारण स्थगित भएको छ ।
‘कर्मचारीहरु आन्दोलनमा भएका कारण आजको बैठक सारियो’ राष्ट्रिय जनमोर्चा डोटीका अध्यक्ष बेणीमाधव जोशीले भने ‘अव ११ गते बैठम बस्ते गरि मिति तय गरेका छौं ।’

ब बा बि संग पनि बार्ता गर्नु पर्ने

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं साँसद बिरवहादुर बलायरले बर्तमान राजनीतिक गतिरोध अन्त्य गर्नका 
लागि मधेशी दलहरुसंग मात्रै बार्ता   गरेर नपुग्ने वताएका छन ।
‘अव मधेशी मोर्चासंग बार्ता गरेर मात्रै समस्याको समाधान हुँदैन’ गत मंगलबार नेपाल प्रेस युनियन डोटीको तेश्रो साधारणसभालाई सम्वोधन गर्दै बलायरले भने ‘अव नेकपा माओवादी बैद्य समूह, बाबुराम भट्टराईको नयाँ शक्ति नेपाल पार्टी र नेक्रबिक्रम चन्दको नेकपा माओवादी (बबाबि) संग पनि बार्ता गर्नु पर्ने वताए । उनले भने ‘मधेशी दलहरुसंग मात्रै बार्ता    गरेर शान्ति कायम हुन सक्दैन, असन्तुष्ट सवै पक्षहरुसंग संयुक्त रुपमा बार्ता गर्नु जरुरी छ ।’
डोटीको जोरायल क्षेत्रमा भएको बन फडानीको प्रसंगलाई छुदै सांसद बलायरले भने ‘म प्राकृतिक स्रोत साधनको बिनाश गर्ने जो सुकै भएपनि त्यसको बिरुद्धमा उभिएको छु ।’ आफुले पात काट्नेका हात काट्ने र फेद काट्नेका घाटी काट्ने गरी कानुन वनाउनु पर्छ भनेर संसदमै बोलेको वलाएरले बताए । ‘जोरायलमा भएको बन फडानीमा राजनीतिक दलका नेताहरुको समेत लगानी भएको सुनेको छु’ बलायरले भने ‘पत्रकारहरुले यस बिषयमा थप खोजी गरि सत्य कुरा बाहिर ल्याईदिन आग्रह गर्दछु ।’
एक अर्को प्रसंगमा सांसद बलायरले डोटीमा पनि भ्रष्टाचार मौलाएको वताए । उनले डोटीका दुर्गम सिमचौर गाबिस—८ पोखरी गाउँमा निर्वाचन क्षेत्र बिकास कार्यक्रमबाट छुट्याईएको १० लाख रुपैयाँले जम्मा १५ मिटरमात्र बाटो काटिएको वताउँदै भ्रष्टाचार गर्ने जो कोहीलाई पनि कारवाही हुनु पर्ने वताए । ‘१० लाखमा जम्मा १५ मिटर बाटो काटिन्छ, त्यो पनि पानीको स्रोत मासेर’ आफु भरखरै सो क्षेत्रबाट आएको वताउँदै उने प्रश्न गरे ‘तपाई सञ्चारकर्मीहरु यस्ता समा– चारहरु ल्याउने हिम्मत गर्नुहुन्छ ?’

छोटकरी समाचार

परियोजना सकियो

डान चर्च एड र युरोपियन युनियनको आर्थिक र लि–बर्ड र फियान नेपालको प्राबिधिक सहयोगमा सम बिकास केन्द्रले सञ्चालन गरेको ‘सिमान्तिकृत किसानहरुका लागि दिगो कृषि बिकास परियोजना बहिर्गमन भएको छ ।
डोटीका तीन गाबिसहरु गगुडा, सातफरी र धिर्कामाण्डौं गाबिसलाई लक्षित गरि सञ्चालन गरिएको परियोजना अन्तरगत कृषकहरुको क्षमता बिकास, प्रबिधि र कृषि उपकरणहरु हस्ताक्षरण गरिएको र संकलन केन्द्रहरु स्थापना गरिएको जानकारी गराईयो । क्षेत्रीय कृषि निर्देशक डा नरहरी घिमिरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा परियोजनाका सिकाई उपलव्धीहरु प्रस्तुत गर्दै डान चर्च एडका जिल्ला संयोजक दिनानाथ पौडेलले भने ‘कृषकहरुलाई व्यबसायिक बनाउनेतर्फ परयोजना केन्द्रित गरिएको थियो ।’
कार्यक्रममा फियान नेपालमा मुकुन्द रानाले परि–योजनाले सुशासनको क्षेत्रमा समेत काम गरेको वताए ।

चलचित्र/मनोरञ्जन

चलचित्र प्रवद्र्धन समिति गठन

नेपाली चलचित्रमा देखिएका विभिन्न समस्या समाधानका लागि चलचित्र प्रवद्र्धन समिति गठन भएको छ ।
निर्माता संघका अध्यक्ष अकाश अधिकारीको संयोजकत्वमा गठन भएको समिति सात जनाएको रहेको छ ।    अधिकारीको पहलमा चलचित्र क्षेत्रमा काम गरिरहेका पेशागत संगठनका अध्यक्षहरुले शनिबार बसेको संयुक्त बैठकले नेपाली चलचित्रका विभिन्न मुद्दामा एक भएर अगाडि बढ्ने निर्णय सहित उक्त समिति गठन गरेको हो ।
समितिका सदस्यहरुमा रामकेशर बोगटी, सुचित्रा श्रेष्ठ, राजेन्द्र रायमाझी, पुष्कर लामा, सुर्य थोकर र सम्राट सापकोटा छन् । समिति गठन भएको भोलीपल्टै आइतबार समन्वय समितिले सञ्चारमन्त्री राम कार्कीलाई भेटेर नेपाली चलचित्र क्षेत्रको विभिन्न समस्यामा छलफल गरेको छ । सञ्चारमन्त्रीसँगको भेटमा निर्माणको क्रममा रहेको औद्योगिक विधेयकमा रहेका केहि बुँदाले नेपाली चलचित्र क्षेत्रलाई सहि तरिकाले पहिचान नगरेको भन्दै यो क्षेत्रलाई उद्योग मन्त्रालय अन्र्तगत बन्न लागेको विधेयकमा नेपाली चलचित्रको सहि पहिचान हुने प्रावधान राख्न आग्रह गरेको छ । समन्वय समितिले नेपाली चलचित्र क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको उद्योग अन्र्तगत राख्न आग्रह गरेको छ ।

नाजिर “रज्जा” केकी “रानी”

केहि सफल चलचित्रको कथा लेखिसकेका लेखक यम थापा अब चलचित्रको निर्देशक बन्ने भएका छन् । उनको डेब्यू निर्देशन रहने चलचित्र ‘राज्जा रानी’को आज पत्रकार सम्मेलन गर्दै घोषणा गरिएको छ । फागूण ५ गतेबाट चलचित्रको छायांकन सुरु हुनेछ । नेपालगञ्जमा चलचित्रको छायांकन ३५ दिन लगाएर गरिने जानकारी पत्रकार सम्मेलनमा दिइयो ।
चलचित्रको मुख्य भूमिकामा नायक नाजिर हुसेन र नायिका केकी अधिकारी   रहनेछन् । पुरोहितले मन्त्र पढ्दै चलचित्रको शुभसाइत गरेका थिए । शुभसाइत समाराेहमा नाजिर र केकीले माला लगाएर संवाद बोलेका थिए ।
नायक भूवन केसी, नायिका रेखा थापाको उपस्थितीमा चलचित्रको शुभसाइत गरियो । आर्यन फिल्मस् प्रालीको ब्यानरमा बन्न लागेको यो चलचित्रलाई रमेश एम.के पौडेलले निर्माण गर्दैछन् । चलचित्रमा केकी र नाजिरको साथमा कामेश्वर चौरासिया, लक्ष्मी वर्देवा, संगिता नापित, अरुण रेग्मी, दीपक क्षेत्री लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।
निर्माता पौडेलले चलचित्रको कथा ३० मिनेट सुन्ने वित्तिकै आफू यो चलचित्र बनाउन तयार भएको बताए ।

लेख

अवसर र चुनौतीका बीच दिगो विकास लक्ष्य

रुद्रप्रसाद भट्ट
संयुक्त राष्ट्रसंघको नेतृत्वमा यसका एकसय ८९ वटा सदस्य राष्ट्रहरुले सन् २००० देखि सन् २०१५ सम्म विश्वको रोग, भोग र अशिक्षा विरुद्ध लड्न ल्याएको सामूहिक प्रतिवद्धता सहितको मार्गचित्र सहस्राब्दि विकास लक्ष्य हो ।  टाइम र टार्गेट बाउण्ड गरिएको उक्त मार्गचित्र एक्काइसौं शताब्दीको पहिलो १५ वर्षे विश्व विकासको साझा प्रतिवद्धताको रुपमा घोषणा भएको हो । यसमा आठ वटा लक्ष्यहरु, २१ वटा सूचकहरु र ५० भन्दा वढी सहायक सूचकहरु रहेका थिए ।  यसले विश्व विकासमा पारेको सकारात्मक प्रभाव र मिश्रित नतिजा प्राप्त हुदाँहुदै पनि सन् २०१५ को अन्तमा यसको समय पुरा हुने अवस्था र सन् २०१२ को ब्राजिलमा सम्पन्न रियो ट्वान्टी सम्मेलनमा संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरुले १५ पछिको अन्तर्राष्ट्रिय विकास एजेण्डाको खोज स्वरुप दिगो विकास लक्ष्य (एसडिजी) को अवधारणामा आएको हो । सन् २०१५ पछिको विश्व विकासको साझा प्रस्ताव तयार पार्न संयुक्त राष्ट्र संघले सन् २०१३ मा तीस सदस्यीय खुला कार्य समूह गठन गयो । उक्त समूहले सन् २०१४ मा रियो ट्वान्टीका सिद्धान्त, सहस्राब्दि विकास लक्ष्य पछिको विकासलाई सम्बोधन गर्ने गरी १५ वटा लक्ष्यहरु र एकसय २९ वटा सूचकहरु सहित विश्व विकासको पन्ध्र बर्षे दिगो विकास लक्ष्यको मार्गचित्रको प्रस्ताव तयार पा¥यो । उक्त प्रस्तावमाथी विश्वभरी छलफल तथा अन्तरक्रिया, सूचना प्रविधि÷वेभसाइट मार्फत प्राप्त विचारहरु समावेश गरी अन्ततः संयुक्त राष्ट्र संघको सत्तरी औं महासभामा सहभागी एकसय ९३ सदस्य राष्ट्रहरुले २५ सेप्टेम्बर २०१५ मा यसलाई अनुमोदन ग¥यो । यसरी संयुक्त राष्ट्रसंघको नेतृत्वमा विश्व विकासका साझा समस्याहरुलाई सामूहिक र एकरुपताका साथ सम्बोधन गर्ने प्रयासको रुपमा राष्ट्रसंघीय महासभाबाट पारित १५ वर्षे मार्गचित्र नै दिगो विकास लक्ष्य हो ।
दिगो विकासका लक्ष्यमा १७ वटा लक्ष्यहरु रहेका छन् । पहिलो लक्ष्यमा सवै प्रकारका गरिवी र भोकमरी अन्त्य गर्ने, दोस्रो खाद्य सुरक्षा प्राप्ति र पोषण सुनिश्चिता र दिगो कृषिको प्रवद्र्धन गर्ने, तेस्रो सवै उमेर समूहका लागि स्वस्थ्य जीवनको सुनिश्चित गर्ने, चौथो सवैलाई समावेशी, समतामूलक र गुणस्तरीय शिक्षा प्रदान गर्ने, पाँचौ लैङ्गिक समानता र महिला तथा बालिकाको सशक्तिक–रण गर्ने, छैटौ सवैका लागि सुरक्षित खानेपानी र सर–सफाईमा दिगो व्यवस्था गर्ने, सातौं पहुँचयोग्य, भरपर्दो, दिगो र आधुनिक उर्जा विकास गर्ने, आठौं समावेशी र दिगो आर्थिक वृद्धि तथा उत्पादनमूलक तथा सम्मानजक रोजगारको प्रवद्र्धन गर्ने, नवौं प्रतिरोधात्मक पूर्वाधार, समावेशी तथा दिगो औद्योगिकरणको र अन्वेषणको प्रवद्र्धन गर्ने, दशौं देशभित्र तथा देश वाहिरको असमानताको अन्त्य गर्ने, एघारौं समावेशी, सुरक्षित र दिगो सहरीकरण र मानव वस्तीको विकास गर्ने, बाह्रौं दिगो उपयोग र उत्पादनको सुनिश्चितता गर्ने, तेह्रौं जलवायु परिर्वतन तथा यसका प्रभावहरु तुरुन्त न्यूनीकरण गर्ने, चौधौं सामुन्द्रिक श्रोतको दिगो उत्पादन र संरक्षण गर्ने, पन्ध्रांै पर्यावरणीय प्रणालीको संरक्षण गर्ने, सोह्रौं शान्त र समावेशी समाजको सुनिश्चितता ः दिगो, उत्तरदायी र समावेशी संस्था विकास र सत्रौं लक्ष्यमा लक्ष्य कार्यान्वयनमा उपायहरुको सुदृढीक–रण र दिगो विकासका लागि विश्वव्यापी साझेदारी गर्ने ।
दिगो विकास लक्ष्यका सवल पक्ष नै यसका अवसर हुन । अवसरका रुपमा यसले आर्थिक, सामाजिक, वाताव–रणीय, लैङ्गिक र सुशासन लगायतका १७ वटा लक्ष्यहरु समावेश गरी विकासलाई वृहत, गुणस्तरीय र गतिशिल बनाएको छ । दिगो विकास लक्ष्य र सूचकहरुको सन्दर्भमा नेपालले राष्ट्रिय योजना आयोगको नेतृत्वमा छलफल÷सहभागिता जनाई आफ्ना सुझावहरु पेश गरेको हँुदा नेपालको विकासका आवश्यकताको सही पहिचान र स्वामित्व वोधमा अभिवृद्धि भएको छ । सहस्राब्दि विकास लक्ष्यका सान्दर्भिक तर अपूरा लक्ष्य, सहस्राब्दि विकास लक्ष्यले नसमेटिएका तर नेपाल लगायत विश्व सामु देखिएका नयाँ पक्षहरुलाई यसले समावेश गरेको छ । संयुक्त राष्ट्रसंघका सवै सदस्य राष्ट्रहरुको विश्व विकासमा नीतिगत प्रतिवद्धता हुँदा नेपाल जस्ता अतिकम विकसित मुलुकलाई विकासित मुलुकले प्रतिवद्धता जनाए बमोजिम विकास सहायता प्रदान गर्नु पर्ने नैतिक बाध्यता सिर्जना भएको छ ।
यसै गरी दिगो विकासका लक्ष्य प्राप्त गरि समृद्ध, समावेशी र दिगो विकास गर्न नेपाल लगायत अन्य मुलुक सामु त्यतिकै चुनौतीहरु रहेका छन । दिगो विकासका लक्ष्य तथा सूचकसँग संघीय इकाइका आवधिक योजना तथा बार्षिक बजेट र नीतिहरु आवद्ध गराउनु आफैमा चुनौती रहेका छ । यसका लक्ष्यहरु बीच अन्तरसम्बन्ध कायम गराउनु, जस्तै गरिवी घटाउन शिक्षा, स्वास्थ्य, भोकमरी, रोजगारी तथा खाद्य सुरक्षा आदि क्षेत्रका लक्ष्य  तथा सूचक÷उपसूचकहरुवीच तादम्यता ल्याउनु, यसका लक्ष्य तथा सूचकहरु राज्यका स्थानीय तहसम्म स्थानीयक–रण गर्नु । अस्वस्थ, नियन्त्रित, तरल र सत्ता केन्द्रित राजनीतिक सोच तथा संस्कारको अन्त गरि विकासमा साझा राजनीतिक धारणा बनाई स्वामित्व बोध गराउनु । दिगो विकास लक्ष्य कार्यान्वयनका लागि सरकार, नीजि क्षेत्र, गैसस तथा दाताहरुबीच सहकार्य, समन्वय र संस्थागत क्षमता विकास गरि श्रोत साधनको सही तवरले व्यवस्थापन गर्नु । लक्ष्य हासिल गर्न वित्तीय श्रोतहरुको परिचालन गर्न उपयुक्त वातावरण सिर्जना गर्नु (वैदेशिक सहायता, प्रत्यक्ष वैदेशिक लगानी र आन्तरिक सरकारी तथा गैरसरकारी क्षेत्र लगानी) । समाबेशी सुशासन प्रवद्र्धन मार्फत सेवा प्रवाह र विकास निर्माणलाई जनमूखी, पारदर्शि र उत्तरदायी बनाउनु । भुकम्प पछिको पुनर्निर्माण लगायत बेला बेलामा देखा पर्ने प्रकोपहरुलाई समयमै सहज रुपमा व्यवस्थापन गर्नु । कर्मचारीमा व्यवसायिकता (सक्षमता र सदाचारिता) विकास गर्नु । नेपालको विकासका आधारस्तम्भ मानिएका कृषि, जलविद्युत र पर्यटन क्षेत्रको उत्पादन र उत्पादकत्व बढाई करिव दुइ अंक नजिकको समावेशी आर्थिक वृद्धि गरि गरिवी न्यूनीकरण र रोजगारी सिर्जना गर्नु । नेपालका लागि उपयुक्त प्रबिधिको विकास र प्रयोग गर्नु । दिगो विकास लक्ष्यको कार्यान्वयनको नतिजामूखी अनुगमन तथा मुल्यांकन गरी अनुगमनबाट प्राप्त सुझावलाई तत्काल कार्यान्वयन र मूल्यांकनबाट प्राप्त सिकाईलाई भावी नीति तथा योजनामा प्रयोग गर्ने वाताव–रण सिर्जना गर्नु प्रमुख चुनौतीहरु देखिन्छन् ।
दिगो विकास लक्ष्यहरु लक्ष्य पूरा गरी नेपालको निरपेक्ष गरिवी, असमानता र असमावेशी विकासलाई अन्त गर्दै नेपालीको जीवनस्तर उठाइ विश्वसँग प्रतिस्पर्धा गर्नु नेपालको आवश्यकता हो । दिगो विकास लक्ष्यले नेपालले भोगिरहेका सवै क्षेत्रका समस्याहरु समेटेको हुँदा समग्र विकासको लागि राम्रो अवसर हो । तर तरल, अस्वस्थ    राजनीतिक वातावरण, जिम्मेवारी बोधको चौतर्फी खडेरी र कमजोर सुशासन र कमजोर सिकाईका आधारमा आम लक्ष्य प्राप्त हुन्छ भनेर ढुक्क भन्न नसकिने अवस्था छ । तर, नागरिकस्तरमा बढ्दो चेतना र आर्थिक परिवर्तन मार्फत संघीयतालाई संस्थागत गर्ने नयाँ संविधानको मर्मले दिगो विकास लक्ष्य पूरा हुने आशाका किरण पलाएका  छन् । चुनौतीहरु साझा रुपमा सामान गरी अवसरलाई बढाउदै जाने वातावरण बन्ने छ भनि धेरै सकारात्मक सोचकर्ताको अनुमान छ। यसका लागि सत्ता अनि गुट उपगुट केन्द्रित, तरल राजनीतिक सक्रमणको अन्त्य गर्दै विकासका विषयमा साझा सोच, प्रतिवद्धता र इमान्दारिता देखाउन थोरै राजनेतामा राष्ट्रप्रेम, सकारात्मक सोच, राष्ट्रको लागि व्यक्तिगत फाइदाको त्याग, रणनीतिक नेतृत्व प्रदर्शन गर्ने उदाहरणीय आँट÷क्षमता÷व्यवहार लक्ष्य प्राप्तको लागि पूर्वशर्त हो । यी लक्ष्यहरुको कार्यान्वयन गर्ने वातावरण बनाउन सरकारको नेतृत्वमा गैरसरकारी क्षेत्र र विकास साझेदारहरुको सुढृढ, समन्वयात्मक र जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नु जरुरी छ । यसका लक्ष्य तथा सूचकहरु बारे राज्यका तल्लो तहसम्मका आम सरोकारवालालाई जानकारी गराई आन्तरिकीकरण गर्न सरकारी, गैरसरकारी क्षेत्र, सञ्चार क्षेत्र र सचेत नागरिक स्वःस्फूर्त रुपमा परिचालन हुनुपर्दछ । दिगो विकासका लक्ष्य तथा सूचकहरु प्राप्त हुने गरी संघीय इकाइका आवधिक योजना, बजेट, विधि तथा संगठनात्मक संरचनाहरुवीचको समन्वय र सहयोगमा तर्जुमा एवं कार्यान्वयन गर्न सरोकारवाला इमानदारिता र क्षमता विकास हुनुपर्छ । लक्ष्य प्राप्तका लागि वित्तीय श्रोतको खाडल पूरा गर्न कर प्रशासनमा सुधार, आर्थिक क्रियाकलापमा विस्तार र आन्तरिक श्रोत परिचालनमा जोड दिनु जरुरी छ । यस्तै, सहज श्रम सम्बन्ध, उपयुक्त र पर्याप्त नीतिगत व्यवस्था, व्यवसायिक सहुलियत र स्थानीयस्तरमा हुने बन्द हडताललाई निरुत्साहन गर्दै लगानी मैत्री वातावरणको सिर्जना गरी विदेशी तथा स्वदेशी निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्नु जरुरी छ । विकास साझेदारबाट प्राप्त हुने वैदेशिक सहायतालाई दिगो विकास लक्ष्यलाई केन्द्रित गरी राष्ट्रिय बजेट प्रणालीमा ल्याउनको लागि नेपालको आवश्यकताको सही पहिचान, योजना वैङ्क तयार गरी कुशल वार्ता सीपको विकास गर्नु जरुरी छ । यस्तै आर्थिक कुटनीतिक क्षमता बढाउने । लक्ष्य प्राप्त हुने   गरि नेपालको विकासका आधार स्तम्भ मानिएका कृषि, पर्यटन तथा उर्जा क्षेत्रको उत्पादन एवं विकास गरि निर्यात प्रवद्र्धन, समावेशी आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्न आवश्यक पूँजी, प्रविधि र रणनीतिक सोचको विकास गर्नु पर्दछ । शासन प्रणाली तथा सेवा प्रवाहलाई समावेशी, विकेन्द्रित, पारदर्शी, जवाफदेही र पहुँच योग्य बनाउनु जरुरी छ । भुकम्प पछिको पुर्ननिर्माणको कार्य लगायत बार्षिक रुपमा देखिने प्रकोपलाई छिटो र योजनावद्ध तवरले सम्बोधन गर्न जिम्मेवार बन्नु पर्छ । लक्ष्य कार्यान्वयनको नियमित र निरन्तर नतिजामूलक अनुगमन मुल्यांकन गरि प्राप्त पृष्ठपोषणलाई तत्काल सुधारमा र सिकाईलाई मध्यमकालीन र दीर्घकालीन सुधारमा इमान्दारितापूर्वक लागु गर्नु जरुरी छ ।
भूमिराजमाडौं–८ फलेडी, डोटी निवासी भट्ट कोलेनिका, डोटीका प्रमुख कोष नियन्त्रक हुन ।

माेफसल पत्रकारिता 

नेतृत्वमा काम गर्न सक्ने व्यक्तिलाई अवसर दिनु पर्छ

बिबश अधिकारी
रेडियो हेटौडा एफएम, मकवानपुर

तपार्इंको परिचय पाउँ न ?— बिवश अधिकारी, सञ्चारकर्मी, हेटौडा एफ एम ९६.६ मेघाहर्ज
कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ?— कस्तो भन्दा पनि म आत्म सन्तुष्टिका लागी पत्रकारिता गछु र बिषेश गरेर राजनीतिक र सामाजिक क्षेत्रमा लेख्न मन लाग्छ ।
पत्रकारहरुका त धेरै समस्याहरु छन भन्ने गरिन्छ नि ! कस्तो पाउनु भयो ?— अह, भन्ने मात्र होईन साँच्चै पत्रकारहरुका धेरै नै समस्याहरु छन । अझ मोफसलमा त अझै बढी, कतिपय कुराहरु स्वतन्त्र भएर लेख्न पाईदैन भने पत्रकारका सेवा सुबिधा लगाायतका अन्य थुप्रै छन समस्या तर समस्या नभएको काममा मजा न आउने हुदा यसलाई रमाईलोका रुपमा लिनु पर्छ मजा आउछ काम गर्न । समस्या काहा पो छैन र ?
समस्यानै समस्या भएको पेशा किन रोज्नु भयो त ?— यो मेरो रहर हो ।
मकवानपुर जिल्लाको पत्रकारितालाई कसरी मुल्याँकन गर्नु भएको छ ?— मकवानपुरको सवालमा राजधानीसंग नजिक भएकोले होला मोफसलका अन्य ठाउँको भन्दा यहाँ केहि पृथक छ । काम गर्न केहि भए नि बाताबरण सहज नै पाएको छु तर पनि यहाँको पत्रकारिता अझै पनि पुरानै धारमा चलेको छ ।
मोफसकै जिल्ला भएपनि मकवानपुर त बिकसित जिल्ला हो नि, यहाँको पत्रकारिता अलि बिकसितै होला है ?— हो, अन्य जिल्लाको हिसाबमा यहाँको पत्रकारिताले केहि मात्रामा भए पनि फड्को  मारेको जस्तो लाग्छ तर धार परिर्बतन हुन नसकेको देख्दा दुःख लाग्छ ।
मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ?— नेपाल सरकारले के कार्यक्रम ल्याउला र खै, आस गर्ने कुनै ठाउनै छैन ।
नेपाल पत्रकार महासंघले मोफसलमा काम गर्ने पत्रकारहरुको संरक्षणका लागि खासै ध्यान दिन सकेन भन्ने आरोप बेला बेलामा लाग्ने गर्छ, के लाग्छ तपाईलाई ?— बिलकुलै सहि हो पत्रकार भन्दा पनि नेपाल पत्रकार महासंघलाई मिडियाका सञ्चालकहरुको चाकरी गर्दैमा फुर्सद छैन ।
सञ्चारकर्मीहरुका बैचारिक संगठनहरुले मोफसल पत्रकारका समस्या समाधानका लागि कस्तो भुमिका खेलेको पाउनुहुन्छ ?— सबै उस्तै हुन । सबै राजनैतिक दलका भातृ संगठनको जस्तो ब्यवहार हुन्छ । सञ्चालकहरु कुनै न कुनै पार्टीसंग आबद्ध हुन्छन जस्ले गर्दा मोफसलका पत्रकारहरुलाई काम गर्न समस्या हुने गरेको छ ।
तपाइको विचारमा पत्रकारिता के हो ?— पत्रकारिता भनेको समाजको ऐना हो जसले समाजमा भएका बिभिन्न समस्याहरुमा प्रतिबिम्बको काम गर्छ । कलमको माध्यमबाट समाजलाई स्वच्छ बनाउन सक्नु नै मेरो बिचारमा पत्रकारिता हो ।
कति कमाउनु भयो पत्रकारितामा लागेर ?— आर्थिक हिसाबले भन्ने हो भने अहिलेसम्म जिरो नै हो ।
नेपालको पत्रकारिता क्षेत्र दिनप्रतिदिन बद्नामित हुँदै गएको छ, पाठक वर्गले समाचारको बिश्वासनीयताप्रति प्रश्न उठाउन थालेका छन, सञ्चारकर्मीहरु पनि गैर कानुनी क्रियाकलापमा संलग्न भएका छन भन्ने आरोप लाग्न थालेको छ, तपाइलाइ के लाग्छ ?— सञ्चार क्षेत्रलाई भन्नलाई चौथो अंग भन्ने तर सरकारले त्यसको संरक्षण नगरेकाले त्यस्तो भएको जस्तो लाग्छ । यदि हरेक कलम चलाउनेको सरकारले उचित मुल्याङ्कन गरेर गैर पत्रकारलाई कडा कानुनको ब्यवस्था गर्ने हो भने सायद यस्तो समस्या समाधान गर्न सकिन्छ ।
नेपाल पत्रकार महासंघका जिल्ला शाखाहरुको निर्वाचन हुने मिति तय भएको छ, नेतृत्वका लागि अनेक प्रयासहरु हुन थालेका छन । के सुझाव दिनु हुन्छ महासंघका सदस्य साथीहरुलाई ?— नेतृत्वमा सही र काम गर्न सक्ने मान्छेलाई अवसर दिनु पर्छ भन्ने मेरो सुझाब हो । भातृ संगठनकै हिसाबले काम गर्नलाई त अन्य भातृ संगठन नै रोजे भै गो नि ।
तपाई पनि दाबेदार हो कि ?— होईन ।
अन्त्यमा भन्नै पर्ने कुनै कुरा छुटे जस्तो लागेको छ कि ?— मोफसलको पत्रकारितामा भएका अनेकौं समस्याहरु छन । आफ्नै हिसाबले सही र सत्य कुरा लेख्न नपाउने, भातृ संगठनको जस्तै गरेर गैर पत्रकार जन्माउने, उचित तलब सुबिधा नपाउने, पाएपनि समयमा नपाउने, यि यावत समस्याहरु छन  पत्रकारितामा जसलाई हामी पत्रकारहरुले नै चिर्दै अगाडी बढ्नु पर्छ । समस्यासंगै समाधान आउँछ । यसलाई नबिर्सी अगाडी बढनुस, सफलता अबश्य पाईन्छ । सबै मोफसलका पत्रकारहरुलाई यहि भन्न चाहन्छु । अन्त्यमा तपाईको यो पत्रिकामा मेरा बिचाहरु राख्न दिनु भएकोमा धन्यबादका साथसाथै यो पत्रिका र तपाईलाई समेत सधै सफलता पाईरहनुस, यही शुभकामना दिन चाहन्छु ।
समय र बिचारका लागि धन्यबाद । — धन्यबाद नमस्कार ।

लोकसेवाको तयारीका लागि उपयोगी

बस्तुगत प्रश्नहरु ः१. उतर अमेरिका र दक्षिण अमेरिकालाई छुटयाउने नहर कुन हो ?
— पनामा नहर
२. विश्वको सबैभन्दा लामो पर्वतमाला कुन हो ?
— एण्डिज
३. शिवालिग पर्वत भन्नाले नेपालको कुन पर्वतमालालाई जनाउँछ ?
— चुरे पर्वतमाला
४. सगरमाथाको चुचुरोको क्षेत्रफल कति रहको छ ?
— ७ वर्ग मिटर
८. कामिनी दह बारा जिल्लामा पर्दछ भने नग दह कुन जिल्लामा पर्दछ ?
— ललितपुर
९. सबैभन्दा व्यस्त महासागर कुन हो ?
— एटलान्टिक महासागर
१०. कुन साहित्यकारको साहित्यिक नाम लाहुरे हो ?
— सूर्यविक्रम ज्ञवाली
११. पशुपतिनाथमा कुन तिथीमा बुद्ध मुकुट पहिर्याउने चलन छ ?
— कार्तिक शुक्ल अष्टमी
१२. चेपाङ जातिले बोल्ने भाषालाई के भनिन्छ ?
— खाम्ची
१३. अन्तराष्ट्रिय उपभोक्ता अधिकार दिवस प्रत्येक बर्ष कुन दिन मनाइन्छ ?
— मार्च १५
१४. नेपालमा बन दशक कहिले मनाईने भएको छ ?
— वि.सं २०७१ देखि २०८०
१५. हाल विश्वकै सबैभन्दा होचा व्यक्ति को हुन् ?
— चन्द्रबहादुर डाँगी
१६. नेपालमा तिब्र गतिको बायरलेस इन्टरनेट सेवाको सुरुवात कहिलेदेखि भएको हो ?
— वि.सं २०६९ कार्तिक २७
१७. नेपालको सबैभन्दा ठूलो राष्टिूय निकुञ्ज कुन हो ?
— शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज
१८. नेपालमा कतिवटा शिकार आरक्ष रहेका छन् ?
— एक  (ढोरपाटन शिकार आरक्ष)
१९. विश्व सम्पदा सूचीमा परेका नेपालका सम्पदा कतिवटा छन् ?
— दश
२०. जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले कहिले अणुबम खसालेको थियो ?
— हिरोसिमामा ६ अगस्ट १९४५ र ३ दिनपछि  ९ अगस्टका दिन नागासाकीमा
२१.बाउन्न पोखरी त्रिपन्न तालको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ ?
— रुकुम
२२. नेपालमा स्थापित दोस्रो उद्योग कुन हो ?
— रघुपति जुट मिल
२३. स्वर्गको दरबार नामक कृतिका लेखक को हुन् ?
— शुक्रराज शास्त्री
२४. जैविक विविधताका हिसाबले नेपाल विश्वमा कति औं स्थानमा पर्दछ ?
— २५ औं
२५. सगरमाथाको आधार शिविर कालापत्थरमा नेपालको मन्त्रिपरिषदको बैठक कहिले सम्पन्न भएको थियो ?
— वि.सं २०६६ मंसिर १९ गते
२६. मिस नेपाल २०१५ को उपाधी काठमाडौं न्युरोडकि इभाना मानन्धरले जितेकी छन् । यस्तै प्रतियोगिताको फस्ट रनरअप दिव्यता बैद्य भइन् भने सेकेण्ड रनरअप मेधा कोइराला भइन् । हिडन टे«जरले आयोजना    गरेको यो २० औं संस्करण हो । अघिल्लो संस्करणको उपाधी धरानकी सुविन लिम्बुले जितेकि थिइन ।
२२. विश्वभर सञ्चालित जिरो हङ्गर च्यालेन्ज अभियानलाई आत्मसात गर्दै नेपालले कहिलेसम्ममा भोकमारी अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ ?
— सन् २०२५
२३. सर्वसाधारण सेवाग्राहीलाई सरल र सहज ढगंबाट अधिकतम सेवा प्रदान गर्ने उद्येश्यले सरकारी कार्यालयहरुमा बा¥ह घण्टे सेवा कहिलेदेखि सञ्चालन गरियो ?
— वि.सं २०७१ पुस १
२४. पाकिस्तानको पेसावरस्थित सेनाद्धारा सञ्चालित विद्यालयमा कट्टरपन्थी मुस्लिम समूह तालिवानद्धारा १४८ जना भन्दा बढी को ज्यान जाने गरी विभत्स घटना कहिले घटाईयो ?
— सन् २०१४ डिसेम्बर १६

साहित्य÷सृजना


रक्त पिपासु क्यामेराहरु

नखिँच्नू अबदेखि मेरा अर्धमुदित नयनहरू
रगतका भोका क्यामेराहरूले ।
नटिप्नु डुब्न लागेको घाम रक्तपिपासु क्यामेराले ।
सत्याग्रह खाएर डम्म अघाएका
अन्शनकारी सन्तोषहरू र
हावामा पौडी खेलिरहेका
स्वाभिमानी झण्डाका नक्शा उतार्नलाई
चर्केका सम्वेदना–लेन्सहरू
अहँ, पुग्दैन ।
क्यामेराहरू ड्र्याकुला हुन् ।
घाउहरू, रगत, विस्फोटहरू ह्रम¥याङ्–म¥याङ् चपाउँदै
निल्दै,  ओकल्दै
गणतन्त्रका अँध्यारा गल्लीभित्र
ती मुत्न जान्छन् ।
क्यामेराहरू मृत्युका प्रयोजक हुन्
वधशालादेखि बुफेसम्मै ।
जसलाई आमजनता भन्छौ नि तिमीहरू !
त्यो माचिस सल्कँदा
कता–कता डढेलो लाग्छ, हेर्नू ।
अनुहारभरि लतपत रक्तिम महोत्सव बोकेर
खुफिया गोजीमा हात घुसारी
यतै आउँदैछ त्यो महानायक ।
किटाणुयुक्त पाठेघरबाट
हुलका हुल सिजोफ्रेनिक महाशयहरू
सभ्यताको व्हाइट–कलर कायामा निस्कँदैछन् ।
मेरो माटोको आवाज
चियर्स–लिडरहरूका काखी र छेपारीका भञ्ज्याङ्हरूमा
साउती बनेर हराइबस्छ ।
ऊ ह्न धातुको रूमालले
मेरो आँसु र पसीना सोतार्न चाहन्छ ।
तिमी नखिँच्नू
भस्मेका पवित्र मृतात्माहरू
र पौष्टिक उद्भिदका हरितकण ।
सुधिर क्षेत्री

सूचना/सन्देश/बिज्ञापन

डोटी उद्योग वाणिज्य संघ डोटीको सुदुरपश्चिम प्रादेशिक महोत्सव २०७३ मा स्टल बुक गर्ने सम्बन्धी सूचना

डोटी उद्योग वाणिज्य संघ दिपायल डोटीको आयोजनामा यहि मिति२०७३ फागुन १२ गते देखि २२ गते सम्म आयोजना हुन गइरहेको सुदूरपश्चिम प्रादेशिक महोत्सव २०७३ मा तपशिल अनुसार स्टलको दररेट कायम गरिएको व्यहोरा जानकारी गराइन्छ । साथै मिति २०७३ माघ १५ गते देखि स्टल बुकिङ खुल्ला गरिएको छ ।
स्टल दररेट१ अटोमोवायल            ः रु १५०००।
२.डिलर÷सवडिलर         ः रु १००००।
३.गैरसरकारी संघ संस्था    ः रु १००००।
४.होटल÷रेष्टुरा÷फाष्टफूड  ः रु ७०००।
५.कृषीजन्य वस्तु          ः रु ५०००।
६.एकल महिला,विद्यार्थी,एच.आइ.भी संक्रमीत तथा साना उद्यमी ः रु ३०००।
निवेदन साथ अनिवार्य संलग्न गर्नुपर्ने कागजात ः१. व्यवसाय दर्ता प्रमाण पत्रको प्रतिलीपी १ थान
२. प्रदर्शक परिचय पत्रको प्रयोजनार्थ प्रति स्टल २ जना प्रतिनिधिको फोटो र नाम
३. स्टल भाडाको रकम नगद वा बैङ्क भौउचरबाट बुझाउन सकिने छ ।

शिक्षक आवश्यकता सम्वन्धि सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७३÷१०÷२३
उपरोक्त सम्बन्धमा दहकालिकास्थान गाबिस डोटीमा रहेको यस श्री कालिकास्थान माध्यामिक बिद्यालयमा प्रा.बि. तह तृतीय श्रेणीको शिक्षक पद रिक्त रहन गएकोले शिक्षा नियमाबली २०५९ को नियम ९७(२) अनुसार शिक्षक करारमा नियुक्त गर्नु पर्ने हुँदा योग्यता पुगेका ईच्छुक नेपाली नागरिकबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त आव्हान गरिन्छ ।
तपशिलबिज्ञापन नं. ०१÷०७३,  पद ः शिक्षक, संख्या ः १ (खुला)
तह ः प्रा.बि. तृतीय (करार), स्केल ः नेपाल सरकारले तोके अनुसार
शैक्षिक योग्यता ः आई.एड. वा सो सरह
उमेर ः १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको
पेश गर्नु पर्ने कागजातहरु¨ शैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपी २ प्रति
¨ नेपाली नागरिकताको प्रतिलिपी २ प्रति
¨ स्थानीय अध्यापन अनुमतिको प्रतिलिपी २ प्रति
¨ निरोगिताको प्रमाण पत्रको प्रतिलिपी २ प्रति
¨ तालिम सम्वन्धि प्रमाणपत्रका प्रतिलिपी २ प्रति
¨ पासपोर्ट साईजको फोटो ४ प्रति
सम्पर्क मिति ः २०७३÷११÷९ गते कार्यालय सयमभित्र
परीक्षा दस्तुर ः २५००÷–
परीक्षाको किसिम ः लिखित र अन्तरबार्ता
परीक्षा मिति ः जि.शि.का. डोटीले तोके बमोजिम हुनेछ ।
सम्पर्क फोन ः ९८४८४३७४२०, ९८४८४७८५३५
पुनश्च ः म्याद नाघि आएका र रित नपुगी आएका निवेदन उपर कुनै कारबाही हुनेछैन ।

जिल्ला स्वास्थ्य कार्यालय डोटीको अनुरोध

मिति २०७२ फागुन २१, २२ र २३ गते का दिन तालीम प्राप्त स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयं सेविका तथा स्वयं सेवकहरु हात्तिपाईले (फाईलेरिया) रोगको उपचार तथा सो रोग हुनबाट बच्न र बचाउने औषधी चक्की खुवाउन तपाईहरुको घर दैलोमा आउँदै  हुनुहुन्छ । उक्त दिन हात्तिपाईले (फाईलेरिया) रोग हुनबाट बच्ने र बचाउने औषधी चक्की सेवन गरौं र आउने सन्ततिहरुलाई सो रोग हुनबाट सुरक्षित पारौं । यस हात्तिपाईले रोग (फाईलेरिया) निवारण कार्यक्रमबारे अरु परिवार तथा छिमेकीहरुलाई पनि जानकारी गराईदिन हु अनुरोध गरिन्छ ।

जिल्ला स्वास्थ्य कार्यालय, डोटी

सूचना ! सूचना !! सूचना !!!

डोटी जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने सन्दर्भमा जिल्लाका ५० वटै गाबिस र दिपायल सलगढी नगरपालिकालाई यस अगावै खुला दिसामुक्त क्षेत्र घोषणा गरिसकिएकोमा जिल्लातथा क्षेत्री खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिवाट डोटी जिल्लाभित्र अनुगमन कार्यभईरहरकोले सम्पूर्ण डोटीवासी दाजुभाई, दिदिबहिनीहरुले आफ्नो घर, कार्यालय, बिद्यालय तथा सार्वजनिक स्थलमा रहेका शौचालयको सुधार र प्रयोग गरि खुला दिसामुक्त अभियानलाई सफल पार्नमा सहयोग गर्नु हुन अनुरोध छ । साथै सरसफाई सभ्य समाजको परिचय पनि भएकाले सभ्य नागरिकको पहिचान सवैले सधैंका लागि वनाऔं ।

जिल्लास्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति, डोटी

काडाँमाण्डौं गाबिसको परिषद्द्वारा स्वीकृत आर्थिक वर्ष २०७३÷०७४ को आय व्यय बिवरण

क) सञ्चालनतर्फ
१. सञ्चालन अनुदान ः ५५००००÷–
२. आन्तरिक आयबाट प्राप्त हुन सक्ने अनुमान ः ३३०२०६÷–
जम्मा ः ८८०२०६÷–
सञ्चालन खर्चको बिनियोजन

१. तलव भत्ता ः ६८०२०६÷(
२. लुगा भत्ता ः १५०००÷–
३. दैनिक भ्रमण भत्ता ः १०००००÷–
४. कार्यालय सामान ः ५००००÷–
५. पत्रपत्रिका ः १००००÷–
६. परिषद् खर्च ः २५०००÷–
ख) पूँजीगततर्फ
१. पूँजीगत अनुदान ः ३२१४०००÷–
२. जि.बि.स. कन्टेन्जेन्सी ०.७५% ः २४१०५÷–
३. गा.बि.स. कन्टेन्जेन्सी ४% ः १२८५६०÷–
४. जिल्ला खेलकुद ः १००००÷(
उल्लेखित रकम घटाई बाँकी रकम ः रु. ३०५१३३५÷–१. कृषि क्षेत्रतर्फ १५% ः ४८२१००÷–
२. बालबालिकातर्फ १५% ः ४८२१००÷–
३. बिपन्नतर्फ १५% ः ४८२१००÷–
४. महिलातर्फ ः ३२१४००÷–
५. प्रकोप व्यवस्थापनतर्फ ः ६४१८१÷७५
जम्मा ः १८३१८८१÷७५
बाँकी रहेको रकम रु १२१९४५३÷२५
१) अन्य योजनाहरु
पत्रकार महासंघ ः रु ५०००÷–
— फुलौट खिरसैन गाबिस महायज्ञ ः रु.१००००÷–
— सुर्यकिरण उपशाखा ः रु.२५०००÷–
— प्रहरी चौकी सानागाउँ ः रु.१००००÷–
— बिद्युत लाईन पहल ः रु.५००००÷–
— उद्योग बाणिज्य संघ डोटी ः रु.५०००÷–
— स्वास्थ्य चौकी पूर्ण खोप ः रु.२१९०००÷–
— सानागाउँ तटबन्धन ः रु.५०००÷–
— बादी समुदाय ः रु.१००००÷–
— निड्स नेपाल ः रु.५०००÷–
— सानागाउँ चौतारा चैकोट सडक ः रु.९१०००÷–
— मोटरसाईकल खरीद ः रु.३०००००÷–
— सानागाउँ चिनेकोट काडाँमाण्डौं सडक ः ४८४४५३÷२५
जम्मा ः १२१९४५५२÷२५
लक्षित बर्गका योजनाहरु१. कृषितर्फ
— कृषि सडक निर्माण ः रु.३८२१००÷–
— पशु सेवा औषधी खरीद ः २००००÷—
— कृषि बिउभिजन खरीद ः रु.२००००÷—
— तरकारी खेती ः रु.६००००÷—
२. महिलातर्फ
— महिला भवन निर्माण ः रु.३२१४००÷—
३. बिपन्नत बर्गतर्फ
— दलित वर्ग सीपमुलक तालिम ः रु.१९००००÷–
— जनजातीलाई अअध्ययन रकम ः रु.७००००÷–
— अपाङ्ग, जेष्ठ नागरिक, एचआईभी संक्रमित, टुहुरा बालबालिका ः रु.४००००÷–
४) बालबालिकातर्फ
— क्षमता बिकास र नेतृत्व बिकास तालिम ः रु.२०००००÷–
— खेलकुद् सामग्री खरीद ः रु.१०००००÷–
— खेल मैदान निर्माण ः रु.१०००००÷–

Tuesday, February 7, 2017

बिम्ब नेपाली साप्ताहिक, मिति २०७३ साल माघ २५ गते मंगलबार

राष्ट्रिय विद्युत समस्याको निराकरणका लागि, सरकारी कार्यालयहरुलेनै विद्युत खपतको लागि, मितव्ययिता गर्ने कदमहरु चालु राखी, सर्वसाधारणहरुलाई सुसूचित गराऔं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार

दल बदलको लहर

बिभिन्न राजनीतिक दलहरुमा झण्डै तीन हजारले टिका लगाए

राजनीतिक दलहरुका अभियान चलेसंगै एक दल छोडी अर्को दलमा प्रवेश गर्ने लहर चलेको छ । डोटीमा तीन    राजनीतिक दलहरुले सञ्चालन गरेको अभियानका क्रममा झण्डै तीन हजार व्यक्तिहरुले पार्टी प्रवेशको टिका लगाएका छन ।
नेकपा एमाले डोटीले सञ्चालन गरेको संबिधान परिचालनका लागि जनपरिचालन अभियान गाबिसतहमा सोमबार सम्पन्न भएको छ । सो अभियान अन्तरगत बगलेक गाबिसको अभियान सोमवार सम्पन्न भएको छ । सो पार्टीका जिल्ला अध्यक्ष चक्र मल्लले दिएको जानकारी अनुसार ५० गाबिसबाट एक हजार आठ सय २५ जना पार्टीमा प्रवेश गरेका छन । प्रवेश गर्नेहरुमा बिभिन्न राजनीतिक दलका जिल्लास्तरीय कार्यकर्ताहरु समेत रहेको मल्लले वताए । उनले भने ‘हामीले कसैलाई पनि कुनै प्रलोभन देखाएर वा घरमा गएर पार्टी प्रवेशका लागि उत्साहित गरेका छैनौं, स्वतःस्फुर्त रुपमा पार्टीमा प्रवेश गरेका छन ।’ पार्टीको नीति कार्यक्रम र राष्ट्रियताका सवालमा पार्टी अध्यक्ष केपी ओलीले लिएको अडानबाट प्रभाबित भएर एमालेमा प्रवेश गरेका कारण नव आगन्तुक सवै सदस्यहरु पार्टीमा सक्रिय रुपमा लाग्ने मल्लले   वताए । दिपायल सिलगढी नगरपालिकामा अभियान सञ्चालन भएपछि यो संख्या बढ्ने मल्लले दावी गरे । 
बर्तमान व्यवस्थापिका संसदको सवैभन्दा ठुलो पार्टी नेपाली कांग्रेस पनि अहिले गाउँ अभियानमा रहेको छ । नयाँ संरचना अनुसार पार्टीलाई संगठित र सुदृढ गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको उक्त अभियान बोगटान क्षेत्रका ६, जोरायल क्षेत्र र वाँझककानी गाबिसमा सम्पन्न भएको सो पार्टीका जिल्ला सभापति प्रदिप देउवाले जानकारी दिए । देउवाका अनुसार बिभिन्न पार्टी छोडेर नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहर पनि धेरै छ । उनले भने ‘अहिलेसम्मको अभियानका क्रममा करीव पाँच सयले नेपाली कांग्रेस प्रवेश गरेका छन ।’ प्रवेश गरेका मध्ये केही साधारण र केही बिभिन्न पार्टी परित्याग गरि आएका उनले वताए । देउवाका अनुसार कार्यकर्ता व्यवस्थापन गर्न सक्यौं भने आएकाहरु सवै पार्टीमा   टिकिरहने छन । ‘राजनीति भनेको कुशल व्यवस्थापन गर्नु पनि हो’ देउवाले भने ‘यदि कार्यकर्ताहरुलाई सही तरिकाले व्यवस्थापन गर्न सक्यौं भने अर्को पार्टीमा जाने कुरै हुँदैन ।’ उनले कार्यकर्ताहरुलाई राजनीतिक रुपमा प्रशिक्षित गर्दै दिगो वनाउने दावी समेत गरे ।
राष्ट्रिय जनमोर्चा डोटी पनि अहिले गाउँ गाउँमा प्रवेश गरेको छ । सरकारले संसदमा दर्ता गराएको संबिधान संसोधन प्रस्तावको बिरोध र अक्टुबर क्रान्तिको सतबार्षिकीको सन्दर्भमा अभियान सञ्चालन गरेको छ । यो समाचार तयार पार्दासम्म जिल्लाका १० गाबिसमा अभियान सञ्चालन भएको सो पार्टीका जिल्ला सचिव केवशनाथ योगीले जानकारी दिएका छन । सचिव योगीका अनुसार हालसम्म पार्टी प्रवेश गर्नेको संख्या करीव सात सय रहेको छ । ठुला भनिएका दलहरुले राष्ट्रियताको संरक्षण गर्न नसकेको, राष्ट्रिय अखण्डताको संरक्षण गर्न नसकेको र देशमा अस्थिरता सृजना गरेका कारण अन्य पार्टी छोडेर राष्ट्रिय जनमोर्चामा प्रवेश गर्नेहरुको संख्या बढेको योगी वताउँछन । ‘हामीले अरु पार्टीका जसरी कसैलाई जागिर लगाई दिन्छौं, कसैलाई योजना दिन्छौं भनेर लोभ देखाएका छैनौं’ योगी भन्छन् ‘राष्ट्रिय जनमार्चाको बिचारसंग सहमत भएर पार्टी प्रवेश गरेका हुन र यि कार्यकर्ताहरु सधैं राष्ट्रिय जनमोर्चा भईरहन्छन ।’
सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले पार्टीका आन्तरिक कार्यक्रमहरु जिल्लाभरीनै सञ्चालन गरेको भएपनि आम सहभागिताका कार्यक्रमहरु नगरेका कारण उक्त पार्टीमा प्रवेश गर्नेको संख्या कम छ । सो पार्टीका जिल्ला संयोजक जंग बिक  (शैलेन्द्र) भन्छन् ‘हामीले पार्टीका आन्तरिक क्रिायकापहरु मात्रै    गरेका छौं, अहिले पार्टी प्रवेश हुने खालका कार्यक्रमहरु हामीले सञ्चालन गरेका छैनौं ।’ पार्टी प्रस्ताबित स्थानीय तहको संरचना अनुसार डोटीका आठ स्थानीय तहमा नयाँ संरचना समेत बनाईसकेको शैलेन्द्रले वताए । ‘पानी परेका कारण आदर्श गाउँपालिकाको कमिटी गठन हुन सकेको छैन’ उनले भने ‘बाँकी सबै ठाउँमा कमिटी गठन भईसकेको छ ।’ उनले के आई संघ गाउँपालिकामा पाँच÷सात जना प्रवेश गरेका वताउँदै शैलेन्द्रले भने ‘पार्टीको बिचार सिद्धान्त बुझेर पार्टी प्रवेश गर्नेहरु पार्टी फेरेर हिन्दैनन् ।’ व्यक्तिगत स्वार्थका लागि पार्टी प्रवेश गर्नेहरुनै पार्टी फर्ने गरेको उनको दावी छ ।
उता देशव्यापी रुपमा संगठन बिस्तारको अभियानमा लागेको पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईको पार्टी नयाँ शक्ति नेपालको डोटी कमिटी भने बिवादले थला परेको छ । औपचारिक रुपमा दुई जिल्ला समिति र दुई कार्यालय स्थापना गरेका दुई समूहले जिल्ला निर्वाचन कार्यालय डोटीमा समेत दर्ताका लागि अलग अलग निबेदन दिएका छन ।
एक पार्टी छोडी अर्को पार्टी प्रवेश गर्ने क्रियाकलाप नौलो भने होईन । बिशेष गरी निर्वाचनका क्रममा चलाईएका अभियानहरु र पार्टीका आमसभामा पार्टी प्रवेश गर्नेहरुलाई फलानो पार्टीबाट प्रवेश गरेको भन्ने गरिन्छ । एक पार्टीमा टिका लगाएका व्यक्ति एक सातापछि अर्को पार्टीमा प्रवेश गर्ने चलन छ । 

सम्पादकीय

सत्य कुरा बाहिर आवस्

डोटीको जोरायल क्षेत्रमा भएको काठ कटानीले देशव्यापी रुपमा चर्चा पाएको छ । काठ कटानीमा संलग्न भएको भन्दै तीन कर्मचारीहरुलाई प्रारम्भिक कारवाही पनि भएको छ । छानबिनका लागि जिल्ला बन कार्यालय डोटीको टोली दुई पटक सम्वन्धित क्षेत्रमा पुगेको छ भने क्षेत्रीय बन निर्देशनालयको टोलीले पनि स्थलगत अध्ययन गरेको छ । अध्ययन÷अनुसन्धानलाई प्रभावकारी बनाईनु पर्छ र त्यसका लागि सम्वन्धित पक्षले लोभ लालच त्याग्नु जरुरी   छ ।
त्यसो त डोटीको दक्षिणी क्षेत्रमा बन फडानी हुने कुरा नौलो होईन । बुडर, जोरायल, बिपीनगर लगायतका क्षेत्रमा यस व्यापक रुपमा बन फडानी भएको कुरा यस अघि पनि पटक पटक उठेको हो र सञ्चारमाध्यममा पनि यसरीनै आएको हो । तर कारवाही भएको कुरा कहिल्लै पनि सुन्न पाईएन । प्रारम्भिक कारवाही हुने, त्यहाँको कर्मचारीलाई केही दिन जिल्लामा राख्ने वा अन्यत्र सरुवा गरिदिने काम त्यतिबेला पनि भए । सायद तस्करीमा संलग्नहरुलाई हुने    कारवाही यतिनै हो ।
यसपालीमा पनि त्यस भन्दा माथी केही होला जस्तो छैन । सम्वन्धित पक्षले भाषा फेर्न थालेको छ । कार्ययोजना अनुसारनै काटिएको तर प्रक्रिया मात्रै नपुगेको दावी सम्वन्धित पक्षको छ । त्यसो हो भने काँचो रुख किन काटिए त ? पहिले सुकेको थियो रे काटेपछि फेरी काँचो फर्कियो रे, अहिले फेरी सुकेको छ रे । यस्तो बैज्ञानिक तर्क आउँदैछ सम्वन्धित पक्षबाट । यदि सामुदायिक बनको कार्ययोजना अनुसार नै बन पैदाबार संकलन भएको हो भने सूचनाहरु बाहिर आउँदा किन त्यो कुरा सार्वजनिक गरिएन ? किन आधिका– रिक कुरा सम्वन्धित निकायले बाहिर ल्याउन आवश्यक ठानेन ? के यो सम्वन्धित निकायको जिम्मेवारी होईन र ? गत आर्थिक वर्षमा लिएको ईजाजत पत्र अनुसार तोकिएको समयमा काम सम्पन्न नभएकाले उक्त ईजाजत पत्र रद्द गरिएको कुरा किन सम्वन्धित निकायलाई जानकारी गराईएन त ?
काठ कटानी भएको छ, सम्वन्धित पक्षले गरेको दावी अनुसार सुका खडा रुखहरु काटिएकै भएपनि ति रुखहरु काट्दा पोथ्राहरु भाँचिएका छन, यसको जिम्मेवारी कसले लिन्छ ? बन ऐन, २०४९ अनुसार स्थानीय उपभोक्ताहरुलाई संरक्षण, सम्वद्र्धन र सदुपयोग गर्नका लागि राष्ट्रिय बनको निश्चित क्षेत्र समुदायलाई हस्तान्तरण गर्ने प्राव्धान रहेको छ । यस्तो प्राव्धान अनुसार सामुदायिक बनहरुले वनाएको कार्ययोजनामा बन पैदावार निकासी पैठारी सम्वन्धि व्यवस्था पनि गरिएको हुन्छ । सामुदायिक बनको ईन्भेण्ट्रीबाट देखिएको बन पैदावारको आधारमा निकासी पैठारीको परिमाण तय गर्ने व्यबस्था छ । यदि तोकिएको शर्त बमोजिम कुनै सामुदायिक बनले काम नगरेको वा शर्त बिपरित काम गरेको पाईएमा जिल्ला बन अधिकृतले सामुदायिक बन फिर्ता लिन सक्ने अधिकार उक्त ऐनले दिएको छ । तर, कुनै पनि सामुदायिक बनहरु फिर्ता हुँदैनन्, किन त ?
जब भएका कमीकमजोरीहरुमा सधैं पर्दा लगाउने काम हुन्छन, त्यसपछि अपराधका श्रृंखला बढ्दै जान्छ । सानो घटना बढ्दै जान्छ र यसले बिनाशको रुप लिन्छ  दक्षिणी बेल्टका सामुदायिक बनहरुमा भएको अवस्था यही हो । अहिले सम्वन्धित क्षेत्रमा भएका कर्मचारीहरु मात्रै कारवाहीको भागेदार भएका छन तर खोज्दै जाँदा दोषी अहिले अनुसन्धानको जिम्मेवारी पाएकाहरु पनि हुन सक्छन । माथिल्लो निकायको आड नपाई कुनै तल्लो निकायले त्यति हिम्मत गर्दैन । अनुसन्धान आफु बिपरित हुने देखेमा फेरी फिललो बनाउने कार्य हुन्छ । अनि यो अध्याय समाप्त हुन्छ र अर्को अध्यायको प्रारम्भ  हुन्छ ।
त्यसैले यस पटकको अध्ययनलाई कुनै व्यक्ति बिशेष भन्दा पनि प्रबृत्ति बिशेषमा केन्द्रित गर्नु जरुरी छ । जवसम्म यो प्रबृत्ति समाप्त हुँदैन तवसम्म यो रोग निको हुने छैन । 

थप समाचार

श्रीमान् हराएपछि खिनाको पिडा

डोटी सानागाउँ गाबिस–७ कि खिना खड्का उमेरले ३५ वर्षकी मात्र भईन तर झट्ट हेर्दा उनी  ४० माथीकी देखिन्छिन् । उनको यो अवस्था उनले भोग्नु परेको पारिबारिक बोझकै कारण हो ।
निड्स नेपाल नामक गैर–सरकारी संस्थाको सहयोगमा महिला तथा बालबालिका कार्यालय डोटीले आयोजना      गरेको ‘सुरक्षित आप्रबासनका सवालमा सार्वजनिक सम्बाद’ कार्यक्रममा भेटिएकी खिनाले आफ्नो बेदना पोखिन् । रोजगा–रीका सिलसिलामा भारत भएका श्रीमान् टंक खड्का उतै हराएपछि खिनाले परिबारको बोझ आफ्नो काँधमा लिनु प¥यो । श्रीमान्को चिन्ताले उनीमा मानसिक समस्या समेत देखियो । अहिले पनि उनी पूर्ण रुपमा सन्तुलनमा छैनन् । कलिलै उमेर देखि रोजगारीको लागि भारत जाउआउँ गर्ने खिनाका श्रीमान् करीव ४० बर्षीय टंक २०७० साल साउनदेखि सम्पर्क बिहिन छन ।
‘२०६७ सालमा घरबाट भारतको मुम्बई जानु भएको हो’ खिना भन्छिन् ‘तीन बर्षसम्म त फोन गर्नु हुन्थ्यो, घर आउनेहरुको हातमा खर्च पनि पठाउनु हुन्थ्यो तर २०७० साल साउन देखि केही खवर छैन ।’ आफुले हराएका श्रीमान् खोजी गरिदिनका लागि प्रहरी चौकी सानागाउँमा निबेदन समेत दिएको खिनाले वताईन । खिनालाई साँझ बिहानको छाक टार्न समेत धौ धौ भएको छ । उनी भन्छिन् ‘बिरामी नभएको भए त म मजदुरी गरेर गुजरा गर्थे तर त्यो गर्न पनि सक्दैन ।’
परिबारको खर्च धान्न समस्या भएपछि खिनाका १५ वर्षीय छोरा नरेश पनि रोजगा– रीका लागि भारत भएका छन । ‘छोरो पढ्नमा राम्रै थियो’ आँखा  भरी आँशु र मलिन अनुहार बनाउँदै खिनाले भनिन् ‘कलिलै उमेरमा उ पनि उतै (भारत) तिर गयो ।’ दुई छोरीहरु पनि नियमित बिद्यालय जाँदैनन् खिनाका । नियमित कापी कलम र पोशाँक नपाएपछि उनीहरु बिद्यालय नियमित जान नसकेको खिनाको भनाई छ ।
टंक भारतमा हुँदै घरमा आमा बितेको खबर पाएपछि उनी सम्पर्कबिहिन भएको खिना बताउँछिन । उनी भन्छिन् ‘आमालाई धेरै माया गर्नु हुन्थ्यो, आमा बिरामी हुँदा घर जान्छु भन्नु भएको थियो रे तर भारतमै रहेका ससुरा (टंकका बुवा) ले खर्च हुन्छ तिमि नजाउ भनेपछि आउनु भएन ।’ पछि टेलिफोनबाट आमाको मृत्युको खवर सुनेको दिनदेखि टंक कसैको पनि सम्पर्कमा नरहेको खिनाले   वताईन ।
खिनाका लागि अहिले उनका माईती सहारा भएका छन । ‘लुगा फाटो देवरले पनि सहयोग गरिरहनु भएको छ’ खिना भन्छिन् ‘माईतीले पनि सहयोग गर्दैछन ।’ सुरक्षित आप्रबासनको क्षेत्रमा काम गरिरहेको निड्स नेपाल नामक गैरसरकारी संस्थाले एक बाख्रो दिएको खिना वताउँछिन । ‘दुई÷तीन बाख्रा अरु कसैले सहयोग गरिदिए बाख्रा पालन गरेरै गुजारा चलाउँथे’ खिना भन्छिन् ।
खिना जस्तै समस्या धेरैले भोग्नु परेको छ ।

धार्मिक महोत्सव सचिवालयको उद्घाटन

यहि चैत्र १६ गतेबाट सञ्चालन हुन गइरहेको  शैलेश्वरी धार्मिक महोत्सब सचिवालयको उद्घाटन भएको छ ।
डोटी बहुमुखी क्याम्पस सिलगढीद्वारा आयोजना गरिने शैलेश्वरी धार्मिक महोत्सवको सचिवालय प्रमुख जिल्ला   अधिकारी गोकर्णप्रसाद शर्माले एक कार्यक्रमका बीच शुक्रबार उद्घाटन गरे । सचिवालय उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी शर्माले भने ‘पछिल्लो समयमा डोटी बहुमुखी क्याम्पसमा बिभिन्न कुराहरुको बिकास भएपनि बिद्यार्थीहरुको चाप घट्दै गएको देखिन्छ ।’ बिद्यार्थीहरुलाई रोक्नु हामी सबैको कर्तब्य कर्तव्य भएको बताउँदै प्रजिह शर्माले भने ‘अहिलेको युगमा प्राबिधिक शिक्षाको अति नै आवश्यक छ ।’
क्याम्पसले महोत्सब आयोजना गर्नुपूर्व शैलेश्वरी माताको अर्ध ढलौटको मूर्ति राख्न जिल्लाका सबै कार्यालय प्रमुख तथा गैरसरकारी संस्थाका प्रमुखहरुलाई निर्देशन दिइसकेको पनि शर्माले बताए । ‘म अछामी भएपनि म डोटे्ली हुँ ।’ प्रमुख जिल्ला अधिकारी शर्माले भने,  ‘यो क्याम्पस मेरो हो यो महोत्सव सफल पार्न म दत्तचित्तका साथ लागि पर्छु ।’
अन्तर्राष्ट्रिय भक्तियोग फाउण्डेसनसँग भएको समझ  दारी गरी आयोजकले गर्न नसकेको खण्डमा टेण्ट,  पण्डाल, साउण्ड सिस्टम, जेनेरेटर, लाइट लगायतको ब्यवस्था भक्तियोग फाउण्डेसनले गर्ने मुल आयोजक कमिटी अध्यक्ष तथा दिपायल सिलगढी नगरपालिकाका भूतपूर्व मेयर पूर्णराज जोशीले बताए । उनले भने, ‘यस पुरानो क्याम्पसमा मानबिकी, शिक्षाशास्त्र र ब्यवस्थापन संकाय मात्र भएकोले अब स्नाकोत्तर तहमा बिभिन्न संकायहरुमा पठनपाठन गर्ने उद्देश्यले महोत्सब आयोजना गरेका हौं ।’ प्राबिधिक शिक्षा सञ्चालन गर्दा यस क्षेत्रको र यस क्याम्पसको स्तरोन्नति हुने उनको बिश्वास छ ।

नगरपालिका चाहिँदैन

सरकारले स्थानीय तहको निर्वाचन गराउने तयारी गरिरहेका बेला डोटीमा स्थानीय तह पुनर्सं–रचनाको बिवाद फेरी बल्झिएको छ ।
स्थानीय तह पुनर्संरचना जिल्ला प्राबिधिक सहयोग समितिले कार्तिक २० गते आयोगलाई बुझाएको प्रतिबेदन अनुसार डोटीमा नयाँ प्रस्ताव  गरिएको शिखर नगरपालिकामा आफुहरुलाई राखिएको भन्दै साबिकको ईलाका नं. ५ ले बिरोध जनाएको छ । शनिवार सम्पन्न ईलाकास्तरीय योजना तर्जुमा भेलाले ईलाका नं. ५ लाई एक गाउँपालिका बनाईनु पर्ने माग सहितको निर्णय गरेको छ । उक्त निर्णयमा ईलाकास्तरीय राजनीतिक दलका प्रतिनिधिहरु सवैले हस्ताक्षर गरेको लाटामाण्डौं गाबिसका सचिव चेतराज पन्तले जानकारी दिए ।
यस क्षेत्रको बिकास भईनसकेकोले नगरपालिका बन्ने अवस्था नरहेको स्थानीयबासीहरु को भनाई छ । प्राबिधिक सहयोग समितिले आफुहरुसंग कुनै सल्लाहनै नगरि जिल्लामै बसेर स्थानीय तह पुनर्सं–रचनाका लागि सिफारिस गरेको भन्दै स्थानीयबासीहरुले आफुहरुलाई उक्त निर्णय मान्ने नहुने वताएका छन । ‘जिल्लाको नक्सा टेबलमा राखेर गरिएको पुनर्संरचना हामीलाई मान्ने हुँदैन’ एक स्थानीयबासीले भने ‘सामान्य पूर्वाधार समेत नभएको ठाउँलाई नगरपालिका वनाउने अधिकार कसले दियो ?’
प्राबिधिक सहयोग समितिले हाल कायम रहेको ईलाका नं. ५ का चार गाबिस र ईलाका नं.११ का पाँच गाबिस समावेश गरि शिखर नगरपालिका सिफारिस  गरेको थियो । ईलाका नं.५ मा रहेको लामिखाल गाबिसलााई आदर्श गाउँपालिकामा समावेश गरिएको थियो । स्थानीयबासीहरुले उत्त निर्णय आफुहरुलाई मान्य नभएको आवाज उठाउँदै आएका भएपनि सुनुवाई नभएपछि निर्णय गरेर पठाएका हुन ।

आय व्यय बिवरण सार्वजनिक

धु्रब ओझा÷कैलाली
       माघ २४
अत्तरिया उद्योग बाणिज्य संघ कैलालीले सुदूरपश्चिम क्षेत्रीय महोत्सब, २०७३ को आय व्यय बिवरण सोमबार सार्वजनिक    गरेको छ ।
गत पुष २७ देखि माघ ९ गतेसम्म सञ्चालन भएको सो महोत्सवमा कुल ५० लाख ४६ हजार ६ सय ८५ को आयव्यय बिवरण उद्योग बाणिज्य संघ अत्तरियाका महासचिव अशोक देबकोटाले प्रस्तुत गरेका थिए । उक्त कुल रकम बाट ३५ लाख ११ हजार नौ सय १० खर्च भएको र १५ लाख ३४ हजार सा सय ७५ बचत भएको महासचिब देबकोटाले जानकारी दिए । महोत्सबमा २२ लाख ८४ हजार दुई सय ४० टिकट बिक्रीबाट संकलन भएको र एक लाख ६९ हजार एक सय रेसलिङ टिकट बिक्रीबाट संकलन भएको देबकोटाले वताए । महोत्सवमा प्रायोजक र सहप्रायोजकबाट १४ लाख ९४ हजार एक सय अझै उठ्न बाँकी रहेको देखाईएको छ ।
गाबिस सचिवहरु आन्दोलित
बिगत लामो समयदेखि बिभिन्न मागहरु राख्दै आएका गाउँ बिकास समिति सचिवहरु एक पटक फेरी आन्दोलित भएका छन ।
स्थानीय निकायको निर्वाचन तत्काल गरिनु पर्ने, गाबिस सचिवहरुले जनप्रतिनिधिहरुको समेत काम गर्दै आएकाले थप प्रोत्साहन भत्ता पाउनु पर्ने लगायतका माग राख्दै आएका सचिवहरुले पछिल्लो पटक कामकाज ठप्प गर्दै आन्दोलन सुरु गरेका छन । गाबिस सचिवहरुले आ–आफ्ना गाबिसका छाप र लेटरप्याडहरु सम्वन्धित जिल्ला बिकास समितिको कार्यालयमा बुझाउँदै गाबिसबाट हुने सेवा प्रवाह रोकेका हुन ।
डोटी जिल्लामा पनि आईतबार देखि गाबिस सचिवहरुले कामकाज ठप्प पारेका छन । आईतबार डोटीका ५० वटै गाबिसका सचिवहरुले छाप र लेटरप्याड जिल्ला बिकास समिति डोटीमा बुझाई आन्दोलन सुरु गरेका छन । गाबिस सचिवहरुले जिल्ला प्रशासन कार्यालय र जिल्ला बिकास समितिमार्फत नेपाल सरकारलाई ज्ञापन पत्र समेत बुझाएका छन ।
स्थानीय निकायका कर्मचारीहरु पनि आन्दोलनमा
बिभिन्न ११ बुँदे माग राख्दै स्थानीय निकायमा कार्यरत कर्मचारीहरु पनि आन्दोलित भएका छन ।
स्थानीय तहको निर्वाचन तत्काल गरिनु पर्ने, नयाँ संबिधानको मर्म र भावना अनुसार स्थानीय तहबाट जनअपेक्षा अनुरुप सेवा प्रवाह हुने गरि संरचना र जनशक्तिको व्यवस्था गरिनु पर्ने, स्थानीय निकायका कर्मचारीहरुको पनि निजामति कर्मचारीहरुको जस्तै सेवा सुबिधाको व्यवस्था गर्नु पर्ने, स्थानीय निकायमा लामो समय देखि अस्थायी करारमा काम गर्दै आएका कर्मचारीहरुको अवस्थालाई ध्यान दिँदै नीति नियम वनाईनु पर्ने लगायतका माग राख्दै स्थानीय निकायका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन ।
आन्दोलनका कार्यक्रम अनुसार आईतवार र सोमवार स्थानीय निकायमा व्यानर राख्ने र मन्त्रालयमा ज्ञापन पत्र बुझाउने कार्य भएका छन । यस्तै आज मंगलवार र भोली बुधवार स्थानीय निकायका कर्मचारीहरुले कालोपट्टी बाँधेर बिरोध जनाउने कार्यक्रम तय भएको छ । यस्तै राजनीतिक दलहरु, संघसंस्थाहरुमा पनि आफ्ना मागहरुका बारेमा आज र भोली छलफल चलाईने भएको छ ।
२७ गते एक घण्टा कालोपट्टी बाँधेर काम गर्ने, २८ गते तीन घण्टा कालोपट्टी बाँध्ने, पेनडाउन गर्ने र कार्यालय अगाडी धर्ना दिने र २९ गते पुरै दिन स्थानीय निकायका काम ठप्पराख्ने कार्यक्रम घोषणा गरिएको छ ।
यदि यति गर्दा समेत आफ्ना मागहरु पुरा नभए अतिआवश्यक सेवा बाहेक सवै सेवाहरु अनिश्चित कालका लागि बन्द गर्ने स्थानीय निकायका कर्मचारीहरुले चेतावनी दिएका छन ।

ढाड खुस्काउने डिसीको धम्की

जथाभावी बन फडानी नभएको स्रोतको दावी

डोटीको जोरायल क्षेत्रमा भएको बन फडानीको बिषयमा सेक्टर बन कार्यालय बुडरका ईन्चार्ज सहायक बन अधिकृत सुरेशचन्द्र डिसीले सामाजिक सञ्जालमा सञ्चारकर्मीहरुलाई धम्की दिएका छन । जोरायल क्षेत्रमा भएको बन फडानी सामुदायिक बनको कार्ययोजनाभित्रै रहेको भएको एक स्रोतले दावी गरेको छ । 
जोरायल क्षेत्रमा व्यापक बन फडानी भएको समाचार बिभिन्न सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण भएपछि सहायक बन अधिकृत डिसीलाई क्षेत्रीय बन निर्देशनालयमा बोलाई छानबिन सुरु गरेपछि डिसीले सामाजिक सञ्जाल फेसबुकमार्फत धम्की दिएका छन । उनले आफ्नो फेसबुक स्टाटसमा आफु निर्दोष भएको र आफुलाई जवरजस्ती दोषी बनाउन खोजे कलम भाँचिन सक्ने र ढाड खुस्काईन सक्ने धम्की दिएका थिए । डिसीले आफ्नो स्टाटसमा लेखिएको छ ‘तिमिहरु जे सक्छौं गर तर दोषीलाई निर्दोष र निर्दोषलाई दोषी प्रमाणित गर्ने काम नगर नत्र कलम भाँचिन सक्छ, ढाड खुस्काईन सक्छ ।’ उनले आफु रोल्पामा जन्मेको र दाङमा हुर्केको कुरा बुझ्नु पर्ने समेत आफ्नो स्टाटसमा उल्लेख गरेका छन ।
सो धम्कीप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै महासंघको डोटी शाखाले शनिवार बिज्ञप्ती जारी गरेको हो । बिज्ञप्तीमा भनिएको छ ‘प्रेस स्वतन्त्रतालाई मजाक सम्झने अधिकृत डिसीको असोभनीय, घृणित कार्यप्रति महासंघ खेद प्रकट गर्दछ ।’ पत्रकारका कलम भाँच्ने र ढाड खुस्काउने जस्ता अभिव्यक्ति दिईनु लोकतन्त्रप्रतिकै उपहास भएको बिज्ञप्तीमा उल्लेख छ । यस्ता व्यक्तिहरुलाई तत्काल गिरफ्तार गरि कडा भन्दा कडा कारवाही गर्न महासंघले बिज्ञप्तीमार्फत सरकारसंग माग गरेको छ ।
यता जोरायल क्षेत्रमा भएको काठ कटानी सामुदायिक बनको कार्ययोजना अनुसारनै भएको एक स्रोतले दावी गरेको छ । स्रोतका अनुसार सामुदायिक बनबाट निकासी पैठारी गर्न पाउने बन पैदाबारभन्दा पनि कम मात्रै कटानी भएको छ । स्रोत भन्छ ‘काठ जथाभावी फडानी भएको होईन, प्रक्रिया मात्रै नपुगेको हो ।’ सञ्चारमाध्यममा आएजस्तो काँचो रुख नकाटिएको समेत स्रोतको दावी छ । जेठ मसान्त सम्म काठ निकासी गरिसक्ने गरि ईजाजत लिएको तर सो समयमा काठ निकासी नभएका कारण अचेल काठ कटानी गरिएको स्रोतको दावी छ । नयाँ आर्थिक वर्षमा प्रक्रिया पुरा गर्नु पर्ने त्यो हुन नसकेको वताईएको छ ।
जिल्ला बन कार्यालय डोटीले भने अहिले अनुसन्धान भईरहेका कारण सवै कुरा वताउन नमिल्ने जानकारी दिएको छ । ‘हामीले प्रारम्भिक कुरा जानकारी गराईसकेका छौं’ जिल्ला बन अधिकृत बद्रीकुमार कार्कीले बिम्ब साप्ताहिकलाई भने ‘अहिले अनुसन्धान भईरहेको छ, अनुसन्धान पुरा भएपछि मात्रै थप कुरा भन्न सकिन्छ ।’

छोटकरी समाचार

भिनाजुको हत्या

गाँजरी गाबिस–६ का ३५ वर्षीय टेकराज श्रेष्ठले आफ्ना भिनाजु नाता पर्नेको हत्या गरेका छन ।
श्रेष्ठले सोही ठाउँका ५२ बर्षीय मोहन सिं थापाको टाउकोमा लाठीले प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । मृतक थापाको शवको आईतवार जिल्ला अस्पताल डोटीमा पोष्टमार्टमपछि आफन्तहरुको जिम्मा लगाईएको छ ।
थापाको हत्यापछि श्रेष्ठले आफै आई प्रहरीलाई जानकारी दिएको प्रहरी स्रोतले वतायो । घटनापछि श्रेष्ठ मानसिक रुपमा बिच्छिप्त हुँदै डोटी कारागारमा पुगी त्यहाँ सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुलाई आफुले हत्या गरेको कुरा वताएका थिए । श्रेष्ठ हाल प्रहरी नियन्त्रणमा रहेका र घटनाबारे थप अनुसन्धान भईर–हेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव निरीक्षक गगन गिरीले जानकारी दिए ।

चलिचत्र/मनाेरञ्जन 

नेपाली चलचित्र ‘लुट–२’

बालबालिकाले एक्लै हेर्न नपाउने

नेपाली चलचित्र ‘लुट–२’ बालबालिकाहरुले एक्लै हेर्न नपाउने भएका छन ।
चलचित्रमा भएका हिंसात्मक दृष्यले बालबालिकाहरुको मानसिकतामा नकारात्मक प्रभाव पार्ने भन्दै बालबालिकाहरुलाई एक्लै हेर्न नमिल्ने गरि सेन्सर पास भएको छ । चलचित्रमा भएका दृश्य अनि संवादमा कैची लगाएर पनि एडल्ट दिएमा स्वीकार नगरी सर्वोच्च जानेसम्मको चेतावनीपूर्ण अभिव्यक्ती दिएका निर्देशक निश्चल बस्नेतले सेन्सरबाट अब ‘पिजी सर्टिफिकेट’ पाएका छन् ।
फिल्म जाँचपासको अधिकारपूर्ण निकाय सेन्सर वोर्डले फिल्ममा समावेश केहि दोहोरो अर्थ लाग्ने अनि सामाजिक मान्यता अनुसार अश्लिल मानिने संवादमा कैची लगाएको निरमाता माधव वाग्लेले बताए । तर फिल्ममा समावेश केहि हिंसाजन्य दृश्यका कारण वालवालिकाले हेर्न भने अभिभावकको सहारा लिनुपर्नेछ ।
फिल्मको आइतवार सेन्सर भएको हो । फागुन १३ मा रिलिज हुने फिल्मलाइ लिएर दर्शक तथा शुभचिन्तक अनि फिल्मकर्मीमा पनि एक प्रकारको कौतुहलता छ ।  वाग्ले र नरेन्द्र महर्जनले मिलेर फिल्मको निर्माण गरेका हुन् ।
दयाहाङ राई, सौगात मल्ल, कर्मा शाक्य, सृजना सुब्बा, ऋचा शर्मा, विपिन कार्की लगायत लिड अभिनयमा रहेको फिल्म ब्लकवस्टर फिल्म ’लुट’ को सिक्वेल हो । सोहि फिल्मबाट अहिले स्टारको उपमा पाएका दयाहाङ र सौगात एकाएक चम्केका थिए ।

लेख

३६ बर्ष बित्दा पनि पश्चिम सेती परियोजनाको चहलपहल मात्र

भुमिराज जोशी
पछिल्लो समयमा सरकार प्रति स्थानीयहरु आक्रोशित बन्दै गएका छन । ‘कि त काम नै शुरु हुनु प¥यो कि त बन्दैन भन्नु प¥यो । किन आशा मात्र देखाइरहने ?’ हुन पनि स्वभाबिक नै हो । जनतालाई आशा मात्र देखाएर देशलाई दिन प्रतिदिन खोक्रो बनाउदै जानु सरकारको गैर जिम्मेवारी जस्तो देखिन्छ । भ्रष्टचारीहरुलाई लुकाउदै÷उचाइमा राख्दै जानुले देश झन संकटमा पर्दै गएको छ ।
जनताले चुनेर पठाएका प्रतिनिधिहरुनै जनतालाई बिर्सन थाले । चारैतिर ‘तपाई’ शब्दमा भाषण गरे । कार्यान्वयनमा ‘मपाँई’ मा मात्र सीमित रहे । सर्बसाधारण जनताको रगत सोसेर तिनै जनताको टाउकामा खुट्टा     राखी ‘मपाई’ भन्नेहरुलाई यदि जनताले आफ्ना खुट्टा हल्लायो भने के गति हुन्छ । त्यो सरकारले बुझ्नु जरुरी छ । त्यो समय नआउला भन्न सकिदैन । त्यसैले जनताका साँढेहरुले समयमै सचेत हुन जरुरी छ । ‘पश्चिम सेती परियोजना छिट्टै बन्छ, तपाँईहरु ढुक्क भएर बस्नुस ।’ जनता सामु आएर भाषण गर्ने साँढेहरु कतिपय मरिसके । कतिपय बुढेसकालमा छन ।
सन् १९११ मा ५०० किलोवाटको फर्पिङ आयोजना बनेसंगै नेपालमा जलबिद्युतको शुरुवात भयो । त्यो समयदेखि नेपालमा जलबिद्युतको थुप्रै सम्भावनाहरु भएको बिभिन्न जलश्रोत बिद्हरुले पत्ता लगाए । देशभरी मै ६ हजार भन्दा बढी खोलानालाहरुबाट ८३ हजार मेगावाट जलबिद्युत उत्पादन गर्न सकिने भनियो । तत्काल बृटिश–भारत सरकारले नेपालमा बिद्युत उत्पादन गरी भारतमा समेत औद्योगिकरण गर्न सजिलो हुने, त्यसको लागि भारत सरकारले सहयोग गर्ने अवधारणा अघि सा¥यो । त्यो पनि अवधारणा मै सीमित भयो । त्यसपछि सन् १९६७ मा जलश्रोतबिद् डा. हरिमान श्रेष्ठको अध्ययनपछि काठमाण्डौं केन्द्रित शासकहरुले शैद्धान्तिक रुपमा नेपाल जलश्रोतका हिसाबले बिश्वको दोश्रो ठूलो धनी देशको उपमा दिए । त्यसपछि बिश्वमा नै जलश्रोतका हिसाबले बिश्वको दोश्रो ठूलो धनी देश भनेर चर्चामा आयो ।
सन् १९८०÷०८१ तिरै फ्रान्सको सोग्रेह नामक कम्पनीले ढुङ्गाढ भन्दा ८ किलोमिटर माथिल्लो तटीय क्षेत्रमा पश्चिम सेती आयोजनाको बाँध बनाइरहन नपर्ने जलाशयरहित आयोजनाका रुपमा ३७ मेगावाट बिजुली निकाल्ने भनेपछि पश्चिम सेती आयोजना पहिलो पटक चर्चामा आएको हो । त्यो पनि चर्चामै सीमित भयो । त्यसपछि फेरी सोग्रेहले नै दोश्रोपटक सन् १९८७ तिर आयोजना सम्बन्धि अर्को अध्ययन सुरु ग¥यो । सन् १९९१ मा पेश गरेको अध्ययजन प्रतिबेदनमा ढुङ्गाडमा बाँध बाधी ३६० मेगावाट बिद्युत उत्पादन गर्न सकिने देखायो ।  सोग्रेहको प्रतिबेदन अनुसार १०० प्रतिशत लागतमा २०२ प्रतिशत नेपाललाई फाइदा हुने भन्ने देखाएको थियो । तर त्यो बेला नेपाल सरकारले आयोजना अगाडी नबढाउँदा कार्यान्वयन हुन सकेन ।
सन् १९९४ जुलाइ ७ का दिन अष्ट्रेलियाको स्नोइ माउण्टेन्स इन्जिनियरिङ्ग कर्पोरेशन लिमिटेड (स्मेक) संग पश्चिम सेती आयोजना अघि बढाउने भनेर सरकारले सम्झौतामा हस्ताक्षर ग¥यो । नेपाल सरकारसंगको अनुमती पाइसकेपछि स्मेकले सन् १९९४ देखि २००६ सम्म आयोजना कार्यान्यन गर्ने सम्बन्धि ८ बुदाँमा सम्झौता भयो । त्यसै बिचमा स्मेकले भारतसंगको बिद्युत खरिद बिक्री समेत सम्झौता गरेको पाइन्छ । यो बिषयमा भने संसदमा जानकारी नै नभएको भन्ने कुरा पनि आयो ।
स्मेकले लगानी जुटाउन नसकेर बिभिन्न बिदेशी बित्तिय कम्पनीहरुसंग हातेमालो गर्दै करिब २० बर्ष   बितायो । पश्चिम सेतीमा स्मेक सहित चाइना न्याश्नल् मेसनरी इक्विपमेन्ट इम्र्पोट एण्ड एक्सपोर्ट कर्पोरशन सिमेक, एक्सपोर्ट इम्प्रोट बैङ्क अफ चाइना, इन्डस्ट्रियल एण्ड कमर्सियल बैङ्क अफ चाइना लगायतका ७ वटा बित्तीय कम्पनीहरुसंग सहयोग माग्दै बेपत्ता भयो । पश्चिम सेती तिर फर्केन । स्थानीयहरु भन्छन, ‘आश्वासन मात्र दियो फेरी उक्त स्थानमा फर्केर पनि हेरेन ।’ स्मेक पनि लगानी जुटाउन नसक्दा बाहिरियो ।
स्मेकले गरेको अध्ययन प्रतिबेदन अनुसार डोटी, डडेल्धुरा, बैतडी र बझाङ्ग जिल्लाको सिमानामा जलायसययुक्त बाँध निर्माण गर्ने देखाएको थियो । वाँधस्थलदेखि बझाङ्गको चौडामवगरसम्म लगभग २५ किलोमिटर लम्बाई रहने जलासयमा एक अर्ब, ५६ करोड, ६० लाख घनमिटर पानी संकलन हुने उक्त परियोजनाले ६ सय ५९ हेक्टर खेतीयोग्य जग्गा, एक हजार दुई सय २ हेक्टर बन क्षेत्र, २ सय ४६ हेक्टर घाँसे मैदान र २ सय ६ हेक्टर वुट्यान गरी जम्मा २ हजार, ३ सय, १३ हेक्टर जमिन डुवानमा पर्ने देखाएको थियो । जमिनको सतहवाट एक सय ९५ मिटर अग्लो कंक्रिट बाँध निर्माण गरी ६.७ किलोमिटर लामो सुरुङ्ग मार्फत बर्तमान नदीको मार्ग परिवर्तन गरी, भुमिगत बिद्युत गृह निर्माण गरेर ७५० मेगावाट बिद्युत उत्पादन गर्ने स्मेकको योजना लगानी जुटाउन नसकेर सन् २०१२ सम्म पनि लगानी जुटाउन नसकेपछि वाहिरिनु प¥यो ।
त्यसपछि अर्को हस्ती कम्पनी आयो । पश्चिम सेतीको जिम्मा म लिन्छु भनेर । बहुराष्ट्रिय चिनियाँ कम्पनी थ्री गर्जेज इन्टरनेशनल कर्पोरेशन । योसंग पनि उर्जा मन्त्रालयले सन् २०१२ फेब्रवरी २९ मा सम्झौता ग¥यो । सम्झौतामा सन् २०१४ देखि निर्माण कार्य शुरु गरी २०१९ मा निर्माण कार्य सम्पन्न गर्ने उल्लेख गरिएको छ । तर सन् २०१७ सुरु हुँदा पनि निर्माण कार्य सुरु हुन  सकेन । फेरी जनतालाई अन्यौलतामा राखियो । अब कस्को आशा गर्ने स्थानीयहरुले ? “जति जोगी आए पनि कानै चिरेका” भने जस्तै हुन थाले । जनतालाई आशा र भ्रम मात्र फैलाउन थाले । सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने साँढेहरुको कति आशा मान्ने ? चुनाब तथा कुनै ठूलो कार्यक्रममा आउँदा पहिलो बुदाँ नै पश्चिम सेतीको निर्माण कार्य सुरु गर्ने भन्ने टिपोट गर्छन । त्यसै बिषयमा बहुत ठूल्ठूला भाषण गर्छन । अन्तमा सबै बिर्सन्छन । जनतालाई भट्काउने काम मात्र गर्छन । राम्रो काम कहिल्यै गर्दैनन । यी सबै स्थानीयहरुका पीडा हुन ।
देशकै ठुलो जलबिद्युत आयोजनाको रुपमा चर्चा गरिएको पश्चिम सेती आयोजना निर्माणका लागि फेरी अर्को सम्झौता भएको छ । यसै माघ ३ नेपाल विद्युत् प्राधिकरण र चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसनबीच  संयुक्त उपक्रम सम्झौता (जेभीए) भएको छ ।
नयाँ सम्झौता अनुसार  परियोजनामा थ्री गर्जेजले ७५ प्रतिशत र प्राधिकरणले २५ प्रतिशत लगानी गर्नेछन् । सरकार र कम्पनीबीच सुरुमा भएको समझदा–री उल्ट्याउँदै व्यवस्थापिका संसद्को तत्कालीन प्राकृतिक स्रोतसाधन समितिले प्राधिकरण मार्पmत नेपाल सरकारको कम्तीमा २५ प्रतिशत शेयर हुनुपर्ने निर्देशन दिएपछि पाँच बर्षसम्म पनि आयोजना सञ्चालनमा कुनै समझदा–री हुन सकेको थिएन ।
सम्झौतामा लगानी बोर्डले स्वीकृति दिएपछि र नेपाल राष्ट्र बैंकले सीटीजीआईबाट हालसम्म भएको खर्च पुँजीकरण गर्ने सहमति दिएपछि संयुक्त उपक्रम कम्पनी दर्ता हुने उल्लेख छ । यसरी दर्ता भएको कम्पनीले नै पश्चिम सेती जलविद्युत् आयोजना निर्माण गर्नेछ । उक्त कम्पनीमा चिनियाँ पक्षका तीनजना, प्राधिकरणका एकजना र दुवै पक्षले मिलेर मनोनयन गरेको एकजना गरी जम्मा पाँचजनाको सञ्चालक समिति हुने सहमति भएको छ । त्यो पनि अन्यौलमै होला भन्न सकिदैन ।
आयोजना निर्माण सम्बन्धमा नेपाल सरकारले जलाशययुक्त आयोजनाको विद्युत् खरिद दर, जलाशययुक्त, सुक्खायाम र वर्षायामको बिजुलीको आवश्यकता कम्पनीलाई उपलब्ध गराउनेछ । सोही आधारमा कम्पनीले आयोजना सम्वन्धि अध्ययनलाई पुनः अद्यावधिक गर्ने सम्झौता मस्यौदामा भनिएको छ । सुरुमा ७५० मेगावाट बिद्युत उत्पादन हुने सम्झौता भएपनि थ्री गर्जेजले फेरी स्थलगत अध्ययन गर्दा पश्चिम सेतीको ७५० मेगावाट नरहेको दाबी गर्दै आफ्नो सम्भाव्यता अध्ययन प्रतिबेदनमा ६०० मेगावाट मात्र हुने जनाएको छ ।
कम्पनीको यो अध्ययनलाई सरकारले अस्वीकार गर्दै २०६८ फागुन १६ गते कम्पनी र सरकारबीच भएको समझदारी अनुसार नै हुनुपर्ने अडान राखेको थियो । ऊर्जामन्त्री जनार्दन शर्माले पश्चिम सेतीको जलाशयकृत क्षमता ७५० मेगावाटबाट घटाउन नपाइने भनेपछि कम्पनीले गरेको सम्भाव्यता अध्ययन पुनर्विचार गर्न सहमती गरेको थियो ।
पछिल्लो समयमा दुई थरीका कुराहरु आइरहेका छन । कतिपयले पश्चिम सेती बन्नै पर्छ भन्छन त कतिपयले यो ठाउँमा भूकम्पको उच्च जोखिम छ यो परियोजना बन्यो भने ठूलो जनधनको क्षतिहुन सक्छ त्यसैले बन्नु हुदैन भन्छन ।
यदि बनिसकेपछि  भूकम्पका कारण बाँध भत्कन पुगेमा तल्लोतटीय क्षेत्रमा पर्ने बानेडुग्रीसैन र गोपघाटदेखि दिपायल हुदै कैलाली, बाँके बर्दिया, भारतका उत्तर प्रदेश, बिहार पश्चिम बंगाल तथा बंगलादेशको हालत के होला ? यता पनि सोच्न जरुरी छ । थ्री गर्जेजको पनि दुईतिर मोड फर्किए जस्तो छ । काम शुरु गर्नै लाग्दा बैज्ञानिक लुजेन्द्र ओझाले यो ठाउँ भूकम्पको दृष्टिले उच्च जोखिममा छ । यसमा यति ठूलो भार थाम्न नसक्ने पानीको सतह बनाउदा खतरामा पर्न सक्छ भन्ने संकेत दिएपछि त्रसित भए जस्तो पनि देखिन्छ ।
पश्चिम सेती बन्ने नबन्नेमा सबै अलमलमा परेका छन । फाइदा हुने की घाटा हुने पश्चिम सेतीको भबिश्य ? यसमा सरकारले समयमै ध्यान दिनु जरुरी छ ।

मोफसल पत्रकारिता

मैले कमाउनु भन्दा गुमाएको छु ।

ज्ञानेन्द्र भाट (कार्यकारी सम्पादक)
अमरगढी पोष्ट दैनिक, डडेल्धुरा
तपार्इंको परिचय पाउँ न ?
— मेरो नाम ज्ञानेन्द्र भाट हो । घर बगरकोट डडेल्धुरा, हाल अमरगढी पोष्ट राष्ट्रिय दैनिकको कार्यकारी सम्पादक भएर काम गरिराछु । 
कति समय भयो यस पेशामा लागेको ?
— विगत ७ वर्ष देखि मोफसल पत्रकारिता गरिराखेको छु ।
कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ?
— एउटा मोफसल पत्रकारको हैसियतले पत्रकारिताका सवै विधाहरु आत्मासात गर्नुपर्ने बाध्यता हाम्रा सामु छँदैछ तर पनि आर्थिक विकासको पत्रकारिता गर्न मललाई बढी रुची लाग्छ ।
पत्रकारहरुका त धेरै समस्याहरु छन भन्ने गरिन्छ नि ! कस्तो पाउनु भयो ?
— तपाईले भने जस्तै निश्चयः पनि पत्रकारहरुका धेरै नै समस्याहरु छन । आर्थिक, सामाजिक र राजनैतिक पत्रकारहरुका मुख्य समस्याहरु हुन ।  
समस्यानै समस्या भएको पेशा किन रोज्नु भयो त ?
— पत्रकारिता मार्फत नै समाजको सकारात्मक विकास गर्ने मेरो सानै देखिको रुची हो । जस अनुुसार म सानै देखि विभिन्न वाल पत्रकारिता तालिममा सहभागी भएको थिएँ । र हाल पनि यसैलाई निरन्तरता दिएको छु ।
भुगोल र जनसंख्याका हिसावले डडेल्धुरा जिल्ला सानो छ, तर सञ्चारगृहको संख्या त धेरै छ नि । के छ यहाँका सञचारगृहहरुको अवस्था ?
— बर्तमान अवस्थामा डडेल्धुराका सञ्चारगृहको अवस्था निकै दयनीय छ । सानो भूगोल, सानो बजारमा मिडियाहरु धेरै हुन यहाँको मुख्य चनौती रहेको छ । मुख्य गरी आर्थिक हिसावले यहाँका मिडियाहरु निकै नै मार्काका छन ।
कसरी मुल्याँकन गर्नु भएको छ, डडेल्धुराको पत्रकारितालाई ?
— डडेल्धुरा जिल्ला राजनीतिक हिसावले निकै नै उथलपुथल हुने जिल्ला भएकाले यसको प्रभाव यहाँको पत्रकारितामा पनि परेको भन्ने मेरो व्यक्तिगत महसुश हो । यद्यपी आर्थिक हिसावले यहाको पत्रकारिता क्षेत्र कमजोर रहेको भएपनि सञ्चारगृहको विकास हुन सकारात्मक पक्ष हो । 
मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ?
— श्रमजिवी पत्रकार ऐन तत्काल लागु गरी ऐन लागु नगर्ने सञ्चारगृहलाई कारवाही गर्न सके मोफसल पत्रकारिताका समस्या समाधान हुने थिए कि भन्ने मेरो लगायत मौफसल पत्रकारितामा काम गर्ने साथीहरुको बुझाई रहेको छ ।
नेपाल पत्रकार महासंघले मोफसलमा काम गर्ने पत्रकारहरुको संरक्षणका लागि खासै ध्यान दिन सकेन भन्ने आरोप बेला बेलामा लाग्ने गर्छ, के लाग्छ तपाईलाई ?
— मोफसलमा काम गर्ने पत्रकारहरुको संरक्षणका लागि ध्यान नदिनु नै नेपाल पत्रकार महासंघले ठुलो गल्ति हो । श्रमजिवी पत्रकार ऐन लागु गरि ऐन लागु नगर्ने सञ्चारगृहलाई कारवाही गर्न नेपाल पत्रकार महासंघले पहल गर्न आवश्यक छ ।
सञ्चारकर्मीहरुका बैचारिक संगठनहरुले मोफसल पत्रकारका समस्या समाधानका लागि कस्तो भुमिका खेलेको पाउनुहुन्छ ?
— सञ्चारकर्मीहरुका बैचारिक संगठनहरु मोफसल पत्रकारका समस्या समाधानमामा खासै पहल गरेको जस्तो मलाई लाग्दैन । स्वयं सञ्चारगृहको मालिक बैचारिक संगठनहरुमा आवद्व भएकाले श्रमजिवी पत्रकार ऐन लागु गराउनबाट पन्छिने गरेको मैले महसुश गरेको छु ।    
तपाइको विचारमा पत्रकारिता के हो ?
— पत्रकारिता एक मर्यादित पेशा हो । जसले समाजको सकारात्मक विकासमा महत्वपूर्ण योगदान गर्छ । समाजमा भएका विकृति, विसंगति, कुरुतीहरुलाई सञ्चारगृहका माध्यमबाट सकारात्मक परिवर्तन गर्ने कार्य पत्रकारिता हो ।
डडेल्धुराका पत्रकारहरुको त कमाई धेरै छ भन्ने सुनिन्छ, कति कमाउनु    भयो ?
— हाहाहा......, प्रश्न पनि अचम्मै को सोध्नु भो । डडेल्धुरामा त्यस्तो के छ र पत्रकारहरुको कमाई धेरै हुनलाई । मलाई त त्यस्तो लाग्दैन । मेरो हकमा भन्नु पर्दा मैले पत्रका—रितामा कमाउनु भन्दा पनि गुमाएको छु भन्दा हुन्छ ।
नेपालको पत्रकारिता क्षेत्र दिनप्रतिदिन बद्नामित हुँदै गएको छ, पाठक वर्गले समाचारको बिश्वासनीयताप्रति प्रश्न उठाउन थालेका छन, सञ्चारकर्मीहरु पनि गैर कानुनी क्रियाकलापमा संलग्न भएका छन भन्ने आरोप लाग्न थालेको छ, तपाइलाइ के लाग्छ ?
— हो यसमा म पनि सहमत छु । तर सुन र चाँदीलाई एउटै कोणबाट मुल्याङ्कन गरियो भने यसको असर के होला ? पत्रकारिता भित्रका केहि व्यक्तिहरुले पत्रकारिता क्षेत्र दिनप्रतिदिन बद्नामित गर्दै आएका छन तर समग्रमा पत्रकारिता क्षेत्र अझै बदनामित भएको छैन । बरु बद्नामित गर्नेहरुलाई छानवीन गरी तत्काल कारवाही गर्न सके पत्रकारिता क्षेत्र मर्यादित र अनुशासित बन्ने थियो । 
नेपाल पत्रकार महासंघका जिल्ला शाखाहरुको निर्वाचन हुने मिति तय भएको छ, नेतृत्वका लागि अनेक प्रयासहरु हुन थालेका छन । के सुझाव दिनु हुन्छ महासंघका सदस्य साथीहरुलाई ?
— नेतृत्वका लागि अनेक प्रयासहरु हुने यो पुरानै परम्परा हो । नेतृत्वका लागि जो सुकै आकाँक्षीहरु भएपनि राजनीति भन्दा टाढा रहेर एउटा सक्षम, जुझारु र पत्रकारहरुको संरक्षण गर्न सक्ने नेतृत्वलाई अगाडी बढाउन महासंघका सदस्य साथीहरुलाई म आग्रह गर्दछु । 
तपाई पनि दाबेदार हो कि ?
— अहिले म यो मनस्थितिमा छैन । किनकी म भन्दा पनि लामो समय पत्रकारितामा काम गरिरहेका साथीहरुलाई नै सहयोग गर्न पर्छ भन्ने मेरो मान्यता हो । 
अन्त्यमा भन्नै पर्ने कुनै कुरा छुटे जस्तो लागेको छ कि ?
— आगामी नेतृत्वले मोफसलमा काम गर्ने साथीहरुको समस्यालाई मध्यनजर गरोस भन्न चाहन्छु ।
समय र बिचारका लागि धन्यबाद ।
— मलाई पनि आफ्नो बिचार राख्ने मौका दिनु भएकोमा तपाई लगायत विम्ब साप्ताहिक परिवारलाई धेरै धेरै धन्यवाद ।

लोकसेवा आयोगको तयारीका लागि उपयोगी
१. मतदाता नामावली विधेयक, २०७३ र निर्वाचन आयोग विधेयक, २०७३ व्यवस्थापिका संसदबाट कहिले पारित गरियो ?                                                     — २०७३ माघ १२
२. नेपाल टेलिकमले 4G सेवाको सुरुवात कहिले गरेको हो ?                      — २०७३ पुष १७
4G
३. भारतबाट प्रदान गरिने प्रतिष्ठित पद्मश्री सम्मान प्राप्त गर्ने नेपाली को हुन ?  — अनुराधा कोइराला
४. देशकै पहिलो विशेष आर्थिक क्षेत्र (SEZ) रुपन्देही जिल्लामा कहिले उद्घाटन गरियो ? 
— २०७१ मंसिर २
५. टाइम पर्सन अफ द इयर, २०१६ घोषित राजनीतिज्ञ को हुन ?—अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प
६. नेपाल प्रहरीद्वारा ‘प्रहरी मेरो साथी’ अभियान कहिले देखि  सञ्चालन गरिएको हो ?
— २०७३ आषाढ २७
७. महाकवी लक्ष्मीप्रसाद देवकोटाको जन्म कहिले भएको हो ?           — बि.स.१९६६ कार्तिक २७
८. गोरखापत्रमा नयाँ नेपाल स्तम्भ अन्तर्गत हाल कति भाषामा समाचार प्रकाशन हुने गर्दछ ?  — ३४
९ं. आसियान (ASEAN) को १९ औं शिखर सम्मेलन २०१६ मा कुन देशमा सम्पन्न भएको थियो ?                                          
— लोओस
१०. ‘३० रुपयाँको नोट ’ नामक कृतिका लेखक को हुन ?                   — हृदयचन्द्र सिंह प्रधान
११. UNO मा शान्ति सेना पठाउने नेपाल कतिऔं ठूलो राष्ट्र हो ?                       — ७ औं
१२. नेपालको सबैभन्दा होचो विमानस्थल कुन हो ?                                  — विराटनगर
१३. २००७ सालमा नेपालमा साक्षरता कति प्रतिशत कति रहेको थियो ?                — २ प्रतिशत
१४. चमेरा संरक्षण क्षेत्र कहाँ रहेको छ ?                                — कपिलवस्तुको देवानगढी
बौद्धिक परीक्षण खण्ड
१५. कुनै व्यक्ति कुनै स्थानबाट पश्चिम तर्फ ५ कि.मि. अगाडी बढ्छ । त्यसपछि उत्तरतिर फर्की ४ कि.मि. अगाडी जान्छ । तत्पश्चात उ पूर्व तर्फ फर्की ८ कि.मि अगाडी जान्छ । अब ऊ सुरुको स्थानबाट कति दुरीमा रहेको छ ?
A.    ४ कि.मि.                B. ५ कि.मि.             C. ६ कि.मि.            D. २० कि.मि.
१६.  तल दिएको Series पुरा गर्नुहोस् ।
_acca_ccca_acccc_aaa
A)        acca                   B) caaa                          C)ccaa                       D) caac
१७. ३६,१८,९ जस्तै तलको कुन हो ?
A.    ७२,३६,१८               B. ६४,३६,१८               C. ५०,२३,११            D. ८०,४०,१६
नोटः बौद्धिक परीक्षण प्रश्नको सही उत्तर अर्काे अंकमा प्रकाशन हुनेछ ।
संकलक÷प्रस्तुतकर्ताः प्रयाग राज उपाध्याय, सुझावका  लागि : 9848626741
मिति  २०७३ साल माघ १८ गते मंगलबारको बिम्ब साप्ताहिकमा प्रकाशित बौद्धिक परीक्षण प्रश्नको सही उत्तरहरुः
 ३८)  B                                                ३९)  C                        ४०)  B

साहित्य÷सृजना

तिमिप्रति मेरो माया

जब तिमी पिंडाले रुन्छेउ,
म तिम्रा आँशुहरु पुछिदिनेछु ।
जब तिमी संसारदेखी डराउनेछेउ,
म तिम्रोसाथ हुनेछु ।
जब तिमीलाई मेरो मायाँ चाहिन्छ,
म मेरो मुटु दिनेछु ।
जब तिमी बिरामी पर्नेछेउ,
म तिम्रो स्याहारसुसार गर्नेछु ।
तिमीलाई थाहा छ ?
यि मेरा माया तिमीप्रति कहिल्यै सकिने छैनन् ।
तिमीलाई थाहा छ ?
यि मेराकसमहरु रितुझैं बदलिने छैनन् ।
तिमी एकपल्ट मेरो हृदयको दर्पणलाई चिहाएर हेर,
तिम्रो अभाबमा रगतको आँशुले पोतिएको एउटा मुटु छ,
मेरो मायाँ तिमिलाई सदासदा सगरमाथाझैं अटल रहनेछ,
मेरो मायाँ प्यसिफिक महासागरझैं सदासर्बदा गहिरिएर रहनेछ  ।
देवेन्द्र भण्डारी
घात होउ तिमी

एक झलकमानै नशा चढाउने गजबको मात होउ तिमी,
मलाई लाग्छ लागु पदार्थको खतरनाक जात होउ तिमी,
गुलाबी ओठले आफ्नो वास्तबिकता छिचोल्न नखोज,
नागीन भन्दा नि बढी विष बोकी बसेको दात होउ तिमी,
केहि त रहस्य छ जति ग¥यो त्यति नै बढ्छ तिम्रो कुरा,
अनन्तकालसम्म नि गरेर नसकिने बात होउ तिमी
जे जस्तो भएपनि तिमीलाई सधै माया गरेकै त थिएँ
येसो बुझ्दा पो थाहा पाएँ, मायामा पाउने घात होउ तिमी
सञ्जीत सिंह

सूचना÷सन्देश÷बिज्ञापन

मालपोत कार्यालय डोटीबाट जारी गरिएको हकदावी सम्वन्धि ३५ दिने सार्वजनिक सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७३÷१०÷१७         
        जिल्ला डोटी मुड्भरा गा.वि.स.वडा नं.२ स्थित कि.नं.१५७, १९१, २१०, १४८६, १५१२, १५३७, १५३९, १५६१, १६४४, १७६४, १८११, २५०२ र पचनाली गा.वि.स.वडा नं.२ स्थित कि.नं.३२५ र ३२६ को जग्गा मुड्भरा गा.वि.स.वडा नं.२ बस्ने सकरामको नाती लालसिंको छोरा पदी जोराको नाउँमा नापनक्सा भई श्रेस्तापुर्जा कायम भएकोमा जग्गाधनि पदी जोराको मिति ः २०५२÷४÷२४ मा मृत्यु भैसकेको र निजको शेषपछिको हकदार एकमात्र पत्नि परुलीदेवी जोराको मिति ः २०४३÷११÷३ मा मृत्यु भैसकेकोले शेषपछिको हकदार चाार जना छोरा झुस्से जोरा, गुजे जोरा, दिर्घ जोरा, गुमानी जोरा दिर्घ जोराको मिति ः २०४७÷५÷१४ मा मृत्यु भएकोले मृतकको शेषपछिको हकदार एकमात्र पत्नि हरीनादेवी जोरा भएको । गुमानी जोराको मिति ः २०७०÷६÷३ मा मृत्यु भएकोले मृतकको शेषपछिको हकदार एकमात्र पत्नि धनिदेवी जोरा मात्र भएको र गुजे जोरा मिति ः २०४६÷४÷१० देखि वेपत्ता भएकोमा हाल सम्म सम्पर्कमा नआएकोले मृतक पदी जोराको नाउँको डोटी मुड्भरा र पचनाली गा.वि.स. स्थित पुरै घर जग्गा हाम्रो नाउँमा संयुक्त नामसारी गरी पाउँ भनि डोटी मुडभरा गा.वि.स.कार्यालय डोटीको च.नं.२६७ मिति ः २०७३÷१०÷११ को किटानी सिफारीस पत्र, मृतकको नाउँकोे जग्गाधनि प्र्रमाण पुर्जा, चालु आ.व.को मालपोत बुझाएको रसिद, मृत्यु दर्ता प्रमाण पत्र, नाता प्रमाणित, नेपाली ना.प्र.प, आदी प्रमाणहरु साथै राखी जि.डोटी मुड्भरा गा.वि.स.वडा नं.२ बस्ने झुस्से जोरा, हरीनादेवी जोरा, धनिदेवी जोराले यस मालपोत कार्यालय, डोटीमा मिति २०७३÷१०÷१३ मा निवेदन दिनु भएको हुँदा उक्त जग्गा सम्वन्धमा कुनै कसैको हकदावी पुग्ने भए, यस वाहेकका अन्य हकदार भए, गुजे जोरा वेपत्ता नभएको भए वा सम्पर्कमा भए वा निज निवेदकको मागदावी वमोजिम नामसारी गर्न नपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले बाटाका म्याद बाहेक ३५ (पैतिस) दिनभित्र आफूसँग भएका सक्कल प्रमाण साथ कार्यालयमा उजुर दावी गर्न आउनु होला । अन्यथा म्यादभित्र कुनै कसैले उजुरी दावी नगरे नियमानुसार भै जाने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराईन्छ ।

डोटी उद्योग वाणिज्य संघ

डोटीको सुदुरपश्चिम प्रादेशिक महोत्सव २०७३ मा स्टल बुक गर्ने सम्बन्धी सूचना

डोटी उद्योग वाणिज्य संघ दिपायल डोटीको आयोजनामा यहि मिति२०७३ फागुन १२ गते देखि २२ गते सम्म आयोजना हुन    गइरहेको सुदूरपश्चिम प्रादेशिक महोत्सव २०७३ मा तपशिल अनुसार स्टलको दररेट कायम गरिएको व्यहोरा जानकारी गराइन्छ । साथै मिति २०७३ माघ १५ गते देखि स्टल बुकिङ खुल्ला गरिएको छ ।
स्टल दररेट
१ अटोमोवायल        ः रु १५०००।
२.डिलर÷सवडिलर        ः रु १००००।
३.गैरसरकारी संघ संस्था    ः रु १००००।
४.होटल÷रेष्टुरा÷फाष्टफूड    ः रु ७०००।
५.कृषीजन्य वस्तु        ः रु ५०००।
६.एकल महिला,विद्यार्थी,एच.आइ.भी संक्रमीत तथा साना उद्यमी ः रु ३०००।
निवेदन साथ अनिवार्य संलग्न गर्नुपर्ने कागजात ः
१. व्यवसाय दर्ता प्रमाण पत्रको प्रतिलीपी १ थान
२. प्रदर्शक परिचय पत्रको प्रयोजनार्थ प्रति स्टल २ जना प्रतिनिधिको फोटो र नाम
३. स्टल भाडाको रकम नगद वा बैङ्क भौउचरबाट बुझाउन सकिने छ ।

शिक्षक आवश्यकता सम्वन्धि सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७३÷१०÷२१
उपरोक्त सम्बन्धमा कलेना गाबिस–९, डोटीमा रहेको यस श्री भगवती आधारभूत बिद्यालयमा रिक्त रहेको प्रा.बि. तह तृतीय श्रेणीको शिक्षक पद खुल्ला प्रतियोगिताद्वारा अस्थायी पदपुर्ति गर्नु पर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आबेदन दिन हुन यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल
बिज्ञापन नं. ०१÷०७३÷०७४, पद संख्या ः १ (महिला)
तह ः प्रा.बि. तृतीय  किसिम ः करार,
स्केल ः नेपाल सरकारले तोके अनुसार,
शैक्षिक योग्यता ः आई.एड. वा सो सरह
उमेर ः १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको
पेश गर्नु पर्ने कागजातहरु
ड्डशैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपी २ प्रति
ड्डनेपाली नागरिकताको प्रतिलिपी २ प्रति
ड्डस्थानीय अध्यापन अनुमतिको प्रतिलिपी २ प्रति
ड्डनिरोगिताको प्रमाण पत्रको प्रतिलिपी २ प्रति
ड्डतालिम सम्वन्धि प्रमाणपत्रका प्रतिलिपी २ प्रति
दरखास्त दिने अन्तिम मिति ः २०७३÷११÷०६ गते
सम्पर्क मितिः २०७३÷११÷०८
परीक्षा दस्तुर ः २०००÷–
परीक्षाको किसिम ः लिखित र अन्तर्वार्ता
परीक्षा मिति ः जि.शि.का. डोटीले तोके बमोजिम हुनेछ ।
दरखास्त बुझाउने स्थान ः श्री भगवती आ.बिद्यालय, डोटी
सम्पर्क फोन ः (प्र.अ.) तेज बहादुर खाती  मो.९८४८४१८०९८
पुनश्च ः म्याद नाघि आएका र रित नपुगी आएका निवेदन उपर कुनै कारबाही हुनेछैन ।

सूचना ! सूचना !! सूचना !!!

डोटी जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने सन्दर्भमा जिल्लाका ५० वटै गाबिस र दिपायल सलगढी नगरपालिकालाई यस अगावै खुला दिसामुक्त क्षेत्र घोषणा गरिसकिएकोमा जिल्लातथा क्षेत्री खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिवाट डोटी जिल्लाभित्र अनुगमन कार्यभईरहरकोले सम्पूर्ण डोटीवासी दाजुभाई, दिदिबहिनीहरुले आफ्नो घर, कार्यालय, बिद्यालय तथा सार्वजनिक स्थलमा रहेका शौचालयको सुधार र प्रयोग गरि खुला दिसामुक्त अभियानलाई सफल पार्नमा सहयोग गर्नु हुन अनुरोध छ । साथै सरसफाई सभ्य समाजको परिचय पनि भएकाले सभ्य नागरिकको पहिचान सवैले सधैंका लागि वनाऔं ।

जिल्लास्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति, डोटी


सूचना !   सूचना !!   सूचना !!

जिल्ला स्वास्थ्य कार्यालय डोटीको आयोजनामा तपसिलको स्थान र मितिमा महिलाहरुका लागि परिवार नियोजनको स्थायी वन्ध्याकरण (मिनिल्याप) शिविर सञ्चालन हुने भएकोले सन्तानको  रहर पुगी सकेका महिलाहरुले सेवा लिई मौकाको फाईदा उठाउन हुन हार्दिक अनुरोध गरिन्छ ।
तपशिल
 क्र.स.    स्थान                 मिति
 १.    जिल्ला अस्पताल           २०७३ माघ २१, २२ र २३ गते
 २.     मुडेगाउँ स्वास्थ्य चौकी       २०७३ माघ २४ र २५ गते
 ३.    बारपाटा स्वास्थ्य चौकी       २०७३ माघ २६ गते    
 ४.    बन्लेक स्वास्थ्य चौकी              २०७३ माघ २७ र २८ गते
 ५.     शैलेश्वरी अस्पताल दिपायल        २०७३ माघ २९ गते
 ६.     बग्लेक स्वास्थ्य चौकी                 २०७३ फागुन १ गते
 ७.     सानागाउँ स्वास्थ्य चौकी       २०७३ फागनु २ गते
 ८.     छतिवन स्वास्थ्य चौकी बुडर      २०७३ फागनु ४ र ५ गते
नोट ः जिल्ला अस्पताल डोटीमा २०७३ माघ ६ गतेबाट नियमित रुपमा मिनिल्याप सेवा सञ्चालन   गरिनेछ ।
आयोजनक
जिल्ला स्वास्थ्य कार्यालय डोटी