Monday, April 17, 2017

बिम्ब नेपाली साप्ताहिक, २०७४ साल बैशाख ५ गते मंगलकार

नयाँ बर्ष २०७४ सालकाे हार्दिक मंगलमय शुभकामना छ । सं.


नेपालको संविधानमा अपाङ्गता भएकाहरुको लागि भएका व्यवस्थाहरुको कार्यान्वयन गरौं ।       
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

सार्वजनिक हुने न्यायालयको परमादेश

पबित्र बिवाद् : कम्पनी देखि सर्वोच्चसम्म


नीजि वा सार्वजनिक हुने भन्ने बिषयमा लामो समयदेखि बिवाद्मा रहेको डोटीको पुरानो संस्थागत बिद्यालय पबित्र आवाशीय माध्यामिक बिद्यालय अन्ततः सार्वजनिक हुने भएको छ । आईतबार सर्वोच्च आदलतले उक्त बिद्यालय सार्वजनिक हुने ठहर गरेको हो । 
बिद्यालय सार्वजनिक गुठी हुनु पर्ने माग राख्दै २०६७ साल असोज ७ गते साबिक दिपायल सिलगढी नगरपालिका–२ निवासी नरेशमान श्रेष्ठले तत्कालीन बिद्यालय व्यवस्थापन समिति अध्यक्ष बिपिन भट्ट, जिल्ला शिक्षा कार्यालय डोटी, तत्कालीन जिल्ला शिक्षा अधिकारी लोकमणी जोशी, जिल्ला प्रशासन कार्यालय डोटी बिद्यालयका तत्कालीन प्रिन्सिपल शिबराज भट्ट र व्यवस्थापन समितिका तत्कालीन सदस्य दुर्गाप्रसाद फुलारालाई बिपक्षी बनाई दायर गरेको रिटमाथी सुनुवाई गर्दै प्रधानन्यायाधिश सुशीला कार्की सहितको संयुक्त ईजलासले उक्त बिद्यालय सार्वजनिक गुठी हुने ठहर गरेको छ । 
न्यायालयको यो फैसलासंगै पबित्र बिद्यालय सार्वजनिक गुठीवाट सञ्चालन हुने भएको छ । २०४० सालमा रतन थापाले पूर्ब प्राथमिक बिद्यालयको रुपमा स्थापना गरेको उक्त बिद्यालयलाई शिक्षा ऐन, २०२८ को सातौं संसोधनले संस्थागत बिद्यालयहरु–लाई कम्पनी वा गुठीमा दर्ता गर्नु पर्ने व्यवस्था गरेपछि बिद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष रामचन्द्र भट्टले उक्त बिद्यालयलाई गणेश ईश्वरी एजुकेसन प्रालि नाम दिएर कम्पनी रजिस्टारको कार्यालयमा नीजि कम्पनीमा दर्ता गरएपछि स्थानीयबासी र व्यवस्थापन पक्षबिच बिवाद चर्केको थियो । नेपाल सरकार, भारत सरकार, बिभिन्न संघसंस्थाहरुले समेत लगानी रहेको भन्दै स्थानीयबासीहरुले उक्त बिद्यालय सार्वजनिक गुठीमा दर्ता दर्ता गर्नु पर्ने माग राखेका थिए । 
बिवादकै बिच २०६६ साल मंसिर १७ गते अभिभावकहरुको भेलाले स्थानीय मुकुन्द रानालाई अध्यक्ष चयन गरेको थियो । तर, तत्कालीन अध्यक्ष बिपिन भट्टले बुवा रामचन्द्र भट्टको एकलौटी लगानी भएको भन्दै आफुनै अध्यक्ष हुनु पर्ने दावी गरेपछि जिल्ला शिक्षा कार्यालय डोटीले बिपिनलाईनै पुनः अध्यक्ष बनाएको पत्र पठाएको थियो । जिल्ला शिक्षा कार्यालयको उक्त निर्णयपछि सोही बर्ष चैत्र २४ गते दिपायल सिलगढी नगरपालिका–१ निवासी सिताराम जोशीले परमादेश मिश्रित निषेधाज्ञाको रिट तत्कालीन पुनरावेदन अदालत दिपालयमा दायर गरेका थिए । अदालतले २०६७ साल चैत्र १६ गते गरेको ठहर अनुसार उक्त बिषयमा शिक्षा बिभागका महानिर्देशकलाई पनि बिपक्षी बनाउनु पर्नेमा नबनाएको भन्दै रिट खारेज गरेको थियो ।  
जिल्ला शिक्षा कार्यालय डोटीले अभिभावकहरुको भेलालाई उल्टाउदै चेत्र ६ गते दिसिनपा–५ पुन्ना निवासी बिपिन भट्टलाई अध्यक्ष वनाएको भन्दै स्थानीयवासीहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गरेका थिए तर उक्त उजुरीमाथी पनि कुनै सुनुवाई भएन । तत्कालीन जिल्ला शिक्षा अधिकारी लोकमणी जोशीले बिद्यालय कम्पनी रजिष्टारको कार्यालयमा कम्पनी ऐन अन्त–रगत पबित्र एजुकेशन प्रालिको रुपमा दर्ता भई उक्त बिद्यालयका लगानीकर्ता बिपिन भट्टलाई नै भएको देखिएकोले शिक्षा ऐन अनुसार अध्यक्षमा भट्टलाई नियुक्त गरेको वताएका बताएका थिए । शिक्षा ऐन अनुसार नीजि बिद्यालयको अध्यक्षमा शेयरधनीहरुमध्यवाटै हुने व्यवस्था भएकोले अभिभावकहरुले गरेको निर्णयको अर्थ नरहने जिशिअ जोशीको तर्क थियो ।
सुदूरपश्चिमै शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको यस बिद्यालयले २०४३ साल माघ ७ गते कक्षा १ सञ्चालनको अनुमति पाएको थियो । स्थापना कालमा दार्जिलिङ्ग घर भएका रतन थापाले बिद्यालयको स्थापना गरेका र पछि दिपायल सिलगढी नगरपालिका-५ का रामचन्द्र भट्ट र भारत कलकत्ताका नागरिक रबिन्द्रनाथ वैनर्जीले बिद्यालयको संरक्षण गर्दै आएको उक्त बिद्यालयले २०४४ सालमा कक्षा २ देखि ८ सम्म र २०४७ सालमा कक्षा ९ र १० सञ्चालन गर्ने अनुमति पाएको थियो । पछि २०५२÷०५३ मा उच्च माध्यामिक शिक्षा परिषद्वाट अनुमति लिई कक्षा १२ सम्मको पढाई हाल सञ्चालन भईरहेको छ । 
कम्पनी रजिष्टारको कार्यालयमा नीजि बिद्यालयको रुपमा दर्ता भई स्थानीयस्तरमा बिवाद उत्पन्न भएदेखिनै बिम्ब साप्ताहिकले नियमित रुपमा समाचार प्रकाशन गर्दै आएको थियो । बिवाद बिधिबत् रुपमा अदालत पुगेपछि बिम्बले यस बिषयमा समाचार सम्प्रेषण गर्न रोक लगाएको थियो । 

सम्पादकीय 

चुनाव किन हुन्न सरकार ?

सोमवार, एकाबिहानै बिभिन्न सञ्चारमाध्यमवाट एउटा समाचार संप्रेषण भयो । बहालवाला गृहमन्त्री जो आफै देश र नागरिकको सुरक्षाको जिम्मा लिएर जनताकै तिरेको करवाट सयर गरिरहेका छन, उनले मध्यरातमा शान्ति सुरक्षा फितलो भएका कारण चुनाव हुन नसक्ने भनेर आफ्नो ट्वीटर खातामा ट्वीट गरेछन् । स्वभाबिक रुपमा देशको गृहमन्त्रीले शान्ति सुरक्षा फितलो छ भनेपछि जनताले बिश्वास गर्नु पर्ने वाध्यतानै हुन्छ । 
चुनाव आउन जम्माजम्मी २७ दिनमात्रै बाँकी रहँदा गृहमन्त्री ज्यूले किन यस्तो भाषा बोले ? यो बिषयमा सरकारले जनतालाई स्पष्ट पार्नु जरुरी छ । के चुनाव नहुनेनै हो र सरकार ? यदि चुनाव नहुनेनै हो भने प्रष्ट घोषणा आवस् सरकारको । यो यो कारणले गर्दा चुनाव हुन्न भन्ने सन्देश आएपछि चुनावकै लागि घरिएका ‘टुरिष्ट’ राजनीतिज्ञहरु फेरी आफ्नो बाटो लाग्लान् । जनताले पनि दिनहुँ जसो नेताहरुको भाषण सुन्न पर्ने बाध्यता कम होला । 
टिकट पाउनका लागि निकृष्ठ शैलीमा उत्रिएकाहरु पनि केही दिन शान्त भएर बस्लान् । चुनावकै कारण दाजु–भाईबीच बढ्दै गएको तिक्तता पनि कम होला । त्यसैले सरकार चुनाव नहुने हो भने प्रष्ट कारण सहति छिटो भनिदेउ जनतालाई । जनता किसानीमा व्यस्त हुनेछन् । हुन त कार्तिकमा लाएको बाली चैतमा भित्राउने बेलामा असिनाले पिट्दा समेत सरकारले ‘चु’ सम्म गरिदिएन तर पनि फेरी कार्तिकको असिनाका लागि भएपनि किसानले कुटो, कोदालो र हलो चलाउनै पर्नेछ सरकार । किन चुनावको नाममा गरिखानेहरुलाई अल्मलाईरहेको ? 
यदि चुनाव तोकिएकै दिन हुने निश्चित हो र सरकारले गराउन चाहेको हो भने मध्यरातमा चुनाव हुन्न भन्ने सरकारका मन्त्रीलाई किन कारवाही नगरेको सरकार ? किन उनी त्यस्तो बोले ? देशनै मस्त निन्द्रामा सुतेको समयमा एकाएक शान्ति सुरक्षा फितलो भएको कसरी अनुभुति भयो सरकार तिम्रा मन्त्री महोदयलाई ? यो सामान्य बिषय होईन सरकार, यो बिषयमा छानबिन हुनु जरुरी छ यदि सरकार भन्नेले साँच्चै चुनाव गराउन चाहेको हो भने । 
गृहमन्त्रीले नै शान्ति सुरक्षाको अवस्था राम्रो छैन भन्नु भनेको सरकारले मतदाताको सुरक्षा गर्न सक्दैन भन्नु हो । यदि यस्तो हो भने मतदाता किन मतदान गर्न जान्छ त ? कसैलाई नेता बनाउन र फेरी अर्को भ्रष्टाचारी थप्नका लागि जनताले आफ्नो ज्यान जोखिममा राख्नु पर्ने कुनै कारण छैन सरकार । त्यसैपनि जनताले नेताहरुबाट आश्वासन बाहेक केही पाएका छैनन्, दुःख बाहेक अरु केही पाएका छैनन् सरकार । 
हुन त सरकार अरु पनि छन चुनाव सार्नु पर्छ भनेर मरिहत्य गर्नेहरु । आफ्नो पक्षमा परिणाम आउँदैन भनेर वहाना वनाएर हुन वा साँच्चै देशप्रति चिन्ता भएर हुन सरकारपक्षीयहरुनै चुनाव सार्नु पर्ने कुरामा बढी लागेका छन । त्यो एउटा पाटो भयो तर गृहमन्त्रीनै चुनाव हुन सक्दैन भन्ने अभिव्यक्ति दिन्छन् त्यो शान्ति सुरक्षाका कारणले भने यसलाई सर्वसाधारणले के बुझ्ने सरकार ? सञ्चार–कर्मीहरुका लागि, सरकारी कर्मचारीहरुका लागि, सामाजिक कार्यकर्ताहरुका लागि आचार संहिता लाग्ने तर तिम्रा मन्त्रीहरुका लागि आचार संहिता नलाग्ने कुरा कत्तिको जायज हो सरकार ? तिम्रो कानुन अरुका लागि मात्रै लागु हुने हो र ? 
त्यसैले सरकार, कि त छिटो चुनाव सरेको वा स्थगित भएको वा रद्द भएको घोषणा गर, होईन भने मध्यरातमा जनताको मनमा चिन्ता पर्ने गरि तिम्रा मन्त्रीले बोलेको कुराका बिरुद्ध अभिव्यक्ति देउ सरकार । त्यस्ता मन्त्रीहरुलाई आफ्नो मन्त्रीमण्डलबाट वाहिर निकाल सरकार । शान्ति सुरक्षा कायम गर्न सक्ने, सुरक्षा निकायहरुलाई सही ढंगले परिचालन गर्न सक्ने, सक्षम व्यक्तिलाई गृह मन्त्रालयको  जिम्मेवारी देउ सरकार । अन्यथा सरकारकै मनसाय चुनाव गर्ने छैन भन्न सञ्चारकर्मीहरु हिच्किचाउनु पर्ने कुनै कारण हुँदैन ।  

थप समाचार 

नगरपालिकाले नयाँ दमकल ल्याउने



भूमिराज जोशी÷सिलगढी
बैशाख ४
गत चैत्र २० गते डोटीको व्यस्त बजार दिपायल पिपल्लामा आगलागी भयो । टेङ्करवाट ड्रममा पेट्रोल खन्याउँदा एक्कासी आगलागी हुँदा टेङ्कर, पेट्रोल पम्प, पाँच मोटरसाईकल र तीन पसल जलेर नष्ट भए । आगो नियन्त्रण लिनका लागि क्षेत्रीय प्रहरी कार्यालयको पानी बोक्ने टेङ्करको प्रयोग गर्नु प¥यो, कारण दिपायल सिलगढी नगरपालिकासंग बारुणनियन्त्रण (दमकल) को व्यवस्था थिएन । 
डडेल्धुरा अमरगढी नगर–पालिकाको दमकल आएपछि आगो नियन्त्रणमा लिन सहज   भयो । 
उक्त घटना भएको चार दिन बित्न नपाउँदै चैत्र २४ गते जिल्ला सदरमुकामस्थित रिमझिम होटलमा पनि आगलागी भयो । हलमा राखिएका लुगाहरुबाट सल्केको आगो प्रहरी र स्थानीयहरुले नियन्त्रणमा लिए । नगरपालिकाको गेटसंगै जोडिएको उक्त होटेलमा लागेको आगो नियन्त्रमा लिनका लागि पनि दमकल थिएन । दमकल नभएको भन्दै नगरपालिकाको तिब्र आलोचना समेत भयो । 
नगरपालिकामा रहेको दमकल बिगत एक बर्षदेखि बिग्रेको छ । करीब २० बर्ष अगाडि स्थानीय बिकास मन्त्रालयले प्रदान गरेको दमकल नवन्ने गरि बिग्रिएको नगरपालिकाका कर्मचारीहरु बताउँछन । दमकल नबन्ने भएपछि नयाँ दमकल ल्याउने योजनामा नगरपालिका रहेको     छ । 
ल्याएको दुई तीन बर्षसम्म राम्रै काम गरेको दमकल पछि पटक पटक बिग्रदै आयो । ‘धेरै पटक मर्मत ग¥यौंं’ नगर–पालिकाका कार्यकारी अधिकृत तुलसीप्रसाद आचार्य भन्छन्  ‘तर यो पटक भने नबन्ने गरि बिग्रेको छ ।’ 
कार्यकारी अधिकृत आचार्यले बिम्ब नेपाली साप्ताहिकसंग कुरा गर्दै भने ‘दमकल मेसिनरी चिज भएको पटक पटक बिग्रदै आएको थियो । यो दमकल अरु भन्दा फरक पनि छ । यो चाइनिज कम्पनीको हो । यसका पार्टपुर्जाहरु यता पाइदैन । सबै बाहिरबाट ल्याउनु पर्छ ।’  
‘अब यो दमकल लिलाममा दिने तयारीमा छौं’ आचार्यले भने ‘कार्यालयले दमकलको लागि अर्थ मन्त्रालयमा पहल गरिसकेको छ ।’ गत चैत ८ गते टेण्डरको लागि सूचना पनि आब्ह्वान गरिसकेको बताउँदै उनले अबका केही महिनामा नयाँ दमकल आउने बताए । 
बिग्रेको एक बर्षसम्म पनि कुनै पहल किन नगरेको भन्ने प्रश्नमा उनले भने ‘हामीले पहल त यो दमकल नबन्ने भयो भन्ने थाह हुने बित्तिकै सुुरु गरेका हौं तर ढिलाई भयो ।’ अर्थ मन्त्रालयमा दमकलको लागि बजेट निकाशा गर्नै तीन चार महिना लागेको उनी बताउँछन । ‘अव टेण्डर आब्हान सम्बन्धि सूचना गरिसकेका छौं’ आचार्यले भने ‘यसमा पनि एक डेढ महिना लागि हाल्छ त्यसैले ढिलाई भएको हो ।’

चैत्रमा मात्रै सेतीले ६ को ज्यान लियो


गत चैत्र २९ गते नुहाउने क्रममा सेती नदीमा दुई युवक बेपत्ता भए । महोत्तरी जिल्ला साबिकको बर्दिबास नगरपालिका बस्ने १९ वर्षीय बिशाल श्रेष्ठ र काभ्रे गौरी बिसौनीका कृष्णप्रसाद दङ्गाल नदीमा नुहाउने क्रममा   बगे । 
घटनापछि स्थानीय–बासीहरु, नेपाल प्रहरी र नेपाली सेता खोजी कार्यमा जुटे । दुई युवामध्ये दङ्गालको शव चैत्र ३१ गते दिपायल पुल नजिकै     भेटियो । अर्का युवा श्रेष्ठको शव आईतबार केआई सिंह गाउँपालिका अन्तरगतको नारी दाङ भन्ने ठाउँमा भेटियो । दङ्गाल र श्रेष्ठ सेती प्राबिधिक शिक्षालयमा भवन मर्मतको काम गर्नका लागि आएका थिए । 
दङ्गाल र श्रेष्ठ जस्तै गएको चैत्र महिनामा मात्रै सेती नदीमा ६ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार चार जना पहिचान खुलेका र दुई जना पहिचान नखुलेका व्यक्तिहरुको ज्यान गएको छ ।  
प्रहरीका अनुसार करीब ४०÷४५ बर्षीय अपरिचित पुरुष ब्यक्ति फेला परेको गत चैत्र १ गते जिल्ला प्रहरी कार्यालय डोटीको अभिलेखमा छ । उनको परिचय खुन्न सकेन । 
यस्तै चैत्र १५ गते कैलाली जिल्ला   अत्तरिया नगरपालिका—१३ बस्ने १९ बर्षीय निराजन  बोहरा सेती नदीमा बगी २० गते फेला परेका थिए । दिदिको घरमा भेटघाट गर्न आएका उनी नदीमा नुहाउने क्रममा बगेका  हुन । यस्तै जिल्ला शाहाजपुर बिजयनगला भारत घर भई जेली प्रालिका जेसिबी चालक २४ बर्षका बिनोद कुमार गत चैत १६ गते सेती नदीमा नुहाउने क्रममा बगेका हुन । 
यस्तै चैत्र २४ गते      परिचय नखुलेका एक व्यक्तिको शव फेला परेका छन । 
नदीमा बगेर एक महिनामै ६ जनाको ज्यान  गएको सम्भवत् यो पहिलो घटना हो । त्यसो त बर्षेनी सेती नदीमा बगेर ज्यान गुमाउने गर्छन् । लामो समयदेखि चर्चामा रहेको पश्चिम सेती जलबिद्युत परियोजना निर्माण हुने भनिएको सेती नदीले बर्षेनी उर्बरा जमिन कटान गर्दै आएको छ । उत्पादनमुलक कामका लागि भने नदीको पानी प्रयोग हुन सकेको छैन । 

‘गाउँमा पानी दिनेलाई चुनाबमा भोट दिन्छौं’


‘सधै पानीको नै समस्या । पानी पाएपनि लामो जंगलको बाटो हिडेर कुवाँमा फोहोर जमेको पानी खानुपर्ने बाध्यता छ, नेताहरु आउँछन समस्या डायरीमा टिप्छन तर, चुनाब जितेपछि फर्केर हेर्दैनन् ।’ 
के आइ सिं गाउँपालिका–२ (साबिकको तिखात्तर–५) जारिमभाडीका स्थानीय धने लुहारले बिम्बसंग दुखेसो पोखे । लुहारले भने ‘हामी त अनपढ गाउँका सोझा मान्छे । हामीलाई केही थाहा हुदैन । चुनाबको बेला सबै पार्टीका नेताहरु आउँछन । हाम्रा बिबिध समस्याहरुलाई  डायरीमा टिपोट गर्छन । दोश्रोपटक भने फर्केरै हेर्दैनन् ।’ 
पानी ल्याउन जानुपर्छ टाढा । करिब डेढ घण्टा समय लाग्छ, जारिम भाडीका ४० बर्षीय स्थानीय लाल तिरुवाले भने, ‘चुनाबको बेला हामी छौं भन्ने नेताहरु हाम्रा लागि जिउदा मरेका थाहा छैन । हामी सबै आशा मात्र बोक्छौं, त्यो आशा मै सिमित हुन्छ ।’
जारिमभाडीका दलित समुदायका घरबाट करिब डेढ घण्टा समय लाग्ने जंगलमा सानो पानीको कुवा छ । त्यो कुवा नजिकै पल्लो गाउँ लोलीका स्थानीयहरुले पानीको ट्याङ्की बनाएका छन । ट्याङ्कीबाट नै पानीको पाइप जोडेर पानी लिएका छन । पाइप जोडेको ठाउँमा अलिकति पानी चुहिन्छ । त्यो चुहिएको पानी नै जम्मा गरी सानो कुवाँ बनाएका छन जारिम भाडीका बासीहरुले । 
पानी सानो कचौराले निकालेर भाँडाहरु भर्नुपर्छ, नत्र पानी धमिलो हुन्छ, स्थानीय २२ बर्षिया रम्भा कामीले भनिन्, ‘हामीले पानीको सधै यसरी नै गुजारा गर्नु पर्छ । कहिलेकाँही त आकाशको पानीले नै काम दिन्छ । बिम्बसंग आफ्नो खेतबारी देखाउदै उनले भनिन्, ‘हाम्रा नेताले भने अनुसारको काम गर्ने भए हामीलाई कहिल्यै भोकमरी हुने थिएन । अहिले हाम्रो एक भोटले नेताहरुले राज गरिरहेका छन । सधैं आएर आश्वासन मात्र दिन्छन । कुवाँमा पानी ल्याउन जान्छौं सधैं काकाकुल मच्चिन्छ । खेतबारीमा पानीको अभाबले बिउ पनि नआउने भैसक्यो ।’
रेडियो सुन्छौं उनले भनिन्, ‘नेताहरुले यो ग¥यो, त्यो ग¥यो’ भन्छ, तर हाम्रो गाउँमा भने ‘न कुनै संघ संस्थाले गरेको छ, नत कुनै सरकारी निकाय वा नेताहरुले नै ।’
यो पीडा जारिमभाडीका बासीहरुको मात्र होइन, सेती नदीकै किनारमा बस्ने साबिकको तिखात्तर ९ तल्कोटका स्थानीयबासीको पनि उस्तै छ । करिब डेढ दुई सय परिवार छन तल्कोटमा तल्लो-मल्लो गाउँ गरी । बढी मर्का छ मल्लो तल्कोटका बासीहरुलाई । नजिकै छ सेती नदी । करिब २÷३ सय मिटर टाढा । तर पानीको भने हाहाँकार । बर्षायाममा भने जताततै पानी पाइन्छ । हिउँदेयाममा भने, गाउँभरीकै एउटा मात्र धारा छ । त्यो धारामा करिब तीनचार घण्टा लाइनमा बस्नुपर्छ ।
स्थानीय ४० बर्षीया चन्द्रादेबी माझीले भनिन् ‘म बिहान चार बजेदेखि लाइनमा बसेकी हुँ । बल्ल सबा सात बजेतिर २० लिटरको गेलिन भर्न पाए । पानी मसिनो आउँछ । मान्छे रातभर पनि पानी भर्छन खानेपानीका लागि ।’ नदीको पानी फोहोर हुन्छ । बोक्न पनि उकालो पर्ने हुनाले प्रायः सफा पानी भनेर यो धारामै लाइनमा           बस्छौं ।’माझीले भनिन्, ‘गाइगोरुलाई त नदीमा पानी खुवाउन लग्छौं । हामीलाई त त्यो फोहोर पानीले सञ्चो हुँदैन । हामी तल्लो तल्कोटबासीलाई त नदी नजिक हुनाले अलि सजिलो भएको छ तर मल्लो गाउँको लागि त धेरै समस्या छ । नदी टाढा पर्छ । उता पानी छैन बडो समस्या छ उहाँहरुलाई त ।’
नेताहरु आउँछन । स्थानीय गोरे माझीले भने, ‘नजिकैको सेती नदीको पानी अब मेसिन ल्याएर घरघरमा पु¥याउँछौं, ढुक्क हुनुस । तपाँईहरुका खेतहरुमा पनि पानीको कमी हुने छैन ।’ यस्ता यस्तै सपनाहरु बाँडे, भोट लिए । तर फर्किएर हाम्रा समस्याहरु सम्बोधन गर्न कोही नेता कार्यकर्ता आएनन् ।’
यो टन्टलापुर घाममा हामीले घण्डौं– सम्म पानीको लाइनमा बस्नुपर्छ, चर्पीमा, पशुहरुलाई तथा बारीमा काम लगाउनुपर्छ तर, जिम्मेवारी निकायलाई भने कुनै मतलब नै नभएको गोरे माझीले बताए ।
पञ्चायतकालदेखि नै नेताहरु गाउँमा पस्न थालेका हुन । कुन गाउँमा बिकास भयो, कुन गाउँमा बिकास भएन । त्यो कुरा गाउँमा जाने बित्तिकै छर्लङ्ग हुन्छ । यतिसम्मकी चिया पकायो भने पाकेको चियापत्ती खानेको लडाँई हुन्छ घरपरिवारमा । चिया भन्दा पनि पाकेको चियापत्तीको माया हुन्छ उनीहरुलाई । पाकेको चियापत्ती खायो भने रोग लाग्दैन (निरोगी) बन्छन भन्ने बिश्वास छ उनीहरुलाई । यतिसम्म पनि चेतना फैलिएको छैन ।
गाउँगाउँमा जाँदा प्रायः सबैका गुनासाहरु एउटै हुन्छन । चुनाबका बेला नेताहरु भोट माग्न आउँछन, एक गाउँमा जान्छन, छि छि यो गाउँमा त चर्पी पनि छैन । चर्पीको समस्या डायरीमा टिप्छन, अनी भन्छन हामीलाई भोट दिनुस हामी तपाईलाई चर्पीको ब्यवस्था गरिदिन्छौं । त्यस्तै अर्को गाउँमा जान्छन पानीको समस्या देख्छन, त्यो पनि डायरीमा टिप्छन । भोट माग्छन । अर्को गाउँमा पनि त्यस्तै गरेर डायरी पनि भर्छन । यसरी चुनाब जितेर काठ्माण्डौं जान्छन अनि उतै डायरी हराउँछ, उतै नेताहरु हराउँछन । 
यसरी बर्षेनी नेताहरुले ढाँटेर, छलकपट गरेर कति, कहिलेसम्म चुनाब जित्ने, लड्ने ? सोझा साझा जनतालाई खेलौना बनाएर कहिलेसम्म चर्चामा पुग्छन । त्यसैले भनेको हुनुपर्छ यसपाली त पानी दिनेलाई भोट दिन्छौं । पहिले गाउँमा पानीका धारा बनाएर पानी ल्याउनुस त्यसपछि मात्र भोट दिन्छौं । यो नेताहरुले बुझ्नु जरुरी छ ।

छोटकरी समाचार 

एक सय ५५ केन्द्र रहने

बैशाख ३१ गते हुने स्थानीय निर्वाचनका लागि डोटी जिल्लामा एक सय ५५ मतदान केन्द्र रहने भएका छन । 
जिल्ला निर्वाचन कार्यालय, डोटीले दिएको जानकारी अनुसार जिल्लाका एक सय १५ मतदान स्थलमा एक सय ५५ केन्द्र रहने छन । २०७० सालको संबिधानसभाको निर्वाचनमा एक जिल्लामा एक सय ६ मतदान स्थल र एक सय ५३ मतदान केन्द्र रहेकामा यस पटक दुई केन्द्र र ९ स्थल बढेका निर्वाचन कार्यालयका सूचना अधिकारी दलवहादुर मलासीले जानकारी दिए ।

गजल बाचन कार्यक्रम सम्पन्न

डोटी गजल मञ्चको आयोजनामा सोमवार खुला गजल बाचन तथा नयाँ बर्ष २०७४ सालको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । 
मञ्चका अध्यक्ष केशवचन्द्र महरा ‘पवन’ ले दिएको जानका–री अनुसार डोटीको दिपायलमा रहेको होटल रिभरसाईडमा आयोजित उक्त कार्यक्रममा करीव २० जना गजलकारहरुले आफ्नो प्रस्तुति राखेका थिए । सवैलाई पायक पर्ने ठाउँमा गजल सुन्न र सुनाउनका लागि उक्त कार्यक्रम आयोजना गरिएको अध्यक्ष महराले जानकारी  दिए ।
कार्यक्रमका प्रमुख अतिथि गजलकार लक्ष्मीदत्त भट्टले सुदूरपश्चिममा गजल बिधाको बिकास गर्नका लागि सबै साहित्यकारहरुले पहल गर्नु पर्ने वताए ।

खेल समाचार 

रुपन्देही ६ विकेटले पराजित


धनगढी प्रिमियर लिग (डीपीएल) मा प्लेअफमा पुगेको रुपन्देही च्यालेन्जर्स धनगढी टिम चौराहासँग ६ विकेटले   पराजित भएको छ ।
सोमबार भएको खेलमा टस जितेर ब्याटिङ गरेको रुपन्देहीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९१ रन जोडेको थियो । ९२ रनको लक्ष्य पाएको धनगढी टिमले मात्र ११ ओभर खेल्दा ४ विकेट गुमाएर लक्ष्य पार गर्यो । धनगढी टिम ५४ बल बाँकी छँदै लक्ष्य पार गर्न सफल भएको हो ।
धनगढी टिमका पारस खड्काले ४२ रन जोडे भने अमर रौतेला र राजु रिजालले १३, १३ रनको योगदान गरे । पृथु बास्कोटाले अविजित १५ रन जोडे भने अनिल मण्डलले ८ तथा अरिफ शेख ४ रनमा अविजित रहे । यसअघि ब्याटिङ गरेको रुपन्देहीका केसी प्रकाशले अविजित ४९ रनको योगदान गरे भने अन्तिम थापले ११ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
धनगढीका ललित राजबंशीले ४ विकेट लिएका थिए भने सुसन भारी र सौरभ खनालले एक, एक विकेट लिए ।

चलचित्र÷मनोरञ्जन 

गायिका र अभिनेत्री राप्रपाबाट चुनाब लड्दै



गायिका कोमल वली र अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट चुनाब लड्ने भएकी छिन । 
अभिनेत्री थापा काठमाडौं महानग–रपालिकाको उपमेयरमा र वली तुल्सीपुर नगरपालिकाको मेयरमा सिफारिस गरेको  राप्रपाका सहायक प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
स्थानीय तहको निर्वाचनका लागि राप्रपाले जिल्ला कार्य समितिबाट आएका सिफारिशका आधारमा उम्मेदवार   चयन गरिएको छ । केन्द्रीय कार्यालयबाट भने पारित हुन बाँकी रहेको उनले बताए । श्रेष्ठले भने ‘राप्रपामा आवद्ध कलाकारहरु मध्ये अभिनेत्री रेखा थापा र गायिका कोमल वलीलाई उम्मेद्वारको रुपमा पठाउने तयारी छ ।’
कांग्रेस–एमालेबाट पनि कलाकार उम्मेदवार बन्दै
नेपाली कांग्रेस तथा एमालेले पनि स्थानीय तहको निर्वाचनमा आफ्ना पार्टीसंग आबद्ध कलाकारहरुलाई उम्मेदवार बनाउने चर्चा चलिरहेको छ ।
कांग्रेसको तर्फबाट संगीतकार दीपक जंगम धुलिखेलको वडा अध्यक्षमा उठ्ने तयारीमा छन् । उनीबाहेक निर्माता चिरञ्जीवी बस्नेत ईनरुवाबाट वडा अध्यक्षमा उठ्न दौडमा छन् । नेपाल चलचित्र संघका मधुसुधन प्रधान काठमाडौं वडा नम्बर २१ को वडा अध्यक्षमा  सिफारिशमा परेका छन् ।
नेकपा एमाले तर्फबाट पनि कलाकार उम्मेदवार बन्ने दौडमा छन् । ब्रिजकिशोर सहनी, नीरगगन सिंह, वीरबहादुर बुढाथोकी र भुवन रिजाल लगायत कलाकारहरुले स्थानीय निकार्य निर्वाचनको मेयर, उपमेयर, वडा अध्यक्ष लगायत पदको लागि उम्मेद्वारी दिने चर्चा छ । ‘स्थानीय निकायको निर्वाचनमा उम्मेद्वारी पाएका र सिफारिसमा परेका कलाकारहरुको अन्तिम नामावली केही दिनभित्र टुंगो लाग्दैछ,’ नेपाल कम्युनिष्ट पार्टीको सांस्कृतिक संघका खगेन्द्र राईले बताए ।
‘नेपाली कांग्रेसमा आवद्ध केही कलाकारहरु स्थानीय तह निर्वाचनमा उठ्ने तयारीमा छन् । केही दिनभित्र पाटीको तर्फबाट उम्मेद्वारी पाउने टुंगो लाग्नेछ,’नेपाली कांगेस सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापाले जानकारी दिए ।

बालिका स्वीन बनिन् बालिका


मिसेस क्विन नेपाल–२०१७ को उपाधि काठमाडौंकी फेशन डिजाइनर बालिका अधिकारीले प्राप्त गरेकी छिन् ।
इभेन्ट बेटर ग्यालेक्सीले नयाँ वर्षको अवसर पारी राजधानीमा आयोजना गरेको कार्यक्रममा सो प्रतियोगिता अधिकारीले उपाधि सहित हिरोको स्कुटर उपहार प्राप्त गरेकी छिन । साथै उनलाई बेटर ग्यालेक्सीको ब्रान्ड एम्बेस्डर पनि घोषित गरिएको छ ।
विवाहिता नारीको व्यक्तित्व विकास र प्रतिभा प्रस्तुतिका लागि आयोजना गरिएको प्रतियोगितामा स्यान्डी भण्डारी फस्ट रनरअप भएकी थिइन । यस्तै, सेकेन्ड रनरअपको उपाधि निकिता पाण्डेले प्राप्त गरेकी थिइन । प्रतियोगिताको कोरियोग्राफी पूर्व मिस नेपाल उषा खड्गीले गरेकी थिइन् ।
प्रतिस्पर्धामा मिस ट्यालेन्टको उपाधि बबिता मानन्धरले जितिन् यस्तै । बेस्ट पर्सनालिटीको उपाधि स्यान्डी भण्डारीे र मस्ट ब्युटिफुलको उपाधि करुणा श्रेष्ठले हासिल गरेकी थिइन ।

लेख 

न्यायालयको परमादेश र अबको पबित्र बिद्यालय  


रामहरी ओझा 
३३ बर्ष लामो ईतिहास बोकेको सुदूरपश्चिमकै एक प्रकारको छबी बनाएको र शिक्षा बिभागबाट समेत पुरस्कृत भईसकेको डोटीको संस्थागत बिद्यालय पबित्र आवाशीय माबिको जीवनमा एक नयाँ मोड आएको छ । लामो समय देखि स्वामित्व बिवादका कारण अन्यौलतामा रहेको बिद्यालय आईतवारको सम्मानित सर्वोच्च अदालतको परमादेशबाट सार्वजनिक हुने भएको छ । २०६७ साल असोज ७ स्थानीय नरेशमान श्रेष्ठले दायर गरेकाे रिटमाथी सुनुवाई गर्दै न्यायालयले बिद्यालयमा कुनै व्यक्ति बिशेषको लगानी नभएको ठहर गर्दै सार्वजनिक हुने भएको छ । न्यायालयको परमादेशको पक्ष र बिपक्षमा अभिव्यक्तिहरु आउन थालेका छन । त्यो स्वभाबिकै प्रक्रिया पनि हो, शत प्रतिशत सहमत हुने वा बिमति राख्नेहरु भएको भए बिवादनै हुने थिएन । तर, अव न्यायालयको आदेशलाई स्वीकार गर्नुको बिकल्प छैन । यद्यपी अहिले पनि न्यायालयको पूर्ण ईजलासमा पुनर्बिचार गरी पाउँ भनी बिपक्षले याचना गर्ने बाटो छ, तर त्यो बाटोमा जाँदा पनि उपलव्धी हात लाग्दैन । किनकी थुप्रै आधार र प्रमाणहरुले बिद्यालय सार्वजनिकै हो भन्ने हिजो पनि देखाउँदै थियो र आज पनि देखाउँदैछ । 
जे होस्, न्यायालयले ढिलै भएपनि न्यायिक निर्णय गरेको छ । त्यो निर्णयको स्वागत गर्नु पर्छ । तर, अवको बाटो त्यति सहज भने छैन । यस बिषयमा पनि ध्यान दिनु जरुरी छ । रिट निवेदक वा बिपक्षी जो भएपनि यदि भावना पबित्र छ भने पक्कै पनि पबित्र बिद्यालय शिक्षाको क्षेत्रमा साँच्चिकै पबित्र संस्था हुनेछ । होईन, ‘हिडन ईन्टरेष्ट’ अरु केही हो भने फेरी पनि पबित्रको भबिश्य अन्यौल हुन सक्छ । पबित्रको ईतिहास र वर्तमानलाई तुलना गर्ने हो भने अवको बाटोमा चुनौतीहरु धेरै छन । ति चुनौतीहरुको सामना गर्ने हो भने सम्भावनाका पाटाहरु पनि धेरै छन । 
के हो पबित्र स्कुल ः–
एक जना स्थानीय वुद्धिजीवीले भने अनुसार यो बिद्यालयको २०४० सालमा पूर्व प्राथमिक बिद्यालयको रुपमा आप्mनै स्रोतवाट सञ्चालन हुने गरी स्थापना भएको थियो । दार्जिलिङ मुल घर भई काठमाण्डौंमा वसोवास गर्दै आएका रतन थापा नाम गरेका व्यक्ति यो बिद्यालयका संस्थापक हुन रे । उनले संस्थापक प्रिन्सिपल भनेर लेख्ने गर्दथे । डडेल्धुराका एक जना वृजलाल भन्ने शिक्षोप्रेमीले स्थानीय समुदायलाई बिद्यालय सञ्चालनमा सहयोग गर्नका लागि आग्रह गरेपछि आफुहरुले आफ्ना छोराछोरीहरु त्यस बिद्यालयमा पठाउन थालेको उहिलेको कुरा सम्झदै ति स्थानीय बुद्धिजिवीले जानकारी दिए । यो बिषयमा अन्य पाका स्थानीयहरुको पनि मतभिन्नता देखिदैन । यसबाट यो बिद्यालयका संस्थापक रतन थापालाई नै हुने भन्ने देखाउँछ । त्यतिमात्र होईन माध्यामिक तहको पढाई सञ्चालनका लागि क्षेत्रीय शिक्षा निर्देशनालयले दिएको अनुमति पत्रमा समेत रतन थापालाई संस्थापक प्रिन्सिपल वनाएकोले थालाई संस्थापक मान्नु पर्ने थप आधार छ । २०४३ सालमा कक्षा १ सञ्चालनको अनुमति पाएको यस बिद्यालयले २०४४ सालमा कक्षा २ देखि ८ सम्म र २०४७ सालमा कक्षा ९ र १० सञ्चालन गर्ने अनुमति पाएको थियो । पछि २०५२÷०५३ मा उच्च माध्यामिक शिक्षा परिषद्वाट अनुमति लिई कक्षा १२ सम्मको पढाई हाल सञ्चालन भईरहेको छ ।  
लगानी कस्को छ त ? 
लगानी दुई प्रकारले हिसावकिताव गर्न सकिने बिषय हो । एउटा आर्थिक लगानी जसको मुल्य महत्वपूर्ण मानिन्छ र अर्को श्रम लगानी जसलाई बिभिन्न तरिकाले व्याख्या गर्न सकिन्छ । बिद्यालयको आर्थिक लगानी हेर्ने हो भने स्थापना कालमा प्रहरीको भवनमा सञ्चालन भएको बिद्यालय पछि साबिकको दिपायल सिलगढी नगरपालिका–२ मा रहेको मर्माल सिंहहरुको घरमा सञ्चालन भएको पाईन्छ जो हालसम्म पनि बिद्यालयले प्रयोग गरिरहेको छ । २०४८ सालमा बिद्यालयले आप्mनै कमाईवाट आर्जन गरेको जग्गामा हाल १८ कोठे भवन वनेको छ । उक्त भवन निर्माणका क्रममा कुनै व्यक्तिको व्यक्तिगत लगानी देखिदैन । बिद्यालयको आप्mनै आम्दानी, दिपायलमा वस्ने मनोहर श्रेष्ठका छोरालाई तत्कालीन समयमा सडक निर्माणको ठेक्का लिएको कोरियन कम्पनीको गाडीले ठक्कर दिई मृत्यु भएपछि क्षेतिपूर्ति वाफत दिएको चार लाख पचास हजार रुपयाँ र अन्य सरसापटवाट उक्त भवन वनेको पाईन्छ । माध्यामिक शिक्षा बिकास ईकाईले २०५८ सालमा ७० लाख रुपयाँमा पाँच कोठे भवन सहित बिज्ञान प्रयोगशाला निर्माण गरिदिएको छ । भारतीय राजदुतावासले २०५९ सालमा वा १ क ४२९९ नम्वरको रातो प्लेट भएको वस उपलव्ध गराएको थियो । तर, पछि उक्त बस भारतीय दुताबासले बिद्यालयलाई नभई आफुलाई दिएको भन्दै तत्कालीन प्रिन्सिपल भारतीय नागरिक आर एन बेनर्जीले जवरजस्ती लगेर गए । ना २ ख ६४२ नम्वरको सार्वजनिक भाडाको अर्को वस ओमनी प्रालि बिरगञ्जवाट बिद्यालयले आप्mनै स्रोतमा किस्तावन्दीमा खरिद गरेको पाईन्छ । संरक्षण अभावका कारण उक्त बस बिद्यालय प्राङ्गणमै सडिरहेको छ । 
यसरी हेर्दा आर्थिक रुपमा यो बिद्यालयमा कुनै व्यक्तिले आफ्नाे व्यक्तिगत लगानी लगाएको छैन । व्यक्तिगत लगानीको कुरा गर्ने हो भने मनोहर श्रेष्ठले आफ्नाे छोराको दुर्घटनामा मृत्यु भएपछि क्षेतिपूर्ति वाफत पाएको रकम बिद्यालयलाई दिएका छन, त्यसलाई मान्न सकिन्छ । 
आर्थिक लगानीको कुरासंगै श्रम लगानीको कुरा आउँछ । बिद्यालयको हरेक पक्षमा लामो सयमदेखि दिपायल सिलगढी नगरपालिका–५ निवासी रामचन्द्र भट्ट र भारतीय नागरिक रबिन्द्रनाथ वेनर्जीले गरेको श्रम लगानीको अवमुल्ययन गर्न सक्ने अवस्था देखिदैन । संस्थालाई प्रशासनिक रुपमा, शैक्षिक रुपमा र आर्थिक रुपमा यो अवस्थामा पु¥याउनका लागि यि दुई जना महत्वपूर्ण व्यक्ति हुन । उनीहरु सम्मानयोग्य पनि हुन तर संस्थाहरु सार्वजनिक हितका लागि हुन्छन र सार्वजनिक लगानीका संस्थाहरुलाई सर्वाजनिक रुपमै अगाडी वढाउनु पर्ने हुन्छ । त्यसकारण लामो समयसम्म मैले व्यवस्थापन गरेको हो भन्ने ढंगले कसैले पनि स्वामित्वमाथी आप्mनो व्यक्तिगत दावी राख्नु पक्कै पनि राम्रो होईन । यो पंक्तिकारको बुझाईमा उनीहरु दुई जना सम्मानका दावेदार पक्कै हुन तर सम्पत्तिका दावेदार होईनन् । 
बिवाद उत्पन्न हुनुको रोचक किस्सा 
कुनै व्यक्ति बिशेषलाई तितो लागे यो पंक्तिकार क्षेमाप्रार्थी छ तर सत्य कुरा अलि तितो पनि हुन्छ । अहिले जसरी, जो, जहाँ सार्वजनिक सम्पत्तिको संरक्षणको कुरा गर्दैछन उनीहरु स्वयं पनि कुनै दिन साझा कम्पन्नी बनाउने र बिद्यालयको करोडौंको सम्पत्तिम हिस्सेदार हुने दौडमा थिए । भागवण्डाको बिषयमा बिवाद सुरु भयो, जुन बिवाद ‘गिलास पाट्नरहरु’ का बिचमा मिल्न सकेन । त्यसपछि एकले अर्कोलाई सिद्ध्याउने अभियान सुरु भयो । अभिभावकहरुका बिचमा, जिल्ला शिक्षा कार्यालयमा, जिल्ला प्रशासन कार्यालयमा र न्यायालयसम्म पुग्ने कार्य भयो । यति हुँदा हुँदै पनि कुरा के हो भने यो सार्वजनिक सम्पत्ति  थियो र छ भन्ने प्रमाणित भएको छ । यसका लागि योगदान दिनेहरु सबै धन्यवादका पात्र हुन ।   
अवको बाटो
बिद्यालयले आफ्नै खालको शैक्षिक ईतिहास बनाएको छ, भौतिक पूर्वाधारको तत्कालका लागि कमी छैन, बिद्यालयको आफ्नै पहिचान छ । त्यसकारण बिद्यालय सञ्चालनमा कुनै समस्या छैन । समस्या छ त केवल व्यवस्थापनको । व्यवस्थापकीय जिम्मेवारीमा रहने व्यक्तिहरुले यदि ईमानदार र जिम्मेवारी भईदिने हो भने, सामाजिक स्वयंसेवी भावनाबाट काम गरिदिने हो भने यो बिद्यालयलाई आम जनताको बिद्यालयका रुपमा बिकास गर्न सकिन्छ जहाँ गिट्टी कुट्ने मजदुरको छोरोले पनि टाई सुट लगाएर अध्ययन गर्न सकोस् । त्यसका लागि हामीले अलि खुकुलो छाती बनाउनु जरुरी छ । तत्कालका लागिः  
१. करीव २५ वर्षसम्म रामचन्द्र भट्टले यो बिद्यालयलाई नेतृत्व गरे । उनी सामाजिक भावनाका भएका व्यक्ति  थिए । उनी अव यो दुनियाँमा छैनन् । यो बिद्यालयलाई यो स्थानमा पु¥याउनका लागि उनको योगदान कदरयोग्य छ । त्यसैले बिद्यालयले उनलाई सम्मान गर्नु पर्छ । यसको साथसाथै बर्तमान अध्यक्षलाई पनि उचित स्थापन दिएर संगसंगै लैजाने बातावरण बनाउनु पर्छ । 
२. अव तत्काल अभिभावकहरुको भेला बोलाईनु पर्छ । त्यो भेलाबाट नयाँ नेतृत्वको अर्थात सञ्चालक समिति सिफारिस गरिनु पर्छ । यसका लागि २०६६ साल मंसिर १७ गतेको निर्णयलाई पनि ध्यान दिनु जरुरी छ । त्यतिबेला बनेको सञ्चालक समितिलाई जिल्ला शिक्षा कार्यालयले नमान्दा बिवाद न्यायालयसम्म पुगेको थियो । त्यो समिति वा सामाजिक भावना भएका र क्षमतावान व्यक्तिहरुलाई सञ्चालकको जिम्मेवारी दिईने गरि भेलाले निर्णय गर्नु पर्छ । 
३. त्यतिबेलै बिद्यालयको बिधान बनाउने भनेर एक समिति पनि बनेको थियो । त्यो समितिले केही गृहकार्य गरेको छ कि छैन त्यस बिषयमा पनि खोजी हुनु जरुरी छ । तत्काल सार्वजनिक गुठी अन्तरगत रहने गरि संस्थाको बिधान बनाईनु पर्छ र दर्ता प्रक्रियामा अगाडि बढ्नु पर्छ । 
. बिद्यालयको बर्तमान शैक्षिक गुणस्तरको तत्काल अध्ययन गरिनु पर्छ । बिद्यालयमा कार्यरत शिक्षकहरुको क्षमता र कार्यदक्षता परीक्षण गरिनु पर्छ । यसो गर्दा मेरो मान्छे वा तेरो मान्छे भन्ने भावनाबाट मुक्त हुनु पर्छ । बर्तमान सन्दर्भमा बिद्यालयलाई आवश्यक पर्ने योग्यता र क्षमता नभएको जनशक्तिलाई स–सम्मान बिदा गर्ने हिम्मत सञ्चालक समितिले राख्नु पर्छ र त्यसमा स्थानीयबासीहरुले साथ दिनु पर्छ । त्यसपछि शिक्षक सेवा आयोगको मापदण्डका आधारमा मात्रै शिक्षकहरु र लोकसेवा आयोगको मापदण्डका आधारमा मात्रै अन्य प्रशासनिक कर्मचारीहरु भर्ना गरिनु पर्छ । शिक्षक–कर्मचारीहरुको स्थायीत्वको ग्यारेण्टी गर्न सक्नु पर्छ । ‘मेरो मान्छेले जागिर पायो भने सवै राम्रो, नत्र सवै गलत’ भन्ने मानसिकता त्याग्न सक्नु पर्छ । 
५. अवको युग प्राबिधिक युग हो, बैज्ञानिक युग हो । अव ‘कपुरी क’ पढाएर मात्रै हुँदैन । एकातिर नयाँ संरचना अनुसार गाउँ गाउँमा सदरमुकाम बनेका छन, जिल्ला सदरमुकामको बस्ती पातलिने सम्भावना छ, अर्कोतिर प्रतिस्पर्धामा अन्य थुप्रै शिक्षण संस्थाहरु रहेका छन । त्यसकारण अव  साधारण शिक्षाले पुग्दैन । प्राबिधिक शिक्षाको सुरुवात गर्नु पर्छ । प्राबिधिक शिक्षा सुरु भयो भने त्यसले जिल्ला सदरमुकामको चहपहललाई पनि बरकरार राख्न सक्छ र संस्थाको आफ्नो भबिश्य पनि सुनिश्चित हुन सक्छ । त्यसका लागि तत्कालैदेखि     बातावरण बनाउनु पर्छ । सार्वजनिक गुठीमा जाँदा लगानीको त्यति धेरै समस्या हुँदैन । दातृ निकायहरुसंग आग्रह गर्न सकिन्छ, स्थानीयहरुका लागि शेयर खुल्ला गर्न सकिन्छ । त्यसैले त्यतातिर ध्यान दिनु   जरुरी छ । 
६. लामो समयदेखि बिद्यालयलाई भौतिक सहयोग गर्दै आउनु भएका मर्माल सिंहहरुसंग समन्य गरि उक्त भौतिक सम्पत्ति बिद्यालयकै नाममा गरिदिन आग्रह गर्नु पर्छ र उक्त स्थानमा नयाँ भवनहरु निर्माण गर्नु पर्छ । 
७. मुख्य बिषय नेतृत्वलाई आफ्नो तरिकाले काम गर्न दिनु पर्छ । कसैको व्यक्तिगत ईच्छा पुरा भएन भन्दैमा सडकमा गएर नेतृत्वलाई गाली गर्ने, हटाउनु पर्छ भनेर बिवाद सृजना गर्ने काम गर्ने हो भने त्यसले कुनै अर्थ राख्दैन । 
यि र यस्ता थुप्रै बिषयहरु छन यो बिद्यालयलाई नयाँ शैलीबाट अगाडि बढाउनका लागि । त्यसैले यो बिषयमा बेलैमा बिचार पु¥याउनु जरुरी छ ।

मोफसल पत्रकारिता 

जनहितका लागि कुशल पत्रकारिता गर्नुपर्छ

कृष्ण सिग्देल (सम्बाददाता) 
राजधानी दैनिक, सिमरा, बारा

तपार्इंको पुरा परिचय पाउँ न ? 
— कृृष्ण सिग्देल, हाल बसोबास जितपुर सिमरा उपमहानगरपालिका—३ सिमरा बारा, राजधानी दैनिकका लागी सम्बाददाताका रुपमा बाराबाट लेख्ने गर्छु, सिमरामा रहेको जिल्लाको पहिलो सामुदायिक रेडियो, रेडियो सिमरा ९१.२ मा समाचार शाखामा काम गर्छु । अन्य समय अध्यापनरत छु । स्थायी घर कोल्हबी नगरपालिका—८ नयाँबस्ती हो ।
तपाईले किन पत्रकारिता पेशा रोज्नु भयो ?
— मैले पत्रकारितालाई पेशाका रुपमा हेरेकै छैन । म खासगरी पेट पाल्नका लागी शिक्षण गर्छु । बि.सं. २०६२ सालदेखि निम्न माध्यामिक र माध्यामिक तह हुँदै हाल उच्च माध्यामिक तहमा शिक्षा संकाय र समाजशास्त्र बिषय अध्यापनरत छु । यद्यपी पत्रकारितालाई पनि मैले उच्च महत्वमा हेर्ने गरेको छु । समाजमा असरल्ल छरिएका समस्यै समस्याका चाङहरुलाई आम सञ्चारले सम्बन्धित तहमा पु¥याई निकासको बाटो खोज्ने यो एउटा सामाजिक अभियान्ताकै भुमिकामा मैले पत्रकारितालाई लिएको छु । यस कारण पनि यो क्षेत्रमा प्रवेश गर्ने रहर लाग्यो भन्ने लाग्छ ।
कति समय भयो यस पेशामा लागेको ?
— धेरै त भएको छैन, पर्साको बिरगन्जमा रहेको ईन्द्रेणी एफएमबाट २०६३ सालदेखि रेडियो पत्रकारिता यात्रा सुरु गरेँ । १० बर्ष बित्न लाग्यो । 
कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ? 
— सामाजिक क्षेत्रमा कलम बढी दौडिन्छ । त्यसो त अरु बिषयमा पनि लेखिन्छ नै, तर कतिपय समाचारहरु अर्थसंग जोडिएका हुनाले अर्थ समाचारका रुपमा परिणत हुने गर्दो रहेछ । 
पत्रकारितामा त धेरै समस्याहरु छन भन्छन नि, कस्ता खालका समस्याहरु पाउनु भयो ? 
— समस्या भएका होइनन् बनाइएका हुन् । पत्रकार आचारसंहिता र संचार कानुनमा टेकेर पत्रकारिता गर्ने हो भने उच्च सम्मानको पेसा हो । तर पत्रकारहरुकै कारण समाजमा गलत आखाले हेर्ने जमातको संख्या झन् झन् बढ्दो छ । पत्रकारिताको शैक्षिक मापदण्ड र समाजिक मापदण्ड नहुँदा समस्या भएको भन्छु म त, अनि बढ्दो समाजको अराजक सामाजिक गतिबिधि र मौलाउदो भ्रष्टचारका कारण पत्रकारलाई सत्य र तथ्य तथ्यांक सार्वजनिक गर्न आर्थिक प्रलोभनमा पारिन्छ । धम्की दिईन्छ , सिफारिस गरिन्छ । अन्ततः तथ्यांक तुहिन्छ । र भोलीबाट उही भ्रष्टको हनुमान बन्न बाध्य बनाइन्छ । अनि आजकाल पत्रकार र प्रहरीको हबिगत उस्तै छ । 
मोफसलमा काम गर्ने पत्रकारहरुका त यो भन्दा पनि बढी समस्याहरु छन भन्ने गरिन्छ नि !
— होइन, समस्या सबैमा उत्तिकै छन् । उपत्यकाका संचारकर्मीसंग पनि समस्या नभएका होइनन् । फरक के हो भने, मोफसलका पत्रकारहरु स्वतन्त्रतामा असुरक्षित चैँ पक्कै  छन् । आजको मितिसम्म पनि स्थानीय पत्रिका र एफएम स्टेशनहरुमा काम गर्नै पत्रकारहरुले मासिक ५ हजारमा काम गरिरहेको बाध्यता छ । अर्को कुरा कुनै काममा सफल नभैसकेपछि पत्रकारितामा लाग्नेहरुको हुलले गर्दा पनि यस्ता समस्या अझै बढेको जस्तो मलाई लाग्छ । 
बारा जिल्लामा पत्रकारिताको बिकास कत्तिको भएको छ ? 
— बाराको पत्रकारिताको कुरा गर्नु पर्दा अन्य जिल्लाको तुलनामा यहाँ पत्रकारहरुको संख्यामा अधिक छ । बिकासलाई हेर्ने हो भने अन्य जिल्लाहरुको तुलनामा बारा फरक छैन । बिशेषगरी पछिल्लो समय महासंघको अधिवेशनले पत्रकारितालाई अझ फोहोरी बनाइदिएको छ । मैले फोहोरी यस अर्थमा भने फोहोरी संगठनलाई भनिन्, पत्रकारका आँखा फोहोरी भए । पत्रकारहरुको संख्या बद्धको बिकास बाहेक अन्यमा बिकास भएको जस्तो मलाई लाग्दैन । 
मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ? 
— केही गर्नुपर्दैन, देशको प्रचलित ऐन, कानुन र पत्रकार आचारसंहिता भित्र रहे नरहेको पत्रकारहरुलाई नियमन गरि उचित पुरस्कार र सजायको ब्यवस्था गर्ने हो भने । पत्रकारिताका आधा समस्याहरु समाधान भएर जान्छन् । बाँकी श्रमजीवी पत्रकारहरुको हकमा सरकारले यो बिकृति न्युनीकरण गर्न सामान्य १९ हजार ५ सय ज्यालाको ब्यवस्थाको कानुनलाई कार्यान्वयन गर्नै पर्छ । यद्यपी पत्रकारिता पेसामा लाग्न सामान्यतः कुनै पनि संकायमा न्युनतम्  स्नातक तह उत्तीर्ण हुनुपर्ने ब्यवस्था गर्ने हो भने आमसंचारमा सुधार आउन सक्ला कि जस्तो लाग्छ । 
मोफसलमा काम गर्ने पत्रकारहरुका समस्या समाधानका लागि नेपाल पत्रकार महासंघले कत्तिको भुमिका खेलेको पाउनु भएको छ ?
— भुमिका अहिले राम्रै मान्नुपर्छ । महासंघ बाराले पछिल्लो समय बिभिन्न कार्यक्रमहरुको आयोजना गरी पत्रकारहरुलाई ब्यक्तित्व बिकासमा रामै्र टेवा पुगेको छ । बारामा पत्रकारहरु बिरामी पर्दा समेत रकम ब्यवस्था गर्ने गरिएको छ । केही समय अघिदेखि हालका महासंघ अध्यक्ष कमल कुमार उपाध्यायले पत्रकारहरुलाई पेन्सनको समेत ब्यवस्था गरेका छन् । उमेरले ५० बर्ष नाघेका पत्रकारहरुका लागी मासिक पेन्सनको ब्यवस्था यो एउटा नयाँ आयाम हो । त्यसैगरी बारामा बिमाको समेत ब्यवस्था गरिएको छ । 
सञ्चारकर्मीहरुका बैचारिक संगठनहरुले मोफसल पत्रकारका समस्या समाधानका लागि कस्तो भुमिका खेलेको पाउनुहुन्छ ?
— यो बिषयमा धेरै कुराहरु छन् । तर अहिले महासंघको चुनाव नभईसकेको अवस्थामा मौन बसौँ जस्तो लाग्यो । 
तपाइको विचारमा पत्रकारिता के हो ?
— पत्रकारिता एउटा समाजशास्त्रको प्रारुप हो । म आफु समाजशास्त्रको प्राध्यापक भएको नाताले पनि मैले पत्रकारितालाई समाजशास्त्रको सम्बन्धसंग हेरेको छु । समाजमा रहेका समाधानमुलक समस्याहरुको खोजी गरि सम्बन्धित निकाय समक्ष समस्या र समाधारको हुलिया प्रस्तुत गर्नु पत्रकारिता हो । 
कति कमाउनु भयो त पत्रकारिता पेशावाट ? 
— मैले कमाउनु भन्दा पनि गुमाएको चैँ छु । कमाउनका लागी यस पेसामा आउने होइन भन्ने कुरा घाम र जुन जत्तिकै सफा छ । जे होस यस पेसामा लागेर आत्मसन्तुष्टी हुने हो भने गुजारा गर्न चैँ सकिन्छ होला तर मैले त्यो अभ्यास समेत गरेको छैन । 
नेपालको पत्रकारिता क्षेत्र दिनप्रतिदिन बद्नामित हुँदै गएको छ, पाठक वर्गले समाचारको बिश्वासनीयताप्रति प्रश्न उठाउन थालेका छन, सञ्चारकर्मीहरु पनि गैर कानुनी क्रियाकलापमा संलग्न भएका छन भन्ने आरोप पनि लाग्न थालेको छ, तपाईलाई के लाग्छ र तपाँईको क्षेत्रतिर कस्तो छ ?
— आरोप बिल्कुल सत्य छ । बाराको पनि हवितग उस्तै हो । १५ बर्ष अघि धौ धौले प्रवेशिका उत्तीर्ण गरी अहिले पैसा कमाउने लालच र जागिर नपाएको बाध्यतामा पत्रिका दर्ता गर्नु वा स्थानीय रेडियोमा काम गर्नु उस्तै उस्तै हो । अनि सत्य तथ्य समाचार  कसरी आशा गर्ने । यहाँ त रेडियो वा पत्रपत्रिकाहरु पार्टीका बकपत्र समेत छन् ।
तपाई त लाग्नु भा छैनन् होला नि यस्ता कुरामा ! 
— मलाई पत्रकारिताबाटै छाट टार्न नपर्ने भएकाले पनि हुन सक्छ, कमाउने आँखाले    हेरेकै छैन यस पेसालाई । पैसै कमाउनु छ भने त खाडी मुलुक गए भैगो नि, हैन र ?
यसमा सुधारका लागि के गर्नु पर्छ जस्तो लाग्छ ? 
— राज्यको नीति मै सुधार ल्याउनु पर्छ । पत्रकारलाई राज्यको हेर्ने दृष्टि नै हेय छ । त्यसैले पनि समस्या झन थपिदै छ । 
मोफसल पत्रकारिता क्षेत्रमा सुधारका लागि तपाई नेपाल सरकारलाई के सुझाव दिन चाहानुहुन्छ ? 
— पहिले त हामीँ आफैमा सुधार ल्याउन आवस्यक छ । हामी आफै कमजोर मनस्थिती राखेर पेसामा लागीरहेका छौँ । सरकारले हामीलाई के दिन्छ भन्ने सोचेर यो पेसामा लाग्न हुन्न भन्ने हो । जहाँसम्म सुझावको कुरा छ, कम्तिमा पनि पत्रकारलाई सुरक्षाको प्रत्याभुती र न्युनत्तम आम्दानीको सरकारले ब्यवस्था गर्न सके काफी छ । समय र बिचारका लागि धन्यबाद । 
— म बारामा बसेर पत्रकारिता गरिरहेको एक सामान्य ब्यक्तिलाई डोटी जिल्लाबाट सम्झिनु भयो । मैले पनि तपाईको यो लोकप्रिय र स्थापित पत्रिका मार्फत आफ्नो बिचार राख्ने अवसर पाएँ । तपाईलाई पनि धन्यबाद ।

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

बिश्वमै बढी 
१.विश्वको सबैभन्दा बढि जुट उत्पादन गर्ने देश कुन हो ? — बङ्गलादेश
२.विश्वमा सबैभन्दा बढी आत्म हत्या गर्ने देश कुन हो ? — भारत
३.विश्वको सबैभन्दा बढि आलु उत्पादन गर्ने देश कुन हो ? — जर्मनी
४.अर्थात शुन्यको आविष्कार गर्ने देश कुन हो ? — भारत
५.संसारको सबैभन्दा फोहोरो नोट कुन देशको छ ? — ताइवान
६.विश्वमा सबैभन्दा बढि बाल मजदुर भएको देश कुन हो ? — भारत
७.बच्चा जन्मिने बित्तिकै एक वर्षको मान्ने देश कुन हो ? — जापान
८.विश्वमा सबैभन्दा बढि चिया उत्पादन गर्ने देश कुन हो ? — भारत
९.विश्वमा सबैभन्दा बढि कफि उत्पादन गर्ने देश कुन हो ? — ब्राजिल
१०.विश्वको सबैभन्दा धेरै रेमिटेन्स भित्राउने देश कुन हो ? — भारत संकलक ः दिनेश बाला
११ सबैभन्दा बढि धान खेती गर्ने देश कुन हो ? — चीन
१२.विश्वमा सबैभन्दा बढि साइकल प्रयोग गर्ने देश कुन हो ? — चीन
१३.विश्वको सबैभन्दा बढि चाँदी उत्पादन गर्ने देश कुन हो ? — मेक्सिको
१४.विश्वको सबैभन्दा धेरै बाघ भएको देश कुन हो ? — भारत
१५.सबैभन्दा बढि अफिम उत्पादन गर्ने देश कुन हो ? — अप्mगानिस्थान
१६.सबैभन्दा बढि मतदाता भएको देश कुन हो ? — भारत
१७.ब्यङ्ग्य चित्र अर्थात काटुनको सुरुवाद गर्ने देश कुन हो ? — नेदरल्याण्ड
१८.सबैभन्दा बढि घरपालुवा जनावर भएको देश कुन हो ? — भारत
१९.पत्रिकामा सम्पादकीय लेख्ने चलनको सुरुवाद कहाँबाट भएको हो ? — फ्रान्स
२०.विश्वको सबैभन्दा बढि हुलाक भएको देश कुन हो ? — भारत

केही प्रख्यात व्यक्ति र व्यक्तित्व
१. सुकरात
जन्म ः इ.पु.४७०, ग्रीसको एथेन्समा
मृत्यु ः इ.पु.३९९
सुकरातको श्रीमति ः जान्थिपी
प्रसिद्ध शिष्य ः प्लेटो र जेनोफोन
सुकरातलाइ खुवाइएको बिस ः हेमलक
२. अरस्तु
जन्म ः इपु.३८४
मृत्यु ः इपु.,३२२
प्रसिद्ध ग्रन्थ ःThe politics  मा “राज्य र संबिधान“ बारे लेखिएको छ
अरस्तु प्लेटो का शिष्य थिए
अरस्तुलाइ जिबित ज्ञानकोश (-living encyclopedia) को रुपमा लिइन्छ
३. कौटिल्य
जन्म ः भारतको तक्षशिला 
बास्तबिक नाम ः विस्णु गुप्त
अर्को नाम ः चाणक्य
पाश्चात्य राजनितिक जगतका कौटिल्य ः मिकियाबेली
४. माहात्मा गान्धी
जन्म ः १८६९ अक्टोबर २
मृत्यु ः १९४८ जनबरी ३०
चर्खा आन्दोलनको शुरुआत ः सन् १९२०
माहत्मा गान्धीको हत्या गर्ने ः नाथुराम गोड्से
-living encyclopedia नामक कृतिका लेखक ः माहात्मा गान्धी
५. गौतम बुद्घ
जन्म ः इपु. ५६३, वैशाख शुक्ल पुर्णिमा
बुद्धले ज्ञान प्राप्त गरेको ठाउँ ः भारतको गया
ज्ञान प्राप्त गरेपछि गयालाइ बोधगया भनियो
ज्ञान प्राप्त गरेपछि पहिलो उपदेश दिएको ठाउँ ः सारनाथ
बुद्धले घर छोड्दा उनको उमेर ः २९ वर्ष 
एसिया का तारा ः गौतम बुद्ध
पञ्चशिल भित्र पर्ने ः सत्य, अहिंसा, अस्तेय, परस्त्री गमन र मध्य निशेध 
गौतम बुद्धको मृत्यु ः इपु. ४४३, बैशाख शुक्ल पुर्णिमा

साहित्य÷सृजना 

बिकास 

विकास आउँदैन, बाजा बजाएर,
नत आउँछ यो, हावामा सपना सजाएर,
केवल, दशनंग्रा खियाएर,
दुरदृष्टिले चियाएर !!

विकास आउँदैन, धम्कीध्वाँस देखाएर,
नत आउँछ यो, हात लप्काइ बोलाएर,
केवल, पसिनाका धारा बगाएर,
अदम्य साहस देखाएर !!

विकास आउँदैन, देवदेवी भाकेर,
नत आउँछ यो, कहिल्यै अरुसंग मागेर,
केवल, कोटियौं जन, एकसाथ जागेर,
काँधमाकाँध हातमाहात राखेर !!

विकास आउँदैन, देखासिखी गरेर,
नत आँउछ यो, योजना कागजमा कोरेर,
केवल, आफ्नो अपरिहार्यता समेटेर,
अर्थ, स्रोत चुहिने प्वाल टालेर !!

विकास आउँदैन, भाषणमा लटपटिएर,
नत आउँछ यो, सयौं इच्छाहरु समेटिएर,
केवल, एकदुइलाई प्राथमिकता दिएर,
अनगिन्ती चाहना विर्सिएर !!

पहाडमुनीबाट रेलमोटर, एकसाथ धेर,
ओहरदोहर आलीकाप्वालवाट, मुसा झैं गरेर,
विकासको स्वरुप, अनुपम यो हेर,
असंभवलाई संभव तुल्याएर !!
जीवनराम बुढाथोकी 
खलङ्गा–९, सल्यान

मुक्तक

भेट्न आउन सक्दिन बन्द भएर ।
देश भित्र आन्तरीक द्वन्द भएर  ।।
अति हुँदा गजलमा लेख्छु भनेको ।
त्यही लेख्न गाह्रो भयो छन्द भएर ।।
मेरो प्राण भन्छौ अनी हाँस्न मन लाग्छ ।
निकै सोझो बन्छौ अनी हाँस्न मन लाग्छ ।।
घरकीको आँखा छली अन्तै माया लगाई ।
भेट्ने दिन गन्छौ अनी हाँस्न मन लाग्छ ।।
सपनीमा देखे भेट्न हतास लाग्या छ ।
मन भित्र मायाको नै बतास लाग्या छ ।।
रुदै टाढा हुदै बस्ने कस्तो बिवशता ।
त्यो छातिमा निदाउन अत्यास लाग्या छ ।।
प्यासी थियौ प्यास मेटाउन जानु गल्ति थियो ।
त्यो मुटुमा नाम लेखाउन जानु गल्ति थियो ।।
मुर्ख तिमी छदै थियौ महामुर्ख बन्दै म नि ।
दुख्यो भन्दा मन सेकाउन जानु गल्ति थियो ।।
शान्ति अधिकारी 
नेपालगञ्ज

Monday, April 10, 2017

बिम्ब नेपाली साप्ताहिक, २०७३ चैत्र २९ गते

नयाँ बर्ष २०७४ सालकाे हार्दिक मंगलमय शुभकामना 

 कमसल तथा उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पर्ने बस्तुको उत्पादन, बिक्री बितरण नगरौं र नगराऔं । उपभोक्तालाई भुक्याउने गरी बस्तुको नक्कल गर्ने निम्नस्तरको बस्तु वा सेवालाई उच्चस्रतको भनी ढाट्ने वा झुक्याउने, भुट्टा वा भ्रमात्मक प्रचार प्रसार गर्ने कार्य नगरौं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

प्रदेश नं. ७ मा १४ तेश्रो लिङ्गी मतदाता

जम्मा १३ लाख मतदाता, सबैभन्दा बढी कैलालीमा, कम बाजुरामा


बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रदेश नं. ७ मा १४ तेश्रो लिङ्गी सहित १३ लाख, तीन हजार, सात सय १४ मतदाता रहका छन । 
निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाताको संख्या अनुसार ६ लाख ६९ हजार तीन सय २१ महिला, ६ लाख ३४ हजार तीन सय ७९ पुरुष र १४ तेश्रो लिङ्गी मतदाताहरु रहेका  छन । एक उपमहानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिका गरि ८८ स्थानीय तह रहेका यस क्षेत्रका नौ जिल्लाहरुमध्ये सवैभन्दा बढी मतदाता कैलाली जिल्लामा रहेका छन । यस जिल्लामा एक लाख ९७ हजार आठ सय ८७ पुरुष, दुई लाख पाँच हजार तीन सय ८६ महिला र सात तेश्रो लिङ्गी गरि चार लाख तीन हजार दुई सय ८० मतदाता रहेका छन । कैलालीमा एक उपमहानगर–पालिका, ६ नगरपालिका र ६ गाउँपालिका रहेका छन ।  
यस्तै सबैभन्दा कम मतदाता बाजुरामा रहेका छन । यस जिल्लामा पुरुष ३२ हजार पाँच सय २१, महिला ३२ हजार चार सय २७ र तेश्रो लिङ्गी गरि ६४ हजार नौ सय ५० रहेका छन । जिल्लामा चार नगरपालिका र पाँच गाउँपालिका रहेका छन ।
अछाममा पुरुष ६० हजार चार सय ४१, महिला ६७ हजार दुई सय ९९ र तेश्रो लिङ्गी दुई गरि एक लाख २७ हजार सात सय ४२ रहेका छन । यस जिल्लामा चार नगरपालिका र ६ गाउँपालिका छन । 
प्रदेश नं. ७ को राजनधानी हुने प्रवल सम्भावना रहेको डोटीमा ४६ हजार ९८ पुरुष र ५४ हजार सात सय ८९ महिला गरि एक लाख आठ सय ८७ मतदाता   छन । यस जिल्लमा दुई नगर–पालिका र सात गाउँपालिका       रहेका छन । 
यस्तै बझाङ्गमा ४७ हजार आठ सय ८८ पुरुष, ४९ हजार सात सय २१ महिला र एक तेश्रो लिङ्गी गरि ९७ हजार ६ सय १० मतदाता रहेका छन । यस जिल्लामा प्रदेश नं. ७ को सवैभन्दा सानो ‘काँडा गाउँपालिका’ सहित १० गाउँपालिका र दुई नगरपालिका रहेका छन । 
दुई गाउँपालिका र सात नगरपालिका रहेको कञ्चनपुर जिल्लामा एक लाख १५ हजार चार सय २२ पुरष, एक लाख २० हजार तीन सय १२ र तेश्रो लिङ्गी ए गरि दुई लाख ३५ हजार सात सय ३५ मतदाता रहेका   छन । डडेल्धुरामा ३७ हजार दुई सय ५४ पुरष र ३८ हजार पाँच सय २६ गरि ७५ हजार सात सय ८० मतदाता रहेका छन । यस जिल्लामा दुई नगरपालिका र पाँच गाउँपालिका रहेका छन । ६ गाउँपालिका र दुई नगरपालिका रहेको बैतडी जिल्लामा ६० हजार दुई सय २७ पुरुष, ६४ हजार पाँच सय ९६ महिला र एक तेश्रो लिङ्गी गरि एक लाख २४ हजार आठ सय २४ मतदाता रहेका छन । यस्तै दार्चुलामा ३६ हजार ६ सय ४१ पुरुष र ३६ हजार दुई सय ६५ महिला गरि ७२ हजार नौ सय ६ मतदाता रहेका छन । जिल्लामा दुई नगरपालिका र सात गाउँपालिका रहेका छन । 
देशभरीमा तेश्रो लिङ्गी मतदाताको संख्या एक सय ४३ रहेको छ ।   

सम्पादकीय 

शान्तिपूर्ण होस् निर्वाचन 

२०७३ साल हामीहरु माझबाट बिदा हुन अब दुई दिन मात्रै बाँकी छ । यो बर्षमा राजनीतिक, सामाजिक, आर्थिक रुपमा निकै तिता–मिठा अनुभवहरु भोग्नु प¥यो नेपाली जनताले । धेरै अपेक्षा,  धेरै आशाहरु धेरै सम्भावनाहरु देखिए यो बर्षमा । राजनीतिक उथलपुथल पनि धेरै भए । अन्ततः बर्षको अन्तिमतिर आएर स्थानीय निकायको निर्वाचन समेत घोषणा भएको छ । यस बर्ष घोषणा भएको निर्वाचन नयाँ बर्षको पहिलो महिनाको अन्तिम दिन हुन  गईरहेको छ । यो निर्वाचन सभ्य, शान्तिपूर्ण र प्राजातान्त्रिक मुल्य मान्यताबाट होस् भन्ने शुभकामना छ । 
२० बर्षसम्म नेपाली जनताले आफ्ना नजिकका प्रतिनिधिहरु चुन्न पाएन । १५ बर्षसम्म स्थानीय निकायहरु जनप्रतिनिधिबिहिन अवस्थामा रहे । अहिले स्थानीय निकायको पुनर्संरचना भएको छ । बिगतको भन्दा जिम्मेवारीका साथ स्थानीय निकायले संबैधानिक मान्यता पाएका छन । यस अवस्थामा हुन लागेको स्थानीय तहको निर्वाचनले सक्षम, योग्य र सृजनशील प्रतिनिधि चयन गरोस् । ‘हाम्रो पार्टी होईन, राम्रो व्यक्ति’ चयन गरोस् भन्ने कामना छ । मतदाताहरुले निर्भयका साथ मतदान गर्ने बातावरण तयार गर्न स्थानीय प्रशासन सफल होस्, कुनै कसैको करकाप र धम्की वा प्रलोभनमा मतदाताहरु नपरुन भन्ने अपील छ । स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुनु संबिधानको सफल कार्यान्वयन पनि हो । त्यसैले निर्वाचन सम्पन्न गर्नका लागि सवै तह, वर्ग र क्षेत्रले आ–आफ्नो ठाउँबाट प्रयास गर्नु जरुरी छ । निर्वाचन हुन्न कि भन्ने आशंकालाई चिर्न   सरकार तत्पर हुनु पर्छ ।
नयाँ बर्ष २०७४ सालको सम्पूर्ण पाठक वर्ग, बिज्ञापनदाता, लेखक, रचनाकार र आम नेपाली जनतामा हार्दिक मंगलमय शुभकामना छ ।

थप समाचार 

निर्माण व्यवसायी भन्छन् ः हामी अपहेलित छौं


“हामी ठेकेदार होईनौं, हामी निर्माण व्यवसायी हौं तर हामीलाई सवैले हेपेर ठेकेदार भन्छन् । यो हामीप्रतिको अपहेलना हो । सरकारी निकायहरुले हामीलाई अपहेलित गर्नका लागि यो शब्दको प्रयोग गर्ने गर्छन् अनि जानी नजानी अरुले पनि यही शव्द प्रयोग गर्छन् । तपाई पत्रकारहरु पनि समाचारमा ठेकेदारनै लेख्नु हुन्छ । तपाईहरुले त हेला गरिदिनु भएन ।’ 
निर्माण व्यवसायी संघ डोटीका कार्यवहाक अध्यक्ष रमेश खडायते सञ्चारकर्मीहरुसंग दुखेसो पोखे । सरकारले गत फागुन २६ गते गरेको सार्वजनिक खरीद नियमावली, २०६४ को संसोधनको बिरोध गर्दै संघले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले निर्माण व्यवसायीहरुप्रति सरकारले जहिले पनि अन्याय गरेको आरोप   लगाए । ‘ठेक्का सम्झौता अनुसार हामीले सवै काम गरेका हुन्छौं’ खडायत भन्छन् ‘तरपनि सरकारले एक करोडसम्मको काम उपभोक्ता समितिलाई दिने गरि नियमावलीमा संसोधन गरेर हामी माथी थप अन्याय गरेको छ ।’
उपभोक्ता समितिले गरेको काम र निर्माण व्यवसायीहरुले गरेको कामको तुलना गर्नु पर्ने बताउँदै संघका महासचिव देभेन्द्र खड्का भन्छन् ‘हामीले निर्माण गरेपछि एक बर्षसम्मको ग्यारेण्टी हुन्छ तर उपभोक्ता समितिले निर्माण गरेको योजनाको कुनै ग्यारेण्टीनै हुँदैन ।’ उनले भने ‘राजनीतिक दलका नेताहरुले आफ्ना कार्यकर्ता पाल्नका लागि मात्रै उपभोक्ता समिति बनाएका हुन ।’ उपभोक्ता समितिमा व्यापक आर्थिक अनियमितता हुने गरेको वताउँदै खड्काले उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्ष मोटाउने काम मात्रै हुने गरेको वताए । 
घुस सरकारी कर्मचारीले खाने तर आरोप निर्माण व्यवसायीलाई लाग्ने गरेको वताउँछन अर्का निर्माण व्यवसायी घनश्याप पाठक । ‘सम्झौता रकमको दुई प्रतिशत, बिल उठेको रकमको १० प्रतिशत र प्राबिधिकलाई दुई प्रतिशत त बैधानिक जस्तै भईसकेको छ’ पाठक भन्छन् ‘यो कुरा प्रमुख जिल्ला अधिकारीलाई समेत थाह हुन्छ तर “ठेकेदार बेईमान” भनेर प्रचार गरिन्छ ।’ घुस दिएपछि गुणस्तरीय काम हुने अनि घुस नदिए कामै नभएको भन्ने निर्माण व्यवसायी नभएर प्राबिधिक भएको पाठकको भनाई छ । ‘निर्माणका काममा उपभोक्त समितिले प्रयोग गरेको सामानको गुणस्तर कसले हेर्छ ?’ पाठक भन्छन् ‘निर्माण व्यवसायीले प्रयोग गरेको समानको मात्रै गुणस्तर हेर्ने गरिन्छ ।’ 

बिस्कुट र चाउचाउको लोभमा बिहे

११ बर्षकै उमेरमा बिहे गरेकी २२ बर्षीया रम्भाका चार सन्तान 


भूमिराज जोशी÷तिखात्तर
चैत्र २८

‘मेरो फुपाज्यू नाता पर्ने एक जनाले बिस्कुट र चाउचाउ दिन्छु हिडँ साली मेरो घर जाउँ भन्नुभयो, म पनि चाउचाउ र बिस्कुट पाएपछि खुशी भएर उहाँसंगै आएँ । त्यो बेलासम्म बिहे गर्ने कुरा थाहै थिएन । कसरी मेरो बिहे भयो भन्ने कुरा मलाई जानकारी छैन ।’
चार सन्तानकी आमा २२ बर्षीया रम्भा कामी ११ वर्ष पहिलेको घटना सम्झन खोज्छिन् । के आई सिं गाउँपालिका–२ जारिमभाडी (साबिकको तिखात्तर गाबिस–५) कि रम्भालाई बिहे भनेको के हो भन्ने कुरा समेत थाह नभएको बेला ११ बर्षको उमेरमा बिहे   भयो । उनी १४ बर्ष नपुग्दै आमा बनिसकेकि थिईन । स्वास्थ्यका दृष्टिले रम्भाको भरखर बिहे हुने उमेर भएको छ तर उनी चार सन्तान की आमा भईसकेकि छिन् ।
बोगटान गाउपालिका (साबिकको सिमचौर गाबिस–६) झ्याम्तोलामा जन्मिएकी रम्भाको ११ बर्षकै उमेरमा बिहे गर्ने रहर भने होईन । ‘बुवाले अर्को बिबाह गरेपछि घरमा बिचल्ली भयो’ उनी सम्झिछिन् ‘घरमा पाँच भाइ बहिनी थियौं, सबै भन्दा जेठी म नै हुँ । स्थानीय बिद्यालयमा कक्षा २ मा पढ्दै थिएँ । कलम कापी किन्ने पैसा समेत जुटाउन धौ धौ भएपछि पढाई पनि छोडिदिएँ ।’
‘बिद्यालय छोडेर घरायसी काम गर्न लागेका बेला एक दिन घरमा फुपा ज्यु नाता पर्ने सहित दुईजना आउनु भयो’ उनी भन्छिन् ‘घरमा के कुरा भएथ्यो मलाई थाहा भएन । भोलीपल्ट मलाई एक्लै बोलाएर चाउचाउ र बिष्कुट दिने बहानामा यतै ल्याएर आउनु भयो ।’ लगातार तीन बर्षसम्म म माईतीघर पनि नगई यतै बसें । ‘आफु सानै थिएँ, एक्लै कसरी  जानु ?’ उनी भन्छिन् ‘घरकाले कुनै वास्ता गरिदिएनन् ।’ बिहे गरेको तीन बर्षपछि जेठा छोरी सहित पहिलो पटक माईतीघर गएको उनी सम्झिन्छिन् ।
रम्भाका श्रीमान् गोमनधोज कामी अहिले ३२ बर्षका भए । ‘पहिले पहिले भारत गएर पैसा कमाउथे, आज भोली घरमै बसेर काम गरिरहेका छन’ रम्भा भन्छिन्  ‘उहाँ पनि लेखपढ गर्नु भएको छैन, मजदुरी गरेरै   गुजारा गर्नु हुन्छ ।’
बिहे गरेको तीन बर्षमा जन्मिएकी जेठी छोरी सर्मिला ९ बर्षकी भइन् । ‘उ यतैको बिद्यालयमा कक्षा–२ मा पढ्छे’ रम्भाले भनिन् ‘माइलो छोरा   दुर्गाराम ५ बर्षको भयो ।’ तीन बर्षीया निर्मला र डेढ बर्षकी डम्मरा गरि रम्भाका तीन छोरी र एक छोरा छन् । ‘सर्मिला घर छ्याप्नका लागि माटो ल्याउन गएकी छे’ तीन छोराछोरीलाई आफुसंगै देखाउदै रम्भाले भनिन् ‘तीन यिनै हुन ।’
आफ्नो गाउँघरतिर प्राय यस्तै हुने गरेको रम्भाको भनाई छ । बढी जसो भागेर, लोभमा परेर र अरुको लहलहैमा लागेर कलिलै उमेरमा बिहे गर्ने गरेको उनको भनाई छ । ‘त्यति बेला बिहे के हो भन्ने कुरा पनि थाह भएको हुँदैन’ उनले भनिन् ‘मेरो उमेरका करिब करिब सबै दिदी बहिनी–हरुले तीन÷चार छोराछोरी छन ।’
आफै बालबिवाहमा परेकी रम्भालाई बालबिबाह के हो भन्ने बारेमा जानकारी छैन, न त उनको टोलमा कसैले बालबिवाहको बारेमा चर्चा गरेका छन । रम्भाले भनिन ‘कोही पनि आएका छैनन् मलाई र मेरो टोलमा बस्नेहरुलाई बालबिबाह रोक्नु भनेर जानकारी दिन ।’ बिम्ब साप्ताहिकसंग कुरा गर्दै उनले प्रश्न गरिन् ‘यस बारेमा जानकारी दिने कोही छैनन् सर ?’
बालबिवाहबाट भोग्नु परेको पिडा सम्झदै रम्भा भन्छिन् ‘बालबिवाहबाट पर्ने असरका बारेमा कसैले बताई दिए म अरुलाई पनि सम्झाउने थिएँ ।’
जिल्ला बाल कल्याण समिति लगायत डोटी जिल्लामा थुप्रै संघसंस्थाहरुले काम गर्दै आएका भएपनि बालबिवाह अझै रोकिएको छैन । रम्भा एक प्रतिनिधि पात्र मात्रै हुन । यस्ता थुप्रै घटनाहरु छन् । 

छाेटकरी समाचार 

परिचयात्मक कार्यक्रम सम्पन्न

तेश्रो लिङ्गीहरुका लागि काम गर्दै आएको निल हिरा समाज नामक गैरसरकारी संस्थाले डोटी जिल्लामा पनि परियोजना सञ्चालन गरेको छ । 
राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रको साझेदारीमा जिल्लाका साबिकका तीन गाउँ बिकास समिति र दिपायल सिलगढी नगरपालिकामा तेश्रो लिङ्गीहरुको क्षेत्रमा परियोजना सञ्चालन गर्न लागिएको संस्थाका कार्यक्रम संयोजक निरङ्ग चौधरीले जानकारी दिए । 
चौधरीमा अनुसार जिल्लामा १२ जना स्वयंसेवकहरु र नौ जना कर्मचारीहरु गरि २१ जनाको टोली कार्यरत छ ।

लेख 

सबै नयाँ भयो रे, उम्मेद्वारी चाँही पुरानै ?


श्रबण खनाल 
फेरि देशमा निर्वाचनको लहर सुरु भएको छ । यो त सुरुवात मात्रै हो रे, फुच्चे हो रे । अबको १० महिनाभित्र मझौलो अनि भयानक ठूलो पनि आउँछ रे । बुझ्ने भाषामा भन्दा स्थानीय, प्रदेश र संसद्को ?? निर्वाचन अरे । मेरो टोलमा, मेरो गाउँमा अनि मेरो देशमा बुझ्ने मान्छेहरु थोरै छन् । त्यसैले थोरै बुझ्ने धेरै मान्छेहरुकै भाषा प्रयोग गरौं । फुच्चे चुनाव भनिएपनि चहल पहल ठूलाबडाकै देख्दा फेरि दोधारमा परियो ।
आजभन्दा २० बर्ष अघि देखिएका अनुहारहरु अनि वीचमा कहिल्यै नदेखिएका अनुहारहरु फेरि बाक्लिन थालेका छन् हाम्रा  गाउँमा ।  हुन त यी अनुहारहरु गाँउतिर पटक्कै नदेखिएका भने हैनन् । बेलाबेलामा शहरतिर उडेको धूलोले निस्सासिएर स्वच्छ हावा खान चिल्ला गाडीमा शीशा बन्द गरेर हाम्रोतिर धूलो उडाउँदै आउँथे । कहिले भाकल पूरा गर्न बोको लिएर मन्दिरतिर धाउँथे । अनि आफ्ना शहर र विदेशतिर रहेका सन्तानलाई नि हाम्रो गाउँ देखाउन ल्याउँथे ।
यो भन्दा अगाडि भोट हालुन्जेल यिनका सन्तान र मेरा सन्तान त्यही गाउँको  सरकारी स्कूलमा थिए । सँगै मिल घट्ट गर्थे । अहिले मेरा सन्तान अरबतिर ऊँट चराउँछन्, दूध दही नटुटाउनू है भनेर पोहोर आउँदा भैंसी किन्देका छन् । तिनका सन्तान युरोप अमेरिका बस्छन् अस्ति आउँदा आइफोन ल्याएका थिए । पसलमा गफ दिँदै थिए, बुढेसकालमा यतै आउने रे ।
उतिखेर सँगै मिल घट्ट गर्दा यो गाउँको मुहार फेर्छु  भन्थे, यो स्कूल फेर्छु भन्थे । अहिले त्यो सरकारी स्कूल जीर्ण भइसक्यो । तर, यिनले खोलेका बोर्डिङ स्कूल गगनचुम्बी हुँदै गाका छन् ।
ए साँच्ची ! दुई वर्षअघि पनि आएका थिए, भूकम्प गएपछि अलिअलि चामलका बोरा, चाउचाउका  प्याकेट लिएर। हाम्रा भग्नावशेष देखेर एकछिन आँसु पनि झारेका थिए । जलाउँदै गरेका लाससँगै फोटो पनि खिचेका थिए । पछि नातिले देखाँउदैथ्यो, फेसबुकमा हालेका रै’ छन् । आँसु झार्दै भनेका थिए म सबको घर बनाइदिन्छु, मनमा खुशी फर्काइदिन्छु । तर, दुई वर्ष बित्यो, उनी अनि उनका आफन्तका घर आधुनिक पाराले उठिसके, मेरो टहरा जहाँको त्यहीँ छ ।
अहिले सुन्दैछु, त्यही भूकम्पको पैसाले सबैभन्दा महँगो करोडको गाडी किन्या छन् रे । त्यही गाडी लिएर हाम्रा गाउँमा पुनर्निर्माणको अवलोकन गर्न आउँदै छन् रे । गाउँकाले माला उनिसके । अबीर किनिसके । म पनि बस्तुभाउ सकेर, घरधन्दा सकेर जानु छ र सुन्नु छ यो पालि के भन्छन् ! 
यसपालि चुनावमा नि उनै उठ्दैछन् रे । उनैले भनेकालाई उठाँउदै छन् रे । अब त पहिलाको जस्तो हैन रे, पहिला व्यवस्था अर्कै थ्यो रे, अब अर्कै आइसक्यो रे । थोरै बुझ्ने भएर होला, मेरो मनमा उब्जिएको प्रश्न–सबै अर्कै भए ती अबीर लाउने चाहिँ किन उही ? 
पञ्चायतमा ०४३ सालतिर जसलाई भोट हालेको, बहुदलमा नि तिनलाई नै हालेको, अनि अहिले नि तिनलाई नै किन  हाल्नुपर्ने ? यो भन्दा २० वर्षअघि जसले  अबीर लायो, फेरि उसैले लाउनुपर्ने ? अनि परारतिर व्यवस्था फेर्न भनेर ढुङ्गा हान्न, मर्न जान त  हाम्रै  सन्तान विद्यालयबाट, गोठालाबाट लगेका थियौ, जतिखेर तिम्रा सन्तान शहरतिर, विदेशतिर मस्तीमा थिए । फेरि तिमीहरुको मनले खाएपछि त हाम्ले भोट नदिएपनि हामीमाथि शासन गर्न मिल्ने रेछ नि त !
पहिला मान्छेले भोट नदिएकाहरु पनि मन्त्री, प्रधानमन्त्री सांसद बनाएछौ नि त । त्यसो भए हाम्रो भोट चाहिँ किन चाहियो त ? मैँले तिम्रो प्रगतिप्रति रिस गरेको छैन । तिम्रो सम्पत्तिमाथि आँखा लगाएको पनि हैन । तिमी व्यापारी भएको भए कुनै गुनासो थिएन । किनकि व्यापारीको धर्म नै थोरैमा किनेर धेरैमा बेच्नु हो । नाफा गर्नु हो । तर, तिमी त हाम्रा दुःख–कष्ट देखेर यसलाई परिवर्तन गर्नुपर्छ भनेर हाम्रा मेलापात, गोठालामा सुनाउँथ्यौ । अनि हामी पछि लाग्यौं । भोट दियौं, जितायौं । तिम्ले–हाम्ले पढेको सरकारी स्कूल जस्ताको तस्तै छ । तर, त्यही विद्यालय छेउमा आफ्नो आधुनिक महलहरु बनायौ । न त तिम्ले जागिर खायौ, न पुर्खाको सम्पत्ति घटेको छ । अनि बताउनु प¥यो नि, तिम्रो त्यत्रो घर कसरी बन्यो ? तिम्रा सन्तान कसरी बोर्डिङ पढेर युरोप अमेरिका पुगे ?
पुग्न त पसले साहिँलाको छोरो नि पुगेछ अम्रिका । तर, त्यो पसले चम्बु थियो । आफ्नो व्यापारमा शहरबाट सस्तोमा ल्याएर धेरै महँगोमा बेच्थ्यो, घडेरी किनबेच पनि गथ्र्यो । तर, तिमीले त्यस्तो गरेको थाहा छैन । यो पालि चुनावमा आउँदा स्पस्ट पार है मैले बुझ्ने भाषामा । मेरा छिमेकीले बुझ्ने भाषामा । तिमी हामीले पिउने गरेका पानीका मुहान सुकिसके, चौतारी ढलिसके । तर, तिम्रो घरमा चौबीसै घण्टा पानी आउँछ । तिम्रा बगैँचा लहलह झुलेका छन् । तिम्रो करोडको घर ठडिँदा तिम्ले कखरा सिकेको स्कूलमा किन एउटा बेन्च नथपेको ? तिम्ले कति कोष परबाट घरमा धारा ल्याउँदा बाटोको चौतारीमा किन धारो नबनाएको ? तिम्रा साथीभाइहरु पेट दुख्दा, रोग लाग्दा, नियमित स्वास्थ्य परीक्षण गर्न बैंकक, अम्रिका पुग्न सक्ने, अनि हामीलाई गाउँमा सिटामोल खान नपुग्ने ?
तिम्रा बुहारी बिदेशी अस्पतालमा सुत्केरी हुने, अनि हाम्रा बुहारीले गाउँमा सुडेनी नपाउने ? यस्तै तन्त्रका लागि हो हाम्रा पुस्तालाई अनि हाम्रा सन्तानलाई सडकमा उतारेको ? यी कुरा प्रष्ट पार है आज आउँदा । ता कि म थोरै बुझ्नेले बुझ्न सकूँ र तिमीप्रति उठेका नकारात्मक भावनाहरु पखालिऊन् । आवेगहरु सम्हालिऊन् । गाउँमा खेतालाले काम गरेको दिनको मात्रै  ज्याला पाउँछ । त्यो पनि भनेको  जसरी वा वाचा गरेको जसरी काम गरे मात्र । तर, हजुरहरुको त महिनावारि आइरहन्छ रे, काम गरे नि नगरे नि । विदेश सयर गरे नि, गाउँमा भाकल टार्न आए नि !
फेरि हाम्रो गाउँको अदुवाको भाउ, उखुको भाउ, शिक्षकको तलब तपाईंहरु तोक्नुहुन्छ । अनि आफ्नो तलब पनि आफैं तोक्नुहुन्छ, कति मज्जा है हजुरहरुलाई ! दुई वर्षमा संविधान बनाउने भन्या ६ वर्षमा बनाउनुभो, त्यो पनि राम्रोसँग बनेन रे । तर, ६ वर्षसम्म तलब भत्ता त हानिरहनुभो । तैपनि तपाईंलाई पश्चाताप छैन । हँसिलो मुहार लिएर गाँउ पस्नुहुन्छ । तपाईंको घर बनाउने ठेकेदार एक दिन  नआउँदा ढलान गर्ने दिन ज्यामी नपुग्दा कसरी कड्किनुभएको थियो ? मलाई अझै सम्झना छ ।
पाँच माना दूध दिन्छ भनेर ल्याएको भैँसीले ४ माना मात्रै दियो भनेर तपाईंले फर्काउनु भएको बिर्सिनु भो नेता ज्यू ? तर, तपाईंले दशकौंदेखि भन्दै आएको, वाचा गर्दै आएको पूरा नगर्दा तपाईंलाई फिर्ता बोलाउन पाउँछु  मैले ? हाम्रा हितमा, देशका हितमा किन केही गरेनौ भन्दा खाली अर्को दललाई दोष  देखाउछौ । अनि आफू खाने बेलामा चाहिँ किन त्यही दलसँग मिलेका नि ? हिजो जुन नेतालाई बहिष्कार गर्न लगाइयो,  ढुङ्गा हान्न लगाइयो, आज  त्यही नेतासँगै बसेर खाइराछौ नि त ? सँगै बसेर खान मिल्ने तर जनहित, देश निर्माण गर्न चाहिँ नमिल्ने कस्तो तर्क तिम्रो ?
भूकम्पपीडितका घर निर्माण गर्न कुरो नमिल्ने, करोडको गाडी किन्न चाहिँ कुरो मिल्ने कस्तो तर्क तिम्रो ? गाउँको विश्वकर्माको छोरो तिम्रो छोरोसँगै झुक्किएर तिम्रो घर छिर्दा तिम्री आमाले मच्चाको रडाको विरुद्ध तिमीले केही बोलेनौ । तर, आज त्यही दलितहरुको भोट चाहिएको छ तिम्लाई ? मन्दिरभित्र पसेकोमा गाउँ निकाला गर्ने, त्यसो गर्न उक्साउने तर आज उनीहरुकै भोट महत्वपूर्ण छ तिमीहरुलाई ।
हाम्रो पालो त २० वर्षमा १ चोटि आउँदै छ, पाँच–दश वर्षमा आउँछ । तर, तिमीहरुको त सदाबहार छ, जिते नि हारे नि । तिम्रा सन्तानहरु बस्ने विकसित देशतिर सोध्न लगाऔ त, चार वर्षअघि को मन्त्री थियो ? को प्रधानमन्त्री थिए ? अनि को दलका प्रमुख नेता थिए ? तर, हामीले भने मेरा बाका पालाका नेतालाई नै नेता मानिरहनु पर्ने ? सधैं तिनैले हाम्लाई शासन गर्न पाउने ? ५५ वर्षमाथिका ११  प्रतिशत जनसंख्या भएको देशमा त्यही ११ प्रतिशतले बाँकी ८९ प्रतिशत शासित हुनुपर्ने ? १५ देखि ५५ वर्षसम्मका  ५८ प्रतिशत जनसंख्या भएको देशका राजनीतिक दलमा कति छन् यो उमेरका बोलवाला नेताहरु ? कति  उठाँउदै छौ चुनावमा यो उमेरका उम्मेदवारहरु ?


तीस वर्षअघि जेल परेको हुँ भन्ने निहुँमा तिमी लगायत तिम्रा सन्तानलाई सधैंभरि नेता मानिरहनु पर्ने ? यो कस्तो तन्त्र ? अहिलेसम्म वाचा गरेका मध्ये केकति गर्न बाँकी रह्यो र तिमीले फेरि जित्नुपर्ने ? (लेखक खनाल फिनल्याण्डमा विद्यावारिधि गर्दै छन् ।)                          — अनलईन खवरबाट

Tuesday, April 4, 2017

बिम्ब नेपाली साप्ताहिक, मिति २०७३ साल चैत्र २२ गते, मंगलबार

सार्वजनिक यातायतमा स्वच्छ प्रतिस्पर्धा कायम गरौं । आपसी सम्झौताका आधारमा आलो पालो प्रणाली (सिण्डिकेट) लगाई उपभोक्ताहरुलाई ठगी गर्ने काम बन्द गरौं र गराऔं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

कहिले पाउँछन सामाजिक सुरक्षा भत्ता ?

रामहरी ओझा/सिलगढी
चैत्र २१


‘बुढो भत्ता त दिन्थ्योे गाबिस्ले त्यो पनि सचिवले खाईदियो भन्यो, अव कसरी पेट पाल्नु !’ डोटीको शिखर        नगरपालिका–९ कि करीब ७० बर्षीया बेलु भुलले स्थानीय भाषामा आफुले सामाजिक सुरक्षा भत्ताको रकम नपाएको गुनासो गरिन् । श्रीमान् गुमाईसकेकी बेलुको बुढेसकालकी साथी उनकी सौता लक्षिमा भुल र सहरा सरकारले दिने सामाजिक सुरक्षा भत्ता मात्रै हो । लक्षिमाको पनि उमेर करीव ७० माथीनै छ । दुवैलाई आफ्नो उमेर कति भयो भन्ने जानकारी छैन । ‘दुवैले भत्ता पाएपछि खर्च चल्थ्यो तर नौ महिना भयो भत्ता नपाएको’ लक्षिमा प्रश्न गर्छिन् ‘अव पाईएला कि नाई हजुर ? 
बेलु र लक्षिमाको जस्तै पिडा छ शारदादेवी रोस्याराको पनि । उमेरले ७० कटेकी उनी पनि बुढेशकालको साहरा सामाजिक सुरक्षा भत्ता मान्दै आएकी थिईन् तर अहिले भत्ता नपाएपछि उनलाई पनि छाक टार्न धौ धौ भएको छ । बेलु, लक्षिमा र शारदा जस्तै डोटीको साबिकका जिजोडामाण्डौं र पोखरी गाबिसका नौ सय २० जनाले सामाजिक सुरक्षा भत्ता नपाएको नौ महिना बित्यो । सरकारले स्थानीय निकायमार्फत चौमासिक रुपमा बितरण गर्ने सामाजिक सुरक्षा भत्ताको रकम सहित पोखरी र जिजोडामाण्डौैं गाबिस हेर्ने जिम्मेवारी पाएका गाबिस सचिव ईश्वरवहादुर सिंह फरार भएपछि सामाजिक सुरक्षा भत्ता पाउनेहरु मारमा परेका छन । दुवै गाबिसका जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरु, बिधवा महिला र बालबालिकाहरुले भत्ता पाउन सकेका छैनन् । फरार भएका गाबिस सचिव हालसम्म पनि सम्पर्कमा आएका छैनन् । 
सिंहको हरकतले पोखरीका ९७ दलित जेष्ठ नागरिक, ७० अन्य जेष्ठ नागरिक, एक सय ९८ बिधवा, तीन आंसिक अपाङ्ग र दुई सय ४७ बालबालिकाहरु प्रभावित भएका छन । यस्तै जिजोडामाण्डौंका ३४ दलित जेष्ठ नागरिक, ५२ अन्य जेष्ठ नागरिक, एक सय १८ बिधवा, एक पूर्ण अशक्त अपाङ्ग, दुई आंसिक अशक्त अपाङ्ग र ९८ बालबालिकाहरुले पिडा भोग्नु परेको छ ।  
साविकको जिजोडामाण्डौं गाबिस (हालको शिखर नगरपालिका–९) को १४ लाख ६ हजार र पोखरी गाबिस (हालको पूर्वीचौकी गाउँपालिका–७) को २४ लाख, ९४ हजार, चार सय गरी ३९ लाख चार सय रुपैयाँ सामाजिक सुरक्षा भत्ताको रकम सचिवले हिनामिना गरेका हुन । सामाजिक सुरक्षा भत्ताको रकमसंगै जिजोडामाण्डौंको १५ लाख, ६९ हजार, पाँच सय एक र पोखरीको १३ लाख, ५० हजार तीन सय ४३ गरि २९ लाख, १९ हजार, आठ सय ४४ रुपैयाँ पूँजीगत तथा सञ्चालन अनुदानको रकम समेत बैङ्कबाट निकासा गरि फरार भएका थिए । 
हिनामिना गरेको रकममध्ये जिजोडामाण्डौं गाबिसको खातामा १२ लाख, ५६ हजार, ७१ रुपैयाँ र पोखरी गाबिसको खातामा १३ लाख, ५० हजार, तीन सय ४३ गरि २९ लाख, १९ हजार आठ सय ४४ रुपैयाँ दिपक नाम गरेका व्यक्तिले जम्मा गरेको जिल्ला समन्वय समिति डोटीले जानकारी दिएको छ । ‘मंसिर २९ गते दुवै गाबिसको खातामा रकम जम्मा भएको छ’ जिससका नासु हरिसुन्दर श्रेष्ठले भने ‘बाँकी रकम असुल भएको छैन ।’ 
सिंहलाई सेवाबाट बर्खास्त गर्नका लागि जिल्ला समन्वय समितिले संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालयमार्फत लोकसेवा आयोगलाई पत्राचार गरेको श्रेष्ठले जानकारी दिए । उनले भने ‘यस बिषयमा अख्यितार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।’ 
पहिलो र दोश्रो गरि दुई किस्ताको सामाजिक सुरक्षा भत्ता गाबिसको खातामा जम्मा भईसकेको डोटीका स्थानीय बिकास अधिकारी कृष्णप्रसाद गौतम बताउँछन । ‘रकम सम्वन्धित गाबिसको खातामा जम्मा भईसकेको छ’ गौतमले भने ‘अहिले पुनर्संरचनाले गर्दा स्थानीय निकायका सवै खाताहरु रोक्का भएका कारण भत्ता बितरण गर्न सकिएको छैन ।’ उनले अव करीव एक हप्ताभित्र खाता फुकुवा हुने जानकारी दिए । 
रकम हिनामिना गरेको जानकारी भएको पनि पाँच महिना बितिसक्यो तर सिंह अहिलेसम्म पनि सम्पर्कमा छैनन् । न त आधिकारिक रुपमा उनी सरकारी सेवाबाट बर्खास्तनै भएका छन । सहाराबिहिनहरुको सहारा बनोस् भन्ने उद्देश्यका साथ २०५१ सालदेखि सञ्चालन गरेको सामाजिक सुरक्षा भत्ता खाएर वेसहाराहरुलाई थप पिडा दिने व्यक्तिमाथी हालसम्म पनि ठोस कारवाही नहुनु राज्यको नालायकी वाहेक अरु के होला र ? 

सम्पादकीय 

आँखा खुल्यो सरकार !

बैशाख ३१ गते हुने भनिएको स्थानीय तहको निर्वाचनको अहिले जताततै चर्चा छ । चुनावी चर्चाले कुनै क्षेत्रलाई अलग राखेको छैन । चिया पसल देखि सरकारी अड्डासम्म सवै ठाउँमा चुनावी बहस हुन थालेका छन । बाली भित्राउन लागेका किसानहरु पनि अहिले चुनावी चर्चामा छन । सायद २० वर्षपछि उनीहरुले पनि आफ्नो नजिकका जनप्रतिनिधिहरु चुन्ने अधिकार पाउने भएका कारणले होला । बा¥है महिना राजनीतिक कुरा मात्रै गर्ने जमात बढी भएको हाम्रो जस्तो “लोकतान्त्रिक” मुलुकमा चुनाव घोषणा भईसकेपछि चुनावी चर्चा हुनुलाई स्वभाबिकै रुपमा लिनु पर्छ । 
चुनावी तयारीले एक नयाँ प्रश्न खडा गरेको छ । ५५ दिनको मात्रै जागिर, त्यो पनि नेपाल सरकारले बर्गीकरण गरे अनुसारको श्रेणीबिहिन कर्मचारीहरुले पाउने सेवा सुबिधाका लागि तछाड्–मछाड् छ । त्यही ५५ दिने जागिरका लागि नेताहरुलाई भेट्ने, फोन गर्ने, धम्की दिने काम भईरहेको छ । छनौटको जिम्मेवारी पाएका प्रहरी हाकिमहरु प्रतिस्पर्धीलाई राती फोन गरेर प्रश्नोत्तर टिपाउने कामसम्म गर्छन् । अनि “फलानो पत्रकारले फेसबुकमा यस्तो कुरा लेखेको छ, अव तिम्रो हुँदैन’ भनेर फोन गर्छन् । गाडीमा बोकेर ल्याईदिने काम समेत गर्छन् । यसबाट वेरोजगारी समस्या कति छ हाम्रो देशमा भन्ने कुरा प्रष्ट पारेको छ । चुनावका बेला शिक्षित युवाहरुमा छुट्टै प्रकारको रौनक हुनु पर्ने हो । कुन नेता, कुन उम्मेद्वार, कुन पार्टीले देशको बिकास गर्न सक्ला वा स्थानीय निकायको बिकास गर्न सक्ला भन्ने चिन्तन् गर्नु पर्ने बेलामा दुई÷चार हजार रुपैयाँका लागि नेताहरुको घर धाउनु पर्ने अवस्था छ । यो उनीहरुको रहर होईन, बाध्यता हो । भोको पेट भर्न र नाङ्गो आँँङ एकसरो लुगा बेर्नका लागि उनीहरुले आफ्ना सवै खुशीहरु घाममा दौडेर पसिनासंगै बगाईरहेका छन । तर, उनीहरुको यो बाध्यतामा केही हाकिम साहेवहरु, केही नेताहरु मजा उडाईरहेका छन । जवान युवतीहरुलाई राती मध्येरातमा फोन गर्ने दुस्साहस गर्दैछन । अनि सम्वन्धित निकायले ‘त्यसो भएको छैन’ भनेर प्रतिक्रिया दिन्छ । मुर्खताको पनि सिमा हुन्छ ।  
अवस्था यस्तो हुँदा त सरकारको आँखा खुल्नु पर्ने हो । हे    सरकार आँखा खुल्यो कि नाई ? म्यादीका लागि स्नातकोपाधी पाएकाहरु टण्टलापुर घाममा पिस सडकमा दौड्दै छन तर साधारण लेखपढ्हरु तिमिले गर्ने चुनावमा नेता बन्नका लागि महमतिर दौडधुप गर्दैछन । स्नातकोपाधीहरु दुई चार हजार पाउनका लागि सडकमा पसिना बढाउँदैछन तर औठाछापहरु दुई÷चार लाख दिएर टिकट पाउनका लागि महलमा चाकरी गर्दैछन । सडकमा पसिना बगाउनेहरु सधैं पसिनामै लत्पतिएका हुन्छन् तर चाकरीहरु सधैं अबसरका लागिनै लागेका हुन्छन् सरकार । 
त्यसैले ५५ दिने म्यादीका लागि सडकमा उर्लिएको यो भिडबाट पाठ सिक्नु प¥यो सरकार । रोजगारीका अवसरहरु सृजना गर्नु प¥यो, युवाहरुले बगाउने पसिनाको सम्मान गर्नु प¥यो । अन्उत्पादनमुलक क्षेत्रमा खर्च गर्ने खर्वौं रुपैयाँ उत्पादनमुलक क्षेत्रमा खर्च गर्नु प¥यो । देशको बिकास गर्नु प¥यो । सरकार बनाउने र ढाल्ने खेलको अन्त्य हुनु प¥यो । श्रमको सम्मान गर्नु प¥यो । 
थुप्रै सम्भावनाहरु रहेका छन, जल, जमिन, जंगल र जडिबुटीहरुको प्रवल् सम्भाना भएको देशमा युवाहरुको लागि रोजगारी सृजना गर्न सकिन्छ भन्ने हुँदैन । यसका लागि ईच्छाशक्तिको आवश्यकता छ । चर्का भाषणले मात्रै देश बन्दैन सरकार, देश बनाउनका लागि योजनाहरुको आवश्यकता चाहिन्छ र त्यो योजना कार्यान्वयन गर्ने तत्परता र ईमानदारिता आवश्यक पर्छ । आफु सत्तामा पुगेपछि सवै कुरा ठिक, आफु सत्ता भन्दा बाहिर भएपछि सवै कुरा बेठिक भन्ने मनोदशाँबाट राजनीतिक दलहरुलाई माथी उठाउने सद्बुद्धि दिनु प¥यो सरकार । नत्र सधैंभरी युवाहरुले यसरीनै सडकमा पसिना बगाईराख्नेछन तर पेटभर खाना खान कहिल्लै पनि पाउने छैनन् ।

थप समाचार 

आगलागीबाट दुई करोड भन्दा बढी क्षेति


डोटीको व्यस्त शहर दिपायल पिपल्लामा आईतवार दिउसो भएको आगलागीबाट दुई करोड भन्दा बढी क्षेति भएको प्रहरीको अनुमान छ । 
प्रकाश कपड्यालले सञ्चालन गरेको जेवी आयल स्टोरमा आईतवार दिउसो २ वजेतिर लागेको आगोले दुई करोड ६१ लाख १८ हजार चार सय १८ रुपैयाँ बरावरको नोक्सानी भएको इलाका प्रहारी कार्यालय दीपायलका प्रमुख दिलबहादुर कुँवरले जानकारी दिएका छन । जेबी आयल स्टोरमा ट्यांकबाट पेट्रोल खन्याउने क्रममा आगो सल्कदा पेट्रोल पम्पसहित तीन पसल जलेर नष्ट भएका छन् । ना २ ख ४५७९ नम्बरको पेट्रोल भरिएको ट्यांकर र ६ मोटर–साइकल पनि जलेर नष्ट भएका छन् ।
पेट्रोलपम्प नजिकै रहेको डेभिड सर्भिस प्वाईन्टले बेच्न राखेको एक स्कुटरसहित चार वटा अनटेस्ट मोटर साइकल, मर्मतका लागि ग्यारेजमा राखिएका से ३ प ४५०० तथा डिभिजन सडकको से १ ब २५७ नम्बरको गाडी, सागर भटट्को से १ प ७७४ नम्बरको मोटरसाइकल पनि जलेका छन् । 
जेबी आयल स्टोरका मालिक प्रकाश कपड्यालका अनुसार पेट्रोल पम्पमा करिब तीन हजार लिटर र ट्यांकरमा १२ हजार लिटर पेट्रोल रहेको थियो ।
आगलागी नियन्त्रणमा लिन क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायलको पानी बोक्ने ट्यांकरप्रयोग भएपछि करिब २ घण्टा पछि मात्र नियन्त्रमा आएको थियो । आगो नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयबासीहरुको सक्रिय सहभागिता रहेको थियो । 
सेना र प्रहरीको प्रसंसा
आगो फैलिने खतराले भयभित् भएका स्थानीयबासीहरु आगो नियन्त्रणमा लिन सेना र प्रहरीले खेलेको भुमिकाको प्रसंसा गर्छन् । दमकल नभएपछि पानी बोक्ने ट्यांकर समेत ल्याएर थप क्षेति हुनवाट प्रहरीले जोगाएको भन्दै स्थानीय व्यापारीहरुले प्रसंसा गरेका छन । त्यसो त स्थानीयबासीहरुको पनि कम योगदान छैन आयोग नियन्त्रणमा लिनका लागि । 
दमकल कहिले बन्ला ? 
दिपायल सिलगढी नगरपालिकामा रहेको दमकल बिग्रेको महिनौं भईसक्यो । बिगतका दिनहरुमा राजनीतिक दलका कार्यक्रमहरुमा पानी ओसार्नमा प्रयोग हुने दमकल बिग्रेर थन्केको भएपनि मर्मतका लागि नगरपालिकाले चासो देखाएको पाईदैन । न त नगरपालिकाले नयाँ दमकल ल्याउने आँट गरेको छ । गत वर्ष डडेल्धुरामा आगलागी हुँदा डोटीबाट दमकल गएको थियो तर यस वर्ष डोटीमा आगलाग्दा डडेल्धुराबाट वोलाउनु प¥यो । तर, भौगोलिक दुरीका कारण उक्त दमकल आगो नियन्त्रण हुँदा पुग्यो । 
नगरपालिकामा दमकल हुनु अनिवार्य शर्तका रुपमा लिईन्छ । नगरपालिकाको न्यूनतम शर्त तथा कार्यसम्पादन मापनमा समेत बारु नियन्त्रण (दमकल) भएको हुनु पर्ने व्यवस्था छ । तर, दिपायल सिलगढ गनरपालिकाले बिग्रेको दमकल भजाउन थालेको छ । 
आफ्नो गाउँ/टोलमा योजना हालेर जनताको प्रिय हुन खोज्ने नेताहरुले नगरका लागि अत्याबश्यकत दमकल मर्मत गर्नु पर्छ भन्ने सोँचसम्म पनि राखेको  पाईदैन । यो नेता र त्यो नेताको जय जयकार गर्दै हिड्ने नगरको सर्वदलीय संयन्त्रमा बस्नेहरुले न त नयाँ दमकलका लागि पहल गरेको पाईन्छ । 
आगो नियन्त्रण गर्ने क्रममा जेबी आयल स्टोरमा कार्यरत कर्ण भण्डारी जलेर सामान्य घाईते भएका छन् ।

बाल बिवाह बिरुद्ध धर्म गरुहरु


डोटीको प्रशिद्ध शैलेश्वरी मन्दिरका पुजारी राजेश भट्ट सदाझैं एक हप्ता पहिला बिहानको पुजा सकेर मन्दिर बन्द गरेर घर जान आधा बाटो पुगेको थिए । फोन आयो मन्दिरमा आउनुस् बिहे गरि दिनु पर्ने भयो । बिवाह गराई दिने प्रस्ताब आएपछि घर नपुग्दै बाटोबाट फर्केर मन्दिर आए ।
बिबाह गराउन आएको जोडीलाई देखेर पुजारी भट्टले प्रश्न गरे ‘उमेर कति भयो ?’ भट्टको प्रश्नमा केटाले  १९ र केटीले  १८ वर्ष भएको वताएपछि उनले बिवाह गराउन अस्वीकार गरे ।  
नेपालको संबिधान अनुसार उनीहरुको बिवाह गर्ने उम्मेर नपुगेकाले आफुले उक्त बिवाह   रोकेको पुजारी भट्ट बताउँछन । उनले भने ‘पहिला जस्तो बिहे भने पछि फ्याट्ट गरिदिने गरेका छैनांै, केटा र केटीको कानुनी रुपमा उमेर पुगेको भए अगाढी बढ्छौं नत्र फिर्ता पठाउछौं ।’ जिल्लामा बालबिबाह बिरुद्ध सक्रिय  शैलेश्वरीको पुजारी भट्ट एक्ला छैनन् । पछिल्लो समय जिल्लामा धार्मिक अगुवाहरु बालबिबाह र सामाजिक बिकृति छोक्न सक्रिय हुन थालेका  छन् ।  
डोटी सदरमुकाम सिलगढीमा महिला हिंसा बिरुद्ध अन्तरधार्मिक राष्ट्रिय सञ्जालले आयोजना गरेको धार्मिक अगुवा र सञ्चारकर्मीहरुको बिचको छलफलमा धार्मिक अगुवाहरुले आफु बालबिबाह रोक्न प्रतिबद्ध भएको बताए । समाजमा अझै पनि बिभिन्न कारणहरुले बालबिबाह महिला हिंसा लगायतका बिषयहरु बढाउनमा मद्दत गरिरहेको तर्फ धर्मगुरुहरुले प्रष्ट पारे ।  
कार्यक्रममा सहभागि सिलगढीस्थित ब्रम्हकुमारी ईश्वरीय बिश्वबिद्यालयकी ब्रम्हकुमारी पार्वतीले भनिन् ‘धर्मको कुरा गरेर मात्रै हुँदैन अहिले त मोवाईल, फेसबुकका कारण पनि बालबिबाह बढाउनमा मद्दत गरिरहेको छ । हामीले जिल्ला भरी सञ्चालन गरिरहेका १२ भन्दा बढी पाठशालाहरुबाट बालबिबाह र सामाजिक बिकृतिका बिरुद्ध सहभागीहरुलाई सचेत गराउदै आएका छौं ।’ 
डोटी जिल्लास्तरमा सञ्जाल गठन गरेर बिभिन्न धर्मका अगुवाहरु बालबिबाह र सामाजिक बिकृति बिरुद्ध सक्रिय छन् । अन्तरधार्मिक राष्ट्रिय सञ्जाल डोटीका अध्यक्ष लोकराज जोशीले भने ‘पहिला पहिला को भन्दा अहिले धेरै परिवर्तन भएको छ ।’ उनले  धर्मशास्त्रमा भएका गलत कुराको आफुहरुले प्रचार प्रसार नगर्ने वताए । ‘कतिपय राम्रै कुराको पनि ब्यबहारमा गलत ब्याख्या भएको छ’ जोशीले भने ‘तर एक्लै हामीले गरेर मात्रै सबै किसिमका बिकृतिको अन्त्य हुँदैन । सबै क्षेत्रको सहयोग र प्रतिबद्धता  जरुरी छ ।’ 
जिल्लाका ग्रामिण क्षेत्रका अझै पनि धर्मका नाममा महिलाहरुले बिभिन्न किसिमका प्रताडना भोग्दै आएका छन् । महिनाबारी हुँदा घर बाहिर अलग्गै बस्ने, सानै उमेरमा बिहे गरिदिने पढाईमा बिभेद् लगायतका थुप्रै कुरितीहरु ब्याप्त छन् । समुदायमा धार्मिक अगुवाप्रति बिश्वास गर्ने गरेका कारण उनीहरुलाई शसक्त रुपमा परिचालन गर्न सके यस्ता खालका सामाजिक कुरिती अन्त्यका लागी महत्वपूर्ण भुमिका हुने सरोकारवालाहरु बताउछन् । 
युनिसेफ नेपालको साझेदारीमा मिरन नेपाल नामक गैर सरकारी संस्थाले डोटी जिल्लामा अन्तरधार्मिक सञ्जाल गठन गरि बाल बिवाह र सामाजिक बिकृत्तिका बिरुद्धमा धर्मगुरुहरुलाई परिचालन गर्दै आएको छ । 

बेरोजगारीका कारण म्यादीमा


नेपाल प्रहरीले सञ्चालन गरेको नेपाल प्रहरीको छनौट प्रक्रियामा सहभागि हुन जिल्ला सदरमुकाम पुगेका डोटी शिखर नगरपालिका–४ का भरत नेपाली वेरोजगारीका कारण आफुले म्यादीमा भाग लिनु परेको वताउँछन । ‘रोजगारी छैन,  कसरी गुजरा गर्नु ?’ भरत भन्छन् ‘त्यसैले म्यादी प्रहरी भएपछि थोरै भएपनि राहात हुन्छ ।’
दिपायल सिलगढी नगर–पालिकाकी तारा खड्काको भनाई पनि उस्तै छ । उनी भन्छिन् ‘अरु रोजगारी पाउन समस्या छ, त्यसैले म्यादी प्रहरी भएपनि केही दिन  रोजगारी हुन्छ ।’ खाली बस्नु भन्दा थोरै दिन भएपनि काम गर्नु पर्ने वाध्यता रहेको उनी बताउँछिन् । 
जोरायल नगरपालिकाका नरवहादुर पनि वेरोजगारीकै कारण म्यादी प्रहरीमा भर्ना हुन आएका छन । रोजगारीका लागि भारत जाउआउ गर्ने उनी म्यादीमा भर्ना भए केही समय आफ्नै देशमा बस्न पाईने आशमा छन । उनले भने ‘भर्ना भएन भने त बिसु खाएर भारततिरै जान्छु ।’ 
भरत, तारा र नरवहादुर जस्तै एक हजार एक सय ८५ जनाले जिल्ला प्रहरी कार्यालय डोटीमा आवेदन दिए । डोटीले कति जना भर्ना गर्ने हो भन्ने कोटा नतोकिएको भएपनि छनौंट प्रक्रिया भने सुरु भएको छ । बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको सुरक्षामा खटाउनका लागि छनौट गर्न लागिएका म्यादी प्रहरीहरुले नेपाली प्रहरीका जवानले पाउने सेवा सुबिधा अनुसार ५५ दिनको सुबिधा पाउनेछन । 
लामो समयपछि हुन लागेको निर्वाचनमा चाँसो छैन युवाहरुलाई । नेताहरुले आफुखुशी गरेका कारण अव भोट पनि नहाल्ने मानसिकतामा छन  युवाहरु । दिपायल सिलगढी नगरपालिका–१ का महाराज खड्का प्रश्न गर्छन् ‘युवाहरुका लागि के गरे र नेताहरुले ? किन भोट दिने नेताहरुलाई ?’ नेताहरुले आफु र आफ्ना नातागोताका लागि मात्र काम गरेको खड्काको आरोप छ । 
खड्काको भनाईमा अधिकांश आवेदकहरु सहमति जनाउँछन । ‘नेताहरुले युवाहरुलाई सही बाटोमा लगाउनुको सट्टा भ्रष्टाचार र गुटबन्दी गर्न सिकाएका छन्’ एक युवाले भने ‘यस्ता नेताहरुलाई भोट माग्नु भन्दा बरु म्यादी भएर काम गर्नु राम्रो हुन्छ ।’ राजनीतिक दलका कारण राम्रो व्यक्ति जनप्रतिनिधि नहुने उनको भनाई छ ।
केही आवेदकहरु भने जिल्ला सदरमुकाम घुम्नका लागि पनि आएका छन । डोटी निरौलीकी मिना बम भन्छिन् ‘आजसम्म मैले जिल्ला सदरमुकाम देखेको थिएन, घुम्ने वहाना पनि भयो, यसै मौकामा यदि छनौट भईहाल्यो भने पनि अनुभव हुन्छ नभए घुमियो ठाउँ हेरियो ।’ 
छनौट प्रक्रिया सम्पन्न भएपछि यही २५ गतेदेखि बैशाख ८ गतेसम्म म्यादी प्रहरीलाई तालिम दिईने जिल्ला प्रहरी कार्यालय डोटीका सूचना  अधिकारी प्रहरी निरीक्षक बल्लबवहादुर सिंहले वताए । 

बालबालिकालाई सौर्य उर्जा


डोटी जिल्ला दिपायल सिलगढी नगरपालिका–९ (साबिकको बगलेक गाबिस–९) का कक्षा ४ मा पढ्ने भीमवहादुर साउँद बुधवार निकै खुशी देखिए । सधैं अध्याँरोमा बस्न वाध्य भीमले घरमा सौर्य उर्जा जडान गर्न पाएपछि प्रफुल्लित थिए । 
बिद्यालयबाट फर्केपछि साथीसंगीसंग खेल्ने समय बिद्यालयको गृहकार्य गर्ने भीम अव साथीसंग खेल्न पाईन्छ भन्ने आशामा खुशी देखिए । घरमा उज्यालोको बैकल्पिक साधन नभएका उनले उज्यालोमै शिक्षकले दिएको गृहकार्य गर्नु पर्ने वाध्यता थियो । 
स्थानीयबासीहरुको माग अनुसार बिद्यालय पढ्ने बालबालिकाहरुलाई लक्षित गरि बगलेकका १५ परिवारमा सौर्य उर्जा बत्ति जडान गरिएको छ । बिद्युत नपुगेको उक्त क्षेत्रका बिपन्न परिवारका बालबालिका–हरुलाई सौर्य उर्जा बितरण गरिएको दिपायल सिलगढी नगरपालिका–९ का वडा सचिव हरिओव श्रेष्ठले जानकारी दिए । ‘आर्थिक रुपमा कमजोर भएका परिवार, एकल महिला र दलित परिवारमा सौर्य उर्जा बितरण गरिएको छ’ सचिव श्रेष्ठले भने ‘बिद्युत अभावका कारण घरमा अध्याँरो हुने र बालबालिकाहरुले आफ्नो बिद्यालयीय गृहकार्य र पठन पाठन गर्न नसक्ने समस्या–लाई ध्यानमा राख्दै सौर्य उर्जा बितरण गरिएको हो ।’ 
स्थानीयबासीहरुको भेला–द्वारा माग भएकाले आफुहरुको सहयोगमा सौर्य उर्जा बितरण गरिएको वर्ड भिजन ईन्टरनेसनल नेपाल डोटीको बाल स्पोन्सरसीप परियोजनाका प्रमुख नारद मलासीले वताए । उनले भने ‘यस क्षेत्रको शिक्षाको गुणस्तरमा सुधार गर्नका लागि तत्काल के आबश्यक छ भन्ने बिषयमा स्थानीयबासीहरु संग छलफल गर्दा उज्यालोको व्यवस्था गर्नु पर्ने माग आएपछि हामीहरुले सौर्य उर्जा जडान गरेका छौं ।’ 
अधिकांस घरहरुमा व्यक्तिगत लगानीमा सौर्य उर्जा जडान गरिएको भएपनि बिपन्न परिवार अध्याँरोमा बसिरहेको उनीहरुका बालबालिकाहरुले तोकिएको गृहकार्य गर्न नसकेको वडा सचिव श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार सौर्य उर्जा जडान गरिएका परिवारका ४२ बालबालिका– हरु प्रत्येक्ष लाभान्वित हुनेछन ।  

गहुँको उत्पादनमा बृद्धि हुने

लाल महरा/कैलाली
चैत्र २१

कैलाली जिल्लामा यस वर्ष गहुँको उत्पादनमा बृद्धि हुने भएको छ । 
यस बर्ष गत बर्षको तुलनामा पाँच प्रतिशत अर्थात पाँच हजार आठ सय ६५ मेट्रिक टनले गहँु उत्पादनमा वृद्धि हुन सक्ने जिल्ला कृषि विकास कार्यालय कैलालीले जानकारी दिएको छ । गत वर्ष एक लाख १४ हजार आठ सय ८५ मेट्रिक टन उत्पादन भएकोमा यस वर्ष एक लाख २० हजार सा सय ५० मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालय कैलालीका वरिष्ठ कृषि विकास अधिकृत युवराज पाण्डेले जानकारी दिए । 
यस जिल्लामा ३४ हजार पाँच सय हेक्टर जमिनमा गहुँ खेती गरिदै आएको छ । यस बर्ष मौसमले साथ दिएका कारण गहुँ उत्पादनमा बृद्धि हुन सक्ने अनुमान गरिएको पाण्डेले वताए  । 
गत वर्ष भारतीय नाकाबन्दीका कारण समयमै किसानले  बिउ, मल तथा अन्य सामग्रीहरु नपाउनु,  असिना पानी पर्नु र तातो हावा चल्नाले गहु उत्पादनमा कमि आएको कार्यालयको भनाई छ । ‘तर यो वर्ष भने मौसमले साथ दिएका कारण गहुँ उत्पादनमा बृद्धि हुने आशा छ ।’ पोण्डेयले भने । 
कैलाली जिल्लाले समग्र देशमा गहुँ उत्पादनमा ३ देखि ५ प्रतिशत हिस्सा ओगटने गरेको छ ।  

छुट्टाछुट्टै स्थानमा तीन शव भेटिए

बैतडी जिल्लाका फरक फरक  स्थानहरुमा तीन जनाको शव फेला परेका छन् । 
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार आईतवार मृत अवस्थामा भेटिनेमा  एक महिला र दुई पुरुष रहेका छन । जिल्लाको सिगास गाँउपालिका–१ मैतडमा गाउँ नजिकैको पानीघट्टमा मकै पिध्न गएकी ३५ वर्षीया लालमति बोहरा नजिकैको खोलामा मृत भेटिएकी छिन् । उनको हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । शव हेर्दा उनको टाउकोमा दाउरा र ढुंगाले हिर्काएर हत्या गरिएको हुन सक्ने मृतकका देवर पठान बोहराले बताए । मृतक लालमतीका एक छोरा र दुई छोरी छन् । उनका श्रीमान हरिभान बोहरा कामको सिलसिलामा भारतमा छन् । 
यस्तै चैत्र १५ गतेदेखि वेपत्ता भएका बैतडीको दशरथचन्द नगरपालिका–१० बुढ्ढाका ६० वर्षीय नरबहादुर चन्द पनि स्थानीय सामुदायिक वनमा मृत फेला परेका छन् ।
शनिबार देखि सम्पर्कमा नआएका डिलाशैनी गाँउपालिका–३ अम्मरपानीका ५० वर्षीय बिरपल भुल पनि घर नजिकैको भिरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । भुलले भिरबाट हाम फालेर आत्माहत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
सुदूरपश्चिमकै ठुलो कोल्ड स्टोर बन्दै
सुदूरपश्चिम क्षेत्रमा हालसम्मकै ठूलो सित भण्डार अर्थात कोल्ड स्टोर डडेल्धुरामा निर्माण भईरहेको छ । 
कृषि उत्पादनहरुलाई सुरक्षित  भण्डारण गरि लामो समयसम्म राख्ने उद्देश्यले अमरगढी नगरपालिका–१ दहमा नयाँ प्रविधि सहितको उग्रतारा सित भण्डार स्टोर निर्माण भईरहेको हो ।
नेपाल सरकारको साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाको ६५ प्रतिशत अनुदान सहयोग र जिल्लाका उद्योग व्यवसायीहरुको ३५ प्रतिशत लगानीमा निर्माण भईरहेको उक्त स्टोरमा एक हजार मेट्रिक टन कृषि उत्पादनहरु स्टोर गर्न सकिने कोल्ड स्टोर निर्माण समितिका अध्यक्ष भोजराज भट्टले बताएका छन्  ।
कोल्ड स्टोर निर्माणमा करीव आठ करोड लाग्ने अध्यक्ष भट्टले वताए । ठूलो लगानीमा बन्न लागेको सित भण्डारमा दश हजार क्वीन्टलसम्म आलुको बिउ भण्डारण गर्न सकिनेछ ।
स्टोर निर्माण भईसकेपछि यसबाट करिब नौँ सय घरधुरीहरु लाभान्वत हुने र ५० देखि ६० जना व्यक्तिहरुले रोजगारी समेत पाउने अध्यक्ष भट्टको भनाई छ । दुई वर्षदेखि निर्माणाधिन अवस्थामा रहेको उक्त कोल्ड स्टोर अबको तीन महिना भित्र सञ्चालनमा आउने गरि काम भईरहेको बताईएको छ । स्टोर निर्माणको ८० प्रतिशत काम सम्पन्न भईसकेको निर्माण पक्षले जनाएको छ ।
जिल्लामा आलुको बिउ प्रसस्त मात्रामा उत्पादन हुँदाहुँदै पनि भण्डारण गर्न नसकिएको हुँदा अन्य जिल्लाबाट बिउहरु ल्याउनु पर्ने बाध्यता रहेकोले उक्त स्टोर अति आवश्यक भएको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराका वागवानी अधिकृत सुदीप देवकोटाले बताएका छन् । कोल्ड स्टोर निर्माण भई सञ्चालनमा आएमा जिल्लामै उत्पादित आलुको बिउ र बिभिन्न कृषि उपजहरुलाई भण्डारण गरि पुनः बिउको लागि प्रयोग गर्न सकिने उनको भनाई छन् । 
कोल्ड स्टोरले सुदूरपश्चिमको पहाडि जिल्लामा उत्पादित खाद्यान्न, आलुको बिउ र  फलफुलहरु सञ्चित गर्न निकै नै सहयोग पुग्ने विश्वास लिईएको छ । यस्तै उत्पादित कृषि उपजलाई भण्डारण गरेर मुल्य बृद्धि भएपछि बिक्रि बितरण गर्दा किसानहरुले राम्रो आम्दानी गर्न सक्ने पनि विश्वास लिईएको छ । 
यस अघि यस क्षेत्रमा पहिलो पटक कञ्चनपुरमा पाँच सय मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माण भईसकेको छ ।

छोटकरी समाचार 

असिनाले बाली नष्ट 

शनिवार परेको असिना पानीले जिल्लाका बिभिन्न ठाउँमा गहुँ र तरकारी बाली नष्ट गरेको समाचार प्राप्त भएको छ । 
डोटीको आदर्श गाउँपालिका र सायल गाउँपालिका क्षेत्रमा असिना पानीले बाली नष्ट गरेको स्थानीय बिरवहादुर रोकायाले जानकारी दिएका छन । उनले ठुल्ठुलो असिना पर्दा पाकेको गहुँबाली नष्ट भएको वताए । 
यस्तै गहुँ बाली असिनाले पिट्दा कृषकहरु चिन्तित भएको आदर्श गाउँपालिका–१ का दिपक ख्ड्काले जानकारी दिएका छन । राष्ट्रिय कृषक समूह महासंघ डोटीका अध्यक्ष भरत बोहराले असिनाले बाली नष्ट गर्दा कृषकहरुलाई मार्का परेको भन्दै चिन्ता व्यक्त गरेका छन ।   

यो शिबिर सम्पन्न

पतञ्जली योग शिविर र सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा डोटी जिल्ला सदरमुकाम सिलगढीमा पाँच दिने योग शिविर सम्पन्न भएको छ । 
योग गुरु तथा नेपाली सेनाको पूर्व प्रमुख सेनानी सुवर्णलाल चित्रकारले प्रशिक्षित गरेको उक्त योग शिविरमा उल्लेख्य संख्यामा सहभागिता रहेको सामुदायिक प्रहरी सेवा केन्दकी अध्यक्ष लक्ष्मी बमले बताईन । उनका अनुसार  शैलेश्वरी मन्दिर प्राङ्गणमा बिहान ५ वजेदेखि ७ बजेसम्म योग सञ्चालन भएको थियो । यस्तै अपरान्ह ४ बजेदेखि ६ वजेसम्म क्यान्सरको बारेमा प्रवचन भएको बमले वताईन । 
शिविर गत मंगलवारदेखि सुरु भएको थियो ।

खेल समाचार 

जोरायलमा भलिवल प्रतियोगिता हुने


डोटीको जोरायलमा खुल्ला पुरुष भलिबल आयोजना हुने भएको छ ।
युनिक युथ स्पोर्टस् क्लबले यहि चैत्र २५ गतेदेखि २८ गतेसम्म ‘जोरायल उपत्यका पुरुष खुल्ला भलिबल प्रतियोगिता–२०७३’ आयोजना गर्न लागेको हो । साविकको सरस्वतीनगर गाबिस, लक्ष्मीनगर गाविस, नेकपा एमाले नेता तथा व्यवस्थापिका सांसद प्रेम आलेमगरको विशेष आर्थिक सहयोग र अन्य विभिन्न निकायको सहयोगमा प्रतियोगिताको आयोजना हुन लागेको आयोजक संस्था युनिक युथ स्पोर्टस् क्लबका अध्यक्ष पवन शाहुले जानकारी दिए । उनले भने ‘प्रतियोगितामा प्रदेश नं. ७ का सम्पूर्ण ९ वटै जिल्लाबाट टिम सहभागि गराउने प्रयास भईरहेको छ । 
प्रतियोगितामा प्रथम टिमका लागि ५० हजार पाँच सय, द्वितीय टिमका लागि ३० हजार पाँच सय र तृतीय हुने टिमका लागि २० हजार पाँच सय सहित ट्रफि, मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको छ । त्यस्तै उत्कृष्ट तीन जनालाई ट्रफि र नगद पुरस्कारले सम्मान गरिने अध्यक्ष शाहुले जानकारी दिए । 
सांसद प्रेम आलेमगरले उद्घाटन गर्ने उक्त प्रतियोगितामा सहभागिता जनाउने टिमका लागि खाने बस्ने व्यवस्था समेत मिलाईएको आयोजक संस्थाले जानकारी दिएको छ । प्रतियोगितामा सहभागिताका लागि भोली चैत्र २३ गतेसम्म टिम दर्ता गर्ने म्याद रहेको छ ।  
प्रतियोगिताका लागि मूख्य प्रायोजक सरस्वतीनगर गाविसबाट एक लाख र लक्ष्मीनगरबाट २० हजार रुपैयाँ बिनियोजन गरिएको छ । त्यस्तै सांसद प्रेम आलेमगरबाट दुई लाख, निर्माण व्यवसायी संघ डोटीबाट १० हजार रुपयाँ सहयोग हुने आयोजक संस्थाले जानकारी दिएको छ । 
सहयोग गर्ने अन्य निकायहरुमा बड्डा सप्लायर्स दिपायल, आर.डि.कन्स्ट्रक्शन दिपायल, कलेल टे«ड एण्ड सप्लायर्स  राजपुर, सत्कार होटल दिपायल, चोपडा अस्पताल प्रा.ली. दिपायल, जे.बि.टे«डर्स दिपायल, कलेल गेष्ट हाउस धनगढी, एनसिसिएस कम्प्युटर इन्स्टिच्युट धनगढी, न्यू रेखा सप्लायर्स धनगढी रहेका छन । यि संस्थाहरुले पाँच÷पाँच हजार सहयोग गरेका छन ।
प्रतियोगिताका लागि जिल्ला खेलकुद विकास समिति डोटीले खेल सामाग्री, एसपिए कलेज धनगढीले मेडल र बोगटी फेशन हाउस अत्तरीया कैलालीले खेलाडीहरुका लागि टि–सर्ट प्रायोजन गर्ने आयोजकले जानकारी दिएको छ । 
स्थानीय तहको पुनर्संरचनामा जोरायल गाउँपालीकाको केन्द्र समेत रहेको सरस्वतीनगरको रावतकट्टेस्थित रत्न आधा–रभूत विद्यालयको खेलमैदानमा प्रतियोगिता सञ्चालन गरिनेछ ।

नवयुग र अनिल अष्ट्रेलियामा सम्मानित

एजेन्सी
गैरआवासीय नेपाली संघ अस्ट्रेलियाले आफ्नो बार्षिक खेलकुद महोत्सवको उपलक्ष्यमा नेपाली फुटबलर अनिल गुरुङ र नवयुग श्रेष्ठलाई सम्मान गरेको छ ।
अनिल र नबयुगसंगै भलिबलका पूर्व कप्तान भरत शाहलाई बिशेष अतिथिका रुपमा बोलाएर सम्मान गरिएको छ ।
त्यस्तै नेपालका लागि अन्तराष्ट्रिय खेलकुदमा योगदान दिएका तर अहिले अष्ट्रेलियामै रहेका १० खेलाडीहरुलाई पनि सम्मान गरिएको छ । जसमा ३ पटक यू–१९ बिश्वकप खेलिसकेका यशवन्त सुबेदी र प्रेम चौधरी, टी ट्वान्टी बिश्वकप खेलेका नेपाली तीव्र गतिका बलर अमृत भट्टराई, सागमा उसुमार्फत स्वर्ण पदक जितेकी विनिता महर्जन, रजत पदक विजेता राजु महर्जन, फुटबलका जगजित श्रेष्ठ, अनिल ओझा रहेका थिए भने अस्ट्रेलियामा रहेर यहाँका राष्ट्रिय प्रतियोगितामा पदक जितेर नेपालको नाम राख्ने नेचुरल बडी बील्डर सन्तोष कुमार श्रेष्ठ, प्रकृती श्रेष्ठ, सञ्जीव चौधरी तथा जुडोका मोहम बम छन् ।
कार्यक्रममा प्रमुख अतिथि अस्ट्रेलियाका लागि नेपालका कार्यबाहक राजदूत राजेन्द्र पाण्डेले खेलाडीहरु राष्ट्रका दूतका रुपमा रहेको बताए । एनआरएनले यसरी प्रवासमा लुकेर बसेका खेलाडीको खोजी गरी सम्मान गर्दा उनीहरुको मनोबल बढ्नुका साथै नयाँ पिँढीलाई पनि खेलकुदमा लाग्न उर्जा प्राप्त हुने पाण्डेले बताए ।

चलचित्र/मनोरञ्जन 

गिरानचौरमा भारतीय कलाकार


चर्चित हास्य कलाकारद्वय धुर्मस र सुन्तलीले निर्माण गरेको गिरानचौर एकिकृत बस्तीमा भारतीय कलाकारहरु पुगेका     छन । 
बलिउड हास्य कलाकार राजपाल यादव अधिकारी ब्रदर्स पिक्चर्स र केतन फिल्मसले संयुक्त रुपमा निर्माण गरेको चलचित्र ‘करोडपति’को छायाँङ्कनका लागि नेपाल आएका यादव र उनको टोली चलचित्र छायाँङ्कनकै क्रममा गिरानचौर पुगेका हुन् ।
गिरान्चौरमा पुगेपछि उनले बस्ती निरीक्षण गर्नुका साथै स्थानीयहरूसँग भेटघाट गरेका थिए । उनलाई गिरानचौरमा भेटेपछि धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले  सामाजिक सञ्जालमा फोटो सार्वजनिक गर्दै अभार प्रकट गरेका छन् । कट्टेलले सामाजिक सञ्जाल मार्फत भनेका छन्  ‘भारतीय अभिनेता राजपाल यादवको गिरानचौर भ्रमणले हामीलाई थप काम गर्न प्रोत्साहित बनाएको छ । हामीले निर्माण गरेको बस्तीलाई सुन्दर ठह¥याई दिनु भएकोमा उहाँप्रति आभारी छौँ ।’ 
अधिकारी ब्रदर्स पिक्चर्स र केतन फिल्मसले संयुक्त रुपमा निर्माण गरेको चलचित्र ‘करोडपति’मा राजपालसँगै निता ढुंगाना, आर्यन अधिकारी लगायतको अभिनय रहेको छ । चलचित्रको सुटिङ राजधानी सहित जोमसोम, मुस्ताङ र मुम्बईमा हुनेछ ।

रेखाको ‘पलाँस’ बजारमा


चर्चित नेपाली अभिनेत्री रेखा थापाद्वारा अभिनित चलचित्र ‘पलाँस’  शुक्रबारदेखि देशभर प्रदर्शन आएको छ ।
नगरबधुको चुनौतीपूर्ण चरित्रमा अभिनय गरेकी रेखालाई फिल्ममा कामेश्वर चौरासिया र अयुब केसीले साथ दिएका छन् । यसअघि ‘रेशम फिलिली’ मा हरियाको भूमिकामा जमेका कामेश्वर ‘पलाँस’ मा पनि जबरजस्त देखिएको फिल्म हेरेपछिका दर्शकले बताएका छन् । त्यसो त फिल्मको सुरुवाती व्यापारमा रेखाको स्टारडमले उल्लेख्य असर देखाउन सकेको छैन । जबकि फिल्मले सोलो रिलिज पाएको हो ।
कृषा चौलागाईंको निर्माणमा सुभास कोइरालाको निर्देशन रहेको फिल्मले बिहीबार नै राजधानीको क्युज सिनेमामा प्रिमियरसमेत गरेको थियो । प्रिमियरमा फिल्मका निर्देशक कोइरालाबाहेक सबै युनिटको उपस्थिति थियो । निर्देशक कोइरालाले फिल्मको जिम्मेवारी सबै नसकिदिएको भन्दै निर्मात्री कृषा असन्तुष्ट थिइन् । फिल्मको केही छायांकनदेखि सम्पादन सबै कृषाले आफ्नै पहलमा सकाएकी थिइन् । 
कमल देवकोटा र प्रकाश घिमिरेको पनि मुख्य भूमिका रहेको ‘पलाँस’ लाई सुशान्त प्रजापतीले खिचेका हुन् ।

लेख 

यसकारण दलबिहिन चुनाव

रामहरी ओझा 

‘चुनावको बेला त पार्टीको नेतृत्वमा बस्नु सजाय पो रहेछ । एउटाले मैले टिकट नपाए जान्याछु भन्छ, अर्कोले त्यस्तै भन्छ । नेतृत्वलाई समेत धम्की दिन्छन् भन्या । कसरी मिलाउने होला, हैरान बनायो ।’ 
चिया गफका क्रममा एक पार्टीका जिल्ला प्रमुखले आफ्नो दुखेसो पोखे । यस्तो दुखेसो पोखिरहँदा उनको अनुहार मलिन भयो, उनी साँच्चै पिडामा रहेछन् भन्ने  कुराको भान भयो । नहुनु पनि किन, करीव १५ मिनेटको बसाईमा उनले १० मिनेटसम्म उम्मेद्वारका दावेदारहरुको हप्की–दप्कीमै बिताए । ‘बसेर सल्लाह गरौंला, म एक्लैले दिने हो र टिकट ?’ फोन गर्नेहरुलाई उनी आक्रामक् शैलीमै उत्तर दिदै थिए । 
बैशाख ३१ गते हुने भनेको स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरुमा सरगर्मी बढ्न थालेको छ । लामो समयदेखि राजनीतिमा सक्रिय नदेखिएका देखि भरखरै राजनीतिमा प्रवेश गरेका कार्यकर्ताहरुको जवरजस्त महत्वाकाँक्षाले गर्दा राजनीतिक दलहरुलाई मिलाउन हम्मे हम्मे भएको छ । यस्तोमा अझ बढी दल बदल गर्नेहरुको चर्चा छ । ईमानदारीका साथ पार्टीको निर्देशन मान्दै आएका कार्यकर्ताहरु फेरी पनि ओझेलमा पर्ने र अवसरबादीहरुले टप्काउने हो भने निश्चित रुपमा पनि कार्यकर्ताहरुमा एक प्रकारको नैराश्यता आउन सक्छ । यो अवस्थामा यदि स्थानीय निकायको निर्वाचनमा दलबिहिन उम्मेद्वारको व्यवस्था हुने थियो भने राजनीतिक दलहरुलाई यो समस्या आई लाग्ने थिएन । 
२० वर्ष पुग्नमा चार दिन मात्रै बाँकी रहने गरी हुन लागेको स्थानीय तहको निर्वाचनको उम्मेद्वारी दर्ता गर्ने मिति जति जति नजिकिदैछ, आकांक्षीहरु पनि बढ्दैछन् । जति जति आकांक्षीहरु बढ्दैछन् त्यति त्यति अगुवा नेताहरु भयभित हुँदैछन् । यदि उम्मेद्वार छनौटको यो चरम आकांक्षालाई सुरक्षित अवतरण गर्न सकिएन भने बिद्रोहीहरुको संख्या बढ्न सक्छ । बिद्रोही नभईहाले पनि अर्को पार्टीलाई समर्थन गर्ने खतरा हुन्छ । यदि त्यो पनि भएन भने चुप लागेर बस्ने प्रचलन पनि छ । यदि यस्तो भयो भने चुनाव हारिन्छ । चुनाव हार्नु भनेको नेतृत्वको असक्षमता मानिन्छ । यद्यपी हाम्रो राजनीतिक संस्कार अलि भिन्न छ । आफै नेतृत्वमा बस्ने अनि आफैं ‘यसपाली हाम्रो उम्मेद्वार राम्रो छैन, अर्को पाली बिचार गरौंला’ भन्ने अभिव्यक्ति सार्वजनिक रुपमै दिनेहरु पनि आफुलाई अव्वल दर्जाको नेतृत्व ठान्छन् तर चुनाव हार्नु भनेको नेतृत्व पनि हार्नु हो । 
‘मैले टिकट पायो भने जितेर देखाई दिन्छु’ भन्नेहरु अरुले टिकट पायो भने अर्को पार्टीलाई सहयोग पुग्ने गरि काम गर्छन् । बिगतमा राष्टिूय निर्वाचनमा समेत यस्तो प्रकारको अराजनीतिक चरित्र प्रदर्शन भएकै हो । स्थानीय तहमा त अलि बढीनै भएको थियो बिगतमा पनि । दलहरुले बिद्रोही उम्मेद्वार भए कारवाही गर्ने हास्यास्पद् उर्दी  जारी गर्छन् । जुन देशका राजनीतिक दलहरुले आफ्ना कार्यकर्ताहरुलाई राजनीतिक चरित्रनै सिकाएनन् त्यस देशमा पार्टीको कारवाहीदेखि डराउने कार्यकर्ताहरुको संख्या न्यून प्रायः हुन्छ । त्यसमाथी पनि पूँजीबादको संक्रमणमा परेको राजनीतिमा अवसरवादीहरुको जमात् बढी हुन्छ । सम्पत्ति, सम्वन्ध र शक्तिले गर्दा यस्ता अवसरबादीहरुका लागि यो पार्टी वा त्यो पार्टी जहाँ पनि अवसरै अवसर हुन्छन् । उनीहरुलाई कारवाहीको के चिन्ता ? ज्ञानेन्द्र शाहको निरंकुश कालमा खाटी मण्डले भएकाहरु अहिले फेरी पार्टीभित्र पुरस्कृत भएकै छन, उनीहरुलाई पनि कारवाही त भएकै हो त्यतिवेला । त्यसकारण उनीहरुलाई कारवाही भन्ने शव्दले कुनै अर्थ राख्दैन । रह्यो कुरा राजनीतिक संस्कार भएका कार्यकर्ताहरुको, उनीहरुले पार्टी बिपरित गतिबिधि गर्ने हिम्मत् पनि गर्दैनन् । 
यदि स्थानीय निकायको कुशल व्यवस्थापन गर्ने हो भने स्थानीय निर्वाचन दलबिहिन हुनु जरुरी छ । त्यसका लागि राजनीतिक दलहरुले छानिदिएका उम्मेद्वारहरुमध्येबाट मात्रै जनताले उम्मेद्वार छान्न पाउने व्यवस्थाको अन्त्य हुनु जरुरी छ ।  दलबिहिन चुनावको व्यवस्था गर्ने हो भने यसका धेरै फाईदाहरु हुने देखिन्छन् ।
पहिलो, राजनीतिक दलहरुलाई टिकट बाँड्ने झण्झट हुँदैन । नेताहरुले को लाई टिकट दिने भन्ने चिन्ता पनि गरिरहनु पर्दैन र आकांक्षीहरुले पनि शक्तिकेन्द्रमा धाईरहनु पर्ने अवस्था आउँदैन । राजनीतिक दलहरुलाई पर्ने अनावश्यक आर्थिक बोझ पनि कम हुनेछ । 
दोश्रो, राजनीतिक दलहरुले छानेका जनप्रतिनिधिहरुमध्येबाट मात्रै जनताले आफ्ना नजिकका प्रतिनिधि छान्नु पर्ने वाध्यकारी व्यवस्थाको अन्त्य हुनेछ । संघीय वा प्रादेशिक जनप्रतिनिधिहरुसंग जनताको प्रत्येक्ष सम्वन्ध हुँदैन । प्रत्येक्ष सम्वन्ध स्थानीय जनप्रतिनिधिहरुसंगै हुने भएका कारण जनताले आफ्नो प्रतिनिधि खुला रुपमा छान्न पाउनु पर्छ । राजनीतिक दलहरुले पहुँच र शक्तिका आधारमा उम्मेद्वारी दिएका हुन सक्छन् । यसबाट जनताले चाहेको व्यक्ति प्रतिस्पर्धामा नआउन सक्छ । अर्को तर्क आउन सक्छ ‘स्वतन्त्र उम्मेद्वार भए हुन्छ नि !’ भन्ने तर त्यो त्यति सजिलो छैन । लामो समयसम्म राजनीतिक दलमा लागेको ईमानदार कार्यकर्तालाई पार्टी छोडेर स्वतन्त्र भईहाल्ने अवस्था पनि छैन । फेरी यदि दलीय उम्मेद्वारनै हुने हो भने स्वतन्त्र उम्मेद्वार जित्ने सम्भावना पनि न्यून हुन्छ । त्यसैले जनताले स्वतन्त्रतापूर्वक प्रत्येक्ष रुपमा आफ्नो प्रतिनिधि छान्न पाउनका लागि दलबिहिन चुनाव आवश्यक छ । 
तेश्रो, राजनीतिक दलले प्रतिस्पर्धामा उतारेको व्यक्तिमा स्थानीय तहको व्यवस्थापकीय कार्य कुशलता नहुन पनि सक्छ । त्यस्तो अवस्थामा एकातिर राजनीतिक कार्यकर्ताहरुसंग पनि अर्को बिकल्प हुँदैन, अर्कोतिर स्थानीय निकायहरुको कुशल व्यवस्थापन हुन सक्दैन । त्यसमा पनि भरखरै पुनर्संरचना गरिएको स्थानीय निकायहरुलाई व्यवस्थापन गर्न निकै चुनौती छ । त्यसैले व्यवस्थापकीय कार्य कुशलता भएको व्यक्ति आउनु अनिवार्य हुन्छ । पार्टीले जस्तो व्यक्तिलाई टिकट दिएपनि जिताउनै पर्ने ह्वीप कार्यकर्ताहरुलाई लाग्ने छैन । 
चौथो, एउटै पार्टीभित्र रहेका थुप्रै सक्षम व्यक्तिहरु पनि प्रतिस्पर्धामा भाग लिन पाउँछन । सक्षम व्यक्तिले आफ्नो व्यवस्थापकीय योजना जनताको बिचमा लैजाने छन । जनताले व्यक्तिको योजनाका आधारमा आफ्नो प्रतिनिधि चयन गर्नेछन । ताप्लेजुङ्गको मिक्वाखोला गाउँपालिकाको अवस्था र दार्चुलाको मालिकार्जुन गाउँपालिकाको अवस्था उस्ताउस्तै हुँदैन । मिक्वाखोला गाउँपालिकाका लागि त्यहाँ सुहाउँदो योजना वनाउनु पर्छ र सोही अनुसार व्यवस्थापन गर्नु पर्छ । मालिकार्जुनका लागि सोही अनुसारको । दलहरुले देशव्यापी रुपमा तयार गर्ने घोषणा पत्रले मिक्वाखोला र मालिकार्जुन गाउँपालिकाबासीहरुको चाहना, आवश्यकतालाई सम्वोदन नगरेको पनि हुन सक्छ । त्यस्तो अवस्थामा सोही स्थानीय निकाय सुहाउँदो योजना वनाउन सक्ने जनप्रतिनिधि आवश्यक हुन्छ । त्यसैले स्वतन्त्र व्यक्तिले स्थानीय आवश्यकता अनुसारको योजना बनाउँछ र प्रतिवद्धता व्यक्त गर्दछ । उसका लागि दलीय निर्देशन हुँदैन । 
पाँचौं, यस्तो अवस्थामा जनप्रतिनिधिहरु कुनै दलका कार्यकर्ताहरु पनि हुन सक्छन र स्वतन्त्र व्यक्ति वा फरक पेशा व्यवसायमा लागेका व्यक्तिहरु पनि आउन सक्ने सम्भावना हुन्छ । यदि स्वतन्त्र व्यक्तिहरुले आफुले कुनै पार्टीसंग आवद्ध हुन चाहेमा आवद्ध हुन पनि सक्छन् । बिगतका चुनावहरुलाई हेर्दा पार्टीको तर्फबाट टिकट नपाएपछि स्वतन्त्र भएर चुनावी प्रतिस्पर्धामा गएकाहरु पनि बिजयी भएपछि फेरी पुरानै पार्टीमा फर्केका घटनाहरु छन । यद्यपी बिद्रोही उम्मेद्वार हुँदा पार्टीले उनीहरुलाई ‘कडा’ कारवाही गरेको देखिन्छ तर पछि फुलमाला लगाएर स्वागत गरेको पनि पाईन्छ । 
बास्तवमा स्थानीय निकायहरु व्यवस्थापकीय निकाय हुन । अहिलेको नेपालको संबिधान अनुसार उनीहरु स्थानीयस्तरमा नीति निर्माण गर्ने अधिकार दिएको भएपनि त्यो पूर्ण अधिकार होईन । संघीय र प्रादेशिक कानुनसंग नबाझिने गरि स्थानीय नीति वनाउन सक्ने अधिकार मात्रै दिएको हो । अर्थात स्थानीयस्तरमा व्यवस्थापकीय भुमिकालाई प्रभावकारी बनाउनका लागि आबश्यक नियम÷बिनियम बनाउन सक्ने अधिकार दिएको हो । त्यसकारण यि व्यवस्थापकीय निकायनै हुन । व्यवस्थापकीय निकायहरुमा व्यवस्थापकीय कार्य कुशलता भएको व्यक्ति आउनु जरुरी हुन्छ । त्यसैले राजनीतिक दलहरुलाई प्राथमिकता दिएर स्थानीय निकायमा जनताको आफ्नो नजिकका जनप्रतिनिधि छान्ने अधिकारलाई संकुचित वनाईनु हुँदैन । 
दलबिहिन चुनावको कुरा गर्दा धेरैले ‘लोकतन्त्रमा दलबिहिनता ?’, ‘यो त निरंकुशता भईहाल्यो नि !’, लोकतन्त्रका लागि झण्डै सात दशकसम्म लडेको लडाईको के अर्थ भयो त ?’ भन्ने प्रश्न राख्छन । स्वभाबिक रुपमा लोकतन्त्रमा दलबिहिनाको कल्पना गर्न सकिदैन । तर, यहाँ निरंकुशता वा निर्दलीयता भन्न खोजेको होईन । तर, स्थानीय निकायहरु जनताका नजिकका जनप्रतिनिधि मुलक सरकार हुन । त्यहाका प्रतिनिधिहरु जनतासंग प्रत्येक्ष रुपमा भिजेका हुनु जरुरी छ, जनताले चाहेका हुनु जरुरी छ र जनताको समस्या बुझेका हुनु जरुरी छ । राजनीतिक दलको सदस्यता लिईराख्ने बर्षौंदेखि टाढा गएर बसिराख्ने अनि चुनावको बेला बिभिन्न शक्ति केन्द्र धाएर टिकट हात पार्ने प्रबृत्तिका व्यक्तिहरुलाई जनताले आफ्नो नेता मान्नु पर्ने बाध्यता दलीय उम्मेद्वारीले सृजना गर्छ । राजनीतिक दलको कार्यकर्ता भएर नेताको वरीपरी घुम्ने अनि बिकास निर्माणका योजनाहरुमा उपभोक्ता समितिको जिम्मा लिएर आर्थिक अनियमितता गर्ने बानी परेकाहरु के जनताको सच्चा प्रतिनिधि भएर काम गर्न सक्लान् ? जनताले राम्रोसंग चिनेका छन त्यस्ता व्यक्तिहरुलाई । तर दुभाग्र्य छ हाम्रो देशको, तिनै व्यक्तिहरुलाई पार्टीले टिकट दियो भने जिताउनु पर्ने वाध्यता आईलाग्छ जनतालाई । ‘स्वतन्त्र उम्मेद्वार चुनाव जित्दैन’ भन्ने मनोबिज्ञान जो पारिएको छ जनतामा । त्यो मनोबिज्ञानले जस्तो भएपनि दलीय उम्मेद्वारलाई मत दिने गर्छन् मतदाताले । नेपालका चुनावहरुमा स्वतन्त्र उम्मेद्वार जित्ने भनेका नगण्य मात्रै हुन, अरु त दलीय बिल्लावालानै हुन जित्ने ।
दलले खडा गरेका सवै उम्मेद्वारहरु त्यस्तै हुन्छन् भनेर सामान्यीकरण गर्न खोजिएको पनि होईन । राजनीतिक दलभित्र राम्रा व्यक्तिहरुको संख्या पनि धेरै छ र योग्यहरु पनि धेरै छन । तर, ति इमानदा–रहरु आर्थिक दृष्टिले, सम्वन्धका दृष्टिले र शक्तिका दृष्टिले कमजोर छन् । ‘उम्मेद्वार भएपछि कति पैशा खर्च गर्न सक्ने ?’ भन्ने प्रश्न आउने ठाउँमा त्यस्ता व्यक्तिहरुको अवस्था कमजोरनै हुन्छ । गरीवले चुनाव जित्न सक्दैन भन्ने मान्यता स्थापित भईसकेको छ नेपाली राजनीतिमा । चुनाव यति महङ्गो हुँदै गएको छ कि अव साधारण परिवारका व्यक्तिहरु कुनै पार्टीसंग उम्मेद्वारीका लागि टिकट माग्ने आँट गर्ने छैनन् । 
त्यसैले स्थानीय निकायमा कम्तीमा दलबिहिन उम्मेद्वारीको व्यवस्था हुने हो भने राजनीति दलहरुले शक्ति प्रदर्शन गर्ने शैलीको अन्त्य हुने छ । निर्वाचनमा धाँधली पनि कम हुनेछ । फेरी स्थानीय निकायमा दलबिहिन उम्मेद्वार हुने व्यवस्था नौलो पनि होईन । बिश्वकै सवैभन्दा ठुलो “लोकतान्त्रिक” मुलुक दावी गर्ने भारत लगायत अन्य थुप्रै लोकतान्त्रिक मुलुकहरुका स्थानीय निकायमा दलबिहिन चुनाव हुने व्यवस्था रहेको छ । यस्तो व्यवस्था भएका मुलुकहरुमा स्थानीय निकाय राम्रोसंग सञ्चालन भएका पनि देखिन्छन् । त्यसकारण दलबिहिन चुनाव हुनु भनेको निरंकुश व्यवस्था वा निर्दलीयता हुन्छ भन्ने बुझाई राख्नु मुर्खतापूर्ण हो । स्थानीय निकायहरुमा जनताले साँच्चै अपनत्व ग्रहण गरुन भन्ने चाहना हो यदि शासकहरुको भने दलबिहिन चुनाव गर्ने हिम्मत गरौं । 

लैङ्गिक समानताको बहस

शान्ता मरासिनी

१०७ औं अन्तराष्ट्रिय नारी दिवस ‘बी बोल्ड फर चेन्ज’ नारासहित महिला हक–अधिकार प्राप्तिको ‘सेलेबरेसन सक्सेसेज’ र बाँकी अधिकारको प्राप्तिका लागि प्रत्येक सरकारलाई दबाब सिर्जना गर्दै विश्वभरका महिलाले उत्सवका रूपमा मार्च ८ मा मनाए ।
सन् १९१४ मा विश्वका अग्रिणी महिलाले श्रमिक महिलामाथिको असमान ज्याला, शोषण, उत्पीडन, बिग्रँदो स्वास्थ्य, दुव्र्यवहार र असमानता विरुद्ध सरकारलाई दबाब दिँदै समानता र न्यायका पक्षमा सशक्त दबाब सिर्जना गरी विश्वव्यापी आह्वान गरेकै कारण आज महिला सशक्तीकरण र विकासका लागि सरकार–हरू विभेदकारी कानुन र नीतिमा परिवर्तन गर्दै जान बाध्य भएका हुन् । जसका कारण महिलाको समग्र विकास सूचकहरू सकारात्मक बन्दै पनि गएका छन् । तर यसको राम्रो प्रभाव विकसित देश, सहर र धनाढ्य परिवारमा परेको छ । अबका दिनमा यसको प्रभाव कम विकसित मुलुक एवं ग्रामीण तह र पिछडिएका वर्ग र क्षेत्रमा पु¥याउन आवश्यक छ ।
नेपालमा नारी दिवस आयोजक महिला मन्त्रालयले मार्च पहिलो साता सप्ताहव्यापी कार्यक्रम बनाई सञ्चार माध्यम समेतलाई आह्वान गरेर महिला सशक्तीकरण र सचेतनामूलक समाचार, विचार विश्लेषण, लेखरचना प्राथमिकताका साथ प्रकाशन, प्रसारण गरायो । महिला सशक्तीकरण र समावेशीकरणका विषयमा छापा माध्यम एवं टिभी, रेडियोले जेन्डर विश्लेषक पुरुषहरू समेतका लेखरचना तथा टक सोमा उच्च स्थान दिए । तर महिला सशक्तीकरण, समानता र न्यायको सवाल एक साताको सवाल थिएन र होइन । यो त संसारभरका महिलाले १०७ वर्षदेखि निरन्तर गर्दै आएको सशक्त र एकीकृत आन्दोलन हो ।
यिनै प्रयासका बाबजुद संयुक्त राष्ट्र संघले मानवअधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ मा महिला र पुरुष बीचको समानतालाई स्वीकार ग¥यो । सन् १९५२ मा महिलाको राजनीतिक अधिकार सम्बन्धी महासन्धि पारित भयो । त्यस्तै राजनीतिक तथा नागरिक अधिकार सम्बन्धी अन्तराष्ट्रिय प्रतिज्ञापत्र, १९६६ तथा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी अन्तराष्ट्रिय प्रतिज्ञापत्र, १९६६ ले महिला समानतामा अझ जोड दिए भने छुट्टै महिला सवाललाई मात्रै जोड दिई महिला विरुद्धका सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि, १९७९ पारित भई प्रत्येक राष्ट्रले महिला विकासका कार्यक्रमको चरणबद्ध कार्यान्वयनको खाका बनाई त्यसको प्रगति पेस गर्नुपर्ने सम्मका व्यवस्था गरेकै कारण राज्यहरूले आफ्ना कानुन, योजना एवं नीति समावेशी उन्मुख बनाउँदै लगेका हुन् । 
संयुक्त राष्ट्र संघले सन् १९७५ लाई अन्तराष्ट्रिय नारी वर्ष घोषणा ग¥यो र त्यसै वर्ष मेक्सिकोमा प्रथम अन्तराष्ट्रिय महिला सम्मेलन आयोजना गरियो । उक्त सम्मेलनले समानता, विकास र शान्ति नारासहित सन् १९७६ देखि सन् १९८५ लाई महिला दशक घोषणा ग¥यो । तत्पश्चात पनि यस्ता सम्मेलन, सभाहरू हुँदै आए । यस्तै प्रयासका कारण महिला समानताको सवाल अन्तराष्ट्रिय विषय बन्न पुग्यो ।
अन्तराष्ट्रिय सम्मेलनहरूले उठाएका महिलाका एकीकृत र अन्तरसम्बन्धित ज्वलन्त सवालहरूमा महिला र राजनीतिक नेतृत्व, शिक्षा र तालिम, रोजगारी र स्वरोजगारी, गरिबी, हिंसा, विभेद, विद्रोह, नीति निर्माणमा प्रभाव, लाभ वितरणमा हिस्सेदारी, संस्थाहरूको सबलीकरण, सूचना माथिको पहुँच, बालिका सुरक्षाजस्ता विषय प्रत्येक राष्ट्रले ५२ वटै साता आफ्ना नीति तथा कार्यक्रममा पहिलो पंक्तिमा राखी सम्बोधन गर्नैपर्ने विषय हुन् ।
सार्क देशहरूका संसदको तल्लो सदनमा महिला सहभागिताको प्रतिशत श्रीलंकामा ५, माल्दिभ्स ५, भुटान ८,  भारत १२, बंगलादेश २०, पाकिस्तान, अफगानिस्तान २७, नेपाल २९ रहेको देखिन्छ । अन्य देशहरूमा रुवान्डा ६३, बोलिभिया ५३, क्युबा ४८, आइसल्यान्ड ४७, स्वीजरल्यान्ड ४३ प्रतिशत देखिन्छ   (अन्तरसंसदीय संघ २०१६, प्रतिवेदन) ।
युएन वुमेनको एक रिपोर्ट अनुसार विश्वका ८ देशमा राष्ट्र प्रमुख र ९ देशमा सरकार प्रमुख महिला छन् । अधिकांश मुलुकका राष्ट्रिय, प्रान्तीय र स्थानीय संसदमा महिलाका लागि आरक्षण कोटा प्रदान गरिएको भएपनि सरकार (क्याबिनेट) मा भने महिला उपस्थिति ज्यादै न्युन रहने गरेको छ । अझ पनि ४ मुलुकका संसदमा त महिला सहभागिता शून्य छ । सरकारमा सहभागिता र दिइने भूमिकालाई हेर्ने हो भने सबैजसो सरकारले महिला मन्त्रीलाई गृह, वित्त, परराष्ट्र, उद्योगजस्ता महत्वपूर्ण मन्त्रालयको भूमिका दिएकै छैनन् । ज्यालामा असमानता विश्वका धेरै देशमा आजसम्म कायमै छ । नेपालको ४५ सदस्यीय मन्त्रिपरिषदमा महिला मन्त्री १ जनामात्र र २ राज्यमन्त्री हुनुले महिला सहभागिताका निर्णायक पुरुष नै हुन् भन्ने स्पष्ट छ । नेताहरू भाषणमा रमाउने र घरमा मौन बस्ने गरेकाले महिला सहभागितामा योगदान पुग्न नसकेको हो ।
नेपालको संसदमा २९, निजामती सेवामा कारिन्दा तहमा ३५, सबै शिक्षकमा २०, प्रहरीमा पनि तल्लो तहमा करिब २० प्रतिशत महिला सहभागिता देखिन्छ । राष्ट्र प्रमुख, सभामुख, प्रधानन्यायाधीश महिला हुनुले आम महिलालाई गौरवान्वित त बनाएको छ । तर यसले नीति निर्माण तहमा कति प्रभाव पार्न सक्छ भन्ने प्रश्न गहन हो । महिला सशक्तीकरण र समावेशीक–रणको उद्देश्य विगतको सामाजिक संरचनाका कारण आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक, सांस्कृतिक, भौगोलिक, जातीय एवं लैङ्गिक हिसाबले बञ्चितीक– रणमा परेका महिलालाई विकासका आयामहरूमा मूलप्रवाहीकरण गर्नु हो । तर हाम्रो पहिलो पुस्ता समावेशीकरण नीति अन्तर्गत प्रशासनिक आरक्षणको प्रभाव टाठाबाठा जागिरे पुरुष र महिलाको परिवारमा तथा राजनीतिक आरक्षणको प्रभाव नेताका एकाघर परिवारमा सीमित   हुनपुग्यो । यस्तो समावेशीकरणले त महिलालाई स्वाधीन होइन, अझ पराधीन बनाउँछ । त्यसैले विद्यमान समावेशीकरण नीतिको स्वतन्त्र मूल्याङ्कन गर्ने बेला भएको छ ।
संविधानले गरेको समावेशी प्रावधान अनुरुप स्थानीय तह निर्वाचनको सरगर्मी बढिरहेका बेला महिलालाई नेतृत्व तहमा पु¥याई महिला–पुरुषबीच सारभूत समानता कायम गर्न चालिने हरेक कदममा महिला र पुरुषको बराबरी भूमिका र सहभागिता आवश्यक छ । परिवर्तित सन्दर्भमा शासकीय प्रणालीको उच्च तहमा महिला सहभागिता रोल मोडल बने पनि आधारभूत तहको नेतृत्व, सामान्य शिक्षा, सचेतना, व्यवसायिक तालिम नागरिकता, सम्पत्तिमा स्वामित्व जस्ता विषय अझ नाजुक छन् । परिवर्तन रातारात हुँदैन भनेर पर्खेर बस्ने समय हामीसँग छैन । लोकतन्त्रको कागजी स्याउले लैङ्गिक समानता मापन गर्न सकिँदैन । नयाँ संविधानले कानुनी रूपमा महिलालाई सहभागिताको प्रशस्त बाटो खोलेको छ । तर जुन महिलाले यस्ता अधिकार पाउनुपर्ने हो, तिनले पाउने कुराको सुनिश्चितता नेतृत्व तहको मानसिकतामा भर पर्छ । 
महिला विकासका सन्दर्भमा सडक र नारामा हामी निकै बोल्छौं, तर घरमा गुपचुप छौं । फोटोका देवीलाई पुज्ने तर घरका देवीलाई कुट्ने पुरुषको ठूलो जमात समाजमा जीवितै छ । लैङ्गिक समानताको चुरो भनेको फरक लिङ्ग तर अधिकार समान हुनु हो । त्यसैले अब सडक, गल्ली, घरपरिवारदेखि सरकारसम्म लैङ्गिक समानता र न्यायको बहस गरौं । महिला र पुरुषबीच हातेमालो गरौं । दुबैले दुबैका कुरा सुनौं र बुझौं, सम्मान गरौं र अवसर दिऔं । यसका लागि सकारात्मक विभेदको नीति अँगालौं, नेतृत्व गर्न सिकाऔं । लैङ्गिक विकासको समानतामुखी दृष्टिकोणमा पुरुषको सार्थक सहभागिता हुनसके असमानता चाँडै अन्त्य हुन्छ ।
— कान्तिपुर दैनिकबाट 


लोक सेवा आयोगको तयारीका लागि उपयोगी 

१) चीनले मानव सहितको अन्तरिक्षयान प्रक्षेपण गरेको —२०१६ अक्टोबर १७
२) विश्वको सबैभन्दा अग्लो पुल वेइपान्जीङ्ग हो भने लामो सुरुङ्ग रेलमार्ग   — गोटहार्ड
३) फिफा वर्ष २०१६ मा उत्कृष्ट महिला वर्ष खेलाडी     — कार्ली लोयड
४) २०१७ जनवरीमा सम्पन्न १० औं विश्व भविष्य उर्जा सम्मेलन — युएईमा 
५) २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचनमा अन्तरिक्षबाट मतदान गर्ने व्यक्ति  — सेन किम्ब्रा
६) २०१६ को विश्व बाल शान्ति पुरस्कार प्राप्त गर्ने   — केकसन बुस
७) TFP Award 2016     - Himalaya Bank
८) इटालीमा संवौधानिक सुधारका सम्बन्धमा जनमत संग्रह   —  2016 Dec 4
९) 2016 oct 22  मा सार्वजनिक गरिएको विश्वकप फुटबल द्दण्ज्ञड को मस्कट “जाभिवाका” को अर्थ
— जसले गोल गर्छ
१०) लगातार ५० घण्टा १५ मिनेट सम्म योग गरेर विश्व कीर्तिमान कायम गर्ने  — उत्तम मोक्तान
११) जिरो पोचिङ वर्ष २०११ केसँग सम्बन्धित छ ?   — गैँडा संरक्षण 
१२) स्वेच्छिक मृत्यु रोज्न अनुमति दिने कानुन बनाउने विश्वको एकमात्र मुलुक   — बेल्जियम 
१३) सुसान्नाह मुसाल जोन्सको निधन    —2016 May 13
१४) २०१६ फेब्रअरी १२ मा ग्राभिटेसन वेभ पत्ता लाग्यो, सो टोलीमा रहेका नेपाली वैज्ञानिक 
— सुदर्शन कार्की 
१५) २०१६ को अन्तराष्ट्रिय वर्ष शब्द   — Post Truth
१६) नोटहरुमा राजाको चित्र अंकित भएका प्रथम राजा    — त्रिभुवन 
१७) फिलिपिन्समा 2016 Dec 25  मा आएको आधिको नाम  — नकटेन
१८) बाराक ओबामाले स्पेसल ट्रेड प्रेफेरेन्स सम्बन्धि ऐनमा हस्ताक्षर   — 2016 Dec 15
१९) नेपालमा पहिलोपटक क्वान्टी लिभर पुल निर्माण    — गोरखामा
२०) जिमयोङ किमले महामारी विमा योजनाको घोषणा    — 2016 may 21
२१.नामग्याल गुम्बा कुन जिल्लामा पर्दछ ?      — मुस्ताङ 
२२.पाटन विहारको प्रवेशद्वार ठीक अगाडि कसको मूर्ति राखिएको छ ?  — बुद्धको मूर्ति 
२३.इअभबल इा ःयलकययल भनेर कुन महासागरलाई चिनिन्छ ?   — हिन्द महासागर
२४.नेपालको पर्यटन प्रवद्र्धनमा ठूलो योगदान गर्ने भारतीय चलचित्र कलाकार को हुन ?  — देवानन्द
२५.सुगौली सन्धि हुनु अघि नेपालको पूर्व पश्चिम लम्बाइ कति छ ?       — १४१५कि मी
२६. श्री स्वास्थानी व्रत कथामा को को विच सम्वादको रुपमा रहेको पाइन्छ ?  — कुमार र अगस्तमुनी
२७. कृषि अनुसन्धान केन्द्र रामपुर कुन देशको सहयोगमा स्थापना भएको हो ? 
— संयुक्त राज्य अमेरिका
२८.नेपालको संविधान, २०१९ को मस्यौदा तयारी गरि पेश गर्न संविधान मस्यौदा आयोग कहिले गठन गरियो ?    — २०१९ वैशाख २६
२९.“आरोग्य विज्ञान“ के सँग सम्बन्धित कृती हो ?     
—खप्तड बाबाद्वारा अनुसन्धान भएको उपचार पद्धति 
३०.शंकराचार्यको बाबु र आमाको नाम के थियो ?   — शिवगुरु र सती
३१.नेपालमै पहिलोपटक अनलाइन जाँचपास प्रणाली कुन भन्सारमा लागू गरिएको छ ?
— सिर्सिया सुख्खा बन्दरगाह ,वीरगन्ज 
३२.नेपाल कति सालमा इन्टपोलको सदस्य भएको हो ?      — वि.सं. २०२४
३३.सर्वप्रथम सगरमाथा आरोहण गर्ने तेन्जिङ नोर्गे शेर्पाको २०४३ वैशाख २६ गते कहाँ निधन भएको थियो ?    — भारतको दार्जिलिङ 
३४.झुमा वा ढावा बन्नु पूर्व कति वर्ष गुप्तबास रहनुपर्छ ?   — ३ वर्ष ३ महिना
३५.मल्लकालमा सार्वजनिक संरचनाहरुकोे निर्माण गर्ने अड्डालाई के भनिन्थ्यो ?  — छेभेडल अड्डा 
३६.रोम साम्राज्यका निर्माता को थिए ?  — पिटर अलेवार्ड
३७.वरुण ग्रहको औषत तापक्रम कति रहेको छ ?  — १७९डिग्री से.
३८.प्रसिद्ध गौमुखी तीर्थस्थल कुनकुन जिल्लाको सिमानामा पर्छ ?    — गुल्मी र प्युठान 
३९. पुराणमध्ये सबैभन्दा थोरै श्लोक भएको पुराण कुन हो ?  — अग्नि पुराण
४०.पाकिस्तानको इस्लामबादमा हुने तय भएको १९ औं सार्क शिखर सम्मेलन आयोजक पाकिस्तानले कहिले स्थगन भएको घोषणा गरेको थियो ?    — २०१६ सेप्टेम्बर ३०
४१.चिनियाँ नागरिक हुयान साङ कसका पालामा नेपाल आएका थिए ?    — अंशुवर्मा
४२.कुन दिनलाई संकराचार्य जयन्ती भनिन्छ ?    — वैशाख शुक्ल पञ्चमी
४३.नेपाल र चीनबीच सीमा सम्बन्धि प्रोटोकलमा कहिले सम्झौता भएको थियो ? — सन १९७९
४४.चर्चित कम्पनी ओलीवावा कुन देशको हो ?     — चीन 
४५.सबैभन्दा पुरानो वेद कुन हो ?    — ऋग्वेद
४६.चुरे पहाडमा कुन प्रकारको माटो पाइन्छ ?    — बलौटे पत्थरिलो माटो
४७.आफ्नो उपग्रहले विपरीत दिशाबाट परिक्रमा गर्ने ग्रह कुन हो ?   — वरुण
४८.सबैभन्दा बढी संख्यामा रामसार सुचीमास्थान पर्ने राष्ट्र कुन हो ? — वेलायत
४९.ताप्लेजुङमा रहेको पाथीभरा मन्दिर कति मिटरको उचाइमा छ ? — ७९४ मि

साहित्य÷सृजना 

चिनारी 


तयारी छ जीवनको परीक्षा यो हैन
भावना छ मित्रताको चिनारी मलाई थाहा छैन
खुल्ला गगनामा पंक्षी मै बनुला भन्दिनँ
एकताको कहानी खै कोर्न म पाउदिनँ
मित्रताको नाता अति नै प्रिय अमृतपान
हेर्ने हजारांै नजर केवल बलि दिन जान्छ जीवनदान
वितृष्णा मानवरुपी नियन्त्रण पाए हुन्थ्यो कि
चैतन्य यो मनलाई त्याग पाए जीवन बन्न सक्दथियो कि
हजारौं तारामा प्रिय जुन सबैलाई
कस्तो आश्चर्य प्रश्न पाइन्न छुन उसलाई
मनभित्र आत्मा उदाएर हेर्नु होला
सम्मान रुपी ज्ञान दक्षिणा खेर नजाला
प्रकृति एक संसारको चिनारी
म बिताउछु बुझ्न जीवनको भकारी 
सौन्दर्य रुपी त्रिदेव त्रिपुरारी
बताउन गाह्रो हे मानव पुजारी
कस्तो कथा बन्दछ विचित्र
जीवनमा आए अनेकौं चिनारी
के चिन्न सक्नु हुन्छ नयनका पुजारी
भावनाले मन पोख्यो होला नबताए मानवको चिनारी
तारा पोखरेल 
काठमाण्डौ

भोकको स्वाद 


चपाई हेरें 
टुटे फुटेका सपनाहरु 
भोक मेट्न !
छैन केहि स्वाद 
चपाइरहेको सपनाको गाँसमा 
तर लागिरहेछ स्वादिलो !
मेरो मुख 
रसाईरहेछ मिठो स्वादले 
र रमाई रहेछ, मन !
तर म भन्न सक्दिन 
यो के को, कस्तो स्वाद हो 
नुनिलो अनि मिठो स्वाद !
थाहै भएन मलाई
मैले लिईरहेछुं भोकको झोंकमा 
आफ्नै मृत सपनाको लाशको स्वाद !
सुधिर ख्वबि
ललितपुर

मुक्तक 


भेट्न आउन सक्दिन बन्द भएर ।
देश भित्र आन्तरीक द्वन्द भएर  ।।
अति हुँदा गजलमा लेख्छु भनेको ।
त्यही लेख्न गाह्रो भयो छन्द भएर ।।
मेरो प्राण भन्छौं अनि हाँस्न मन लाग्छ ।
निकै सोझो बन्छौ अनि हाँस्न मन लाग्छ ।।
घरकीको आँखा छली अन्तै माया लगाई ।
भेट्ने दिन गन्छौ अनि हाँस्न मन लाग्छ ।।
सपनीमा देखे भेट्न हतास लाग्या छ ।
मन भित्र मायाको नै बतास लाग्या छ ।।
रुदै टाढा हुदै बस्ने कस्तो बिवशता ।
त्यो छातिमा निदाउन अत्यास लाग्या छ ।।
प्यासी थियौ प्यास मेटाउन जानु गल्ति थियो ।
त्यो मुटुमा नाम लेखाउन जानु गल्ति थियो ।।
मुर्ख तिमी छदै थियौ महामुर्ख बन्दै म नि ।
दुख्यो भन्दा मन सेकाउन जानु गल्ति थियो ।।
शान्ती अधिकारी
लमजुङ्ग नेपाल, हाल नेपालगञ्ज

सूचना÷सन्देश÷बिज्ञापन 

सूचना ! सूचना !! सूचना !!!

स्तनपायी (बच्चा जन्मेदेखि ६ महिनासम्म दुध खुवाईरहेका) आमाको लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिपायल डोटीबाट निशुल्क रुपमा सतावरी चूर्ण (Multi Vitamin) बितरण भईरहेको हुँदा सम्वन्धित सवैलाई अवसरको लाभ लिन हुन अनुरोध गरिन्छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र 
दिपायल, डोटी

हार्दिक समबेदना

जन्म ः  २०२२÷११÷२५                                                                                मृत्यु ः २०७३÷१२÷१८
यस कालिका माबि डुम्रीका बिद्यालय व्यवस्थापन समिति सदस्य श्री सुरेन्द्र साउँदका पुज्यनीय बुवा दलवहादुर साउँदको ५१ बर्षको अल्पायुमै निधन भएको खवरले बिद्यालय परिवारलाई अत्यन्तै मर्माहत वनाएको छ । दुःखको यस घडिमा मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दै सोकाकुल परिवारजनप्रति गहिरो समबेदना प्रकट गर्दछौं ।
गोरखराज शर्मा                                                                                                        तेजवहादुर डुम्रेल 
प्रधानाध्यापक                                                                                                           बि. व्य.स.अध्यक्ष

तथा कालिका माबि डुम्री, डौड परिवार