Wednesday, September 25, 2013

बिम्ब साप्ताहिक, २०७० असोज ८ गते मंगलवार

मुख्य समाचार 

चुनाव मंसिर ४ मै हुन्छ, तयारी गर्नुहोस

पूर्व गृहमन्त्री तथा एमाले नेता भीम रावलले अर्को संबिधानसभाको निर्वाचन मंसिर ४ गतेनै हुने दावी गरेका छन ।
पार्टी कामको सिलसिलामा गृह जिल्ला अछामवाट फर्कने क्रममा डोटीको सदरमुकाम सिलगढीमा नेता रावलले सो कुरा वताएका हुन । “चुनाव मंसिरमै हुन्छ, यसमा कुनै संका छैन, तपाईहरु तिव्रताका साथ चुनाव प्रचार–प्रसारमा लाग्नुहोस” एमाले कार्यकर्ताहरुलाई निर्देशन दिँदै रावलले भने–कार्यकर्ताहरु एकजुट भएर चुनावी अभियानमा लाग्नुहोस, नेकपा एमालेको जित सुनिश्चित छ । जनताले एकपल्ट नेकपा एमालेको वहुमतको सरकार हेर्न चाहेको वताउँदै रावलले भने “यसपाली जनताले एमालेलाईनै वहुमत दिनेछन ।” नयाँ संबिधान निर्माण गर्ने र       राष्ट्र, राष्ट्रियता र नेपाली जनताको समग्र बिकास गर्ने       राजनीतिक कार्यक्रम एमालेसंग मात्रै भएको दावी नेता रावलको थियो ।
गृह जिल्ला अछामको निर्वाचन क्षेत्र १ वाट प्रत्येक्षका लागि सर्वसम्मत सिफारिस भएका एमाले केन्द्रीय सदस्य समेत        रहेका रावलले उम्मेदवारी दर्ता गर्ने मिति सार्नु परेका कारण अव धेरै लामो चुनावी अभियान सञ्चालन गर्न समस्या हुने वताउँदै जनताका माझमा आफ्ना       कुराहरु राख्न आजै देखि लाग्नु पर्ने वताए । रावलले भने “हामीले जनतालाई गत संबिधानसभामा के भयो भन्ने वारेमा प्रष्ट वताउन सक्नुपर्छ, होईन भने जनता अन्यौलमा रहन्छ ।” एमाओवादीको उग्रवामपन्थी शैली र नेपाली कांग्रेसको यथास्थिति प्रबृत्तिनै संबिधान निर्माण हुन नदिने प्रमुख तत्व भएको नेता रावलको भनाई थियो । “यो कुरा जनतालाई हामीले बुझाउनु पर्छ, जनताले सत्य कुरा जान्नुपर्छ” नेता रावलले चुनावी योजना तयार गरी जुट्न जिल्ला नेतृत्वलाई समेत निर्देशन दिए ।
रावलको आगमनसंगै सदरमुकाम सिलगढीस्थित ओम गेष्टहावस एमाले कार्यकर्ताहरुले भरिएको थियो । उम्मेदवारका लागि जिल्लावाट सिफारिस भएका नेताहरुले नेता रावलसंग आ–आफ्ना कुराहरु राखेको एमाले स्रोतले जानकरी दियो ।

सम्पादकीय 

अख्तियारप्रतिको आशा

“अव तपाईले लेखेको सार्थक होला जस्तो छ, किनभने अख्तियारको कार्यालय डोटीमै आएको छ । अलि खोजमुलक समाचारहरु तथ्यमा आधारित भएर लेख्नुहोस, सायद अव अख्तियारले छानविन गर्छ होला ।”
बिम्ब साप्ताहिकका प्रतिनिधिहरुसंग अचेल वजारमा        धेरै मान्छेहरुले यस्तै कुराहरु भन्ने गरेका छन । यस्तो भन्नेमा सरकारी कर्मचारीहरु, नेताहरु, सर्वसाधारण र आम पाठकहरु पनि छन । सायद बिगतदेखिनै बिम्ब साप्ताहिकले भ्रष्टाचार र अनियमितताका समाचारहरु प्रकाशन गर्दै आयो तर दोषीलाई खासै कारवाही भएको नदेखिएपछि दिक्क भएका आम पाठक वर्गमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय डोटीमा वस्ने भएपछि अलिकति आश पलाएको छ ।
सैद्धान्तिक रुपमा घुस लिने र दिने दुवै अपराधी हुन तर सन्दर्भ र अवस्थाले पनि कतिपय कुराको निर्धारण गर्नु पर्ने  हुन्छ । डोटीमा जति पनि घुस लिने दिने कुरा भए ति कुराहरुमा कारवाहीको “क” सम्म पनि कसैले उच्चारण गरेनन् । फलस्वरुप भ्रष्टाचार वढ्दै गयो र अहिले संस्थागत भएको छ । अव योजनाको कार्यान्वयन गर्नु जरुरी छैन । योजना राम्रोसंग सम्पन्न भएको भएपनि प्राबिधिकहरुलाई घुस दिनै पर्ने गर्दै   नगरेको भएपनि घुस दिनै पर्ने अनि कसले गर्छ त काम ? यही अवस्थाका कारण आज जताततै गुणस्तरको काम भएन, समयमै काम भएन, अनियमितता गर्नेलाई कारवाही भएन भन्ने कुरा आईरहेको छ ।
यस अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय डोटीमा वस्दैछ । यस कार्यालयले सुदुरपश्चिममा हुने गरेको वा भईरहेका कामहरुमा भएको भ्रष्टाचारलाई रोक्नका लागि पहल गर्नेछ भन्ने बिश्वास जनताले लिएका छन । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा ४ अनुसार “नेपाल सरकार वा सार्वजनिक संस्था समक्ष गरेको शपथ, कबुलियत, सम्झौता, ठेक्का, लाइसेन्स, परमिट, प्रतिज्ञापत्र वा डिलरशिपको शर्तपालना नगरेमा वा नेपाल सरकार वा त्यस्तो संस्थाले निर्धारित गरेको नियम वा कार्यविधि वा स्वीकार गरेको शर्त उल्लङ्घन हुने गरी प्रचलित कानुनद्वारा निषेधित तवरबाट व्यवसाय गरेमा वा सरकारी वा त्यस्तो संस्थाको सुविधा वा अधिकारको दुरूपयोग गरेमा निजलाई कसुरको मात्रा अनुसार दुई वर्षसम्म कैद वा बिगो बमोजिम जरिबाना गरी बिगो समेत जफत गरिनेछ ।” भन्ने व्यवस्था छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को परिच्छेद ४ अनुसार आयोगले भ्रष्टाचार सम्वन्धि पनि काम गर्ने भएका कारण यस्ता बिषयहरुमा छानविन गरोस भन्ने अपेक्षा छ । अख्तियारमा पदाधिकारीको नियुक्ती भएपछि अहिले अख्तियारले अव भ्रष्टाचार निवारणमा सहयोग गर्छ कि भन्नेमा धेरै मान्छेमा आशा गरेका छन । यो आशा निराशामा परिणत नहोस भन्ने हाम्रो भनाई हो ।
बिगतका वर्षहरुमा जति पनि समाचारहरु भ्रष्टाचारसंग सम्वन्धित प्रकाशन वा प्रसारण भए ति समाचारहरुमा सम्वन्धित निकायको खासै चाँसो गएन । चाँसो गएका ठाउँमा पनि सम्वन्धि कार्यालयले अख्तियारप्राप्त अधिकारीहरुलाई टेरेनन् । जसले गर्दा यस क्षेत्रमा भ्रष्टाचार संस्थागत भएको छ । यो संस्थागत भएको भ्रष्टाचार रोक्नका लागि बिम्ब साप्ताहिक अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जतिवेला पनि सहयोग गर्न तयार छ । मात्र अख्यिारको ईच्छा शक्तिको आवश्यकता देखिएको छ ।

थप समाचार 

हस्तान्तरण नहुुँदै जीर्ण भवन

“पानीका थोपाहरु जति वाहिर पर्छन, उतिनै भित्र पस्छन, यो छाना हुनु र नहुनुको कुनै अर्थ छैन ।”
घाङल गाबिसको नवनिर्मित दुईतले भवन देखाउँदै एक स्थानीयवासीले गाबिस भवन निर्माणमा व्यापक अनियमितता भएको र ढिलासुस्ती भएको    वताए । “यसअघि पनि यहाँ धेरै पत्रकारहरु आएका हुन, उनीहरुले पनि तपाई जस्तै गरी फोटो खिचे तर समाचार कतै आएन” एक अर्का स्थानीवासीले भने यस      वारेमा कसैले पनि वोलेको छैन ।
यो भवन निर्माण भएको दुई वर्ष भएको छ तर अहिलेसम्म गाबिसलाई हस्तान्तरण भएको छैन, स्थानीय उमेन्द्र मल्लले भने “गाबिसको कार्यालय अहिलेसम्म भाडामा छ ।” हुन त त्यो भवन हस्तान्तरण भएर पो के गर्ने हो र ! मल्ल थप्छन– चुहिने भवनमा कार्यालय कसरी राख्ने । मल्लकै भनाईमा सहमति जनाउँछन अर्का स्थानीयवासी भक्तवहादुर साउँद । साउँदले भवनको यो अवस्थाको वारेमा जिल्ला बिकास समितिलाई जानकारी गराउँदा सो कार्यालयले ठेकेदारलाई दोष दिएर आफु उम्किन खोजेको गुनासो गरे ।
यस्तै समस्या छ गिरीचौका गाबिस भवनको पनि । लामो समयसम्म गिरिचौकावासीहरुले गाबिस भवनको नवनिर्मित भवनवाट पानी चुहिएको दृष्य   हेरे । केही दिन अघि मात्रै सो भवनको छाना पुनः मर्मत भएको र अहिले पानी चुहिन वन्द भएको गिरिचौका माबिका प्रधानाध्यापक नरवहादुर खडायतले वताए । प्रअ खडायतका अनुसार अहिले भवनमा रङ लगाउने काम      भईरहेको छ । झ्याल ढोका लगाउने काम अझै वाँकी रहेको खडायतको भनाई छ ।
मुड्भरा गाबिस भवन पनि निर्माण कार्य सम्पन्न भएको जिल्ला प्राबिधिक कार्यालयको तथ्याँकमा उल्लेख गरिएको छ तर उक्त भवनको निर्माण कार्य पुरा नभएको गाबिसवासीहरु वताउँछन । भवनको छतवाट पानी चुहिएको स्थानीयवासीहरुले जानकारी दिए । गाबिस सचिव डिलवहादुर महरा भन्छन–झ्यालढोका र फिनिसिङको काम केही वाँकी छ । आफुले माथिल्लो तलामा गएर नहेरेको वताउँदै सचिव महराले गाबिसले पूर्ण काम सम्पन्न नभएसम्म भवन स्वामित्वमा नलिने वताए ।
आर्थिक वर्ष २०६४÷०६५ देखिनै निर्माण कार्य प्रारम्भ भएको वर्छैन गाबिस भवन अहिलेसम्म पनि निर्माण कार्य सम्पन्न भएको छैन । गाबिस सचिव यज्ञराज भट्टका अनुसार रङ लगाउने कार्य र झ्यालढोका निर्माण कार्य वाँकी रहेको छ । यस्तै अवस्था छ लामिखाल गाबिस भवनको । स्थानीयवासीहरुको भेलाले भवन निर्माण कार्य छिटो सम्पन्न गर्न सम्वन्धित निकायलाई आग्रह गरेको भएपनि हालसम्म भवन निर्माण नभएको स्थानीय जगन्नाथ रोकायाले जानकारी दिए ।
जिल्ला बिकास समिति डोटीका स्थानीय बिकास अधिकारी शीवकुमार कार्कीले निर्माणका लागि ठेक्का सम्झौता गर्ने ठेकेदारहरुको लापरवाहीका कारण गुणस्तरयुक्त भवन निर्माण हुन नसकेको वताए । “हामीले ठेकेदारहरुलाई पत्र काटेका छौं, यदि उनीहरुले भवनमा भएका कमीकमजोरीहरु सच्याएनन् भने हामी ठेक्का   रद्द गरी ठेकेदारलाई कालो सूचीमा राख्छौं” कार्कीले भने ।

भदौरे मेलामा वोगटान

“म अरु केही खान्न, मलाई खुकुरी रम चाहिन्छ, जहाँवाट भएपनि ल्याउ” असोज ३ गते बिहान चार वजे एक ग्रहाकले वागछेडाका एक ओटले व्यवसायीलाई भनेको वाक्य हो     यो ।
डोटी घाङल गाबिस–८ पातलमा रहेको महंगाल देउताको जात्रा हुने दिन अर्थात भाद्र शुक्ल त्रियोदशीको दिनलाई यस क्षेत्रमा “भदौरे” भन्ने गरिएको छ । मुख्यतया रामजाली मगरहरुको कुल देउताको रुपमा मानिने महंगाल देउताको सो दिन पुजाआजाका साथै पशु वली दिने गरिन्छ । वोकाको वली दिँदा हतियारले नभई देउताको धामीले दातले खेलाएरै वोका मार्ने गरेको बिरेन्द्र उच्च माबि घाङलका प्रधानाध्यापक नन्दराम पुनमगर वताउँछन । “वली दिँदा अन्य ठाउँका जसो हतियारले काटिन्न” पुनमगरले भने “धामी आफैले दातदे वोका मार्छन ।” प्रत्येक वर्ष कम्तीमा ५÷६ वोका वली दिईने गरेको प्रअ पुनको भनाई छ ।
पवित्र धर्मस्थलको रुपमा मनाईने भदौरेलाई त्यस क्षेत्रका जनताले तास खेल्न सुरु भएको चाँडका रुपमा बुझ्ने गरेका    छन । आज देखि त भदौरे सुरु भयो अव यहाँ वास पाईन पनि गा¥हो हुन्छ, घाङल गाबिस–८ वागछेडाका एक व्यापारीले भने “अव यो भदौरे तिहारको अन्त्यसम्म रहन्छ ।” लानाकेदा– रेश्वर, मान्नाकापडी, सिमचौर, बर्छैन लगायतका गाबिसहरुवाट भदौरेमा तास खेल्नका लागि आउने गरेको ति व्यापारीको भनाई छ । नाम उल्लेख नगर्ने शर्तमा ति व्यापारीले भने “यहाँका होटेलहरुका लागि भदौरे फलिफाप हुने गरेको छ ।”
भदौरेमा तास खेल्नेहरु सरकारी कर्मचारीहरु, गैससमा काम गर्नेहरु, शिक्षकहरु, ठेकेदारहरु, स्थानीय व्यापारीहरु हुने गरेको स्थानीयवासीहरु वताउँछन । शिक्षक र व्यापारीहरु त अग्र स्थानमै हुन्छन, एक अर्का व्यापारीले भने “त्यसको साथसाथै सवै क्षेत्रका व्यक्तिहरु हुने गरेका छन ।”
गत वर्षदेखि डोटीमा जुवा तासमा पूर्ण रुपमा रोक लगाईएको थियो । तत्कालीन प्रमुख जिल्ला अधिकारी प्रेमवहादुर खापुङ्ग र प्रहरी नायव उपरीक्षक भरत वोहराले जिल्लामा अवैध मदिरा उत्पादन तथा बिक्रीबितरणका साथै जुवातासमा पूर्ण प्रतिवन्ध लगाउने प्रयास गरेका थिए । यस वर्ष भने भदौरेको नाममा मुख्यतया घाङल–८ वागछेडा र त्यसको साथसाथै वर्छैनमा समेत खुल्याआम जुवातास हुने गरेको छ ।

सामाजिक परीक्षण अभियानको रुपमा

नेपालमा बिगत ५० वर्षदेखि लगातार काम गर्दै आएको युनाईटेड मिसन टु नेपाल नामक अन्तराष्ट्रिय गैर सरकारी संस्थाले आफ्ना साझेदार संस्थाहरुको सामाजिक परीक्षणलाई अभियानको रुपमा लैजाने गरेको वताएको छ ।
गत साता रामपुर उच्च माबि बुडर डोटीको सामाजिक परीक्षणका क्रममा सो संस्थाका संस्थागत बिकास सल्लाहकार गोकर्ण जोशीले संस्थाले सामाजिक परीक्षणलाई बिशेष महत्व दिने गरेको वताए । “हामीले देशैभरीका साझेदार संस्थाहरुको सामाजिक परीक्षणलाई बिशेष महत्व दिने गरेका छौं” जोशीले भने “पारदर्शिता र जवाफदेहीताका लागि सामाजिक परीक्षण आवश्यक छ ।”
नेपालको नीतिमा पनि सवै सार्वजनिक निकायहरुले वार्षिक रुपमा सामाजिक परीक्षण गर्नु पर्ने व्यवस्था रहेको वताउँदै सल्लाहकार जोशीले सामाजिक परीक्षणलाई अन्य सरकारी तथा गैर सरकारी निकायहरुले पनि अनिवार्य अभियान वनाउनु पर्ने वताए । सामाजिक        परीक्षणवाट योजनाहरुमा हकवालाहरुको अपनत्व बढ्ने समेत जोशीको भनाई थियो ।
सो कार्यक्रमका प्रमुख अतिथि डोटीका जिल्ला शिक्षा अधिकारी गणेशवहादुर सिंहले सामाजिक परीक्षण गर्नु पर्ने नीतिगत व्यवस्था भएपनि बिद्यालयहरुको सामाजिक परीक्षण व्यवस्थापन समितिको वैठकमा मात्रै सिमित हुने गरेको वताए । “सवै सरोकारवालाहरुको सहभागितामा बिधिवत् रुपमा सामाजिक परीक्षण हुनुपर्छ” सिंहले    रामपुर उच्च माबिले सामाजिक परीक्षण नियमित रुपमा गर्ने गरेको भएपनि बिद्यार्थीको सिकाई उपलव्धी राम्रो गर्न नसकेको वताए ।
बिद्यालयका शिक्षकहरुमा गुटवन्दी भएको वताउँदै जिशिअ सिंहले स्रोत साधनले सम्पन्न बिद्यालय हुँदाहुँदै पनि बिद्यालयको बिद्यार्थी उत्तीर्ण प्रतिसत बृद्धि नभएकोमा आक्रोस व्यक्त गरे । “यहाँ तीन जना शिक्षकले नेतृत्व गरेका तीन गुट छन” सिंहले जुन गुटले बिद्यालयमा राम्रो ग¥यो सोही गुटलाई सहयोग गर्न अभिभावकहरुलाई सुझाव  दिए । युनाईटेड मिसन टु नेपालले बिद्यालयमा बिभिन्न शैक्षिक सामग्री सहयोग गरेकोमा धन्यवाद दिँदै सिंहले पाएको स्रोत साधनको अधिकतम उपयोग गरी सिकाई उपलव्धी वढाउन शिक्षकहरुलाई निर्देशन दिएका थिए ।
युएमएनले डोटीमा रामपुर उच्च माबि, बरपिपल वचत तथा ऋण सहकारी संस्था लिमिटेड घण्टेश्वर र अन्य चार गैर सरकारी संस्थाहरु ६ साझेदारहरुसंग बिभिन्न बिषयगत क्षेत्रमा काम गर्दै आएको छ । अन्य साझेदार संस्थाहरुमा समान पहुँच बिकास केन्द्र (सिड) नेपाल, ग्रामिण समुदाय बिकास केन्द्र घाङल, अपाङ्ग सेवा संघ डोटी र ग्रामिण बिकास केन्द्र डौड डोटी रहेका छन ।
आप्mना साझेदार संस्थाहरुको नियमित रुपमा सामाजिक परीक्षण गर्ने क्रममा यस वर्ष पनि ६ वटै साझेदारहरुको सामाजिक परीक्षण गर्न लागिएको युएमएन डोटी क्लष्टरकी टिम लिडर सवु तामाङले वताईन ।

यस्तो छ चुनावी सुरक्षा योजना

मंसिर ४ मा हुने अर्को संबिधानसभाको निर्वाचनका लागि सरकारले सुरक्षा योजना तय गरेको छ । योजना अन्तरगत चार तहमा सुरक्षा समिति गठन गरिएका छन ।
गृहमन्त्री प्रमुख रहेको केन्द्रीय      सुरक्षा समिति, गृहसचिव प्रमुख रहेको केन्द्रीय कमाण्ड पोष्ट, शान्ति सुरक्षा महाशाखा प्रमुख रहेको केन्द्रीय एकिकृत निर्वाचन सेल र गृहको निर्वाचन सेल गरी चार सुरक्षा समिति वनाईयको हो ।
गृहमन्त्रीको अध्यक्षतामा रहेको समितिमा गृहसचिव, रक्षा सचिव, सवै   सुरक्षा निकायका प्रमुखहरु सदस्य रहेका छन । सो समितिमा गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख सदस्य सचिव       रहने छन । समितिले चुनावमा खटिने नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र          राष्ट्रिय अनुसन्धान बिभागबीच समन्वय गर्न योजना वनाउनेछ । देशभरीको शान्ति सुरक्षाको अवस्था अनुगमन गरी सुरक्षा निकायलाई निर्देशन दिने, निर्वाचन सुरक्षा योजना कार्यान्वयन भए÷नभएको हेर्ने,      सुरक्षा निकायको सुपरीवेक्षण गर्ने काम समितिको हुनेछ । आकास्मिक रुपमा आईपर्ने शान्ति सुरक्षाका चुनौतीको बिश्लेषण गरी समन्वयात्मक सुरक्षा कारवाहीको निर्देशन दिने काम यो समितिले गर्नेछ ।
यसैगरी गृहसचिव प्रमुख रहने गरी केन्द्रीय कमाण्ड पोष्ट खडा गरिने भएको छ । चुनाव हुन एक साता अघि खडा हुने यो समितिमा नेपाली सेनाका वलाधिकृत  रथी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान बिभाग र सशस्त्र प्रहरी प्रमुख सदस्य हुने छन । यस समितिले निर्वाचनका वेला आई पर्ने आकास्मिक आपतकालीन अवस्थामा सुरक्षा व्यवस्थाको निर्णय लिन समन्वयात्मक भुमिका निर्वाह गर्नेछ । कोही उम्मेदवार वा अन्य माथी कुनै अप्रिय घटना भयो भने तत्काल उद्धार गर्न समन्वयकारी भुमिका निर्वाह गरिनेछ, गृहका एक अधिकारीले सेनाको हेलिकप्टर, नजिक भएको नेपाल प्रहरी, सशस्त्र वा सेना जो नजिक छ, त्यसैलाई छिटो पठाउने काम यो समितिले गर्ने वताए ।
सुरक्षा निकायहरुले गरिरहेको कामको मुल्याँकन गरी प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिने, संबिधानसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निश्पक्ष, शान्तिपूर्ण र भयरहित वनाउन सुरक्षा निकायबीच समन्वयको काम गर्ने जनाईएको छ । केन्द्रीय÷क्षेत्रीय निर्वाचन सेलले सिफारिस गरेका बिषयहरुको बिश्लेषण र मुल्याँकन गरी सुरक्षा व्यवस्था थप मिलाउन निर्देशन दिने काम यस समितिको रहने छ ।
चारवटै सुरक्षा निकायसंग परामर्श गरी एकीकृत निर्वाचन सुरक्षा योजना वनाईएको र यो योजना चारवटै सुरक्षा निकायका पाँचवटै बिकास क्षेत्रमा पुगिसकेको छ । गृहका सहसचिव शंकर कोईरालाले म्यादी प्रहरी भर्नाको बिषय समेत यसै योजनामा समावेश भएको   वताए ।
निर्वाचनका लागि सुरक्षाको  जिम्मेवारी सुरक्षा निकायको मात्र नहुने   सुरक्षाबिद्हरु वताउँछन । राज्य संयन्त्रले मात्र सुरक्षा दिन सक्छ भन्ने धारणा राख्नु गलत भएको वताउँछन पूर्व गृहसचिव भोजराज पोखरेल । पोखरेलले भने           राजनीतिक दलहरुले हिंसा नगरौं र भईहाले दललेनै मिलाउने प्रतिवद्धता जनाए मात्र चुनावमा हिंसा हुँदैन । उनका अनुसार चुनाव नजिकिँदै गर्दा राजनीतिक दलहरुमा     जसरी पनि चुनाव जित्नै पर्छ भन्ने मानसिकताले हिंसा गराउछ ।
बैद्य नेतृत्वको नेकपा–माओवादी सहितको ३३ दलीय मोर्चाले चुनाव बिरोधी अभियान गर्ने घोषणाले चुनावमा सहभागि राजनीतिक दलहरुबीच मात्र नभई चुनाव हुन दिने र नदिनेबीच हुने सम्भावित भिडन्त थप चुनौतीपूर्ण रहेको पोखरेलको भनाई  छ । पोखरलले भने “यस्तो परिस्थितिले चुनावमा हिंसाको वाहुल्य हुन सक्ने संकेत गर्छ, यस्ता गतिबिधि हुन नदिन जिल्ला देखि केन्द्रसम्मका सुरक्षा निकायहरुबीच  राम्रो समन्वयको आवश्यकता रहने उनले वताए ।

बिहे गरेको छैन, संगै वसेको मात्रै

एमाओवादी अध्यक्ष प्रचण्डपुत्र प्रकाश दाहालले वहुविवाहमा पर्ने डरले मन पराएकी साथी एवं एमाओवादी कार्यकर्ता विनासंग विवाह गर्न पाएका छैनन् । उनीहरु एक वर्ष पहिलेदेखिनै संगै वस्दै आएका छन ।
२०६९ साल असारमा बिनालाई साथमा लिई फरार भएका प्रकाश केही महिना सम्पर्कविहिन भएका थिए । घटना पुरानो हुँदै जाँदा उनीहरु बिस्तारै सार्वजनिक हुन थालेका हुन तर उनीहरुले कानुनी रुपमा श्रीमान–श्रीमतिको मान्यता पाइईसकेका छैनन् । प्रचण्डपुत्र प्रकाशले पहिलेकी श्रीमतिसंगको सम्वन्ध बिच्छेद  गरी कास्कीकी सृजना त्रिपाठीलाई घर भित्राएका थिए । शंकर अधिकारीसंग यसअघिनै विवाह भईसकेकि विना पनि अधिकारीलाई छोडेर प्रकाशसंगै फरार भएकी थिईन । दुवै जना विवाहित भएकाले मुलुकी ऐन अनुसार दुवैलाई वहुविवाहको मुद्धामा कारवाही हुने कानुनी व्यवस्था         रहेको छ ।
प्रकाशकी श्रीमति सृजना पोखरामा छोरा पढाउँदै बसेकी छन । बिनाका पूर्वपति शंकर अधिकारी बैद्यले नेतृत्व गरेको नेकपा–माओवादीमा सक्रिय राजनीति गरिरहेका छन । आम चर्चामा बिना–प्रकाश श्रीमान–श्रीमति भएपनि उनीहरुले कानुनी रुपमा भने विवाह गरेका छैनन् । विवाह गरे प्रकाशकी माहिली श्रीमति सृजनाले वहुविवाहको मुद्धा दर्ता गर्न सक्ने डरले बिना–प्रकाशको बिहेले कानुनी मान्यता पाउन सकेको छैन ।
कानुनी समस्याका कारण राजनीतिमै आँच आउने डरले दाहाल परिवारले बिनालाई वुहारीका रुपा लाजिम्पाट दरवारमा भित्राउन मानेको छैन । परिवारले आनाकानी गरेपछि बिना–प्रकाश भाडाको घरमा वस्न वाध्य भएका छन । तिन कोठामा भएको फ्याट भाडामा लिई बसेका उनीहरु अहिलेसम्म प्रेमी–प्रेमिका जस्ता मात्रै देखिएका छन । प्रकाश दिनभरी वुबासंगै पार्टी काममा जाने गरेका छन, बेलुकी उनी बिना बस्ने कोठामा आईपुग्छन ।
मुलुकी ऐन २०२०, विवाहवारीको महल अनुसार कुनै लोग्ने मानिसले आफ्नी स्वास्नी छँदै वा कानुन वमोजिम लोग्ने स्वास्नीको सम्वन्ध बिच्छेद नहुँदै अर्की स्वास्नी मानिससंग विवाह गरे वा अर्की स्वास्नी राखे एक वर्षदेखि तीन वर्षसम्म कैद र पाँच हजार देखि पच्चिस हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ । त्यस्तै, पहिलो श्रीमति भएको थाहा पाईपाई त्यस्तो विवाह गर्ने वा स्वास्नी वन्न जानेलाई पनि उतिनै सजाय हुने कानुनी प्रावधान छ । बिना–प्रकाश भागेको पुष्टी भईसकेपछि एमाओवादीले पार्टी सदस्यता समेत नरहने गरी कारवाही गरेको थियो तर त्यो       कारवाही पछि फुकुवा समेत भईसकेको   छ । विवाहको सन्दर्भमा प्रश्न सोध्दा प्रकाशले भने “बुवा उच्च नेतृत्वमा भएका कारण सवैले राजनीतिसंग जोडेर मेरो खेदो खन्दैछन ।”

कांग्रेस संसदीय समिति वन्यो

चर्को विवादपछि नेपाली कांग्रेस संसदीय समितिको टुङ्गो लागेको छ । सभापति सुशील कोईराला र नेता शेरवहादुर देउवाबीचको लामो रस्साकस्सीपछि सोमवार बसेको केन्द्रीय कार्यसमिति बैठकले समिति गठन गरेको हो ।
पार्टी कार्यालय सानेपामा सोमवार साँझ वसेको केन्द्रीय कार्यसमिति बैठकले सभापतिको प्रस्ताव अनुमोदन गरी १४ सदस्यीय समिति वनाएको केन्द्रीय सदस्य दीपक गिरीले जानकारी दिए । सभापतिज्यूले प्रस्ताव गर्नु भएको नामलाई बैठकले सर्वसम्मत अनुमोदन गरेको हो, नेता गिरीले भने “अव संबिधानसभा चुनावका लागि उम्मेदवार छनौट सहज हुनेछ । संसदीय समितिमा सभापति सुशील कोईराला, नेता शेरवहादुर देउवा उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह, महामन्त्री कृष्णप्रसाद सिटौला, सहमहामन्त्री पूर्णवहादुर खड्का, कोषाध्यक्ष चित्रलेखा यादव, केन्द्रीय सदस्यहरु डा. रामशरण महत, बिमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, अर्जुननरसिंह केसी, आनन्दप्रसाद ढुंगाला, सुजाता कोईराला रफरमुल्लाह मन्सुर चयन भएका छन । पौडेल, सिंह, सिटौला, डा. महत, केसी, ढुंगाल, सुजाता र मन्सुर कोईराला निकट तथा खड्का, यादव, निधि र श्रेष्ठ देउवानिकट मानिन्छन ।
क्षेत्र र जिल्लावाट सिफारिस भई आएका उम्मेदवारका नामावलीलाई अध्ययन गरेर समितिले अन्तिम टुङ्गो लगाउने छ । कांग्रेसको बिधानमा पदाधिकारी र संसदीय दलको नेता समितिमा पदेन सदस्य रहने व्यवस्था छ । समितिले सिफारिस गर्ने उम्मेदवारलाई मनोनयन पत्र दिने अधिकार भने सभापति कोईरालालाई दिएको बिज्ञप्तीमा उल्लखे छ ।
२०७० मंसिरमा हुने संबिधानसभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फवाट खडा गरिने उम्मदेवारलाई पार्टीको तर्फवाट दिने मनोनयनको औपचारिक पत्र प्रदान गर्न सभापति सुशील कोईरालालाई अधिकार दिईएको कुरा सर्वसम्मतिले पारित गरिएको छ, बिज्ञप्तीमा उल्लेख छ । त्यस्तै, बैठकले पूर्णवहादुर खड्कालाई सहमहामन्त्रीमा नियुक्त पनि गरेको छ ।
कांग्रेस केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी र सुजाता कोईराला संसदीय समितिका लागि सोमवार दिउँसो २ वजेसम्म सभापति कोईरालाको सूचीमै थिएनन् । अकास्मात नेता केसी बेलुका कार्यसमिति बैठकमा हाँसिलो मुद्रामा सहभागि थिए । त्यतिमात्रै होईन, केसी कोईरालाको समूहवाट समिति सदस्यनै वन्न पुगे । केसीलाई समितिमा राख्न उपसभापति पौडेलको भुमिका रहेको एक केन्द्रीय सदस्यले जानकारी दिए । त्यस्तै समितिमा सदस्यमा सोमवार २ वजेसम्म सिफारिसमै नपरेकी सुजाताको नाम सभापति कोईरालाले बैठकमा प्रस्ताव गरेका थिए । त्यसअघि समितिमा कोईरालले शशांक कोईरालाको नाम राखेका थिए । स्रोतका अनुसार सुजाताले पार्टी सभापति कोईरालालाई धम्की दिएपछि बिपीपुत्र शशांकको नाम हटाएर सुजातालाई समितिमा         राखिएको हो । समिति सदस्यका लागि सिफारिसमै नपरेपछि नरहरी आचार्य, प्रदिप गिरी, शेखर    कोईराला, गगन थापा र दीपकुमार उपाध्यायले नेतृत्वप्रति असन्तुष्टि जनाएका छन । नेतृत्वले निर्णय लिँदा नेताहरुको मुल्याँकन गर्न नसकेको उनीहरुको गुनासो छ ।
चाकडी र दवावका भरमा समितिमा सदस्यको प्रस्ताव भएको, नेताहरुले बैठकमा राखेको          धारणावारे जानकारी दिँदै एक केन्द्रीय सदस्यले भने, पार्टीभित्रको अन्तरघात रोक्न त्यसको   जिम्मेवारी नेतृत्वले लिनुपर्छ । उनीहरुले चुनावका लागि आचार संहिचा वनाउन र पार्टी एकताको सन्देश लैजान पनि सुझाव दिएका थिए । संसदीय समिति वनेपछि उम्मेदवार चयनको काम सुरु हुनेछ

दलहरुको उम्मेदवारी तय भएन 

मनोज भट्टको आधिकारिक रुपमा उम्मेदवारी तय 

अर्को संबिधानसभा निर्वाचनका लागि राष्ट्रिय जनमोेर्चाले डोटी निर्वाचन क्षेत्र–२ वाट आधिकारिक उम्मेदवार तय गरेको छ । अन्य दलहरुले अहिलेसम्म पनि उम्मेदवार तय गर्न सकेका छैनन् ।
ठुला भनिएका दलहरु एकिकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेले अहिलेसम्म पनि उम्मेदवार तय गर्न सकेका छैनन् । पार्टीभित्र उम्मेदवार कस्लाई वनाउने भन्नेमा तिव्र बिवाद देखिएपछि ति दलहरुले उम्मेदवार चयन गर्न नसकेको पार्टी स्रोतको दावी छ । एमाओवादीमा डोटी क्षेत्र २ वाट लेखराज भट्टलाई कवरीकरीव सहमित गरेको भएपनि क्षेत्र १ मा जनार्दन जोशी र मोहन वमका बिषयमा तिव्र बिवाद देखिएपछि उम्मेदवारी चयनको निणर्य अन्यौलमा परेको छ । दुई जनाको नाममा बिवाद भएपछि तेश्रो व्यक्तिलाई उम्मेदवार वनाउनु पर्ने अवस्थामा पार्टी पुगेको देखिएको छ । स्रोतका अनुसार यदि तेश्रो व्यक्तिको खोजी भएमा पार्टी डोटी संयोजक त्रिलोचन भट्टलाई उम्मेदवार वनाउने तयारीमा पार्टी नेतृत्व पुगेको छ ।
उता नेपाली कांग्रेसभित्रको तिव्र बिवादका कारण डोटीका दुवै क्षेत्रमा अहिलेसम्म उम्मेदवारको आधिकारिक घोषणा हुन सकेको छैन । पार्टीको संसदीय समिति गठनमै बिवाद भएपछि पनि उम्मदेवार चयनको बिषय ओझेलमा परेको थियो । तर, सोमवार पार्टी संसदीय वोर्ड गठन भएपनि अव छिट्टै उम्मेवार चयन हुने कांग्रेस नेताहरुले बिश्वास गरेका छन ।
डोटी क्षेत्र १ वाट सात जना र क्षेत्र २ वाट १० जनालाई प्रत्येक्षमा सिफारिस गरि पठाएको पार्टीले अहिलेसम्म पनि उम्मेदवारको आधिकारिक टुङ्गो लाउन सकेको छैन । क्षेत्र १ मा पूर्व जिबिस सभापति भरत खडका र वर्तमान पार्टी सभापति तथा २०६४ सालको संबिधानसभा निर्वाचनका उम्मेदवार बिरवहादुर वलायरका बिचमा तिव्र प्रतिस्पर्धा रहेको कांग्रेस कार्यकर्ताहरुले जानकारी दिएका छन । नेपाली कांग्रेसमा गुटको राजनीति हावी भएका कारण गुट मिलाउनु समस्या भएको वताईन्छ । खडका संस्थापन पक्ष र बलायर देउवा पक्षमा मानिन्छन । त्यस्तै क्षेत्र २ मा पनि पूर्व सांसद यज्ञराज पाठक, नेता लक्ष्मीराज पाठक र योगेन्द्र शाहीकाबीचमा टिकटका लागि निकै खिचातानी वढेको देखिएको छ । पाठकद्वय संस्थापन पक्षका र शाही देउवा पक्षमा नेता हुन ।
नेकपा एमालेले डोटी क्षेत्र २ का लागि प्रेमवहादुर आलेमगरको नाम तय गरेको भएपनि आधिकारिक रुपमा सार्वजनिक हुन सकेको छैन । क्षेत्र १ मा पार्टीका पूर्व जिल्ला अध्यक्ष नारद मलासी र वर्तमान अध्यक्ष चक्रवहादुर मल्लका बिचमा तिव्र प्रतिस्पर्धा देखिएको छ । जिल्लावाटै निर्वाचनमार्फत चुनिएका यि दुई व्यक्तिमध्ये कसलाई टिकट दिने भन्ने सवालमा पार्टी केन्द्रमा समेत निकै वहस भईरहेको वताईएको छ । पार्टी अध्यक्ष झलनाथ खनाल पक्षले पूर्व अध्यक्ष मलासीलाई वलियो उम्मेदवार ठानेको छ भने नेता ओली पक्षले वर्तमान अध्यक्ष मल्ललाई ठानेको बल्खु स्रोतले जानकारी दिएको छ । कांग्रेस जस्तै एमालेमा पनि गुट मिलाउनु पर्ने समस्या रहेको छ ।
राष्ट्रिय जनमोर्चाको आईतवार वसेको संसदीय वोर्डको बैठकले डोटी क्षेत्र २ वाट केन्द्रीय कोषाध्यक्ष मनोज भट्टको  उम्मेदवारीलाई आधिकारिकता प्रदान गरेको छ । भट्ट २०६४ सालको संबिधानसभा र २०५६ सालको संसदीय निर्वाचनमा समेत सोही क्षेत्रमा उम्मेदवार रहेका थिए । मोर्चाले क्षेत्र १ का लागि नरेश आलेलाई प्रस्तावित गरेको भएपनि संसदीय वोर्डले हालसम्म निर्णय नगरेको मोर्चाका डोटी सचिव केशवनाथ योगीले  जानकारी दिए ।

छोटकरी 

सुरक्षा तयारी

आगामी संबिधानसभाको निर्वाचनलाई मध्येनजर गर्दै डोटीमा निर्वाचन सुरक्षा योजना तयार भएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक जनक शाहीका अनुसार निर्वाचनका लागि आवश्यक     सुरक्षा व्यवस्था तय भईसकेको    छ । “सेना परिचालन र सशस्त्र प्रहरीको संख्या कति आउने भन्ने वारेमा अहिलनै यकिन भईसकेको छैन” शाहीले वाँकी सवै कुरामा सुरक्षा निकाय अपडेट रहेको  वताए ।
सशस्त्र प्रहरीको टोली आउने भन्नेमा लेखापढी भईरहेको छ, शाहीले अन्य जिल्लामा सशस्त्र प्रहरीको टोली निर्वाचनका लागि गईरहेकोले यहाँ पनि आउने   वताए । हामी पूर्ण रुपमा तयार छौं, शाहीले भने “वनाउनु पर्ने योजना हामीले वनाईसकेका छौं ।

नियोक पर्यवेक्षणमा

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) डोटीले मंसिर ४ मा हुने अर्को संबिधानसभाको निर्वाचन सम्वन्धि गतिबिधिहरुको पर्यवेक्षण गर्न सुरु गरेको छ ।
निर्वाचनसंग सम्वन्धित निर्वाचन शिक्षा अभियान, मतदाता शिक्षा अभियान, निर्वाचन आचार संहिताको कार्यान्वयन, मतदाता परिचय पत्र बितरण, निर्वाचन सामग्रीको अवस्था,    सुरक्षा अवस्था जस्ता बिषयहरुमा पर्यवेक्षण गरिने जिल्ला नियोकले जानकारी दिएको छ ।
पर्यवेक्षणका लागि डोटीका दुईवै निर्वाचन क्षेत्रमा एक÷एक जना लामो समयका निर्वाचन पर्यवेक्षक समेत चयन गरिएको नियोकले जानकारी दिएको छ ।

पर्यटन र खेल समाचार

थ्री–स्टारको लज्जास्पद हार

नेपालको थ्री–स्टार क्लवले कमजोर सुरुआत गरेको छ । पहिलो खेलमा      व्यहोराको लज्जास्पद हारपछि थ्री–स्टारको फाईनलमा पुग्ने संभावना समेत लगभग सकिएको छ ।
मलेसियाको मेलकास्थित जाङ जेवात रंगशालामा सोमवार समूह चरणको पहिलो खेलमा नेपालको लिग च्याम्पिएन थ्री–स्टार तुर्केमिनिस्तानको वाल्कान एफसीसंग ६–० को भारी गोलअन्तरले पराजित भयो ।   पराजयसंगै ११ राष्ट्रिय खेलाडीले भरिएको थ्री–स्टारको फाईनल खेल्ने सम्भावना समिकरणमा मात्र सिमित छ ।
अर्को खेलमा ईर्चिमलाई भारी गोलअन्तरले पराजित गरमा थ्री–स्टारको फाईनल खेल्ने सम्भावना वाँकी रहनेछ । तर, त्यसको लागि ईर्चिमले वाल्कानलाई पनि उस्तै ढंगवाट पराजति गर्नु पर्नेछ । गोलअन्तरमा भर पर्ने यो समिकरण पुरा गर्न पहिलो खेलमै आधार दर्जन गोल आएको थ्री–स्टारलाई फलामको चिउरा चपाए    सरह हुनेछ ।
खेलको सुरुआतनै थ्र्री–स्टारले खलमा आत्तिएर खेल्दा वाल्कानले पकड जमाएको थियो । छैटौं मिनेटमै वाल्कानले गरेको उत्कृष्ठ कसलाई सन्दीप राईले क्लियर गर्दै थ्री–स्टारको संकट टारेका थिएँ । १७ र्ओं मिनेटमा वाल्ककानले खेलमा अग्रता    लियो । बिराज महर्जनले वाल्कानका खेलाडीलाई सहज रुपमा कस गर्न दिएपछि सेचेन्कोले वललाई जाली चुमाए । दुई मिनेटपछि थ्री–स्टारको रक्षापंक्ति फेरी पनि सम्हालिन नसक्दा वाल्कानले अग्रता दोव्वर पा¥यो । लगातार दुई गोल खाएपछि थ्री–स्टारले ले खेल केह सुधार ल्याएको थियो । तर अग्रपंक्तिमा सन्तोष साहुखल र डोडोजले प्राप्त अवसरलाई सदुपयोग गर्न पटक–पटक चुके उनीहरुले पहिलो हाफमा एक आक्रमण पनि वुन्न सकेनन् ।
दोश्रो हाफको सुरुआत पनि केही      राम्रो पास खेले पनि थ्री–स्टारको बिस्तारै खेल खस्किएको थियो । ५९ औं मिनेटमा सापमा– रोभले हेडमार्फत गोल गर्दै वाल्कानलाई ३–० ले अघि वढाए । त्यसपछि वाल्कानसामु थ्री–स्टार निरिह देखयो । ६४ औं मिनेटमा सन्दीप राईको गल्तीमा सापमारोभले अर्कोे गोल थप्दा वाल्कानले ४–० को अग्रता लियो । ७८ औं मिनेटमा सगुर्वानीले पेनाल्टीमा गोल गर्दै वाल्कानको लागि पँचौं गोल गरे । ८३ औं मिनेटमा थ्री–स्टारले एक गोल फर्काउने अवसर सदुपयोग गर्न सकेन । वान भर्सेस वानको अवस्थामा सन्तोस साहुखलको प्रहारलाई वाल्कानका गोल किपरले क्लियर गरे । ८६ औं मिनेटमा चेन्कायेभको प्रहारलाई थ्री–स्टारका गोलकिपर किरण चेमजोङले रोक्ने कुनै मौकानै दिएनन् ।

प्रतियोगिताको लागि तयारी पुरा

एसियाली फुटवल महासंघको कार्यक्रम अनुसार राजधानीमा सञ्चालन हुन लागेको एएफसी (यु–१६) फुटवल प्रतियोगिताको तयारी पुरा भएको अखिल नेपाल फुटवल संघ (एन्फा) ले जनाएको छ ।
संघले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिता अन्तरगत समूह सी को छनौट खेल यही अजोज ९ देखि १३ गतेसम्म सञ्चालन हुने र त्यसका लागि सम्पूर्ण तयारी पुरा भएको जानकारी दिईयो । प्रतियोगितामा नेपाल सहित       ईराक, तिर्कमेनिस्तान र वहराईनका सो¥ह वर्ष मुनीका राष्ट्रिय टिमको सहभागिता    रहनेछ ।
दशरथ रङशालामा हुने प्रतियोगितामा खेल हेर्न आउने दर्शकले छाता, सिक्का, पानीको वोटल, लाईटर जस्ता वस्तुभित्र लैजान निषेध गरिएको छ ।
यस्तै भिआईपी प्याराफिटतर्फ पाँच सय रुपैयाँ र साधारण प्याराफिटतर्फ दुई सय रुपैयाँ टिकट दर निर्धारण गरिएको एन्फाले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि करीव ४७ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

चलचित्र र मनोरञ्जन

गर्भावस्तामा यौन सम्पर्क राख्दा फरक पर्दैन

गर्भावस्थामा यौन सम्पर्क राख्न सकिन्छ । सामान्य अवस्थामा महिला तथा गर्भमा रहेको शिशुमा नकारात्मक असर गर्दैन । एक पल्ट बिचार गर्नुहोस त, कतिपय दम्पत्तिलाई पहिलो केही महिनासम्म त गर्भवती भए वा नभएको भन्ने कुरा नै थाह हुँदैन ।
यौन सम्पर्कका वेला पाठेघरको मुखमा लिङ्गले धक्का पु¥याउँदा वा महिलाले चरमसुख पाउँदा पाठेघर खुम्चने, गर्भस्थ शिशुलाई छोपेर राख्ने झिल्ली च्यातिन गई संक्रमण हुन सक्ने तथा शरीरमा आएको परिवर्तनले यौन सम्पर्क नै गर्न अप्ठेरो हुने भएकाले यौन सम्पर्क राख्नु त्यति उचित भएको तर्क एकथरी बिशेषज्ञको छ भने कतिपय चिकित्सक यसमा खास बैज्ञानिक आधार नभएको मान्छन ।
यदि गर्भ रहेका कारणले नै यौन सम्पर्क नै नराखिदाँ पति–पत्नि सामिप्यताको वाटो कमजोर हुने अनि दुरी बढ्ने क्रमको सुरुवात हुने सम्भावना बढ्न सक्छ । गर्भावस्थामा महिलामा आउने शारीरिक अनि भावात्मक परिवर्तनहरुप्रति जानकारी हासिल गरी यसप्रति संवेदनशील भए महिलाको शरीर तथा भावनालाई बुभ्mने अवसर प्राप्त हुन्छ । यसमा नयाँ तरिका वा आसनहरुको प्रयोग गर्न सकिन्छ । लिङ्गको प्रवेशनै नगराई यौन आनन्द प्राप्त गर्ने बैकल्पिक उपायहरुको अवलम्वन पनि आनन्ददायक सावित हुनसक्छ ।
यदि यौन सम्पर्क पश्चात यौनी       रक्तश्राव, पेट दुख्ने वा गर्भ तुहिन सुरु भएको अन्य कुनै लक्षण देखिए वा यौनीवाट पानी वगे तत्काल त्स्तो क्रियाकलाप वन्द गर्नुपर्छ । दम्पत्तीमध्ये कसैलाई यौनरोग भएको आंका छ भने त्यसको उचार तथा कण्डमको नियमित प्रयोग आवश्यक     हुन्छ ।

मुद्धा रजिस्टार गर्न अदालतको आदेश

वलीउड निर्देशक संजय लिला भन्सारी, अभिनेता रणविर सिंह र अभिनेत्री दिपिका पादुकोण बिरुद्ध भारतीय अदालतले प्रहरीलाई मुद्धा रजिष्टार गर्नका लागि आदेश दिएको छ ।
उनीहरुले धार्मिक भावनालाई असर पर्ने गरी फिल्म वनाएको भन्दै यस प्रकारको आदेश दिएको कुरा भारतीय सञ्चारमाध्यमले जनाएका छन । अधिवक्ता पवन शर्माद्वारा एडिसनल चिफ मेट्रोपोलिटन मेजिस्ट्रेटमा उक्त उजुरी फाईल       गरिएको वताईएको छ । यो उजुरी चलचित्रको प्रोमोलाईनै आधार मानेर गरिएको छ । फिल्मले धर्मको मैदानमा बिभिन्न समुदायबिच सत्रुतालाई प्रोत्साहन गरिएको कुरा उल्लेख गरिएको दावी गरिएको छ ।
उजुरीकर्ता शर्माका अनुसार अदालतले श्यामनगर प्रहरीलाई उक्त      उजुरीको एफआईआर दर्ता गर्नका लागि आदेश दिएको थियो । यस उजुरीको बिषयमा अनुसन्धान गर्नका लागि पनि प्रहरीलाई आदेश दिईएको शर्माले वताएका छन ।
संजय लिला भंसालीको नयाँ फिल्म “रामलिला” आगामी नोभोम्वर १५       वाट प्रदर्शन सुरु हुन लागेको छ । जसमा रणविर र दिपिकाले प्रमुख भुमिकामा अभिनय गरेका छन ।

हिट हुन जे गर्न पनि तयार छन

अचेल गीत हिट वनाउन प्रमोसनका लागि गायक÷गायिका वल्र्ड टुरमा निस्कने क्रम वढेको छ । हालै पपस्टार सेलेना गोमेजले रुसको भिसा नपाएर चर्चा चल्दै गर्दा अर्की गायिका माईली साईरसले भने लास भेगासमा धुम मच्चाएकी छन ।    भर्खरै मात्र टिनयज पार गरेकी माईलीको केटाकेटीपन भने अझै देखिईरहेको छ ।
उनी केही साता अघि मात्रै एमटीभीको म्युजिक अवार्डमा उत्तेजक हाउभाग र त्यस्तै पोसाँकमा स्टेजमा आफु भन्दा १६ वर्ष जेठा गायक रोविन थिकेसंग परफर्म गरेपछि आलोचित वनेकी थिइन । न्युड फोटोसुटदेखि केही युवकसंगको उनको रिलेसनसीपको हल्लाले थप ख्यातीमा       परिरहेका वेला आईतवार पनि उनका लागि अपवाद वन्ने स्टेजमा उक्लदा उनको शैलीमा भने परिवर्तन देखिएन । छाती खुलेको टप्स र हिप देखिने अन्तः वस्त्रको सर्वाङ्ग सेतै  पहिरनमा उत्रिएकी गायिकाले भने आफुवारे उठेको टिप्पणी सहज वताईन ।

अन्तरवर्ता 

यतिबेला विदेशी शक्तिको ‘गेम प्लान’ अनुसार काम भैरहेको छ

भरत दाहाल, राजनीतिक विश्लेषक

मुलुकको राजनीति जुन ढंगले अगाडि बढिराखेको छ यसलाई कसरी लिनुभएको छ ?
नेपालमा धेरै लामो समयदेखि विदेशी शक्तिहरुको जुन “गेम प्लान” थियो त्यो एकदमै उत्कर्षमा पुगेको छ । अहिले विभिन्न खालका विदेशी शक्तिहरु, जसको सिधा स्वार्थ नेपालसंग जोडिएको छ, उनीहरुका बीचमा चरम प्रतिस्पर्धा चलिरहेको छ । त्यो चरम प्रतिस्पर्धा दलहरुबीचको विमति वा असहमतिको रुपमा प्रकट भएको छ । बाहिरबाट हेर्दा दलहरुबीचको राजनीतिक विमति देखिन्छ तर यहाँ दलहरुबीचको राजनीतिक विमति होइन र कुनै सहमतिको कुरा पनि छैन । बाहिरी शक्तिहरुको प्रतिस्पर्धाको छायाँका रुपमा मात्र दलहरुबीचको सहमति–विमति प्रकट भएको हो । त्यस कारण यो प्रतिस्पर्धाको अन्त्य हुने वा मिल्ने अपेक्षा हामीले गर्नु हुँदैन ।
को हो त त्यस्तो शक्ति ?
सामान्यतया हामीले के बुझ्नुपर्छ भने वैदेशिक चलखेललाई बढाउने, त्यस्ता खालका निर्णयहरु गर्ने र पटकपटक सहमतिहरु गर्ने जो आफूलाई मुख्य दल भन्छन् उनीहरु यसको जिम्मेवार हुन् । तर, यहाँनेर उनीहरुबीचको के भिन्नता हेर्नुपर्छ भने एकीकृत माओवादी र मधेशी गुटहरु स्पष्ट नेपालको भू–राजनीतिलाई उपयोग गर्ने रणनीति अन्तर्गत संगठित गरिएको शक्ति हो । नेपालमा अहिले जे भैरहेको छ त्यसको मुख्य स्रोत भनेको यी दुईटा शक्ति नै हुन् । यसो भन्नुको अर्थ कांग्रेस–एमालेलाई दोषमुक्त राख्न खोजेको होइन । तर उनीहरुको समस्या चाहिं त्यहाँभित्र रहेका केही व्यक्तिको समस्या मात्र हो । पार्टीगत रुपमा भन्दा पनि व्यक्तिगत रुपमा उनीहरुमा समस्या छ ।
    एमाओवादी र मधेशी गुटहरु संस्थागत रुपमै यो रणनीतिलाई अगाडि बढाउने र जटिलता पैदा गर्ने काम गरिरहेका छन् । कहिले युद्धको नाममा, कहिले जातिको नाममा, कहिले क्षेत्रको नाममा अथवा कहिले दलीय सहमति र सहमतिको विरोधीको नाममा जुन खेल यहाँ निरन्तर चल्दै आएको छ । यसबाट के निष्कर्ष निकाल्न सकिन्छ भने यी दुई शक्ति नै यहाँ विदेशीको सारा रणनीतिलाई भित्र्याउने र त्यसलाई मजबुत गर्ने स्रोत हो भन्ने कुरा हामीले बुझ्नुपर्छ ।
यसलाई कसरी पुष्टि गर्न सकिन्छ ?
निर्वाचनको आवरणमा विदेशीहरु विशेष गरी भारतीयले खेले । कसरी खेले भने २०६३ सालमा जन्मका आधारमा नागरिकता ऐन पारित गरियो र अहिले त्यसबेला एकपटकका लागि मात्र भनि दिएको मुद्दा अहिले फेरि पल्टाएर तिनीहरुका सन्तानलाई वंशजको आधारमा नागरिकता दिने भनेर काम गरियो । यसले हाम्रो देशलाई यिनीहरुले उत्तरपूर्व श्रीलंकाको अवस्थामा पु¥याइसके । त्यसकारण नेपालमा भोलि जनसंख्या अतिक्रमण गरेर विभिन्न वहानामा युद्ध थोपर्ने खेल पनि उत्कर्षमा पुग्यो ।
     अर्कोतिर नेपालभित्रै जातीयताको नाममा समुदायबीच भीडन्त गराउने योजना पनि चलिरहेको छ । हिजो जनयुद्धको विशेषता भनेको वर्गको रगत प्रयोग गरियो, वर्गको नाममा उपयोग गरियो तर अहिले वर्गको नाम उपयोग हुने स्थिति रहेन । त्यसकारण उनीहरुले अब जाति, भाषा र क्षेत्रको नाममा जनताको रगत प्रयोग गर्न खोजिरहेका  छन् । नेपालीहरुलाई यसरी गलत र प्रायोजित मुद्दाहरुमा फसाउने, एउटा ठूलो युद्धको अवस्था उत्पन्न गर्ने र यहाँ प्रवेश गर्ने जुन रणनीति हो त्यसको निष्कर्ष नै अहिलेको घटना हो त्यस बाहेक केही पनि होइन ।
तपाई कसरी त्यस्तो भन्न सक्नुहुन्छ ?
हैन, रक्तपात नभैकन विदेशी पस्नै सक्दैनन् । त्यसकारण उनीहरुको तर्फबाट भएको प्रयास हो । मलाई के लाग्दैछ भने हामीले धेरै ढिलो कुरा बुझ्दैछौं अथवा धेरै मान्छेहरुले बुझिरहेका छैनन् । दलको नाममा जो चाहिं अपराध गर्दै आएका छन् उनीहरुप्रति विश्वास गर्ने पनि एउटा तप्का छ । त्यसकारण अब हामीले कुरा बुझेनौँ भने सानो वा ठूलो रुपमा हामीले त्यो नियति व्यहोर्नु पर्छ भन्ने मलाई लाग्छ । देश विस्तारै विस्तारै अफगानिस्तानको जस्तो अवस्थामा पुगेको छ । यहाँ कस्तो देखिन्छ भने एउटा बहुआयामिक खालको साम्प्रदायिक दंगा पनि हुने, श्रीलंकाको जस्तो मधेशीको नाममा स्वतन्त्र तराईको लडाई सुरु हुने, भुटानको मोडेलमा देशको सारा प्राकृतिक स्रोत साधन विदेशीले कब्जा गर्ने, फिजीको मोडेलमा नक्कली नागरिकतालाई आधार बनाएर नेपाललाई त्यस्तै नियति भोग्नुपर्ने बनाउने जस्ता अनेक विषयहरु धेरै कोणबाट उठिरहेका छन् ।
तपाईंले मुलुकको भविष्यका बारेमा जस्तो शब्दचित्र सार्वजनिक गरिदिनुभो यसले त मुटु नै कमाउँछ । त्यत्रो क्रान्तिकारी नेताहरुले राष्ट्रलाई यति ठूलो धोका देलान् भनेर तपाईंले भन्दैमा कसरी पत्याउन सकिन्छ ?
यहाँ के स्पष्ट हुन्छ भने नेपालको इतिहास अझ भनौं विश्वकै इतिहासमा माओवादका नाममा दुईजनालाई अगाडि सारेर विदेशी शक्तिले नेपालमा युद्ध थोप¥यो । यस्तो संसारमा कहीँ पनि भएको छैन । उनीहरुलाई अगाडि सारेर यो सबै “मिसन” अगाडि बढाइएको छ र त्यसको “कभर” मा वीरेन्द्रलाई मारिएको छ । बीचमा एउटा ठूलो राजनीतिक शून्यता पैदा गरेर नेपालको द्वन्द्वबाट बाहिर लगेर १२ बुँदे समझदारी गरिएको छ ।
    १२ बुँदे समझदारी गरिसकेपछि त हाम्रो राजनीतिको लगाम यहाँका मान्छेको हातमा छँदैछैन । सबै भारतले लगिसक्यो । त्यसपछि नेपालमा जे भैरहेको छ हामीले देखिरहेका छौं । जस्तो राष्ट्रपतिको अडान, सुशील कोइरालाको अडान, झलनाथको अडान हामीले देख्यौं नि । कसैको केही पनि लाग्दैन । व्यक्तिगत रुपमा उहाँहरुको इमान्दारीता होला म त्यो मान्दछु तर प्रक्रियाका रुपमा अथवा संस्थागत रुपमा जाने सवालमा कसैको पनि केही लाग्दैन । किनभने १२ बुँदेपछि यहाँको राजनीति कसैको पनि हातमा छैन । त्यसकारण यस्तो भयावह अवस्थामा पु¥याउने पूर्वाधार जति पनि बन्यो त्यो माओवादीले नै बनाएको हो भन्नेमा कुनै शंका नगरे हुन्छ ।
तपाईंले माथि जनयुद्धको कभरमा वीरेन्द्रको हत्या भयो भन्नुभयो यसलाई अरु प्रष्ट पारिदिनुस् न ?
भारतीयहरुको निम्ति कतिपय मुद्दामा नेपालको राजतन्त्र समस्याको रुपमा देखियो । जस्तो कि नागरिकताको प्रश्न, सुरक्षाको प्रश्न, सुपुर्दगी सन्धि, हतियार खरीदका मामिला भए, २०४५ सालमा भारतले यिनै प्रश्नहरु उठाएर नाकाबन्दी लगायो । भारतले यी स्वार्थहरु नेपालका राजाहरु रहेसम्म पूति गर्न सम्भव नभएको देखिसकेको थियो ।
    माओवादीले नेपालको आर्थिक, सामाजिक, राजनीतिक पक्षलाई छिन्नभिन्न पार्ने काम ग¥यो र त्यसको परिणाम त्यो समाजको जगमा निर्मित राज्यको शक्ति केन्द्रलाई ढालिसकेपछि स्वाभाविक रुपमा राज्यको नेतृत्व मेरुदण्डविहीन भयो, सेना नेतृत्वविहीन भयो । त्यसबेला राजतन्त्र शक्तिकेन्द्रको रुपमा रहेको थियो र सेनामाथि कब्जा गर्ने उनीहरुको योजना थियो । जसले अवरोध गर्दै आएको थियो त्यो संस्थालाई किनारा लगाउने र अर्को उसले नेतृत्व गरेको मेरुदण्ड जुन हो त्यसलाई नियन्त्रण लिने कामको पूर्वाधार माओवादीले बनाएको हो । यसको अर्को प्रमाण के हो भने उनीहरुले वीरेन्द्रको हत्या हुने बित्तिकै जो जो व्यक्तिमाथि हत्याको आरोप लगाए र प्रचार गरे उनीहरु यत्रो समयसम्म सत्तामा बसेपछि पनि त्यो हत्याकाण्डको विषयमा छानबिन गर्ने प्रयास समेत गरेनन् र जसलाई आरोप लगाइएको थियो उसमाथि औंलो उठाउने प्रयास समेत      गरेनन् । यो सबै घटनाहरुले माथिको प्रसंगलाई पुष्टि गर्दछ । — सूचनापत्र साप्ताहिकवाट

मोफसल पत्रकारिता 

सरकार मिडियाप्रति पूर्वाग्रही बनेको छ

कर्ण शाह (केन्द्रीय सदस्य तथा क्षेत्रीय संयोजक)
नेपाल पत्रकार महासंघ

तपार्इंको पुरा परिचय पाउँ न ?
कर्ण शाह, पत्रकार
पत्रकारिता पेशा नै किन रोज्नु भयो ?
कुनै खास कारण छैन । तर व्यबसायिकता रोज्ने क्रममा पत्रकारिताले आकर्षण ग¥यो । पत्रकारितामा सँलग्न हुने अवसर पनि जुट्यो ।
कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ?
मोफसलमा कुनै खास विषयम मात्र केन्द्रित रहेर पत्रकारिता गर्न अझै सम्भव भैसकेको छैन, तर विस्तारै शुरुआत भने भैरहेको छ । त्यसैले मैले पनि कुनै एउटा बिटमा मात्र काम गरेको छैन । तर २०६२÷६३ सम्म राजनीति र द्धन्द्धका बिषय बढी रिपोर्टिङ गरियो । राजनीतिले स्थिरता नपाइसकेको अहिलेको अवस्थामा पनि राजनीतिनै बढी रिपोर्टिङ भैरहेको छ ।  
तपाईलाई पत्रकारिता पेशामा लागे कति समय भयो ?
म २०५६ देखि नियमित रुपमा पत्रकारितामा छु ।
कैलाली जस्तो व्यस्त ठाउँवाट तपाईले सम्पादन गरिरहेको धनगढी पोष्ट कसरी सञ्चालन गरिरहनु भएको छ ?
मोफसलमा पत्रिका संचालन चुनौतीपूर्ण छ । सुदूरपश्चिममा त अझै बढी छ । बजार र उद्योगहरुको कमीले पत्रिका सञ्चालन अत्यन्त कठिन छ । यस्तो अप्ठेरोका बीचमा अत्यन्तै  व्यवसायिक हुने प्रयासमा हामी लागेका छौं । यसै प्रयासले धनगढी पोष्ट स्थापित हुन पुगेको छ ।
मोफसलमा पत्रकारिता गर्न कत्तिको समस्या देख्नु हुन्छ ?  
कुनै पनि विषयको राम्रो समाचार सँकलनका लागि  विषयगत जानकारी हुनु पर्छ । विषयगत  जानकारी हुँदा समाचार सँकलनका साथै विश्लेषण पनि गर्न सकन्छ । काठमाण्डौमा यस्तो विषयगत समाचार सँकलन गर्न विशेष जिम्मेवारी पनि हुन्छ । तर मोफसलमा त्यस्तो सम्भव छैन । एउटै पत्रकारले सवै विषयको समाचार सँकलन गर्नु पर्छ ।  मोफसलमा पत्रकारिता गर्दा एउटै पत्रकारले सवै विषयको जानकार हुनु पर्दछ । कुनै पनि विषय मलाई थाहा छैन, मेरो रुचि छैन भनेर पन्छिन मिल्दैन । त्यसैले मोफसलका पत्रकार सवै विषयको अलि अलि जानकार हुने तर कुनै पनि एउटा विषयको विशेषज्ञ हुन नसक्ने अवस्था छ ।
     अहिले मोफसलमा सञ्चार प्रतिष्ठानहरुको संख्या निकै बढेको छ जसले गर्दा पत्रकारहरुको संख्यात्मक उपस्थिति बाक्लो भएको छ । तर पत्रकारहरु श्रमजिवी ऐनले तोके अनुसार पारिश्रमिक नपाइरहेको, नियुक्ति पत्र नपाइरहेको अवस्थामा छन् । नियमित र न्युनतम पारिश्रमिकनै नपाउँदा  पत्रकारहरु श्रम शोषित भइरहेको स्पष्ट देखिन्छ ।  
नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य तथा सुदुरपश्चिमाञ्चल बिकास क्षेत्रको क्षेत्रीय संयोजक समेत हुनुहुन्छ, मोफसल पत्रकारहरुको समस्या समाधानका लागि महासंघले कस्ता खालका कार्यक्रमहरु अगाडी सारेको छ ?
     पत्रकार महासंघ पत्रकारहरुको व्यक्तिगत र पेशागत सुरक्षाका लागि काम गर्दै आएको छ । मोफसलका पत्रकारहरु नै अहिले बढी पीडित छन् । मोफसलका पत्रकारहरुको पेशागत सुरक्षाका लागि मोफसलका सञ्चार प्रतिष्ठानहरु राम्रोसँग सञ्चालन हुनु जरुरी छ । त्यसका लागि सुदूरपश्चिमका पत्रिकाहरुको वर्गीकरणमा विशेष व्यवस्था गरिनु पर्ने र यस क्षेत्रका पत्रिकाहरुलाई बढी सुविधा दिनु पर्ने लबिङ शुरु भएको छ । अहिलेसम्म छलफलमा सवै सहमत पनि छन् । तर कार्यान्वयन हुन सकेको     छैन ।      
अहिलेको सरकारले पत्रिका हुलाकवाट पठाउनका लागि दुई रुपयाँको टिकेट टाँस गर्नु पर्ने नीति लागु गरेको छ, यस वारे तपाईको के भनाई छ ?
बर्तमान सरकार मिडियाप्रति पूर्वाग्रही बनेको छ । मिडियाको विकासमा राज्यको सहभागिता               गराउनुको  साटो मिडियाका सुविधा खोस्ने काममा  सरकार लागेको छ । इलेक्ट्रोनिक मिडियाहरुले हरेक बर्ष बुझाउनु पर्ने करमा कडाई गरेको लगत्तै हुलाकबाट पत्रिका निःशुल्क पठाउने व्यवस्था खारेज गरेर २ रुपयाँ लाग्ने नियम बनाएको छ । खासगरी मोफसलमा रहेका मिडियाहरुलाई अप्ठेरो पार्ने कार्य हुन् । यी सवै कार्य मिडियाप्रति सरकार पूर्वाग्रही रहेका उदाहरण हुन् । सरकारको भनाई र गराईमा रहेको   सरकारी अन्तर यसबाट प्रष्ट हुन्छ ।
पत्रकारितामा लागेर कत्तिको पैसा कमाउनु भयो ?
पत्रकारितामा लागेर कमाई गरे भन्ने छैन ।
परिवारसंग कत्तिको समय बिताउनु हुन्छ ?
परिवारसँग सामान्य रुपमा ।
मनोरञ्जन गर्ने समय कत्तिको छ तपाईसंग ?
मनोरन्जन भनेर अलग्गै समय छुट्याइदैन । साथीहरुसँग कार्यक्रम तय हुँदा समय निकालिन्छ  ।
अहिले पत्रकारहरु बदनामित भईरहेका छन, केटी घुमाउने, जाँड खाएर झगडा गर्ने, कार्यालयमा घुस माग्ने काममा पत्रकारहरु संलग्न छन भन्ने आरोप लाग्ने गरेको छ, के भन्नुहुन्छ ?
हरेक पेशाका आफ्ना सीमा हुन्छन् । सीमामा बाँधिनु पेशाकर्मीको दायित्व हो । पत्रकारहरुले गैरव्यवसायिक काम गरेका कुराहरु कहिलेकाही सार्वजनिक भइरहेका छन् । त्यस्ता कृयाकलापहरु कति सत्य हुन् भन्ने कुराको गहिराईमा जानु        जरुरी छ ।
तपाइकंो विचारमा पत्रकारिता के हो ?
पत्रकारिता पेशा हो । पत्रकारिताको कामले सिधै समुदायलाई असर पार्छ, त्यसैले यो अलि बढी सम्मानित पनि छ ।


पाठक प्रत्रिक्रिया 

सम्पादक ज्यू
बर्ष १० अंक २१ मिति २०७० साल भाद्र १८ गते मंगलवारको बिम्व नेपाली साप्ताहिक पत्रिका पढेँ । पत्रिकाको पृष्ठ ७ मा “मोटरसाईकल सहित सह–लेखापाल गायव” भन्ने शिर्षकको लेखमा जिल्ला पशु सेवा कार्यालयका सहायक लेखापाल पदमा कार्यरत पृथ्वी वहादुर कुँवर कार्यालयको वा १ व ७६१९ नम्वरको मोटरसाईकल सहित वेपत्ता छन । उहाँले प्रयोग गर्दै आईरहेको मोटरसाईकल हाल दिपायल घरमा नै छोडि सरकारी कामकाजकै सिलसिलामा धनगढी जानु भएको, सो कुरा कार्यालय प्रमुख डा. प्रभात कुमार झालाई जानकारी नभएको नभएको भनि छापिएको गलत समाचारप्रति आपत्ति व्यक्त गर्दछु ।
मिति २०७० साल भाद्र १० गते कार्यालय सम्वन्धि कामकाजको सिलसिलामा म साँझसम्म कार्यालयमा नै व्यस्त थिएँ । सोही दिन साँझ अचानक घरायसी तथा अन्य कामकाजको सिलसिलामा घर बिदामा बस्नु     परेकाले सो दिन हाजिर नगरी हतार हतारमा घर बिदाको निदेवन लेखेर स्वीकृतिका लागि कार्यालय प्रमुख डा. प्रभात कुमार झा र पशु सेवा बिभागवा निरीक्षणको क्रमम पाल्न भएका योजना अधिकृत ज्यू सहितको सो दिन फिल्डमा जानु भएका कारण निवेदन स्वीकृत नभएकाले स्वीकृतिका लागि पुश बिकास अधिकृत श्री गणेशवहादुर ऐरमार्पmत पेश गरी डेरा दिपायलमा भएकाले साँझ सार्वजनिक यातायत नपाउने हुँदा मोटरसाईकल लिएर म दिपालय गए । जाँदा वाटोमा अचानक मोटरसाईकलको व्याट्री खराव भै स्टार्ट नभएकाले मर्मतका लागि डेभिड सर्भिस प्वाईण्टमा लगेर गए । भोलीपल्ट विहान मोटरसाईकलमा व्याट्री हाली कार्यालयमा पु¥याउन समयाभावका कारण दिपालय डेरामा राखी म घर गए । ऐर सरको पनि घर जाने काम परेकाले स्वीकृतका लागि उहाँ समक्ष पेश गरेको मेरो घरबिदाको निवेदन कार्यालय प्रमुख समक्षा पेश गरिदिनु भनि ना.सु. भेषराज ओझालाई छोडी जानु भएको रहेछ ।
यसरी घर बिदाको निवेदन अग्रिम रुपमा कार्यालयमा पेश गर्दा गर्दै पनि मतभेदका कारण पेश गरेको निवेदन कारण बिनानै अस्वीकृत गरि मिडियालाई गलत जानकारी दिई पत्रिकाको पानामा पूर्वाग्रही रुपमा दिएर मोटरसाईकल सहित सहलेखापाल गायव भन्ने जुन लञ्छना लगाई समाचार सम्प्रेषण हुन पुगेको छ त्यसो अवसर वाजसंग तौलिएर एउटा कर्मचारीको चरित्र हत्या गर्नु कत्तिको न्यायोचित हो ? तसर्थ तिथि मिति नै नखुलाई कार्यालयको सरकारी मोटरसाईकल लिएर गायव भएको भनि प्रकाशित भएको लेखलाई सम्पादक ज्यूले भुल सुधार गरिदिन हुन बिनम्र अनुरोध गर्दछु ।           — पृथ्वीवहादुर कुँवर

कुँवर ज्यू, पत्रिका पढेर प्रतिक्रिया पठाउनु भएकोमा धन्यवाद 

    तपाईले लेखेको प्रतिक्रिया हेर्दा तपाईले उक्त समाचार राम्रोसंग अध्ययन गर्नु भएन भन्ने लाग्यो । त्यसैले उक्त समाचार एक पटक फेरी अध्ययन गर्न हुन अनुरोध छ । जहाँसम्म तपाईले भ्रामक समाचार भन्दै हुनुहुन्छ, त्यो समाचार सत्य हो भन्ने कुरा तपाईको प्रतिक्रियालेनै पुष्टी गरेको छ । तपाईले मोटरसाईकल घरमा छोडेर जानु भएकै हो, तपाई कहाँ जानु भएको हो भन्ने वारेमा तपाईकै कार्यालयमा दुईथरीका भाषा आएका छन, त्यसैले सत्य के के हो तपाई आफैँ मनन् गर्नु होला । बिम्ब साप्ताहिकले कसैप्रति पूर्वाग्रह राख्दैन र राख्न जरुरी पनि    ठान्दैन । फेरी पनि पत्रिका नियमित पढ्न हुने छ र सहयोग गर्नु हुनेछ भन्ने आशा छ, धन्यवाद । –सं.

कला, साँस्कृति र साहित्य 

मास्टरसाब मेरो सलाम छ 

तिमीले नीजीकरणको नाममा
उद्योग धन्दा कौडीको मुल्यमा बेचेनौँ ।
कमिसनको खेलमा
धमिजा काण्डपनि रचाएनौँ ।
गुप्तचर संयन्त्रलाई पनि व्यापक बनाएनौँ
देशलाई ध्वँश गर्ने योजना पनि बनाएनौँ ।
विपा र विमानस्थल पनि सुम्पने निर्णय गराएनौँ
मुकुण्डो लगाएर नागरिकता बेचि
अरुलाई सुम्पने पनि कदम चालेनाँै ।
सार्वभौमिकता स्वाभिमान बेचर
सत्तामा बस्ने प्रयास गरेनौँ ।
प्रजातन्त्रमा ज्यान लिएर टिक्न खोजेनौँ
सेन्डिकेट पनि चलाएनौँ
लुटेराहरुको जस्तो चरित्र हुँदै भएन ।
सुशासनको कुरै गर्ने हो भने
गनाहि सकेका पात्रको हातमा
सुशासनपनि संचालन गर्न दिएनौँ ।
सरलताको परिचय दिदै विदेश पुगेनौँ
बिसौँ तिसौँ लाख खर्च गरेर रिर्सोट र विदेशपनि धाएनौँ
फरक छ
अत्याचारी नाका वन्दीमा पनि
सत्ता फाल्न लाम लागि, दर्शन गर्न कहिले कुरेनौँ
स्वाभिमानको लागि सत्ताबाट फ्याँकिन तयार भयौ
सूचना बेचेर भत्ता बुझ्न दुताबासमा चाहारेनौँ ।
बन्देजका बाबजुदपनि असल मानिसमा चिनियौ ।
मृत्युसँग लडिरहेका छौ,
सहयोगका हातहरु हिचकिचाइरहेका छन्
जनाबरभन्दा केहि कम छैनन्
मास्टरबाट राजनीति गर्दै प्रधानमन्त्री बन्न पुग्यौ
पदमा रहदा अकुत सम्पत्ती सान केहि कमायनौँ
बोलेरो र संसद सुविधामा पाएको पजेरो बेचेनौँ
स्वाभिमान इमान जमान बेचेको भए
विदेशिको उपचारको भिक्षा पाउने थियौ ।
चार रुपैयाँको मट्टितेल डेड सय पुग्यो
सात रुपैयाँ किलोको चामल सय रुपैयाँ पुग्यो ।
सुरक्षाको कुनै अनुभुतिनै छैन
संसद हुँदा सुन बुढा कारबाहिमा परेझै
न्यायलयले दोषि ठहराएका हत्याराहरुलाई
खै ? कटघरामा उभ्याउन सकेको
मालिकको हण्डी खानेहरु
आदेशको पालना गरिरहे छन् ।
राष्ट्रवादी नेपालीहरु भिमशेन थापा बनिरहेछन् ।
मास्टर साव तिम्रो राष्ट्रबाद र स्वाभिमानलाई ।

गजल 

युवाको साथ पाउन मैले कति जुनी मर्नु प¥यो
भन युवा तिम्रो निम्ती मैले के के गर्नुप¥यो
शरीर ढले युवाकोनै युवाले नै साथ दिन्छ
बर्षायामको बहादुरीमा कत्रो आँधी तर्नु प¥यो

युवाको जिन्दगीमा सवै कुरा सुम्पेको छु
रित्ति पनि म रित्तिन्छु युवालाई कति भर्नु प¥यो
भनिसके युवा तिमिलाई म त दुःखमा नै रमाउनेछु
अगाडीनै भन्छु युवा कति बृद्धि  दिनुप¥यो

संगै हिड्ने युवा तिमि संगसंगैमा वेहोरिन्छ
यो अर्जुनले कुन जालमा फस्नु प¥यो

महत्वपूर्ण जानकारी 

—प्राचीन कालमा नेपालमा दुई (संस्कृत शिक्षा परम्परा र बौद्ध शिक्षा परम्परा) प्रकारका शिक्षा व्यवस्था प्रचलनमा थिए ।
— बुद्ध धर्मवाट अनुप्राणित शिक्षालाई बौद्ध शिक्षा भनिन्थ्यो ।
— लिच्छविकालमा शिक्षा सम्बन्धी कार्य गर्ने निकायलाई अग्रहार   भनिन्थ्यो ।
— वैदिककालमा वेदको अध्ययन गरी गृहस्थाश्रममा प्रवेश गर्ने महिलालाई सद्योवधु भनिन्थ्यो ।
— लिच्छविकालमा उच्च शिक्षा अध्ययनका लागि भारतको नालन्दा र विक्रमशीला जाने गरिन्थ्यो ।
— ११औँ शताव्दीको अवधिमा काठमाडौँ, पाटन र फर्पिङ नेपालका ठुला शिक्षा केन्द्रका रुपमा स्थापित थिए ।
— नेपाली भाषाको उद्गमस्थल कर्णाली प्रदेशको सिंजालाई मानिन्छ ।
— पहिलो इन्पेक्टर अफ स्कुलमा नियुक्ति हुने व्यक्ति सूर्यप्रसाद उपाध्याय (विं.सं.१९९९ असोज २२) हुन् ।
— उच्च शिक्षाको परिक्षा नेपालवाटै दिन पाईने व्यवस्था विं.सं. १९९२ मा भएको हो ।
— नेपालमा कृषि स्कुलको स्थापना विं.सं. १९८९ र जुद्ध शमशेरको पालामा भएको हो
— उपत्यका वाहिर पहिलो एसएलसी परीक्ष केन्द्र त्रिजुद्ध हाइस्कुल वीरगञ्ज मा खखुलेको थियो ।
— एसएलसी परिक्षामा सर्वप्रथम बार्डफस्ट हुने व्यक्ति पुष्षभक्त मल्ल हुन् ।
— संयुक्त राष्ट्रसंघद्वारा सन् १९७२ लाई पुस्तक वर्षको रुपमा      मनाईयो ।
— मुर्खहरुले ज्ञानीहरुबाट भन्दा ज्ञानी मानिसहरुले मुर्खबाट धेरै सिक्छन् भन्ने भनाई क्योटोको हो ।

बहादुर शाहको जन्म र बाल्यकाल 

पृथ्वीनारायण शाहका माहिला छोरा राजकुमार वहादुर शाह  हुन । महारानी नरेन्द्रलक्ष्मीको कोखवाट बि.सं. १८१४ साल असार कृष्ण आमावश्य तिथिका दिन नुवाकोटको राजप्रसादभित्र यिनको जन्म भएको हो । भनिन्छ, किर्तिपुरको पहिलो युद्ध (१८१४) मा भोग्नु परेको पराजयवाट मर्माहत भएका पृथ्वीनारायण शाहको हृदयको गहिरो घाउमा यिनी जन्मेको समाचारले शित्तत मल्हमको काम ग¥यो । अतः यी बालक भविश्यमा गएर एक महान् व्यक्तित्व बन्न सफल होउन् भन्ने कामना गरी यिनको नाम बहादुर शाह राखियो ।
राजकुमार वहादुर शाहले आप्mनो बाल्यकाल नुवाकोट दरवारमा बिताए । राजदरवारभित्र उनलाई शिक्षा, दीक्षा दिने व्यवस्था मिलाईएको थियो । तर, जन्मेर होस सम्हाले देखिनै युद्धको           बातावरणसित हेलमेल हुन अभ्यस्त भएका यी वहादुर शाहलाई           राजदरवारका पण्डितहरुद्वारा परम्परागत शिक्षामा भन्दा भारदारहरुका मुखवाट एकीकरण अभियानका यथार्थ बिवरणहरु सुन्नमा बढी अभिरुची थियो । यसले वहादुर शाहलाई नुवाकोट दरवारका भारदारहरुको समिप्यमा पु¥यायो र उनको मिठो बोली र सरल स्वभावले उनीरुको हृदय जित्न सघायो । अर्को अर्थमा भन्ने हो भने पिता पृथ्वीनारायण शाहसंगको निकटतम सहवास तथा उनको उपदेशलाई अनुसरण गर्ने भारदारहरुसंगको उठवसले यी राजकुमारलाई उत्साही, संघर्षरत,       हरेस नखाने एउटा साहसिक व्यक्तित्वका रुपमा अगाडी वढ्ने प्रेरण दियो ।
जसरी उनको वाल्यकाल सुखमय बित्यो त्यसरी उनको युवावस्था सुखमय भएन । १७ वर्षको उमेरमा पिता पृथ्वीनारायण शाहको मायावाट यिनले सदाको लागि बञ्चित हुनुप¥यो । माता नरेन्द्रलक्ष्मी पनि   पृथ्वीनारायणसंगै १८३१ साल माघ ३१ गते सती गएपछि यिनी साँच्चिकै टुहुरा भएका थिए ।

बिज्ञापन 

के तपाई रोजगार हुन चाहानुहुन्छ ?

      डोटीका होटलहरुलाई लक्षित गर्दै होटल व्यवसायी संघ डोटी र देव ट्रेनिङ्ग एण्ड मेनेजमेण्ट सर्भिस सेण्टर (म्त्ःक्ऋ) प्रा.लि. धनगढी कैलालीको पहलमा होटल सम्वन्धि बिभिन्न तालिमहरु सञ्चालन हुन गईरहेकोले यथासिघ्र मौकाको फाईदा उठाउन हुन होटल व्यवसायीहरु र         वेरोजगार युवाहरुलाई अनुरोध छ ।
तालिम सम्वन्धि थप जानकारी
 तालिमको बिषय      फाराम पाईने स्थान       तालिम अवधी                   सम्पर्क

 कुक, वेयटर,         होटल सिंह गार्डेन        तीन महिना           म्त्ःक्ऋ, धनगढी
 हाउस किपर         पिपल्ला वजार, डोटी                          फोन ः ०९१५२४८१६
                                                                 मो. ९८४८४२४९९८
                                                                 होटल व्यवसायी संघ, डोटी
                                                                     ९८४८६२०६९२

ड्डयस जिल्लामा रहेका होटल व्यवसायी संघमा आवद्ध भएका सदस्यहरुलाइृ पहिलो प्राथमिकता दिईने छ
ड्डफाराम बुझाउने अन्तिम मिति ः २०७०÷०७÷४ गते
ड्डअन्तरवार्ता मिति ः २०७०÷०७÷५ गते
ड्डतालिम सुरु हुने मिति ः २०७०÷०७÷१०

मालपोत कार्यालय डोटीबाट जारी गरिएको हकदावी सम्वन्धि
३५ दिने सार्वजनिक सूचना

प्रथम पटक प्रकासित मिति ः २०७०÷६÷८
   मेरो बुबा स्व.सगरी खड्काको नाउँमा नाप नक्सा भएको डोटी बाझँककानी गा.वि.स.वडा नं.१ स्थित मेरो हकभोग र भोगचलन भित्रको तपसिल बमोजिमको कि.नं. ७७८ को जग्गा दर्ता गर्न छुट भएको र मेरो बुबा स्व.सगरी खड्काको मिति ः २०५८÷०७÷२० मा मृत्यु भएको र मालपोत कार्यालय डोटी को र.नं.१९ मिति ः २०७०÷४÷१३ को पारित अंसवंडामा वमोजिम उक्त कि.नं.७७८ को जग्गा धर्मे खड्काको भागमा परेकोले छुट जग्गा दर्ता गरि लिनु भनि उल्लेख भएको हुदां उक्त जग्गा मेरा नाउँमा छुट जग्गा दर्ता गरीपाउँ भनी डोटी बाझँककानी गा.वि.स.वडा नं.१ बस्ने स्व. सगरी खड्काको छोरा धर्मे खड्काले यस मालपोत कार्यालय डोटीमा निवेदन दिनु भएकोले सो जग्गा दर्ता गर्र्नेे कार्यवाहीको सिलसिलामा यो सूचना प्रकाशित गरिएको छ । उक्त जग्गा कसैको व्यक्तिगत, सरकारी सार्वजनिक, गौचरन, पानीधारा आदि भित्र पर्छ पर्दैन, कुनेै कसैको जग्गा घुसे घुसाएको छ या कसैको हकदावी लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ (पैतिस) दिन भित्र (बाटाका म्याद बाहेक) आफूसंग भएका सक्कल प्रमाणहरु साथमा लिई यस कार्यालयमा हकदावी गर्न आउनु होला । अन्यथा नियमानुसार भई जाने व्यहोरा जानकारी गराईन्छ ।

हार्दिक श्रद्धाञ्जली

यस कार्यालयका कर्मचारी श्री लक्ष्मी रोकायाको ४६ वर्षको उमेरमा असामयिक निधन भएको खवरले हामीलाई अत्यन्तै मर्माहत वनाएको छ । दुःखको यस घडीमा मृत आत्माको चीर शान्तिको कामना गर्दै सोकाकुल परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन भन्ने कामना छ ।

जिल्ला बिकास समिति परिवार
डोटी 


बिम्व साप्ताहिक, २०७० अजोज १ गते मंगलवार


मुख्य समाचार 

एमाओवादीमा उम्मेदवारीका बिषयमा बिरोध 

टिकटका लागि डोटीका नेताहरु राजधानी  

अर्को संबिधानसभाको निर्वाचनमा उम्मेदवार चयनका सवालमा एकिकृत नेकपा माओवादी डोटीमा तिव्र बिवाद देखिएको छ । टिकट पाउनका लागि बिभिन्न दलका जिल्ला नेताहरु राजधानी पुगेका छन । 
जिल्लाको अवस्था बुझ्नका लागि खटिएका एमाओवादीका केन्द्रीय प्रतिनिधिहरुले दिएको सिफारिस अनुसार एक निर्वाचन क्षेत्रवाट पाँच जनाको नाम उल्लेख भएको थियो । गत मंगलवार बसेको निर्वाचन क्षेत्रीय तथा केन्द्रीय प्रतिनिधिको सिफारिस विपरित हुने गरी सिफारिस गरेको भन्दै केही नेताहरुले असन्तुष्ट व्यक्त गरेका हुन । बैठकले डोटी क्षेत्र १ वाट लेखराज भट्टलाई निबिकल्प उम्मेदवार भनि सिफारिस     गरेको छ । त्यस्तै क्षेत्र २ का लागि पनि भट्टको नाम पहिलो क्रममा रहेको छ । दोश्रो, तेश्रो र चौथो क्रममा क्रमसः त्रिलोचन भट्ट, सिद्धराज भाट र शिवसिं ओलीको नाम रहेको छ । समानुपातिक तर्फ क्षेत्र २ का लागि जंग बिक, डवल ताम्रकार, धनमाया घर्ती र सिद्धान्तको नाम सिफारिस गरिएको छ । क्षेत्र १ कलावती ओझा, प्रेम नेपाली, मुन नेपाली र अरविन्द श्रेष्ठको नाम सिफारिस भएको पार्टीले   जानकारी दिएको छ ।  
हामीले निर्वाचन क्षेत्र १ वाट मोहन वम र क्षेत्र २ वाट त्रिलोचन भट्टलाई सिफारिस गर्नुपर्छ भनेका थियौं, बैठकको गणपुरक संख्या समेत नपु¥याई जवरजस्ती सिफारिस गर्ने काम भएको छ, एमाओवादीका एक जिल्ला सदस्यले भने “यो उम्मेदवारी सिफारिसले पार्टीभित्र अन्तर–   बिरोध चर्काएको छ ।” अहिलेको अवस्थामा लेखराजले डोटीमा आएर चुनाव लड्नु त्यति उचित हुँदैन भन्ने हाम्रो भनाई हो, ति नेताले भने “भरसक राम्रो मान्छेले टिकट पावस भन्ने मात्रै हाम्रो भनाई हो ।” पार्टीले उम्मेदवार वनाईसकेपछि पार्टीलाई चुनाव जिताउनका लागि सवै एक हुनु पर्ने धारणा ति नेताले राखे । 
उता टिकटकै लागी बिभिन्न दलका नेताहरु काठमाण्डौं पुगेका छन । नेपाली कांग्रेसका जिल्ला सभापति बिरवहादुर वलायर, भरत खड्का, यज्ञराज पाठक, लक्ष्मीराज पाठक, योगेन्द्र शाही लगायतका नेताहरु काठमाण्डौं पुगिसकेका पार्टी श्रोतको दावी छ । पार्टी जिल्ला सचिव पदम रावतले पनि टिकटका लागि सिफारिस भएका करीव–करीव सवै नेताहरु काठमाण्डौं गएका र केही जाने क्रममा रहेका वताए । कांग्रेसले प्रत्येक्षतर्फ निर्वाचन क्षेत्र १ वाट लागि सात जना र क्षेत्र २ वाट १० जनाको नाम सिफारिस      गरेको छ ।
नेकपा एमाले नेता एवं पूर्व सभासद् हर्कवहादुर सिंह, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य सच्चिदानन्द जोशी, डोटी क्षेत्र २ वाट प्रत्येक्षका लागि पहिलो प्राथमिकतामा रहेका नेता प्रेमवहादुर आलेमगर लगायतका नेताहरु राजधानी पुगेका छन । यद्यपी जिल्लावाट सिंह र जोशीको नाम सिफारिस भएको छैन । एमालेले जिल्लावाटै आएको सिफारिसलाई आधार मान्ने वताएको छ । जिल्लावाट सिफारिस भएका पार्टी जिल्ला अध्यक्ष चक्र मल्ल र सेती अञ्चल सदस्य नारद मलासी लगायतका नेताहरु भने जिल्लामै रहेका छन ।
एमाओवादी डोटी क्षेत्र १ का प्रमुख दावेदार मानिएका नेता मोहन वम लामो समयको काठमाण्डौं बसाईपछि पार्टी काममै सुदुरपश्चिमतिर फर्केका       छन । क्षेत्र १ मा मोहन वमले नै टिकट पाउनु पर्ने भन्दै पार्टीभित्र एक समूहले दवाव दिईरहेको स्रोतको दावी छ । अर्का दावेदार जनार्दन जोशी पनि राजधानीको लामो वसाईपछि डोटी फर्केका छन ।

सम्पादकीय 

बिद्युतको दादागिरी 

बिहिवार करेण्ट लागेर एक जनाले ज्यान गुमायो, धेरैले बिद्युतको लापरवाही भने, कसैले भवितव्य भने कसैले मिश्रित कुराहरु पनि  गरे । तर, जे जसरी भएपनि एक जनाको ज्यान त गयो । एकातिर मानवीय क्षेति भयो अर्कोतिर प्राधिकरणलाई आर्थिक व्ययभार भयो । 
तर नेपाल बिद्युत प्राधिकरणको दिपालय ईकाईलाई यस बिषयसंग कुनै वास्ता हुँदैन । जिल्लामा कहाँ लाईन लुज भएको छ, कहाँ जोखिम छ भन्ने कुराको अनुगमन गर्ने फुर्सद पनि छैन बिद्युत प्राबिधिकरणलाई । त्यसो त जिल्लाका प्रशासकलाई समेत नटेर्ने बिद्युतका दिपालय प्रमुख अरुलाई सायद मान्छे पनि ठान्दैनन् होला तर जिल्लाभरीमा हेर्ने हो भने बिद्युतको जति समस्या छ, त्यति सायदै अन्त कतै भेटिएला । ८० रुपैयाँको बिल बुझाउनका लागि सात सय रुपैयाँसम्म खर्च गर्नु पर्ने हाम्रो जिल्लाका ग्रामिणवासीहरुको वाध्यतानै छ । यसमा एक दुई जनाको ज्यान जानुलाई कुनै ठुलो   कुरा मान्दैन बिद्युत प्राधिकरणले । 
चार वर्ष अगाडी दुई वर्षका लागि ठेक्का सम्झौता भएका कामहरु अहिले पनि अधुरै छन । निर्माण गर्न आवश्यक ठानेका छैनन् ठेकेदाहरुले न त बिद्युत कार्यालयले ति ठेकेदारहरुलाई काम लगाउन नै वास्ता गरेको छ । पोल पु¥याईएका छन, केही पोल गाडिएका पनि छन, ट्रान्समिटर पनि राखिएको छ तर वास्ता छैन कसैलाई ।        राजनीतिक दलका नेताहरुको अनुहार हेरेर व्यवहार गर्न पल्केको बिद्युत प्राधिकरण दिपायल न त अन्य दलका नेताहरुले भनेको मान्ने अवस्थामा छ  न अरु कुनै सर्वसाधारणले भनेको कुरालाई उस्ले टेर पुच्छर लगाउँछ । 
कार्यालयले ईच्छाएको र हाकिम सावले आस्था राख्ने पार्टीका नेताले भनेको ठाउँमा तुरुन्तै बिद्युतिकरण हुने गरेका दृष्यहरु छन आम उपभोक्ताहरुको नजरमा । योजनामा अर्कै ठाउँ भनि आएको सामग्री अर्कै ठाउँ पु¥याईएका दृष्यहरु पनि छन । ति दृष्यहरु लुकेका पनि छैनन् । पटक–पटक सञ्चारमाध्यममा आईरहेका छन । तर, सुनुवाई हुँदैन । जिल्लाका प्रशासकहरु, क्षेत्रीय प्रशासकहरु सवैले ति समाचार पढेका पनि होलान््, तर कुनै सुधार भएन । 
अस्तव्यस्तता, अन्यौलता र हुकुमी शैलीमा चलेको छ बिद्युतको दिपालय कार्यालय । सामान्य फ्युज गएपछि लामो समयसम्म उपभोक्ताहरुलाई अन्धकारमा राखेर मात्रै बिद्युत आपुर्ति गर्ने बिद्युत कार्यालयका कर्मचारीहरुसंग एक वनिवनाउ “रेडिमेड” उत्तर छ । “बिद्युत के भएको होला” भनेर सिलगढी कार्यालयमा सोध्नुहोस “दिपालयवाट गयो” भन्छ, दिपायलमा सोध्नुहोस “अत्तरीयामा        खरावी छ” भन्छन अनि अत्तरीया फोन गर्दा “टनकपुरमा मर्मत हुँदैछ” भन्ने जवाफ पाईन्छ । यो रेडिमेड उत्तर हो । त्यो देखि वाहेक नेताहरुको आदेश अनुसार बिद्युत बिस्तार गर्ने काम जति भए होलान तर जनताको चहाना, आवश्यकता र बिद्युत प्राधिकरणको नियमित कामहरु चार वर्षदेखि ठप्प रहेका छन । 
बर्षेनी घाटामा गईरहेको प्राधिकरणवाट मनग्य तलवभत्ता र वोनस समेत हत्याउने कर्मचारीहरु अझै त्यसले पनि नभएर कमिसनको खेलमा लिप्त छन । उनीहरुले आफ्नो जिम्मेवारी र कर्तव्य के हो भन्ने भन्दा पनि कुनै न कुनै राजनीतिक दलको हनुमान वन्ने शैली अपनाएका छन । त्यो शैलीमाथी कुनै कारवाही नगरी मौन स्वीकृति दिएको छ यहाँको प्रशासनले । 
किन चार चार वर्ष पहिले दुई वर्षका लागि भनि गरिएको ठेक्का सम्झौताको काम हुन सकेको छैन ? किन एक ठाउँका लागि आएको सामान अर्को ठाउँमा जाँदैछ ? किन नेताहरुको आदेशमा बिद्युतको सामग्री बितरण हुन्छ ? पत्रकारहरुले सत्य तथ्य बुझेर मात्र समाचार वनाउनु पर्छ भन्ने सरोकारवालाहरुले यस्ता बिषयमा पनि आप्mनो ध्यान केन्द्रित गर्नु पर्ने हो कि ! बिद्युतमा भईरहेको लापरवाही रोक्नका लागि पहल चाल्नु पर्ने हो कि ?

थप समाचारहरु 

पत्रकारहरुलाई  निर्वाचन सम्बन्धि तालीम

डोटीमा कार्यरत पत्रकारहरmलाई आगामी मंसिर ४ गते हुुने भनिएको अर्को संबिधान सभाको निर्बाचनमा सुचना प्रबाह गर्न सहयोग पु¥याउने उद्देश्यले जिल्ला निर्बाचन कार्यालय डोटीको आयोजनामा दुई दिने प्रशिक्षण तालीम सोमवार देखी डोटी जिल्ला सदरमुकाम सिलगढीमा शुरु भएको छ ।
जिल्लाबाट राष्ट्रिय स्तरका संचारमाध्यममा कार्यरत पत्रकार तथा स्थानिय स्तरमा कार्यरत पत्रकार गरी कुल २५ जना पत्रकारहरmलाई जिल्ला निर्बाचन कार्यालय डोटीले निर्बाचन सफल पार्न पत्रकारले खेल्नु पर्ने भुमिका तथा निर्बाचनमा लागु हुने पत्रकार आचार संहिता लगायतका बिषय तथा कस्ता समाचार सम्प्रेषण गर्न हुने र नहुने बिषयमा जानकारी दिने उदेश्यले तालीमको आयोजना गरिएको जिल्ला निर्बाचन अधिकारी टिकाराम ढकालले बताउनु भयो ।
दुई दिन सम्म चल्ने तालीमको डोटीका प्रमुख जिल्ला अधिकारी दिपक काफलेले एक कार्यक्रमका बिच सोमबार दिपायल सिलगढी               नगरपालीकाको हलमा उद्घाटन गर्नु भयो । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी काफलेले ‘पत्रकारहरु भनेका देशका ऐना हुन’ । उनिहरुले सम्प्रेषण गर्ने समाचार निर्बाचनमा बाधा पुग्ने तथा शान्तिशुरक्षामा खलल पुग्ने खालको हुन नहुने धारणा ब्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी काफ्ले आगामी मंसिर ४ गतेका लागी तोकीएको संम्बिधान सभाको निर्बाचन शान्तिपुर्ण र भए रहित ढंगले सफल पार्ने समाचार सम्प्रेषण गरिदिन समेत पत्रकारलाई आग्रह गर्नु भयो ।’
आगामी मंसिर ४ गतेका लागी तोकीएको सम्बिधान सभाको निर्बाचनका लागी डोटीको शुरक्षा ब्यबस्था निकै मज्बुद तथा बलियो बनाईएकाले तोकिएकै समयमा निर्बाचन हुने समेत प्रजिअ काफलेले बताउनु भयो ।  कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक प्रेम चन्दले मंसिर ४ गतेको चुनाब सफल पार्न र सरकारले दिएका निति निर्देशनको अक्षरसः पालना गर्न प्रहरी तत्बर रहेको र सोही अनुरुप काम गर्न पनि आफुले मातहतका प्रहरी कर्मचारी लाई निर्देशन दिएको बताउनु भयो ।

चुनावी अभियानमा एमाले एमाओवादी

संंबिधानसभाको चुनाबी कार्यक्रम लिएर नेकपा एमाले र एकिकृत नेकपा माओबादी यसै साता देखि गाउँ पसेका छन । 
यही मसिंर ४ गते तोकिएको सबिधानसभाको चुनाबमा प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरुको नामावली केन्द्रलाई सिफारिस गरेलगत्तै देखि यि दुई दलका जिल्ला नेताहरु चुनाबी कार्यक्रम लिएर गाउँ पसेका हुन । एमाले डडेल्धुराका अध्यक्ष डा.तारा जोशी प्रत्येक्षतर्फका उम्मेदवार सिफारिस भएका छन । एकिकृत माओबादीका तर्फबाट केन्द्रीय सदस्य तथा २०६४ सालको सबिधानसभाको चुनाबमा झिनो मत अन्तरले पराजित भएका पुरानै उम्मेदवार खगराज भट्ट (बिनोद) प्रत्येक्षका उम्मेदवारमा सिफारिस भएका छन । यि दुई दलले जिल्लाका २० वटै गाबिस र एक नगरपालिका क्षेत्रमा चुनाबी कार्यक्रम बनाएर यसै साता देखि गाउँ बस्तीमा चुनाबी बाताबरणको अनुभुति         गराईरहेका छन । 
नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवालाई पनि गृह जिल्ला डडेल्धुरा र कैलालीको क्षेत्र नं.६ बाट प्रत्येक्षका लागी सर्बसम्मत उम्मेदवारमा सिफारिस गरिएको छ । देउवाको गृह जिल्लाका जिल्ला स्तरीय नेताहरु सदरमुकाम क्षेत्रमा प्रचारप्रसार गरिरहेका छन । राप्रपा नेपाल, राजमो, राप्रपा र स्वतन्त्रका उम्मेदवारहरु केही दिनभित्रै गाउँ पस्ने तयारीमा रहेको बुझिएको छ । राजमोका केन्द्रीय सदस्य तथा प्रत्येक्षका उम्मेदवार लालबहादुर जाग्रीले चुनाबी कार्यक्रम लिएर केही दिनमै गाउँ पस्ने कार्यक्रम तय    भईरहेको जानकारी दिए । “पहिलो चरणको चुनाबी कार्यक्रम सम्पन्न गरिसकेका छौं” जाग्रीले भने “अब दोश्रो चरणको कार्यक्रम लिएर छिट्टै गाम्रिण बस्ती पस्दैछौं ।” 
एमाले प्रत्येक्षका उम्मेदवार डा. तारा जोशीले आलितालमा एक सभालाई सम्बोधन गर्दै चुनाबी कार्यक्रमको उद्घाटन गरेका छन । समानुपातिकका उम्मेदवार तथा पूर्व जिबिस सभापति गजेन्द्र शाहीले भागेश्वर गाबिसमा आयोजित सभालाई सम्बोधन गर्दै मसिर ४ गते संबिधानसभाको चुनाब भएर छोड्ने बताए । अर्का एमाले नेता धनबहादुर शाहीले गांखेत गाबिसमा आयोजित सभालाई सम्बोधन गर्दैे चुनाबी कार्यक्रमको उद्घाटन गरे । एमाले डडेल्धुराले तिनवटा टोली बनाएर चुनाबी कार्यक्रमलाई तिब्रता दिएको प्रचार बिभाग प्रमुख     बिरेन्द्र बस्नेतले दिए । 
सबिधानसभाको चुनाब आफ्नो पक्षमा पार्न एमाले नेतृत्वले “भिजन डडेल्धुरा” नामक अभियानलाई नै चुनाबी मुद्धा बनाएको छ । “भिजन डडेल्धुरा” मा स्थानीय मुद्धालाई प्राथमिकता दिँदै एक बर्ष देखि कार्यक्रम थालेको थियो । यस पटक संबिधानसभाको निर्बाचन आफ्नो पक्षमा रहेको दाबी गर्दै डा.जोशीले निर्बिकल्पका साथ चुनाब जित्ने दाबी एमाले नेताहरुको रहेको छ ।  
एकिकृत नेकपा माओबादीका जिल्ला नेताहरु गाउँ पसेका छन । माओबादीका जिल्ला नेताहरुको अगुवाईमा चारवटा टोली बनाएर गाउँ पसेको एमाओबादीका जिल्ला इन्चार्ज जनक कलौनीले   जानकारी दिए । पार्टी बिभाजन भएको अबस्थामा पनि निर्बाचन एमाओबादीले जित्नेमा पूर्ण आशाबादी रहेको कलौनी बताउछन । पार्टी बिभाजनको असर परेको छैन, कलौनीले भने “ग्रामिण बस्तीबाट कांग्रेस र एमालेका अगुवाहरु पार्टी प्रबेशको लहरले जित सुनिश्चित भएको दाबी गर्दै आएको छ ।” सबिधानसभाको पहिलो चुनावमा झिनो मतले पराजित भएको बताउदै एमाओबादीका राज्य समिति सदस्य उमेश भट्ट (बिकास) ले चुनावी कार्यक्रम लिएर गाउँ पस्दा आफुहरुको जित सुनिश्चित भएको वताए । 
उता नेपाली कांग्रेसका जिल्ला स्तरका नेताहरु कांग्रेसले चुनाबको केही समय अघि मात्रै प्रचारमा जुटेपनि बरिष्ठ नेता देउवालाई कसैले हराउन नसक्ने बताउछन । कांग्रेसका महाधिबेशन प्रतिनिधि हरिप्रसाद भट्टले राष्ट्रिय ब्यक्तित्व देउवाको बिकल्प डडेल्धुराबासीले नखोजेको बताए । चुनावी कार्यक्रमलाई लिएर गाउँ पस्ने कार्यक्रम तय भईरहेको बताउदै भट्टले भने “अरु पार्टीले १२ पटक गाउँ पसेपनि कांग्रेसले एकै पटक गाउँ पस्दा पर्याप्त हुन्छ । 
संबिधानसभाको चुनावी माहौललाई आँकलन गर्दा तिन वटा ठुला पार्टीका उम्मेदवारबिच निकै प्रतिष्पर्धा हुने देखिन्छ । एमालेका उम्मेदवार डा. जोशी जनताका माझमा निकै लोकप्रिय छन । भरखरै बिद्यावारिधी गरेर सक्रिय राजनीतिमा लागेका नेता जोशी एमाले सातौं जिल्ला अधिबेशनबाट पार्टी अध्यक्षमा निर्बाचित भएका हुन । एमाओबादीका सुदुरपश्चिमकै चर्चित नेता    खगराज भट्टको अबस्था पनि कमजोर छैन । पार्टी बिभाजनको असर जति परेपनि भट्ट जनताका माझमा कम लोकप्रियता छैनन । कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवा २०४८ साल देखि निरन्तर         डडेल्धुराबाट निर्बाचित हँुदै आईरहेका छन । पटक–पटक देशको प्रधानमन्त्री समेत भईसकेका देउवा गत संबिधानसभाको निर्बाचनमा कञ्चनपुर क्षेत्र नं.४ बाट समेत निर्वाचित भएका थिए ।

तीन तेश्रो लिङ्गी उम्मेदवार

मंसिर ४ गते हुने संबिधानसभा सदस्य निर्वाचनमा सुदुरपश्चिमवाट बिभिन्न तीन    राजनीतिक दलले तीन जना तेश्रो लिङ्गीलाई समानुपातिक उम्मेदवार सिफारिस गरेका छन । 
नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र नेपाल  राष्ट्रिय सेवा दलले तीन तेश्रो लिङ्गी उम्मेदवारहरुलाई     सिफारिस गरेका हुन । कांग्रेसले वाजुरा जिल्लावाट पार्वती रेग्मी, राप्रपा नेपालले कैलालीवाट मोनिका शाहलाई र राष्ट्रिय सेवा दलले बझाङ्गवाट बिनिता सिंहलाई सिफारिस गरेका हुन । तीनलाई समानुपालिका प्रणाली अन्तरगत उम्मेदवारका रुपमा सिफारिस गरिएको एकता नेपाल निलहीरा समाजले जनाएको छ । धनगढीमा भएको पत्रकार सम्मेलनमा समाजकी मानवअधिकार        परियोजना हेर्ने भुमिका श्रेष्ठले     राजनीतिमा यौनिक तथा लैङ्गिक अप्ल्पसंख्यक समुदायको सहभागिता र अवस्थाका वारेमा जानकारी दिँदै उक्त कुरा वताएकी हुन । निलहरा समाजले शुक्रवार कैलालीस्थित राजनीतिक दलहरु संग आगामी संबिधानसभामा आप्mनो हकहित र समस्यावारे छलफल पनि गरेको थियो । 

बिद्युतवाट एकको मृत्यु

पोलवाट चुडिएको तार व्यवस्थापनमा बिद्युत प्राधिकरणले लापरवाही गर्दा गत विहिवार डोटी जिल्ला खातिवाडा गाबिस रोकल्ला निवासी ५५ वर्षीय भारमल साउँदको निधन भएको छ । 
खातिवाडा गाबिस भवन परिसरमा रहेको पोलमा करेण्ट प्रवाह भएका  कारण साउँदको निधन भएको आफन्तहरुले जानकारी दिएका छन । साउँदको शुक्रवार अन्त्येष्टि गरिएको छ ।  
निमित्त प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल, बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको सहभागितामा मृतकका आफन्तहरु र बिद्युत प्राधिकरणको दिपालय कार्यालयका प्रमुख गणेश पाण्डेबिच क्षेतिपुर्तिमा सहमति भएपछि शवको पोष्टमार्टम गरी शुक्रवारै अन्त्येष्टि गरिएको हो । क्षेतिपुर्ति स्वरुप पाँच लाख रुपैयाँ दिने, किरीया खर्च स्वरुप २५ हजार रुपैयाँ दिने र मृतकका एक छोरालाई असोज १६ गते देखि लागु हुने गरी करारमा जागिर दिनेमा प्राधिकरणले सहमति जनाएको छ । 
नेकपा एमालेका खातिवडा गाउँ कमिटी सदस्य समेत रहेका साउँदको निधनप्रति सो पार्टीले गहिरो दुःख व्यक्त गरेको छ । पार्टी सेती अञ्चल सदस्य नारद मलासीले मृतक साउँदको शवमाथी पार्टीको झण्डा ओडाई श्रद्धाञ्जली व्यक्त गरेका थिए । नेता मलासीले साउँद पार्टीका सक्रिय कार्यकर्ता रहेको वताउँदै उनको निधनवाट पार्टीलाई    अपुरणीय क्षेति भएको वताउँदै लापरवाही गरेर जनताको जीवनमाथी खेलवाड नगर्न बिद्युत प्राधिकरणसंग माग गरेका      थिए ।

छोटकरी समाचार 

राष्ट्रिय बाल दिवसमा विभिन्न कार्यक्रम

भाद्र २९ गते राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम   गरी डोटीमा पनि मनाइएको छ । “बालबालिकाको       कुरा सुनौं, बाल दुव्र्यवहार अन्त्य गरौं” भन्ने नारा सहित बालबालिकाका क्षेत्रमा कामगर्ने विभिन्न सङ्घ÷संस्थाको सहयोग तथा जिल्ला बाल सञ्जाल डोटीको अयोजनामा शनिवार जिल्ला सदरमुकाम सिलगढीमा बालदिवसको अवसरमा कार्यक्रम गरीएको थियो । बिहान स्थानिय ईन्द्र चोकबाट प्रभात फेरी सहित बजार परीक्रमा गरेर आएको टोली जिल्ला बिकास समिती डोटीको हलमा आई औपचारीक कार्यक्रममा परीणत भएको थियो ।
दिवसकै अवसरमा जिल्लामा उत्कृष्ट नम्बर ल्याई एसएलसी परीक्षमा उत्तिर्ण हुने बिद्यार्थीलाई पुरस्कार समेत प्रदान गरीएको थियो । साथै कार्यक्रममार्फत गरीव जेहेन्दार तथा बिपन्न बर्गका बिद्यार्थीहरुलाई पनि पुरस्कार प्रदान गरीएको छ । कार्यक्रममा बिभिन्न सांस्कृतक प्रस्तुतिहरु देखाएकोमा श्री पद्म पब्लिक उच्चमाबीका बिद्यार्थीहरुलाई पनि पुरस्कार प्रदान गरीएको थियो । जिल्ला बाल सञ्जाल डोटीका अध्यक्ष हरीस बिष्टको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी निमित्त प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल रहनुभएको थियो । 
कार्यक्रममा जिल्ला स्थिती सरकारी तथा गैर  सरकारी निकायका प्रमुख तथा प्रतिनीधि, राजनीतिक दलका प्रतिनीधिहरु, शिक्षक, बिद्यार्थी, पत्रकार, समाजसेवी, बुद्धिजीवि लगायतको उपस्थिती थियो ।

खेल तथा पर्यटन समाचार 

धार्मिक आस्थाको केन्द्र परशुराम धाम

डडेल्धुरा जिल्लाको भित्री मधेशको रुपमा परिचित जोगबुडा शिर्ष गाविस वार्ड नं. ९ मा रहेको धामिर्क आस्थाको केन्द्र परशुराम धाम प्रचार—प्रसारको अभावमा ओझेलमा पर्दै गैरहेको छ ।
परशुराम क्षेत्रमा त्रेतायुगमा आवेशावतार भगवान परशुरामका पीता ऋषी जमदग्नीले तपश्या गरेको र पछी विष्णुको छैटौ अवतारको रुपमा भगवान परशुरामले हैह्यबंशी स्त्रीहरुको २१ चोटी संहार पश्चात पुनः त्यही क्षेत्रमा आई तपश्या पश्चात ठुलो यज्ञ गरेको कुरा स्कन्दपुराणको मानसखण्डमा वर्णन गरेको पाईन्छ ।
महाभारतबाट निस्किएको रंगुननदी र मानसरोवरबाट निस्किएको श्यामा, स¥यु र महाकाली नदीको संगमस्थलका रुपमा परिचित परशुराम क्षेत्रको बारेमा धामिर्क ग्रन्थहरुमा समेत उल्लेख गरेको पाईन्छ ।
महाकाली नदी किनारमा रहेको परशुराम क्षेत्र वरिपरी परशुरामकी आमा रेणुकाको मन्दीर, धर्मद्वार, सत्य यूगदेखि रहेको वरपीपल समेत देख्न पाईन्छ ।
उक्त क्षेत्रमा स्थानघाटका रुपमा परशुराम स्नानघाट, बाङघाट र भागेश्वर घाट रहेका छन् । उक्त धामिर्क स्थानमा आएर मिल्ने रंगुन नदी परशुरामकी आमा रेणुकाको नामबाट रहन गएको भन्ने धामिर्क विश्वास रहि आएको डडेल्धुरा जिल्ला नेपाली कांग्रेसका उपसभापति कैलाश कुमार पाण्डेले बताए । उनले परशुराम क्षेत्रमा धर्मराज युधृष्टीरले समेत यज्ञ गरेको र उनैले धर्मको लागि द्वारको समेत निर्माण गरेको जन विश्वास रहि आएको बताए ।
यस क्षेत्रलाई धामिर्क पर्यटनका रुपमा विकास गर्न सीमा जोडीएको छिमेकी मुलुल भारतको ठुलो तिर्थस्थल पूर्णागिरीमा दर्शन गरेपछि यस क्षेत्रमा रहेको सिद्धनाथ मन्दिरको दर्शन गरे मात्रै फलदायी हुने विश्वास भारतियहरुमा रहेकोले यसलाई जोड्न सके यस परशुराम क्षेत्रको धामिर्क महत्व अझ बढी हुने बताउदै राज्यले यस क्षेत्रको यातायातको सुविधा र नदी वारपार गर्न झोलुंगे पुलको निर्माण गरिनु पर्ने राजेन्द्र निर्माण सेवाका निर्देशक भीम बहादुर साउँदले बताए ।
यस क्षेत्रमा देवी देवताहरुको स्थान गर्ने तीर्थ पनि भएकाले यसलाई हरिद्वारको रुपमा पनि लिईन्छ । श्यामा, शारदा, सरयुको उद्गम स्थल पनि मानसरोवर भएको हूदा महाकालीलाई गंगाकै धाराको रुपमा पुज्ने गरेको पाईन्छ ।
परशुराम क्षेत्रको गुरुयोजना बनाएर यसको प्रचारप्रसार गर्न समेत यसले निकै महत्प पाउने वावा लक्ष्मणनाथ योगीले बताए ।
यस क्षेत्रलाई देवघाट क्षेत्र, पशुपति  क्षेत्र जस्तै परशुरामले तपस्या गरेको स्थल भनेर यसलाई प्रचारप्रसार गर्नु आवश्यक रहेको पुर्व गाविस अध्यक्ष तारि सिंह बोहराले बताए ।
यस क्षेत्रलाई धामिर्क पर्यटनको रुपमा विकास गर्न नजिकै रहेको पुणर््ाँगिरीसंग यसलाई जोड्न सके नेपाल र भारतका अधिकांश दर्शनालम्बीहरु यस क्षेत्रको दर्शन गर्न आउने पुर्व गाविस अध्यक्ष बोहराले बताए ।विशेष गरेर माघे संक्रान्तीको बेला यस परशुराम क्षेत्रमा ठुलो मेला लाग्ने गरेको छ । डोटी, डडेल्धुरा लगायतका २२ द्यौराहरु (देवता) को स्थान समेत माघे संक्रान्तीको समयमा गरिने हुूदा यो स्थान प्रवित्र तिर्थ भूमी भएको साँउदले बताए । 
त्यो बाहेक औशी, पुर्णीमा, ग्रहण लागेको समयमा समेत यस क्षेत्रमा अन्य टाढा टाढाबाट दर्शनालम्बीहरु स्थान गर्न आउने गरेका छन् ।सुदूरपश्चिमबाट नजिकै रहेको धामिर्क तिर्थस्थल हरिद्वारको जत्रो महिमा र चर्चा छ, त्यही आस्था र विश्वास रहेको परशुराम क्षेत्र सरकारी उदासिनताका कारणचर्चामा आउन सकेको छैन् । धामिर्क एवं पर्यटकीय महत्व बोकेको परशुराम क्षेत्रको प्रचार(प्रसार र विकास गर्न सके यसले सुदूरपश्चिमको मात्रै नभएर नेपालकै पर्यटन व्यवसायमा ठुलो टेवा पु¥याउने विश्वास गर्न सकिन्छ ।

फुटबल खेलाडी लखपति बने

    निकै मिहिनेत गरी काठमाडौंमा सम्पन्न आठौ साफ च्याम्पियनसीपको              सेमिफाइनलमा पुगेका नेपाली फुटबल टीमका खेलाडीहरुले राम्रै प्रतिफल पाउने भएका छन् । सोमवार अखिल नेपाल फुटबल संघले प्रत्येक खेलाडीलाई २ लाख ५० हजार रुपैया दिने निर्णयसंगै अब नेपालीको राष्ट्रीय टीमवाट खेलिरहेका सबै फुटबल खेलाडीहरु लखपति बन्ने भएका हुन् । यो सँस्करणको फुटबल प्रतियोगितामा टिकट बेचेर मात्र अखिल नेपाल फुटबल संघले २ कराड रुपैया भन्दा बढी रकम कमाएको थियो ।
साथै नेपाली राष्ट्रीय फुटबल टोलीका प्रशिक्षक ज्याक स्टेफानोस्कीलाई पनि खेलाडी सरह २ लाख ५० हजार नगदवबाटै पुरस्कृत गरिने भएको छ भने प्राविधिक प्रशिक्षक कृष्ण थापा र दुई चिकित्सकलाई भने नगद १ लाख रुपैया प्रदान गरिने भएको छ ।

ढुवानी र राजनीति चर्चामा

गत शुक्रवार देखि प्रदर्शनमा आईका दुई नेपाली चलचित्र “ढुवानी” र           “राजनीति” ले राम्रो वजार पाएका छन । 
राजधानी सहित देशभरका हलहरुमा एक साथ प्रदर्शनमा आएको चलचित्र        “राजनीति” ले दर्शकहरुको उत्साहजनक साथ पाएको छ । पछिल्ल दिनमा एकाध चलचित्र वाहेक अधिकांस चलचित्रको व्यापार न्युन रहेको वेला प्रदर्शनमा आएको चलचित्र “राजनीति” लाई भने दर्शकले मन पराएको चलचित्र हलहरुमा देखिने भिडवाट थाह भएको छ । “राजनीति” का  निर्देशक वसन्त निरौलाले चलचित्रले राम्रै वजार पाएको जानकारी दिए । महानायक राजेश हमाल र चर्चित गायिका कोमल वलीको प्रमुख अभिनय रहेको चलचित्र      राजनीतिमा वर्तमान राजनीतिक अवस्थालाई मुख्य बिषयवस्तु वनाईएको    छ ।  । राजधानीका बिश्वज्योति, गोपीकृष्ण, गुण, ललित, अष्टनारायण, गंगा, आराधाना, हिरारत्न, वाराही, कलंकी, पृथ्वी, कमल बिनायक, नवदुर्गा सहित मोफसलका अधिकांस हलमा चलचित्र प्रदर्शन भईरहको छ । राजनीति दीपक सुवेदीले निर्माण     गरेका हुन । 
शुक्रवारै प्रदर्शनमा आएको अर्को चलचित्र ढुवानी पनि दर्शकमाझ राम्रै देखिएको छ । काठमाण्डौंका क्युएफएक्स, एफव्युव, गुणसहित अन्य चलचित्रमा हलमा प्रदर्शन रहेको छ । चलचित्र ढुवानी हेर्न दर्शकको भीड लागेको निर्देशक पीताम्वर पाण्डेले जनाए । ढुवानीमा किशोर खतिवडा, प्रवीण खतिवडा, धिरेन्द्रराज थापा, गुन शाही, अनुजा गायक लगायतको मुख्य अभिनय छ । कविता श्रेष्ठले निर्माण       गरेको चलचित्र ढुवानीमा महिला बेचबिखनलाई प्रमुख बिषयवस्तु वनाईएको छ । प्रदर्शनको पहिलो दिनमै दुवै फिल्मले राम्रो प्रशर्दन गरेका थिए । सोही दिन नेकपा–माओवदीको ३३ दलीय मोर्चाले मध्य तथा सुदुरपश्चिम वन्दको आव्हान गरेको भएपनि यसको खासै असर पिल्ममा देखिएन । 
यता राम्रो व्यापार     गरिरहेको चलचित्र होस्टल प्रदर्शनको तेश्रो साता प्रवेश गरेको छ । होस्टलको राम्रो व्यापारले निरन्तर ओरालो लागिरहेको नेपाली चलचित्रमा उत्साह ल्याएको छ । यो फिल्म करोड नाघ्ने अनुमान गरिएको छ ।


दुई दिनको पारिश्रमिक तीन करोड

शाहरुख खानको चलचित्र “चेन्नई एक्सप्रेस” हिट भएपछि वलीउड नायिका दीपिका पाटुकोणले आप्mनो कामको मुल्य वढाएकी छन । दीपिकाले साउथ फिल्ममा खेल्नका लागि दुई दिनको तीन करोड रुपैयाँको माग गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन । 
दीपिकाले असिन, बिद्या वालन,   कैटरीना कैफ र दक्षिणकी अभिनेत्री अनुष्का सेट्टीलाई पछाडी पार्दै हालै रजनीकान्तसंग फिल्म “कोचादेयान” खेलेकी छन । दुई दिनको सुटिङ्गको तीन करोड रुपैयाँ लिएर वलीउडमा दीपिकाले अर्को रेकर्ड राखेको समाचारमा जनाईएको छ । दुई दिनको तीन करोड लिने वलीउडकी पहिलो नायिका दीपिका भएकी छिन । 
“कोचादेयान” फिल्ममा रजनीकान्त र दीपिकाको मुख्य भुमिका छ । यो फिल्ममा रजनीकान्त सुपरहिरोको अवतार देखिने छन । यस फिल्मलाई रजीकान्तकी छोरी सौन्दर्यले निर्देशन गरेकी छन । यो फिल्म रजनीकान्तको जन्मदिनमा रिलिज हुने वताईएको छ ।

लेख 

प्राङ्गारिक कृषि

रमेश बि क वाजुरा 

१. आधुनिक कृषि प्रणालीको प्रभाव                                           
हाम्रो देशले जनसंख्याको अनुपातलाई मध्यनजर राखी खाद्यवस्तुको माग पुुरा गर्न विगत ३५÷४० वर्षदेखि उत्पादन र उत्पादकत्व बढाउन व्यवसायिक कृषि प्रणालीमा ९अयmmभचअष्ब िाबचmष्लन० जोड दिँदै आएको छ । बाली सघनता, वेमौसमी तरकारी खेती, उन्नत बीउ विजन एवं वर्णशंकर जातहरुको प्रयोगको विस्तार हुँदै गएको छ । सोही अनुरुप कृषि सामाग्री रसायनिक मल तथा बाली संरक्षण विषादीको प्रयोग प्रचुर मात्रामा भैरहेको छ, र बृद्धिको क्रम पनि बढ्दो छ । खेतीपातीमा बाली संरक्षणका लागि बीउको उपचारदेखि लिएर रोपिसकेपछि बाली कटानीसम्म र     भण्डारणमा समेत कीटनाशक, ढूसीनाशक, शाकाणुनाशक, झारपातनाशक, मुसानाशक, सुलसुलेनाशक जस्ता बिभिन्न किसिमका शत्रुजीवनाशक बिषादीहरुको प्रयोग बढ्दै गएको छ । यसै गरी रसायनिक मलको प्रयोग अत्यधिक मात्रामा बढिरहेको छ ।
हाल बिषादीको प्रयोग व्यवसायिक खेतीमा मात्र नभएर करेसाबारीमा पनि बढ्न थालेको छ । यसरी कृषि उत्पादनमा प्रयोग गरिने यी रसायनहरुले वातावरण, हावा, पानी, माटो र त्यसमा आधारित जीवनचक्र प्रणालीलाई नराम्रोसंग प्रभाब पारेको छ । अत्यधिक विषादीको प्रयोगबाट महिलाहरु खेतबारीमा झारपात गोडमेल गर्न लाग्दा बेहोस भएका खबर लगायत बजारमा तरकारी वा फलफूल किनेर खाँदा बिषादीको कारण मृत्यु भएका समाचारहरु पनि बेला बेलामा आउन थालेका छन् । गम्भिर प्रकारका रोगहरु जस्तै फोक्सो, कलेजो, मृगौला, मुटु, नसा सम्बन्धी          रोगीहरुको चाप दिन प्रतिदिन बढिरहेको छ । यहाँ जति अस्पतालहरु खुले पनि  विरामीले उपचार गर्न बेड पाउनका लागि महिनौं कुर्नु पर्ने भएको छ । 
तसर्थ यो डरलाग्दो परिस्थितिको सामना भविष्यमा गर्न नपरोस भन्नको लागि आजैदेखि हानिकारक रोग, कीरा, झारपात नियन्त्रण गर्न जैविक विधि तथा अन्य वैकल्पिक उपायहरुको प्रयोग बढाउंदै व्यवसायिक प्राङ्गारिक खेतीको विकास गर्ने बेला आइसकेको छ ।
२. हाम्रो कृषि विकासको चुनौती
नेपालमा जनसंख्याको चाप एवं उर्वर भुमीमा उद्योगहरुको स्थापना दिन प्रतिदिन बढ्दै गइरहेकोले खेती योग्य जमीनको कमी हुँदै गएको छ । यसले गर्दा आशातित उत्पादकत्व बृद्धि हुन नसक्दा उत्पादनले फड्को लिन सकेको छैन । यस परिप्रेक्षमा एकातर्फ बढ्दो जनसंख्याको निमित्त चाहिने खाद्यान्न, तरकारी, फलपूmल, रेसा आपूर्तिका लागि कृषि उत्पादन बढाउनु आवश्यक छ र यसका लागि व्यवसायीकरण अपरिहार्य छ भने अर्को तर्फ व्यवसायीकरणबाट कृषि उत्पादन बृद्धि गर्ने नाममा रसायनिक मल एबं बिषादीको बढ्दो प्रयोगबाट मानिस लगायत वातावरणीय संरचनामा पर्ने   नकारात्मक प्रभावलाई जोगाउनु उत्तिकै आवश्यक छ । 
नेपालमा जमीनको   खण्डीकरण बढ्दै जानु र चक्लाबन्दी नहुनु, एकै किसानका स–साना जग्गा धेरै ठाउँमा     छरिएर रहनुले ठूलो यान्त्रीकीकरण खेती ९mभअजबलष्शबतष्यल० तर्फ जान सक्ने अवस्था पनि छैन भने उत्पादन बढाउन सघन बाली प्रणाली अन्तरगत सघन खनजोत ९ष्लतभलकष्खभ तष्ििबनभ० बाट भूक्षय बढ्न गई उत्पादकत्वमा ह्रास हुँदैछ ।  अन्तर्राष्ट्रिय बजारमा रसायनिक मल र विषादीको भाउ आकासिँदो छ जसले उत्पादन लागत अत्याधिक बढाएको छ । रसायनिक मल तयार गर्न एकातिर उर्जाको अपुग छ भने अर्कोतिर उत्पादन लागत बढी हुने हुँदा हाम्रो देशले रसायनिक मल कारखाना बनाएर नाईट्रोजन, फस्फोरस र पोटासको आपूर्ति गर्ने संभावना तत्काल गाह्रो देखिन्छ । जसले गर्दा ग्रामीण क्षेत्रमा गरीवी बृद्धि हुँदै गइरहेको छ । 
हाल आएर यी गरीव कृषकहरु खाद्य सुरक्षा एवं रोजगारीको लागि शहरतिर बसाई सराई गरिरहेका छन् । यो जनसंख्याको बृद्धिले शहरमा उपलब्ध श्रोतहरुको      वितरणमा बाधा पर्न गई द्वन्द्व ९अयलाष्अित० लाई निम्त्याउँदैछ । त्यसैले ग्रामीण कृषकलाई खाद्य सुरक्षाको निमित्त गाउँमै जीवन निर्वाह हुन सक्ने कृषि उत्पादन प्रणालीको विकास गरी अपनाउनु लगाउनु पर्ने भएको छ । यसलाई मध्यनजर राखि उत्पादनलाई सुव्यबस्थित तथा वातावरणलाई
संरक्षण गर्न कृषि क्षेत्रको दिगो विकासका लागि नयाँ कार्यशैली ९लभध उबचबमष्नmक० अपनाई व्यवसायिक   प्राङ्गारिक खेती अबलम्बन गर्नु आजको माग मात्र नभई नितान्त आवश्यक भएको छ ।
३. व्यवसायिक कृषि पकेटमा उत्पन्न समस्याहरु
व्यवसायिक उत्पादन पकेटहरुमा उन्नत बीउ विजन र बर्णशंकर जातहरुको उत्पादकत्व वृद्धि गर्न रसायनिक मल तथा बिषादीको प्रयोगबाट कृषकहरुले विभिन्न समस्याहरुको सामना गर्नु परिरहेको छ । यी रसायनले गर्दा माटोको प्राकृतिक     प्रतिरक्षा प्रणाली कमजोर हुँदै जाँदा रोग कीराको प्रकोप बढेको छ । कृषकहरु        रसायनिक बिषादी बिना खेतीमा व्यवसायीकरण तथा बेमौसमी तरकारी उत्पादन गर्न नसक्ने अवस्थामा पुगेका    छन् । उदाहरणको लागि काभ्रेपलान्चोकको पाँचखाल उपत्यका, धादिङको धादिङवेसी, मकवानपुरको पालुङ उपत्यका, धनकुटाको सिधुवा, काठमाडौं, ललितपुर, भक्तपुर,   बारा, सर्लाही जिल्लाका पकेटहरुलाई लिन सकिन्छ । 
रसायनिक मलमा मात्र भर पर्दा प्राङ्गारिक पदार्थको आपूर्ति कम भइ सूक्ष्म खाद्यतत्वको अभावमा विरुवामा विभिन्न किसिमका रोगहरु देखा पर्दैछन् । हाल पकेट क्षेत्रहरुमा सूक्ष्म खाद्यतत्वहरु खासगरी मोलिब्डेनम्, बोरोन, जिंक कम भई बोटविरुवाको उत्पादकत्वमा असर परेको छ । बोरोनको कमीबाट गहुँमा गेडा नलाग्ने, काउली कुहिने, गाजर मूला पट्पटी फुट्ने रोग क्रमशः देखा पर्दैछन् । त्यसैगरी काउलीमा मोलिब्डेनमको कमीबाट सुरिलो साँगुरो पात जस्तो आकारको रोगको सामना गर्नु परिरहेको छ । जिंकको कमीबाट धानमा खैरा रोग बढ्दैछ । प्राकृतिक सन्तुलन खासगरी माटोको जैविक विविधता ह्रास हुँदै जाँदा रोग र कीराहरुको प्रकोप  असाधारण रुपमा बढ्दै गएको छ । 
हाल आएर आलु, गोलभेँडा, भण्टामा ओइलाउने रोग ९दबअतभचष्ब िधष्ति० को ठूलो समस्या देखा परेको छ । काउली, बन्दा, मूला, ब्रोकाउली, सलगम, रायो,    तोरी आदिमा जरामा गाँठो पर्ने रोग ९अगिदचययत० महामारीको रुपमा देखा पर्दैछ । त्यसैगरी धानमा फेँद कुहिने रोग ९ाययत चयत० र मरुवा ९दबिकत०, गहुँमा सिन्दूरे ९चगकत०, बकुल्ला सिमिमा लाही ९बउजष्म०, धानमा फड्के ९जयउउभचक० र नर्सरीमा लाग्ने बिभिन्न जटिल रोग कीराहरुको प्रकोपबाट कृषकले बेला बेलामा ठूलो क्षति व्यहोर्नु परेको छ । यी रोग, कीराहरुलाई    रसायनिक विषादीबाट रोकथाम गर्न कृषकहरुले सकिरहेका छैनन् । 
अतः व्यवसायिक पकेटहरुको जमीनको सतहदेखि करीब १० से,मी.  गहिराईसम्मको माटो मृत अवस्थामा पुग्न थालेको छ (कृषकको भनाइको          आधारमा) । तसर्थ यस तर्फ बेलैमा सतर्कता नलिने हो भने जीवित माटो निर्जिवमा    परिणत हुंँदै जाँदा बाली उत्पादन गर्न नसकिने स्थिति आउन नसक्ला भन्ने      कुरामा दुईमत देखिदैन ।
४. नेपालमा प्राङ्गारिक खेतीको आवश्यकता एवं संभावना
नेपालको सन्दर्भमा विविधतापूर्ण   पारस्थितिकीय प्रणालीको संरक्षण एवं उपयोग गर्दै प्राकृतिक श्रोतमा आधारित प्राङ्गारिक खेतीलाई विकास गर्न सकिने संभावना प्रशस्त रहेको छ । साथै हाम्रो स्थानीय मौलिक विधि र तरिकाबाट उत्पादित कृषि उपजबाट पनि तुलनात्मक लाभ लिन सकिन्छ । रसानिक मल तथा विषादीको प्रयोगको दृष्टिकोणबाट हाम्रो कृषि प्रणालीलाई संक्षेपमा सिंहावलोकन गर्दा सबैभन्दा बढी शहर वरिपरिका व्यवसायिक पकेटहरु, त्यसपछि क्रमशः तराई क्षेत्रको भूमि र पहाडी क्षेत्रका यातायात पहुँच भएका राजमार्ग छेउछाउका स्थानहरु पर्दछन् ।
यस बाहेक बाँकी अधिकांश भूमि करीब ७० प्रतिशत भन्दा धेरै अझै पनि प्राङ्गारिक खेती प्रणालीमा आधारित छ । नेपालका कृषकहरुसंग औसतमा प्रति     परिवार करीब ०.५ भन्दा कम जमीन भएको हुँदा गरीव किसानहरुलाई समेट्न र उत्पादनमा दिगोपन ल्याउन प्राङ्गारिक खेती प्रणाली एक राम्रो वैकल्पिक उपाय हुन सक्छ । प्राङ्गारिक खेती श्रममूलक व्यवसाय हो । उत्पादनदेखि लिएर कटाई, चुटाई तथा उत्पादन उपरान्त गरिने कार्यहरु जस्तै ग्रेडिङ, प्याकेजिङ्ग, भण्डारण,     बजारीकरणमा बढी श्रमको आवश्यकता पर्छ । यसमा ठूलो जनशक्ति समावेस हुन्छ र यसले गर्दा रोजगारी सिर्जना हुन्छ ।
हाम्रो देशमा ठूलो संख्यामा रहेका अर्धदक्ष बेरोजगार युवाहरुलाई यस कार्यमा लगाउन सकिन्छ । जबकी अन्य मुलुकमा यस्तो सस्तो श्रमशक्ति पाउन समस्या छ । त्यसैले हामीले उत्पादन गर्ने प्राङ्गारिक उपजको मुल्य अरु देशको तुलनामा    अन्तराष्ट्रिय बजारमा सस्तो पर्न जान्छ र त्यसले बजारमा सजिलै प्रतिस्पर्धा गर्न  सक्छ । नेपाल विश्व व्यापार संगठनको सदस्य भैसकेको सन्दर्भमा कृषि वस्तुको गुणस्तर कायम गरी विश्व बजारमा प्रतिस्पर्धा गर्नु पर्ने चुनौतीको सामना गर्न प्राङ्गारिक खेती नेपाली कृषकहरु र व्यवसायीहरुको लागि बरदान सावित हुन सक्छ ।
श्रोत ः कृषि सुचना तथा संचार केन्द्र
जिल्ला कृषि विकास कार्यालय, वाजुरा
लेखक पिसविन नेपाल नामक गैर सरकारी संस्थामा कार्यरत छन ।

अन्तरवfर्ता 

चुनाव किन अन्योल ?

मनमोहन भट्टराई 

मंसीरमा चुनाव हुन्छ त ? यस प्रश्नको सामना गर्न हामी  राजनीतिकर्मीलाई झन् अप्ठेरो र दुविधाको विषय हुूदै गएको छ । परिस्थितिजन्य अवस्थाले गर्दा ढुक्कसँग हुन्छ भन्न पनि असजिलो हुदैन भनु भने झन् अनन्तसम्मको असजिलो । अन्तरिम व्यवस्थापनलाई कहिलेसम्म राखिराख्ने भन्ने प्रश्न छदै थियो, त्यसभन्दा पनि छयालीस सालको आन्दोलनमा क्रियाशीलता देखाएका र किसुनजीको नेतृत्वमा काम गरेर एकै वर्षमा संविधान निर्माण देखि निर्वाचन सम्पन्न गरी मुलुकलाई नयाँ दिशा निर्धारण गर्नुदेखि राजा, राष्ट्रीयता,              राजनीति, प्रजातन्त्रको एउटा बाटो नै निर्धारण गरेका पुस्ताका राजनीतिकर्मीका लागि यो अत्यन्तै कठोर प्रश्न भयो । 
तर ६०१ जनाको संविधान सभाले चार वर्षमा संविधान बनाउन नसकेको यथार्थ पनि छदै छ । त्यसअघि र पछि बितेका समय, मुलुकले खेर फाल्नु परेका दिनहरु मुलुकवासीका लागि कति पीडादायक भए होलान् सजिलै बुझ्न सकिन्छ । बित्थामा मारिएका १७ हजार मानिसहरु, संख्या नतोकिएका हराएका, विकलाङग भएकाको कसले हिसाब राख्ने? अब फेरि हामी फकिर्एर गोलमेच सम्मेलन, संविधानका अन्र्तवस्तु, चुनावका तिथिमिति आदि कुरामा अल्भ्किूदै, बल्भिूकदै जान थालेका छौं । यथार्थ के हो भने सबै राजनीतिक दल आङ्खना समस्या आङ्खनैभित्रबाट सुल्झाउन नसकेका           कारणले निर्वाचन सामना गर्ने मनःस्थितिमा देखिएका छैनन् । म आफै नेपाली                काँग्रेसको केन्द्रीय सदस्य हू । मेरो आङ्खनै दलले अहिलेसम्म केन्द्रीय सदस्यहरु माझबाट संसदीय बोर्ड गठन गर्नसकेको छैन । उमेदवारको चयन गर्नुपर्ने हो त्यही बोर्डले हो ।  एनेकपा (माओवादी)को केन्द्रीय समिति कति ठूलो छ भने उसले ती सबैलाई उमेदवार बनाउने हो भने त्यो संख्या आफैमा संविधान सभाभन्दा ठूलो हुन बेर छैन । मोहन वैद्यको नेतृत्वको गठबन्धनका दलहरुको संख्या नै कति        धेरै छ भने उनीहरुलाई आप्नो चुनाव प्रचारको व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ताले निर्वाचन नै बरु सारौं र चुनावको विधि र प्रकृया नै परिवर्तन गरौं भन्ने लागेको देखिन्छ छ । नेकपा (एमाले) भर्खरै लगभग विभाजनमा परेको छ । संगै अब यो विभाजनपछि आफ्नो रण्ाँनीति कसरी बनाउने भन्ने चिन्ताले ग्रसित छ । मधेस केन्द्रीत दलहरु गठबन्धनमा बाधिइसकेका थिएनन् फुस्कने काम सुरु भएजस्तो छ । मुद्दा पनि धेरै छन् । दम्व्य र अपराधको राजनीतिले सबैलाई एकै ठाउमा ल्याउन सकिदैंन भन्ने थोरै यथार्थ बोध पनि छ। तर त्यसभन्दा परको अरु कुनै राजनीतिक सोच चाहि छैन । 
मुख खोल्न पनि नसक्ने, भित्रभित्रै गुम्सिने, खिलराज रेग्मीको            सरकारलाई लामो आयु दिन नचाहने तर आफै सरकारमा जान पनि कुनै वैधानिक बाटो नभेट्ने यी राजनीतिक दलको यही अवस्थाका कारण मुलुकको दुर्भाग्यपूणर््ँ दुश्चक्रबाट पीडित हुनुपर्ने चाहि जनतामात्र भएका छन्  । संविधान कागजको एउटा पुलिन्दामात्रै हो । यसको धेरै ठूलो अर्थ अब देखिदैन । सामान्य कानुनको पनि सर्वोच्च न्यायालयले समेत मर्यादा राख्न छोडिसकेको छ। जंग बहादुरको पालाका कानुनी किताब अहिले पनि छन् मुलुकमा । संशोधनको समेत अनुहार देख्न नपाएका कतिपय ऐन अहिले पनि छन् । केही वकिल, केही बुद्ीजीवीको सही या गलत रायले तयार पारिएको अन्तरिम संविधान पनि अझै मुलुकमा ज्युूदै छ। नेता भएपछि औंलो ठड्याएर वा मुठी उचालेर जसले जसलाई जेजस्तो धम्की दिन पनि पाइन्छ भन्ने मानसिकता पनि छदैछ। अधिकारकर्मीहरु, राष्ट्रयि मानव अधिकार आयोग, अन्तर्राष्ट्रयि मानवीय संघसंस्थाको सरोकार हुूदाहुूदै पनि आफ्ना कार्यकर्तामाथि कुनै पनि कारवाही गरियो भने हामी युद्धमा फकिन्र्छौं भन्ने हुकार गर्ने ”जनवादी” भन्ने नेता लोकतन्त्रका कुरा गर्छन् । अर्काथरी छन्, हामीसित अझै पनि हतियार छन्, जो कुनै पनि बेला पड्किन सक्छन्, भन्दै कुर्लन्छन्। जनता भने शान्तिको नाममा चुप लागेर बस्न बाध्य छन् । यो मौन जनमतको प्रतिनिधित्व गर्ने कुनै दल छैन मुलुकमा? उनीहरुको कुनै जिम्मेवारी हुूदैन? उनीहरुले जनतालाई सुरक्षाको अनुभूति दिन भय र त्रासको राजनीति गर्नेलाई प्रतिवाद तथा त्यतिले पुग्दैन भने प्रतिकार गर्ने साहस देखाउन सत्तैकनन् ? के यो मुलुकको शक्ति वाईसीएलमात्र हो ? एउटी महिलामाथि बलात्कार र हत्याको आरोपमा भारतको दिल्लीका चार जना युवालाई न्यायालयले फासीको सजाय दियो। हामीकहा मृत्युदण्डको सजाय त हाम्रो न्याय व्यवस्थाले दिदैन । तर माओवादीको कथित जनअदालतले त हजारौलाई मारेकै हो । अब पनि मार्ने नै फरमान जारी गर्ने हक आफूसित भएको दाबी गर्ने नेतालाई छुट दिएर चुनावी भाषण गरेर हिड्न पाइन्छ ? अनि राज्यका कार्यकारी भनिनेहरुले यसलाई सुनेर हेरेर बसिरहन मिल्छ ? स्पष्टीकरण समेत पनि माग्नु पर्दैन ? अनि यस्तो राज्यमा चुनावको निष्पक्षताको खोजी गर्नुभन्दा हास्यास्पद अरु के हुन्छ?
चुनाव सर्छ रे सरेपछि यी सबै समस्याहको समाधान निस्कन्छ ? मौसम फेरिन्छ, बसन्त पञ्चमीको पूजाआजा गरिन्छ, बसन्त        श्रवण पनि हुन्छ । राष्ट्रपतिले बसन्त         श्रवण गर्छन् । नया पालुवा पनि पलाउछन् । के यत्तिकैले उल्लेखित दलहरुमा सुधार आइसक्छ ? समस्या जहा थियो छ, त्यही नै रहने जोखिम त्यसबेला पनि रहिरहन्छ। यो समस्या यथार्थमा कमजोर विद्यार्थीका लागि जाच सरेजस्तो मात्रै हो । केही दिन जाच सर्दैमा उसको तयारी पूरा हुन्छ भन्ने होइन । एकदेखि दश कक्षासम्म पढ्दा पनि उसको गणित वा अंग्रेजी वा विज्ञान कमजोर छ भने ती विषयमा ऊ कमजोरै भइरहन्छ। संगठन बलियो पार्ने क्षमता भएको दलले संगठनलाई सुदृढ बनाइराख्न सक्छ । व्यक्तित्व प्रभावशाली छ कसैको भने त्यो त्यही किसिमले बलियो रहिरहन सक्छ । आदर्शको राजनीति गर्नेले आदर्शमै अडेको जनताले देख्न पाउनुपर्छ । द्रव्य र अपराधको राजनीति गर्नेको राजनीति क्षणिक राजनीति हो, त्यो भंगुर नै हुन्छ। त्यो त्यसैगरी सकिन्छ पनि । लोकतान्त्रिक राजनीति नेताको हातमा हुदैन, लोकको हातमा हुन्छ । अर्थात्, जनता त्यसका निर्णायक शक्ति हुन् । ऊ जहिले पनि परिवर्तनको प्रतीक्षामा हुन्छ । ऊ आफ्नो रुचि अनुसार हिूड्छ । उसलाई मंसीर र चैतसँग धेरै ठूलो सरोकार हुूदैन । मंसीरबाट निर्वाचन चैतमा सर्दैमा उसको मतलाई घामको दिशाले अथवा त्यसको तापले खासै धेरै तात्विक असर पार्न सत्तैकन । केही प्रतिशत मत तलमाथि पर्न सक्छ तर दलको हारजितलाई त्यसले धेरै ठूलो असर भने गर्न सत्तैकन।
जहाँ सम्म पूर्ण समानुपातिक पद्तिको निर्वाचनप्रति कुनै दल विशेषको आग्रह छ, त्यसमा मुलुक जान्छ नै जस्तो त लाग्दैन । त्यसरी जादा मुलुकको शासन पद्ति कस्तो बनाउने भन्नेमा पनि सोच्नुपर्ने हुन्छ । संसदीय शासन पद्तिमा जानु पर्छ भन्ने मान्यता राख्ने भएकाले पनि पंक्तिकार पूर्ण समानुपातिक मतदानबाट संसदीय शासन पद्तिमा जानु उपयुक्त हुन्छ भन्ने सोच्दैन । समावेशी लोकतन्त्र मुलुकको आवश्यकता हो । त्यसमा दुविधा छैन । तर प्रत्यक्ष निर्वाचन प्रणाली बिनाको संसदीय शासन पद्ति पनि हुनु हुूदैन । 
चुनावमा सहभागी हुन्छौ भनेर कुनै दल अगाडि सरिसकेपछि उसलाई निर्वाचनबाट वञ्चित गर्नु उचित होइन । तर चुनावलाई सार्दै लानुपनि उपयुक्त होइन । तैपनि, तिनले केही समय मागे नै भने के गर्ने भन्ने प्रश्न त उठ्छ । मुलुकको भौगोलिकतालाई हेर्दा केही समय दिने हो कि भनेर सोच्नुपर्ने पनि हुन्छ । यसै पनि मंसिर आफैूमा चुनावका लागि हिमाली क्षेत्रलाई ध्यानमा राख्दा त्यति उपयुक्त समय होइन । हिमाली भेगका कतिपय नागरिक त्यसबेला त्यहाबाट झरेर नेपालकै दक्षिणी भेगमा वा भारतका सहरमा व्यवसायका लागि या तीर्थाटनका लागि गएका हुन्छन् । उनीहरुको चैतमा घर फकिर्ने समय हुन्छ । बालीनाली, खेतबारी खनजोतको समय हुन्छ । अर्को, असोज कात्तिकमा दसैं तिहार भएका कारणले धेरै नेपाली घर फर्केका हुन्छन् । लगत्तै निर्वाचन परे उनीहरु मतदान गर्ने दिनसम्म घरमा बस्न सक्छन् तर उनीहरुले फोटोसहितको मतदाता परिचय पत्र बनाएका छन् कि छैनन् ? यो प्रश्न भने बाकी नै छ । यी सबै समस्याबाट           गुज्रिएर हामी निर्वाचनसम्म पुग्नु छ । जुन मुलुकका ४० लाखभन्दा बढी मतदाता देशबाहिर रोजगारीका लागि जानुपर्छ, त्यस मुलुकमा संविधान बनाउनका लागि हुने निर्वाचन त्यति सरल र सहज भने अवश्य पनि छैन । सबैमा हेक्का रहोस्, यो संसद्को सामान्य निर्वाचन नभएर जनताले आफ्नो स्वायत्तता, व्यक्तिमा निहित सार्वभौमिकता र आफैूभित्रको उच्चतम सम्भावना उचाल्ने प्रयत्नको खोजीका लागि गरिने मतदान हो ।
यस अवसरबाट कसैले पनि वञ्चित हुनु नपरोस् । यो कसरी सम्भव छ ? हरेक राजनीतिक दलले र सरोकारवाला व्यक्ति समेतले पनि यसमा ध्यान पु¥याउनु आवश्यक देखिन्छ । यद्यपि, संसारभर छरिएका नेपालीले मतदान गर्न पाउने व्यवस्था गर्न भने नेपालले गर्न सक्छ जस्तो लाग्दैन। सुविधापूर्ण किसिमले बढीभन्दा बढी नेपालीले मतदान गर्ने वातावरण्ँको निर्माण हुन सकोस् । तर, सरकार परिवर्तन र सर्वदलीय सरकार सयभन्दा बढी दल भएको अहिलेको अवस्थामा सम्भव पनि छैन र हुनु पनि हुदैन ।

मोफसल पत्रकारिता 

विज्ञापन छाप्न कमिसन विना सम्भव छैन

मेनुका बस्नेत (पाण्डे), सम्पादक
सम्पदा आँचल साप्ताहिक, सुनसरी

तपाईको पुरा परिचय पाउँन ?
मेरो नाम मेनुका बस्नेत (पाण्डे), घर जिल्ला सुनसरी इटहरी—८ मा पर्छ । हाल सुनसरीबाट प्रकासित हुने सम्पदा आँचल साप्ताहिकको. सम्पादक पदमा कार्यरत छु ।
पत्रकारिता पेशा नै किन रोज्नु भयो ?
मुलुक र जनताको विशुद्ध सेवा गर्ने पेशा पत्रकारिता भएकाले पत्रकारिता पेशा रोजेकी हुँ । मलाई विश्वास छ पत्रकारिताको माध्यमबाट जनतालाई सूचना दिनु जनतालाई चनाखो बनाउनु सायद अन्य पेशाबाट सम्भव छैन । जनताको विशुद्ध रुपमा सेवा गर्ने भावना भएकाले पत्रकारिता भन्दा अर्को पेशा मैले पाइन । यसरी जनताप्रति समर्पित हुन पाउने पेशा पत्रकारिता रोजेको हुँ ।
कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ?
आजका बालबालिका भनेका भोलिका कर्णधार हुन्, तसर्थ ती बालबालिकाको भविश्य उज्यालो पार्नु हामी सबैको दायित्व हो म पत्रकार मात्र होइन एक आमा पनि हो । त्यसैले मैले बालबालिकाको क्षेत्रमा रहेर  पत्रकारिता गर्न रुची राख्ने गरेको छु । त्यसको अलावा महिलालाई आधा आकास ढाक्ने भनेर भनिन्छ, गुणी, उपकारी, सहयोगी, मिठो बोली बोल्ने आदि उपनामले महिलालाई पुकार गर्ने गरिन्छ तर    व्यवहारमा महिलालाई धेरै सताइएको छ । महिला हिंसाका घट्ना दिनानुदिन बढ्दै गएको पाइन्छ । यसैले मलाई बालबालिका तथा महिला बिटमा काम गर्न मन लाग्छ ।
तपाई पत्रकारिता पेशामा लागेको कति समय भयो ?
मैले पत्रकारिता पेशा अँगालेको १४ वर्ष भएको छ । २०५४ साल देखि मोरंगबाट प्रकासित हुने श्रीजनमत साप्ताहिकमा रहेर काम गर्ने मौका पाएँ र २०६५ सालमा आप्mनै नाममा सम्पदा आँचल साप्ताहिक दर्ता गरेर प्रकासन गर्दै आएकी छु । 
एक पत्रकार भएर आईपर्ने समस्या त छँदैछ, महिला पत्रकार भएर बाँच्दाका पिडाहरु कस्ता छन् ?
पत्रकारिता भनेको जोखिम मोल्ने पेशा हो समाचार प्रकासन भएपछि ताली अथवा गाली आएन भने त त्यसमा कुनै मजानै आएन नि । महिलाले घर परिवार हेर्ने, बच्चाबच्ची जन्माउने देखि हुर्काउने सम्मको साथै इष्टमित्र, पाहुना टार्नु पर्ने अर्थात घरको सम्पूर्ण जिम्मेवारी बहन गरेर बचेको समय पत्रकारितालाई दिनु महिलाहरुका लागि सानो चुनौती छैन । त्यसमा पनि महिलालाई होच्याउने, कुनै काम गर्न सक्दैनन् भनेर अविश्वास गर्ने, महिलाले सोचेका कुनै नयाँ सोचलाई त्यत्तिकै हासीमज्जामा उडाउने जस्ता कार्य लगायत अन्य कुदृष्टिले गर्दा महिलाहरु पत्रकारिता पेशामा खुलेर रम्न सकेका छैनन् । त्यहि पेरीफेरीमा मैले रहनु पर्ने बाध्यता रहेको छ । 
पत्रकारिता पेशामा लागेर सन्तुष्ट हुनुहुन्छ त ?
नेपालको पत्रकारिता यस्तै छ पत्रकारको सुरक्षा छैन, पत्रकारिता गरेर आर्थिक आयआर्जन गर्ने अवस्था छैन, पत्रकारलाई समाजमा केहि व्यक्तिहरुले सत्रुवत व्यवहार गर्छन् ,पत्रकारले ककसको के भएको छ उनीहरुका  बारेमा राम्रा कुरा लेखि दिनु पर्ने नराम्रा कुराहरुलाई लृुकाइ दिनु पर्ने आदि गलत मानसिकता रहेको छ । यति हुँदा हुँदै पनि मैले पत्रकारिताबाट समाजलाई बुभ्mने जति अवसर पाएको छु यस अर्थमा म सन्तुष्ट छु, यदि मैले पत्रकारिता नगरेको भए समाजको यो कहालिलाग्दो अवस्था मेरो मानस पटलमा घुस्ने थिएन होला । मैले घर व्यवहार समालेर बचेको समय पत्रकारितामा लगाउँदा समाजलाई केहि भएपनि बुभ्mन सकें । यस अर्थमा म पत्रकारिता पेशामा लागेकोमा सन्तुष्ट छुु ।
तपाइले सञ्चालन गरिरहेको सम्पदा आँचल साप्ताहिक पत्रिका कसरी चलिरहेको छ ?
सम्पदा आँचल साप्ताहिक पत्रिकामा महिला र बालबालिकाको बारेमा साथै वर्तमान शिक्षा पद्धतिका बारेमा कलम चलाई पूर्वाञ्चलको उत्कृष्ट पत्रिका बनाउने मेरो ध्येय थियो । मैले यस विषयमा धेरै महिलाहरुसंग कुरा राखें सबैले राम्रो सोच हो भन्नु भयो तर कसैले साथ दिनु भएन । एउटी महिलाले आप्mनो नीजि लगानी गरेर पत्रिका संचालन गर्नु सा¥है समस्या रहेछ । सम्बाददाता राखौ श्रमजिवि पत्रकार ऐन अनुसार पारिश्रमिक दिन नसकिने, नराख्दा आफुले चाहे जस्ता समाचारहरु समेट्न नसकिने साथी भाइसंग हप्तैपिच्छे यो समाचार पठाईदिनुस न भनेर कति हार गुहार गर्नु पर्छ । 
मोफसल पत्रकारिता गरिरहनु भएको छ, कसरी हेर्नु भएको छ मोफसल पत्रकारिता जगतलाई ?
मोफसल मा रहेर पत्रकारिता गर्नु साच्चै भन्नेहो भने फलामको चिउरा चपाए जस्तो छ । मोफसलमा रहेर पत्रकारिता गर्दा  सुरुमा साधनश्रोत सम्पन्न नहुँदा लोडसेडिङ्गको मारमा परेको छ । सरकारी कार्यालयहरु, संघसंस्था आदिले सहि सूचना दिन इन्कार गर्छन् सम्बन्धित प्रमुखलाई खुसी पारेर केहि सूचना चुहाउन सकेपनि कतिपय सूचना लिन सकिंदैन ।  वितरणमा उत्तीकै समस्या छ,हप्तामा एक दिन मात्र काम हुने हुँदा हकर कोही मान्दैनन् त्यसैले अधिकाँस पत्रिका हुलाकबाट पठाउनु पर्ने बाध्यता छ । पत्रपत्रिका पसलमा पत्रिका राख्न पनि पत्रिका विक्रि  गरेको पैशा चाहिदैन भन्दा पनि उल्टै राखिदिए वापत पैसा दिए हुन्थ्यो भनुला झै गर्छन् । पत्रिकाको मुख्य आय श्रोत विज्ञापननै हो मोफसलका त्यसमा पनि साप्ताहिक पत्रिकाले विज्ञापन पाउनु भनेको आकासको फल आँखातरी मर सरह भएको छ । कतिपय साथीहरुले त सरकारी विज्ञापनमा कमिसन कबोल गरेर ल्याउँदा रहेछन् मलाई त्यस्तो प्रचलन ठीक लाग्दैन । किनकी बिकृति र विसंगतिको अन्त्य गर्न पत्रकारिता गर्नु अनि फेरी आफैले विकृति–विसंगतिलाई मलजल गर्ने हो भने पत्रकारिता गरेको के अर्थ भयो र । जिबिस, नगरपालिका लगायतका सरकारी कार्यालयहरु र विद्युत, टेलीकम, कृषि विकास बैंक, राबा बैंक लगायतका संस्थानका विज्ञापन छाप्न कमिसन विना सम्भव छैन । मोफसलका पत्रकारहरुलाई तालिमको व्यवस्था छैन ।
मोफसल क्षेत्र भएपनि इटहरी त विकसित ठाउँहो ,अन्य जिल्लाहरुको तुलनामा यहाँको पत्रकारितात अलि माथीनै उठेको होला, होइन ?
हो इटहरीलाई पुर्वाञ्चलको केन्द्र विन्दु भनेर चिनिन्छ । इटहरीको बस्ती विस्तारमा अत्यधिक बृद्धि भएको छ । अन्य जिल्लाको तुलनामा इटहरीलाई सुगम मान्नु पर्छ तर सानो पूँजीबाट सुरु गरिएको साप्ताहिक पत्रिका भएकाले समस्या उत्तिकै छ । यदि पूँजी प्रसस्त भएको भए कलेवरमा प्रकासन गरि आवश्यकता अनुसार सम्बाददाताहरु नियुक्ति गर्न सक्ने हो भने केहि उन्नती गर्न सकिन्थ्यो होला तर पूँजीको अभावमा मरिच चाउरिएझै चाउरिनु परेको अवस्थामा इटहरी शहरमा बसेको कुनै अर्थ हुँदो रहेनछ । किनकी यहाँ अत्यधिक प्रतिस्पर्धा छ, ठूला नाङले पत्रिकाहरुको पतिस्पर्धा भएको इटहरीमा साना पत्रिकाहरु कता       हराउँछन् कता कुनै लेखाजोखा हुँदो रहेनछ । 
मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ?
समयको दौरानसंगै समस्याहरु एकपछि अर्को थपिदै जाने गर्छन् तसर्थ यसो गरेमा समस्या समाधन हुन्छ भनेर किटान गर्न मिल्दैन । हालको समस्या समाधान गर्न मुलुक र जनताका खातिर ज्यान दिन पछि   नपरिकन जनतालाई सूचना प्रबाह गराउँदै आएका पत्रकारको जीवन विमा सरकारले गरिदिनु पर्छ । पत्रकारले सहज ढंगले प्रकृया अनुसार सूचना पाउने व्यवस्था मिलाउनु पर्छ । सूचना पाउने जनताको नैसर्गिक अधिकारमा अबरोध खडा गर्ने पदाधिकारी कर्मचारी आदिलाई कानुनी दायरामा ल्याउनु पर्छ । समानुपातिक विज्ञापन नीति, श्रमजिवी पत्रकार ऐन तत्काल एकै साथ लागु गर्नु पर्छ । पत्रकारलाई कुटपिटगर्ने, अभद्र व्यवहार गर्ने, पत्रकारको हत्या गर्नेहरुलाई कडाभन्दा कडा सजाय गर्नु पर्छ अर्थात सूचना र सुरक्षाको ग्यारेन्टी सरकारले लिनु पर्छ ।
मोफसल पत्रकारका समस्या समाधानका लागि नेपाल पत्रकार महासंघले कस्तो भुमिका खेलेको लेख्नु हुन्छ ?
मोफसलका पत्रकारहरुलाई नेपाल पत्रकार महासंघले भोट बैंक मात्र मानेको छ, सबै अबसरहरु केन्द्रिकृत छन् । समानुपातिक विज्ञापनका बारेमा केहि बोल्नु नसक्ने नेपाल पत्रकार महासंघले मोफसलको पत्रकारहरुको समस्या समाधानका लागि केहि गरि दिन्छ की भन्ने मलाई झिनो आशा पनि छैन ।
पत्रकारितामा लागेर कत्तिको पैसा कमाउनु भयो त ?
पत्रकारिता गरेर पैसा कमाउने सोच राख्नेहरु पत्रकार हुन सक्दैनन् । पत्रकारितामा पैसा छैन, जोखिम छ इज्जत छ, आत्म सन्तुष्टि छ । मैले पत्रकारिता गरेको पैसा कमाउन होइन आत्म सन्तुष्टि लिन हो । पैसा कमाउन पत्रकारिता नभएर अरु पेशा व्यवसाय गर्नु पर्छ  ।
तपाइको पारिवारिक स्थिति भन्न मिल्छ ?
मिल्छ नि, किन नमिल्नु । पत्रकारका सबै कुरा सार्वजनिक हुन्छन् गोप्य राख्नुृ पर्ने केहि हुँदैन । म बस्नेतकी छोरी हुँ मेरा बुबा म ६ महिनाकी हुँदा निधन हुनु भएको आमाले म र मेरो दाजुलाई दुख कष्टले हुर्काउनु भयो मेरो माइति घर बिराटनगरमा छ । २०५० सालमा पत्रकार शालिग्राम पाण्डेसंग विबाह भएपछि २०५१ सालमा छोरा र २०५३ सालमा छोरी जन्मीएकीले उनीहरुको हेरचाह स्याहार सुसार, शिक्षा दिक्षा दिदै आएकी छु, इटहरी नपा वार्ड नं ८ मा सानो काठको झुपडीमा बस्दै आएकाछौं ।
तपाइको विचारमा पत्रकारिता के हो ?
मेरो विचारमा पत्रकारिता भनेके समाजको ऐना हो । 
तपाइका रुचि र चाहनाहरु बताउन मिल्छ ?
भने जस्तो भए देखि सोचे जस्तो पुगे देखि किन पो यस्तो हुन्थ्यो र ? मेरा रुची चाहनाहरु उमेरमा धेरै थिए ती रुची र चाहनालाई उमेर बित्दै जाँदा घरपरिवारमा अल्झनमा परेपछि ती सबै सपना भए । अब मेरो चाहना भनेको पत्रकारीताको माध्यमबाट समाजलाई बदल्ने अर्थात सभ्य समाजको निर्माण गर्ने र असहाय, दिनदुखी, विरामी, बृद्धाहरुको सेवामा समर्पित हुने यतिमात्र हो ।
अन्त्यमा केही भन्न मन लागेको छ ?
पत्रकारिता पेशा मर्यादित बनोस, पत्रकारिताका नाममा कसैले समाजमा कलंक फैलाउने प्रयास नगरुन् नेपाली सभ्यता, मौलिकता, विविधताको सबैले कदर गरौं, जातीय विभेद होइन जातीय एकता कायम राखेर सबै नेपाली समान इज्जत, समान अवसरमा बाँच्न सकौं । आनी छोइङ डोल्माले गाएको गित झै सबैको चित्त शुद्धि होस र सबै नेपालीले सबै नेपालीलाई काँडाको होइन पूmलको आँखाले हेर्ने गरौं । सुन्दर र शान्त नयाँ नेपालको निर्माणमा हाम्रा सबै स्वार्थ त्यागेर लागौं । यति नै छ मेरो भनाई ।

कला, साहित्य, संस्कृति

गजल 

हिमाल जस्तो नाममा 
सागर जस्तो भावना 
फलोस फुलोस तिम्रो जीवन 
यहि छ मेरो लाखौं लाख शुभकामना 
हासो भने बिर्सि सके 
आँशुमा नै बाँचेको छु 
फुल जति झरी सके 
काँडामात्र साँचेको छु 
सागरको गहिराईमा ढुङ्गा बनि 
जिन्दगीको हरेक पलमा 
“अन्जान” को याद गरिदिनु 
ढुङ्गा र माटोले बनेको पहाडमा पनि 
वाढी पहिरो गईरहन्छ 
उदास छाउने जीवनमा पनि 
मिलन र बिछोड भईरहन्छ ।

रमेश नेपाली “अन्जान”
सिलगडी–४, डोटी


महत्वपूर्ण जानकारी

१. संयुक्त राष्ट्र संघका हालसम्मका महासचिवहरुको नाम र पदावधी ः– 
१. दिग्वेली (नर्वे)       सन १९४६ — सन १९५३ 
२. ड्याग ह्यामर सोल्ड (स्वीडेन) 
सन १९५३—सन १९६१
३. उ थान्त (म्यान्मार)   सन १९६१ — सन १९७१                              
४. कुर्त वाईल्ड हाईम (अस्ट्रिया) 
                          सन १९७२ — सन १९८१ 
५. हाभियर पेरेज द कोय्यार (पेरु) 
                             सन १९८२ — सन १९९१ 
६. डा. बुत्रोस बुत्रोस घाली (ईजिप्ट) 
                            सन १९९२ — सन १९९६ 
७. कोपी अन्नान (घाना)    सन १९९७ — सन २००६
८. बान कि मुन (दक्षिण कोरिया) 
                         सन २००७ — देखि हालसम्म
नेपालमा कुन संबैधानिक आयोगमा कति सदस्य ? 
       नेपालको अन्तरीम संबिधान २०६३ साल माघ १ गते तत्कालीन अन्तरीम व्यवस्थापिका–संसदवाट अनुमोदन भई लागु भएको थियो । उक्त संबिधान पहिलो पटक २०६३ साल फागुन ३० गते बुधवार संसोधन भएको  थियो ।  हाल संबिधानको दशौं संसोधन गर्ने कसरत   भईरहेको छ । उक्त संबिधानले व्यवस्था गरेका संबैधानिक आयोगहरु र  त्यसमा रहने सदस्य संख्या यस प्रकार रहेका छन । 
१. अख्तियार दुरुपयोग अनुसन्धान आयोग ः यस आयोगको व्यवस्था धारा ११९ मा गरिएको छ । उक्त   धाराको उपधारा १ मा एक जना प्रमुख आयुक्त र आवश्यक संख्यामा अन्य आयुक्तहरु रहने व्यवस्था गरिएको छ । 
२. लोकसेवा आयोग ः अन्तरीम संबिधानको धारा १२५ मा यस आयोगको व्यवस्था गरिएको छ । उक्त   धाराको उपधारा १ अनुसार एक जना अध्यक्ष र आवश्यकता अनुसार अन्य सदस्यहरु रहने व्यवस्था गरिएको छ । 

बिज्ञापन 

मालपोत कार्यालय डोटीबाट जारी गरिएको हकदावी सम्वन्धि ३५ दिने सार्वजनिक सूचना

                                                    मिति ः २०७०।०६।०१
मेरा नाउँमा नाप नक्सा भएको डोटी साविक छहरा हाल छतिवन गा.वि.स.वडा नं.२ स्थित मेरो हकभोग भित्रको तपसिल बमोजिमका कि.नं. को जग्गा दर्ता गर्न छुट भएकोले उक्त जग्गा मेरा नाउँमा छुट जग्गा दर्ता गरीपाउँे भनी डडेल्धुरा आलीताल गा.वि.स. वडा नं. ३ बस्ने परि सुनारको छोरा मनि सुनारले यस मालपोत कार्यालय डोटीमा निवेदन दिनु भएकोले सो जग्गा दर्ता गर्र्नेे कार्यवाहीको सिलसिलामा यो सूचना प्रकाशित गरिएको छ । उक्त जग्गा कसैको व्यक्तिगत, सरकारी सार्वजनिक, गौचरन, पानीधारा आदि भित्र पर्छ पर्दैन, कुनेै कसैको जग्गा घुसे घुसाएको छ या कसैको हकदावी लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ (पैतिस) दिन भित्र (बाटाका म्याद बाहेक) आफूसंग भएका सक्कल प्रमाणहरु साथमा लिई यस कार्यालयमा हकदावी गर्न आउनु होला । अन्यथा नियमानुसार भई जाने व्यहोरा जानकारी गराईन्छ । 

मालपोत कार्यालय डोटीबाट जारी गरिएको हकदावी सम्वन्धि ३५ दिने सार्वजनिक सूचना

मितिः– २०७०÷०६÷०१
मेरा नाउँमा नाप नक्सा भएको डोटी साविक छहरा हाल छतिवन गा.वि.स.वडा नं.२ स्थित मेरो हकभोग भित्रको तपसिल बमोजिमका कि.नं. को जग्गा दर्ता गर्न छुट भएकोले उक्त जग्गा मेरा नाउँमा छुट जग्गा दर्ता गरीपाउँे भनी डडेल्धुरा आलीताल गा.वि.स. वडा नं. ३ बस्ने परि सुनारको छोरा मनि सुनारले यस मालपोत कार्यालय डोटीमा निवेदन दिनु भएकोले सो जग्गा दर्ता गर्र्नेे कार्यवाहीको सिलसिलामा यो सूचना प्रकाशित गरिएको छ । उक्त जग्गा कसैको व्यक्तिगत, सरकारी सार्वजनिक, गौचरन, पानीधारा आदि भित्र पर्छ पर्दैन, कुनेै कसैको जग्गा घुसे घुसाएको छ या कसैको हकदावी लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ (पैतिस) दिन भित्र (बाटाका म्याद बाहेक) आफूसंग भएका सक्कल प्रमाणहरु साथमा लिई यस कार्यालयमा हकदावी गर्न आउनु होला । अन्यथा नियमानुसार भई जाने व्यहोरा जानकारी गराईन्छ । 

मौवा नगरदह स्वास्थ्य चौकी 
कालिकास्थान, डोटी 
कर्मचारी आवश्यकता सम्वन्धि सूचना 

प्रकाशित मिति ः २०७०÷६÷१ गत
    डोटी जिल्ला कालिकास्थान गाबिसस्थित मौवा नगरदह स्वास्थ्य चौकीमा ल्याव असिष्टेण्ट     करार पदमा खुल्ला प्रतियोगिताद्वारा पदपुर्ति गर्नु पर्ने भएकोले तपशिल अनुसारको योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुवाट सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र यस कार्यालयमा आई दरखास्त दिन हुन यो सूचना प्रकाशित गरिएको छ । 
तपशिल 
बिज्ञापन नं. ०१÷०७०–०७१
पद ः ल्याव असिष्टेण्ट 
तलव ः स्वास्थ्य व्यवस्थापन समितिको निर्णय अनुसार 
शैक्षिक योग्यता ः ल्याव कोर्ष उत्तीर्ण 
कार्य अनुभव ः सम्वन्धित क्षेत्रमा १ वर्ष काम गरेकालाई बिशेष ग्राह्यता दिईने छ । 
उमेतर ः १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको 
दरखास्त दिने अन्तिम मिति ः २०७०÷६÷१५ गते 
सम्पर्क मिति ः २०७०÷६÷१६ गते 
परीक्षाको किसिम ः अन्तरवार्ता 
गर्नु पर्ने काम ः स्वास्थ्य चौकीमा ल्याव असिष्टेण्टले गर्नु पर्ने सम्पूर्ण कार्यहरु 
दरखास्त साथ पेश हुनु पर्ने कागजातहरु ः नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी,    
                                      ः ल्याव उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपी 
थप जानकारीको लागि ः ९८४८४३१८०४ मा सम्पर्क गर्नुहोला । 

हार्दिक बधाई तथा शुभकामना

”समाबेशी र सु–शासनयुक्त सामुदायिक वन, समुदायको सुदृढ संगठन हाम्रो अभियान“ भन्ने मुलनाराका साथ सम्मपन्न सामुदायिक वन उपभोक्ता महासंघ, डोटीको तेश्रो अधिवेशनबाट कृष्ण मलासी ज्यूको अध्यक्षतामा नया कार्य समिति चयन भएकोमा उक्त अधिवेशनवाट चयन हुन सफल अध्यक्ष तथा सम्पुर्ण पदाधीकारी ज्यूहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै नयाँ कार्यकालको लागि हार्दिेक शुभ–कामना ब्यक्त गर्दछौ ।
धर्मा ऐर–उपाध्यक्ष
राधिका वोहरा–महासचिव 
लोकबहादुर थापा–सचिव
घनश्याम जोशी–कोषध्यक्ष
सदस्यहरु 
विजय साउद
गगन सिं रावत
हेमा देवी खड्का
डम्मरु कार्की
शर्मीला मलासी
कृष्ण रावत
जितबहादुर बम
पतिराम टमटा
गोमती वोहरा
शान्ति चुनारा
बसन्त घर्ती
पुर्ण सिं वि.क.
जुन्ति देवी साउद
कलापती मल्ल
गोमाकुमारी वोहरा

संयोजक 
रविन्द्र प्रशाद जोशी 
ग्रामीण न्युनिकरण कार्यक्रम 
तथा सम्पुर्ण कर्मचारी परिवार

हार्दिक श्रद्धाञ्जली

  आत्मीय मित्र एवं नेकपा एमाले खातिवाडा गाउँ कमिटी, डोटीका सदस्य कमरेड भारमल साउँदको असामयिक निधनले अन्त्यन्तै मर्माहत वनाएको छ । दुःखको यस घडीमा मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सोकामुल परिवारजनप्रति समवेदना व्यक्त ग गर्दछु ।
नारद मलासी 
सेती अञ्चल सदस्य, नेकपा एमाले