Tuesday, September 10, 2013

बिम्ब साप्ताहिक २०७० भाद्र २५ गते

d'Vo ;dfrf/
pDd]bjf/sf nflu bnx?df ;j{;Ddlt x'g ;s]g

Pdfcf]jfbLdf p:t}, sf+u|]; uf]nrSs/df, Pdfn]n] dtbfgjf6 6''+Uof]

मंसिर ४ गते हुने अर्को संबिधानसभाको निर्वाचनका लागि डोटीका प्रमुख दलहरुमा उम्मेदवार चयनको बिषयमा सर्वसम्मत हुन सकेन । एमाओवादीका अहिलेसम्म उम्मेदवार सिफारिस भएका छैनन्, कांग्रेसले गोलचक्करमा नामावली सिफारिस गरेको छ, एमालेले मतदानवाट टुंग्याएको छ । 
अर्को संबिधानसभाको निर्वाचनमा लागि उम्मेदवार छान्न नेपाली कांग्रेस र नेकपा एमालेको केन्द्रले जिल्लालाई भाद्र २० गतेभित्र सम्भावित उम्मेदवारहरुको नामावली सिफारिस गर्न निर्देशन गरेका थिए । सोही अनुसार निर्वाचन क्षेत्रीय समिति र जिल्ला समितिहरुमा सर्वसम्मत गर्ने प्रयास भएपनि सफल हुन सकेन । अन्ततः वैकल्पिक वाटो अपनाउनु परेको ती दलका नेताहरुले वताएका छन । 
नेपाली कांग्रेस केन्द्रले प्रत्येक निर्वाचन क्षेत्रवाट प्रत्येक्षमा तीन जना र समानुपातिकमा पाँच जनाको नाम सिफारिस गर्न निर्देशन गरेको भएपनि सहमति हुन सकेन । दुईवटै निर्वाचन क्षेत्र र पार्टी जिल्लामा लामो समयसम्म छलफल गर्दा समेत टुङ्गो लगाउन नसकिएपछि जिल्ला पार्टीले ईच्छा भएका व्यक्तिहरु सवैको नाम सिफारिस गरेको    छ । कांग्रेस डोटीका सचिव पदम रावतले पार्टी ईच्छा भएका सवै व्यक्तिहरुको सिफारिस गर्ने पार्टी जिल्लाको सर्वसम्मत निर्णय पछि आफुहरुले सवैका नाम      सिफारिस गरेको वताए । “त्यस्तो बिवाद त होईन तर पार्टीमा धेरै नेताहरुले ईच्छा व्यक्त गरे” रावत भन्छन–जिल्लामै कसैको नाम किन रोक्ने भन्ने कुरा आएपछि जतिले ईच्छा राखे सवैका नाम     सिफारिस भएका छन । 
रावतका अनुसार निर्वाचन क्षेत्र–१ वाट प्रत्येक्षमा भरत खड्का, बिरवहादुर वलायर, नरेन्द्रवहादुर सिंह, घन्श्याम पाठक, रामप्रसाद उपध्याय, कैलाश सिं साउँद र नन्दसिं धामीको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ पूर्व मन्त्री भक्तवहादुर वलायर, पूर्व सभासद् कल्पना सोव लगायत १६ जनाको नाम सिफारिस भएको    छ । यस्तै क्षेत्र–२ का लागि प्रत्येक्षमा पूर्व सांसद यज्ञराज पाटक, नेता योगेन्द्र शाही, केशव  राज उपाध्याय, लक्ष्मीराज पाठक, कृष्णवहादुर चन्द, प्रदिप देउवा, पदमराज जोशीका नाम सिफारिस भएका छन । प्रत्येक्षमा नाम सिफारिस हुनेमा दीपक बिष्ट, हर्क देउवा, सोपान वोहराको नाम समेत समावेश रहेको छ । समानुपातिकतर्फ पूर्व मन्त्री   सिद्धराज ओझा, नेताहरु दीपक शाही, मीना बिष्ट लगायत १२ जनाको नाम सिफारिस भएको     रावतले जानकारी दिए । 
क्रमसंख्या अनुसार पहिलोमा कस्को नाम सिफारिस गर्ने भन्ने बिषयमा विवाद सृजना भएपछि रजिष्टरमा गोलो घेरा वनाई वरिपरी नाम लेखेर केन्द्रमा सिफारिस भएको कांग्रेस स्रोतले जानकारी दिएको छ । तर, सचिव रावत विवादका कारण नभई कुन एक नम्वरमा राख्ने भन्ने आधार छुट्याउन समस्या भएपछि सर्वसम्मतिका आधारमा गोलचक्करमा पठाउने निर्णय भएको वताउँछन । 
यसअघि डोटी क्षेत्र–१ वाट प्रत्येक्षतर्फ दावी गर्दै आएका पूर्व मन्त्री वलायरले भने आफुलाई समानुपातिकमा सुरक्षित गरेका छन । 
उता अर्को ठुलो दल नेकपा एमालेमा पनि उम्मेदवारको बिषयमा निकै रस्साकस्सी भएको छ । निर्वाचन क्षेत्र–२ मा सजिलैसंग पार्टी केन्द्रको निर्देशन अनुसारनै तीन जना प्रत्येक्ष र पाँच जना समानुपातिकमा सिफारिस गर्न सफल भएपनि क्षेत्र–१ को उम्मेदवार छान्न पार्टीका लागि फलामे च्युरानै सावित भएको छ । 
धेरै नेताहरुले उम्मेदवार वन्ने ईच्छा        राखेपछि सहमतिका लागि दुई दिनसम्म सञ्चालन भएको पार्टी जिल्ला कमिटीको बैठकले सहमति जुटाउन सकेन । अन्ततः जिल्ला कमिटीभित्र मतदान गरी टुंगो लगाईएको छ । प्रत्येक्षतर्फ तीन जनाको नाम पठाउनु पर्नेमा ६ जनाको ईच्छा आएपछि निर्वाचन भएको थियो । निर्वाचनवाट पार्टी जिलला अध्यक्ष चक्रवहादुर मल्ल, पूर्व अध्यक्ष नारद मलासी र महिला नेतृ शारदा भट्ट चयन भएको अध्यक्ष मल्लले जानकारी गराए । त्यस्तै समानुपातिकतर्फ मञ्जु मलासी, बिजयराज श्रेष्ठ, अर्चना गहतराज, सिता रायमाझी र खगेन्द्र नेपालीको नाम सिफारिस भएको छ । आफुलाई प्रमुख दावेदारका रुपमा प्रस्तुत गर्दै आएका र बिपक्षीहरुले पनि वलियो उम्मेदवार भन्ने ठानेका पूर्व सभासद् हर्कवहादुर सिंह भने उम्मेदवार छनौटको निर्वाचन प्रक्रियामा सहभागि भएनन् । गत संबिधानसभाको निर्वाचनमा एमालेले पार्टी जीवनकालमै डोटीमा पहिलो पटक डोटी क्षेत्र–१ वाट निर्वाचन जितेको थियो । 
बिगत संबिधानसभाको निर्वाचनवाट सवैभन्दा ठुलो पार्टी भएको र डोटीको क्षेत्र–२ समेत जित्न सफल भएको एनेकपा माओवादीमा भने हालसम्म उम्मेदवारको कुनै टुङ्गो लागेको छैन । पार्टी जिल्ला संयोजक त्रिलोचन भट्टका अनुसार आज मंगलवार देखि निर्वाचन क्षेत्रीय कमिटीवाट उम्मेदवार चयनको प्रक्रिया थालिनेछ ।  

समाचार बिबिध 

हलिया महासंघमा औपचारिक विभाजन

मुक्त हलियाहरुको संस्था राष्ट्रिय मुक्त हलिया महासंघको दोश्रो पटक तेश्रो अधिवेशन भएसंगै संस्थामा औपचारिक बिभाजन आएको छ । 
२०६४ सालमा स्थापना भएको राष्ट्रिय हलिया मुक्ती महासंघ २०६५ साल भाद्र २१ गते नेपाल सरकारवाट औपचारिक रुपमा हलिया मुक्तीको घोषणा भएपछि राष्ट्रि मुक्त हलिया महासंघमा परिणत भएको थियो । महासंघको जेठ २८ र २९ गते कञ्चनपुरमा भएको तेश्रो अधिवेशनवाट गैर हलियाहरु नेतृत्वमा आएका भन्दै विवाद सुरु भएको थियो । बिवाद जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा समेत पुगेको थियो । 
उक्त बिवादपछि हलिया मुक्ती दिवसको अवसर पारी शुक्रवार डोटीमा तेश्रो अधिवेशन गरिएको छ । तेश्रो अधिवेशनवाट डम्मर बिकको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन भएको छ । कार्यसमितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष देवकी दमाई (कञ्चनपुर), महासचिव कलुवा लुहार          (वाजुरा), कोषाध्यक्ष नर्मा बिक (वाजुरा) र सचिव नरेन्द्र बिक   (डडेल्धुरा) रहेका छन । 
यस्तै सदस्यहरुमा शेरवहादुर बिक (अछाम), प्रेम कोली (कञ्चनपुर), बिरवहादुर तिरुवा (वैतडी) र भीम सार्की (कैलाली) रहेको नवनिर्वाचित अध्यक्ष डम्मर बिकले    वताए । “बिधानत कार्य समिति ११ सदस्यीय हुनु पर्ने हुन्छ” अध्यक्ष बिकले भने “दुई जना सदस्यहरुलाई पछि कार्यसमितिको वैठकवाट मनोनित गर्ने सहमति भएको छ । अध्यक्ष बिकले महासंघमा गैर हलियाहरुको नेतृत्व वास्तविक हलियाहरुलाई स्वीकार्य नभएका कारण फेरी तेश्रो अधिवेशन गर्नु परेको वताए । 
कार्यक्रममा महासचिव कलुवा लुहारले महासंघवाट वास्तविक हलियाहरुलाई बिस्तापित गर्दै राजनीतिक संगठन वनाउने प्रयास कञ्चनपुरको अधिवेशनवाट भएको वताए । “अधिवेशनमा वास्तविक मुक्त हलियाहरु प्रतिनिधि भएर आउन पाएनन्” लुहारले भने “वास्तविक हलियाहरुको प्रतिनिधित्व भएको अधिवेशनवाट वास्तविक हलियाहरुकै कार्यसमिति भएको महासंघ हामीले वनाएका छौं ।” लुहारले “जसको सवाल उसैको नेतृत्व” भन्ने नारा लागिरहेका वेला मुक्त हलियाहरुको नेतृत्व गैर हलियाहरुले गर्ने भन्ने हुँदैन भन्दै हलियाको नाममा राजनीति गर्न कसैलाई पनि छुट नभएको वताए । 
अधिवेशन आयोजक समितिका संयोजक समेत रहेका नवनिवौचित अध्यक्ष बिकको सभापतित्वमा भएको अधिवेशनेको उद्घाटन सत्रमा डोटीमा क्रियासिलत राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, बिभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, गैससका प्रतिनिधिहरु र सञ्चारकर्मीहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


आलु खेतीवाट जीवन निर्वाह

आफ्नो जमिनबाट धान र गँहु फलाएर तिन महिनासम्म मात्र परिवारको पालन पोषण गर्न पुग्ने बाजुरा जिल्ला आटिचौर गाविस–७ का जयनाथ योगी अचेल आलु खेतीवाट मनग्य कमाउन थालेका छन । 
“परिवार पाल्न धौ धौ भएपछि भारतमा नोकरी र ज्यालादारी गरी भरमा     परिवारको जिवीका चलाउनु पथ्र्यो” जयनाथ भन्छन– केटाकेटीको पढाई खर्च समेत जुटाउन गा¥हो भएको थियो । परम्परात अन्न वालीको सट्टा आलु खेती गर्न थालेपछि आफ्नो जीवनस्तर माथी उठ्न थालेको योगी वताउँछन । अहिले आफ्नो परिवार पाल्न र छोराछोरीको कापीकलम किन्नका लागि प्रवास धाउनु पर्दैन, योगीले आप्mनो जीवन सहज भएको वताए । 
गरीवी कोषको सहयोगमा स्थापना भएको दियो सामुदायिक संस्था, आटिचौरमा आवद्ध भएर आलु खेती गर्न भनि १२ हजार  ऋण लिएर आफुले आलु खेती    गरेको योगीको भनाई छ । पहिलो वर्षनै परम्परागत खेती भन्दा रामे आम्दानी भएपछि मैले सामुदायिक संस्थाको पुरानो ऋण चुक्ता गरी फेरी ४० हजार ऋण लिएर तरकारी खेतीमै लागे, योगीले भने “हाल गाउँमा विक्री नभएको आलु स्थानीय बजारमा बिक्री गर्ने गरेको छु ।”
सामुदायिक संस्थामा नियमित वैठक र ऋण लगानी असुली, प्रक्रियाको लागी सवै सदस्यहरुलाई जागरुक बनाएका योगीले एक कृषक मात्र नभई सफल व्यवसायी पनि वनेका छन यिनले हाल बाख्रा पालन पनि सुरु गरेका छन । “अन्न बाली भन्दा नगद आर्जन हुने खालका बाली लगाउदा छिटो र वढी आम्दानी हँुदो रहेछ” योगीले अन्य कृषकहरुलाई पनि नगदे वालीमा परिश्रम गर्न आग्रह गरे ।  

राष्ट्रिय शिक्षा दिवस डोटीमा मनाईयो

“बालमैत्री अनिवार्य शिक्षा, ज्ञान र सीपको सुनिश्चितता” भन्ने नाराका साथ डोटी जिल्लाका बिभिन्न गाबिसहरुमा आईतवार राष्ट्रिय शिक्षा दिवस मनाईएको छ 
जिल्ला शिक्षा कार्यालय, डोटीको सहकार्यमा सामुदायिक विकास केन्द्रद्वारा राष्ट्रिय शिक्षा दिवसमा बिद्यालय, गाबिस तथा श्रोत केन्द्र स्तरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो । जिल्ला शिक्षा कार्यलय डोटीको सहकार्य तथा बिभिन्न गैर सरकारी संस्थाहरुको आर्थिक सहयोगमा जिल्लाका विभिन्न ठाउँहरुमा सो दिवसको अवसर पारेर समुदाय तथा विद्यालयस्तरीय अन्तरक्रियाका साथै अतिरिक्तत त्रियाकलापहरु संचालन गरिएको संस्थाका कार्यक्रम संयोजक खेमराज भण्डारीले जानकारी दिए । 
यसैगरी जिल्लामा “बालमैत्री अनिबार्य शिक्षा” भन्ने बिषयमा परिसम्बाद कार्यक्रम सञ्चालन गरिएको भण्डारीले वताए । शिक्षासंग सरोकार राख्ने बिभिन्न व्यक्तिहरुको सहभागिता रहेको सो परिसम्वाद कार्यक्रमको डोटीका दुईवटै एफएम रेडियोहरुवाट प्रत्येक्ष प्रसारण भएको संस्थाले    जानकारी दिएको छ । 
पचनालीमा विद्यालयस्तरीय सांस्कृतिक कार्यक्रम, तिजाली मा प्रावि तथा निमावि स्तरीय सांस्कृतिक कार्यक्रम, तिखातरमा बिषयक अन्तरक्रिया, छपाली, गिरीचौका, दहकालिकास्थान र मादेवस्थानमा हाजिरी जवाफ, वक्तित्वकला र सांस्कृतिक कार्यक्रम संचालन गरिएको खवर प्राप्त भएको छ । 

तिजमा बिबिध कार्यक्रम

हिन्दु नारीहरुको महान चाँड डोटीमा पनि विविध कार्यक्रममा साथ औपचारिक रुपमा मनाईएको छ ।
हिमालयपुत्री पार्वतीले भगवान शिवसंग बिवाह होस भनि गरेको तपस्या सफल भएको दिनका रुपमा मानिने यस दिनलाई हिन्दु नारीहरुले बिजय उत्सवको रुपमा मनाउने गरेका छन ।
तिजको अवसरमा समाज सेवा डोटी नामक गैर सरकारी संस्थाले मातृशिशु स्वास्थ्यको क्षेत्रमा चेतनामुलक सन्देश दिने उद्देश्यका साथ आयोजना गरेको थियो । वल्र्ड भिजन अन्तराष्ट्रिय नेपाल डोटी पश्चिम क्षेत्र बिकास परियोजना र समाज सेवा डोटीको साझेदारीमा सञ्चालन भईरहेको “वालस्वास्थ्य अहिले” अभियान अन्तरगत सो तिजी कार्यक्रमको आयोजना गरिएको संस्थाकी कार्यक्रम संयोजक भागरथी ऐरले जानकारी दिईन । 
यसैगरी तिज समारोह समिति डोटीले डोटीका बिभिन्न गैर सरकारी संस्थाहरुको आर्थिक सहयोगमा “घरेलु हिंसा अन्त्य अभियानमा जुटौं” भन्ने मुल नाराका साथ मानवअधिकार मैत्री तिज कार्यक्रम आयोजना गरेको थियो । 
यस्तै समान पहुँत बिकास केन्द्र सिड नेपाल नामक गैर सकारी संस्थाले डोटीको सानागाउँमा तिज कार्यक्रमको आयोजना गरेको थियो । स्वास्थ्य सम्वन्धि चेतना अभिबृद्धि गर्ने र एचआईभी÷एड्स बिरुद्धको अभियान सफल पार्ने खालका गिती प्रतियोगिता समेत कार्यक्रममा गराईएको संस्थाका अध्यक्ष शेरवहादुर मल्लले जानकारी गराए । 
वढी भड्किलो, खर्चिलो र बिकृत स्वरुपमा तिज मनाउने  गरेको आलोचना बिभिन्न क्षेत्रवाट हुन थालेपनि यस र्ष डोटीमा भने त्यस्तो बिकृति देखिएन ।

डोटीमा छुवाछुत निगरानी केन्द्र गठन

डोटी जिल्लालाई जातीय छुवाछुत मुक्त जिल्ला घोषणा गर्ने उद्देश्यका साथ छुवाछुत निगरानी केन्द्रको गठन भएको छ । 
सम बिकास केन्द्र ईडिसी र राष्ट्रिय दलित नेटवर्कको साझेदारीमा सञ्चालित “जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागि सचेतना अभियान” अन्तरगत शुक्रवार जिल्ला सदरमुकाममा आयोजित एक कार्यक्रमका बिच सो केन्द्र गठन भएको सम बिकास केन्द्र डोटीका कार्यक्रम संयोजक योगेश मल्लले जानकारी दिए । केन्द्रको संयोजकमा पुनरावेदन वार ईकाई राजपुर डोटीका उपाध्यक्ष दीपक वहादुर सिंह, सदस्यहरुमा नेपाल पत्रकार महासंघ डोटीका उपाध्यक्ष योगेन्द्र वलायर, नागरिक समाजको तर्फवाट रघु कठायत, महिला अधिकारकर्मीवाट शारदा भट्ट, दलित अधिकारकर्मीवाट कुमार सिं टेलर, दलित महिला संघका डोटी अध्यक्ष शशी सोव, रुकमणी परियार, गीता नेपाली  रहेका समेत कार्यक्रम संयोजक मल्लले वताए ।
ईडिसीका अध्यक्ष अधिराज बिसीको सभापतित्वमा भएको सो कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले यो कार्यक्रममा महिलाहरुलाई वढी समावेश गराउनु पर्ने धारणा व्यक्त गरेका थिए । “पुरुषहरु महिलाहरुको तुलनामा वढी सचेत छन, त्यसकारण पुरुष भन्दा महिलालाई अगाडी वढाउनु पर्छ” प्रजिअ काफ्लेले कार्यक्रमको सफलताको कामना समेत व्यक्त गरे । 
राजनीतिक दलहरुको तर्फवाट वोल्दै नेपाली कांग्रेसका रामप्रसाद उपाध्यायले जातीय छुवाछुत मुक्त जिल्ला घोषणा गर्न यो अभियानमा डोटीका दलहरु प्रतिवद्ध रहेको वताए  

निजामती कर्मचारी पुरस्कृत

नेपाल निजामति सेवा दिवसको अवसरमा डोटीमा कार्यरत १४ जना कर्मचारीलाई पुरस्कृत    गरिएको छ । 
आईतवार आयोजना गरिएको एक कार्यक्रममा प्रत्येक कार्यालयवाट एक जना कर्मचारी पुरस्कृत भएका जिल्ला भु–संरक्षण कार्यालयका प्रमुख दामोदर ऐरले जानकारी दिए । ऐरका अनुसार जिल्ला प्रशासनका कार्यालयका शाखा अधिकृत खगेन्द्रप्रसाद भट्ट, जिल्ला स्वास्थ्य कार्यालयका नासु रुपसिं मल्ल, मालपोत कार्यालयका खरिदार दीपक नगरकोटी र डिभिजन सहकारी कार्यालयका सहायक निरीक्षक    सुवराज श्रेष्ठलाई पुरस्कृत गरिएको छ ।
यसैगरी ईलाका हुलाकका खरिदार मानवहादुर बिष्ट, कृषि बिकास कार्यालयका प्राबिधिक सहायक      सरिता पन्त, पशुसेवा कार्यालयका प्राबिधिक सत्यनारायण राजभण्डारी, कारागारका सलेपा पुष्पा भट्ट, जिल्ला भु–संरक्षण कार्यालयका खरीदार देववहादुर खड्का, जिल्ला अदालत डोटीका रामवहादुर लुहारलाई पुरस्कृत गरिएको छ । पुरस्कृत हुने अन्य कर्मचारीहरुमा महिला तथा वालवालिका कार्यालयका सहयोगी चन्द्र धामी, जिल्ला प्राबिधिक कार्यालयका संगीता अधिकारी, वन कार्यालयका सवारी चालक खडक तमौली, शिषा कार्यालयका सवारी चालक उद्धव भट्ट, निर्वाचन कार्यालयका सहयोगी रामसिं ढाँट, जिबिसका सहयोगी दिपेन्द्रराज भट्ट, दिसिनपाका सहयोगी झपड धामी रहेका छन । 
“सुशासन र सदाचार, निजामती सेवाको आधार” भन्ने नाराको साथ मनाईएको सो दिवसको अवसरमा पुस्कृत कर्मचारीहरुलाई प्रसंसा पत्र र जनही एक हजार नगद पुरस्कार दिईएको थियो । सो अवसरमा बिभिन्न मैत्रीपूर्ण प्रतिस्पर्धाका खेलहरु खेलाईएको निजामती सेवा दिवस मुल समारोह समितिले जानकारी गराएको छ ।  


सम्पादकीय 

चुनाव भाँड्ने षड्यन्त्र

मुलुकलाई राजनीतिक निकास दिनका लागि मंसिर ४ गते गर्ने भनिएको अर्को संबिधानसभाको निर्वाचन भाँड्न बिभिन्न षड्यन्त्रहरु सुरु भएका छन । यस षड्यन्त्रमा सरकार, उच्च स्तरीय राजनीतिक संयन्त्र र अन्य राजनीतिक दलहरु पनि अदृष्य रुपमा सहभागि भएका सहजै अनुमान गर्न सकिन्छ । बिगत संबिधानसभाको निर्वाचनको परिणामलाई लिएर ठुला भनिएका दलहरु अहिले पनि तर्सिएका छन । त्यसैले पनि निर्वाचन सार्ने वहाना खोज्दैछन । 
अर्को संबिधानसभाको निर्वाचन जसरी पनि मंसिर ४ मै हुने कुरालाई जवरजस्त ढंगले उठाउँदै आएका उच्च स्तरीय राजनीतिक संयन्त्रभित्र रहेका राजनीतिक दलहरुको स्वर पनि बिस्तारै मसिनो हुँदै गएको छ । चुनावको मिति नजिकिँदै गर्दा पार्टीभित्र उम्मेदवार र भातृ संगठनभित्र चर्किएको बिवादले कांग्रेस र एमालेहरु थला पर्ने अवस्थामा पुगेका छन भने अघिल्लो संबिधानसभाको निर्वाचनमा आफुलाई हात्तिछाप वनाउन सफल भएको एकिकृत नेकपा माओवादी गत वर्षको बिभाजनको पिडावाट छट्पटिरहेको छ । उसले आफ्नो बिगतको आकार सानो हुने देखेपछि चुनाव कसरी सार्ने भन्ने मानसिकता वनाईसकेको छ । 
कृष्ण अधिकारीको हत्याको बिषयलाई लिएर देशव्यापी आन्दोलन गर्ने एमाओवादीको घोषणा र अपराधिलाई बचाउन आन्दोलन गरे प्रतिकार गर्ने कांग्रेस–एमालेका युवा संगठनहरुको हुँकारले पनि चुनावको मिति पर सार्ने प्रयास भईरहेको प्रष्ट हेर्न सकिन्छ । पार्टीका शिर्ष नेताहरुलाईनै उम्मेदवारका लागि सर्वसम्मत स्वीकार गर्न नसक्नु, चुनावको मुखमा पार्टीभित्र बिभिन्न प्रकारका राजनीतिक एवं गैर   राजनीतिक मुद्धाहरुले प्राथमिकता पाउनु जस्ता कुराहरुले नेपालका ठुला नेताहरुले प्रतिद्वन्द्वीलाई धेरै वलियो देख्न थालेका छन, जस  कारण उनीहरु चुनाव गराउनै चाहँदैनन् । 
यता उच्च स्तरीय राजनीतिक संयन्त्रमा रहेका दलहरुले चुनाव गराउन नचाहने, उता नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले घोषित रुपमै चुनाव बहिस्कार गर्ने अभियान गर्ने, फेरी दलका शीर्ष नेताहरुले आफ्ना कार्यकर्तालाई “चुनावमा धाँधली भयो भने प्रतिकार गर्नु” भन्ने अभिव्यक्ति दिँदै हिड्ने । यसवाट आम जनतामा, चुनावमा खटिने राष्ट्रसेवक कर्मचारीहरुमा र सुरक्षाकर्मीमा त्रासको वातावरण सृजना गर्ने र शान्ति सुरक्षा कमजोर भयो अव चुनावमा सुरक्षा दिन सकिँदैन भन्ने अभिव्यक्ति दिँदै चुनावको मिति सार्ने नियोजित भुमिका हो भन्ने संका अव वढ्दै गएको छ । त्यसको साथसाथै सरकारले पनि चुनावलाई खासै प्राथमिकता दिएको जस्तो लाग्दैन । 
वर्तमान मन्त्रीपरिषद्का अध्यक्ष त मंसिर ४ को निर्वाचन चाहँदैनन्नै यो कुरा त प्रष्टै छ, यसको साथसाथै अन्य मन्त्रीहरुले पनि खाईपाई आएको निबृत्तिभरणको चौगुणा तलव बैधानिक रुपमै खान पाएका छन भने यो कुर्ची तत्कालै छोड्न उनीहरुलाई पनि मन छैन । दुई महिना भएपनि “मन्त्री जी” हुन पाए उनीहरुलाई पनि राम्रै हुने । फेरी वजेटको भरखर फ्लो हुने वेलामा मन्त्रालयवाट वाहिरिएर कस्तो अवस्था हुन्छ भन्ने कुरा आफैं मन्त्रालयका सचिव भएकाहरुले राम्ररी बुझेका छन । चैतमै चुनाव भएपनि  कम्तीमा नयाँ मन्त्रीमण्डल वन्न एक महिना लागि हाल्छ, बैशाख जान्छ, यस हिसावले वजेटको पनि करीव करीव ८० प्रतिसत सकिएको अवस्था हुन्छ । यि सवै  कुरालाई हेरेर माननीय मन्त्रीहरुले पनि मंसिरको चुनावलाई चैत्रमै सार्ने मनसाय वोकेको देखिन्छ । 
निर्वाचन आयोग भने चुनाव गर्नेनै भनेर लागेको देखिएको छ “चुनाव भन्दा माथी हामीलाई केही चाहिँदैन र चुनावभन्दा तल पनि हाम्रा लागि स्वीकार्य छैन” भन्ने उद्घोषका साथ लागेको आयोगलाई “अव चुनाव हुन सक्दैन” भन्न वाध्य पार्ने अवस्थाको सृजना गराउँदैछन दलहरुले । चुनाव बिरोधी दलहरुसंग किस्तावन्दीमा सहमति गर्ने र सो सहमति कार्यान्वयन गराउनमा आयोगलाई जटिलता थप्ने काम दलहरुवाट भईरहेको देखिएको छ ।

छोटकरी समाचार 

बिपी सय वर्षका

नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय बिपी कोईरालाको एक सयौं जन्मदिनको अवसरमा डोटीमा एक कार्यक्रम आयोजना गरिएको छ । 
बिपी चिन्तन प्रतिस्ठानले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका नेता–कार्यकर्ताहरु, शुभचिन्तक समर्थकहरुले श्रदाञ्जली व्यक्त गरेका थिए । “बिपीवाट नै नेपाली कांग्रेसको आधारशिला” बिषयक अन्तरक्रिया कार्यक्रममा पार्टीले बिपीको समाजवादको पूर्ण रुपमा अनुसरण गर्नु पर्नेमा कांग्रेस कार्यकर्ताहरुले जोड दिएका थिए । प्रतिस्ठानका अध्यक्ष तिर्थराज जोशीको सभापतित्व र नेपाली कांग्रेस डोटीका सचिव पदम  रावतको प्रमुख आथित्यमा कार्यक्रम भएको थियो ।  


जनमोर्चा प्रचारमा

अर्को संबिधानसभाको निर्वाचनको मिति नजिकिँदै गर्दा राष्ट्रिय जनमोर्चाले डोटीमा चुनावी अभियान सञ्चालन गरेको छ । 
डोटीका दुईवटै निर्वाचनमा यस अघिनै उम्मेदवारी तय गरिसकेको सो पार्टीले भाद्र १९ गते देखि प्रचार अभियानलाई तिव्रता दिएको हो । जनमोर्चाका डोटी जिल्ला सचिव केशवनाथ योगीले दिएको जानकारी अनुसार अभियानको सुरुवात भुमिराजमाण्डौंवाट    गरिएको छ । केन्द्रीय उपाध्यक्ष जनकराज शर्मा प्रमुख अतिथि र केन्द्रीय कोषाध्यष मनोज भट्ट बिशिष्ठ अतिथि रहेको एक कार्यक्रमवाट प्रचार अभियानलाई औपचारिकता दिईएको छ । 
“गणतन्त्रलाई संस्थागत गरौं, राष्ट्रियताको रक्षा गरौं, संघीयताको खारेज गरौं” भन्ने मुल नाराका साथ प्रचार अभियान सुरु भएको छ ।

लेख 

निजामती सेवा ः विद्यमान समस्या र सुधार—टिकाराम ढकाल

निजामती सेवा प्रतिस्पर्धाबाट छानिएर आएका सरकारको राजश्वबाट तलव पाउने, विशिष्ट ज्ञान र सीप भएका गैर राजनीतिक कर्मचारीहरुको संगठन हो । यो सरकारको अभिन्न गैर सैनिक चरित्रको स्थायी र अनवरत सेवा प्रदान गर्ने संस्था हो । यस मानेमा यो सेवालाई देशको स्थायी सरकार पनि भन्न सकिन्छ । योग्यतामा आधारित सेवा, सरकारको मुख्य अंग, सेवाको सुरक्षा, स्थायीत्व र वृत्ति विकासका अवसरहरु भएको, नियम र कानुनमा आधारित भएर काम गर्ने, अनुशासन र आचरणका आधारमा सञ्चालन हुने सरकारको सेवा नै निजामती सेवा हो भन्न सकिन्छ । निजामती सेवालाई सार्वजनिक प्रशासनको मियोको रुपमा लिईन्छ जसको आधारमा वरिपरी अन्य सार्वजनिक सेवाहरु सञ्चालित हुन्छन् ।
नेपालको अन्तरीम संविधान २०६३ को धारा १२६ मा “ सैनिक अधिकृत वा जवान र सशस्त्र प्रहरी वा प्रहरी कर्मचारीको सेवा वा पद तथा निजामती सेवा वा पद होइन भनि ऐनद्वारा तोकिएको अन्य सेवा वा पद बाहेक नेपाल सरकारका अरु सबै सेवा वा पदलाई निजामती सेवा वा पद मानिनेछ” भनि उल्लेख भएको छ । 
नेपालमा निजामती सेवाको ईतिहास
वि.सं. २००७ साल भन्दा पहिले नेपालमा संस्थागत रुपमा निजामती सेवाको विकास हुन सकेको थिएन । जनताको सेवक नभएर त्यतिखेरको अवस्थामा कर्मचारीहरु शासकका नोकरका रुपमा काम गर्दथे । छनौटको आधारपनि नातागोता, चाकरी चाप्लुसी, भेटी र शासकको ईच्छा अनुशार हुने गर्दथ्यो । २००७ पछि मात्र राज्य संचालनको क्रममा निजामती वा यस्तै प्रकारको स्थायी र स्वतन्त्र संगठनको आवश्यकता ठानिएको हो । २००८ सालमा हालको लोकसेवा “पब्लिक सर्भिस कमिशन” को रुपमा स्थापना भयो र त्यसको एकवर्षपछि कानूनी ब्यवस्था तयार गरी विधिवत् रुपमा कर्मचारी प्रशासनमा आधुनिकिकरण भएको मान्न सकिन्छ । त्यसपछि २०१३ सालमा तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यको अध्यक्षतामा “प्रशासन सुधार तथा योजना आयोग” गठन भई उक्त आयोगले महशुस गरेका धेरै कुराहरु कार्यान्वयन गरिएको पाईन्छ । वि.सं २०१३ सालमा निजामती ऐन र नियमावली जारी भएपछि निजामती सेवाको वैधानिकता र विधिसम्मत सञ्चालन हुन थालेको हो । पञ्चायत काललाई पनि निजामती सेवाको विकास र विस्तारमा फड्को मारेको युगको रुपमा लिन सकिन्छ किनकि त्यस अवधिभरमा प्रशासन सुधार गर्न विभिन्न आयोगहरु, संस्थागत र नीतिगत ब्यवस्थाहरु, ऐन नियममा परिमार्जन र ब्यवस्थित भएका थिए ।   
वि.सं २०४६ सालको जनआन्दोलनमा समेत निजामती कर्मचारीको योगदान     रहेको पाईन्छ र त्यसपछि पुनस्र्थापित भएको बहुदलीय प्रजातान्त्रिक ब्यवस्थामा निर्मित नयाँ संविधानले निजामती सेवाको गठनको बारेमा निर्देश गरेको थियो । जसमा निजामती सेवाको निवृत्तिभरण पाउने पदमा लोकसेवा आयोगले परीक्षा सञ्चालन गरी सिफारिस गर्ने प्राब्धान थियो । त्यसको लगत्तै निजामती सेवा ऐन २०४९ र नियमावली २०५० जारी भएपछि त्यसकै आधारमा हालसम्म त्यसैका आधारमा निजामती सेवा सञ्चालन भईरहेको छ । 
विद्यमान समस्या 
विश्वभरनै हालैका वर्षहरुमा निजामती सेवाले निकै आलोचनाहरु खेप्नु परेको छ । सन् १९५० यता निजामती सेवाको ठूलो विस्तार भएपछि यसलाई सुविधाभोगी र भ्रष्टहरुको अखडाको रुपमा चिनाउने प्रयासहरु भए ।  नेपालमा पनि निजामती सेवाको स्पष्ट दीर्घकालीन नीति नभएको, संगठनात्मक स्वरुप सन्तुलित र स्पष्ट नभएको, कर्मचारीमा भ्रष्ट प्रवृत्ति हावी भएको, जनताको सेवक भन्दा पनि शासकको रुपमा ठानी अनुत्तरदायी भएको, कार्यसम्पादन स्तर र मुल्याकंन प्रणाली फितलो भएको, राजनीतिक दलहरु र नेताको स्वार्थ अनुसार कार्यसञ्चालन गर्ने गरेको र कर्मचारीहरुमा नियन्त्रण प्रणाली कमजोर भई अराजक स्थिति सिर्जना हुन थालेको भन्ने आरोपहरु लाग्ने गरेका छन् । यस्ता आलोचना खेप्नुका पछाडि धेरै कारणहरु जिम्मेवार छन् । एक त यो सेवाको भविश्य कस्तो हुने भन्ने दीर्घकालीन नीतिको अभाव छ, अर्कोतर्फ यसमा अत्याधिक     राजनीतिकरण भएको छ । नेता र राजनीतिको पछि नलागी कर्मचारीका वृत्तिविकास समेत सीमित हुने अवस्थामा छन् । नीति निर्माणको तहमा जो पुग्छ उसले आफ्नो स्वार्थ मुताविक नीति नियमहरु संसोधन गरी संगठन चलाउने गरेको पाईन्छ । जसले गर्दा यो सेवाको स्पष्ट स्वरुप पनि निर्धारण हुन सकेको छैन । योग्यता र क्षमता भएका राम्रा मान्छे भन्दा पनि हाम्रा मान्छेहरु हावी भएको अवस्था छ ।  कर्मचारीको हकहितको लागि भन्दै अवधारणा ल्याईएका ट्रेड युनियनहरु पनि राजनीतिक दलका भ्रातृ संगठन जस्तो आफ्नो सेवा भन्दा राजनीतिक क्रियाकलापमा बढी ध्यान दिएको अवस्था छ । 
सुधार
एउटा भनाई रहेको छ “कुनैपनि देशको सरकार त्यो देशको निजामती सेवाभन्दा अशल हुन सक्दैन ।” यो सेवालाई गलत ढंगले सञ्चालन र प्रयोग गरेमा राष्ट्रको लागि नै घातक हुन जान्छ । त्यसैले निजामती सेवालाई चुस्त, दुरुस्त र विश्वसनीय पार्नु आजको प्रमुख आवश्यकता हो । जसको लागि केही सुधारका विषयवस्तुहरु निम्न हुन सक्छन । 
ड्डनिजामती सेवा सञ्चालनको दीर्घकालीन नीति र परिपाटी बसाल्नु पर्दछ, जसको लागि तत्काल हालको ऐनमा ब्यवस्था भएअनुरुपको तहगत प्रणालीमा जानुपर्ने हुन्छ ।  
ड्ड कर्मचारीको वृत्तिविकास सुनिश्चित हुने गरी पदसोपान र ऐन नियममा प्रभावकारी संसोधन गरिनु पर्दछ । 
ड्ड हाल हावी हुँदै आएको ब्यक्तिवादी प्रवृत्तिको अन्त्य गरी राजनीतिकरणबाट प्रशासनलाई मुक्त गर्नुपर्दछ र राजनीतिक नेतृत्व परिवर्तनसँगै निजामती सेवामा हुने हस्तक्षेप अन्त्य गरिनुपर्दछ ।
ड्ड निजामती सेवाको लागि छुट्टै आचारसंहिता र अनिवार्य कार्यान्वयनको ब्यवस्था लागु गरी कडाईका साथ पालना गर्न लगाउनु पर्दछ ।
ड्ड कार्यसम्पादन प्रणाली वस्तुगत र मापनयोग्य बनाई नियन्त्रण र नियमनमा        प्रभावकारीता ल्याउनु पर्दछ । यसमा विशेषज्ञ सेवालाई विशिष्ठिकृत गरिनु पर्दछ । 
ड्डसमयसापेक्ष कर्मचारीहरुका सेवा र सुविधामा पनि परिमार्जन गरिँदै लैजानु पर्दछ । र जीवन निर्वाहको सिद्धान्तको आधारमा तलब भत्ताको ब्यवस्था गर्नु पर्दछ । 
ड्ड निजामती सेवा सुधारको लागि हालसम्म गठन भई प्रतिवेदन दिएका विभिन्न आयोग, समिति एवं कार्यदलहरुका प्रतिवेदन कार्यान्वयन गरिनु पर्दछ । 
हाल भएको ट्रेड युनियनको ब्यवस्थालाई ब्यवस्थित गरी आधिकारिक ट्रेड युनियनको गठन गरिनु पर्दछ र यस्ता युनियनहरुले पनि राजनीतिक भन्दा प्रशासनिक मुद्धाहरुमा जोड दिनु पर्दछ । 
निश्कर्ष
निजामती सेवा समग्र सार्वजनिक सेवाको मार्गदर्शक सेवा हो । यो सेवामा सुधार ल्याई उदाहरणीय बन्न सकेमा अन्य सेवाहरुले पनि यसको अवलम्बन गरी समग्र सार्वजनिक प्रशासनको प्रभावकारीतामा वृद्धि हुन गई जनमूखी र जनउत्तरदायी सरकारको परिकल्पना साकार हुने देखिन्छ ।


अन्तरवार्ता

जनमतलेनै फैसला गर्ने हो । —पदम रावत  नेपालि काँग्रेस 

अर्को संबिधानसभाको निर्वाचनको मिति जति जति नजिकिदैछ, बिस्तारै राजनीतिक सरगर्मीहरु वढ्न थालेका छन तर अझैं चुनाव हुने कुरामा जनता बिश्वस्त हुन सकेका छैनन् । मंसिर ४ गतेनै संबिधानसभाको निर्वाचन हुन्छ त ? के छ देशको समग्र        राजनीतिक अवस्था ? यि र यस्तै जिज्ञासाहरुमा केन्द्रित रही नेपाली कांग्रेस डोटीका सचिव पदम रावतसंग बिम्ब साप्ताहिक सम्पादक रामहरी ओझाले गरेको कुराकानीको सार संक्षेप ः  देशको वर्तमान राजनीतिक अवस्थालाई कसरी हेर्नु भएको छ ? वर्तमान देशको राजनीति एकदमै चुनौतीपूर्ण अवस्थामा छन । देश अस्तव्यस्ततावाट गुज्रिरहेको छ । देशले धेरै समस्याहरु झेलिरहेको छ र निकास पाईरहेको छैन । यो समस्यालाई समाधान गर्नका लागि, समस्याको निराकरण गर्नको लागि सवैले एकजुट भएर मंसिर ४ गते हुने अर्को संबिधानसभाको निर्वाचनमा साझा सहमतिका साथ भाग लिनु जरुरी छ । यस निर्वाचनले देशको समस्या समाधान गर्न सकोस भन्ने हाम्रो चाहना हो । राजनीतिक अवस्था बिग्रेकै कारणले गर्दा राजनीतिक दलहरु पनि असफल भएको जस्तो देखिन्छ । देश कर्मचारीको हातमा गएको छ, देश कर्मचारीको हातमा जाँदा वा कर्मचारीको सरकार वन्दा पनि जनताले सुख पाईरहेको छैन । शान्ति सुरक्षा पनि कायम हुन सकेको अवस्था छैन, बिकास निर्माणका कामहरु पनि ठप्प छन । महङ्गीले जनताको ढाड सेकेको छ । त्यसैले छिटोभन्दा छिटो देशलाई निकास दिनका लागि एक–अर्काको अस्तित्व स्वीकार गरी घोषित संबिधानसभाको निर्वाचनमा होमिनुको कुनै बिकल्प छैन । तपाईले भनेका यि सवै समस्याहरुको समाधान चुनावनै हो त ? अहिलेको समस्याको समाधान चुनाव भन्दा उपयुक्त अरु कुनै पनि हामी देख्दैनौं । लामो समयसम्म नेपालका राजनीतिक दलहरुले एक–अर्काको अस्तित्व नस्वीकारेको अवस्थामा देशमा धेरै ठुला जटिल समस्याहरु आए । समस्याको समाधान गर्नेतिर कसैले पनि ठोस पहल गरेनन् । त्यसैले दलहरुले एक–अर्काको अस्तित्व स्वीकार गर्न नसकेको अवस्थामा चुनावनै अहिलेको निकासको वाटो हो भन्ने मलाई लाग्छ ।मंसिर ४ मा चुनाव हुने कुरामा कत्तिको बिश्वस्त हुनुहुन्छ ? म पूर्ण बिश्वस्त छु मंसिर ४ गते संबिधानसभाको चुनाव हुन्छ । अव चुनाव नभई देशले निकास पाउँदैन, यदि देशलाई निकास दिने हो भने चुनाव गर्नै पर्छ । चुनाव नहुन दिने गरी कसैले वाधा व्यवधान खडा गर्छ भने त्यो देश र जनताका लागि दुर्भाग्य हुन्छ र देश द्वन्द्वमा फस्छ । त्यसैले चुनाव हुनै पर्छ चुनाव हुनेमा म पूर्ण बिश्वस्त छु । नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले चुनाव बिरोधी आन्दोलन थालेको छ, यो अवस्थामा रक्तपातपूर्ण हुँदैन चुनाव ?अव जनताको अधिकारलाई तपशीलमा राखेर, जनताको स्वतन्त्रतालाई तपशील ठानेर आफ्नो मात्रै भनाई र आफ्ना क्रियाकलापहरुलाई, आफ्नो पार्टीलाई मात्रै       सर्वोपरी ठान्ने हो भने त तपाईले भन्या जस्तो रक्तपातपूर्ण हुनसक्छ, देश गृहयुद्धमा फस्न सक्छ, यो देशका लागि दुर्भाग्य हो । होईन भने बैद्य पक्षले पनि निर्वाचनमा भाग लिनु पर्छ । निर्वाचन मात्रै अहिलेको समस्याको समाधानको वाटो हो । नेकपा–माओवादी नेतृत्वको मोर्चालाई पनि चुनावमा सहभागि गराउनु पर्छ र उनीहरुले पनि सहभागि हुनुपर्छ । यति गर्दा पनि यदि बैद्य पक्षले चुनावमा भाग लिदैन भने एउटा पार्टीले भाग नलिँदैमा सम्पूर्ण कुराहरु ठप्प गरेर देशलाई यथास्थितिमा राखिनुपर्छ, देशलाई              तरलतामा लैजानु पर्छ भन्ने कुरा सर्वोपरी हुन सक्दैन । जनताले चुनाव चाहेका छन,  धेरै दलहरुले चुनाव चाहेका छन, सरकारले चुनाव चाहेको छ, राष्ट्र–अन्तराष्ट्रले पनि चुनाव चाहेको छ । त्यसैले चुनाव हुनुपर्छ । त्यसो भए ३३ दलीय मोर्चा चुनावमा सहभागि नभएपनि चुनाव हुन्छ भन्न खोज्नु भएको हो ? ३३ दलीय मोर्चालाई चुनावमा सहभागि गराउनु पर्छ, अहिले ३३ दलवाट पनि धेरै दलहरु चुनावमा सहभागि हुने वताईरहेका छन, वार्ता भईरहेको छ । सरकारले पनि वार्ता गरिरहेको छ र उच्च स्तरीय राजनीतिक संयन्त्रले पनि वार्ता गरिरहेको छ । धेरै पार्टीहरु चुनावप्रति सकारात्मक छन, धेरै पार्टीका माग पनि सम्वोदन भएका छन । मलाई लाग्छ बैद्य जीहरुको नेकपा–माओवादीले चुनावमा भाग लिन्छ, लिनुपर्छ र उहाँलाई सकभर छोड्नु हुन्न । उहाँहरुको जायज मागलाई सम्वोदन गरेरै भएपनि उहाँलाई चुनावमा सहभागि गराउने प्रयास गर्नु पर्छ । यदि उहाँहरुले चुनाव भाड्ने मानसिकताले मात्रै   बिरोध गरिरहनु भएको हो भने समस्या हुन सक्छ नत्र उहाँहरु चुनावमा आउनु आउनु पर्छ । आएनन् भने पनि एउटा दललाई फर्खेर चुनाव सार्ने कुरा हुँदैन । दुई वर्षका लागि गठन भएको संबिधानसभाले चार वर्ष बित्दा समेत नयाँ संबिधान जारी गर्न सकेन, अव पनि संबिधान वन्छ भन्ने ग्यारेण्टी के हो ?दुई वर्षका लागि गठन भएको संबिधानसभाले शान्ति र नयाँ संबिधान निर्माण गर्न सकेन, यो देशको दुर्भाग्य हो । दलहरुले यही भएर आफ्नो अस्तित्व पनि गुमाएका    छन । जसको कारणले देश आज कर्मचारीको हातमा गएको छ, सरकारी कर्मचारीहरुले देश चलाईरहेका छन तर हिजो संबिधान वनेन भनेर अव पनि चुनावमा नजाने हो भने त उपाय पनि केही रहेन नि ! एउटा पार्टीले अर्को पार्टीको र एउटा नेताले अर्को नेताको अस्तित्व स्वीकार नगरी सकेको अवस्थामा ताजा जनमतनै लिनु प¥यो, जनमतलेनै फैसला गर्ने हो । त्यसैले अवको निर्वाचनमा नेपाली जनताले जो कोहीलाई होस, म त नेपाली कांग्रेसको मान्छे भएका कारण नेपाली कांग्रेसलाई नै भनुला तर पनि जुनसुकै पार्टीलाई भएपनि सकभर वहुमत दिनुपर्छ जसले संबिधान निर्माण हुने कार्य नरोकियोस तर चुनावमा नगई त त्यो पनि सम्भावना भएन नि । थोरै तपाईको पार्टीभित्रकै कुरा गरौं, चुनावको कुरा सुरु हुँदै निकै विवाद देखियो नि ! बिवाद भन्दा पनि चुनाव आउँदा पार्टीभित्र छलफल चलेको हो, बृहत पार्टीमा बृहत कार्यकर्ता, धेरै नेताहरु धेरै कार्यकर्ताहरु छन, कार्यकर्ताहरुले ईच्छा राख्नु महत्वाकाँक्षा    राख्नु स्वभाविकै हो । हामी पनि उम्मेदवार हुन पाउनु पर्छ, हाम्रो पनि नाम सिफारिस हुनुपर्छ भन्ने कुराहरु चलिरहेको अवस्था हो । वाहिर हल्ला भएजस्तो ठुलो बिवाद पार्टीमा छैन । सर्वसम्मतिलेनै उम्मेदवारहरुका नाम पठाईएको हो । धेरै साथीहरुले ईच्छा         राखेपछि केन्द्रले भने अनुसारको सूची मात्र पठाउनका लागि छलफल चलायौं, सहमति गर्ने प्रयास ग¥यौँ तर साथीहरुले हाम्रो नाम त सिफारिस गरिदिनु प¥यो, हामीलाई जिल्लामै किन रोक्नु हुन्छ भन्ने कुरा आयो त्यसैले सवैका नाम पठाईदियौं । हाम्रो पार्टीमा त्यस्तो किसिमको वादविवाद होईन । एक निर्वाचन क्षेत्रवाट कति जनाको नाम सिफारिस गर्नु भयो ? केन्द्रको परिपत्र अनुसार एक क्षेत्रवाट प्रत्येक्षमा तीन जना र समानुपातिकमा पाँच जना भन्ने थियो । सम्म्पुर्ण साथीहरुसंग सरसल्लाह गरी राय सुझाव सहित परिपत्र गर्नु होला भन्ने थियो । त्यसै अनुसारको अभ्यास हामीले डोटी जिल्लामा ग¥यौं । यति गर्दा गर्दै पनि अलि धेरै व्यक्तिहरुको ईच्छा देखियो । साथीहरुले हाम्रा नाम जिल्लामै नरोकिदिनुहोस भनेका कारणले अलि वढी नामहरु गएका छन । क्षेत्र १ वाट प्रत्येक्षमा सात, समानुपातिकमा १६ जना र २ वाट प्रत्येक्षमा १० र समानुपातिकमा १२ जनाको नाम सिफारिस भएको छ । क्रमसंख्या पनि मिलाउन नसकेर गोलो घेरामा नाम पठाउनु भयो रे ! यो  बिवाद होईन ? हाम्रो पार्टीभित्र वढी नेताहरु भएका कारण कसैको जनसमर्थन वढी छ, कसैको त्याग तपस्या वढी छ, कसैमा राजनीतिक संस्कार छ, कसैको पार्टीमा प्रजातन्त्रको रक्षाका लागि देन छ । त्यसैले कोई भन्दा कोई कम छैनन् र क्रम संख्या अनुसार तल र माथी पर्ने अवस्था छैन । १, २ गरी क्रमसंख्या तोक्दा कसैको मनमा सामान्य तिक्तता हुने अनुभव भयो । अव के आधारमा छुट्याउने भन्ने पनि समस्या भएका कारण गोलो घेरामा नाम    राखेर पठाईएको हो । अन्यथा यसमा कुनै समस्या होईन । यो बिवादका कारण समस्या भएको पनि होईन ।  लामो सूची पठाउनु भयो तर तपाईको नाम त छैन नि ! तपाई उम्मेदवार नहुने बिचार हो ? हाहाहा....., तपाईले यही प्रश्न गर्नु हुन्छ भन्ने मलाई लागेको थियो । म नेपाली कांग्रेसको सिपाही हो । म नेपाली कांग्रेसको जिल्ला स्तरीय कार्यकर्ता वनेकै १४÷१५ वर्ष भएको छ । पार्टीमा कसैले ४०÷५० वर्ष पनि बिताईसके । त्यसैले मेरो मान्यता के हो भने अलिकति संस्कारको राजनीति पनि गर्नु पर्ने हुन्छ र जनताको भावनाको पनि कदर गर्नु पर्छ भन्ने मेरो बिचार हो । अहिले जनताले चाहेका म भन्दा अरुनै सिनियर व्यक्तिहरु छन । उहाँहरुले उम्मेदवारी दिँदा उहाँहरुको नाम सिफारिस गर्दा जनता अझै म भन्दा वढी उत्साहित हुन सक्छन । म पदीय दायित्वले जहाँ पुगेर काम गर्दा पनि मेरो समय  धेरै छ मैले अहिलेनै आत्तिनु पर्ने कुनै कारण छैन । क्षेत्र १ र २ वाट क्रमसः सात र १० जनालाई प्रत्येक्षमा सिफारिस गर्नु भएको छ, तपाई जिल्ला पार्टी सचिव भएर हेर्दा टिकट पाउने व्यक्ति को हुन ? प्रश्न जटिल गर्नु भयो, मैले यसको अहिलेनै ठ्याक्कै उत्तर दिन गा¥हो होला । मैले पहिलेनै भनिसके कांग्रेससंग धेरै सम्भावित उम्मेदवारहरु छ र जित्न पनि सक्छन । अव ४० औं वर्ष पार्टीमा त्याग तपस्या गरेका नेताहरु पनि छन, पार्टीमा जनचर्चा पाएका नेताहरु पनि छन । त्यसैले अहिलेनै एक जनाको नाम तोक्दा राम्रो हुँदैन । सम्भावनाभित्र धेरै नेताहरु छन । एक नं. क्षेत्रमा पनि तिन÷चार जना छन र दुई नं. क्षेत्रमा त अझ वढीनै छन । केन्द्रले सवै कुरा हेरी आफ्नो निर्णय अनुसार टिकट देला, जसले टिकट पायो त्यसैलाई जिताउनु पर्छ । त्यो नै आधिकारिक हुन्छ र त्यो नै सवैले मान्छन । केन्द्रमा त पहुँचवाला र वलियो गुटवालाले टिकट पाउँछ भन्छन् नि !तपाईले भनेको ठिकै पनि हो, यो नेपाली कांग्रेसको मात्रै कुरा होईन । समग्र पार्टी र नेपालको राजनीतिमा अहिलेको परिवेशमा गुटवन्दी तिब्र रुपमा वढेको छ । हामीले पनि देखिसकेका छौं र भोगिरहेका छौं । यसो हुँदाहुँदै पनि कसैको केन्द्रमा राम्रै सम्वन्ध भएर पनि तल्लै लेवलको साथीहरुले टिकट पाउने कुरा हुँदैन । अलिकति मिल्दोजुल्दो भयो भने सामान्यतया नेताहरुले त्यो पनि गर्न सक्छन । केन्द्रमा त्यसो केही पनि हुँदै हुँदैन भन्ने चाँही होईन । अर्को संबिधानसभाको चुनावको वातावरण बिस्तारै सुरु भईरहेको यस अवस्थामा जनतालाई के सन्देश दिन चाहनुहुन्छ ? सवै जनतालाई के आग्रह गर्छु भने मंसिर ४ मा अर्को संबिधानसभाको चुनाव हुँदैछ, सवै आमावुवा दाजुभाई दिदीवहिनीहरुले यो चुनावमा भाग लिनु पर्छ र आफुले चाहेको उम्मेदवारलाई, जनताप्रति समर्पित, त्यागी र जनताको लागी केही गरौं भन्ने भावना भएको उम्मेदवारलाई, उसको ईतिहास हेरेर भविश्यमा पनि केही गर्न सक्छ भन्ने लागेको व्यक्तिलाई मतदान गर्नुहोला । कसैको भुलभुलैयामा कसैको लोभ लालचमा नफस्नुहोला भन्ने पनि म आग्रह गर्दछु । यि त भए एक नेताले भन्ने कुरा, तपाई आफुलाई जनताको ठाउँमा राखेर हेर्दा मंसिर ४ मा चुनाव हुन्छ भन्नु हुन्छ त ? संबिधानसभाको चुनाव निश्चित रुपमा हुन्छ, अव रोकिने कुनै आधार छैन । तपाईको यो सञ्चारमाध्यममार्फत सवै जनतालाई के आग्रह गर्छु भने अव दुबिधामा नपर्दा हुन्छ । उम्मेदवार छनौट प्रक्रिया देखि निर्वाचन सम्वन्धि सवै प्रक्रियाहरु सुरु भईसकेका छन । निर्वाचन अधिकृतहरु तोकिएका छन । हिजो निर्वाचनसंग असहमत रहेका धेरै पार्टीहरु पनि सहमतिमा आईसकेको अवस्था छ । सयमा ९५ ले चुनावमा जानु पर्छ भन्दै तयारी पनि गरिसकेको अवस्थामा केहीलाई सम्झाएर चुनावमा ल्याउन सकिन्छ । बिश्वस्त हुनुहोस चुनाव हुन्छ । महत्वपूर्ण समय दिनुभयो, धन्यवाद ।मेरा बिचारहरु र मेरा पार्टीका बिचारहरु जनताको बिचमा राख्ने मौका दिनु भयो तपाई लगायत बिम्ब साप्ताहिक परिवारलाई पनि धन्यवाद ।

मोफसल पत्रकारिता 

मौसमे पत्रकारहरुले यस्ता चिजलाई वढवा दिन्छन ÷ नरेन्द्र भट्ट अध्यक्ष नेपाल पत्रकार महासंघ वैतडी 

तपार्इंको पुरा परिचय पाउँ न ? 
 नरेन्द्र प्रसाद भट्ट, घर कटौजपानी–३ बैतडी हो । हाल म अन्नपुर्ण राष्ट्रिय दैनिकको समाचारदाता, जिल्लाकै पहिलो नियमित पत्रिका बैतडी सन्देश सप्ताहिकको प्रकाशक÷सम्पादक, बैतडीवाट अखवारहरुलाई
प्रशार णमा रहेको रेडियो सनशेर सामुदायिक एफ एम १०६.६ मेगाहर्जको अध्यक्ष तथा नेपाल पत्रकार महासंघ बैतडी शाखाको अध्यक्ष छु ।
 पत्रकारिता पेशानै किन रोज्नु भयो ?
 सामाजिक न्यायका निम्ति यै क्षेत्रमा लागेर काम गर्न सकिन्छ कि भनेर ।
 कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ? 
 समान्यतया जिल्ला तथा स्थानीय स्तरमा सवै विटमा काम गर्नुपर्छ, स्थानीयस्तरवाट रिपोर्टिङ्ग गर्दा विट विशेष्म मात्र नभई सवै विट समात्नुपर्ने भएपनि मलाई रिपोर्टिङ्ग गर्न मानव अधिकार, वाल वालिका, महिला, सामाजिक क्षेत्रको रिपोर्टिङ्ग गर्न मन पर्छ ।
 तपाईलाई पत्रकारिता पेशामा लागे कति समय भयो ?
 २०५५ सालमा स्थानीय स्तरमा प्राध्यापक आनन्ददेव भट्टले सम्पादन गर्नु भएको साप्ताहिक पेपरवाट शुरु गरेको मेरो पत्रकारिताले १५ वर्षनै पार गरेको रहेछ । मलाई पत्रकारिताप्रति रुचि भएकै कारण महेन्द्रनगर तथा धनगढीवाट प्रकासित हुने स्थानीय पत्रिका तथा  स्पेसटाईम राष्ट्रिय दैनिक स्थापनापछि जिल्लावाट रिपोर्टिङ्ग गरियो । हुदाहुदै २०५९ देखि २०६१ सम्म स्पेसटाईम राष्ट्रिय दैनिकमा डेक्समै वसेर काम गरियो । त्यसपछि बैतडीमा आएर स्थानीय स्तरमै पत्रकारिता सूरु गरियो ।  
एक पत्रकार भएर आईपर्ने समस्याहरु के के देख्नु भएको छ ? 
एउटा सञ्चारकर्मीमाथि विभिन्न खाले समस्या आईपर्छन, एकातिर आर्थिक समस्या र आर्कोतिर समाचार सम्प्रेसण गर्दा वा प्रकासित भईसकेपछिको समस्या लगायतका हुन्छन, जो तापई हामी सञ्चारकर्मीहरुले दैनिकी रुपमा भोगिरहेका छौं ।
 पत्रकारिता पेशामा लागेर सन्तुष्ट हुनुहुन्छ त ?
पेशाप्रति म सन्तुष्ट छु, आफुले रुचाएको पेशावाट आर्थिक अवस्था  कमजोर वन्दै गएपनि समाजका लागि थोरै भएपनि केही गर्न सकिएकोमा सन्तुष्ट छु ।
 तपाइले सञ्चालन गरिरहेको “बिद्युतीय संञ्चार माध्यम र पत्रिका” कसरी चलिरहेको छ ?
एउटा सञ्चारकर्मीका लागि सञ्चारक्षेत्र विकास भएको देख्नु स्वभाविक नै हुन्छ । म प्रकाशक÷ सम्पादक भएको बैतडी सन्देश प्रकासनको थालनी गर्नुपुर्व बैतडीवाट कुनैपनि समाचारमुलक पत्रिका प्रकासनमा थिएन, हामीले स्थानीय सञ्चाकर्मीहरुकोे सहकार्यमा उक्त पत्रिकालाई नमुनाकै रुपमा जिल्लावाट प्रकासन ग¥यौं, त्यो प्रयास र थालनी नाफामुखी नभएपनि जिल्लाको सञ्चारक्षेत्रमै केही भएपनि            सकारात्कम पहलकदमी थियो । त्यतिखेरको अवस्था सम्झिदा अहिले म निक्कै खुशी हुन्छु । किनकी स्थानीयस्तरमा प्रकासन हुने पत्रिका कुनै थिएन, फलस्वरुप स्थानीय सञ्चारकर्मीहरुको संख्यामा पनि कमी नै थियो । अहिले जिल्लामा आधी दर्जन भन्दा वढी पत्रिका प्रकासनमा आएका छन । दुईटा एफएम    प्रशारणमा छन । तर त्यो वेला  जिल्लावाटै पत्रिका प्रकासनमा नआएको अवस्थामा औंलामा गन्न सकिने सञ्चारकर्मी र स्थानीयस्तरमा पत्रकारिताको अवस्था सम्झिदा अहिले खुशी नै लाग्छ । स्थानीयस्तरमा एफएम र पत्रिकाको संख्या वढेपछि सञ्चारकर्मीहरुको संख्या वढेको छ । समग्रमा स्थानीयस्तरमा थोरै भएपनि सञ्चारक्षेत्रको विकास भएकोमा खुशी  छ । स्थानीयस्तरमा मिनि मिडिया हाउस चलाउन निक्कै नै अप्ठ्यारो छ । विभिन्न खाले समस्या छन, सरकारी विज्ञापन नीति देखि लिएर स्थानीय व्यवसायिक विकासको अवस्था लगायतले तपाई हामीजस्ता मोसफलका मिडिया हाउसका समस्या यस्तै हुन । 
 मोफसल पत्रकारिता गरिरहनु भएको छ, कसरी हेर्नु हुन्छ मोसफल पत्रकारिता जगतलाई  ?
केन्द्रिकृत अवस्थामा रहेको राज्यप्रणलीले मिडियालाई पनि अछुतो राखेन, राजधानीवाट संचालित ठुला मिडिया हाउस र तपाई हामीले संचालन गरिरहेका मिनि मिडिया हाउसमा सरकारी नीतिले नै समस्यामा पारेको छ । विज्ञापनका सवालमा होस या स्थानीय मिडियाको प्रकाशनलाई वर्गिकरणमा पार्ने सवालमा पनि हामीलाई हेपैकै छ । उनीहरुकै दाजोमा हामीलाई पनि नम्वरिङ्ग गरिन्छ ।
 मोफसलमा पत्रकारिता गर्न कत्तिको समस्या देख्नु हुन्छ ? 
मोफसलको पत्रकारिताका समस्या धेरै छन, जो तपाई हामीहरुले दैनिकी रुपमा भोगिरहेका छौ,       रिपोर्टिङ्ग गर्ने सवालमा कतिखेर वत्ति छैन, कतिखेर सञ्चार छैन, भनेको वेला यातायातका साधन पाईदैन, यी विभिन्नखाले समस्याहरुले समयमै रिपोर्टिङ्ग गर्न नसकेका कारण न्युज प्रकासनमा हुने समस्या, लगायतका धेरै खाले छन जस्तो लाग्छ ।
 मोफसल पत्रकारिताका मुख्य चुनौतीहरु के के देख्नु भएको छ ? 
भनेजस्तै रिपोर्टिङ्ग गर्ने वेलाका विबिधखाले समस्या त छदै छन, स्थानीयस्तरमा प्रकासित हुने    अखवारहरुलाई सरकारी विज्ञापन नीतिले समेत प्रभाव पारिरहेको
छ, जस्ले गर्दा कार्यरत सञ्चारर्मी सधै आर्थिक समस्या खेपिरहेका छन ।
 मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ? 
मोफसल पत्रकारिताका समस्या समाधानका लागि राज्यले मोफसल पत्रकारिता विकासका निम्ति गम्भिर हुनै पर्दछ । समग्रमा विद्यमान नीतिनै परिवर्तन गरिनुपर्छ । पत्रिका वर्गिकरणदेखि लिएर विज्ञापन नीतिनै चेन्ज गरिनु पर्छ, विद्यमान विज्ञापन नीतिले स्थानीय प्रकाशन गृह समस्यामा परिरहेका छन । विज्ञापन नीतिलाई विकेन्द्रीकृत गरिनु आवश्यक छ ।
 तपाई नेपाल पत्रकार महासंघ बैतडी शाखाको अध्यक्ष समेत हुनुहुन्छ, मोफसल पत्रकारका समस्या समाधानका लागि नेपाल पत्रकार महासंघले कस्तो भुमिका खेलेको छ त ?े
मेलै माथि भने जस्तै मोफसलको पत्रकारितको विकासका लागि सरकारी नीतिनै चेन्ज हुनुपर्छ, मोफसल को पत्रकारिताको विकास हुनु भनेको नेपाली पत्रकारिता विकासको मुलआधार हो तसर्थ यसका लागि  सञ्चारकर्मी र सञ्चारक्षेत्रको विकासका लागि  हामी सवैको भुमिका एकनासको हुनुपर्दछ ।  निश्चित रुपमा महासंघ समग्र सञ्चारकर्मीहरुको छाता संगठन हो । पत्रकारिता विकासका लागि महासंघले सदैव भुमिका खेल्नु पर्छ । स्थानीय स्तरमा महासंघले स्थानीय सञ्चारकर्मी तथा सञ्चारगृहका समस्याका वारेमा स्थानीय तहदेखि सरोकारवाल निकायसम्म अवगत गराउने काम गरिरहेको छ । 
 पत्रकारहरुको हक हितका लागि गठन भएका सञ्चारकर्मीहरुका बैचारिक संगठनहरुको भुमिका कस्तो छ ? 
बैतडीमा सवै सञ्चारकर्र्मी यस क्षेत्रको विकासका लागि एक ढिक्का भएका छौं, चाहे त्यो जुनसुकै  वैचारिक संगठन भएपनि समग्र पत्रकारिताको विकासका लागि एक छौं । 
 पत्रकारितामा लागेर कत्तिको पैसा कमाउनु भयो ?
व्यालेन्स ० नै भन्नु प¥यो, वरु ऋणी भा छु ।
 मनोरञ्जन गर्ने समय कत्तिको छ तपाईसंग ?
प्राय कमै हुन्छ ।
 तपाइकंो विचारमा पत्रकारिता के हो ?
निश्चितरुपमा आवाज विहिनहरुकै आवाज, खोजविन नै पत्रकारिता हो ।
 तपाईका रुची र चहानाहरु बताउन मिल्छ ? 
रुचि पत्रकारिता नै भईहालयो, स्थानीयस्तवाटै यस क्षेत्रका विकासका लागि सधै लागिरहने चाहना छ ।
 अहिले पत्रकारिता क्षेत्र वद्नामित हुँदैछ, पत्रकारिता क्षेत्रमा लागेकैहरुले दिउँसै जाँड खाएर हल्ला गर्ने, केटी घुमाउन लैजाने, समाचारलाई लिएर मोलमोलाई गर्ने जस्ता प्रबृत्तिहरु पनि देखिएका छन भन्ने आरोप छ नि, कत्तिको सहमत हुनुहुन्छ ? 
यस्ता कुरा पनि प्रकासमा आउने गर्दछन, यी प्रवृति पत्रकारिताका क्षेत्रकै लागि शोभनिय होइनन् । तर  पत्रकारिता पेशालाई वद्नाम वनाउने किसिमले सिमित स्वार्थ लिने मौसमे पत्रकारहरुले यस्ता चिजलाई वढवा दिन्छन । यिनीहरु पत्रकारितामा लामो समय टिक्न सकदैनन् । 
 अन्त्यमा केही भन्न मन लागेको छ ? 
मेरा कुराहरु तपाईले विम्व साप्ताहिकमार्फत आम पाठकमाझ ल्याउने जुन प्रयास गर्नु भयो, यसका लागि तपाई र तपाईको पत्रिकालाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

कला साँस्कृति र साहित्य   ः

डेउडा गीत

पर्सी वोकाई पाचागाउँकी हिउनाली गर्खाकी 
मैले लाया वुको माया घरवारी अर्काकी 
आँखाले धेकिन्या रुप हृदयमा छापी
कर्मखोटी मनदुखारी लाईपिरती पापी 
मैनादिन् फर्कियाजन फर्किन्नाकी साल 
जिन्दगी आँशुको भेल धन्य माया जाल 
औल अल्का ताम्या सल्ला लेक अल्का टुणी 
दुई दिन्का अपुरा झल्का मुटु लैगै चुणी 
का पुग्दो हो वगन्या पानी सैपाल सेतीको 
को खालो सिरौल्या फाको मेरी लाईखेतीको
सुरेन्द्र एसवी बलायर 
लामिखाल गाबिस–३, डोकट डोटी

“धरातल”

रघु कठायत 
सिलगढी डोटी
तिमिलाई जहाँ दुख्छ, त्यही दुख्छ मलाई पनि 
बचन वाणले नहिर्काउ, यति सारो कठोर बनि 
जव अलिकति शीतल अनुभुति गर्न थाल्छु 
तिमी दावानल दन्किदिन्छौ म भित्र दन्दनी 
थोरै मात्र भएपनि खुला राख दिल साथी 
दयामाया भन्ने कुरा मान्छेभित्रै त हुन्छ नि !
आऊ यात्रा गर्न सिक मानवीय धरातलमा 
के पाउँछौ कसैलाई फसाउने खाडल खनी 
उही नाग, उनी सर्प, परक मात्र सोचाईमा 
कसैको हो बुध तिमी, मेरो लागि भयौ शनि 
माथी माथी खुट्टा देख्छु तलतिर टेक्नेै छाड्यौ 
ईमानको सौदा गरी वन्दै छौ कि महाधनी

बिज्ञापन

सेती प्राबिधिक शिक्षालय
 दिपायल, डोटी 
सूची दर्ता गराउने बारेको सूचना

प्रथम पटक प्रकाशित मिति ः २०७०÷०५÷१८
    यस से.प्रा.शि दिपायल डोटीको आ.व. २०७०÷०७१ का लागी तपसिल बमोजिमका मालसामान   खरीद तथा छपाई, मर्मत संभार र निर्माण जस्ता कार्यहरु गर्नु पर्ने भएकोले इच्छुक इजाजत प्राप्त ब्यक्ति, फर्म, कम्पनीबाट सम्बन्धित कार्यको लागी सार्वजनिक खरीद नियमावली २०६४ को नियम १८ अनुसार छुट्टाछुट्टै सुची ९क्तबलमष्लन ीष्कत० दर्ता गर्न सुचना प्रथम पटक प्रकाशित भएको मितिले ३० (तिस) दिनभित्र यस शिक्षालयको आर्थिक प्रशासन शाखामा दरखास्त दर्ता गराउन हुन यो सूचना प्रकाशित     गरिएको छ ।
संलग्न गर्नुपर्ने कागजात 
क) रितपूर्वकको निवेदन सहित फर्म वा कम्पनी दर्ता नविकरण प्रमाण पत्रको प्रतिलिपी, व्यक्तिको हकमा नागरिकताको प्रमाणित प्रतिलीपी ।
ख) स्थायी लेखा नम्बर, मुल्य अभिवृद्धिकर दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी वा मु.अ.कर दर्ता हुन नपर्नेको हकमा सो को आधिकारिक कागजातको प्रमाणित प्रतिलिपी ।
ग) आ.व. २०६९÷०७० को कर चुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी वा कर बिल पेश गरेको कागजातको प्रमाणित प्रतिलिपी ।
कार्यको विवरण 
क) जिन्सी सम्बन्धि खर्च हुने÷नहुने मसलन्द तथा स्टेशनरी सामान
ख) विविध सामान ।
ग) छपाई सम्बन्धि कार्य ।
घ) कम्प्युटर, प्रिन्ट, फ्याक्स, फोटोकपी ल्यापटप, अन्य मेसीनरी खरीद तथा बार्षिक मर्मत संभार ।
ङ) विजुली टेलीफोनका तार, पाटपुर्जा सामान खरीद वा मर्मत सम्बन्धि कार्य ।
च) भवन, खानेपानी तथा अन्य भौतिक संरचना निर्माण तथा मर्मत सुधार सम्बन्धि कार्य ।
छ) सवारी साधन जिप, जेनेरेटर आदि मर्मत तथा खरीद सम्बन्धि कार्य ।
ज) फर्निचर सप्लायर्स र मर्मत संभार ।
झ) विज्ञापन प्रकाशन र अन्य आवश्यक फुटकर सेवा ।
ञ) परार्मस सेवा, सर्भे तथा निमार्ण कार्य । 
ट) इन्धन (पेट्रोल, डिजेल, मट्टितेल आदि) खरीद ।
ठ) क्ष्लतभचलभत, ध्भदकष्तभ म्भकष्नल  तथा क्यातधबचभ खरीद तथा मर्मत ।
ड) सिभिल प्रयोगशालाको लागी क्गचखभथ, ज्ष्नजधबथ, क्यष् िीबद को समान खरीद तथा मर्मत । 
ढ) कृषि प्रयोगशालाको लागी समान खरीद तथा मर्मत ।
ण) स्वास्थ्य प्रयोगशाालाको लागी समान खरीद तथा मर्मत ।
त) पुस्तक खरीद ।
१– माथी उल्लेखित कामका विवरणका लागी प्रत्येक विषयगत छुट्टाछुट्टै निवेदन दर्ता गराउनु पर्ने छ ।
२– रित नपु¥याई र म्याद नाघि पेश भएको निवेदनलाई मान्यता दिइने छैन । प्राप्त निवेदन स्वीकृत गर्ने नगर्ने अधिकार कार्यालयमा सुरक्षित रहने छ ।

नेपाल सरकार 
संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालय
जिल्ला बिकास समितिको कार्यालय, डोटी 
गाबिसको अन्तिम लेखा परीक्षण सम्वन्धि सूचना 

    यस जिल्लाका सवै गाबिसहरुको आ.व. २०६९÷०७० को अन्तिम लेखा परीक्षण कार्य गर्नु पर्ने भएकोले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्रमा नेपाल चार्टर्ड एसोशियसनवाट आ.व. २०७०÷०७१ सम्मका लागि स्वीकृति प्राप्त दर्तावाल               लेखापरीक्षकहरुवाट निम्न वमोजिमका शर्तहरुका अधिनमा रही सम्पर्क गर्नु हुन अनुरोध गरिन्छ । 
शर्तहरु 
१. आवेदन दिने दर्तावाल लेखा परीक्षकले आ.व. २०७०÷०७१ का लागि नविकरण गरिएको प्रमाण पत्रको प्रतिलिपी, एब्ल् मा दर्ता भएको प्रमाण, आ.व. २०६९÷०७० को कर चुक्ता प्रमाण पत्र, क्ष्ऋब्ल् वाट यस वर्ष जिल्लामा लेखा परीक्षण गर्न दिईएको स्वीकृतिको प्रतिलिपी सहित निवेदन पेश गर्नु पर्नेछ । 
२. लेखा परीक्षण गर्दा कार्यालयले स्वीकृत गरेको त्इच् वमोजिम गर्नु पर्नेछ ।
३. दरखास्तसंग दस्तुर वाफत रु ३००÷– (पछि फिर्ता नहुने गरी) कार्यालयमा बुझाएको नगदी रसिद संलग्न हुनु पर्नेछ । 
४. म्याद नाघी आएको र उल्लेख भएका शर्त वमोजिम नभएको    दरखास्त स्वीकृत हुनेछैन । 
५. गत बिगत वर्षहरुको लेखा परीक्षण प्रतिवेदन समयमै र सन्तोसजनक रुपमा पेश नगरेका लेखा परीक्षकहरुको आवेदन स्वीकृत गरिने छैन ।
६. लेखा परीक्षण शुल्कका लागि स्थानीय निकाय आर्थिक प्रशासन नियमावली २०६४ को नियम ५९ को उप नियम ३ वमोजिमको सुबिधा सम्वन्धित गाबिसवाटै उपलव्ध गराईनेछ । 
७. यस सम्वन्धि थप जानकारीका लागि जिबिसको आन्तरिक लेखा परीक्षण शाखामा सम्पर्क गर्न सकिने छ । 

मालपोत कार्यालय डोटीबाट जारी गरिएको हकदावी सम्वन्धि ३५ दिने सार्वजनिक सूचना
          प्रथम पटक प्रकाशित मिति ः २०७०÷५÷१९
   डोटी जिल्ला मुडेगाउं गा.वि.स. वडा नं. ३ बस्ने मेरा बुबा नाता पर्ने गोरख वहादुर वोगटीको  मिति ः २०६२÷१२÷९ मा र निजकी एकमात्र पत्नि मेरी आमा रम्भादेवि वोगटीको मिति ः    २०५८÷४÷२ मा मृत्यू भएकोे हँुदा मृतकको शेषपछिको सबैभन्दा नजिकको हकदार हामी तिन भाई छोराहरु देब वहादुर वोगटी, चेत वहादुर वोगटी र मिन वहादुर वोगटी मात्र भएकोमा देब वहादुर वोगटी को मिति ः २०५२÷१०÷८ र निजकी एकमात्र पत्नी तुल्छीदेवि वोगटी पोईल गएको र कान्छा छोरा मिन वहादुर वोगटीको मिति ः २०६०÷२÷१० मा अविवाहित अवस्थामा मृत्यू भै अपुताली परेकोले मृतक जग्गाधनि गोरख वहादुर वोगटीको नाममा दर्ताकायम भएको डोटी मुडेगाउं गा.वि.स.वडा नं. ३ को कि.नं.९, १४, १७, ५०, ५६, १२७, १४३, ३६६, ३९५, ४००, ४३०, ४७४, ५०३, ५२१, ५६५, ५७९, ५९१, ५९८, ६४६, ६८५, ७४१, ७९६, र ८८५ को जग्गाहरु गोरख वहादुर वोगटीको छोरा चेत वहादुर वोगटी र देब वहादुर वोगटीको एकमात्र  छोरा योगेन्द्र वहादुर वोगटीको नाममा संयुक्त नामसारी गरिपाउँ भनि टिकाको नाति गोरख वहादुर वोगटीको छोरा वर्ष ३९ को चेत वहादुर वागटी र देब वहादुर वोगटीको छोरा योगेन्द्र वहादुर वोगटी ले ज.ध.प्र.पु., ना.प्र.प. को छायाँ प्रति मृत्यु दर्ता प्रमाण पत्र, नाता प्रमाण्ीित, मालपोत बुझाएको रसिद, नावालिक परिचय पत्र, गा.वि.स. बाट भएको सर्जमिन मुचुल्का र सम्बन्धित गा.वि.स.को सिफारिस आदि प्रमाणहरु राखि मिति २०७०÷४÷२० मा यस कार्यालयमा निवेदन दिनु भएकोले सो सम्वन्धमा सम्वन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ । यस्मा अन्य कुनै कसैको हक पुग्ने भए, अन्य कोहि हकदार भएमा वा निवेदकको माग बमोजिम निजका नाममा नामसारी गर्न नपर्ने कुनै कारण भएमा आफुसँग भएका सवुद प्रमाणहरु साथमा लिई यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र यस कार्यालयमा हकदावी गर्न आउनुहोला । अन्यथा नियमानुसार भैजाने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ ।

मालपोत कार्यालय डोटीबाट जारी गरिएको हकदावी सम्वन्धि ३५ दिने सार्वजनिक सूचना
              प्रथम पटक प्रकाशित मिति ः २०७०।०५।१९

    जिल्ला डोटी दि.सि.न.पा. वडा नं. ६ स्थित कि.नं. ८, १४४१, १४९६, को जग्गा हामीहरु तिन दाजु भाई गिरि, टिका, र विरु भण्डारीको नाउँमा नापनक्सा भै दर्ता कायम भएकोमा हामी तिन भाईमध्ये जेठा दाजु गिरि भण्डारीको मिति ः २०६५।२।२२ मा र निजको पत्नी पार्वतीदेवि भण्डारीको मिति ः २०४७।१।२ मा मृत्यु भएको र निज मृतक गिरि भण्डारीको छोरा रवि भण्डारीको मिति ः २०६२।३।१२ मा अविवाहित अवस्थामा मृत्यु भै अपुताली परेको र माईला दाजु टिका भण्डारीको मिति ०६०।३।१३ मा निजको पत्नी जगुदेवि भण्डारीको मिति ः २०६७।४।१२ मा मृत्यु भएको र निज मृतक टिका भण्डारीको छोरा राम भण्डारीको मिति ः २०६१।१२।२८ मा अविवाहित अवस्थामा भारतमा मृत्यु भै अपुताली परेको हँुदा निज मृतक दाजुहरु गिरि भण्डारी, टिका भण्डारीको अपुताली          परेकाले शेषपछिको सवैभन्दा नजिकको हकदार म विरु भण्डारी मात्र भएको हँुदा जिल्ला डोटी दि.सि.न.पा. वडा नं. ६ को कि.नं. ८, १४४१, १४९६, को जग्गा म विरु भण्डारीको नाउमा एकलौटी नामसारी गरी पाउँ भनि दि.सि.नं.पा.कार्यालय सिलगढी डोटीको सिफारिस मृतकको नाम समेतको संयुक्त ज.ध.प्र.पुर्जा, मृत्यु दर्ता प्रमाण पत्र नाताप्रमाणित, नेपाली ना.प्र.प एकिकृत सम्पत्ती कर रसिद आदि प्रमाणहरु साथै राखी नामसारी गरिपाउँ भनि जि.डोटी दि.सि.न.पा. वडा नं. ६ बस्ने टिका भण्डारी र गिरि भण्डारीको भाई विरु   भण्डारीले यस कार्यालयमा निवेदन दिनुभएकोले उक्त जग्गा सम्वन्धमा कुनै कसैको हकदावी पुग्ने भए यो सूचना प्रकाशित भएको मितिले बाटाका म्याद बाहेक ३५ (पैतिस) दिनभित्र आफूसँग भएका सक्कल प्रमाण साथ कार्यालयमा उजुर दावी गर्न आउनु होला । अन्यथा म्यादभित्र कुनै कसैले उजुरी दावी नगरे नियमानुसार भै जाने  व्यहोरा यसै सूचनाद्धारा जानकारी गराईन्छ । 

मालपोत कार्यालय डोटीबाट जारी गरिएको हकदावी सम्वन्धि ३५ दिने सार्वजनिक सूचना
                          प्रथम पटक प्रकाशित मिति ः २०७०।०५।१९

   मेरा नाउँमा नाप नक्सा भएको लक्ष्मिनगर गा.वि.स.वडा नं.८ स्थित मेरो हकभोग भित्रको तपसिल बमोजिमका कि.नं. का जग्गाहरु दर्ता गर्न छुट भएकाले उक्त जग्गा मेरा नाउँमा छुट जग्गा दर्ता गरीपाउँ साथै मेरो ना.प्र.प.मा बाबुको नाम अजविर कामी भएको र फिल्डबुकमा मेरो बुबाको नाम गोटे कामी भै बुबाको नाम फरक परेको भए तापनि दुवै नाम गरेको व्यक्ति फरक व्यक्ति नभै गोटे कामी भन्ने अजविर कामी  नै भएको भनी कैलाली सहजपुर गा.वि.स. वडा नं. ६ बस्ने अजविर कामीको छोरा वलविर कामीले यस मालपोत कार्यालय डोटीमा निवेदन दिनु भएकोले सो जग्गा दर्ता गर्र्नेे कार्यवाहीको सिलसिलामा यो सूचना प्रकाशित गरिएको छ । उक्त जग्गा कसैको व्यक्तिगत, सरकारी सार्वजनिक, गौचरन, पानीधारा आदि भित्र पर्छ पर्दैन, कुनेै कसैको जग्गा घुसे घुसाएको छ या कसैको हकदावी लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ (पैतिस) दिन भित्र (बाटाका म्याद बाहेक) आफूसंग भएका सक्कल प्रमाणहरु साथमा लिई यस कार्यालयमा हकदावी गर्न आउनु होला । अन्यथा नियमानुसार भई जाने व्यहोरा   जानकारी गराईन्छ ।
 




  



लेख 
लेख 
लेख 
लेख 
लेख 
लेख 
लेख 

No comments:

Post a Comment