मुख्य समाचार
एमाओवादीमा उम्मेदवारीका बिषयमा बिरोध
टिकटका लागि डोटीका नेताहरु राजधानी
अर्को संबिधानसभाको निर्वाचनमा उम्मेदवार चयनका सवालमा एकिकृत नेकपा माओवादी डोटीमा तिव्र बिवाद देखिएको छ । टिकट पाउनका लागि बिभिन्न दलका जिल्ला नेताहरु राजधानी पुगेका छन ।
जिल्लाको अवस्था बुझ्नका लागि खटिएका एमाओवादीका केन्द्रीय प्रतिनिधिहरुले दिएको सिफारिस अनुसार एक निर्वाचन क्षेत्रवाट पाँच जनाको नाम उल्लेख भएको थियो । गत मंगलवार बसेको निर्वाचन क्षेत्रीय तथा केन्द्रीय प्रतिनिधिको सिफारिस विपरित हुने गरी सिफारिस गरेको भन्दै केही नेताहरुले असन्तुष्ट व्यक्त गरेका हुन । बैठकले डोटी क्षेत्र १ वाट लेखराज भट्टलाई निबिकल्प उम्मेदवार भनि सिफारिस गरेको छ । त्यस्तै क्षेत्र २ का लागि पनि भट्टको नाम पहिलो क्रममा रहेको छ । दोश्रो, तेश्रो र चौथो क्रममा क्रमसः त्रिलोचन भट्ट, सिद्धराज भाट र शिवसिं ओलीको नाम रहेको छ । समानुपातिक तर्फ क्षेत्र २ का लागि जंग बिक, डवल ताम्रकार, धनमाया घर्ती र सिद्धान्तको नाम सिफारिस गरिएको छ । क्षेत्र १ कलावती ओझा, प्रेम नेपाली, मुन नेपाली र अरविन्द श्रेष्ठको नाम सिफारिस भएको पार्टीले जानकारी दिएको छ ।
हामीले निर्वाचन क्षेत्र १ वाट मोहन वम र क्षेत्र २ वाट त्रिलोचन भट्टलाई सिफारिस गर्नुपर्छ भनेका थियौं, बैठकको गणपुरक संख्या समेत नपु¥याई जवरजस्ती सिफारिस गर्ने काम भएको छ, एमाओवादीका एक जिल्ला सदस्यले भने “यो उम्मेदवारी सिफारिसले पार्टीभित्र अन्तर– बिरोध चर्काएको छ ।” अहिलेको अवस्थामा लेखराजले डोटीमा आएर चुनाव लड्नु त्यति उचित हुँदैन भन्ने हाम्रो भनाई हो, ति नेताले भने “भरसक राम्रो मान्छेले टिकट पावस भन्ने मात्रै हाम्रो भनाई हो ।” पार्टीले उम्मेदवार वनाईसकेपछि पार्टीलाई चुनाव जिताउनका लागि सवै एक हुनु पर्ने धारणा ति नेताले राखे ।
उता टिकटकै लागी बिभिन्न दलका नेताहरु काठमाण्डौं पुगेका छन । नेपाली कांग्रेसका जिल्ला सभापति बिरवहादुर वलायर, भरत खड्का, यज्ञराज पाठक, लक्ष्मीराज पाठक, योगेन्द्र शाही लगायतका नेताहरु काठमाण्डौं पुगिसकेका पार्टी श्रोतको दावी छ । पार्टी जिल्ला सचिव पदम रावतले पनि टिकटका लागि सिफारिस भएका करीव–करीव सवै नेताहरु काठमाण्डौं गएका र केही जाने क्रममा रहेका वताए । कांग्रेसले प्रत्येक्षतर्फ निर्वाचन क्षेत्र १ वाट लागि सात जना र क्षेत्र २ वाट १० जनाको नाम सिफारिस गरेको छ ।
नेकपा एमाले नेता एवं पूर्व सभासद् हर्कवहादुर सिंह, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य सच्चिदानन्द जोशी, डोटी क्षेत्र २ वाट प्रत्येक्षका लागि पहिलो प्राथमिकतामा रहेका नेता प्रेमवहादुर आलेमगर लगायतका नेताहरु राजधानी पुगेका छन । यद्यपी जिल्लावाट सिंह र जोशीको नाम सिफारिस भएको छैन । एमालेले जिल्लावाटै आएको सिफारिसलाई आधार मान्ने वताएको छ । जिल्लावाट सिफारिस भएका पार्टी जिल्ला अध्यक्ष चक्र मल्ल र सेती अञ्चल सदस्य नारद मलासी लगायतका नेताहरु भने जिल्लामै रहेका छन ।
एमाओवादी डोटी क्षेत्र १ का प्रमुख दावेदार मानिएका नेता मोहन वम लामो समयको काठमाण्डौं बसाईपछि पार्टी काममै सुदुरपश्चिमतिर फर्केका छन । क्षेत्र १ मा मोहन वमले नै टिकट पाउनु पर्ने भन्दै पार्टीभित्र एक समूहले दवाव दिईरहेको स्रोतको दावी छ । अर्का दावेदार जनार्दन जोशी पनि राजधानीको लामो वसाईपछि डोटी फर्केका छन ।
सम्पादकीय
बिद्युतको दादागिरी
बिहिवार करेण्ट लागेर एक जनाले ज्यान गुमायो, धेरैले बिद्युतको लापरवाही भने, कसैले भवितव्य भने कसैले मिश्रित कुराहरु पनि गरे । तर, जे जसरी भएपनि एक जनाको ज्यान त गयो । एकातिर मानवीय क्षेति भयो अर्कोतिर प्राधिकरणलाई आर्थिक व्ययभार भयो ।
तर नेपाल बिद्युत प्राधिकरणको दिपालय ईकाईलाई यस बिषयसंग कुनै वास्ता हुँदैन । जिल्लामा कहाँ लाईन लुज भएको छ, कहाँ जोखिम छ भन्ने कुराको अनुगमन गर्ने फुर्सद पनि छैन बिद्युत प्राबिधिकरणलाई । त्यसो त जिल्लाका प्रशासकलाई समेत नटेर्ने बिद्युतका दिपालय प्रमुख अरुलाई सायद मान्छे पनि ठान्दैनन् होला तर जिल्लाभरीमा हेर्ने हो भने बिद्युतको जति समस्या छ, त्यति सायदै अन्त कतै भेटिएला । ८० रुपैयाँको बिल बुझाउनका लागि सात सय रुपैयाँसम्म खर्च गर्नु पर्ने हाम्रो जिल्लाका ग्रामिणवासीहरुको वाध्यतानै छ । यसमा एक दुई जनाको ज्यान जानुलाई कुनै ठुलो कुरा मान्दैन बिद्युत प्राधिकरणले ।
चार वर्ष अगाडी दुई वर्षका लागि ठेक्का सम्झौता भएका कामहरु अहिले पनि अधुरै छन । निर्माण गर्न आवश्यक ठानेका छैनन् ठेकेदाहरुले न त बिद्युत कार्यालयले ति ठेकेदारहरुलाई काम लगाउन नै वास्ता गरेको छ । पोल पु¥याईएका छन, केही पोल गाडिएका पनि छन, ट्रान्समिटर पनि राखिएको छ तर वास्ता छैन कसैलाई । राजनीतिक दलका नेताहरुको अनुहार हेरेर व्यवहार गर्न पल्केको बिद्युत प्राधिकरण दिपायल न त अन्य दलका नेताहरुले भनेको मान्ने अवस्थामा छ न अरु कुनै सर्वसाधारणले भनेको कुरालाई उस्ले टेर पुच्छर लगाउँछ ।
कार्यालयले ईच्छाएको र हाकिम सावले आस्था राख्ने पार्टीका नेताले भनेको ठाउँमा तुरुन्तै बिद्युतिकरण हुने गरेका दृष्यहरु छन आम उपभोक्ताहरुको नजरमा । योजनामा अर्कै ठाउँ भनि आएको सामग्री अर्कै ठाउँ पु¥याईएका दृष्यहरु पनि छन । ति दृष्यहरु लुकेका पनि छैनन् । पटक–पटक सञ्चारमाध्यममा आईरहेका छन । तर, सुनुवाई हुँदैन । जिल्लाका प्रशासकहरु, क्षेत्रीय प्रशासकहरु सवैले ति समाचार पढेका पनि होलान््, तर कुनै सुधार भएन ।
अस्तव्यस्तता, अन्यौलता र हुकुमी शैलीमा चलेको छ बिद्युतको दिपालय कार्यालय । सामान्य फ्युज गएपछि लामो समयसम्म उपभोक्ताहरुलाई अन्धकारमा राखेर मात्रै बिद्युत आपुर्ति गर्ने बिद्युत कार्यालयका कर्मचारीहरुसंग एक वनिवनाउ “रेडिमेड” उत्तर छ । “बिद्युत के भएको होला” भनेर सिलगढी कार्यालयमा सोध्नुहोस “दिपालयवाट गयो” भन्छ, दिपायलमा सोध्नुहोस “अत्तरीयामा खरावी छ” भन्छन अनि अत्तरीया फोन गर्दा “टनकपुरमा मर्मत हुँदैछ” भन्ने जवाफ पाईन्छ । यो रेडिमेड उत्तर हो । त्यो देखि वाहेक नेताहरुको आदेश अनुसार बिद्युत बिस्तार गर्ने काम जति भए होलान तर जनताको चहाना, आवश्यकता र बिद्युत प्राधिकरणको नियमित कामहरु चार वर्षदेखि ठप्प रहेका छन ।
बर्षेनी घाटामा गईरहेको प्राधिकरणवाट मनग्य तलवभत्ता र वोनस समेत हत्याउने कर्मचारीहरु अझै त्यसले पनि नभएर कमिसनको खेलमा लिप्त छन । उनीहरुले आफ्नो जिम्मेवारी र कर्तव्य के हो भन्ने भन्दा पनि कुनै न कुनै राजनीतिक दलको हनुमान वन्ने शैली अपनाएका छन । त्यो शैलीमाथी कुनै कारवाही नगरी मौन स्वीकृति दिएको छ यहाँको प्रशासनले ।
किन चार चार वर्ष पहिले दुई वर्षका लागि भनि गरिएको ठेक्का सम्झौताको काम हुन सकेको छैन ? किन एक ठाउँका लागि आएको सामान अर्को ठाउँमा जाँदैछ ? किन नेताहरुको आदेशमा बिद्युतको सामग्री बितरण हुन्छ ? पत्रकारहरुले सत्य तथ्य बुझेर मात्र समाचार वनाउनु पर्छ भन्ने सरोकारवालाहरुले यस्ता बिषयमा पनि आप्mनो ध्यान केन्द्रित गर्नु पर्ने हो कि ! बिद्युतमा भईरहेको लापरवाही रोक्नका लागि पहल चाल्नु पर्ने हो कि ?
थप समाचारहरु
पत्रकारहरुलाई निर्वाचन सम्बन्धि तालीम
डोटीमा कार्यरत पत्रकारहरmलाई आगामी मंसिर ४ गते हुुने भनिएको अर्को संबिधान सभाको निर्बाचनमा सुचना प्रबाह गर्न सहयोग पु¥याउने उद्देश्यले जिल्ला निर्बाचन कार्यालय डोटीको आयोजनामा दुई दिने प्रशिक्षण तालीम सोमवार देखी डोटी जिल्ला सदरमुकाम सिलगढीमा शुरु भएको छ ।
जिल्लाबाट राष्ट्रिय स्तरका संचारमाध्यममा कार्यरत पत्रकार तथा स्थानिय स्तरमा कार्यरत पत्रकार गरी कुल २५ जना पत्रकारहरmलाई जिल्ला निर्बाचन कार्यालय डोटीले निर्बाचन सफल पार्न पत्रकारले खेल्नु पर्ने भुमिका तथा निर्बाचनमा लागु हुने पत्रकार आचार संहिता लगायतका बिषय तथा कस्ता समाचार सम्प्रेषण गर्न हुने र नहुने बिषयमा जानकारी दिने उदेश्यले तालीमको आयोजना गरिएको जिल्ला निर्बाचन अधिकारी टिकाराम ढकालले बताउनु भयो ।
दुई दिन सम्म चल्ने तालीमको डोटीका प्रमुख जिल्ला अधिकारी दिपक काफलेले एक कार्यक्रमका बिच सोमबार दिपायल सिलगढी नगरपालीकाको हलमा उद्घाटन गर्नु भयो । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी काफलेले ‘पत्रकारहरु भनेका देशका ऐना हुन’ । उनिहरुले सम्प्रेषण गर्ने समाचार निर्बाचनमा बाधा पुग्ने तथा शान्तिशुरक्षामा खलल पुग्ने खालको हुन नहुने धारणा ब्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी काफ्ले आगामी मंसिर ४ गतेका लागी तोकीएको संम्बिधान सभाको निर्बाचन शान्तिपुर्ण र भए रहित ढंगले सफल पार्ने समाचार सम्प्रेषण गरिदिन समेत पत्रकारलाई आग्रह गर्नु भयो ।’
आगामी मंसिर ४ गतेका लागी तोकीएको सम्बिधान सभाको निर्बाचनका लागी डोटीको शुरक्षा ब्यबस्था निकै मज्बुद तथा बलियो बनाईएकाले तोकिएकै समयमा निर्बाचन हुने समेत प्रजिअ काफलेले बताउनु भयो । कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक प्रेम चन्दले मंसिर ४ गतेको चुनाब सफल पार्न र सरकारले दिएका निति निर्देशनको अक्षरसः पालना गर्न प्रहरी तत्बर रहेको र सोही अनुरुप काम गर्न पनि आफुले मातहतका प्रहरी कर्मचारी लाई निर्देशन दिएको बताउनु भयो ।
चुनावी अभियानमा एमाले एमाओवादी
संंबिधानसभाको चुनाबी कार्यक्रम लिएर नेकपा एमाले र एकिकृत नेकपा माओबादी यसै साता देखि गाउँ पसेका छन ।
यही मसिंर ४ गते तोकिएको सबिधानसभाको चुनाबमा प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरुको नामावली केन्द्रलाई सिफारिस गरेलगत्तै देखि यि दुई दलका जिल्ला नेताहरु चुनाबी कार्यक्रम लिएर गाउँ पसेका हुन । एमाले डडेल्धुराका अध्यक्ष डा.तारा जोशी प्रत्येक्षतर्फका उम्मेदवार सिफारिस भएका छन । एकिकृत माओबादीका तर्फबाट केन्द्रीय सदस्य तथा २०६४ सालको सबिधानसभाको चुनाबमा झिनो मत अन्तरले पराजित भएका पुरानै उम्मेदवार खगराज भट्ट (बिनोद) प्रत्येक्षका उम्मेदवारमा सिफारिस भएका छन । यि दुई दलले जिल्लाका २० वटै गाबिस र एक नगरपालिका क्षेत्रमा चुनाबी कार्यक्रम बनाएर यसै साता देखि गाउँ बस्तीमा चुनाबी बाताबरणको अनुभुति गराईरहेका छन ।
नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवालाई पनि गृह जिल्ला डडेल्धुरा र कैलालीको क्षेत्र नं.६ बाट प्रत्येक्षका लागी सर्बसम्मत उम्मेदवारमा सिफारिस गरिएको छ । देउवाको गृह जिल्लाका जिल्ला स्तरीय नेताहरु सदरमुकाम क्षेत्रमा प्रचारप्रसार गरिरहेका छन । राप्रपा नेपाल, राजमो, राप्रपा र स्वतन्त्रका उम्मेदवारहरु केही दिनभित्रै गाउँ पस्ने तयारीमा रहेको बुझिएको छ । राजमोका केन्द्रीय सदस्य तथा प्रत्येक्षका उम्मेदवार लालबहादुर जाग्रीले चुनाबी कार्यक्रम लिएर केही दिनमै गाउँ पस्ने कार्यक्रम तय भईरहेको जानकारी दिए । “पहिलो चरणको चुनाबी कार्यक्रम सम्पन्न गरिसकेका छौं” जाग्रीले भने “अब दोश्रो चरणको कार्यक्रम लिएर छिट्टै गाम्रिण बस्ती पस्दैछौं ।”
एमाले प्रत्येक्षका उम्मेदवार डा. तारा जोशीले आलितालमा एक सभालाई सम्बोधन गर्दै चुनाबी कार्यक्रमको उद्घाटन गरेका छन । समानुपातिकका उम्मेदवार तथा पूर्व जिबिस सभापति गजेन्द्र शाहीले भागेश्वर गाबिसमा आयोजित सभालाई सम्बोधन गर्दै मसिर ४ गते संबिधानसभाको चुनाब भएर छोड्ने बताए । अर्का एमाले नेता धनबहादुर शाहीले गांखेत गाबिसमा आयोजित सभालाई सम्बोधन गर्दैे चुनाबी कार्यक्रमको उद्घाटन गरे । एमाले डडेल्धुराले तिनवटा टोली बनाएर चुनाबी कार्यक्रमलाई तिब्रता दिएको प्रचार बिभाग प्रमुख बिरेन्द्र बस्नेतले दिए ।
सबिधानसभाको चुनाब आफ्नो पक्षमा पार्न एमाले नेतृत्वले “भिजन डडेल्धुरा” नामक अभियानलाई नै चुनाबी मुद्धा बनाएको छ । “भिजन डडेल्धुरा” मा स्थानीय मुद्धालाई प्राथमिकता दिँदै एक बर्ष देखि कार्यक्रम थालेको थियो । यस पटक संबिधानसभाको निर्बाचन आफ्नो पक्षमा रहेको दाबी गर्दै डा.जोशीले निर्बिकल्पका साथ चुनाब जित्ने दाबी एमाले नेताहरुको रहेको छ ।
एकिकृत नेकपा माओबादीका जिल्ला नेताहरु गाउँ पसेका छन । माओबादीका जिल्ला नेताहरुको अगुवाईमा चारवटा टोली बनाएर गाउँ पसेको एमाओबादीका जिल्ला इन्चार्ज जनक कलौनीले जानकारी दिए । पार्टी बिभाजन भएको अबस्थामा पनि निर्बाचन एमाओबादीले जित्नेमा पूर्ण आशाबादी रहेको कलौनी बताउछन । पार्टी बिभाजनको असर परेको छैन, कलौनीले भने “ग्रामिण बस्तीबाट कांग्रेस र एमालेका अगुवाहरु पार्टी प्रबेशको लहरले जित सुनिश्चित भएको दाबी गर्दै आएको छ ।” सबिधानसभाको पहिलो चुनावमा झिनो मतले पराजित भएको बताउदै एमाओबादीका राज्य समिति सदस्य उमेश भट्ट (बिकास) ले चुनावी कार्यक्रम लिएर गाउँ पस्दा आफुहरुको जित सुनिश्चित भएको वताए ।
उता नेपाली कांग्रेसका जिल्ला स्तरका नेताहरु कांग्रेसले चुनाबको केही समय अघि मात्रै प्रचारमा जुटेपनि बरिष्ठ नेता देउवालाई कसैले हराउन नसक्ने बताउछन । कांग्रेसका महाधिबेशन प्रतिनिधि हरिप्रसाद भट्टले राष्ट्रिय ब्यक्तित्व देउवाको बिकल्प डडेल्धुराबासीले नखोजेको बताए । चुनावी कार्यक्रमलाई लिएर गाउँ पस्ने कार्यक्रम तय भईरहेको बताउदै भट्टले भने “अरु पार्टीले १२ पटक गाउँ पसेपनि कांग्रेसले एकै पटक गाउँ पस्दा पर्याप्त हुन्छ ।
संबिधानसभाको चुनावी माहौललाई आँकलन गर्दा तिन वटा ठुला पार्टीका उम्मेदवारबिच निकै प्रतिष्पर्धा हुने देखिन्छ । एमालेका उम्मेदवार डा. जोशी जनताका माझमा निकै लोकप्रिय छन । भरखरै बिद्यावारिधी गरेर सक्रिय राजनीतिमा लागेका नेता जोशी एमाले सातौं जिल्ला अधिबेशनबाट पार्टी अध्यक्षमा निर्बाचित भएका हुन । एमाओबादीका सुदुरपश्चिमकै चर्चित नेता खगराज भट्टको अबस्था पनि कमजोर छैन । पार्टी बिभाजनको असर जति परेपनि भट्ट जनताका माझमा कम लोकप्रियता छैनन । कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवा २०४८ साल देखि निरन्तर डडेल्धुराबाट निर्बाचित हँुदै आईरहेका छन । पटक–पटक देशको प्रधानमन्त्री समेत भईसकेका देउवा गत संबिधानसभाको निर्बाचनमा कञ्चनपुर क्षेत्र नं.४ बाट समेत निर्वाचित भएका थिए ।
तीन तेश्रो लिङ्गी उम्मेदवार
मंसिर ४ गते हुने संबिधानसभा सदस्य निर्वाचनमा सुदुरपश्चिमवाट बिभिन्न तीन राजनीतिक दलले तीन जना तेश्रो लिङ्गीलाई समानुपातिक उम्मेदवार सिफारिस गरेका छन ।
नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र नेपाल राष्ट्रिय सेवा दलले तीन तेश्रो लिङ्गी उम्मेदवारहरुलाई सिफारिस गरेका हुन । कांग्रेसले वाजुरा जिल्लावाट पार्वती रेग्मी, राप्रपा नेपालले कैलालीवाट मोनिका शाहलाई र राष्ट्रिय सेवा दलले बझाङ्गवाट बिनिता सिंहलाई सिफारिस गरेका हुन । तीनलाई समानुपालिका प्रणाली अन्तरगत उम्मेदवारका रुपमा सिफारिस गरिएको एकता नेपाल निलहीरा समाजले जनाएको छ । धनगढीमा भएको पत्रकार सम्मेलनमा समाजकी मानवअधिकार परियोजना हेर्ने भुमिका श्रेष्ठले राजनीतिमा यौनिक तथा लैङ्गिक अप्ल्पसंख्यक समुदायको सहभागिता र अवस्थाका वारेमा जानकारी दिँदै उक्त कुरा वताएकी हुन । निलहरा समाजले शुक्रवार कैलालीस्थित राजनीतिक दलहरु संग आगामी संबिधानसभामा आप्mनो हकहित र समस्यावारे छलफल पनि गरेको थियो ।
बिद्युतवाट एकको मृत्यु
पोलवाट चुडिएको तार व्यवस्थापनमा बिद्युत प्राधिकरणले लापरवाही गर्दा गत विहिवार डोटी जिल्ला खातिवाडा गाबिस रोकल्ला निवासी ५५ वर्षीय भारमल साउँदको निधन भएको छ ।
खातिवाडा गाबिस भवन परिसरमा रहेको पोलमा करेण्ट प्रवाह भएका कारण साउँदको निधन भएको आफन्तहरुले जानकारी दिएका छन । साउँदको शुक्रवार अन्त्येष्टि गरिएको छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल, बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको सहभागितामा मृतकका आफन्तहरु र बिद्युत प्राधिकरणको दिपालय कार्यालयका प्रमुख गणेश पाण्डेबिच क्षेतिपुर्तिमा सहमति भएपछि शवको पोष्टमार्टम गरी शुक्रवारै अन्त्येष्टि गरिएको हो । क्षेतिपुर्ति स्वरुप पाँच लाख रुपैयाँ दिने, किरीया खर्च स्वरुप २५ हजार रुपैयाँ दिने र मृतकका एक छोरालाई असोज १६ गते देखि लागु हुने गरी करारमा जागिर दिनेमा प्राधिकरणले सहमति जनाएको छ ।
नेकपा एमालेका खातिवडा गाउँ कमिटी सदस्य समेत रहेका साउँदको निधनप्रति सो पार्टीले गहिरो दुःख व्यक्त गरेको छ । पार्टी सेती अञ्चल सदस्य नारद मलासीले मृतक साउँदको शवमाथी पार्टीको झण्डा ओडाई श्रद्धाञ्जली व्यक्त गरेका थिए । नेता मलासीले साउँद पार्टीका सक्रिय कार्यकर्ता रहेको वताउँदै उनको निधनवाट पार्टीलाई अपुरणीय क्षेति भएको वताउँदै लापरवाही गरेर जनताको जीवनमाथी खेलवाड नगर्न बिद्युत प्राधिकरणसंग माग गरेका थिए ।
छोटकरी समाचार
राष्ट्रिय बाल दिवसमा विभिन्न कार्यक्रम
भाद्र २९ गते राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी डोटीमा पनि मनाइएको छ । “बालबालिकाको कुरा सुनौं, बाल दुव्र्यवहार अन्त्य गरौं” भन्ने नारा सहित बालबालिकाका क्षेत्रमा कामगर्ने विभिन्न सङ्घ÷संस्थाको सहयोग तथा जिल्ला बाल सञ्जाल डोटीको अयोजनामा शनिवार जिल्ला सदरमुकाम सिलगढीमा बालदिवसको अवसरमा कार्यक्रम गरीएको थियो । बिहान स्थानिय ईन्द्र चोकबाट प्रभात फेरी सहित बजार परीक्रमा गरेर आएको टोली जिल्ला बिकास समिती डोटीको हलमा आई औपचारीक कार्यक्रममा परीणत भएको थियो ।
दिवसकै अवसरमा जिल्लामा उत्कृष्ट नम्बर ल्याई एसएलसी परीक्षमा उत्तिर्ण हुने बिद्यार्थीलाई पुरस्कार समेत प्रदान गरीएको थियो । साथै कार्यक्रममार्फत गरीव जेहेन्दार तथा बिपन्न बर्गका बिद्यार्थीहरुलाई पनि पुरस्कार प्रदान गरीएको छ । कार्यक्रममा बिभिन्न सांस्कृतक प्रस्तुतिहरु देखाएकोमा श्री पद्म पब्लिक उच्चमाबीका बिद्यार्थीहरुलाई पनि पुरस्कार प्रदान गरीएको थियो । जिल्ला बाल सञ्जाल डोटीका अध्यक्ष हरीस बिष्टको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी निमित्त प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल रहनुभएको थियो ।
कार्यक्रममा जिल्ला स्थिती सरकारी तथा गैर सरकारी निकायका प्रमुख तथा प्रतिनीधि, राजनीतिक दलका प्रतिनीधिहरु, शिक्षक, बिद्यार्थी, पत्रकार, समाजसेवी, बुद्धिजीवि लगायतको उपस्थिती थियो ।
खेल तथा पर्यटन समाचार
धार्मिक आस्थाको केन्द्र परशुराम धाम
डडेल्धुरा जिल्लाको भित्री मधेशको रुपमा परिचित जोगबुडा शिर्ष गाविस वार्ड नं. ९ मा रहेको धामिर्क आस्थाको केन्द्र परशुराम धाम प्रचार—प्रसारको अभावमा ओझेलमा पर्दै गैरहेको छ ।
परशुराम क्षेत्रमा त्रेतायुगमा आवेशावतार भगवान परशुरामका पीता ऋषी जमदग्नीले तपश्या गरेको र पछी विष्णुको छैटौ अवतारको रुपमा भगवान परशुरामले हैह्यबंशी स्त्रीहरुको २१ चोटी संहार पश्चात पुनः त्यही क्षेत्रमा आई तपश्या पश्चात ठुलो यज्ञ गरेको कुरा स्कन्दपुराणको मानसखण्डमा वर्णन गरेको पाईन्छ ।
महाभारतबाट निस्किएको रंगुननदी र मानसरोवरबाट निस्किएको श्यामा, स¥यु र महाकाली नदीको संगमस्थलका रुपमा परिचित परशुराम क्षेत्रको बारेमा धामिर्क ग्रन्थहरुमा समेत उल्लेख गरेको पाईन्छ ।
महाकाली नदी किनारमा रहेको परशुराम क्षेत्र वरिपरी परशुरामकी आमा रेणुकाको मन्दीर, धर्मद्वार, सत्य यूगदेखि रहेको वरपीपल समेत देख्न पाईन्छ ।
उक्त क्षेत्रमा स्थानघाटका रुपमा परशुराम स्नानघाट, बाङघाट र भागेश्वर घाट रहेका छन् । उक्त धामिर्क स्थानमा आएर मिल्ने रंगुन नदी परशुरामकी आमा रेणुकाको नामबाट रहन गएको भन्ने धामिर्क विश्वास रहि आएको डडेल्धुरा जिल्ला नेपाली कांग्रेसका उपसभापति कैलाश कुमार पाण्डेले बताए । उनले परशुराम क्षेत्रमा धर्मराज युधृष्टीरले समेत यज्ञ गरेको र उनैले धर्मको लागि द्वारको समेत निर्माण गरेको जन विश्वास रहि आएको बताए ।
यस क्षेत्रलाई धामिर्क पर्यटनका रुपमा विकास गर्न सीमा जोडीएको छिमेकी मुलुल भारतको ठुलो तिर्थस्थल पूर्णागिरीमा दर्शन गरेपछि यस क्षेत्रमा रहेको सिद्धनाथ मन्दिरको दर्शन गरे मात्रै फलदायी हुने विश्वास भारतियहरुमा रहेकोले यसलाई जोड्न सके यस परशुराम क्षेत्रको धामिर्क महत्व अझ बढी हुने बताउदै राज्यले यस क्षेत्रको यातायातको सुविधा र नदी वारपार गर्न झोलुंगे पुलको निर्माण गरिनु पर्ने राजेन्द्र निर्माण सेवाका निर्देशक भीम बहादुर साउँदले बताए ।
यस क्षेत्रमा देवी देवताहरुको स्थान गर्ने तीर्थ पनि भएकाले यसलाई हरिद्वारको रुपमा पनि लिईन्छ । श्यामा, शारदा, सरयुको उद्गम स्थल पनि मानसरोवर भएको हूदा महाकालीलाई गंगाकै धाराको रुपमा पुज्ने गरेको पाईन्छ ।
परशुराम क्षेत्रको गुरुयोजना बनाएर यसको प्रचारप्रसार गर्न समेत यसले निकै महत्प पाउने वावा लक्ष्मणनाथ योगीले बताए ।
यस क्षेत्रलाई देवघाट क्षेत्र, पशुपति क्षेत्र जस्तै परशुरामले तपस्या गरेको स्थल भनेर यसलाई प्रचारप्रसार गर्नु आवश्यक रहेको पुर्व गाविस अध्यक्ष तारि सिंह बोहराले बताए ।
यस क्षेत्रलाई धामिर्क पर्यटनको रुपमा विकास गर्न नजिकै रहेको पुणर््ाँगिरीसंग यसलाई जोड्न सके नेपाल र भारतका अधिकांश दर्शनालम्बीहरु यस क्षेत्रको दर्शन गर्न आउने पुर्व गाविस अध्यक्ष बोहराले बताए ।विशेष गरेर माघे संक्रान्तीको बेला यस परशुराम क्षेत्रमा ठुलो मेला लाग्ने गरेको छ । डोटी, डडेल्धुरा लगायतका २२ द्यौराहरु (देवता) को स्थान समेत माघे संक्रान्तीको समयमा गरिने हुूदा यो स्थान प्रवित्र तिर्थ भूमी भएको साँउदले बताए ।
त्यो बाहेक औशी, पुर्णीमा, ग्रहण लागेको समयमा समेत यस क्षेत्रमा अन्य टाढा टाढाबाट दर्शनालम्बीहरु स्थान गर्न आउने गरेका छन् ।सुदूरपश्चिमबाट नजिकै रहेको धामिर्क तिर्थस्थल हरिद्वारको जत्रो महिमा र चर्चा छ, त्यही आस्था र विश्वास रहेको परशुराम क्षेत्र सरकारी उदासिनताका कारणचर्चामा आउन सकेको छैन् । धामिर्क एवं पर्यटकीय महत्व बोकेको परशुराम क्षेत्रको प्रचार(प्रसार र विकास गर्न सके यसले सुदूरपश्चिमको मात्रै नभएर नेपालकै पर्यटन व्यवसायमा ठुलो टेवा पु¥याउने विश्वास गर्न सकिन्छ ।
फुटबल खेलाडी लखपति बने
निकै मिहिनेत गरी काठमाडौंमा सम्पन्न आठौ साफ च्याम्पियनसीपको सेमिफाइनलमा पुगेका नेपाली फुटबल टीमका खेलाडीहरुले राम्रै प्रतिफल पाउने भएका छन् । सोमवार अखिल नेपाल फुटबल संघले प्रत्येक खेलाडीलाई २ लाख ५० हजार रुपैया दिने निर्णयसंगै अब नेपालीको राष्ट्रीय टीमवाट खेलिरहेका सबै फुटबल खेलाडीहरु लखपति बन्ने भएका हुन् । यो सँस्करणको फुटबल प्रतियोगितामा टिकट बेचेर मात्र अखिल नेपाल फुटबल संघले २ कराड रुपैया भन्दा बढी रकम कमाएको थियो ।
साथै नेपाली राष्ट्रीय फुटबल टोलीका प्रशिक्षक ज्याक स्टेफानोस्कीलाई पनि खेलाडी सरह २ लाख ५० हजार नगदवबाटै पुरस्कृत गरिने भएको छ भने प्राविधिक प्रशिक्षक कृष्ण थापा र दुई चिकित्सकलाई भने नगद १ लाख रुपैया प्रदान गरिने भएको छ ।
ढुवानी र राजनीति चर्चामा
गत शुक्रवार देखि प्रदर्शनमा आईका दुई नेपाली चलचित्र “ढुवानी” र “राजनीति” ले राम्रो वजार पाएका छन ।
राजधानी सहित देशभरका हलहरुमा एक साथ प्रदर्शनमा आएको चलचित्र “राजनीति” ले दर्शकहरुको उत्साहजनक साथ पाएको छ । पछिल्ल दिनमा एकाध चलचित्र वाहेक अधिकांस चलचित्रको व्यापार न्युन रहेको वेला प्रदर्शनमा आएको चलचित्र “राजनीति” लाई भने दर्शकले मन पराएको चलचित्र हलहरुमा देखिने भिडवाट थाह भएको छ । “राजनीति” का निर्देशक वसन्त निरौलाले चलचित्रले राम्रै वजार पाएको जानकारी दिए । महानायक राजेश हमाल र चर्चित गायिका कोमल वलीको प्रमुख अभिनय रहेको चलचित्र राजनीतिमा वर्तमान राजनीतिक अवस्थालाई मुख्य बिषयवस्तु वनाईएको छ । । राजधानीका बिश्वज्योति, गोपीकृष्ण, गुण, ललित, अष्टनारायण, गंगा, आराधाना, हिरारत्न, वाराही, कलंकी, पृथ्वी, कमल बिनायक, नवदुर्गा सहित मोफसलका अधिकांस हलमा चलचित्र प्रदर्शन भईरहको छ । राजनीति दीपक सुवेदीले निर्माण गरेका हुन ।
शुक्रवारै प्रदर्शनमा आएको अर्को चलचित्र ढुवानी पनि दर्शकमाझ राम्रै देखिएको छ । काठमाण्डौंका क्युएफएक्स, एफव्युव, गुणसहित अन्य चलचित्रमा हलमा प्रदर्शन रहेको छ । चलचित्र ढुवानी हेर्न दर्शकको भीड लागेको निर्देशक पीताम्वर पाण्डेले जनाए । ढुवानीमा किशोर खतिवडा, प्रवीण खतिवडा, धिरेन्द्रराज थापा, गुन शाही, अनुजा गायक लगायतको मुख्य अभिनय छ । कविता श्रेष्ठले निर्माण गरेको चलचित्र ढुवानीमा महिला बेचबिखनलाई प्रमुख बिषयवस्तु वनाईएको छ । प्रदर्शनको पहिलो दिनमै दुवै फिल्मले राम्रो प्रशर्दन गरेका थिए । सोही दिन नेकपा–माओवदीको ३३ दलीय मोर्चाले मध्य तथा सुदुरपश्चिम वन्दको आव्हान गरेको भएपनि यसको खासै असर पिल्ममा देखिएन ।
यता राम्रो व्यापार गरिरहेको चलचित्र होस्टल प्रदर्शनको तेश्रो साता प्रवेश गरेको छ । होस्टलको राम्रो व्यापारले निरन्तर ओरालो लागिरहेको नेपाली चलचित्रमा उत्साह ल्याएको छ । यो फिल्म करोड नाघ्ने अनुमान गरिएको छ ।
दुई दिनको पारिश्रमिक तीन करोड
शाहरुख खानको चलचित्र “चेन्नई एक्सप्रेस” हिट भएपछि वलीउड नायिका दीपिका पाटुकोणले आप्mनो कामको मुल्य वढाएकी छन । दीपिकाले साउथ फिल्ममा खेल्नका लागि दुई दिनको तीन करोड रुपैयाँको माग गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।
दीपिकाले असिन, बिद्या वालन, कैटरीना कैफ र दक्षिणकी अभिनेत्री अनुष्का सेट्टीलाई पछाडी पार्दै हालै रजनीकान्तसंग फिल्म “कोचादेयान” खेलेकी छन । दुई दिनको सुटिङ्गको तीन करोड रुपैयाँ लिएर वलीउडमा दीपिकाले अर्को रेकर्ड राखेको समाचारमा जनाईएको छ । दुई दिनको तीन करोड लिने वलीउडकी पहिलो नायिका दीपिका भएकी छिन ।
“कोचादेयान” फिल्ममा रजनीकान्त र दीपिकाको मुख्य भुमिका छ । यो फिल्ममा रजनीकान्त सुपरहिरोको अवतार देखिने छन । यस फिल्मलाई रजीकान्तकी छोरी सौन्दर्यले निर्देशन गरेकी छन । यो फिल्म रजनीकान्तको जन्मदिनमा रिलिज हुने वताईएको छ ।
लेख
प्राङ्गारिक कृषि
रमेश बि क वाजुरा
१. आधुनिक कृषि प्रणालीको प्रभाव
हाम्रो देशले जनसंख्याको अनुपातलाई मध्यनजर राखी खाद्यवस्तुको माग पुुरा गर्न विगत ३५÷४० वर्षदेखि उत्पादन र उत्पादकत्व बढाउन व्यवसायिक कृषि प्रणालीमा ९अयmmभचअष्ब िाबचmष्लन० जोड दिँदै आएको छ । बाली सघनता, वेमौसमी तरकारी खेती, उन्नत बीउ विजन एवं वर्णशंकर जातहरुको प्रयोगको विस्तार हुँदै गएको छ । सोही अनुरुप कृषि सामाग्री रसायनिक मल तथा बाली संरक्षण विषादीको प्रयोग प्रचुर मात्रामा भैरहेको छ, र बृद्धिको क्रम पनि बढ्दो छ । खेतीपातीमा बाली संरक्षणका लागि बीउको उपचारदेखि लिएर रोपिसकेपछि बाली कटानीसम्म र भण्डारणमा समेत कीटनाशक, ढूसीनाशक, शाकाणुनाशक, झारपातनाशक, मुसानाशक, सुलसुलेनाशक जस्ता बिभिन्न किसिमका शत्रुजीवनाशक बिषादीहरुको प्रयोग बढ्दै गएको छ । यसै गरी रसायनिक मलको प्रयोग अत्यधिक मात्रामा बढिरहेको छ ।
हाल बिषादीको प्रयोग व्यवसायिक खेतीमा मात्र नभएर करेसाबारीमा पनि बढ्न थालेको छ । यसरी कृषि उत्पादनमा प्रयोग गरिने यी रसायनहरुले वातावरण, हावा, पानी, माटो र त्यसमा आधारित जीवनचक्र प्रणालीलाई नराम्रोसंग प्रभाब पारेको छ । अत्यधिक विषादीको प्रयोगबाट महिलाहरु खेतबारीमा झारपात गोडमेल गर्न लाग्दा बेहोस भएका खबर लगायत बजारमा तरकारी वा फलफूल किनेर खाँदा बिषादीको कारण मृत्यु भएका समाचारहरु पनि बेला बेलामा आउन थालेका छन् । गम्भिर प्रकारका रोगहरु जस्तै फोक्सो, कलेजो, मृगौला, मुटु, नसा सम्बन्धी रोगीहरुको चाप दिन प्रतिदिन बढिरहेको छ । यहाँ जति अस्पतालहरु खुले पनि विरामीले उपचार गर्न बेड पाउनका लागि महिनौं कुर्नु पर्ने भएको छ ।
तसर्थ यो डरलाग्दो परिस्थितिको सामना भविष्यमा गर्न नपरोस भन्नको लागि आजैदेखि हानिकारक रोग, कीरा, झारपात नियन्त्रण गर्न जैविक विधि तथा अन्य वैकल्पिक उपायहरुको प्रयोग बढाउंदै व्यवसायिक प्राङ्गारिक खेतीको विकास गर्ने बेला आइसकेको छ ।
२. हाम्रो कृषि विकासको चुनौती
नेपालमा जनसंख्याको चाप एवं उर्वर भुमीमा उद्योगहरुको स्थापना दिन प्रतिदिन बढ्दै गइरहेकोले खेती योग्य जमीनको कमी हुँदै गएको छ । यसले गर्दा आशातित उत्पादकत्व बृद्धि हुन नसक्दा उत्पादनले फड्को लिन सकेको छैन । यस परिप्रेक्षमा एकातर्फ बढ्दो जनसंख्याको निमित्त चाहिने खाद्यान्न, तरकारी, फलपूmल, रेसा आपूर्तिका लागि कृषि उत्पादन बढाउनु आवश्यक छ र यसका लागि व्यवसायीकरण अपरिहार्य छ भने अर्को तर्फ व्यवसायीकरणबाट कृषि उत्पादन बृद्धि गर्ने नाममा रसायनिक मल एबं बिषादीको बढ्दो प्रयोगबाट मानिस लगायत वातावरणीय संरचनामा पर्ने नकारात्मक प्रभावलाई जोगाउनु उत्तिकै आवश्यक छ ।
नेपालमा जमीनको खण्डीकरण बढ्दै जानु र चक्लाबन्दी नहुनु, एकै किसानका स–साना जग्गा धेरै ठाउँमा छरिएर रहनुले ठूलो यान्त्रीकीकरण खेती ९mभअजबलष्शबतष्यल० तर्फ जान सक्ने अवस्था पनि छैन भने उत्पादन बढाउन सघन बाली प्रणाली अन्तरगत सघन खनजोत ९ष्लतभलकष्खभ तष्ििबनभ० बाट भूक्षय बढ्न गई उत्पादकत्वमा ह्रास हुँदैछ । अन्तर्राष्ट्रिय बजारमा रसायनिक मल र विषादीको भाउ आकासिँदो छ जसले उत्पादन लागत अत्याधिक बढाएको छ । रसायनिक मल तयार गर्न एकातिर उर्जाको अपुग छ भने अर्कोतिर उत्पादन लागत बढी हुने हुँदा हाम्रो देशले रसायनिक मल कारखाना बनाएर नाईट्रोजन, फस्फोरस र पोटासको आपूर्ति गर्ने संभावना तत्काल गाह्रो देखिन्छ । जसले गर्दा ग्रामीण क्षेत्रमा गरीवी बृद्धि हुँदै गइरहेको छ ।
हाल आएर यी गरीव कृषकहरु खाद्य सुरक्षा एवं रोजगारीको लागि शहरतिर बसाई सराई गरिरहेका छन् । यो जनसंख्याको बृद्धिले शहरमा उपलब्ध श्रोतहरुको वितरणमा बाधा पर्न गई द्वन्द्व ९अयलाष्अित० लाई निम्त्याउँदैछ । त्यसैले ग्रामीण कृषकलाई खाद्य सुरक्षाको निमित्त गाउँमै जीवन निर्वाह हुन सक्ने कृषि उत्पादन प्रणालीको विकास गरी अपनाउनु लगाउनु पर्ने भएको छ । यसलाई मध्यनजर राखि उत्पादनलाई सुव्यबस्थित तथा वातावरणलाई
संरक्षण गर्न कृषि क्षेत्रको दिगो विकासका लागि नयाँ कार्यशैली ९लभध उबचबमष्नmक० अपनाई व्यवसायिक प्राङ्गारिक खेती अबलम्बन गर्नु आजको माग मात्र नभई नितान्त आवश्यक भएको छ ।
३. व्यवसायिक कृषि पकेटमा उत्पन्न समस्याहरु
व्यवसायिक उत्पादन पकेटहरुमा उन्नत बीउ विजन र बर्णशंकर जातहरुको उत्पादकत्व वृद्धि गर्न रसायनिक मल तथा बिषादीको प्रयोगबाट कृषकहरुले विभिन्न समस्याहरुको सामना गर्नु परिरहेको छ । यी रसायनले गर्दा माटोको प्राकृतिक प्रतिरक्षा प्रणाली कमजोर हुँदै जाँदा रोग कीराको प्रकोप बढेको छ । कृषकहरु रसायनिक बिषादी बिना खेतीमा व्यवसायीकरण तथा बेमौसमी तरकारी उत्पादन गर्न नसक्ने अवस्थामा पुगेका छन् । उदाहरणको लागि काभ्रेपलान्चोकको पाँचखाल उपत्यका, धादिङको धादिङवेसी, मकवानपुरको पालुङ उपत्यका, धनकुटाको सिधुवा, काठमाडौं, ललितपुर, भक्तपुर, बारा, सर्लाही जिल्लाका पकेटहरुलाई लिन सकिन्छ ।
रसायनिक मलमा मात्र भर पर्दा प्राङ्गारिक पदार्थको आपूर्ति कम भइ सूक्ष्म खाद्यतत्वको अभावमा विरुवामा विभिन्न किसिमका रोगहरु देखा पर्दैछन् । हाल पकेट क्षेत्रहरुमा सूक्ष्म खाद्यतत्वहरु खासगरी मोलिब्डेनम्, बोरोन, जिंक कम भई बोटविरुवाको उत्पादकत्वमा असर परेको छ । बोरोनको कमीबाट गहुँमा गेडा नलाग्ने, काउली कुहिने, गाजर मूला पट्पटी फुट्ने रोग क्रमशः देखा पर्दैछन् । त्यसैगरी काउलीमा मोलिब्डेनमको कमीबाट सुरिलो साँगुरो पात जस्तो आकारको रोगको सामना गर्नु परिरहेको छ । जिंकको कमीबाट धानमा खैरा रोग बढ्दैछ । प्राकृतिक सन्तुलन खासगरी माटोको जैविक विविधता ह्रास हुँदै जाँदा रोग र कीराहरुको प्रकोप असाधारण रुपमा बढ्दै गएको छ ।
हाल आएर आलु, गोलभेँडा, भण्टामा ओइलाउने रोग ९दबअतभचष्ब िधष्ति० को ठूलो समस्या देखा परेको छ । काउली, बन्दा, मूला, ब्रोकाउली, सलगम, रायो, तोरी आदिमा जरामा गाँठो पर्ने रोग ९अगिदचययत० महामारीको रुपमा देखा पर्दैछ । त्यसैगरी धानमा फेँद कुहिने रोग ९ाययत चयत० र मरुवा ९दबिकत०, गहुँमा सिन्दूरे ९चगकत०, बकुल्ला सिमिमा लाही ९बउजष्म०, धानमा फड्के ९जयउउभचक० र नर्सरीमा लाग्ने बिभिन्न जटिल रोग कीराहरुको प्रकोपबाट कृषकले बेला बेलामा ठूलो क्षति व्यहोर्नु परेको छ । यी रोग, कीराहरुलाई रसायनिक विषादीबाट रोकथाम गर्न कृषकहरुले सकिरहेका छैनन् ।
अतः व्यवसायिक पकेटहरुको जमीनको सतहदेखि करीब १० से,मी. गहिराईसम्मको माटो मृत अवस्थामा पुग्न थालेको छ (कृषकको भनाइको आधारमा) । तसर्थ यस तर्फ बेलैमा सतर्कता नलिने हो भने जीवित माटो निर्जिवमा परिणत हुंँदै जाँदा बाली उत्पादन गर्न नसकिने स्थिति आउन नसक्ला भन्ने कुरामा दुईमत देखिदैन ।
४. नेपालमा प्राङ्गारिक खेतीको आवश्यकता एवं संभावना
नेपालको सन्दर्भमा विविधतापूर्ण पारस्थितिकीय प्रणालीको संरक्षण एवं उपयोग गर्दै प्राकृतिक श्रोतमा आधारित प्राङ्गारिक खेतीलाई विकास गर्न सकिने संभावना प्रशस्त रहेको छ । साथै हाम्रो स्थानीय मौलिक विधि र तरिकाबाट उत्पादित कृषि उपजबाट पनि तुलनात्मक लाभ लिन सकिन्छ । रसानिक मल तथा विषादीको प्रयोगको दृष्टिकोणबाट हाम्रो कृषि प्रणालीलाई संक्षेपमा सिंहावलोकन गर्दा सबैभन्दा बढी शहर वरिपरिका व्यवसायिक पकेटहरु, त्यसपछि क्रमशः तराई क्षेत्रको भूमि र पहाडी क्षेत्रका यातायात पहुँच भएका राजमार्ग छेउछाउका स्थानहरु पर्दछन् ।
यस बाहेक बाँकी अधिकांश भूमि करीब ७० प्रतिशत भन्दा धेरै अझै पनि प्राङ्गारिक खेती प्रणालीमा आधारित छ । नेपालका कृषकहरुसंग औसतमा प्रति परिवार करीब ०.५ भन्दा कम जमीन भएको हुँदा गरीव किसानहरुलाई समेट्न र उत्पादनमा दिगोपन ल्याउन प्राङ्गारिक खेती प्रणाली एक राम्रो वैकल्पिक उपाय हुन सक्छ । प्राङ्गारिक खेती श्रममूलक व्यवसाय हो । उत्पादनदेखि लिएर कटाई, चुटाई तथा उत्पादन उपरान्त गरिने कार्यहरु जस्तै ग्रेडिङ, प्याकेजिङ्ग, भण्डारण, बजारीकरणमा बढी श्रमको आवश्यकता पर्छ । यसमा ठूलो जनशक्ति समावेस हुन्छ र यसले गर्दा रोजगारी सिर्जना हुन्छ ।
हाम्रो देशमा ठूलो संख्यामा रहेका अर्धदक्ष बेरोजगार युवाहरुलाई यस कार्यमा लगाउन सकिन्छ । जबकी अन्य मुलुकमा यस्तो सस्तो श्रमशक्ति पाउन समस्या छ । त्यसैले हामीले उत्पादन गर्ने प्राङ्गारिक उपजको मुल्य अरु देशको तुलनामा अन्तराष्ट्रिय बजारमा सस्तो पर्न जान्छ र त्यसले बजारमा सजिलै प्रतिस्पर्धा गर्न सक्छ । नेपाल विश्व व्यापार संगठनको सदस्य भैसकेको सन्दर्भमा कृषि वस्तुको गुणस्तर कायम गरी विश्व बजारमा प्रतिस्पर्धा गर्नु पर्ने चुनौतीको सामना गर्न प्राङ्गारिक खेती नेपाली कृषकहरु र व्यवसायीहरुको लागि बरदान सावित हुन सक्छ ।
श्रोत ः कृषि सुचना तथा संचार केन्द्र
जिल्ला कृषि विकास कार्यालय, वाजुरा
लेखक पिसविन नेपाल नामक गैर सरकारी संस्थामा कार्यरत छन ।
अन्तरवfर्ता
चुनाव किन अन्योल ?
मनमोहन भट्टराई
मंसीरमा चुनाव हुन्छ त ? यस प्रश्नको सामना गर्न हामी राजनीतिकर्मीलाई झन् अप्ठेरो र दुविधाको विषय हुूदै गएको छ । परिस्थितिजन्य अवस्थाले गर्दा ढुक्कसँग हुन्छ भन्न पनि असजिलो हुदैन भनु भने झन् अनन्तसम्मको असजिलो । अन्तरिम व्यवस्थापनलाई कहिलेसम्म राखिराख्ने भन्ने प्रश्न छदै थियो, त्यसभन्दा पनि छयालीस सालको आन्दोलनमा क्रियाशीलता देखाएका र किसुनजीको नेतृत्वमा काम गरेर एकै वर्षमा संविधान निर्माण देखि निर्वाचन सम्पन्न गरी मुलुकलाई नयाँ दिशा निर्धारण गर्नुदेखि राजा, राष्ट्रीयता, राजनीति, प्रजातन्त्रको एउटा बाटो नै निर्धारण गरेका पुस्ताका राजनीतिकर्मीका लागि यो अत्यन्तै कठोर प्रश्न भयो ।
तर ६०१ जनाको संविधान सभाले चार वर्षमा संविधान बनाउन नसकेको यथार्थ पनि छदै छ । त्यसअघि र पछि बितेका समय, मुलुकले खेर फाल्नु परेका दिनहरु मुलुकवासीका लागि कति पीडादायक भए होलान् सजिलै बुझ्न सकिन्छ । बित्थामा मारिएका १७ हजार मानिसहरु, संख्या नतोकिएका हराएका, विकलाङग भएकाको कसले हिसाब राख्ने? अब फेरि हामी फकिर्एर गोलमेच सम्मेलन, संविधानका अन्र्तवस्तु, चुनावका तिथिमिति आदि कुरामा अल्भ्किूदै, बल्भिूकदै जान थालेका छौं । यथार्थ के हो भने सबै राजनीतिक दल आङ्खना समस्या आङ्खनैभित्रबाट सुल्झाउन नसकेका कारणले निर्वाचन सामना गर्ने मनःस्थितिमा देखिएका छैनन् । म आफै नेपाली काँग्रेसको केन्द्रीय सदस्य हू । मेरो आङ्खनै दलले अहिलेसम्म केन्द्रीय सदस्यहरु माझबाट संसदीय बोर्ड गठन गर्नसकेको छैन । उमेदवारको चयन गर्नुपर्ने हो त्यही बोर्डले हो । एनेकपा (माओवादी)को केन्द्रीय समिति कति ठूलो छ भने उसले ती सबैलाई उमेदवार बनाउने हो भने त्यो संख्या आफैमा संविधान सभाभन्दा ठूलो हुन बेर छैन । मोहन वैद्यको नेतृत्वको गठबन्धनका दलहरुको संख्या नै कति धेरै छ भने उनीहरुलाई आप्नो चुनाव प्रचारको व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ताले निर्वाचन नै बरु सारौं र चुनावको विधि र प्रकृया नै परिवर्तन गरौं भन्ने लागेको देखिन्छ छ । नेकपा (एमाले) भर्खरै लगभग विभाजनमा परेको छ । संगै अब यो विभाजनपछि आफ्नो रण्ाँनीति कसरी बनाउने भन्ने चिन्ताले ग्रसित छ । मधेस केन्द्रीत दलहरु गठबन्धनमा बाधिइसकेका थिएनन् फुस्कने काम सुरु भएजस्तो छ । मुद्दा पनि धेरै छन् । दम्व्य र अपराधको राजनीतिले सबैलाई एकै ठाउमा ल्याउन सकिदैंन भन्ने थोरै यथार्थ बोध पनि छ। तर त्यसभन्दा परको अरु कुनै राजनीतिक सोच चाहि छैन ।
मुख खोल्न पनि नसक्ने, भित्रभित्रै गुम्सिने, खिलराज रेग्मीको सरकारलाई लामो आयु दिन नचाहने तर आफै सरकारमा जान पनि कुनै वैधानिक बाटो नभेट्ने यी राजनीतिक दलको यही अवस्थाका कारण मुलुकको दुर्भाग्यपूणर््ँ दुश्चक्रबाट पीडित हुनुपर्ने चाहि जनतामात्र भएका छन् । संविधान कागजको एउटा पुलिन्दामात्रै हो । यसको धेरै ठूलो अर्थ अब देखिदैन । सामान्य कानुनको पनि सर्वोच्च न्यायालयले समेत मर्यादा राख्न छोडिसकेको छ। जंग बहादुरको पालाका कानुनी किताब अहिले पनि छन् मुलुकमा । संशोधनको समेत अनुहार देख्न नपाएका कतिपय ऐन अहिले पनि छन् । केही वकिल, केही बुद्ीजीवीको सही या गलत रायले तयार पारिएको अन्तरिम संविधान पनि अझै मुलुकमा ज्युूदै छ। नेता भएपछि औंलो ठड्याएर वा मुठी उचालेर जसले जसलाई जेजस्तो धम्की दिन पनि पाइन्छ भन्ने मानसिकता पनि छदैछ। अधिकारकर्मीहरु, राष्ट्रयि मानव अधिकार आयोग, अन्तर्राष्ट्रयि मानवीय संघसंस्थाको सरोकार हुूदाहुूदै पनि आफ्ना कार्यकर्तामाथि कुनै पनि कारवाही गरियो भने हामी युद्धमा फकिन्र्छौं भन्ने हुकार गर्ने ”जनवादी” भन्ने नेता लोकतन्त्रका कुरा गर्छन् । अर्काथरी छन्, हामीसित अझै पनि हतियार छन्, जो कुनै पनि बेला पड्किन सक्छन्, भन्दै कुर्लन्छन्। जनता भने शान्तिको नाममा चुप लागेर बस्न बाध्य छन् । यो मौन जनमतको प्रतिनिधित्व गर्ने कुनै दल छैन मुलुकमा? उनीहरुको कुनै जिम्मेवारी हुूदैन? उनीहरुले जनतालाई सुरक्षाको अनुभूति दिन भय र त्रासको राजनीति गर्नेलाई प्रतिवाद तथा त्यतिले पुग्दैन भने प्रतिकार गर्ने साहस देखाउन सत्तैकनन् ? के यो मुलुकको शक्ति वाईसीएलमात्र हो ? एउटी महिलामाथि बलात्कार र हत्याको आरोपमा भारतको दिल्लीका चार जना युवालाई न्यायालयले फासीको सजाय दियो। हामीकहा मृत्युदण्डको सजाय त हाम्रो न्याय व्यवस्थाले दिदैन । तर माओवादीको कथित जनअदालतले त हजारौलाई मारेकै हो । अब पनि मार्ने नै फरमान जारी गर्ने हक आफूसित भएको दाबी गर्ने नेतालाई छुट दिएर चुनावी भाषण गरेर हिड्न पाइन्छ ? अनि राज्यका कार्यकारी भनिनेहरुले यसलाई सुनेर हेरेर बसिरहन मिल्छ ? स्पष्टीकरण समेत पनि माग्नु पर्दैन ? अनि यस्तो राज्यमा चुनावको निष्पक्षताको खोजी गर्नुभन्दा हास्यास्पद अरु के हुन्छ?
चुनाव सर्छ रे सरेपछि यी सबै समस्याहको समाधान निस्कन्छ ? मौसम फेरिन्छ, बसन्त पञ्चमीको पूजाआजा गरिन्छ, बसन्त श्रवण पनि हुन्छ । राष्ट्रपतिले बसन्त श्रवण गर्छन् । नया पालुवा पनि पलाउछन् । के यत्तिकैले उल्लेखित दलहरुमा सुधार आइसक्छ ? समस्या जहा थियो छ, त्यही नै रहने जोखिम त्यसबेला पनि रहिरहन्छ। यो समस्या यथार्थमा कमजोर विद्यार्थीका लागि जाच सरेजस्तो मात्रै हो । केही दिन जाच सर्दैमा उसको तयारी पूरा हुन्छ भन्ने होइन । एकदेखि दश कक्षासम्म पढ्दा पनि उसको गणित वा अंग्रेजी वा विज्ञान कमजोर छ भने ती विषयमा ऊ कमजोरै भइरहन्छ। संगठन बलियो पार्ने क्षमता भएको दलले संगठनलाई सुदृढ बनाइराख्न सक्छ । व्यक्तित्व प्रभावशाली छ कसैको भने त्यो त्यही किसिमले बलियो रहिरहन सक्छ । आदर्शको राजनीति गर्नेले आदर्शमै अडेको जनताले देख्न पाउनुपर्छ । द्रव्य र अपराधको राजनीति गर्नेको राजनीति क्षणिक राजनीति हो, त्यो भंगुर नै हुन्छ। त्यो त्यसैगरी सकिन्छ पनि । लोकतान्त्रिक राजनीति नेताको हातमा हुदैन, लोकको हातमा हुन्छ । अर्थात्, जनता त्यसका निर्णायक शक्ति हुन् । ऊ जहिले पनि परिवर्तनको प्रतीक्षामा हुन्छ । ऊ आफ्नो रुचि अनुसार हिूड्छ । उसलाई मंसीर र चैतसँग धेरै ठूलो सरोकार हुूदैन । मंसीरबाट निर्वाचन चैतमा सर्दैमा उसको मतलाई घामको दिशाले अथवा त्यसको तापले खासै धेरै तात्विक असर पार्न सत्तैकन । केही प्रतिशत मत तलमाथि पर्न सक्छ तर दलको हारजितलाई त्यसले धेरै ठूलो असर भने गर्न सत्तैकन।
जहाँ सम्म पूर्ण समानुपातिक पद्तिको निर्वाचनप्रति कुनै दल विशेषको आग्रह छ, त्यसमा मुलुक जान्छ नै जस्तो त लाग्दैन । त्यसरी जादा मुलुकको शासन पद्ति कस्तो बनाउने भन्नेमा पनि सोच्नुपर्ने हुन्छ । संसदीय शासन पद्तिमा जानु पर्छ भन्ने मान्यता राख्ने भएकाले पनि पंक्तिकार पूर्ण समानुपातिक मतदानबाट संसदीय शासन पद्तिमा जानु उपयुक्त हुन्छ भन्ने सोच्दैन । समावेशी लोकतन्त्र मुलुकको आवश्यकता हो । त्यसमा दुविधा छैन । तर प्रत्यक्ष निर्वाचन प्रणाली बिनाको संसदीय शासन पद्ति पनि हुनु हुूदैन ।
चुनावमा सहभागी हुन्छौ भनेर कुनै दल अगाडि सरिसकेपछि उसलाई निर्वाचनबाट वञ्चित गर्नु उचित होइन । तर चुनावलाई सार्दै लानुपनि उपयुक्त होइन । तैपनि, तिनले केही समय मागे नै भने के गर्ने भन्ने प्रश्न त उठ्छ । मुलुकको भौगोलिकतालाई हेर्दा केही समय दिने हो कि भनेर सोच्नुपर्ने पनि हुन्छ । यसै पनि मंसिर आफैूमा चुनावका लागि हिमाली क्षेत्रलाई ध्यानमा राख्दा त्यति उपयुक्त समय होइन । हिमाली भेगका कतिपय नागरिक त्यसबेला त्यहाबाट झरेर नेपालकै दक्षिणी भेगमा वा भारतका सहरमा व्यवसायका लागि या तीर्थाटनका लागि गएका हुन्छन् । उनीहरुको चैतमा घर फकिर्ने समय हुन्छ । बालीनाली, खेतबारी खनजोतको समय हुन्छ । अर्को, असोज कात्तिकमा दसैं तिहार भएका कारणले धेरै नेपाली घर फर्केका हुन्छन् । लगत्तै निर्वाचन परे उनीहरु मतदान गर्ने दिनसम्म घरमा बस्न सक्छन् तर उनीहरुले फोटोसहितको मतदाता परिचय पत्र बनाएका छन् कि छैनन् ? यो प्रश्न भने बाकी नै छ । यी सबै समस्याबाट गुज्रिएर हामी निर्वाचनसम्म पुग्नु छ । जुन मुलुकका ४० लाखभन्दा बढी मतदाता देशबाहिर रोजगारीका लागि जानुपर्छ, त्यस मुलुकमा संविधान बनाउनका लागि हुने निर्वाचन त्यति सरल र सहज भने अवश्य पनि छैन । सबैमा हेक्का रहोस्, यो संसद्को सामान्य निर्वाचन नभएर जनताले आफ्नो स्वायत्तता, व्यक्तिमा निहित सार्वभौमिकता र आफैूभित्रको उच्चतम सम्भावना उचाल्ने प्रयत्नको खोजीका लागि गरिने मतदान हो ।
यस अवसरबाट कसैले पनि वञ्चित हुनु नपरोस् । यो कसरी सम्भव छ ? हरेक राजनीतिक दलले र सरोकारवाला व्यक्ति समेतले पनि यसमा ध्यान पु¥याउनु आवश्यक देखिन्छ । यद्यपि, संसारभर छरिएका नेपालीले मतदान गर्न पाउने व्यवस्था गर्न भने नेपालले गर्न सक्छ जस्तो लाग्दैन। सुविधापूर्ण किसिमले बढीभन्दा बढी नेपालीले मतदान गर्ने वातावरण्ँको निर्माण हुन सकोस् । तर, सरकार परिवर्तन र सर्वदलीय सरकार सयभन्दा बढी दल भएको अहिलेको अवस्थामा सम्भव पनि छैन र हुनु पनि हुदैन ।
मोफसल पत्रकारिता
विज्ञापन छाप्न कमिसन विना सम्भव छैन
मेनुका बस्नेत (पाण्डे), सम्पादक
सम्पदा आँचल साप्ताहिक, सुनसरी
तपाईको पुरा परिचय पाउँन ?
मेरो नाम मेनुका बस्नेत (पाण्डे), घर जिल्ला सुनसरी इटहरी—८ मा पर्छ । हाल सुनसरीबाट प्रकासित हुने सम्पदा आँचल साप्ताहिकको. सम्पादक पदमा कार्यरत छु ।
पत्रकारिता पेशा नै किन रोज्नु भयो ?
मुलुक र जनताको विशुद्ध सेवा गर्ने पेशा पत्रकारिता भएकाले पत्रकारिता पेशा रोजेकी हुँ । मलाई विश्वास छ पत्रकारिताको माध्यमबाट जनतालाई सूचना दिनु जनतालाई चनाखो बनाउनु सायद अन्य पेशाबाट सम्भव छैन । जनताको विशुद्ध रुपमा सेवा गर्ने भावना भएकाले पत्रकारिता भन्दा अर्को पेशा मैले पाइन । यसरी जनताप्रति समर्पित हुन पाउने पेशा पत्रकारिता रोजेको हुँ ।
कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ?
आजका बालबालिका भनेका भोलिका कर्णधार हुन्, तसर्थ ती बालबालिकाको भविश्य उज्यालो पार्नु हामी सबैको दायित्व हो म पत्रकार मात्र होइन एक आमा पनि हो । त्यसैले मैले बालबालिकाको क्षेत्रमा रहेर पत्रकारिता गर्न रुची राख्ने गरेको छु । त्यसको अलावा महिलालाई आधा आकास ढाक्ने भनेर भनिन्छ, गुणी, उपकारी, सहयोगी, मिठो बोली बोल्ने आदि उपनामले महिलालाई पुकार गर्ने गरिन्छ तर व्यवहारमा महिलालाई धेरै सताइएको छ । महिला हिंसाका घट्ना दिनानुदिन बढ्दै गएको पाइन्छ । यसैले मलाई बालबालिका तथा महिला बिटमा काम गर्न मन लाग्छ ।
तपाई पत्रकारिता पेशामा लागेको कति समय भयो ?
मैले पत्रकारिता पेशा अँगालेको १४ वर्ष भएको छ । २०५४ साल देखि मोरंगबाट प्रकासित हुने श्रीजनमत साप्ताहिकमा रहेर काम गर्ने मौका पाएँ र २०६५ सालमा आप्mनै नाममा सम्पदा आँचल साप्ताहिक दर्ता गरेर प्रकासन गर्दै आएकी छु ।
एक पत्रकार भएर आईपर्ने समस्या त छँदैछ, महिला पत्रकार भएर बाँच्दाका पिडाहरु कस्ता छन् ?
पत्रकारिता भनेको जोखिम मोल्ने पेशा हो समाचार प्रकासन भएपछि ताली अथवा गाली आएन भने त त्यसमा कुनै मजानै आएन नि । महिलाले घर परिवार हेर्ने, बच्चाबच्ची जन्माउने देखि हुर्काउने सम्मको साथै इष्टमित्र, पाहुना टार्नु पर्ने अर्थात घरको सम्पूर्ण जिम्मेवारी बहन गरेर बचेको समय पत्रकारितालाई दिनु महिलाहरुका लागि सानो चुनौती छैन । त्यसमा पनि महिलालाई होच्याउने, कुनै काम गर्न सक्दैनन् भनेर अविश्वास गर्ने, महिलाले सोचेका कुनै नयाँ सोचलाई त्यत्तिकै हासीमज्जामा उडाउने जस्ता कार्य लगायत अन्य कुदृष्टिले गर्दा महिलाहरु पत्रकारिता पेशामा खुलेर रम्न सकेका छैनन् । त्यहि पेरीफेरीमा मैले रहनु पर्ने बाध्यता रहेको छ ।
पत्रकारिता पेशामा लागेर सन्तुष्ट हुनुहुन्छ त ?
नेपालको पत्रकारिता यस्तै छ पत्रकारको सुरक्षा छैन, पत्रकारिता गरेर आर्थिक आयआर्जन गर्ने अवस्था छैन, पत्रकारलाई समाजमा केहि व्यक्तिहरुले सत्रुवत व्यवहार गर्छन् ,पत्रकारले ककसको के भएको छ उनीहरुका बारेमा राम्रा कुरा लेखि दिनु पर्ने नराम्रा कुराहरुलाई लृुकाइ दिनु पर्ने आदि गलत मानसिकता रहेको छ । यति हुँदा हुँदै पनि मैले पत्रकारिताबाट समाजलाई बुभ्mने जति अवसर पाएको छु यस अर्थमा म सन्तुष्ट छु, यदि मैले पत्रकारिता नगरेको भए समाजको यो कहालिलाग्दो अवस्था मेरो मानस पटलमा घुस्ने थिएन होला । मैले घर व्यवहार समालेर बचेको समय पत्रकारितामा लगाउँदा समाजलाई केहि भएपनि बुभ्mन सकें । यस अर्थमा म पत्रकारिता पेशामा लागेकोमा सन्तुष्ट छुु ।
तपाइले सञ्चालन गरिरहेको सम्पदा आँचल साप्ताहिक पत्रिका कसरी चलिरहेको छ ?
सम्पदा आँचल साप्ताहिक पत्रिकामा महिला र बालबालिकाको बारेमा साथै वर्तमान शिक्षा पद्धतिका बारेमा कलम चलाई पूर्वाञ्चलको उत्कृष्ट पत्रिका बनाउने मेरो ध्येय थियो । मैले यस विषयमा धेरै महिलाहरुसंग कुरा राखें सबैले राम्रो सोच हो भन्नु भयो तर कसैले साथ दिनु भएन । एउटी महिलाले आप्mनो नीजि लगानी गरेर पत्रिका संचालन गर्नु सा¥है समस्या रहेछ । सम्बाददाता राखौ श्रमजिवि पत्रकार ऐन अनुसार पारिश्रमिक दिन नसकिने, नराख्दा आफुले चाहे जस्ता समाचारहरु समेट्न नसकिने साथी भाइसंग हप्तैपिच्छे यो समाचार पठाईदिनुस न भनेर कति हार गुहार गर्नु पर्छ ।
मोफसल पत्रकारिता गरिरहनु भएको छ, कसरी हेर्नु भएको छ मोफसल पत्रकारिता जगतलाई ?
मोफसल मा रहेर पत्रकारिता गर्नु साच्चै भन्नेहो भने फलामको चिउरा चपाए जस्तो छ । मोफसलमा रहेर पत्रकारिता गर्दा सुरुमा साधनश्रोत सम्पन्न नहुँदा लोडसेडिङ्गको मारमा परेको छ । सरकारी कार्यालयहरु, संघसंस्था आदिले सहि सूचना दिन इन्कार गर्छन् सम्बन्धित प्रमुखलाई खुसी पारेर केहि सूचना चुहाउन सकेपनि कतिपय सूचना लिन सकिंदैन । वितरणमा उत्तीकै समस्या छ,हप्तामा एक दिन मात्र काम हुने हुँदा हकर कोही मान्दैनन् त्यसैले अधिकाँस पत्रिका हुलाकबाट पठाउनु पर्ने बाध्यता छ । पत्रपत्रिका पसलमा पत्रिका राख्न पनि पत्रिका विक्रि गरेको पैशा चाहिदैन भन्दा पनि उल्टै राखिदिए वापत पैसा दिए हुन्थ्यो भनुला झै गर्छन् । पत्रिकाको मुख्य आय श्रोत विज्ञापननै हो मोफसलका त्यसमा पनि साप्ताहिक पत्रिकाले विज्ञापन पाउनु भनेको आकासको फल आँखातरी मर सरह भएको छ । कतिपय साथीहरुले त सरकारी विज्ञापनमा कमिसन कबोल गरेर ल्याउँदा रहेछन् मलाई त्यस्तो प्रचलन ठीक लाग्दैन । किनकी बिकृति र विसंगतिको अन्त्य गर्न पत्रकारिता गर्नु अनि फेरी आफैले विकृति–विसंगतिलाई मलजल गर्ने हो भने पत्रकारिता गरेको के अर्थ भयो र । जिबिस, नगरपालिका लगायतका सरकारी कार्यालयहरु र विद्युत, टेलीकम, कृषि विकास बैंक, राबा बैंक लगायतका संस्थानका विज्ञापन छाप्न कमिसन विना सम्भव छैन । मोफसलका पत्रकारहरुलाई तालिमको व्यवस्था छैन ।
मोफसल क्षेत्र भएपनि इटहरी त विकसित ठाउँहो ,अन्य जिल्लाहरुको तुलनामा यहाँको पत्रकारितात अलि माथीनै उठेको होला, होइन ?
हो इटहरीलाई पुर्वाञ्चलको केन्द्र विन्दु भनेर चिनिन्छ । इटहरीको बस्ती विस्तारमा अत्यधिक बृद्धि भएको छ । अन्य जिल्लाको तुलनामा इटहरीलाई सुगम मान्नु पर्छ तर सानो पूँजीबाट सुरु गरिएको साप्ताहिक पत्रिका भएकाले समस्या उत्तिकै छ । यदि पूँजी प्रसस्त भएको भए कलेवरमा प्रकासन गरि आवश्यकता अनुसार सम्बाददाताहरु नियुक्ति गर्न सक्ने हो भने केहि उन्नती गर्न सकिन्थ्यो होला तर पूँजीको अभावमा मरिच चाउरिएझै चाउरिनु परेको अवस्थामा इटहरी शहरमा बसेको कुनै अर्थ हुँदो रहेनछ । किनकी यहाँ अत्यधिक प्रतिस्पर्धा छ, ठूला नाङले पत्रिकाहरुको पतिस्पर्धा भएको इटहरीमा साना पत्रिकाहरु कता हराउँछन् कता कुनै लेखाजोखा हुँदो रहेनछ ।
मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ?
समयको दौरानसंगै समस्याहरु एकपछि अर्को थपिदै जाने गर्छन् तसर्थ यसो गरेमा समस्या समाधन हुन्छ भनेर किटान गर्न मिल्दैन । हालको समस्या समाधान गर्न मुलुक र जनताका खातिर ज्यान दिन पछि नपरिकन जनतालाई सूचना प्रबाह गराउँदै आएका पत्रकारको जीवन विमा सरकारले गरिदिनु पर्छ । पत्रकारले सहज ढंगले प्रकृया अनुसार सूचना पाउने व्यवस्था मिलाउनु पर्छ । सूचना पाउने जनताको नैसर्गिक अधिकारमा अबरोध खडा गर्ने पदाधिकारी कर्मचारी आदिलाई कानुनी दायरामा ल्याउनु पर्छ । समानुपातिक विज्ञापन नीति, श्रमजिवी पत्रकार ऐन तत्काल एकै साथ लागु गर्नु पर्छ । पत्रकारलाई कुटपिटगर्ने, अभद्र व्यवहार गर्ने, पत्रकारको हत्या गर्नेहरुलाई कडाभन्दा कडा सजाय गर्नु पर्छ अर्थात सूचना र सुरक्षाको ग्यारेन्टी सरकारले लिनु पर्छ ।
मोफसल पत्रकारका समस्या समाधानका लागि नेपाल पत्रकार महासंघले कस्तो भुमिका खेलेको लेख्नु हुन्छ ?
मोफसलका पत्रकारहरुलाई नेपाल पत्रकार महासंघले भोट बैंक मात्र मानेको छ, सबै अबसरहरु केन्द्रिकृत छन् । समानुपातिक विज्ञापनका बारेमा केहि बोल्नु नसक्ने नेपाल पत्रकार महासंघले मोफसलको पत्रकारहरुको समस्या समाधानका लागि केहि गरि दिन्छ की भन्ने मलाई झिनो आशा पनि छैन ।
पत्रकारितामा लागेर कत्तिको पैसा कमाउनु भयो त ?
पत्रकारिता गरेर पैसा कमाउने सोच राख्नेहरु पत्रकार हुन सक्दैनन् । पत्रकारितामा पैसा छैन, जोखिम छ इज्जत छ, आत्म सन्तुष्टि छ । मैले पत्रकारिता गरेको पैसा कमाउन होइन आत्म सन्तुष्टि लिन हो । पैसा कमाउन पत्रकारिता नभएर अरु पेशा व्यवसाय गर्नु पर्छ ।
तपाइको पारिवारिक स्थिति भन्न मिल्छ ?
मिल्छ नि, किन नमिल्नु । पत्रकारका सबै कुरा सार्वजनिक हुन्छन् गोप्य राख्नुृ पर्ने केहि हुँदैन । म बस्नेतकी छोरी हुँ मेरा बुबा म ६ महिनाकी हुँदा निधन हुनु भएको आमाले म र मेरो दाजुलाई दुख कष्टले हुर्काउनु भयो मेरो माइति घर बिराटनगरमा छ । २०५० सालमा पत्रकार शालिग्राम पाण्डेसंग विबाह भएपछि २०५१ सालमा छोरा र २०५३ सालमा छोरी जन्मीएकीले उनीहरुको हेरचाह स्याहार सुसार, शिक्षा दिक्षा दिदै आएकी छु, इटहरी नपा वार्ड नं ८ मा सानो काठको झुपडीमा बस्दै आएकाछौं ।
तपाइको विचारमा पत्रकारिता के हो ?
मेरो विचारमा पत्रकारिता भनेके समाजको ऐना हो ।
तपाइका रुचि र चाहनाहरु बताउन मिल्छ ?
भने जस्तो भए देखि सोचे जस्तो पुगे देखि किन पो यस्तो हुन्थ्यो र ? मेरा रुची चाहनाहरु उमेरमा धेरै थिए ती रुची र चाहनालाई उमेर बित्दै जाँदा घरपरिवारमा अल्झनमा परेपछि ती सबै सपना भए । अब मेरो चाहना भनेको पत्रकारीताको माध्यमबाट समाजलाई बदल्ने अर्थात सभ्य समाजको निर्माण गर्ने र असहाय, दिनदुखी, विरामी, बृद्धाहरुको सेवामा समर्पित हुने यतिमात्र हो ।
अन्त्यमा केही भन्न मन लागेको छ ?
पत्रकारिता पेशा मर्यादित बनोस, पत्रकारिताका नाममा कसैले समाजमा कलंक फैलाउने प्रयास नगरुन् नेपाली सभ्यता, मौलिकता, विविधताको सबैले कदर गरौं, जातीय विभेद होइन जातीय एकता कायम राखेर सबै नेपाली समान इज्जत, समान अवसरमा बाँच्न सकौं । आनी छोइङ डोल्माले गाएको गित झै सबैको चित्त शुद्धि होस र सबै नेपालीले सबै नेपालीलाई काँडाको होइन पूmलको आँखाले हेर्ने गरौं । सुन्दर र शान्त नयाँ नेपालको निर्माणमा हाम्रा सबै स्वार्थ त्यागेर लागौं । यति नै छ मेरो भनाई ।
कला, साहित्य, संस्कृति
गजल
हिमाल जस्तो नाममा
सागर जस्तो भावना
फलोस फुलोस तिम्रो जीवन
यहि छ मेरो लाखौं लाख शुभकामना
हासो भने बिर्सि सके
आँशुमा नै बाँचेको छु
फुल जति झरी सके
काँडामात्र साँचेको छु
सागरको गहिराईमा ढुङ्गा बनि
जिन्दगीको हरेक पलमा
“अन्जान” को याद गरिदिनु
ढुङ्गा र माटोले बनेको पहाडमा पनि
वाढी पहिरो गईरहन्छ
उदास छाउने जीवनमा पनि
मिलन र बिछोड भईरहन्छ ।
रमेश नेपाली “अन्जान”
सिलगडी–४, डोटी
महत्वपूर्ण जानकारी
१. संयुक्त राष्ट्र संघका हालसम्मका महासचिवहरुको नाम र पदावधी ः–
१. दिग्वेली (नर्वे) सन १९४६ — सन १९५३
२. ड्याग ह्यामर सोल्ड (स्वीडेन)
सन १९५३—सन १९६१
३. उ थान्त (म्यान्मार) सन १९६१ — सन १९७१
४. कुर्त वाईल्ड हाईम (अस्ट्रिया)
सन १९७२ — सन १९८१
५. हाभियर पेरेज द कोय्यार (पेरु)
सन १९८२ — सन १९९१
६. डा. बुत्रोस बुत्रोस घाली (ईजिप्ट)
सन १९९२ — सन १९९६
७. कोपी अन्नान (घाना) सन १९९७ — सन २००६
८. बान कि मुन (दक्षिण कोरिया)
सन २००७ — देखि हालसम्म
नेपालमा कुन संबैधानिक आयोगमा कति सदस्य ?
नेपालको अन्तरीम संबिधान २०६३ साल माघ १ गते तत्कालीन अन्तरीम व्यवस्थापिका–संसदवाट अनुमोदन भई लागु भएको थियो । उक्त संबिधान पहिलो पटक २०६३ साल फागुन ३० गते बुधवार संसोधन भएको थियो । हाल संबिधानको दशौं संसोधन गर्ने कसरत भईरहेको छ । उक्त संबिधानले व्यवस्था गरेका संबैधानिक आयोगहरु र त्यसमा रहने सदस्य संख्या यस प्रकार रहेका छन ।
१. अख्तियार दुरुपयोग अनुसन्धान आयोग ः यस आयोगको व्यवस्था धारा ११९ मा गरिएको छ । उक्त धाराको उपधारा १ मा एक जना प्रमुख आयुक्त र आवश्यक संख्यामा अन्य आयुक्तहरु रहने व्यवस्था गरिएको छ ।
२. लोकसेवा आयोग ः अन्तरीम संबिधानको धारा १२५ मा यस आयोगको व्यवस्था गरिएको छ । उक्त धाराको उपधारा १ अनुसार एक जना अध्यक्ष र आवश्यकता अनुसार अन्य सदस्यहरु रहने व्यवस्था गरिएको छ ।
बिज्ञापन
मालपोत कार्यालय डोटीबाट जारी गरिएको हकदावी सम्वन्धि ३५ दिने सार्वजनिक सूचना
मिति ः २०७०।०६।०१
मेरा नाउँमा नाप नक्सा भएको डोटी साविक छहरा हाल छतिवन गा.वि.स.वडा नं.२ स्थित मेरो हकभोग भित्रको तपसिल बमोजिमका कि.नं. को जग्गा दर्ता गर्न छुट भएकोले उक्त जग्गा मेरा नाउँमा छुट जग्गा दर्ता गरीपाउँे भनी डडेल्धुरा आलीताल गा.वि.स. वडा नं. ३ बस्ने परि सुनारको छोरा मनि सुनारले यस मालपोत कार्यालय डोटीमा निवेदन दिनु भएकोले सो जग्गा दर्ता गर्र्नेे कार्यवाहीको सिलसिलामा यो सूचना प्रकाशित गरिएको छ । उक्त जग्गा कसैको व्यक्तिगत, सरकारी सार्वजनिक, गौचरन, पानीधारा आदि भित्र पर्छ पर्दैन, कुनेै कसैको जग्गा घुसे घुसाएको छ या कसैको हकदावी लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ (पैतिस) दिन भित्र (बाटाका म्याद बाहेक) आफूसंग भएका सक्कल प्रमाणहरु साथमा लिई यस कार्यालयमा हकदावी गर्न आउनु होला । अन्यथा नियमानुसार भई जाने व्यहोरा जानकारी गराईन्छ ।
मालपोत कार्यालय डोटीबाट जारी गरिएको हकदावी सम्वन्धि ३५ दिने सार्वजनिक सूचना
मितिः– २०७०÷०६÷०१
मेरा नाउँमा नाप नक्सा भएको डोटी साविक छहरा हाल छतिवन गा.वि.स.वडा नं.२ स्थित मेरो हकभोग भित्रको तपसिल बमोजिमका कि.नं. को जग्गा दर्ता गर्न छुट भएकोले उक्त जग्गा मेरा नाउँमा छुट जग्गा दर्ता गरीपाउँे भनी डडेल्धुरा आलीताल गा.वि.स. वडा नं. ३ बस्ने परि सुनारको छोरा मनि सुनारले यस मालपोत कार्यालय डोटीमा निवेदन दिनु भएकोले सो जग्गा दर्ता गर्र्नेे कार्यवाहीको सिलसिलामा यो सूचना प्रकाशित गरिएको छ । उक्त जग्गा कसैको व्यक्तिगत, सरकारी सार्वजनिक, गौचरन, पानीधारा आदि भित्र पर्छ पर्दैन, कुनेै कसैको जग्गा घुसे घुसाएको छ या कसैको हकदावी लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ (पैतिस) दिन भित्र (बाटाका म्याद बाहेक) आफूसंग भएका सक्कल प्रमाणहरु साथमा लिई यस कार्यालयमा हकदावी गर्न आउनु होला । अन्यथा नियमानुसार भई जाने व्यहोरा जानकारी गराईन्छ ।
मौवा नगरदह स्वास्थ्य चौकी
कालिकास्थान, डोटी
कर्मचारी आवश्यकता सम्वन्धि सूचना
प्रकाशित मिति ः २०७०÷६÷१ गत
डोटी जिल्ला कालिकास्थान गाबिसस्थित मौवा नगरदह स्वास्थ्य चौकीमा ल्याव असिष्टेण्ट करार पदमा खुल्ला प्रतियोगिताद्वारा पदपुर्ति गर्नु पर्ने भएकोले तपशिल अनुसारको योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुवाट सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र यस कार्यालयमा आई दरखास्त दिन हुन यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल
बिज्ञापन नं. ०१÷०७०–०७१
पद ः ल्याव असिष्टेण्ट
तलव ः स्वास्थ्य व्यवस्थापन समितिको निर्णय अनुसार
शैक्षिक योग्यता ः ल्याव कोर्ष उत्तीर्ण
कार्य अनुभव ः सम्वन्धित क्षेत्रमा १ वर्ष काम गरेकालाई बिशेष ग्राह्यता दिईने छ ।
उमेतर ः १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको
दरखास्त दिने अन्तिम मिति ः २०७०÷६÷१५ गते
सम्पर्क मिति ः २०७०÷६÷१६ गते
परीक्षाको किसिम ः अन्तरवार्ता
गर्नु पर्ने काम ः स्वास्थ्य चौकीमा ल्याव असिष्टेण्टले गर्नु पर्ने सम्पूर्ण कार्यहरु
दरखास्त साथ पेश हुनु पर्ने कागजातहरु ः नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी,
ः ल्याव उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपी
थप जानकारीको लागि ः ९८४८४३१८०४ मा सम्पर्क गर्नुहोला ।
हार्दिक बधाई तथा शुभकामना
”समाबेशी र सु–शासनयुक्त सामुदायिक वन, समुदायको सुदृढ संगठन हाम्रो अभियान“ भन्ने मुलनाराका साथ सम्मपन्न सामुदायिक वन उपभोक्ता महासंघ, डोटीको तेश्रो अधिवेशनबाट कृष्ण मलासी ज्यूको अध्यक्षतामा नया कार्य समिति चयन भएकोमा उक्त अधिवेशनवाट चयन हुन सफल अध्यक्ष तथा सम्पुर्ण पदाधीकारी ज्यूहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै नयाँ कार्यकालको लागि हार्दिेक शुभ–कामना ब्यक्त गर्दछौ ।
धर्मा ऐर–उपाध्यक्ष
राधिका वोहरा–महासचिव
लोकबहादुर थापा–सचिव
घनश्याम जोशी–कोषध्यक्ष
सदस्यहरु
विजय साउद
गगन सिं रावत
हेमा देवी खड्का
डम्मरु कार्की
शर्मीला मलासी
कृष्ण रावत
जितबहादुर बम
पतिराम टमटा
गोमती वोहरा
शान्ति चुनारा
बसन्त घर्ती
पुर्ण सिं वि.क.
जुन्ति देवी साउद
कलापती मल्ल
गोमाकुमारी वोहरा
संयोजक
रविन्द्र प्रशाद जोशी
ग्रामीण न्युनिकरण कार्यक्रम
तथा सम्पुर्ण कर्मचारी परिवार
हार्दिक श्रद्धाञ्जली
आत्मीय मित्र एवं नेकपा एमाले खातिवाडा गाउँ कमिटी, डोटीका सदस्य कमरेड भारमल साउँदको असामयिक निधनले अन्त्यन्तै मर्माहत वनाएको छ । दुःखको यस घडीमा मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सोकामुल परिवारजनप्रति समवेदना व्यक्त ग गर्दछु ।
नारद मलासी
सेती अञ्चल सदस्य, नेकपा एमाले
No comments:
Post a Comment