Wednesday, September 25, 2013

बिम्ब साप्ताहिक, २०७० असोज ८ गते मंगलवार

मुख्य समाचार 

चुनाव मंसिर ४ मै हुन्छ, तयारी गर्नुहोस

पूर्व गृहमन्त्री तथा एमाले नेता भीम रावलले अर्को संबिधानसभाको निर्वाचन मंसिर ४ गतेनै हुने दावी गरेका छन ।
पार्टी कामको सिलसिलामा गृह जिल्ला अछामवाट फर्कने क्रममा डोटीको सदरमुकाम सिलगढीमा नेता रावलले सो कुरा वताएका हुन । “चुनाव मंसिरमै हुन्छ, यसमा कुनै संका छैन, तपाईहरु तिव्रताका साथ चुनाव प्रचार–प्रसारमा लाग्नुहोस” एमाले कार्यकर्ताहरुलाई निर्देशन दिँदै रावलले भने–कार्यकर्ताहरु एकजुट भएर चुनावी अभियानमा लाग्नुहोस, नेकपा एमालेको जित सुनिश्चित छ । जनताले एकपल्ट नेकपा एमालेको वहुमतको सरकार हेर्न चाहेको वताउँदै रावलले भने “यसपाली जनताले एमालेलाईनै वहुमत दिनेछन ।” नयाँ संबिधान निर्माण गर्ने र       राष्ट्र, राष्ट्रियता र नेपाली जनताको समग्र बिकास गर्ने       राजनीतिक कार्यक्रम एमालेसंग मात्रै भएको दावी नेता रावलको थियो ।
गृह जिल्ला अछामको निर्वाचन क्षेत्र १ वाट प्रत्येक्षका लागि सर्वसम्मत सिफारिस भएका एमाले केन्द्रीय सदस्य समेत        रहेका रावलले उम्मेदवारी दर्ता गर्ने मिति सार्नु परेका कारण अव धेरै लामो चुनावी अभियान सञ्चालन गर्न समस्या हुने वताउँदै जनताका माझमा आफ्ना       कुराहरु राख्न आजै देखि लाग्नु पर्ने वताए । रावलले भने “हामीले जनतालाई गत संबिधानसभामा के भयो भन्ने वारेमा प्रष्ट वताउन सक्नुपर्छ, होईन भने जनता अन्यौलमा रहन्छ ।” एमाओवादीको उग्रवामपन्थी शैली र नेपाली कांग्रेसको यथास्थिति प्रबृत्तिनै संबिधान निर्माण हुन नदिने प्रमुख तत्व भएको नेता रावलको भनाई थियो । “यो कुरा जनतालाई हामीले बुझाउनु पर्छ, जनताले सत्य कुरा जान्नुपर्छ” नेता रावलले चुनावी योजना तयार गरी जुट्न जिल्ला नेतृत्वलाई समेत निर्देशन दिए ।
रावलको आगमनसंगै सदरमुकाम सिलगढीस्थित ओम गेष्टहावस एमाले कार्यकर्ताहरुले भरिएको थियो । उम्मेदवारका लागि जिल्लावाट सिफारिस भएका नेताहरुले नेता रावलसंग आ–आफ्ना कुराहरु राखेको एमाले स्रोतले जानकरी दियो ।

सम्पादकीय 

अख्तियारप्रतिको आशा

“अव तपाईले लेखेको सार्थक होला जस्तो छ, किनभने अख्तियारको कार्यालय डोटीमै आएको छ । अलि खोजमुलक समाचारहरु तथ्यमा आधारित भएर लेख्नुहोस, सायद अव अख्तियारले छानविन गर्छ होला ।”
बिम्ब साप्ताहिकका प्रतिनिधिहरुसंग अचेल वजारमा        धेरै मान्छेहरुले यस्तै कुराहरु भन्ने गरेका छन । यस्तो भन्नेमा सरकारी कर्मचारीहरु, नेताहरु, सर्वसाधारण र आम पाठकहरु पनि छन । सायद बिगतदेखिनै बिम्ब साप्ताहिकले भ्रष्टाचार र अनियमितताका समाचारहरु प्रकाशन गर्दै आयो तर दोषीलाई खासै कारवाही भएको नदेखिएपछि दिक्क भएका आम पाठक वर्गमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय डोटीमा वस्ने भएपछि अलिकति आश पलाएको छ ।
सैद्धान्तिक रुपमा घुस लिने र दिने दुवै अपराधी हुन तर सन्दर्भ र अवस्थाले पनि कतिपय कुराको निर्धारण गर्नु पर्ने  हुन्छ । डोटीमा जति पनि घुस लिने दिने कुरा भए ति कुराहरुमा कारवाहीको “क” सम्म पनि कसैले उच्चारण गरेनन् । फलस्वरुप भ्रष्टाचार वढ्दै गयो र अहिले संस्थागत भएको छ । अव योजनाको कार्यान्वयन गर्नु जरुरी छैन । योजना राम्रोसंग सम्पन्न भएको भएपनि प्राबिधिकहरुलाई घुस दिनै पर्ने गर्दै   नगरेको भएपनि घुस दिनै पर्ने अनि कसले गर्छ त काम ? यही अवस्थाका कारण आज जताततै गुणस्तरको काम भएन, समयमै काम भएन, अनियमितता गर्नेलाई कारवाही भएन भन्ने कुरा आईरहेको छ ।
यस अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय डोटीमा वस्दैछ । यस कार्यालयले सुदुरपश्चिममा हुने गरेको वा भईरहेका कामहरुमा भएको भ्रष्टाचारलाई रोक्नका लागि पहल गर्नेछ भन्ने बिश्वास जनताले लिएका छन । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा ४ अनुसार “नेपाल सरकार वा सार्वजनिक संस्था समक्ष गरेको शपथ, कबुलियत, सम्झौता, ठेक्का, लाइसेन्स, परमिट, प्रतिज्ञापत्र वा डिलरशिपको शर्तपालना नगरेमा वा नेपाल सरकार वा त्यस्तो संस्थाले निर्धारित गरेको नियम वा कार्यविधि वा स्वीकार गरेको शर्त उल्लङ्घन हुने गरी प्रचलित कानुनद्वारा निषेधित तवरबाट व्यवसाय गरेमा वा सरकारी वा त्यस्तो संस्थाको सुविधा वा अधिकारको दुरूपयोग गरेमा निजलाई कसुरको मात्रा अनुसार दुई वर्षसम्म कैद वा बिगो बमोजिम जरिबाना गरी बिगो समेत जफत गरिनेछ ।” भन्ने व्यवस्था छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को परिच्छेद ४ अनुसार आयोगले भ्रष्टाचार सम्वन्धि पनि काम गर्ने भएका कारण यस्ता बिषयहरुमा छानविन गरोस भन्ने अपेक्षा छ । अख्तियारमा पदाधिकारीको नियुक्ती भएपछि अहिले अख्तियारले अव भ्रष्टाचार निवारणमा सहयोग गर्छ कि भन्नेमा धेरै मान्छेमा आशा गरेका छन । यो आशा निराशामा परिणत नहोस भन्ने हाम्रो भनाई हो ।
बिगतका वर्षहरुमा जति पनि समाचारहरु भ्रष्टाचारसंग सम्वन्धित प्रकाशन वा प्रसारण भए ति समाचारहरुमा सम्वन्धित निकायको खासै चाँसो गएन । चाँसो गएका ठाउँमा पनि सम्वन्धि कार्यालयले अख्तियारप्राप्त अधिकारीहरुलाई टेरेनन् । जसले गर्दा यस क्षेत्रमा भ्रष्टाचार संस्थागत भएको छ । यो संस्थागत भएको भ्रष्टाचार रोक्नका लागि बिम्ब साप्ताहिक अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जतिवेला पनि सहयोग गर्न तयार छ । मात्र अख्यिारको ईच्छा शक्तिको आवश्यकता देखिएको छ ।

थप समाचार 

हस्तान्तरण नहुुँदै जीर्ण भवन

“पानीका थोपाहरु जति वाहिर पर्छन, उतिनै भित्र पस्छन, यो छाना हुनु र नहुनुको कुनै अर्थ छैन ।”
घाङल गाबिसको नवनिर्मित दुईतले भवन देखाउँदै एक स्थानीयवासीले गाबिस भवन निर्माणमा व्यापक अनियमितता भएको र ढिलासुस्ती भएको    वताए । “यसअघि पनि यहाँ धेरै पत्रकारहरु आएका हुन, उनीहरुले पनि तपाई जस्तै गरी फोटो खिचे तर समाचार कतै आएन” एक अर्का स्थानीवासीले भने यस      वारेमा कसैले पनि वोलेको छैन ।
यो भवन निर्माण भएको दुई वर्ष भएको छ तर अहिलेसम्म गाबिसलाई हस्तान्तरण भएको छैन, स्थानीय उमेन्द्र मल्लले भने “गाबिसको कार्यालय अहिलेसम्म भाडामा छ ।” हुन त त्यो भवन हस्तान्तरण भएर पो के गर्ने हो र ! मल्ल थप्छन– चुहिने भवनमा कार्यालय कसरी राख्ने । मल्लकै भनाईमा सहमति जनाउँछन अर्का स्थानीयवासी भक्तवहादुर साउँद । साउँदले भवनको यो अवस्थाको वारेमा जिल्ला बिकास समितिलाई जानकारी गराउँदा सो कार्यालयले ठेकेदारलाई दोष दिएर आफु उम्किन खोजेको गुनासो गरे ।
यस्तै समस्या छ गिरीचौका गाबिस भवनको पनि । लामो समयसम्म गिरिचौकावासीहरुले गाबिस भवनको नवनिर्मित भवनवाट पानी चुहिएको दृष्य   हेरे । केही दिन अघि मात्रै सो भवनको छाना पुनः मर्मत भएको र अहिले पानी चुहिन वन्द भएको गिरिचौका माबिका प्रधानाध्यापक नरवहादुर खडायतले वताए । प्रअ खडायतका अनुसार अहिले भवनमा रङ लगाउने काम      भईरहेको छ । झ्याल ढोका लगाउने काम अझै वाँकी रहेको खडायतको भनाई छ ।
मुड्भरा गाबिस भवन पनि निर्माण कार्य सम्पन्न भएको जिल्ला प्राबिधिक कार्यालयको तथ्याँकमा उल्लेख गरिएको छ तर उक्त भवनको निर्माण कार्य पुरा नभएको गाबिसवासीहरु वताउँछन । भवनको छतवाट पानी चुहिएको स्थानीयवासीहरुले जानकारी दिए । गाबिस सचिव डिलवहादुर महरा भन्छन–झ्यालढोका र फिनिसिङको काम केही वाँकी छ । आफुले माथिल्लो तलामा गएर नहेरेको वताउँदै सचिव महराले गाबिसले पूर्ण काम सम्पन्न नभएसम्म भवन स्वामित्वमा नलिने वताए ।
आर्थिक वर्ष २०६४÷०६५ देखिनै निर्माण कार्य प्रारम्भ भएको वर्छैन गाबिस भवन अहिलेसम्म पनि निर्माण कार्य सम्पन्न भएको छैन । गाबिस सचिव यज्ञराज भट्टका अनुसार रङ लगाउने कार्य र झ्यालढोका निर्माण कार्य वाँकी रहेको छ । यस्तै अवस्था छ लामिखाल गाबिस भवनको । स्थानीयवासीहरुको भेलाले भवन निर्माण कार्य छिटो सम्पन्न गर्न सम्वन्धित निकायलाई आग्रह गरेको भएपनि हालसम्म भवन निर्माण नभएको स्थानीय जगन्नाथ रोकायाले जानकारी दिए ।
जिल्ला बिकास समिति डोटीका स्थानीय बिकास अधिकारी शीवकुमार कार्कीले निर्माणका लागि ठेक्का सम्झौता गर्ने ठेकेदारहरुको लापरवाहीका कारण गुणस्तरयुक्त भवन निर्माण हुन नसकेको वताए । “हामीले ठेकेदारहरुलाई पत्र काटेका छौं, यदि उनीहरुले भवनमा भएका कमीकमजोरीहरु सच्याएनन् भने हामी ठेक्का   रद्द गरी ठेकेदारलाई कालो सूचीमा राख्छौं” कार्कीले भने ।

भदौरे मेलामा वोगटान

“म अरु केही खान्न, मलाई खुकुरी रम चाहिन्छ, जहाँवाट भएपनि ल्याउ” असोज ३ गते बिहान चार वजे एक ग्रहाकले वागछेडाका एक ओटले व्यवसायीलाई भनेको वाक्य हो     यो ।
डोटी घाङल गाबिस–८ पातलमा रहेको महंगाल देउताको जात्रा हुने दिन अर्थात भाद्र शुक्ल त्रियोदशीको दिनलाई यस क्षेत्रमा “भदौरे” भन्ने गरिएको छ । मुख्यतया रामजाली मगरहरुको कुल देउताको रुपमा मानिने महंगाल देउताको सो दिन पुजाआजाका साथै पशु वली दिने गरिन्छ । वोकाको वली दिँदा हतियारले नभई देउताको धामीले दातले खेलाएरै वोका मार्ने गरेको बिरेन्द्र उच्च माबि घाङलका प्रधानाध्यापक नन्दराम पुनमगर वताउँछन । “वली दिँदा अन्य ठाउँका जसो हतियारले काटिन्न” पुनमगरले भने “धामी आफैले दातदे वोका मार्छन ।” प्रत्येक वर्ष कम्तीमा ५÷६ वोका वली दिईने गरेको प्रअ पुनको भनाई छ ।
पवित्र धर्मस्थलको रुपमा मनाईने भदौरेलाई त्यस क्षेत्रका जनताले तास खेल्न सुरु भएको चाँडका रुपमा बुझ्ने गरेका    छन । आज देखि त भदौरे सुरु भयो अव यहाँ वास पाईन पनि गा¥हो हुन्छ, घाङल गाबिस–८ वागछेडाका एक व्यापारीले भने “अव यो भदौरे तिहारको अन्त्यसम्म रहन्छ ।” लानाकेदा– रेश्वर, मान्नाकापडी, सिमचौर, बर्छैन लगायतका गाबिसहरुवाट भदौरेमा तास खेल्नका लागि आउने गरेको ति व्यापारीको भनाई छ । नाम उल्लेख नगर्ने शर्तमा ति व्यापारीले भने “यहाँका होटेलहरुका लागि भदौरे फलिफाप हुने गरेको छ ।”
भदौरेमा तास खेल्नेहरु सरकारी कर्मचारीहरु, गैससमा काम गर्नेहरु, शिक्षकहरु, ठेकेदारहरु, स्थानीय व्यापारीहरु हुने गरेको स्थानीयवासीहरु वताउँछन । शिक्षक र व्यापारीहरु त अग्र स्थानमै हुन्छन, एक अर्का व्यापारीले भने “त्यसको साथसाथै सवै क्षेत्रका व्यक्तिहरु हुने गरेका छन ।”
गत वर्षदेखि डोटीमा जुवा तासमा पूर्ण रुपमा रोक लगाईएको थियो । तत्कालीन प्रमुख जिल्ला अधिकारी प्रेमवहादुर खापुङ्ग र प्रहरी नायव उपरीक्षक भरत वोहराले जिल्लामा अवैध मदिरा उत्पादन तथा बिक्रीबितरणका साथै जुवातासमा पूर्ण प्रतिवन्ध लगाउने प्रयास गरेका थिए । यस वर्ष भने भदौरेको नाममा मुख्यतया घाङल–८ वागछेडा र त्यसको साथसाथै वर्छैनमा समेत खुल्याआम जुवातास हुने गरेको छ ।

सामाजिक परीक्षण अभियानको रुपमा

नेपालमा बिगत ५० वर्षदेखि लगातार काम गर्दै आएको युनाईटेड मिसन टु नेपाल नामक अन्तराष्ट्रिय गैर सरकारी संस्थाले आफ्ना साझेदार संस्थाहरुको सामाजिक परीक्षणलाई अभियानको रुपमा लैजाने गरेको वताएको छ ।
गत साता रामपुर उच्च माबि बुडर डोटीको सामाजिक परीक्षणका क्रममा सो संस्थाका संस्थागत बिकास सल्लाहकार गोकर्ण जोशीले संस्थाले सामाजिक परीक्षणलाई बिशेष महत्व दिने गरेको वताए । “हामीले देशैभरीका साझेदार संस्थाहरुको सामाजिक परीक्षणलाई बिशेष महत्व दिने गरेका छौं” जोशीले भने “पारदर्शिता र जवाफदेहीताका लागि सामाजिक परीक्षण आवश्यक छ ।”
नेपालको नीतिमा पनि सवै सार्वजनिक निकायहरुले वार्षिक रुपमा सामाजिक परीक्षण गर्नु पर्ने व्यवस्था रहेको वताउँदै सल्लाहकार जोशीले सामाजिक परीक्षणलाई अन्य सरकारी तथा गैर सरकारी निकायहरुले पनि अनिवार्य अभियान वनाउनु पर्ने वताए । सामाजिक        परीक्षणवाट योजनाहरुमा हकवालाहरुको अपनत्व बढ्ने समेत जोशीको भनाई थियो ।
सो कार्यक्रमका प्रमुख अतिथि डोटीका जिल्ला शिक्षा अधिकारी गणेशवहादुर सिंहले सामाजिक परीक्षण गर्नु पर्ने नीतिगत व्यवस्था भएपनि बिद्यालयहरुको सामाजिक परीक्षण व्यवस्थापन समितिको वैठकमा मात्रै सिमित हुने गरेको वताए । “सवै सरोकारवालाहरुको सहभागितामा बिधिवत् रुपमा सामाजिक परीक्षण हुनुपर्छ” सिंहले    रामपुर उच्च माबिले सामाजिक परीक्षण नियमित रुपमा गर्ने गरेको भएपनि बिद्यार्थीको सिकाई उपलव्धी राम्रो गर्न नसकेको वताए ।
बिद्यालयका शिक्षकहरुमा गुटवन्दी भएको वताउँदै जिशिअ सिंहले स्रोत साधनले सम्पन्न बिद्यालय हुँदाहुँदै पनि बिद्यालयको बिद्यार्थी उत्तीर्ण प्रतिसत बृद्धि नभएकोमा आक्रोस व्यक्त गरे । “यहाँ तीन जना शिक्षकले नेतृत्व गरेका तीन गुट छन” सिंहले जुन गुटले बिद्यालयमा राम्रो ग¥यो सोही गुटलाई सहयोग गर्न अभिभावकहरुलाई सुझाव  दिए । युनाईटेड मिसन टु नेपालले बिद्यालयमा बिभिन्न शैक्षिक सामग्री सहयोग गरेकोमा धन्यवाद दिँदै सिंहले पाएको स्रोत साधनको अधिकतम उपयोग गरी सिकाई उपलव्धी वढाउन शिक्षकहरुलाई निर्देशन दिएका थिए ।
युएमएनले डोटीमा रामपुर उच्च माबि, बरपिपल वचत तथा ऋण सहकारी संस्था लिमिटेड घण्टेश्वर र अन्य चार गैर सरकारी संस्थाहरु ६ साझेदारहरुसंग बिभिन्न बिषयगत क्षेत्रमा काम गर्दै आएको छ । अन्य साझेदार संस्थाहरुमा समान पहुँच बिकास केन्द्र (सिड) नेपाल, ग्रामिण समुदाय बिकास केन्द्र घाङल, अपाङ्ग सेवा संघ डोटी र ग्रामिण बिकास केन्द्र डौड डोटी रहेका छन ।
आप्mना साझेदार संस्थाहरुको नियमित रुपमा सामाजिक परीक्षण गर्ने क्रममा यस वर्ष पनि ६ वटै साझेदारहरुको सामाजिक परीक्षण गर्न लागिएको युएमएन डोटी क्लष्टरकी टिम लिडर सवु तामाङले वताईन ।

यस्तो छ चुनावी सुरक्षा योजना

मंसिर ४ मा हुने अर्को संबिधानसभाको निर्वाचनका लागि सरकारले सुरक्षा योजना तय गरेको छ । योजना अन्तरगत चार तहमा सुरक्षा समिति गठन गरिएका छन ।
गृहमन्त्री प्रमुख रहेको केन्द्रीय      सुरक्षा समिति, गृहसचिव प्रमुख रहेको केन्द्रीय कमाण्ड पोष्ट, शान्ति सुरक्षा महाशाखा प्रमुख रहेको केन्द्रीय एकिकृत निर्वाचन सेल र गृहको निर्वाचन सेल गरी चार सुरक्षा समिति वनाईयको हो ।
गृहमन्त्रीको अध्यक्षतामा रहेको समितिमा गृहसचिव, रक्षा सचिव, सवै   सुरक्षा निकायका प्रमुखहरु सदस्य रहेका छन । सो समितिमा गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख सदस्य सचिव       रहने छन । समितिले चुनावमा खटिने नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र          राष्ट्रिय अनुसन्धान बिभागबीच समन्वय गर्न योजना वनाउनेछ । देशभरीको शान्ति सुरक्षाको अवस्था अनुगमन गरी सुरक्षा निकायलाई निर्देशन दिने, निर्वाचन सुरक्षा योजना कार्यान्वयन भए÷नभएको हेर्ने,      सुरक्षा निकायको सुपरीवेक्षण गर्ने काम समितिको हुनेछ । आकास्मिक रुपमा आईपर्ने शान्ति सुरक्षाका चुनौतीको बिश्लेषण गरी समन्वयात्मक सुरक्षा कारवाहीको निर्देशन दिने काम यो समितिले गर्नेछ ।
यसैगरी गृहसचिव प्रमुख रहने गरी केन्द्रीय कमाण्ड पोष्ट खडा गरिने भएको छ । चुनाव हुन एक साता अघि खडा हुने यो समितिमा नेपाली सेनाका वलाधिकृत  रथी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान बिभाग र सशस्त्र प्रहरी प्रमुख सदस्य हुने छन । यस समितिले निर्वाचनका वेला आई पर्ने आकास्मिक आपतकालीन अवस्थामा सुरक्षा व्यवस्थाको निर्णय लिन समन्वयात्मक भुमिका निर्वाह गर्नेछ । कोही उम्मेदवार वा अन्य माथी कुनै अप्रिय घटना भयो भने तत्काल उद्धार गर्न समन्वयकारी भुमिका निर्वाह गरिनेछ, गृहका एक अधिकारीले सेनाको हेलिकप्टर, नजिक भएको नेपाल प्रहरी, सशस्त्र वा सेना जो नजिक छ, त्यसैलाई छिटो पठाउने काम यो समितिले गर्ने वताए ।
सुरक्षा निकायहरुले गरिरहेको कामको मुल्याँकन गरी प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिने, संबिधानसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निश्पक्ष, शान्तिपूर्ण र भयरहित वनाउन सुरक्षा निकायबीच समन्वयको काम गर्ने जनाईएको छ । केन्द्रीय÷क्षेत्रीय निर्वाचन सेलले सिफारिस गरेका बिषयहरुको बिश्लेषण र मुल्याँकन गरी सुरक्षा व्यवस्था थप मिलाउन निर्देशन दिने काम यस समितिको रहने छ ।
चारवटै सुरक्षा निकायसंग परामर्श गरी एकीकृत निर्वाचन सुरक्षा योजना वनाईएको र यो योजना चारवटै सुरक्षा निकायका पाँचवटै बिकास क्षेत्रमा पुगिसकेको छ । गृहका सहसचिव शंकर कोईरालाले म्यादी प्रहरी भर्नाको बिषय समेत यसै योजनामा समावेश भएको   वताए ।
निर्वाचनका लागि सुरक्षाको  जिम्मेवारी सुरक्षा निकायको मात्र नहुने   सुरक्षाबिद्हरु वताउँछन । राज्य संयन्त्रले मात्र सुरक्षा दिन सक्छ भन्ने धारणा राख्नु गलत भएको वताउँछन पूर्व गृहसचिव भोजराज पोखरेल । पोखरेलले भने           राजनीतिक दलहरुले हिंसा नगरौं र भईहाले दललेनै मिलाउने प्रतिवद्धता जनाए मात्र चुनावमा हिंसा हुँदैन । उनका अनुसार चुनाव नजिकिँदै गर्दा राजनीतिक दलहरुमा     जसरी पनि चुनाव जित्नै पर्छ भन्ने मानसिकताले हिंसा गराउछ ।
बैद्य नेतृत्वको नेकपा–माओवादी सहितको ३३ दलीय मोर्चाले चुनाव बिरोधी अभियान गर्ने घोषणाले चुनावमा सहभागि राजनीतिक दलहरुबीच मात्र नभई चुनाव हुन दिने र नदिनेबीच हुने सम्भावित भिडन्त थप चुनौतीपूर्ण रहेको पोखरेलको भनाई  छ । पोखरलले भने “यस्तो परिस्थितिले चुनावमा हिंसाको वाहुल्य हुन सक्ने संकेत गर्छ, यस्ता गतिबिधि हुन नदिन जिल्ला देखि केन्द्रसम्मका सुरक्षा निकायहरुबीच  राम्रो समन्वयको आवश्यकता रहने उनले वताए ।

बिहे गरेको छैन, संगै वसेको मात्रै

एमाओवादी अध्यक्ष प्रचण्डपुत्र प्रकाश दाहालले वहुविवाहमा पर्ने डरले मन पराएकी साथी एवं एमाओवादी कार्यकर्ता विनासंग विवाह गर्न पाएका छैनन् । उनीहरु एक वर्ष पहिलेदेखिनै संगै वस्दै आएका छन ।
२०६९ साल असारमा बिनालाई साथमा लिई फरार भएका प्रकाश केही महिना सम्पर्कविहिन भएका थिए । घटना पुरानो हुँदै जाँदा उनीहरु बिस्तारै सार्वजनिक हुन थालेका हुन तर उनीहरुले कानुनी रुपमा श्रीमान–श्रीमतिको मान्यता पाइईसकेका छैनन् । प्रचण्डपुत्र प्रकाशले पहिलेकी श्रीमतिसंगको सम्वन्ध बिच्छेद  गरी कास्कीकी सृजना त्रिपाठीलाई घर भित्राएका थिए । शंकर अधिकारीसंग यसअघिनै विवाह भईसकेकि विना पनि अधिकारीलाई छोडेर प्रकाशसंगै फरार भएकी थिईन । दुवै जना विवाहित भएकाले मुलुकी ऐन अनुसार दुवैलाई वहुविवाहको मुद्धामा कारवाही हुने कानुनी व्यवस्था         रहेको छ ।
प्रकाशकी श्रीमति सृजना पोखरामा छोरा पढाउँदै बसेकी छन । बिनाका पूर्वपति शंकर अधिकारी बैद्यले नेतृत्व गरेको नेकपा–माओवादीमा सक्रिय राजनीति गरिरहेका छन । आम चर्चामा बिना–प्रकाश श्रीमान–श्रीमति भएपनि उनीहरुले कानुनी रुपमा भने विवाह गरेका छैनन् । विवाह गरे प्रकाशकी माहिली श्रीमति सृजनाले वहुविवाहको मुद्धा दर्ता गर्न सक्ने डरले बिना–प्रकाशको बिहेले कानुनी मान्यता पाउन सकेको छैन ।
कानुनी समस्याका कारण राजनीतिमै आँच आउने डरले दाहाल परिवारले बिनालाई वुहारीका रुपा लाजिम्पाट दरवारमा भित्राउन मानेको छैन । परिवारले आनाकानी गरेपछि बिना–प्रकाश भाडाको घरमा वस्न वाध्य भएका छन । तिन कोठामा भएको फ्याट भाडामा लिई बसेका उनीहरु अहिलेसम्म प्रेमी–प्रेमिका जस्ता मात्रै देखिएका छन । प्रकाश दिनभरी वुबासंगै पार्टी काममा जाने गरेका छन, बेलुकी उनी बिना बस्ने कोठामा आईपुग्छन ।
मुलुकी ऐन २०२०, विवाहवारीको महल अनुसार कुनै लोग्ने मानिसले आफ्नी स्वास्नी छँदै वा कानुन वमोजिम लोग्ने स्वास्नीको सम्वन्ध बिच्छेद नहुँदै अर्की स्वास्नी मानिससंग विवाह गरे वा अर्की स्वास्नी राखे एक वर्षदेखि तीन वर्षसम्म कैद र पाँच हजार देखि पच्चिस हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ । त्यस्तै, पहिलो श्रीमति भएको थाहा पाईपाई त्यस्तो विवाह गर्ने वा स्वास्नी वन्न जानेलाई पनि उतिनै सजाय हुने कानुनी प्रावधान छ । बिना–प्रकाश भागेको पुष्टी भईसकेपछि एमाओवादीले पार्टी सदस्यता समेत नरहने गरी कारवाही गरेको थियो तर त्यो       कारवाही पछि फुकुवा समेत भईसकेको   छ । विवाहको सन्दर्भमा प्रश्न सोध्दा प्रकाशले भने “बुवा उच्च नेतृत्वमा भएका कारण सवैले राजनीतिसंग जोडेर मेरो खेदो खन्दैछन ।”

कांग्रेस संसदीय समिति वन्यो

चर्को विवादपछि नेपाली कांग्रेस संसदीय समितिको टुङ्गो लागेको छ । सभापति सुशील कोईराला र नेता शेरवहादुर देउवाबीचको लामो रस्साकस्सीपछि सोमवार बसेको केन्द्रीय कार्यसमिति बैठकले समिति गठन गरेको हो ।
पार्टी कार्यालय सानेपामा सोमवार साँझ वसेको केन्द्रीय कार्यसमिति बैठकले सभापतिको प्रस्ताव अनुमोदन गरी १४ सदस्यीय समिति वनाएको केन्द्रीय सदस्य दीपक गिरीले जानकारी दिए । सभापतिज्यूले प्रस्ताव गर्नु भएको नामलाई बैठकले सर्वसम्मत अनुमोदन गरेको हो, नेता गिरीले भने “अव संबिधानसभा चुनावका लागि उम्मेदवार छनौट सहज हुनेछ । संसदीय समितिमा सभापति सुशील कोईराला, नेता शेरवहादुर देउवा उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह, महामन्त्री कृष्णप्रसाद सिटौला, सहमहामन्त्री पूर्णवहादुर खड्का, कोषाध्यक्ष चित्रलेखा यादव, केन्द्रीय सदस्यहरु डा. रामशरण महत, बिमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, अर्जुननरसिंह केसी, आनन्दप्रसाद ढुंगाला, सुजाता कोईराला रफरमुल्लाह मन्सुर चयन भएका छन । पौडेल, सिंह, सिटौला, डा. महत, केसी, ढुंगाल, सुजाता र मन्सुर कोईराला निकट तथा खड्का, यादव, निधि र श्रेष्ठ देउवानिकट मानिन्छन ।
क्षेत्र र जिल्लावाट सिफारिस भई आएका उम्मेदवारका नामावलीलाई अध्ययन गरेर समितिले अन्तिम टुङ्गो लगाउने छ । कांग्रेसको बिधानमा पदाधिकारी र संसदीय दलको नेता समितिमा पदेन सदस्य रहने व्यवस्था छ । समितिले सिफारिस गर्ने उम्मेदवारलाई मनोनयन पत्र दिने अधिकार भने सभापति कोईरालालाई दिएको बिज्ञप्तीमा उल्लखे छ ।
२०७० मंसिरमा हुने संबिधानसभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फवाट खडा गरिने उम्मदेवारलाई पार्टीको तर्फवाट दिने मनोनयनको औपचारिक पत्र प्रदान गर्न सभापति सुशील कोईरालालाई अधिकार दिईएको कुरा सर्वसम्मतिले पारित गरिएको छ, बिज्ञप्तीमा उल्लेख छ । त्यस्तै, बैठकले पूर्णवहादुर खड्कालाई सहमहामन्त्रीमा नियुक्त पनि गरेको छ ।
कांग्रेस केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी र सुजाता कोईराला संसदीय समितिका लागि सोमवार दिउँसो २ वजेसम्म सभापति कोईरालाको सूचीमै थिएनन् । अकास्मात नेता केसी बेलुका कार्यसमिति बैठकमा हाँसिलो मुद्रामा सहभागि थिए । त्यतिमात्रै होईन, केसी कोईरालाको समूहवाट समिति सदस्यनै वन्न पुगे । केसीलाई समितिमा राख्न उपसभापति पौडेलको भुमिका रहेको एक केन्द्रीय सदस्यले जानकारी दिए । त्यस्तै समितिमा सदस्यमा सोमवार २ वजेसम्म सिफारिसमै नपरेकी सुजाताको नाम सभापति कोईरालाले बैठकमा प्रस्ताव गरेका थिए । त्यसअघि समितिमा कोईरालले शशांक कोईरालाको नाम राखेका थिए । स्रोतका अनुसार सुजाताले पार्टी सभापति कोईरालालाई धम्की दिएपछि बिपीपुत्र शशांकको नाम हटाएर सुजातालाई समितिमा         राखिएको हो । समिति सदस्यका लागि सिफारिसमै नपरेपछि नरहरी आचार्य, प्रदिप गिरी, शेखर    कोईराला, गगन थापा र दीपकुमार उपाध्यायले नेतृत्वप्रति असन्तुष्टि जनाएका छन । नेतृत्वले निर्णय लिँदा नेताहरुको मुल्याँकन गर्न नसकेको उनीहरुको गुनासो छ ।
चाकडी र दवावका भरमा समितिमा सदस्यको प्रस्ताव भएको, नेताहरुले बैठकमा राखेको          धारणावारे जानकारी दिँदै एक केन्द्रीय सदस्यले भने, पार्टीभित्रको अन्तरघात रोक्न त्यसको   जिम्मेवारी नेतृत्वले लिनुपर्छ । उनीहरुले चुनावका लागि आचार संहिचा वनाउन र पार्टी एकताको सन्देश लैजान पनि सुझाव दिएका थिए । संसदीय समिति वनेपछि उम्मेदवार चयनको काम सुरु हुनेछ

दलहरुको उम्मेदवारी तय भएन 

मनोज भट्टको आधिकारिक रुपमा उम्मेदवारी तय 

अर्को संबिधानसभा निर्वाचनका लागि राष्ट्रिय जनमोेर्चाले डोटी निर्वाचन क्षेत्र–२ वाट आधिकारिक उम्मेदवार तय गरेको छ । अन्य दलहरुले अहिलेसम्म पनि उम्मेदवार तय गर्न सकेका छैनन् ।
ठुला भनिएका दलहरु एकिकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेले अहिलेसम्म पनि उम्मेदवार तय गर्न सकेका छैनन् । पार्टीभित्र उम्मेदवार कस्लाई वनाउने भन्नेमा तिव्र बिवाद देखिएपछि ति दलहरुले उम्मेदवार चयन गर्न नसकेको पार्टी स्रोतको दावी छ । एमाओवादीमा डोटी क्षेत्र २ वाट लेखराज भट्टलाई कवरीकरीव सहमित गरेको भएपनि क्षेत्र १ मा जनार्दन जोशी र मोहन वमका बिषयमा तिव्र बिवाद देखिएपछि उम्मेदवारी चयनको निणर्य अन्यौलमा परेको छ । दुई जनाको नाममा बिवाद भएपछि तेश्रो व्यक्तिलाई उम्मेदवार वनाउनु पर्ने अवस्थामा पार्टी पुगेको देखिएको छ । स्रोतका अनुसार यदि तेश्रो व्यक्तिको खोजी भएमा पार्टी डोटी संयोजक त्रिलोचन भट्टलाई उम्मेदवार वनाउने तयारीमा पार्टी नेतृत्व पुगेको छ ।
उता नेपाली कांग्रेसभित्रको तिव्र बिवादका कारण डोटीका दुवै क्षेत्रमा अहिलेसम्म उम्मेदवारको आधिकारिक घोषणा हुन सकेको छैन । पार्टीको संसदीय समिति गठनमै बिवाद भएपछि पनि उम्मदेवार चयनको बिषय ओझेलमा परेको थियो । तर, सोमवार पार्टी संसदीय वोर्ड गठन भएपनि अव छिट्टै उम्मेवार चयन हुने कांग्रेस नेताहरुले बिश्वास गरेका छन ।
डोटी क्षेत्र १ वाट सात जना र क्षेत्र २ वाट १० जनालाई प्रत्येक्षमा सिफारिस गरि पठाएको पार्टीले अहिलेसम्म पनि उम्मेदवारको आधिकारिक टुङ्गो लाउन सकेको छैन । क्षेत्र १ मा पूर्व जिबिस सभापति भरत खडका र वर्तमान पार्टी सभापति तथा २०६४ सालको संबिधानसभा निर्वाचनका उम्मेदवार बिरवहादुर वलायरका बिचमा तिव्र प्रतिस्पर्धा रहेको कांग्रेस कार्यकर्ताहरुले जानकारी दिएका छन । नेपाली कांग्रेसमा गुटको राजनीति हावी भएका कारण गुट मिलाउनु समस्या भएको वताईन्छ । खडका संस्थापन पक्ष र बलायर देउवा पक्षमा मानिन्छन । त्यस्तै क्षेत्र २ मा पनि पूर्व सांसद यज्ञराज पाठक, नेता लक्ष्मीराज पाठक र योगेन्द्र शाहीकाबीचमा टिकटका लागि निकै खिचातानी वढेको देखिएको छ । पाठकद्वय संस्थापन पक्षका र शाही देउवा पक्षमा नेता हुन ।
नेकपा एमालेले डोटी क्षेत्र २ का लागि प्रेमवहादुर आलेमगरको नाम तय गरेको भएपनि आधिकारिक रुपमा सार्वजनिक हुन सकेको छैन । क्षेत्र १ मा पार्टीका पूर्व जिल्ला अध्यक्ष नारद मलासी र वर्तमान अध्यक्ष चक्रवहादुर मल्लका बिचमा तिव्र प्रतिस्पर्धा देखिएको छ । जिल्लावाटै निर्वाचनमार्फत चुनिएका यि दुई व्यक्तिमध्ये कसलाई टिकट दिने भन्ने सवालमा पार्टी केन्द्रमा समेत निकै वहस भईरहेको वताईएको छ । पार्टी अध्यक्ष झलनाथ खनाल पक्षले पूर्व अध्यक्ष मलासीलाई वलियो उम्मेदवार ठानेको छ भने नेता ओली पक्षले वर्तमान अध्यक्ष मल्ललाई ठानेको बल्खु स्रोतले जानकारी दिएको छ । कांग्रेस जस्तै एमालेमा पनि गुट मिलाउनु पर्ने समस्या रहेको छ ।
राष्ट्रिय जनमोर्चाको आईतवार वसेको संसदीय वोर्डको बैठकले डोटी क्षेत्र २ वाट केन्द्रीय कोषाध्यक्ष मनोज भट्टको  उम्मेदवारीलाई आधिकारिकता प्रदान गरेको छ । भट्ट २०६४ सालको संबिधानसभा र २०५६ सालको संसदीय निर्वाचनमा समेत सोही क्षेत्रमा उम्मेदवार रहेका थिए । मोर्चाले क्षेत्र १ का लागि नरेश आलेलाई प्रस्तावित गरेको भएपनि संसदीय वोर्डले हालसम्म निर्णय नगरेको मोर्चाका डोटी सचिव केशवनाथ योगीले  जानकारी दिए ।

छोटकरी 

सुरक्षा तयारी

आगामी संबिधानसभाको निर्वाचनलाई मध्येनजर गर्दै डोटीमा निर्वाचन सुरक्षा योजना तयार भएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक जनक शाहीका अनुसार निर्वाचनका लागि आवश्यक     सुरक्षा व्यवस्था तय भईसकेको    छ । “सेना परिचालन र सशस्त्र प्रहरीको संख्या कति आउने भन्ने वारेमा अहिलनै यकिन भईसकेको छैन” शाहीले वाँकी सवै कुरामा सुरक्षा निकाय अपडेट रहेको  वताए ।
सशस्त्र प्रहरीको टोली आउने भन्नेमा लेखापढी भईरहेको छ, शाहीले अन्य जिल्लामा सशस्त्र प्रहरीको टोली निर्वाचनका लागि गईरहेकोले यहाँ पनि आउने   वताए । हामी पूर्ण रुपमा तयार छौं, शाहीले भने “वनाउनु पर्ने योजना हामीले वनाईसकेका छौं ।

नियोक पर्यवेक्षणमा

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) डोटीले मंसिर ४ मा हुने अर्को संबिधानसभाको निर्वाचन सम्वन्धि गतिबिधिहरुको पर्यवेक्षण गर्न सुरु गरेको छ ।
निर्वाचनसंग सम्वन्धित निर्वाचन शिक्षा अभियान, मतदाता शिक्षा अभियान, निर्वाचन आचार संहिताको कार्यान्वयन, मतदाता परिचय पत्र बितरण, निर्वाचन सामग्रीको अवस्था,    सुरक्षा अवस्था जस्ता बिषयहरुमा पर्यवेक्षण गरिने जिल्ला नियोकले जानकारी दिएको छ ।
पर्यवेक्षणका लागि डोटीका दुईवै निर्वाचन क्षेत्रमा एक÷एक जना लामो समयका निर्वाचन पर्यवेक्षक समेत चयन गरिएको नियोकले जानकारी दिएको छ ।

पर्यटन र खेल समाचार

थ्री–स्टारको लज्जास्पद हार

नेपालको थ्री–स्टार क्लवले कमजोर सुरुआत गरेको छ । पहिलो खेलमा      व्यहोराको लज्जास्पद हारपछि थ्री–स्टारको फाईनलमा पुग्ने संभावना समेत लगभग सकिएको छ ।
मलेसियाको मेलकास्थित जाङ जेवात रंगशालामा सोमवार समूह चरणको पहिलो खेलमा नेपालको लिग च्याम्पिएन थ्री–स्टार तुर्केमिनिस्तानको वाल्कान एफसीसंग ६–० को भारी गोलअन्तरले पराजित भयो ।   पराजयसंगै ११ राष्ट्रिय खेलाडीले भरिएको थ्री–स्टारको फाईनल खेल्ने सम्भावना समिकरणमा मात्र सिमित छ ।
अर्को खेलमा ईर्चिमलाई भारी गोलअन्तरले पराजित गरमा थ्री–स्टारको फाईनल खेल्ने सम्भावना वाँकी रहनेछ । तर, त्यसको लागि ईर्चिमले वाल्कानलाई पनि उस्तै ढंगवाट पराजति गर्नु पर्नेछ । गोलअन्तरमा भर पर्ने यो समिकरण पुरा गर्न पहिलो खेलमै आधार दर्जन गोल आएको थ्री–स्टारलाई फलामको चिउरा चपाए    सरह हुनेछ ।
खेलको सुरुआतनै थ्र्री–स्टारले खलमा आत्तिएर खेल्दा वाल्कानले पकड जमाएको थियो । छैटौं मिनेटमै वाल्कानले गरेको उत्कृष्ठ कसलाई सन्दीप राईले क्लियर गर्दै थ्री–स्टारको संकट टारेका थिएँ । १७ र्ओं मिनेटमा वाल्ककानले खेलमा अग्रता    लियो । बिराज महर्जनले वाल्कानका खेलाडीलाई सहज रुपमा कस गर्न दिएपछि सेचेन्कोले वललाई जाली चुमाए । दुई मिनेटपछि थ्री–स्टारको रक्षापंक्ति फेरी पनि सम्हालिन नसक्दा वाल्कानले अग्रता दोव्वर पा¥यो । लगातार दुई गोल खाएपछि थ्री–स्टारले ले खेल केह सुधार ल्याएको थियो । तर अग्रपंक्तिमा सन्तोष साहुखल र डोडोजले प्राप्त अवसरलाई सदुपयोग गर्न पटक–पटक चुके उनीहरुले पहिलो हाफमा एक आक्रमण पनि वुन्न सकेनन् ।
दोश्रो हाफको सुरुआत पनि केही      राम्रो पास खेले पनि थ्री–स्टारको बिस्तारै खेल खस्किएको थियो । ५९ औं मिनेटमा सापमा– रोभले हेडमार्फत गोल गर्दै वाल्कानलाई ३–० ले अघि वढाए । त्यसपछि वाल्कानसामु थ्री–स्टार निरिह देखयो । ६४ औं मिनेटमा सन्दीप राईको गल्तीमा सापमारोभले अर्कोे गोल थप्दा वाल्कानले ४–० को अग्रता लियो । ७८ औं मिनेटमा सगुर्वानीले पेनाल्टीमा गोल गर्दै वाल्कानको लागि पँचौं गोल गरे । ८३ औं मिनेटमा थ्री–स्टारले एक गोल फर्काउने अवसर सदुपयोग गर्न सकेन । वान भर्सेस वानको अवस्थामा सन्तोस साहुखलको प्रहारलाई वाल्कानका गोल किपरले क्लियर गरे । ८६ औं मिनेटमा चेन्कायेभको प्रहारलाई थ्री–स्टारका गोलकिपर किरण चेमजोङले रोक्ने कुनै मौकानै दिएनन् ।

प्रतियोगिताको लागि तयारी पुरा

एसियाली फुटवल महासंघको कार्यक्रम अनुसार राजधानीमा सञ्चालन हुन लागेको एएफसी (यु–१६) फुटवल प्रतियोगिताको तयारी पुरा भएको अखिल नेपाल फुटवल संघ (एन्फा) ले जनाएको छ ।
संघले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिता अन्तरगत समूह सी को छनौट खेल यही अजोज ९ देखि १३ गतेसम्म सञ्चालन हुने र त्यसका लागि सम्पूर्ण तयारी पुरा भएको जानकारी दिईयो । प्रतियोगितामा नेपाल सहित       ईराक, तिर्कमेनिस्तान र वहराईनका सो¥ह वर्ष मुनीका राष्ट्रिय टिमको सहभागिता    रहनेछ ।
दशरथ रङशालामा हुने प्रतियोगितामा खेल हेर्न आउने दर्शकले छाता, सिक्का, पानीको वोटल, लाईटर जस्ता वस्तुभित्र लैजान निषेध गरिएको छ ।
यस्तै भिआईपी प्याराफिटतर्फ पाँच सय रुपैयाँ र साधारण प्याराफिटतर्फ दुई सय रुपैयाँ टिकट दर निर्धारण गरिएको एन्फाले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि करीव ४७ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

चलचित्र र मनोरञ्जन

गर्भावस्तामा यौन सम्पर्क राख्दा फरक पर्दैन

गर्भावस्थामा यौन सम्पर्क राख्न सकिन्छ । सामान्य अवस्थामा महिला तथा गर्भमा रहेको शिशुमा नकारात्मक असर गर्दैन । एक पल्ट बिचार गर्नुहोस त, कतिपय दम्पत्तिलाई पहिलो केही महिनासम्म त गर्भवती भए वा नभएको भन्ने कुरा नै थाह हुँदैन ।
यौन सम्पर्कका वेला पाठेघरको मुखमा लिङ्गले धक्का पु¥याउँदा वा महिलाले चरमसुख पाउँदा पाठेघर खुम्चने, गर्भस्थ शिशुलाई छोपेर राख्ने झिल्ली च्यातिन गई संक्रमण हुन सक्ने तथा शरीरमा आएको परिवर्तनले यौन सम्पर्क नै गर्न अप्ठेरो हुने भएकाले यौन सम्पर्क राख्नु त्यति उचित भएको तर्क एकथरी बिशेषज्ञको छ भने कतिपय चिकित्सक यसमा खास बैज्ञानिक आधार नभएको मान्छन ।
यदि गर्भ रहेका कारणले नै यौन सम्पर्क नै नराखिदाँ पति–पत्नि सामिप्यताको वाटो कमजोर हुने अनि दुरी बढ्ने क्रमको सुरुवात हुने सम्भावना बढ्न सक्छ । गर्भावस्थामा महिलामा आउने शारीरिक अनि भावात्मक परिवर्तनहरुप्रति जानकारी हासिल गरी यसप्रति संवेदनशील भए महिलाको शरीर तथा भावनालाई बुभ्mने अवसर प्राप्त हुन्छ । यसमा नयाँ तरिका वा आसनहरुको प्रयोग गर्न सकिन्छ । लिङ्गको प्रवेशनै नगराई यौन आनन्द प्राप्त गर्ने बैकल्पिक उपायहरुको अवलम्वन पनि आनन्ददायक सावित हुनसक्छ ।
यदि यौन सम्पर्क पश्चात यौनी       रक्तश्राव, पेट दुख्ने वा गर्भ तुहिन सुरु भएको अन्य कुनै लक्षण देखिए वा यौनीवाट पानी वगे तत्काल त्स्तो क्रियाकलाप वन्द गर्नुपर्छ । दम्पत्तीमध्ये कसैलाई यौनरोग भएको आंका छ भने त्यसको उचार तथा कण्डमको नियमित प्रयोग आवश्यक     हुन्छ ।

मुद्धा रजिस्टार गर्न अदालतको आदेश

वलीउड निर्देशक संजय लिला भन्सारी, अभिनेता रणविर सिंह र अभिनेत्री दिपिका पादुकोण बिरुद्ध भारतीय अदालतले प्रहरीलाई मुद्धा रजिष्टार गर्नका लागि आदेश दिएको छ ।
उनीहरुले धार्मिक भावनालाई असर पर्ने गरी फिल्म वनाएको भन्दै यस प्रकारको आदेश दिएको कुरा भारतीय सञ्चारमाध्यमले जनाएका छन । अधिवक्ता पवन शर्माद्वारा एडिसनल चिफ मेट्रोपोलिटन मेजिस्ट्रेटमा उक्त उजुरी फाईल       गरिएको वताईएको छ । यो उजुरी चलचित्रको प्रोमोलाईनै आधार मानेर गरिएको छ । फिल्मले धर्मको मैदानमा बिभिन्न समुदायबिच सत्रुतालाई प्रोत्साहन गरिएको कुरा उल्लेख गरिएको दावी गरिएको छ ।
उजुरीकर्ता शर्माका अनुसार अदालतले श्यामनगर प्रहरीलाई उक्त      उजुरीको एफआईआर दर्ता गर्नका लागि आदेश दिएको थियो । यस उजुरीको बिषयमा अनुसन्धान गर्नका लागि पनि प्रहरीलाई आदेश दिईएको शर्माले वताएका छन ।
संजय लिला भंसालीको नयाँ फिल्म “रामलिला” आगामी नोभोम्वर १५       वाट प्रदर्शन सुरु हुन लागेको छ । जसमा रणविर र दिपिकाले प्रमुख भुमिकामा अभिनय गरेका छन ।

हिट हुन जे गर्न पनि तयार छन

अचेल गीत हिट वनाउन प्रमोसनका लागि गायक÷गायिका वल्र्ड टुरमा निस्कने क्रम वढेको छ । हालै पपस्टार सेलेना गोमेजले रुसको भिसा नपाएर चर्चा चल्दै गर्दा अर्की गायिका माईली साईरसले भने लास भेगासमा धुम मच्चाएकी छन ।    भर्खरै मात्र टिनयज पार गरेकी माईलीको केटाकेटीपन भने अझै देखिईरहेको छ ।
उनी केही साता अघि मात्रै एमटीभीको म्युजिक अवार्डमा उत्तेजक हाउभाग र त्यस्तै पोसाँकमा स्टेजमा आफु भन्दा १६ वर्ष जेठा गायक रोविन थिकेसंग परफर्म गरेपछि आलोचित वनेकी थिइन । न्युड फोटोसुटदेखि केही युवकसंगको उनको रिलेसनसीपको हल्लाले थप ख्यातीमा       परिरहेका वेला आईतवार पनि उनका लागि अपवाद वन्ने स्टेजमा उक्लदा उनको शैलीमा भने परिवर्तन देखिएन । छाती खुलेको टप्स र हिप देखिने अन्तः वस्त्रको सर्वाङ्ग सेतै  पहिरनमा उत्रिएकी गायिकाले भने आफुवारे उठेको टिप्पणी सहज वताईन ।

अन्तरवर्ता 

यतिबेला विदेशी शक्तिको ‘गेम प्लान’ अनुसार काम भैरहेको छ

भरत दाहाल, राजनीतिक विश्लेषक

मुलुकको राजनीति जुन ढंगले अगाडि बढिराखेको छ यसलाई कसरी लिनुभएको छ ?
नेपालमा धेरै लामो समयदेखि विदेशी शक्तिहरुको जुन “गेम प्लान” थियो त्यो एकदमै उत्कर्षमा पुगेको छ । अहिले विभिन्न खालका विदेशी शक्तिहरु, जसको सिधा स्वार्थ नेपालसंग जोडिएको छ, उनीहरुका बीचमा चरम प्रतिस्पर्धा चलिरहेको छ । त्यो चरम प्रतिस्पर्धा दलहरुबीचको विमति वा असहमतिको रुपमा प्रकट भएको छ । बाहिरबाट हेर्दा दलहरुबीचको राजनीतिक विमति देखिन्छ तर यहाँ दलहरुबीचको राजनीतिक विमति होइन र कुनै सहमतिको कुरा पनि छैन । बाहिरी शक्तिहरुको प्रतिस्पर्धाको छायाँका रुपमा मात्र दलहरुबीचको सहमति–विमति प्रकट भएको हो । त्यस कारण यो प्रतिस्पर्धाको अन्त्य हुने वा मिल्ने अपेक्षा हामीले गर्नु हुँदैन ।
को हो त त्यस्तो शक्ति ?
सामान्यतया हामीले के बुझ्नुपर्छ भने वैदेशिक चलखेललाई बढाउने, त्यस्ता खालका निर्णयहरु गर्ने र पटकपटक सहमतिहरु गर्ने जो आफूलाई मुख्य दल भन्छन् उनीहरु यसको जिम्मेवार हुन् । तर, यहाँनेर उनीहरुबीचको के भिन्नता हेर्नुपर्छ भने एकीकृत माओवादी र मधेशी गुटहरु स्पष्ट नेपालको भू–राजनीतिलाई उपयोग गर्ने रणनीति अन्तर्गत संगठित गरिएको शक्ति हो । नेपालमा अहिले जे भैरहेको छ त्यसको मुख्य स्रोत भनेको यी दुईटा शक्ति नै हुन् । यसो भन्नुको अर्थ कांग्रेस–एमालेलाई दोषमुक्त राख्न खोजेको होइन । तर उनीहरुको समस्या चाहिं त्यहाँभित्र रहेका केही व्यक्तिको समस्या मात्र हो । पार्टीगत रुपमा भन्दा पनि व्यक्तिगत रुपमा उनीहरुमा समस्या छ ।
    एमाओवादी र मधेशी गुटहरु संस्थागत रुपमै यो रणनीतिलाई अगाडि बढाउने र जटिलता पैदा गर्ने काम गरिरहेका छन् । कहिले युद्धको नाममा, कहिले जातिको नाममा, कहिले क्षेत्रको नाममा अथवा कहिले दलीय सहमति र सहमतिको विरोधीको नाममा जुन खेल यहाँ निरन्तर चल्दै आएको छ । यसबाट के निष्कर्ष निकाल्न सकिन्छ भने यी दुई शक्ति नै यहाँ विदेशीको सारा रणनीतिलाई भित्र्याउने र त्यसलाई मजबुत गर्ने स्रोत हो भन्ने कुरा हामीले बुझ्नुपर्छ ।
यसलाई कसरी पुष्टि गर्न सकिन्छ ?
निर्वाचनको आवरणमा विदेशीहरु विशेष गरी भारतीयले खेले । कसरी खेले भने २०६३ सालमा जन्मका आधारमा नागरिकता ऐन पारित गरियो र अहिले त्यसबेला एकपटकका लागि मात्र भनि दिएको मुद्दा अहिले फेरि पल्टाएर तिनीहरुका सन्तानलाई वंशजको आधारमा नागरिकता दिने भनेर काम गरियो । यसले हाम्रो देशलाई यिनीहरुले उत्तरपूर्व श्रीलंकाको अवस्थामा पु¥याइसके । त्यसकारण नेपालमा भोलि जनसंख्या अतिक्रमण गरेर विभिन्न वहानामा युद्ध थोपर्ने खेल पनि उत्कर्षमा पुग्यो ।
     अर्कोतिर नेपालभित्रै जातीयताको नाममा समुदायबीच भीडन्त गराउने योजना पनि चलिरहेको छ । हिजो जनयुद्धको विशेषता भनेको वर्गको रगत प्रयोग गरियो, वर्गको नाममा उपयोग गरियो तर अहिले वर्गको नाम उपयोग हुने स्थिति रहेन । त्यसकारण उनीहरुले अब जाति, भाषा र क्षेत्रको नाममा जनताको रगत प्रयोग गर्न खोजिरहेका  छन् । नेपालीहरुलाई यसरी गलत र प्रायोजित मुद्दाहरुमा फसाउने, एउटा ठूलो युद्धको अवस्था उत्पन्न गर्ने र यहाँ प्रवेश गर्ने जुन रणनीति हो त्यसको निष्कर्ष नै अहिलेको घटना हो त्यस बाहेक केही पनि होइन ।
तपाई कसरी त्यस्तो भन्न सक्नुहुन्छ ?
हैन, रक्तपात नभैकन विदेशी पस्नै सक्दैनन् । त्यसकारण उनीहरुको तर्फबाट भएको प्रयास हो । मलाई के लाग्दैछ भने हामीले धेरै ढिलो कुरा बुझ्दैछौं अथवा धेरै मान्छेहरुले बुझिरहेका छैनन् । दलको नाममा जो चाहिं अपराध गर्दै आएका छन् उनीहरुप्रति विश्वास गर्ने पनि एउटा तप्का छ । त्यसकारण अब हामीले कुरा बुझेनौँ भने सानो वा ठूलो रुपमा हामीले त्यो नियति व्यहोर्नु पर्छ भन्ने मलाई लाग्छ । देश विस्तारै विस्तारै अफगानिस्तानको जस्तो अवस्थामा पुगेको छ । यहाँ कस्तो देखिन्छ भने एउटा बहुआयामिक खालको साम्प्रदायिक दंगा पनि हुने, श्रीलंकाको जस्तो मधेशीको नाममा स्वतन्त्र तराईको लडाई सुरु हुने, भुटानको मोडेलमा देशको सारा प्राकृतिक स्रोत साधन विदेशीले कब्जा गर्ने, फिजीको मोडेलमा नक्कली नागरिकतालाई आधार बनाएर नेपाललाई त्यस्तै नियति भोग्नुपर्ने बनाउने जस्ता अनेक विषयहरु धेरै कोणबाट उठिरहेका छन् ।
तपाईंले मुलुकको भविष्यका बारेमा जस्तो शब्दचित्र सार्वजनिक गरिदिनुभो यसले त मुटु नै कमाउँछ । त्यत्रो क्रान्तिकारी नेताहरुले राष्ट्रलाई यति ठूलो धोका देलान् भनेर तपाईंले भन्दैमा कसरी पत्याउन सकिन्छ ?
यहाँ के स्पष्ट हुन्छ भने नेपालको इतिहास अझ भनौं विश्वकै इतिहासमा माओवादका नाममा दुईजनालाई अगाडि सारेर विदेशी शक्तिले नेपालमा युद्ध थोप¥यो । यस्तो संसारमा कहीँ पनि भएको छैन । उनीहरुलाई अगाडि सारेर यो सबै “मिसन” अगाडि बढाइएको छ र त्यसको “कभर” मा वीरेन्द्रलाई मारिएको छ । बीचमा एउटा ठूलो राजनीतिक शून्यता पैदा गरेर नेपालको द्वन्द्वबाट बाहिर लगेर १२ बुँदे समझदारी गरिएको छ ।
    १२ बुँदे समझदारी गरिसकेपछि त हाम्रो राजनीतिको लगाम यहाँका मान्छेको हातमा छँदैछैन । सबै भारतले लगिसक्यो । त्यसपछि नेपालमा जे भैरहेको छ हामीले देखिरहेका छौं । जस्तो राष्ट्रपतिको अडान, सुशील कोइरालाको अडान, झलनाथको अडान हामीले देख्यौं नि । कसैको केही पनि लाग्दैन । व्यक्तिगत रुपमा उहाँहरुको इमान्दारीता होला म त्यो मान्दछु तर प्रक्रियाका रुपमा अथवा संस्थागत रुपमा जाने सवालमा कसैको पनि केही लाग्दैन । किनभने १२ बुँदेपछि यहाँको राजनीति कसैको पनि हातमा छैन । त्यसकारण यस्तो भयावह अवस्थामा पु¥याउने पूर्वाधार जति पनि बन्यो त्यो माओवादीले नै बनाएको हो भन्नेमा कुनै शंका नगरे हुन्छ ।
तपाईंले माथि जनयुद्धको कभरमा वीरेन्द्रको हत्या भयो भन्नुभयो यसलाई अरु प्रष्ट पारिदिनुस् न ?
भारतीयहरुको निम्ति कतिपय मुद्दामा नेपालको राजतन्त्र समस्याको रुपमा देखियो । जस्तो कि नागरिकताको प्रश्न, सुरक्षाको प्रश्न, सुपुर्दगी सन्धि, हतियार खरीदका मामिला भए, २०४५ सालमा भारतले यिनै प्रश्नहरु उठाएर नाकाबन्दी लगायो । भारतले यी स्वार्थहरु नेपालका राजाहरु रहेसम्म पूति गर्न सम्भव नभएको देखिसकेको थियो ।
    माओवादीले नेपालको आर्थिक, सामाजिक, राजनीतिक पक्षलाई छिन्नभिन्न पार्ने काम ग¥यो र त्यसको परिणाम त्यो समाजको जगमा निर्मित राज्यको शक्ति केन्द्रलाई ढालिसकेपछि स्वाभाविक रुपमा राज्यको नेतृत्व मेरुदण्डविहीन भयो, सेना नेतृत्वविहीन भयो । त्यसबेला राजतन्त्र शक्तिकेन्द्रको रुपमा रहेको थियो र सेनामाथि कब्जा गर्ने उनीहरुको योजना थियो । जसले अवरोध गर्दै आएको थियो त्यो संस्थालाई किनारा लगाउने र अर्को उसले नेतृत्व गरेको मेरुदण्ड जुन हो त्यसलाई नियन्त्रण लिने कामको पूर्वाधार माओवादीले बनाएको हो । यसको अर्को प्रमाण के हो भने उनीहरुले वीरेन्द्रको हत्या हुने बित्तिकै जो जो व्यक्तिमाथि हत्याको आरोप लगाए र प्रचार गरे उनीहरु यत्रो समयसम्म सत्तामा बसेपछि पनि त्यो हत्याकाण्डको विषयमा छानबिन गर्ने प्रयास समेत गरेनन् र जसलाई आरोप लगाइएको थियो उसमाथि औंलो उठाउने प्रयास समेत      गरेनन् । यो सबै घटनाहरुले माथिको प्रसंगलाई पुष्टि गर्दछ । — सूचनापत्र साप्ताहिकवाट

मोफसल पत्रकारिता 

सरकार मिडियाप्रति पूर्वाग्रही बनेको छ

कर्ण शाह (केन्द्रीय सदस्य तथा क्षेत्रीय संयोजक)
नेपाल पत्रकार महासंघ

तपार्इंको पुरा परिचय पाउँ न ?
कर्ण शाह, पत्रकार
पत्रकारिता पेशा नै किन रोज्नु भयो ?
कुनै खास कारण छैन । तर व्यबसायिकता रोज्ने क्रममा पत्रकारिताले आकर्षण ग¥यो । पत्रकारितामा सँलग्न हुने अवसर पनि जुट्यो ।
कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ?
मोफसलमा कुनै खास विषयम मात्र केन्द्रित रहेर पत्रकारिता गर्न अझै सम्भव भैसकेको छैन, तर विस्तारै शुरुआत भने भैरहेको छ । त्यसैले मैले पनि कुनै एउटा बिटमा मात्र काम गरेको छैन । तर २०६२÷६३ सम्म राजनीति र द्धन्द्धका बिषय बढी रिपोर्टिङ गरियो । राजनीतिले स्थिरता नपाइसकेको अहिलेको अवस्थामा पनि राजनीतिनै बढी रिपोर्टिङ भैरहेको छ ।  
तपाईलाई पत्रकारिता पेशामा लागे कति समय भयो ?
म २०५६ देखि नियमित रुपमा पत्रकारितामा छु ।
कैलाली जस्तो व्यस्त ठाउँवाट तपाईले सम्पादन गरिरहेको धनगढी पोष्ट कसरी सञ्चालन गरिरहनु भएको छ ?
मोफसलमा पत्रिका संचालन चुनौतीपूर्ण छ । सुदूरपश्चिममा त अझै बढी छ । बजार र उद्योगहरुको कमीले पत्रिका सञ्चालन अत्यन्त कठिन छ । यस्तो अप्ठेरोका बीचमा अत्यन्तै  व्यवसायिक हुने प्रयासमा हामी लागेका छौं । यसै प्रयासले धनगढी पोष्ट स्थापित हुन पुगेको छ ।
मोफसलमा पत्रकारिता गर्न कत्तिको समस्या देख्नु हुन्छ ?  
कुनै पनि विषयको राम्रो समाचार सँकलनका लागि  विषयगत जानकारी हुनु पर्छ । विषयगत  जानकारी हुँदा समाचार सँकलनका साथै विश्लेषण पनि गर्न सकन्छ । काठमाण्डौमा यस्तो विषयगत समाचार सँकलन गर्न विशेष जिम्मेवारी पनि हुन्छ । तर मोफसलमा त्यस्तो सम्भव छैन । एउटै पत्रकारले सवै विषयको समाचार सँकलन गर्नु पर्छ ।  मोफसलमा पत्रकारिता गर्दा एउटै पत्रकारले सवै विषयको जानकार हुनु पर्दछ । कुनै पनि विषय मलाई थाहा छैन, मेरो रुचि छैन भनेर पन्छिन मिल्दैन । त्यसैले मोफसलका पत्रकार सवै विषयको अलि अलि जानकार हुने तर कुनै पनि एउटा विषयको विशेषज्ञ हुन नसक्ने अवस्था छ ।
     अहिले मोफसलमा सञ्चार प्रतिष्ठानहरुको संख्या निकै बढेको छ जसले गर्दा पत्रकारहरुको संख्यात्मक उपस्थिति बाक्लो भएको छ । तर पत्रकारहरु श्रमजिवी ऐनले तोके अनुसार पारिश्रमिक नपाइरहेको, नियुक्ति पत्र नपाइरहेको अवस्थामा छन् । नियमित र न्युनतम पारिश्रमिकनै नपाउँदा  पत्रकारहरु श्रम शोषित भइरहेको स्पष्ट देखिन्छ ।  
नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य तथा सुदुरपश्चिमाञ्चल बिकास क्षेत्रको क्षेत्रीय संयोजक समेत हुनुहुन्छ, मोफसल पत्रकारहरुको समस्या समाधानका लागि महासंघले कस्ता खालका कार्यक्रमहरु अगाडी सारेको छ ?
     पत्रकार महासंघ पत्रकारहरुको व्यक्तिगत र पेशागत सुरक्षाका लागि काम गर्दै आएको छ । मोफसलका पत्रकारहरु नै अहिले बढी पीडित छन् । मोफसलका पत्रकारहरुको पेशागत सुरक्षाका लागि मोफसलका सञ्चार प्रतिष्ठानहरु राम्रोसँग सञ्चालन हुनु जरुरी छ । त्यसका लागि सुदूरपश्चिमका पत्रिकाहरुको वर्गीकरणमा विशेष व्यवस्था गरिनु पर्ने र यस क्षेत्रका पत्रिकाहरुलाई बढी सुविधा दिनु पर्ने लबिङ शुरु भएको छ । अहिलेसम्म छलफलमा सवै सहमत पनि छन् । तर कार्यान्वयन हुन सकेको     छैन ।      
अहिलेको सरकारले पत्रिका हुलाकवाट पठाउनका लागि दुई रुपयाँको टिकेट टाँस गर्नु पर्ने नीति लागु गरेको छ, यस वारे तपाईको के भनाई छ ?
बर्तमान सरकार मिडियाप्रति पूर्वाग्रही बनेको छ । मिडियाको विकासमा राज्यको सहभागिता               गराउनुको  साटो मिडियाका सुविधा खोस्ने काममा  सरकार लागेको छ । इलेक्ट्रोनिक मिडियाहरुले हरेक बर्ष बुझाउनु पर्ने करमा कडाई गरेको लगत्तै हुलाकबाट पत्रिका निःशुल्क पठाउने व्यवस्था खारेज गरेर २ रुपयाँ लाग्ने नियम बनाएको छ । खासगरी मोफसलमा रहेका मिडियाहरुलाई अप्ठेरो पार्ने कार्य हुन् । यी सवै कार्य मिडियाप्रति सरकार पूर्वाग्रही रहेका उदाहरण हुन् । सरकारको भनाई र गराईमा रहेको   सरकारी अन्तर यसबाट प्रष्ट हुन्छ ।
पत्रकारितामा लागेर कत्तिको पैसा कमाउनु भयो ?
पत्रकारितामा लागेर कमाई गरे भन्ने छैन ।
परिवारसंग कत्तिको समय बिताउनु हुन्छ ?
परिवारसँग सामान्य रुपमा ।
मनोरञ्जन गर्ने समय कत्तिको छ तपाईसंग ?
मनोरन्जन भनेर अलग्गै समय छुट्याइदैन । साथीहरुसँग कार्यक्रम तय हुँदा समय निकालिन्छ  ।
अहिले पत्रकारहरु बदनामित भईरहेका छन, केटी घुमाउने, जाँड खाएर झगडा गर्ने, कार्यालयमा घुस माग्ने काममा पत्रकारहरु संलग्न छन भन्ने आरोप लाग्ने गरेको छ, के भन्नुहुन्छ ?
हरेक पेशाका आफ्ना सीमा हुन्छन् । सीमामा बाँधिनु पेशाकर्मीको दायित्व हो । पत्रकारहरुले गैरव्यवसायिक काम गरेका कुराहरु कहिलेकाही सार्वजनिक भइरहेका छन् । त्यस्ता कृयाकलापहरु कति सत्य हुन् भन्ने कुराको गहिराईमा जानु        जरुरी छ ।
तपाइकंो विचारमा पत्रकारिता के हो ?
पत्रकारिता पेशा हो । पत्रकारिताको कामले सिधै समुदायलाई असर पार्छ, त्यसैले यो अलि बढी सम्मानित पनि छ ।


पाठक प्रत्रिक्रिया 

सम्पादक ज्यू
बर्ष १० अंक २१ मिति २०७० साल भाद्र १८ गते मंगलवारको बिम्व नेपाली साप्ताहिक पत्रिका पढेँ । पत्रिकाको पृष्ठ ७ मा “मोटरसाईकल सहित सह–लेखापाल गायव” भन्ने शिर्षकको लेखमा जिल्ला पशु सेवा कार्यालयका सहायक लेखापाल पदमा कार्यरत पृथ्वी वहादुर कुँवर कार्यालयको वा १ व ७६१९ नम्वरको मोटरसाईकल सहित वेपत्ता छन । उहाँले प्रयोग गर्दै आईरहेको मोटरसाईकल हाल दिपायल घरमा नै छोडि सरकारी कामकाजकै सिलसिलामा धनगढी जानु भएको, सो कुरा कार्यालय प्रमुख डा. प्रभात कुमार झालाई जानकारी नभएको नभएको भनि छापिएको गलत समाचारप्रति आपत्ति व्यक्त गर्दछु ।
मिति २०७० साल भाद्र १० गते कार्यालय सम्वन्धि कामकाजको सिलसिलामा म साँझसम्म कार्यालयमा नै व्यस्त थिएँ । सोही दिन साँझ अचानक घरायसी तथा अन्य कामकाजको सिलसिलामा घर बिदामा बस्नु     परेकाले सो दिन हाजिर नगरी हतार हतारमा घर बिदाको निदेवन लेखेर स्वीकृतिका लागि कार्यालय प्रमुख डा. प्रभात कुमार झा र पशु सेवा बिभागवा निरीक्षणको क्रमम पाल्न भएका योजना अधिकृत ज्यू सहितको सो दिन फिल्डमा जानु भएका कारण निवेदन स्वीकृत नभएकाले स्वीकृतिका लागि पुश बिकास अधिकृत श्री गणेशवहादुर ऐरमार्पmत पेश गरी डेरा दिपायलमा भएकाले साँझ सार्वजनिक यातायत नपाउने हुँदा मोटरसाईकल लिएर म दिपालय गए । जाँदा वाटोमा अचानक मोटरसाईकलको व्याट्री खराव भै स्टार्ट नभएकाले मर्मतका लागि डेभिड सर्भिस प्वाईण्टमा लगेर गए । भोलीपल्ट विहान मोटरसाईकलमा व्याट्री हाली कार्यालयमा पु¥याउन समयाभावका कारण दिपालय डेरामा राखी म घर गए । ऐर सरको पनि घर जाने काम परेकाले स्वीकृतका लागि उहाँ समक्ष पेश गरेको मेरो घरबिदाको निवेदन कार्यालय प्रमुख समक्षा पेश गरिदिनु भनि ना.सु. भेषराज ओझालाई छोडी जानु भएको रहेछ ।
यसरी घर बिदाको निवेदन अग्रिम रुपमा कार्यालयमा पेश गर्दा गर्दै पनि मतभेदका कारण पेश गरेको निवेदन कारण बिनानै अस्वीकृत गरि मिडियालाई गलत जानकारी दिई पत्रिकाको पानामा पूर्वाग्रही रुपमा दिएर मोटरसाईकल सहित सहलेखापाल गायव भन्ने जुन लञ्छना लगाई समाचार सम्प्रेषण हुन पुगेको छ त्यसो अवसर वाजसंग तौलिएर एउटा कर्मचारीको चरित्र हत्या गर्नु कत्तिको न्यायोचित हो ? तसर्थ तिथि मिति नै नखुलाई कार्यालयको सरकारी मोटरसाईकल लिएर गायव भएको भनि प्रकाशित भएको लेखलाई सम्पादक ज्यूले भुल सुधार गरिदिन हुन बिनम्र अनुरोध गर्दछु ।           — पृथ्वीवहादुर कुँवर

कुँवर ज्यू, पत्रिका पढेर प्रतिक्रिया पठाउनु भएकोमा धन्यवाद 

    तपाईले लेखेको प्रतिक्रिया हेर्दा तपाईले उक्त समाचार राम्रोसंग अध्ययन गर्नु भएन भन्ने लाग्यो । त्यसैले उक्त समाचार एक पटक फेरी अध्ययन गर्न हुन अनुरोध छ । जहाँसम्म तपाईले भ्रामक समाचार भन्दै हुनुहुन्छ, त्यो समाचार सत्य हो भन्ने कुरा तपाईको प्रतिक्रियालेनै पुष्टी गरेको छ । तपाईले मोटरसाईकल घरमा छोडेर जानु भएकै हो, तपाई कहाँ जानु भएको हो भन्ने वारेमा तपाईकै कार्यालयमा दुईथरीका भाषा आएका छन, त्यसैले सत्य के के हो तपाई आफैँ मनन् गर्नु होला । बिम्ब साप्ताहिकले कसैप्रति पूर्वाग्रह राख्दैन र राख्न जरुरी पनि    ठान्दैन । फेरी पनि पत्रिका नियमित पढ्न हुने छ र सहयोग गर्नु हुनेछ भन्ने आशा छ, धन्यवाद । –सं.

कला, साँस्कृति र साहित्य 

मास्टरसाब मेरो सलाम छ 

तिमीले नीजीकरणको नाममा
उद्योग धन्दा कौडीको मुल्यमा बेचेनौँ ।
कमिसनको खेलमा
धमिजा काण्डपनि रचाएनौँ ।
गुप्तचर संयन्त्रलाई पनि व्यापक बनाएनौँ
देशलाई ध्वँश गर्ने योजना पनि बनाएनौँ ।
विपा र विमानस्थल पनि सुम्पने निर्णय गराएनौँ
मुकुण्डो लगाएर नागरिकता बेचि
अरुलाई सुम्पने पनि कदम चालेनाँै ।
सार्वभौमिकता स्वाभिमान बेचर
सत्तामा बस्ने प्रयास गरेनौँ ।
प्रजातन्त्रमा ज्यान लिएर टिक्न खोजेनौँ
सेन्डिकेट पनि चलाएनौँ
लुटेराहरुको जस्तो चरित्र हुँदै भएन ।
सुशासनको कुरै गर्ने हो भने
गनाहि सकेका पात्रको हातमा
सुशासनपनि संचालन गर्न दिएनौँ ।
सरलताको परिचय दिदै विदेश पुगेनौँ
बिसौँ तिसौँ लाख खर्च गरेर रिर्सोट र विदेशपनि धाएनौँ
फरक छ
अत्याचारी नाका वन्दीमा पनि
सत्ता फाल्न लाम लागि, दर्शन गर्न कहिले कुरेनौँ
स्वाभिमानको लागि सत्ताबाट फ्याँकिन तयार भयौ
सूचना बेचेर भत्ता बुझ्न दुताबासमा चाहारेनौँ ।
बन्देजका बाबजुदपनि असल मानिसमा चिनियौ ।
मृत्युसँग लडिरहेका छौ,
सहयोगका हातहरु हिचकिचाइरहेका छन्
जनाबरभन्दा केहि कम छैनन्
मास्टरबाट राजनीति गर्दै प्रधानमन्त्री बन्न पुग्यौ
पदमा रहदा अकुत सम्पत्ती सान केहि कमायनौँ
बोलेरो र संसद सुविधामा पाएको पजेरो बेचेनौँ
स्वाभिमान इमान जमान बेचेको भए
विदेशिको उपचारको भिक्षा पाउने थियौ ।
चार रुपैयाँको मट्टितेल डेड सय पुग्यो
सात रुपैयाँ किलोको चामल सय रुपैयाँ पुग्यो ।
सुरक्षाको कुनै अनुभुतिनै छैन
संसद हुँदा सुन बुढा कारबाहिमा परेझै
न्यायलयले दोषि ठहराएका हत्याराहरुलाई
खै ? कटघरामा उभ्याउन सकेको
मालिकको हण्डी खानेहरु
आदेशको पालना गरिरहे छन् ।
राष्ट्रवादी नेपालीहरु भिमशेन थापा बनिरहेछन् ।
मास्टर साव तिम्रो राष्ट्रबाद र स्वाभिमानलाई ।

गजल 

युवाको साथ पाउन मैले कति जुनी मर्नु प¥यो
भन युवा तिम्रो निम्ती मैले के के गर्नुप¥यो
शरीर ढले युवाकोनै युवाले नै साथ दिन्छ
बर्षायामको बहादुरीमा कत्रो आँधी तर्नु प¥यो

युवाको जिन्दगीमा सवै कुरा सुम्पेको छु
रित्ति पनि म रित्तिन्छु युवालाई कति भर्नु प¥यो
भनिसके युवा तिमिलाई म त दुःखमा नै रमाउनेछु
अगाडीनै भन्छु युवा कति बृद्धि  दिनुप¥यो

संगै हिड्ने युवा तिमि संगसंगैमा वेहोरिन्छ
यो अर्जुनले कुन जालमा फस्नु प¥यो

महत्वपूर्ण जानकारी 

—प्राचीन कालमा नेपालमा दुई (संस्कृत शिक्षा परम्परा र बौद्ध शिक्षा परम्परा) प्रकारका शिक्षा व्यवस्था प्रचलनमा थिए ।
— बुद्ध धर्मवाट अनुप्राणित शिक्षालाई बौद्ध शिक्षा भनिन्थ्यो ।
— लिच्छविकालमा शिक्षा सम्बन्धी कार्य गर्ने निकायलाई अग्रहार   भनिन्थ्यो ।
— वैदिककालमा वेदको अध्ययन गरी गृहस्थाश्रममा प्रवेश गर्ने महिलालाई सद्योवधु भनिन्थ्यो ।
— लिच्छविकालमा उच्च शिक्षा अध्ययनका लागि भारतको नालन्दा र विक्रमशीला जाने गरिन्थ्यो ।
— ११औँ शताव्दीको अवधिमा काठमाडौँ, पाटन र फर्पिङ नेपालका ठुला शिक्षा केन्द्रका रुपमा स्थापित थिए ।
— नेपाली भाषाको उद्गमस्थल कर्णाली प्रदेशको सिंजालाई मानिन्छ ।
— पहिलो इन्पेक्टर अफ स्कुलमा नियुक्ति हुने व्यक्ति सूर्यप्रसाद उपाध्याय (विं.सं.१९९९ असोज २२) हुन् ।
— उच्च शिक्षाको परिक्षा नेपालवाटै दिन पाईने व्यवस्था विं.सं. १९९२ मा भएको हो ।
— नेपालमा कृषि स्कुलको स्थापना विं.सं. १९८९ र जुद्ध शमशेरको पालामा भएको हो
— उपत्यका वाहिर पहिलो एसएलसी परीक्ष केन्द्र त्रिजुद्ध हाइस्कुल वीरगञ्ज मा खखुलेको थियो ।
— एसएलसी परिक्षामा सर्वप्रथम बार्डफस्ट हुने व्यक्ति पुष्षभक्त मल्ल हुन् ।
— संयुक्त राष्ट्रसंघद्वारा सन् १९७२ लाई पुस्तक वर्षको रुपमा      मनाईयो ।
— मुर्खहरुले ज्ञानीहरुबाट भन्दा ज्ञानी मानिसहरुले मुर्खबाट धेरै सिक्छन् भन्ने भनाई क्योटोको हो ।

बहादुर शाहको जन्म र बाल्यकाल 

पृथ्वीनारायण शाहका माहिला छोरा राजकुमार वहादुर शाह  हुन । महारानी नरेन्द्रलक्ष्मीको कोखवाट बि.सं. १८१४ साल असार कृष्ण आमावश्य तिथिका दिन नुवाकोटको राजप्रसादभित्र यिनको जन्म भएको हो । भनिन्छ, किर्तिपुरको पहिलो युद्ध (१८१४) मा भोग्नु परेको पराजयवाट मर्माहत भएका पृथ्वीनारायण शाहको हृदयको गहिरो घाउमा यिनी जन्मेको समाचारले शित्तत मल्हमको काम ग¥यो । अतः यी बालक भविश्यमा गएर एक महान् व्यक्तित्व बन्न सफल होउन् भन्ने कामना गरी यिनको नाम बहादुर शाह राखियो ।
राजकुमार वहादुर शाहले आप्mनो बाल्यकाल नुवाकोट दरवारमा बिताए । राजदरवारभित्र उनलाई शिक्षा, दीक्षा दिने व्यवस्था मिलाईएको थियो । तर, जन्मेर होस सम्हाले देखिनै युद्धको           बातावरणसित हेलमेल हुन अभ्यस्त भएका यी वहादुर शाहलाई           राजदरवारका पण्डितहरुद्वारा परम्परागत शिक्षामा भन्दा भारदारहरुका मुखवाट एकीकरण अभियानका यथार्थ बिवरणहरु सुन्नमा बढी अभिरुची थियो । यसले वहादुर शाहलाई नुवाकोट दरवारका भारदारहरुको समिप्यमा पु¥यायो र उनको मिठो बोली र सरल स्वभावले उनीरुको हृदय जित्न सघायो । अर्को अर्थमा भन्ने हो भने पिता पृथ्वीनारायण शाहसंगको निकटतम सहवास तथा उनको उपदेशलाई अनुसरण गर्ने भारदारहरुसंगको उठवसले यी राजकुमारलाई उत्साही, संघर्षरत,       हरेस नखाने एउटा साहसिक व्यक्तित्वका रुपमा अगाडी वढ्ने प्रेरण दियो ।
जसरी उनको वाल्यकाल सुखमय बित्यो त्यसरी उनको युवावस्था सुखमय भएन । १७ वर्षको उमेरमा पिता पृथ्वीनारायण शाहको मायावाट यिनले सदाको लागि बञ्चित हुनुप¥यो । माता नरेन्द्रलक्ष्मी पनि   पृथ्वीनारायणसंगै १८३१ साल माघ ३१ गते सती गएपछि यिनी साँच्चिकै टुहुरा भएका थिए ।

बिज्ञापन 

के तपाई रोजगार हुन चाहानुहुन्छ ?

      डोटीका होटलहरुलाई लक्षित गर्दै होटल व्यवसायी संघ डोटी र देव ट्रेनिङ्ग एण्ड मेनेजमेण्ट सर्भिस सेण्टर (म्त्ःक्ऋ) प्रा.लि. धनगढी कैलालीको पहलमा होटल सम्वन्धि बिभिन्न तालिमहरु सञ्चालन हुन गईरहेकोले यथासिघ्र मौकाको फाईदा उठाउन हुन होटल व्यवसायीहरु र         वेरोजगार युवाहरुलाई अनुरोध छ ।
तालिम सम्वन्धि थप जानकारी
 तालिमको बिषय      फाराम पाईने स्थान       तालिम अवधी                   सम्पर्क

 कुक, वेयटर,         होटल सिंह गार्डेन        तीन महिना           म्त्ःक्ऋ, धनगढी
 हाउस किपर         पिपल्ला वजार, डोटी                          फोन ः ०९१५२४८१६
                                                                 मो. ९८४८४२४९९८
                                                                 होटल व्यवसायी संघ, डोटी
                                                                     ९८४८६२०६९२

ड्डयस जिल्लामा रहेका होटल व्यवसायी संघमा आवद्ध भएका सदस्यहरुलाइृ पहिलो प्राथमिकता दिईने छ
ड्डफाराम बुझाउने अन्तिम मिति ः २०७०÷०७÷४ गते
ड्डअन्तरवार्ता मिति ः २०७०÷०७÷५ गते
ड्डतालिम सुरु हुने मिति ः २०७०÷०७÷१०

मालपोत कार्यालय डोटीबाट जारी गरिएको हकदावी सम्वन्धि
३५ दिने सार्वजनिक सूचना

प्रथम पटक प्रकासित मिति ः २०७०÷६÷८
   मेरो बुबा स्व.सगरी खड्काको नाउँमा नाप नक्सा भएको डोटी बाझँककानी गा.वि.स.वडा नं.१ स्थित मेरो हकभोग र भोगचलन भित्रको तपसिल बमोजिमको कि.नं. ७७८ को जग्गा दर्ता गर्न छुट भएको र मेरो बुबा स्व.सगरी खड्काको मिति ः २०५८÷०७÷२० मा मृत्यु भएको र मालपोत कार्यालय डोटी को र.नं.१९ मिति ः २०७०÷४÷१३ को पारित अंसवंडामा वमोजिम उक्त कि.नं.७७८ को जग्गा धर्मे खड्काको भागमा परेकोले छुट जग्गा दर्ता गरि लिनु भनि उल्लेख भएको हुदां उक्त जग्गा मेरा नाउँमा छुट जग्गा दर्ता गरीपाउँ भनी डोटी बाझँककानी गा.वि.स.वडा नं.१ बस्ने स्व. सगरी खड्काको छोरा धर्मे खड्काले यस मालपोत कार्यालय डोटीमा निवेदन दिनु भएकोले सो जग्गा दर्ता गर्र्नेे कार्यवाहीको सिलसिलामा यो सूचना प्रकाशित गरिएको छ । उक्त जग्गा कसैको व्यक्तिगत, सरकारी सार्वजनिक, गौचरन, पानीधारा आदि भित्र पर्छ पर्दैन, कुनेै कसैको जग्गा घुसे घुसाएको छ या कसैको हकदावी लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ (पैतिस) दिन भित्र (बाटाका म्याद बाहेक) आफूसंग भएका सक्कल प्रमाणहरु साथमा लिई यस कार्यालयमा हकदावी गर्न आउनु होला । अन्यथा नियमानुसार भई जाने व्यहोरा जानकारी गराईन्छ ।

हार्दिक श्रद्धाञ्जली

यस कार्यालयका कर्मचारी श्री लक्ष्मी रोकायाको ४६ वर्षको उमेरमा असामयिक निधन भएको खवरले हामीलाई अत्यन्तै मर्माहत वनाएको छ । दुःखको यस घडीमा मृत आत्माको चीर शान्तिको कामना गर्दै सोकाकुल परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन भन्ने कामना छ ।

जिल्ला बिकास समिति परिवार
डोटी 


No comments:

Post a Comment