Friday, September 6, 2013

आतंकलाई सदाका लागि समाप्त गर्न निर्वाचन गर्ने हो - सच्चिदानन्द जोशी

अर्को संबिधानसभाको निर्वाचनको मिति जति जति नजिकिदैछ, बिस्तारै राजनीतिक सरगर्मीहरु वढ्न थालेका छन तर अझैं चुनाव हुने कुरामा जनता बिश्वस्त हुन सकेका छैनन् । मंसिर ४ गतेनै संबिधानसभाको निर्वाचन हुन्छ त ? के छ देशको समग्र राजनीतिक अवस्था ? यि र यस्तै जिज्ञासाहरुमा केन्द्रित रही नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य सच्चिदानन्द जोशी संग बिम्ब साप्ताहिक प्रतिनिधिले गरेको कुराकानीको सार संक्षेप ः 

Þ वर्तमान नेपालको राजनीतिक परिस्थितिलाई कसरी व्याख्या गर्नु हुन्छ ?
= नेपालको वर्तमान परिस्थितिको मुल्यांकन गर्न २०६२÷६३ को जनआन्दोलन तिर फर्कन पर्छ । त्यतिवेला एकातर्फ राजतन्त्रले २०४७ सालको जनआन्दोलनका उपलव्धीहरु समेत खोसेर आप्mनो एकतन्त्री शासन सुरु गरेको थियो भने अर्काेतर्फ कथित जनयुद्धका नाममा आम निहत्था जनताका टाउका काटेर माओवादीले वितण्डा मच्चई रहेको थियो । दुवै अतिवादका विच एक प्रकारको अघोषित तालमेल थियो, नेपाली जनताका हक अधिकार खोस्ने र एउटा अलोकतान्त्रिक तानाशाहीवाट जनतामाथी शासन गर्ने षडयन्त्र । त्यो दुवै कुरा जनतालाई मान्य थिएन । ति दुवै अतिवादवाट मुक्ति पाउन नेपाली जनताको कठिन संघर्षले नेपालवाट राजतन्त्रलाई सदाका लागि विदा गर्ने र रक्तपात मच्चाईरहेको माओवादीलाई लोकतान्त्रिक मुलधाामा ल्याउने काम जनताले २०६२÷६३ को जनआन्दोलन मार्फत गरेका हुन् । यसै जनआन्दोलनले नेपालको इतिहासमा विगत ६० वर्ष देखि प्रतिक्षा गरिएको संविधानसभाको सुनिश्चितता ग¥यो र संविधानसभाको निर्वाचन पनि भयो । राजतन्त्र सदाका लागि समाप्त भयो । जनताले एकप्रकारको आतंक र त्रासवाट मुक्तिको श्वास फे¥यो । तर त्यो अवस्था लामो समयसम्म रहन भने सकेन । दुर्भाग्यवस् आतंकलाई राजनीति ठान्ने माओवादी अनेकाँै हथकण्डा अपनाएर पहिलो पार्टी हुनपुग्यो भने काँग्रेस दोस्रो पार्टी । माओवादीमा रहेको सर्वसत्तावादी चिन्तन र नेपाली काँग्रसमा रहेको यथास्थितीवादले मुलुकलाई अगाडी जान दिएन । अन्ततः माओवादीको सर्वसत्तावादी सोच र व्यवहारका कारणले उसको नेतृत्वमा रहेको सरकारले संविधानसभालाई निर्धारित लक्ष्य पुरा गरी नसक्दै एकाएक विघटन गरिदिएर आप्mना प्रतिनिधि मार्फत आप्mनो संविधान आफै लेख्ने जनताको चाहनामा तुषरापत गरिदियो । त्यसपछि उत्पन्न राजनैतिक तथा संवैधानिक संकटका प्रभावहरु आर्थिक, सामाजिक, सास्कृतिक सम्वन्धमा समेत फैलदै गएको छ ।


Þ यस संकट समाधानको वाटो के हो जस्तो लाग्छ तपाईलाई ?
= संविधानसभाको नयाँ निर्वाचन ।


Þ दुई वर्षका लागि भनि २०६४ सालमा गठन भएको संबिधानसभाले ४ वर्षसम्म पनि नयाँ संबिधान जारी गर्न नसकी अवशान भयो, फेरी अर्को संबिधानसभाको चुनावले समस्या समाधान हुन्छ भन्ने के ग्यारेण्टी छ ?
=  दुई वर्ष वा चार वर्ष गणना गरेर जनताको अधिकार स्थापित हुन नदिने व्यक्तिलाईनै अहिले वाध्यात्मक रुपमा हामीले प्रधानमन्त्री मान्नु परेको छ । यो सव तत्कालीन जनप्रतिनिधिहरुको अकर्मण्यता र जनताका विचमा नजाने व्यवहारका कारणनै भएको हो । जहाँसम्म संविधानसभाको अवसान भयो भन्ने कुरा छ त्यो होईन त्यो त हत्या हो वलात् हत्या । माओवादी नेतृत्वको सरकारले संविधानसभाको वलात् हत्या ग¥यो । नयाँ संविधानसभाले पनि समस्या समाधान हुन्छ भन्ने ग्यारेण्टी छैन । फेरी पनि सर्वसत्तावादीहरु र यथास्थितीवादीहरुले नै वहुमत प्राप्त गरे भने समस्या समाधानको गुन्जायस छैन । तर हामीसंग यस भन्दा उत्तम अर्काे लोकतान्त्रिक विधि छैन । त्यसैले अहिलेको अवस्थामा संविधानसभाको नयाँ निर्वाचनको अर्काे विकल्प छैन ।

Þ तपाईलाई के लाग्छ, तोकिएकै समयमा चुनाव होला ?
= चुनाव हुन्छ र हुनैपर्छ । चुनाव नहुने हो भने मुलुक कहिलेसम्म अनिर्वाचितहरुवाट शासित भईरहने त भन्ने प्रश्न उठ्छ । निर्वाचित जनप्रतिनिधिहरुलाई मात्र मुलुकको नीति निर्माण गर्ने र कार्यान्वयन गर्ने हक छ ।

Þ बैद्य पक्षीय मोर्चाले त चुनाव बहिस्कार गर्ने भनेर आप्mना घोषित कार्यक्रमहरु अगाडी सारिसकेको छ, अनि चुनाव कसरी होला ?
= यो निर्वाचन सामन्य संसदीय निर्वाचन होईन । यो संविधान वनाउने निर्वाचन हो । आफु जनताका विचमा जाने र जनताले स्वीकृत गरेका एजेण्डाहरुलाई संविधानमा लेखेर घोषणा गर्ने चुनाव हो । माओवादी यो निर्वाचन वहिस्कारै गरेर जाने भन्दा पनि वार्गेनिङ्ग गर्न वहिस्कारको कुरा गरिरहेको लुकेको छैन । अर्काे कुरा के भने उनीहरुले पनि संविधानसभाको चुनावनै मान्दैनौ भनेका छैेनन् । अर्कै कुनै वाटोवाट संविधान ल्याऔं भनेर उसले प्रस्ताव   गरेको छैन । विवादहरु निर्वाचनको व्यवस्थापनमा छन्, निर्वाचनमा होईन । त्यसैले वार्ताहरु पनि अगाडी वढिरहेका छन् । व्यवस्थापनको कुरा मिल्ने वित्तिकै कसैले यो निर्वाचन वहिस्कार गर्ने छैन । तर यदि माओवादीले संविधाननै आउन नदिने रणनीति अन्तरगत यो कुरा गरिरहेको हो र व्यवस्थापनका कुरा वहाना मात्रै हुन भने सिंगो मुलुक एक भएर निर्वाचनमा जानु पर्छ र वहिस्कार गर्नेहरु आफै वहिस्कृत हुनेछन् ।

Þ रक्तपातपूर्ण चुनाव हुन्छ त ?
= आतंक पैदा गरेरै, आतंक फैलाएरै माओवादी गत निर्वाचनमा एक नम्वरमा आयो । अव फेरी त्यही रणनीति वैद्य माआवादीले ल्याएको हो । आतंकको डरले निर्वाचन नगर्ने होईन वरु आतंकलाई सदाका लागि समाप्त गर्न निर्वाचन गर्ने हो ।

Þ चुनाव जतिजति नजिकिँदैछ, एमालेमा गुटवन्दी चर्ककैछ भन्ने कुरा व्यापक रुपमा सञ्चारमाध्यममा आईरहेको छ नि ! हो ?
=  जे जति आईरहेको छ ति सवै सत्य होईनन् । तर पनि सवै असत्य पनि होईनन् । एउटा सुदृढिकरण नभईसकेको लोकतन्त्रमा समुह वन्ने, भत्कने, पुनः वन्ने, समुहका कारणले नीतिगत रुपमा पार्टीहरु नचल्ने र गुटफुट जस्ता समस्याहरु स्वभाविक हुन्छन् । लोकतन्त्र सुदृढ हुँदै गएपछि यस्ता विषय पनि इतिहासको विषय वन्छ । यसवाट धेरै आत्तिनु पर्दैन । वरु लोकतन्त्र सुदृढिकरणमा लाग्नु पर्छ । 

Þ एमालेकै कार्यकर्ताहरु पनि पार्टीभित्र गुटवन्दी बढ्ेका कारण चिन्तित छन रे नि ! 
= निश्चित रुपमा हामी चिन्तित छौं । जनतालाई जगाउदै सर्वसत्तावाद र यथास्थितिवादका विरुद्ध संघर्ष गर्नु पर्ने वेला, जनताको नेतृत्व गर्नु पर्ने वेला आपसी झगडा गरेर वस्नु गम्भिर चिन्ताको विषय हो । तर यो चिन्ता व्यर्थ जाने छैन । गुटवन्दीलाई पार्टीभित्रवाट सदाका लागि वढार्न पनि संघर्षशील साथीहरुको कमी छैन । हामी त्यसमा लागि रहेका छौं । हामी चिन्ता मात्र होईन चिन्तन पनि गरिरहेका छौं । 

Þ भाद्र मसान्तभित्र उम्मेदवारको नामावली केन्द्रमा सिफारिस गर्नु पर्ने निर्देशन गरेको छ तपाईहरुको पार्टीले, प्रक्रिया सुरु भयो त ? 
= केन्द्रीय कमिटीको निर्णयसंगै यो प्रक्रिया सुरु भईसकेको छ । अव २४० ओटै क्षेत्रमा अनुकुलता हेरेर दिईएको समयसिमा भित्र निर्णय गर्ने काम सम्पन्न हुनेछन् ।

Þ उम्मेदवारीमा पनि निकै बिवाद छ रे नि त !
= संविधानसभा सदस्य वन्ने राजनीतिक काम हो । त्यस्तो कामको जिम्मा म लिन्छु, मलाई देउ भनेर कुनै राजनीतिक व्यक्तिले भन्नु कुनै नौलो र आश्चर्यको कुरा होईन । 

Þ डोटीवाट सम्भावित उम्मेदवार को को हुन भनिदिनु न ।
= हरेक राजनीतिक कार्यकर्ताको एउटा सपना हुन्छ नेतृत्व गर्ने । झन् तानाशाही व्यवस्था विरुद्ध जनतालाई जगाउदै क्रान्तिमा लागेका हामी जस्ता साथीहरुको त लक्ष्यनै संघर्षमा अग्रिम मोर्चामा जाने हुन्छ । जनतालाई साथ दिने हुन्छ । नेतृत्व प्रदान गर्ने हुन्छ । हामीले    राजतन्त्र समाप्त गरेका छौं । लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका छौं । त्यसलाई सुदृढ गर्नेकाम वाँकी छ । त्यो काम संविधानसभाको हो । संविधानसभा पनि अधिकार स्थापित गर्ने अग्रिम मोर्चा भएकोले कैयौ साथीहरुले आ–आफुले जिम्मा लिने कुरा गरिहेका छन् । तर औपचारिक प्रकृयामा नआईसकेकोले यि यि उम्मेदवार हुने भन्न सकिदैन । 

Þ उम्मेदवारका प्रमुख दावेदारहरुमध्ये तपाई पनि डोटी क्षेत्र–१ वाट एक हुनुहुन्छ रे हो ?
= संविधानसभा मेरो लामो समय देखिको कामना थियो । अहिले डोटीका सवै राजनीतिक दलहरुमा रहेका साथीहरुमध्ये साँच्चै भन्ने हो भने संविधानसभाको पक्षमा रहेका सवैभन्दा पुराना थोरै मान्छेहरु मध्य म हुँ । हाम्रो पार्टीभित्रकै कुरा गर्नु हुन्छ भने पनि पार्टीले संविधानसभा निर्वाचनमा जानुपर्छ भनेर पार्टीभित्र आवाज उठाउने थोरै मध्य म पर्छु । अन्तत ः संविधानसभाको निर्वाचन हुने भयो, हाम्रो माग देशको माग वन्यो । त्यही भएर अघिल्लो संविधानसभा निर्वाचनमा पार्टीको तर्फवाट उम्मेदवार वनाउन डोटी क्षेत्र–१ को तत्कालीन निर्वाचन क्षेत्रीय समन्वय कमिटीले मेरो नाम सर्वसम्मत रुपले पारित पनि गरेको हो । खासमा त्यतिवेला पनि पार्टीले अहिल्य जस्तै कम्तिमा एकजना महिला सहित वढी ३ जनाको नाम सिफारीस गर्न भनेको थियो । तर वैठकमा उपस्थित साथीहरुले विवाद भए पो तिन जनाको नाम पठाउने विवाद नभए किन तिन जनाको नाम पठाउनु प¥यो भन्नुभयो र मेरोमात्र नाम स्वीकृत भयो । तर पछि ठिकै छ नि त अरु दुईजनाको पनि नाम राखिराखौं कुनै कारण परेमा विकल्प पनि हुन्छ र निर्देशनको पालना पनि हुन्छ भन्ने तर्क आयो । मैले त्यसलाई सहजरुपमा नै लिएँ । तर पछि उमेदवारी दिंदा भने मेरो नाम आएन । जसले उम्मेदवारी पाएपनि पार्टीकाममा मैले कहिल्यै मन दुखाईन र सक्दो सहयोग गरें । दुर्भाग्यवस् त्यो संविधानसभालाई सफल हुन दिईएन । फेरी मौका आएको छ पार्टीले जिम्मा दिने । वास्तवमा भन्नुहुन्छ भने पहिले पनि र अहिले पनि संविधानसभाको लागि निर्वाचन क्षेत्र नं १ वाट पार्टीले उम्मेदवार वनाउनु पर्ने मान्छे म नै थिएँ र हुँ । 

Þ अघिल्लो पटक त्यसरी निर्णय हुँदा त पाउनु भएन, यसपाली पाउनु हुन्छ त ?
= हेर्नुस्, यो टिकट पाउने कुरा ठट्टा होईन । यो टिकटले जनतालाई कति अधिकार सम्पन्न वनाउन सक्छ वा जनतालाई कति पछाडी धकेल्छ भन्ने कुराको निर्धारण गर्छ । २८ वर्षसम्म दिन रात नभनेर, जनताका विचमा रहेर, उनीहरुलाई संगठित गर्दै आफ्नो हकका लागि लड्न सिकाउने, जस्तोसुकै कठिन परिस्थितिमा पनि उनीहरुको संघर्षमा अग्रपंक्तिमा सामेल हुने मेरो जीवन खुल्ला किताव जस्तो छ । म फेरी पनि दोह¥याएर भन्छु यो निर्वाचन नियमित संसदीय निर्वाचन जस्तो सजिलो होईन । यो रातदिन सचेत भएर संघर्ष गर्नुपर्ने संविधानसभा हो । विचारले परिपक्व र व्यवहारले खारिएको अनि लोभ लालचले गलाउन वा धम्कि र आतंकले तर्साउन नसक्नेहरुले मात्र अहिले टिकट पाउनु पर्छ । नत्र दुष्टहरुले फेरी पनि संविधान वन्न दिने छैनन् वा जनताका अधिकार कुण्ठित हुने एउटा खोष्टोलाई संविधान भनेर ल्याई दिनेछन् । म त जनताका विचमा रहेर राजनीति सिकेको, गरेको मान्छे । ठिक वेठिकको साँक्षी जनता हो मेरो । त्यसैले मैले टिकट पाउछु की पाउदिन होईन, मैले पाउनु पर्छ की पर्दैन भनेर जनतामा गएर सोधे हुन्छ । 

Þ तल्ला कमिटीहरुले औपचारिकता पुरा गरेपनि नेताहरुको कृपा भएमात्र टिकट पाईन्छ भन्छन नि राजनीतिक दलहरुमा, कति छ नेताहरुको कृपा तपाईमा ? 
= यो अर्ध सत्य हो । सत्य होईन भनु भने अघिल्लो निर्वाचनमा मेरो सिफारिस हुँदाहँुदै पनि उम्मेदवार वनाईएन मलाई । तर सधै त्यसो गरिरहन सम्भव पनि छैन । हाम्रो पार्टी जनतामा आधारित कार्यकर्ता पार्टी हो । यो शैन्य पार्टी वा नोकरशाही पार्टी होईन । जनताले माया    गरेका हामी जस्ता कार्यकर्तासंग सधै त्यसप्रकारको अन्याय गरेको जनताले सहदैन । जनता पटक पटक झगडा गर्न जाँदैन । निर्णायक कुरा गर्छ । यस्तो सधँै भईरह्यो भने जनतावाट पार्टी अलग्गिन्छ । त्यो केहि मुट्ठीभर व्यक्तिहरुको पार्टीमा परिणत हुन्छ । गत संविधानसभा निर्वाचनमा मुलुककै परिणामलाई हेर्ने हो भने पार्टीले धोका खाएको प्रष्ट देखिन्छ । पार्टीले यो कुरा चेताएको पनि छ । मलाई नेताको कृपा होईन जनताको माया र कायकर्ताको विश्वास भए पुग्छ । मैले त पार्टीले यो जिम्मा मलाई दिएमा राम्रो गर्न सक्छु भनेको हो । संघर्षमा सामेल हुन्छु भनेको हो । संघर्षमा लाग्न, क्रान्तिमा होमिन पनि के को चाकरी गर्नु, हैन र ?

Þ टिकट पाईहालेपछि जित्नु हुन्छ त ? 
= यो मेरो व्यक्तिगत लडाई होईन । यो त नेपाली जनताको स्वतन्त्र र लोकतान्त्रिक मुलुकको, एउटा समृद्ध मुलुकको नागरिक हुन पाउनका लागि लडिने लडाई हो । जनताको जित हुने की जन विरोधीहरुको जित हुने भन्ने संघर्ष हो । जीवनभर गुनासो गरेर वस्ने होईन र समृद्ध मुलुकको समृद्ध नागरिक भएर लोकतन्त्रको भरपुर उपभोग गर्ने हो भने जनताले यो संघर्षमा नेकपा एमालेलाई साथ दिनैपर्छ । जनताको अगाडी फेलापर्ने उत्तम विकल्प एमालेनै हो । जहाँसम्म व्यक्तिका रुपमा मेरो जित वा हारको कुरा छ, मैले नजित्नु पर्ने कुनै कारण    छैन । डोटेली वामपन्थी आन्दोलनको पहिलो पुस्ताको सिपाही हुँ म । जसले संघर्षका आँधिमय दिनहरुमा जनताका विचमा रहेर पहिले पञ्चायती तानाशाही अनि काँग्रसी जनविरोधी क्रियाकलाप तथा राष्ट्रघात पछि माओवादी आतंक र निरंकुश राजतन्त्रका विरुद्ध लडेको छ । डोटी जिल्लाको कुनचाँहि कुना छ जहाँ मैले पार्टी काम गरिन ? गरीव, भूमिहिन, पछाडी पारिएको कुनचाँहि वर्ग छ जसको पक्षमा मैले संघर्षमा आँखा चिम्लेर हाम फालीन ? शोषणको जाँतोमा पिसिएका महिलाहरुलाई, दलितहरुलाई, हलियाहरुलाई मैले कसलाई अधिकारको लडाई गर्न सिकाएन ? कसको संघर्षमा सामेल भईन म ? पद, पैशा, प्रतिष्ठा, परिवार, प्रेम, पेशा, पढाई कुन चिजको मैले लोभ गरें ? के डोटेली जनता विकास निर्माणका कुरामा मेरो स्पष्ट दृष्टिकोणका वारे अनभिज्ञ    छन् ? के यहाँका जेष्ठ नागरिक र पहुँच नभएका जनताको स्वास्थ्य, सामाजिक सुरक्षाका लागि वर्षाै देखि मैले गरि आएको काम विर्से होलान् ? के डोटेली युवाहरु उनीहरुको सर्वाङ्गिण हितका लागि गरेका मेरा प्रयासहरु विर्सिदेलान् ? युवाहरुलाई सकेसम्म वेरोजगार वनाईराख्ने र आफ्नो स्वार्थ अनुरुप प्रयोग गर्ने षडयन्त्रको विरुद्धको नाम हो “सच्चिदानन्द” । यो त सवै युवाहरुले संयुक्त रुपले देखेको सपना हो । अनि म किन हार्ने ?

Þ तपाईको सट्टामा अरु कुनै उम्मेदवार भए के हुन्छ ?
= मैले अघिनै भने यो मेरो व्यक्तिगत लडाई होईन । एमालेका अन्य नेता तथा कार्यकर्ता नराम्रा हुन्, दव्वु हुन्, म मात्र राम्रो हँु, खाँटी क्रान्तिकारी हँु भन्ने मेरो दावी छैन र कहिल्यै रहेन । एमालेभित्र एक से एक होनहार साथीहरु हुनुहुन्छ । युवा आन्दोलनवाट स्थापित भएका, विद्यार्थी आन्दोलनवाट स्थापित भएका, महिला आन्दोलनवाट स्थापित भएका, दलित आन्दोलनवाट स्थापित भएका, भुमिहिन आन्दोलनवाट स्थापित भएका, अनुभवी, अध्ययनशील, प्राज्ञिक पृष्ठभुमी भएका, विकास निर्माणको मर्म वुझेका, जुझारु कर्मठ र होनहार साथीहरु हुनुहुन्छ । मेरो त गर्वको कुरा हो कि आफैले संगठित गरेको र आफ्नै अगाडी हुर्किएको यत्रो क्रान्तिकारी फौज छ । यो फौजवाटै कोहि न कोहि त पर्ने हो नि ! अर्कै त आउदैन । त्यसैले जसले जिम्मा पाए पनि म संघर्षमा सामेल छु । सवै मिलेर लड्ने हो । मेरो दावी मलाई जिम्मा दिईयोस् भन्ने मात्रै हो ।

Þ डोटीमा एमाले कमजोर हुँदै गएको बिपक्षी दलहरुले भन्दै आएका छन, अनि कसरी एमाले जित्छ त ?
= यो हाँसोलाग्दो कुरा हो । मलाई याद छ २०४६ सालको जनआन्दोलनका वेला हामी कतिजना वामपन्थीहरु थियौं डोटीमा भन्ने । ४८ सालको निर्वाचनमा उम्मेदवार दिन कैलालीवाट मान्छे ल्याउनु प¥यो दुवै क्षेत्रमा । हामी कतिपय साथीहरुको त उमेरै पनि नपुग्ने के गर्नु । प्रचारमा जाँदा वस्ने वास र खाने गास पाईदैनथ्यो । अहिले ठट्टा गरे जस्तो लाग्छ । हाम्रो धरौटी समेत फिर्ता आएन । तर ४९ को स्थानीय निर्वाचनसम्म आईपुग्दा एमालेले २ गाविस र नगरका केही वडामा जित दर्ज गरिसकेको थियो । ५१ को मध्यावधीमा हामी काँग्रेसलाई धक्का दिन सक्ने शक्ति वनिसकेका थियौं । हामीले जित त हात पार्न सकेनौं तर पार्टी जिल्लाव्यापी रुपमा स्थापित भयो । ५४ को स्थानीय निर्वाचनसम्म त हामीले काँग्रेसलाई नगर र गाउँ गाउँवाट वढारी सकेका थियौं । पार्टी विभाजनका विच भएको निर्वानमा पनि हाम्रो मत घटेन वरु वढ्योनै । अघिल्लो संविधानसभा निर्वाचनका वेला त निर्वाचन क्षेत्र नं १ मा पार्टीले जितै हाँसिल ग¥यो । डोटेली जनताले पर्खदै, हेर्दै, जाँच्दै विश्वास गरेको पार्टी हो यो । न यो काँग्रेस जस्तो एक्कासी दुध उम्ले जस्तो उभारमा आएर विस्तारै पतन तिर धकेलिएको पार्टी हो न यो माओवादी जस्तो आतंकको छाया पार्दै जनता तर्साएर, झुक्काएर अगाडी आएको पार्टी हो । डोटीमा एमाले कमजोर भयो भन्नु फगत एउटा गफ हो ।

Þ पार्टीभित्रैको चरम गुटवन्दीका कारणले पनि एमाले कमजोर वन्दै गएको छ भन्छन, अनि तपाईको दावी............
= एमालेको सुन्दरता के हो भने यस भित्र लोकतान्त्रिक नेतृत्व हस्तान्तरणको एउटा गौरवशाली इतिहास छ । डोटी कै सन्दर्भमा भन्नुहुन्छ भनेपनि छैठौं, सातौं जिल्ला अधिवेशनसम्म आईपुग्दा युवा साथीहरुले नेतृत्व लिनु भएको छ । निवर्तमान अध्यक्ष तथा वर्तमान अध्यक्षलाई हेर्नेहो भने पनि यो प्रस्टै छ । त्यसैले विग्रे भत्केको साना मसिना कुराहरुलाई लिएर वढी प्रचार भयो कि भन्ने पनि मलाई लाग्छ । यो समस्याले संविधानसभाको निर्वाचनमा कुनै असर पार्दैन । यो पार्टीको आन्तरिक अन्तरविरोधको व्यवस्थापनको विषय हो । यस्तो अन्तरविरोध शत्रुतापूर्ण हुँदैन, मैत्रिपूर्णनै हुन्छ र यसको समाधान पनि पार्टीभित्रकै मैत्रिपूर्ण अन्तरक्रियावाट सम्भव छ । 

Þ त्यसो भए तपाईको दावी डोटीवाट एमाले जित्छ ।
= निश्चितरुपमा जित्छ । हामीले जनताका घरघरमा गएर जनतालाई वताउनै पर्छ कि किन एमालेले जित्न  जरुरी छ भनेर । समृद्ध र लोकतान्त्रिक नेपालका समृद्ध र स्वतन्त्र नागरिक वन्ने जनताको चाहना केवल एमालेले मात्र पुरा गर्न सक्छ भन्ने विश्वास जगाउनु पर्छ । असल र जनसेवी कार्यकर्तालाई उम्मेदवार वनाउनु पर्छ । जित निश्चित छ ।

Þ अन्त्यमा चुनावको पर्खाईमा वसेका आम जनतालाई के सन्देश दिनुहुन्छ ?
= विगतका दिनहरु देखिनै एकपछि अर्काे गर्दै नेकपा एमालेका नीतिहरु सहि सावित हँुदै गईरहेका छन् । राजतन्त्र यो मुलुकको साश्वत सत्य हो भन्ने जस्तो कुरा गर्ने काँग्रेसलाई लतारेर हामीले अन्ततः हाम्रो एजेण्डामा ल्यायौं र राजतन्त्र विरुद्धको संघर्षमा सामेल गरायौं । उता हतियारमा मात्र विश्वास गर्ने र आतंकको वलवाट परिवर्तन खोज्ने माओवादीलाई हामीले शान्तिपूर्ण संघर्षवाट पनि समाज रुपान्तरण सम्भव छ भन्ने हाम्रो मान्यतामा ल्यायौं । तर दुर्भाग्यवस् संविधानसभामा भने हाम्रो वहुमत आउन सकेन । हामी तेस्रो पार्टीमा पुग्यौं । जसले संविधानसभा भित्र प्रतिकुल शक्ति सन्तुलन कायम भयो, अन्ततः सम्विधान नै वन्न सकेन । यो निर्वाचनवाट जनताले नेकपा एमालेलाई पूर्ण वहुमतमा पु¥याउनु पर्नेछ । एमालेको लागि मात्र होईन जनता आफ्नै लागी । त्यसैले यो निर्वाचन जनताको अधिकार प्राप्ति, रक्षा र उपभोगको लागि जीवन मरणको संघर्ष हो । नेकपा एमालेलाई अत्यधिक मतले विजयी गराउन म आम जनसमुदाय समक्ष हार्दिक अपील गर्न चाहन्छु । 

Þ महत्वपूर्ण समय दिनुभयो धन्यवाद ।
=  मलाई आप्mना कुरा राख्ने मौका दिनुभो, जनताका अगाडी सत्य र सहि कुरा राख्न दिनुभो । धन्यवाद ।

No comments:

Post a Comment