Tuesday, October 29, 2013

वर्ष १०, अंक २९, मिति २०७० साल कार्तिक १२ गते आईतवार

मुख्य समाचार 

धरमराउँदै सुदुरपश्चिमका हस्तीहरु 

अर्को संबिधानसभाको निर्वाचन जतिजति नजिकिँदैछ, सुदुरपश्चिमका राजनीतिक हस्तीहरु त्यतिनै धरमराउँदै गएका छन । संसद र संबिधानसभा निर्वाचन गरी चार पटक लगातार बिजयी भएका पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा पनि सुरक्षित देखिएका छैनन् ।
पञ्चायल काल र प्रजातान्त्रिक कालमा समेत प्रधानमन्त्री भएका सुदुरपश्चिमका राजनीतिक हस्ती लोकेन्द्रवहादुर चन्द गृहजिल्ला बैतडीवाट चुनाव लड्दैछन । उनी २०५१ सालको संसदीय चुनावमा गृहजिल्लाका दुवै सिटवाट जितेर प्रधानमन्त्री समेत भएका हुन । यस पटक भने उनलाई आप्mनै गृहजिल्ला फलामे च्युरा सावित भएको छ ।
मंसिर ४ गते हुने संबिधानसभाको निर्वाचनका लागि बैतडीका दुवै क्षेत्रवाट प्रतिस्पर्धामा रहेका चन्दको जित्ने आधार देखिएको छैन । तुलनात्मक रुपमा क्षेत्र १ भन्दा क्षेत्र २ मा वढी वलिया भएपनि जितिहाल्ने अवस्था देखिएको छैन । व्यक्तिगत रुपमा चन्दलाई सवैले मान्ने  गरेको भएपनि पार्टी संगठन कमजोर भएका कारण उनी कमजोर भएका छन । चन्द  राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार हुन ।
चन्दसंग वैतडी क्षेत्र १ मा एमाओवादीका नरेन्द्र कँुवर, नेपाली कांग्रेसका  लोकराज अवस्थी र नेकपा एमालेका दामोदर  भण्डारी प्रतिस्पर्धामा रहेका छन । क्षेत्र २ मा एमाओवादीका रेणु चन्द, कांग्रेसका नरवहादुर चन्द र एमालेका महादेव भट्ट प्रतिस्पर्धामा रहेका छन ।
पटक पटक प्रधानमन्त्री भएका नेपाली कांग्रेसका बरिष्ठ नेता शेरवहादुर देउवा पनि यस पटक तिव्र प्रतिस्पर्धामा छन । डडेल्धुरा जिल्लावाटै २०४८, २०५१ र २०५६ सालको संसदीय निर्वाचनमा देउवाले तत्कालीन  प्रतिस्पर्धी नेकपा एमालेसंग ठुलो मतअन्तरले बिजयी भएका थिए । २०६४ सालको संबिधानसभा निर्वाचनमा देउवा एमाओवादी नेता खगराज भट्टसंग बिजयी त भएका थिए तर बिगतका निर्वाचनको जस्तो धेरै मतको अन्तर हुन सकेन । यस पटक देउवालाई पनि आप्mनै गृहजिल्ला बिरानो हुन थालेको देखिएको छ । डडेल्धुरामा देउवाका प्रमुख प्रतिस्पर्धीहरुमा एमाओवादीका केन्द्रीय सदस्य खगराज भट्ट र एमालेका जिल्ला अध्यक्ष डा. तारा जोशी रहेका छन ।
देउवाले प्रतिस्पर्धा गरिरहेको अर्को क्षेत्र कैलाली ६ मा पनि उनी हलुका पर्न थालेका छन । गत संबिधानसभाको निर्वाचनमा कञ्चनपुर–४ वाट समेत बिजयी भएका देउवाले पछि कञ्चनपुर–४ छोडेर डडेल्धुरावाटै प्रतिनिधित्व गरेका थिए । यस पटक उनी एमालेका सेती अञ्चल सचिव महेश्वर पाठकसंग तिव्र प्रतिस्पर्धामा रहेका छन । देउवासंग एमाओवादीवाट पुर्व सभासद् लिला भण्डारी पनि प्रतिस्पर्धामा रहेका छन ।
२०५१ को संसदीय निर्वाचनमा अछाम क्षेत्र १ वाट बिजयी भएका एमाले केन्द्रीय सदस्य भीव रावललाई पनि चुनावी प्रतिस्पर्धा गरुंगो देखिएको छ । गत संबिधानसभाको निर्वाचनमा समानुपातिक तर्फवाट सभासद् भएका रावल एमाले नेता माधव नेपालको प्रधानमन्त्रीत्व कालमा गृहमन्त्री समेत भएका थिए । आप्mनो गृहजिल्लावाटै प्रत्येक्ष प्रतिस्पर्धामा जाने मनसायका साथ अछाम फर्किएका रावलका लागि पनि चुनाव आप्mनो पक्षमा पार्न निकै कसरत गर्नु पर्ने अवस्था देखिएको छ ।  रावलसंग एमाओवादीका दिपक साउँद र कांग्रेसका मेघराज खड्का प्रतिस्पर्धामा रहेका छन ।
सुदुरपश्चिमका अर्का राजनीतिक हस्ती एमाओवादीका केन्द्रीय सदस्य लेखराज भट्ट कैलाली क्षेत्र ५ वाट चुनाव लड्दैछन । गृहजिल्ला डोटी क्षेत्र २ वाट चुनाव लड्ने पक्कापक्की भएका भट्ट उम्मेदवारी मनोनयनको नजिक पुगेपछि कैलाली लागेका थिए । गत संबिधानसभाको निर्वाचनमा सोही क्षेत्रवाट बिजयी भएका भट्टका लागि यस पटक भने उक्त क्षेत्र बिरानो देखिएको छ । भट्टले नेपाली कांग्रेसका दिर्घराज भाट र एमालेका पदम सिंहालसंग प्रतिस्पर्धा गर्नु पर्ने छ ।

सम्पादकीय 

सुरक्षा सतर्कतामा ध्यान जावस 

निर्वाचनको मिति जति जति नजिकिँदैछ, सुरक्षा व्यवस्थामा प्रश्नचिन्ह पनि लाग्दै गएका छन । राज्यले निर्वाचन शान्तिपूर्ण    गराउनका लागि सवै सुरक्षा अंगहरुलाई परिचालन गर्ने आधिकारिक घोषणा गरिसकेको छ । सोही अनुसार सुरक्षाकर्मीहरु पनि परिचालन भएका छन । यि सुरक्षाकर्मीहरुले निर्वाचनका सवै प्रक्रिया र अंगहरुको सुरक्षा दिनु पर्ने हुन्छ । ति अंगहरुमा मतदाताहरुको सुरक्षा दिनु पनि एक प्रमुख कर्तव्य हुन आउँछ ।
तर, सुरक्षा निकायहरुलाईनै जोडेर बिभिन्न खालका कुराहरु वाहिर आउन थालेका छन । यद्यपी वाहिर आएका कुराहरु गलत पनि हुन सक्छन तर एउटा भनाई छ “हावा नलागी पात हल्लिन्न” भन्ने । केही दिन अगाडी डोटी क्षेत्र २ को ईलाका प्रहरी कार्यालय  जोरायलका ईन्चार्ज र एमाले सम्वद्ध व्यक्तिहरुकाबीच झडप भएको समाचार वाहिर आयो । प्रहरी नायव निरीक्षक तहका ईन्चार्जले कुनै दल बिशेषको प्रचार प्रसार गरिरहेको भन्ने एमालेको बिज्ञप्तीले जनाएको छ । यदि यो कुरा साँचो हो भने यसले सिंगो सुरक्षा निकायमा अबिश्वास सृजना गर्छ । जसले गर्दा आगामी दिनहरुमा यस्ता थुप्रै बिवादहरु सृजना हुन सक्छन । बिवादलाई साम्य गर्नुको सट्टा प्रहरी प्रमुखवाटै बिवादमा एक पक्षीय हस्तक्षेप गर्ने काम  भईरहेको भन्ने गुनासाहरु समेत आउन थालेका छन । यसले पक्कै पनि राम्रो संकेत गर्दैन ।
यस्तै घटना आईतवार डौडमा पनि भएको समाचार आएको छ । राती अज्ञात व्यक्तिहरुले जवरजस्ती स्थानीयवासीहरुको घरमा पस्न खोजेको समाचार छ । स्थानीयवासीहरुले निर्वाचनका लागि खटिएका सेनाहरुको क्याम्पवाट ति व्यक्तिहरु आएको दावी गरिरहेका छन । यस भन्दा अगाडी कहिले पनि त्यस्ता घटना नहुने गरेको उक्त क्षेत्रमा एकाएक कसरी यस्तो गम्भिर प्रकृतिको मानवअधिकार उलंघनको घटना हुन पुग्यो त ? के सुरक्षा सतर्कता नभएर हो वा फेरी सुरक्षाकर्मीहरुकै संलग्नता हो । नेपाली सेना गाउँमा वस्ने भन्ने खवर पाउँनासाथै त्रसित भएका समुदायमा यस्ता घटनाहरु हुन थाले भने के होला ।
सोमवार क्षेत्रीय सुरक्षा समितिको बैठक पनि डोटीमै वसेको छ । सायद यस्ता घटनाको वारेमा क्षेत्रीय सुरक्षा समितिमा पनि छलफल भएको हुनुपर्छ । जिल्लाको सुरक्षा समितिले पनि यो   कुरालाई गम्भिर रुपमा ध्यान दिनु जरुरी छ । जनताको सुरक्षा गर्न गएकाहरुले अमुक राजनीतिक दलको प्रचार गर्ने, आम जनताको घरमा राती चोरझैं पस्ने अवस्था आउने हो भने पक्कै पनि यो राम्रो संकेत हुने छैन । यसले जनतामा त्रासका साथसाथै आक्रोस फैलाउने छ । त्यसैले अहिलेनै कहाँ कस्का कति कमजोरी भए भन्ने कुरा खोजी गर्नु जरुरी छ । यो जुँगाको लडाई होईन । यहाँ कसैले जित्ने वा कसैले हार्ने भन्ने बिषय पनि होईन । यहाँ त सुरक्षाको प्रश्न छ ।
संबिधानसभाको निर्वाचन मंसिर ४ गते हुनु पर्छ, त्यसका लागि वातावरण तयार गर्ने काम हामी सवैको हुन आउँछ । चुनाव सम्पन्न गर्नका लागि शान्ति सुरक्षाको प्रश्न अहिलेको प्रमुख प्रश्न  हो । सुरक्षाकर्मीहरुले यो बिषयलाई ध्यान दिनु जरुरी छ । यसका साथसाथै सरकार र राजनीतिक दलहरुले पनि जनतासंग मत माग्ने मात्र होईन उनीहरुको सुरक्षाको अवस्था कस्तो छ भन्ने वारेमा चाँसो र चिन्ता लिनु जरुरी रहेको छ ।
दैनिक जसो हुन आपराधिक घटनाहरु त एक ठाउँमा छन नै यसका साथसाथै सुरक्षाकर्मीहरुवाटै यस्ता अपराधका घटनाहरु हुन

थप समाचार 

संगोष्टी सम्पन्न
डोटीका तीन स्रष्टाहरु सम्मानित 

प्राध्यापक डा. जयराज पन्तको संयोजनमा नेपाली लोकवार्ता तेश्रो राष्ट्रिय आईतवार डोटीमा सम्पन्न भएको छ । संगोष्ठीमा डोटीका तीन जना स्रष्टाहरुलाई सम्मान गरिएको छ ।
डोटी क्याम्पस डोटी र सुदुरपश्चिम साहित्य समाज डोटीको संयुक्त आयोजनामा भएको सो कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डा. प्रेमकुमार खत्री  (निरौला) ले संस्कृतिको संरक्षणका लागि घरदैलो अभियान गर्नु पर्ने वताए । “हामीले यो अभियान गाउँगाउँमा लैजानु पर्ने आवश्यकता रहेको छ” डा. खत्रीले तर आफुहरुले सो गर्न नसकेको वताए । “नेताहरु चुनावका वेला मात्र गाउँ जाने गरेका छन, वाँकी समय काठमाण्डौंमै बस्ने गरेका छन” खत्रीले व्यङ्गे गर्दै भने–कम्तीमा हामीहरु जिल्ला सदरमुकामसम्म त पुगेका छौं तर यतिले हामी सन्तुष्ट छैनौं ।
सम्मानित भएका स्रष्टाहरुलाई वधाई दिँदै खत्रीले आफुसंग भएको ज्ञान सीप पुस्तान्तरण गर्न सम्मानित स्रष्टाहरुलाई आग्रह गरे । “हाम्रो सम्मानको उद्देश्यनै स्रष्टाले आफुसंग भएका प्रतिभाहरु अर्को पुस्तालाई हस्तान्तरण गर्न हौसला मिलोस भन्ने हो” खत्रीले हामीले कला, साहित्य संस्कृति वचाउनु आवश्यक रहेको वताए ।
कार्यक्रमका संयोजक प्राध्यापक डा. पन्तले डोटी जिल्ला राजनीतिक रुपमा, ऐतिहासिक रुपमा र साँस्कृतिक रुपमा महत्वपूर्ण रहेको वताए । यस जिल्लामा थुप्रै प्रकारका साहित्यिक र सांस्कृतिक धरोहरहरु रहेको वताउँदै पन्तले यो संगोष्ठीको उद्देश्य पनि स्रष्टाहरुको पहिचान गरी उनीहरुलाई सक्रिय वनाउनु रहेको वताए । आफुहरुले यस क्षेत्रको साहित्य र संस्कृतिको अध्ययन गर्ने उद्देश्यका साथ सुदुरपश्चिमका सात जिल्लामा यस्ता संगोष्ठीको आयोजना गर्न लागेको समेत डा.पन्तले जानकारी दिए ।
डोटी क्याम्पस प्रमुख कृष्ण कठायतको सभापतित्वमा भएको सो कार्यक्रममा डोटीका प्रमुख जिल्ला अधिकारी दीपक काफ्ले, डा. रामचन्द्र भट्ट लगायतका व्यक्तिहरुले संगोण्ठी सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा बिभिन्न स्रष्टाहरुले आफ्ना साहित्यिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।
संगोष्ठीमा सम्मानित भएकाहरुमा देउडा गायनमा सुदुरपश्चिममै चल्ले शाहीका नामले ख्याति कमाउन सफल डोटी दिलायल सिलगढी नगरपालिकाका खण्टे खडकालाई मरणोपरान्त “बरिष्ठ देउडा गायक” को उपाधीद्वारा सम्मान गरिएको छ । खड्काको सम्मान पत्र उनका जेठा छोरा टिका खड्काले बुझेका थिए ।
यस्तै अर्का स्रष्टा दिपायल सिलगढी नगरपालिका–४ का गोबिन्द केसी रहेका छन । केसीले २०२१÷०२२ साल देखिनै साहित्य क्षेत्रमा कलम चलाएका थिए । “वलेको दियो” भन्ने कृतिसंगै बिभिन्न कृतिहरु प्रकाशन गरेका केसीलाई “बरिष्ठ साहित्यकार” को उपाधी दिईएको छ ।
अर्का स्रष्टा दिसिनपा–१ का धनवहादुर मल्ल रहेका छन । मल्ललाई मुर्तिकला, चित्रकला र समाजसेवामा बिशेष योगदान दिएको भन्दै “बरिष्ठ चित्रकार एवं समाजसेवी” उपाधी दिईएको छ ।
यसैबीच संगाष्ठीमा डोटीका सवै स्रष्टाहरुलाई खवर नभएको भन्दै केही कला साहित्य स्रष्टाहरुले आपत्ति जनाएका छन । स्थानीयस्तरवाट बिभिन्न साहित्यिक बिद्यामा राष्ट्रिय  पुरस्कार समेत पाईसकेका केही स्रष्टाहरुले राष्ट्रियस्तरको संगोष्ठीमा आफुहरुलाई खवर समेत नगर्नु दुःखदायी भएको वताएका छन । साहित्य÷ संस्कृतिको संरक्षण गर्नका लागि कसैप्रति पुर्वाग्रही भएर हुन नसक्ने उनीहरुको तर्क छ ।

आयोगले ७५ जिल्लामा अनुुगमन गर्ने 

राष्ट्रिय मानवअधिकार आयोगका सचिव वेदप्रसाद भट्टराईले आयोगले ७५ वटै जिल्लामा निर्वाचनका गतिबिधिहरुको अनुगमन गरिरहेको जानकारी दिएका छन ।
आईतवार डोटीको दिपालयमा सम्पन्न भएको सुदुरपश्चिमाञ्चल क्षेत्रीय सुरक्षा समितिको बैठकलाई लक्षित गरी शनिवार डोटी पुगेका भट्टराईले सो कुरा वताएका हुन । भट्टराईले गैससकर्मीहरु, निर्वाचन पर्यवेक्षकहरु, कानुन व्यवसायीहरु र सञ्चारकर्मीहरुसंगको संयुक्त अन्तरक्रियामा आयोगले निर्वाचनमा मानवअधिकारको उलंघन नहोस भन्नका लागि सावधानी अपनाईरहेको समेत जानकारी दिए । “२०६४ सालको भन्दा फरक अवस्थामा यो निर्वाचन भईरहेकोका छ” भट्टराईले भने–२०६४ को निर्वाचनमा एकातिर शान्ति प्रक्रियाको एक प्रमुख अंग माओवादी लडाकुहरु र नेपाली सेना व्यारेकमा रहेको थियो भने अर्कोतिर कुनै दलले चुनाव बहिस्कारको  आधिकारिक घोषणा गरेका थिएनन् । तर अहिले चुनावमा सुरक्षा प्रदान गर्ने भन्दै सेना परिचालन भएको छ, भट्टराईले भने– एकातिर ३३ दलीय मोर्चा चुनाव बहिस्कार गर्ने भनेर घोषित रुपमै लागेको छ । यस परिस्थितिमा २०६४ भन्दा अहिलेको चुनावी अवस्था फरक रहेको भट्टाईको भनाई थियो ।
मानवअधिकार प्रवद्र्धन महाशाखाले तल्लो तहसम्म आयोगको काम कारवाहीको वारेमा जानकारी दिने योजना वनाईरहेको वताउँदै  भट्टराईले मानवअधिकारको संरक्षणका लागि सवैले सहयोग गर्नु पर्ने वताए । लोकतन्त्रको आधार निर्वाचन भएकोले निर्वाचनलाई हामी सवैले महत्वका साथ हेर्नु पर्ने हुन्छ, भट्टराईले निर्वाचन मार्फत वन्ने संबिधानसभाले जारी गरेको संबिधानले मानवअधिकारको सुनिश्चितता गर्ने बिश्वास गरे ।
निर्वाचनमा खटिने सुरक्षा कर्मीहरु, कर्मचारीहरुको  राज्यले बिमा   गरेको तर निर्वाचन पर्यवेक्षकहरुको बिमा नगरेको वताउँदै भट्टराईले भने–निर्वाचन आयोगले एकातिर निर्वाचनमा पर्यवेक्षकहरुको महत्वपूर्ण जिम्मेवारी रहेको समेत वताईरहने अर्कोतिर उनीहरुलाई मताधिकार पनि नदिने, उनीहरुको सुरक्षा पनि नदिने र बिमा पनि नगर्ने कुरा राम्रो होईन । हामी भोली दिपालयमा सुरक्षा समितिको बैठकमा सहभागि हुँदैछौं, उक्त वैठकमा यस जिल्लाको समस्याहरुको वारेमा कुरा उठाउन सजिलो होस भन्नका लागि हामीले यो अन्तरक्रिया राखेका हौं, भट्टाराईले यहाँको समस्याको बिषयमा उक्त गोष्ठीमा छलफल गरिने जानकारी दिए ।
आयोगका क्षेत्रीय निर्देशक डा.टिकाराम   पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा आयोगका भीमप्रकास ओलीले स्वागत व्यक्त गरेका थिए । कार्यक्रममा सञ्चालन आयोग क्षेत्रीय कार्यालय धनगढीका पवन भट्टले गरेका थिए ।
कार्यक्रमका सहभागिहरुले आयोगका जिल्लास्तरमा कार्यालयहरु स्थापना गर्नु पर्ने, आयोगले आफ्नो कामलाई छिटो छरितो गर्नु पर्ने, निर्वाचनमा परिचालन भएका सेनाहरुलाई आधारभुत मानवअधिकारको तालिम दिनु पर्ने जस्ता सुुझाव दिएका थिए ।

वाँकेमा मधेशवादी दलहरु १५

२०६४ साल चैत्र २८ गते भएको पहिलो संबिधानसभाको निर्वाचनमा वाँकेमा तीन मधेशी दलहरुले मात्र चुनावी प्रतिस्पर्धा गरेको भएपनि यस पटक १५ दलले प्रतिस्पर्धा गर्दैछन ।
मधेश केन्द्रित दलहरुमा आएको बिभाजनका कारण तीन दलवाट १५ दल पुगेका हुन । मधेशकै नाममा दुई स्वतन्त्र उम्मेदवारहरु समेत रहेका छन । गत निर्वाचनमा वाँके ३ वाट चुनिएका सर्वदेव ओझा पार्टी फेरेर फेरी त्यसै क्षेत्रमा उम्मेदवार भएका छन । उनी गत चुनावमा मधेशी जनअधिकार फोरमवाट बिजयी भएका थिए । अहिले ओझा जयप्रकाशप्रसाद जुप्ताले नेतृत्व गरेको राष्ट्रिय मधेश अभियान पार्टीमा आवद्ध रहेका छन । उक्त पार्टी निर्वाचन आयोगमा दर्ता नभएका कारण ओझाको उम्मेदवारी स्वतन्त्र भएको छ ।
त्यस्तै वाँके २ वाट पनि कलिम अहमद अन्सारी स्वतन्त्र उम्मेदवार भई मधेशकै नाममा मत माग्दै हिडेका छन । चुनवी मैदानमा रहेका मधेश केन्द्रित दलहरुमा मधेशी जनअधिकार फोरम नेपाल, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, सद्भावना पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी र तराई मधेश सदभावना पार्टी नेपाल र संघीय सदभावना पार्टीले उम्मेदवारी दिएका छन ।
यसैगरी मधेशी जनअधिकार फोरम मधेश, नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी), मधेशी जनअधिकार फोरम (गणतान्त्रिक), राष्ट्रिय मधेश समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी (युनाईटेड) र नेपाल सद्भावना पार्टीले पनि वाँकेमा उम्मेदवारी दिएका छन । यसैगरी राष्ट्रिय मधेश एकता पार्टी नेपाल, मधेश तराई फोरम र थरुहट तराई पार्टी नेपालले पनि आधिकारिक उम्मेदवारी दिएका छन । कतिपयले संगठन कमजोर भएपनि समानुपातिकमा मत वढाउन उम्मेदवारी दिएका छन ।
तराई मधेश लोकतान्त्रिक पार्टी, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, सद्भावना पार्टी र मेधशी जनअधिकार   फोरम नेपालको प्रभाव बढी देखिन्छ । गैर मधेशवादी दलहरुले आफुले जित्ने आधार एउटा मधेशी दलभित्र आएको बिभाजनलाई वनाउने गरेका छन । तर, तराई मधेश लोकतान्त्रिक पार्टीका नेता पशुपतिदयाल मिश्राले त्यस्तो सोच ठिक्क उल्टो रहेको वताए ।
“धेरै ठाउँमा मधेशी दलहरु बिभाजनको कारण हामीले दिँदै हिड्नु     परेको छ” मिश्राले भने–तर यसको कारण मधेशी दलहरु चुनाव हारिहाल्छन, यिनिहरु सिद्धिहाले भन्ने चाँही होईन । मधेशी दलहरु भन्दा वढी नोक्सान अहिले गैर मधेशी दलहरुलाई भएको मिश्राको दावी छ । गैर मधेशी दलहरुले मधेशी र मुश्लिम समुदायका व्यक्तिहरुलाई उम्मेदवार नवनाएका कारण असन्तुष्टहरु मधेशवादी दलहरुमा आएको मिश्राले दावी गरे ।
मधेशी दलहरु बिभाजनका कारण अव मतदाताहरुले व्यक्ति हेरेर मत दिनु पर्ने अवस्था आएको वताउँछन अर्का मधेशी नेता हिरालाल लोनिया । मधेशी जनअधिकार फोरमका नेता लोनियाले मधेशी दलहरुमा लोभीहरुको संख्या बढेको र एकतामा ध्यान नगएका कारण समस्या भएको वताउँदै मधेशी दलहरु बिभाजन भईदिँदानै मतदाताहरमा पनि अन्यौल बढेको वताए । लोनियाका अनुसार पहिला मधेश केन्द्रित दलहरुमा लाग्ने मतदाताहरु अझैपनि मधेशी दललाई नै मत हाल्ने पक्षमा छन । यसको पछि मधेश आन्दोलनले ल्याएको जागरण, आत्मसम्मान र समावेशीको मुद्धा हो । जुन मधेशी जनताले धेरै हदसम्म पाएका छन । लोनिया भन्छन–  अरु एजेण्डा भनेको वेकार हो, मधेशी नेताले जित्यो भने आफनो आत्मसम्मान बढ्छ, सुखदुःखमा साथ दिन्छ भन्ने भावना छ ।
एमाले र कांग्रेसले मधेशी दलहरुले मधेशी जनतालाई सत्तामा जाने भ¥याङ मात्रै वनाएको आरोप लगाएका छन । कांग्रेस वाँके सभापति अरुण कोईरालाका अनुसार मधेशी दलको बिभाजनसंगै चुनावमा पनि मधेशीहरुबीचनै टक्कर देखिएकाले पुरानो आधार खस्कनेछ ।
निर्वाचनको मिति नजिकिदै जाँदा मधेशी दलहरुबीच एकताको सम्भावना पनि उतिकै वढेर गएको दावी तमलोपा नेता मिश्राको छ । “एकताका लागि पनि कुराकानी भईरहेको छ, जित्ने उम्मेदवारलाई अन्तिममा सवैले मतदान गर्ने परिस्थिति निर्माण हुन सक्छ” मिश्राले यस्तो हुन सक्यो भने वाँके मधेशी दलहरुकै पकडमा रहने वताए ।
एमाओवादी नेता दामोदर आचार्य मधेशी दलप्रतिको आकर्षण नरहेको दावी गर्छन । “गत चुनावमा मधेश आन्दोलनको सद्भाव थियो, त्यसैले मधेशी दलहरुको आधार जस्तो वनेको हो” आचार्यले परिवर्तनको एजेण्डा वोकेका एमाओवादीनै जित्ने दावी गरे ।

माओवादीले गौतमलाई सहयोग गर्ने 

संबिधानसभाको निर्वाचनको      बिरोधमा उत्रिएका ३३ दलीय मोर्चाको नेतृत्व गरिरहेको नेकपा–माओवादी बर्दियाका कार्यकर्ताहरुले मंसिर ४ गते हुने अर्को संबिधानसभाको निर्वाचनमा एमाले उपाध्यक्ष वामदेव गौतमलाई सहयोग गर्ने भएको छ ।
सोरहवा गाबिस–५ गन्धर्भ गाउँका करीव ७५ परिवार माओवादी कार्यकर्ताहरुले आईतवार एमाले उपाध्यक्ष तथा बर्दिया क्षेत्र १ का उम्मेदवार गौतमलाई गाउँमै वोलाएर भव्य स्वागत गरी निर्वाचन बहिस्कारका भोट दिएर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । पार्टीले चुनावको सशक्त बहिस्कार गर्ने नीति लिएको भएपनि आफुहरुले स्थानीयस्तरवाट गौतमलाई सहयोग गर्न लागेको उनीहरुको भनाई थियो । “चुनाव बहिस्कार गर्दा भोट खेर जान्छ, त्यसैले हामीले एमाले नेता गौतमलाई आफ्नो मत दिएर सहयोग गर्ने निर्णय गरेका छौं” नेकपा–माओवादी क्षेत्रीय सेक्रेटरी दिलीप गन्धर्भले गौतमलाई निर्वाचनमा सहयोग गर्ने वताए ।
आफुहरुले पार्टी परित्याग नगरेको वताउँदै दिलिपले बहिस्कार गर्दा खेर जाने मत गौतमलाई दिएर सहयोग गर्न खोजेको मात्रै वताए । “देशमा आमुल परिवर्तन गर्ने भनेर जनताको मत पाएपछि धोका दिएको पार्टीलाई सहयोग गर्दैनौं” एमाओवादीप्रति संकेत गर्दै दिलीपले एमाओवादीले गन्धर्भ गाउँका जनतालाई सपना देखाएर धोका दिएको आरोप समेत लगाए । मानखोला छेउमै रहेको गन्धर्भ गाउँका सवैजसो मतदाता यसअघिको निर्वाचनमा हालको एमाओवादीमा लागेका थिए । पार्टी बिभाजनपछि उनीहरु नेकपा–माओवादीमा आवद्ध छन ।
गन्धर्भ परिवारका नेकपा–माओवादी नेताहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएपछि एमाले नेता गौतम उत्साहित भएका छन । आफुले एमाओवादी जस्तो खोक्रो आश्वासन नदिने समेत वताए । सवै मतदाताहरुलाई अविर लगाई स्वागत गर्दै गौतमले आफु संबिधान निर्माणका लागि प्रतिवद्ध रहेको समेत जताए । मानखोलाले गर्दै आएको कटान नियन्त्रण, स्थानीय सुकुम्वासी बस्दै आएको जग्गाको लालपुर्जा र सडकको स्तर बृद्धिका लागि सहयोग गर्ने नेता गौतमको भनाई थियो । गन्धर्भ समुदायले सारंगी    रेट्दै गीत गाउँदै स्थानी समस्या सुनाएका थिए । उनीहरुले अल्पसंख्यक समुदायका रुपमा रहेको आप्mना समुदायको हक अधिकार आगामी संबिधानमा सुनिश्चितताका लागि आग्रह समेत गरेका थिए ।

चुुनावी गाडीहरुमाथी आक्रमण हुँदै 

नेपाली कांग्रेसका सभापति तथा बाँके क्षेत्र ३ का उम्मेदवार सुशील कोईरालाको चुनावी प्रचारमा प्रयोग गरिएको गाडीमा आगजनी भएको छ ।
नेपालगञ्जको सुर्खेतरोडस्थित पार्टी कार्यालय अगाडी रोकेर राखेको भे १ च ९१७ नम्वरको स्कोर्पियो गाडीमा अज्ञात समूहले आगजनी गरेको हो । सो गाडीमा पछिल्लो भागमा डिजेल छर्केर आगजनी गरिएको थियो । आगो लाग्ने बित्तिकै प्रत्येक्षदर्शीले आगो निभाउन पानी खन्याएका कारण गाडीमा धेरै क्षेति भने नभएको वताईएको छ । घटना सोमवार बिहान करीव ११ वजेतिर भएको प्रहरीको भनाई छ ।
यसैगरी कांग्रेस काठमाण्डौं क्षेत्र ५ का उम्मेदवार एवं कांग्रेस नेता नरहरी आचार्यको प्रचारमा प्रयोग गरिएको गाडीमा पनि सोमवार बिहान आगजनी भएको छ । धापासीस्थित कृष्ण मन्दिर नजिकै पार्किङ गरिएको गाडीमा अज्ञात समूहले आगो लगाएका हुन आगोले गाडीको ईन्जिन र पछाडीको भागमा क्षति पुगेको छ ।
यसैगरी एमाले नेता राजेन्द्र पाण्डेको गाडीमा पनि अज्ञान समूहले आगो लगाउने प्रयास गरेका छन । उनीहरुले सोमवार बिहान नारायणहिटीको उत्तर ढोकामा पार्किङ गरिएको पाण्डेको गाडीमा आगजनीको प्रयास गरेका हुन ।

माओवादीलाई फेरी पनि ल्याउन सकिन्छ

नेपाली कांग्रेसका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाले नेकपा–माओवादीलाई निर्वाचन पछाडी पनि संबिधान संसोधन गरेर संबिधानसभामा ल्याउने बिकल्प खुला रहेको वताएका     छन ।
चुनावी अभियानको सिलसिलामा गृहजिल्ला डडेल्धुरा पुगेका नेता देउवाले सोमवार विहान सञ्चारकर्मीहरुसंग कुरा गर्दै नेकपा–माओवादी सहितका दलहरुलाई संबिधानसभाको निर्वाचनमा ल्याउन आफुले अन्तीम समयसम्म प्रयास गरेको दावी गर्दै अव वन्ने संबिधानसभाले असन्तुष्ट दलको भावनालाई पनि समेट्नु पर्ने कुरामा जोड दिए ।
“उहाँहरु पनि एउटा शक्ति हो” देउवाले उहाँहरुसंग सरसल्लाह गरेरै आफुहरुले नयाँ संबिधान वनाउने प्रतिवद्धता व्यक्त गरे । निर्वाचनपछि संबिधान संसोधन    गरेर पनि माओवादीलाइ संबिधानसभामा ल्याउने बिकल्पमा छलफल गर्न कांग्रेस तयार रहेको देउवाको भनाई थियो । गत चुनाव भन्दा यस चुनावमा एकिकृत नेकपा माओवादीको डरत्रास कम भएको भएपनि पूर्ण रुपमा नहटेको आफुले चुनावी अभियानको क्रममा महसुस गरेको देउवाको भनाई थियो ।

प्यासीले मारे आलमलाई 

वारा क्षेत्र ४ मा एमालेको तर्फवाट प्रत्येक्षका उम्मेदवार मोहम्मद आलमको हत्याको योजना वनाउने एमालेकै पूर्व सभासद रामचन्द्र प्यासी कुसवाह भएको  प्रहरी अनुसन्धानले खुलेको छ ।
केन्द्रीय अनुस्धान व्यरो सिआईवीले वाराको कलैयास्थित जिल्ला प्रहरी कार्यालयमा आईतवार पत्रकार सम्मेलन  गरी घटनामा संलग्न कुसवाहसहित तीन जनालाई सार्वजनिक गरेको छ । पक्राउ परेकामा बिरगञ्जमा व्यापार गर्दै आएका भारतीय नागरिक अतिक खान र रक्सौलका राजु श्रीवास्तव वर्मा रहेका छन । राजु पत्रकार समेत रहेको प्रहरीको भनाई छ । आरोपी कुसवाह गत संबिधानसभामा एमालेको तर्फवाट समानुपातिक उम्मेदवारथिए ।
प्रहरीका अनुसार आलमको हत्याको योजना ६ महिनाअघिनै वनेको थियो । तीन पटकको प्रयासमा बीरगञ्जमा हत्या भएको आरोपीहरुले स्वीकार गरे । कुसवाहले आलमको हत्याको योजनावारे राजुसंग ६ महिना अघिनै छलफल गरेको प्रहरीको अनुसन्धानवाट जानकारी भएको छ । हत्याको मुख्य योजनाकार दुवईमा बसी आवश्यक समन्वय गरेको र निर्देशन दिएको प्रहरीले वताएको छ ।
भदौं १४ गते भारतवाट तीन जना वीरगञ्ज आएको तर आलम काठमाण्डौं लागेपछि पहिलो पटकको प्रयास असफल भएको प्रहरीको दावी छ । आलमसहित अर्का एकको हत्या गर्ने योजनाका साथ चार जना सुटर काठमाण्डौं आएका थिए । काठमाण्डौंमा पनि आलमको हत्या गर्न नसकेपछि उनीहरुले जोरपाटीमा मोहमद सकसुल हलमाथी गोली हानेका थिए । उनी घाईते भएका थिए  ।
जोरपाटी घटनापछि भागेर भारत पुगेका उनीहरु आलम वारा आएको जानकारी पाएपछि अतिकसंग सम्पर्क     गरी असोज १६ गते पुनः बिरगञ्ज आएका थिए । १७ गते संबिधानसभा निर्वाचनको उम्मेदवारी दर्ताका दिन आलम चढेको वा ५ च ३३२९ नम्वरको गाडीको जानकारी रामचन्द्र प्यासी कुसवाहले सुटरहरुलाई    गराएको सिआईवीको अनुसन्धानवाट खुलेको छ ।

कण्डम दिवसमा कण्डम फुटाउने प्रतियोगिता 

१९ औं राष्ट्रिय कण्डम दिवसको अवसरमा डोटीमा कण्डम फुटाउने प्रतियोगिता भएको छ ।
जिल्ला एड्स समन्वय समिति डोटीको आयोजना र डोटीमा एचआईभी÷एड्सको क्षेत्रमा कार्यरत गैर सरकारी संस्थाहरुको सहभागितामा भएको उक्त कण्डम फुटाउने प्रतियोगितामा १३ सहभागिमध्ये दुई जना कण्डम फुटाउन सफल भएका थिए । प्रदिन श्रेष्ठ र रजनीश श्रेष्ठले कण्डम प्रतियोगितामा कण्डम फुटाउन सफल भएका थिए ।
“दोहोरो सुरक्षाका लागि कण्डमको उपलव्धता बढाऔं” भन्ने मुल नाराका साथ मनाईएको सो दिवसका अवसरमा शनिवार आयोजित कार्यक्रममा प्रतियोगिहरुले आँखामा पट्टी वाँधेर फुकेको कण्डम झुण्ड्याएको स्थानमा गई पिनले घोचेर कण्डम फुटाउनु पर्ने नियम वनाईएको      थियो । सफल प्रतियोगीहरुलाई आयोजकको तर्फवाट डायरी प्रदान गरिएको छ ।
यसैबीच जिल्ला सोभा सञ्जाल र समान पहुँच बिकास केन्द्र डोटीले डोटीको सानागाउँ गाबिसमा पनि बिभिन्न कार्यक्रम गरी कण्डम दिवस मनाएको खवर प्राप्त भएको छ ।

छोटकरी समाचार 

नियोगले ८० पर्यवेक्षक राख्ने

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले डोटी जिल्लामा ८० जना निर्वाचन पर्यवेक्षक खटाउने भएको छ ।
मंसिर ४ गते हुने अर्को संबिधानसभाको निर्वाचनलाई मध्येनगर गर्दै नियोगकले एक गाबिसमा कम्तीमा पनि एक र नगरपालिकाका प्रत्येक वडामा एक÷एकजना पुग्ने गरी निर्वाचन पर्यवेक्षकहरु खटाउन लागेको नियोकका डोटी जिल्ला अध्यक्ष  रामहरी ओझाले जानकारी दिए ।

अज्ञात समूहको आतंक 

डोटीको डौडमा आईतवार राती अज्ञात समूहले स्थानीयवासीहरुका घरभित्र पस्ने प्रयास गरेको समाचार छ ।
स्थानीयवासीहरुका अनुसार रातीको समयमा अज्ञात ढोका ढक्ढकाउँदै घरभित्र प्रवेश गर्ने प्रयास गरेको हो । स्थानीयवासीहरु सो समूह नेपाली सेनाको हालै डौडमा खटिएको निर्वाचन सुरक्षा क्याम्पवाट आएको हुन सक्ने वताएका छन । सेनाका मान्छेहरुले दिउसभरी गाउँमा घुमेको र कुन घरमा को को वस्छन भन्ने समेत जानकारी लिएको वताउँदै स्थानीयवासीहरुले सेनानै हुन सक्ने वताएका छन ।
यस बिषयमा नेपाली सेनाका निर्वाचन सुरक्षा टोलीका डोटी प्रमुख प्रमुख सेनालाई धु्रव कार्कीसंग सम्पर्क राख्दा आफुलाई यसवारेमा कुनै जानकारी नभएको वताएका छन । “मसंग त्यस्तो कुनै पनि प्रकारको सूचना आएको छैन” प्रमुख सेनानी कार्कीले आफुले यस वारेमा वुझेर वताउँने जानकारी दिए ।

चलचित्र, मनोरञ्जन 

म एकदम स्वार्थी छु 

नम्रता सापकोटा 

दशैं कस्तो रह्यो ? 
एकदमै रमाईलो । यसपाली बुटवल मामाधर गएर खुव रमाईलो गरियो । सवैजना एकैठाउँमा रहेर     रमाईलो गर्दानै दशैंको मज्जा आउँछ । हरेक नेपालीले दशैंमा गर्ने रमाईलो जसरीनै मैलेपनि रमाईलो गरें तर घरभित्रै वसेर । किनभने दशैंको दिनभरी पानी प¥यो, वाहिर निस्कनै पाईएन नि !
अनि तिहारको योजना कस्तो छ त ? 
खास त्यस्तो बिशेष योजना त केही पनि छैन । केही दिन म्युजिक भिडियोहरुको सुटिङमा व्यस्त भईन्छ होला । आफैं पनि तिहार बिशेष केही ईभेन्टहरु गर्दैछु । त्यसैले त्यतै व्यस्त हुन्छु होला । अरुले गर्ने ईभेन्टहरुमा पनि सरिक हुन्छु । साथीभाई भेटघाट, रमाईलो, खानपिन जस्ता कुराहरु त भईहाल्ने नै भए ।
अहिले जताततै चुनावले छोएको छ, तपाईलाई कत्तिको चुनाव लागेको छ ?
लागेकै छैन भन्दा पनि हुन्छ । म मेरै काममा व्यस्त हुनु परेकोले पनि यस्तो भएको हुनुपर्छ । अव पिल्मकै बिभिन्न व्यक्तिहरु पनि चुनावमा होमिएको त थाहा पाएकी छु । फेरी मलाई राजनीतिमा त्यति ईन्ट्रेष्ट पनि छैन । चुनावमा भोट हाल्न चाँही जानुपर्ला ।
आजभोली फिल्ममा काम गर्न छोडेको हो र ? 
त्यस्तो होईन । म्युजिक भिडियो र आप्mनै ईभेन्टहरुमा व्यस्त छु । यो बिचमा दुईवटा स्क्रिप्ट आएका थिए तर ती फिल्ममा म आफैं काम नगर्ने भएँ । अन्तराल र सिग्नेचर फिल्ममा मात्र मैले अभिनय गरेकी छु । सिग्नेचर प्रदर्शनमा आउनेवाला छ । फेरी अर्को एउटा फिल्मको कुरा पनि आईराखेको छ । शायद त्यो फिल्म गर्छु होला । कतिले त दुईवटा भन्दा अरु फिल्म नगरेको देखेर फिल्म नपाएको भन्ने हल्ला पनि चलाएका    छन । तर म फिल्म नपाएर भन्दा पनि आप्mनै व्यस्तताको कारणले गर्दा फिल्म       गरिरहेकी छैन । फिल्म नखेले पनि व्यस्त छु ।
तपाई त साल्सा डान्स गर्नुहुन्छ, सिकाउनुहुन्छ पनि । आफुलाई अभिनेत्री, मोडल वा साल्सा डान्सरमध्ये कुन रुपमा चिनाउनु हुन्छ ? 
यो वा त्यो भन्दा पनि सवै रुपमा चिनिन चाहान्छु । फेरी डान्स र एक्टिङ भन्ने कुरा आपसमा जोडिएको बिषय भएकाले पनि मलाई अझै बढी सहज भएको छ । मलाई वाल्यकालदेखिनै स्कुल कलेजहरुमा डान्सकै माध्यमवाट चिन्थे तर कलाकारिता पनि   मेरो रुचीको बिषय हो । त्यसैले मलाई जुन रुपमा चिनेपनि परक पर्दैन ।
फिल्म उद्योगमा तपाई आप्mनो उपस्थितिलाई कसरी लिनुहुन्छ ?
मलाई फिल्ममा नायिका वन्ने रहर कहिल्यै लागेन र म यो फिल्ममा नायिका अर्थात स्टार वन्नका लागि छिरेकी पनि होईन । मैले फिल्ममा हिरोईन बन्छु भनेर कहिल्यै पनि सपना देखिन । म पहिल्यैदेखि थियटरमा काम गर्थे थुप्रै नाटकमा मैले अभिनय पनि गरेकी     छु । फिल्ममा पनि फिल्मी शैलीको नायिका भएर रोनाधोना र ग्ल्यामर सिनमा रमाउनु भन्दा क्यारेक्टर वेस्ड भएर काम गर्न चाहान्छु । मैले गरेका दुईवटा फिल्पहरु त एक्सिडेन्टल्ली पाएको हुँ । खासमा मलाई स्टार वन्नु भन्दा एउटा राम्रो कलाकार वन्ने मन छ । त्यसैले यही फिल्ममा जम्ने सुर कसेर फिल्ममा म लागेकी होईन ।
अहिले नेपाली फिल्ममा आउने नयाँ हिरोहरु “मुर्गा” वनेर र नायिकाहरु ओछ्यान तताएर” आउँछन भन्ने व्यापक छन नि ?
फिल्ममा धमाकेदार हिरो र हिरोईन वन्ने भुत चढ्कोले आप्mनो उत्कृष्ठ चाहानालाई   पुरा गराउनका लागि यस्तो वाटो राजेका हुन सक्छन । तर यो वाटो पूर्ण रुपमा गलत  हो । नवुझेका र हावाहुरीसंगै वहेर आएकाहरुले यस्तो गर्छन जस्तो मलाई लाग्छ । यस्तै हावाहुरीसंगै आउने मुर्गाहरुकै कारणले नेपाली फिल्म उद्योगले गति लिन सकेको छैन । पैसा छ भन्दैमा बुझ्दै नवुझेका मान्छेले लगानी गरेर हिरो वन्ने र रहर पुरा गर्ने वहानामा ज्यानै वेच्नेकै कारण राम्रा घरानाका व्यक्तिहरु यो क्षेत्रमा आकर्षित हुन        सकिरहेका छैनन् । बुझेको मान्छेले त यस्तो काम गर्दै गर्दैन नि ।
तपाई आफैले आफैलाई कसरी लिनुहुन्छ ? 
म कसैसंग पनि झुक्दिन । अव कसैको ओछ्यान तताएर मलाई नायिका वन्नु पनि    छैन र मेरो त्यो सपना पनि होईन । मेरो आफ्नै बिजनेस छ म त्यसवाटै लाईफ चलाउन सक्छु । म मेरो करिअरका लागि कन्फिडेन्स छु । त्यसैले कसैकसैले मलाई घमण्डी केटी पनि भन्छन । मलाई मेरो आप्mनै वानी व्यहोरा मन पर्छ । म स्वार्थी पनि छु, खुव    स्वार्थी । तर आफ्नै कामका लागि । फिल्मी खवर अनलाईनवाट

लेख 

हे जनार्दन, चुनावमा कसैलाई बहुमत नदेऊ !

बहुमतका आधारमा हैन, सहमतिमा संबिधान वनाउन आवश्यक छ ।

अरुण बराल 

एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले शुक्रवार सिराहामा आयोजित घरदैलो कार्यक्रममा आफुहरुलाई बहुमत दिन आग्रह गर्नुभयो । कांग्रेस सभापति सुशील कोईरालाले आफ्नो पार्टीले दुई तिहाई ल्याउनुपर्ने वताउनु भएको छ भने नेकपा एमालेले पनि आप्mनो दललाई बहुमत र लोकतान्त्रिक शक्तिलाई दुई तिहाई मत मागिरहेको छ ।
प्रमुख तीन प्रतिस्पर्धी राजनीतिक दलहरुले आप्mना घोषणपत्रमा पनि बहुमत चाहिएको उल्लेख गरेका छन । एमाओवादीले परिवर्तनकारी पार्टीलाई बहुमत र अग्रगमनका एजेण्डा मिल्ने दलहरुलाई दुई तिहाई बहुमत दिनुपर्ने र त्यसो भएमात्रै संबिधान वन्ने आप्mनो घोषापत्रमा जिकिर गरेको छ । त्यसैगरी एमालेले “एमालेको नीति, एमालेकै नेतृत्व” भन्ने नारा अघि सारेको छ । कांग्रेसले लोकतान्त्रिक शक्तिले चुनावमा बहुमत ल्याएमात्रै संबिधान वन्न सक्ने बताएको छ । एमाओवादीले संबिधान वन्नका लागि संघीयता र जातीय पहिचानका पक्षधरहरुको दुई तिहाई बहुमत चाहिने वताएको छ भने एमाले कांग्रेसले लोकतान्त्रिक शक्तिहरुले दुई तिहाई मत पाउनु पर्ने माग गरेका छन ।
किन चाहियो बहुमत ?
आप्mनो दलले बहुमत ल्याएर आफुले भनेजस्तै दलहरुले दुई तिहाई मत ल्याएको अवस्थामा मात्रै संबिधान वन्न सक्छ भन्ने एमाओवादी, कांग्रेस र एमालेका नेताहरुको दावी नै आधारहीन छ । संबिधानसभाको ६ सय १ सीटमध्ये आप्mनो दलले तीन सय एक कटाउँदैमा आप्mनो नेतृत्वको सरकार वन्छ र आफैं वजेट वनाएर बिकासको खोलो बगाउँछु भन्ने नेताहरुको दावी हास्यास्पदमात्रै छैन, यसले उनीहरुभित्रको अदुरदर्शिता र सत्तालोलुपतालाई फेरी एकपटक सतहमा ल्याएको छ ।
स्मरण रहोस, अहिले भईरहेको चुनाव पाँच वर्षे  सरकार चलाउनका लागि नभएर संबिधान वनाउनका लागि मात्र हो । प्रमुख तीन दलले आप्mनो घोषणापत्रमा एक वर्षमा संबिधान वनाउँछौं भनेका छन । संबिधान वनिसकेपछि ६ सय एक सदस्यीय यो संबिधानसभा स्वतः बिघटन हुन्छ । यति ठुलो संसद व्यवस्थापिकामा किन रुपान्तरण हुन सक्दैन भने नयाँ संबिधानले पक्कै पनि सानो संसद वनाउने छ । यो अवस्थामा एक वर्षभित्र नयाँ संबिधान वनाउनलाई बहुमतीय सरकार हैन, राष्ट्रिय सहमतिको सरकार जरुरी हुन्छ ।
कांग्रेस, एमाले, एमाओवादी र मधेशवादीमध्ये कुनै पनि शक्तिलाई वाहिर राखेर बहुमतीय सरकार वनाउने गल्ती फेरी पनि दलहरुवाट हुनु हुँदैन । निर्वाचन सकिएपछि २५ बुँदे वाधा अड्काउको औचित्य सकिई अन्तरीम संबिधान पुनः क्रियाशील हुने भएकाले संबिधानको धारा ३८(१) अनुसार राष्ट्रिय सहमतिको सरकार वनाउन     जरुरी छ । तर, एमाओवादीलगायतका कुनै पनि दलले आफ्नो घोषणपत्रमा राष्ट्रिय सहमतिको सरकार वनाएर अघि बढ्ने बताएका छैनन् । बहुमत चाहियो, सरकार वनाउन र वजेट वनाउन एकलौटी अधिकार चाहियो भन्ने उनीहरुको माग छ । अझ उनीहरु पहिले जस्तो बहुमत नदिएर गल्ती नगर भन्दै जनतालाई हप्काईरहेका छन । बिगतको चुनवामा जनताले कुनै गल्ती गरेका थिएनन् ।
अघिल्लो चुनवामा कसैले बहुमत नपाएर संबिधान नवनेको होईन, राष्ट्रिय सहमति नभएर संबिधान नवनेको हो । ०६४ को चुनावमा कसैलाई पनि वहुमत नदिएर जनताले ठीकै गरेका थिए । सवैले मिलेर काम गर भन्ने जनताको म्याण्डेट थियो । अव फेरी पनि सवै दलहरु मिलेर भावी संबिधानलाई राष्ट्रिय सहमतिको दस्तावेज वनाउनु जरुरी छ । ०६४ को चुनावमा कुनै दलले बहुमत ल्याएर सरकार चलाउँदैमा संबिधान वन्दैनथ्यो ।
लोकतान्त्रिक शक्तिले दुई तिहाई ल्याएर एमाओवादी वाहेकको संबिधान वनाउन सक्ला तर त्यसले शान्ति र   राष्ट्रिय एकता कायम गर्न सक्दैन । एउटाले वनाएको संबिधान अर्कोले जलाउने अवस्था आउन सक्छ ।     त्यसैगरी एमाओवादी र मधेशवादीले दुई तिहाई ल्याएर संबिधान वनाउँदैमा कांग्रेस र एमालेले त्यसमा सहमति जनाएनन् भने त्यो संबिधान राष्ट्रिय सहमतिको दस्तावेज नहुन सक्छ । त्यसैले एक वर्षमा संबिधान लेख्नेनै हो भने प्रमुख दलहरुमध्ये कसैले पनि बहुमत ल्याईराख्न जरुरी छैन । बहुमतै आएपनि राष्ट्रिय सहमतिको सरकार वनाउने र सहमतिका आधारमा सवैलाई समेटेर अगाडी बढ्ने प्रतिस्पर्धा यी तीन दलले गर्न जरुरी छ न कि बहुमत ल्याउने र एकछत्र सरकार चलाउने ।
प्रमुख तीनवटै दलमा सत्तालोलुपता र घमण्ड सवार भएकाले यी मध्ये कुनै एक दलले स्पष्ट बहुमत पाएमा मंसिरको चुनाव सकिनेबित्तिकै उसले एकलौटी सरकार वनाउन सुरु गर्ने छ । तर स्पष्ट छ कि अहिलेको शक्ति सन्तुलनमा उसको मात्रै एकलौटी चल्नेवाला छैन । त्यो अवस्थामा बिपक्षीले उसलाई असहयोग गर्नेछ र संसदीय व्यवस्थाको बिशेषता एवं हाम्रा नेताहरुको साँस्कृतिकस्तर अनुसार सरकार टिकाउने र ढाल्ने षड्यन्त्र फेरी प्रारम्भ हुनेछ । यो अवस्था आउन नदिने हो र दलहरुलाई राष्ट्रिय सहमतिका लागि वाध्य पार्ने हो भने कसैलाई पनि बहुमत नदिई सवैलाई एउटै साईजमा राखिदिने गरी जनताले अभिमत दिनु उचित हुने देखिन्छ ताकी भावी संबिधान   राष्ट्रिय सहमतिको दस्तावेज वन्न वाध्य होस र सरकार निर्माण समेत राष्ट्रिय सहमतिका आधारमा गरियोस । नेताहरु आफै नैतिक अनुशासनमा बस्न नसक्ने देखिएकाले यिनीहरुलाई जनताको दवावले मात्रै नैतिक वन्धनमा वाँधेर राख्न सक्छ ।
राष्ट्रिय सहमतिवाहेक संबिधान वनाउने अर्को वाटो छैन । कुनै शक्तिले सत्ता कव्जा गरेको अवस्थामा मात्रै एकलौटी संबिधान वन्न   सक्छ । तर त्यसले शान्ति दिन सक्दैन । दुई तिहाई बहुमतले जारी गर्ने संबिधान पनि प्राबिधिक मात्रै हुन्छ, सहमतिको दस्तावेज हुन सक्दैन । एउटा शक्तिलाई निर्वाचन प्रक्रियावाट वाहिर   राखेर चुनाव गरिँदैछ, अव फेरी बहुमतका नाममा अर्को कुनै शक्तिलाई वाहिर राखेर भोटिङका आधारमा संबिधान वनाईयो भने अर्को महाभुल हुनेछ । त्यसैले नेता ज्यू किन चाहियो तपाईलाई बहुमत ? सरकार चलाउन ? अहिलेको चुनाव संबिधान वनाउनका लागि हो सरकार चलाउन त आगामी वर्ष अर्को चुनाव गर्नु पर्छ ।
भनिन्छ, राजनीतिमा भगवान भनेका जनता हुन । अझ यसो भन्दा सही होला, जनता सधैंका लागि भगवान होईनन् कि चुनावका दिन चाँही उनीहरु पक्कै भगवान नै हुन । त्यसर्थ घमण्डले हुप्प फलिरहेका तीन दलका नेतालाई कुन स्थानमा राख्ने भन्ने कुराको निधो गर्ने र उनीहरुको निधारमा भाग्य लेखिदिने “षष्टी” को दिन भनेको आगामी मंसिर ४ गते नै हो । हे जनार्दन ! चुनावमा कसैलाइ नि बहुमत नदेऊ, ता कि यिनीहरुले आपसमा मिलेर राष्ट्रिय सहमतिको संबिधान लेखुन र अर्को वर्ष नयाँ शासकीय स्वरुपका आधारमा जनतासंग सरकार चलाउने बहुमत माग्न जाउन ।
अनलाई खवरपत्रिकावाट

मोफसल पत्रकारिता 

साँच्चै भन्नु पर्दा मोफसल पत्रकारीता गर्न धेरै गाह्रो छ ।

विष्णु प्रसाद भण्डारी
न्युजफोर्स साप्ताहिक सम्पादक, डोटी

तपार्इंको पुरा परिचय पाउँ न ? 
म विष्णु प्रसाद भण्डारी, घर अछाम जिल्लामा पर्दछ अहिले म डोटी जिल्ला वाट प्रकाशन हुने न्युज फोर्स साप्ताहिक प्रकाशन सम्पादन गर्दै आई रहेको छु ।
 पत्रकारिता पेशानै किन रोज्नु भयो ?
यो पेशा रोज्नुको मुलका कारण भनेको नै समाज परिवर्तनका लागी मेरो केहि योगदान पुगोस् भन्ने हो अर्को कुरा समाजमा रहेका कुरिति कुसंस्कारहरुको अन्त्य गर्नका लागी धारीलो हतियार नै कलम हो कलम चलाउने श्रममजिवि पत्रकार त्यसैले हतियारको रुपमा कलमलाई दिएर मैले यसै पत्रकारीतालाई आफ्नो कर्म र धर्मको रुपमा यो पेशामा लागेको हुँ ।
कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ? 
समाजका सकारात्मक पक्षहरुलाई नै सम्भबत बढी भन्दा बढी मिडियामा सिमेट्न सकियोस् भन्ने उद्देश्यले सकारात्मक सोचका साथ राम्रो खालका कुराहरु लाई आम जनमानसमा उजागर गर्न रुचाउन्छु । जहाँ सम्म विडको कुरा छ मोफोसलमा खास विड हुदैन सबै विडमा कलम चलाउनु पर्ने हुन्छ । विषेशत अहिले हामी गरिब देशका नागरिक हाम्रो शैक्षिक स्तर कमजोर रहेको छ भने हाम्रो देश गाँउ नै गाँउले भरीएको छ ।  त्यसका साथै जनचेतना अभावका कारण ग्रामिण भेगका सर्वसाधारणको स्वास्थ्य अवस्था पनि नाजुग छ । यो देखेर आफु लाई शिक्षा र स्वास्थ्यको क्षेत्रमा कलम चलाउन प्रेरीत गरेको छ । मेरो पत्रकारीताको बिशेष जोड शिक्षा र स्वास्थ्यमा रहने छ ।
 तपाईलाई पत्रकारिता पेशामा लागेको कति समय भयो ?
 सामान्य तया बि.सं. २०६५ साल तिर  सहयोगीको रुपमा अछाम स्थित रेडियो रामारोशन एफएम संग नजिक हुने अवसर पाए स्थानिय स्तरबाट रेडियोलाई आवश्यक सहयोग  गर्दा गर्दै २०६६ सालमा रेडियो मै काम गर्ने अवसर पाएको थिए यसरी पत्रकारीता आरम्भ गरेको अव करीव ५ बर्ष पुरा हुन थाल्यो ।
 एक पत्रकार भएर आईपर्ने समस्याहरु के के देख्नु भएको छ ?
समस्या त थुप्रै आईपर्न सक्छन् त्यो आफुमा भर पर्छ तर पनि मुलुकको संक्रमणकालिन अवस्था संग तुलना गर्ने हो भने बिभिन्न समयमा पत्रकारलाई आउने गरेका धम्कि नै अहिलेको मुख्य समस्याकोरुपमा लिन सकिन्छ ।
पत्रकारिता पेशामा लागेर सन्तुष्ट हुनुहुन्छ त ?
म पत्रकारीत पेशाबाट पूर्णरुपमा सन्तुष्ट छु । म मा सानै देखी पत्रकारीता पेशा प्रतिको सकारात्मक सोच कायम रहेको भएर पनि होला म यस क्षेत्रलाई अझ प्रभावकारी बनाउन के–के गर्नुपर्ला भन्नेमा प्रयासरत छु ।
 तपाइले सञ्चालन गरिरहेको न्यूज फोर्स साप्ताहिक कसरी चलिरहेको छ ?
बि.स. २०६९ भाद्र २७ गते बुधवार आफ्नो पहिलो अंक प्रकाशन गर्दै मैले प्रकाशन थालेको न्यूज फोर्स साप्ताहिक पत्रिका हाल निरन्तर प्रकाशनमा छ । प्रकाशनका क्रममा बिभिन्न गाह्रा अप्ठ्याराहरु आई परे पनि त्यस संग जसो तसो संघर्ष गरेरै पनि पत्रिकाको स्तर खस्किन नदनि आफु दिन रात लागी परेको छु ।
 मोफसल पत्रकारिता गरिरहनु भएको छ, कसरी हेर्नु हुन्छ मोसफल पत्रकारिता जगतलाई  ?
साच्चै भन्नु पर्दा मोफसल पत्रकारीता गर्न धेरै गाह्रो छ । मोफसलमा थुप्रै पत्रपत्रिका संसचलनमा हुँदा सम्पुर्ण पत्रिकाकाका लागी आय श्रोत अपर्याप्त हुने भएकाले पनि मोफसलमा पत्रिका चलाउन गाह्रो नै छ । त्यसै माथी मोफसल पत्रकारीतालाई हेर्ने दृष्टिकोण पनि राम्रो नभएकाले यहाँ राष्ट्रिय सञ्चार गृहमा कुनैन कुनै रुपमा आवद्ध पत्रकारलाई मात्र पत्रकार मान्ने र स्थानिय स्तरका सञ्चार गृहमा आवद्ध ब्यक्तिलाई पत्रकारको रुपमा हार्धिकताका साथ लिन नसक्ने प्रबृति हावि हुन थालेको छ । त्यसैले मोफसल             पत्रकारीतालाई हेर्ने दृष्टिकोणमा समेत परीवर्तन  आबश्यक छ ।
 अन्त भन्दा डोटीमा पत्रकारीता गर्न त सजिलै होला नि ? 
सजिलो असजिलोको हकमा त डोटीमा मात्रै न भै मुलुक भरीनै जहाँ जुन पत्रकारलाई समस्या आई पर्छ त्यो समस्यालाई आफ्नै समस्यकारुपमा लिएर पत्रकार पनि जाग्नु पर्छ । पछिललो समय देशैभरी आफु अनुकुल समाचार नलेखे पत्रकार माथी भिन्न खालका अपमानजनक घटनाहरु घटाउने सुनियोजित घटनाहरु हुने गरेका छन् त्यसका बिरुद्ध पनि सवै पत्रकार एक जुट हुन जरुररी छ । तुलनात्मकरुपमा डोटीमा पत्रकारीता गर्न धेरै असहज चाँही छैन ।
मोफसलमा पत्रकारिता गर्न कत्तिको समस्या देख्नु हुन्छ ? 
मोफसलमा पत्रकारीता गर्नु एउटा ठुलो चुनौतिको बिषय पनि हो । मैले अघि नै अवगत गराए स्थानिय स्तरका पत्रकारहरुलाई हेर्ने दृष्टिकोणनै अरु भन्दा फरक भएकाले पनि मोफसलमा पत्रकारीता गर्नेले बिभिन्न चुनौतिहरुको सामना गर्नु पर्ने अवस्था छ । स्थानिय स्तरमा यहाँका बिभिन्न सरकारी तथा गैर सरकारी निकाय, संघ संस्था लगायत सहकर्मी पत्रकार साथीहरु पनि यसमा कुनैन कुनै रुपमा बाधकको रुपमा भुमिका खेलीरहेको पाईन्छ । यसरी स्थानिय स्तरका पत्रकारहरुलाई हेर्ने सवैको दृष्टिकोणमा परीवर्तन नआन्जेल लाग्छ मोफसल पत्रकारीता चुनौतिपूर्ण नै छ ।
 मोफसल पत्रकारिताका मुख्य चुनौतीहरु के के देख्नु भएको छ ? 
फेरी पनि त्यही कुरा दोहो¥याउन चाहान्छु मोफसल पत्रकारीताका मुख्य चुनौतिको रुपमा सरकारी तथा गैर सरकारी निकायहरु, संघ संस्था लगायतका निकायहरुले हेर्ने नराम्रो दृष्टिकोण, सहकर्मी पत्रकार साथीहरुले बाधकको रुपमा खेल्ने गरेको भुमिका आदी रहेका छन्  ।
 मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ? 
मोफसल पत्रकारीताको समस्या समाधानमा नेपाल सरकारले गर्न पर्ने त धेरै बाँकी छ । यानीकी मोफसल पत्रकारीताको समस्या समाधानमा नेपाल सरकारले अहीले सम्म केही पनि गर्न न सकेको अवस्था छ । नेपालसरकार मातहतका जिल्ला स्थित निकायहरुबाट केही हद सम्म स्थनिय स्तरका पत्रपत्रिकाहरुलाई सहयोग पूूग्ने खालका राहत प्याकेज मात्रै ल्याई दिए पनि मोफसल पत्रकारीताको समयोचित बिकास सम्भव हुने थियो ।
 पत्रकारहरुको हक हितका लागि गठन भएका सञ्चारकर्मीहरुका बैचारिक संगठनहरुको भुमिका   कस्तो छ ?  

 पत्रकारितामा लागेर कत्तिको पैसा कमाउनु भयो ?
  सायद मलाई लाग्छ पत्रकारीता पेशानै पैसा कमाउने पेशा चाँही होईन यदि कोही पत्रकारीता बाटै धेरै पैशा कमाउछन् भने पनि त्यो सम्पति मलाई लाग्छ संकास्पद समपति हो । म पैसा कमाउन पत्रकारीतामा लागेको होईन । त्यसैले पनि होला सायद पत्रकारीता नै लागेर जिबिकोपार्जन बाहेक अहिले सम्म कुनै सम्पत्ति मैले आर्जन गरेको छैन ।
मनोरञ्जन गर्ने समय कत्तिको छ तपाईसंग ?
साच्चै भन्नुपर्दा म सानै देखी मनोरञ्जनको पक्षमा त कहील्यै रहेन । यसो भन्नुको मतलव कसैले मनोरञ्जनमा समय बेतित गर्नु हुनन भन्ने
 त होईन सम्भव भए सम्म मनोरञ्जनमा समय खेर नफाल्नु नै ठिक हुुन्छ । जहाँ सम्म मनोरञ्जनको समयको कुरा छ मलमई लाग्छ पत्रकारीता पेशानै आफैमा कता कता २४ घण्टा ब्यस्त जस्तो महसुुस गर्नुु पर्ने बाध्यता भएको पेशा हो मनोरञ्जनका लागी मलाई बिलकुल समय छैन ।

सवैका लागि उपयोगी 


राज्य बिकासमा “बंशज” 

एङ्गेल्सले बंशजको प्रमाणको लागि क्ष्चयत्रगयक, न्चभभप, च्यmबल बलम न्बचmबल, मभकअभलत लाई प्रस्तुत गरेका छन । उनले बंशज (मभकअभलत) लाई जिन्स (न्भलक) भनेका छन । उनका अनुसार जव परिवारमा मेरो समूह भन्ने अवधारणा निस्कियो त्यसवाट नै मेरो राज्य भन्ने धारणा बिकसित भयो । परिवारमा पुरुषको बिशिष्ठता कामय भएजस्तै राज्यमा पनि पुरुषको नै प्रधानता रह्यो । एङ्गेल्सले अझ अगाडी भनेका छन ः परिवारलाई गोत्र (ऋबिल) नै प्रमुखता जमाए जस्तै गोत्रकै समूहले गर्दै राज्यको उत्पत्ति भयो । उनी भन्दछन व्यक्तिगत सम्पत्ति जव सामुहिक रुपमा बितरण गरिन्थ्यो त्यो प्रणाली हराउँदै गएपछि व्यक्तिगत परिवारभित्र पनि सम्पत्तिको वाँडफाँड हुन थाल्यो । यसरी नै राज्यको उत्पत्ति भयो । यसलाई परिवारको उत्पत्ति, नीजि सम्पत्ति र राज्यमा बिस्तार भयो ।
मर्गानले समाजको ऐतिहासिक बिकासको क्रमलाई जंगली,     वर्वरता र सभ्य अवस्थालाई केन्द्रित गरी आप्mनो व्याख्या दिएका   छन । उनले विवाहको बिषयलाई आप्mनो व्याख्याको आधार वनाएका छन भने स्तरको कुरा गर्दा माथी उल्लेख गरिएका तीनवटा स्तर मुख्य छन । यसका अतिरिक्त आदिम समाज राज्यको रुपमा बिकसित हुनका लागि निम्न कुराहरु भएको एङ्गेल्स वताउँछन ।
क) वावुको अधिकारको सुरुवात ः कुनै व्यक्तिले कमाएको सम्पत्ति जिन्स (न्भलभक) मा नभई परिवारमा मात्र जान थाल्यो । वावुवाट छोरामा सम्पत्तिको हस्तान्तरण हुने थाल्यो ।
ख) बैयक्तिक परिवारभित्र सम्पत्तिको असमानता ः जव नीजि सम्पत्तिको अवधारणा जन्मियो तव मानिसहरुमा अरुभन्दा धनी वन्ने सोचको बिकास हुन गयो । यसले गर्दा मानिसहरुको बीचमा असमानताको ठुलो खाडल वन्न गयो ।
ग) व्यक्तिगत सम्पत्ति बृद्धि भएको कारण समाजमा दासताको उत्पत्तिः धेरै सम्पत्ति कुनै व्यक्तिले जम्मा गरेपछि त्यसको उत्पादन गने क्रममा दासताको जन्म हुन गयो ।
घ) व्यवस्थित शोषण वा लुट (क्थकतझबतष्अ उष्ििष्बनभ तजभ बअत या उगिलमभचष्लन, यियत) मानिस आफुले धेरैभन्दा धेरै सम्पत्ति आर्जन गर्नका लागि नियमवद्ध रुपमा लुटपाट गर्न थाले ।
यसरी यी बिभिन्न कारणहरुले गर्दा समाजमा व्यक्तिगत सम्पत्तिको धारणा बिकसित भयो ।

नेपालमा सञ्चार तथा छापाखाना 

– बि.सं. १९०८ मा नेपालमा सर्वप्रथम सरकारवाट छापाखानाको स्थापना । राणा प्रधानमन्त्री जंग
वहादुरले बेलायत भ्रमणवाट फर्कदा साथमा गिद्धे प्रेस ल्याएका थिए ।
– बि.सं. १९५५ “सुधासागर मासिक” पत्रिका मार्फत सर्वप्रथम नेपालभित्रै प्रकासन आरम्भ ।
– बि.सं. १९५८ बैशाख २४ गते तत्कालीन प्रधानमन्त्री देवशमशेरद्वारा नेपालको पहिलो समाचारपत्र गोरखापत्रको प्रकाशन, सुरुमा साप्ताहिकको रुपमा प्रकाशन भयो र ६० वर्षपछि मात्र दैनिक भयो ।
– बि.सं. १९६९ मा बिजुलीवाट चल्ने छापाखानाको स्थापना
– बि.संं. १९७० पछि नेपाली भाषा प्रकाशनी समितिको स्थापना
– सन १९८४ मा दुरसञ्चार सेवाको सुरुवात ।
– बि.संं. १९८४ बैशाख १३ गते गोरखापत्रमा सवभन्दा पहिले फोटो व्लक छपाई ।
– बि.सं. १९९४ देखि पत्रपत्रिकामा दर्ता नम्वर राखने प्रचलन ।
– बि.सं. २००० देखि काठमाण्डौं उपत्यकामा समाचार संकलन गर्नका लागि सम्वाददाता राख्ने व्यवस्था (यसैवाट नेपाली सञ्चारमाध्यममा सम्वाददाता राख्ने सुरुवात भएको हो)
– बि.सं. २००४ सालदेखि सर्वसाधारण नेपालीहरुले रेडियो सेट राख्न पाउने स्वतन्त्रता ।
– बि.सं. २००४ नेपाल सरकारको बैधानिक कानुन २००४ जारी, (यो संबिधान प्रेस स्वतन्त्रताको मान्यता दिने पहिलो संबिधान थियो ।)
– बि.सं. २००५ मा छापाखाना तथा प्रकाशन ऐन, २००५ जारी
बि.सं. २००५ मा सञ्चार बिभागको स्थापना

साहित्य, सृजना 

समाज आज 

हिड्यो टोल गाउँ युवा छन जुवामा
हे¥यो खेतवारी छ झाडी गरामा
उता गाउँ बस्ती छ गुल्जार कस्तो
मदीरा जुवा व्याप्त कुकृत्य यस्तो
एयरपोर्ट भन्सारमा हुलमुल
बिदेशी रहेका ति नेपाली मुल
धमिलो नीति राजनीति छ मैलो
खिचातानी बिचारको भाँड भैलो
म मात्रै छु राम्रो अरु छन बेकार
म संगै छ केवल सुबुद्धि बिचार
भनि गर्दछन राजनेता तनाव
कतै छैन शान्ति छ बस्ती उजाड
हुने दिनदिनै यि वहुलवादी चाँड
सुके संस्कृति सभ्यता मात्र जाँड
जुवा रक्सी मौलाउँदै गाँजिएको
अशल सभ्यता संस्कृति वाँझिएको
सवै प्राज्ञ बिहानमा भिन्न वाद
उठौं जुर्मुराऔं हटाऔं विवाद
रमेशचन्द्र जोशी 
मुडभरा, डोटी

शुभ–दिपावलीको शुभकामना 

सफा सुन्द अति चम्किलो जीउ चट्ट परेकी
रत्नको थाली वोकी घरघर हिड्ने कस्ती वान्की परेकी
तिम्रो पाउ जुन घर प¥यो शौभाग्य सारा उदायो
घरघरमा ज्योति छाई सुख सयलको प्रेम भाव वढायो
आईन लक्ष्मी छमछम गरी रत्नको वर्षा गर्दै
सफा सुग्घर घरघर डुली ज्योतिको पुण्य छर्दै
घर घरमा द्वीप वाली आँगन वरीपरी लिपीपोति
वालक बृद्धा सवजन मिति हर्षको छाई ज्योति
भाग्न थाले तिमिर सवै द्वीप ज्योति वलेर
उठ्न थाले नर नारीहरु काम धन्दा लिएर
गुञ्जियो मधुर स्वरले देउसी भैलो खेलेर
पैसा माग्दै घर घर पुगी भाई बैनी मिलेर
यस्ती लक्ष्मी भगवतीमा पाउ पर्छु नुहेर
देशमा शान्ति छावस सव जन मिलि काम गरौं जुटेर
शुभ–दिपावलीमा द्वीपहरु वलुन शुभकामना म गर्छु
भाई भाईमा प्रेम बढी सुखी सव रहुन कामना यही गर्छु ।
गोबिन्दप्रसाद श्रेष्ठ
दिसिनपा–२, सिलगढी डोटी 


Wednesday, October 23, 2013

बिम्ब साप्ताहिक अंक २८, वर्ष १०, २०७० साल कार्तिक ५ गते मंगलवार

मुख्य समाचार

प्रचण्डले भने ः संबिधानसभाको तेश्रो निर्वाचन हुने छैन 

एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले मंसिर ४ गते हुने अर्को संबिधानसभापछि संबिधानसभाकै लागि तेश्रो पटक निर्वाचन नहुने दावी गरेका छन ।
चुनावी सभालाई सम्वोधन गर्न सुदुरपश्चिम पुगेका प्रचण्डले आईतवार ए नेकपा माओवादी डोटीद्वारा डोटीको दिपायलमा आयोजना गरेको जनसभालाई सम्वोधन गर्दै मंसिर ४ गते हुने संबिधानसभाको निर्वाचनपछि गठन हुने संबिधानसभाले एक वर्षभित्रै संघीय लोकतान्त्रिक गणतन्त्र सहितको नयाँ संबिधान जारी गर्ने वताए । “उच्च स्तरीय राजनीतिक समितिमा मैले देशको ठुलो पार्टीको अध्यक्षको हैसियतले अर्को निर्वाचन भएको ६ महिनाभित्र सहमितका लागि प्रयास गर्ने र सो हुन नसके बाँकी ६ महिनाभित्र प्रक्रियामा गएर भएपनि नयाँ संबिधान जारी गर्ने प्रस्ताव राखेको थिएँ” प्रचण्डले भने– समितिले उक्त कुरा सर्वसम्मत पास गरेको छ ।
पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरे लगत्तै सुदुरपश्चिम दौडाहमा रहेका प्रचण्डले भने–हामी अहिले फेरी संबिधानसभाकै अर्को निर्वाचनमा छौं । आदरणीय जनसमुदाय मलाई आज तपाईहरुको अगाडी यद्यपी यो सामान्य सभा, संक्षिप्त सभा जस्तो देखियो तर मलाई गर्व छ, हिजोमात्रै हामीले संबिधानसभाको निर्वाचनमा देशको आर्थिक बिकासको निम्ती, राजनीतिक पुनःसंरचनाको निम्ती, जनताको हक अधिकारको निम्ती, पहिचानको निम्ती हाम्रो पार्टीको तर्फवाट निर्वाचनमा प्रतिवद्धता पत्र अर्थात घोषणा पत्र सार्वजनिक भयो । प्रचण्डले भेलामा कम उपस्थिति भएकोप्रति भने खिन्नता व्यक्त गरेका थिए ।
आफुहरुले १० वर्षे जनयुद्ध गर्दाका वखत पनि सेती महाकालीले खेलेको भुमिकालाई पार्टीले उच्च मुल्याँकन गरेको र गत संबिधानसभाको निर्वाचनमा यस क्षेत्रले पार्टीलाई दिएको योगदान पनि उच्च रहेको वताउँदै प्रचण्डले यस क्षेत्रको बिकासका लागि पार्टी सधैं प्रतिवद्ध रहेको वताए । “सेती महाकाली हिजैदेखि राज्यद्वारा अलिकति अपमानित गरिएको, अलिकति भेदभाव    गरिएको क्षेत्रको रुपमा मानिन्छ र हामीले हिजो बिद्रोहको बेलामा पनि यस क्षेत्रका जनताले खेलेको भुमिकालाई उच्च सम्मान ग¥यौं र मैले अहिले फर्केर हेर्दा गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीको हैसियतले सवैभन्दा वढी कहि गएको रहेछु भने त्यो सेती महाकालीनै रहेछ ।”
प्रचण्डले गणतन्त्र नेपालको पहिलो नीति, कार्यक्रम र वजेट जो हामीले प्रस्तुत गरेका थियौं त्यो नीति र कार्यक्रममा सवै उत्पिडित जाती क्षेत्र वर्ग लिङ्ग सेती महाकाली र भेरी कर्णाली जस्ता पछाडी पारिएका क्षेत्रहरुको बिकासका लागि प्याकेज पनि प्रस्ताव गरिएको थियो । तर अघिल्लो संबिधानसभावाट हाम्रो पार्टी देशको सवैभन्दा ठुलो पार्टी भएपनि वहुमत भएन । सरकार वनाउनको निम्ती यदि वहुमत भएको हुन्थ्यो भने हामीले प्रस्तुत गरेको नीति कार्यक्रम र वजेट जनताको पक्षमा अझ सेती महाकाली, भेरी कर्णालीका जनताको पक्षमा बिशेष प्याकेजको रुपमा हामीले ल्याएका थियौं ।
सम्वोधनका क्रममा प्रचण्डले संबिधानसभाको निर्वाचनमा कुनै एक पार्टीलाई स्पष्ट वहुमत दिन मतदातालाई आग्रह गरे । उनले भने–अव हुने संबिधानसभाको निर्वाचनमा परिवर्तनको पक्षमा रहेका, संघीयताको पक्षमा रहेका र लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेका शक्तिहरुलाई जनताले मतदान गरेर नया संबिधान निर्माणमा सहयोग गर्न आग्रह गरे ।

सम्पादकीय

प्रहरी–प्रशासन आँखा खोल

एकातिर दशैं, तिहार र छठ जस्ता महत्वपूर्ण चाँडपर्वहरु अर्कोतिर अर्को संबिधानसभाको निर्वाचन, यि दुवै बिषयहरुले देशको शान्ति सुरक्षाको अवस्था सामान्य अवस्थाको भन्दा फरक हुने गर्दछ, यो स्वभाविकै पनि हो । बिभिन्न क्षेत्रवाट यस्ता अवसरहरुमा नयाँ नयाँ मान्छेहरु भित्रिने र बिभिन्न प्रकृतिका व्यक्तिहरुको जमघट हुने गरेका कारण कतिपय राम्रा कामहरु संगसंगै कतिपय आपराधिक क्रियाकलापहरु समेत हुने गरेका छन । ति आपराधिक क्रियाकलापहरुलाई रोक्नु प्रहरी प्रशासनको दायित्व हो ।
निश्चित रुपमा अन्तराष्ट्रिय मापदण्ड अनुसार नेपालमा      प्रहरी कर्मचारीहरुको संख्या कम छ तर भएकाहरुलाई पनि राम्रोसंग परिचालन गर्न सकिएको छैन । मानवअधिकारको बिश्वव्यापी सिद्धान्त अनुसार प्रत्येक नागरिकको सुरक्षा दिनु राज्यको कर्तव्य हो । त्यसका लागि राज्यले व्यक्ति–व्यक्तिका पछाडी सुरक्षाकर्मीहरु पठाएर सुरक्षा हुन सक्दैन, यो दुनियाँका कुनै पनि देशले गरेको छैन र हुन पनि सक्दैन । यसका लागि सुरक्षा निकायहरुले जनतामा आफ्नो उपस्थिति छ भन्ने कुरा महसुस गराउन सक्नु हो ।
तर, जिल्ला सदरमुकाममै आफ्नो उपस्थिति महसुस गराउन नसक्ने प्रहरी–प्रशासनले के दुर्गम ग्रामिण बस्तीहरुमा आफ्नो उपस्थिति देखाउन सक्ला त ? प्रश्न यहाँनिर छ । जिल्ला सदरमुकाममै थुप्रै कानुन बिपरित कामहरु भएका छन । प्रहरीको गस्ती टोलीले ति कामहरु खुला आँखाले राम्रोसंग देख्ने गरेको छ तर रोक्दैन । अनि कसरी आपराधिक क्रियाकलापहरु रोकिन्छन त ? कानुनमा नगर्नु भनि लेखिएको कुरा गरिन्छ भने त्यो अपराध हो । अपराध गर्ने व्यक्ति अपराधी हो र अपराध रोक्न नसक्ने राज्य असफल राज्य हो ।
जुवातास ऐन अनुसार जुवातास खेल्न मिल्दैन तर अहिले जिल्ला सदरमुकाम र ग्रामिण क्षेत्रमा समेत खुल्याम जुवातास       भईरहेको कुरा सवैले देखेका छन । किन रोकिन्न यस्ता कुराहरु ? केही सरकारी कर्मचारीहरु कार्यालयमा हाजिर लाएर तासको खालमा वसेका हुन्छन । कार्यालयमा त्यस्ता कर्मचारीहरु कहाँ गए भन्ने कुरा न त हाकिम साहेवलाई थाह हुन्छ न अन्य कर्मचारीहरुलाई । खुल्ला रुपमा सडकमै, होटेलहरुमा, व्यक्तिगत घरहरुमा जता पायो त्यतै जुवातास भईरहेको छ तर सम्वन्धित निकाय मौन छ, मानौं उस्ले यसवारेमा कुनै जानकारीनै पाएको छैन ।
अर्को कुरा जिल्ला सदरमुकाममा हुने गाँजा अत्तरको बिक्री बितरण र सेवनवाट पनि प्रहरी–प्रशासन अनबिज्ञ छैन । पसलहरुमा खुल्याम गाँजा अत्तरहरु बिक्री गर्ने र बिद्यालय भवन पछाडी, कसैका घर पछाडी, मन्दिर लगायत सार्वजनिक स्थानहरुका पछाडी गएर गाँजा चरस सेवन गर्नेहरुको संख्या दिन प्रतिदिन वढ्दै गएको छ । प्रहरीको गस्ती टोलीले कहाँ गाँजा–अत्तर बिक्री हुन्छ र कहाँ गएर सेवन भईरहेको छ भन्ने कुरा समेत राम्रोसंग बुझेको छ तर त्यो    रोक्नेतर्फ कसैको पनि ध्यान गएको छैन ।
आप्mनो दैनिक काम छोडेर जुवातासमा दाउ लगाउनेहरुले घरको सम्पत्ति सवै रित्याउन थालेका छन । कानुनले नगर्नु भन्ने   कुरा गर्नेलाई कारवाहीको दायरामा ल्याउने र त्यस्ता गतिबिधि तत्काल रोक्ने व्यवस्था मिलाउनु पर्ने हो । किन प्रशासन मौन ? किन प्रहरी मौन ? प्रश्न उठ्न थालेको छ जनमानसमा । त्यसैले प्रहरी प्रशासनले बेलैमा यस्ता आपराधिक क्रियाकलापहरुलाई नियन्त्रण गर्नुपर्छ, जुवातास खेल्ने र खेलाउने, गाँजा–अत्तर बिक्री गर्ने र सेवन गर्नेहरुलाई तत्काल कारवाहीको दायरामा ल्याउनु जरुरी छ । नत्र भने बिस्तारै प्रहरी प्रशासनप्रति जनताको बिश्वास कम हुँदै जानेछ र आसंका र प्रश्नहरु ओईरो लाग्नेछन । यस बिषयमा स्थानीय प्रशासनले आफुलाई चुस्त र दुरुस्त वनाउनु जरुरी छ ।

थप समाचारहरु

निर्वाचन सुरक्षाका लागि सेना परिचालन

कार्की नेतृत्वको टोली डोटी पुुग्यो

आगामी मंसिर ४ गते हुने अर्को संबिधानसभा निर्वाचनको सुरक्षाका लागि नेपाली सेनाले आफ्नो कार्य सुरु गरेको छ । उच्चस्तरीय राजनीतिक समितिको सुझाव र सरकारको निर्णय अनुसार नेपाली सेना निर्वाचन सुरक्षामा खटिएको हो ।
सेनाले प्रत्येक निर्वाचन क्षेत्रमा आईतवारवाट सेना खटाएको जनाएको छ । चुनावमा ६१ हजार नौ सय ९५ सैनिक खटिने सैनिक मुख्यालयले जानकारी दिएको छ । प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा ४० सेना रहने गरी सेना परिचालन हुने नेपाली सेनाका प्रवक्ता सहायक रथी जगदीश पोखरेलले जानकारी दिए ।
सेनाले एकिकृत निर्वाचन सुरक्षा योजनामा बर्गिकरण गरिए अनुसार सामान्य जिल्लाहरुमा मतदान स्थलवाहेकको बाहिरी सुरक्षा जिम्मेवारी सम्हाल्नेछ । अतिसंवेदनशील तथा संवेदनशील जिल्लामा मतदान स्थलको तेश्रो घेरामा सुरक्षा प्रदान गर्नेछ । नेपाल प्रहरी र सशस्त्र प्रहरी वलले अहिले सुरक्षा प्रदान गर्दै आएको महत्वपूर्ण प्रतिस्ठान,       संरचनाको सुरक्षा पनि सेनाले गर्नेछ ।
प्रवक्ता पोखरेलका अनुसार सेनाले चुनावका बेला आपतकालीन समयमा गरिनुपर्ने उद्दारमा जनशक्ति, उद्दार सामग्री तथा हेलिकप्टरको व्यवस्थापन पनि गर्नेछ । मतपत्र छपाईमा सेनाले सुरक्षा दिनुका साथै बिकट क्षेत्रमा मतपत्र, मतपेटिका तथा निर्वाचन सामग्री ढुवानीको काम पनि सेनाले गर्ने तय भएको छ ।
यसैबीच डोटी जिल्लाको निर्वाचन सुरक्षाका लागि तोकिएको सैनिक टोली जिल्ला सदरमुकाम आईपुगेको छ । प्रमुख सेनानी धु्रव कार्कीको नेतृत्वमा आएको टोलीले सुरक्षा योजना वनाईरहेको वताईएको छ । निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न गृहमन्त्रालयले वनाएको योजनालाई कार्यान्वयन गर्ने प्रमुख सेनानी कार्कीले वताए । योजना मुताविक डोटी कारागारमा रहेका प्रहरीको स्थानमा सेनाले जिम्मा लिईसकेको छ । डोटीमा सुरक्षा अवस्था अहिलेसम्म शान्तपूर्ण रहेको वताउँदै कार्कीले यस्तै अवस्था रहोस भन्ने कामना समेत गरे । डोटेली जनतालाई निधक्कका साथ मतदानमा भाग लिने वातावरण बनाउनु आफुहरुको कर्तव्य   रहेको कार्कीको भनाई थियो । 

चुनाववाट एमाले पहिलो पार्टी हुने

नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री भीम     रावलले मंसिर ४ गते हुने संबिधानसभाको निर्वाचनमा नेकपा एमाले देशको पहिलो पार्टी हुने दावी गरेका छन ।
पार्टीले चुनावी अभियानमा “एमालेको नीति, एमालेकै नेतृत्व” भन्ने नारा तय गरेको वताउँदै    रावलले एमालेले बहुमत नपाएसम्म अग्रगामी संबिधान नवन्ने वताए । यो देशको समग्र बिकासको योजना एमालेसंग मात्रै छ, रावलले पार्टीले देशमा शान्ति कायम गरी लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नका लागि गत संबिधानसभामा अथक प्रयास    गरेको भएपनि अन्य दलहरुको दलगत स्वार्थ र यथास्थितिवादी सोचका कारण संबिधान निर्माण हुन नसकेको वताए ।
अहिलेसम्म भएका राजनीतिक परिवर्तनहरुमा एमालेको नीतिको बिजय भएको वताउँदै रावलले एमालेको नेतृत्व नभएका कारण देशले अग्रगामी निकास पाउन नसकेको वताए । एमाले डोटी क्षेत्र २ को निर्वाचन परिचालन कमिटीले डोटीको बुडरमा आयोजना गरेको चुनावी आमसभालाई सम्वोदन गर्दै रावलले एमालेलाई आफ्नो अमुल्य मत प्रदान गर्न डोटेली जनतालाई आव्हान समेत गरेका छन । “यस पटक    देशभरीमा एमालेको लहर छाएको छ” नेता रावलले भने–डोटीको दुवै क्षेत्रमा पनि हामी प्रतिस्पर्धि पार्टीहरु भन्दा धेरै अगाडी छौं । एमाले जनतामा बिश्वास गर्ने पार्टी भएको वताउँदै जनताले एमालेलाई रोज्ने समेत दावी गरे ।
कार्यक्रममा रावलले पार्टीले घोषणापत्र समेत तयार गरिसकेको र केही दिनमै जनताको बिचमा घोषणा पत्र सार्वजनिक हुने समेत रावलले दावी गरे । नेकपा एमालेले सुदुरपश्चिमको बिकासका लागि पटक–पटक दवाव दिएको वताउँदै नेता रावलले अन्य दलहरुले सहयोग नगरेका कारण योजना वन्न नसकेको वताए ।

कैलाशलाई सयपत्री, लोकलाई तिलहरी

मंसिर ४ गते हुने अर्को संबिधानसभाको निर्वाचनका लागि डोटीमा स्वतन्त्र उम्मेदवारहरुले चुनाव चिन्ह पाएका छन ।
डोटी क्षेत्र १ वाट स्वतन्त्र उम्मेदवारी दिएका कैलाश साउँदलाई सयपत्री फुल र अर्का स्वतन्त्र उम्मेदवार लोकवहादुर खड्कालाई तिलहरी चुनाव चिन्ह प्रदान गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले असोज २४ गते उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेको थियो । डोटी क्षेत्र १ मा रहेका १२ जना उम्मेवादरहरुमध्ये १० जना राजनीतिक दलहरुसंग सम्वन्धित भएकाले उनीहरुले दलकै चुनाव चिन्ह पाएका छन । जस अनुसार नेकपा एमालेले सुर्य, नेपाली कांग्रेसले रुख र एनेकपा माओवादीले गोलो       घेराभित्र हसिया हतौडा चुनावचिन्ह प्राप्त गरेका छन । यसैगरी राष्ट्रिय जनमोर्चाले गिलास, राष्ट्रिय प्रजातन्त्र पार्टीले हलो, राप्रपा नेपालले गाई र संघीय समाजवादी पार्टीले गोलो घेरामा छाता चुनाव चिन्ह पाएका छन ।
यस्तै अखण्ड नेपाल पार्टीले ध्वजा, राष्ट्रिय यथार्थवादी पार्टीले डाँफे र समाजवादी जनता पार्टीले चन्द्रमा चुनाव चिन्ह पाएका छन । डोटी निर्वाचन क्षेत्र १ मा १० दल र दुई स्वतन्त्र गरी १२ उम्मेदवार भिड्दैछन भने क्षेत्र २ मा सात दलका उम्मेदवारहरु चुनावी मैदानमा रहेका छन । क्षेत्र २ मा अखण्ड नेपाल पार्टी, समाजवादी जनता पार्टी र राष्ट्रिय यथार्थवादी पार्टीले उम्मेदवारी दिएका छैनन् ।

तात्दै चुनावी माहोल

उलंघन हुँदै आचारसंहिता

दशैंको बिदाईसंगै डोटीका गाउँगाउँमा चुनावी माहोल तात्दै गएको छ । चुनावी माहोलका  कारण हिन्दुहरुको अर्को ठुलो चाँड दिपावली ओझेल परेको छ ।
बिगतका वर्षहरुमा दशैंको रमझम सकिएपछि तिहारको बिषयमा चर्चा हुने गरेको भएपनि यस पटक भने मंसिर ४ मा हुने अर्को संबिधानसभाको निर्वाचनका बिषयमा चर्चा हुन थालेको छ । डोटीका गाउँगाउँ बिभिन्न राजनीतिक दलहरुमा पोष्टर, पम्पलेट, झण्डा र व्यानरले सजिन थालेका छन । पार्टीको चुनाव प्रचार प्रसारका लागि उम्मेदवारहरु र उम्मेदवार सम्वद्ध दलहरु बिभिन्न टोलीमा गाउँगाउँतिर गएका छन ।
दलहरुले गर्ने प्रचारका क्रममा आचार संहिताको उलंघन भएको देखिएको छ । संबिधानसभा सदस्य निर्वाचन आचारसंहिता २०७० अनुसार धार्मिक, पुरातात्विक, ऐतिहासिक, सरकारी, सार्वजनिक, शैक्षिक संस्थाको भित्ता वा पर्खालमा पोष्टर टाँस गर्न नपाईने भनिएको भएपनि करीव–करीव सबै दलहरुवाट उक्त बुँदा उलंघन भएको देखिएको छ । यस्तै मादक पदार्थ सेवन गरी प्रचार प्रसार गर्न र गराउन नहुने भन्ने व्यवस्था हुँदाहुँदै पनि प्रचारकहरुले मादक पदार्थ सेवन गरेको समेत भेटिएको छ । मादक पदार्थ सेवन गरी वाटोमै ढल्ने अवस्थामा पुगेकाहरुले अर्को पार्टीलाई गाली गलौज गर्ने गरेका छन ।
आमसभाको प्रचारप्रसारका लागि वाहेक अन्य अवस्थामा माईक तथा लाउडस्पिकरको प्रयोग गर्न नपाईने भन्ने व्यवस्थाको पनि उलंघन भएको छ । दलहरुले गाडीमा माईक वोक्दै माईकिङ गर्दै हिडेको देखिएको छ । त्यस्तै बिहान सात वजे भन्दा अगाडी र साँझ सात वजेभन्दा पछि पनि माईकिङ तथा प्रचार प्रसार गर्दै आचारसंहिताको थप उलंघन भएको देखिएको छ ।

खेल समाचार

खेलका लागि पुरस्कारको ओईरो

अर्को बिश्वकपमा छनोट हुने चार राष्ट्रले १३ लाख ५० हजार अमेरिकी डलर पाउने अन्तराष्ट्रिय क्रिकेट काउन्सिल       (आईसीसी) ले वताएको छ ।
उच्च खेल प्रदर्शन अनुदान अन्तरगत सन २०१४ को बिकास लगानी नीति   अन्तरगत सन २०१५ को बिश्वकपमा छनोट हुने टिमले अर्को जनवरीसम्म पाउनेछन । यस्तै सन २०१४ देखि ०१६ सम्म टिमले १० लाख अमेरिकी डलर पाउने छन ।
अर्को वर्ष वंगलादेशमा हुने बिश्वकप ट्वान्टी–ट्वान्टी कपमा छनोट हुने ६ टिमले दुई लाख ५० हजार अमेरिकी डलर पाउने छन । अफगानिस्तान, हङकङ, नेपाल र संयुक्त अरव ईमिरेट दुवै बिश्वकपमा छनोट भए भने आगामी तीन वर्षमा हरेक टिमले १६ लाख अमेरिकी डलर पाउने छन । जुन आईसीसी एसोसिएट सदस्यहरुले औसत सात लाख ५० हजार अमेरिकी डलर पाउने छन । त्यो रकम आईसीसीको बिकास लगानी नीति अन्तरगत आउनेछ ।
आईसीसीको लगानी नीति बिगत पाँच वर्षमा गरेको प्रदर्शनका आधारमा पनि हुनेछ । दुई वर्षमा लगातार दुई बिश्वकप हुँदैछन । सन २०१४ मा एसिया कप पनि हुने छ । पहिलोपल्ट दुवै बिश्वकप छनोटमा एसीसी अन्तरगतका ४ राष्ट्र लागि परेका छन । सम्वन्धित संस्थाले दिएको   रकमलाई सही सदुपयोग गर्नुपर्नेछ । लगानीको मुख्य लक्ष बढीभन्दा बढी क्रिकेटर निकाल्नु हो । दुई एसोसिएट टिम अफगानिस्तान र आयरलेण्ड सन २०१५ को एक दिवशीय बिश्वकपका लागि छनोट भईसकेका छन ।

शरद भए नेपाली नागरिक

वल्र्ड ट्वान्टी–ट्वान्टी छनौट नजिकिँदै गईरहेका वेला खेल जगतमा बिभिन्न चर्चा परिचर्चा हुन थालेका छन । कार्तिक २९ गतेदेखि मंसिर १५ गतेसम्म खाडी मुलुक संयुक्त अरव ईमिरेट (युएईमा) प्रतियोगिता हुने भएको छ ।
महत्वपूर्ण प्रतियोगिताका लागि नेपाली टिमको घोषणा नेपाल क्रिकेट संघले गरिसकेको छ । क्यानेडेली प्रशिक्षक पुवुदु दसानायकेले सम्हालेका १५ खेलाडीले      करीव ३ करोड नेपालीको प्रतिनिधित्व गर्दै तातो हावा वहने अवुधामीको मैदानमा टिमलाई पहिलोपल्ट वल्र्डकपमा पु¥याउने जिम्मा पाएका छन । अर्थात ईतिहास कोर्ने चुनौती पाएका छन ।
जिम्मेवारी पाएकामध्ये शरद भेषवकर एक मुख्य खेलाडी हुन । एक महिना अघिसम्म पनि नेपाली नागरिकता नपाएका शरद मध्यक्रमका व्याट्सम्यान हुन । सन २००४ मा यू–१५ प्रतियोगितादेखि अन्तराष्ट्रिय क्षेत्रमा डेव्यु गरेका उनले नेपालले आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन–५, डिभिजन–४, डिभिजन–३ र एसीसी ट्रफी एलिट जित्दा महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । सत्रवर्षे अन्तराष्ट्रिय क्रिकेटको यात्रामा नेपालले ठुलो सफलता चाख्दा शरद टिमका महत्वपूर्ण सदस्य रहँदै आएका छन ।
तर, शरदले त्यो सफलता नेपाली नागरिकको ट्याग वनाईकनै नेपाललाई दिलाएका हुन । उनले २०५१ सालमा वनाएको नावालक प्रवेशाज्ञाकै आधारमा     राहदानी वनाए र नेपालको प्रतिनिधित्व गर्दै आएका थिए । नावालक प्रवेशाज्ञाको आधारमा वनाएको राहदानीको मिति कार्तिक मध्यतिर सकिँदै थियो । त्यसैले कार्तिकको अन्त्यमा हुने वल्र्डकप छनोटमा उनको सहभागिता अनिश्चित जस्तै देखिन्थ्यो ।
कवरी एक दशक भन्दा लामो संघर्षपछि शरदले यसै वर्ष असोज ७ गते गृहमन्त्रालयवाट अंगिकृत नेपाली नागरिकता पाएसंगै उनको र नेपाली टिमको समस्या हल भएको छ । अव त कुनै टेन्सन हुँदैन, स्वतन्त्र रुपले खुलेर खेल्नेछु, वल्र्डकप छनोटको तयारीका लागि भारतको नयाँ दिल्ली जान लागेका शरदले आफ्नो आत्मबिश्वास सुनाए ।
शरदले नागरिकता नपाउँदा पनि     राष्ट्रिय टिमवाट शतप्रतिसत प्रयास गरेर खेलेको वताए । “मैदान वाहिर नागरिकताका कुरा सुन्दा मनोबैज्ञानिक रुपमा दवाव हुन्थ्यो” शरदले भने –तर मैदानमा        छिरेपछि म पुरै खेलमा मात्र ध्यान दिन्थे । नेपालका ६ शतक प्रहार गर्ने मध्येकका एक व्याट्सम्यान शरदले बिगत सुनाए ।
शरदले पहिलोपल्ट खुशीयालीका साथ आफ्नो जन्मदिन पनि मनाए यसपल्ट । २०४१ असोज २३ गते जन्मेका शरदले आफ्ना साथीहरुसंग केक काट्दै धुमधामका साथ होटेल क्राउन प्लाजामा जन्मदिन मनाएका थिए ।
२०५१ सालदेखि क्रिकेट खेल्न थालेका शरदले अव दिल्लीमा हुने अभ्यास खेलवाट नेपालका लागि दोश्रो ईनिङ्गको सुरुआत गर्नेछन । नेपाली क्रिकेटको महत्वपूर्ण क्षणलाई उनले राम्ररी बुझेका छन । शरद भन्छन “नागरिकता भनेको त एउटा पक्ष हो, मुख्य कुरा नेपाललाई वल्र्डकपमा पु¥याउने हो । त्यसैका लागि मिहिनेत गरिरहेको छु ।” उनी आफ्नो एक्लो प्रदर्शनभन्दा पनि टिम गेममा बिश्वास गर्छन ।  टिमकै लागि योगदान गर्न चाहान्छु ।”



चलचित्र र मनोरञ्जन


कार्र्तिक ८ का लागि न्यौता

भरखरै दशैंको चाँडमा रमाएका दर्शकहरुलाई कार्तिक ८ गते अर्को चाँड आएको भन्दै चलचित्र निर्देशक सुदर्शन थापाले दर्शकहरुलाई उत्साहित गर्न थालेका छन । शनिवार साँझ राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी थापाले आफुले निर्देशन गरेको चलचित्र “मधुमास” कार्तिक ८ गते हुने भएकाले उक्त दिनलाई चाँड पर्वको रुपमा मनाउन आग्रह गरेका थिए । आफुले वनाएको फिल्म राम्रो भएपनि दर्शकहरुमा भर पर्ने भन्दै थापाले दर्शकहरुलाई भगवानको दर्जामा राखे । निर्देशक थापाले भने–मैले मेहनत त धेरै लगाएको छु तर यसको सफलता र असफलता दर्शकहरुमा भर पर्छ ।
निर्माता वावुराम दाहालले पनि      हरेक पक्षवाट आफ्नो चलचित्र राम्रो        रहेको दावी गरे । भरखरै मात्र प्रेमिका सपना भण्डारीसंग मगनी तय गरेका अभिनेता आर्यन सिग्देशले चलचित्र “मधुमास” को प्रतिक्रिया लिन आफु आतुर रहेको वताए । निकै हर्षित मुद्रामा देखिएका आर्यनको अनुहारले नै वताउथ्यो । उनी अहिले निकै खुशी छन । एकातिर प्रमिकासंग बैवाहिक वन्धनमा वाँधिने तयारी अर्कोतर्फ “हनिमुन” अर्थ वोकेको चलचित्र रिलिजको तयारी ।
अभिनेता आर्यन सिग्देल, अभिनेत्रीद्वय पुजा शर्मा, सिवाङ्गीनी राणा र मनोज     आरसी स्टार र रोमाण्टिक ड्रामा शैलीको “मधुमास” लाई वावुराम दाहाल र निर्देशक थापाले निर्माण गरेका हुन । चलचित्र दिनेश न्यौपानेको लेखन, सुरेश अधिकारीको संगीत, दीपक वज्राचार्यको छायाँकन, रेनशा राईको करियोग्राफी र हिमाल केसीको द्वन्द्व निर्देशन छ ।  भन्छन “टिमले सफलता पाएमात्र लक्ष पुरा हुन्छ, त्यसैले म

चत्रचित्र “काली” को व्यापार उत्साहजनक

असोज २५ गतेवाट देशभर प्रदर्शनमा आएको चलचित्र “काली” ले पूर्वका हलमा समेत उत्साहजनक व्यापार गर्न सफल भएको छ । देशका करीव ८० हलसंगै पूर्वको एक दर्जन हलमा यतिवेला काली प्रदर्शन भईरहेको छ ।
चलचित्र लागेको हलका सञ्चालकले करीव पाँच वर्षपछि आप्mनो हलमा दशैंमा रिलिज भएको चलचित्रले राम्रो गरेको जानकारी गराए । त्यसो त अन्य वर्षमा टिकाको दिन देखि चलचित्रको व्यापार वढ्ने भएपनि कालीले रिलिज भएको फुलपातीको दिन देखिनै हलमा दर्शक तारिहेको उनीहरुले वताए । काली पूर्वको धरान, दमक, बिर्तामोड, पथरी, वेलवारी, धुलावारी,     बिराटनगर, भद्रपुर, चक्रघट्टी लगायतका स्टेसनमा प्रदर्शन भईरहेको छ ।
मुख्य स्टेसनमध्ये दमकको पाथीभरा हलमा चलचित्रको व्यापार सवैभन्दा उत्साहजनक रहेको छ भने सानो स्टेसनको रुपमा रहेको पथरीको कन्चन टाकिजमा समेत हरेक दिन चलचित्रले ५० हजार माथीको कलेक्सन गरिरहेको जानकारी बितरक चैतन्य वरालले गराए । दमकस्थित पाथीभारा चित्र मन्दिरमा हरेक दिन फिल्मको कलेक्सन १ लाख माथी रहेको उनले वताए ।
टिकाको दिन खराव मौसमको     कारणले मात्रै व्यापार बिग्रिएको र अरु दिन चलचित्र हेर्न आउने दर्शकको कमी नभएको चैतन्यको भनाई छ । स्थलगत   रिपोर्टिङ्गको क्रममा पाथीभारा चित्र मन्दिर पुग्दा चलचित्र हेर्ने दर्शकको भिड सो सुरु हुनु १ घण्टा अगाडीनै हलमा लागेको देखिन्थ्यो । धरानको गणेश टाकिज, बिर्तामोडको कृष्ण टाकिजमा समेत चलचित्रको कलेक्सन राम्रो रहेको छ ।
यस्तै देशका अन्य हलहरुमा पनि कालीको व्यापार राम्रो रहेको निर्माता   छविराज ओझाले वताए । दशैंमा चलचित्र चल्दैन भन्ने चलनलाई कालीले तोडेको छ, छविले भने–राम्रो चलचित्र वनाउने हो भने जुनसुकै समयमा पनि चलचित्र राम्रोसंग चल्छ । उनले आगामी मंसिर २१ गते    रिलिज हुन लागेको आफ्नै व्यानरको चलचित्र “लोफर” ले पनि दर्शक तान्ने बिश्वास व्यक्त गरे ।

छोटकरी समाचार


राजमो नियमित सम्पर्कमा

डोटी दुवै क्षेत्रवाट प्रत्येक्षमा उम्मेदवारी दिएको राष्ट्रिय जनमोर्चाले चुनावी गतिबिधिहरु लाई नियमित सञ्चारकर्मीहरुसंग पु¥याउने व्यवस्था मिलाएको छ ।
पार्टीका केन्द्रीय कोषाध्यक्ष एवं डोटी क्षेत्र २ का उम्मेदवार मनोज भट्टले ईमेल मार्फत अभियानका दैनिक गतिबिधिहरु सञ्चारकर्मीहरुलाई पु¥याउने वताएका छन । “सञ्चारकर्मी मित्रहरु हामीले पार्टीको चुनावी अभियानका गतिबिधिहरुलाई नियमित रुपमा  तपाईहरुसम्म पु¥याउने योजना वनाएका छौं” भट्टद्वारा बिम्ब साप्ताहिकलाई पठाईएको ईमेलमा उल्लेख गरिएको छ ।
भट्टले प्रत्येक गाबिसमा गाबिसस्तरीय सभाहरु आयोजना गर्ने, घरदैलो भेटघाट गर्ने कार्यहरु सञ्चालन गरिरहेको समेत ईमेलमार्फत जानकारी गराएका छन । अन्य दलहरुले भने सञ्चारमाध्यममा नियमित रुपमा समाचार सम्प्रेषण गर्ने व्यवस्था मिलाउन सकेका छैनन् ।

दशैं शान्तपूर्ण

हिन्दुहरुको महान चाँड बिजया दशमीको समयमा देशका बिभिन्न भागहरुमा गम्भिर     अपराधिक क्रियाकलापहरु भएका समाचारहरु प्रकासन भएका भएपनि डोटीमा भने दशैं शान्तपूर्ण रहेको छ ।
बिगतका वर्षहरुमा पनि डोटी जिल्लामा दशैं तिहार शान्तपूर्ण वातावरणमै सम्पन्न हुने गरेको थियो । यस वर्ष पनि सामान्य घटनाहरु वाहेक त्यस्तो गम्भिर प्रकृतिको अपराध चाँडवाडकै कारण नभएको वताईएको छ ।

बिचार

जनमतको हुर्मत

नारायण वाग्ले

वाठा भनिने काग समेत कुहिरोमा हराउँछन । चुनवाको तनावपूर्ण तुवालोमा सोझा सीधा जनता नहराउने कुरै छैन । अहिलेको प्रणालीले त झन तुवालो हो कि कुहिरो हो जस्तोमा मतदातालाई पारिदिएको छ । हेर्नोस न समानुपातिकको उपद्रो । हामी कसैलाई हाम्रा उम्मेदवार को हुन थाह छ त ? प्रत्येक्ष तर्फ त हल्लाखल्ला भईरहेको छ । मैले भन्न खोजेको समानुपातिक तर्फको हो जसको हामीलाई बिलखवन्दमा पारिदिएको छ । जवकी अवको संबिधानसभामा पनि प्रत्येक्ष चुनिएर आएका भन्दा अप्रत्येक्ष छानिएर आएकाहरुनै बढी हुनेछन । अर्थात ३३५ जना ।
अर्थात भावी संबिधानसभाका ५८ प्रतिसत सभासद् कसरी चुनिन्छन, कसले किन चुन्छ । भन्ने जनतालाई कुनै मेलोमेसो दिईएको छैन । यस्तो लाग्छ तिनलाई जनताले चुन्ने नै होईन । चुन्ने भए त कुन चुनाव चिन्हमा मत दिए को सभासद् हुन्छ अर्थात हाम्रो भावी कसले वनाईदिन सक्छ भन्ने थाहा हुन्थ्यो । निर्वाचन आयोगको तालिका अनुसार समानुपातिक तर्फका उम्मेदवारहरुको नाम कार्तिक २९ गतेमात्र सार्वजनिक हुनेछ । मत खसाल्ने उर्दी मंसिर ४ गते, चार दिनभित्र । आफ्ना उम्मेदवारहरु चिनिसकेर, कसलाई मत दिने भन्ने सोचिसकेर मतदान केन्द्रमा जानुपर्ने । मतदातामध्ये झण्डैं आधा जति त निरक्षरै रहेको मुलुकमा । ठुलाठालुले भनिदिएको, लाठा वजार्नेहरुले तर्साएको, नत्र तिम्रो खैरियत छैन है भन्नेहरुले सातो दिएको, दुरविनवाट देखिन्छ है, कसलाई भोट हाल्यौं भन्नेहरुले रिंगाएको भुक्तमानहरुको समाजमा ।
यसै पनि दुई दुईटा मतपत्र आफैंमा जटिल प्रक्रिया हो । त्यसमाथी उम्मेदवार चिनिदैन । चिनाउने समयनै दिईएको छैन । जवकी चिनिएका उम्मेदवारभन्दा नचिनिईकन छानिनेहरु भोली संबिधानसभामा बहुमतीय डाँको गरेर हाम्रो भविश्यको दस्तावेज कोर्ने छन । के यो चुनाव अर्थात जनमत लिने प्रक्रिया हो वा चुनावको बिधि पु¥याउने जनमतको हुर्मत लिने प्रक्रिया ?
दलहरुले समानुपातिक सूची गोप्य रुपमा बुझाए भनिएको छ । को कसको नाम बुझाए भन्ने जानकारी दिने दायित्व ख्याल गरेका छैनन् । आफ्नो सूची सार्वजनिक गर्ने यिनको यत्ति पनि हिम्मत छैन तर जनताले भने आफ्नो हुर्मत लिईएको थाहा हुँदाहुँदै पनि हिम्मतसाथ मत दिन जानु पर्ने भएको छ । आखिर दलहरु किन सूची लुकाउन वाध्य छन ? र निर्वाचन आयोग समेत दलहरुको यो अपारदर्शी र त्यसको मानेमा अलोकतान्त्रिक रवैयाको मौन साक्षी बसिरहेको छ ?
निर्वाचन आयोगले मतदाता शिक्षाका नाममा थुप्रो खर्च गर्ने गरेको छ । उसको अभियाननै छ, मतदातालाई मात्र होईन, दलहरुलाई समेत चुनाव प्रणालीवारे शिक्षा   दिने । दलका नेताहरुलाई निकै पल्ट वोलाएर समानुपातिक प्रणालीमा अपनाउनु पर्ने सर्तवारे अवगत गराउने गरेको छ । मतदातालाई शिक्षा दिन अघि सर्ने निर्वाचन आयोग मतदातालाई सूचित गर्ने दायित्ववाट भने पन्छिरहेको छ । कुन दलले कस्तो सूची बुझायो भन्ने जनताले थाहा पाउनुपर्छ कि पर्दैन ? र आयोगले जनतालाई थाहा दिनुपछ कि पर्दैन ?
नियन्त्रित राजनीतिक व्यवस्था भएका मुलुकमा औपचारिक रीत पु¥याउनका लागि मात्र चुनाव गरिन्छ । त्यसको परिचायक भनेकै उम्मेदवारले कति प्रचार अभियान चलाउन पाए वा मतदाताले किन निर्धक्क साथ आप्mना उम्मेदवारवारे जान्न पाए भन्ने हो । यहाँ त त्यसभन्दा तन्नम राजनीतिक व्यवस्था अंगिकार गर्न लागिए जस्तो छ, जहाँ मतदाताले उम्मेदवार चिन्नै नपाई वा चिनेकै भोली या पर्सिपल्ट मत हालिदिनु पर्ने छ ।
दलहरुले वन्द सूचीलाई वन्द नै राख्न चाहानुको कारण प्रष्ट छ । तिनका नेताहरु आप्mना आन्तरिक सांगठनिक समस्या समाधान गर्न सकिरहेका छैनन् । बिद्रोही उम्मेदवारहरुवाट उनीहरुलाई सधैं खतरा हुन्छ । सूचीमा नपरेको थाहा पाउनासाथ जो पनि वागी वनिदिन सक्छ भन्ने क्रासमा उनीहरु अल्झिएका छन । त्यसकारण उनीहरु चुनाव प्रचार प्रसार अभियान सकिईसकेपछि मतदानको संघारमा पुगेरमात्र समानुपातिक सूचीमा   परेका भाग्यमानीहरुको नामावली गर्वसाथ खुला गरिदिन चाहाँन्छन । 
यस्तो अलोकतान्त्रिक, अमर्यादित र मतदाताको अनादर गर्ने व्यवस्था राजनीतिक दलहरुको स्वेच्छाचारिताको नमुना हो । र यसको मतियार निर्वाचन आयोग जस्तो संबैधानिक निकाय वन्नाले हाम्रो राजनीतिक व्यवस्था लोकतान्त्रिक होईन, दलहरुको स्वेच्छातान्त्रिक हो भन्ने सघाउँछ । जवकी अन्तरीम संबिधानले दलहरुलाई यस्तो गोपनीयताको हक दिएको छैन, बरु जनतालाई सूचनाको हक प्रदान गरेकै छ ।   व्यवहारमा भने हामी ठगिएका छौं । दलहरुको स्वेच्छचारिताको वन्धक वन्न बाध्य   भएका छौं ।
दलहरुलाई भने फाईदै छ । किनभने तिनका समानुपातिक उम्मेदवार सूचीमा   परेको भ्रम पाल्नेहरु पनि प्रचार अभियानमा जुटेकै हुन्छन । भलै तिनलाई आफु    आखिर पर्ने हो, होईन भन्ने साँझको दियोझैं ढलमल भईरहन्छ । दलभन्दा पनि बढी नेताहरुलाई फाईदा छ । खासमा यो फाईदाको काईदा हो, काईदाको फाईदा पनि हो । किनभने सूचीमा परेकामध्ये पनि भोली मतको अनुपातमा सीट संख्या आएपछि उम्मेदवारको प्राथमिकता तोक्ने वेला जति पनि मोलमोलाई गर्न पाईन्छ । अघिल्लो चुनावमा जे भयो, यसपाली त झन बढेरै हुनेछ । भाऊ वढेकै छ ।
त्यसै पनि समानुपातिक प्रणालीको पहिलो अभ्यासले नामसंगै बदनामी पनि कमायो । महिला, मधेशी, जनजाती, दलित र दुर्गमका जनताको प्रतिनित्वि जनसंख्याको आधारमा हुन पायो । महिलाको प्रतिनिधित्व ३३ प्रतिसत पुग्नु भनेकै दक्षिण एशियाको त पहिलो हो नै, बिश्वकै १४ औं उच्च प्रतिनिधित्वको मुलुकको मर्यादा नेपालले वनाएको तत्कालीन प्रमुख आयुक्त भोजराज पोखरेलले नेपाल भोट्स फर पिस शीर्षकको पुस्तकमा उल्लेख गरेका छन । समानुपातिकको खास सार्थकता सामाजिक समूहहरुको प्रतिनिधित्व गराउनका लागि थियो । तर यहाँ त त्यसको रुप सामाजिक रुपमै स्वीकृत हुनेतिर जान पाएन । किनभने उम्मेदवारको सूचीमा गोप्य राख्ने र प्राथमिकता नतोक्ने गर्नाले मोलमोलाईतिर गयो । सामाजिक समूहहरुको प्रतिनिधित्वका लागि मात्र भनेर केही प्रतिसत समानुपातिक भनेको भए उपयुक्त हुने थियो । यहाँ त प्रत्येक्षवाट जित्ने नै अल्पमतमा पर्ने गरी समानुपातिकलाई हावी गराईयो । र समानुपातिकका नाममा हुनेखानेले नै भाग  पाउने भए र जनतासंग प्रत्येक्ष मत माग्न जान नसक्नेहरुलाई घुमाएर जनप्रतिनिधि वनाउने वाटो खनियो । समानुपातिक उम्मेदवार वन्नु गर्वको बिषय रहेन । उपेक्षित सामाजिक समूहहरुनै खिन्न हुने अवस्था वन्न पुग्नुको दोषी खासमा यही चुनाव प्रणाली सावित हुनेछ ।
जनताले उम्मेदवारको नाम थाहा पाएर पनि खास अर्थ राख्ने खालको चुनाव प्रणाली छैन यो । किनभने यसमा उम्मेदवारको प्राथमिकता तय गरिएको हुँदैन । प्राथमिकता निर्धारण त भोली मत गणनापछि मात्र नेताहरुले निर्वाचन आयोगलाई लेखेर पठाउने हुन । जस्तो हरक ठुलो भनिएको दलले ३३५ जनाकै नाम लेखेर पठाएको हुन्छ । तर भोल सवै त एउटै दलले सीट पाउँदैन । प्राप्त मतको अनुपातमा सीट कतिवटा प्राप्त भयो भन्ने पत्ता लगाएपछि मात्रै त्यतिवटा सीटका लागि तिनै ३३५ मध्ये छानेर पठाउने हो ।
गत भदौमा सुरु भएको समानुपातिक उम्मेदवारीवारे निर्वाचन आयोगको अभियानले अझै कार्तिकभरी दलहरुलाई चलखेल गर्न मौका दिईरहने भएको छ । आयोगले सामानुपातिक सूचीमा महिला, मधेशी, जनजाती, दलित र अन्यको अनुपात दलहरुवाट मिलेर आउन नसकेको सधैं गुनासो गर्छ । अघिल्लो निर्वाचनमा त धेरैपल्ट आयोगले दलहरुलाई सम्झाउन मात्र होईन, सिकाउनै परेको थियो । यसपाली पनि लगभग त्यस्तै देखिन्छ । फेरी यति धेरै दल छन जसको व्यस्थपान आफैमा दुष्कर कार्य हो ।
यति हुँदाहुँदै पनि दलको हरेक औपचारिक गतिबिधि सार्वजनिक जानकारीमा हुनैपर्छ । निर्वाचन आयोगको औपचारिक गतिबिधि सार्वजनिक जानकारीमा आउनैपर्छ । दल र आयोग मिलेर जनतालाई छल्न पाउँदैनन् । कुन दलले कस्तो सूची सुरुमा ल्यायो र कसरी सच्यायो भन्ने समेत जान्ने हक मतदातालाई छ । नभएर त दलको हरेक कमजोरी निर्वाचन आयोगले सकारेको मानिने छ । अन्तिम क्षणसम्म जनतालाई          कुहिरोमा राखिरहने यो प्रपञ्चका दुवै भागिदार ठहरिने छन । निर्वाचन भनेको दल र निर्वाचन आयोगबीचको सम्वन्ध होईन । दल र जनताबीचको सम्वन्ध हो ।
आयोग त निष्पक्षताको कडीमात्र हो । माध्यममात्र हो । जसरी मतपत्र एउटा माध्यममात्र हो । मतपत्र छाप्ने, पु¥याउने, गन्ने, परिणाम सुनाउने र हरेक प्रक्रियालाई बिश्वसनीय र बैध तुल्याउने कर्तव्यमात्र आयोगको हो । उम्मेदवार लुकाईदिने र दलको ईसारामा उम्मेदवार सच्याईदिने आयोगको दायित्व होईन । उसको दायित्व दलप्रति होईन, जनताप्रति छ ।
जनतालाई कुहिरोवाट निकाल्न दलहरुले चाँहदैनन् भन्ने खुला भईसकेको छ । आयोगले समयमै उम्मेदवार चिन्न पाउने जनताको हकको सम्मान गर्न सक्नुपर्छ । नत्र यो जनताले चुन्ने भन्दा पनि नेताले छान्ने प्रक्रियाका रुपमा चिनिने छ ।
सेतोपाटी अनलाईन पत्रिकावाट साभार

प्रचण्डको भाषण

जनताले एक दललाई बहुमत दिनु पर्छ

हामी सवैलाई थाह भएकै कुरा हो हामी संबिधानसभाको अर्को निर्वाचनको तयारीका क्रममा अगाडी वढेका छौं । राष्ट्रको जीवनमा संबिधानसभा सामान्यतया एक पटक मात्र हुने गर्दछ । संसारभरी जतिपनि संबिधानसभाका निर्वाचनहरु भएका छन, धेरै देशहरुमा एक पटक मात्रै संबिधानसभाको निर्वाचन भएर संबिधान निर्माण गरेको छ र त्यहि संबिधानद्वारा निर्देशित भएर राष्ट्र चल्ने गरेको छ । तर, हामीकहाँ दोश्रो पटक संबिधानसभाको निर्वाचन गर्नु पर्ने अवस्था छ र हामीले के भन्दै आएका छौं भने र तथ्य पनि के हो भने तेश्रो पटक संबिधानसभा हुनेवाला छैन नेपालमा ।
२००७ सालमा राणशाही शासनका बिरुद्ध आन्दोलनका क्रममा जतिवेला आधुनिक नेपालको राजनीतिक गतिबिधि सुरु भयो त्यतिवेलादेखि संबिधानसभाको प्रश्न नेपाली जनताले उठाउन थालेको, नेपालको राजनीतिक आकाशमा यो प्रश्न देखिन थालेको हो । तर ०१५ सालको संसदीय निर्वाचनपछि र ०१७ सालको फौजी काण्डपछि संबिधानसभाको निर्वाचन त्यतिकै लावारिस भएर रहेको थियो । अहिले खासगरी १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलन, १२ बुँदे समझदारीपछि संबिधानसभाको निर्वाचन फेरी यो राष्ट्रको प्रमुख एजेण्डा वन्यो । तपाईलाई थाहा छ देशमा पहिलो संबिधानसभाको निर्वाचन भएर त्यसको पहिलो वैठकले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा ग¥यो । संबिधानसभाभित्र संबिधान वनाउने प्रक्रियामा हामी धेरै अगाडी वढ्यौं । र म आफैं बिवाद समाधान उपसमितिको संयोजकको हैसियतले हामीले धेरै बिवादहरु समाधान गर्न सफल पनि भयौं । तर दुईटा मुलभुत मुद्धा एउटा राज्यको अग्रगामी पुनःसंरचना गर्ने मुद्धा, उत्पिडन र भेदभावमा परेका जनतालाई पहिचान र अधिकार दिने मुद्धा, जनतालाई नयाँ ढंगले संगठित गर्ने मुद्धा, अर्को शासकीय स्वरुपको मुद्धा जुन मुद्धा नेपालमा सवै जातजाती, भाषाभाषी, क्षेत्र, वर्ग, सवै जनताले प्रत्येक्ष निर्वाचित राष्ट्रपतिद्वारा शासन गर्दा मात्रै छिटो भन्दा छिटो देशको बिकास हुन सक्छ भन्ने मुद्धामा पनि हाम्रो मुख्य बिवाद रह्यो र यो दुईटा मुद्धाका कारणले झण्डै ८० प्रतिसत भन्दा वढी काम संबिधानसभावाट सकिएर पनि संबिधान वन्न सकेन ।
हामी अहिले फेरी संबिधानसभाकै अर्को निर्वाचनमा छौं । आदरणीय जनसमुदाय मलाई आज तपाईहरुको अगाडी यद्यपी यो सामान्य सभा, संक्षिप्त सभा जस्तो देखियो तर मलाई गर्व छ, हिजोमात्रै हामीले संबिधानसभाको निर्वाचनमा देशको आर्थिक बिकासको निम्ती, राजनीतिक पुनःसंरचनाको निम्ती, जनताको हक अधिकारको निम्ती, पहिचानको निम्ती हाम्रो पार्टीको तर्फवाट निर्वाचनमा प्रतिवद्धता पत्र अर्थात घोषणा पत्र सार्वजनिक भयो । सार्वजनिक भएको लगत्तै पछि म पार्टी अध्यक्षको हैसियतले सेती महाकालीमा पार्टी अभियान सञ्चालन गर्न हिजोनै  वाजुरा पुगे । वाजुरा र अछाम दुवैमा चुनावी सभा गरेर हामी यहाँ पार्टीको कार्यकर्ताहरुलाई सामान्य अन्तरक्रिया गरेर फेरी म यो चुनावी सभामा उपस्थित भएको छु । मैले भन्न के खोजेको हो भने सेती महाकाली हिजैदेखि राज्यद्वारा अलिकति अपमानित गरिएको, अलिकति भेदभाव         गरिएको क्षेत्रको रुपमा मानिन्छ र हामीले हिजो बिद्रोहको बेलामा पनि यस क्षेत्रका जनताले खेलेको भुमिकालाई उच्च सम्मान ग¥यौं र मैले अहिले फर्केर हेर्दा गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीको हैसियतले सवैभन्दा वढी कहि गएको रहेछु भने त्यो सेती महाकालीनै रहेछ । गणतन्त्र नेपालको पहिलो नीति, कार्यक्रम र वजेट जो हामीले प्रस्तुत गरेका थियौं त्यो नीति र कार्यक्रममा सवै उत्पिडित जाती क्षेत्र वर्ग लिङ्ग सेती महाकाली र भेरी कर्णाली जस्ता पछाडी पारिएका क्षेत्रहरुको बिकासका लागि प्याकेज पनि प्रस्ताव गरिएको थियो । तर अघिल्लो संबिधानसभावाट हाम्रो पार्टी देशको सवैभन्दा ठुलो पार्टी भएपनि वहुमत भएन । सरकार वनाउनको निम्ती यदि वहुमत भएको हुन्थ्यो भने हामीले प्रस्तुत गरेको नीति, कार्यक्रम र वजेट जनताको पक्षमा अझ सेती महाकाली, भेरी कर्णालीका जनताको पक्षमा बिशेष प्याकेजको रुपमा हामीले ल्याएका थियौं । युवाहरुको पक्षमा र सवै उत्पिडित जाती, लिङ्ग, क्षेत्र र वर्गको पक्षमा कार्यक्रम ल्याएका  थियौं । त्यो हामीले कार्यान्वयन गर्न सक्ने थियौं । हाम्रो वहुमत नहुँदा अरुको खुट्टा टेक्नु पर्ने अवस्थाको कारणले  राम्रो नीति र वजेट ल्याएर पनि त्यो कार्यान्वयन हुन सकेन । संबिधानसभाभित्र एउटा परिवर्तनको वहाकलाई वहुमत नहुँदा संबिधान वनाउन पनि कठिन भयो । त्यसकारण यो पटक हामीले सवै अनुभवको आधारमा एकातिर पार्टीहरु खासगरी त्यतिवेलाको हामी ठुलो पार्टीको हैसियतले उच्च स्तरीय राजनीतिक संयन्त्रमा यो पटक संबिधान वनाउने ग्यारेण्टी गरिनु पर्छ, किनकी फेरी तेश्रो पटक संबिधानसभाको निर्वाचन हुँदैन, त्यो ग्यारेण्टी कसरी गर्ने भन्दा मेरो प्रस्तावमा संबिधानसभाको निर्वाचन भएको ६ महिनाभित्र हामीले सहमति वनाउने प्रयत्न गर्नेछौं । यदि सहमति भएन भने संबिधानसभाको हाउसवाट भोटिङ्ग प्रक्रियावाट संबिधान वनाईनेछ । संबिधानको पहिलो मस्यौदा ६ महिनाभित्र जनतालाई दिईनेछ र एक वर्षभित्र जनतावाट सुझाव लिएर पूर्ण आकारको संबिधान घोषणा गरिनेछ । उक्त प्रस्ताव सर्वसम्मतिले उच्च स्तरीय राजनीतिक संयन्त्रवाट पारित भएको छ । मलाई यो कुरा तपाईहरुको अगाडी भन्दा गर्वको अनुभव हुन्छ कि राजनीतिक दलहरुले फेरी अव सहमति भन्ने झगडा गरेर वस्ने दिन रहेका छैनन् । ६ महिना वहस हुन्छ सहमतिको । हामीले फेरी यो कुरा पनि भनेका छौं कि पहिलो संबिधानसभाले सम्पन्न गरेको ८० प्रतिसत कामको स्वामित्व आउने संबिधानसभाले लिनेछ । फेरी तिनै कुरामा फर्केर सवै बिषयमा वहस गरिने छैन ।
त्यसकारण देशको सवैभन्दा ठुलो पार्टीको तर्फवाट अनि      परिवर्तनका एजेण्डाहरु ः संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक मुल्य मान्यता जस्ता बिषयहरु जो अहिले नेपाली       राजनीतिक आकाशमा स्थापित मान्यता वनेका छन, त्यसको प्रमुख वहाक हुनुको नाताले अर्को संबिधानसभावाट संबिधान वनाउने ग्यारेण्टी गरिनेछ भनेर हामीले भनेका छौं । नेपाली जनतासंग मेरो अपील के छ भने जनताले पनि कसैलाई बहुमत नदिने काम अवको पटक गर्नेछैनन् भन्ने बिश्वास लिएको छु र आदरणीय जनसमुदायसंग पनि म के अपील गर्न चाहान्छु भने कसैलाई पनि बहुमत नदिदाँ संबिधान वनाउन पनि गा¥हो भयो, सरकार स्थिर भएन, बिकास निर्माणका काम लथालिङ्ग भए । हाम्रो देशको दुर्भाग्य भन्नुपर्छ २००७ सालदेखि अहिले २०७० सालसम्म कुनै पनि सरकार स्थिर भएन । ००७ देखि ०१७ सालसम्म बर्षैपिच्छे, महिनैपिच्छे पनि सरकार फेरिए । ०१७ सालपछि पनि ३० बर्षे पञ्चायती शासनकालमा कुनै पनि सरकारले पाँच वर्ष टिक्ने अवस्था रहेन । २०४६ सालपछि तथाकथित बहुदलीय कालमा वनेका सरकारहरु पनि पाँच बर्ष चलेनन् । नेपाली कांग्रेसले वहुमत हुँदाहुँदै पनि आफ्नै पार्टीभित्रको बिवादका कारण आफ्नै पार्टीको सरकार गिराउने बिचित्र प्रकारका परिघटनाहरु पनि हामीले देख्यौं । 
हामीलाई लागेको थियो अव संबिधानसभाको निर्वाचनपछि देशले एउटा स्थायी सरकार पाउनेछ, जनताले अपेक्षा गरे अनुसार बिकास निर्माणका कामहरु र पहिचान र अधिकारका कामहरु संस्थागत हुनेछन । हाम्रो पार्टी सवैभन्दा ठुलो पार्टी पक्कै पनि भयो तर हामीलाई बहुमत भएन । बहुमत नहुनुको कारण फेरी पनि स्थिर सरकार हुन सकेन । गएको पाँच वर्षमा पाँचवटा सरकार फेरी पनि देखियो र अहिले हामी जनतासंग वडो गम्भिरताका साथ, वडो बिनम्रताका साथ नेपालमा राजनीतिक       स्थिरताका निम्ती र जनताको समृद्धिका निम्ती यो पटक परिवर्तनको पक्षमा जनताले बहुमत दिनुपर्दछ । यदि वहुमत आएन र यदि संबिधान वनाउने प्रक्रियाको निम्ती परिवर्तनको पक्षलाई दुईतिहाई वहुमत भएन भने देश निकै अप्ठेरो स्थितिमा पर्ने खतरा छ । त्यसकारण यो पटकको निर्वाचनमा जनताले कसैलाई पनि बहुमत नदिने गल्ती गर्नु हुँदैन र राजनीतिक दलहरुले पनि चार वर्ष लगाएर संबिधान निर्माण नगर्ने गल्ती दोहो¥याउनु हुँदैन । 
प्रत्येक नेपाली श्रमजीवीहरु, किसानहरु, दलितहरु, महिलाहरु, आदीवासीहरु, मधेशीहरु, पहाडी हिमाली सवैसबैको समान अधिकार प्राप्त गर्न संबिधानसभावाट संबिधान वनाउने अवसर प्राप्त भएको छ । यो अवसरलाई हामीले खेर नफालौं । यो पटक हामीले जनयुद्ध र जनआन्दोलनले स्थापित गरेका एजेण्डाहरुलाई संस्थागत गर्नु पर्ने हुन्छ । यि एजेण्डाहरुलाई संस्थागत गरेर मात्रै हामीले परिकल्पना गरेको नयाँ नेपालको निर्माण हुन सक्छ । हामीले हाम्रो पार्टीको हेटौडा महाधिवेशनवाट पार्टीलाई उत्पादन, निर्माण र बिकासको अभियानमा केन्द्रित गर्ने भनेर निर्णय गरेका छौं । महाधिवेशनको सो निर्णयलाई कार्यान्वयन गरेर जनवादी क्रान्तिका वाँकी कार्यभारहरु पुरा गर्ने र समाजवादतिर लाग्ने निर्णय गरेको लगत्तै पछि म मित्र राष्ट्र चिनमा गएर यि निर्णयहरुका वारेमा त्यहाँको सरकार, राष्ट्रपति, प्रधानमन्त्रीसंग कुरा गर्दा होस या भारत गएर भारतीय नेताहरुसंग कुरा गर्दा होस किनकी हाम्रा दुईवटा ठुला छिमेकी देशहरु अहिले उनीहरुले निकै तिव्र गतिमा बिकास गर्दैछन र हामी त्यसवाट लाभान्वित हुनु पर्दछ ।
तपाईहरुले सुन्नुभयो होला मैले पेकिङमा पनि भने “त्रिपक्षीय साझेदारीद्वारा चिन र भारतको बिकासवाट नेपाल लाभान्वित हुनुपर्दछ । र हामी हाम्रो देशको स्वतन्त्रता, हाम्रो देशको अखण्डता अक्षुण राख्दै र सुदृढ गर्दै हामी दुवै छिमेकीहरुवाट सहयोग लिन पनि चाहान्छौं । हामी यो देशको तिव्र बिकास गर्न चाहान्छौं । मलाई तपाईहरुको अगाडी यो कुरा भन्ने खुशी लागेको छ, यि दुवै छिमेकीहरु अव नेपालमा राजनीतिक स्थिरता र बिकास होस भन्ने चाहान्छन र उनीहरुले हाम्रो पार्टीको महाधिवशेनको निर्णयलाई मुक्तकण्डले प्रसंसा गर्दै स्वागत गरेका छन ।
अहिले संबिधानसभाको निर्वाचन तपाई हामी सवै नेपालीका निम्ती एउटा ठुलो अवसर भएर आएको छ । यो अवसर हामी गुम्न नदिऔं, हामी सवैले मसिनो गरी बिचार गरौं । हामी सवैले छातीमा हात राखेर, निधार खुम्च्याएर सोचौं, यो पटक        परिवर्तनको पक्षमा स्थिरताको पक्षमा राष्ट्रको पक्षमा वहुमत दिन जरुरी छ । कसैलाई बहुमत नदिने कुराले देश झन अप्ठेरोमा पर्छ, तपाईहामी सवै अप्ठेरोमा पर्छाैं ।
यहाँको पर्यटनको बिकासको निम्ती, यहाँको वाटोघोटो, पुल पुलेसा निर्माणको निम्ती र सेती महाकालीलाई जसरी पुरानो राज्यवाट अपहेलित गरियो, भेदभाव गरियो राज्यद्वार पहिचान र  अधिकारको लडाईलाई केन्द्रित गरी गणतन्त्रलाई संस्थागत गर्ने कुरामा हाम्रो ध्यान केन्द्रित भएको छ । मलाई के बिश्वास छ भने डोटीको क्षेत्र १ र २ वाट कमरेड मोहन वम र त्रिलोचन भट्ट दुई जना कमरेडहरु हाम्रो पार्टीले उम्मेदवार वनाएको छ । डोटी जिल्ला आफै ईतिहास निर्माण गर्ने जिल्ला हो । र तपाई डोटेली दाजुभाई तथा दिदिवहिनीहरुले परिवर्तनको पक्षमा, हाम्रो पार्टीको नीति तथा कार्यक्रम लागु गर्नका लागि हामीले अघि सारेका उम्मेदवारहरुलाई भारी मतले बिजयी गराउनु हुनेछ भन्ने मलाई बिश्वास छ, त्यसको निम्ती म तपाईहरुलाई अपील गर्न चाहान्छु ।
आईतवार डोटीको दिपालयमा आयोजित आमसभामा एमाओवादी अध्यक्ष प्रचण्डले गरेको भाषणको सम्पादित अंश ।

मोफसल पत्रकारिता

समानुपातिक विज्ञापन नीति बनाउनु पर्छ,

रामवहादुर जि.सी. (सम्पादक)

धौलागिरि जागरण दैनिक, बागलुङ

 तपार्इंको पुरा परिचय पाउँ न ?
रामबहादुर जि.सी., बागलुङ जिल्लाको रेश गाविस– ९ मा मेरो घर पर्दछ । आमा नन्दकली जिसी र बाबा रनबहादुर जिसीको   छोरा हुँ । उमेर ३९ वर्ष ।
 पत्रकारिता पेशानै किन रोज्नु भयो ?
समाज परिवर्तनका लागि यो क्षेत्र सक्षम छ, यसलाई अंगाल्न सकियो भने धेरै मानिसको हित हुने काम गर्न सकिन्छ, आफ्नो पनि क्षमता विकाससंगै व्यक्तित्वको पनि विकास हुन्छ भन्ने सोचले यो क्षेत्रमा लागियो । रुची पनि यसतर्फ भएकाले निरन्तर काम गर्दै आइएको छ ।
कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ?
 मोफसलमा बसेर पत्रकारिता गर्दा यही विषय भन्ने हुँदैन । हाम्रो देशको अवस्था अनुसार मोसफल र त्यसमा पनि धौलागिरि अञ्चल जस्तो राजधानीको नजरमा पछि परेको क्षेत्रमा काम गर्दा सबै खालका काम गर्नु पर्ने वाध्यता छ । विषयनै रोज्नु पर्दा, आर्थिक र सामाजिक विषयवस्तुमा बढी रुची छ ।
तपाईलाई पत्रकारिता पेशामा लागे कति समय भयो ?
पत्रकारिता क्षेत्रमा लेख्न थालेको २० वर्ष भयो तर निरन्तर काम गर्न थालेको १२ वर्ष जति भयो । पहिलो सोखका रुपमा लेखिन्थ्यो, पछि पेशाकै रुपमा गर्न थाले । विगत १२ वर्षदेखि निरन्तर काम गर्दै आएको छु ।
तपाईले सम्पादन गरिरहेको धौलागिरि जागरण दैनिक कसरी सञ्चालन गरिरहनु भएको छ ?
 धौलागिरि जागरण दैनिक पत्रिका धौलागिरि अञ्चलमा पहिलो पटक सहकारी मार्फत सञ्चालन भएको पत्रिका हो । यसलाई सञ्चालन गर्नका लागि हामीले आदर्श सञ्चार सहकारी संस्था २०६३ सालमा स्थापना गरेर पत्रिका प्रकाशन शुरु गरेका हाँै । पहिला अर्धसाप्ताहिक रुपमा प्रकाशन गरेको पत्रिका २०६५ देखि दैनिक रुपमा प्रकाशित भैरहेको छ र यसको सहप्रकाशनका रुपमा अग्रसर मासिक पनि २०६८ सालदेखि प्रकाशन शुरु भएको छ । ३२ जना शेयर सदस्यको तीन लाख २० हजार रुपयाँबाट शुरु गरेको संस्थामा हाल पाँच सय शेयर सदस्य र ७५ लाख शेयर रकम, झण्डै चार करोड रुपयाँको वार्षिक कारोबार रहेको छ । सहकारी मार्फत सञ्चालन भएको हुनाले पत्रिका सञ्चालन गर्न सहज भएको छ । हामीले सहकारी मार्फत शुरु गरेपछि धौलागिरीमा झण्डै एक दर्जन सहकारी संस्थाले सञ्चारमाध्यम सञ्चालन गर्न थालेका छन् ।
मोफसलमा पत्रकारिता गर्न कत्तिको समस्या देख्नु हुन्छ ?
मोफसलमा पत्रकारिता गर्न निकै समस्या छ, राज्यको नीति विभेदकारी छ, राज्यबाट प्रदान गरिने सेवा सुविधाहरु राजधानीमा केन्द्रित छन् । निकै कठिन पूर्वक सञ्चालन हुने दुर्गमका सञ्चारमाध्यमहरुलाई राज्यले सही रुपमा सम्बोधन गर्न सकिरहेको छैन । विज्ञापनको स्रोत कम छ, राजनीतिक दल, सरकारी कार्यालय, गैर सरकारी संस्था, सहकारी संघ संस्थाहरुले सञ्चारमाध्यमहरुलाई उपयोग गर्ने तरिकाले मात्र लिएको अवस्था छ, यसलाई व्यवसायिक रुपमा अगाडि बढाउनका लागि मोफसलको अवस्था कठिनपूर्ण छ । सञ्चारमाध्यमलाई अप्ठेरोमा मात्र सम्झने प्रवृति विशेषत राजनीतिक दलमा छ, नीति निर्माण गर्ने दलका नेताहरुले मोफसलको पत्रकारिताको विषयलाई ध्यान नदिँदासम्म अवस्था सुधार हुने देखिदैन ।
मोफसल पत्रकारिताका मुख्य चुनौतीहरु के के देख्नु भएको छ ?
मोफसलको पत्रकारिताका मुख्य चुनौतीमा राज्यको सही नीति नहुनु, लगानी प्रभावकारी नहुनु, पत्रकारिता क्षेत्रमा लगानी कम हुनु, लगानीकर्ताहरुमा सञ्चारको विकासका लागि नयाँ सोच नहुनु तथा पत्रकारिता सम्बन्धी शिक्षा, तालिमको प्रभावकारी विकास नहुनु नै मुख्य समस्या हुन् ।
मोफसल पत्रकारिताको विकासका लागी सरकारले के गर्नु पर्ला जस्तो लाग्छ ? समानुपातिक विज्ञापन नीति बनाउनु पर्छ, राज्यले सञ्चारमाध्यमको वर्गिकरणमा मोफसललाई छुट्टै अंक दिएर गर्नु पर्छ, सामुहिक रुपमा लगानी गर्नेहरुलाई प्रोत्साहन हुने खालका कार्यक्रम सञ्चालन गर्नु पर्छ । स्थानीय विज्ञापन राजधानी नै पठाउनु पर्ने वाध्यताको अन्त्य गरी स्थानीय सञ्चारमाध्यमलाई दिने वातावरण सिर्जना गर्नु पर्छ ।
अनि नेपाल पत्रकार महासंघले के के गरिदिनु पर्छ जस्तो लाग्छ ?
 नेपाल पत्रकार महासंघले श्रमजिवी पत्रकार ऐन कार्यान्वयन, समानुपातिक विज्ञापन नीति लागु गर्नका लागि पहलकदमी गर्नु पर्छ । पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि तालिम, गोष्ठी, अन्तरक्रिया र भ्रमण लगायतका कार्यक्रम सञ्चालन गर्नु पर्छ ।
पत्रकारितामा लागेर कत्तिको पैसा कमाउनु भयो ?
 पत्रकारिता क्षेत्रमा लागेर मोफसलमा खासै पैसा कमाउन सकिदैन । आफै लगानी गरेर पत्रिका सञ्चालन गर्दा धेरै समस्याहरु छन् । १० वर्षदेखि यो पेशाबाट परिवार चलाउन सक्ने भएको छु । पैसा कमाएर अरु काम गर्न सकिएको छैन ।
परिवारसंग कत्तिको समय बिताउनु हुन्छ ?
 परिवारसंगै बस्ने भएकाले सांझ बिहान केही समय दिएपनि घरको कामका लागि समय दिन सकिएको छैन । परिवारको चाहना संगै कतै जाउ भन्ने हुन्छ तर आफु कामका कारण जान नपाउदा पत्रकारिता पेशाप्रति नै वितृष्णा लाग्छ, फेरी यो पेशााबाट अप्ठेरोमा परेकाहरुको उद्धार गर्न पाउदा खुशी लाग्छ ।
मनोरञ्जन गर्ने समय कत्तिको छ तपाईसंग ?
मनोरञ्जन गर्ने खासै समय हुदैन । फेरी पनि चाँड पर्वहरुमा परिवारसंग बस्ने, रमाइलो गर्ने काम हुन्छ ।
अहिले पत्रकारहरु बदनामित भईरहेका छन, केटी घुमाउने, जाँड खाएर झगडा गर्ने, कार्यालयमा घुस माग्ने काममा पत्रकारहरु संलग्न छन भन्ने आरोप लाग्ने गरेको छ, के भन्नुहुन्छ ?
 कुनै पनि पेशा व्यवसायमा असल र खराब हुन्छन् । पत्रकारहरु पनि यस्ता छन् भन्ने खबर आइरहन्छ, पत्रकारिताको मर्म भावना र यसको उद्देश्यप्रति प्रतिवद्ध भन्दा पनि मौसमी पत्रकारिता गर्नेहरुले त्यस्तो गरेको भन्ने लाग्दछ । वास्तवमा त्यस्ता पत्रकारहरुको पहिचान गरी पत्रकार महासंघले कारवाही गर्नु पर्छ ।
तपाई कत्तिको हुनुहुन्छ यस्ता कुराहरुमा ?
पत्रकारिता क्षेत्र चुनौतीपूर्ण, अवसर भएर र जवाफदेही पेशा हो । यसमा संलग्न भएपछि समाजको आँखा आफुमा छ भन्ने लाग्दछ । आफ्नो काम भन्दा बाहिरको विषयसंग मेरो चासो रहदैन ।
तपाइकंो विचारमा पत्रकारिता के हो ?
 पत्रकारिताको परिभाषा विभिन्न तरिकाले दिने गरिन्छ । मेरो विचारमा राम्रा कुरालाई प्रोत्साहन र नराम्रा कुरालाई रोक्नका लागि गरिने जिम्मेवार पेशा पत्रकारिता हो ।
तपाईका रुची र चहानाहरु बताउन मिल्छ ?
 मेरो खास रुची सहकारी क्षेत्रमा लागेर काम गर्ने छ । २०५० सालदेखि म सहकारी क्षेत्रसंग आवद्ध पनि छु । जिल्ला सहकारी संघ बागलुङको अध्यक्ष, राष्ट्रिय सहकारी बैंक लिमिटेडको केन्द्रीय लेखा समिति सदस्य पनि छु । मेरो चाहना भनेको सहकारीता मार्फत यो समाजको आर्थिक, सामाजिक विकास नै हो ।
अन्त्यमा केही भन्न मन लागेको छ ?
 यति टाढाबाट सम्झेर मेरो भावना राख्ने अवसर दिनु भएकोमा पत्रिका परिवारलाई धन्यवाद दिन चाहन्छु । मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता, अखण्डतासंगै आर्थिक सामाजिक विकासका लागि जनतालाई अगाडि बढाउन हामी सबैले जो जहाँ छाँै त्यहीबाट सकारात्मक सोचका साथ, इमान्दा–रिताका साथ काम गराँै । धन्यवाद

साहित्य सृजना

साउनको झरीसंग 

साउनको झरीसंग थोपा बनी झर्नै प¥यो
पानीको फोको जस्तै, तल पुग्दा मर्नु प¥यो
के थाह छ महलवासी, झोपडीको कथा–व्यथा
ओत पाउन घरभित्रै, यताउति सर्नु प¥यो
आफै बोक्सी आफै झाँक्री, कस्ता–कस्ता दाउ उनका
न्याय माग्ने आँट गर्दा, जेलनेल पर्नु प¥यो
आफन्तका अनुहार जति, विरानो झैँ लागे जब
विवशतामा विस्थापित भै, सीमा नदी तर्नु प¥यो
निर्दोषलाई दोषी तुल्याई, दण्ड दिने चलेको छ
विषमताको सृष्टिसंग जीवन धारण गर्नु प¥यो

म पाखे

म पाखे, म पाखे, कस्तो पाखे ?
खान लाउन पाएकै छु
खेत—बारी छदैछ
लेख्न पढ्न पनि जानेकैछु
तर पनि.. म पाखे, कस्तो पाखे ?
महलवाला होईनन्,
जमिन्दार पनि होईनन्
लुटी खान्छन मेरै गाउलेलाई
फेरी पनि म पाखे, कस्तो पाखे ?
उनलाई थाह छैन होला, पाखेको अर्थ
उनी सम्पत्तिमा रमाएका छन होला
उनको त्यो हेपाहा बुद्धिले जे सोच्यो त्यहि वोल्यो
त्यसकारण म पाखे
उनको नजरमा म पाखे ।

गजल

वर्गीय मायाले नै पल पल सधै रुवायो मलाई,
उसैको माया खोजी हिडने मुसारफिर वनायो मलाई ।
फुलै फुलको विच पनि का“डै का“डाको नै राज भयो,
आÏना सवै पराई भए उसले बिस खुवाई मलाई ।
दैवले मलाई छुट्टयाए पनि वाध्यतामा हासेको छु,
कहा“ पो जाउ खै प्रेम पुजारी वन्न लगायौ मलाई ।
जप सधै साझ ढल्दै जान्छ तिम्रो यादले सताउछ,
उसैको मायामा नै डुवी लैस वनायो मलाई ।
भुल्न सक्दिन आज मैले उसैको यादमा वाचेको छु,
उसैको मायामा डेव्दै एक्लै हिडने वनायो मलाई ।
दिपक बिश्वकर्मा
मेधौली–४ चितवन

रिसायकी तिमी

अनायासै आँखिर किन ? रिसायकी तिमी
मनसंगै मुरलीमा मिसायकी तिमी
बयान गर्ने शव्द छैन तिम्रो रुप गुणको
जवानीको बगैचामा सजायकी तिमी
भावनाको भावसागरमा पौडी खेल्न चुक्दा
प्रतिक्षाको भुमरीमा तिसायकी तिमी
कति गए बसन्त ति मनले मेल खाईसकेका
नयनको नानीजस्ै रिजायकी तिमी
सर्वस्वनै त्यही नै हो मनमुटु जोड्न सक्नु
मनभित्र मुटुमाझ बिसायकी तिमी
अनायासै आँखिर किन ? रिसायकी तिमी
पूर्ण कठायत (भावयात्री)
काँडामाण्र्डौ–९ चैकोट, डोटी

Thursday, October 10, 2013




१९ उम्मेदवार भिड्दै चुनावी मैदानमा 

स्वतन्त्र उम्मेदवार वोहराले उम्मेदवारी फिर्ता 

पार्टीले उम्मेदवारी चयन प्रक्रियामा कार्यकर्ताको भावना नबुझेको भन्दै स्वतन्त्रवाट उम्मेदवारी दर्ता गराएका एनेकपा माओवादी नेता भरत वोहराले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन ।
उम्मेदवारी फिर्ता लिन आयोगले तोकेको मितिमा मंगलवार वोहराले आफै उपस्थित भई उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयले बुधवार डोटीका १९ जना उम्मेदवारहरुको अन्तिम नामावली प्रकासन गरेको छ । नामावलीमा डोटी क्षेत्र १ वाट १० राजनीतिक दलका र दुई स्वतन्त्र गरी १२ जना र क्षेत्र २ वाट सात राजनीतिक दलका सात उम्मेदवार रहेका छन ।
बुधवार बिम्ब साप्ताहिकसंग कुरा गर्दै एमाओवादी नेता वोहराले आफुले पार्टीमा मुख्यतः चारवटा असहमतिका साथ उम्मेदवारी दिएको वताए । उम्मेदवार चयनका क्रममा पद्दति र प्रक्रिया मिचेको, पार्टी कार्यकर्ताहरुको उचित मुल्याँकन नगरेको, कार्यकर्ताको मनोभावना बिपरित उम्मेदवार चयन गरेको र चयन भएका उम्मेदवारका गलत प्रबृतिका बिरुद्ध आफुले उम्मेदवारी दिएको वोहराले  वताए । “मैले पार्टीमा सुधार आवस भनेर उम्मेदवारी दिएको थिएँ, पार्टी केन्द्रको ध्यानाकर्षण भएको छ” उम्मेदवारी फिर्ता लिएपछि बिम्बसंग कुरा गर्दै वोहराले भने “पार्टी केन्द्रले त्रुटी भएको स्वीकार गरी आगामी दिनमा सच्चिने प्रतिवद्धता गरेपछि मैले उम्मेदवारी फिर्ता लिए ।”
वोहराको उम्मेदवारी फिर्ता लिने वातावरण वनाउन एमाओवादी केन्द्रीय सदस्य एवं सेती महाकाली संयोजक खगराज भट्ट डोटी पुगेका थिए । “भट्टले आम कार्यकर्ताहरुका बीचमा आगामी दिनमा हुने राजनीतिक अवसरहरु मलाई दिने प्रतिवद्धता गर्नु भएको छ” वोहराले भट्टले अवका अवसरहरुमा पार्टीले पहिलो पालो मलाई दिने भनेपछि अफुले उम्मेदवारी फिर्ता लिएको वताए । “यद्यपी मैले कुनै शर्त राखेको होईन” वोहरा भन्छन–पार्टी केन्द्रीय प्रतिनिधिका रुपमा आउनु भएका भट्टले आफै सो कुरा वोल्नु भएको हो ।
उम्मेदवार मोहन वमले पनि आफ्ना व्यक्तिगत आनीवानी सच्च्याउने प्रतिवद्धता सहित क्षेमा मागेको वोहराको भनाई छ । “मोहन कमरेडले पनि म सच्चिन्छु भन्नु भएको छ र अहिलेसम्म भएका प्रबृत्तिप्रति म क्षेमा चाहान्छु भन्नु भएको छ” वोहराले त्यसकारण आफुले उम्मेदवारी फिर्ता लिएको वताए ।
वोहरा भुमिगत कालदेखिनै माओवादीका सक्रिय कार्यकताका रुपमा परिचित छन । करीव दुई वर्ष पहिले नेकपा एमालेवाट एमाओवादीमा प्रवेश      गरेका वमलाई केन्द्रले उम्मेदवार वनाएपछि एमाओवादी डोटीमा तिव्र असन्तुष्टि वढेको छ ।
यसैबीच देशका बिभिन्न जिल्लाहरुवाट एक सय ६७ जनाले उम्मेदवारी फिर्ता लिएका छन । निर्वाचन अयोगका प्रवक्ता बिरवहादुर राईका अनुसार पूर्वाञ्चलवाट ३०, मध्यमाञ्चलवाट ८० पश्चिमाञ्चलवाट २०, मध्यपश्चिमाञ्चलवाट ३० र सुदुरपश्चिमवाट १६ जनाले आ–आप्mनो उम्मेदवारी फिर्ता लिएका हुन । आयोगले बुधवार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ ।


सम्पादकीय 

शुभ होस बिजया दशमी

हिन्दुहरुको महान चाँड तथा नेपालीहरुको राष्ट्रिय चाँड बिजया दशमी असोज १९ गते जमरा राख्ने कामसंग हाम्रो घर आँगनमा प्रवेश गरिसकेको छ । आज नवरात्राको छैटौं दिन अर्थात षष्टी सुरु भएको छ । बिजया दशमीको यस अवसरमा हाम्रा आदरणीय पाठक वर्ग, बिज्ञापनदाता, लेखक, रचनाकार, सूचनादाता, सहयोगी शुभचिन्तक लगायत आम नेपाली जनतालाई हार्दिक मंगलमय शुभकामना छ । यस वर्षको बिजया दशमी आम नेपाली जनताको दशैं वनोस, हुनेखानेका लागि दशैं र हुँदा खानेका दशाँ नवनोस भन्ने पनि कामना छ ।
यस वर्षको बिजया दशमी बिगत वर्षहरु भन्दा अलि भिन्न प्रकारको रहेको छ । यस वर्ष मंसिर ४ गते हुने अर्को संबिधानसभाको निर्वाचनले पनि दशैं तिहारको महत्वलाई अझ वढाएको छ । लामो समय देखिको राजनीतिक गतिरोधको अन्त्यका लागि अव अर्को संबिधानसभाको निर्वाचन आवश्यक छ । त्यसैले अर्को संबिधानसभाको निर्वाचन सम्पन्न गर्ने शक्ति प्राप्त गरोस यो दशैंले भन्ने समेत शुुभकामना छ ।
हाम्रा आदरणीय पाठक वर्ग, बिज्ञापनदाता, लेखक, रचनाकार, सूचनादाता, सहयोगी शुभचिन्तक लगायत आम नेपाली जनताको शारीरिक सु–स्वाथ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि यो बिजया दशमी फलदायी वनोस, बिजय दशमीमा सवैले आफ्नो परिवारसंग भेटघाट हुुने र रमाउने अवसर पाउन साथै मंसिर ४ मा हुने अर्को संबिधानसभाको निर्वाचन शान्तपूूर्ण होस, बिम्ब साप्ताहि परिवार यही मंगलमय शुभकामना व्यक्त गर्दछ ।

थप समाचार

खाद्यान्न भन्दा मदिरा आयात वढी 

सुदुरपश्चिमको बिकट जिल्ला बझाङमा दशैंको आगमनसंगै खाद्यान्न भन्दा मदिरा आयात बढी हुने       गरेको छ । असोज सुरु भएपछि तराईवाट आउने मालवहाक ट्रकमा अन्य मालसामान भन्दा मदिरा बढी भित्रिएपछि यस्तो अवस्था देखिएको हो । यो समयमा दशैंतिहारसंगै स्थानीय चाँडपर्व पर्ने भएकाले अन्य सामान भन्दा अत्याधिक मदिारा भित्रिएको हो । सदरमुकाम चैनपुर लगायत आसपासका गाबिसस्थिति थोक व्यापारीका गोदाम अत्याधिक मदिराले भरीपूर्ण छन ।
दशैंको मुखमा सधैं खाद्यान्नको अभाव हुने जिल्लामा मदिाराको भने कहिल्लै पनि अभाव हुने गरेको छैन । यार्सागुम्वावाटै बर्षेनी    करीव एक अर्वको आम्दानी गर्ने यस जिल्लावासीहरु अधिकांस पैसा मदिारामा नै खेर     फालिरहेका छन । दशैंको मुखमा भोकमरी फैलिएर बझाङको अति दुर्गम गाबिस काँडाका बासिन्दा प्रतिकिलो एक सय ५० तिरेर मोटो चामल खान वाध्य भईरहेका बेला चैनपुरका व्यापारीले भने दिनप्रतिदिन मदिारा मात्र आयायत गर्ने गरेको स्थानीय अगुवा महिलाहरु      वताउँछन । उद्योग वाणिज्य संघ बझाङका अध्यक्ष जगत मल्ल सरकारी उदासीनता र नाफामुखी व्यापारीका कारण यस्तो अवस्था सृजना भएको र आफुहरु माग अनुसारको मदिरा आयात गर्न वाध्य भएको वताउँछन । अत्यधिक मदिरा सेवनका कारण एक वर्षमा करीव २५ जनाको मृत्यु भएको र पाँच महिला वलात्कारको सिकार भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । खाद्यान्न भन्दा माग वढी मदिराको हुने  गरेको र सुदुरपश्चिको सवैभन्दा वढी   मदिरा बिक्री बझाङमा हुने गरेको होटल व्यवसायी संघ बझा«ङका अध्यक्ष देववहादुर भण्डारी वताउँछन ।

अन्याय भयो रे खड्कालाई

भ्रष्टाचारको अभियोगमा डेढ वर्ष कारागार बसेका पूर्व मन्त्री एवं नेपाली कांग्रेस नेता खुमवहादुर खड्काले बुधवार कारागारवाट छुटेलगत्तै आफुमाथी न्यायालयले अन्याय गरेको आरोप लगाए ।
“मैले सरकारी सम्पति दुरुपयोग   गरेको र हिनामिना गरेको एउटा पनि प्रमाण छैन, खड्काले अनुमानको भरमा अनुमानित कसुर नाम दिएर मलाइ जनता र राजनीतिवाट टाढा राख्ने प्रयास भएको वताए । आफु १४ महिना कारागार बस्दा कहिल्यै पनि न्यायपालिकाले अन्याय गरेको बिषयमा नसोचेको वताउँदै खड्काले मुलुकको अवस्था, प्रजातन्त्र र खतरामा परेको राष्ट्रियताका     वारेमा जेलभित्र सोचिरहेको वताए ।
“म अहिले पनि नेपाली कांग्रेसको केन्द्रीय रहेकाले आगामी निर्वाचनका लागि पार्टीले दिएको जिम्मेवारी निभाउछु” खड्काले भने “३३ दलीय मोर्चालाई     वाहिरै राखेर गरिने निर्वाचनले द्वन्द्व निम्त्याउने छ । यसको जिम्मेवारी प्रमुख पार्टीले लिनु पर्ने खड्काको भनाई थियो । खड्का छुट्ने भएपनि डिल्लीवजार       कारागार वाहिर कांग्रेस कार्यकर्ता र समर्थकहरुको भिड लागेको थियो ।
खड्काले जेलमुक्त भएपछि नेपाली जनतालाई दशैंको शुभकामना दिएका छन । जेलमुक्त भएपछि खड्काले डिल्लीवजार  कारागार परिसरमा सञ्चारकर्मीहरुसित कुरा गर्दै आफुले पञ्चायत कालमा पनि साढे आठ वर्ष जेल बिताएको जानकारी गराएका छन । “अव आसन्न चुनाव मंसिर ४ गते हुँदैछ । त्यो चुनावमा हाम्रा पार्टीका नेताहरुवाट केही कमीकमजोरी भएका छन । नेताहरुसंग अझै पनि समय छ, त्यसलाई सच्याउनु पर्छ ।” खड्काको भनाई थियो ।
गत वर्ष श्रावण ३० गते सर्वोच्च अदालतले खड्कालाई भ्रष्टाचारी ठहर गरी डेढ वर्ष कैद र ९४ लाख ७४ हजार एक सय २२ रुपैयाँ जरीमानाका साथै सोही वमोजिमको बिगो तिराउन आदेश गरेको थियो । २०६३ साल कार्तिक २९ गते बिशेष अदालतवाट सफाई पाएका खड्काबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६३ चैत्र १५ गते सर्वोच्चमा पुनरावेदन दिएको थियो । आयोगले पड्काले पटक–पटक मन्त्री हुँदा दुई करोड ३६ लाख सम्पत्ति कमाएको आरोप लगाएको थियो ।

छोटकरी समाचार 

घर फर्कदै

हिन्दुहरुको महान चाँड बिजया दशमीको आगमनसंगै घरवाहिर रहेका नेपाली नागरिकहरु घर र्फकन थालेका छन ।
रोजगारीका लागि भारत गएकाहरु दशैं आगमनसंगै कैलाली, कञ्चनपुर, दार्चुला र वैतडीको नाकावाट भित्रिन थालेका छन । एकसाता यतादेखि यि नाकाहरुवाट दैनिक हजारौं यात्रुहरु भित्रिन लागेका हुन । धान रोपेर मजदुरीका लागि भारतका बिभिन्न सहरहरुमा जाने नेपालीहरु दशैं मनाउन घर फर्किने गर्छन । भारतवा दर्शैका लागि घर फर्किदै गरेका नेपालीहरुप्रति भारतीय    सुरक्षाकर्मीहरुले दुव्र्यवहार गरी अनावश्यक रकम असुल्ने गरेको यात्रुहरु वताउँछन । त्यसो त    भारतवाट आएका नेपालीहरुलाई नेपालकै सुरक्षाकर्मीहरु र भन्सारका कर्मचारीहरुले पनि अनावश्यक दुःख दिएर बिभिन्न वहानामा     रकम असुल्ने गरेको पटक–पटक सञ्चारमाध्यममा आईसकेको    कुरा हो । त्यसमाथी भारतीयहरुले पनि शारीरिक तथा मानसिक यातना समेत दिने गरेको कुरा पनि वाहिर आउँदा स्थानीय प्रशासन र नेपाल सरकारको तर्फवाट भने कुनै पहल भएको देखिएको छैन ।
राजधानी काठमाण्डौंवाट सुदुरपश्चिमका जिल्लाहरुमा आउनेहरुको संख्या बढेपछि सुदुरपश्चिम यातायत व्यवसायी संघले चारवटा वस वढाएको छ । संघले तराईवाट सुदुरपश्चिमका पहाडी जिल्ला तथा अन्य सडकहरुमा पनि यात्रुहरुको चापलाई ध्यान दिँदै सवारी साधनहरुको संख्यामा थप गरेको छ । यति हुँदाहुँदै पनि यात्रुहरु वसको छतमा वसेर जोखिपूर्ण यात्रा गर्न वाध्य भएका छन ।


नेपाली काँग्रेस संसदीय समितिलाई खुलापत्र

महोदय,
गोमन सर्पको जीवन जसमा निशर्स परम्परा हुन्छ, अण्डाबाट बच्चा निस्कने बित्तिकै जो भाग्दैन उसलाई उसले आफ्नै भोग मेटाउन खाइदिन्छ रे । आज त्यही परम्परा हामीमा हावी भईसकेको देखिन्छ किनभने      मेरो राजनीतिक जीवनमा पनि त्यस्तै भएको छ । २०२७ सालबाट नेविसंघ इकाइ सचिवबाट गिरफ्तारी हुँदै २०२८ सालमा राजकाज र पञ्चायती व्यवस्था  विरोधीको रूपमा गिरफ्तार भई छुटेपछि पुनःवारेन्ट भयो र म भुमिगत हुँदै प्रवास बस्न बाध्य भए । काँग्रेस को साधारण सदस्यता लिई २०३३ र २०३५ सालमा भारतको लख्नौं शान्ति भवनमा सक्रिय सदस्यता भरी प्राप्त गरे । २०३५ सालमा प्रवासबाट फिर्ता हुँदा जेल परे, वि.स. २०३६, २०३९, २०४२ र २०४६ तथा विभिन्न समयका साथै २०६२÷०६३ सालको ऐतिहासिक दोस्रो जनआन्दोलनको क्रममा तीन पटक जेल परे र ३÷४ वर्षको जेल जीवन बिताएको छु । आन्दोलनका क्रममा लाठी चार्जमा पर्दा २२ दिन अस्पतालको बेडमा बिताई बाँच्न पुगे । संघर्षको समयका असह्य दुःख पीडा, अभावको जीवन भोगेको छु । प्रतिबन्धित कालमा पार्टीको प्रथम सचिव हुँदै २ पटक सभापति समेत भएर जन आन्दोलनको नेतृत्व गरी सफलता हासिल गरियो र लोकतन्त्र प्राप्त भयो । यदि म आन्दोलन र सिद्धान्तबाट भागेको भए मेरा नेताले मलाई आत्मीय सम्झी खान सक्ने थिएनन् होला । नेताको अन्यायको शिकारमा परी मेरो राजनीतिक हत्या हुने थिएन होला । मेरो के गल्ति थियो, मलाई कुनै नेताले भनेनन् कि तिम्रो गल्ति यो थियो भनेर । त्रिचालिस बर्षे राजनीतिक यात्रा निस्वार्थ, प्रतिबद्ध, नैतिकवान, सिद्धान्तनिष्ठ भएर निरन्तर पार्टीप्रति बफादारी गरे । न कुनै सम्पत्ति कमाए, न घरवार बनाए, न व्यापार व्यवसाय गरे, न लोकतन्त्र प्राप्तीको आन्दोलनबाट कतै भागे, न पार्टी छोड्ने प्रयास गरे, न स्वतन्त्र लड्ने दुस्प्रयास गरे, तर पनि म अन्यायको शिकार भए किन म कारण खोजीरहेछु ? मैले आफ्नो घरवार भुली पार्टीलाई नै घरवार, सम्पत्ति, आफन्त सम्झे, आफ्नो मात्रै पदीय र आर्थिक स्वार्थ कहिल्यै पनि अघि सारेन । यहि मेरो भुल, जघन्य अपराध र गल्ति थियो कि ? जुन आज मेरो सामु छर्लङ्ग भयो । जनताकै घर दैलो साथीभाई, इष्टमित्रकै घरमा मेरो जीवन बित्यो र आन्दोलनबाट भाग्न सकेन् । सम्पूर्ण आफ्नो भन्ने पार्टी नै सम्झेर काम गरे त्यहि मेरो गल्ती भयो कि ? मैले पार्टीलाई आफ्नो अवसर सिद्धिको अवसर ठानिन । नेपाली काँग्रेसको ६५ बर्षको आन्दोलनका क्रममा     हजारौं सहिद भए, हजारौं घरवारविहिन भए, हजारौं जेलनेल भएर ल्याएको प्रजातन्त्रलाई सुनको थालमा पस्केर दरवार बुझाई जनता, पार्टी, देशका प्रति गद्धारी गर्न सकेन र त्यस्तालाई नेता मान्न सकेन । त्यस्ता दुर्भाग्य भित्र म जस्ताको के मुल्य हुन सक्छ ।       बरिष्ठता र योग्यताको आधार मेरो पुगेन होला ?   मेरो राजनीतिक हत्याको कारण पनि त्यहि भयो होला । यसमा मेरो कुनै गुनासो छैन, गुनासोको सार्थकता के पो रहन्छ र ?
न म तत्कालिन राजा तथा विदेशीको भत्ता र भरौंसामा बाँच्न सके, न पार्टी प्रति गद्धार हुन सके, न राष्ट, जनता र जनअधिकारप्रति गद्धारी गर्न सके त्यही आएर आज मेरो कमजोरी र विवशता ठानियो तयसैको सजाय मैले ६५ बर्षे जीवन पार गर्दा मैले पाएँ । यहाँ कसले सुन्छ, कसले बुझ्छ, को छ संवेदनशील र कसलाई सुनाउँ । यद्यपि म मानिस भएकोले मेरा पनि गल्ती कमजोरी होलान ।
१) पार्टी टुटाई राजालाई प्रजातन्त्र बुझाउने  कदममा म लागेन, त्यस्तालाई नेता मान्न सकेन, राजाका कदमको विरोध गरे, समर्थन कहिल्यै गरेन र म काँग्रेसमा नै रहे ।
२) मैले संगठन गर्दा व्यक्तिवादी कार्यकर्ता बनाएन, पार्टीप्रति प्रतिबद्ध बनाए । व्यक्तिगत पिछलग्गु बनाएन तर अवसर छोप्नेले विद्रोह गरी स्वतन्त्र लडेर आफ्ना व्यक्तिगत कार्यकर्ता बनाउन सफल भए, जो मैले बनाउन सके तिनीहरु न सुराकी बन्न सके, न पञ्चायतको पिछलग्गु बन्न सके ।
३) बनारसका गल्ली, प्रवास देखि डोटी काठमाण्डौका जेलसम्म बस्दा धन सम्पत्ति, पद मोह भनि अवसरवादी बन्न सकेन ।
४) राजाका कदमको मैले स्वागत गर्न सकेन, न त आन्दोलनबाट भाग्न सके, न बन्द व्यापार गरी पैसा कमाउन सके, न स्वतन्त्र उम्मेदवार हुन सके ।
५) माओवादी विगविगीमा जिल्लामै रही जिल्ला भरी पार्टीको कार्यक्रम गर्दै ज्यान हत्केला राखी संगठन बचाउन सफल रहँदा पनि पार्टी सभापतिबाट हटाइयो, पार्टी मिलान गर्दा सो अन्याय पनि सहेर बसे ।
६) पार्टी टुटेको अवस्था नभएको भए सायद म     टीकाराम सांसद पनि पर्ने थिएन होला । मैले त्यो इन्कार गर्नु पथ्र्यो । गिरिजा बाबुको निर्देशनको अवज्ञा गर्न सकेन र तीन दिनपछि सफत ग्रहण गर्न पुगे । त्यही मेरो गल्ती थियो । मलाई थाहा भएन अवस–   रवादीता, जनता र लोकतन्त्र, जनअधिकारप्रतिको  गद्धारी पनि सर्वश्रेष्ठ हुँदो रहेछ । राजनीतिको मुल्यमा मलाई त्यससंग पैशा छैन, चुनाव जित्दैन, टिकट दिनु हुँदैन भनियो । मैले कहिल्लै सोचिन आस्था, नैतिकला, सिद्धानत, निष्ठा र निरन्तरताको मुल्य पैसासंग दाजिन्छ भनेर । के त्यागको केही मुल्य छैन, यो व्यर्थ रहेछ ? ६५ वर्षपछि पैसाको मुख्यसंग मेरो राजनीतिक जीवन जोखियो र पैसाको मुल्य ठुलो मानियो चुनाव लड्न पैसा चाहियो रे । पैसा नहुनेले चुनाव लड्न कहिले पाउने ?
७. मैले जेल बस्नु पर्दा, प्रवासी हुँदा, आन्दोलनको अग्रपंक्तिमा उभिँदा लाठी चार्जमा घाईते भई अस्पतालका बेडहरुमा सुत्दा कसैले भनेनन् “तिमीसं पैसा छ कि छैन, पैसा छैन भने नजाउ कसैले भनेन् । तर त्यसवेला उपचार गर्न, पेट भर्न र कपडा किन्न पैसाको अत्यन्त अभाव हुँदा पनि कसैले सोधेनन् । न त दियो जवकी मेरो सामु आज आएर पैसाको गेट तेस्र्याईयो । के साधारण जीवन यापन गर्नु, निस्वार्थ हुनु पनि अशल आचरण गर्नु नैतिकवान र कर्तव्यनिष्ठ हुनु र चरित्रवान हुनु पार्टीमा कार्यकर्ताको लागि गलत हो र ? के यस्ता मानिसको पार्टीमा कुनै स्थान रहेन ? न त मुल्य र मान्यता देखियो । भागवण्डाको राजनीतिले स्तरीयता आउन सक्दैन । लामो समय राजनीति गर्नेलाई जनताको म्याण्डेट माग्ने रहर र अधिकार हुन्छ र जनताको कसीमा घोटिने चाहना हुन्छ । पदीय राजनीतिमा दुर्गुण पनि गुण हुँदा रहेछन । मैले नबुझेको राजनीति पनि यही हो । एन्जिओमा जागिर खाने जस्तो गरी वनावटी वायोडाटा मैले दिएन । जो अरुवाट लिईयो ।
बिना कानुनको अराजक देश, शिष्टाचार र मर्यादा बिनाको समाज न्याय, अनुशासन बिनाको नागरिक, मुल्याँकनहिन नेतावाट कार्यकर्ताको सुरक्षा खोज्नु मेरो नैतिक मुर्खता हो । व्यवहारिकवाटै व्यवहारको भरोसा गर्नु व्यक्तिसंगत नभएपनि भावनाले बिभोर भएर छिपाउन सकेन । कृष्णप्रसाद भट्टराई जस्तो त्यागी नेता हारे । पैसाकै अभावले होला भनेर पैसाको गेट मेरा अगाडी आज आएर तेस्र्यो होला । तर निष्ठा, त्याग, सिद्धान्त र निरन्तरता पैसाले किन्न सकिदैन । सत्ता र पैसा बिना एक मिनेट वाँच्न नसक्ने मानसिकताका लागि यो कुरा यद्यपी सत्य होला तर पैसा भन्दा वलियो आत्मीय चरित्र हो । मानिस लोभ र भयका कारण झुट वोल्छ । बिवेक शुन्य मानिस व्यभिचारी अत्याचारी र अन्यायी बन्छ । महत्वकाक्षींले द्वन्द्व झगडा युद्ध र मारकाट निम्त्याउँछ । नेताहरुसंग मेरो आग्रह छ, मेरो घर कहाँ हो, मेरो गन्तव्य मार्ग के हो, बिश्राम स्थल कहाँ हो के हो, मेरो जाने ठाउँ कहाँ के हो ? ६५ वसन्तपछि म गन्तव्यहिन किम्कर्तव्यबिमुख र पथभ्रष्ट जस्तै वनाईएको छु । जस्तो एक निसहाय पथिक औशीको अन्धार रातमा जंगलको वाटो बिराएजस्तो आफै वाटो पहिल्याउन पनि सक्दिन । अर्काको वाटोमा पनि जान नसकिराखेको जीवनको उत्तरार्धमा यही वाध्यताभित्र मेरो राजनीतिक हत्या पटकपटक भएको छ । नैतिकता र अनैतिकता सिद्धान्त र अवसरवादीबीचको द्वन्द्वभित्र म कसै नेताको स्वार्थलिप्साले आँखाको कसिंगर भएको छु । सारा जीवन जनताकै घरदैलोमा बितेको छ, मैले आप्mनो कुनै निवास वनाएको छैन । जीवनको              उत्तरार्धतिर आएर अव म कहाँ जाउँ ? मेरा सामु बिकल्प देखिन्न । बिकल्पको खोजीमा भौतारिएको छु । म चाहान्छु स्वतन्त्र रहुँ जहाँ कसैको हस्तक्षेप, डर हुँदैन । नेताले निश्कर्ष र बिकल्प नदिएपछि अन्ततः मैले एउटा निश्कर्षमा पुग्नै पर्छ । म मेरो भबिश्यप्रति अत्यन्त आशावादी भएर पनि निराशामा गाजिन पुगे आशामा परमुखापेक्षी भाव हुन्छ त्यही भयो । जन्मको सुरुवातसंगै अन्त पनि छाया जस्तै संगसंगै हुन्छ । मेरो जीवन नियतिको कारण म जन्मिदा गरीवभित्रकै घरमा गरीव भएर जन्मे त्यही नियतिले होला मैले जीवनभर अन्यकै घरमा गरीव दाजुभाई र ईष्टमित्रकै घरमा मेरो जीवन यापन वित्यो । लगातार जति दिन म जेलमा वेस त्यति दिन म आप्mनो कथित घरमा वस्न पाईन । गरीव दाजुभाईको घरदैलो र उनीहरुकै रोटीमा मेरो जीवन बित्यो र माया ममता र स्नेहमा रही सारा जीवन जनताकै निमित्त भयो र रहनेछ । मेरो दुभाग्र्य यही हो । आज आएर चुनावी राजनीतिमा मलाई गलत मानसिकताको झोला वोकाएने दुस्प्रयास नेतावाट भएको छ । यस निर्णयप्रति खेद व्यक्त गर्न वाहेक अरु केही गर्न सक्दैन, धन्यवाद । जय नेपाल

यज्ञराज पाठक, नेपाली कांग्रेस पूर्व डोटी जिल्ला सभापति तथा महासमिति सदस्य