१९ उम्मेदवार भिड्दै चुनावी मैदानमा
स्वतन्त्र उम्मेदवार वोहराले उम्मेदवारी फिर्ता
पार्टीले उम्मेदवारी चयन प्रक्रियामा कार्यकर्ताको भावना नबुझेको भन्दै स्वतन्त्रवाट उम्मेदवारी दर्ता गराएका एनेकपा माओवादी नेता भरत वोहराले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन ।उम्मेदवारी फिर्ता लिन आयोगले तोकेको मितिमा मंगलवार वोहराले आफै उपस्थित भई उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयले बुधवार डोटीका १९ जना उम्मेदवारहरुको अन्तिम नामावली प्रकासन गरेको छ । नामावलीमा डोटी क्षेत्र १ वाट १० राजनीतिक दलका र दुई स्वतन्त्र गरी १२ जना र क्षेत्र २ वाट सात राजनीतिक दलका सात उम्मेदवार रहेका छन ।
बुधवार बिम्ब साप्ताहिकसंग कुरा गर्दै एमाओवादी नेता वोहराले आफुले पार्टीमा मुख्यतः चारवटा असहमतिका साथ उम्मेदवारी दिएको वताए । उम्मेदवार चयनका क्रममा पद्दति र प्रक्रिया मिचेको, पार्टी कार्यकर्ताहरुको उचित मुल्याँकन नगरेको, कार्यकर्ताको मनोभावना बिपरित उम्मेदवार चयन गरेको र चयन भएका उम्मेदवारका गलत प्रबृतिका बिरुद्ध आफुले उम्मेदवारी दिएको वोहराले वताए । “मैले पार्टीमा सुधार आवस भनेर उम्मेदवारी दिएको थिएँ, पार्टी केन्द्रको ध्यानाकर्षण भएको छ” उम्मेदवारी फिर्ता लिएपछि बिम्बसंग कुरा गर्दै वोहराले भने “पार्टी केन्द्रले त्रुटी भएको स्वीकार गरी आगामी दिनमा सच्चिने प्रतिवद्धता गरेपछि मैले उम्मेदवारी फिर्ता लिए ।”
वोहराको उम्मेदवारी फिर्ता लिने वातावरण वनाउन एमाओवादी केन्द्रीय सदस्य एवं सेती महाकाली संयोजक खगराज भट्ट डोटी पुगेका थिए । “भट्टले आम कार्यकर्ताहरुका बीचमा आगामी दिनमा हुने राजनीतिक अवसरहरु मलाई दिने प्रतिवद्धता गर्नु भएको छ” वोहराले भट्टले अवका अवसरहरुमा पार्टीले पहिलो पालो मलाई दिने भनेपछि अफुले उम्मेदवारी फिर्ता लिएको वताए । “यद्यपी मैले कुनै शर्त राखेको होईन” वोहरा भन्छन–पार्टी केन्द्रीय प्रतिनिधिका रुपमा आउनु भएका भट्टले आफै सो कुरा वोल्नु भएको हो ।
उम्मेदवार मोहन वमले पनि आफ्ना व्यक्तिगत आनीवानी सच्च्याउने प्रतिवद्धता सहित क्षेमा मागेको वोहराको भनाई छ । “मोहन कमरेडले पनि म सच्चिन्छु भन्नु भएको छ र अहिलेसम्म भएका प्रबृत्तिप्रति म क्षेमा चाहान्छु भन्नु भएको छ” वोहराले त्यसकारण आफुले उम्मेदवारी फिर्ता लिएको वताए ।
वोहरा भुमिगत कालदेखिनै माओवादीका सक्रिय कार्यकताका रुपमा परिचित छन । करीव दुई वर्ष पहिले नेकपा एमालेवाट एमाओवादीमा प्रवेश गरेका वमलाई केन्द्रले उम्मेदवार वनाएपछि एमाओवादी डोटीमा तिव्र असन्तुष्टि वढेको छ ।
यसैबीच देशका बिभिन्न जिल्लाहरुवाट एक सय ६७ जनाले उम्मेदवारी फिर्ता लिएका छन । निर्वाचन अयोगका प्रवक्ता बिरवहादुर राईका अनुसार पूर्वाञ्चलवाट ३०, मध्यमाञ्चलवाट ८० पश्चिमाञ्चलवाट २०, मध्यपश्चिमाञ्चलवाट ३० र सुदुरपश्चिमवाट १६ जनाले आ–आप्mनो उम्मेदवारी फिर्ता लिएका हुन । आयोगले बुधवार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ ।
सम्पादकीय
शुभ होस बिजया दशमी
हिन्दुहरुको महान चाँड तथा नेपालीहरुको राष्ट्रिय चाँड बिजया दशमी असोज १९ गते जमरा राख्ने कामसंग हाम्रो घर आँगनमा प्रवेश गरिसकेको छ । आज नवरात्राको छैटौं दिन अर्थात षष्टी सुरु भएको छ । बिजया दशमीको यस अवसरमा हाम्रा आदरणीय पाठक वर्ग, बिज्ञापनदाता, लेखक, रचनाकार, सूचनादाता, सहयोगी शुभचिन्तक लगायत आम नेपाली जनतालाई हार्दिक मंगलमय शुभकामना छ । यस वर्षको बिजया दशमी आम नेपाली जनताको दशैं वनोस, हुनेखानेका लागि दशैं र हुँदा खानेका दशाँ नवनोस भन्ने पनि कामना छ ।यस वर्षको बिजया दशमी बिगत वर्षहरु भन्दा अलि भिन्न प्रकारको रहेको छ । यस वर्ष मंसिर ४ गते हुने अर्को संबिधानसभाको निर्वाचनले पनि दशैं तिहारको महत्वलाई अझ वढाएको छ । लामो समय देखिको राजनीतिक गतिरोधको अन्त्यका लागि अव अर्को संबिधानसभाको निर्वाचन आवश्यक छ । त्यसैले अर्को संबिधानसभाको निर्वाचन सम्पन्न गर्ने शक्ति प्राप्त गरोस यो दशैंले भन्ने समेत शुुभकामना छ ।
हाम्रा आदरणीय पाठक वर्ग, बिज्ञापनदाता, लेखक, रचनाकार, सूचनादाता, सहयोगी शुभचिन्तक लगायत आम नेपाली जनताको शारीरिक सु–स्वाथ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि यो बिजया दशमी फलदायी वनोस, बिजय दशमीमा सवैले आफ्नो परिवारसंग भेटघाट हुुने र रमाउने अवसर पाउन साथै मंसिर ४ मा हुने अर्को संबिधानसभाको निर्वाचन शान्तपूूर्ण होस, बिम्ब साप्ताहि परिवार यही मंगलमय शुभकामना व्यक्त गर्दछ ।
थप समाचार
खाद्यान्न भन्दा मदिरा आयात वढी
सुदुरपश्चिमको बिकट जिल्ला बझाङमा दशैंको आगमनसंगै खाद्यान्न भन्दा मदिरा आयात बढी हुने गरेको छ । असोज सुरु भएपछि तराईवाट आउने मालवहाक ट्रकमा अन्य मालसामान भन्दा मदिरा बढी भित्रिएपछि यस्तो अवस्था देखिएको हो । यो समयमा दशैंतिहारसंगै स्थानीय चाँडपर्व पर्ने भएकाले अन्य सामान भन्दा अत्याधिक मदिारा भित्रिएको हो । सदरमुकाम चैनपुर लगायत आसपासका गाबिसस्थिति थोक व्यापारीका गोदाम अत्याधिक मदिराले भरीपूर्ण छन ।दशैंको मुखमा सधैं खाद्यान्नको अभाव हुने जिल्लामा मदिाराको भने कहिल्लै पनि अभाव हुने गरेको छैन । यार्सागुम्वावाटै बर्षेनी करीव एक अर्वको आम्दानी गर्ने यस जिल्लावासीहरु अधिकांस पैसा मदिारामा नै खेर फालिरहेका छन । दशैंको मुखमा भोकमरी फैलिएर बझाङको अति दुर्गम गाबिस काँडाका बासिन्दा प्रतिकिलो एक सय ५० तिरेर मोटो चामल खान वाध्य भईरहेका बेला चैनपुरका व्यापारीले भने दिनप्रतिदिन मदिारा मात्र आयायत गर्ने गरेको स्थानीय अगुवा महिलाहरु वताउँछन । उद्योग वाणिज्य संघ बझाङका अध्यक्ष जगत मल्ल सरकारी उदासीनता र नाफामुखी व्यापारीका कारण यस्तो अवस्था सृजना भएको र आफुहरु माग अनुसारको मदिरा आयात गर्न वाध्य भएको वताउँछन । अत्यधिक मदिरा सेवनका कारण एक वर्षमा करीव २५ जनाको मृत्यु भएको र पाँच महिला वलात्कारको सिकार भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । खाद्यान्न भन्दा माग वढी मदिराको हुने गरेको र सुदुरपश्चिको सवैभन्दा वढी मदिरा बिक्री बझाङमा हुने गरेको होटल व्यवसायी संघ बझा«ङका अध्यक्ष देववहादुर भण्डारी वताउँछन ।
अन्याय भयो रे खड्कालाई
भ्रष्टाचारको अभियोगमा डेढ वर्ष कारागार बसेका पूर्व मन्त्री एवं नेपाली कांग्रेस नेता खुमवहादुर खड्काले बुधवार कारागारवाट छुटेलगत्तै आफुमाथी न्यायालयले अन्याय गरेको आरोप लगाए ।“मैले सरकारी सम्पति दुरुपयोग गरेको र हिनामिना गरेको एउटा पनि प्रमाण छैन, खड्काले अनुमानको भरमा अनुमानित कसुर नाम दिएर मलाइ जनता र राजनीतिवाट टाढा राख्ने प्रयास भएको वताए । आफु १४ महिना कारागार बस्दा कहिल्यै पनि न्यायपालिकाले अन्याय गरेको बिषयमा नसोचेको वताउँदै खड्काले मुलुकको अवस्था, प्रजातन्त्र र खतरामा परेको राष्ट्रियताका वारेमा जेलभित्र सोचिरहेको वताए ।
“म अहिले पनि नेपाली कांग्रेसको केन्द्रीय रहेकाले आगामी निर्वाचनका लागि पार्टीले दिएको जिम्मेवारी निभाउछु” खड्काले भने “३३ दलीय मोर्चालाई वाहिरै राखेर गरिने निर्वाचनले द्वन्द्व निम्त्याउने छ । यसको जिम्मेवारी प्रमुख पार्टीले लिनु पर्ने खड्काको भनाई थियो । खड्का छुट्ने भएपनि डिल्लीवजार कारागार वाहिर कांग्रेस कार्यकर्ता र समर्थकहरुको भिड लागेको थियो ।
खड्काले जेलमुक्त भएपछि नेपाली जनतालाई दशैंको शुभकामना दिएका छन । जेलमुक्त भएपछि खड्काले डिल्लीवजार कारागार परिसरमा सञ्चारकर्मीहरुसित कुरा गर्दै आफुले पञ्चायत कालमा पनि साढे आठ वर्ष जेल बिताएको जानकारी गराएका छन । “अव आसन्न चुनाव मंसिर ४ गते हुँदैछ । त्यो चुनावमा हाम्रा पार्टीका नेताहरुवाट केही कमीकमजोरी भएका छन । नेताहरुसंग अझै पनि समय छ, त्यसलाई सच्याउनु पर्छ ।” खड्काको भनाई थियो ।
गत वर्ष श्रावण ३० गते सर्वोच्च अदालतले खड्कालाई भ्रष्टाचारी ठहर गरी डेढ वर्ष कैद र ९४ लाख ७४ हजार एक सय २२ रुपैयाँ जरीमानाका साथै सोही वमोजिमको बिगो तिराउन आदेश गरेको थियो । २०६३ साल कार्तिक २९ गते बिशेष अदालतवाट सफाई पाएका खड्काबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६३ चैत्र १५ गते सर्वोच्चमा पुनरावेदन दिएको थियो । आयोगले पड्काले पटक–पटक मन्त्री हुँदा दुई करोड ३६ लाख सम्पत्ति कमाएको आरोप लगाएको थियो ।
छोटकरी समाचार
घर फर्कदै
हिन्दुहरुको महान चाँड बिजया दशमीको आगमनसंगै घरवाहिर रहेका नेपाली नागरिकहरु घर र्फकन थालेका छन ।रोजगारीका लागि भारत गएकाहरु दशैं आगमनसंगै कैलाली, कञ्चनपुर, दार्चुला र वैतडीको नाकावाट भित्रिन थालेका छन । एकसाता यतादेखि यि नाकाहरुवाट दैनिक हजारौं यात्रुहरु भित्रिन लागेका हुन । धान रोपेर मजदुरीका लागि भारतका बिभिन्न सहरहरुमा जाने नेपालीहरु दशैं मनाउन घर फर्किने गर्छन । भारतवा दर्शैका लागि घर फर्किदै गरेका नेपालीहरुप्रति भारतीय सुरक्षाकर्मीहरुले दुव्र्यवहार गरी अनावश्यक रकम असुल्ने गरेको यात्रुहरु वताउँछन । त्यसो त भारतवाट आएका नेपालीहरुलाई नेपालकै सुरक्षाकर्मीहरु र भन्सारका कर्मचारीहरुले पनि अनावश्यक दुःख दिएर बिभिन्न वहानामा रकम असुल्ने गरेको पटक–पटक सञ्चारमाध्यममा आईसकेको कुरा हो । त्यसमाथी भारतीयहरुले पनि शारीरिक तथा मानसिक यातना समेत दिने गरेको कुरा पनि वाहिर आउँदा स्थानीय प्रशासन र नेपाल सरकारको तर्फवाट भने कुनै पहल भएको देखिएको छैन ।
राजधानी काठमाण्डौंवाट सुदुरपश्चिमका जिल्लाहरुमा आउनेहरुको संख्या बढेपछि सुदुरपश्चिम यातायत व्यवसायी संघले चारवटा वस वढाएको छ । संघले तराईवाट सुदुरपश्चिमका पहाडी जिल्ला तथा अन्य सडकहरुमा पनि यात्रुहरुको चापलाई ध्यान दिँदै सवारी साधनहरुको संख्यामा थप गरेको छ । यति हुँदाहुँदै पनि यात्रुहरु वसको छतमा वसेर जोखिपूर्ण यात्रा गर्न वाध्य भएका छन ।
नेपाली काँग्रेस संसदीय समितिलाई खुलापत्र
महोदय,गोमन सर्पको जीवन जसमा निशर्स परम्परा हुन्छ, अण्डाबाट बच्चा निस्कने बित्तिकै जो भाग्दैन उसलाई उसले आफ्नै भोग मेटाउन खाइदिन्छ रे । आज त्यही परम्परा हामीमा हावी भईसकेको देखिन्छ किनभने मेरो राजनीतिक जीवनमा पनि त्यस्तै भएको छ । २०२७ सालबाट नेविसंघ इकाइ सचिवबाट गिरफ्तारी हुँदै २०२८ सालमा राजकाज र पञ्चायती व्यवस्था विरोधीको रूपमा गिरफ्तार भई छुटेपछि पुनःवारेन्ट भयो र म भुमिगत हुँदै प्रवास बस्न बाध्य भए । काँग्रेस को साधारण सदस्यता लिई २०३३ र २०३५ सालमा भारतको लख्नौं शान्ति भवनमा सक्रिय सदस्यता भरी प्राप्त गरे । २०३५ सालमा प्रवासबाट फिर्ता हुँदा जेल परे, वि.स. २०३६, २०३९, २०४२ र २०४६ तथा विभिन्न समयका साथै २०६२÷०६३ सालको ऐतिहासिक दोस्रो जनआन्दोलनको क्रममा तीन पटक जेल परे र ३÷४ वर्षको जेल जीवन बिताएको छु । आन्दोलनका क्रममा लाठी चार्जमा पर्दा २२ दिन अस्पतालको बेडमा बिताई बाँच्न पुगे । संघर्षको समयका असह्य दुःख पीडा, अभावको जीवन भोगेको छु । प्रतिबन्धित कालमा पार्टीको प्रथम सचिव हुँदै २ पटक सभापति समेत भएर जन आन्दोलनको नेतृत्व गरी सफलता हासिल गरियो र लोकतन्त्र प्राप्त भयो । यदि म आन्दोलन र सिद्धान्तबाट भागेको भए मेरा नेताले मलाई आत्मीय सम्झी खान सक्ने थिएनन् होला । नेताको अन्यायको शिकारमा परी मेरो राजनीतिक हत्या हुने थिएन होला । मेरो के गल्ति थियो, मलाई कुनै नेताले भनेनन् कि तिम्रो गल्ति यो थियो भनेर । त्रिचालिस बर्षे राजनीतिक यात्रा निस्वार्थ, प्रतिबद्ध, नैतिकवान, सिद्धान्तनिष्ठ भएर निरन्तर पार्टीप्रति बफादारी गरे । न कुनै सम्पत्ति कमाए, न घरवार बनाए, न व्यापार व्यवसाय गरे, न लोकतन्त्र प्राप्तीको आन्दोलनबाट कतै भागे, न पार्टी छोड्ने प्रयास गरे, न स्वतन्त्र लड्ने दुस्प्रयास गरे, तर पनि म अन्यायको शिकार भए किन म कारण खोजीरहेछु ? मैले आफ्नो घरवार भुली पार्टीलाई नै घरवार, सम्पत्ति, आफन्त सम्झे, आफ्नो मात्रै पदीय र आर्थिक स्वार्थ कहिल्यै पनि अघि सारेन । यहि मेरो भुल, जघन्य अपराध र गल्ति थियो कि ? जुन आज मेरो सामु छर्लङ्ग भयो । जनताकै घर दैलो साथीभाई, इष्टमित्रकै घरमा मेरो जीवन बित्यो र आन्दोलनबाट भाग्न सकेन् । सम्पूर्ण आफ्नो भन्ने पार्टी नै सम्झेर काम गरे त्यहि मेरो गल्ती भयो कि ? मैले पार्टीलाई आफ्नो अवसर सिद्धिको अवसर ठानिन । नेपाली काँग्रेसको ६५ बर्षको आन्दोलनका क्रममा हजारौं सहिद भए, हजारौं घरवारविहिन भए, हजारौं जेलनेल भएर ल्याएको प्रजातन्त्रलाई सुनको थालमा पस्केर दरवार बुझाई जनता, पार्टी, देशका प्रति गद्धारी गर्न सकेन र त्यस्तालाई नेता मान्न सकेन । त्यस्ता दुर्भाग्य भित्र म जस्ताको के मुल्य हुन सक्छ । बरिष्ठता र योग्यताको आधार मेरो पुगेन होला ? मेरो राजनीतिक हत्याको कारण पनि त्यहि भयो होला । यसमा मेरो कुनै गुनासो छैन, गुनासोको सार्थकता के पो रहन्छ र ?
न म तत्कालिन राजा तथा विदेशीको भत्ता र भरौंसामा बाँच्न सके, न पार्टी प्रति गद्धार हुन सके, न राष्ट, जनता र जनअधिकारप्रति गद्धारी गर्न सके त्यही आएर आज मेरो कमजोरी र विवशता ठानियो तयसैको सजाय मैले ६५ बर्षे जीवन पार गर्दा मैले पाएँ । यहाँ कसले सुन्छ, कसले बुझ्छ, को छ संवेदनशील र कसलाई सुनाउँ । यद्यपि म मानिस भएकोले मेरा पनि गल्ती कमजोरी होलान ।
१) पार्टी टुटाई राजालाई प्रजातन्त्र बुझाउने कदममा म लागेन, त्यस्तालाई नेता मान्न सकेन, राजाका कदमको विरोध गरे, समर्थन कहिल्यै गरेन र म काँग्रेसमा नै रहे ।
२) मैले संगठन गर्दा व्यक्तिवादी कार्यकर्ता बनाएन, पार्टीप्रति प्रतिबद्ध बनाए । व्यक्तिगत पिछलग्गु बनाएन तर अवसर छोप्नेले विद्रोह गरी स्वतन्त्र लडेर आफ्ना व्यक्तिगत कार्यकर्ता बनाउन सफल भए, जो मैले बनाउन सके तिनीहरु न सुराकी बन्न सके, न पञ्चायतको पिछलग्गु बन्न सके ।
३) बनारसका गल्ली, प्रवास देखि डोटी काठमाण्डौका जेलसम्म बस्दा धन सम्पत्ति, पद मोह भनि अवसरवादी बन्न सकेन ।
४) राजाका कदमको मैले स्वागत गर्न सकेन, न त आन्दोलनबाट भाग्न सके, न बन्द व्यापार गरी पैसा कमाउन सके, न स्वतन्त्र उम्मेदवार हुन सके ।
५) माओवादी विगविगीमा जिल्लामै रही जिल्ला भरी पार्टीको कार्यक्रम गर्दै ज्यान हत्केला राखी संगठन बचाउन सफल रहँदा पनि पार्टी सभापतिबाट हटाइयो, पार्टी मिलान गर्दा सो अन्याय पनि सहेर बसे ।
६) पार्टी टुटेको अवस्था नभएको भए सायद म टीकाराम सांसद पनि पर्ने थिएन होला । मैले त्यो इन्कार गर्नु पथ्र्यो । गिरिजा बाबुको निर्देशनको अवज्ञा गर्न सकेन र तीन दिनपछि सफत ग्रहण गर्न पुगे । त्यही मेरो गल्ती थियो । मलाई थाहा भएन अवस– रवादीता, जनता र लोकतन्त्र, जनअधिकारप्रतिको गद्धारी पनि सर्वश्रेष्ठ हुँदो रहेछ । राजनीतिको मुल्यमा मलाई त्यससंग पैशा छैन, चुनाव जित्दैन, टिकट दिनु हुँदैन भनियो । मैले कहिल्लै सोचिन आस्था, नैतिकला, सिद्धानत, निष्ठा र निरन्तरताको मुल्य पैसासंग दाजिन्छ भनेर । के त्यागको केही मुल्य छैन, यो व्यर्थ रहेछ ? ६५ वर्षपछि पैसाको मुख्यसंग मेरो राजनीतिक जीवन जोखियो र पैसाको मुल्य ठुलो मानियो चुनाव लड्न पैसा चाहियो रे । पैसा नहुनेले चुनाव लड्न कहिले पाउने ?
७. मैले जेल बस्नु पर्दा, प्रवासी हुँदा, आन्दोलनको अग्रपंक्तिमा उभिँदा लाठी चार्जमा घाईते भई अस्पतालका बेडहरुमा सुत्दा कसैले भनेनन् “तिमीसं पैसा छ कि छैन, पैसा छैन भने नजाउ कसैले भनेन् । तर त्यसवेला उपचार गर्न, पेट भर्न र कपडा किन्न पैसाको अत्यन्त अभाव हुँदा पनि कसैले सोधेनन् । न त दियो जवकी मेरो सामु आज आएर पैसाको गेट तेस्र्याईयो । के साधारण जीवन यापन गर्नु, निस्वार्थ हुनु पनि अशल आचरण गर्नु नैतिकवान र कर्तव्यनिष्ठ हुनु र चरित्रवान हुनु पार्टीमा कार्यकर्ताको लागि गलत हो र ? के यस्ता मानिसको पार्टीमा कुनै स्थान रहेन ? न त मुल्य र मान्यता देखियो । भागवण्डाको राजनीतिले स्तरीयता आउन सक्दैन । लामो समय राजनीति गर्नेलाई जनताको म्याण्डेट माग्ने रहर र अधिकार हुन्छ र जनताको कसीमा घोटिने चाहना हुन्छ । पदीय राजनीतिमा दुर्गुण पनि गुण हुँदा रहेछन । मैले नबुझेको राजनीति पनि यही हो । एन्जिओमा जागिर खाने जस्तो गरी वनावटी वायोडाटा मैले दिएन । जो अरुवाट लिईयो ।
बिना कानुनको अराजक देश, शिष्टाचार र मर्यादा बिनाको समाज न्याय, अनुशासन बिनाको नागरिक, मुल्याँकनहिन नेतावाट कार्यकर्ताको सुरक्षा खोज्नु मेरो नैतिक मुर्खता हो । व्यवहारिकवाटै व्यवहारको भरोसा गर्नु व्यक्तिसंगत नभएपनि भावनाले बिभोर भएर छिपाउन सकेन । कृष्णप्रसाद भट्टराई जस्तो त्यागी नेता हारे । पैसाकै अभावले होला भनेर पैसाको गेट मेरा अगाडी आज आएर तेस्र्यो होला । तर निष्ठा, त्याग, सिद्धान्त र निरन्तरता पैसाले किन्न सकिदैन । सत्ता र पैसा बिना एक मिनेट वाँच्न नसक्ने मानसिकताका लागि यो कुरा यद्यपी सत्य होला तर पैसा भन्दा वलियो आत्मीय चरित्र हो । मानिस लोभ र भयका कारण झुट वोल्छ । बिवेक शुन्य मानिस व्यभिचारी अत्याचारी र अन्यायी बन्छ । महत्वकाक्षींले द्वन्द्व झगडा युद्ध र मारकाट निम्त्याउँछ । नेताहरुसंग मेरो आग्रह छ, मेरो घर कहाँ हो, मेरो गन्तव्य मार्ग के हो, बिश्राम स्थल कहाँ हो के हो, मेरो जाने ठाउँ कहाँ के हो ? ६५ वसन्तपछि म गन्तव्यहिन किम्कर्तव्यबिमुख र पथभ्रष्ट जस्तै वनाईएको छु । जस्तो एक निसहाय पथिक औशीको अन्धार रातमा जंगलको वाटो बिराएजस्तो आफै वाटो पहिल्याउन पनि सक्दिन । अर्काको वाटोमा पनि जान नसकिराखेको जीवनको उत्तरार्धमा यही वाध्यताभित्र मेरो राजनीतिक हत्या पटकपटक भएको छ । नैतिकता र अनैतिकता सिद्धान्त र अवसरवादीबीचको द्वन्द्वभित्र म कसै नेताको स्वार्थलिप्साले आँखाको कसिंगर भएको छु । सारा जीवन जनताकै घरदैलोमा बितेको छ, मैले आप्mनो कुनै निवास वनाएको छैन । जीवनको उत्तरार्धतिर आएर अव म कहाँ जाउँ ? मेरा सामु बिकल्प देखिन्न । बिकल्पको खोजीमा भौतारिएको छु । म चाहान्छु स्वतन्त्र रहुँ जहाँ कसैको हस्तक्षेप, डर हुँदैन । नेताले निश्कर्ष र बिकल्प नदिएपछि अन्ततः मैले एउटा निश्कर्षमा पुग्नै पर्छ । म मेरो भबिश्यप्रति अत्यन्त आशावादी भएर पनि निराशामा गाजिन पुगे आशामा परमुखापेक्षी भाव हुन्छ त्यही भयो । जन्मको सुरुवातसंगै अन्त पनि छाया जस्तै संगसंगै हुन्छ । मेरो जीवन नियतिको कारण म जन्मिदा गरीवभित्रकै घरमा गरीव भएर जन्मे त्यही नियतिले होला मैले जीवनभर अन्यकै घरमा गरीव दाजुभाई र ईष्टमित्रकै घरमा मेरो जीवन यापन वित्यो । लगातार जति दिन म जेलमा वेस त्यति दिन म आप्mनो कथित घरमा वस्न पाईन । गरीव दाजुभाईको घरदैलो र उनीहरुकै रोटीमा मेरो जीवन बित्यो र माया ममता र स्नेहमा रही सारा जीवन जनताकै निमित्त भयो र रहनेछ । मेरो दुभाग्र्य यही हो । आज आएर चुनावी राजनीतिमा मलाई गलत मानसिकताको झोला वोकाएने दुस्प्रयास नेतावाट भएको छ । यस निर्णयप्रति खेद व्यक्त गर्न वाहेक अरु केही गर्न सक्दैन, धन्यवाद । जय नेपाल
No comments:
Post a Comment