Tuesday, December 31, 2013

बिम्ब साप्ताहिक, मिति २०७० साल पुष १६ गते मंगलवार

मुख्य समाचार

काम नगर्ने कर्मचारीको सरुवा बढुवा रोक्छु – मुख्य सचिब

सुदुपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रिय सदरमुकाम डोटीमा पहिलो पटक पुगेका नेपाल सरकारका मुख्य सचिब लिलामणि पोखरेलले काम नगर्ने सरकारी कर्मचारीहरुको सरुवा बढुवा रोक्ने बताएका छन् ।
मानब अधिकार राष्ट्रिय कार्ययोजनाको मस्यौदा सम्वन्धी डोटी जिल्लामा नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरवार काठमाण्डौको आयोजना सम्पन्न भएको एक दिबशिय क्षेत्रिय स्तरको गोष्टीलाई सम्वोधन गर्दै मुख्य सचिब    पोखरेलले दुर्गमको जिम्मा पाएका तर सुगम क्षेत्रमा बसी तलव भत्ता खाने कर्मचारीहरुको सरुवा बढुवामा आफुले रोक लगाउने बताएका हुन् । सुदुरपश्चिमको क्षेत्रिय सदरमुकाम रहेको डोटी जिल्लामा बस्नु पर्ने जिल्ला तथा क्षेत्रका कार्यालय प्रमुख तथा निर्देशकहरु सुगम खोज्दै कैलाली कञ्चनपुरबाट नै कार्यसम्पादन गर्ने गरेको भन्ने सहभागीहरुबाट उठेको प्रश्नको जवाफ दिदै मुख्य सचिब पोखरेलले यस्तो बताएका हुन् ।
मानब अधिकार हरेक विकास निर्माणका साथ र हरेक क्रियाकलाप गर्दा पनि जोडिएर आउने विषय भएका कारण सबै सरकारी कार्यालयहरुले सेवा प्रदायकलाई सेवा प्रबाह गर्दा मानब अधिकारको विषयलाई ध्यानमा राखि कार्य सम्पादन गर्न समेत निर्देशन दिए । सुदुरपश्चिममा स्थापना गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय स्थापना भएको सात दिनमा आफ्नो सम्पर्क कार्यालय कञ्चनपुर, कैलालीमा खोली कर्मचारीहरु त्यहि क्षेत्रमा बस्ने गरेको सन्दर्भमा सो कार्यालयका कर्मचारीहरुलाई दिपायल बाटै कार्य सम्पादन गर्न गराउनु आफुले बुझि पहल गर्ने समेत बताएका छन् ।
कार्यक्रममा वोल्दै सुदुर–पश्चिम पुनाबेदन अदालतका मुख्य न्यायाधिश तथा कार्यक्रमका प्रमुख अतिथि किशोर खातिवडाले सुदुरपश्चिमका कार्यालयहरु कहिले डोटी कहिले कञ्चनपुर कहिले कैलाली भई रहेकोले पनि यस क्षेत्रको विकास गर्न जनतालाई सेवा प्रवाह गर्न अफ्ठेरो भई रहेको बताए । कार्यक्रमलाई समापन गर्दै कार्यक्रमका सभाध्यक्ष समेत रहेका नेपाल सरकारका मुख्य सचिब पोखरेलले आफुले त्यसको बारेमा बुझ्ने र सम्पुर्ण कार्यालयहरु सम्वन्धीत क्षेत्रमा नै ल्याउन आफुले पहल गर्ने बताए । कार्यक्रमका लागी मुख्य सचिबको नेतृत्वमा पाँच सदस्यीय टोली  आईतवार डोटी पुगेको थियो ।
सुदुरपश्चिमका क्षेत्रिय कार्यालयहरु खाली, निर्देशकहरु कैलाली र कञ्चनपुरमा भनी विभिन्न संचार माध्ययमहरु पटकपटक समाचारहरु संप्रेषण हुदाँ समेत सरकारको आँखा नपुगेको यस क्षेत्रमा अब मुख्य सचिबले आफैले हेरेर गएका छन् । अब कर्मचारी तन्त्रमा केहि सुधार हुने सुदुरपश्चिमवासीको आशा पलाएको छ । नेताहरु पनि यस क्षेत्रमा आई यस्तै कुरा गर्ने र पछि व्यवहारमा नदेखाउने कार्यले जनताहरुले आश नै मार्ने गरेको भए पनि यस पटक मुख्य सचिब पोखरेलले जनता सँग गरेका बाँचा बाँचामात्र नभई कार्यान्वयन पनि  होस् । हाम्रो शुभकामना ।

थप समाचार

विद्यार्थि फेरी काम्न थाले

डोटी जिल्लाको बन्लेक गाविसमा रहेको शिद्धेश्वर उच्च माध्यमिक विद्यालयका विद्यार्थिहरु फेरि कक्षा कोठामा नै काम्न थालेका छन् ।
२०६७ सालमा विद्यालयमा अध्ययन गर्ने छात्रछात्रा पहिलो पटक अचानक काम्दा छात्राहरु महिनाबारी हुने र विद्यालयमा छुवाछुत हुने भएकाले विद्यार्थिहरु कामेको हो भन्ने अनुमान लगाई विद्यालयले छात्राहरुलाई पढाईबाट बञ्चीत गरियो भनि विभिन्न संचार माध्यमहरुमा समाचार  प्रकाशन प्रसारण भए पछि विद्यालयले चर्चा कमाएको थियो । फेरी गत शनिबार देखी विद्यार्थिहरु काम्न थाले पछि विद्यालय, अविभावक, विद्यार्थि फेरी चिन्तीत बनेका छन् । विद्यार्थिहरु किन काम्दै छन् भन्ने बारेमा छलफल गर्दै विभिन्न अनुमान लगाउने कार्य भई रहेको छ ।
विद्यालयले आफ्नै परिषर भित्र संचालन गरेको छात्रवासमा वस्ने छात्रहरु मध्य दुई जना गत शनिबार राती काम्न थालेको विद्यालय श्रोतले जनाएको छ । त्यसको दोस्रो दिन अर्थात आईतबार विद्यालय सुरु भई सकेपछि कक्षा कोठामा एकाएक तिन छात्रा र आठ छात्र गरि जम्मा ११ जना विद्यार्थिहरु कामेको विद्यालयले जनाएको छ ।
विद्यार्थिहरु काम्न थाले पछि अविभावकहरुलाई जानकारी गराउदा अविभावकहरु विद्यालय पुगेका थिए । उनीहरु विद्यालय पुग्दा सम्म विद्यार्थिहरु कामी रहेको र काम्ने विद्यार्थिहरु छुवाछुत भएको भाका बोल्दै गरेको शिक्षक मोहन देव भट्टले बताएका छन् । भट्टले भने काम्ने कार्य करिब तिन घण्टा सम्म भयो । म कक्षा कोठामा पुग्दा कुनै देवी देवताको जातमा धामीझाक्रिहरु कामे जस्तै विद्यार्थिहरु कामी रहेका थिए ।
स्थानियवासीहरुले छाउपडिका कारण यस्तो भई रहेको छ बताई रहेको भए पनि डोटी जिल्लामा छाउपडी प्रर्था सम्वन्धी परियोजना संचालन गर्नेहरुले यस्तो हुन नसक्ने बताएका छन् । विद्यार्थिहरु कामेको हुन सक्छ तर छाउपडिका कारण वा छुवाछुतका कारण कामेको भनी विश्लेषण गर्नु गलत हुने बताउन्छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका डाक्टर सिर्जना गौचन भन्छन्  –यसरी विद्यालयमा विद्यार्थिहरु कामेको कुरा नौलो होईन । छाउपडी वा छुतछातका कारण मानिसहरु काम्ने भन्ने कुरा सत्य होईन । यस्तो प्रकारको लक्ष्यणहरु देखीनुलाई हामीहरु मासहिस्टरीया भन्छौ । समान्यतया कुनै पनि मानिसको मनमा एउटा डरलाग्दो कुरा बसेको छ भने यस्तो खालको समस्या देखा पर्छ । मानिसहरु काम्ने मात्र होईन उनीहरुले आफ्नो होस् गुमाउने, मुर्छा पर्ने जस्ता धेरै लक्षणहरु देखा पर्न सक्छ । यस्तो भएमा उनीहरु मध्ये सुरुमा लक्षण देखा परेको व्यक्तिलाई तालिम प्राप्त स्वास्थ्यकर्मि सम्म पुराई परामर्श गराउनु पर्छ । यस्तो हुँदा सुरुमा एक जनाले लक्षण देखाउन्छ त्यस पछि उ सँगै अरु पनि मनमा रहेका डरका कारण पहिलो व्यक्तिले गरेको जस्तै गर्न थाल्छ । यस्तो समस्यामा परामर्श दिनका लागी हामी सँग सुविधा रहेको छ । तिन जना जनशक्ति अहिले जिल्लामा नै भएकाले उहाँहरुलाई हामी सम्म पु¥याउन हामी अनुरोध समेत गर्छौ ।
डोटी जिल्लामा लामो समय देखी छाउपडि प्रथा उन्मुलन गर्ने अभियानमा रहेको महिला तथा बालबालिका कार्यालय प्रमुख दुर्गा भण्डारी वराल भन्छीन् – छाउपडीका कारण यस्तो हुने कुनै सम्भावना नै छैन । मानिसको चेतनाको स्तरमा सुधार हुनु जरुरी छ । त्यो किन भयो खोज अनुसन्धानको विषय हुन सक्छ तर छुवाछुतले मानिस काम्छ भन्नु झुट्टो हो ।
छाउपडि सम्वन्धी परियोजना संचालन गर्दै आएको सम विकास ईडिसि डोटीका परियोजना संयोजक केशब परियार भन्छन् – परियोजना कुप्रर्था विरुद्धको हो  । अभियानमा यस्तो चुनौतीहरु आउन्छ त्यो पनि स्वभाविक नै हो । हाम्रो समाजमा लामो समय देखी रहेको कुप्रर्थाको जडा मेटाउने कुरा समान्य होईन । डोटीमा त परियोजना छ र यस्तो भयो हामीले मान्यौ । देशका विभिन्न स्थानमा त्यो पनि विद्यालयमा नै यस्तो भई रहेको समाचार माध्यमहरुमा आईनै रहेको छ के त्यहाँ पनि छुवाछुत गरेका कारण नै यस्तो भएको हो त ? उनले प्रश्न सहित भनाई राखे ।
जे भएको भए पनि विद्यालयमा यस्तो किन भई रहेको छ यसका बारेमा छानविन हुनु जरुरी छ । विद्यार्थिहरुलाई       सरोकारवालाहरुले समयमा नै उपचार गराउनु पर्ने देखीन्छ । पटक पटक यस्तो भई रहँदा अन्य विद्यार्थिहरुको पनि पढाईमा समस्या हुने भएकोले जिल्ला शिक्षा , जिल्ला प्रशासन, महिला तथा बालबालिका कार्यालय र स्थानियवासीहरुको पनि ध्यान जानु जरुरी छ ।

कपल्लेखि पनि छाउपडि मुक्त

केहि सात अघि मात्र जातिय छुवाछुत मुक्त गाविस बनेको डोटीको कपल्लेखि गाविसले गत शनिवार एक कार्यक्रमको आयोजना गरि आफुलाई छाउपडि मुक्त गाविस घोषणा गरेको छ ।
गाविस सचिब गणेश भट्टको सभापतित्वमा आयोजना भएको छाउपडि मुक्त गाविस घोषणा कार्यक्रममा विभिन्न संस्कृतिक कार्यक्रमहरु प्रस्तुत   गरिएको थियो ।
गाविस सचिब भट्टले भने– आज देखी हाम्रो गाविस छाउपडि मुक्त भएको छ कहि कसैले पनि महिनावारी भएको महिलाहरु माथि छुवाछुतको भावना राखेमा उनीहरुलाई कानूनी रुपमा कार्वाहि गरिने छ । आगामी गाविसको १८ औ गाँउ परिषदबाट हामी छाउपडि मुक्त सम्वन्धी निति नियमहरु बनाउने छौ जो गाँउस्तरमा नै निर्माण हुनेछ र गाँउस्तरमा नै लागु हुनेछ । अब देखी कहि कसैले पनि छुवाछुत गर्नु हुने छैन भन्ने गाविसको पनि विश्वास रहेको छ । सो गाविसमा रहेको महिला अधिकार मञ्चले स्थानिय भाषामा छाउपडि सम्बन्धी सचेतना जोगाउने सड्क नाटक प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सहभागी हुन आएका एक युवाले भने कपल्लेखि गाविसमा अहिले पनि छाउपडि मान्य चलन छ तर हाम्रो समुदायका महिलाहरु छाउ भए पछि छाउ भएको चार दिन पछि मात्र नुहाउने चलन थियो अहिले सम विकास केन्द्र ईडिसि डोटीले संचालन गरेको छाउपडि प्रर्था विरुद्धको अभियान परियोजना पछि हामीले त्यस्तो विभेद गरेका छैनौ । यो एकै चोटीमा न्युनिकरण हुने कुरा पनि होईन विस्तारै कम हुन्छ र अहिले पनि कम भई रहेको छ ।
उक्त परियोजनाको कार्यक्रम संयोजक केशब परियार भन्छन् हामीले डोटीका ५ ओटा गाविसहरुमा ६ महिनाका लागी मात्र परियोजना संचालन गरेका हौ । यो ६ महिनाको अबधिमा गोठमा सुस्ने महिलाले कम्तिमा घर भित्र सुत्न पाउनु, दुध दहि खान पाउनु दैनिक सरसफाई गर्नु पनि उपलब्धी नै मान्नु पर्छ हामीले यो ६ महिने परियोजनाको । कार्यक्रममा डोटी स्थानिय बुद्धिजिवि, महिला अधिकारकर्मि, स्थानियवासी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।  

मुक्त हलियाको अबस्था सार्वजनिक 

नेपाल सरकारले हलियाहरुलाई मुक्त गरे पनि अबस्थामा सुधार नभएको मुक्त हलियाहरुको अबस्था अध्ययन प्रतिबेदन देखाएको छ ।
मुक्त हलियाहरुको अबस्था बुझ्नका लागी गठन भएको अध्ययन समितिले डोटी जिल्लाको डौड र तोलेनी गाविसहरुमा उनीहरुको अबस्था अध्ययन गरि तयार पारेको प्रतिबेदनमा अहिले पनि अबस्थामा सुधार नभएको उल्लेख गरिएको छ । प्रतिबेदन सार्वजनिक गर्न जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरिएको कार्यक्रममा अध्ययन प्रतिबेदन पुरा नभएको सहभगीहरुले जिकिर गरेका छन् ।
प्रतिबेदन अध्ययनकर्ता मध्ये कि एक सदस्य मिना आउजीले भनीन्– हामीले अध्ययन गर्दा मुक्त हलियाहरुले हामीलाई भने सरकारले शिपमुलक तालिम दिनु पर्छ । तर त्यो भन्दा पहिले हामीलाई गाँस र बाँसको व्यवस्था हुनु पर्छ । मुक्त घोषणा मात्र गर्नु ठुलो काम होईन । हामीले फेरी गाँस र वासका लागी साहुहरु कै काम  गर्नु पर्ने र उनीहरुकै मुख ताक्नु पर्ने हो भने मुक्त गरिनु को अर्थ के ?
मुक्त हलियाका बालबालिकाहरुले अध्ययन गर्न नपाई रहेको अबस्था प्रतिबेदनमा उल्लेख छ । उनीहरुलाई विद्यालय सम्म पु¥याउनका लागी पत्रकार तथा मानव अधिकारकर्मि रामहरी ओझाले भने– हलिया बालबालिका विद्यालय जानु पर्छ । उनीहरुलाई विद्यालय सम्म पु¥याउनका लागी नेपाल सरकारले मात्र होईन हलियाको क्षेत्रमा काम गर्दै आई रहेको हलिया मुक्ती समाज, ईन्सेक डोटी र अन्य गरै सरकारी संस्थाहरुले पनि यसका बारेमा सोच्नु पर्छ ।
प्रतिबेदनमा मुक्त हलियाहरुले हाल सम्म परियच पत्र मात्र प्राप्त गरेको उनीहरुलाई व्यावहारिक तथा सिपमुलुक तालिम  प्रदान नगरिएको, उनीहरुका लागी त्यस्तो कार्यक्रम ल्याउनु पर्ने सुझाब समेत रहेको छ ।

पर्यटन र चलचित्र समाचार

पर्यटन सूचना केन्द्र स्थापना जरुरी

सुदुरपश्चिमको मुटु हो खप्तड क्षेत्र । खप्तडको विकास हुनु पर्छ भन्ने वाक्य डोटीका समाजसेवी बुद्धिजिवि राजनैतिक दल मात्र नभई स्थानिय जनताहरुले पनि पटक पटक भन्ने गर्छन् तर अहिले सम्म पनि खप्तड क्षेत्रको विकास गर्ने वा डोटी जिल्लाको पर्यटकिय स्थलहरुको पहिचान र प्रचार प्रसार गर्न महत्वपुर्ण मानिने पर्यटन सूचना केन्द्र स्थापना भएको छैन ।
खप्तड क्षेत्रमा जानका लागी डोटी जिल्लाबाट भित्रने पर्यटकहरुले कुन दिन कहाँ बस्ने बाटोमा के के पाईन्छ । खाना र बाँसका लागी कस्तो व्यवस्था रहेको छ भन्ने बारेमा सूचना चाहेमा कहि कसैबाट सूचना पाउदैनन् अनि कसरी हुन्छ खप्तड क्षेत्र र समग्र डोटीको पर्यटकिय स्थलहरुको बिकास यो प्रश्न खडा छ सबैका सामु । खप्तड क्षेत्रको विकास गर्नका लागी खप्तड क्षेत्र पर्यटन विकास समिति गठन भएको छ । जिल्ला सदरमुकाम सिलगढीमा कार्यालय कर्मचारीहरु पनि रहेका छन् तर खप्तडमा कति पर्यटक भित्रिय त त्यो सूचना छैन । खप्तडबाट फर्किने पर्यटकहरुले त्यस क्षेत्रको बारेमा के भन्छन् सुझाब संकलन भएको छैन, अनि कसरी हुन्छ खप्तडको विकास ? डोटी जिल्लामा धेरै पर्यटकिय, ऐतिहासिक, धार्मिकस्थलहरु रहेका छन् त्यसका बारेमा डोटी कै जनताहरुलाई थाहा छैन भने स्वदेशी तथा विदेशी पर्यटकहरु कसरी भित्रन्छन् त डोटी जिल्लामा ? खप्तड क्षेत्रको विकास गर्नका लागी विश्व भरीका पर्यटकहरुले खप्तडको महत्वको बारेमा जानकारी पाओस् भन्ने उद्धेश्यले २०६७ साल तिर सुरु भएको वेव साईट आज सम्म पनि परिमार्जित भएको छैन अनि पर्यटनहरुले कसरी सहि सूचना पाउने र खप्तड घुम्न आउने ? यि र यस्ता धेरै प्रश्नहरु रहेका छन् पर्यटन विकासका लागी यहाँ ।
नेता होस् वा सामाजिक कार्यकर्ता खप्तड क्षेत्रको नाम बेच्ने र जनतालाई भ्रममा राख्न सधै अघि नै हुन्छन् तर यसक्षेत्रको प्रचार प्रसार र सहि सूचना दिने खालको कार्यक्रम कहिले पनि ल्याउदैनन् । यस क्षेत्रको विकास गर्नका लागी सबै भन्दा पहिले पर्यटन सूचना केन्द्र स्थापना हुनु पर्छ भन्ने हो । अर्को कुरा यस क्षेत्रमा आउने पर्यटकहरुलाई सुविधा दिन वा उनीहरुलाई सुरक्षित गर्नका लागी बाटोमा रहेको साना होटेल संचालनकहरुलाई तालिम दिईनु पर्छ । खप्तड क्षेत्रको पेरीफेरीमा रहेका जनताहरुलाई मार्गदर्शकको रुपमा तालिम दिईनु पर्छ । होईन भने खप्तड अनि डोटी जिल्लाका ऐतिहासिक पर्यटकिय स्थलहरुको नाम बेच्नु मात्र हुनेछ ।  जिल्ला विकास समिति, खप्तड राष्ट्रिय निकुञ्ज, खप्तड क्षेत्र पर्यटन विकास समिति लगायतका सरोकारवालाहरुको यसमा ध्यान जान जरुरी छ ।  

२०१३ का वलिउडका रोमान्टीक गितहरु

व्यावसायका दृष्टिकोणले बलिउडको वर्ष २०१३ औसातभन्दा राम्रो भयो । यो वर्ष बलिउडका केहि चलचित्र २ करोडको क्बलमा पहिलो पटक सहभागी हुन सफल भए । कतिपय चलचित्रले राम्रो व्यवसाय गर्न नसके पनि ती चलचित्र गीत संगीत उत्कृष्ट रहे । वर्ष २०१३ मा प्रर्दशन भएका चलचित्रका गीत संगितको मुल्यांकन गर्ने हो भने रोमान्टिक तथा पार्टी गीतले बढी लोकप्रियता कमाएको देखिन्छ ।
अक्षय कुमारको चलचित्र स्पेसल २६ को गित रोमान्टिक र मायालु छ जसलाई अंगराराग महंताले अक्षय कुमारका लागि गाएका हुन् । सुस्त गतिको यो गित मिठासपुर्ण छ जसलाई सुन्ने जो कोही आफुलाई कतै हराएको अनुभव गर्छ । गीतका शब्द पनि उत्तिकै आकर्षक छन् । यस्तै चलचित्र लुटेरा को गितले श्रोतालाई ७० तथा ८० को दशकमा पु¥याउँछ । जहाँ एक एक शब्दको आफ्नै भिन्नभिन्न अर्थ हुन्छ । रणविर सिंह तथा सोनीया सिन्हाले यो गीतमा लगाएको पहिरनले पनि ७० र ८० कै दशकको स्मरण गराउँछ । गायिका मोनालीलो पातलो तथा मिठासपुर्ण आवाजले यो गितलाई सुन्दर बनाएको छ । यो गितको वोल छ सावर लुटारा ।
बलिउड कै अर्को गित तुम ही हो आशिकी आशिकी ले पनि यस वर्षमा चर्चा कमाएको छ प्रेम गर्ने जोडीहरुको मुखमा झुण्डीन सफल एक मात्र यहि नै हो भन्दा सायद फरक नपर्ला । यो गितका शब्द तथा संगीतले कसैलाई पनि मोपहत तुल्याउन सक्छ । गीतको भाव स्पष्ट बुझ्न सकिने खालको छ । गीत सुन्ने श्रोताहरु आफुलाई गीतमै हराउँछन् ।

छोटो समाचार

रजिष्टार डोटीमा

त्रिभुवन विश्वविद्यालयका रजिष्टार प्रा.डा. चन्द्रमणि पौडेल डोटी पुगेका छन् ।
डोटी जिल्लाको सबै भन्दा पुरानो त्रिभुवन विश्व विद्यालयको आङ्गिक डोटी बुहुमुखि क्याम्पसले छात्रहरुका लागी निर्माण हुने छात्रावास भवन शिलन्यास गर्नका लागी पौडेल डोटी पुगेका हुन् ।
डोटी पुगेका डा. पौडेललाई स्वागत गर्नका लागी डोटी बहुमुखि क्याम्पसले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्वोधन गर्दै भने– डोटी जिल्लाको शैक्षिक विकास गर्न योगदान पु¥याएको यस जिल्लाको सबै भन्दा पुरानो क्याम्पसले सर्वाङ्गिण विकासका लागी म त्रिभुवन विश्व विद्यालयमा कुरा गर्ने छु । स्वागत कार्यक्रममा डोटी बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख कृष्ण बहादुर कठायतले क्याम्पसको अबस्थाको बारेमा डा. पौडेललाई जानकारी गराएका थिए ।

ईन्सेकको गोष्ठी

डोटी जिल्लामा लामो समयदेखी मानव अधिकारको क्षेत्रका कार्य गर्दै आई रहेको ईन्सेक डोटीले अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्ला सदरमुकाम सिलगढीमा सम्पन्न भएको जिल्लाका सरोकारवाला संस्थाहरु सँगको अन्तक्रिया कार्यक्रममा मानब अधिकारकर्मि तथा पत्रकार रामहरी ओझाले डोटीमा मानब अधिकारको अबस्था बारे कार्यपत्र प्रस्तुत गरेको ईन्सेक डोटीले जनाएको छ ।
कार्यक्रमका सहभागीहरुले मानबअधिकारको रक्षा गर्न आफुहरु लागी पर्ने बताएका छन् ।

लेख

किन नहुने राष्ट्रपतिको चुनाव ? 

–रामहरी ओझा

हिजोआज वजारमा नयाँ राजनीतिक चर्चा छ, संबिधानसभाको निर्वाचनपछि यो चर्चाले निकै वजार पाएको छ । त्यो वसह सामान्य वहस होईन । नेपालको राष्ट्रप्रमुखको वहस हो । मंसिर ४ गते अर्को संबिधानसभाको निर्वाचन सम्पन्न भएपछि अव राजनीतिक शक्तिहरु दुई ध्रुवमा बिभाजन भएका छन । नयाँ जनादेश आईसकेकाले राष्ट्रपति नयाँ चुनिनु पर्छ भन्ने एकथरीको भनाई छ भने अर्कोथरी यो चुनाव राष्ट्रपति छान्नका लागि नभएको र संबिधान निर्माण गर्नका लागि भएकोले राष्ट्रपति पुरानै कायम रहनुपर्छ भन्ने तर्क छ ।
तार्किक हिसावले दुवै पक्षले जति पनि तर्क गर्न सक्लान तर नेपालको अन्तरीम संबिधान २०६३ को मर्म र भावना अनि न्युनतम प्रजातान्त्रिक मान्यताहरुलाई ध्यान दिनु जरुरी हुन्छ । नेपालको अन्तरीम संबिधान २०६३ मा २०६५ साल जेठ १६ गते चौथो संसोधन गरिएको र भाग ४ क थपियो । जसमा राष्ट्रपति हुने र राष्ट्रपतिको चुनाव हुने भन्ने व्यवस्था    राखियो । धारा ३६ ख मा राष्ट्रपतिको निर्वाचन संबिधानसभाले गर्ने भन्ने व्यवस्था उल्लेख गरिएको छ । संबिधानसभाले राष्ट्रपति र उपराष्ट्रपति छान्ने भन्ने व्यवस्था लेखिएको छ । संबिधानसभाको निर्वाचन भएको छ, अव नयाँ जानदेश प्राप्त संबिधानसभाले राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव गर्नु पर्ने हो । जहाँसम्म राष्ट्रपतिको पदावधीको कुराको बिषयमा अहिले चर्चा भईरहेको छ, धारा ३६ग मा  “राष्ट्रपतिको पदावधि संविधानसभाबाट जारी हुने संविधान प्रारम्भ नभएसम्मका लागि हुनेछ ।” भन्ने प्रष्ट व्यवस्था छ तर त्यो व्यवस्था पहिलो संबिधानसभावाट संबिधान जारी भएको हकमा थियो । पहिलो संबिधानसभाले संबिधान जारी नगरी मृत्युवरण गरेको अवस्था राष्ट्रपतिको पद त स्वतः समाप्त हुन्छ । यसमा संबैधानिक रुपमा, प्रजातान्त्रिक मुल्य मान्यताका आधारमा र सहमतिको राजनीतिका आधारमा पनि राष्ट्रपति पुरानै कायम हुनु पर्ने त कुनै अवस्थानै रहँदैन ।
यदि वजारमा आएको जस्तो संबिधानसभाले नयाँ संबिधान जारी नगरेसम्म राष्ट्रपति एउटै व्यक्ति रहने भन्ने तर्क हो भने प्रश्न उठ्छ, “अर्को संबिधानसभाको निर्वाचन किन गरियो ?” अन्तरीम संबिधानको धारा ८२ मा “संविधान सभाले पारित गरेको संविधान प्रारम्भ भएको दिनदेखि संविधानसभाको काम समाप्त हुनेछ ।” भन्ने व्यवस्था उल्लेख गरिएको छ । यस धारा अनुसार संबिधानसभाको बिघटन तव मात्र हुन्छ जव नयाँ संबिधान जारी हुन्छ । अनि २०६९ साल जेठ १४ गते मध्यरातमा किन संबिधानसभा बिघटन गरियो र किन अर्को निर्वाचन गराईयो ? अहिले पनि नयाँ संबिधान निर्माणका बिवादित मुद्धाहरु जस्ताका त्यस्तै छन । जनताले दिएको म्याण्डेट अनुसार अहिले पनि कसैले दुई तिहाई वहुमत ल्याउन सकेका छैनन् । उग्रपन्थी शक्ति, प्रगतिशिल शक्ति, यथास्थितिवादी शक्ति र प्रतिगमनकारी शक्ति गरी चारवटा शक्तिहरु अहिले पनि संबिधानसभामा सशक्त प्रतिनिधित्व गरिरहेका छन । यसका साथसाथै संबिधानसभा वाहिर रहेका राजनीतिक शक्तिहरुले पनि खवरदारी गरिरहेका छन । यो “सिनारियो” ले अहिलेको संबिधानसभाले पनि नयाँ संबिधान जारी गर्ला भन्नेमा संका व्यक्त गर्नु अपराध     होईन होला । यदि यो संबिधानसभा पनि बिघटन गरियो र तेश्रो संबिधानसभाको निर्वाचन भयो भने के यिनै हुन्छन त          राष्ट्रपति ?
बिषय कुन व्यक्ति राष्ट्रपति हुने वा नहुने भन्ने होईन । प्रत्येक नेपाली नागरिकले राष्ट्रपति पदको दावी गर्न पाउने हाम्रो संबिधानले अधिकार दिएको छ । त्यसकारण यहाँ डाक्टर, बैद्य, धामी(झाक्री जो पनि राष्ट्रपतिको उम्मेदवार हुन पाउने छन । तुलनात्मक रुपमा अरु भन्दा वर्तमान राष्ट्रपति कम बिवादमा परेका छन, त्यसकारण उनलाई फेरी पनि राष्ट्रपति वनाउँदा कुनै अपराध हुँदैन पनि । उनले प्रतिनिधित्व गर्ने भुगोल, समुदाय र उनको बौद्धिकताले पनि उनी राष्ट्रपति हुन योग्य छन । यसमा कसैको पनि बिमति छैन । बिमति के कुरामा मात्रै हो भने हामी जुन अन्तरीम संबिधानको मातहतमा देश चलाउने कुरा गर्दैछौं त्यसको अपव्याख्या गरेर देशै अन्योलतातिर लैजान खोज्दैछौं ।
नेपाली जनताले लामो समयसम्म गणतन्त्र नेपालको स्थापना गर्नका लागि दिएको वलीदानी शाहवंशीय राजतन्त्रको अन्त्य गरेर फेरी कुनै अनिर्वाचित व्यक्तिलाई वा एक पटक निर्वाचित भएको व्यक्तिलाई वर्षौंसम्म राष्ट्रप्रमुख वनाईराख्नका लागि गरेका थिएनन् । जनताको माग आवधिक निर्वाचन मार्फत जनतालाई राष्ट्रप्रमुख, सरकार प्रमुख र आफ्ना जनप्रतिनिधिहरु चुन्न पाउनु पर्ने हो । त्यो जनताको नैसर्गिक अधिकार पनि हो । प्रतिनिधिमुलक प्रजातान्त्रिक व्यवस्थामा हामीले संबिधानभा संबिधानसभाका सदस्यहरुले राष्ट्रप्रमुखको चयन गर्ने कुरा उल्लेख गरेपनि त्यो जनताले नै छानेको मानिने हुन्छ । जनताले २०६४ सालको निर्वाचनमा एक प्रकारको जनादेश दिएका थिए र अहिले २०७० सालमा फरक जनादेश दिएका छन । त्यसैले फरक जनादेश अनुसार राष्ट्रप्रमुख, उपप्रमुख आदिलाई ताजा जनादेशप्राप्त जनप्रतिनिधिहरुवाट अनुमोदन गराउनु    पर्छ ।
२०६५ सालमा जम्मा दुई वर्षका लागि मात्र डा. रामवरण यादव राष्ट्रपति चुनिएका हुन । अन्तरीम संबिधानको धारा ६४ अनुसार संबिधानसभाको कार्याकाल दुई वर्षको मात्र हो । संबिधान निर्माण हुन सकेन दुई वर्षको कार्यकाल चार वर्ष हुँदा           राष्ट्रपतिको म्याद स्वतः बढ्दै गयो । जुन संबिधानसभाले दुई वर्षमा संबिधान वनाउने भनेको थियो उक्त संबिधानसभानै रहेन । उक्त संबिधानसभा उर्फ व्यवस्थापिका – संसदले चयन गरेका प्रधानमन्त्री पनि रहेनन्, संबिधानसभा अध्यक्ष पनि रहेनन् तर राष्ट्रप्रमुख रहिरहे । त्यो पनि ठिक छ । तर अव नयाँ खालको जनादेश आईसकेपछि त राष्टूपति आफैले पनि नैतिकता देखाउनु पर्ने हो । हाम्रो देशमा नैतिकताको त अनिकालै परेका हुनाले होला रामवरणले पनि नैतिकता भन्ने शव्द पाएनन ।
भारतको दिल्ली प्रदेशमा भएको प्रान्तीय निर्वाचनमा भारतीय जनता पार्टी सवै भन्दा ठुलो पार्टी भएर पनि स्पष्ट वहुमत नहुदा आफुलाई सरकार वनाउन योग्य ठानेन् । यसो हेर्दा राजनीतिक नैतिकता त भारतमा छ भन्ने देखिन्छ नि । यद्यपी कतिपय सवालहरु छन जसका कारण हामी भारतीय राजनीतिज्ञहरुको आलोचना गर्छौं तर नैतिकतालाई मात्रै हेर्ने हो भने त उनीहरुको प्रसंसा वा उनीहरुवाट हामीले पनि पाठ सिक्नु पर्ने हुन्छ कि ! आलोचना गर्न योग्य कुराहरुको आलोचना गर्ने        हो सिक्ने कुराहरुको त समर्थन पनि गर्नु पर्ला कि !
अर्को एउटा अचम्मको वहस हुँदैछ अहिले राजनीतिक बृत्तमा यो चुनाव संबिधान वनाउनका लागि हो रे, राष्ट्रपति छान्नका लागि होईन रे, त्यसैले राष्ट्रपतिको बिषयमा वखेडा झिकेर संबिधान वनाउने कार्यमा ढिलाई नगरौं रे । रमाईलो कुरा संबिधानसभाको निर्वाचन भएको झण्डै डेढ महिना पुग्दा र निर्वाचन आयोगले पटक पटक आग्रह गर्दा समेत सभासदहरुको सूची समेत नवुझाउँदा संबिधान निर्माणमा ढिलाई के राष्ट्रपति निर्वाचनका कारण भएको हो ? आफ्नै पार्टीभित्रको बिवादका कारण संबिधानसभालाई पूर्णता दिने कामनै थप्प पार्दा संबिधान निर्माणमा ढिलाई नहुने । प्रक्रियामा गएर दुई÷तीन दिनमै नयाँ       राष्ट्रप्रमुख चयन गर्दा ढिलाई हुने यो गाउँखाने कथा जस्ता तर्कहरु गरेर बिवादलाई झन वल्झाउने काममा लाग्नु मुर्खता वाहेक अरु केही पनि हुनेछैन ।
संबिधान निर्माणको बिषयमा राजनीतिक सहमति कायम हुनु पर्ने कुरा उल्लेख गरिएको राजनीतिक सहमतिका लागि “पावर शेयरिङ्ग” पनि अनिवार्य हुन्छ । पावर शेयरिङ्ग नयाँ जनादेश अनुसार हुने कुरा हो । कुन राजनीतिक दलले संबिधानसभामा कुन खालको हैसियत प्राप्त गरेको छ, त्यो आधारमा उसको स्थान निर्धारण गरिनु पर्छ किनभने हाम्रो राजनीतिक संस्कार पदलोलुपतामा चलेको छ । पद लोलुपताकै कारण २०६४ को संबिधानसभामा पनि बखेडा भएको थियो । राजनीति हैसियतका आधारमा शक्तिको वाँड्फाँड हुनुपर्छ भन्नेहरु अहिले आएर सहमतीय राजनीति गरौं तर शक्तिको वाँड्फाँडको कुरा नगरौं भन्न थालेका छन । के यस्तो भयो भने राजनीतिक सहमतिले मुर्त रुप लेला त ?
२०६४ को संबिधानसभामा संख्यात्मक हिसावले पहिलो र दोश्रो दलका बिचमा दोव्वर भन्दा पनि बढीको फरक थियो  अर्थात दोश्रो र तेश्रो दलको संख्या जोड्दा समेत पहिलो दललाई छुन अझै केही संख्या थप गर्नु पर्ने अवस्था थियो । त्यो अवस्थामा पनि शक्तिको वाँडफाँडलाई उच्च प्राथमिकताका साथ वार्गेनिङ्ग गरिएको थियो भने अहिले त पहिलो र दल र दोश्रो दलका बिच २१ सिटको मात्र फरक छ । त्यसैले यस बिषयलाई ध्यान दिनु जरुरी छ । त्यसैले अहिलेको राजनीतिक अवस्थालाई, संबैधानिक अवस्थालाई र प्रजातान्त्रिक मुल्य मान्यतालाई तिलाञ्जली दिएर “राष्ट्रपतिको बखेडा नझिकौं” भन्नुमा कुनै पनि तुक र तर्क छैन ।
व्यक्ति उनै होलान त्यसको कसैको पनि आपत्ति छैन तर जनतावाट अनुमोदन भएका प्रतिनिधिहरुले फेरी अनुमोदन गर्न पाउने कि नपाउने ? बिषय त्यहाँ छ । त्यसैले राष्ट्रपतिको चुनाव गरिनु पर्छ । त्यसका लागि वर्तमान राष्ट्रपतिले आफ्नो पदवाट राजीनामा दिएर संबिधानसभाका लागि मार्ग प्रसस्त गर्नु पर्छ । अन्यथा रामवरण यादव पनि पद लोलुप हुन भन्ने सवैको बुझाई हुनेछ ।

मोफसल पत्रकारीता

मोफस आफै मोफसल बनेको होइन राज्यले बनाएको हो ।

 – मानसिंह विक रोल्पा

तपार्इंको पुरा परिचय पाउँ न ?
 म मानसिंह बिक २०४३ सालमा जन्मेको हुँ । म हाल नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको २ अबधी सचिव, क्रान्तिकारी पत्रकार संघको केन्द्रीय समिति सदस्य, मोफसल मिडिया समाजको केन्द्रीय सदस्य, रोल्पा समाचार साप्ताहिको प्रकाशक तथा कार्यकारी सम्पादकको रुपमा कार्य बहन गर्दैछु ।
 तपाईले किन पत्रकारिता पेशा रोज्नु भयो ?
मेरो पत्रकारिता पेशा रोज्नुको कारण निकै फरक छ । मैले पत्रकारिता गर्छु भनि सोचेको पनि थिएन । तर विस्तारै पत्र, पत्रिका, रेडियो नेपाल सुन्दै गर्दा एक दिन रेडियोमा दलितलाई सार्वजनिक पानी धारा छोएको निहुँमा कुटपिट भएको सामाचार सुनेँ, त्यसबाट मैले सञ्चारमाध्यमको पं्रभावकारिताबारेमा बुझँे, वास्तवमा हाम्रो समुदाय सामाजिक, आर्थिक, राजनीतिक, सामाजिक बञ्चितिकरणमा परेकोले यो देशमा तरबारको लडाई भन्दा विचारको लडाई निकै बलियो हुन्छ । त्यसैमा अझै विचार सहितको कलमको लडाई निकै पेचिलो र परिवर्तनका लागि राम्रो हुने भएकोले गर्दा मैले पत्रकारिता पेशा राजेको हुँ । म जतिबेला युद्धमा सहभागिता थिए । म करिव १२ वर्षको उमेरदेखि नै जनयुद्धमा सहभागि भएको थिए । म विद्यार्थीकालमा रचनाहरु निकै गर्दथे । मैले आफ्नो रचना बाचन नगरेको कार्यक्रम अपवादका रुपमै हुन्थ्ये होला । मेरो लेखनकला तथा वाचनकला मन पराएर नेतृत्वहरुले सञ्चारविभागको जिम्मा दिएका थिए । त्यसैबाट मैले पत्रकारिता पेशा रोजाईको विषय बनाए । साथै एक जना सेनाले चलाएको गोलीको प्रभाव सिमित क्षेत्रमा हुन्छ भने पत्रकारले लेखेको सामाचारको प्रभाव असिमित हुने भएकोले गर्दा मैले थप जिम्मेवारी पूरा गर्नका लागि मैले मेरो रोजाईको पेशा बनाए पत्रकारिता पेशालाई ,।
 कति समय भयो यस पेशामा लागेको ?
 यो पेशामा लागेको करिव एक दशक भन्दा बढी भएको छ । २०५८ सालदेखि मैले सामान्य रुपमा सामाचार लेखेर पठाउँथे । तर पेशेवररुपमा लागेको २०५९ सालदेखि नै हो । मैले रोल्पाको हाम्रैँ गाउँ नकिजै जनादेश छापिन्थ्यो त्यो स्थानमै रहेर समाचार लेखेर, २०६० मा रेडियो जनगणतन्त्र रेडियो सञ्चालन भएको थियो । त्यही रेडियोको पश्चिम तथा दक्षिण कमाण्डको समाचारदाताको रुपमा काम गर्दै युद्धपत्रकारिता गर्दै, कहिले जनताको बीचमा, कहिले बम गोलाको बीचबाट रिपोटिङ गर्दै तत्कालीन नेकपा (माओवादी) तथा संसदीय राजनीतिक दलबीचमा जसरी १२ बुंदे सहमति भयो, त्यसै परिस्थितिमा मलाई पनि पार्टी तथा संगठनले सदरमुकामको जिम्मा दियो मैले त्यसै अनुसार काम गरे । त्यसैको निरन्तरतामा काम गरिरहेको छु ।
 कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ?
 राजनीतिक हो । किन कि मैले राजनीतिक जीवनबाट नै पत्रकारिता शुरु गरेकोले गर्दा मलाई मन पर्दछ । अर्काे कुरा सबै कुराको मेरुदन्ड राजनीतिक नै हो । राजनीति सुधारको दिशामा गयो भने देश तथा आम नागरिकको जीवन सुधारतिर जान्छ । त्यसैले गर्दा आममानिसलाई सुसुज्ति बनाउने राजनीतिक हो । साथै बिकास पत्रकारतिा मन पर्दछ ।
रोल्पामा पत्रकारीता गर्न कतिको कठीनाई रहेको छ ?
रोल्पामा बसेर पत्रकारिता गर्दा निकै समस्या छ, चुनौती पनि छ । दुर्गम तथा पहाडि जिल्लामा बसेर पत्रिका प्रकाशन गर्दा पनि निकै चुनौती रहेको छ । बजारको अभाव, यातायताको विस्तार भएको छैन । सूचना सञ्चारको दृष्टिकोणले निकै पछाडि परेको जिल्ला, गाउँको समाचार आई पुग्न र पत्रिका पुग्नका लागि करिव १ महिना अझै पनि लाग्छौ । पत्रिका सञ्चालनको लागि कुनै श्रोत छैन । आन्तिरिक कलकारखाना छैन, बजार छैन । पत्रिका प्रकाशन गर्नका लागि र कर्मचारीलाई खुवाउन पनि धौ–धौ हुन्छ । श्रमजिवि ऐन तथा न्यूनतम पारिश्रमिक दिने कुरा निकै कठिन पूर्ण छ । अझै त्यसैमा जिल्लाका सरोकारवालाले आफ्नो भन्ने भावनाको विकास गर्न सकेका छैनन् । राजनीतिक, आर्थिक, सामाजिक रुपमा कठिन भएको महसुस गरेको छु । रोल्पा समाचार साप्ताहिक २०६३ साल कात्तिक १७ गतेबाट प्रकाशित भएको हो । हामीले स्थानीय खवरहरुको संगालोको रुपमा विकास गरि हाल आफ्नै अफसेटबाट प्रकाशित हुन्छ । हरेक आईतबार प्रकाशित हुने नेपाल सरकारबाट वर्गिकृत क वर्गको पत्रिका सञ्चालन गरिरहेका छाँै । रोल्पा जिल्लामा अरु पत्रिका कोही दुई दिनमा पछि, कोही सध्या समयमा निस्कन्छ भने हाम्रो मात्रै पत्रिका हो जो हामीले समयमै प्रकाशन गर्दछौँ । हामी उदाहणीय पात्र बन्न सकिरहेका छाँै हालसम्म आगामी दिनमा त्यो गति कायम गर्न सक्छौँ भन्ने आत र शाह पैदा भएको छ ।
 रोल्पा जिल्लाको पत्रकारितालाई कसरी मुल्याँकन गर्नु भएको छ ?
 रोल्पा जिल्लाको पत्रकारिताको  करिव एक दशक भन्दा लामो समयलाई मूल्याङ्कन गर्दा विगतमा पत्रकारिता पेशा सहज जस्तो लागेको थियो । तर, वर्तमानको पत्रकारिता पेशा निकै जटिल र चुनौती पूर्ण रहेको छ । मेरो अनुभवमा पत्रकारिता पेशा समाजमा सम्मानित पेशा भए पनि राज्यले सम्मान गर्न सकेको छैन । रोल्पा जिल्लामा सञ्चारमाध्यम कुनै व्यवसायिक योजना, बजारको अध्ययन विना नै सञ्चालन गर्ने होडबाजी लागिरहेको छ । रोल्पा जिल्लामा हामीले सञ्चालन गरिरहेको रोल्पा समाचार साप्ताहिक पहिलो समाचार मूलुक साप्ताहिक पत्रिका हो । सञ्चार माध्यमहरु निकै बढिरहेका छन् तर सञ्चारकर्मीको पेशा ओरालो लागिरहेको छ । यसको प्रभाव रोल्पा जिल्लामा पनि छ । सञ्चारमाध्यमहरु विचार आस्था, कुनै कुरालाई क्षणिक समय लक्षित गरेर सञ्चालन गरेपनि त्ययसको भविश्यकालसम्म दीगो हुन सक्दैन । त्यसैले पत्रकारिता पेशा पनि दीगो हुन सकिरहेको छैन । रोल्पा जिल्लामा पत्रकारहको संख्यात्मक रुपमा बृद्धी भए पनि गुणात्मक विकास हुन सकिरहेको छ । पत्रकाररिता पेशा हाम्रो बढ्दो सामाजिक सञ्जाल तथा आधुनिक सञ्चारका प्रविधीहरुले हाम्रो पत्रकारिता पेशालाई चुनौती दिई रहेको छ । रोल्पा जिल्ला पनि त्यसबाट अछुटो रहन सकेको छैन ।
 लामो समयदेखि मोफसलमा वसेर पत्रकारिता गर्दै हुनुहुन्छ, चुनौतीहरु के के हुन जस्तो लाग्छ माफसल पत्रकारिताका ?
 मोफस आफै मोफसल बनेको होइन, राज्य, सरकारले गरेको विभेदपूर्ण कार्यबाट नै मोफसल बनाइएको हो । मोफसलमा बसेर पत्रकारिता गर्दाको मुख्य चुनौती राज्य मोफसलका मिडियामैत्री बन्न सकिरहेको छैन । केन्द्रीकृत राज्यप्रणालीको अबशेषहरु मिडिया क्षेत्रमा पनि छ । राज्यको नीति त छदैछ, त्यसको अलावा राजधानीमा रहेका सञ्चारकर्मी, सञ्चार माध्यमहरु पनि मोफसलका मिडियाप्रति सकरात्मक दृष्टिकोण छैन । त्यस्तै राजधानीको सम्पूर्ण मिडियामा ८० प्रतिशत सामाग्री मोफसलको राख्छन् र बजारमा एउटा मार्केट बनाउन सक्छन् तर पनि अरु मोफसलका सञ्चारकर्मीहरुप्रति कुनै र कहिल्यै पनि सकरात्मक बन्न सक्दैनन् । त्यसैले यो केन्द्रीकृत राज्य व्यवस्थाको उपज हो मुख्य चुनौती यही होे । यसका साथ साथै राज्यले विगतदेखि गर्दै आई रहेको सौतेनी आमाको व्यवहारबाट जहिले पनि मोफसल पीडित भयो । यो अबस्थाको अन्त्य गर्नुपर्दछ । त्यस्तै रोल्पा जिल्लामा आन्तरिक विद्युत उत्पादन नहुनु, जिल्लाभरी नै सञ्चार सेवाको पहँुच नहुनु, रोल्पा जिल्लाका सरकारी तथा गैर सरकारी संस्थाहरुले आफ्नो आवाज वुलन्द गर्ने माध्यमको रुपमा बुझ्न नसक्नु नै हो । जनशक्तिको अभाव, दक्षताको अभाव, क्षेत्रगत रिपोर्टरको अभाव, आर्थिक अभाव, प्रेसको अभाव, सबैको समानुपातिक समावेशी आवाजहरु प्रकाशन गर्न नसक्नु नै हो ।
 मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ?
राज्यले आगामी दिनका कानून तथा ऐन नियममा लोककल्याणकारी नीति अनुसार जिल्लाका सबै सूचना, बोलपत्र, आशय पत्र, मालपोत कार्यालयको सूचना, राहदानी हराएको सूचना लगायत सबै सूचना जिल्लाबाट प्रकाशन हुने पत्रिकालाई दिने लगायत मोफसलको मिडिया विकासको लागि राज्यको ऐन तथा कानूनमा आमूल परिवर्तन, तथा कार्यन्वयन जरुरी देखिन्छ । साथै मोफसलका मिडियाकर्मीहरुको बिकासका लागि गर्नु पर्दछ । त्यस्तै मोफसलका मिडिया तथा सञ्चारकर्मीहरुको विकासका लागि राज्य, निजी क्षेत्र लगायतले राज्यको मूलधारबाट बाहिर भएको समुदायको आवाज बुलन्द गर्ने, पत्रकार पनि मोफसलका हुन्, मिडिया पनि मोफसलका हुन् भन्ने निष्कर्षमा पुगेर आगामी दिनमा योजना तर्जूमा गर्नु पर्दछ । अब योजना तर्जूमा गर्दा राजधानीबाट होइन कि मोफसलबाट गर्नु पर्दछ । पिरामिडलाई पुरै १८० डिग्रीमा फर्काएर गर्नुपर्दछ ।
  अहिले पत्रकारिता क्षेत्र वद्नामित हुँदैछ, पत्रकारिता क्षेत्रमा लागेकैहरुले दिउँसै जाँड खाएर हल्ला गर्ने, केटी घुमाउन लैजाने, समाचारलाई लिएर मोलमोलाई गर्ने जस्ता प्रबृत्तिहरु पनि देखिएका छन भन्ने आरोप छ, रोल्पातिरको अवस्था कस्तो पाउनु भएको छ ?
तपाईले महत्वपूर्ण विषय उठाउनु भयो । यस्तो विचार बोकेका पत्रकारहरुको संख्या पनि नभएको होइन । द्वन्द्ववादको नियम हो राम्रो संगै नराम्रो पनि हुन्छ । तर हामी नेपालको सन्दर्भ रोल्पाको सन्दर्भमा सकरात्मक पत्रकारिता गर्नेहरुको तुलनामा यस्तो काम गर्ने गैर पत्रकारहरु कमै भेटिन्छन् । पत्रकारिता पेशालाई मर्यादित बनाउनका लागि पछिल्लो समयमा केही समस्या पैदा भएको छ । हाल विभिन्न स्वार्थको बोकी पत्रकारिता पेशा अंगाल्ने पत्रकारहरुको संख्या पनि कम छैन । त्यसैले पत्रकारिता  पेशा बदनाम भएको कुरा पनि सत्य हो । तर हामी जस्तो कर्मठ पत्रकारहरुको समूहबाट तिनीहरुलाई पुरै बहिस्कार गर्नु पर्दछ । पत्रकारिता पेशामै आउन दिनु हुदैन । त्यस्ताले हामी केही सकरात्मक पत्रकरिता गर्नेहरुको लागि पनि निकै चुनौती छ । यस्तो चरित्र बोकेका पत्रकारहरु रोल्पामा छैनन् । हाम्रो जिल्ला नमूना जिल्ला जस्तै बनेको छ ।


कला साहित्य र संस्कृति

सुन मेरी दिदी बैनी सुन हो दाजु भाई
जरै देखी उखेल्नु छ छाउपडी प्रथालाई
हातमा हात मिलाएर अघि अघि सरौँ
छुवाछुत नारी माथि भेदभाव नगरौ
गाँउघरका महिलालाई अघाडी लानु छ
छुवाछुत अन्ध विश्वास छोडेर जानु छ
एक्लै होईन एक जुट भई लाग्ने बेला भयो
नारी अनि पुरुषले जाग्ने बेला भयो
शान्ती बलायर 
कक्षा ४ 
नवदिप विद्या निकेतन वोडिङ्ग 
भुमिराजमाण्डौ , डोटी  

बन्धनहरु टुटाई तिमीले
नमेटिने दाग लगायौ
यादहरु जलाई तिमीले
मनभित्र आग लगायौ ।१।
साटेका ति दुई मुटु
कसम पनि घात भए
मुटुलाई जलाई तिमीले
मन भित्र दाग लगायौ ।२।
भई सकेको छ छिया छिया
मन मुटु मेरो पनि
छिया छिया भएको मुटुमा तिमीले
नमेटिने दाग लगायौ ।३।
तिम्रो समामु आउन खोज्दा
डरलाग्दो झाँकी देखायौ
त्यतिमै सन्तुष्टी गर्दा मैले
मेरो मुटु भित्र आग लगायौ ।४।
बदल्ने गर्छ रक्तचाप मेरा
तिम्रो याद विर्सिए पछि
यस्तो खतरा लक्षण देखिने
मुटु भित्र आग लगायौ ।५।    
गणेश सुचिकार, कक्षा ९ 
ईन्द्र उमावि लेकगडा 
तिखात्तर गाविस डोटी

धनी वाउकी छोरीले
विग्रेकी ति मोरीले
मन चोरी लग्यो मेरो
विग्रेकी मोरीले
पागल वनाई छाडी गयौ
वग्यो आँसुको धारा
एक्लै वस्नु पर्ने रैछ
कोहि छैन मेरो सहारा
निष्ठुरी काली मोरी छोडी
जाने तिनी गोरी
एक्लै वस्छु म अहिले
भेट्न आउ तिमी भोली
धनी वाउकी छोरीले
मन चोरी लग्यो मेरो
तिम्रो वाउलाई सम्झाई राख्नु
म ल्याउला विहेको घोडो
अन्जान 
सिलगढी–२

विज्ञापन सन्देश

 
जातजातीका आधारमा जातीय सर्वोच्चता वा घृणाका आधारमा आधारित बिचारको प्रचार गर्ने, कुनै पनि व्यक्तिलाई श्रममा लगाउन ईन्कार गर्ने, श्रमवाट निष्कासन गर्ने, अपमानजनक शव्द प्रयोग गर्ने वा गराउनवाट उक्साउने कार्य समेत गर्नु  गराउनु हुँदैन । त्यस्ता कार्य भए गरेमा कानुनले तोके बमोजिमको दण्ड सजाय हुनेछ ।

नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग


शिक्षक आवश्यकता सम्वन्धि सूचना

प्रथम पटक मिति ः– २०७०÷०९÷११ गते
यस श्री दुर्गा मा.वि. जोशीगाँउमा राहत (करार) दरवन्दीमा शिक्षक पदपुर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका शिक्षा नियमावलीको नियम ९१ सम्वन्धीत ईच्छुक नेपाली नागरिकबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र दरखास्त आह्वान गरिन्छ ।
तपसिल
बिज्ञापन नं. ः— १÷०७०÷०७१
पद ः– शिक्षक
दरवन्दी ः– राहत करार
तहः– मा.वि. तृतिय,  विषय ः– गणित
संख्या ः– १ जना,
शैक्षिक योग्यता ः– वि.एड.÷वि.ए.सि. वा सो सरह उत्तीर्ण÷तालिम प्राप्त, अध्यापन अनुमति पत्र प्राप्त
उमेरको हद ः– १८ वर्ष पुरा गरी ४० वर्ष ननाघेको,
परिक्षा दस्तुरः– रु. १०००÷–,
तलब स्केल ः– नेपाल सरकारको नियमानुसार
परीक्षाको किसिम ः लिखित र अन्तरवार्ता
दरखास्त दिने अन्तीम मिति  ः– २०७०÷०९÷२५
सम्पर्क मिति ः– २०७०÷०९÷२६
सम्पर्क फोन ः– ९८४८६४१४८४÷९८४८६५९३४८
उम्मेदवारले आप्mनो शैक्षिक योग्यताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपी, स्थायी अध्यापन अनुमति पत्रको प्रमाणित प्रतिलिपी, नेपाली नागरिकताको प्रमाणित प्रतिलिपी र तालिम प्रमाण पत्रको प्रमाणित प्रतिलिपी, पासपोर्ट साईज फोटो दुई–दुई प्रति सहितको निवेदन बिद्यालयमा पेश गर्नु पर्ने छ । स्थानीय दलित, जनजाती र अपाङ्गलाई प्राथमिकता दिईनेछ । म्याद नाघि आएका वा रित नपुगी  आएका निवेदन  उपर कुनै कारवाही हुने छैन ।
प्रधानाध्यापक 


नेपाल सरकार
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय
जिल्ला विकास समितिको कार्यालय, डोटी 

लिलाम बडाबडद्वारा सामाग्री विक्री सम्बन्धी सूचना ।

प्रथम पटक प्रकाशित मितिः २०७०÷०९÷१४ गते

उपरोक्त सम्वन्धमा यस कार्यालयको मिति २०७०÷८÷२८ गते वसेको सामानहरुको मूल्य निर्धारण समितिको वैठकवाट यस कार्यालयमा रहेका सामानहरुको मूल्य निर्धारण गरेका तपसिल वमोजिमका विभिन्न प्रकारका मालसामानहरु लिलाम बडाबड प्रकृयाद्वारा विक्री गर्न निम्न शर्तको अधिनमा रही उक्त सामाग्रीहरु जे जस्तो अवस्थामा छ । सोही अवस्थामा लिलाम बडाबडद्वारा विक्री गरिने भएकोले सम्वन्धीत सवैको जानकारीका लागि यो २१ दिनको सूचना प्रकाशित गरिएको छ ।
निम्न
१. जिल्ला विकास समितिको कार्यालय, डोटीको जिन्सी माल सामानहरुको छुट्टा छुट्टै लिलाम गर्ने अवस्था नभएको कारण देहायका सामानहरु एक मुष्ट मूल्यमा लिलाम विक्री गरिने छ ।

सामानको बिवरण हेर्नका लागि मिति २०७० साल पुष १६ गते प्रकासित बिम्ब नेपाली साप्ताहिक हेर्नु होला 

२. जिल्ला विकास समितिको कार्यालय, डोटीको जिन्सी सामानको मूल्यांकन भए अनुसार देहायका माल सामानहरु मध्ये मोटर साईकल तथा अन्य मेसीनरी सामानहरुको प्रति सामानको मूल्य कायम भए अनुसार अलग अलग मूल्यमा लिलाम विक्री गरिने छ ।
सामानको बिवरण हेर्नका लागि मिति २०७० साल पुष १६ गते प्रकासित बिम्ब नेपाली साप्ताहिक हेर्नु होला 
३. लिलाम बडाबडमा भाग लिन चाहने व्यक्ति वा फर्मले यो सूचना प्रकाशित भएको मितिले एक्काइसौं दिन भित्र कार्यालय समयमा आफ्नो नाम दर्ता गरी सक्नु पर्नेछ ।
४. नाम दर्ता भएका व्यक्तिहरुले मात्र लिलाम बडाबडमा भाग लिन पाउने छन् ।
५. यो सूचना प्रकाशित भएको मितिले बाईसौं दिनको दिउँसो १ः०० देखि लिलाम बडाबडको प्रकृया सुरु गरिने छ । उक्त दिन सार्वजनिक विदा परेमा सोको भेली पल्ट सोही समय देखि उक्त प्रकृया सुरु गरिने छ ।
६. लिलाम बडाबड गर्दा लिलाममा भाग लिने व्यक्ति वा फर्मले आफुले कवोल गरेको रकमको १०% रकम सोही समयमा जम्मा गर्नु पर्नेछ । र सो मध्ये सवै भन्दा बढी रकम कवोल गर्ने व्यक्ति वा फर्मको नाममा उक्त सामान लिन पाउने स्वीकृति दिईने छ । यसरी स्वीकृत भएको मालसामान उठाउँदा वाँकी रकम कवोल गरेको दिनको ७ (सात) दिन भित्र कार्यालयमा वुझाई सामान उठाई लिई सक्नु पर्नेछ । अन्यथा सामान उठाई नलगेमा धरौटी रकम जफत गरिने छ ।
७. लिलाम बडाबडमा भाग लिने व्यक्ति वा फर्मले सूचनामा खुलाईएको एक मुष्ट सामानको हकमा एक मुष्ट मूल्यमा लिलाम बडाबड कबोल गर्नु पर्नेछ । र सूचनामा अलग अलग समान उल्लेख गरिएको हकमा अलग अलग सामानको छुट्ट छुट्टै लिलाम बडाबड कबोल गर्नु पर्नेछ ।
८. लिलाम प्रकृयामा जि.वि.स. को कार्यालय, डोटीमा कार्यरत कर्मचारी तथा निजका नातेदाहरुले भाग लिन पाउने छैनन् ।
९. लिलाम बडाबड सम्वन्धी अन्य कुरा वुझ्नु परेमा कार्यालय समय भित्र आई कार्यालयमा आई वुझ्न सकिने छ ।
१०. लिलाम बडाबड प्रकृयामा कुनै विवाद आएमा लिलाम बडाबड समितिको निर्णय अन्तिम हुनेछ ।

(शिवकुमार कार्की)
स्थानीय विकास अधिकारी


Wednesday, December 25, 2013

बिम्ब साप्ताहिक मिति २०७० साल पुष ९ गते मंगलवार
मुख्य समाचार
तास किन्न वालवालिकाहरुको प्रयोग
कस्को लागि तास किन्दैछां वावु ?
खडक अंकलहरुले मगाउनु भा को ।
अनि तिमिलाई के दिन्छन त तास किन्न आएपछि ?
जितेपछि अलिअलि पैसा दिन्छन ।
शनिवार डोटीको सदर–मुकाम सिलगढीको एक पसलमा तास किन्न आएका १३ वर्षीय एक वालकसंग भएको कुराकानी हो यो । जुवा खेल्ने एक सरकारी कर्मचारीले उनलाई जितेपछि दिईने पैसा (जिताउरी) दिने प्रलोभन देखाउँदै तास किन्न पठाएका थिए । ति वालकले भने– आफु त म खेल्दैन तर खेलेको हेरिहरन्छु ।
अन्य दिनहरुमा भन्दा शनिवारको दिनमा तासको बिक्री वढी हुने वढी जसो वालवालिकाहरुलाई नै तास किन्न पठाउने गरेको वताउँछन स्थानीय व्यापारीहरु । व्यापारीहरुका अनुसार अन्य दिनमा पनि तासको बिक्रि बिवरण राम्रै हुने गरेको  छ ।
जुवा तास ऐन २०२० अनुसार जुवा तास निषेध        गरिएको भएपनि जिल्ला सदर–मुकाममै तासको बिक्रीबितरण वढ्नुले अहिले पनि निकै जुवा तास खेल्ने काम भईरहेको देखाउँछ । ऐनको दफा ३ अनुसार “कुनै व्यक्तिले जुवा खेल्न खेलाउन वा जुवा खेल्ने खाल थाप्न वा आफ्नो हकको वा आफ्नो भोग चलन वा जिम्माको कुनै घर कोठा वा ठाउँलाई जुवा खेल्ने वा खेलाउने काममा व्यवहार गर्न वा गराउन, जुवा खेलेको ठाउँमा बस्न      हुँदैन ।” भन्ने वाक्याँस उल्लेख गरिएको छ । एक व्यापारीले भने–को ले रोक्छ तासको बिक्री बितरणलाई, जिल्ला प्रहरी कार्यालयमा त तासका गड्डीहरु नियमित रुपमा जान्छन ? ति व्यापारीले प्रहरी कर्मचारीहरुले तलव बुझ्ने समयमा वढी तास प्रहरी कार्यालयमा जाने गरेको वताए ।
त्यसो त जिल्ला सदरमुकाममै दिउसै खुल्याम सडकमै वसेर तास खेल्नेहरुको संख्या पनि कम      छैन । जिल्लाका ग्रामिण क्षेत्रमा कार्यरत प्रहरी कर्मचारीहरु समेत स्थानीयवासीहरुसंग वसेर तास खेल्ने गरेको कुरा सञ्चारमाध्यममा आउँदा पनि सम्वन्धित निकायको कुनै ध्यान गएको छैन । जुवाकै कारण गत तिहारमा एकै दिन पाँच आपराधिक घटनाहरु भएका थिए ।
सार्वजनिक बिदाको दिनमा सरकारी कार्यालयमै, क्याम्पसमा, बिद्यालयमा, होटेल गेष्टहाउसहरुमा जुवा तास दिउसभरी जसो खेल्ने कार्य रोकिएको छैन । टेलिफोनमार्फत “आजको अडड कहाँ हो ?” भन्ने वार्तालाप हुने गरेका छन । जुवा तास खेल्ने र खेलाउँनेलाई कानुन वमोजिम कारवाही हुने व्यवस्था जुवा तास ऐन २०२० को दफा ४ मा उल्लेख भएको भएपनि डोटीको हकमा भने उक्त कानुन कागजमै सिमित रहेको देखिन्छ ।
वालवालिकाहरुलाई कुनै पनि अनैतिक कार्यमा लगाउन नपाईने अन्तराष्ट्रिय मान्यता हुँदाहुँदै पनि जुवातासको ओसारपसारमा स्कुले वालवालिकालाई प्रयोग गर्नु पनि कानुन बिपरित नै हो ।

सम्पादकीय
निश्पक्ष होस शिक्षाक छनौट
लामो समयको अन्तरपछि नेपालमा शिक्षकहरुको खुला प्रतिस्पर्धात्मक परीक्षाद्वारा शिक्षक छनौट प्रक्रिया अगाडी वढेको छ । माध्यामिक तह र निम्न माध्यामिक तहको लिखितको नतिजा समेत सार्वजनिक भईसकेको वर्तमान अवस्थामा वजारमा बिभिन्न खालका हल्लाहरु आउने गरेका छन । कतै पैसाको चलखेल, कतै राजनीतिक, कतै प्रशासनिक भनसुनका कुराहरु पनि व्यापक रुपमा चल्न थालेका छन । यद्यपी यि हल्लाहरु परीक्षा नहुँदै देखि वजारमा आएका थिए ।
वजारमा आएका हल्लाहरु शिक्षक सेवा आयोगले गरेको दावी जस्तै साँचा नहोलान तर आयोगकै त्रुटीहरुवाट समेत यस्तो भएको देखा परेको छ । सिम्वोल नं. एक जनाको नाम अर्कैको गरेर जसरी नतिजा प्रक्रियालाई बिवादित वनाईएको छ यसो हेर्दा वजारका हल्लालाई पूर्ण रुपमा अस्वीकार गर्न सक्ने अवस्था पनि छैन । अर्को     कुरा आयोग स्वयंले पनि त्रुटी भएको कुरा आम सञ्चारमाध्यममा स्वीकार पनि गरेको छ । यसले त साँच्चै आयोगभित्र कुनै समस्या छ भन्ने देखाएको छ ।
खैर, लिखितको नतिजा प्रशासनको क्रममा आयोगवाट जानेर वा अन्जानमा जुन त्रुटी भएको छ, त्यो त्रुटी अव दोहोरिनु हुँदैन । अहिले पनि शिक्षा संयन्त्रको उच्च ओहोदामा रहेका व्यक्तिहरुले आप्mना मान्छेलाई पास गर्ने दाउ खोज्दै गरेको कुरा वाहिर आउँदै छ, यदि यसो हो भने त्यो बिद्यार्थीहरुका लागि, अभिभावकहरुका लागि, क्षेमतावान प्रतिस्पर्धिहरुका लागि र सिंगो नेपालको शिक्षा व्यवस्थाका लागि दुर्भाग्य हुने छ ।
आफ्नो स्थापनाकालमा पहिलो पटक खुला प्रतिस्पर्धावाट शिक्षक छनौट गर्ने सौभाग्य पाएको आयोगले योग्य शिक्षक छनौट गर्ने उद्देश्य राखेको हुनुपर्छ यस्तो योग्य शिक्षक जसको हातमा हजारौं बिद्यार्थीहरुको भबिश्य रहेको हुन्छ । त्यस्ता शिक्षक छान्नका लागि आयोग अति सम्वेदनशील हुनुपर्छ । जानीजानी त्रुटी गरेर छनौट         गरिएका शिक्षकहरुले कसरी अध्यापन गर्लान र कस्तो गुणस्तरको शिक्षा होला भन्ने वारेमा समेत हामीले सोच्नु पर्ने जरुरी हुन्छ ।
त्यसैले वजारमा आएका हल्लाहरुलाई चिर्दै, प्रतिस्पर्धात्मक युगमा प्रतिस्पर्धाकै आधारमा नयाँ शिक्षक चयन गर्दै वर्षेनी खस्कदै गएको शिक्षाको गुणस्तरलाई माथी उकास्ने जिम्मा अव आयोगको हातमा छ । यदि आयोगले यो चुनौतीको सामना गरेर निश्पक्ष एवं निर्भयका साथ शिक्षकहरुको छनौट गर्न सक्यो भने उस्को अग्नी   परीक्षा पास हुनेछ र आगामी दिनका लागि पनि बिश्वास योग्य हुनेछ अन्यथा आयोगका नाममा एक छुट्टै संरचना खडा गरेर राष्ट्रको ढुकुटी मात्रै रित्याउनुको कुनै अर्थ हुनेछैन । आयोग राख्ने वा नराख्ने भन्ने वारेमा बहस चलाउनु बरु सान्दर्भिक हुन जाला ।

थप समाचारहरु
छुवाछुत मुक्त नगरपालिका
लामो समय देखि दलितका सवालमा काम गर्दै आईरहेको समविकास केन्द्र ईडिसि डोटीले दिपालय सिलगढी नगरपालिका–४ लाई एक कार्यक्रमका विच जातीय छुवाछुत मुक्त क्षेत्र घोषाण गरेको छ ।
दिपायल सिलगढी नगरपालिकाका लेखा अधिकृत तथा वडा नं. ४ का वडा सचिब     सरीफकुमार श्रेष्ठको सभापतित्व,  सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको प्रमुख आतिथ्य र सम विकास केन्द्र ईडिसिका अध्यक्ष अधिराज विसिको विशिष्ट आतित्थ्यमा कार्यक्रम जिल्ला  सदरमुकाम सिलगढीको ईन्द्रचोकमा शुक्रवार सम्पन्न भएको हो ।
सम विकास केन्द्र ईडिसि डोटीले आफ्नो स्थापनाकाल देखि नै दलित समुदायको सवाल र लैङ्गिक समानताको विषयलाई मुल मुद्धा बनाई अघि बढिरहेको छ । कार्यक्रममा बोल्दै दिसिनपा–४ का रविन्द्र टेलरले आफुहरुले सार्वजनिक स्थलमा प्रवेश नपाउने सन्र्दभ देख्दा आफुहरुलाई दुखः लाग्ने विगतको सम्झना गर्दै नगरपालिकाको एउटा बडाले आफुलाई छुवाछुतमुक्त बडाको रुपमा घोषणा गर्दै गर्दा आफुलाई खुशी लागेको बताए । बक्ताहरुले कार्यक्रममा वोल्दै सरकारलेनै नीति निर्माण गरी देश नै छुवाछुतमुक्त भईसकेको भएपनि स्थानीय    स्तरबाट नै जनताले स्वःस्फुत तरिकाले छुवाछुतमुक्त घोषणा गर्दै गर्दा आफुहरुलाई खुशी लागेको बताए ।
कायक्रमका प्रमुख अतिथि पौडेलले अब जातीय प्रणालीलाई हटाई अन्तरजातीय विवाह गर्न पनि कहि कसैले रोकटोक नगर्ने र कसैले जातीय छुवाछुत गरेमा उसलाई कडा भन्दा कडा कानूनी कारवाही गर्नेमा आफुहरु प्रतिबद्ध रहेको बताए । कार्यक्रममा राष्ट्रिय दलित नेटवर्कका केन्द्रीय प्रतिनिधि टेक वि.क., दलित नेता कुमार सिँ टेलर लगायतका लागि शुभकामना मन्तव्य राखेका थिए ।

छाउपडीमुक्त हुँदै डोटी
सुदुरपश्चिममा कुरीतिको रुपमा रहेको छाउपडीप्रथा हटाउने अभियान डोटी जिल्लामा तिव्र रुपमा चलिरहेको छ ।
गत हप्ता मात्र पौष ५ गते भुमिराजमाण्डौ, पौष  ६ गते दुर्गामाण्डौ र पौष ७ गते खातीवाडा गविसहरु छाउपडी मुक्त गाविस घोषणा भएका     छन् ।
महिलाहरु महिनावारी हुँदा घर देखि टाडा रहेको एक्लो गोठमा सुत्नु पर्ने, पोषिलो खोने कुरावाट वञ्चित रहनु पर्ने, महिनावारी भएका वेला महिलामाथी जनवारको जस्तै व्यवहार भोग्नु पर्ने लगायतका थुप्रै समस्याहरु भोग्नु पर्ने प्रथाको रुपमा छउपडी समस्या रहेको थियो । अब आफ्नो गाविसमा त्यस्तो प्रकारको विभेद नहुने भएपछि स्थानीयबासिन्दाहरु खुशी भएका हुन् ।
डोटी जिल्लाको दुर्गामाणडौं गाविस महिला तथा बालबालिका कार्यालयको सहयोगमा छाउपडीमुक्त गाविस घोषणा भएको हो । सम विकास केन्द्र ईडिसिको सहयोगमा संचालन भएको कार्यक्रमको आर्थिक सहयोगमा लक्ष्मीनगर, सरस्वतीनगर र   भुमिराजमाण्डौ छाउपडीमुक्त गाबिस घोषणा भएका छन ।  शनिवार महिला तथा बालबालिका कार्यालय डोटीले दुर्गामाण्डांै गाविसलाई छाउपडीमुक्त गाविसको रुपमा घोषणा गर्दा आईतबार ईडिसिको सहयोगमा खातिवडा गाविसले पनि आफुलाई छाउपडी मुक्त गाविस घोषणा गर्दै पाँचौ स्थानमा छाउपडिमुक्त गाविसको रुपमा आफ्नो पहिचान गराएको हो ।
भुमिराजमाण्डौं गाविस सचिब डवल भाटको सभापतित्व र भुमिराजस्वास्थ्य चौकीका ईन्चार्जको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो भने हजारौं स्थानीय महिला समाजसेवी, बुद्धिजीवि,          राजनीतिक दल लगायत आम समुदायको सहभागिता रहेको थियो । गाविस छाउपडीमुक्त हुने खुशीयालीमा स्थानीय युवाहरुले सड्क नाटक प्रदर्शन, महिलाहरुले सुदुरपश्चिमको पहिचानको रुपमा रहेको डेउडा गित प्रस्तुति लगायत सहभागीहरुले विभिन्न साँंस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । गाविस सचिब भाटले वोल्दै सरकारले छाउपडी सम्वन्धी नीति ल्याएको भएपनि गाविसको २२ औं गाँउपरिषदबाट पनि नीति निर्माण गरिने बताएका थिए । बिम्ब प्रतिनिधिसँग कुरा गर्दै भाटले गाविसस्तरीय नीति निर्माण गरी छाउपडी प्रथा मान्ने वा महिलामाथी हिंसा हुने खालका गतिविधि संचालन गर्नेहरुलाई गाविसवाट दिईने सेवा सुविधा सबै बन्द गरिने समेत बताएका छन् ।
खातिवडा गाविसमा भएको कार्यक्रममा पनि विभिन्न सांस्कृतिक कार्यक्रम, स्थानीय लोक सांस्कृति झल्काउने हुड्के नाच, डेउडा गित, महिलाहरुले तयार पारेको सड्क नाटक पनि प्रस्तुत गरिएको थियो । गाविस सचिब गणेश खडकाको सभापतित्व र खातिवडा उपस्वास्थ्य चौकीका ईन्चार्जको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा वोल्दै गाविस सचिब खडकाले छाउपडीमुक्त क्षेत्र घोषणा भएको खुशी व्यक्त गर्दै सबैलाई बधाई दिए । अब गाविलाई छिटै सरकारको नीति अनुसार सन् २०१५ सम्म खुल्ला दिशामुक्त क्षेत्र बनाउनका लागी सबैले चर्पि निर्माण गर्नु पर्ने र चर्पिको प्रयोग गर्नु पर्ने  धारणा व्यक्त खडकाले गरेका थिए ।

एसएलसी सेन्टअप नियमित नियम बिपरित
शिक्षा बिभागले कुनै पनि बिद्यालयले प्रवेसिका (एसएलसी) सेन्टअप परीक्षा लिन नपाउने जनाएको छ ।
नीजि तथा आवासीय बिद्यालयहरुको संगठन प्याव्सन र एन्प्याव्सनले सूचना जारी गर्दै सेन्टअप परीक्षा लिने तालिका सार्वजनिक गरेपछि बिभागले यस्तो वताएको हो । शिक्षा ऐन तथा नियमावली अनुसार केही वर्षदेखि सेन्टअप परीक्षा व्यवस्था हटाएको बिभागले स्पष्ट पारेको छ । नियमानुसार बिद्यार्थीले सेन्टअप नदिईकनै प्रवेशिका परीक्षामा सामेल हुन सक्ने छन ।
बिभागमा आईतवार वसेको बैठकले बिद्यालयले कुनै पनि तहमा पढ्दै गरेका बिद्यार्थीलाई त्रैमासिक रुपमा ल्याकत परीक्षा लिन पाउने तर सेन्टअप   परीक्षा लिएर पास वा फेल गराउन नपाउनेवारे  सरोकारवालाको ध्यानाकर्षण गराउने निर्णय गरेको हो । सेन्टअप नाममा परीक्षा शुल्क असुल्ने र पास÷फेल गराउने काम कुनै बिद्यालयले गरेको पाईएमा कारवाही हुनेछ, अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले भने “आन्तरिक रुपमा ल्याकत लिन भने वाधा पुग्ने छैन ।” बैठकले बिभागका उपनिर्देशक रामशरण सापकोटाको संयोजकत्वमा शुल्क, छात्रबृत्ति, सहवरण, कक्षा अपग्रेड, बार्षिक परीक्षालगायत बिषयमा अनुगमन कार्यदल गठन गरेको छ । कार्यदलमा प्याव्सन, एन्प्याव्सन, अभिभावक संघ लगायत सदस्यहरु छन । कार्यदलले पुष मसान्तभित्र प्रतिवेदन बुझाउने छ ।
बिगतका वर्षहरुमा पनि सेन्टअप परीक्षा लिन नपाउने भनिएको थियो तर नीजि बिद्यालयहरुले उक्त परीक्षा सञ्चालन गरेका थिए ।

जोखिमपूर्ण हुुँदै दिपालय उपत्यका
सेती नदी र उपत्यकाको बीच भाग भएर वग्ने खोलाहरुको निरन्तर कटानका कारण दिपायल उपत्यका संकटमा परेको  ।
उपत्यकामा बढ्दै गएको अव्यवस्थित वसोवास र अबैज्ञानिक किसिमले निर्माण  भईरहेका सडकहरुले कटानमा सहयोग पु¥याएको छ । दिपायल सुदुरपश्चिमको सवैभन्दा ठुलो उपत्यका हो । दिपायल छेउछाउका गाबिसहरुमा अन्धाधुन्द काटिएका ग्रामिण सडकहरुवाट वर्षातमा वगेर आएको माटो र पहिरोले समेत उपत्यकाका बिभिन्न ठाउँहरुलाई मासिने वनाएको छ ।
दिपायलको बिच भाग भएर वग्ने सेती नदीले ठाउँठाउँमा जमिन काट्नुका साथै वस्तीनै जोखिममा पारेको छ । पुरानो दिपायल वजार सवैभन्दा सेती नदीको जोखिममा रहेको छ । दिपायलको पश्चिम भएर वग्ने गोद्रेगाढले निकै कटान वढाएको छ । नरम माटो भएकाले उपत्यका बिचबिचमा सामान्य खोलाले समेत गल्छीहरु वनाएको छ । कटानले गर्दा त्रेतायुगिन दिल्पेश्वर मठ भएको क्षेत्र कटानमा परेको छ । दिपायलका कर्णवहादुर     द्वारियाले भने– जो क्षेत्रको नामवाट दिपायल नाम रहन गएको हो, त्यही क्षेत्रको पहिचान वाँकी     नराख्ने गरी सेती नदीले वगाउँदै जाँदा समेत हामीले संरक्षणको योजना वनाउन सकेका छैनौं । सेती नदीकै कटानले गर्दा वाईसधारा पर्यटकीय क्षेत्र वगरमा परिणत भएको पन द्वारियाले वताए । यहाँ २२ वटा लहरै वगेका धाराहरु रहेका थिए ।
कटानले गर्दा गोद्रेखोला आसपासका बस्तीहरु जोखिममा परेका छन । उपत्यकाको       सिरानमा पहिरोको जोखिम रहेको छ भने फेदीमा सेती नदीको    निरन्तर कटान रहेको छ । अव्यवस्थित वस्ती वसेका कारण दिपायलको कठायत टोल सामान्य वर्षातमा पनि डुवानमा पर्ने      गरेको छ । पानी वग्ने गल्छी र वाटाहरु पुरिँदै भएपछि वर्षातमा वस्ती जलमग्न हुने गरेको स्थानीय प्रेम कठायतले वताए । कठायतले भने–निकै वेर एकै ठाउँमा पानि जम्मा हुन्छ अनि जता नरम माटो पायो कटान वनाउँछ ।
दिपायल उपत्यकाको अस्तित्वनै संकटमा पर्दा समेत कसैको ध्यान जान नसकेको पिडा स्थानीयहरुको रहेको छ । स्थानीय गणेशदत्त भट्टले भने–दिपायललाई वचाउने हो भने बृहत दिपायल उपत्यका संरक्षण योजना वनाउनु जरुरी रहेको छ । कुनै खोला र गल्छीलाई ५÷१० जाली हालेर नियन्त्रण हुने अवस्थानै छैन । दिपायल उपत्यका संरक्षण गर्ने बिषयमा अहिलेसम्म छलफल समेत हुन नसकेको पनि भट्टले वताए ।
दिपायलको मध्य भाग भएर निर्माण गरिएको सडकले समेत डुवान र कटान बढाएको छ । डिभिजन सडक कार्यालय दिपायलको भने सडक व्यवस्थित वनाउने र वर्षातमा पानीको निकास सहज वनाउनका लागि सडक बिभागले योजना वनाईरहेको जानकारी दिएको छ । निकास कतावाट गर्ने भन्ने समस्या रहेको कार्यालयको भनाई थियो ।
खोलाहरुको कटान रोक्नका लागि जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयले माग अनुसारको काम नभएर कार्यालयको क्षेमता अनुसारको काम मात्रै गर्ने गरेको सडक कार्यालयले वतायो ।

वनमा व्यवसायिक खेती
चुरे क्षेत्रको संरक्षण गर्नका लागि सुदुरपश्चिमको कञ्चनपुरमा व्यवसायिक बृक्षारोपण सुरु भएको छ । व्यवसायिक       वृक्षारोपणवाट वनभित्रै व्यवसायिक खेती सुरु गरिने भएको छ ।
भिमदत्त नगरपालिका–३ तिलकपुरमा रहेको सहिद स्मृत सामुदायिक वनले चुरे क्षेत्रको   संरक्षण तथा संवद्र्धनका लागि वनमा व्यवसायिक खेती सुरु    गरेको हो । उक्त सामुदायिक वन चुरेको फेदमा रहेको छ । वनले बिभिन्न प्रजातिका वोटबिरुवा     रोपेको सामुदायिक वनका अध्यक्ष कर्णवहादुर बिष्टले जानकारी   दिए । बिष्टले सामुदायिक वनभित्र रक्तचन्दन, खयर, सिसम, लिप्टिस लगायत अन्य जातका वनस्पति रोपएिको वताए ।
पछिल्लो सयमा दिन प्रतिदिन चुरे क्षेत्रमा फडानी भएका कारण बाढी पहिरोको समस्या आउन थालेपछि हामीहरुले वन हाताभित्र बृक्षारोपण गरेका हौं, बिष्टले सामुदायिक वनको १२ कठ्ठा जमिनभित्र ६ हजार घिउकुमारी र आठ कठ्ठा जमिनमा पाँच सय रक्तचन्दनका बिरुवाहरु रोपिएको वताए । सामुदायिक वनका उपभोक्ताहरुलाई घिउकुमारी खेतीवाट व्यवसायिक रुपमा फाईदा हुने भएकाले      घिउकुमारीको बृक्षारोपण गरेको अध्यक्ष बिष्टले वताए । वन     संरक्षण, उपभोक्ताहरुको            रोजगारी र सामुदायिक वनको आयमा समेत बृद्धि गर्नका लागि व्यवसायिक खेती गर्न थालिएको बिष्टको भनाई थियो ।   घिउकुमारीवाट तेल, साबुन, सोडा, स्याम्पु जस्ता वस्तुहरु उत्पादन हुने भएकोले वजारमा घिउकुमारीको माग बढ्दै गएकाले घिउकुमारी खेती खेर नजाने अध्यक्ष बिष्टको भनाई छ ।
कानुनी हिसावले रक्तचन्दन बेचबिखन गर्न नपाईने भएकाले रक्तचन्दनले वातावरणलाई स्वच्छ राख्ने अध्यक्ष बिष्टको भनाई छ । बिरुवा रोपेको १५ वर्षदेखि        रक्तचन्दनको बिरुवाले मिठो वास्ना दिने बिशेषता रहेको छ ।      “चुरेको फेदमा भएका कारण   चुरे संरक्षण र वातावरणलाई झन, फाईदा हुन्छ” अध्यक्ष बिष्टले   भने ।

पिपिएलएमा नयाँ नेतृत्व
प्रगति तथा पेशागत कानून व्यवसायी संगठन, नेपालको प्रथम डोटी जिल्ला सम्मेलन डोटीको दिपायलमा शुुक्रवार सम्पन्न भएको छ ।
जिल्ला तदर्थ समितिका संयोजक दिपक वहादुर सिँहको सभापतित्वमा सम्पन्न सम्मेलनले शंकर दिप मडैकोे अध्यक्षतामा ६ सदस्यीय कार्यसमिति चयन गर्दै सम्पन्न भएको हो ।
उद्घाटन शत्रमा बोल्दै नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य सच्चिदानन्द जोशीले नेपालका सम्पुर्ण देश भक्त, प्रगतिशिल तथा पेशागत कानून व्यवसायीहरुको छाता संगठन भएकोले सबै देश भक्त प्रगतिशिल कानून व्यवसायीहरुले आबद्ध रहि आफ्नो क्रियाकलाप अघाडी बढाउनु पर्ने बताए । जोशीले भने संगठन संबैधानिक सर्वोच्वता, कानुनको शासन र मानब अधिकारको प्रबद्र्धनमा क्रियाशिल रहेको छ । यसले कानून व्यवसायीहरुको व्यववसायिक सीप र दक्षतालाई अभिबृद्धि गर्ने बिश्वास लिएको बताए ।
न्यायको क्षेत्रमा अध्ययन अनुसन्धान, प्रशिक्षण र परामर्श गर्दै आएको यस छाता संगठनको नव निर्वाचित कार्यसमितिको सचिवमा कृष्णवहादुर भट्टराई र कोषाध्यक्षमा मेरिना श्रेष्ठ रहेका छन । यसैगरी सदस्यहरुमा दिपकवहादुर सिंह, दलवहादुर धामी र लालवहादुर खड्का रहेको नवनिर्वाचित अध्यक्ष मडैले जानकारी दिए ।
ÊÊÊÊ

ट्रकले ठोकिँदा एकको मृत्यु
शुक्रवार डोटीको        खिरसैनमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
अछामवाट कैलालीको धनगढीतर्फ गईरहेको ना ४ ख ७३८३ नं. को ट्रकले वाटोमा  हिडिरहेका खिरसैन गाबिस–७ निवासी मोहन सिं खड्कालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । डोटी साफेवगर सडक खण्डको      खिरसैन गाबिस–९ मा भएको उक्त घटनापछि स्थानीयवासीहरुले तत्काल सडक अवरुद्ध गरेका   थिए । वाटो अवरुद्ध भएपछि घटनास्थल पुगेका डोटीका प्रहरी नायव उपरीक्षक जनकवहादुर शाहीले क्षेतिपूर्तिका लागि आफुले पहल गर्ने प्रतिवद्धता जनाएपछि सोही दिन अवरुद्ध वाटो सुचारु भएको थियो ।
पिडित र ट्रकधनीबीच आईतवार बिहान जिल्ला प्रहरी कार्यालय डोटीमा भएको सहमतिपछि घटनाको मिलापत्र भएको छ । सवारी दुर्घटनामा मृतकका आफन्तले पाउने तेश्रो पक्षीय विमाको पाँच लाख रुपैयाँ र थप दुई लाख ट्रकधनीले दिने सहमति भएपछि घटनाको मिलापत्र गरिएको पिडित पक्षले जानकारी दिएको छ ।

पर्यटन र खेल समाचार
मनमैजु युवा क्लबको आयोजना खुल्ला रेसलिङ्ग प्रतियोगिता सम्पन्न भएको छ ।
शनिवार प्रतियोगिता सुरु हुनु भन्दा पहिले नै दर्शकले खाचाखच भएपछि आयोजकलाई व्यवस्थापन गर्न हम्मेहम्मे भएको थियो । खेलको सुरुमा लक्ष्मी जोशी र पुजा जोशी जोसिलो नृत्यले महोल तताएको वताईएको छ ।
खेलको सुरुवातमा बल्ड हेभिवेट च्याम्पियन अर्जिगर र बाबा बुई भिडेका थिए । यी दुईको रोमाञ्च खेलमा किङ कोभ्रा अर्थात सत्यनारायण चौधरीले रेफ्रिको भुमिका निर्वाह गरेका थिए । खेलको अनुगमन गर्ने अख्तियार पाएका रेफ्रिले खेल नियम विपरित भएको भन्दै खेदमैदान छाडेका थिए ।

हराउदै गएको हुडेके नाच
“हाम्रो संस्कृति हो यसको जर्गेर्ना पनि हामी आफैले गर्नु पर्छ त्यसैले मैले आफ्नो नातीलाई पनि यो सिकाउदै छु ।”
माथिको भनाई खातिवडा गाविसका  नर वहादुर नागरीको हो । सात वषर््ीाय आफ्नो नाती बम बहादुर नागरीलाई हुडेके नाच सिकाईरहेका नरवहादुरले आफ्नो संस्कृतिलाई विर्सिर्दै विदेशी संस्कृति भित्राउने विदेशी संस्कृतिमा रमाउनेहरुको संख्या बढेका कारण आफ्नो बाबु बाजेकोपाला देखि गर्दै आएको हुडेके नाच आफ्नो नातीलाई सिकाउन लागेको उनले बताए । एक छोरा तिन छोरीका बाबु रहेका     नागरीको एक श्रीमति एक बुहारी र दुई नातीहरु रहेका छन् । सात वर्षको जेठो नातीलाई नाच सिकाउन लागेको एक वर्ष मात्र भएको र एक वर्षमा सात ओटा विवाहमा नचाई सकेको पनि उनले      बताए । कक्षा १ मा अध्ययन गर्ने बंम वहादुर पनि वाजेले सिकाईरहेको नाचवाट आफु खुशी रहेको बताए ।
६५ वर्षका नागरीक भन्छन् “यो नाचमा पुर्खाको ईतिहासको वारेमा गुणगान गाईन्छ । विर पुर्खाहरुले कसरी युद्ध लडेका थिए हाम्रो पुर्खाहरु कहाँबाट कसरी यहाँ आएका हुन्, आफ्नो गोत्र के हो, आफुले यो नाच नाच्दा के हुन्छ, कसले कसको सेवा कसरी गरे यि सबै कुराबारेमा गित वाट दर्शकहरुलाई जानकारी गराईने उनले बताए । बजा बजाउने नाच्ने सबै गरी ६ देखि ७ जनाको समुहमा यो नाच देखाउन सकिने उनले बताए ।
ऐतिहासिक पृष्ठभुमि, राजारजौटा, मुख्य र ठालुहरुको बारेमा गुणगान गाईने हुडेके नाच जति महत्वपुर्ण छ त्यस भन्दा महत्वपुर्ण त्यस वेलाको संस्कृति झल्काउने भेषभुषा र गितमा प्रयोग हुने शब्दहरु । स्वदेशी होस् या विदेशी पर्यटक सबैका लागी यो नाच नौलो हुन सक्छ । डोटी जिल्लामा आउने पर्यटकहरुका लागी स्थानीय संस्कृतिका रुपमा यो नृत्यलाई प्रस्तुत गर्न सकिन्छ तर पनि यो संस्कृति हराउदै गएको छ । यो संस्कृतिलाई जर्गेर्ना गर्नका लागी सबैले लाग्नु पर्ने देखिन्छ ।
किन हराउदै छ यो संस्कृति ? आर्थिक रुपमा आम्दानी कम हुन्छ, समाजले हेर्ने दृष्टिकोणमा मौलिकता भित्रिर्दैछ, सिडि क्यासेटहरुमा मानिसहरु रमाउने गर्छन् र मदिराको सेवनका कारण मदिरा सेवन गर्नेहरुले पुरानो संस्कृतिलाई मनपराउदैनन् भन्छन् नागरी । आफुलाई कसैले सहयोग गरे धेरै युवाहरुलाई यो नाचको महत्व र ऐतिहासिकताको बारेमा जानकारी दिदै नाच सिकाउने ईच्छा रहेको उनको भनाई छ ।

चलचित्र र मनोरञ्जन
भारत कै महंगो चलचित्र मध्ये मानिएको धुम ३ शुक्रवार देखि प्रर्दशनमा आएको छ । निर्देशक विजय कृष्ण आचार्यले निर्देशन गरेको उक्त चलचित्र क्रिसमस दिवशको पुर्वसन्ध्या पारेर सार्वजनिक भएको चलचित्र यस भन्दा पहिलेनै प्रर्दशनमा आईसकेको धुम र धुम २ को सिक्वेल हो । यो चलचित्रले आम्दानी तर्फ भारतकै कीर्तिमान तोड्ने अपेक्षा गरिएको छ । अमिर खान तथा कट्रिना कैफलाई स्टारकास्टमा जोडेकाले पनि यस चलचित्रमा यशराज फिल्म्स उत्साहित भनेको छ । धुम ३ मा यस पटक पनि पहिले जस्तै चोर विरुद्धको प्रहरीमै केन्द्रित रहेको भए पनि प्रस्तुतिकरण पृथक रहेको निर्माण पक्षले दावी गरेको छ । पहिलो दिनको प्रर्दशनमा दर्शकहरुले धुम ३ लाई अत्यधिक मन      पराउदै कुरानो कथा वस्तु जस्तै भए पनि नविनता रहेको बताएका छन् ।
चलचित्रको कथा आमिर खानको वरीवरी नै केन्द्रित रहेको छ । त्यसैले पनि अमिर खानलाई  खतरानाक, उग्र तथा भयंकर बनाईएको छ । खान यस्तो पात्र देखिएका छन् उनले चोरी गर्दा उनको वाटोमा आउने हरेक वस्तुलाई नष्ट गरी अघि बढ्ने गर्दछन् । तर उनलाई साथ दिने नायिका काट्रिना कैफ भने चलचित्रमा निकै सरल र सर्तक देखिएकी छिन् । उनी नायकसँग गुरुत्वाकर्षण नियम भन्दा फरक देखिएको दर्शकहरुले बताएका छन् । यस चलचित्रमा अन्य कलाकारहरुमा अभिषेक बच्चन, उदय चोपडा तथा जैकी नायक नायिक पछिको भुमिकामा देखिएका छन् ।  

मोफसल पत्रकारिता
पत्रकारिता गफ गरेर खाने पेशा होइन
दीपेन्द्र रुम्दाली (अध्यक्ष)
नेपाल पत्रकार महासंघ, ओखलढुंगा
 तपाईको पुरा परिचय पाउँ न ?
मेरो नाम दीपेन्द्र रुम्दाली हो । मेरो स्थायी ठेगाना मोली–३ ओखलढुंगा ।
 तपाईले किन पत्रकारिता पेशा रोज्नु भयो ?
पत्रकारिता पेशा शुरुमा रहरै रहरमा थालियो । अहिले आएर यही पेशा बनेको छ ।
 कति समय भयो यस पेशामा लागेको ?
यो पेशामा लागेको अहिले एक दशक बितेको छ ।
 कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ?
पहिलो कुरा त मोफसलमा रहेर अहिले पनि यही नै बिटमा समाचार लेख्ने भन्ने चलन छैन । मिडियाहरुले पनि आफ्ना रिपोर्टरलाई सबै बिटमा लेख्ने जिम्मेवारी दिएको हुन्छ । अझै पहाडी भेगको कुरा गर्दा त सबै बिटमा पोख्त हुन सक्नु पर्छ हामीले । मेरो इच्छा कै कुरा गर्दा त विशेषगरि मानवअधिकार, सामाजिक सांस्कृतिक र विकास पत्रकारिता बढी रुचाउँछु् ।
 एक पत्रकार भएर आईपर्ने समस्याहरु के के देख्नु भएको छ ?
पत्रकारलाई आईपर्ने समस्या धेरै छन् । पहिलो समस्या भनेको व्यवसायिकता नै हो । व्यवसायिक      पत्रकारिता नेपालमा अझै पनि हुन सकेको छैन । थोरै पत्रकारहरुले बाहेक अहिले सम्म धेरैले समाचार     लेखेरै बाँच्न नसक्ने अवस्था छ । त्यसको लागि वैकल्पिक पेशा अपनाएर पत्रकारितालाई पार्टटाईम बनाउनुपर्ने अधिकांश पत्रकारहरुको समस्याहरु हुन् । त्यसैगरी सानो ठाउँमा समाचार लेख्दा व्यहोर्नु पर्ने दुश्मनी, सास्ती र दुर्गम भेगमा समाचार रिपोर्टिङ गर्दा लाग्ने लगानी भन्दा समाचारको मूल्य आफ्नो सम्बन्धित सञ्चारमाध्यमले दिने पारिश्रमिक कम हुनु मूख्य समस्या हुन् ।
 पत्रकारिता पेशामा लागेर सन्तुष्ट हुनुहुन्छ त ?
सन्तुष्ट र असन्तुष्ट भनेर छुट्याएर भन्न सकिने स्थिति छैन । व्यवसायिकताको हिसाबले असन्तुष्ट छु तर पेशाको हिसाबले सन्तुष्ट छु । पत्रकारिताको माध्यमबाट गरिने समाज सेवा यति धेरै गहन छ कि यसबाट सामान्य मान्छेले गर्ने समाज सेवा भन्दा धेरै माथी यसको तुलना गर्न सकिन्छ । त्यसैगरी यो पेशाले दिने इज्जत र मानसम्मान वास्तवमै अन्य पेशामा भन्दा धेरै छ । त्यसैले पत्रकारिता पेशाबाट समग्रमा भन्नुपर्दा सन्तुष्ट छु । यसकारण कि म यो पेशाबाट बाहिर निस्कनै सक्दिँन ।
 तपाई संलग्न रहेर सञ्चालन भईरहेको “सर्वाजनिक साप्ताहिक” कसरी चलिरहेको छ ?
अन्य मोफसलका पत्रिकाहरु जसरी चलिरहेका छन् त्यो भन्दा पृथक पक्कै पनि सार्वजनिक साप्ताहिक हुन सक्दैन । यसको मुख्य नारा भनेको ‘गाउँघरको खबर संवाहक’ भन्ने हो । गाउँघरको खबरलाई प्राथमिकतामा   राखी गाउँघरकै पाठकहरुसम्म पु¥याउने हाम्रो उद्देश्य हुन् । त्यसैगरी हामीले जिल्लाका सरकारी, गैरसरकारी, व्यापारी र व्यवसायीहरुको सानासाना सूचनालाई विज्ञापनको रुपमा प्रयोग गरि त्यसबाट हुने आम्दानीबाटै यो चलिरहेको छ ।
 ओखलढुङ्गमा बसेर पत्रकारिता गरेको लामो अनुभव छ तपाईलाई, कसरी हेर्नु हुन्छ मोफसल पत्रकारितालाई ?
सबै कुरा मैले अगाडी नै भनिसकेँ । ओखलढुंगा जिल्ला र अन्य मोफसलका जिल्लामा पत्रकारिता गर्नुको अन्तर हुन्छ जस्तो मलाई लाग्दैन । कतिपय अवस्थामा पत्रकारिता बुझाउनु सक्नु पनि पत्रकारको गुणभित्र पर्दछन् । पाठक, दर्शक वा श्रोतलाई सुसूचित गराउने काम सँगै पत्रकारिताको वास्तविकता बुझाउन सकियो भने त्यसले पत्रकारिता गर्न थप सहज बनाउँछ । पत्रकारिता आफैमा चुनौतिपूर्ण पेशा भएकोले सबैले यो पेशा अपनाउन पनि सक्दैनन् । समग्र ओखलढुंगा जिल्लामै काम गरेको अनुभव भन्नुपर्दा ओखलढुंगामा पहिले पत्रकारिताको माहोल नै थिएन । पत्रकारको परिचय दिने मान्छे एकदुई बाहेक थिएनौँ । अहिले संख्या र गुणस्तर दुवै वृद्धि हुँदैछ ,खुशीको कुरा यही हो ।
 मोफसल पत्रकारिताका मुख्य चुनौतीहरु के के देख्नु भएको छ ?
मोफसल पत्रकारिताको मुख्य चुनौती व्यवसायिकता हो । सानो ठाउँमा पत्रकारिता गरेर व्यापक सूचना सम्प्रेषण गरि व्यवसायिक बन्नु चुनौतीको विषय हो । फेरी अहिलेसम्म राजधानीमा बसेर गरिएको पत्रकारिता राष्ट्रिय हुने र जिल्लामा रहेर गर्नेहरुको पत्रकारिता स्थानीय तथा जिल्लास्तरको मात्र हुने थप दुःखद् विषय हो ।
 यस जिल्लामा पत्रकारिता क्षेत्रमा लागेका सहकर्मीहरुको पेशागत दक्षता कस्तो पाउनु भएको छ ?
यहाँ कार्यरत पत्रकार साथीहरुमा पत्रकारिताको ज्ञान हुँदै नभएका हुनुहुन्न । अधिकांशले कम्तिमा पत्रकारिता र समाचार के हो भन्ने बुझ्नु भएको छ । तै पनि यतिमै सिमित नहुने विषय भएकोले सिक्नु पर्ने थुप्रै विषयहरु छन् । केही साथीहरुमा अपरिपक्वताको कारण समाचारले विभिन्न किसिमका समस्याहरु सिर्जना गर्ने गर्छन् । तर हामी पत्रकारहरु एकजुट भई नेपाल पत्रकार महासंघको नेतृत्वमा यस्ता समस्यालाई समाधान गर्ने गर्दै आएका छौँ ।
 मोफसल पत्रकारिताका समस्या समाधानका लागि सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ?
गर्नुपर्ने कुरा त धेरै छन् तर नेपाल सरकारले गर्दैन भन्ने सबैलाई थाहा भएकै विषय हो । हालै विज्ञापन नीति केही फराकिलो भएर स्थानीय तहसम्म सबै सञ्चारमाध्यममा विज्ञापन दिने चलन बढेको छ । यसले केही     राहत दिएको छ । यद्यपी नेपाल सरकारको मातहतमा निर्माण भएको न्यूनतम पारिश्रमिक निर्धारण समितिले जति अध्ययन प्रतिवेदन बुझाएपनि नेपालमा धेरै संचारसंस्थाहरुमा कामगरेपनि पारिश्रमिक नपाउने पत्रकारहरुको संख्या धेरै छ । यसलाई उचित अनुगमन गरि पारिश्रमिक दिन नसक्ने संचारसंस्थाहरु खारेज गराउनु     पर्छ । जसले अव्यवस्थित पत्रकारिता उन्मुलनमा सहयोग पुग्नेछ ।
 मोफसल पत्रकारका समस्या समाधानका लागि नेपाल पत्रकार महासंघको भुमिका कस्तो पाउनु भएको छ ?
नेपाल पत्रकार महासंघको भूमिका महत्वपूर्ण छ । कतिपय ठाउँहरुमा महासंघनै विभिन्न किसिमका विवादहरुमा मुछिँदा केही कमजोर भएको हामीले सुनेका छौँ । जहाँसम्म हाम्रो जिल्लामा त्यस्तो छैन । यदि महासंघले सबै पत्रकारहरुको आवाजलाई बुलन्द गर्दै अधिकारका निम्ति लड्न सके सरकारी स्तरमै यसको मुद्दा स्थापित गर्न सहज हुने थियो ।
 पत्रकारितामा लागेर कत्तिको पैसा कमाउनु भयो ?
यो अहिलेसम्म हाम्रो तहसम्म हाँसोकै विषय हो । समाचार लेखेकै भरमा पैसा कमाउनु गाह्रो छ । तै पनि आफ्नो इज्जत जोगाइ रहेको छु । पत्रकारिताबाट कमाई हुँदै नभएको भन्ने होइन । यो पेशामा लागेको एक दशक भो बाँची रहेको छु, कसैसँग झुक्नु परेको छैन् ।
 तपाइकंो विचारमा पत्रकारिता के हो ?
पत्रकारिताको परिभाषा मैले भन्दा पनि संसारका महान व्यक्तित्व तथा पत्रकारहरुले यसअघिनै दिइसकेका  छन् । तर पनि मैले भन्नै पर्दा सही सूचना जनमानसमा सञ्चारमाध्यमबाट सम्प्रेषण गर्नु नै पत्रकारिता हो ।
 अहिले पत्रकारिता क्षेत्र वद्नामित हुँदैछ, पत्रकारिता क्षेत्रमा लागेकैहरुले दिउँसै जाँड खाएर हल्ला गर्ने, केटी घुमाउन लैजाने, समाचारलाई लिएर मोलमोलाई गर्ने जस्ता प्रबृत्तिहरु पनि देखिएका छन भन्ने आरोप छ नि, कत्तिको सहमत हुनुहुन्छ ?
सबै व्यक्तिको सकारात्मक र नकारात्मक दुईवटा पक्ष हुन्छन् । जसरी यो समाजमा सबै किसिमका मान्छे हुन्छन् । त्यसरी नै पत्रकार पनि यही समाजको भएको र कुनै ग्रहको जन्तु नभएको कारण यस्तो हुनु स्वभाविक हो । तै पनि पत्रकारहरुले आफ्नो व्यक्तिगत आचरणलाई समेत पत्रकारको आचार संहितामा रही ख्याल गर्नुपर्ने हुन्छ । किनभने एउटा पत्रकार सार्वजनिक व्यक्ति पनि हो । उसले जसरी भएपनि समाजलाई सही दिशामा निर्देशित गर्न सक्नुपर्छ ।
 तपाई कत्तिको लाग्नु भा छ यस्ता कुराहरुमा ?
पत्रकारिता गफ गरेर खाने पेशा होइन । कसैले गफ गरेकै भरमा पत्रकार भन्दैनन् । काम गर्न सक्नुपर्छ । त्यसैले म भने मेरो काममै लागिरहने व्यक्ति भएकोले यस्तो गरिरहनु परेको छैन ।
 अन्त्यमा केही भन्न मन लागेको छ ?
अन्त्यमा मोफसलको पत्रकारिताको विषयलाई लिएर लिनुभएको अन्तरवार्ताको लागि धन्यवाद् । तपाँईहरुको विम्ब साप्ताहिकले सबै किसिमको समाजका सकारात्मक तथा नकारात्मक पाटोलाई उजिल्याएर जनमानस बिचमा ल्याउन सफल होस् । ती पाटोहरु भित्र पत्रकारहरुको आफ्नै पाटो समेट्न सक्नु भएकोमा फेरी पनि धन्यवाद् ।

लेख
जातीय भेदभाव तथा छुवाछुत समाज परिवर्तनमा चुनौती
रामहरी ओझा
चौधौं शताब्दी देखि बिभिन्न प्रकारका समस्याहरु झेल्दै आएको हाम्रो समाज समयको निरन्तरताका हिसावले २१ औं शाताव्दीमा प्रवेश गरेको छ । जातीय, क्षेत्रीय, लैङ्गिक जस्ता बिभेदहरु कायमै छन यो समाजमा । २१ आंै शताव्दिमा पनि यस्ता प्रकारका बिभेदहरु छन भन्न आफैलाई लाज लाग्नु पर्ने हो तर कसैलाई लाग्दैन ।
राष्ट्रिय, अन्तराष्ट्रिय कानुनसंगै मानवीय चेतनामा आएको विकासले यि सवै प्रकारका विभेदहरुको महल चिरा चिरा त पारेको छ तर अझै ढल्न सकिरहेको छैन । यसका लागी ठूलै भुकम्पको आवश्कता देखिएको छ । अझै समस्या के हो भने त्यो भुकम्प आउने कसरी ? हामी विभेद गर्नेहरु र विभेदवाट पिडितहरु दुवै पक्ष त्यो भुकम्प रोक्ने प्रयत्नमा छौं । जे पो होस भन्ने हाम्रो चाहना हुन्छ ।
यस्तै प्रकारका विभेदहरु मध्येको एक जातीय विभेद पनि हो । अहिलेको अवस्थामा जल्दोवल्दो सामाजिक रुपमा रहेको छ जातीय विभेद । जातीय विभेद समाजिक रुपमा निन्दनीय र कानुनी रुपमा दण्डनीय हो भन्ने कुरामा कसैको विमती छैन तर जातीय विभेद भइनै रहन्छ । यसलाई रोक्नको लागी पहलहरु पनि हुन्छन तर विचमै तुहिएर जान्छन ।
कसरी सुरु भयो जातीय विभेद ?
अखिलेखहरुको अध्ययनवाट प्राचिन वैदिक कालमा समुदायमा प्रारम्भिक रुपमा श्रम विभाजन गरिएको थियो भन्ने देखिन्छ । यसै श्रम अर्थात कामका आधारमा सामाजलाई चार जातमा विभाजन गरियो । जस अनुसार वौद्धिक काम गर्ने व्राह्मण, सैनिक र राजनैतिक काम गर्ने क्षेत्रीय, खेती र व्यापार गर्ने वैश्य र कठिन परिश्रम गर्नेलाई शुद्र भनियो । लिच्छवीकालमा समाजलाई चार वर्ण र १८ जात भनेर बिभाजन गरियो । १४ औ शताव्दीमा राजा जयस्थिती मल्लले जातका आधारमा पेशा किटान   गरे र उनले अरु जातको काम गर्नेलाई कडा सजाय दिने घोषणा समेत गरे । उनले लच्छिवीकालीन चार वर्ण १८ जातलाई चार वर्ण ३६ जातमा बिभाजन गरे । १७ आंै शताव्दीमा राजा राम शाहले जयस्थिती मल्लको जातीय विभाजनहरुलाई राज्यका निर्देशक सिद्धान्तका रुपमा अंगिकार गरे । त्यसो त राम शाहलाई सुदारवादी राजा मानिन्छ । अहिले पनि विभिन्न क्रान्तिकारी कुरा गर्नेहरु सुधारवादी राजा राम शाह भनेर गुणगान गाउछन । तर तिनै सुधारवादीले मानवको एक समुहमाथी भईरहेको अन्याय रोक्न नसकेर त्यसैलाई निरन्तरता दिने काम गरेको देखियो ।
मुलुकी ऐन बिक्रम सम्वत् १९१० (जसलाईं नेपालको प्रथम लिखित कानुन भनिन्छ) मा राजा सुरेन्द्र शाहले पुरानै संरचना अंगिकार गर्दै छोई छिटो हाल्नु पर्ने जात र हाल्नु नपर्ने जात भनि लेख्न लगाए । जातका आधारमा कानुनी सजाय हुने व्यवस्था पनि यसै ऐनमा लेखिएको पाइन्छ । देशको पहिलो लिखित मुल कानुनका रुपमा आएकोे “नेपालको वैधानिक कानुन २००४” ले पनि यस सवालमा खासै फेरवदल गरेन । यो कानुनी रुपमा वैध मानिदै आयो ।
के अहिले पनि जातीय विभेदलाई कानुनी मान्यता छ ?
२००७ सालको राजनैतिक परिर्वतनपछि देशमा संविधानसभा मार्फत नयाँ संविधान निर्माण हुने कुरा चल्यो । नयाँ संविधान नवने सम्मकालागी राजा त्रिभुवनले “अन्तरीम शासन विधान २००७” को घोषणा गरे । सो विधानको धारा १३, १४, र १६ मा कानुनका अगाडी सवै समान हुने, जात वा धर्मका आधारमा भेदभाव नगरिने जस्ता कुराहरु       राखिएपछि जातीय विभेद कानुनी रुपमा अपराध मानिन थालिएको हो । त्यसपछि “नेपाल अधिराज्यको संविधान २०१५” र “नेपालको संविधान २०१९” मा पनि जातीय विभेद विरुद्ध स्पष्ट रुपमा व्याख्या गरेको पाइन्छ । २०२० सालमा आएको मुलुकी ऐनलाई जातीय विभेदवाट समाजलाई मुक्त राख्ने मुल ऐनका रुपमा मानिन्छ ।
२०४६ सालको राजनैतिक परिर्वतन पछि २०४७ सालको संविधानमा            राज्यका निर्देशक सिद्धान्तका रुपमा जातीय भेदभाव मुक्तको घोषणा गरेको छ । सोही संविधानको धारा ११ मा समानता सम्वन्धि व्यवस्था गरेको छ । २०६२÷०६३ को जनआन्दोलनको आडमा पुनस्थापना भएको संसदले २०६३ साल जेठ ४ गते धर्म     निरपेक्ष राज्यको घोषणा ग¥यो । त्यसपछि वनेको “नेपाल अन्तरीम संविधान २०६३” ले मौलिक हकको रुपमा जातीय छुवाछुत विरुद्धको हकलाई स्वीकार गरेको छ । २०६३ साल जेठ २१ गते नेपाल सरकारले देशलाई “जातीय छुवाछुत मुक्त देश” घोषणा गरेको छ भने “जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८” समेत जारी भईसकेको अवस्था अहिले छ । राज्यले २०५८ सालमै राष्ट्रिय दलित आयोग समेत गठन गरेको छ ।
के कानुनको अभावका कारण जातीय विभेद भएको हो त ?
यो विल्कुलै होईन कि जातीय विभेद विरुद्धको कानुनको अभावमा जातीय विभेद भइरहेको छ । मुलुकी ऐन २०२० को अदलको १०(क) मा कसैले कसैलाई जातीपाती, धर्म, वर्ण, वर्ग वा कामको आधारमा छुवाछुतको भेदभावपूर्ण व्यवहार वा वहिष्कार वा निषेध   गरेमा तीन महिनादेखि तीन वर्षसम्म कैद वा एक हजार रुपैयाँदेखि पच्चीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजायँ हुने व्यवस्था उल्लेख गरिएको छ । यो अलग कुरो हो की यो सजायले जातीय विभेद गर्नेलाई चेतावनी हुन्छ हुँदैन । भई के दिएको छ भन्दा राजनैतिक आन्दोलनले कानुन निर्माण त ग¥यो तर त्यसको प्रभावकारी कार्यान्वयन भएन   एक । दोस्रो कुरा सामाजिक आन्दोलनका ठेकेदारहरुले पनि सामाजलाई त्यो उचाईमा पु¥याउन सकेनन् । जातीय विभेद कानुनी अपराध हो भन्ने सन्देस आम जनतासम्म पु¥याउन सकेनन् । गैरसरकारी क्षेत्रले सचेतिकरण गरिरहेको छ भन्ने वाहना बनाई राज्यले त्यसतर्फ कुनै ध्यान दिएन । तेस्रो कुरा राज्यको राजनैतिक संयन्त्र र कर्मचारी संयन्त्र पनि उदासिन देखियो ।          राजनैतिक दलहरुले पनि कानुनको प्रभावकारी कार्यान्वयन भन्दा बरु छिटो किनारा लगाउने आतुरता देखाउन थाले र सरकारी कर्मचारीहरुको सोच २१ आंै शताव्दीसम्म आइपुग्दा पनि पुरानै रह्यो ।
अहिले जातीय विभेद जसरी चर्किएर अगाडी आइरहेको छ, यसले समाजमा विकराल रुप ल्याउने देखिन्छ । यद्यपी समाज परिवर्तनको चरम क्षणमा हामी छौं । यस वेला समाज प्रशव वेदनामा छट्पटिईरहेकी महिला जस्तै गरी छट्पटिईरहेको छ । एकातिर युगौं युग देखि छुवाछुतको लान्छना सहदै आएको दलित भनिने वर्ग छ, जसले एकदमै तिव्र गतिमा समाजको परिर्वतन चाहिरहेको छ । यो वर्ग अव धेरै दिनसम्म आफुलाई दोस्रो दर्जाको नागरिक बनाई राख्न चाहँदैन । अर्को तिर जातिकै आधारमा आफुलाई उपल्लो वर्गको भनी दम्ब देखाउदै आएको गैर दलित भनिने बर्ग छ, जसले परिवर्तन विस्तारै हुन्छ भनेर विभिन्न उदाहरण दिँदै आएको छ । यी दुई फरक      विचारको लडाई अहिले भईरहेको छ ।
अर्को के पनि हो भने हामी कतै सबै कुरालाई जातीय विभेदसंग त जोड्दै छैनौँ । करौडौ कर असुल्ने नाममा राज्यले पानी भन्दा बढी वितरण गर्दै आएको मदिरा सेवन गरी दुई जनाको विचमा झगडा हुन्छ, संयोगमा दुबै जना फरक फरक भनिएका जातका हुन्छन् भने के यो जातीय विभेदका कारण भएको झगडा हो भन्ने त ।    यसकारण यहाँ के भन्न खोजिएको हो भने यदि जातीयताकै कारण वा जात अनुसारको काम नगरेकै कारण वा गैर दलत भनाउदाहरुको सेवा स्याहार नगरेकै कारण कुनै घटना घट्छ भने दायाँ वायाँ सोच्ने कामै छैन । कानून अनुसार जिल्ला प्रहरी कार्यालय मार्फत जिल्ला अदालतमा मुद्धा दर्ता  गरौं । होईन, मुद्धा कुटपिटमा दर्ता गर्ने वा अर्कैमा दर्ता गर्ने तर नारा जातीय विभेदका कारण भएको बनाउने यो उपयुक्त हँुदैन । यसले समाजमा थप विखण्डन ल्याउन सक्छ । भोली फेरी नयाँ खालको विभेद जन्मन सक्छ । त्यसैले व्यक्तिगत रुपले आफुलाई फाईदा पुग्ने गरी कसैको झुट्टा प्रचार नगरौँ । यस   कुरामा राजनैतिक दलहरु, सरकारी कर्मचारीहरु, मानवअधिकारकर्मीहरु, संचारकर्मी, गैसस, कानुन व्यवसायी, अपहेलाना गर्दै आएको कथित उपल्लो वर्ग, अपहेलित हँुदै आएको कथित दलित बर्ग र नागरिक समाज सबैले होसीयारी देखाउनु आबश्यक छ ।
नातावाद, कृपावाद वा अन्य कुनै वादका आधारमा जातीय छुवाछुतको मुद्धालाई सामान्य कुटपिटमा परिणत गरी मिलापत्रको नाममा किनारा लगाउने कार्य कसैले पनि गर्नु हुँदैन । मदिरा सेवन गरेर दुईजनाबिचको लडाईमा कस्को गल्तीले भएको हो भन्ने वारेमा सामान्य जानकारी नै नराखी जातीय बिभेद् भयो भन्दै आप्mनो परियोजनाको आयु लम्व्याउनका लागि पनि कसैले अग्रसर हुनु हुँदैन । यसले सामाजिक वैमनुश्यता वाहेक अरु केहि दिदैन ।
जातीय भेदभाव तथा छुवाछुत अन्त्य गर्ने कुरा कुनै एक व्यक्ति वा एक समूहको मात्र जिम्मेवारीको बिषय हुन सक्दैन । जातीय छुवाछुत अन्त्यका लागि सरकारी क्षेत्र, गैर सरकारी क्षेत्र, नीजि क्षेत्रको जति महत्व छ त्यतिनै महत्व अहिलेसम्म आफुलाई उपल्लो जातका देखाउँदै आएकाहरुको पनि छ । त्यसमा थप कुरा के छ भने दलित–दलित भनिएकाहरुका बिचमा हुने जातीय बिभेदले पनि यो समस्या समाधानका लागि अझै ढिलाई गरिरहेको साँचो कुरा हो । त्यसैले जातीय छुवाछुतमुक्त समाज वनाउनका लागि हामी सवैले आ–आप्mनो ठाउँवाट जाग्नु पर्ने हुन्छ । यसले समाज परिवर्तनमा निकै ठुलो समस्या सृजना गरेको छ ।
तपाईले आफ्ना छोराछोरीहरुलाई चाउचाउ र लेज खुवाउनु हुन्छ ?
प्रमोद कोईराला
“जंङ्क फुड” भन्ने शव्द सन १९७२ अमेरिकी प्रोफेसरले प्रयोग गर्नु भएको रहेछ । जङ्क फुडलाई कानुनले परिभाषा गरेको छैन । तर यो शव्दले तेल वढी भएका, नुन वढी भएका, चिनी वढी भएका र अन्य पोषक तत्व कम भएका खाने कुरालाई भनियो । जङ्क फुड उद्योगमा उत्पादित भई हाम्रो जीवनचर्यासंगसंगै आयो । मलाई खाजा खाने समय छैन यसो चाउचाउ उमालेर खानुपर्छ भनियो, यही जङ्क फुड भयो । अव सवै चिज वारीमै उव्जाउछौं भन्नु पनि सम्भव छैन । त्यसैले केही न केही उद्योगको उत्पादनमै भर पर्नु    पर्छ । तर जति सकिन्छ यसलाई कम गर्नु प¥यो । बिस्कुट र चाउचाउ सजिलो भयो तर यसले कुलत ल्यायो ।
भारतमा बिद्यालय वरीवरी वेच्न पाईदैन, हाम्रो देशमा जङ्क फुडको विवाद भारतवाट सुरु भएको    हो । भारतमा सर्वोच्च अदालतले सन २०१२ मा के भनेको छ भने सरकारी बिद्यालयको वरीपरी जङ्क फुड वेच्न नदिन सरकारी बिद्यालयमा कस्तो खाजा दिनुपर्छ भनेर बिभागवाट फर्मुला लिएर आउ भनेर सर्वोच्चलेनै आदेश दियो । यसको बिकल्पमा अदालतले यो पनि आदेश दियो कि सातु, हलुवा आदिको व्यवस्था गर्नु । त्यसपछि त्यहाँ अमिर खान लगायतलाई वोलाएर कोक, लेज आदिको बिज्ञापनमा किन प्रचार गर्ने ? भनेर त्यस्तोमा बिज्ञापन गर्न छाडिदिनुहोस भनि साईन्स एण्ड टेक्नोलोजीका मान्छेहरुले आग्रह नै गरेका छन । पिजाहट केक वजारमा आएको छ । उनीहरुको हिसावले सोच्दा यति तेल राखेर यति नुन राखेर वनाउँदा यस्तो स्वाद हुन्छ भन्ने गर्दछन । त्यहाँ गएर यसो नगर भन्न पनि सकिदैन ।
सकभर चाउचाउ पनि नखाउ
चाउचाउ सरसफाईको दृष्टिकोणले राम्रो छ तर तेल वढी हुन्छ । हामीले पनि यस वारेमा वहस चलायौं कानुनी हिसावले यस्ता चिजमाथी रोक लगाउन जटिल छ । म पनि भन्छु चाउचाउ नराम्रो कुरा हो तर म आफैंले चाउचाउ खानु पर्ने अवस्था चाँही छ । हामी त दुई छाक घरमा पकाएर खान्छौं तर वाहिर त सय प्रतिसतनै यस्तै जङ्क फुड खाएर काम गर्नु परिरहेको हुन्छ ।
भारतको दालतले आदेश दिएपछि नेपालमा पनि केही साथीहरुले बिद्यालय छेउछाउमा ध्यान दिनु पर्छ भने त्यसपछि शिक्षा बिभागले वोर्डिङ्ग स्कुलहरुमा जङ्क फुड वन्देश गरिदियो । त्यसपछि केही चाउचाउवाला साथीहरु यहाँ भन्न पनि आए । उहाँहरुले भन्नुभयो “तपाईहरुले हामीलाई उत्पादनका लागि अनुज्ञापत्र चाँहि दिने अनि तपाईहरुले नै चाउचाउ खानु हुँदैन भनेर लविङ्ग   गर्ने ?” उनीहरुको तर्क के थियो भने चाउचाउ यति सस्तो छ कि त्यो दाममा अर्को कुनै खानेकुरा   आउँदैन । हाम्रा पनि केही साथीहरु चाउचाउ उद्योगमा काम गर्छन । उनीहरुले यो कुरा स्वीकार गरे तर मैले भने यो जङ्क फुड हो । यसले फाईदा गर्दैन । मैले उहाँहरुलाई सोधे “तपाईहरु आप्mना छोराछोरीलाई चाउचाउ खाउ भनेर प्रोत्साहन गर्नु हुन्छ ? अवथा लेज खाउ भन्नुहुन्छ ?” मैले यसो भनेपछि साथीहरु चुप लागे । मैले मेरा छोराछोरीलाई चाउचाउ दिन चाहान्न । यि चिज खराव चिज हुन । कानुनको हिसावले     रोक्न सक्ने अवस्था छैन । तर केही उपायहरु छन । यस्तै मिडिया सिडियामा हल्लिखल्ली गर्दै गयो भने यसको प्रयोग घट्दै जान्छ । दोश्रो उपाय भनेको यसमा ट्याक्स वढाईदिनु पर्छ । डेनमार्कमा यो तरिका अपनाएको छ । त्यहाँ जतिजति फ्याटको मात्रा वढ्दै जान्छ त्यतिनै ट्याक्सको मात्रा वढाईन्छ । अनि त्यो पैसा स्वास्थ्यमा खर्च गरिन्छ ।
रेडबुल, ईनर्जी ड्रिङ्कस्
ईनर्जी ड्रिङ्कस्मा एउटा सेन्थेकिक भन्ने हुन्छ त्यसैले यो प्राकृतिक खानेकुरा होईन । त्यसैले यस्तो खानेकुरामा बिभिन्न केमिकलहरु मिसाएर वनाएको हुन्छ । अहिले यसवारेमा के मा बिवाद छ भने यो चाहि ओखतीजन्य खानेकुरा हो कि खानेकुरा हो ? खाने कुरा हो भने यो प्राकृतिक हुनुपर्छ । ईनर्जी ड्रिङ्कस्लाई कुनै कुनै देशमा ओखतीका रुपमा हेरिएको छ । कुनै देशमा चाँहि नेपालमा जस्तै खाद्य बिभागले हेरेको अवस्था छ । ईनर्जी ड्रिङ्कसको अहिलेको मुल मुद्धा भनेको यसमा भएको क्याफिन हो । त्यसमा जुन केमिकल राखिएको छ र त्यसले मानिसलाई ईनर्जी दिएजस्तो भान गराउँछ त्यो क्याफिन कफीमा पनि छ  र चियामा पनि छ । त्यसैले यसलाई पुरै बिषै हो भन्ने कुरामा पनि धेरै दम छैन । किनभने हामी चिया कफी       खाईराखेका छौं तर अध्ययनले के देखाएको छ भने यो खाईरहँदा मान्छेहरु आवेशमा आउने, मुटुको धड्कनहरु वढाउने, वल्डप्रेशहरु ल्याउने मुटु सम्वन्धि रोगहरु ल्याउने आदि लक्षणहरु केही जनावरमा     गरेको अध्ययनवाट देखिएको छ । नियमित हिसावले खायो भने क्याफिनले हानी गर्दछ । रेडवुल लगायतका कम्पनीहरु धेरै शक्तिशाली छन । वर्षमा उसको दुुई अर्व क्यान बिक्री हुन्छ रे । वर्षमा उनीहरुको मार्केटिंग १२ गुणासम्म बढेको सुनिन्छ । ........अनलाई खवरवाट साभार

कला। संस्कृति र साहित्य
के रै छ
मानिसको जीबनचोला बगिजाने पानी रै छ
याद गराउने को हो भन्दा उनी मेरी सानी रै छ ।
भेट नभााको धेरै भयो भौतिक शरीर कति टाढा
सम्झी रुनु मात्र मलाई माया गर्नु हानी रै छ ।
तिम्ले पनि छोडी गयांै कस्को मुख हेर्ने मैले
सक्दिँन म पापी मनलाई उनि तिरै तानि रै छ ।
गल्ति गरे पहिलो चोटी उनलाई मुटु दिए
मलाई घृणा गरी हिड्ने उनको एउटा बानी रै छ ।
पोतिएको झुपडीलाई मन परेन हगी तिम्लाई
सुन्छु हल्ला उनि आज महलकी रानी भै छ ।
                                       रघुनाथ रौतेडा (बियागे)
                                       कालिकास्थान ५ नुवाकोट

बिज्ञापन
कर्मचारी आवश्यकता सम्वन्ध सूचना
सूचना प्रकासित मिति ः २०७०÷९÷८
   ग्रामीण विकास केन्द्र (आर.डि.सि.) नेपाल डोटीद्धारा सञ्चालन भईरहेको जिविकोपार्जन परियोजनाको लागि तपसिलमा उल्लेखित कर्मचारी आवश्यक भएकोले योग्यता पुगेका नेपाली            नागरिकहरुवाट सूचना प्रकासित मितिले ८ दिन भित्र दरखास्त आव्हन गरिन्छ ।
विज्ञापन नं. ः ००१÷०७०÷०७१
१) पद ः लेखापाल संख्या ः एक जना
आवश्यक योग्यता तथा अनुभव
ड्डव्यवस्थापन विषयमा कम्तीमा प्रमाण पत्र तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तीमा १ वर्षको अनुभव प्राप्त तथा व्यवस्थापन विषयमा स्नातक उत्तिर्ण गरी लेखा व्यवस्थापनमा अनुभवीलाई विशेष ग्राह्यता दिईनेछ ।
ड्ड नेपाली र अंग्रेजी भाषामा राम्रेसंग संचार गर्न सक्ने ।
ड्ड कम्प्युटरमा दक्ष भएको (ःक्(धयचम, भ्हअभ ि७ एयधभच उयष्लत भतअ) ।
दरखास्त पेश गर्ने अन्तिम मिति ः २०७०÷९÷१५ (दिउसो ४ः०० वजेसम्म)
परीक्षाको किसिम ः लिखित र अन्तरवार्ता
सुविधा ः संस्थाको नियमानुसार
पेश गर्नु पर्ने कागजात
— निवेदन र वायोडाटा १ प्रति
दरखास्त पेश गर्ने स्थान ः दिपायल सिलगढी नगरपालिका वडा नं १ नाचनथली सिलगढी डोटी ।
फोन नम्वर ः ०९४–४२०१६४
नोट ः अन्तरवार्तामा उपस्थित हुदा शैक्षिक प्रमाण पत्र, अनुभव तथा तालिमका प्रमाणपत्र र नागरिकता सहित उपस्थित हुनु पर्नेछ । म्याद नाघी आएका निवेदन उपर कुनै कारवाही        हुनेछैन । प्रारम्भिक छनौटमा परेकालाई मात्र लिखित र          अन्तरवार्तामा समावेश गराईनेछ ।

पदपूर्ति समिति

नेपाल सरकार
कृषि विकास मन्त्रालय
पशु सेवा विभाग
जिल्ला पशु सेवा कार्यालय, डोटी
सिलबन्दी दरभाउ पत्र आव्हान सम्वन्धि सूचना
ठेक्का नं ०१ ÷२०७०÷०७१,                                                                          
                               प्रथम पटक सुचना प्रकासित मिति २०७०÷०९÷०९ गते मंगलबार
यस कार्यालयको निवास भवनको तल्ला थप्नु पर्ने निर्माण सम्बन्धि कार्य सिलबन्दी     दरभाउ पत्रको माध्यमबाट गराउनु पर्ने भएकोले नेपाल सरकारबाट ईजाजत प्राप्त ईच्छुक निर्माण व्यवसायीहरुबाट निम्न सर्तहरुको अधिनमा रहि रित पुर्बकको सिलबन्दी दरभाउ पत्र आह्वान    गरिएको छ ।
सर्तहरु ः
१) सिलबन्दी दरभाउ पत्र फाराम खरिद गर्न ईच्छुक निर्माण ब्यवसायीहरुले फर्म दर्ताको    नबिकरण सहितको प्रमाणपत्र, मु.अ.कर दर्ताको प्रमाणित प्रतिलिपी र आ.व.२०६९।०७० को कर चुक्ता प्रमाण पत्र संलग्न राखी निबेदन दिनु पर्ने छ । सिलबन्दी दरभाउ पत्र फाराम यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ औं दिन (मिति २०७०÷०९÷२३ गते) कार्यालय समयभित्र रु ३००। (फिर्ता नहुने गरीे) तिरी यस कार्यालयबाट खरिद गर्न सकिने छ ।
२) खरिद भएका दरभाउ पत्र रित पुर्बक भरी यो सूचनामा उल्लेखित दरभाउ पत्र सूचना प्रकाशित मितिले सोह्रौ दिन (मिति २०७०÷०९÷२४ गते) दिनको १२ बजे भित्र यस कार्यालयको नाममा सम्बोधन गरी कामको विवरण, फर्म र दरभाउ पत्र दाताको नाम, ठेगाना स्पष्ट खुलाई फर्मको छाप लगाई सिलबन्दी लाहा छाप गरी यस कार्यालयमा दर्ता गराउनु पर्ने छ ।
३) दर्ता भएको सिलबन्दी दरभाउ पत्र सोह्रैं दिनको २ बजे दरभाउ पत्र दाता वा निजको प्रतिनिधिहरुको रोहबरमा यस कार्यालयमा खोलिने छ । तर दरभाउ पत्र दाता वा निजको प्रतिनिधिहरु उपस्थित नभए पनि दरभाउ पत्र खोल्न बाधा पर्ने छैन ।
४) दरभाउ पत्र फाराम खरिद गर्ने÷दाखिला गर्ने अन्तिम दिन सार्बजनिक बिदा परेमा उक्त कार्यहरु बिदाको लगत्तै पछि कार्यालय खुलेको दिनमा हुनेछ ।
५) दरभाउपत्र जमानत बापत तपसिलमा उल्लेखित रकम को.ले.नि.का. डोटीको रा.बा.बैङ्क डोटी शाखा स्थित धरैटी खाता नंं २०३ मा जम्मा गरेको, पिठमा प्रष्ट रुपले दाखिला गर्ने पार्टीको नाम  ठेगाना, कामको विवरण र छाप लेखिएको दोश्रो प्रति सक्कलै बैंक भौचर वा दरभाउ पत्र दाखिला गर्ने अन्तिम मितिबाट कम्तिमा ७५ दिन मान्य अवधि भएको नेपाल सरकारबाट मान्यता प्राप्त बाणिज्य बैङ्घबाट यस कार्यालयको नाममा जारी गरिएको सक्कलै बैङ्क जमानत (बिडबण्ड) संलग्न गरी पेश गर्नु पर्ने छ ।
६) दरभाउ पत्र सम्वन्धि कागजात पेश गर्दा मुल्य अंकित परिमाण सूचिको प्रत्येक आईटमको प्रति ईकाई मुल्य (मु.अ.कर बाहेकको) अंक र अक्षर दुबैमा उल्लेख गर्नुपर्ने छ । उल्लेखित दर रेट अंक र अक्षरमा फरक पर्न गएमा अक्षर लाई मान्यता दिईने छ ।
७) नेपाल सरकारको हितलाई ध्यानमा राखी सिलबन्दी दरभाउ पत्र स्वीकृत गर्ने वा नगर्ने, आंशिक रुपमा स्वीकृत गर्ने जस्ता सम्र्पुण अधिकार यस कार्यालयमा निहित रहने छ ।
८) एउटा फर्मले खरिद गरी अर्को फर्मको नाममा दाखिला गरेको वा सूचनामा उल्लेखित सर्तहरु र सार्वजनिक खरिद ऐन २०६३ को परिच्छेकद ३ को दफा २४ बमोजिम पेश भै आएका सिलबन्दी दरभाउ पत्र उपर कुनै कारवाही गरिने छैन ।
९) एक पटक पेश भएको सिलबन्दी दरभाउ पत्र फिर्ता वा संसोधन गर्न सकिने छैन ।
१०) यस सूचनामा उल्लेखित भएकोमा सोही बमोजिम र अन्य कुराहरुको हकमा हाल प्रचलित सार्बजनिक खरिद ऐन २०६३ र सार्बजनिक खरिद नियमावली २०६४ अनुसार हुने छ ।
११) यस सम्बन्धि अन्य थप कुराहरु बुझ्नु परेमा यस कार्यालयमा सम्पर्क राख्न सकिने छ ।

Tuesday, December 17, 2013

बिम्ब साप्ताहिक मिति २०७० पुष २ गते मंगलवार


“बिषक्त रसायनयुक्त खेलौनाहरुले वालवालिकाहरुको स्वासथ्यमा प्रतिकुल असर पार्न सक्ने हुँदा त्यस्ता खेलौनाहरु आयात, बिक्रिबितरण र उपयोग  नगर्न आयातकर्ता÷ बिक्रि बितरणकर्ता÷उपयोगकर्ता सवैलाई सूचित गरिन्छ ।”

नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

पाँच महिनामा ४९ घरेलु हिंसाका उजुरी  

“हामीलाई नेताहरुले सहयोग गर्नु पर्ने हो उल्टो सहयोगको साटो उनीहरु हामीलाई दवाफ दिन्छन् । जिल्ला त जिल्ला नै थियो केन्द्रीय नेता तथा कार्यकर्ताहरुले केन्द्र देखिनै दवाव दिदैँ कति पैसा दिनु पर्छ हामी दिने वतावरण मिलाई दिन्छाँै तपाईले सहयोग गरिदिनु पर्ने भो भन्छन् ।” 
माथीको भनाई डोटीमा महिला अधिकारको क्षेत्रमा क्रियाशित महिलाअधिकारकर्मी देवकी वोहराको हो । महिला अल्पकालिन सुरक्षा संचालक नवलक्ष्मी महिला बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष समेत रहेकी वोहराले पाँच महिनाको अबधीमा ४९ महिला हिंसाका उजुरी तथा निवेदनहरु आफ्नो सम्पर्कमा आएको बताईन् ।  २०७० श्रावण देखि मंसिरसम्मको अवधीमा ४९ महिला बिरुद्ध हुने घटनाहरु आएको उनको भनाई थियो । उनी भन्छिन्–हामी अधिकारको क्षेत्रमा क्रियाशिल   छांै । हाम्रो अल्पकालिन महिला सुरक्षा केन्द्रमा ३ जना दिदि बहिनीहरु कर्मचारीहरुको रुपमा काम गर्दै हुनुहुन्छ । दिन रात केही नभनि अन्यायमा परेका दिदि बहिनीहरुको उत्थानका लागी र उनीहरुको न्यायका लागी लडिरहेका छौं । मलाई मात्र होईन क्रियाशिल दिदि बहिनीहरुलाई समेत सार्वजनिक स्थानमै लागी गलौज, दुव्यवहार गरेका घटनाहरु पनि मेरो मनमा ताजानै छन् । “जवरजस्तीकरणीको मुद्धा मिलाई दिनु प¥यो भनि फोन गर्ने नेताहरुले कस्तो खालको राजनीति गर्छन होला ?” देवकी प्रश्न गर्छिन ।  
सम्वन्ध विच्छेदका चार उजुरी आएको, नातकायमको एक, कुटपिटको २५, गालिवेईज्जतिको १६, बोक्सीको आरोप लगाई हिंसा गरेको एक, बलात्कार एक, बहुविवाह र अलपत्र वालकको उद्धार एक गरी ४९ उजुरी आएको वोहराले बताईन् । आएका उजुरीहरुमध्ये सम्वन्ध विच्छेदको एक मुद्धाको फैसला भईसकेको, नाता कायम एक, कुटपिट एक, गालि वेईज्जति, बोक्सीको आरोप एक, बलात्कार एक गरी पाँच मुद्धा डोटी जिल्ला अदातलमा रहेको र अलपत्र परेको एक वालकको उद्धार समेत गरिएको वोहराले बताईन् । 
“हामी रात दिन नभनि काम गरिरहेका छौं ।” वोहराले भनिन–मलाई अहिले पनि याद छ राती १२ बजे एउटा पिडित दिदिको फोन आयो उनको उद्धार गरी जिल्ला स्वास्थ्य कार्यालय सम्म उपचारका लागी लग्यौँ, पछि राजनैतिक दवावका कारण उनले उजुरी फिर्ता लिदैँ सहमति गरिन् । हामीले सहमति गर्नु हँुदैन भनेका हाईनौ तर सहमतिका नाममा पछि फेरी त्यस्तै घटनाहरु दोहोरिएका छन्, देवकीले त्यसका बारेमा दबाव दिनेहरुले वुझ्नु पर्छ कि पर्दैन भनि प्रश्न गरिन । यस्तो खालको प्रवृद्धिले कहिँलेकाहीँ दिक्क पनि लाग्ने गरेको वताउँदै महिलाहरु अत्म निर्भर नहुनु, पुनस्थापनाको व्यवस्था नहुनु सामाजिक संरचना र दवावले पिडित पछि सुरक्षित रहने बताबरण र विश्वास उसमा नहुनु जस्ता विभिन्न कारणले गर्दा उनीहरु मिल्ने गर्छन् तर पछि फेरी घटना  दोहोरिने वताईन । वोहरा भन्छिन्–हाम्रो सहकारी संस्थामा तीन सय ४५ जना शेयर सदस्यहरु रहेका छन् । बचत तथा ऋण कार्यक्रम, उपभोक्ता सहकारी पसल हामीले संचालन गरिरहेका छौँ । सरकारी÷ गैर सरकारी र अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुसँग पुनस्थापनाको कार्यक्रमका लागी समन्वय गरिरहेको वताउँदैे पुस्थापनाको कार्यक्रम, महिला आत्मनिर्भर वनाउने कार्यक्रमहरु संचालन गर्न सके महिला दिदि वहिनीहरु माथी हुने हिंसामा न्युनिकरण गर्न सकिने वोहराको भनाई थियो । यसका लागी पनि सम्वन्धि दातृ निकायहरुले सोचिदिनु पर्छ, वोहराले  आफ्नो संस्थाले हालसम्म पिडितहरुका लागी १५ देखि २० हजार सम्म आयआर्जनका लागी दिने गरेको समेत बताईन् । 
जिल्ला प्रहरी कार्यालय, महिला तथा बालबालिका कार्यालय, मनाबअधिकार, जिल्ला स्वास्थ्य, सरकारी वकिल कार्यालय, पत्रकार लगायतले आफुहरुलाई निकै सहयोग गरेको बताउने बोहराले राजनीतिक दल र समाजमा रहेका अगुवाहरु भन्नेहरुले पनि मुद्धा फिर्ता लिन दवाव दिनुको साटो सहयोग गर्नु पर्नेमा ध्यान दिनु पर्ने बताईन् ।  

सम्पादकीय 

अधिकारको लडाई

हिजोआज वजारमा नयाँ राजनीतिक चर्चा छ, संबिधानसभाको निर्वाचनपछि यो चर्चाले निकै वजार पाएको छ । त्यो वसह सामान्य वहस होईन । नेपालको राष्ट्रप्रमुखको वहस हो । मंसिर ४ गते अर्को संबिधानसभाको निर्वाचन सम्पन्न भएपछि अव राजनीतिक शक्तिहरु दुई ध्रुवमा बिभाजन भएका छन । नयाँ जनादेश आईसकेकाले  राष्ट्रपति नयाँ चुनिनु पर्छ भन्ने एकथरीको भनाई छ भने अर्कोथरी यो चुनाव राष्ट्रपति छान्नका लागि नभएको र संबिधान निर्माण गर्नका लागि भएकोले राष्ट्रपति पुरानै कायम रहनुपर्छ भन्ने तर्क छ । 
तार्किक हिसावले दुवै पक्षले जति पनि तर्क गर्न सक्लान तर नेपालको अन्तरीम संबिधान २०६३ को मर्म र भावना अनि न्युनतम प्रजातान्त्रिक मान्यताहरुलाई ध्यान दिनु जरुरी हुन्छ । नेपालको अन्तरीम संबिधान २०६३ मा २०६५ साल जेठ १६ गते चौथो संसोधन गरिएको र भाग ४ क थपियो । जसमा राष्ट्रपति हुने र     राष्ट्रपतिको चुनाव हुने भन्ने व्यवस्था राखियो । धारा ३६ख मा राष्ट्रपतिको निर्वाचन संबिधानसभाले गर्ने भन्ने व्यवस्था उल्लेख  गरिएको छ । संबिधानसभाले राष्ट्रपति र उपराष्ट्रपति छान्ने भन्ने व्यवस्था लेखिएको छ । संबिधानसभाको निर्वाचन भएको छ, अव नयाँ जानदेश प्राप्त संबिधानसभाले राष्ट्रपति र उपराष्ट्रिपतिको चुनाव गर्नु पर्ने हो । जहाँसम्म राष्ट्रपतिको पदावधीको कुराको बिषयमा अहिले चर्चा भईरहेको छ, धारा ३६ग मा  “राष्ट्रपतिको पदावधि संविधानसभाबाट जारी हुने संविधान प्रारम्भ नभएसम्मका लागि हुनेछ ।” भन्ने प्रष्ट व्यवस्था छ  तर त्यो व्यवस्था पहिलो संबिधानसभावाट संबिधान जारी भएको हकमा थियो । पहिलो संबिधानसभाले संबिधान जारी नगरी मृत्युवरण गरेको अवस्था राष्ट्रपतिको पद त स्वतः समाप्त हुन्छ । यसमा संबैधानिक रुपमा, प्रजातान्त्रिक मुल्य मान्यताका आधारमा र सहमतिको राजनीतिका आधारमा पनि राष्ट्रपति पुरानै कायम हुनु पर्ने त कुनै अवस्थानै रहँदैन । 
यदि वजारमा आएको जस्तो संबिधानसभाले नयाँ संबिधान जारी नगरेसम्म राष्ट्रपति एउटै व्यक्ति रहने भन्ने तर्क हो भने प्रश्न उठ्छ, “अर्को संबिधानसभाको निर्वाचन किन गरियो ?” अन्तरीम संबिधानको धारा ८२ मा “संविधानसभाले पारित गरेको संविधान प्रारम्भ भएको दिनदेखि संविधानसभाको काम समाप्त हुनेछ ।” भन्ने व्यवस्था उल्लेख गरिएको छ । यस धारा अनुसार संबिधानसभाको बिघटन तव मात्र हुन्छ जव नयाँ संबिधान जारी हुन्छ । अनि किन संबिधानसभा बिघटन गरियो र किन अर्को निर्वाचन गराईयो ? 
यहाँ कुन व्यक्ति राष्ट्रपति वन्ने भन्ने बिषय ठुलो होईन, फेरी तिनै रामवरण यादव पनि नयाँ राष्ट्रपति हुन सक्छन । तर, बिषय अधिकारको लडाईको हो । गर्भवाटै श्री ५ लेखेर आउने परम्पराको अन्त्य गरी जनतावाट निर्वाचित राष्ट्र प्रमुखको व्यवस्था हुनु पर्ने अधिकार स्थापित गर्न जनताले बलिदानी दिएका छन । उक्त बलिदानीको सम्मान गरिनु पर्छ । जनताले ताजा जनादेश दिएका छन । सोही जनदेशले राष्ट्रप्रमुख पनि अनुमोदित हुनु पर्छ । यो वा त्यो वहाना वनाएर फेरी एक प्रकारको निरंकुशता लाद्ने काम आफुलाई प्रजातन्त्रका हिमायती हुँ भन्नेहरुलाई सुहाउँदैन । 
अहिले पनि नयाँ संबिधान निर्माणका बिवादित मुद्धाहरु जस्ताका त्यस्तै छन । जनताले दिएको म्याण्डेट अनुसार अहिले पनि कसैले दुई तिहाई वहुमत ल्याउन सकेका छैनन् । उग्रपन्थी शक्ति, प्रगतिशिल शक्ति, यथास्थितिवादी शक्ति र प्रतिगमनकारी शक्ति गरी चारवटा शक्तिहरु अहिले पनि संबिधानसभामा सशक्त प्रतिनिधित्व गरिरहेका छन । यसका साथसाथै संबिधानसभा वाहिर रहेका राजनीतिक शक्तिहरुले पनि खवरदारी गरिरहेका छन । यो “सिनारियो” मा अहिलेको संबिधानसभाले पनि नयाँ संबिधान जारी गर्ला भन्नेमा संका व्यक्त गर्नु अपराध होईन होला । यदि यो संबिधानसभा पनि बिघटन गरियो र तेश्रो संबिधानसभाको निर्वाचन भयो भने के यिनै हुन्छन त राष्ट्रपति ?    

थप समाचार 

पश्चिम सेतीको आधार तयार हुँदै

लामो समयदेखि चर्चामा  रहेको पश्चिम सेती जलबिद्युत आयोजना अगाडी वढाउने आधार तयार भएको छ । उर्जा, अर्थ र भुमिसुधार तथा व्यवस्था मन्त्रालय लगायतका सरोकारवाला निकायले आयोजनाका सम्वन्धमा देखिएका अप्ठेराहरु हटाउन सहमत भएको पत्र लगानी वोर्डलाई पठाएपछि आयोजनाको काम अगाडी वढाउने सैद्धान्तिक सहमति भएको हो । वोर्डलाई उर्जा, अर्थ र भुमिसुधार मन्त्रालयले केही दिन अघि स्थानीयस्तरमा आवश्यक व्यवस्था मिलाउने पत्र पठाएका छन । 
स्थानीयस्तरमा देखिएका समस्याहरु समाधान गर्नका लागि सरोकारवाला निकाय तयार भएपछि प्रवद्र्धकसंग वार्ता अगाडी बढाउँदै लागनी सम्झौता गर्ने लगायतका कामहरु गर्न वोर्ड अगाडी वढ्ने वताईएको छ । 
जमिनको सतहवाट एक सय ९५ मिटरको उचाई रहेको कंक्रिट वाँध निर्माण गरी कुल सात सय ५० मेगावाट बिद्युत उत्पादन हुने भनिएको उक्त आयोजनाको प्रमुख लगानी कर्ता चिनियाँ कम्पनी “थ्री गर्जेज”संग स्थानीयस्तरमा देखिएका समस्या समाधान, प्रसारण लाईन निर्माण, आयोजना प्रभावित क्षेत्रका बासिन्दाको पुनर्वास, उत्पादित बिद्युतको व्यापार लगायतका बिषयमा चिनियाँ लगानीकर्ताले    राखेका थिए । वोर्डले लगानीकर्ताहरुले उठाएका बिषयलाई सरोकारवाला निकायबीच छलफल गरी समाधानको उपाय खोज्ने बिश्वास दिलाएको वार्डका सहसचिव मुकुन्द पौडेलले जानकारी दिए । 
गत वर्ष नेपाल सरकार र चिनियाँ लगानीकर्ताकाबीचमा सो आयोजनाको काम अगाडी वढाउने बिषयमा सैद्धान्तिक सहमति भएपछि आयोजनाको चर्चा पुनः सुरु भएको हो । सो आयोजनामा चिनियाँ आयात निर्यात बैङ्कले लगानी गर्ने वताएको छ । 
करीव दुई दशकअघिदेखि अष्ट्रलीयन कम्पनी “स्मेक” ले लामो समय र ठुलो धनरासी खर्च गरेको भएपनि परियोजना अगाडी वढ्न सकेन । स्मेकले गरेको अध्ययन अनुसार उक्त परियोजना नेपालको हालसम्मकै सवैभन्दा ठुलो परियोजना हो । जलायसयुक्त वाँध निर्माण गरी नदीको वहाव परिवर्तन गरेर भुमिगत सुरुङ्गमार्फत सात सय ५० मेगावाट बिद्युत उत्पादन हुने स्मेकको अध्ययन प्रतिवेदनमा उल्लेख  छ । तर, लामो समयसम्म पनि स्मेकले लगानीकर्ता जुटाउन नसकेपछि सरकारले उक्त कम्पनीको अनुमति पत्र रद्द गरेको थियो । 
डोटी, डडेल्धुरा, बैतडी र बझाङ गरी चार जिल्ला प्रभावित हुने सो परियोजनाले करीव १० हजार जनसंख्या बिस्थापित हुने पछिल्लो अनुमान छ । परियोजनावाट बिस्थापित वासिन्दाहरुलाई कहाँ पुनस्थापना गराउने भन्ने बिषयमा लामो समयदेखि बिवाद कायम रहेको भएपनि भुमिसुधार तथा व्यवस्था मन्त्रालयले लगानी वोर्डलाई आवश्यक व्यवस्था गर्ने प्रतिवद्धता जनाएपछि केही सहज भएको छ । 
वोर्डका अनुसार मन्त्रालयले पुनर्वासको खाका पेश गर्ने भएको छ । सो आयोजनाको लागत करीव दुई खर्व पुग्ने अनुमान गरिएको  छ । आयोजनामा २५ प्रतिसत नेपाल सरकारको र ७५ प्रतिसत चिनियाँ कम्पनीको रहेको छ । स्थानीयवासीहरुलाई १० प्रतिसत शेयर दिने व्यवस्था समेत गरिने भएको छ । सो आयोजना सन २०१४ मा सुरु गरेर २०२० मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यस आयोजनाले हाल मुलुकमा खपत भईरहेको बिद्युत भन्दा वढी बिद्युत उत्पादन गर्नेछ ।

तिन गाविस छाउपडी मुक्त हुने

दुुई गाबिस जातीय छुवाछुत मुक्त

समाजिक सवालमा क्रियाशिल डोटीको गैर सरकारी संस्थाले आयोजना गरेको एक कार्यक्रममा डोटी जिल्लाका तिन गाविसलाई छाउपडी मुक्त गाविस घोषणा गर्ने बताएको छ । 
डोटी जिल्ला सदरमुकामका आयोजना गरिएको एक अन्तकृयात्मक कार्यक्रमा समविकास केन्द्र ईडिसि डोटीका कार्यक्रम संयोजक केशब परियारले डोटी जिल्लाका लक्ष्मीनगर पौष ३ गते, भुमिराजमाण्डौ पौष ५ गते र खतिवडा गाविस पौष ७ गते सम्वन्धित गाँउ विकास समितिहरुले घोषणा गर्ने तयारी गरिरहेको बताएका हुन् । 
केही समय पहिले देखि ईएसपिको सहयोगमा सम विकास केन्द्रले छाउपडी प्रथा उन्मुलनका लागी संचालन गरेको परीक्षण   परियोजनाको उपलब्धीको रुपमा संस्थाले लिएको संस्थाले जानकारी   गराएको छ । परियारले भने–हामी यो घोषणा कार्यक्रमका अगुवा होईनाँै, न त हामीनै घोषणा गर्दै छौँ, यो नेपाल सरकारको आधिकारिक निकाय गाउँ विकास समितिको कार्यालयले गर्दैछ । यस्तो कार्यक्रमका लागी आर्थिक सहयोग, प्राविधिक सहयोग हामी दिन तयार छौँ तर हामीले गर्दैछौं भन्ने चाही होईन्, परियारको भनाई थियो । जनताले चाहे त्यसैले हुदैछ, उनले थपे । 
आफुहरुले संचालन गरेको परियोजनावाट गाँउमा निगरानी समुह अफुहरुले गठन गर्न सहयोग गर्ने बताउने परियारले यसलाई सरकारले एजेण्डाको रुपमा अगाडी ल्याउनु पर्ने समेत बताए । सो अन्तकृया कार्यक्रममा डोटी जिल्लास्थित राजनैतिक दल, जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, दिपायल सिलगढी नगरपालिका महिला तथा बालबालिका कार्यालय लगायत गैरसरकारी संघ संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो । 
यसैबिच डोटीका दुई गाबिसहरु जातीय छुवाछुत मुक्त गाबिस घोषणा भएका छन । ईडिसी र राष्ट्रिय दलित नेटवर्क डोटीद्वारा सञ्चालन भएको जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागि सचेतना अभियान कार्यक्रमको सहयोगमा  भुमिराजमाण्डौं र कपल्लेकी गाबिस छुवाछुत मुक्त गाबिस घोषणा गरिएको ईडिसीका कार्यक्रम संयोजक योगेश मल्लले जानकारी दिएका छन ।
गाबिस सचिव डवल भाटको सभापतित्वमा मंसिर २५ गते भएको गाबिसस्तरीय भेलाले भुमिराजमाण्डौं गाबिसलाई छुवाछुत मुक्त गाबिस घोषणा गरेको हो । ¥याली जुलुस प्रदर्शन गर्दै सभामा परिणत भएको सो कार्यक्रममा गाबिसमा छुवाछुतको अन्त्यका लागि सरोकारवालाहरुले लिखित रुपमा प्रतिवद्धता गरेका थिए । 
यस्तै मंसिर २७ गते कपल्लेकी गाबिसलाई पनि छुवाछुतमुक्त गाबिस घोषणा गरिएको छ । डोटीमा प्रहरी नायव उपरीक्षक जनकवहादुर शाहीको प्रमुख आतिथ्य तथा गाबिस सचिव गोबिन्द भट्टको सभापतित्वमा भएको एक भेलाले गाबिसलाई छुवाछुतमुक्त गाबिस घोषणा गरेको हो । कार्यक्रममा प्रनाउ शाहीले जातीय छुवाछुत हटाउनका लागि कानुनको अक्षरस पालना गर्नु पर्ने वताए । कार्यक्रमका बिशिष्ठ अतिथि एवं जिबिस डोटीका कार्यक्रम अधिकृत टेकवहादुर खड्काले जातीय छुवाछुत हटाउन दलित समुदायको सर्वाङ्गिण बिकास हुनु जरुरी रहेको वताए । कार्यक्रममा सहभागि सवैलाई हात खडा गरी प्रतिवद्धता गर्न लगाईएको थियो ।  

डोटीमा पहिलो पटक साझा सवाल रेकर्ड

आगामी संबिधानसभामा सुदुरपश्चिमका सवालहरु बिषयमा डोटीमा पहिलो पटक बिबिस नेपाली सेवाले प्रसारण गर्दै आएको साझा सवाल कार्यक्रमको रेकर्ड गरिएको छ । 
स्थानीय ईन्द्रचोकमा रेकर्ड गरिएको सो कार्यक्रममा अतिथिहरुमा नेकपा एमालेका    राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य एवं सभासद् पे्रमवहादुर आलेमगर एमाओवादी केन्द्रीय सदस्य रेणु चन्द र सुदुरपश्चिम बिकास आयोगका अध्यक्ष जगदिश पाल रहेका थिए । करीव दुई सय स्थानीयवासीहरुको सहभागिता रहेको सो कार्यक्रममा सहभागिहरुको प्रश्नको जवाफ दिँदै सभासद् आलेमगरले संबिधानसभाको पहिलो काम नयाँ संबिधान जारी गर्नु भएकाले आफुहरु त्यसतर्फ वढी केन्द्रित हुने वताए । यसका साथसाथै यस क्षेत्रको भौतिक बिकास, पर्यटकीय बिकास र कृषिको आधुनिकिरणका लागि पनि आफुले गर्ने आलेले प्रतिवद्धता गरे । यस क्षेत्रको बिकास लागि यस क्षेत्रवाट गएका अन्य सभासद्हरु, राजनीतिक दलका नेताहरु र यस क्षेत्रमा काम गर्ने गैर सरकारी संस्थाहरुसंग समेत छलफल गरी योजना वनाउने आलेले वताए । आलेले हाल कायम रहेको सुदुरपश्चिमको संरचनालाईनै एक प्रदेश वनाईनु पर्ने र सो को राजधानी दिपायल वनाईनु पर्ने कुरामा आफु अडिक रहेको वताए । 
कार्यक्रमका अर्का अतिथि वक्ता चन्दले राजनीतिक सहमति बिना नयाँ संबिधान जारी हुन नसक्ने दावी गर्दै मंसिर ४ गते भएको संबिधानसभा निर्वाचनमा धाँधली भएको वताईन । एमाओवादी सरकारम रहँदा सुदुरपश्चिमको बिकास लागि धेरै प्रयास गरेको समेत चन्दले वताईन । हामी अहिले पनि यो क्षेत्रको बिकास लागि तयार छौं, चन्दले अव वन्ने राज्यको  संरचनामा सुदुरपश्चिमका सात पहाडी जिल्लाको मात्रै प्रदेश निर्माण गरिनु पर्ने वताईन । 
सुदुरपश्चिम बिकास आयोगका अध्यक्ष पालले आफ्नो कार्यकालको एक वर्ष बित्दासम्म पनि कार्यालय व्यवस्थित हुन नसकेको स्वीकार गर्दै सुदुरपश्चिमका नौ वटै जिल्लाको आयोग वने काम गर्न सजिलो हुने वताए । वजेटको अभाव, मानवीय स्रोतको अभावका कारण आयोगले हालसम्म खासै काम गर्न नसकेको पालको स्वीकारोक्ती थियो । 
कार्यक्रम प्रस्तोता नारायण श्रेष्ठले कार्यक्रमको सुरुमा अखण्ड सुदुरपश्चिमको पक्ष र बिपक्षमा हात उठाउँन लगाउँदा करीव ९५ प्रतिसतले पक्षमा हात उठाएका थिए । साझा सवाल कार्यक्रम कम्तीमा वर्षमा एक पटक डोटीमा रेकर्ड गरिनु पर्ने सहभागिहरुको माग थियो । 

थाहै नपाई द्वन्द्वमा वालवालिका परे

शैक्षिक गुणस्तर अभिवृद्धिको लागि सरोकारवालाको भुमिकाका बारेमा डोटीका पाँच वटा विद्यालयहरुमा छलफल कार्यक्रम सम्पन्न भएको छ । 
१२ वर्षे लामो सशस्त्र द्वन्द्वको समयमा विद्यार्थीहरुलाई अधिकारको विषयमा थाहै नभई चपेटामा पर्नु परेको भन्दै विद्यालय शिक्षामा मानवअधिकारको विषयवस्तु पाठ्यक्रमै राख्नु पर्ने सहभागिहरुले धारणा राखेका छन ।
बालबालिका शान्तिक्षेत्र हुन्, यिनलाई सशस्त्र द्वन्द्वबाट मात्रै नभई कुनै पनि ंिहसात्मक कार्य र बालबालिकाको मनोविज्ञानमा नकारात्मक असर पर्ने कार्यबाट जोगाईनु राज्यको प्रमुख कर्तव्य हो । विद्यालय शान्तिक्षेत्र ०६८ सालमा राज्यको तर्फबाट घोषणा भई प्रतिवद्धता जनाएको भएपनि यसलाई कार्यान्वयनमा ल्याउन ढिलाई भईरहेको अधिकांश अभिभावकको धारणा रहेको   थियो । 
अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) को आयोजनामा डोटीका केदारेश्वर उमावि कपल्लेकी, महाकाली मावि मुडेगाउँ,  सरस्वती उमावि  रानागाउँ, देवस्थल मावि फलेडी र कुमालीकोट मावि कुमालीकोटमा अभिभावक, शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका  पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी सम्मिलित छलफल कार्यक्रममा उक्त भनाई आएका हुन । 
विद्यालय शिक्षाको ज्योति बलाउने क्षेत्र भएकाले यसको शैक्षिक गुणस्तर र वालमैत्री शिक्षण सिकाईका लागि मद्धत गर्न सबैको उत्तिकै भुमिका हुने भएको निस्कर्ष छलफलपछि निकालिएको थियो । 

छोटकरी समाचार 

तालिम सम्पन्न

समाज सेवा डोटी र वल्र्ड भिजन अन्तराष्ट्रिय नेपाल, डोटी पश्चिम क्षेत्र बिकास परियोजनाको सहयोगमा “लैङ्गिक समानता, समावेशीकरण तथा समुदाय    परिचालन सम्वन्धि चार दिने तालिम सम्पन्न भएको छ । 
वालस्वास्थ्य अहिले अभियान अन्तरगत सञ्चालन गरिएको उक्त तालिम दुई चरणमा गरिएको थियो । तालिममा सात गाबिसका ८१ जनाको सहभागिता रहेको अभियानका संयोजक रामचन्द्र जोशीले जानकारी दिए । समाज सेवा डोटीका अध्यक्ष नविन श्रेष्ठको अध्यक्षता तथा वल्र्ड भिजनका डोटी एडिपी प्रवन्धक जेवी    वोहराको प्रमुख आतिथ्यमा सो तालिमको उद्घाटन गरिएको थियो ।

साधारणसभा सम्पन्न

जेष्ठ नागरिक जिल्ला संघ डोटीको प्रथम साधारणसभा सम्पन्न भएको छ । 
साधारणसभाले गोबिन्द्र प्रसाद श्रेष्ठको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संघका अन्य  पदाधिकारीहरुमा उपाध्यक्ष तरानाथ जोशी, सचिव सुरेन्द्रप्रसाद श्रेष्ठ र कोषाध्यक्ष शुसिला श्रेष्ठ रहेका  छन । 
यस्तै सदस्यहरुमा गोबिन्दवहादुर केसी, नन्दराम मलासी, गोपी साउँद, लक्ष्मी श्रेष्ठ र दीपा श्रेष्ठ रहेका छन । तीन सदस्य अध्यक्षले पछि मनोनित गर्ने संघको बैधानिक व्यवस्था रहेको छ । कार्यसमितिको कार्यकाल तीन वर्षको रहेको संघका पूर्व सचिव संगितप्रसाद श्रेष्ठले जानकारी दिए ।

खेल समाचार 

नेपाली क्रिकेट टिमलाई तिन करोड

नेपाली राष्ट्रिय क्रिकेट टिमलाई सिंगापुरको वीएस स्पोट्र्सले वार्षिक १ लाख डलर बराबरको खेल समाग्री तीन वर्षका लागी प्रदान गर्ने भएको छ । 
नेपाल क्रिकेट संघ (क्यान) र सिँगा स्टिल एसजी प्रालिको वीएस स्पोट्र्सबीच आईतबार करिब तीन करोडको सहयोग सम्झौतापत्रमा हस्ताक्षर भएको छ । क्यान अध्यक्ष टंक आङबुहाङ र सिँगा स्टिलका प्रमुख तथा सिँगापुर राष्ट्रिय क्रिकेट टिम कप्तान साद खान जानजुवाले यस सम्वन्धी सम्भाmैतापत्रमा हस्ताक्षर गरेका हुन् । नेपाली क्रिकेट लाई भएको यो सर्वाधिकार राशिको प्रायोजन पनि हो । 
सम्झौताअनुसार सिँगापुरको बीएस स्पोर्टसले राष्ट्रिय टिमका सबै सदस्यलाई प्रयोजन गर्नेछ र उनीहरुलाई आबश्यक पर्ने सबै पोसाक तथा खेल सामग्री प्रदान गर्नेछ । अब राष्ट्रिय टिमले आफुले खेल्ने अन्तराष्ट्रिय प्रतियोगितामा बीएस स्पोर्टसबाट उत्पादित सामाग्रीमात्र प्रयोग गर्नेछ । नेपाली राष्ट्रिय टिमलाई भने पेप्सी र स्ट्यान्डर्ड चार्टर्ड बैकले प्रायोजना गरि रहेका छन् । 
हामी आईसीसीको रजिस्टार्ड सर्टिफाईड भेन्डर हौ । त्यसैले हाम्रो लोगो जर्सीमा प्रयोग हुनेछ सम्झौतापत्रमा हस्ताक्षेत्रर गरेपछि प्रायोजक कम्पनीका साद खानले भने– हामी नेपाली क्रिकेटलाई सहयोग गर्न पाएकामा खुशी छौ । नेपाल कडा मिहिनेत र लगावका कारण विश्वकप खेल्न गईरहेको छ । उनेले अघिल्लो साता सम्पनन जर्नी टु बल्डकप प्रतियोगिताको दौरान पुर्वकप्तान विनोद दास र आमिर अख्तरसँगको कुराकानी पछि यसको टुंगो लागेको जानकारी दिए । आईसीसीको प्रतियोगितामा राम्रो गर्ने नेपाली खेलाडीलाई तुरुनत प्रोत्साहन रकम उपलब्ध गराउने र टिमलाई म्याच फि प्रदान गर्ने पनि बताए । 
त्यस अबसरमा क्यान अध्यक्ष आङबुहाङले नेपाली क्रिकेटले पाएको सफलताले राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा सबै सहयोगका लागि आतुर देखिएको बताए । उनले यो क्रिकेटका लागि शुभसंकेत रहेको धारणा राखे । बीएस स्पोट्र्सका बिजनेस प्रमुख मुहमद अली ववरले नेपाली क्रिकेटको विकाुका लागि आफुहरु लागि पर्ने विचार राखे । राष्ट्रिय टिमका कप्तान पारस खड्काले अन्तराष्ट्रियस्तरका सामान प्रयोग गर्न पाउनु खुशीको कुरा भएको बताए । नेपाल पहिलो पटक विश्वकप प्रतियोगीतामा भाग लिन पाउने भए पछि विभिन्न क्षेत्रबाट सहयोगहरु जुट्ने क्रम जारी रहेको र नेपाली खेलाडीहरु नेपालीहरुले गरेको मायाप्रति कप्तान खड्काले आभार व्यक्त गरेका छन् ।

चलचित्र÷मनोरञ्जन समाचार 

फापेन मंसिर महिना चलचित्रकर्मीलाई

नेपाली चलचित्र निर्माताहरुका लागि मंसिरको महिना त्यति लाभदायक रहेन । चलचित्र निर्माणको क्षेत्रमा सफल व्यक्तिको रुपमा स्थान वनाएका चर्चित निर्माताहरुले पनि चलचित्र प्रदर्शनवाट आप्mनो लगानी उठाउन सकेनन् । 
संबिधानसभाको चुनाव, वन्द र विहेको लगनबीच मंसिरमा पाँच चलचित्र प्रदर्शनमा आएका थिए । निता ढुङ्गना र किशोर खतिवडाको मुख्य भुमिका रहेको “उर्वशी” चलचित्रले निर्मातालाई राहत दिएन । यस चलचित्रका निर्माताले धेरै घाटा व्यहोर्नु प¥यो । झण्डै एक सय पर्दावाट प्रदर्शनमा आएको दयाहाङ राई र आर्यन सिग्देलको मुख्य भुमिका रहेको “लोफर” चलचित्रले सोचे भन्दा निकै न्युन कलेक्सन गरेको खवर छ । ५० लाख लगानी दावी गरिएको उक्त चलचित्र निर्माता छवी ओझाले “रिकभर” गर्न नसक्ने जस्तै देखिएको छ । आदित्यबिक्रम लम्सालद्वारा निर्देशित दोश्रो सातामा पनि झण्डै दुई दर्जन हलमा प्रदर्शन भईरहेकाले निर्मातालाई घाटा धेरै नपर्ने अडकल छ । 
शुक्रवारवाट प्रदर्शनमा आएको सुपरहिरो चलचित्र “सौर्य”ले पनि निर्मातालाई सन्तोष दिने “कलेक्सन” गर्न सकेन । राजेश हमाल, सौगात मल्ल, अनुप बिक्रम शाही र हेमा श्रेष्ठको मुख्य अभिनय रहेको चलचित्रले लगानी उठाउँला ? एक हप्ते कलेक्सन प्राप्त हुन वाँकी छ । तर, निर्माता चलचित्रवाट सुरक्षित हुने आशा भने निकै न्युन छ । 
“उर्वशी”, “लोफर” र “सौर्य” संगै मंसिरमा प्रदशर्नमा रहको “कोही त छ” र “गुरु” चलचित्रको लगानी वालुवामा पानी खन्याए सरह हुन गयो ।

करीनाकी उत्तराधिकारी आलिया

बलिउडकी चर्चित नायिका करीना कपुरकी उत्तराधिकारीको रुपमा आलिया भट्टलाई हेर्ने गरिएको छ । 
करीनालाई अर्काको प्रसंसा गर्न नजान्ने अभिनेत्रीका रुपमा बलिउडकी दुनियाँमा बुझ्ने गरिएको भएपनि उनले आलिया भट्टको भने खुवै प्रसंसा गरेकी छन । समाचारका अनुसार आलियाको पहिलो चलचित्र “स्टुडेण्ट अफ द ईयर” हेरेर करीनाले खुलेरै प्रसंसा गरिन । बलिउडकी कुनै पनि नायिकाहरुलाई आफुसंग तुलना गर्न योग्य पनि नदेख्ने भनि आलोचना खेप्ने गरेकी करीनाले आलियाको प्रसंसा गर्नुले करीनाकी उत्तराधिकारीको रुपमा आलियालाई हेर्न थालिएको छ । आलियाको पहिलो चलचित्र “स्टुडेण्ट अप द ईयर” प्रदर्शित भएपछि दर्शकहरुले उनमा करीनाको जस्तै अभिनयको भान पाएका छन । यस चलचित्रमा आलियाले “कभी खुशी, कभी गम” चलचित्रमा करीनाले खेलेको भुमिकाको स्मरण गरायो । कभी खुशी कभि गममा करीनाको भुमिका घमण्डी र नक्कलेपन वढी गर्ने खालकी कलेजकी बिद्यार्थीको थियो । करीव करीव उस्तै भुमिका स्टुडेण्ट अफ द ईयरमा आलियाको रहेको छ । 
यि दुवै चलचित्र धर्मा प्रोडक्सनकै हुन । “आलियामा त्यो प्रतिभा छ, जो करीनामा चलचित्र उद्योगमा प्रवेश गर्दा उनमा थियो” चलचित्र निर्देशक वतउँछन । आलियाले पनि करीनालाई आफ्नो आदर्श भएको वताई सकेकि छन ।

धार समात्न नसक्दा नेपाली चलचित्र पछाडी

सधैं जसो बिभिन्न पुस्तकको परिचर्चा गर्दै आएको र्याण्डम रिडर्स सोसाईटीले गत शनिवार चलचित्र सम्वन्धि परिचर्चा गरेको छ । सोसाईटीले बिश्व चलचित्र ईतिहास माथी चर्चा गर्दै नेपाली चलचित्र उद्योगलाई पनि बिश्वस्तरको वनाउनका लागि कदम चाल्नु पर्नेमा जोड समेत दिएको छ । 
समग्र बिश्व फिल्मको सिद्धान्तवारे सञ्चारकर्मी अमित रिजालले प्रस्तुत गरेको कार्यपत्रमाथी परिचर्चा भएको थियो । कार्यपत्र प्रस्तुत गर्दै रिजालले चलचित्रको प्रभाव समाज, राजनीति, शिक्षा र व्यक्तिगत वौद्धिकतासम्म  रहने प्रस्टाए । चलचित्र आम सञ्चारको एउटा महत्वपूर्ण पाटो हो र यसले समाजको दर्पणको काम गर्दै आएको छ, रिजालले भने–साहित्यका बिभिन्न बिधाजस्तै चलचित्र पनि अभिव्यक्तिको महत्वपूर्ण माध्यम भएकाले यसलाई सवैले महत्वका साथ हेर्नु पर्ने आवश्यक ता छ । 
रिजालले प्रस्तुत गरेको कार्यपत्रमाथी फिल्म निर्देशक तथा समिक्षक मनोज पण्डितले टिपपणी गरेका थिए ।

लेख 

दादागिरीको राजनीति, महंगो चुनाव र जनताको लोकतन्त्र

सच्चिदानन्द जोशी 

संविधानसभाको दोस्रो निर्वाचन सकिएको एक महिना पुग्न लाग्यो । निर्वाचन कानुनहरुले उम्मेदवारहरुले ३५ दिनभित्र खर्चको विवरण पेश गर्नुपर्ने वाध्यात्मक व्यवस्था गरेको छ । सुनिदँै छ अत्यन्त थोरै संख्यामा मात्र त्यस्तो विवरण पेश गर्नेहरु छन् रे । वाध्यात्मक व्यवस्थाका कारण सवैले पेश पनि गर्लान । तर पेश गर्नेहरु वास्तविक खर्च भने पेश गर्ने छैनन् । खर्चको अधिकतम सीमा निर्धारित गरिएकोले त्यसभन्दा माथि कसैले पेश गर्ने छैनन् । जनताका आँखामा छारो हाल्ने त्यसप्रकारका झुटा विवरणलाई निर्वाचन आयोगले ठिक ठह¥याउने छ र हामी लोकतन्त्रको दुहाई दिनमा मस्त हुनेछौं । 
यस पटकको निर्वाचनलाई जितेकाहरुले शान्तिपूर्ण र धाँधली रहित अनि हारेकाहरुले धाँधलीपूर्ण भनिरहेकै छन् । यो नौलो कुरा पनि होईन । लोकतन्त्रको लामो अभ्यास नभएको समाजमा हारलाई स्वीकार गर्ने संस्कृति निर्माण हुन समय लाग्ने नै  हुन्छ । समस्या त्यहाँ छैन । समस्या छ राजनीतिमा देखा पर्दै गएको अराजनीतीको, दादागिरीको, महंगो चुनाव खर्चको । अनि विषय हो जनताको लोकतन्त्रको, गरीवको      राजको ।
“संसारमै गरीवको छैन राज भन्छ, तर पनि यो देशमा ल्याउन हामीलाई मन छ ।” यो गीत एक जमानामा हाम्रो उत्साहको स्रोत थियो । जनताको लोकतन्त्र स्थापित गर्ने र त्यसको वलमा गरीवको राज स्थापित गर्ने सपना जिउदँै छ । कयौं मान्छेहरु मलाई सोध्ने गर्छन् “राजनीति गरेर के पाईस् ?” के पाउने भन्ने कुरा के पाउन चाहेको थियो भन्ने कुरासंग जोडिएको हुँदो रहेछ । फासिष्ट पञ्चायती व्यवस्था र निरंकुस राजतन्त्र फालेर जनतन्त्रको स्थापना गर्ने अनि राष्ट्रियता र जनजीविकाका सवाललाई स्थापित जनतन्त्रले पुरा गर्ने हामीले पाउन चाहेको त्यहि थियो, उहिले । फासिष्ट पञ्चायत फाल्दा जुन आनन्द पाईयो त्यो वर्णन गर्न सकिदैन । ४६ सालको अन्त्य र ४७ को सुरुवाती दिनहरुमा जितको खुशी यति धेरै थियो कि अव जनतामाथि शोषण गर्ने, दमन गर्ने कुनै शासन, कुनै शासक रहने छैनन् मुलुकमा भन्ने लाग्थ्यो । तर थोरै समयमा नै संविधान वनाउने वारेमा देखिएको दरवारको चलखेलले हाम्रो आँखा उघारी दिएको थियो । जनताको राज चानचुने ढंगले स्थापित हुनेछैन भन्ने महसुस त्यतिवेला मज्जाले भएको थियो । समय वित्दै गयो, झन पछि झन परिस्थिती विग्रदैँ गयो, झन खराव दिनहरु आउदै गए । नेपाली काँग्रेसले जितको दम्भमा आफ्ना वाचाहरु मात्र विर्सेन वरु पञ्चायती दमनचक्रका भयावह दिनहरुमा भोगेका पिडा समेत वर्साउने गरी जनताको ढाड सेक्न थाल्यो । नीति निर्माणमा देखिएको नवउदारवादीहरुको वर्चश्वले उस्को प्रजातान्त्रिक समाजवादलाई समाप्त पारी दिए । विपिको सपना हरायो । आर्थिक उदारीकरणले वेरोजगारी, महंगी, भ्रष्टाचारलाई मलजल मात्र प्रदान गरेन एउटा भ्रष्ट संस्कृतिको निर्माण गरिदियो । पैशा हुनेहरु ठुला मानिन थाले, हुने खानेहरुको संस्कृतिले सवैलाई रंगाउन थाल्यो । गरीव हुनु हेँलाको विषय वन्न थाल्यो । ठुलावडाहरु कानुन भन्दा माथि हुँदै गए । राज्य फेरी एकपटक फासिष्ट शैलीमा ओर्लियो । एमालेले जनताका पक्षमा गर्न खोजिएका सामान्य प्रयासहरुवाटै पनि प्रतिक्रियावादीहरु यति झस्किए कि उसलाई कामनै गर्न दिईएन । नेपाली काँग्रेससंग प्रतिस्प्रधा, पूर्व पञ्चहरुसंगको सहकार्य, अनावश्यक अन्तरकलह आदिले एमालेलाई पनि जनतावाट विस्तारै कटाउदै लग्यो । जितको आशाले भन्दा पनि परिस्थितिप्रतिको वितृष्णा र सामाजिक निराशाले जनतालाई सशस्त्र संघर्षमा लाग्न वाध्य पा¥यो । जनताको राज ल्याउने माओवादी नाराले उसलाई आकर्षित ग¥यो । मौका हेरेर वसेको राजतन्त्रले फेरी आप्mनो टाउको उठायो । इतिहासको विषय वनिसक्यो भन्ने ठानिएको निरंकुश राजतन्त्र फेरी टाउको उठाउन थाल्यो । तर जनताको चेतनाले उस्को त्यो दुस्प्रयासलाई सहेन । आप्mनो भरपुर ताकतका साथ एकपटक जनता फेरी उठयो र राजतन्त्र सदाका लागि समाप्त भयो । मैले के पाएँ को जवाफ पाएँ । सामन्तवादको प्रतिनिधि राजतन्त्र समाप्त भएको नेपाल पाएँ । यस्तो मुलुक जहाँ अव कुनै परिवारमा जन्मिएकै कारणवाट मात्र मुलुकको सर्वाेच्च स्थानमा वस्न नपाईने व्यवस्था पाएँ । जनताको सन्तानले जनमतको आधारमा राज्यसत्ताको सर्वोच्च स्थानमा पुगेर जनतन्त्र र जनजीविकाका सवालमा निर्णय गर्न पाउने व्यवस्था पाएँ । आफ्नो भाग्य र भविष्यको फैसला आफैँ गर्ने गरी संविधानसभावाट जनताले संविधान वनाउने व्यवस्था पाएँ । यो भन्दा वढी ठुलो प्राप्ति के हुन सक्थ्यो र ?
तर इतिहास फेरी दोहोरिदँै छ । चार चार वर्षसम्म पनि संविधाननै नवनाई संविधानसभा विघटन गरियो । अव वावुराम जीले जति गोहीका आँशु खसाले पनि के हुन्छ ? मौका आयो तर पर्खेन । वरु यस्तो अवस्था सिर्जना भयो कि अव जनताका मुद्दाहरु संविधानसभाले सम्वोधन गर्छ की गर्दैन भन्ने नयाँ आशंका पैदा भईरहेको छ । कुनै मुलुकको ईतिहासमा एकपटकमात्र आउने संविधानसभाको चुनाव हाम्रोमा भने दुईचोटी भईसकेको छ । सामान्य संसदीय अभ्यास भन्दा फरक हुन नसकेको यसपटकको निर्वाचनले हामी जनतन्त्रका पक्षधरहरु, गरीवको राज देख्न चाहनेहरुलाई एक पटक फेरी झस्काई दिएको छ । लोकतान्त्रिक शक्तिहरुको दुईतिहाई ल्याउने कुरा थियो यसपटक । यसो उसो त्यो पुग्ला जस्तो पनि छ । माओवादीलाई एक्ल्याउने योजना सफल भएको पनि छ । तर त्यसका लागि हामीले के कति मुल्य चुकायौं ? यो भने गम्भिर विषय छ । 
पञ्चायतकालमा सरकारी उम्मेदवार हुने चलन थियो । अनुदार पञ्चहरु र केही दरवारियाहरुको साँठगाठमा वनेको त्यतिवेलाको एउटा भुमिगत गिरोहले त्यसप्रकारका उम्मेदवारहरु चयन गर्दथे । उनीहरुको निर्वाचन खर्च देखि सम्पूर्ण व्यवस्थापनमा सरकारी संयन्त्र परिचालित हुन्थ्यो । जनतालाई ललाएर, फकाएर, किनेर, झुक्याएर, तर्साएर, धम्काएर र परिआए मारमुंग्री गरेर भए पनि सरकारी उम्मेदवार जित्नै पथ्र्याे । कथं नजित्ने भएछ भने मतगणनामा गडवडी मच्चाएर पनि जिताउनै पथ्र्याे । त्यसो नगर्ने प्रशासक र न्यायाधिशको खैरियत हुँदैनथ्यो । यसपटकको निर्वाचनले ति दिनहरुलाई झलझलती याद दिलायो । दादागिरी केवल उम्मेदवार र कार्यकर्तामा सिमित थिएन वरु निर्वाचन गराउने जिम्मा पाएकाहरु समेतको देखियो । धाँधलीको सूचना लिन नमान्ने, छानविन गर्न नमान्ने, सर्वदलीय सहमतिको कुनै आवश्यकता नदेख्ने दादागिरीका अनेक रुप देखिए । कतिसम्म भयो भने निर्वाचन आयोग समेत वक्तव्यवाजी गर्दै जोरी खोज्न आयो । कानुनको राज आउला भनेर लोकतान्त्रिक आन्दोलनमा होमिएका हामीहरु दादाहरुवाट कानूनको यसप्रकारको चीर  हरण टुलुटुलु हेरेर वस्न वाध्य भयौं ।
निर्वाचनलाई तडकभडक मुक्त गर्ने अभिप्रायले आचार संहितामा अनेकौँ प्रावधान राखिए । तुल व्यानर टाँस्न नपाईने वनाईयो । माईकको प्रयोगलाई सिमित पारियो । पोष्टरको साईज र संख्या निर्धारण गरियो । गाडीको संख्या निर्धारण गरियो । भोज   भतेरमा प्रतिवन्ध लगाईयो । तर के त्यो सवै कुराले निर्वाचन तडकभडक रहित भयो    त ? खर्चको हदवन्दी तोकिएको छ, प्रति उमेदवार १० लाख अधिकतम । यो त सुन्दा पनि सवै हाँस्दैछन् । स्वयं उमेदवारहरु मन मनमा कुँडिएका होलान् । कस्तो कानुन हो यो गरेको खर्च पनि भन्न नपाईने भनेर । करोडको हाराहारीमा खर्च गरेका अधिकांस उमेदवारहरु र करोड नाघेकाहरुलाई मनमा काउकुती लागिरहेको छ । जनता पनि अनौँठो मानेर सोचिरहेका छन् यस्तो विघ्न पैशा कहाँवाट आयो भनेर । व्यक्ति व्यक्तिमा खर्च गरेर मत किनवेच भएको देख्दा जनताको लोकतन्त्र नजन्मिदै मरेको महसुस   हँुदैछ । यति महंगो चुनावमा गरीव जनताको सहभागिता त के प्रतिनिधित्व पनि हुन सक्दैन । अनि यति धेरै पैशा खर्च गरेर चुनाव जित्नेहरुले लगानी असुल गर्लान की जनताको काम गर्लान ? अनि अर्काे चुनावका लागि पनि त रकम थुपार्नै पर्ला नि ! हैन र ? यो वा त्यो पार्टीको विषय होईन यो । लुटाहाहरु कुनै पनि नाम वा खोल ओढेका हुन सक्छन् । वामपन्थी, दक्षिणपन्थी, काँग्रेस, एमाले, माओवादी, राप्रपा तिनिहरु सवैतिर देखिएका छन् ।
लोकतन्त्र, प्रजातन्त्र, जनवाद, जनतन्त्र शव्दको सुप पिउदैमा जनताको राज आउने होईन । गरीवको राज आउने होईन । लोकतन्त्रको, प्रजातन्त्रको, जनवादको वा जनतन्त्रको मेरुदण्डका रुपमा रहेको जन अनुमोदनको प्रणलीलाई, आवधिक निर्वाचनलाई जनताको पहँुचभन्दा कैयौं माईल टाढा पु¥याई दिएको छ यस पटकको चुनावले । धाँधलीको छानविन हुन्छ की हँुदैन त्यो राजनीतिक विषय होला, अन्तरघात भए की भएनन् त्यो पार्टीहरुको आन्तरिक विषय होला तर दादागिरीको राजनीति र महंगो चुनाव जनताको विषय हो र हुनुपर्छ । जनता जागेनन् भने जनताको लोकतन्त्र कहिल्यै आउने छैन । गरीवको राज कहिल्यैं आउने छैन । शोषकहरु, चुसाहाहरुले हामीलाई नै चुसेको पैशा, मुलुकलाई चुसेको पैशा हामीलाई नै किन्न र फेरी चुनाव जित्न प्रयोग गरिरहने छन् । गरीवको पार्टी हौं भन्ने पार्टीहरु र त्यसका नेता कार्यकर्ताहरुले वेलैमा यस प्रवृत्तिको विरुद्ध संघर्ष गरेनन् भने यहाँ धनीहरु मात्र शासक वनिरहने छन्, शोषकहरुमात्र शासक वनिरहने छन् । पार्टीहरु त कव्जा भैसकेका छन् । हुँदै गईरहेका छन् । दादाहरु मात्र राजनीति गरिरहने छन् । सवै मिलेर भन्नु पर्ने भएको छ, दादागिरीको राजनीति मुर्दावाद । महंगो चुनाव चाहिंदैन । गरीवको राज ल्याउनेछौं । जनताको लोकतन्त्र जिन्दावाद ।
यो नारामात्र होईन, अभियान हुनुपर्छ । संघर्ष हुनुपर्छ । उनीहरुले हामीलाई सखाप पारिसक्नु पूर्वनै हामीले उनीहरुलाई सखाप पारिसक्नु पर्छ । उनीहरुका षडयन्त्रका पर्खालहरुलाई गल्र्यामगुर्लुम ढालिसक्नु पर्छ । उनीहरुका काला कर्तुतहरुलाई भण्डाफोर गर्नैपर्छ । एकपटक फेरी जनतामा जानुपर्छ । जनतालाई जगाउनै पर्छ । यो वताउनै पर्छ की यो तिम्रो लोकतन्त्र होईन है ।

मोफसल पत्रकारिता 

दुःख धेरै छ, पैसा कम छ

अछरी पोखरेल (सम्पादक÷प्रकाशक)
महिला सञ्चार साप्ताहिक, वाँके

तपार्इंको पुरा परिचय पाउँ न ? 
मेरो नाम अछरी पोखरेल हो । सम्पादक तथा प्रकाशक महिला संचार साप्ताहिक नेपालगन्ज, बाँके । यो साप्ताहिक पत्रिका महिलाहरुकै सक्रियतामा २०६२ साल देखि नियमित प्रकाशन भई २०६३ सालदेखि “ग” बर्गको बर्गीकरणमा नियमित रुपमा परेको छ । 
 कति समय देखि गर्दै हुनुहुन्छ पत्रकारिता   ? 
२०५७ सालदेखि
 के सोचेर तपाई पत्रकारिता पेशामा लाग्नु भएको हो ?
समाजमा रहेका विकृति, विसंगति र महिलाप्रति गरिएको दमन शोषण विरद्ध चेतना जगाउन ।
 कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ? 
महिला, मानवअधिकारको क्षेत्रमा ।
 पत्रकारिता पेशामा लागेर आईपर्ने समस्याहरु के के छन ? 
दुःख धेरै छ, पैसा कम छ ।
 एक पत्रकार भएर आईपर्ने समस्याहरु त ति भए, एक महिला पत्रकार भएर आईपर्ने थप समस्याहरु पनि भोग्नु भएको छ कि ! 
लैङ्गिक विभेद ।
 मोफसलै भएपनि वाँके जिल्लालाई त पत्रकारिताका लागि उर्वरक जिल्ला मानिन्छ, राम्रै होला नि !  
अरु विकट जिल्ला भन्दा सुगम भएपनि क्षमता अभिबृद्धिको कमि छ ।
 तराईको पत्रकारितामा त राम्रो कमाई छ भन्छन, कति कमाउनु भयो ?
नाम राम्रै कमाएकी छु, म अछरी पोखरेल भनेपछि ए तपाइत पत्रकार है भनि नचिनेका मान्छेले पनि नाम भनेपछि चिन्ने गर्दछन । चिनेका मान्छेले त पत्रकार महिला भनेपछि सम्मान गर्दछन् । त्यसमा पनि बाँके जिल्लाको पुरानो  र नियमित पत्रकारिता गर्ने  महिला भनि  सम्मान गर्दछन, यहि कमाएकी छु । 
 वाँके जिल्लाको पत्रकारिताको अवस्थालाई कसरी मुल्याँकन गर्नु भएको छ ? 
बाँके मात्र नभइ मोफसलको पत्रकारितामा विज्ञापन दह्रो आयस्रोत नबन्दा आर्थिक अभाव छ ।
 मोफसलका पत्रकारहरुका मुख्य समस्याहरु के के देख्नु भएको छ ? 
मोफसलका विज्ञापन राष्ट्रिय वा केन्द्रबाट प्रकाशन हुने पत्रिकामा छापिने, विज्ञापन नपाउने, आर्थिक भार बढी हुने, त्यसमा पनि साप्ताहिक पत्रिकामा छापेको मान्यता हुँदैन भनि सरकारी कार्यालयका विज्ञापन दिइदैनन् । त्यसले गर्दा साप्ताहिक पत्रिका अझि मारमा परेका छन् ।  नियमित निस्किने साप्ताहिक पत्रिकालाई पनि एकद्धार प्रणालीद्धारा विज्ञापन उपलब्ध गराउन जरुरी छ । 
मोफसल पत्रकारका समस्या समाधानका लागि नेपाल सरकारले कस्तो भुमिका खेलेको पाउनुहून्छ ? 
बर्गीकरणमा परेका पत्रिकालाई सानो भएपनि सहयोग गर्ने नीतिले मोफसलका पत्रिकालाई बाँचिराख्न केहि टेवा पुगेको छ । तर मोफसलका पत्रिका प्राय पहिलो श्रेणीमा कमै मात्र परेको पाइन्छ । 
मोफसल पत्रकारिताको समस्या समाधानका लागि नेपाल पत्रकार महासंघको भुमिका कस्तो पाउनु भएको छ  ? 
खै माहासंघले त दैनिकलाई मात्र हेर्ने गर्छ, साप्ताहिक पत्रिकालाई वास्ता नगरेको पाएकी छु ।
 मोफसल पत्रकारिताको संरक्षणका लागि पत्रकारहरुका बैचारिक संगठनहरुले कस्ता खालका कार्यक्रमहरु सञ्चालन गरेको पाउनु हुन्छ ?
पार्टीका नेत जिल्ला आउदा पत्रकार सम्मेलन गर्ने गरेका छन, अरु त खै !
तपाइकंो विचारमा पत्रकारिता के हो ?
समाजको ऐना हो । 
 आजकल पत्रकारिता क्षेत्रमा लागेका व्यक्तिहरु पनि राजनीतिक दलका झोला वोक्ने, कमिसनको खेलमा लाग्ने, तस्करहरुसंग मिलेमोतो गर्ने जस्ता क्रियाकलाममा लागेका छन भन्ने गुनासाहरु आउँछन, वाँकेमा पनि त्यस्तै छ कि ! 
बाँकेमा मात्र होइन प्राय सबै जिल्लामा यो भाइरस छ, यो हुनु हुन्न ।
 तपाई त त्यसै पनि महिला पत्रकार, तपाई त लाग्नु भा छैन होला नि यस्ता कुराहरुमा ? 
म निष्पक्ष रुपमा पत्रकारिता गर्ने भएकै कारण १४ बर्षसम्म नियमित पत्रकारिता गरेर टिकेकी छु । म सँग पत्रकारिता शुरु गरेका कोही पनि पत्रकार महिला बाँकेमा छैनन् र म पछि आएका पनि कति पलायन भएर गए । आजसम्म कोहीले पनि त्यस्तो आरोप लगाउन सकेको छैन । सायद त्यहि स्वच्छ पत्रकारिता गरेकै कारणले होला नाम चाहि पर्याप्त कमाए, दाम कमाउन सकिन । सोझो औलाले घिउ आउदैन भनेझँै साझो पत्रकारिता गरेर आफु बाँच्न मात्र सकेकी छु । म यसैमा सन्तुष्ट छु यसैमा रमाएकी छु । पत्रकारितालाई मैले सम्मान जनक पेशाको रुपमा लिएकी छु र गर्दै पनि आएकी छु । 
अहिले एउटा अर्को समस्या पनि आएको छ, मोफसल पत्रकारिता क्षेत्रमा, पत्रकारहरु आप्mनो पेशावाट पलायन हुँदैछन, तपाईले कसरी हेर्नु भएको छ ? 
मोफसलमा दह्रो आर्थिक नभएका कारण पत्रकारहरु पलायन हुँदैछन् । यसको लागि राज्यले जीवन विमा, अरु जगीरमा जस्तो बर्ष तोकेर पेन्सनको पनि व्यवस्था गर्न सकेमा पलायनको संख्या घटाउन सकिन्छ ।
तपाईको पारिवारिक अवस्था वताउन मिल्छ ? 
मिल्छ नि, म विवाहित हु । २ छोरा छन् । श्रीमान महेन्द्र बहुमुखी क्याम्पसको प्राध्यापक (लेक्चर) हुनुहुन्छ । उहाले पत्रकारितामा लाग्ने मेरो इच्छालाई प्रेरणा दिएकै कारण म पत्रकारितामा टिकीरहेकी छु । पत्रकारितामा निरन्तरताको श्रेय मेरो परिश्रम र श्रीमानलाई दिन चाहन्छु । 
मनोरञ्जन गर्ने फुर्सद कत्तिको छ तपाईसंग ? 
फुर्सदै हुदैन घरमा घरको काम र घरबाहिर पत्रकारिताको काममा नै समय वित्छ ।
 फुर्सदको समयमा के गर्न रुचाउनु हुन्छ ? 
कान्तिपुर पत्रिका र अन्य पत्रिकामा लेख लेख्छु । किताव पढ्छु । 
 तपाईको जीवनका रुची र चहानाहरु वताई दिनु न, छोटकरीमा । 
रुचि पत्रकारिता बाचिन्जेल गर्ने शरीरले काम गर्न सक्ने बेलासम्म । पत्रकारितामा महिला विटमा कलम चलाउने ।
 अन्त्यमा केही भन्न मन लागेको छ ? 
अन्त्यमा म जस्तै अन्य पत्रकार महिला पहिला पत्रकारिताका चुनौति बुझेर मात्र पत्रकारितामा लाग्नु लागेपछि जतिसुकै चुनौती भए पनि पत्रकारिता नछाड्नुस भन्न चाहन्छु । अर्को कुरा २०६१ सालमा नारी दिवसको अवसरमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले सिंहदरबार काठमाण्डौंले नेपालभरीबाट नारी दिवसको अवसरमा मलाई महिला सशक्तिकरण पत्रकारिता पुरस्कारमा छनौट ग¥यो र प्रदान  गरेको थियो । त्यतिवेला सम्मान गर्ने सरले मलाइ “अरु सम्मान    गरेका महिलाले पत्रकारिता छोडेर बत्ती बालेर खोज्नु पर्दछ तर तपाइलाई त्यस्तो गर्न नपरोस । पत्रकारितामा निरन्तरता दिनुस है” भन्नु भएको थियो यहि सम्मानले मलाइ कहिले काँहि दुःख हुदापनि पत्रकारिता छोड्न सक्दिन ।  त्यसैले पत्रकारितामा आएका महिलाहरुको निम्ति राज्यले पनि पलायन हुनबाट रोक्न जरुरी छ । पत्रकारिताका समस्या पुरुष र महिलाका समान हुन्छन् त्यसमा पनि महिला विवाह भएपछि आफ्नो गाउँ, ठाउ, छोडेर जानुपर्ने र घरभित्रको जिम्मेवारी र बच्चा जन्माउनु पर्ने बाध्यता जस्ता कारणले महिला पलायन हुने भएका कारण महिलाको निम्ति विशेष व्यवस्थाको जरुरी छ । मेरो विचार तपाइको लोकप्रीय पत्रिकामा  राख्ने ठाउँ दिनु भएकोमा धन्यवाद दिन चाहन्छु । तपाइको पत्रिकाले निरन्तर यस्तै कुना कन्दराका खोजमुलक रिपोटङ गर्न सफलता मिलोस, यहि शुभकामना । 

बिज्ञापन 

दिपायल सिलगढी नगरपालिका 
सिलगढी डोटी
सुचना   सुचना सुचना

यस दिपायल सिलगढी नगरपालिकाले आगामी २० औं नगरपरिषदमा आगामी वर्ष ०७१÷०७१ को योजना तथा कार्यक्रमहरुको प्राथमीकिकरणका लागी मिति २०७०÷०९÷०१ देखि २०७०÷०९÷०७ गतेसम्म दिनको ११ः०० वजे सम्पूर्ण वडाहरुमा वडा स्तरीय योजना तर्जूमा भेलाको आयोजना हुन गईरहेको हुँदाँ आ–आफनो टोल वस्तीमा आयोजना÷कार्यक्रम सम्वन्धि छलफल गरी वडा स्तरीय योजना छनौट गर्न तपसिल वमोजिमको वडा स्तरीय योजना तर्जूमा वैठकमा उपस्थित हून सम्पूूर्ण वडावासी, महिला, दलित, अपाङ्ग, जनजाती, आदिवासी, राजनीतिक दल, वुद्धिजिवि, समाजसेवी, जेष्ठ नागरिक, वालप्रतिनिधि, वडा नागरिक मञ्चका पदाधिकारी, भु.पु. जनप्रतिनिधि लगायत सम्पुर्ण वडावासी ज्युहरुमा हार्दिक अनुरोध गरिन्छ ।
सि.नं. वडा नं. मिति                   वैठक वस्ने स्थान समय
            १३ २०७०÷०९÷०१ पैयाभञ्ज्याङ(एक पिपल ) विहान ११ वजे
             ६         २०७०÷०९÷०१ तेडि प्रा.वि. लेकठाटा विहान ११ वजे
             २         २०७०÷०९÷०२ विचको राधाकृष्ण मन्दिर विहान ११ वजे
             ७          २०७०÷०९÷०२ राजपुर तल्लो पिपलवाट विहान ११ वजे
             ३          २०७०÷०९÷०३ छाउनी पिपल चौतारा विहान ११ वजे
             ८          २०७०÷०९÷०३ खैरतोला पिपलवोट विहान ११ वजे
            ४          २०७०÷०९÷०४ ईन्द्रचौक मञ्च विहान ११ वजे
            ९          २०७०÷०९÷०४ दिल्पेश्वर मठ विहान ११ वजे
            ५          २०७०÷०९÷०५ ग्राविण विकास प्रशिक्षण केन्द्र पुन्ना विहान ११ वजे
१०             १० २०७०÷०९÷०५ दिल्पेश्वर प्रा.वि. विहान ११ वजे
११              १         २०७०÷०९÷०६ मल्लोढोका विहान ११ वजे
१२            ११        २०७०÷०९÷०६ मगलेख मा.वि. तिखा विहान ११ वजे
१३            १४        २०७०÷०९÷०७ सार्वजनिक भवन गाउं पाकरी विहान ११ वजे
१४            १२        २०७०÷०९÷०७ तोलाखला विहान ११ वजे

शिक्षक आवश्यकता सम्वन्धि सूचना

दोश्रो पटक प्रकासित मिति ः– २०७०÷०९÷०२ गते

यस श्री विरेन्द्र उच्च माध्यमिक विद्यालय घाङल गाबिस, डोटीमा मा.वि. तह, तृतीय श्रेणी, गणित÷विज्ञान विषयको राहत दरबन्दी संख्या १ (एक) रिक्त रहन गएकोले पद पुर्तिको लागि योग्य उम्मेदवारहरुबाट यो सूचना दोश्रो पटक प्रकाशित भएको मितिले १५ दिन भित्र दरखास्त आह्वान गरिन्छ । 
तपसिल 
बिज्ञापन नं. ः— १÷०७०÷०७१  
पद ः– शिक्षक 
दरवन्दी ः– राहत,  
तहः– मा.बि. तृतीय, 
संख्या ः– १ जना, 
शैक्षिक योग्यता ः– बि.एससी वा सो सरह उत्तीर्ण÷तालिम प्राप्त, अध्यापन अनुमति पत्र प्राप्त
उमेरको हद ः– १८ वर्ष पुरा गरी ४० वर्ष ननाघेको, 
परिक्षा दस्तुरः– रु. १०००÷–, 
दरखास्त दिने अन्तिम मिति ः– २०७०÷०९÷०८ गते
परीक्षाको किसिम ः लिखित र मौखिक
उम्मेदवारले आप्mनो शैक्षिक योग्यताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपी, स्थायी अध्यापन अनुमति पत्रको प्रमाणित प्रतिलिपी, नेपाली नागरिकताको प्रमाणित प्रतिलिपी र तालिम प्रमाण पत्रको प्रमाणित प्रतिलिपी दुई–दुई प्रति सहितको निवेदन बिद्यालयमा पेश गर्नु पर्ने छ । स्थानीय महिला, दलित र अपाङ्गलाई प्राथमिकता     दिईनेछ । म्याद नाघि आएका वा रित नपुगी आएका निवेदन उपर कुनै कारवाही हुने छैन ।
अन्य जानकारी चाहिएमा फोन नं. ०९४६९०५६७ वा ९७४९०११६२
पदपुर्ति समिति

जिल्ला स्वास्थ्य कार्यालय डोटी, युनाईटेड मिसन टु नेपाल डोटी क्लष्टर, समान पहुँच बिकास केन्द्र सिड नेपाल र बिम्ब नेपाली साप्ताहिक डोटीद्वारा जनहितका लागि जारी “स्वास्थ्य सन्देश”

रुघा, खोकी र निमोनियावारेको सामान्य जानकारी

हाम्रो शरीरमा श्वासप्रश्वासको माध्यमवाट रोगका किटाणुहरु पसेर रुघा, खोकी र निमोनिया जस्ता श्वासप्रश्वास सम्वन्धि सरुवा रोग लाग्ने अवस्थालाई ए.आर. आई. (एक्युट रेस्पिरेटरी ईन्फेक्सन) भनिन्छ । सुरुमा रुघाखोकी लागेको बच्चालाई समयमै राम्ररी हेरचाह गरिएन भने पछि बिस्तारै रोगीको अवस्था बिग्रदैँ गएर खोकी र सास पनि छिटो छिटो बढ्दै जान्छ । यसरी बढ्दै गएपछि बच्चालाई (कडा खालको एआरआई) निमोनिया हुन्छ र खतरापूर्ण स्थितिमा पुग्छ । 
बिश्वभरीमा प्रत्येक बर्ष निमोनियाले करीव २० लाख बच्चाहरुको मुत्यु हुन सक्ने तथ्याँकले देखाएको छ । साथै हाम्रो देशमा हाल एक वर्षमा झण्डै १३ हजार केटाकेटीहरु यस रोगवाट मर्छन । 
हाम्रो शरीर स्वस्थ राख्न र वाँच्न हामीलाई शुद्ध हावाको आवश्यकता पर्दछ । हावा कम भएमा हामीहरु निस्सासिएको अनुभव गर्दछौं । हामीले सास लिँदा लिएको हावा हाम्रो शरीरभित्र सास फेर्ने वाटो नाक, मुख, घाँटीभित्र हुने श्वासनली हुँदै फोक्सोमा पुग्दछ र फोक्सोवाट रगतमा हुने राता रक्त कोषको माध्यमवाट सम्पूर्ण शरीरमा पुग्दछ । तर  शरीरभित्र हुने यस हावाको बाटोमा रोगका किटाणुहरु पसेर बच्चालाई रोग लागेमा तुरुन्तै उपचार गराउनु पर्दछ । 
यदि सुरुमै राम्ररी उपचार गर्न नसकेमा रोग क्रमसः बढ्दै गएर रोग लागेका बच्चाको मृत्यु पनि हुन सक्छ । छातीमा लाग्ने रोगहरुमध्ये कुनै कुनै छातीको रोगले बिस्तारै–बिस्तारै च्याप्दै ल्याउँछ र कुनै कुनै छातीको रोग भने अकास्मात लाग्ने र सा¥है नै कष्ट दिने खालको हुन्छ । यसरी अकास्मात लाग्ने श्वासप्रश्वास सम्वन्धि रोगलाई नै रुघा, खोकी र निमोनिया (एआरआई.) भन्दछन । यो ज्यादै डरलाग्दो रोग हो । यो रोग ठुला साना सवैलाई लाग्न सक्छ तर ठुलो मानिसलाई भन्दा साना बच्चालाई धेरैजसो लाग्छ र मृत्यु पनि हुन्छ । साना बच्चाहरुमध्ये पनि पाँच वर्ष मुनीकालाई बढी लाग्छ । 
श्वासप्रश्वासको संक्रमण (एआरआई) लाई लक्षणहरुका आधारमा तीन तहमा बिभाजन गर्न सकिन्छ । 
१. साधारण रुघाखोकी 
२. निमोनिया 
३. कडा निमोनिया

१. साधारण रुघाखोकीका लक्षणहरु 

ड्डखोकी लाग्छ ।
ड्ड नाकवाट सिंगान, पानी चुहिने वा पहेंलो सिंगान आउने हुन्छ । 
ड्ड नाक वन्द हुन्छ, नाक थुनिन्छ । 
ड्ड बच्चाले प्रतिमिनेटमा ५० पटक भन्दा कम सास फेर्छ । 
ड्डसाधारण ज्वरो आउन सक्छ र आँखा पनि रातो हुन सक्छ । 

२. निमोनियाका लक्षणहरु ः

ड्डखोकी लाग्ने र घ्यार घ्यार हुने हुन्छ । 
ड्ड सास छिटो छिटो फेर्ने हुन्छ (प्रतिमिनेट ५० देखि ७० पटकसम्म) 
ड्ड पहेंलो खकार आउन सक्छ । 
ड्ड ज्वरो बढी आउँछ र सास फेर्दा कन्ने हुन्छ । 
ड्ड राम्रोसित दुध पिउन र चुस्न नसक्ने हुन सक्छ ।

३. कडा निमोनियाका लक्षणहरु 

ड्डखोकी लाग्ने र कोखा हान्ने हुन्छ ।
ड्ड खोकी लाग्ने र दुध, पानी र दाल जस्तो झोल पदार्थ खान नसक्ने हुन्छ ।
ड्ड धेरै चाँडो चाँडो सास फेर्छ (एक मिनेटमा ७० पटक भन्दा वढी) 
ड्ड बच्चा काम्न थाल्छ, दुध पिउन÷चुस्न नसक्ने हुन्छ । 
ड्ड नाकका पोरा हल्लन्छन । 
ड्डरुन्छ, सिकिस्त देखिन्छ ।
ड्डशरीर सुख्खा भई जल बियोजन हुन्छ । 
ड्ड बच्चा वेहोस हुन्छ र उठाउँदा पनि उठ्न गा¥हो मान्छ । जीउ, ओठ निलो हुन सक्छ

रोग सर्ने तरिका 

यो हावा (सास) को माध्यमवाट सर्ने रोग हो । एआरआई रोगीले आप्mनो सासवाट रोगको किटाणु वाहिर प्mयाँकिरहेको हुन्छ । यसरी रोगी मानिसले आफु वसेको वरपरको हावा दुषित वनाई दिन्छ । त्यस्तो हावामा सास फेर्नाले निरोगी मानिसलाई पनि रुघा, खोकी र निमोनिया रोग सर्छ । रोगीसंग मुखमुख जोडेर गफ गर्नाले, संगै सुत्नाले वा खेल्ने गर्नाले यो रोग छिटो सर्न सक्छ । 

लक्षण देखा पर्ने अबधि 

रोगको किटाणु सम्पर्कमा आएको २÷३ दिनमै यो रोगका लक्षण देखा पर्न थाल्छन । 

रोगवाट बच्ने उपायहरु 

ड्डबच्चालाई समय समयमा पेटभरी पोषिलो खाने कुरा खुवाउने ।
ड्ड बच्चालाई आमाको दुध २÷३ वर्षसम्म खुवाउने ।
ड्ड वच्चालाई दिनु पर्ने खोपहरु समयमानै दिलाउने ।
ड्ड बच्चासंगै वसेर चुरोट, बिडि नखाने ।
ड्डबच्चालाई चुरोट, चुलो, अगेना, स्टोभको धुँवा र मटिट्टतेलको खारवाट जोगाउने ।
ड्डबच्चालाई रोगीसित सुत्न, खेल्न नदिने ।
ड्ड बच्चालाई सफा र न्यानो पारेर राख्ने । (तर धेरै गरम हुने गरी होईन) 
ड्डधेरै भीड भई गुम्सिएको ठाउँमा बच्चालाई नराख्ने 
ड्डहरियो सागपात, आँप, सुन्तला, मेवा गाँजर ईत्यादि भिटामिन “ए” पाईने खानेकुरा बच्चालाई खुवाउने । 
ड्ड नाक सधैं सफा गर्ने (खास गरेर दुध खान दिनु र सुताउनु अघि) 
ड्डबच्चा सुताउने कोठामा हावा स्वच्छ राख्न समय समयमा कोठाको भ्mयाल ढोका खुला राख्ने । 

उपचार तथा व्यवस्थापन 

बच्चालाई सामान्य रुघाखोकी लागेको बेला तथा सामान्य रुघाखोकीको लक्षण देखिंदा घरायसी (घरमै) उपचार गर्न सकिन्छ । यस्ले रोगीको शरीरको रोगसंग लड्न सक्ने शक्ति बढाई रोग बढ्न नदिई निको पार्न मद्दत गर्छ । यो उपचार बच्चाको आमाले घरमै पनि गर्न सक्ने हुन्छ । प्रायजसो साधारण तहको रुघाखोकीलाई घरेलु उपचारलेनै बिसेक पार्न सकिन्छ । साधारण रुघाखोकी भएको बच्चालाई घरमै उपचार निम्न     तरिकाले गर्न सकिन्छ । 
ड्डरोगी बच्चालाई प्रशस्त झोल पदार्थ खान दिने । यदि बच्चाको शरीर ज्यादैनै सुख्खा भए जीवनजल पनि खुवाउने ।
ड्डआमाको दुध खाने बच्चा भए आमाको दुध ख्वाई नै राख्ने । 
ड्डवच्चालाई सधैं खुवाउने गरेको खाना फकाई फुल्याई नियमित रुपले खुवाउने । 
ड्डबच्चालाई चिसो नहुने गरी र अति धेरै गर्मी पनि नहुने गरी ठिक्कको हलुका लुगा लगाई दिने ।
ड्डबच्चालाई खुला कोठामा न्यानो हुने गरी राख्ने ।
ड्डबच्चाको नाक र कान सधैं सफा राख्ने । 
ड्डयदि बच्चालाई सास फेर्न गा¥हो भएको भए तातो नुन पानीको वाफ लिन लगाउने ।
मध्यम र कडा तहको रुघाखोकी र निमोनियालाई पनि घरेलु उपचारले निकै फाईदा गर्छ । तर साधारण तहमा जस्तो कडा र माध्यम तहको रुघाखोकी र निमोनियामा सहायक उपचारले मात्र पुग्दैन, मुल उपचार पनि गर्नु पर्दछ । त्यसकारण मध्यम तहको रुघाखोकी र निमोनिया भएको खण्डमा तुरुन्तै स्वास्थ्य कार्यकर्ता वा महिला स्वास्थ्य स्वयंसेबिकासंग सम्पर्क राखी आवश्यक उपचार गर्नु पर्दछ । यदि कडा तहको रुघाखोकी र निमोनिया भएको खण्डमा स्वास्थ्य कार्यकर्तासंग मात्र सल्लाह गरेर पुग्दैन, तुरुन्तै नजिकको अस्पताल वा स्वास्थ्य संस्थामा लैजानु पर्छ, नत्र बच्चा मर्न पनि सक्छ । 

प्रजनन् र मानसिक स्वास्थ्य 

— डा. अजय रिसाल

     प्रजनन् स्वास्थ्यको बहुआयामिक महत्व छ । जीवनचक्रमा आईपर्ने जैविक सामाजिक एवं मनोबैज्ञानिक उतारचढाव अनि त्यसमा अन्तरनिहित मानसिक स्वास्थ्यसम्वन्धि बस्तुगत तथ्यलाई यस आलेखमार्फत प्रकास पर्ने जमर्को गरिएको छ । 
१. महिलाहरुको जैविक चक्रमा रासायनिक पदार्थहरु (हार्मोन, न्युरोट्रान्समिटर) को प्रभावका वारेमा थुप्रै अध्ययन भएका छन । उमेर बढ्दै जाँदा यौनाङ्ग एवं जनेन्द्रीयहरुमा हुने बृद्धि बिकास, मासिक रजस्वलाको क्रम, गर्भाधान, गर्भावस्थ अनि मातृत्वको अवस्था, बच्चाहरुले दुग्ध पान गर्ने समय, अन्ततः ४५÷५० वर्ष पुगेपछि वन्द हुन जाने मासिक धर्म । यि सव अवस्थामा ईस्ट्रोजन, प्रोजेस्टेरोन, अक्सिटोसिन, प्रोलाक्टिन आदि हार्मोनहरु अनि सेरेटोनिन, डोपामिन आदि न्युरोट्रान्समिटरहरुको प्रभाव देखिएको छ । 
२. उल्लेखित सवै रासायनिक तत्वको कारण महिलाहरुको मानसिक अवस्थामा आई पर्ने प्रभाव पनि स्पष्ट भईरहेका छन । 
क) मासिक रजस्वला हुनुभन्दा १ हप्ता अघिको सममयदेखि प्रायः महिलाहरुमा आलस्यपन, उदासीनता, चिडचिडाहट आदि लक्षण देखापर्ने हुन सक्छ । मनोवैज्ञानिक रुपले पनि महिलाहरुले आफुलाई कमजोर एवं अशक्त सम्झने, रिसको वेग बढ्ने र सम्वन्धहरुमा समस्या आउने हुन्छ । यस्ता लक्षणहरुलाई “प्रि–मेन्सुरल सिम्टम्स” भनिन्छ । जुन महिनावारी सुरु हुनासाथ धेरै महिलामा अफसेआफ हराएर जाने गर्छ । तर ३ देखि ९ प्रतिसत महिनावारी हुने महिलामा यसले शारीरिक मात्र नभई मानसिक स्वास्थ्यमा समेत नकारात्मक असर ल्याउने हुनाले यसलाई “प्रिमेन्सुरल डिस्फोरिक डिसअर्डर” भन्ने   गरिन्छ । जसको औषधोपचारै गर्नु पर्ने हुन सक्छ । यस्तो समस्या भएका महिलालाई भविश्यमा दिकदारीपन, चिन्ता जस्ता मानसिक रोग लाग्ने सम्भावना बढी हुन्छ । 
ख) गर्भवती एवं सुत्केरी अवस्थामा समेत केही महिलाहरुमा मानसिक रोगका लक्षण देखा पर्न सक्छन । ५० प्रतिसत सुत्केरीमा बच्चा जन्माएको पहिलो एक हप्तामा देखा पर्ने केही मनोबैज्ञानिक समस्या आफैं हराएर जान्छन । तर १५÷२० प्रतिसत नवजात शिशुका आमाहरुमा भने दिकदारीपन, अनि ०.५ प्रतिसतमा मानसिक असन्तुलन समेत हुन  सक्छ । त्यस्तै केही महिलाहरुमा नवजात शिशुसंग मातृत्वको सम्वन्ध राख्नमा समेत समस्या आउने हुन सक्छ । जसलाई “मातृशिशु सम्वन्धि तनाव” भनिन्छ । 
ग) रजस्वला हुने क्रम वन्द हुनुको केही महिना अघिदेखि ४५ वर्ष हाराहारीमा रहेका महिलामा यसमा अनियमितता देखा परिरहेको हुछ । ईस्ट्रोजन–प्रोजेस्टेरोन हार्मोनहरुमा आउने उचार चढावका कारण तिनमा पेरिमेनोपाउजल सिन्ड्रोम” भनिने शारीरिक एवं मनोवैज्ञानिक समस्याहरुको समष्टिगत रुपमा देखा पर्छ प्रौढावस्थाका नारीहरुमा । शारीरिक कमजोरी, बढ्दो उमेर अनि पारिवारिक–सामाजिक बिविध कारक तत्वहरुले तिनमा उदासिनता, अत्यास          बढाईरहेका हुन्छननै, कसैलाई त साईकोसिससिजोफ्रेनियाजस्ता क्लिष्ट रोगहरु समेत लाग्न सक्छ 
३. यी जैबिक चक्रवाहेक पनि महिलाहरुमा प्रजनन्संग सम्वन्धित अन्य समस्या आईपर्न सक्छन । गर्भपतन (आकस्मिक, ऐच्छिक या आपतकालीन) हुँदा या निःसन्तान रहनु पर्दा महिलाहरुमा आई पर्ने मनोसामाजिक समस्याहरुका वारेमा अन्तराष्ट्रिय स्तरमा बिभिन्न अध्ययन अनुसन्धान हुने गरेपनि हाम्रो मुलुकमा त्यस्ता शोधकार्यहरु भएका पाईन्नन् । आकास्मिक या आपतकालीन गर्भपतनका कारण महिलामा देखा पर्ने दिकदारीपन, चिन्ता या पोस्टट्रमाटिक स्ट्रेस डिसअर्डर जस्ता रोगहरु हुन अथवा योजना नगरिएको गर्भाधान या बिभिन्न कारणवश कुमारी अवस्थामै रहन गएको गर्भलाई समाजवाट लुकाउनु पर्ने वाध्यता एवं डरत्रासका कारण आई पर्ने मनोबैज्ञानिक पीडा अनि असुरक्षित गर्भपतनका दुष्परिणामले महिलालाई शारीरिक मात्र नभई मानसिक रुपमा समेत अस्वस्थ पार्न सक्छ । निःसन्तान दम्पत्तिमध्ये पनि महिलालाई नै अझै बढी निर्वल वनाउँछ, परिणाम स्वरुप सन्तानोत्पत्ति प्रक्रियामै असर पर्न गई पिडाहरुमा गुणत्मक बृद्धि हुन जान्छ ।
    प्रजनन् प्रक्रियासंग अन्तरसम्वन्धित अरु पनि समस्या छन, छोरी जन्माउँदाका पीडा अनि भ्रुणको लिंग परीक्षण गर्न अल्ट्रासाउण्ड गराई छोरी भएमा गर्भपतन गराउने जस्ता कुरीति–कुथितिहरु जसलाई बेलैमा सम्वोधन नगरिएमा भविश्यमा अझ भयावह तस्विर देखा पर्न सक्नेछ । उपरोक्त सवै तथ्यले महिलाको जीवनचक्र एवं मानसिक स्वास्थ्यको सटिक अध्ययन गर्न ढोका खोलिसकेको हुनाले आजैदेखि महिलाको प्रजनन् मानसिक स्वास्थ्यवारेमा बहस गर्ने हो कि ? (लेखक मानसिक रोग बिशेषज्ञ हुन ।)
 —कान्तिपुरवाट

एच.आई.भी र एड्स सम्बन्धि जानकारी ः

एच.आई.भी ः एच.आई.भी भनेको कुनै रोग नभई एक किसिमको संक्रमण मात्र हो । यो जिवाणु मानिसको शरीरभित्र प्रवेश गरेपछि मानिसको रोगसँग लड्ने क्षमतालाई कमजोर बनाउँदै लैजान्छ । यो एक अत्यन्त सुक्ष्म जीवाणु हो जुन मानिसको शरीरमा मात्र बाँच्न सक्दछ र मुख्यत मानिसको रगत, विर्य, योनिरस र आमाको दुधको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ ।
एड्स ः जब एच.आई.भी भन्ने जीवाणुको मानिसको शरीरमा प्रवेश गर्छ तब त्यसले मानिसको प्रतिरक्षा प्रणाली कमजोर बनाउँदै लैजान्छ । यसले गर्दा मानिसको शरीरमा रोगसँग लड्न सक्ने क्षमता कमजोर भएको हुन्छ । यस्तो बेलामा झाडा पखाला, ज्वरो, रुघाखोकी जस्ता विभिन्न रोगका लक्षणहरु देखा पर्छन् । यो अवस्थानै एड्स हो । एड्स आफैंमा रोग होइन । यो एउटा अवस्था मात्र हो । 
कुनै व्यक्तिलाई एच.आई.भी संक्रमण हुँदैमा एड्स हुँदैन । शरीरमा एच.आई.भी संक्रमण भएदेखि एड्स अवस्थामा पुग्न धेरै वर्ष लाग्दछ । यो समय व्यक्तिपिच्छे फरकफरक हुन्छ । सामान्यतया एच.आई.भी भएर एड्स हुनलाई निम्न अवस्थाहरु पुरा हुनु पर्दछ । 

एच.आई.भी वृद्धिका चरणहरु ः

१. पहिलो अवस्था ः झ्याली अवस्था ः

मानिसको शरीरमा सुरुको अवस्थामा एच.आई.भी को जीवाणु ३ महिनासम्म पनि कुनै तरिकाले थाहा पाउन सकिदैंन । यस अवस्थामा रगत परिक्षणबाट पनि एच.आई.भी संक्रमण भए नभएको थाहा पाउन सकिदैंन । कतिपय मानिसमा यो भन्दा बढी समयसम्म पनि एच.आई.भी को जिवाणु देखा पर्दैन र यसै अवस्थालाई झ्याली अवस्था भनिन्छ । यस अवस्थामा पनि उक्त व्यक्तिले अरु व्यक्तिहरुसँग असुरक्षित यौन सम्पर्क वा रगतको माध्यमबाट एच.आई.भी को जिवाणु सरिरहेको हुन सक्दछ ।

२. दोस्रो अवस्था ः लक्षण देखापर्ने अवस्था ः 

झ्याली अवस्थाको अन्त्यदेखि र एड्स सम्बन्धी रोगका लक्षणहरु देखापर्ने अवधीलाई लक्षण देखापर्ने अवस्था भनिन्छ । यस अवस्थामा संक्रमित व्यक्तिमा केही अवसरवादी रोगका लक्षणहरु देखा पर्ने भएतापनि उनीहरु बिरामी नै परिहाल्दैनन् । यस अवधिमा संक्रमित व्यक्तिको शरीरले अत्याधिक रोगसँग लड्ने तत्वहरु उत्पादन गर्ने तथा जिवाणु भार अत्याधिक न्यून हुने हुनाले यस अवस्थामा तुलनात्मक रुपमा सर्ने सम्भावना कम हुन्छ । 

३. तेस्रो अवस्था ः एड्सको अवस्था ः 

एच.आई.भी संक्रमित व्यक्तिमा देखापर्ने अन्तिम र जटिल अवस्था नै एड्स अवस्था  हो । एच.आई.भी को जीवाणु शरीरभित्र प्रवेश गरेको ५ देखि १० वर्षपछि मानिसको रोग विरुद्ध लड्ने क्षमता निकै कमजोर हुने हँदा एक भन्दा धेरै अवसरवादी   रोगहरुले एकैसाथ आक्रमण गर्ने गर्दछन् । एच.आई.भी संक्रमित व्यक्तिलाई कतिबेला एड्स हुन्छ भन्ने कुरा उसले अपनाउने व्यवहार र जीवन पद्धतिले निर्धारण गर्दछ । एच.आई.भी संक्रमित व्यक्तिलाई चाँडै एड्स अवस्थामा पु¥याउन धेरै वटा तत्वहरु जस्तै कुपोषण, यौन रोगहरु, गर्भाधारण, एक्लोपन, धुम्रपान, मध्यपान, लागुपदार्थको सेवन आदिले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । 

एच.आई.भि सर्ने माध्यमहरु ः 

एच.आई.भि संक्रमित व्यक्तिसँग यौनसम्पर्क राखेमा
 एच.आई.भि संक्रमित रगत वा रगतजन्य पदार्थ लिएमा
एच.आई.भि संक्रमित सुई÷औजारहरुको प्रयोगबाट
एच.आई.भि संक्रमित आमाबाट बच्चामा

एच.आई.भि संक्रमणका लक्षणहरु ः

विनाकारण १ महिनामा १० किलो तौल घट्नु (दुब्लाउनु)
 लगातार एक महिनाभन्दा बढी समयसम्म झाडापखाला लाग्नु, ज्वरो आइरहनु
 जनै खटिरा आईरहनु, घाँटी र मुख भित्र सेतो पदार्थ जम्नु
 खानामा रुची कम हुनु र सम्झने शक्ति कमजोर हुनु
 शरीरमा भएका गिर्खा (लिम्फनोडहरु) सुन्निनु

एच.आई.भि संक्रमण बाट बच्ने उपायहरु ः

 विवाहपूर्व यौन सम्पर्कमा कण्डमको सही प्रयोग गर्ने
 एक अर्काप्रति सधैं वफादार रहने
 हरेक पटकको यौन सम्पर्कमा कण्डमको सही प्रयोग गर्ने
 लागु औषधी हरुको प्रयोग नगर्ने
बरदान कार्की (संयोजक) जिल्ला एड्स समन्वय समिति, डोटी 

समवेदना 

जन्म : १९८९ श्रावण १८
स्वर्गारोहण : २०७० मंसिर १९
हाम्री प्रातःस्मरणीय डम्वर कुमारी श्रेष्ठ    स्वर्गारोहण भएको आज १४ दिनको पुण्यतिथिमा दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै भावपुर्ण श्रद्धाञ्जलि अर्पण गर्दछौं । साथै शोकको यस घडीमा हामीप्रति समवेदना तथा सहानभुति प्रकट गर्नुहुने सम्पूर्ण आफन्तजन, ईष्टमित्र तथा शुभचिन्तकहरुप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछौं ।  

छोरा बुहारीहरु ः– 

यसोदा श्रेष्ठ÷
वेदप्रसाद श्रेष्ठ÷शारदा श्रेष्ठ
मनमोहन श्रेष्ठ÷ मिरा श्रेष्ठ
जीवन श्रेष्ठ÷ बन्दना श्रेष्ठ
पार्वती श्रेष्ठ÷

नाति÷नातिनी÷नातिनी बुहारी

निराजन श्रेष्ठ÷ ज्योति श्रेष्ठ÷ विक्की श्रेष्ठ÷ उज्वल श्रेष्ठ÷ दर्शन श्रेष्ठ÷ वर्ष श्रेष्ठ÷ आईसा श्रेष्ठ÷ वजिन श्रेष्ठ÷ वविन श्रेष्ठ÷ उमगं श्रेष्ठ÷ असल श्रेष्ठ

पनातीहरु ः– 

पुरुस्वत्तम श्रेष्ठ, सम्पन्न श्रेष्ठ

साहित्य÷सृजना 

चिनांै धुम्रपान

सुन–सुन दिदीबहिनी सुन दाजुभाई 
राम्रोसगं बुझिराखौं धुम्रपानलाई ।
सल्काएर धुवां फाली यसको सेबन गर्छन
तम्वाखु, विडी र चुरोट यस बर्गमा पर्छन ।
धुम्रपान एउटा अमल कति मान्छे गर्छन 
असर कस्तो पर्छ भनि कुन्नी किन भुल्छन् ।
क्या राम्रो आनन्द मानि धुवां पिउने गर्छन
फोक्सोका बिरामी भई अकालैमा मर्छन ।
आन्द्राले सताउने रातै काट्न गाह्रो 
तर पनि किन ठान्छन् धुम्रपानलाई प्यारो ।
न त यसले छाकै टार्ने न तिर्खा मेटिने 
धन सम्पति स्वास्थ्य सबै सँंगसँगै सकिने ।
न त यसले सम्मान दिने न ठूलो भइने 
खोकी लाग्ने स्वास बढ्ने अन्तमा मरिने ।
गोबिन्द विष्ट 
कालिकास्थान मा वि दह डोटी