Tuesday, December 3, 2013

बिम्ब साप्ताहिक मिति २०७० मंसिर १८ गते मंगलवार

मुख्य समाचार 

यस्तो पो भयो जिविसको सार्वजनिक सुनुवाई


सुन्दा अचम्म लाग्न सक्छ, तर भयो यस्तै । जिल्ला विकास समितिको आयोजना आफ्नै भवनमा सञ्चालन भएको  सार्वजनिक सुनुवाई औपचारिकता मात्रको सार्वजनिक सुनुवाई भएको छ ।
सार्वजनकि सुनुवाईको नियम अनुसार सेवाग्राहीले सेवाप्रदायकसंग आफुले पाएको सेवा सुविधाका वारेमा छलफल गर्ने र सेवा प्रवाहमा भएका कमीकमजोरीहरु आगामी दिनहरुमा सुधार गर्ने प्रमुख उद्देश्य हुन्छ तर सेवाग्राहीहरुको शुन्य उपस्थितिमा आयोजना भएको सार्वजनिक सुनुवाई कसरी सञ्चानल भयो होला त्यो पाठकले सोझै अनुमान गर्न सक्नु हुन्छ ।
सोमबार जिल्ला विकास समिति डोटीले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले, स्थानीय विकास   अधिकारी शिव कुमार कार्की लगायल जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, केही गाउँ विकास समितिका सचिबहरु, डोटी जिल्लामा क्रियाशिल केही गैर   सरकारी संस्थाका प्रतिनिधिहरु,    राजनीतिक दलका प्रतिनिधिहरु र डोटी जिल्लामा क्रियाशिल केही सञ्चार माध्यमका प्रतिनिधिहरुको मात्र उपस्थिति रहेको थियो ।  जनताको सहभागीता हुनु पर्ने कार्यक्रम, जनतालाई मनमा लागेको चोट पोख्नु पर्ने कार्यक्रम, जनताले आगामी दिनका लागी सुझाब दिनु पर्ने कार्यक्रम, सेवाप्रदायकले प्रतिबद्धता जनाउने आफ्नो गतिविधिमा जनताले दिएको सुझाब अनुसार सुधार गर्नु पर्ने कार्यक्रम तर सर्वसाधारणको एक जना प्रतिनिधि समेत उपस्थिति हुँदैन भने यो कार्यक्रमलाई नाटकै त भन्नु पर्ला कि !
पत्रकार शंकर थापाले सहजिकरण गरेको उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा जिल्लास्थित सबै सेवाप्रदायक कार्यालयहरुले चौमासिक रुपमा आफ्नो कार्यालयले गरेको प्रगति तथा कार्यक्रमका बारेमा  जानकारी गरानुपर्ने अनि अन्य सहभागीहरुले आफ्नो मनमा लागेको जिज्ञासा सोध्नु पर्ने नियम रहेको सार्वजनिक सुनुवाई कार्यक्रम हेर्दा लाग्थो कुनै विषयमा समिक्षा बैठक संचालन भई रहेको छ । जिल्ला विकास समितिले चौमासिक प्रगति सुनायो भने कसले के प्रश्न गरे होलान् ? जिल्ला स्वास्थ्य कार्यालयले सुनायो भने कसले के प्रश्न सोध्यो      होला ? जिल्ला शिक्षा कार्यालयलाई कसले के प्रश्न सोध्यो होला ? त्यो अनुमान लगाउने जिम्मा पाठकहरुमा नै ।
जिल्ला बिकास समितिको न्युनतम् शर्त तथा कार्यसम्पादन मापनमा पास      गराउने उद्देश्यका साथ कार्यक्रमको आयोजना       गरिएको हो भने पनि कसलाई ठग्दै छौं हामीहरुले एक चोटी सोचौँ । बजेट सिद्धाउनका लागी कार्यक्रम गरिएको हो भने कसको बजेट सिद्धियो त्यो पनि सोचौँ । रमाईलो गर्न र केही कर्मचारी साथीहरुलाई चियापान गराउनका लागी हो भने कार्यक्रमको कुल बजेटले राम्रो चियापान नै हुन्थ्यो होला त्यो पनि सोचौँ । यि र यस्ता कार्यका लागी नभई साँच्चै नै सेवाप्रदायकलाई सेवाग्राहीहरुप्रति जवाफदेही वनाउनका लागी कार्यक्रमको आयोजना गरिएको हो भने किन एक जना सेवाग्राहीको पनि सहभागिता रहेन कार्यक्रममा यसको जवाफ खोजीनु पर्छ । जिल्लाको मुटु मानिने र जनसम्पर्क हुने प्रमुख कार्यालयनै हो जिल्ला विकास समितिको कार्यालय, कार्यक्रम संचालन गर्ने सम्वन्धमा बृहत रुपमा सूचना प्रकाशन      प्रसारण किन गरिएन ? सदरमुकाममै यस्तो हुन्छ भने सदरमुकाम देखि कोशौं टाढा रहेका गाविसहरु भएका विकास निर्माण कार्यहरु कस्तो भईरहेका छ भन्ने वारेमा प्रश्न उठाउने ठाउँ कहाँ होला ?
सोमवार सञ्चालन भएको कार्यक्रम सार्वजनिक सुनुवाई हो भने नियम अनुसार सेवाग्राहीहरुको उपस्थिति थिएन होईन भन्ने हो भने मञ्चको अघाडी सार्वजनिक सुनुवाई भनि लेखिएको थियो । हामी त त्यतिमात्र चहान्छौ जनताका लागी हुने काम जनताका लागी नै होस् । आगामी दिनमा यी र यस्ता कार्यक्रम गर्दा सम्वन्धित पक्षले त्यसमा ध्यान दिओस् । सेवाप्रदायकहरुलाई मात्र वोलाएर सार्वजनिक सुनुवाईको नाममा नाटक गर्नु भन्दा नगर्नु नै जाती कि कसो त ?

सम्पादकीय 

निकासको वाटो “सहमति”

संबिधानसभाको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा जनताले कुनै पनि दललाई स्पष्ट वहुमत दिएका छैनन् । आकारमा कुन दल ठुलो भयो वा सानो भयो भन्ने बिषय छुट्टै चर्चाको बिषय हुन सक्ला । २०६४ सालको संबिधानसभामा जुन दलको आकार ठुलो भयो ति दलले पनि स्ष्ट वहुमत पाएका थिएनन् । त्यसै अवस्था अहिले पनि भएको छ । यद्यपी २०६४ सालमा तत्कालीन नेकपा माओवादीले लिएको आकार यो संबिधानसभामा कसैले लिन सकेका छैनन् । तर माओवादीको भने बिगतको तुलनामा धेरै सानो आकार यो निर्वाचनले वनाई दिएको छ ।
गणितीय संख्याका आधारमा कुनै निर्वाचनको वेलामा कुनै दल ठुलो वा कुनै दल सानो वन्ला त्यो स्वभाविक कुरा हो तर अहिले संबिधान निर्माणको संघारमा देश उभिईरहेको वेलामा कुनै पनि बिचार वोकेको वा सिद्धान्त वोकेको गणितीय संख्याको आकार हेरिनु हुँदैन । बिषय नयाँ संबिधान जारी गर्ने छ र त्यो पनि समयमै । त्यसका लागि राजनीतिक सहमति आवश्यक छ ।
२०४७ सालको संबिधान निर्माणको क्रममा तीन थरीका कुरा आएका थिए । एकथरीले यो संबिधान बिश्वकै उत्कृष्ठ संबिधान भनेर स्वागत गरेको थियो । अर्को थरीले यो संबिधानमा धेरै कुराहरु आलोचना गर्नु पर्ने छन तर पनि हामीहरु यसलाई आलोचनात्मक समर्थन गर्छौं भन्दै “आलोचनात्मक समर्थन” को वाटोमा लागेका थिए भने एक अर्को थरीले उक्त संबिधान कालो संबिधान भन्दै भोलीपल्टै जलाई दिएको थियो । आलोचनात्मक समर्थन गर्नेहरु, जलाउनेहरु र मुक्त कण्ठले प्रसंसा गर्नेहरु सवै अन्ततः २०४७ सालको संबिधान निरंकुश भयो भन्नेमा सहमत भए र २०६२÷०६३ को १९ दिने जनआन्दोलन  मार्फत राजसंस्थाको समुल रुपमा बिदाई हुन पुग्यो ।
अहिले वन्ने संबिधानलाई कम्तीमा सवैले पचाउने खालको वा मुक्त कण्ठले प्रसंसा गर्न नसकेपनि कुनै समुहले जलाई हाल्नु पर्ने अवस्था नल्याउनका लागि हामी सवैले प्रयास गर्नु जरुरी छ । त्यसका लागि राजनीतिक सहमतिको वाटो नै उक्तम बिकल्प हो । आफुले बहुमत पाउनु पर्ने र आफ्नो बिचारको नजिक रहेका दलहरुले दुई तिहाई बहुमत पाउनु पर्ने अनि मात्र संबिधान निर्माण हुने हल्ला गर्ने राजनीतिक दलहरुलाई जनताले मज्जा चखाई दिएका छन । जनादेश बुझ्ने हो भने कुनै पनि दलले एक्लैले वा बिचारले सामिप्यता भएका दलहरुले मात्र नयाँ संबिधान जारी गर्न सक्दैनन् । यो चुनावमा मकैको दानाझैँ फुरेका दलहरुले पनि बैचारिक सामिप्यताका       आधारमा दुई तिहाई वहुमत पु¥याउन सक्ने अवस्था देखिदैन ।
बिगतको भन्दा करीव करीव दुई गुुणा ठुलो आकार पाएपछि फुर्नु त स्वाभाविकै हो तर जनतालाई लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था भएको नयाँ संबिधान दिनु भने अहिलेको अवस्थामा फलामै च्युरानै हो । चुनावको परिणाम घोषणा भएकै दिन “पहिलो काम संबिधान निर्माण गर्ने हो” भन्ने सभासद्हरुमा बिगतको संबिधानसभामा अनुभव नगरेकाहरु बढी थिए । सायद उनीहरुको बुझाईनै बिगतको संबिधानसभामा आफुहरु नभएका कारण संबिधान वनेन भन्ने परेको छ । तर अहिले उनीहरु समावेश भएको संबिधानसभाले पनि सजिलै नयाँ संबिधान देला भन्ने भ्रम कसैमा छ भने त्यो मुर्खता मात्र होला । नाक र साख राख्नका लागि भ्यागुताको धार्ती पु¥याएजस्तै दुई तिहाई पु¥याएर नयाँ संबिधान जारी त गर्लान ठुलो आकार पाएका दलहरुले तर संबिधान जारी भएकै दिन वा भोलीपल्टै देखि जल्न सुरु हुनेछ । अनि त्यस्ता संबिधानहरुको के काम ?
त्यसैले बिग्रेको केही पनि छैन, अर्को संबिधानसभा गठन हुने प्रक्रियामा रहेको छ । सवै राजनीतिक समूहहरुको आकार करीव  करीव निर्धारण भईसकेका छन । ति आकारलाई हेरेर भन्दा पनि अहिलेको निकासको वाटो, राजनीतिक आवश्यकता र जनताको चाहना राजनीतिक सहमतिनै हो । यसैमा सवै दलहरुले पहल गर्नु जरुरी देखिन्छ ।

थप समाचार 

एड्स दिवसमा कण्डमको दुरुपयोग

विश्व एड्स दिबस डिसेम्वर १ तारिकका दिन विभिन्न कार्यक्रमको आयोजना  गरि डोटीमा पनि मनाईएको छ ।
डोटी जिल्लामा मनाईने यौनरोग दिबस होस् वा कण्डम दिबस या त विश्व एड्स दिवस सबै जस्तो कार्यक्रममा नेपाल         सरकारले निशुल्क प्राप्त गरेको कण्डमको दुरुपयोग हुने गरेको स्थानीय कृष्ण प्रसाद श्रेष्ठ बताउँछन् । कण्डमको प्रचार गर्ने नै हो भने पनि कण्डम फुकेर उडाएर वा कण्डम फुटाएर त प्रचार हुदैन नी ? उनले जिज्ञासा राखे । श्रेष्ठ भन्छन् दिबस मनाउनु नै छ या कण्डमको प्रचार नै गर्नु छ भने पनि घरदैलो कण्डम  वितरण कार्यक्रम, कण्डमको सही प्रयोग विधि प्रयोगात्मक कार्यक्रम, किसोरकिसोरीहरुलाई एचआईभी र एड्सका साथै यौन शिक्षा जस्ता कार्यक्रमहरुको आयोजना गर्नुको साटो कण्डम फुटाउने कार्यक्रमको आयोजना गरिएपछि कसरी कण्डमको सही सदुपयोग हुन्छ र ?
जिल्ला स्वास्थ्य कार्यालय डोटीको मुख्य आयोजना संचालन भएको विश्व एड्स दिवसले विहान जिल्ला सदरमुकाम सिलगढीमा प्रभातफेरी, स्थानीय टुडिँखेलमा मञ्च कार्यक्रमको आयोजना    गरि मनाएको थियो ।

डोटी एमाले बैठक सम्पन्न

चुनाव हार्नुमा आन्तरिक र वाह्य कारण

मंसिर ४ गते भएको संबिधानसभाको निर्वाचनको समीक्षा गर्दै नेकपा एमाले डोटीको वैठक सम्पन्न भएको छ ।
शनिवार भएको बैठकले डोटी निर्वाचन क्षेत्र २ मा पार्टीले चुनाव जितेकोमा खुशी व्यक्ति गर्दै नव निर्वाचित सभासद् प्रेमवहादुर आलेमगरलाई बधाई एवं शुभकामना दिएको छ । क्षेत्र १ मा पराजित हुनुका कारणको समीक्षा गर्दै बैठकले पार्टीका आन्तरिक कमीकमजोरीहरु र वाह्य कारणहरुले चुनाव हारेको निश्कर्ष निकालेको छ । “पार्टीका आन्तरिक       कारणहरुमा नेताहरु चुनावी अभियान सञ्चालन गर्नु भन्दा टिकटमा बढी केन्द्रित रहेको, पार्टी नेतृत्वले चुनावी अभियानको योजना वनाउन नसक्नु र पार्टी नेता  कार्यकर्ताहरु परिचालन हुन नसक्नु हो ।” एमाले डोटीका एक जिल्ला कमिटी सदस्यले भने– नेतृत्वले ठोस योजना सहित संगठन परिचालन गर्न सकेन भन्ने बैठकको निश्कर्ष रह्यो ।
यस्तै बैठकले प्रतिस्पर्धी पार्टीद्वारा मतदान केन्द्र कव्जा गरेको, गाउँगाउँमा पैसा बिरतण गरेको र अन्य प्रलोभन देखाएका कारण पनि पार्टी पछाडी परेको वैठकले निश्कर्ष निकालेको ति सदस्यले वताए । “चार मतदान स्थलका आठवटा केन्द्र त पूर्ण रुपमै कव्जा भए, त्यसका साथसाथै कतिपय ठाउँहरुमा हाम्रै पार्टी कार्यकर्ताहरुवाट पनि बिभिन्न दवाव तथा प्रलोभनमा परी वद्मासी भयो” ति सदस्यले भने–प्रतिस्पर्धी पार्टीले चुनाव जित्नुको यो पनि एक प्रमुख कारण भएको बैठकको निश्कर्ष छ ।
बैठकले तेश्रो कारणमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र प्रहरी प्रशासनको वेईमानी भएको निश्कर्ष निकालेको छ । “बिगतका निर्वाचनहरुमा सम्वेदनशील मानिएका मतदान केन्द्रहरुमा थप सुरक्षा व्यवस्था गरिनुपर्छ भनि पटक–पटक आग्रह गर्दा समेत प्रहरी प्रशासनले वेवास्ता      गरेको, धाधली भएका केन्द्रहरुमा पुनः मतदान गराउनु पर्ने भनि लिखित रुपमा उजुरी दिँदा पनि मुख्य निर्वाचन अधिकृतले वेवास्ता गर्नु पनि हाम्रा लागि प्रतिकुल भयो” बिम्ब साप्ताहिकसंग कुरा गर्दै ति सदस्यले भने–मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी खटाउने वेलैदेखि वेईमानी गर्दै गएको हाम्रो निश्कर्ष छ ।
कुनै राजनीतिक बिचार वोक्नेलाई गैर सरकारी संस्थाका कर्मचारी भएपनि चुनावमा खटाईनु, स्वतन्त्र कर्मचारीहरुलाई चुनावमै नखटाईनु, कुनैलाई आप्mनै मतदान केन्द्रमा कर्मचारी वनाएर पठाउनु, निर्वाचनमा मतदान अधिकृत भएर खटिएका कर्मचारीहरुनै चुनाव प्रचारमा जानुले पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय हाम्रो पार्टीप्रति पूर्वाग्रही भएको देखियो, ति सदस्यले भने–मतगणनाका क्रममा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयवाटै वेईमानी भएको पार्टीको निश्कर्ष छ ।

हेलिकप्टर खर्च कसको कति

नेपाली नेताहरुको चुनावी प्रचारका नाममा करोडौ रुपैया हेलिकप्टर प्रयोगमा मात्र खर्च  गरेका छन् ।
हेलिकप्टर कम्पनीले दिएको औपचारीक जानकारी अनुसार प्रतिघण्टा उडानको नेपालीलाई १ हजार २ सय ५० अमेरीकी डलर पर्छ । प्रचलित विनमय दर अनुसार यो रकम नेपाली १ लाख २५ हजार हुन आउन्छ ।
हेलिकप्टर कम्पनीले दिएको जानकारी लाई आधार वनाउने हो भने एनेकपा माओवादीका अध्यक्ष  पुष्प कमल दाहल प्रचण्डले टाढाका जिल्ला आउन जान चार द्धण्टा र नजिकका लागि दुई घण्टाको हिसाब मात्र लगाउने हो भने उनले ६५ लाख रुपैयाँ खर्च गरेको हिसाब आउन्छ ।
चुनावी प्रचारका सिलसिलामा हेलिकप्टर चढेर २७ कात्तिकमा अछाम पुगेका परिवार दलका अध्यक्ष एकनाथ ढाकाले करिब ५५ लाख खर्च गरे । उनको नेपाल परिवार दल ले पहिलो संविधान सभाको निर्वाचानमा एक मात्र सभासद् रहेका थिए ।
कसैले एक दिन भरी हेलिकप्टर भाडामा लियो भने त्यसको हिसाब नेपाली २० लाख रुपैयाँ हुन आउन्छ । उनलाई सधै भरी पछाउने पाटिका उपाध्यक्ष तथा पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले एक्लैका लागी अनुमानित ५७ लाख रुपैयाँ हेलिकप्टर उडानमा खर्च गरेका छन् । अर्का उमाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि हेलिकप्टरमा २९ लाख रुपैयाँ खर्च गरेका छन् ।
संविधान सभाको दोस्रो निर्वाचनमा चुनावी प्रचारमै हिड्ने क्रममा नेपाली काग्रेसका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री शेरवहादुर देउवाले २२ लाख, काग्रेस महामन्त्री रामचन्द्र पौडेलले २० लाख रुपैयाँ, राप्रपा नेपालका अध्यक्ष कमल थापाले सात लाख रुपैयाँ, नेकपा एमालेका नेता केपी शर्मा ओलीले छ लाख रुपैयाँ, एमालेका महासचिब ईश्वर पोख्र्रेल, नेपाली काग्रेसका मिनेन्द्र रिजाल, काग्रेस सभापति शुशील कोईराला, नेतृ शुजता कोईराला, नेता गोपालमान श्रेष्ठ, नेता       रामशरण महत, नेपाली कांग्रेसकै प्रदीप गिरीले चार चार लाखका दरले हेलिकप्टर उडानमा खर्च गरेका छन् । नेपाली नेताहरुका लागी देश दौदाहका १२ बटा हेलिकप्टरले उडान भर्दा पनि नेताहरुले सेवा नपाएको गुनासो नीजि कम्पनीहरुसँग गरेका    थिए ।
निर्वाचनको आचरसंहिता अनुसार एक उम्मेदवारले १० लाख रुपैयाँ मात्र चुनावी खर्च गर्न पाउने भनिएको भएपनि त्यो भन्दा झण्डै सात गुणा बढी रकम हेलिकप्टरमा मात्रै खर्च गरेका थिए । सर्वहाराको नेतृत्व गर्ने पार्टी जो हिजो युद्धवाट लोकतान्त्रिक प्रणालीमा आएको छ जसको नेताहरुसँग बिस लाख भन्दा बढी सम्पत्ति छैन र जसको एकमात्र संविधान सभा सदस्य थियो नेपाल परिवार दल उसले आधा करोड रुपैयाँ कहाँबाट खर्च ग¥यो होला अनुमान सबैलाई गाह«ो नै पर्ला ।
निर्वाचन आचार संहितामा आयोगले तोकेका दुर्गम जिल्लाहरुमा मात्र हेलिकप्टर प्रयोग गर्न पाउने व्यवस्था थियो

डोटी जिल्ला भेला सम्पन्न

रुपान्तरणीय सामाजिक  परिचालन अभ्यासकर्मीहरुको जिल्ला भेला आईतवार सम्पन्न भएको छ ।
जिल्ला बिकास समिति डोटी र जनसरोकार मञ्च डोटीको आयोजना तथा एक्सन एड अन्तराष्ट्रिय नेपालको सहयोगमा सम्पन्न भएको सो भेलामा सन २०१३ मा सामाजिक रुपान्तरणका लागि डोटीमा भए गरेका कामहरुको समीक्षा गर्दै आगामी बर्षको योजनाका लागि छलफल भएको थियो । जिल्लामा सामाजिक परिचालनको क्षेत्रमा कार्यरत अभ्यासकर्मीहरुको अनुभव आदानप्रदान गर्ने, अभ्यासकर्मीहरुको ज्ञान सीपमा अभिबृद्धि गरी क्षमता बिकासमा सहयोग गर्ने, समुदायमा रहेका सुशासन, जवाफदेहिता तथा        पारदर्शीताका सवालहरुको पहिचान गर्ने लगायतका उद्देश्य राखी आयोजना   गरिएको सो कार्यक्रम सम बिकास केन्द्र डोटीका अध्यक्ष अधिराज बिसीको अध्यक्षता र जिल्ला बिकास समिति डोटीका कार्यक्रम अधिकृत टेकवहादुर खडकाको प्रमुख आतिथ्यमा भएको थियो ।
कार्यक्रममा कार्यक्रम अधिकृत खडकाले जिल्ला बिकास समिति मार्फत सञ्चालन भईरहेको स्थानीय शासन तथा सामुदायिक बिकास कार्यक्रम (एलजिसिडीपी) को प्रगति प्रस्तुत गर्दै सामाजिक परिचालकहरुको सेवा सुबिधा कम भएका कारण कार्यक्रम त्यति प्रभावकारी हुन नसकेको वताए । खडकाले         राजनीतिक दलका स्थानीय कार्यकर्ताहरुले पनि यस कार्यक्रमलाई खासै महत्व नदिएको वताउँदै कार्यक्रमलाई प्रभावकारी वनाउन वडा नागरिक मञ्च र नागरिक सचेतना केन्द्रलाई वलियो वनाउनु पर्ने बिचार व्यक्ति गरे ।
कार्यक्रममा एक्सन एड अन्तराष्ट्रिय नेपालका कार्यक्रम अधिकृत देवेन्द्रप्रताप सिंहले सामाजिक परिचालकहरुले अनुभव गरेका सिकाईहरु र प्राप्त उपलव्धीहरुलाई एकआपसमा साटासाट गर्नका लागि यो भेला आयोजना गरिएको वताए । एलजिसीडिपीको कार्यक्रमलाई अझ प्रभावकारी कसरी वनाउन सकिन्छ भन्ने वारेमा पनि केन्द्रस्तरमा छलफल भईरहेको जानकारी दिँदै सिंहले समाज रुपमान्तरणका लागि सवैको भुमिका महत्वपूर्ण हुने जानकारी दिए ।
कार्यक्रममा एलजिसीडिपीका सामाजिक परिचालकहरु, सम बिकास केन्द्र र समाज सेवा डोटी द्वारा सञ्चालित सहभागितामुलक लोकतान्त्रिक पहल परियोजनाका समाजिक परिचालक तथा सहजकर्ताहरु र गाबिस सचिवहरुको समेत सहभागिता     रहेको सो कार्यक्रममा जिल्लाको समग्र अवस्थाको वारेमा पाँच वटा समूहमा छलफल गरिएको थियो । पत्रकार शंकर थापाले उद्घोषण गरेको सो कार्यक्रममा समाज सेवा डोटीका उपाध्यक्ष दिपेन मल्लले कार्यक्रमको उद्देश्यमाथी प्रकास  पारेका थिए ।

बस दुर्घटनामा १२ को मृत्यु

डडेल्धुराको मेलखर्कमा भएको बस दुर्घटनामा परी १२ जनाले ज्यान गुमाएका छन् ।
आईवार बिहान ५ बजेतिर बाजुरादेखि कैलाली तर्फ जाँदै गरेको ना २ ख ७८९ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा १० जनाको घटना स्थलमा र २ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
आईतबार भएको मालिका ट्रावल्सको यात्रुबहाक बस दुर्घटनामा परि सड्क देखि     करीव तिन सय मिटर तल पुगेको थियो । भिमदत्त राजमार्ग    अन्तरगत उक्त सड्क खण्डको डडेल्धुरा देखि डोटी जिल्लाको बुडरसम्म पर्ने विभिन्न स्थानहरु मध्ये डोटीको छतिवन, रुवसकाँडा, गैराक्षेत्र डडेल्धुराको मेलखर्क, साहुुखर्क जस्ता स्थानहरुमा पटकपटक यात्रुुवहाक सवारी साधनहरु दुर्घटना हुँदा सयौ यात्रुहरुले ज्यान गुमाएपछि यात्रु सुरक्षाका लागी डडेल्धुरा देखि कैलाली जिल्लाको अत्तरीया सम्म प्रहरीले सवारी साधनलाई समय सिमा तोकेको थियो । तर उक्त समयसिमाले पनि उक्त दुर्घटनालाई रोक्न सकेन ।
अत्तरीया देखि डडेल्धुरा सम्म प्रहरीले पाँच घण्टाको समय सिमा तोकेको भएपनि सवारी चालकहरु तिन घण्टा देखि साढे तिन घण्टामा उक्त यात्रा तय गर्ने   गरेका कारण पनि प्रहरीले सुरु गरेको समय सिमाको औचित्य    नरहेको यात्रुहरु बताउँछन् ।    प्रहरीले सुरु गरेको सयम सिमा आफैमा राम्रो कार्य भएपनि    सवारी चालकहरुले त्यस तर्फ लापरवाही गर्दै आएको विषयमा चेकजाँच नहुनुले पनि घटनालाई निम्ताउन सक्ने यात्रुहरुको भनाई रहेको छ । यस तर्फ सम्वन्धित पक्षको ध्यान जान जरुरी छ ।

एक सय रुपैयाँमा मत विक्रि

“मैले सहयोग गरेका मान्छे ले नै मलाई सहयोग गरेनन् तर पनि म उनीहरुलाई सधै सहयोग गर्छु ।”
माथिको बाक्य संविधानसभाको दोस्रो निर्वाचनमा डोटी जिल्ला क्षेत्र १ वाट स्वतन्त्रबाट उम्मेदवार रहेका कैलाश सिं साउँद बिम्ब प्रतिनिधिसँग कुरा गर्दा बताएका हुन् ।
“केही जनताले माया गरेर नै मेरो दुई हजार मत आएको हो तर मैले धेरै पल्ट सहयोग गरेका व्यक्तिहरुले नै मलाई मत नदिदा भने केही खल्लो लागेको छ ।” उनले थपे । म काठमाण्डौं कानून विषयको अध्ययनको क्रममा डोटीका धेरै साथीहरुलाई सहयोग गरेको थिएँ, म पढ्नु भन्दा पनि जनताको काम गर्नमानै काठमाण्डांैमा व्यस्त हुन्थ्ये उनले आफ्नो विगत सुनाए । डोटेली जनताले अहिले पनि आफ्नो मतको महत्वको बारेमा नजानेको उनको आशय थियो । “आफ्नो मत एक सय रुपैयाँमा बेचेको देख्दा–सुन्दा आफुलाई नरमाईलो लागेको छ” उनको भनाई थियो । आफु नजितेकोमा आफु दुःखी नभएको र आगामी दिनहरुमा जनताको सेवा गर्ने आफ्नो योजना रहेको उनले वताए । आफ्नो उम्मेदवारी नदिँदासम्म नेपाली कांग्रेसको सक्रिय राजनीति      गरेका साउँदले पछिल्लो समयमा कुनै राजनीतिक दलमा बसेर काम गर्ने कि नगर्ने आफुले योजना बनाइ नसकेकोे र साथी भाईको सल्लाह अनुसार अघाडी बढ्ने पनि वताए ।
साँउदले थपे–मलाई केही गाँउका जनताहरुले एकलौटी रुपमा मत प्रदान गरेका छन् उनीहरुको ईच्छा चहाना र उनीहरु सँग गरेको प्रतिबद्धता पुरा गर्न म सधैँ लागीपर्ने छु । उनको भनाईको आशय थियो एक सय रुपैयाँमा मत बेच्नेहरुलाई पनि सहयोग गर्छु । बिम्ब प्रतिनिधिले सोधेको एक प्रश्नको जवाफमा नेपाली कांग्रेस पहिलो शक्ति भएकाले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्नु पर्ने हो तर नेपाली कांग्रेसले बहुमतसिद्ध गर्न नसकेमा स्वभाविक रुपमा नेकपा एमालेलेनै सरकारको नेतृत्व गर्ने छ, उनको उत्तर थियो । तर संविधान बन्ने कुरामा उनी ढुक्क छन् । एमाले र कांग्रेस मिल्दै अर्को तेस्रो वा चौथो  शक्तिको समर्थनमा भएपनि यस पटक संविधान आउँछ साँउदले भने ।
आफुले दोस्रो संविधान सभाको निर्वाचनको उम्मेदवारी दिएपछि चुनावी प्रचार प्रसारमा सात लाख खर्च भएको बताउने साँउदले अब नेपालमा गरीव जनताका छोरा छोरीले राजनीति गर्दै जनताको सेवा गर्ने सपना बोक्नु वेकार हुने वताए । गरीव जनाताले राजनीति गर्न सक्ने बतावरणनै रहेन, उनको भनाई थियो ।  

पानी नै आउदैन हाम्रो घरमा

जिल्ला सदरमुुकाम सिलगढीको वडा नम्वर २ र ४ मा खानेपानीको समस्या रहेको स्थानियवासीहरु बताउन्छन् ।
विरामी पर्दा एम्वुलेन्स सम्म ल्याउन पाईन्छ भनी खोजीएको सड्कमार्गको जताततै अस्थव्यस्थ रुपमा पानी आएन भन्दै बाटो खन्दा जुनसुकै समयमा दुर्घटना हुन सक्छ । सिलगढी २ का स्थानियबासी अनुपम केशीले भने हाम्रो घरमा पानी नै आउदैन । पानी खोल्नका लागी सिलगढी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले एक जना कर्मचारी राखेको छ उसले पानी खोल्ने कुनै निश्चत समय नै छैन ।
केशीले थपे कुनै दिन विहान ३ बजे, कहिले ४ बजे, कहिले ६ बजे पानी खोल्ने गर्छ त्यसैले पनि कतिपयलाई त पानी आउने समय कतिबेला हो त्यो नै थाहा छैन ।

छोटकरी समाचार 

नेटबर्क र विजुलीको जात्रा

नेपाल टेलिकमले सुरु    गरेको पोष्टपेड तथा प्रिपेडका मोवाईल मात्र होईन नीजि कम्पनीहरुले संचालनमा ल्याएको स्मार्टसेल र मेरो नामक मोवाईलमा नेटकर्वको समस्या देखा परेको छ ।
जिल्ला सदरमुकाममा संचालनमा रहेको स्मार्टसेल मोवाईलको नेटबर्कमात्र छैन अन्य तिन थरीका मोलाईलहरुको नेटबर्क रहेको भएपनि नेटबर्क नभएको जस्तो भएको छ । एक स्थानमा फोन गर्दा अर्को स्थानमा फोन जाने समस्या त पुरानै हो अहिले नयाँ समस्या देखिएको     छ । नयाँ समस्याको रुपमा रहेको कुरा गर्दा गर्दै मोबाईल फोनको नेटबर्क जाने, नेट चलाउँदा चलाउदै नेटबर्क जाने देखिएको हो ।
सदरमुकाम सिलगढीमा   रहेको अर्को समस्या नेपाल विद्युत प्राधिकरणले सेवा दिई रहेको विद्युत पनि हो । कम्प्युटर खोल्दा कुन समयमा विद्युत जान्छ कुन समयमा विद्युत आउँछ थाहानै हुँदैन यस्तै भईरहदा कम्प्युटर पटक पटक विग्रीने गरेको छ भन्छन् स्थानियसेवाग्राहीहरु । विद्युतको लाईन कहाँबाट गएको हो बिद्युत कर्मचारीलाई सोध्दा झर्कदै आफुलाई थाहा नभएको जानकारी गराउँछन् कर्मचारीहरु यसको बारेमा कसैले पनि बोल्दैन भन्छन् स्थानीय रमेश जोशी ।
यसरी दैनिक जसो मोबाईल फोन र विद्युतले समस्या गर्दा काम गर्न गाह«ो हुने गरेको स्थानीय संचारकर्मीहरु बताउँछन् । यो समस्यालाई हटाउनका लागी एक पटक भए पनि स्थानीय प्रशासनले यसका बारेमा सोच्ने हो की ?


खेल समाचार 

खेलाडीलाई जनही दश लाख

सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रत्येक खेलाडीलाई दश लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
नेपालको खेल ईतिहासमै ठुलो सफलता पाएका टोली सदस्यलाई पुरुस्कार बापत रकम दिने निर्णय गरेको हो । आगामी वर्ष बंगलादेशमा हुने ट्वान्टी ट्वान्टी क्रिकेट खेल्नका लागी नेपाल पहिलो पटक छनौट भएको छ । यूएईमा भएको छनौटमा नेपाल सहभागी १६ देश मध्ये तेस्रो भएको थियो । विश्वकपमा छनौट भएलगतै राष्ट्रिय खेलकुद परिषदले सरकार समक्ष खेलाडिलाई १० लाख नगदसहित सम्मान गर्न सिफारिस गरेको थियो ।


नेपाल र दिल्ली बिच खेल शुरु

आज मंगलबार जर्नी टु बल्ड कप प्रतियोगीतामा नेपाल र दिल्ली वान्डरस बीचको खेल सुरु भएको छ । टस जितेको नेपालले दिल्लीलाई पहिलो व्याटिङको लागि निम्त्याएको छ । अर्को महिना न्युजील्याण्डमा हुने एक दिवशिय विश्वकप छनौटको अभ्यासका लागी प्रतियोगीता आयोजना गरिएको हो ।
नेपाल क्रिकेट संघ क्यानको प्राविधिक सहयोगमा जोरा ईन्टरनेशनलले प्रतियोगीता आयोजना गरेको हो । कीर्तिपुर मैदानमा हिजो भएको प्रतिस्पर्धामा नेपालले भारतको एयर ईण्डिया क्लबलाई ५ विकेटले        पराजित गरेको थियो ।
आजको खेलमा कप्तान पारस खड्का अनुपस्थित छन् । ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपाली टोली अहिले फिल्डिङ गरि रहेको छ ।
हिजोको खेलमा चार विकेट लिएका अविनाश कर्ण पनि आज खेल्नेछैनन । शनिवारसम्म हुने प्रतियोगीतामा सिँगापुरको राष्ट्रिय टिम पनि सहभागी छ । खेल सुरु ढिलाई भएकोले आजको खेल दुबै पक्षबीच ४५ भोभरको खेलाईने छ ।


चलचित्र÷मनोरञ्जन 

राजनीतिक कथानक चलचित्र कोही त छ

नेपाली राजनीतिक समस्यालाई लिई तयार पारिएको नेपाली चलचित्र कोही त छ शुक्रवार सार्वजनिक भएको छ ।
रामजी लामिछानेको निर्देशनमा निर्माण भएको उक्त चलचित्रमा कलाकारहरु राजबल्लभ कोईराला, झरना थापा, मुकेश आचार्य, सुशील पोखरेल आदि       रहेका छन् भने चलचित्रमा संगीत       ताराप्रकाश लिम्बुले दिएका छन् । नेपालका चर्चित तथा स्थापित भई सकेका कलाकारहरुको सहभागीता रहेको उक्त चलचित्रले नेपाली राजनीतिमा रहेका समस्या र समाधानका उपायहरुका बारेमा समेत जानकारी दिने कोशिस गरेको निर्देशक लामिछानेको भनाई रहेको छ ।
धेरै नेपाली चलचित्र निर्माण       गरिसकेका निर्देशक लामिछानेले दिएको जानकारी अनुसार चलचित्र नेपालकै नुवाकोट जिल्लामा धेरै सिनहरु सुटिङ्ग    गरिएको छ । आफ्नो तिन वर्षको कडा मेहनतबाट वाहिर दर्शकमाझ आएको चलचित्रले दर्शकहरुको मन जित्ने उनको विश्वास रहेको छ । अन्जु पन्त, राजेशपायल राई, दीपक लिम्बु, प्रमोद खरेल आदि गायक गाईकाहरुको गाएन रहेको चलचित्र नेपालका ४० फिल्म हलमा एकै पटक प्रर्दशन भएको निर्देशकको दावी रहेको छ ।


माया पिरतीको कथा उर्वशीमा

निर्देशक मनिष पन्तको डेब्यू चलचित्र उर्वशी शुक्रबारदेखिनै प्रर्दशनमा आएको छ ।
मायापिरतीका    कुराहरुलाई मध्यनजर गरि निर्माण गरिएको चलचित्र उर्वशीमा किशोरयुवा पुस्ताको प्रतिनिधित्व गरेको छ । नेपालका सबै चलचित्रघरहरुवाट एकै साथ प्रर्दशनमा आएको चलचित्र उर्वशीमा किशोर खतिवडा मुख्य नायकको रुपमा देखा परेका छन् भने अरुणिमा लम्सालले खातिबडालाई साथ दिएका छन् । चलचित्रको चर्तित गितको रुपमा चोखो माया दियौ जालैमा र बोल   रहेको गित रहेको दर्शकहरुले बताएका छन् । यस चलचित्रमा रजुपायलराईले गायनको मुख्य कार्य गरेका छन् ।     किशोरावस्थामा गरिने माया पिरती मिलन, विछोड मात्र नभई कसरी एक अर्का प्रति आर्कषक बन्छन् युवा युवतीहरु भन्ने      बारेमा चलचित्र बोलेको दर्शकहरु  वताउँछन् । चलचित्रले राम्रो कमाई गर्ने निर्माण पक्षको दावी रहेको छ ।


लेख 


भोजन र चरित्रको अन्तरसम्वन्ध

डा. योगी बिकासानन्द
प्रसंग महाभारतको हो । भीष्म पितामह शर–शैयामा पल्टेर मृत्यु पर्खदैं थिए । वरिपरि उनका स्वजनहरु      बसिरहेका थिए । शर–शैयामा पल्टिरहेका भीष्मले ज्ञान, बिज्ञान, राजनीति र दर्शन आदिवारे आफ्ना प्रियजनलाई उपदेश दिईरहेका थिए । भीष्मको उपदेश सुनेर उनका स्वजनहरु मन्त्रमुग्ध थिए, तर द्रौपदी भने मन्द–मन्द हास्दै थिईन । यो कुरा चाल पाएका भीष्मले द्रौपदीलाई लक्षित गरेर सोधे “द्रौपदी, तिमिले मलाई खिस्याएर हासेको भान भईरहेछ, के तिमि साँच्चै मलाई खिस्याउँदै छ्यौ ?
भीष्मको जिज्ञासाका कारण द्रौपदी आफ्नो मुख खोल्न वाध्य भईन । उने भनिन् “पितामह, जुनवेला युधिष्ठिरले मलाई जुवामा थापेका थिए, त्यो भन्दा पहिलेनै उनले जुवा हारिसकेका थिए, केही पनि वाँकी थिएन, उनीसंग । हारिसकेका युधिष्ठिरले पछि मलाई पुनः दाउमा राखे । यो सरासर नीति बिपरित र अन्याय थियो । उनले मलाई जुवामा थाप्नु किर्माथ न्यायसंगत थिएन । त्यसैवेला मैले हजुरसंग प्रश्न सोधेकी थिएँ, तर तपाईले त्यसवेला स्पष्ट जवाफ दिन सक्नु भएन । आज तपाई उपदेश दिँदै हुनुहून्छ, ज्ञानगुनका कुरा सुनाउँदै हुनुहुन्छ, नीतिको चर्चा गर्दै  हुनुहुन्छ । तपाईका यी कुरा सुन्दा बिगत सम्झेर हासो उठिरहेछ । त्यतिवेला तपाईका यी सवै ज्ञान कहाँ गएका थिए ?
द्रौपदीको प्रश्न जायज थियो । भीष्मले रहस्य खोले “द्रौपदी, त्यो वेला म दुर्योधनको अन्नमा बाँच्थे ।       त्यसकारण मेरो बुद्धि भ्रष्ट भएको थियो । किनभने भ्रष्ट मान्छेको अन्न खाँदा असल मान्छे पनि भ्रष्ट हुन्छ । दुर्योधनको अन्नकै कारण मेरो बुद्धि पनि भ्रष्ट भएको थियो । आज दुर्योधनको अन्न खाई–खाई वनेका रगतका कणहरु अर्जुनको वाण लागेर मेरो शरीरवाट बगिसकेका छन । अव मेरो शरीरमा दुर्योधनको अन्नको प्रभाव छैन, त्यसैले मैले ज्ञानगुनको उपदेश दिएको हुँ” यो एउटा मार्मिक प्रसंग हो । यहाँ भीष्म पितामह जस्ता शुरवीर र बुद्धिमान व्यक्ति पनि गलत मान्छेको भनौं दुष्टको अन्न खाएर आफ्नो बुद्धि भ्रष्ट भएको स्वीकार गर्छन ।
प्रसंग वदलौं, सन १८८७ तिरको कुरो हो ।      अमेरिकाको एउटा वस्तीमा घटेको घटना । एउटा किराना पसलमा एक नियमित ग्रहाक सलगम किन्न आउँछन । साहुँजीले सलगम उठाएर ग्रहाकलाई सुम्पन्छन र त्यही हातले ग्रहाकले दिएको बिस डलरको नोट समाउँछन । अचम्म ! भिजेको हात डलरमा पर्नासाथ नोटको रंग हातमा सर्छ र खरिददार जानासाथ दुकानदार उक्त पैसा लिएर पुलिस थाना पुग्छन । अनुसन्धानपछि पत्ता लाग्छ, त्यो कसैले हातले लेखेको नक्कली नोट रहेछ ।
तुरुन्तै पुलिसले उक्त ग्रहाकको घरमा छापा मार्छन र एउटा निकै सनसनीखेज तथ्य प्रकाशमा आउँछ, नक्कली नोट लेख्ने व्यक्ति अरु कोही हैन, ख्यातिप्राप्त चित्रकार एमानियल ंिगर हुन्छन । अनुसन्धानपछि उनको कोठावाट उनले वनाएका अरु तीन थान भिन्न–भिन्न चित्र वरामद हुन्छन । जुन १६०० हजार डलरमा लिलाम हुन्छ, एउटा चित्रको पाँच हजार डलरभन्दा बढी मुल्यमा । घोर आश्चर्यको कुरा निंगरले २० डलरको नोट लेख्नलाई जति समयशक्ति खर्चन्थे, त्यतिनै परिश्रममा पाँच–पाँच हजार डलर भन्दा वढीका चित्रसमेत वनाईरहेका थिए । यस अर्थमा नक्कली नोट वनाएर अरुलाई ठग्ने अपराधमा संलग्न उनले सवभन्दा वढी आफैंलाई ठगिरहेका थिए । एक प्रतिष्ठित एवं स्वनामधन्य नागरिकलाई पनि        आपराधिक प्रबृत्तिले किन गाज्छ । यस प्रश्नको उत्तर पहिल्याउन केही बैज्ञानिक दस्तावेजको अंश प्रस्तुत      गरिन्छ ।
सन १९२१ तिरको कुरा हो अमेरिकन बायो सोसियलका निर्देशक डा. साउसले केही जेलहरुमा       गरिएको अनुसन्धान अनुसार ८०–८५ प्रतिसत          अपराधीहरुको रगतमा चिनीको मात्रा चाहिने भन्दा कम पाईयो । यिनै तथ्याँकलाई मध्यनजर राख्दै क्यालिफोर्निया स्टेट युनिभर्सिटीका प्रा.डा. स्टेफन जे स्कोन थलरले कैदीहरुको भोजनमा पर्याप्त सुधार ल्याई चरित्रमा समेत सुधार गरेका छन । अपराधीहरुको भोजनवाट चिनी र चिनीजन्य पदार्थहरु हटाईयो । त्यस्तै पालिस गरिएका सेता चामल एवं मैदावाट वनेका खानेकुराको साटो नफलेको चामल र चोकरसहितको आटाका परिकार पस्किएको थियो । परिणामस्वरुप कैदीहरुका रक्तशर्करामा सन्तुलन आई उनीहरुका आपराधिक बृत्तिमा ५४ प्रतिशत सुधार आएको तथ्याँकित गरियो ।
ख्यातिप्राप्त स्वास्थ्य–पत्रिका “द लानासेट” ले सन १९८५ मार्चको अंकमा छापिए अनुसार डा. एगरले ६२ जना अपराध प्रबृत्तिग्रस्त मान्छेमाथी परीक्षण गरेका      थिए । त्यसमध्ये ३१ जना नराम्ररी आक्रामक देखिन्थे । जव तिनीहरुको भोजनवाट केही दुधजन्य पदार्थ हटाईयो, उनीहरु सामान्य मान्छेको सम्पर्कमा आउन सफल भए । त्यस्तै भोजन र मानसिकताको सम्वन्धलाई लिएर सन १९७८ तिर जर्जियामा गरिएको शोध–खोज पनि अन्यन्त अर्थपूर्ण देखिन्छ । एउटा पव्लिक स्कुलका बिद्यार्थीहरुलाई तीन जोडा मुसा दिईयो । हरेक जोडालाई फरक–फरक भोजन दिनु पर्ने आदेश दिईयो । जसअनुसार पहिलो जोडालाई स्वास्थ्यदर्धक मानिने खाना ख्वाईयो भने दोश्रो जोडालाई सामान्य मान्छेले दैनिक खाने भोजन दिईयो र तेश्रो जोडालाई भने पालिस गरिएको सेतो चामल अर्थात फलेको चामल र दुधमात्र दिन लगाईयो । कालान्तरमा तिनै जोडाले तीन थरीका व्यवहार देखाए । स्वस्थकर खाना खाएर हुर्केकाहरु तुलनात्मक रुपमा स्वस्थ र शान्त नै देखिए भने आम मान्छेले खाने जथाभावी आहारमा हुर्केकाहरु अति माटे, अल्छी, सुस्त एवं डरछेरुवा भेटिए र सेतो चामल र दुधमात्र खाएकाहरु अशान्त एवं जंगली देखिए ।
भोजनको प्रभावले रक्तशर्करामा मात्र परिवर्तन आउने नभई कपालको रसायनिक संरचनामा समेत फरक पार्ने  रहेछ । यसै तथ्यलाई मध्यनजरमा राखी अचेल कपालको बैज्ञानिक बिश्लेषण गरेरसमेत अपराधी पत्ता लगाउने प्रबिधिको बिकास भएको देखिन्छ । डा. साउस आफ्नो पुस्तक “डाईट, क्राईम एण्ड डेलिक्वेन्सी” मा भन्छन– कपालमा हुने म्याङगनिजजस्ता खनिज पदार्थको मात्राको आधारमा पनि मान्छेको प्रबृत्ति ठम्याउन गा¥हो पर्दैन । अपराधीहरुको कपालमा म्याङ्गनिजको मात्रा ०.७ पीपीएम हुन्छ  भने उनीहरुको तुलनामा सामान्य मान्छेमा यसको मात्रा ३ प्रतिसत मात्र हुन्छ । उनी थप्छन –यसरी म्याङ्गनिज र जिंकजस्ता खनिज शरीरमा चाहिने भन्दा बढी भएकाहरु पढ्न नसक्ने बिद्यार्थी देखि मान्छे मार्ने हत्यारासमेत वनेका थुप्रै उदाहरणहरु पाईन्छन ।
माथी उल्लेखित तथ्य–तथ्याँकको अध्ययनवाट चित्रकार निंगर किन अपराधी भए भन्ने कुराको सहजै अनुमान लगाउन सकिन्छ । र यस्ता दुष्प्रबृत्तिवाट वच्न भोजनमा सुधार गर्नु पर्ने टड्कारो देखिन्छ । त्यस्तै खानपान वाहेक अन्य तत्वहरु पनि हाम्रा चारैतिर छन, जसले मान्छेलाई अनायास अपराध गर्न उस्काउँछन । नमुनाका लागि हेभी मेट्लस र केमिकलहरुलाई लिन सकिन्छ ।
हामीले खाना पकाएर खाने अल्मुनियम भाडाँ होस् वा सवारी साधनवाट निस्किने धुँवाको सिसा । त्यस्तै दाँतको प्वाल भर्नमा प्रयोग हुने मर्करी होस वा चुरोटको धुँवावाट निस्किने क्याडमियम । यस्ता अनिगिन्ती हेभी मेटल पार्टीकलहरु दैनिक हाम्रो शरीरमा छिरिरहनाले पनि कालान्तरमा हाम्रो शरीर निकै बिषाक्त भई आपराधिक भावना उत्पादन हुने कुरा बैज्ञानिक रुपमै सिद्ध भईसकेको छ । त्यस्तै यस्ता तत्वले वालवालिकाहरुको एकाग्र गर्ने क्षमतामा समेत ह«ास ल्याउने कुरा पुष्टि भईसकेको छ । कीटनासक औषधी लगायत हाम्रो घरमा प्रयोग हुने सवै खाले केमिकलले पनि अन्ततः मानव शरीरलाई रुग्ण वनाउँछ । यिनीहरुकै कारण मानसिक रुपमा कन्फ्युजनदेखि डिप्रेसनसम्मका समस्या देखापर्छ भने शारीरिक रुपमा शरीर दर्ददेखि क्यान्सरसम्म हुन सक्ने कुरा पनि अनुसन्धानले पुष्टि गरेको छ । — कान्तिपुरवाट

मोफसल पत्रकारिता 

कमिसनमा लाग्ने व्यक्ति पत्रकार हुनै सक्दैन

राजेन्द्र बिष्ट (उपाध्यक्ष) 
प्रेश चौतारी नेपाल
तपार्इंको पुरा परिचय पाउँ न ?
राजेन्द्र बिष्ट, सम्पादक अपि टुडे दैनिक कञ्चनपुर÷केन्द्रीय उपाध्यक्ष प्रेस चौतारी नेपाल
कति समय देखि गर्दै हुनुहुन्छ पत्रकारिता ?
दश वर्ष भन्दा बढी भयो ।
के सोचेर तपाई पत्रकारिता पेशामा लाग्नु भएको हो ?
व्यवसायका साथै समाज सेवा भन्नुपर्छ ।
कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ?
रुचि मेरो वन तथा वातावरण हो तर, मोफसलमा पत्रकारिता गर्न बिट सम्भव छैन् ।
पत्रकारिता पेशामा लागेर आईपर्ने समस्याहरु के के छन ?
समस्या थुप्रै छन् तर, आर्थिक समस्या प्रमुख हो ।
मोफसलै भएपनि कञ्चनपुर जस्तो बिकसित जिल्लामा वसेर पत्रकारिता गर्दै हुनुहुन्छ, राम्रै होला नि
भुगोलका हिसाबले कञ्चनपुर विकसित भएपनि उद्योग कलकारखाना एव्म व्यापार व्यवसाय खासै हुन नसकेकाले पत्रकारिता पनि प्रभावित छ । किनभने प्रमुख आयस्रोत सञ्चार माध्यमको विज्ञापन नै हो उद्योग कलकारखाना लगायत व्यापार व्यवसाय हुन नसक्दा पत्रकार र सञ्चार माध्यमलाई आर्थिक चुनौति छ ।
कत्तिको सन्तुष्ट हुनुहुन्छ पत्रकारिता पेशावाट ?
सन्तुष्ट नै छु ।
तराईको पत्रकारितामा त राम्रो कमाई छ भन्छन, कति कमाउनु भयो ?
त्यो बाहिरी हल्ला हो तराईको पत्रकारितामा कमाई छ भन्नु । यति हो भौगोलिक  र स्रोत साधनका हिसाबले सहज भएकाले काम गर्न सजिलो छ । अनि जहाँसम्म मेरो व्यक्तिगत कमाई भन्नु हुन्छ भने महिनाभरको खर्च धान्न सकिने अवस्था छैन् । कहिले काँही त घरपरिवारबाट खर्च चलाउनुपर्छ ।
एक पत्रकार भएर आईपर्ने समस्याहरु के के देख्नु भएको छ ?
मेरो नजरमा पत्रकार भइसकेपछि बिभिन्न पक्षबाट आउने डर, त्रास, धम्की त सामान्य हुन् । मेरो अनुभवमा सञ्चार माध्यमलाई निरन्तर सञ्चालन गर्न र पत्रकारलाई तलब खुवाउन आर्थिक समस्या नै मुख्य हो जस्तो लाग्छ ।
कञ्चनपुर जिल्लाको पत्रकारिताको अवस्थालाई कसरी मुल्याँकन गर्नु भएको छ ?
कुनैबेला कञ्चनपुरको पत्रकारिताले सिङ्गो सुदूरपश्चिमको पत्रकारितालाई प्रतिनिधित्व गराउथ्यो । तर अहिलेको पत्रकारिताको विकास गुणात्मक भन्दापनि संख्यात्मक भयो कि जस्तो लाग्छ ।
मोफसलका पत्रकारहरुका मुख्य समस्याहरु के के देख्नु भएको छ ?
मोफसलमा बसेर कामगर्ने पत्रकारकालागि आर्थिक समस्या, भौगोलिक समस्या, स्रोत साधनको अभाव, केन्द्रले जहिले पनि दोस्रो दर्जाको व्यवहार गर्ने र राजधानीका सञ्चार माध्यममा काम गर्नेले ठुलो लगानी गरेर तयार गरेका सामग्री प्रकाशन÷प्रसारण नहुनु आदी ।
मोफसल पत्रकारहरुका समस्या समाधानका लागि नेपाल सरकारले कस्तो भुमिका खेलेको पाउनुहून्छ ?
सरकारले मोफसलका पत्रकारका हकमा खासै केही ग¥यो जस्तो लाग्दैन । सरकारले पत्रकारहरुको न्यूनतम पारिश्रमिक निर्धारण ग¥यो तर, त्यसको कार्यान्वयन पक्ष फितलो भयो । फलस्वरुप आजपनि मोफसलका पत्रकारहरुले तोके बमोजिमको तलव पाइरहेका छैनन् । सरकारले पत्रकारहरुका लागि स्पष्ट नीति बनाउनु पर्छ ।
मोफसल पत्रकारिताको समस्या समाधानका लागि नेपाल पत्रकार महासंघको भुमिका कस्तो पाउनु भएको छ  ?
पत्रकार महासंघमा पदीय हैसियत मेरो केन्द्रीय पार्षद मात्रै हो अरु जिम्मेवारीमा छैन् ।
तपाई आफै पनि प्रेश चौतारी नेपालको केन्द्रीय उपाध्यक्ष जस्तो गरिमामय पदमा हुनुहुन्छ, मोफसल पत्रकारिताको संरक्षणका लागि प्रेश चौतारीले कस्ता खालका कार्यक्रमहरु सञ्चालन गरेको छ ?
प्रेस चौतारी नेपालले प्रेस स्वतन्त्रता र पत्रकारहरुको हकहितका पक्षमा वकालत मात्रै होइन् पत्रकारका मुद्दामा कयौँ पटक आन्दोलन गर्नु परेको सर्वविदितै छ । साथै आगामी दिनमा पत्रकारहरुका व्यवसायिक मुद्दालाई स्थापित गर्न प्रेश चौतारी सशक्त भएर अगाडी बढ्ने छ ।
तपाइकंो विचारमा पत्रकारिता के हो ?
मेरो विचारमा पत्रकारिता समाजको ऐना हो
आजकल पत्रकारिता क्षेत्रमा लागेका व्यक्तिहरु पनि राजनीतिक दलका झोला वोक्ने, कमिसनको खेलमा लाग्ने, तस्करहरुसंग मिलेमोतो गर्ने जस्ता क्रियाकलाममा लागेका छन भन्ने गुनासाहरु आउँछन, कञ्चनपुरमा पनि त्यस्तै छ कि !
कुवामा एउटा भ्यागुतो मरेर कुहेपछि कुवानै गन्हाउँछ भनेझैँ केही व्यक्तिका कारण तपाइँले भनेको जस्तो कहिले काँही आरोप पनि सुन्नुपर्छ । राजनीतिक आस्था राख्न पाइन्छ तर, दलको झण्डा बोक्ने, तस्करसँग मिलेमतो राख्ने, कमिसनमा लाग्ने व्यक्ति पत्रकार हुनै सक्दैन । त्यस्ता व्यक्ति दलाल हुन र त्यस्तालाई समाजबाटै नंग्याउनु पर्छ । जहाँसम्म कञ्चनपुरको सवालमा कुरा गर्नु भो त्यस्तो खासै छैन जस्तो लाग्छ ।
तपाई कत्तिको संलग्न हुनुहुन्छ, यस्ता पेशाहरुमा ?
यस्तामा संलग्न भए त म पत्रकार हुनै सक्दैन नि । यस्तो भयो भने पत्रकारका नाममा कलंक हुन्छ ।
अहिले एउटा अर्को समस्या पनि आएको छ, मोफसल पत्रकारिता क्षेत्रमा, पत्रकारहरु आप्mनो पेशावाट पलायन हुँदैन, तपाईले कसरी हेर्नु भएको छ ?
पत्रकार पलायनको कुरा गर्नुभो खासमा के छ भने पत्रकारितामा स्थायित्व हुन नसक्नु र आर्थिक समस्या नै हो ।
एउटा छुट्टै प्रसंगमा चर्चा गरौं, संबिधानसभाको अर्को निर्वाचन सम्पन्न भएको छ, अव तोकिएकै समयमा नयाँ संबिधान वन्ने कुरामा तपाई कत्तिको बिश्वस्त हुनुहुन्छ ?
संविधान बनाउनकै लागि दोस्रो पटक निर्वाचन भएको छ भने तोकिएकै समयमा संविधान बन्दैन भन्न मिल्दैन । संविधान चाहिँ बन्छ ।
तपाईको पारिवारिक अवस्था वताउन मिल्छ ।
म बिबाहित हो । घरमा आमा, बुवा र भाई मात्रै ।
मनोरञ्जन गर्ने फुर्सद कत्तिको छ तपाईसंग ?
फुर्सद मिलाएरै भएपनि मनोरन्जन गरिन्छ ।
फुर्सदको समयमा के गर्न रुचाउनु हुन्छ ?
फुर्सदको समयमा मनोरन्जन र अध्ययन गर्न रुचाउँछु ।
तपाईको जीवनका रुची र चहानाहरु वताई दिनु न, छोटकरीमा ।
बिशेष किसिमको रुचि र चाहना छैन । पत्रकार भएपछि सबै चिजमा ‘एडजस्ट’ हुनुपर्छ ।
अन्त्यमा केही भन्न मन लागेको छ ?
अन्त्यमा बिम्ब पत्रिकालाई धन्यवाद अनि उत्तरोत्तर प्रगतिको कामना ।

साहित्य÷सृजना 

अनिश्चित

कति आशा गर्नु मन अधैर्य हुन्छ मेरो यहाँ ।
जति धैर्य गरेनी आशा पूरा हुँदैन मेरो यहाँ ।।
त्यो दिन आउँला कि भनी पर्खें धेरै समय ।
पर्खेको त्यो पल आएन खुशी हालको समय तक ।।

अस्ती आउँथ्यो कि हिजो आउँथ्यो कि आज ।
सोचाईको कल्पनामा डुबें मनमनै फेर आज ।।
मिठामिठा एकान्त लापमा आफूलाई छाडेँ मैले ।
यो मनलाई केही आडभरमा उनी बसेँ मैले ।।

गए सालभन्दा यो साल केही हुन्छ कि सोचेँ ।
केवल ती सबै मनको लड्डुमा बदलिएर घोचेँ ।।
हत–प्रद भएँ, हतास भएँ मनमनै पोखिएँ म ।
अन्न पोखिएको भए टिप्थेँ धैर्यमा पोखेँ म ।।

जति सोच पनि सोच बाहेक सब बेकार झैं भयो ।।
अब त सोच्न मन लाग्न छोड्यो आँशु भरिझैं भयो ।
मन रुवाई रुवाई तन भिजाउँन अचेल थालेको छु ।।
कोही सोधिदिए ओठ यसो फैलाउने गरेको छु ।।

आफूभित्र आफैं निरास अरुले आशा देखाई के गर्नु ।
अरुको त भयो भन्छन् आफ्नो चाहिँ के पो भन्नु ।।
परेला खोलेनी उही, थुने नी उही फरक केही छैन ।
हर्ष मनाउँकी–विस्मात दोधारको लेखाजोखा नै छैन ।।
निमेष नेवा ः

१. देश नलेखेको हैन सुब्बा दाइ मैले
भेष नलेखेको हैन सुब्बा दाइ मैले ।
कथा–काव्यभन्दा अर्कै फाँट गजलमा,
बेस नलेखेको हैन सुब्बा दाइ मैले ।

यति दुख्छ जिन्दगानी भनी साध्य छैन,
ठेस नलेखेको हैन सुब्बा दाइ मैले ।
मान्छे लेखे, चरा लेखे, के के लेखे–लेखे,
भेष नलेखेको हैन सुब्बा दाइ मैले ।

लेख्नु लेखे पीडा जम्मै के नै बाँकी रह्यो,
शेष नलेखेको हैन, सुब्बा दाइ मैले ।
(अग्रज साहित्यकार विजय सुब्बालाई सम्बोधित)

२. मान्छेलाई दैव मान्दै मान्दिन म ।
पूजाआजा गर्न जान्दै जान्दिन म ।
उत्सवमा नरमाउने को होला,
तर पनि नशा छान्दै छान्दिन म ।

अन्यायमा बसी को बाँच्छ अचेल,
नयाँ बिना ज्यान धान्दै धान्दिन म ।
जो–जो हाँस्छन् मस्त छेक थुन हुन्न,
रुनेलाई पनि हान्दै हान्दिन म ।


महत्वपूर्ण जानकारी 

नेपालको अन्तरीम संबिधान २०६३ को धारा १५ मा व्यवस्था भए अनुसार प्रकासन, प्रसारण तथा छापाखानासम्वन्धि हक ः–
१. बिद्युतीय प्रकासन, प्रसारण तथा छापाखानालगायतका अन्य जुनसुकै माध्यमवाट कुनै समाचार, सम्पादकीय, लेख, रचना वा अन्य कुनै पाठ्य, श्रव्यदृष्य सामग्रीको प्रकासन तथा प्रसारण गर्न वा छाप्न पूर्व प्रतिवन्ध लगाईने छैन ।
    तर, नेपालको सार्वभौमसत्ता वा अखण्डता वा बिभिन्न जात, जाति वा सम्प्रदायबीचको सु–सम्वन्ध खलल पर्ने,  राज्यद्रोह, गाली वेईज्जती वा अदालतको अवहेलना हुने वा अपराध गर्न दुरुत्साहन गर्ने वा सार्वजनिक शिष्टाचार वा नैतिकता प्रतिकुल हुने कार्यमा मनासिव प्रतिवन्ध लगाउने गरी कानुन वनाउन रोक लगाएको मानिने छैन ।
२. कुनै श्रव्य, श्रव्यदृष्य वा बिद्युतीय उपकरणको माध्यमवाट कुनै सामग्रीको प्रकासन तगा प्रसारण गरे वा छापेवाफत त्यस्तो सामग्री प्रकासन तथा प्रसारण गर्ने वा छाप्ने,  रेडियो, टेलिभिजन, अनलाईन वा अन्य कुनै किसिमको डिजिटल वा बिद्युतीय, छापा वा अन्य सञ्चारमाध्यमलाई बन्द, जफत वा दर्ता खारेज गरिने छैन ।
३. कुनै समाचार, लेख सम्पादकीय, रचना वा अन्य कुनै पाठ्यसामग्री मुद्रण वा प्रकासन गरेवाफत कुनै समाचारपत्र, पत्रिका वा छापाखाना बन्द, जफत वा दर्ता खारेज गरिने छैन ।
४. कानुन बमोजिमवाहेक कुनै छापा, बिद्युतीय प्रसारण तथा टेलिभिजनलगायतका सञ्चार साधनलाई अवरुद्ध गर्न सकने छैन ।
महत्वपूर्ण तिथिमितिहरु
—कलाकार अरनिकोको चीन प्रस्थान   —बि.सं. १३१०
—गोरखा राज्यको स्थापना   –बि.सं. १६१६ भाद्र २५
—२१ गजुर भएको पाटनको श्री कृष्ण मन्दिरको निर्माण
                                    – बि.सं. १६९३
—रानी पोखरी निर्माण                      –बि.सं. १७२७
—पृथ्वीनारायण शाहको जन्म — बि.सं. १७७९ पौष २७
—पृथ्वीनाराण शाहको राज्यारोहण          —बि.संं. १७७९
—पृथ्वीनारायण शाहको नुवाकोट बिजय   —बि.संं. १८०१
—पृथ्वीनारायण शाहद्वारा मकवानपुर बिजय —बि.सं. १८१९
—पृथ्वीनारायण शाहद्वारा किर्तीपुर बिजय  —बि.सं. १८२२
—पृथ्वीनारायण शाहद्वारा कान्तिपुर र पाटन बिजय
                               —बि.सं. १८२५
—पृथ्वीनारायणद्वारा भक्तपुर बिजय —बि.संं.१८२६ भाद्र
—नेपाल तिव्वतबिच पहिलो युद्ध   —बि.सं. १८४६
—सुगौली सन्धी    —बि.सं. १८७३ (मार्च ३ सन १८१६)
—चिठ्ठीमा टिकट टाँस्ने  –बि.सं. १९४४ असार ११
—जनगणना लिने        —बि.सं. १९६८
—छापाखानाको प्रारम्भ —बि.सं. १९०८
—कोतपर्व      —बि.सं. १९०३ आश्वीन २ गते
—भण्डारखाल पर्व  —बि.सं. १९०३ कार्तिक १२ गते
—सवैभन्दा पहिलो पत्रिका सुधासागर —बि.सं.१९५५
—अमाली प्रथा खारेज    —बि.सं. १९६८
—सती जाने प्रथाको अन्त्य  —बि.सं. १९८१
बौद्धिक ज्ञानमालावाट
सूचनाको हक सम्वन्धि ऐन–२०६४ को दफा २९ मा सूचनादाताको संरक्षण गर्नु पर्ने व्यवस्था गरिएको छ ।
१. सार्वजनिक निकायमा भएको वा भईरहेको वा हुन सक्ने भ्रष्टाचार, अनियमितता र प्रचलित कानून वमोजिम अपराध मानिने कुनै कार्यको सूचना दिनु सम्वन्धित सार्वजनिक निकायका कर्मचारीको दायित्व हुनेछ ।
२. उपदफा (१) बमोजिम सूचना दिने सूचनादाताको पहिचान गोप्य राख्नु सूचनाप्राप्तकर्ताको कर्तव्य हुनेछ ।
३. उपदफा (१) बमोजिम सूचना दिएको कारणले त्यस्तो सूचनादातालाई पदवाट मुक्त गर्न वा कुनै किसिमको कानुनी दायित्व वहन गराउने  गरी सजाय गरिने वा हानी नोक्सानी पु¥याउन पाईने छैन ।

बिज्ञापन 

आवश्यकता !  आवश्यकता !!  आवश्यकता !!!

समान पहुँच विकास केन्द्र (सिड नेपाल) डोटी र वल्र्ड भिजन ईन्टरनेसनल नेपाल, डोटी पश्चिम क्षेत्र विकास कार्यक्रमको संयूक्त साझेदारीमा डोटी जिल्लाका ७ गा.वि.स.हरुमा सञ्चालन भइरहेको मातृशिशु स्वास्थ्य तथा पोषण कार्यक्रम ९ःऋज्ल्० का लागि तपशिलमा उल्लेखित कर्मचारी आवश्यक भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र     दरखास्त आव्हृान गरिन्छ ।
सूचना प्रकासित मिति ः २०७०÷०८÷१७ गते,        विज्ञापन नं. ०२÷०७०÷०७१,
कार्यक्रम अवधि ः कार्यक्रमको सम्झौता अनुसार,  सम्पर्क मिति ः २०७०÷८÷२४ गते
परिक्षाको किसिम ः लिखित र अन्तरवार्ता,           सुविधा ः संस्थाको नियम अनुसार
पद ः परियोजना सहायक (ज्ब्रक्तबाा ल्गचकभ), संख्या ः १ जना
कार्य क्षेत्र ः फिल्ड कार्यालय मौवाबाट कार्यक्षेत्र
आवश्यक योग्यता तथा अनुभव ः
ड्डमान्यता प्राप्त शिक्षण संस्थाबाट ज्ब् वा क्त्ब्ँँ ल्गचकभ उत्तीर्ण गरी कम्तीमा १ वर्षको अनुभव भएको
ड्डएम.सी.एच.एन सम्वन्धी ज्ञान भएको (विशेष गरी पोषण कार्यक्रम, स्वास्थ्य सेबा सम्वन्धि)
ड्डसहजीकरण, समुदाय परिचान र समन्वय गर्न सक्ने ।
ड्डनेतृत्व क्षमता भएको ।
ड्डसमुदायमा रही काम गर्न इच्छुक ।
ड्डकम्युटर सम्बन्धी सिप भएको ९ःक्( ध्यचम, भ्हअभ ि७ भतअ० ।
ड्डकार्यक्रमगत जिम्मेवारीहरु वहन गर्न सक्ने ।
पेश गर्ने पर्ने कागजातहरु ः
ड्डहस्त लिखित निवेदन  १ प्रती
ड्डव्यक्तिगत बिवरण (वायोडाटा) १ प्रति
ड्डशैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपीहरु ।
ड्डप्राप्त तालिमहरुको प्रमाणपत्रको प्रतिलिपीहरु ।
ड्डनागरिकताको प्रतिलिपी ।
ड्डकार्य अनुभव खुल्ने प्रमाणका प्रतिलिपीहरु ।
दरखास्त पेश गर्ने स्थान ः संस्थाको सम्पर्क कार्यालय सिलगढी ३ डोटी (राधा कृष्ण टोल)
सम्पर्क फोन ः ०९४–४२०६११,
ग्राहृयता ः सम्वन्धित बिषयमा उच्च योग्यता तथा अनुभव भएका उम्मेदवारहरुलाई ग्राहृयता दिईनेछ ।
नोट ः म्याद नाघी आएका निवेदन उपर कुनै कारवाही हुनेछैन ।
दरखास्त दस्तुर ः रु २००।–

शिक्षक आवश्यकता सम्वन्धि सूचना 

प्रथम पटक प्रकासित मिति ः– २०७०÷०८÷१४ गते
यस श्री महाकाली माध्यमिक विद्यालयमा तपसिल अनुसार रिक्त रहन गएको शिक्षक पदमा करार पदपुर्ति गर्नु पर्ने भएको योग्य उम्मेदवारहरुबाट सूचना प्रकासित भएको मितिले १५ दिन भित्र       दरखास्त आह्वान गरिन्छ ।
तपसिल
बिज्ञापन नं. ः— १÷०७०÷०७१
पद ः– शिक्षक,  दरवन्दी ः– राहत,
तहः– नि.मा.बि. तृतीय, बिषय ः अंग्रेजी
संख्या ः– १ जना,
शैक्षिक योग्यता ः– अंग्रेजी मुल बिषय लिई मान्यता प्राप्त शिक्षण संस्थानवाट प्रबिणता प्रमाण पत्र तह उत्तीर्ण÷अध्यापन अनुमति पत्र प्राप्त
उमेरको हद ः– १८ वर्ष पुरा गरी ४० वर्ष ननाघेको,
परिक्षा दस्तुरः– रु. २०००÷–,
दरखास्त दिने अन्तिम मिति ः– २०७०÷०८÷२८ गते
सम्पर्क मिति ः २०७०÷८÷२९ गते
परीक्षाको किसिम ः लिखित र मौखिक
परीक्षा मिति ः जिल्ला शिक्षा कार्यालयसंग समन्वय गरी तोकिनेछ ।
उम्मेदवारले आप्mनो शैक्षिक योग्यताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपी, स्थायी अध्यापन अनुमति पत्रको प्रमाणित प्रतिलिपी, नेपाली नागरिकताको प्रमाणित प्रतिलिपी र तालिम प्रमाण पत्रको प्रमाणित प्रतिलिपी दुई–दुई प्रति सहितको निवेदन बिद्यालयमा पेश गर्नु पर्ने छ । स्थानीय महिला, दलित र अपाङ्गलाई प्राथमिकता     दिईनेछ । म्याद नाघि आएका वा रित नपुगी  आएका निवेदन उपर कुनै कारवाही हुने छैन ।


शिक्षक आवश्यकता सम्पन्धि सूचना 

प्रथम पटक प्रकासित मिति ः– २०७०÷०८÷१० गते
यस श्री विरेन्द्र उच्च माध्यमिक विद्यालयमा मा.वि. तह, तृतीय श्रेणी, गणित÷विज्ञान विषयको राहत दरबन्दी संख्या १ (एक) रिक्त रहन गएकोले पद पुर्तिको लागि योग्य उम्मेदवारहरुबाट आजका मितिले १५ दिन भित्र दरखास्त आह्वान गरिन्छ । म्याद नाघी आएको दरखास्त उपर कुनै कार्यवाही नहुने व्यहोरा समेत सूचित गरिन्छ ।
तपसिल
बिज्ञापन नं. ः— १÷०७०÷०७१
पद ः– शिक्षक
दरवन्दी ः– राहत,
तहः– मा.बि. तृतीय,
संख्या ः– १ जना,
शैक्षिक योग्यता ः– बि.एससी वा सो सरह उत्तीर्ण÷तालिम प्राप्त, अध्यापन अनुमति पत्र प्राप्त
उमेरको हद ः– १८ वर्ष पुरा गरी ४० वर्ष ननाघेको,
परिक्षा दस्तुरः– रु. १०००÷–,
दरखास्त दिने अन्तिम मिति ः– २०७०÷०८÷२४ गते
परीक्षाको किसिम ः लिखित र मौखिक
उम्मेदवारले आप्mनो शैक्षिक योग्यताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपी, स्थायी अध्यापन अनुमति पत्रको प्रमाणित प्रतिलिपी, नेपाली नागरिकताको प्रमाणित प्रतिलिपी र तालिम प्रमाण पत्रको प्रमाणित प्रतिलिपी दुई–दुई प्रति सहितको निवेदन बिद्यालयमा पेश गर्नु पर्ने छ । स्थानीय महिला, दलित र अपाङ्गलाई प्राथमिकता     दिईनेछ । म्याद नाघि आएका वा रित नपुगी आएका निवेदन उपर कुनै कारवाही हुने छैन ।
अन्य जानकारी चाहिएमा फोन नं. ०९४६९०५६७ वा ९७४९०११६२

दिपायल सिलगढी नगरपालिका कार्यालय 
सिलगढी, डोटी
सूचना !  सूचना !! सूचना !!!

       मिति ः– २०७०÷०७÷१६ गते
        उपरोक्त सम्वन्धमा सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०६९ को दफा ३ को उप दफा (क) देखि (च) बमोजिम यस नगरपालिका क्षेत्रभित्रका व्यक्तिहरुमध्ये सामाजिक सुरक्षा भत्ता पाउनको लागि निम्न शर्तको अधिनमा रहि २०७० मंसिर मसान्तभित्र दरखास्त दिन हुन सम्वन्धित सबैको  जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । साथै हालसम्म खाईपाई आएका लक्षित समुहका व्यक्तिहरुले आ–आफ्नो परिचय पत्र तथा ना.पं.प. साथमा लिई अनिवार्य रुपमा आगामी बर्षमा भत्ता पाउनका लागि नविकरण गर्नु हुन जानकारी गराईन्छ । नविकरण नगराई नाम छुट्न गएमा पछि कार्यालय जवाफदेही नहुने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराईन्छ ।
निम्न
जेष्ठ नागरिकको हकमा ः
क) ७० वर्ष उमेर पुगेका सबै नागरिक (नेपाली ना.प्र.प.२ प्रति पासपोर्ट साईजको फोटो)
ख) दलित जेष्ठ नागरिकको हकमा ६० वर्ष उमेर पुगेका सबै दलित नागरिक (नेपाली ना.पं.प.२ प्रति पासपोर्ट साईजको फोटो )
ग) एकल महिलाको हकमा ६० वर्ष उम्मेर पुगेका विवाह नगरी बसेका, सम्वन्ध विच्छेद भएका, विवाह नभएको सर्जमिन मुचुल्का, सम्वन्ध विच्छेद प्रमाण पत्र
घ) विधवा महिलाको हकमा पतिको मृत्यु भएका महिलाहरु (नेपाली ना.प्र.प., पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि)
ङ) अशक्त, अपाङ्गता भएका व्यक्तिहरु (पुर्ण अपाङ्गता) जिल्ला स्थित महिला तथा बालबालिका कार्यालय डोटीबाट रातो रंगको परिचय पत्र प्राप्त गरेका नागरिकहरु (परिचय पत्रको, ना.प्र.प., जन्म दर्ता प्रमाण पत्र)
च) विपन्न दलित परिवारका, प्रत्येक परिवारका २ वटा बालबालिका (बालबालिकाको जन्म दर्ता प्रमाण पत्र, अभिभावकको ना.प्र.प. २ प्रति बालबालिकाको फोटो, अभिभावकको २ प्रति फोटा) साथै हालसम्म भत्ता पाईरहेका बालबालिकाको समेत २ प्रति फोटो अभिभावकको फोटो २ प्रति ल्याई परिचय पत्र लिनको लागि नाम नविकरण गर्नु हुन र यस अघि भत्ता पाई नाम छुट भएका व्यक्तिहरुले समेत नयाँ दरखास्त दिन हुन जानकारी गराईन्छ ।
नोट ः नयाँ दरखास्त दिने तथा नविकरण गर्ने व्यक्तिहरुले दिपायल सिलगढी क्षेत्रका वडाहरुले (बडा नं.६ को घोल्तडा ७, ८, ९, १०, ११ र १२ ले) वडा समितिको कार्यालय दिपायलमा र अन्य वडाका व्यक्तिहरुले यस न.पा. कार्यालयमा दरखास्त दिन हुन समेत जानकारी गराईन्छ ।


मालपोत कार्यालय डोटीबाट जारी गरिएको हकदावी सम्वन्धि ३५ दिने सार्वजनिक सूचना

                                         मिति ः–२०७०।०८।१७
       मेरो नाउँमा नाप नक्सा भएको डोटी दि.सि.न.पा.वडा नं. १ स्थित तपसिल बमोजिमको कि.नं. को जग्गाहरु दर्ता गर्न छुट भएको र फिल्डबुकमा नि.द.नं.६३३ उल्लेख भएको उक्त निवेदनको रेकर्ड मालपोत कार्यालय डोटीमा नभेटिएको हुदाँ उक्त जग्गा मेरो नाउँमा छुट जग्गा दर्ता गरीपाउँ भनि डोटी दि.सि.न.पा.वडा नं.१ बस्ने फकिरेकोे छोरा भिम वहादुर आउजीले यस मालपोत कार्यालय डोटीमा निवेदन दिनु भएकोले सो जग्गा दर्ता गर्र्नेे कार्यवाहीको सिलसिलामा यो सूचना प्रकाशित गरिएको छ । उक्त जग्गा कसैको व्यक्तिगत, सरकारी सार्वजनिक, गौचरन, पानीधारा आदि भित्र पर्छ पर्दैन, कुनेै कसैको जग्गा घुसे घुसाएको छ या कसैको हकदावी लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ (पैतिस) दिन भित्र (बाटाका म्याद बाहेक) आफूसंग भएका सक्कल प्रमाणहरु साथमा लिई यस कार्यालयमा हकदावी गर्न आउनु होला । अन्यथा नियमानुसार भई जाने व्यहोरा जानकारी गराईन्छ ।

शिक्षक आवश्यकता सम्वन्धि सूचना

प्रथम पटक प्रकासित मिति ः– २०७०÷०८÷१० गते
      यस श्री झिमे मालिका उच्च माध्यामिक विद्यालय दुर्गामाण्डौं–६, वायल, डोटीमा तपशिल अनुसार   रिक्त रहन गएको शिक्षक पदहरु  पदपुर्ति गर्नु पर्ने भएको योग्यता पुुगेका ईच्छुक नेपाली नागरिकहरुबाट   दरखास्त आाब्हान गरिन्छ ।
तपसिल
क्र.स. विज्ञापन नं.      पद     तह    विषय     उम्मेर           शैक्षिक योग्यता                    दरखास्त दस्तुर
१      १÷२०७०      सट्टा   मा.वि.  गणित    २२ पुरा भई      मान्यताप्राप्त शिक्षण संस्थावाट         ७००÷–
       ÷७१         शिक्षक          बिज्ञान  ४० वर्ष ननाघेको  गणित वा बिज्ञान मुल बिषय लिई
                                                             स्नातक तह उत्तीर्ण भई तालिम प्राप्त
२ .   २÷२०७०    अनुदान    उच्च               मान्यताप्राप्त शिक्षण संस्थावाट           १००÷–
        ÷७१       शिक्षक    मा.वि.                           अंग्रेजी मुल बिषय लिई स्नातकोत्तर तह
                                                              उत्तीर्ण भई तालिम प्राप्त
परीक्षा किसिम ः लिखित, मौखिक तथा आबश्यकतानुसार प्रयोगात्मक
दरखास्त आईपुग्नु पर्ने अन्तीम मिति ः २०७० मंसिर २४ गते कार्यालय समयभित्र
सम्पर्क मिति ः २०७० मंसिर २४ गते कार्यालय समय भित्र (परीक्षाको मिति सम्पर्क मितिमा     जानकारी गराईने छ ।)
आबश्यक कागजात ः उम्मेदवारले आप्mनो शैक्षिक योग्यताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपी, स्थायी अध्यापन अनुमति पत्रको प्रमाणित प्रतिलिपी, नेपाली नागरिकताको प्रमाणित प्रतिलिपी र तालिम प्रमाण पत्रको प्रमाणित प्रतिलिपी दुई–दुई प्रति सहितको निवेदन बिद्यालयमा पेश गर्नु पर्ने छ । स्थानीय महिला, दलित र अपाङ्गलाई प्राथमिकता  दिईनेछ ।
नोट ः– रित नपुगेका तथा म्याद नाघी आएका दरखास्त उपर कुनै कार्बाही गरिने छैन । थप जानकारीका लागि मोबाईल नं.९८४८६४१६२५ र ९६१९४१५२२० मा सम्पर्क राख्नहुन अनुरोध गरिन्छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete