Thursday, January 30, 2014

मिति २०७० साल माघ १४ गते मंगलवार



राष्ट्रिय विद्युत समस्याको निराकरणका लागि सरकारी कार्यालयहरुलेनै विद्युत खपतको लागि मितव्ययिता गर्ने कदमहरु चालु राखी सर्वसाधारणहरुलाई सुसूचित गराऔं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

प्रमुख समाचार 


चमेलिया आयोजना २०१५ मा वन्ने 

सुदुरपश्चिममा ४४ घण्टा लोडसेडिङ्ग हुँदै


सुदुरपश्चिममा हाल हप्तामा ४४ घण्टा लोडसेडिङ्ग भईरहेको नेपाल बिद्युत प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणको अत्तरीयास्थित कार्यालयका प्रमुख मिथिलेश कुमार गोहिवारले सोमवार बिम्ब साप्ताहिक संग कुरा गर्दै भने “यस क्षेत्रमा हालको माग अनुसार    करीव ५० मेगावाट बिद्युत आवश्यक रहेको छ ।” हाल     भारतको टनकपुर क्षेत्रवाट ३० मेगावाट बिद्युत आयात गरिएको जानकारी दिँदै गोहिवारले ४४ घण्टा लोडसेडिङ्ग भईरहेको छ तर कति बिद्युत अफुग भएको छ भन्न नसकिने वताए । भारतवाट आयात हुने ३० मेगावाट बिद्युतलाई प्रतिमेगावाट ६ रुपैयाँ देखि २४ रुपैयाँसम्म तिर्नु परेको गोहिवारको भनाई थियो । टनकपुर नाकावाट आएको बिद्युतलाई राष्ट्रिय प्रसारण लाईनमा जोडिएकोले पनि यहाँ कति बिद्युत खपत भईरहेको छ भन्ने जानकारी हुन नसकेको उनको भनाई थियो ।
उता सुदुरपश्चिमको दार्चुलामा निर्माण भईरहेको चमेलिया जलबिद्युत आयोजनाको निर्माणकार्य सन २०१५ को मार्चमा सम्पन्न हुने भएको छ ।
आयोजनाका निर्देशक राजेन्द्र मानान्धरले दिएको जानकारी अनुसार अहिलेको कामको अवस्था हेर्दा सो समयसम्म योजना निर्माण कार्य सम्पन्न भई बिद्युत उत्पादन हुनेछ । नेपाल सरकार र दक्षिण कोरियाको सहयोगमा सन २००७ देखि निर्माण कार्य थालनी भएको सो परियोजनावाट ३० मेगावाट बिद्युत उत्पादन गर्ने लक्ष राखिएको निर्देशक मानान्धरले वताए ।
सोमवार बिम्ब साप्ताहिकसंग कुरा गर्दै मानान्धरले परियोजनाको लागत १२ अर्व भन्दा वढी रहेको जानकारी     दिए । परियोजना निर्माण स्थलवाट एक सय ३२ किलोमिटर बिद्युत प्रसारण लाईनवाट परियोजनाले उत्पादन गरेको बिद्युत कैलालीको अत्तरीयामा राष्ट्रिय प्रसारण लाईनमा जोडिने भएको छ ।
राष्ट्रिय प्रसारण लाईनमा जडान भएपछि उक्त बिद्युत पनि देशैभरी बितरण हुनेछ । चमेलिया जलबिद्युत आयोजना वनेपछि लोडसेडिङ्गको मार कम हुने आश लगाएर वसेका सुदुरपश्चिमवासीहरुका लागि यो     परियोजना पनि ‘कागलाई वेल पाक्यो, हर्ष न विस्मात’ भने जस्तै हुने देखिएको छ ।

सम्पादकीय 

अव सरकार छिटो वनोस

मंसिर ४ गते सम्पन्न अर्को संबिधानसभाको निर्वाचनले सवै भन्दा ठुलो दलको आकार दिएको नेपाली कांग्रेसले आफ्नो संसदीय दलको नेता चयन गरेको छ । जनादेश र अन्य राजनीतिक दलको चाहना अनुसार पनि अहिले नयाँ सरकारको नेतृत्व गर्ने जिम्मेवारी कांग्रेसकै काँधमा रहेको छ र कांग्रेसले पाउनु पनि पर्ने हुन्छ । त्यसैले सरकार गठनका लागि अन्य दलहरु भन्दा पनि कांग्रेस आफैले अग्रसर हुनु पर्ने जरुरी रहेको छ ।
कांग्रेसमा संसदीय दलको नेता निर्वाचन मार्फत चयन भएको छ, यसको अर्थ सरकार गठनको बिषयलाई लिएर कांग्रेसभित्र रहेको सवै बिवाद समाधान भए भन्ने होईन । संसदीय दलको नेता चयनपछि कुन पक्षवाट कति जना मन्त्री वन्ने र पावरदार मानिएका मन्त्रालयहरु कस्को पक्षका नेताहरुले पाउने भन्ने बिषयमा थप बिवाद सृजना भएको छ । यसले पार्टीभित्रको कुरा मिलाउनका लागि केही समय त लाग्ने देखिन्छ ।
अर्को बिषय अहिलेको जनादेश अनुसार र नेपालको अन्तरीम संबिधान २०६३ को माण्डेट अनुसार पनि नेपाली कांग्रेस एक्लैले नयाँ सरकार गठन गर्न सक्ने अवस्था छैन । कांग्रेसलाई सरकार गठन गर्नका लागि एमाले र एमाओवादीमध्य एक दलले त कम्तीमा सहयोग गर्नु पर्ने हुन्छ भ्यागुताको धार्नी पु¥याउनका लागि । यसका लागि ति दलहरुसंग सहमति हुनु पर्ने र अंशवण्डा हुनु पर्ने जरुरी छ । यदि एमाले र एमाओवादीमध्ये कुनै एक दलसंग पनि सहमति हुन सकेन भने फेरी गणितीय अंक पुग्न सक्दैन ।
अहिलेको जनादेश फेरी गणितीय खेल पु¥याउनका लागि मात्र होईन । अहिले त राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने र सो सरकारको पहलमा संबिधानसभाले एक वर्षभित्रै नयाँ संबिधान जारी गर्ने, ६ महिनाभित्रै ११ वर्षदेखि रिक्त रहेका स्थानीय निकायको निर्वाचन गराउने र देशलाई अग्रगतिमा लैजाने जिम्मेवारी छ । त्यसकारणले पनि गणितीय जोड घटाउको मात्र काम छैन अहिलेको अवस्थामा । तर पनि यदि राष्ट्रिय सहमति हुनै नसक्ने हो र फेरी औंला भाँचेर हिसावै गर्नु पर्ने अवस्था हो भनेपनि छिटो टुङ्गोमा पुग्नु पर्छ ।
सरकार गठनका लागि राष्ट्रपतिले आव्हान समेत गरिसकेका छन । राष्ट्रपतिले दिएको समयसिमाभित्रै दलहरुका बिचमा भागवण्डा मिलेर नयाँ सरकार गठन गर्ने सहमति कायम हुनु जरुरी रहेको छ । अहिले दोश्रो ठुलो दल एमाले पनि सोझिएको जस्तो छ । गत संबिधानसभाको अवधिमा एमाले थोरै दिनमात्र सरकार वाहिर रहेको थियो । तेश्रो दल हुँदाहुँदै पनि सत्तालोलुपताले एमालेलाई सत्ता वाहिर जान दिएको थिएन तर अहिले एमाले पनि सरकारको नेतृत्व लिने मनसायमा छैन । कांग्रेसलेनै सरकार गठन गरोस भन्ने चाहेको छ एमालेले पनि ।
तेश्रो दल एमाओवादीले पनि सरकार गठनको जिम्मेवारी कांग्रेसकै भएको जनाएको छ । यस अवस्थामा कांग्रेसले आफुलाई मजवुत वनाउनु जरुरी छ । अन्य राजनीतिक दलहरुसंग घनिभुत रुपमा छलफल गरी भरसक सत्ता साझेदारी नत्र भने नैतिक समर्थनै भएपनि जुटाउनु पर्ने हुन्छ । जसले गर्दा कांग्रेसलाई भोली सरकार सञ्चालनमा समस्या नहोस । सरकार वनाउने ढलाउने खेलमा गत संबिधानसभाको जस्तो हविगत भयो भने फेरी पनि नयाँ संबिधान निर्माण हुन सक्ने अवस्था देखिदैन ।
त्यसैले सरकार छिटो गठन हुनु पर्छ । वहालवाला मन्त्रीपरिषद् अध्यक्षलाई उनको आफ्नै स्थानमा छिटो फर्काईनु पर्छ । जननिर्वाचित प्रतिनिधिहरुले सत्ता सञ्चालन गर्नु पर्छ तर सत्ता सञ्चालनका केही आधारभुत पक्षहरु भने वर्तमान मन्त्रीपरिषदवाट पनि नेताहरुले सिक्नु पर्ने जरुरी छ । सरकार छिटो वनोस ।

थप समाचार 

महादेवस्थान खुला दिँशामुक्त गाबिस घोषणा

डोटीको महादेवस्थान गाउँ बिकास समिति औपचारिक रुपमा खुला दिँशामुक्त क्षेत्र घोषणा भएको छ ।
खुला दिँशामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रम डोटीका ५० वटा गाबिसहरुमध्ये २० औं गाबिसका रुपमा शुक्रवार महादेवस्थान गाबिसलाई खुला दिँशामुक्त क्षेत्र घोषणा गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि डोटीका स्थानीय बिकास अधिकारी शिवकुमार कार्कीले सो समारोहमा वोल्दै २० औं गाबिसको रुपमा महादेवस्थान गाबिस खुला दिँशामुक्त क्षेत्र घोषणा गर्न सफल भएकोमा गाबिसवासीहरुलाई धन्यवाद दिए । “अव तपाईहरुका पाहुनालाई बिहानै जंगलतिर पठाउनु पर्ने वाध्यता छैन” कार्कीले भने–तपाईहरुले यो खुला दिँशामुक्त क्षेत्रलाई सधैं फोहरमुक्त वनाउनु हुनेछ भन्ने मैले बिश्वास लिएको छु । गाउँमा आउने कर्मचारीहरुले पनि शौचालय नभएको, दिँशापिसावका लागि समस्या भएको भन्दै गाउँ जान पनि समस्या गर्ने गरेको वताउँदै अव आफुहरुलाई पनि जिल्लावाट यस गाबिसमा कर्मचारी पठाउन कुनै समस्या नभएको जानकारी दिए ।
स्थानीयवासीहरुले गाबिसको बिकास निर्माणका लागि गरेको आग्रहमाथी टिप्पणी गर्दै कार्कीले यस क्षेत्रमा खोनपानीका लागि ग्रामिण जलश्रोत व्यवस्थापन परियोजनाले काम गरिरहेका   कारण त्यो समस्या हल हुने    वताए । यहाँ सञ्चालनमा रहेको क्याम्पस र यस प्रभात उच्च माबिको भौतिक पूर्वाधारको समस्या रहेको छ भन्ने कुरा आएको छ, काकीले जिल्लामा श्रोत साधन थोरै भएको र सो श्रोत साधनका मातहतमा रहेर हामीले काम गर्नु पर्ने भएका    कारण समस्या भएपनि आफुले यस क्षेत्रको बिकासका लागि सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
“निश्चित रुपमा हामीसंग श्रोत कम छ तर ५० वटै गाबिस र एउटा नगरपालिकावाट मागहरु धेरै आउने गरेका छन” कार्कीले भने–तर पनि यस क्षेत्रको समस्या मैले राम्रोसंग बुझेको छु, सक्दो पहल म गर्नेछु । आफु जिल्ला शिक्षा समितिको समेत अध्यक्ष भएका कारण जिल्ला शिक्षा कार्यालयवाट हुन सक्ने सम्भावनालाई पनि यस क्षेत्रमा प्रयोग गर्ने कार्कीको भनाई थियो । खुला दिँशामुक्त कार्यक्रममा आफुलाई गरिएको स्वागत र कार्यक्रममा भएको स्थानीय सहभागिताका लागि समेत कार्कीले स्थानीयवासीहरुलाई धन्यवाद दिए ।
कार्यक्रममा स्थानीय झाँकीहरु, गीत नृत्य, देउडा, गौराका झलक प्रदर्शन गरिएको थियो । महादेवस्थान गाबिस सचिव एवं गाउँस्तरीय खानेपानी, स्वास्थ्य तथा सरसफाई समन्वय समितिका संयोजक गणेशराज ओझाको सभाध्यक्षतामा भएको सो कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिहरु, सञ्चारकर्मीहरु सरोकारवाला निकायका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।
महादेवस्थान गाबिसलाई खुला दिँशामुक्त क्षेत्र घोषणा गर्न वल्र्ड भिजन नेपाल, ग्रामिण जनश्रोत व्यवस्थापन परियोजना र बिकास समूह नेपालले सहयोग गरेका छन ।

खुला दिँशामुक्त कार्यक्रममा नेताहरुको दोहोरी

महादेवस्थान गाबिसलाई खुला दिँशामुक्त गाबिस घोषणा गर्न आयोजना गरिएको कार्यक्रममा जिल्लास्थित          राजनीतिक दलका नेताहरुको दोहोरी चलेको थियो ।
कार्यक्रममा सहभागि भएका नेपाली कांग्रेस डोटीका कार्यवहाक सभापति रामप्रसाद उपाध्याय, नेकपा एमालेका जिल्ला अध्यक्ष चक्रवहादुर मल्ल, एकिकृत नेकपा माओवादीका सेती महाकाली राज्य समिति सचिवालय सदस्य चन्द्रदेव ओझा र नेकपा–माओवादीका डोटी ईन्चार्ज बिवेक कुमालले एक÷अर्को दलप्रति   आरोप प्रत्यारोप लगाईरहँदा स्थानीय युवाहरु “यो राजनीतिक दलको कार्यक्रम होईन” भन्दै चिच्याईरहेका थिए ।
“मैले राजनीतिक दोहोरी नगरौं भनेर गिरीचौकाको मञ्चमा पनि भनेको थिए” अरु दलका नेताहरु वोलिसकेपछि कांग्रेस नेता उपाध्यायले भने ‘तर पुर्ववक्ता साथीहरुले त्यही कुरा यहाँ पनि दोहो¥याउनु भयो ।’ दलहरुको दोहोरी खेल्ने थलो यो होईन, उपाध्यायले नेपाली कांग्रेसवाट डोटीका तीन सभासद्हरुले महादेवस्थान गाबिसवासीहरुलाई खुला दिँशामुक्त क्षेत्र घोषणा कार्यक्रममा वधाई एवं शुभकामना सन्देश पठाएको पनि सुनाए । ‘यस क्षेत्रका चार गाबिसको सडक निर्माण उपभोक्ता समिति गठनमा भएको बिवादको जिम्मा स्थानीय व्यक्ति पनि भएका कारण चक्र मल्लले लिनु पर्ने भन्दै उपाध्यायले यस क्षेत्रको बिकासका लागि आफु प्रतिवद्ध रहेको वताए ।
एमाले डोटी अध्यक्ष मल्लले आफुले एमालेका कुनै पनि कार्यकर्तालाई व्यक्तिगत स्वार्थका लागि काम गर्न नभनेको वताए । ‘हाम्रा देउता भनेका एक छाक खान नपाउने, खुट्टा फुटेका तर सधैं पसिना वगाईरहने आमा वुवा दाजुभाई तथा दिदीवहिनीहरु हुन’, मल्लले आफु त्यो वर्गको उत्थानका लागि काम गर्ने    वताए । आफुले गरेका राम्रा कामहरुमा पनि आलोचना गर्ने वानी परेका केही राजनीतिक कार्यकताहरुका कारण समस्या भईरहेको वताउँदै मल्लले जनताको पक्षमा काम गर्न आफु सधैं प्रतिवद्ध रहेको वताए । गृह गाबिस समेत महादेवस्थान भएका मल्लले यस क्षेत्रको बिकास गर्नु आफ्नो कर्तव्य भएको वताए ।
एमाओवादी नेता ओझाले एमाओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको वेलामा जति बिकास भयो त्यति कांग्रेस एमालेका कुनै पनि सरकारको पालामा हुन नसकेको वताउँदै अन्य दलहरुले साना साना योजनाहरुमा पनि भ्रष्टाचार गर्ने गरेको आरोप लगाए  “भारसैन सडकका जस्तो र यहाँको सिंचाई कुलाको जस्तो बिकास निर्माणका योजनामा भ्रष्टाचार गर्ने हाम्रो पार्टी होईन, अन्य दलका नेताहरुप्रति संकेत गर्दै ओझाले आफुहरु यस क्षेत्रको बिकासका लागि प्रतिवद्ध रहेको वताए । यस गाबिस क्षेत्रमा सञ्चालन भएको खप्तड आदर्श क्याम्पसको बिकासका लागि प्रयास गरिरहेको प्रति ओझाले व्यवस्थापन समितिका अध्यक्ष   सुरेन्द्र रोकायालाई धन्यवाद दिए ।
नेकपा–माओवादी डोटी ईन्चार्ज कुमालले संबिधानसभाको निर्वाचनले ६ सय एक सभासद् दिएको, उनीहरुलाई भत्ता दिएको, अव मन्त्री दिने, प्रधानमन्त्री दिने, संबिधानसभाका अध्यक्ष उपाध्यक्ष दिने भएपनि नयाँ संबिधान दिन नसक्ने दावी गरे । ‘डोटीका एक प्रभावशाली नेताले हामीलाई वाँदरको संज्ञा दिएका छन” कुमालले प्रश्न गरे ‘के हामी वाँदर हौं त ?’ नेपाली कांग्रेस, एमाले र एमाओवादी यो देशको नेतृत्व गर्न असफल भईसकेको कुमालको भनाई थियो । अरु नेताहरुझैं कुमालले पनि आफुहरु यस क्षेत्रको बिकासका लागि प्रतिवद्ध रहेको वताए ।

मुक्त हलियाले कम्मल पाउने

जाडोयाम सकिनै लाग्दा मुक्त हलियाहरुले न्यानो कम्मल पाउने भएका छन ।
मुक्त हलियाहरु जाडोमा कठ्याग्रिएको समाचार बिभिन्न सञ्चारमाध्यममा आउन थालेपनि लुथरन बिश्व महासंघ नामक गैर सरकारी संस्थाले उनीहरुलाई कम्मल बितरण गर्ने योजना वनाएको हो । गत साता परेको पानीका कारण जाडोले मुक्त हलियाको जनजीवन कष्टकर भएको थियो । उक्त कुरा बिभिन्न सञ्चारमाध्यममा प्रकाशन तथा   प्रशारण भएपनि सो संस्थाको ध्यानाकर्षण भएको छ ।
हलिया मुक्ती समाज डोटीका संयोजक गोरखवहादुर सार्कीका अनुसार लुथरन बिश्व महासंघले सुदुरपश्चिमका नौ वटै जिल्लामा रहेका मुक्त हलियाहरुलाई कम्मल बितरण गर्ने योजना वनाएको छ । डोटीमा रातो परिचय पत्र पाएका एक सय ७३ जनामध्ये ७३ जनालाई कम्मल बितरण गर्ने पक्कापक्की भईसकेको वताउँदै साकीले थप कम्मलका लागि समेत प्रयास भईरहेको जानकारी दिए ।
गाउँ बिकास समितिको सिफारिस र मुक्त हलियाको परिचय पत्रको प्रतिलिपीका आधारमा जिल्ला दैवी प्रकोप उद्दार समितिको रोहवरमा मुक्त हलियालाई कम्मल बितरण गर्ने योजना रहेको छ ।

विद्यार्थी भूईमा बस्न बाध्य 

बाजुराको बाह्रविस गाविस–३ नुवाकोटमा रहेको भिमेश्वर प्रसाद प्राथमिक विद्यालयमा  विद्यार्थीहरु फर्निचरको अभावमा भुईमा बस्न बाध्य भएका छन् ।
३ कक्षासम्म संञ्चालनमा रहेको विद्यालयमा विद्यार्थीलाई फर्निचरको अभाव भएपछि उनीहरु आजभोलीको चिसोमा पनि भुइमा बस्न बाध्य बनेका हुन  । २०६४ सालमा स्थापना भएको विद्यालयमा  स्थापनाकालदेखिनै फर्निचरको अभाव रहेको प्रधानाध्याक मानहादुर नेपालीेले वताए । विद्यालयमा  फर्निचरका लागि  सरोकारवा निकायहरुसंग निवेदन गर्दा पनि कुनै निकायले सहयोग नगरेको प्रअ नेपालीको भनाई थियो । उक्त बिद्यालयमा बिद्यार्थी संख्या वढेर ६७  पुगेपछि झन समस्या भएको  प्रअ नेपाली वताउँछन ।
विद्यालयको भवन समेत जिर्ण भएकाले विद्यार्थीलाई पठन पाठन गर्न समेत गाह्रो भएको  प्राधानाध्यापक नेपालीले गुनासो गरे । त्यस्तै विद्यालयमा खाने पानी समेतको समस्या रहेको छ अहिले बालमैत्री बिद्यालयको अवधारण आएता पनि विद्यार्थीले करिव २० मिनेटको बाटो हिडेर पानी खान जानुपर्ने अवस्था रहेको पनि नेपाली वताउँछन ।
एक जना मात्र शिक्षकको दरबन्दी रहेको विद्यालयमा अन्य शिक्षकलाई तलब खुवाउन समेत समस्या रहेको पनि प्रधानाध्यापक नेपालीको भनाई छ । जिल्लामा कार्यरत संघ संस्थाहरु आवश्यकता भन्दा पनि राजनीतिक आस्थाका रुपमा सहयोग गर्ने प्रर्बत्ती रहेको र जिल्ला शिक्षा कार्यलयले ब्लक बाहेक अन्य  सुविधा नदिदा यस्तो समस्या आएको  अभिभावहरुको गुनासो छ ।

कोईराला दलको नेता

लामो समयको आन्तरिक बिवादपछि अन्ततः नेपाली कांग्रेसका सभापति सुशील कोईराला पार्टी संसदीय दलको नेतामा निर्वाचित भएका छन ।
पार्टी संसदीय दलको नेतामा सहमतिका लागि पटक–पटक प्रयास गरिएको भएपनि असफल भएपछि चुनाववाटै नेता छान्नु परेको थियो । आईतवार भएको निर्वाचनमा कोईरालाले पार्टी बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री शेरवहादुर देउवालाई १६ मतले हराउँदै वाजी मारेका छन । एक सय ९४ मतदाता रहेको पार्टी संसदीय दलमा कोईरालाले एक सय पाँच मत र देउवाले ८९ मत प्राप्त गरेका थिए
संसदीय दलको नेताका लागि दावी गर्दै आएका अर्का नेता कांग्रेस उपसभापति रामचन्द्र पौडेल भने अन्तिममा चुनाव लडेनन् । सभापति कोईरालाले आफु प्रधानमन्त्री भएपछि कार्यवहाक सभापति वनाउने मौखिक आश्वासन दिएपछि उनी रिङ्गवाट वाहिरिएका थिए । पौडेलले कोईरालालाई सहयोग गरेका थिए ।
बिद्युतीय मतदान मेसिन (ईभिएम) को प्रयोग भएको उक्त मतदानमा केही समय बिवाद समेत सृजना भएको थियो । १७ जना सभासद्ले मतदान गरिसक्दा मेसिनले १६ जनाको मत मात्र देखाएपछि निर्वाचन समितिकै बिचमा बिवाद सृजना भई मतदान केही वेरका लागि स्थगित भएको थियो । संसदीय दलको नेताका प्रत्यासीद्वय कोईराला र देउवालाई समेत सहभागि गराई निर्वाचन समितिमा भएको छलफल पछि पहिले भएको मतदान रद्द गरी पुनःमतदान गर्ने सहमति भएको थियो ।

बाजुराका कृषक कुखुरापालनमा आकर्षित

बाजुराको बाह्रविस गाविसका किसानहरु कुखुरा पालन व्यवसायतर्फ आकर्षित बन्दै गएका छन् ।
कुखुरा ब्यबसायबाट मनज्ञे आम्दानी हुने थाह पाएपछि यस क्षेत्रका कृषक कुखुरा ब्यबसायतर्फ आर्कर्षित भएका हुन् । गत बर्ष सुरुमा अछाम कुसकोट २ का दिपक साउँद र नयन साउँदले  बाह्रविसको बेतालमाण्डांै  वजारमा कुखुरा पालन सुरु गरी नाफा कमाउन थालेपछि त्यस आसपासका अन्य  व्यापारी पनि कुखुरा पालन  तर्फ आकर्षित भएका हुन् । कुखुरा पालनका लागि उपयुक्त  हावापानी मिल्नका साथै सडक सञ्जाल जोडिएको बाह्रविस गाविसबाट कुखूराको राम्रो वजार देखेपछि यहांका कृषक व्यवसायिक रुपमा लागेको स्थानीय खडकराज जैशीले वताए । धनगडी अत्तरीया महेन्द्रनगरबाट ब्वाइलर, क्वइलर  लियर्स् जातका कुखुराहरु ल्याई  आफ्नै गाउँघरमा  रोजगारीे सृजना  गर्न सकिने व्यवसायीहरुले बताएका छन् ।
हाल बाह्रविसमा आधा र्दजन बढी पोल्टीफम् संञ्चालन र  आधादर्जन निमाणाधिन रहेका  प्रतयक  महिनामा कुखुराबाट  २० देखि २५ हजार सम्म मुनाफा लिन सकिने कुखुरा व्वासायी गदै आउनु भएका दिपक साउँदले  बताउनु भयो । कुखुरा व्यवसायवाटै घरपरिवार खर्च तथा तिन छोरा     छोरीलाई स्कुुल पढाई खर्च पनि चलाएकोमा खुशी ब्यक्त गर्छन् अर्का कुखुरा ब्यवसायी शुर्जे रावल ।  कुखुरापालन व्यबसायलाई  जिल्ला पशु सेवा कार्यालय लगायत सरोकारवाला निकायले कुखुरा पालन सम्बन्धी तालिम, खोर निमार्ण, र बजारका लागि पहल  गरिदिएमा निकट भविष्यमै बाजुराका लागि बाह्रविसबाटनै कुखुरा पालन व्ययवसाय र मासुको आपुर्ती गर्न सकिने व्यासायीहरुले बताएका छन् ।

हातमुख जोड्नै धौ धौं

“तिम्रा हलियावाला खाना पु¥याई देलान नि, उनीहरुसंगै माग्नु भन्छन, हामीलाई पूर्व मालिकहरुले पनि सहयोग गर्दैनन्”
कञ्चनुपुर तिलाचौर गाबिस–८ घर भएका मुक्त हलिया तुले नेपालीकी पत्नी देवकी नेपालीले आफुहरु मुक्त भएपनि परिवार पाल्न निकै कठिन भएको वताईन । घरमा वसेर गुजरा नचल्ने भएपनि श्रीमान तुले    भारतको आन्द्रा प्रदेशमा गएर चौकीदारी गरिरहेको देवकीको भनाई छ । पूर्व मालिकको घरमा गएपछि अव हामीहरु केही गर्न सक्दैनौं भन्छन, देवकीले हलिया मुक्तीको घोषणा भएपछि केही खुशी लागेको भएपनि आफुहरु अलपत्र परेको वताईन । ‘हामी त न मुक्त जस्ता भएका छौं, न हलिया जस्ता’ देवकीले हलियाको मुक्तीका लागि लडेको राष्ट्रिय मुक्त हलिया महासंघमा पनि गैर हलियाहरुको पकड रहेका कारण आफुहरुलाई हेर्ने निकाय कोही नभएको महसुस भईरहेको वताईन ।
डोटी दिपालय सिलगढी नगरपालिका–१४ पाकरीकी नरुदेवी पार्कीको पनि उस्तै भनाई रहेको छ । हलिया मुक्तीको घोषणा भएपछि खुशी मनाउन थोरै समय पनि पाएनन् नरुको परिवारले । परिवार पाल्नका लागि श्रीमान वहादुर पार्कीले बिदेशीनु प¥यो । ‘पोहर साल घर फर्केका छन, अव बुढेशकाल लागेर काम पनि गर्न सक्दैनन्, कसरी परिवार पाल्ने ?’ गहभरी आँशुका साथ नरुले बिम्ब साप्ताहिकसंग कुरा गर्दै भनिन् ‘हलिया हुनु र मुक्त हुनुमा हामीलाई कुनै फरक छैन ।’
वाजुरा कोटिला गाबिस–९ कि नर्मा बिकको दुखेसो पनि उस्तै छ । नर्माले कागजी रुपमा आफुहरु मुक्त भएपनि सामाजिक रुपमा मुक्त हुन नसकेको वताईन । ‘मालिकहरुसंग रहेका हाम्रा तमसुक पनि च्यातिएका छैनन्, एकातिर उनीहरुको डर मानिरहनु पर्ने अवस्था आएको छ भने अर्कोतिर के खाने, केटाकेटी कसरी पाल्ने भन्ने समस्या रहेको छ’ नर्माले हलिया वस्दाको भन्दा पनि थप समस्या झेलिरहरनु परेको वताईन ।
वाजुरा कोटिला गाबिस–२ की खिन्तु बिक अभावका कारण छोराछोरीहरु समेत बिद्यालय पठाउन नसकेको वताउँछिन । उमेरले २२ वर्ष मात्र भएकी खिन्तु शारीरिक अवस्था हेर्दा निकै बुढेउली लागिसकेको भान हुन्छ । ससुराको मृत्युपछि सानै उमेरदेखि श्रीमान खुर्के लुहारले हलो जोत्नु सुरु गरे । हलिया मुक्तीको घोषणा भएपछि परिवार पाल्नकै लागि भारत गएका खुर्केको पनि मृत्यु भएपछि तीन छोराछोरी पाल्न खिन्तुलाई धौ धौ भएको छ । तपाईले मुक्त हलिया परिचय पत्र पाउनु भयो ? बिम्ब साप्ताहिकको प्रश्नको जवाफमा खिन्तु भन्छिन् “परिचय पत्र त पाए तर परिचय पत्रले पेट भरिदैन । उनी भन्छिन ‘कि त सरकारले हामीलाई पुनःस्थापनाको व्यवस्था गर्नु प¥यो कि त हामीलाई बिष दिएर  मारिदिनु प¥यो ।
हलिया मुक्ती आन्दोलनमा सक्रियतापूर्वक लागेका हलिया मुक्ती समाज डोटीका जिल्ला कार्यकर्ता गोरखवहादुर सार्की हलिया मुक्तीको घोषणालाई पहिलो उपलव्धीका रुपमा लिन्छन । उनी भन्छन ‘हलिया मुक्तीको घोषणा हुनु आफैमा राम्रो कुरा हो’ हलिया मुक्तीको घोषणा भएको पाँच वर्ष बितिसक्दा पनि उनीहरुको पुनःस्थापनाको कुनै कुरा नहुनु राज्यको लापरवाही भएको सार्कीको भनाई छ । ‘पाँच वर्ष हामी पर्खेऔं तर अव कुर्न सक्ने क्षेमता पनि छैन’ साकीले भने ‘अव फेरी कडा आन्दोलन गर्नु पर्ने अवस्था आएको छ । परिचय पत्र पाईसकेकालाई तत्काल पुनःस्थापना गर्नु पर्ने सार्कीको भनाई छ ।
अधिकार सम्पन्न मुक्त हलिया पुनस्थापना आयोग गठन हुनु पर्ने, परिचय पत्र पाउन वाँकी मुक्त हलियाहरुलाई परिचय पत्र दिईनु पर्ने, तथ्याँक लिन छुटेका मुक्त हलियाहरुको तथ्याँक लिनु पर्ने, मुक्त हलिया पुनस्थापना सम्वन्धि तत्काल कानुन वनाईनु पर्ने अहिलेको माग रहेको सार्कीले वताए । डोटीका एक सय ७३ जनाले रातो (घर जग्गा केही पनि नभएको) परिचय पत्र पाएको सार्कीले जानकारी दिए ।

छोटकरी समाचार 


वाजुरा तिव्र गतिमा

सन २०१६ सम्म बाजुरालाई खुला दिँशामुक्त जिल्ला घोषणा गरिसक्ने अभियानमा लागेका बाजुराली नागरिक यतिवेला  गाउँ गाउँ खुला दिँशामुक्त अभियानमा तीव्ररुपमा अगाडि बडेका छन् ।
जिल्लाका २७ गाविस मध्ये एक दर्जन गाविसमा मात्र खुला दिँशामुक्त गाविस घोषणा भएका छन् भने अन्य गाविसमा खुला दिँशामुक्त घोषणा गर्न विभिन्न संघ संस्था लगायत स्थानीयवासी पनि लागेका छन् ।
        यसैक्रममा बाजुराको कैलाशमाण्डौ गाविसको वडा–४ खुला दिशामुम्क्त वडा घोषणा गरिएको  छ । “खुला दिशा यमराजको भिसा” भन्ने मुल नाराका साथ, वडामा रहेका एक सय ४१ घरधुरीले चर्पीको निमार्ण गरि प्रयोगमा ल्याएपछि एक कार्यक्रमकाबिच खुलादिँशामुक्क्त घोषणा गरिएको हो । कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकीहरु समेत प्रर्दशन  गरिएका थिए । कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले अव खुला दिँशामुक्क्त भईसकेपछि सवैले चर्पीको सही प्रयोग गरी चर्पीमै दिँशापिसाव गरेर स्वच्छ जीवन जिउन  अनुरोध गरेका थिए । कैलाशमाण्डौ गाविस एक पवित्र भुमिको काखमा रहेकोले दिँशाजन्य रोगबाट सवैले बच्नु पर्ने वक्ताहरुको भनाई थियो । खुला दिँशामुक्त घोषणा गरेरमात्र नहुने भएकाले हाम्रा सम्पुर्ण बानी व्यबहार परिवर्तन गरी सधैं चर्पीमा नै दिँशापिशाव   गरेपछि यो अभियान सफल हुने बताएका छन् ।

पर्यटन समाचार 

वराहीदेवी जात २४ गते

खप्तड पर्यटन क्षेत्रको मुल वाटोमा पर्ने वगलेक गाबिस–६ मा रहेको वराहीदेवी मन्दिरको जात्रा यस वर्ष माघ २४ गते हुने भएको छ ।
स्थानीय भिमवहादुर साउँदले दिएको जानकारी अनुसार २२ गते राती वगलेक गाबिस–९ मा मेला लाग्ने, २३ गते राती वराहीदेवीमा मेला लाग्ने र २४ गते दिउसो जात्रा हुने कार्यक्रम रहेको छ । साउँदका अनुसार वराहीदेवीको गाँज आफै काम्ने भएकाले यस जात्रामा टाढाटाढाका मानिसहरु समेत आउने गरेका छन । यसको आफ्नै महत्व छ, साउँदले भने ‘यसलाई हामी वगलेकी मष्टा पनि भन्ने गर्छौं ।
खप्तड क्षेत्रको मुल वाटोमा भएर पनि यस वराहीदेवीको मन्दिरको संरक्षण र प्रचार प्रसारका लागि कसैले सहयोग नगरेको साउँदको दुखेसो रहेको छ । “खप्तड क्षेत्र पर्यटन बिकास समिति छ, बार्षिक करोडौं रुपैयाँ खर्च गरिरहेको पनि छ तर मुल वाटोमा पर्ने यस मन्दिरका लागि केही गरेको छैन” साउँदले गाबिस र जिल्ला बिकास समितिले पनि मन्दिरको संरक्षणका लागि केही नगरेको गुनासो गर्दै यसको संरक्षण गर्न सम्वन्धित निकायलाई आग्रह गरे ।

चलचित्र÷मनोरञ्जन 

हामीबीच अफयेर छैन

नेपाली चलचित्रका अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाहबीच अफेयर भएको कुरा दुवैले अस्वीकार गरेका छन । सविन र अनुले आफुहरुबीच कुनै खास सम्वन्ध नरहेको दावी गरे ।
सबिनसंग ‘हमेसा’ चलचित्रमा छोटो दृष्य दिएकी अनुले चैत्र २८ गते नयाँ वर्षको अवसर पारी रिलिज हुने ‘आधी वाटो’ मा भने लामै समय स्क्रिन सेयर गरेकी छिन । सार्वजनिक गरिएको आधिवाटोको पोष्टरमा अनुले सविनलाई अंगालोमा वाँधेकी छिन, दुवै जना रोमाण्टिक देखिएका छन ।
यो रोमाण्टिक जोडीले “आधि वाटो” छायाँकन गर्दा कस्तो अनुभव ग¥यो त ? अनु सुनाउँछिन ‘सुटिङ्ग रमाईलोसंग  बित्यो । सविनसंग काम गर्न सजिलो भयो ।’ सविनसंग अफयेरको हल्ला छ नि ? भन्ने प्रश्नमा अनुले भनिन् ‘संगै काम गरेपछि हल्ला चल्दो रहेछ, हामीबीच कुनै त्यस्तो सम्वन्ध छैन ।’
समाज सेवामा हात वढाउने योजनामा रहेका सविनले पनि अनुसंग खास सम्वन्ध नरहेको दावी गरे । नेफ्टा अवार्डको लागि मलेसिया उड्ने तयारी गरिरहेका सविनले अनुसंगको सम्वन्धवारे यस्तो भने ‘अफयेरको हल्ला सुन्दा सुन्दा वाक्क भईसके । सवैभन्दा मिठो वोल्छु र अनुसंग पनि । त्यसैले यस्तो हल्ला भएको होला ।
रियल प्रेम नरहेको दावी गरिरहेका सविन र अनुको ‘आधि वाटो’ को प्रेमले चाँहि कस्तो सन्देश दिन्छ त ? अनुले भनिन् “माया प्रेममा स्वार्थ हुँदैन । व्यक्तिको अवस्थाले प्रेमलाई प्रभाव पार्दैन भन्ने सन्देश ‘आधि वाटो’ मा देखिने हाम्रो प्रेमले दिन्छ’ सविनले भने फिल्ममा सिम्पल लभ स्टोरी रहेको वताए ।
सांगितिक लभ स्टोरीको फिल्ममा सविनका नजर अनुसंग र जेनिशा केसीसंग जुध्नेछ । अनु र जेनिशामध्ये सविन कस्को हुन्छन ? यो रहस्यलाई गोप्यनै राखिएको छ । सविर श्रेष्ठको निर्देशनमा रमेश त्वायनाद्वारा निर्मित आधि वाटोम सविन र अनुसंगै यशकुमार र जेनिशा केसीको मुख्य भुमिका छ ।

मोफसल पत्रकारिता 

मैले यसलाई पेशाको रूपमा लिएको छैन

टीकाराम फुलारा (सम्पादक) 
सन्देश सारथी साप्ताहिक, डोटी
 तपार्इंको पुरा परिचय पाउँ न ?
 म टीकाराम फुलारा । पचनाली ३ चुडीमा स्थायी घर भई हाल डोटी बहुमुखी क्याम्पस सिलगढी डोटीमा प्राध्यापनरत छु साथै विगत डेढ बर्ष देखि डोटी जिल्लाबाट प्रकासित सन्देश सारथी साप्ताहिक पत्रिकालाई सम्पादन गरिरहेको छु ।
 तपाईले किन पत्रकारिता पेशा रोज्नु भयो ?
सर्वप्रथम त मैले यसलाई पेशाको रूपमा लिएको छैन । मेरो  मूल विषय नै नेपाली भएकाले पत्रिकालाई  नेपाली भाषा अनुसार शुद्ध रूपले प्रकासित गर्नुपर्ने मैले महसुुस गरे र यतातिर लागे । अर्को प्रमुख कुरा भनेको स्थानीय पत्रिकाले स्थानीय समाचार, घटनालाई बढी महत्व दिनुपर्ने मान्यता अनि स्मरणका पात्र नामक स्तम्भका माध्यमबाट डोटी जिल्लाका विभिन्न क्षेत्रमा योगदान पु¥याउनुहुने व्यक्तित्वको बारेमा उजाकर गरेर“ डोटी जिल्लाका ऐतिहासिक व्यक्तित्व” नामक पुस्तक प्रकाशन गर्ने सोचका साथ म यस क्षेत्रमा पनि सरिक भएको हँु ।
 कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ?
ठ्याक्कै यसै खालको मात्र त भन्ने छैन । साप्ताहिक रूपमा पत्रिका प्रकासित हुने र सबै काम आफूले नै गर्नुपर्ने भएकाले हरेक क्षेत्रमा कलम चलाउनु पर्छ । तै पनि सामाजिक र राजनीतिक क्षेत्रमा कलम चलाउन बढी जाँगर लाग्छ ।
एक पत्रकार भएर आईपर्ने समस्याहरु के के देख्नु भएको छ ?
मोफसलमा रहेर पेशागत रूपमा नै यस क्षेत्रमा लागेका साथीहरूलाई यस क्षेत्रमा निरन्तरता दिन त निकै अप्ठ्यारो छ । भएको जोश पनि मरेर आउँछ, कारण जिविकोपार्जन गर्न नसकिने अर्को कुरा मिहिनेत गरेर पत्रिका प्रकासित गरेर निःशुल्क वितरण गरे तापनि पाठकको अभाव, त्यसै गरी प्रेशको समस्या, खोमूलक पत्रकारीताको अभाव आदि विविध समस्या रहेका छन् ।
कलेजमा पनि प्राध्यापन गर्दै हुनुहुन्छ, पत्रकारिता पनि, कसरी मिलाउँदै हुनुहुन्छ दुईटै पेशालाई ?
समय मिलाउने कुरा हो हेर्नोस् । बिहान क्याम्पसमा प्राध्यापन गर्छु अनि बाँकि समय पत्रिकाको काम । मेरो मान्यता भनेको हामी जस्तो सचेत नागरिकले प्रेरणाको स्रोत बन्न सक्नु पर्छ । हाम्रा युवा साथीहरू नोकरीको खोजीमा भौतारिरहेका हुन्छन् अनि एउटा काम गरेपछि अर्को गर्नु हुँदैन भन्ने मान्यता रहेको    छ । त्यो होइन, समाजलाई सचेतता गर्नका निमित्त पनि हामी युवा नै सक्रिय हुनुपर्छ । कसैले मलाई भन्ने गर्छन रे किन पत्रकारितामा लागे होलान भनेर तर म भन्न चाहन्छु म मात्रै होइन म जस्तै अन्य साथीहरूले डोटीको पत्रकारिता क्षेत्रमा प्रवेश ग¥यौं भने अवश्य यो ओजपूर्ण हुनेछ र विभिन्न क्षेत्रका मानिसले पत्रकारलाई हेर्ने आँखा पनि फेरिने छ । त्यसैले पनि म यसमा लागेको हुँ र लागिरहने छु ।
 तपाईले सम्पादन गरिरहेको “सन्देश सारथी साप्ताहिक” कस्तो चलिरहेको छ ?
मैले पत्रिका निरन्तर प्रकासित गरिरहेको छु । चल्ने भन्ने कुरा त्यस्तै हो किनभने पत्रिका डोटीमा विक्रि हुँदैन जो कुरा यहाँहरूलाई नै थाहा छ । मैले वितरण भने गरि नै रहेको छु । मिहिनेत गरेर पत्रिकालाई स्तर वृद्धि गर्ने अनि स्थानीयतालाई नै प्राथमिकतामा राख्ने सोच बनाएको छुु त्यसै अनुसार साताको       राशिफल, साहित्य, स्मरणका पात्र र जनताको अभिमत जस्ता स्तम्भ राखेको छु, जसमा स्थानीयतालाई नै जोड दिइएको छ  । स्थानीय व्यक्तिहरूले लेखहरू लेखुन भन्ने हेतुले नै मैले एउटा लेख प्रकासित गरे वाफत मसि खर्च वाफत दुई सय रुपैयाँ पनि उपलब्ध गराउने गरेको छु ।
मोफसलमा कार्यरत पत्रकारहरुका समस्या समाधानका लागि नेपाल पत्रकार महासंघको भुमिका कस्तो पाउनु भएको छ  ?
नेपाल पत्रकार महासंघले मोफसलमा रहेका पत्रकारका समस्या समाधानका लागि महत्वपूर्ण भूमिका    रहेको हुन्छ किनकि महासंघ भनेको पत्रकारहरूको छाता संगठन हो, जसले देशैभर रहेका पत्रकार साथीहरूका समस्या समाधान र पीरमार्का बुझेर समाधान गर्ने दायित्व बोकेको हुन्छ । देशभर विभिन्न संचार माध्यममा कार्यरत  पत्रकारहरूको पहिलो र साझा समस्या भनेको जीविकोपार्जन र जीउ धनको सुरक्षा नै हो । यस तर्फ महासंघ सचेत हुनुपर्छ र यी समस्याको समाधानका लागि पहल गर्नुपर्छ । मोफसलमा त झन पत्रकारिता पेशा गरेर जीउन नै कठिनाई भइरहेको छ । यस तर्फ महासंघले खासै ध्यान दिएको छ जस्तो लाग्दैन ।
 मोफसलका सञ्चारमाध्यम र सञ्चारकर्मीहरुको हक हितका लागि पत्रकारहरुका बैचारिक संगठनहरुको भुमिका कस्तो पाउनु भएको छ ?
नेपालका हरेक क्षेत्रमा केहि भने राजनीतिकरण नै छ, यस क्षेत्रमा पनि थुप्रै यस्ता संगठनहरू रहेका  छन् । सांगठनिक हकहितमा भन्दा पनि बढी राजनीतिकरण मात्र भएको । यस्ता संगठनहरू केन्द्रमा नै बढी सक्रिय रहेका छन् मोफसल तर्फ निर्वाचनताका मात्रै केन्द्रीय नेताहरूको ध्यान गएको देखिन्छ ।
 तपाइको विचारमा पत्रकारिता के हो ?
पत्रकारिता भनेको निस्वार्थ समाजसेवा होे । यसका माध्यमबाट समाजमा लुकेर रहेका कुराहरूको उजागर हुने गर्छ साथै समाजमा रहेका अनेकौं विकृति र विसङ्गतिको पर्दाफास गर्दै समाज सुधारको बाटो पहिल्याउने गर्छ । समग्रमा भन्ने हो भने पत्रकारिता भनेको समाजको ऐना हो र पत्रकार भनेको समाजको ऐना हो ।
 अहिले पत्रकारिता क्षेत्र वद्नामित हुँदैछ, पत्रकारिता क्षेत्रमा लागेकैहरुले दिउँसै जाँड खाएर हल्ला गर्ने, आफुलाई छुट्टै दुनिँयाको मान्छे ठान्ने, समाचारलाई लिएर मोलमोलाई गर्ने जस्ता प्रबृत्तिहरु पनि देखिएका छन भन्ने आरोप छ, तपाईलाई के लाग्छ ?
यस्ता घटनाहरू वास्तवमा नसुनिएका होइनन् पटक पटक केन्द्र देखि यस जिल्लामा पनि हुने गरेका  छन् । नेपालका हरेक क्षेत्रमा विकृतिहरू छन् यो क्षेत्र पनि अछुतो छैन, पत्रकारले हरेक कुरा प्रमाणका साथ लेख्नु र बोल्नु पर्छ खाली कपोकल्पित कुरा गर्नु हुँदैन । यस्ता प्रवृतिका कारण समग्र पत्रकार जगतनै बदनामित भइरहेको छ । वास्तवमा एउटा स्वाभिमानी पत्रकारका लागि यो राम्रो कुरा अवश्य होइन । हामी आफै यस्ता क्रियाकलापमा सरिक हुन्छौं भने समाजलाई के दिन सक्छौं हामी आफैले विचार गर्ने कुरा हो ।
 तपाई कत्तिको लाग्नु भा छ यस्ता कुराहरुमा ?
मैले आज सम्मको मितिमा धुम्रपान, मध्यपान र कुनै पनि स्वास्थ्यलाई हानीकारक यस्ता चिजहरू सेवन गरेको छैन । भोजको आयोजना गरिने यस्ता कार्यक्रममा म पत्रकारको हैसियतले कहिल्यै सरिक भएको छैन र हुँदैन पनि । अर्को कुरा गर्नु भएको छ मोलमोलाईको पेट पाल्नका लागि मेरो पेशा अर्को छ, म स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि यस क्षेत्रमा प्रवेश गरेको व्यक्ति, जुन दिन मसंग यस्ता कुराहरू जोडिन्छन् यस दिन देखि यस क्षेत्रबाट बिदा लिइन्छ ।
 मोफसल पत्रकारिता क्षेत्रमा सुधारका लागि तपाई नेपाल सरकारलाई के सुझाव दिन चाहानुहुन्छ ?
मोफसलमा काम गरिरहेका पत्रकारहरूको सर्वप्रथम त सरकारले तथ्याङ्क संकलन गर्नुपर्छ । त्यसपछि पत्रिकाको वर्गीकरण गरेर पत्रकारको स्तर निर्धारण गनुपर्छ । अनि पत्रिका प्रकाशनको प्रमुख समस्या भनेको छापाखाना नै हो । सुदूरपश्चिमको सदरमुकाम यो जिल्लामा दैनिक पत्रिका नै छैन । कस्तो लाज मर्दो कुरा ।  महासंघको पहलमा सरकारले प्रेसको व्यवस्था गरेको भए तपाईकै यो बिम्ब पत्रिका दैनिक रूपमा प्रकाशित हुन्थ्यो, हैन र ! यस कुरामा सरकारले विशेष ख्याल गर्नु पर्ने देखिन्छ ।
 थोरै प्रसंग वदलौं, तपाई त राजनीतिमा पनि चाँसो राख्ने मान्छे, एक वर्षभित्र नयाँ संबिधान जारी गर्ने लक्षका साथ अर्को संबिधानसभाको निर्वाचन सम्पन्न भएको छ, अव एक वर्षभित्र नयाँ संबिधान वन्ला त ?
 नेपालको राजनीति बडो अनौठो छ, हेर्नोस् कहिलेकांहि दलहरू ससाना कुरामा विवाद गर्ने गर्छन त कहिले निकै महत्वका कुरामा सहमति । संविधानसभाको चुनाव एक युगमा एक पटक हुने कुरा हो । हाम्रो देशमा यो दोस्रो पटक भएको छ । राजनीतिको शक्ति फेरबदल भएको छ, लोकतन्त्रवादी शक्ति अग्र मोर्चामा भएका कारण अनि सबै दलले एक बर्ष भित्रै संविधान दिने कुरा गरिरहेकाले र अघिल्लो संविधान सभा मार्फत धेरै कुरा टुङ्गो लागिसकेकाले एक बर्ष भित्र संविधान बन्ने सम्म्भावना मैले देखेको छु ।
 नयाँ संबिधानले मोफसल पत्रकारिताको बिकासका लागि के कुरा सम्वोदन गर्नु पर्ला ?
मोफसलमा काम गर्ने पत्रकारको समस्या पहिचान गरेर समाधानका उपाय खोज्दै न्यूनतम पारिश्रमिक निर्धारण गरेर कडाइका साथ लागू गर्नुपर्छ ।
अन्त्यमा केही भन्न मन लागेको छ ?
तपाईंको यो पुरानो पत्रिका बिम्बले म नौलो पत्रकारलाई पाठक सामु आफ्ना कुरा राख्ने अवसर दिनु भएकोमा धन्यवाद ।

साहित्य सृजना 

असल राष्ट्रसेवक

आफू जन्मेको यो देशलाई
दुख्न कति पनि दिन सक्दिँन म
देशको भविष्य बनाउन
म सच्चा राष्ट्रसेवक बन्नेछु
आफ्नो देशको फर्फराएको झण्डालाई
म कदापि झुक्न दिन्न
मलाई यथार्थ र पूर्ण
राष्ट्रसेवक बन्नु छ ।
म जन्मेको यो देशमा
सधैँभरि शान्ति हुन सकोस्
यो देशमा शान्तिले छायो भने
म हिमाल झैं हाँस्न सक्नेछु
उमङ्गमा नाँच्न सक्नेछु ।
मातृभूमिमा गर्वसाथ बाँच्न सक्नेछु
जन्मभूमिको सेवक बनी निर्मुल पार्नेछु
भ्रष्टाचार र दुराचारको जरालाई
मैले मेरो भविष्य
आफ्नै देशको माटोमा देखेको छु
आफ्नै देशमा भेटेको छु
त्यसैले साथीहरु हो
म आज बाचा गर्छु र भन्छु कि
म भविष्यमा ठूलो मान्छे बन्छु
असल राष्ट्रसेवक बन्छु ।
अरुणबहादुर खत्री “नदी”
सामाखुसी मार्ग, काठमाडौं (नेपाल)

युवा आकाङ्क्षा

‘मैदानमा बोलायौ’ हामी आयौँ ।
सङ्घर्षमा होम्मियौँ
‘सहर–बजार, तराई–पहाड
सडकका गल्लीहरूमा दौडायौ’ ।
हामी दौडियौँ, तिमी पनि दौडियौ ।
विजय उत्सवमा सँगै रमायौँ ।
‘तिमी छि¥यौ’ ‘बाहिर बस भन्यौ ।’
हामी बसिरह्यौँ ।
‘खेतका आलीहरूमा, तराईका गराहरूमा,
हिमालका हिउँ र फेदीका चौतारीहरूमा,
घाँस दाउरा, गाई वस्तु गर्दै,
पुनः पटक–पटक सहर बजारमा भौतारिरह्यौँ ।
हराएको ‘शान्ति’ र ‘जाँगिर’ खोज्दै,
लगनखेलदेखि टुँडिखेलसम्म
रोल्पादेखि पाल्पासम्म चहारेर
सिंहदरवार र नयांबानेश्वर तर्फ आँखा लगाउंदै,
आशै आशमा हेरिरहेछौं’ ।
तर सिँहदरवार बाटो छेक्छ हामीलाई ।
पुलिस राख्छ, सेना राख्छ गेटहरूमा ।
नयांवानेश्वर भाका फेर्छ ।
सिंहदरवार हामी तिर फर्केर हेर्न भ्याउंदैन  ।
जोगी झै हात फैलाउँदै, मन्त्रीहरूका ढोकाहरूमा,
माननीयका कोठाहरूमा, नेताज्यूका महलहरूमा,
पार्टी कार्यालयहरूमा  ।
सिंहदरवार, वल्खू, सानेपा, र पेरिशडांडा चहार्दैैैमा,
दिन, महिना अनि वर्ष बिताईरहेका छौं ।
‘वानेश्वर दरवारले’ अब भाका नफेरोस भन्दै,
संबृद्ध नेपाल कुरिरहेछौं । कुरिरहेछौं ।।
पे्रमराज सिलवाल 
स्थान ः थानापति –३, नुवाकोट 

सूचना÷बिज्ञापन 

   जाडोयाममा रुघाखोकी, ज्वरोले बिभिन्न उमेर समूहका व्यक्तिहरु बिरामी हुने गर्दछन र रोगको प्रकोप समेत वेला वेलामा देखिने गरेको छ । यो मौसममा साधारणतया रुघाखोकी, ज्वरो, ईन्फ्जलुुयन्जाका बिरामी वढी देखिने गर्दछन । अतः यी रोगहरुवाट बच्ने निम्न उपायहरु अपनाउन हुन सर्वसाधारणमा अनुरोध छ ।
लक्षणहरु
ड्डज्वरो आउने, ड्ड टाउको दुख्ने, ड्डघाँटी दुख्ने, ड्डरुघाखोकी लाग्ने, ड्डस्वास फेर्न गा¥हो हुने,
ड्डबच्चाहरुलाई झाडा पखाला समेत हुन सक्छ ।
बच्ने उपायहरु
ड्ड खोक्दा, हाच्छिउँ गर्दा सफा कपडा वा रुमालले नाक, मुख, छोप्ने गरौं । ड्ड सावुन पानीले मिचिमिची हात धुने गरौं ।, ड्ड पोषिलो र झोल पदार्थ प्रसस्त मात्रामा पिउने गरौं । ड्ड ज्वरो रुघाखोकी लागेको  बिरामीको घरेलु उपचारवाट स्वास्थ्यमा सुधार नभएमा आवश्यक उपचारको लागि नजिकको स्वास्थ्य संस्थामा लैजाऔं ।


कर्मचारी आवश्यकता सम्वन्धि सूचना 

प्रथम पटक सूचना प्रकासित मिति ः २०७०÷१०÷१३ गते
यस सामुदायिक बिकास मञ्चद्वारा सञ्चालन भईरहेको महिला स्वास्थ्य कार्यक्रमका लागि एक जना महिला फिल्ड सुपरभाईजर आवश्यक भएकाले ईन्छुक नेपाली नागरिकहरुवाट प्रथम पटक सूचना प्रकासित मितिले ७ दिनभित्र दरखास्त आव्हान गरिन्छ ।
आवश्यक योग्यता र अनुभव
१. मान्यता प्राप्त शिक्षण संस्थानवाट प्रविणता प्रमाण पत्र तह वा सो सरह  उत्तीर्ण
२. महिला स्वास्थ्य सम्वन्धि कार्यक्रममा कम्तीमा २ वर्ष काम गरेको हुनु पर्ने
३. उम्मेदवार महिला हुनु पर्ने
४. कम्प्युटर सम्वन्धि ज्ञान भएको ।
दरखास्त पेश गर्ने स्थान
सामुदायिक बिकास मञ्च 
परियोजना कार्यालय, मल्लोवजार सिलगढी 
ईमेल ः info@cdfnepal.org.np
फोन ः ०९४–४२०३६३

समान पहुँच बिकास केन्द्र (सिड) नेपाल, डोटी 
कर्मचारी आवश्यकता सम्वन्धि सूचना

   समान पहुँच विकास केन्द्र नेपाल (सिड नेपाल) र युनाईटेड मिसन टु नेपाल डोटी क्लष्टरको साझेदारीमा सञ्चालित उत्तम आहार परियोजनाका लागि तपशिलमा उल्लेखित कर्मचारी आवश्यक भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र दरखास्त आव्हृान गरिन्छ ।
सूचना प्रकासित मिति ः २०७०÷१०÷१३ गते,        
विज्ञापन नं. ००३÷०७०÷०७१,    
कार्यक्रम अवधि ः कार्यक्रमको सम्झौता अनुसार,
परीक्षाको किसिम ः लिखित र अन्तरवार्ता,  
सुविधा ः संस्थाको नियम अनुसार,  
सम्पर्क मिति ः २०७०÷१०÷२० गते
तपसिल
पद ः कार्यक्रम सुपरभाईजर                  
संख्या ः १ जना
न्युनतम शैक्षिक योग्यता तथा अनुभव ः
ड्डमान्यता प्राप्त शिक्षण संस्थाबाट स्वास्थ्य मुल बिषय लिई कम्तीमा प्रविणता प्रमाण पत्र तह उत्तीर्ण  
ड्ड कम्तीमा २ वर्षको काम गरेको अनुभव भएको
ड्डखाद्य तथा पोषण सम्वन्धी ज्ञान भएको
ड्डसहजीकरण, समुदाय परिचालन र समन्वय गर्न सक्ने ।
ड्ड नेतृत्व क्षमता भएको, समुदायमा रही काम गर्न इच्छुक ।
ड्डकम्युटर सम्बन्धी सिप भएको ।
ड्डकार्यक्रमगत जिम्मेवारीहरु वहन गर्न सक्ने ।
कार्यक्षेत्र ः खिरसैन, सानागाउँ र वगलेक गाबिस,                          
दरखास्त दस्तुर ः २००
पेश गर्नु पर्ने कागजातहरु ः
ड्डनिवेदन सहितको व्यक्तिगत बिवरण (वायोडाटा) १ प्रति
ड्डशैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपीहरु ।
ड्डप्राप्त तालिमहरुको प्रमाणपत्रको प्रतिलिपीहरु ।
ड्डनेपाली नागरिकताको प्रतिलिपी ।
ड्डकार्य अनुभव खुल्ने प्रमाणका प्रतिलिपीहरु ।
दरखास्त पेश गर्ने स्थान ः संस्थाको सम्पर्क कार्यालय सिलगढी(२ डोटी (राधा कृष्ण टोल) वा
                       ः ईमेल मार्फत ceadvacancy@gmail.com मा पनि पठाउन सकिने छ ।
                         सम्पर्क फोन ः ०९४४२०६११,
नोट ः म्याद नाघी वा रित नपुगी आएका निवेदन उपर कुनै कारवाही हुनेछैन ।
     ः ईमेल मार्फत आवेदन गर्ने व्यक्तिहरुले यस संस्थाको राष्ट्रिय बाणिज्य वैङ्क सिलगढी डोटी शाखामा रहेको च.हि.नं. ४३०७ मा आवेदन दस्तुर जम्मा गरेको भौचर समेत स्क्यान गरी पठाउनु पर्नेछ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete