सवै सामानहरुको अद्याबधिक मूल्य सूची पसलमा राखौं र तोकिएको मूल्य भन्दा बढि मूल्य नलिऔं । उपभोक्ताहरुले मूल्य सूची राखे नराखेको हेरि मूल्य भिडाई मात्र सामान खरिद गर्ने बानी बसालौं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग
मुख्य समाचर
जहाँ पानी पर्दा सुत्दैनन् शिक्षक–बिद्यार्थी
नदी कटानको जोखिममा बिद्यालय
डोटी बनलेकमा रहेको सिद्धेश्वर माध्यामिक बिद्यालयमा अध्ययनरत १४ बर्षीया छात्रा साबित्री बलायर नदीमा पानीको सतह बढ्दा आत्तिन्छिन् । नदी किरारमा रहेको बिद्यालयमा नदी पसेपछि बिद्यालय बगाएर लैजाने चिन्ता छ उनलाई । उनी भन्छिन् ‘नदीमा जतिजति पानी बढ्दै जान्छ त्यति त्यति डर पनि बढ्दै जान्छ ।’
साबित्री जस्तै सोही कक्षाका १५ वर्षीय महेश सार्की पनि नदीमा पानीको सतह बढेपछि डराउँछन । ‘बिद्यालयको पर्खालसंगै नदी जोडिएको छ’ महेश भन्छन् ‘कुन दिन नदी बिद्यालयमा पस्छ र बिद्यालयनै बगाउँछन भन्ने चिन्ता लागिर–हन्छ ।’
डोटी शिखर नगरपालिका–१० (साबिकको बनलेक गाबिस) मा रहेको सिद्धेश्वर माध्यामिक बिद्यालय नदी कटानको जोखिममा रहेको छ । बिद्यालय हातासंगै जोडिएको सेती नदीले बर्षेनी कटान गर्दै आएपछि बिद्यालय पूर्ण जोखिममा रहेको छ ।
‘आजभोली त नदीमा पानी घटेको छ, केही समस्या हुँदैन’ बिद्यालयका प्राचार्य महेश कुमार भट्ट भन्छन् ‘जव जव नदीमा पानीको सतह बढ्दै जान्छ राती सुन्दैनौं हामीहरु ।’ भट्टले शिक्षक बिद्यार्थी गरी करीव ८० जना बिद्यालयमै डेरा गरि बस्ने गरेको बताए । ‘बिद्यालय छात्रबास छ’ बिद्यार्थीहरुको साँझ बिहानको पठनपाठन र सुरक्षाका लागि हामीहरु (शिक्षकहरु) पनि बिद्यालयमै बस्नु पर्ने हुन्छ’ प्राचार्य भट्टले भने ‘लगातार बर्षात भयो भने राती सुत्दैनौं, उठेर पानीको सतह हेर्नु पर्छ ।’
२०३२ सालमा हालको ठाउँ भन्दा केही माथी सञ्चालन भएको बिद्यालय कक्षा ८ सम्मको पढाई हुँदा स्थापना भएकै ठाउँमा सञ्चालन भएको थियो । २०५१ सालमा माध्यामिक तहसम्मको पढाई सञ्चालन गर्ने योजना भयो तर पहिलेको ठाउँमा जग्गा पुगेन । त्यसपछि बिद्यालय सार्नु पर्ने भयो । ‘प्राबिसम्म साबिककै ठाउँमा राख्ने र निमाबि देखि माथि अहिलेको ठाउँमा सार्ने भन्ने सहमित भएको रहेछ’ बिद्यालयमा शिक्षक एवं पूर्व प्राचार्य मानवहादुर रोकाया भन्छन् ‘सोही अनुसार यहाँ बिद्यालय सारिएको देखिन्छ ।’
गाउँ बिकास समिति, स्वास्थ्य चौकी र सामुदायिक भवन समेत हालको ठाउँमा रहेको र जग्गा पनि ऐलानी (प्रति) भएका कारण यतै उचित हुन्छ भन्ने लागेर सारिएको एक अभिभावकले जानकारी दिए । उनले भने ‘नीजिश्रोतबाट सञ्चालन भएको बिद्यालय जग्गा किन्नका लागि पैसा थिएन, त्यसैले प्रति जग्गाामै भवन वनाएर कक्षा सञ्चालन भएको हो ।’
बिद्यालयमा चारकोठे एक र दुई कोठ सात गरी आठ भवन रहेका छन । पहिले नदी अलि टाढै रहेपनि जमीन कटान गर्दै बिद्यालयको हातासम्मै नदी पुगेको शिक्षक रोकाया वताउँछन । ‘२०६६ सालमा बाढी आउँदा बिद्यालयको पर्खाल र खेल मैदान बगाएको थियो’ शिक्षक रोकायाले भने ‘त्यतिबेला कक्षाकोठामा समेत लेदो भरिएको थियो ।’ फेरी पनि त्यस्तो हुन्छ कि भन्ने चिन्ता रहेको रोकाया बताउँछन ।
स्रोत अभावका कारण बिद्यालय अर्को ठाउँमा सार्न सक्ने अवस्था नभएको वताउँछन बिद्यालयका प्राचार्य भट्ट । उनी भन्छन् ‘पहिलो कुरा त बिद्यालयसंग जग्गा किन्नका लागि पनि पैसा छैन, यदि कुनै प्रयासबाट जग्गा खरीद गर्न सकिहाले पनि भवन निर्माण गर्नका लागि फेरी स्रोत चाहियो ।’ हाल कक्षा १२ सम्म सञ्चालनमा रहेको बिद्यालयमा नीजिस्रोतका शिक्षकहरुलाई तलव खुवाउनै कठिन भएको अवस्थामा बिद्यालय सार्नका लागि जग्गा खरीद गर्ने कुरा सोच्न पनि नसकिने उनी । ‘कक्षा ६ देखि १२ सम्म चार सय भन्दा बढी बिद्यार्थी अध्ययनरत छन्’ भट्ट भन्छन् ‘नदीका कारण हामी सवैको ज्यान पनि जोखिममा छ ।’
नदी कटानको जोखिमकै कारण उक्त स्थानमा रहेका साबिकको बनलेक गाउँ बिकास समितिको कार्यालय र बनलेक स्वास्थ्य चौकी अन्तै सारिसकिएको छ । तर, बिद्यालयसंग स्रोत अभाव भएका कारण सार्न नसकिएको प्राचार्य भट्ट वताउँछन । भट्ट भन्छन् ‘बिद्यालयका लागि जग्गा पनि अलि बढीनै चाहियो अनि संरचना पनि बढीनै बनाउनु पर्ने हुन्छ, सानोतिनो रकमले सार्न पनि सजिलो छैन ।’
नदी नियन्त्रणका लागि बर्षेनी योजना आएपनि उक्त योजना प्रभावकारी नहुँदा बिद्यालयनै जोखिममा रहेको छ । बिद्यालय संगसगै खेतीयोग्य उर्वरक जमिन पनि बर्षेनी नदीले वगाउँदै लगेको छ । स्रोत सहजै प्राप्त हुने निकायहरुले अन्तै संरचना बनाएर सरिसके तर भबिश्यका कर्णाधार चार बढी बालबालिकाहरु भने नदीमा पानीको सतह हेर्दै पढ्दै गर्न बाध्य भएका छन ।
‘चुनाव आउँदा नदी नियन्त्रण गर्ने प्रतिवद्धता गर्छन नेताहरु’ एक स्थानीयले भने ‘चुनाव जितेपछि त यो बिषयनै बिर्सन्छन ।’
सम्पादकीय
होलान् त स्थानीय तह कार्यान्वयन !
नेपालको संबिधान, २०७२ मा व्यवस्था भए अनुसार नेपाल सरकारले स्थानीय तहको संख्या र सिमा निर्धारण गरेको छ । नयाँ संरचना अनुसार बैशाख ३१ गते जनप्रतिनिधिहरु चयन गर्ने दौडमा सरकार लागेको छ । बिगतका तीन हजार एक सय ५७ गाउँ बिकास समिति र दुई सय १७ नगरपालिकालाई गाभेर अहिले सात सय ४४ स्थानीय तह निर्धारण गरेको छ । यद्यपी स्थानीय तहको पुनर्संरचना गर्ने जिम्मेवारी पाएको आयोगले निर्धारण गरेको मापदण्ड राजनीतिक दलका स्थानीय कार्यकर्ता र जिल्ला प्राबिधिक सहयोग समितिले धोती लाई दिएको छ । तर पनि स्थानीय तहको संख्या र सिमा निर्धारण भएको छ ।
सरकारले राजपत्रमा सूचना प्रकाशन गरि स्थानीय तह कार्यान्वयनमा समेत ल्याएको छ । नयाँ व्यवस्था अनुसारका स्थानीय तहलाई संविधानले विधायिकी, कार्यकारी, न्यायिक, वित्तीय, प्रशासनिक लगायतका अधिकार दिएको छ । संविधानप्रदत्त अधिकार प्रयोगका लागि कानुन बन्नुपर्छ । संबिधान र अन्य प्रचलित कानुनसंग नबाझ्ने गरि कानुन बनाउने अधिकार गाउसभा वा नगरसभालाई मात्र छ । ति गाउसभा र नगरसभाको निर्वाचन पनि हुँदैछ ।
आफ्नो अधिकार क्षेत्रसँग सम्बन्धि योजना बनाउने, प्राथमिकता तोक्ने, नियमन गर्ने, वित्तीय व्यवस्था गर्ने, उत्पादन र प्रबन्ध तथा सेवाप्रवाह गर्ने काम स्थानीय सभाहरुले गर्नेछन् । तर यि स्थानीय तहहरुले आर्थिक रुपमा, अनुभवका हिसावमा, बिज्ञताका हिसावले ति सवै संबैधानिक अधिकार अनुसारका अधिकार क्षेत्रमा काम गर्न सक्छन् त ? उदाहरणका लागि संबैधानिक व्यवस्था अनुसार अब स्थानीय तहले माध्यमिक तहसम्मका शिक्षकको भर्ना, उनीहरूका लागि तलबभत्ता, पाठ्यक्रम निर्माण तथा परीक्षा प्रणाली, विद्यालय भवन निर्माण लगायत काम गर्नुपर्छ । यो जिम्मेवारी बहन गर्न सक्ने अवस्था गाउपालिकाहरुमा छ त ? फेरी ‘सबैका लागि शिक्षा’ भन्ने सर्वव्यापी सिद्धान्त भएकाले शिक्षामा संघको भूमिका निश्चय पनि महत्वपूर्ण हुन्छ ।
यसको अर्थ संबिधानले निर्धारित गरेका कार्यक्षेत्रहरु एकै पटक स्थानीय तहलाई कार्यान्वयनको जिम्मेवारी दिँदा स्थानीय तहले राम्रोसँग व्यवस्थापन गर्न नसक्ने अवस्था रहन सक्छ । स्थानीय तहलाई अभ्यस्त पार्दै चरणबद्ध रूपमा अधिकार हस्तान्तरण गर्दै लानु वाञ्छनीय हुन्छ । तर, संविधानले विस्तारै वा चरणबद्धको कल्पना गरेको छैन । संविधान कार्यान्वयन गर्ने हो भने सबै अधिकार एकसाथ स्थानीय तहमा जानुपर्छ । घोषणासँगै आंशिक रूपमा सबै अधिकार स्थानीय तहमा गइसकेको छ । तर प्रत्येक अधिकार प्रयोगका लागि कानुन बनाउन आवश्यक छ । स्रोतसाधन विनाको कानुनको पनि अर्थ छैन ।
अहिले बनाईएका स्थानीय तहको आर्थिक अवस्था, जानशक्तिको अवस्था, प्राकृतिक स्रोत साधनसम्मको पहुँच जस्ता मुलभुत बिषयहरुलाई ध्यान दिनु जरुरी छ । जस्तो न्यायिक अधिकारको बिषयमा कुरा गर्ने हो भने संबिधानले स्थानीय तहमा न्यायिक समितिको संयोजक सम्वन्धित स्थानीय तहको उपप्रमुखलाई बनाएको छ । ति उपप्रमुखलाई न्यायिक अधिकार वा न्यायसम्वन्धि ज्ञान हुन्छ भन्ने के ग्यारेण्टी ? एकातिर संबिधानले जनप्रतिनिधिहरुका लागि कुनै शैक्षिक योग्यता निर्धारण गरेको छैन अर्कोतिर तिनै जनप्रतिनिधिहरुले न्यायमुर्तिको काम गर्नु पर्ने संबैधानिक व्यवस्था छ । यस्तो अवस्थामा स्थानीय तहहरु कसरी कार्यान्वयनमा आउँछन भन्ने बिषयलाई ध्यान दिनु जरुरी छ । प्रदेश सरकारको अत्तो पत्तो नभएका बेला स्थानीय तहलाई सशक्त बनाउने संघीय सरकारको यो योजना कतै असफल हुने त होईन ? बुझौं ।
थप समाचार
डोटीमा नौ मतदान स्थल थप
स्थानीय निकायको निर्वाचनका लागि डोटीमा नौ मतदान स्थल थप हुने भएका छन ।
जिल्ला निर्वाचन कार्यालय डोटीका सूचना अधिकारी दलवहादुर मलासीले दिएको जानकारी अनुसार स्थानीय तहको पुनर्संरचनापछि जिल्लाका गाउँपालिका तथा नगर–पालिकाहरुको भौगोलिक अवस्थालाई ध्यानमा राख्दै नौ मतदान स्थल थप गर्ने गरि निर्वाचन आयोगमा सिफारिस गरिएको छ । नयाँ सिफारिस भएका नौ मतदान स्थलसंगै डोटी जिल्लामा मतदान स्थलहरुको संख्या एक सय १५ हुने भएको छ । २०७० मंसिर ४ गते सम्पन्न दोस्रो संबिधानसभाको निर्वाचनमा डोटीमा एक सय ६ मतदान स्थल र एक सय ५३ मतदान स्थल रहेका थिए ।
दिपायल सिलगढी नगर–पालिकामा दुई, आदर्श गाउँपालिकामा तीन र शिखर नगरपालिकामा एक मतदान स्थल थप गर्ने गरि सिफारिस गरिएको छ । यस्तै सायल गाउँपालिकामा एक र केआई सिंह गाउँपालिकामा दुई मतदान स्थल थप गर्न सिफारिस गरिएको मलासीले वताए । सिफारिस गरिएका मतदान स्थलहरु स्वीकृत भएपछि दिपायल सिलगढी नगरपालिकामा सवैभन्दा बढी २२ मतदान स्थल हुनेछन । यस्तै शिखर नगर–पालिकामा १६, पूर्ची चौकी र आदर्श गाउँपालिकामा १४, बोगटान गाउँपालिकामा ११, जोरायल गाउँपालिका, केआई सिंह गाउँपालिका र सायल गाउँपालिकामा १० र बडा केदार गाउँपालिकामा आठ मतदान स्थलहरु रहनेछन ।
‘मतदान केन्द्रको बिषयमा अहिलेनै टुङ्गो लागिसकेको छैन’ सूचना अधिकारी मलासीले भने ‘०७० को संबिधानसभाको निर्वाचनमा एक सय ५३ मतदान केन्द्रहरु रहेका थिए, यस पटक एक सय ६० सम्म हुन्छन् भन्ने अनुमान छ ।’ मतदाता संख्याका आधारमा मतदान केन्द्र तोकिने भएका कारण अहिलेनै सबै तय भई नसकेको मलासीको भनाई छ । उनले भने ‘एउटै स्थलमा एक भन्दा बढी मतदान केन्द्र हुन सक्छन्, त्यसैले त्यो मतदान स्थलको मतदाता संख्याको आधारमा केन्द्र निर्धारण हुन्छ ।’
जिल्लाको मतदाता संख्या करीव एक लाख दुई हजार पाँच सय हुने मलासीले वताए । ‘एउटै व्यक्तिले दुई दुई ठाउँबाट नाम दर्ता गराएका छन’ मलासीले भने ‘यि सवै रुजु गर्दा यो संख्या आउन सक्छ ।’
सुदूरको औद्योगिक बिकासमा बहस
औद्योगिक बिकासका दृष्टिले अन्य क्षेत्रको तुलनामा पछाडि रहेको सुदूरपश्चिम (हालको प्रदेश नं.७) को औद्योगिक बिकासका लागि बसह सुरु भएको छ ।
नेकपा एमाले डडेल्धुरा जिल्ला कमिटीले आयोजना गरेको ‘सुदूरमा उद्योग, बिषयको मुर्तिकरण’ कार्यक्रमबाट यस क्षेत्रको औद्योगिक बिकासका सम्भावनाका बिषयमा बहसको थालनी गरिएको छ । कार्यक्रममा उद्योग सञ्चालनका लागि कानुनी व्यवस्था बिषयको आधारपत्र प्रस्तुत गर्दै डडेल्धुरा जिल्ला बार एसोसियसनका अध्यक्ष बिष्णु भट्टले संबैधानिक रुपमा स्थानीय तह शक्तिशाली भएका कारण अव उद्योगहरु सञ्चालन गर्न सहज हुने वताए । उनले कानुनी समस्याका कारण पनि यस क्षेत्रमा उद्योगहरु सञ्चालन हुन नसकेको वताए ।
शनिवार सम्पन्न उक्त कार्यक्रममा सुदूरपश्चिमाञ्चल क्षेत्रीय कृषि निर्देशनालयका प्रमुख डा नरहरी घिमिरेले सुदूरपश्चिमाञ्चल बिकास क्षेत्रको कृषि उत्पादनको आँकडा प्रस्तुत गर्दै यस क्षेत्रमा मझौता खालका उद्योगहरु सञ्चानल गर्न सकिने वताए । ‘यस क्षेत्रमा कृषि उत्पादनमा आधारित उद्योगहरु सञ्चालन गर्न सकिन्छ’ घिमिरेले भने ‘यसका साथसाथै जडिबुटीको पनि प्रसस्त सम्भावना रहेको छ ।
कार्यक्रममा अग्रज पत्रकार डिआर पन्तले सुदूरपश्चिमा औद्योगिक बिकास नभएसम्म यस क्षेत्रका जनताको जीवनस्तर उठ्न नसक्ने वताए । उनले जनतासंग पैसा हुँदाहुँदै पनि चाहेको बस्तुको उपभोग गर्न नपाएको वताए । यस्तै पत्रकार रामहरी ओझाले सुदूरपश्चिममा मझौला उद्योगहरु सञ्चालन हुन सक्ने बताउँदै, कृषि, बन पैदावार, जडिबुटी, पर्यटन र बिद्युतको क्षेत्रमा प्रचुर सम्भावना रहेको वताए । उनले ठुलो उद्योग स्थापना गर्ने बहानामा साना तथा मझौला उद्योगको सम्भावनालाई बाईपास गर्न नहुने वताए ।
कार्यक्रमका बक्ताहरुले पहिलो पटक राजनीतिक पार्टीको तर्फबाट यस्तो बहस आयोजना भएको भन्दै एमाले डडेल्धुरालाई धन्यवाद दिएका थिए ।
एमाले डडेल्धुराले तीन वर्ष अगाडि सञ्चालन गरेको भिजन डडेल्धुराको ‘सिरिज–२’ का रुपमा सुदूरपश्चिमको औद्योगिक बिकासलाई उठान गरेको एमाले डडेल्धुराका अध्यक्ष डा तारा जोशीले वताए । उनले भने ‘एमाले एक्लैले औद्योगिक बिकास गर्छु भनेर सम्भव छैन, त्यसैले सवै क्षेत्र र बर्गको यसमा सहभागिता हुनु जरुरी छ । उनले यस क्षेत्रको औद्योगिक बिकासका लागि सवैसंग अपील गरे ।
फेरी तुहियो शैलेश्वरी धार्मिक महोत्सब
भूमिराज जोशी÷सिलगढी
चैत्र १४
सुदूरपश्चिमाञ्चल क्षेत्रकै पुरानो आंगिक क्याम्पस डोटी बहुमुखी क्याम्पसको स्तरोन्नतिका लागि भन्दै चैत १६ बाट धार्मिक महोत्सब सञ्चालन हुने भनिएको फेरी पनि नहुने भएको छ ।
पटक पटक पत्रकार सम्मेलन गर्दै ‘हामी धार्मिक महोत्सब सञ्चालन गर्छौ प्रचारप्रसार गरेर सहयोग गरिदिनु प¥यो, भनेर बताइए पनि यो महिना पनि सञ्चालन नहुने भएको छ । गत असोजमा पत्रकार सम्मेलन गर्दै मंसिरको पहिलो हप्ता सञ्चालन गर्ने भन्दै बताइएको थियो त्यो पनि तुहियो । त्यसपछि फेरी चैत १६ गतेबाट सञ्चालन गर्ने भनेर पुष माघमा पत्रकार सम्मेलन गरियो त्यो पनि त्यसैमा तुहियो ।
पत्रकारलाई नै काटुन बनाएर डोटी बहुमुखी क्याम्पसले पटक पटक मिति सार्दै आएको छ । स्थानीय तहको निर्वाचन, क्याम्पसमा हुन लागेको परीक्षा लगायतका कारणले यहि चैत्र १६ देखि २४ गतेसम्म सञ्चालन हुने भनिएको धार्मिक महोत्सबको मिति सार्नु पर्ने भएको क्याम्पस प्रमख कृष्ण बहादुर कठायतले बताए ।
गत मंसिर पहिलो हप्ता सञ्चालन गर्ने भनिएको धार्मिक महोत्सब तयारी नहुँदा रोकियो । त्यसपछि दिपालयमा प्रादेशिक महोत्सब सञ्चालन हुदाँ धार्मिक महोत्सब रोकियो । त्यसपछि स्नातक तहको परीक्षा, नजिकै आउदै गरेको स्थानीयको निर्वाचन हुनाले यो पटक पनि सार्ने भएको बताइएको छ ।
क्याम्पस प्रमुख कृष्ण बहादुर कठायतले बिम्ब नेपाली साप्ताहिकसंग टेलिफोनमा कुरा गर्दै भने, ‘म अहिले काठ्माण्डौमा छु । प्राबिधिक शिक्षा सञ्चालन गर्नको लागि धार्मिक महोत्सब सञ्चालन गर्ने भनेको बिबिध कारणले स्थगित भयो । हामीले सञ्चार माध्यमलाई पटक पटक महोत्सब सञ्चालनका लागि आग्रह गरेका हौं । तर यो पटक पनि सफल हुन सकेनौं ।’
यति ठूलो महोत्सब सञ्चालन गर्नका हामी सबैले हातमालो गरेमात्र सम्भब हुन्छ । कठायतले महोत्सब सञ्चालन गरिसकेपछि उपलब्धी पूर्ण हुनु प¥यो । त्यसैले अब सबै बसेर समय के कस्तो कहिले पर्छ भन्ने निर्णय गर्छौं । त्यसपछि मात्र सुरु गर्ने बताए ।
स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरु तयारीमा जुटिसकेको बताउदै उनले राजनीतिदलको समन्वय बिना महोत्सब सञ्चालन गर्न अप्ठेरो पर्ने हुदाँ मिति सार्न लागिएको बताए ।
बैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचन, फागुनमा भएको स्वबियुको निर्वाचन र बीचमा परेको स्नातक तहको परीक्षा लगायत यस्तै बाधाहरुले धार्मिक महोत्सबको मिति सार्नुपर्ने भएको उनले बताए । अब हामी आउँदो २०७४ जेठ १५ गतेसम्म महोत्सब सञ्चालन गर्नका लागि तयारी गर्ने उनले बताए ।
हामीले त तोकिएकै समयमा महोत्सब सञ्चालन गर्नका लागि तयार भएका थियौ तर डोटी क्याम्पसले समय नदिनाले महोत्सब पटक पटक सर्ने गरेको शैलेश्वरी धार्मिक महोत्सब मुल आजोजक कमिटी अध्यक्ष पूर्णराज जोशीले बताए । उनले भने, ‘एक त श्रोत जुटानै ढिलाई भयो । त्यसैमा क्याम्पसले कहिले निर्वाचन आयो, कहिले परीक्षा आयो भन्दै टार्नाले ढिलाइ भएको हो ।’
सञ्चारकर्मीहरुसंग महोत्सबको मिति तोकेपछि सधै तयारी तिब्र रुपमा गइर–हेको भने पनि यो पटक पछि तयारी तिब्र रुपमा भन्दै फेरी सारिएको हो । क्याम्पसमा घट्दै गइरहेको बिद्यार्थीहरुको चाप बढाउन, क्याम्पसको शैक्षिक गुणस्तर सुधार्न र प्राबिधिक शिक्षा सञ्चालन गर्नका लागि डोटी बहुमुखी क्याम्पसले शैलेश्वरी धार्मिक महोत्सब सञ्चालन गर्ने भनिएपनि करिब सात आठ महिना बित्दा पनि सञ्चालन हुन सकेको छैन ।
बम र ओझा कारवाहीमा
आफुहरुले पहिलेनै छोडेको दावी
कर्ण चन्द÷सिलगढी
चैत्र १४
बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालप पार्टीका केन्द्रीय परिषद् सदस्य मोहन बम र चन्द्रदेब ओझालाई कारवाही गरिएको छ ।
नयाँ शक्ति नेपालबाट बम र ओझा लगायत व्यक्तिहरुले बुधबार नयाँ पार्टी घोषणाको तयारी भएको जानकारी पाएपछि केन्द्रीय परिषद् सदस्य निर्मल भट्टराईसहित चार नेतालाई पार्टीबाट निस्कासन गरेको सार्वजनिक गरेको छ । बाहिरिएकाहरुले ‘लोकतान्त्रिक समाजवादी नयाँ शक्ति’नाम गरेको पार्टी घोषणा गर्न लागेका हुन् । वुधबार हुने घोषणा सभामा केन्द्रीय नेता र जिल्ला प्रतिनिधि गरी एक हजार बढी भेला हुने नयाँ शक्तिबाट बाहिरिएका पूर्व सांसद बमले जानकारी दिए ।
आफुहरुले नयाँ शक्ति पहिले नै त्यागिसकेको र नयाँ पार्टी घोषणा गर्न लागेको थाहा पाएपछि नाटक गरेर निकालेको घोषणा गरिएको बमले बताए । पार्टी हित विपरीत चलेपछि कारबाही गरिएको नयाँ शक्ती पार्टीले दाबी गरेको छ ।नयाँ शक्तीले उक्त दाबी गरेपनी बम ले भने त्यसको प्रतिबाद गरेका छन ।
चोरीका गाडी कैलालीको जंगलमा
कैलालीको बोलादेवीपुरको सेहरी जंगलमा चोरीको कार फेला परेका छन ।
भारतबाट चोरी गरि नेपालमा बिक्री ल्याइएको होण्डा सिटी कार उक्त जंगलबाट बरामद् गरेको सुदूरपश्चिमका प्रहरी प्रमुख प्रहरी नायम महानिरीक्षक रोमेन्द्र सिं देउजाले जानकारी दिए । उनका अनुसार कैलालीकै अत्तरियाबाट होण्डाई क्रेटा कार पनि बरामद् गरिएको छ ।
क्षेत्रीय अनुसन्धान समूह सुदूरपश्चिम टोलीले दुई कार सहित एक जेनेरेटर समेत बरामद गरेको छ ।
दुबै कारको नेपाली बजारमा करिब एक करोड रुपैयाँ मुल्य रहेको जनाइएको छ । बरामद गरिएका कारलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय कैलालीमा बुझाइएको डिआईजी देउजाले बताए । खुला सीमा नाका, फितलो भन्सार व्यवस्थापनका कारण भारतीय बजारबाट चोरी गरेर नेपालमा ल्याई बिक्री गर्ने गिरोहहरु सकृय छन् ।
चुनावी चर्चामा
पत्रकारदेखि सामाजिक कार्यकर्तासम्म
२० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेद्वारीको बिषयमा बिभिन्न चर्चा परिचर्चा हुन थालेका छन । चर्चामा सञ्चा–रकर्मी र सामाजिक कार्यकर्ताहरु–का नाम पनि रहेका छन ।
बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि २२ बर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय शंकर थापाको नाम चर्चामा छ । २०५१ सालको स्वबियु निर्वाचनमा डोटी क्याम्पसको सभापतिमा बिजयी थापा बिद्यार्थी जीवनमा नेकपा एमाले निकट अनेरास्वबियुको राष्ट्रिय परिषद् सदस्य पनि हुन । स्थानीयदेखि राष्ट्रियस्तरका दर्जनबढी सञ्चारमाध्यममा काम गरिसकेका थापा जोरायल गाउँपालिकाको अध्यक्ष पदको उम्मेद्वारका लागि चर्चामा छन ।
१० वर्षे सशस्त्र द्वन्द्वको बेलामा युद्ध पत्रकारको भुमिका निभाएका पत्रकार भरत बोहरा पनि उम्मेद्वारको चर्चामा छन । पछिल्लो समयमा पत्रकारिता भन्दा बढी उद्यमशीलतामा सक्रिय बोहरा पूर्वीचौकी गाउँपालिकाको अध्यक्षका दावेदार छन् । बोहरा स्वयंले पनि सामाजिक सञ्जाल फेसबुकमा आफु उम्मेद्वार हुने संकेत गरेका छन । पछिल्लो समयमा बोहरा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टीमा सक्रिय छन ।
अर्का पत्रकार लोकेन्द्र अधिकारी (लोकेश शिरीष) पनि चर्चित नामको सूचीमा छन । लामो समयदेखि पत्रककारिता पेशामा सक्रिय अधिकारी प्रेस सेण्टर नेपालको डोटी जिल्ला अध्यक्ष हुन । भूमिगतकालमै तत्कालीन नेकपा माओवादीको बिद्यार्थी संगठन अखिल क्रान्तिकारीबाट राजनीतिमा प्रवेश गरेका अधिकारी पत्रकारिता संगसंगै नेकपा माओवादी केन्द्रको जिल्ला सदस्य समेत रहेका छन । उनी शिखर नगरपालिकाको वडा नं. ५ को वडाध्यक्षको चर्चामा छन ।
अर्का पत्रकार रेडियो डोटीका प्रवन्धक चक्र कुँवर पनि उम्मेद्वारको चर्चाको सूचीमा छन । कुँवर पछिल्लो समय नेपाली कांग्रेस निकट मानिने प्रेस युनियनमा सक्रिय छन । रासस लगायतका राष्ट्रिय सञ्चार–माध्यमहरु र स्थानीय सञ्चारमाध्यमहरुमा लामै अनुभव भएका कुँवर नेपाल पत्रकार महासंघ डोटी शाखाका सदस्य समेत हुन । कुँवर बोगटान गाउँपालिकाको वडा नं. ४ को वडाध्यक्षको उम्मेद्वारका लागि चर्चामा छन ।
यस्तै लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय शेरवहादुर मल्ल पनि उम्मेद्वारीको चर्चामा छन । एमाले निकट युवा संघको जिल्ला अध्यक्ष समेत रहिसकेका मल्ल शिखर नगरपालिकाको मेयर पदका लागि चर्चामा रहेका छन । करीव दुई दशक अगाडि एमाले निकट अनेरास्वबियुबाट राजनीतिमा प्रवेश गरेका मल्लले बिभिन्न सामाजिक संस्थामा काम गरेका छन । मल्ललाई पत्रकारिता क्षेत्रको समेत अनुभव छ । मल्ल जिल्ला शिक्षा सरोकार समूहका अध्यक्ष समेत हुन ।
बिद्यार्थी जीवनबाटै राजनी–तिमा प्रवेश गरेका अर्का सामाजिक कार्यकर्ता धर्मराज जोशी पनि उम्मेद्वारको चर्चामा छन । २०५७ सालको स्वबियु निर्वाचनमा नेपाल बिद्यार्थी संघबाट डोटी क्याम्पस सभापतिको उम्मेद्वार भएका जोशी सायल गाउँपालिकाको अध्यक्षका लागि चर्चामा छन । राजनीतिकर्मी संगसंगै सामाजिक क्षेत्रमा राम्रो पहिचान बनाईसकेका जोशी नेपाली कांग्रेस निटक हुन । जोशीको उम्मेद्वारीको सम्भावना धेरै रहेको उनी निटकहरु बताउँछन । पछिल्लो समय जोशी कैलालीमा सामाजिक संघ संस्थाहरुमा सक्रिय रहँदै आएका छन ।
डोटीको पर्यटकीय बिकासका लागि सक्रिय भूमिका खेल्दै आएका होटल व्यवसायी संघ डोटीका अध्यक्ष दिपक खड्का पनि चर्चित उम्मेद्वारको सूचीमा रहेका छन । डोटी उद्योग बाणिज्य संघका सदस्य समेत रहेका खड्का आदर्श गाउँपालिकाको अध्यक्षका लागि चर्चामा छन । नेपाली कांग्रेस निकट खड्काले सामाजिक सञ्जाल फेसबुकमार्फत उम्मेद्वारी घोषणा समेत गरेका छन ।
मल्ल, जोशी र खड्का जस्तै सामाजिक क्षेत्रमा पहिचान बनाईसकेका थुप्रै सामाजिक कार्यकर्ताहरु पनि गाउँ÷नगरस्त–रीय र वडास्तरीय उम्मेद्वारको चर्चामा रहेका छन ।
उपप्राध्यापकद्वारा उम्मेद्वारी घोषणा
त्रिभुवन बिश्वबिद्यालयको सुदूरपश्चिममै पुरानो क्याम्पस डोटी बहुमुखी क्याम्पसका उपप्राध्यापक तिर्थराज जोशीले बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि आफ्नो उम्मेद्वारी घोषणा गरेका छन । लामो समयदेखि शिक्षण पेशामा संलग्न जोशी राजनीतिकशास्त्री हुन । नेपाली कांग्रेसमा बुद्धिजीवीको पहिचान बनाएका जोशीले नेपाली कांग्रेस डोटीको बिस्तारित बैठकमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन । जोशीले शिखर नगरपालिकाको मेयर पदका लागि उम्मेद्वारी घोषणा गरेको वताए । जोशी प्राध्यापक संघ डोटीका सभापति समेत रहिसकेका व्यक्ति हुन ।
छोटकरी समाचार
आज देखि योग शिविर
पतञ्जली योग शिविर र सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा डोटी जिल्ला सदरमुकाम सिलगढीमा आज मंगलबार देखि सुरु हुने भएको छ ।
नेपाली सेनाको पूर्व प्रमुख सेनानी सुवर्णलाल चित्रकारले प्रशिक्षित गर्ने उक्त योग शिविर शैलेश्वरी मन्दिर प्राङ्गणमा बिहान ५ वजेदेखि ७ बजेसम्म चल्ने छ । सामुदायिक प्रहरी सेवा केन्दकी अध्यक्ष लक्ष्मी बमले दिएको जानकारी अनुसार अप– रान्ह ४ बजेदेखि ६ वजेसम्म क्यान्सरको बारेमा प्रवचन हुने बमले वताईन ।
शिविर पाँच दिनसम्म सञ्चालन हुने छ ।
गोष्ठी सम्पन्न
सम बिकास केन्द्र नेपाल (ईडिसी) को आयोजनामा निरन्तर विद्यार्थी मुल्यांकन पद्धति सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
बालबालिकाको सिकाई, क्षमता र ज्ञानलाई मुल्यांकन तथा लेखाजोखा प्रकृयाद्वारा बालबालिकाको सिकाईको अबस्था लाई कसरी अभिलेख गर्ने भन्ने वारेमा समुह अभ्यास मार्फत छलफल संस्थाका कार्यक्रम संयोजक अधिराज बिसीले जानकारी दिए । संस्थाले सञ्चालन गरेको प्रगतिशिल स्थानीय स्रोत परिचालनद्वारा गुणस्तरीय शिक्षा प्रवद्र्धन परियोजना क्षेत्रका २० विद्यालयका शिक्षक र प्रधानाध्यापक गरि २७ जना महिला, पुरुष शिक्षकहरुको सहभागीता रहेको बिसीले जानकारी दिए ।
चलचित्र÷मनोरञ्जन
नयाँ कलाकारहरुको खोजीमा दयाहाङ
पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्न सफल भएका दयाहाङ कलाकार खोज्ने काममा पनि सक्रिय छन् ।
कहिले अमेरिका त कहिले नेपाल गरिरहेका दयाहाङ नेपाली चलचित्र क्षेत्रमा नयाँ कलाकार जन्माउने अभिप्रायले हाल जारी रहेको अभिनय प्रतियोगितामा निर्णायकको रुपमा कलाकार खोज्ने काममा पनि सक्रिय छन् । ‘नेशनल एक्टिङ कम्पिटिसन’ मा दयाहाङ अभिनयदेखि नृत्यसम्मका नयाँ कलाकारको खोजिरहेका छन् । उनलाई निर्णायकको रुपमा अनुप बराल र ऋचा शर्माले सघाइरहेका छन् ।
नेशनल एक्टिङ कम्पिटिसनमा आठ हजार प्रतियोगीबाट विभिन्न चरण पार गर्दै छानिएका उत्कृष्ट ४५ प्रतियोगीबीच हाल शीर्ष उपाधिका लागि प्रतिस्पर्धा चलिरहेको छ । आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले आगामी वैशाख ३१ गते राजधानीमा हुने अन्तिम प्रतिस्पर्धामा विजेताले २ लाख ५० हजार बराबरसँगै विभिन्न पुरस्कार पाउने जानकारी दिए । संस्थाकी प्रबन्ध निर्देशक यतना पाण्डेले प्रतियोगितामा उत्कृष्ट २५, १५ र ८ हुँदै विजयी छानिने बताइन् ।
अभिनेता दयाहाङले प्रतियोगिताबाट थुप्रै कलाकार जन्मने विश्वास गरेका छन । त्यस्तै निर्देशक तथा कलाकार अनुप बरालले अभिनयमा भविष्य खोज्न चाहनेका लागि प्रतियोगिता उपयुक्त प्लेटफर्म भएको बताए ।
रञ्जना “मिस सुर्खेत”
कान्तिपुर दैनिकबाट
वीरेन्द्रनगरको चिसापानीकी रञ्जना केसीले ‘मिस सुर्खेत’ को ताज पहिरेकी छन् ।
पाँच प्रतिस्पर्धीलाई उछिन्दै पहिलो संस्करणकी विजेता बनेकी उनले ५० हजार रुपैयाँ प्राप्त गरिन् । एकता देवकोटा फस्ट रनर अप र मञ्जु लम्साल सेकेन्ड रनर अप भए । ‘यसले आफूलाई अझ बढी जिम्मेवारी बनाएको छ । जीवनलाई समाजका लागि रचनात्मक कार्यमा बिताउने संकल्प गर्छु,’ उनले भनिन् ।
सूत्र मोडलिङ एन्ड आर्ट क्रिएसन–द्वारा आयोजित प्रतियोगितामा सुर्खेतका २० युवतीले भाग लिएका थिए । नायिक सञ्चिता लुइँटेल, मोडल दीपक घिमिरे, वरिष्ठ संगीतकार बुलु मुकारुङ, जेसिसका पूर्व राष्ट्रिय अध्यक्ष गेहेन्द्रप्रसाद दाहाल र उपाध्यक्ष सीमा चन्द निर्णायकमा थिए । प्रतियोगितामा गायक मानव शाही, धीरेन्द्र शाही, कवि गिरीले सांगीतिक प्रस्तुति दिएका थिए ।
लेख
ओझेलमा परेको बाजुरा ‘छेडेदह’
भूमिराज जोशी
राजधानीबाट हेर्दा निकै टाढा पर्छ सुदूरपश्चिम । अझ सुदूरपश्चिमको पनि उच्च हिमाली जिल्लाहरु मध्यको एक हो बाजुरा । कतिपय राजधानीमा बस्ने कर्मचारी तथा नेतागणहरु त सुदूरपहाडका जिल्लाहरु गुगल सर्च गरेर थाहा पाउँछन की यस्तो रहेछ सुदूरपश्चिम भनेर । यहाँका जनताको पीडा, ब्यथा अरु कसैलाई थाहा छैन । यहाँका जनतालाई आपत बिपद पर्छ तर कसैले पनि मलमपट्टीको ब्यवस्था गर्दैन । आफैंले साम्य गर्नुपर्छ । जुनसुकै आपतमा पनि सरकारको नजर पुग्दैन । त्यसैले यतिसम्म की कतिपय समाजमा हाम्रो सरकार, हाम्रो लागि छ की छैन भन्ने भ्रम पनि सृजना भैसकेको छ स्थानीयहरुमा ।
गत महिना प्रदेश नं १ को स्थायी बासिन्दा । अझ भनौं मेरो एकदम मिल्ने साथी दिनेश । उ हाल ८÷१० बर्ष यता राजधानी बस्दै आएको छ । उसले लामो फोन ग¥यो र भन्यो ‘बाजुरा जिल्लामा एकदमै रमणीय “छेडेताल” छ भन्न हिजो मात्रै सुने । त्यो तालको बारेमा बुझ्न पाए हुन्थ्यो । टाइम मिल्छ भने रिपोटिङ्ग गर्नुस न सर ?’ मैले भने, ‘कसले भन्यो तपाँईलाई ? अनि सुनाउनेले पनि रमणीय ताल छेडेताललाई मात्र देखायो ? कि गुगल सर्च गरेर भेट्नु भो ?’ दिनेशले भन्यो, ‘होइन एकजनाले एक÷दुईवटा फोटा सहित छेडेताल भन्ने देखायो त्यसैले भनेको ।’ को साथी हो त्यो ? अनि घर कहाँ हो उसको ? मेलै भने । ‘घर उसको बाजुरामा नै हो ।’ दिनेशले भन्यो, ‘नाम पछि भनौला ।’ बिस्तारै बुझ्दै जाँदा बाजुरामा उसको घर ‘छेडदह’ आसपासमै रहेछ । त्यो पनि सानै उमेरमा राजधानी छिरेको । आफ्नै गृह जिल्लाको बारेमा खासै जानकारी नभएको रहेछ ।
अनि मैले दिनेशलाई दोश्रो पटक फोन गरेर भने, ‘दिनेश जी बाजुरामा एउटै छेडेदह मात्र छैन्, सौन्दर्यले भरिपूर्ण सयौं ठाँउहरु छन । त्यस्तै तालहरु छन । ‘तपाई एकपटक बाजुरा आउनुस न, बाजुरालाई प्रकृतिले दिएका गहना÷सम्पदाहरुलाई बुझ्न । त्यसपछि बाजुराले आफैं बताउने छ म यस्तो छु तर ओझेलमा परेको छु भनेर’ मैले भने । उसले टाइम छैन बरु त्यसको बारेमा रिपोटिङ्ग गर्नुस भन्यो । हुन्छ भन्दै म पनि फागुनको पहिलो साता बाजुराको छेडेदह पुगे । अनि जे देखे, जे सुने र त्यही लेखे ।
चारैतिरबाट अग्ला डाँडा । तलबाट उकालो ती डाँडामा पुग्न करिब एकाध घण्टा समय लाग्छ । ती डाँडा (चुली) चढी सक्ने बित्तिकै ताल देखिदैन । सबैतिरबाट समथर मैदान (भूभाग) जस्तै देखिन्छ । त्यो मैदानकै बीचमा अवस्थित छ, सौन्दर्यले भरिपूर्ण ताल छेडेदह । अचम्म लाग्छ जो कोहीलाई पहिलो पटक जाँदा । डाडैडाडाँ शिरमा एउटा मैदान मैदानको बीचमा ताल तालकै छेउदेखि दुईतिर दुईचुली (दुईतिर फेरी पहाड) देखिन्छ ।
बाजुरा जिल्लाको गुदुखाती, डोगडी र आटिचौर गाबिसको बीचमा पर्ने छेडेदह क्षेत्रमा जाने हो भने दिनभर बस्दा समेत एक घण्टा बिते जस्तो लाग्छ । एकदमै लोभ्याउने ठाउँ । अझ भनौं, आकर्षणको केन्द्र बिन्दु भन्दा पनि फरक नपर्ने । करिब जिल्लाकै लोकप्रिय ताल । जुन ताल कतिपय बाजुरा जिल्लाका जनतालाई पनि थाहा छैन । यो क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा गरेर बाजुराको बिकासमा टेवा पु¥याउनुको सट्टा यसै ठाउँमा जन्मिएकाहरु पनि माया मारेर पलायन भैरहेका छन । बाहिर बसेर ‘मेरो बाजुरा जिल्ला स्वर्ग भन्दा कम छैन भन्नेहरु पनि यथार्यमा यो ठाउँमा बस्न घिन लागे जस्तो गर्छन ।’
करिब अनुमानित ८ हजार फिट उचाइमा रहेको यो क्षेत्रमा हावापानीको दृष्टीले बढी जस्तो एउटै किसिमको पाइन्छ । हिउँदे यामका पौष र माघ महिना बाहेक अरु समय एउटै खालको हावापानी पाइन्छ । मध्यम स्तरको न त धेरै गर्मी न त धेरै जाडो । जसले कहिल्यै महशुस गर्दैन मौषम परिवर्तन भयो भनेर ।
पछिल्लो समयमा लोप हुन लागेको ताल मध्ये एउटा हो छेडेताल । पहिरोको उच्च जोखिममा । करिब २०० मिटर नजिक पुगिसक्यो धेरै ठूलो पहिरो । गदुखाती–९ पन्नापानी भन्ने ठाउँमा करिब १५ बर्ष अगाडी एउटा ठूलो (उतिस) को रुख काट्दा त्यो ठाउँमा सानो पहिरो गयो । बिस्तारै पहिरो बढ्दै जाँदा जाँदा स्थानीय ५०÷६० परिवारको खेती गर्ने जमिन पुरै पहिरोले बगायो । अब त ताल नै फुटाउने हो । त्यसले धेरै क्षति गर्ने हो भनेर त्रसित भएका छन स्थनीयहरु । बर्षेनी बर्षायाममा बगिरहने यो पहिरोले ताललाई निकै जोखिमा पारेकोे छ ।
एक त पहिरोको जोखिममा । अर्को बिबादै बिबादमा अल्झेर संरक्षण हुन नसकेको । एउटा प्रकृतिले दिएको साझा सम्पदालाई पनि मेरो÷मेरो भनेर बिबाद ल्याउनु आफैंलाई घात हुनु हो । त्यसैले स्थानीयहरुले एक आपसमा छलपल गरेर यसको संरक्षण गर्नु जरुरी छ ।
छेडदहको पुरै जमिन १९५३ सालमा गुदुखाती ९ का स्थानीय राइसिंह धामीको नाममा दर्ता भएको थियो । त्यसपछि १९५९ सालमा खातीगाउँ ९ खातीगाउँ र आटिचौर १ लम्गाउँका स्थानीयहरु बीच छेडेदहको बारेमा बिबाद सृजना भयो । छेडेदह क्षेत्रमा मृतकको लास पाल्यो भनेर । लम्गाउँका स्थानीयहरुले मसानघाट आटिचौर तिर बनाएका थिए । बिबाद हुनु भन्दा केही समय अगाडी लम्गाउँबाट लास लिदै गर्दा पल्लो गाउँका शंख बजाउदै लगे । त्यतिकैमा एकजना बालकलाई मसान लाग्यो । अनि बालक म¥यो । त्यसपछि त्यो ठाउँमा पनि बिबाद भयो । पछिल्लो समयदेखि आटिचौर क्षेत्रतिर लास लग्न लम्गाउकाहरुलाई बन्देज ग¥यो भन्ने किम्बदन्ती पाइन्छ । त्यसपछि लम्गाउँकाहरु नजिकैको छेडेदह क्षेत्रमा लास फालेर भाग्न थाले । त्यो ठाउँमा पनि खेतीको काम गर्न गएका बेला खातीगाउँको एक महिलालाई मसानी लाग्यो यो ठाउँमा लास किन फालेको भनेर बिबाद भयो । बिबाद लामो समयसम्म चर्कियो र त्यसैमा साम्य भयो ।
१९९४ राइसिंहको मृत्युपछि उनका सहोदर भाइ रल्लु धामीको नाममा जमिन नामसारी गरियो । त्यसपछि धामीकै परिवारले खेती छेडेदह क्षेत्रमा खेती सुरु गर्न थाले । कोदो, लट्टे, फाँपर, आलु लगायतको खेती गदै आए । रल्लु धामीको नाममा जमिन दर्ता भैसकेपछि लामो समयसम्म सहज बाताबरण भयो । लम्गाउँका स्थानीयहरु चोरी चकारी गरेर डरैडरमा छेडेदह क्षेत्रमा खुला ठाउँमै लास फाल्दै आए । लम्गाउँकाहरुले पनि ताल क्षेत्र नजिकै मसानघाट बनाउदै आए । सुरु सुरुमा अर्काको जमिनमा भनेर लास फालेर हिड्ने गर्थे र पछि आफ्नो रितीरिवाज अनुसार दाहसंस्कार गर्ने, लास जलाउने, गाड्ने गर्न थाले । अनि झगडा पनि साम्य भयो ।
बिस्तारै लम्गाउँकाहरुले भने ‘हामीले परम्पराकाल देखि छेडेदह छेत्र मसानघाट बनाएका हां, त्यसैले यो जमिन हाम्रो हुनुपर्छ ।’ भन्दै बिरोध गरे । झगडा ठूलो हुँदै जादा २०४५ सालमा गुदुखाती ९ र आटिचौर १ का स्थानीयहरुको बाजुरा जिल्ला अदालतमा मुद्धा प¥यो । मुद्धा पनि तीन बर्षसम्म चल्यो । फेरी २०४८ सालमा राइसिंह धामीकी बुहारी गिठे धामीकी श्रीमती जौकला धामीको नाममा फैसला ग¥यो । तर त्यो जमिन दर्ता भएको छैन । गिठे धामी पटक पटक जिल्ला मालपोत कार्यालय र नापी कार्यालयमा धाए जमिन दर्ता गर्नको लागि र ताल संरक्षण गर्ने प्रस्ताबका लागि । सबै ठाउँबाट ‘त्यो बिबाद भएको जमिन कसरी दर्ता गर्ने ? बरु दुबै पक्ष मिलेर आउनुस त्यसपछि दर्ता गर्ने’ आश्वासन मात्र दिने गरेको गिठे धामीले बताए । उनले भने, ‘बरु मेरो जमिन भन्दा पनि यो लोप हुन लागेको ताल त संरक्षण गर्नुस भनेर चार पाँच पटक जिल्लामा आग्रह गरे । कसैले पनि मेरो कुरा सुनेन ।’
धामीलाई आफ्नो खेती योग्य जमिन भन्दा पनि तालको चिन्ता बढी छ । यो तालको लागि सबै ठाउँमा कुरा उठाउँदा पनि कसैले बास्ता गरेन भन्छन धामी । करिब ४÷५ बर्ष अगाडी एउटा संस्थाको सहयोगमा छेडेताल संरक्षण गर्ने भनेर आधा भाग जति घेरबार गरियो । त्यतिकैमा बजेट सकियो । घेरबारको काम पनि टुङ्गियो । हाम्रो सम्पदा हो, हामीले नै संरक्षण गर्नुपर्छ भनेर सर्बदान गर्ने कोही भएन । सबैलाई पैसा चाहियो । संरक्षणको लागि छुट्याइएको बजेट पनि सकियो, अधुरो काम पनि सकियो ।
दोश्रो बर्षमा ताल वरिपरि बाँकी रहेको घेरबार पुरा गर्नुप¥यो भनेर जिल्ला परिषद तथा गुदुखाती गाबिस परिषदमा कुरा उठाए धामीले । पञ्चायत कालका प्रधान भएकाले गाउँमा गिठे धामीलाई जिम्मेवार व्यक्तिको रुपमा लिने गर्छन । पछिल्लो समयमा भने एक्लै धामीले कुरा उठाउँदा कसैले वास्ता गर्दैनन । धामीले भने, ‘मैैले ताल संरक्षण गर्नका लागि जिल्लामा भएका सबै निकायमा पहल गरे । मेरो उमेर ७८ बर्ष भयो । मैले सामाजिक काममा आफ्नो स्वार्थको लागि कहिल्यै काम गरेन । काम गरे त समुदायको स्वार्थका लागि ।’ ताल संरक्षणका लागि बुढेसकालसम्म खटिरहेको छु । यो मेरो ब्यक्तिगत स्वार्थ होइन । धामीले भने, ‘पछिल्लो समयमा जुनसुकै कुरा बहुमतले पारित हुने हुँदा म एक्लैको कुरा कसैले सुन्ने गरेका छैनन । तर म राम्रै कुराका लागि मात्र प्रस्ताब ल्याउँछु ।’
एक पटक आधा भागसम्म घेरबार गरेको पनि अर्को बर्षसम्म घेरबार गरेको नाम निशाना नै भेटिएन । काठ काटेर घेरबार गरेको त एक दुइ महिना मै पल्लो गाँउकाहरुले दाउरा बनाएर सके । फेरी धामीले ताल घेरबार गर्नको लागि प्रस्ताब राख्दा त्यो प्रस्ताब पारित भएन । पहिरो रोक्नको लागि पनि धेरै गरे । धामी भन्छन, ‘सबै ठाउँमा निबेदन दिए । कतैबाट आश्वासन पाइयो, कतैबाट भने आश्वासन पनि पाइएन ।’ पहिरो रोक्नका लागि (ग्याबिन तार पनि) कसैले पनि दिएन ।
अब भने सम्भब नै छैन पहिरो रोक्न । कुन दिन ताल फुटेर ठूलो जनधनको क्षति हुन्छ भनेर चिन्तित छन स्थानीयहरु । सरकार पक्षलाई भने कुनै चाँसो छैन । छेडेदह ताल धामी परिवारको निजी हो भने जस्तो गरेका छन । ‘हामीलाई अरु भन्दा पनि यो क्षेत्रको तालको चिन्ता छ ।’ स्थानीयहरु भन्छन, ‘यसको संंरक्षण भएन भने पछिल्लो पुस्ताले ठूलो ताल थियो रे, भन्ने सुनेका थियौं भन्ने हुन्छ ।’
पहिरोले नोक्सानी गर्न लागेको तालको चिन्ता व्यक्त गर्दै गिठे धामी भन्छन, ‘यदि सरकारले तालको संरक्षण गथ्र्यो भने बरु हाम्रो छेडेदह क्षेत्रको जमिन पुरै सरकारलाई सुम्पिन्थ्यौं । सरकार पक्षले अलिकति राहत दिए पुग्छ ।’ यति भन्दा भन्दै पनि सरकारी निकाय तथा प्राकृतिक सम्पदा संरक्षण गर्ने निकायहरुले मौन बस्नु दुखको कुरा हो ।
सुदूरपहाडमा एउटै छेडेदह मात्र होइन ओझेलमा परेको यस्ता सयौं तालहरु, गुम्बाहरु, मठ मन्दिरहरु, दरबारहरु, झरनाहरु छन । पर्यटकीय क्षेत्र घोषणा गर्न लायकका सम्पदाहरु धेरै छन । कतै सरकार पक्षबाट ओझेलमा परेका छन त कतै स्थानीयबाट । सुदूरपहाडका जिल्लाहरुमा करिब अढाइ सय भन्दा कम छैनन्, आर्कषित प्राकृतिक सम्पदाहरु । करिब एक जिल्लाका एक दुईवटा स्थानहरु÷सम्पदाहरु बाहेक अरु ओझेलमा पर्दै आएका छन ।
जिल्लाले प्राकृतिक श्रोत साधन÷सम्पदाहरुलाई खोजी नगर्दा त्यो ठाउँमा पाइने जडिबुटी, पंक्षी, जनावरहरु, खनिज बस्तुहरु पनि ओइलिएका छन । त्यसको फाइदा तस्करहरुले प्रत्यक्ष रुपमा उठाइरहेका छन ।’ यसमा सरोकारवाला निकायहरुले ध्यान दिनु जरुरी छ ।
अपील
म आज भन्दा केही बर्ष अगाडि अर्थात २०६० समस्या परेकोमा सालतिर दक्षिण भारत केराला राज्यको वाइनाड जिल्लामा कारण बस त्यही नोकरी गर्ने एकजना नेपालीको कुटाइबाट मानसिक बिराम भएको । त्यहि बेला त स्वर्गीय दाजु शिक्षक श्री लक्षिमन ऐडीले उपचार गराइ ठीक भइ सकेको अवस्था थियो । बिरामी ठिक भैसकेपछि २०६१ साल बैशाखमा बिबाह गरिदियो । बिबाह पश्चात २०६४ साल चैत्रसम्म घर गृहस्थितिमा नै र कहिलेकाँही काम गर्न भारत गएर आफ्नो जीवन बिताइयो । त्यसपछि २०६५ साल बैशाख देखि गाउँकै बिद्यालयमा नीजि श्रोत शिक्षकमा काम गरे । सोही बर्ष जेठमा दाजुले यो संसारबाट बिदा लिएर जानु भयो । त्यसपछि मेरो दुःखमा साथ दिने आफ्नो भन्नु मान्छे कोही रहेन । अनि २०७० साल आषाढसम्म निरन्तर गाउँकै बिद्यालयमा अध्यापन कार्य गरे । फेरी गाउँलेहरुले मलाई हेप्न थाले । आ–आफ्नो मान्छे बिद्यालयमा राख्ने मेरो तलबमा बृद्धि नगर्ने भए । करिब ६ बर्षसम्म मासिक २ हजार तलबमा काम गरे । फेरी मलाई दिग्दार लाग्न थाल्यो ।
सो तलबले घर खर्च नै नचल्ने भयो । अनि सो नीजि श्रोतको नोकरी छोडी कम गर्न भनी पहिला गएकै ठाउँमा भारतको केराला राज्यको वायनाडा जिल्ला गएँ । त्यहाँ गैसकेपछि करिब ६ महिनासम्म एउटा रिसोर्टमा काम गरे । सोही बेला मैले केही काम गर्ने योजना वनाउन थाले । मसंग स्वर र कला छ रचना पनि गर्न पनि सक्छु । म गायक कलाकार पनि बन्न सक्छु । मैले गीत एल्बमहरु निकाल्नु पर्छ भन्ने भावना आफूमा जाग्यो त्यसपछि त्यसै बर्ष माघ महिनामा त्यहाँबाट घर फर्के । कञ्चनपुर जिल्लामै नयाँ गायक बन्ने किसिमका कलाकार साथीहरु खोज्न थाले तर कोही मिलेनन् । फेरी एक्लै आफू मात्रै गीतहरु रचना गरी बिभिन्न भाकामा महोत्सबमा कार्यक्रम, सभामा गाउन थाले । फेरी मलाई गाउने नशा बढ्न थाल्यो । फेरी सोच्न थाले गाएर मात्र भएन एल्बम निकाल्न त पैसा चाहिन्छ । अब गीत गाउँदै पैसा माग्नु प¥यो सो पैसाले घरखर्च धान्ने र एल्बम निकाल्ने ।
म अति भन्दा अति बोल्न थाले आफूलाई बोल्नमा कभर गर्न नसक्ने भए । फेरी दुइवटा असम्भब हुन थाल्यो । गीत गाएर पैसा माग्दा कि त घरखर्च मात्र चल्ने कि त एल्बम मात्रै निकाल्न हुने । मैले न घरपरिवार त्याग्न सके न एल्बम निकाल्ने धोको नै परित्याग गर्न सके । यसै क्रममा मलाई पुरानै मानसिक रोगको सुरुवात भयो । पछि त्यसै क्रममा छदाँ धेरै ठाउँमा अपमानित हुन पुगे । धेरै जसोले पागल भन्न थाले । अरुले आफूलाई पागल बनाउन खोजेको थाहा पाउन नसक्ने भए । फेरी सोही क्रममा छँदा २०७१ साल पौष महिनामा आफन्त भाउजुको “अश्लिल” शब्दको गालीबाट फेरी समस्या बढेर गयो । त्यसपछि मानसिक अवस्था असन्तुलन भएकै बेला २०७२ अषाढ श्रावणमा २ ठाउँमा कुटाइ खाएर फेरी समस्या बढ्न गयो ।
त्यसपछि मानसिक असन्तुलन भएकै बेला आफ्नो जन्मस्थान पुगे । त्यहाँ पुगेपछि आफन्त काका प्रधानाध्यापक मान बहादुर ऐडीले आफ्नो मान्छे भनेर दिमाग शान्त होलाकी भनेर २०७२ असोजदेखि स्वयं सेबकको नियुक्ती दिइ स्कुलमा राख्यो । केही महिनासम्म त दिमागले ठिक काम दिएको थियो । राम्ररी नै अध्यापन कार्य गरेपछि बिराम आफैं उब्जियो । उहाँकै कुरा काट्न थाले । उहाँले पनि २०७२ चैत्र ७ गते बिद्यालयको अफिसमै निम्न शब्द र बचनबाट मलाई मेरो मन मस्तिष्कमा चोट पुग्ने गरी धम्कायो । सो दिनदेखि मलाई मानसिक रोगले बिकराल रुप लियो । त्यो दिनदेखि बोल्न पनि छोडे फेरी केही ठाउँमा उपचार गराई सामान्य ठिक भएको थियो ।
२०७३ माघ २० गते बेलुकी ७ः३० बजे मसुरिया ७, बन्खेतबाट मसुरिया–५ आधिँखोला जाँदै गरेको लोकेन्द्र ऐडीको बिबाहको जन्ती बसमा मसुरिया–५ आधिखोला बस्ने लल्लो बोहराको छोरा सुनिल बोहरा (सोप्ले) ले मसुरिया–७ भगवनपुर (कैलाली जिल्लामा) गाउँमा जन्ती बसमा भएको बेला बस भित्र कुटपिट गर्दा टाउकोमा चोट लाग्यो । फेरी सो दिनदेखि मलाई मानसिक समस्या अझ बढेर गएको छ । नसाको समस्याले अहिले म बोल्न पनि सक्दैन । कहिले दिमागले काम दिन्छ कहिले दिमागले काम दिदैन । हाल मानसिक अस्पताल लगनखेल ललितपुरमा उपचार गराइरहेको छु । मेरो मानसिकता असन्तुलन भई काम गर्न नसक्ने भएकाले आवश्यक औषधी उपचार गर्न आर्थिक गरिदिन हुन तपाईहरु समक्ष अनुरोध गर्दछु । मलाई बचाई दिन हुन सानो सहयोगका लागि बिनम्र अनुरोध गर्दछु । त्यस अर्थ मैले लिखित भनाईलाई बिश्वास मानी थप उपचारार्थ सामान्य सहयोगको अपेक्षा गर्दछु ।
कमल बहादुर ऐडी
जिल्ला कैलाली उदासीपुर गाबिस
वडा नं २
सम्पर्क फोन ः ९७४९११६११७
मोफसल पत्रकारिता
जनहितका लागि कुशल पत्रकारिता गर्नुपर्छ
रिदम सिंह (समाचार प्रमुख)
घोडाघोडी एफएम, सुखड कैलाली
तपार्इंको पुरा परिचय पाउँ न ?
— मेरो नाम रिदम सिंह हो । मेरो घर बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका–१ कैलाशमा पर्छ र हाल ८८.३ मेगाहर्ज रेडियो घोडाघोडी एफएम सुखडमा समाचार प्रमुखको रुपमा काम गर्दै आएको छु ।
तपाईले किन पत्रकारिता पेशा रोज्नु भयो ?
— मलाई सानैदेखि नै आफूलाई लागेका कुराहरुको जिज्ञासा राख्ने बानी थियो । कुनै नयाँ कुरा कतै भएको सुने मात्र भनेपनि मलाई त्यस बिषयमा यथार्थ जानकारी सबैमा पु¥याउन पाएमा निकै सन्तुष्टि हुन्थ्यो । उसो त मलाई बिभिन्न सञ्चार माध्यामहरु सुन्न अनि राम्रो पत्रकार बनेर समाजको सेवा गर्ने इच्छा जाग्थ्यो । त्यसैले अध्ययनकै क्रममा म कैलाली छिरेपछि यो पेशामा आएको हुँ ।
कति समय भयो यस पेशामा लागेको ?
— मैले यो पेशा अँगालेको करिब अढाइ बर्ष जति भयो । पहिले पत्रिकामा गरे, पछिल्लो समयमा रेडियो तिर आएर समाचारमा काम गरिरहेको छु ।
कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ?
— म जनहितको लागि कुशल पत्रकारिता पेशा गर्न चाहन्छु । जसलाई बिहान बेलुकाको छाक टार्न पनि धौ धौ भइरहेको छ । तिनीहरुका आवाजलाई सम्बन्धित निकायमा पु¥याउने खालको पत्रकारिता पेशा गर्न रुचाउछु । अनि देशको समसामयिक अवस्था, बालबालिका, महिला, पिछडिएको बर्ग, दलितहरुका दबिएका आवाजलाई बाहिर ल्याउने खालका कुराहरुमा पत्रकारिता गर्न मन पर्छ । साथै आर्थिक मुद्धामा हेर्ने हो भने पनि समग्रमा म देशको न्याय, समृद्धि, तथा देश बिकासका लागि सहयोग पुग्ने खालको पत्रकारिता गर्दछु ।
पत्रकारितामा त धेरै समस्याहरु छन भन्छन नि, कस्ता खालका समस्याहरु पाउनु भयो ?
— हो समस्या एउटा पत्रकारितामा मात्र हैन सबै क्षेत्रमा समस्या छ । तर पत्रकारिता बिषय आफैंमा एउटा जटिल बिषय भएकाले पनि यसमा थप समस्याले गाँजिएको हो । झुटा समाचार सम्प्रेषण गर्ने, कसैको जीवनमा गलत आक्षेप लाग्ने खालको कुरा राखेमा अवश्य पनि समस्या हुन्छ । तर पनि हामी पत्रकार हो जे देख्यो त्यही लेख्यो भन्छौं अनि कसैको आड भरमा समाचार नलेखी आफैंले सत्यतथ्य के हो पत्ता लगाएर समाचार सार्वजनिक ग¥यो भने समस्या छैन । मेरो सन्र्दभमा भन्ने हो भने मैले अहिलेसम्म त्यस्तो समस्या भोगेको छैन तर एक पटक काठमाण्डौंमा बिप्लपले साझा बसमा आगजनी ग¥यो भन्ने समाचार मैले सार्वजनिक गर्दा एक पक्षबाट धम्की आएको थियो अरु भने त्यस्तो अहिलेसम्म केही भएको छैन ।
मोफसलमा काम गर्ने पत्रकारहरुका त यो भन्दा पनि बढी समस्याहरु छन भन्ने गरिन्छ नि !
— हैन समस्या त आउन सक्छन । समस्या कुनै पनि सामान्य हँुदैन तर समस्यालाई समाधान गरेर अगाढी बढ्न सक्नु पर्छ । तपाईलाई म के भन्छु भने पाईला चलाउनु पनि एक समस्या हो तर अगाडी बढ्नका लागि त पाईला चाल्न सक्नु प¥यो हैन । तब पो सफलतामा पुग्न सकिन्छ । त्यसकारण म के भन्छु भने समस्या जस्तो काममा पनि हुन सक्छन र ती समस्याको समाधान गर्नु हामी सबैको दायित्व हो ।
कैलाली जिल्लामा पत्रकारिताको बिकास कत्तिको भएको छ ? र यस जिल्लाको पत्रकारितामा समस्याहरु के कस्ता छन ?
— पछिल्लो समय कैलाली जिल्लामा पत्रकारिताको जति बिकास हुनु पर्ने हो त्यो हुन सकेको अवस्था छैन । कैलाली जिल्ला सुदूरपश्चिमकै जति बिकास भएको छ त्यति पत्रकारिता पेशाको बिकास हुन सकेको छैन । कैलालीकै सन्दर्भमा भन्ने हो भने पनि आज घटेका घटनालाई पनि दुई चार दिनपछि मात्र जानकारी हुने लागायतका समस्या अझै छन् । तरपनि पछिल्लो नेतृत्व एकदमै कुशल व्यक्तिको हातमा छ । बिभिन्न खालका समस्याबाट अवश्य पनि कैलाली जिल्लाको पत्रकारिता पेशा मुक्त हुनेछ भन्ने मलाई लाग्छ ।
मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ?
— नेपाल सरकारले सबैभन्दा पहिला त अन्य कर्मचारी जस्तै सेबा सुबिधा दिनुपर्छ । अर्काे, पत्रकारहरुलाई पनि एउटा सरकारी कर्मचारी नै सम्झेर अन्य पेशामा आबद्ध कर्मचारीले जस्तै सेबा सुबिधा दिनु पर्छ भन्ने मेरो भनाई हो ।
मोफसलमा काम गर्ने पत्रकारहरुका समस्या समाधानका लागि नेपाल पत्रकार महासंघले कत्तिको भुमिका खेलेको पाउनु भएको छ ?
— अब पत्रकार भैसकेपछि एउटा पत्रकारको पीडा अर्काे पत्रकारले नबुझेमा अर्थात पत्रकारहरु माथि परेका समस्यालाई त हेर्नै पर्छ, हैन ! मलाई लाग्छ की पत्रकारलाई समस्या पर्दा महासंघले आवाज उठाउनु पर्छ र उठाइरहेको पनि छ ।
सञ्चारकर्मीहरुका बैचारिक संगठनहरुले मोफसल पत्रकारका समस्या समाधानका लागि कस्तो भुमिका खेलेको पाउनुहुन्छ ?
— मलाई त्यसप्रति खासै बिश्वास त लाग्दैन तर पनि के भने समस्या परेको बेला केही आवाजहरु उठाउने अर्थात संगठनले बोल्ने कुरा हो । सहयोग भन्ने कुरा हुन्छ अब संगठनका पत्रकारहरुलाई समस्या पर्दा संगठनले बोल्नु पनि पर्छ । तर कैलालीमा भने संगठनहरुले खासै वास्ता गर्दैनन् । चुनाबको आसपास भने चिल्लापिरा कुरा गर्छन । त्यति हो । अगाडि पछाडि भने संगठन प्रमुखहरु चिन्दैनन् अरु पत्रकारलाई ।
तपाइको विचारमा पत्रकारिता के हो ?
— मेरो बिचारमा पत्रकारिता भनेको समाज सुधार गर्ने माध्यम हो । पत्रकारिता नेपालको सन्दर्भमा हेर्न हो भने एउटा त्याग र बलिदान हो भन्छु किनकी पत्रकारितालाई राष्ट्रको चौथो अङ्ग भनेर आदर्शका सिद्धान्त बाड्ने तर ब्यबहारमा एउटा सामान्य व्यक्तिको जस्तो व्यबहार नगरिएपछि यो बलिदान नै त हो होइन र ? तपाईलाई म उदाहरण दिउँ कतिपय मिडिया क्षेत्रमा काम गर्ने साथीहरु दिन रात नभनेर काममा खटिएका हुन्छन् तरपनि उनीहरुको कामको सम्मान हुँदैन । अनि त्यो पेशाबाट कतिपय साथीहरु बिलिन हुन्छन् । यस्तो संञ्चारकर्मी प्रतिको ब्यवहार छ भने यो त्याग र बलिदान नभएर के हो ? त्यसैले पत्रकारिता पनि एउटा त्याग र बलिदान हो ।
कति कमाउनु भयो त पत्रकारिता पेशावाट ?
— कमाउने कुरा त त्यस्तै हो सर । हुन त म यो क्षेत्रमा आबद्ध भएको त्यति धेरै लामो समय त भएको छैन । कमाउने भन्नेमा म रेडियो आबद्ध भएकोले पनि यो रेडियोकर्मी रहेछ है भन्नेहरुलाई कमाएको छु । अनि केही मात्रामा मेरो आबाजलाई मन पराउने स्रोताहरु कमाए, त्यो नै हो अहिलेसम्म कमाएको सम्पत्ति यो पेशाबाट । पैसा भने कमाएकै छु खान बस्न पनि नपुग्ने ।
नेपालको पत्रकारिता क्षेत्र दिनप्रतिदिन बद्नामित हुँदै गएको छ, पाठक वर्गले समाचारको बिश्वासनीयताप्रति प्रश्न उठाउन थालेका छन, सञ्चारकर्मीहरु पनि गैर कानुनी क्रियाकलापमा संलग्न भएका छन भन्ने आरोप पनि लाग्न थालेको छ, तपाँईको क्षेत्रतिर कस्तो छ ?
— हो, धेरै पत्रकार साथीहरु पत्रकारको खोल ओढेर भित्र राजनिति गर्ने हैन आफ्नो पार्टीको मात्र बडाई चडाई गर्ने गरेको पनि पाईन्छ । यो देश भरीकै समस्या हो । कैलालीमा पनि कतिपय पत्रकारहरु गैर कानुनी काम गर्नमा प्रतिस्पर्धा गर्छन ।
तपाई त लाग्नु भा छैनन् होला नि यस्ता कुरामा !
— हेर्नुस्, म दबिएकाहरुका आबाज बाहिर ल्याएर सम्बन्धित ठाउँसम्म पु¥याउने काममा जहिले पनि कठिबद्ध भएर लागेको छु र यस्ता बिबिध कुराहरु मेरो मनमा केही छैनन् र म यस्ता कुरालाई आबश्यक पनि ठान्दिनँ । यस्ता कुरामा लाग्नु भनेको गैर कानुनी काम हो । यस्तो काम गर्ने कुनै क्षेत्रमा पनि लामो समयसम्म टिक्न सक्दैन । मलाइ यस्ता मान्छे देख्यो भने सहन पनि सक्दैन ।
यसमा सुधारका लागि के गर्नु पर्छ जस्तो लाग्छ ?
— यसको सुधारका लागि सम्पूर्ण मोफसलमा काम गर्ने पत्रकारहरु एकजुट भएर अगाडि बढ्न जरुरी छ । त्यस पछि सुधार्न सकिन्छ ।
मोफसल पत्रकारिता क्षेत्रमा सुधारका लागि तपाई नेपाल सरकारलाई के सुझाव दिन चाहानुहुन्छ ?
— नेपाल सरकारलाई के भन्न चाहन्छु भने अब पत्रकारहरुलाई राष्ट्रको चौथो अंग भनेर मात्र हुदैन, पत्रकारहरुलाई पनि अरु कर्मचारीहरुले जस्तै सेबा सुबिधा दिईनु पर्छ । सत्य, तथ्य, समाचार बाहिर ल्याउँदा पत्रकारहरु जोखिम मोलेर ल्याउछन् । यदि त्यस क्रममा पत्रकारहरुको कुनै अंगभंग भएमा त्यसको औषधी उपचार तथा अन्य बिभिन्न कुराको ग्यारेन्टी सरकारले लिनु पर्छ । साथै रेडियो क्षेत्रमा काम गर्ने साथीहरुको लागि मापदण्ड तोकिनु पर्छ । श्रमको सम्मान गर्ने ऐनको आबश्यक छ ।
अन्त्यमा भन्नै पर्ने कुनै कुरा छुटे जस्तो लागेको छ कि ?
— पत्रकारिता पेशालाई कसैले पनि बदनाम नगरौं । सत्य, तथ्य समाचार मात्र बाहिर ल्याउने काम गरांै र कुनैपनि राजनीतिक खोल ओढेर पार्टीका मात्र चिल्ला कुरा हैन असहाय, दुखी, पीडित तथा देश बिकास, आर्थिक बिकासका लागि काम गरांै भन्न चाहन्छु ।
समय र बिचारका लागि धन्यबाद ।
— धन्यबाद । मेरा बिभिन्न बिचारलाई पाठकहरु समक्ष पु¥याउने कोसिस गर्नु भएकोमा आत्मीय मित्र भूमिराज जोशी र बिम्ब नेपाली साप्ताहिक परिवारलाई धन्यबाद । नमस्कार ।
लोकसेवा आयोगको तयारीका लागि उपयोगी
१. UNEP को स्थापना कहिले भएको हो ? - सन् 1972
२. लामोसाघु-रामेछाप सडकलाई के नामाकरण
गरिएको छ
? - पुष्पलाल राजमार्ग
३
तलका
कुन कुन भनाई सहि छन ?
१ कोशि नेपालको सबैभन्दा लामो नदी हो .
२.रोल्वालिङ हिमश्रृङ्खला दोलखामा पर्दछ ।
३.रामेछापको ठोसे फलामको लागि प्रसिद्ध छ । -२ र ३ सहि १ गलत
२.रोल्वालिङ हिमश्रृङ्खला दोलखामा पर्दछ ।
३.रामेछापको ठोसे फलामको लागि प्रसिद्ध छ । -२ र ३ सहि १ गलत
४. जोडा मिलाउनुहोस ।
1) खिम्ती a) 22100 KW -
2) थामे b) 600 KW
3) चिलिमे c) 60000 KW
4) पुवाखोला d) 6200 KW -1-c, 2-b, 3-a, 4-d
1) खिम्ती a) 22100 KW -
2) थामे b) 600 KW
3) चिलिमे c) 60000 KW
4) पुवाखोला d) 6200 KW -1-c, 2-b, 3-a, 4-d
५. पृथ्वीवाट देखिने
सवैभन्दा चम्किलो तारा कुन हो ?
- सिरिअस
६. सगरमाथा चढ्ने प्रथम पत्रकार कुन हुन ?
- स्टाइन एसिन
७. शान्त प्रातकालको देश
भनेर कुन देशलाई चिनिन्छ ?
- दक्षिण कोरिया
८. बौद्ध धर्मका अष्टाङ्गिक मार्गमा नपर्ने देहायका मध्ये कुन हो ? -सम्यक प्राप्ति
९. छ महिना घरमा छ महिना
बनमा बस्ने जाति कुन हो ? -वनकरिया
१०. झुठो बोलेको पत्ता
लगाउन प्रयोग गरिने मेसिनको नाम के हो ? -पोलिग्राफ
११. तलका भनाई विचार गर्नुहोस..!!
1. राणालाई A,B र C मा विभाजन गर्ने चन्द्रसम्सेर हुन ।
2. A र B श्रेणीका राणाहरुले मात्र प्रधानमन्त्री पद पाउँथे ।
3. C श्रेणीका राणाहरु काठमाण्डौमा वस्न पाउदैनथे ।
4. रुन्चे प्रधानमन्त्री भनेर पद्म सम्सेरलाई भनिन्छ । - 1 र 4 मात्र सहि
1. राणालाई A,B र C मा विभाजन गर्ने चन्द्रसम्सेर हुन ।
2. A र B श्रेणीका राणाहरुले मात्र प्रधानमन्त्री पद पाउँथे ।
3. C श्रेणीका राणाहरु काठमाण्डौमा वस्न पाउदैनथे ।
4. रुन्चे प्रधानमन्त्री भनेर पद्म सम्सेरलाई भनिन्छ । - 1 र 4 मात्र सहि
१२. बेलायतमा जनमतसंग्रह कहिले भयो? -जुन 23 ,2016
१३. वाणिज्य रणनीति नपर्ने कुन कुन हो??
1. व्यापार सहजिकरण तथा संस्थागत सुदृढीकरणको माध्यमवाट कारोवार लागत घटाउने ।
2. आपुर्तिजन्य क्षमता सुदृढीकरण गर्दै व्पापार घाटा कम गर्ने ।
3. निर्यात जन्य सेवा क्षेत्र हरुको क्षमता अभिवृद्धि गर्ने ।
4. पर्यटन व्यवसाय फस्टाउने - 4 गलत
1. व्यापार सहजिकरण तथा संस्थागत सुदृढीकरणको माध्यमवाट कारोवार लागत घटाउने ।
2. आपुर्तिजन्य क्षमता सुदृढीकरण गर्दै व्पापार घाटा कम गर्ने ।
3. निर्यात जन्य सेवा क्षेत्र हरुको क्षमता अभिवृद्धि गर्ने ।
4. पर्यटन व्यवसाय फस्टाउने - 4 गलत
१४. Sulphone therapy कुन रोगको उपचारको
लागी गरिन्छ?? - कुष्ठरोग
१५. लिच्छवीकालमा 'युक्त पुरूष' भनेको के हो??
- युद्धमा विजयी भई वा अन्य कारणले
प्राप्त हुन आएका सम्पत्तीहरुको लेखा राख्ने पदाधीकारी
१६. पुनर्निर्माण सम्मेलन सरकारले कहिले
आयोजना गर्यो??
- 2072 असार 10
१७ AIIB वैङ्कको वारेमा तलको
कुन भनाई सहि छन ?
1.बैकमा चिनको सवैभन्दा बढि शेयर लगानी छ ।
2. बैङ्क 2015 को अक्टोबरबाट सञ्चालनमा आयो ।
3. नेपाल यस बैकको संस्थापक राष्ट्र हो । - १ र ३ मात्र सही
1.बैकमा चिनको सवैभन्दा बढि शेयर लगानी छ ।
2. बैङ्क 2015 को अक्टोबरबाट सञ्चालनमा आयो ।
3. नेपाल यस बैकको संस्थापक राष्ट्र हो । - १ र ३ मात्र सही
१८. 2073/74 को बजेट कार्यक्रम अनुसार हाई
अल्टिच्युड स्पोटिङ्ग सेन्टरको
स्थापना कुन जिल्लामा गर्न भएको छ ?
- मुस्ताङ र सोलुखुम्बु
१९. आसियनमा नपर्ने राष्ट कुन हो ?
- श्रीलंका
२०. ईसिमोडमा नपर्ने राष्ट कुन हो ? (दिएका मध्ये) -माल्दिभ्स
२१. जोडा मिलाउनुहोस..(सही जोडा)
1) मरूभूमि विहीन a) अष्ट्रेलिया
2) मानव विहिन b) अफ्रिका
3) सक्रिय ज्वालामुखी विहिन c) युरोप
4) चिसो हावापानी विहीन d) अन्टाकर्टिका -1-c, 2-d, 3-a, 4-b
1) मरूभूमि विहीन a) अष्ट्रेलिया
2) मानव विहिन b) अफ्रिका
3) सक्रिय ज्वालामुखी विहिन c) युरोप
4) चिसो हावापानी विहीन d) अन्टाकर्टिका -1-c, 2-d, 3-a, 4-b
२२. ज्याक कुन खेलसँग सम्बन्धित
छ ? -क्रिकेट (11 औ नम्वरको खेलाडी लाई भनिने)
२३. फ्रान्स राज्यक्रान्तिलाई अर्को के
नामले चिनिन्छ ? -बौद्धिक क्रान्ति
२४. सहिद गेट मा रहेका चार सहिदको मुर्ती
वनाउने डिजाइन को हुन ? -रत्न बहादुर तुलाधर
२५. तलको कुन भनाई सहि छ/ छन ?।
1. नेपालमा कुल अपाङ्गको शारीरिक अपांग 36.32% रहेका छन ।
2. नेपालका दुई जिल्ला सदरमुकाममा अझै बाटो पुगेको छैन । -दुवै ठिक
1. नेपालमा कुल अपाङ्गको शारीरिक अपांग 36.32% रहेका छन ।
2. नेपालका दुई जिल्ला सदरमुकाममा अझै बाटो पुगेको छैन । -दुवै ठिक
२६. तलका मध्ये कुन भनाई गलत छ ?
1. विलासपुर मन्दिर भनेर पाटनको कृष्ण मन्दिरलाई भनिन्छ ।
1. विलासपुर मन्दिर भनेर पाटनको कृष्ण मन्दिरलाई भनिन्छ ।
2. नेपालको पहिलो पटचित्र भैरवानन्द हो ।
3. प्यागोडा शैली जापान वाट शुरु भएको हो ।
4. कुमार नरसिंह राणाले नारायणहिटिको डिजाईन गरेका हुन -1
3. प्यागोडा शैली जापान वाट शुरु भएको हो ।
4. कुमार नरसिंह राणाले नारायणहिटिको डिजाईन गरेका हुन -1
२७. जोडा मिलाउनुस होस
1) लोपोन्मुख a) कुमाल
1) लोपोन्मुख a) कुमाल
2) अतिसिमान्तकृत- b) याक्खा
3) सिमान्तकृत c) राजी
4) सुविधा वञ्चित d) माझी -1-c, 2-d, 3-a, 4-b
3) सिमान्तकृत c) राजी
4) सुविधा वञ्चित d) माझी -1-c, 2-d, 3-a, 4-b
२८. जोडा मिलाउनुहोस
1) दुधमती a) कर्णाली –
2. घाँघरा
b) पुर्वी राप्ती
3. एकैनामले दुईतिर वग्ने c) लिपु लेक
4.महाकाली d) राप्ती -1-b, 2-a, 3-d, 4-c
3. एकैनामले दुईतिर वग्ने c) लिपु लेक
4.महाकाली d) राप्ती -1-b, 2-a, 3-d, 4-c
२९. तलका मध्ये कुन कुन भनाई सहि छन ।
1.हरेक वर्ष फेब्रुअरी 2 लाई विश्व सिमसार दिवश मनाईन्छ
2. नेपालको बिसहजारी ताल रामसार सुचिमा सुचिकृत छ ।
3.रामसार महासन्धीको लागी नेपालको तर्फवाट प्रशासकीय अख्तियारी प्राप्त निकाय राष्ट्रीय निकुन्ज तथा वन्यजन्तु आरक्ष विभाग हो
4.नेपालले 1987 डिसेम्वर 17 मा रामसार सुचिमा हस्ताक्षर गर्यो। - 1,2,3 मात्र सहि
2. नेपालको बिसहजारी ताल रामसार सुचिमा सुचिकृत छ ।
3.रामसार महासन्धीको लागी नेपालको तर्फवाट प्रशासकीय अख्तियारी प्राप्त निकाय राष्ट्रीय निकुन्ज तथा वन्यजन्तु आरक्ष विभाग हो
4.नेपालले 1987 डिसेम्वर 17 मा रामसार सुचिमा हस्ताक्षर गर्यो। - 1,2,3 मात्र सहि
३०. ईमेल जन्मदाता को हुन् ?
- रे टेमिल्सन
साहित्य÷सृजना
गजल
नैतिकता र मानवता हराएको देख्छु ।
आफ्नो मान्छे पराईसंग डराएको देख्छु ।।
पर्खाल हाल्न छैन राजी किन नेपाल आमा,
पराईले देशको सीमा सराएको देख्छु ।
नेपालीले नेपालीपन बेचे बेचे जस्तो,
बेचेकालाई किनेकाले अ¥हाएको देख्छु ।
राष्ट्रियता, स्वतन्त्रता छैन स्वावलम्वन्,
उही मान्छे आज धेरै कराएको देख्छु ।
पर्छन शरण, ढोगै गर्छन स्वाभिमान गुम्दा,
मेची–काली आफ्नै मान्छे चराएको देख्छु ।
सुनको चरी हाम्रो देश शुशोभित कति ?
उचाई अटल हिमालको झराएको देख्छु ।
आफ्ना छाडी पराईलाई चुम्वन गर्ने वानी,
आजभोलि हाम्रो चिना हराएको देख्छु ।
हर्क बोहरा
धनगढी
ए नारा’न,
ए नारा’न,
यहाँ पनि सत्ताकै खेल
ए नारा’न,
यहाँ पनि भत्ता कै खेल
दिनभरिको नूनको सोझो साधु,
साँझ परेसि त हामी एनआरएन
आरएन भएनि एनआरएन भएनि
लत्ता, भत्ता, र सत्ताको खेल ।
ए नारा’न,
यहाँ पनि जत्थाको खेल
ए नारा’न,
यहाँ पनि आत्थाको खेल
हप्ताभरि सोझा, त्यागी, परिश्रमी
हप्तान्तमा त हामी एनआरएन
आरएन भएनि एनआरएन भएनि
आत्था ! मत्ता जत्थाको खेल ।
ए नारा’न,
यहाँ पनि सत्ताकै खेल
ए नारा’न,
यहाँ पनि भत्ता कै खेल ।
कुमार सिंखडा
एनआरएन जापान
सूचना/सन्देश/बिज्ञापन
No comments:
Post a Comment