गरिबी, अन्याय, अत्याचार, भ्रष्टाचार, अशिक्षा, जातीय भेदभाव हाम्रा शत्रु हुन् । यसका विरूद्ध सबै सचेत, सजग र क्रियाशील रहनु पर्दछ ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग
मुख्य समाचार
डोटीमा २७ सडक पुल निर्माण प्रक्रियामा
आचार संहिताले बाँध्यो सरकारलाई
भौतिक पूर्वाधार तथा यातायात मन्त्री बिरवहादुर बलायरले डोटी जिल्लामा २७ सडक पुलहरु निर्माण हुने बताएका छन ।
नेपाल प्रेस युनियन डोटी शाखाद्वारा शनिवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बलायरले सो कुरा बताएका हुन । “बिपिनगर–गड्सेरा सडकमा पाँच पुल निर्माण हुने गरि तयारी भईरहेको छ’ मन्त्री बलायरले भने ‘धनगढी–दिपायल फास्ट ट्र्याकमा नौ र बोगटान सडकमा नौ सडक पुल निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेको छ ।’ उनले दिपायल–मेल्लेक–पातिहाल्ने सडक अन्तरगत साईली गाडमा दुई पक्की पुल निर्माणका लागि प्रक्रिया अगाडि बढेको समेत जानकारी गराए । उनले भने “गण्डीगाड–सोकट सडकमा एक पुल र नारीदाङ– तिखात्तरमा एक पुल निर्माण हुनेछ ।”
मन्त्री बलायरले धनगढी–दिपायल फास्ट ट्र्याकको काम दु्रतगतिमा अगाडि बढिरहेको बताउँदै भने ‘अव यो सडक धनगढी दिपायल मात्र नभएर धनगढी–दिपायल–चैनपुर–ताक्लाकोट सडक भएको छ ।’ उनले आफ्नो प्राथमिकतामा यो सडक रहेको वताए । उनले फास्ट ट्र्याकलाई चिनको ताक्लाकोटसम्म जोड्नका लागि आफुले चिनियाँ पक्षसंग पनि छलफल गरिरहेको बताए ।
भुमिगत सडकमा जोड्
मन्त्री बलायरले भुमिगत सडक निर्माणका लागि आफ्नो प्राथमिकता रहेको वताए । उनले भने ‘भुमिगत सडकहरु निर्माण गर्दा यात्रा छोटो र सुरक्षित हुन्छ र डाँडाहरु नाङ्गा बनाईराख्नु पनि पर्दैन ।’ दातृ निकायहरुले पनि भुमिगत सडक “टनेल” सडकमा चासो देखाएको बताउँदै बलायरले आफ्नो प्राथमिकताको बिषय पनि टनेलनै रहेको बताए । ‘मेरो पालामा सवै काम होला वा नहोला तर म टनेल निर्माण गर्ने कुरालाई संस्थागत रुपमा स्थापित गरेर जाने प्रयासमा छु’ बलायरले भने ‘सोही अनुसार मैले बिभागलाई निर्देशन गरेको छु ।’
आक्रामक शैलीमा आचार संहिता
मन्त्री बलायरले आगामी मंसिरमा हुने निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको आचार संहिताले सरकारलाई बाँधेको बताए । उनले भने ‘संबैधानिक आयोगले गरेको निर्णय सरकारको मन्त्री भएको हैसियतले मैले मान्नु पर्छ तर आचार संहिता कहिले देखि लागु हुने भन्ने निश्चित हुनु पर्छ ।’ उनले सरकारलाई बाँधेर निर्वाचन हुन नसक्ने बताए । सरकारसंग कुनै छलफलनै नगरि आचार संहिता लागु भएको घोषणा गरिएको छ’ मन्त्री बलायरले भने ‘यसरी आक्रामक शैलीमा आचार संहिता आएको छ, जसका बारेमा जनतालाई समेत जानकारी छैन ।’ आयोगले एकलौटी गरेको मन्त्री बलायरको आरोप छ ।
पश्चिम सेती परियोजनामा जनतालाई जिस्काए जस्तो
लामो समयदेखि पश्चिम सेती जलबिद्युत परियोजनाको बिषयमा कुरा उठ्दै आएको तर निर्माण हुन नसकेको कारण स्थानीयबासीहरुलाई जिस्काए जस्तो भएको मन्त्री बलाएरले बताएका छन । केही दिन अगाडि पश्चिम सेती जलबिद्युत परियोजनाको सव स्टेसनका लागि स्थानीयबासीहरुले जमिन नदिने निर्णय गरेको भन्दै सञ्चारकर्मीहरुले सोधेको जिज्ञासामा मन्त्री बलायरले भने ‘परियोजना बन्ने ग्यारेण्टी हुन्छ भने स्थानीयबासीले जग्गा दिन्न भन्ने सवालै उठ्दैन ।’ उनले जवसम्म पश्चिम सेती जलबिद्युत परियोजना निर्माण हुने ग्यारेण्टी हुँदैन तवसम्म स्थानीयबासीहरुले बिश्वास नगर्ने बताए । मन्त्री बलायरले पश्चिम सेती परियोजनाको निर्माणका लागि आफुले चिनियाँ राजदुतसंग छलफल गरेको बताए ।
खाँदाले खादिए मन्त्री
सुदूरपश्चिमका सडकहरुको अवलोन गर्न आएका मन्त्री बलायरलाई गृह जिल्ला डोटीमा भव्य स्वागत गरिएको छ । शनिवार बिहान उनलाई नेपाल प्रेस युनियन डोटी, डोटी उद्योग बाणिज्य संघ, शैलेश्वरी यातायत व्यवसायी समिति, उग्रतारा यातायत व्यवसायी समिति, डडेल्धुरा सार्वजनिक यातायत समिति लगायतका निकायहरुले गरेको स्वागत तथा शुभकामना कार्यक्रममा खादा ओडाईएको थियो । यस्तै दिउसो शिखर नगरपालिकाले उनलाई खाँदा ओडाएर सम्मान गरेको थियो ।
शुक्रबार साँझ डोटी पुगेका बलाएरलाई स्थानीयले बाजागाजा र अविर सहित स्वागत गरेका थिए ।
दिपायल राजधानीका लागि आफु अडिक
मन्त्री बलायरले प्रदेश नं. ७ को राजधानी दिपायल हुनु पर्ने कुरामा आफु अहिले पनि अडिक रहेको वताएका छन । उनले भने ‘प्रदेशको राजधानी कहाँ रहने भन्ने बिषयमा सम्वन्धित प्रदेशसभाको दुई तिहाई बहुमतले निर्णय गर्ने संबैधानिक व्यवस्था छ त्यसैले मैले अहिलेनै यस्सै हुन्छ भन्न सक्दिनँ ।’ उनले आफु अहिले पनि प्रदेशको राजधानी दिपायल हुनु पर्ने कुरामा अडिक रहेको प्रष्ट पारे । उनले भने ‘मेरो प्रयास सफल होला वा नहोला त्यो बेग्लै कुरा भयो तर मेरो प्रदेश नं. ७ को राजधानी दिपायल हुनु पर्ने अडान अहिले पनि कायम छ, म अन्तिम सम्म पनि दिपायलका लागि लाग्नेछु ।
प्रदेश नं. ७ को राजधानी कहाँ हुने भन्ने बिषयमा अहिले यस क्षेत्रमा बहस चलेको छ ।
सम्पादकीय
गाउँ/नगर सभा व्यवस्थापकीय अभ्यास हो
अहिले गाउँगाउँमा स्थानीय तहका सभाहरु भईरहेका छन । बिगतमा हामीले गरेको अभ्यास अनुसार गाउँ परिषद् वा नगर–परिषद्हरु अहिले शाव्दिक रुपमा गाउँ सभा वा नगर सभा भएका छन । पञ्चायतकालीन गाउँ पञ्चायत÷नगर पञ्चायतहरुलाई प्रजातान्त्रिक कालमा गाउँ बिकास समिति÷नगरपालिका भनियो । अहिले गणतान्त्रिक कालमा गाउँ पालिका र नगरपालिका भए । व्यवस्था परिबर्तन हुँदा हामीले नाम त फेर्दै आयौं तर हाम्रा व्यवहार, शैलीमा कुनै परिवर्तन भएन । अहिले पनि त्यस्तै देखिएको छ ।
बिगतका गाउँ परिषद् वा नगरपरिषद्हरुको अभ्यास यसरी भयो कि हामीले स्थानीय व्यवस्थापकीय अधिकार प्रयोग गर्न सकेनौं । यद्यपी संबैधानिक रुपमा २०७२ सालको संबिधान भन्दा अगाडिका संबिधानहरुले स्थानीय निकायहरुलाई पहिचान दिएको थिएन तर स्थानीय स्वायत्त शासन ऐन, २०५५ ले स्थानीय निकायलाई व्यवस्थापकीय अधिकार दिएकै थियो । तर त्यो व्यवस्थापकीय अधिकार २०५४ सालमा चुनिएका प्रतिनिधिहरु र २०५९ साल यताको जिम्मेवारी सम्हालेकाहरुले प्रयोग गर्न सके । गाउँ/नगरपरिषद्का नाममा हुल जम्मा ग¥यो, आफ्नो पक्षको नेता बोलायो, पानसमा बत्ती बाल्न लगायो, पट्यार लाग्दो भाषण ग¥यो अनि परिषद् सम्पन्न भयो । परिषद्मा मलाई आशन ग्रहण गराएन, मैले भाषण गर्न पाएन, मैले व्याच पाएन, मैले नास्ता पाएन यस्तायस्तै कुरामा बिरोध हुने ग¥यो । त्यो भन्दा अलि फरक रुपमा हेर्ने हो भने मेरो गाउँको कुलो बनेन, मेरो गाउँको बिद्यालयमा बजेट परेन वा कम प¥यो यस्ता यस्तै कुरामा छलफल भयो ।
आज पनि त्यही नियति दोहोरिएको छ । आज पनि गाउँ/नगरसभाहरु पुरानै शैलीमा भईरहेका छन । पानसमा बत्ती बाल्नेहरु तामझामका साथ आउँदै छन्, आशन ग्रहण गर्न पाएन भनेर झगडा हुन थालेको छ, बजेट परेन भनेर गाली गरिदैछ । उही व्यवहार, उही अवस्था, सुधार खै त ?
संबिधान अनुसार सत्ता सञ्चालनका तीन तह छन । संघ, प्रदेश र स्थानीय तह । तीनवटै तहमा कार्यपालिका छ र व्यवस्थापिका छ । गाउँ÷नगरसभाहरु स्थानीय व्यवस्थापिका हुन । व्यवस्थापिकाको सुरुवात हुँदा पानसमा बत्ती बालेर उद्घाटन हुँदैन न त व्यवस्थापिकामा कुनै बाह्य व्यक्तिलाई आशन ग्रहण गराईन्छ । बिशेष परिस्थितिमा बाहेक व्यवस्थापिकामा कुनै वाह्य व्यक्तिलाई भाषण गर्न लगाईदैन । त्यहाँ नीतिको बारेमा, कार्यक्रमको बारेमा, रणनीतिको बारेमा, योजनाको बारेमा, बजेटको बारेमा छलफल हुन्छ । जनताले चुनेर पठाएका प्रतिनिधिहरुले जनताको पक्षमा कानुन बनाउने काम हुन्छ ।
त्यही अधिकार छ गाउँ÷नगर सभाहरुलाई । तर, किन उद्घाटनको नाममा यत्रो तामझाम गर्नु प¥यो ? किन, पानस चाहियो ? किन आशन चाहियो ? किन भाषण चाहियो ? यदि व्यवहारमा हामी परिवर्तन ल्याउन नसक्ने हो भने किन किन शव्दमा मात्रै खेलिरहनु प¥यो ? भोली संघीय व्यवस्थापिकामा मलाई आशन ग्रहण गराएन भनेर कुनै संगठनको व्यक्तिले बिरोध गर्न पाउने कि नपाउने ? यदि नपाउने हो भने स्थानीय व्यवस्थापिकामा किन यस्तो गरिदैछ ? जे बिषयमा, जसका बिचमा छलफल हुनु पर्ने हो त्यसमा कुनै वास्ता छैन, काठमाण्डौं फोन गरेर “बत्ती बाल्न आउनुहोस्’ भन्नमै हतार छ । के यही हो त व्यवस्थापकीय अभ्यास ? केही यही हो त “सिंह दरबार” को गाउँ गाउँमा भनेको ?
त्यसैले बत्ती बाल्ने काम बन्द गरिनु पर्छ र व्यवस्थापिकालाई व्यवस्थापकीय मापदण्डका आधारमा सञ्चालन हुन दिनु पर्छ ।
थप समाचार
७ नं. प्रदेशसभा ५३ सदस्यीय हुने
निर्वाचन क्षेत्र निर्धारण आयोगले बुधवार सरकारलाई आफ्नो प्रतिवेदन बुझाएसंगै प्रदेश नं. ७ को प्रदेशसभा ५३ सदस्यीय हुने भएको छ । सभामा प्रत्येक्षतर्फबाट ३२ र समानुपातिकतर्फवाट २१ सदस्य रहनेछन ।
आयोगले सरकारलाई बुझाएको प्रतिवेदन अनुसार प्रदेश नं. ७ बाट संघीय प्रतिनिधि सभाका लागि प्रत्येक्ष निर्वाचन प्रणालीतर्फ १६ निर्वाचन क्षेत्र हुनेछन । कैलालीमा पाँच, कञ्चनपुरमा तीन र अछाममा दुई अन्य ६ जिल्लाहरुमा एक÷एक क्षेत्र कायम भएका छन । यसअघि दुई निर्वाचन क्षेत्र रहेका डोटी, बझाङ्ग र बैतडीलाई एउटै क्षेत्रमा झारिएको छ ।
संबिधानको धारा १७६ को उपधारा १ को खण्ड (क) अनुसार सम्बन्धित प्रदेशबाट प्रतिनिधि सभामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम निर्वाचित हुने सदस्य संख्याको दोब्बर सदस्य प्रदेश सभाका लागि प्रत्येक्ष निर्वाचनतर्फ हुने गरि क्षेत्र निर्धारण गर्नु पर्ने व्यवस्था अनुसार ७ नं. प्रदेशको प्रदेश सभाका लागि प्रत्येक्षतर्फ ३२ निर्वाचन क्षेत्र कायम भएका छन । कैलालीमा सवैभन्दा बढी १० क्षेत्र हुने छन । जानकी गाउँपालिका वडा नं. १, ३, ६ र ७, जोशीपुर गापा, र भजनी नगरपालिका वडा नं. ६ र ८ एक समाबेश गरि एक निर्वाचन क्षेत्र कायम गरिएको छ । टिकापुर नगरपालिका एक क्षेत्र कायम गरिएको छ ।
यस्तै लम्कीचुहा नगरपालिका वडा नं. १, २, ३, ४, ५ र ७, मोहन्याल गाउँपालिका वडा नं. ६ र ७ र जानकी गाउँपालिका २, ५, ८ र ९ समावेश गरि एक क्षेत्र कायम गरिएको छ । बर्दगोरिया गाउँपालिका, लम्कीचुहा नगरपालिका वडा नं. ६, ८, ९ र १० र मोहन्याल गाउँपालिका वडा नं. १, २, ३ र ४ समावेश गरेर क्षेत्र तय गरिएको छ । भजनी नगरपालिका वडा नं. १ देखि ७ र ९, कैलाली गाउँपालिका १ देखि ५, ७ र ८ को एक क्षेत्र कायम भएको छ । घोडाघोडी नगरपालिकालाई एक क्षेत्र बनाईएको छ ।
मोहन्याल गापाको ५, गौरीगंगा नपा, गोदावरी नपाका ८ र ९ र चुरे गापा २ र ३ मिलाएर एक क्षेत्र कायम गरिएको छ । यस्तै गोदावरी नपा १ देखि ७, १०, ११ र १२ र चुरे गापा १, ३, ५ र ६ को एक क्षेत्र बनाईएको छ । धनगढी उपमहानगरपालिका ७, ८, ९, १०, १२, १४, १५, १६, १७, १८, १९ र कैलाली गापा ६ र ९ एक क्षेत्रमा राखिएको छ । धनगढी उ.म.न.पा. वडा नं. १, २, ३, ४, ५, ६, ११, १३ मिलाएर एक क्षेत्र कायम गरिएको छ ।
प्रतिनिधिसभाका लागि तीन क्षेत्र रहेको कञ्चनपुरमा प्रदेशसभाका लागि ६ क्षेत्र कायम गरिएको छ । पुर्नबास नपा र लालझाडी गापाको एक क्षेत्र बनेको छ । बेलडाँडी गापा र बेलौरी नपाको एक, कृष्णपुर नपा र शुक्लाफाँटा नपा ७, ८, ९, ११ समावेश गरि एक क्षेत्र बनेको छ । शुक्लाफाँटा नपा १, २, ३, ४, ५, ६, १०, १२ र बेदकोट नपा १, २, ३, ४, ५, ६, ७, ९, १० को क्षेत्र बनेको छ भने बेदकोट नपाका ८ र भिमदत्त नपाका १ देखि १०, १७ र १९ मिलाएर एक क्षेत्र बनाइएको छ । भीमदत्त नपा ११ देखि १६ र १८ र महाकाली नगरपालिकालाई समावेश गरि एक क्षेत्र बनाईएको छ ।
अछाम साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकाको एक क्षेत्र बनेको छ । मल्लेख, रामारोशन र बन्नीगढी जयगढ गाउँपालिका मिलाएर एक क्षेत्र बनाईएको छ । कमलबजार नपा १, २, ३, ४, ५, पञ्चदेवल विनायक नपा र तुर्माखाँद गापाको एक क्षेत्र बनेको छ भने कमलबजार नपा ६ देखि १०, मंगलसेन नपा र ढकारी गापाको एक क्षेत्र निर्धारण गरिएको छ । प्रदेश नं. ७ का सात पहाडी जिल्लामध्ये अछाम मात्रै प्रतिनिधिसभामा दुई निर्वाचन क्षेत्र कायम भएको जिल्ला हो ।
डोटीका सायल गापा, आदर्श, पूर्वचौकी गापा र दिपायल सिलगढी नगरपालिका पुरै र शिखर नपाका ७ देखि ११ सम्मका वडाहरु समावेश गरि एक क्षेत्र बनेको छ । यस्तै शिखर नपाका १ देखि ६ सम्मका वडाहरु, केआई सिंह, बोगटान, बढीकेदार र जोरायल गापालाई समावेश गरि एक क्षेत्र तय गरिएको छ ।
बाजुराका हिमाली, स्वामिकार्तिक, पाण्डव गुफा र बुढीनन्दा गापा समावेश गरि एक क्षेत्र बनाईएको छ । यस्तै बडीमालिका नपा, गौमल गापा, छेडेदह गापा, बुढीगंगा नपा र त्रिबेणी नपालाई समावेश गरि एक क्षेत्र बनाईएको छ ।
दार्चुलाको लेकम, मालिकार्जुन, दुहु, व्यास गापा र महाकाली नपा समावेश गरि एक क्षेत्र कायम गरिएको छ । यस्तै अपी हिमाल, नौगाड, मार्मा गापा र शैल्यशिखर नपा मिलाएर एक क्षेत्र तय भएको छ । बैतडीको डिलासैनीका १, २, ३, ४ र ७, पर्चुडी नपा, सुनार्या गापाका २ देखि ८, पाटन नपा र सिगास गापा समावेश गरेर एक क्षेत्र तय भएको छ । डिलासैनीका ५ र ६, सुर्नायाको १, दोगडाकेदार गापा, दशरथचन्द नपा, मेलौली नपा, पञ्चेश्वर गापा र शिवनाथ गापा समावेश भएको अर्को क्षेत्र निर्धारण भएको छ ।
प्रदेश नंं ७ का पहाडी जिल्लाहरुमध्ये सबैभन्दा बढी १२ स्थानीय तह रहेको बझाङ्ग जिल्लामा पनि प्रदेशका लागि दुई मात्र निर्वाचन क्षेत्र हुने भएका छन । काँडा, सुर्मा, तलकोट, छबिसपाथिभरा, मष्टा, खप्तड छान्ना, थलारा गापाको वडा नं. ९ र जयपृथ्वी नपा समावेश गरि एक क्षेत्र बनाईएको छ । यस्तै बिथ्थडचौर, केदारस्युँ, दुर्गाथली र थलारा गापा १ देखि ८ र बुङ्गल नपा समावेश गरि एक क्षेत्र कायम गरिएको छ ।
प्रदेशकै सबैभन्दा कम स्थानीय तह रहेको डडेल्धुरा जिल्लामा पनि प्रदेशसभाका लागि दुई क्षेत्र कायम गरिएको छ । परशुराम नपा, आलिताल, भागेश्वर, अजयमेरु गापाका वडा नं. ५ र ६ समावेश गरि एक क्षेत्र निर्धारण गरिएको छ भने अमरगढी नपा, नवदुर्गा, गन्यापधुरा र अजयमेरु गापाका १ देखि ४ सम्मका वडाहरु समावेश गरि अर्को क्षेत्र कायम गरिएको छ ।
संबिधानको धारा १७६ को उपधारा १ को खण्ड (ख) अनुसार प्रत्येक्षतर्फ कायम हुने सदस्य संख्यालाई साठी प्रतिशत मानी बाँकी चालीस प्रतिशतमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था अनुसार यस प्रदेशमा २१ जना समानुपातिक तर्फबाट सदस्य संख्या कायम हुनेछन ।
समानुपातिक र प्रत्येक्ष दुवैको संख्या मिलाउँदा प्रदेश नं. ७ को प्रदेशसभा ५३ सदस्यीय हुनेछ ।
योजना बन्ने निश्चित भए जग्गा दिने
बहुचर्चित पश्चिम सेती जलबिद्यतु परियोजना बन्ने निश्चित भएपछि मात्रै स्थानीयबासीहरुले सब स्टेशनका लागि जग्गा दिने संकेत देखाएका छन ।
नेपाल बिद्युत प्राधिकरण रुपालगड पश्चिम सेती पहलमानपुर ४ सय केभी प्रसारण लाईन आयोजना कार्यालय, काठमाण्डौंले पश्चिम सेती परि–योजनाको पावर हाउस बन्ने ठाउँ शिखर नगरपालिका–६ को तलकोटमा जग्गा अधिग्रहणका प्रक्रिया सुरु गर्दै जेठ २८ गते सार्वजनिक सूचना प्रकाशन गरि जग्गाधनीहरुलाई आफ्नो प्रमाण सहित दावी गर्न आउनु भनिएको थियो । सब स्टेसन निर्माणका लागि चाहिने एक सय ६० रोपनी जमिन उर्बरक भुमी भएको र एक सय ३५ परिवार उक्त जमिनको उत्पादनमा आश्रित भएका कारण आफुहरु जमिन नदिने राख्दै आएका स्थानीयले परि–योजनाको काम सुरु भएपछि आफुहरु बाधक नहुने संकेत गरेका छन ।
‘हामी सानै छँदा देखि यो परियोजनाको बिषयमा कुरा उठ्दै आएको हो तर हामी बुढा भईहाल्यौं बनेको छैन’ स्थानीय बलबहादुर मल्लले भने ‘परियोना बन्न सुरु भयो भने हामी बाधक हुँदैनौं तर परियोजना बन्ने कहिले कहिले तर हाम्रो जग्गा आजै अधिग्रहण गरेर हामीलाई सडकमा ल्याउन मिल्दैन ।’ उनले अहिलेकै अवस्थामा आफुहरु आफ्नो उर्वरक जमिन नदिने बताए ।
स्थानीय भागरथी महराले सरकारले हाम्रो व्यवस्था अन्य ठाउँमा गरिदिनु पर्ने बताईन । उनले भनिन् ‘हामी आफ्नो पेट काटेर सरकारलाई दिन सक्दैनौं ।’ सरकारले हामीलाई दिने मुआव्जाले आफुहरु अन्यत्र गएर पुनस्र्थापित हुन नसक्ने भएका कारण आफुहरु जग्गा नछोड्ने महरा बतउँछिन ।
“म २१ बर्षको थिएँ यो पश्चिम सेतीको कुरा उठन् थालेको हो हाल मेरो उमेर ५८ बर्ष भईहाल्यो अहिलेसम्म पनि हल्लामात्रै भईरहेको छ” स्थानीय देवबहादुर साउँदले भने ‘अहिले पनि पश्चिम सेती परियोजना बन्ने कुनै छाँट देखिन्न भने हामी किन आफ्नो स्वर्ग जस्तै जमिन छोडांै ?’
जिल्ला मालपोत कार्यालय डोटीका निमित्त प्रमुख सिद्धराज श्रेष्ठले स्थानीयबासीहरुले जग्गा छोड्न नमानेको स्वीकार गरे । उनले भने ‘हामीले स्थानीयबासीहरुसंग उनीहरुको मागदावी के छ भन्ने कुरा बुझ्न छलफल आयोजना गरेका थियौं’ तर उहाँहरुले एकोहोरो नदिने भनेपछि छलफल त्यत्तिकै टुङ्गियो ।’ श्रेष्ठका अनुसार एक सय ९७ कित्ताको करीव एक सय ६० रोपनी जग्गा अधिग्रहण गर्न जग्गा नामजाँच समेत भइसकेको छ । एक सय ८१ पुरै कित्ता र १६ कित्ताबाट केही जग्गा लिनु पर्ने देखिएको श्रेष्ठले वताए ।
पश्चिम सेती परियोजना निर्माण गर्ने चिनियाँ कम्पनी थ्रि गर्जेजले नेपाल सरकारलाई बिद्युत प्रसारण लाईनका लागि आधार नबनेकाले बिद्युत बिक्री गर्न गा¥हो हुने भनेपछि सरकारले आर्थिक बर्ष २०७३÷०७४ मै जग्गा अधिग्रहण गर्ने गरि बजेटको व्यवस्था गरेको थियो । तर, स्थानीयबासीहरुले यसअघि पनि जग्गा नदिने भनेपछि गत आर्थिक बर्षमा उक्त कार्य पुरा हुन सकेन ।
स्थानीयबासीहरुको संगको छलफलमा कुराकानी नमिलेपछि अव कानुन बमोजिम अगाडि बढ्नु पर्ने अवस्था आएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रशासकीय अधिकृत केशव लामिछानेले जानकारी दिए । जग्गा प्राप्ती ऐन, २०३४ को दफा ३ मा “नेपाल सरकारले कुनै सार्वजनिक कामको निमित्त कुनै जग्गा प्राप्त गर्न आवश्यक ठहराएमा यस ऐन बमोजिमको मुआब्जा दिने गरी नेपाल सरकारले जुनसुकै ठाउँको जतिसुकै जग्गा प्राप्त गर्न सक्नेछ” भन्ने उल्लेख छ ।
म्याद अनुसार बन्दैनन सरकारी भवनहरु
७ नं प्रदेशको प्रस्ताबित प्रादेशिक राजधानी दिपायलको एक मात्र डोटी सभाहलको निर्माण गर्ने सम्झौता मिति तीन बर्षको थियो । २०७१ कार्तिक २८ गतेदेखि २०७४ बैशाख २७ गतेसम्म निर्माण सम्पन्न गर्ने सम्झौतामा करिब ७० प्रतिशत पनि काम भएको छैन ।
११ करोड ५२ लाख ८६ हजार ८ सय ७२ रुपैयाँ २८ पैसाको कुल बजेटमा निर्माण कार्य गर्ने सम्झौता भएको डोटी सभाहल बिबिध कारणले ढिलाई भएको निर्माण ब्यबसायी पूर्ण अधिकारी बताउँछन ।
सभाहलको निर्माण कार्य गर्ने ठेक्का पाएको निर्माण ब्यवसायी श्याम सुन्दर निर्माण सेवा प्रालिका प्रबन्धक पूर्ण अधिकारीले भने, ‘सम्झौता भएकै मितिमा सम्पन्न हुन्थ्यो, तर तराईमा भएको बाढी पहिरो, बन्द हडतालका कारणले ढिलाई भएको हो । सामान ओसार पसार गर्न, मजदुरहरुलाई आवतजावत गर्ने समयमा आन्दोलन तथा बन्द हटतालले असर गर्छ । त्यसैले ढिलाई भएको उनले बताए ।
नेपालमा कामदार नै पाइदैनन, नेपालीहरुले निर्माण कार्यका काम पनि सिकेका हुदैनन । कामदारका लागि भारतबाट ल्याउनुपर्छ त्यसैले पनि ढिलाई हुने गरेको सहरी बिकास तथा भवन निर्माण बिभाग डिभिजन कार्यालय डोटीका प्राबिधिक श्याम नेगीले बताए । उनले भने, ‘सम्झौता भएको मितिमा काम सम्पन्न गर्न नसके फेरी म्याद थपको लागि निबेदन निर्माण ब्यवसायीले निबेदन दिने प्राब्धान भएकोले श्याम सुन्दर निर्माण सेवा प्रालिले पनि एक बर्षको थप म्यादका लागि प्रस्ताब पेश गरेको छ ।
२ तले भवनको भएको डोटी सभाहलमा दोश्रो पटकको सभाहलसंगै जोडिएको अर्को भवनको ठेक्का पाएको श्याम सुन्दर निर्माण सेवा र साउँद निर्माण सेवासंग पनि २०७३ बैशाख ८ सम्झौता भएको भवनको बजेट २ करोड ६५ लाख छ हजार तीन सय ५२ रुपैयाँ ६६ पैसा रहेको भवनको म्याद पनि २०७५ बैशाख ७ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने सम्झौता छ ।
सहरी बिकास तथा भवन निर्माण बिभाग डिभिजन कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख राम बहादुर साउँद भन्छन, यी ठूला ठेक्काहरु सिधैं बिभागसंग मात्र सम्झौता भएका हुन्छन । हामीले त रेखदेख मात्र गर्ने हो । उनले भने, हामीलाई चार पाँच करोड भन्दा ठूला योजनाको जिम्मा दिइदैन । त्यसैले हामीले ठेकेदारसंग पनि यो ढिलाईको बिषयमा कुरा गर्न सक्दैनौं ।
डोटी सभाहलको सम्झौता मिति सकिएको हुनाले थप म्यादको लागि निर्माण ब्यवसायीहरुले निबेदन हामी मार्फत पेश गर्छन । फेरी थप म्यादको समय पनि २०७५ बेशाख २६ गतेसम्म रहेको निमित्त डिभिजन प्रमुख साउँदले बताए ।
बिभिन्न कारणले ढिलाई भयो अब त यो माघ भित्र निर्माण कार्य सम्पन्न गरिसक्ने डोटी सभाहल निर्माण ब्यवसायी अधिकारीले दाबी गरेका छन ।
छोटकरी
सामथ्र्य नेपाल स्वतन्त्र युवा संघ गठन
डोटीमा सामथ्र्य नेपाल स्वतन्त्र युवा संघ गठन गरिएको छ ।
शनिबार डोटी बहुमुखी क्याम्पसको सभाहलमा गठन गरिएको उक्त संगठनले युवाका सवालहरुलाई मध्यनजर गर्दै जिल्लामा भइरहेको भ्रष्टाचारी, कालोबजारी, अनियमितता जस्ता कुरालाई नियन्त्रण गर्न सामथ्र्य नेपाल स्वतन्त्र युवा संघ गठन गरिएको डोटी बहुमुखी क्याम्पस डोटीका स्वबियु सभापति बालकृष्ण साउँदले जानकारी दिए ।
प्रबिण उपाध्यायको नेतृत्वमा १५ सदस्यीय कमिटी गठन गरिएको उक्त संघका उपाध्यक्षमा चम्पा पार्की र डिल्लीराज दाहाल, त्यस्तै सचिबमा खेमराज रौतेडा, सह–सचिबमा कबिन्द्र ओझा र भगवती बोगटी त्यस्तै कोषाध्यक्षमा रमेश साउँद चयन भएका छन ।
सदस्यहरुमा भगवती भण्डारी, तेज भट्ट, शेर बहादुर साउँद, कर्ण साउँद, राम देउवा, धनबहादुर कुमाल, शान्ति बोगटी र भीमसेन थापालाई निर्बिरोध चयन गरेको अध्यक्ष उपाध्यायले बताए । त्यस्तै संघको सल्लाहकारमा बालकृष्ण साउँद र प्रेस सल्लाहकारमा भूमिराज जोशीलाई चयन गरेको छ ।
सामथ्र्य नेपाल गठन गरेकै दिनमा सदस्यहरुले शैलेश्वरी क्षेत्र परिसरमा सरसफाइ पनि गरेको छ । नब गठित संघको अध्यक्ष प्रबिण उपाध्यायको नेतृत्वमा भएको सरसफाइ कार्यक्रममा गरिएको थियो ।
खेल समाचार
ताजकिस्तान भर्सेस नेपाल आज
मंगलबार हुने ताजकिस्तान विरुद्ध को खेलमा कडा प्रतिस्पर्धा गर्ने रणनीति बनाएको छ । आजको खेलमा कम्तीमा बरावरीमा आउने र एसियन कपको लागि छनोटमा पर्ने सम्भावना कायमै राख्ने नेपालको रणनीति छ ।
नेपालको राजधानी काठमाण्डौंमा हुने खेलमा नेपाल आफु जित्नका लागि कडा परिश्रम गर्ने नेपाली टोलीका प्रशिक्षक ग्लोतोकु कोजीले बताएका छन । सोमबार आयोजित प्रिम्याच कन्फ्रेन्समा प्रशिक्षक कोजीले भने ‘यदि जित्न सकेनौं भने एक अंक जोड्ने प्रयास हुनेछ ।’
एसियन कप छनोटको सम्भावनाका लागि मंगलबारको खेल महत्वपूर्ण भएको बताउँदै उनले भने ‘मैले ताजकिस्तानको खेल हेरेको छु र उनीहरुको प्रदर्शनको विश्लेषण गरेको छु । तर, उनीहरुले त्यस्तै खेल्छन् भन्ने छैन । उनीहरुले कसरी खेल्छन् हेर्छौं र त्यस अनुसार रणनीति बनाउँछौं ।’
कोजीले झण्डै डेढ वर्षदेखि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षण सम्हाल्दै आएका छन् । हालै मात्र नेपाली टोलीले १० दिन जापानमा अभ्यास गरेर फर्किएको छ ।
ताजकिस्तानका प्रशिक्षक फुजाइलोभ खाकिमले पनि मंगलबारको खेल निकै महत्वपूर्ण हुने बताएका छन ।
खाकिमको टोलीले छनोट चरणका सुुरुवाति चरणका दुबै खेल गुमाएको छ । एसिया कपमा छनोटको सम्भावना जिवित राख्न नेपालविरुद्ध जित निकाल्नु पर्ने उनले बताए । उनले भने ‘हामीले यमनविरुद्ध नेपालको खेल हेरेका छौं र उनीहरुले कडा प्रतिपर्धा गरेका थिए ।
मलाई लाग्छ दुबै टिमलाई अंक चाहिएकाले भोलिको खेल दुबैका लागि प्रतिस्पर्धात्मक हुनेछ ।’
यद्यपी घरेलु टोलीविरुद्ध खेल्नु पर्ने भएपनि आफ्नो टोली दबावमा नहुने उनको दाबी छ ।
चलचित्र/मनोरञ्जन
आमिरकी श्रीमती बन्दै प्रियंका
हलिउडमा समेत प्रभाव जमाउन सफल बलिउड नायिका प्रियंका चोपडा अब आमिरको खानकी श्रीमतीको भूमिकामा देखिने भएकी छिन् । आमिर खानले अभिनय गर्न लागेको नयाँ चलचित्र ‘स्यालुट’ मा प्रियंकाले मुख्य भूमिका निर्वाह गर्ने भएकी छिन् । उक्त चलचित्रमा आमिर एस्ट्रानट राकेश शर्माको भूमिकामा देखिनेछन् भने प्रियंका उनको श्रीमतीको रुपमा देखिने भएकी छिन् । यो चलचित्रको निर्देशन महेश मथाइले गर्ने भएका छन् ।
केही दिनअघि मात्रै प्रियंका बलिउड आएकी थिइन् । सञ्जयलीला भन्साली निर्देशित चलचित्र ‘गुस्ताखियाँ’को सन्दर्भमा निर्देशक भन्सालीसँग कुरा गर्न उनी भारत आएकी थिइन् । अमृता प्रितमको जीन्दगीमा आधारित उक्त चलचित्रमा प्रियंकाले अमृताको भूमिका निर्वाह गर्ने भएकी छिन् भने नायक को हुने अझै फाइनल भएको छैन ।
साहरुख खान, अभिषेक बच्चन वा इरफान खान मध्ये एकजना हुन सक्ने खबर भारतीय सञ्चारमाध्यमले प्रकाशन गरेका छन् । त्यसो त प्रियंकाले दुई हलिउड चलचित्र ‘अ किड लाइक अ ज्याक’ र ‘इज इट रोमान्टिक’मा पनि अभिनय गर्न बाँकी नै छ । आमिर खान अहिले चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’को छायांकनमा व्यस्त छन् ।
लेख
तीर्थराज जोशी (सह–प्राध्यापक)
डोटी बहुमुखी क्याम्पस, डोटी
श्रद्धा, भक्ति र प्रेमको सम्मीलन नैं निष्ठा हो । यसलाई आस्थाको रुपमा सम्झँदा पनि हुन्छ अर्थात् यो निष्ठाको पर्यायबाची हो । जस्तो ईश्वरप्रति आस्था, आमा–बाबु, गुरु–अग्रजप्रति आस्था, रुख–जल–चन्द्र–सूर्य तथा जन्मभूमि प्रतिको आस्था किन जन्म्यो मनुष्यहरुको यिनीहरुका प्रति निष्ठा ? किनकी यी सबै गुणकारी छन । सृष्टिको उषाकालदेखि नै यिनीहरु अनबरत आफ्नो गुणबत्तालाई कायम राख्दै आएका छन र ब्रमाण्डको अस्तित्व रहेसम्म आस्था पूर्ण रहिरहनेछन । जहाँ गुण हुन्छ त्यहीं आत्मा पनि रमाउँछ । आत्मा र निष्ठाको यो अन्तर–सम्बन्ध अनन्तसम्म कायम रही रहन्छ । त्यसैले निष्ठापूर्वक गरिएका कार्यको परिणाम अपबाद बाहेक असलै रहन्छ । श्रष्ठाको सृष्टिमा सृजनता र मानबता बिस्तार गर्नेहरु नै निष्ठाका पात्र या बिषय बन्न पुग्छन । जसले युगको पांग्रालाई स्वार्थबस् पछाडी धकेल्छन तिनीहरुका प्रति भने निष्ठा रहँदैन अर्थात् घृणा उत्पन्न हुन्छ । घृणा पात्रहरुको उल्लेख इतिहासमा यस कारण गरिन्छ की त्यसबाट पछिल्लो पिढींले पाठ सिकुन । दुर्योधन, निरो र इतिअमिन अब कोही नबनुन यहीं हो इतिहासको सद्इच्छा । बदनामको पात्र बन्नु भन्दा गुमनामको पात्र हुनु बढिया । मानबीयताको प्रदर्शनले सभ्यता मौलाउछ भने दानबीयताको प्रदर्शन मर्दछ । इतिहासमा सभ्यता उत्थान पतनको कारक तत्व नै मनुष्य हो । इजिप्ट, बबिलोनको प्राचिन सभ्यताका ठाउँहरु अहिले आर्तकंबादका केन्द्र बनेका छन भने आर्य सभ्यताको आर्याब्रत अहिले सत्ता राजनीतिको लिप्साले ग्रसित बनेको छ । तर मनुष्य इतिहासको प्राचीन काल बहुतै आलोकमय देखिन्छ । बिचार चिन्तनको अभ्युदयकाल बाटै त निष्ठापूर्ण राजनीतिको सुरुवात भएको हो । यहीं निष्ठापूर्ण राजनीतिको मूल उद्देश्य नै देश र जनताको भलो गर्नु हो ।
प्राचीन यूनान नै राजनीति चिन्तन बिचारधारा बिजारोपणको प्रथम थलो हो । यहींबाट त राजनीति भन्ने शब्दको प्रादुर्भाब भएको हो । राज्यसंगको याबत् गतिबिधि नै राजनीति हो अर्थात् आदर्श राज्यको स्थापना । राज्य नैं मनुष्यको आश्रयदाता, अन्नदाता र सुरक्षादाता हो भन्ने ठहर तत्कालिन यूनानी चिन्तक र नागरिकहरुले गरिसकेका थिए । सचेतना, प्रेरणा र पौरखले उठेको ब्यक्तिले मात्रै राजनीतिक कर्तब्यहरु निभाउन सक्थ्यो । प्रायः त्यहाँका अधिकाशं नागरिकहरु राजनीतिमा निष्ठा पूर्वक भाग लिन्थे । मनुष्य राजनीतिक प्राणी हो र यो भन्दा बाहिर मनुष्यको अस्तित्व रहन सक्दैन भन्ने दावा थियो त्यहाँका राजनीतिक चिन्तकहरुमा । शासक बर्ग जनहितमा सर्मपित रहन्थ्यो भने नागरिकहरु शासक बर्गहरुप्रति समप्रित रहन्थे । सेवा र श्रद्धाको अनुपम मिश्रण नै संयमित प्रजातन्त्र (मर्यादित) थियो अर्थात् प्रजातन्त्र छाडा थिएन मैमत्ता हात्ती जस्तो । यूनानबाटै सर्बप्रथम सुकरातले बिचार क्रान्तिको चिराँग उठाए, प्लेटो राजनीतिक आर्दशको प्रबाह भएर बगे र अरस्तुले ब्यबहारिक राजनीतिकको प्रतिपादन गरे त्यसैले यिनलाई राजनीतिक बिज्ञानका पिता भनिन्छ । पेरीक्लिजको प्रजातान्त्रिक शासन ब्यवस्था यूनानको स्वर्णीमकाल थियो । राज्य शासन ब्यवस्थाको एकमात्र उद्देश्य हुन्थ्यो–राष्ट्रउत्थान र जनउत्थान । यूनान युरोप भरीको बौद्धिकहरुको आश्रयस्थल बनेको थियो जो पछि गएर त्यहाँका सोफिस्ट कहलिए । ज्ञान बिज्ञानको केन्द्र थियो तत्कालिन युनान । कानूनप्रति नागरिकहरुको अगाध श्रद्धाका कारण कानून मर्यादित बन्न पुगेको थियो । कानूनको पालन गर्नुलाई आफ्नो कर्तब्य ठान्ने यूनानी राजनीतिमा सुकरातले कानूनको पालन गर्नकै खातिर राज्यले दिएको बिषको प्यालालाई घुटुघुटु पिए सहर्ससाथ र महानिर्माण प्राप्त गरे यस्तो थियो यूनानी नागरिकहरुको राजनीतिक निष्ठा ।
पश्चिमको यूनान झैं हिन्दु उपमहाद्धीपको आर्याब्रत पनि पूर्वीय राजनीतिक दर्शनको आधार भूमि थियो । बेद–बेदाङ्ग, रामायण, महाभारत र गीता जस्ता चिन्तनमय ग्रन्थहरुको रचना भएको थियो ऋषि महर्षिका योग तपस्याबाट । ऋग्बेद त बिश्वकै प्राचीनतम ग्रन्थ हो । बिचार चिन्तनका यि अनमोल ग्रन्थहरु मध्ये गीताको कर्मयोग माथिको जोड र महाभारताको निष्ठा राजनीति माथिको जोड नै आर्याबर्तीय चिन्तनको उपज हो । श्रीकृष्णको गीता र महाभारतको बिदूर नीति आदर्श राजनीतिसंग आबद्ध नीति सिद्धान्तहरु हुन, मुनस्मृति पनि हिन्दु राजनीतिक परम्पराको संबिधान नै हो । यूनानका रिपब्लिक र पोलिटिक्स आदर्श राजनीतिका अमर दस्ताबेज हुन । यूनानीय एबं आर्याबर्तीय राजनीतिक चिन्तनो साध्य एउटै थियो– जनतालाई सुखी बनाउनु र यिनीहरुको उपकार गर्नु । त्यहीं भएर यूनानको प्रजातन्त्र र आर्याबर्तीय गणराज्यहरु तत्तत् समयमा उठेका थिए । आर्याबर्तका श्राबस्ती–अवध, सप्तसिन्धु–कश्मीर तथा मिथिला–कपिलबस्तु निष्ठापूर्ण राजनीतिबाटै उठेका थिए । यूनानी–आर्यबिचारधारा मध्येकालमा आएर सत्ता राजनीतिक बर्बरताका कारण दबेर रह्यो । आदर्श राजनीतिको ठाउँमा सत्तापिपाषु को राजनीतिले शीर उठाएकै कारण इटलीको पुनर्जागरण नभइन्जेल मध्येकाल अन्धकारमा डुब्यो यही सामन्तबादी युगको पदार्पणले निष्ठा राजनीति प्रत्याडीत रह्यो सत्ता राजनीतिका टापहरुले । सत्ता हानथाप मारकाट युद्ध लडाँइ र बिध्वंशको यो कालखण्ड अन्धकार युगको रुपमा बिश्लेषित छ । शौभाग्यबस् इटलीको पुनर्जागरण पछि युरोप उठ्यो अमेरिका र एसिया उठे त्यसपछि पनि उठे अरुहरु पनि क्रमशः । पुनः यूनानी आर्याबर्तीय प्राचीन राजनीतिक मर्यादाको पुनर्जागरण पश्चात राष्टिूय स्वतन्त्रता र प्रजातन्त्रको लहर बिश्वभरी नै फेलियो । बिज्ञानले मंगल ग्रह छोयो भने ज्ञानले मदरटेरेसा जन्मायो ।
अफसोच् निष्ठा राजनीतिको जन्मदाता यूनान आज आर्थिक रुपले जर्जर भइ अस्त ब्यस्त भएको छ । ऋणैऋणको बोझले आकुलब्याकुल बनेको छ । त्यसैगरी बिश्वबन्धुत्व र शान्तिको मन्त्रोच्चारण गर्ने आर्याबर्तको पबित्रभूमि आज अभाब अशान्ति र अहकांरले ग्रसित छ । यस क्षेत्रमा भौतिक बिकासका पूर्वाधार भएपनि मानबीय हिषाबले यो क्षेत्र अझै उठ्न सकिरहेको छैन अर्थात् निष्ठापूर्ण राजनीति उपेक्षित भैरहेछ । लोकतान्त्रिक शासन ब्यवस्था स्थापित भएका यस क्षेत्रका मुलुकहरुमा लोकतन्त्रको जरा अझै मजबुत भएको छैन । आफ्नो गौरबपूर्ण इतिहास बिर्सने, इतिहास निर्माताहरुलाई बिर्सने, सत्ता राजनीति संस्कारको थालनी निर्माण भएकै कारण पदभार लिदाँ खाएका सपथ पनि क्रमशः बिर्सिरहेछ आजको बिकृत राजनीतिले । सिद्धान्त र निष्ठाको राजनीति गर्नेहरु क्रमशः पाखा पर्दैछन भने सत्ता राजनीति गर्नेहरु मात्रै राजनीतिको मुलधारबाट गुर्जीरहेका छन । धनबल, जातिबल र मसलबल आजको रानजीतिक सफलताका मुख्य आधार बनेका छन । यस्तै आधार भएकाहरु नै राजनीतिमा योग्य बनाइने कुचेष्टाको सुरुवात भैरहेछ अबिकसित र अल्पबिकसित मुलुकहरुमा । राजनीतिक अस्थिरता र संक्रमण हुनुको पछाडी सत्ता राजनीतिको मुख्य हात रहेको देखिन्छ । सत्ता, सम्पति र अहंकार प्राप्त गर्ने होडबाजी चलेपछि प्रजातन्त्र भन्नुस वा लोकतन्त्र त्यो अपाहिज बन्न सक्छ । नेपालमा निष्ठाको राजनीति गर्दा गर्दै हुत्याइएका सन्त नेता स्व. कृष्णप्रसाद भट्टराईले पदमुक्त हुदाँ भनेका थिए “प्रजातन्त्रको राजनीतिमा मुल्य, पद्धति र नैतिक पक्ष सशक्त हुन्छन, तिनको अभाबमा प्रजातान्त्रिक शासन पद्धति निर्धो हुदै जान्छ ।” प्रजातन्त्रको शक्ति भनेकै उसको मुल्य र मान्यता हो । यो सत्यलाई राजनीतिले अबलम्बन गरेन भने प्रजातन्त्र स्वतः निर्धाे हुन्छ । प्रजातान्त्रिक भन्दा अप्रजातान्त्रिक कृयाकलापको बढोत्तरी र दबदबा भए पछि लोकतन्त्र कमजोर हुन्छ । त्यस्तो लोकतन्त्रले न राष्ट्र उचाल्न सक्छ नतै जनहितको उत्तरदायित्व निभाउन सक्छ । जनता काकाकुलको तीष्णा लिएर ब्यथित भइरहन्छ, निर्धो वा अपाहिज लोकतन्त्रमा । सत्ता प्राप्तिको अस्वस्थकर प्रतिस्पर्धाले क्रमशः निष्ठा राजनीतिलाई निमोठ्दै जान्छ । सत्ताधारी हुन या यिनीहरुका अनुयायी हुन यिनीहरु राजनीतिलाई लाभको रुपमा हेर्छन । एक कृपण ब्यापारीले झैं । सत्ताको किर्नु भएर ढाडिन चाहन्छन । सत्ता सुख नै सर्बोत्तम सुख ठान्ने मनोबृति नै सत्ता राजनीति हो । यस्तो राजनीति केही समयका लागि कुर्लन सक्छ तर यस्को बिरोधमा जनशक्ति उर्लेपछि सत्ता राजनीति किनारा लाग्ने छ र पुनः निष्ठा राजनीति मुलधार भएर बग्नेछ । आउने सूयोदयले त्यहीं राजनीतिक मूल्य स्थापित गर्नेछ जो राष्ट्र र जनताले चाहेको छ ।
हाम्रा क्रान्ति एबं जनआन्दोलनका नायकहरुको अगुवाइमा नेपाली जनताको ठूलो त्याग संघर्षबाट प्राप्त भएको हो बर्तमान लोकतन्त्र । निरंकुश राणा शासनमा सहिदहरुले चढाएको सहादतकै जगबाट उठेको लोकतन्त्रमा जो जो संलग्न भए ती सबै निष्ठाका पात्र हुन । प्राप्त लोकतन्त्रलाई सत्तास्वार्थमा बदलेर आफ्नो बैभब–ऐएसी बढाउने र जनतालाई कंगालीमै छोडीदिने उत्तरदायित्व बिहीन राजनीति, निष्ठापूर्ण राजनीतिको बाधक हो । नेपालमा यहीं सत्तालिप्साको राजनीतिले देशभक्ति दण्डित हुने परम्पराको थालनी ग¥यो । मल्लकालका काजी भीम मल्ल र उमराओ काशीराम थापा देशभक्तिमा चुर्लुम्म डुबेको बेला शासकहरुले यिनीहरुको बिभत्स हत्या गर्न लगाए । त्यसैगरी शाह कालमा देशभक्ति काजी दामोदर पाण्डे र काजी बंशराज पाँडेलाई पनि तरबारले छिना दियो । राणाकाल र पञ्चायतकालमा पनि देशभक्ति दण्डित रह्यो त्यही कारण ती सत्ताहरु ढले आफ्नै गल्तीका कारणले । प्रजातन्त्र पुनस्र्थापना पश्चात् प्राप्त भएको लोकतन्त्रमा निष्ठा राजनीति उपेक्षाद्धारा दण्डित हुँदै गइरहेको छ । यसलाई राम्रो लक्षण मानिदैन । हामी नेपालीहरु लोकतन्त्रको उज्यालो हेर्न पर्खिरहेका छौं, राष्ट्रिता र सार्बभौमिकता बलियो भएको हेर्न चाहिरहेका छौं तर जनचाहना अनुसार लोकतन्त्र चलिरहेको छैन । पातलिदै गएको निष्ठा राजनीति, बढ्दै गएको जनअसन्तोष, स्वतन्त्र निकाय माथि ब्याप्ती राजनीतिकरण, बिकराल बेरोजगारी, पद बाँड–फाँडको अप्रजातान्त्रिक पजनीप्रथा, ब्याप्त भ्रष्टाचार, अबसरबादी प्रबृतिलाई प्रशय, गुटउपगुट प्रथाका कारण पार्टी निष्ठामा प्रहार, राष्ट्रिय स्वार्थमा आघात स्वाभिमानमा आँच, अपरिपक्व कुटनीतिक र लस्करीय बिदेश भ्रमण प्रबृति लगभग यिनै हुन बर्तमान लोकतन्त्रका बाधकहरु । लोकतन्त्र माथिको संकटलाई अनुभूत गर्नसक्ने आत्मिक क्षमता राजनीतिक बृतमा नभएको लक्षणहरु देखा परिरहेका छन । महामानब स्व. बिश्वेश्वर प्रसाद कोइरालाले भन्नु भएको थियो “देशको परिस्थितिलाई ऐतिहासिक दृष्टिबाट बिचार गर्ने शक्ति हामीमा भएन भने हामीले समस्याको यथार्थ ज्ञान पनि प्राप्त गर्न सक्ने छैनौ ।” बिपीको यहीं बाणी सच्चा लोकतन्त्रबादीका लागि मार्गदर्शक बन्न सक्छ । अन्यथा ऐतिहासिक दायित्वको बोध भएन भने निर्धो बन्नेछ, लोकतन्त्र र निर्धा बन्नेछन जनता । सम्बन्धित सबैलाई चेतना भया । अस्तु ।
मोफसल पत्रकारिता
सदरमुकाम बाहिरका सूचना पाउन समस्या छ
रेडियो नयाँ नेपाल एफ एम (दार्चुला)
तपार्इंको पुरा परिचय पाउँ न ?
— म विन्दु चन्द, रेडियो नयाँ नेपाल एफएम दार्चुलामा काम गरिरहेकी छु ।
तपाईले किन पत्रकारिता पेशा रोज्नु भयो ?
— हरेक ठाउको सत्य तथ्य खवरहरुको प्रस्फुटन गर्न र सूचना समाचारहरु जनमानस– सम्म पु¥याउन मैले पत्रकारिता पेशा सुरु गरेकी हुँ ।
कति समय भयो यस पेशामा लागेको ?
— ४ वर्ष जति भयो ।
कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ?
— मानव आधिकार र सामाजिक सवालमा बढी समाचार लेख्न मन पर्छ ।
पत्रकारितामा त धेरै समस्याहरु छन भन्छन नि, कस्ता खालका समस्याहरु पाउनु भयो ?
— हो, छन धेरै समस्याहरु । पत्रकारहरुको पेशागत तथा व्यक्तिगत सुरक्षा हुन सकेको छैन । आर्थिक रुपमा जहिले पनि पत्रकारहरु समस्यामा रहेका हुन्छ । थोरै पारिश्रमिकमा धेरै काम गर्नु पर्ने, त्यसैमा पनि समयमै पारिश्रमिक नपाउने अवस्था रहेको छ । समस्यानै छ । हुन त समस्या नभएको पेशा को नै पो होला र ! तर पनि पत्रकारितामा अलि बढीनै जोखिम छ ।
मोफसलमा काम गर्ने पत्रकारहरुका त यो भन्दा पनि बढी समस्याहरु छन भन्ने गरिन्छ नि !
— हो, मुलधारका सञ्चारमाध्यम भन्दा मोफसलमा रहेर काम गर्ने साथीहरुको अवस्था बढी कमजोर छ । काम धेरै पारिश्रमिक थोरै छ । चुनौतीहरु धेरै छन । ज्यान जोखिममा राखेर पत्रकारिता गरिरहनु परेको अवस्था छ । मोफसलमा काम गर्ने सञ्चारमाध्यमहरु पनि सवल छैनन् । मोफसलका सञ्चारमाध्यमहरु नियमित रुपमा सञ्चालन हुनका लागि पनि समस्या छ । त्यस्ता सञ्चारमाध्यममा काम गर्ने सञ्चारकर्मी साथीहरुको अवस्था कस्तो होला ?
सुदूरपश्चिमको उच्च हिमाली जिल्ला दार्चुलामा पत्रकारिताको बिकास कत्तिको भएको छ ? यस जिल्लाका सञ्चारकर्मीका समस्याहरु कस्ता छन ?
— त्यति विकास त केई भएको छैन । यो जिल्लामा अरु जिल्लाको भन्दा थुप्रै समस्याहरु छन । उसै त सुदूपश्चिमका जिल्लाहरु भन्दा विकट जिल्लाको रुपमा मानिन्छ दार्चुला जिल्ला । यस्मा चाहि सदरमुकाम भन्दा बाहिर ठाउबाट सूचना समाचार ल्याउन बढि समस्या छ । न यातायातको सूविधा छ कुनै कुनै ठाउमा फोन सेवाको सुविधा छैन जति खबरहरु संकलन गरिन्छन सदरमुकाम र आसपासका ठाउको मात्रै खबरहरु पत्रिकामा आउछ । सदरमुकाम भन्दा टाढा रहेका क्षेत्रमा कुनै घटना दुर्घटना हुदा पनि दुईतिन दिन मा जानकारीमा आउँछ ।
मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ?
— पैला त यता यातायातको सुबिधा अनि फोन सेवा ईन्टरनेटको सुबिधा गरिदिनु प¥यो । सरकारले यो पहल चालिदिनु प¥यो । यहाँका स्थानीयलाई घटना दुर्घटना हुदा अर्थात बिरामी हुदा सदरमुकाम पुग्न तिन चार दिन लाग्छ । अर्थात कुनै सूचना समाचार जानकारीको लागि पनि ३.४ दिन लाग्ने गर्छ यानकि पुरानो चलन जस्तो एकले अर्कालाई भनेर खबर प¥याउने परिस्थिति छ । त्यसैले छिटो भन्दा छिटो फोन ईन्टरनेटको सुविधा अनि यातायातको सुविधा पु¥याई दिनु प¥यो ।
तपाई आफै पनि पत्रकारिता पेशामा धेरै समयदेखि काम गर्दै हुनुहुन्छ, मोफसलमा काम गर्ने पत्रकारहरुका समस्या समाधानका लागि नेपाल पत्रकार महासंघले कत्तिको भुमिका खेलेको पाउनु भएको छ ?
— समस्या सामाधानमा त पहल चालेको छ तर यो जिल्ला अति बिकट हुनाको कारण चाहि महासंघले पनि खास्सै केहि पहल चाल्न सकेको छैन ।
तपाइको विचारमा पत्रकारिता के हो ?
— पत्रकारिता राज्यको चौथो अंग हो । खुला समाजहरुमा यसको शक्ति कति हुन्छ भनेर भनिरहनु पर्दैन । लोकतान्त्रिक शासन रुपमा मात्र नभएर संसारमा पनि छ कि छैन भन्ने कुराको एउटा महत्वपूर्ण मापन स्वतन्त्र मिडिया हो । जहाँ मिडियामा अंकुश लाग्यो, त्यो राज्य व्यवस्था अस्वस्थ र जनपीडक भयो भनेर बुझिन्छ ।
अर्कोतिर, शक्ति र जिम्मेवारी सँगसँगै आउने कुरा हो । पत्रकारिताको शक्तिले एकतिर आफूलाई सर्वशक्तिमान ठान्ने शासकहरुमाथि अंकुश लगाउन, तिनलाई जवाफदेही बनाउन र आम मानिसमाझ तिनको छवि गिराएर आवधिक रुपमा हुने चुनावहरुमा तिनलाई हराउनेसम्म ताकत राख्छ । विश्वभरी को सूचना समाचारहरु सबै समक्ष पु¥याउने एक सञ्चा माध्यमनै पत्रिका र पत्रकारिता हो ।
कति कमाउनु भयो त पत्रकारिता पेशावाट ?
— कमाई भन्नु पर्दा केई छैन त्यस्तो । कैले काही आपतकालिन पर्दा आफुसंग कसैलाई हेल्प गर्नु नि भन्न मोवाईलमा व्यालेन्स हुँदैन त्यतिबेला यस्तो लाग्छ कि यो क्षेत्रलाई छोडि दिउँ जस्तो ।
नेपालको पत्रकारिता क्षेत्र दिनप्रतिदिन बद्नामित हुँदै गएको छ, पाठक वर्गले समाचारको बिश्वासनीयताप्रति प्रश्न उठाउन थालेका छन, सञ्चारकर्मीहरु पनि गैर कानुनी क्रियाकलापमा संलग्न भएका छन भन्ने आरोप पनि लाग्न थालेको छ, तपाईलाई के लाग्छ र तपाईको क्षेत्रतिर कस्तो छ ?
— हो, यो जनमानसमा चेतना नभएको कारण हाम्रो पत्रिका अर्थात पत्रकारिीा क्षेत्र बदनामा भईरहहेको छ । हरेक व्यक्ति जति शिक्षित भएपनि उनीहरुमा सकारातमक चेतना छैन । यहि चेतनाको कमीले हाम्रो पत्रकारिता क्षेत्र बदनाम हुदै गईरहेको छ । समाचार सुन्छन, स्रोता हेर्छन, आफै पढ्छन र पनि उनीहरु त्यति बिश्वस्त हुदैन । अझै उनीहरु यो सत्य हो कि होईन भन्ने भ्रम फैलिन्छ र पनि सोध्ने प्रत्येक्ष मौखिक हिसाबमा बुझने प्रयास गर्छन । अनि गैरकानुनी क्रियाकलापका संलग्न पत्रकारहरुलाई आरोप लाग्छ किनकि उनीहरुले जति बुझ्नु पर्ने हो । यस विषयमा बुझेको हुदैनन् । र उनीहरुले सहि गलत छुट्यान सक्दैनन् । त्यसैले उनीहरुप्रति आरोप लाग्ने गर्छ । हाम्रोतिर खास्सै देखिदैन त्यस्तो । कसैमाथि आरोप लागेको छैन ।
तपाई त लाग्नु भा छैनन् होला नि यस्ता कुरामा !
— अँ ह छैन । हामीले यो समाज राष्ट्रको लागि केई गर्न केई दिनलाई पत्रकारिता गरेको हामी हाम्रो समाज र राष्ट्रप्रति कुनै त्यस्तो दुस्साहस गर्दैनौं ।
यसमा सुधारका लागि के गर्नु पर्छ जस्तो लाग्छ ?
— राज्यले कडा कानुनी व्यवस्था गर्नु पर्छ । पत्रकार भन्ने बित्तिकै कुनै छुट्टै दुनियाँका मान्छे होईनन्, उनीहरु पनि नेपाली नागरिक हुन । अपराध ग¥यो भने उनीहरुलाई पनि कारवाही हुन्छ भन्ने पार्न सक्नु पर्छ । अपराधमा संलग्न जो कोहीलाई पनि कारवाही गर्ने बातावरण बनाउनु पर्छ । अनि मात्र हामीमा सुधार आउन सक्छ ।
मोफसल पत्रकारिता क्षेत्रमा सुधारका लागि तपाई नेपाल सरकारलाई के सुझाव दिन चाहानु हुन्छ ?
— नेपाल सरकारले मोफसलका सञ्चारमाध्यहरुको स्थायित्वका लागि ठोस योजना बनाउनु पर्छ । लोककल्याणकारी बिज्ञापनलाई बैज्ञानिक र व्यबस्थित बनाईनु पर्छ । एकद्वार बिज्ञापन प्रणाली लागु गर्नु पर्छ । विकट ठाउमा जिल्लाका भेगहरुमा बिकासको पहल चालि दियो भने हाम्रो पत्रकारितामा आझै सुधार हुन्थ्यो जस्तो लाग्छ ।
अन्त्यमा भन्नै पर्ने कुनै कुरा छुटे जस्तो लागेको छ कि ?
— पत्रकारहरु सबैले समाज परिवर्तनका लागि सधैं सत्य तथ्य र सकारात्मक भएर लाग्नु पर्छ. भन्न चाहान्छु, बस ।
समय र बिचारका लागि धन्यबाद ।
— धन्याबाद
लोकसेवा आयोगको तयारीका लागि उपयोगी
१.जलवायु परिवर्तन सम्बन्धि ग्रेजुएट सम्मेलन कहिले भएको थियो ? – २०६७ कार्तिक २९–मंसिर ३
२.“मानव तथा जीव समूह“ नामक कार्यक्रम चलाउने संस्था कुन हो ? — यूनिस्को
३. नेपाल सरकारले जलवायु परिवर्तन सम्बन्धि २० वर्षे महत्वकांक्षी योजना कहिले ल्याएको थियो ?
— २०६७ असार ३०
४. ज्गनय ँचबmभ (ध्यचप बअतष्यल द्दण्ण्छ(द्दण्ज्ञछ केसँग सम्बन्धित छ ?
— प्राकृतिक प्रकोप न्यूनीकरण
५. ओजोन तहको क्षयीकरण नाप्ने एकाइलाई के भनिन्छ ? — म्यदकयल
६. सार्कले कुन वर्षलाई वातावरण वर्षका रुपमा मनायो ? — सन् १९९२
७. सर्वप्रथम अम्ल वर्षा भएको भनी पत्ता लगाउने वैज्ञानिक को हुन ? — रबर्ट राङ्गस स्मिथ
८. केन्द्रीय तथ्यांक विभागद्वारा २०६८ को जनगणनाको अन्तिम नतिजा कहिले सार्वजनिक गरेको थियोे ?
— २०६९ मंसिर ११
९. विश्व बैंकले मानिसको औसत वार्षिक आम्दानी कति भन्दा कम भएको अवस्थालाई निरपेक्ष गरिबी मानेको छ ? — २७५ अमेरिकी डलर भन्दा कम
१०. अर्जेन्टिनामा समुन्द्र्र सतह भन्दा ४ हजार मिटर उचाइमा एन्डिज पर्वत श्रृङखलामा गुड्ने रेललाई के भनिन्छ ? — ट्रेन टु द क्लाउड
११. नेपाल लगायत साना २० देशले जलवायु परिवर्तन सँग हालै गठन गरेको संगठनको गरेको नाम के हो ? ( द्य(द्दण्
१२. प्राकृतिक वातावरणसँग सम्बन्धित भूगोललाई के भनिन्छ ? — भौतिक भूगोल
१३. काठमाण्डौं उपत्यकामा पाइने हावापानीलाई कुन वर्गीकरणमा राखिएको छ ? — शितोष्ण हावापानी
१४. म्यम्य के हो ? — पानीमा बस्ने विषालु सर्प
१५. सामवेदमा कति शाखा छन ? — १०००
१६. संयुक्त राष्ट्र संघमा अरबी भाषाले कहिले देखि मान्यता पाएको हो ? — सन १९७३
१७. सरकारले आयकर छुटको सिमा बढाएर व्यक्तिका लागि कति पु¥याएको छ ? — ३ लाख ५० हजार
१८. नेपालको कमोडिटी बजारमा भौतिक हस्तान्तरण हुने एकमात्र कृषिजन्य वस्तुको कारोबार शुरु भएको छ ? — कुखुराको अण्डा
१९. राजाको साम, दाम, दण्ड, भेदको उचित प्रयोग गर्न सक्ने गुणलाई के भनिन्छ ?
— आत्म सम्पन्न गुण
२०. नेपालमा जैविक विविधता कार्ययोजना कहिले लागू भएको हो ? — सन २००३
२१. चनारा जातिको मुख्य बसोवास रहेको जिल्ला कुन हो ? — गोरखा
२२. मध्यपश्चिमाञ्चल विकास क्षेत्रको ठूलो र सानो जिल्ला कुनकुन हुन ? — डोल्पा र प्यूठान
२३. थार मरुभूमिको अर्को नाम के हो ? — ग्रेट ईन्डियन डिजर्ट
२४. भर्सेलिज सन्धि कति वर्षको लागि गरिएको थियोे ? — २०वर्ष
२५. विश्व इतिहासमा मानवअधिकारको सम्बन्धमा पहिलो लिखित दस्तावेज कुन हो ?
— मानवअधिकारको विश्वव्यापी घोषणापत्र
२६. २०६८ को जनगणना अनुसार लैंगिक अनुपात कति छ ? — ९४.१६
२७. कुन मुलुक दोस्रो विश्वयुद्दको अन्तसँगैे विभाजन भयो र शीत युद्धको अन्तयसँगै पुनःएकीकरण भयो ?
— जर्मनी
२८. अल्वर्ट ताल कहाँ पर्छ ? — अफ्रिका
२९. मलाया भन्नाले कुन देशलाई चिनिन्छ ? —मलेसिया
३०. विमेस्टेकमा नेपालले औपचारिक रुपमा प्रवेश पायो ? — ँभद द्दण्ण्द्ध
३१. विष्णुपादी भन्नाले कुन दक्षिण एशियाली नदीलाई चिनिन्छ ? — गंगा
३२. केटाकेटीको मन मिले विवाह नै नगरी सँगै बस्न मान्यता दिने जाति कुन हो ? — दरै
३३. दनुवारी भाषासँग मेल खाने भाषा कुन हो ? — माझी
३५. अन्तराष्ट्रिय स्माइल टर्न हिरो अवार्ड पाउने चिकित्सक को हुन ? — डा.शंकरमान राई
३६. प्ष्मलभथक या तजभ धयचमि भन्नाले कुन क्षेत्रलाई बुझिन्छ ? — सिमसार क्षेत्र
३७. मरणोपरान्त ग्रामी अवार्डबाट सम्मानित विश्व विख्यात कलाकार को हुन ? — माइकल ज्याक्सन
३८. श्रीमतीको माध्यमबाट राजा हुने व्यक्ति को हुन ? — जयस्थित मल्ल
३९. केराका लागि प्रसिद्ध जिल्ला कुन हो ? — कञ्चनपुर
४०. पर्यटकीय स्थल न्चभभल ख्बििभथ कुन जिल्लामा पर्छ ? — सोलुखुम्बु
४१. सन १९९१ मा भएको खाडी युद्ध कति दिन चलेको थियो ? — ४३ दिन
४२. नेपालबाट क्ब्एत्ब् मा हस्ताक्षर गर्ने व्यक्ति को हुन ? — महेश आचार्य
४३. नेपालबाट क्ब्ँत्ब् मा हस्ताक्षर गर्ने व्यक्ति को हुन ? — डा.भेषबहादुर थापा
४४. नेपाल र भारत बिच मैत्री सन्धि कहिले भएको थियो ? — १९५० जुलाई ३१
४५. नेपाल र चीनबीच शान्ति तथा मैत्री सन्धि कहिले भएको थियो ? — १९६० अप्रिल २८
४६. उत्तरमा हिमालय देखि दक्षिणमा महाभारतसम्म फैलिएको जिल्ला कुन हो ? — धादिङ
४७. उत्तरमा हिमालय देखि दक्षिणीमा चुरे क्षेत्रसम्म फैलिएको जिल्ला कुन हो ? — सिन्धुपाल्चोक
४८. महाकाली सन्धि पारित कहिले भएको थियो ? — २०५३ असोज ४
४९. ऋयतयउबहष् केसँग सम्बन्धित छ ? — ज्वालामुखी
५०.राइटर बा भनेर कसलाई चिनिन्छ ? — बलबहादुर कार्की
साहित्य/सृजना
जित हाम्रो प्रेमको हुनेछ
प्रिय,
एक दिन अबश्य हाम्रो मिलन हुनेछ
धैर्यता राख
जित हाम्रै प्रेमको हुनेछ ।
सारा सृस्टि हामीलाई एक गर्न तल्लीन हुनेछ ।
जुन दिन सुर्य मिठो मुस्कानका साथ उदाउनेछ ।
जुन दिन आकाशबाट कालो बादल हट्नेछ ।
जुन दिन इन्द्रेणीले खुशी भएर आफ्ना सातै रङ्ग छर्नेछिन् ।
जुन दिन नपलाएका पालुवा फेरी पलाउनेछन् ।
जुन दिन इन्द्रदेब प्रसन्न भएर मेघ बर्साउने छन् ।
जुन दिन फुल प्रफुल्ल भएर मुस्कुराउने छिन् ।
जुन दिन चरी स्वतन्त्र भएर गित गुनगुनाउने छिन् ।
जुन दिन नदी बाटो नबिराएर बग्ने छिन् ।
जुन दिन लहर पहरा बेफिक्र भएर खिल्खिलाउने छन् ।
जुन दिन हिमाल, पहाड अनि तराईका जनता एकजुट भै बस्ने छन् ।
जुन दिन गाउँगाउँ अनि बस्तीबस्तीमा बिकासका कार्य हुनेछन् ।
जुन दिन पीडितहरुले उचित न्याय पाउनेछन् ।
जुन दिन शिक्षामा समानता र सबैको पहुँच हुनेछ ।
जुन दिन दक्ष जनशक्ति पलायन हुनबाट रोकिनेछन ।
जुन दिन भत्किएका संरचना पुनर्निर्माण हुनेछन् ।
जुन दिन पढेलेखेका बेरोजगारले रोजगारी पाउनेछन् ।
जुन दिन देशले देश हाँक्ने असल राजनेता पाउनेछ ।
जुन दिन देश्को अर्थतन्त्र बलियो हुनेछ ।
जुन दिन सबैले आत्मनिर्भर भएर बाँच्न सिक्नेछन् ।
जुन दिन महिला र पुरुषबिचको बिभेदको अन्त्य हुनेछ ।
जुन दिन अबोध बालबालिकाले सडकमै जीवन बिताउनु पर्ने छैन ।
जुन दिन चारैतिर चेतनाको क्रान्ति छाउने छ ।
जुन दिन मुर्छित भएर बसेकाहरु होसमा आउनेछन् ।
जुन दिन निदाएकाहरु बिउझनेछन् ।
जुन दिन घरबार उजाडिएकाले नयाँ जीबन पाउनेछन् ।
जुन दिन आमाले खुशी भएर आशिर्वाद दिनेछिन् ।
तिम्रो प्रियतम...........
पुष्पा जोशी
धनगढी, कैलाली
शव्द सिमा
मानिसहरु किन व्यर्थमा
शब्द फालिरहेछन् हँ ?
हावामा बिलाइरहेका शब्दप्रति कुनै शोक छैन
शब्दवाचकहरुलाई,
न शब्दलेखकहरु
कागजका भावहीन शब्दप्रति पश्चाताप गर्छन्
शब्दको अनस्तित्वमा
आशौच बार्छन् त
शान्त सौम्य हावाहरु
सेता कागजहरु
र मौन आत्माहरु
शब्द त ब्रम्ह हो
शब्द त सृष्टि हो
शब्द त सत्य हो र शाश्वत रहन्छ
शब्द त नित्य हो र अनन्त रहन्छ
मानिसहरु शक्तिहीन शब्द फ्याँकेर
किन आफंैलाई कमजोर बनाइरहेछन् ?
श्याम रिमाल
सूचना/सन्देश/बिज्ञापन
नेपाल सरकार
खानेपानी तथा सरसफाई मन्त्रालय
क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय
दिपायल, डोटी
वातावरणीय प्रभाव मूल्याङ्कन ९भ्क्ष्ब्० को सार्बजनिक सुनुवाईको सम्बन्धमा ।
प्रस्तुत बिषयमा यस भेलछडा (काँडमाण्डौं–गैरागाउँ–सिलगढी) खानेपानी तथा सरसफाई आयोजना निर्माणको सम्बन्धमा वातावरणीय प्रभाव मूल्याङ्कन ९भ्क्ष्ब्० प्रतिवेदन तयार गर्ने क्रममा आयोजित यस सार्बजनिक सुनुवाई कार्यक्रममा उपस्थित भई उक्त खानेपानी तथा सरसफाई आयोजना प्रस्ताब कार्यान्वयनको सिलसिलामा पर्न सक्ने भौतिक, जैविक, सामाजिक, आर्थिक, सांस्कृतिक प्रणाली तथा स्थानीय पक्षमा पर्ने प्रभाबहरु बारेमा छलफल गर्न आयोजना हुने तपशीलको मिति, स्थान र समयमा सार्बजनिक सुनुवाई कार्यक्रममा सम्पूर्ण सरोकारवाला महानुभावहरुलाई उपस्थित भई लिखित तथा मौखिक राय सुझाबहरु उपलब्ध गराई दिनु हुन अनुरोध गरिन्छ ।
तपसिल ः
मिति ः २०७४ । ०५ । २१ बुधबार
स्थान ः पूर्वीचौकी गाऊपालिका वडा नं. ४, वडा पालिकाको कार्यालय, सानागाऊ ।
समय ः बिहान ठिक ११.०० बजे
प्रस्तावक
क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालय
दिपायल, डोटी
शिक्षक आवश्यकता सम्बन्धि सूचना
प्रथम पटक सूचना प्रकाशित मिति ः २०७४÷०५÷१४
उपरोक्त सम्बन्धमा शिखर नगरपालिका–११, बारपाटा किमडा डोटीमा रहेको यस श्री सदिच्छा आधारभुत बिद्यालयमा रिक्त रहेको प्रा.बि. तह तृतीय श्रेणीको शिक्षक पद खुल्ला प्रतियोगिताद्वारा अस्थायी पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका ईन्छुक नेपाली महिला नागरिकहरुले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आबेदन दिन हुन यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल
बिज्ञापन नं. ०१÷०७४÷०७५, पद संख्या ः १ (महिला)
तह ः प्रा.बि. तृतीय किसिम ः अस्थायी करार,
शैक्षिक योग्यता ः मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रबिणता प्रमाण पत्र तह वा सो सरह उत्तीर्ण
उमेर ः १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
पेश गर्नुपर्ने कागजातहरु
ड्डशैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपी २ प्रति
ड्डनेपाली नागरिकताको प्रतिलिपी २ प्रति
ड्डस्थायी अध्यापन अनुमतिको प्रतिलिपी २ प्रति
ड्डतालिम सम्वन्धि प्रमाणपत्रका प्रतिलिपी २ प्रति
दरखास्त दिने अन्तिम मिति ः २०७४÷०५÷२८ गते
सम्पर्क मितिः २०७४÷०५÷२९ गते
परीक्षा दस्तुर ः २०००÷–
परीक्षाको किसिम ः लिखित र अन्तर्वार्ता
परीक्षा मिति ः जि.शि.का. डोटीले तोके बमोजिम हुनेछ ।
नोट ः स्थानीय, दलित, जनजाति तथा अपाङ्गता भएका महिलालाई प्राथमिकता दिईनेछ
पुनश्च ः म्याद नाघि आएका र रित नपुगी आएका निवेदन उपर कुनै कारबाही हुनेछैन ।
सम्पर्क नं. ९८४८४५७५२३, ९८६५६३३१७३
युनाईटेड मिसन टु नेपाल, डोटी र समान पहुँच बिकास केन्द्र (सिड) नेपाल डोटीको साझेदारीमा सञ्चालित “जवाफदेहीता अभिबृद्धिमार्फत समावेशी बिकास कार्यक्रम” द्वारा जनहितमा जारी सन्देश ।
सुशासनकालागि प्रयोग गरिने मुख्य औजारहरु ः
सुशासनका लागि धेरै किसिमका औजारहरु प्रयोग गर्न सकिन्छ । अहिले नेपालको सन्र्दभमा देखा परेका केही मुख्य औजारहरु निम्न अनुसार छन् ः
१. सार्वजनिक परीक्षण
सार्वजनिक परीक्षण भन्नाले विकास कार्यक्रममा भएको लगानीको लेखाजोखालाई बुझिन्छ । यसमा सम्पादन भए गरेका विकासका क्रियाकलापहरु के कस्तो रुपले सञ्चालन वा सम्पन्न भए ? त्यसमा के कति र कसबाट लगानी भयो ? के मा कति खर्च भयो ? कामको गुणस्तर कस्तो छ ? खर्च प्रक्रिया वा विवरण ठिक छ वा छैन ? भएका काम पारदर्शीपूर्ण तरिकाबाट भए वा भएनन् जस्ता विषयमा लेखाजोखा गरी सुझाव दिने अधिकार उपभोत्ता तथा सरोकारवालालाई हुन्छ । यसैको व्यवस्थित रुपलाई सार्वजनिक परीक्षण भनिन्छ । लागत, सहयोगी वा साझेदार निकाय, लाभान्वित बर्ग, प्रयोग भएको स्रोत र साधन आदिका बारेमा व्यवस्थित रुपमा आम उपभोक्ताहरुलाई जानकारी गराई उनीहरुलाई योजनाप्रति अपनत्व भावना जगाउने प्रयास सार्वजनिक परीक्षणले गर्दछ । यो योजना÷आयोजनामा आधारित रही गरिने प्रक्रिया हो ।
२. सामाजिक परीक्षण
सामाजिक परीक्षण भन्नाले संस्थाका सामाजिक जिम्मेवारीको लेखाजोखालाई बुझिन्छ । यसमा सार्वजनिक निकायबाट भएका वित्तीय तथा गैरवित्तीय लगानीको विस्तृत विवरण सरोकारवाला समक्ष प्रस्तुत गरिन्छ र सञ्चालित विकास कार्यक्रमहरुको लेखाजोखा गरि सुझाव दिने अधिकार सरोकारवालाहरुलाई हुन्छ । यसले सार्वजनिक निकायहरुको लगानि सामाजिक जिम्मेवारी पूरा गर्ने तर्फ केन्द्रित छ वा छैन भन्ने विषयमा जनधारणा बुझि सुधारको अवसर प्रदान गर्दछ । सामाजिक परीक्षण मुख्यतया लगानी के भयो, त्यसबाट उपलव्धी के भयो, त्यो उपलव्धीमा उपभोक्ता र सरोकारवालाहरुको सन्तुष्टि तह के छ र आगामी दिनमा थप सुधार गर्नका लागि के गर्नु पर्ला भन्ने बिषयमा छलफल गर्न आयोजना गरिन्छ ।
३. सार्वजनिक सुनुवाई
सार्वजनिक रुपमा सरोकारवालाले कुनै पनि तोकिएको विषयमा जनताको विचार तथा प्रश्न सुनेर उनीहरुका जिज्ञासालाई सम्बोधन गर्नका निम्ति गठित व्यवस्थित भेलानै सार्वजनिक सुनुवाई हो । यसमा मुख्य रुपले नागरिकहरु र सम्वन्धित सरोकारवाला पक्षको सहभागिता हुन्छ र सहजिकरणका लागि तेस्रो पक्षले भुमिका निर्वाह गर्न सक्छ । जनताले वा उपभोक्ताले आफुलाई परेको मार्काका बारेमा सोझै सम्वन्धित सेवा प्रदायक निकायसंग प्रश्न गर्छ र सेवा प्रदायक निकायको जिम्मेवार व्यक्तिले उक्त प्रश्नको तत्काल जवाफ दिन्छ ।
सार्वजनिक रुपमा सरोकारवालाले कुनै पनि तोकिएको विषयमा जनताको विचार तथा प्रश्न सुनेर उनीहरुका जिज्ञासालाई सम्बोधन गर्नका निम्ति गठित व्यवस्थित भेलानै सार्वजनिक सुनुवाई हो । यसमा मुख्य रुपले नागरिकहरु र सम्वन्धित सरोकारवाला पक्षको सहभागिता हुन्छ र सहजिकरणका लागि तेस्रो पक्षले भुमिका निर्वाह गर्न सक्छ । जनताले वा उपभोक्ताले आफुलाई परेको मार्काका बारेमा सोझै सम्वन्धित सेवा प्रदायक निकायसंग प्रश्न गर्छ र सेवा प्रदायक निकायको जिम्मेवार व्यक्तिले उक्त प्रश्नको तत्काल जवाफ दिन्छ ।
४. नागरिक प्रतिवेदन पत्र
नागरिक प्रतिवेदन पत्र पनि सुशासनमा आवश्यक सुधारका लागि नागरिकहरुलाई सहभागी गराई सुशासन तर्फ अग्रसर गराउने एउटा सशक्त औजार हो । यो औजार पहिलो पटक सन् १९९३ मा भारतको बैंलोरमा नागरिक समाजबाट सार्वजनिक सेवाको गुणस्तरबारे जानकारी प्राप्त गर्न यो कार्ड तयार गरी परीक्षणको रुपमा प्रयोगमा ल्याइएको थियो । यो औजारले लक्षित समुहको साशन व्यवस्थामा चासो बढाएको देखिन्छ । हाल आएर यो पद्धतिको सुरु युक्रेन, फिलिपिन्स, भियतनाम, डेनमार्क, घाना, स्वीडेन, बेलायत र अमेरिकामा पनि भएको पाइन्छ । यो एक सहभागितामुलक सर्वेक्षण हो । सेवाग्राही नागरिकले कुनै सेवा प्रदायक निकायबाट सेवा लिँदा देखेका, भोगेका र अनुभव गरेका कुरालाई मुल्याङ्कन गरि सेवा प्रदायक संस्थालाई पृष्ठपोषण दिने पद्धतिलाई नागरिक प्रतिबेदन पत्र भनिन्छ । सेवाग्राही संस्थाहरुले सेवाग्रायीमाथी देखाउने व्यवहार , सेवाको सन्तुष्टि, कामको चुस्तता यसमा समावेश गरिएको हुन्छ । यो बिशेष प्रकारको प्रश्नावली तयार गरि सञ्चालन गरिने औजार हो ।
No comments:
Post a Comment