हामी नेपालीहरुमा जुनसुकै क्षेत्रमा पनि काम गरेर देखाउन सक्ने अवस्था छ र सफल पनि हुन सकिन्छ । नयाँ प्रबिधि र नयाँ क्षेत्रहरुमा हामी जानैपर्छ । मुख्यतः हामीमा प्रतिवद्धता, लगनशिलता, आँट र साहस् चाहिन्छ ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग
मुख्य समाचार
कांग्रेस जिते राष्ट्रियता खतरामा पर्ने
नेकपा मशालका महामन्त्री मोहन बिक्रम सिंहले आउने निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले बहुमत ल्याए राष्ट्रियता खतरामा पर्ने बताएका छन ।
चुनावी कार्यक्रमको क्रममा डोटी पुगेका सिंहले कांग्रेसले बहुमत ल्याए मधेशबादी दलहरु र भारतसंग मिलेर संबिधान संसोधन गर्ने खतरा रहेको बताए । ‘संबिधानलाई भारतीय ईच्छा अनुसार संसोधन गरेर राष्ट्रियता कमजोर बनाउने पक्षमा कांग्रेस रहेका कारण हामीले कांग्रेस गठबन्धनसंग चुनावी तालमेल गरेनौं’ सिंहले भने ‘कांग्रेस नेपाललाई फेरी हिन्दु राष्ट्र बनाउने र हिन्दु राष्ट्रको संरक्षकका रुपमा हिन्दु राजा फर्काउने दाउमा रहेको छ ।’
नेपाली कांग्रेसभित्रकै ठुलो हिस्सा राजतन्त्र दोहो¥याउने पक्षमा रहेको र गठबन्धनका अन्य दलहरु पनि राजतन्त्रको पक्षमा रहेका कारण फेरी राजतन्त्र दोहोरिने खतरा रहेको बताए । ‘कांग्रेस गठबन्धनले जित्यो भने तिनवटा खतरा छन’ राष्ट्रिय जनमोर्चा डोटीद्वारा बिहिवार आयोजना गरिएको पत्रकार सम्मेलनमा महामन्त्री सिंहले भने ‘अहिलेको अवस्थामा कांग्रेस गठबन्धन जित्नु राष्ट्रियतामाथीको खतरा हो ।’
उनले नेपाली कांग्रेस पुरानो कांग्रेस नरहेको आरोप लगाए । ‘कांग्रेस अव बिपी कांग्रेस रहेन, न त यो गिरिजा कांग्रेस रह्यो, न गणेशमान कांग्रेस रह्यो’ उनले भने ‘यो शेरवहादुर कांग्रेस मात्रै रह्यो ।’ कांग्रेस सभापति शेरबहादुर देउवासंग राष्ट्रियता र राजनीतिक चरित्र नरहेको सिंहले आरोप लगाए । उनले भने ‘उनी व्यक्तिगत स्वार्थका लागि जे पनि गर्न सक्छन भन्ने पुष्टि भईसकेको छ ।’ उनले प्रश्न गरे ‘गिरिजा प्रसाद कोईराला जस्तो व्यक्तित्वसंग समेत बिद्रोह गरेर दरवार पस्ने मान्छेसंग के अपेक्षा गर्न सकिन्छ ?’
उनले बिपी र गिरिजा प्रसाद कोईरालाले निरंकुश राजतन्त्र भन्दा बैज्ञानिक राजतन्त्र स्वीकार गरेको बताउँदै सिंहले अहिलेको कांग्रेसले अवसरबादलाई मात्रै स्वीकार रहेको आरोप लगाए । उनले भारतले मधेशबादी दलहरुसंग मिलेर देशलाई सिक्किमीकरण गर्न खोजेको आरोप लगाए ।
अहिलेको अवस्थामा बाम गठबन्धनबाट राष्ट्रियता र लोकतान्त्रिक गणतन्त्रको रक्षा हुने भएका कारण आफुहरुको समर्थन बाम गठबन्धनलाई रहेको सिंहले बताए । ‘अहिले राष्टिूयता गम्भिर खतरामा परेको छ’ सञ्चार–कर्मीहरुद्वारा सोधिएको प्रश्नको जवाफमा सिंहले भने ‘त्यसकारण बामगठबन्धनलाई हामीले नैतिक समर्थन गरेका छौं ।’
एमाले–माओवादीहरु माक्र्सबाद, लेनीनबाद र माओ बिचारधाराबाट बिचलित भईसकेका कारण उनीहरु कम्युनिष्ट नरहेको सिंहको भनाई छ । उनी भन्छन् ‘चरित्रका हिसावले यि दुई पार्टी एउटै भएका कारण यिनीहरुबीच एकता भए राम्रो हुन्छ ।’ उनले वर्तमान बाम गठबन्धनसंग आफ्नो पार्टी एकता हुने सम्भावना नरहेको बताए ।
आफुहरुले चुनावलाई संघर्षकै रुपमा लिएको बताउँदै सिंहले भने ‘सैद्धान्तिक रुपमा हामीले संसदीय व्यवस्थालाई स्वीकार गर्दैनौं तर चुनावलाई हामीले संगठन बिस्तारको एक पाटोका रुपमा लिएका छौं ।’

सम्पादकीय
चुनावी प्रतिस्पर्धा कि राजनीतिक दरिद्रता ?
अहिले जताततै चुनावीे माहौल बनेको छ । गाउँ गाउँमा राजनीतिक दलका झण्डा, व्यानर, पोष्टर, पम्पलेट सहित नेता कार्यकर्ताहरु भोट माग्नका लागि गएका छन । राजनीतिक दलहरु र नेता कार्यकर्ताहरुका लागि चुनाव बिद्यार्थीहरुको परीक्षा जस्तै हो । जसरी एक अभिभावकले आफ्नो आफ्नो सन्तान परीक्षामा उत्तीर्ण भएपनि लगानी साकार भएकोमा खुशी व्यक्त गर्छ त्यसरीनै राजनीतिक दलले चुनावी परीक्षामा आफ्नो उम्मेद्वार बिजयी भएमा आफ्नो लगानी साकार भएको महसुस गर्छ, खुशी मनाउँछ । त्यसकारण कुनै पनि राजनीतिक दलले जनमत आफ्नो पक्षमा पार्नका लागि राजनीतिक लडाई लड्नु अन्यथा हुँदैन । प्रजातान्त्रिक मुल्य मान्यता र कानुन अनुसार राजनीतिक दलहरुले जनताका बिचमा जाने आफ्ना धारणाहरु राख्ने, आफ्ना योजनाहरु राख्ने र प्रतिस्पर्धी अन्य राजनीतिक दल भन्दा आफ्ना योजना, आफ्नो बिचार यो यो कारणले राम्रा हुन भन्ने तर्क दिने कुरा प्रजातान्त्रिक अभ्यासभित्रको कुरा हो । यो गर्दा कुनै आपत्ति हुँदैन र हुनु पनि हुँदैन ।
तर, चुनावको बेलामा जनताको बिचमा गएर आफ्नो बिचार र आफ्ना योजना भन्दा पनि बिरोधी पार्टीले बिगतमा गरेका कामहरु र बिरोधी पार्टीको उम्मेद्वारका कमीकमजोरीहरुलाई चुनावको मुख्य मुद्धा बनाईनुलाई राजनीतिक दरिद्रा भन्दा अरु के भन्न सकिएला र ? म कुन कारणले जनप्रतिनिधि हुन योग्य छु भन्ने कुरा जनताकाबिचमा राख्न नसक्ने तर अर्को व्यक्तिको अनावश्यक चरित्र हत्या गर्ने, यो कहाँको राजनीतिक संस्कार हो ? के जनताले अर्कालाई धेरै गाली गर्न सक्ने व्यक्तिलाई चयन गर्ने हो त ?
लोकतन्त्र राज्य सञ्चालनको शासन पद्धति मात्रै होईन, स्व–शासन पद्धति पनि हो अर्थात व्यक्तिले आफुमाथी गर्ने शासन पद्धति पनि लोकतान्त्रिक हुनु जरुरी छ, जीवन शैली लोकतान्त्रिक हुनु जरुरी छ । लोकतन्त्रमा भन्न पाउने, बोल्न पाउने अधिकार त छ तर त्यसको परिसीमा पनि छ र नैतिक आचरणको कुरा पनि छ । अरुलाई धारे हात लाउनेहरुले आफु कति पानीमा छु भन्ने कुरा थाह पाउने कि नपाउने ? जनताले तिरेको करबाट सेवा सुबिधा लिनेहरुले जनतालाई कोरा भाषण दिनु भन्दा एक पटक आफ्नै छातीमा हात राखेर मैले के के गरे भन्ने सोच्नु पर्ने हो कि होईन ?
बिरोधी पार्टीलाई चर्को स्वरमा गाली गरेर कार्यकर्तालाई उस्काउने अनि कार्यकर्ताहरुलाई आपसमा लडाएर आफु फाईदा लुट्नेहरुले कुनै दिन आफुले गरेको भाषणबाट सामाजिक सम्वन्धमा के असर परेको छ भन्ने कुरा बुझेका छन ? मेरा कारण भाई–भाई आपसमा काटाकाट गर्दै छन, पानी पँधेरो बाटोघाटो छुट्टिदैछ, पालो पर्म, मेलापात सवै छुट्टिदैछ भन्ने कुराको स्मरण भएको छ कुनै दिन ? पक्कै पनि छैन, यदि त्यसो सोच हुने थियो भने तपाईहरुको ईच्छा पुरा हुने थिएन । तपाईहरुले त अर्कोलाई निच देखाएर सोझा जनताको भावनामाथी खेलवाड गर्नु छ । आफ्ना कमीकमजोरी लुकाउनका लागि बिरोधीको तिललाई पहाड बनाउनु पर्नेछ । त्यही गरेर मात्रै तपाईको स्वार्थ पुरा हुन्छ अन्यथा तपाईको स्वार्थ पुरा हुँदैन किनकी तपाईले जनताले सोझो तरिकाले बिश्वास गर्ने त कुनै आधारनै राख्नु भएको छैन त ।
यो राजनीतिक दरिद्रताबाट माथी उठ्नुहोस् नेता ज्यूहरु, लोकतान्त्रिक मुल्य मान्यताको जीवनशैली अपनाउनुहोस् । बिरोधीको खोईरो खनेर चुनाव जित्ने दरिद्र मानसिकता त्याग्नु होस् । कार्यकर्ताहरुलाई पनि लोकतान्त्रिक बनाउनुहोस् । लोकतन्त्र मुखले जपेर मात्रै हुने कुरा होईन, व्यवहारिक जीवन पनि लोकतान्त्रिक बनाउनुहोस् । यसैमा तपाईको भलाई छ ।

थप समाचार
एआईभीको नयाँ संक्रमण घट्दो
डोटी जिल्लामा एचआईभीको नयाँ संक्रमण दर घट्दो क्रममा रहेको एक तथ्याङ्ककले देखाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय डोटीद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रस्तुत तीन बर्षको तथ्याङ्कले जिल्लामा एचआईभी संक्रमण दर कम भएको देखाएको छ । तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७१÷०७२ मा ५९ जना नयाँ संक्रमितहरु देखिएका थिए । ०७२÷०७३ मा नयाँ संक्रमितहरुको संख्या ४८ रहेकामा गत आर्थिक बर्षमा नयाँ संक्रमितहरु ४० देखिएका छन ।
‘एचआईभी÷एड्स सम्वन्धि जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन भएका कारण यो प्रभाव परेको हुन सक्छ’ जिल्ला स्वास्थ्य कार्यालय डोटीका बरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश बिष्टले पत्रकार भेटघाट कार्यक्रममा भने ‘यसमा सामुदायिक बिकास मञ्च लगायत गैरसरकारी संस्थाहरुको ठुलो योगदान छ ।’ उनले संख्यात्मक रुपमा बिगतका बर्ष भन्दा नयाँ संक्रमितहरुको संख्या कम देखिएपनि अवस्था भयावहनै रहेको बताए ।
डोटी जिल्लामा हालसम्म नौ सय ३१ जना एचआईभी संक्रमित रहेका बिष्टले बताए । उनले एड्सका कारण एक सय ११ जनाले ज्यान गुमाईसकेका बताए । ‘यो जिल्ला स्वास्थ्य कार्यालय डोटीमा अभिलेखीकरण भएको संख्या हो’ बिष्टले भने ‘कुनै व्यक्ति एड्सका कारण ज्यान गुमाएको तर हाम्रो रेकर्डमा नआएको पनि हुन सक्छ ।’
सात सय १५ जना जना संक्रमितहरुले एआरटी सेवा लिईरहेको डोटी जिल्ला अस्पतालका चिकित्सक डा गिरीश अवस्थीले जानकारी दिए । ‘संक्रमितहरुमध्ये नौ जनालाई क्षयरोग पनि देखिएको छ’ डा अवस्थीले भने ‘हामी एचआईभी संक्रमण देखिने बित्तिकै क्षयरोग पनि छ कि भनेर जाँच गर्छौं ।’ उनले क्षयरोग देखिएका बिरामीको एआईभी पनि परीक्षण गर्ने गरिएको बताए ।
डोटीमा जिल्ला अस्पताल र सानागाउँ स्वास्थ्य चौकीबाट एआटी सेवा उपलव्ध भईरहेको कार्यक्रममा जानकारी गराईयो ।
कार्यक्रममा बरिष्ठ जनस्वास्थ्य प्रशासक बिष्टले जिल्लाको समग्र स्वास्थ्य अवस्थाको बिषयमा सञ्चारकर्मीहरुलाई जानकारी गराएका थिए । उनले जिल्ला स्वास्थ्य कार्यालयबाट सञ्चालन हुँदै आएका अधिकांश कार्यक्रमहरु स्थानीय तहमा गईसकेको समेत जानकारी दिए ।

चर्चामा रहेकी यि महिला, जसका कारण आलेमगर स्पष्टिकरणमा परे
रामहरी ओझा/सिलगढी
कार्तिक २७
सोमवार एकाबिहानै आफ्नो बिरामी छोरालाई पिठ्युमा बोकेर पसल पसलमा आर्थिक सहयोग माग्दै गरेकी भेटिईन चन्नरी भण्डारी । उनी पिठ्युमा बोकेको छोरो बिरामी भएको र उपचारका लागि धेरै पैसा लाग्ने भएका कारण सहयोगका लागि व्यापारीहरुलाई याचना गर्दै थिईन । स्थानीय तहले निजको आर्थिक अवस्था कमजोर भएकोले छोराको उपचारका लागि सहयोग गरिदिन भनि दिएको सिफारिस देखाउँदै चन्नरी बाटोमा हिड्दै गरेका– हरुसंग पनि सहयोग माग गर्दै थिईन ।
डोटीको पूर्वीचौकी गाउँपालीका–६ गाँजरी बास्कोट अन्दाजी ४० वर्षकी चन्नरी भण्डारी एचआईभी संक्रमित एकल महिला हुन् । उनका श्रीमान् हरी भण्डारीको करीव दुई वर्ष पहिले एड्सका कारण निधन भयो । धेरै लामो समयदेखि एआटी खाँदै गरेकी चन्नरीले जन्म दिएका ९ सन्तानहरुमध्ये पाँचको मृत्यु भईसकेको छ । एक छोरीको बिहे भईसकेपछि अव उनीसंग दुई छोरी र एक छोरा छन । आर्थिक अवस्था कमजोर भएका कारण उनले आफ्ना सन्तानहरुलाई बिद्यालय पठाउन सकिनन् ।
रोजगारीका लागि भारत बसेका श्रीमान् हरी फर्केर आउँदा बिरामी भएर आए । रोगले गल्न थालेपछि उनको उपचारका लागि भएको जग्गा समेत बेच्नु परेको चन्नरीको भनाई छ । धेरै रकम खर्च भईसकेपछि मात्र थाह भयो हरीलाई एचआईभी भएको । हरी आफु त गए गए श्रीमतिलाई एचआईभी उपहार दिएर गए । “मेरो छोरालाई बचाईदिनु प¥यो हजुर, सहयोग गरिदिनु प¥यो” आँखाभरी आशु बनाउँदै सवैलाई गुहारिरहेकी चन्नरी भन्छिन् ‘मेरो एक्लो छोरो हो हजुर, नत्र म मर्दा चिता आगो लगाउने पनि कोही हुन्न ।’ छोरा आफु जस्तै संक्रमित नभएका कारण पनि उनी छोराको उपचार हुने कुरामा बढी आशाबादी छन् । छोरोको उपचारका लागि आर्थिक सहयोग जुटाउन उनले स–साना दुई छोरीहरुलाई छिमेकीको जिम्मामा छोडेर आएकी छन ।

पिसाव नलीमा प्वाल भएका तीन बर्षीय छोरा करणको उपचारका लागि करीव(करीव दुई लाख खर्च हुने चिकित्सकहरुले भनेको सम्झिन्छिन् उनी । आर्थिक सहयोग माग्ने क्रममै गत मंगलबार पूर्वीचौकी गाउँपालिकामा बाम गठबन्धनले आयोजना गरेको कार्यक्रममा पुगेकी थिईन । कार्यक्रममा सहभागिहरुले उनलाई ५०÷१०० रुपैयाँ गर्दै सहयोग गरे । त्यो सहयोग नै एमाले केन्द्रीय बैकल्पिक सदस्य एवं प्रतिनिधि सभा सदस्यका उम्मेद्वार प्रेमबहादुर आलेमगरले निर्वाचन आयोगलाई स्पष्टिकरण दिनु पर्ने कारण बन्यो ।
बिभिन्न सञ्चारमाध्यममा ‘आलेमगरले भोटका लागि पैसा वाँड्यो’ भनेर समाचार सम्प्रेषण भएपछि निर्वाचन आयोगले उनलाई स्पष्टिकरण सोधेको थियो । ‘तपाईले त आलेमगरबाट पैसा लिएर आफ्नो भोट बेच्नु भयो रे नि ?’ बजारमा आर्थिक सहयोग माग्दै भेटिएकी चन्नरीलाई बिम्ब साप्ताहिकले प्रश्न गर्दा उनले स्थानीय भाषामा भनिन् ‘न त मलाई कसैले भोट मागेको छ, न मैले कसैलाई भोट दिन्छु भनेकी छु, पाँच÷पाँच सन्तान गुमाईसकेकी एक आमालाई एक्लो छोरो बिरामी हुँदा कति पीडा हुन्छ भन्ने कुरा तपाईले महसुस गर्नु भएको छैन, त्यसैले यस्ता प्रश्न गर्दै हुनुहुन्छ ।’
‘तपाईलाई त भोट दिनु पर्ने शर्त सहितको कागज गराएर पैसा दिएको भन्ने छ त !’ अर्को प्रश्नमा उनी रुदै भन्छिन् ‘म बेसहारा महिलाको बेईज्जत गरेर यिनीहरु के पाउने हुन ?’ उनी भन्छिन् ‘म सहयोग माग्दै हिडेका बेला त्यहाँ धेरै मान्छे देखेँ, केही पैसा जुट्ला भन्ने आश बोकेर त्यही गए, सवै दाजुभाईले सहयोग गर्नु भयो, केही पैसा जम्मा भयो ।’
‘नआत्तिनुहोस् बैनी तपाईको छोरा ठिक भईहाल्छ’ आफु पैसा संकलन गरेर निस्कने क्रममा एक मोटो मान्छेले नमस्कार गर्दै यत्ति शव्द भनेको कुरा याद छ चन्नरीलाई । उनी भन्छिन् ‘तपाईले भनेका मान्छे को हुन मलाई थाह छैन ।’ उनी थप्छिन् ‘पैसामा भोट बेच्यो भनेर म जस्ती सहराबिहिन महिलाको बेईज्जत गर्नेहरु के बाटो पाउलान् ?’ उनी अपील गर्छिन ‘मेरो वेईज्जत गर्नु भन्दा मेरो छोरोको उपचारमा सहयोग गरिदिनुहोस् ।’

बालबिवाह बिरुद्ध शिक्षक लाग्ने
डोटी दुर्गा माध्यामिक विद्यालय बर्छैन्का शिक्षक नवराज जोशी समाजमा हुने बालबिवाह रोक्नका लागि लाग्ने प्रतिवद्धता गर्छन ।
‘समाजमा अहिले पनि बालबिवाह, छाउपडि प्रथा जस्ता कुरीतीहरु रहेका छन’ जोशी भन्छन् ‘ति कुरीतिहरु बिरुद्ध हामी शिक्षकहरु पनि लाग्छौं ।’ उनले यस्ता कुप्रथा अन्त्य गर्नका लागि सक्रिय सामाजिक संघसंस्थाहरुसंग शिक्षकहरुले पनि हातेमालो गर्न चाहेको बताए ।
जोशी जस्तै डोटीका अन्य सात बिद्यालयका शिक्षकहरुले पनि सामाजिक कुरीती बिरुद्ध आफुहरु सक्रिय रुपमा लाग्ने वताए । युनिसेफ र रेष्टलेस डिभलोप्मेन्टको सहयोग र जिल्ला शिक्षा कार्यालय डोटीको समन्वयमा सामुदायिक विकास केन्द्र (सिडिसि) डोटीद्वा सञ्चालित सम्भब कार्यक्रम अन्तरगत शिक्षहरूका लागि ‘अन्तरक्रियात्मक शिक्षण सिकाई’ तालिममा सहभागि १८ शिक्षकहरुले सो प्रतिवद्धता गरेका हुन ।
शनिवार र आईतवार गरि दुई दिन सञ्चालन भएको उक्त तालिमको सहजीकरणका क्रममा जिल्ला शिक्षा अधिकारी श्री अनन्त कुमार पौडेलले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न र सक्रिय बनाउन अन्तरक्रियात्मक शिक्षण सिकाई पद्धति लागु गर्न शिक्षकहरुलाई निर्देशन दिए । उनले भने यस पद्धतिबाट शिक्षण गरे प्रभावकारी हुने र सिकाईको गुणस्तर पनि राम्रो हुन्छ ।’
तालिममा विद्यालय निरिक्षक श्री गोपाल जोशी र श्रोत ब्यक्ति श्री लाल बहादुर कुँवरले पनि अन्तरक्रियात्मक शिक्षण सिकाई पद्धतिका बारेमा सहजीक–रण गरेको सिडिसीका कार्यक्रम सतिश गुरुङ्गले जानकारी दिए । तालिममा यौन तथा प्रजनन स्वास्थ्य, हिंसा तथा हिंसा हुने स्थान र कानुनी व्यवस्था, विद्यालयमा हुने हिंसा, राम्रो छुवाई र नराम्रो छुवाइ, लैगिंकतामा अधारित हिंसा रहित विद्यालय बनाउन शिक्षकहरूको भुमिका लगायतका बिषयमा छलफल भएको गुरुङ्गले वताए ।

सदरमुकामबासीलाई नै थाहा छैन मतदाता शिक्षा
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकै आईरहेको भएपनि डोटी जिल्ला सदरमुकामबासीहरु भने अहिलेसम्म पनि मत कसरी दिने भन्ने अन्यौलमा रहेका छन् ।
डोटी जिल्लामा दोश्रो चरणको निर्वाचन अन्तरगत मंसिर २१ गते निर्वाचन हुनेछ । यसै विषयमा बिम्ब साप्ताहिकले केहि सदरमुकामबासीहरुसंग गरेको कुराकानीका आधारमा मतदाता शिक्षाबाट अनविज्ञ रहेको तथ्य बाहिर आएको हो ।
दियापल सिलगढी नगरपालिका–६ मा होटेल व्यवसाय सञ्चाल गर्दै बसेका जितेन्द्र वहादुर भण्डारीलाई अब हुने निर्वाचनमा कति मत पत्र हुन्छन् भन्ने जानकारी छैन । उनी भन्छन् ‘खै, तिन हुन्छन कि चार, थाह छैन ।’ उनले अहिलेसम्म जानकारी नभएको तर बिस्तारै हुने आशमा छन ।
त्यस्तै सोही बडाका रामजी जोशीलाई मतदाता शिक्षाका बारेमा सोध्दा उनले आफुलाई राजनीतिप्रति कुनै चासो नभएकोले कुनै जानकारी नभएको बताए । वडा नं. ७ मा बस्ने रघुनाथ जोशी पनि मत पत्र कति हुने र कसरी मतदान गर्ने भन्ने बिषयमा अन्यौल छन । ‘खै, तिन हो कि चार हो, थाह भएन’ उनी भन्छन् ‘मतदान कसरी गर्ने भन्ने बिषयमा पनि जानकारी छैन ।’
सरकारी जागिर गर्दै गरेका कर्मचारीलाई नै मतदाता शिक्षाका बारेमा जानकारी छैन । एक कर्मचारीले भने ‘हामी त निर्वाचनमा कता खटिनु पर्छ, थाह छैन, त्यसैले जानकारी नभएपनि केही हुँदै ।’ दिसिनपा–६ सतिश गुरुङ्ग तीनवटा मतपत्र हुने र चार ओटा चिन्हमा मतदान गर्न पाउने व्यवस्था रहेको बताउछन । गुरुङ्ग सञ्चारमाध्यमबाट आफुले उक्त जानकारी पाएको बताए ।
जिल्ला निर्वाचन कार्यालय डोटीले शनिवार सामाजिक परिचालक, प्राथमिक विद्यालयका शिक्षक शिक्षिका, बालविकास केन्द्रका सहायक कार्यकर्ता र स्थानीय महिला स्वास्थ्य स्वयमसेविकाहरु गरि चार क्षेत्रका एक सय ५७ जनालाई मतदाता शिक्षा सम्वन्धी प्रशिक्षण दिएको जानकारी दिएको छ । तालिम प्राप्त मतदाता शिक्षक स्वयंसेवकहरुले आईतवारदेखि आ–आफ्नो क्षेत्रमा मतदाता शिक्षा दिन थालेको कार्यालयले जानकारी दियो ।
सूचना, सञ्चारको पहुँच भएका क्षेत्रका वासिन्दालाई नै मतदाता शिक्षाका बारेमा राम्रोसंग जानकारी नहुनुले ग्रामिण क्षेत्रमा बसोवास गर्ने सर्वसाधारणलाई मतदाता शिक्षाको बिषयमा कति जानकारी हुोला भन्ने अनुमान गर्न सकिन्छ ।
कसरी गर्ने मतदान ? प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा तिन छुट्टाछुट्टै मत पत्र रहने व्यवस्था निर्वाचन आयोगले गरेको छ । पहिलो मत्रपत्र पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तरगत प्रतिनिधि सभा सदस्यको चयनका लागि हुनेछ । उक्त मतपत्रको चुनाव चिन्हहरु हरियो रङ्गका छापिएका हुनेछन । पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तरगत दोश्रो मतपत्र प्रदेश सभा सदस्यको चयनका लागि हुनेछ । उक्त मतपत्र कालो रङ्गले छापिएको छ । यस्तै समानुपातिक प्रणाली अन्तरगत प्रतिनिधि सभा र प्रदेश सभाका लागि एउटै मतपत्र हुनेछ । माथील्लो भागमा प्रतिनिधि सभा र तल्लो भागमा प्रदेश सभा सदस्यहरुका लागि मत संकेत गर्ने ठाउँ हुनेछ ।

चुनावी भाषणमा योजनाको ओईरो
चुनावको मिति नजिकिदै जाँदा डोटीका उम्मेद्वारहरु जनमत आफ्नो पक्षमा पार्न गाउँ केन्द्रित भएका छन । चुनावी कार्यक्रममा भाषण गर्दै उम्मेद्वारहरुले योजनाको ओईरो लगाउन थालेका छन ।
मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका नेपाली कांग्रेस र बाम गठबन्धनका उम्मेद्वारहरुले डोटीमा विकास निर्माणका योजनाहरुको ओईरो लगाएको बताएका छन । नेपाली कांग्रेसबाट प्रतिनिधि सभाका उम्मेद्वार भौतिक पूर्वाधार निर्माण तथा यातायात मन्त्री बिरबहादुर बलायरले अवको ३५ बर्षसम्म थप योजना माग नगर्नु पर्ने गरि सडक सञ्जालको योजना तयार भएको दावी गर्दैछन् । उनी भन्छन् ‘म मन्त्री भएकै बेला चुनावी आचार संहिता लागु भएका कारण ति योजनाहरु कार्यान्वयनमा नआएका हुन तर सवै योजनाहरुको आवश्यक प्रक्रिया पुरा भईसकेको छ ।’ उनको भाषणमा रहेका सडक योजनाहरुमध्ये कैलालीको खुटीयाबाट डोटीको दिपायल, बझाङ्गको चैनपुर हुँदै चिनको ताक्लाकोट जोड्ने सडक पहिलो सूचीमा छ ।
यस्तै मन्त्री बलायरले डोटीका बिभिन्न कच्ची सडकहरुमा ३५ मोटरेवल पुल निर्माणको योजना बनिसकेको बताए । ‘आफु मन्त्री भएका बेला किन आफ्नो जिल्लाको विकास नगर्ने ? भनेर मैले यि योजनाहरु तयार गरेको हुँ’ बलायर भन्दै आएका छन । बलायरले खुटीया दिपायल फाष्ट टूयाक, बोगटान सकड, दिपायल चवारा चौतारा सडक, मौवा मेल्लेक सडक लगायत दर्जन बढी सडकहरु निर्माणको योजना तय भईसकेको दावी गर्दै आएका छन । मन्त्री बलायरले चुनावपछि नयाँ सरकार बन्न करीव दुई महिना लाग्ने भएका कारण आफुसंग काम गर्न प्रसस्त समय रहेको बताउँदै भने ‘त्यो दुई महिनाको अवधीमा धेरै काम गर्न सकिन्छ र गर्छु पनि ।’
बलायरसंग प्रतिस्पर्धा गरिरहेका बाम गठबन्धनका उम्मेद्वार एमाले केन्द्रीय बैकल्पिक सदस्य प्रेमबहादुर आलेमगरको भाषणमा पनि योजनाको ओईरो छ । त्यसो त मन्त्री बलायरले आफ्नो भाषणमा समावेश गरेका अधिकांश सडक योजनाहरु आलेले यस अघि पनि उठाउँदै आएका थिए । खुटीया(बिपीनगर दिपायल सडक, बोगटान सडक, बुडर जोरायल सडक लगायतका आधा दर्जन सडकहरुमा आफ्नो पहलबाट गतिलो बजेट आएको आलेको दावी छ । ‘२०६४ सालको चुनावमा हारेर पनि डोटीको बिकासका लागि निरन्तर खटिरहेको थिएँ र २०७० मा चुनाव जितिसकेपछि मैले जिल्लाको बिकासका लागि धेरै प्रयास गरेको छु ।’ आलेको भाषणमा समावेश हुने वाक्य हो । आलेले जिल्लाका बिभिन्न सडकहरुमा बजेट बिनियोजन भई टेण्डर समेत निस्किसकेकोले आफु झुटा नबोलेको दावी गर्दै आएका छन ।
बलायरको सभाहल, आलेको बिमान स्थल
मन्त्री बलायर डोटीको राजपुरमा निर्माण भईरहेको प्रदेशस्तरीय सभाहल आफ्नो सक्रिय पहलमा बन्न लागेको बताउछन । २०७१ सालदेखि निर्माणाधिन उक्त सभाहल तीन सय जनाको क्षमताको रहेको छ । बलायरले आफ्नो प्रमुख कामको रुपमा उक्त सभाहललाई प्रचार गरिरहेका छन ।
यता आलले डोटी बिमानस्थलको स्तरोन्नतीलाई आफ्नो प्रमुख कामको रुपमा व्याख्या गर्दै आएका छन । लामो समयदेखि बन्द रहेको बिमान स्थल आफुले पहल गरेर स्तरोन्नतीका लागि वजेट निकासा भएको दावी आलेको छ । उक्त बिमानस्थल स्तरोन्नतीको काम जारी छ ।
राजधानी मुख्य एजेण्डा चुनावमा होमिएका दलहरुले प्रदेश नं. ७ को राजधानी लाई मुख्य चुनावी एजेण्डा बनाएका छन ।
प्रतिनिधि सभाका लागि प्रतिस्पर्धा गरिरहेका बलायर र आले २०६९ सालमा भएको अखण्ड सुदूरपश्चिम आन्दोलनका अगुवा हुन । २०७० चुनावमा उनीहरु दुवैले अखण्ड सुदूरपश्चिमलाई मुख्य चुनावी एजेण्डा बनाएका थिए । उनीहरुको भनाई अनुसार साविकको सुदूरपश्चिम बिकास क्षेत्र एक प्रदेश भएपछि अव राजधानी दिपायल बनाउने भन्दै जनतासंग मत माग्न थालेका छन ।

नयाँ योजना छैनन् उम्मेद्वारहरुसंग
एकले अर्कालाई कमजोर देखाएर चुनाव जित्ने सपना बोक्दै जनताका बिचमा गईरहेका उम्मेद्वारहरुसंग नयाँ योजनाहरु भने भेटिदैनन् । सडक निर्माण गर्ने, खानेपानी बनाउने, बिद्यालय भवन बनाउने, सभा हल बनाउने, बिमानस्थल बनाउने, राजधानी बनाउने पुरानै योजनालाई उल्टाई–पल्टाई गर्दै दलहरु मत माग्दै आईरहेका छन ।
व्यरोजगार युवाहरुलाई रोजगारी दिने, गरीवी न्युनीकरण गर्ने, अशिक्षा, असमानताको अन्त्य गर्ने जस्ता बिषयहरु खासै पाउन सकेका छैनन् परेका छैनन् चुनावी प्रचारका अभियानमा ।

छोटकरी समाचार
डडेल्धुरामा चुनावी अभियान तिव्र
डडेल्धुरामा चुनावी अभियान तीव्र पारिएको छ ।
नेपाली काँग्रेस, वाम गठबन्धन, राप्रपा, नयाँ शक्ति पार्टीलगायत दलले चुनावी अभियान तीव्र पारेका छन् । काँग्रेसले परशुराम नगर–पालिकाबाट चुनावी अभियान थालनी गरी अजयमेरु गाउँपालिकाको चिपुर देवल, भागेश्वर गाउँपालिकाको रुपाल र वगरकोटमा सम्पन्न गरेको छ ।
वाम गठबन्धनले अजयमेरु, नवदुर्गा, भागेश्वरमा भेला सम्पन्न गरेको छ । उनीहरुले घरदैलो कार्यक्रम गरी मतदातालाई आफ्नो पक्षमा मत हाल्न अनुरोध गरिरहेका छन् । अन्य दलहरुले पनि चुनावी गतिबिधि तिब्र पारेका छन ।

बेवारिसे शव भेटियो
अछामको बुढीगंगा नदिमा बेवारिसे लास भेटिएको छ ।
साफेबगर नगरपालिका–४ पक्की पुल नजिकै बुढीगंगा नदिको बीचमा रहेको अवस्थामा बेवारिसे लास देखेपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
आइतबार साँझ करिब ५ बजे प्रहरीको एक टोलिले लासलाई ईलाका प्रहरी चौकी साफेबगरमा राखिएको र मृतकको साथमा ८४३० रुपैयाँ नगद र एक नेपाली र अर्को भारतीय सिम कार्ड भएको लाभा कम्पनीको मोबाईल भेटिको थियो ।
मृतकको स्नाखत नभएको र पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम मंगलसेन पठाइएको प्रहरीले जनाएको छ ।

खेल समाचार
भारत बिरुद्धको ऐतिहासिक जीत
एजेन्सी
एसिसी यु–१९ एसिया कप अन्तर्गत आइतबार भएको खेलमा टेस्ट मान्यता प्राप्त भारतको युवा टोलीलाई नेपाली युवा क्रिकेट टोलीले पराजित गरेको छ । क्रिकेटमा भारतविरुद्ध नेपालले विजय हासिल गरेको यो पहिलो पटक हो ।
खेलका लागि मलेसियामा रहेको नेपाली युवा टोलीले आइतबार बायोमास ओभल मैदानमा भारतलाई १९ रनले जितको हो । नेपालले यसअघि यु–१९ स्तरमा टेस्ट खेल्ने बंगलादेश, दक्षिण अफ्रिका, न्युजिल्यान्ड र पाकिस्तानलाई पराजित गरेको थियो ।
कप्तान दीपेन्द्रसिंह ऐरीले सानदार अलराउन्ड प्रदर्शन गरेपछि नेपालविरुद्धको खेलअघिसम्म प्रतियोगितामा अपराजित रहँदै आएको भारतलाई पहिलो हार चखाउन नेपाली टोली सफल भएको थियो । ऐरीले अलराउन्ड प्रदर्शन गर्ने क्रममा १ सय १ बलमा ८८ रनको योगदान गरेपछि टस हारेर ब्याटिङलाई निम्त्याइएको नेपालले निर्धा्रित ५० ओभरमा ८ विकेट गुमाएर १ सय ८५ रनको योगफल खडा गरेको थियो । दसौं ओभरमा २८ रन जोड्दा ओपनर आसिफ शेख र अनिलकुमार शाहलाई गुमाएपछि लडखडाएको नेपालको इनिङ अर्का ओपनर जितेन्द्र शाह र दीपेन्द्रसिंह ऐरीले सम्हालेका थिए ।
जितेन्द्र र दीपेन्द्रले दुईले तेस्रो विकेटका लागि ४९ रनको साझेदारी गरेपछि नेपाल सम्मानजनक योगफलतर्फ लम्किएको थियो । नेपालले ७७ रन बनाउँदा ३ चौकासहित ३६ रन जोडेका जितेन्द्र पनि पवेलियन फर्किएपछि कप्तान दीपेन्द्रसिंहमाथि थप जिम्मेवारी बढ्यो । ६ चौका र २ छक्का जोडेका दीपेन्द्रले रोहितकुमार पौडेलसँग चौथो विकेटका लागि २८ तथा भीम सार्कीसँग पाँचांै विकेटका लागि १९ रनको साझेदारी गरेका थिए । रोहितकुमार ६, भीम सार्की १५, पवन सर्राफ १ रन बनाएर आउट भए । त्यसपछि दीपेन्द्रसिंहले कमलसिंह ऐरीसँग सातौं विकेटका लागि ३१ रनको साझेदारी गरे । कमलसिंह ऐरी ५ रन बनाएर आउट भए ।

नेपालले फिलिपिन्ससंग खेल्ने
अखिल नेपाल फुटबल संघले एएफसी एशियन कप २०१९ फुटबल छनोट अन्तर्गत फिलिपिन्ससँग खेल्ने राष्ट्रिय टोलीको घोषणा गरेको छ ।
२३ सदस्यीय नेपाली टिमको गोलकिपरहरूमा किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ रहेका छन् । त्यस्तै, डिफेन्समा विराज महर्जन, रोहित चन्द, अनन्त तामाङ, कमल श्रेष्ठ, जितेन्द्र कार्की, राजेन्द्र रावल र दिनेश राजवंशी रहेका छन् ।
मिडफिल्डमा सुजल श्रेष्ठ, विक्रम लामा, विशाल राई, अञ्जन विष्ट, जगजित श्रेष्ठ, हेमन गुरूङ, सुनिल बल र हेमन्त थापा मगर रहेका छन् । फरवार्डमा जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ, विमल घर्ती मगर, अनिल गुरूङ र भरत खवास टिममा पर्न सफल भएका छन् ।
मिडफिल्डर जगजित श्रेष्ठ लामो समयपछि राष्ट्रिय टिममा पर्न सफल भएका हुन् । त्यस्तै, चर्चित स्ट्राइकर अनिल गुरूङले आफ्नो पचासौँ अन्तर्रा्ष्ट्रिय खेलसँगै भोलिको यस खेलबाट सन्यास लिने घोषणा गरिसकेका छन् ।
मंगलबार ललितपुरमा हुने खेलका लागि फिलिपिन्सको राष्ट्रिय टोली बिहिबार नै नेपाल आइपुगिसकेको थियो ।

चलचित्र/मनोरञ्जन
बर्षा र आश्माले पर्खिए ‘रानी महल’, तर गरे ‘भैरे र ड्रिम गर्ल’
अनलाईन खवर
चलचित्र ‘रानी महल’का लागि पहिलो रोजाइमा थिए नायक प्रदिप खड्का । यो चलचित्रका लागि प्रदिप आफैले पनि आफू सुहाउँदो जोडी खोजिरेहका थिए । तर, पछि प्रदिप आफै यो चलचित्रमा रहेनन् ।
चलचित्रमा नायिकाको रुपमा सन्ध्या केसीलाई अफर गरियो । तर, अहिले सन्ध्या पनि यो चलचित्रमा छैनन् । चलचित्रका लागि सन्ध्यापछि नायिका बर्षा सिवाकोटीलाई अफर गरियो । बर्षा ले यो चलचित्रको छायांकन कुरेको ३ महिना भैसक्यो । तर, चलचित्रको छायांकन सुरु हुने मेसोमेलो नै छैन ।
यो चलचित्रमा सुरुवातमै अनुवन्धित भएकी कलाकार हुन्, आश्मा गिरी । आश्माले यो चलचित्रका लागि वर्कशप पनि गरिन् । तर, यो चलचित्रको छायांकन सुरु हुने अत्तोपत्तो भएन ।
यही विचमा उनलाई निर्देशक ऋषिराज आचार्यले चलचित्र ‘ड्रिम गर्ल’का लागि अफर गरे । यो चलचित्रको शिर्ष भूमिकामा अफर भएपछि आश्मालाई पनि चिठ्ठा नै प¥यो । यो चलचित्रको छायांकन सुरु भैसकेको छ । बर्षा पनि चलचत्रि ‘भैरे’को छायांकनको तयारीमा छिन् । मंसिर १ गतेबाट चलचित्रको छायांकन सुरु हुने बताइएको छ ।
बर्षा र आश्मा एउटै चलचित्रमा काम गर्ने तयारीमा थिए । तर, ‘रानी महल’को छायांकन सुरु नहुँदा यी दुई फरक–फरक चलचित्रमा देखिदैछन् ।

‘कायरा’मा आर्यन र साम्राज्ञी
एक समयका सफल र चर्चित नायक आर्यन सिग्देल लगातार प्mलप हुन हुँदै आएपछि फेरी आफ्नो खातामा एक हिट फिल्मको नाम लेख्न लालहित छन् ।
आफुद्वारा अभिनित चलचित्रहरु लगातार फ्लप हुन थालेपछि आर्यनले रेखा थापासंग मिलेर ‘रुद्रप्रिया’ मा अभिनय गरेका थिए । रेखा थापासंग लामो समयसम्म दुश्मनी मोल्दै आएका आर्यनले आफ्नो केरियर बचाउनका लागि रेखासंगै हातेमालो गरेका थिए तर उनको त्यो दोस्तीले पनि काम गरे । ‘रुद्रप्रिया’ फिल्मको बक्स अफिस कलेक्सनले आर्यनलाई फेरि अर्को निराशा थप्यो ।
एकजना दर्शक हलमा आएसम्म फिल्म गरिरहने उद्घोष गरेका आर्यन अहिले आफ्नो पुरानो क्रेज फर्काउने दौडमा छन् । अब आफ्नै होम प्रोडक्शन हाउस ‘आर्यन सिग्देल इन्टरटेन्मेन्ट’ बाट निर्माण हुने फिल्ममा मात्र काम गर्ने बताएका आर्यनले नयाँ प्रोजेक्टमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसँग जोडी बाँध्ने भएका छन् ।
वर्किङ टाइटल ‘कायरा’ राखिएको फिल्ममा आर्यन र साम्राज्ञीले एकसाथ स्क्रिन शेयर गर्न लागेका हुन् । यो फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गर्दैछन् । लक्ष्मणले यसअघि आर्यनसँग फिल्म ‘धुँवा यो नशा’मा काम गरेका थिए । साम्राज्ञीले ‘कायरा’को कथावस्तु निकै मनपराएकी छिन् ।
केही वर्ष अगाडिसम्म आर्यनले एक फिल्मबाट बुझ्दै आएको महंगो पारिश्रमिक साम्राज्ञीले ‘कायरा’का लागि लिएको बुझिएको छ । तर, निर्माण पक्षले यस विषयमा कुनैपनि जानकारी दिएको छैन । आफ्नो ओरालो लाग्दै गएको स्टारडम जोगाउनकै लागि आर्यनले साम्राज्ञी रोजेको चर्चा छ ।

लेख
बिद्यालयमा प्रयोगात्मक बिज्ञान, कठै !
डा निरन्जन पौडेल
त्रिभुवन विश्वविद्यालयको अनुसन्धान केन्द्र ‘रिकास्ट’ ले हालै काठमाडाँैमा आयोजना गरेको ‘छैटाँै एसिया प्यासिफिक युवा वैज्ञानिक सम्मेलन’ मा दरबार हाइस्कुलका विद्यार्थी विजय तामाङको अनुहारमा आशाका किरण र चिन्ताका रेखाहरू एकै साथ मडारिएको देखिन्थ्यो । विभिन्न देशका आफूजस्तै साना विद्यार्थी सहभागी सम्मेलनमा उपस्थित हुन पाउँदा उनी अत्यन्तै खुसी थिए । अन्य देशका समकालीन विद्यार्थीहरूको नवीनतम आविष्कार र प्रयोगले उनी चकित पनि भए । अर्काेतिर विजय चिन्तित देखिनुको कारण थियो, दरबार हाइस्कुलमा उनले गरेको अनुसन्धान प्रभावकारी नदेखिनु । वास्तवमा यो चिन्ता सरकारी अधिकारी वा नेतृत्वले लिनुपर्ने हो, न कि ती किशोर विद्यार्थीले ।
विजयले तामाको भाडामा राखेको पानीले सूक्ष्म परजीवी मार्न सक्ने परम्परागत नेपाली प्रयोगलाई सम्मेलनमा प्रस्तुत गरेका थिए । जबकि त्यही सम्मेलनमा इन्डोनेसिया, मलेसिया, थाइल्यान्ड, भारत, श्रीलंका लगायत १० देशका ७ देखि १२ कक्षासम्मका विद्यार्थीले भने निकै आधुनिक विद्यामा उत्कृष्ट अनुसन्धान नजिता प्रस्तुत गरेका थिए । उक्त सम्मेलनमा सहभागी विजय लगायत अन्य नेपाली विद्यार्थीको कमजोर अनुसन्धान प्रस्तुतिले हाम्रा विद्यालयमा कस्तो शैलीले विज्ञानको पढाइ हुन्छ र विद्यार्थीहरू कसरी आफ्नो प्रतिभा निखार्न असफल छन् भन्ने देखाएको छ ।
हुन त सरकारी विद्यालयमा विज्ञानको प्रयोगशाला स्थापना गर्न युनेस्को लगायत विदेशी दातृ संस्थाले चार दशकदेखि नै नेपाललाई सहयोग गरिरहेको छ । तर शिक्षा अधिकारीहरूको गैरजिम्मेवारीपन र लापरबाहीका कारण त्यसको सदुपयोग हुन सकेको देखिँदैन । कैयौँ सरकारी विद्यालयमा विज्ञान प्रयोगशालाका लागि किनेको ‘विकर’मा शिक्षकका लागि चिया पाकिरहेको, ‘कोनिकल फ्लास्क’लाई पानी उमाल्न प्रयोग गरेको र ‘म्याङनेटिक कप्पास’लाई केटाकेटी खेल्ने साधन बनाएको देखिन्छ । विद्यालय शिक्षाका नाममा राज्यले अर्बौं रकम खर्चे पनि स्थितिमा सुधार आउन सकेको छैन । तर सबै सरकारी विद्यालयलाई एउटै डोकोमा राख्न चाहिँ मिल्दैन । ‘रीड नेपाल’ का विज्ञान प्रशिक्षकका कुरा सही हुन् भने बाफलको ज्ञानोदय, सोलुखुम्बुको हिमाल दर्शन, सल्लेरीको जनजागृति, भक्तपुरको बागेश्वरीजस्ता सरकारी विद्यालयमा राम्रै पूर्वाधारको विकास गरिएको छ, विज्ञान प्रयोगशालाका लागि । त्यहाँ विज्ञानका प्रयोगात्मक कक्षा पनि हुने गरेका छन्, कहिलेकाहीँ । त्यस्तै सहरी क्षेत्रका निजी माध्यमिक विद्यालयले अभिभावकलाई देखाउन विज्ञान प्रयोगशाला त बनाएको देखिन्छ तर अझै पनि त्यहाँ पर्याप्त पूर्वाधार र सामग्रीको अभाव छ । र, विद्यालयहरूमा विज्ञान बुझेर होइन घोकेरै पढिरहेका छन् विद्यार्थीहरू आज पनि । जसका कारण स्कुले विद्यार्थीहरू विदेशमा जसरी विज्ञानको शोध र प्रयोगमा आकर्षित हुन सकेका छैनन् ।
विदेशी विद्यालयसँग नेपालको तुलना
रिकास्टले आयोजना गरेको वैज्ञानिक सम्मेलनमा २१ नेपालीसहित ७२ वटा स्कुलका विद्यार्थीको विज्ञान प्रोजेक्ट प्रस्तुत गरिएको थियो । भानुभक्त स्कुल पानी पोखरीका विद्यार्थीले भ्याकुम क्लिनर बनाउने तरिका देखाएका थिए । काठमाण्डौँ विश्वविद्यालय हाइस्कुलका विद्यार्थीले दुर्घटना रोक्न सक्ने कार निर्माणको तरिका बताइरहेका थिए । राधा सेकेन्डरी विद्यालय तनहुँका विद्यार्थीले रोबट बनाउने विधि र पोखरा मल्टी मोडेलका विद्यार्थीले धुवाँ फिल्टर गर्ने प्रविधि प्रस्तुत गरेका थिए । सेन्ट मेरिज स्कुलका सहभागीले काठमाण्डाँैमा बिक्री गरिने पानीको बोतल धेरै पातलो र गुणस्तरहीन भएको दाबी गरेको देखियो अनुसन्धानमा आधारित भएर ।
सम्मेलनमा कक्षा १० मा पढ्ने इन्डोनेसियाली छात्रा भने आफूले ७ कक्षा पढ्दादेखि नै डेङ्गु रोग निवारणका लागि अनुसन्धान सुरु गरेको बताउँदै थिइन् । उनले प्रस्तुत गरेको शोधअनुसार ‘प्यूमेरिया एकुमिन्टा’ नामक वनस्पतिबाट निकालेको रसायन डेङ्गुु लामखुट्टे नियन्त्रण गर्न प्रभावकारी हुने देखियो । श्रीलंकाबाट आएका विद्यार्थीले एक स्थानीय वनस्पतिबाट निकालेको रसायनको असर क्यान्सर सेलमा गरेको अनुसन्धान समेटेका थिए । थाइल्यान्डमा कक्षा १२ मा पढ्ने विद्यार्थीले चामलबाट फ्लोरोसेन्ट न्यानोपाटिकल बनाएको देखियो । उक्त न्यानोपाटिकललाई पानी प्रशोधन, क्यान्सर रोगको उपचार र बायोसेन्सरको रूपमा प्रयोग गर्न सकिने रहेछ । मलेसियामा हाइस्कुलमा पढ्ने विद्यार्थीले माछाको बाहिरी छालाबाट ‘हाइड्रोक्सिएपाटाइट’ भन्ने रासायनिक पदार्थ कसरी सरल विधिबाट निकाल्न सकिन्छ, त्यसमा अनुसन्धान गरेको पाइयो । उक्त ‘हाइड्रोक्सिएपाटाइट’ भन्ने रसायन हड्डी मर्मत र दन्त उपचारमा प्रयोग गर्न सकिने रहेछ । त्यसै गरी सोलभानियामा कक्षा १२ मा पढ्ने विद्यार्थीले त कम्प्युटर सफ्टवेयरको प्रयोग गरी प्रोटिनमा जेनेटिक म्युटेसन गर्ने आधार देखाइरहेका थिए । समग्रमा विदेशी हाइस्कुले विद्यार्थीले गर्ने स्तरको अनुसन्धान त हाम्रो देशमा स्नातकोत्तर लेभलका विद्यार्थीले पनि गरेको देखिँदैन । सहभागी विदेशी विद्यार्थीका अनुसार थाइल्यान्ड, मलेसिया, इन्डोनेसिया, श्रीलंका लगायतका देशमा ‘साइन्स इन युनिभर्सिटी’ भन्ने कार्यक्रम रहेछ । ती देशमा सरकारी विद्यालयका विद्यार्थीलाई युनिभर्सिटीको प्रयोगशालामा गएर अनुसन्धान गर्न सहयोग गर्ने सरकारी नीति नै रहेछ । र, यस्तो नियम अमेरिकामा पनि ज्यादै प्रचलित छ । अमेरिकामा त हाइस्कुलका उत्कृष्ट विद्यार्थीले युनिभर्सिटीमा गएर कोर्स नै पढ्न पाउँछन्, अनुसन्धान गर्न मात्र होइन ।

नीतिगत कमजोरी
विद्यालयमा विज्ञान विषय यति कमजोर हुनुमा विविध कारण छन् । तर प्रमुख त योग्य र कुशल शिक्षकको अनुपलब्धता नै हो । अन्य विषयका शिक्षकले विज्ञान पढाइरहेको भेटिनु नौलो होइन, नेपालका पहाडी र हिमाली जिल्लामा । अझै पनि देशमा पर्याप्त विज्ञान शिक्षकको अभाव छ । विभिन्न अध्ययनका अनुसार हाल विद्यालयमा करिब ४० प्रतिशत मात्र क्षमतावान् योग्य शिक्षक छन्, विज्ञानका । ३० प्रतिशत विज्ञान विषयका शिक्षकको बौद्धिक धरातल कमजोर भएको स्वीकार्छन, उनीहरूलाई तालिम दिने विज्ञ प्रशिक्षक स्वयं पनि ।
शिक्षक सेवा आयोग नियमावली, २०५७ को दफा ९ अनुसार शिक्षक हुन शिक्षा शास्त्र संकायबाहेक अन्य संकायमा पढेकाले १० महिने शिक्षक तालिम लिनुपर्ने व्यवस्था छ । जसकारण बिएस्सी पढेका जनशक्तिलाई शिक्षक बन्न सहज छैन । विज्ञान संकायमा ८५ प्रतिशत ल्याएर पास गरे पनि विद्यालय शिक्षक बन्ने शौभाग्य शिक्षा शास्त्र पढेर ५०.५ प्रतिशत ल्याउनेले पाउँछ । शिक्षक तालिम केन्द्रका स्रोत व्यक्ति र प्रशिक्षकका अनुसार ‘शिक्षा शास्त्रमा विज्ञान पढेकाले सिकाइ विधिलाई जोड दिन्छन् तर उनीहरूमा पर्याप्त ज्ञानकै अभाव देखिन्छ ।’ त्यसैले माध्यमिक विद्यालयमा विज्ञान शिक्षाको गुणस्तर सुधार गर्न ‘शिक्षा संकायमा विज्ञान पढेकै व्यक्ति नै चाहिने’ वर्तमान परिस्थितिमा सुधार आवश्यक छ । शिक्षक छनोट गर्दा देशमा उपलब्ध शैक्षिक जनशक्तिमध्ये सबैभन्दा उत्कृष्टलाई छनोट गर्ने परिपाटी हुनुपर्छ ।
सर्वाेच्च अदालतले विज्ञ सेवा दिनुपर्ने क्षेत्रमा समावेशी सिद्धान्त लागू नहुने फैसला पटकपटक सुनाएको छ । र, शिक्षा ऐनले माध्यमिक तहमा विज्ञान, गणित, अंग्रेजी लगायतका विषयमा विषयगत शिक्षक हुनु पर्ने उल्लेख गरेको छ । र, माध्यमिक तहमा समावेशी सिद्धान्त अनुसार शिक्षक छनोट गर्ने वर्तमान नियमावलीको दफा ११ का कारण योग्य र क्षमतावान् व्यक्ति विद्यालय शिक्षक हुन अवरोध पुगेको देखिन्छ । यसका कारण विद्यार्थीहरू गुणस्तरीय विज्ञान शिक्षा हासिल गर्न वञ्चित छन् ।
सरकारले तय गरेको ‘विद्यालय क्षेत्र विकास योजना २०१६—२०२२’ मा एक शब्द पनि विज्ञानको प्रयोगशाला तथा गुणस्तरीय विज्ञान शिक्षकको व्यवस्था कसरी गर्ने भन्ने उल्लेख छैन । त्यसबाहेक शिक्षासम्बन्धी बनेका दर्जनौँ नीति, कार्यक्रम र नियममा विज्ञान शिक्षालाई उपेक्षा गरेको प्रस्टै देखिन्छ । त्यसो त भोलि राज्यको नेतृत्व गर्न पुग्ने कुनै पनि राजनैतिक दलले देशमा विज्ञानको विकास गर्ने उद्देश्य उनीहरूको चुनावी घोषणापत्रमा उल्लेख गरेका छैनन् ।
अन्य समस्या
विद्यालय तहमा विज्ञान शिक्षा यति कमजोर हुनुको प्रमुख कारण प्रयोगात्मक कक्षाको पाठ्यक्रम पनि हो । हालको कक्षा ११ र १२ मा सिकाइने विज्ञानको प्रयोगात्मक कक्षाको पाठ्यक्रम शताब्दी पुरानो छ । वर्तमान कक्षा ११ र १२ लाई पहिला नेपालमा आइएस्सी भनिन्थ्यो जसको सुरुवात त्रि–चन्द्र कलेजमा विसं १९७८ मा कलकत्ता विश्वविद्यालयको सम्बन्धनबाट गरिएको थियो । र, त्यति बेला फिजिक्स, केमेस्ट्रीमा जुन प्रयोगात्मक ज्ञान विद्यार्थीलाई दिइन्थ्यो हाल ९४ वर्षसम्म त्यसैलाई निरन्तरता दिएको पाइन्छ । यो स्थितिमा तत्काल सुधार गर्न आवश्यक छ विज्ञान शिक्षालाई थप प्रतिस्पर्धी बनाउन ।
यसबाहेक शिक्षा मन्त्रालयले कोटा प्रणाली अनुसार विद्यालयका लागि एक लाख पचास हजार विज्ञानको प्रयोगशाला सामग्री किन्न पैसा दिने रहेछ । त्यसको पनि सदुपयोग भएको देखिएन । यसै क्षेत्रमा कार्यरत व्यक्तिका अनुसार प्रत्येक जिल्लाको शिक्षा कार्यालयमार्फत काठमाडाँैका वैज्ञानिक सामग्री आपूर्ति गर्ने डिलरसँग उनीहरूको सिन्डिकेट चल्ने सुनियो । डिलरले १ लाख ३५ हजारको बिल बनाइदिने र स्कुललाई १५ हजार कमिसन दिने कुरा ओपन सेक्रेट नै रहेछ । तर खासमा सो डिलरको सो सामग्रीमा परेको मूल्य चाहिँ ८४ हजार मात्र पर्ने कुरा एक जना भुक्तभोगीले सुनाए । यसबाट प्रस्ट हुन्छ देशैभरिका सरकारी विद्यालयमा विज्ञानका नाममा कति करोड स्वाहा भइरहेको छ । र, बदलामा विद्यार्थीहरू २१ सौँ शताब्दीमा समेत प्रयोगात्मकविना अधुरो शिक्षा लिन बाध्य छन् ।
अतः सरकारले विज्ञानको विकास नगरी देशमा दिगो विकासको जग बसाल्न सक्दैन । विज्ञान शिक्षालाई विद्यालय तहदेखि नै सुधार गरिएमा मात्र विजय जस्ता नेपाली विद्यार्थीले राष्ट्रिय तथा अन्तराष्ट्रिय मञ्चमा दह्रो प्रयोगात्मक प्रस्तुति दिन सक्नेछन् । — नागरिक दैनिकबाट

लोकसेवा आयोगको तयारीका लागि उपयोगी
विश्व समसामयिक जानकारी
— बेलायतमा जनमत संग्रह ः २३ जुन २०१६
— मेसि सन्यास घोषणा ः २७ जुन २०१६
— मदर टेरेसालाइ सन्त घोषणा ः २ सेप्टेम्बर २०१६
— टेरिजा मे प्रधानमन्त्री ः १३ जुलाई २०१६
— जुनो यान वृहस्पतिमा पठाएको ः जुलाई ४
— भ्एन् को बैठक जुलाई ४–५, २०१६
— युरोकप सञ्चालन जून १०–जुलाई १० सम्म ।
— युरोकप बिजेता,२०१६ पोर्चुगल
— कोपा अमेरिकिकप फुटबल २०१६ बिजेता राष्ट्र चिलि बन्यो ।
— अफगानिस्तानमा १४ को घटना जुन २०, २०१६ (२०७३÷०३÷०६)
— अफगानिस्तान ध्त्इ को सदस्य जुलाई २९
— टर्किमा असफल कु जुलाई १५, २०१६
— ११ औं न्(द्दण् सम्मेलन चिनमा सेप्टेम्बर ४–५
— पानामा पेपर्स अप्रिल ४
— मदर टेरेसालाइ सन्त घोषणा ४ सेप्टेम्बर
— ८८ औं ओस्कार अवार्ड स्पटलाइट
— असङ्लग्न १७ औं शिखर सम्मेलन भेनेजुयलामा
— सेप्टेम्बर १७–१८ भएको छ । नेपाल बाट उपराष्ट्रपति नन्दबहादुर पुन हुनुहुन्छ ।
— आशियानको २९ औं शिखर सम्मेलन
— २०१६ सेप्टेम्बेर ६–८ लाओसमा भयो ।
— १४४ औं एल साल्भाडोर देशसङ्ग कुटनैतिक सम्बन्ध स्थापित सन २०१६ सेप्टेम्बर २१
— मङगल ग्रहमा ९.८ किमि ब्यास भएको खाल्डोको नाम लाङटाङ राखिएको छ । (२०१६ जुन १४)
— पहिलो उपमहासचिव लुई फ्रेच्टो क्यानडा नियुक्ति १९९८ फेब्रअरी १२–२००६ सम्म ।
— विश्वकैं लामो समय अवधिसम्म राजा भएका थाइल्यान्डका राजा भुमिबोल अदुल्यादेजको निधन सन २०१६ अक्टोबर १३ भयो ।
— द्यच्क्ष्ऋक् को ८ औं सम्मेलन अक्टोबर १५ र १६ देखि गोहामा भारत भयो ।
— विश्व भोकमरी सुचचाङ्क – २०१६ अनुसार नेपाल ७२ औं स्थानमा परेको छ ।
— ग्ल्इ को ९ औं महासचिवमा सन २०१६ अक्टोबर ६ मा ग्ल्इ को महासभाले पोर्चुगलका एन्टोनिया गुटेरेज लाई नियुक्त गर्ने निर्णय ग¥यो । पद तथा गोपनियताको सपथ १२ डिसेम्बरमा लिएका हुन । (कार्यकाल ज्ञ जनवरी बाट सुरु)
— महिला पहिलो सगरमाथा आरोही जुन्के ताइवाको मृत्यु २२ अक्टोबर २०१६ मा भयो ।
(आरोहण १९७५ मे १६ (बि.स.२०३२÷०२÷०२)
— भारतमा रु. ५०० र रु. १००० को नोट बन्द (भअयलयmष्अ कभचनष्अब िकतचष्अप) ९ नोभेम्बर २०१६
भयो ।
— क्युबाको पुर्बराष्ट्रपति फिडेल क्यास्ट्रोको निधन, २०१६ नोभेम्बर २५ मा भयो ।
— ब्राजिलको ब् डिभिजन फुटबल खेलाडी रहेको विमान कोलम्बियामा दुर्घटना २९ नोभेम्बर २०१६ मा भयो ।
— २०१६ को २९ औं विश्व एड्स दिवस को नारा “हामी सबैको काम, ज्क्ष्ख् को रोकथाम” हो । यो
दिवश सन १९८८ देखि मनाउन थालेको हो ।
— तमिलनाडुकी मुख्य मन्त्री जयललिताको मृत्यु ५ डिसेम्बर २०१६
— पाकिस्तानमा हवाई जहाज दुर्घटना ७ डिसेम्बर २०१६
— “टाइम पर्सन अफ द इयर २०१६“ अमेरिकि नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प ।
— १३ औं साग सन् २०१९ मा हुने भएको छ ।
— आसियानको १९ औं शिखर सम्मेलन लाओसमा सम्पन्न भयो ।
— बेलायतका विश्व प्रसिद्ध गायक जर्ज माइकलको मृत्यु २५ डिसेम्बरमा भयो ।
— ःष्कक धयचमि(द्दण्ज्ञट हुने युवती स्टेफनी डेल (प्युट्रोरिको)
— टर्किका लागि रुसि राजदुतको हत्या डिसेम्बर १९ मा भयो ।
— महेन्द्र सिंह धोनीले वान डे कप्तानीबाट सन्यास, ४ जनवरी २०१७
— ँक्ष्ँब् बर्ष खेलाडी २०१६ कृष्टिना रोनाल्डो ।
— ँक्ष्ँब् ले विश्वकपमा सन २०२६ देखि ४८ देशलाई ८० ओटा खेल खेलाउने नियम पारित जनवरी १० मा ग¥यो ।
— अमेरिकी राष्ट्रपति वाराक ओबाको कार्यकालको अन्तिम सम्बोधन १० जनवरी ।
— चन्द्रमामा पुग्ने अन्तिम अन्तरीक्ष यात्री (अपोलो–१७ मार्फत) युजन सर्जनको ८२ वर्षको
उमेरमा निधन जनवरी १८ । उनले १९९९ मा “त्जभ बिकत mबल या तजभ mययल“ आत्मावृतान्त लेखेका थिए ।
— २०१७, जुलाई २० मा भारतका १४ औं राष्ट्रपतिका रुपमा रामनाथ कोबिन्द चुनिएका छन ।
— कोविन्दले ६५.३५ प्रतिशत मत पाएका छन् भने निकटमत प्रतिद्वन्द्वी मिराकुमारले ३४.३५ प्रतिशत मत पाएकी छन् ।

साहित्य/सृजना
मौसम नै चुनावमय बन्दै
मौसमले पनि आज
आफ्नो रुपरङ्ग फेर्दै छ क्यारे
सायद चुनावको माहोलले स्पर्स गरेछ
उस्लाइ पनि!
त्यसैले होला
आज बिहानै
मौसम ,लाली लागाएर
ओठमा मिठो मुस्कानक साथ उदाइन
सोह्र श्रीङ्गारमा सजिएकी
यौवनले उन्मुक्त
मानौ,कुनै लोककी परी भन्दा कम छैनिन उनी,
फरक यति छ,
मौसमले यतिबेला
चुनावमा जनताहरुका भोट पाउने लालचमा
आफुलाइ पुरै झुट ,छल र कपटले सजाएकी छिन
मानौ,
मौसमको पहिरन झुट र श्रीङ्गार मिठा मिठा सपनाहरु देखाउने,
मधुर वाणी भएको छ
मौसमको यस्तो
मोहिनी अवतारको दर्शन
चुनाव आउने बेला मात्र ,देख्न पाइने हुँदा
मौसमका,कयौ भक्तजनहरु
भजन ,किर्तन गर्दैछन
किर्तन मण्डली हुदैछ
गाउँ गाउँ अनि बस्ती बस्ती तिर
भजन र किर्तनमा जनताहरुलाइ
मन्त्रमुग्ध पारिदैछन
भजन किर्तनको भाव जस्तो सुकै किन नहोस!
सुन्दा बडा मीठो र रोचक भएका कारण
सोजासाजा जनताहरु पनि
झुम्दैछन
तर ,सबै मिठा लाग्ने कुराहरु
स्वस्थ्यबर्धक हुदैनन,
भन्ने कुरा मात्र बुझिदिए पनि
मौसमले जति श्रीङ्गार पटार गरे पनि
कोइ झुक्किने वाला थिएनन
मौसम फेरि परिबर्तन हुन्छ
एकनास कहिल्यै रहदैन
छिनछिनमा परिवर्तन हुनु
उस्को नियति नै हो ।
पुष्पा जोशी ‘काली’
धनगढी, कैलाली

लाग्छ मलाई
अचेल मौसम पनि बेइमानी लाग्छ मलाई,
पढ्न खोज्छु दुनियाँ अज्ञानी लाग्छ मलाई ।
फुलमा सुगन्ध छैन अनि तारा चम्कदैनन्,
बसन्त र बाहार पनि नादानी लाग्छ मलाई ।
सबै चिज स्वार्थी लाग्छन प्रकृति र सरोबर,
मन्द मन्द हावा पनि सुनामी लाग्छ मलाई ।
बुद्ध थिए रे यो देशमा अनि सिता र भृकुटी,
सुन्दा आजभोली सब काहानी लाग्छ मलाई ।
सब बकवास हुन् बोल्छन अनि बोलि फेर्छन्,
नेता जति सबै यो देशका हरामी लाग्छ मलाई ।
खगेन्द्र रोस्यारा
काठमाण्डौं

सूचना/सन्देश/बिज्ञापन
युनाईटेड मिसन टु नेपाल, डोटी र समान पहुँच बिकास केन्द्र (सिड) नेपाल डोटीको साझेदारीमा सञ्चालित “जवाफदेहीता अभिबृद्धिमार्फत समावेशी बिकास कार्यक्रम” द्वारा जनहितमा जारी सन्देश ।
सुशासन कायम गर्न सरकारी नीतिको महत्व
नीतिलाई खुकुलोसित प्रयोग गर्दा नियम, प्रथा र निर्णयसँग अलमलिने डर हुन्छ । नियमले के गर्नु हुन्छ के गर्नु हुँदैन भन्ने बताउँछ, त्यस अर्थमा यो निर्देशक हो तर नीतिको विपरीत यो निर्दिष्ट र कठोर हुन्छ । प्रथा भनेको उही ढंगले चल्ने बानी बनेको बाटो हो । तर प्रथा स्वतः विकसित हुन्छ भने नीति जानाजान गरिने कृत्य हो । सार्वजनिक नीति भनेको सचेत रुपमा अंगीकार गरिएको आचरणको नियम हो जसले प्रशासकीय निर्णयलाई निर्देश गर्छ । वास्तवमा सरकारले निर्धारण गर्ने नीति नै सार्वजनिक नीति कहलाउँछ । कुनै व्यवस्था सुशासन कहलाउनका लागि त्यसका शासकहरुमा राजनीतिक जिम्मेवारीको भावना हुनुपर्छ । वास्तवमा शासितहरुले जुन हदसम्म शासकहरुमाथि नियन्त्रण स्थापित गर्छन् शासकहरु त्यही हदसम्म जिम्मेवार हुन्छन् । आफ्ना मतदाताका भावनाको कदर गर्नु, उनीहरुको हेरचाह गर्नु र उनीहरुका विकास–आकांक्षा पूरा गर्नु शासकहरुको दायित्व हो ।
राजनीतिक संस्कारको राम्रोसँग विकास नभइसकेको समाजमा शासकहरु निर्वाचन अघि नरम र सहृदयी देखिने र निर्वाचित भइसकेपछि उत्ताउला र कठोर हुने गरेका देखिन्छन् । पद र अख्तियारलाई निजी स्वार्थका लागि दुरुपयोग गर्ने प्रवृत्ति पनि देखिन्छ । यही गैरजिम्मेवारपनाको द्योतक हो । तसर्थ सुशासनको अर्थ नै शासकहरुमा जिम्मेवारीको भावना रहनुपर्छ भन्ने हो । राजनीतिक जिम्मेवारीको भावना सँगसँगै शासनको वैधानिकता पनि उत्तिकै महत्वपूर्ण हुन्छ । वैधानिकता भनेको शासकको शासन गर्न पाउने अख्तियार हो । व्यवस्थैपिच्छे शासनको वैधानिकता सुनिश्चित गर्ने आ–आफ्नै विधि र शैली हुन्छ । आजको दुनियाँमा शासकको वैधानिकता सुनिश्चित गर्ने सर्वाधिक प्रचलित तरिका भनेको आवधिक निर्वाचन हो । वास्तवमा निर्वाचनका माध्यमबाट जनताले आफूसँग रहेको शासनाधिकार आफ्ना प्रतिनिधिको हातमा सुम्पन्छन् । यहाँ ध्यान दिनुपर्ने एउटा कुरा के छ भने निर्वाचन नै शासनको वैधानिकता सुनिश्चित गर्ने सबैभन्दा प्रभावकारी माध्यम भएकाले निर्वाचन प्रणालीलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन जरुरी छ । प्रायः के देखिन्छ भने विकासशील मुलुकमा शासकहरुले सत्ता, धन र सूचनाको दुरुपयोग गरेर निर्वाचनको स्वच्छता र वैधतालाई नै बिटुल्याइदिन्छन् । त्यस्तो भयो भने निर्वाचनको पनि वैधताको प्रत्याभूति गर्न सक्दैन ।
बर्तमान चौधौं त्रिवर्षिय योजना (२०७३/०७४–०७५/०७६) वित्तीय सुशासन तथा शासकीय सुधार कार्यक्रम
सोच
वित्तीय सुशासनमार्फत् प्रभावकारी सार्वजनिक वित्तीय व्यवस्थापन र जनमुखी, स्वच्छ, जवाफदेही संघीय शासन व्यवस्था ।
लक्ष्य
सार्वजनिक आय र खर्चलाई व्यवस्थित, पारदर्शी र अनुमानयोग्य बनाई समग्र विकास प्रक्रियालाई प्रभावकारी तुल्याउने तथा सम्पूर्ण सार्वजनिक प्रशासनलाई जनताप्रति उत्तरदायी र सेवामूलक तथा विकासमैत्री बनाउने ।
उद्देश्य
सार्वजनिक आय र खर्च प्रणालीको प्रभावकारिता अभिवृद्धि गर्नु तथा सार्वजनिक प्रशासनलाई स्वच्छ, परिणाममुखी, जवाफदेही र पारदर्शी बनाई सार्वजनिक सेवाप्रवाह र विकास प्रक्रियालाई प्रभावकारी बनाउनु ।
रणनीति
१. सार्वजनिक आय–व्यय र खरिदलाई प्रभावकारी, व्यवस्थित र पारदर्शी बनाउने तथा आन्तरिक नियन्त्रण र लेखापरीक्षणलाई विश्वसनीय तथा प्रभावकारी बनाउने
२.सूचना प्रविधिमा आधारित वित्तीय व्यवस्थापनको सुदृढीकरण गर्ने । सार्वजनिक सेवाहरूलाई गुणस्तरीय र सर्वसाधारणको पहुँचयोग्य बनाउन तीन तहको शासन पद्धतिअनुरूप हालको प्रशासन यन्त्रको पुनर्संरचना गर्ने र सार्वजनिक निकायका काम कारबाहीसम्बन्धी सूचनामा नागरिकको पहुँच बढाउने ।

No comments:
Post a Comment