Tuesday, December 12, 2017

बिम्ब नेपाली साप्ताहिक, २०७४ साल म‌सिर २६ गते

शित–लहरको समयमा चिसोका कारण मानिसको मृत्यु हुन सक्छ, त्यसैले 
न्यानो कपडाको जोहो समयमै गरौं । शित–लहरको समयमा घरबाहिर खुलास्थानमा धेरै समय नविताऔं । घर बाहिर निस्कनु परेमा वा धेरै समय बिताउनु पर्ने भएमा न्यानो कपडा लगाऔं । 
ड्डरातको समयमा सिरक कम्वल जसता न्यानो ओढ्न गरौं । घरभित्र राती सुत्दा शरीरको साथै अनिवार्य रुपमा छाती तथा टाउको ढाक्ने प्रवन्ध मिलऔं । 
शित–लहर चलेको समयमा आगो तापेर शरीरलाई न्यानो राख्ने  गारौं, छाती र टाउकोलाई चिसोबाट जोगाउने कार्य गरौं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

मन्त्री बलाएरलाई हराउँदै आले बने सांसद

प्रदेश सभामा कांग्रेस र बाम गठबन्धनको एक/एक

बहालबाला भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बिरबहादुर बलायरलाई  हराउँदै एमाले नेता प्रेमबहादुर आलेमगर सांसद बनेका छन । 
मंसिर २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा आले ३२ हजार पाँच सय १० मतसहित बिजयी भएका छन । उनका प्रतिस्र्धी नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री बलायरले ३० हजार आठ सय ७८ मत प्राप्त गरेका छन । 
मंसिर २२ गते राती करीव १० बजेबाट सुरु भएको प्रत्येक्ष तर्फको मतगणना आईतबार राती करीव ३ वजे सम्पन्न भएको छ । अन्तिम नतिजा अनुसार एमाले केन्द्रीय बैकल्पिक सदस्य समेत रहेका बाम गठबन्धनका उम्मेदवार आलेले आफ्ना प्रतिस्पर्धी बलायरलाई एक हजार ६ सय ३२ मतले पछाडि पारेका हुन । मतगणनाको सुरुवातमै अग्रता लिएका आलेलाई मन्त्री बलायरले पछाउँदै गएका थिए तर उछिन्न सकेनन् । 
निर्वाचित भएको घोषणापछि सञ्चारकर्मीहरुसंग संक्षिप्त कुरा गर्दै आलेले जनताले गरेको मायाको अवमुल्ययन नगर्ने प्रतिवद्धता व्यक्त गरे । ‘म हिजो पनि डोटीको बिकासका लागि क्रियासिल थिएँ, आज पनि छु र भोली पनि निरन्तर रुपमा डोटीको बिकास र समृद्धिका लागि लागिरहनेछु’ आलेले भने ‘चुनावमा मैले जनताका बिचमा गरेका प्रतिवद्धताहरु पुरा गर्नु मेरो पहिलो जिम्मेवारी हो ।’ उनले २०७० सालको निर्वाचनमा आफु तत्कालीन डोटी निर्वाचन क्षेत्र–२ बाट निर्वाचित भएको हुँदा सोही क्षेत्रको बिकासमा बढी केन्द्रित भएको वताउँदै भने ‘अव म समग्र डोटी जिल्लाको प्रतिनिधि हुँ, त्यसैले डोटीका सवै दुर्गम क्षेत्रको बिकास मेरो प्राथमिकताको बिषय बन्नेछ ।’ 
उनले बाम गठबन्धनले अधिनायकबाद लागु गर्न खोजेको भनी नेपाली कांग्रेसले गरेको प्रचार निराधार भएको वताए । ‘अव बन्ने बाम गठबन्धनको   सरकारले जनताका आधारभुत आवश्यकताहरु सजह रुपमा परिपुर्ति गर्ने र देशलाई समृद्धितिर लैजाने भएकाले संका नगर्न आग्रह गरे ।  
प्रदेश सभामा एक÷एक 
दुई स्थान रहेको प्रदेश सभा सदस्यका लागि बाम गठबन्धन र नेपाली कांग्रेसले एक एक स्थान हात पारेका छन । प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ मा नेपाली कांग्रेसका भरतबहादुर खड्का बिजयी भएका छन । निवर्तमान सांसद समेत रहेका खड्काले १७ हजार चार सय ६ मत पाई बिजयी भएका छन । उनका प्रतिस्पर्धी बाम गठबन्धनका उम्मेद्वार नेकपा एमाले डोटी जिल्ला अध्यक्ष चक्रबहादुर मल्लले १६ हजार सात सय ९३ मत प्राप्त गरेका थिए । 
यस्तै प्रदेश सभा ‘ख’ मा बाम गठबन्धनका उम्मेद्वार नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य त्रिलोचन भट्ट बिजयी भएका छन । उनले आफ्ना निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका योगेन्द्रबहादुर शाहीलाई दुई हजार पाँच सय ९२ मतले पछाडि पारेका हुन । भट्टले १० हजार ९१ मत प्राप्त गरेका छन भने शाहीले १३ हजार चार सय ९९ प्राप्त गरेका छन । 

सम्पादकीय 

बधाई एवं शुभकामना ।

प्रतिनिधि सभा र प्रदेश सभाका लागि मंसिर १० र २१ गते भएको निर्वाचनको प्रत्येक्षतर्फको मत परिणाम सार्वजनिक हुने क्रम अन्तिम अन्तिम चरणमा छ । नेपाली जनताले लामो समयदेखि सञ्चालन गरेको नागरिक तथा राजनीतिक लडाईको आन्दोलनको उपलव्धी स्वरुप गणतन्त्र स्ंस्थागत भएको छ । नयाँ संबिधान अनुसार नयाँ सरकार बन्न अव धेरै दिन छैन । जनताले राजनीतिक स्थिरता र देशमा समृद्धि हुने आशा बोकेका छन । त्यसैको फलस्वरुप भरखरै सम्पन्न निर्वाचनमा उनीहरुले उत्साहित भएर मतदान गरेका छन । उनीहरुको यो उत्साहलाई जनप्रतिनिधिहरुले कसरी मुल्याँङ्कन गर्छ भन्ने कुरा महत्वपूर्ण हुन आउँछ । जनताले विकास चाहेका छन, समृद्धि चाहेका छन, आधारभुत आवश्यकताहरुको निर्वाध रुपमा परिपुर्ति चाहेका छन । त्यो सवै कुरा परिपुर्ति गर्न यि जनप्रतिनिधिहरुले सक्छन् त ? 
निर्वाचनको परिमाण आउन बाँकी रहेका क्षेत्रहरुको रुझान हेर्दा को व्यक्ति जनप्रतिनिधि हुने भन्ने करीव करीव निश्चित भईसकेको छ । यस अवसरका जननिर्वाचित सम्पूर्ण प्रतिनिधिहरुलाई हार्दिक बधाई छ । जनताका बिचमा प्रतिवद्धता गरेका योजनाहरु कार्यान्वयनको चरणमा लैजानु हुनेछ, देशमा सुशासन कायम गर्नु हुनेछ, आफ्ना सवै व्यवहारहरुलाई लोकतान्त्रिक बनाउँदै लैजानु होला भन्ने शुभकामना पछि छ । 
निर्वाचन प्राबिधिक कुरा हो । फेरी हाम्रो जस्तो नैतिकहिन राजनीतिक हुने देशमा चुनाव जित्न कस्ता प्रकारका हत्कण्डाहरु अपनाईन्छन् भन्ने बिषयमा नेता, कार्यकर्ता, मतदाता र स्वयं निर्वाचन आयोग पनि जानकार छ । मदिरा बाँडेर, सारी बाँडेर, चुरोट बाँडेर, आश्वासन बाँडेर, चाउँचाउँ बिस्कुट बाँडेर, नगद बाँडेर भोट माग्ने कुरा एकातिर छ भने अर्कोतिर बिभिन्न प्रकारका धम्कीहरु दिएर, नाता सम्वन्ध कायम गरेर भोट माग्ने गरिन्छ । 
निर्वाचनको क्रममा आफु यस कारणले राम्रो छु भन्दा पनि फलानो यस कारणले नराम्रो छ भन्ने बिषयमा बढी केन्द्रित हुने हाम्रो संस्कारमा मतदाताले कसरी मत दिन्छन भन्ने कुरा प्रष्टै   छ । 
जे होस् चुनाव सम्पन्न भएको छ, यसमा हार्नेहरुले पनि आफुलाई सच्याउँदै लैजानु जरुरी छ । जनताको कसैका दास होईनन्, न त बधुवा हुन भन्ने कुरा राम्रोसंग बुझ्नु जरुरी छ । एक निर्वाचन हार्दैमा आत्तिहाल्नु पर्ने, बौलाहपन देखाउनु पर्ने कुनै कारण छैन । आफ्ना कमी कमजोरीहरुको समिक्षा गरौं । 
जित्नेहरुले पनि आफ्ना व्यवहार, आनीबानीलाई बेलैमा तह लगाऔं । एक हिउँदले जाडो जाँदैन । प्रत्येक बर्ष हिउँछ आउँछ र जाँडो पनि प्रत्येक बर्ष आउँछ । एक हिउँद जाँदैमा सिरक मिल्काउने हो भने अर्को हिउँदमा फेरी सिरक खोज्दै हिन्नु पर्ने अवस्था आउँछ । त्यसैले जनताले दिएको जिम्मेवारीलाई भलिभाँती पुरा गर्ने हिम्मत राख्नु पर्छ । जितमा मात्तिएर आफुलाई बादशाह सम्झन थाल्यो भने पाँच बर्ष धेरै टाढा छैन । 
लोकतान्त्रिक शासन व्यवस्था मात्रै होईन, लोकतन्त्र जीवनशैली पनि हो । यो जीवनशैलीमा सवैभन्दा पहिले आफुलाई ढाल्नु होला जनप्रतिनिधिहरु । जनताले गरेको बिश्वास सधैं सर्वोपरी ठान्नु होला । जनताले तपाईहरुलाई मत दिनुको अर्थ तपाईहरुले व्यक्तिगत स्वार्थ पुरा गर्नुहोला भन्ने होईन, आफ्नो अभिभावक ठानेका हुन । जनताका दुःखमा साथ दिन सक्ने, खुशीमा रमाउन सक्ने प्रतिनिधि मात्रै सच्चा जनप्रतिनिधि हुन्छ । भेट भएका बेलामा पिठ्यु सुम्सुम्याउँदैमा पनि कोही नेता भईहाल्दैन । पाँच बर्षसम्म सुबिधाभोगी जीवन जीउने अनि एक पटक जनताको बिचमा आएर हात जोड्नेहरुलाई आफुलाई सच्याउनु जरुरी छ । 
फेरी पनि बधाई तथा शुभकामना छ ।

थप समाचार 

आन्तरिक कमजोरीले कांग्रेस हा¥यो

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बिरबहादुर बलायरले पार्टीभित्रको कमजोरी का कारण कांग्रेसले चुनावमा    पराजय भोग्नु परेको बताएका छन । 
नेपाल प्रेस युनियन डोटीद्वारा सोमवार आयोजित पत्रकार सम्मेलनमा बलायरले उक्त कुरा बताएका हुन । डोटीबाट प्रतिनिधि सभाका लागि उम्मेदवार समेत रहेका बलायरले पार्टीभित्रका केही नेताहरुले आफ्नै उम्मेदवारहरुलाई हराउन खुलेरै लागेको आरोप लगाए । ‘यस्ता व्यक्तिहरु पार्टीमा         राखिराख्न जरुरी छैन’ मन्त्री बलयारले भने ‘पार्टीको केन्द्रीय सदस्यको हैसियतले मैले त्यस्ता व्यक्तिहरुलाई कारवाही गर्न निर्देशन समेत दिईसकेको छु ।’ 
अव कांग्रेसले आफुलाई सच्याएर लैजानु पर्ने बलायरको भनाई छ । उनले भने ‘संगठनिक संरचनालाई फराकिलो बनाउँदै जनताका बिचमा गएर कांग्रेस सक्रिय हुन्छ, अवको पाँच बर्ष मेरो पुरा समय डोटेली जनताका लागि हुनेछ ।’
बाम गठबन्धनले चुनावमा अनेक हत्कण्डा प्रयोग गर्नु कांग्रेसको अर्को हारको कारण भएको बलाएरको भनाई छ । उनी भन्छन् ‘बाम गठबन्धनले मुल्य मान्यताको राजनीति छोडेर अस्वच्छ प्रतिस्पर्धामा उत्रिएका कारण हामीहरु हार्नु प¥यो ।’ बाम गठबन्धनले कांग्रेसलाई सत्रुको रुपमा हेरेको बलायरको आरोप छ । ‘हामी हिजो परिवर्तनका सहयात्री हौं, कांग्रेस कम्युनिष्टहरु मिलेर देशमा राजनीतिक परिवर्तन आएको हो’ बलायरले भने ‘तर अहिले कम्युनिष्टहरुले कांग्रेसलाई एक्ल्याउने काम गरेका छन ।’ 
अहिलेको बाम गठबन्धनले जनताको महत्वाकाँक्षा बढाएको बताउँदै बलायर भने ‘बाम गठबन्धनको पनि महत्वाकाँक्षा बढेको छ, यदि जनताको महत्वाकाँक्षा अनुसार काम गर्न सक्यो भने त ठिकै हुन्छ तर आफ्नो महत्वाकाँक्षा पुरा गर्न थाले भने समस्या हुन्छ ।’ कांग्रेसले नयाँ बन्ने सरकारको एक सय दिनसम्मका गतिबिधिहरु हेर्ने र त्यसपछि गुण र दोषको आधारमा समर्थन वा बिरोध गर्ने बलायरले बताए । 
आफुले निर्वाचनमा उठान गरेका सवै एजेण्डाहरुलाई यो पाँच बर्षभित्र पुरा गर्नेतर्फ आफु प्रतिवद्ध रहेको बताउँदै बलायरले भने ‘प्रदेश नं. ७ को राजधानी दिपायल बनाउन लागि पर्नेछु ।’ कांग्रेसको हारसंगै प्रदेश नं. ७ को राजधानी दिपायल हुनेमा पनि चुनौती थपिएको बलायरको भनाई छ । उनले राजधानीका लागि जनताले दवावमुलक आन्दोलन गर्नु पर्ने र त्यसको नेतृत्व आफुले गर्ने बताए । 
कार्यक्रममा डोटी प्रदेश सभा ख का उम्मेदवार योगेन्द्र शाहीले मतगणनाको क्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालय बद्मासी गरेको आरोप लगाए । उनले भने ‘मत गणनाका क्रममा जवरजस्ती हाम्रो मत घटाउने काम भएकोले नैतिकताका आधार हामीले मतगणना समेत बहिस्कार ग¥यौं ।’ शाहीले कानुन अनुसार ५० वा एक सय मतको मात्रै एक मुठा बनाउनु पर्ने व्यवस्था भएपनि कर्मचारीहरुले जवरजस्ती एक सय ५० को मुठा बनाई एक सय मात्र गनेको   आरोप लगाए । 
‘कर्मचारीहरुको बद्नियत देखिएपछि हामीले पुनः मत गणनाका लागि मुख्य निर्वाचन अधिकृतलाई निवेदन दियौं’ शाहीले भने ‘तर मुख्य निर्वाचन अधिकृतले पुनःमत गणना नहुने भनी रुपमा जानकारी गराएपछि बहिस्कार गर्ने निर्णय गरेका हौं ।’ उनले कानुनी उपचारका लागि कानुन व्यवसायी र पार्टीका नेताहरुसंग परामर्श गरि निर्णय गर्ने जानकारी गराए । 

बसको संख्या घटेपछि जोखिमपूण यात्रा

एउटै सडकमा दुई ठाउँमा कर तिर्नु परेको भन्दै बस व्यवसायीहरुले धनगढी–बागछेडा सडकमा सञ्चालन हुने बसको संख्यामा कटौती गरेपछि स्थानीयहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन । 
दैनिक तीन यात्रुबहाक बस सञ्चालन हुँदै आएको उक्त रुटमा हाल दुई बस मात्रै सञ्चालन हुने गरेको स्थानीयबासीहरु बताउँछन । बसको संख्या कम भएपछि आफुहरुले छतमा बसेर जोखिमपूर्ण यात्रा गर्नु परेको स्थानीयहरुको गुनासो छ । ‘पहिले नियमित तीन बस सञ्चालन भईरहेका थिए’ एक स्थानीयले बिम्ब साप्ताहिकसंग कुरा गर्दै भने ‘अचेल दुई बस मात्रै आउँछन्, भित्र ठाउँ नभएपछि यात्रुहरु छतमा बस्नु पर्ने अवस्था छ ।’
यस्तै गुनासो गर्छन डोटी बढीकेदार गाउँपालिका–३ निवासी नन्दराम बुढामगर । उनी भन्छन् ‘यात्रुहरु धेरै बोकेकै कारण दुई वर्ष पहिले जोरायल सडकमा २९ जनाको ज्यान जाने गरि दुर्घटना भएको थियो, यहाँ पनि त्यस्तो घटना हुन्छ कि भन्ने डर लाग्छ ।’ स्थानीय बिद्यालयमा शिक्षक समेत रहेका बुढामगरले यस बिषयमा आफुले सुदूरपश्चिम यातायात व्यवसायी समितिसंग कुरा गर्दा समितिले गाउँपालिकाले लगाएको कर फिर्ता लिए फेरी थप बस चलाउन सकिने भनेको बताए ।  
बडीकेदार गाउँपालिकाले आर्थिक बर्ष गत साउन १ गते देखि उक्त सडकमा सञ्चालन हुने सवारी साधनहरुमा कर लगाउने निर्णय गरेको थियो । यातायात व्यवसायीहरुले एउटै सडकमा दुई दुई ठाउँमा कर तिर्नु पर्ने भएपछि आफुहरुलाई मार्का परेको भन्दै बसको संख्यामा कटौती गरेको बताएका छन । 
‘कहिलेकाँही त चार÷पाँच जना यात्रु मात्रै पनि बोकेर जानु पर्ने हुन्छ, खर्च पनि उठाउन गा¥हो हुन्छ’ सुदूरपश्चिम यातायात व्यवसायी समितिका महासचिव सुरेन्द्र बोहराले भने ‘यातायात व्यवसायीहरुसंगको छलफलपछि समितिले उक्त निर्णय गरेको हो ।’ 
करीव ३२ किलोमिटर लम्वाई रहेको सहजपुर बोगटान कच्ची सडकमा यस अघिनै कैलालीको चुरे गाउँपालिकाले ओखलढुङ्गा भन्ने ठाउँमा प्रति बस दुई सय पचास रुपयाँ कर लगाउँदै आएको बोहराको भनाई छ । ‘बडीकेदार गाउँपालिकाले प्रति बस तीन सय ८२ रुपयाँ कर लिन थालेको छ’ बोहराले भने ‘एउटै सडकमा पटकैपिच्छे दुई दुई ठाउँमा कर तिरेर थोरै यात्रु बोक्दै बस चलाउन सम्भव छैन ।’ उनले अति नै चाप हुन थाले समितिले फेरी छलफल गर्ने बताए । उनले यदि बडीकेदार गाउँपालिकाले कर नलगाउने हो भने समितिमा फेरि छलफल गरिने बताए । बोहराका अनुसार हाल सहमतिका आधारमा सुदूरपश्चिम यातायात समितिको एक र कर्णाली बस व्यवसायी समितिको एक बस उक्त सडकमा सञ्चालनमा छन ।
आफ्नै गाउँबासीलाई जोखिमपूर्ण यात्रा गराउने गरि किन कर लगायो त बडीकेदार गाउँपालिकाले ? यस बिषयमा बुझ्न गाउँपालिकाका अध्यक्षसंग फोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

पहिलो चरणमा प्रदेश  ७ का चार जिल्लामा बाम गठबन्धनको क्लिनस्वीप

रामहरी ओझा/डोटी
मंसिर २४
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अन्तरगत मंसिर १० गते पहिलो चरणमा भएको निर्वाचन अन्तरगतका चार जिल्लामा बाम गठबन्धनले क्लिनस्वीप गरेको छ । 
दार्चुला जिल्लाबाट प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित प्रतिनिधिहरु । फाेटाे/श‌कर धामी 
पहिलो चरण अन्तरगत परेका प्रदेश नं. ७ का चार जिल्लाहरु बझाङ्ग, बाजुरा, बैतडी र दार्चुलाका प्रतिनिधि सभातर्फ चार र प्रदेश सभातर्फ आठ गरि १२ बटै स्थान बाम गठबन्धनले हात पारेको छ । 
दार्चुला प्रतिनिधि सभा सदस्यमा नेकपा बाम गठबन्धनका गणेशसिंह ठगुन्नाले २८ हजार नौ सय ९८ मत प्राप्त गरि बिजयी भएका छन । उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका बिक्रमसिं धामीले २२ हजार दुई सय ३३ मत पाएका छन । यस्तै प्रदेश सभा क मा बाम गठबन्धनका उम्मेदवार गेल्वुसिं बोहराले १६ हजार ५३ मत प्राप्त गरि बिजयी भएका छन । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका मदन गिरीले १२ हजार पाँच सय ९८ मत प्राप्त गरेका छन । प्रदेश सभा ख मा मानबहादुर धामीले १२ हजार नौ सय ५६ मत ल्यायी बाजी मारेका छन । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जगदीशबहादुर पालले नौ हजार पाँच सय ७५ मत प्राप्त गरेका थिए । 
बझाङ्गबाट प्रतिनिधि सभा सदस्यका लागि बाम गठबन्धनका भैरवबहादुर सिंह ३४ हजार ६ सय १२ मत ल्यायी बिजयी भएका छन । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहले २६ हजार नौ सय १० मत प्राप्त गरेका छन । प्रदेश सभा क मा एमाले का अर्जुन थापा १७ हजार आठ सय ६५ मत पाई बिजयी भएका छन । उनका प्रनिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्रादेवी जोशीले १३ हजार एक सय ९७ मत प्राप्त गरेका थिए । प्रदेश सभा ख मा बाम गठबन्धनकै देवकी मल्लले १६ हजार सात सय ४३ मत प्राप्त गरि बिजयी भएकी छन । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नरवहादुर सिंहले १४ हजार दुई सय ४२ मत प्राप्त गरेका छन । 
बैतडी प्रतिनिधि सभामा नेकपा एमालेका दामोदर भण्डारी ३९ हजार पाँच सय २४ मतसहित विजयी भएका छन । उनका प्रतिद्वन्द्वि नेपाली कांग्रेसका नरबहादुर चन्दले २८ हजार दुई सय ९१ मत प्राप्त गरे । प्रदेश सभा क मा माओबादी केन्द्रका प्रेम प्रकास भट्ट (आदित्य) ले १८ हजार ९३ मत पाई बिजयी भएका छन । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरीमोहन भण्डारीले १५ हजार एक सय २६ मत प्राप्त गरे ।  प्रदेश सभा ख मा नेकपा एमालेका लीलाधर भट्ट विजयी भएका छन । उनले २० हजार ३ सय १८ प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धी राप्रपाका गणेश चन्दले १५ हजार दुई सय ४७ मत प्राप्त गरेका थिए । 
बाजुरा प्रतिनिधि सभाका लागि बाम गठबन्धनका लालबहादुर थापाले २८ हजार ६५ मत प्राप्त गरि बिजयी भएका छन । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका कबिराज पण्डितले २३ हजार एक सय ८१ मत प्राप्त गरेका छन । प्रदेश सभा क मा बाम गठबन्धनका बल्देव रेग्मीले नौ हजार आठ सय ४० मत ल्याई बिजयी भएका छन । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जनकराज गिरीले आठ हजार तीन सय ११ मत पाएका थिए । प्रदेश सभा ख मा बाम गठबन्धनकै प्रकाश शाहले १८ हजार एक सय ८६ मत प्राप्त गरि बिजयी भएका छन । उनका प्रतिस्पर्धी कांग्रेसका पदमबहादुर शाहीले १४ हजार नौ सय ९७ मत प्राप्त गरेका छन । 

यसरी छानिन्छन् समानुपातिक सांसद

थाह खवरबाट
समानुपातिक निर्वाचन प्रणालीमा प्रतिनिधि सभातर्फ देशलाई एकै क्षेत्र मानेर दलहरूले प्रतिस्पर्धा गर्छन् । त्यस्तै प्रदेशगत रूपमा भने सिङ्गो प्रदेश एक निर्वाचन क्षेत्र कायम हुन्छ ।
दुवैतर्फ निर्वाचन क्षेत्रबाट प्राप्त गरेको सदर मतका आधारमा सिट बाँडफाँट हुन्छ । कुल सदर मतको तीन प्रतिशत नकटाउने दलको मत हिसाब हुनेछैन । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा ६० को व्यवस्थाअनुसार सबै निर्वाचन क्षेत्रबाट आयोगले विवरण प्राप्त गरिसकेपछि आयोगले दलले प्राप्त गरेको कुल सदर मत सङ्ख्याको अनुपातमा मतपरिणाम विभाजक सूत्रका आधारमा निर्वाचित हुने सांसद संख्या तय गर्नेछ । दलहरूले प्राप्त गरेको कुल सदर मतलाई भाग गरी प्राप्त गर्ने सिट संख्या बाँडफाँट गर्दा कुनै सिटमा भागफल बराबर भएमा गोला हाली सिट बाँडफाँट छिनोफानो  हुनेछ ।
मतपरिणाम विभाजक सूत्रअनुसार प्रत्येक दलका लागि खसेको मतलाई भाग गर्ने पद्धतिले निरन्तर भाग लगाइनेछ । यसअनुसार दलले प्राप्त गरेको मतपरि–णामलाई धेरै भाजक अङ्कले भाग गरिन्छ ।  उल्टो क्रमबाट १, ३, ५, ७, ९ जस्ता बिजोर अङ्कले भाग गरी सिट  निर्धारण गरिन्छ ।  सिट संख्या ठूलो भागफलबाट सानोलाई बाँडफाँट गर्दै तोकिएको सिट नसकिँदासम्म बाँडफाँड गरिनेछ । सिट बाँडफाँट गर्दा कुनै पनि दलले जतिसुकै मत प्राप्त गरेको भए पनि त्यस्तो दलले सूचीमा सूचीकृत गरेको उम्मेदवार संख्यामा सीमित रही सिटको बाँडफाँट हुन्छ ।
एक सिटका लागि ‘थ्रेसहोल्ड’ कति कायम हुन्छ भन्ने अङ्क गणित नमिल्न सक्छ । मत विभाजक सूत्रका आधारमा अन्तिम सिटसम्म भाग गर्दै जाँदा आउने अन्तिम सानो एकाइ एक सिट प्राप्तका लागि हुने औसत मत कायम हुन्छ । ‘थ्रेसहोल्ड’ नकटाउने दलले सिट पाउँदैनन् । यस्ता दलहरूले पाएको मत एक हिसाबले खेर नै जान्छ । दुई चरणका निर्वाचनमा गरी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कुल एक करोड पाँच लाख ८७ हजार ५२१ मत खसेको छ ।  यो बदर मतसमेत हो ।
यसअघिको ‘ट्रेन्ड’ अनुसार तीन प्रतिशत मत बदर भएमा ‘थ्रेसहोल्ड’का लागि तीन लाख छ हजार हुन आउँछ ।  तोकिएको तीन लाख छ हजार मत नकटाउने दलले पाएको मत खेर जान्छ ।

छोटकरी समाचार 

लेखक पराजित

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व मन्त्री रेमश लेखक प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित भएका छन ।
कञ्चनपुर निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधि सभाका उम्मेदवार भट्ट बाम गठबन्धनका उम्मेद्वार डा. दिपकप्रकाश भट्टसंग झिनो मतअन्तरले  पराजित भएका हुन ।
बामगठबन्धनका उम्मेदवार एमाले नेता भट्टले २६ हजार तीन सय ६४ मत प्राप्त गरेका थिए भने कांग्रेस उम्मेदवार लेखकले २६ हजार एक सय ६ मत प्राप्त गरेका छन ।

ओझेलमा १६ दिने अभियान

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको महासंग्रामले यस बर्ष महिला हिंसा बिरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियान ओझेलमा प¥यो ।
नोभेम्वर २५ का दिन डोटी जिल्ला सदरमुकाममा तामझामका साथ सुरु भएको उक्त अभियान समापन भने आफै भयो । १६ दिने अभियानसंगै बिश्व मानवअधिकार दिवस पनि ओझेलमा प¥यो । बिगतका बर्षहरुमा बिविद् कार्यक्रम गरि मनाईने गरिएको बिश्व मानवअधिकार दिवस चुनावी गतिबिधिका कारण केही हुन सकेन । 
२१ गते सम्पन्न निर्वाचनको मत गणनाका क्रममा राजनीतिक दलका कार्यकर्ताहरु, सञ्चारकर्मीहरु र सरकारी कर्मचारीहरु व्यक्त भएपछि उक्त दिवस मनाईएन ।

खेल समाचार 

एन्फा चुनाव फेरी स¥यो

अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन फेरी सर्ने भएको छ । 
आईतवार बसेको एन्फा कार्यसमितिको बैठकले माघ ११ मा हुने निर्वाचनलाई चैत्र १४ गते सार्ने निर्णय गरेको छ । यसअघि मिति फेर्ने क्रममा ११ माघमा केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने निर्णय भएको थियो । प्राविधिक कारण देखाउँदै उसले निर्वाचन चैतमा सारेको हो । देशको निर्वाचनलाई देखाएर एन्फाले मिति सार्न गरेको मागलाई फिफा (अन्तर्रा्ष्ट्रिय फुटबल महासंघ) ले पनि स्वीकृति दिइसकेको एन्फाका प्रवक्ता सञ्जीव मिश्रले बताए ।
एन्फाको नयाँ निर्णय अनुसार जिल्ला संघको निर्वाचन पुस ५ देखि माघ ५ सम्म हुनेछ र त्यसका लागि निर्वाचन निर्देशिका पनि बैठकले पारित ग¥यो । त्यस्तै, बैठकले प्रमुख कार्यकारी अधिकृत एवं प्रवक्ता इन्द्रमान तुलाधरले दिएको राजीनामा पनि स्वीकृत गर्दै प्रवक्ताको जिम्मेवारी सहायक महासचिव सञ्जीव मिश्रलाई दिने निर्णय ग¥यो । तर चार वर्षयता सञ्चालन नभएको सहिद स्मारक ‘ए’ डिभिजन लिग आयोजना गर्नेबारे भने बैठकले निर्णय गरेन ।
सन् २०१६–१८ चक्रको फिफा फरवार्ड कार्यक्रमअन्तर्गत एन्फाले प्रस्ताव गरेका सबै कार्यक्रमलाई फिफाले स्वीकृत गरेको छ । एन्फाले लिगका लागि ६  करोडसहित कुल २२ करोड रुपैयाँको कार्यक्रम फिफा फरवार्डमा प्रस्ताव गरेको थियो । त्यसमा ए, बी, सी डिभिजन लिग आयोजना गर्ने तथा तीन टेक्निकल सेन्टरको स्तरोन्नति र मर्मत सम्भार गर्ने, ४५ जिल्लामै ग्रासरुटका फुटबल सञ्चालन गर्ने कार्यक्रम राखिएका छन् ।
एन्फाले सुविधासम्पन्न एम्बुलेन्स खरिद गर्ने योजना पनि कार्यक्रममै समावेश गरेको छ । त्यस्तै, एन्फा कम्प्लेक्समै अडिटोरियम हल निर्माण गर्ने पनि जनाइएको छ । निर्वाचनको मिति तोकेर पनि कार्यसमिति बैठकले मध्य तथा सुदूरपश्चिमका सात जिल्लामा फुटबल विकासका लागि विशेष प्योकज दिने निर्णय पनि ग¥यो ।

चलचित्ररमनोरञ्जन 

‘माइ लभ’ हेरे जापान जान पाईने

रिलिजको क्रममा रहेको फिल्म ‘माई लभ’ को निर्माता टोलीले दर्शकहरुका लागि नयाँ अफर ल्याएको छ । फिल्म हेर्ने दर्शकमध्येबाट एकलाई निशुल्क जापान घुम्न पाउने अफर छ । 
जापानका तोसिआकिइतोहले निर्देशन गरेको फिल्मले मुख्य पात्रबीचको प्रेममा विनाशकारी भूकम्पले निम्त्याएको असर र त्यसका लागि उनीहरूले गर्नु परेको संघर्षको कथालाई मुल द्वन्द्वका रूपमा पस्किन खोजेको छ । 
२०७२ मा नेपालमा गएको विनाशकारी भूकम्पको सेटिङमा बनेको ‘माई लभ’ मंसिर २९ देखि देशव्यापी प्रदर्शनमा आउँदै छ । फिल्म हेरेपछि दर्शकले टिकट नम्बर र हलको नाम उक्त फिल्मको फेसबुक पेजमा ट्याग वा इनबक्स गर्नुपर्ने मापदण्ड तोकिएको छ । निर्माण पक्षले त्यसकै आधारमा गोलाप्रथाबाट एक दर्शक छनोट गरी जापान घुमाउने जनाएको छ । छनौट भएका दर्शकलाई अप्रिल २५ मा जापानमा हुन लागेको ‘माई लभ’ को प्रिमियरमा सहभागी गराइने निर्माण पक्षले जनाएको छ । यति बेला फिल्म युनिट प्रचारप्रसारका लागि देश दौडाहामा छ । 
गणेश लामा, शीतल श्रेष्ठ, रिवन मित्सुतानीलगायत कलाकारको मुख्य अभिनय रहेको फिल्म नेपाल र जापानमा रिलिज गर्ने गरी निर्माण गरिएको छ । फिल्मले भूकम्पपछि नेपाल र नेपाली जनतालाई अन्तराष्ट्रिय समुदाय र खास गरी जापानले देखाएको सहानुभूति र सहयोगको कथा समेत समेटेको बताइएको छ ।

सम्वन्ध बिच्छेद्ले रिमा चिन्तित्

दुई बर्ष अगाडि मात्र जोडिएको नायिका रीमा विश्वकर्माले वैवाहिक सम्बन्धमा पूर्णबिराम लागेपछि उनी चिन्तित बनेकी छन । 
दुई बर्ष अघि जोडिएको सम्वन्धमा एकाएक दरार आएपछि सम्वन्ध बिच्छेद्को तहसम्म पुगेपछि रीमा चिन्तित भएकी हुन । उनका पूर्व पति रोबर्ट बिकले बिवाहका लागि ईन्गेजमेण्ट समेत गरिसकेपछि रीमालाई थप पीडा भएको छ । रोबर्टले झापाकी बर्षा रसाइलीसँग इन्गेजमेन्ट गरेको तस्बिर बिभिन्न सञ्चारमाध्यममा सार्वजनिक भईसकेको छ ।   
रीमाले भने सञ्चारमाध्यममा आफुलाई लक्षित गरि आएका समाचारहरुका बिषयमा तत्काल कुनै प्रतिक्रिया जनाएकी थिईनन् ।
समाचारहरु सार्वजनिक भएको एकदिन दिनपछि नायिका रीमा विश्वकर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भनाई राखेकी छिन् । रीमाले लेखेकी छिन् ‘म सम्बन्धित आएका समाचारहरु मैले हेरिरहेकी छु । म अनि मेरो परिवारको लागि यो त्यति सजिलो समय होइन । यो असहज परिस्थितिमा म यहाँहरुको समक्ष केहि पनि कुराहरु राख्न वा केहि पनि प्रश्नको उत्तर दिन असमर्थ छु ।’
रीमाले यो अवस्थामा आफ्नो भावानात्मक र मानसिक अवस्था वुझ्नका लागि सबैसँग आग्रह गरेकी छिन् । उनले अगाडि लेखेकी छिन् ‘जिन्दगी सधै सोचे जस्तो त पक्कै हुदैन र समय सधै एकनाश पनि हुँदैन । यो गाह्रो क्षण पनि पक्कै वितेर जानेछ ।’

लेख 

बिकेनन् देउवाका कांग्रेस बिरोधी एजेण्डा

उपेन्द्र पोखरेल
डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ स्थित असिग्राम मावि, रुवाखोला केन्द्रबाट मतदान गरेर फर्किंदै गरेका कांग्रेस सभापति शेरबहादुर देउवाको तस्बिरले दुईवटा सन्देश दिन्थ्यो ।
पहिलो, उनी अब बुढेसकालमा प्रवेश गरिसकेका छन् । र, दोस्रो, २६ वर्षयताका नौ वटा चुनावमा मत खसालेको विद्यालय र त्यहाँसम्म पुग्ने बाटो अहिलेसम्म उस्ताको उस्तै छ । त्यसैले हुनुपर्छ, देउवाले देशभर घन्काएको कम्युनिस्ट विरोधी नारा र समृद्धिको आश्वासन यसपालि मतदाताले पत्याएनन् ।
कांग्रेस देब्रे कि दाहिने ?
अहिलेको यक्ष प्रश्न हो यो । के कांग्रेस दक्षिणपन्थी पार्टी हो ? प्रजातान्त्रिक समाजवादको वकालत गर्ने कांग्रेस त ‘सेन्टर टु लेफ्ट’ अर्थात् वामपन्थतिरै झुकाव राख्ने पार्टी हुनुपर्ने हो ।
एमाले र माओवादीले चुनावी गठबन्धन गर्दैगर्दा देउवाको नेतृत्वमा मुलुकभरका कांग्रेसहरुले कम्युनिस्ट अधिनायकवाद आउँदै गरेको नारा लगाए । सिद्धान्ततः आफैं वामपन्थी रहेको दलले अर्को वाम गठबन्धनको अधिनायकवादको कुरा गर्नु आफैंमा हास्यास्पद थियो ।
दलाल पूँजीवादमा अभ्यस्त भइसकेका कांग्रेस नेताहरुले आफ्नो सिद्धान्त नै बिर्सिसकेको आभाष यसअघि पनि नहुने गरेको होइन । कम्युनिस्ट शब्द झुण्ड्याएका दुई दलहरुबीचको चुनावी तालमेललाई निरंकुशतन्त्रको पूर्वाभ्यासका रुपमा व्याख्या गर्दै गर्दा कांग्रेसजनहरुले छुटाए, ती दल प्रजातान्त्रीकरण भइसकेका छन् र अब नाममा मात्र कम्युनिस्ट शब्द बाँकी छ ।
तर, देउवाले न त एमाले र माओवादीहरु कम्युनिस्ट नरहेको बुझाउन सके, न कांग्रेस वामपन्थी रुझान बोकेको दल हुनुपर्ने हेक्का नै राखे । अझ, दुवै दललाई प्रजातान्त्रिक धारमा समाहित गर्न कांग्रेसले नेतृत्व लिएको र अब कम्युनिस्ट नै नरहेको बुझाउनुपर्ने कुरामा कांग्रेसका नेतारकार्यकर्ताको ध्यानै पुगेन ।
एमाले र माओवादीहरु तानाशाही कम्युनिस्ट पन्थमा रहँदै नरहेको  विषयलाई भण्डाफोर गर्नबाट चुके, देउवा । उल्टै, एमाले र माओवादी सम्मिलित सरकार आएमा रुन, हाँस्न पनि पाइँदैन भन्नेजस्तो हलुका टिप्पणी गरेर देउवाले आफैंलाई उपहासको पात्र बनाए ।
०६३ सालयता नै जनताले अन्तरिमकालसहित ६ पटक माओवादीलाई सत्तामा पाइसकेका छन् । तीमध्ये तीनपटक त कांग्रेस पनि सत्ता सहयात्री थियो । एमाले र माओवादीबीच चार पटकसम्म सत्ता गठबन्धन भएको थियो । त्यस क्रममा नआएको अधिनायकवाद भविश्यमा पनि आउला भनेर जनताले कसरी पत्याउने ? कांग्रेस नेताको कुरा जनताले पत्याएनन् ।
अझ, ज्योतिषिले आफूलाई ७ पटक प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेको बताउँदै आफूलाई जनतामा विश्वास नै नभएको सन्देश दिए, देउवाले । कांग्रेस होइन, देउवाचाहिँ दक्षिणपन्थी देखिए ।
भारतीय कित्ताको पराजय !
चुनावको मुखैमा बूढीगण्डकी बहुउद्देश्यीय परि–योजना निर्माणका लागि चिनियाँ कम्पनी गेजुवा (गोजोपा) सँगको सम्झौतापत्र रद्द गर्नुको अर्थ के थियो ? सिधा जवाफ हुन्छ, आफूलाई चुनावको मुखमा भारतीय कित्तामा उभ्याउने ।
‘गेजुवासँग सम्झौता गर्दा पनि देउवाको पार्टी सरकारमा थियो र रद्द गर्दा उनी नै प्रधानमन्त्री थिए’ अनौपचारिक कुराकानीमा एक चिनियाँ अधिकारी भन्छन्, ‘उनले आफूलाई भारतीय कित्तामा उभ्याएकै कारण यसपटकको निर्वाचनमा लज्जास्पद पराजय बेहोर्नुपरेको हो ।’
अर्थात्, नेपालमा भारतीय ‘लबी’ स्वतः अलोकप्रिय हुन्छ भन्ने कुरामा चिनियाँहरु जानकार छन् । यही कुरा नेपाली कांग्रेसको नेतृत्वले बुझेन । डेढ वर्षयता देउवाको बाह्य साँठगाँठको विश्लेषण गर्नु यहाँनेर सान्दर्भिक हुन सक्छ । 
०७३ सालमा १० दिने भ्रमणमा शेरबहादुर देउवा भारतको राजधानी नयाँदिल्ली पुगेका थिए । १५ वैशाख ०७३ मा उनी स्वदेश फर्केलगत्तै तत्कालीन केपी ओली सरकार संकटमा प¥यो । तत्कालका लागि ओली सरकार अडिए पनि अर्को चार महिनामै फेरि धर्मरायो ।
र, त्यतिबेलाको विपक्षी दल कांग्रेससहितको गठबन्धनले २० साउन ०७३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनायो । त्यतिबेलाकै सहमतिअनुसार देउवाले २३ जेठ ०७४ मा चौथोपटक सत्ताको बागडोर सम्हाले ।
त्यतिबेला देउवाले भारत भ्रमण गर्नुको उद्देश्य पत्नी आरजुको कम्मरको शल्यक्रिया थियो । तर, त्यही बाहानामा आरजुले भारतीय विदेशमन्त्री सुषमा स्वराजसँग भेटघाट मात्र होइन, बैंगलोर, गुजरातलगायत शक्तिपीठहरूको दर्शन गर्दै पीठाधीशहरुसँग पनि भेटेकी थिइन् ।
काञ्ची कामकोठी पीठका शंकराचार्य जयन्द्र सरस्वतीमार्फत् उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सम्बन्ध कसिलो बनाइन् । ५ मंसिर ०७३ मा कैलाली धनगढीमा आयोजित धर्म सम्मेलनमा शंकराचार्यले त्यसबारे रहस्य खोले । त्यही समयदेखि हो, आरजुमा पनि प्रत्यक्षतर्फबाट निर्वा्चित हुने महत्वाकांक्षा पलाएको ।
पत्नीले समातेको भारतीय डोरीमै झुण्डिन देउवाले पनि उपयुक्त ठाने । र, यसअघिको अमेरिकी(युरोपेली ‘लवी’ छाडेर भारतीय लगनगाँठोमा उनी कस्सिए । यसअघिसम्म देउवालाई भारतसँग भन्दा पश्चिमासँग निकट मानिन्थ्यो ।
२६ कात्तिक ०७३ मा दक्षिण(पश्चिमको तटीय शहर गोवामा भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह र हिन्दु धर्मगुरुहरुसँगै तिब्बती निर्वा्सित सरकारका प्रधानमन्त्री लोब्साङ सांगेसँग मञ्च साझेदारी गरेको देउवाको तस्वीरले तहल्का मच्चाएको थियो । आफू भारतीय ‘लवी’मा प्रवेश गरेको सन्देश दिँदै गर्दा देउवाले नेपालको एक चीन नीतिसमेत बिर्सिए ।
र, त्यही विन्दुमा उनले उत्तरी छिमेकी चीनलाई नराम्ररी चिढ्याए । कांग्रेस मन्त्रीहरुको असहमतिका बावजुद तत्कालीन प्रधानमन्त्री दाहालले चीनको वान बेल्ट वान रोड (ओबीओआर) परियोजनामा हस्ताक्षर गर्ने निर्णय लिएको कुरा कतै छिपेको छैन । दाहाल सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुले काठमाडौं आएका चिनियाँ अधिकारीहरुलाई भेटसम्म नदिएर अपमानित गर्न पनि पछि परेका थिएनन् ।
तत्कालीन केपी ओली सरकारले चीनसँग गरेका सम्झौताहरु कार्यान्वयन र दुवै छिमेकीसँग व्यापार र पारवहनको सहजता हुने आशामा रहेका जनताको भावनाको कदर गर्न उपयुक्त ठानेनन्, देउवा र उनका अनुयायीहरुले ।
एमाले अध्यक्ष ओलीको सरकार ढालेर कांग्रेस(माओवादी गठबन्धन तयार पार्दै गर्दा उनले पार्टीलाई पूर्णरुपमा भारतीय कित्तामा धकेलिदिए । नेपालमा भारतीय कित्ता बिक्दैन भन्ने बुझ्न स्थानीय तहमा भएको लज्जास्पद पराजय पनि काफी भएन उनका लागि ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मुखैमा बूढीगण्डकी आयोजना निर्माण सम्झौता रद्द गरेर आफू सोही कित्तामा रहेको जनाउ देउवाले दिएका थिए । अहिले कांग्रेसको लज्जाजनक हारमा पूर्णरुपमा भारतीय कित्ताको उभ्याइले पनि भूमिका निर्वाह गरेको विश्लेषण कांग्रेसजनहरुको छ ।
अराजनीतिक शैली, कमजोर प्रस्तुती
कैलाली–५ मा प्रतिनिधिसभातर्फ उम्मेदवार बनेकी डा. आरजु राणा स–साना कोणसभा र घरैमा भेटघाटमा सिमित थिइन् । त्यसबाहेकको उनको उपस्थिति स्थानीय होटेल डिभोटीमा हुन्थ्यो, जहाँ व्यवसायी, जिल्लाका उच्च पदस्थ कर्मचारीलगायत भेला गराएर मत माग्ने गर्थिन् । थारु समुदायका भलमन्साहरु पनि सोही होटेलमा आरजुसँग भेटघाट गरिरहेका थिए ।
अर्थात्, उनी निर्वाचन क्षेत्रमा उम्मेदवारका रुपमा नभई प्रधानमन्त्रीकी पत्नीका रुपमा प्रस्तुत भइरहेकी थिइन् । ‘म नै राज्य हुँ’ भन्ने सिद्धान्त उनले चुनाव  प्रचार–प्रसारमा पनि प्रयोग गरिरहेको महशुस हुन्थ्यो । मतदाता भने उनी घरआँगनमा नझुल्किएमा गुनासो गरिरहेका थिए ।
आफू सानो घेरामा रमाइरहेको र मतदातामाझ अन्तक्रिर्या कम भएको महशुस उनलाई पटक्कै देखिँदैनथ्यो । त्यसभन्दा ठूलो गल्ती त उनले असन्तुष्ट  रहेका पुराना नेता पुष्करनाथ ओझालाई आफैं भेटेर  कुरा नगर्नु थियो । टिकट लिएर जानासाथ उनको पहिलो कर्तव्य नै ओझालाई भेट्नु हुन्थ्यो । किनभने, ओझाजस्तै नेताहरुले कांग्रेसको संगठन बचाइदिएका कारण आरजुले त्यस क्षेत्रमा चुनाव लड्ने आँट गरेकी थिइन् । तर, यसको उल्टो आरजूले ओझालाई चुनावपछि पार्टीले कारवाही गर्ने बताइन् ।
प्रधानमन्त्री देउवाले कर्णाली पुलदेखि पश्चिमका खोलानालामा २२ वटा पुल निर्माण गरेको तथा पूर्वपश्चिम राजमार्गको चिसापानी(अत्तरिया खण्ड निर्माणमा अग्रसरता लिएको विषयलाई कांग्रेसका तीन नेताले आफ्नो चुनावी एजेन्डा बनाएका थिए । उनीहरु थिए डा. आरजु, रमेश लेखक र एनपी साउद ।
ति पुल र राजमार्ग खण्ड निर्माण गरेको विषयलाई भँजाएर देउवाले ०४८ सालयता लगातार डडेलधुरा, कञ्चनपुर र कैलालीमा चुनाव जित्दै आएका छन् । त्यो बाहेक मतदाता खुशी पार्ने नयाँ एजेन्डा अगाडि सार्न कैलाली र कञ्चनपुरका कांग्रेस नेताहरु असफल भएको झल्को मिल्छ यसबाट ।
जस्तो, कांग्रेसको पकड मानिएको कञ्चनपुरको चाँदनी–दोधारा क्षेत्रमा देउवाका विश्वासपात्र रमेश लेखकले जम्मा डेढ सय मत बढी ल्याए । त्यहाँ २५ सयदेखि तीन हजार मत बढी आउने अपेक्षा कांग्रेसको थियो । यसअघि ०५१ सालमा एमालेका उर्वादत्त पन्तले पाँच सय ५० मत ल्याउँदा कांग्रेसले करिब पाँच हजार मत ल्याएको थियो, चाँदनी–दोधारामा ।
केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एनपी साउदले स्वतः कञ्चनपुर–२ मा चुनाव जित्ने आँकलन पनि विफल देखियो । अव्यवस्थित बसोबासी र सुकुम्बासीको मत आकषिर्त गर्न उनी असफल रहे । शिविरहरुको करिब २२ हजार मतमध्ये अधिकांश एमालेका नरबहादुर धामीका पक्षमा गएको देखियो । ०७० सालमा साउदले सुकुम्बासीलाई हातमा लिन सकेकैले जितेका थिए ।
बझाङको कुरा बेग्लै छ । एमालेभित्र अन्तर्घातको सम्भावना धेरै देखिन्थ्यो, टिकट वितरणमा असन्तुष्टिका कारण । तर, भइदियो उल्टो, कांग्रेस उम्मेदवार पृथ्वीबहादुर सिंहविरुद्ध अन्तर्घात भयो । र, एमाले उम्मेदवार सात हजार सात सय दुई मतको अन्तरले जिते । कांग्रेसको सबै मत उनको पक्षमा आएको भए एमाले उम्मेदवारसँग उनको कडा प्रतिस्पर्धा हुन सक्ने आँकलन थियो ।
मोरङमा कांग्रेसले आशा गरेको क्षेत्र थियो, डा. शेखर कोइराला उम्मेदवार बनेको निर्वाचन क्षेत्र नम्बर ६ । तर, उनी ६७५ मतान्तरमा पराजित भए, एमालेका सादगी नेता लालबाबु पण्डितसँग । तत्कालीन लोकतान्त्रिक फोरमको पकड क्षेत्र मानिएको बूढीगंगा गाउँपालिकाको मत उनले कमै प्राप्त गरे ।
स्थानीय कांग्रेस नेताहरुको बुझाइमा डा. कोइरालाले यसअघि चुनाव जितेकै क्षेत्रको पनि मत बिग्रियो । उनको पक्षमा खस्ने आशा गरिएको करिब पाँच हजार मत पण्डितले पाएको आँकलन उनीहरुको छ । अमृत अर्यालको पकड रहेको मानिएका  विराटनगर–१२ र उनको घर भएको इलाका डा. शेखरको क्षेत्रमा परे, जहाँ डा. शेखरसँग असन्तुष्ट जमात ठूलो थियो । रमेशजंग रायामाझीलाई डा. शेखरको ठाउँमा टिकट दिएको भए पाँच हजार मतले उनी विजयी हुने स्थानीय कांग्रेस नेताहरुको आकलन छ ।
सोही कारण डा. शेखरलाई मोरङ–२ बाट चुनाव लड्न आग्रह पनि गरेका थिए, स्थानीय नेतारकार्यकर्ताले । उनले नमानेकाले पराजय बेहोरे । अर्का नेता महेश आचार्यले चुनाव जित्ने विश्वास जिल्लाका कांगे्रेसजनमा थिएन । किनभने, निर्वाचन क्षेत्रमा नटेक्ने, कार्यकर्तालाई नभेट्नेलगायत गुनासा थिए, आचार्यसँग । प्रदेशतर्फको सिटमा सम्धीलाई टिकट दिलाउँदा उनीप्रतिको आक्रोश अझ फराकिलो बन्यो । बरु, विवादित व्यक्ति नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्माले मोरङ ३ मा ४० हजार मत कटाए । र, १९ सय मतले हारे एमाले पोलिटब्युरो सदस्य भानुभक्त ढकालसँग हारे । तर, मोरङ ३ पनि कांग्रेसले पहिले जितेको क्षेत्र थियो, त्यो पनि गुम्यो ।
नाम मात्रको गठबन्धन, युवा नेता पाखा
खासमा, कांग्रेसले आफ्नो नेतृत्वमा घोषणा गरेको लोकतान्त्रिक गठबन्धन नाम मात्रको थियो । त्यसमा सहभागी राप्रपाले झापामा कृष्णप्रसाद सिटौलालाई हरायो र अर्को क्षेत्रमा एमाले अध्यक्ष ओलीलाई जितायो । राप्रपा अध्यक्ष कमल थापालाई भने कांग्रेसका मतदाताले पछ्याए । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टीले उनलाई मात्रै जिताउन कांग्रेसको साथ लियो । अन्यत्र कांग्रेसविरुद्धमै उम्मेदवार उठायो ।
राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमसँग कांग्रेसको तालमेल पनि बेअर्थको बन्यो । राजपा अध्यक्ष महन्थ ठाकुरलाई कांग्रेसले सघाउँदै गर्दा धनुषामा सोही पार्टीका अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतो कांग्रेस नेता विमलेन्द्र निधिका लागि महंगो सावित भए । राजपासँग गठबन्धनका कारण कांग्रेसलाई लाभ पुगेको कतै देखिएन । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई जिताउन कांग्रेसको भूमिका रह्यो । उक्त पार्टीले सघाएकाले कांग्रेसका उम्मेदवारले जितेको देखिएन ।
खासमा, गठबन्धनमा सहभागी दलहरुले आ–आफ्नो फाइदाका लागि कांग्रेसलाई उपयोग गरे । देउवाले पार्टीलाई उपयोग हुन दिए । अन्य दलसँग नाम मात्रको गठबन्धन गर्दै गर्दा कांग्रेसले आफ्ना युवा नेताहरुलाई जिम्मेवारी दिन उपयुक्त ठानेन । सुरेन्द्र पाण्डे, गुरुराज घिमिरे, बद्री पाण्डे, धनराज गुरुङ, विनोद कायस्थलगायत युवा नेताले प्रतिनिधि र प्रदेश सभा दुवैतिर टिकट पाएनन् । टिकट पाएर जित्ने भाग्यमानी युवा गगन थापा मात्र देखिए ।
‘सबै परिणाम आइसकोस् अनि कांग्रेसको नेतृत्वबारे मुख खोलौंला,’ पछाडि पारिएका एक युवा नेता भन्छन्, ‘परिणाम आइसकेपछि बैठक र समीक्षा होला अनि नेतृत्वको असक्षमताबारे प्रश्न उठाउनेछौं ।’ उनको भनाइमा गाउँ–गाउँमा कांग्रेसको संगठन रक्षा गरेर बसेका धेरै नेतारकार्यकर्तालाई टिकट र जिम्मेवारी वितरणमा छुटाइयो । कांग्रेसका अर्का युवा नेता भन्छन्, ‘यसको सुक्ष्म अध्ययन गर्दैछौं, परिणाम आइसकेपछि नेतृत्वको नालायकीपनका दृष्टान्त सार्वजनिक गर्नेछौं ।’ 
एक कांग्रेस समर्थकले आफ्नो फेसबुक वालमा लेखेका छन्, ‘यसपटकका उम्मेदवा–रहरुले कांग्रेसकै डीएनए चिनेनन् र कांग्रेसकै भोट पाएनन् ।’ अर्थात्, मुलुककै पुरानो पार्टी कांग्रेसका रुपमा निर्वाचनमा प्रकट हुन सकेन । र, नैतिक धरातल नै गुम्ने गरी पराजयको सामना गर्न पुग्यो ।
— अनलाईन खवरबाट

लोकसेवा तयारीका लागि उपयोगी 

१) नेपालमा सार्वजनिक सेवा प्रवाह प्रभावकारी हुन नसक्नुका कारणहरु 
ड्डसेवा सुविधाको स्पष्ट व्याख्या एवं गुणस्तरको मापदण्ड निर्धारण नगरिनु । 
ड्डराजनैतिक स्तरमा स्वार्थ भाव बढ्नु । 
ड्डभ्रष्टाचार एवं दण्डहीनता । 
ड्डप्रशासकीय स्तरमा मनोबल खस्कनु । 
ड्डसशक्त नागरिक समाजको अभाव । 
ड्डकेन्द्रमुखी प्रशासकीय व्यवस्था । 
ड्डसेवा प्रदायकको कामको मूल्याङ्कन गरी पुरस्कृत एवं दण्डित नगरिनु । 
ड्डप्रक्रियामूखी कार्य शैलीको विद्यमानता ।
ड्डसेवा सुविधाको प्रकार, स्वरूप र कार्यविधि जनताको अपेक्षा अनुरूपको नहुनु (सेवा माग उन्मुख नभइ आपूर्ति उन्मुख हुनु) ।
ड्डसेवा प्रवाह पारदर्शी, प्रतिस्पर्धी, सहभागी मूलक एवं जबाफदेही नहुनु ।
ड्डसेवा लक्षित समूहसम्म नपुग्नु । 
२) राजनैतिक विभाजनका महत्त्वहरू उल्लेख गर्नुहोस् । 
ड्डविकास निर्माण कार्यमा सहजता ल्याउने 
ड्ड विकेन्द्रीकरणको प्रवद्र्धन गर्ने 
ड्डजनताको पहुँचमा सेवा सुविधा पु¥याउने 
ड्डराज्यका हरेक क्षेत्रमा समता मूलक पहुँच पुर्याजउने 
ड्डक्षेत्रीय सन्तुलन कायम गर्ने 
ड्ड आर्थिक, सामाजिक असमानता हटाउने 
ड्डस्रोतको प्रतिफलको न्यायोचित वितरण गर्ने, सदुपयोग गर्ने 
ड्डप्रशासनिक कार्यमा सघाउ पु¥र्याउिने, जटिलता न्यून गर्ने 
ड्ड राज्यको उपस्थिति जनाउने 
३) जैविक विविधता भन्नाले के बुझिन्छ ? 
ड्डसंसारको जल, स्थल, समुद्र तथा सिमसार सबै क्षेत्रमा रहेका जीवित प्राणी तथा वनस्पतिहरू बीच पाइने भिन्नतालाई नै जैविक विविधता भनिन्छ । 
ड्डवातावरण संरक्षण ऐन, २०५३ अनुसार जैविक विविधता अन्तर्गत ३ प्रकारका चरण बद्ध श्रेणीहरू पर्छन् ः 
१. पारिस्थितिकीय प्रणाली 
२. प्रजाति विविधता 
३. आनुवंशिक विविधता/वंशाणुगत विविधता 
ड्डजैविक विविधताको सम्पन्नताको दुष्टिकोणले नेपाल विश्वमा २५औँ र महाद्विपीय मानचित्रमा ११औँ स्थानमा पर्छ । 
ड्डजैविक विविधता शब्दको प्रयोग सन् १९८० को दशकमा भएको पाइन्छ । 
४) संसदीय शासन प्रणालीको बारेमा लेख्नुाहोस् । 
ड्डव्यवस्थापिका संसद् प्रधान रहने प्रणाली संसदीय शासन प्रणाली हो । 
ड्डकार्यपालिका प्रत्यक्ष वा परोक्ष रूपामा व्यवस्थापिकाको समर्थन माथि निर्भर रहन्छ । 
ड्डयस प्रकारको शासन पद्धतिमा राष्ट्र प्रमुख र सरकार प्रमुख बेग्लाबेग्लै व्यक्ति हुन्छन् । 
ड्डराष्ट्रको सम्पूर्ण कार्यकारी अधिकार खासगरी सरकार प्रमुख अर्थात् प्रधानमन्त्रीमा निहित रहेको हुन्छ भने राष्ट्रम प्रमुख नामको मात्र हुन्छ (Figure head)। 
ड्ड मन्त्रिमण्डलका सम्पूर्ण सदस्यहरू आफ्नो नीति, कार्यक्रम तथा काम कारबाहीका सम्बन्धमा प्रत्यक्ष रूपमा व्यवस्थापिकाप्रति तथा व्यक्तिगत रूपमा प्रधानमन्त्री प्रति समेत उत्तरदायी रहन्छन् र सामूहिक जिम्मेवारीको सिद्धान्त अङ्गीकार गरिएको हुन्छ । 
५) संसदीय शासन प्रणालीका विशेषताहरू के–के हुन् ? 
ड्डप्रतिकात्मक आदर्श राष्ट्राध्यक्ष, 
ड्डप्रधानमन्त्रीको नेतृत्व, 
ड्डबहुमत प्राप्त राजनीतिक दलको सदस्यको नेतृत्वमा सरकारको गठन हुने, 
ड्डप्रभावकारी एवं सशक्त प्रतिपक्षी उपस्थित हुने, 
ड्डकार्यपालिका व्यवस्थापिकाप्रति उत्तरदायी हुने, 
ड्डव्यवस्थापिका र कार्यपालिका बीच घनिष्ठ सम्बन्ध हुने, 
ड्डसामूहिक उत्तरदायित्व, 
ड्डकानुनको शासन अर्थात् कानुनी राज्य, 
ड्डप्रतिनिधि मूलक शासन प्रणाली, 
ड्डबहुदलीय शासन पद्धति र जन निर्वाचित सरकार, 
ड्डसंसद् र सरकार बीच शक्ति सन्तुलन र नियन्त्रण, 
ड्डसंसदीय सर्वोच्चता, 
ड्डजनतालाई राजनैतिक दलहरूको सदस्य हुने र मतदान गर्ने स्वतन्त्रताको निश्चितता, 

साहित्य/सृजना

पुस्पा

उस्ले पुस्पालाई भन्यो
पुस्पा तिमिले, हिजोआज आफ्नो बगैचामा
पुस्पहरुलाई फुलाउनै छोड्यौ
पुस्पा भएर पनि तिमी
पुस्पबिहिन देखिन थालेकी छ्यौ
पुस्पाले भनी,
पुस्पाले न त हिजो नै
पुस्पहरुलाई फुल्न रोकेकी थिई
आज पनि छैन र
भोलि पनि रोक्दिन 
तर,कसैले आएर अचानक
भर्खरै फुल्न सुरु गरेका कोपिला नै तोडिदिन्छन
कोपिलालाइ फुल्नै दिदैनन् त म के गरु ?
मेरो आवाज कसैले सुने पो ?
यहाँ मान्छेकै आवाज, मान्छेमाझ पुग्दैन,
म त पुस्पा न हुँ
कस्ले सुन्ने मेरो पुकार ?
मैले पुस्पहरुलाई आफ्नो बगैचामा
बाँस पो गर्न दिएकी हुँ
तपाईले पनि त आफ्नो ठाउँबाट सहयोग गर्न सक्नुहुन्थ्यो नि ?
पुस्पहरुको सुगन्धको आनन्द त तपाईं पनि लिनुहुन्थ्यो नि ?
ती फुलेका पुस्पहरुको माला उनेर,
आफ्नो गलामा सजाएर, 
आफुलाई गर्बित महसुस त तपाईं पनि गर्नुहुन्थ्यो नि ?
ती पुस्पहरुलाई ईश्वरसामु चढाई
आफ्नो लागि बिन्तिपत्र पेश त तपाईं पनि गर्नुहुन्थ्यो नि ?
खै त आज तिनै पुस्पहरुलाई सम्झेको तपाइले ?
के पुस्पहरुको सुरक्षा गर्नु,
रेखदेख गर्नु
तपाइहरुको कर्तब्य होइन र ?
काम लाग्दा टिप्यो
नलाग्दा फ्याक्यो
यो तपाई यो अवसरवादी प्रवृत्ति होइन र ?
उल्टो पुस्पाको प्रश्नले
उ लज्जित भयो
सायद उस्लाई आफ्नो भुल 
र कर्तब्यको बोध भैरहेको थियो ................
पुस्पा जोशी ‘काली’ 
धनगढी, कैलाली

इच्छा

इच्छा यो छ महेश, अन्तिम जसै यो मृत्युसैया जली
मेरो रक्त सुकाउला म गरुँला अन्योल भै छट्पटी
त्यो बेला मुखमा बुटीहरु परुन् नेपालकै केवल
जे–जेमा हिमशैलको छ मधुरो मीठो चिसो चुम्बन ।१।
‘यो नेपाल स्वतन्त्र भै फुलिरहोस्, राजाप्रजामा सधैँ
झाँगी फैलिरहोस् बढेर लहरा यै शान्ति ऐश्वर्यको’
यो सन्देश म ब्रहृमनाल तकिया पारी पठाउँ वहाँ
साक्षी शङ्कर छन् शमसानपछिका आशा रहेका जहाँ ।२।
बज्ला मन्दिरमा ‘तथास्तु’ जब यो घण्टा दिदै उत्तर
हाँस्तै शान्त भई उही समयमा नेपाल हेरी मरुँ ।
मैरो लाश पवित्र चन्दन घसोस्, कात्रो मलाई बनोस्
नेपाली सुकुमार हातहरुले खस्रा बुनेका लुगा ।३।
नेपाली वनका कपूर तुलसी श्रीखण्डका साथमा
प्यारो सुन्दर आर्यघाट तटको साजा चितामा जलूँ,
पाउँ बस्न मरेर आखिर गई स्वर्गीय त्यै ठाउँ
मानेपालीहरु छन् मरीकन सबै जन्मिरहेका जहाँ ।४।
बालकृष्ण सम

सूचना/सन्देश/बिज्ञापन 

कर्मचारी आवश्यकता सम्बन्धि सूचना 

                           प्रथम पटक सूचना प्रकासित मिति  २०७४/०८/२४
समान पहुँच विकास केन्द्र (सिड) नेपाल, डोटीले समाजको सम्बृद्धिका लागि विभिन्न साझेदारहरुको सहकार्यमा स्वास्थ्य,  शिक्षा, शुसासन र संस्थागत विकासको क्षेत्रमा ७ वटा परियोजनाहरु संचालनमा रहेका छन् । संस्थाद्धारा डोटी जिल्लाको साविकका १४ वटा गाविस (छपाली, गिरिचौका, महादेवस्थान, कालिकास्थान, दहकालिकास्थान, लामिखाल, बाँझककानी, खातिवाडा, डौड, तोलेनी, बग्लेक, खिरसैन, गैरागाँउ र कलेना तथा दिपायल शिलगढी नपाको साविकका वडा नं ११ र १२ मा वल्र्ड भिजन ईन्टरनेशनल नेपालसंगको साझेदारीमा संचालन हुन गईरहेको मातृ तथा बाल स्वास्थ्य र पोषण तथा हेल्दी भिलेज परियोजनाका लागि निम्नानुसारका विभिन्न तहका दक्ष कर्मचारीहरुको आवश्यकता परेको हुंदा यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र तल उल्लेखित न्यूनतम शैक्षिक योग्यता तथा अनुभव पुगेका ईच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ । ईच्छुक व्यक्तिले रितपूर्वक आफ्नो आवेदन पत्र र, वास्तविक बायोडाटा यस संस्थाको सम्पर्क कार्यालय सिलगढी डोटीमा कार्यालय समयभित्र आई पुग्ने गरि पेश गर्न हुन सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । 
१. पद : परियोजना संयोजक  (Project Coordinator-PC)                       संख्या : १ जना 
प्रमुख जिम्मेवारीहरु : कार्यक्रम संयोजकले मातृ बाल स्वास्थ्य तथा पोषण परियोजनाको गुणस्तर मापदण्ड र नेपाल सरकारको नीतिभित्र रहेर परियोजना व्यवस्थापनको प्रमुख जिम्मेवारी निर्वाह गर्नुपर्ने छ । कर्मचारीहरुको कार्य सम्पादन अनुगमन र आवश्यक प्राविधिक सहयोग गर्ने र क्षेत्रगत सरोकारवालाहरु संगको समन्वय सहकार्य गर्ने, परियोजना समझदारी अनुसार बजेट व्यवस्थापन र कार्यान्वयनको व्यवस्था मिलाउने, परियोजना कार्यान्वयनमा आईपर्ने समस्याहरु समाधानका लागि योजना बनाउने, साझेदार संस्थाका विशेषज्ञको मार्गदर्शन अनुसार परियोजना कार्यान्वयन, अनुगमन र योजना निर्माण गर्ने, अन्य सरोकारवाला निकायहरुसंग मिलेर कार्य गर्ने र कर्मचारीहरुको क्षमता विकास, परिचालन र प्रोत्साहन गर्ने, विभिन्न तालिम/गोष्ठिहरुमा सहजीकरण गर्ने र अंग्रेजीमा प्रतिवेदन तथा अन्य दस्तावेजहरु कम्प्युटरमा तयार पार्ने, समूह कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने छ । 
आवश्यक न्यूनतम शैक्षिक योग्यता, अनुभव : जन स्वास्थ्य विषयमा स्नातक तह (BPH) उत्तीर्ण भई (Master degree preferred) कम्तीमा २ बर्षको कार्य अनुभव भएकोलाई प्राथमिकता दिईने छ । 
२. पद : मिल अधिकृत  (MEAL Officer)                                         संख्या : १ जना 
प्रमुख जिम्मेवारीहरु : मिल अधिकृतले परियोजनाको सुशासनका लागि सही तरिकाले परियोजनाको तथ्याङ्कहरु संकलन, विश्लेषण, एकिकृत र जाँच गर्ने कार्य गर्नु पर्नेछ । नियमित फिल्ड कार्यको अनुगमन गर्ने, आवधिक आधाररेखा सर्वेक्षण, मुल्याङ्कन, कार्य गर्ने र नियमित अनुगमनको माध्यमबाट परियोजनामा जवाफदेहीता बढाउने र परियोजनाका सिकाईहरुलाई अध्यावधिक गरी आदन प्रदान गर्ने गर्नुपर्ने छ । अनुगमन, मुल्याङ्कन मार्फत जवाफदेहिता वृद्धि गरी सिकाईहरुलाई नयाँ योजनामा समावेश गराउने र प्रभावकारी कार्यान्वयन गर्न कार्यक्रम संयोजकलाई मद्दत गर्नु पर्ने छ । जिल्ला तथा समुदाय तहका संस्थाहरुसँग सहकार्य, समन्वय गर्ने र सुशासनका आधारभूत सैद्धान्तिक तथा व्यवहारिक पक्षहरुको बारेमा ज्ञान भएको, सुशासनका विधि, प्रक्रिया तथा औजारहरु जस्तै सहभागितामूलक योजनाप्रक्रिया, सामाजिक परिक्षण, सार्वजनिक सुनुवाई, सूचनाको हक, तथा समन्वय जस्ता विषयहरुमा अनुभवि र जिल्ला तथा स्थानीय तहको कार्य प्रणाली र संरचनाको बारेमा जानकारी भएको हुनुपर्ने छ । 
आवश्यक न्यूनतम शैक्षिक योग्यता, अनुभव : स्नातक तह उत्तीर्ण भई सम्बन्धित क्षेत्रमा कम्तीमा २ बर्षको अनुभव भएको हुनु पर्नेछ ।
३. पद : लेखा तथा प्रशासन अधिकृत (Admin and Finance Officer-AFO)          संख्या : १ जना 
प्रमुख जिम्मेवारी : परियोजनको वित्तीय कारोवारको श्रेस्ता भुक्तानी तथा प्रतिवेदन तयारी र वित्तीय व्यवस्थापन गर्ने, नेपाल सरकारको कर प्रणालीवारे राम्रो जानकारी भएको, कार्यालयको लेखा तथा प्रशासनिक व्यवस्थापन गर्ने, तालिम सहजीकरण तथा जिन्सी (Logistic) व्यवस्थापन गर्ने, स्थानीयस्तरमा समुदाय तथा सरोकारवाला निकायहरु र वैंक वीच सम्पर्क, समन्वय गर्ने, समयमा नै आर्थिक प्रतिवेदन तथा जिन्सी अभिलेखिकरण गर्ने, कम्प्युटरमा माइक्रो सफ्ट अफिस र इमेल इन्टरनेट संचालन गर्ने, एक्सलमा राम्रो ज्ञान भई कम्प्युटरमा एकाउन्टिङ्ग सफ्टवयर्स चलाउन सक्ने, परियोजनाको अर्थिक क्रियाकलापमा प्रत्येक्ष रुपमा सहभागी हुने र खरिद ,भण्डारण र व्यवस्थापन गर्ने, संस्थाको आर्थिक तथा प्रशासनिक नियमावली अनुसार कार्य गर्ने ।  परियोजनाले तोकेको खाकामा प्रतिवेदन तयार गर्न सक्ने । 
आवश्यक न्यूनतम शैक्षिक योग्यता र अनुभव : व्यवस्थापन संकायमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण (Preferred-Bachelor in management) भई सम्बन्धित क्षेत्रमा कम्तीमा ३ बर्ष भन्दा बढीको कार्यगत अनुभव । 
४.पद :  टेक्नीकल सुपरभाईजर (ओभरसियर-Sub-Engineer)                        संख्या : १ जना 
प्रमुख जिम्मेवारी : परियोजना संयोजकलाई निर्माण कार्यमा सहयोग गर्ने, योजना अनुगमन र मुल्याङ्कन, डिजाइन इष्टीमेट, योजना निर्माण भईरहेका क्षेत्रमा अनुगमन तथा सहयोग गर्ने, मिस्त्री लेवर तथा सरकारी निकाय तथा वल्र्डभिजनको ईनजीनियर टेक्नीकल अधिकृतसंग समन्य गरि काम गर्ने, मासिक प्रगती विवरण तयार गरि पेश गर्ने, अन्य पुर्ननिर्माण भईरहेका काममा सहयोग गर्ने, निर्माण सामाग्री को विवरण दुरुस्त राख्न ब्यबस्था मिलाउने ।
आवश्यक न्यूनतम शैक्षिक योग्यता र अनुभव : Diploma in civil Engineering उत्तीर्ण  भई निर्माण क्षेत्रमा (Preferred-building construction project) कम्तीमा १ बर्षको कार्यगत अनुभव । 
४. पद :  सामुदायिक स्वास्थ्य सहजकर्ता (Community Health Facilitator-CHF)         संख्या : १४ जना 
प्रमुख जिम्मेवारी : सामुदायिक स्वास्थ्य सहजकर्ता कार्यक्षेत्रको आमा समुहलाई सुरक्षित मातृत्व, बाल स्वास्थ्य र पोषण अनि सरसफाई बानी व्यवहारको विषयमा शसक्तिकरण गर्ने, स्थानीय स्वास्थ्य संस्थासंग मिलेर मातृ वाल स्वास्थ्य तथा पोषण सेवा सुदृढिकरण गर्ने, ५ बर्ष मुनीका बालबालिकाहरुलाई कुपोषणबाट बचाउन उनीहरुको परिवारसंग मिलेर कार्य गर्नुपर्ने छ । समुदाय परिचालनको माध्यमद्धारा परियोजनाका समुदायस्तरका कार्यक्रमको योजना निर्माण कार्यान्वयन र अनुगमन गर्ने स्थानीय स्वास्थ्य सेवा सुदृढिकरणका लागि स्थानीय समुदाय, सरकार, स्वासथ्य संस्था तथा राजनीतिक दलहरुसंग मिलेर पैरवी गर्ने, सरोकारवालाहरुसंगको समन्वय तथा सम्बन्ध विस्तार गर्ने र आवश्यक अभिलेखीकरणको कार्य गर्ने ।  
आवश्यक न्यूनतम शैक्षिक योग्यता र अनुभव : CMA/AHW उत्तीर्ण गरी स्वास्थ्य र पोषण क्षेत्रमा २ बर्षको अनुभव वा HA उत्र्तीण गरी स्वास्थ्य पोषण क्षेत्रमा १ बर्षको अनुभव अथवा स्वास्थ्य र जनसंख्या विषयमा +२ उत्तीर्ण गरी स्वास्थ्य र पोषणको क्षेत्रमा ३ बर्षको अनुभव । 
आवेदन सम्बन्धि थप जानकारी :
  • संयोजक र अधिकृतहरुको हकमा २१ बर्ष पुरा भई ४५ बर्ष ननाघेको र सहजकर्ताको हकमा १८ बर्ष पुरा भई ४० बर्ष ननाघेको हुुनु पर्नेछ ।
  • सेवा सुविधाको हकमा संस्था तथा कार्यक्रमको नियमानुसार हुनेछ ।
  • आवेदन दिने अन्तिम मिति : २०७४/०९/०२ गतेसम्म (विज्ञापन प्रकाशित मितिले ७ दिन भित्र) ।
  • छनौट मिति :  २०७४/०९/०२ गते देखि  । 
  • परीक्षा हुने स्थान : संस्थाको सम्पर्क कार्यालय सिलगढी डोटी । 
  • आवेदनको माध्यम : कार्यालयमा संस्थाको आवेदन फाराम लिई बुझाउनु पर्ने छ र ईमेल मार्फत प्राप्त भएका आवेदनहरु समेत दर्ता गरिने छ । 

नोट : परियोजना कार्यक्षेत्रका महिला, दलित तथा जनजातीलाई विशेष प्राथमिकता दिईनेछ । प्रारम्भिक छनौंटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित परिक्षामा सामेल गरिनेछ । संस्थालाई दवाव दिन गरिने कुनै पनि कार्य भएमा सम्बन्धित उम्मेदवारलाई स्वतः अयोग्य ठहर गरिनेछ । 
परिक्षाको किसिम : लिखित, अन्तरवार्ता तथा प्रयोगात्मक ।
दर्खास्त पेश गर्ने ठेगाना
समान पहुँच विकास केन्द्र (सिड) नेपाल डोटी, 
सम्पर्क कार्यालय दिसिनपा–६ सिलगढी डोटी, 
सम्पर्क नं.०९४–४११०११, 
Email: .cead.doti@gmail.com

मालपोत कार्यालय डोटीबाट जारी गरिएको हकदावी सम्वन्धि ३५ दिने सार्वजनिक सूचना

प्रथम पटक सूचना प्रकाशित मिति : २०७४/८/७
जिल्ला  डोटी लाटामाण्डांै गा.वि.स.वडा नं. ६ स्थित कि.नं. ८६, १०२, ११३, १८७, ८३१, ऐ.वडा नं. ७ कि.नं.६७३, ६७८, ६८३ ऐ.वडा नं.९ कि.नं.४, १२, १७९, २०२, ५२२, ५२७, ५३३, १०५२ को पुरै घरजग्गाहरु जगविरको छोरा वहादुर वलायरको नाउँमा नापनक्सा भई जग्गाधनी प्रमाण पुर्जा कायम भएकोमा जग्गाधनी वहादुर वलायरको मिति ः २०४६ सालमा र निजको हकदार पत्नी गोवडि वलायरको मिति ः २०४५ सालमा मृत्यु भएकोले मृतकको शेषपछिको हकदार दुई जना छोरा प्रसाद वलायर र दिर्घ वहादुर वलायर मात्र भएको र वहादुर वलायरको नाउँको दुई थान जग्गाधनी प्रमाण पुर्जामा बाजेको नाम रिना र रनि हुन गई फरक परेको र हकदार छोरा दिर्घ वहादुर वलायरको नेपाली ना.प्र.प.मा बाबुको नाम बाम वहादुर वलायर हुन गई बुबाको नाम फरक परेकोले ति दुबै नाम, थर, भएको व्यक्ति फरक फरक व्यक्ति नभई एउटै व्यक्ति भएकोले ने.ना.प्र.प. बमोजिम बाबु बाजेको नाम संसोधन गरी पाँउ भनी लाटामाण्डौ गा.वि.स.स्थित जग्गाधनी प्रमाण पुर्जा, मालपोत बुझाएको रसिद, शिखर न.पा.८ नं. वडा कार्यालय डोटीको च.नं.४७ र ९८ मिति ः ०७४÷७÷२१ को किटानी सिफारिस पत्र, नेपाली नागरिकताको प्रमाण पत्र, आदी प्रमाणहरु साथै राखी मिति २०७४÷८÷६ मा यस कार्यालयमा निवेदन पेश गर्नु भएकोले हकदावी सम्वन्धि यो सूचना प्रकासित गरिएको छ । उक्त जग्गा सम्वन्धमा कुनै कसैको हकदावी पुग्ने भए वा निवेदकको माग दावी वमोजिम नाम, थर संसोधन गरि नामसारी गर्न नपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले वाटोको म्याद वाहेक ३५ दिनभित्र आफुसँग भएका सक्कल प्रमाण साथ कार्यालयमा उजुर दावी गर्न आउनु होला अन्यथा म्यादभित्र कुनै कसैको उजुरी दावी नपरे नियमानुसार भै जाने व्यहोरा यसै सूचनाद्वारा जानकारी गरिन्छ । 

युनाईटेड मिसन टु नेपाल, डोटी र समान पहुँच बिकास केन्द्र (सिड) नेपाल डोटीको साझेदारीमा सञ्चालित “जवाफदेहीता अभिबृद्धिमार्फत समावेशी बिकास कार्यक्रम” द्वारा जनहितमा जारी सन्देश ।

सुशासनको अवधारणात्मक बिकास 
भ्रष्टाचार, अनुत्तरदायी सरकार र मानव अधिकारको सम्मानको कमी जस्ता विशेषता भएको खराब शासन प्रणालीले गर्दा विकास र प्रगति ठप्प भई भयावय स्थितिको सृजना भएकोले सन् १९९० को दशक देखिनै दिगो विकास र गरिवी न्युनिकरणका लागि अनिवार्य आवश्यकताका रुपमा सुशासनको अवधारणा अगाडि सारेको पाइन्छ । यो अवधारणा पश्चिमी देश तथा वैदेशिक सहायता प्रदान गर्ने संस्थाहरुद्वारा विकासशील देशहरुको शासन व्यवस्थामा सुधार ल्याइ विकास निमार्णको प्रक्रियामा गतिशिलता प्रदान गर्ने प्रयोजनको लागि विकास गरिएको हो । 
सन् १९९५ को “सामाजिक विकास सम्वन्धी विश्व सम्मेलन” ले “समाजका सबै क्षेत्रमा प्रजातान्त्रिक, पारदर्शी, उत्तरदायीपूर्ण शासन प्रणाली सामाजिक र मानव केन्द्रित दिगो विकासका अभिन्न आधारशिलाहरु हुन्” भनेर उदघोष गरेपछि सुशासन तर्फ सारा विश्वकै ध्यानाकर्षण भएको हो । यसको मुख्य उद्देश्य जनतालाई उपलव्ध गराउने सेवा प्रवाहमा गुणस्तरीयता र प्रभावकारीता बढाउनु हो । नागरिकहरुको क्षमता तथा सवलताका मार्गहरु प्रशस्त गर्ने तर्फ शासकीय अधिकारको प्रयोग गर्नुपर्ने कुराहरुमा सुशासनले जोड दिन्छ ।
जनसहभागिता पूर्वानुमानीयता, जवाफदेहिता र पारदर्शीता सुशासनका चार आधार स्तम्भ हुन् । यसको प्रमुख पूर्वाधारका रुपमा जनसहभागितालाई लिइन्छ । वास्तवमा सुशासन जनताको लागि नै भएको हुँदा शासन व्यवस्थामा जनताको व्यापक सहभागिता हुनपर्दछ जसबाट जनआकांक्षा अनुरुप सरकारी क्रियाकलाप अघि बढ्न सकुन् र प्रत्येक नागरिक एवम् सर्वसाधारण जनता सवैले आफ्नो योग्यता र प्रतिभा अनुरुप राष्ट्र निमार्णमा सहभागी भई योगदान दिन सकोस भन्ने यसको मुल मान्यता हो । यसबाट शासन व्यवस्थामा जनताको अपनत्व कायम हुन्छ ।
सुशासन लोकतान्त्रिक सरकारको एउटा आधार स्तम्भ हो । यसले सार्वजनिक पदमा बस्ने व्यक्तिलाई आफ्नो कामप्रति जवाफदेही बनाउछ । त्यसैगरी पारदर्शीता र पूर्वानुमानीयतालाई पनि सुशासन कायम गर्ने आधारभूत पक्ष मानिन्छ । पारदर्शीता र जबाफदेहीताले सरकारमा हुने खुल्लापन र मूल्यको त्यस्तो प्रणालीलाई बुझाउँछ जसले सरोकारवालाहरुको बीच सूचना र दायित्वका बाँडफाँडलाई प्रवद्र्धन गर्दछ ।
सुशासन नभए के हुन्छ ?
सुशासन नभएमा कुनै पनि मुलुकको सकारात्मक परिवर्तन गर्न प्राय असम्भव नै हुन्छ किनकी सुशासन नभएमा मुलुकमा सामाजिक द्वन्द्व र अराजकता बढ्न   सक्छ । त्यसैगरि सुशासन नहुदा सामाजिक तथा आर्थिक न्यायको उपहास हुन्छ । असन्तुलित विकासले प्रशय पाउछ भने विकासमा साझेदारीको समस्या देखापर्दछ । कानुनको उल्लंघन भई सत्ताको लुछाचुडि हुन सक्छ । त्यसैले राज्यको सर्वाङ्गीण विकासका लागि आजको युगमा सुशासनको निकै महत्व भएको पाइन्छ ।
सुशासनका चुनौतीहरु
कुनै पनि राज्यकालागि सुशासनलाई प्रभावकारी ढंगमा जनतासामु प्रत्याभूत दिलाउन कठिन पर्ने गर्छ किनकी सुशासन कायम गर्नु आफैमा एउटा चुनौतीको विषय हो । राज्यका सबै अंगबीच सन्तुलन कायम गर्न जति कठिन पर्छ लोकतान्त्रिक संस्कारको विकास गर्न पनि सुशासनका लागि उत्तिकै चुनौतीको विषय हो । निजी क्षेत्र गैर सरकारी संस्थादेखि लिएर नागरिक समाजसँग साझेदारी कायम गर्नु सुशासनका लागि एउटा चुनौतीको विषय हो भने प्रशासनिक क्षेत्रको सुधार गर्नु यसका लागि अर्को चुनौतीको विषय छ ।
त्यसैगरी विकासका लागि अनूकुल वातावरणको सृजना गर्नु, मानव अधिकारको संरक्षण गर्नु, द्वन्द्व समाधान गर्नु, शान्ति स्थापना गर्नु, भ्रष्टाचार नियन्त्रण गर्नु पनि सुशासनका लागि अन्य चुनौतीका विषयहरु हुन् ।

No comments:

Post a Comment