Monday, February 19, 2018

बिम्ब साप्ताहिक, २०७४ साल फागुन ८ गते मंगलवार

अपाङ्गता भएका व्यक्तिहरुको पहुँचको अधिकार तथा अपाङ्गतामैत्री संरचना निर्माणका वारेमा निर्माण कम्पनीहरु, डिजाईनर वा इन्जिनियरहरुमा चेतना जगाऔं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

यस्ता छन ७ नं. प्रदेशका सात मन्त्रीहरु

रामहरी ओझा
फागुन ७
मुख्यमन्त्री र अन्य ६ मन्त्रीहरुले आईतवार पदभार ग्रहण गरेसंगै प्रदेश नं. ७ को प्रादेशिक सरकारले औपचारिक रुपमा कार्य सुरु गरेको छ । 
५३ सदस्यीय प्रदेश सभा रहेको प्रदेशमा संबिधानको धारा १६८(९) अनुसार ११ जनासम्मको मन्त्रीपरिषद् बनाउने मिल्ने भएपनि सानो आकारको मन्त्रीमण्डल वनाउने बाम गठबन्धनका बिचमा भए अनुसार सात सदस्यीय मात्रै बनाईएको छ । सहमति अनुसार मुख्यमन्त्री माओवादीको भाग परेपछि प्रदेश मन्त्रीमण्डलमा एमालेका चार र माओवादीका तीन मन्त्री छन । मुख्यमन्त्री सहित सातै मन्त्रीहरुले आफ्नो पदभार ग्रहण गरिसकेका छन । 
पदभार ग्रहणसंगै मुख्यमन्त्री भट्टले प्रदेशको विकास र सुशासनका लागि सरकार प्रतिवद्ध रहने वताएका छन । 
कस्ता छन मन्त्रीहरु ? 
मुख्यमन्त्री भट्ट 
परिवारको आर्थिक अवस्था कमजोर भएका कारण आफ्नो औपचारिक अध्ययन प्राथमिक तहमा सिमित गर्दै १४ बर्षको उमेरमा रोजगारीका लागि भारत छिरेका मुख्यमन्त्री त्रिलोचन भट्ट माओवदी केन्द्रका पोलिट व्यूरो सदस्य हुन । भारतमा काम गर्दागर्दै तत्कालीन अखिल भारत नेपाली एकता समाजमा आवद्ध भट्ट द्वन्द्वकालमा नेपाल फर्केर भुमिगत राजनीतिमा होमिए । २०२८ सालमा डोटीको भुमिराजमाण्डौंमा जन्मेका भट्ट जीवनका हरेक आरोह अवरोह पार गर्दै ४६ बर्षको उमेरमा मुख्यमन्त्री बनेका छन । 
चुनावको बेला प्रतिपक्षबाट भारतको चौकीदार भन्ने आरोप खेपेका भट्ट ७ नं. प्रदेशकै चौकीदार बनेका छन । 
पार्टी जिल्ला सचिव, राज्य समिति सदस्य, केन्द्रीय सदस्य हुँदै पोलिट व्यूरो सदस्यसम्म पुगेका भट्ट पार्टीका डोटी जिल्ला ईन्चार्ज पनि हुन । उनलाई ईमानदार र सोझो राजनीतिज्ञको रुपमा चिनिन्छ । पछिल्लो समयमा भट्ट पार्टीको राजनीति–संगै व्यवसायिक तरकारी खेतीमा संलग्न रहेका थिए । 
आन्तरिक मामिला तथा कानुन मन्त्री शाह
सिभिल ईन्जिनियरिङ्गमा स्नातक गरेका बाजुराका नेता प्रकाश शाहलाई प्रदेको कानुनी नक्सा कोर्ने जिम्मेवारी परेको छ । उनी प्रदेशको आन्तरिक मामिला तथा कानुन बनेका छन् । २०२८ सालमा बाजुरामा जन्मेका शाह एमाले प्रदेश संसदीय दलको नेता पनि हुन । 
२०४५ सालको प्रवेशिका परीक्षामा बाजुरा जिल्लामै पहिलो भएका शाह ईन्जिनियरिङ्ग क्याम्पसमा पढ्दै अनेरास्ववियुको राजनीतिमा सक्रिय भए । एमाले बाजुरा जिल्ला अध्यक्ष समेत भएका शाह हाल एमाले केन्द्रीय बैकल्पिक सदस्य छन । 
सामाजिक विकास मन्त्री  सोराडी
विगतमा राजनीति संगसगै सामाजिक क्रियाकलापमा पनि सक्रिय हुँदै आएका एमाले कैलाली जिल्ला अध्यक्ष समेत रहेका दिर्घ सोराडीलाई सामाजिक विकास मन्त्री बन्ने अवसर जुरेको छ । २०३४ सालमा जन्मिएका सोराडी एमालेभित्र सफल राजनीतिज्ञका रुपमा चिनिन्छिन् । 
व्यवस्थापन संकायमा स्नातक सोराडी सात कक्षामा पढ्दै देखि राजनीतिमा चाँसो राख्न थाले । उनी एमाले निकट अनेरास्वबियुको केन्द्रीय सदस्य, एमाले जिल्ला कमिटी सदस्य, जिल्ला सचिवालय सदस्य हुँदै जिल्ला अध्यक्ष बनेका हुन ।  सोराडी एमाले प्रदेश संसदीय दलको नेताका लागि पनि दावेदार थिए ।
आर्थिक तथा योजना मन्त्री वोहरा 
बैङ्क तथा बित्तीय संस्थाहरुको नेतृत्व गर्दै लामो समय बिताएका मन्त्री झपट बोहराले आर्थिक तथा योजना मन्त्रालय सम्हालेका छन । विकास बैङ्क एसोसियसनको अध्यक्ष समेत रही काम गरेका बोहरालाई अनुभवका आधारमा यो मन्त्रालय उपयुक्त छ । उनी सरकारी तथा नीजि क्षेत्रका बिभिन्न बित्तीय संस्थाहरुमा सल्लाहकार समेत रहेका व्यक्ति हुन । 
व्यवस्थापन संकायमा स्नातकोत्तर तहसम्मको औपचारिक अध्ययन पुरा गरेका वोहरा राजनीतिक क्षेत्रमा भने अरुको दाँजोमा कान्छा मानिन्छन् । उनी २०६४ सालमा तत्कालीन नेकपा माओवादीसंग जोडिएका थिए । हाल उनी माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार समिति सदस्य छन् । 
भौतिक पूर्वाधार तथा योजना मन्त्री बोहरा
पछिल्लो समयमा व्यवसायिक अभ्यासमा लागेका कानुनका बिद्यार्थी पठानसिंह बोहरा भौतिक पूर्वाधार तथा योजना मन्त्री भएका छन । सरल राजनीतिज्ञको रुपमा आफ्नो पहिचान बनाएका एमाले प्रदेश कमिटी सदस्य बोहरा कानुन बिषयमा स्नातक हुन । 
बोहरा २०३८ सालदेखि राजनीतिमा सक्रिय छन् । एमालेनिटक अनेरास्वबियुको अधिवेशनमा डडेल्धुराबाट भाग लिने पहिलो व्यक्ति हुन बोहरा । २०२३ सालमा जन्मिएका बोहरा पार्टी सचिवीय प्रणालीमा रहेका बेला डडेल्धुरा जिल्लाका सचिव भए । उनी एमाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य समेत रहिसकेका थिए । 
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री भट्ट   
२०४६ सालदेखि सक्रिय राजनीतिमा लागेकी बैतडीकी माया भट्ट एमाले समानुपातिक कोटाबाट सांसद भईन । कक्षा ८ सम्मको औपचारिक शिक्षा  पुरा गरेकी भट्टलाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी परेको   छ । 
२०५४ सालको स्थानीय निकाय निर्वाचनमा जिल्ला बिकास समिति सदस्य भएकी भट्ट जिल्ला विकास समिति महाहसंघको केन्द्रीय सदस्य समेत भएकी थिईन । २०६४ सालको संबिधानसभा निर्वाचनमा बैतडी निर्वाचन क्षेत्र–२ मा प्रत्येक्ष चुनाव लडेकी भट्ट एमाले प्रदेश कमिटी सदस्य हुन । 
कान्छी मन्त्री बिनिता 
मन्त्रीमण्डलका सात सदस्यमध्ये सवैभन्दा कान्छि मन्त्री बिनिता चौधरीलाई भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय भाग परेको छ । २०४२ सालमा जन्मिएकी बिनिताले ३२ बर्षकै उमेरमा मन्त्री बन्ने सौभाग्य प्राप्त गरेकी छन ।
प्रवेशिका तहको औपचा–रिक शिक्षा लिएकी बिनिता २०५७ सालदेखिनै माओवादी पार्टी गतिबिधिमा जोडिएकी थिईन । पार्टीका बिभिन्न तहमा काम गर्दै उनी हाल माओवादीको केन्द्रीय अधिवेशन आयोजक समिति सदस्य छन । उनी समानुपातिक कोटाबाट सांसद बनेकी हुन । 

सम्पादकीय 

भागवण्डाको एकता

‘प्रधानमन्त्री आलोपालो, अध्यक्ष पालैपालो’ सोमवार यो शव्द व्यापक चर्चामा रह्यो । त्यो आलोपालो र पालैपालो शव्द अन्ततः राती बालुवाटारमा पुगेर टुङ्गियो । ‘आलोपालो र पालैपालो’ गर्भवाट ‘सात बुँदे’ जन्मिएको छ । 
स्थानीय तहको निर्वाचन सम्पन्न हुँदासम्म पनि एकअर्काका बर्गीय दुस्मन मान्दै आएका नेपालका दुई ठुला कम्युनिष्ट पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच संघीय तथा प्रादेशिक सांसदको निर्वाचन हुने क्रममा एकाएक सामिप्यता आयो । दुवैले पार्टी एकताको तहमा पुग्ने गरि चुनावी तालमेल गरे । चुनावी तालमेल गर्दा पनि एकअर्काप्रति थुप्रै आसंकाहरु रहेका थिए । एमालेहरुले माओवादीलाई भोट हाल्दैनन्, माओवादीहरुले एमालेलाई भोट हाल्दैनन् भन्ने चर्चा व्यापक रुपमा चल्यो । 
सुरुवाती दिनहरुमा केही हदसम्म यस्तो कुरा नआएका पनि होईनन् तर पछि सवै कार्यकर्ताहरुले केन्द्रीय निर्देशन स्वीकार गरे । कुनै पनि ठाउँमा ‘एमालेका कारण म हारे’ भन्ने कुरा माओवादी उम्मेदवारले भन्ने र ‘माओवादीका कारण म हारे’ भनेर एमाले उम्मेदवारले भन्ने अवस्था आएन । वरु बिगतको जस्तै आफ्नै पार्टीभित्रकाले असहयोग गरेका कारण हारेको कुरा आयो । यसवाट के प्रष्ट हुन्छ भने अझै एमाले र माओवादीका कार्यकर्ताहरुमा संगठनिक अनुसाशन छ, पार्टीको निर्देशन मान्ने चलन छ । यसरी त्यो तालमेलले उच्च सफलता पनि प्राप्त गर्न सक्यो । 
निर्वाचन परिणामले दुई पार्टीका नेता कार्यकर्ताहरुलाई हौस्यायो । अव तत्काल एकताका लागि प्रक्रिया अगाडी वढाउने भन्ने सहमति भयो तर लोभी पापीहरुको संसार भईसकेपछि त्यति सहजै सम्भव भएन । पार्टी एकताको मुख्य आधार सैद्धान्तिक, बैचारिक, रणनीति र सांगठनिक स्वरुपको हुनु पर्ने थियो । तर, पार्टी एकताको कुरा आउने बित्तिकै पार्टी ‘आलोपालो प्रधानमन्त्री’ र ‘पालैपालो अध्यक्ष’ अर्थात प्रधानमन्त्री को बन्ने र पार्टी अध्यक्ष को हुने भन्ने बिषयमा बढी चर्चा हुन थाल्यो । चर्चैचर्चामा सोमवार राती बालुवाटारमा सातबुँदे सहमति भयो । 
उक्त सात बुँदे सहमतिले पार्टीको सैद्धान्तिक, बैचारिक पाटोलाई मात्र समातेको देख्दा अव पार्टी एकिकरणको अभ्यास सुरु भएको हो जस्तो देखउँछ । सोमवार दिउसभरी र त्यसअघि ‘आलोपालो’ को जति पनि चर्चा आयो त्यो सवै बालुवाटारे सात बुँदे सहमतिले धोएको छ । 
निश्चित रुपमा दुई ठुला पार्टीहरु एक हुँदा कार्यकर्ताको व्यवस्थापन कसरी गर्ने भन्ने बिषयमा छलफल हुनु र त्यो बिषयमा निर्णय हुनु स्वभाविक हो । तर, नेता कार्यकर्ताहरुको व्यवस्थापनको नाममा आलोपालो नेतृत्व भन्ने कुरा हुँदैन । बिगतमा पनि कम्युनिष्ट पार्टीहरु एक भएका छन । बिगतको अभ्यास हेर्दा सैद्धान्तिक बैचारिक बिषय बढी उठान गरेको पाईन्छ । यदि साँच्चै पार्टी एक हुने हो भने भागवण्डा गरिराख्नुको अर्थ के हो ? पार्टी एक हुने हो भने ओली, प्रचण्ड, झलनाथ, माधव नेपाल, नारायणकाजी, वादल जो भएपनि किन आपत्ति ? 
पार्टी एकता, कार्यगत एकता वा भागवण्डा जे सुकै गरेर भएपनि जनताले राजनीतिक अस्थिरताको अन्त्य हुने गरि कम्तीमा पाँच बर्षका लागि स्थायी सरकार बनोस् भन्ने जनताको चाहना  हो । सरकार स्थायी हुनेछ, विकास र समृद्धिले गति लिनेछ भन्ने आशमा जनताले काम गठबन्धनलाई सहयोग गरेका हुन । त्यसैले भागवण्डाको राजनीति होईन, बैचारिक राजनीतिलाई महत्व दिईनु पर्छ, आलोपालोको नाममा फेरी पनि अस्थिरता निम्त्याउने र जनताका आशा र अपेक्षाहरु पुरा नहुने गरि यदि भागवण्डाको एकता भयो भने त्यसले स्वयं दुई दलहरुका लागि पनि राम्रो हुने छैन । जुन दिन भागवण्डाको सहमतिमा अलिकति तलमाथी हुनेछ त्यहि दिन एकता समाप्त हुने खतरा हुनेछ ।  

थप समाचार 

आमा समूहमा नागरिक शिक्षा

डोटी जोरायल गाउँपालिका–४ कल्माटाकी मन्धरादेवी भाट विहानै स्थानीय सामुदायिक भवनमा पुगिन् । उनीसंगै खिमा देवी मडै, टिकेश्वरी पाली पनि उक्त सामुदायिक भवनमा पुगिन । केही बेरमै आसपासका करीव ३० महिला उक्त समूहमा जम्मा   भए । 
स्थानीय मसानी आमा समूहका सदस्य रहेका महिलाहरु गाउँपालिकाले प्रदान गर्ने सेवा सुविधा र ति सेवा प्राप्त गर्नका लागि नागरिकले पुरा गर्नु पर्ने प्रक्रियाका वारेमा छलफल गर्न थाले ।  
बिगतमा गर्भवती जाँच, वालवालिकाहरुको पोषण, खोप र सरसफाईवारे मात्रै छलफल गर्ने महिलाहरु अचेल प्रत्येक साता बिहानै यसरीनै जम्मा भएर नागरिक शिक्षाको बिषयमा छलफल गर्छन । मन्धरीदेवी भन्छिन् ‘उहिले जिल्लाबाट पाईने सवै सेवाहरु अचेल गाउँपालिकाबाटै पाईन्छन भन्ने सुनिन्थ्यिो तर के के सेवा पाईन्छन भन्ने कुरा थाह थिएन, समूहमा छलफल गर्दै जाँदा जानकारी भयो ।’ उनी थप्छिन् ‘समूहको छलफलबाट सेवा पाउनका लागि हामीले हाम्रो कर्तव्य पनि पुरा गर्नु पर्छ भन्ने पनि जानकारी भयो ।’ 
स्थानीय नन्दादेवी मडै समूहमा सामाजिक बिकृतिको बिषयमा पनि छलफल हुने गरेको वताउँछिन् । ‘गत साता बालविवाहको बिषयमा छलफल गरेका थियौं’ भन्दा भन्छिन् ‘२० वर्ष नभएसम्म छोराछोरीको बिहे गराए अपराध हुन्छ भन्ने जानकारी भयो ।’ कसैले सानै उमेरमा विहे गर्न लागेको जानकारी पाए आफु उनलाई सम्झाई बुझाई गर्ने नन्दाको भनाई छ ।’ 
समूहमा नीतिगत कुराको छलफल भएपछि सेवा लिन सहज भएको वताउँछिन् कलापति मल्ल । उनले भनिन् ‘हामी सरकारले काम गरेन भन्छौं तर हाम्रो गाउँमा भईर–हेका विकास निर्माणका वारेमा वास्ता गर्दैनौं, यसरी त भएका काम पनि राम्रा हुँदैनन् भन्ने जानकारी भयो ।’ उनले समूहमा भएको छलफलवाट नागरिक अधिकार र कर्तव्यको वारेमा जानकारी भएको वताईन । 
महिलाहरुको छलफललाई सहयोग गर्दैछिन् स्थानीय सहजकर्ता पुष्पा बोहरा । बोहरा भन्छिन् ‘उहाँहरुले समस्या ल्याउनु हुन्छ, त्यो समस्याका बारेमा नीतिगत व्यवस्था र प्रक्रियाहरु के के छन भन्ने बिषयमा छलफल गर्छौं ।’ 
स्थानीय समूहहरुमा सञ्चालन गरेको नागरिक शिक्षाले आफुहरुलाई पनि काम गर्न सहज भएको जोरायल गाउँपालिका–४ का वडाध्यक्ष नन्दलाल भट्ट वताउँछन । ‘आफुले लिने सेवाका लागि चाहिने कागजातको बिषयमा जानकारी भए सोही अनुसार तयारी गरेर आउँछन’ वडाध्यक्ष भट्ट भन्छन् ‘यसरी आउँदा हामीहरुलाई पनि सहज हुन्छ, उहाँहरुलाई पनि झण्झट हुँदैन ।’ 
जोरायल गाउँपालिकाको समन्वय र युएमएनको साझेदारीमा सिड नेपाल नामक गैर सरकारी संस्थाले जोरायल गाउँपालिका १८ स्थानीय समूहहरुमा नागरिक शिक्षाको बिषयमा साप्ताहिक कक्षाहरु सञ्चालन गरिरहेको छ ।    नागरिकहरुलाई सचेत गराउँदै गुणस्तरीय सेवा र सुशासन कायम गर्नमा योदान पु¥याउने उद्देश्यले सञ्चालन गरिएका कक्षाहरुमा चार सय ५० जना सहभागि रहेको सिडका संयोजक नरेन्द्र रोकायाले वताए । 

सचेत नबने ‘हात्तीपाइले’ हुने

भूमिराज जोशी/डोटी
फागुन ०६
‘लक्षण देखिना साथ उपचार गर्नुपर्छ । खुट्टा सुन्निन थालेपछि त्यसको उपचार हुँदैन ।’ जिल्ला अस्पताल डोटीका डाक्टर बिबस पराजुलीले भने ‘उच्च ज्वरो आउनु, रुघाखोकी पनि हात्तीपाइलेको लक्षण हो ।’ गर्मीयाम सुरु हुँदै गर्दा लामखुट्टेको टोकाइबाट जोगिनु अति आवश्यक रहेको डाक्टरको सल्लाह छ ।
हात्तीपाइले रोग बिरुद्ध अभियानका लागि शनिबार आयोजित पत्रकारसंग अन्तक्रिया कार्याक्रममा ज्वरो, मलेरिया, म्यानेन्जाइटिस र हात्तीपाइले रोग लामखुट्टले नै सार्ने भएकाले त्यसबाट जोगिन सञ्चार माध्यमबाट स्वास्थ्य कार्यालयले सचेत गराएको हो ।
क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सुरु हुने हात्तीपाइले रोग, हात्तीपाइले भइसकेका अन्य रोगीहरुलाई अन्य लामखुट्टले टोकेर सामान्य मानिसलाई पनि टोक्यो भने सर्न सक्ने चिकित्सकहरु बताउँछन ।
डोटीमा दुई लाख १३ हजार ५ सय ९७ कुल जनसंख्या मध्ये १ लाख ९८ हजार एक सय ६ जनालाई निरन्तर औषधी खुवाइरहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । निरन्तर औषधी खुवाइएका बिरामीलाई यस पटक औषधी सेबन गराउन सहजका लागि तीन सय ६१ जना स्वास्थ्यकर्मी र एक हजार दुईसय ३७ जना  महिला स्वास्थ्य स्वयं सेबिका परिचालन गरेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख सतिस बिष्टले बताए ।
जिल्लामा हालसम्म जिल्ला स्वास्थ्य कार्यालयमा एक जना उपचार गराउने क्रममा हात्तीपाइलेका बिरामी देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका कम्प्युटर दीपक बोहराले बताए । उनले भने ‘जिल्लाका बढी जसो बजारका भएका ठाउँहरुमा यो रोग देखा पर्न सक्छ, किनकी बजार कै आसपास बढी लामखुट्टेहरु हुने हुदाँ हात्तीपाइले रोग देखिन सक्ने उनले बताए ।
बिश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार हात्तीपाइले रोग ७० भन्दा बढी मुलुकमा देखिएको छ । ७० मुलुकका १ अरब भन्दा बढी मानिसहरु यो रोगको जोखिममा रहेका छन । भने १२ करोड मानिसहरु हात्तीपाइलेबाट संक्रमित रहेका छन ।
कुल संक्रमितहरु मध्ये १.५ करोड हात्तीपाइले, २.५ करोड अण्डकोष तथा योनाङ्ग सुनिएको र ८ करोड साधारण खाले लक्षणहरु तथा लक्षण बिहीन अवस्थामा देखिएको बिश्व स्वास्थ्य संगठनको तथ्याङ्कले देखाएको छ ।
एकीकृत स्वास्थ्य ब्यवस्थापन सूचना प्रणालीबाट प्राप्त तथ्याङ्क अनुसार नेपालमा हात्तीपाइले रोग ६१ जिल्लामा देखिएको छ । जसमा दुई करोड ५० लाख मानिसहरु यो रोगको जोखिममा रहेका छन । यस बर्ष २४ जिल्लाका ९३ लाख जनालाई सो औषधी खुवाउने लक्ष्य राखेको बताइएको छ ।
नेपालमा क्यूलेक्स क्वङ्किफासियाटस प्रजातिको लामखुेट्टेले यो रोग सारेको पाइएको छ । जसमा तीस हजार भन्दा बढी दीर्घ रोगीहरु रहेको तथ्याङ्कमा देखाइएको छ । हिमाली १४ वटा जिल्लाहरुमा भने यो  रोग देखा परेको छैन ।
नेपालले ६ बर्ष यता नेपालमा हात्तीपाइले रोग निवारणका लागि बर्षेनी औषधी खुबाउदै आइरहेको छ । यो बर्ष पनि यसै फागुन १२, १३ र १४ गते डोटीमा औषधी खुवाउने स्वास्थ्य कार्यालय प्रमुख सतिस बिष्टले बताए ।
औषधी खुवाउने अभियानमा चुनौती
डोटी जिल्लाका ७ गाउँपालिका र २ नगरपालिकामा हात्तीपाइले रोग निवारण अभियान सञ्चालनमा चुनौती देखिएको छ । जिल्लाका ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा हात्तीपाइले बिरुद्धको औषधी सेबन गर्नेको दर अत्यन्त कम भएकोले सो चुनौती देखिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार बिगत बर्षको तथ्याङ्क अनुसार सहर क्षेत्रमा  करिब ४० प्रतिशत मात्र सेवन गरेका थिए भने ग्रामीण भेगमा भने ९५ प्रतिशतले नै औषधी सेवन गरेका थिए । 
स्वास्थ्यकर्मीको सल्लाह भन्दा पनि बाहिर रहेर एकले अर्कालाई खुवाइदिनु भन्ने गरेको हुँदा पनि थप चुनौती देखिएको छ । ग्रामीण भेगमा सबै परिवारमा सबै नभेटिने हुँदा स्वास्थ्यकर्मीहरुले परिवारमा एकले अर्कालाई सल्लाह दिदै खुवाउनु भन्ने सुझाब दिदाँ पनि परिवारका सदस्यले आफ्नै तरिकाले खुवाउने गरेका हुँदा सो चुनौती थपिएको हो । 
स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेबिकाहरु प्रत्येक  घरमा जाँदा परिवारका सदस्यहरु नभेटिने हुँदा कतिपय मान्छेहरु औषधी सेवनबाट बच्ने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन । सुरुको बर्षको जस्तो अरु मार्फत सेवन गराउने खासै त खासै छैन तर औषधी सेबन गर्नेहरु भने छुट्ने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
‘गाउँमा भन्दा सहरमा हात्तीपाइले निवारण औषधी सेबन गर्ने अभियान चुनौती बनेको छ ।’ जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख सतिस बिष्टले भने, ‘अभियान सफल पार्नका लागि सम्पूर्ण जिल्लाबासीले औषधी सेबन गर्न जरुरी छ ।’ सहरमा बस्नेहरु स्वास्थ्यकर्मी भन्दा बढी जान्ने भएर सो औषधी सेवन गर्न वास्ता नगरेको जनस्वास्थ्य प्रमुख बिष्टले बताए ।

छोटकरी समाचार 

गाडी नपाउँदा यात्रुलाई सास्ती

दिपायलमा लागिरहेको प्रादेशिक महोत्सब हेर्न जाने दर्शको भिड बडेसंगै यातायातका साधन नपाएर यात्रुले निकै ठूलो समस्या भोग्दै आएका छन । महोत्सब बिहान १० बजेदेखि ५ बजेसम्म सञ्चालन भएपनि तीन बजेदेखि नै यात्रुहरु ओहोरदोहोर गर्नका लागि सबारी साधनको कुरुवामा बस्ने गरेका छन ।
बिहान जिल्ला सदरमुकाम सिलगढी, गोपघाट, मौवाबाट प्रत्येक आधा आधा घण्टामा दिपायलका लागि छुट्ने भनिएका सबारी साधनहरु आफ्नो मनोमानी गर्दै हिड्ने गरेको स्थानीयहरु बताउँछन ।
महोत्सब हेर्नका लागि लागि ८ बजे नै गाडी कुर्नेहरु १२ बज्नसम्म पनि गाडी नपाएको गणेश भट्टले गुनासो   गरे । उनले भने, सिलगढीबाट दिपायल जानका लागि बिहान ८ बजे नै सडकमा कुरेको १२ बज्नसम्म पनि गाडी पाइएन । कतिपय २ जनामात्र बोकेर भएपनि रिजर्बमा जाने कोही यात्रु नै १४ जनाको सिटमा २० जना भन्दा बढी पनि बोकेर जाने हुँदा समस्या भएको भट्टले बताए ।
शैलेश्वरी यातायात ब्याबसायी संघ डोटीको चरम लाप्रबाहीका कारणले यात्रुहरुलाई निकै सास्ती भएको यात्रु डण्डी राज दाहालले बताए । उनले भने, ‘गाडीमा १४ जनाको सिटमा पनि २० जना भन्दा बढी चालकहरुले बोक्ने र ४० रुपैयाँ भाडादर कायम गरिएको भएपनि बिच बाटोमा ५० रुपैंयाँ लिने गरेका छन ।’

खेल समाचार 

डिपिएलएमा ‘श्री’ को साझेदारी

धनगढी प्रिमियर लिग (डीपिएल) खेलमा श्री एयरलाइन्सले साझेदारी गर्ने भएको छ ।
आगामी चैत्र महिनामा धनगढीमा हुने डीपिएलको साझेदारीका लागि आयोजक धनगढी क्रिकेट एकेडेमी र श्री एअरलाइन्सबीच सम्झौता भएको छ । सम्झौतापत्रमा एकेडेमीका अध्यक्ष सुवास शाही र श्री एअरलाइन्सका अपरेसन  डाइरेक्टर कुन्दन गिरीले हस्ताक्षर गरे ।
सम्झौतापछि श्री एअरलाइन्सले डीपिएललाई १० लाख रुपैयाँ बराबरको प्रयोजन सहयोग गर्ने जनाइएको छ ।
सम्झौतापत्रमा हस्ताक्षर गर्दै श्री एअरलाइन्सका अपरेसनल डिरेक्टर गिरीले नेपाली क्रिकेट खेलाडीहरूले पछिल्लो समय देशको गौरव बढाइरहेकाले आफूले पनि क्रिकेटसँग जोडिन पाउँदा खुशी महसुस भइरहेको बताए ।
यस्तै, एकेडेमीका अध्यक्ष शाहीले प्रतियोगितामा सवैको साथ सहयोगले अगाडि बढिरहेकाले डीपिएलसँग जोडिएकोमा श्री एयरलाइन्सलाई धन्यवाद ज्ञापन गरे । डीपिएल–२ मा विभिन्न ६ शहरका ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् । विजेताले नगद २५ लाख पुरस्कार हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ ।

चलचित्र/मनोरञ्जन 

कोहीनुरको दर्शकलाई स्वेताको ‘कान्छी’

अनलाईन खवरबाट
सन् २०१४ मा प्रदर्शनमा आएको फिल्म ‘कोहिनुर’ ब्लकबस्टर रह्यो । फिल्मलाई खासगरी अभिनेता श्रीकृष्ण श्रेष्ठको संवेदनाले तान्यो । आफैले बनाएको फिल्म ‘कोहिनुर’ श्रीकृष्णले हेर्न पाएनन् ।  अभिनेत्री श्वेता खड्कासँग दाम्पत्य जीवन सुरु गर्ने सुरसार गर्दागर्दै अभिनेता श्रेष्ठको निधन भयो ।
ठीक यहि बेला उनी निर्मित फिल्म ‘कोहिनुर’ हलमा लाग्यो । श्रीकृष्णको वियोगमा डुबिरहेको माहौलमा दर्शकले ‘कोहिनुर’लाई माया गरिदिए । फिल्म हेर्नेको हलमा घुँइचो लाग्यो । यो फिल्मले नेपाली फिल्म बजारको मोटामोटी आँकडा समेत देखाइदियो, सर्वाधिक कमाई गरेर ।
कोहिनुरकै निरन्तरता भनौं, अहिले हलमा ‘कान्छी’ लागेको छ । श्वेताश्री फाउन्डेसनमार्फत सामाजिक सेवाको काम गरिरहेकी अभिनेत्री स्वेता खड्काले फिल्म बनाएको हो । फिल्मले कोहिनुरको इतिहासलाई दोहो¥याउला ? यसै भन्न सकिने अवस्था छैन । यद्यपी यसले आम दर्शकलाई मनोरञ्जन भने दिलाउनेछ ।
प्रेम–रोमान्सको कथा
फिल्म कुनै हिमाली पृष्टभूमिमा उभिएको लेकाली गाउँबाट सुरु हुन्छ । गाउँमा केहि युवा छन्, जो नाटक देखाएर स्थानीय अस्पतालको स्तरबृद्धि गर्न चाहन्छन् । उनीहरुको आ–आफ्नै उद्यम पनि छ ।
कान्छी (स्वेता खड्का) जमदारकी छोरी हुन्, जो अस्पतालमा नर्सको काम गर्छिन् । स्थानीय युवा हीरा (दयाहाङ राई) दुध डेरी चलाएर बसेका छन् । उनीहरुबीच अव्यक्त प्रेम छ ।
श्वेताकी बुवा चाहन्छन्, छोरीले अमेरिकामा डलर कमाउने ज्वाईसँग बिहे गरोस् । यसको चाँजोपाजो पनि मिलाइ– रहेका छन् । यता हीराको प्रेम–आशक्ति भने बढ्दै गएको । अर्कोतिर बैदेशिक   रोजगारीबाट फर्किएका उरेन्ठेउले  तन्नेरी पनि उनीहरुको प्रेममा भाँजो हाल्न आइपुग्छन् ।
नाटक देखाएरै युवाहरुले शहरबाट डाक्टर (प्रज्वल सुजल गिरी) ल्याउँछन् । तर, डाक्टर अनायसै कान्छीलाई प्रेम गर्न पुग्छन् । यो कुरा हिराले थाहा पाउँछ । अब के कान्छीले कसलाई आफ्नो   बनाउँछे ? यस्तै जिज्ञासाले तान्दै फिल्म टुगिंन्छ ।
कस्तो छ फिल्म ?
नेपालीमा एउटा उखान छ, ‘नपत्याउने खोलाले बगाउँछ ।’ बर्तमानमा आइरहेको नेपाली फिल्महरुको तुलनामा ‘कान्छी’ केहि हदसम्म रमाइलो छ । घटनाक्रम र दृश्यको संयोजन स्वभाविक छ । संवाद रुचिकर छ  ।
खासै तामझाम बिना नै प्रदर्शनमा आएको फिल्ममा ति सबै गुण छन्, जो मसला फिल्ममा हुने गर्छ । फिल्ममा        रोमान्स छ । कमेडी छ । एक्सन छ । भावुकता छ । विद्रोह छ ।
कथा प्रेमको हो । यस्तो कथा यसअघि पनि नसुनिएको वा नदेखिएको होइन । यद्यपी कथाको प्रवाहसँगै आउने रोमाञ्चकता, हाँसो–ठट्टा, भावुकताले दर्शकलाई उथलपुथल बनाइरहन्छ । फिल्ममा दयाहाङ राईले आफ्नो अभिनयलाई खस्कन दिएको छैन । उनको अभिनय स्वभाविक र जीवन्त लाग्छ । उनकै सहपाठी बनेका हर्कबहादुर परियार (अशान्त शर्मा) र मधेसी मुलका इलेक्ट्रिशियन (कामेश्वर चौरासिया) ले फिल्ममा चटनीको काम गर्छ । उनीहरुको प्रस्तुती तिख्खर स्वादको छ । स्वेताको अभिनय ठिकठाक मात्र छ ।
फिल्ममा लेकको ग्रामिण परिवेश एवं दृश्य जोडदार छ । तर, एकाध दृश्य खासगरी द्वन्द्वको, मा क्यामेरा बढी नै चलाइएको छ । पर्दामा ति दृश्यहरु धेरै नै अस्पष्ट लाग्छ । समग्रमा भने सिनेम्याटोग्राफी ‘वाह’ भन्ने खालको छ । निर्देशक आकाश अधिकारीले फिल्ममा संवेदना पस्किने जोड गरेका छन् । यस क्रममा कतिपय घटनाक्रम फितलो बनेको छ ।
फिल्मको कथानक, परिवेश, पात्र र उनीहरुको लवज एवं गेटअपमा उस्तो तालमेल मिलेको छैन । ‘संवेदना’ पस्किने हतारोमा जे–जति घटनाक्रम घटाइन्छ, जो तर्कसंगत र स्वभाविक लाग्दैन ।

लेख 

किन साँगुरियो कांग्रेस ?

रामहरी ओझा 
अचेल बिभिन्न सञ्चारमाध्यममा कांग्रेसका बिषयमा बिभिन्न खालका सामग्रीहरु प्रकाशन हुने गरेका छन । कांग्रेस लक्षित जति सामग्रीहरु प्रकाशन भईरहेका छन् ति सवैको संग्रह बनाउने हो भने बेदव्यासका १८ पुराण भन्दा सानो हुने छैन होला । धेरै जस्ता आलेखहरुमा कांग्रेसको बिषयमा बिस्तृत अध्ययन गरेर प्रकाशन      गरिएको पनि पाईन्छ भने केहीले हचुवाको भरमा वा कांग्रेसको खिसिटेउरी गर्नका लागि पनि सामग्री तयार गरेको पाईन्छ । 
जे, जसरी, जसले, जहाँ भएपनि कांग्रेस साँगुरि–नुको पछाडीका कारणहरु बिश्लेषण गरेका छन । हाल नेपालको राजनीतिमा अस्तित्वमा रहेका दलहरुमध्ये सवैभन्दा पुरानो दल, आफुलाई एक्लो प्रजातान्त्रिक भएको दावी गर्दै आएको दल बिश्वभरी पुँजीबादी प्रजातान्त्रिक व्यवस्था हावी भईरहेका बेला एकाएक ओरालो लाग्नु, त्यो पनि कांग्रेसकै भाषाका अधिनायकबादीहरुले भारी अन्तरले पराजित गर्नु, यो स्वाभाविक रुपमा चर्चाको बिषय हुन जान्छ । २०१५ सालदेखि हालसम्म प्रजातान्त्रिक कालमा भएका संसदीय र संबिधान सभाका गरि सातवटा निर्वाचनमध्ये ६ निर्वाचन हुँदा सरकारको नेतृत्व कांग्रेसले गरेको छ । अवपाद् भन्नपर्छ २०७० सालमा भएको दोश्रो संबिधान सभा निर्वाचनको नेतृत्व गैर दलीय सरकारले ग¥यो ।
कांग्रेस नेतृत्वको सरकारले गराएका ६ चुनावमध्ये कांग्रेस आफैले तीन पटक सुबिधाजनक बहुमत ल्याएको छ । अझ २०१५ सालको निर्वाचनमा त उसले दुई तिहाईनै ल्यायो । त्यसको साथसाथै २०७० को निर्वाचनमा कांग्रेस पहिलो दल भयो । २०५१ र २०६४ मा भने कांग्रेसले पहिलो दल हुने सौभाग्य पनि गुमायो । ९७४ को निर्वाचनमा पनि त्यही नियति भयो कांग्रेसको । संघीय संरचनाको अभ्यास हुने गरि पहिलो पटक भएको निर्वाचनमा देशका सात प्रदेशमध्ये कुनै एकमा पनि न त कांग्रेसले न त कार्यपालिकाको नेतृत्व गर्ने अधिकार पायो न व्यवस्थापिकाको, न उसले केन्द्र सरकारको नेतृत्व गर्ने हैसियत राख्छ । 
कांग्रेस चुनावबाट जव जव ठुलो पार्टी हुन्छ वा बहुमत ल्याउँछ, त्यसपछि कांग्रेसको ओरालो सुरु हुन्छ । विगतमा भएको यस्तै हो । ०१५ सालमा दुई तिहाई सिट जितेर सरकार चलाईरहेको कांग्रेसका थुप्रै आन्तरिक समस्याहरुका कारण ०१७ साल पुष १ गते सृजना भयो भन्दा अन्याय नहोला । जननिर्वाचित सरकारको हातमा सत्ता गएको निरंशुक शासकहरुलाई चित्त बुभ्mने कुरै थिएन, उनी दाउ खोज्दै थिए । कांग्रेसको आन्तरिक कलहले उनलाई सहज बनाई दियो । 
०४८ सालको निर्वाचनमा पाँच बर्षका लागि सुबिधाजनक बहुमत पाएको कांग्रेसले तीन बर्ष पनि  सरकार चलाउन सकेन । ०५१ सालमा मध्यावधि निर्वाचन गर्नु पर्ने अवस्था सृजना भयो । ०१७ सालको जस्तो यहाँ कुनै निरंकुशता हावी हुन सकेन तर कांग्रेसभित्रकै ७४  रे/३६से ले गर्दा देशले मध्यावधी निर्वाचनको मार खायो । ०५१ को निर्वाचनमा ‘साईज’मा आएको कांग्रेस फेरी ०५६ मा सुबिधाजनक बहुमत सहित सत्तामा पुग्यो । फेरी के भयो त ? उही हालत, आन्तरिक लडाईले फेरी दुई बर्ष नपुग्दै संसद बिघटन भयो । 
यि घटनाहरुले के देखाउँछ भने कांग्रेस साँगुरिनु को कारण प्रतिपक्ष बलियो भएर, प्रतिपक्षले कांग्रेसबिरुद्ध गलत प्रचार गरेर वा प्रतिपक्षसंग राम्रो एजेण्डा भएर होईन । कांग्रेस आफैंमा एक समस्या हो । सत्तामा पुग्दा कांग्रेस कार्यकर्ताहरुमा एक प्रकारको उन्माद आउँछ, आफुलाई नीति, बिधि, पद्धति र प्रक्रिया भन्दा माथी  राखेर हेर्ने परिपाटी छ । मुख्य दोष यही हो । 
जनताले सरकार सञ्चालनका लागि म्याण्डेट दिईरहने तर नेता÷कार्यकर्ताहरुले सत्ता सञ्चालनका नाममा भागवण्डा गर्ने अनि भागवण्डा नमिलेपछि एकले अर्कालाई निशेध गरेर जाने जुन परिपाटी कांग्रेस मित्रहरुमा देखियो यसले अहिलेको परिणाम आएको हो । यस परिणामलाई कांग्रेसले स्वभाविक रुपमा लिनु पर्छ ।
दोश्रो, कांग्रेसले आफुलाई जहिले पनि “मास बेस पार्टी’ को रुपमा स्थापित गर्न खोज्यो, ‘क्याडर बेस पार्टी’ बनाउने, “थेउरी बेस पार्टी” बनाउने, “स्ट्रक्चर बेस पार्टी” बनाउने न उसंग फुर्सद भयो न आवश्यकता महसुस ग¥यो । एकातिर सरकारमा जाँदै, लडाई गर्दै, चुनाव घोषणा गर्दै गरेको ईतिहास, अर्कोतिर सैद्धान्तिक रुपमा, संगठनिक रुपमा जनताका बिचमा प्रष्ट भएर जान नसकेको यर्थात । पाँच बर्षमा एक पटक गाउँ गयो ‘बिपीको समाजबाद’ भन्यो, सक्रिय सदस्यता बाँड्यो, फक्र्यो, अधिवेशन ग¥यो, फेरी पाँच बर्षका लागि ढुक्क । न स्थानीय कमिटीहरुका बैठक छन, न भेला छन, न प्रशिक्षण छन, न सदस्यहरुको अभिलेख छ । अनि चुनावका बेला भोट माग्न गएर मात्रै के हुने ? पार्टीका अधिकांश जिम्मेवार कार्यकर्ताहरुलाई समेत बिपीको समाजबाद भनेको के हो ? यसको प्रयोग कसरी गरिन्छ, किन गरिन्छ भन्ने बिषयमा समेत जानकारी भएन । अनि कार्यकर्ताहरुले जनतासंग के भनेर भोट माग्ने ? 
तेश्रो, पार्टीभित्रको निर्णय प्रक्रिया हो । कांग्रेसले आफुलाई अव्वल दर्जाको प्रजातान्त्रिक पार्टी दावी गर्दै आएको छ तर पार्टीभित्रको प्रजातान्त्रिक अभ्यास के हो भन्ने कुराको समीक्षा समेत गर्न चाहान्न । अधिकांश नेताहरु पञ्चायती शैलीबाट आएका भएर पनि होला कांग्रेसले आन्तरिक रुपमा आफुलाई प्रजातान्त्रिक बनाउन सकेन । आफ्नो नजिकको व्यक्तिलाई चुनावमा टिकट दिने, कुनै लाभको पदमा अवसर दिने कार्य जोड्तोड्ले हुन थाल्यो । कांग्रेसले प्रजातन्त्रलाई राज्य सत्ता सञ्चालन पद्धतिका रुपमा मात्रै बुझ्यो । पार्टी नेता÷कार्यकर्ताहरुको जीवन शैली प्रजातान्त्रिक हुनु पर्छ, पार्टी संगठनहरु प्रजातान्त्रिक हुनु पर्छ भन्ने कुरा कांग्रेसले कहिल्लै स्वीकार गर्न सकेन । कांग्रेसको अधिकांश समय बिरोधीलाई अप्रजातान्त्रिक देख्नमै सकियो । जसले गर्दा उचित व्यक्तिलाई उचित जिम्मेवारी दिन सकिएन, यो अर्को कारण हो । 
प्रतिस्पर्धी पार्टीका उम्मेदवारहरु पोष्टर÷पम्पलेट बोक्दै गाउँगाउँमा भोट माग्न गईसकेका हुन्छन्, कांग्रेसी मित्रहरु टिकट माग्दै दाई र भाउजुको दर्शन गर्नमै व्यस्त हुन्छन् । जुन दिन उम्मेदवारी मनोनयन हो सोही दिन बल्ल टिकट पाईन्छ । त्यसपछि असन्तोष पोखिन्छ । 
चौथो, पार्टीभित्रको गुटवन्दी हो । टुटफुटको श्रृंखला हेर्दा त कम्युनिष्टहरु भन्दा धेरै कम अंक पाउँछ कांग्रेसले तर यसो भनिरहँदा कांग्रेसभित्र चोईटिएर अलग पार्टी बनाउने सिलसिला पटक्कै छैन भन्न मिल्दैन । फरक के छ भने कम्युनिष्टहरुले पार्टी बिभाजन हुँदा ‘सिद्धान्त’ मिलेन भनेर प्रचार गर्छन । कांग्रेसहरुको प्रचार उचित जिम्मेवारी दिएन भन्ने हुन्छ । यद्यपी कम्युनिष्टहरुको ‘सिद्धान्त’ अव देखाउने दात मात्रै भएको छ तर कांग्रेससंग त त्यो देखाउने दात पनि रहेन । यिनीहरु पदका लागि चोईटिएका हुन भन्ने कुरा सोझै बुझ्छन जनताले । त्यसको साथसाथै पार्टीभित्रको गुटवन्दी हो । आफुलाई मन नपरेको व्यक्तिलाई समाप्तै पारेर जानु पर्छ भन्ने मान्यता छ कांग्रेस नेतृत्वमा । त्यो हिजोको कोईराला कांग्रेसमा पनि थियो र आजको देउवा कांग्रेसमा पनि   छ । सायद अव आउने कांग्रेसहरुमा पनि जारी रहनेछ । 
पाँचौं, कांग्रेसले चुनावी अभियान आफु जित्ने गरि सञ्चालन नै गर्न सकेन । उसले अरुलाई हराउने गरि प्रचार ग¥यो । बाम गठबन्धनले जिते अधिनायकबाद लागु हुन्छ, रुन पनि पाईदैन, कम्युनिष्ट शासन सर्वसाधा–रणलाई दुःख दिने शासन हो जस्ता जुन नारा पार्टीका शिर्ष नेताहरुबाट प्रचारमा ल्याईए ति नाराहरु कांग्रेस स्वयंका लागि पासो बने । अहिलेको युगमा सामान्य भन्दा सामान्य व्यक्तिहरुले कुनै प्रकारको अधिनायकत्व तत्कालका लागि सम्वभ छैन भन्ने कुरा प्रष्ट बुझेका छन । फेरी कांग्रेसहरुले भनेझैं कम्युनिष्टहरुले यदि अधिकायकबाद लागु गरेछन् भने पनि त्यसले श्रमजीवी बर्गलाई फाईदै पु¥याउँछ, जसको संख्या देशमा उच्च   छ । कम्युनिष्टहरुले ल्याउने अधिनायकबाद बर्गीय अधिनायकबाद हो अर्थात सर्वहारा सर्मजीवी वर्गको अधिनायकत्व । ८० प्रतिशत भन्दामाथी श्रम गरेर खाने देशमा त्यही वर्गको अधिनायकत्व आउँदा त झ राम्रै भएन र ? यद्यपी अहिलेका नामधारी कम्युनिष्टहरुले वर्गीय अधिनायकत्वको बाटो उहिल्लै छोडिसकेका छन तर पनि कांग्रेसको यो नाराले उनीहरुलाई फाईदै भयो । 
छैटौं, अहिलेको नेपाली कांग्रेसको नेतृत्वले साँच्चै पार्टीलाई सही दिँशामा डो¥याउन नसकेकै हो । लामो समयसम्म पनि पार्टी संरचनाहरुले पूर्णता नपाउनु, पार्टीभित्र भागवण्डा गर्दा पनि एकपक्षलाई पेलेरै गर्नु, जनसंगठनहरुका नेतृत्वमा पनि जवरजस्ती गर्नु, पार्टीले टिकट बाँड्दा पनि सवैलाई रिझाउन नसक्नु जस्ता कतिपय कमजोरीहरु देखिए कांग्रेस नेतृत्वका । 
सातौं, कांग्रेस नेताहरुको शासकीय मानसिकता पनि पनि हारको कारण हो । कांग्रेसले आफुलाई सेवकको रुपमा प्रस्तुत नै गर्न सकेन । ‘व्यूरोक्र्यासी’ मा, सुरक्षायन्त्रमा, सार्वजनिक संस्थानमा जहिले पनि कांग्रेसले ठाडो आदेशका भरमा काम ग¥यो, जुन शैलेले बिस्तारै जनतालाई आफुवाट पर धकेल्दै लग्यो । 
यस्तायस्तै कारणहरु छन कांग्रेस साँगुरिनुका । यद्यपीमा जो पक्ष बिजयी भएका छ उसमा यि अवगुणहरु छैनन् भन्ने होईन । कांग्रेसलाई पञ्चायतीकरण हुन ३० बर्ष लागेको थियो, एमालेलाई कांग्रेसीकरण हुन १५ बर्ष लाग्यो र माओवादीको एमालेकरण त झन पाँच बर्षमै सम्भव भयो । भनाईको अर्थ अव यि तिनवटै पार्टीहरुमा व्यवहारतः कुनै भिन्नता रहेन ।

अन्तरवार्ता 

‘चौकीदार’ भन्दा मलाई कुनै गुनासो छैन

त्रिलोचन भट्ट (मुख्यमन्त्री) 
प्रदेश नं. ७  
रोजगारीको सिलसिलामा जीवनको महत्वपूर्ण १६ वर्ष भारतमा बिताएका त्रिलोचन भट्टले आइतबारदेखि प्रदेश ७ को मुख्यमन्त्रीको सम्हालेका छन् । उनी विगतमा भारतमा चौकीदारी काम गर्थे, आज मुख्यमन्त्री बन्न सफल भएका छन् । 
घरका जेठा छोरा भट्टले १४ वर्षको उमेरमा नै भारततिर लागे । त्यसक्रममा उनले चौकीदारी पनि गरे । प्रवासमा रहँदै माओवादीमा आवद्ध भएका भट्टले प्रदेशसभा सदस्य हुँदै प्रदेश ७ को पहिलो मुख्यमन्त्री बन्ने अवसर पाएका छन् । मुख्यमन्त्री भट्ट भन्छन्, ‘आफ्नो गाउँठाउँ परिवार छाडेर जानु बाध्यता थियो । तर, अब हाम्रा युवाहरुलाई स्वेदशमै काम गर्ने र आफ्नो श्रम खर्चिने वातावरण बनाउनुपर्छ ।’ साथै चौकीदार भनेर आफूलाई चिनाउँदा दुःख होइन, गर्व लाग्ने गरेको उनले सुनाए । मुख्यमन्त्री भट्टसँग गरिएको संक्षिप्त कुराकानीः

प्रदेश सरकारको प्राथमिकतामा के के छन् ?
— मन्त्रालय चलाउनु नियम कानुनहरु बनाउनु पर्नेछ । त्यससँगै राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमन गर्ने र केन्द्रसँग समन्वय गरेर काम तीव्र बनाउने निर्णय पनि गरेका छौं । 
कृषि र पर्यटनको विकाससँगै सुशासन दिने र भ्रष्टाचार शुन्य बनाउने हाम्रो प्राथमिकता छ । त्यसअनुसार काम पनि सुरु गरेका छौं । हामीले कृषिलाई प्राथमिकतामा राखेको हुनाले प्रत्येक जिल्लामा माटो जाँचको व्यवस्था गर्ने योजना छ । 
तर, स्रोत साधनको कमीसँगै भौगोलिक विकटता पनि छ । कतिको असहजता छ ?
— अप्ठ्यारा छन्, अप्ठ्यारोसँग जुध्ने नै हो । सजिलो त के नै छ र ? हाम्रो देश गरिव छ, व्यवस्था सही तरिकाले चलेको छैन । यसले पनि केही अस्तव्यस्त भ, अभाव छ । तर, योसँग जुधेर जाने हो । अहिले स्थायी सरकार दिने भनेर अघि बढेका छौं । साधन स्रोत जुटाउँदै जान्छौं, जति हामीसँग छ, त्यसलाई सही तरिकाले परिचालन गर्छौं । मलाई लाग्छ, यसो गर्न सक्यौं भने केही न केही परिणाम दिन सक्छौं ।
चुनावअघि मात्र होइन, चुनाव जितेपछि पनि तपाई मुख्यमन्त्रीको दावेदारका रुपमा देखिनु भएको थिएन । एकाएक तपाईको नाम आयो नि ?
— आश्चर्य त केही भएको होइन । म २७ वर्षदेखि लगातार यो पार्टीमा काम गरिरहेको छु । अरु जस्तो धेरै चर्चामा नआएको मात्र हो । पार्टीको अनुशासित कार्यकर्ताको जिम्मेवारी नै के रहन्छ भने पार्टीले छलफलमा कुरा ल्याएपछि निर्णय गर्ने हो । 
जब वाम गठबन्धनमा हाम्रो पार्टीले प्रदेश ६ र ७ मा मुख्यमन्त्री पाउने भन्ने सहमति भयो । त्यसपछि पार्टीले जिम्मेवारी दिएको छ । सर्वहारावर्गको पार्टीले   सर्वहारा वर्गलाई नै सत्ता चलाउने जिम्मा दिएको छ । पार्टीले जे गरेको छ, ठीक छ ।
तपाईले विगतमा भारतमा गएर चौकीदारी गरेका कुराहरु आए । यो कति सत्य हो ? 
— गरिबी हटाउन जुन प्रकारको व्यवस्था हुनुपथ्र्यो, शिक्षाको व्यवस्था हुनुपथ्र्यो, दुरदराजमा पनि सरकारको अनुभूति हुनुपथ्र्यो । तर, त्यो विगतका सरकारहरुले त्यो गर्न सकेनन् । र, हामी पनि आफ्नो गाउँठाउँ परिवार छाडेर जान बाध्य भएका हौं । 
त्यहाँ गएपछि हामीले जुन पीडा भोग्यौं, त्यो अरुलाई भोग्न दिनुहुन्न । सत्ता परिर्वतन गरेर भएपनि जनतालाई विकास र आफ्नै देशमा काम गर्ने अवसर दिनुपर्छ भन्ने उद्देश्यसहित पार्टीमा लाग्यौं, संघर्ष ग¥यौं र त्यो आज सफल पनि भएको छ ।
भोलिका दिनमा हाम्रै देशमा रोजगारीको व्यवस्था गर्नुपर्छ । जे चिज हामीसँग छ, त्यसलाई जनता र देशका लागि लगाउनु पर्छ । यसअनुसार काम गर्न सकिन्छ ।
रोजगारी सिर्जना त आजको भोलि हुँदैन, क्रमश होला । तर, रोजगारीका लागि भारत जाँदादेखि २/४ पैसा कमाएर फर्किँदा पनि दुःख पाउनु पर्ने अवस्था छ । यसलाई त तत्काल सम्बोधन गर्न सकिएला नि ?
— यो सिस्टम बनाउने कुरा हो । सिस्टमले काम भयो भने एकै पटक नभएपनि क्रमशः हुँदै जान्छ । मैले कृषि र पर्यटनमा जोड दिएको छु । हामीसँग भएको जडिबुटी र जलस्रोतलाई सही रुपमा प्रयोग गर्नु पर्नेछ । कमसेकम थोरै भएपनि सुरुवात हुन सक्यो भने धेरै कुरा समाधान गर्न सकिन्छ, युवाहरुलाई यसमा जोड्न सकिन्छ । 
अर्को कुरा, पेशालाई इज्जतिलो बनाइदियो भने सबै लाग्छन् । हाम्रै नेपालीहरु हुन्, अरुको देशमा गएर १२/१४ घण्टा काम गर्न पनि तयार हुन्छन् तर, देशमा ४ घण्टा पनि काम गर्न तयार छैनन् । किन भयो भन्दा आफ्नो ठाउँमा काम ग¥यो भने हेलाको पात्र बनाइन्छ, हामीले देखेका छौं । कृषिको काम गर्दा हेलाको पात्र बनाउने गलत चिन्चनबाट हामी माथि उठ्न जरुरी छ । मलाई लाग्छ, पेशलाई इज्जतिलो बनायौं र सरकारले काम गर्ने वातावरण बनायो भने सफल हुन्छ र आफ्नै देशमा आफ्नो श्रम लगानी गर्न हाम्रा युवाहरु तयार हुन्छन् ।
पेशालाई इज्जतिलो बनाउने कुरा गर्नुभयो । तपाईलाई चिनाउँदा अहिले पनि मानिसहरुले हिजो चौकीदार थियो, आज मुख्यमन्त्री भयो भन्छन् । यसमा कुनै गुनासो छ ?
— यो गर्वको कुरा हो । म जत्तिको र मेरो वर्गका मानिसहरु ९५ प्रतिशत नै होलान् । उनीहरुको प्रतिनिधि पात्र बनाएका छन् भने मलाई गर्व नै लाग्छ, कुनै गुनासो छैन ।
— अनलाईन खवर डट कमबाट

लोकसेवा तयारीका लागि उपयोगी 

१. भन्सार दिवस – जनवरी २६
२. पाल्पाका अन्तिम राजा— पृथ्वीपाल सेन
३. साप्टा अनुमोदन गर्ने अन्तिम राष्ट्र — बंगलादेश
४. आठौँ साफ गेम विजेता — अफगानिस्तान
५. धेरै धान उत्पादन हुने जिल्ला — झापा
६. ल्होत्से हिमालको उचाई — ८५१६ मि.
७. क्षेत्रफलका आधारमा तेस्रो ठूलो महादेश — उत्तर अमेरिका
८. उराव भनिने जाति  — किसान
९. २०७० सालको मदन पुरस्कार — राधा पौडेल
१०. दास क्यापिटल — कार्ल माक्र्स
११. टेनिन केमा पाइन्छ ?  — चिया
१२. औद्योगिक क्रान्ति शुरुवात — संयुक्त अधिराज्य
१३. चूरे श्रृंखलाको उच्च पर्वत  — गार्वा
१४. ८५०० मि. माथिका नेपालका हिमाल — ३ वटा
१५. हिन्दु धर्मका वेद — ४ वटा
१६. नेपालमा पाइने गुराँसका प्रकार — ३२
१७. पूर्वाञ्चलको सानो जिल्ला — तेह्रथुम
१८. २००७ साल अघि दौत्यसम्बन्ध कायम नभएको — चीन

साहित्य/सृजना 

म मरेपछी (कविता)

म मरेपछी
बिलिनेछन मेरा गजलका टुक्राहरु
हावा आफ्नै सुरमा सुस्ताइरहने छ
उसै गरी चम्कने छन ताराहरु,
घाम्का झिल्काले त्यस्सै गरी पोल्छन होला
सेतो कत्रोमा बेरिएको मेरो शरीर
बास्को चितामा तेर्सिने छ
लाम लागेका मलामिसगै
सुस्त सुस्त घाट तर्फ
छुट्टै पहिचान लिएर
पुग्छ होल मेरो शरीर
म मरेपछी
पोलिनेछु आगोको झिल्काहरुले
खरानीहुनेछन मेरा नसा नसा
अनी मकिनेछन मेरा हडिहरु,
बिस्र्ता ्बिस्र्ता ध्वस्त हुनेछ मेरो शरीर
खरानी भएर बिलिनेछ माटो सगै
त्यहिबाट अन्त्य हुनेछ मेरो जिन्दगि
म मरिपछी
उमा गौतम

गजल

सच्चा पुत्र हुँ म भनी उठ्यौ पिएर खुनलाई
हारी हारी डल्यौ अनी आट्यौ झस्किएर रुनलाई
दोदारमा पर्यौ अनी त्यसै जालमा अल्झिन गयौ
पदभ्रस्ट भ्रस्ट पार्छु भनी उठ्यौ आकाश छुनलाई
पछारिएर मैदानमा अन्दकारलाई चुम्न पुग्यौ
एक्कासी आँखा बन्द गर्यौ बेहोसी हुनलाई
आफ्नै स्वार्थ्सिद्द हेर्यौ आफ्नै मान बचाउदै
अनायसै माथि उठ्यौ बिद्रोह त्यसै दुनलाई
शरीरलाई समाल्दै व्यवस्ता गर्यौ हिरा मोती
लछार्न सारा सत्य अनी हात पार्न सुन्लाई

खेलौना भेटियो अरे

उता आलिसान महल ठडियो अरे
यता चाल्दै गरेको, पहल रोकियो अरे
हरेक ठाउँ नाताबाद अनि कृर्पाबाद
बादैबादको भुमरीमा, फसल पेलियो अरे
अरुमाथी कुदृष्टि लगाउथे दोषी नजरहरु
अचानक त्यही नियतिको, दलदल भाँसियो अरे
पढाउँदा खेरी ध्यान अन्तै डुलाउने शिष्यलाई
गुरुद्वारा नपढाइएको, सवाल सोधियो अरे
भाषण मात्रै जनतालाई पस्किन जानेका नेताहरुले
भन्छन देश र जनताका लागि, कमाल गरियो अरे
झुटमाथी प्रेमको जलप लगाइ म्वाँइ खानेहरु हो
मन बहलाउन फेरि एउटा, खेलौना भेटियो अरे
पुस्पा जोशी “काली’’
धनगढी ,कैलाली

मुक्तक

आज यो शहरमा सुत्दा सपनाको बाघ बेग्लै छ
त्यो सपनीले मुटुमा दिएको दागबेग्लै छ
आज यो शहरमा बादलु झरी बनी बर्सीदिदा
मलाई ओत लाग्न जाँदाको पीडा बेग्लै छ ।।
यज्ञराज पण्डित
बडिमालिका नगरपालिका १  बाजुरा

सूचना/सन्देश/बिज्ञापन 

पूर्वीचौकी गाउँपालिका 
गाउँ कार्यपालिकाको कार्यालय 
डोटी 
 प्रदेश नं. ७

गाउँ बस्तुगत बिवरण (Profile) तयारीका लागि प्रस्तावना आव्हान ।

प्रथम पटक सूचना प्रकाशित मिति  २०७४/११/०६ गते 
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको गाउँ÷नगर बस्तुगत बिवरण तयारी कार्यबिधि, २०७४ ले तोकेको मापदण्ड अनुसार यस पूर्वीचौकी गाउँपालिकाको बस्तुगत बिवरण (Profile) तयार गर्नु पर्ने भएको हुँदा नेपालको प्रचलित कानुन अनुसार सम्वन्धित निकायमा दर्ता भई सक्रिय रुपमा कार्यरत ईच्छुक एवं अनुभवी गैरसरकारी संस्था/कम्पनी/फर्मबाट तपशिलका शर्तहरुको अधिनमा रही यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बस्तुगत बिवरण तयारीका लागि प्रस्तावना आव्हान गरिएको छ । 
शर्तहरु 
१. बस्तुगत बिवरण चालु आर्थिक बर्षभित्र तयार गरि सक्नु पर्ने छ । छिटो सम्पन्न हुने गरि कार्ययोजना सहित आएको प्रस्तावनालाई प्राथमिकता दिईनेछ । 
२. प्रस्तावनामा प्राबिधिक प्रस्ताव र आर्थिक प्रस्ताव छुट्टाछुट्टै तयार गरिएको हुनु पर्नेछ ।  
३. प्राबिधिक प्रस्तावमा बिस्तृत कार्ययोजना सहितका कार्यबिधि अनुसार बस्तुगत बिवरण तयारीका चरणहरु समावेश भएको हुनु पर्नेछ । 
४. आर्थिक प्रस्तावमा अनुमानित बजेटको बिस्तृत बिवरण (दचभबपभमयधल) समेत संलग्न गरिएको हुनु पर्नेछ ।
५. यस गाउँपालिकाले तयार गरेको प्रस्तावना छनौट मापदण्ड अनुसार अधिकतम् अंक ल्याउने प्रस्तावनालाई छनौट गरिनेछ । 
प्रस्तावनासंग पेश गरिनु पर्ने कागजातहरु 
१. संस्था/कम्पनी/फर्म दर्ता प्रमाण पत्र 
२. चालु आर्थिक बर्षका लागि नविकरण गरिएको प्रमाण 
३. आर्थिक बर्ष २०७३/०७४ को लेखा परीक्षण प्रतिवेदन 
४. स्थायी लेखा नं. (PAN) मा दर्ता भएको प्रमाण पत्र 
५. आर्थिक बर्ष २०७३/०७४ को आय व्यय बिवरण पेश गरेको प्रमाण पत्र ।
६. सम्वन्धित क्षेत्रमा काम गरेको खुल्ने अनुभव पत्र (अनिवार्य)
७. संस्था/कम्पनी/फर्मको सामान्य जानकारी 
८. बस्तुगत बिवरण तयारीका क्रममा संलग्न हुने अनुभवी जनशक्तिको व्यक्तिगत बिवरण (कम्तीमा दुई जनाको)     यस बिषयमा थप जानकारी चाहिएमा पूर्वीचौकी गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय, सानागाउँ डोटीमा बुझ्न सकिनेछ । 

कर्मचारी आवश्यकता सम्बन्धी सूचना   

  प्रथम पटक सूचना प्रकासित मिति  २०७४/११/०८   
समान पहुुच विकास केन्द्र (सिड) नेपाल डोटी र युनाईटेड मिसन टु नेपाल, डोटी क्लष्टरद्वारा सञ्चालित परियोजनाका लागि तपशिलमा उल्लेखित कर्मचारी आवश्यक भएकाले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट सूचना प्रकासित भएको मितिले ७ दिनभित्र समान पहुुच विकास केन्द्र (सिड) नेपाल डोटीको सिलगढी, डोटीस्थित सम्पर्क कार्यालयमा पुग्ने गरी दरखास्त आह्वान गरिन्छ ।    
१. पद ः लेखा अधिकृत,         संख्या ः १ (एक) 
योग्यता तथा अनुभव ः 
 मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन संकायमा स्नातक उत्तीर्ण गरि कम्तीमा एक बर्षको कार्य अनुभव भएको वा व्यवस्थापन संकायमा प्रविणता प्रमाण पत्र तह उत्तीर्ण गरि कम्तीमा तीन बर्षको कार्य अनुभव भएको ।
कम्प्युटरमा दक्षता भएको (Microsoft word, Excel, Power point, MS dos, Email, Internet)
लेखा सम्वन्धि सफ्टवयरमा काम गरेको । 
सेवासुविधा ः कार्यक्रमको नियमानुसार  
परीक्षाको किसिम ः लिखित र अन्तरवार्ता ।
दरखास्त  ः संस्थाको सम्पर्क कार्यालयबाट आवेदन फाराम लिई र शैक्षिक योग्यताको प्रतिलिपि सहित वुझाउनु पर्नेछ ।
सम्पर्क मिति ः दरखास्त दिने अन्तिम मितिको भोलीपल्ट (सो दिन विदा परे सोको भोलीपल्ट वा लगत्तै कार्यालय खुलेको दिन)
दरखास्त दस्तुर ः रु. ५००।– 
नोट ः रीत नपुगी वा म्याद नाघी आएका दरखास्त उपर कुनै कारवाही हुने छैन । यस सम्बन्धमा थप जानकारी चाहिएमा संस्थाको सम्पर्क कार्यालयमा सम्पर्क गर्न सकिने  छ ।
समान पहुँच विकास केन्द्र (सिड) नेपाल 
दिपायल सिलगढी नगरपालिका, वडा नं. ६, 
कृष्णालय टोल सिलगढी डोटी 
फोन ः ०९४–४११०११

जोरायल गाउँपालिका 
गाउँ कार्यपालिकाको कार्यालय 
डोटी 
 प्रदेश नं. ७ 
गाउँ बस्तुगत बिवरण (Prifile) तयारीका लागि प्रस्तावना आव्हान ।

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७४/११/०२ गते 
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको गाउँ÷नगर बस्तुगत बिवरण तयारी कार्यबिधि, २०७४ ले तोकेको मापदण्ड अनुसार यस जोरायल गाउँपालिकाको बस्तुगत बिवरण (Profile) तयार गर्नु पर्ने भएको हुँदा नेपालको प्रचलित कानुन अनुसार सम्वन्धित निकायमा दर्ता भई सक्रिय रुपमा कार्यरत ईच्छुक एवं अनुभवी गैरसरकारी संस्था÷कम्पनी÷फर्मबाट तपशिलका शर्तहरुको अधिनमा   रही यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बस्तुगत बिवरण तयारीका लागि प्रस्तावना आव्हान गरिएको छ । 
शर्तहरु 
१. बस्तुगत बिवरण चालु आर्थिक बर्षभित्र तयार गरि सक्नु पर्ने छ । छिटो सम्पन्न हुने गरि कार्ययोजना सहित आएको प्रस्तावनालाई प्राथमिकता दिईनेछ । 
२. प्रस्तावनामा प्राबिधिक प्रस्ताव र आर्थिक प्रस्ताव छुट्टाछुट्टै तयार गरिएको हुनु पर्नेछ ।  
३. प्राबिधिक प्रस्तावमा बिस्तृत कार्ययोजना सहितका कार्यबिधि अनुसार बस्तुगत बिवरण तयारीका चरणहरु समावेश भएको हुनु पर्नेछ । 
४. आर्थिक प्रस्तावमा अनुमानित बजेटको बिस्तृत बिवरण (दचभबपभमयधल) समेत संलग्न गरिएको हुनु पर्नेछ ।
५. यस गाउँपालिकाले तयार गरेको प्रस्तावना छनौट मापदण्ड अनुसार अधिकतम् अंक ल्याउने प्रस्तावनालाई छनौट गरिनेछ । 
प्रस्तावनासंग पेश गरिनु पर्ने कागजातहरु 
१. संस्था/कम्पनी/फर्म दर्ता प्रमाण पत्र 
२. चालु आर्थिक बर्षका लागि नविकरण गरिएको प्रमाण 
३. आर्थिक बर्ष २०७३/०७४ को लेखा परीक्षण प्रतिवेदन 
४. स्थायी लेखा नं. (PAN) मा दर्ता भएको प्रमाण पत्र 
५. आर्थिक बर्ष २०७३/०७४ को आय व्यय बिवरण पेश गरेको प्रमाण पत्र ।
६. सम्वन्धित क्षेत्रमा काम गरेको खुल्ने अनुभव पत्र (अनिवार्य)
७. संस्था/कम्पनी/फर्मको सामान्य जानकारी 
८. बस्तुगत बिवरण तयारीका क्रममा संलग्न हुने अनुभवी जनशक्तिको व्यक्तिगत बिवरण (कम्तीमा दुई जनाको)    यस बिषयमा थप जानकारी चाहिएमा जोरायल गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय, सरस्वतीनगर डोटीमा बुझ्न सकिनेछ । 

कर्मचारी आवश्यकता सम्वन्धि सूचना

  प्रथम पटक सूचना प्रकासित मिति  ः २०७४/११/०८   
समान पहुुच विकास केन्द्र (सिड) नेपाल डोटी र ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना (आरभिडव्ल्युआरएमपी) को साझेदारीमा डोटी बोगटान गाउँपालिका, वडा नं. ६ (साविकको गगुडा गाबिस) को खानेपानी तथा सरसफाई गुरुयोजना निर्माण कार्य हुन गईरहेकोले सो कार्यका लागि तपशिलमा उल्लेखित कर्मचारीहरु आवश्यक परेको हुँदा योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट सूचना प्रकासित भएको मितिले ७ दिनभित्र समान पहुुच विकास केन्द्र (सिड) नेपाल डोटीको सिलगढी, डोटीस्थित सम्पर्क कार्यालयमा पुग्ने गरी दरखास्त आह्वान गरिन्छ ।
तपशिल     
१. पद ः प्राबिधिक गणक,         संख्या ः १ (एक) 
योग्यता तथा अनुभव ः 
मान्यता प्राप्त शिक्षण संस्थाबाट टि–एसएलसी (सव ओभरसियर) उत्तीण गरेको 
खानेपानी तथा सरसफाईको क्षेत्रमा कम्तीमा तीन बर्ष काम गरेको
सामाजिक विकासको क्षेत्रमा कार्य अनुभव भएको 
२. पद ः गणक (अप्राबिधिक),    संख्या ः १ (एक) 
मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रविणता प्रमाण पत्र उत्तीर्ण गरेको ।
सामाजिक विकास, खानेपानी तथा सरसफाई, सामाजिक अध्ययन जस्ता बिषयहरुमा कम्तीमा एक बर्षको अनुभव भएको । 
सेवा÷सुविधा ः कार्यक्रमको नियमानुसार  
छनौट प्रक्रिया ः छोटो सूची प्रकाशन, लिखित र अन्तरवार्ता (छोटो सूचीमा परेको उम्मेदवारहरुलाई मात्रै लिखित परीक्षामा सहभागि गराईनेछ) । 
दरखास्त  ः संस्थाको सम्पर्क कार्यालयबाट आवेदन फाराम लिई र योग्यता र अनुभवको प्रतिलिपि सहित वुझाउनु पर्नेछ ।
सम्पर्क मिति ः दरखास्त दिने अन्तिम मितिको भोलीपल्ट (सो दिन विदा परे सोको भोलीपल्ट वा लगत्तै कार्यालय खुलेको दिन),  
दरखास्त दस्तुर ः रु. ३००।– 
नोट ः  
१. रीत नपुगी वा म्याद नाघी आएका दरखास्त उपर कुनै कारवाही हुने छैन 
२. प्राबिधिकको हकमा सम्वन्धित गाउँपालिका र अप्राबिधिकको हकमा सम्वन्धित वडाका महिला, दलित, जनजातीहरुलाई बिशेष प्राथमिकता दिईनेछ । 
३. थप जानकारी चाहिएमा संस्थाको सम्पर्क कार्यालयमा सम्पर्क गर्न सकिने छ ।

समान पहुँच विकास केन्द्र (सिड) नेपाल 
दिपायल सिलगढी नगरपालिका, वडा नं. ६, 
कृष्णालय टोल सिलगढी डोटी, फोन ः ०९४–४११०११

हात्तिपाइले रोग निवारण अभियान, २०७४

हात्तिपाइले रोग कस्तो रोग हो ?
यो सरुवा रोग हो । यो एक प्रकारको मसिनो धागो आकारको उचेरिया व्यानक्रोफ्टी नामको परजिवीवाट लाग्दछ । यो परजिवी एक व्यक्तिवाट अर्कोमा लामखुट्टेको टोकाईवाट सर्दछ ।
यो रोग कस्तो व्यक्तिलाई लाग्छ ?
यो रोग जुनसुकै उमेरको जोसुकैलाई पनि हुन सक्छ । लामखुट्टेको टोकाईवाट सर्ने भएको हुदा केटाकेटीहरु वढि जोखिमपूर्ण हुन्छन् । तर रोगको लक्षण भने वयस्क भएपछि देखिन सक्छ ।
यो रोगका लक्षण तथा चिन्हहरु
ज्वरो आउनु र शरीर कम्पन हुनु
लिम्फ नलीहरु सुन्नीनु, रातो भई दुख्नु, हातगोडामा निलाकाला धर्साहरु देखिनु
गिर्खाहरु आउनु, दुख्नु, पुरुषमा अण्डकोष ठुलो हुनु, दुख्नु, गिर्खाहरु भेटिनु, पछि हाइड्रोसिल अर्थात अण्डकोष वरिपरि पानी भरेर ठुलो हुनु ।
महिला योनाङ्ग तथा स्तन सुन्निनु, दुख्नु, खुट्टा सुनिएर हात्तिपाइले हुनु
हात सुन्निनु,  पिसाव सेतो लेदो जस्तो वाक्लो आउनु
लामो समयसम्म सुख्खा खोकी लागिरहनु
यो रोग लागे पछि विरामीले दैनिक जीवनका क्रियाकलाप गर्न अशक्त (असमर्थ) हुदै जान्छ । तसर्थ यस सुदुरपश्चिमाञ्चल विकास क्षेत्र (प्रदेश नं. ७) अन्तर्गतका सम्पूण जिल्लाहरुमा यहि मिति २०७४ फागुन १२,१३ र १४ गतेका दिन जिल्ला स्वास्थ्य, जन स्वास्थ्य कार्यालयहरुको आयोजना तथा अगुवाईमा हात्तिपाइले रोग विरुद्धको औषधि सेवन कार्यक्रम रहेकोले नजिकैको औषधि खुवाउने केन्द्रमा गई एक मात्रा औषधि सेवन गरी हात्तिपाइले रोग वाट आफु वचौं र अरुलाई पनि वचाऔ ।
सुदुरपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय

शिक्षक आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७४/११/३ 
उपरोक्त सम्बन्धमा के आई सिंह गाउँपालिका–२ दाडीमाटी डोटीमा रहेको यस श्री भैरव आधारभत बिद्यालयमा रिक्त रहन गएको तपशिल बमोजिको शिक्षक पदमा अस्थायी पदपूर्ती गर्नुपर्ने भएको हुँदा निम्न बमोजिमको योग्यता पुगेका ईन्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त आव्हान गरिन्छ । 
तपशिल 
पद संख्या ः १ जना,  तह ः प्राबि तृतीय 
किसिमः करार (अस्थायी)
तलब स्केल ः नेपाल सरकारले तोके अनुसार 
शैक्षिक योग्यता ः प्रविणता प्रमाण पत्र तह वा सो सरह उत्र्तीण 
उमेर ः १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको 
आबेदन दस्तुर ः १०००÷–
परीक्षाको किसिम ः लिखित र अन्तर्वार्ता 
दरखास्त दिने अन्तिम मिति ः २०७४÷११÷१७ गते कार्यालय सयमभित्र
सम्पर्क मिति ः २०७४÷११÷१८ गते
परीक्षा मिति र स्थान  ः सम्पर्क मितिमा तोकिनेछ । 
पेश गर्नु पर्ने कागजातहरु 
शैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपी २ प्रति 
नेपाली नागरिकताको प्रतिलिपी २ प्रति 
स्थायी अध्यापन अनुमतिको प्रतिलिपी २ प्रति 
सम्पर्क फोन ः  ९८९८१५६४३४५९
नोट ः करार योग्यता सूचीमा नाम समावेश भएका, महिला, दलित, अपाङ्ग, जनजाति र माथिल्लो योग्यता भएको उम्मेदवारलाई बिशेष प्राथमिकता दिइने छ ।

हात्तिपाइले रोग निवारण अभियान, २०७४

यस सुदूरपश्चिमाञ्चल विकास क्षेत्र (प्रदेश नं. ७) अन्तर्गतका सम्पूण जिल्लाहरुमा यहि मिति २०७४ फागुन १२, १३ र १४ गतेका दिन जिल्ला स्वास्थ्य/जन स्वास्थ्य कार्यालयहरुको आयोजना तथा अगुवाईमा हात्तिपाइले रोग विरुद्धको औषधी सेवन कार्यक्रम रहेकोले नजिकैको औषधी खुवाउने केन्द्रमा गई एक मात्रा औषधी सेवन गरी हात्तिपाइले रोगवाट आफु वचौं र अरुलाई पनि वचाऔं ।
औषधी सेवन गर्न नहुने अवस्थाहरु ः
दुई वर्ष उमेर नपुगेका वालवालिकाहरु
गर्भवती महिलाहरु र ७ दिनसम्मका सुत्केरी महिलाहरु
सिकिस्त विरामीहरु (जसले दैनिक क्रियाकलाप गर्न सक्दैन, ओछ्यानमा परेको, कुनै कडा रोगको लागि औषधी सेवन गरिराखेको जस्तै, क्यान्सर, मुटु रोगी, मृगौला रोगी, फोक्सोको दिर्घ रोगी, मृगी रोग (छारे रोग) का विरामी, २४ घण्टा भित्र ज्वरो आएको, कडा कुपोषण भएको ५ वर्षमुनीका वालवालिकाहरु)
७० वर्ष भन्दा माथिका वृद्ध वृद्धाहरुले यो औषधीको सेवन गर्दा स्वास्थ्य कर्मीहरुको सल्लाह अनुसार सेवन गर्नु पर्दछ ।
सुदूरपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय
दिपायल, डोटी

No comments:

Post a Comment