बालबालिकामाथि हिंसा, दुव्र्यवहार
भएको घटना लुकाउनु भनेको
बालबालिकालाई अझ बढी
जोखिममा पार्नु हो, तुरून्त उजुरी
गरौँ, बालबालिकाको संरक्षण गरौँ ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग
मुख्य समाचार
बिजुलीले अन्धकार बनाएको जीवन
रामहरी ओझा
असार ३२
११ बर्ष अगाडी २०६४ सालमा कलिलै उमेरमा श्रीमान् पदमसिंह खड्काले साथ छोडेपछि महेश्वरी खड्काले छोराको मुख हेर्दै श्रीमान् वितेको पीडा सहिन् । बुढेशकालमा आफ्नो सहारा छोरा नारायण हुने बिश्वास थियो ५६ बर्षीय महेश्वरीलाई । तर, उनलाई के थाह उनको छोरोले आफै वाँच्नका लागि पनि अर्काको सहरा लिनु पर्छ भन्ने दिन आउला भन्ने ।
मुटु सम्वन्धी रोगका कारण लामो समयसम्म थला परेर मृत्यु भएका पदमसिंहको पीडा राम्रोसंग भुल्न पनि पाएकी थिईनन् महेश्वरीले उनको जीवनमा अर्को बज्रपात आईलाग्यो । दुवै हात गुमाएका छोरा अस्पतालको वेडमा छट्पटाईरहेका छन्, आमा घरमा अलाप विलाप गरिरहेकी छिन् । संसारलाई उज्यालो बनाउने बिजुलीले महेश्वरी र उनका छोरा नारायणको जीवनमा भने अन्धकार छाईदिएको छ ।
असार १९ गते बिद्युत प्राधिकरणको स्पेर पोल निकाल्ने क्रममा गम्भिर घाईते भएका आदर्श गाउँपालिका १ चासीका नारायण खड्का अव आफ्नो हातले पोल छुन सक्ने छैनन् । पोल मात्रै हैन अव उनी खाना समेत अरुको सहाराले मात्रै खान सक्नेछन् ।
बिद्युत प्राधिकरणले रिलोकेसन गर्दा खाली रहेको पोल अर्को ठाउँमा प्रयोग गर्ने गरी झिक्ने क्रममा पोल ढल्न गई हाईटेन्सन लाईनमा छोईदा करेण्ट लागेर गम्भिर घाईते भएका नारायणले दुवै हात गुमाउनु प¥यो । घटनापछि तत्काल दिपायलस्थित शैलेश्वरी अस्पताल पु¥याईएका खड्कालाई थप उपचारका लागि काठमाण्डौं लगिएको थियो ।
किर्तिपुर अस्पतालमा उपचाररत खड्काका दुवै हात जोगाउन चिकित्सकहरुले अथक प्रयास गरेपनि सफल हुन नसकेर अन्ततः दुवै हात काट्नु परेको नारायणका दाई नाता पर्ने योगेन्द्र खड्काले जानकारी दिए । ‘पहिले हातको अप्रेसन भयो तर सम्वभ भएन’ नारायणको उपचारका लागि अस्पतालमा रहेका योगेन्द्रले भने ‘अभागी रहेछ भाई, दुवै हात गुमायो ।’
दुई बर्ष मलेसियाको बसाईका क्रममा सन्चो नभएपछि गत जेठ १ गते मात्रै घर आएका नारायणले अव फेरी मलेसिया जाने रहर गर्न पनि नसक्ने भएका छन् । उनलाई अव दैनिक जीवन चलाउन पनि अर्काको सहरा लिनु पर्ने भयो । ‘घरमा आमा एक्लै हुनुहुन्छ, बुवा पनि लामो समयसम्म थला परेर बित्नु भएको हो’ स्थानीय दिपकवहादुर खड्काले भने ‘पुरै परिवारको जिम्मा उसैको थियो, अव के गर्नु, उसको जिम्मा समेत अरुले लिनु पर्ने अवस्था आयो ।’ उमेरले २७ बर्षमा टेकेका नारायणका दुई बर्षीय एक छोरा छ । चिकित्सकले श्रीमान्का दुवै हात काटिदिएपछि छोरा सहित काठमाण्डौं पुगेकी नारायणकी श्रीमती छिन्छिन्मा मुर्छित हुँदैछिन् ।
नारायणको आईतवार ढाडको अप्रेसन भएको योगन्द्रले जानकारी दिएका छन् । ‘शुक्रवारअप्रेसन गर्ने कुरा भएको थियो तर भाईको शरीरमा रगतको मात्रा कम भएका कारण हुन सकेन’ योगेन्द्रले भने ‘त्यसैले चिकित्सकको सल्लाह अनुसार आईतवार अप्रेसन भएको छ ।’ हालसम्म करीव तीन लाख रुपैयाँ खर्च भईसकेको बताउँदै योगेन्द्रले भने ‘अहिलेसम्म आफन्तहरुसंग सहयोग मागिरहेका छौं, अव के हुन्छ थाह छैन ।’
आर्थिक अवस्था कमजोर भएका कारण उनको उपचारमा समस्या भईरहेकाले सहयोग गरिदिन हुन स्थानीय दिपक खड्का आग्रह गर्छन् । उनी भन्छन् ‘गरीवी कारण बिदेश गएको थियो, उता पैसा कमाउनको सट्टा बिरामी भएर आयो, यता झन यस्तो घटना भयो, अव कसरी जीवन धान्ला ।’
उक्त दुःखद् घटनामा एउटै टोलका चार जनाको घटनास्थलमै मृत्यु भएको थियो भने नारायण घाईते भएका थिए । मृत्यु हुनेमा आदर्श गाउँपालिका–१ का ३२ बर्षीय जय खड्का, २४ बर्षीय हर्क (लोकेन्द्र) खड्का, २३ बर्षीय दीपक खड्का र बिरेन्द्र वहादुर खड्का रहेका थिए ।
घटनापछि असार २० गते जिल्ला प्रशासन कार्यालय, डोटीमा स्थानीय प्रशासन, बिद्युत प्राधिकरणका प्रतिनिधि र पीडितका आफन्तबीच मृतकका परिवारलाई प्राधिकरणले जनही पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिने र प्रत्येक परिवारबाट एक जनालाई रोजगारी दिने र घाईतेको उपचार गराउने सहमति भएको थियो । सहमति अनुसार प्राधिकरणले प्रक्रिया अगाडी वढाएको भएपनि सहयोग पाउने नपाउने अझै कुनै टुङ्गो नभएको दिपक खड्काले जानकारी दिए ।
सम्पादकीय
“समृद्धिको आधार” यही हो त सरकार ?
नेपालको संबिधानले देशमा तीन तहका सरकारहरु परिकल्पना ग¥यो । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार । सोही अनुसार तीनै तहका सरकारहरुको निर्वाचन समेत भईसकेको छ । संबिधानले नेपालको ईतिहासमा पहिलो पटक स्थानीय सरकारलाई अधिकार सम्पन्न वनाएको छ । जनताका दैनिक प्रशासकीय कामहरु र स्थानीयस्तरका विकास निर्माणका कार्यहरुलाई स्थानीय सरकारको जिम्मामा दिईयो । स्थानीय सरकारको अधिकार क्षेत्रभित्र पर्ने सवै कार्यहरु स्थानीय तहले गर्न पाउनु पर्ने हो तर जनताले बनाएको भनिएको संबिधान र सो संबिधान बमोजिमको संसदले बनाएको स्थानीय सरकार सञ्चालन ऐन, २०७४ स्थानीय तहलाई दिएका अधिकारहरु एक पछि अर्को गरी कटौती हुँदै कानुनमा नभएको जिल्लास्तरको संरचना यो वा त्यो वहानामा राख्ने प्रयास भईरहेको छ ।
जिल्ला सभा पनि राख्ने वा नराख्ने भन्ने ठुलो वहस भएको थियो त्यति बेला । तर, पछि स्थानीय तहहरु र प्रदेश सरकारबीच समन्वयकारी भूमिका निर्वाह गर्नका लागि जिल्लास्तरीय संरचना चाहिने तर्कका साथ जिल्ला सभा र जिल्ला समन्वय समिति राखियो । त्यसपछि जिल्लामा जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय, अदालत, सरकारी वकिल कार्यालय, निर्वाचन समन्य कार्यालय, अनुसन्धान मात्रै रहने बाँकी सवै जिल्लास्तरीय विषयगत कार्यालयहरु खारेज हुने भन्ने आयो । विषयगत कार्यालयहरुले गर्ने सवै कामहरु स्थानीय तहले गर्ने कुरा आयो । तर, बिस्तारै ति खारेज हुने भनिएका बिषयगत कार्यालयहरु एकपछि अर्को जिल्लास्तरमा स्थापना हुने संकेत देखिएको छ । जिल्ला शिक्षा कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहत रहने भन्दै ‘शिक्षा विकास तथा समन्वय ईकाई’ भनेर राखियो, जिल्ला वन कार्यालय फेरी जस्ताको त्यस्तै राखियो । अव अन्य कार्यालयहरु यो वा त्यो वहानामा जिल्लास्तरमा राख्ने काम हुँदैछ ।
यसले एकातिर सरकार संवैधानिक व्यवस्थाको खिल्ली उडाउँदैछ भने अर्कोतिर स्थानीय तहलाई सेवा प्रवाह गर्नमा झन अन्यौलता थप्दै गएको छ । संबिधानको अनुसूची–८ र स्थानीय सरकार सञ्चालन ऐनले एक खालको परिभाषा गरेको छ तर सरकारले जिल्लास्तरीय संरचना थप्दै अर्को खालको व्याख्या गरिदिएको छ । अव स्थानीय तहले गर्ने हो वा जिल्लास्तरीय बिषयगत कार्यालयले गर्ने हो भन्ने दुविधा आईलागेको छ ।
जिल्लास्तरमा बिषयगत कार्यालयहरु फेरी थप्ने कुराले एकातिर गाउँ जान वहाना बनाईरहेका कर्मचारीहरुलाई जिल्लामै बस्ने वाटो खुल्छ भने अर्कोतिर स्थानीय तहले सधैंभरी कर्मचारीको अभाव झेल्नु पर्ने अवस्था छ । अनावश्यक संरचनाहरु निर्माण गर्दा राज्यलाई थप व्ययभार हुन्छ । जनप्रतिनिधिहरुका नाममा प्रदेश सरकारका नाममा राज्यको प्रशासनिक खर्च ह्वात्तै वढेको वर्तमान अवस्थामा फेरी जिल्लास्तरका संरचनाहरु थपेर राज्यले कस्तो खालको समृद्धि ल्याउन खोजेको हो ? कस्तो खालको समृद्ध नेपालको परिकल्पना गरेको हो ? बुझ्न कठिन भएको छ ।
जिल्लास्तरीय संरचना आवश्यक नै थियो भने पहिले खारेज गर्ने भनी कानुनमा किन लेखियो ? यदि खारेजै गर्नु पर्ने हो भने अहिले आएर किन फेरी यो संरचना थप गर्नु प¥यो ? नेताहरु वा कर्मचारीतन्त्र कसको हो मुख्य योजना फेरी जिल्लास्तरमा बिषयगत कार्यालयहरु ब्यूताउने ? यस बिषयमा खोजी हुनु जरुरी छ । राज्यलाई अनावश्यक भार हुने र स्थानीय तहलाई थप अन्यौलता हुने गरी कुनै पनि प्रकारका संरचनाहरु स्थापना गरिनु हुदैन ।
थप समाचार
हिलाम्य बन्दै धुलाम्य सडकहरु
बडीकेदार गाउँपालिका–५ का खेम मल्ल जिल्ला सदर–मुकामबाट घर जाँदा करीव ४८ किलोमिटर कच्ची बाटोमा जीपको यात्रा गरेर गएका थिए । यात्राका क्रममा सडकबाट उडेको धुलोले उनको अनुहार समेत नचिनिने भएको थियो । तिनै मल्ल गाउँबाट फर्केर फेरी सदरमुकाम आउँदासम्म उक्त सडकमा हिलो हिलो भएका कारण ठाउँठाउँमा गाडी धकेल्दै आउनु प¥यो ।
हिउँद र गर्मीका बेला धुलोले यात्रुहरुको अनुहारै बिगारिदिने सडकहरु बर्षात्संगै हिलाम्य भएका छन् । बर्षात्ले गर्दा ठाउँठाउँमा पहिरो जानुका साथै खोलाहरुमा पानी बढेपछि सडकहरु बन्द हुने क्रम बढेको छ । यातायात चलिरहेका सडकहरुको यात्रा पनि जोखिमपूर्ण बन्दै गएको छ ।
बर्षातले गर्दा कच्ची सडकको यात्रा जोखिमपूर्ण भएको आदर्श गाउँपालिका–३ का खेम पाठक बताउँछन् । उनी भन्छन् ‘कच्ची सडकका खाल्डाखुल्डीमा पानी जमेको छ, नाली नभएका कारण ठाउँठाउँमा सडक भत्किएको छ ।’ हिलोमा गाडी फस्यो भने यात्रुहरुले धक्का लगाउनु पर्ने अवस्था रहेको उनको भनाई छ । उनी भन्छन् ‘यात्रा गर्न पनि डर लाग्छ ।’
बडीकेदार गाउँपालिका–४ का रामवहादुर सार्की जुनी चौतारा देखि गाउँपालिकाको केन्द्र रहेको ठाउँ खड्यौलीसम्मको करीव डेढ घण्टाको बाटोमा आफ्नै मोटरसाईकलमा तीन घण्टा लाएर पुगे । हिलोले लत्पतिएका सार्कीले आउँदै गाउँपालिकाका अध्यक्ष कृष्ण वहादुर चन्दलाई सडकको अवस्थाबारे गुनासो गरे । उनी भन्दैथे ‘कि त बाटो बनाउनै नहुने, बनाउने नै हो भने अलि गतिलो बनाउनु पर्ने ।’ बाटो काट्ने नाममा प्रक्रिया पुरा नगरी जथाभावी काटेर सर्वसाधारणको ज्यान जोखिममा पार्ने काम भएको उनको भनाई छ । ‘बरु बर्षेनी एक÷एक किलोमिटर काट्नुहोस, तर नाली सहित काट्नुहोस्’ उनले गाउँपालिका अध्यक्षलाई सुझाव दिँदै भने ‘जथाभावी सडक काट्ने कार्य रोक्नु प¥यो ।
जिल्लाका तीन दर्जन बढी ग्रामिण कच्ची सडकमा धेरै सवारी साधनहरु आउ जाउ गर्ने दिपायल चवाराचौतारा र दिपायल मेल्लेक सडकको अवस्था पनि उस्तै छ । बर्षात् सुरु भएसंगै गत बिगतका बर्षहरुझैं यस बर्ष पनि भाडा झण्डै दोव्वर हुन थालेको यात्रुहरुको गुनासो छ । बिगतका बर्षहरुमा पनि भाडा बृद्धि भएको गुनासो आउने गरेको थियो ।
बर्षात्को बेला कच्ची सडकमा गाडी गुडाउनु निकै जोखिमपूर्ण कार्य भएको चालकहरु बताउँछन् । ‘सडकमा हिलो भएको हुन्छ, गाडी फस्ने डर हुन्छ’ चालक जनक जोशी भन्छन् ‘यस्तो बाटोमा गाडी चलाउँदा बिग्रिन्छ, पाठपुर्जा टुट्ने डर हुन्छ ।’ बर्षात्ले कच्ची सडकको यात्र थप जोखिम बनाई दिएको छ ।
थप समाचार
राजधानीबारे के भन्छन् डोटीबासी
“हामीले ६४ दिनसम्म लगातार आन्दोलन ग¥यौं, नीजि क्षेत्रबाट यति लामो समयसम्म आन्दोलन गर्दा समेत केही भएन । आन्दोलनलाई राजनीतिक दलहरुले लिड गरेर लैजानु पर्छ भन्ने हाम्रो माग थियो तर उनीहरुबिच सहमति जुटेन, आन्दोलन स्थगन गर्नु प¥यो ।’
७ नं. प्रदेशको राजधानी दिपायल कायम गरिनु पर्ने माग सहित भएको आन्दोलनका नेतृत्वकर्ता डोटी उद्योग बाणिज्य संघका अध्यक्ष नरेन्द्रवहादुर खड्का राजनीतिक दलहरुले नेतृत्व गर्ने आँट नदेखाएका कारण आन्दोलन कमजोर भएको बताए । उनले आन्दोलन समाप्त नभएको बताउँदै भने ‘हामी अहिले पनि आन्दोलनमै छौं, आवश्यक प¥यो भने आफ्नो जन्मभूमिका लागि ज्यान दिन पनि तयार छौं ।’
उनी आफुहरुले एक भव्य एवं सभ्य कार्यक्रममा सवै सांसदहरुलाई राजधानी दिपायल हुनु पर्ने माग सहित स्वागत समेत गरेको प्रसंग उल्लेख गर्दै भन्छन् ‘अव उनीहरुका खुट्टा ढोग्नु जरुरी छैन ।’ उनी कांग्रेसको तर्फबाटका प्रदेश सांसद भरत खड्काले दिपायल राजधानी कायम गर्नु पर्ने प्रस्ताव संसदमा दर्ता गराउन खोजेको तर नेकपा तर्फका सांसदहरुले त्यो प्रस्तावमा हस्ताक्षर नगरेको दावी गर्दै आक्रोस पोख्छन् ।
राजधानी दिपायल हुनका लागि फेरी एक पटक आन्दोलनको आवश्यकता रहेको बताउँछन होटल व्यवसायी संघ डोटीका अध्यक्ष दिपक खड्का उनी भन्छन् ‘आन्दोलन बिचमा छोडेका कारण समस्या भयो ।’
नेपाल चेम्वर अफ कमर्सका डोटी सचिव तेजवहादुर डुम्रेल भन्छन् ‘हालको अस्थायी राजधानी धनगढीमा गएर सवै नेताहरुसंग सम्पर्क समन्वय गर्नु जरुरी छ ।’ सांसदहरुलाई राम्रोसंग आफ्ना कुराहरु राखेर सम्झाउन सके राजधानी दिपायल हुन सक्ने उनको आश छ ।
पूर्व नगर उपप्रमुख तथा नेकपाका नेता प्रेमवहादुर शाह तत्कालीन सरकारले अस्थायी मुकाम तोक्दा गल्ती गरेको बताउँछन् । ‘डोटीलाई अन्याय हुने गरी अविवेकी निर्णय ग¥यो तत्कालीन सरकारले’ उनी भन्छन् ‘अव स्थायी राजधानी तोक्दा थप अन्याय नहुने बातावरण बनाउनु पर्छ ।’ उनी भरत खड्काले दिपायलका लागि प्रस्ताव लगेको भन्ने कुराको खण्डन गर्छन । उनले भने ‘राजधानी दिपायल हुनु पर्छ भनेर भरत खड्काले प्रस्ताव लग्न खोजेको र त्यसमा नेकपाका सांसदहरुले सहयोग नगरेको भन्ने कुरा सरकार गलत हो, झुटा कुरा गरेर जनतालाई गुमराहमा राख्नु हुँदैन ।’ खड्काले प्रतिपक्षको तर्फवाट राजधानी र नामाकरणको बिषयमा छिटो छलफल चलाईयोस भन्ने प्रस्ताव मात्रै लगेको उनको दावी छ ।
नेपाली कांग्रेसका नेता जितवहादुर खड्काले अखण्ड सुदूरपश्चिमको आन्दोलन गर्नु नै कमजोरी भएको बताए । उनले भने ‘६ बर्ष पहिले अखण्ड सुदूरपश्चिमको आन्दोलन गर्दा हामी केही साथीहरुले सात जिल्लाको मात्रै प्रदेश प्रस्ताव गरौं भनेका थियौं, तर अखण्ड भयो ।’ अखण्ड भएका कारण नेताहरुलाई राजधानी सार्ने वहाना मिलेको उनको भनाई छ ।
नेपाली कांग्रेसको तर्फबाट दिपायल सिलगढी नगरपालिकाको प्रमुखका उम्मेदवार बिजय खड्काले डोटीमा लामो समयसम्म आन्दोलन चलिरहँदा पनि नेताहरुले सहयोग नगरेको आरोप लगाए । उनले भने ‘हामी सात पहाडी जिल्लाको यातायात ठप्प गर्ने भनी बुडर गयौं तर त्यहाँका स्थानीयहरुले हामीलाई साथ दिएनन् ।
ठुला नेताहरुसंग सल्लाह भएरै अस्थायी मुकाम धनगढी तोकिएको राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टको दावी छ । ‘स्थायी राजधानी धनगढी वा अत्तरिया बनाउने भनेर सत्ता पक्ष र प्रतिपक्षका बिचमा छलफल भईसकेको छ’ भट्टले भने ‘हाम्रो माग राजधानीको बिषयमा अधिकार सम्पन्न अयोग गठन गरेर आयोगले दिएको प्रतिवेदनका आधारमा टुंग्याउनु पर्छ भन्ने हो ।’
राप्रपा प्रजातान्त्रिकका नेता वहादुर सिंह खड्का आफुले चार बर्ष पहिले नै राजधानी डोटी नवनाउने गरी ठुला दलहरुले षड्यन्त्र गरिरहेको कुरा राखेको बताए । उनले ठुला दलहरुका कारण राजधानी खोसिएको उल्लेख गरे ।
संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष श्रीचन्द्र श्रेष्ठले अव आन्दोलन गरेर जनतालाई दुःख दिनु नहुने वताए । उनले बरु प्रदेश सभामा भएर धर्ना दिने, सांसदहरुसंग अन्तरक्रिया गर्नु पर्ने उल्लेख गरे ।
अधिवक्ता रणवहादुर सिंहले संबिधान अनुसार आयोगको परिकल्पना नभएको हुँदा यस मुद्धालाई राजनीतिक तहबाटै सुल्झाउनु पर्ने वताए ।
मोडल टाउन बनाउने तयारी
धनगढीमा भ्यू टावर सहितको मोडल टाउन बनाउने तयारी भईरहेको छ ।
धनगढी उप–महानगपालिकाले सो विषयमा आईतबार न्यूआईटी भेन्चरका प्रतिनिधि र स्मार्ट सिटी समन्वय समितिसंग छलफल गरेको छ ।
धनगढीलाई स्माट सिटी बनाउने कार्य अन्तरगत मोडेल टाउन निर्माण तयारी भईरहेको धनगढी उप–महानगर–पालिकाका प्रमुख नृपबहादुर वडले बताए । धनगढीमा मोडेल टाउन मात्रै निर्माण गर्न सकियोभ भने भारतीय ग्राहकहरुलाई आकर्षण गर्न सकिने प्रमुख वडको भनाई छ ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भुवन भट्ट लगायतका ब्यक्तिहरुको न्यू आईटी भेन्चरले झण्डै एक अर्व २० करोडको लगानीमा धनगढीमा मोडेल टाउन निर्माण गर्ने तयारी अन्तिम चरणमा पु¥याएको छ । आफुहरु सबै प्रकृयाको अन्तिम चरणमा रहेको आईटी भेन्चरका प्रतिनिधि कमल अधिकारीले जानकारी दिए । उनले भने ‘यो सार्वजनिक नीजि साझेदारीको अवधारणामा निर्माण हुने छ यसका लागि दुई महिनाभित्र शेयर खुला गरिने छ । आईटी भेन्चर जापानमा रहेका प्रवासी नेपालीहरुको कम्पनी हो ।
आईटी भेन्चरका प्रतिनिधि कमल अधिकारीका अनुसार यो झण्डै दुई बिगहाको क्षेत्रफलमा निर्माण गरिने छ । यो टाउन नौ तले र सात तले नौ वटा भवनमा निर्माण गरिने छ । नौ तले भवनको माथी धनगढी नगर हेर्न सकिने गरी भ्यूटावर समेत निर्माण गरिने अधिकारीको भनाई छ । नौ तले भवनमा ब्राण्डेड सोरुम, होटेल, फिटनेस सेन्टर र भ्यूटावर हुने छ बताउँदै उनले भने ‘ सात तले भवनहरुमा परम्परागत प्रविधि, बिज्ञान ल्याव, आवश्यकीय कार्यालय र सेमिनार हल निर्माण गर्ने योजना छ ।’
मोडेल टाउन निर्माणको कार्य २ वर्षभित्र सम्पन्न गरिसक्ने आईटी भेन्चरको योजना रहेको छ । धनगढीलाई स्मार्ट सिटी बनाउने लक्ष अनुरुप मोडेल टाउन निर्माण गरिन थालेको हो । निर्माण स्थलका बारेमा छलफल भईरहेको बताउदै आईटी भेन्चरका अधिकारीले भने ‘बिभिन्न ठाउँमा माटो परीक्षणको नमुना लिएका छौं केहि दिनमै टुङ्गो लगाउँछौं ।
संघीयताको असफलता राजधानी विवाद
राष्ट्रिय जनमोर्चाका केन्द्रीय महासचिव जनराज शर्माले बिभिन्न प्रदेशमा देखिएको प्रादेशिक राजधानी सम्वन्धी विवाद संघीय शासन असफल हुने संकेत भएको बताएका छन् ।
“सैद्धान्तिक रुपमा संघीयता गलत नहोला तर नेपालको संदर्भमा संघीयता उपयुक्त छैन” राष्ट्रिय जनमोर्चाद्वारा सञ्चालन गरेको महंगी, भ्रष्टाचार र संघीयताको बिरुद्धको राष्ट्रिय प्रचारात्मक अभियान अन्तरगत सोमवार जिल्ला प्रशासन कार्यालय, डोटी अगाडी गरेको कोणसभामा बोल्दै महासचिव शर्माले भने “नेपाल जस्तो गरीव मुलुकले संघीयता धान्न सक्दैन ।” उनले संघीयताले जनताको सार्वभौम अधिकार बिभाजन गरेको बताए ।
उनले प्रादेशिक राजधानी तोक्नका लागि सरकारले अधिकार सम्पन्न आयोग गठन गर्नुपर्ने वताए । “प्रदेश सभाको बहुमतको आधारमा राजधानी तोक्दा विवाद बल्झिने हो” उनले भने “यदि अहिलेको संसदले दुई तिहाईको आधारमा राजधानी तोक्यो भने अर्को संसदले उल्टाउने खतरा हुन्छ ।” संबिधानमा प्रदेश सभाको दुई तिहाई बहुमतबाट स्थायी राजधानी तोक्ने भनी तोकेको प्रसंग उल्लेख गर्दै शर्माले संसदको बनोट अनुसार राजधानी सर्दै जाने खतरा रहने बताए । उनले बिज्ञहरुको सहभागिता अधिकार सम्पन्न आयोग बनाईनु पर्ने र आयोगले दिएको प्रतिवेदनको आधारमा राजधानी कायम हुनु पर्ने वताए ।
उनले प्रदेश तहलाई शासकीय होईन प्रशासकीय संरचना बनाउनु पर्ने समेत वताए । “स्थानीय तह र केन्द्रीय तहमा शासकीय संरचना हुँदा ठिकै हुन्छ” शर्माले भने “केन्द्र र स्थानीय सरकारबीच समन्वय गर्नका लागि प्रादेशिक प्रशासकीय संरचना हुनु पर्छ ।” संघीयता खारेज हुनु पर्ने शर्माको माग छ ।
कोणसभामा राष्टिय जनमोर्चा डोटीका सचिव केशवनाथ योगीले अहिले देशमा महंगी र भ्रष्टाचार बढेको भन्दै सरकारको आलोचना गरे । “यो सरकारले कर र महंगी बढाएर जनताको ढाड सेक्ने काम गरेको छ” योगीले भने “भ्रष्टाचार दिन प्रतिदिन बढिरहँदा पनि सरकारले नियन्त्रण गर्ने ठोस् उपाय अपनाउन सकेको छैन ।” उनले सरकारका कारण राष्ट्रियता समेत खतरामा परेको उल्लेख गरे । उनले भने ‘हिजोका दिनमा राष्ट्रियताको चर्को स्वरले वकालत गर्ने केपी ओलीले अरुण तेश्रो भारतलाई सुम्पेर भारतप्रतिको भक्तिभाव सुरु गरेका छन ।’ सचिव योगीले ७ नं. प्रदेशको तराईका जिल्लाहरुमा दिनदिनै अपराधका घटना भएको वताउँदै प्रश्न गरे ‘जनताको सुरक्षा गर्न नसक्ने सरकारले कैलालीमा राजधानी राखे त्यसको सुरक्षा गर्न सक्छ ?’
ऐन कार्यान्वयन गर्न संघीय सरकारनै असफल
जिल्लास्तरीय बिषयगत कार्यालयको अन्यौलता कायमै
करीव दुई करोड नौ लाख रुपैयाँ लागतमा पि एस कन्ष्ट्रक्सनले निर्माण गरेको आफ्नै भवनमा जिल्ला कृषि विकास कार्यालय सरेको एक महिना पनि भएको छैन । उक्त कार्यालय सो भवनमा कति दिन रहला भन्ने अन्यौलता कायमै छ । कृषि विकास कार्यालयको मात्रै कुरा छैन, अन्य सरकारी कार्यालयहरुको पनि अवस्था उस्तै छ ।
नेपालको संबिधान र गत असोज २९ गते जारी भएको स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार जिल्लास्थित अधिकांश बिषयगत कार्यालयहरुको जिम्मेवारी स्थानीय तहमा सरेपछि उव्जिएको बिषयगत कार्यालय सम्वन्धी प्रश्नको अझै हल निस्केको छैन । स्थानीय सरकार सञ्चालन ऐन जारी भएको मितिले ६ महिनाभित्र अर्थात चैत्र २८ गतेसम्म जिल्लास्तरीय बिषयगत कार्यालय खारेज भईसक्नु पर्ने थियो तर संघीय सरकारले मातहतका कार्यालयलाई ठोस् निर्देशन दिन नसक्दा उक्त व्यवस्था कार्यान्वयन हुन सकेको छैन । असार बित्दासम्म पनि खारेज हुने वा रहने भन्ने कुनै टुङ्गो छैन ।
ऐनको दफा १०४ मा “नेपाल सरकारका विषयगत मन्त्रालयले संविधान र यस ऐन बमोजिम गाउँपालिका तथा नगरपालिकालाई प्राप्त अधिकारलाई आधार मानी यो ऐन प्रारम्भ भएको मितिले छ महिनाभित्र आफू मातहतका निकायहरूको सङ्गठनात्मक संरचना पुनरावलोकन गरी गाउँपालिका वा नगरपालिकाको कार्य जिम्मेवारी अनुसार सम्वन्धित निकायको नाममा रहेको सम्पत्ति दायित्व तथा वजेट सम्वन्धित गाउँपालिका वा नगरपालिकामा स्थानान्तरण हुने गरी आवश्यक व्यवस्था गर्नु पर्नेछ ।” भन्ने व्यवस्था छ तर तोकिएको ६ महिना बिति थप तीन महिना बितिसक्दा सरकारले ऐनको उक्त व्यवस्था लागु गर्न सकेको छैन ।
‘दुई जिल्लाको एक ज्ञान केन्द्र रहने भन्ने हल्ला सुनेको छु, तर आधिकारिक खवर अहिलेसम्म केही पनि आएको छैन’ जिल्ला कृषि विकास कार्यालय डोटीका प्रमुख डा तपेन्द्र शाही भन्छन् ‘डडेल्धुरामा ज्ञान केन्द्र राखेर त्यसको सम्पर्क कार्यालय डोटीमा हुने हल्लासम्म आएको छ, बाकी कुरा थाह छैन ।’ उनी हालसम्म न अख्तियारी न निर्देशन केही पनि नआएको बताउँछन् ।
शाहीको जस्तै जवाफ छ जिल्ला भु–संरक्षण कार्यालयका प्रमुख दामोदर ऐरको । उनी भन्छन् ‘डिभिजन राख्ने भन्ने हल्ला सुनेको छु, तर अहिलेसम्म हामीलाई केही पनि खवर आएको छैन ।’ उनी थप्छन् ‘कार्यालय रहने वा नरहने, डिभिजन रहने वा ईकाई हुने, हामीले कहाँ जानु पर्ने हो भन्ने कुनै जानकारी छैन, अन्यौलता छ ।
जिल्ला पशु सेवा कार्यालय डोटीका प्रमुख डा पानसिंह ठुगन्नाले पनि डिभिजन कार्यालय रहने भन्ने सुनेको छन् तर त्यो डिभिजन कहाँ रहने र त्यसको संरचना के हुने भन्ने जानकारी छैन । ‘आज मात्रै सवै जिल्लामा भेटनरी अस्पताल रहने भन्ने कुरा सुने तर आधिकारिक रुपमा कुनै जानकारी छैन ।’ उनी एक दुई दिनमा केही जानकारी आउँछ कि भन्ने आशामा छन् ।
हालसम्म आफुहरुलाई पनि त्यस्तो कुनै जानकारी नआएको सहायक प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेल वताउँछन् । उनी भन्छन् ‘हल्ला बिभिन्न थरीका आईरहेका छन् तर आधिकारिक कुरा एउटा पनि आएको छैन ।’ कार्यालयहरु रहने, नरहने, कस्तो संरचना हुने भन्ने बिषयमा अझै अन्यौलता रहेको पौडेलको भनाई छ ।
जिल्लास्तरीय विषयगत कार्यालयहरु के हुने भन्ने बिषयमा जिल्ला समन्वय समिति पनि अन्यौलमा छ । ‘गत चैत्र २३ गते बिषयगत कार्यालयको सम्पत्ति, दायित्व र वजेट सम्वन्धित स्थानीय तहलाई हस्तान्तरण गर्नु भन्ने परिपत्र आएको थियो’ सोही अनुसार हामीले चैत्र २८ गते औपचारिक कार्यक्रम गरेर हस्तान्तरण पनि गरायौं’ जिल्ला समन्वय समिति प्रमुख रामवहादुर ऐर भन्छन् ‘तर बिषयगत कार्यालयका प्रमुखहरुले बिस्तारै हाम्रो म्याद थपियो भन्दै गए, काम गर्दै गए ।’ म्याद थपिएको आफुहरुलाई आधिकारिक जानकारी नआएको र हस्तान्तरण भईसकेको सम्पत्ति के हुने भन्ने वारेमा पनि आफुहरुलाई कुनै खवर नआएको ऐरको भनाई छ । उनले थपे ‘आईतवार मात्रै हामीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सम्पर्क गरेका थियौं तर उताबाट अझै एक हप्ता लाग्ने भनेका छन् ।’
७ नं. प्रदेश मुख्य सचिव लक्ष्मीराज आचार्य पनि यस बिषयमा स्पष्ट बोल्न चाहदैनन् । ‘प्रदेश मातहत कुन कुन कार्यालय रहने, संघ मार्फत कुन कुन कार्यालय रहने भन्ने बिषयमा केही तयारी भएको छ तर अहिले अहिले मसंग त्यो लिष्ट छैन’ बिम्ब साप्ताहिकसंग टेलिफोनमा कुरा गर्दै आचार्यले भने ‘डिभिजन कहाँ रहने, ईकाई कहाँ रहने भन्ने अध्ययन भएको छ ।’ उनी भन्छन् ‘तपाई मलाई पर्सी फोन गर्नु होला ।’
संघीय ऐन सरकार आफैले कार्यान्वयन गर्न नसक्दा एकातिर कर्मचारीहरु अन्यौलमा रहेका छन् भने अर्कोतिर सेवाग्राहीहरु अव के हुने भन्ने बिषयमा अन्यौल छन् । सरकारको ढिलाईका कारण संबिधान र ऐनले स्थानीय तहलाई दिएको अधिकार समेत खोसिदै गएको छ ।
छोटकरी समाचार
बिपद् व्यवस्थापनमा सरकार गम्भिर भएन
७ नं. प्रदेश सभा सदस्यहरुले विपद् व्यवस्थापनमा प्रदेश सरकार गम्भीर हुन नसकेको गुनासो गरेका छन् ।
आइतबार बसेको प्रदेश सभाको बैठकमा बोल्ने अधिकांश सांसदहरूले प्रदेशमा भएका तथा सम्भाव्य विपद् व्यवस्थापनबारे प्रदेश सरकार संवेदनशील नभएको आरोप लगाए । संसद बैठकमा सत्तापक्ष तथा प्रतिपक्षका सांसदहरूले सरकारले विपद्बाट पीडित तथा प्रभावित जनतालाई राहत महसुस हुने गरी काम गर्न नसकेको टिप्पणी गरे ।
संसद बैठकको विशेष समयमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता रणबहादुर रावलले तराई क्षेत्रमा बाढी तथा पहाडी क्षेत्रमा पहिरोका कारण क्षति व्यहोरेका जनताले अझै पनि प्रदेश सरकारबाट राहत पाउन नसकेको बताए । उनले प्रदेश सरकारलाई जनताले सरकार भएको महसुस हुनेगरी काम गर्न सुझाव दिए ।
नेकपाका सांसद मान बहादुर धामीले विपद्का घटनामा प्रदेश सरकार गम्भीर हुन नसकेको गुनासो गरे । उनले दार्चुलामा नौगाड नदिमा आएको बाढीबाट १० घर पूर्ण रूपमा विस्थापित भएको, दुई अर्ब रुपैयाँ मूल्य बराबारको धनमालको क्षति भएको, विद्यालयमा पठनपाठन ठप्प भएको तथा विभिन्न सडक भत्किदा यातायात अवरुद्ध भएको स्मरण गराए । उनले भने ‘प्रदेश सरकारले दार्चुलालाई बाढीग्रस्त जिल्ला घोषणा गरी विशेष राहतका कार्यक्रम सञ्चालन गर्नुपर्छ ।’
खेल समाचार
तेक्वान्दो टोली दक्षिण कोरीयामा
इन्डोनेसियामा भदौ २ गतेदेखि सुरु हुने १८ औं एसियाली खेलकुदको तयारीका लागि नेपाली तेक्वान्दो पुम्से टोली दक्षिण कोरियाको पुगेको छ ।
काठमाण्डौंबाट शनिवार प्रस्तान गरेको खेलाडीसहितको टोलीमा सात सदस्य छन् । बैदेशिक प्रशिक्षणमा जाने खेलाडी टोलीको पुरुषमा कमल श्रेष्ठ तथा महिलामा पार्वती गुरुङले ३० वर्षमुनि व्यक्तिगत स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । समूहगत पुम्सेमा पार्वती सहित सिना मादेन र निता गुरुङले सहभागिता जनाउने छन् । प्रशिक्षकमा ब्रदीप्रसाद घिमिरे र नोर्बु लामा तथा व्यवस्थापकमा नेपाल तेक्वान्दो संघका सदस्य रामचन्द्र श्रेष्ठ रहेका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले एसियाली खेलकुदमा तेक्वान्दोको सफलता गर्व गर्न लायक भएको बताउँदै इन्डोनेसिया एसियाडमा पनि तेक्वान्दोबाट पदकको धेरै आशा गरिएको बताए । उनले खेलाडीले हासिल गरेको पदक खेलाडीको व्यक्तिगत प्रतिष्ठासंग मात्र नभइ सिंगो राष्ट्रको प्रतिष्ठासंग जोडिने विषय भएकोले खेलाडीले राष्ट्रलाई सम्झेर प्रतिस्पर्धा गर्न आग्रह गरे ।
इन्डोनेसिया एसियाडको तयारीका लागि जाने तेक्वान्दोको पुम्से टोली अन्तिम हो । यसअघि गेरोगीतर्फ प्रतिस्पर्धा गर्ने खेलाडीहरु सिओल पुगिसकेका छन् ।
पहिलो चरणमा सागर गुभाजु, वीरबहादुर महरा, ज्ञानेन्द्र हमाल, अनोज पुजारी, अस्मिता खड्का, निमा गुरुङ र ज्ञानी चुनारा तथा प्रशिक्षक संगीना वैद्य बैशाख २० गते सिओल गएका थिए । त्यसपछि करिब २ साताअघि खेलाडी भुपेन श्रेष्ठ, संगीता बस्याल र निशा रावल तथा प्रशिक्षक दीपक विष्ट सिओल प्रस्थान गरेका थिए ।
बैदेशिक प्रशिक्षणपछि टोली एसियाडमा सहभागी हुन सिओलबाटै अगष्ट २ तारिख इन्डोनेसिया जाने कार्यक्रम छ ।
एसियाली खेलकुदमा नेपालले हासिल गरेको सबैभन्दा ठूलो पदक रजत हो । त्यो सफलता तेक्वान्दोकै सविता राजभण्डारी (हाल अमेरिका) ले १९९८ मा थाइल्यान्डको बैंककमा भएको १३ औं एसियाडमा हात पारेकी थिइन् ।
एसियाली खेलकुदमा नेपालले १९८६ मा दक्षिण कोरियाको सिओलमा भएको १० औं संस्करणदेखि तेक्वान्दोमा नियमित सहभागिता जनाउँदै आएको छ ।
चलचित्र/मनोरञ्जन
“झमक बहादुरको दोश्रो ट्रेलर सार्वजनिक
नेपाली चलचित्र ‘झमक बहादुर’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ ।
चलचित्रको पहिलो ट्रेलर सार्वजनिक हुँदा दक्षिण भारतीय चलचित्र ‘मुम्बई एक्सप्रेस’ को फोटोकपी भन्दै चर्को आलोचना भएको थियो । दोस्रो ट्रेलरले फिल्म कमेडी जनरामा निर्माण भएको प्रष्ट हुन्छ । पैसा र सुनका लागि पात्रहरुको बीचको तनाव र द्वन्द्वलाई ट्रेलरमा देखाइएको छ । यो फिल्ममा अभिनेता शाहीले कान नसुन्ने युवकको भूमिका निर्वाह गरेका छन् ।
निर्देशक भोमन कटुवालले ‘झमक बहादुर’, ‘मुम्बई एक्सप्रेस’ को फोटोकपी नरहेको बताउँदै नितान्त नेपाली परिवेश सुहाउँदो फिल्म रहेको बताएका छन् । सुन तस्करी, लुटपाट र अपहरणलाई फिल्मको मुख्य विषय बनाइएको छ ।
अनुप विक्रम शाही, यादब देपकोटा (सरापे), राजु कमेडी, मिन कुमार तामाङ, कल्याण अधिकारी, सुजाता थापालगायतका कलाकारहरुको अभिनय रहेको फिल्ममा ओम सुनारको संगीत छ ।
राजु किरात राईको द्वन्द्व रहेको फिल्मलाई मिनकुमार तामाङले निर्माण गरेका हुन् । सह–निर्माता कोपिला कुमारी डल्लाकोटी रहेकी छन् । पवन गौतमको छायांकन रहेको यो फिल्म साउन १८ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।
“बाँध मायाले” टीजर सार्वजनिक
अभिनेता आर्यन अधिकारी र पूर्र्विमस नेपाल तथा ’गाजलु’ फेम्ड अभिनेत्री सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘बाँध मायाले’ को अफिसियल टीजर सार्वजनिक भएको छ । टीजरमा आर्यन र सृष्टि बीचको प्रेम, रोमान्स र द्वन्द्व देखाइएको छ ।
सबिर श्रेष्ठ निर्देशित लभस्टोरी फिल्म ‘बाँध मायाले’ असोज ५ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । रामहरी धिताल र विभिषिका श्रेष्ठको संयुक्त लगानीमा बनेको फिल्मबाट किशोर खड्का नव–नायकको रुपमा डेव्यु गर्दैछन् ।
अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ । छायांकन बाबु श्रेष्ठ र द्वन्द्व निर्देशन रोशन श्रेष्ठको छ ।
फिल्ममा आर्यन, सृष्टि र किशोरसँगै राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको अभिनय छ । फिल्ममा सह निर्माताको रुपमा महेन्द्र अधिकारी र केदार धिताल छन् ।
लेख
बामपंथी सरकार ! सम्भावना, चुनौती र अबको बाटो
सुर्य प्रसाद बस्याल
जब देशमा संकट र समस्याहरू हुन्छन्, न्यायप्रेमी मेहनती जनता न्यायोचित परिवर्तन र अधिकारको लागि ज्यानको बाजी लगाएर संघर्षको मैदानमा राष्ट्रको रक्षा र समुन्नतिका लागि आन्दोलन र परिवर्तनका प्रत्येक मोर्चामा आफुलाई समाहित गर्दछन् र आफुले बोकेको बिचारको सफलताको लागि प्रयत्नशिल रहन्छन् ।
जब आन्दोलन सफल हुन्छ उनीहरू परिवर्तनका प्रत्येक मोर्चामा आफुलाई क्रियान्वयन गर्दै नेतृत्व र सरकारसंग समुन्नत, शान्तिपूर्ण र बिकसित राष्ट्रमा आफुलाई उभ्याउन चाहन्छन् । ठिक यस्तै परिस्थिति को सृजना आज एकता द्वारा नव गठित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता, सदस्य शुभचिन्तक र नेपाली आम जनताको मन मष्तिष्कमा भएको छ ।
२००६ सालमा कम्युनिष्ट पार्टीको स्थापनासंगै शुरु भएको नेपाली श्रमजीवी जनताको आन्दोलन यति बेला एउटा ऊत्कर्षमा पुगेको छ । राष्ट्रिय अन्तराष्ट्रिय परिस्थितिको बिश्लेषण र क्रान्तिका तत्कालीन बाटाहरू को बिषयमा मत बिभाजन हुदा नेपाली बामपंथीहरू कहिले एकत्रित् त कहिले बिभाजित हुने गरेको ईतिहास देखि हामी सबै अवगत छौं ।
नेपाली बामपंथी आन्दोलन कहिले बन्दुक बोकेर, कहिले झण्डा बोकेर त कहिले औजार बोकेर हुने गरेको छ । यि सबै अवस्थामा बिचारले महत्वपूर्ण भूमिका खेलेको छ र यो बास्तबिकता हो ।
आज नेकपा एमाले र माओवादी बीच पार्टी एकिकरण भएको छ । यो एकता बिचारको फ्युजन होइन, बिचार को संष्लेषण, बिकास र परिपक्वता हो । किनभने यि दुबै पार्टीको प्रारब्ध एउटै बाटोबाट भएको छ र गन्तव्य समाजबाद, साम्यबाद साझा रहेको छ ।
हामीले नेपाली समाजको चरित्रको बारेमा बुझ्नु पर्ने कुरा के हो भने पुष्पलालले भन्नु भएझै “हामी नेपाली जातीहरु स्वर्गबाट झरेका पनि होईनांै, जमिन बाट टुसाएका पनि होईनौं । न त राजा महाराजाको आशिर्बादले निर्माण भएका हौ ।” हामी नेपाली जातीको निर्माण हाम्रा बिभिन्न भाषा बोल्ने कविला (जनजाति) थिए । उनीहरूले एक थलोमा बसेर सामूहिक उत्पादन शुरु गर्दा भएको हो । त्यसैले हामी बिच बिबिधता र बिबिधताभित्र उत्पादन प्रकृयाले एकता कायम गरेको छ, र हाम्रा बीचमा बेमेलका पक्षहरू बिघटित हुदै मेल का पक्ष संगठित हुदै आएका छन् ।
यति बेला नेपाली समाजले सामान्तबादलाई निषेध गरेको छ र अवशेषहरूको निषेधको निषेध कार्य बाकी छ र त्यो संगठित नभई ब्यक्तिको ब्यबहारमा रहेकोले यो चुनौतीको रूपमा रहेको छैन । संविधान निर्माणसंगै कमजोर बन्दै गएको नोकरशाही पुंजीवादको नेतृत्व २०७४ को आम र स्थानीय चुनावले पराजित गरेको छ र शासन को बागडोर कानुन बदल्न सक्ने हदसम्म २/३ मत सहित बामपंथीहरूको हातमा सुम्पेको छ । राष्ट्रिय भावना जनजनमा ओतप्रोत छ र बिस्ता–रवादी साम्राज्यवादीहरू सुरक्षित ठाउँको खोजि गरिरहेका छन् । यो नेपाली जनताको बलिदान पुर्ण संघर्ष र बिविध जन आन्दोलनहरूको उपलब्धी हो ।
यसो भनिरहँदा अब देशमा नोकरशाही पुंजीवाद, बिस्तारवाद र साम्राज्यवादीहरूको खतरा छैन भन्ने अवश्य होइन । यो हाम्रो समाजमा बिद्यमान छ र त्यसका जराहरू मात्र हल्लेका छन् तर उखेलिईसकेका छैनन् । त्यसैले यस बिरूद्ध संगठित आन्दोलन आज बामपंथीहरू को दायित्व पनि हो ।
साथै जनपक्षीय कार्यद्वारा जन अभिमतको सम्मान र लामो संघर्षको प्रतिफल जनताको घर आँगनमा पु¥याउने र प्रतिफलको संरक्षण गर्न बामपंथीहरू बिच बैचारिक र भावनात्मक एकता आजको अपरिहार्य आवश्यकता हो ।
क.पुष्पलालले संसदीय प्रजातन्त्रमा पनि क्रान्तिकारीहरूको बाहुल्यता भएमा शासनको स्वरूप जनवादी हुने कुरा गर्नु भएको थियो । हामी त आज संघीय गणतन्त्रमा प्रवेश गरिसकेका छौं । त्यसैले शासनको स्वरूप जनवादी बनाउने जिम्मा बामपंथी सांसद, प्रदेश सभा सदस्य र स्थानीय निर्वाचित जनप्रतिनिधिको काधमा पुगेको छ ।
दुई ठुला पार्टीबिच एकता प्रकृया टुङ्गो लागिसकेको ले अबको नीति अन्तरविरोध को बिश्लेषण, लक्षको निर्धारण गर्दै त्यसको क्रियान्वयनमा एकढिक्का भएर अघि बढ्नु र रणनीतिक लक्ष प्राप्त गर्न तिब्र गतिमा अघि बढ्नु आजको आवश्यकता हो । बर्तमान अवस्थामा आईपुग्दा संबिधान मार्फतनै हामीले अधिकांश उपेक्षित बर्ग, समुदायहरूको अधिकार सूचिबद्ध गरिसकेका छौ । शासनमा सहभागीताको ग्यारेन्टी समेत गरिसकेका छांै । जन अधिकारहरू पनि सूचीकृत गरिएका छन् र बामपंथीहरू आफ्ना बर्ग बैरीहरूलाई परास्त गर्दै जनताको अभिमतको बलमा शासनको मालिक भएका छन् । त्यसैले यो पुंजीवादी जनवादी ब्यबस्थाको निर्माण नै हो ।
अब यसको ब्यबहारिक क्रियान्वयन र समाजवाद तर्फको यात्रा तय गर्न बामपंथीहरू बिच बैचारिक ब्यबहारिक एकताको पनि उत्तिकै खाँचो छ । अबको पार्टी र सरकारको मुख्य काम राष्ट्रको समुन्नतिको लागि कृषि, उद्योग, शिक्षा, स्वास्थ्य र मानव संशाधनको क्षेत्रमा आमुल परिवर्तनको खाँचो छ । जसको लागि गाऊँ र गाऊले जीवन पद्धतिको बिकास र उन्नति अपरिहार्य छ । कृषिमा हदबन्दी तोक्ने, चक्लाबन्दीलाई रोक्ने बाझो खेत बारीलाई सरकारद्वारा लिज छुट दिएर भएपनि बिपन्न र निर्वाहमुखी कृषि गरिरहेका परिवारको हातमा पु¥याउने र जमिनको सही र अधिकतम सदुपयोगद्वारा कृषिमा आत्म निर्भर हुन सक्नेछौं ।
अहिले पनि सरकारद्वारा कृषिमा गरिने ठूलो लगानी को फाइदा ठुला र धनी किसान, संस्थागत निबेशकले लिएका छन् र अत्यधिक लगानी दुरुपयोग हुने गर्दछ । एक पटक योजना पास गरेर दिएपछि जाँच र निगरानी नहुँदा ठुलो लगानी लगाएर पनि परिणाम शून्य हुने गरेको छ ।
त्यसैले सरकारले निगरानीतन्त्र र जुर्मानालाई कडाई सँग लागु गर्ने र आधारभूत बर्ग र निर्वाहमुखी कृषकसम्म बिशेषज्ञता र सरकारको संरक्षण र सुविधा पु¥याउन सकेमा खाद्यान्नमा आत्मनिर्भर हुने र खाद्यान्न आयातको ठुलो रकम बचाउन सक्ने छौं ।
त्यस्तै उद्योग र गुणस्तरयुक्त तथा ब्यबसायिक शिक्षा केन्द्र र स्वास्थ्यसंग सम्बन्धित अस्पताल र शैक्षिक संस्थानहरूलाई स्थानीय विकाससँगै जोडेर लान सक्ने हो भने सस्तो सुलभ शिक्षा सेवा र बस्तुको उत्पादन हुन सक्नेछ । यसो गर्दा नेपाली मानव संशाधनको विकास बिस्तार र सहि सदुपयोग हुनेछ ।
जसले पलायनलाई रोक्ने छ । स्थानीय समृद्धिको ढोका खोल्नुको साथै राष्ट्रिय आयमा बृद्धि हुनुको साथै समृद्ध गाउले जीवनमा बृद्धि हुँदा सुविधायुक्त सेवाको कम प्रयोगले आजका आयातित अनावश्यक बस्तुको माग घट्न गई राजस्वमा अप्रत्याशित बृद्धि हुन सक्नेछ र अहिलेको आयात ९४ प्रतिशत र निर्यात ६ प्रतिशत को बर्तमान अवस्थामा परिवर्तन हुने र खर्बाैको राष्ट्रिय सम्पत्ति बचाउन सकिने छ ।
यसको लागि नेकपा र सरकारले नोकरशाही पुंजीवादीहरू, बिस्तारवादी र साम्राज्यवादी लबिसँग सम्झौताहिन योजना लागू गर्ने, निगरानीतन्त्र स्थापित गर्ने बेइमानी, अराजक, र अनियमितताको बिरूद्ध न्यायिक प्रणालीलाई दुरुस्त गर्ने र समुन्नत र समग्र राष्ट्रको सर्वाङ्गीण विकासको लागि योजना बनाएर कार्य गर्न जरूरी छ । हामिले बुझ्नुपर्ने कुरा के हो भने विश्व अहिले झनै पुंजीवादको दलदलमा फसेको छ ।
विश्वका पुंजीपतिहरूको सम्पत्ति प्रति बर्ष १३ प्रतिशतले बढीरहँदा निमुखा जनताको आय १ प्रतिशतले पनि बढ्न सकेको छैन । विश्वको कुल पुंजीको ७३ प्रतिशत सम्पत्ति १ प्रतिशत पुजिंपतिहरूको हातमा रहेको छ । नेपाल पनि यस स्थितिबाट अछुतो छैन । ३० प्रतिशत नेपाली जनता अहिले पनि निरपेक्ष गरिबीको रेखामुनी बाँच्न बिवस छन् ।
टाट पल्टेका उद्योग, बाझो खेतबारी, पलायन हुने बिवश युवा, बढ्दो बेरोजगारी, जमिनको असमान बितरण, द्विशासन, र चक्लाबन्दी हाम्रा बास्तविक आन्तरिक समस्या हुन् । बिलासिताको नाङ्गो होड, ह्रासोन्मुख संस्कृति, अहं र संकिर्ण सोच, बढ्दो आर्थिक बिसमता राष्ट्रको सम्पुर्ण बिकासको लागि चुनौती रहेका छन् ।
छिमेकी मुलुकका बिस्तारबादी नीति, अन्तराष्ट्रिय पुंजीबाद र आर्थिक साम्राज्यवादी नीतिले पनि हाम्रो जस्तो बिकासोन्मुख मुलुकको बैदेशिक सम्बन्ध र नीति मा शक्ति संचय र सन्तुलनको लागि नयाँ नयाँ समस्या, चुनौती र अनुकुलता आईनै रहनेछन् ।
यि सबै अवस्थामा कम्युनिष्ट बिचारको साथै नेपाल र नेपाली जनताको हितलाई सर्वोपरी राखेर अघि बढ्न सकेको खण्डमा नै पार्टीले सफलता हात पार्ने छ ।
नेकपा एमालेले तत्कालीन अवस्थामा अङ्गीकार गरेको “जनताको बहुदलीय जनवाद” र नेकपा माओवादी केन्द्र को “एक्काईसौ शताब्दीको नयाँ जनवा” को समायोजनबाट सफलता र चुनौतीको बिश्लेषण गर्दै राष्ट्रिय पुंजीको विकास र समाजवादसम्म को यात्रा तय गर्ने नीति निर्धारण गर्दै बामपंथी एकता भएको छ ।
समृद्ध नेपाल निर्माण गर्न नेकपाको फराकिलो बैचारिक बाटोमा सम्पूर्ण पार्टी सदस्य, बर्गीय संगठन, शुभचिन्तक र आम जनता एकतावद्ध भएर हिड्दानै नेपाली समाजले रूपान्तरणको समाजबादी नयाँ अध्याय लेख्न सक्नेछ ।
लेखक प्रवासी नेपाली संघ (भारत) केन्द्रीय समिति सदस्य हुन ।
मोफसल पत्रकारिता
हिन्दी चलचित्र ‘नायक’ पत्रकार हुन प्रेरणा दियो
निशा पन्थी (कार्यक्रम प्रस्तोता)
गण्डकी टि भी र फलानो टि भी, कास्की
तपाको परिचय पाउ न !
— म निशा पन्थी, पोखरामा रहेको गण्डकी टि भी र फलानो टि भी को कार्यक्रम प्रस्तोता भएर काम गर्दैछु ।
तपाइलाई पत्रकार हुन के कुराले आकर्षित ग¥यो ?
— सानोमा हिन्दी चलचित्र नायक हेर्दा म पनि यसी नै माईकमा बोल्ने काम गर्छु भन्ने सोचेको थिएँ, बिस्तारै पत्रकारिताप्रति रुची बढ्दै गयो, अनि पत्रकार भए ।
कति समय भयो पत्रकारितामा लागेको ?
— करीव ६ बर्ष जति भयो श्रे
समस्यै समस्याको थुप्रो मानिने मोफसल पत्रकारिता गर्दै हुनुहुन्छ कस्तो अनुभुति गर्नु भयो ?
— जव प्यासनलाई पेशा बनाईन्छ तब त्यहाँ समस्या हैन अवसर देखिन्छ । यो प्रश्नमा सायद “अवसरै अवसरको थुप्रो” भएको भए अझँै सान्दर्भिक हुन्थ्यो होला । मलाई अवसरै अवसर बीच खेलिरहेको महसुस हुन्छ ।
तपाई त महिला पत्रकार, मलाई त पत्रकारिता गर्न झनै गा¥हो छ भन्छन् नि ! कस्तो पाउनु भयो ?
— लिङ्गले पत्रकारिता पेशालाई छुट्याउछ जस्तो मलाई लाग्दैन, पत्रकारको मनमा आँट र परिस्थितिको उच्च बिश्लेषण गर्ने खुबी हुनुपर्छ । एक व्यक्तिले त्यो पेशालाई कसरी लिन्छ भन्ने कुराले फरक पर्छ् । त्यो ब्यक्तिको सोचाईले फरक पर्छ लिङ्गले होइन ।
मोफसलै भएपनि कास्की जिल्ला त व्यस्त एवं विकसित जिल्लाको सूचीमा पर्छ, कसरी बिश्लेषण गर्नु भएको छ, यस क्षेत्रको पत्रकारितालाई ?
— मैले कास्की जिल्ला बाहिर पनि पत्रकारिता गरिरहेकि छु । मलाई चुनौती र अवसर मन पर्छ, व्यस्त र बिकसित सहरमा चुनौती र अवसर कम हुन्छ । असली पत्रकारिताको मज्जा त तब आउछ जब कुनै बिषयबस्तुका लागि हरेक किसिमको समस्यालाई पार गरेर कोही नपुगेको ठाउमा पुगी त्यस बिषयलाई हरेक दर्शक सामु पेश गर्न सकिन्छ । खोज पत्रकारिता साच्चिकै चुनौतीपूर्ण हुन्छ र मज्जा आउछ ।
मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ?
— सरकारले पत्रकारिताको लागि राम्रो सोच र नियम त पहिले नै ल्याईसकेको छ, बस अब त्यसलाई कार्यान्वयन गर्न नीजि संस्थालाई दबाव दिए पुग्छ ।
मोफसलमा काम गर्ने पत्रकारहरुका समस्या समाधानका लागि नेपाल पत्रकार महासंघले कत्तिको भुमिका खेलेको पाउनु भएको छ ?
— म पत्रकार महासंग नेपाल र पत्रकार महासंग कास्की कुनैमा पनि आबद्ध छैन । बाहिरबाट नियालेर हेर्दा पत्रकार महासंगले व्यवसायिक पत्रकारहरु भन्दा पनि बिभिन्न पेशामा आवद्ध भएका व्यक्तिहरुलाई सहायोग गरिरहेको देखिएको छ ।
सञ्चारकर्मीहरुका बैचारिक संगठनहरुले मोफसल पत्रकारका समस्या समाधानका लागि कस्तो भुमिका खेलेको पाउनुहुन्छ ?
— यस्ता गठबन्धनलाई देख्दा एउटा पुरानो उखान याद आउछ ‘दशैँको कुरा गर्न बरजिउ खाए जस्तो हुन्छ’ ।
तपाईको बिचारमा पत्रकारिता के हो ?
— देश विदेश मा भईरहेका कुरालाई आम जनताबीच जस्ताको त्यस्तै पेश गर्नु पत्रकारिता हो । चाहे त्यो समाचार होस् या ष्लायतभलmभलत, या भलतभचतबष्लmभलत कार्यक्रमनै किन नहोस । मेरो बिचारमा पत्रकारिता, राज्य र जनता बिचको एक माध्यम हो जसले खास आम जनताको आवाज ठुला भनौदा र कुर्चीको धाक लगाउने हरुको कानसम्म पु¥याउन मद्दत गर्नु पर्ने हो तर बिडम्बना आज पनि किताबी पत्रकारिता मात्र गरिरहेका छौं ।
५/६ बर्षदेखि पत्रकारिता गर्दै हुनुहुन्छ, कमाई त राम्रो भयो होला नि !
— हाहाहाहा, म त एउटा मोफसलको सानो पत्रकार त्यसैमा पनि सम्बाददाता । तपाई पनि मोफसलमै काम गर्नु हुन्छ, तपाईले कत्तिको कमाउनु भएको छ, त्यसैबाट मेरो कमाईको अनुमान गर्दा हुन्छ ।
नेपालको पत्रकारिता क्षेत्र दिनप्रतिदिन बद्नामित हुँदै गएको छ, पाठक वर्गले समाचारको बिश्वासनीयताप्रति प्रश्न उठाउन थालेका छन, सञ्चारकर्मीहरु पनि गैर कानुनी क्रियाकलापमा संलग्न भएका छन भन्ने आरोप पनि लाग्न थालेको छ, तपाईलाई के लाग्छ ?
— कस्तो व्यक्तिले पत्रकारिता गरिरहेको छ भन्ने कुरामा भर पर्छ । पत्रकरिताको अर्थ बुझेर, समाचारको खोजी गरेर, सन्तुलित बिश्वासनीय र भरपर्दो समाचार बनाउने पत्रकारहरुप्रति आज पनि हर ब्यक्ति आखा चिम्लेर विश्वास गर्छन तर आफुले आफुलाई पत्रकार हँु भन्नेहरुको बोलीप्रति भने साँच्चै प्रश्न उठेको छ । यो समस्या सवै ठाउँमा देखिन्छ । कास्कीमा पनि यस्ता केही व्यक्तिहरु छन् जसले बेला बेलामा यस्ता समस्याहरु ल्याउँछन् ।
तपाई कत्तिको लाग्नु भा छ यस्ता कुरामा ?
— म आज पनि आफुभित्र पत्रकारिताको परिभाषा खोजिरहेको छु । अहिलेसम्म मैले आफुलाई सिकारु पत्रकारका रुपमा लिएको छु । मैले पत्रकार समाजका लागि हुनु पर्छ भन्ने कुरा बुझेकी छु । मैले आफुले म स्वच्छ छु भनेर दावी गर्ने भन्दा पनि यस्ता कुराहरु समाजले मुल्याङ्कन गर्ने बिषय हो ।
कुराकानीमा केही भन्ने पर्ने कुरा छुटे जस्तो लाग्छ की !
— पछिल्लो समयमा कैयौं कतिपय अनुलाई सञ्चारमाध्यमले पत्रकारिताको परिभाषामा प्रश्न उठाईरहेका छन् । आज तपाई पत्रकारितामा मिसिरहेको बिकृतिको बारेमा मलाई प्रश्न सोध्न बाध्य हुनु भएको तपाईको भावना मैले बुझेको छु । सायद आजकल आफुलाई पत्रकार भनौदाहरुले पत्रकरिताको अर्थ बुझेका छैनन् कि जस्तो लाग्छ ।
समय र बिचारका लागि धन्यवाद ।
— तपाइको साप्ताहिकमा मेरो विचार राख्ने ठाउँ दिनु भएकोमा धन्यबाद ।
शिक्षक सेवा आयोगको तयारीका लागि उपयोगी
१. चौधौं योजना अनुसार शिक्षा का लक्ष कति छन ? —३
२. नमुना विद्यालय छनौटका आधार कति छन ? —९
३. नेपालमा कतिवटा लेखाजोखा केन्द्र स्थापना भएका छन ? —६२
४. राणा कालका अन्तिम शिक्षा डाईरेक्टर को हुन ? — मृगेन्द्र समशेर
५. आधारभुत प्रौढ साक्षरता कति अवधिको हुन्छ ? — ६ महिना
६. सबैभन्दा तिब्र विकासको अवस्था कुन हो ? — शैशवाबस्था
७. बहुकक्षा बहुस्तर सबैभन्दा पहिला कुन जिल्लामा लागू भएको हो ? — सिन्धुपाल्चोक
८. त्रिभुवन विश्वविद्यालयका प्रथम उपकुलपतिको हुन ? — शुवर्णसमशेर
९. भिन्न भनेको के हो ? भिन्न शिक्षणको कार्यकलाप लेख्नुहोस ।
— भिन्नलाई निम्नानुसार परिभाषित गर्न सकिन्छ ः
ड्डअंश र हर बराबर नभएको अंकलाई भिन्न भनिन्छ ।
ड्डसिङ्गो बस्तुलाई विभिन्न अंशमा बाड्नुलाई भिन्न भनिन्छ ।
ड्डदुई इन्टिजर्स जुन बरद को रुपमा रहेका हुन्छन् र द को मान कहिले शुन्य हुदैन भने त्यसलाई भिन्न भनिन्छ ।
ड्डभिन्न शिक्षणका कृयाकलापहरु (ठोस, अर्ध ठोस, सांकेतिक चरण अनुसार गर्ने)
१. ठोस चरण ः सिङ्गो आलु देखाउने, सिङ्गो स्याउ देखाउने, सिङ्गो नास्पाती देखाउने र १ को धारणा दिने । आलुलाइ चक्कुले काट्ने र आलुको एक भाग देखाएर सिङ्गो आलुको १ अंशको धारणा दिने ।
२. अर्ध ठोस चरण ः बोर्डमा स्याउको चित्र बनाउने र त्यसको ४ भाग देखाउने । एक भागमा रङ्ग
लगाउने । स्याउको ४ भागलाई स्याउको हर र रङ्गको १ भागलाई अंश भनिन्छ भनेर धारणा दिने ।
३. सांकेतिक चरण ः बोर्डमा १ र ४ लेख्ने जसमा १ अंश र ४ हर हो भनेर धारणा दिने । यसरीनै प्राथमिक तहमा भिन्नको धारणा छलफल र प्रयोगद्वारा ठोस अर्ध ठोस र सांकेतिक चरण मार्फत दिन सकिन्छ ।
१०. पाकिस्तानमा बिद्यालय शिक्षालाई कति तहमा बाडिएको छ ? — ५
११. गोरखा स्कुल हङकङमा अध्ययन गर्ने बिद्यार्थीका निम्ती वि.सं. २०३० सालदेखि खोलिएको एसएलसीको परीक्षा केन्द्र कति सालमा बन्द गरिएको थियो ? — २०५५
१२. जेण्डर शव्दले कुन चाहि अवस्थालाई बुझाउँछ ? — महिला पुरुषवीचको सामाजिक अवस्था
१३. राष्ट्रिय शिक्षा पद्दतिको योजना (२०२८–२०३२) अनुरुप साधारण मावि र व्यवसायिक माविका माध्यामिक तहमा कति कति प्रतिशत व्यवसायिक शिक्षा सिकाउने उद्देश्य राखिएको थियो ?
— साधारण माविमा २० प्रतिशत र व्यवसायिक माविमा ३०÷४० प्रतिशत
१४. माध्यामिक शिक्षा सहयोग कार्यक्रम (२००३–२००८) को उद्देश्य के हो ?
— माध्यामिक शिक्षको समता र पहुँचमा सुधार
१५. राष्ट्रिय पाठ्यक्रम प्रारुप २०६३ ले आधारभुत तहको कति कक्षासम्म उदार कक्षोन्नति क्रमिक रुपमा लागु गर्ने उल्लखे गरेको छ ? — कक्षा १ देखि ७ सम्म
१६. राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९ अनुसार माध्यामिक शिक्षाका सन्दर्शमा नेपाली विषय अन्तरगत संस्कृतलाई कुन रुपमा समावेश गर्ने व्यवस्था हुनु पर्ने सुझाव गरिएको थियो ?
— सहयोगीका रुपमा
१७. किशोरावस्थाको खास विकारात्मक कार्य कुन हो ?
— मातापिता एवं अन्य वयस्कहरुबाट संवेगात्मक आत्मनिर्भरता प्राप्त गर्न
१८. प्राथमिक शिक्षा पाठ्यक्रम २०६३ अनुसार निरन्तर बिद्यार्थी मुल्याङ्कनका लागि कति वटा मापदण्डलाई आधार मान्ने व्यवस्था गरिएको छ ? — ५ वटा
१९. नेपालको संबिधान २०७२ मा व्यवस्था भए वमोजिम कसलाई आफ्नो भाषा, लिपी, संस्कृति, साँस्कृतिक सभ्याता र सम्पदाको संरक्षण र संवद्र्धन गर्ने हक हुनेछ ?
— नेपालमा बसोवास गर्ने प्रत्येक समुदायलाई
२०. शिक्षक सेवा आयोगको अध्यक्ष नियुक्ती गर्ने सिफारिस समितिमा कस(कसको प्रतिनिधित्व रहने व्यवस्था छ ? — लोकसेवा आयोगका अध्यक्ष, त्रिविविका उपकुलपति र शिक्षा सचिव
२१. समुदायद्वारा सञ्चालित बिद्यालय व्यवस्थापन जिम्मा लिने निकायको काम, कर्तव्य र अधिकारमध्ये कुनै एक उल्लेख गर्नुहोस् ।
— बिद्यालयको सुधार गर्न आवश्यकता अनुसार बिशेषज्ञ नियुक्ति गने
२२. शिक्षा नियमावली २०५९ (संसोधन सहित) अनुसार कक्षा ६ देखि १० सम्म सञ्चालन भएको बिदालयमा कम्तीमा कति जना शिक्षक हुनु पर्ने व्यवस्था गरिएको छ ? — ९ जना
२३. शिक्षको नौकरी अवधी गणना सम्वन्धमा कुनै द्विविधा उत्पन्न भएमा त्यस्तो नौकरी अवधी यकिन गरी शिक्षक किताव खानालाई सिफारिस गर्न जिल्लास्तरमा गठित तीन सदस्यीय नौकरी अवधी निर्धारण समितिको अध्यक्ष को हुने व्यवस्था छ ? — जिल्ला शिक्षा अधिकारी
२४. डटपेनको अविष्कार कसले गरेका हुन ? — जोन जे लाउड
२५. नेपाल टेलिकमले कहिलेदेखि प्रिपेड मोवाईल सेवा प्रारम्भ गरेको हो ?
— बि.सं. २०६४ असार २३
२६. चियामा कुन विषालु क्षरिय तत्व हुन्छ ? — पुतली
२७. मानिसले सवैभन्दा छिटो गर्न सक्ने काम कुन हो ? — आँखा झिम्काउनु
२८. जिव्रोको भित्री भागले कुन स्वाद थाह पाउँछ ? — तितो
साहित्य/सृजना
सोच्छ यो मन
सोच्छ यो मन के होला जीवन
भने जस्तो सबै पाए !!!
यस्तो पाए, उस्तो पाए
सोचे जस्तो सबै पाए
सोच्छ यो मन, के होला जीवन
भने जस्तो सबै पाए
बादलुको यात्रामा सधैं
साथी बन्न पाए
हावाको तरङ्गसँगै
बही रहन पाए
फुलको सुबाशमा
रमि रहन पाए
सागरको लहरसँगै
तैरी रहन पाए
मदहोशीमा जीवन
झुमी रहन पाए
५ डलरको लटरीमा
मिलियन डलर पाए
संसारको कुना कुनामा
रमि हिंड्न पाए
जिन्दगी को रहर इच्छा
सबै पुग्न पाए
भाग्यमानी जीवनमा हामी
सपना देख्ने त सामर्थ छ
सपना देख्ने पनि सपना देख्ने
करोडौंको मुहारमा मुस्कान ल्याउन पाए
यस्तो पाए, उस्तो पाए
सोचे जस्तो सबै पाए
सोच्छ यो मन, के होला जीवन
भने जस्तो सबै पाए
ज्योति मिश्र
दिन्छ हावाले
दिन्छ हावाले
रईबार कैले कैले
लिन्छौ मेरो नाम
तिमी कैले कैले,
उमँगलाई मेरो तिमीले
खुब संगसार ग(यौ
गर्छौ संझना आफ्नै सरारत
साँझ बिहान कैले कैले,
खेल अरुको भावनासँग
जती सम्म सक्छौ
तर राख ध्यानमा यती कि
ल्याउनेछ नराम्रो परीणाम
तिम्रो त्यसले कैले कैले,
संसारको भिडमा प्राय
हराइ दिने गरेकी छु
अंजान लाग्न थाल्छन
मुहारहरु लाखौं कैले कैले,
दिन्छ हावाले
रईबार कैले कैले
लिन्छौ मेरो नाम
तिमी कैले कैले !!
प्रनिता शाही
सूचना/सन्देश/बिज्ञापन
मालपोत कार्यालय डोटीबाट जारी गरिएको हकदावी सम्वन्धि ३५ दिने सार्वजनिक सूचना
प्रथम पटक प्रकाशित मिति : २०७५/३/२८
जिल्ला डोटी के.आई.सिंह गा.पा.वडा नं. ६ साविक भुमिराजमाण्डौं गा.वि. स. वडा नं.८ स्थित कि.नं.५६१ ऐ.वडा नं.९ कि.नं.१७३, २८७, ३५८ को पुरै घरजग्गाहरु हरपालको नाती मेगरेको छोरा काले दमाईको नाउँमा नापनक्सा भई जग्गाधनी प्रमाण पुर्जा कायम भएकोमा जग्गाधनी काले दमाईको नेपाली नागरिकताको प्रमाण पत्रमा नाम ः लाले दमाई बाबु ः गङ्गो दमाई हुन गई जग्गाधनीको नाम र बाबुको नाम फरक पर्न गएको भएतापनि ति दुबै अलग अलग नाम, भएका व्यक्ति फरक फरक व्यक्ति नभई एउटै व्यक्ति के.आई.सिंह गा.पा.वडा नं. ६ साविक भुमिराजमाण्डौ गा.वि.स. वडा नं. ८ बस्ने हरपालको नाती गङ्गो दमाईको छोरा लाले दमाई भएकोले ने.ना.प्र.प. बमोजिम जग्गाधनीको नाम, बाबुको नाम संसोधन गरी पाउँ भनी के.आई.सिंह गा.पा. वडा नं. ६ साविक भुमिराजमाण्डौं गा.वि.स.स्थित जग्गाधनी प्रमाण पुर्जा, मालपोत बुझाएको रसिद, के.आई.सिंह गा.पा.वडा नं. ६ को कार्यालय डोटीको च.नं.१०६ मिति ः २०७४÷१०÷२९ को किटानी सिफारिस पत्र, नेपाली नागरिकताको प्रमाण पत्र, आदि प्रमाणहरु साथै राखी मिति २०७५÷३÷२६ मा यस कार्यालयमा निवेदन दावी गर्नु भएकोले हकदावी सम्वन्धी यो सूचना प्रकासित गरिएको छ । उक्त जग्गा सम्वन्धमा कुनै कसैको हकदावी पुग्ने भए वा निवेदकको माग दावी वमोजिम जग्गाधनीको नाम र बाबुको नाम संसोधन गर्न नपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले वाटोको म्याद वाहेक ३५ दिनभित्र आफुसँग भएका सक्कल प्रमाण साथ कार्यालयमा उजुर दावी गर्न आउनु होला अन्यथा म्यादभित्र कुनै कसैको उजुरी दावी नपरे नियमानुसार भइ जाने व्यहोरा यसै सूचनाद्वारा जानकारी गरिन्छ ।
No comments:
Post a Comment