Tuesday, March 26, 2019

बिम्ब साप्ताहिक, २०७५ साल चैत्र १२ गते

लागू औषध सेवनले मानिसको शारीरिक र मानसिक स्वास्थ्य बिग्रन्छ, धन सम्पतिको वर्वाद गर्दछ, यसको प्रयोगबाट आफू, परिवार, समाज र राष्ट्रलाई नै अपुरणीय क्षति पुग्ने हुँदा यस्ता पदार्थ देखि टाढा रहौं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

मन्त्री सुवेदी भन्छन् ः सामाजिक कुरीती अन्त्य हुनुपर्छ

सुदुरपश्चिम लाई सामाजिक कुरीतीका रुपमा चिनाउन नहुने प्रदेश सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीले बताएका छन् ।
“सामाजिक कुरुतीको रुपमा रहेका छाउपडी प्रथा, बालबिवाह, लैंगिक हिंसा, लैंगिक विभेद, जातीय बिभेद सवै हाम्रै प्रदेशमा छन् भन्ने सन्देश  देशभरी गएको छ” दिपायल सिलगढी नगरपालिका–८ नारी दाङमा रहेको चौखान माध्यामिक विद्यालयको नवनिर्मित दुई कोठे भूकम्प प्रतिरोधी भवनको उद्घाटन गर्दै मन्त्री सुबेदीले भने ‘अव हामीले यस्ता कुरीतीहरु भएको क्षेत्र भन्ने पहिचान मेटाउनु पर्छ ।’ यो कुरीती रहेको क्षेत्र हो भन्ने पहिचान समाप्त गर्न सवैले कुरुती विरुद्ध लड्नु पर्ने मन्त्री सुवेदीले वताए । 
उनले कुरीतीहरु बिरुद्ध सामाजिक सशक्तिकरण कार्यक्रमहरु सञ्चालन गर्न आफ्नो मन्त्रालयबाट योजना वनाउने वताए । मन्त्री सुवेदीले सुदूरपश्चिम प्रदेशको समग्र विकासका लागि प्रदेश सरकार सक्रिय रुपमा लागिरहेको वताए । उनले भने ‘अव हामी कुरीतीको प्रदेशका रुपमा होईन समृद्ध प्रदेशको रुपमा आफ्नो पहिचान वनाउने छौं, त्यसका लागि हामी सवैले लाग्नु पर्छ ।’ उनले डोटीको विकासका लागि प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने वताए ।
दिपायल सिलगढी नगरपालिकाको सहकार्यमा सामुदायिक बिकास केन्द्र डोटी र गुड नेवर्स ईन्टरनेशनल नेपालले निर्माण गरेको उक्त भूकम्प प्रतिरोधी भवन अपाङ्गमैत्री र बालमैत्री नमुना भवनको रुपमा निर्माण गरिउको सामुदायिक विकास केन्द्र डोटीका अध्यक्ष हेमराज जोशीले  जानकारी दिए । भवनको कुल लागत ३१ लाख, २३ हजार नौ सय छयानब्बे रहेको छ । 
पहाडी जिल्लामा १६ एम्वुलेन्स आउने 
मन्त्री सुवेदीले सुदूर–पश्चिम प्रदेशका सात पहाडी जिल्लाहरुमा प्रदेश सरकारले १६ एम्वुलेन्स उपलव्ध गराउने जानकारी दिएका छन् । 
शनिवारै डोटी जिल्ला अस्पतालमा पाठेघर खसेका महिलाहरुका लागि निशुल्क शल्यक्रिया तथा सामान्य शिविरको उद्घाटन गर्दै मन्त्री सुदेवीले पहाडी क्षेत्रका प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रमा एक÷एक एम्वुलेन्स उपलव्ध गराउने   वताए । ‘प्रदेश सरकारले सुविधा सम्पन्न एम्वलेन्स खरीदको प्रक्रिया समेत अगाडी बढाएको थियो तर नेपाल सरकारले भन्सार छुटका लागि अनुमति नदिएकाले केही ढिलाई भएको छ’ मन्त्री सुवेदीले भने ‘अलि ढिलो भएपनि हामी एम्वुलेन्स बितरण गर्छौं ।’ 
दिपायल सिलगढी नगर–पालिकाको आयोजना र शैलेश्वरी अस्पताल प्रालीको सह आयोजनामा शनिवारदेखि सञ्चालन भएको उक्त शिविर १२ गतेसम्म चल्ने दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले जानकारी दिईन । उनले भनिन् ‘नगर क्षेत्रको स्वास्थ्य अवस्थामा सुधार ल्याउनका लागि नगरपालिकाले बिभिन्न क्रियाकलापहरु गरिरहेको छ ।’

सम्पादकीय 

कालोमोसो काण्ड

आईतवार दिउसो करीव १.३० वजे एक महत्वपूर्ण एवं खेद्जनक घटना भयो । शिक्षा विकास तथा समन्वय ईकाई डोटीका प्रमुखलाई कालोमोसो लगाईयो । भ्रष्टाचार गरेको आरोपमा उनलाई कालोमोसा लगाईयो । कानुन हातमा लिएर गरिएको यो हर्कत कानुनी रुपमा सही होईन । कुनै अपराधी वा आरोपीलाई कारवाही गर्ने यो तरिका पनि आपराधिकै हो । 
हो, लगाईएका आरोपहरुमध्ये थुप्रैमा सत्यता छ । सम्वन्धित निकायले  त्यसको खोजी गर्नुपर्छ । पटक पटक अपराध गरेको, अनियमितता गरेको आरोपहरु आईरहँदा पनि सम्वन्धित निकाय मौन बस्नुले पनि अपराधी बचाउने नियत सर्वत्र छ भन्ने देखिन्छ । सार्वजनिक ओहदामा बसेका व्यक्तिहरुले पदको दुरुपयोग गरेर अकुत सम्पत्ति आर्जन गर्ने व्यक्तिलाई कानुनी रुपमा कारवाही गर्नु पर्छ । तर, आपराधिक क्रियाकलापद्वारा कसैलाई दण्डित गरिनु हुँदैन । 
हुन त डोटीका लागि यो नौलो घटना होईन । साविकको जिल्ला प्राविधिक कार्यालयका प्राविधिक, खप्तड क्षेत्र पर्यटन विकास समितिका निर्देशक, क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालयका प्रमुख, जिल्ला मालपोत कार्यालयका प्रमुख, शिखर नगरपालिकाका कृषि ईकाई प्रमुखलाई यस्तै व्यवहार भएको छ । यि घटनाहरुमध्ये केही घटनाहरुमा जिल्लाको राजनीतिक नेतृत्वले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । कुनै सवालमा कसैलाई कालोमोसो दल्ने जस्तो अपराध न्याय हुने र कुनै सवालमा त्यही अपराध अपराध हुने दोहोरो मापदण्ड राम्रो मान्न सकिदैन । यस बिषयमा पनि बहस हुनु जरुरी छ । 
अपराध अपराध नै हो, जहिले, जतिवेला पनि त्यसको परिभाषा अपराध नै हुन्छ । यदि कसैले अपराध गरेको छ भने त्यसको बिरुद्धमा आवाज उठाउनु पर्छ । अपराधीको कुनै जात, धर्म हुँदैन, उसको एउटै धर्म हो, एउटै जात हो, एउटै पार्टी हो, एउटै विचार हो त्यो हो अपराध । अपराधीलाई कसैले पनि जोगाउने, बचाउने वा सहयोग गर्ने कुनै पनि क्रियाकलाप हुन्छन् भने या त त्यो अपराधको हिस्सेदार हुन्छ या फेरी मतियार हुन्छ । 
एउटा घटना हुँदैमा कसैले अत्तालिनु पर्ने, छट्पटाउनु पर्ने, दुःखी हुनु पर्ने वा डराउनु पर्ने कुनै कारण छैन । आफु यदि सही छ भने कुनै पनि प्रकारको भ्रष्टाचार हुँदैन । यदि भ्रष्टाचार भएको छैन भने कसैले पनि निर्दोश मान्छेलाई कारवाही गर्ने हिम्मत   गर्दैन । दोषीहरुले डराउनु पर्छ, उनीहरुमा भय हुनुपर्छ तर त्यो भय कानुनी भय हुनु पर्छ, कानुन बिपरित भय होईन । 
पहिलो कुरा भ्रष्टाचारको अन्त्य गर्नका लागि पहल गर्नु जरुरी छ । भ्रष्टाचारी कुनै पनि हालतमा “राम्रो र हाम्रो” दुवै हुँदैन । त्यसैले आगामी दिनहरुमा पनि यस्ता दुर्घटनाहरु हुन नदिन हामी सवैले आ–आफ्नो तर्फबाट प्रयास गर्नु पर्छ । जिल्लाको बेईज्जत हुने गरी भएका यस्ता क्रियाकलापहरुलाई रोक्नु पर्छ । आगामी दिनहरुमा कुनै पनि राष्ट्रसेवकमाथी यस्ता अमानवीय क्रियाकलापहरु हुनु हुँदैन भन्ने कुराको ग्यारेण्टी हुनु जरुरी छ । 
यसको अर्थ यो होईन कि राष्ट्रसेवकहरुलाई भ्रष्टाचार गर्दै हिड्न हुने अनि डोटेली जनताले चुपचाप लागेर बसिरहनु पर्ने । जहाँ अन्याय हुन्छ त्यहाँ प्रतिकार अवश्य पनि हुन्छ भन्ने कुरा बुझ्नु जरुरी छ । जे भएको छ, त्यो अपराध हो, यस्तो अपराध अव दोहोरिन नदिने गरी कारवाही हुनु पर्छ र हाम्रा व्यवहार पनि, हाम्रा वानी पनि त्यस हिसावले अगाडी बढ्नु जरुरी छ । अन्यथा सधैंभरी घटना भईरहने, कालोमोसो लाग्ने र सार्वजनिक मुद्धा चल्ने, वारण्ट जारी गर्ने, फेरी एउटा घटना सेलाउने, अर्को घटना हुने, यस्तायस्तै बिषयहरुले प्राथमिकता पाउनेछ । जहिले पनि जिल्ला विवादित भईरहनेछ । 

थप समाचार 

शिक्षा ईकाई प्रमुखलाई कालोमोसो

डोटीको शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख अनन्त कुमार पौड्याललाई कालोमोसो लगाइएको छ । 
आईतवार दिउसो करीव डेढ वजेतिर युवाहरुको एक समूहले प्रमुख पौड्याल कार्यकक्षमै गएर कालोमोसो लगाएका हुन । बिद्यालय शिक्षा परीक्षा (एसइई) को अनुगमन गरी दिउसो कार्यकक्षमा रहेका पौड्याललाई १०÷१२ जनाको एक समूहले कालोमोसो दलेको हो ।
कालोमोसो दले लगत्तै नेपाल बिद्यार्थी संघका कार्यकर्ताहरुले प्रेस बिज्ञप्ती जारी गर्दै शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख पौड्यालले अनियमिता गरेको कुरा सार्वजनिक गरेका छन् । बिद्यालयका भवन निर्माण, मर्मत र शौचालय निर्माणका योजना बाड्दा पौड्यालले १० प्रतिशत कमिसन खाएर मात्रै बाँडने    गरेको, बिद्यालयको अधिकार क्षेत्र मिचेर करार शिक्षकहरु नियुक्त गर्ने गरेको, करार शिक्षक नियुक्त गर्दा कमिसन खाई प्रश्नपत्र समेत आउट गर्ने गरेको प्रेस बिज्ञप्तीमा आरोप लगाईएको छ । 
यस्तै अस्थायी, करार शिक्षकहरुको म्याद थप गर्दा उठेको राजश्व अनियमित खर्च गर्ने गरेको, वढुवा हुने शिक्षक संख्या लुकाएको र बिद्यालय शिक्षा परीक्षाका लागि केन्द्राध्यक्ष छनौट गर्दा योग्यता क्षमताको आधारमा नगरी राजनीतिक कोटाका आधारमा छनौट गरेको आरोप बिज्ञप्तीमा लगाईएको छ । 
नेबिसंघ पूर्व आमन्त्रित केन्द्रीय सदस्य बिजयराज ओझा लगायतका कार्यकर्ताहरुद्वारा हस्ताक्षरित उक्त बिज्ञप्तीमा पौड्यालले कमिसनको रकम जम्मा गर्नका लागि चन्द्रामाया कोईराला र अरुण पौड्यालको बैङ्क खाता नं. बिद्यालयका प्रधानाध्यापकहरुलाई बितरण गर्ने गरेको आरोप लगाईएको छ । उक्त आरोप पुष्टी गर्न बिज्ञप्तीसंगै पौड्यालले आफ्नो मोबाईलबाट पठाएको म्यासेज समेत टाँस गरिएको छ । 
बिज्ञप्तीमा भनिएको छ ‘यस बिषयमा डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुदेवी–लाई पटक पटक जानकारी गराउँदा समेत कुनै सुनुवाई नहुनुले भ्रष्टाचारको जालो चारैतिर फैलिएको कुरा प्रष्ट छ ।’ उक्त कार्यालयमा भईरहेको अनियमितता छानविन गरी दोषीमाथी कारवाही गर्न दवाव दिन बिज्ञप्ती मार्फत सञ्चार जगत र सचेत नागरिकलाई आग्रह गरिएको छ । 
प्रमुख जिल्ला अधिकारी लाई कालोमोसो लगाएको कुरा प्रमुख जिल्ला अधिकारी सुवेदीले पुष्टी गरेका छन् । उनले बिज्ञप्तीमा उल्लेख गरेजस्तो आफुलाई कसैले पनि शिक्षा विकास तथा समन्वय ईकाइमा अनियमितता भइरहेको बारेमा जानकारी नगराएको वताए । “शिक्षक छनौटमा अनियमितता भएको भन्ने बिषयमा बिजय जी (बिजयराज ओझा) ले कुरा गर्नु भएको थियो, त्यस बिषयमा हामीले दुवै पक्षलाई राखेर छलफल गरेका थियौं, त्यसको रिजेल्ट अहिलेसम्म पनि सार्वजनिक भएको छैन” प्रमुख जिल्ला अधिकारी सुदेवीले भने ‘त्यसभन्दा बाहेक अरु कुनै लिखित वा मौखिक जानकारी आएको छैन ।’ 
घटनाको बिषयमा थप अनुसन्धान भईरहेको जिल्ला   प्रहरी कार्यालय डोटीले   जनाएकाके छ । 

कालोमोसो प्रकरण ः प्रजिअलाइ ज्ञापन

शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख अनन्त कुमार पौड्यालमाथी भएको अभद्र ब्यवहारको बिभिन्न संगठनले आपत्ति जनाएका छन । कार्यकक्षमा काम गरिरहेको बेला प्रमुखमाथी भएको घटनाको सम्बन्धमा प्रेस बिज्ञप्ती जारी गरेर दोषी माथी कडा कारवाहीको माग गरेका छन ।
घटनाका सम्बन्धमा डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीलाई भेट्न गएको शिक्षकहरुको एक टोलीले दोषीलाई कानुनी कारवाहीमा नल्याए कडा संघर्षका कार्यक्रम तय गर्ने बताएको छ । कार्यकक्षमै यस्तो दुरब्यवहार गर्नुले कुनै पनि कर्मचारी सुरक्षित नभएको स्पष्ट भएकोले दोषी कुनै पनि बहानामा उम्किन नहुने नेपाल शिक्षक महासंघका सह–अध्यक्ष बलबहादुर बिष्टले बताए ।
नेपाल शिक्षक महासंघका सह–अध्यक्ष बलबहादुर बिष्ट, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष गणेशबहादुर कठायत र एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष रामबहादुर ऐरद्वारा  जारी बिज्ञप्तीमा कपोकल्पित, भ्रामक तथा नितान्त पूर्वाग्रह साँध्नका लागी यस्तो घटना गरिएको उलेख्ख गरिएको छ ।
कानुन हातमा लिएर आफ्नो तालुकदार अड्डाका प्रमुखमाथी भएको अमानवीय ब्यबहार सह्य नहुने नेपाल      राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष गणेशबहादुर कठायतले बताए ।    
त्यसैगरी, उक्त घटना अमानवीय ब्यवहार भएको बताउँदै कर्मचारी मिलन केन्द्र डोटीले पनि प्रेस बिज्ञप्ती जारी     गरेको छ । एसईइ जस्तो महत्वपुर्ण परिक्षाको जिम्मेवारी प्रमुखमाथी रहेको बेला यस्तो घटना गर्नु दुःखद् घटना भएको कर्मचारी मिलन केन्द्रका सचिब सुरेश   रोकायाले बताए ।
त्यसैगरी शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले पनि घटनाका सम्बन्धमा बिज्ञप्ती गरेको छ । मन्त्रालयका प्रबक्ता बैकुण्ठप्रशाद अर्यालले जारी गरेको बिज्ञप्तीमा भनिएको छ ‘लामो समय निजामति शिक्षाका क्षेत्रमा महत्वपूर्ण र ईमान्दारितापूर्वक काम गरेका उप–सचिब माथी भएको यस घटनाको आपत्ति ब्यक्त गर्दछौँ ।
दोषी कुनै पनि हालतमा उम्कन नपाउने डोटीका प्रमुख जिल्ला अधिकारी यादब सुबेदीले बताए । गैर कानुनी तथा अमानवीय दुब्र्यवहार गर्ने उश्रृंखल समूहलाई जसरी पनि कारवाही हुने सुबेदीले बताए ।
घटनामा संलग्न बिजयराज ओझा, प्रबिण उपाध्याय, रमेश बिक्रम खड्का र प्रकाश ठकुल्लाका बिरुद्धमा सार्बजनिक नैतिकता बिरुद्धको कसुरमा मुद्धा दर्ता भईसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक बिद्यानन्द माझीले बताए ।

खप्तड पर्यटन महोत्सबको हुने

डोटी उद्योग बाणिज्य संघ डोटीले जेठ २५ गते देखि खप्तड पर्यटन महोत्सवको आयोजना गर्ने भएको छ । 
संघले सोमवार उक्त जानकारी दिएको हो । माघ २५ गते देखि फागुन ७ गते सम्म सञ्चालन भएकोे सुदूरपश्चिम प्रादेशिक महोत्सव, २०७५ को आय ब्यय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा जेठ २५ देखि असार २ गते सम्म महोत्सव लाग्ने वताएको छ । 
पत्रकार सम्मेलनमा प्रादेशिक महोत्सवमा ४० लाख ८३ हजार आम्दानी भएको र ४० लाख ७२ हजार सात सय ३८ खर्च भएको जनाएको छ । महोत्सवमा टिकट बिक्री बाट १६ लाख, ५० हजार पाँच सय आम्दानी भएको । यस्तै सबैभन्दा कम सहयोग स्वरुप केही कार्यालयबाट प्राप्त भएको छ । त्यसैगरी सबै भन्दा बढी खर्च कलाकारहरुलाई पारिश्रमिक बाफत १३ लाख ८५ हजार ५० रुपमा खर्च भएको समेत संघले सार्वजनिक     गरेको आय ब्यय बिबरणमा उल्लेख छ । 
बिबरणकै आधारमा हेर्दा प्रस्ताबित भुक्तानी पाउन बाँकी रकम १९ लाख २० हजार देखाईएको छ । उल्लेखित रकम प्राप्त भए संघलाई महोत्सवबाट सम्पूर्ण खर्च कटाएर १० हजार दुई सय ६२ रुपयाँ फाईदा हुने देखिन्छ ।
‘कृषि पर्यटनको बिकास र प्रवद्र्धनका लागि उद्योग वाणिज्य संघले महोत्सवको आयोजना गरेको संघका अध्यक्ष मोहन बहादुर कलेलले बताए । उनले भने ‘डोटीमा कृषि, धार्मिक पर्यटनको प्रचुर सम्भावना छ त्यसको प्रवद्र्धनमा हाम्रो सधैं जोड रहन्छ ।’ उनले महोत्सव सफल पार्नमा मिडियाको अहम् भूमिका रहेको र आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्दै सहयोगी सबै निकायलाई धन्यवाद ज्ञापन गरे । 
डोटी जिल्ला सम्भावनाको खानी हो यसको बिकास र प्रचार प्रसारमा सबैले जोड दिनु पर्ने उद्योग वाणिज्य संघ डोटीका महासचिव दिपक खड्काले बताए । उनले भने ‘हामी डोटीमा पर्यटकहरु भित्राउने नयाँ नयाँ उपायहरु अबलम्बन गरिरहेका छौ, पर्यटकीय क्षेत्रमा होटल ब्यापार ब्यवसायलाई पनी ब्यवस्तित गर्न लागिरहेका छौ आशा अब केही बिकास हुन्छ ।’
डोटीमा रहेका सम्भावनाहरुको खोजी गरी उजागरमा उद्योग वाणिज्य संघको लामो समयदेखिको प्रयास रहेको संघका निवर्तमान अध्यक्ष नरेन्द्र खड्काले बताए । उनले भने “डोटीको बिकासमा हाम्रो सधै जोड रहन्छ । साविकको क्षेत्रीय सदरमुकाम रहेको डोटी हाल प्रादेशिक राजधानी धनगढी जादाँ पनि डोटी राजधानीको सवाल सधै बहसको विषय बन्ने छ ।” 
डोटीमा उद्योग बाणीज्य संघ र नेपाल चेम्बर अफ कमर्शले  जिल्लामा दुई ओटा छुट्टाछुट्टै महोत्सवको आयोजना गर्नु भन्दा मिलेर एउटै महोत्सवको आयोजना गर्न सके थप प्रभावकारी हुने नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति सदस्य रामहरी ओझाले बताए ।

डोटीका प्रजिअ भन्छन् ः आफ्नो गाउँ आफै वनाउँ

गणेश मौनी/डोटी
चैत्र १०
डोटीका प्रमुख जिल्ला अधिकारी यादब सुबेदीले आफ्नो गाउँ आफै बनाउन जोड दिएका छन् ।
नेपाल प्रहरीले देशभरमा संचालनमा ल्याएको समदाय प्रहरी साझेदारी अभियान कार्यक्रम अन्र्तगत सामुदायीक प्रहरी सेवा केन्द्रले शुक्रबार पुर्विचौकी गाउँपालिका–५ काडामाण्डौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रजिअ सुवेदीले आफ्नो गाउँ आफै बनाए मात्र विकास सम्भव रहेको बताए । प्रहरी प्रशासनले समय समयमा विभिन्न कार्यक्रम तथा अभियानहरु मार्फत लैङ्गिक हिंसा, छाउपडीको अन्त्य, बालबिबाहको अन्त्य, अपराधिक गतिविधिको अन्त्य गरी शान्त समाज निर्माणमा अहम् भूमिका रहेको प्रजिअ सुबेदीले बताए । “आफ्नो गाउँ बनाउने जिम्मा तपाईहरुकै नै हो” सुवेदीले भने ‘बाहीरबाट आएर तपाईको गाउँ बनाउदैनन्, बाहिरबाट आउने जो कोहीले त जनचेतना दिने हो, गर्ने उपाय सिकाउने हो, बाटो देखाउने काम मात्र हो कार्यान्वयन गर्ने तपाईहरुले हो । जतिवेला सम्म तपाईहरु सिकेका कुराहरु ब्यवहारमा लागु गर्नु हुन्न तब सम्म समाज परिवर्तन सम्भव छैन् ।’ 
सामाजिक कुप्रथामा छाउपडी अली बढी समस्याको रुपमा रहेको भन्दै यसको अन्यका लागि पनि योजना सहित अघाडी बढ्नु पर्ने समेत उनले बताए ।
नेपाल प्रहरीले संचालन गरेको समुदायक प्रहरी साझेदारी कार्यक्रमले समाजमा हुने अपराधिक गतिविधी  न्यूनिकरणमा सहयोग पुग्दै आएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले बताए । उनले भने ‘हाम्रो अभियान जिल्लाभरी निरन्तर जारी छ, अभियानमार्फत आफुहरुले महिला हिंसा, बाल बिबाह, लैङ्गिक हिंसा, छाउपडी प्रथा लगायतका विषयबस्तुमा जनचेतना जगाउदै आएका छौं ।’ यस अभियानलाई सफल पार्न स्थानीयबासीको सहयोग आवश्यक भएको भन्दै माझीले भने ‘तपाईहरुको सहयोग बिना यो सम्भव    छैन ।’ 
समुदायमा हुने अपराधिक गतिविधीलाई न्यूनिकरण गर्न सहयोग पुगोस भन्ने हेतुले जनताको घरदैलोमा गएर विभिन्न कार्यक्रमहरु गर्दै आईरहेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक लाल बहादुर धामीले बताए । उनले भने ‘समाजमा शान्ति स्थापना गर्न, धरेलु हिसां, महिला हिंसा लगायतका बिकृति बिसंगतिहरुको अन्त्यका लागि समुदाय, विद्यालयसंगै मिलेर जनचेतना मुलक कार्यक्रमहरु गर्छौं । यस अभियानलाई सफल पार्न सबैको जिम्मेबा–री रहेको समेत धामीले बताए ।
चेतनामुलक अभियान संचालन गर्दा सामाजिक परिवर्तमा सहयोग पुग्ने पुर्विचौकी गाउँपालिकाका अध्यक्ष दिर्घ बोगटीले बताए । ‘हाम्रो समाजमा रहेका केही त्यस्ता सामाजिक कुरुतीका कारण हामीले जिल्ला बाहिर जादा शीर निहुराउनु पर्ने अवस्था आएको छ । कानुनले बञ्चित गरिएका छाउपडी कुप्रथा जस्ता कुराहरुलाई पनि हाम्रो समाजले अनुसरण गर्दै आईरहेकोले यसको अन्त्यका लागि हामी लागि परेका छौं । चेतना अभिबृद्धि गर्ने कुरा एकै पटक सम्भव नरहेकोले बताउदै बिस्तारै हट्दै जाने समेत अध्यक्ष बोगटीले बताए । समाजमा रहेका छाउपडी प्रथा, बालबिबाह, लैङ्गिक हिंसा लगाएका कुप्रथालाई अन्य गर्न गाउँपालिका योजना सहित बढिरहेको पनि बताए ।
समाजमा रहेका विकृति बिसंगतिको अन्त्य गर्नका साथै सभ्य र शान्त समुदाय स्थापना गर्नका लागि समुदाय र विद्यालयहरुका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको सामुदायिक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष शिद्धराज जोशीले बताए । उनले भने ‘प्रहरी र हामी मिलेर सभ्य समाज निमार्णमा लागेका छौ, स्थानीय सरकारले पनि सहयोग गरेको छ, सबैले सहयोग गर्नुपर्छ सबैको सहयोग भए अभियानलाई निरन्तरता दिन सकिने समेत बताए ।
समाजमा हुने गरेका लैङ्गिक हिंसा, घरेलु हिंसा, सामाजिक बिकृति विसंगतिको अन्त्य अपाराधिक गतिविधीलाई न्यूनिकरण गरी समुदायसंगको साझेदारीमा सभ्य समाज निर्माण गर्ने उद्देश्यका साथ संचालनमा रहेको अभियानको तिब्रतासंगै बस्तीस्तरमा रहेका स्थानीयहरुको चेतना अभिबृद्धिमा सहयोग पुगेको सामुदायिक प्रहरी सेवा केन्द्र डोटीका प्रहरी सहायक निरीक्षक राम नाथले बताए ।
प्रहरीले पछिल्लो समयमा जनचेतना मुलक अन्तरक्रियाका साथै नागरिकलाई सहायता पुगोस भन्ने हेतुले यस्ता बिभिन्न क्रियाकलापहरु सञ्चालन गरिरहेको छ ।

छोटकरी समाचार 

जोरायलमा अपाङ्गता पुनस्र्थापना केन्द्र

डोटीको जोरायल गाउँपालिकामा प्राथमिक पुनस्र्थापना कक्ष स्थापना गरिएको छ । अपाङ्गता भएका ब्यक्तीहरुका लागी सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पहिलो पटक प्राथमिक पुनस्र्थापना कक्ष स्थापना गरिएको हो  । 
जोरायल गाउँपालिका र युएमएन डोटीको सहयोगमा अपाङ्ग सेवा संघ डोटीले पुर्नस्थापना कक्षको स्थापना    गरेको हो । उक्त कक्षमा अपाङ्ग भएका ब्यक्तीको पहिचान गरेर फिजियोथेरापी पद्धतिबाट उपचार गर्नका लागी स्थापना गरिएको अपाङ्ग सेवा संघ डोटीका कार्यक्रम संयोजक नबराज जोशीले वताए । 
अपाङ्गता रोकथाम तथा पुनस्र्थापना गर्र्ने उद्देश्यका साथ गाउँपालिका र युएमएन मिलेर सुरु गरेको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए । पहाडी जिल्लामा पहिलो पटक यस्तो कक्ष सुरु गर्नु गाउँपालिकाका लागी खुशीको कुरा भएको अपाङ्ग समन्वय समितिका संयोजक तथा जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुना बोहराले  बताइन् । उक्त पुनस्र्थापना कक्षमा  हाललाई फिजियोथेरापीका लागी युएमएनले ब्यवस्थापन गर्ने र पछि गाउँपालिकाले ब्यवस्था गर्ने संयोजक बोहराले वताईन । 
सोमवार एक समारोहबीच पुनस्र्थापना कक्षको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले उद्घाटन गरेका हुन् । 

चलचित्र/मनोरञ्जन 

“यात्रा” को ट्रेलर सार्वजनिक

सलिनमान बनियाँद्वारा अभिनित नयाँ फिल्म ‘यात्रा’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । 
सोमवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो । लभ,         रोमान्स, कमेडी, द्वन्द्वलगायतका पाटोलाई प्रस्तुत गरिएको छ । एक्सन र कमेडीले ट्रेलरमा प्राण भरेको छ । 
फिल्म ‘ए मेरो हजुर–२’ बाट सम्भावना बोकेको अभिनेताको रुपमा आफूलाई उभ्याएका सलिनमानको यो फिल्म सम्राट शाक्यले निर्देशन गरेका छन् । यही चैत २९ मा प्रदर्शनमा आउने फिल्मको मूलकथालाई ट्रेलरबाट प्रस्ट्याउन खोजिएको निर्देशक शाक्यले बताए । अभिनेता सलिनले फिल्ममा भ्लगरको भूमिका निभाएका छन् । उनको अपोजिटमा मलिका महत छिन् । उनले एक दृष्टिविहीन गायिकाको भूमिका निभाएकी छन् । ट्रेलरमा उनको खोजीमा सलिन देखिएका छन् । 
अभिनेता सलोन बस्नेतको भूमिका भने ट्रेलरमा खुलाइएको छैन । उनी भिलेनको भूमिकामा हुनसक्ने ट्रेलरबाट धेरथोर अनुमान काट्न सकिन्छ । जान्हवी बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्य, विशाल सापकोटा, राजाराम पौडेल, धिरेन शाक्यलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय छ । फिल्ममा कथा पनि सम्राटकै रहेको छ । यसलाई संजय लामाले खिचेका हुन् ।  
केशव भट्टराई र चिज कुमार श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली, मुक्ति सिना र राम शरण घिमिरे सह–निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । अभिनेता सलिनले ट्रेलर रिलिज कार्यक्रममा बोल्दै फिल्ममा आफूले अभिनयमा निखारता ल्याउन निकै मिहिनेत गरेको सुनाए ।

“साईली” शुक्रवार रिलिज हुने

रामबाबु गुरुङको निर्देशनमा तयार भएको चलचित्र ‘साइँली’ शुक्रवार रिलिज हुने भएको छ ।  
रिलिज मिति नजिकै जाँदा  चलचित्रको दैनिक एउटा काउनडाउन ट्रेलर सार्वजनिक भैरहेको छ । यो चलचित्रको काउनडाउन प्रचार सामाग्रीमा कमेडीलाई स्थान दिइएको छ । रामबाबु गुरुङ विशेषगरी, टिपिकल कमेडीलाई टिपेर चलचित्र बनाउन सिपालु छन् । यसपटक उनले ‘सुन साइली सुन साइली’ बोलको गीतलाई चलचित्रमा उतारेका   छन् ।
यो चलचित्रमा गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई लगायतका कलाकारको मुख्य भूमिका छ । चैत्र लागेपछि फेरी चलचित्रको व्यापारमा खडेरी सुरु भएको छ । चलचित्र ‘साइँली’को व्यापारले यो खडेरीलाई तोड्ने अपेक्षा गरिएको छ ।

खेल समाचार 

धनगढी फेरी दौडिने

यही बैशाख १ गते धनगढी फेरी दौडिने भएको छ । 
लागातार ६ बर्षदेखि नयाँ बर्षको दिन आयोजना हुने गरेको ‘अब धनगढी दौडिन्छ’ यस बर्ष पनि हुने भएको छ । अव धनगढी दौडिन्छको छैटौं संस्करण हाफ म्याराथन दौड प्रतियोगिता आयोजना हुने भएको छ ।
धनगढीमा शनिबार आयोजक धनगढी जेसिजले पत्रकार सम्मेलनको आयोजना गरेर उक्त कुराको जानकारी दिएको हो । प्रतियोगिताका संयोजक लोकराज भट्टले प्रत्येक वर्ष झै यो वर्ष पनि हाफ म्याराथन प्रतियोगिता आयोजना गरिने बताए । उनले धनगढी रंगशालाबाट शुरु हुने दौडा प्रतियोगिता २१ दशमलव १ किलोमिटरको हुने बताए । 
प्रतियोगितामा तिन ओटा विधाहरु समावेश गरेको संयोजक भट्टले जानकारी दिए । २१ दशमलव १ किलोमिटरको खुला दौड, ५ किलोमिटरको कर्पोरेट र संचार त्यस्तै ५ किलोमिटरकै ट्राईसाकल रेस आयोजना गरिने भट्टले बताए ।
दौड प्रतियोगितामा खुलातर्फ प्रथम हुनेले ५५ हजार ५ सय ५५ रुपैया, दोस्रो ३३ हजार ३ सय ३३ र तेस्रो हुनेले २२ हजार २ सय २२ रुपैया, कर्पोरेट र संचार तर्फ प्रथम, द्वितिय र तेस्रो हुनेले क्रमशः ५ हजार ५ सय ५५, ३ हजार ३ सय ३३ र २ हजार २ सय २२ रुपैया पुरस्कार पाउने आयोजक धनगढी जेसिजका अध्यक्ष नरेन्द्रराज अवस्थिले जानकारी दिए ।

लेख 

राजाको होली मान्दा पनि रिसायौ कि तरुनी

तीर्थबहादुर श्रेष्ठ
फागु वा होली भन्ने बित्तिकै रंग, भंग अनि प्रेम, प्रणयका सन्दर्भ जोडिन्छन् ।
लगभग ६० वर्षअघिको काठमाडौंमा हामी होली हैन, फागु खेल्थ्यौं । पुस–माघको मीनपचास विदाभर टोलका सबै साथीसँग खेलेको गुच्चा, पैयुँ र पांग्रा एक कुनामा थन्क्याएर स्कुल जानुपथ्र्याे । फागुन महिनाले फागु तुरुन्त बोलाएसँगै टोलछिमेकका सबै साथीसंगिनीसँग फेरि जमेर खेल्ने अवसर जुथ्र्यो ।
फागुन शुक्ल अष्टमीका दिन काठमाडौं वसन्तपुरमा कुमारी घरअगाडि गद्दि बैठक छेउमा तीनतले चीर ठड्याइन्थ्यो । त्यसपछि रंग खेल्न फागुले स्वतन्त्रता दिन्थ्यो । अरू बेला रंग खेल्दा प्रहरीले पक्रन सक्थ्यो । त्यसैले फागुका सात दिन सकेसम्म धेरै अबिर खेल्थ्यौं । रंग छ्याप्ने, पचुका (पिचकारी) हान्ने, विभिन्न रंगले साथीसंगीका गाला पोत्ने काम फागु पूर्णिमाको दिन अबेर मात्र सकिन्थ्यो ।
हाल पनि यो परम्परा कायम छ ।
काठमाडौंको फागु जम्ने दिन पूर्णिमा नै हो । मधेस तराई र भारतको प्रभाव पर्दै गएपछि भने काठमाडौं आजभोलि फागु हैन, होली खेल्छ । फागुको पर्याय बनेर होलीले काठमाडौं संस्कृति रंगाउन थालेको पनि उहिल्यै हो । होलीमा गाइने परम्परागत नेवारी गीतको बोलले धेरैअघिदेखि फागु ‘होली’ हुन थालेको भन्छ । गीतले भन्छ–जुजुया होली, तँचायाला ल्यासे । अर्थात्, राजा वा राज्यको होली खेल्दा पनि रिसायौ कि तरुनी ।
किशोर–किशोरीबीच छेडखानी हुने त्यस गीतका अरू टुक्राले भन्छ–झ्याले चोंगु तुकंमा, वहे ल्यासे जितः मा । अर्थ हो, झ्यालमा तोरी माला, त्यही झ्यालकी तरुनी मलाई चाहिन्छ । 
अनुप्रासका निम्ति मात्र नारी प्रसंग हो कि भन्ने मलाई लाग्थ्यो । कालान्तरमा जब काठमाडौंका विभिन्न नेवार बस्तीमा झ्यालबाहिर तोरीमुठ्ठाका लामा–लामा माला हावामा सुकाउन राखेको देखेँ, मलाई लाग्यो काठमाडौंको केन्द्रस्थलमा पनि उहिले–उहिले यो ग्रामीण प्रविधि कायम थियो । अझै पनि भक्तपुर, थिमी, ठेचों, लुभु, खोकना, बुंगमती, चापागाउँ लगायत ठाउँमा झ्याल बाहिर तोरी, खुर्सानी, लसुनका पोटी, प्याज आदिको हवाइ भण्डारण देख्न सकिन्छ ।
उसो त साहित्यकार चक्षुले तरुनीलाई तोरीको फूलको सौन्दर्यमा देख्नु वा हेर्नु नौलो कुरा भएन । ताक्नेले भने तोरीको फूल हैन, तरुनी नै ताकेको हुन्छ ।
फागुमा सहरका सडकमा गाइने उक्त गीतका अरू टुक्राले भन्छ–तुँ तुँचा, मय्जुया पिलाको बाँला, बागमतो बनेबले लेवो नापला । अर्थात्, कुनै अज्ञात नाम तुँ तुँचा मैंयाको पिँडुला कति राम्रा, बागमती जाँदा पनि प्रेमिका भेटिहाल्ने । नेवार युवतीहरू त्यसबेला कालो पटासी (सारी) पहिरनमा पिँडुला प्रदर्शनमा निपुण थिए । बाहिर घुम्न जाने भनेको बागमती र यस्तै तीर्थस्थल मात्र थियो भन्ने फागुको यो गीतले झल्काउँछ ।
फागु भनौं वा होली, यस पर्वको रोमाञ्चकारी पक्षलाई कृष्णलीलाको चीरहरणसँग गाँसेर हेरिन्छ । कथा अनुसार वृन्दावनका गोपिनीहरू पोखरीमा निर्वस्त्र नुहाउन डुबुल्की मारिरहेका बेला कृष्णले उनीहरूका सबै वस्त्र रूखमा झुन्ड्याइदिएका थिए । चिल्ली न बिल्ली परेका गोपिनी र कृष्णको यो उट्पट्याङ प्रसंग नै होलीको चीर गाड्ने परम्परासँग जोडिएको मानिन्छ । वसन्तपुरमा ठड्याइने चीरका ध्वाजाहरू गोपिनीका रंगिविरंगी वस्त्रका प्रतीक हुन् भन्ने मान्यता छ । फागुको रंग अबिरमा निहीत हुन्छ । नरम गालामा रातो अबिर दल्नु फागुको मूल कृडाकलाप हो । राधाजीको गोरो गालामा रातो अबिर दलेर फागु सुरु भएको मानिन्छ ।
मेरो जमानाको अबिर आजभोलिको जस्तो धुँदा पनि नगएर दाग छाड्ने हुँदैन थियो । उबेलाको अबिर प्राकृतिक फूलको रंगबाट बनाइन्थ्यो । विशेषगरी पलाँसको फूल अबिरको मुख्य स्रोत हुन्थ्यो । हामीले फागु खेल्दासम्म रातो अबिर, नीलो रंग, सेतो कमेरो माटो, पहेँलो धूलो   (सायद पहेँलो माटो वा बेसारबाट बनेको), यदाकदा कालो मोसो (धुँवाबाट बनाइएको) गालामा दलिन्थ्यो ।
मलाई लाग्छ, प्राकृतिक रंगको प्रणय नै फागु हो, होली हो । त्यसैले कृत्रिम रसायनका रंग त्यागेर पर्यावरण मैत्री (इको फ्रेन्ड्ली) होली परम्परा बसाउनु आजका युवायुवतीको कर्तव्य हो । २०१० सालतिर पनि काठमाडौंमा तरुनी केटीहरू सहर बजारमा उति साह्रो देखिँदैन थिए । राम्री केटीको दर्शन झ्याल–झ्यालमै सीमित हुन्थ्यो । त्यसमा पनि आँखीझ्याल (टिकी झ्याः) भित्रबाट चियाउने केटी परिन् भने त केटाहरूलाई अरू फसाद ।
होली सकिएको धेरै दिनसम्म राम्रा चेली भएका घरका झ्याल अबिरले रंगिएका देख्थ्यौं । होली पर्वमा बर्सेको लोलाले रंगाएको झ्यालले कुन घरमा ताक्ने भन्ने संकेत दिन्थ्यो । फागु खेल्दाको ती लोला आजभोलि लोप भइसकेको छ । 
लोला नदेखेको पचासौं वर्ष भइसक्यो होला । त्यतिबेलाका लोला अहिलेजस्ता हुन्थेनन् । लाहाबाट बनेका हुन्थे । हामीले घरमा बाल्ने बिजुलीको सानो चीम जस्तै गोलाकार लोला अति नै नाजुक लाहाको पातलो बोक्राभित्र अबिर र झिलीमिली जरीले भरिएको हुन्थ्यो । पगालेको काँचलाई मुखले हावा फुकेर र बोतल बनाएझैं पगालेको लाहालाई फुकेर लोला बनाइन्छ भन्ने सुनेको थिएँ । देखेको होइन ।
चिठी–पत्र रजिष्टर गरी पठाउँदा लाहा छाप भने आफैंले सयौंपटक लगाएको छु । लाहाको टुक्रालाई मैनबत्तीमा सल्काएर पग्लेको झोल चिठीको खाममा औंठीको छाप लगाउनुपर्थ्यो। लाहा तुरुन्तै जमेर कक्रक्क पर्छ । होली, लोला र लाहाको कुरा गर्दा महाभारत कथामा आउने ‘लाक्षा गृह’ प्रसंग पनि सम्झना हुन्छ ।
आजभोलि रबर बेलुनमा पानी वा रंग भरेर लोला हान्ने चलन छ । यस्ता लोला हातबाट छुटेर झ्यालमा लागेर झर्दा पनि नफुट्ने हुन सक्छ । लाहाको लोला भने हान्न जानेन भने हातैमा पिटिक्क फुट्छ । यस्तो देख्दा त्योबेला झ्यालका तरुनीहरूको खिसीयुक्त हाँसो खपिनसक्नु हुन्छ ।
राणाकालीन काठमाडौंमा होलीको विशेष रौनक राणाजीका दरबार–दरबारमा रन्किने कुरा हामी सुन्थ्यौं । सरकारी कर्मचारी तथा दरबारियाहरू होली खेलेर फर्किँदा सर्वांग रंगीन कपडामा देखिन्थे । उनीहरूले आफूसँगै बोकेर ल्याएका अबिरका पोका टोलका केटाकेटीलाई बाँड्थे । दरबारका होलीमा पचका (पिचकारी) र बाल्टिनले रंग छ्याप्ने मात्र होइन, खासीमा नै डुबाइदिने गरेको पनि उनीहरू सुनाउँथे ।
यता हामी भने बाँसको ढुंग्रोबाट पचका बनाउन घन्टौं खर्चन्थ्यौं । तै राम्रो बन्थेन । आजभोलि जस्तो प्लाष्टिकको पचका पाएको भए । काठमाडौंको होली पूर्णिमाको मध्यराततिर सकिन्छ । वसन्तपुरमा गाडिएको चीर टुँडिखेलबीचमा ल्याएर दाह गरेपछि फागु पर्व अन्त्य हुन्छ । चीरको खरानी हारालुछ गरेर विभूतिका रूपमा घर लैजान हामी आतुर हुन्थ्यौं । इन्द्रचोक, भेडासिंहतिरका मारवाडी साहु तथा तिनका मान्छे त्यो खरानीमा मरिहत्ते गर्थे । किनकि, भोलिपल्ट उनीहरू त्यही खरानीको होली खेलेर परम्परालाई सार्थक बनाउँथे ।
पौराणिक कथाअनुसार आगोबाट भष्म नहुने वरदान पाएकी होलिका दाह भएको घटनाको स्मरणमा खुसियाली मनाउने पर्व नै होली हो । पुराण प्रसिद्ध दैत्यराज हिरण्यकश्यपुले भगवान हरिका भक्त आफ्नो छोरा प्रह्लादलाई नष्ट गर्न बहिनी होलिकाको काखमा राखेर अग्निकुण्डमा होम्छ । उक्त षड्यन्त्रमा वरदान पाएकी भए पनि होलिका आफैं जलेर नष्ट हुन्छे । प्रह्लादलाई केही हुँदैन ।
असत्यमाथि सत्यको विजयलाई हर्षोल्लासपूर्वक मनाउने पर्व नै होली हो भन्ने मान्यता छ । मधेस तराईमा पूर्णिमाको भोलिपल्ट होली मनाउनुको सार्थकता यही कुराले प्रस्ट्याउँछ । त्यताको होलीमा रंगको नशामा भंगको नशा चढेपछि हर्षोल्लास चरममा पुग्छ ।
विसं २०१०/१२ सालताक म भेडासिंहतिरका केही मारवाडीका छोराछोरीलाई पढाउँथे । आफ्नो फागु खेल्ने दिन सकिएपछि भोलिपल्ट साहुजीकहाँ पुगेको थिएँ । उनीहरू आफ्ना चोक र बुँइगलमा होली खेल्दै थिए ।
होलीले मलाई पनि छोपिहाल्यो । म पनि परिवार सरह नै थिएँ र भएँ पनि । हुनु के थियो, एक गिलास घोट्टाको फन्दामा परेँ । त्यो भाङ मिसाएर बनाइएको हुँदो रहेछ । भाङ घोटेर बनाएको दूध, पिस्ता र बदामको पेयले मलाई लठ्याउन थाल्यो ।
घर हिँडे । कोसौं हिँडिसक्दा पनि घर पुगिएन । बिहान ओछ्यानमै बिउँझिएँ ।
२०२० सालतिरको कुरा होला, गोदावरी वनस्पति उद्यानमा फागुको भोज थियो । त्यहाँ पनि अनेक प्रकारका मिठाइ थिए । हाम्रा हाकिम ‘बनारसी बाबू’हुनुहुन्थ्यो । उहाँको बनारसी सोख कहिलेकाहीँ बल्झिन्थ्यो । यही सोखको फन्दामा हामी युवाहरू प¥यौं । भाङ मिसाइएका मिठाइ खानुप¥यो । कोही हाँसेको हाँस्यै, कोही रोएको रोयै, कोही खाएको खायै । अविस्मरणीय भोज भयो । भाङको अविस्मरणीय अर्को भोज ०३१–३२ सालतिर होला । राजा वीरेन्द्रको विकास क्षेत्र भ्रमण  थियो । होलीको दिन महारानी ऐश्वर्यबाट दिवा–भोजको बन्दोबस्त भयो । खाँदै जाँदा थाहा भयो, बँदेलको मासुमा भाङ रहेछ । चालै पाइएन । पुग्ने गरी खाइएछ । पालभित्रको सुताइ । कुम्भकर्णको निदाइमा परेछु । अरू साथीलाई भाङले नचाएछ, हँसाएछ, रूवाएछ । थाहा छैन, के–के गराएछ । भोलिपल्ट सबै एकअर्काको मुख हेरेर हाँस्न, कहिले टोलाउन थाल्यौं ।
लगभग दस–दस वर्षको अन्तरालमा भाङ सेवन गर्ने अवसर पाएँ । भाङ सेवनपछि दिमाग चकमन्न हुँदो रहेछ । शान्त हुने रहेछ । रिसराग कत्ति पनि बाँकी नरहने । कपडाको धुलाइपछि मैलो लुगा सफा भएजस्तो ।
दिमाग धुने बुटी पो हो कि जस्तो लाग्यो भाङ । यस्तो भए पनि भाङ खान योग्य बनाउन भने अनुभवी मान्छे नै चाहिने रहेछ। मारवाडीकहाँ खाएको घोट्टा महाराजजीकहाँ बनाउने खालको थियो । गोदावरीमा अनुभवी वैद्यराजजस्ता थिए । धनकुटामा राजाको भोजमा त अझ सतर्कता अपनाइएको बुझिएको थियो ।
जे होस्, भाङको पोथी बिरूवाको फूल र पातलाई पानीले धुने, पखाल्ने र प्रशोधन गरेर खानेकुरामा मिसाइने रहेछ । भाङको रंगले मात्तिएपछि होलीको माहोल बेग्लै हुन्छ । काठमाडौंको नेवार समुदायमा भने यो चलन चलेको थाहा छैन । त्यसैले होला हामी होली कम, फागु धेरै मनाउँछौं ।

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१. बिषमताको महादेश भन्नाले कुन महादेशलाई चिनिन्छ ? — एशिया महादेश
२. भौगर्भिक रुपमा सबैभन्दा कान्छो महादेश कुनलाई मानिन्छ ? — एशिया 
३. जनसंख्याका दृष्टिले सवैभन्दा ठुलो महादेश कुन हो ? — एशिया 
४. बिश्वको कुल जनसंख्यामध्ये आधाभन्दा बढी जनसंख्या कुन महादेशमा बसोवास गर्छ ? 
— एशिया (५४ प्रतिश)
५. कुन महादेशलाई ज्यmभ या ःबल पनि भनिन्छ ? — एशिया 
६. भौगोलिक आधारमा उच्च समस्थलीको महादेश भन्नाले कुन महादेशलाई चिनिन्छ ? — अफ्रिका 
७. विविधताको महादेश भन्नाले कुन महादेशलाई चिनिन्छ ? — अफ्रिका 
८. भू–मध्यरेखाले बीच भागमा काटेको महादेश कुन हो ? — अफ्रिका (भू–मध्येरेखाले झण्डै बीचबाट काटेकाले बर्षैभरी सिधा घाम लागिरहन्छ र निकै गर्मी हावापानी रहेको छ । 
९. सवै युगका प्राचिनतम् एवं नविनतम् संस्कृतिहरु पाईने महादेश कुन हो ?  — अफ्रिका 
१०. कालो तथा अध्याँरो महादेश भन्नाले कुन महादेशलाई चिन्छि ?  — अफ्रिका (काला जातीहरुको बाहुल्यता भएकाले र लामो समयसम्म यस महादेशको बारेमा खोज अनुसन्धान गरी पर्याप्त जानकारी प्राप्त गर्न नसकिएकाले अध्याँरो महादेश भनिएको) 
११. बिश्वको सवैभन्दा बढी समुद्री किनारा भएको महादेश कुन हो ? — उत्तर अमेरिका
१२. पश्चिमी गोलाद्र्धको महादेश भन्नाले कुन महादेशलाई चिनिन्छ ? 
— उत्तर अमेरिका (एशिया, युरोप र अफ्रिकाबाट पश्चिममा पर्ने भएको) 
१३. नयाँ संसारको उपनामले चिनिने महादेश कुन हो ? — उत्तर अमेरिका 
१४. भूपरिवेष्ठित राष्टू नभएको महादेश हुन हो ? — उत्तर अमेरिका 
१५. बिश्वको सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज कुन हो ? 
( ल्यचतजभबकत न्चभभलबिलम ल्बतष्यलब िएबच, ग्रिनल्याण्ड डेनमार्क 
१६. बिश्वको सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज कुन हो ? — एल्लो स्टोन, अमेरिका 
१७. सवै प्रकारको हावापानी पाईने एक मात्र महादेश कुन हो ? — उत्तर अमेरिका 
१८. सवैभन्दा बढी जनघनत्व भएको महादेश कुन हो ? — उत्तर अमेरिका 
१९. बिश्वको सबैभन्दा गर्मी स्थान डेथ भ्याली कुन महादेशमा पर्छ ? उत्तरु अमेरिका (यो ठाउँ समुद्र सतहबाट २८२ मिटरमा छ । 
२०. चराहरुको महादेश भनेर चिनिने महादेश कुन हो ? — दक्षिण अमेरिका 
२१. फ्रोजन कन्टिनेन्ट (जमेको महादेश) भन्नाले कुन महादेशलाई चिनिन्छ ) — अन्टार्कटिका 
२२. हिम चादर (क्ष्ऋभ् क्जभभत) उपनामले चिनिने महादेश कुन हो ? 
— अन्टार्कटिका (धेरै हिउँ पर्ने भएकाले) 
२३. बिश्वको सबैभन्दा सुख्खा, अग्लो, हुरी चल्ने र चिसो महादेश कुन हो ? — अन्टार्कटिका 
२४. सेतो महादेश भन्नाले कुन महादेशलाई चिनिन्छ ? — अन्टार्कटिका 
२५. कुमेरु महासागरले चारैतिर घेरिएको महादेश कुन हो ? — अन्टार्कटिका
२६. सबैभन्दापछि पत्ता लगाईएको महादेश कुन हो ? — अन्टार्कटिका 
२७. सातवटा महादेशहरुमध्ये दोश्रो सानो महादेश कुन हो ? — युरोप 
२८. भित्रि समुन्द्रहरुले घेरिएको महाद्वीप भनेर कुन महादेशलाई चिनिन्छ ? — युरोप 
२९. प्रायद्वीपको महादेश भन्नाले कुन महादेशलाई चिनिन्छ ? — युरोप 
३०. प्रायद्वीप भनेको के हो ? — तिन तिरबाट पानीले र एकातिरबाट मात्र जमिनले घेरिएको भू–भागलाई प्रायद्वीप भनिन्छ । 
३१. मरभूमि नभएको महादेश कुन हो ? — युरोप 
३२. युरोप महादेशलाई किन प्रायद्वीपको पनि प्रायद्वीप भनिनन्छ ? — युरोप 
३३. सवैभन्दा बढी भूपरिवेष्ठित राष्ट्र भएको महादेश कुन हो ? — युरोप 
३४. युरोप महादेशमा कतिवटा भूपरिवेष्ठित राष्ट्रहरु छन ? — १८ वटा 
३५. टापु महादेश क्ष्कबिलम ऋयलतष्लभलत तथा कंगारुहरु महादेश भनेर कुन महादेलाई चिनिन्छ ? 
— अष्ट्रेलिया
३६. मान्छेको संख्या भन्दा भेडाको संख्या बढी भएको महादेश हुन हो ? — अष्ट्रेलिया (यहाँ मान्छेको संख्या भन्दा भेडाको संख्या १४ गुणा बढी छ) 
३७. बिश्वको सबैभन्दा बढी उन निर्यात गर्ने देश कुन हो ? — अष्ट्रेलिया 
३८. अष्टेलिया के का लागि प्रसिद्ध छ ? भाडा पालन र उन उत्पादन 
३९. कुनै पनि सक्रिय ज्वालामुखी नभएको एक मात्र महादेश कुन हो ?  अष्टेलिया 
४०. करीव करीव आधा भू–भाग मरुभूमि भएको एक मात्र महा कुन हो ? अष्ट्रेलिया 
४१. प्रशस्त पाताल कुवाहरु (ब्चष्तभकष्बल धभििक) कुन महादेश छन् ? — अष्ट्रेलिया 
४२. काला जातीलाई देशमा बस्न नमिल्ने गरी स्वेत नीति ल्याउने देश कुन हो ? — अष्ट्रेलिया 
४३. देश र महादेशको नाम एउटै भएको देश कुन हो ? — अष्ट्रेलिया 
४४. बिश्वमा सबैभन्दा बढी उन कहाँ उत्पादन हुन्छ ? — अष्ट्रेलिया

साहित्य सिर्जना 

निभेका बत्तिहरु 

अर्धनग्न लम्पसार छुँ म
यो अन्धकार भित्र..!
चुलिएका चाहानाहरु
एकपछि अर्को आवेगमा
मलाई छट्पटाई रहेछन्
र पनि आँखा चिमिक्क गर्छु
काल्पनिक अवतार मलाई
निभेका बत्तिहरु जिस्काई रहेछन् बारबार बारबार..!!
यौवनको उनमात बेकसुर
थामिरहेछुँ कसरी बेहोसमा
झिना–मसिना आवरणहरु
जुनकीरीको लहर पछि–पछि
उषाको किरण छर्छु भनेर
अहो ! हेरत झिलमिल–झिलमील
र पनि अवतारका प्रतिबिम्ब मलाई
निभेका बत्तिहरु जिस्काई रहेछन् बारबार बारबार..!!
सिरा धमनी बिनाको मुटु
रक्त प्रभाह बिना संचित गर्दा गर्दै
रित्तिएका रक्त केशिकाहरु
हावाका थैलीहरु चुडिएको म मान्छे
धर्तिको आँचल बाहिर नेपथ्यामा
जिउने बर्चस्व खोजिरहेछु निशामा
कालो अन्धकार, तितो अतित फेरी
प्रवाह गरीरहेछन् कन्दराबाट
उफ्फ.!!
र पनि अवतारका प्रतिबिम्ब मलाई,
निभेका बत्तिहरु जिस्काई रहेछन् बारबार–बारबार..!!
जिस्काई रहेछन्.......!!
लक्ष्मण मिलन बिष्ट
अछाम
प्रेम ः त्याग कि स्वार्थ ! 
माया दिएकै थिएँ महसरी
तिमीले मेरो मुटु माग्यौ 
बगैचा दिएकै थिएँ
बिहानै आएर मेरा आँखा माग्यौ
सान्निध्य, साहचर्य दिएकै थिएँ
अझ बढी माग्यौ, भोगी आँखाले
मैले भने थे 
म राग दिन्छु, कण्ठ बेच्न सक्दिन म
सहारा दिन्छु, यी हात सुम्पन सक्दिन म

समय दिएकै थिएँ सुनसरी
तिमीले मेरो निद माग्यौ 
भने सपनाहरू तिमीलाइ भो
एकदिन ओठ माग्यौ 
भने मेरा मुस्कानहरू पनि तिमीलाइ भो
अचानक भेट्न छाडेउ 
गमे के म रित्तिएँ र ?
मनमा छामे तिमीलाई 
धड्कँदै थियौ उस्तैगरी गर्भको शिशु जस्तो
थैलीबाट निकालेर तिम्रो तस्बिर हेरे
फिस्स हाँसेको देखे तिमीलाई
गर्भमा समुद्रले केही लुकाए जस्तो
झरीमा प्रकृतिले बादललाइ सुकाए जस्तो ।
निता के.सी. भट्टराई

सूचना/सन्देश/बिज्ञापन 

शिक्षक आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७५/१२/०५ 
बोगटान गाउँपालिका–३, लयाटी डोटीमा रहेको यस श्री लक्ष्मी आधारभूत बिद्यालयमा रिक्त रहन गएको तपशिल बमोजिको शिक्षक पदमा करार पदपूर्ति गर्नु पर्ने भएको हुँदा निम्न बमोजिमको योग्यता पुगेको उम्मेदवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन हुन आव्हान गरिन्छ ।
तपशिल 
बिज्ञापन नं. १÷०७५÷०७६,  पद ः शिक्षक, 
संख्या ः १ जना, तह ः प्रा.बि. तृतीय, करार (खुला)    
तलब स्केल ः प्रचलित नेपाल सरकारको नियमानुसार अनुसार  
शैक्षिक योग्यता ः प्रविणता प्रमाण पत्र तह वा सो सरह उत्र्तीण 
उमेर ः १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको,  आबेदन दस्तुर ः २०००÷–
परीक्षाको किसिम ः लिखित र अन्तर्वार्ता 
दरखास्त दिने अन्तिम मिति ः २०७५÷१२÷१९ गते कार्यालय सयमभित्र
सम्पर्क मिति ः २०७५÷१२÷२० गते,  
परीक्षा मिति ः सम्पर्क मितिमा तोकिनेछ । 
पेश गर्नु पर्ने कागजातहरु 
ड्डशैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपी २ प्रति 
ड्डनेपाली नागरिकताको प्रतिलिपी २ प्रति 
ड्डअध्यापन अनुमति पत्रको प्रतिलिपी  
नोट ः स्थानीय, दलित, अपागं, जनजाति र माथिल्लो योग्यता भएका उम्मेदवारलाई बिशेष प्राथमिकता दिइने छ । थप जानकारीका लागि ९८४८९०८१०, ९७४९०४६४२१,  ९८६५७४४०१९ मा सम्पर्क गर्न सकिनेछ ।


कर्मचारी आवश्यकता सम्वन्धी सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७५/१२/१० 
यस अपाङ्ग सेवा संघ, डोटी र यु.एम.एन डोटी क्लष्टरको साझेदारीमा सञ्चालित “समुदायमा आधारित बाव्य अवस्था अपाङ्गताको एकिकृत व्यवस्थापन CBR परियोजना अन्तरगत एक जना लेखापालको आवश्यकता परेको हुँदा तपशिलको योग्यता पुगेका ईन्छुक व्यक्तिहरुबाट प्रथम पटक सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र आफ्नो व्यक्तिगत विवरण, शैक्षिक योग्यताको प्रमाण पत्र, नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी सहित दरखास्तका लागि सूचना प्रकाशित गरिएको छ । 
तपशिल 
१. पद ः लेखापाल 
२. आवश्यक संख्या ः १ जना
३. कार्यक्षेत्र ः कार्यालय 
४. योग्यता तथा अनुभव ः 
¨ मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन संकायमा प्रविणता प्रमाण पत्र तह उत्तीर्ण 
¨ लेखा क्षेत्रमा कम्तीमा २ बर्ष कार्य अनुभव भएको ।
¨ आधारभूत कम्प्युटर, ईमेल, ईन्टरनेट सम्वन्धी ज्ञान (अनिवार्य) 
¨ मासिक, त्रैमासिक रुपमा आर्थिक प्रतिवेदन तयार गर्न सक्ने र समुदाय तथा अन्य सरोकारवालासंग समन्वय गर्न सक्ने 
¨ न्युननम उमेर ः १८ बर्ष पुरा भएको 
५. तलव सुबिधा ः संस्थाको नियम अनुसार 
६. परीक्षाको किसिम ः लिखित तथा अन्तरवार्ता 
७. पदको अवधी ः असार मसान्तसम्म  
पुनश्च ः 
१. छोटो सूचीमा परेका उम्मेदवारहरुलाई मात्र लिखित परीक्षामा बोलाईनेछ । 
२. अपाङ्गता क्षेत्रमा काम गरेको व्यक्ति, अपाङ्ग, दलित तथा महिलालाई बिशेष प्राथमिकता दिईनेछ ।
३. छनौट सम्वन्धी सम्पूर्ण अधिकार संस्थामा निहित रहनेछ । 
अपाङ्ग सेवा संघ, डोटी 
दिपायल सिलगढी नगरपालिका–५, सिलगढी, सम्पर्क नं. ०९४–४१११९७

No comments:

Post a Comment