Monday, April 15, 2019

बिम्ब साप्ताहिक, २०७६ साल बैशाख ३ गते मंगलवार



लागू औषध सेवनले मानिसको शारीरिक र मानसिक स्वास्थ्य बिग्रन्छ, धन सम्पत्तिको वर्वाद गर्दछ, यसको प्रयोगबाट आफू, परिवार, समाज र    राष्ट्रलाई नै अपुरणीय क्षति पुग्ने हुँदा यस्ता पदार्थ देखि टाढा रहौं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

नयाँ बर्ष २०७६ सालकाे हार्दिक मंगलमय शुभकामना छ । 

मुख् समाचार 

डोटीमा प्रहरीको बास ः हावाहुरीमा झेल्दैछन् त्रास

रामहरी ओझा/डोटी
बैशाख २
सानो टिनको कटेरो । बार टिनकै, छाना टिनकै, ढोका पनि टिनकै । बार र छतमा लगाईएका टिन ठाउँ ठाउँमा प्वाल परेका छन् । छतको टिनलाई फाटेका टायर र ढुङ्गाले च्यापिएको छ । टाँढाबाट झट्ट हेर्दा कुनै सर्वसाधारण परिवारको शौचालय जस्तै लाग्छ । तर, त्यो शौचालय होईन, ६ जना प्रहरी जवानहरु सुत्ने “व्यारेक” हो । 
यस्तै कटेरा छन् जिल्ला प्रहरी कार्यालयमा । प्रहरी कर्मचारीहरुले निवासदेखि भान्सासम्म यस्तै कटेरोमा दिन बिताउनु परिरहेको छ । “संरचनाहरु यस्तै छन्, यसैमा एड्जष्ट गर्नु परेको छ” जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत एक प्रहरी कर्मचारी भन्छन् ‘पानी पर्दा र हावाहुरी चल्दा डर लाग्छ ।’ जवानदेखि जुनियर प्रहरी अधिकृतसम्मले यसरीनै गुजरा गरिरहनु परेको उनको भनाई छ । बर्षाको पानी भित्र पसेर कर्यौं दिन आफुहरुका पोशाँक समेत भिज्ने गरेको प्रहरी कर्मचारीहरुको भनाई छ ।  
त्यसो त कार्यालय भवन पनि पर्याप्त छैन । पुरानो दुईतले भवनमा दैनिक कार्य सञ्चालनमा समेत समस्या हुने गरेको प्रहरी कर्मचारीहरुको भनाई छ । प्रहरी नायव उपरीक्षक र प्रहरी निरीक्षकको कार्यकक्ष सानो एउटै कोठामा छ । मुद्धा फाँट र थुनुवा कोठा साँगुरा छन् । गाउँमा रहेका प्रहरी चौकीका भवनहरु भन्दा सानो छ जिल्ला प्रहरी कार्यालयको भवन । व्यारेकको दुर्दशाँ भने देखि नसक्नु छ । 
२०७२ साल चैत्र २३ गते तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सुदूरपश्चिम भ्रमणको सिलसिलामा डोटी पुग्दा सञ्चारकर्मीहरुसंग कुरा गर्दै जिल्ला प्रहरी कार्यालय डोटीको भौतिक संरचना वनाउने र जिल्लाका आवश्यक ठाउँहरुमा थप प्रहरी ईकाईहरु थप्ने बताएका थिए । उनले बाचाको गरेको तीन बर्ष बित्दा पनि जिल्ला प्रहरी कार्यालयको भौतिक संरचनामा कुनै सुधार आएको छैन । उनी पछि दुई जना प्रहरी प्रमुख फेरिएका छन् तर जिल्ला प्रहरी कार्यालय डोटीको संरचनामा भने कुनै फेर वदल भएको छैन । 
तत्काल भवन बन्ने कुनै संकेत नभएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालवहादुर धामी वताउँछन् । उनले थपे ‘भवन बन्ने वा मर्मत हुने भन्ने कुनै पनि जानकारी आएको छैन ।’ करीव एक सय जना प्रहरी कर्मचारीहरु प्रहरी कार्यालयभित्रै बस्ने गरेको धामीको भनाई छ । ‘संरचना यस्तै छन्, जोखिमपूर्ण बसाई त हुने नै भयो’ धामीले भने ‘परिवार ल्याएर आउने प्रहरी कर्मचारी बाहेक अरु सवैलाई कार्यालयभित्रै बस्नु पर्ने आफुहरुले नियम वनाएको उनको भनाई छ । 
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षको निवास पनि प्रहरीको आफ्नो होईन । जिल्ला प्रहरी कार्यालय नजिकै रहेको उक्त भवन २०४६/०४७ सालतिर तत्कालीन सार्वजनिक निर्माण शाखाले निर्माण गरेको हो । उक्त भवन प्रहरी प्रमुखको निवासको रुपमा प्रयोग हुँदै आएको छ । 
प्रहरी नायव उपरीक्षक र प्रहरी निरीक्षकको निवास जिल्ला प्रशासन कार्यालयको भवनमा छ ।  

सम्पादकीय 

सुशासन कायम होस्

२०७५ साल हामीहरु माझबाट बिदा भईसकेको छ । २०७५ राजनीतिक, सामाजिक, आर्थिक रुपमा निकै तिता–मिठा अनुभवहरु भोग्नु प¥यो नेपाली जनताले । २०७४ सालमा धेरै अपेक्षा, धेरै आशाहरु धेरै सम्भावनाहरु देखिएका थिए । राजनीतिक उथलपुथल पनि धेरै भएका थिए । २०७४ मा तीन तहका व्यवस्थापिकाका निर्वाचनहरु सम्पन्न भएका थिए ।  
जनताले अव देशमा शान्ति सुरक्षा, सुशासन कायम हुने, देश समृद्धिको वाटोमा जाने ठुलो आशा गरेका थिए । तर, २०७५ ले त्यो आशा निराशामा परिणत गरिदियो । भ्रष्टाचारका घटनाहरु धेरै भए अर्थात् देशमा अव भ्रष्टाचार नगर्ने नागरिकहरुको संख्या कम छ, गर्नेको संख्या बढी छ । अपराधिक घटनाहरु ह्वात्तै बढेका छन् । सरकारको असफता हो वा सुरक्षा निकायहरुको निरीहपना हो, अपराधिक घटनाहरुमा तिव्र बृद्धि हुनु राम्रो पक्ष भने पक्कै पनि होईन । यसलाई सुधार गर्नु जरुरी छ । 
अर्कोतिर १५ बर्षसम्म कर्मचारीहरुले चलाएका स्थानीय सरकारहरु जनप्रतिनिधिहरुद्वारा सञ्चालित हुँदैछन् तर ति जनप्रतिनिधिहरुको अवस्था भने कहाली लाग्दो देखिन्छ । भ्रष्टाचारमा संलग्न भएका थुप्रै उदाहरणहरु आए । नियमित विपरित बजेट बिनियोजन गर्ने, कमिसनका लागि अनावश्यक उपकरणहरु समेत खरीद गर्ने, आफ्ना नाता गोता मार्फत कमिसन उठाउने खेल भईरहेको छ । जनताले नजिकका प्रतिनिधिहरुबाट धेरै आश गरेका हुन्छन् तर तिनै जनप्रतिनिधिहरुले आफुलाई दुई/चार रुपैयाँको लोभमा मुछ्नु भयो भने जनताले गरेको आश के होला ? 
अहिले स्थानीय निकायको पुनर्संरचना भएको छ । बिगतको भन्दा जिम्मेवारीका साथ स्थानीय निकायले संबैधानिक मान्यता पाएका छन । यस अवस्थामा आएका जनप्रतिनिधिहरु, सक्षम, सवल, निश्पक्ष, पारदर्शी, जवाफदेही र उत्तरदायी हुनु जरुरी छ । त्यसकारण जसरी २०७४ साल निर्वाचन बर्षमा रुपमा बित्यो, त्यसरी नै २०७५ साल सुशासन कायम गर्ने बर्षको रुपमा बित्नु पर्ने थियो तर यो बर्ष भ्रष्टाचारमा उल्लेख्य बृद्धि भयो । 
तर अव २०७६ सुशासनको जग बसाउने बर्षको रुपमा बितोस् । स्थानीय तहमा सुनिने गरेका सवै प्रकारका भ्रष्टाचारहरुको अन्त्य होस् । २०७६ सालको पावन अवसरमा सम्पूर्ण नेपाली जनतालाई सुख, शान्ति, समृद्धि र प्रगतिको हार्दिक मंगलमय शुभकामना छ ।


थप समाचार 

नेपाली सेनाको “गो ग्रिन कार्यक्रम” सुरु

डोटीको सिलगढीमा रहेको नेपाली सेनाको रुद्रध्वज गणले बृक्षारोपण गर्दै “गो ग्रीन कार्यक्रम” सुरु गरेको छ । 
नयाँ बर्ष २०७६ सालको अवसरमा रुद्धध्वज गणले एक सिपाहीले कम्तीमा एक विरुवा रोप्ने लक्ष्य सहित गो ग्रिन कार्यक्रम सुरु गरेको हो । गणले सिलगढी व्यारेक, बारुद खाना र सुरक्षा गुल्म पैया भञ्ज्याङ्गभित्र विभिन्न जातका तीन सय बोट बिरुवा रोपेको छ । 
आईतवार तीन सय बिरुवा रोपिएको र अव आषाढमा थप विरुवा रोपिने रुद्धध्वज गणका गणपति प्रमुख सेनानी रत्नकेशर खड्काले बताए । ‘हाम्रो वार्षिक कार्यक्रम अनुसार हामीले नयाँ वर्षको अवसरमा “गो ग्रिन कार्यक्रम” को शुभारम्भ गरेका छौं’ प्रमुख सेनानी खड्काले भने ‘अहिलेको सिजनमा रोप्न मिल्ने विरुवा मात्रै रोपेका छौं, बाँकी आषाढमा रोप्छौं ।’ यस अभियानलाई निरन्तरता दिन सबैले आ आफ्नो क्षेत्रमा सहयोग गर्ने बिश्वास खड्काले गरे । पानीको अभावले पनि अहिले कम विरुवा रोपिएको उनी   वताउँछन् । 
सेनाले आयोजना गरेको उक्त अभियानलाई दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले अम्वा (बेलौती) को बिरुवा रोप्दै शुभारम्भ गरिन् । सो क्रममा उनले सेनाबाट नयाँ कार्यको थालनी भएको वताउँदै यस अभियानलाई निरन्तरता दिन आग्रह गरिन् । उनले भनिन् ‘नगरभित्र रहेका खाली ठाउँहरु, सडक छेउछाउ, सामुदायिक बन क्षेत्रमा नगरपालिकाले पनि बृक्षारोपण गर्ने तयारी गरिरहेको छ ।’ 
डोटीका प्रमुख जिल्ला अधिकारी यादब सुबेदीले नेपाली सेनाले नयाँ वर्षसंगै नयाँ सोच, चिन्तनका साथ बृक्षारोपण गरेर नयाँ कार्यको थालनी गरेको भन्दै यसलाई निरन्तरता दिन सके गो ग्रिन कार्यक्रमले सार्थकता पाउने वताए ।
बृक्षारोपण कार्यक्रममा विभिन्न प्रजातीका फलफुलका ९० बिरुवा रोपिएका छन् । यस्तै सल्ला,  धुपी,  लहरे पिपल,  चिउरी, कपुर, बास गरी जम्मा ती सय वटा बोट विरुवा     बृक्षारोपण गरिएको गणले जानकारी दिएको छ । 
सेनाले जिल्लाका सार्वजनिक स्थल, मठ, मन्दिर, पाटी पौवाको सरसफाई, विभिन्न अभियान तथा दिवशहरुमा सहभागि हुने, स्वास्थ्य शिविरहरु सञ्चालन गर्ने जस्ता सेवा मुलक कार्यमा गर्दै आएको छ । 

प्रहरीद्वारा ६२ पेटी अबैध मदिरा नष्ट
जिल्ला प्रहरी कार्यालय बिभिन्न मितिमा बरामद् गरेको ६२ पेटी मदिरा नष्ट गरेको छ । 
गत मंगलवार साँझ जिल्ला प्रहरी कार्यालय, डोटीको प्राङ्गणमा महाकाली सौफी ६० पेटी, जेनियल एक पेटी, डि एक्स  मदिरा एक सय २० क्वाटर र बियर सात बोतल नष्ट गरिएको छ । यस्तै घरेलु मदिरा ५७ लिटर नष्ट गरिएको छ । 
ईजाजत पत्र नलिई बिक्री गरिरहेका पसलहरुबाट उक्त मदिरा बरामद् गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालवहादुर धामीले जानकारी दिए । “मदिराकै कारण गाउँमा कुटपिट र झै झगडा भईरहेको छ” धामीले भने ‘सार्वजनिक अपराधहरु पनि बढी जसो       रक्सीकै कारण हुने गरेकाले अवैध मदिरा नियन्त्रणको अभियानलाई तिव्रता दिएका छौं ।’ 
धामीका अनुसार जिल्ला सदरमुकामका ६ स्थानबाट उत्पादन गरिएको घरेलु मदिरा, मदिरा उत्पादनमा प्रयोग हुने भाँडाहरु र अन्य सामग्रीहरु समेत वरामद् गरिएको छ । उनले थपे ‘घरेलु मदिरासंगै जिल्लाका बिभिन्न स्थानहरुमा ईजाजत पत्र बिना बिक्री बितरण भईरहेको मदिरा पनि बरामद् गरेका छौं ।’ 
प्रहरीले मदिरा बिरुद्ध चेतनामुलक कार्यक्रम समेत जिल्लाका बिभिन्न स्थानरुमा सञ्चालन गरिरहेको धामी बताउँछन् । ‘स्थानीय तहका जन–प्रतिनिधिहरु, सञ्चारकर्मी, संघसंस्थाका प्रतिनिधिहरुसंग छलफल गर्ने काम भईरहेको छ’ प्रहरी नायव उपरीक्षक धामीले भने ‘मदिरा नियन्त्रणका लागि सादा पोशाकमा प्रहरी परिचालन गरी सूचना संकलन गर्ने काम पनि भईरहेको छ ।’
मदिराका कारण सवारी दुर्घटनामा बृद्धि, घरेलु तथा लैङ्गिक हिंसाका घटना बढी हुने गरेको प्रहरीको ठहर छ ।       

लेख 

नयाँ बर्षले गराउने बोध

डा. नम्रता पाण्डे
समय एउटा अनुभव हो । समयले नै हामीलाई जन्म दिन्छ र प्रेम, घृणा, दुःख, सुख, भय, हतास, सफलता, असफलता आदि अनुभव गराउँछ । दिन, महिना र वर्ष बिताउँदै आयौँ । एक वर्ष बित्ने बित्तिकै पात्रो (क्यालेन्डर) फेरिन्छ र नयाँ साल आएको सूचना दिन्छ । तर क्यालेन्डर फेरिँदैमा हाम्रो स्वभाव फेरिँदैन । वर्ष बित्दैमा हामीले आफ्नो हुनुको बोध गर्न सकेका हुदैनौँ । विगतका वर्षहरूमा तिमीले सबै कुरा अनुभव ग¥यौ तर आफू हुनुको बोध ग¥यौ भन्ने पुनः स्मरण गराउँछ समयले । जबदेखि आँखाले यो संसार देख्न सक्यौँ तबदेखि हरेक नयाँ वर्ष मस्तिष्कमा एउटा कथा भर्न थाल्यौँ र जीवनको अर्थ लगाउँदै समाजका मान्यतालाई पछ्याउँदै आयौँ । समय बित्दै जाँदा सबै कुरामा परिवर्तन आइरहेको हुन्छ । त्यसलाई परिवर्तन, वृद्धि, विकास जेजे भने पनि आखिर ती सबै अनुभव हुन् ।
हामी संसारका सारा दृश्य, घटना देख्न सक्छौँ तर आफ्नै मस्तिष्क देख्न सक्दैनौँ । हाम्रो मस्तिष्कले बाहिर आउने सबै परिवर्तन बुझ्न सक्छ तर हाम्रो आफ्नै स्वभाव कस्तो छ भनेर  जान्न र बोध गर्न आफैँभित्र हेर्नुपर्छ । समय बित्दैमा आफ्नो पहिचान बोध हुन्छ भन्ने छैन । हामी भित्रका चेतन, अचेतन र अवचेतन मन तथा स्वभावसमेत समयचक्रका क्रममा आउने परिवर्तन हुन् । कुन अवस्थामा हामी स्थिर रहने र कुन अवस्थाले हामी हुनुको बोध गराउँछ त्यो थाहा पाउनु र त्यसमै जिउनु महत्वपूर्ण पक्ष हो । किनकि संसारका सबै क्रियाकलाप, परिवर्तन, घटनासँग हामी परिचित छौँ अनि सचेत पनि । तर ती घटना र परिस्थितिका एक अंश हामी प्रत्येक व्यक्ति पनि हौँ भन्ने बोध गर्दैनौँ । संसार र यहाँका हरेक क्रियाकलाप व्यक्तिको मस्तिष्कका उपज हुन् तर प्रत्येक व्यक्तिको वास्तविक स्वभाव भने मस्तिष्कभन्दा परको अनुभूति हो । मस्तिष्क ऐना हो जसले मानिस जे देख्न चाहन्छ त्यही देखाइदिन्छ । तर भित्रको चैतन्य स्वभाव, अपरिवर्तनीय स्वभाव, अकम्प स्वभाव मस्तिष्कभन्दा पर, चेतनाको गहिराइमा हुन्छ भन्ने जान्न स्वबोधको अनुभूति नगरी थाहा हुँदैन । शारीरिक, मानसिक, मनोविज्ञानभन्दा पनि गहिराइमा अवस्थित चेतना बोध गर्न सहज, सरल, प्रेमिल र जागृत हुनुको विकल्प छैन । त्यो जागरण वर्ष फेरिँदैमा, समय बित्दैमा आउँदैन, त्यसका लागि ध्यानको साधना जरुरी हुन्छ ।
जागृत केही प्रतिशत व्यक्तिबाहेक धेरैजसो मानिस वर्तमानमा रहेर वास्तविक जीवन बाँचेकै हुँदैनन्, चाहे ८०÷९० वर्षसम्म बाँचेका किन नहुन् । उमेर बित्दैमा चेतना जागृत हुँदैन बरू यो जागृत गराउने कला जानेमा कम उमेरमै पनि व्यक्तिले जीवनको मूल्य र महत्व अनि जिउनुको आनन्दबोध गर्नसक्छ । म को हुँ ? मेरो पहिचान के हो ? नजानिकन समयले जति नै वर्ष बिताए पनि आफू हुनुको बोध प्राप्त गर्न सकिँदैन । म को हुँ ? एउटा आन्तरिक रहस्य जुन सधैँ सबैको मनमा प्रश्न बनेर बसेको छ । जसको जवाफ आफैँसँग हुन्छ । हुन त मन धेरै बाठो हुन खोज्छ । उसले उच्चदेखि नीचसम्मका विशेषण जोडेर जवाफ दिने कोसिस गर्छ। तिमी जीवनको सार हौ, अनन्त आत्मा हौ, दिव्यता हौ आदि  इत्यादि । मस्तिष्कबाट जति शक्ति लगाएपनि, जति अनुसन्धान गरे पनि यो रहस्य उजागर हुनेवाला छैन । किनकि यसको जवाफ त्यति छिटो आउँदैन । म यो हुँ भन्ने हतारमा जवाफ आयो भने त्यो अपूर्ण हुन्छ । म शरीर हुँ, मन हुँ, बुद्धि हुँ, विचार हुँ , पत्रकार, शिक्षक, गुरु, गायक, राजनीतिज्ञ, प्रधानमन्त्री, राष्ट्रपति आदि आदि । एउटा न एउटा पात्रका रूपमा जिम्मेवारी र दायित्व निर्वाह गर्नुपर्ने एक व्यक्ति हुँ वा एकै व्यक्तिले पनि अनेक भूमिका निर्वाह गर्नुपरेको व्यक्ति हुँ। तर भित्र गहिराइमा हेर्दै जाँदा मात्र यसको जवाफ मिल्नसक्छ । कुनै किताब पढेर पाएको वा कसैले दिएको जवाफले हुँदैन । बाहिरी ज्ञान र मनस्थितिबाट आएको जवाफले पनि पूर्णता दिँदैन, त्यसैले त कैयौँ जीवन बितिसक्दा पनि यो रहस्यले छाडेको छैन ।
आफ्नो व्यक्तित्व, आफ्नोपनको घमण्ड र आफू हुनुको अहंकारले म हुँ को स्थिति जन्माउने गर्छ । जीवन सधैँ मैले, मेरा लागि, मद्वारा भन्ने भाव केन्द्रमा रहुन्जेल म रित्तिँदैन । प्रत्येकले आफैँ मनन गर्दै, भित्र हेर्दै, भित्रको बोध गर्दै जाँदा एउटा अवस्था आउँछ जहाँ शून्यता, स्थिरता बोध हुन्छ र को हुँ बाट हुँ मात्रको स्थितिमा पुगिन्छ । स्वयंको पहिचान, आफू हुनुको परमबोध, केका लागि नभएर छु र हुँ कोे साक्षीपूर्ण अवस्थामा सारा जवाफ र प्रश्न बिलाएर जान्छन्। एउटा शून्यता, जागृत अवस्था, होसपूर्ण र प्रेमपूर्ण अवस्था मात्र बाँकी रहन्छ ।
जबसम्म प्राणशक्तिबाट मपर म चैतन्य हुँ, सत्य हुँ सत्चित्त, आनन्द हुँ, परब्रह्म हुँ भन्ने बोध हुदैँन तबसम्म यो रहस्यले प्रश्न खडा गरिहन्छ । जीवनलाई खुशी राख्ने, सुखभोगमा रमाउने हाम्रो प्रयत्न जारी रहन्छ। तर को हुँ को रहस्य मेटिँदैन । को हुँ बोध नगरी जीवनलीला समाप्त गर्नुपर्ने स्थिति नआओस् भन्ने चाहने हो भने थोरै समझ, थोरै खोज, थोरै समर्पण, जागरण, सचेतना र थोरै साधनाको जरुरत पर्छ । अध्यात्म, आन्तरिक चेतनाको जागरण हो भने आफ्नो पहिचानका लागि पनि आफ्नो वास्तविकता थाहा पाउनु जरुरी हुन्छ । म को हुँ को जवाफ एउटा अस्तित्वगत अनुभूति बनेर आएको क्षण मात्र हामी आफैँलाई जान्न सक्छौँ । त्यसैले होला, महाकवि लक्ष्मीप्रसाद देवकोटाले आफ्नो जीवनको अन्तिम क्षणमा यसो भनेका छन् ः
संसाररूपी सुख स्वर्गभित्र  
रमेर लिई भित्रचित्र
सारा भयो त्यो मरूभूमि तुल्य,
रातैपरेझैँ अब बुझ्छु बल्ल ।
रहेछ संसार निशा समान,
आएन ज्यूँदै रहँदा नि ज्ञान
न भक्ति भो, ज्ञान, न भो विवेक  
आखिर श्रीकृष्ण रहेछ एक ।।
बिनाकारण मानिस केही पनि जान्न चाहँदैन । किन म कोहुँ जान्न जरुरी छ ? मानिस बाहिरी आकर्षण मात्र होइन भित्रको आत्मस्वरूप पनि हो । त्यसैले स्वयंलाई जान्न जरुरी छ । अज्ञानताबाट मुक्त भएर आत्मभाव जागृत हुन पनि स्वयंसँग परिचित हुनु जरुरी छ । अहंकार भावबाट मुक्त भएर पवित्र भावमा जिउन र प्रेमपूर्ण हुन पनि स्वयंलाई जान्न जरुरी छ । शान्ति, प्रेम, आनन्द मानिसका गुण, धर्मह हुन् । त्यसैले सत्य स्वरूपलाई जान्न पनि म को हुँ जान्न जरुरी छ । मन, बुद्धि र संस्कारलाई आत्मासम्म संयोजन गर्नका लागि पनि आफ्नो पहिचान थाहा पाउन जरुरी छ । प्रेमपूर्ण हुन हृदय जागृत हुनुपर्छ । हृदयबाट प्रेम प्रस्फुटन हुनुपर्छ र सेवा भाव हुनुपर्छ । यसका लागि आफूप्रतिको सजगता अत्यन्त जरुरी छ । हरेक नयाँ वर्षले यही आफूलाई चिन्ने अवसर प्रदान गर्दै विगतका कमजोरी आत्मसात गरी नयाँ ऊर्जा र संकल्पका साथ आफूमा रमाउन सिक भन्ने सन्देश प्रदान गरेको हुन्छ ।
— नागरिक दैनिकबाट


लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१. नेपालको निजामती सेवामा प्रवेश गर्ने पहिलो महिलाको हुन् ? — मीना रोक्का 
२. मौद्रिक नीति कहिलेदेखि प्रकाशन गर्न थालिएको हो ? —आ.व. ०५९÷६०
३. निजी क्षेत्रबाट उत्पादन गरिएको सबैभन्दा ठूलो विद्युत् आयोजना कुन हो ?  —खिम्ती
४. कृषि क्षेत्रको वार्षिक वृद्धिदर २.९ प्रतिशत छ भने गैरकृषि क्षेत्रको वार्षिक वृद्धिदर कति रहेको छ ?
—४.९ प्रतिशत
५. नायोगा अभिसन्धिमा नेपालले कहिले हस्ताक्षर ग¥यो ? — सन् २०१७ सेप्टेम्बर ४
६. नेपालमा वातावरण संरक्षण परिषद्को अध्यक्ष को हुने व्यवस्था रहेको छ ?  —प्रधानमन्त्री
७. शालिग्राम संग्रहालय कहाँ निर्माण गरिने भएको छ ?  —बाग्लुङ
८. नेपालको कुन हिमाललाई ‘लेडिज पिक’ उपनामले चिनिन्छ ?  —आमादब्लम
९. कुलुङ भाषा कुन भाषा समुह अन्तर्गत पर्दछ ?   —राई
१०. प्रसिद्ध टोडके झरना कुन जिल्लामा अवस्थित छ ?  —इलाम
११. पृथ्वीनारायण शाह नामक कविता कुन कविले रचना गरेका हुन् ?  —सुवानन्द दास
१२. नेपालको कर्मचारीतन्त्रमा अवकाशपछि पेन्सन दिने चलन कसको पालाबाट चलेको हो ?
—जुद्ध शमशेर
१३. नेपालको इतिहासमा राजा घोषणा भएर पनि श्रीपेच नलगाएरै मृत्यु भएका राजा को हुन् ?
—दिपेन्द्रविक्रम शाह
१४. पहिलो परीक्षा नियन्त्रक को हुन् ?  —नन्दराम उप्रेती
१५. नेपालमा पहिलोपटक कानुनी रूपमा मिर्गाैला प्रत्यारोपण गर्ने व्यक्ति को हुन् ? —हेमराज श्रेष्ठ
१६. महान् वैज्ञानिक सर आइज्याक न्युटनको जन्म कुन देशमा भएको थियो ? —बेलायत
१७. अनार बाजे भनेर कसलाई चिनिन्छ ?  —हिरालाल आचार्य
१८. विश्वमा याजनाबद्ध विकासको सुरुवात कुन देशबाट भएको थियो ? —रसिया
१९. नेपालसँग हवाई सम्झौता भएको अन्तिम राष्ट्र कम्बोडिया हो भने प्रथम राष्ट्र कुन हो ? —भारत
२०. नेपालको पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–पथलैया सडक खण्डमा रहेको सुरुङमार्गको लम्बाई कति रहेको छ ? —४०० मि.
२१. नेपालसँग दौत्य सम्बन्ध कायम भएको पहिलो दक्षिण अमेरिकी राष्ट्र कुन हो ? —अजेन्टिना
२२. सांस्कृतिक सम्पदा सम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धि १९७२ अनुसार सांस्कृतिक सम्पदामा निम्न मध्ये कुन पर्दछन् ? —स्मारकहरू, ऐतिहासिक भवनहरू, स्मारक स्थलहरू
२३. महिला सशक्तीकरणले देहायको कुन कुरालाई जोड दिँदैन ? —लैंगिक बसाइसराइँ
२४. विदेशी र नेपालीहरूको सयुक्त पँुजी र लगानीमा सञ्चालित नेपालको पहिलो बंैकको नाम के हो ?
—नेपाल अरब बैंक लि.
२५. चरित्र वृक्ष हो भने प्रतिभा उसको छाया मात्र हो भन्ने भनाइ कसको हो ? —अब्राह्म लिंकन
२६. नेपालको इतिहासमा जिउँदो सिंह भनेर कसलाई चिनिन्छ ? —अमरसिंह थापा
२७. विश्वमा कुन देशलाई कविहरूको देश भनेर चिनिन्छ ? —चिली
२८. भलिबललाई कहिलेदेखि नेपालको राष्ट्रिय खेल घोषणा गरियो ? —वि.सं. २०७४ जेठ ८
२९. काठमाण्डौं विश्वविद्यालयको इन्जिनियरिङका विद्यार्थीले तयार पारेको तीनप्रांग्रे कारको नाम के    राखिएको छ ? — जुनकिरी
३०. मन्त्रिपरिषद्को निर्णयबाट राष्ट्रिय गौरवका आयोजना २१ वटाबाट २३ वटा कहिले पु¥याइयो ?
—२०७५ असोज ५
३१.सावजनिक सेवा प्रवाह प्रभावकारी हुन नसक्नुका कारणहरू पहिल्याउनुहोस् । 
ड्डसेवा सुविधाको स्पष्ट व्याख्या एवं गुणस्तरको मापदण्ड निर्धारण नगरिनु । 
ड्डसावजनिक सेवा प्रवाह प्रभावकारी हुन नसक्नुका कारणहरू पहिल्याउनुहोस् । 
ड्डसेवा सुविधाको स्पष्ट व्याख्या एवं गुणस्तरको मापदण्ड निर्धारण नगरिनु । 
ड्डराजनैतिक स्तरमा स्वार्थ भाव बढ्नु । 
ड्डभ्रष्टाचार एवं दण्डहीनता । 
ड्डप्रशासकीय स्तरमा मनोबल खस्कनु । 
ड्डसशक्त नागरिक समाजको अभाव । 
ड्डकेन्द्रमुखी प्रशासकीय व्यवस्था । 
ड्डसेवा प्रदायकको कामको मूल्याङ्कन गरी पुरस्कृत एवं दण्डित नगरिनु । 
ड्डप्रक्रियामूखी कार्यशैलीको विद्यमानता ।
ड्डसेवा सुविधाको प्रकार, स्वरूप र कार्यविधि जनताको अपेक्षा अनुरूपको नहुनु (सेवा माग उन्मुख नभइ आपूर्ति उन्मुख हुनु) ।
ड्डसेवा प्रवाह पारदर्शी, प्रतिस्पर्धी, सहभागी मूलक एवं जबाफदेही नहुनु ।
ड्डसेवा लक्षित समूहसम्म नपुग्नु ।
३२. राजनैतिक विभाजनका महत्वहरू उल्लेख गर्नुहोस् । 
ड्डविकास निर्माण कार्यमा सहजता ल्याउने, ड्डविकेन्द्रीकरणको प्रवद्र्धन गर्ने 
ड्डजनताको पहुँचमा सेवा सुविधा पु¥याउने, ड्डराज्यका हरेक क्षेत्रमा समतामूलक पहुँच पुर्याउने 
ड्डक्षेत्रीय सन्तुलन कायम गर्ने, आर्थिक, सामाजिक असमानता हटाउने, 
ड्डस्रोतको प्रतिफलको न्यायोचित वितरण गर्ने, सदुपयोग गर्ने 
ड्डप्रशासनिक कार्यमा सघाउ पु¥याउने, जटिलता न्यून गर्ने, राज्यको उपस्थिति जनाउने 

साहित्य/सिर्जना 

शुभकामना र संदेश 

धेरै नयाँ बर्षहरू 
आएका र गएका छन्, 
धेरै दिन–रात र परिस्थिति 
बदलिएका छन्न्
त्यसैले त 
कल्पनाहरू ले नयाँ 
आकाश खोजी रहँदा 
नङ्ग्राहरूले धर्ति 
खनिरहेका छन् ।
ग्रहहरूले आफ्नो चाल
ईमान्दारीपूर्वक पुरा गरिरहँदा
चेतनशील केही मनुष्य भने 
घमण्ड र अहंकारमा 
विभेदका पर्खाल खडा 
गरिरहेका छन्  
चेतन र निषेधनको 
प्राकृतिक अन्तरद्वन्द्वमा 
जीवन र संघर्षका आयामहरू
एक एक गर्दै अनेकमा 
जोडिई रहे पनि, मनुष्य किन ?
आज आफ्नो लागि मात्र, 
सुख सयल र महल खोजिरहेका छन् 
धर्तिको छाति चिरेर 
ऊर्जाका स्रोत बटुलेर 
महल र शहर बसाई रहँदा
खण्डहरले आँशुको साथै
ओजन परत र तंरगहरूले 
आगो र जहर, बर्षाईरहेका छन् ।
मानव घरका सुन्दरता सजाउन
रूखहरूले शहीद हुँदा 
बाढी र पैरोले बिद्रोहमा 
आवाज ऊठाई रहेका छन्,
हे मनुष्य ! तिमी 
चेतनामा श्रेष्ठ प्राणी प्रकृतिसँग रमाऊ,
दानवता र इष्र्याको जहरलाई त्यागेर 
सहजता, सुन्दरता र सम्मानका, बिरूवा हरू लगाऊ
तिमी नाच्दै गाउदै, रमाऊदै 
नयाँ बर्ष मनाई रहँदा, छिमेकीको आँगनमा पनि त 
समानता को फुल फुलाऊ,
धर्ति पनि त तिम्रो आमा 
ऊनलाई ,माल्यार्पण गराऊ,
ब्रहमाण्ड पनि त सहयोगी,
मायामा आलिङ्गन लगाऊ,
बिभाजनका सिमाङ्कन भित्र कैद
अर्कोको मेहनतमा 
शासन गर्ने शासकहरू हो !
घमण्डको दासताबाट मुक्त हौ 
ब्यवस्थापनको तिम्रो काममा 
समानता, स्वतन्त्रता र ईमान्दारिताको बिरूवा लगाऊ
जीवनको साथ साथ, श्रम र श्रमिकको हात 
सारथी बनेर गरौं
चुनौतीहरूको सामना ।
चारै तर्फ छाओस्
जिव जगत र 
ब्रहमाण्डमा खुशी
सबै लाई सद्भावना को कामना !
सुर्य बस्याल 
पाल्पा (हाल नयाँ दिल्ली)

सूचना/सन्देश/बिज्ञापन 

राष्ट्रिय एच.आई.भी. तथा एड्स महासंघ नेपाल (NAP+N)

काठमाडौं, नेपाल
कर्मचारी आवश्यकता सम्बन्धी सूचना
प्रथम पटक सूचना प्रकाशित मिती २०७५/०१/०३ गते
नेपाल सरकार, राष्ट्रिय क्षयरोग कार्यक्रमको पञ्च वर्षिय रणीनीति (२०१६ देखि २०२१) मा तोकिएका लक्ष्य प्राप्तीका लागि नेपाल सरकार, ग्लोबल फण्ड र सेभ द चिल्ड्रेन ईन्टरनेशल बीच त्रिपक्षीय सम्झौताको आधारमा क्च् SR (Sub Recipient) अर्थात साझेदारी संस्था राष्ट्रिय एच.आई.भी. तथा एड्स महासंघ नेपाल मार्फत अछाम, डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लाका अस्पतालहरु/स्वास्थ्य सेवा प्रदायकहरु मार्फत र स्थानीय तहहरुमा विभिन्न कार्यक्रम÷क्रियाकलापहरु सञ्चालन भईरहेका छन् । उक्त कार्यक्रम/क्रियाकलापहरु थप प्रभावकारी रुपमा सञ्चालन र सहजीकरण गर्नको लागि तपशीलमा उल्लेख गरिए बमोजिमका कर्मचारीहरुको आवश्यकता भएकोले तोकिएको योग्यता र अनुभव हासिल गरेका नेपाली नागरिकहरुबाट दरखास्त आवह्वान गरिन्छ ।
तपशिल 
आवश्यक योग्यता तथा अनुभव ः
ड्डन्यूनतम सि.एम.ए (CMA) वा अनमी (ANM) उत्तीर्ण गरी सम्बन्धित स्वास्थ्य क्षेत्रमा कम्तीमा १ वर्षको कार्य अनुभव भएको ।
ड्डसम्बन्धित परिषदमा दर्ता भई म्याद ननाघेको प्रमाण पत्र भएको ।
ड्डकम्प्युटर सम्बन्धि सीप भएकालाई प्राथमिकता ।
ड्डआफ्नो मोटरबाइक अथवा स्कुटर भई बैध चालक अनुमति भएकालाई प्राथमिकता 
ड्डस्थानीय बासिन्दा (तोकिएको क्लष्टर भित्रको) लाई विशेष प्राथमिकता ।
मुख्य कार्यविवरण
ड्डतोकिएका स्वास्थ्य संस्थाहरुबाट क्षयरोग निदान केन्द्रहरुमा र जिन एक्स्पर्ट केन्द्रमा सम्भावित क्षयरोगका बिरामीको खकार ढुवानी, परीक्षण, नतिजा वितरण र निदान भएका क्षयरोगीको शीघ्र उपचारको सुनिश्चितता गर्ने ।
ड्डक्षयरोगका विरामीहरुको परिवारका सदस्यहरुमा सम्पर्क परीक्षणलाई व्यवस्थित गर्ने र सम्भावित क्षयरोगका बिरामीको खकार ढुवानी परीक्षण पश्चात् नतिजा वितरण र निदान भएका क्षयरोगीको शीघ्र उपचारको सुनिश्चितता गर्ने ।
ड्डसंस्थाको सहयोगमा स्वास्थ्य संस्थाहरुमा संचालन भएका क्रियाकलापहरुको नियमित प्रतिवेदन संकलन गर्ने र नियमानुसार भुक्तानी गर्ने ।
निवेदन पेश गर्ने अन्तिम मिती, समय र स्थान ः 
माथी उल्लेखित योग्यता पुगेका नेपाली नागरिकहरुले आफ्नो आवेदन, अद्यावधिक वायोडाटा, अनुभव र योग्यताको प्रतिलिपी विद्युतीय प्रति संलग्न गरी मिति २०७५/०१/०९ गते साँझ ५ः०० बजेभित्र संस्थाको इमेल recruitment.napn@gmail.com मार्फत निवेदन बुझाउन सकिनेछ ।
नोट ः प्रारम्भिक छनोटमा परेका आवेदकहरुलाई मात्र लिखित तथा अन्र्तवार्ता परीक्षामा सहभागी गराइनेछ । साथै छनौट सँग सम्बन्धित सम्पूर्ण अधिकार यस महासंघमा निहित रहनेछ । पदपूर्ति उप–समिती

मालपोत कार्यालय डोटीबाट जारी गरिएको हकदावी सम्वन्धि ३५ दिने सार्वजनिक सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७६/१/२          
जिल्ला डोटी मुडभरा गा.वि.स.वडा नंं.५ स्थित कि.नं.३२, ७०, ३१४, ३५२, ३६८, ६५९, ६६२, ७०२, ७५९, ९१८ ऐ.तिजाली गा.वि.स.वडा नं.४ कि.नं.३७० को जग्गा शिखर नगरपालिका वडा नंं.४ बस्ने खिमाको नाती चनीको छोरा परी भाटको नाउँमा नापनक्सा भई श्रेस्तापूर्जा कायम भएकोमा जग्गाधनी परी भाटको मिति ः        (२०७५/१२/४ मा अविवाहित अवस्थामा मृत्यु भई अपुताली परेकोले मृतक जग्गाधनी परी भाट भन्ने परमानन्द भट्टको शेषपछिको हकदार एकमात्र भाई सली भट्ट मात्र भएको र मृतकको उल्लेखित जग्गाधनि प्रमाण पुर्जामा जग्गाधनिको नाम परी भाट भएको, नेपाली नागरिकताको प्रमाण पत्रमा परमानन्द भट्ट हुन गई नाम, थर फरक परेको भएता पनि यि दुबै नाम, थर गरेको व्यक्ति फरक व्यक्ति नभई एउटै व्यक्ति   परी भाट भन्ने परमानन्द भट्ट भएको र निजको शेषपछिको हकदार एकमात्र भाई सली भट्ट मात्र भएको हुदा मृतक परी भाट भन्ने परमानन्द भट्टको नाम थर समेत सुधार  गरी उल्लेखित पुरै जग्गा मेरो नाउँमा एकलौटी नामसारी गरीपाउँ भनी डोटी शिखर नपा वडा ४ नं. वडा कार्यालय डोटीको च.नं.३०९, ३१०, मिति ः २०७५/१२/२८ र शि.न.पा. वडा ५ नं.वडा कार्यालयको च.नं.२१७ मिति ः २०७५/१२/२९ को किटानी सिफारीस पत्र, मृतकको नाउँकोे जग्गाधनी प्र्रमाण पुर्जा थान २, नेपाली ना.प्र.प, चालु आ.व.को मालपोत बुझाएको रसिद, मृत्यु दर्ता प्रमाण, पत्र नाता प्रमाणीत आदी प्रमाणहरु साथै राखी जि.डोटी शिखर नगरपालीका वडा नंं.४ बस्ने सली भट्टले यस मालपोत कार्यालय, डोटीमा मिति ः २०७६/१/२ मा निवेदन दिनुभएको हुदा उक्त जग्गा सम्वन्धमा कुनै कसैको हकदावी पुग्ने भए, मृतक परी भाट भन्ने परमानन्द भट्टको अपुताली नपरेको भए, परी भाट र परमानन्द भट्ट भन्ने व्यक्ति फरक फरक व्यक्ति भए वा अन्य कोही हकदार भए वा निज निवेदकको मागदावी वमोजिम नाम सारी गर्न नपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले बाटाका म्याद बाहेक ३५ (पैतिस) दिनभित्र आफूसँग भएका सक्कल प्रमाण साथ कार्यालयमा उजुर दावी गर्न आउनु होला अन्यथा म्याद भित्र कुनै कसैले उजुरी दावी नगरे नियमानुसार भै जाने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराईन्छ । 

मालपोत कार्यालय डोटीबाट जारी गरिएको हकदावी सम्वन्धि ३५ दिने सार्वजनिक सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७५/१२/१३          
जिल्ला डोटी दिपायल सिलगढी नगरपालिका वडा नंं.७ साविक भवँरडाँडा गा.वि.स.वडा नंं.१ स्थित कि.नं.१७१, २३०, ३२३, ५८०, ८०३ ऐ.वडा नं.२ कि.नं.२८७, ३०१, ३०४ को जग्गा दिपायल सिलगढी नगरपालिका वडा नंं.७ बस्ने फेकनुको नाती लछिको छोरा बलबीरे लोहारको नाउँमा नापनक्सा भई श्रेस्तापुर्जा कायम भएकोमा जग्गाधनी बलबीरे लोहारको मिति ः २०४८/१/१० मा र निजको हकदार एकमात्र पत्नि मनिदेवि लुहारको मिति ः २०४८/६/१५ मा निः सन्तान मृत्यु भई मृतक जग्गाधनी बलबीरे लोहारको अपुताली परेकोले मृतक जग्गाधनी बलबीरे लोहारको शेषपछिकको हकदार भतिजा राम लुहार, लक्षि लुहार, टिका ल्वार र भतिजा बुहारी मातादेवि लुहार मात्र भएको हुदा मृतक बलबीरे लोहारको उल्लेखित पुरै जग्गा हाम्रो नाउँमा संयुक्त नामसारी गरिपाउँ भनी डोटी दि.सि.न.पा.७ नं.वडा कार्यालय डोटीको च.नं.३७४ मिति ः २०७५/१२/११ को किटानी सिफारीस पत्र, मृतक बलबिरे लोहारको नाउँकोे जग्गाधनि प्र्रमाण पुर्जा, नेपाली ना.प्र.प, चालु आ.व.को मालपोत बुझाएको रसिद, मृत्यु दर्ता प्रमाण, पत्र नाता प्रमाणित आदी प्रमाणहरु साथै राखी जि.डोटी दि.सि.न.पा.वडा नं.७ बस्ने राम लुहार, लक्षि लुहार, टिका ल्वार र भतिजा बुहारी मातादेवि लुहारले यस मालपोत कार्यालय, डोटीमा मिति ः २०७५/१२/१२ मा निवेदन दिनु भएको हुँदा उक्त जग्गा सम्वन्धमा कुनै कसैको हकदावी पुग्ने भए, मृतक बलबिरे लोहारको अपुताली नपरेको भए, अन्य कोही हकदार भए वा निज निवेदकको  मागदावि वमोजिम नामसारी गर्न नपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले बाटाका म्याद बाहेक ३५ (पैतिस) दिनभित्र आफूसँग भएका सक्कल प्रमाण साथ कार्यालयमा उजुर दावी गर्न आउनु होला अन्यथा म्यादभित्र कुनै कसैले उजुरी दावी नगरे नियमानुसार भै जाने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराईन्छ ।

No comments:

Post a Comment