Wednesday, December 11, 2013

बिम्ब साप्ताहिक मिति २०७० मंसिर २५ गते मंगलवार


मुख्य समाचार 


सहकारीको मेरुडण्डनै निष्कृय


सहकारी संस्थाको मेरुडण्डको रुपमा लिईने सहकारी लेखा समिति निष्कृय रहेको सहकारी डिभिजन कार्यालय डोटीले जनाएको छ ।
सुदुरपश्चिमका डोटी, अछाम, बझाङ र बाजुरा जिल्लामा रहेका सहकारी संस्थाहरु मध्यका ९० प्रतिशत सहकारी संस्थाहरुका लेखा समिति निष्कृय रहेको डिभिजन प्रमुखले एक कार्यक्रमकमा बताएका हुन् । सहकारी नियमन, सुशासन, पारदर्शीता र समन्वयका लागी सहकारीकर्मी लेखापरीक्षक र लाईन ऐजेन्सीका पदाधिकारीबिच डोटी जिल्ला  सदरमुकाम सिलगढीमा डिभिजन कार्यालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा चार जिल्लामा रहेका पाँच सय ९७ सहकारी मध्ये ९० प्रतिशत सहकारीको लेखा समिति निष्कृय रहेको सहकारी डिभिजन कार्यालय कार्यालय प्रमुख प्रकाशराज पौडेलले बताएका हुन्  ।
नेपाल सकारले सहकारीलाई आर्थिक खम्वाको रुपमा बिकास गर्ने अबधारणा ल्याई रहेका बेला सहकारीलाई चुस्त र दुरुस्त बनाउने लेखा समिति निष्कृय      रहनु विडम्वना हो ।  
डिभिजन सहकारी कार्यालय डोटीका अनुसार डोटीमा एक सय ७६, अछाममा दुई सय दुई, बझाङमा एक सय १५ र     बाजुरामा एक सय चार सहकारी गरी पाँच सय ९७  सहकारीहरु दर्ता भएका छन् । सहकारीको आन्तरिक लेखा परीक्षणका लागी गठन गर्नु पर्ने लेखा समिति ६ ओटा संस्थामा मात्रै सक्रिय रहेको बताईएको छ । सहकारी संस्थाले गठन गरेका लेखा समितिहरुमध्ये पाँच सय ९१ संस्था निष्कृय        रहेको डिभिजन कार्यालय भनाई  रहेको छ । डिभिजन सहकारी प्रमुख पौडले भने “पहिलो आर्थिक बर्षमा पुरै सहकारीको लेखा समिति निष्कृय रहेको थियो यस पटक ९९ प्रतिशतमा झारेका छौँ, अब हामी प्रत्येक सहकारीका लेखा समितिलाई सक्रिय बनाउने छौँ”।
हालसम्म चार ओटा जिल्लामा दर्ता भएका सहकारीहरुमा बहुउद्देश्य सहकारी दुई सय ४३, बचत तथा ऋण सहकारी दुई सय २१, उपभोक्ता सहकारी ७७, संचार सहकारी दुई ओटा, दुग्द्य सहकारी एक , बिद्युत सहकारी चार, जडीबुटी सहकारी एक, पशुसेवा सहकारी एक र स्वास्थ्य सहकारी एक रहेका छन । नेपाल सरकारले सञ्चालन गरेको सुफत मुल्यका सहकारी पसलको अस्था झन दयनीय रहेको छ । सुफल मुल्यका सहकारी पसलका लागी नेपाल सरकारले एक सय ९४ सहकारी मार्फत एक करोड ९४ लाख लगानी गरेको छ तर हाल सम्म ४१ ओटा सहकारी मात्र सञ्चालनमा रहेका छन भने एक सय ५२ ओटा सहकारीे सञ्चालनमा छैनन् । संचालन हुन नसकेपछि एक सहकारीले नेपाल सरकारबाट प्राप्त एक लाख अनुदान फिर्ता गरेको छ । हाल संचालनमा नरहेको सुफल मुल्यका सहकारी पसलका संचालक तथा पसलको अवस्था बारे डिभिजन कार्यालय पनि बेखबर रहेको छ ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै पौडेलले सहकारीको बिकास गर्ने उद्देश्यले बाहिरी जिल्लाबाट आएका सेवाग्राहीलाई शनीबार    र रातीनै भएपनि काम गरी दिने गरेको जानकारी दिए । कार्यक्रममा सहकारी कार्यालयका प्रमुख, गैर सरकारी संस्थाका प्रमुख,          राजनैतिक दलका प्रतिनधी    तथा पत्रकारहरुको उपस्थिति      रहेको थियो ।

सम्पादकीय 

राजनीतिक सहमति कायम गर

मंसिर ४ गते सम्पन्न संबिधानसभाको अर्को निर्वाचनपछि फेरी नेपालको राजनीतिमा नयाँ किसिमका बिवादहरु सुरु भएका छन । कुन दलले कुन दलको अस्तित्व स्वीकार गर्ने वा नगर्ने भन्ने बिवाद अव सृजना हुन थालेको छ । संबिधानसभाको निर्वाचन अर्को पल्ट भईसकेपछि नयाँ जनादेश अनुसार              राष्ट्रप्रमुख र उपप्रमुख छानिनु पर्छ भन्ने एक थरीको भनाई     रहेको छ भने अर्को थरीले राष्ट्रपतिलाई नयाँ संबिधान नवनाएसम्म हटाउन नमिल्ने दावी गर्दै आएको छ ।
ताजा जानदेशको कदर गर्ने हो भने र राजनीतिक शक्ति बिभाजनको कुरा गर्ने हो भने अहिलेको अवस्थामा राजनीतिक सहमति कायम गर्नका लागि राष्ट्रप्रमुख र उपप्रमुखको नयाँ निर्वाचन हुनु पर्ने हुन्छ । नेपालको अन्तरीम संबिधान २०६३ अनुसार संबिधानसभाको निर्वाचन अर्को पल्ट हुने व्यवस्था कही कतै उल्लेख गरिएको छैन तर भयो । नयाँ निर्वाचन भईसकेपछि राजनीतिक दलहरुको आकार पनि परिवर्तन भएको छ । हिजोको पहिलो दल आज तेश्रोमा पुगेको छ भने हिजोको दोश्रो दल हाज पहिलो भएको छ । यस हिसावले हेर्दा पनि नयाँ जनादेश अनुसार राष्ट्रपति स्वयंले पनि आफुले आफैले आप्mनो त्याग गरेको घोषणा गर्नु पर्ने हो तर हाम्रो देशमा नैतिकता भन्ने चिजनै नभएपछि त्यो त सम्भव नहोला ।
जनताको म्याण्डेट र वर्तमान आवश्यकता पनि सहमतिको राजनीतिक हुनुपर्छ भन्ने हो । जनताले कुनै पनि दललाई स्पष्ट वहुमत दिएका छैनन् । कुनै पनि दलले व्यवस्थापिका संसदमा आप्mनो बल देखाएर शक्ति संचय गर्न सक्ने अवस्था छैन । अनि के जो ठुलो दल भयो उसैले सवै कुरा दावी गर्ने अनि                   राजनीतिक सहमतिको रटान पनि लगाउने त ? “मेरो गोरुको वा¥है टाँका” भन्ने जस्तो गरेर राजनीतिक सहमति कायम हुन सक्दैन ।
जस्लाई जे पद दिने हो वा जे शक्ति दिने हो त्यो          राजनीतिक दलको बिषय होला तर जनतालाई संबिधान      चाहिन्छ । त्यो संबिधान जनताले तव मात्र पाउने छन जव        राजनीतिक सहमति हुन्छ । त्यसैले राजनीतिक सहमति कायम गरी नयाँ संबिधान जारी गर्ने दिँसातिर दलहरुले अगाडी वढ्नु पर्छ । नयाँ संबिधान जारी गर्ने कुरा त्यति सजिलो छैन ।        राजनीतिक शक्ति सन्तुलनका हिसावले धर्म निरपेक्षता–सापेक्षता, राजतन्त्र–गणतन्त्र, संघीयता–संघीयता बिरोदी, हरुको संबिधानसभामा वाक्लो उपस्थिति रहेको कुरा कसैले पनि नकार्न मिल्दैन । यि शक्तिहरुलाई एक ठाउँमा ल्याई नयाँ संबिधान जारी गर्ने कुरा त्यति सजिलो बिषय होईन । भागुताको धार्नी पु¥याएजस्तो गरी दुई तिहाई वहुमत पु¥याउने अनि नयाँ संबिधान जारी गर्ने हो भने उक्त संबिधानको हैसियत पनि २०४७ सालको संबिधानको जस्तै हविगत हुनेछ । जारी भएकै दिन वा जारी भएको भोलीपल्ट संबिधान जल्नेछ । फेरी         राजनीतिक अस्थिरता सुरु हुनेछ, फेरी नयाँ वखेडा हुनेछ ।
त्यसकारण संबिधानसभाको निर्वाचनपछिको आकारलाई हेरेर राजनीतिक सहमति कायम गर्नु पर्छ, शक्ति बिभाजनको आधारमा जिम्मेवारी दिईनु पर्छ । जसो तसो नयाँ संबिधान जारी गर्नुपर्छ । उक्त संबिधान राजनीतिक सहमतिको दस्तावेज वन्नुपर्छ र देशलाई अग्रमगनतिर लैजानु पर्छ । अन्यथा देशमा जहिले पनि अवस्था यस्तै हुनेछ ।

थप समाचार 

नेपाल पनि शोक मनाउदै

मंसिर २१ गते ९५ वर्षको उमेरमा निधन भएका दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाको निधनप्रति नेपाल      सरकारले गहिरो दुःख व्यक्त गर्दै तिन दिनसम्म शोक मनाउने भएको छ ।
नेपाल सरकार गृह मन्त्रालयले दिएको जानकारी अनुसार नियमित काम कार्वाहि बाहेक कुनै पनि औपचारिक कार्यक्रम नगरी तिन दिनसम्म शोक मनाउने परिपत्र मतहतका सम्पुर्ण कार्यालयहरुलाई         गरिसकेको बताईएको छ ।
डोटी जिल्ला प्रशासन कार्यालय डोटीले २४ गते ११ औं अन्तराष्ट्रिय भष्ट्राचार बिरोधी दिवश (९ डिसेम्बर) का मनाउन सार्वजनिक सम्वाद कार्यक्रमको आयोजना गरिएको र २३ गते बेलुकी गृहमन्त्रालयवाट पत्र आए पछि हिजो गर्ने भनिएको औपचारिक कार्यक्रम स्थगन गरेको छ । जिल्ला प्रशासन कार्यालय डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले दिएको    जानकारी अनुसार मंसिर २३ गते देखि आजसम्म कुनै औपचारिक कार्यक्रमहरुको आयोजना नहुने बताएको छन् । भोली देखि मात्र औपचारिक कार्यक्रम गर्न पनि सबैलाई आग्रह गरेका छन् ।
रंगभेद आन्दोलन गरी २७ बर्षको लामो जेल सजय भोगेका मण्डेला पहिलो अश्वेत राष्ट्रपति भएका थिए । उनको मृत्युमा विश्वका प्रमुख नेताहरुले गहिरो दुःख व्यक्त गरेका छन् । हाम्रो पनि श्रद्धान्जली मण्डेलालाई ।


देउवाद्वारा महोत्सवको उदघाटन
पहिलो दिनमै व्यापक आलोचना

कैलाली उद्योग वाणिज्य संघद्वारा आयोजित सुदुरपश्चिम महोत्सव शनिवार पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाद्वारा उद्घाटन गरेका छन ।
देउवाद्वारा उद्घाटन गरिएको सो महोत्सवमा सुदुरपश्चिमका अन्य दुई राजनीतिक हस्ती नेकपा एमाले केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री भीम रावल र एनेकपा माओवादीका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री लेखराज भट्टको समेत उपस्थिति रहेको थियो । उद्घाटनको क्रममा वोल्दै पूर्व प्रधानमन्त्री देउवाले एकिकृत नेकपा माओवादी र नेकपा–माओवादीलाई प्रक्रियामा आएर आफ्ना कुरा राख्न आग्रह गरेका छन । “संबिधानसभाको निर्वाचनमा धाँधली भएको आरोप लगाउनु भन्दा जनताको अभिमतलाई स्वीकार गर्न आग्रह गर्दै देउवाले सुदुरपश्चिमाञ्चल क्षेत्रको बिकासका लागि यस क्षेत्रका जनताले एकजुट हुनु पर्ने वताए ।
कार्यक्रमका अर्का वक्ता एमाले नेता रावलले सुदुरपश्चिमाञ्चल क्षेत्रको बिकास पछाडी परेको भन्दै आफु यो क्षेत्रको बिकासका लागि जनतासंग काँधमा काँध मिलाएर अगाडी वढ्ने प्रतिवद्धता व्यक्त गरे । एनेकपा माओवादीको प्रस्तावमा सर्वोच्च अदालतका वहालवाला प्रधान न्यायाधिशको नेतृत्वमा सरकार गठन गरेको स्मरण गराउँदै       रावलले अहिले सो सरकारले     गराएको निर्वाचनमा धाँधली भएको आरोप लगाउनु हास्यास्पद भएको तर्क गरे । अहिले पनि नेकपा एमाले सहमतिको राजनीतिका लागि अभ्यास गरिरहेको रावलको भनाई थियो । धनगढी बिमानस्थललाई क्षेत्रीय विमानस्थलमा परिणत गर्ने, यस क्षेत्रका स्वास्थ्यसंस्थाहरुमा आईसियुको व्यवस्था गर्ने, सेती लोकमार्गको निर्माण गर्ने जस्ता यस क्षेत्रका बिकासका लागि सिंहदरवारको ध्यानाकर्षण गराउने उनले वताए ।
कार्यक्रममा एमाओवादी नेता भट्टले मंसिर ४ गते भएको संबिधानसभा निर्वाचनमा एमाओवादीलाई मत दिने जनतालाई धन्यवाद दिएका    थिए । संबिधानसभाको निर्वाचनमा धाँधली भएको पार्टीको ठहर भएको भन्दै भट्टले आफुहरु अहिले पनि सहमतिको राजनीति अगाडी भन्नेमा लागेको वताए । “यहाँ धु्रबिकरण गराउने प्रयास हुँदैछ” उनले भने– तर हामीहरु अहिले पनि सहमतिकै राजनीतिका लागि अगाडी वढ्नेछौं । सुदुरपश्चिमको बिकासका लागि आफु सधैं सक्रिय रहेको भट्टको भनाई थियो ।
महोत्सवको उद्घाटनका क्रममा व्यवस्थापन पक्ष फितलो       रहेको भन्दै सहभागिहरुले आलोचना गरेका छन । आशन ग्रहणका क्रममा मर्यादाक्रम नमिलाईएको, नवनिर्वाचित सहभासदहरुलाई पछि आशन ग्रहण गराईएको, लोडसेडिङमा बिद्युतको व्यवस्थापन गर्न नसकेको आरोप सहभागिहरुले लगाएका थिए । यसैगरी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यहरुलाई समेत आशन ग्रहण नगराएको, सुदुरपश्चिम महोत्वस नाम दिईएको भएपनि कैलालीको मात्रै महोत्सव भएको आरोप समेत सहभागिहरुको रहेको थियो ।
बिगत लामो समय देखि सुदुरपश्चिम महोत्सवको नाम दिँदै आयोजना गरिदै आएको उक्त महोत्सवले यस क्षेत्रको समग्र पहिचान र संस्कृतिलाई समेट्न नसकेको भन्दै डोटी उद्योग वाणिज्य संघले गत वर्ष दिपायलमा सुदुरपश्चिम महोत्सव भव्य रुपमा सम्पन्न गरेको थियो ।

नेपाल टेलिकमको निःशुल्क वाईफाईसेवा

नेपाल टेलिकमले मुलुकका विभिन्न स्थानहरुमा करीब तिन महिनाका लागी निशुल्क   ईन्टरनेटको बाईफाई सेवा उपलब्ध गराउने भएको छ ।
सामाजिक दायित्व अन्तरगत टेलिकमले पहिलो चरणमा राजधानीका विभिन्न स्थानमा हटस्पट जडान गरी पहिलो चरणको तिन महिना निशुल्क वाईफाई सेवा उपलब्ध गराउने भएको हो ।
टेटिकमले त्यसखालको   सेवा त्रिभुबन अन्तराष्ट्रिय विमानस्थलमा सुरु गरिसकेको छ भने वीर अस्पताल, त्रिभुबन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगायतका स्थानमा पनि सो सेवा उपलब्ध भई सकेको जनाएको छ । यस्तै गंगालाल हृदयरोग  केन्द्रमा यो सुविधा सुरु भई सकेको छ ।
टेलिकमले यस वर्ष मुलुकभरका करीब पाँच सय स्थानमा हटस्पट जडान गरी बाईफाई सेवा प्रदान गर्ने लक्ष्य   राखेको छ । नागरिकको धेरै आबतजाबत हुने स्थानमा पहिलो चरणमा त्यस खालको सेवा दिन लागिएको हो । टेलिकमका उपप्रबन्धक देवेन्द्र खतिबडाका अनुसार नागरिकको भेटवार्ता बढी हुने स्थानमा पहिलो चरणमा निःशुल्क वाईफाई सेवा प्रदान गराउन लागेको हो । टेलिकमले अस्पताल, रेष्टुराँ, विमानस्थल, पार्क, सपिङ्गमहल, बसपार्क र पर्यटकहरुको बढी आओत जाओत हुने स्थानमा   यस्तो सेवा उपलब्ध गराउन लागेको हो ।


१० दिन पछि हुने भयो मल्डेलाको अन्त्येष्टि

कान्तिकारी नेल्सन मण्डेलाको अन्त्येष्टि मंसिर ३० गते डिसेम्बर १५ तारिखका दिन गरिने भएको छ ।
मंसिर २१ गते ९५ वर्षको उम्मेरमा निधन भएका मण्डेलार्ला श्रद्धान्जली दिने शोक सभाको आयोजना गर्ने कार्यक्रम अनुसार १० दिनसम्म राखिने भएको हो । विहिबार        राती निधन भएका मण्डेलालाई श्रद्धाञ्जली दिन देशी तथा विदेशी उच्च नेताहरु आउने जानेक्रम बाँकी रहेको विविसि समाचारले जनाएको छ । मण्डेलाको अन्त्येष्टि डिसेम्बर १५ तालिखका दिन ईष्ठर्न केपस्थित उनकै पुख्यौली गाँउ कुनुमा गरिने भएको छ । आईतबार अफ्रिकामा राष्ट्रिय प्राथना दिवसको आयोजना गरिएको थियो भने शोकमा राष्ट्रिय झण्डा ३ दिन सम्म झुकाएको छ । दक्षिण अफ्रिकिहरु खासगरी जोहानेसबर्ग तथा सोवेतोका लाखौं जनता सड्कमा निस्किरहेका छन् ।
मण्डेला झण्डै ३० वर्ष पहिले जेलबाट मुुक्त भई पहिलो पटक सार्वजनिक भाषण गरेको स्थानकेप टाउनमा शोकमनाउन हजारौ व्यक्तिहरुको भेला भएको थियो । रंगभेद आन्दोलन गरी २७ बर्षको लामो जेल सजय भोगेका मण्डेला पहिलो अश्वेत  राष्टपति भनेका थिए ।
उनको निधन प्रति विश्व नेताहरुले गहिरो दुःख प्रकट गरेका छन् । ह्वाईट हाउसले भनेको छ राष्टपति बराक ओबामा तथा उनकी श्रीमति मिशेल ओबामा, मण्डेलालको अन्त्येष्टिमा सहभागी हुन दक्षिण अफ्रिका जाने छन् । अन्तीम सम्मान दिन घानाका     राष्ट्रपति जोन महामाले मिडिया मार्फत मण्डेला यस धर्तिमा जन्मिएका मध्ये हालसम्मकै महान अफ्रिकी भएको बताएका छन् ।


अझै लालपूर्जा छैन काडाँमाण्डौ बासीसँग

नेपाल एकिकरणको क्रममा डोटी पुगेका सरदार अमर सिंह थापाले बिक्रम् सम्वत् १८६६ सालतिर स्थापना गरेको काँडा मालिका गुठीको जग्गामा वसोवास गरिरहेका स्थानीयवासीहरुले अहिलेसम्म पनि लापुर्जा पाएका छैनन् ।
“पुस्तौंदेखि हामीले जग्गा भोगचलन गरिरहेका छौं, त्यसै जग्गामा घर वनाएर बसोवास पनि गरिरहेका छौं” स्थानीय रघु वटालाले जग्गा भएर पनि आफुहरु सुकुम्वासी भएको दुखेसो गरे ।
काडाँमाण्डौं गाबिसको वडा १ उपरकाँडा, २ बोकटी गाउँ, ३ न्वाघर र ४ वटाला गाउँ गरी चार वडाहरु पूर्ण रुपमा गुठीको जग्गामा बस्दै आएका छन । हामीहरु करीव चार सय ६०    परिवार छौं, स्थानीय खडकवहादुरले भने– घरायसी रुपमा हामीले जग्गा खरिदबिक्री पनि गर्ने      गरेका छौं तर कानुनी रुपले हामीहरुसंग कुनै पनि प्रमाण     छैन ।
कि त सरकारले हामीलाई नेपाली नागरिक होईनौ भनेर लेखेर दिनुप¥यो कि भने हामीलाई जग्गाधनी प्रमाणपूर्जा दिनु प¥यो हामीहरु सुकुम्म्वासी भएर कहिलेसम्म वस्ने काडाँमाण्डौं गाबिस–४ वटाला गाउँका रघु बटाला भन्छन ।
देशमा ठुलो राजनीतिक परिबर्तन भएको छ तर हाम्रा दुःख अहिले पनि उस्तै छन स्थानीय गगन वटाला राजनीतिक       परिवर्तनको आभास आफुहरुले पनि पाउनु पर्ने वताउँछन । नयाँ संबिधान निर्माण हुँदैछ, हामी जस्ता जग्गा भएर पनि सुकुम्वासी भएकाहरुको वारेमा पनि नयाँ कानुनमा व्यवस्था हुन्छ कि भन्न आश छ ।
आफुसंग लालपुर्जा भएमा उक्त जग्गा बैङ्कमा राखेर व्यापार गर्न पनि सजिलो हुन्थ्यो, तर हामीले त त्यो जमिनवाट खेतीपाती वाहेक अरु कुनै पनि फाईदा उठाउन सकेका छैनौं स्थानीय दिर्घ वोगटीले यो समस्या समाधानका लागि सवैले सहयोग गरिदिनु पर्ने वताए ।
आफुहरुले बिगतका दिनहरुमा पनि प्रयास गरेको वताउँदै पूर्व गाबिस अध्यक्ष समेत रहेका स्थानीय गोरख वोगटी भन्छन– हामीले प्रयास गरेर मात्र केही भएन । राजतन्त्र समेत समाप्त भईसकेको र देश लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको वर्तमान परिस्थितिमा फेरी पनि गुठीको जग्गा कमाएर खानु परेको वाध्यताप्रति खिन्नता प्रकट गर्दछन स्थानीयवासीहरु ।


डोटी शाखाद्धारा जग्गा खरिद

नेपाल पत्रकार महासंघ जिल्ला शाखा डोटीले भवन निर्माणका लागि जग्गा खरिद   गरेको छ ।
जग्गा खरीद भइसकेपछि भवन निर्माणको काम पनि चाँडै थालिने नेपाल पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष टेकेन्द्र देउवाले बताएका छन् । दिपायल सिलगढी नगरपालिका २ सिलगढी बजारको मध्य भागमा रहेको ६ आना जग्गा बिहीबार मात्रै नेपाल पत्रकार महासंघको नाममा नामसारी गरिएको अध्यक्ष देउवाले जानकारी दिएका छन ।
७ लाख बराबर मुल्याँकन रहेको जग्गा नेपाल पत्रकार महासंघ डोटी शाखाले आफ्नै श्रोत बाट खरिद गरेको पनि शाखा अध्यक्ष देउवाले बताए । उनले भने,‘भवन निर्माण भएपछि शाखाको कार्य सम्पादन र ब्यबस्थापनमा सहयोग पुग्ने छ । अध्यक्ष देउवाले आफुहरु भवन निर्माणका लागि सहयोगी हातको पर्खाईमा रहेको बताए । महासंघको डोटी शाखालाई संस्थागत रुपमा बिकास गर्नका लागि हामीले जमिन खरीद गरेका छौं, देउवाले सहयोग पाए आफुहरु निकट भबिश्यमा भवन वनाउने वताए ।


अपाङ्ग दिबसमा भएका चार सम्मानित

अपाङ्ग सेवा संघ डोटीले चार जनालाई २२ औ अपाङ्ग दिवशको अबशरमा सम्मानित गरेको छ भने १० जनालाई छात्रवृत्ति वितरण गरेको छ ।
जिल्ला सदरमुकाम सिलगढीमा दिबशको अबशरमा आयोजना गरिएको अन्तरकृया कार्यक्रममा अपाङ्गता भएर पनि शिक्षाको क्षेत्रमा योगदान पु¥याएका डोटी बहुमुखि क्याम्पस डोटी सहप्रध्यापक सुदर्शन शाहा, क्रियाशिल अपाङ्ग अधिकारकर्मिमा महादेब भारती, विशेष शिक्षा शिक्षक टेक वोगटी र अपाङ्गता क्षेत्रमा कलम चलाउने पत्रकार कान्तीपुर दैनिकका डोटी सम्वाददाता मोहन शाहीलाई सम्मान गरेको हो । आयोजित कार्यक्रममा अपाङ्गता भएका १० जना बालबालिकाहरुलाई छात्रवृत्ति पनि वितरण गरेको छ ।
अपाङ्ग सेवा संघ डोटीले दिएको जानकारी अनुसार एक साथ डोटीको छतिवन गाविसको बुडर, खिर्सेन गाविसको फुलौटमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको बताएको छ । कार्यक्रम प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेको अध्यक्षता र स्थानिय विकास अधिकारी शिव कुमार कार्कीको प्रमुख अतिथ्यमा महिला तथा बालबालिका कार्यालय डोटीको सभा हलमा सम्पन्न भएको हो ।  


छोटकरी समाचार 

वक्तृत्वकला सम्पन्न

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा डोटीको केदारेश्वर उमावि कपल्लेकीमा लैङ्गिक हिंसा विरुद्धमा विद्यार्थीहरुको भुमिका विषयक एक दिवसीय वक्तृत्वकला प्रतियोगीता सम्पन्न भएको छ ।
विद्यार्थीहरुलाई घरेलु तथा लैङ्गिक हिंसाका बारेमा सचेत     गराई हिंसा न्युनीकरण गर्नका लागि जानकारी दिने उद्देश्यले इन्सेक डोटीको सहयोग तथा विद्यालयको संयोजनमा विद्यालयस्तरिय वक्तृत्वकला प्रतियोगीता आयोजना गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण नेगीको अध्यक्षता र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जनक शाहीको प्रमुखआतिथ्यतामा सम्पन्न प्रतियोगीतामा विद्यालयका १० जना विद्यार्थीहरुले भाग लिएको ईन्सेक डोटीले जनाएको छ ।


दिवस सम्पन्न

राष्ट्रिय स्वयमसेविका दिवस विभिन्न कार्यक्रमहरुको आयोजना गरी डोटीमा सम्पन्न भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय डोटीको आयोजना, महिला स्वयंसेविका सञ्जाल र विभिन्न गैर सरकारी संस्था तथा      नागरिक समाजको सहभागीतामा डोटी जिल्ला सदरमुकाम सिलगढीको ईन्द्रचोक देखि सुरु भएको प्रभातफेरीले सदरमुकाम परिक्रममा गर्दै जिल्ला स्वास्थ्य कार्यालयमा अन्तकृया कार्यक्रम गर्दै सम्पन्न भएको हो ।
दिबसको अबसरमा आयोजना भएको अन्तकृयात्मक कार्यक्रममा  उत्कृष्ट कार्यगर्ने स्वयंसेविकाहरु प्रमाण पत्र र नगद पुरुस्कार दिई सम्मान गरेको छ ।



खेल समाचार 

छोटो समयमा उपलब्धी लिने सोमपाल

नेपाली एक युवा वलर सोमपाल कामीले काठमाण्डौं पुगेको चार महिना वित्न नपाउदै राष्ट्रिय क्रिकेट टिममा समावेश मात्र हुने अबशर पाएनन् देशका लागी खेल जगतबाटै केही गर्न सकिन्छ भन्ने सन्देश पनि दिए ।
१८ वर्षीया सोमपाल नेपाली टिमका सबै भन्दा कान्छा खेलाडी पनि हुन् । न्युजिल्यान्डमा जनबरी १३ देखि फेबुहरी १ सम्म हुने विश्व कप प्रतियोगिताका लागी क्यानले घोषणा गरेको १५ सदस्यीय राष्ट्रिय टिममा उनको नाम पनि रहेको छ । छोटो समयमा ठुलो उपलब्धी हासिल गर्ने सम्भवत उनी नेपाली पहिलो खेलाडी हुन् ।
पुख्र्यौली घर गुल्मी भएका सोमपाल तीन वर्षको उमेरमा परिबारसँग क्रिकेटरलाई भगवानको दर्जामा राख्ने गर्ने गरेको परिवार श्रोतले बताएको छ । सोमपाल भन्छन् बलिङ्ग गर्दा मेरो हात पुरै घुम्दैन थियो पछि ईँटा लिएर बलिङ्ग गर्न थाले त्यसपछि मेरो बलिङ्ग राम्रो भएको हो ।  सरकारी जागिर रहेका उनका बाबुले     छोरोलाई ईन्डेन आर्मी बनाउने सोच बनाएको भएपछि आफ्नो लगाब क्रिकेटमा नै भएका कारण आफुले क्रिकेटका लागी नै समय दिने गरेको कक्षा १२ को अध्यापन पुरा गरेका सोमपालले बताए ।


संरक्षणको पर्खाईमा मालिका मन्दिर

नेपाल एकिकरणको क्रममा बिक्रम् सम्वत् १८४६÷४७ तिर पश्चिम नेपाल आईपुगेका सरदार अमर सिंह थापाले आप्mनो नेपाल एकिकरणको अभियान पुरा होस भन्ने कामना सहित स्थापना गरेको काँडामालिका मन्दिर अहिले जिर्ण अवस्थामा रहेको छ ।
डोटीको काडाँमाण्डौं गाबिसमा पर्ने काँडामालिका मन्दिरमा सरदार थापाले आप्mनै हातले महालक्ष्मी, महाकाली र महासरस्वतीको आकृति स्थापना गरी अखण्ड द्विप प्रज्वलन गरेका थिए । मन्दिरको संरक्षणका लागि गुठी स्थापना गरी मन्दिर वरपर पर्ने वटालागाउँ, नुवाघर, उपरकाँडा र वोगटी गाउँलाई गुठी संरक्षकका रुपमा तोकिदिए देखि उक्त मन्दिरको संरक्षण स्थानीयवासीहरुले गर्दै आएका थिए ।
मन्दिरमा नियमित पुजा र अखण्ड द्विप प्रज्वलन कार्यको बिधि समेत सरदार थापाले आफै तोकिदिएपछि उक्त मन्दिरमा स्थापनाकाल देखिनै अखण्ड द्विप प्रज्वलन हुँदै आएको  थियो । तर, हाल उक्त मन्दिरमा न पुजा हुन्छ न त अखण्ड द्विप प्रज्वलन नै भएको देखिन्छ ।
धार्मिक मात्र नभई पर्यटकीय र ऐतिहासिक दृष्टिले समेत महत्वपूर्ण मानिने उक्त मन्दिरको पुजा गर्ने परम्परा र अखण्ड द्विप प्रज्वलन माओवादीले सञ्चालन गरेको सशस्त्र संघर्षका क्रममा २०६१ सालमा मन्दिरमाथी हमला गरी द्विप निभाएको र कसैले पुजा गरे भौतिक सफाया गर्ने धम्की दिएपछि मन्दिरको पुजा कार्य रोकिएको स्थानीयवासीहरु वताउँछन ।
सरदार थापाले काठमाण्डौंवाटै दक्ष कामदारहरु झिकाई निर्माण गरेको मन्दिर र मन्दिरभित्र रहेका मुर्तिहरु हेर्नका लागि टाढा–टाढावाट भक्तजन र पर्यटकहरु आउने गरेको स्थानीय रघु वटाला वताउँछन । उहिले सधँै पुजा पनि हुन्थ्यो र अमरसिंह थापाले वालेको बत्ती हेर्नका लागि पनि धेरै मान्छेहरु आउँथे वटाला भन्छन–माओवादीले मन्दिरका समान फालेपछि भने त्यो मन्दिर वाँझो घर जस्तै भएको छ ।
मन्दिरकै नाममा स्थापना भएको गुठीको जग्गामा हामीहरु वसोवास गर्दै आएका छौं स्थानीय गगन वटाला वताउँछन– मन्दिरै नरहे गुठीको के काम ? लामो समयदेखि मन्दिरमा मानिसको आवत जावत पनि वन्द भएकोले मन्दिर जिर्ण भएको स्थानीय गोरखवहादुर वोगटी वताउँछन ।
आफुहरु मन्दिरको पुजा नियमित गर्नका लागि प्रयासरत रहेको स्थानीय खडकसिं धानुक वताउँछन । काठमाण्डौंवाटै पनि मालिका मन्दिर हेर्न र गुठीको अध्ययन गर्नका लागि धेरै बिज्ञहरु आएको स्मरण गर्दै खडकसिंहले अहिले मन्दिरको अवस्था दयनीय भएकोमा चिन्ता व्यक्त गरे ।
मन्दिरमा पुजा पाठ बिधि पुनः सुरु गर्नका लागि बातावरण वनाई दिन स्थानीय सरकारलाई स्थानीयवासीहरु आग्रह    गर्दछन ।
ठुला–ठुला तर मिलेका ढुङ्गावाट निर्माण गरिएको मन्दिरको छतमा सिंहको दुई ठुला मुत्ृिहरु वनाईएका छन । करीव दुई रोपनी क्षेत्रफलमा फैलिएको उक्त मन्दिर माओवादीले आक्रमण   गरेदेखि अहिलेसम्म कसैले पनि खोल्ने हिम्मत नगरेको स्थानीयवासीले वताए ।
धार्मिक दृष्टिले कुनै धर्म बिशेषको मात्र मन्दिर भएपनि पर्यटकीय हिसावले यो मन्दिरको अति महत्व रहेको छ । मन्दिरमा प्रयोग भएको सीप र क्षेमतालाई हेर्दा एकटक हेरिराखु जस्तो लाग्ने उक्त मन्दिरको संरक्षणमा सवैको पहल हुनु जरुरी छ ।
मन्दिरको संरक्षण गर्नका लागि स्थापना भएको गुठीको भोग चलन गर्दै आएका चार गाउँका व्यक्तिहरुको नाममा जमिन नभएकाले मन्दिरको पुजा रोकिँदा स्थानीयवासीहरु चिन्तित भएका छन ।


चलचित्र÷मनोरञ्जन 

आईटम डान्सको पाँच करोड

फिल्म जगतमै पहिलो पटक एक पटक आईटम टान्स गरेको पाँच करोड भारतीया रुपैयाँ लिएर पुनम पाण्डे चर्चाको सुचीमा रहेकी छिन् ।
बलिउडमा बोल्ड गर्लको छवि बनाएकी पाण्डेले दक्षिण भारती एक चलचित्रमा आईटम डान्स गरे बापतको पारिश्रमिक पाँच करोड भारतीय रुपैयाँ लिने भएपछि उनी सबै भन्दा बढी        पारिश्रामिक लिने आईटम डान्सर बनेकी हुन् । हिन्दी चलचित्र शिशा मार्फत बलिउडमा डेब्यू गरेकी पाण्डे अहिले सुटिङ्गमा व्यस्त छिन् ।
यसरी एउटै डान्सको पाँच करोड पुगेपछि बलिउडका चलचित्रहरु निर्माण गर्दा ठुलो धन राशी लाग्दै जाने प्रबल सम्भावना रहेको विश्लेषकहरु बताउँछन् ।

दुई चलचित्र महोत्सब भोली र पर्सि

अन्तराष्ट्रिय पर्वतीय चलचित्र महोत्सब (किम्फ) भोली मंसिर २६ गते बुधबार देखि राष्ट्रिसभा गृहमा सुरु हुँदैछ भने अन्तराष्ट्रिय स्तरको पोभर्टी केयर  चलचित्र महोत्सब अमेरिकाको न्युयोर्कमा मंसिर २७ गते देखि हुने भएपछि दुई चलचित्र महोत्सब भोली र पर्सि हुने भएको हो ।
पाँच दिनसम्म चल्ने बताईएको किम्फको उद्घाटन नेपाली चलचित्र ईन्द्रेणी खोज्दै जाँदा प्रर्दशनले गर्ने छ भने क्याप्टेन जोहन नोयलको चलचित्र द इपिक अफ एभरेस्टले महोत्सबको समापन गरिने पत्रकार सम्मेलन मार्फत जनाकारी        गराईएको छ ।
हिमाल एसोसियसनको आयोजनामा हुन लागेको महोत्सबमा २० मुलुकको ४९ चलचित्र प्रर्दशन हुने छन् । साहसिक यात्रा, पर्वतारोहण, द्धन्द्ध, संस्कृति, गरिबि, विकास, लैंगिकता, जस्ता विषयमा बनेका चलचित्र, डकोमेन्ट्री, एनिमेसन महोत्सबमा प्रर्दशन हुनेछन् ।
यस्तै अमेरिकाको न्युयोर्कमा चल्ने एक दिने पोभर्टी केयर चलचित्र महोत्सवका लागि नेपालबाट दुई छोटा चलचित्र ह्वाईट अम्ब्रेला तथा बाँसुल्ली छानिएका छन् ।
आगामी मंसिर २७ गते चल्ने उक्त महोत्सब नेपालसहित विभिन्न देशका ६४ चलचित्र प्रर्दशन हुनेछन् । नेपालवाट सहभागी हुने ह्वाईट चलचित्रको निर्देशन रमेशमान श्रेष्ठले गरेका हुन् । यो चलचित्र महोत्सबको पाँच हजार डलर पुरस्कारको बेस्ट क्यारेटिभ सर्ट विधासहित ३ हजार डलरको पब्लिक च्वाईस एवार्डका लागि समेत प्रतिस्पर्धामा छ । पब्लिक च्वाईका लागि मीन वहादुर भाम निर्देशित बाँसुल्ली पनि छानिएको छ ।

पुष २६ मा पाँच चलचित्र

पुष २६ गते माघे संक्रान्तिलाई मध्यनजर गर्दै पाँच नेपाली चलचित्र प्रर्दशनमा आउने नेपाल चलचित्र विकास वोर्डले जनाएको छ ।
माघे संक्रान्तिको अबसरमा प्रदर्शनमा आउने चलचित्रहरुमा छ एकान छ, बितेका पल र पराई तिन चलचित्रको विचमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको भए पनि अन्य दुई चलचित्र योद्धा र प्रतिज्ञा पनि सोहि दिन प्रर्दशनमा आउने भए पछि पाँच चलचित्र प्रर्दशनमा आउने भएको      हो ।
नायक तथा निर्माता गोविन्द शाहीको चलचित्र पराईको फस्ट लुक प्रोमो बुधवार नै सार्वजनिक भईसकेको छ भने पराईमा निरज बराल, गोविन्द शाही, नन्दिता केसी र गरिमा पन्त मुख्य भुमिकामा देखिएका छन् ।
एकै दिन पाँच चलचित्र किन भन्दा निर्देशकहरु वताउँछन् माघी तराई क्षेत्रमा बस्ने बसिन्दाहरुका लागी मात्र नभई पहाडी क्षेत्रका व्यक्तिहरुको लागी पनि महत्वपुर्ण पर्व हो  । यसै समयमा हामीले चलचित्र दिदा पर्वलाई सम्मान दिएको दर्शकहरुलाई आनन्द दिएको जस्तो हामीलाई लाग्नेछ ।


लेख 

अलविदा मण्डेला !

सच्चिदानन्द जोशी 
जहाँ दमन हुन्छ त्यहाँ प्रतिरोध हुन्छ । अनि जहाँ प्रतिरोध हुन्छ त्यहाँ संघर्ष सुरु हुन्छ । सहि नीति र नेतृत्वका साथ निरंतरता रह्यो भने संघर्ष क्रान्तिमा वदलिन्छ, यस्तो परिवर्तन जो यस अघि कसैले खेदेको वा महसुस गरेको थिएन । अत्यन्त थोरै मान्छेहरुले सपनामा देखेको संसार देखा पर्छ । क्रान्तिको विज्ञान यहि हो । दुनियाँमा सम्पन्न साना ठुला सवै क्रान्तिको वाटो यहि हो । मान्छेको दर्जामा समेत नगनिएका काला दाशहरु दुनियाँको एउटा सम्पन्न मुलुकका शासक वन्नु चानचुने कुरा थिएन । पिंढी दर पिंढी शोषण, दमन र हिंसाले दवाईएका दक्षिण अफ्रिकीहरु एक दिन त्यसै मुलुकको शासक वन्नेछन् भनेर कसैले सोचेका पनि थिएनन् । तर त्यो सम्भव भयो, हाम्रो आँखा कै सामुन्ने । हेर्दा हेर्दै गोराहरुको असत्ति सत्ता चकनाचुर भयो र कालाहरु आफ्नो भाग्य र भविष्यको फैसला आफै गर्न सक्ने भए । केवल दक्षिण अफ्रिका मात्र होईन एसिया, अफ्रिका, युरोप र अमेरीकामा समेत अधिकारका लागि लडिरहेका हामी जस्ता करोडौं स्वप्नद्रष्टाको विश्वासमा दृढता थप ग¥यो । १९९० का ओरपर विश्वव्यापी रुपमा देखा परेको लोकतान्त्रिक संघर्षको सफलतामा दक्षिण अफ्रिकाले लोकोमोटिकको काम ग¥यो ।
२७ वर्षको कठोर जेल जीवनले गलाउन नसकेको आस्थाले त्यो संघर्षलाई सफलता सम्म पु¥यायो । यस्तो विश्वास जो कहिल्यै थाकेन, हारेन । नेल्सन मण्डेला एउटा नाम जसको उचाई छुन चानचुनेहरुको हिम्मत नै पुग्दैन । मण्डेला जो एउटा कविलाको मुखियाको छोरोको रुपमा जन्मेर दक्षिण अफ्रिकी जनताको मुक्तिको मसिहा, दक्षिण अफ्रिकाको राष्ट्रपति र दुनियाँभरका क्रान्तिकारीहरुको प्ररेणा स्रोतका रुपमा जिवित रहे । जसको मृत्युले समेत मान्छेमा एउटा नजानिदो किसिमको जोस पैदा गरेको छ, एउटा हिम्मत । दुनियाँलाई मुक्त गर्ने, शोषण, दमन अन्याय र अत्याचारवाट मुक्त गर्ने । मृत्यु सवैको हुन्छ । कसैको मृत्यु प्वाँख भन्दा पनि हलुंगो हुन्छ कसैको मृत्यु सगरमाथा भन्दा भन्दा पनि गरुंगो । मण्डेला जस्ताको मृत्यु त्यहि दोस्रो किसिमको मृत्यु वनेको छ । आज उनको मृत्युमा विश्वले शोक मनाईरहेको वेला पनि कुनै निराशा छैन कसैको आँखामा । वगिरहेका आँशुमा एक प्रकारको आत्म विश्वास देखिदैछ । एउटा रोमाञ्चकारी जीवन र रोमाञ्चकारी मुत्यु लोभ लाग्दो जीवन र लोभ लोग्दो मृत्यु ।
हतियारवन्द सशस्त्र छापामार संघर्ष राष्ट्रव्यापी मजदुर हडतालका क्रममा समातेर आततायीहरुले आजीवन कारावासमा राखेर चित्त नवुझेको सरकारले यति यातना र खराव वातावरण दियो कि मण्डेल टिविको सिकार हुनु प¥यो । तर इतिहासलाई सायद अर्क कुरा मञ्जुर थियो । टि वि ले उनलाई गलाउन सकेन । मण्डेलालाई रिहा गर ! सम्भवतः कुनै मुलुकको नेतालाई रिहा गर्ने लगाईएको नाराले सिंगै मुलुकलाई रिहा गरेको यो पहिलो पटक हुन सक्छ । विश्वभरीका जनताले लगाएको यस नाराको दवाव खप्न नसकेर शासकहरुले उनलाई रिहा गर्न वाध्य भए र सुरु भयो स्वतन्त्रताको विहानी । यस्तो विहानी जसले सुन्दर दिनहरु ल्यायो दक्षिण अफ्रिकामा र आशाको संचार ग¥यो विश्व भरी नै ।“माफ गर तर नविर्स ।” शान्तिवार्ताको माध्यमवाट सत्तामा आए पश्चात जसका विरुद्ध संघर्ष गरिएको थियो यत्रो वर्ष तिनै एफ डव्लु डेक्लार्कलाई उपराष्ट्रपति वनाएर दुनियाँलाई उदाहरण पेश गर्दै सहभागितात्मक शासनको उत्तम स्वरुप दिन सफल मण्डेलाको कदम विश्वमै रिकन्सिलेसनको नमुनाका रुपमा रहेको छ ।
अलविदा मण्डेला ! सदा हाम्रो हृदयमा रहिरहने छौ । क्रान्ति पूर्व पनि र क्रान्ति पश्चात पनि ।

स्थानीय स्वशासन

मनोज भट्ट
हाम्रो पार्टीले संवैधानिक समितिमा बुझाएको संविधान सम्बन्धि अवधारणाले प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनमाथि जोड दिएको छ । प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनका लागि विद्यमान सामन्ति केन्द्रीकृत तथा नोकरशाही व्यवस्थालाई फालेर एकात्मक राज्य प्रणालीलाई कायम गरिनु पर्दछ । एकात्मक राज्य प्रणालीको विद्यमान सामन्ती  केन्द्रिकृत र नोकारशाही स्वरुपलाई परिवर्तन गरेमा मात्र प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनको वास्तविक प्रयोग गर्न सकिने छ ।
बुटवलमा भाद्र ३० र ३१ गते सम्पन्न राष्ट्रिय जनमोर्चाको प्रथम बैठकले संघीयता विरुद्धको लामो संघर्षले विभिन्न जाजाति, क्षेत्र, भाषा, समुदायले संघीयताका विपक्षमा जनमत श्रृजना त गरेको छ तर एकात्मक राज्य प्रणाली अन्तर्गत विभिन्न जनजाति, क्षेत्र, भाषा र समुदाय कसरी अधिकार सम्पन्न हुने छन भन्ने विषयमा जनतालाई चेतनशील गराउने सवालमा हामी केही पछि परेको हुनाले संघीयताको विकल्पमा प्रजातान्त्रिक विकेन्द्रीयता तथा स्थानीय स्वायत्त शासनमाथि आधारित एकात्मक राज्य व्यवस्थालाई मूल नारा बनाएर संघर्षलाई केन्द्रित गर्ने निर्णय गरेको छ । स्थानीय स्वायत्त शासनका सम्बन्धमा जन चेतना बढाउदै लैजाने उद्देश्यका लागि विभिन्न संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको थियो । ती संघर्षका कार्यक्रमहरु सम्पन्न भै सकेका छन् ।
सामान्यतया  राज्यले अपनाउने राज्य प्रणाली अनुसार राज्यका तहहरु निर्धारण गरिएका हुन्छन् । एकात्मक राज्य व्यवस्था भएका मुलुकहरुमा राज्यको अधिकार र उत्तरदायित्व दुईटा तहमा बाँडिएको हुन्छ । केन्द्र र स्थानीय निकायमा, त्यस्तै संघीय व्यवस्था अन्तर्गत राज्यको अधिकार र उत्तरदायित्व केन्द्र र प्रदेशमा विभाजन गरिएको हुन्छ । स्थानीय निकायलाई कतिपय मुलुकहरुले संवैधानिक मान्यता मात्र दिएका छन् भने कतिपयले स्थानीय निकायको काम, कर्तव्य अधिकार समेत संविधानमानै व्यवस्था गरिएको पाइन्छ । जहाँसम्म हाम्रो मुलुकको सवाल छ राणा कालमा पनि केन्द्रको अधिकार सेवा र सुविधा स्थानीय तहलाई दिएको देखाउन स्थानीय निकायको व्यवस्था गरेको पाइन्छ । २००४ सालमा जारी गरिएको तर लागु हुन नसकेको नेपालको पहिलो विधान नेपालको अन्तरीम विधान २००४ मा समेत स्थानीय निकायको व्यवस्था भएको पाइन्छ । २००७ सालमा जारी गरिएको अन्तरिम शासन विधानमा पनि स्थानीय निकायको व्यवस्था भएको पाइन्छ भने २०१५ सालमा जारी गरिएको संविधानमा स्थानीय निकायको व्यवस्था गरिएको थिएन । तर निरंकुश पंचायती संविधानको प्रस्तावनामा प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनमाथि जोड दिनुका साथै संविधानका विभिन्न धाराहरु तथा राज्यको निर्देशक सिद्धान्तमा समेत प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनमाथि जोड दिईएको थियो । गाउ पंचायत, नगर पंचायत र जिल्ला पंचायत जस्ता स्थानीय निकायहरुको काम कर्तव्य अधिकार सम्बन्धि व्यवस्था संविधानमानै गरिएको थियो । २०४७ सालको संविधानमा स्थानीय स्वायत्त शासनका सम्बन्धमा कुनै संवैधानिक व्यवस्था गरिएको थिएन । संविधानमा राज्यको निर्देशक सिद्धान्तहरुले स्थानीय स्वायत्त शासनलाई सैद्धान्तिक रुपमा स्वीकार गर्नु बाहेक अन्य कुनै प्रभावकारी व्यवस्था गर्न सकेन । संविधान निर्माण भएको ८ वर्ष पछिमात्र   धेरै तिरको दवावका कारण सरकारले स्थानीय स्वायत्त शासन ऐन २०५५ ल्याएको थियो । त्यसको पनि प्रभावकारी ढंगबाट कार्यन्वयन हुन सकेन ।
राणा, पंचायती व्यवस्था, २००७ देखि २०१७ र २०४७ देखि २०५९ सम्मको बहुदलीय काल र गणतन्त्रको स्थापना पश्चात हालको अवधिलाई हेर्ने हो भने स्थानीय स्वायत्त शासनलाई संविधानतः स्वीकार गरे पनि वा      नगरेपनि ती सबै अभ्यासहरु कि त  निरंकुश, जहानीया शासन अन्तरगत र सामन्ति केन्द्रिकृत र नोकरशाही     राज्य व्यवस्था अन्तर्गत भएका थिए । तात्कालिक अवस्थामा निरंकुश व्यवस्थारुलाई सहयोग र समर्थन गर्न स्थानीय निकायको गठन गरिएको थियो भने २०४७ सालपछिको बहुदलीय कालमा स्थानीय स्वशासनको नाममा विदेशी सहयोग आकर्षित गर्न मात्र स्थानीय निकायको व्यवस्था र स्थानीय स्वायत्त शासन लागू गरिएको थियो ।
स्थानीय स्वायत्त शासनको वास्तविक प्रयोगलाई कम्तिमा बुर्जुवा लोकतन्त्र मुलुकमा वहाल हुनु पर्दछ । संविधानले प्रजातान्त्रिक तरिकाबाट राज्यका केन्द्रीय अधिकारहरु स्थानीय निकायमा विकेन्द्रिकरण गर्नु पर्दछ । स्थानीय स्वायत्त शासनको सिद्धान्त अन्तर्गत स्थानीय निकायहरुलाई राजनीतिक, आर्थिक र प्रशासनिक अधिकारहरु प्राप्त हुनु पर्दछ । सामान्यतया स्वायत्त शासन भनेको कुनै पनि काम गर्न कसैको निर्देशनको प्रतिक्षा गरी रहनु पर्ने अवस्था हो । संयुक्त राष्ट्र संघद्वारा स्थानीय स्वायत्त शासनको अधिकार सम्बन्धि जारी निर्देशिकाले पनि यो कुरामा जोड दिएको छ । स्थानीय निकायलाई प्राप्त अधिकारहरुलाई केन्द्रीय सरकारले हस्तक्षेप गर्न नसक्ने ग्यारेन्टी हुनु पर्दछ । विगतको शासनको समीक्षा गर्दा के प्रकारका अधिकारहरु स्थानीय निकायमा अन्तरनिहीत थिएनन् । त्यसैले जनताको स्थानीय स्वायत्त शासनको अधिकार कुण्ठित भयो । तर संघीयताका पक्षधरहरुले जनताले तात्कालीन अवस्थामा अधिकार नपाउनुको मुख्य दोषी सामन्ति केन्द्रिकृत व्यवस्था नभएर एकात्मक राज्य प्रणाली भएको बताइरहेका छन् र एकात्मक राज्य प्रणालीको विकल्पमा संघीयतालाई अगाडि सारी रहेका छन् ।
नेपाल एउटा बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक र बहुधार्मिक विशेषता भएको मुलुक हो । यहाँ कुनै जाति बहुमतमा छैनन् । सबै जातजाति आपसमा सयौं वर्षदेखि मिलेर बसेका छन् । नेपालको भू–राजनीतिक अवस्था र आर्थिक पछौटेपनका कारण संघीयता नेपालका लागि उपयुक्त प्रणाली होइन । एकात्मक राज्य प्रणाली अन्तर्गत स्थानीय स्वायत्त शासनको सिद्धान्त अन्तर्गत हामीले केन्द्रको अधिकारलाई स्थानीय तहसम्म ल्याई दिएर यहाँका सबै जातजाति, भाषा, धर्म र समुदायलाई अधिकार सम्पन्न तुल्याउन सक्दछौं ।
केन्द्रको अधिकार स्थानीय तहसम्म ल्याउन सर्वप्रथम त स्थानीय स्वायत्त शासनलाई जनताको मौलिक हकका रुपमा संविधानमा व्यवस्था गरिनु पर्दछ । स्थानीय स्वायत्त शासनको मौलिक हक राज्यले अतिक्रमण गरेमा सर्वोच्च अदालतले संवैधानिक उपचारको बाटोबाट त्यो हक गराउन ढोका खुल्ने छ । अहिलेसम्मका कुनै पनि संविधानमा स्थानीय स्वायत्त शासनलाई मौलिक हकका रुपमा संविधानमा व्यवस्था गर्ने काम भएन । जसले गर्दा सधैंभरी स्थानीय निकाय केन्द्रमाथि आश्रित हुनु पर्ने अवस्था रही रह्यो । स्थानीय निकायले जे जति अधिकार पाए त्यो पनि केन्द्रको निगाहमा प्राप्त  गरे । स्थानीय स्वायत्त शासनलाई मौलिक हकको रुपमा संविधानमा व्यवस्था गरेको भए स्थानीय निकायको म्याद सकिएको ९ वर्ष बितिसक्दा पनि स्थानीय निकाय जनप्रतिनिधि विहीन अवस्थामा रही रहने थिएनन् । संसारका कैयौं मुलुकहरुले स्थानीय स्वायत्त शासनलाई मौलिक हकका रुपमा संवैधानिक मान्यता दिएका छन् । मेक्सिको, रुस र पोल्याण्ड लगायतका मुलुकहरुले स्थानीय स्वायत्त शासनलाई मौलिक हकका रुपमा स्वीकार गरेका छन् । पोल्याण्ड त कुनै स्थानीय निकायका जनप्रतिनिधिहरुले जनताको जनादेश अनुसार काम नगरेमा जनताले यस्ता जनप्रतिनिधिहरुलाई प्रत्याहान ९च्भअबिि० गर्ने र नयाँ प्रतिनिधि पठाउन पाउने अधिकारलाई समेत संवैधानिक प्रत्याभूति दिएको छ ।

अन्तरवार्ता 

आफु सक्रिय नहुने अरुलाई दोष लगाउने प्रवृत्ति उहाँहरुको छ ।

प्रकाशराज पौडेल डिभिजन सहकारी कार्यालय कार्यालय प्रमुख
के गरी चलि रहेको छ त सहकारी अभियान ?
डोटी जिल्लामा रहेको यस कार्यालयको क्षेत्राधिकार भित्र रहेका डोटी लगायत अछाम बझाङ्ग र वाजुरा जिल्लाका सहकारीहरुका लागी हामीले काम गर्दै आई रहेका छौं । विभागीय वार्षिक कार्ययोजना अनुसार सकभर हामीले चारै जिल्लाहरुलाई बराबर पर्ने गरी सहकारी व्यवस्थापन, सहकारी पुर्वशिक्षा, लेखा व्यवस्थापन, अन्य सचेतानामुलक तालिमहरु, सचेताना गोष्टी, सेमिनारहरुको अबसर प्रदान गर्दै आईरहेका छौं ।         सहकारी जागरणमुलक कुराहरु स्थानीय पत्र पत्रिका एफहरुवाट प्रकाशन प्रसारण गर्ने, सहकारी शिक्षा दिने सामाग्रीहरु वितरण गर्ने कार्यक्रमहरुको गर्दै छौं । अर्को कुरा चार ओटै जिल्लाहरु वार्षिक अध्यावधिक अभिलेखहरु व्यवस्थापन गर्ने उद्देश्यले सहकारी सूचना तथा अभिलेख केन्द्रहरु स्थापना गरिसकेका छौं । ईन्टनेट कम्प्युटरवाट सूचना संकलन गर्ने, विश्लेषण गर्ने र पुस्तिकाहरु प्रकाशन गर्ने कामहरु भईरहेको छ । हाम्रो जस्तो विकट पहाडी जिल्लाहरुमा एकै प्रकृति र फरक प्रकृतिका सहकारी संस्थाहरुको एकै गाँउमा संख्यात्मक रुपमा मात्र वृद्धि भईरहेको अबस्थामा उनीहरुको संख्यात्मक प्रतिस्प्रधामा सुधार ल्याई गुणात्मक र सहकारी संस्थाहरुलाई सक्रिय बनाउनका लागी एकिकरणमुलक कार्यक्रमहरु संचालन गरिने छन् । समग्रमा सहकारी अभियानका           कुराहरु यिनै हुन् ।
सहकारीलाई एकिकरण गर्ने अभियान कहिले देखि सुरु हुन्छ ?
सहकारी एकिकरण गर्ने विषयमा हामी गृहकार्य सुरु गरिसकेका छौं हाम्रो गृहकार्य   पुरा भएपछि हामी एकिकरण अभियानमा लाग्ने छौं ।
यस डिभिजनको कार्यक्षेत्राधिकारभित्र रहेका चार जिल्लाहरुमा कति सहकारी संस्थाहरु दर्ता भएका छन् त ?
यस डिभिजनका क्षेत्राधिकारभित्र रहेका चार जिल्लाहरुमा पाँच सय ९८ ओटा  सहकारी संस्थाहरु दर्ता भई संचालनमा आईरहेका छन् । ति मध्ये ५० प्रतिशत जति सक्रिय तथा ५० प्रतिशत जति निश्कृय रहेका छन् ।
आधा सक्रिय आधा निस्कृय रहेका भन्नुहुन्छ, निस्कृय रहनुको कारण के हो त ?
सहकारी संस्थाहरु निष्कृय हुनुका पछाडी केही कारणहरु रहेका छन् । सहकारी संस्थाले मासिक रुपमा प्रगति प्रतिबेदन पेश नगर्ने, सहकारी संस्थाहरुको चार खाताहरु तयार नगर्ने, ऋण दिईएको रकम भाका नाघ्दासम्म पनि असुर उपर गर्ने नसक्ने, डिभिजनले दिने तालिम गोष्ठीहरु आफुले हासिल गरेपनि अन्य सदस्यहरुलाई जानकारी नगराउने जस्ता कारणहरुले सहकारी निस्कृय भएका हुन् जस्तो लाग्छ । अर्को एउटा कारण डिभिजन सहकारी, जिल्ला सहकारी संघ, जिल्ला विषयगत संघ आफुसँग भएको श्रोत साधन पर्याप्त नभएको अनुगमन सुपरिवेक्षणको अभावमा पनि हामीले चाहे जतिको गर्न सकेका छैनौं त्यसले गर्दा पनि उनीहरुलाई सक्रिय वनाउनमा गाह«ो भई रहेको छ । सहकारी संस्थाहरुले स्वयं आफैले गर्नु पर्ने साधारण सभा, रिपोटिङ्ग, बार्षिक कार्ययोजनाहरुका बारेमा नबुझेर पनि निष्कृयता बढेको हो कि भन्ने हो । करीब ९० प्रतिशत लेखा समितिहरुको लेखा समिति निष्कृय रहेका छन् । लेखा समिति सक्रिय नहुनु, लेखासमितिको बैठक नहुनु, लेखा समिति र संचालक समितिको सँगै बैठक हुनुले पनि यसको निष्कृयता बढाएको मैले महशुस गरेको छु ।
९० प्रतिशत लेखा समिति निश्कृय छ भन्नु भयो । अनि ५० प्रतिशत सहकारी संस्थाहरु कसरी सक्रिय भए त ?
सहकारी संस्था सक्रिय हुने कुरालाई लेखा समितिलाई मात्र त्यसको सक्रियताको आधार वनाउन सकिदैन । सक्रियताका विभिन्न आधारहरु रहेका छन् । अरु सूचकहरु मिट गरेको तर लेखा समितिहरु निष्कृय रहेका अबस्था हो । अन्य सूचकहरुलाई मैले ध्यान दिएर ५० प्रतिशत सक्रिय छन् भनेको हुँ ।
लेखा समिति त सहकारीको मेरुण्डनै होईन र ?
लेखा समिति सहकारी संस्थाको एकदमै स्वतन्त्र निश्पक्ष रुपले त्यसको लेखा कस्तो छ, व्यवस्थापन कस्तो छ, व्यवसायिक कारोवार उद्यमी, लगानी, बचत संकलन,        सहकारी संस्थाहरुको छड्के चेक जाँच गर्ने समय समयमा त्यसको अनुगमन गर्ने सुझाब सल्लाह दिने, कार्यन्वयन गर्ने यावत कुराहरु गर्ने हो । साधारणसभा भए नभएको हेर्ने समयमा रिपोटिङ्ग भए नभएको हेर्ने काम गर्ने हो त्यो हुन सकिरहेको छैन ।
९० प्रतिशत लेखा समितिहरु निक्रिय रहनुका कारण के ?
लेखा समिति र संचालक समितिको बैठक संयुक्त रुपमा हुनु त्यो संयुक्त रुपमा हुनु हुदैन स्वतन्त्र रुपमा हुनुपर्ने हुन्छ । लेखा समितिले आफ्नो सहकारी संस्थाको महिनाको कम्तीमा दुई पटक लेखा व्यवस्थापन आन्तरिक व्यवस्था र व्यवस्थापन पक्षलाई अनुगमन गरि प्रतिबेदन दिनु पर्ने हो, त्यो दिएका छैनन् । कतिपय अबस्थामा संचालक समितिबाटै उनीहरु प्रभावित रहेको अबस्था छ । त्यसैले पनि उनीहरु सक्रिय रहन सकेको छैन । लेखा समितिको काम कर्तव्य अधिकार के भन्ने बारेमा पनि उनीहरुले बुझेका छैनन् । विनियम अध्ययन गर्दैनन् त्यसैले पनि यस्तो हुन गरिरहेको छ ।
तपाईले भनेकै कुरा तालिम गोष्ठी त संचालन गरिनै रहनु भएको छ । फेरी    कसरी निष्कृय बन्यो त समिति ? फेरी उनीहरुले काम कर्तव्य अधिकार बुझेको छैन पनि भन्नु हुन्छ कुरा बाँझिएन र ?
कुरो कसरी बाँझिन्छ हाम्रो कार्यालयको श्रोत र साधनले भ्यायसम्म तालिमहरु      भईरहेका छन् । हामीसंग श्रोत, साधन, जनशक्ति र विभागवाट हामीलाई प्राप्त हुने बजेट न्युन रहेको छ । क्षेत्रीय सहकारी प्रशिक्षण केन्द्र धनगढी, केन्द्रीय सहकारी प्रशिक्षण काठमाण्डांैमा तालिमहरु दिईरहेका छौं । तालिम जाने, तालिममा उनीहरुले सिकेका ज्ञानलाई अन्तरिककरण नगर्नु, सीप धारणा सम्वन्धी सिकेका कुरा अरु सदस्यहरुलाई सम्प्रेषण नगर्नु, तालिममा निष्कृय रहनु एउटा पक्ष छ भने अर्को पक्ष पाँच सय ५८ सहकारी संस्थाहरुको अनुगमन गर्नका लागी हामीसँग पर्याप्त जनशक्ति छैन, हामीसँग श्रोत छैन र सहकारी बचत संघ र सहकारी संघले पनि आफै अनुगमन गर्नु पर्छ उनीहरुले पनि अहिलेसम्म एउटा पनि अनुगमन गरेका छैनन् । उहाँहरुले अनुगमन    गरी हामीलाई प्रतिबेदन दिनु पर्ने हुन्छ अहिलेसम्म हामीलाई अनुगमन प्रतिबेदन दिनु भएको छैन । लेखा समितिले संचालक समितिको, संचालनक समितिले सहकारी सदस्यहरुको अनुगमन निरीक्षण गर्ने गर्नु पर्ने हुन्छ त्यो क्रम पनि अहिलेसम्म सुरुवात सम्म पनि हुन सकेको छैन । यि र यस्तै कारणले सहकारी संस्थाहरु निष्कृय रहेको अबस्था छ ।
डिभिजन सहकारी कार्यालय र जिल्ला सहकारी संघको सम्वन्ध के हो ?
समग्र सहकारी अभियानलाई मिलेर संचालन गर्ने, समन्वयात्मक ढंगबाट तालिम गोष्ठीहरु संचालन गर्ने, सहकारी अभियानलाई अगाडी बढाउनका लागी कामहरु गर्ने, सहकारी जागरणका कुराहरुमा अनुगमन मुल्यांकनका कुराहरुमा संगसंगै जाने, राष्ट्रिय सहकारी दिबस र सहकारीका अन्य कार्यहरुसंगै जाने हो । हामीले अहिले हामीले संचालन गर्ने जागरणमुलक कार्यक्रमहरुमा उनीहरुलाई सँगसंगै ल्याउदै आईरहेका छौं । जस्तै एफएम प्रसारण कार्यक्रमहरुमा, पत्रपत्रिकाहरुमा सूचना तथा जानकारी दिने कुराहरुमा, सहभागीमुलक लेखापालन सम्वन्धीका तालिमहरुमा सहभागी गराउदै आईरहेका छांै । स्थानीय निकाय, अन्य सरकारी कार्यालय, गैर सरकारीसंग संस्थाहरुसंग श्रोत जुटाउने कार्यका लागी समन्वय सम्पर्क भईरहेको छ । हामी सरोकारबालाहरुसँग पनि मिलेर जाने योजनामा छौं ।
रेडियो कार्यक्रम, पत्रपत्रिकामा सूचना प्रकाशन तालिम जस्ता कार्यक्रमहरु भईरहेको भन्नुहुन्छ फेरी पनि सहकारी निष्कृय नै छन् किन त ?
हो तपाईले भन्नु भएको ठिक हो । हामीले कार्यक्रमहरु नगरेका होईनौं कार्यक्रमहरु भई रहेका छन् । एक पक्षले मात्र सक्रिय भएन नहँुदो रहेछ दुबै पक्षले सक्रिय हुनु पर्ने हो तर त्यस्तो भई रहेको छैन त्यसैले सहकारी संस्थाहरुको निष्कृयता बढेकोको हो अर्को कुरा हामीसँग भएको श्रोत साधन कम छ त्यसबाट नै हामीले कार्यक्रम गर्ने हो त्यो भन्दा बढी त हामी पनि गर्न सक्दैनौं नि ! एक हातले मात्र ताली बज्दैन सहकारी संघ, जिल्ला वचत संघको भुमिका पनि त्यस्तै हुनु पर्छ । सहकारी संस्थाका संचालक समिति, सदस्यहरुले ऐन नियम विनियमहरुको अध्ययन गरी व्यवहारमा उतारेको हुनु पर्छ सबैले लागेपछि मात्र सक्रिया बढ्छ त्यसैले मैले भनेको एक हातले तालि बज्दैन । सहकारी विकासका लागी विभिन्न कार्यक्रम दिने दातृनिकायहरुको समेत समन्वयत्मक र सक्रिय सहभागीता हुनुपर्छ । उहाँहरुले गरेको अनुगमन मुल्यांकनको प्रतिबेदन सुझाब सहित हामीलाई पनि दिनु पर्छ भन्ने हो । सबैले मिलेर काम गरे भने निश्चित रुपमा सहकारी संस्थाहरुको सक्रियता बढ्दै जाने छ ।
सहकारी डिभिजनले आफै एक्लै काम गर्छ हामीलाई कुनै सम्पर्क समन्वय गर्दैन भन्छन् नि, के हो ?
त्यो कदापी होईन उहाँहरुलाई हामीले हरेक क्षेत्रमा काम गर्दा समन्वय सम्पर्क गर्दै आईरहेका छौं । हामीले सम्पर्क गरेनौं भन्छन् उनीहरु आफै सक्रिय छैनन निष्कृय रहेका छन् । काम गर्ने उनीहरुको मानसिकता नै छैन । सहकारी भ्रमण, सहकारी दर्ताको बोदार्थ जानकारी हामीले उहाँहरुलाई दिने गरेका छौं । उहाँहरुले सक्रिय रहि काम गर्छन् भने सेवा सुविधा र हामीले दिनु पर्ने सल्लाह सुझाब हर हमेसा २४ सै घण्टा हामी उहाँहरुलाई सहयोग गर्नेछांै तर उहाँहरुले नै सक्रिय हुनु प¥यो । डोटी जिल्लाकै सन्दर्भमा मात्र भन्ने हो भने पनि विभागवाट प्राप्त भएका कार्यक्रमहरु कार्यन्वयन गर्ने कुरामा हामी उहाँहरु सँग मिलेरै जानु पर्छ भनि उहाँहरु सँगसंगै बसेर निर्णय ग¥यांै । उहाँहरुले आफैले निर्णय कार्यान्वयन तिर ध्यान दिनु भएन । उहाँहरु एक दिन अघाडि गर्नु पर्छ हामी पनि सँगै गर्छौं भन्नु हुन्छ भोलीपल्ट कार्यन्वयन गर्ने दिनमा उहाँहरुको कुनै सम्पर्क नै हुँदैन । त्यसैले यि सव आरोप लगाउने कुरा हुन् हामीसँग प्रमाण छन् उहाँहरु नै निष्कृय रहनु भएको छ । हरेक स्थानमा उहाँहरुलाई हामीले सहभागी गराएका छौं ।
तालिमका लागी तालिम दिने आरोप छ नि ?
कदापी होईन स्थलगत रुपमा गई हामीले तालिमहरु सञ्चालन गर्छौं सरोकारवालाहरुको प्रत्येक्ष सहभागीता रहेको हुन्छ । लक्षित संख्याको सहभागीता हुन्छ अनि कसरी तालिमका लागी तालिम चन्छ । त्यो भन्दा सहभागीहरुले तालिममा सिकेका कुरा व्यवहारमा उतारदैनन्, आफु सक्रियपुर्वक लाग्नु भएको छैन काम गर्नु हुन्न अनि अरुलाई अरोप लगाउने काम गर्नु हुन्छ । उहाँहरु यो चहानु हुन्छ की सहकारी डिभिजन कार्यालय उहाँहरुको संगमा गएर काम गरि दिओस् त्यो हामी गर्न सक्दैनांै । हामीलाई अरोप लगाउनु भन्दा आफ्नो आचरणमा सुधार ल्याउन नै उहाँहरुलाई आग्रह गर्न चहान्छु । सक्रियको कुरा गर्नु हुन्छ भने मुलुक भरमा सबै भन्दा सक्रिय रुपमा काम गर्ने डिभिजन कार्यालय डोटी नै हो ।
बिम्ब साप्ताहिकलाई महत्वपुर्ण समय दिनु भएकोमा धन्यवाद ।
डोटी जिल्लाको क्रियाशिल नियमित प्रकाशित बिम्ब साप्ताहिक परिवारले मलाई जो अबसर दिनु भयो त्यसका लागी पनि धन्यवाद । अन्तमा सबै सहकारी संस्थाहरु सक्रिय रुपमा अघाडी बढ्ने कामका लाग्न आग्रह गर्छु सेवाग्राहीहरु जति बेला आएपनि हामी सेवा प्रदान गर्ने छांै । सहकारी तपाई हामी सबैको हो त्यसैले सहकारी विकास अभियानमा लाग्न सबैलाई अनुरोध पनि गर्छौं ।

साहित्य÷सृजना 

शान्तिको दीप बलिरहोस्
बिन्ती गर्छु मैले
विद्रोहको अग्नी
कहिल्यै नफैलियोस्
हरेकको मनमा बुद्धले
बास गर्दै शान्ति फैलियोस्
दिदी–बहिनी दाजु–भाइ सबैले
मेरो बिन्ती सुनिदिनु
बासनायुक्त फूलको माला
एकतामा उनिदिनु
तेरोमेरो भन्ने भाव
सबैको मनबाट टाँढा राखेर
बसौं अब
अशान्तिको जालो सबै मेटेर
यो देशको माया बोकेर
हामी सबै बाँच्नुपर्छ
अन्याय अत्याचार गर्ने
बिरुद्ध लड्नुपर्छ
बिन्ती गर्छु है
बिद्रोहको अग्नी
कहिल्यै नफैलियोस्
हरेकको मनमा
शान्तिको दीप बलिरहोस् ।
– अरुणबहादुर खत्री “नदी”
सामाखुसीमार्ग, काठमाडौं ।

मलाई लाज लाग्छ
मेरो सुकिलो चुन्नीभित्र
पोटिलो जवानी छ
म त्यहि जवानी टक्टक्याउँदै
वैँशहरु निफन्दैछु
ऐना सामु उभिएर
कहिलेकाहीँ
छिल्लिएका रातहरु
मलाई ग्वाम्म अँगालो मार्न आउँछन्
सुम्सुम्याउँदै गुलाबी बदनहरु
हतार हतार अग्ला अग्ला हिमशिखर चुम्दै
ओराली झर्छन्

टाँकी फूलिरहेका
वेसीहरुमा
हरिया चौरहरुमा
वयली खेल्छन्
अनि पग्लदै चुहिदै
आगोका रापहरुबाट
बिद्रोह गर्छ
मेरा वैशहरु
सिर्जना उमार्छ
मेरा जवानीहरु

निर्भय ऐनामा उभिएर
निवस्त्र आफ्नो वैँश हेर्छु
कहाँ सम्म आईपुगेछ जवानी
सुम्सुम्याउँछु
–पुष्प अधिकारी “अञ्जली”

महत्वपूर्ण जानकारी 

     लोकसेवा आयोग अप्राबिधिक तर्फका प्रशासन सेवा (सामान्य प्रशासन, लेखा र राजश्व समूह), न्याय सेवा (न्याय, कानुन र सरकारी वकिल समूह), संसद सेवा (सामान्य प्रशासन र लेखा समूह) परराष्ट्र, सेवा र लेखापरीक्षण सेवा, राजपत्र अनंकित  प्रथम श्रेणी, नायव सुव्वा वा सो सरह पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम “ऐच्छिक बिषय जनसंख्या अध्ययन”
१. जनसंख्या अध्ययनको अवधारणा तथा सिद्धान्तहरु ६ अङ्क
१.१ अर्थ र महत्व
१.२ क्षेत्र तथा विषयवस्तुहरु
१.३ जनसंख्या अध्ययन तथा अन्य विषयहरुसँग यसको सम्बन्ध
१.४ माल्थसको जनसंख्या सिद्धान्त
१.५ अनुकुलतम जनसंख्या सिद्धान्त
१.६ जनसाङ्खियकीय संक्रमणको सिद्धान्त
२. विश्व तथा सार्क राष्ट्रहरुको जनसंख्या अवस्था ८ अङ्क
२.१ विश्व जनसंख्या वृद्धि तथा यसको प्रवृत्ति
२.२ विकसित तथा विकाशसिल देशहरुमा वर्तमान जनसंख्याको स्थिति
२.३ सार्क मुलुकहरुमा वर्तमान जनसंख्याको स्थितिः (जनसंख्या आकार, वृद्धिदर, जन्मदर, मृत्युदर, औसत आयु, साक्षरता दर, ग्रामिण तथा शहरी जनसंख्या)
३. नेपालको जनसंख्या स्थिति १६ अङ्क
३.१ जनसंख्या विशेषताः वैवाहिक अवस्था, शैक्षिक अवस्था तथा श्रम शक्तिको अवस्था
३.२ जनसंख्याको आकार तथा यसको वृद्धिदर
३.३ जनसंख्याको बनौटः उमेर, लिङ्ग, धर्म, पेशा, जातजाति, मातृभाषा, शिक्षा
३.४ जनसंख्याको वितरणः भौगोलिक क्षेत्र, विकाश क्षेत्र तथा ग्रामिण– शहरी क्षेत्र अनुसार ।
३.५ जनसंख्या कोण स्तुपः प्रकार तथा यसको निर्माण
४. जनसंख्या तथ्याङ्कका श्रोतहरु ६ अङ्क
४.१ जनगणना
४.२ व्यक्तिगत घटना दर्ता प्रणाली
४.३ नमुना सर्वेक्षणहरु
४.३ प्रशासकीय लगत÷सेवा तथ्याङ्कहरु
४.५ जनसंख्या दर्ता पुस्तिका
४.६ अन्तर्राष्ट्रिय प्रकाशनहरु
५. जनसांख्यिकीय तत्व तथा मापनहरु १६ अङ्क
५.१ जनसाङ्ख्यिकीय तत्व, प्रक्रिया तथा मापनहरु
५.२ प्रजनन्ः अर्थ, निर्धारकहरु तथा मापनहरु (कोरा जन्मदर, उमेर विशिष्ट प्रजनन दर, कुल प्रजनन् दर, सामान्य प्रजनन् दर, बाल महिला अनुपात कुल पुनरुत्पादनदर, खुद पुनरुत्पादन दर
५.३ मृत्युः अर्थ, निर्धारक तथा मापनहरु (कोरा मृत्युदर, उमेर विशिष्ट मृत्यु दर, शिशु मृत्यु दर, बाल मृत्यु दर, पाँच वर्षमुनिका बच्चाको मृत्युदर, मातृ मृत्यु अनुपात)
५.४ बसाईँसराइः अर्थ, निर्धारकहरु (जनसाख्यिकीय, सामाजिक, आर्थिक, राजनीतिक र प्राकृतिक) बसाईँ सराइका प्रकारहरु, बसाईसराइका मापनहरु (आन्तरिक आप्रवासन दर, आन्तरिक उत्प्रवासन दर, कुल बसाईँ  सराइ दर तथा खुद बसाईँसराइ दर, बसाईँसराइका कारणहरु तथा परिणामहरु)
६. नेपालमा जनसंख्या नीति तथा कार्यक्रमहरु ८ अङ्क
६.१ जनसंख्या नीतिको अर्थ तथा प्रकारहरु
६.२ नेपालको वर्तमान जनसंख्या नीति
६.३ नेपालमा प्रजनन्दरलाई विस्थापनको स्तरसम्म पु¥याउन सन् २०१७ सम्मका लागि निर्धारण गरिएका उद्देश्यहरु
६.४ नेपालमा विभिन्न संघ÷संस्थाहरुद्वारा संचालित जनसंख्या कार्यक्रम तथा क्रियाकलापहरु (सरकारी संस्थाहरु, गैरसरकारी संस्थाहरु तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु)
६.५ सहस्राब्दी विकासका लक्ष्यहरु
लोक सेवा आयोगको वेवसाईटवाट

बिज्ञापन 

कर्मचारी आवश्यकता सम्वन्ध सूचना 

प्रकासित मिति ः २०७०÷८÷२५
ग्रामिण विकास केन्द्र (आर.डि.सि.) नेपाल डोटी र DCA/ICCO/LWF  को संयुक्त साझेदारीमा सञ्चालन हुने जलवायु उत्थानशिल जिबिकोपार्जन तथा खाद्य सुरक्षा परियोजनाको लागि तपसिलमा उल्लेखित कर्मचारीहरु आवश्यक भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुवाट सूचना प्रकासित मितिले ७ दिन भित्र दरखास्त आव्हन गरिन्छ ।

विज्ञापन नं. ः ००१÷०७०÷०७१
१) पद ः परियोजना संयोजक,   संख्या ः एक जना
आवश्यक योग्यता तथा अनुभव ः
ड्डकृषि, वन, ग्रामिण विकास, समाजशास्त्र विषयमा स्नातक तह पास गरी कृषिगत तथा गैह्कृषिगत जिविकोपार्जन प्रबद्र्धन, प्रकोप जोखिम व्यवस्थापन, जलवायु परिर्वतन अनुकुलन, खाद्य सुरक्षा सम्बन्धित क्षेत्रमा कम्तीमा दुई वर्षको अनुभव भएको हुनुपर्नेछ ।  अंग्रेजी र नेपाली भाषामा प्रतिवेदन तयार गर्न सक्ने, राम्रेसंग सञ्चार गर्न एवं कार्यक्रम विकास र योजना चक्र सम्बन्धि राम्रो ज्ञान भएको हुनु पर्नेछ । राम्रो सम्पर्क र समन्वय सीप भएको ।
ड्ड कम्प्युटर चलाउन सक्ने सीप भएको -MS-word, Excel & Power point ect ।
ड्ड कार्यक्रमगत जिम्मेवारीहरु वहन गर्न सक्ने ।

२) पद ः लेखापाल संख्या ः एक जना
आवश्यक योग्यता तथा अनुभव
ड्डव्यवस्थापन विषयमा कम्तीमा प्रमाण पत्र तह उत्तीर्ण गरि सम्बन्धित क्षेत्रमा कम्तीमा १ वर्षको अनुभव प्राप्त तथा व्यवस्थापन विषयमा स्नातक उत्तीर्ण गरी लेखा व्यवस्थापनमा अनुभवीलाई विशेष ग्राह्यता दिईनेछ ।
ड्डनेपाली र अंग्रेजी भाषामा राम्रेसंग संचार गर्न सक्ने ।
ड्डकम्प्युटरमा दक्ष भएको -MS-word, Excel & Power point ect

३) पद ः जे.टी.ए.     संख्या ः एक जना
आवश्यक योग्यता तथा अनुभव
ड्डमान्यता प्राप्त शिक्षण संस्थाबाट जे.टि.ए. (कृषि) पास गरी कम्तिमा दुई वर्षको अुभव प्राप्त गरेको हुनु पर्ने । नेपाली र अंग्रेजी भाषामा प्रतिवेदन तयार गर्न सक्ने ।
ड्ड समूह व्यवस्थापन गर्न सक्ने ।
ड्ड कृषिगत तथा गैह्कृषिगत जिबिकोपार्जन प्रबद्र्धनमा दक्ष भएको ।
ड्ड जलवायु परिर्वतन अनुकुलन तथा प्रकोप जोखिम न्यूनिकरणमा अनुभव भएको ।
ड्ड सहकारी व्यवस्थापन सम्वन्धि ज्ञान भएको ।
ड्ड गाविसहरुमा सरोकारवालाहरुसंग सम्पर्क समन्वय गर्न सक्ने ।
ड्ड कार्यक्रमगत जिम्मेवारीहरु वहन गर्न सक्ने ।

४) पद ः प्रकोप जोखिम न्यूनिकरण सहजकर्ता    संख्या ः एक जना
आवश्यक योग्यता
ड्डमान्यता प्राप्त शिक्षण संस्थावाट प्रविणता प्रमाण पत्र उत्तीर्ण गरी प्रकोप जोखिम न्युनिकरण तथा जलवायु परिर्वतन अनुकुलन क्षेत्रमा कम्तीमा १ वर्षको अनुभव प्राप्त, नेपाली र अंग्रजी दुवै भाषा प्रयोग गरि राम्रेसंग संचार गर्ने एवं कार्यक्रम संचालन गर्न सक्ने र प्रतिवेदन तयार गर्न सक्ने ।
ड्डसमूह व्यवस्थापन गर्न सक्ने ।
ड्ड सहकारी व्यवस्थापन सम्वन्धि ज्ञान भएको ।
ड्ड गाविसहरुमा सरोकारवालाहरुसंग सम्पर्क समन्वय गर्न सक्ने ।
ड्ड कार्यक्रमगत जिम्मेवारीहरु वहन गर्न सक्ने ।
दरखास्त पेश गर्ने अन्तिम मिति ः २०७०÷९÷१ (दिउसो ४ः०० वजेसम्म)
परीक्षाको किसिम ः लिखित र अन्तरवार्ता
लिखित परीक्षा तथा अन्तरवार्ता ः २०७०÷९÷२
सुविधा ः संस्थाको नियमानुसार
पेश गर्नु पर्ने कागजात
ड्डनिवेदन र वायोडाटा १ प्रति
दरखास्त पेश गर्ने स्थान ः दिपायल सिलगढी नगरपालिका वडा नं १ नाचनथली सिलगढी डोटी ।
फोन नम्वर ः ०९४४२०१६४
ग्राह्यता ः दलित, महिलालाई विशेष ग्राह्यता दिईनेछ ।
नोट ः अन्तरवार्तामा उपस्थित हुदा शैक्षिक प्रमाण पत्र, अनुभव तथा तालिमका प्रमाणपत्र र नागरिकता सहित उपस्थित हुनु पर्नेछ । म्याद नाघी आएका निवेदन उपर कुनै कारवाही हुनेछैन । प्रारम्भिक छनौटमा परेकालाई मात्र लिखित र अन्तरवार्तामा समावेश गराईनेछ । प्रारम्भिक छनौटमा परेका उम्मेदवारको नामावली जततउस्ररचमअमयतष्।धयचमउचभकक।अयm मा प्रकासित गरिनेछ ।
....................
पदपूर्ति समिति

मालपोत कार्यालय डोटीबाट जारी गरिएको हकदावी सम्वन्धि ३५ दिने सार्वजनिक सूचना

प्रथम पटक प्रकासित मिति ः ०७०÷८÷२६
डोटी दि.सि.न.पा.वडा नं.१ स्थित कि.नं. ५४५ र ४८२ को जग्गा धने र बाजी दमाई को नाउँमा नापनक्सा भै श्रेस्ता पुर्जा कायम भएकोमा धने दमाईकोे मितिः २०६३÷१÷६ मा अविवाहीत अवस्थामा मृत्यु भै अपुताली परेकाले मृतकको शेषपछिको जिवित हकदार मृतकको जेठा बुवा र कान्छा बुवा पट्टि को दाजु बाजी दमाई मात्र भएको ले डोटी दि.सि.न.पा.वडा नं.१ स्थित कि.नं. ५४५ र ४८२ को जग्गा को जग्गा धनी श्रेस्ता पुर्जा वाट धने दमाईको नाम हटाई मेरा नाउमा एकलौटी नामसारी गरी पाउ भनि डोटी दि.सि.न.पा.कार्यालय डोटी को च.नं.६३७ मिति ः ०७०÷८÷२३ को किटानी सिफारिस, मृतकको नाम समेत भएको संयुक्त जग्गाधनी प्रमाण पुर्जा, मृत्यु दर्ता प्रमाण पत्र, नाताप्रमाणित, नेपाली ना.प्र.प, एकिकृत सम्पत्ति कर बुझाएको रसिद आदी प्रमाणहरु साथै राखीे मृतक धने दमाईको दाजु नाता पर्ने बाजी दमाई ले यस कार्यालयमा निवेदन दिनुभएकोले उक्त जग्गा सम्वन्धमा कुनै कसैको हकदावी पुग्ने भए यो सूचना प्रकाशित भएको मितिले बाटाका म्याद बाहेक ३५      (पैतिस) दिन भित्र आफूसँग भएका सक्कल प्रमाण साथ कार्यालयमा उजुर दावी गर्न आउनु होला अन्यथा म्याद भित्र कुनै कसैले उजुरी दावी नगरे नियमानुसार भै जाने व्यहोरा यसै सूचनाद्धारा जानकारी  गराईन्छ ।


मालपोत कार्यालय डोटीबाट जारी गरिएको हकदावी सम्वन्धि ३५ दिने सार्वजनिक सूचना
प्रथम पटक प्रकासित मिति ः– २०७०।०८।२०  
मेरा बुबा पुश्कल शाहीका नाउँमा नाप नक्सा भएको डोटी तिखातर गा.वि.स.वडा नं.८ स्थित मेरो हकभोग भोगचलन भित्रको तपसिल बमोजिमका कि.नं. का जग्गाहरु दर्ता गर्न छुट भएको र फिल्डबुकमा द.नं.१३८÷३३७ उल्लेख भएको उक्त निवेदनको रेकर्ड मालपोत कार्यालय डोटीमा नभेटिएको र मेरो बुबा ज.ध.पुश्कल शाहीको मितिः(२०६०।०६।२१ मा मृत्यु भएको र निजको एकमात्र पत्नि विष्णु देवि शाहीको मितिः(२०६८÷७÷२५ मा मृत्यु भैसकेको हुदा मृतकको शेषपछिको सवैभन्दा नजिकको हकदार एकमात्र छोरा म तेजविक्रम शाही मात्र भएकोले उक्त जग्गा मेरा नाउँमा छुट जग्गा दर्ता गरीपाउँ भनी डोटी तिखातर गा.वि.स.वडा नं.२ बस्ने पुश्कल शाहीको छोरा तेजविक्रम शाहीले यस मालपोत कार्यालय डोटीमा निवेदन दिनु भएकोले सो जग्गा दर्ता गर्र्नेे कार्यवाहीको सिलसिलामा यो सूचना प्रकाशित गरिएको छ । उक्त जग्गा कसैको व्यक्तिगत,          सरकारी सार्वजनिक, गौचरन, पानीधारा आदि भित्र पर्छ पर्दैन, कुनेै कसैको जग्गा घुसे घुसाएको छ या कसैको हकदावी लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ (पैतिस) दिन भित्र (बाटाका म्याद बाहेक) आफूसंग भएका सक्कल प्रमाणहरु साथमा लिई यस कार्यालयमा हकदावी गर्न आउनु होला । अन्यथा नियमानुसार भई जाने व्यहोरा जानकारी गराईन्छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete