अपाङ्गता भएका व्यक्तिहरुको पहुँचको अधिकार तथा अपाङ्गतामैत्री संरचना निर्माणका वारेमा निर्माण कम्पनीहरु, डिजाईनर वा इन्जिनियरहरुमा चेतना जगाऔं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग
मुख्य समाचार
७ नंं. प्रदेश सभामा महिलाको संख्या १८
प्रत्येक्ष निर्वाचनतर्फ एक मात्र महिला सदस्य जितेको प्रदेश नं. ७ को प्रदेश सभामा समानुपातिकतर्फका समेत महिलाको संख्या १८ पुगेको छ ।
प्रदेश सभाको प्रत्येक्षतर्फ बझाङ्ग प्रदेश सभा निर्वाचन क्षेत्र ख का बाम गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी नेतृ देवकी मल्ल (थापा) बिजयी भएकी थिईन । उनले आफ्ना प्रमुख प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नेता नरेशबहादुर सिंहलाई दुई हजार पाँच सय एक मतले पछि पार्दै बिजयी प्राप्त गरेकी थिईन ।
प्रत्येक्षबाट एक मात्रै महिला सदस्य प्रदेश सभामा आएपनि समानुपातिकतर्फबाट १७ महिला थपिएका छन ।
प्रत्येक्षमा १७ सिट सहित पहिलो भएको एमालेले समानुपातिकमा प्राप्त गरेका सवै आठ सिटमा महिला पठाएको छ । संबैधानिक व्यवस्था अनुसार प्रदेश सभामा कम्तीमा ३३ प्रतिशत महिला हुनै पर्ने भएपछि एमालेले आठै महिला पठाउनु पर्ने भएको हो । एमालेले खस आर्य समुदायबाट माया भट्ट, मनकुमारी साउँद, पूर्ण जोशी र सुशिला बुढाथोकीलाई पठाएको छ । यस्तै थारु समुदायबाट चुनकुमारी चौधरी, दलितबाट दुर्गा बि.क. र अर्चना गहतराज र पिछडिएको क्षेत्रबाट माया तामाङ बोहरा सांसद बनेका छन । सिट संख्याको आधारमा एमालेले महिला मात्रै पठाउनु पर्ने भएपछि मुख्यमन्त्रीका प्रमुख दावेदार मानिएका एमाले पोलिट व्यूरो सदस्य एवं पूर्व मन्त्री कर्णबहादुर थापा सांसद हुन पाएनन् ।
प्रत्येक्षतर्फ चार सिट मात्रै जितेको नेपाली कांग्रेसले समानुपातिकतर्फ पाएको आठ सिटमध्ये चार महिला पठाएको छ । संबिधान अनुसार आफुले प्राप्त गरेको कुल सिट संख्याको एक तिहाई महिला पु¥याउनु पर्ने व्यवस्था अनुसार कांग्रेसले चार महिला पठाएको हो ।
खस आर्य समुदायबाट दिव्यश्वरी शाह र अम्विका कुमारी थापालाई कांग्रेसले सांसद बनाएको छ । यस्तै दलितबाट उमा बादी र पिछडिएको क्षेत्रबाट कुमारीनन्द बमलाई सांसद बनाएको छ ।
यस्तै प्रदेश सभामा प्रत्येक्षतर्फबाट १० सिट जितेको माओवादीले समानुपातिकमा चार सिट हात पारेको थियो । माओवादीले चारै महिला पठाएको छ । निर्मला बडाल (जोशी) र कुन्ती जोशीलाई खस आर्य समुदायबाट माओवादीले सांसद बनाएको छ । यस्तै थारु समुदायबाट बिनिता चौधरी र दलित समुदायबाट शान्ति नेपालीलाई सांसद बनाएको छ माओवादीले ।
प्रत्येक्षतर्फ एक मात्रै स्थान जितेको राष्ट्रिय जनता पार्टीले पनि समानुपातिकतर्फ पाएको एक सिटमा महिला पठाएको छ । राजपाले सुनिता चौधरीलाई सांसद बनाएको हो ।
दलहरुको यो उपस्थितिसंगै ५३ सदस्यीय प्रदेश सभामा महिलाहरुको संख्या झण्डै ३४ प्रतिशत हुने देखिएको छ ।
संबिधानको धारा १७६ अनुसार प्रत्येक्षबाट महिला आउन नसकेको अवस्थामा समानुपातिकबाट तोकिएको संख्यामा महिला ल्याउनु पर्ने व्यवस्था छ ।
चार दलको प्रतिनिधित्व रहने प्रदेश सभामा एमाले पहिलो, माओवादी केन्द्र दोश्रो, कांग्रेस तेश्रो र राजपा चौथो दल भएका छन ।
बाम गठबन्धनको दुई तिहाई
एमाले २५ सिट जितेर पहिलो पार्टी पनि बहुमत प्राप्त गर्न सकेन । प्रदेश सभामा बहुमत पु¥याउन २७ सिट आवश्यक हुन्छ । तर, बाम गठबन्धनले भने सहजै दुई तिहाई पु¥याएको छ । एमाले २५ र माओवादी केन्द्रको १४ गरि बाम गठबन्धनले ३९ सिट पु¥याएको छ । ५३ सदस्यीय प्रदेश सभामा ३५ ले दुई तिहाई पुग्छ ।
सम्पादकीय
सुशासन सहितको संघीयता
नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र बिद्रोहको मध्यावधीतिर सो पार्टीभित्र संघीयताको प्रश्नले व्यापकता पायो । जनतालाई आत्म निर्णयको अधिकार दिने र केन्द्रिकृत राज्यसत्ता ध्वस्त गर्ने नाममा राज्यको भौगोलिक किट्टाकाट गर्ने र ‘संघीय’ शासन प्रणालीमा जाने भन्ने मान्यता सो पार्टीमा स्थापित भएको मान्यता थियो । यद्यपी माओवादी अध्यक्ष प्रचण्डले खुला राजनीतिमा आइसकेपछि संघीयताका बिषयमा नकारात्मक टिप्पणी पनि गरेको सुनियो तर सशस्त्र बिद्रोहकै क्रममा पार्टीगत संरचनामै राज्यको कित्ताकाट भईसकेको थियो ।
सशस्त्र बिद्रोहको समेत समर्थनमा भएको २०६२÷०६३ को जनआन्दोलनमा क्रममा संघीयताको सवालमा कहीँ कतै माग उठेको देखिदैन । एक सुत्रीय माग ‘राजतन्त्र मुर्दाबाद, गणतन्त्र जिन्दाबाद’ थियो । आन्दोलन समाप्त भयो, निरंकुशता सकियो, सहमतिका आधारमा २०६३ माघ १ गते नयाँ संबिधान जारी भयो । उक्त संबिधान जारी भएसंगै तराईमा संघीयताको माग सहित सशक्त आन्दोलन भयो र संबिधान संसोधन भयो । यसरी बन्न पुग्यो संघीयता नेपाली राजनीतिको प्रमुख बिषय ।
अहिले यो संघीयता कार्यान्वयनको चरणमा रहेको छ । नेपालको संबिधान अनुसार पुनर्संरचना भएको स्थानीय तहहरुमा निर्वाचन सम्पन्न भई जनप्रतिनिधिहरुले आफ्नो जिम्मेवारी सम्हाल्न थालिसकेका छन । प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन पनि सम्पन्न भईसकेको छ र उनीहरुले जिम्मेवारी सम्हाल्ने पूर्वाधारहरु निर्माण हुँदैछन् । दुर्भाग्य नै भन्नु पर्छ, आवश्यक पूर्वाधारहरु नवनाई निर्वाचन सम्पन्न भयो । प्रदेश सभाका सदस्यहरुले कहाँ गएर, को संग शपथ ग्रहण गर्ने, कहाँ बैठक बस्ने भन्ने कुनै टुङ्गो छैन । सरकारको निरिहपनाले गर्दा यस्ता समस्याहरु देखिाएका छन ।
खैर, जे होस् राज्यका नयाँ संरचनाहरु कार्यान्वयनको क्रममा रहेका छन । राज्यको पुनर्संरचना हुनु, निर्वाचन सम्पन्न हुनु वा जनप्रतिनिधिहरुले जिम्मेवारी सम्हाल्नु मात्रै सवै कुरा होईन । अव बिधिको शासन हुन्छ कि हुँदैन, जनताका आधारभुत आवश्यकताहरु पुरा हुन्छन् कि हुँदैन भन्ने कुरा महत्वपूर्ण हो । नेपालमा अहिलेसम्म जति पनि निर्वाचन भए वा जति पनि जनप्रतिनिधि संस्थाहरु खडा भए ति कुनै पनि भ्रष्टाचारमुक्त हुन सकेनन् । ति कुनै पनि जनताको अपेक्षा अनुसार चल्न सकेनन् । ति कुनैले पनि आफुलाई जनताको सेवक वा जनताको प्रतिनिधिका रुपमा स्थापित गर्न सकेनन् ।
संकेत हेर्दा अहिले पनि त्यस्तै अवस्था होला जस्तो छ । जनताले चुनेका प्रतिनिधिहरु अहिलेदेखिनै भ्रष्टाचारमा संलग्न हुन थालेको, अनियमित कार्यहरु गर्न थालेको, योजना बिना मनोमानी ढङ्गले वजेट बिनियोजन गर्न थालेको जस्ता बिषयहरु वाहिर आउन थालेका छन । हिजोको अभ्यास जे थियो, त्यही अभ्यासमा अहिले पनि खेल्दैछन् भन्ने देखिएको छ ।
यदि यसो हो भने पुनर्संरचनाका नाममा भौगोलिक कित्ताकाट गरेर मात्रै केही हुने रहेनछ भन्ने कुरा प्रष्ट भएको छ । पुनर्संरचना सवैभन्दा पहिले आफ्नो वानीमा गर्नुपर्छ, व्यवहारमा गर्नु पर्छ, शैलीमा गर्नु पर्छ । त्यसपछि आर्थिक रुपमा पुनर्संरचना गर्नु पर्छ, सामाजिक रुपमा पुनर्संरचना गर्नु पर्छ, सांस्कृतिक रुपमा पुनर्संरचना गर्नु पर्छ । लोकतन्त्र भनेको शासन पद्धति मात्रै होईन, स्व–शासन पद्धति पनि हो । हामी शासन लोकतान्त्रिक हुनु पर्छ भन्ने चाहाना राख्ने, प्रशासन लोकतान्त्रिक हुनु पर्छ भन्ने चाहाना राख्ने तर आफु सधैंभरी सामन्त रहिरहुँ भन्ने चाहाने हो भने अहिलेसम्मको राजनीतिक परिवर्तनको कुनै औचित्य छैन ।
त्यसकारण अव सुशासन कायम हुनु पर्छ, भ्रष्टाचारमुक्त सेवा प्रवाह हुनु पर्छ । अनि मात्रै यो परिवर्तनले सार्थकता पाउन सक्छ, नत्र भने नामै मात्रै फेरिनेछ ।
थप समाचार
राजधानीको माग गर्दै आन्दोलन जारी
कर्ण चन्द/डोटी
पुष १७
७ नम्बर प्रदेशको प्रादेशिक राजधानी डोटी बनाउनु पर्ने माग गर्दै सुरु भएको आन्दोलन जारी छ । आन्दोलनकै क्रममा आज मंगलबार दिउसो क्षेत्रीय प्रशासन कार्यालय अगाडि दवावमुलक साहित्कि कार्यक्रम आयोजना हुने भएको छ ।
सरकार साविकको सुदूरपश्चिम बिकास क्षेत्रको क्षेत्रीय सदरमुकाम दिपायललाई नम्बर प्रदेशको प्रादेशिक राजधानी डोटी तोक्नु पर्ने माग गर्दै गत बुधवारदेखि बिभिन्न दवावमुलक कार्यक्रम हुँदै आएका छन् ।
दिपायलमा भौतिक संर–चना निर्माण भएको र सबैलाई केन्द्रमा पर्ने भएका कारण डोटी राजधानी हुन पर्ने माग राख्दै आन्दोलन सुरु भएको हो । सरकारले राजधानी तोक्न आनाकानी गरेको आन्दोलनकारीहरुको ठहर छ ।
प्रदेश नं. ७ को प्रादेशिक राजधानी दिपायल र अत्तरिया मध्य कुन ठाउँमा बनाउने भन्ने बारेमा बहस भएको अबस्थामा दिपायलमा आन्दोलन सुरु भएको हो । प्रदेश भित्र रहेका ७ ओटा पहाडी जिल्लाले पहाडमै राजधानी बनाउनु पर्ने माग गरिरहेका छन ।
तराईको अन्न भण्डार बचाउनका लागी पनि पहाडी जिल्लामा राजधानी बनाउनु पर्ने प्रादेशिक राजधानी डोटी तोक्नका लागी बनेको संघर्ष समितिका अध्यक्ष नरेन्द्र खड्काले बताए । ¥याली पछि पिपल्ला बजारमा आयोजना गरेको कोणसभालाई सम्बोधन गर्र्दै खड्काले उक्त कुरा बताएका हुन ।
कोणसभालाई बाम तथा लोकतान्त्रिक गठबन्धनका जिल्ला स्तरीय नेताले सम्बोधन गरेका थिए । प्रादेशिक राजधानी डोटी तोक्नु पर्ने भन्दै धनगढीमा पनि प्रर्दशन गरिएको छ ।
आईतवार धनगढीको चौराहाबाट एलएनचोकसम्म डोटीमै राजधानीको माग गर्दै प्रर्दशन गरिएको हो । कैलालीको उर्बर जमिन बचाउनु पर्ने भन्दै उनीहरुले डोटीको माग गरेका हुन ।
तोके थाहा हुन्छः बलायर
७ नम्बर प्रदेशका प्रादेशिक राजधानी तोकेपछि मात्र राजधानी कहाँ हुन्छ भन्ने थाहा हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्री बिरबहादुर बलायरले बताए । उनले भने ‘राजधानी बारे दिपायल, धनगढी, अत्तरिया, डडेल्धुराको प्रस्ताव आएको छ, छलफल भैरहेको छ, राजधानी कहाँ हुन्छ भन्ने कुरा तोकेपछि मात्र थाहा हुन्छ ।’
शिर्ष नेता सहमत छनः आले
राजधानी डोटी बनाउने बारेमा बाम गठबन्धनका शिर्ष नेताहरु सहमत रहेको डोटीबाट प्रतिनिधी सभाका सांसद प्रेमबहादुर आलेमगरले बताएका छन । सांसद आलेले भने ‘मैले निरन्त रुपमा बाम गठबन्धनका नेता, एमाले र माओवादीका अध्यक्षसंग छलफल गरेको छु सबै सहमत छन ।’
डोटी राजधानी तोक्नका लागी नेपाली काँग्रेस नेतृत्वको सरकारले खुट्टा कमाई रहेको आलेले आरोप लगाए । आलेले भने ‘काँग्रेस राजधानी तोक्न खुट्टा कमाई रहेको छ, काग्रेसले राजधानी तोक्न बिना कारण ढिलाई गरिरहरेको छ ।’ राजधानी बनाउनका लागी डोटीमा भैरहेको नागरिक समर्थनको आन्दोलन प्रशंसनीय भएको आलेमगरले बताए ।
सामाजिक सञ्जालमा केवी
उनी सांसद होईनन्, मन्त्री पनि होईनन्, कुनै उच्च ओहदाका कर्मचारी पनि होईनन्, न त उनी कुनै सेलिब्रेटी हुन तर पनि केही दिन यता उनी सामाजिक सञ्जालमा छाएका छन ।
डोटीको मुख्य शहर पिपल्ला बजारमा केवी स्टिल एण्ड फर्निचर उद्योग र केवी ईलेक्ट्रोनिक्स सञ्चालन गर्दै आएका खगेन्द्रबहादुर साउँद अहिले सामाजिक सञ्जालमा चर्चाका बिषय बनेका छन । आफ्नो व्यापारसंगसंगै सामाजिक क्रियाकलापमा पाँच÷छ बर्षयता सक्रिय रहेका केवीले गत साता डोटी दिपायल सिलगढी नगर–पालिकाका नौ वटै वडाका दुई सय ७० बृद्धबृद्धा, असहाय, एकल महिला, अपाङ्गता भएका व्यक्तिहरु छनौट गरि कम्मल बितरण गरेपछि सामाजिक सञ्जालमा उनको प्रसंसा चुलिएको हो । सम्वन्धित वडा कार्यालयलाई असहाय बृद्धबृद्धा, एकल महिला, अपाङ्गता भएका व्यक्तिहरु छनौट गरिदिन आग्रह वडा कार्यालयको सिफारिसमा सम्वन्धित वडा कार्यालयमै साउँदले न्यानो कम्मल बितरण गरेका थिए । प्रत्येक वडामा ३० जनाका दरले उनले दुई ७० जनालाई न्यानो कपडा ‘कम्मल’ बाँडेका हुन ।
उनको यो कार्यसंगै सामाजिक सञ्जालमा उनलाई प्रसंसनीय काम गरेको भन्दै बिभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरुले प्रसंसा गरेका छन । होटेल व्यवसायी संघ डोटीका अध्यक्ष दिपकबहादुर खड्काले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘प्रसंसनीय काम गर्नु भएकोमा आदरणीय दाई केवी साउँदलाई धन्यवाद छ ।’
यस्तै शिक्षक योगेन्द्रबहादुर मल्लले लेखेका छन ‘बेसहराका सहरा बन्नु भएकोमा खगेन्द्र साउँदलाई लाखौ लाख शुभकामना छ ।’ शिक्षक केशव ओझा लेख्छन् ‘धेरै राम्रो कार्य, तपाईको सिको सरकारले गरोस ।’ सञ्चारकर्मी भरत बोहराले धन हुनेहरु सधैं साँची मात्र राख्छन् तर मन हुनेहरु मनकारी काम गर्छन भन्दै केवीलाई धन्यवाद दिएका छन । उनले केवीलाई सधै सामाजिक सेवामा लागिरहने प्रेरणा मिलोस भन्ने कामना समेत गरेका छन ।
साउँदले गरेका सामाजिक कामको प्रसंसा गर्दै सामाजिक सञ्जालमा अन्य धेरै प्रसंसकहरुले उनले एक बृद्धालाई कम्मल ओडाउँदै गरेको तस्विर सहित सामाजिक सञ्जालमा पोष्ट गरेका छन ।
बिगत पाँच बर्षदेखि बर्षेनी न्यानो कपडा बितरण गर्दै आएका आफ्नो सानो सहयोगले कसैलाई राहत मिलोस भन्ने चाहाना राख्छन् । उनी यस्ता कार्यहरुले आफुलाई सन्तुष्टि मिल्ने गरेको बताउँछन । ‘दुःख र गरीवी के हो भन्ने कुरा मैले राम्रोसंग भोगेको छु’ साउँद भन्छन् ‘त्यसकारण मलाई दुःखी र गरीवहरुलाई सहयोग गर्न मन पर्छ ।’ उनले आफुले सकेसम्म सामाजिक सेवामा निरन्तर रुपमा लागिरहने पनि बताए ।
साउँद सामाजिक क्रियाकलापमा बिगत लामो समयदेखि जोडिदै आएका छन । उनले बजारमा, मन्दिरमा, सार्वजनिक स्थलहरुमा डस्टबिन राख्ने, नगर क्षेत्रभित्र रहेका १३ सामुदायिक बिद्यालयलाई प्रति बिद्यालय एक लाखका दरले सहयोग गर्ने जस्ता कामहरु यस अघि पनि गरेका छन ।
८१ प्रतिशत बिद्यालयमा मात्रै खानेपानी
डोटी जिल्लामा रहेका तीन सय ८८ सामुदायिक बिद्यालयमध्ये प्रतिशत बिद्यालयमा मात्रै खानेपानीको सुबिधा रहेको छ ।
विकास तथा प्रकोप व्यवस्थापन केन्द्र (सिडिएम) द्वारा शनिवार आयोजना गरिएको ‘बिद्यालयमा खानेपानी, सरसफाई तथा स्वच्छताको अवस्था’ बिषय सरोकारवालाहरुबीचको छलपलल कार्यक्रममा सो जानकारी दिईएको हो । तीन सय ८८ बिद्यालयहरुमा तीन सय १६ बिद्यालयमा मात्रै खानेपानीको सुबिधा रहेको बिद्यालय अवस्थोका प्रतिवेदन प्रस्तोता कृष्णबहादुर बिकले जानकारी दिए । ‘अझ खानेपानीको शुद्धिकरण गरि प्रयोग गर्ने बिद्यालयहरुको संख्या जम्मा १२ मात्रै छ’ बिकले प्रतिवेदन प्रस्तुत गर्दै भने ‘१० बिद्यालयमा पानीको श्रोतनै छैन ।’
अझै पाँच बिद्यालयमा शौचालय नभएको र ३२ बिद्यालयमा छात्राको छुट्टै शौचालयको व्यवस्था छैन । शौचालयको व्यवस्था भएका अधिकांश बिद्यालयहरुमा शौचालयको अवस्था जीर्ण रहेको छ । छात्राहरुले महिनाबारी भएका बेला सेनिटरी प्याड फाल्ने व्यववस्था भएका बिद्यालयहरुको संख्या १७ मात्रै रहेको छ । १५ बिद्यालयमा खानेपानी तथा सर–सफाई व्यवस्थापन समिति गठन भएको प्रतिवेदनले देखाएको छ ।
प्रतिवेदन अनुसार जिल्लाका एक सय ८० सामुदायिक बिद्यालयमा बालक्लवहरु गठन भएका छन ।
कार्यक्रममा सिडिम नेपालद्वारा सञ्चालन भईरहेको ‘बिद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता प्रवद्र्धन कार्यक्रम’ अन्तरगत भएका क्रियाकलापहरुको बारेमा समेत जानकारी गराईएको थियो । बिद्यालय क्षेत्रको सरसफाईका लागि संस्थाले कार्यक्षेत्रका एक सय ३५ बिद्यालयहरुमा खानेपानी टंकी, बाल्टी, धारा, टुटी, हात पुछ्ने रुमाल लगायतका सामग्रीहरु बितरण गरिएको कार्यक्रम संयोजक कुबेर खड्काले बताए ।
जनप्रतिनिधिसंग बालबालिकाहरुको माग
मदिरा निशेष देखि प्राविधिक शिक्षालयसम्म
रामहरी ओझा/डोटी
पुष १७
‘सरकारी कानुन अनुसार बिद्यालय क्षेत्रभन्दा पाँच सय मिटर दुरीसम्म मदिरा र सुर्तिजन्य पदार्थको कारोवार गर्न पाईदैन भन्ने सुनेको छु तर हाम्रो बिद्यालयको आँगनसंगै मदिराको पसल जोडिएको छ, यसलाई हटाउने कसले हो अध्यक्ष ज्यू ?’
डोटी के आई सिंह गाउँपालिका–१ मा रहेको ईन्द्र माबिमा कक्षा ८ मा अध्ययनरत छात्र अर्जुन रावलले गाउँपालिका अध्यक्ष लोकेन्द्र शाहीले प्रश्न गरे ।
शिखर नगरपालिका–८ को राधाकृष्ण माबिमा कक्षा–९ मा अध्ययन–रत छात्रा निर्मला साउँदले छोरालाई नीजि बिद्यालय र छोरीलाई सरकारी बिद्यालय पढाउने गरेकोप्रति गुनासो गर्दै नगरपालिकाका उपमयेर धौलीदेवी रावललाई सोधिन् ‘तपाई महिला भएर छोरीमाथी बिभेद् भएको कसरी सहनु हुन्छ ?’
शिखर नगरपालिका–१ मा रहेको केदारेश्वर माबिमा कक्षा ९ मा अध्ययन–रत छात्रा बिमला थापा भन्छिन् ‘मलाई पनि डाक्टर बन्ने रहर छ, तर मेरो घरको आर्थिक अवस्थाले भ्याउँदैन । उनी नगर प्रम्खलाई प्रश्न गर्छिन ‘के तपाई प्राविधिक शिक्षालय खोल्न सक्नु हुन्छ ?’ उनीे अधिकांश बिद्यालयहरुको कम्पाउण्डसंगै मदिरा र सुर्तिजन्य पदार्थका पसलहरु जोडिएर रहेका बताउँछिन् ।
बिद्यालयमा नामका मात्र बिज्ञान प्रयोगशाला रहेको बताउँछन् सिताराम माबि उच्चाकोटमा कक्षा १० मा अध्ययनरत छात्र मुकेश ओझा । उनी भन्छन् ‘बिज्ञान प्रयोगशाला भनेर भवनको नामाकरण गरेको छ तर भित्र प्रयोगशालामा हुनु पर्ने कुरा केही छैन, अनि हामीले कसरी अभ्यास गर्ने ?’ उनी थप्छन् ‘कितावका पानामा लेखिएको कुरा त हामी आफै पढ्न सक्छौं, हामीलाई त प्रयोगात्मक रुपमा सिक्नु छ ।’
बिद्यालयमा आवाशीय व्यवस्था नहुँदा बिद्यालय आउजाउ गर्न तीन÷चार घण्टा बिताउनु पर्ने बाध्यता रहेको बताउँछिन् पूर्वीचौकी गाउँपालिकामा रहेको काडामाण्डौं माबिकी छात्रा सिता बिक । उनी आफ्नो बिद्यालयमा बस्नलाई बेञ्च समेत नभएको गुनासो गर्छिन ।
तीन तीन महिनामा शिक्षकहरु फेरिने गरेका कारण आफुहरुको पठनपाठनमा समस्या भएको बताउँछिन् झिमेमालिका माबि वायलकी छात्रा भागरथी बिष्ट । उनी भन्छिन् ‘एक त बिद्यालयमा शिक्षकहरुनै कम छन, त्यसैमा पटक पटक शिक्षक फेरिदाँ अर्को शिक्षक आउञ्जेल हाम्रो पढाईमा बाधा पर्छ ।
अधिकार सम्पन्न स्थानीय तहको अधिकार क्षेत्रमा माध्यामिक तहसम्म (कक्षा १२) को शिक्षा पनि भएपछि बालबालिकाहरु जनप्रतिनिधिलाई आफ्ना समस्या सुनाउन थालेका छन । स्थानीय तहका जनप्रतिनिधिहरुसंग आफ्ना गुनासाहरु राख्ने बिद्यार्थीहरुको संख्या धेरै छ । शिक्षकहरु नियमित रुपमा बिद्यालयमा पढाउन नआउने गरेको, बिद्यालयमा खानेपानी समेत नभएको गुनासा सुनाए उनीहरुले जनप्रतिनिधिहरुलाई । बिद्यालयमा पढाईको बातावरण बनाई दिन उनीहरुको आग्रह थियो ।
सामुदायिक विकास केन्द्र डोटी नामक गैरसरकारी संस्थाले आयोजना गरेको ‘सम्भव सवाल’ रेडियो बहसमा सहभागि बालबालिकाहरुले स्थानीय तहका जनप्रतिनिधिहरुलाई आफ्ना गुनासाहरु राखेका थिए । रेष्टलेस डेभेलपमेण्टको साझेदारीमा केन्द्रले डोटीमा सञ्चालन गरिरहेको सम्भव परियोजनाले शिक्षाको बर्तमान अवस्था र सुधारका लागि स्थानीय तहले खेल्नु पर्ने भूमिकाका बिषयमा केन्द्रित रहि आयोजना गरिएको रेडियो बसह कार्यक्रममा बिद्यार्थीहरुले उठाएका गुनासाहरुको जवाफ दिँदै जनप्रतिनिधिहरुले शिक्षाको बर्तमान अवस्थामा सुधार गर्ने प्रतिबद्धता जनाएका छन ।
शिखर नगरपालिका मेयर सिताराम जोशीले भने ‘भाईबहिनीहरुले उठाएका समस्याहरुले साँच्चै गम्भिर बनाएको छ, म यस क्षेत्रका बिद्यालयहरुको अवस्था सुधार गर्नका लागि आफ्नो तर्फबाट सक्ने प्रयास गर्छु । ‘आज्जैको भोली त सवै कुरा सुधार हुन्छ म भन्दिनँ’ मेयर जोशीले भने ‘तर आजै देखि बिद्यालयको अवस्था सुधारका लागि थप प्रतिवद्ध भएर लाग्छु ।’ उनले प्राबिधिक शिक्षाका लागि आफुले सम्भाव्यता अध्ययन गरिरहेका बताए ।
पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दिर्घराज बोगटीले बालबालिकाहरुले उठान गरेका बिषयबाट आफ्नो गाउँपालिको शिक्षा क्षेत्रमा धेरै समस्या रहेको आफुले अनुभुत गरेको बताए । उनले भने ‘समस्यहरु धेरै छन, त्यसैले यि समस्याको समाधानका लागि ठोस योजना बनाउन हामी गाउँपालिकास्तरीय शिक्षा सम्मेलन आयोजना गर्छौं ।’ उनी थप्छन् ‘अवको पाँच बर्षभित्र कुनै पनि बिद्यालयमा भौतिक पूर्वाधारको कमी नहुने गरि काम गर्छौं ।’
बिद्यालयको निश्चित दुरीभित्र मदिरा पसल हुन नहुने वताउँछन के आई सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाही । उनी भन्छन् ‘नियम बिपरित बिद्यालय छेउछाउमा सञ्चालन गरिएका पसलहरु हटाउनका लागि तत्काल पहल गर्छु ।’ उनले के आई सिंह गाउँपालिकाभित्र ३३ सामुदायिक बिद्यालय रहेका र ति सामुदायिक बिद्यालयहरुको बर्तमान अवस्थाको अनुगमन गर्ने बताए ।
शिखर नगरपालिकाका उपमेयर धौलीदेवी रावलले अहिले पनि समाजमा लैङ्गिक बिभेद् हुनु दुःखद् कुरा भएको बताउँदै सवै प्रकारका बिभेद् अन्त्य गर्न चेतनामुलक कार्यक्रम सुरु गर्नु पर्ने धारणा राखिन ।
रिक्त हुँदै बिशेषज्ञको दरवन्दी
सुदुरपश्चिमकै रेफरल अस्पतालको रुपमा रहेको सेती अञ्चल अस्पतालमा रिक्त रहेका बिशेषज्ञ चिकित्सकहरुका दरबन्दी पदपुर्ति हुनुको सट्टा झन झन रिक्त भईरहेका छन ।
२३ जना विषेशज्ञ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा लामो समयदेखि ११ विशेषज्ञ चिकित्सकको दरबन्दी खाली रहेको छ । सेती अञ्चल अस्पतालमै कार्यरत रहेर बढुवा भएका चिकित्सक पनि अस्पतालमा दरबन्दी नभएपछि बाहिरिन बाध्य भएका छन । प्रदेश नम्वर ७ का सबै जिल्लाका विरामीको हेरचाह गरिरहेको अस्पताललाई सेवा प्रवाहमा निकै कठिनाई भईरहेको अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सजन केसीले बताए ।
एक मुटु रोग विशेषज्ञ बाहेक अन्य दरवन्दी कुनै न कुनै बेला पदपुर्ति भएका थिए, तर तिनीहरुलाई टिकाउन नसक्नुमा अस्पताल प्रशासन र विकास समिति पनि जिम्मेवार रहेको छ । बढुवा भएर सरुवा भएको स्थानमा र अवकास पाएका चिकित्सकको स्थानमा चिकित्सक ल्याउन नसक्नु विकास समिति र अस्पताल प्रशासन दुवैको कमजोरी हो ।
छोटकरी समाचार
ब्यबसायिक बाख्रा पालन तालिम सम्पन्न
डोटीको दिपायलमा एक हप्ता देखि जारी रहेको ब्यबसायिक बाख्रा तालिम कार्यक्रम आईतवार सम्पन्न भएको छ ।
निड्स नेपाल कञ्चनपुरको आयोजना तथा क्षेत्रीय पशु सेवा तालिम केन्द्रको प्राविधिक सहयोगमा तालिमको आयोजना गरिएको हो । सुरक्षित आप्रवासन परियोजना लागु भएका डोटी र कञ्चनपुरका बिभिन्न तहबाट २७ जना तालिममा सहभागीता रहेको थियो ।
बिगत देखि बाख्रा पालन गर्दै आएको भएपनि ब्यबस्थित रुपमा पाल्ने कुरा तालिमका सिकेको शिखर नगरपालिकाका गौरी मल्लले बताईन । तालिममा सिकेका कुरा ब्यबहारमा उतार्ने मल्लले भनाई छ ।
निर्वाहमुखी बाख्रा पालनबाट ब्यबसायीक बाख्रा पालनको काम थाल्ने शिखर नगरपालिका–२ का मानबहादुर भाटले बताए । बाख्राको ब्यवसायिक पालन गर्ने बारेमा आफुले ज्ञान प्राप्त गरेकाले छुट्टै खोर बनाएर बाख्रा पालन गर्ने उनको भनाई छ ।
कामको लागी बिदेश जाने युवा जनशक्ति स्वदेशमै रोकेर रोजगार सृजना गर्नका लागी ब्यबसायिक बाख्रा पालन तालिम दिईएको निड्स नेपालका बरिष्ठ कार्यक्रम संयोजक प्रकाशचन्द्र मडैले जानकारी दिए । नेपाली बजारमा बर्षेनी ठुलो मात्रामा खसी बोकाको अभाब रहने गरेकाले बजारको अभाव पनि नरहेको मडै मडै बताउँछन ।
लेख
अनि कसरी सकियो ‘जवज’ को औचित्य ?
माधव ढुङ्गेल
जनताको बहुदलीय जनवाद एउटा विचार ब्राण्ड हो । समाजको चरित्र अर्धसामन्ती र अर्धऔपनिवेशिक भनी परिभाषित भएको र पुँजीवादी क्रान्ति आन्दोलनको मुख्य कार्यभार ठानिएको र सेना नभएको पार्टी कम्युनिष्ट पार्टी हुँदैन, राज्य सत्ता बन्दुकको नालबाट प्राप्त हुन्छ भन्ने मान्यता कम्युनिष्टप्रति स्थापित भएका बेला सिंगो कम्युनिष्ट आन्दोलनको लोकतान्त्रीकरणको सिद्धान्तका रुपमा परिभाषित गर्न आम जनता, साधारण कार्यकर्ता र बुझ्नुपर्ने अन्य समुदायले समेत बुझिने भाषामा अभिव्यक्त गर्न हाइलाइट गर्ने विचार शीर्षकको रुपमा जनताको बहुदलीय जनवाद नामाकरण गरिएको हो ।
सत्रुको गतिविधिलाई नियालेर या दमनको रुपलाई हेरेर प्रतिवादको योजना बनाइन्छ । निरंकुश पञ्चायती व्यवस्था समाप्त पार्न हामी कम्युनिष्टहरुको ठूलो योगदान छ । यो राजनीतिक परिवर्तनको आन्दोलनमा एउटा महत्वपूर्ण परिवर्तन मान्नु पर्दछ भन्ने आत्मसात गरी आफ्नो योगदालाई पुँजीकृत गरिएको विचार हो जनताको वहुदलीय जनवाद ।
आफ्नै योगदान र वलिदानवाट प्राप्त परिवर्तनको सानो फूलवारी भित्र वसेर कम विनास र सानो क्षतिमै ठूलो बगैंचाको परिकल्पना मात्र होइन, प्राप्ति नै सम्भव छ भन्ने विश्वासको मार्गदर्शन हो जनताको वहुदलीय जनवाद ।
शान्तीपूर्ण आन्दोलनवाट एउटा सामान्य परिवर्तन मात्र होइन, आमूल परिवर्तन सम्भव छ र हामी कम्युनिष्टहरु त्यो योग्यता राख्न सक्छौं भन्ने आत्म विश्वासको एउटा गतीशील दर्शन हो जनताको वहुदलीय जनवाद ।
सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्त हुन पर्दछ । जुन गतिशील र समय सापेक्ष हुन्छ भन्ने मर्मलाई बोकेको नेपाली कम्युनिष्ट आन्दोलनको नयाँ प्राण र एकाइसौं शताव्दीको माक्र्सवाद हो जनताको वहुदलीय जनवाद ।
जनताको वहुदलीय जनवाद माक्र्सवाद लेनिनवादको लोकतान्त्रीकरणको सिद्धान्त हो । अझ यसको मूल सार शान्तिपूर्ण आन्दोलनवाट आमूल परिवर्तनको दिशा हो । आजको विशाल एमाले र आजको वाम एकताको मूल कारक जबजको सफलता हो भनेर मुक्त कण्ठले भन्न सक्नुपर्दछ । सफल भएको विचार विज्ञान पनि हो यो समय सापेक्ष परिस्कृत हुन सक्दछ, तर यसको औचित्य समाप्त हुर्दैन ।
कृपया जबजलाई गरुंगो भारी बोकेजस्तो नठानियोस् जसले हामीलाई एउटा जिउँदो पार्टी जीवन र विशाल घर दिएको छ । कुनै ठाउँ र सन्दर्भमा उल्लेख गरिएका शब्द र सन्दर्भको शाव्दीक व्याख्या मात्र गरेर यसको मर्मको सही व्याख्या हुन सक्दैन, यसलाई एउटा गतीशील विज्ञानको रुपमा हेरिनु र व्याख्या गरिनु पर्दछ ।
संसारमा कुनै पनि विचार सफल भएर समाप्त भएको छैन र हुँदैन पनि । माक्र्सवादको पहिलो प्रयोग गर्न लेनिनले क्रान्ति गर्नु भो, सफल हुनु भो । सफल भएर माक्र्सवाद सकिएन बरु अझै त्यसले विश्वव्यापी रुप लिन पुग्यो र माक्र्सवाद एउटा परिस्कृत विज्ञानको रुपमा व्याख्या र विश्लेषण गर्दै लगियो । चीनमा माओले क्रान्ति गर्नु भो सफल हुनु भो माओवाद सकिएन, बरु यसले पनि विश्वव्यापी रुप लियो ।
विचारको सफलता भनेको समाप्ति होइन, बरु विश्वव्यापी रुपको आवश्यकता महसूस गरेको अर्थमा बुझ्नु पर्दछ । फेरि आफ्नै आँगनमा आफ्नै मिहिनेतले हुर्काएको विरुवालाई फूल फुलेपछि टिपेर मिल्काउने हो कि महंगो मूल्य पाउने अन्तराष्ट्रिय बजार खोज्ने हो ? हेक्का रहोस् जनताको वहुदलीय जनवाद आफ्नै बारीमा फलेको फल हो ।
सफलताको मूल कडीका रुपमा ग्रहण गरी बिचार ब्राण्ड बनाएर संसारका सामु नमुनाको रुपमा पस्किन सक्नुपर्छ । यतिबेला जबजको औचित्य र उपादेयता सकियो भनेर परिभाषित गर्नु आजको उपलव्धी र कम्युनिष्ट आन्दोलनकै अवमूल्यन गरेको ठहरिने छ र यो प्रवृत्तिले हामीलाई सही मार्गमा पु¥याउन पनि सक्दैन ।
०६२÷६३ को परिवर्तनपछि लगत्तै १० वर्ष युद्धमा होमिएर आएका माओवादीका अध्यक्ष कमरेड प्रचण्डवाट जबजप्रतिको विचार भावको विश्लेषण गर्दा ०६३ जेष्ठमा एकजना पत्रकार विनोद ढुंगेलसँगको साप्ताहिक पत्रिकाको अन्तवार्तामा कमरेड प्रचण्डले घुमाउरो भाषामा शान्तिपूर्ण बाटोबाट एमालेहरु आए हामी सात डिभिजन जनसेना निर्माण गरेर सशस्त्र जनयुद्ध गरेर आयौैं तर आउने ठाउँ चाहीँ एउटै हो भन्ने स्वीकार गरेका थिए ।
०६३ साल आषाढमा प्रकाशित नेपाल पत्रिकाका सम्पादक किशोर नेपालसँग दिएको अन्तर्वातामा प्रचण्डले मदन भण्डारीप्रति सकारात्मक भाव प्रकट गरेका छन् । ०६३ साल आषाढको दोश्रो साता प्रकाशित कान्तिपुर पत्रिकामा कमरेड प्रचण्डले मदन भण्डारी ठिकै हुन, जवज पनि ठीक थियो तर एमालेका नेताहरु ठीक भएनन् भन्ने अभिव्यत्ति दिएका थिए ।
यो सन्दर्भ वास्तवमा जनयुद्धमा सफल भएर आएको आफ्नो हातमाथि पारेर उच्च मनोवलका साथ अद्वीतीय शक्तिको महसुस गरेको माओवादी आन्दोलनका कमाण्डरको विचार र भावको चर्चा गरिएको हो । यसै भावको वरिपरि तत्कालीन माओवादीले एकाइसौं शताव्दीको जनवादको परिकल्पना गरेको थियो भनेर सहज अनुमान गर्न सकिन्छ ।
आज एमाले र माओवादी केन्द्रवीच पार्टी एकताको सन्दर्भ छ । विचारको पनि बहस होला ! नामाकरण के दिने छलफल होला ! त्यो अर्कै विषय हो, तर एउटा सत्यचाहिँ के हो भने जनताको वहुदलीय जनवाद सफल भएको विचार हो र शान्तिपूर्ण आन्दोलनबाट आमूल परिवर्तन सम्भव छ भन्ने मान्यता स्थापित गराएको जबजको भाव र मर्मलाई जोगाउनु पर्छ तर खेर फाल्नु हुँदैन ।
आज पार्टी एकताभित्र पनि जबजको भाव छोड्नुपर्ने परिस्थिति हुन्थ्यो भने वाम गठवन्धनको आवश्यकता बनेर उपस्थित हुने बेला नभैसकेको हुने थियो, यो चाहिँ सबैले बुझ्नुपर्छ । आजको पार्टी एकता कमरेड प्रचण्डको मनोभूति र अनुभूतिको परिणाम पनि हो भन्न सक्नु पर्दछ ।
हामीभित्रकै दृष्टिमा यो दक्ष प्रजापतिको टाउको देखिन्छ त कहिले सिद्धान्त बन्न नसकेको कच्चा पदार्थ देखिन्छ त कहिले औचित्य सकिएको चुहुने भाँडो देखिन्छ । यो दृष्टि दोषबाट मुक्त भएर जबजको रक्षा र विकासले सही दिशा पाउनु पर्दछ ।
कसैलाई भ्रम नहोस् एमाले पंक्ति जबजको रक्षा र विकास चाहन्छ । परिस्कृत वनाएर संसारका सामु गौरवका साथ आफ्नो विचारका रुपमा पस्किन चाहन्छ । सफल विचारको रुपमा यसलाई गतिशील वनाउँदै समयको गतिसँगै हिँडाउन चाहन्छ तर यसको मूल मर्म र भाव जीवन्त छ भन्ने स्थापित गर्न चाहन्छ ।
अन्त्यमा, चेतनाले समृद्ध भएको मानवलाई निरंकुशता र अधिनायकवादले होइन, समृद्ध र परिस्कृत लोकतन्त्रले मात्रै नेतृत्व गर्न र अविभावकत्व दिन सक्दछ भन्ने मान्यता जबजको भाव र मर्म हो कि होइन ? के यो भाव र मर्मको औचित्य सकियो त !
शान्तिपूर्ण आन्दोलनको माध्यमवाट समाजवादको यात्रा तय गर्न सकिन्छ कि सकिँदैन ? यो शान्तिपूर्ण आन्दोलनले राजतन्त्र मात्रै फाल्न सक्ने हो, आर्थिक समृद्धिको गति र समाजवाद निर्माणको आधार तयार गर्न वाटो वदल्नु पर्ने हो ? होइन भने किन गरुंगो भारी बोकेजस्तो गरी बिसाउन खोजिन्छ जबजलाई ?
सफलता प्राप्त गरेको, जित हासिल गरेको, जिउँदो प्राण बनाएको, विशाल आकार ग्रहण गरेको, आममा आकार्षण भाव प्रकट गराएको विचार जवजलाई विचार ब्राण्ड बनाउन नसकिने हो ?
हामीले पार्टीभित्र अपनाएको लोकतान्त्रिक पद्दति र पार्टी वाहिर अपनाएको लोकतान्त्रको निष्ठाले हाम्रो भविस्य उज्यालो बनायो र जनता र अन्तराष्ट्रिय समुदायप्रतिको विश्वास कमायो, यो जबजको स्पिरिट होइन ? अनि कसरी भयो जबजको औचित्यको समाप्ति ? (ढुंगेल एमालेका युवा नेता हुन)
— अनलाईन खवर डटकमबाट
मोफसल पत्रकारिता
ऋण तिर्न नसकेर साहुँका अगाडि पर्न डर लाग्छ
दिपबहादुर घर्ती (सम्पादक)
डिजिटल सञ्चार डटकम (जाजरकोट)
तपार्इंको पुरा परिचय पाउँ न ?
— मेरो नाम दीपबहादुर घर्ती हो । मेरो घर जाजरकोट जिल्लाको भेरी नगरपालिका–२ पाँचकाटियामा पर्दछ र झण्डै एक दशक म देखि पत्रकारीता पेशामा रहेर काम गरिएको छु । हाल मैले आफै सञ्चालन गरेको अनलाईन डिजिटल सञ्चार डटकमको सञ्चालक तथा सम्पादक आफै भएर काम गरिरहेको छु ।
तपाईले किन पत्रकारिता पेशा रोज्नु भयो ?
— पत्रकारीता पेशालाई वुझेर वा अध्ययन गरेर भन्दा पनि आज भन्दा १० बर्ष पहिले जतिवेला म पत्रकारीता पेशा भन्दा बाहिर थिए, पेशामा रहेर पत्रकारीता गरिर–हनु भएका अग्रज पत्रकारको सामाजिक कार्यले मलाई निकै उत्साहित गराउने गर्दथ्यो । बिश्वासिलो र भरपर्दो सूचना श्रोतकेन्द्रका रुपमा पत्रकारिता पेशालाई मैले बुझे । मैले पनि आफुलाई नजानिदो ढंगवाट त्यहि सूचना केन्द्रमा राखेर सामाजिक कार्यमा लाग्ने अठोट गरेर पत्रकारीता पेशालाई रोज्न पुगे ।
कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ?
— मोफसलमा गरिने पत्रकारीताको कुनै बिट भन्ने त हुदैन, मोफसलमा रहेर बिट पत्रकारीता गर्ने समय र अबसर हालसम्म कसैलाई पनि प्राप्त भएको जस्तो त मलाई लाग्दैन । तै पनि मलाई मन पर्ने पत्रकारीता भनेको खोज पत्रकारीता हो । तर, हालसम्म मैले त्यसलाई पुरा गर्न सकेको छैन् । त्यसका अतिरिक्त कृषि, पर्यटन, सामाजिक, बाताबरण, स्वास्थ्य र शिक्षा हो ।
पत्रकारितामा त धेरै समस्याहरु छन भन्छन नि, कस्ता खालका समस्याहरु पाउनु भयो ?
— हो निकै महत्वपूर्ण प्रश्न गर्नु भयो, अबश्य पनि पत्रकारीता पेशामा रहेका पत्रकारहरु धेरै समस्याहरु छन् । पत्रकारीता गरिरहेको कुनै पनि पत्रकारको भुमिकाका हिसाबले हेर्दा दैनिक २४ घण्टा जाग्राम हुनु पर्छ । सत्य तथ्य सूचना र समाचार सम्प्रेषण गर्नका लागि पत्रकारीतामा भोक, प्यास र निन्द्रा भन्ने हुँदैन, पत्रकारीतामा आस, त्रास र भयमान्न मिल्दैन । समाज रुपान्तरण र देश विकासका लागि पत्रकारहरु राज्यको आँखाका नानी हुन तर, पत्रकारले पाउनुपर्ने न्युतम पारिश्रमिक नपाई रहेको अबस्था छ । पेशामा रहेका पत्रकारहरुको जीवन सुरक्षाको ब्यबस्था हुन सकिरहेको छैन । जीवन बिमालाई सरल तथा सहज रुपमा लागु गर्ने ब्यबस्था गरिएको छैन । अझ म त भन्छु पेशा तथा सेवावाट रिटार हुदा पेन्सनको ब्यबस्था गरिनु पर्छ । छोरा–छोरी र परिवारको शिक्षा, स्वास्थ्य उपचारमा विशेष ब्यबस्था हुनु पर्दछ । सामाग्री तथा उपकरण खरिदमा पत्रकारलाई बिशेष छुटको ब्यबस्था गरिनु पर्दछ । पत्रकारलाई बिषय विज्ञ बनाउन विशेष तालिम तथा भ्रमणको ब्यबस्था गरिनु पर्दछ । उल्लेखित बिषय कुनै पनि नहु नै पत्रकारीतामा देखिएका तत्कालिन आधारभुत समस्याहरु हुन् ।
मोफसलमा काम गर्ने पत्रकारहरुका त यो भन्दा पनि बढी समस्याहरु छन भन्ने गरिन्छ नि !
— शिक्षा, स्वास्थ्य, खाद्यन्न, खानेपानी, सडक, विद्युत र सामाजिक कुरिती मोफसल पत्रकारीताका बिषय तथा क्षेत्र हुन ।
जाजरकोट जिल्लामा पत्रकारिताको बिकास कत्तिको भएको छ ?
— जाजरकोट जिल्लामा पत्रकारीता विकासलाई तीन भागमा विभाजित गरेर हेर्न सकिन्छ । पहिलो चरणको पत्रकारीताले जिल्लाको सामाजिक, तथा साँस्कृतिक विषयलाई उठान गर्ने काम गरेको देखिन्छ भने, दोश्रो चरणको पत्रकारीताले जिल्लाको राजनैतिक अबस्था तथा आर्थिक अबस्थालाई उठान गर्ने काम गरेको देखिन्छ, जतिवेला सशस्त्र द्वन्द चलिरहेको थियो । सशस्त्र द्वन्दले जिल्लाको राजनैतिक अवस्थालाई पारेको प्रभाव, आर्थिक अबस्थाले जिल्लामा निम्त्याएको गरिवी, अशिक्ष र वेरोजगारी जस्ता विषयले सशस्त्र द्वन्दलाई पुगेको सहयोग जस्ताविषयमा केन्द्रित रहेको देखिन्छ । यस जिल्लामा हाल गरिएको पत्रकारीता तेश्रो चरणको पत्रकारीता हो र हाल जिल्लाको पत्रकारीता जिल्लाको विकास र समाज रुपान्तरणमा केन्द्रित रहेको छ । जहाँ हामीले नै पत्रकारीता गरिरहेका छौं । जिल्लामा पत्रकारीता विकासको कुरालाई यहाँ जोड्नु पर्दा राष्ट्रियस्तरका छापा पत्रिकाहरुमा निकै राम्रो सहभागिता रहेको छ । जिल्लास्तरमा अनलाईन पत्रकारीताले निकै ब्यापकता पाईरहेको अबस्था देखिन्छ । अन्य जिल्लामा स्थानीय रेडियो एफएम धेरै पहिले देखि सञ्चालनमा रहेका छन भने दैनिक पत्रिकाको सुरुवात हुन थालेको छ ।
मोफसल पत्रकारिताका समस्या समाधान गर्न सरकारले कस्ता कार्यक्रमहरु ल्याउनु पर्ला ?
— मोफसल पत्रकारीता विकास तथा समस्या समाधानका लागि नेपाल सरकार तथा स्थानीय तहले मिडिया विकास रणनीति निर्माण गरि काम कारवाही अगाडी बढाउनु पर्दछ । मिडिया विकास रणनीतिले लगानीकर्ता प्रवद्र्धन गर्नका लागि मिडिया मैत्री संघ÷संस्था, समुह तथा सहकारी र प्राईभेट कम्पनी सञ्चालनको लागि स्पष्ट मार्ग दर्शन गर्न सक्दछ र उक्तसंघ÷संस्था, समूह तथा सहकारी र प्राईभेट कम्पनीलाई सरकारले दिने छुन अनुदानको व्यवस्था, वित्तीय बैंक तथा संघसंस्थाले सहुलीयत ब्याज दरमा ऋण प्रवाह गर्ने व्यबस्था गरिनु पर्दछ । मोफसलमा काम गर्ने पत्रकारहरुका समस्या समाधान गर्न नेपाल पत्रकार महासंघले कत्तिको भुमिका खेलेको पाउनु भएको छ ?
— मोफसलका पत्रकाहरुको समस्या समाधानका लागि नेपाल पत्रकार महासंघले कुनै पनि भुमिका खेलेको छैन त भन्न मिल्दैन । किन कि महासंघ भनेकै पत्रकार–हरुको छाता संगठन हो । पत्रकारहरुका हक र अधिकारका पक्षमा आह्वाज उठाउने, बहस, पैरवी गर्नकै लागी गठन गरिएको हो र यसले मोफसलका पत्रकारहरुको पक्षमा कुनै काम गरेको छैन भन्न सुहाउदैन ।
सञ्चारकर्मीहरुका बैचारिक संगठनहरुले मोफसल पत्रकारका समस्या समाधानका लागि कस्तो भुमिका खेलेको पाउनुहुन्छ ?
— पत्रकारहरुका जति पनि पेशागत संगठन छन्, यि सबै पेशागत हक र अधिकार ग्यारेन्टीको लागि खोलिएका संगठन हुन जस्तो मलाई लाग्दछ । आस्थाको स्वतन्त्रता, विचारको स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वातन्त्रताकै ब्यबहारिक रुपमा पेशागत संघ÷संगठनहरु अगाडी बढिरहेका छन् । यि संघ÷संगठनहरु पत्रकार–हरुका पक्षमा काम गर्ने निकायका रुपमा पर्दैनन् जस्तो मलाई लाग्दछ । यि संघ÷संगठनहरुको काम भनेको पत्रकारहरुको हक, अधिकारका पक्षमा बहस, पैरवी र वकालत गर्ने हो र सबै पेशागत संघ÷संगठनले मोफसलका पत्रकारहरुका पक्षमा आवाज नउठाएको भन्ने हुन सक्दैन । मात्र कसैले बढी उठाएको होला, कसैले कम त कसैले सुन्दर रुपमा कलात्मक रुपमा उठाएको होला भने, कसैले आक्रोशपुर्ण रुपमा उठाएको होला यत्ति मात्र फरक हो जस्तो मलाई लाग्दछ ।
तपाइको विचारमा पत्रकारिता के हो ?
– मेरो विचारमा पत्रकारीता भनेको समाज सेवा हो, समाज सेवामा नाफा र नोक्सान भन्ने हुदैन । समाजमा परिवर्तन बलियो अस्त्र तथा साधन हो । पत्रकारीताले मुलप्रवाहमा आउन नसकेका जनआवाजलाई राज्यको मुल प्रवाहमा ल्याउन सक्नु पर्दछ । राज्यलाई वेलावेलामा खबरदारी गर्ने चौकीदार पनि हो पत्रकारीता ।
कति कमाउनु भयो त पत्रकारिता पेशावाट ?
— कमाउनु र गुमाउनु नै मेरो जीवनका सबै भन्दा अमुल्य सम्पत्ति हुन् भन्ने मैले ठानेको छु । एउटा घर, समाजमा सिमित रहेको मेरो नाम पत्रकारीता पेशा लागेपछि जिल्लाभरी चिनिने भएको छ, यो नै पत्रकारीता पेशावाट कमाएको सब भन्दा ठुलो सम्पत्ति हो भन्ने मैले ठानेको छु । सदरमुकाममा डेरा गरेर पत्रकारीता पेशामा लागेपछि कोठामा आफैले खाना पकाएर खाना नसक्ने अबस्थामा होटलमा खाना खाएको उधारो ऋण तिर्न सकेको छैन, साहुँको अगाडी देखा पर्दा ऋण माग्छन कि ? ऋण मागे भने मैले के जवाफ दिउला भन्ने लागेर बाटो काटी हिड्ने गरेको छु । कहिल काँही भेटी हालेमा घरको जग्गा बिक्री गरेर तपाईको ऋण तिरौला भन्ने गरेको छु, यो गुमाउनुलाई पनि पैसा हालेर किन्न नसकिने जीवनकै महत्वपुर्ण सम्पतिका रुपमा बुझेको छु ।
समय र बिचारका लागि धन्यबाद ।
– मेरो तर्फवाट पनि यहाँ र यहाँको लोकप्रिय ‘बिम्ब’ साप्ताहिकलाई धन्यवाद दिन चाहान्छु । नियमित प्रकाशनको यस अंकमा आफ्नो ‘मोफसल पत्रकारीता’ स्तम्भ मार्फत मेरो विचार र धारणालाई आम पाठक तथा श्रोताहरुको विचमा पस्किने अबसर दिनु भएकोमा । पत्रकारीता पेशा निकै जाखिमपुर्ण छ । समाचार लेखेर पनि सुख छैन, नलेखेर पनि सुख छैन, समाचार लेख्दा र नलेख्दा दुवै अबस्थामा भिन्ना–भिन्नै खाले जोखिमता पत्रकारले मोल्नु परिरहेको हुन्छ । यिनै भयानक जोखिमताको बीचमा रहेर सधैभरी सन्तुलित, निष्पक्ष र विश्वसिनिय समाचार सम्पेषण गर्न सबै पत्रकार साथीहरुमा अपिल गर्दछु ।
लोकसेवा आयोगको तयारीका लागि उपयोगी
१. उत्तर एट्लान्टिक सन्धि संगठन अर्थात नेटोमा कति राष्ट्र सदस्य छन ? — २८
२. खप्तड राष्ट्रिय निकुञ्जको स्थापना कहिले भएको हो ?? — वि..सं. २०४२
३. विश्व प्रसिद्ध पत्रिका टाइम्सले टाइम पर्सन अफ द इयर २०१६ कसलाई घोषणा गरेको हो ??
— डोनाल्ड ट्रम्प
४. दक्षिण अफ्रिकाका पुर्व राष्ट्रपति नेल्सन मन्डेलाले कहिले नोबेल पुरस्कार प्राप्त गरेका थिए ?
— सन् १९९३
५. तेह्रौँ योजनाको अन्त्य सम्ममा कृषि क्षेत्रको वार्षिक औषत वृद्धिदर कति पुर्याउने लक्ष्य लिइएको हो ?
— ४.५ प्रतिशत
६. रातो त्रिकोणलाई के को प्रतिकको रुपमा लिइन्छ ? — परिवार नियोजन सेवा
७. भारतलाई मात्र छुने नेपालका अञ्चलहरु कति छन ?
— ४ (नारायणी, लुम्बिनी, राप्ती र भेरी)
८. कवि शिरोमणी लेखनाथ पौडेलको मृत्यु कहिले भएको थियो ? — वि.सं. २०२२ फाल्गुन ७
९. हात्तीको अभिनय रहेको पहिलो नेपाली चलचित्र कुन हो ? — माऊतेदाइ
१०. ओलम्पिक लोगोको पहेँलो रंगले कुन महादेशलाई जनाँउछ ? — एशिया
११. वल्र्ड बैँकको मुख्य कार्यालय कहाँ रहेको छ ?? — वासिङ्गटन डि.सी, अमेरिका
१२. भलिबल खेलको १ टिममा खेलाडीको संख्या कति हुन्छ ? — ६ जना
१३. ओलम्पिक लोगोको हरियो रंगले कुन महादेशलाई जनाँउछ ? — अष्ट्रेलीया अथवा ओसीनिया
१४. चिनसंग मात्र सिमाना जोडीएका नेपालका जिल्लाहरु कति ओटा छन ? — १३
१५. नेपालमा हेलो स्वास्थ्य कार्यक्रम कहिलेदेखी सञ्चालनमा आएको हो ? — २०६९ असोज २९
१६. बाँदरको अभिनय रहेको पहिलो नेपाली चलचित्र कुन हो ? — गोपीकृष्ण
१७. गौतम बुद्धको जन्म कहिले भएको थियो ? — इ.पु. ५६३
१८. अन्तराष्ट्रिय श्रम संगठनको मुख्य कार्यालय कहाँ रहेको छ ? — स्वीजरल्यान्डको जेनेभा
१९. पोलो खेलको १ टिममा खेलाडीको संख्या कति हुन्छ ? — ४
२०. भीमसेन थापा पछि नेपालको प्रधानमन्त्री बन्ने व्यक्ति को हुन ? — रङ्गनाथ पौडेल
२१. युनाइटेड एयरलाइन्स कुन देशको एयरलाइन्स हो ? — अमेरिका
२२. कुन नदीलाई नेपालको उत्तर गंगा भनेर चिनिन्छ ? — सानो भेरी
२३. सर्पको जस्तै काँचुली फेर्ने माछा कुन हो ? — डल्फिन
२४. नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा कति ओटा जिल्ला रहेका छन ? — १५
२५. हेमगंगा कुन नदीको पौराणीक नाम हो ? — लिखु
२६. रसियाको राष्ट्रिय खेल कुन हो ? — बास्केटबल, एथलेन्टिक्स, सुमो
२७. भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संविधानसभामा कहिले सम्बोधन गरेका थिए ??
— २०७१ श्रावण १९ गते (२०१४ अगस्ट ४)
२८. ओहारे अन्तराष्ट्रिय विमानस्थल कुन देशमा पर्दछ ? — अमेरिका सिकागो
२९. मत्स्य पोखरी र पाँच पोखरी कुन जिल्लामा पर्दछ ? — संखुवासभा
३०. यशोधरा कुन नदीको पौराणीक नाम हो ? — बुढीगण्डकी
३१. हाँसलाई के को प्रतिक मानिन्छ ? — न्याय
३२. मेडम क्युरीले सर्वप्रथम अर्थात सन् १९०३ मा कुन विधाको नोबेल पुरस्कार प्राप्त गरेकी थिइन ?
— भौतिक विज्ञान
३३. पृथ्वीनरायण शाहको बाबुको नाम के थियो ? — नरभुपाल शाह
३४. भुटानको राष्ट्रिय खेल कुन हो ? — धनुषकाँण
३५. विश्वको एक प्रमुख सामुद्रिक बन्दरगाह ’चटगाँउ’ कुन देशमा पर्दछ ? — बंगालादेश
३६. नरिता अन्तराष्ट्रिय विमानस्थल कुन देशमा पर्दछ ? — जापान, टोकियो
३७. चुली पोखरी कुन जील्लामा पर्दछ ? — मोरङ
३८. अचिरावती कुन नदीको पौराणीक नाम हो ? — राप्ती
३९. अरब लिगको हेडक्वाटर कहाँ रहेको छ ? — इजिप्टको कायरोमा
४०. खतरामा परेका वन्यजन्तु तथा वनस्पतीको अन्तराष्ट्रिय सन्धि साइटिस कहिलेदेखि लागु भएको हो ?
— १९७५ जुलाई १
४१. युरोपेली युनियनको प्रधान कार्यालय कहाँ रहेको छ ? — बेल्जीयमको ब्रसेल्समा
४२. वर्दघाट नगरपालीका कुन जिल्लामा पर्दछ ? — नवलपरासी
४३. भैरव कुन्डको झरना कुन जिल्लामा पर्दछ ? — सिन्धुपाल्चोक
४४. प्रथम सोमवंशका राजा भनेर कसलाई चिनिन्छ ? — निमिष
४५. चाल्र्स दि अन्तराष्ट्रिय विमानस्थल कुन देशमा पर्दछ ? — नेदरल्यान्ड आम्र्सडम
४६. चिलिको मुद्रालाई के भनिन्छ ? — पेसो
४७. नेपालको कुन ताललाई स्थानीय भाषामा रिग्म भनिन्छ ? — फोक्सुन्डो ताल
४८. प्रसिद्ध नेपाली चलचित्र ‘दक्षिण’ का निर्देशक को थिए ? — तुलसी घिमिरे
४९. धर्मधारा कुन नदीको पौराणीक नाम हो ? — त्रिशुली
५०. जोगीदह कुन जिल्लामा पर्दछ ? — उदयपुर
५१. क्युवाको राष्ट्रिय खेल कुन हो ? — बेसबल
साहित्य/सृजना
टोपी
यो त्यही टोपी हो
जस्ले मलाई
अन्यायका विरुद्ध लड्दा
मेरो शिरमा बिराराजमान भएर
आशिर्वाद दिरहेको थियो ।
यो त्यही टोपी हो
जस्ले मलाई
सुरक्षा कवच बनेर
संरक्षण गरिरहेको छ ।
यो त्यही टोपी हो
जस्ले मलाई
जस्तै आपात बिपद् परेपनि
संकटको सामना गर्नु
तर
बैरीका सामु
आफ्नो शिर नझुकाउनु भन्ने
आत्मसम्मान र स्वाभिमानको
पाठ सिकाएको छ ।
यो त्यही टोपी हो
जस्ले
वीर गोर्खालीका
बिरताका गाथाहरुलाई
आफुमा समाहित गरेर
मलाई
अमुल्य नासो प्रदान गरेको छ
कर्तव्यको बोध गराइरहेको छ
पहिचान दिलाएको छ
त्यसैले त
म निर्धक्कका साथ
छाती फुलाएर भन्न सक्छु
मेरो टोपी
मेरो गौरव
वीर गोर्खालीहरुको धरोहर
मेरो प्रिय टोपी ।
पुस्पा जोशी ‘काली’
धनगढी, कैलाली
सपनीका मिलनहरू
सपनीका मिलनहरू विपनीमा पाउने भए
पर्खिनु है मेरो हजुर वरपिपलझैं छाउने भए ।
जिन्दगीको गोरेटोमा एक्लो हिँड्न गाह्रो रैछ
साँचो माया लाएपछि बिछोडिन सारो रैछ
नभुल्नु है कहिल्यै पनि, दोहोरीमा गाउने भए
पर्खिनु है मेरो हजुर वरपिपलझैं छाउने भए ।
बसेकी छु भेट हुने आशा मनमा सँगालेर
अतितका पलहरू मनभरि अँगालेर
यो मनको मेरो हजुर, चोखो माया लाउने भए
पर्खिनु है मेरो हजुर वरपिपलझैं छाउने भए ।
उमा सुवेदी
कुसुन्ती, ललितपुर
सूचना/सन्देश/बिज्ञापन
मालपोत कार्यालय डोटीबाट जारी गरिएको हकदावी सम्वन्धि ३५ दिने सार्वजनिक सूचना
प्रथम पटक सूचना प्रकाशित मितिः २०७४/९/१६
जिल्ला डोटी रानागाँउ गा.वि.स.वडा नं.२ स्थित कि.नं.२०८, २०९, २३९ को जग्गा सोभानसिं कठायतको छोरा सन्तविर कठायत को नाउँमा र ऐ.वडा नं.९ कि.नं.२४ र २७ को जग्गा सोभान सिं कठायतको छोरा सन्तसिंह कठायत नाउँमा नापनक्सा भई जग्गाधनि प्रमाण पुर्जा कायम भएकोमा जग्गाधनि सन्तविर कठायत (सन्तसिंह कठायतको मिति २०६५/१/५ मा र निजको हकदार पत्नि दुर्गा देवि कठायतको मिति २०७४/६/२० मा मृत्यु भएकोले मृतकको शेषपछिको हकदार एकजना छोरा विर वहादुर कठायत मात्र भएकोमा मृतक सन्तविर कठायत (सन्तसिंह कठायत) को नाउँको दुई थान जग्गाधनि प्रमाण पुर्जामा मृ.जग्गाधनिको नाम सन्तविर कठायत र सन्तसिंह कठायत हुन गई मृतकको नाम फरक परेकाले हकदार एकमात्र छोरा विर वहादुर कठायतको नेपाली ना.प्र.प.मा बाबुको नाम मनिराम कठायत हुन गई मृतक बुबाको नाम फरक परेकोले ति अलग अलग नाम, थर भएको व्यक्ति फरक फरक व्यक्ति नभई सन्तविर कठायत, सन्तसिंह कठायत र मनिराम कठायत भन्ने एउटै व्यक्ति भएकोले ने.ना.प्र.प. बमोजिम बाबुको नाम संसोधन गरी सन्तविर कठायत, सन्तसिंह कठायत भन्ने मनिराम कठायतको नाउँको उल्लेखित पुरै कि.नं को जग्गाहरु मेरा नाउँमा एकलौटी नामसारी गरि पाउँ भनी रानागाँउ गा.वि.स.स्थित जग्गाधनि प्रमाण पुर्जा, मालपोत बुझाएको रसिद, मृत्यु दर्ता प्रमाण पत्र, नाता प्रमाणीत, के.आई.सिंह गाउपालीका ५ नं.वडा कार्यालय डोटीको च.नं.११३, ११४ मिति ०७४/९/११ को किटानि सिफारीस पत्र, जिल्ला प्रशासन कार्यालय डोटीको च.नं.८५० मिति २०७४/९/४ को प्रमाणीत गरिएको पत्र, नेपाली नागरिकताको प्रमाण पत्र आदी प्रमाणहरु साथै राखी मिति २०७४/९/१६ मा यस कार्यालयमा निवेदन पेश गर्नु भएकोले हकदावी सम्वन्धि यो सूचना प्रकासित गरिएको छ । उक्त जग्गा सम्वन्धमा कुनै कसैको हकदावी पुग्ने भए वा अन्य हकदार भए वा निवेदकको मागदावि वमोजिम नाम, थर संसोधन गरि नामसारी गर्न नपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले वाटोको म्याद वाहेक ३५ दिनभित्र आफुसँग भएका सक्कल प्रमाण साथ कार्यालयमा उजुर दावी गर्न आउनु होला अन्यथा म्यादभित्र कुनै कसैको उजुरी दावी नपरे नियमानुसार भै जाने व्यहोरा यसै सूचनाद्वारा जानकारी गरिन्छ ।
No comments:
Post a Comment